text
stringlengths 1
287k
|
---|
गजल
गजल
दिनेशराज सुवेदी
18, 2011, 3:10
उन्मत्त जवानी रोपेर जवानी संगै न हिंड्नु बेकार छ फक्रदो जवानीको भेलमा जवानी नै न चिन्नु बेकार छ खै! किन हो कुन्नि ? तिमी त संधै नशाग्रस्त देखिन्छौ रे जवानीको आगो सल्केको बेला ताप्न न सिक्नु बेकार छ नशा लागेको बेला नजरले कैद गर्न खप्पिस छौ तिमी उम्लेको बेला तातेको जस्तो चाहना न झिक्नु बेकार छ खहरेको भेल हो सम्झ फेरि कहिले ? बग्ला निरन्तर अंगुर टिप्न नसक्दा आफै मन्चमा न टिक्नु बेकार छ समय पर्खन्न फेरि न त कोहि पर्खी बस्ला त्यो संधै वैलिएर बिना अर्थको बजारमा बिक्नु बेकार छ बिराटनगर - ४
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रविन महर्जन
16, 2011, 2:59
टुक्रिएका सपनाहरु छरेर बाँचेँजिउने बहानामा पलपल मरेर बाँचेँदुई दिन भए पनि फूल फुल्छ हाँसेरनफक्रिँदै कोपिलामै झरेर बाँचेँयात्रा भन्छन् जीन्दगीलाई मानिसहरुखोला, नदी जँघार पनि तरेर बाँचेँकहाँ पुग्दो रहेछ र मनले खोजे जतिइच्छा अनि रहरका बसाईंहरु सरेर बाँचेँकति गर्नु गुनासो यो जिन्दगीसितचुनौतीहरु सामना गर्ने अठोट गरेर बाँचेँ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
ज्ञानेन्द्र गदाल
15, 2011, 7:30
उनीसामु पुग्नुअघि, मनमा अलि डर पस्योनजीकिँदै गएँ जब, नछुट्टिने रहर पस्यो । कुराकानी धेरै भए, उनकै कुरा सुनिरहेंयस्तो लाग्यो जिन्दगानी, गाउँबाट शहर पस्यो । जुरेपछि हुँदोरैछ, मिलन पनि कसैसँगजति हेर्यो आँखाबाट, पिरतिको लहर खस्यो । उकाली र ओरालीको, कुराहरु चल्दैथिएमुटुमुटु मिल्यो क्यारे, सुन्दर एउटा घर बस्यो ।कोलोराडो, अमेरिका
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सुदिना कुईंकेल
15, 2011, 7:09
भतभती पोल्ने गरी यो मनमा तेजाब छर्यौ पापीमिठो मिठो बात गरी तितो घात पो गर्यौ पापीगोहीका आँसु रहेछन बगेका तिम्रा संवेदनाहरुप्रेमको नाटक गरी आफ्नो तृष्णा भर्यौ पापीकन्चन पानी बनेर सिंचित गर्छु सधै भन्थ्यौभ्रममा मलाई पारी असिना भई झर्यौ पापीसतप्रतिशत विश्वास गरें यही थियो दोष सायदबिना संकोच हाँसीहाँसी मेरो खुशीमा चर्यौ पापीसजाउने बहानामा भताभुङ्ग पारेर मलाईधेरै लोभ देखाइ थोरै चैन पनि हर्यौ पापीआफ्नो मान्छे जस्तै लाग्ने तिमी मात्र थियौआफन्त भई पराई बन्ने झन् टाढाका पर्यौ पापीकुन जुनीको बदला लियौ, के को रिस फेर्यौमझधारमा छाडी मलाई एक्लै पारी तर्यौ पापी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
14, 2011, 3:15
तिम्रो हाम्रो बजारमा अचेल ठूलो हल्ला छपर्ख ! सुटुक्क एकैछिन तिम्रो मेरो सल्ला छ । जति परे तिमी माथि चोरिएछन् आँखाहरुमनहरुमा डढेलोको आगो बल्ला बल्ला छ । आँखा संग ओंठ छैनन् मुखले भन्न गाह्रो हुन्छमौनताको पर्खाल पनि अब ढल्ला ढल्ला छ । धेरै चढें सिंढीहरु भेटिएन बस्ने ठाउँभनिदेऊ बिन्ति तिम्रो मनमा कति तल्ला छ ? पानी पर्न नसकेर खडेरीले खाइएकोबाँझो खेत मेरो मन जताततै डल्ला छ । कल्पनाको गोधूलीमा नयन पोखी हेरिरहेंपिरतीको भाले अझै हुर्किएन चल्ला छ ।मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दिनेशराज सुवेदी
13, 2011, 3:05
माया छैन भनु भने परेलीमा राख्छेउ तिमीबिर्सी गएउ भनु भने सपनीमा आउछेउ तिमी यात्रा एक्लै गा'रो रै छ कत्ति जुनी बस्नु पर्खीहातेमालो गरी हिड्न भन कै ले मान्छेउ तिमी यो मनको भर छैन कहाँ हिड्छ आजभोलित्यो मनको चौतारीमा कै ले देखि बाध्छेउ तिमी मनको भोक भित्रै राखी पर्खी रहुला सधै भरि तीर्थ ब्रत यै मन हो कहाँ कहाँ धाउँछेउ तिमी सुन्दर त्यो बगैचामा उडाई लान्छु माथि-माथि सयर गर्न भन साच्ची कहाँ कहाँ जान्छेउ तिमी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निशान निष्कर्ष
13, 2011, 2:54
आँखाभरि प्रेमिल संसार खोजेर त पागल बनेँअँध्यारोमा टेक्ने संघार खोजेर त पागल बनेँ ।१। दुनिया यो स्वार्थी हो, भन्ने जान्दा जान्दै मैलेदुनियाकै उपकार खोजेर त पागल बनेँ ।२। जता काफल पाक्यो त्यतै चरी नाच्नुपर्छ भन्थेतर मैले नयाँ विचार खोजेर त पागल बनेँ ।३। हो कि कतै सुख दुःख जन्मदैको भागभोगआफै भाग्य लेख्ने निधार खोजेर त पागल बनेँ ।४।गोरखा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
11, 2011, 6:01
आँट गरी मनका कुरा, भन्न बाँकी छँदै !बीचमै रोकिन् यात्रा उनले, टन्न बाँकी छँदै !!दुःख सुख सँगै यात्रा, गर्न डराएर !मोडिन् पाइला उदाहरण, बन्न बाँकी छँदै !!बक्र रेखा जस्तो हुन्छ, सरल होइन जीवन !बाधा टार्ने हिम्मत गरी, कन्न बाँकी छँदै !!डराउँदिन म त कहिल्यै, उनी हिँडिन् आखिर !मनभरि जोश जाँगर, धन्न बाँकी छँदै !!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा.रुपक श्रेष्ठ
11, 2011, 5:58
उल्टोसुल्टो पढाउने बानी हजुरको खुट्टो तानी लडाउने बानी हजुरको लोभ्याउँदै झुक्याउँदै मूर्ख बनाउँदै काँधमा तिघ्रा चढाउने बानी हजुरको फुस्ल्याउँदै फकाउँदै बुई चढेर आफ्नो यात्रा बढाउने बानी हजुरको पानीमाथि ओभानो आफू जोगिनेअरुलाई ढडाउने बानी हजुरको आफू लुक्ने अरुलाई ढाल बनाउने शिश महल ठडाउने बानी हजुरको लण्डन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
परदिप भट्टराई
10, 2011, 3:52
जन्मिए अवतार चोकचोकमाथोकमा गजलकार चोकचोकमा काफिया रदिफ थाहै रै‘नछगर्दा केरकार चोकचोकमा गजलै किनी गजलै दिन्छन्गजलै उपहार चोकचोकमा वा ! वा ! हैन, छ्याछ्या भनौंभन्छन् बेकार चोकचोकमा गजलै भन्छ जितिन! 'परदिप'गजलकै हार चोकचोकमा कोहलपुर३,बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रदीप चापागाईं
10, 2011, 3:29
खँडेरीले खेत छुँदा,कुलोको चर्चा छ,भोको पेट छामी रुँदा,चुलोको चर्चा छ ।। दाग थियो गरीबीको,जन्मजात यहाँ,कालो मैलो सबै धुँदा,धुलोको चर्चा छ।। खुट्टा ताने ढुंगा हाने,चोट आलो नै छ,आफु यहाँ सानो हुँदा,ठुलोको चर्चा छ।। अजिव छ रचना यो,हेरुँ कसो गरी,डोको थापी दुध दुँदा,दुलोको चर्चा छ ।। खडेरीले खेत छुँदा,कुलोको चर्चा छ,भोको पेट छामी रुँदा,चुलोको चर्चा छ ।।अष्ट्रेलिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिल अन्जान
10, 2011, 3:21
बगेको खोला फर्किन कहाँ सक्छसमयले कसैलाई पर्खिन कहाँ सक्छ तिमी फगत बाँडी रहेछौ उपदेशभिखारीले उपदेश लिन कहाँ सक्छ अन्धोलाई व्यर्थै हत्कडी लगाइदैछऊ त्यसै पनि दौडिन कहाँ सक्छ प्रयासको नाममा त्यो अभ्यास हुनेछपत्थर हो पत्थर पग्लिन कहाँ सक्छ यो तुफान भन्दा तेज दौडिएको छजो रोकेर पनि रोकिन कहाँ सक्छ रेडियो कोहलपुर एफ.एम. बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कोमल श्रेष्ठ मल्ल
9, 2011, 6:18
एकपछि अर्को वर्ष, वर्षौं बित्यो खाली हजुरनझुक्याई लैजाऊ अब, मलाई सिन्दूर हाली हजुरसुख दुःख जिन्दगीको, तीतामीठा मोडहरुमाखुसी तिमी थपिदिऊ, दुःख पीडा टाली हजुररहरहरु उदाउँदै, अस्ताए रात हुन्छन्हेरिदेऊ जिन्दगी यो, पिरतीको दियो बाली हजुरसँगै जिउने सँगै मर्ने, बाँधी बाँधी वाचा कसमयसपालि त झुक्याएर नबन है जाली हजुरलन्डन, बेलायत
