text
stringlengths 1
287k
|
---|
सिंगारु गीत
गीत
नदीरा के.सी.
30, 2008, 4:45
हातमाथि मिर्दामली गनौँ कि नगनौँ ।भनौँ भने सरम लाग्छ भनौँ कि नभनौँ ।।मसिना बनाइदे मैना जुवालीका सैला ।हिमचुली झुल्किने गाउँ किन भया मैला ।।झन खान्छु झन् मीठो हुन्छ भोटानैको आलुमनदर्द नजान्नेलाई मान्ने छैन ठालु ।।हिमचुलीको हिउँ जस्तै मन पग्लिराछ ।सञ्च चल्यै वमालिय काखी जलिराछ ।।बैनाले टिकुली लाउने भाइले पठाइदेला ।यो मनका विलरी कुरा कले कटाइदेला ।।सीप छैन कि छुरा छैन दारी फाल्दैनौ क्या ।मांगी मांगी मइ खानेले भैंसी पाल्दैनौ क्या ।।कुलो ल्याउने ठाउँ हेरी पानी डोलाउनु है ।दर्द र दुःख भया पनि हाँसी बोलाउनु है ।।गाईभैंसी भोकले मर्या लैजाऊ माथि गोठ ।क्या भन्यौ जुनकिरी साइले कसलाई लामौ चोट ।।कया राम्रो सुहाउने डोरी काला कपालैको ।म पनि साइ जस्तै होइजाऊ एउटै बगालैको ।।कैले भैंसी लेक वनमा कैले भैंसी थामा ।के जमाना आयो हजुर जीउ जोगाउनु थामा ।।खेतका आलीमा बसी वादी माग्छ वमा ।न्याउली बास्ने काग ओइलाउने उनी दिन गया ।।-रुकुमामा प्रचलित सिंगार गीत र नृत्यमा आधारित
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गीत
गीत
प्रवीण बानियाँ "वसन्त"
30, 2008, 4:39
अलिकति हाँसे आज रुँदारुँदै थाके पनिदिइरहें आफूलाई उनी मेरै, आफ्नै भनीनपिएरै मात लाग्दा, बिनाकारण वात लाग्दाझूठो हल्ला साँचो ठानी पापी मान्छे भने हुन्छतिमी चोखो हुन्छौ भने अछुतोमा गने हुन्छनिष्ठुरीले बाटो रोजी मन अन्तै मोडे पनिदिइरहें आफूलाई उनी मेरै, आफ्नै भनीचर्किएर घाम लाग्दा, बेहोसी मन साथ लाग्दामेरो बाटो मार्तल, झम्पल उद्धयाएर खने हुन्छरूप फर्ेर्दै कहिले घाम कहिले छायाँ बने हुन्छबस्ने डाली चरीले लत्याएर उडे पनिदिइरहें आफूलाई उनी मेरै, आफ्नै भनीअलिकति हाँसे आज रुँदारुँदै थाके पनिदिइरहें आफूलाई उनी मेरै, आफ्नै भनी ।ताप्लेजुङ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गीत
गीत
भावेश भुमरी
30, 2008, 4:31
मेरो मनमा यति डुल्छ्यौ तिमी थाक्यौ किकि त तिम्ले मन्दिर धाई मलाई माग्यौ कि ।जति डुल्यो सम्झनामा उति गैरो हुनेफर्की आयो किनारमा फेरि तिम्ले छुने,बास दिई मेरो रातलाई लुकाई राख्यौ किकि त तिम्ले मन्दिर धाई मलाई माग्यौ कि।लुकाऊँ भन्दा यो छट्पटी एकान्तले माग्नेकस्तो माया जता दुख्छ त्यतै मीठो लाग्ने,यस्तो लाग्छ दुइटा बाटो जोड्न लाग्यौ किकि त तिम्ले मन्दिर धाई मलाई माग्यौ कि !-प्यूठान
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. बच्चु कैलाश कैनी
3, 2023, 2:50
डा. बच्चु कैलाश कैनी
प्रेमिल हुँदा गीतारको तार जस्तो लाग्छ जिन्दगी।
मायामा बिछोड हुँदा हार जस्तो लाग्छ जिन्दगी।
जीवनमा सबै कुरा भने जस्तो बनाउन नसक्दा
सबैतिर काम नलाग्ने झार जस्तो लाग्छ जिन्दगी।
कहिले गल्ति नभई चारै तिरबाट आक्रमण हुन्छ
त्यति बेला खुकुरीको धार जस्तो लाग्छ जिन्दगी।
बेरोजगार भई अरुको खटनमा ज्यान पाल्नु पर्दा
पृथ्वीमा सबैको लागि भार जस्तो लाग्छ जिन्दगी।
कर्ममा विस्वास गर्दै फलको आशा नगर्ने पनि छन्
तिनको लागि गीताको सार जस्तो लाग्छ जिन्दगी।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजु “हिमांशु”
14, 2023, 11:46
राजु “हिमांशु”
मेरा सारा रातहरू आँसुले भिजाउन नआऊ
जलिसकेको चिता म,फेरि जलाउन नआऊ
टाढा हुँदा यादहरूमा बाँचेँ सम्झेर बेस्मारी
चुहिसकेको आँसु म,फेरि बगाउन नआऊ
नर्क यहीँ छ स्वर्ग यहीँ,बुझे जीवन रसिलो
मरेपछि स्वर्ग जाने लोभ फलाउन नआऊ
विश्वासमा बाँच्छ माया,घातमा मरिदिन्छ
माया बनी शङ्काको छुरा चलाउन नआऊ
जीवन कटु सङ्घर्ष हो मृत्यु अकाट्य सत्य
कलिलो उमेरमा फेरि रोग लगाउन नआऊ
पिरहरूमा बाँचे पनि सपना त देख्छ ‘राजु’
एकछिन रमाउने मन फेरि गलाउन नआऊ
डाउहिल, खरसाङ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डिल्लीप्रसाद अधिकारी
15, 2023, 4:58
डिल्लीप्रसाद अधिकारी
दुखेर नै जीवनदेखि हारेको म मान्छे
दुख्नुले नै तर धेरै खारेको म मान्छे ।।
घाउसँग मितेरीको साइनो गाँसेपछि
मुटु दुख्ने बेलापनि टारेको म मान्छे ।।
अब जीवन कति होला खुसी पाउनुपर्ने
लड्दा लड्दा समयले मारेको म मान्छे ।।
पीडा पनि आफ्ना-आफ्नै हुन्छन् संसारमा
आत्मग्लानी जे छन् स्विकारेको म मान्छे ।।
अब भने साह्रो गाह्राे एक्लै खप्नुपर्छ
उमेरैले यसमा ढुक्क पारेको म मान्छे ।।
बाधा विघ्न जति पर्छन् लडेकै छु अझै
उकालोले यदाकदा झारेको म मान्छे ।।
गुनासो म कहाँ अनि कसका अघि गरौँ
नियतिले पछिल्तिर सारेको म मान्छे ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डिल्लीप्रसाद अधिकारी
27, 2023, 9:33
डिल्लीप्रसाद अधिकारी
बाँचिदिन्छु थोरैमात्र माम भए पुग्छ
भज्नलाई मनभित्रको राम भए पुग्छ।।
खाँचो बेसी छैन अचेल बैँस सकेपछि
अलिकति न्यानो न्यानो याम भए पुग्छ।।
सङ्गत खाँचो पर्छ मान्छे बूढो भएपछि
आफन्तको राम्रो इन्तजाम भए पुग्छ।।
छिमेकीमा सेवाभाव राख्नलाई पनि
सहयोगी थोरै थोरै काम भए पुग्छ।।
होसै नभै बिगारेका अतीतका कर्म
हेलाँ होचो गरेको बदनाम भए पुग्छ।।
इच्छाहरू कम्ति भए सजिलो छ बाँच्न
आपद् पर्दा अलिकति दाम भए पुग्छ।।
जाडो भगाउन जत्ति आगो बाले पनि
सेकिनलाई दिनैभरी घाम भए पुग्छ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
28, 2022, 12:39
भाष्कर काजी
हिजो जस्ले त्यो बाटोबाट हटायो
अचानक उसैले सम्झना पठायो ।
लागेको थियो यहिँ मसङ्गै छ कतै
खै कसरी छातिभित्रको चिज हरायो!
तिमी, मैले जस्तै भर थाम्न सक्छौ?
केटिको यस्तो प्रश्नले केटा लजायो ।
रिसाउनुपर्दैन, बच्चाको के दोष बरा!
जुलुशमा जे देख्यो त्यही नै बतायो ।
उस्ले बुझ्यो छातिभित्र राख्नुहुन्न माया
मुटु हराउने डरले आँखामा सजायो ।
रुँघा-७, रुकुम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजु “हिमांशु”
6, 2022, 7:46
राजु “हिमांशु”
वर्तमानमा उसको अधिकार छैन कुनै
अतीततिर तिम्रो अख्तियार छैन कुनै
विगत भनेकै ऊमात्र हो नि मान नमान
हाम्रो नातामा उसको केरकार छैन कुनै
वर्तमान भनेकै तिमी मात्र हौ चारैतिर
व्यतीत पलमा मेरो सरोकार छैन कुनै
रातिएको तिम्रो सिउँदोको शक्ति छ धेरै
गहिरो त्यो साइनोमा छेकाबार छैन कुनै
सत नरहे निमोठिन्छ नि भरोसाको घाँटी
साँचो किस्सा साथको निराधार छैन कुनै
डाउहिल, खरसाङ, भारत।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
काशीनाथ मिश्रित
10, 2022, 12:17
काशीनाथ मिश्रित
नजिते तापनि मन्त्री हुने नेपाल के बन्ला
जितेका थन्किई एक्लै रुने नेपाल के बन्ला
जता हेयो उतै धाँजा छ फाटेको चिरापारी
जुटाई प्रेमको जालो बुने नेपाल के बन्ला
जिउँदा लाश हुन् वा यी मरेका छन् सबै नेता
गुनासो दुख्खको गर्दा सुने नेपाल के बन्ला
गयो बग्दै कहाँ रष्ट्रियता थाहा छ साथी हो
सिमामा बाँध यी थप्दै थुने नेपाल के बन्ला
टुक्रा पारेर लुछ्ने हैन यो बिर्ता कसैको नि
उहिले काँगडा टिस्टा छुने नेपाल के बन्ला
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजु “हिमांशु”
20, 2022, 12:22
राजु “हिमांशु”
वीर पुर्खाको पसिना बगेको ठाउँमा मेरो पुर्खाको दाम खोइ ?
धीर पुर्खाको सपना फलेको ठाउँमा मेरो पुर्खाको नाम खोइ ?
फाँडफुँड गरी बनाए भस्मेहरू,ओछ्याए रेलका लिकहरू अनेक
त्यही पुर्खाको रगत सुकेको ठाउँमा मेरो पुर्खाको धाम खोइ ?
निर्दयी बुलेट रोक्ने निडर निधारको आडमा धाक छ अरूको
दाह्रे पक्षपातले तर्साइबस्ने ठाउँमा बेकार छोराको काम खोइ ?
महँगो शक्ति प्रदर्शन भइरहन्छ,पाक्छन् भोजनहरू बेस्मारी
बन्दहरूमा भोकै बसी नारा लाउने त्यही छोराको माम खोइ ?
दसीहीन भएर पुर्खाका आत्था र ऐयाहरू दुखिरहन्छन् अझै
जुनीजुनीसम्म परिचित गराउने अमर मायाको खाम खोइ ?
पुछियो सिन्दूर,खरानी भयो घर,बेपरवाह नै रह्यो बलिदान
निर्धक्क सास फेर्न सक्ने सन्चो त्यो बतासको याम खोइ ?
कति सहने पिँढीहरूले ठिहिर्याउने पीडा अझै पनि मनभरि
मर्दै-बाँच्ने जिन्दगीको दु:ख सुकाउने अकासको घाम खोइ ?
डाउहिल,खरसाङ,भारत।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
काशीनाथ मिश्रित
27, 2022, 3:03
काशीनाथ मिश्रित
गोरो मुहार पछ्यौरीले थुन्छिन् मेरी माया
मिठो बोली मुटुभित्र छुन्छिन् मेरी माया
तिमीलाई मैले प्रेम गर्छु भन्न खोज्दा
सर्माएर रातीपिरी हुन्छिन् मेरी माया
कहिलेकाहीँ ख्यालख्यालैमा जिस्क्याउँछु मैले
ठट्टालाई मुस्कानले धुन्छिन् मेरी माया
इन्द्रजाल जस्तो हैन चखेवाको प्रिति
वशमा पार्न जाले रुमाल बुन्छिन् मेरी माया
प्रेमालाप गरी मैले आलिङ्गन गर्दा
धड्कनको उच्च राग सुन्छिन् मेरी माया
उनको दिलभित्र पसी म हराउन खोज्छु
टप्प टिपी फूलमाला उन्छिन् मेरी माया
विदेश जानु पर्ने भयो बाध्यताले गर्दा
अश्रुधारा बगाएर रुन्छिन् मेरी माया
फोक्सिङ, गुल्मी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डिल्लीप्रसाद अधिकारी
16, 2022, 6:54
डिल्लीप्रसाद अधिकारी
मेरो भगवान न जन्मन्छ न मर्छ कहिले
कसैले भगवानलाई के गर्छ गर्छ कहिले।।
अचेल मान्छेलाई के भएको हो यो
खै कसैले त खै भन्नुपर्छ कहिले ।।
अहंकारको परिधि पनि कस्तो ठूलो
विश्वव्यापी भएर पो यही चर्छ कहिले।।
`अमानवको यो मानव जगत भन्थे देवकोटा
महामानव पनि तल अझै तल झर्छ कहिले ।।
चेतना शुन्य छु बन्द कोठामा म पनि
बाहिरको असीनापानी खै टर्छ कहिले।।
जे भएको होस् प्रेमको पर्यावरण
विश्वास नै पो अविश्वास ठहर्छ कहिले।।
कविहरू बेहोस छन् आइ. सी. यू मा
वैतरणी गरेमा खोलो तर्छै तर्छ कहिले।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गुलाब कान्छो
4, 2022, 4:16
गुलाब कान्छो
चप्पलै लगाउ बरु खुट्टामा काँडाले खोप्न सक्छ ।
सुख छ भन्दैमा खुशी नबन दु:खले छोप्न सक्छ ।
भरै हुन्न अचेल बजारमा लिलाम हुने मायाको,
होसियार हुनु माया गर्दा मुटुमा तिर घोप्न सक्छ ।
मुस्कुराइ दुश्मनले अंगालो हाल्दैमा मख्ख नपर्नु,
किनकी त्यसैले पछाडिबाट नै छुरा रोप्न सक्छ ।
ऊ मेरै भोटले जितेको नेता हो तर विश्वास छैन,
थाहा छ मलाई भ्रष्टको दलदलमा चोप्न सक्छ ।
बाजुरा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सृजना ढकाल
26, 2022, 5:08
सृजना ढकाल
यहाँ फूल फुल्छन् बिझाएर जाने
दुखेको यो मन झन् दुखाएर जाने
छ तर्नु यो सागर सफरमा छु रित्तो
कुनै हात छैनन् समाएर जाने
विवशताले गर्दा छ छाप्रोको बस्ती
छ कोही हरेक दिन गिज्याएर जाने
देखिन्छु म तिम्रो नजरमा त एक्लै
हृदयमा छ आगो लगाएर जाने
नबोलाई आउँछ सपना बनेर
सिरानी हमेसा भिजाएर जाने।
पोखरा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजु “हिमांशु”
19, 2021, 6:05
राजु “हिमांशु”
अचेल चकमन्न साथ मन पर्नु थालेको छ
अचेल चकमन्न याद मन पर्नु थालेको छ
कोमल मनै छेड्ने हल्लाको सहरदेखि अति टाढा
अचेल चकमन्न मात मन पर्नु थालेको छ
कति जोगिनु उज्यालोमा अँध्यारो मन भिर्नेदेखि
अचेल चकमन्न रात मन पर्नु थालेको छ
सधैँ कहाँ मिठो हुन्छ र रातो ओठले गरेको हल्ला
अचेल चकमन्न बात मन पर्नु थालेको छ
दुखाउँछ भने पनि दुखाओस् चुपचाप सहिदिन्छु बरु
अचेल चकमन्न घात मन पर्नु थालेको छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
नवीन ध्यार
19, 2021, 5:47
नवीन ध्यार
सुस्केरामा कोल्टे फेर्दै बित्छन यी प्रहरहरु
मन्दमन्द नमुस्कुराउदै मर्छन यी रहरहरु
कस्तो वैगुणी छ यो समयचक्र भन्नेपनि
पीपलसँग आत्मा नजोडिदै लड्छन यी वरहरु
बाचुञ्जेल छ एसआराम मरे सबै खरानी
आफ्ना भन्नेहरुले नै किन लुट्छन आशभरहरु
तीब्र ताप, राप अनि चापमा परेपछि
आगो वीनै पनि गुम्सिएर जल्छन यी खरहरु ।
जाजरकोट
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
जी.बी. आचार्य
24, 2021, 9:52
कति व्यथा राखें मैले परेलीमा लुकाएर
विरहमा बेदनामा नयनतारा झुकाएर
अरुको त पीडामा हाँसि दिन्छ मानिस
डर लाग्छ कसै सामु देखाउन मनफुकाएर
नाफा घाटा जिन्दगीको कहिले हुन्छ हिसाब
सकिँदैन कहिल्यै पनि प्रितको गुन चुकाएर
जति विन्ती गरे पनि रोकिँदैनन् जानेहरु
दोबोटो मै विदा हुन्छन् सारा मन दुखाएर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
श्रवणकुमार ढुंगाना
17, 2021, 3:48
श्रवणकुमार ढुंगाना
छ दैत्यहरूकै जगजगी, छ सधैं आक्रान्त जिन्दगी।
खोजिरहेछ स्वप्न शहर, कठै! भ्रमको प्रान्त जिन्दगी ।
जमरा, टिका, आशिषहरूले छेक्लान कति प्रहारहरू?
अमूर्त आस्थामा बाँचिरहेछन् यी भयक्रान्त जिन्दगी।
थोपा थोपा हिजो सँगालेका खुसीका रक्तिम पोकाहरू
फुकाइ खोज्छ वंश-नयनमा बिहानी विभ्रान्त जिन्दगी ।
उत्सवको रक्तिम मौलो विरुद्ध नर-संहारक औंलाहरू
को संहारक को हो पालक, के बुझोस् श्रान्त जिन्दगी?
अँध्यारै हिंड्ने किसानी पाईला, अँध्यारै नभै फर्कन्नन्
फूल तिनका, वास्ना अरूलाई, अरुकै उत्क्रान्त जिन्दगी।
ढुंगाको चोट माटोले छोपी जो बाँड्दै छ दशैंको खुसी
उसैले बोक्यो प्रेम-पात्र उसैको होस् सम्भ्रान्त जिन्दगी ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
युवराज घलेभाइ
17, 2021, 3:41
युवराज घलेभाइ
मैले जस्तै,तिमीले पनि,व्यथा पालेर हेर
रुँदै,जिन्दगीको सारा,सपना बालेर हेर ।
रुँदिन त,भनेकै हुँ,रहरले को रुन्छ र ?
चहरयाएको,घाउमा त्यो,पिरो हालेर हेर ।।
सँगै बुनेका,सपना ती,बुझे पो त जिन्दगी
मायाको,मूल्य बुझ्छौं,अहंकार फालेर हेर ।।।
सुनचाँदीको,सुन्दरतामा,सपना बुन्नेहरु
पोल्छ नि,मनै त हो,माया गालेर हेर ।।।।
पिरतीमा,झेल गर्ने,मौसमी मायालु हो
निको हुन्छ,मेटिन्न दाग,जति टालेर हेर ।।।।।
गान्तोक, सिक्किम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
अलका मल्ल
17, 2021, 3:24
अलका मल्ल
तँ तँ र म म गर्दै बिति जाने जिन्दगी
धुवाँको मुस्लो त रैछ नि जिन्दगी
डम्म फुल्दै धक्कु छोड्नेले किन नबुझे हँ
एक निमेसको खाक त रैछ नि जिन्दगी
हर प्रहर कहरको भिडमा थुप्रिंदै गएको
लाश माथि खप्टिनु त रैछ नि जिन्दगी
छल कपट र डाह इर्ष्यामा डुब्नेहरु बुझ्नु
आखिर सबको आर्यघाट त रैछ नि जिन्दगी
रुँदै गएको मलामी हाँस्दै फर्के लौ हेर !
बिन्दास जीवन पनि त रैछ नि जिन्दगी
काठमाडौं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रमेश प्रभात
4, 2021, 4:02
रमेश प्रभात
दहीझैँ धरामा मथेको मदानी,
म खोज्दै छु आफ्नो छुटेको जवानी ।
नचली बसेथेँ अँध्यारो कुनामा,
चिहाएर हेर्थेँ र आँखा म तानी ।
म खोला नदीमा नपौडी बसेँ र ?
नदीमा म पस्दा भएथेँ म पानी ।
उनी नै उनी छन् बसी राज गर्दो,
उनीबाट सर्दैन मेरो परानी ।
तिमीले भनेझैं कहाँ हुन्छ चोखो ?
नसामा डुबेको छ मेरो कहानी ।
चितवन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजु “हिमांशु”
30, 2021, 10:05
राजु “हिमांशु”
पिरतीको मीठो धुन सुनेर साथ फेरि दुख्यो
अँगालोको न्यानो सम्झेर याद फेरि दुख्यो
सिमानाको काँडेतारले पनि छेक्न नसक्ने माया
रूढिवादी जमातलाई नरुचेर जात फेरि दुख्यो
मायाको नदी गहिरो बगेकै हो नि मनभित्रभित्र
बदनामीको आगोमा जलेर घात फेरि दुख्यो
ठूलो र सानो त सङ्कुचित सोचकै उपज हो नि
आलो रगत बेमूल्य पारेर विवाद फेरि दुख्यो
हुनु र नहुनुमा फरक त हुन्छ नि किन हुँदैन र
कुसंस्कारी चलखेलमा परेर उन्माद फेरि दुख्यो
दुख्नु त दुख्छ नि किन दुख्दैन र मनै त हो
भुलिएको व्यथा बल्झेर अवसाद फेरि दुख्यो
डाउहिल,खरसाङ(भारत)
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डिल्लीप्रसाद अधिकारी
14, 2021, 9:34
डिल्लीप्रसाद अधिकारी
नफिँजाउ केशराशी मधुवनमा रात पर्ला
परेलीले बोलिदेउ मायामा आघात पर्ला।
हाँकाहाँकी तिमीलाई आफ्नी भन्न सक्छु तर
लुकाएको माया मोह रमाइलो मात गर्ला।
टाढै बस भन्दिनँ म अझै छेउ आए हुन्छ
हाँकी अँगालोमा बाँधे दुनियाँको घात पर्ला।
सौन्दर्यमा रमाउने अधिकार भोगौँ हामी
ब्यूँझिएका सबैलाई यो शुभ प्रभात पर्ला।
फूल हो यो जवानीको ढकमक्क फुलेको छ
ढिलो गरि टिप्न जाँदा सुकेको त्यो पात पर्ला।
भगवानको सृजनामा आशक्तिको बिज हुँदा
खोजेको त्यो नपाएमा एउटा मीठो घात पर्ला।
नजरकी तारा तिमी सधैँ खोज्छ डिल्लीप्रसाद
देखिँदैनौ जब तिमी अनि दुःख प्रपात पर्ला।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कृष्णलाल शर्मा
21, 2021, 3:56
कृष्णलाल शर्मा
सानु! लाठे छोरो यदि बोल्छ भने रक्सी धोकेर
भन्नु नभन्नु भन्ने दिन गए अब छाती ठोकेर
अर्ति बुद्धि नमान्ने गतिछाडा छोरामोरा सबै
घिचेर नै मर्ने भए अल्प उमेरमा जिब्रो टोकेर
पितृ मातृलाई हेरचाह नगरि एक्लै खान्छ भने
पापको डर नमानि हिँड्नलाई के भन्नु रोकेर?
जस्को जे नहोस् नटेरी कन कुकर्ममा हिँड्दा
अटेरीले सिक्नै खोज्दैन अब के गर्नु घोकेर ?
तिम्रो दुःख सुखमा सङ्गै सधै 'लाल' भएपनि
आत्मघात नगर्नु कहिलै माया दिलमा बोकेर
जागीरोड(असम)
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. बच्चु कैलाश कैनी
21, 2021, 3:49
डा. बच्चु कैलाश कैनी
आजकल कागले आफूलाई बकुल्ला ठान्छन रे
हाम्रा नेताहरु आफैले आफूलाई राजा मान्छन रे !
यहाँ चाकडी र चाप्लुसीमा अडेको छ राजनीति
पद र पैसाको लोभमा सबै दरबारमा जान्छन रे !
विकास र सम्वृद्धि भनेको आफै हुने कुरा हो भन्दै
देशको आयश्रोत सबै मिलेर बाँडीचुँडी खान्छन रे !
लाज सरम नभएपछि सबै स्वार्थको हद पार गरेर
ठूला योजना सकेसम्म आफ्नै क्षेत्रमा लान्छन रे !
एक पटक बेवकुफ बनाए पांच बर्ष मस्ती हुने
चुनावमा आश्वासन र पैसा बाँडेर भोट तान्छन रे !
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डिल्लीप्रसाद अधिकारी
5, 2021, 6:10
डिल्लीप्रसाद अधिकारी
रावण पनि अचेल आफू राम भनी दाबी गर्छ
तारा पनि अचेल अहो घाम भनी दाबी गर्छ।।
उसले लुट्यो आफ्ना पोस्यो कमजोरीलाई मार्यो
पसीनाले कमाएको दाम भनी दाबी गर्छ।।
धनीहरू अझै धनी गरीब माग्ने बनिसके
ठूला ठूला ठूला गरें काम भनी दाबी गर्छ।।
पढेका छन् बेरोजगार चारणहरू धनी
गरिखाने बनाएँ यो ठाम भनी दाबी गर्छ।।
ऋणैमाथि उँभिएका घर अनि कुद्ने गाडी
देखाएर बनाएँ यो गाम भनी दाबी गर्छ।।
पाप पनि कसैको त पुण्य हुन्छ कि हँ?
साक्षी राख्न बनाएको चार-धाम दाबी गर्छ।।
डिल्लीप्रसाद सधैंभरि सत्य बोल्दै बाँच्छ
सर्वोच्च नै दिएको छु दाम भनी दाबी गर्छ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
युवराज भण्डारी
29, 2021, 2:25
युवराज भण्डारी
जे गरे नि हुने यहाँ छुट धेरै भयो
कानुनकै अघिल्तिर लुट धेरै भयो।
पहिले एक थिए आज अनेक छन्
कहाँबाट आयो खै मुकुट धेरै भयो।
पहिचान हराउँछ कि भन्ने भो डर
हाम्रै बिचमा गुट उपगुट धेरै भयो।
अचेल साँचो बोलेपनि भर लाग्दैन
आश्वासनको नाममा झुट धेरै भयो।
गरिबसँग जिउ ढाक्ने लुगा नि छैन
महलमा पल्टिनेसँग सुट धेरै भयो।
डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
श्रवणकुमार ढुंगाना
29, 2021, 2:10
श्रवणकुमार ढुंगाना
जब तिम्रो मुहारमा जून उदाउँछ
मेरो ओठमा आँसु पनि मुस्कुराउँछ!
तिमीबाट छुटे पनि तिम्रो हाँसो हेर्न
ढुकिबस्थें जता तिम्रो पाईला धाउँछ।
छरिएको तारा जस्तो, हुँ काँच सम्हाल
मायाले जोडिहेर, तिम्रै आकार आउँछ।
पगालेर आफूलाई भरी कलममा
लेखेका शब्दले पो तिम्रो गीत गाउँछ।
तिमीलाई दिन, मलाई रात बन्नु परे पनि
बिधाताले बिहानी र सन्ध्या जुराउँछ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजु “हिमांशु”
17, 2021, 5:09
राजु “हिमांशु”
मोहको जालमा चुपचाप फसिदिने यो शिर कस्तो !
रातभरिभरि सुत्नै नदिने मायाको यो पीर कस्तो !
यादहरूको जुलुसले बेस्सरी आवाज उठाउन खोज्छ ।
ढुङ्गा हैन पीडा झरिरहने मायाको यो भीर कस्तो !
बग्यो आँखाबाट भरोसाको नदी घात रोपिएर गहिरो ।
मनभित्रबाट पनि चुहिरहने मायाको यो नीर कस्तो !
चुर्लुम्म पिरतीमा डुबेको हृदयलाई डर हुँदैन रे भन्छ ।
माझमा छुटिएपछि नभेटिने मायाको यो तीर कस्तो !
धोका हुन्छ भनेर कसले सोचेको हुन्छ र विश्वासमा ?
छिनछिनमा मन पोलिरहने मायाको यो झीर कस्तो !
डाउहिल, खरसाङ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दिवाकर भट्टराई
15, 2021, 5:38
दिवाकर भट्टराई
प्रिय आफ्नो बनाउन सके भने,आभार दिनुहोस्।
कलम भए कलम दिनु, नभए तरवार दिनुहोस्।
तिमीलाई भेटेंदेखि, मुस्कुराउन पनि सिकेको छु
कस्तो लाग्छ ठिकै लाग्छ भने, बिचार दिनुहोस्।
सुन्दर रुपले केही हद मोहित, बनायो पनि होला
मलाई राम्रो बनाइयोस् महोदय, शृंगार दिनुहोस्।
चोखो प्रेमलाई बिक्रीमा राख्ने, दुस्साहस हुने छैन
मौका बारम्वार आउँदैन, मलाई बजार दिनुहोस्।
संगसंगै बाँच्ने भनी, सपना बोकेर हिँडेको मान्छे
जुनि काट्नुपर्छ अब मायाको, आकार दिनुहोस्।
दमौली, तनहुँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डिल्लीप्रसाद अधिकारी
10, 2021, 1:54
डिल्लीप्रसाद अधिकारी
हृदयका तिम्रा कुरा सुनेको छु मैले
जतिसक्दो व्यथाहरू तुनेको छु मैले
एउटा मीठो भूल गरें जिन्दगीमा आज
तिमीलाई मुटुभित्र थुनेको छु मैले
देखे पनि नदेखे झैं गरिएछ हेर
आज तिम्रा बानीहरू गुनेको छु मैले
तिमी छायौ सधैंभरि मेरो रचनामा
यसैले त गीत गजल बुनेको छु मैले
सौन्दर्य त धेरै होला दुनियाँमा तर
डिल्लीप्रसाद भन्छ तिमी चुनेको छु मैले ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजु “हिमांशु”
19, 2021, 2:15
राजु “हिमांशु”
रातभरि जागीजागी गरेको तेरो पढाइपछि पनि कुनै काम छैन यहाँ
मेरी आमाको रगत पसिना पोखिएको जमिनको कुनै दाम छैन यहाँ
माग्नु त माग्यौ नि बाबा लट्ठीको नीलडाम बसे पनि तिम्रो जीउमा
उड़ेर माटोको लडाइँमा काला बादलहरू व्योमको कुनै घाम छैन यहाँ
कस्तो लत बस्यो रुपियाँ नहुँदा पनि त्यो तलतल गएन कहिल्यै पनि
सुकेर दुर्व्यसनले साहसिलो शरीर युवाको तेजिलो कुनै चाम छैन यहाँ
सय वर्षको लामो आयु पार गरेर पनि मनको पीडा गएन अझै पनि
परेर लालची पासोमा सोर तेरो अजर सौभाग्यको कुनै डाम छैन यहाँ
जति नै जोतिए पनि जस कहाँ पाइँदो रहेछ र यो अचेतनको सदीमा
लुट्नु, धुत्नु, चुस्नु, छेकाबार लगाउनुबाहेक मायाको कुनै खाम छैन यहाँ
डाउहिल,खरसाङ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रमेश प्रभात
19, 2021, 2:08
रमेश प्रभात
उमेर छँदा धेरै कुरा गरिएको थियो,
उम्दा भनी छनोटमा परिएको थियो !
बूढ्यौलीमा घरिघरि याद आइराख्छन्,
आफूबाट जे जे कुरा हरिएको थियो !
पोखरीझैं जमिबस्दा प्रगति क्यै हुन्न,
नदीजस्तै बग्दै बेसी झरिएको थियो !
त्यतिबेला उनी मात्रै बस्थिन् मेरो दिलमा,
उनको लागि झण्डै झण्डै मरिएको थियो !
खनी खोस्री धरतीलाई खेतीयोग्य पार्दै,
‘प्रभात’ मै श्रमफल छरिएको थियो !
चितवन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डिल्लीप्रसाद अधिकारी
4, 2021, 6:35
डिल्लीप्रसाद अधिकारी
दोधार छ तर पार पाउन सक्छु म
तिमीलाई साथी बनाउन सक्छु म।
मजस्ता कैयन मारिए यहाँ
घाइतेहरूलाई उठाउन सक्छु म।
एउटा सिङ्गै पुस्ताको भ्रमलाई
पक्कै हो त्यो मेटाउन सक्छु म।।
अस्तित्व मेरो सधैं प्रमाणित छ
बाजेका बाजेको चिहान देखाउन सक्छु म।।
उसको पालो चलेको छ यो बेला
धेरै खुलेर कहाँ बताउन सक्छु म ??
साथी पछ्याउ मलाई धोका दिन्न
तिम्रो अन्योल केही घटाउन सक्छु म।।
आफ्नो मात्र कहाँ र अधिकारी
सबैलाई न्याय दिलाउन सक्छु म।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजु “हिमांशु”
20, 2021, 6:17
राजु “हिमांशु”
आगो बल्नु थियो बेस्सरी मन जल्नु थियो
ऐया र आत्थाको खेलमा माया गल्नु थियो
गल्नु त सिङ्गो जिन्दगी नै गल्यो फतक्क
शङ्काको हुरीमा गाढा विश्वास ढल्नु थियो
ढल्नु त मायाको मीनार नै ढल्यो ग्वार्लम्म
ओठमा मुस्कान नचाई भित्रभित्रै छल्नु थियो
छल्नु त मान्छेले मान्छेलाई नै छल्यो निर्धक्क
विश्वासघातको हावा नै घरीघरी चल्नु थियो
चल्नु त चलेकै हो मनमा छुरा पनि बेहिसाब
अरूलाई मारेर आफू बाँच्न हात मल्नु थियो ।
डाउहिल,खरसाङ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डिल्लीप्रसाद अधिकारी
11, 2021, 9:28
डिल्लीप्रसाद अधिकारी
जाडो याम बिताउन घाम साथी मेरो
मनै शीतल गराउने राम साथी मेरो ।
जिन्दगीमा ठक्कर खाएँ न्याय खोज्दाखेरि
न्यायसंगत बाँच्नलाई काम साथी मेरो ।
धोका खाएँ सबैबाट चोट लागे धेरै
सम्झनामा फेरि आज नीलो डाम साथी मेरो ।
सबैलाई खुशी पार्न सकिएन कसै
देवतालाई खुशी पार्ने धाम साथी मेरो ।
कमाएको नहोला क्यै आजसम्म मैले
गुमाएका जति जे छन् दाम साथी मेरो ।
आफैंलाई रित्याएर खुशी बाढ्दै हिडें
दुखी बनाउने रित्तो खाम साथी मेरो ।
रमाउनै नसकेको ए! डिल्लीप्रसाद
यदाकदा फर्किआउने सलाम साथी मेरो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
अङ्कुर चन्द
31, 2020, 5:53
आफू जिती सारा हार्दा, उत्सव के बनाउँछौ ।रुवाएर बुवा आमा, मतलब के बनाउँछौ ।।उधारेर गाउँ बस्ती, भत्काएर छानाहरु,याे भन्दा पनी अझै, गजब के बनाउँछौ ।।लखेटेर हातहरू, माटो भर्न खाडीतिर,लौरो टेकी टेकी यता, अरब के बनाउँछौ ।।रगत पसिना बगाउने, माहौल दिनुस् महाशय,चिस्याएर मनहरुलाई, बरफ के बनाउँछौ ।।धमिराले झै याे देश, खोक्रो बनाई सक्यौ बरै,विश्वास के गरु मुलुक, अब के बनाउँछौ ।। कञ्चनपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. बच्चु कैलाश कैनी
15, 2020, 1:00
डा. बच्चु कैलाश कैनी
नक्कली लाग्यो तिम्रो नाम चिनिन।अरुले जे भनुन तिम्रो काम चिनिन। अनैतिक लाग्छ तिम्रो चाल चलनखै! तिमीले कमाएको दाम चिनिन।हलेदो हो चिने पछि किन कोट्टाउनुतिम्रो नाम लेखे पनि खाम चिनिन।भन्छन नजाने गाउँको बाटो नसोध्नुखै तिमी कहाँ बस्ने हो ठाम चिनिन।पैसा र पदले किनेको इज्जत रहेछतिम्रो अघिपछि लाग्ने लाम चिनिन।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
युवराज भण्डारी
15, 2020, 12:38
युवराज भण्डारी
डाक्टर साब भोकनै मर्ने दबाइ दिनुस् अन्न बिनानै बाच्न सक्ने बनाइ दिनुस्।बर्खा याम सुरु भयो छानो छैन घरकोईश्वर सुख अरुलाई दुख मलाई दिनुस्।त्यो दिन किन कुर्नु खाली खाली छु आजै अकालमै मर्छु यमराजलाई मनाइ दिनुस्।पानी छैन सरकार गरिबहरुको यो बस्तीमा म मरेर गएनि एउटा कुवा खनाइ दिनुस्।पीडितलाई दिने राहत कता गयो नेताज्यू?भो पर्दैन हामीलाई चामल विष पठाइ दिनुस्।तनहुँ, हाल: मन्ट्रियल, क्यानाडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
श्रवणकुमार ढुंगाना
8, 2020, 5:39
श्रवणकुमार ढुंगाना
कति मूर्ख छु म अन्धकारलाई ऐना देखाउँदै छु।आफ्नै आकार नदेखिने रातमा अक्षर सिकाउँदै छु।रात को क्यानभासमा जे खोप, आकार त के बन्छ?तैपनि बन्छ कि केही? आशको छिनो खेलाउँदै छु।नहुनु हो अन्धकार, विनाश हो, रिक्तताको त्रास त्योत्यो रातलाई ईमान, धर्म, माया को गीता सुनाउँदै छु।जब केही छैन, शून्य हो, के जल्छ अन्धकार त्यो?म त छु, बल्छु र त प्रीत हराउँदा हृदय जलाउँदै छु।उसमा नहुनु त्यो विवेक, लज्जा पनि त अन्धकार होम प्रजा 'गुरु' हुन नसकेको 'ज्ञान'! अवसाद मनाउँदै छु।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
किशन पौडेल
8, 2020, 5:04
सत्तामा छन् नदिका दुई धार र किनारहरुदेशले खोजिरहेछ यहाँ समान विचारहरु ।आफ्नै स्वार्थमा फुट्छ्न अनि जोडिन्छ्न,शासन सत्तामा पुग्छन् तिनै अनुहारहरु ।देश दुखिरहेछ जनताहरु आक्रान्तछन्जोड घटाउ गर्न व्यस्तछन सरकारहरु ।आलो नै छ दुखेका घाउहरु दुरदराजमापरदेशिएका छन धेरै अभागी निधारहरु ।उस्तै देखिन्छ अझै परम्पराको निरंकुशताराजाहरुले भरिएका छन झनै दरवारहरु ।हेटौंडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
युवराज भण्डारी
25, 2020, 4:44
युवराज भण्डारी
रोएर कसै मेटिदैनन् सम्झनाका पलहरुपरेलीहरु भिजाएर बग्दैछन् गजलहरु।यादमा बल्झिदिदा साटिएको मुटु दुख्योयही मनभित्रै पोखिरहें आँसुका भलहरु।कसको होला मुटु यो सबैसित सोधिरहेहराएछन् कतै आज वाचा गरेका स्थलहरु।संघारैमा छोडिएछन् बटुवाका पाइलाहरुनाउ खियाउ त! चारैतिर छन् दलदलहरु।विपनीमा झस्किएर सपनीलाई सम्झिरहेंकुन मोडमा छुटे ती स्वप्नका महलहरु।डुम्रिबेसी, तनहुँहाल: मन्ट्रियल, क्यानाडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
युवराज भण्डारी
23, 2020, 5:07
युवराज भण्डारी
मन पर्ने कुरा के हो हजुर को नजरमा?म त खोई किन पानी खोज्छु बगरमा।लेखिरहे हरदिन हरसाँझ खोजीरहे शब्दहरू कहिले अड्किन्छ मन कहिले बग्छु रहरमा।तिमी आउछेउ सपनामा हररात हास्दै रमाउदैतिमीलाई पवनमा देख्छु, देख्छु पानीको लहरमा। बिरानो ठाउँ कोही छैन केवल छन् यादहरूतिमी आउ प्रिये सँगसँगै घुमौला यो शहरमा। चिरवीर गर्छन् चराहरू फिरफिर गर्छन् रुखका पात म झ्यालबाट हेर्छु तिमी आउ बिहानको प्रहरमा।हामी खेलेको सम्झन्छु, सम्झन्छु पाखा पखेरो हरेक पल मेरी जुन उदाई रहनछेउ सगरमा।डुम्रिबेसी, तनहुँहाल: मन्ट्रियल, क्यानाडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
महेन्द्र केसी
15, 2020, 4:44
मनभरी पीर छ र जिन्दगी बेहाल लाग्छयस्तै तक्दीर छ र जिन्दगी बेहाल लाग्छ ।।सुन पसलमा ढौडिन्छ मान्छे हिरा चिन्दैनसमय स्थीर छ र जिन्दगी बेहाल लाग्छ ।।लाखौ तारा कि चन्द्रमा कुन ठूलो लाग्छ ?संख्यामा बलबीर छ र जिन्दगी बेहाल लाग्छ ।।बुझाउन खोज्छु फरक मैले बुझ्दै कोही यहीएक्लो शरीर छ र जिन्दगी बेहाल लाग्छ ।।पर्वत ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रमेश प्रभात
7, 2020, 1:06
रमेश प्रभात
के भनूँ जिन्दगी बडो मुस्किल छ,मुटुमै गडेको अनौठो एक खिल छ ।केवल मान्छे भेटिन्न यो सहरमा,सिनो कुर्दै बस्ने त्यही यौटा चिल छ ।उज्यालो अँध्यारो दुबै दर्द दिन्छन्,अकालमै मरेको शिशुको दिल छ।पुरै बस्ती रित्तो भएको छ अहिले,विकासको कस्तो खाले मञ्जिल छ ?शान्ति मात्रै जप्छौ तिमी जता गए नि,तिमीसँग नयाँ के कुनै अपिल छ ?चितवन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
युवराज भण्डारी
19, 2020, 10:24
युवराज भण्डारी
तिम्रो आँखा भन्दा पनि तिम्रो बानी मन पर्छकालो धनको महल भन्दा ढुंगाको सिरानी मन पर्छ ।आजकल मिडिया तिर खतरा छ कलाकारहरुलाई पत्रकारलाई समाचार मलाई भने बिरानी मन पर्छ ।प्रेम गरेपछि मरिन्छ भेरी नदिमा डुब्छ जीवनतेही भएर मलाई मोफत सपनाकी रानी मन पर्छ ।हरेक चिजमा हिसाब किताब पैसाको आउछ कुरा न तिम्रो न मेरो त्यसैले त मलाई खरानी मन पर्छ ।सत्य हारेको, कानुन पराजित भएको हेर्नु कसरी?बर्तमान यसरी बोझ भईरहदा बरु कहानी मन पर्छ ।डुम्रिबेसी, तनहुँहाल: मन्ट्रियल, क्यानाडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिक्रम याक्खा
19, 2020, 10:19
धेरै थिए चाहनाहरु त बिचैमा टुटेबेला छउन्जेल कुम्भकर्ण जस्तो सुतेखै के जान्या छन् टुनामुना तेस्तो कुनिभेडा र हनुमान बनाई दिमाग् सबै भुटेसिंगापुर र स्विजरल्याण्ड बनाउने भन्थेआश्वासनका ती नाराहरु कता पो छुटे जदौ भन्दै जयजयकार गर्ने भक्तहरुलाईहावादारी नानाओली गफ मज्जाले चुटेदु:ख पाईस् मंगले आफ्नै ढंगले भने झैआँखैसामु देश भ्रष्टहरुले निर्लजभैई लुटेपाँच खपन -६ संखुवाशभा ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
इन्दिरा चापागाईं
12, 2020, 5:56
इन्दिरा चापागाईं
आँखाभित्र नराख भो आशुसंगै झर्नेछु म।मुटु भित्रै राखिदेउ न त्यहीँ राज गर्नेछु म।।मलाई छोडी नजाउ टाढा मेरो जीवनबाटतिमीमा मायाँ,प्रेमको हरियाली भर्नेछु म।साँझबत्ती बाली बस्छु तिमी आउने बाटो हर्दैढिलो गर्यौ भने पनि छट्पटिमा पर्नेछु म।।उत्साह,प्रेरणा र उर्जा सबै तिमी मेरोतिमी आउने बाटो भरी फुलैफुल छर्नेछु म।जीवन सागर,तिमी डुंगा,म त एउटा यात्रीतिमी मार्फत जीवनरुपी प्रेमको सागर तर्नेछु म।। धुपू, संखुवासभा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डम्बर बिकेल
12, 2020, 5:50
तनैभरि आगो दन्क्यो मनैभरि तृष्णा हजुरमुहारमा कान्ति दिने हृदयमा शान्ति दिने कृष्ण हजुरकिन खटपटी मात्रै किन छटपटी मात्रैबाँसुरी बजाउने छमछमी नचाउने कृष्ण हजुरमख्ख पर्छन् जोपनि लट्ठ पर्छन् गोपिनीबाँसुरी बजाउने मुटुभरि सजाउने कृष्ण हजुरमनको बाधा गरिदिने आधा हे प्यारी राधाबाँसुरी बजाउने मुसुमुसु हँसाउने कृष्ण हजुरजुनेली त्यो रातैमा गोपिनीको साथैमा वृन्दावनैमाबाँसुरी बजाउने रासलीला रचाउने कृष्ण हजुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
इन्दिरा चापागाईं
3, 2020, 6:00
इन्दिरा चापागाईं
पुष-माघको जाडोमा तिम्रो उन बन्न सके हुन्थ्योजिन्दगीको अधेरीमा तिम्रो जुन बन्न सके हुन्थ्यो।इच्छा लाग्दैमा बन्न पनि नसकिने रहेछ के गर्नेतिम्रो नसा नसामा बग्ने खुन बन्न सके हुन्थ्यो।।सुन्दर, मनोहर फुलको मगमगाउने सुगन्ध तिमीतिमीलाई आफूमा थप्न म सुन बन्न सके हुन्थ्यो।।।दुःख लाग्छ केही गर्न सकिन मैले तिम्रो लागि कहिलै तिरी नसकिने गुन बन्न सके हुन्थ्यो।।।।जनजनको मनमा बस्ने हृदयस्पर्षी गीत तिमीम चाहिं संगीतको मीठो धुन बन्न सके हुन्थ्यो।।।।।धुपू, संखुवासभा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आशा लिम्बू
3, 2020, 5:56
हत्केलामा ठेला उठोस् छोरा सन्तुष्टको गास होस् सर्वत्र हँसिलो मुहार सुस्वास्थ चिरायूको सास होस्.अघात माया र सदा आशीर्वाद आमाको तिमीलाई बाल्यभन्दा झन् कमाउ जीवन तिम्रो खास होस्.दायित्वको पहाड मुटुभरि बोकि सहर या बगर छौ जहाँपुगे पनि त्यही तिमीलाई सुरक्षित बास होस्.हरेक प्रसन्नताहरुले हाँस्दै पछ्याइरहोस् तिमीलाई कष्टका नमिठा जति, तिम्रो विगत सबै नास होस्. हुर्कंदै जाउ क्रमसः हाँसोखुसीका अनेक रङहरुसँग त्यही खुसीभित्र आत्मीयता सुखको पनि रास होस्
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
शिव संकल्प.
3, 2020, 5:47
जलुको जरिङ्गो अनि लट्टेको साग खै? ठेउवा मुनियाँ अनि पँहेल्चुच्चे काग खै?हिङ जिम्बु अनि खुर्सानीको त के कुरा? कराईमा तातेको तोरीको तेलमा राग खै?काट्यौ चोर्यौ हात्तीका दाँतहरू तिमिलेलुकाएको एकसिङे गैँडाको खाग खै? जेढोबुढो अनि पहेँले त छोडेनौ छोडेनौबाटाछेउका चौतारा बँगैचा अनि बाग खै?आँफूले पियौ कलकल पानी मूलकोनाति अनि पनातिका पुस्ताको भाग खै?
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
श्रीभक्त पौडेलआफन्त
3, 2020, 5:29
खै! यो कस्तो नजिर, बसाल्दैछन् कालाकोटेहरुलेए हो हजुर् पाप पो, पखाल्दैछन् कालाकोटेहरुले ?? देख्यौं हुकुमी शाषन्, 'बेताज बादशाह'हरुको कतै नेपथ्यमा आँसु,, खसाल्दैछन् कालाकोटेहरुले ।। के साँच्चै अन्धा छन् र? ती लिखित कानुन हाम्राकि पूरानै दाउपेच, खकाल्दैछन् कालाकोटेहरुले ??लोभमा फसे या, च्यातिए ऐनका ठेलिहरु यहाँबाझिएका तर्कैतर्क, पसाल्दैछन् कालाकोटेहरुले ।।हैन आज फेरी, के सुन्दैछ यो "आफन्तले" ?? अपराधी नै बाहिर, धकाल्दैछन् कालाकोटेहरुले ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
विनोद शर्मा सानुभाई
23, 2020, 10:59
टिपेपछि कोपिला फूल्न भन्छौ तिमीबसेपछि माया भुल्न भन्छौ तिमी ।एउटा घाम अर्को जुन सँगै हुनु कसरीबालुवालाई पानीमा घुल्न भन्छौ तिमी ।काँडा झैं स्वभाव के देखिन्थ्यौ कोमललटरम्म धान जस्तै झुल्न भन्छौ तिमी ।पिञ्जडामा थुनेर राखेको सुगालाईजा जा खुला आकाशमा डुल्न भन्छौ तिमी।लाजको घुम्टो ओढेकी लजालु दुलही हैनपर्दा ठान्यौ की कुन्नी खुल्न भन्छौ तिमी।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आशा लिम्बू
9, 2020, 10:07
सन्चै छौ छोरा सोध्नै सकिन मेरो आँखा रसाएरढोगेथ्यो नबोली मेरो पाउमा तप्प आँसु खसाएर.खपेछौ तिमीले कति हण्डर कष्ट एक्लै परदेशमारोजगार खोज्दै जादा जीवन नै मुङ्लान भसाएर.आफ्नो जमिन नहुदा वनपाखा खन्न जा भनिएनदु:ख गरेर’नि शिक्षा दिलाइयो विद्यालय पसाएर.कारखाना उद्योग सरकारी जागिर कतै नपाउदा महत्व नहुने रछ, विद्याबारधिसँग घर बसाएर.आफ्नो भविष्यसँगसँगै परिवार पनि पाल्नै पर्यो कमा भन्दै बरु पठाइयो निधारमा भिसा घसाएर.धेरै सकसका दिनहरु झेलियो दुई छाकको लागि आत्मिक सन्तुष्टहरु वियोगको साँपद्वारा डसाएर.आज आमाको काख पनि रित्तो छ एकाकीपनमा फर्क छोरा सितोपिठोसित बाँचौ अब ओंठ हँसाएरधरान, हालः काठमाण्डाैं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गणेश खड्का
25, 2020, 10:42
ढुङ्गा हुन पनि आउँछ फूल हुन पनि आउँछयो मुटु यस्तै छ प्रिय संगै रुन पनि आउँछ पिडा लिएर भाग्छ पनि यो सहन नसकी माया बोकेर कहिले त्यो दिल छुन पनि आउँछप्रेमले सकि नसकी दिएकै त हो औंठी पित्तलको पहेँलो धातु उस्तै उस्तै हो किने सुन पनि आउँछसम्झ त ढुङ्गा कुँदेमा देउता पनि बन्छ निहुन त बाँस हो बनाए मिठो धुन पनि आउँछके गाली दिन्छौ गगनलाई बुद्धुु तिमी जाबो पन्ध्र दिन प्रतीक्षा गरन जून पनि आउँछ सानीभेरी- ४ ,रुकुम (पश्चिम)
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सन्ताेष लुइटेल किंसुका
25, 2020, 10:26
सन्ताेष लुइटेल किंसुका
दिन सम्झी पाइला चालेँ तर कालो रात मिल्यो ।सङ्गी सम्झी विश्वास गर्दा आज यत्रो घात मिल्यो ।१।कति चाँडै घनिष्ट भाे सम्बन्ध त्याे तिम्राे मेराेए्क्लाे यात्री साथ खोज्दा आखिर तिम्रो हात मिल्याे ।२।अघि बढ्याैँ सँगसँगै यात्रा गर्ने चाह बाेकीतिम्ले नयाँ साथी भेट्याै मलाई फेरि लात मिल्याे ।३।स्वार्थी रै'छाै तिमी सारै मैले कैले बुझिनछुस्वार्थ पूरा गर्न मलाई सधै मिठो वात मिल्याे ।४।धन्य भयो हाम्राे भेट भँमरा र फूलसरिसधैँ चम्पा बनूँ ठान्थेँ 'किंशुका' को जात मिल्याे ।५।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
माधव पोख्रेल.
2, 2020, 12:41
आयो कोही खेल्यो यस्तो, खेल ममाथि ।।कोर्यो सलाई छर्किदियो, मट्टीतेल ममाथि ।।सोँच्छु साँच्चै दुखेर, भन्दो हो मेरो देशले ।।ब्वाँसाहरूको रजाइँ छ, अचेल ममाथि ।।शराब मागिस्,शीतन मागिस्, बान्ता काखमै गरिस् ।।भन त साथी यो व्यवहार, कतिञ्जेल ममाथि ।।आँठो मिच्छ,बाली लाउँछ,घुरान यतै फाल्छ ।।र रोक्छ स्वार्थी छिमेकीले, नुनतेल ममाथि ।।जसका निम्ति ढाल बनेँ,चट्टान बनेँ जीवन बनेँ ।।उसैले गर्यो धसेर छुरा, झेल ममाथि ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रज्ञा ढुंगाना
13, 2020, 12:59
पत्थरलाई देवता हुन भन्यौ चित्त बुझेन |अरु पित्तल आफु सुन भन्यौ चित्त बुझेन ||उज्यालोको आशनै थिएन बन्द आँखाहरुलाईऔशीमा पनि आउछ जून भन्यौ चित्त बुझेन |उसका लागि त समान थिए देवीजस्तै ती नारीहरुआमा र श्रीमतीमा एक चुन भन्यौ चित्त बुझेन | गड्गडाउदै बादलले स्वार्थ बर्साउछ बेलाबखतबेमौसमी झरीलाई मनसुन भन्यौ चित्त बुझेन |पक्षपातीहरुले तराजु के ढल्काईदिएथे तिमीतिरभाई लडाउने खेल गुन भन्यौ चित्त बुझेन |सिनोको लागि राजनीति गर्छन गिद्धहरु अचेलमहान आदर्श नायक हुन भन्यौ चित्त बुझेन |भोकप्यास दुख त सहेकै थिए ती मजदूरहरुलेआफ्नै घर फर्किन नि कानुन भन्यौ चित्त बुझेन |
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. बच्चु कैलाश कैनी
16, 2020, 11:01
डा. बच्चु कैलाश कैनी
आजकल बोलचाल हुन पनि छोडेकोछसुनेकोछु तिम्रो मन रुन पनि छोडेकोछ ।तिम्रो मन र मुटु मबाट टाढिएकोले होलामेरो सम्झनाले अब छुन पनि छोडेकोछ ।हाम्रो गाउँघर सबैतिर यस्तै हल्ला छआकाशले संगैको जुन पनि छोडेकोछ ।मेरो मायाको चिनो केही रहेनछ तिमीसंगसुनें मैले दिएको सगुन पनि छोडेकोछ ।साह्रै दु:खी भएँ मन रोएको छ बिछोडमा मेरो मनले शोकमा नुन पनि छोडेको छ ।डार्टफोर्ड, बेलायत ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. बच्चु कैलाश कैनी
25, 2020, 1:57
डा. बच्चु कैलाश कैनी
मौसम बदलियो तर फूल झरेको छैनहाम्रो त्यो प्रगाढ माया अझै मरेको छैन ।कुनै बेला मन मुटुमा सजाएर राखेको म तिम्रै हुँ कसैले मलाई हरेको छैन ।लाग्छ जता भएपनि तिमी मेरै छेउमा छौमान म तिम्रै हो अन्त कतै सरेको छैन ।भन्छन सास भएसम्म आश गर्नु पर्छरित्तो भएको यो मन अझै भरेको छैन ।बचनमा पक्का छु 'बच्चु' हो मेरो नाम तिमी जे गर तर मैले घात गरेको छैन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
25, 2020, 1:40
भाष्कर काजी
रोटी सानो पाक्छ कि ठूलो हेरिरहन्छछोरो भान्साको चुलो हेरिरहन्छ ।मिस कल आइरहन्छ बेहुलीलाईछेउमै बसेर बेहुलो हेरिरहन्छ ।अर्कोतिरबाट निस्किसक्यो मुसोबिरालो अगाडिबाट दुलो हेरिरहन्छ।कता पुग्यो-पुग्यो गाडी थाहा छैनबरा ट्राफिक धुवाँ धुलो हेरिरहन्छ।टोलाईरहन्छ किसान खेतको डिलमाघरि आकाश घरि कुलो हेरिरहन्छ ।रुँघा - ७, रुकुम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुवन कार्की ‘उजाड’
12, 2020, 4:50
फूल फुलायो कसैलेमन भुलायो कसैलेनिष्पट अध्यारो ठान्थ्यौजगत खुलायोे कसैलेजोत्ने हली अर्कै होबाली झुलायो कसैलेयात्रा बोझिलो ठान्थ्यौमार्ग खुलायो कसैलेगन्तब्य अर्कैले भेट्योबलिदान डुबायो कसैले‘भुवन’ शुन्य हँुदै हुँदैनभनि पुल्पुल्यायो कसैलेतिलोत्तमा ९ रुपन्देही
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सन्ताेष लुइटेल किंसुका
12, 2020, 4:48
सन्ताेष लुइटेल किंसुका
पिरतीकाे मानु पुग्याे भराैँ आँट गरी सानुदुनियाँका आँखा लाग्छन् हिँडाैँ खोला तरी सानु । १ ।जूनसँग रात् नभए जूनकाे के नै अर्थ हुन्छ ईर्ष्या सही बस्नु भन्दा जाऔँ बसाइँ सरी सानु । २ ।वनपाखा मेलापात पिरतीका गीत गाईरमाइला पल बिताइयाे कत्ति बेँसी झरी सानु ।३।आजभाेलि किन कुन्नि सारै गारो मन थाम्नछाेडी मलाई तिमीतिरै उड्छ मनकाे चरी सानु ।४।भन्दै छन् रे बाआमाले तिम्रो लगनगाँठो कस्नमेराे साच्ने ठाउँ छैन तिमीदेखि परि सानु ।५।तिमीसँग छुट्टिएर सक्दिनँ म बाँच्न एकपल 'सन्ताेष' भई हिँड्छु बरू जाेगीकाे भेष धरी सानु ।६।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. बच्चु कैलाश कैनी
19, 2019, 7:57
डा. बच्चु कैलाश कैनी
यहाँ फलामको सामर्थ्य फलामले गाल्ने हो जस्तो परिस्थिती आउँछ उस्तै कदम चाल्ने हो ।सबैको सोचे अनुसार मात्रै सधैं कहाँ हुन्छ र ?जे होस् मनमा सधैं सकारात्मक सोच पाल्ने हो ।निराशाले तनाव दिन्छ सबको जीवन हुन्छ बर्वादसुन्दर भविष्य बनाउन आशाको बत्ति बाल्ने हो ।बिचरा भन्नेहरु कालो दिन पर्खेर बस्छन यहाँबैरीको मुख आफ्नै काम र नामले टाल्ने हो ।मेरो बाटोमा आउने सबै अवरोध फाल्ने होरीस राग गर्ने र द्वेष पाल्ने सबैलाई ढाल्ने हो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सन्ताेष लुइटेल किंसुका
9, 2019, 4:50
सन्ताेष लुइटेल किंसुका
मिलनकाे क्षण अचेल कल्पनामा गाल्न थालेँहाेसमा सम्झी निर्माेहीलाई दिलमा आगाे बाल्न थालेँ ।१।आशा सबै मरी सके विस्वास कत्ति लाग्दैन खैविश्वास जगाई कता कता आश पाल्न थालेँ ।२।जसै तिम्लाई अन्तै देख्छु, अर्कैसँग रमाएकाेदृष्टिभ्रम सम्झी सबै नजरबाट फाल्न थालेँ ।३।रहरहरू पिल्सिएछन् विवशताले मिही बनीछन् कि कतै सग्ला भनी मनमनै चाल्न थालेँ ।४।फाटेकाे याे मनलाई जसरी नि टाल्नै पर्ने जाेडिँदैन सिउँ पनि, सम्झनैले टाल्न थालेँ ।५।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
जगत प्रसाद लम्साल(जे.पी.)
9, 2019, 4:40
अरे वा ! क्या स्मार्ट सपना देखायौके कारणले मायामा तिमी भोकायौकलेज अनि स्कुलमा संगै थियौँ हामीमायाका कुरा भनि कहाँका नयाँ लिपि घोकायौखोजेका सबै तिम्रा इच्छा पुरा गराउनकिताबका अमुल्य ज्ञानलाई एक एक मुल्य तोकायौभन्थ्यौ नि है दुःख अनि सुख एउटै भनी कहाँबाट कसको टेन्सन तिमीले मलाई बोकायौदुल्लु१२, लम्सु, दैलेख हाल वीरेन्द्रनगर सुर्खेत
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. बच्चु कैलाश कैनी
9, 2019, 6:31
डा. बच्चु कैलाश कैनी
धेरै माया दिएँ तिमीलाई किन तर्केको होलामेरो बोलि सुन्दा पनि किन झर्केको होला ।सजाउँछु भन्थे सधैं तिमीलाई मेरो मुटू भित्रबाटो मोडी मलाई छोडी किन फर्केको होला ।सोचेको थिएँ तिम्रो साथ जीवन भर रहनेछयो दुखेको घाऊमा नुन किन छर्केको होला ।सबै भन्थे मलाई माया अमर र अजर हुन्छमायाको यो फ्रेम छिट्टै किन चर्केको होला ।मायाको नाम लिंदा मुटु किन थर्केको होलामेरो जीवनमा मात्रै झरी किन दर्केको होला ।डार्टफोर्ड, बेलायत ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
अलका मल्ल
9, 2019, 6:28
अलका मल्ल
मेरो मायालुले सायद मलाई सम्झि रहेको होला मैले झै धरधरी एकान्तमा आँसु बहाई रहेको होला बालापनको चञ्चलतामा उसलाई केहि भन्न सकिन नजानेरै उसले पनि सायद मलाई खोजी रहेको होला मौनतामा अल्झिएर मैले मनका भाव पोख्न सकिनमेरो मनमा जे थियो सायद उसको मनमा पनि होलासंगै रमेका दिनहरुले बिर्सेर दिनहुं भुलिदिन सकिन उसलाई पनि मलाइझै यसरीनै तड्पाइ रह्यो होला बित्दै गएको दिनहरु संगै अन्तर्जगतमा भेट्टाउन सकिनमेरो मायालुले पनि सायद मलाई खोजि रहेको होला काठमाडौं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सन्ताेष लुइटेल किंसुका
26, 2019, 9:19
सन्ताेष लुइटेल किंसुका
म त सारै साेझाे मान्छे नजानेकाे दायाँबायाँबाटाहरू प्रशस्तै छन् नठानेकाे दायाँबायाँ ।१।मनाउन खाेज्नेहरू कति भेटेँ पाइलापाइलातिमी भनी एकाेहाेरी नमानेकाे दायाँबायाँ ।२।तिमी लाग्थ्याै सारै सज्जन दायाँबायाँ नजानेझैँत्यसैले त मैले पनि नतानेकाे दायाँबायाँ ।३।भैँसी पाल्न के गाराे र ! चाख्लास् बाबै भन्छन् सबैथाहा छैन कसाे हाेला नधानेकाे दायाँबायाँ ।अझ पनि तिमी भन्दै दाेबाटामा कुरी बस्छु तिमीसँगै 'सन्ताेष' बन्न नछानेकाे दायाँबायाँ ।५।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रा.डा.गंगाप्रसाद अधिकारी
22, 2019, 3:53
प्रा.डा.गंगाप्रसाद अधिकारी
म तिम्रो नजरमा सधैं बस्न आएँम ता याहीँ बस्छु भनी बास आएँडिलैमा म रोकूँ कति आँसुलाईउघारी तुवाँलो गरी आस आएँबुझी भाव प्यारा ति चञ्चल् नयन्को म बिर्सी अतित् त्यो बनी लास आएँ सफा स्निग्ध प्यारो धराधाम सम्झीम ता द्वेषको लौ गरी नास आएँनराम्रो जति जे भयो लौ अतित्मासबै हुन्छ माफी भनी पास आएँछचल्केसरी छातिमा प्राणप्यारी !म ता प्रेमगङ्गा लिई प्यास आएँ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. बच्चु कैलाश कैनी
22, 2019, 3:23
डा. बच्चु कैलाश कैनी
जिन्दगी यात्रा हो तिमीसंग भेट भयोमन मिल्यो मुटुमा माया 'सेट' भयो ।मैले प्रस्ताव गरें तिमीले स्विकार्यौ पहिलो महिनामा हाम्रो 'डेट' भयो ।रोमान्समा कति महिना बर्ष बिते पछाडी फर्कन अलि 'लेट' भयो ।यात्रामा संगै उकाली ओराली गर्दा माया बढ्यो र थकान 'चेट' भयो ।डार्टफोर्ड, बेलायत ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रामशरण गैरे
22, 2019, 3:16
यो रात कहिल्यै , नढले हुन्थ्योसपनाको संसार , नजले हुन्थ्यो । रंगिन लाग्छ पल, तिमीमा हराउदालाग्छ हाम्रो , संकल्प नगले हुन्थ्यो । जुनी जुनीलाइ पुग्ने, यादहरू छनहिड्ने बाटो उनले, नवदले हुन्थ्यो । पल पल जल्दै छु म यादमा उनकोयी खुसी अब ,दैवले नछले हुन्थ्यो । बाच्दै छु बाध्यतामा ,साचेर रहरहरूविष समाजमा अव, नफले हुन्थ्यो ।भरतपुर -१९, चितवन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रकाश सापकोटा
22, 2019, 3:04
ओठमा हल्का लाली नभैदिया भए... तिमी हिस्सी काली नभैदिया भए ...माया यति मिठो हुँदैनथ्यो होला 'काली' दिलवाली नभैदिया भए...सुसेलेर मैले बोलाउँदाखेरि घुर्की अनि गाली नभैदिया भए...तिमीलाई कहाँ बसाउनु फेरी दिलमा ठाउँ खाली नभैदिया भए...गन्तव्यको बाटो अलग हुन सक्थ्यो भेट यसपाली नभैदिया भए...
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. बच्चु कैलाश कैनी
15, 2019, 3:54
डा. बच्चु कैलाश कैनी
मेरो दिल दिमागमा केवल तिम्रो बास छजिन्दगीको अन्त्यसम्म केवल तिम्रो आस छ ।तिमीलाई खुसी र सुखी राख्न सकुंआजसम्म पनि त्यही निरन्तर प्रयास छ । अरु जो सुकैले जे सुकै भनुनतिमी प्रति मेरो पूर्ण बिस्वास छ ।तिम्रो मुस्कानले सबै थकान मेटाउँछतिमी छौ र त मेरो जीवन खास छ ।हाम्रो जीवन सधैं परिक्षाबाट गुज्रन्छतिम्रो साथले जीवन शतप्रतिशत पास छ ।डार्टफोर्ड, बेलायत ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
अलका मल्ल
4, 2019, 10:30
अलका मल्ल
कसैको भैसकेको यो जोवनफेरी जिस्याऊन नआऊमेरो घर झुपडी देख्ने मान्छे भुलाएर महल सम्झिन नआऊ बिहानीको शितको थोपा संगै आँसु पोखाउन कहिल्यै नआऊकसैको भैसकेको यो जोबनमस्केर फेरी प्रित लाउन नआऊ मेरो गीतको संगीतहरुमाधुन बनेर तिमी चैं नआऊपछ्यौरीकोे घुम्टो ओढेर यहाँबादलसंगै जीस्काउन नआऊसूर्यको किरण अठ्याउंदै अबझरी बनेर रुझाउन नआऊढल्कंदै गरेको साँझमा फेरीकहिं कतै भेट्न पनि नआऊरम्दै गरेको जीवनमा मेरोशिशिर बनी झुक्याएर नआऊधेरै जिस्किने बानी छैन अब मेरोख्याल ठट्टा गर्न बिर्सेर पनि नआऊबसन्तको बगैंचाहरुमा फेरीपतझर बनी झस्काउन नआऊकसैको भैसकेको यो जोबनफेरी अलमल्याउन नआऊ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
जगतप्रसाद लम्साल
21, 2019, 10:38
मुटुमा बस्न छ बस ! यहाँ बसाउने भएनमेरा लागी दुई थोपा आसु खसाउने भएन उ पारी हेर कति रमाइलो छ जिन्दगीमरेपछि मेरा लागी कसैको आँखा रसाउने भएन सबैले भन्ने छ यहाँ मरेर ठिकै भो कसैलाई पनि म आत्मा बनी तर्साउने भएन यति भएछि निर्दोष मेरो मुटु र आत्मा दिनानुदिन तिम्रो सम्झनामा गलाउने भएन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
11, 2019, 10:09
भाष्कर काजी
आमाको गर्भमा, धर्तिमा अनि चितामायसरी सिद्धिन्छ जीवन एउटा सिमामा ।मन फेरिनसक्छ, प्रेमिका फेरिन सक्छेयादहरु सँधैलाई छोडिन्छन बिस्तरामा ।वर्षौँ भयो, छोरो गाउँबाट हराएको पनिविश्वास छ एकदिन भेटिनेछ सिमामा ।ढुङ्गालाई पनि भगवान बनाईदिनसक्छ बुझ्नुस यस्तो हुन्छ शक्ति यो पैसामा ।राम्ररी पढ्नुस चाउरिएका अनुहारहरुजिउँदा ईतिहास हुन यी हाम्रा बा-आमा।नाम मात्र फरक हो काम त त्यही होतात्विक अन्तर छैन जुम्रा र लिखामा ।रुँघा ७, रुकुम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रामशरण गैरे
11, 2019, 9:56
अतितका दिनहरू ,सम्झिएर रोएँलुकाउन खोजे आँशु, नसकेर रोएँ !टाढाँ थियौ तिमी, म भन्दा धेरै परमुटु पोल्यो वियोगले ,भक्कानेर रोएँ !सजाएछु भन्थ्यौ ,तस्बिर आँखाभित्र, अर्कैथियो ति नजरमा, नियालेर रोएँ !दुनियाको नजरले , पोलेको नै थियोबिछोडको पिडाँ आज ,नसहेर रोएँ !सँगै सजाएको सपनाको, संसार त्योआफ्नै संसारमा आज, नअटेर रोएँ !भरोषा र विश्वास त्यो टुटदा आखिर सहीरहे एक्लै सिमा ,ननाघेर रोएँ !भरतपुर-१९
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
मुक्ति गाैतम
30, 2019, 10:56
तारासँगै आकासमा आमा देखेंभोकका हरेक गासमा आमा देखें ।अब छैनन् तेरी आमा भन्थे अरुहरुयतै चल्ने बतासमा आमा देखें ।लखेटिरह्यो डरले बाटोभरि पुरैत्यो भयंकर शन्त्रासमा आमा देखें ।अँध्यारो थियो निष्पट अन्धकारउँज्यालो हेर्ने आसमा आमा देखें ।बाँचेको छु म उनकै मायामाजीवन चल्ने श्वासमा आमा देखें ।क्यानडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
युवराज भण्डारी
30, 2019, 10:52
युवराज भण्डारी
आउ समिपै सुन प्रिये मेरो पुकार तिमी रानी मनको तिमी सरकार । कती दिनहरु कालो अन्ध्यारो रहयो तिमी हुँदा उज्यालोको छैन दरकार । म कता कता पुगेछु भुलेर तिमी तिमी बिना शुन्य भयो मेरो आकार ।तिमी मोती हौ सिपी म यदी भए तिमी बिना बिरानो हुन्छ संसार । नेपाल, जीबन अनी प्रेम कती महान तर तिमीबिना हर चिज हुन्छ बेकार । डुम्रिबेसी, तनहुँ हाल: मन्ट्रियल, क्यानाडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रा.डा.गंगाप्रसाद अधिकारी
30, 2018, 3:13
प्रा.डा.गंगाप्रसाद अधिकारी
तिमीलाई साथी चुनें हुँ कसोरी ?तिमीसाथ सपना बुनें हुँ कसोरी ?पढेको बुझेको तिमी ज्ञानगंगा भनी भित्र मन्मन् गुनें हुँ कसोरी ?त्यसै छोडी जाँदा दुख्यो चित्त मेरोडिलैभित्र आँसु थुनें हुँ कसोरी ?ति बैरीहरूका अहोरात्र तानामुटुमै पचाई सुनें हुँ कसोरी ?सबै सृष्टि थाम्ने म हुँ त्यो धरित्रीसम्हालेर यो मन् तुनें हुँ कसोरी ?त्यसै छोडी जाने तिमी हौ निठूरीअहो ! प्रेममाला उनें हुँ कसोरी ?सफा पारी त्यो मन् तिमी फर्कि आयौयता फेरि यो मन् धुने हुँ कसोरी ?
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
रामशरण गैरे
30, 2018, 2:41
निर्धा गरीबहरूलाई त जेल रहेछ जिन्दगी ।पल पल बग्ने आँसुको भेल रहेछ जिन्दगी । सोझा,निमुखालाई मात्र लाग्ने रैछ कानुन,हुने खाने लाई त एउटा खेल रहेछ जिन्दगी।।वसमा छैन हासो खुशी अाफ्नै जिन्दगीमा कैावालाइ पाकेको बेल रहेछ जिन्दगी । दौडिँदै छु रातदिन के भेटन हो थाहा छैन पछुताउनै पर्ने छुटेको रेल रहेछ जिन्दगी ।माथी पुग्छन मौकामा चौका हान्न सक्नेहरू,बुझ्न नसकिने दैवको खेल रहेछ जिन्दगी ।भरतपुर-१९
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
5, 2018, 8:50
भाष्कर काजी
मान्छेले मान्छे खाको देखिनेछएकदिन यसरी दुनियाँ सकिनेछ ।भ्रष्टाचार निरुद्ध बोल्दै नबोल तिम्लाई आतंककारी भनिनेछ ।अगाडि, सुन्दर फूल राखिदिनुससन्यासिको पनि मन बहकिनेछ ।पहिले आँखामा राखिन्थ्यो अरे !प्रेम, अब हत्केलामा राखिनेछ ।प्रबिधी यति अगाडी बढिसक्योबच्चा इन्टरनेटबाट जन्माइनेछ ।यत्ती नै हुनेछ बाँच्ने बिकल्प तबअक्सिजनको सिलिन्डर बोकिनेछ ।रुँघा-७, रुकुम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
त्रिलोचन सुवेदी
21, 2018, 11:54
कहाँ कहाँको घर आफ्नो लाग्छ तिमी हौ सकभर आफ्नो लाँग्छ : त्यो एकोहोरो हेरिरहेको बेला त्यो मुस्कान त्यो अधर आफ्नो लाग्छ :जब प्रेम गर्ने मान्छे गुम्छ तिम्रो तिमिलाई पत्थर आफ्नो लाग्छ:बगैँचा बिनाको न मौरी न पूतली तिमी छौ र शहर आफ्नो लाग्छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
विमला निरौला ढुंगाना
28, 2018, 2:48
सम्बन्धलाई बुझ्ने मन पाईदिएको भए,अजम्वरी चोखो माया लाइदिएको भए ।तिमीलाई नै यो जिन्दगी सुम्पिनलाई खोज्दा,यिनै औंला चुमी कसम खाईदिएको भए।देउराली र भन्ज्यागं पुज्दै संगै हिंड्ने रहर,स्वरमा स्वर मिलाई प्रेमगीत गाइदीएको भए ।तपस्या नै पूर्ण हुन्थ्यो जनम जनमको ,मेरो निरस जिन्दगीमा छाइदिएको भए ।बाटो हेरी बस्दाबस्दै काट्न आँट्यो जिवन,मनको धोको पुग्थ्यो तिमि आईदिएको भए ।भर्जिनिया युएसए
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
विमल गिरी
13, 2018, 3:45
विमल गिरी
उस्तै लाग्छ अचेल तिमी पनि जून पनि हेरी रहूँ लाग्छ सधैं डरलाग्छ छुन पनि आँफै देखी थाकी सके जल्छु भित्र भित्रै पोखुँ पीडा कसरी सक्दिन म रुन पनि सुसेलेर बोलाँउदा छाती फुल्थ्यो उहिले निरस लाग्छन किन संगीतका धुन पनि थाहै नपाई मनमुटुमा रह्यौ,कस्तो भाग्य ऐलेसम्म सकिन तिम्रो नजिक हुन पनि तिम्ले होइन तिम्रो यादले सताउछ सधैं कसरी पो तिर्नु मैले यति मिठो गुन पनि । बिर्तामोड १ चारपाने,झापा हाल: ब्रस्सेल्स ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
29, 2018, 2:54
भाष्कर काजी
करोडौँकी थियौ हजारकी भइछौसानी, खुलेआम बजारकी भइछौ ।तिमी, तिमी रहिनछ्यौ अचेल अब, शृङ्गार पटारकी भइछौ ।गुन्यौ र चोलिमा भेटिएकि थियौकति चाँडै कुर्ता सलवारकी भइछौ।म सुन्दर घरमा देख्न चाहान्थे अफसोच यसरी बारकी भइछौ ।यो देश छ र पो तिमी छ्यौ यहाँ ऐले देश बेच्ने गद्दारकी भइछौ ।रुँघा-७, रुकुम ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
ज्ञानेन्द्र अधिकारी
29, 2018, 2:23
आफैंलाई बरू बेस्सरी खारेको भए हुन्थ्यो,भ्रमको त्यो पर्दा उघारेको भए हुन्थ्यो ।कति पस्न खोज्छु, अटाउनै सकिन,मनलाई त्यति सानो नपारेको भए हुन्थ्यो ।भरोसा बिना द्वेषले जित्छ बाजि,सम्बन्धलाई त्यति खुकुलो नछाडेको भए हुन्थ्यो ।ठूलो आँधीको क्यै सुरै पाईएन,बरू गुँड अन्तै सारेको भए हुन्थ्यो ।यहाँ जोशले होशको खिल्ली गर्छ,बेहोशीमै बरू माया मारेको भए हुन्थ्यो।"ज्ञानेन्द्र " को आज पो चेत आयोअघिनै बरू आफू हारेको भए हुन्थ्यो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
18, 2018, 2:38
भाष्कर काजी
जसरी रातपछि बिहान आउँछहरेक युगमा एउटा महान आउँछ ।मलाई यो बाटो हिँड्न डर लागिरहन्छबाटैमा मेरो बाबाको चिहान आउँछ ।तिम्ले बिदेशमा धेरै कमाएछौ भने धनको कुरा छोड सग्लो ज्यान आउँछ ।गहिरो घाउ दिएर जान्छ छोडी जानेलेघाउ निको भए पनि निशान आउँछ ।पैसा कमाई हुन्छ मात्रै भनिदिनुस न बालिमा बिषादी छर्केर किसान आउँछ ।सरकार ! हात पसार हाम्रो कर खर्चेरनेताहरुलाई पुग्नेगरी दान आउँछ ।रुँघा -७, रुकुम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिमला दुङ्गाना (निरौला)
4, 2018, 3:45
“तिमी छौ र म छु प्रिय” यस्ता तिम्रा मिठा बोलि, “मुटु भित्र राखें तिम्लाई” भन्दै कसेऊ तुने चोली ।घरीघरी मायाको बीच धारिला ति बात गर्छेऊ,चोखो माया गरे जस्तै बोल्छेऊ कहिल्यै दिलै खोलि । कतै म नै भ्रममा छु कि? कि त तिम्रो अभिनय ?नत्र माया निर्धक्कले फैलाईदेऊ त्यो प्रेमको झोली। सद्भभाव र समर्पणमा तिम्लाई जीवन सुम्पिसकें, यो हृदय घाएल पर्ने चलाऊ प्रिय प्रेमकै गोली ।जिन्दगी के भरोसा अजै बाढ्यौं खुशियाली,विश्वासले पर्खी बस लिन आऊँछु सजाई डोली ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
अनुपम नवोदित
30, 2018, 2:14
बालुवा पेलेर तेल आउँछ कि सरकारवाक्पटुताले त रेल आउँछ कि सरकारभेदभाव छुवाछूत सबै ज्यूं का त्यूं छन्यो नफाली अब मेल आउँछ कि सरकारदूवो जस्तै भ्रस्टाचार मौलाको छ देशमायस्तालाई राख्ने जेल आउँछ कि सरकारशकुनीको पासा जस्तै जालझेल छन् यहाँत्यस्तालाई जीत्ने खेल आउँछ कि सरकारगणतन्त्र संघीयता आएको छ देशमासमृद्धि र विकासको भेल आउँछ कि सरका
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
महेन्द्र केसी
30, 2018, 2:10
गाउँ गाउँमा सिंहदरबार आयोयस्तै एउटा अखबार आयो ।।नागरिक खुसि भए, रमाएजनताको घरदैलोमै सरकार आयो ।।हात्तिको दाँत देखियो हजुर दुइटासरकार होइन गाउँमा कालोबजार आयो ।।चुनिए भनेको त जनप्रतिनिधि यहाँठगहरुको पो गाउँमा सरकार आयो ।।मर्न लागेका रोगी नाइके भए, हैकम जमाएविचार गाउँले ठगिए यस्तै समाचार आयो ।। पर्वत ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
विमल गिरी
30, 2018, 2:00
विमल गिरी
बैँस त्यसै ओइलियो रहरमा हजुरको सम्झना हुन्छ हरेक प्रहरमा हजुरको एक्लै दु:ख अलापी मन भुलाउँदै छु के छ खबर कोन्त सहरमा हजुरको सग्लो जीवन बाँच्न धेरै गाह्रो भो यहाँ बैंसको मधुमास छैन रहरमा हजुरको जिन्दगी यो दुई दिनको सँगै बिताउँदै फैलिन पाउँ सागरझै लहरमा हजुरको । बिर्तामोड १, चारपाने,झापा हाल: ब्रसेल्स ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
युवराज भण्डारी
1, 2017, 5:04
युवराज भण्डारी
संझनामा मन मेरो डुबिरहेछ आज प्रियसी तीमी मेरी कहाँ हरायौ आज गोधुलीमा खोलानाला गर्छन पुकार कति शून्य यो तिमिबिनाको साँझ न बोल्छ पवन न बाटो केहि भन्छ देख्दिन जून मेरी हजारौ तारा माझ कति मधुर थिए ती मिलनका पलहरु तिमिबिना यहाँ बिरानो भयो समाज आँखाबाट बगे आँशु बगेन तिम्रो याद तिमी आउने आशमा पर्खिरहेछ युवराज।डुम्रिबेसी, तनहुँ हाल: मन्ट्रियल, क्यानाडा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भाष्कर काजी
1, 2017, 4:55
भाष्कर काजी
नपिउनु मदिरा, पिएपछी सताउँछजसरी मगन्तेले दिएपछी सताउँछ ।प्रेमी साह्रै मायालाग्दो हुन्छ, पहिलेजति सताउनुछ बिहेपछी सताउँछ ।नजरको युद्धमै मज्जा हुन्छ, मायाकसैसङ्ग मन मिलेपछी सताउँछ ।भुरा कोक्रोमै ठिक हुन्छ, हल्लाए पुग्छजब उभिन्छ अनि हिँडेपछी सताउँछ ।धोकेबाजको परिचय हो, भन्दा हुन्छफकाएर लिन्छ, लिएपछी सताउँछ ।रुँघा- ७, रुकुम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गोपाल दीन
1, 2017, 4:52
यस पाली पनि दिदैले भाई टिका लाउनु भएनमाईतीको माया दिदैले साथैमा पाउनु भएनदिन बित्यो रात बित्यो राजै हेरी रहिन बाटोफूलमाला ओईलाई गए तर हजुर आउनु भएनयम पंचक सकिन लाग्यो घाम पुगे डाँड़ामाबिन्ती गर्छु ए यम किन भाई पठाउनु भएनरङ्गी चङ्गी निधार र गलामा फूलमाला सबकोसँधै साल म जान्थें तर यसपाली धाउनु भएनपोहोर साल छानो चुंदा भिनाजुले टाली दिएजस्ता पाता पठाई दि्याथ्यौ अझै छाउनु भएन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
युवराज भण्डारी
4, 2017, 1:06
युवराज भण्डारी
साथीभाई अनि तिमी देउतै लाग्छ मलाई गीत गजल अनि प्रीति एउटै लाग्छ मलाईसबै आफ्नै मित्रहरु संसार यो आफ्नै घरठाढा भएनि छितिज छेउकै लाग्छ मलाईन बुझ्छु जातभात राजनीति शून्य सरिमान्छे मान्छे सबै एउटै लाग्छ मलाईमन हो ठूलो सानो हर बिचारको जननीगरिब धनी हर मानव एउटै लाग्छ मलाईसब बिचारको सम्मान गर्नु रहेछ उच्च नियति तिम्रो सपना मेरो चाहना एउटै लाग्छ मलाई
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गोपाल दीन
4, 2017, 1:03
मलाई भूल्ने नभूल्ने तिम्रो खुशी होमनमा हुल्ने नहुल्ने तिम्रो खुशी होनिशानी मेटाई मायाको सबै नैयादमा झूल्ने नझुल्ने तिम्रो खुशी होबटुवा झैं आँए बास माग्न मनमाढोका खुल्ने नखुल्ने तिम्रो खुशी होयात्रा शुरू भो एकै जग्गा साथमासँगै डुल्ने नडुल्ने तिम्रो खुशी होउद्धारोमा लियौ तिम्ले सबको मायाअब सुल्ने नसुल्ने तिम्रो खुशी होभारत, गान्तोक, पूर्व सिक्किम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |