text
stringlengths 1
287k
|
---|
गजल
गजल
शिव वियोगी चौलागाईं
3, 2010, 9:28
जिन्दगीमा धेरै पाए एउटै कुरा पाइन मैले आकाशको तारा दिन्छु बाचा कसम खाइन मैले आसुँ देख्दा दुखेकै हुँ, मनभित्र लुकेकै हुँ तिमै रुप यस्तो उस्तो कहिल्यै गाइन मैले जे छु ठिकै छु भन्ने लागिरह्यो मलाई एउटा मनको रोजाई कवै खोस्न चाहिन मैले सपना र यथार्थ फरक फरक पाटा हुन् महलमा सजाउँछु भन्दै झुक्याइन मैले लाग्छ कति कुरा नभन्दैमा मिठो लाग्छ बगैँचाको मन परेको फूल चलाइन मैले । हेटौँडा, मकवानपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नन्दलाल आचार्य
2, 2010, 10:20
नन्दलाल आचार्य
कस्तो बगरसरह सुनसान देख्छुमात्र पत्थर छ खै भगवान् देख्छु ।नाम जपेर खाने भए बदनामभ्रष्ट, पदलोलुप मात्र महान् देख्छु ।साह्रै पर्यो विचारको खडेरी यहाँठूलै स्वरको मात्र यशगान देख्छु ।अरुलाई तनाई आफू चढ्नेलाईभोलिको नेपालको दरवान देख्छु ।पसिनाको मूल्य खोज्दाखोज्दै म त माथि होस् या तलको एक समान देख्छु ।तपेश्वरी१, गल्फडिया, उदयपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
मोतीराम भट्ट
30, 2010, 7:20
सजायेर घर भित्र जाँदै न जाने ।यसै गै गये देखि खाँदै नखाने ।।१।।असल एक युक्ती छ मौका न चूके ।कबोल क्यै नराखेर मर्जी नमाने ।।२।।गरेको छु तनमन धन सब समर्पित ।मलाई अरु झै गफाहा नठाने ।।३।।कति मन दुखाई मरेझै छु आफैं ।यसै तार ताकेर बर्छी नहाने ।।४।।म टक्राउने छु अरु जो छ ख्वाहिस् ।उसै फेरि ‘मोती’ न जाँची नछाने ।।५।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बलराम उपाध्याय
29, 2010, 6:08
जिन्दगी यो किन आज फालुँ फालुँ लाग्छतताएर मुटु पनी गालुँ गालुँ लाग्छरमाएँर बाँच्ने मन छैन कति पनिजिन्दगीको जरो पुरै ढालुँ ढालुँ लाग्छसादा थिएँ दाग लाग्यो मन्को पोको फुस्कीटिपी फेरी एक एक चालुँ चालुँ लाग्छखोक्रिएको पलाँस झै जिन्दगीको ढिस्कोबनाएर समिधा यो बालुँ बालुँ लाग्छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिल अन्जान
27, 2010, 8:26
घाटले चिता कुरीरहेछमानौं रमिता कुरीरहेछकैले आउँछे भनेर होला रामले सीता कुरीरहेछनासिन्छ जब द्रौपदीकोहेर्न अस्मिाता कुरीरहेछसत्ययुगमा राम्रो गरेथ्योकलियुगमा नतिजा कुरीरहेछअन्जान आएर जरुर पढ्नेछभनेर गीता कुरीरहेछकोहलपुर२, विद्यानगर, बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
25, 2010, 7:25
गरीवीले दुःख पा'को, नलजाई गजल लेखेँ !गुन्द्रुकसँग ढिँडो खा'को, नलजाई गजल लेखेँ !! राम्रो लाउन गरीवलाई, आउनै पर्ने दशैं !टालीटाली लुगा ला'को, नलजाई गजल लेखेँ !! आधापेटमै रमाउने, मुस्किल कस्तो छाक टार्न !छिमेकीको पर्म गा'को, नलजाई गजल लेखेँ !! वर्षामास रातैभरि, ओत लाग्न कति गाह्रो !घरको छाना खरले छा'को, नलजाई गजल लेखेँ !! कहाँ पाउनु धानखेत, पाखोबारी नाम मात्रको !जोत्नलाई गोरु दा'को नलजाई गजल लेखेँ !! कहिले घाँस कहिले दाउरा, मेलापात कतिकति !भोकभोकै जंगल धा'को, नलजाई गजल लेखेँ !! ठूलो मान्छे बनाउने, रहर कत्रो बाआमाको !कमाउन सहर आ'को, नलजाई गजल लेखेँ !!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आनन्द अधिकारी
24, 2010, 6:50
पल पल म झरिरहेँ, झार्नुपर्दैन तिमीलेसमयसँग मैले हारेँ, हार्नुपर्दैन तिमीले । आकासको बादलजस्तै बरालिए मनहरुसर्दै छितिज काटिसकेँ,सार्नुपर्दैन तिमीले । दुनियाँमा कहाँ छर अजम्बरी मानिस त्योमरिन्छ दिन आएपछि, मार्नुपर्दैन तिमीले । मैदान भएर पनि पहाड उभिन सक्छुरोकिन्न काँडेतारमा बार्नुपर्दैन तिमीले । पासो थापिसके कति मायाँलुले पीरतीमाझुक्याएर फेरी जालमा पार्नुपर्दैन तिमीले ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
शिव आर्य
23, 2010, 7:51
बल्ल बल्ल बाह्रखरी सिक्दैछ बाबुअनि के के नानाथरि सिक्दैछ बाबु चड्छ, अनि लड्छ अनि फेरि चड्छयसरी नै घरिघरि सिक्दैछ बाबु फट्याई गर्न कसैले सिकाउनु पर्दैनयस्ता काम अघिसरि सिक्दैछ बाबु बन्दूक चलाउन गर्भैमा जानेको रेकखरा पो मरिमरि सिक्दैछ बाबु भानु ७ तनहूं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सबिन सिंह
23, 2010, 7:46
पिडा भए गजल लेख, दुख परे गजल लेख ।खुशीहरू मनबाट, पर सरे गजल लेख ।।निर सागर जोर मार्छ कोशिश गरी सम्हाल्नु है ।छल्किएर आखाँ बाट तल झरे गजल लेख ।।यौवनको आँगनीमा सुख खोज्दै भौंतारिन्छौत्यै दैलोमा कुर्दा कुर्दै खुशी मरे गजल लेख ।।आँखा भरी सजाउँछौ स्वप्न मिठो भविष्यको ।विपनीमा यथार्थले आँखा तरे गजल लेख ।।लेखनीमा भाव कुँद्ने हुदोँ रैछ रहर सबकोमनले नै हातलाई बाध्य गरे गजल लेख ।।कपिलवस्तु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
असीम सागर
22, 2010, 6:09
जोसंग जो फिदा हुन्छआफ्नो माया दिँदा हुन्छ। प्रेम सफल भएन भनेअलिकति पिँदा हुन्छ। मनै त हो यो मान्छेकोफाट्यो भने सिँदा हुन्छ। जिउनलाई नै जन्मेका हौजो जसरी जिँदा हुन्छ। यदि घात गर्छ कोहीयहॉं बद्ला लिँदा हुन्छ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
असिम शर्मा “निर्दोशी”
21, 2010, 7:07
बगाएर आँशु उनको हाँस्न जान्या छैनअटुट माया पाएको छु मास्न जान्या छैन ।अनजानै छु माया प्रेम के हो थाह छैन पिरतिका मालाहरु गाँस्न जान्या छैन ।आफ्नै भन्ने थाह छ उनि मेरो हुदा सम्म फूलेका ति प्रेम मुुना भाँच्न जान्या छैन ।कलकलाउदो जोवन स्वर्गकै परि हुन कीसुन्दर त्यो मुहार मुटुमाझ टाँस्न जान्या छैन ।कहिलेकाँहि वेदनाले अलापिन्छन विरहको धुनसंगै नाँच्न जाँन्या छैन ।दाङ, तुल्सीपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आचार्य प्रभा
21, 2010, 7:01
मलाई तिम्रो चाहाना भन्दा प्रीत मीठो लाग्छ मायाले दे'को कोशेली भन्दा गीत मीठो लाग्छ । उपहार् भनि पर्दैन दिन हीरा मोती अब मलाई तिम्रो साहारा भन्दा हित मीठो लाग्छ । मायाको चिनो चाहिन्न अब साथ तिम्रो पाए सम्पत्ति भन्दा मायाले दे'को जित मीठो लाग्छ । चाहिन्न फेरि खुशीको शब्द हात दिए पुग्छ समर्पण् भन्दा दुखकै बरु मीत मीठो लाग्छ । कहिले पनि नदिनु तिम्ले हाँसो लेउ भनि नछाड्ने साथ कसैको पनि रीत मीठो लाग्छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
21, 2010, 7:00
सुन्दैछु ,मेची र काली पनि चेपिएको छ रेभुत्ते भो कि गोर्खे खुकुरी नै हेपिएको छ रेकती धितो राख्नु बिचरो छ सगरमाथा निधाक नलगाउ भो लाजले सेपिएको छ रेहात मुख जोर्न शिप शिल्प पलायन भएबचेँका पेटमा अझै रिन खेपिएको छ रेशान्तिको कान्ती नि अटेन रे आँखा भित्र हाम्राबुध्दको माटो यो रगतले लेपिएको छ रेदही जमेकी ति ईतिहास रच्ने हात भित्रदुख्दा दुख्दै सिमा आँफै तिर ढेपिएको छ रे
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बाबुराम शर्मा
18, 2010, 9:20