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
9, 2011, 6:05
तिमीलाई अर्धाङ्गिनी बनाएको रातभुलिंदैन चिता आफ्नै सजाएको रात । बाचा बन्धन, अग्नि नाता कुटुम्ब थे साक्षीआफ्नै छाती ताकी गोली चलाएको रात । तिमी रुँदा मैले रुँने, मैले रुँदा तिमीहुंदैनथ्यो यस्तो क्यारे नभए त्यो रात । नपाएर मान्छे रुन्छन् पाएर म रुन्छुजिन्दगीमा सधैभरी मायागर्ने हात । सिङ्गो यौटा थिएँ आफ्नै राजा थिएँ मन्कोआधा आधा आफूलाई भजाएको रात । मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गोपीकृष्ण ढुंगाना
9, 2011, 5:50
शान्त सुन्दर तलाउको पत्थर फोड्ने तिमी को हौ ?अटुट हाम्रो विश्वासको शिशा तोड्ने तिमी को हौ ?अलौकिक शुन्यतामा मौलाएको शीतल जुनलाई,खहरे त्यो खोलाबीच एक्लै छोड्ने तिमी को हौ ?काम लाग्दा लोटाएर कामपछि मिल्काइदिने,चैटिएरनि टुटिसक्या नाता जोड्ने तिमी को हौ ?वसन्त नि बिताइदिएँ वर्षाभरि भिजिरहें,मेरो नाममा शरदमा छाता ओढ्ने तिमी को हौ ?बाँच्नसम्म बाँचेकै थें, हाँस्न पनि हाँसेकै थें,विशद् मेरो गन्तव्यको बाटो मोड्ने तिमी को हौ ?आश्वासनको खडेरीमा ओइलाएको यो 'पथिक'को,विना कुटो कोदालो नै माया गोड्ने तिमी को हौ ?काव्य कुञ्ज, भक्तपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
6, 2011, 3:28
उज्यालोलाई रोज्यौ तिम्ले, भागिन म बलिदिएँ ।खरानी नै खोज्यौ तिम्ले, भागिन म जलिदिएँ ।श्रम गर्न गाह्रो मान्यौ, फलमात्र खोजिरह्यौ ।बिज बनी रोपिएँ म, भागिन म फलिदिएँ ।सप्तरंगी संसार खोज्यौ, भेटिन्न यो थाहा थियो ।निराश पार्नु किन व्यर्थ, भागिन म चलिदिएँ ।जोश जाँगर छँदैछैनन्, अल्छी पनि कति तिमी ।उत्साह दिँदै गएँ, भागिन म गलिदिएँ ।बालुवामा पानी हाल्यौ, पानीमाथि आगो खोज्यौ ।आगै बनी प्रहार गर्यौ, भागिन म छलिदिएँ ।अभिलाषा धेरै पाल्यौ, कसले सक्थ्यो पूरा गर्न ।सकेजति पूरा गरेँ, भागिन म ढलिदिएँ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भगवती बस्नेत
6, 2011, 3:26
अधुरै भो तिमीसँगै हाँस्ने रहर आखिरीमातड्पी तड्पी बिते सबै बाँच्ने प्रहर आखिरीमा जूनेली ती रातै भरि कठाङ्ग्रिदै कति बसेशीत बनी टलपलाइ काटेँ कहर आखिरीमा तन दिएँ मन दिएँ, जीवन दिएँ तिमीलाईप्रेमको प्याला पनि भयो जहर आखिरीमा मिठो चाह देखाइ रह्यौ आशै आसमा बाँची रहेमझधारमै छोडि मलाई तर्यौ नहर आखिरीमा जतिसुकै झिलिमिली साजसज्जा भएपनिअसभ्य र जाली रैछ तिम्रो सहर आखिरीमा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
शंकर थापा मगर
5, 2011, 3:31
एक्लो भएँ तिम्रो बिश्वासमा पर्दा खेरीयति सारो दुख्दैन र घाऊमा नून छर्दा खेरी मेरो पनि दिन आउँछ खुशीले रमाउनेजंघारमा छोडी दियौ खोला तर्दा खेरी दोष दिउँ कसलाई म समय या तिमीलाईदोषी भएँ दुनियामा तिम्ले गर्दा खेरी सुनेको छु मलाई सम्झी रोइ हिड्छौ अरेतिम्ले भन्यौ सम्झिन्न म तिमी मर्दा खेरी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
पवित्रा प्रयत्न
2, 2011, 2:54
सिदुर घस्दा ढुङ्गाभित्र वास हुन्छ देवताकोफुलपाति चढाउला आस हुन्छ देवताको झट्ट हेर्दा निर्जिव ढङ्गा, रगताम्मे सिदुर मात्रै विश्वासमा सजिवता, सास हुन्छ देवताको सत्य, द्धापार, त्रेता युग,सकिएर कलियुगमा शक्ति भक्ति सवथोक, नास हुन्छ देवताकोसारा पुकार सुन्लान अनि माग्या सवै वर देलान्भरोसामा मन्दिर धाए, दास हुन्छ देवताको आस्तिकताले हेर्दामात्र ढुङ्गाभित्र ‘देव’हुन्छ नास्तिकताले आडम्बरी, लास हुन्छ देवताको फिदिम ९ पाँचथर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गिरिराज बाँस्कोटा
2, 2011, 2:53
अति मन पराउने लहरमा छु आजकलतिम्रै सुन्दर भव्य सहरमा छु आजकलहिजो सम्म कोहो लाग्थ्यो, आज मुटु तिम्रै भयोतिमीसँग आँखा गाभ्ने रहरमा छु आजकलहुन सक्छ कल्पनामा तिमी साथै बगिरहेतिमी सगै मुटु साट्ने कहरमा छु आजकलछल्दा पनि सम्मान गर्छु गल्दापनि सम्मान छतिम्रै लय तिम्रै धुन वहरमा छु आजकलप्यासीला यी आँखाहरु, लोलाएर सपनामासञ्जिवनी जल तिमी नहरमा छु आजकलरानीटार, पाँचथर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
ऋषि बस्ताकोटी
30, 2011, 8:11
पर्ख अझै पर्ख मध्ये रात हुनुपर्छ, निर्णयमा पराईको हात हुनुपर्छ । आफुखुसी गरिरह्यौं बेला रहेसम्म,घर्क्यो बेला अब तिम्रो साथ् हुनुपर्छ । मिल्छौ,जुट्छौं,बनाउछौं भन्ने कुरा न हो, साच्चै हामी मिल्नलाई घात हुनुपर्छ । लिनमिल्ने लिईछाड्छौ,गुमाउन्नौ केही, आफ्नो लागि सुरक्षित 'भात' हुनुपर्छ । गाडेकाछन् जरा राम्रै, उखेलिन्नौं त्यसै,उखेलिन ठुलै चक्रवात हुनुपर्छ ।क्यालगेरी, क्यानाडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आयुष चौधरी सम्मोहन
30, 2011, 8:08
संगसँगै दिनभरी उनको प्यारो साथ थियोअरु के के थियो कुन्नि हात माथि हात थियो ।घरबाट केही टाढा त्यो छोटो यात्रा भरिहँसिलो त्यो मुहारसँगै मिठो मिठो बात थियो ।सूर्यले पश्चिम तिर सुन्तला रङ्ग कोरल्दै गर्दाछुट्टिनुथ्यो तर उस्तै मायाको नै खात थियो ।छुट्टिएनी साँझपख उनीसँग दोवाटोमासिमसिम पानी चिसो हावा सम्झनाको रात थियो ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
जे. आर."आभास"
30, 2011, 8:03
तिमी संगै हुँदा संसार जित्ने आँट थियो,धर्ती छोडी तारा जून टिप्ने आँट थियो !!चखेवा र चखेवी जस्तो हाम्रो जोडी हुँदा उडी उडी त्यो छितिज़ चुम्ने आँट थियो !!कदम कदममा साथ चल्छु भन्थ्येउ र पो जस्तो सुकै दुखमा पनि हाँस्ने आँट थियो !! मेरा मुटुका हरेक ती धड्किने धड्कनहरुमा तिमी थियौ र पो मलाई बाँच्ने आँट थियो !! किर्तिपुर काठमाडौँ , नेपाल
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निशान निष्कर्ष
26, 2011, 3:48
बाठाहरू चुप लाग लाटो बोल्छ अबसाँघुरिन परेपछि बाटो बोल्छ अब ।१।तिम्रो नाता सेतो घरको कुर्चीसँग भए सहिदको रगतको टाटो बोल्छ अब ।२।गरी खान पाउनुपर्ने जमिन खोज्दै यहाँ आँधी ल्याउन गसरबको पाटो बोल्छ अब ।३।इतिहास मेटिएको छैन वीरताको शान्ति खोज्दै क्रान्तिको त्यो खाटो बोल्छ अब ।४।एकमुठी भन्दै तिम्ले बेच्न थाल्यौ भने ज्वालामुखी उठाउँदै माटो बोल्छ अब ।५।पन्द्रुङ्ग१, गोरखा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रदीप चापागाईं
26, 2011, 3:41
तोडिदेउ मौनता त्यो जमाना बोल्नेको छ,क्षितीज पारी सम्म सिमाना बोल्नेको छ । । दृश्य यी यस्तै नै हुन् रंग जो बदलिने,हेरेरै हुन्न केही निशाना बोल्नेको छ । । नाता र गोता अनि छिमेक भनी बस्छौ,स्वार्थी हुन् छाडिदेउ खजाना बोल्नेको छ । । समय सखाप होला दुई हात फैलाएर,पिठो जो बिक्ने यहाँ किराना बोल्नेको छ । । पलाउला अग्राख भनी रात त्यो कुर्न छोड,सुसंगत गर्छौ भने ठेगाना बोल्नेको छ । ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. हरिकुमार श्रेष्ठ
25, 2011, 7:35
सम्झनाले सताउंदा चिठी लेख्ने गर्छुआंखाबाट बग्छ आंशु छोपि थेग्ने गर्छु ।खुशी राख्न तिमीलाई कति चोट खाएंबिपनिमा दूर्लभ भो सपनिमा देख्ने गर्छु ।बल्झिराछ चस्किंदै चोटको खाटा अझैतिमी गयौ माया मारि आफै सेक्ने गर्छु ।मेरो पत्र तिम्रो लागि बाधा अडचन भएआजबाटै कलम रोकी आफैं छेक्ने गर्छु ।पराई हुंदै बिर्सि जाउ जतिसक्छौ तिमीमुटू चुड्ने चोट परोस् आफैं टेक्ने गर्छु ।ताइपेई, ताइवान
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
25, 2011, 6:55
ग्रह दशा बिग्रो क्यारे, देशलाई राहु केतुले छोको छ लौन धामी झाक्री, डाम्न पर्यो देश डस्ने कोको छ लुतो खोरेत के हो कुन्नी,टन्की रहने कस्तो महामारी फुटाउ आऊ अब, देश भरी पाप भरिएको फोको छ गिदी कुहिए पछि टाउको के काम, खाली गनाउँछ फाँकौ अब साथी,यहाँ धेरै सडेका बिचराको पोको छ सियो देखि हात्ती निली सक्यौ अब के नै बाँकी छ र निल्न सुन्दा पनि तज्जुब लाग्छ घिच्नेहरु अझै कति भोको छबारुद बोल्छ बस्ति बस्ति कुँजो भ'को छ पहरा र गस्ती बुद्ध फेरि शान्ति रोपुन अब बस यही एक धोको छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
अर्जुन दाहाल “अपवाद”
25, 2011, 6:53
म बसाँइ सरिसकेँ, भेट्न बेंसी नझर हैआफ्नै सुर गर्नु अब, मेरो भर नपर है । सानी भन्दै भेट्न आउँथ्यौ, मनभरि रहर बोकीसमय नै पापी रै’छ, मलाई गाली नगर है । जे भो भयो विगतमा, बिर्सनु नै जाती हुन्छकैलेकाँही भेट हुँदा, मलाई आँखा नतर है । तिम्रै डोली चढ्ने मन थियो, समयले घात गयोउसकै मनमा डेरा जमाउ, अन्त कतै नसर है । हाँस्दै बाँच सानु तिमी, रोइ जीवन जाँदैन हैबिर्सिदेउ विगतलाई , मनमा रिस नभर है । खप्नै पर्छ दूःखहरु, मानिसले जीन्दगीभरअमुल्य छ मानवजीवन, मेरै लागि नमर है । मिर्गे५,चिलाउनेखर्क, दोलखा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आचार्य प्रभा
23, 2011, 11:11
मन खोली दु:ख बाँड्नु मेरो ठुलो दोष थियो के के भनें बेहोसीमा कहाँ मेरो होस थियो?मनको कुरा खोल्नु भन्दा नखोलेकै जाती रै'छ दु:ख पोख्दा सहयोगको तिम्रो मीठो जोश थियो । आदर्शको अर्ती भन्दा सहयोगको अभाव छमलाई छल्ने दु:ख माथी तिम्रो धेरै रोष थियो । सधैं भरी साथ दिने तिम्रो मीठो बाचा कस्तो मेरो साथ पाउनलाई चाहा तिम्रो ठोस थियो भन्थ्यौ तिमी मेरो माया जीवन भन्दा प्रिय लाग्छ भुल्छु भन्ने सोंच तिम्रो बिहानीको ओस थियो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा.रुपक श्रेष्ठ
22, 2011, 3:09
देश माटोकै खोज्दै सुवास निश्वासमा सँधै रुन्छ ।देश मायाले सबको मन प्रवासमा सँधै रुन्छ ।आकाश खोज्दै आफ्नैपनको पराई देशमा बतासिँदाजहाँसुकै होस् परदेशी मन हर गाँसमा सँधै रुन्छ ।सपनाको संसार बोकी विदेशिंदा दंगदास मनताइबाट भुंग्रोमा खस्दा निर्वासमा सँधै रुन्छ ।युवा शक्ति जुर्मुरिँदै स्वदेश छोड्न निकास बुन्दास्वदेश आफ्नै मुख छोपी विकासमा सँधै रुन्छ ।लण्डन, बेलायत
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सम्पूर्ण छन्त्याल
22, 2011, 2:50
ब्यूँतिएर आउन ए मरेका ती सपुतहरुखलबल गरे सल्बलाए जिउदा यी भुतहरु काँध माथि काँध राखी भलो गर्ने छैनन् अचेल एक्क दुक्का मिल्न थाले फालिए ती जुटहरु स्वार्थ राखी मन भरि,आ'का छन् सहर तिर टुट्दै फुट्दै नानाथरी बन्दै छन् रे गुट हरु देखिन्छ जस्तो हुदैन रै'छ भित्र नी मान्छे त्यस्तै हाँसी हाँसी लुकाउदैछन् आफ्ना काला कर्तुतहरु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रकाश प्रतीक
15, 2011, 3:31
आँधी आयो र हलचल मच्चायोकोही आयो र खलबल मच्चायोजिन्दगीको यो बैँसालु माहोलमातिर्खा जाग्यो र तलतल मच्चायोपहिला ऊ शान्त र सालिन थियोअनयासै आज कोलाहल मच्चायोकोही भाग्यो जब आशाहरु रोपेपछीसम्झनाले पीडा पलपल मच्चायोतनहुँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बोध राज पन्त ‘अनागत’
15, 2011, 3:29
केही आँशु केही हाँसो कर्कलाको पानीथाहै नपाई चिप्लिएछ आधा जिन्दगानी । चंगा बनि बादलुको गाला चुम्न खोजेंकर्तब्यले रोक्यो सधैं धागो तानी तानी । उड्न खोज्दा आकास पनि सांघुरिदै गयोमृगतृष्णा बढाएछु मैले जानी जानी । यो मेरो हो, यो तेरो हो, रेखाहरु खिचिरहेंमर्ने कला सिकि रहें बाँच्ने कला ठानी । नदेउ मन कसैलाई फीर्ता लिन सकिंदैनफूल चुन्छु भन्दै कांढा चुनें छानी छानी । मणिग्राम, रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निशान निष्कर्ष
14, 2011, 4:07
म प्रेमिल शहरमा डुलिराख्न पाऊँती तिम्रा नजरमा फुलिराख्न पाऊँ । १ ।म तिम्रै भविष्य, नवस्वप्नभित्र प्रभाती गगनभै खुलिराख्न पाऊँ । २ ।गुलाबी सुगन्ध तिमी छर्नु प्रिया त्यो सुवासमा दर्द भुलिराख्न पाऊँ । ३ ।सजल ती नयनका पुछी अश्रुधारा खुसीको धरामा झुलिराख्न पाऊँ । ४ ।गोरखा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
शंकर थापा मगर
14, 2011, 3:55
फूलहरु सजाएर जिउँला सँग संगै एकै गिलासमा पानी पिउँला सँग सँगै मिलनको निम्ति भाकलेको छु मन्दिरमा हातमा हात समाएर भेटी दिउँला सँग सँगै पर्खाएर राखें मैले अब आउँछु छिट्टैफाटेको मन नचुड्ने गरी सिउँला सँग सँगै सपनाहरु सम्हालेर राखेको छु मनभरी दु:ख सुख जे भए नि लिउँला सँग सँगै
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सागरबहादुर साउँद
13, 2011, 5:36
तिम्रो कालो कोटभित्र के छ ? भन रातो ओठभित्र के छ ?? भुल्छन् भन्छन् सवै थोक छिरेपछि भित्र ।भन त्यो सिहंको गोठभित्र के छ ?सारा दुनियाँ दौडिन्छ पछि पछि त्यसकै ।भन त्यो कागजको नोटभित्र के छ ?आफैलाई भुलेर पागल हुन्छ मान्छे ।भन त्यो पीरतीको चोटभित्र के छ ?पात्र हुन्छ हेलाको नजरमा सवैको ।भन त्यो जिन्दगीको खोटभित्र के छ ? जोगबुडा, डडेल्धुरा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
उषा न्यौपाने
9, 2011, 3:26
दुख्दा मन झर्यो आँशु झेलमा पारिस् भन्यौमुटु चुँडी दिएँ मैले तेलमा खारिस् भन्यौ । घाइते थियौ डोर्याउँदै लगें चुचुरोमापहिरो आइ भिर खस्दा भेलमा पारिस् भन्यौ । रित्याएर आफैंलाई समर्पित गरेंविस्वास लत्याएर प्रिती खेलमा चारिस् भन्यौ । मनको सुन्दर बगैंचामा पिरतीले घेर्दै राख्दा शान्ति बिथोलेर जेलमा सारिस् भन्यौ । बितृष्णाको घारी भयो माया बिउ छर्दालत्रिएँ म, दोष दिंदै नेलमा मारिस् भन्यौ ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
9, 2011, 3:24
भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि!दौरा सुराल बिर्सी,धोती कुर्ता पो उन्न पर्छ कि! ईतिहासको ब्याज सकियो,बर्तमान धितोमा छपराधिन भै कतै,स्वाभिमानै थुन्न पर्छ कि!चन्द्र सुर्य लाजले झुक्यो गोर्खे खुकुरी भुत्ते छ धुजा भो साँध सिमाना,सबै मिली तुन्न पर्छ कि!माटो कस्ले चिन्यो र यहाँ,इमान बेच्ने गाउँमाचोरलाइ चौतारी धेरै भो, शूली चुन्न पर्छ कि!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
अर्जुन दाहाल “अपवाद”
3, 2011, 3:50
फूल फूल्ने आशा थियो, बोटै मयो भन्छन् सबैआफ्नै मन भत्किएर, बसाँई सर्यो भन्छन् सबै नयाँ संसार बनाउँ भनि, धेरै कोसिस गरे मैलेथाहा नपाई तुहिए सपना, त्यसै मर्यो भन्छन् सबै बोल्दा बोल्दा स्वर सुक्यो, कहिले सम्म बोली रहूँठीक ठाँउमा नलागेर निशाना, अन्तै पर्यो भन्छन् सबै ठूलै कामको भ्रमको थियो, हावामा घर बनाइएछबिश्वास छैन आफ्नै मनको, घात गर्यो भन्छन् सबै ठूलो भर थियो मलाई, आफू हिँडी आ’को बाटोलक्ष्यले नै धोका दियो, बिचमै टर्यो भन्छन् सबै भाग बण्डा भै रा'छ रे देशभित्र, सुन्छू घाइरो घुइरोअरुले भाग पाई सके आफ्नो त अंशै हर्यो भन्छन् सबै मिर्गे ५ दोलखा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजेन्द्र मल्ल
3, 2011, 3:39
छिन छिनमा चाल फेर्ने तिम्रो मुटु कुन होला ।ऋषी पनि घुरीरा'थ्यो तिम्रो तन छुन होला ॥हाड छाला घोटीरा'छु रोजी रोटी जुटाउन ।शंख फुक्यो कस्ले आज त्यो विदाईको धून होला ॥कहाँ छोडि आएँ मैले मेरा ताता बैंशहरु ।मैले छुन नपाएको त्यो पुर्णेको जून होला ॥रुन मैले जानिन कि मर्द भइ बाँचे हुँला ।आँशु साँचि राख्या मैले तिम्रो पिडा धुन होला ॥अजम्बरी बुटी खाझैं खुशीहरु लुट्ने देखी ।"राज" आज एक्लै हाँस्यो अब पालग हुन होला ॥
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिपुल सिजापती
28, 2011, 4:49
गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन्आँखा तरेझै गर्छिन छातीमा टाँसी दिन्छिन् ।कहीँ दौडदै लडूँ म नयन भिज्छ उनकोहर चोटको दुखाई मुटुमा गाँसी दिन्छिन् ।दुवै लोचन मुदित आतुर खुसी संगाल्नमेरा माधुरी बचनमा जिन्दगी भासी दिन्छिन् ।ढाकी सप्कोले हर्दम मेहरो सरी धूपमाआफ्नै रगत जलाई औडाहा मासी दिन्छिन् ।आमा बिहत छातीमा मल्हम बनी सधैँ नैभरी लेपन स्नेहको संकष्ट नासी दिन्छिन् ॥
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सुदिना कुईंकेल
28, 2011, 4:42
अस्ताएछ नउदाउदै मेरो झुल्के घाम हजुरच्यतिएछ रित्तै भै प्रीति बोक्ने खाम हजुर तगारा छन् बाटै भरि अलमल्ल परें म तखै कसरी बन्द भएछ मेरो जाने ठाम हजुर परिश्रम र कर्तब्येको सागर खन्याँउदा पनि कवाडीमा गनिएछ आज मेरो काम हजुर आफ्नो भन्ने कोही छैनन् कुन रह्यो र नाता बाँकीजताततै देख्छु म त बिरोधी कै मात्र लाम हजुरफुल्दैनन क्यारे अब जीवनमा हर्षका मखमलीहरुसधै भरि रहने भयो मेरो शिशिर याम हजुर नबिकेको वस्तुसरि बजारभरि छरिएकी छुकस्तो सस्तो भएछ यो 'सुदिनाको' नाम हजुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
श्रेष्ठ परिक्रमा
25, 2011, 2:53
साँचो माया लाउने हेर, रहर मेरै होजीवनसाथी बनाउने ठहर मेरै होजीवनभरको खुसी सँगाल्ने क्रममासाँझ, रात र बिहानीको प्रहर मेरै हो तिमी साथ भए त यो जिन्दगीको अर्थै बेग्लैहर खुसी र उमङ्गको लहर मेरै होआफ्नो माने यो संसारै आफ्नै लाग्दो रहेछयो गाउँ बस्ती र ठूला ठूला शहर मेरै होआफ्नो मान्छेले दिएको चीजको स्वादै बेग्लै तिम्रै हातले पिलाउँछौँ भने जहर मेरै हो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा.रुपक श्रेष्ठ
19, 2011, 4:28
धेरै माया गर्यौ भने यसले टोक्न थाल्छ नानुभित्री आँत खोल्यौ भने यसले खोक्न थाल्छ नानु । गाँसवास दे'को भुल्छ माया कुल्ची फाली हिंड्छदया गरि सुन्यौ भने यसले भुक्न थाल्छ नानु । औंलो दिंदा डुँडुल्नो नै निल्न खोज्ने बानी त्यस्तै सुनकै थालमा खिरै ख्वाऊ त्यसमै थुक्न थाल्छ नानु । मान्छे जस्तो बैगुनी त अर्को जातै हुन्न हेरजसले गर्यो हित उसलाई शत्रु देख्न थाल्छ नानु । लन्डन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दासीदाइ
18, 2011, 3:54
बाँच्नुछ आँशु पिएर यहाँउधारो खुशी लिएर यहाँ ।किनार बनें, बगर भएँजिन्दगी सारा खिएर यहाँ ।बुन्दैछु फेरी सपना नौलोफाटेको मायाँ सिएर यहाँ ।छोपीयो कोही, नदेख्ने गरीपुरानो घाउ दिएर यहाँ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजेन्द्र पहाडी
17, 2011, 2:50
राजेन्द्र पहाडी
राखेँ प्रस्ताव मिलनको आँटेर तिमीलाईमेरै जस्तो भावनाको दाँजेर तिमीलाई । दुःख खपी बाँच्नु पर्दा जीवन दुःख्ने गर्छत्यही वेदना सुनाउँछु भाँचेर तिमीलाई । मनको बह कसैलाई नकह भन्छन् क्यारे जनहरुमैले भने ल्याएको छु साँचेर तिमीलाई । मनै दुःखी तनै दुःखी हीनताको खेल होलाभर्ने सोच छ मानापाथी खा“जेर तिमीलाई । मायामा काया फाल्न नसकिने कुरा झुटोदिन्छु म त चोखो दिल माझेर तिमीलाई ।। कुश्मा, पर्वत
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राकेश कार्की
16, 2011, 4:00
राकेश कार्की
नसामा माया पो थाल्यो बग्न क्यारछोप्दा छोप्दै भयो सब नग्न क्यार मुटु मुटु जुध्दा पिरति भो झिलिक्कगति भुली संसार थाल्यो डग्न क्यार चाहिएन विवाह कुनै दर्ता दस्तखतजुराउनै परेन शुभ लग्न क्यार अजम्मरी सधैँलाई रोकिदैन कसैसक्दैन मृत्युले पनि ठग्न क्यारबरालिँदै लठारिँदै बैँशमा हराउँदैदुई प्राण प्रेममा भयो मग्न क्यार
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
तिर्थ(यात्री) पौडेल
16, 2011, 3:56
प्रीत हाम्रो निशानी होस सोह्र बर्षे जवानी होस तिमी मुना म मदन हुँलाप्रेम हाम्रो कहानी होस सागरमाथा बनोस आस्था सधै भरि विहानी होस तिम्रो साथमा म सुस्ताउदाकोमल हात सिरानी होस
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिपुल सिजापती
14, 2011, 3:09
उता सुन्छु तिम्रो आँसु झरेकाछन् पीरमायता बुझ मेरो मुटु परेकाछन् झीरमातिम्रो माया ढाल बनि रहेकाछन् म सितकयौं पल्ट काल पनि, टरेकाछन् शीरमालाला-बाला, प्यारी, आमा, संझीबस्दा यादलेडाहा पार्ने चर्को बिष, भरेकाछन् तीरमाकठै बाबा सँधै अव, रुँदा होलान् संझेरओवानो यो पनि छैन, डुवेकाछन् नीरमागोठ, बाली, साहु, रीन, तसा्रउछन् बेसरीफर्कु के ले तिर्नु रीन, मन छैनन् थीरमाकति बेला के हुने हो, पत्तो छैन यो थलासास कण्ठ आई ज्यान, अडेकाछन् भीरमा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
तीर्थराज अधिकारी
14, 2011, 3:03
लाश देखेर कसैको हाँसो नछुटोस्भ्रष्टाचारले सीमा नाघ्दा माटो नफुटोस्असुरक्षा भो देशमा जुट्नै पर्ने भयोचौध वर्षे युद्धको खाटो नदुखोस्जनताको पसिना खाएका छौ नेता होशान्ति र संविधानको बाटो नटुटोस्मेचीदेखि कालीसम्म मिचिँदैछन् सीमाअन्याय र अत्याचारमा लाटो नसुतोस्नेपालीको भाग्य राम्रो लेख विधाताडरत्रासमा कसैले सातो नलुटोस्चानुवा५, धनकुटा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
14, 2011, 2:59
नयाँ बर्ष तिमी खुशीको अंकुर लिएर आउछ्यौ कि बेसुरमा छ रे देश एक शुर लिएर आउछ्यौ कि कतै छिटा रगतका, गन्ध कतै बारुदका छरिए रे चाहिएन सुनको लंका कान्तिपुर लिएर आउछ्यौ कि पाइला पाइला हाबी भयो ,कपट निती भन्छन सकुनीको बिगबिगी भो रे ,बिदुर लिएर आउछ्यौ कि घडा त्यो पापको भरिदा पनि चुप छ जगत सारा सेक्नु पर्यो पुर्पुरो पापीका,उजुर लिएर आउछ्यौ कि मेरो प्यारो धरा बिचरा पारीदै छ अरे चिरा चिरा मन मिलाउने बिचारको नुर लिएर आउछ्यौ कि
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजेन्द्र मल्ल
11, 2011, 2:48
ज्योतिषीले चिना हेर्दा दशा साढे सात थियो ।तिम्रै घर पाईला चालें जवानीको मात थियो ॥पूजा भन्थ्यौ तिम्रो घराँ फेरि किन खाली? सोधें।के सुनें खै मैले कानमा नशा लाग्ने बात थियो ॥भोक मिठो भोजन भन्दा प्यास मिठो किन झन् ।तिम्ले देह कब्जा गर्दा जुनकिरीको रात थियो ॥फूल सम्झि चुमें मैले बेहोशीमै कता कता ।भाले बास्यो ब्युँझि हेर्दा छातीमाथि लात थियो ॥कस्ले देख्छ? प्राण भित्र राहुकेतु लुकेको छ ।आँखा चिम्ली सहि गरें त्यही तिम्रो घात थियो ॥
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रामकुमार पण्डित क्षेत्री
11, 2011, 2:44
नगरकोटमा नि घुम्न जाउँला यो नयाँ बर्षमा रसीला पोषीला केही त खाउँला यो नयाँ बर्षमा । १ । पोहोर त मैले भ्याइँन नि सखी फर्कन स्वदेश भाकल राख्न त्याँ मन्दिर धाउँला यो नयाँ बर्षमा । २ । कोइली गाऊँछे पाखा र पर्बत शीतल हावामा सुन्दर रुपको गीत नि गाउँला यो नयाँ बर्षमा । ३ । उषाको लालीमा देखिन्छ नि त्यहाँ सखारै डाडाँमा हिमाल हेर्दै लौ पिरति लाउँला यो नयाँ बर्षमा । ४ । कहाँ छन् होला ति ससुरा मेरा म आउँछु मागन तिम्रा ति कोमल हात नै पाउँला यो नयाँ बर्षमा । ५ । सिउँदो रङ्गिने सपना ति तिम्रा लौ पूरा हुने भो जन्तिको साथमा म लिन आउँला यो नयाँ बर्षमा । ६ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजेन्द्र पहाडी
10, 2011, 3:36
राजेन्द्र पहाडी
चाकडी र चँप्लुसीमा लाग्न हुन्न तिम्लेसिर्जनाको बाटो हिंड्दा थाक्न हुन्न तिम्ले । भन्नेहरु भन्दै गर्छन् मन भा“चिएका कुरासत्मार्गको लक्ष्य छोडी भाग्न हुन्न तिम्ले । तिरस्कार बहिष्कार पापकर्म गर्छन् अरुमन्दिरमा सुधा परेवा भाक्न हुन्न तिम्ले । सोझो सिधा गरेरै जीवन चल्छ बरुअर्काको खजानालाई ताक्न हुन्न तिम्ले । कर्म गरे निरन्तर त्यसमै ठूलो भलो हुन्छनिराशाले भित्रभित्रै पाक्न हुन्न तिम्ले ।। कुश्मा, पर्वत
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
होमशंकर बास्तोला
8, 2011, 3:22
मैले तिम्रो माया मागेँ साथ पनि दियौसधैसधै यौवनको रात पनि दियौ खडेरीमा फूल झरी काँडा हाँस्दाखेरिउपहार सम्झ्यौ र त पात पनि दियौ टुक्रिएको जिन्दगी यो समालेर आजहाँसीहाँसी जिन्दगीमा प्रभात पनि दियौ एक्लै पारि तर्न खोज्दा जङ्घारमा रोकीसँगै खोला तरौँ भनी हात पनि दियौ मुटुभित्र तिम्रो छाया संगालेर मायायुगैयुग सम्झनाको खात पनि दियौ दुबेकोल७, खोटाङ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रदीप चापागाईं
7, 2011, 3:30
माया त गर्यौ आधार भएन,सपना देख्यौ साकार भएन ।। मौसमी होईन तातो जवानी,प्रचार बाँड्यौ व्यापार भएन ।। खाल्डोमा हाल्ने दुनिँया नबुझी,चित्र त कोर्यौ आकार भएन ।। हाँस्नलाई यहाँ जो पनि हाँस्छ,आउ त भन्यौ व्यवहार भएन ।। समाजले थुक्दा अझै त्यो अहं,चोखो नै देख्यौ लाचार भएन ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजेन्द्र अधिकारी
5, 2011, 9:26
जिन्दगीमा घाम-पानी हरेकसँग हुन्छ साथी । तिम्रो मात्र हैन मेरो पनि मन रुन्छ साथी । थाहा छ मलाई तीतो हुन्छ, कठोर हुन्छ, समन गर्न,फूले पछि नवैलिने दुनियाँमा फूल कुनछ साथी? खोल्सा खोल्सी तर्नु पर्छ, लड्नु पर्छ, हिलो लाग्छ,दाग बोकी हाँसिरहने हाम्रै माथि जून छ साथी । कहिले काँही नखाएको बिस लाग्छ यस्तै रै'छ,बेकसुर मकै सँगै पीसीई जाने घून छ साथी । आफ्नै आमा मारी खाने माकुरोको कथा कस्तो,जानी-जानी सन्तानलाई फेरी जालो बुन्छ साथी । एक एक जोडी दुई हुन्न रै'छ जिन्दगीमाएउटै जीबन सुत्र सही,फेरी गलत हुन्छ साथी । नबस भो कालो कालो बादल बोकी मनभरी,रोउ बरु मेरै काँधमा आँसुले मन धुन्छ साथी ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिपुल सिजापती
4, 2011, 3:55
दैलोमा घडा फूल र पाती अक्षता सगुन दुनामा देखें ।ठुस्केको छोरो रोएकी छोरी बसेका अलग कुनामा देखें ।हाँस्थीन आमा हाँस्दथे बाबा म हुँदा घरमा प्रसन्न भई ।छेलिइ हेरें दुवैका मुख हाँस्ने ति अधर थुनामा देखें ।सजल नेत्र गह्रुँगो पाउ तापनि छोप्दैथी साइत पल ।दिएको चीनो बेरुवा औंठी बाँधेकी चोलोको तुनामा देखें ।भक्कानो रोकी छातीमै बोकी विरह छोपेर देखाई स्मित ।उम्लेका पीडा आँखामा उन्को त्यो वेला हजार गुनामा देखें ।आएथे सवै बान्धव बन्धु लिएर हातमा सुभेच्छा फूल ।आदर प्रेम आशीक सारा गुच्छाका फूलको मुनामा देखें ॥
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
4, 2011, 3:53
आँट गरी मनका कुरा, भन्न बाँकी छँदै !बीचमै रोकिन् यात्रा उनले, टन्न बाँकी छँदै !!दुःख सुख सँगै यात्रा, गर्न डराएर !मोड्यौ पाइला उदाहरण, बन्न बाँकी छँदै !!बक्र रेखा जस्तो हुन्छ, सरल होइन जीवन !बाधा टार्ने हिम्मत गरी, कन्न बाँकी छँदै !!डराउँदिन म त कहिल्यै, तिमी हिँड्यौ आखिर !मनभरि जोश जाँगर, धन्न बाँकी छँदै !!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा.रुपक श्रेष्ठ
30, 2011, 4:17
हेर्दाहेर्दै मेरै आँगन काट्यौ पापिनीभोलि आउँछु भेट्न भन्दै ढाँट्यौ पापीनी मुटु मेरो धड्कन तिम्रो भन्दाभन्दै नि मैले दे'को माया कता साट्यौ पापीनी सात जन्म सँगै बाँच्ने बाचा बाँधेर झुटो माया थप्दै डोरी बाट्यौ पापीनी आफ्नै बलि चढाई खुशी दिन्छु भन्दाभन्दै रै'छौ लोभी कसको थुक चाट्यौ पापीनी लन्डन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सुदिना कुईंकेल
30, 2011, 4:10
सपना कसले बाँध्न सक्छ आउछु भनि आएको होइनसंयोग पर्यो भेट हुने, तिमी भनि म धाएको होइनधेरै बोल्छन साथीसंगी छानेर मात्रै सुन्नु पर्छ मुर्ख बनाए तिमीलाई मैले कसम खाएको होइनसोखै मेरो गुनगुनाउने जहिलयेई गुन्गुनौछु मसत्य सत्य तिमीलाई भनि प्रीत गीत गएको होइनअलिकति विश्वास गरि मन खोलेकी मात्रै हो तरभ्रममा नपर तिमी मैले माया लाएको होइनबुझिन छु साँच्चै मैले तिम्रा ती सौगातहरुलाईउपहार मात्र सम्झेकी थिए नाता बनाएको होइन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजेन्द्र पहाडी
29, 2011, 12:23
राजेन्द्र पहाडी
नेपाल यो अस्त ब्यस्त ठान्नु हुन्न आजअघि बढ्ने पाउहरु तान्नु हुन्न आजसद्भाव र भाइचाराको संगम हो यो देशछिन्नभिन्न अराजकता जान्नु हुन्न आजभाइ फुटे गवाँर लुटे भन्ने बुझ्नु पर्छविदेशीको इशारामा धान्नु हुन्न आजस्वाभिमान, आत्मगौरव् जोगाउँ सब् मिलीशान्तिद्रोही प्रवृत्तिलाई छान्नु हुन्न आजतीन करोड नेपालीको इच्छा पुरा गर्नआफ्नै काम गर्दा लाज मान्नु हुन्न आज ।।कुश्मा, पर्वत
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
होमशंकर बास्तोला
29, 2011, 12:12
कतिखेर हारिने हो जिन्दगी छ दाउ आँसु धेरै बगेको छ दुखेर यो घाउ दुनियाँको माया गर्न बिर्सिएर होला आफ्नौ स्वार्थपूरा गर्न कति मोल्छौ पाउ माटोमाथि चोट पर्दा हाम्रै छाती दुख्छ जननीको माया गर्न शान्ति गीत गाउ पुलबाट पारि तर्नु मरेपछि होलाजीवितमा तरिरा’छु सिमलको नाउ शहरमा कठिन छ बाँच्न आजभोलिदिनैपिच्छे बढेको छ सामानको भाउ दुबेकोल७, खोटाङ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजेन्द्र मल्ल
26, 2011, 5:15
बेहिसाब माया गरें तिम्रो तनमा दाग लाग्यो ।खातापाता बन्द गर्दा मलाई पनि भाग लाग्यो ।१।नापिन मैले कहिल्यै तिमीलाई दिएँ कति ।काउकुती लगाउँदा बदनामीको ट्याग लाग्यो ।२।भनिन मैले पीरव्यथा दुख्दा पनि हाँसी रहें ।सुन्दरीको भर पर्दा जली मर्ने आग लाग्यो ।३।तिर्खाउँदै हतार हतार अंगालोमा कस्दै गर्दा ।तिमीसंग लहरिंदा स्वर्णिमद्वार बाग लाग्यो ।४।मायाको खडेरीमा बाँडिचुँडी खाउँला भन्थें ।फलपाक्ने बेलामा विनाकसुर काग लाग्यो ।५।काठमाडौं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिपुल सिजापती
22, 2011, 6:30
चुभ्छन् उसै त तीरहरु कमलो दिलमाकामातुर छन् नयन अन्जन नलाऊ भोआगो बनेर बल्दै गरेका यौवनको रापलेप्रस्तर नि गल्छ मानिस हुँ सधैँ नधाऊ भोस्वास माथि स्वास बाटिएर लप्का बनी कतैस्वधर्म सीमा दग्ध होला चुम्बन नखाऊ भोटोकी ओंठ रसिला गरी राता नजरहरु कामाग्नि अरु भड्किन्छ छेउमा नआऊ भो बुझ पचाई मर्म बुझी अधकल्चो पारेरगरी आघात मर्मस्थलमा छोडी नजाऊ भो । ललितपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
22, 2011, 6:28
भाष्कर काजी
पैले अभावमै वितेँ, केहि गर भन्यौक्षितिजमा पुगेर पो यता सर भन्यौ । हात मेरो, हतकडिमा जकडिएपछिखाली छ अझै सिउँदो भर भन्यौ । क्यै माया गरेजस्तो, क्यै डरेजस्तोम हिँडेपछि पो अँगालोमा भर भन्यौ । जिउँदो लास बनेँ, प्रतिक्षामा तिम्रोमेरो अर्थी उठेपछि पो मर भन्यौ । म टोलाईरहेँ , तिमी आकाशीएपछिमनको आश मरेपछि भर पर भन्यौ । रुँघा ७, रुकुम, हाल: त्रि वि कीतिपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
22, 2011, 6:24
सद्भाव अनि भाइचाराको, आयो पर्व होली !रीस राग त्यागी, मनाऔं मन खोली !!संस्कृति हो होली तर, बढ्दो छ विकृति !रंगको सट्टा छ्याप्न थाले, नानाथरी घोली !!खुसी मनले उल्लासपूर्वक, मनाउन पाए ।मख्ख पर्छन् हान्नपाए, लोला रुपी गोली ।निशानामा चेलिबटी हप्तौंअघि किन !प्रतिवाद गर्नै हुन्न, छुद्र हुन्छन् बोली !!स्कूल, कलेज, अफिस, बजार सबैतिर दिक्क !लुकीलुकी मौका ढुकी, भिजाइदिन्छन् चोली !!दुःख-कष्ट दिन पाए रमाउँछन् हरे ।चित्त दुख्छ यस्तो देख्दा, छात्ती पोलीपोलीसचेत बनौँ युवा अब, बुझौं सबको मर्म !यस्तै रहे संस्कृति सब, नासिएला भोलि !!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
पुष्पराज खतिवडा
20, 2011, 4:10
हिड्दा हिड्दै वाटामा तिम्रो रुपको लाली देखेंअस्ति जस्तो छैनौ तिमी आज अलि काली देखें ।। रुप भने राम्रो तिम्रो व्यवहार भने कस्तो कस्तोपलासको बोटमुनि आज मैले माली देखें ।। भीड पनि कति कति मान्छे भने हुलका हुलदुनियाँ सामु तिम्रो रुपको आज मैले ताली देखें ।। समय लाग्छ वुझ्न कुरा केही दिनमा थाहा हुन्छहेर्दा हेर्दै तिमी भित्र मैले एउटा जाली देखें ।। चुरो कुरो नजान्दामा केही थाहा हुन्न रै‘छवास्तविकता वुझेपछि तिमी भित्र नाली देखें ।। झापा, वुधवारे, हाल: तनहुँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
मिरा प्रसाई
20, 2011, 4:05
जुटौ सबै हातेमालो गरौ सौहार्दको यो दिनमा पाईला चलाऊ शान्तिको लागि होलीको यो दिनमा । जुटनु पर्छ अब हामी एकताको लागि डटी लड्नु पर्छ देशको लागि होलीको यो दिनमा । झुक्नु हुन्न चन्द्र सुर्य अङ्कित झन्डा नेपालीको शिरत्यागौ न अब रिश राग होलीको यो दिनमा । सप्तरङी रंगले ढाकि दियोस लिप्सा लुम्दाहरुको स्वार्थिपन सदबुद्धी प्रदान गरुन् होलिकाले होलीको यो दिनमा । मुठी बाँधि आएका थियौ मुठी खोली जानु छ दुई दिनको जिन्दगी हातेमालो गरौ होलीको यो दिनमा । बेलायत
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा.रुपक श्रेष्ठ
18, 2011, 5:08
खान पाईयोस्, दबाई पर्दा, अरु के को चिन्ता?लान सक्ने होइन मर्दा, अरु के को चिन्ता? अजम्बरी छैन कोहि महलैमा पनिमन नभिजोस् डेरा सर्दा, अरु के को चिन्ता? मझेरीमा माया फुल्दा फाँटमा मङ्सिर झुल्दाबात नलागोस् बेसी झर्दा, अरु के को चिन्ता? जिन्दगी हो बग्दै जाँदा जहाँ त पुगिएलाभेट होओस् खोली तर्दा, अरु के को चिन्ता? ईश्वर हो रे माया भन्या यहि सत्य भएपाप नलागोस् माया गर्दा, अरु के को चिन्ता?लन्डन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सुदिना कुईंकेल
18, 2011, 4:52
तिमीसँगै जीन्दगी यो बिताउकी लाग्छ अचेलतिम्रै मात्रै खुशी भलो चिताउकी लाग्छ अचेल!!यस्तो पनि हुने रहेछ जीन्दगीको मोड कहिलेआफू हारेर तिमीलाई जिताउकी लाग्छ अचेल!!हाँसीहाँसी तिमीले मलाई फकाएको सम्झिएरबिना कारण यसो कहिले रिसाउकी लाग्छ अचेल!!मेरा हरचिजबिज तिम्रै लागि जस्तो लाग्छनसमर्पित भएर आफूलाई रित्ताउकी लाग्छ अचेल!!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजेन्द्र मल्ल
15, 2011, 9:58
संगै चढौं उकाली अलि माथि मेरो गाम छसानो छँदा गोठालो गा'को थुप्रै राम्रो ठाम छचैते हुरी सर्रर सम्हाल तिम्रो पछ्यौरीसुस्त सुस्त पाईला चाल चर्को पोल्ने घाम छतिम्ले छोडि गएसी नसोध यो मन कस्तो’भोदेउरालीलाई सोध न त्याहाँ तिम्रो नाम छभुल्दै थिएँ तिमीलाई यो मन उजाडै थ्योआयौ विपनीमा सपना होकि भन्ने भान छयात्रा लामो जिन्दगीको म कहाँ कहाँ जाऊँखोजिन कतै अरुलाई तिमी मै मेरो धाम छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिपुल सिजापती
14, 2011, 8:20
यत्ति पोल्यो छाती भनि कै’ले मुख खोलेको छ थुक चाहे पुज शालीक कहिले बोलेको छ आदर्शका पैतालाले प्राण पनि कुल्चि गएआदर्शका अंश कस्ले बिचारमा घोलेको छ रगतले लिपि गए बनाएर रातो भूमीत्यो भूमिमा टेक्दा यहाँ कस्को मन पोलेको छ काया हैन आत्मै देखि मरिसक्यो जीव आजसुन राखि तराजुमा इशलाई मोलेको छ चारै तिर पाप आज भूमि भन्दा भारी भयो पृथ्वीका हरेक टुक्रा पाउ मुनि डोलेको छ ललितपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रामकुमार पण्डित क्षेत्री
13, 2011, 7:18
झ्याम्म लोला नहान् कान्छा झ्याम्म लोला नहान्च्याप्प चोला नतान् कान्छा च्याप्प चोला नतान् । १ । सातै रङ्गी रङ्गहरु प्यारो लाग्या बेला ल्याप्प कालो नछान् कान्छा ल्याप्प कालो नछान् । २ ।छि: छि: गनाउने नालीको त्यो कालो पानी दालै सम्झी नझान् कान्छा दालै सम्झी नझान् । ३ । भाईचारा, प्रेम, स्नेह बढ्ने पर्बलाई स्वार्थ लुट्ने नजान् कान्छा स्वार्थ लुट्ने नजान् । ४ । भैगो माफी दिएँ एकचोटीलाई मैले कमजोरी नठान् कान्छा कमजोरी नठान् । ५ । उदण्ड साथीका कुरा मान्दा के होला त? तल गिर्छ नमान् कान्छा तल गिर्छ नमान् । ६ ।धोका दिने भष्म हुन्छन् सन्देश होलीको कच्चा धर्म नबान् कान्छा कच्चा धर्म नबान् । ७ । सिमलटार, काठमाडौं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
12, 2011, 4:16
भाष्कर काजी
बन्दुक बिसाईए पनि, छुराको चिन्ता उस्तैचेलिबेटिका हातका चुराको चिन्ता उस्तै । आज भोगीयो , भोलीको छ पीरलो अबमाछाका दिन त गए भुराको चिन्ता उस्तै । कता चल्छ खै ? हाडबिनाको जिब्रो न होयै जीब्रोले बिगार्ने कुराको चिन्ता उस्तै । समयले नेटो काटीसक्यो, मान्छे उस्तै छममता गुमाएका टुहुराको चिन्ता उस्तै । विवेकसुन्य हुन्छ मान्छे , भोगबिलासमासर्वत्र भेटिने सुन्दरी र सुराको चिन्ता उस्तै । रुँघा ७, रुकुम, हल त्रि वि कीतिपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दीप दर्शन शाही
12, 2011, 4:11
रिनी छु म जन्मेको माटोको रिन लाग्योपैतला टेके पछि बाटोको रिन लाग्योसुख दुख जिन्दगी झुपडी मै बित्यो मेरोओत लाग्ने खर अनि भाटोको रिन लाग्योदेश दुख्दा मन दुख्छ दुख्छ सारा तनदुखिरने देशको खाटोको रिन लाग्योममताको गाँस दिने क ठै मेरी आमा दश धारा दुध अनि आटोको रिन लाग्योसकिएन रक्षा गर्न उस्कै सन्तती भैदिन्दिनै लुटिएको पाटोको रिन लाग्योमलेसिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
तिर्थ(यात्री) पौडेल
12, 2011, 3:58
पिरतीका कुराकानी बातै मिठा हजुरका तन भरी कुदिरहने हातै मिठा हजुरका सम्झना आउँदा सधै सँगैबसी चलाएकोसपनीमा आउने हररातै मिठा हजुरका के के भन्नु हुन्थ्यो हजुर चलाउँदै कता कताकाउकुती मुटु भित्र मातै मिठा हजुरका हजुर दुरदराजमा सुहाग त्यो बिर्सिएरनजाने ति खै के भन्यौ घातै मिठा हजुरका
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बुद्धी मोक्तान
10, 2011, 4:37
सपना पूरा हुँदैछ तिम्रो माला उनि बस ठुलीसाइत यही मङसिर हो कुल घरान पस ठुली ।औंला भाँची धरै बसेउ बल्ल आज दिन आयोनाइ किन भन्नु छ र लगन गाठो कस ठुली ।हात पाऊँ चुरी झुम्का नयन ओठ गाजल लालीखाली सिउँदो सुम्पिएर रातो सिदुर घस ठुली ।बिर्स अब चन्चल बैश जीवनले बाटो मोड्योघरानाको इजत राखी ब्याबहारमा फस ठुली ।बिदाइ गरे डोली चढाइ बा आमाको मनै ढुक्क'बुद्धी'पुर्याउ बेलैमा तिम्लाइ मिल्छ जस ठुली ।कोरिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
8, 2011, 4:49
संकटमा अहिले, पर्दैछ आस्था !दूबोझैं होइन, मर्दैछ आस्था !!विश्वास थियो, शिखर चुम्ला !दिनहुँ तल, झर्दैछ आस्था !!प्राण पखेरु, खोजेझै उड्न !छटपट छटपट, गर्दैछ आस्था !!कहिले मर्छ, ठेगान छैन !तैपनि भ्रम, छर्दैछ आस्था !! जोगाउन गाह्रो, अस्तित्व उसलाई !ठाउँ कुठाउँ, चर्दैछ आस्था !!प्रेरित गर्थ्यो, भोकभोकै खट्न !लुकेर भूँडी, भर्दैछ आस्था !!साहस गर्थ्यो, सागर तर्ने !अर्थहीन जँघार, तर्दैछ आस्था !! सकिन्न अब, माया गरिराख्न !झनझन् पर, सर्दैछ आस्था !! अँगाल्यो स्वार्थ, त्यागॆर नीति ! नजरबाटै अब, टर्दैछ आस्था !!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दलवीरसिंह बराइली "घायल"
8, 2011, 4:48
पञ्चै बाज जन्तीहरु भोली लिई आउँछु म घोडामा तिम्रो लागि डोली लिई आउँछु घुम्टोभित्र तिमिलाई देख्ने ठुलो रहर छ छिट्को सारी मखमली चोली लिई आउँछु तिम्रो खाली सिउँदोमा रंगाउँदा सिन्दुर हाँसोखुशी उमंगको होली लिई आउँछु माईतिघर छोड्नु पर्दा तिमी रुन्छेउ हौली मायागरी फकाउँने बोली लिई आउँछु रितिथिती परम्परा बच्चाउन संस्कृतिलोगन्ती र भातखौरे टोली लिई आउँछु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सुदिना कुईंकेल
3, 2011, 1:20
माया बोकी तिमीले समाएको हात मिठो नबोलेरै तिमीसँग गरिएको बात मिठो तिमीले के पायौ कुन्नि मैले त धेरै पाएँ तिमीसँग बिताएका हर प्रहर साथ मिठो भोक प्यास छैन केहि सबै तिमीलेनै लुट्यौ बेचैनिमा छटपटीएर बिताएको रात मिठो सम्झन्छु छिनछिनमा झस्काउने ती पलहरु छिचोलेर बन्धन सारा उर्लिएको मात मिठो सताउँछौ यदाकदा तडपाउँछौ कहिलेकाहीं तर पनि तिमीले दियका सारा आहत मिठो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
27, 2011, 10:51
भाष्कर काजी
तिमी जे भन, यो माटो हाम्रै होल हेर ! यो खुनको टाटो हाम्रै हो ।कति होला पीडा , छल्केका नयनमानबोले नी बुझ्छ उ लाटो हाम्रै हो ।किन कोर्छौ सिमा ? यौटै छातीमा तिमी हिँडेको त्यो बाटो हाम्रै हो ।नसोध, के गर्यौ तिम्ले मलाई ?नउप्काउ भो दुख्छ खाटो हाम्रै हो ।नभन मीठो छैन, यै हो जीवन हाम्रोयो चूलोको ढिँडो आटो हाम्रै हो ।रुँघा ७, रुकुम, हालः त्रि वि कीतिपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भीमराज पाराङ
27, 2011, 10:44
रानी बनमा सँसँगै गाई चराएको गजल योकाफल गेडी टिपेर भुँडी भराएको गजल यो एकसुरले गट्टा गुट्टी हामी खेल्ने क्रममामाली गाई र तारी गाई हराएको गजल यो मुखीयाको बारीमा गाईले स्वात्तै बाली खाँदाबाबाहरु मिलेर कराउनु कराएको गजल यो ठुलो ठुलो स्वर गर्दै, हामी दुईलाई हकार्दाथुर् थुर् काँपी तिमी म डराएको गजल यो हकारेर मात्र त्यसै, कहाँ छाड्थे बाउहरुले?कानमा समाई उठीबस् गराएको गजल यो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दीप दर्शन शाही
27, 2011, 10:38
बिचरीको सिन्दुरले जात फेरी दियो राता चुरा सजिएर हात फेरी दियो बिधिको बिधान होकी सृष्टि यस्तै रच्यो आमाको काख छुटाई साथ फेरी दियो भविष्यको कल्पनामा रम्न थाल्दा आशा सुख शान्ति सपनाका खात फेरी दियो ओठमा मुस्कान अलि अलि रहर धेरैआनन्दको निदरीमा रात फेरी दियो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा.रुपक श्रेष्ठ
25, 2011, 8:19
भो नसोध कति युद्ध जितें प्यारको आज मलाई ।तिम्रो छड्के तीर लाग्यो नजरको आज मलाई । खैंचिएर ईन्द्रधनुष बाण हान्यौ परेलीको मुटु छेड्ने तीर लाग्यो हजुरको आज मलाई । एकै तीरले ढाल्यौ मलाई लौ उठाएँ सेतो रुमालछाती चिर्दै तीर लाग्यो प्यारको आज मलाई । तीर माथि तीर हान्यौ झिमझिम गर्दै बदामीलेमनै रेट्ने तीर लाग्यो रहरको आज मलाई । मुटु मेरो काम्न थाल्यो एटम हो कि कालो कोठीझंकार दिंदै तीर लाग्यो प्यार-बहारको आज मलाई ।लण्डन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सुरेन्द्र सिंह ठकुरी
24, 2011, 8:32
सुन के राम्रो, जून के राम्रो?उनको सामु कुन के राम्रो?के ब्याख्या गर्छौ सात सुरको?उनी भन्दा त्यो धुन के राम्रो?लोभ देखाइ नफकाउन हैंसुन त छोडें नुन के राम्रो?पवित्र मनको साथ सहीस्वार्थ लुकेको गुण के राम्रो?बरु प्यारो यही रातो माटोक्षणिक जाबो चुन के राम्रो?आफ्नै झुप्रोमा पाकेको मिठोअर्काको त्यो तिहुन के राम्रो?गजलघर, जाजरकोट
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दासीदाइ
24, 2011, 8:28
पीर व्यथा नभेटिने ठाम कहाँ छ रहाम्रा लागि झुल्किदिने घाम कहाँ छ र ।यसै बित्यो जिन्दगानी जाउँ कता जाउँसुन जस्तै जिवनको दाम कहाँ छ र ।माथिमाथि अग्लिएका जाली पापीहरुइमानीको सहरमा नाम कहाँ छ र ।छर्छौ किन फूलपाती कुल्चिएर मनआश्थाबिना भगवानको काम कहाँ छ र ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
अमृत सुबेदी गुराँस
23, 2011, 8:08
गामबेसि भिरमा दौडंदै थिएँ ।परिवारको पिरमा दौडदैं थिएँ ॥पैसा कमाउन बालुवा चाल्दै ।कालिगङ्गा तिरमा दौडदैं थिएँ ॥सवेरै उठी भर्ती हुन्छु भन्दै ।दिल्ली कस्मिरमा दौडदैं थिएँ ॥सिप नलाग्दा नेताको पछि ।बाँधिई जन्जिरमा दौडदैं थिएँ ॥मान्छे बटुल्दै भाषण ठाकियो ।भोलिपल्ट अविरमा दौडेदैं थिएँ ॥सुख सयल पाएसी भुलेछु मैले ।कुनैदिन जागिरमा दौडदैं थिएँ ॥मादिसेती एफ.एम. दमौली, तनहुँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नन्दलाल आचार्य
15, 2011, 9:09
नन्दलाल आचार्य
कस्तो बगरसरह सुनसान देख्छुमात्र पत्थर छ खै भगवान् देख्छु । नाम जपेर खाने भए बदनामभ्रष्ट, पदलोलुप मात्र महान् देख्छु । साह्रै पर्यो विचारको खडेरी यहाँठूलै स्वरको मात्र यशगान देख्छु । अरुलाई तनाई आफू चढ्नेलाईभोलिको नेपालको दरवान देख्छु । पसिनाको मूल्य खोज्दाखोज्दै म तमाथि होस् या तलको एक समान देख्छु । तपेश्वरी१, गल्फडिया, उदयपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
अर्जुन दाहाल “अपवाद”
14, 2011, 9:13
अनयास आँखा जुध्यो, एकोहोरो हेरिरहें ।बोल्ने शब्द हराएर लामो श्वास फेरिरहें ।। पहिला तिमी बोले हुन्थ्यो, मनका कुरा खोले हुन्थ्यो ।यस्तै कुरा सोच्दा सोच्दै , आफ्नो मुटु सेरिरहें ।। पहिला कतै भेट्या हो कि? सोचिराथें आफैंभित्र ।हुँदाखेरी अलमल्ल ,मनले मनलाई खेरिरहें ।। के भन्यौ के गयौ, थाहा छैन मलाई ।सवै तिम्रा वचनहरु, नोकरले झै टेरिरहें ।। अति सुन्दर जिउडाल, बोली झनै मिठो होला ।मनभित्रको क्याभासमा तिम्रै तस्विर कोरिरहें । मिर्गे५,चिलाउनेखर्क, दोलखा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रेवती रमण पोखरेल
12, 2011, 8:34
पिलाएर प्रेमरस मदहोस पार्यौबढाएर चाहत मदहोस पार्यौकुन्नि केथ्यो जादु तिम्रा नयनमाटोलाएर हेर्यौ मदहोस पार्यौकेहि भन्न आतुर रसिला आधार ती कमाएर खोल्यौ मदहोस पार्यौबाहुपाश भरि कसेर मलाई लोलाएर बेर्यौ मदहोस पार्यौउघारेर राखे मनको यो ढोकालजाएर पस्यौ मदहोस पार्यौकाठमाडौँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
12, 2011, 8:29
भाग्यलाई दोष देको छु भैगो साथ हुनु पर्दैन तिमीले फुट्नेको नै दुख्छ मुटु साखिली भै रुनु पर्दैन तिमीले दु:खाईमा हांस्न समयले सिकाको छ अचेल मलाई चराए नि चराउन यि घाऊहरु छुनु पर्दैन तिमीलेम हुनु र नहुनुमा के फरक पर्छ र अब तिमीलाई जति लागे कलंकका ति दागहरु धुनु पर्दैन तिमीले आँखामा बगी रहेछन थोपा थोपा भै पुराना पलहरु नयाँ घाम बोकी मेरा आसु सुकाउनु पर्दैन तिमीले
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रामकुमार पण्डित क्षेत्री
10, 2011, 7:16
तिमी त कस्तो गन्हाउने भएछौजो भेट्यो उही समाउने भएछौ । खोई के जादु गर्छौ एकै रातमा पाँच - छ लाख कमाउने भएछौ । ठूलाठूला नेता तिम्रै अघिपछी शक्तिको धाक जमाउने भएछौ ।पवित्र स्थलको निन्दा गर्दागर्दै मैखानामा पो रमाउने भएछौ ।ईमान्दारीको उपहास गर्नेले बेमानी खोज्दै घुमाउने भएछौ ।खराब छिमेकी खुशी पारीपारी सिमाना आफ्नो गुमाउने भएछौ । सिमलटार, काठमाडौं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नीलबहादुर खड्का
9, 2011, 7:51
माया गर्छु प्रिय बीचमै, छोड्छु भन्दिन !पक्का हुन्छ वचन मेरो, तोड्छु भन्दिन !! किन गरौं ठूला कुरा, हुनै नसक्ने !मन जित्न हिमाल पहाड, फोड्छु भन्दिन !! भन्न जस्तो पूरा गर्न, हुन्न सजिलो !धर्तीलाई आकाशमा नि, जोड्छु भन्दिन !! सक्दिन म झार्न कहिल्यै, जुनतारा नि !सागर पनि मरुभूमीमा, मोड्छु भन्दिन !! शरीरै हो जाडो गर्मी, हुन्छ निश्चय !भुईंमा सुत्छु अनि आकाश, ओढ्छु भन्दिन !! दुःख गरे ढुंगो फल्छ, यही माटोमा !चन्द्रमामा खेती लगाई, गोड्छु भन्दिन !!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दलवीरसिंह बराइली "घायल"
8, 2011, 9:14
बेच्दैछौ नेता स्वभिमान कुर्चीको कारणछोड्दैछौ लेख्न संविधान कुर्चीको कारण देशको लागि भएका'थे हजारौं सहिदभुल्दैछौ सबै बलिदान कुर्चीको कारण शहर गाउँ बिकासको लहर चल्या थ्योरोक्दैछौ त्यत्रो अभियान कुर्चीको कारण चिनारी हाम्रो बिरताको सँसार भरी छमेट्दैछौ आज पहिचान कुर्चीको कारण गर्दछौ मिली भ्रष्टचार जनता मारेरकिन्दैछौ घर अलिशान कुर्चीको कारण गुप्तेश्वर-३,रामेछाप; हाल:अबुधाबी, संयुक्त अरब ईमिरेट्स
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा.रुपक श्रेष्ठ
6, 2011, 5:23
था'छ मलाई पाएसम्म थुनी घरमै राख्छौअर्को कुरा गरे मलाई कारागारमै राख्छौ ।यति माया गर्छ्यौ मलाई म त के भनुँ खै यस्तो भान हुन्छ सुन्दा दरबारमै राख्छौ ।के हिसाबले बुझ्छन अरु उनको आफ्नै कुरा मलाई त यस्तो लाग्छ तरबारमै राख्छौ ।मायाजालले ढाकिछोपी मलाई अन्धो बनाई एक थुंगा गुलाफ चढाई काँडेबारमै राख्छौ । लण्डन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
उज्ज्वल जी.सी.
4, 2011, 9:17
सत्तामा हुँदा निस्वार्थी भाव तोड्नु पर्छ हजुरलेसकेसम्म निरीह जनता मोड्नु पर्छ हजुरले । ऑखा नदेख्ने अनगिन्ती मतदाताहरु छँदै छन्भाषण फुक्दै विकास गर्न छोड्नु पर्छ हजुरले । अनुदान र ऋण बोकी थाकेको छ सगरमाथामौका यही हो महल र गाडी जोड्नु पर्छ हजुरले । गरिबको नेता बन्नु भा’छ लाखौलाख खर्च गरीराष्ट्रको ढुकुटी दिनमै अब फोड्नु पर्छ हजुरले । नैतिकता र धर्म गुमेर आत्तिनु पर्दैन कसैसँगकुकर्म छोप्न पहेलो वस्त्र ओढ्नु पर्छ हजुरले ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
विश्वप्रकाश भुसाल
3, 2011, 10:00
तिमीलाई भुल्न सक्दैन ऊसबैसंग खुल्न सक्दैन ऊनिर्मोहीको बन्दी भएदेखकतै पनि डुल्न सक्दैन ऊनछोएरै गई बसन्तीलेचाहेजस्तै फुल्न सक्दैन ऊदुश्मनी रैछ नियतीसंगती खुसी असुल्न सक्दैन ऊभन्छ पथ्थर भई बाँच्दैछुआँशुसंग घुल्न सक्दैन ऊ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सुदिना कुईंकेल
29, 2011, 8:55
छाडी मलाई जाने भए मुटु यो मेरो लिएर जाऊसक्दिन बाँच्न म एक्लै हातमा बिष दिएर जाऊ ।।आँखा भरी सजाएथ्ये स्वप्न हौ ठानी भविष्यको कर्कलाको पानी पो रहेछौ ठिकै छ तर्किएर जाऊ ।।साथमा हिड्ने बाचा गरेर दोबाटोमा अलपत्र पार्यौ मेरो बेहाल हेर अब, एकैछिन त अडिएर जाउ ।।अपाङ्ग पारी चाहना मेरा इच्छा रहर लुलो तुल्यायौ खुशी मेरा लुटी सारा बिजय माला पहिरिएर जाऊ ।।सपनाहरु शिशा झै टुटे,सम्पूर्ण भाग्य फुटेर गयोछियाँ छियाँ भएको मन तिमी आज सिएर जाऊ ।।मेरा लागि रहरहरु तिम्रा बन्धकी राख्छौ किन?शुभकामना छ तिमीलाई सारा उमेर जिएर जाऊ ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बज्र कुमार राई
29, 2011, 8:53
हिड्दै छु म गलेको छैन।।अझै यो ज्यान ढलेको छैन।।घोच्दै\चिमोट्दै\चिथोर्दै छन्,तथापि म एकरति चलेको छैन।।चौरास्ता मलाई पासो थापेका छन्,तैपनि म रुखमा फलेको छैन।।आगो झोसीएको छ चारै कुना,तर मेरो चिता बलेको छैन।।ए मेरो मृत्यु हेर्नेहरु हो!जिउँदै छु म जलेको छैन।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |