text
stringlengths
1
287k
गजल गजल उज्ज्वल जी.सी. 14, 2014, 4:28 शिखर नपुग्दै झायौ मलाईमनको खोपीमा पायौ मलाई ।ऑंसुको दहमा लागेथे‘ं डुब्नमायाको डोरीले तायौ मलाई ।नौरङ्गी विश्वास सिरानी राख्दाछातीमा सुताई मायौ मलाई ।दोबाटो ढुकेर बसू‘ं म कतिभिक्षा नै नदिई टायौ मलाई ।फैलाई सुवास खोज्दैथे‘ं फुल्नदुर्गन्धीे घारीमा सायौ मलाई । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जय प्रकाश विवश 24, 2014, 2:58 सम्झिएर रोए पनि भूल जस्तो भाको छैनतिम्रा याद जिन्दगीमा फूल जस्तो लाको छैन।।बिताउँदा सँगै पल के के सोच्यौ कुन्नीजिन्दगीका यात्रा अझै सहज भाको छैन।।प्राण भन्यौ, जीवन भन्यौ सँगै बाँच्ने बाचासँगैहुन्न रैछ सोचे जस्तो, बहार आको छैन।।पिरतीका कुराहरु कस्ताकस्ता बन्छन यहाँतिमी सगैँ आउनु पर्ने मूल आको छैन।।घरबार मात्र होईन सानु जिन्दगीको सारआशावादी बन्छ विवश ढिलो भाको छैन।। आँखिभुई ८ संखुवा सभा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गोपाल झापाली 18, 2014, 2:20 गोपाल झापाली स“गै जिउने मर्ने, कहानी बेकार भो, तिमिलाई सा“च्या, जवानी बेकार भो । प्यासी ओठमा शीतका थोपा, तिर्खा उस्तै छ,आगोमा घिउ मेरो, लगानी बेकार भो । देउराली र फूलपाती कतै छैन विश्वास अव, ढुङ्गास“ग मुटु साट्नु, अन्जानी बेकार भो । न रहयो बा“स अब, न बज्छ बा“सुरीनै,धर्ती पनि फाटे पछि घामपानी बेकार भो । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल पदम भण्डारी 9, 2014, 12:19 एक्लै हुँदा दिमाग पनि अन्तै चर्दो रै’छगर्ने कुरा जवानीमै गर्नु पर्दो रै’छनिद्रा पनि कम लाग़्ने मनले अनेक ताना बुन्नेजोश जाँगर ईच्छा शक्ति सबै मर्दो रै’छबुढेसकालले छोएपछि दिमागले पनिसोझो हैन बाङ्गो बाङ्गो कुरा गर्दो रै’छकपाल फुल्यो दाँत झरे मन अझै तरुनो छआँगन पनि भीर पल्ट्यो भन्नै लाज मर्दो रै’छमेरा आफ्नै भन्नेहरु आज टाढा टाढा भएमैले आफ्नो ठान्नेलाई दैबले नी हर्दो रै’छ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नवीन पौड्याल 4, 2014, 4:16 नवीन पौड्याल गाउँ छोडी चेलीलाई यता नआउ भन्दिनूधेरै चर्को गरमी छ, उता नजाउ भन्दिनू। साख्खै बनी आउने यता आफन्त धेरै छन्।नक्कली मायाको मिठो पानी नखाउ भन्दिनू। वनमै फूल्न देउ, मन्दिरमा चढाउन पर्दैनसस्तो भावनाको छोटो जामा नलाउ भन्दिनू। झोपडीमै बस्नु बरू, यता कोठी मात्र छन्।मगलभित्र निस्सासिई धेरै दुःख नपाउ भन्दिनू। यात्रा होस् लामै बरू, हिडदा दुःख कष्टै होला।जीवन यात्रामा छोटो बाटो नजाउ भन्दिनू। सहरमा बिक्ने सामान धेरै धेरै हुन्छन्पछि नवीन पछुतोको आँसु नबगाउ भन्दिनू।दार्जिलिङ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कल्पना सुवेदी 22, 2014, 5:10 आकाशसंगै हिडिरहेँ पाइला छेकिएन कुन्नि किन ? मनस्थलमा तिमी नै बस्यौ स्मृति मेटिएन कुन्नि किन ?माया लाई दुख र पीडा दिएर सास लिई तिमी जाँदा यो मन चसक्क छुने अर्को प्रेमी भेटिएन कुन्नि किन ?फूलबारीका विभिन्न थरी फूलहरु बगैँचामा फुल्दा यी सुबासहरु मेरो धड्कनमा फेरिएन कुन्नि किन ?जुटिएर दुई संसार एक बिशाल रङ्गशाला हँुदाहामी अभिनेता नाटकका पात्र रेटिएन कुन्नि किन ?दुख र सुख घाम र छायाँ नै जिन्दगीको वास्तविकतारोदनलाई पन्छाएर सुखमा बेचिएन कुन्नि किन ? साउथ राइडिङ्ग, भर्जिनिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल तेजविक्रम कार्की 22, 2014, 5:06 नशा यस्तो थियो कि अधरको कहानीपिलायौ कि पानी या जहर जानी जानीम जुनलाई भन्थे कत्ति टाढा तिमीछोई हेर भन्यो उस्ले ढलपल त्यो पानीजता हेर्यो उतै पैरो बर्षाको के भरभत्काउदै छ मन्को किनार छानी छानीसधै झै साँझ तिम्लाई भर्छु प्यालाभरिछल्किएर प्याला किन भै दिन्छ बैमानी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सजना सन्ध्या 16, 2014, 2:36 सुनसासन अँधेरी रात मन पराउने मेरो प्रिययो संसारमा कालसँग डराउने मेरो प्रिय ।यो सृष्टिलाई मनन गर्दै सिर्जनामा तल्लीन भईसिरसिर बताससँगै हराउने मेरो प्रिय ।दिगदिगन्त आफ्नो माया सुगन्धित बनाएरत्यही वरिपरि मलाई चराउने मेरो प्रिय ।मायाले नै भरिपूर्ण नयनमा नयन जुधाईमलाई एकोहोरो हेयाहेरै गराउने मेरो प्रिय । गागल भदौरे४, रामेछाप । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रज्ञा ढुंगाना 16, 2014, 2:32 जिन्दगी को रितै यस्तो कठिन साँघु तर्दैछुधर्ती बन्न सिकएथ्यौ आमा,बन्ने कोसिस गर्दैछुबैगुनिको संसार नै निस्ठुरि,कस्लाई के नै भन्नु र!आफैँ रित्तो बनेर पनि उस्कै संसार भर्दैछुबिरानो यो संसारमा, आफ्नो भन्नु को नै छ र!चित्त दुख्ने भेटिन्छन् कि भनि बेसितिर झर्दैछुभाग्य भए लेख्थ्य्यो भाविले,अभागिको निधार नै खोटो!रङ्गीन संसार अरुलाई नै दिएर शुन्यतिर सर्दैछुकति रात बिहान भए सम्झना मै हराउँदा !बादलझै गर्हौ मन थोपथोपा गरी झार्दैछुरहर त अब के नै छ र,अडाउनै पर्ने एकमुठी सास्!समाजको अगाडी बाँचें पनि पलपल मर्दैछुजिन्दगी को रितै यस्तो कठिन साँघु तर्दैछुधर्ती बन्न सिकएथ्यौ आमा,बन्ने कोसिस गर्दैछु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल श्रेष्ठ परिक्रमा 12, 2014, 3:58 यहाँ कहिलेकाहि त अहो ! समय नै रिसाउँछ रे । रुवाउँछ त कहिले समयले नै हसाउँछ रे । यी मान्छेहरुका जमातमा कसैलाई उक्साउँछछट्पटी ल्याउँछ कतै कसैलाई फसाउँछ रे । अदृश्य रुपमा त लौ ! यहाँ जन्मसँगै मृत्यु पनिकहिल्यै नछुट्ने गरी भाग्यरेखामा नै टसाउँछ रे । नियतीको खेल नै यस्तो ! कोही टाढा भइदिँदा तभक्कानो फुटी यो हृदयमा, यी आँखाहरु रसाउँछ रे ।जानीबुझी समयले नै त मायाको खेल खेलीउठ्नै नसक्ने गरी धेरै तलतल खसाउँछ रे । समयको अगाडी कसको के नै जोड चल्छ यहाँकात्रोमा कसाउँछ अनि माटो मुनि धसाउँछ रे । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल डा.रुपक श्रेष्ठ 26, 2014, 4:28 उनले भने साधुले देश हाँक्न सक्दैननबगलीमा हाम्रो के छ आँक्न सक्दैननसन्त न हुन् परेवा-बाज सम देख्छन उनीछुराजस्तो नंग्रा बाजको झाँक्न सक्दैननसिध्दान्तरत उनि सधैं युधिष्टिरजस्तो उल्टा-सुल्टा दुर्योधनझैं फलाक्न सक्दैनन सबै नारी आमा समान देश आमा समान चीर हरण गर्ने सभा डांक्न सक्दैनन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भाष्कर काजी 18, 2014, 3:05 भाष्कर काजी नआउनु, अचेल घरमा हुन्नम कसैँको पनि भरमा हुन्न ।कहाँ खोजेको हो त्यसरी ?ज्यान लिने जहरमा हुन्न ।आफ्नै, छातीभित्र छाम नम पराइको शहरमा हुन्न ।छोडिसकेँ, पालो कुर्न मैलेअब म कुनै लहरमा हुन्न ।केही गर्ने, जाङ्गरै चल्दैनपैलेजस्तो खबरमा हुन्न ।माया लाग्दैन अब, ज्यानकोत्यसैले कुनै डरमा हुन्न ।भाष्कर काजी रुँघा ७, रुकुम , लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विमला निरौला ढुंगाना 6, 2014, 3:14 प्रगतिलाई बिदेशीएका नेपालीका काम देखें,मुटुभरी अभावका पिडाहरुको डाम देखें |उन्नतिका केहि बाला टिपी घरमा बिस्कुन लाउने,विश्वासमा उदायको कलिलो त्यो घाम देखें |इमानदार, परिश्रमी, लगनशील नेपालीले,मेहनत र पसिनालाई रोपेका ति ठाम देखें |दिन-रात घोटियर मेसिन रुपी शरीर चल्दा,रगतको सस्तो मूल्य तिरेको त्यो दाम देखें |इच्छा मिची, खर्च जोगाई खायको त्यो माम देखें, सुकी-सुकी बटुलेर पठाएको खाम देखें |अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिलिप राई 6, 2014, 2:51 कसैले छाती छामे कसैले नाडी समाए म मर्नु भन्दा पहिले मेरो मलामी आए सास केहि बाँकी थियो आस केहि बाँकी थियो ढुकढुकी चल्दा चल्दै गाउँमा हल्ला चलाए भिड छ आँगनभरि हल्ला र कोलाहल छ कोहि त आफ्ना पनि रहेछन आँसु खसाएकसैले कात्रो ल्याए कसैले माला उने मेरै नजर सामु कसैले मेरो अर्थी बनाए तिमीलाई हेरी जाने आखिरी धोको थियो तिमी आउनु भन्दा पहिले मेरो लास जलाए दिक्तेल, हाल: रियाध, साउदी अरब लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल श्रेष्ठ परिक्रमा 13, 2014, 5:14 केवल झुठ्ठा आश्वासन दिएर जान्छ यो समयले ।देखावटी नै सही यो मन सिएर जान्छ यो समयले । कहिले अमृत पिलाउँछु भन्छ, अमर बनाउनतर स्वयं आपै नै पिएर जान्छ यो समयले । चोटले घाइते बनेको यो मनसँग किनकिन बारम्बार आउँदै जिस्किएर जान्छ यो समयलेरङ्गबिरङ्गको जात्रा देखाउँछ समयको तापलेजलेको यो मुटु कुल्चिएर जान्छ यो समयलेखुसीले बाँच्नु है भन्दै पलपलमा रुवाएरहरे ! दुःखी यो आत्मा लिएर जान्छ यो समयले लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल वैरागी चित्र 5, 2014, 3:27 शिशिरको ढुकढुक जाडो, लाग्दा घाम कस्तो हुन्छजनमजनम हुने माया प्रेम लाम कस्तो हुन्छ एकअर्कामा एउटै भई, अंगालोमा सगै रम्दामन्दमन्द हावा चल्दै , आउने साम कस्तो हुन्छ तिमीसंग विश्वास छ , नपार्नु नि वियोगमादेउ नै एक चुप्पा, हेरौ बस्ने डाम कस्तो हुन्छ उज्यालो छ बाहिर , टहटह जून लाग्दालगाउ पर्दा , निभाउ बत्ती गर्दा काम कस्तो हुन्छ सागरसगर जस्तै , अटल अमर हुनु राम्रोगजलमा वैरागी चित्र राख्दा नाम कस्तो हुन्छतनहूँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मृत्य निर्मल 5, 2014, 3:16 चिसो रातमा, गाउदा गाउदै लय हराए पछिछैन् डरअरु दुखसंग, मर्ने भय हराए पछिउल्लासमा बजेका ति अनेक बाजागाजाहरुइश्वर नि कोल्टे फेर्यो, उस्को जय हराए पछिलामा छोटा कसमहरु जिन्दगीको साँघुरो घुम्तीबीचमै लोप भयौ संगै हिड्ने तय हराए पछिउदायौ तिमी, तिम्रो रहर, सिमित शहर, पोल्नेडरफर्कन्छु आजनै मेरो गाँउ,सोझो समय हराए पछिलथालिङ्ग छरपस्ट दोषी भावका शब्दहरुतोडी दिए सम्बन्ध, सबै आशय हराए पछितोपगाछी-७ झापा , नेपाल, हाल: मलेशिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 5, 2014, 3:06 दिवाकर भट्टराई भन्छन् आकाश, जूनसंगको नाता छ !!म भन्छु धरती, सुनसंगको नाता छ !!छुट्याउनै गार्हो भयो,कस्तो बिडम्बनाभन्छ कसले, कुनसंगको नाता छ !!हस्तक्षेप छिमेकीको,सह्यौ दिनानुदिनठान्थौ संगीत, धुनसंगको नाता छ !!चुकाउनुपर्ने बदला,कस्तो सम्म हुन्छपोहर लगाएको, गुनसंगको नाता छ !!उनि मेरै थिइन, त्यसैले अझै भन्दैछुयो दिवाकरको, खुनसंगको नाता छ !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिनेश राजभण्डारी 4, 2014, 5:38 प्रेम पत्र, हेर्न मन लाग्यो रीबनले, बेर्न मन लाग्यो ।हेर्दै राम्रो, मन लोभ्याउने त्यहाँ बुट्टा, घेर्न मन लाग्यो ।उन्को चिठ्ठी, खोल्न मन लाग्यो पढे पछि, केर्न मन लाग्यो ।पछि पछि, चित्त नै नबुझ्दा त्यसलाई, फेर्न मन लाग्यो ।जति गर्दा, भनेको नहुँदा आफैलाई, सेर्न मन लाग्यो । , , . लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रभु विवश 21, 2014, 4:21 नयाँ बन्ने संविधानको ,पाना अलपत्रनेपाल अनि नेपालीको, छाना अलपत्रआज आउला भोली आउला, बिते बर्षौ बर्षशान्ति अनि सुशासनको, राना अलपत्रआआफ्नै राज्य माग्दै, जनता सबै सडकमासधैं बन्द हड्तालले, दाना अलपत्रनेपाली र नेपाली बिच, सद्भाव खल्बलिदास्वाभिमान र पहिचानको, गाना अलपत्रअन्योलमय अन्धकारमा, बित्दा बर्षहरु लाग्छ सुन्दर भविष्यको, चाहाना अलपत्र ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रज्ञा ढुंगाना 21, 2014, 4:09 तिमी मेरो हुनै पर्छ भन्ने कहाँ लेख्या छ रजोडी लेख्ने देवतालाई कस्ले पो देख्या छ रमौन स्विकार गर्नु भन्दा इन्कार नै गर बरुउम्किन नै दिन्न भन्दै बाटो कहाँ छेक्या छ रबदनामी को डर किन मायानै लीलाम भएपछिसस्तो कथा बनाएर सडकमा कहाँ बेच्या छ र सुसंकार र उचाईका कुरा गर्छौ सधै किनधरातल नै बिर्सिएर अन्त कहाँ टेक्या छ रजिन्दगीको यात्रा अलग यात्री पिच्छे भिन्नाभिन्नैअमर कथा सम्योगान्त कस्को पो भेट्या छ र लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कल्पना तामाङ प्रकृति 21, 2014, 4:02 विहानीको ताली ,बज्छ एकपल्टजवानीको ताली, बज्छ एकपल्टकेही नयाँ त, केही पुरानाकहानीको ताली ,बज्छ एकपल्टबुढेसकालमा सहारा, लाग्छ लाखापाखा मानहानीको ताली, बज्छ एकपल्टयादहरु बल्झिएर, अल्झाउछ धड्कननिशानीको ताली ,बज्छ एकपल्टआउदा बेग्लै बस्दा बेग्लै जाँदा पनि बेग्लैसिरानीको ताली बज्छ एकपल्टसम्झी आँशु झार्लाने कोही, हास्लान् पनि कोहीविरानीको ताली, बज्छ एकपल्ट ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सदानन्द अभागी 6, 2014, 2:50 सदानन्द अभागी इतिहास हेर्यो भने वर्तमानमा डर लाग्छतिमी सुधी नियाल्दा त मलाई पनि भर लाग्छपूर्व अनि पश्चिमको विश्लेषण यो गर्दै जाँदाहाम्रो गमन कता हुन्छ भन्न धेरै धर लाग्छजीवनका अथकयात्री मार्ग छामी अघि बढ्छन््स्वमार्गको निर्माण कर्ता यात्रा सरासर लाग्छजीवनशैली उच्च ठाने, तिमीलाई राम्रै मानेअब मिलन भयो भने दूध माथि तर लाग्छपूर्णीमाकी जून अनि सरोवरकी कुमुदिनीरूपवती नभनौ भो त्यसमा पनि कर लाग्छ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 6, 2014, 2:37 दिवाकर भट्टराई कोही टोलाउने मैले बोलाउने एकैछिनमा हुन्छ !क्षणभरमा हावाको बहावले मेरो मनलाई छुन्छ !हर तरहले सम्झाउछन्, मलाई मेरा साथीहरुबिश्वास लाग्न थालेको छ, भगवानले सुन्छ !प्रेममा लिप्त भएको, देखाउने प्रसस्तै भेटिन्छमाकुरीले मात्र दिगो, सम्बन्धको जालो बुन्छ !किन गिद्यनजर लाग्छ, सुखी जिन्दगीमा यहाँयस्तै यस्तै हुन्छ र भक्कानियर मन रुन्छ !दमौली तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रिन्स प्रकाश 21, 2013, 10:07 म दुख्न सक्छु भावना नखोल आज बैगुनीहराउछौ कहाँ कहाँ बिहान साँझ बैगुनी ।खुलेर प्रेम गर्दिनौ लुकेर हुन्न भन्छु मडराउछौ अझै तिमी समाज माझ बैगुनी ।म भुल्न सक्छु भूत त्यो खुलेर भन्न सक्दिनछ याद साथ साथमा र कामकाज बैगुनी ।पिएर हेर बैँश त्यो, फुलेर झर्न सक्दछनमार चाहनाहरू नमान लाज बैगुनीहुँदैन भन्न सक्दिनौ दिदैछु प्यार आज नैबनेर हेर प्रेमिका दिनेछु ताज बैगुनी(पञ्चचामर छन्द ( बहरे हजज मुसम्मन मखबुज) (मफाइलुन् ४)सुनारपानी-९, रामेछाप लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 21, 2013, 10:03 दिवाकर भट्टराई सुन एउटा पात्र आउछ, अनि जान्छ !खोज्छ आफ्नो हिस्सा, अनि लान्छ !बक्दै थियो, आफन्तमा यस्तो हुन्छपराई पनि उस्तै सोच्छ, अनि ठान्छ !ठोक्किदा नबोल्ने, अपरिचित सम्मबिर्सियौ आफ्नै मान्छे, अनि तान्छ !भोकालाई खाना, नांगा लाई कपडास्वार्थ सबैजसो लिन्छ, अनि मान्छ !हिजो धेरै बहस गरेका थियौ, होइनअनविज्ञता जनाउदै हस्छ,अनि हान्छ !दमौली तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल रामप्रसाद पौडेल 8, 2013, 7:00 प्रेम गर्छौं साँच्चै भने जात नसोधमन परायौ फूल भने पात नसोधआँखाभित्र सजाएर राख्न सक्छौ राखचहयाउँदो विगतको बात नसोधतिर्खा लाग्छ, आऊ पिऊ, रित्याएर जाऊकहाँ बिताएँ अतीतको रात नसोछभोको भए भोजन गर, बुत्याएको खाऊबासी होस् या साजी होस् भात नसोधआगोसँग पर बस जल्न सक्छौ नत्रपग्लिएको जवानीको मात नसोध लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सजना सन्ध्या 8, 2013, 6:53 पहिलो पहिलो माया किन प्राणभन्दा प्यारो हुन्छ त्यही माया पछि किन ढु्ङ्गाभन्दा सारो हुन्छ ?जसको निम्ति सारा जीवन साँचिएको थियो उसैलाई सम्झिएर बाँच्न किन गाह्रो हुन्छ ? मया र मन मिलेपछि जातथर नमिल्दैमासमाजमा जिउन फेरि किन अप्ठ्यारो हुन्छ ? मनले रोज्या मान्छेसँग जीवन जिउन खोज्दा पनिआफ्नै परिवार किन किन तगारो हुन्छ ? यति ठूलो दुनियाँ छ जाबो एउटा साथ छुट्दाउसको लागि संसार किनकिन अँध्यारो हुन्छ ? जिन्दगीको बाँच्ने आधार एउटा माया छुटेपछिजीवन भन्दा मृत्यु नै किनकिन प्यारो हुन्छ ? गागल भदौरे४, रामेछाप । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कल्पना प्रकृति 8, 2013, 6:49 म दूर हुनुको अर्थ बुझेनौम एकसुर हुनुको अर्थ बुझेनौ ।केके थिए मेरा बाध्यताहरूम मजबुर हुनुको अर्थ बुझेनौ ।भन्यौ एक्लै बाँच्न सक्छे सायद्म मसुर हुनुको अर्थ बुझेनौ ।दुनियाँले आफ्नै परिभाषा दिएम बेसुर हुनुको अर्थ बुझेनौ ।आफैँलाई मार्ने निर्णय अन्तिमम क्रुर हुनुको अर्थ बुझेनौ । सालु३, रामेछाप । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल तेजविक्रम कार्की 16, 2013, 10:08 भत्किएर मुटु पनि लुकिरन्छ आँखा भरिलुकाउ भन्छु घाउहरु दुःखीरन्छ आँखा भरिसम्झनाको बाढी पैरो धाउँछ किन तिम्रै सहरएउटा छाँया किन सधै झुकिरन्छ आँखा भरिखोजी हेर्छु तिम्रो तस्विर लुकाउने ऐना भित्रमन जस्तै किन सधै चुकिरन्छ आँखा भरिबगी जाओस् भन्छु सधै तिम्लेदेका पीडाहरुएउटा सागर किन सधै सुकिरन्छ आँखा भरि लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रज्ञा ढुंगाना 16, 2013, 10:06 चोखोमाया त दिएकै थिए, आवरणमा कमि देख्यो कि तआउँछु भन्थ्यो डोली लिइ, डाँडैले पो छेक्यो कि त ।एउटा नाता जोड्न खोज्दा, धेरै होलन् छोड्नपर्नेआफन्तलाई खुशी पार्न कलिलै माया रेट्यो कि त । माया नै ईश्वर हो रे ,ईश्वरको भक्त्ति गर्दै जादाँसाँचो प्रेम नै बली माग्ने देवीलाई नै भेट्यो कि त ।दुई पलको जिन्दगी काट्न, तिम्रै याद काफी छ भन्थ्योछातीमा गढेको तस्विर आज अनायाशै मेट्यो कि त । साथ त सधै दिएकै थिए,पैंचो माग्यो हृदयको धड्कन्नासो सुम्प्या त्यो मुटुलाई लीलामैमा बेच्यो कि त ।चोखोमाया त दिएकै थिए, आवरणमा कमि देख्यो कि तआउँछु भन्थ्यो डोली लिइ, डाँडैले पो छेक्यो कि त । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिनेशराज पुरी 16, 2013, 10:03 मलाई मै सगं चोरेर, हरायो यौटा मान्छेमृत्युको काखमा छोडेर,हरायो यौटा मान्छे म प्यारको अभावमा, एकसुरे भएकी थें,घृणाको बाछिटा हानेर,हरायो यौटा मान्छे मलाई सर्वाङ्ग पढेर, रित्तो पारी मायाको,आज राजीनामा लेखेर,हरायो यौटा मान्छे "भोलि घटेका घटनाको म जानकार हुनेछैन"बस! यहि सुचना टाँसेर, हरायो यौटा मान्छे मेरा बिरामी आँसुले, साथको चित्कार गर्दा,रित्तो आफूलाई बोकेर, हरायो यौटा मान्छे सुनारपानी ९, रामेछाप लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 16, 2013, 9:48 दिवाकर भट्टराई जीवनको उत्तरार्धमा छोड्ने पाजीहरुसंग !!किन जोड्नु नाता हिजोका राजीहरुसंग !!म त सम्हालिन्छु, मदिराको नसासंगैछोड्यौ मलाई नाच तिनै दाजीहरुसंग !!बेसहारा जीन्दगीमा, संकट अनेक थरीहराई मलाई जित्यौ होला बाजिहरुसंग !!मन भित्र पीडा लुकाएर, सहारा छुटाएरअनन्त यात्रा गर्नु तिमि माझीहरुसंग !!भुल मेरो थिएन, बाध्यतामा टाढा भएनिजि गन्थन नसुनाऊ है काजीहरुसंग !!दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल डा.रुपक श्रेष्ठ 2, 2013, 3:06 भन्दछु म बैरीलाई सद्भाव दिई भाइ बनाउँछु भन्दै छ ऊ गधालाई दुधले धोई गाई बनाउँछु युद्ध कहीं जातपात तोड्न जातिय राज्य नारा सुनि उसले तत्काल गर्यो घोषणा भट्ट काटि राई बनाउँछु लाज हुन्छ साग रोप्न घरमा आफ्नो भात पकाउन विदेश गई मोल्छु पाऊ स्वदेश ल्याई नाई बनाउँछु छानी छानी पठायो असल बिग्रि आउँछ त्यो पनि राख्छु सियो कुर्चीमा वा नकुहिने दबाई बनाउँछु / लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भाष्कर काजी 2, 2013, 2:59 भाष्कर काजी थोरै नशा, पिएर उठेँभारी मन लिएर उठेँ ।पीडा जति, मैले लिएँखुसी उतै दिएर उठेँ ।मन गलेन, उनको कतैआफ्नै ओँठ सिएर उठेँ ।आज, बेसरी च्यातिएछुफाटेको मन लिएर उठेँ ।म चुपचाप रोइरहेँ, छेउमैआँसुमै निथ्रुक्क भिजेर उठेँ । म, मुटु भक्कानिएपछि दुई हातले थिचेर उठेँ ।रुँघा ७, रुकुम लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 2, 2013, 2:53 दिवाकर भट्टराई दाजु भाइलाई भाईटिकामा,सघाइदिन नभुल्नु है !!सुख समृद्धिको कामना गर्दै,जगाइदिन नभुल्नु है !!नओइलाउने मखमली, सयपत्री फूलको मालानिधारभरि सप्तरङी टिका, लगाइदिन नभुल्नु है !!दिदिबहिनीले कामना गर्दै, दाजुभाइको निम्तितिहारको बेला लामो आयु,मगाइदिन नभुल्नु है !!स्नेह दिदीभाईको साटासाट गर्ने, तिहारको बेलानया मित्रहरु बनाउदै सत्रुहरु,भगाइदिन नभुल्नु है !!सुभकामना छ, सबै दिदि बहिनी दाजु भाईलाईहरप्रहर सधै खुसीको लहर, बगाइदिन नभुल्नु है !!दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिनेशराज पुरी 2, 2013, 2:33 तस्वीर कोरेर दशैमा ,चिठी पठाउँला प्यारीमाया मुछेर दशैमा, चिठी पठाउँला प्यारीत्यता उक्लन सायदै, भ्याउदिन यो सालआशिस् कुदेर दशैमा, चिठी पठाउँला प्यारीवैरिका शंकाले कत्ति, मन भाच्ने नगरेएक्लै लुकेर, दशैमा चिठी पठाउँला प्यारीजुनारको चुस्की सगै, मायाको ह्वीस्की पे'कोत्यो पल सम्झेर, दशैमा चिठी पठाउँला प्यारीखाली कागजको कित्तामा, शब्दको टीका रजमरा उनेर दशैमा, चिठी पठाउँला प्यारीसुनारपानी ९, रामेछाप लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रज्ञा ढुंगाना 26, 2013, 4:02 साथी सम्झी साथ दिदाँ तिमीलाई नै चा'को नठान्नुआखाँ जुध्दा हेरिदिए मैले माया ला'को नठान्नु ।हिंड्न भन्यौ संगसंगै, ब्यर्थैमा नै हिँडिदिएमायाको भोकी भइ तिम्रै पछि^ ला'को नठान्नु ।सुर तिम्रै,स्वर तिम्रै, कलाको केबल प्रशंशा गर्दाप्रीतका गीतहरु तिमीसंगै गा'को नठान्नु ।कती कुरा मिले होलन्, एउटै बाटो हिड्दाखेरिसत्यताको समर्थन गर्दा बाचाकसम खा'को नठान्नु ।जिन्दगीको खेल नै यस्तो, समय संगै बग्नपर्नेफेरी भेट हुँदाखेरी तिमीतिरै आ'को नठान्नु । साथी सम्झी साथ दिदाँ तिमीलाई नै चा'को नठान्नुआखाँ जुध्दा हेरिदिए मैले माया ला'को नठान्नु ।भद्रवास्, काठमाडौं,नेपाल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल तेजविक्रम कार्की 26, 2013, 3:52 तिमीले गाउने उदास गीत हुँ मकसैले हारेकेा नमीठेा जीत हुँ मतान या च्यात अक्षर पखालिएकेातिनै चिठ्ठीकेा धमिलेा प्रित हुँ मथामेर हत्केलामा राखेर के गर्छैातिम्रेा प्यास मेट्न नसक्ने सीत हुँ मभिज्यैा, नभेटीने रित्तेा पर्खार्इ तिम्रेाजिवन हारेकेा निर्लज्ज रीत हुँ म चन्द्रनिगाहपुर-१, रैातहट लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गोपाल झापाली 20, 2013, 1:46 गोपाल झापाली छाति भित्र छामि हेरेँ, मुटु सरे जस्तो लाग्योमध्य रातमै बर्बराउँछु, ऐठन परे जस्तो लाग्यो । किनार सम्म डोर्याउने, धेरै आए जिन्दगीमा,वारि मलाई एक्लै छाडी सवै तरे जस्तो लाग्यो । बचेकैथेँ पानीबाट, आगोबाट जोगिऔंँ भन्थे,थाह नपाइ भुङ्ग्रै भित्र अब परे जस्तो लाग्यो । मनको धुरी फाट्दा टाल्ने, अलिकति मायाँ हुन्थ्यो,अब छैन केहि पनि, आकाश झरे जस्तो लाग्यो ।छरे पनि, झरे पनि गर्नु जति गरि सक्यौ,फूल फुल्ने मौषस पनि अब टरे जस्तो लाग्यो । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रभु विवश 20, 2013, 1:31 यो हेराईको जवाफी, नजरसँग प्यार भोअनयासै कताकता, अधरसँग प्यार भोउनको मन्द मुस्कानले पागल झै बनाउदामुस्कानमा दीपदन्त, लहरसँग प्यार भोकल्पन्छु म गगनमा सँगै हाम्रो प्रेम यात्रा ढकमक्क तारा लाग्न,े सगरसँग प्यार भो जीवन लामो नदी नाउँमा सयर हामी अंगालोमा बाधिराख्ने, बगरसँग प्यार भोप्रेमिल नजर गड्दै मनसम्म छाम्न पुग्दाममताको बिज रोप्ने, रहरसँग प्यार भो सित्तलपाटी ६ सिन्धुली , हाल: मन्थली देवकोटा चोक लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विद्या घिमिरे 12, 2013, 4:51 अचानक उनीसित भेटघाटको चर्चा चल्यो फेरि रात सँगै बित्यो त्यो रातको चर्चा चल्यो । हिउँद र बसन्तले प्यासै प्यास जगाई गयो बर्षा लाग्नु अगाडि नै बर्सातको चर्चा चल्यो । अँगालोमा कति भरेँ भन्दिन भो के के गरेँ साथ दिन्छु भन्दा आज औकातको चर्चा चल्यो । सौन्दर्यको बजारमा जवान देह बिक्दै थियो किन्ने बिक्नेबीच त्यहाँ वाहियातको चर्चा चल्यो । सुनेँ त्यहाँ रातैभरि उन्मादको चर्चा चल्यो । मन्दिरा र मदिराको उत्पातको चर्चा चल्यो । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 5, 2013, 2:23 दिवाकर भट्टराई नयाँ उत्साह उमङ्गमा, रमाईएको दसैँ !!तडकभडक मिश्रति हुदै, मनाईएको दसैँ !!हरपल हरक्षण ममता छावोस् परिवारमाएक्लोपन महसुस नहुन, बनाईएको दसैँ !!देखासिकी प्रवृत्तिले लोभ पलाउँछ सबैमावाह हिनताबोध तुल्याउन, लगाईएको दसैँ !!चङ्गा र चन्द्रमाको लोभलाग्दो जुहारीस्मृतिका हर पानाहरुमा, रंगाईएको दसैँ !!खुशीको लहर बोकेर आओस घरघरमानबनोस् कोहि कसैलाई, हराईएको दसैँ !! दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सदानन्द अभागी 21, 2013, 4:24 सदानन्द अभागी तातो रातो रगतले सिञ्चित छ यो छातीज्वारभाटा समुद्रमा उठ्छ दिन अनि रातीसपनाका धरोहर उच्चाइमा पुग्दा खेरीसम्यम् हामी अपनाउँ हिड्न हुन्न मातीसत्भाव सदगुण जीवधारीले थामम् थामम्मौका पाएँ भनिकन गर्नु हुन्न भाँती भाँतीहामी सबै लाग्नु पर्छ सत्मार्गको यात्रा पथमाचराचर बराबर मौका दिउँ ननिकालौ कातीमातृभूमि पृण्यभूमि जन्म दिने आमा सबैपूण्यतीर्थ यिनै बन्छन् नबनौ है कुनै घाती लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 1, 2013, 8:49 दिवाकर भट्टराई हरघडी समिपमा झुलाउन,कामको कुरा गर्ने !!अतिगोप्य ढंगले बोलाउदै, दामको कुरा गर्ने !!अनकण्टार डर लाग्दो, ठाउँमा लुकाई राखीजुनसंग पौठेजोरी खेल्दै, घामको कुरा गर्ने !!राम्रोसंग चिनेको म, सम्बन्ध पनि जानेकोअन्जान अपरिचित ढंगले, नामको कुरा गर्ने !!जिबन धान्न मुस्किल, भएको देशमा आजरोजीरोटीको लागि सहज, मामको कुरा गर्ने !!सति सावित्री ठान्दै, सीताको उपमा पहिरदैरावणको पन्जामा उसको, रामको कुरा गर्ने !!पैसाको आडमा बाच्ने, कस्तो भाग्य लेखिन्देखाएर लिन गार्हो हुन्छ, खामको कुरा गर्ने !!अक्सर मान्छे प्रेममा, तड्पिएर बाचेका छन्पुण्यको आशामा मन्दिर, धामको कुरा गर्ने !! दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भाष्कर काजी 24, 2013, 7:11 भाष्कर काजी पेट खाली भएपछि, भोकको पीडा थाहा हुन्छआफन्त चुँडिएपछि शोकको पीडा थाहा हुन्छ ।रहर होइन, बाद्यता हुन्छ कतिखेर रिस पनिपागल बनिसकेपछि झोकको पीडा थाहा हुन्छ ।कोहि चाहँदैन यसै मर्न, जोगी बन्नु परे पनिसैयामा पुगेपछि बल्ल रोगको पीडा थाहा हुन्छ ।छोडिदेउ योग्यताका कुरा, यस्तै हुन्छ यहाँ सँधैबेरोजगार बनेपछि तोकको पीडा थाहा हुन्छ ।अर्काको लागी बाँच्नुपर्छ, जति दिन बाँचिन्छआँशु बग्न थालेपछि लोकको पीडा थाहा हुन्छ ।कस्तो हो यो कुर्सिपनि, नमस्कारै खोज्छ सँधैकुर्सि अँघि झुकेपछि ढोगको पीडा थाहा हुन्छ ।रुँघा ७, रुकुम, नेपाल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल श्रवणकुमार ढुंगाना 24, 2013, 6:45 श्रवणकुमार ढुंगाना तिमी आयौ आँगनीमा विहानीको घाम आयो ।शवरीको कुटियामा बनवासी राम आयो ।प्रलयको गर्जन विच आकाश थियो अविचलआँधीको भलसँगै हृदयको श्याम आयो ।कुल्चेकै छन् फूलहरू हजारौ घातहरूलेउनिएर तिम्रो शिरमा मेरो लागि सलाम आयो ।जन्मँदा कोही खुसी थियो, मर्दा कोही खुसी होलासँगै रुने हाँस्ने मेरो ईश्वरको धाम आयो । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल फुच्ची जमुना 17, 2013, 5:30 "मधु" ले झै वायुपंखी घोडा चडाएर एकदिनमलाई लैजानेछ "मालति" बनाएर एकदिनचुरा,पोते,गुन्यु,चोली सँगै जन्ती लिएर आउछखाली सिउँदो आफ्नै हातले भराएर एकदिनपक्का ल्याउनेछ रातो घुम्टो मेरो लाज छोपिदिनहेर्नु, म अन्मिनेछु नौमती बजाएर एकदिनतिम्रो दु:ख नै मेरो दु:ख तिम्रो खुशी नै मेरो खुशीभन्नेछ उसले मेरो हात समाएर एकदिनबाचे सँगै मरे सँगै जनम जनम सँगै हामित्यो पनि भन्नेछ दिलभित्र बसाएर एकदिनपश्चिम चितवन, मेघौली लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गोपाल झापाली 10, 2013, 2:38 गोपाल झापाली थाह छ तिमीले मलाई मायाँ गर्छौ भनेरछेउमा पर्दाआखाँ जुध्दा लाजले, मर्छौ भनेर ।तर बिचमा सागर छ दुनियाको, भेटै हुँदैन,तै पनि तिमी भावनामै यहि सागर तर्छौ भनेर । किनार छोई बग्द नदी तर पानी उसको हुन्न,यहि कुरो बुझेर त झरी जस्तै पर्छौ भनेर । तिमीलाई नभनेरै मायाँ गरे, नछोएरै धित माँरे,भन्न साथै उल्का बनि यो मनबाट झर्छौ भनेर । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सदानन्द अभागी 21, 2013, 4:32 सदानन्द अभागी सपना त कल्पना हो देख्न सके देख हजुरभावनाको पोखाइ हो लेख्न सके लेख हजुर मरुभूमि मरुद्यान निश्चय नै फरक हुन्छमरुद्यान पुग्नेहरू मार्न सक्छन् मेख हजुरपानी बिना तडपिएको माछा बनौं भने पनितड्पनु नै कर्म बन्छ छैन देख रेख हजुरमाथि हेर्छु बादल देख्छु पृथ्वी छन् हरियालीपृथ्वीमै लुछाचुडी सबले खोज्छन् सेख हजुर सबको हुन्छ यो संसार बाँचून् देर भोग गर्न सबै मेरो भन्नेले नै बाँड्ने गर्थे बेख हजुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सञ्जय जुग्जाली 7, 2013, 1:59 प्रेम र विश्वासको फूल फुलाउ मान्छेश्रद्धाले अलिकति शिर झुकाउ मान्छेएकले अर्कोलाई मार्न, पछार्न उद्धत छबरु हिम्मत तिम्रो छ भने बचाउ मान्छेखानु नपाएर मर्छन् त कोई धेरै खाएरभागको एक गाँस काटेर खुवाउ मान्छेकृतघ््न, धोकेबाज, बैमानी, बैगुनीगुणको बद्ला गुण दिई चुकाउ मान्छेकसैको छैन यहाँ अजर अमर जिन्दगीखाली आयौ त खाली हात जाउ मान्छेबुझाउँदा न बुझ्छौ, न सुनाउँदा सुन्छौआखिर के चाहन्छौ तिमी बताउ मान्छेबिम-२, म्याग्दी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल ऋषि बस्ताकोटी 29, 2013, 4:32 बगें कति पानी पानी, बल्ल एउटा आकार भयो,छुटे सयौं सपना तर, आज एउटा साकार भयो ।बक्र-रेखा जिन्दगीको, फेद न टुप्पो भई जिउँदा,लाग्यो संधै लागिरह्यो, यो जिन्दागी बेकार भयो ।बादल फाट्यो, औंसी गयो, डाँडामाथि जून चियायो,जूनसंगै धुन बज्यो, मनभित्र यो झन्कार भयो ।खडेरीमा सुक्या' रुख, ओस भेटे त पलाइहाल्छ,सुसुप्तमा नसम्झनु, जिउनु यहाँ के सार भयो ।बगें कति पानी पानी, बल्ल एउटा आकार भयो,छुटे सयौं सपना तर, आज एउटा साकार भयो ।क्याल्गरी, क्यानडा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल फणीन्द्र संगम 22, 2013, 2:55 दिउँसो सुत्छ राति उठ्छ, कस्तो काठमाडौं !आफ्नै आँखाअघि लुट्छ, कस्तो काठमाडौं !ढुकिरहन्छ सिकार, आखिर फेला पारिछाड्छसिनो लुछेजस्तै लुछ्छ, कस्तो काठमाडौं !सेतोलाई कालो अनि, कालोसेतो बनाउँदै भुट्नुसम्म दिमाग भुट्छ, कस्तो काठमाडौं !मान्छेभन्दा फरक बाँच्न भई जानिएन भनेइमानइज्जत सबै धुत्छ, कस्तो काठमाडौं ! इलाम, हाल: काठमाडौं । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 15, 2013, 4:10 दिवाकर भट्टराई घामको किरण यत्ति साह्रो,किन चढेको होला !!दु:खको संसार प्रतिदिन, किन बढेको होला !!अधिकार दिलाउन, खोस्रा नारा बाढ्नेहरूजनताको हार हुनेभए, किन लडेको होला !!स्वार्थको लागि, आपसमा सहमति जप्दैलुछाचुडी गर्दै कुवुद्धिले, किन सढेको होला !!परिश्रम र मिहनेतले, अत्मनिर्भर हुदा पनिबैदेशिक हस्तक्षेपमा देश,किन अडेको होला !!भाग्यमानी कहलिने मान्छेहरु, प्रसस्तै छन्स्वत: उतिर्ण भैदिनेभए, किन पढेको होला !!दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सदानन्द अभागी 9, 2013, 5:36 सदानन्द अभागी सपना त कल्पना हो देख्न सके देख हजुरभावनाको पोखाइ हो लेख्न सके लेख हजुर मरुभूमि मरुद्यान निश्चय नै फरक हुन्छमरुद्यान पुग्नेहरू मार्न सक्छन् मेख हजुरपानी बिना तडपिएको माछा बनौं भने पनितड्पनु नै कर्म बन्छ छैन देख रेख हजुरमाथि हेर्छु बादल देख्छु पृथिवी छन् हरियालीपृथ्वीमै लुछाचुणी सबले खोज्छन् सेख हजुर सबको हुन्छ यो संसार बाँचून् देर भोग गर्न सबै मेरो भन्नेले नै बाँड्ने गर्थे बेख हजुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल वैरागी चित्र 9, 2013, 5:22 कुकुर बरु पस्न हुने, भान्छा भित्र अरेहामी प्राणी बहिरै,कस्तो निच चरित्र अरे ।।पाटी पौवा मन्दिर छोइने रे कुवा धारानियती नि कस्तो उस्ले कुद्ने मुर्ति पबित्र अरे ।।सँग-सँगै हास्ने खेल्ने, समानताको वात गर्नेमौका परे लात हान्ने,यस्तो पनि मित्र अरे ।।मानिस- मानिस उँच निच समाजको व्यवहारखै वुझ्नै नसकिने अचम्म संसार विचित्र अरे ।। पुर्कोट-७, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भाष्कर काजी 1, 2013, 5:33 भाष्कर काजी तिम्रो साथदेखि डर लाग्छउग्र मातदेखी डर लाग्छ ।साँच्चि, नढाँटेर भनु भनेतिम्रो जातदेखि डर लाग्छ ।त्यसै, हावा बिनै हल्लिराख्नेवृक्षको पातदेखि डर लाग्छ ।आफ्नो, धरातलै बिर्सीदिनेमनुको औकातदेखि डर लाग्छ ।कुन्नि ! के ल्यायौ एसपटकतिम्रो सौगातदेखि डर लाग्छ ।मलाई, उज्यालो प्रिय लाग्छअचेल रातदेखि डर लाग्छ ।रुँघा ७, रुकुम लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 28, 2013, 3:26 दिवाकर भट्टराई कोहि हुनुपर्छ मायागर्ने मान्छे, चिन्दै छ रेसुनिन्छ जतै सस्तोमा मान्छे, किन्दै छ रे ।।१।।अशान्ति हाहाकार, शान्तिको महसुस कहिलेसुख पाउला कसैले मान्छे, छिन्दै छ रे ।।२।।रोजीरोटीका निम्ति, शरिर पनि बेची दिन्छन्केहि विकल्प सोच्दैनन् मान्छे, भिन्दै छ रे ।।३।।देखावटी हाँसोमा मुस्कुराई, पीडा सबै लुकाईगहभरि आँशु बोकी मान्छे, हिन्दै छ रे ।।४।।शक्तिसाली बलवान कहलिने, तछाड मछाडमाबिर्सिए गाउँवेसीमा जातो मान्छे, पिन्दै छ रे ।।५।।दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल डा.रुपक श्रेष्ठ 11, 2013, 3:36 पृथ्वी नै एउटा यस्तो प्यारो गाम होस हरेक ब्यक्ती दर्शनयोग्य यौटा धाम होसमनभरि जाँगर होस हातमा जोश होस कर्मलाई पूजा मान्ने त्यस्तो ठाम होस शान्तिप्रेमी होऊन सबै मानवप्रेमी होऊन सबको मनमा आ-आफ्नै प्यारो राम होस सद्बिचार र सत्कर्मले निति चलाओस मान्छेसबै एकै देख्ने त्यस्तो घाम होसमानवता धर्म बनोस मान्छे-मान्छेबीचसुन्दर शान्त नयाँ स्वर्ग यसको नाम होस लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गोपाल झापाली 4, 2013, 4:58 गोपाल झापाली तिमी भेटेँ संसारको धुरी पाए जस्तै भो, मानो खोज्दा मनै भर्ने मुरी पाए जस्तै भो ।उडीसक्या रङ्ग आयो,हराएको खुसी भेटेँ,रित्तो हातले जुहारतको चुरी पाए जस्तै भो ।अँध्यारो थियो आकाश,जून तारा खोज्दै थिएँ,निराशाको बादल फाल्ने हुरी पाए जस्तै भो ।मनै त हो तिर्खाउँछा, काँडा बिज्दा बिझाउँछ, प्यासी ओठले पानी पिउने मन्जुरी पाए जस्तै भो । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भेषराज रिजाल 4, 2013, 4:46 मैले नसक्ने भएँ तिम्रो मनमा छुरा रहेछ मैले नसक्ने भएँ तिम्रो त चर्को कुरा रहेछ विश्वासले जिते संसार जितिन्छ भन्थेँ मैले नसक्ने भएँ तिम्रो त ताल बेसुरा रहेछ तिम्रो साथ खोज्दै दूरबाट धाएर आएँ मैले नसक्ने भएँ तिम्रो त साथी सुरा रहेछ मङ्सीर आए प्रणयसूत्रमा बाँधिउँला भन्थेँ मैले नसक्ने भएँ तिमीसँग त अर्कैको चुरा रहेछ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भाष्कर काजी 27, 2013, 3:43 भाष्कर काजी म आफुलाई मान्छे भन्छु , कुन थरको कुरा गर्यौ ?धर्ती ओछ्याई आकाश ओढ्छु कुन घरको कुरा गर्यौ ?मलार्इृ लुट्ने तिमी बाहेक, अरु क्वै हुनै सक्तैनखाली एउटा ज्यान न छ कुन डरको कुरा गर्यौ ?सुन्दर अनी शान्त छ , तिमी जस्तै छ मेरो बस्ति मेरै गाउँ ठाउँ प्यारो मलाई कुन शहरको कुरा गर्यौ ?अनेक थरी किन चाहीयो ? म तिम्रै सामु खडा छुमान्छे त सबै म जस्तै हुन्छन् कुन बरको कुरा गर्यौ ?आउ न दुबै अटाउँछौँ, नेपाल आमाको काख हो योसमाउने हात टेक्ने खुट्टा छ कुन भरको कुरा गर्यौ ?जबर्जस्ति जान्या छैन , धम्क्याउने मेरो बानी छैनबिवश छु म तिम्रो सामु कुन करको कुरा गर्यौ ?रुँघा ७, रुकुम लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल डा.रुपक श्रेष्ठ 20, 2013, 3:45 जेलिगाँठो पर्यो हजुर जाली जिन्दगी खालीखाली भयो हजुर खाली जिन्दगी हिलैहिलो धुलैधुलो रह्यो काँडैकाँडापोखिएर फुलैफूलको थाली जिन्दगी नाली आफ्नै फाली आफ्नै बाली नि आफ्नै जालीझेली बाटैभरि गाली जिन्दगी धुरीखांबो जलाएर आगो तापौं भन्छन धुवाँभित्रै निसास्सिन्छ बाली जिन्दगी कहाँबाट आयौ 'रुपक' कस्तो गाउँ टेक्यौ लाटो गाउने डुंडो नाच्ने ताली जिन्दगी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 12, 2013, 4:45 दिवाकर भट्टराई मायाको कसिलो गाठोले, किन बेरेको खैबुझाउदिनन् बुझ्दिन पत्र, किन केरेको खै यादमा झुमी न्रिदोष, नसालु मृग नयन अस्पष्ट आक्रमक रुपमा,किन हेरेको खैआगन्तुकझै रोमाञ्चक,कर्तव्यपथमा जिउने बहाना ठान्दै, किन फेरेको खैपरिस्थितिले झेलेको, अजम्बरी नाता प्रष्ट्याउने कसले अब, किन घेरेको खै जिन्दगीमा लालचदेखि, नफस है भन्दै बाध्यता र विवसताले, किन सेरेको खै दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सञ्जय जुग्जाली 12, 2013, 4:42 मान्छे मान्छेबिचको सद्भाव खै फलेको हाँगो जस्तै झुकाव खैगल्ती हुन्छ गल्तीबाटै सिकिन्छ गल्ती गरे पछिको पश्चताप खैढुंगा झैं कठोर छ अचेल मान्छेत्यो कोमल हृदयको बचाव खैरिस-राग, इर्ष्या, घृणा, घमण्ड छोडेर सबै करुणामय भाव खै लेख्छु अनि सुनाउँछु गजल तर राम्रो नराम्रो के छ सुझाव खै लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल अर्जुन दाहाल “अपवाद” 23, 2013, 4:19 जहिले पनि अपवाद हुँदैन चाहेर कोहि बर्बाद हुँदैन ।। मनै देखिन चाहेको भए पो करकापले सम्बाद हुँदैन ।। सही प्रयास गरे पो हुन्छ ढुङ्गामा अन्न आबाद हुँदैन।।समयले सबैलाई बदल्छ रे को भन्छ, सत्यमा विवाद हुँदैन ?सोचेर बोल जित तिम्रै हुनेछ चित्त बुझेसी, प्रतिबाद हुँदैन ॥ मिर्गे-५, दोलखा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दलवीरसिंह बराइली "घायल" 10, 2013, 12:58 गन्तव्यमा पुग्नलाई बाटो तय हुनै पर्छ उनान्सय जिन्दगी यो पुरै सय हुनै पर्छ समयको गतिसँगै चल्न मैले जानिनछु म जागें है मेरै बसमा यो समय हुनै पर्छ ए बिधाता तैंले धेरै दु:ख कष्ट दिई सकिस कालो रात फाटी अब सूर्योदय हुनै पर्छ दुनियाँको इशारामा नाच्नु सम्म नाची सकें अब मेरै शब्द स्वर मेरै लय हुनै पर्छ सयौं हार खाएपनि थाकेको म छैन अझै हारको यो शिक्षाले नै म बिजय हुनै पर्छ गुप्तेश्वर-३,रामेछाप, हाल:अबुधाबी,युएई लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जे. आर."आभास" 2, 2013, 5:00 भेना भन्दै जिस्किरहने साली नजिक आइ दिल चोर्ने बहानाले त्यो काली नजिक आइ कहिले आँखा जुधाउँदै कहिले मुस्कुराउँदै,फसाउन खप्पिस भाकि जाली नजिक आइ पहिले भेट्दा नजिक हुन डराउँथि कति,बैंस चढेर होकि यसपाली नजिक आइ ओइलिसक्या थिए मनका फुलहरु सबै,रङ्गिचङ्गि फुल फुलाउने माली नजिक आइ जो आए नि आफुलाई आफ्नै प्यारो लाग्ने रै'छ,आखिरिमा टाढा भा'कि घरवाली नजिक आइ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 2, 2013, 4:53 दिवाकर भट्टराई हातकाटी पत्र रगतले नाम, कोरेर छोडिन् !!दिएका चिठी पत्र एकमुस्ट, सोरेर छोडिन् !!सुनसान रातहरुमा,बाटो कुरी बस्दासम्मबन्द दिलको ढोका एकाएक, फोरेर छोडिन् !! रंगमन्चमा नाटक कती,देखिने बाच्दासम्मअभिनयको भूमिकामा आफै, भोरेर छोडिन् !!बिचित्रको प्रेममा त्यसै,लर्बराउदै बर्षौ देखिकहिले कस्को फेरी कस्को, चोरेर छोडिन् !!टुक्रिएको मन जोड्न, गार्हो हुदो रै'छ साथीदु:ख लुकाई समाज बीचमा, मोरेर छोडिन् !! दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रकाश पौडेल माइला 25, 2013, 4:24 सापट र उधारोमा लिइनुको मजा बेग्लैमाया साटासाट गर्दा खिइनुको मजा बेग्लैमदिराको नशामा लट्ठिँदै छन् जोडीहरूउन्कै ग्लासमा मिसिएर पिइनुको मजा बेग्लैपाउनु मात्र हैन माया गुम्नुले नि अर्थ राख्छकसैलाइ गोरेटो बनी, दिइनु को मजा बेग्लैबटुलेको आत्मीयता छिट्टै फाट्छ भन्ने सामुउनीसँग नजिकिँदै सिइनुको मजा बेग्लैहिजोसम्म सुनियाका असन्तोष र बितृष्णामाबर्खे भल झैँ अवसर छोपी जिइनुको मजा बेग्लै जापान लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विद्याप्रसाद घिमिरे 22, 2013, 10:42 मेरो हजुर ! भोलिको नेपाल कस्तो हुन्छ ?जहिले भेट्छु मित्रको सवाल यस्तो हुन्छ ।भोकमरी र गरिबी हिमालमाथि पुग्योहेर अब जीवनभन्दा काल सस्तो हुन्छ ।राजनीतिको तालाचावी अन्तै सुम्पिदिएहेर्दै जाऊँ विदेसीले जाल कस्तो बुन्छ ?बुझ्यौ साथी कुन दुर्गति कुन बेहाल हुन्छहाम्रो गति कछुवाको चालजस्तो हुन्छ । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल पूर्ण मुनंकर्मी 22, 2013, 10:28 भेडा र ब्वांसाहरु साधु भै गाउंदैछन् सभासदभोट र नोटका पूजारी भै आउंदैछन् सभासदलुट्ने र धुत्ने फेरी मेसो बनाउंदैछन् राजनीतिघर र गोठमा सुनको छाना लाउंदैछन् सभासदभन्नु मात्र पर्छ भोट दिन्छु 'के गर्छौ तिमि ?'जुत्ता र कट्टु पनि टोपी भनि लाउंदैछन् सभासदसंविधान र विकास थाहा छैन कुन चरि अरे'एड' र 'एड्स'का पोको लिन धाउंदैछन् सभासदधाक तिन्को 'खसाल्छु बादशाह घोडैबाट' भन्छविन्ति र खुसामदका दोहोरी गाउंदैछन् सभासदराष्ट्र र जन भन्नु 'स्यालको चिल आयो कथा' भोफिजी र भुटान ल्याउन दक्षिण धाउंदैछन् सभासद ।हाल:अष्ट्रेलिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मन्जुलाल श्रेष्ठ 22, 2013, 10:25 आज बन्द जाममा फँसिरहेछ मेरो देशगन्तव्यमा पुग्न नपाई रोइरहेछ मेरो देश ।छातीमा टाँसे मुटुमा राखेँ ढुकढुकी नै अर्पेरहरेक पल च्वास्स च्वास्स दुःखिरहेछ मेरो देश ।सहमती र सहकार्यको भाषण मात्र धेरै भोशान्ति हरायो क्रान्तिमा होमीरहेछ मेरो देश ।हिमाल, पहाड, तराई पनि आगो सरी जल्दैछविस्तारै विस्तारै खरानी बनिरहेछ मेरो देश । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सुरेश बिडारी विवश 16, 2013, 4:18 मेरै लागि मर्छु भन्यौ, अनि मैले आऊ भनेंधेरै माया गर्छु भन्यौं, अनि मैले आऊ भनें अस्विकार गरेथें, आँखाबाट आशु झायौंशरणमै पर्छु भन्यौ, अनि मैले आऊ भनें सहज छैन जीउन, बुझ भन्दा मानिनौंबरु डेरा सर्छु भन्यौ, अनि मैले आऊ भनें फूल हौ तिमी, टिप्दा ओइलिन सक्छौ हेरओइलिएरै झर्छु भन्यौ, अनि मैले आऊ भनें जसरी भएपनि, प्रेमकै वर्षा गर्छु भन्यौतिम्रो मन हर्छु भन्यौ, अनि मैले आऊ भनें चित्लाङ्ग२ मकवानपुर, हालःलालबन्दी, सर्लाही लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जे. आर."आभास" 16, 2013, 3:17 बुझ्छ कस्ले पीडा ति पिएका मान्छेकोआफैँ बिर्सि नसामा जिएका मान्छेको,हेरेर प्रेमानुभाव हुने भए देखि,कुनै अर्थ हुन्न दिल दिएका मान्छेको,टुक्रीएको मन कहाँ जोडिएको छ र,लाखौँ कोसिसले मन सिएका मान्छेको,मुखले त बन्यो देश कामले बनेन,भर छैन यी सपथ लिएका मान्छेको,महल भित्र कहिले हुन्छ र आदर,खुन पसिना बगेर खिएका मान्छेको लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दलवीरसिंह बराइली "घायल" 10, 2013, 2:30 समुन्द्र त्यो उर्ली आयो किनारमा के छ त्यस्तो छाल झैं म अस्थिर छु निधारमा के छ त्यस्तो तिमीभन्दा राम्रो छु म मैले बो'ल्या ठिक भन्छौ साँच्चै भन तिम्रो मात्रै बिचारमा के छ त्यस्तो पसिनाको मूल्य थाप्छु सन्तुष्ट छु संधै म त बुझ्दिनँ म कालो धन्दा व्यापारमा के छ त्यस्तो एक्काइसौं सताब्दीमा ठूलो सानो जात देख्छु तिमी ठुलै हुनु पर्ने आकारमा के छ त्यस्तो बाँचे सम्म तेरो मेरो लोभ लाल्चा गर्ने न हो मर्ने बेला बोकी लाने संसारमा के छ त्यस्तो गुप्तेश्वर-३,रामेछाप, हाल:अबुधाबी,युएई लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 10, 2013, 2:26 दिवाकर भट्टराई उनको मेरो भित्री कथा, बोल्यो कसैले !!पिरतीको नसामा जहर, घोल्यो कसैले !!ओठमा मुस्कान, हृदयमा पिडा बोकीचित्कार यथार्थतामा, खोल्यो कसैले !!आंग सिरिङ्ग, रहर छचल्किएपछिइज्जतको तराजुमा, तैाल्यो कसैले !!कर्मको फल भोग्नुपर्ने, मानबको चोलारापिलो घाममा जस्तै, पोल्यो कसैले !!पश्चाताप ठानी ऋण, चुकाउछ मान्छेअबमुल्यन बस्तुलाई, मोल्यो कसैले !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल पूर्ण मुनंकर्मी 10, 2013, 2:18 उठान गर्र्यौ देवीप्रसाद मर्द के हो चिन्यौंबजाइ दियौ पदम कुंवर जिउंदो के हो चिन्यौंगाला भन्दा माथि एक खप्पड छ दुष्टत्यहिं खप्पडमा बुन्दो रहेछ जाल के हो चिन्यौं'सहनु अन्याय आफै पाप' भन्छ मेरो बुद्धकस्नु पर्छ गोर्खे लौरी पापी के हो चिन्यौं'देवी' 'पदम' अंकुर मात्रै हुन् वोट झागिंदैछल्याउने बेला भयो आँधि दोषि के हो चिन्यौं । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिवराज योगी ‘आँशु’ 2, 2013, 4:58 पराई आफ्ना भए बरु, आफ्नैसंग डराउँदैछुतिमी रम्यौ रंगहरुमा, म आफैमा हराउँदैछुघर आँगन आफ्नै बारी, जोतिखाने गह्रो छैनत्यसैले त माटो छोडी, डेरा अन्तै सराउँदैछुबास्मतिकै पसल थाप्दा, बोल्ने बुद्धि पलाएनजिन्दगीले नेटो काट्दा, बल्ल आज कराउँदैछुके भएको अन्तिमकाल, आफ्नै आस्था डगमगायोजमानालाई पच्छ्याउन, म पनि मन पराउँदैछु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिवाकर भट्टराई 18, 2013, 8:06 दिवाकर भट्टराई धनको लागि मान्छे टाउको, फुटाउन कसिन्छन् !!ईमान बन्धकी राखी इज्जेत, लुटाउन कसिन्छन् !!संस्कार यहि थियो कि, चलन बसालियो कुन्नि मातापितालाई एकाएक, कुटाउन कसिन्छन् !!मृत्युको खोल ओडाई,निराधार जिन्दगी बनाईधोकेबाजको बेग्लै जमात, जुटाउन कसिन्छन् !!मनै डगमगाउने गरि, तृष्णा मेटिसके पछि प्रेमलाई सार्थकता दिन, चुटाउन कसिन्छन् !!काटमार र बैमनस्यताको चलन निकै हाबी छ चर्किएको छातीलाई अझै, टुटाउन कसिन्छन् !!फैसला कुर्दै थें आखिर,जित मेरो निश्चितै थियो अरे कठघरामा कोहि भन्दै, छुटाउन कसिन्छन् !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सुदिप सेढाई 12, 2013, 2:59 सहि हो या गलत म बुझ्न सक्दिनयस्तै धेरै कुराहरु म सोच्न सक्दिनआवेगमा आएर खै के के गर्छु होला यो मनलाई चाहेर म रोक्न सक्दिनम विना तिमी सधै खुशि हुन्छौ भने अरुकै बन्नु तिमी म छेक्न सक्दिनबढि मायाँ गर्छ होला सायद उसले यस्तै नानाभाति म देख्न सक्दिनतनहुँ, दमौली लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल डा.रुपक श्रेष्ठ 15, 2012, 3:08 हिजोभन्दा आज फरक फोटो जिन्दगीको फरक भाको भ्रम पार्छ भोटो जिन्दगीको कति सिउनु कति टाल्नु टालैटालो भो यता टाल्यो उता फाट्छ भोटो जिन्दगीको सृष्टि उसकै जीवन उसकै मृत्यु उसैको उसकै भरमा छोडें अब रोटो जिन्दगीको आऊ आज बात मारौँ जून तारा र तिम्रो बिर्सिएर सारा दोष छोटो जिन्दगीको एउटा शेर गाउँछु सुन तिम्रै परेलीको कति काट्नु कुरा सधैं खोटो जिन्दगीको ।लन्डन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल ऋषि बस्ताकोटी 15, 2012, 2:49 झर्दा झर्दै यति तल झरें आजभोलि,बाँचे भन्नु केका लागि, मरें आजभोलि ।जता मल्क्यो उतै ढल्क्यो, समयको गति,उता छाडी यता जब, सरें आजभोलि ।पोखिएको टिप्नु पर्थ्यो, सम्याउनुपर्थ्यो,असरल्लै पारें सबै, छरें आजभोलि ।जीवन भन्नु के हो आखिर, इमानै हो ठूलो,इमानकै घाटा व्यापार, गरें आजभोलि ।डुबाएर सिगै डुंगा, मजधारमा पारी, छड्किएर आफू चाहिं, तरें आजभोलि क्यालगरी, क्यानाडा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गोपाल झापाली 11, 2012, 4:55 गोपाल झापाली तिमीले देखेको जूनले पोल्न थालेको छ,पोले मात्रै त हुन्थ्यो, पोल खोल्न थालेको छ ।न्यास्रो लागेर हेर्छु फोटैले ताक्छ मलाई,थर्काउँदै किन अचेल बोल्न थालेको छ । बेईमान भएछ मुटु आँफैलाई मताउने,रतगतमा नशा किन घोल्न थालको छ ।किन्नेहरुको ताँती, आँफैंलाई बेच्नु जस्तो,बजारले दाम सोध्दै मोल्न थालेको छ । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कोमल भट्ट 1, 2012, 6:01 परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैंघर सम्झी आँशु मात्रै चुहाएर गयो दशैंअर्चना र पूजा आजा टिका टाला भन्दैसजाएका सपना हरु तुहाएर गयो दशैंजसरि नि रीति रिवाज चाड मान्नु पर्दानहुनेलाई ऋणैऋणमा डुवाएर गयो दशैंजमे होलान जुवा ताश खाल कति कतिहुनेहरुलाई मीठैमीठो खुवाएर गयो दशैंदाजुभाइ सङ्गाती र आफन्तलाई भेट्नसङ्गालेका इक्षा सबै कुहाएर गयो दशैंकाठमाडौँ, हाल :- न्युयोर्क ,अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सुरेश बिडारी विवश 20, 2012, 1:40 रातो टिका लगाएर मनाउन दशैंमाछा मासु नखाएर मनाउन दशैनयाँ लुगा दशैंमै किन्नै पर्छ होइनपुरानै त्यो सजाएर मनाउन दशैंअरुको देखासीकी ऋणका हुन्छ भारीखर्च गर्न डराएर मनाउन दशैंपिङ हालौ न गाँउमा सबै मिलिजुलीचच हुईयाँ कराएर मनाउन दशैंसाथीसंगी जम्मा भई उडाउँदै चङ्गाचङगा चेट गराएर मनाउन दशैंसत्यको जीत आजै खुसीको यो मौसमअसत्यलाई हराएर मनाउन दशैबन्नुपर्छ चाड अब गरिबको पनि मिठो खाना बनाएर मनाउन दशैंएउटा खुसी अर्को दुखी हुनु नपरोससबै सधैं रमाएर मनाउन दशैंचित्लाङ्ग २ मकवानपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राकेश कार्की 13, 2012, 3:26 राकेश कार्की हरियो वन नेपालको धन बनमारा झार भयोउफ् कस्तो बैराग लाग्यो चुनावमा हार भयोमाईली, रिठ्ठे, मिसेरिया संसद भवन पुगेपैताला फुटाई हिड्नेलाई पो सररर कार भयोभत्ता, कमिशन, ऐड बटुल्दै राजमणी सम्मथुईक्क आफू मात्र छुँटे त्यत्रो फौज पार भयोत्यो पद त्यो कुर्सी कति ऐस आराम थियोकता बिसाउँ मोटो जिउ आफैलाई भार भयोभन्थे गाउँमा सफाया गर्छन शहरमै बस्नुहारेपछि आफ्नै पाईला खुकुरीको धार भयोदुई दुई जोडेर पाँच अब शत्ति हुनेले पार्लान्हरुवाले जोड्दा त ट्याकरया्क्क चार भयोलस् एन्जेलस् लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मोहन बिहानी 6, 2012, 1:55 भित्र भित्रै कता कता देश जलेको छ यहाँसायद भन्नु पर्दैन परिबेश गलेको छ यहाँ । बिश्वास गर्यो जस माथि घात गर्छ उहि,साम दाम दन्ड भेदले सधै छलेको छ यहाँ । चर्काउन खोज्छ युद्द समयलाई बन्दि बनाईराज्यसत्ता हात पार्न छायाँ आदेश चलेको छ यहाँ। भाई भाइमा फुट ल्याउन जाति बादी हाबि हुदै,अर्कोलाई दोष लाउदै आफु आफु ढलेको छ यहाँ। घृणा द्वेस स्वार्थ छल बल अड्यो राजनिती सधैं ,सत्ता मोहमा लिप्त भै जो कोइ जमेको छ यहाँ। भक्तिपुर-७ सर्लाही लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आशिष दुलाल 29, 2012, 2:49 आज भोलि मेरो गाउँ जल्दै छ ।संरचनाहरु बिस्तारै गल्दै छ ।पुरानो बिरालो मैं खाउँ भन्छ ।भ्रष्टाचारको बिस्तारै फल फल्दै छ ।लहरो तान्यौ पहरो डराउदै छ रे ।त्यसका भरौटेको मन पेट जल्दै छ ।भन्थें राजा हुं म ,रैति मेरा यिनी ।लोकतन्त्रको अब त्यान्द्रा पल्दै छ । रेडियो मकवानपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मनोज बोहरा 29, 2012, 2:46 संसार उजाडिएकोलाई सोधमनै कुडिएकोलाई सोधगजल के हो के सोध्छौ मलाईआफ्नै मुटु चुडिएकोलाई सोधमायाको ब्यापारीलाई के थाहा र के हो माया ?आफ्नै भाग्य लुटिएकोलाई सोधलाउनेलाई के थाहा र खोट के हो ?बिना अर्थ गहुँ संगै भुटिएकोलाई सोधके थाहा हुन्थ्यो र चोट अचानोलाई बरुशब्दै शब्दले कुटिएकोलाई सोध लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भाष्कर काजी 23, 2012, 1:55 भाष्कर काजी लौ मै मरिदिएँ, पर्दैन मर्नु तिम्ले अबछैन बाँकी क्यै पर्दैन गर्नु तिम्ले अब ।रुखचढि हल्लायौ, म सुकेको पातलाईमै छु भूइँभरि पर्दैन झर्नु तिम्ले अब ।परै बसी काँप्ने? कति प्यारो भो जीवनज्यान त मेरै गो पर्दैन डर्नु तिम्ले अब ।शिशा हो मन, के काम टुक्रिएपछि यो?मसँगै डेरा कतै पर्दैन सर्नु तिम्ले अब ।रसाउँदैन हृदय कतै, खडेरी छ मनमासुक्यो अश्रुभेल पर्दैन तर्नु तिम्ले अब ।छुनै मन छैन, आकाशको जून मलाईनतर्स सुनपानी पर्दैन छर्नु तिम्ले अब । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिवराज योगी ‘आँशु’ 16, 2012, 3:05 जिन्दगीको सौदावाजी, गर्दैछु किन मएकवार जीउन दशौं वार खै,मर्दैछु किन मबशन्त नै आयो भन्छ, कोयलीले कुर्लिएरमन्को आँधीबेहरीमा, झर्दैछु किन मथाहा छ की यो प्यालाले,पीडा पखालिन्न भन्नेफेरी प्याला माथि प्याला,भर्दैछु किन मबारबार मरी जीउनु भन्दा,मरी जानु जाती भन्छन्फेरी पनि यो मैदानमा, लड्दैछु किन म लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सुदीप सेढार्इ 16, 2012, 2:53 चाहिने भन्दा बढि कुरा बोल्न हुदैनथ्यो कसै सँग मनका कुरा खोल्न हुदैनथ्योबैसमा आखाँ हुदैन त भन्दै थिए सबै उनिलाई निसाना बनाई टोल्न हुदैनथ्यो म त मायाको प्यासी भएको थिए होला अमृत सँग विष मिलाई घोल्न हुदैनथ्यो एक्लै जिवन जिउन नसक्ने पनि होईन उनी सँग मेरो नाम मोल्न हुदैनथ्यो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आशिष सुबेदी 8, 2012, 4:52 डुबे डुब्ला सँगै नाउँ, तरौँ अब बैशाखमा पार लाए लाउँछ जिन्दगी, झरौँ अब बैशाखमा ।पालुवा फेर्छ जिन्दगीले, चैत काटेसी सुरु हुँदा एकअर्काको लागी दुवै, मरौँ अब बैशाखमा ।पोरको पुषले कठाङ्ग्रीयौ, अहिले झनै गाह्रो भयोजे होस् सँगै हुने सुरसार, गरौँ अब बैशाखमा ।थाम्नु धर्ती आकाशसिँगै, आभास होला रँगिन बन्ने खर हो भन्दै पालिनराख, चरौँ अब बैशाखमा ।श्यामश्वयेत भाछ एक्लै, सकिँदैन पर्खिन झनसिँगार्नलाई एकछेउबाट रङ, भरौँ अब बैशाखमा । नारायणस्थान ७ बलेवा बागलुङ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दलवीरसिंह बराइली "घायल" 31, 2012, 4:01 सुवास् सबै रित्तिएको फूलमा पर्यौ तिमी सबै भन्छन् कसरी यो भुलमा पर्यौ तिमी जिन्दगीको लक्ष्य चुम्न पुग्नै पर्थ्यो पारी कठैबरा ! भत्किएको पुलमा पर्यौ तिमी जोखिनेछन् तिम्रा इच्छा बेचिनेछन् त्यही कसाईको खसिसँगै हुलमा पर्यौ तिमी सिरानी मै तलाउ भै डुब्छन् खुशी तिम्रा आँखाबाट उर्ली आउने मुलमा पर्यौ तिमी आफैलाई सम्हाल्नु है'घायल'भयौ आज फूलभित्र लुकाएको शूलमा पर्यौ तिमी गुप्तेश्वर-३,रामेछाप,हाल:अबुधाबी,युएई लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राकेश कार्की 31, 2012, 4:00 राकेश कार्की तिम्रो सधैँ जित कस्तो आफ्नो हराइले मार्योआयो जवानी या उन्को मन पराइले मार्योव्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहतछाती भरी बल्झेको उफ् घाउ चराइले मार्योबस्दा नबोलेरै केही पश्चातको सम्झौताझन् आँसु टिलपिल गहमा थोपा झराइले मार्योटाँस्सेर पश्चाताप गर्दै सास लामो फेर्दैफुर्काउने लाडे मीठो बात गराइले मार्योअङ्कुश सुरू भइगो झट्टै फेरि यो गर् त्यो गर्मन्जुर छ मान्या मान्यै तिम्रो अराइले मार्यो (बहर : मुतकारिब मुसद्दस् अस्लम मुदाइफसूत्र : मुस्तफ्इलुन्++ + +मफ्ऊलुन् + मुस्तफ्इलुन् + मफ्ऊलुन्++++ ) लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भानु सुनुवार "विभास" 31, 2012, 3:56 बादल बिना वर्षा झार्छु नभन,जित्ने बाजी छ यो हार्छु नभन ।धेरै घुम्ती नाप्यौ सपना बाँडेर,हिड्ने बाटो फरक पार्छु नभन ।तिमी त छौ मलाई माया गर्ने,तिम्ले चट्टै माया मार्छु नभन ।दुबै मिली सजाउ हाम्रो संसार,दिलको डेरा अन्तै सार्छु नभन ।सार्थक हुन्छ जूनी तिम्रै भएमा,"भानु" आउने गौडा बार्छु नभन ।। रामेछाप, रामपुर-८, हाल: रेगिस्तानी बस्ती, दोहा, कतार लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जे. आर."आभास" 31, 2012, 3:52 सहनुको नि सिमा हुन्छ कति सहें जिन्दगीमा,कैसैको लागि रातदिन कति रोएँ जिन्दगीमा,छैन कुनै यस्तो कुरा तिम्रो सामु लुकाएको,तर पनि धोकेबाजको संज्ञा पाएँ जिन्दगीमा,तिमीले बुझ्छौ कसरी तिम्रो सामु म त छैन,नभएको झुट्टा आरोप पनि खाएँ जिन्दगीमा,माया केवल दुई मुटुको बिश्वाशमा अडेको छ,विश्वास गर्न सकेनौ, माया गुमाएँ जिन्दगीमा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिवराज योगी ‘आँशु’ 27, 2012, 3:49 उनलाई दुख्दा ब्यर्थैमा पो, मेरो आँशु खस्दो रै'छउनको मनको चौतारीमा, अर्कै मान्छे बस्दो रै'छभन्थे छाती फुलाएर, मेरो माया हिरा मोतीउनको नजरमा त्यो त, लिलामी र सस्तो रै'छआफूबाट देउतालाई, चढाइएको फूल पनिगोरेटोमा देख्दा अझै, किन मन डस्दो रै'छबिर्षिसकेँ भन्दा भन्दै त्यही यादमा टोलाईनेमाया भन्ने चिज साँच्चै मन्द विष जस्तो रै’छजुनभन्दा अझै सुन्दर सिर्जनाले सजिएकी हेर्नु थियो उनको रोजाई मनको मान्छे कस्तो रै'छ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिव आर्य 26, 2012, 5:41 टुटेको घरवार देखियोढलेको तरवार देखियोझुप्राकै भैभित्तो बलियोभत्केको दरवार देखियोशिसाको महल चर्कैझैंचर्केको सरकार देखियोठूल्ठूला सपना बाड्नेको गिरेको व्यवहार देखियो । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।