आकाशका ताराहरु झार्न त म सक्दिन ।आफै गरीब महलमा सार्न त म सक्दिन ।यो सफा मनको निष्चल गङ्गामा तरिनौ त्यो मनको भेलबाट तार्न त म सक्दिन ।तिम्रो मनमा मेरो तस्बिर सजाउ म भन्दिनमेरो मनको तिम्रो तस्बिर मार्न त म सक्दिन ।माया गर या नगर त्यो तिम्रो मनको कुरा हो मेरो बसमा तिमीलाई पार्न त म सक्दिन । आकाशका ताराहरु झार्न त म सक्दिन ।आफै गरीब महलमा सार्न त म सक्दिन ।साउथ कोरिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दीप दर्शन शाही
16, 2010, 11:55
कुरै कुराले आकाशका तारा झारेउ कति कतिजन्मजन्म तिम्रै भनी भर पारेउ कति कति सपनामा संसार सारा जस्तो थियो मेरै हो कि जाली तिम्रो वचनले मलाई मारेउ कति कति सिन्दुरले तिम्रो सिउदो भर्ने दिन पर्खि बसे भोली भोली भन्दै भन्दै पर सारेउ कति कतिबुवा मुवा सँग गई हात माग कहिलै भनेउ कहिलै भनेउ मन्दिरमा कुरा टारेउ कति कति जाजरकोट, हाल: पेनाङ्ग, मलेसिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
मोतीराम भट्ट
16, 2010, 6:44
ई सानै उमेरदेखि मन् हर्न लागे ।ई नै सुन्दरीले जुलुम गर्न लागे ।।१।।कहाँसम्म को आँट लौ हेर तिन्को ।रिसायेर आँखा पनी तर्न लागे ।।२।।सुनिस् मन् मुनीञा वडो होस राखेस् ।फिंजायेर जाल कागुनू छर्न लागे ।।३।।एकै पल्ट आँखा घुमाई दिनाले ।कती उड्न लागे कती मर्न लागे ।।४।।जसैगै ‘म पर्खन्छु’ हाँसेर भन्छिन् ।ई ऐले भनें पेचमा पर्न लागे ।।५।।विराना र आफ्ना नराम्रा र राम्रा ।सबै सुन्दरीका अघि सर्न लागे ।।६।।अघी पर्न सक्तीन है म हरिका ।नजरदेखि मोती पनि झर्न लागे ।। ७।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीर याखा
14, 2010, 9:36
अरबेको समाचार निको छैन आजसुत्केरिको पेट भर्न पिठो छैन आजगाउँ रित्तो, बेंसी रित्तो, भेडीखर्क रित्तोपंधेरिको पानी पनि मिठो छैन आजटुक्रिएको सदन अझै जुट्ने सकेत छैनदाजु भाई सगोलमै ढिको छैन आजचोक्टी रा`छ चारै तिर मेची महाकालीअसहित, नेपालीको डिको छैन आज
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
शिव वियोगी चौलागाईं
14, 2010, 5:35
देख्या छैन तर पनि आफ्नै मान्छे ठानछु म तजे सुकै होस् तिमीलाई प्रेम नजरले हान्छु म त टाढा छ गन्तब्य हिड्न धरै बाँकी छ जीवनको सहयात्री तिमीलाई मान्छु म त एक पल पनि तिमीविना टाढा हुन सक्दिन मपरपर भयौ भने हात समाई तान्छु म त रुपरंग कस्तो होला लट्ठ पर्छु बोली सुँन्दानदेखेनी धरोधर्म मेरै रानी मान्छु म त मनपराई तिमीलाई राखिसकें मनभित्रबाबु आमा नमानेनी भगाएरै लान्छु म त । रेडियो थाहासञ्चार ९९.६ एफ्एम्, हेटौँडा, मकवानपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
12, 2010, 8:55
कहिले निभ्छ, कहिले बल्छयसरी मान्छेको संसार चल्छ ।आज उठायो कुनै धरोहरभोली सबेरै कुहिन्छ ढल्छ ।मायाको छाता र हुरी बतासछायाले आफ्नै आफैलाई छल्छ ।आगो र पानी बीचको यात्रातातिन्छ भाँडो र आफै गल्छ ।इच्छाको अन्न, अँंशुको मानीबसेर जाँतो आफैले दल्छ ।सुकेको हाँगो यो मृगतृष्णाफूलैमा खस्छ बिरलै फल्छ ।मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आचार्य प्रभा
12, 2010, 8:49
आशारुपी घुम्टो ओढेँ घात लाग्यो निस्वार्थले काम गरेँ बात लाग्यो । यस्तै रैछ मेरो भाग्य अप्जस् मिल्ने पिइरैथेँ अमृत् किन मात लाग्यो । जे जत्ती नै,गर्न खोजें राम्रो काम आखिरमा सधैं शुन्य हात लाग्यो । भन्छन् सबै जस लिन गार्हो हुन्छ अपजसी बनी आज लात लाग्यो । कर्मरुपी फल पाएँ भन्थेँ मैले बिडम्बना हरे!कस्तो आघात् लाग्यो । जे जस्तो छ, चित्त बुझ्नै पर्ने अहो!नजान्नाले पनि पीरको खात लाग्यो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
असीम सागर
10, 2010, 10:23
छाना बद्लियो र बद्लिएँ म पनिखाना बद्लियो र बद्लिएँ म पनि। लेख्दै थिएँ गजल कति एकसुरमा जबपानी बद्लियो र बद्लिएँ म पनि। रेट्दारेट्दै सारङ्गीको तार चुट्यो जबताना बद्लियो र बद्लिएँ म पनि। फेरे पछि ताना गीतको लय हरायो जबगाना बद्लियो र बद्लिएँ म पनि। ताना, गाना र पाना बद्लियो जबजमाना बद्लियो र बद्लिएँ म पनि।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दलवीरसिंह बराइली "घायल"
10, 2010, 10:03
मायालु भनी आउँदा मख्खै परें मसुटुक्कै माया लाउँदा मख्खै परें म आँखाको बाटो भएर पस्यौ मुटुमायादमा सँधै धाउँदा मख्खै परें ममनको डाली-डालीमा नाच्दै यसरीकोईली सरी गाउँदा मख्खै परें म कल्पना तिम्रै गर्दथें देख्थें सपनासमिपै आज पाउँदा मख्खै परें मकहाली लाग्दो अँध्यारो मेरो जिन्दगीबिहानी लाली छाउँदा मख्खै परें म
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
करुण थापा
10, 2010, 10:01
आफू ताकी आकाशतिर थुक्न चाहिन ।माफ गर तिम्रो अघि झुक्न चाहिन ।तिम्रो आदेश आए पनि चुपै रहें मबिस्कुन जस्तै सुकाउँदा सुक्न चाहिन ।तिम्रै भरोसामा मलाई बाँचोस् भन्या'थ्यौतिम्रो सिकुवामा गाँस ढुक्न चाहिन ।धन दौलत सबै दिई किन्न खोज्दा निआफ्नो स्वाभिमानबाट चुक्न चाहिन ।खुट्टा ताने तिम्रा आसेपासेहरुलेतिनले जस्तै तिम्रो कान फुक्न चाहिन ।तिम्रो इशारामा नाच्ने पशु हैन मभुक भन्दा कुकुर जस्तै भुक्न चाहिन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रविण भट्टराई "प्रयाश"
9, 2010, 11:02
सच्चाइता अर्कै तर कथा ठुलो हुदो रै'छ यहाँ सबैलाई आ-आफ्नै ब्याथा ठुलो रै'छ यहाँ घोडा चढ़यादेखि कोही धुरी चढ्न खोज्नेलाई रगतको नाता भन्दा प्रथा ठुलो रैछ यहाँ मुस्किल छ स्वास फेर्न स्वार्थी यो दुनियामा भाइ भाइ भन्दा जाय ज्याथा ठुलो रै'छ यहाँ जो जती एक आपसमा तछाड मछाड गरे पनिखुशी जीवन जिउन निश्चल साथ ठुलो रै'छ यहाँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बलराम उपाध्याय
9, 2010, 10:53
समयको पैयालाई रोक्न पनि सकिएनजिन्दगीले दे'को पाठ घोक्न पनि सकिएनसपनाको स्वर्गतिर भागी हिंड्ने मनलाईसमातेर भोटे-ताल्चा ठोक्न पनि सकिएननभेटेको खुशी सँगै निचोरियो मुटु पनिबेदनाको भारी मात्रै बोक्न पनि सकिएनजवानीको आँखा छली दूखाएका मनहरुसमेटेर आँखै भरी छोप्न पनि सकिएन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
तिर्थ(यात्री) पौडेल
9, 2010, 10:52
रम झम्ममा पिएर आएँफाटेको मुटु सिएर आएँ रम भर्दै प्यालामा मोरीले मागी यो मन दिएर आएँ लेखान्त नटर्दो रैछ कालीम जान्छु भनि लिएर आएँ आफ्नैले थुक्छन भन्ने डरआज मआफै खिएर आएँलखनपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भानेन्द्र सम्बाहाम्फे “जुझारु”
8, 2010, 6:09
धुलोजस्तै उडिजाने तिमीलाई खै के भनूँ !तन्द्राजस्तै बिर्सिजाने तिमीलाई खै के भनूँ !बाटो लाग्यौ स्वार्थी बनी बिर्सिएर आफैँलाईपागलजस्तै हाँसिजाने तिमीलाई खै के भनूँ !रसाउँछन् आँखा मेरा फूलहरु फुलिदिँदायादहरु छोडिजाने तिमीलाई खै के भनूँ ! अँध्यारो भो संसार यो बाँचेको छु निराशामाआशाहरु मारिजाने तिमीलाई खै के भनूँ ! काठमाडौँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
संगम सापकोटा
8, 2010, 6:05
बर्षदिनको तीजमा म माईत जान्छु बजैजान पाए आँफैलाई भाग्यमानी ठान्छु बजैकुकुर पनि प्यारो हुन्छ भन्छन माईतीकोअनदीको मीठो दर आमासंगै खान्छु बजैघाँस दाउरा काट्छु बरु तीन दिनलाई पुग्ने अरु त्यो टौवाको पराल पनि पुग्ने जति तान्छु बजैघरका कुरा लाउँछे कि गीत बनाइ गाउँछे कि नसोच्नुहोला हजुर मनमा गाँठो बान्छु बजैपन्चमीको भोलीपल्ट आउनेछु साँझपखआएपछि जे भन्नुस धौ नमानि मान्छु बजैकेही आशा राख्दिन म नयाँ कुरा माग्दिन म जान पाउँ माईत बरु पुरानै सारी छान्छु बरुबारीको कान्लामुनि फल्या रैछ काँकरी त्योविदा पाए माईतीमा त्यै कोसेली लान्छु बजैतनहुँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
एन.एच. मिश्र
8, 2010, 6:01
यो सालको तीजमा त, पक्कै माइत जान्छुमेरो रातो कपाल रातो डोरीले नै बान्छुभरे साँझ भन्छु मैले सुन्नोहोस् स्वामी राजतीजमा माइत जान दिए जे गरे नि मान्छुमायारुपी नजर लाउँदै, माग्छु एक हजारआँफै जान्छु डुम्रे बजार रातो सारी छान्छुतृतीयाको दिनमा स्वामी, पशुपति मन्दिर जाँदाजसले आँखा लाउँछ उसलाई चप्पल टिपी हान्छुस्वामी घरम छोडी जाँदा आफैलाई निद्रा लाग्दैन किस्वामी हजुर मन्जुर भए माइत सँगै ले'र जान्छु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
मोतीराम भट्ट
7, 2010, 7:39
न दीने प्रेमको चुम्बन् न मन् खुशी गराऊने ।वडी निष्ठुर तिमी रैछौ फगत् दिल यो दुखाऊने ।। १।।यदी हाँस्ने छ मन तिम्रो ता रुनै जान्दछू मैले । तिमी चम्काउली विजुली म पानी हूँ पराऊने ।।२।।लगाई नेत्रमा सुर्मा अलिक् हाँसेर यो बोलिन् ।बिषालू बाँण् यही भन्छन् मुटूलाई बिझाऊने ।। ३।।गिलास हाजिर छ श्याम्पिनको खुलोस् वोतल् असल् पैल्हे ।दुबैको बात् बनोस् बिर्सी कसोरी दिल् बुझाऊने ।।४।।उठे जोडी अमोल गोली छिचोली चोलीको झोली ।जरुर ‘भोली दिनेछु भेट्’ भनी तेसै छकाऊने ।।५।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
जितेन्द्र मल्ल
6, 2010, 10:41
तिम्रो मुटु चस्स पारोस्, यस्तो गजल रच्न सकुँ ।ढुङ्गाले नि आँशु झारोस्, यस्तो गजल रच्न सकुँ ।आँटे बाँच्न माया विना, घृणा सहुँ कसोरी म,माया पाली घृणा मारोस्, यस्तो गजल रच्न सकुँ ।भन्थ्यौ मनको राजा मलाई, सुखी राज्य चाह मेरो, पीडा तिम्रा यतै सारोस्, यस्तो गजल रच्न सकुँ ।खेल होइन पिरती यो, जित्नै पर्छ भन्ने छैन ,बरु मेरै जीत हारोस्, यस्तो गजल रच्न सकुँ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
ज्ञान उदास
4, 2010, 7:40
कहिलेकाहीँ हिँड्न पनि साइत चाहिँदो रै'छकसो कसो बोल्न पनि साइत चाहिँदो रै'छ ।सबैसँग सधैँभरि जिस्किरहने बानीआँखाआँखा जुध्न पनि साइत चाहिँदो रै'छ ।गाउँघरको समाज पनि कहिले काहीँ कस्तोमनको फूल टिप्न पनि साइत चाहिँदो रै'छ ।संसारमा देखेजति सबै आफ्नो भन्थेँतिनैसँग भेट्न पनि साइत चाहिँदो रै'छ ।बनावटी मुस्कानमा बम हुनसक्छयाद गर हाँस्न पनि साइत चाहिँदो रै'छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
असीम सागर
3, 2010, 7:51
न यहॉं बनाएर जवानी बनिन्छन ढुङ्गा जलाएर खरानी बनिन्छ घाम नै चाहिन्छ प्रभात हुनलाईन दियो बालेर विहानी बनिन्छ। तोड़्दैमा यो दिल र छोड़्दैमा कुनै साथन मुना मदन झैं कहानी बनिन्छ। फूलहरू बिझाउँछन् कता भित्रभित्रबरू काँडा यहॉं लिरानी बनिन्छ। दार्जीलिङ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
3, 2010, 7:49
जुन पनि अचेल सुनें बिधवा भै'छएकान्तमा एक्लै एक्लै रुँदी रै'छ ।आजभोली चोखो छैन मान्छेको मनधूवाँ धूवाँ त्यसैभित्र लुक्दी रै'छ ।कति सोझी कति सुन्दर देखिन्थी ऊअस्त ब्यस्त, आँशू, पीडा, बूढी भै’छ ।केही बोलूँ, केही सोधूँ जस्तो लाग्योभेट्न खोजें, भेटिईन कता गै'छ ।बाँड्न पाए हुन्थ्यो बरु दुखहरुचुपचाप सबै दुख एक्लै सै'छ ।मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आचार्य प्रभा
3, 2010, 7:46
तिमीलाई माया माग्न, नजर झुकाइ आएँ आज तिम्रो साथ पाउँ भनी, मन्दिर मन्दिर धाएँ आज ।जिउनुको अर्थ छैन, हुँदैन सामिप्य भने तिम्रो तिम्रै माया सम्झी मैले, रचेर गजल गाएँ आज । झरीदिन्छ बर्षा भइ,नयन अनायस् किन किन नमेटिने याद साँची,मायाको तगारो लाएँ आज ।संसारको रित भन्दा, मायाको आधार बेग्लै हुँदा आजन्मको साथ दिन, कसम मनले खाएँ आज ।ईश्वरको बर भनुँ, भाग्यको लेखनी भनुँ तिमी हृदयले चाहे जस्तै, मायाको अवतार पाएँ आज ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निशान निष्कर्ष
31, 2010, 7:33
तिम्ले अब एउटा यस्तो गजल लेख्नुपर्छसमाजलाई नयाँढङ्गबाट देख्नुपर्छ ।१।मृत्युवरण गर या त ढाल बनी बस लुटिएका सीमाहरू तिम्ले छेक्नुपर्छ ।२। विद्रोहकै बाटो रोज चाहे बन सम्यमलालीकिरण फुलाउने बिहान टेक्नुपर्छ ।३।सेतो चोली विधवालाई स्वार्थी नै तोके अवलाको अश्रुधारा अब थेग्नुपर्छ ।४।गोरखा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
चर्चित ढुंगेल
30, 2010, 8:44
मलाई त लाग्छ कि पीर हो मायाकि भत्केको नदीको तीर हो माया कि बादल हो माया जो रंग फेर्छकि चित्र उडेको तस्विर हो माया कि ढुंगो हो माया जो निर्जीव हुन्छकि मूर्ती विनाको मन्दिर हो माया कि बगर हो माया जो निर्जन् हुन्छकि त उजाड तारे भीर हो माया कि त काँडा हो माया जो बिझ्ने गर्छकि मुटुलाई छेड्ने झीर हो माया कि जेल नै हो माया जो कैद गर्छकि मन्लाई बाँध्ने जन्जिर हो माया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
असीम सागर
30, 2010, 2:50
चितामाथि आगो हुर्र बल्न बॉंकी थियोलाश मेरी प्रियसीको जल्न बॉंकी थियो। लगनको साइत अनि चुरा पोते साड़ीसप्पै भाथ्यो सिन्दुर केवल दल्न बॉंकी थियो। जतिबेला संगै जिउने मर्ने कसम खाएथ्यौंत्यति बेला आँप र आरू फल्न बाँकी थियो। दैव तैंले यो के गरिस् भन्दै रोएँ कतिरूँदा रूँदा शरिर यो गल्न बॉंकी थियो। ईश्वर भनूँ कसरी म ईश्वर तँलाई मैलेरिसले लात्ती हान्दा मुर्ति ढल्न बॉंकी थियो। यो असीमलाई साथीभाई आए सम्झाए धन्नविष या त पेटमा छुरा चल्न बॉंकी थियो।काठमाण्डौ, हाल: दार्जीलिङ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रामविक्रम थापा
30, 2010, 2:47
यत्ति धेरै माया किन गुणलाई पो हो किमलाईभन्दा बढी माया घूनलाई पो हो कि ।म त ध्वाँसे कालो हाँडी कुनातिरै बस्छुयत्ति सेतो चहक रङ्ग चूनलाई पो हो कि।म त बामपुड्के फर्सी खाल्डाभित्रै पस्छुतिम्रो बृद्धि माथि आकाश छुनलाई पो हो कि।म त कालो औँसी रात अँध्यारोमै बस्छुयति राम्रो ज्योत्स्ना पनि जूनलाई पो हो कि।ओठबाट मेरो हाँसो अन्तै गयो अचेलतिमी यति धेरै हाँस्नु रुनलाई पो हो कि।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रविण भट्टराई "प्रयाश"
27, 2010, 7:18
मन्दिर तिर नधाएर हो किनिश्चल माया नलाएर हो कि जिन्दगी आज जिन्दगी रहेनपाउनेको साथ नपाएर हो कि एकान्तमा हराउ झै लाग्छपिरतीको गित नगाएर हो कि एक्लै एक्लै जिउन विवस छुआफन्तले नै नचाहेर हो कि विरहले आज जल्दै छ "प्रयाश"रातो पानी थोरै नखाएर हो कि !!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
संगम सापकोटा
26, 2010, 8:08
शुभयात्रा उसलाई जाउ रे भन्दिनुसंझि यहाँ छिटो फर्कि आउ रे भन्दिनुसहजै खुल्न हुन्न अतित त्यो भूल्न हुन्न बाटोमा स्मृति गीत गाउ रे भन्दिनुरोपेको मायाको मूना हुर्कदैछ धेरै गुना एक्लै हुन्छ यो ‘संगम’ बचाउ रे भन्दिनुप्यास लाग्छ नदेख्दा झन् अत्यास लाग्छ उस्को तिमी वरिपरि छाउ रे भन्दिनुसर्मपण हुन के नै बाँकी छ र छल्नलाई नखोज्नु दाउ रे भन्दिनुतिमी मात्र हुँदा खुशी म मार्छु बु्रर्कुसीलक्षमा ती नरोकिउन् पाउ रे भन्दिनुरहरमा डुल्नु हुन्न गुन कैले भुल्नु हुन्न सुखमा हुँदा नबढाउ भाउ रे भन्दिनुदिएर आफ्नो हुदैन न हुन्छ लिएर नै गजलको यो मिठो धुन गुन्गुनाउ रे भन्दिनु तनहूँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
तिर्थ(यात्री) पौडेल
26, 2010, 8:04
कहिले उठ्ने देश माथि आपसमा लडे पछि आपसमै टाउको फोर्न काँध माथि चढे पछि छिमेकीको उद्देश्य नै एकता खण्डित गर्नु हुन्छ भित्र भित्रै लडाउछन देशमा आँखा गढे पछि किन छोड्थ्यो उसले पनि सधै मुख ताकी दिँदा भगवान भन्दै सधै उसकै पाउ छुन बढे पछि म नै ठुलो बुद्दिमान जान्ने बुझ्ने बलवान भनिअहमता र अहंकारले भित्र भित्रै डढे पछिलखनपुर ३ झापा; हाल: बहराइन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
23, 2010, 9:19
जता जता हावा बह्यो उता उता बहिदिएँआफ्नैले हो लगाएको घाउ पनि सहिदिएँ ।तँ त मरिस् भने सबै सोधिन म आफूलाई सजाएको चिता थियो लुरुलुरु गईदिएँ ।कसैलाई बनाउन आफ्नो यत्न गरिरहेंसकिएन जब आफै उसैको म भईदिएँ ।परिएछ गणितीय जिन्दगीको भुमरीमा शून्यबाट शून्य घट्यो शून्यमात्रै रहिदिएँ ।मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
असफल गौतम
23, 2010, 9:12
भनिदियौ पत्थरको मन हुनेले सालिग्राम खोज्न पर्दैन हेर! कुन शास्त्र भन्छ फक्रेको फूल ओईलेर झर्दैन झर्नु झर्यो मर्नु मर्यो चोट पर्नु त पर्यो ठीक छ कति निच विचार आयो तिम्रो झरेसी बास्ता गर्दैन माया बाढ्ने सपना छाड्ने दोबाटो मनमै देख्ने फेरी बाँकी जोवन सँगसँगै कल्पना गर मबाट माया मर्दैन यदी मलाई जाचॆको भए जनम जनमको तिम्रो कसम मन दुख्ने वातावरण नै नहुदा सन्देश दुःखको छर्दैन तिमीले असफल बनाए पनि जिउँला रुदै एकान्तमा तितो सत्य बुझी राख्नु तिमीसँग अब जंघार तर्दैन स्याङ्जा, हाल: पोखरा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सबिन सिंह
23, 2010, 9:08
सुख दुख बराबरी हेर्ने आँखा फरक फरक ।सबैको छ कथा एक भन्ने भाका फरक फरक ।।सङ्घर्षको मैदानमा खेल अनि झेल दुवै ।भिड्नु पर्छ सबले यहाँ छेक्ने बाधा फरक फरक ।।चेतनाले सिचिँएको बोट यौटै ज्ञान फल्ने ।विष अनि मिठो फल फल्ने हाँगा फरक फरक ।।सूर्य किरण छाएको छ सबै माथी बराबरतर पनि ठूलो सानो बन्ने छायाँ फरक फरक ।।हरेक दिन भर्दै जान्छ, खाली पाना एक एक गर्दै,किताब यौटै जिन्दगी यो, छोप्ने गाता फरक फरक ।।कपिलवस्तु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निशान निष्कर्ष
22, 2010, 8:21
अझ दुःख गर्छु भन्छ बूढो ज्यामी पैसा र पसिना गन्छ बूढो ज्यामी ।१।महङ्गीको भीडमा समायोजित हुन यो उमेरमा सडक खन्छ बूढो ज्यामी ।२।आफू बाँची अरुलाई बचाउनु पर्दाअतालिँदै शोक कन्छ बूढो ज्यामी ।३। पसिनाको गास साह्रै मीठो हुँदा श्रम गर्न लम्कन्छ बूढो ज्यामी ।४।शोषक र शोषित वर्गले नै गर्दासपनामा मालिक बन्छ बूढो ज्यामी ।५। गोरखा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
जे. आर."आभास"
21, 2010, 9:02
एक्लो रातको यो जुन रोयो तिमी नदेखेर,गाम्भीर्य बग्दै यो अरुण रोयो तिमी नदेखेर,वृन्दा वन नै गुन्जाउने राधा राधा भन्दै ,नटखट बंशीको यो धुन रोयो तिमी नदेखेर,निर्जिवताले सजिवता पाउथे तिम्रै सौदर्यले,त्यसैले होला यो सुन रोयो तिमी नदेखेर ,हरपल यिनै रोम रोममा बग्ने गर्थ्यौ तिमी ,बग्न छाड्दै यो खुन रोयो तिमी नदेखेर अचेल तिम्रो 'आभास' केहीमा भेटदिन म,मैले लगाएको त्यो गुन रोयो तिमी नदेखेर रसायन शास्त्र केन्द्रीय बिभाग, किर्तिपुर, काठमाडौँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. नवराज सुब्बा
20, 2010, 7:49
डा. नवराज सुब्बा
मैदानमा यो कस्तो खेल खेल्छौ साथी जित्नलाई हरदम् झेल खेल्छौ साथी ।मुक्ति निम्ति लडेको रोग, भोक बिरुद्ध खान छाडेर उल्टो बेल खेल्छौ साथी । अशान्त आकाश खडेरी छ शान्तिकोचोर हैन साधुसित नेल खेल्छौ साथी ।कैले आउला अब गरिखाने दिन भन्छुदुवै कानमा हालेर तेल खेल्छौ साथी ।नजिस्क घरिघरि बहने यो लहरसितनपत्याउने खोलाको भेल खेल्छौ साथी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बलराम उपाध्याय
20, 2010, 7:47
पापिनीको यादमा अलिकती पिएँ आजजिन्दगीको नाममा अलिकती जिएँ आज मेरो मनको सँघार टेकी अन्तै बसाइ सरेपछीच्यातिएको मुटुलाई अलिकती सिएँ आज मेरो संसार रित्याएर उस्को झोली भर्नेलाईमन मुटु गाठो पारी 'चिनो'फिर्ता दिएँ आज हामी रथका दुई पाङ्रा भन्ने गर्थ्यौ तिमी सधैंजिन्दगीको रथ तान्न एक्लै-एक्लै भएँ आज
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
करुण थापा
18, 2010, 11:48
त्यो मनसँग यो मन मेरो साटी हेरौं कि ।तिम्लाई माया गर्छु भनी ढाँटी हेरौं कि ।चन्द्रमा हौ भन्छन् सबले तिम्लाई हेरेरमैले पनि तिमीलाई राती हेरौं कि । मलाई निल्न खोजे जस्तै किन हेरेकोमलाई निल्न खोज्नेको खै घाँटी हेरौं कि ।जति माया दिए पनि पुग्दै नपुग्नेतिम्रो मुटु छ कि छैन छाती हेरौं कि । मीठो हुन्छ माया भन्ने भन्छन् सबैलेम पनि त अलिकति चाटी हेरौं कि । मान्छेको त जातै यस्तो डाह गर्दछन्देउताले नि डाह गर्लान् माथि हेरौं कि । मलाई दुख्दा तिम्लाई पनि दुख्छ भन्छ्यौ रेमेरो मुटु अलिकति काटी हेरौं कि ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राकेश कार्की
17, 2010, 4:35
राकेश कार्की
लुकी लुकी चियाउनु पर्दैन अब तत्यसरी माया कसैले गर्दैन अब तइमेल मोवाइल छ हाई स्वीटी भन्नटारबाट बेसी कोही झर्दैन अब तनयाँ युग कस्तो सबैजना फरवार्डलाजले कोही मुस्कान छर्दैन अब ततुरुन्त डिभोर्स हुन्छ तुरुन्त म्यारीजप्रेमको लागी कोही नै मर्दैन अब तमुना मदन औ लैला मजनु बनेरसाँचो मायाले हृदय भर्दैन अब तलस् एन्जेलस्
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
16, 2010, 8:14
मन पराएँ तिमीलाई, तिम्ले अझै कुनी प्रिय !नगर भो दोमन, बिताऔं सँगै जुनी प्रिय !खेर जाला जोवन, बस्छ्यौ एक्लै कति त्यसै !मनमा कुरा खेलाइ, रहर अनेक बुनी प्रिय !रोज्नै पर्छ साथ, ढिला गर्नु व्यर्थ्र अब !मनका पीर हटाऊ, बरु मलाई चुनी प्रिय !इच्छा होलान् मनमा, रहर पनि अनेक अनेक !बेला छँदै खोल, कति राख्छ्यौ थुनी प्रिय !हाँसो खुसी बाँडौं, हामी दुबै मिली अब !पीर परे बरु, सँगै बसी रुनी प्रिय !
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दीपक बस्याल
14, 2010, 10:40
सुन्दर बदन हेरियेर गयो हेर्दा हेर्दै मन फेरिएर गयो न तनले आट्यो, न मनले ढाट्योयौबन बिछयौनामा बेरिएर गयो बैस यसै गो , बिना मेसै गो सपना सुन्दर सेरियेर गयो भमरा के हुनु? हुति बिनाको फुल ओरिपरी घेरिएर गयो प्रेमपत्र हुन सकेन भावकेहि गजल भै केरीयेर गयो नवलपरासी, हाल: न्यु मेक्सिको, अमेरिका
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
धीरेन्द्र अनुरागी
14, 2010, 10:33
जिन्दगीमा यति धेरै उतार चढाव देखें यो जिन्दगी बाँचे पनि जिन्दगी अभाव देखें रुनु हाँस्नु भन्छन साथी सिक्काका दुइ पाटा सधै सधै यौटै पाटो आँसुको बहाव देखें म भित्रको अभिमान मार्छु एक एक गरी जगतमा सारा मैले बुद्द कै प्रभाव देखें बाँकी नै छ देख्न उन्को असली अनुहार त 'अनुरागी' आज मैले लाएको नकाब देखें बिद्रोह त पक्कै हुन्छ आज नभए भोलि भित्र भित्रै गुम्सियको सारा दबाब देखें
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
12, 2010, 9:49
बर्षातमा ओत लाग्ने छाता पाइएनखाली किताब छाप्नुपर्ने गाता पाइएन ।घर चुह्यो खरले छाएँ मन फेरि चुहेको छयसलाई छाउने कतै जस्तापाता पाइएन ।कति संग साटियो मन लेखाजोखा राख्नुपर्नेखोजें कति बजारमा खाता पाइएन ।ख्बै के दिउँ तिमीलाई जति थियो दिइसकेंआफूलाई दिने कुनै दाता पाइएन ।मन बोल्यो, आँंखा बोले, जिब्रो बोल्न खोजेको छके भनेर बोलाउँ खै नाता पाइएन ।मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बलराम उपाध्याय
12, 2010, 9:39
वन-पाखा चौतारीले सँगै बसुँ भन्छ झरनाका तरेलिले सँगै खसुँ भन्छ नदि-नाला बगिगए चट्टानलाई चिरी मुख खोल्दै गुफाहरु सँगै पसुँ भन्छ पहाडका टारी,खोचले बाटो हेरी रहेतराइका फाँटले सँगै घुँडा धसुँ भन्छ जाती, धर्म, पेशा वर्ग बिभेद्लाई छाडी मादालु र सारंगि नाच्न कम्मर कसुँ भन्छ माछापुछ्रे,सगरमाथा आसुँ झारी-झारी फेवातालको मझेरिमा सँगै हासुँ भन्छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
हरि खनाल
11, 2010, 8:04
स्वप्ना हजार भन्दा बोली मलाई प्यारो ।सम्झेर रूप तिम्रो चोली मलाई प्यारो ।।जो छौ तिमी मलाई सर्वस्व लाग्छ यारा ।हुन्नौ तिमी भनेता झोली मलाई प्यारो ।।यो ज्यान हैन मेरो सुम्पें हजूरलाई ।दिन्छौ स्वयम् भने लौ गोली मलाई प्यारो ।।बासै म माग्छु यारा दिल्को खुलाउ ढोका ।खेल्ने तिमी भएमा होली मलाई प्यारो ।।मैले हजार लाखौं पूलै उनें सजाएँ ।चढ्छौ तिमी भने पो डोली मलाई प्यारो ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिल अन्जान
10, 2010, 8:19
हतारहतार दिएर गयोआएर अखबार दिएर गयोआज अनौठो छाप्पिएको छभनेर समाचार दिएर गयोकसैले मुटुमा घोचेको जस्तोत्यस्तो प्रहार दिएर गयोसम्झिन मन लागेछ भनेगर्नु पत्राचार दिएर गयोआजसम्म कसैले दिएनन्उपमा गजलकार दिएर गयोकोहलपुर२, बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
संगम सापकोटा
10, 2010, 8:16
रोग, भोक, शोकमा लुकेको, गाउँ थियो र त विदेशीएँ मछाक टार्ने कसरी हो दुखेको, घाउँ थियो र त विदेशीएँ मज्यामी मञ्जुरी धेरै गरेँ, स्वदेशमा पेट मात्रै भरेँ मश्रमको त्यो ज्याला तुच्छ, भाउ थियो र त विदेशीएँ म जब चाडपर्व आउँछन्, साहू कहाँ आमा धाउँछन् पोहोरको रिन तिर्न नसक्ने, बाउ थियो र त विदेशीएँ मब्याजको स्याज गन्छ, घर आई बाख्रा गाई फुका भन्छ दयाहीन जिम्माल दुष्ट, साउ थियो र त विदेशीएँ मबाघ र बाँदरले सँधै, सोत्तर पार्थे बाख्रा र बालीआफ्नो भन्ने त्यै खरिया, ठाउँ थियो र त विदेशीएँ म बालबच्चा परिवार मेरा बुढा भाका बाआमालाई दुईछाक जोहो गर्ने मेरो, दाउ थियो र त विदेशीएँ मदमौली एफ.एम., तनहूँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निरोज
9, 2010, 11:25
हर हिसाबले तिमीलाई नै पो मन पराए भन्यौभाकेर देउतालाई’नि कुन्नी के के चढाए भन्यौ रहरले हड्ताल बारेको चिसो चिसो प्रहरमाशहरकै कुनै मन्दिरमा बत्ती लाख जलाए भन्यौ अभियूक्त त बनायौ पुर्जी नथमाईकनैबार बार निमोठ्ठिएरै पलाउन त पलाए भन्यौ निस्फीक्री निष्प्रयोजन रमाउँदा अर्कैको धुनमाबदनाम चाखेरै तिम्रो ईज्यत पठाए भन्यौ हरेर जो राज्य थियो मनको सबै मेरोउम्कने कष्ट गर्दै नगर्नु दिलकै कैदी बनाए भन्यौ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
9, 2010, 11:22
छारो उड्न थाल्यो अरे, आङ कनायौ कि ?नाकै थुन्न पर्ने भो रे, तिमी गनायौ कि ?न बनायौ , न सघायौ , पर्छ ओतिनु तभत्काएर आफ्नै घर ,जात जनायौ कि ?च्याँखे थापी मनहरु, कस्तो पन जित्यौखुशी भनी कतै फेरि, शोक मनायौ कि ?बलिर'छ शान मान, नहोस् खरानी त्योनिभाउछु भन्दै अझै, तेल खनायौ कि ?आत्मा साक्षी राखी हेर, एक चोटी तिमीतिखारेर कलममा, धार बनायौ कि ?
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
ऋषि बस्ताकोटी
7, 2010, 9:16
आफ्नोउद्यमछोडीछोडी,अरुबन्दा रुन्छन मान्छेबाहिरसफा देखिए नि', भित्र काला हुन्छन मान्छे 'बसुधैव कुटुम्बकम' भन्नु मात्रै मुखमा रै'छआफ्नैबाटो भत्कोस बरु, अरुलाई थुन्छन मान्छे राम्रो भन, राम्रै ठान, दुनियाको भलो चिताऊतिमी जस्तै छैनन् अरु, उल्टो उल्टो सुन्छन मान्छे भत्काउन बिगार्नलाइ, भित्र भित्रै लागे पनि आफन्तको नाटक गर्दै, तिम्रै पाउ छुन्छन मान्छे भित्र जति पाप कर्म, बाहिर उत्ति ढोंगी धर्मआडम्बरको तानाबाना, कतिधेरैबुन्छनमान्छेभ्यानकुभर, क्यानाडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दीपक बस्याल
7, 2010, 9:11
महलकी रानी संगै शहर घुम्ने भाग्य कहाँ? म धर्ति को धुलो उस्को अधर चुम्ने भाग्य कहाँ?बरु विषै पिउन हुन्थ्यो चाहिदैन अमृत प्याला लट्ठीएर आलिंगनमा संगै झुम्ने भाग्य कहाँ?आकाशिदो भाउ वहाँ, गरिबीको घाउ यहाँ बसी मण्डपमा संगै चरु हुम्ने भाग्य कहाँ?आफू लुटाई ज्योति छुटाई खुसि हुनु दीपक धर्म लर्के जोवन लाली योवन सँगै गुम्ने भाग्य कहाँ? नवलपरासी, हाल: न्यु मेक्सिको, अमेरिका
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
6, 2010, 7:39
उज्यालोलाई रोज्यौ तिम्ले, भागिन म बलिदिएँ । खरानी नै खोज्यौ तिम्ले, भागिन म जलिदिएँ । श्रम गर्न गाह्रो मान्यौ, फलमात्र खोजिरह्यौ । बिज बनी रोपिएँ म, भागिन म फलिदिएँ । सप्तरंगी संसार खोज्यौ, भेटिन्न यो थाहा थियो । निराश पार्नु किन व्यर्थ, भागिन म चलिदिएँ । जोश जाँगर छँदैछैनन्, अल्छी पनि कति तिमी । उत्साह दिँदै गएँ, भागिन म गलिदिएँ । बालुवामा पानी हाल्यौ, पानीमाथि आगो खोज्यौ । आगै बनी प्रहार गर्यौ, भागिन म छलिदिएँ । अभिलाषा धेरै पाल्यौ, कसले सक्थ्यो पूरा गर्न । सकेजति पूरा गरेँ, भागिन म ढलिदिएँ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
करुण थापा
5, 2010, 6:49
तिमी हौ कि जस्तो लाग्छ कोही बोले अँधेरीमा ।सम्झिन्छु म तिमीलाई चुरी बजे मझेरीमा ।।फेरि पनि आज मैले देखे तिम्लाई सपनीमाहात समाई हिंडेको'थें तिमीसँग सल्लेरीमा ।तिमी रुँदै छ्यौ कि त्यता बलेंसीमा झरी जस्तैमेरो आँसु सुकेकोछ मूल सुके झैं खडेरीमा ।।तिमी विना शुन्य लाग्छ घर कै आँगन पनि मलाईतिमी विना फूल फुलेन पाखा अनि पखेरीमा ।।मलाई छोडी तिमी ग'को हैन जस्तो लाग्छ मलाईगा'की हौ कि जस्तो लाग्छ पानी लिन पँधेरीमा ।।काठमाडौं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
शिव मिश्र
4, 2010, 7:44
पानी बिना खडेरीको खोला भा'छ मान्छेबन्द सिसी चिसो कोकाकोला भा'छ मान्छे ।। कस्ले काँ पो फुटाउँछ हिर्काउँछ कता टम्म पानी भरिएको लोला 'भाछ मान्छे ।।सुख खस्छ दु:ख पस्छ हाँसो तलै बस्छ पुच्छारमा उध्रीएको झोला भा'छ मान्छे ।।जसो तसो बाँचे पनि भित्र साह्रै दुख्छ सुक्दा सुक्दा सुक्दा एकै तोला भा'छ मान्छे ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
एन.एच. मिश्र
4, 2010, 2:14
आज जुध्यो आँखा मेरो, जुध्या थे’न कहिल्यैसाँझ रुझ्यो ‘नरहरि’ रुझ्या थे’न कहिल्यैऊ आई आँखा झिम्काइ, मेरो पनि झिम्क्योआजै बुझ्यो ‘नरहरि’ ले बुझ्या थे’न कहिल्यैमैले हेरेँ, फेरि हेरेँ, उसले पनि हेरी रहीँछिनमै झुक्यो ‘नरहरि’ झुक्या थे’न कहिल्यैओठ चलाए बोली थे’न, तन्काए गुनेली गोली थे’नयसैले चुक्यो ‘नरहरि‘ चुक्या थे’न कहिल्यैम त बोलिन त्यस्तै भो, उसले पनि त्यसै टारीत्यसैले दुख्यो ‘नरहरि’ दुख्या थे’न कहिल्यै
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
1, 2010, 8:58
मायाँ गर्ने कसलाई रहर हुँदैनमायाँ जस्तो अर्को कुनै जहर हुँदैन ।न भोक, न तिर्खा, न नींद, न चैनमायाँमा यी सबको कुनै पहर हुँदैन ।खेल्छन् मान्छेहरु यो सडकमा मायाँको खेलयो यस्तै हो कुनै छुट्टै यसको शहर हुँदैन ।झुट फरेव जे गर त्यो चोखो हुन्छबहेको पानी, यो अर्को यस्तो कुनै नहर हुँदैन ।छटपटीको स्वाद हो मायामा चाख्ने, चाख ‘बोध’पर्खन्छस् कसलाई? आजकल मान्छेको यहाँ कुनै भर हुँदैन ।मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आचार्य प्रभा
1, 2010, 8:48
हाँसेर सधैं जिउँला भन्थेँ सागर पिएछु मनको ब्यथा टाल्नको निम्ती हाँसोले सिएछु । सुखमा मन हाँसेर भुल्छ दु:खमा आत्तिन्छ जिन्दगी भन्नु दु:खको सार जानेरै जिएछु । रातमा चन्द्र मुस्काइ दिन्छ दिनमा लुक्दछ मुस्कान छर्न चन्द्रमा बन्ने आशामा थिएछु । जीवन चक्र घुमेर आयो दु:खको साथमा सुखको हात पन्साइ मैले संघर्ष लिएछु । अमेरिका
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिल अन्जान
31, 2010, 7:59
सोचेभन्दा फरकमा आएर उभिएँआखिर त्यै सडकमा आएर उभिएँ गन्तव्यमा कत्ति संघर्ष गरे कत्तिउभिएँ फगतमा आएर उभिएँ बाजेले न जा, न जा त भन्थेककसको संगतका आएर उभिएँ नफर्किन सक्छु न जान सक्छुत्यस्तो बखतमा आएर उभिएँ अबदेखि गजल लेख्ने नै छैनअन्तिम सपथमा आएर उभिएँ कोहलपुर२, विद्यानगर, बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
संगम सापकोटा
29, 2010, 1:29
कथाको व्यथा गाउँदा यो सारंगीको तार भयो कसैको नजरमा यो जिन्दगीको भार भयोजसले जे माग्यो उसलाई दिउँ दिउँ लाग्योफेरि कसैलाई यो जिन्दगीको आधार भयो स्वार्थ लुट्ने वर भए नलुट्ने पर गएरात भयो कसैको यो टुकिको दार भयोधर्म नैतिकता सद्भावमा हिंड भन्दा पुण्य गरे शुन्य हुन्छ यो खुकुरीको धार भयोविकृती घर गाउँको सुन्दा भावना कपिमा उन्दाथाहै भएन 'संगम' कुन दिन गजलकार भयो तनहुँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निशान निष्कर्ष
24, 2010, 9:48
मलाई बास दिने चोक छ आकाशमुनि छु म मेरो ओछ्यान कसले तोक्छ आकाशमुनि छु म देश बनाउन लागिपर्छन् भन्ने सुनेको छु विकासमा मिठो भोक छ आकाशमुनि छु मसयौँ हिँड्छन् हजार डुल्छन् मेरो ओछ्यान टेक्दै उत्पीडनले साह्रै टोक्छ आकाशमुनि छु मरात रुन्छ जुनेलीमा शीतको थोपा झार्दैपूर्ण छु म सबैथोक छ आकाशमुनि छु मशखी छैन एक्लै हैन मेरो दुनियामानजरले भेट्ने लोक छ आकाशमुनि छु म
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निस्तेज
24, 2010, 9:43
सिद्धियो लामो खँडेरी आज साउन दर्कदैंछ ।ज्युनुको जानी महत्ता जिन्दगानी फर्कदैंछ ।सायदै मैले सिकेन सोह्र आना जिन्दगीके भयो पाउ मुनि न गर्लम्म पैह्रो घर्कदैंछ ।रात झञ्झावातको सन्त्रासको आभाषकोबात गर्थे प्रातःको लौ सूर्य रश्मि छर्कदैंछ ।ले जतिलिन्छेस् परीक्षा आज तैंले जिन्दगी‘निस्तेज’ भो पर्वत कहाँ जाबो हुरीले मर्कदैंछ ।सायद समयले हेर्छ होला सत्य सम्यक दृष्टिलेपाइला कसका अघि छन् को पछाडी फर्कदैंछ ।धनगढी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गिरिराज बाँस्कोटा
24, 2010, 9:39
फुल छ मेरो हातमा तिमी जुन खोज्छेऊ माया छ ममता छ खालि सुन खोज्छेऊ उत्साहको सागरमा सुन्दर चाहा बुन्दाबिरहमा आशु बग्ने तिमि धुन खोज्छेऊअर्थ खोइ समर्पण भाव गहिराइमा बिना अर्थ बगाउन किन खुन खोज्छेऊभएजति दिन सक्छु नभएको के गरौ म सगै नभएको अनेक गुन खोज्छेऊहुने कुरा भइहाल्छ नहुने किन सोच्नु जगाएर रहर क्षितिज छुन खोज्छेऊ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
20, 2010, 7:20
प्युँनलाई मात पनि पैसा चाहिन्छअचेल फाल्न जात पनि पैसा चाहिन्छ ।साथी संगी धेरै होलान् थाहा छ कि छैनमिलाउन हात पनि पैसा चाहिन्छ ।हाबासँग सोधें मैले अचेल किन रिसाएकोहल्लाउन पात पनि पैसा चाहिन्छ । हाँस तिमी, उनी भन्छिन् मेरो हाँसो सस्तो छैनदेखाउन दाँत पनि पैसा चाहिन्छ ।ज्युँनू गाह्रो भन्छन् सबै मर्नलाई लगाउनछाती भित्र घात पनि पैसा चाहिन्छ ।कल्पनाको घडेरीमा सपनाको छानो छाईबिताउन रात पनि पैसा चाहिन्छ ।भन्साघरमा श्रीमतिले आँखा तर्दा थाहा पाएँअब खान भात पनि पैसा चाहिन्छ ।मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
20, 2010, 6:49
भाष्कर काजी
तिमी बसेकै, शहर देउ मलाईतिमी उभेकै लहर देउ मलाई । तिमीसँगै, रुन चाहान्छु सँधैभित्र दुख्ने कहर देउ मलाई । जतन गरी सम्हाल्छु, म सबैअन्तर्मनका रहर देउ मलाई । जुनी भरी, गुनगुनाइदिन्छु मतिनै गजलका बहर देउ मलाई । हो माग्दीन म, जीन्दगी तिम्रोफगत एक नजर देउ मलाई ।रुँघा ७, रुकुम, हाल: त्रि वि, कीर्तिपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
तिर्थ(यात्री) पौडेल
20, 2010, 6:37
घर जले पछि कुवा खन्नेको के कुरा काम चले पछि जान्दिन भन्नेको के कुरा सुगा रटाई सहमतिको गर्दै अहोरात्र बहुमत जुटाउन टाउका गन्नेको के कुरा म बलवान,पहलमान पहाड उचाल्छु भन्ने तिलको दाना उठाउदा कन्नेको के कुरा गान्धी बन्छु भन्ने राजनीतिमाभित्र भित्र शकुनी बन्नेको के कुरालखनपुर ३,झापा; हाल: बहराइन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सबिन सिंह
20, 2010, 6:25
कल्पनामै उड़िदिदा आफ्नो आधार भुलिदिएँ ।तिमी साथ भईदियौ सारा सँसार भुलिदिएँ ॥फूल फुल्यो तुषारोमा, शीत झर्यो बसन्तमा।मन त्यसै हाँसी दियो बन्जर बहार भुलिदिएँ॥परेलीको बाँध टुट्यो, कोमल मन काँच हुदाँ ।तिम्रा हातले आँसु पुछ्यौ भदौ असार भुलिदिएँ ॥वैरी भए आफ्नाहरू, तिमीलाई आफ्नो मान्दा ।माया पाएँ यति धेरै, घ्रिणा अपार भुलिदिएँ॥हराएको "सबिन"को खोजी हुन्छ आजभोली ।विलिन छु तिमी भित्र आफ्नो आकार भुलिदिएँ ॥कपिलवस्तु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
विद्याप्रसाद घिमिरे
17, 2010, 10:38
निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि सस्तो बन्न थालेँ मित्र धोका पाएपछि ।दिनरात, हाँसोखुसी उस्तैउस्तै लाग्छयस्तै हुने रै’छ साथी होश हराएपछि ।कहिले छट्पटिन्छु कहिले मुर्छा परी रून्छु मुर्दा सरी हुन्छु उनको याद आएपछि ।मिल्नुछुट्नु, हाँस्नुरूनु जिन्दगीको खेल नाङ्गिएछु यस्तै खेलमा सब गुमाएपछि ।यही प्याला रह्यो साथ यस्मै रम्छु अबआपैलाई बिर्सिन्छु म यो रित्याएपछि ।जीवन भन्नु गुम्नु अनि गुमाउनु नै रै’छमान्छे बन्न खोजिरा’छु सब लुटाएपछि ।निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि । सस्तो बन्न थालेँ मित्र धोका पाएपछि ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजकुमार कान्छा
17, 2010, 10:29
प्रकृतिले धर्तिमा एउटी परी बनाको छचञ्चले बतासले खबर यो जनाको छ इन्द्रेणीका के कुरा, फूल पनि लजाउँछन्सप्तरङ्ग छोडौं रङ्ग जति सब खनाको छ निगाह नसालु, विषालु नजर, ओँठका के कुराचीज बाँकी छ र के ? सब थोक बनाको छ लाखौं तारा थोरै हुन्छन् उनको चेहेरा सामूजूनलाई नचम्किन उनकै खातिर मनाको छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
17, 2010, 10:27
पाखुरी सीपमा हल्हली जिन्दगी ।।आतुरी मातमा तल्तली जिन्दगी ।।बातमा प्यासले खोज्दथे पोखरी,सम्झियो माथले कल्कली जिन्दगी ।।माधुरी मातमा एकलै रातमा,बेसरी सम्झिएँ झल्झली जिन्दगी ।।निष्ट भै काममा जुट्दथेँ के गरी,बग्द थे रक्त नै भल्भली जिन्दगी ।।हर्षले जिन्दगी हाँस्दथेँ नाच्दथेँ,तन्भरी मच्चियो खल्बली जिन्दगी ।।ढल्किदो जिन्दगी काँ गयो 'बिष्णु'कोखोज्द थेँ आशमा अल्मली जिन्दगी ।।इन्द्रेणिपोखरि ३ खोटांग, हाल: हंगकंग
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बालकृष्ण लम्साल
15, 2010, 7:10
किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि?भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि?तिम्रो खुशी तिम्रो हासो मेरो पनि चाह होनि।कुनै गल्ती मैले गरि शिर तिम्रो झुकाए कि?साचो माया गर्छौ भने भन्नु पर्छ मन को कुरा।अन्जानमै हाम्रो माया मैले कतै फुकाए कि?मेरो पनि एउटै विश्वाश साचो माया गर्नु पर्छ।राम्रो मौका खेर फाली ठुलो मुल्य चुकाए कि?किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि?भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि?
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आचार्य प्रभा
15, 2010, 7:08
नभन घातका कुरा नगर जातका कुरा । कहिल्यै नपरोस् सुन्न बैगुनी हातका कुरा। जीवन बितेछ त्यसै भनन रातका कुरा। हरियो बन्नेछु सधैं बुझन पातका कुरा ।बोतल रित्याइ भन्छु सुनन मातका कुरा । पीडामा डुबेकी छु म नभन आहतका कुरा । मनमा बस्नेछौ तिमी गरन राहतका कुरा ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सागर साउद
15, 2010, 7:06
तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आजत्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।।तिमीलाई देखे पछि उस्कै याद आयो मलाईवेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।।उनी संग बोल्न नपाई विछोड मेरो भ’को थियोउनी सम्झि तिम्रैसाथ सबै पीडा पोखे आज ।।तिम्री साथी देखेपछि तिम्लाई भेटे जस्तै लाग्योअस्ताएको माया फेरि उदाएर बोके आज ।।सम्झिएरै तिम्रो खेल्ने त्यही सुन्दर आँगनीलाईतिम्रै नाममा एउटा सुन्दर फुल मैले रोपे आज ।। डडेल्धुरा, जोगबुडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिल अन्जान
11, 2010, 8:54
ऊ रुनु यसपाली रहेछभन्थ्यो संसार जाली रहेछमैले मुटु धुन सकिनभनेर घाउ पखाली रहेछपाएछ माया गरेको फलछातीमा आगो बाली रहेछमेरो मनले मान्न सकेनसबैले भन्थे दलाली रहेछसायद हरेस खाएर होलामर्छु भन्न थाली रहेछकोहलपुर२, बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बसन्त श्रेष्ठ "क्षितिज"
11, 2010, 8:49
मन्दिरमा सजाउनको लागि म फूल हुन सकिन । दोबाटोको सुचनावाचक म तुल हुन सकिन ।। मनको वागमा न बसन्त छायो न शिशिर गन्तब्यमा यात्रु डोराउने म पुल हुन सकिन ।। मेरो माया सधै चोखो र एकातर्फि रहिरहे तिमीलाई घोच्ने तिखो म सुल हुन सकिन ।। प्यासी धर्ती,प्यासी म र सारा जगत भए तिर्खाएर उनी आइन म मुल हुन सकिन ।। गगनमा उड्ने रहरहरु जमिनमा नै रहे सोझो "क्षितिज" म दुषितको हुल हुन सकिन ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
संगम सापकोटा
9, 2010, 7:17
सुन्दर शान्त प्रकृतिकी रानी तिम्रो गाउँ लाग्योमनले लखेट्यो र त चुँदी रम्घा जाउँ लाग्यो ।भाषाको घाम ठुलो , धाम ठुलो सहित्यको थाम ठुलोखण्डहर घर् आँगन् देख्दा यो मनमा घाउ लाग्यो।दाँई गरेकै छन् आफ्नै भकारी भरेकै छन्भानुको नाम बेच्न को कस्को दाउ लाग्यो ।वर्षदिनमा मात्र सम्झना औपचारीकता कि वहानाहिराको के अर्थ किरालाई भानुको त्यै भाउ लाग्यो ।छर्नेले छरेनन् सुवास गर्नेले गरेनन् विकास अब हामीः सबै मिलि कसम खाउँ खाउँ लाग्यो । दमौली एफ.एम, तनहुँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
7, 2010, 10:16
जलिरहेथ्यो घर पसें रोकेन कसैलेनराम्ररी पोलिएछु बोकेन कसैले ।छाडि हिंडे सबै साथी गुहार गुहार भन्दै थिएंमानवताको पाठ सम्म घोकेन कसैले ।कति लिन्छौ ब्यापारी हो पल्लो तीर सम्म पुग्न सोधें मूल्य पनि आफ्नो तोकेन कसैले ।केराउको कोसा लुछाचुंडि हुन्थ्यो हरियोमासुकें अब खडेरीले फोकेन कसैले ।कति गाएँ, कति नाँचे, फुट्यो अब झर्यो खरीथोत्रो मादल ट्याम्म सम्म ठोकेन कसैले ।मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
6, 2010, 3:30
तिम्रा बारे बजारमा, हल्ला अनेक सुन्छु अचेल ! पत्याउनै गाह्रो हुन्छ, दुबै कान थुन्छु अचेल !!कुरा काट्छन् अनेथरि, खोज्छन् भन्न मलाई नै ! देखाउन चोखो तिम्लाई, ताना अनेक बुन्छु अचेल !! खुच्चिङ भन्छन् कतिपय, सही अझै थाहा छैन !दोष मेरो हो कि तिम्रो, मनमनै गुन्छु अचेल !!भन्नेहरु भन्छन् केके, साँच्चै हो वा आरोपमात्रै ! देखाउँछु सबलाई खुसी, भित्र धेरै रुन्छु अचेल !!आज एउटासँग देखे, भोलि अर्कैसँग भन्छन् !सताउँछ यादले अनि, आँसुले मन धुन्छु अचेल !! दोष छैन मेरो तर, तिम्रै कारण दोषीजस्तै !घृणा पाउँछु सबैबाट, भट्टीमा नै हुन्छु अचेल !! पराइ भए मित्रहरु, कस्तो गल्ती गर्र्यौ कुन्नि !एक्लो देख्छु आफूलाई, साथी रक्सी चुन्छु अचेल !!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दलवीरसिंह बराइली "घायल"
6, 2010, 3:27
पत्थर झैं भा'छ मन गल्थ्यो तिमी हाँसी दिए हामी बिच पर्खाल यो ढल्थ्यो तिमी हाँसी दिए आत्मा छैन मान्छेसँग म'नि लास जस्तै भा'छु बन्द मेरो धड्कन यो चल्थ्यो तिमी हाँसी दिए मनको यो मझेरिमा अन्धकार छाएको छ आशाको त्यो दिपज्योति बल्थ्यो तिमी हाँसी दिए बाह्रैमासे खडेरिले कोपिला मै झर्दै छु म लटरम्म खुशीहरु फल्थ्यो तिमी हाँसी दिए समयले धेरै चोट दिएको छ दुख्छु सँधै यो घाउमा मलम'नि दल्थ्यो तिमी हाँसी दिए गुप्तेश्वर-३,रामेछाप; हाल: अबुधबि,युएई
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सबिन सिंह
3, 2010, 10:48
विरहको शेर कोर्नु दिनरातको काम भयो"एउटा अर्को देवदास" आज मेरो नाम भयोरावण थियो बलवान वा भईन् सीता बेइमानपुर्पुरोमा हात राखी टोलाउने राम भयोसमयले निको पार्छ भन्थे सबै घाउहरूबिर्सेका ति चोटहरू सम्झाउने डाम भयो मन मन्दिर सजाउने देवी भेटे तिमीमा नै, भाग्य वैरी भएपछि व्यर्थै तामझाम भयो खुशी बाँड्थे सबै माझ मुस्कान हुन्थ्यो परिचयकिन दु:खी "सबिन" आज? चर्चा खुले आम भयोकपिलवस्तु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
30, 2010, 7:19
अरबको तातो घाममा तिम्रो मान्छे ढल्यो भन्दिनुतिम्रै नाम जप्दा जप्दै उस्को श्वास चल्यो भन्दिनुपूर्णिमाको जुन जस्तै तिम्रो रुप सजाउँछु भन्दैसुन टिप्न गा'को मान्छे आगो भित्र बल्यो भन्दिनुजिर्ण भ'को कुन्ता शरीर त्यो काममा जोत्दा जोत्दैमर्नु अगि दुब्लाएर सियो जस्तो गल्यो भन्दिनुखुशी निखन्छु भन्दै आँसु पुछने तिम्रो आधारनिराधार भो रे सपनाले पनि छल्यो भन्दिनुउफ्री उफ्री छुन सकिन आकाश भन्दै रुन्थ्योकति थे'रे आशाहरु उसैसँग जल्यो भन्दिनु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रोहन चर्मकार समिप
30, 2010, 7:13
ठुटा मुढा दुख्न थाल्छन् बन्चराले हानेपछि झर्छन फूल हाँगा बाट आङ्कुसेले तानेपछि । स्यालहरु राज गर्छन् कुकुरहरु भुक्न थाल्छन् छोपी सत्य कायरताले झुट सारा मानेपछि । हरियो बाँसमा सुत्छ देश सारा तन अर्पण गर्दै अशान्तिले कात्रो चढाइ भष्टहरुले बानेपछि । रावणहरु बन्छन योगी रामका यी ईलाकामा भ्रममा परी सीताजीले असल जोगी ठानेपछि ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
24, 2010, 8:18
भाष्कर काजी
झन पर, सरेर गयो चन्द्रमाएक भुल गरेर गयो चन्द्रमा ।म, किनार कुरेर बसेँ एक्लैसागर तरेर गयो चन्द्रमा ।निभ्यो, आशाको दियो पनिखुसी नै हरेर गयो चन्द्रमा ।एक मुटु, टुक्रिई झर्दैछ यहाँमुस्कान छरेर गयो चन्द्रमा ।छेक्दिन थेँ होला नि, म बाटोघोप्टो पो परेर गयो चन्द्रमा ।रुँघा ७, रुकुम, हालः त्रि वि , केन्द्रिय क्याम्पस, कीर्तिपु्र
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
तिर्थ(यात्री) पौडेल
22, 2010, 7:53
कहिले प्यारका कुरा गर्यौ कहिले यारका कुरा गर्यौ आफ्नो कुरा माथि पार्नलाई त बफादरका कुरा गर्यौ ढोग्न गयौ बिदेशीको पाउर वारपारका कुरा गर्यौ जुटेन सहमति निकासकोफेरि हतियारका कुरा गर्यौलखनपुर ३, झापा; हाल: बहराइन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गिरिराज बाँस्कोटा
18, 2010, 9:46
टोलाएर हेर्ने गर्या जुन फेरीयोकीमलाई दिने तिम्रो त्यो गुन फेरीयोकी आपसमा सबै रङ्ग साटासाट थियोएक्लै छडि गई कतै खुन फेरीयोकी मन साटि एकान्तमा निक्कै हराउथ्यौमिलि सुन्ने बाँसुरीको धुन फेरीयोकी मन साटि एकान्तमा निक्कै हराउथ्यौअर्कैतिर चिनो साट्दा सुन फेरीयोकी संघर्षमा जीवन काट्ने अठोट थियोसरलता भेट्न जादा नुन फेरीयोकीरानिटार ४, पाँचथर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रविण भट्टराई "प्रयाश"
18, 2010, 9:37
अर्थ उही हो नेपालमा बोलि फेरियो रङ्ग उही हो नेपालमा होलि फेरियो हेर अचम्म छ देश को रमिता पनि सत्ता उही हो नेपालमा चोली फेरियो मूल फुटी सक्यो रगत को अब झन् हेर बन्दुक उही हो नेपालमा गोलि फेरियो शासनको भिख जनतासंग मागे पनि जोगी उही हो नेपालमा झोली फेरियो महंगाई र हड्तालले हाँगा हाली सक्यो मट्टीतेल उही हो नेपालमा सोली फेरियो आफै पेट भर्छन नेता केहि गर्ने होइनन्आज उही हो नेपालमा भोलि फेरियो दुधराक्ष १, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आचार्य प्रभा
16, 2010, 5:45
मायाले जिस्काएको बातै प्यारो लाग्यो प्रेमले पिलाएको मातै प्यारो लाग्यो । नयन शर्माएर जब शिर झुक्यो मायालु भेट्घाटको रातै प्यारो लाग्यो । दर्हिलो आश्वसन जब दिन्थ्यो उस्ले आँटिलो लोग्नेमान्छे जातै प्यारो लाग्यो। एकान्त शुन्यतामा सधैं त्रास हुन्थ्यो बलियो साहाराको साथै प्यारो लाग्यो । एक्लोपन छट्पटिमा जब पल बित्थ्यो भरले थमाएको हातै प्यारो लाग्यो । अमेरिका
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नन्दलाल आचार्य
14, 2010, 10:35
नन्दलाल आचार्य
मिलेको छैन अचेल अन्न हजुरबोली मात्र निस्कँदैछ धन्न हजुर।धेरै खायो भन्नेहरू धेरै छन् यहाँके भन्नू पेटमा छैन टन्न हजुर।डाडूपैँन्यु अर्कैको आफ्नो छैनलाज हुन्छ आँत सुक्यो भन्न हजुर।सबको मान्छे हुन त त्यत्तिकै भोगाह्रो भयो आफ्नै मान्छे बन्न हजुर ।बल्लतल्ल भेटिएमा कुर्सी पनिदिनगन्ती शुरू गर्छन् गन्न हजुर।तपेश्वरी-1,उदयपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
लक्ष्मी रिजाल
14, 2010, 10:28
लक्ष्मी रिजाल
कुरा पनि फोहर नाम उस्तैतताततै कुर्सीले हाम उस्तै ।आमाकै मोलमोलाइ सुन्दै अचम्मनिकासविनाको सडक जाम उस्तै ।इज्जत बच्दैन बिक्री हुन्छदरवार लुकेको खाम उस्तै ।माम फरक फरक साना र वडालाईमोह महीको पनि दाम उस्तै । सप्तरी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |