text
stringlengths 1
287k
|
---|
जडौरी दर्शन र जुठो टपरी
निबन्ध
माधव काफ्ले
16, 2014, 2:49
वाणी प्रकाशन विराटनगरको छैठों वार्षिकोत्सवको पहिलो दिनको कार्यक्रम समाप्त हुने बेलामा मित्र विवश पोखरेलज्यूले एउटा सात पेज जतिको लिखत थमाइ दिनुभयो । यसो हेरेको भोलिपल्टको पहिलो सत्रमा सञ्चालन हुने कार्यपत्रको मिसिल रहेछ ‘आधुनिक कथा र उत्तरआधुनिक काल’ शीर्षकको प्रतिलिपि । सरसर्ती पढें, पढ्दापढ्दै कञ्चनबाट चट्चटी पसिना आउन थाल्यो; खिपेर पढनै सकिनँ । सन्दर्भ सूचिमा पुग्न नपाउँदै काल विभाजनको काँचो वायुले मेरो उत्साहका कलिला मुन्टाहरूलाई कुटुकुटु टोक्न थालेको हुँदा भनन रिंगटा लागेर भाउन्न होला जस्तै भयो । अलिधेरै नबुझेर र अलिअलि बुझ्न खोजेर पनि यस्तो भएको हो । म जस्तो ग्वाँचे लेखकलाई त्यस्ता महत्वपूर्ण र उपयोगी कार्यपत्रहरू त्यति आवश्यक नभएको हुँदा विश्व विद्यालयमा अध्यापन गर्दा काम लाग्छ भनेर डा. घनश्याम न्यौपाने परिश्रमीज्यूलाई थमाउँदै पन्सिएँ । कार्यपत्र अरूलाई हिल्ला लगाएर पन्सिन खोजेता पनि त्यस कार्यपत्रको शीर्षकले भत्भती पोलिरह्यो । धेरै दिनसम्म । त्यो कार्यपत्र मेरो लागि एउटा जिराहा केटालाई तह लगाएर लाइनमा ल्याउन कसैले पानीमा चोबेको झरिलो सिस्नु निर्दयितापूर्वक नाङ्गो डँडाल्नामाथि झ्यामकी झ्याम हानिरहे झैं भइरहेको थियो । हुन सक्छ, म भ्रममा छु । यदि भ्रममा छु भने पनि आयातीत विचारको गलगाँड झुुन्ड्याएर टरटराउनु भन्दा त्यही भ्रममा डुब्न चाहन्छु । किलो दूध बेची चौथाइ मदिरा सेवन गरेर आधुनिकता प्रदर्शन गर्दै धर्मभीरु न भएको दावी गर्ने काँट र छिमलको वर्गमा आफू नपरेकोले जुन परिवेश, परिस्थिति, संस्कार र संस्कृतिमा हुर्कें, बढें मलाई त्यही संस्कारसंस्कृति प्यारो लागेको छ । मेरो संस्कृति आधुनिक हुन नसके पनि मेरो संस्कार वैज्ञानिक दृष्टिले उपयुक्त हुन नसके पनि सामाजिक जीवन पद्धति प्रगतिशील हुन नसके तापनि म यसको प्रभावमा चुर्लुम्म डुबेको मान्छे यसैमा भिज्दै जाऊँ, यसैमा डुब्दै जाऊँरमाउँदै जाउँ, यसबाट अलग हुन चाहिं सम्पूर्ण नसाहरूलाई चिरेर जीवनलाई नै फेर्न सक्नुपर्छ, त्यो तागत ममा छैन । औकात पनि छैन । त्यसैले जे छ त्यसैमा म सन्तुष्ट छु, तृप्त छु । ब्राह्मण परिवारमा हुर्केको मान्छे म । बाहुन हुँ वा होइनँ थाहा छैन । विचारको वेधशालामा मुछिंदै र मडारिंदै जाँदा हुन सकें वा सकिन त्यो पनि थाहा छैन तर हजुर्वाले अक्षरारम्भ ‘असतो’मा सद्गमय’ भनेर वेदको ऋचाबाट नै सुरु गरिदिनु भएको हुँदा त्यसको प्रभाव त नभनौं धङधङी चाहिं छ ममा, अझैं मेटिएको छैन । संसारमा रहेका सम्पूर्ण वस्तुको सार तत्व सहितको आत्मज्ञान मैले वेदमै देखेको छु । वेदमा परम्परावादी संकीर्ण सोचको सिंगाने प्रलाप भन्दा पनि जीवनलाई गतिशील तुल्याउने व्यबहारिक विषय र जिउंदा प्रशंगहरु छन् । मन गढन्ते औतारी बयानको चक्रावातबाट अलग्गिएर आंखा उघार्ने हो भने जीवनो पयोगी धेरै प्रभावकारी दर्शन भनौं सारको उज्यालो संसार भेटिन्छ झैं लाग्दैछ त्यहां ।अपरिपक्व नै सही, मेरो आस्था, मेरो आदर्श, मेरो संस्कार, मेरो संस्कृतिको केन्द्रविन्दु नै वेद हो र यो कालान्तरसम्म पनि रहिरहने छ । थाहै नपाई समय अगाडि बढिरहेछ । समयसँगै हिड्न नसकेको कारणले नै म पछि परेको हुँ, तर अरूको सिको गरेर समयलाई उछिन्दै हिंड्ने रहर पनि ममा छैन । अरूले घोडा चढेको देखेर कोही धुरी चढेर गर्व गर्छ भने गरोस् । मलाई त त्यसो गर्न लाज लाग्छ । मेरो परम्पराले, मेरो संस्कारले’ त्यसो नगर् ! माधे त्यसो नगर; भनेर थुम्थुम्याउँदै आएको हुँदा म सक्तै सक्तिनँ त्यसो गर्न । गर्न थाल्यो कि खुट्टा लगलग काम्न थाल्दछन,मन बटारिन थाल्दछ, मुटुमा ऐठन पर्न थाल्दछ । यो मेरो लाचारी अथवा कमजोरी पक्ष भएता पनि मनमा अलिकति पनि हीनताबोध छैन, भनौं हुँदैन । जहाँसम्म विचारको कुरा छ त्यसमा पनि मेरो पूर्वाग्रह नै छ । संस्कृत वाङ्मयको त कुरै छाडौं संस्कृत साहित्य पनि मेरो पकड र पहुँच भन्दा धेरै परको कुरा हो तर त्यस संस्कारसँग आफू आबध्द भएको हुँदा त्यसको टापटिपे प्रभावबाट मुक्त हुन सकिनँ । अन्य भाषाको तुलनामा संस्कृत साहित्यका अनुवादित पुस्तकहरू बग्रेल्ती पाइने हुँदा त्यही अनुवादको जगमा उभिएर’ देवसेत्वा सवित’ु......बाट अध्ययन आरम्भ गरें । पूर्वीय साहित्यमा काव्यात्मक अङ्लकार र अध्यात्मिक चेतना मात्र नभएर एक जीवन सम्पन्न भएपछि अर्को जीवनमा सर्दै जाने प्राणमय तत्वको सारका साथै उच्च आचरणयुक्त प्रेरणादयी जातीय जीवनका सांस्कृतिक आलेख र सत्यको केन्द्रविन्दुमा घुमेको सौन्दर्यात्मक साहित्य सन्निहित भएको हुन्छ भन्छन् विद्वानहरु । तिनै कुराहरूले आपसी सद्भाव र सदाचारका अमरगाथाले ओतप्रोत भएको पूर्वीय वाङ्मयको गौरवमय इतिहासलाई महिमामण्डित पारेर मेरो मुटुको धमनीहरूमा उमङ्गका छाल उरालेर छचल्किन थालेपछि म त्यसैको छत्रछायाँमा बामे सर्न थालें । आफू नेपाली बुझी टोपल्ने भएको हुँदा यी कुरा संस्कृतका अनुवादित कृतिमार्फत बुझ्ने मौका पाएँ । हिजो अंग्रेजीबाजाहरुका सामु अज्ञानताले लुत्रे कान लगाउनु पर्दा संस्कृतका अनुवादित कृतिहरु पढेर ठूलो अपराध गरिएछ झैं लागेता पनि आज गर्व लागिरहेको छ । यद्यपि उपहास र तिरस्कारको पर्याय बनेकोे संस्कृत साहित्यको सहायता भनौं ज्ञानको भरमा उभिन खोज्नु भनेको अछुत हुनु सरहको व्यवहार मौलाउँदै जान थालिरहेको छ समाजमा । उच्च संस्कारको समृद्धिको,शिक्षाको पर्याय बनेर संसारभरि नै मडारिंदै जान थालेको अंग्रेजी भाषाकोे आडम्बरी तुवाँलोले ढाकेको परिवेशमा बाँचेर संस्कृत साहित्यको फुटानी छोड्नु भनेको परम्परावादी दास मनोवृत्ति अँगालेर अघि बढ्न खोज्नु सरह भएको परिप्रेक्ष्यमा मेरा कट्मिरा संस्कृतवादी धारणा सोच र प्रवृत्तिहरूलाई अंग्रेजीका सानासाना शब्द एवम् वाक्याँशहरुले खिल्ली उडाइरहेका छन्, खिज्याइरहेका छन्, खिसीटयुरी गरिरहेका छन् । भौतिक सुविधायुक्त आजको आधुनिक युगमा कनिकुथी नै भए पनि आफूलाई प्रबुद्ध हुँ भन्ने देखाउन दुईचारवटा अंग्रेजी शब्दलाई कलकलाउँदो मातृभाषाको कोख अथवा कण्ठमा घुसाउन नसके, घुमाउन नसके, घोलेर लेपन लगाउन नसके सभ्य नहोइने, शिष्ट नदेखिने र शिक्षित नबनिने यथार्थलाई आत्मसात् नगर्ने मजस्तो फुसुने लेखकले शिक्षित समुदायका अगाडि सदैव खुम्चिनु पर्दोरहेछ, प्राज्ञिक समुदाय अगाडि पुङ्माङे र पिछडिएको हुनुपर्दो रहेछ, पाङ्दुरे र पिलन्धरे हुनुपर्दो रहेछ । औपनिवेशिक साम्राज्य खडा गरेर अंग्रेजहरूले शासन गर्दा अधिकांश व्यक्तिहरू बँधुवा मजदुर भएर बाँच्न विवश थिए र कतिलाई त बाँधेरै पनि कज्याएका थिए, काबुमा राखेका थिए र काम लगाएका थिए । त्यसको थिचोमिचो र उत्पीडनबाट अमलेख हुन त्यतिखेर विश्व नै उरालिएको थियो, उर्लिएको थियो र उचालिएको थियो । सयौं वर्षको बलिदानपूर्ण आन्दोलन मार्फत् औपनिवेशिक साम्रज्यका सिङ र खुर काटेर स्वतन्त्र भएको भए पनि अझै त्यसको धङधङीले हामी आक्रान्त छौं, भयभीत छौं, त्रस्त छौं । हिंजो पश्चिमाहरूले मान्छेलाई बाँधेर कज्याएका थिए; आज उसले बाँधेको छैन, र बाँध्नु पनि परेको छैन तर आज स्वयम् मान्छे बाँधिन तम्सिँदै छन् । तयार छन्, तत्पर छन् । एउटा जोदाहा जरासन्धको चरणमा घोप्टिएर “ममाथि निगाह होस् प्रभु ! ममाथि कृपा दृष्टि हुन्छ भने म बाँधिन बेरिन जे गर्नु परे पनि तयार छु” भन्दै एउटा वर्ग जो आफूलाई सम्भ्रान्त हुँ भन्ने ठान्छ, सभ्य हुँ भन्ने ठान्छ, शक्तिशाली हुँ भन्ने ठान्छ, त्यो वर्ग विनासर्त, विनासुविधा उसको चरणको दास भएर चरणामृत लिन छेपारीका पाङ्ग्रा खुस्काएर हाम्फालिरहेको छ र उसको इसारामा सही थाप्दै एउटा निरीह राष्ट्रका निर्दोष नागरिकहरूको बाँच्न पाउने वैयक्तिक अधिकारलाई बलात्कार गर्न मुख मिठ्याउँदै बमवर्षक विमानद्वारा त्यहाँको भौगोलिक संरचनालाई ध्वस्त पार्न अहम्को बारुद वर्साउँछ, अत्याचारको आँधी उराल्छ र तुजुकको तुफान खडा गरेर दासताको दसी देखाउन उद्यत हुँदैछ र आफ्ना रक्तरञ्जित हातले जुँगा मुसार्दै आफू मानवतावादी भएको दावी गर्छ । कहालीलाग्दो वीभत्स नरसंहार गर्न नसके आजको मान्छे मानवतावादी हुन सक्तैन अर्थात् मिचाहा मान्छेले मान्छे मार्न नसक्नेहरूलाई मानवतावादको दज्र्यानी चिन्ह दिँदैन, चेप र चोकेमा परेका निरीह नागरिकहरूको स्वाभिमानलाई चेपेर पिना बनाउँदै मुण्डन गर्नु नै अहिले उनीहरुको मत सम्प्रदाय र धर्म भइरहेको छ । यदि कुनै पनि व्यक्ति सरकार र समुदायले त्यसो गर्न नसके प्रजातन्त्रवादी नठानिने, नठहरिने हुँदा प्रजातन्त्रवादी हुनको निमित्त अथवा भएको देखाउनको निमित्त पनि कोखमा छुरा अर्जापेर अर्काको पिठ्युँमा छुरी हान्न मान्छे उद्यत छ आतुर छ र त्यो प्रवृत्तिको अनुशरण गर्नेहरूनै आजका कुशल शासक र सत्ताका प्रमुख दावेदार बन्दै गएका छन् । पूर्वीयाहरूलाई पश्चिमाहरूले त्यही सिकाउँदै आएका छन् । पश्चिमाहरुको सिको नगर्ने हो भने मान्छे सभ्य हुनै सक्दैनन्, शिक्षित हुनै सक्दैनन्, सम्पन्न हुनै सक्दैनन् । सभ्य हुन र सभ्य भएको देखाउन पनि पूर्वले पश्चिमाहरूको जुठो टपरी चाटिरहेका छन् । चाट्न लम्किरहेका छन् । म अलि बहकिएँ क्यार ! ज्यादतीको चिराइतोले मन हुँडलेर चिमोटेपछि चोइटाएपछि म आफूलाई सम्हाल्नै सक्तिनँ र सुरु गर्न पुग्छु अप्रासङ्गिक एकाकी आर्तनाद ! के गर्नु, त्यस्तै बानीले मेरो लेखनको लक्ष्यलाई नै धुजाधुजा पार्न पुगेको छ र मेरो सजीव अस्तित्वलाई रसातलतिर धकेल्न उद्यत भइरहेको छ । भन्दै थिएँ, उपनिवेश कालमा अंग्रेजहरूले विश्वव्यापी रूपमा अंग्रेजी भाषा र साहित्यको प्रचारप्रसार गर्नुको पछाडि क्रिश्चियनालिज्मको प्रचारप्रसार पनि थियो । त्यस समयदेखि लिएर आजसम्म अप्रत्यक्षरूपमा अंग्रेजी साहित्यले प्रोटेष्टेन्ट अथवा क्याथोलिक सम्प्रदायको विउ छर्ने काम गरेको देखिन्छ । पुनर्जागरणकाल पहिलेको साहित्य र त्यसपछिको साहित्यको सूक्ष्म अधययन गर्ने हो भने त्यस्ता धेरै खिच्चा कुराहरु अंग्रेजी साहित्यमा देख्न सकिन्छ । औपनिवेशिक कालमा अंग्रेजहरूले शासन हत्याएर देश कज्याउने काम मात्र गरेनन् उपनिवेशको जालमा जेलिएका राष्ट्रको भाषा, संस्कृति, साहित्य, कला र इतिहासको अध्ययन अनुसन्धान गरेर अंग्रेजी भाषा साहित्यको प्रभुत्व र गरिमालाई महिमामण्डित पार्ने काम पनि गरे । इतर अंग्रेजी भाषाको वर्चस्व र भाषिक संरचनालाई ध्वस्त पार्नु पनि उनीहरूको लक्ष्य भएको हुनाले माध्यम भाषाको रुपमा अंग्रेजी प्रचार गरेको नौटङ्की गरी विभिन्न भूभागका उत्तमोत्तम विचारग्रन्थज्ञान र उपलब्धिहरूलाई किल्किल्याउनेकज्याउने र कच्याककुचुक पार्ने काम गरेर आफ्नो भाषिक उपनिवेश कायम गरी छाडे । (यसो भनेर मैले अंग्रेजी साहित्यको विरुद्ध वीष वमन गरेर अंग्रेजी साहित्यमा केही पनि छैन भन्न खोजेको चांहि पटक्कै होइन । विश्वका उत्तमोत्तम कृतिहरू र अथाह ज्ञान भण्डारको आलेख अंग्रेजीमै छ,र त्यसको प्रभाव सर्वव्यापीरुपमा संसार भरमा फैलंदै पनि छ भन्दैमा मौलिक पहिचान भएका कुनै पनि भाषा र साहित्यको स्वतन्त्र अस्तित्वलाई अस्वीकार गर्नुअपहेलना गर्नु उचित हुँदैन भन्न खोजेका मात्रे हुँ ।) माक्र्सको साम्यवादलाई नै लिऊँ । माक्र्स जन्मनुभन्दा सयौं वर्ष पूर्व साम्यवादलाई पूर्वले प्रयोग गरेर आफलिसकेको अवधारणा हो यो । मातृसत्तात्मक जनपद र त्यसबाट सङ्क्रमण हुँदै पितृसत्तात्मक जनपदतिर उन्मुख हुने अवस्थामा जनवादसमाजवाद र साम्यवादलाई हाम्रा पूर्वजहरूले व्यवहारमै उतारेको कुरा त हामीले अंशको रूपमा बाँड्ने बराबरीको अवधारणाले नै पुष्टि गरिरहेको छ । अप्राप्य वस्तु बाँडेर खाने परम्परा, ‘वसुधैव कुटुम्वकम्’ र ‘अतिथि देवो भव’को हाम्रो आदर्श नै साम्यवादी आस्थाको अवशेष हो । तर हामीले हाम्रा पूर्वजहरूको वैचारिक निष्ठालाई ऐंजेरु ठानी हाम्रै पुर्खाहरुरूको विचारको जुठो खानेहरूको वचनलाई अमृतवाणी ठानिरहेका छौं । साम्यवादको आधिकारिक व्याख्याताको विभूषणद्वारा विभूषित माक्र्स भएता पनि यो उनको मौलिक सोचाइ र चिन्तन चाहिं होइन । साम्यवादको चुरो खोतल्दै जाने हो भने हामी हेगेल, नित्से, अरस्तु हुँदै प्लेटोको “आदर्श गणराज्य” सम्म पुग्न सक्छौं जब हामी साम्यवाद खोतल्दै प्लेटोसम्म पुग्छौं भने प्लेटो भन्दा कति पर छ र पुराणको इतिहास ! वैदिक वा पूर्व वैदिककाल ! यो सन्दर्भ उठ्नासाथ जहिले पनि म बीसौं शताब्दीका साहित्यिक मसिहा टी.एस. इलियटलाई सम्झन पुग्छु । उनले एक ठाउँमा यसो पनि भनेका छन् ः " , . , . , . ."(“कुनै कवि वा कलाकारको एक्लैमा पूर्ण अर्थ (अस्तित्व) रहँदैन । उसको महत्व अथवा उसको समीक्षा भन्नु नै अन्य मृत कविहरूको तुलनामा उसको उपस्थितिको मूल्याङ्कन हो । उसको एक्लै मूल्याङ्कन गर्नै मिल्दैन । तुलना र अन्तर थाहा पाउन उसलाई मृत कविहरूका माझमा बसाल्नैपर्दछ ।”) दर्शनमा कस्तो हुन्छ थाहा छैन तर साहित्यमा यो कथन अतिशयोक्ति लागेन मलाई । विश्वेश्वरप्रसाद कोइरालालाई फ्रायडीयन यौन मनोविज्ञानका व्याख्याताका रूपमा चिनाउने काम समालोचकहरूले गरेका छन् । सबैले निर्विवाद रूपमा स्विकारेका पनि छन् यो कुरा, तर म चाहिं सहमत हुन सकेको छैन । साहित्यमा यौन मनोविज्ञानको प्रयोग त व्यास, वाल्मीकि, कालिदास प्रभृतिहरूले पर्याप्त मात्रामा गरिसकेका छन् । फेरि यौन त सृष्टिको अपरिहार्य तत्व र एउटा आवश्यक अङ्गको रूपमा नै स्थापित भइसकेको बिषय हुँदा कोइरालाको स्वतन्त्र लेखकीय अस्तित्व स्विकार्न किन कन्जुस्याँइँ गर्ने ? फ्रायडसँग गाँसेर हेर्नुभन्दा वात्सायन, व्यास, वाल्मीकि र भविष्य पुराणसँग गाँसेर हेर्दा उनको सिर्जना कति नै होचिन्छ र ? यौन मनोविज्ञानका कुरा उठ्दा फ्रायड, कार्ल युङको(अतिशयोक्ति नठानिए) जुठोपुरा चाटेर तृप्त हुन खेज्नुको साटो आफ्नै सांस्कृतिक मूल्य र मान्यताका मार्गदर्शक ग्रन्थहरू पल्टाउँदापढ्दा अथवा प्रयोग गर्दा हाम्रो स्वाभिमान घट्ने हैन बढ्ने छ । उत्तर आधुनिककालको व्याख्या, विश्लेषण गर्ने क्षमता, दक्षता, ज्ञान, धैर्य र विश्वदृष्टिकोण ममा छैन र किटानी पुर्पक्ष गरेर उपवुज्रुक बन्ने रहर पनि छैन । परिभाषित सीमाअन्तर्गत जे जस्तो अवस्थामा रहेभएता पनि अहिले नै निचोड निकालेर कटमिरा तर्क तेस्र्याउन हतार होला झैं लागिरहेछ मलाई । मलाई लागेअनुसार यो एउटा शब्द बुख्याँचा मात्र हो । साहित्यलाई जतिसुकै र जुनसुकै परिभाषाभित्र बाँध्न खोजेता पनि, जुनसुकै दर्शन र वादले बेर्न खोजेता पनि, विभिन्न दृष्टिकोणको आधारमा अथ्र्याउन खेजेता पनि सिर्जनात्मक उँचाइ र आयामको सगरमाथा उचाल्न लेखक स्वतन्त्र हुनै पर्छ । साहित्यमा जबसम्म शैली सीमा र प्रस्तुतिमा युगान्तकारी उलार आउँदैन तबसम्म जुनसुकै कालका सुकिला मालदाम्लाले बाँधे पनि त्यो बँधाई निरर्थक हुन्छ, निस्सार हुन्छ र निस्तेज हुन्छ । जबसम्म हामी काल विभाजनको भ्रमलाई भुत्ल्याएर सत् साहित्यको सिर्जनामा साधनारत हुँदैनौं तबसम्म साहित्यमा युगान्तकारी परिवर्तन ल्याउन सक्दैनौं,आंउदैन पनि । ल्यायौं भने पनि त्यो साहित्य सतही हुन्छ, सारहीन हुन्छ र शिथिल हुन्छ । मैले बुझेसम्म उत्तरआधुनिककाल अथवा वाद ध्वनि सिद्धान्तकै ठिमाहा सन्तान हो । यसबारे हामीले त्यति टाउको दुखाएर व्याख्या विश्लेषण गर्नु पर्ने औचित्य र आवश्यकता नै छैन । आजको आवश्यकता त कालजयी मौलिक कृति जन्माउनु हो । शारदाले जस्तै एउटा कालखण्डको नेतृत्व गर्दै ऊर्वर भूमि तयार गर्नु हो । जहाँसम्म पश्चिमाहरूले विशेषणयुक्त शब्दमा व्याख्या गरेका वाद, सिद्धान्त र प्रणालीहरू छन् ती सबैको चर्चा, परिचर्चा, छलफल पूर्वले पौराणिककालमै गरिसकेको छ । गीतालाई नै हेरौं न ! पूर्वीय सिद्धान्त वाद र दर्शनको आधिकारिक ग्रन्थ नै हो गीता । रोबर्ट जे.ओपनहाइमरले गीताज्ञान ग्रहण गरी एटमबम बनाउंदा उनी परम्परावदी भएनन्,टी.यच ग्रीफले ऋग्वेदका सर्ग छुट्याएर सार्बजनिक गर्दा उनी पुराणपन्थी भएनन्,मैक्समुलरले काश्मिरदेखि कन्याकुमारीसम्म घुमी वैदिक वाड०मय खोजी लिपिवध्द गर्दा उनी बाजे भएनन् । हामीले अध्ययन मनन् गर्दा अरुलाई सिक्सिको लाग्न थाल्दछ ।वैदिक युगका विद्वान्हरूले परिभाषा गरेका ज्ञानहरू माथि पश्चिमाहरूले मूल्याङ्कन प्रत्युत्पादन गरेको वर्णसङ्कर विचारको धमिलो अवशेष सोहर्न पाउँदा आत्मतृप्त हुने बानी भनौ या गुणको विकास हुँदै छ हामीकहाँ । पूर्वीय स्वाभिमान, सिद्धान्त र सदाचारको अनुशरण गर्दा कामज्वरो आउने हुनाले जतिसुकै राम्रा रसिला उक्ति वा साहित्य भए पनि हामीलाई पच्दैन, पखाला लाग्छ । मितव्ययिताको यस युगमा हामीले चामल दिएर पिठो साट्न जान्यौं तर वस्तुको गुणभन्दा व्यक्तिको स्वार्थलाई गरिमामय ठान्ने बानीले गर्दा पिठो दिएर चामल साट्न जानेनौं । यही सङ्कीर्ण सोचाइको ख्याकद्वारा ग्रसित भएको हुनाले हाम्रो सोच, सिर्जना, बुद्धि, विवेक, ज्ञान र गरिमा सबै आयातित हुँदै गएका छन् । सिर्जनात्मक हुन छोडेका छन् । यदि सिर्जनात्मक भएता पनि त्यसको जगमा जताततै पछुवाको विचार र बतास घोलिएको छ, घुमेको छ । साहित्य र सिर्जना आफ्नै मौलिकता, परिवेश र पृष्ठभूमिमा बाँचेको हुन्छ । नेपालीको मौलिकता भनेको नै मुनामदन हो, मालती मंगले हो, मंजरी हो, मानव हो, मुटुको व्यथा हो जहाँ नेपालीपन र नेपाली संस्कृतिका साथै नेपाली परिवेश छङ्छङाएको छ । हिमाल नेपाली साहित्यको प्रतीक पनि हो, विम्व पनि हो, अलङ्कार पनि हो । सगरमाथाको सेरोफेरोबाट निःसृत हुने हाम्रो साहित्य हिमवत् खण्डका खुड्किला र खोंचहरू धारबाट फर्फराउँदै कोशी, कर्णालीमा चुल्ठिएर चुरे शृङ्खलालाई छपक्क छोपेर मधेसका मलिला फाँटहरूमा मौलाउँदै फक्रनुफुल्नु हाम्रो लोक संस्कृति, कला र साहित्यकको विशेषता हो । त्यसैले कृतिमा देश, काल, परिस्थिति र सामाजिक मूल्य र मान्यतालाई फलाउन फुलाउन सके लेख्नुको सार्थकताले साकार रूप लिन सक्छ । यो कुरा हामीलाई पाश्चात्य सिद्धान्तको सैद्धान्तिक परम्पराभन्दा पहिले नै पूर्वका प्राचार्यहरूले पुष्टिसहित परिभाषा दिइसकेका हुनाले पश्चिमीवाद र प्रणालीहरुको पाना फर्काएर माथापच्ची गर्नु पण्डित्याइँको निरर्थक पाखण्ड प्रदर्शन गर्नु सरह हुन जान्छ । पारिजातलाई नै हेरौं न ! जबसम्म उनी विशुद्ध नेपाली चेली थिइन् । त्यतिबेलासम्म उनमा आफ्नैपन, आफ्नै मौलिकता, सीप, सामथ्र्य र सांस्कृतिक चेत थियो र नितान्त निजी अनुभूति मार्फत शिरीषको फूल जस्तो कालजयी कृति जन्माइन् । जब उनी पश्चिमी वाद सिद्धान्त र प्रणालीका अबुर्द औंसाहरू गिदीभरि हुँडलेर हिंड्न थालिन् स्तरीयताको चुली चढ्ने क्षमता हुँदाहुँदै पनि चम्कन सकिनन्चिप्लिइन् । उनले त्यतिबेर विसङ्गतिवाद र शून्यतावादलाई सिरानमा हालेर शिरीषको फूलको सपना संगालेको भए शिरीषको फूल वनमाराको फूल जस्तै हुने थियो । मोदनाथको हालत पनि त्यस्तै छ । जतिन्जेल उनी सादानाथ थिए त्यतिखेर उनी मानव भएर चम्के । साम्यनाथ भएर सिद्धान्तको सेंसन्तरलाई काँधमा हालेर हिंड्न थालेपछि उनको अनुभूति बक्त्याउन सक्ने आकर्षण क्षमता र कलात्मक सौन्दर्यलाई पाङ्न पुच्छरको नाराले निमोठिदियो, नुगाइदियो र निर्वस्त्र पारेर नङ्ग्यादियो । कुनै पनि साहित्यकारलाई परम्पराको चैतन्य प्रदान गर्न अनन्त र समसामयिकताको सहबोधको ठूलो हात रहेको हुन्छ । परम्परा बोधले नै सजीवताको धारणा विकसित गराउने हुनाले परम्परागत उपलब्धिको सापेक्षतामा नै सर्जक समाहित हुन सक्यो भने कुनै पनि सिर्जना सुन्दर हुन्छ, सुललित हुन्छ र सम्प्रेषणीयताको हिसाबले पनि सरल, सुबोध र सुपाच्य हुनसक्छ । भाषाको भूतले पनि हामीलाई गाँजेको छ, गिजलेको छ र गोख्र्याएको छ । मानौं कुनै पनि किताब हिन्दी हुँदै पुगेको अंगे्रजीबाट अनुवाद गर्न सक्यौं भनौं गरियो भने प्रकाशक पनि पाइन्छन्, पाठक पनि पाइन्छन् । बङ्लाबाट हिन्दीमा अनुवाद भएको कृतिलाई नेपालीमा रूपान्तर गरियो भने नाक खुम्च्याउँछन् सबै । नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो जिम्मेवार संस्थाले आफ्नो प्रकाशनको अन्तर्राष्ट्रिय स्तम्भमा हिन्दीबाट अनुवाद भएका कृति बेसी आए भनेर यो गुलियो स्तम्भकै मुन्टो निमोठ्दै निर्लज्जताको गतिलो नमुना पेस गरिसकेको छ भने अरूको त के कुरा भयो र ? हामीमा अनुवाद पढ्ने बानी मात्र बस्न सक्योअनुवादित कृतिको सान्दर्भिकता, स्वाभाविकता र सम्वेदनशीलताका साथै गुणात्मकता र महत्तालाई मनन गर्ने बानी चाँहिं बस्न सकेन । अंग्रेजीको सिमेभूमेले बसाल्न दिएन । यही नै अनौठो कुरा लाग्दै छ, मलाई । विश्वका सम्पूर्ण भाषाहरु कुनै पनि एउटा व्यक्तिले चाहेर पनि सिक्न जान्न सक्तैन । एउटै भाषामा त अनेकौं भाषिक र उपभाषिक बाहुल्य रहेको हुन्छ भने सम्पूर्ण भाषामा दक्ष हुनु भनेको ताना शर्माले भने झैंसगर गर्जिदा हुटिट्याउँले उत्तानु परेर थेग्न खोजे जस्तै हुन्छ ।” भर्खरैको जनगणना अनुसार नेपालको जनसंख्या सवा दुई कोटिभन्दा पनि माथि लागिसकेको छ । यति धेरै जनसंख्या भएको ठाउँमा नेपाली शुद्धसँग बोल्ने र लेख्नेको संख्या एक प्रतिशत पनि छैन । एक प्रतिशत भनेको पनि दुईलाख चानचुन पैंतीससयको सङ्ख्या हो । दुईलाख मान्छेले शुद्ध नेपाली लेख्न र पढ्न जानेको भए साहित्यिक प्रकाशनहरु हजार पाँचसयको सङ्ख्यामा टाक्सिएर बस्ने थिएनन् । यस्तो परिप्रेक्ष्यमा विश्व साहित्यको फुइँ छोडेर प्रकाण्ड विद्वान भएको दावी गर्दै केही व्यक्ति ठेकेदारी चलाउँछन् भने चलाउन् । म चाहिं विश्वास गर्दिन त्यस्ता कुरामा । मैले भन्न खोजेको चाहिं के हो भने पाश्चात्यवाद र प्रणालीको व्याख्या गर्नुभन्दा पहिले वैदिक एवम् पौराणिक वाङ्मयको अध्ययन अनुसन्धान पनि गर्नुपर्छ । पाश्चात्य विचार र साहित्यभन्दा गरीब, निर्धो र निरीह पूर्वीय साहित्य छैन । पूर्वीय साहित्यिक् परम्परा कलाका सार्वभौम मूल्यहरूको मानक र पूर्वीय साहित्यको उपलब्ध सापेक्षताको दाँजोमा बरु पश्चिम निकै पछि छ, पिछडिएको छ । पश्चिममा एउटा सानु नयाँ कुरा आयो भने त्यसलाई विभिन्न प्रचारप्रसारको माध्यमले विश्वभरि फैलाइन्छ । मिडियामुखी सिर्जना साहित्य भएको हुँदा त्यसको तेज चहकिलो भए झैं लाग्दछ । एज्रा पाउण्ड विम्ववादका व्याख्याता हुन् । उनलाई विश्वविद्यालयमा पढाउन पाउँदा गर्व गर्छन्, यहाँका गाइडे (गाइडे भनेको गाइडको रामनामी जपेर पटके परीक्षा सकुशल पास गर्ने प्राज्ञिक बनाइएका अथवा बनिएका) प्राचार्यहरू । किनभने उनले “कविता गद्य जस्तै सुलिखित हुनुपर्छ, सुललित हुनुपर्छ, सुवाच्य हुनुपर्छ” भनेका छन् । पद्य लेख्ने हुति आफूमा नभए पछि र पद्यात्मक साहित्यको लय सौन्दर्यबोध, मूल्य र अर्थ स्थापनाको परम्परागत मानकपरिभाषालाई मनन गर्न नसकेपछि “बुझ्यौं फलाना विद्वानले त यसो भन्या छन् नि !” भनेर कक्षामा विद्यार्थीलाई थर्काउन पाइन्छ । विदेशी लेखकको नाउँ र कथन उच्चारण गर्दा आफूले धेरै जानेको बुझेको पढेको ठहरिने हुनाले चिच्याई चिच्याई फलाक्न थाल्छन् । जबकि एज्रा पाउण्डको कविताको गद्यात्मक धारणा र प्रभावकारिता सम्पूर्ण उपलब्धिहरुलाई बाजे विश्वनाथले “वाक्यंरसात्कं काव्यं” भनेर तीनै शब्दमा उहिलेनै टुङ्ग्याईसकेका थिए । भामहले पनि “शब्दार्थौ सहितौ काव्यम्” भनेर अर्थ सहितको शब्द संयोजनलाई नै काव्य मानेका छन् भने “काव्य स्फूलदलंकार गुणवद् दोष वर्जितम्” भनेर अग्नि पुराणले भनेको छ । एज्रापाण्डलाई गुहार्नै पर्दैन । एक त विश्वविद्यालयका टपरटुइँया टिचर (लौजा मैले पनि एउटा अंग्रेजी शब्दलाई उपयोग गरें । मलाई पनि त म लेखक हुँ भन्ने देखाउनु छ नि ! हैन र ?) हरुलाई यो कुरा थाहा नै हुँदैन । यदि भए पनि बाजे विश्वनाथहरूको नाउँ लिंदा विद्यार्थीहरूले यो कहाँको टपरे परेछ भनेर उपहास गर्लान भन्ने डरले यस्ता कुरा भन्न चाहँदैनन्रुचाउँदैनन् । त्यसैले पनि पूर्वीय वाङ्मयसाहित्य र दर्शन पछाडि पर्दैछपारिँदैछ । पुराण पोथी धार्मिक धङ्धङी कालगत लेखकीय अनुक्रमको इतिहास अथवा सारसंग्रहको सङ्लो सौन्दर्य मात्र नभएर भाषाका सीमा अन्तरगत आफ्ना समस्त सम्भावनाहरूको साकारता बोकेको संस्कृत वाङ्मयको आफ्नो पृथक र विशिष्ट किसिमको छाप पनि छ, प्रेरणादायी साहित्यिक पहिचान पनि छ, र प्रभावोत्पादक परम्परा पनि छ । महाभारत, रामायण अथवा पुराणहरूमा मित्थ्या कल्पनामात्र नभएर तत्कालीन जीवनलाई जीवन्तता प्रदान गर्ने प्रभाव र तत्व भएकोले विश्व साहित्यको सम्पदा बन्ने क्षमता पनि छ तिनमा । त्यसैले पनि हामीले डा.वासुदेव त्रिपाठीले भने झैं परम्परालाई आत्मसात् गर्न पूरै अतीत र त्यसको सर्वविध धारा र प्रतिभालाई निर्धाण पूर्वक आत्मसात गर्नु पर्छ । “अनि मात्र हामीले साहित्य सम्बन्धी निजी धारणा र ज्ञानको विकास गर्न सक्छौं । अंग्रेजी, फ्रेन्च, रसियन, जर्मनी, स्पेनिश मात्र विश्व साहित्य निर्धारणका आधिकारिका भाषा होइनन् । पूर्वाग्रह नराखी भन्ने हो भने बरु संस्कृत नै विश्व साहित्य निर्माणनिर्धारणको कोसेढुङ्गो हो । इतिहासलाई कसैले पनि मेट्न सक्दैन । मिच्न सक्दैन । अंग्रेजी साहित्यमा संस्कृतको प्रभाव छ, ग्रीकमा प्रभाव छ, ल्याटिनमा प्रभाव छ, फारसीमा छ, अरबीमा छ, उर्दूमा छ, इटालियनमा छ, स्पेनिशमा छ, फ्रेन्चमा छ तर कुनै पनि भाषाको प्रभावप्रत्यारोपण संस्कृतमा छैन झैं लाग्छ मलाई । संस्कृतको आफ्नै विशिष्ट किसिमको शब्द निर्माण प्रकृया भएको हुँदा संस्कृतले कुनै परिवारसँग शब्द सापटी लिएर भाषिक संरचनाका भड्रवाला र भ्वाङलाई टाल्ने र टल्काउने प्रयत्नगरेकोे देखिदैन । पूर्वीय परम्परा अर्थात पौराणिक ग्रन्थका आदर्श पात्रहरूको चरित्र र प्रवृत्तिलाई तत्पश्चात्का प्राचार्यहरूले काव्यनायक अथवा मिथकको रूपमा प्रयोग गरेको देखासेखीले नै पश्चिमाहरूले ग्रीक ट्रेजडीलाई आदर्श मानेर लामो समयसम्म पछ्याउँदै आआफ्ना भाषा साहित्यलाई माझ्ने र मस्काउने काम गरे । त्यसैले विश्व साहित्यको खैंजडी ठोकेर आफूलाई महान भएको दाबी गर्ने दुष्प्रयास गर्नुभन्दा पहिले हामीले आफ्नै भाषा साहित्य र संस्कृतिलाई बुझ्न सक्नुपर्छ । बुझाउन सक्नुपर्छ, व्याख्या विश्लेषण गर्न सक्नुपर्छ अनि मात्र साहित्यिक अभियान र उद्देश्य सफल हुनसक्छ नत्र यसै भन्न सकिन्न । आफ्नै प्रतिभा र परिश्रमको बलले पृथक पहिचान बनाउन सक्ने साधक अमर हुन्छ । अर्काको जुठो टपरी चाटेर एकछिन मुख मिठ्याउन सकिएला, याल चुहाउन सकिएला, भोक मेट्न सकिएला, तृप्त भने हुन सकिन्न । तृप्त हुन त चोखो पसिना अनवरतरूपमा चुहाउनै पर्छ । पसिना चुहाउन सक्ने क्षमता भएको व्यक्तिलाई जडौरीको आवश्यकता पनि पर्दैन । नैसर्गिक प्रतिभा हुने व्यक्ति जडौरीको भाङ्ग्रो भिरेर हिंडेको पनि देखिएको छैन । त्यस्तो चाहना पनि नराखौं । मैले भन्न खोजेको यति हो । चन्द्रनिगाहपुर, रौतहट ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
र...भागेर भूगोलभरि
निबन्ध
सौरभ कार्की
6, 2014, 3:21
झापा बाट काठमान्डौ जानुपर्ने । प्लेनमा जाँदा ४५ मिनेटको यात्रा । उसो त म आफू पनि प्लेनकै कर्मचारी तर खै के सुर चलेर हो कुन्नि मलाई बसमा काठमान्डौको लामो यात्रा गर्न मन लाग्यो । म बसमा चढेको केही क्षणमै पहेलो कुर्ता लगाएकी युवती मेरो छेउमा आएर झ्यालपट्टिको सिटलाई औल्याउदै भनी, “दाई तपाईको सिट छेउपट्टि होला । झ्यालछेउको सिट भनेर टिकट काटेकी मैले ।” आवाज सुरिलो थियो । म चुपचाप सरिदिए ।झ्यालपट्टि बस्नेबित्तिकै उसले आफ्नो कानमा ईयरफोन कोचेर झ्यालबाहिर अनन्तसम्म नियाल्न थाली । यता गाडीले बिस्तारै आफ्नो गति लिन थाल्यो, उता मेरो छेउमा बसेकी पहेलो कुर्ता लगाउने केटीको कपाल मेरो आँखाछेउ आएर कबड्डी खेल्न लाग्यो । कहिले मेरा ओठका रेशाहरुलाई छोएर त कहिले मेरा गालाहरुलाई चुम्दै भित्रैबाट मिठो काउकुती लागेर फर्किन्थ्यो ती कपालहरु । बिस्तारै मुटुमा करेन्ट सल्बल्लियो । म चुपचाप स्पर्शमा झुमिरहे । उसले झ्याल बन्द गरिदिई ।अगिसम्म मैले राम्रो याद नगरेकी केटी अब बिस्तारै याद हुन थाली । यादमात्रै हैन, सारै राम्री लाग्न थाली । मैले नियालेको उसले थाहापाई कि जस्तो लाग्यो । बिस्तारै आँखा झुकाए । पापी हावा त्यत्तिनैखेर अगाडीको झ्यालबाट छिरेर आएछ । त्यो भन्दा नि पापी तिनको कपाल, फेरी एकचोटी मेरो मुहारसँग कबड्डी खेलेर बेपत्ता भयो ।एवंरीतले हाम्रा शब्दहरु काठमान्डौसम्मै मौन भए, तर उनका कपालहरुले धेरै बोले मसँग । थोरै गफ मेरा आँखाहरुसँग उनका आँखाहरुले गरे । बिना कुनैै शब्द थर्थराए हामी दुवैका अधर ।कलंकी बसपार्कमा झर्ने बेलामा फेरी अन्तिमपटक उनका कपालहरुले पुनः मलाई जिस्काएर भागे ।मलाई गौशाला ओर्लनुथियो । म गाडीभित्रै चुपचाप आफैलाई प्रश्न गर्न थाले, आखिर कसरी ती कपालहरुले मेरो आहटलाई लुुटेर लगे रु के जादु थियो उनको कपालमा जो उनका कपालका रेशाहरुले मेरो हृदयलाई चलाएर भागे रु म चुपचाप मौन सोच्न थाले, यत्रो लामो यात्रामा मलाई किन सबै चीज छोडेर, जंगलको एकलासमा हुईकिरहेको गाडीमा बजेको प्रिय प्रेमध्वज प्रधानका गीतहरु छोडेर, हामी चढेको बससँग लुकामारी खेल्दै गरेको जूनलाई पनि छोडेर उनका कपालहरुले त्यति धेरै मोहनी लगाए रु मलाई साँच्चै थाहाछैन ।उसो त, मलाई थाहानभएका कुराहरु धेरै छन् । जस्तै, सबैभन्दा मीठो हुने चिचिलो काँक्रो कसरी म मेरो गाँउ पुग्दा मेरो हजुरआमाको पोल्टोमा कुरिबसेको हुन्थ्यो रु वा कुरिरहेको हुन्थ्यो मीठा चकलेटहरु हजुरआमाको पोल्टोमा रुमेरो कार्यक्षेत्र, भद्रपुर एयरपोर्टमा महेश छ । महेशलाई सबैले जिस्काउछन् । दुख गरेर आफ्नै कमाई खाने महेश त्यहाँ सबैलाई हसाउने मनोरञ्जनको पात्र हो । तर उसलाई आफू भन्दा पनि हसाउने त्यो गोबिन्देको जुत्ता किन लाग्छ रु महेशलाई सोध्नुपर्छ, “महेश गोबिन्देको जुत्ता कस्तो छ रु” फिर्लिक्क फर्काउदै आफ्नो ओठ, उ आफ्नो मुख आँ पार्छ । देखाउछ बर्षौ नमाझेका पहेला, धेरै झरिसकेका अनि थोरै आधा सग्ला आधा नमिलेका दाँतहरु, अनि भन्छ “आँ परेको छ ।” र दिल खोलेर मुस्कुराउछ । यसरी मुस्कुराईरहँदा त्यो कहिल्यै ननुहाउने फोहोरी कट्कटिएको महेश, मलाई किन संसारकै सबैभन्दा सुन्दर बिम्ब जस्तो लाग्छ रुगाँउमा आमा सम्झन्छु । रिन गरेर परदेशिएका छोराहरु सम्झन्छु । आमा र छोराबिचको दुरी किन यत्ति धेरै ठूलो भाको रु म कहिलेकाँही के के सम्झन्छु सम्झन्छु । यस्तो लाग्छ, बिर्सिगएका प्रेमिकाहरुको याद आएजस्तो । मन आफैलाई अत्यास लागेर आँउछ ।म सपनाहरुमा प्राय कहिल्यै नगएको ठाँउमा पुग्छु रु कहिलेकाँही पुगेकै ठाँउ पनि सपनामा किन बिरानो जस्तो लाग्छ मलाई रुजस्तो जे होस् नारायणी किन सधै चुपचाप गुनासो बिना बग्छ रु रगत बोकेर पनि बगेकै छ । सिनो बोकेर पनि दौडिएकै छ । बगेर कहाँ पुग्नु छ कोशीलाई रुसगरमाथा र बुद्धले मात्र कहिलेसम्म थेग्न सक्छन् यो देशको शान रु स्वयम्भूको आँखामा सधै किन मडारिन्छ बादलका गुछ्छाहरु रुबेप्रसंग जस्ता लाग्ने, सिलसिला टुटेका आफ्नै प्रश्नहरुको जन्जालमा अल्झिदिन्छु म । टाउको भारी हुन्छ । दृष्यहरु फटाफट बिलाउन थाल्छन् । यस्तो लाग्छ कि मसँग आफैलाई सोध्ने प्रश्नहरु पनि सकिएछन् क्यारे । अत्याँस लागेर आँउछ । माईग्रेनले टाउको समातेझै आक्रान्त हुन्छु म । त्यसै त्यसै रन्थनिन्छु म ।अनि एउटा कवि छ च्बभकज क्बथबलरमेश सायन । कहिलेकाँही कथा लेख्छ । कथामा पात्रलाई आफ्नो दैनिकी बकाउछ । भन्छ, “जिन्दगीले म बिरुद्ध कहिल्यै गुनासो गरेन ।” जिन्दगीले आफ्नो बिरुद्ध उजुर नगरेको खुसीयालीमा थपिदिन्छ जिन्दगीको नाममा अर्को एक प्याला रक्सी । उडाउछ बुंगबुंग्ती गनाउने गाँजाको धुवाँहरु । अनि पहिल्याउन खोज्छ धुवाहरुले बनाएको अमूर्त आकृतिमा चित्रकारले कोरेको जिन्दगी शीर्षकको क्यानभास । कविलाई म कहिलेकाँही भेट्छु । “आज सँगै बसेर जाँड पिईदिम्” म भन्छु । उ भन्छ, “जाँड खराब चिज हो । मेरो लिभर पनि सुन्निएको छ । सौरभ, म जाँड पिउदिन । मेरा पात्रहरु मात्रै पिउछन् ।” मलाई कन्फ्युज बनाउछ सायन । खै के खै के । अझै धेरै छन् मलाई थाहानभएका कुराहरु ।बालकहरुको तोतेबोली सबैभन्दा मीठो किन हुन्छ रु समालोचकहरु बुझ्दै नबुझिने, लेख्नको लागि मात्र लेखिएको कविता, निबन्धका लाईनहरु टुक्राएर कविताका रुप दिईएका कविताहरुलाई कसरी राम्रो कविता भन्छन् रु अनि यो एउटा कवि, सरल बुझिने कविताहरु लेखेर आफूलाई के प्रमाणित गर्न खोज्दैछ रु कवितामा कोरियोग्राफीको कुरा गर्छ सायन । कहिलेकाँही टन्न जाँड पिउछ अनि मातेर मलाई छाद्ने बेलामा फोन गर्छ । भन्छ मलाई, “सौरभ म अब एकछिनपछि छाद्ने तर्खरमा छु । मलाई टन्न जाँड पिएर छाद्न त्यत्तिकै मजा लाग्छ । त्यो भन्दा बढी मजा मलाई तलाई फोन गर्न लाग्छ ।” म अवाक् पर्छु । फेसबुकमा नानाभाती स्टाटस लेख्छ । लेख्छ, ‘मेरो मोजा एकदमै गनाउछ । तर गनाउदा गनाउदा मोजालाई खुद घिन लाग्न थालेछ क्यारे आजकाल गनाउन छाड्यो । गनाओस् या नगनाओस् म यही मोजा धस्काउने वालामा छु अझै केही दिन ।’ म किंकर्तव्यबिमूढ हुन्छु, सायनले कसरी थाहापायो कि म मेरो गनाउने जिन्दगी बोकेर जताततै भौतारिहिडेको कुरा रुमलाई थाहा छ उ मेरो कविता लेखिहिड्छ । सुनाईहिड्छ मेरो जस्तै आम जिन्दगीको कविता अनि बेपत्तासँग मोबाईल स्वीच आफ गरेर घुम्न निस्कन्छ । बहुलठ्ठी कवि । अरुको जिन्दगी घच्घच्याएर आफू गुमनाम बस्न कत्ति पनि लाज मान्दैन सायन ।मलाई सायनको कविताहरुको लत लागेको छ क्यारे । कहिलेकाही फोन गरेर भन्छु, “एउटा कविता सुना न यार ।” उ भन्छ, “उसलाई उसका कविता सबैैभन्दा झुर लाग्छ ।” र उ आफूले भर्खरै झुर भनेको एउटा कविता सुनाउछ । कविता सुनिसकेपछि म सोच्छु, साँच्चै यार मृत्युलाई ठेगाना बताउनैपर्दैन । बतास, हुरी, पानी, घाम, चरा सबैलाई कोठासम्म आईपुग्ने ठेगाना थाहाहुदैन । तर मृत्यु आईपुग्छ । ढोका नढक्ढक्याई आईपुग्छ । मूला सायन यत्ति पनि सोच्दैन, कत्तिपटक फूलको सुबास पनि उसको कोठा चहारेर गईसकेको छ । “छाडा जिन्दगी आफ्नो मृत्युलाई पनि स्वागत गर्न कहिल्यै तम्तयार उभिएन ।” बरु जिन्दगीप्रति उल्टो गुनासो गर्छ सायन ।हो कवि सायन मलाई मनपर्ने कविता सुनाउछ । राती फोन जत्ति गरे पनि उठाउदैन । अनि बिहान उठेर “थाहापाईन यार” भन्दै फोन गर्छ । म सोध्छु “कविता लेख्यौ रु” भन्छ, “मैले कविता लेख्न छोडिदिए यार रु” म पत्याउदिन । कर गर्छु । फोन राखिदिन्छ सायन । अफिसमा मेरो हाकिम निद्राको अनुहार लगाउदै भर्खरै छिरेको हुन्छ । हाकिम सोध्छ मलाई, “सौरभ आज मुख पनि धोएको छैनौ कि क्या हो रु” यो गर्मी ठाँउमा म अझ बढी तात्तिन्छु । दिनभरि फ्यानमुनि बस्छु । सायन फोन गर्छ । बिनासित्ति छाडा बोल्दै भन्छ “मेल हेर मैले एउटा कविता मेल्द्याछु ।” कविता पढिरहँदा उसको कविताको हाकिम र मलाई मेरो अफिसको हाकिम उस्तै उस्तै लाग्छ । के हाकिमहरु सबै उस्तै हुन्छन् हो रु म सोच्न थाल्छु । जिन्दगीमा मिठो कोईन्सिडेन्सेसहरु किन हुन्छन् रु जस्तो कि हाकिम भनेपछि मलाई किन सधै रिसाहा आत्मा जस्तो मात्रै लाग्नु अनि सायनले हाकिमको अनुहारमा सालीको सपना नाचेको देख्नु रु म यत्ति धेरै सोच्छु, अनि सायनलाई बेप्रसंग मेसेज पठाउछु । “सायन यो मन भन्ने चिज भेटिन्थ्यो भने आज म मेरो मनको मनपर्ने डिसेसहरु छोएला कचेला बनाई रक्सीसँग सितन खान्थे । के तँ मलाई जाँड पिउने साथी बनिदिन्थिस् रु” तुरुन्त उ रिप्लाई गर्छ “ह्वाई नट माई डियर फ्रेन्ड, म त अझ मेरो गिदीको फ्राई पनि बोकेर आउथे । यो बेला न कुवेला चिलाउने दिमाग तीनपानेसँगको दामी सितन हुदो हो है ।” म मुसुमुसु हाँस्छु ।आज भर्खर सायनले एउटा कविता फेरी मेल गरेको रैछ । आईसक्रिम जस्तै हो रे जवानी । चाटे सकिन्छ । नचाटे पग्लिन्छ । जे पायो त्यही । कत्ति हाउडे लेख्छ यार । तर यही हाउडेपनामा जीवन चै किन हुन्छ हँ रु“मलाई ठीक लाग्यो तेरो कविता ।” म मेसेज पठाउछु । मेरो मेसेज डेलिभर भएको केही क्षणमै उ रिप्लाई गर्छ । “ठीक भन्या कस्तो रु राम्रो कि नराम्रो रु” म पुन रिप्लाई गर्छु । “ठीक भनेको ठीक नि । एनीवे राम्र्रो भन्न खोजेको ।” तुरुन्त मेसेजको टोन बज्छ, सायनको मेसेज । लेखेको हुन्छ, “कविता ठीकठीकैको भन्ने हुदैन बुझिस् । सुन्दरता भनेको कि राम्रो हुन्छ कि नराम्रो । फूल ठीकठीकैको राम्रो भनेको थाहा छ र तँलाई रु मलाई थाहा छ, म झुर कविता लेख्छु ।” अन्तिममा स्माईलीको साईन हुन्छ । म अझ बढी रन्थनिन्छु ।याद आउछ प्रिय कवि रमेश क्षितिजले गएको दशैमा भनेका चिया गफका कुराहरु । “कविताको घोष्टराईटर हुदैन बुझ्यौ सौरभ । कहिल्यै हुदैन । घोष्टराईटर त्यो चीजको हुन्छ, जो दिमागले लेखिन्छ । कविता त मनले लेखिने कुरा हो । आफ्नो मन, आफ्नो बाहेक कसैको नियन्त्रणमा हुदैन । सोच त के तिमीले कहिल्यै सुनेका छौ कि कुनै कविलाई प्रकाशकले कुनै रिसोर्टमा महिनौ बसेर कविता लेख्न लगाएको कुरा रु” मैले गम्भीर भएर टाउको ‘नाई’ को भावमा हल्लाएपछि कवि क्षितिजले भन्नुभएथ्यो, “यसकारण किनकी दिमाग बिक्री हुन सक्छ तर मन हुदैन । राम्रा कविताहरु सधै मनको आवाज हो । मसिनो तर दरिलो । संसार हल्लाउने ।” अहो म त्यो दिन कविताको मुटु छामेर हल्लिएको थिए । धरमराएको थिए कविताको शक्ति सुनेर । महिनौसम्म मैले कविता पनि कोर्न बिर्सिएथे । खासमा भन्ने हो भने म डराएथे सायद ।सुन्दैछु चाडै सायनको कविता संग्रह आउदैछ । एकदिन सायनसँग बसेर टन्न जाँड पिउनु छ । सोध्नु छ सायनलाई, कसरी हुन्छ मेरा हरेक अनुत्तरित प्रश्नको उत्तर सायनको कवितामा रु अझ यो पनि सोध्नु छ किन अझै सताउछ मलाई त्यो पहेलो कुर्ता लगाउने केटीको कपालले रु मैले सप्पै बुझेर पनि बुझ्न बाँकी किन बस्छ सायनको कविता रु हरेक पटक नयाँ किन लाग्छ उसका पुराना जस्ता लाग्ने प्राय कविताहरु रु किन केही फरक छैन त्यो पहेलो कुर्ता लगाएकी केटीको कपालले कबड्डी खेल्दा मेरो अन्तस्करणमा दिएको झन्कार र सायनका कविताहरुले मलाई रन्थन्यानुमा रु हो अझै धेरै, सायनलाई धेरै कुरा सोध्नु छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
चोरघाम
निबन्ध
पेशल आचार्य
5, 2014, 3:53
पेशल आचार्य
निकै दिन भयो पारिलो घाम नलागेको । मकर संक्रन्तिदेखि नै दिन ढाडिएको थियो त्यसै रात प्याराराररअ छिट्याएछ । निद्रा खुल्दा चीसो ह्वात्तै बढेको थियो । यसो दिउँसोको दिन सम्झिएँ । मिलिकमिलिक चोरघाम लाग्दै बादलमा लुक्दै गरेको थियो । बूढापाकाहरू भन्थे चोरघाम लाग्यो भने पानी पर्छ । नभन्दै भयो पनि त्यस्तै । बिदाको दिन भएकाले पानीले त्यति लछारपाटो लगाएन । दिनभरि नै अक्षरका बिस्कुन चलाएर बसियो, मजाले । अचेल किन हो ! अक्षरका बिस्कुन सुकाउँन र उठाउँन निकै आनन्द आउँन थालेको छ । ऐकान्तिक यो क्षणमा किताब र पत्रपत्रिकामा म खोलेमा छाउरो पल्केझैँ पल्केको छु । हुन त पत्रिकामा ज्ञान कम र सूचनाका बाढी बढी हुन्छन् । पुस्तकमाचाहिँ ज्ञानको मेसो ठम्याउँन सकिने सामल भएकाले मलाई आफू तरोताजा भैरहन मात्र पत्रिका चाहिन्छ । घट झुसी भरिनचाहिँ किताब नै चाहिने भो ! भात खाँदा अचारले रूचि जगाएजस्तो पत्रिकाले पठनमा रूचिमात्रै जगाउनै भो । अघाउँनचाहिँ भातै खानु परेझैँ किताब नै चाहियो । एक्लै बस्दा कहिलेकाहीँ अनेक नाबालक बनेका सुकुम्बासी विचारहरू पनि लुँडीप्युरी भएर आउँछन् । तत्काल प्रकाशन गर्न नसक्ने यस्ता बासी विचारलाई हिजोआज म सुकुम्बासी विचार भन्नेगर्छु । आफ्नो साबगास छैन । कुनै दह्रो प्रकाशनसँग न त सालीपट्टीको सातपुस्ताको नाता न त कुनै दह्रो दानवीरसँग भिनाजुपट्टिको नौ पुस्ताको कायासम्बन्धै छ । मनमा जमेका तीनपाथी हुँडलाहरू चोरघाम मिलिक्क लाग्छ सुकायो, झ्याप्प ओझेल पर्छ फेरि हतारोसँग उठायो । मुटुमा काइ जमेर थेग्य्रान भएका निर्वासित विचारलाई मस्तिष्कको बाटो भएर कम्प्युटरको किबोर्डमा खेलाउँदै कुसुलेले झुम्राको पुतलीलाई नचाएजस्तो नचायो र आत्मरतिको घुटुक्क सन्तुष्टि लियो, बस् । दिनचर्या यत्तिकैमा बितिरहेका छन् । खै ! यस्तो कर्म (साधना) लाई के पो सिर्जनात्मक कर्म भन्नू ? मैले जहिलेदेखि मेरो परिवेशमा देख्नेगरी देखेँ, त्यहाँ चोर घाम लागेको देखेँ । सन्तान्नबे, सात, सत्र, छयालीस र बैसठ्ठीत्रिसठ्ठी यी सबै बेला भएका भनिएका आन्दोलनमा चोरघाम लाग्दै बादलका घुम्टोभित्र लुक्दै गरेको पाएँ । इच्छारूपि सगर डढेर यहाँ प्रजातन्त्रको (अहिले त लाजैगालै लोकतन्त्रको भन्नुपर्छ, नत्र प्रतिगामीमा दरिइन्छ) खडेरी परेको करिब सात दसकभन्दा बढी समय बितिसकेछ । न्यानो खोज्ने जनाद्र्धनहरूको आकांक्षामा जहिलेकहिलै तुषारापात भएको छ । प्रजातन्त्रलाई उपहास गर्दै लीलबहादुर क्षत्रीले बसाइँ, रमेश विकलले लाहुरी भैँसी र हृदयचन्द्र सिंहले मरुभूमिका लेखक लेखे पनि राजनीतिका मसिहाहरूको कानमा बतास लागोइन । पञ्चवर्षीय योजनाका तानाबाना तेह्र सालदेखिनै बुनिन लागेका हुन् तर अझै हुम्लाजुम्लामा नुन सस्तिएको खबर बेखबर नै छ । विचरी ! कुन्ती दिदी अझै हुम्लाजुम्ला कहिले जाने हो भनेर विरहका गीतका फाँकीमा स्वर लहरी मिसाउँदी छिन् । तीन न तेह्रका ती पाँचवर्षे योजनामा खरबौं रूपैयाँ पानीमा बगाइए जसकाकारण समयसमयमा विद्रोहका सुनामीहरूले देशको भर्जिनिटीमा धावा बोल्यो । सँगसँगै हिन्दूस्तानमा आएको डेमोक्रेसी संस्थागत भैसक्दा हाम्रोचाहिँ अझै नाबालककै गतिमा लड्खडाएको लड्खडायै छ । शिशुप्रजातन्त्र यहाँ कति पटक येशुझैँ क्रसमा टाँगिइसक्यो । कुनै कुमारी मारियाले त्यसलाई बचाउँन सकिनन् । अब त गैँडाको छालाझैँ भैसक्यो हामी नेपालीको मुटुको पत्रपत्र पनि । सहनका लागि जन्मेका हामी नेपालीहरू, पर्खिनका लागि बाँचेका हामी नेपालीहरू अनि आसाका लागि बाँचेका हामी आसे नेपालीहरू । थाइ एयरलाइन्स र आर.एन्.ए.सी.(हिजोआज एन्.ए.सी.) एकैदिनजस्तो जन्मिएका जम्लिया दाजुभाइजस्ता भएर तर थाइ एयरलाइन्स कहाँबाट कहाँ पुग्यो ? एन्.ए.सी.रसातल भएर सफाचट । बाटाको मादल बनाए तोरीलाउरेहरूले हाम्रो राष्ट्रियध्वजावाहक विमान कम्पनीलाई । भाट र चाटुकारले डुबाए आयल निगमलाई अनि त्यसैगरी प्यारालाइसिसझैँ बनेका छन् मुलुकका पहरेदार गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनहरू । यसबेला मलाई ध्रुवचन्द्रको प्रसिद्ध कथा ‘ढुङ्गा’को याद आइरहेछ । जहाँ सबैथोक दिन्छौँ भन्दै विभिन्न किसिमका पात्रहरू आमालाई भोग्ने गर्छन् । आमाका मजेत्रालाई छोराहरूले लगौँटी बनाएर जात्रा देखाए नेपालाँ । म हिजोआज किन किन नसोचेको विषयमा सोच्दैछु । नलेखेको विषयमा लेख्दैछु । नकथेको विषयमा कथ्दैछु । नहिँडेको बाटो हिँड्दैछु । नबोलेको कुरा बोल्दैछु । सोचेको, लेखेको, कथेको, हिँडेको र बोलेको कुरा त यसअघि नै सोचिसकेको छु, लेखिसकेको छु, कथिसकेको छु, हिँडिसकेको छु र बोलिसकेको छु । जीवनमा सँधै नित्यनवीन कामकुरा गर्नुपर्छ त्यसैमा आनन्द आउँछ । पूर्वपश्चिम दुवै गोलार्धका दर्शन, साहित्य, कला, राजनीति, ज्ञान र विज्ञान सबैलाई एकै ठाउँमा राखेर भिजाई मटक्क निचोर्दा एकै प्रकारको रस निस्केको पाएँ आनन्दको रस । चराचर जगत् नै आनन्दको पछि लागेरै यहाँसम्म आइपुगेको हो । ज्ञान र विज्ञान दुवैले सिद्धान्त र प्रयोगलाई निचोरेर निकाल्ने रस भनेकै आनन्दानुभूतिको हो । अध्यात्म ज्ञानरूपि रसलाई पिएरै परमानन्दको खोजी गर भन्छ । त्यसैगरी विज्ञान पनि प्रयोगलाई साक्षी राखी प्रयोगानन्दको फल खाऊ भन्छ । समले निकैअघि नै भनेका छन् ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा । कर्म माने काम । कामका अनेकौं रूप र परिभाषा छन् । वेदले भनेको धर्म, अर्थ, काम र मोक्षको कुरामा काम भनेको यौन हो । वैयाकरणिक अर्थमा काम भनेको नाम हो अनि फेरि वाक्यका तहमा सांसारिक अर्थमा कर्म भनेको गरिने वा लक्षित हो । अंग्रेजीमा कर्मलाई अब्जेक्ट भनिन्छ । त्यहाँ अब्जेक्ट बिना ‘सेन्टेन्स’नै बन्दैन । साधारण अर्थमा काम भनेको मानिसको पेटपाला या खाइजिविकाको माध्यम हो । अनेकौँ काम छन् संसारमा । काम नहुने सन्दर्भ र मानिस एउटा पनि छैनन् । एउटा बेरोजगार साथी भन्थ्यो हिजोआज म काम खोज्ने काम गर्दैछु । बास्तवमा काम खोज्ने काम पनि कामै त हो । हजारौं र लाखौं किसिमका कामहरू यहाँ छन् । तिनीहरूलाई चलायमान गर्ने मानिसहरू पनि हजारौंलाखौं किसिमका छन् । चीनमा एकजना रिटायर्ड सैनिक इन्जिनियरले केही काम नपाएर झिँगा मार्ने काम गयो । पछि उसलाई होश् खुल्यो ‘मैले हातले झिँगा मारेर के नै पो गर्न सक्छु र !’ अनि ऊ तम्सियो मेसिनले झिँगा मार्ने प्रविधिको विकास गर्न । नभन्दै उसले केही वर्षमा मेसिन नै बनायो र सरकारलाई त्यसको रूप र सूत्र प्रस्तुत गयो । जनउत्तरदायी सरकार थियो तत्कालै उसलाई वैज्ञानिकमा भर्ना गरी त्यस्तै मेसिन उत्पादनको काम दियो । सूत्रवापत् पारिश्रमिक पनि दियो । काम केही नपाएर झिँगा मार्ने काम गर्दा त मानिसमा नयाँनयाँ आविष्कार गर्ने कुरा फुर्दा रहेछन् भने अझ मन लगाएर काम गर्ने हो भने त मानिसले नयाँनयाँ डरभर दुवैलाग्दा सिर्जनानै गर्न बेर लगाउँदैन । अल्बर्ट आइन्स्टाइन भन्ने गर्थे रे ‘मेरो मस्तिष्कको दस प्रतिशतमात्र उपभोग मैले गर्न सकेको छु । बाँकी नब्बे प्रतिशत त मैले चालै पाएको छैन ।’ अब कस्तो डरलाग्दो प्रसङ्ग हाम्रो अगाडि उपस्थित भयो । आइन्सस्टाइनझैँ भएर गर्दा हामीले धेरै गयौं भनेका अर्थमा त हाम्रो पाँचदस प्रतिशतमात्र दिमागको उपयोग हुन सकेको हुँदोरहेछ भने हामीले थाहा नपाएका अवस्था र प्रसङ्गमा कतिकति सम्भावनाहरू लुकेका हुँदा रहेछन् । त्यसैले माथि भनिएको हो । नसोचेको कुरा सोचियो भने नयाँ अवश्य निस्कन्छ । नबोलिएको कुरा बोलियो भने नयाँ कुरा पक्कै बोलिन्छ । नकथेको कुरा कथियो भने नौल्याइँनै साँच्चै कथ्न सकिन्छ । नहिँडेको बाटो हिँडियो भने पक्का छ अर्को नयाँ बाटो फेला पार्न सकिन्छ । संसारमा नयाँनयाँ बाटाहरूको खरखाँचो अझै मेटिइसकेको छैन । आज संसारलाई नयाँ कुरामा विश्वास छ । नयाँ काममा विश्वास छ । नयाँ सूत्रमा विश्वास छ । नयाँ सिद्धान्तमा विश्वास छ । नयाँ राजनीतिमा विश्वास छ । नयाँ नारामा विश्वास छ । नयाँ झण्डामा विश्वास छ । नयाँ नेतृत्वमा विश्वास छ । नयाँ बालीमा विश्वास छ । नयाँ हतियारमा विश्वास छ । नयाँ गणितमा विश्वास छ । नयाँ परिणाममा विश्वास छ । नयाँ प्रयोगमा विश्वास छ । नयाँ प्रविधिमा विश्वास छ । नयाँ शिक्षामा विश्वास छ । नयाँ ज्ञानमा विश्वास छ । नयाँ विज्ञानमा विश्वास छ । नयाँ फेसनमा विश्वास छ । नयाँ खानाको स्वाद पाउनुमा मजा छ । नयाँ भनिनु र नयाँ चिनिनुमा आनन्द छ । अझ परमानन्द छ । सबैको खोजी केवल परमानन्दको हो । माक्र्सले आनन्दको खोजी गर्दा वर्गसंघर्षको बाटो रोजे, रुसोले सामाजिक सम्झौताको पथ अवलम्बन गरे, बुद्धले शान्तिको राजमार्गमा आफूलाई पथिक बनाए, हुएन्.साङ् र भास्कोडिगामाले चरैवेती चरैवेतीभन्दै खोजीको मार्गमा पैदलयात्रालाई आनन्दप्राप्तिको माध्यम बनाए, आचार्य भरतले रसमानै यो रसमय संसार देखे । आधुनिक विज्ञानको चौरस्तामा आइपुग्दा आइन्सटाइनले सापेक्षतावादमा र न्यूटनले गुरुत्वाकर्षणबाहेक अरूचिजमा केही देखेनन् । कौटिल्यले अर्थशास्त्र दिए, गेटे र कालिदासले काव्यानन्द दिए, माक्र्सले पूँजी दिए, मन्टेस्क्यूले सेपरेसन अफ दि पावर दिए, सेक्सपियरले नाटक दिए, शेलीले कविता दिए अरू थुपै महान् आत्माले केके दिए केके ? भनिसाध्यै छैन, लेखिसाध्यै छैन । माक्र्सले दिएको पूँजीमा चित्त नबुझाएर हामीले आज उनीभन्दा नयाँपन खोज्न उनैको पूँजी भित्रबाट नयाँपनको खोजी गर्न चाह्यौं । कालातीत दर्शन र ज्ञानमा पनि समयसापेक्ष परिवर्तनको आसामा विश्वका अनेक वाद, विवाद र सम्वाद आए र गए । हिजोका विद्वान्को पदका पथ चाहार्दै आज हामी हिँड्यौं भने अवश्य नयाँबाटो पत्ता लगाउँन सक्दैनौं । बनाइसकेको बाटोमा नयाँ बनाउँन सकिदैन बरू त्यसलाई मर्मतसंभार गर्न सकिन्छ । बरू साइडमा पेटी र कल्भर्ट या कजबे जे चाह्यो सो बनाउँन सकिन्छ । बाटो त त्यहाँ चाहिन्छ जहाँ बाटै छैन । जहाँ बाटोको गुन्जायस छैन भनेर शताब्दीदेखि मानिसहरू हिँड्न चाहिरहेका थिएनन्, सकिरहेका थिएनन् आज नयाँ ढंगले त्यहाँ नयाँ बाटाका सिर्जना हुने भएका छन् । अघि र पछि खन्ने हो, खन्न त सबैले खन्ने हो । अब माक्र्सको बाटोमा हिँडेर नयाँ लक्ष्यातीत विन्दुमा पुग्न सकिँदैन । अब कौटिल्यको बाटो हिँडेर नयाँ अर्थशास्त्रको डिमार्केसनमा पुग्न सकिँदैन । अब विथोबेनको बाटोमा हिँडेर संगीतको नयाँ सिम्फोनी निकाल्ने चुलीमा पुग्न सकिँदैन । नूतन लक्ष्यमा पुग्ने हिम्मत राख्नेले त नयाँ खाले माक्र्स भएर जन्मिनँ खोज्नु पयो । नयाँ खाले कौटिल्य, नयाँ खाले भरत, नयाँ खाले कालिदास, नयाँ खाले गेटे, नयाँ खाले गान्धी, नयाँ खाले देवकोटा, नयाँ खाले माओ, नयाँ खाले मण्डेला, नयाँ खाले रजनिस, नयाँ खाले वी.पी., नयाँ खाले प्रचण्ड, नयाँ खाले बाबुराम, नयाँ खाले सि.के, नयाँ खाले मदन भण्डारी, नयाँखाले इन्द्रबहादुर राई, नयाँ खाले बैरागी काइँला, नयाँ खाले भूपि, नयाँ खाले हरिभक्त, नयाँखाले नारायण गोपाल, नयाँ खाले व्याकुल माहिला, नयाँखाले श्रवण मुकारुङ र नयाँखाले ध्रुवचन्द्र अर्थात् सबैभन्दा नयाँखाले भएर जन्मन सक्नुपयो । हामीले हामै्र उपभोग नगरेको मस्तिष्कका नयाँ तन्तुलाई प्रयोगोन्मुख बनाउँन सक्नुपयो । हामीले हाम्रा नखुलेका विचारका तन्तुलाई खोल्न सक्नुपयो । नयाँनयाँ ढङ्गले कार्यारम्भ गर्न उद्यत हुनुपर्यो । नयाँ हिसाबले सिक्नुपयो । नयाँनयाँ हिसाबले सिकाउँन पनि सक्नुपयो । जबजब नयाँनयाँ विषयवस्तुले समाजमा प्रवेश पाउँन खोज्छन् त्यसबेला तिनीहरूलाई समाजमा प्रवेश दिनुपयो अनि हुन्छ समाजको नयाँ किसिमले विकास । नयाँलाई सधैँ नकारेर मात्र हामी न पुरानाको सम्मान गर्न सक्छौं न नयाँको नै निर्माण गर्न सक्छौं । मौलिक र नयाँलाई मन नपराउँने सायद् यो संसारमा कोही पनि छैनन् । वृक्षका पनि नयाँ पात फेरिएपछि त्यसमा एक प्रकारको रौनकता आउँछ । पुरानाले नयाँका लागि स्थान खालि गर्दै पनि जानुपर्छ । नेतृत्वका संसारमा नयाँलाई काम पुरानालाई आराम भन्ने आहानै चलेको छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले जब आफूमा ऊर्जा रह्यो त्यसबेलासम्म आफूले शासनको बागडोर आफ्नो हातमा लिए र जब आफू वृद्धभएको महसुस गरे त्यसपछि आफ्ना अनुज थाबो एम्बेकीलाई सत्ता सुम्पेर अहिले उनी एल्डर्स क्लब खोलेर संसारभरि बूढापाकाहरूको ज्ञान, अनुभव र सीपलाई कसरी विकासनिर्माणका कार्यमा लगाउँन सकिन्छ भनेर विश्वभर हिँडिरहेका छन् । यो संसारै एक प्रकारको रिले खेल हो । आफूले आफ्नो भागको कार्यसमाप्ति गरेपछि आफूभन्दा पछाडिका खेलाडीलाई सरक्क आफूले समातेको रिलेको लौरो समात्न दिनुपर्छ । बाउ चाहन्छ छोरो मजस्तो होस् तर छोरो कहिल्यै पनि बाबुजस्तो हुन चाहिरहेको हुँदैन । यसमा प्रकृतिको जेनेरेसन ग्यापको सिद्धान्तले काम गरेको छ । हरेक बीस वर्षमा एक नयाँ जेनेरेसन समाजमा आउँछ र ऊ अघिललो पुस्ताभन्दा सधैँ नित्य नवीन कार्य गर्न चाहन्छ । संसारको गति र प्रगति यसरीनै अगाडि बढेको छ । तपाईँ मान्नुस् या नमान्नुस् संसारमा पछि आउँनेले केही न केही नयाँ सोच लिएर आइरहेको हुन्छ । गुरु पुग्न नसकेका स्थानमा चेला पुगिसकेका हुन्छन् । एउटा शिक्षकले पढाएका विद्यार्थीहरू अनेक पेसा अँगालेर समाजमा स्थापित भै आफ्नो नाम रोशन गरेर उँचो व्यक्तित्व भई बसेका कैँयौँ उदारहण हाम्रो समाजमा बग्रेल्ती छन् । पश्चिम्मा क्रोचेभन्ने विद्वान्ले कलाका सम्बन्धमा नयाँ ढङ्गले सोचेकाले उनलाई कलाका कोलम्बस भनिन्छ । समाजलाई नयाँकुरा जसले खोजेर दिन्छ उसैको कीर्ति युगानुयुगसम्म रहन्छ । हुएन् साङ् हुन कि भास्को डिगामा, राहुुल सांस्कृत्यान हुन् कि अशोक, बुद्ध हुन् कि महावीर बद्र्धमान्, पैगम्बर मोहम्मद् हुन् कि गुरुनानक, पाब्लो पिकासो हुन् कि लियोनार्दो, गान्धी हुन् कि मण्डेला, खलील जीब्रान हुन् कि मिर्जा गालिब, नित्से हुन् कि सन्त कबिर, पेले हुन् कि प्रचण्ड, डार्बिन हुन् कि हुन् कि जीसस क्राइस्ट, सत्यजीत रे हुन् कि गुरूप्रसाद, प्रेमचन्द हुन् कि ध्रुवचन्द्र, रुस्दी हुन् कि एन्टोन चेखब, ब्रेख्त हुन् कि सरुभक्त, रुविन गन्धर्भ हुन् कि हरिश माथेमा, रविन शर्मा हुन् कि रामेश सबै आफ्ना कालमा दर्शन र कलालाई नयाँपन दिनमा आआफ्नो स्थान उम्दाउम्दा छन् । सबैले केही नयाँ भनिएका कुराहरू खोजेका छन् र समाजलाई नयाँ चिज दिएर गएका छन् । यदि दिने चाहना मानिसमा प्रबल रूपमा छ भने उसको ध्याउन्न नै समाजमा कीर्ति राख्ने हुन्छ । जीवनपछि पनि बाँच्ने चाहना भएका मानिसमा त्यो प्रकाशले उसलाई तानिरहेको हुन्छ र उसको काम सधैँ नयाँमा केन्द्रित रहन्छ । दिन धुमिए पनि मनमा चङ्गा भएर घाम लागेकाले मैले आज मेरा पाठकलाई न्यानो गर्न सकेँ भन्ने लागेको छ । चोरघाम लाग्नु र घाम नलाग्नुको यो जोरसन्धि कालमा मलाई जेजति भावनाहरू यहाँ आए र मैले त्यसलाई लिपिबद्ध गर्न सकेँ त्यसैमा मलाई गर्वानुभूति छ । देशमा चोरघाम होइन सुनको बिहानी भनिने लोकतन्त्रको घाम लागोस् । अहिलेलाई यत्ति भन्दै म मेरो कलमलाई रोक्छु । हालः मन्थली, रामेछाप ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गणेशकुमारलाई चिठी
निबन्ध
राजेन्द्र पहाडी
21, 2014, 4:24
राजेन्द्र पहाडी
मित्रवर गणेशकुमार ! पर्वतेली रैथाने साहित्यिक पत्रिका ‘कालीको सुसेली’ त्रैमासिक अङ्क २ मा सम्पादकलाई चिठी लेखेर अचाक्लीको रडाको गयौ रे भन्ने सुनें । कौतुहलताले तिम्रो ‘सम्पादकलाई चिठी’ शिर्षकको कविता नपढि धरै पाइन, आद्योपान्त पढें र धेरैबेर गम खाए“ । प्रायः कुची, क्यान्भास र रङ्गहरुस“ग रमाउने तिमी अचेल कविताको माध्यमबाट छेडखान, घोचपेच र घोरमुखो प्रवृत्तिलाई मर्म मर्ममा प्रहार गर्न खप्पिस निक्लेका छौ भन्दा रहेछन् तिम्लाई नजिकबाट जान्नेहरु । म सुधो बिलखबन्दमा परें । लामो समयसम्म खै के, खै के भयो । तिम्रा अमूर्त चित्रलाई सत्यमा आधारित भएर नबुझ्नेहरुले अन्यथा अर्थ लगाउलान् र मनपर्दी परिभाषित गर्लान् कि भन्ने भयले तिम्लाई कवि बनाएको हो कि ? सामाजिक परिवर्तनको उत्कट चाहनाले सताएर क्रान्तिको आगो ओकल्न कलम उदाएका हौ ? वा क्यानभासको संगतले नरत्ताएर तिमी कवि चिनिन चाह्यौं ? यो तिम्लाई नै थाहा होला । गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालय कुश्माद्वारा भर्खरै प्रकाशित तिम्रो कृति ‘अग्नियात्रा’ ताप्दै, झोसिंदै, डामिदै अघि बढेदेखि तिमीभित्रको कवि कति जुझारु, उर्वर, सील्पी र अन्तर चेतनाले ओतप्रोत छ भन्ने नजिकबाट बोध गरें । शब्दको सहायताले जीवनको उहापोह दुरुस्त उर्तान तिमी बिछट्टै माहिर रहेछौ । अनिवार्य, अकाट्य तर चुनौतिपूर्ण यात्रामा अगाडि बढ्ने तिम्रो प्रतिवद्धतालाई हृदयदेखिको सलाम । मैले बुझेको गणेशकुमार सनातनी ‘गोरु’ हो भन्ठान्थे म, किनकि ऊ कर्ममा आस्था राख्थ्यो, आफ्नो जिम्माको काम जस्तै अवस्था परे पनि सम्पादन गर्नु उसको स्वभाव थियो (वास्तविक गोरुहरु सच्चाई, इमान्दारिता र पौरखका पक्ष्ँपाती हुन्छन्), तर तिमी आफूलाई चक डस्टर घोट्ने र विद्यार्थीका पिंडौला ठोक्ने ‘गुरु’ (?) पनि मान्दा हौं । मैमत्ता बहर हुनै नपाई (भयौं र ?) र बिना शल्यक्रिया गोरु भएका गणेशकुमार आजकल परिपक्व, धीर र शालीन ढंगले जोतिइरहेको देख्छु आफ्नो कर्ममासृजनामा । कला र साहित्यको क्वा“टी (?) पकाएर सुस्वादिष्ट पकवान पस्कन सक्ने छोटो नाक भएको गणेश हिजोआज फा“ट फुकेको गोरु जस्तै झर्रो पारामा नलुकाईकन अतिसार गर्ने र अनिष्ट रच्ने निसाचरहरुको दोहोलो काड्न उद्दत छ भन्ने थाहा पाउ“दा पुलकित नभईरहन सकिन“ । वस्तुतः इत्ला कान्ला भत्काउन उद्दत छत्तउरे बहरहरु र जुवा का“धमा हाल्दा नहान्दै थचक्क बस्ने कथित पाका पुराना गोरुहरुको वास्तविकता नङ्गाउनु तथा तिनको खेदो गर्नु कुनै सरमको बात होइन भन्ने लाग्दछ । यसैले गणेशकुमार तिमी लेखनीको समर जित्न आ“टका साथ अगाडि बढ्नै पर्दछ । तिम्रो ‘अग्नियात्रा’ सार्थक दिशामा अगाडि बढ्दै जाओस् हार्दिक शब्द शुभकामना । हितैषी गणेशकुमार हिजोआज तिम्रोहाम्रो समाज अतिशय बेइमानी, धोकाधडी र निर्ममता सा“चेर अगाडि बढिरहेको छ । मुठ्ठीभर मान्छेहरु आफूलाई विधाता ठानिरहेकाछन्, हर्ताकर्ता मानिरहेकाछन् र बहुसंख्यकमाथि सुन्दर, शान्त र विशालको सपना बेचिरहेकाछन् । सडक, गल्ली र चोकहरु यिनै कथित ठालूहरुको मौसमी व्यापारका थलो बनिरहेका छन् । मौसम अनुसारको गीत गाउन माहिरहरुले समयलाई दिनदहाडै धोका दिइरहेको तथ्य प्रस्ट बुझ्न सकिन्छ । घरमै बसेर र श्रम गर्नेलाई ठगेर खानेहरुले गरिखानेका पक्षमा काम गर्छौ भनेर आपत्तिजनक र झुट्टा बहानाबाजी गरिरहेकाछन् । नूतन समयको प्रतिक्षामा रहेका तिमी हामी हेरेको हेयै अवस्थामा अक्क न बक्क भैरहेको अवस्था छ । हरेक क्षेत्र, तह र तप्का तदर्थवादबाट ग्रसित छ । नया“ विचार, जोश र जा“गरलाई किनारा लगाउन पुरातनपन्थीहरु बल मिच्च्याईं गरिरहेकाछन् । तिम्ले कलम चलाउन रोजेको साहित्य क्षेत्रमा पनि हदैसम्मको अराजकता, गैरजिम्मेवारी र पाखण्डीपनको बोलवाला छ अझै पनि । यसो भन्दा तिम्लाई उतिसारो जाती नलाग्ला, तर पनि सत्य तितो हुन्छ भन्छन् भोगी जान्नेहरु । केही मानिसहरु साहित्यको पसल थापेर सम्मान, पदक, पुरस्कार र अनेक नामका अभिनन्दनहरुको व्यापार गरिरहेकाछन् । कसै कसैले साहित्यलाई मागीखाने भा“डो बनाइरहेकाछन् भने कोही साहित्यकै नामबाट मौजा र हवेली जोड्दै गरिरहेका भेटिन्छन् । जनता, जनजीविका र राष्ट्रका लागि लेख्ने लेखक साहित्यकारहरु पाखा पारिइएकाछन् भने टपरटुइया“हरुले सबैतिरबाट ‘तर’ मारिरहेकाछन् । तथापी, अर्कालाई लेखाएर, अर्काको सारेर र सुटुक्क चोरेर आफ्नो नाममा प्रकाशन वा प्रशारण गर्नेहरु रातारात चर्चित साहित्यकार (?) बन्दैगएको सन्दर्भबाट विचलित हुन जरुरी छैन । एकपटक सोचौं त, सत्यलाई स्वीकार गर्न नसक्नेहरुले लेखेको साहित्य कसरी सामयिक र समय सचेत हुन सक्छ ?, कहिल्यै दुःख, पीडा र अभावलाई नबेहोरेका तथा सात्क्षात्कार नगरेकाहरुले कसरी गरिब र निमुखाहरुका पक्षमा वकालत गर्न सक्छन् ?, स्वचेतनाको घैंटोमा बिर्को लगाएर केवल घोकाइएका, रटान गरिएका र अर्काको नक्कल गरेका कुराले कसरी बस्तुपरक साहित्य कोर्न सकिन्छ ? समाजको गतीलाई उल्टो दिशामा पल्टाउन दुस्साहस गर्ने पश्चगामीहरु कसरी अग्रगती र प्रगतिवादका हिमायती हुन सक्छन् ? हेर गणेशकुमार यतिखेर तिमी यस्तै घनचक्करका बीचमा साहित्य लेख्न कलम उदाइरहेकाछौं भन्ने लागेको छ मलाई । लेख्न कठिन होइन, आफ्नो लेखनप्रति इमान्दार र जवाफदेही बन्नु जटिल पक्ष हो । जे पायो त्यही लेखेर कसैप्रति पनि उत्तरदायी नबन्ने नामर्दीपन नालायकी कुरा हो । म विश्वास गर्छु, तिम्रो कलम चाकडी, चाप्लुसी र जिहजुरी प्रथाको विरोधमा खरो उत्रने छ । तिमी प्रायोजित पुरस्कार, सम्मान वा अभिनन्दनका पछि दौडने छैनौं । पुरस्कार तथा सम्मानको नियोजित आदानप्रदानमा तिम्ले भित्री हृदयदेखि विश्वास गरौंला भन्ने मलाई लाग्दैन । ताप्के नतातेकाहरुले आफै बिंडतिर आगो फुकेर बिंड तताउनुको कुनै अर्थ छैन भन्ने तिम्ले राम्रोस“ग बुझ्नु पर्दछ । ऐन मौकामा क्षमताको पहिचान गर्न लिइने परीक्षादेखि भाग्ने तर परिणाम आफ्ना पक्षमा होस् भन्ने अपेक्षा राख्नेहरु कायर र हुतिहाराको सूचिको पहिलो दोस्रो नम्बरमा पर्ने ‘पानी मरुवाहरु’ हुन् भन्ने तिम्ले जानीराख्नु जाति होला । का“चो खरमा आगो झोस्न हिम्मत गर्ने अधकल्चाहरुले मच्चाएको कोकोहोलोका पछि लागेर आत्मनिर्णयलाई दाउमा राख्यौं भने आजको तिलस्मी गणेशकुमार भोलीका लागि पनि सही सलामत गणेशकुमार रहने छैन भन्ने सत्य तिम्ले गतिलोस“ग थाहा पाउनु पर्दछ । तसर्थ तिमीले गम्भीर भएर आफ्ना बारेमा सोच्नै पर्छ, तिमी लुच्चा र खुराफातीहरुको कित्तामा की आफ्नै अन्तरमनको निर्देशन अनुसार युगीन साहित्य सृजना गर्ने कित्तामा ? अचेल दुधमा पानी मिसेर बेच्न खप्पिस साहित्यिक फा“टका ‘बलरामहरु’ र बासी भातलाई साझी भनेर बढी मूल्यमा बेच्ने ‘सुन्तलीहरु’ बजारमा बिकाउ भैरहेको देखे जानेकै कुरा हो । लामो इतिहास बताएर कथित् अगुवा वा भाले हुने इरादा राख्नेहरुको पनि कुनै कमी छैन तिम्रो समाजमा । अरुमा भएको क्षमता, खुबी, दक्षता, सीप र कलाको परख गर्न नजान्ने तर आफ्नै मात्र गुणगान गर्न अघि सर्नेहरुले हु“दा नहु“दाका तरिका निकालेर आफ्नो प्रचार प्रसार गर्ने गरेको कुरा गाउ“, टोल, शहर, बजार सर्वत्र ज्ञात भएको विषय हो । दुरगामी सुद्धि नभएका तर मोटो बुद्धि भएकाहरुले अरुले केही पनि बुझ्दैनन् र थाहा पाउ“दैनन् कि भनेजस्तो गरी प्रहशन गर्ने हल्का र छाडा नाटकलाई हेरेर भद्दा मनोरञ्जन गर्नुको कुनै विकल्प छैन यतिखेर । अरुले लेखेको साउ“ अक्षर पनि नपढ्ने तर आफ्नो रचना सबैले पढिदिएर प्रसस्ती गाएर केही लेखिदिउन्, बोलिदिउन् वा प्रकाशनप्रशारण गरिदिउन् भन्ने कामना राख्नेहरुको विचित्रको चरित्र देखेर तिमी कायल छौं कि छैनौं मलाई त्यत्ति मेसो छैन । प्रिय गणेशकुमार ढंग पुयाएर नाच्न नजान्नेहरुले रत्यौलीमा लुठोको भूमिका छाडा ढंगले निर्वाह गरेजस्तो गरी साहित्य क्षेत्रमा हुर्कन लागेको छाडापन देखेर मलाई ननिको लागिरहेको छ । साहित्यको सामान्य विद्यार्थी भएका नाताले मैले बुझेको साहित्य समाजलाई जस्ताको तस्तै प्रतिविम्बित गर्ने र आम सच्चाईका पक्षमा सृजना गरिनु पर्दथ्यो । यसको विपरित समाजप्रति अनुत्तरदायी भएर केही न केही प्राप्तीका हेतुमात्र साहित्यलाई लिइनु जायज होइन होला । तिम्लाई कस्तो लाग्छ कुन्नी ? सखा गणेशकुमार तिम्ले लेखेको ‘सम्पादकलाई चिठी’ कविता एकपटक होइन, तीन तीन पटक पढें । सप्तमीका दिन बिहान विजयादशमी २०६५ को उपलक्ष्यमा पर्वत साहित्य संगमले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सोही कविता तिम्रै मुखारवृन्दबाट श्रवण गर्ने मेसो पनि मिल्यो । वाचन गर्दा तिमी बिछट्टै ठट्यौला र रसिक भेटिन्थ्यौं, तर तिम्रो कविताको आसय अनपेक्षित गम्भीर, चोटिलो र धारिलो लाग्यो । नेपाली साहित्यको मर्मलाई तिमीले सुविचारित ढंगले उठाएका रहेछौं आफ्नो कवितामा । हो, तिम्लेहाम्ले नलेखेर, नबोलेर हाम्लाई, सम्पादकलाई र पत्रिकालाई केही फरक पर्दैन होला, तर तात्विक फरक पर्छ तिमी हामी रहे बसेको समाज र राष्ट्रलाई । र फरक पर्छ आफ्नो पीडा, वेदना र निरिहता बोल्न खोजेर पनि बोल्न नसक्ने आवाज नभएकाहरुलाई । त्यसैले लेख्न नछोड भन्छु म तिम्लाई, बरु सम्पादकलाई लेख्न कठिन मान्छौं भने अब आइन्दा व्यवस्थापकका नाममा लेख, किनकी म पनि उल्लिखित पत्रिकाको व्यवस्थापकमा दरिएको छु । म सहर्ष सहन्छु तिम्रो इमान्दार लेखनी । गाली गरेर लेख, उपमा दिएर लेख, बिम्ब र प्रतिकहरु प्रयोग गरेर लेख, छेडखान गरेर लेख, ढाडमा टेकेर टाउकोमा हान्दै लेख, उछितो काडेर लेख, नाङ्गेझार पारेर लेख । लेखेर र निरन्तर लेखेर बिग्रन लागेकोलाई सच्चाउन सकिन्छ, सुर्धान सकिन्छ भने लेख्नु तिम्रो धर्म हुन्छ । तसर्थ निर्वाध र निसंकोच लेख........ । कवितामा तिम्ले भनेजस्तो, ती पात्रहरुको सक्कली रुप उदाङ्ग पार आफ्नो लेखनी मार्फत, जो बेइमान, धुर्त, स्वार्थी, कपटी, जाली, फटाहा, ढोंगी, बेविचारी, इश्र्यालु, क्रोधी, घमण्डी, पाखण्डी, उपबुज्रुक र दहिच्यूरे छन् । तिम्रो मानसमा कुरुपताको सूची धेरै लामो हुन दिनु समाजप्रति कृतघ्न बन्नु हुनसक्छ । तसर्थ समयमै कुरुपताका ठेकेदार तथा बाहकहरुलाई नाङ्गेझार र आच्छुआच्छु पारिहाल्नु पर्दछ । समाजलाई धमिराहरुले भित्रभित्रै खाएको हेरेर कतिञ्जेल बस्न सक्छौ तिमी ? वास्तवमा तिम्रो कलमले कुरुपता, बेढंग, दुर्गन्ध र बदमासीलाई परफ्यूम (सुगन्ध) छर्केर सुद्ध पार्नु हु“दैन, बरु तिनका विरुद्धमा सशक्त जेहाद छेड्नु पर्दछ, जसको माध्यमबाट वास्तविक साहित्यको समर जित्न सकियोस् । नक्कली, फटाहा, खुराफाती र भ्रमको खेती गरेर रातारात महामहिम तथा विशिष्ठ हुनेहरुको पर्दाफास हुन सकोेस् । खेताला हालेर साहित्य लेखाउने र चर्चामा आउनेहरुको नूर गिरोस् । भक्तीगान गाउने, चिप्लो दल्ने र सम्भ्रान्त भएको नौटङ्की गर्नेहरुको सातो पुत्लो उडोस् । तिम्रो कलम विजेता बन्नु पर्छ साहित्यमा, किनकी तिमी सत्यका पक्षमा छौं, स्वाधिनताका पक्षमा छौं र छौं आजपर्यन्त नभोगेको नविनताको पक्षमा । आत्मीय गणेशकुमार समाजको मूलधारबाट तिरस्कृत, बहिस्कृत र किनारीकरण गरिएकाहरुका पक्षमा ओठे कुरा उठान गर्नुमात्र र तिनको अवस्थाप्रति दयाभाव राखेर चुक्चुकाउनु मात्र प्रयाप्त हुन सक्दैन । केवल माया, पिरती, मिलन, विछोड जस्ता मायावी संसारका सीमित घेराभित्र बसेर साहित्य सृजना गर्नुले फेरिंदै गएको समयलाई आत्मसाथ किमार्थ गर्न सक्दैन । समयको चेत र गतीलाई बुझ्न नसक्ने एवं परिवर्तनको आवाजलाई सुन्न नसक्ने कुम्भकर्णहरु तिमीले उछितो काडे पनि र नकाडे पनि पाखा लाग्नै पर्ने हुन्छ एक न एकदिन । पुरानै चिन्तनशैली, सा“घुरो दृष्टिकोण, हैकमवादी मानसिकता र सीमित विषयवस्तुमा रमाउनेहरुले समाजप्रति जिम्मेवार बन्ने कुरा चुनौतिपूर्ण कार्यभार हो । समाजको तृणमूल तहका समुदायका लागि सोच्नसम्म पनि नसक्नेहरुले केवल हुनेखाने र ठूलाठालूहरुका पक्षमा मात्र साहित्य लेखेर कसको चाकडी र सेवा गर्न चाहेका हुन् सबैले बुझेकै विषय हो । जो अगाडी पर्छ, उसैको भक्तिमा शिर झुकाउनेहरु र बनिबनाऊ शास्त्रीय भजन सुनाउनेहरु आफ्नो क्षमतामा विश्वास राख्दैनन् भन्ने तथ्य बुझ्न धेरै कठिन छैन । ‘सुपारी चाम्रो....जे देख्यो त्यही राम्रो’ भन्दै जता पनि टा“सिनेस“ग के नै लाग्दो रहेछ र ? यतिमात्र कहा“ हो र, साहित्यका हरेक विद्यामा आफूलाई प्रखर देखाउन लालायित अल्पज्ञानी आरिसेहरु जानेमाने सर्जकका कृति अगाडी राखेर ‘हातसफा’ गर्दै गरेको देखिजान्नेले भन्दा सुनेको र रचना पढ्दा पोल खुलेको कुरा हो । नामका लागि मरिहत्ते गर्नेहरुले इमान जमान सबै गुमाएर जे पनि गर्दा रहेछन् भन्ने कुरा बताउन मोतो बस्नै नपर्ने भएको रहेछ अचेल । पद र नामका भोकाहरु मिल्ने भए शहर बजारमा भित्ते लेखन गरेरै आफ्नो सस्तो प्रचारमा उत्रने थिए होला । स्थानीय तहदेखि केन्द्रीय तहसम्म र पूर्वदेखि पश्चिमसम्म नाम चलाएर ‘अमर’ (?) हुने चाहना राख्नेहरुको चुरीफुरी वास्तवमै नाटकीय देखिन्छ । यद्यपी लाजमर्दो गरी गरिने खासखुस, पुरस्कार र रचना समेतको अैंचोपैंचोको खेतीमा लागेकाहरु सतत् सृजनाको बीउ रोप्न अन्कनाउनु अनौठो लाग्ने घटना पनि होइन । तर यस्ता ‘खुराफातीका सन्तान’ झा“ङ्गिदै जानु र दुबो मौलाउ“दा झै मौलाउ“दै जानु (?) भने सोचनीय विषय बन्नु पर्दछ यतिखेर । यसबारेमा तिम्ले के सोचिरहेका छौ कुन्नी ? अनन्य मित्र गणेशकुमार हाम्रो समाजका केही केही मान्छेको अनुहार देखेपछि तिम्लाई बिछट्टैको सिरिङ्गा र भाउन्न उठ्छ रे भन्ने सुनेको थिए“ तिम्रा साथे मार्फत । कतै मलाई पनि त्यही फेहरिस्तमा राखेका त छैनौं ? पत्रिकामा नै छाप्ने गरी किन चिठी लेखिस् भनेर कतै मलाई नै झटारो हान्न कस्सिने त हैनौं ? भन्ने डर लागिरहेछ भित्रभित्रै । मलाई माफ गर मित्र, तिमीले सम्पादकलाई चिठी लेखेर ‘कुराको चुरो’ फुत्काएपछि मलाई पनि असह्य कुत्कुती लाग्यो र यो पत्र लेख्ने धृष्ठता गरेको हु“ । मेरो प्रस्तुत लेखनी तिम्रो चिठीको समर्थनमा छ या विरोधमा, आफै रनभुल्लमा परेको छु । तिम्रो नाममा कोरेको चिठी शिर्षकको लेखोटले कतिजना सरोकारवालाको माथिंगल थर्थराउने हो म बेखबर छु यतिबेला । सायद, सबैलाई हजम हुन नसके पनि तिमी पचाउ“छौ मेरा कुरा भन्ने ठान्दछु । पँच्य हुन नसके नजिकैको डिपार्टमेन्टल स्टोर्समा गएर हाइडोजको हाजमोला खानु । अन्यथा, कुनै बेला यसैगरी मेरा नाममा केही लेखेछौं भने पहिलो पेजमा नसके पनि पुछारको पेजमा तिम्लाई झुण्डाउने यत्न गर्ने नै छु । यहा“ भन्दा के नै लेखू“ र, तिम्रो आस्थाको प्रारुपमाथि धावा बोल्नेहरुको मानमनितो कुन कोटीमा छ ? सारा शहर जलिसक्दा पनि बा“सुरीको धुनमा मस्तराम निरोहरु के कति पानीमा छन् ? र, तलाउमै नपसी पौडिएको आनन्द लिन आतुरहरुको अभीष्ठ के होला ? तिम्ले बुझेकै तथ्य हो भन्ने ठान्दछु । ऐथेन्सलाई दिग्भ्रमित पारेको र अपशकुन बा“डेको बहाना बनाएर सुकरातको हातमा थमाइएको प्यालामा ‘हेमलक’ भर्नेहरु आजको दुनियामा पनि बग्रेल्ती छन् भने करमचन्द गान्धीको ‘चिलिम फर्काउने’ नाथुराम गोड्सेहरुको पनि त्यति ठूलो अनिकाल परेको छैन, तिनको खोजबिन, पहिचान र खबरदारी गर्ने जिम्मा तिम्रो पनि हो । सच्चाईको कसी लगाउ“दा म बबुरो पनि तिम्रो सिस्नो पानीको झटारोमा परेछु भने पनि कोही बात् छैन । अन्त्यमा, म प्रति त्यतिसारो जङ्ग नै चलेको भए वा यो पत्र पढेपछि कन्सिरीका रौं ठडिएका भए क्यान्भासमा मेरो कुरुप तस्वीर उतार्नु र त्यसैलाई गाली गर्नु है स्वाद फेरेर........ । अस्तु उही तिम्रो हितैषी राजेन्द्र । मैत्रीचोक ४, कुश्मा पर्वत
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
कविताहरू
निबन्ध
पेशल आचार्य
13, 2014, 4:40
पेशल आचार्य
कविता हृदयले लेख्छ । जुनजुन कविहरू मस्तिष्कले कविता लेख्छन् उनीहरू बास्तविक रूपका कवि हुन सक्दैनन् । कविता त आँसुले लेख्न सक्नुपर्छ । कविता त हृदयले लेख्न सक्नुपर्छ । कविता त सुखदुःखका अनन्य भावहरूले लेख्न सक्नुपर्छ । कोमल मन मुटुले कविता लेख्छ र बुझ्छ । यो कुरा अब सर्वग्राह्य भैसक्यो । अनि कविता सरल र सरस हुन सक्नुपर्छ । जटिल कविता आफ्ना लागि मात्र हुन सक्छ । सरल कविता त जगत्का लागि हो । जीवनका लागि हो । एउटा सफल कवि सरल कवितामै रमाउन सक्छ । सफलताको सूचक सरल र हृदयग्राही कविताहरू नै हुन् । एकजना नेपाली कवि भन्छन् ‘कविता लेख्नुभन्दा कविताको विषयवस्तु छनोट गरी लेखनको परिवेश खडागर्नु गाह्रो काम हो ।’ धेरै हिँउदबर्खा कवितामा बिताइसकेपछि मात्रै मैले उपरोक्त उक्तिको गूढार्थ बुझ्न सकेँ । हो, जस्तो लाग्छ अहिले । कविता लेख्न सारै सकसपूर्ण छ । जीवन अनुभूति गरेर पनि मैले धेरै वर्ष कविता लेख्न सकिरहेको थिइनँ । बल्ल बुझेको छु । अब कविता लेखन नै सुस्तसुस्त भैसकेको छ । जति सजिलो उति गाह्रो हँुदो रहेछ । अझ कविताभन्दा गीत लेख्न कडा परिश्रम गर्नुपर्छ । देवकोटाले एकपटक दार्जिलिङमा डा. तारानाथ शर्मालाई अटोग्राफमा लेखिदिँदा ‘कविता नलेख, बाबु कविताले जिन्दगीभरि पोल्छ । मलाई पोलिरहेको छ ।’ भनेका थिए । उनी आफैँपनि ‘पागल’ र ‘बाघले बच्चा किन खान्छ’ कविताको लेखनबाट उद्देलित भएका थिए त्यसबेला । उसो त एउटा लेखकले राम्ररी खेल्न पाउने ठाउँ भनेको आख्यानमा हुन्छ । अझ त्यसमा पनि उपन्यासमा खेल्ने र खेल्न सकिने धेरै ठाउँहरू हुन्छन् । कविता त यति कसिलो र लालित्यपूर्ण शैलीमा लेखिसिध्याउने विधा हो कि त्यहाँ कविले आफ्ना कुराहरु राख्ने गुन्जायस नै पाउँदैन भने पनि हुन्छ । ‘कविको कर्म नै कविता हो ।’ संस्कृत वाङ्मयमा भनिएको छ ‘कवि कर्मणे इति कविता’ कतिपय अवस्थामा कवि स्वयम् कविताझैँ हुन्छन् । कोमल व्यवहार र माधुर्यपूर्ण उपस्थिति नै कतिपय मानिसको परिचय कविता नै हुने गर्दछ । कोही मिठामिठा कविता लेखे पनि व्यवहारमा कविजस्ता देखिदैँनन् । कविता लेख्नलाई व्यक्तिमा चेतनाको परिपाक हुनुपर्छ । व्यवहारको चास्नीमा ऊ भलिभाँती डुबुल्की मार्न सक्नुपर्छ । अहिलेको समयमा रूपैयाँका बलमा जोकोही पनि कवि भएका छन् मलाई यो प्रवृत्ति निको लाग्दैन । हामीजस्ता अभाव र पीडाका ज्वालामा खारिएका मानिससँग पउलपउल भावनाहरू त छन् तर तिनीहरूलाई प्रकाशन गर्ने सामथ्र्य छैनन् । हामी जीवनलाई थुकतेल गरेर घिटिकघिटिक मात्रामा यात्रा गराइरहेछौं । अहिलेको नेपालको अवस्थालाई सूक्ष्मदृष्टिले नियालेको खण्डमा कवि, कलाकार, लेखक, गायक र सामाजिक उन्नायक भोको, रोगी र निम्छरो छ । संसारको रीति यस्तो छैन । संसारका सौविध्यपूर्ण देशका विभिन्न समाजमा कलालाई उच्च सम्मान प्राप्त त छँदैछ साथै कलाकार र लेखक सम्पन्न छ । अघाएको छ । सुखी छ । यस्तो दिन नेपालमा आउन कि त कवि र कलाकारकै सरकार बन्नु जरुरी छ कि त कवि र कलाकारको मर्म बुझ्ने मानिसहरू सरकारमा जानु पयो । अहिलेको समय कम्तिमा त्यस्तो छैन । अहिलेका नेपालका राजनेताका अघि कविता र कलाका बारेमा भन्नू भनेको ‘भैँसीका आगे बिन बजाएको’ जस्तै हो । कवि सामाजिक प्राणी हो । उसको जीवन समाज सापेक्ष हुन्छ । जीवन निरपेक्ष कोही पनि कवि हुन सक्दैन । हामी अक्षरकर्मीहरूले समाजबाटै लिने हो र समाजलाई नै दिने हो । हो पनि, आआफ्ना दुःखदर्द समाजको सापेक्षतामा मिसाएर दिने हो । लय र शैली आफ्नै भएपनि त्यो समाजको सापेक्षमा प्रस्तुत हुन सक्नुपर्छ । अबको समयमा उभिएर भन्ने हो भने मानिसमा मानवीय सम्वेदना निकै कम हुँदै गएको छ । मानिसलाई आजको युद्धजन्य र संक्रमणकालीन समयले उसका हृदयमा भएको दया, माया र धर्मका रानारुनी लेशहरू पनि हराउँदै जान लागेका छन् । मानिसहरू प्रविधिले पनि हिजोआज अलि पाषणहृदयी भएका छन् । त्यसका लागि हाम्रा परिवेशमा प्रयोग भएका विज्ञान र प्रविधिका सामानहरूको ज्यास्ती प्रयोगले हामै्र यावत् कल्पना र सपनालाई भताभुङ्ग पारेर उडाइदिएका छन् ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
मञ्च, आसनग्रहण र छुचो प्रवृति
निबन्ध
राजेन्द्र पहाडी
13, 2014, 4:26
राजेन्द्र पहाडी
केही महिना अघि नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले आफू विशिष्ठ अतिथि भएर गएको पुस्तक विमोचन कार्यक्रमका आयोजकलाई नराम्रोसँग हपारे । कार्यालय समयमा कार्यक्रमको आयोजना गरेको, अनावश्यक रुपमा अतिथिहरुलाई ब्याच लगाइदिएको, आसनग्रहणको कार्यक्रमलाई बीसपच्चिस मिनेटसम्म लम्व्याइएको र असम्बन्धित व्यक्तिलाई मञ्चमा आसनग्रहण गराउँदै मन्तव्य राख्न दिइएकोप्रति उनले नाराजगी प्रकट गरेका थिए । उनको तर्क थियो अनावश्यक तडकभडकमा पैसा खर्च गर्नुभन्दा उपयोगी काममा उक्त रकम लागाउनु जाती हुन्छ, हुँदानहुँदाका र कार्यक्रमको सन्दर्भ तथा औचित्यसँग मेल नखाने व्यक्तिलाई आसनग्रहण गराउँदै धेरै समय खेर फाल्नुभन्दा कार्यक्रमको उद्देश्य प्राप्तिमा समय खर्चिनु राम्रो हो ।पाँचबर्ष अघि पर्वत जिल्ला सदरमुकाम कुश्मा बजारको बन्दना होटलमा आयोजित एउटा साहित्यिक कार्यक्रमका उद्घोषकले पौनेघण्टा लगाएर हलभरी भएका मानिसलाई आसनग्रहण गराएकोमा एकजना चर्चित साहित्यकार तथा गीतकार राजेन्द्र थापाले आफ्नो सिर्जनामार्फत उद्घोषक र आयोजकको झ्याँको झारेका थिए ।गतबर्ष पर्वत विकास समाजले जिल्ला विकास समिति पर्वतको सभाहलमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा राजनीतिज्ञ तथा बौद्धिक व्यक्तित्व ऋषिकेश तिवारीले व्यक्ति किटाएर कसैलाई पनि सम्बोधन नगरी एकमुष्टमा ‘उपस्थित महिला तथा सञ्जनबृन्द’ सम्बोधन गर्दै कसैलाई खुशी पार्नकै लागि लामो सम्बोधन गर्न समय खर्चिने र विषयमा प्रवेशनै नगर्ने प्रवृत्ति तोड्नुपर्ने कुरामा जोड दिएका थिए ।उपरोक्त तीन प्रसङ्गले पछिल्लो समयमा बुज्रुकहरु अनावश्यक औपचारिकतामा समय, साधन र स्रोत खेर फालेको रुचाउँदैनन् भन्नेतर्फ सङ्केत गर्दछ । तर सबैतिर अवस्था यस्तो सपाट छैन । केही व्यक्तिहरुले चाकडी, चाप्लुसी र मुलाहिजामा आधारित परम्परागत अभ्यासलाई तोड्न तथा छोड्न चाहेपनि आफूलाई सबैभन्दा जान्नेबुझ्ने र सर्वज्ञानी भन्ठान्ने एउटा ठूलो समूह यही चाकडीवादी संस्कारलाई जोगाउन तथा थप मलजल गर्न चाहान्छ । अवस्था यतिसम्म भयङ्कर बनिरहेको छ कि आफूलाई स्वघोषित नेता, अगुवा, ज्ञानी, उपरीबुद्धिजीवी, उद्योगी, समाजसेवी आदि उपनाम दिन रुचाउनेहरु आफूलाई निम्ताइएको कार्यक्रममा त पुग्छन् तर मञ्चमा आसनग्रहण गर्न पाएनन् वा यथास्थानमै भएपनि आयोजकले आसनग्रहणका लागि नाम बोलाएनन् भने फन्केर कार्यक्रमबाट बाहिरिन्छन् । यतिमात्रले तिनको रिसको पारो घट्दैन । तिनले खुल्लम खुल्ला आयोजक र कार्यक्रम उद्घोषकको उछितो काड्छन् । लौ त परे केही समय बोलीचाली नै बन्द गरिदिन्छन् ।यस्ता आसनग्रहणका लोभीहरु आफूलाई सरोकार नभएको, जानकारी नभएको वा आफ्नो कतैबाट पनि साइनो नजोडिने प्रकृतिको कार्यक्रममा छेक न छन्दका मन्तव्य राख्न लालायित हुन्छन् । आसनग्रहण गराएर पनि बोल्न दिइएन भने यिनको उग्ररुप फेरी सतहमा प्रकट भैहाल्छ । यिनीहरु कित मञ्च छोडेर हिँड्छन्, कित आयोजकलाई आफूलाई पनि बोल्न समय उपलव्ध गराइदिनका लागि दबाव दिन्छन् । बोल्न पाए भने विषयप्रसङ्ग छोडेर नानाभाँतीका अर्ति उपदेश फलाक्छन् । आफ्नैमात्र महिमा गाउँछन् । आफू नभए यो दुनियाँमा केही पनि हुने थिएनकि झैं पार्छन् । श्रोता दर्शकको मनोभाव बुझ्न नसक्ने यस्ता उपबुज्रुक बोलक्कडहरु आफ्नै अभिव्यक्तिका कारणले श्रोता तथा सहभागीबाट नरुचाइएको तथा तिरस्कृत भएको भेउसम्म पनि पाउँदैनन् । बोल्दाबोल्दै आफ्नै धोती फुस्केको पत्तो नपाउनेहरु अरुलाई आदेश र उपदेशका सानदार पुलिन्दा थपाउन रत्तिभर असहज मान्दैनन् ।आयोजकले मञ्चमा बोलाउँछन् या बोलाउँदैनन्, प्रमुख अतिथि, विशिष्ठ अतिथि वा अतिथिहरु को को छन् केही थाहा नहुँदै पहिल्यै गएर मञ्चमा गजधुम्म बस्नेहरुले कार्यक्रम व्यवस्थापकलाई कसरी पीर पार्छन् भन्ने कुरा त भोगेर खल्ली भएका उद्घोषक तथा आयोजकलाई नै थाहा हुन्छ । हामी नै सबैभन्दा ठूला हौँ भन्ने सामन्ती एवम् अटेरी सोचले घर गरेकाहरुले पहिले नै गएर मञ्च ओगट्छन् र कार्यक्रम सञ्चालकलाई अप्ठ्यारोमा पार्छन् । कुनै एउटा अमुक पद लिएर बसेकाहरु सबै क्षेत्रमा आफूलाई हिरो नै सम्झँदा रहेछन् कि कुन्नी ? तिनलाई कार्यक्रम कसले आयोजना गरिरहेको छ, यसको उद्देश्य के हो, यसका सहभागी को छन्, यहाँ छलफल हुने विषय के हो, कस्ता व्यक्तिले यो कार्यक्रम कसरी योगदान पुयाउन सक्छन् आदि कुरामा ख्याल नै हुँदो रहेनछ । जहाँ गएपनि एउटै विषयवस्तुमात्र ओकल्ने बानी परेकाले त आफ्नो जानकारीभन्दा बाहिरको विषयमा बोल्न मरिहत्ते नगरेपनि हुनेथ्यो नि । तर त्यस्तो हुँदैन । व्यवहारमा देखिँदैन । मलाई यो विषयमा जानकारी छैन, म नबोलौं क्यारे भनेर आफ्नो नाम हटाउन कोही तयार हुँदैनन् । सबैलाई ओभर जान्नेसुन्ने (ओजासु) हुन परेकै छ । आफूलाई सबै क्षेत्रको विज्ञ भन्ठान्ने रोगले सबैलाई गाँजेकै छ । हाम्रा धेरैजसो कार्यक्रमहरुमा औपचारिकताका लागि बढी समय र साधनस्रोत खर्चिएको देखिन्छ । मञ्च सजावट, व्याच बनाउने, खादा पहियाउने, माला लगाइदिने, अविरजात्रा गर्ने, ठूलासाना सबै पदाधारीहरुलाई आसनग्रहण गराउने आदि हाम्रो संस्कार नै बनिसकेको अवस्था छ । निरुपित विषयवस्तुमा गहन र घनिभूत ढंगले बहश छलफल हुनुपर्ने ठाउँमा केवल देखावटी सम्मान र चाकडीका कर्म गरेरमात्र कार्यक्रम समापन गर्ने तथा पत्रपत्रिका र एफएम रेडियोहरुमा हरेक व्यक्तिका नामसहित समाचार (भएसम्म फोटो पनि) प्रकाशन प्रसारण गर्ने दिशामा हाम्रा अधिकांश कार्यक्रम, सभा, गोष्ठीहरु लक्षित भएको देख्न पाइन्छ अचेल । हुँदा हुँदा फ्लोरमा बस्ने सहभागीभन्दा मञ्चमा आसनग्रहण गर्ने व्यक्ति धेरै हुँदा समेत हामी लाज पचाएरै कार्यक्रम गरिरहेका हुन्छौं । पत्रपत्रिका र रेडियोमा ‘भब्य समारोह सम्पन्न’ भनी समाचार टिपाउन पछि पर्दैनौं ।सुन्ने व्यक्ति दुईचार जनामात्र भएपनि घण्टौं भाषण छाँट्न हामीलाई कसैले रोक्न सक्दैन । आफ्ना अभिव्यक्तिलाई प्रशंसाबाट सुरु नगरी प्रारम्भदेखि नै कटु आलोचनामा उत्रनु हाम्रो विशेषता बनेको छ । राम्रा कुराको खोजी गुर्नुभन्दा नराम्रा र बिग्रेभत्केका विषय हाम्रो दिमागमा आइहाल्छन् । चर्का, उत्ताउला र असम्भवप्राय आश्वासनमिश्रीत भाषण गर्न हामी पोख्त भइरहेका छौं । हतार छ भन्दै आफ्ना कुरा राखेर सभास्थलबाट बाहिरिन हामीलाई कुनै मर्यादाले छेक्दैन । के यसो गरिनु ठीक हो ? साँस्कृतिक रुपान्तरणको विषय उठाउँदा कार्यक्रमहरु सञ्चालनका दौरानमा हामीले गर्ने क्रियाकलापहरु जोडिएर आउँछन् कि आउँदैनन् ? हाम्रो परम्परागत मनोवृत्तिले हामीलाई कतातिर डोराइरहेको छ ? खुट्टामाथि खुट्टा खप्टेर मञ्चमा आसनग्रहण गर्न नपाएको झोंकमा सभा वा कार्यक्रम नै छोडेर हिँड्ने कथित अगुवाहरुलाई समान्य जनताले सधैं मान्नै पर्छ, पूजा गर्ने पर्छ भन्ने के छ ? आफू कहिँ पनि सानो हुन नजान्ने र झुक्न नसक्नेले अरुलाई मात्र एकोहोरो उपदेश थमाउनुको के उपादेयता हुन्छ ? अरुलाई अनुशासन र संस्कार सिकाउनेहरुले आफूहरुले तिनै अनुशासन र संस्कार पालन गर्न पर्ने कि नपर्ने ? यी गम्भीर सवालहरु हुन् । यिनका बारेमा छलफल चलाउन जरुरी छ ।कुनै सभा, सम्मेलन, समारोह, कार्यक्रम, गोष्ठी, भेला आदिको आयोजना हुनेगर्ने सन्दर्भमा किसिम किसिमका झाँकी देख्न पाइन्छ हिजोआज । आफू प्रमुख अतिथि बन्न नपाउने भएपछि अनेक बहाना बनाएर कार्यक्रममै नआउने छोटे महाराज प्रवृत्तिका मानिसहरु पनि थुप्रै देखिन्छन् भने सहभागीहरुको संख्या अपेक्षित नहुने भयो भने आफ्ना आसेपासेलाई लगाएर मान्छे थुपार्ने कर्म गर्नेहरुको पनि कमी छैन आजकल । अझ सञ्चारकर्मी भनिएका दुईचारजना लेखनदासलाई अघिपछि लगाएर हिँड्न रुचाउने ठालुहरुको पनि बाक्लो उपस्थिति छ हाम्रो समाजमा । हलभाडा, खाजाखर्च र अन्य खर्चपर्च वेहोरेर कार्यक्रम आयोजना गर्न लगाउने र आफू प्रमुख अतिथि बनेर धक्कु लगाउनेहरुको सान त झन् बेग्लै भैहाल्ने भयो । पत्रपत्रिका, अनलाईन, एफएमजस्ता सञ्चार माध्यममा आफ्नो नाम आएन भने छटपटिने महानुभावहरुले पत्रकारलाई नै उल्टो सराप्ने र भोलीपल्ट भएपनि उक्त समाचार प्रकाशन प्रशारण गर्न दबाव दिने कुरा नौलो होइन ।कार्यक्रममा आफ्नो उपस्थिति जनाएर वा मन्तव्य राखेर टाप कसिहाल्नेहरुको कहानी अझ वेतुकको छ । यस्ता भगुवाहरु आफ्नो बाहेक अरुका कुरा सुन्ने धैर्यता राख्दैनन् र आफ्नै कुराप्रति पनि जवाफदेही हुँदैनन् । अन्टसन्टका कुरा बोल्यो, आकाशपाताल जोड्यो, लम्बेतान बोलेको भएपनि आफ्नो छोटो मन्तव्य यहीँ टुङ्ग्याउँछु भन्यो र अन्य वक्ता तथा सहभागीबाट आउने प्रतिक्रियामा चासो नराखी सुटुक्क बाहिरिँदा कसैको जवाफ दिन पनि परेन, कति हाइसञ्चो । अझ अचम्म त के छ भने आयोजकबाट यसो भत्तासत्ता मिल्ने रहेछ भने सुरुमा हाजिर भएर दश ठाउँको कार्यक्रम काम भ्याएर कार्यक्रम सकिने बेलामा टुप्लुक्क आइपुग्छन् यस्ता भत्तामारा अतिथिहरु । यिनको ध्यान कार्यक्रमबाट लाभान्वित हुने भन्दा पनि नगदनारायणको धन्दामा बेशी केन्द्रीत हुन्छ । सोह्र श्राद्धको पुरेतजस्तो एकै दिनमा दुईचार ठाउँमा यस्ता कार्यक्रममा सहभागी हुन पाउनु यिनका लागि ठूलो उपलब्धी ठहरिन्छ । कसैकसैले त घरको भात जोगाउने दाउमा होटलहोटल चाहार्ने गरेको पनि देखिन्छ । त्यसो त ‘छाक टार्ने’ मति भएकाहरुबाट ‘झारा टार्ने’ बाहेक के नै अपेक्षा गर्न सकिन्छ र ?‘आफूलाई मान्द्रो र अरुलाई त्यान्द्रो’ सम्झिने केही अगुवाहरु अन्य जनहरुको विचार, दृष्टिकोण, सोच र दर्शनलाई रत्तिभर गन्दैनन् । आफूले जानेको मात्र ध्रुवसत्य हो भन्ने मान्यता राख्नेहरु विविधतामा विश्वास नै गर्दैनन् । पृथकता र अनेकतालाई नै स्वीकार गर्न नसक्नेको कहिँकतै चिन्तन धरातलमै खोट पो छ कि भनेर किन शंका नगर्ने ? भाषणमा लोकतन्त्र, बहुलवाद, बहुदलीयता, बहुदलीय जनवाद, समावेशी, मूलप्रवाहीकरण, सशक्तीकरणका भक्ती गीत गुन्गुनाउनेहरु नै हदैसम्मका एकलकाटे, एकोहोरा र गुटपरस्त हुँदा रहेछन् भन्ने तिनकै व्यवहारले पुष्टी गरेको तथ्य हो । तथ्यको सहयोगमा सत्य खोज्ने भनिएकाहरुको निम्नस्तरको हविगत वास्तवमै अपत्यारिलो छ । अनेकभाँती तर्कको सहारामा सत्यलाई दुत्कार्नेहरुको संख्या ह्वात्तै बढ्दै जानु समाजका लागि निको कुरा हुँदै होइन । आफूले केही नगर्ने र अरुले गरेकोमा पनि चित्त बुझाउन र सहमत हुन नसक्नेहरुको बाक्लै उपस्थिति छ हाम्रो वरिपरी । व्यक्ति र संगठनपिच्छे फरकफरक पहिचान, शैली र मौलिकता हुन्छ भन्ने कुरालाई मर्लक्कै बिर्सेर यसरी र उसरी कार्यक्रम सञ्चालन गरेको भए हुन्थ्यो भनेर सुझावका लम्बेतान फेहरिस्त प्रस्तुत गर्न कत्ति नहिच्किचाउनेहरु खोज्न धेरै पर जानुपर्दैन । मानिसलाई अनेक कोणबाट उचाल्नेउचाल्ने र थचार्ने खेतीमा पारङ्गतहरुको शैली विछट्टै हेर्न एवम् बुझ्न लायकको छ । आफ्ना कुरामात्र माथि पार्न अरुका कुरालाई माकुराझैं सम्झनेहरुले बुझ्नै पर्ने हुन्छ कि हेला होचो गरिएको माकुराको विषले कहिलेकाहिँ नराम्ररी दुःख दिन सक्छ । आफू आवद्ध भएको सङ्गठन बाहेक अरु सङ्गठनको उपादेयता र औचित्य नदेख्ने रोगबाट केही व्यक्तिहरु बशिभूत भएको पनि देखिन्छ अचेल । खुलेआम रुपमा खासखास सङ्गठनको औचित्यता छैन पनि भन्ने र छेउकुनाबाट केही न केही आशा पनि गरिहाल्ने दोधारे, दहिच्यूरे र चेपारे मानसिकताबाट ग्रसित भएको देखिन्छ केही अगुवाहरु । अर्काको केही भूमिका छैन जस्तो पनि गर्ने र साइडबाट यो वा त्यो गरिदिए हुन्थ्यो भनेर मागपत्र पनि प्रस्तुत गर्नु हदैसम्मको नार्मदी, छुचो र हुतिहारापना हो शायद । जिम्मेवारीलाई अर्कामा सारेर आफू पानीमाथिको ओभानो देखिने रोगले आज सबैतिर घर गरिसकेको अवस्था छ । सकारात्मक प्रतिफल आए सबै मैले गरेको (हामीले होइन) र बिग्रेभत्केको अवस्था देखिए अर्काले गरेर यसो भएको भनेर दोषारोपण गर्ने कुरा कुनै पनि सङ्गठन संघसंस्थाका लागि प्रत्युत्पादक कुरा हो । किटान गरिएको तथा परिभाषित खास मुद्दा नै नभइकन गुटउपगुटमा विभाजित हुने, सोही अनुसार व्यवहार गर्ने, बोलीचाली बन्द गर्ने, हिँड्ने बाटो बदल्ने, अमुक स्थानमा अखडा जमाएर गुटका बैठक सञ्चालन गर्ने, संस्थागत रुपमा बैठक बस्न नसक्ने, बैठकलाई व्यवस्थित तवरबाट सञ्चालन गर्न नसक्ने, छलफलका विषयलाई निर्णयमा पुयाउन नसक्ने, गरिएका निर्णय कार्यान्वयन गर्न नसक्ने, एउटै मञ्चबाट परस्परमा बाझिने धारणा राख्ने, जिम्मेवारी बाँडफाँड गरेर कार्य नगर्ने, विपरित गुटका आफ्नै सङ्गठनका सहकर्मीहरुलाई कसरी समाप्त गर्ने भनेर योजना बनाउनेजस्ता कुराले नत संस्थाको हित गर्दछ नत देश र जनताकै लागि केही ऊर्जा दिन्छ । सङ्गठनको महत्वपूर्ण पदमा बसेर सार्वजनिक रुपमा बोल्ने कुरालाई बिना तयारी परिस्थितिजन्य जे आउँछ प्वाक्क बोल्ने र त्यसको जिम्मेवारी नलिने प्रवृति ज्यादै घातक हुन्छ । आफू उदाहरण बनेर अरुलाई प्रेरणा दिनुपर्ने अगुवाले नै तदर्थ हिसाबले प्रस्तुत हुँदा सामान्य जनमानसमा त्यसको राम्रो प्रभाव पर्न सक्दैन । तसर्थ कार्यक्रमहरुमा भाग लिन जाँदा निश्चित तयारी गरेर उपस्थित हुँदा राम्रो हुने अपेक्षा गर्नु अन्यथा हुँदैन । माथि उठान गरिएको जस्तो केवल आसनग्रहण, मर्यादाक्रम र मन्तब्य राख्ने कुरामा मात्र सीमित भएर अपमानित भएको महशुष गर्ने, फन्केर हिँड्ने, आयोजकको आलोचना गर्ने इत्यादि नकारात्मक सोचले उत्पन्न गरेका तपसिलका विषय हुन् । औपचारिकतालाई कम गर्दै विषयगत र ठोस काममा बढी समय विनियोजन गर्दा हाम्रा लक्ष्य उद्देश्य प्राप्तिमा सहजता आउन सक्दछ । केवल जुँगाको लडाईँमा लागेर सार्वजनिक रुपमा नै तल्लोस्तरको हर्कत देखाउँदा तत्तत् पात्रहरु सर्वसाधारणका दृष्टिबाट गिर्ने कुरालाई कसैले रोक्न सक्दैन । संस्थागत पद, जिम्मेवारी आफ्नो स्थानमा होला, महत्वपूर्ण कुरा त नागरिकको आँखामा कुन पद वा स्थान प्राप्त गरिएको छ भन्ने कुरा प्रधान होइन र ? भित्रभित्रै पाउरोटी फुल्दाझैँ फुलेर गमक्क पर्नुको कुनै महत्व हुँदैन । बस्तुतः मञ्चमा स्थान नपाएपनि, बोल्ने मौका नमिलेपनि नागरिकको मुटुको केन्द्रमा बस्न पाइयो भने त्यो ठूलो कुरा हो । हामी सर्वग्राह्य हुन सकियो भने हामीले बोल्ने विषय लाखौंलाख नागरिकले बोलिदिन सक्दछन् । सानातिना र झिनामसिना कुरामा अगुवाले नै सानो चित्त गरिदिँदा तिनका कार्यकर्ताले कसरी चौडा छाती बनाउन सक्लान् ?साच्चिकै भन्ने हो भने हामीले कति सक्छौं अर्थहीन, मूल्यहीन र असान्दर्भिक औपचारिकतालाई घटाउनु तथा हटाउनु पर्ने नै छ । केही क्षणको तामझाम र रामरमितामा खर्च हुने साधनस्रोतलाई सञ्चय गरेर कुनै अर्थपूर्ण काम गर्न सकिन्छ कि यतातर्फ हाम्रो ध्यान जान जरुरी छ । छोटो समयको झकिझकाउमा रमेर फोटो खिचाउने र पत्रपत्रिकामा छपाउनेभन्दा आम नागरिकको मनमुटुमा बस्ने प्रयत्न गर्नुमा बुद्धिमानी हुन सक्छ । वास्तवमा कुशल अगुवाले थोरै बोल्ने र धेरै सुन्ने नै हो । तर हामी धेरै बोल्ने कुरामा लालायित देखिएका छौं । कार्यक्रमको सन्दर्भ र औचित्यको विविधताका आधारमा अरुका कुरा सुन्दा के बिग्रिन्छ ? के हामी श्रोता बनेर बस्ने धैर्यता गुमाउँदै छौं ? अरुका विचार, दृष्टिकोण र अभिमतलाई श्रवण गर्न नसक्ने हामी । हाम्रा कुरामात्र अरुले ध्यानपूर्वक सुनिदिनुपर्ने के बाध्यता छ ? यी सवालमा हामीले सोच्नै पर्छ । हामी सबैले बुझ्दा फाइदै हुन्छ कि आजको जमानामा मञ्च पायो भने जो कसैले पनि आफ्ना विचारहरु राख्न सक्छन् । तपाईँ हामीले दिनेजस्ता उपदेश र अर्ती आज तृणमूल तहको मान्छेसँग पनि खातका खात छन् । फगत शैली फरक होला । शब्द फरक होलान् । अभिव्यतिको ढंग फरक होला ।तपाईँ हामी त अगुवा भनेर आफूलाई परिचित गराउँन चाहिरहेका छौं । हामी आफूलाई औसत मानिसभन्दा एकतह माथि उठेको भन्ठान्छौं शायद । चेतना, ज्ञान, दृष्टिकोण, सिद्धान्त, सत्व्यवहारसमेतबाट परिवेष्ठित ठान्ने हाम्रो व्यवहार र आचरणबाट यो कुरा पुष्टी हुन्छ कि हुँदैन ? यो गहन विषय हो । व्यवहारमा छुद्र, अपवित्र र भ्रष्ट तर सिद्धान्तमा शुद्ध, पवित्र र आदर्श भन्नुको कुनै तुक हुँदैन । आफू आर्दश बनेर अरुलाई बाटो देखाउने अगुवाहरु नै बाटो हगुवा हुने हो भने सामान्य नागरिकले के सिक्ने तपाईँ हाम्रो व्यवहार र आचरणबाट ? प्रश्नको श्रृङ्खला लामो हुनसक्छ । तथापि, अवस्थालाई ठीक ठाउँमा ल्याउने काम हामीले नै गर्ने हो । कमिकमजोरी हुन्छन्, तिनलाई सच्चाउँदै अघि बढ्नु महानता हो । प्रश्न हामी सच्चिन तयार छौं कि छैनौं भन्ने मात्र हो । सम्बन्धित सबैलाई चेतना भया ।कुश्मा, पर्वत
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
बरबोटे !
निबन्ध
माधव काफ्ले
6, 2014, 3:15
न त मेरा बाजे बराजुले नै देख्या सुन्या हुन्, न त मेरा पिता पुर्खा नै पुग्या हुन्, न त मैले जिन्दगीमा कहिल्यै त्यस स्थानको दृश्यपान गर्ने नै मौका पाएको छु अझसम्म, न त मेरा खुट्टाले त्यस पवित्र धर्तीमा उभिने सौभाग्य नै पाएका छन् । बरबोटे भनेपछि म हुरुक्क हुन्छु । बरबोटे मलाई अचाक्ली मोहनी लगाएर लट्ठ पारेको छ, मन र मस्तिष्कलाई नै उडाएको छ, सोचाइ र सम्झनालाई नै कुत्कुती लगाएर आन्दोलित पारेको छ । बरबोटेको उच्चारण कसैको मुखबाट भयो भने पनि अनायास मेरो मनमा सद्भावनाका सयपत्री र सम्मानका लालुपाते ढकमक्क फुल्छन्, उमङ्गका जाई, जुही र सुनाखरी मगमगाउन थाल्छन् । वसन्तकालीन कोइली फूलका कोपिला र बिरुवाका मुजुरासँग मितेरी गाँस्दै कोहो कोहो भन्दै डालीडालीमा चढेर बटुवाहरुको मन,मुटुलाई वशन्तको मनमोहक सौन्दर्यले छोप्तै र छिप्छिप्याउँदै सृङ्गारको शिखरमा पुगेर जंगल थर्काउँदै असीम हर्षोद्गार व्यक्त गर्दै सङ्गीतका पञ्चम स्वरकोराग उरालेर डाँडा पाखालाई नै लठ्याए झैं मेरो मन पनि खुसी र उन्मादको पोखरीमा चुर्लुम्म डुब्न थाल्छ मेरा आराध्यदेव गुरुवरको आकृति स्मृतिमा छचल्किनासाथ ।कसैले मलाई नेपालको मानचित्र पल्टाएर देखायो भने अझैं पनि म असमर्थ छु बरबोटेको भौगोलिक अवस्थिति पत्ता लगाउन । मेरा साना गुलुप जस्ता आँखाले ठम्याउनै सक्दैनन् बरबोटेको सीमारेखालाई छुट्याउन । म यति अभागी छु कि बरबोटेको कुनै पनि व्यक्तिसँग परिचयको लगनगाँठो चाहेर पनि अहिलेसम्म गाँस्न सकिनँ । यदि कुमारै रहन पाएको भए सायद पुत्रीपीडित परिवारको मर्कामा उत्साहको चर्खा चलाएर आशाको फिरफिरे झैं फननन धुकधुकी भित्र बाहिरको दुर्भेद्य नाका पार गर्न सकिन्थ्यो होला तर अहिले समय घड्किसकेको छ । बाटामा हिंड्दा पनि र एकै उमेरका भए पनि बाजेको सम्बोधनले मेरो सुक्सुकाउँदो सुकुमार भावनाको मुन्टालाई बटुवाहरुले परक्क बटारेर, निमोठेर हिंड्न थालेको पनि वर्षौंवर्ष हुन थालेको अवस्थामा मैले बिताउन त कुरै छाडोेैं चिताउन पनि नहुने परिवेश मेरो अगाडि बूढो सालको रुखझैं ठिङ्ग उभिन आइपुगेको हुनाले यो बाटो पनि मेरो लागि काँसी जान कुतीतर्फ हिंडेसरह नै हुँदै गएको छ । त्यसमा पनि किच्चक बनेको कानुन छ, साइँदुबा बनेको समाज छ, प्रेत बनेर हिंडेको परिवार छ शिशुपाल बनेको संस्कार छ, त्यसमाथि राजनीतिकोे राँके भूत विखण्डित भेषभुषामा दारा नङ्ग्रा तिखारेर बाटोदोबाटोमा बसेको बेला बलीको बोको बनेर पर्सिने आँटै उमार्न सकिनँ बरबोटेसँग साइनो गाँस्न ।अहिले हैन २०२७ सालको कुरा हो । त्यतिखेर भोजपुर सगरमाथाको सौतेनी सन्तान झैं पल्लो कुनामा कुचर्किर कक्रिरहेको थिया,े पछि कोशीको कुम्भिपाकमा कम्लाउन पुगेछ । भोजपुरमा त्यतिबेर दुईवटा अदालत थिए । एउटा जिल्ला अदालत र अर्को अञ्चल अदालत । जिल्ला अदालतमा दुईजना न्यायाधीश थिए । एकजना दाहाल थरका, नाम मैले हेक्का राख्न सकिनँ उनको । अर्का मेरा पिताश्रीका सहोदर अग्रज हुनुहुन्थ्यो । छोरालाई साक्षर बनाउने आन्तरिक इच्छा भएता पनि व्यवहारले कर्तव्यमा सधैँ भाँजी हालिरहको हुनाले “बिहानबेलुका भात पकाएस्, अनि दिउँसोमा राम्रोसँग पढेस् है बाबै !” भनेर पिताश्रीले सम्माननीय न्यायाधीशज्यूसँगको सम्बन्धको पुच्छर समातेर विद्याको वैतरणी तर्न उत्प्रेरित गर्नुभएको हुनाले थोरै समय भए पनि पाखापखेरा, वनबुट्यान चहार्दै भोजपुरसँग मीठो नाता गाँस्न पाएँ मैले;यद्यपि जुन आशा र आकाङ्क्षालाई सप्तरंगी माला गांसेर म भोजपुर पुगेको थिएं ती ईच्छा र आकांक्षालाई कहिल्यै पनि पोटिलो पारेर फुलाउन सकिनँ । उहाँको कार्यव्यस्तता दम्को बनेर मेरो मुटुमा बिझेको हुँदा उद्देश्यमूलक उहाँको स्निग्ध आचरण काता कता ढुसी झैं गन्हाउन थाले झैं महसूस गर्न थालें । भोजपुर बसाईको क्रममा पारिश्रमिक स्वरुप प्राप्त गरेको उपलब्धीहरु नै कुण्ठा,घृणा,अपमान र तिरस्कारहरु नै हुन पुगे । केही समय पछि उहांको ताप्लेजुड. सरुवा भयो । अत्यासले सुकेर खरपट्ट हुन पुगेका रहरहरुको सालनाल समेटेर पछि लागें ।ईच्छा थियो जो सुकी सकेको थियो ।रहर थियो जुन ओइलाई सकेको थियो । उत्सुकता थियो जुन छरिइसकेको थियो । चाहना थियो जुन धुजाधुजा भएर च्यातिई सकेको थियो । त्यसैले ताप्लेजुड. पुगेपछि भने प्रत्येक दिन ताप्लेजुङ र इलामको दूरी नाप्न थालें । कार्यबोझले त नभनौं भित्रभित्रै भुँवरी बनेर सल्कँदै गरेको अनिच्छाको आगोले भत्भती पोलेको हुँदा ताप्लेजुङबाट भागेर इलाम पुग्ने आँट मनभरि लटरम्म फुल्न खोजेता पनि तस्कर बनेर तानिएको तमोरको झोलुङ्गे पुलले मेरो बाल मस्तिष्कमा तामसी भूमिका खेलिदिएको हुनाले भान्साको कुना काप्चाबाट उछिट्टिएर तमोरको किनारामा पुगेता पनि नून खाएर झोक्राउन थालेको निरीह पोथीको टाउको जस्तै निहुरिएर प्रत्येक साँझ पुग्थे टुकीको पिल्पिलाउँदो उज्यालोमा ओसिएको भविष्य सुकाउन । पापी तमोरको पाङ न पुच्छरको डुक््रयाइँले सारै आहत भएको थियो मेरो मस्तिष्क । प्रत्येक पटकको भगीरथ प्रयत्नका बाबजुद पनि तमोर तर्ने आँट बटुल्न नसकेपछि परमधाम प्राप्तिको दिगो प्रयत्न भेट्नुलाई करप्प निमोठेर इलाम पुग्ने चाहनाको झिनो डोरीले मलाई मेरो उद्देश्यमा डुबेर विलीन हुने स्थितिबाट बचाउन सक्दो प्रयत्न गरेको हुनाले नै म आज मात्रै होइन त्यस बेलामा पनि इलामको भक्त भइसकेको थिएँ ।त्यसबेला मैले इलाम जाने इच्छा गर्नुका पछाडि दुईवटा कारण थिए । न्यायाधीशज्यूजत्तिकै नजिकका नातेदार इलामको कुनै कार्यालयमा खरिदार वा सुब्बा थाहा थिएन तर हुनुहुन्थ्यो । उहाँले पक्कै पनि केही उदारता देखाएर लक्ष्यमा पुग्ने मेरो उद्देश्यलाई कटमिरो बन्न दिनुहुन्न भन्ने आशाको डोरी बाटेर राखेको थिएँ मनभित्र । पढ्न पाइन्छ कि भन्ने आस पनि थियो, चुलोजुठोबाट मुक्ति नपाएता पनि राहत चाहिं पक्कै पाइन्छ कि भन्ने आशय पनि थियो । त्यतिखेर गएकै भए पनि म इलामसम्म मात्र पुग्ने थिएँ, बरबोटे चाहिं पक्कै पनि पुग्ने थिइनँ । किनभने बरबोटेको नामले इलाम जान इच्छाएको समयभन्दा झण्डै बाह्र वर्ष पछि मात्र लठ्याएको थियो । यस बाहवर्षको वनवास कालखण्डमा यदि कसैले मलाई सित्तैमा इलाम पुयाई दिन्छु भनेको भएपनि म जाने सोचाइमा फिटिक्कै थिइनँ ।स्याङ्जा बलाम नित्यडाँडाका एकजना बाहुनचरीका बचेरा भुरुरुर्र उडेर इलाम क्याम्पसमा अध्यापन गर्दै भाषा र साहित्यको श्रीवृद्धिमा तरक्क पसिना चुहाउन थालेको भेद विभिन्न पत्रपत्रिकाहरुले ओकल्न थालेपछि भने सरस्वतीका वरदपुत्रको चरणस्पर्श गर्ने लालसाले सताएपछि इलाम जाने रहर मेरो मनमा कोशी र कर्णालीका छाल जस्तै पुनः उर्लिन थाले, तमोर र तामाकोशीको वेग बनेर हुइँकिन थाले, गंगा र ब्रह्मपुत्रको छाल जस्तै छताछुल्ल भएर बग्न थाले । इलाम पुगेर सिलाम खानु परेता पनि हिंड्ने बेलामा गुन्टा नै लिलाम हुने उखान चरितार्थ भए पनि होस् भन्ने हौसला त कसेको थिएँ तर औकातको आँकडा घाँटीमा घन्टी बनेर बजिरहेको हुँदा गच्छे सधैँ तुहुन पुगिरहेको थियो । स्यालले साँढेको खै के जाति झर्ला र खाउँला भने जस्तै भइरहेको थियो मेरो अवस्था । संयोग मानौं या दुर्भाग्य उहाँ इलाम छोडेर मेरै करेसाको छिमेकी हुन आइपुग्नुभएपछि भने इलाम जाने इच्छालाई अकस्मात् वध गर्नु पयो मैले ।झुटो कुरा गरेर भौतिक सुख र सम्पन्नताका चोइटाहरूलाई टिपेर पाङ्दुरे गफ छाँट्दै फाइँफुट्टी गर्नुभन्दा पुस्तकको छाप्रोमुनि औकातको गाँस टिपेर भुरुरुर्र उड्न पाए आफूलाई सौभाग्यशाली सम्झने काँटको मान्छे परें म । विज्ञानले निकै नै चुरीफुरी गरेको यस अवस्थामा डिस एन्टिना सहितको टेलिभिजन राखेर रिमोटमार्फत् नेटवर्कका विभिन्न च्यानेलहरूका विभिन्न कार्यक्रम हेरेर आफूलाई उपबुज्रुक ठान्ने सम्भ्रान्तहरूको जमातमा यस फिस्टेको घरमा अझै पनि जोईले पोइलाई बोलाउनु पर्दा ‘उठ्ने बेला भएन ? एक सल्ली अर्थात् एक जुवा घाम आइसक्यो’ अनि जोईलाई बोलाउनु परे ‘उठने बेला भएन ? हेर त पूर्व उज्यालो भैसक्यो, कुखुरा बासेको अघिनै हो’ भन्ने प्रचलन अद्यावधि कायमै छ भनेको सुन्दा निश्चय नै तपाईंले मेरो भोगाइको भूगोल थाहा पाउनुहुनेछ । तर यो एउटा कटु यथार्थ हो । त्यस कुराको पुनरावृत्तिले अझै पनि निरन्तरता लिइरहेको छ मेरो घरमा । ‘कस्तो पाजी नामर्द रहेछ जाबो पचास साठी रुपैयाँ हालेर टिक्टिके नै सही एउटा मामुली घडी पनि किन्न नसक्ने हुतिहारा रहेछ’ जस्तो तपाईंलाई लाग्ला ! तपाईंको सोचाइ पनि ठिकै हो तर हामी त पयौं गोठाले परिवारका टपरे वर्ग । हामीलाई घडीको आवश्यकता नै परेन कहिल्यै पनि । घडीको तालिकामा आवद्ध भएर बाँधिदै पैसाको पछि लागेर दमित वासनाको पुच्छर समाउँदै भौतिक सुखको सपनामा यान्त्रिक बन्दै लालचको कमारो भएर टाँगाको घोडा हुँदै हिड्नु छैन हामीलाई । हामी त कालिदासका मेघ हौं, नीलगिरिलाई छिचोल्दै विन्ध्याचल पर्वत पुगेर बर्सन्छौं । देवकोटाका मुनामदन हौं, प्रेम र प्रणयका प्रभावकारी पानाहरूमा भविष्यका सुन्दर खापाहरू खन्दै क्यानभासमा सुखमय जीवनको सजीव चित्र कोर्नु छ । त्यसैले प्रभातकालीन चराको सुमधुर स्वरसँगै बिउँझन्छौ । अस्ताचलमा रंगिएको सूर्यको पहेंलो विम्ब हेरेर साँझको अनुमान लगाउँछौं । सूर्यका कलिला किरण आँगनमा छरिन नपाउँदै कर्तव्यको बयलगाडा तान्न हर हमेसा काँधमा जुवा हालेर जुर्मुराउनु पर्छ भने केलाई चाहियो घडी र रेडियो ? गच्छेले नभ्याएर भनौं वा लालचले, मैले आज पर्यन्त घडी र रेडियो किन्ने आँट गर्न सकेको छैन । फेरि घडी र रेडियो भनेको समय सूचक यन्त्र हुन् । समयमा बेरिई सके पछि मान्छेको जीन्दगी यान्त्रिकतामा अनुवाद हुन पुग्दछ । बन्धनयुक्त जीवन भन्दा बन्धनमुक्त जीवन ज्यादै उल्लासमय लाग्दै आएको हुंदा यसैमा बानी बसाल्यौं । औकातको तराजुमा जिजीविषालाई हालेर हिंड्नु परेपछि रहर भन्ने वस्तु आफैं चाउरिँदै जाँदोरहेछ । चिसिँदै जाँदोरहेछ । एकताका नारायणदाइको स्वरको मोहनीले लठ्याएको बेला जिन्दगीमा पैसाको अलिकति कतैबाट जोगाड गर्न सकियो भने एउटा क्यासेट प्लेयर किनेर धित्नमरुन्जेल उहांको सङ्ग्रहित स्वर सुन्नेछु भनेर किरिया हाल्न मात्रै बाँकी राखेर प्रतिज्ञा गरेको थिएँ । मेरो आशाको अनुष्ठानलाई अघोरी औकातले भताभुङ्ग पारिदिएको हुँदा मेरो भीष्मप्रतिज्ञा शकुनीमा पुगेर टुङ्गियो । भिंगाको बोसो निकाल्न सकेको खण्डमा महिनामा एक पटक एकदुईवटा सौपचासका नोट गन्न पाइने असन्तोषी अवस्थामा गुज्रान गर्नु परेपछि चिताएको कुरा पुयाउन कहां सकिंदो रहेछ र? त्यसमा पनि पाजी सौपचासले अहिलेको अवस्थामा आउँछ नैे पो के र ? भाकाउधारोमा थोत्रोमोत्रो क्यासेट पाइए पनि चक्काको जडौरी त मैले स्याहार्नै पर्छ । भाकामा भनौं भने पनि बरु जम्बो जेटमा बे्रक लाग्ला गिएर हाल्दा ब्याक होला, महंगीको कुरा नगर्नुस् । महंगी त सिमभञ्ज्याङको डाँडाबाट ओरालो लाग्दा ब्रेकफेल भएका सवारी साधन झैं हुन पुगेको छ, उँधिमुन्टी लगाउना साथ १००० कि.मि. प्रतिघन्टाको दरले दौडने जुर्मुराउने खालको । दुर्घटनाग्रस्त हुन रुचाउला, ध्वस्त हुन रुचाउला तर थामिने र पछाडि फर्कने नामनिसान नै लिन सकेको छैन। त्यसैले घडी रेडियोलाई भोलिवादको झोलीमा हालेर तृपन्ताम भन्दै तर्पण दिंदैछु ।कुरा स्थानीय निर्वाचनको भोलिपल्टको हो । गाउँघरमा सन्तोष नामधारी सन्तान दर सन्तानका सस्ता सञ्चार उपकरणहरू आआफ्ना बुता र बर्गदले भ्याएसम्मको बल गरेर चिच्याउँदै कोकोहोलो मच्चाइरहेका थिए । कामूको ‘ला सुट’ समाप्त पार्न एकाबिहानैदेखि कम्मर कसेर समाधिस्थ भएता पनि समाचारको चित्कारले मेरो मानसिकता खल्बल्याइरहेको हुँदा शान्त स्थानको खोजीमा सँघार काटेर पाँचदस पाइला चालेको मात्रै के हुन्छु एक्कासि मेरो कानमा दिउँसो परेको चट्याङझैं बनेर बरबोटेको शब्द आएर बज्रन्छ । सुन्नासाथ आशङ्काले मन अमिलो पनि हुन्छ, धमिलो पनि हुन्छ । मनको भित्री कुनामा शङ्का र भयको दुर्गन्ध डुङडुङी गन्हाउन थाल्छ । अत्तालिएको मेरो मन अत्यासको कुइरीमण्डलमा गोताखान पुगे पछि म झसङ्ग हुन पुग्छु । सम्भावित आशङ्काको आवेगात्मक झिरले मेरो मुटुलाई चसक्क घोचेको हुँदा उतर्सिदै अनायास मेरो मुखबाट निस्कन्छ के भयो हँ मेरो बरबोटेलाई ? हे परमेश्वर ! छौ भने यो अनिष्टको खड्को टारिदेऊ । कतै पातकी कर्मको पराकाष्ठामा पुगेको राजनैतिक उद्दण्डताको कालो कहरले प्रेरणाको पर्याय बनेर मुटुभरिभरि स्वाभिमान र राष्ट्रप्रेमको आलो अनुभूति साँचेर हिड्ने मेरो बरबोटे अर्थात् आराध्य अग्रज ताना शर्मालाई त कसैले केही गरेन ? आफ्नो तरुणाइको तुमुल ध्वनि घन्काएर बर्सिएको जेठ महिनाको उखर्माउलो गर्मीको मुटु फुट्न खोज्ने तातोमा स्वाभिमान संरक्षणार्थ खुइलिएको तालुको पसिना पुच्छदै भोट खसाल्न लाममा उभिनु भएको उहाँको आकृति मेरो कन्तुरे मनमा झलझली आइरहेपछि मलाई लाग्छ म आफ्नो संघारकै मतदान केन्द्रमा नभै बरबोटेको मतदान केन्द्रमा उभिएको छु र मेरो अगाडि एउटा सानू पाठशालाको परिसरमा उद्दण्डताका इदि अमिन र हुल्याहाहरूका नाइके हिटलरहरू निर्लज्जता र निरङ्कुशताको चरमचुलीमा पुगेर बर्बरताको प्रतिनिधित्व गर्दै आआफ्नो पक्षमा मत खसाल्न आफ्नो पुख्र्यौली बल निकालेर विपक्षीहरूको विचार र विवेकलाई छास्दै र छिमोल्दै नाडी सुर्किरहेका छन् । राजनीतिको कुइगन्धे सिनुलाई शुद्ध पार्ने आकाङ्क्षा लिएर लाइन लागेका हजारौं तारानाथहरू निरीह हुनुपरेको दारुण अवस्थामा न्यायको पुकारा गर्दै अन्यौलको पटाङ्गिनीमा छट्पटाइरहेका छन् मुन्टो छिनेको भाले छट््पटाए झैं अलपत्र परेको बालिगमताधिकारलाई हेरेर । प्रजातन्त्रको दुहाई दिँदै बल मिच्याइँका जङ्गबहादुरहरू अहङ्कारको नाकाबाट निक्लेर प्रत्येक निर्वाचन केन्द्रमा कोतपर्व मच्याउन जिउज्यान अर्पेर लागिपरिरहेको बेला बिचरा लाममा लागेका तारानाथहरूको कस्तो हविगत भयो होला ? के सोचेका थियौं ? के भयो ? बहुदलीय राजनीतिले कति चाँडो आफ्नो सक्कली स्वरूप देखायो । म भावनाको भेलमा हेलिँदै जान्छु, मेरा संवेदनात्मक श्रद्धा शब्दहरू झन्झन् छरिँदै जान्छन् छिरल्लिंदै जान्छन् र वर्तमानको अभिनयी अनुहारमा साटिएर खिल्ली उडाउन थाल्छन् मेरो भावनाको ।बरबोटे प्रति मेरो मनमा सम्मान छ, सद्भाव छ, सदाशयता छ, किनभने बरबोटेको पावनभूमिले नै मेरा गुरु ताना शर्मालाई अगाडि बढ्दै जान उत्प्रेरित गयो, बरबोटेको ममताले नै मेरो गुरुलाई असतोमा सद्गमयको वाणी सञ्चारित गर्यो,रबोटेको पानीले नै उहाँलाई ‘वसुधैव कुटुम्बकम्’ को बाटो हिड्ने हौसला दियो र बरबोटेको वातावरणलाई पितृप्रसादको रूपमा नेपाली साहित्यका आस्था र प्रेरणाका शिखर व्यक्तित्वको रुपमा उभ्याएर आशीर्वाद दियो । यही पितृ ऋण तिर्न अविश्रान्त पथिककोरुपमा नेपाली साहित्यको फराकिलो मार्गमा हिंडिरहनु पनि भएको छ ।मतदान आज विथोलिए भोलि हुन्छ । भोलि नभए कुनै दिन हुन्छ । नभए पनि फरक पो के परिहाल्छ र ? तर तारानाथहरूलाई केही भयो भने फरक पर्नेछ । तारानाथहरूलाई अनिष्ट भयो भने साहित्य लङ्गडो हुन्छ । कुँडिन्छ र गति लिन थालेको नेपाली साहित्यले एकजोर दिव्यदृष्टि भएका पारदर्शी निरपेक्ष आँखा गुमाउनेछ र आउने पुस्ता अपाहिज हुनेछ,टुहुरो बन्नपुग्नेछ । साहित्यमा आँच आउनु भनेको राष्ट्रको शिर निहुरनु हो, स्वाभिमान गुम्नु हो । म स्वाभिमानी भएर बाँच्न चाहन्छु शिर झुकाएर हैन । त्यसैले बरबोटेको मतदान स्थगित हुनुभन्दा बढी समाचार सुन्ने धैर्य ममा हराइसकेको हुनाले अनिष्टको कालो बादल बरबोटेको सिरानतिर मडारिएको मैले सुन्नु नपरोस् भनी सकेसम्म हतारिंदै रेडियोको भोल्युम स्विचलाई मरीमरी बटार्न थाल्छु । चन्द्रनिगाहपुर, रौतहट ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
स्वतन्त्रको पराधीन सपना
निबन्ध
रामशरण पुडासैनी
1, 2013, 5:35
स्वतन्त्रको पराधीन सपना देखेर जिल्लिएको छु यसपटक । चुनावको रन्को सकियो भर्खर । चुनावमा सयौं, हजारौं मानिस उठे, बसे र लडे पनि । हजारौं मानिसहरुको सपना साकार भएन, सयौंका साकार भयो । सपनाहरु छरपस्ट भए बजारभरि, चोकभरि, गल्लीभरि, भित्ताभरि र फेसबुकभरि । कसैकसैलाई नमज्जास“ग लाग्यो चुनाव, कसैलाई मज्जास“ग लाग्यो चुनाव । अझै कति होसमा आउन सकेका छैनन्, कति ह्यङओभरमै छन्, कति तन्द्रामा र कति निद्रामै छन् । चुनाव लागेकाहरु । मदिरा लागेकोभन्दा बढीब्यथा लागेकोभन्दा धेरै छटपटाइरकेका छन् । छटपटाउनु तिनीहरुको स्वतन्त्रता हो, जसरी चुनाव लाग्नु वा चुनावले लाग्नु पनि तिनीहरुकै स्वतन्त्रता थियो । स्वतन्त्रताको बहुअभ्यास भयो चुनावमा । स्वतन्त्रको अर्थ हुन्छ ः विना डर, त्रास, धम्की, लोभलालच अर्थात् साम, दाम, दण्ड र भेद अर्थात् स्वविवेक । स्वतन्त्रको अर्थ मान्निछः स्वाधीन, अरु कसैको खटनपटनमा नरहेको । शब्दकोश भन्छ अनुशासन, नियमकानुनमा रहेर आफ्नो जिम्मेवारी र कर्तव्य बिना कसैको दबाब स्वविवेक प्रयोग गर्ने । सामान्यतया गमेर हेर्दा स्वतन्त्रको परिभाषा अनेक छन्, जसरी हाम्रो मुलुकमा स्वतन्त्रहरु अनेक छन् । एउटै कामका लागि एउटै क्षेत्रबाट, एउटै मुद्दा उठान गर्नका लागि दर्जनौं स्वतन्त्रहरु उभिने स्वतन्त्रता छ । स्वतन्त्र हुनु एक्लै हुनु बिल्कुन होइन । अरुभन्दा फरक हुनु होइन । कहींकतै आबद्ध नहुनु पनि होइन । वश स्वतन्त्र हुनु नै स्वतन्त्र हुनु हो । स्वतन्त्र हुन कतै निवेदन दिनु पर्दैन । नागरिकता, पासपोर्ट वा लालपूर्जा देखाउनु पर्दैन । कुनै निकायबाट वर्गीकृत हुनु पर्दैन । स्वतन्त्र हुनु नै स्वतन्त्र हुनु हो । स्वतन्त्र हुनु र स्वतन्त्र नदेखिनु बेग्लै कुरा हो । दर्जनौं स्वतन्त्रहरुको भीड बढेर गैरस्वतन्त्रभन्दा बढी हुनुदेखिनु संयोगमात्र हो । स्वतन्त्रको स्वतन्त्र गाथा हुननहुनसक्छ । हरेकको स्वत्व नहुनसक्छ, स्वनिर्णय नहुन सक्छ तर ऊ स्वतन्त्र हुनसक्छ किनकि स्वतन्त्रको कुनै योग्यता छैन । जे जे हुनसक्छनहुन सक्छ, स्वतन्त्र स्वतन्त्र नै रहिरहन सक्छ । यही स्वतन्त्रताको सबैभन्दा ठूलो वैशिष्ट्य हो । हरेक मानिस स्वतन्त्र छन् हामे मुलुकमा, किनभने हामी स्वतन्त्र मुलुकको स्वतन्त्र नागरिक हौं, जसको देशलै कहिल्यै कहींकतै गुलाम बन्नु परेन । त्यो बेग्लै कुरा हो कि स्वेच्छाले कसैले विदेशीको वा स्वदेशीजस्ता लाग्ने विदेशीको गुलामी गरिहन्छन् बेलाबेलामा स्वतन्त्रताको महान पक्षपाती बनेर । त्यो फरक कुरा हो कि लाखौं संख्यामा स्वतन्त्र देशका स्वतन्त्र नागरिक विदेशमा गुलाम बनेर आफ्नो स्वतन्त्र परिवारका स्वतन्त्र सदस्यहरुको पालनपोषण मात्र गराइरहेका छैनन्, स्वतन्त्र देशको स्वतन्त्रता जोगाइदिन रेमिट्यान्स पनि भित्र्याइदिएका छन् । र, हामी स्वतन्त्र नागरिक, स्वतन्त्र नेता, स्वतन्त्र उम्मेदवार र स्वतन्त्र मतदाता हुन पाएका छौं । हाम्रो पराधीन स्वतन्त्रता हामीस“गै हुन्छ । चुनावमै फर्किऊ“ न । देशैभर भर्खर संविधानसभा भाग दुई आरम्भ भएको छ । भाग एकमा देखिएका शृङ्खलाहरुजस्तै २ जना स्वतन्त्र उम्मेदवारले सभासद पड्काउन सफल भएका छन् । स्वतन्त्रलाई जिताउन कुनै मतदाता स्वतन्त्र भइरहनु परेन पर्दैन । स्वतन्त्र उम्मेदवार बन्न स्वतन्त्रको सदस्यता लिन पनि कसैलाई परेन । निर्वाचन आयोगको जिल्लाजिल्लामा स्थापना गरेको कार्यालयमा उम्मेदवारी मनोनयनका दिन फारम भर्दा राजनीतिक दलको स्थानमा स्वतन्त्र लेखिदिए पुग्यो । कहींकसैले ‘स्वतन्त्र नै हो भने तेरो स्वतन्त्रताको परिचयपत्र पेश गर’ भन्ने हिम्मत गर्दैन, त्यो समाथ्र्य राख्दैन । यसर्थ सर्वस्वीकार्य दल हो स्वतन्त्र । बरु दलहरुको प्रतिनिधिको एकअर्काले चियोचर्चा गर्ने गर्दछन् । हाम्रो मुलुकमा स्वतन्त्रको पछि लागेर के साध्य । चुनाव आयो, गयो । तर चुनावले ल्याएको चुनाव सकिएको छैन । चुनावले ल्याएको रौनक घटेको ५ेन । चुनावले सिर्जना गरको चुनावविहीनता र अन्वेषण गरेको कटुसत्यहरु सकिएका छैनन् । हारजित चुनावमा भैहाल्छ, योपालि चुनावमा हार्नकै लागि उठेका हारप्रेमी उम्मेदवार ज्यास्ता थिए । अकाृको जितमा आफूलाई बलिदन गर्न तयारी भक्तिभावले ओतप्रोत उम्मेदवार कत्तिकत्ति । देवकोटाले भनेकै थिए, सुख सुख भन्छन् सबै , सुख कहा“छ, आफू मिटाई अरुलाई दिनु जहा“ छ ।’ हो देवकोटालाई चरिताथ गरिदिए उम्मेदवारले । म बसेको भूगोलमा स्वतन्त्रहरु बढो सानस“ग उभिएको देखें । स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका कुनै दलविशेषमा थिएथिएनन् । चासो र मतलव गर्नै कुरा थिएन भएन । चुनावी सरगर्मी बढेपछि उनीहरु एकपछि अर्को रुपमा प्रकट हुन थालेको देखिपछि म चकित हुने पारो बढ्दै गयो । एक निर्वाचन क्षेत्रमा पार्टीको गाविस अध्यक्ष नै स्वतन्त्र उम्मेदवार बनेर आए । पार्टीले कारबाही त गरेन नै, चुनावीसभा नै उसको अध्यक्षतामा भएको खबर मेरा हातमा परेपछि म अझै चकित भए“ । पार्र्टीले कारबाही गर्ला भन्ने ठानेको व्यक्तिकै अध्यक्षतामा उम्मेदवारले भाषण पड्काए । अर्का एक स्वतन्त्र उम्मेदवार चुनावको केही दिनअघि अर्को पार्टीमा प्रवेश गरे । अर्का स्वतन्त्र उम्मेदवार अर्कै उम्मेदवारको झण्डा बोकेर ‘जिन्दवाद गान’मा मस्त देखिए । हु“दाह“ुदा एउटा दलको उम्मेदवारको प्रचार सामग्री बोकेको गाडी जलाउ“दा अर्का स्वतन्त्र उम्मेदवारको नाममा दर्ता भएको गाडी फेला पयो । स्वतन्त्र पत्रकार पनि स्वतन्त्र उम्मेदवारकै पक्षधर जो देखिए । शाब्दिक अर्थले बेग्लै बोल्छ, पारिभषिक अर्थ अर्कै छ तर व्यावहारिक अर्थ हु“दोरैछ । प्रयोगमा आएको स्वतन्त्रको न परिभाषास“ग मेल खान्छ, न शब्दार्थस“ग । यसपटक चुनावमा उम्मेदवारको अनुहार हेरेर मलाई लाग्यो, परिभाषै गलत रहेछ । आफ्ने स्वविवेक प्रयोग गर्नेको सट्टा प्रयोग गर्न नसक्ने, डर धाकधम्की र लोभलालचमा फसेको, स्वत्व नभएको । बरु पराधीन वा पराश्रित उम्मेदवार शब्द उचित हुन्थ्यो कि ‘स्वतन्त्र उम्मेदवारको सट्टा । आफैंलाई मत दिन नपाउने, स्वतन्त्र नागरिकले भोट नहाल्ने उम्मेदवार कसरी स्वतन्त्र उम्मेदवार भइरहन सक्छ ? मध्ये चुनाव लागिरहेको बेला फेसबुकमा भेटिए एक स्वतन्त्र उम्मेदवार । ‘माहोल हेर्दा हाम्रो जित सुनिश्चित देखिएको छ’ उनको ताजाताजा स्ट्याटसले छोयो मलाई । बबन सिंह भाग २ हो कि भन्ने ठानेर मेरो सञ्चारकर्मी मस्तिष्क चनाखो भो । अनलाइनमा सोधेः चुनाव जितिने भो ? हो, निश्चित नै जितिन्छ । कस्ले तपार्इंले कि ? ... पार्टीले ? उनी बोलेनन्, थपें तपार्इंले त २ वटा गाडी लिनुभएछ त ?हो, लिएको छु । अस्ति भर्खर लिएको । अनि आफूले प्रयोग नगरी ...लाई किन दिएको त ?कस्ले भन्यो तपाईंलाई ? म आफैंले देखें प्रचारमा उनी फेरि बोलेनन् । अनलाइन संवाद अन्त भो । चुनावी परिणमपछि अन्तरघात भएको आशंका गर्दै पार्टीका नेतालाई सङ्केत गर्दै ‘अरुलाई धोका दिनेलाई अर्को चुनावमा ठिक पार्ने’ चेतावनी लेखेछन्, पढें । स्वतन्त्र उम्मेदवारको चुनावी परिदृश्य देखर मनोरञ्जन प्राप्त भयो चुनावभर । उम्मेदवारी दर्ता गर्न जा“दा अदालतमा सुनुवाई गर्न गएको कुख्यात अपराधीजस्तो मफलरले मुख छोपेर गए । प्रस्तावक र समर्थकको नागरिकता टेवुल मुन्तिरबाट दिए । चुनावचिन्ह लिन जा“दा चिट परेर पनि चोर्न नसकेको विद्यार्थीझैं रातोकालो बने । साइकल चढ्न डराउनेहरु आफ्ने नाममा २ वटा गाडी भाडामा लिएर प्रयोग गर्न दिए उम्मेदवारका उम्मेदवारले । आफ्नो नाममा लिएको गाडीमै बस्न पाएनन् । झण्डा लिएर सडकमा मुठ्ठी बटार्न बाध्य भए । बरु मूल उम्मेदवारकै पत्नी, छोरी र भाइभतिजा चढेर हिंडे स्वतन्त्र उम्मेदवारको स्वतन्त्र सवारीमा । दुःखका साथ ठाउ“ठाउ“मा प्रतिनिधि बसे, बसाइए । अरु त अरु मतगणनास्थलमा आफ्ने नामको फोटो र परिचयपत्र पनि देखाउन नसक्दा धागो बाहिर घा“टीमा झुण्ड्याएर परिचयपत्र खल्तीभित्रै लुकाइराखे । अन्तरमनबाट हो वा बाध्यता ः मूल उम्मेदवारको चुनावचिन्ह, झण्डा र डण्डा वरिपरि गर्विलो छाति बनाएर घुमिरहे ।...... ......... .......... .....चुनावमा चुनाव हु“दोरहेनछ मनको । मन भनेको पानीजस्तै बग्ने चिज रहेछ । हिंउ“जस्तै पग्लिएर बग्ने सलल । चुनावमा चुन्नुजति गाह्रो केही हु“दोरहेनछ । एकान्तमा गोप्य मतदान गरेर फर्केका निर्दोष बृद्ध अनुहार के सारो रातो भएको चुनावबाट फर्किंदा । जोसिएर गएको तन्नेरी किन लल्याकलुलुक भएका होलान् । सगरमाथा सबैभन्दो अग्लो, त्यसपछि मै हु“ भन्नेहरु स्वस्तिक छाप लगाएर फर्कंदा किन आत्तिरहेका छन् । फर्क“दा ज्याद्रो मतदाता किन लुगलुग का“प्दै फर्कन्छन् मतदानपछि । रक्तदानपछि कमजोर बनेका रक्तदाताजस्तै कमजोर किन बन्छ भोट हालेपछि मतदाता । आ“खामा आ“खा जुधाएर कुरा गर्न सक्तैनन् किन ? किन हप्तौ अनुहार देखाउन सक्तैन भोट हालेर फर्केपछि सक्कली मतदाता नक्कली उम्मेदवारहरुस“ग । भोट स“गस“गै इमान मतपेटिकामा हालेपछि मानिस यति कमजोर बन्दै जान्छ किन ? बरु इमान बोकेको मतपेटिका ढिलो ढिलो आइपुग्दा मतगणनास्थल किन गलित बन्दैन विजेता । के मतदान गर्नु जीवनदान गर्नुसरह हो ? रक्तदान गर्नुसरह हो ? वीर्यदान गर्नुजत्तिकै हो ? चुनावमा चुनाव देखिए पनिनदेखिए पनि चुनावपछि पो असली चुनाव हु“दोरहेछ अन्तरमनस“गको अन्तरसंवादमा । ...... ...... ... .... परिणाम आउ“दा दोहोरो अंक कटाए कसैले, कसैले कटाएनन् । काठमाडौंकै ३ जना उम्मेदवारले त शून्य मत पाएछन् । आफैंले आफैंलाई मत दिनसम्म नपाएको स्वतन्त्र उम्मेदवार हेरेपछि लाग्छ, यो देशको स्वतन्त्र मतदाताको हविगतचाहिं कस्तो होला । कहिंकतै म उम्मेदवार हँे भन्ने गर्वानुभूतिसम्म गर्न सकेनन् पराधीन स्वतन्त्र उम्मेदवारहरुले । स्वतन्त्र मतदाताको यति ठुलो शक्ति छ । उसले किन स्वतन्त्रबाहेक अरुलाई भोट हाल्न मन गर्छ । किन स्वतन्त्रले स्वतन्त्रलाई भोट हाल्नै मन गर्दैैनन् । के स्वतन्त्रको स्वेच्छिक स्वतन्त्रता हुन्न ? चुनावमा देखिंदोरहेछ असली स्वतन्त्रता, को कति स्वतन्त्रतापूर्वक काम गरिरहेको छ देखिंदोरहेछ । मानिसको मनभित्र गुजुल्टिएर बसिरहेको स्वतन्त्रता प्रस्फुटित हु“दोरहेछ चुनावमाा । राजनीतिक दलका बर्सौ लामो समय स्वतन्त्रतापूर्वक काम गरिरहेकाहरु चुनावमा टिकट नपाउनसाथ स्वतन्त्र हु“दारहेछन् । आफ्नो जिन्दगी नै आदर्श पढाइरहेका व्यक्ति चुनाव यालीमा स्वतन्त्रतापूर्वक सहभागी हु“दारहेछन् । जिविस नगरपालिका र गाविसमा लामो समय स्वतन्त्रतापूर्वक काम गरिरहेका कर्मचारी चुनावी विजयी यालीमा स्वतन्त्र अस्तित्व बोकेर भाग लिंदा रहेछन् । पत्रकारले पनि आआफ्नो नेताको समाचारमा उस्तै स्वतन्त्रतापूर्वक कलम चलाउ“दा रहेछन् । साहित्यकारकविका कविता पनि बढो स्वाभिमानी स्वतन्त्रतापूर्वक अभिव्यक्त हु“दारहेछन् । सबै देखिंदोरहेछ चुनावमा । चुनावमा त असाध्यै पारदर्शी भा“डो रहेछ स्वतन्त्रता मापन गर्न सकिने । मन थाम्दै गरेकामन थाम्नै नसक्ने अवस्थामा स्वतन्त्रहरु स्वतन्त्रतापूर्वक आआफ्नो दल, समूह, क्षेत्र वा वर्गसापेक्ष प्रस्तुत हु“दारहेछन् । बाग्मतीले सबैलाई बगाउ“दोरहेछ सुन पनि, विस्टा पनि । हो, यसपटक जिल्लिएको छु स्वतन्त्रको पराधीन सपना देखेर । हेटौंडा९ मकवानपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
जिन्दगी एक भकुण्डो
निबन्ध
डा. टीकाराम पोखरेल
16, 2013, 10:38
‘ए डोले ! खेल्ने होइन आज पनि भकुण्डो ?’ म डोलबहादुरलाई भन्छु ।‘खेलौँ ।’ डोले बेपर्वाहसँग उत्साहित हुँदै भन्छ ।‘आज पनि’ भन्नुको अर्थ हाम्रो भकुण्डोको मिनी वल्र्डकप हरेक दिन चल्छ । दिउँसो स्कूलमा पनि गुरुहरु पढाइरहेका हुन्छन् । आफ्नो ध्यान चाहिँ कहिले घर पुगेर भकुण्डो हान्ने भन्नेमा हुन्छ । ४ बजे स्कूल छुट्टी भएपछि १ घण्टाको बाटो हिँडेर घर पुगिन्छ । अनि झोला फालेर पुगिन्छ चौरमा, थोत्रा कपडाबाट निर्मित भकुण्डो बोकेर । डोले र म चौरमा पुग्दा नपुग्दै पुड्के, पोकले, नाराने, हरे, भैरे, चन्द्रे, धने, जगते सबजना आइसकेका हुन्छन्, भकुण्डो खेलमा सहभागी हुन । हाम्रो मिनिवल्र्डकप चल्छ । भूमिका कसैको खेलाडी हुन्छ त कसैको दर्शक हुन्छ । हो, त्यसबेला मलाई आफ्नो प्रिय भकुण्डो बोकेर चौरमा पुग्दा वल्र्डकप खेल्न रंगशालामा उत्रेको भान हुन्थ्यो । चौर त के भनौँ बारीको पाटामा । फाटेको कपडाले बनाएको भकुण्डो । बारीको पाटामा कोदालोले खनेर लाइन बनाएको भलिबल कोर्ट । घाँस दाउरा बोक्ने नाम्लोले बनाएको नेट । अनि गाई बाँध्ने खाँबोबाट बनाएको पोल । खेल चाहिँ भलिबल । खेल आयातित भए पनि हाम्रा खेल सामग्री कुनै पनि आयातित थिएनन् । पुरै होम मेड । कच्चा पदार्थमा पूर्णतः आत्मनिर्भर थियौँ हामी । त्यसो त त्यो भकुण्डो मेरो लागि प्रिय मात्र थिएन, कहिलेकहिँ अप्रिय पनि भइदिन्थ्यो । अप्रियताको कारण हो भकुण्डोले मलाई खुवाएको गाली । हो, भकुण्डोले धेरै गाली पनि खुवायो मलाई । कहिले काहीँ थोत्रा कपडा नपाउँदा नयाँ कपडा नै च्यातचुत पारेर भकुण्डो बनाइन्थ्यो, आमाको गाली । साँगुरो पाटामा भकुण्डो खेल्दा भकुण्डो उफ्रेर अर्काको खेतबारीमा पुग्दा छिमेकीको गाली । गाईबाख्रा हेर्न जाँदा आफू भकुण्डो खेल्ने धुनमा, गाइबाख्रा अरुकै बालीमा मस्त, फेरी त्यहाँ पनि बालीधनीको गाली । बेलुका घर फर्किँदा अरुको बालीमा गाइवस्तु छोडेको भनेर बाको फेरि गाली । भकुण्डोलाई जति हानियो त्यो भन्दा धेरै बढी गाली भकुण्डोले मलाई खुयायो । गाली सम्झिँदा त मैले भकुण्डो खेलेको हो कि भकुण्डोले मलाई खेलाएको हो भन्नै गारो । जे होस् जतिसुकै गाली खाए पनि भकुण्डो छोडिनँ मैले । म परेँ भकुण्डोप्रेमी । भकुण्डो मेरो पूरक । सानैदेखि जिन्दगी जोडियो भकुण्डोसँग ।हो, सानोमा भकुण्डो खुब हानियो । बेपर्वाहसँग हानियो । कहिलेकाहिँ त भात खाने बेलामा र सुत्ने बेलामा बाहेक भकुण्डोले सुख पाएन । मैले हानिरहेँ, भकुण्डो हानिइरह्यो । जति हाने पनि नहान् भनेन भकुण्डोले मलाई । मैले पनि त गाली खुवाइस् भनेर कहिल्यै गुनासो गरिनँ नि भकुण्डोलाई । यसरी बाल्यकालमा भकुण्डो मेरो जीवनको अभिन्न अंग बनिरह्यो ।‘ए केटा ! तँलाई रबरको भकुण्डो किनिदिउँ त ?’ बाले एक दिन अनायास भने ।बाको कुरा सुनेर दंग परेँ म । बाले मलाई जिस्क्याएको हो कि साँच्चै भनेको हो भन्ने कुरा बुझ्न सकिनँ । तै पनि हुन्छ भन्दा के फरक पर्छ भन्ने सोचेँ र भन्दिएँ ‘हुन्छ बा ।’ मलाई रबरको भकुण्डो किनिदिने कुरा विश्वास थिएन । कुरा साँच्चिकै पो रहेछ । धेरै वर्षदेखि मैले झुम्राको भकुण्डो होनेको देखेर मेरा बालाई मप्रति दया लागेछ कि के हो बाले रबरको भकुण्डो किन्न बजेट छुट्याएछन् । झुम्राको भकुण्डो हान्न धेरै मेहनत गरिएछ क्यारे, प्रमोशन भइएछ । बाले प्रमोशन गरिदिए । प्रमोशन म भएँ कि भकुण्डो भयो कुन्नि ? जे बुझे पनि हुन्छ । जे होस् मैले झुम्राको भकुण्डोको ठाउँमा अब रबरको भकुण्डो हान्न पाउने भएँ । मेरो झुम्राको भकुण्डो अब रिटायर्ड हुने भयो । झुम्रोको भकुण्डो हान्नेलाई रबरको भकुण्डो पाउने भएपछि के चाहिन्थ्यो र ? खेलाडीले वल्र्डकप जित्दा खुसी भएको भन्दा म बढी खुसी थिएँ । रबरको भकुण्डो पाउने भएको थिएँ तर पाउन त बाँकी नै थियो । गाउँमा किन्न पाउने भए पो भन्नेबित्तिकै पाउनु ?एकदिन बा चरिकोट जाने भए । मैले पनि यही मौकामा भकुण्डो किन्न जाने भनेँ । बा आफैँ किनेर ल्याइदिन्छु भन्थे । मैले आफैँ गएर किन्ने जिद्दी गरेँ । भकुण्डो किन्ने निहुँमा सहर हेर्ने पनि रहर थियो मलाई । इच्छा त मेरो मोटर हेर्ने पनि थियो । भकुण्डो पनि किन्ने मोटर पनि हेर्ने एक पन्थ दुई काजको मेरो अभियान, म पनि कम बाठो थिएँ र ? छोडिनँ मैले बालाई ।बिहानको झिसमिसेमै म बाको दौराको फेर समातेर भकुण्डो किन्न चरिकोटतिर लागेँ । ७ घण्टा पैदल हिँडेर चरिकोट पुगियो । चरिकोट पुग्दा पहिलोपटक जीवनमा दुई युद्ध एकैपटक जितेको भान भैरहेको थियो । एउटा भकुण्डो किन्ने युद्ध अर्को चरिकोटका मोटर हेर्ने युद्ध । आहा ! कति भाग्यमानी म । भकुण्डाृ किन्न पाएँ, मोटर हेर्न पाएँ । त्यतिबेला चरिकोटमा भर्खरै मोटरबाटो पुगेको थियो । यदाकदा आउने मोटर हेर्नेको धुइरो हुन्थ्यो सातदोबाटोमा । गाउँमा मोटरबाटो पुग्ने बेलामा गाउँको रौनक बढ्छ । प्रसव वेदनापछिको नारीको खुसी झैँ गाउँमा खुसी छाउँछ । त्यसबेला चरिकोट पनि गाउँबाट शहरमा परिणत हुँदै थियो । चरिकोटका गाउँलेहरु रातारात शहरीया हुँदै थिए । खुद्रा पसलहरु बढेर वयस्क हुँदै थिए । साना बाटा फराकिला बन्दै थिए । झुप्राहरु महलमा परिणत हुँदै थिए ।चरिकोटबाट घर फर्केपछि चरिकोट आउन नपाएकाहरुलाई शहरका कथा सुनाउनु थियो मलाई । रबरको भकुण्डो त किनियो नै सुरुमै । अनि सात दोबाटोदेखि टुँडिखेलसम्मको बजार तीन पटक ओहोरदोहोर गरियो । पसल र अफिसमा राखेका सबै साइनबोर्ड पढेर कण्ठ गरियो । .... इन्टरप्राइजेज, ..... फोटो स्टुडियो ..... मिठाइ पसल, ..... स्टेशनरी एण्ड पुस्तक पसल, ....भेराइटी सेन्टर, .... होटल एण्ड लज, ....बैँक लिमिटेड, ......होजियरी आदि आदि । पशुपति मन्दिर नजिकैको पसलमा जेरी पनि खाइयो ? सातदोबाटोमा एकछिन रोकिएर जिरीतिर लाग्ने मोटरगाडी त झन् आँखा झिमिक्क नपारी हेरियो । त्यसरी नहेरी कसरी सुनाउनु त गाउँ फर्केर शहरका कथा चरिकोट आउन नपाएकाहरुलाई ।झण्डै ६ घण्टाको चरिकोट घुमाइ मलाई त ६ मिनेट जस्तो लाग्यो । कति छिटो चरिकोट आइपुगेको ६ घण्टा बितेछ । बा र बासँगै आएका अरु ढाक्रेहरुले किनमेल गरी ढाकर बाँधिसकेछन् । उनीहरु फर्कन लागेपछि बाको फेर समातेर पछि लाग्नुको विकल्प थिएन मसँग पनि । बाले ढाकर बोके, मैले मेरो प्रिय भकुण्डो बोकेँ । चरिकोटबाट फिर्ता हुँदा साँझको ६ बजिसकको थियो । रात स्वागत गर्न तम्तयार भयो । चरिकोटबाट हिँडेपछि दोलखा पुग्दा नपुग्दै स्थानीय नेवारी भाषामा टुटुरवटी भनिने ठाउँमा एउटा पाटी थियो, अहिले पनि छ । बोलीचालीमा च्यादरपाटी भन्छन् त्यो पाटीलाई । हाम्रो त्यो दिनको होटल एण्ड लज त्यही च्यादरपाटी हुने भयो । गन्तव्य च्यादरपाटी लिएर ६ बजे चरिकोटबाट हिँडेका हामी ७ बजे पाटीमा पुग्यौँ । हिँउदको दिन सायद औँसीको सेरोफेरोको दिन थियो क्यारे । पुरै अन्धकार थियो, चकमन्न । दोलखामा बिजुली पुगिसकेको थिएन । पुगेकै भए पनि पाटीमा बिजुली बाल्न कसको जाँगर ? पाटी, जहाँ बस्न होटल एण्ड लजमा जस्तो भाडा तिर्नुपर्दैन । बस्नलाई कसैको अनुमति लिनु पनि पर्दैन । बरु उल्टो उपियाँ र उडुसको स्वागत पाइन्छ । हामीलाई पनि पुग्नासाथ पाटीका उपियाँ, उडुस र जुम्राहरुले स्वागत गरे, स्वागतार्थीको न्यानो आतिथ्यतामा हामीले एक रात त्यहीँ बिताउने निर्णय गयौँ । घरबाट ल्याएका ताउला काम्ला ओछ्याएर हाम्रो ढाक्रे दलका सबै जना सुते । म पनि मेरो प्यारो भकुण्डो च्यापेर बाका खोकिलातिर घुस्रेँ । तर निन्द्रा किन लाग्थ्यो उपियाँघरमा । त्यसमाथि कहिले ऊ खोक्छ, कहिले ऊ घुर्छ । कहिले कसैले माथिबाट डकार्छ, कहिले अर्कोले तलबाट छोड्छ । कहिले कोही पाटीसँगै जोडिएको बाटोमा हल्ला गर्छ, कहिले एकतमासले किरा कराउँछ । कहिले स्याल कराउँछ कहिले कुकुर भुक्छ । यस्ता कुराले निःशुल्क प्रवेश पाउने पाटीमा निन्द्रालाई त पुरै प्रवेश निषेध रहेछ । हो, पाटीको बास निन्द्रा कसैलाई छैन । झन भकुण्डो च्यापेर सुतेको मलाई त निन्द्रा लाग्ने कुरै भएन । कहिले घर पुगिएला र सबका अगाडि शान दिएर रबरको भकुण्डो हानौँला भन्ने कुराले छटपटी भइरह्यो । छटपटीकै बीच एक जना नवअतिथि अँध्यारोमा खस्याकखुसुक गर्दै पाटीभित्र पस्यो । चोर पो आयो कि भनेर सबै सजग भए । चोर होइन रहेछ । चोर्नै आएपछि पाटीमा किन आउँथ्यो होला र ? बुझ्दा पाटीको स्थायी ग्राहक रहेछ त्यो मान्छे । झुत्रे थियो ऊ । सुत्ने ठाउँ खोज्न थाल्यो । तर लम्पसार परेका मान्छेहरुले ठाउँ पूरै प्याक । जति प्याक भए पनि सार्वजनिक पाटीमा कसैलाई नआइज भन्ने कसले ? एकछिनमा पाटीको कुनामा खाली ठाउँ खोजेर पल्ट्यो त्यो झुत्रे मान्छे पनि । तर खस्याकखुसुक गर्न छोडेन उसले । कहिले खोक्ने, कहिले के के गुन्गुनाउने, कहिले साकसाकसुकसुक गर्ने । डिस्टर्व माथि डिस्टर्ब थप्यो अतिथिले । त्यो झुत्रे अतिथिले धेरै डिस्टर्ब गरेपछि लम्पसार परेको मध्येको कसैलाई झोक चल्यो सायद । ऊसँग ठाठाडो स्वरमा वार्तालाप सुरु गयो । ‘घर कहाँ हो ? ’‘चिलंखा ।’ उसले भन्यो ।‘यहाँ के गर्छौ त ?’ ‘ज्यालामजदुरी गर्छु बाटो खन्ने ठाउँमा ।’ त्यसबेला चरिकोटबाट दोलखा जाने बाटोको ट्रयाक खुल्दै थियो ।‘अनि जहान परिवार कता छन् नि, यतै सँगै हो ?’‘सँगै होइन, घरमा छन् ।’‘अनि घरबाट कहिले आको त ?’चारवर्ष भो । बीचबीचमा जाने गरेको छ कि घरमा ?‘हिँडेदेखि एकपटक पनि गएको छैन । कमा’को पैसा जहानलाई पठाइरा’को छु । अहिले काम पनि पाइरा’को छु । अब अर्को एकदुई वर्ष पछि मात्र जान्छु होला । अहिले किन जानु र ?’ उल्टो उसैैले प्रश्नकर्तामाथि प्रतिप्रश्न गयो । ‘अनि छोराछोरी छन् कि छैनन् ?’‘छन् ।’‘कतिवटा ?’‘तीन’टा ।’ ‘कतिकति वर्षका ? ’‘खै, कति कति वर्षका भए त्यो त खबर आ’को छैन । तीन’टा भैसके भन्ने खबर चाहिँ हिजो मात्र आ’को ।’ (पाटीमा लम्पसार परेकाहरुको गलल्ल हाँसो)‘आफ्नो छोराछोरा छोरी कति वर्ष भए भन्ने पनि थाहा हुँदैन त ?’ हाँसोकै बीचमा प्रश्नकर्ताको थप प्रश्न ।‘पहिला म घरबाट हिँड्दा त एउटा पनि थिएनन्, सबै म हिँडेपछि जन्मेका हुन्, त्यसैले वर्ष थाहा भएन हजुर ।’ उसको प्रत्युत्तर । (पाटीभित्र अझ ठूलो हाँसो)हो, उसको निर्दोषितामा सबै जना गलल्ल हाँसे । अरुको लहैैलहैमा म पनि हाँसे । अरु किन हाँसे थाहा भएन । म चाहिँ हाँसोमा हाँसो मिलाउन हाँसे । अर्थात् कुरा नबुझे पनि कुरा बुझेको अभिनय गर्न हाँसे । त्यतिबेला म सानो थिएँ । उमेरले पनि बुझाइले पनि । अवोध वच्चाले कसरी बुझ्नु र लोग्ने सँगै नभई स्वास्नीले बच्चा जन्माएका कुरा ? पछि वयस्क भएपछि त्यो मजदुरको कुरा सुनेर च्यादरपाटीमा सबैजना गलल्ल हाँसेको रहस्य बुझेँ । म फेरि हाँसे । एउटै कुरामा दुई पटक हासेँ । उहिले च्यादरपाटीमा कुरा नबुझेर हाँसे, पछि वयस्क भएपछि कुरा बुझेर हाँसे । धेरै ठाउँमा टाइम पास गर्न यो कथालाई मैले ‘जोक’को रुपमा सुनाएँ पनि । तर ‘जोक’ जस्तो लाग्ने यो कुरा ‘जोक’ थिएन । तर आज आएर सम्झन्छु । बिचरा ! त्यो मजदुर आफ्नी स्वास्नीलाई खुसी पार्नका लागि घरभन्दा कोसौँ टाढा बसेर मजदुरी गर्दो रहेछ । उता स्वास्नी भने लोग्नेले मजदुरी गरेर पठाएको पैसामा अरुलाई नै खुसी पार्दी रहिछ । खुसी पारेको ब्याज स्वरुप अरुकै बच्चा उत्पादन गर्दी रहिछ र आफूले महान् काम गरे झैँ गरी लोग्नेलाई खबर पठाउँदी रहिछ । सोझो लोग्ने आफूले दुःखै नगरी स्वास्नीले बच्चा जन्माइदिएकोमा दंग पर्दो रहेछ । लोग्नेको सोझो र अनाडिपनको फाइदा उसकी स्वास्नीले खुब उठाइछ । त्यसको जिन्दगीलाई स्वास्नीले भकुण्डो बनाइछ । बिचरा ! त्यो मजदुर भकुण्डो स्वास्नी चाहिँ खेलाडी भइछ । त्यसबेला हाँसोको विषय बनेको त्यो कथा आज सम्झँदा हाँसो होइन जीवनप्रति दया जागेर आउँछ ।जिन्दगीको लामो यात्राको आधाभन्दा बढी यात्रा तय गरिसक्दा अहिले आएर सोच्छु हरेक मान्छेको जीवन त एक भकुण्डो नै पो रहेछ । कतै स्वास्नीले लोग्नेलाई भकुण्डो बनाए होलान्, कतै लोग्नेले स्वास्नीलाई भकुण्डो बनाए होलान् । कतै बाबुले छोरालाई कतै छोराले बाबुलाई । कतै साथीले साथीलाई कतै मालिकले कारिन्दालाई । कतै नेताले जनतालाई, कतै मित्रराष्ट्रले नेतालाई । जसले जसलाई भकुण्डो बनाए पनि नियति रहेछ सबै कुरा । नियतिले जता हान्छ उतै ठोकिन पर्ने, हामी त नियतिको खेलका पात्र मात्र रहेछौँ । आख्यानकार इन्द्रबहादुर राईको भनाई सम्झिरहेको छु ‘हामी सोच्दछौँ एउटा, तर भैदिन्छ अर्को ।’ हो जिन्दगी योजना गरे जस्तो गरी चल्दैन । डाक्टर पढ्ने इच्छा गरेको मान्छे अन्ततः साहित्यकार बन्छ, व्यापार गर्छु भनेको मान्छे व्यापारमा फेल भएर राजनीति गर्न पुग्छ । नियतिका यी खेलहरु कसले जानेको छ र ? मान्छेलाई जित्नुपर्छ । जित्ने लोभमा मान्छे उफ्रिरहन्छ । तर जित्ने दौड आरम्भ हुनु अगाडि नै आफू हारिसकेको थाहा पाउँदैन मान्छे ।भकुण्डो जति उफ्रे पनि भकुण्डोले जित्दैन खेलाडीले जित्छ । जीवन जति उफ्रे पनि जीवनले पनि जित्दैन, जित्छ सधैँ नियतिले । हार्छ सधैँ जिन्दगीले । मान्छेले भकुण्डोलाई बेपर्वाहसँग हानेर मनोरञ्जन लिए झैँ नियतिले जिन्दगीलाई हानेर नियतिले मनोरञ्जन लिइरहन्छ । जीवन भकुण्डो । मेरो जीवन पनि भकुण्डो । अर्थात् भकुण्डो जीवन । तर मेरो हिजो र आजको भकुण्डो जीवन चाहिँ फरक छ । सानामा भकुण्डो खेल्न पाए जीवन हुन्थ्यो । भकुण्डो रहर थियो । तर भने जस्तो भकुण्डो पाउनै गारो । आज भकुण्डो हुन मन छैन तर नियतिले सधैँ भकुण्डो बनाउँछ जीवनलाई । हिजो म खेलाडी थिएँ म भकुण्डो हान्थेँ, आज म भकुण्डो भएको छु खेलाडी चाहिँ नियति । भकुण्डोसँग जिन्दगीको कहिल्यै डिभोर्स भएन । जिन्दगी रहेछ एक भकुण्डो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
म सत्यको प्रतीक्षामा छु
निबन्ध
माधव काफ्ले
2, 2013, 2:51
अक्टुबर महिनाको नाम सुन्नासाथ कैयौं व्यक्तिहरू श्रद्धाले शिर झुकाउँछन् किनभने अक्टुबर महिनामा नै सामन्तवादको विरुद्ध किसानहरूको हकहित संरक्षण गर्ने रुसको महान क्रान्ति सफल भएको थियो, कैयौं व्यक्ति खुसी र आनन्दले हर्ष विभोर हुँदै नाच्छन् किनभने युद्धको विभीषिकाबाट विश्वलाई मुक्त बनाउने उद्देश्य बोकेर अक्टुबर महिनामा नै संयुक्त राष्ट्र संघको स्थापना भएको थियो । अक्टुबर महिनामा नै कायरतापूर्ण किसिमले मारिएका थिए अमेरिकी साम्राज्यवादबाट ल्याटिन अमेरिकालाई मुक्त पार्ने दृढता बोकेर लडेका मुक्तियोद्धा अर्नेष्टो चे ग्वेभारालाई । अक्टुबरको नाम सुन्नासाथ भारतेलीहरू आशंका, त्रास र भयले स्तब्ध हुन्छन् किनभने यसै महिनामा सुरक्षाको आवरण ओढेका आतंककारीद्वारा इन्दिरा गान्धीको हत्या गरिएको थियो । अक्टुबर महिनामा नै सोभियत संघको विघटन भयो भने पैंतालीस वर्षदेखि राजनैतिक विभाजनले कोरेको कालो रेखाको डामलाई चुँडालेरविभाजित पीडालाई पुछेर एकीकरण भएको थियो जर्मनी । अनि गणतन्त्रको विगुल फुक्दै राजनैतिक रूपले स्वतन्त्र भएको घोषणा गर्ने चीन, टर्की, अष्ट्रिया, स्पेन, सोमालियाका साथै साइप्रस र फिजीले पनि राष्ट्रिय दिवसको खुसी मनाउँछन् अक्टुबर महिनामा । व्यक्तिगतरूपमा भन्ने हो भने अक्टुबर महिनाको नाम सुन्नासाथ म त्रसित र आशङ्काले भयभीत हुँदै छट्पटिन थाल्छु । कहिल्यै नमेटिने पीडा मुटुमा ऐंजेरु जस्तै पलाइरहन्छ । एउटा अविवेकी असुरको कायरतापूर्ण कुकृत्यले चिथोर्दै गरेको अदृश्य भयको सेसन्तरले मेरो मस्तिष्कलाई हुँडलेर हायलकायल पारिरहन्छ । अक्टुबर महिनाको संस्मरण चेतनामा सल्बलाउनासाथ एकजना सिर्जनशील स्रष्टाको नृशंस हत्यात्मक सन्देशको पीडाले मेरो विवेकलाई पोल्छ प्रजातन्त्रको मुखुन्डो भिरेर आतङ्कवादलाई प्रोत्साहन गर्दै नरसंहारको माध्यमबाट विश्व साम्राज्य कायम गर्न उद्यत अमेरिका र यसका मतियारका पिछलग्गु बनेर निर्दोष नागरिकहरूको मुटु र देशभक्तिको पवित्र भावनामा मचक मचक कुल्चेर सैनिक तानाशाही शासन कायम गर्दै आफूलाई उदार मानवतावादी भएको देखाउन खोज्ने आर्थिक उदारवादको पिशाच सन्नी अवाचालाई सत्तोसराप गर्न थाल्छु ।सन्नी अवाचा त्यही निरङ्कुश अधिनायक हो जसले बाह्र करोड नाइजेरियालीहरुको आस्था र विश्वासलाई बलत्कार गरेर सैनिक शक्तिको बलमा देशको अस्मिता र गरिमालाई च्याँखे थापेर चिथोर्दै नाइजेरियामा एकछत्र निरङ्कुश शासन चलाइरहेको छ । स्वाभिमानी स्रष्टा र देशभक्त सपूतहरूलाई अपमान, तिरस्कार र लान्छना लगाउँदै, अमेरिकी दादावादको कुटिल कर्म र घृणित चरित्रलाई मुक्तिको मसिहा ठान्दै सार्वभौम राष्ट्रमा अन्यौल अराजकता र ज्यादतीका कहरहरू लाद्न खोज्ने मलाई लाग्छ यस शताब्दीको सबभन्दा नीच, पतीत; लाछी कायर र कपटी व्यक्ति हो अवाचा ।जनताकामाझ सौहार्दको साटो शत्रुत्व निम्त्याउने शकुनी हो अबाचा । जाति र धर्मको आडमा अडेसो लगाएर अडिन खोज्ने अहङ्कारी अजिङ्गर हो अवाचा । आत्मनिर्णयको नागरिक अधिकारलाई गलत ढङ्गले परिभाषा गर्दै व्यक्तिगत महत्वाकाङ्क्षाको उन्मादमा उर्लंदो राष्ट्रको विखण्डन र साम्प्रदायिकताको आगो भड्काउने भष्मासुर हो अवाचा । हो, अवाचा त्यही व्यक्ति हो जसले नाइजेरियामा शान्तिका नाउँमा गृहयुद्ध र कलहको बीउ छरिरहेको छ, शान्ति सुरक्षा संरक्षणको नाउँमा नरसंहारको बाटो रोजिरहेको छ, विकासको नाउँमा आज पनि बर्बरता बाँडिरहेको छ ।यहाँ मात्रै होइन, विश्वको कुनै पनि मुलुकमा जब प्रजातन्त्र शासकतन्त्रमा, शोषणतन्त्रमा, सङ्कीर्णतन्त्रमा परिणत हुन्छ अनि राष्ट्रप्रेमलाई तमासा र व्यवसाय बनाएर विज्ञापन गर्न खोज्ने बगरेहरू जन्मिन्छन् तब अपमान र तिरस्कारलाई पचाएरै भएपनि, घृणा र ज्यादतीलाई अचाएरै भएपनि मातृभूमि अस्तित्वको संरक्षणका लागि सनयात्सेन, गान्धी, मार्टिन लुथर किङ, जर्ज वासिङ्टन, होचिमिन्ह,रोमाँरोला, नेल्सन मण्डेला, शुक्रराज शास्त्री र केन सारो विवा प्रवृत्ति राष्ट्रवादी सपूतहरू जन्मने गर्दछन् र राष्ट्रिय अस्मितामाथि खेलवाड गर्न खोज्ने ब्वाँसा र बाजहरूलाई इतिहासको कालोे खाडलमा खाँदेर नून चुक लगाउनेछन् भन्ने कुरा त हामीलाई इतिहासले नै देखाइसकेको छ भने सन्नी अवाचा त एउटा दुष्ट मदारीको इसारामा नाच्ने नौटङ्कीको बाँदर न हो जसले अर्काको इसारामा हत्या सिवाय अर्थोक गर्नै पो के जानेको छ र ?जनसङ्ख्याको दृष्टिकोणले पहिलो र भौगोलिक दृष्टिकोणले बारौं स्थान ओगटेको अफ्रिकी मुलुक हो नाइजेरिया । तेल नै यहाँको मुख्य राष्ट्रिय उत्पादन हो । देशको अर्थव्यवस्थाको मेरुदण्ड मानिने तेलको उत्पादन नाइजेरियाली सरकार प्रमुखले विदेशी दलाल र बहुराष्ट्रिय कम्पनीका ठेकेदारहरूलाई पट्टामा दिने गरेका छन् र यसको नेतृत्व मानवाधिकारको मखुन्डो भिरेर निर्बल र निसहाय राष्ट्रमाथि निरङ्कुशताको पुठ दिन र नरसंहारको जाल हान्न अलिकति पनि नहिच्किचाउने दादाहरूको नाइके अमेरिकाले गरिरहेको छ । अधिनायकवादको छत्रछायाँमा देशको आर्थिक सन्तुलन समुन्नत बनाउन खोज्ने पट्टावालाहरूको मनपरीतन्त्रले गर्दा तेल उद्योगले उत्पादनमा उत्साहवर्धक उन्नति गरेता पनि औसरवादका अविवेकी पंजाले नाइजेरियाली संस्कृतिलाई मात्र नभएर परिवेश पर्यावरणलाई चिथोर्दै दिन प्रतिदिन देशलाई “पोलुसन”को राजमार्गतिर तारन्तर धकेलिरहेको हुनाले “मुभमेन्ट फर सरवाइवल अफ अगोनी पिपल्स” नामक संस्था तमासा हेरेर बस्न सकेन । देशमा पर्यावरण सन्तुलन र सम्बर्धनको माग राख्दै सरकारको अनियन्त्रित अधिकारमाथि व्यापक जन समर्थन जुटाएर अङ्कुश लगाउन थाल्यो । यसले गर्दा सरकार झन् क्रूर हुँदै कायरतापूर्वक कपटी चाल चल्न थाल्यो र “मुभमेन्ट फर सरवाइवल अफ अगोनी पिपल्स” का अध्यक्ष केन सारो विवालाई बिनाअपराध बलीको बोको बनाएर अत्याचारको जिलेटिनमा लगेर झुन्ड्याइदियो ।भनिन्छ नोवेल पुरस्कारद्वारा सम्मानित नाइजेरियाका निर्वासित जनकवि वोल सोयन्निका भन्दा पनि ख्यातिप्राप्त चर्चित बहुमुखी प्रतिभासम्पन्न सरस्वतीका वरद पुत्र हुन् केन सारो विवा । उनी अक्टुबर महिनामा नै जन्मिएका थिए र त्यो अक्टुबर थियो १९४१ को र तारिख थियो दस । नाइजेरियाको बोरिक नामक ठाउंमा पहिलो चोटि आंखा उघारेका हुन्,उनले यस धर्तीमा ।अनुसूचित जनजातिमा जन्मेका विवाले विश्वलाई नै प्रतिभाको बलले प्रभावित पार्छन् होला भन्ने त्यतिबेला कसैले पनि सोचेका थिएनन् । उनीहरूको समुदायको धारणा त विवाले धेरै प्रगति गरे जमिन्दारहरूको हलो कोदालोबाट मुक्त भएर केही सानु स्वतन्त्र पेसा अपनाउलान् भन्ने थियो तर उनले गरिबीको भीषण भासबाट माथि उक्लेर संसारलाई नै चकित तुल्याउँदै मानवसभ्यतामै प्रेरणादायी सत्कार्य गरी श्रध्दाका अग्ला स्रोत बन्न पुगे । भौतिक सुविधासम्पन्न प्रतिष्ठित नागरिक हुनु कुनै सम्पन्न जातिको जातीय अथवा वपौती अधिकार होइन । मनमा उत्साह, आँट र ईख हुने कुनै पनि मान्छेले पुरुषार्थ गर्न सके सभ्य र सम्पत्तिवाल नागरिक बन्न सक्छन् भन्ने कुरा त उनले गरेरै देखाइदिए ।अध्ययन, अध्यापन र लेखनलाई नै मूल पेसाको रूपमा अपनाएका विवाको बाल्यकाल ज्यादै नै कष्टकर र त्रासदीपूर्ण किसिमले व्यतित हुन्छ । सँधै हलो, कोदालो र ज्याला मजदुरीबाट छाक टार्ने परिवारमा हुर्केका विवा बनीमा बेरिनुको साटो पारिवारिक पृष्टभूमि र परम्परासँग विद्रोह गरेर कलम कापी च्यापी अन्यौल, अभाव र अस्तव्यस्ततासँग सिँगौरी खेलेरै भएपनि उच्च शिक्षा हासिल गरेरै छोड्छन् । मैले बिबाको सम्पूर्ण योगदानको अध्ययन गर्न सकेको छैन । जति पढेको छु त्यसबाट अत्यधिक प्रभावित भएको छु । नाइजेरिया र नेपालबीचको भौगोलिक दूरी निकै नै रहेता पनि उनका रचनामा अन्तरनिहित भाव भूगोल र युगीन कथावस्तुले मेरो मुटु छेडेको छ । पढ्दा यस्तो लाग्छ, जति टाढा रहे पनि अनुभूति र भोगाइमा सामञ्जस्य छ हामीबीच । कृतिमा वर्णित महादुर्भिक्षले पीडित निर्वल मानिसहरुको मर्मान्त कथा र भातृत्व र ममत्वको महत्वगान गर्नेे मार्मिक र हार्दिक प्रस्तुतिको मिठासले गर्दा नाइजेरिया अन्यत्र महादेश नभएर मेरै छिमेकी मुलुक हो जस्तो लाग्छ । म को हुँ र ! तर परचक्री र टाढापनको गन्ध अलिकति पनि पाउँदिनँ उनका रचनाहरूमा । विषयवस्तु, मलाई लाग्छ मेरै वरिपरिका हुन् जसलाई मैले सँधै देखेको, सुनेको र अनुभव गर्ने गरेको छु ।छोटो समयमा धेरै लेख्ने, स्तरीय लेख्ने र छोटै समयमा विश्व साहित्यमा आफ्नू अधिपत्य जमाउनेहरूको जमातमा अग्रपङ्क्तिमा रहेका विवाको योगदान अतुलनीय, अविष्मरणीय, अक्षय र अति उच्च रही आएको देखिन्छ । मान्छेले खेप्नु परेको कठिनाइ, भोग्दै आएका विवशता, काट्दै आएका कहर, सहँदै आएका ज्यादतीका दारुण कथालाई विषयवस्तु बनाएर उच्च मानवीय दृष्टिकोणले आफ्ना रचनालाई सिँगारेका हुनाले नै उनको ‘द स्काइ फर अस’लाई मात्र नभएर ‘वासी एण्ड कम्पनी’ ‘सोजन ब्वाय’ ‘प्रिब्जनर अफ जेब्स्’ ‘द स्टोरी अफ ब्ल्याक ब्वाई’ ‘द ब्युटिफिकेशन अफ एरिया वाई’ जस्ता कृतिहरूलाई शाश्वत कृतिको रूपमा स्विकारिएको छ । उनी राष्ट्रवादी पर्यावरणविद् भन्दा पनि विशुद्ध मानवतावादी साहित्यकार भएका हुनाले उनको ख्याति र प्रसिद्धिलाई सरकार प्रमुखले पचाउन सकेन । एउटा मामुली नागरिकको सम्मान राष्ट्राध्यक्षको भन्दा पनि बेसी भएको हुँदा सत्ताको उम्मादमा मत्त भएको शकुनीले एउटा निष्कलङ्क व्यक्तिलाई कैंयौं राष्ट्रको विरोधको बाबजुद पनि निर्लज्जतापूर्वक निरङ्कुशताको नङ्ग्राले चिथोरिदियो । निस्वार्थ भावनाले राष्ट्रोन्नतिमा उल्लेखनीय भूमिका खेल्दै सत्यको पक्ष लिएकोमा दण्डित हुनु पयो विवाले । सत्य कुरा लेखेकोमा ज्यान गुमाउनु पयो विवाले, सत्य कुरा बोलेकोमा अकालमै यस संसारबाट विदा भए विवा । त्यो पनि अक्टुबर महिनामा नै हो । यतिबेर विवाको पार्थिव शरीर यस धर्तीमा छैन तर उनी करोडौं साहित्यप्रेमीको धुक्धुकीमा धड्किरहेका छन् । उत्पीडित जनजातिले मुक्तिको मसिहा मानेका हुनाले गरिब र दीन दुःखीको आँखामा आस्थाका बिन्दु बनेर चम्किरहेका छन् उनी, विश्वका तमाम सिर्जनशील स्रष्टाहरूको हृदयको स्पन्दनमा छन् उनी र विश्व साहित्यका अमूल्य निधिका रूपमा थाती रहनेछन् यस विश्व ब्रह्माण्डमा । स्रष्टा र उसको सिर्जनालाई कुल्चेर तत्कालीन फाइदा सत्ता र सरकार प्रमुखले लिन खोजेता पनि इतिहास साक्षी छ सत्ता र सरकार प्रमुखले सँधै स्रष्टाका सुन्दर सिर्जनाका अगाडि धुलो चाटेको छ । सत्यलाई अस्विकार्दै सत्ताको उन्मादमा अन्धो भएको शासकले सुकरातलाई वीष पिउन बाध्य तुल्याएता पनि शासकको चिनु चपेटो छैन सुकरात आज पनि विश्व ज्ञानका भण्डार छन्, ध्रुवतारा जस्तै चम्किरहेका छन् । ग्यालिलियोका वाङ्मय र विचारलाई लत्याएर उनलाई मृत्युदण्ड घोषणा गर्ने चर्च र गियानोज आज लाज पचाएरै भएपनि उनी निर्दोष थिए भनेर पश्चातापका आँसु चुहाउँदै छन् । खुस परेको बेलामा प्रधानमन्त्री बनाउने र खुस उडेको बेलामा गलहत्याउने शासकको अत्तोपत्तोे छैन तर गेटे उत्तिकै सम्मानित र पूजनीय छन् जति उनी जीवित छँदा थिए । खुरसान प्रान्तका तत्कालीन शासक महमद गजनवीले फारसी भाषाका भीष्म पितामह अवुअल कासिम हसन वीन अली तूसी अर्थात् फिरदौसीलाई अनेकौं किसिमले अपमानित गर्दै अन्त्यमा मृत्युदण्डको फरमान जारी गरेता पनि फिरदौसीको साहस इमान्दारी र साहित्यिक योगदानको अगाडि राजा गजनवीले घुँडा टेकेर पश्चात्ताप गर्नैपयो । अरस्तुका अगाडि विश्वविजयी सम्राट् सिकन्दर कति पटक नतमस्तक भएका छन् । धर्मको आडमा अन्धो भएको आयातुल्ला खुमैनीले एउटा सिर्जनशील स्रष्टालाई आजीवन भूमिगत जीवन बिताउन बाध्य बनाउँदा केके न लछार्छु भनेर कुवाको भ्यागुतो जस्तै कुर्लंदै उफ्र्यो तर त्यो कस्सेर उफ्रन नपाउँदै धुलो चाट्नुपयो; उसले प्रतिबन्धित लगाएर लतार्न खोजेको पुस्तक ‘द सटेनिक भर्सेज’ विश्व साहित्यको अमर कृति हुन पुग्यो । मानवताको वकालत गरेवापत तसलिमा नसरिनले निर्वासित जीवन बिताउनु परे तापनि बङ्गलादेशको पर्यावाची शब्दमात्र बनिनन् बरू बङ्गलादेशका सत्तासीन शासकभन्दा हज्जारौं गुना लोकप्रिय पनि छिन् र सम्मानित पनि छिन् । कवि बनेका राजा ्रकै कर्म हेरौं न ! राजनीतिलाई हत्केलामा नचाएर सरस्वतीका उपासकहरूको उपलब्धिलाई अपमानित गर्दै भोग लिप्साको श्रीखण्ड लेपन गरी सत्ताका सामु चिरञ्जीवी बन्न खोजेका थिए तर उनको कट्मिरो दर्शनको प्रेरणादायी आदर्शको लक्ष्मण रेखालाई इतिहासले तीसको घेरो पनि काट्न दिएन तर जनहृदयका स्रस्टाहरू आज पनि जीवित छन् करोडौं धुक्धुकीमा धड्केर, साहित्यप्रेमीहरूको सम्मानमा अड्केर भने अवाचा कुन खेतको मुला हो र ? समयले अहिले उसलाई साथ दिए पनि यही समयले एकदिन उसलाई किलकिलेमा समातेर पछार्नेछ र केन सारो विवाको चुलिएको बहुमुखी प्रतिभाको पैंतालामुनि कुल्चेर पुर्नेछ । ढिलो चाँडो मात्रै हो, सत्य सबैको सामु उषाको लालिमा धरती पोखिए झैं छर्लड्. भएर उदाउनेछ र मलाई विश्वास छ सत्य कहिल्यै पनि हार्दैन; हारेको पनि छैन, विद्वान्हरूले ‘सत्यमेव जयते’भनेका छन् । म त्यही सत्यको प्रतीक्षामा छु । चन्द्रनिगाहपुर, रौतहट ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
प्रवासमा प्रमिथस
निबन्ध
महेन्द्र महक
26, 2013, 3:50
जिन्दगी एउटा प्रमिथस भोग्दै छ । जिन्दगी एउटा ढुङ्गा बोग्दै छ । दिनहुँ सिसिफस बनेर । दिनहुँ पहाड उक्लिन्छ जिन्दगी । तर यहाँ फुर्सद छैन पर्खेर सोच्ने । सोचेर पीडा अनुभूति गर्ने । घडीको अलार्मसँगै उठ्छन् प्रमिथसहरु यहाँ । यहाँ रात निदाउनका लागि रात पर्दैन । बरु जतिबेला पनि ड्युटी पर्छ । म सुतेको बेला अर्को कुनै प्रमिथस ड्युटीबाट आएर सुत्छ । म जाँदै गर्दा अर्को कुनै प्रमिथस भर्खरै आइपुग्छ र, फेरि सुत्छ जिन्दगीको ढुङ्गामा । रातभरि प्रमिथसको हृदय कौवाले ठुङ्गछ । बिहान फेरि पलाउँछ हृदय ! र दौडिन्छ हतार हतार ड्युटीमा । (उसो त उसका लागि रात र दिनका सीमानाहरु भत्किएका छन् ।)म ड्युटीबाट फर्कदै गर्दा अर्को कुनै प्रमिथस ड्यटी जाँदै हुन्छ । अर्थात् जतिबेला पनि ड्युटी जतिबेला पनि निन्द्रा !यो चक्र । यो साइकिल । हृदय पलाउँछ । रातभरि कौवाले ठुङ्गेर दुःखाउँछ । बिहान फेरि पलाउँछ । फेरि खाइसक्छ । निरन्तर...निरन्तर । भागदौडको ड्यटी...। स्काइपमा एकादेशकी परीसँगका रसिक बात ! नीला चलचित्र र उत्तेजित मन ! रक्सीको बोतल र आवेगको बाढी ! एउटा एक्सन मुवी र मनोरञ्जन ! छुट्टीको दिन र समुन्द्रको स्नान !(कहिले काहीँ कुनै कुनै प्रमिथस बदलिन्छन् कामदेवमा र रतीको खोजीमा निस्कन्छन् !)परीका अनुहारको रसिक कल्पना...काली, गोरी होची, अग्ली, मोटी...परीको स्वर्गलोकको विविधताको खोजी...चाइनिजअफ्रिकनबंगालीनेपालीफिलिपिना ...। आदर्शका कुरा अनि आनन्दका बात ! अवसादले भरिएका निद्रालु रात ! जुवाको खाल र जितहारको मात !एकासाथ बाँच्छ जिन्दगी । केहि पनि त छुट्टिदैन । केहि पनि त टुक्रिदैन । यहाँ रात पर्दैन । दिन रातको नाममा ब्यूँझिन्छन् । दिन रातमा र रात दिनमा बदलिदैन । केवल ड्युटीका शिप्ट बदलिन्छन् ।राति काम गरेर दिउँसो सुत । बिहान काम गरेर राति सुत ।दिउँसो काम गरेर मध्यरातमा सुत ।चोरभैं चुपचाप किचेनमा पस्नु फ्रिजको चिसो खाना तताएर पेट भर्नु हेडसेटले कान छोपेर फिल्म हेर्नु एक दुई वटा ईपेपर हेर्नु र सुत्नु । फेरि उठ्नु फेरि ड्युटी जानु ।एउटा साइकिल ।साइकिलको पैडल घुमाइरहनुपर्छ । मान्छे दौडिरहन्छ । साइकिलको गन्तव्य हुन्छ । मान्छेको गन्तव्य हुन्छ र ?प्रवासी प्रमिथसको गन्तव्य दुई वर्ष चार वर्षछ वर्ष ...।दिन उस्तै छ । दिनका नाममहिनावर्षका नाम बदलिन्छन् । समयसँगै उसै गरी अनुहार बदलिन्छन् । शिप्ट बदलिन्छन् । प्रमिथस बदलिन्न् । यो प्रमिथस आगो चोरेको आरोपमा खाडी नामको कारकस पहाडमा बाँधिएको होइन । प्रवासको यो प्रमिथसले आगो चोर्नु पर्दैन पनि । ऊभित्र नै आगोको ज्वाला छ । र, पनि आप्ना मानिसलाई त्यो आगो दिन सक्दैन ! यो प्रमिथस पसिना बगाउन पसेको हो । र, पनि उसको हृदय ठुङ्गछ निर्दयी पन्छी । प्रमिथस प्रवासमा छ !प्रमिथसकै हल्लाहरु बोकेर आउँछन् प्रमिथसहरु । रातो बत्तिमा बाटो काट्ने प्रमिथसलाई गाडीले हानेर ठहरै पायो । रक्सी खाएर सुतेको एउटा प्रमिथस अर्को दिन मृत फेला पयो । भान्सा विवादले एउटा प्रमिथसले अर्को प्रमिथसको ज्यान लियो । सुपरभाइजरको कञ्चट बजाएपछि एक्कासी टर्मिनेन भयो एउटा प्रमिथस ।अरु पनि थुप्रै थुप्रै हल्लाहरु । दिनहुँ ओर्लिन्छन् यी प्रमिथसहरु एयरपोर्टमा । (पेन्डोरा र पेन्डोराको बक्सको खोजीमा !)आपूले मन पराएका मानिसहरुलाई छोडेर ‘कारकसको पहाड’ भएठाउँ आइपुग्छन् भर्खरका तन्नेरी प्रमिथसहरु जहाँ उनीहरु अभिशप्त छन् आप्नो हृदय ठुङ्गने पन्छीको निर्दयीता सहन ! (हो यहीँ, जिन्दगीको ढुङ्गा धकेल्छन् जिन्दगी बाँच्ने लालसा बोकेका आधुनिक सिसिफसहरु पनि ।)यो प्रमिथसलाई कुनै ज्यूसले बाँध्न लगाएको होइन कारकसको पहाडमा । र, पनि पेन्डोराको बक्समा रहेको अन्तिम ‘आशा’ ले उसलाई बिउँझाउँछ हरेक पटक र दौडाउँछ ड्युटीमा ।काममा खटिएको बेला जब उसको अपमान हुन्छ र बताइन्छ उसको देशको गरिबी, र सुनाइन्छ उसको माटोको दुर्दान्त व्यथा । त्यतिबेला उसले केवल आशा गर्छ । एउटा हर्कुलसको आशा । एउटा हर्कुलस जसले उसलाई र उसको देशलाई मुक्ति दिन सकोस् । पीडा भोग्छ सिसिफस । पीडा भोग्छ प्रमिथस । बदलामा पाउँछ केहि हजार दिराम रियाल रिङ्गेट ...। अथवा मोबाइल सेट ...। अथवा एलसीडी टीभी ...।र उसको स्वर्गले पाउँछ रेमिटान्स !गर्वसाथ हरेक वर्षको बजेटमा यो रेमिटान्स समावेश हुन्छ ।त्यो पठान सुनाउँदै थियो एक दिन मलाई पाँचदस वर्ष जतिसुकै काम गर तर यहाँबाट जाँदा तिमीसँग कम्पनीले दिएको टिकेट बाहेक केहि हुने छैन । घरका समस्या बिर्सेर थोरै पैसा आप्ना लागि राखेनौ भने घर गएको बेलामा ऋण कारेर आपू फर्किएको खुशियाली मनाउनु पर्ने हुन्छ !ऊ पनि एउटा प्रमिथस !“खाली हात आए थे हम खाली हात जाएँगे !”उसले गुनगुनाएको थियो र हँसाएको थियो ।पीडाले भरिएको हाँसो ।लेबर्स फिलोसफी । प्रमिथसले भोग्ने जीवनदर्शन । ‘यसै गरी बिताइदिन्छु म यो जिन्दगी ।’अर्को विकल्प नभएको जिन्दगी । या विकल्प नखोजेर ‘यसैगरी’ बाँच्न चाहेको जिन्दगी । धेरै फरक छैन । एउटै नियती भोग्छन् । एउटै ढुङ्गा बोक्छन् । उसैगरी पहाड उक्लन्छन् । अनेकौं सिसिफसहरु ।विकल्प बोकेका सिसिफसहरु ।निर्विल्प प्रमिथसहरु ।“म फर्केर आउने छैन यो परदेशमा !” दावी गर्दै फर्कन्छन् केही प्रमिथसहरु ।र छ महिना नपुग्दै फर्केर आउँछ प्रमिथस बनेर । सिसिफसको ढुङ्गा बोक्न । ऊ विकल्प खोज्दैन या खोजेका विकल्पमा असफल हुन्छ ।बाँकी रहेको विकल्प निर्विल्प अपनाएर त्यो प्रमिथस प्रवास पस्छ । र ‘त्यसै’ गरी बिताइदिन्छ उसले जिन्दगी । प्रमिथस ऋण तिर्नका लागि बिताउँछ जिन्दगी, प्रमिथस घडेरी किन्नका लागि बिताउँछ जिन्दगी, प्रमिथस घर बनाउनका लागि बिताउँछ जिन्दगी, प्रमिथस बाआमाको उपचार श्रीमतीका गहना छोराछोरीको पढाई र भाइबहिनीको विवाहका लागि बिताउँछ जिन्दगी, प्रमिथस बेरोजगार बस्नुको पीडा भुल्नका लागि बिताउँछ जिन्दगी,प्रमिथस जिन्दगी बिताउनका लागि बिताउँछ जिन्दगी । यसैगरी बिताइदिन्छ उसले जिन्दगी ।जिन्दगी बदलिएका छन् । फर्केर जाने प्रमिथसको जिन्दगी । गएर फर्कने प्रमिथसको जिन्दगी । वा गएर नफर्कने प्रमिथसको जिन्दगी । बदलिएका त छन्, ‘थुप्रैथुप्रै’ कुरा बदलिएका छन । जस्तो कि अधूरो आउने बजेट पूर्ण बनेको छ,जस्तो कि भरिपूर्ण छोडेको घर अधूरो बनेको छ,जस्तो कि सुन फल्ने माटो बञ्जर बनेको छ,जस्तो कि विस्थापित भएको छ प्रेम र हुर्कदै छ घृणा र घात, जस्तो कि भाँचिएका छन् मनहरु र टुटेका छन् सम्बन्धहरु ।हो त, हामी भन्न सक्छौं थुप्रै थुप्रै कुरा बदलिएका छन् । र पनि जिन्दगीको ढुङ्गा बोक्ने सिसिफसको नियती त उस्छै छ ! चक्र उस्तै छ । प्रक्रिया उस्तै छ । यस प्रक्रियामा ‘त्यसै गरी’ बिताइदिनु हो जिन्दगी, जसरी बिताउँदै छु म पनि एउटा प्रवासी प्रमिथसको जिन्दगी र लेख्दैछु प्रवासी प्रमिथसको कहानी । हाल: आबुधाबी यूएई
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
दशैंको समाजशास्त्र
निबन्ध
राजेन्द्र पहाडी
20, 2013, 2:05
राजेन्द्र पहाडी
पोहोर परारजस्तै यो वर्षको दशै हाम्रो घर आ“गनमा आइपुगेको छ । दशै, तिहार, छठ, म्हः पूजा, लोसार, इद, क्रिसमस जस्ता सांस्कृतिक पर्वहरुको आफ्नै सामाजिक उपादेयता रहेको हुन्छ । सामाजिकसांस्कृतिक मेलमिलाप, पारस्परिक सद्भाव, भाइचारा, सहअस्तित्व, बन्धुत्व र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न सघाउनु यस्ता पर्वहरुको महत्ता हो । परिवारका सदस्यहरुको पुनर्मिलन, अनुभवहरुको साटासाट, दुःख सुखबारे परामर्श तथा भावी योजना बनाउन सामुहिक जमघटको वातावरण उपलब्ध गराउन सांस्कृतिक पर्व परम्पराले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यस्ता चाडपर्वले समाजमा व्याप्त कलह, झैझगडा, तनाव र प्रतिष्पर्धालाई भुलेर मानिसहरु एक अर्काको सामिप्यमा पुग्दछन् र मनमुटावलाई दुर गर्दछन् । यस कोणबाट हेर्दा चाड्पर्वहरु सामाजिक एकतालाई थप मजबुध र अद्यावधिक गराउने तत्वहरु हुन् । दशैंले पनि यिनै सामाजिक भूमिका निर्वाह गर्नुपर्दछ । दशैं नवीन सृजनाका लागि एउटा महत्वपूर्ण अवसर बन्नु पर्दछ र यसले ठूलासाना, हुनेनहुने, धनीगरिब सबैलाई जीवनदायिनी ऊर्जा प्रदान गर्न सक्नु पर्दछ । पाका पुराना तथा अनुभवीहरुको अनुभवबाट सानाले सिक्नका लागि चाड्पर्वमा हुने बृहत जमघट उपयोगी हुन सक्दछ । यसका अलावा समाजमा व्याप्त असमानता, अन्याय, अन्धविश्वास, अज्ञानता, अभाव र पछौटेपनको समूल अन्त्यका लागि दशैं जस्ता चाड्ले सन्देश दिन सक्नु पर्दछ । यसका विपरित समाजको मौजुदा विषमतापूर्ण शक्ति सम्बन्धलाई प्रगाढ बनाउने, मलजल गर्ने, धनी र गरिबबीचको फराकलाई अझ विस्तारित गर्ने काममा हाम्रा सांस्कृतिक मूल्य मान्यता र अभ्यासहरु सहयोगी बन्नु हु“दैन । यसवर्षको दशैंमा युद्धकालमा विस्थापित भएकाहरुले स्थापित हुन पाउनु पर्दछ । घरदेखि टाढा रहेकाहरु आआफ्नो घर फर्केर आफन्तहरुस“ग रमाईलो गरी दशैं तिहार मनाउन पाउने वातावरण तयार हुन सक्यो भने मात्र दशैंको सार्थकता हुनेछ । ‘असत्यमाथि सत्यको विजय’ को प्रतिकका रुपमा मानिदै आएको चाड् दशैले पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि मधेशतराईसम्मका नेपालीलाई विजयको अनुभुती दिन सक्नु पर्दछ । तडकभडक रहित, सुलभ, सस्तो र सबैका लागि हार्दिक अनुभूती हने दशैंले राष्ट्रिय एकतालाई सुदृढ गर्न पनि केही न केही योगदान दिन सक्दछ । अनावश्यक बडप्पनको प्रदर्शन गर्ने, को भन्दा को ठूलो भन्ने अघोषित प्रतिष्पर्धाको अवस्था बनाउने र क्षमता भन्दा बाहिर गएर खर्च गर्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनु पर्दछ । ‘घा“टीहेरी हाड निल्नु पर्ने’ पुरानो उक्तीलाई मनन गरी गच्छे अनुसार दशैंजस्ता चाड्पर्वलाई सामान्य हिसाबले मनाउने गर्नुपर्दछ । सकेसम्म सामुहिक आयोजना तथा सहभागितामा यस्ता पर्वलाई मनाउ“दा खर्च, समय र श्रमको बचत हुन सक्दछ । नया“ नेपालको बृहत्तर खाकाभित्र हामीले परम्परादेखि मानिआएका धार्मिकसांस्कृतिक अभ्यासहरुलाई पुनःपरिभाषित गर्न र तिनको प्रक्रियालाई सरलीकृत गर्नु जरुरी छ । बली चडाउने या परम्परा धान्ने नाममा गरिने अनावश्यक खर्चलाई उल्लेख्य रुपबाट घटाउनु पर्दछ । दशैंका लागि उपलब्ध गराइएको लामो सरकारी विदालाई केवल मनोरञ्जनका लागि मात्र हो भन्ने अर्थ लगाई जुवातास, हा“सखेल तथा अन्य अनुत्पादक काममा प्रयोग गर्नु गलत हुन्छ । यसको सट्टा उक्त समयलाई आआफ्नो गाउ“ठाउँको विकासका लागि के गर्न सकिन्छ, कुन कामका लागि कसको के सहयोग जुट्न सक्छ, स्थानीय र बाह्य श्रोतलाई के कसरी परिचालन गर्न सकिन्छ भनेर छलफल चलाउने र प्रभावकारी योजना बनाउने काममा लगाउनु उपयुक्त हुन्छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनका प्रक्रिया र उपयुक्त प्रतिनिधि र दलको छनोटमा ध्यान दिनुपर्ने कुराहरुमा गहन छलफल चलाउन सकिन्छ । गाउ“घर बाहिर रहेर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुको उपस्थिति दशैंको समयमा हुने हुनाले तिनीहरुको पहिचान गरी गाउ“को विकासमा लगाउन सकिने सम्भावनाका बारेमा खोजी गरिनु पर्दछ । यसका साथसाथै यस्ता चाड्पर्वमा बालबालिकाहरुमा देखापर्ने छाडापनप्रति अभिभावकहरु चनाखो र होशियार भैरहनु पर्दछ । पटका, पिङ, विभिन्न नामका जुवाडे खेल आदिको लतमा बालबालिकाहरुलाई लाग्न दिनु हु“दैन । बरु उनीहरुलाई सम्बन्धित पर्वको सामाजिक सांस्कृतिक महत्वका बारेमा जानकारी दिने तथा खाली समयलाई अध्ययन कार्यमा लगाउनका लागि उत्प्रेरित गर्नुपर्दछ ।समाजमा जरा गाडेर बसेको ‘म’ र ‘मेरो’ भन्ने सोचाईको अन्त्य गरी ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाको विकास गर्न सांस्कृतिक पर्वहरुलाई सकारात्मक ढंगले प्रयोग गरिनु पर्दछ । दशैंको सन्दर्भमा पनि सम्पन्नहरुको दशैं भिन्दै र विपन्नहरुको दशैं भिन्दै हुने सोचाई र बुझाईलाई मेटाउनु पर्दछ । वास्तवमा चाड्पर्वहरु राष्ट्रिय पहिचानका धरोहर एवं अमूल्य सम्पदाहरु पनि हुन् । यसर्थ यिनको प्रयोगमा सबैको समान सहभागिता प्रवद्र्धन गरिनुका साथै राज्यले प्रदान गर्ने सेवा सुविधाको बराबरी वितरण गरिनु आवश्यक छ । राज्यस्तरबाट कुनै खास पर्व विशेषलाई काखी च्याप्ने र अमुक पर्व विशेषलाई वेवास्ता गर्न मिल्दैन । दशैं तिहार मनाउनेहरुले इद, लोसार, क्रिस्मस मनाउनेहरुको भावनालाई पनि उत्तिकै कदर गर्न जरुरी हुन्छ भने अन्य चाड्वाड् मान्नेहरुले पनि आफ्नो भन्दा भिन्दै चाड् मनाउनेहरुको मान मनितो राख्ने खालको व्यवहार गर्नुपर्दछ । सामाजिक एकता, सद्भाव र भाइचारामा खलल पुयाउने, खास धर्म विशेषका सांस्कृतिक गरिमा र मर्यादामा हिलो छ्याप्ने तथा हेयको दृष्टिले हेर्ने काम समावेशी तथा लोकतान्त्रिक राज्य व्यवस्थाका लागि मान्य हुन सक्दैनन् । वास्तविक प्रजातान्त्रिक आचरण अनुकुलको संस्कृतिलाई स्थापित गर्नु आजको अपरिहार्यता बनिरहेको छ । यसका लागि पृथक पृथक जातजाती, भाषाभाषी, धर्म सम्प्रदायका मानिसहरुको सहयोगी भूमिकाको अपेक्षा गरिएको हुन्छ । साच्चिकै भन्ने हो भने बहुलबादी समाजको सुन्दर पक्ष भनेको नै विविधता हो । विविधताभित्रको एकताले नेपाली समाजलाई बिशिष्टिकृत गरिरहेको छ भन्ने तथ्यलाई कसैले पनि बिर्सनु हु“दैन । भिन्न भिन्न भाषा, संस्कृति, धर्म, संस्कार, पेशा व्यवसाय, जातजाती, क्षेत्र आदिको एकमुष्ठ नाम नै नेपाली संस्कृति बनिरहेको सन्दर्भमा हामीले अवलम्बन गर्ने सांस्कृतिक तौरतरिका निश्चित रुपमा उच्च राष्ट्रिय गरिमाबाट निर्देशित हुनुपर्दछ ।दशैं तिहारजस्ता अलिक लामो समय लगाएर मनाइने चाड्पर्वमा समाजमा अनेक खालका विकृति र विसंगतिहरुले ठाउ“ लिने सम्भावना हुन्छ । चोरी, डकैती, लुटपाट तथा हिंसाजन्य वारदातहरु पनि हुन सक्दछन् । यस्तो अवस्था आउन नदिनका लागि टोल तथा समुदायस्तरमा आन्तरिक सुरक्षा दस्ता बनाएर पहरा दिन सकिन्छ । सार्वजनिक रुपमा जुवा तास खेलाउने, जा“ड रक्सीको बिक्री वितरण गर्ने, अनावश्यक होहल्ला गरी सार्वजनिक जीवनमा वाधा पार्ने तत्वहरुलाई पहिचान गरी सुरक्षा निकायस“गको समन्वयमा कानूनी कारबाही अगाडी बढाउनु पर्दछ । सार्वजनिक मठ मन्दिरहरुमा गरिने पूजाआरधनालाई व्यवस्थित गर्न स्थानीय युवा क्लब, आमा समूह तथा अन्य समुदायमा आधारित संघ संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । खुल्लमखुल्ला बली दिइने प्रक्रियादेखि बालबालिकालाई टाढै राख्नुपर्दछ । चाड्पर्वका समयमा बढ्न सक्ने वातावरणीय प्रदुषणप्रति चनाखो भई व्यवहार गरिनु पर्दछ । ठूलो श्वरमा रेडियो, क्यासेट बजाउने, बाजागाजा अनावश्यक ठूलो श्वरमा घन्काउने, पानी प“धेरा तथा ताल तलैयामा फोहोर गर्ने, राती अबेरसम्म होहल्ला गर्ने आदि कार्यलाई नियन्त्रण गरिनु पर्दछ । सानाले मान्यजनहरुलाई आदर सम्मान गर्ने र ठूलाले सानालाई माया ममता दर्शाउने विशिष्ठ नेपाली संस्कृतिलाई यस्ता चाड्पर्वमा पनि यथोचित निरन्तरता दिन भुल्नु हु“दैन । मान्यजनबाट टिका थापेपछि पैसा दिएर उहा“हरुप्रति सम्मान देखाउने परम्परालाई तोड्नु पर्दछ । यस्तो परम्पराले निरन्तरता पाउ“दा अस्वस्थ प्रतिष्पर्धा बढिरहेको छ, जसले गर्दा सांस्कृतिक महत्वका पर्वहरु पैसाको अहम् देखाउने कोरा अभ्यास मात्र बन्दै गइरहेकाछन् । यस्तो प्रक्रियाले हुनेहरुका लागि त कुनै असर नपार्ला तर नहुनेहरुका लागि यो भन्दा घा“डो केही पनि हु“दैन । तसर्थ सम्पन्नता प्रर्दशन गर्ने रुपमा दशैं तिहारलाई प्रयोग गरिनु हु“दैन । मान्यजनहरुले टिका प्रदान गरिसकेपछि दिइने आर्शिवादआशिषको शैलीमा पनि समयानुकुल परिमार्जन र परिवर्तन गरिनु पर्दछ । छोरा वा छोरीलाई आशिष दि“दा सामाजिकलैङ्गिक सम्वेदनशीलतालाई ध्यान दिनु पर्दछ । लैङ्गिक विभेदलाई बढावा दिने खालका, जातीय विद्वेष बढाउने तथा साम्प्रदायिक सद्भाव खल्बलाउने खालका शब्दावली प्रयोग गर्नु हु“दैन । ‘सन्तानले डा“डाका“डा ढाकुन्’, ‘ठूलो घरमा परेस्’, ‘बसीबसी खान पाएस्’, ‘अर्को वर्ष आउ“दा नाती वा नातिनी लिएर आएस्’ जस्ता भनाईहरु कुनै पनि शर्तमा प्रयोग गरिनु हु“दैन । बरु नया“ चेतना दिने, जीवनलाई थप सार्थक बनाउनका लागि ऊर्जा थप्ने, हिम्मत बढाउने, कर्म गर्न प्रोत्साहित गर्ने तथा सहयोगी, असल, मिलनसार र न्यायको पक्षपाती बन्न प्रेरित गर्ने खालका आशिष दिनुपर्दछ ।चाड्पर्वहरुलाई पनि समयानुकुल नया“ सीराबाट परिभाषित गर्ने र सोही अनुसार अनुशरण गर्ने पद्दतिको थालनी गर्नुपर्दछ । अन्यथा पुरानै शैलीलाई अन्धभक्त भएर निरन्तरता दिने हो भने कसले बनाइदिन्छ नया“ नेपाल ? नया“ नेपालका अभियन्ता भनेका पौने तीन करोड नेपालीहरु नै हुन् । हरेक नेपालीले आआफ्नो स्थानबाट नवीनताको पक्षमा काम गर्न सक्यौं भने मात्रै हाम्रा परिवर्तनका चाहनाहरु सफलीभूत हुन सक्दछन् । अन्यथा ‘आकाशको फल, आ“खातरी मर्’ को नियती भोग्नुको विकल्प हुने छैन । यसपटकको दशैं र तिहारमा आम हिन्दू धर्मालम्बी नेपालीहरुले आफ्ना नकारात्मक दृष्टिकोणहरु फेर्न र मुलुकका लागि केही न केही योगदान दिन सकिन्छ भन्ने उत्साह सञ्चित सकेभने नया“ नेपालका लागि ठूलै ऊर्जा मिल्ने थियो की ?
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
असल कि सफल बन्ने ?
निबन्ध
महेश मगर
20, 2013, 1:52
हामी विद्यार्थीहरू विद्यालयमा धेरै सपनाहरू बुनेर आएका हुन्छौँ । राम्रो पढ्ने र ठूलो मान्छे बन्ने सपना बोकेर आउनु हाम्रो, हाम्रा अभिभावक र हामा नातागोताका मानिसको चाहना नै हुन्छ । एकप्रकारले हामीले सपनाका लश्कर नै ल्याएका हुन्छौं भन्दा अत्युक्ति हुँदैन । विद्यालयमा शिक्षकले सिकाउने र विद्यार्थीहरूले सिक्ने काम गर्दछन् । यो काम संसारका सबैजसो विद्यालयमा हुने गर्छ । एक हिसाबले सबै विद्यालयमा सिकाउने काम भइरहेको हुन्छ तर कुरा यसो मात्रै पनि होइन । कहिलेकाहीँ सबै विद्यालयहरूमा प्रतिस्पर्धा पनि चलिरहेको हुन्छ । विद्यालयमा कस्लेभन्दा कस्ले धेरै अङ्क ल्याउने भन्ने होड मात्रै चलिरहेको हँुदैन त्यहाँ सकारात्मक रूपले पढाइलेखाइ पनि चलिरहेको हुन्छ । अहिलेका विद्यार्थीहरूमा परीक्षाका बारेमा एक प्रकारको हाउगुजी रहेको छ । निश्चित समयमा विद्यार्थीले निश्चित अंकका बारेमा लेख्नै पर्ने भन्ने परिपाटीबाट अंकन गर्ने चलन बास्तवमा निकै पुरानो हो । संसारका कतिपय देशमा अहिले परीक्षालाई भन्दा संचित अभिलेख र प्रयोगात्मक कक्षामा विद्यार्थीको कार्य परिणामलाई हेरेर अंक दिइन्छ । परीक्षामा कम मात्रै विद्यार्थीहरूले धेरै अङ्क ल्याउछन् । यसले गर्दा ती विद्यार्थीहरू विद्यालयमा सँधै परिचित हुन्छन् । तर त्यसभन्दा बाहेक विद्यार्थीहरूको पढ्ने र बुझ्न सक्ने क्षमता कम भएको कारणले विद्यालयमा आउनु र जानुबाहेक अन्य विकल्प हुँदैन् । सबै गुरुहरूको दृष्टिमा ती विद्यार्थीहरूले केही पनि गर्न नसक्ने भन्ने भान बुझिन्छ । परीक्षामा बढी अङ्क ल्याउन वा पास हुनु नै सबै कुरा ठानिन्छ । सबै विद्यार्थीहरूको मन भावमा त्यही कुरा परिरहेको हुन्छ । विद्यालयबाट पनि त्यसै किसिमका कुराहरू सुनिन्छ । एसएलसीमा फेल भएर आत्माहत्या गरिरहेका समाचारहरू पनि बारम्बार रेडियो, पत्रिकाहरूमा आइरहेका हुन्छन् । यसरी कम अङ्क आउनुमा र उत्र्तीण नहुनुमा ती विद्यार्थीहरूको मात्र गल्ती छैनन् । गल्ती छ प्रकृतिले दिएको दिमागमा । एसएलसीमा फेल भएका ती विद्यार्थीहरू आफ्नो जीवन नै समाप्त भएको अनुभव गर्दछन् । जस्ले गर्दा उनीहरू सामान्य घटनाले सताइँदा आत्माहत्या जस्तो घृणित काम गर्न बाध्य हुन्छन् । प्रकृतिले सबैलाई दिमाग दिएको हुन्छ तर सबै एकै किसिमका हुँदैनन् । कसैको दिमागले एउटा क्षेत्रमा बढी जान्ने कुरामा जिज्ञासु हुन्छ भने कसैको दिमागले अर्का कुराहरू जान्न इच्छुक हुन्छन् । विद्यालयमा अध्ययन गर्ने कुनै विद्यार्थी पढाइमा तेज हुन सक्छ भने त्यही विद्यार्थी फुटबल खेल्ने चउरमा गोल गर्न असक्षम हुन सक्छ । यदि कुनै विद्यार्थीको समाजिक कार्यमा संलग्न हुनु जाँगरिलो र जोसिलो हुन सक्छ भने उसलाई गणितको सूत्रहरू नआउन सक्छ । कुनै विद्यार्थी सुमधुर लय हालेर गीत गाउन सक्छ भने त्यही विद्यार्थीलाई अंग्रजीको सामान्य व्याकरणको नियम पनि नआउन सक्छ ।यसको उदाहरणको निम्ति २०१२ को सी.एन्.एन्. हिरो पुष्पा बस्नेतलाई लिन सकिन्छ । उनी काठमाडौँको सम्पन्न परिवारमा जन्मेकी थिइन् । उनको पढाइ कमजोर थियो । उनी पढाइमा सँधै असफल हुन्थिन् । उनी एसएलसी परीक्षामा पनि फेल भइन् । यसले गर्दा उनलाई सबैले नराम्रो दृष्टिले हेरिन्थ्यो भने उनी पढाइमा कमजोर भए तापनि समाजिक कार्यमा भने सँधै अब्बल रहिन् । जुन कार्यले गर्दा उनलाई सीएन्एन् हिरोको २०१२ को विजेता बनायो । उनी नेपालमा मात्रै नभएर विश्वभरि नै परिचित भइन् र यति मात्रै नभई नेपाललाई पनि संसारभरि नै चिनाइन् । यसबाट विद्यालयका विद्यार्थीहरू सबै एकैजस्ता देखिए पनि उनीहरूमा निकै अन्तर हुन्छ । एक विद्वान्ले भनेका छन् ‘विद्यार्थीहरू सबै बराबरीजस्ता देखिए पनि उनीहरूमा वैयक्तिक अन्तर पनि हुन्छ ।’फुटबलका जादुगर मानिने विश्वविख्यात खेलाडी एवम् ब्राजिलका आदरणीय पेले गरिब परिवारमा जन्मिएका थिए । यदि उनका बुवाले ‘तैँले खेल्नु हुन्न, किसानी काम गर्नु पर्छ’ भनिदिएको भए सायद् उनी संसारमा चिनिने थिएनन् होला । प्रकृतिले उनलाई पढ्नका निम्ति दिमाग दिएन् तर उनलाई खेल्नका निम्ति दिमाग दियो । उनी आफ्नो भित्री मनको चाहना र इच्छामा सधै लागी रहे र एउटा सफल फुटबल खेलाडी बन्न सफल भए । यो कथा बास्तविक हो । कोरा कल्पनामा आधारित भने पक्कै होइन । हजारौँ सामग्रीहरूको अविष्कार गर्ने थोमस एल्वा एडिसन्ले आफ्नो बाल्यकालमा कहिले राम्रोसँग पढ्न पाएनन् । उनी आफ्नो गुजरा चलाउनका लागि रेलमा काम गरेर हिँड्थे । उनको दिमाग पढइमा होइन् कि विभिन्न सामग्री बनाउन केन्द्रित थियो । पछि गएर उनले मिहेनत गरी हजारौँ सामग्रीका अविष्कार गरे । हामीले घरमा प्रयोग गर्ने १०० बाटका बल्ब उनकै कीर्ति हो । उनको जीवनमा घटेका रोमाञ्चक घट्ना तपाईंहरूको माझ व्यक्त गर्न चाहन्छु । उनले उक्त बल्ब बनाउनका लागि कडा परिश्रम गरेर करिब ९ सय उनान्सय पट्क प्रयोग गरे तर पनि सफल भएनन तर अन्तिम १ हजार पट्कमा भने उनी बल्ब बनाउन सफल भए । उनलाई कुनै पत्रकारले ‘तपार्इंको ९ सय उनान्सय पल्टको मेहेनत त खेर गयो नि होइन ?’ भनेर प्रश्न गर्दा ‘उनले मेरो ९ सय उनान्सय पटक गरेको प्रयास खेर गएको होइन । मैले प्रयोग गरेको ९ सय उनान्सयौं तरिकाबाट बल्ब बनाउन सकिँदो रैनछ तर हजार पटकको तरिकाबाट भने बल्ब बल्दो रहेछ’ भन्ने कुरा पत्ता लगाएको भन्ने उत्तर दिए । यसरी उनी आफ्नो इच्छा शक्तिमा सँधै आत्मनिर्भर भएर आफ्नो उद्देश्यमा लागिरहे र सफल भए । ँबतजभच या क्अष्भलअभ मानिने अल्बर्ट आइन्स्टाइन आफ्नो समयमा आफ्नो कक्षामा एक कमजोर विद्यार्थीका रूपमा चिनिन्थे । उनलाई कुनै पनि गणितका हिसाब आउँदैन थिए । यसले गर्दा उनलाई कक्षामा पटमुर्खको नामले शिक्षकले बोलाउने गर्थे । यसरी एक कमजोर विद्यार्थी पछि गएर ँबतजभच या क्अष्भलअभ भनेर संसारभरि चिनिए । आज उनैले आविष्कार गरेको सापेक्षतावादको सिद्धान्तले संसार नै यो गतिमा हिँडिरहेको छ । यसरी प्रकृतिले हामीलाई कुनै क्षेत्रमा प्रतिभावान् बनाइदिएका छन् भने कुनै क्षेत्रमा कमजोर । हामीले आफ्नो प्रतिभालाई चिन्न सक्नु पर्छ । अनि मात्रै हामीले सफलता प्राप्त गर्न सक्छौँ । यसो भन्दैमा हामीले आफ्नो पढाइलाई छाड्ने वा विद्यालय नै नआउने भन्ने होइन । हामीले विद्यालयमा धेरै अङ्क ल्याउनका लागि मात्रै नभएर ज्ञान आर्जनका लागि पढ्नु पर्छ । हामी विद्यालयमा आई धेरै अङ्क त ल्याउँछौँ तर व्यवहारिक जीवनमा सक्षम, शिक्षित र चेतनशील हुन सकेनौं भने त्यो अङ्कको के महत्व चाहे त्यो अङ्क १०० मा १०० नै किन नआओस् । हामीले कुनै पनि काम सम्पन्न गर्दा कसैको करले होइन कि आफ्नै रहरले गर्नु पर्छ । गुरुले कुनै पनि पाठ पढ्नु भन्नु र आफैँ मन लगाएर बिस्तारै पढ्नुमा धेरै फरक पर्छ । यस्मा निहीत रहेको गुह्य कुरा बुझौँ अनि मात्रै हामी जीवनमा सफल हुन सक्छौँ । जीवनमा सफल हुनाका लागि हामीले निकै बुद्धि पुयाएर काम गर्न सक्यौँ भने मात्र त्यो काम फत्ते हुन सक्छ नत्र फत्ते हुन सक्दैन । कोही कसैले कसैलाई प्रेरित गर्न सक्छ तर आफैँले अखण्ड परिश्रम गर्न सकेन भने त्यो मानिसले जीवनमा केही पनि कार्य सफलतापूर्वक गर्न सक्दैन । जीवनमा जेजे काम गरे पनि त्यसको सपना र कल्पना हामीले विद्यार्थी जीवनमै गरेका हुन्छौं । मेधावी विद्यार्थी पछि गएर संसारलाई नै ज्ञानको ज्योति दिने मानिस बन्छ । अल्छी र जुम्सो विद्यार्थीको भविष्यमा अनेकानेक ग्रहण लाग्न सक्छ । संसारका हरेक क्षेत्र उपक्षेत्रका मानिसहरू आफ्नो जमानाका कुनै न कुनै शिक्षालयका विद्यार्थी नै त हुन् । तिनीहरूले कुनै न कुनै गुरुहरूबाट शिक्षा र दीक्षा लिएका हुन्छन् । गान्धी हुन् या गोड्से, माक्र्स हुन् कि माओ, शेक्सपियर हुन् या शेली, मण्डेला हुन् चाहे मिल्टन सबैका एकएक ओटा शिक्षक अवश्य पनि थिए । तिनीहरूले आफ्ना शिष्यलाई अवश्य काउन्सिलिङ् गरेकै थिए होलान् । त्यसो भएरै तिनीहरू गरिमामय इतिहासमा अमर बनेका छन् । कुरो यसो पनि हो । एक विद्वान्ले भनेका पनि छन् यो संसारको रचना गुरुले गरेका हुन् । कति महान् कुरो छ यो । बुझ्नेलाई यो कुरा हिमालचुली छ । संसार आफैँमा विशाल छ । असार छ । जसको कुनै सार छैन । विश्व साइकल यात्री पुष्कर शाहले भनेका थिए ‘यो संसारका सबै कुरा बुझ्न एक जुनी त के सय जुनी लिएर आए पनि कमै नै हुन्छ । यहाँ अनेक कुरा छन् । विचार छन् । दर्शन छन् । आविष्कार छन् । नयाँनयाँ कला छन् ।’ संसार घुमेर आएपछि उनलाई यो बुद्धि आएको हो । यहाँनेर म के भन्छु भने मानिस सफल र असल दुवै हुनु पर्छ । यदि त्यसो भयो भने अब्बल हुन्छ । तर संसारका सबै सफल मानिस असल छैनन् भने सबै असल मानिस सफल पनि भएका छैनन्् । असल र सफल कुन अब्बल हो ? किन ? अर्को प्रयासमा जवाफ खोज्ने जमर्को गरौंला है । हामी असल र सफल हुन माथिका कुरामा मनन गर्नै पर्छ । विद्यार्थी वर्गमा चेतना भया ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
जीवनको सौन्दर्यशास्त्र
निबन्ध
सरस्वती प्रतीक्षा
12, 2013, 4:26
गत वर्ष 'सम्बन्धको सौन्दर्यशास्त्र' कविता लेखिरहँदा लाग्दै थियो, म आफ्नै अनुभव र अनुभूतिको शास्त्र लेख्दै छु । शास्त्रका ठूलाठूला ठेलीका कुराहरू भन्दा फरक भोगाइको आफ्नै खालको लघु शास्त्र । निजी शास्त्र । 'सम्बन्धको सौन्दर्यशास्त्र' आधा मनको अदालत र आधा त्यही मनको अदालतको फैसलाको शास्त्र जो थियो ।'सम्बन्धको सौन्दर्यशास्त्र' त जीवनको एक अंशको साभार मात्र न हो । एउटा कोणमा रचिएको । जीवनलाई त अनेकौं कोणमा उभिएर हेर्नुपर्ने हुन्छ । दार्शनिक हुन नसके पनि दार्शनिक शैलीमा म पनि जीवनको सौन्दर्यलाई केस्राकेस्रामा केलाएर बाँच्न मन पराउँछु । आजकल त जीवनलाई दशक दशकमा भाग लगाएर केलाउनुको मज्जा पनि लिइरहेकी छु । एउटा अलि फरक खालको पारिवारिक र सांस्कृतिक पृष्ठभूमिमा जन्मिएँ । मेरो बाबा खाट्टी थकालीको छोरा र मेरी आमा खाट्टी बाहुनकी छोरी । आजभन्दा ३३, ३४ वर्षअगाडि प्रेमविाह गरेका मेरा आमाबाबाले आफ्नै जीवनकालमा उक्त प्रेमको मूल्य किस्ताकिस्तामा बुझाइरहे समाजलाई । उनीहरूको प्रेमको मूल्य उनीहरूले मात्र बुझाएनन्, उनका सन्तान हुनुको नाताले हामीले पनि बुझाउनुपर्योम किस्ताकिस्त्ाामा । सानो छँदा जब बाहुन समाजको जमघट, चाडपर्व वा कुनै सांस्कृतिक कार्यक्रम हुन्थ्यो, 'यसको बाबु त थकाली हो नि' भन्दै हामीलाई आउटसाइडरको जस्तो व्यवहार गरिन्थ्यो । थकालीहरूका माझ जब कुनै जमघट वा कुनै सांस्कृतिक कार्यक्रम हुन्थ्यो, 'यसकी आमा त बाहुनी हो नि' भन्दै त्यहाँ पनि हामीलाई आउटसाइडरको जस्तो व्यवहार गरिन्थ्यो । यसरी सधैंसधैं आउटसाइडरको जस्तो व्यवहार गरिँदा मेरा भाइहरूले के सोच्थे कुन्नि, म भने म को हु र किन आउटसाइडर भए ? भन्ने पीडाले सताइन्थे सधैं । जराहरू भएर पनि जरा नहुनुको आर्तनादले घोचिन्थे सधैं । जीवनको सौन्दर्यशास्त्रलाई आत्मसात् गर्न त्यहाँ कुरूपताहरूको चड्कन पनि हुन जरुरी छ सायद । नत्र मान्छेलाई कसरी थाहा हुन्छ- कुरूपताको चड्कनको आवाज र सौन्दर्यको टुंगनाको धूनको आवाजमा कति फरक हुन्छ भनेर ? पछाडि फर्किएर हेर्दा बाल्यकालमा आफूले भोगेका प्रत्येक अप्ठ्यारो र अप्ठ्यारोको छायालाई नमन गर्न मन लाग्छ । सधैंसधैं आउटसाइडर हुनुको अनुभूतिले जन्माएको पीडाको कम्पन र तीव्रतालाई सलाम गर्न मन लाग्छ । सानै उमेरमा मभित्र जुन पीडाहरूको तीव्रता थियो, त्यही तीव्रताले मेरोे संवेदनाको तीव्रतालाई जन्मायो । त्यही संवेदनाको तीव्रताले मैले लेख्ने कविता र कविताहरूलाई जन्मायो । आजकल म किन आउटसाइडर भए भन्ने प्रश्नको घनत्व क्रमशः कम हुँदै गइरहेको छ । समाज र सामाजिक मान्यताहरूमा आएको उदारताको परिणाम हो यो पक्कै । अर्कोतिर म को हुँ ? भन्ने प्रश्नको घनत्व भने बढ्दै गइरहेको छ । विश्वप्रसिद्व पुस्तक 'द प्रोफेट'का लेखक खलिल जिब्रानले कतै भनेका छन्- केवल एकपटक मेरो बोली बन्द भएको थियो त्यो त्यतिबेला जब एक व्यक्तिले मलाई सोध्यो- तिमी को हौ भनेर ?पक्कै पनि म को हुँ ? यो प्रश्नले बारम्बार चिमोटिरहन्छ मलाई । म को हुँ ? यो प्रश्नले सताइरहन्छ मलाई र म चिन्तन गरिरहन्छु र म लेखिरहन्छु, लेखिरहन्छु । मलाई थाहा छ, म बाँचे भने आपनै अक्षरहरूमा बाँच्नेछु । बिहान-बेलुका मैले पकाउने दालभात, मैले धुने लुगा, मेरो स्नेहमा हुर्कने फूलका बोटहरू, मैले एटेन्ड गर्ने प्रोग्राम र पार्टीहरू, मेरो बैंक ब्यालेन्स वा भौतिक सम्पत्ति-यी केहीमा पनि बाँच्दिनँ म । अरू त अरू, मेरो छोराको रगतमा मेरो रगत त बाँच्ला, उसको आफ्नै अनुभव र अनुभूतिले निकाल्ने जीवनको उपसंहारमा पनि बाँच्दिनँ म । मैले बाँचिरहेको मेरो जीवनको उपसंहार मेरा बाबुआमाहरूको जीवनको उपसंहारसित मिल्दैन भने मेरो छोराको जीवनको उपसंहारसित मेरो जीवनको उपसंहार मिलोस् भनेर म कहिल्यै अपेक्षा पनि राख्दिनँ । एउटा लेखक हुनुको नाताले म बस् यति भन्न सक्छु, म बाँचे भने म मेरै अक्षरहरूमा बाँच्नेछु । म मेरा किताबहरूमा बाँच्नेछु । यसर्थ मेरा अक्षरहरू मेरानिम्ति संजीवनी बुटी हुन् । लेखक हुँ भन्दै अक्षरहरूसँग सस्तो खेल खेल्ने धृष्टता म गर्नै सक्दिनँ कदाचित् । मेरो एउटा साथी छ, जसलाई कसैले ढुंगाले हिर्कायो भने पनि ऊ यति शान्त भएर त्यसलाई ग्रहण गर्छ, मानौं कसैले उसमाथि ढुंगा होइन, फूल बर्साइरहेको छ । म उसका आँखाहरूको ऐनामा सौन्दर्यका दुर्लभ तस्बिरहरू भेट्छु । मेरै अगलबगलमा एउटा यस्ता अग्रज पनि छन्, जसको सोचमै हरपल खुकुरी झुन्डिरहेको हुन्छ । दुर्गन्धित खुकुरी । सोचिबस्छन्- अर्काको एक टाउको छप्काउन पाए आफ्नो एक टाउको अग्लिन्छ भनेर । कठै, बिचरा ! आफ्नै खुकुरीको धारबाट आफै रेटिएर बचेखुचेको सिर्जनशीलता पनि क्षयीकरणको तल्लो बिन्दुमा पुगिसकेको उनलाई थाहा छ कि छैन कुन्नि ! एउटा चरम सुन्दरता र अर्को चरम कुरूपताका माझमा उभिएर म जीवनलाई सधैंसधैं तटस्थ भावले हेर्छु र तटस्थ भावमा नै प्रश्न गर्छु- किन महेन्द्रपुलको आलिशान महलमुनिको चिसो छिँडीमा बोरा ओढेर एउटा सडक बालक निश्चिन्त निदाइरहेको हुन्छ ? र त्यही महलको माथिल्लो तलामा लाखौंको पलङमा स्लिपिङ ट्याब्लेट खाएर सुत्दा पनि कोही किन रातभर छटपटाउँछ ? किन आजकल घरघरमा दुबो कम र डिप्रेसन बढी मौलाइरहेको छ ? भौतिक सुखसुविधा र सम्पन्नताले मान्छे सुखी त छ, तर किन खुसी छैन ?पछिल्लोपटक रयान्डी पाउचको विश्वप्रसिद्ध किताब 'द लास्ट लेक्चर'को गुरुत्वले यसरी तान्यो मलाई, त्यो किताबलाई लगातार तीनपटक पढें मैले । प्रत्येक पटक उक्त किताब पढेर सक्दा लाग्थ्यो, यो किताबको अलिकति भाइब्रेसन मभित्र पनि प्रसारित हुँदै छ । 'आई ह्याभ एन इन्जिनियरिङ प्रोब्लम' भन्दै आफ्नो कलेजोमा भएको दसवटा ट्युमरको कारण जीवनको केही महिना मात्र बाँकी रहँदा एउटा प्राध्यापकले लेखेको यो किताबले जो कोहीलाई सिकाउँछ- मृत्युबोध पनि सकारात्मक बनिदिन्छ बाँच्न जान्नेहरूका लागि । मृत्युबोधको कालो सुरुङभित्र पनि कसैले चाह्यो भने जीवनकै श्रेष्ठतम् उज्यालोको बान्की कोर्न सक्छ- यही कुरा बताउँछ 'द लास्ट लेक्चर'ले । कहीं कतै जीवनमा विषादको बाडुली लगातार लागिरह्यो भने मैले पिउने पानी हो यो किताब, जो आजकल म आफ्नो सिरानी छेउमै राखेर सुत्ने गर्छु । बिहान ब्युँझदा मलाई यो किताबको भाइब्रेसनले यति चर्कोसँग छुन्छ, मलाई र्यान्डी पाउचको जीवनको सौन्दर्यशास्त्र कतै न कतै आफ्नै जीवनको सौन्दर्यशास्त्रजस्तो लाग्छ ।जीवनको शास्त्र यथार्थ र आदर्शको तराजुशास्त्र पनि हो र यो तराजुशास्त्रले सन्तुलनको माग गर्दछ सधैं । आजकल यथार्थ र इमानदारीको नाममा लेखकहरू न्ाांगिँदै गएको आभास जो कोहीलाई पनि हुन्छ । लेखनमा होस् वा अन्य क्षेत्रमा, यथार्थ र इमानदारीको प्रकटीकरण त्यो स्तरसम्म उपयुक्त हुन्छ, जुन स्तरसम्म त्यो सुन्दर र सुपाच्य लाग्छ । कसलाई थाहा छैन र, एकान्तमा प्रेमीप्रेमिका प्रेमको कुन हदसम्म जान सक्छन् भनेर ! तर त्यो हदको सम्पूर्ण चित्रण खुल्लमखुला सडकसडकमा गर्दै हिँडिन थालियो भने के प्रेममा प्रेमको सौन्दर्य बाँकी रहन्छ र ? अर्कोतिर आदर्शको नाममा जीवन बाँच्दाबाँच्दै जीवन कम र आदर्श बढी बाँच्नेहरूको संख्या पनि कम छैन हाम्रो समाजमा । आदर्श त समाजले निर्माण गरिदिएको एउटा पहिरन हो । सबैको ज्यानमा यो पहिरन उसरी र उत्तिकै रूपमा फिट हुन्छ भन्ने छैन । आदर्शको पहिरन पनि त्यति बेलासम्म मात्र उपयुक्त हुन्छ, जति बेलासम्म यो हाम्रो शरीर र मनका अवयवहरूसँग मेल खान्छ । म त देख्छु, कतिजना आदर्शको नाममा आफ्नो भावनाको पखेटा नै काटिरहेका छन् । कतै हामी पनि आदर्शको नाममा आफ्नै सपनाको मासु त ताछिरहेका छैनौं ? हाम्रो स्वतन्त्र चाहनाको जैविक अस्तित्वभन्दा समाजले निर्माण गर्ने आदर्शको अजैविक अस्तित्व महान् हुनै सक्दैन । कतै हामी महानता र उत्सर्गको नाममा आफ्नै चाहनाहरूलाई आर्यघाटमा पोलिरहेका त छैनौं ?अहिलेसम्म मैले बाँचेको जीवनको शास्त्र यी र यस्ता थुप्रै प्रश्नहरूको एकमुष्ठ शास्त्र पनि हो । सत्य हो, मैले मेरो मनको शब्दकोशबाट 'सहनशीला सुशीला'लाई हटाएर 'प्रतिकार' शब्दलाई लेखेर हाइलाइट गरेकै हुँ । त्यही हाइलाइटको रंग छ, र त बाँच्नुको आभास छ ।अर्थशास्त्रीहरू न्युम्यान र मोर्गेन्ट्रर्नले 'छनोटको सिद्धान्त' प्रतिपादन गर्दै गर्दा पुलिङ्गी र स्त्रीलिङ्गी चरहरूलाई कहाँ आँकलन गरेथे र ?... त्यसो त परिवारशास्त्र र अर्थशास्त्रका बीचमा तात्त्विक भिन्नता त हुन्छ नै । जे होस्, मेरो अगाडि छनोटको बाध्यकारी चट्याङले आजसम्म ङच्िच दाँत देखाउन आइपुगेको छैन । लोग्ने र लेखनमध्ये कसलाई रोज्ने ? सम्भवतः पारिवारिक विघटनको चर्को मूल्य चुकाएका बेञ्जु शर्मा, मोमिलादेखि मनीषा गौचनसम्मको जवाफ र व्यवस्थित पारिवारिक र लेखकीय जीवन बाँचिरहेका शारदा शर्मा, गीता त्रिपाठी र रजनी ढकाललगायतकाहरूको जवाफमा तारतम्यता नमिल्ला पक्कै । आफ्नो सम्पूर्ण 'अस्तित्व'लाई कुल्चिएर लोग्नेकै नाममा सहिद हुनबाट जोगिनैपर्छ आजका महिला लेखकहरूले । अर्कोतर आफ्नो जीवनसाथीको न्यूनतम भावना नै छेदन गरेर महत्त्वकांक्षाको बेलुनमा हावा भरिएझैं भरिएर उड्न र फुट्नबाट पनि जोगिनैपर्छ जो कोही । महिला हुँ । यसर्थ 'जेन्डर' नामक् यस्ता पातहरू मेरो अनभूतिको शास्त्रमा पनि कुनै न कुनै रूपमा हल्लिरहेकै हुन्छन् सधैं । कहीं कतै हरिया-हरिया पातहरू । कहीं कतै पहेंला-पहेंला पातहरू । चरम सिकिस्तताको अवस्थामा पनि मान्छेको मन बाहिरको निम्ति एउटै मात्र आईसीयू काफी हुन्छ, जहाँ पैसा तिरेपछि हाम्रा निम्ति एक से एक चिकित्सकहरू तैनाथमा रहन्छन् । मनभित्रको आईसीयूको संरचना भने अलि फरक हुन्छ । त्यो मनको बिरामी पनि मान्छे आफैं हुन्छ र चिकित्सक पनि । आफूलाई निरोगी राख्ने वा रोगी ? त्यो मान्छे आफैंमा भर पर्ने कुरा हो । पछिल्लोपटक मण्डलामा चलिरहेको नाटक 'स्वप्नमहल'ले पनि एउटा यस्तै भत्किएको जिन्दगीको आरोहअवरोहलाई बडो रोचक ढंगले प्रस्तुत गरेको छ । नाटककी नायिका आफ्नो सपना, महत्त्वकांक्षा र यथार्थबीचको असन्तुलनमा जैले पनि पेन्डुलम जीवन बाँच्छे । आज धेरैले बाँचिरहेको जीवन पनि त्यही पेन्डुलम जीवन हो र चाहेको जीवनचाहिं पेन्डुलमबाट मुक्तिको जीवन । म अझै पनि जीवनको प्राथमिक तहकै विद्यार्थी हुँ । मेरो जीवनको सौन्दयशास्त्रमा जति हरफहरू लेखिएका छन्, त्योभन्दा बढी हरफहरू अझै लेखिनै बाँकी छन् । कतै ठक्कर नै पाठशाला । कतै चोट नै पाठशाला । कतै प्रेम नै पाठशाला । कतै संस्कार अनि कतै संगत नै पाठशाला । सिंगो समाज र यसको मनोवैज्ञानिक ऐना, आफैंमा अर्को पाठशाला । कतै आँधीहुरी र भूकम्प नै पाठशाला । मलाई सधैं लाग्छ, जीवनको सौन्दर्यशास्त्रमा निखारता भर्नका निम्ति पाइला-पाइलामा थुप्रै पाठशालाहरू तैनाथ छन् । प्रश्न बस् यति मात्र हो- जीवन असुन्दर छ भन्दै हिँड्ने कि जीवनलाई सुन्दर बनाउने कला सिक्दै जाने ?
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
पठन संस्कृति
निबन्ध
पेशल आचार्य
21, 2013, 4:05
पेशल आचार्य
पढ्ने किन ? ‘पठन’ शब्दको बनोटलाई लिएर भन्दा ‘पाठ’ मा ‘अन’ प्रत्यय लागेर ‘पठन’ शब्द बन्दछ । यो संस्कृतको तत्सम शब्द हो । पठन भनेको पढ्नु हो । आफू पढ्नु । अरूलाई पढ्न दिनु । जसरी भए पनि पढ्नु । सुनिने गरी पढ्नु । बुझिने गरी पढ्नु । बुझाउनका लागि पढ्नु । मौखिक अभिव्यक्तिका लािग पढ्नु । लिखित अभिव्यक्तिका लागि पढ्नु । औपचारिक योग्यता हासिल गर्न पढ्नु । फगत् तुष्टि प्राप्तिका लागि पढ्नु आदित्यादि । शिक्षकको काम सिकाउने । सिकाउनका लागि पढ्नुपर्छ । नपढ्नेले सिकाउन त के आफू पनि सिक्दैन । शिक्षकहरूले निरन्तर पढिरहनुपर्छ । पढ्छन् पनि शिक्षकहरू जीवनभर । संसारका शिक्षकहरू रातोदिन पढ्छन् । आफू पढ्ेर आफ्ना शिष्यहरूलाई पढ्ने प्रेरणा दिन्छन् । यो शाश्वत हो । यही संस्कारले अहिलेसम्म शिक्षामा पढ्ने पढाउने काम गर्दै आएको छ । चुरो कुरो यही हो । संसारले नपढेको कुरा शिक्षकले पढ्छ । प्राध्यापकले पढ्छ । वकिलले पढ्छ । लेखक, कवि र कलाकारले पढ्छ । समालोचकले पढ्छ । निर्देशकले पढ्छ । गायकले पढ्छ । वैज्ञानिकले पढ्छ । पढ्नेले पढेन भने त अचम्म हुन्छ । अपसगुन हुन्छ । आश्चर्य हुन्छ । संसारको आठौं आश्चर्य । त्यसैले शिक्षक भएर आठौं आश्चर्य भई सामान्य ज्ञानमा दरिनका लागि नपढ्ने नहोऔं । पढौं । खूब पढौं । अब पढौं । अहिले पढौं । आजै पढौं । सके प्रत्येक साता एकएकवटा किताब पढौं । नसके पनि महिनामा एकौटा अवश्य पढौं । त्यो पनि नसके आफू सम्बद्ध शिक्षा क्षेत्रका पत्रपत्रिका पढौं । किनेर पढौं । खोजेर पढौं । मागेर पढौं । सापट लिएर पढौं । पढेर नपढेकाहरूसँग कुरा गरौं । तर लाग्ने कुरा गरौं । पानीजस्ता पातला कुरा नगरौं । किताब र पत्रिका पढ्नुमा आकासजमिन अन्तर छ । किताबबाट ज्ञान मिल्छ भने पत्रिकाबाट सूचना । के चाहिएको हो ? छानौ र जानौं । अहिलेको युग तर्कको हो । भन्नेले जतातिर तर्क उतैतिर फर्क भनेका छन् । दर्शनको दाउन तर्क । राजनीतिको वीज तर्क । कलाको सुगन्ध तर्क । साहित्यको चुरो पनि तर्क । शिक्षाको मेरुदण्ड पनि तर्क । जोसँग तर्क छैन ऊ तुरिन्छ । सकिन्छ । सकिनु भनेको वैचारिक मृत्यु हो । कोही पनि बाँचीबाँची मर्न चाहदैन । जसरी पनि बाँच्नै चाहन्छ । यो मानिसको उत्कट चाहना हो । अहिले नपढे कहिले पढ्ने । अब नपढे कब पढ्ने ? सामान्य ज्ञानमा नदरियौं । बस् । खुसीले पढौंं । सुखी हुनका लागि पढौं । आनन्दको खोजीमा भए नि पढौं । परमानन्दको खोजीका लागि भए पनि पढौं । जोगी भए पनि पढौं । भोगी भए पनि पढौं । कसैले केही भन्छ कि भन्ने डर नमानौं । कुरा बुझौं । पढ्ने मानिससँग संसारै डराउँछ । बरू झुक्छ । बाँस नुहेझैँ । मानिस पढेरै ठूलो भा’को हो । यहाँ ‘ठूलो’ भनेको असल मानेमा हो । नपढी कोही पनि ठूलो हुँदैन । नपढेको मानिस रूपमा ठूलो भए पनि त्यो व्यक्तित्वमा सानो हुन्छ । पढेको मानिस रूपमा सानो भए पनि व्यक्तित्वमा ठूलो हुन्छ । मानिसलाई आम मानिसबाट पहिचान दिलाउने भनेकै शिक्षाले, विद्वताले, विचारले, तर्कले, बुद्धिले, प्रज्ञाले, सीपले, अभिव्यक्तिले, लेखन शक्तिले र वाकपटुताले हो । मितभाषीहरू पढैया । मिष्ठभाषीहरू पढैया । त्यस्तै मृदुभाषीहरूमा पनि पढ्नेलेख्ने अतूल विशेषताहरू विद्यमान भएको हुन्छ । मानिस पढैया छ या छैन उसको एक झल्को अभिव्यक्ति वा एक हरफ लेखनबाटै पत्तो लाग्छ । परिभाषाको यो छनकलाई उसको पढ्नेलेख्ने गहनापरक बानीले नै पाइन् हाल्छ । नपढ्ने मान्छे जतिसुकै बक्बक् गरेपनि उसको अज्ञान केही क्षणमै थाहा भैहाल्छ । अनि पढ्ने मानिसले जतिसुकै ढाकछोप गरेर म पढ्दिन भने पनि उसको परिचयको एक झुल्कोले नै किरण बताइहाल्छ । पठन संस्कृति किन ? नमरी संसार देखिन्न भनेझैँ नपढी संसार पनि बुझिन्न । यो शाश्वत सत्य हो । अब जनजन ढाँट्ने समय रहेन । संसारका शिक्षक पढ्नमा अब्बल छन् । भारतका एघारौं राष्ट्रपति अब्दुल कलाम भूपू शिक्षक हुन् । एरोनोटिकल इन्जिनियर । उनलाई भारतका अन्तरिक्ष अन्वेषणका पिता भनिन्छ । राष्ट्रपति हुँदा पनि पढ्थे । नहुँदा पनि पढ्छन् । उनी पहिले पढ्नेमा गनिएका । अहिले पनि पढिनेमा दरिएका । पाँच वर्ष देश चलाए पनि अहिले कक्षा चलाइरहेका छन् । संसारका सबै राजनेताहरू पढ्ने प्रकृतिमा गनिएका छैनन् । यो दुःखको कुरो हो । जो पढ्छन् ती महान् छन् । जो पढ्दैनन् ती जहानका लागि मात्रै भए पनि महान् (?) छन् । नेपालीमा उखान छ फूलको बास्ना डाँडावारि मानिसको बास्ना डाँडापारि । मानिसले व्यक्तित्व बनाउन गाह्रो । बनाई सकेपछि संसारको सिमाना र देशीय सरहद्ले छेक्दो रहेनछ उसलाई । दक्षिण अफ्रिकाका अश्वेत नेता भनौं या प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेला हुन् या अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कन यी सबैले आफ्नो समयमा कुछ बढी नै पढेका छन् र कालजयी कृति लेखेका छन् । मण्डेलको ‘ए लङ् वाक टु फ्रिडम’ नामक संस्मरण पुस्तक संसारमा असीलाख प्रति विक्री भइसकेको छ । लिङ्कनको चिठी प्रधानाध्यापकलाई आज पनि सामयिक नै लाग्छ । त्यसमा जगत् बोलेको छ । त्यसैगरी भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले जेलबाटै लेखेका ‘नेहरू लेटर’ (इन्दिरा प्रियदर्शिनी गान्धी उर्फ इन्दिरा गान्धीलाई लेखिएको चिठी) पनि पढैया संस्कृतिको दस्तावेज हो । यो विद्वताको द्योतक हो । जसले उमेरमा पढेको छ उसैले जीवनभर प्राप्ति गर्छ पनि । यसमा दुई मत छैन । जीवनभर पूर्वीय धर्मशास्त्रको पवित्र गन्थ्र श्रीमद्भागवत् गीता पढेका नेपालका गान्धीवादी सन्त नेता कृष्णप्रसाद भट्टराईले जीवनको अन्त्यमा एउटा पुस्तक लेखेर जीवन बिसाए । उनी पूर्वीय धर्मशास्त्रका विद्वान् थिए । सांसद् हुन् या डाक्टर, पण्डित हुन् या पप गायक, पुजारी हुन् या बैङ्कर यी सबैको पेसालाई अगाडि बढाउन पठन कल्चर आवश्यक मात्र होइन अत्यावश्यक पनि छ । अब के भयो भने जो पढ्दैन ऊ जीवनमा अगाडि बढ्दैन । हुन् त राज्यका सञ्चालकहरू एक जमानामा पढाइलेखाइका विरुद्ध पनि थिए । लुई चौधौंको कुरा कोट्याउने हो भने उनी भन्थे म नै राज्य हूँ । म नै कानुन हूँ । म जे बोल्छु त्यो कानुन हो । यो दम्भ हो । यसमा विद्वता नाई । मानिसले यसरी पश्चिममा आफूलाई पहिलोपटक अहंवादी भएर प्रकट गरेको थियो । समयको रफ्तारसँगै युरोप र अमेरिकातिर पनि धेरै नै पढैयाहरू आए र गए पनि । जसमा सेक्सपियर, नित्से, माक्र्स, आइन्स्टाइन, न्यूटन, थोमस अल्वा एडिसन, स्टिफन हकिन्स, जोन डिबे, कीट्स, लर्ड टनिसन, फ्रायड, एड्लर, युङ्, शेली, डार्बिन, सर आर्थर कानन डायल, रोबर्ट फस्ट, टोनी मरिसन आदि दरिएका छन् भने पूर्वीय साहित्यका पठित विद्वत्जनहरूमा आचार्य भरत, दण्डी, वामन, माघ, भारवि, राजशेखर, भट्टलोल्लट, श्रीशंकुक, अभिनवगुप्त, वाल्मीकि, कालिदास, तुलसीदासहरू अग्रभागमा आउँछन् । त्यसैगरी भारतीय विद्वत्जनहरूमा विभिन्न क्षेत्रोपक्षेत्रमा आएकाहरूमा प्रेमचन्द, शरदचन्द, बकिमचन्द चटोपाध्याय, क्षितिजचन्द्र चक्रवर्ती, सुमित्रानन्दन पन्त, जयशंकर प्रसाद, सूर्यकान्त त्रिपाठी निराला, डा. राहुल सांस्कृत्यायन, डा. कमला सांस्कृत्यान, महाश्वेतादेवी, डा.अमृता प्रितम, रवीन्द्रनाथ टैगोर, प्यारेलाल आबारा, सहादत हसन मन्टो, अरुन्धती रोय, चेतन भगत, प्रेम बाजपेयी, झुम्पा लहरी, वेदप्रकाश शर्मा, ओम शर्मा, डा. हरिवंश रायबच्चन आदि लेखन क्षेत्रका महा हस्तीहरू हुन् भने विज्ञानका सिभी रमन, भूमिका चावला तथा अन्तरिक्ष विज्ञानका पिता भनिने एपिजे अब्दुल कलाम तथा संवैधानिक ज्ञाता र राजनीतिज्ञ भीमराव अम्बेडकर, नेताजी सुभाषचन्द्र बोस, राष्ट्रपिता मोहनदास करमचन्द गान्धीजी (बापू), मोहमद अलि जिन्हा, भारतका प्रथम राष्ट्रपति डा.सर्वपल्ली राधाकृष्णन, घनघोर विद्वान् तथा दार्शनिक आचार्य रजनीश, प्रजापिता ब्रह्माकुमार लेखराजजी, सत्य साइ बाबा, ब्रह्माकुमारी दादी जानकी, त्यसैगरी माहिर उर्दू सायरहरू मिर्जा गालीब, फिराद गोरखपुरी, माहिर संगीतकार आरडि बर्मन, गुलाम अली, सत्यजीत रे, दादा फाल्के, आधुनिक गीत संगीतका साधक मजरु सुत्लानपुरी, किशोर कुमार, मेहदी हसन, खेश साद्वी, गीतकार जावेद अख्तर, संगीतकार अनु मलिक, बाँसुरीवादक पं. हरिप्रसाद चौरसिया, तबलावादक पण्डित जसराज आदिको नाम अत्यन्त नमनपूर्वक लिनु पर्दछ । अहिलेको भारतमा पनि यो नाम निकै लामो हुन सक्छ । नेपाली विद्वानहरूमा पनि पठन संस्कृति निकै पन्पिएको पाइन्छ । सात सालअघि देखि नै नेपालमा पढ्ने संस्कारले घर गर्न थालेको पाइन्छ । एकीकरणकालमा उदाएका आदिकवि भानुभक्त आचार्य हुन् या पण्डितराज सोमनाथ सिद्याल, कविशिरोमणि हुन् या महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यस्रमाट बालकृष्ण सम हुन् या समालोचक रामकृष्ण शर्मा यी त भए सातसाल अघिका विद्वान् । त्यसपछि पनि नेपालमा निकै पढैया मानिसको नाम निकै लामो सूचीका साथ पेस गर्न सकिन्छ । त्यसैले पठन संस्कृति संसारबाट लिन र संसारलाई दिनका लागि हो । मानिसले समाजबाटै लिने हो र समाजलाई दिने हो । आदर्श शिक्षक कोको हुन् ? शिक्षक तीन अक्षरले बनेको शब्द । माने गहिरो छ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड । शिक्षण गर्ने, क्षमतावान् र कर्तव्यनिष्ट । यस्तो पनि अर्थ लगाएका छन् कतिपय बुभ्नेहरूले । मलाई त के लाग्छ भने कक्षा या तालिम कक्षभित्र मात्र पढाउने अनि सिकाउने शिक्षक या प्रशिक्षक होइनन् । जीवनमा कहिल्यै साउँ अक्षर नखारेका पनि शिक्षक हुन् सक्छन् । प्रा.नोबल किशोर राईलाई आफ्नो पीएच्डीको खोजीका लागि धनकुटातिरको कुनै अमुक गाउँमा जाँदा ‘जीवनमा जान्नु जतिको सजिलो र नजान्नु जतिको गाह्रो केही छैन’ भनेर शाश्वत चिन्तन गर्न ज्ञानको आँखा खोलिदिने कुनै राईआमा उनको जीवनकी महान् गुरुआमा हुन् भनेर उनले जर्मनीको राजदूत हुनुभन्दा केही अघिमात्र पत्रिकामा सगर्व लेखेकै थिए । नेपाली काँग्रेसका चिन्तक प्रदीप गिरी नेपाली राजनीतिका पढैयामा गनिन्छन् । उहिले त सिके प्रसाईं पनि इने गिनेका विद्वान् मै गनिन्थे । अहिले एनेकपा माओवादीका संविधान सभाका मनोनित भूतपूर्व सांसद् हरि रोक्का, राजनीतिक विश्लेषक सिके लाल, नेपाली काँग्रेका युवा नेता गगन थापा, नेता नरहरि आचार्य, महिला नेतृ चित्रलेखा यादव, विघटित संविधान सभाका अध्यक्ष सुवाष नेम्वाङ पनि कुनै जमानाका ल क्याम्पसका गुरु नै थिए । अहिलेकै पनि बाँचेका गुरुहरू मध्येमा प्रा. बालकृष्ण पोखरेल हुन् या डा. तारानाथ शर्मा यी एकसेएक धुरन्धर विद्वान्मा गनिन्छन् । त्रिविका प्राडा वासुदेव त्रिपाठी हुन् या प्राडा मोहनहिमांशु थापा, प्राडा दुर्गाप्रसाद भण्डारी र प्राडा अभि सुवेदीहरू पनि कुनै समयका फरक विषय औ क्षेत्रोपक्षेत्रका विश्वविद्यालयकै गहना थिए । वर्तमान समयका भाषा विज्ञानका आधिकारिक ज्ञाता भनिएका प्राडा हेमाङ्जराज अधिकारी हुन् या वैयाकरणशास्त्री प्रा. मोहनराज शर्मा यी पनि चलायमान रत्नमा पुजिन्छन् । त्यसै त कहाँ भनेको रहेछ संस्कृतले पनि स्वेदश पुज्यते राजा, विद्वान् सर्वत्र पुज्यते । साहित्यका विद्वत्शिरोमणि हेमराज शर्मादेखि इतिहास शिरोमणि बाबुराम आचार्यसम्म सबैले जीवनका कुनै न कुनै रोचक क्षण शिक्षणमा बिताएका छन् । संस्कृत साहित्यका प्रथम पोष्टाचार्य (प्रथम पीएच्डी) पद्मप्रसाद भट्टराई हुन् या भीम शमशेरका दरबारीया पण्डित सोमनाथ घिमिरे ‘व्यास’, शाम्बभक्त सुवेदी मुरारि हुन् या प्रथम मौलिक आधुनिक उपन्यास रुपमतिका सर्जक सरदार रुद्रराज पाण्डे नै किन नहून यी सबै कुनै जमानामा माष्टरजीका उपनामले सुशोभित भएका व्यक्तित्व हुन् । कविशिरोमणि लेखनाथ हुन् या कलाकार उस्ताद् गणेशलाल, कथाकार रूपनारायण सिँह हुन् या कलाकार लैनसिँह वाङ्देल यी सबैले गुरु बनेर चेलाचपेटा बनाएकै छन् । उबेलाका पश्चिम बंगाल उपन्यायाधीश रामकृष्ण शर्मा हुन् कि विख्यात गीतकार अगमसिँह गिरी यी सबैमा आदर्शपना छचल्किएको पाइन्छ । डा.लख्खीदेवी सुन्दास, मनप्रसाद सुब्बा हुन् या डा जगत क्षेत्री, महावीर पुन हुन् या सुरेशराज शर्मा, प्राडा छविलाल गजुरेल हुन् या प्राडा दयानन्द वज्राचार्य, प्राडा पद्मप्रसाद देवकोटा हुन् डा. कृष्णहरि बराल यी सबै आफ्नो जमानाका माहिर गुरु हुन् । त्यसैले यी कुनै न कुनै रूपमा पुजित छन् । नमन गर्नुपर्नेमा दरिएका छन् । यिनीहरूको जमाना कुनै बेला अति नै सकस पूर्ण थियो अहिले यिनीहरू आफ्नो प्रतिभा र परिश्रमको पौरख पाइरहेका छन् । कोही एवमरितले जीवन बिताइरहेका छन् । विश्व साइकलयात्री पुष्कर शाहले भनेका थिए यो संसार यति विशाल र सिक्न लायक छ कि जसका लागि एउटा जीवन त के सयौं जीवन पाए पनि सकिन्न । घुमेपछि जानिन्छ । पैसा न कौडी लखरलखर विश्व दौडी भनेर उबेला उनलाई कतिले जिस्क्याए पनि । कठै ! सारीको सप्कोमा पट्याएर राखेको आमाको एकसय रुपैयाँ लिएर विश्वको भ्रमणमा निस्किएका पुष्करले संसारबाटै लिए र घुमे पनि । आँट चाहिने रहेछ मानिसमा । स्कुल या क्याम्पसमा पढाउने मात्र शिक्षक होइनन् । जसले जीवनमा बाँच्नका लागि केही न केही सिकाउँछन् ती पनि हाम्रा लागि शिक्षक हुन् । भनिन्छ पनि बालकको पहिलो पाठशाला घर र उसको पहिलो गुरुआमा भनेकी आमा हुन् । गान्धीले भनेका थिए म जे छु त्यो मेरी आमाको प्रतिफल हो । संसार गुरु र शिष्यले बनाएका हुन् भनेर चिनीयाँहरू अझै भन्ने गर्छन् । अन्त्यमा, पढाइको विकल्प यो संसारमा त के खगोलभित्रका कुनै पनि संसारमा छैन । धन बाँड्दा घट्छ भने विद्या बाँड्दा बढ्छ । एकबारको जुनीमा जोसुकै पनि मरेर जाने हो । बाँचुञ्जेल त बाँचिहालिन्छ मरेपछि पनि तपाईँलाई चिरकाल पर्यन्त बाँचिरहन मन छ भने पठन संस्कृतिलाई बचाउन पढ्ने लेख्ने काममा सक्रिय सहभागी हुनुहोस् । यसैमा तपाईँको कल्याण छ । जय पठन संस्कृति ।उपप्राध्यापक, मन्थली बहुमुखी क्याम्पस, मन्थली ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
शब्द
निबन्ध
हेमन्तकुमार नेपाल
21, 2013, 4:11
लोक ब्यवहारमा शब्द र अर्थको सम्बन्ध नित्य देखिन्छ । सम्पूर्ण लोकव्यवहार सम्पादन गर्न शब्दार्थ ज्ञानको अनिवार्यत्व रहन्छ । न अर्थ विना शब्दको अस्तित्व रहन्छ र न नै शब्द बिना अर्थ अभिव्यक्त हुन सक्छ । त्यसैले भन्न सकिन्छ अर्थ शब्दको जीवनधायक तत्व हो र शब्द अर्थको सारिकिक स्वरुप हो । शब्द र अर्थको विचमा सम्बन्ध दर्शाउन कुनै एउटा तत्व विशेषकोभूमिका अनिवार्य रुपले रएको हुन्छ । त्यही तत्व विशेषलाई शब्दशक्ति भनिन्छ ।अर्को शब्दले भन्नु पर्दा शब्द गाडी हो भने अर्थ त्यसको पहीया हो र शक्तिले चालक भएर लोकव्यवहार सञ्चालन गराउने काम गर्छ । त्यसैले शब्द र अर्थ विचको सम्बन्ध राख्ने कडिको नाम नै शब्दशक्ति हो त्यसैलाई साहित्य सास्त्रीहरुले संस्कारविशेष वीजरुप मानेका छन् ।अर्थ विना शब्दको कल्पना असम्भव प्रायनै भए पनि यो प्रसङ्ग शब्दविवेचनाको भएकोले अर्थ बाट शब्दलाई अलग्याएर प्रतिपादित गर्नुपर्ने छ । कुनै पनि वस्तुलाई देखेर वा सम्झेर जुन ज्ञान हुन्छ। जस्तै गाई, मान्छे, पलङ, आदि । ज्ञानका विषयभूत भएका जति पनि पदार्थहरु छन् अर्थात जति पनि वस्तुहरुको ज्ञान हुन्छ तिनीहरुमा कुन पदार्थ शब्द हो र कस्लाई शब्द भन्ने ? यो प्रश्नको उत्तरमा महाभाष्यकारले उक्त्त ज्ञानमा भासितहुने गोव्याक्त्ति, त्यसको क्रिया, त्यसको रङ्ग र त्यसमा रहने सामान्य धर्म (जाति) मा शब्दत्वको विचार राखेका छन् । सबै व्यक्त्ति (द्रव्य) आदि हुन् शब्द होइनन् भनेर खण्डन गरेका छन् ।यो प्रसङ्गमा उनले उल्लेख गरेका छन् अथ गौरित्यत्र कः शब्दः अथवा यो गाई हो यो ज्ञानमा शब्द तत्व कुन हो ? गाईको घाटिमा भएको गलकम्मल वा माला, पुच्छर, जुरो, खुर, सिङ्ग आदिले युक्त्त पदार्थरुप शब्द हो ? यसको उत्तर आँफै यसरी दिन्छन् होइन त्यो द्रव्य हो किनकी नेत्रद्वारा ग्राह्य हुनाले द्रव्यलाई शब्द मान्न सकिदैन । त्यसोभए अभिप्रायलाई सूचित गर्ने चेष्टा आदि शब्द हो त ? यसको उत्तरमा भन्छन् यसो भनेको पनि होइन त्यो त क्रिया हो । त्यसो भए सेतो, नीलो, कालो आदि रङ्ग पो शब्द होला ? यसको उत्तरमा उनले वैयाकरण यस्तो भन्दैन त्यो गुण हो भनेका छन् । त्यसो भए भिन्नमा अभिन्न (अनेक पदार्थमा एक) छिन्नमा (नष्ट) अच्छिन्न (नष्ट नहुने) सामान्यभूत (जाति समान) शब्द हो त ? यसको प्रत्युत्तरमा भन्छन् यसो पनि होइन त्यो त आकृति (जाति र संस्थान) हो शब्द होइन । त्यसो भए शब्दतत्व कुन हो ? यो प्रश्नको उत्तरमा महाभाष्यकारले निम्न लक्षण प्रस्तुत गरेका छन् यनोच्चारितेन सास्नालाङ्गूलककुदखुरविषाणिनां सम्प्रत्ययो भवति, स शब्दः ।।उच्चारित ध्वनिवाट अभिव्यक्त हुने जसद्वारा गलकम्बल, पुच्छर, जुरो, खुर, सिङ्ग आदिले युक्त्त गाईरुप पशुको ज्ञान हुन्छ त्यो (स्फोट) शब्द हो ।लोकव्यवहारमा पदार्थको प्रतीति वा ज्ञान गरउने ध्वनिलाई शब्द भनिन्छ । जस्तै कुनै मन्द स्वरमा बोल्ने व्यक्त्तिलाई यदि श्रोताले स्पष्ट सुनेन भने आवाज निकाल भन्ने आदेश दिन्छ । त्यस्तै हल्लाले क्रुद्ध भएको व्यक्त्तिले ठुलो स्वरले बोल्ने व्यक्त्तिलाई आवाज मन्द गर्ने आदेश दिएको देखिन्छ । यस उदहारणले स्पष्ट हुन्छ कि व्यवहारिक रुपमा ध्वनि नै शब्द हो ।वैयाकरणिकहरुको विचारमा शब्द यस्तो तत्व हो जुन वैखरी ध्वनिले अभिव्यक्त्त हुन्छ र वस्तुरुप अर्थको वाचक हुन्छ । पारिभाषिकरुपमा यसलाई स्फोट भनिन्छ । वैयाकरणिक मतमा यसलाई नित्य, विभु र अखण्ड मानिएको छ ।यो स्फोटलाई पनि दुई प्रकारले व्युत्पत्ति गरेका छन् । (क) स्फुट्यते = अभिव्यज्यते वैखरीध्वनिरुप वर्णैरिति स्फोटः अर्थात जुन उच्चार्यमाण वैखरी क ख आदि ध्वनिहरुले अभिव्यक्त हुन्छ । (ख) स्फुटति = व्यक्त्तीभवति अर्थोस्मात् इति स्फोटः अर्थात जसवाट अर्थको अभिव्क्त्ति (प्रतीति) हुन्छ त्यो स्फोट हो । त्यो नै अर्थको वाचक पनि हो ।वास्तवमा भन्नुहो भने स्फोटात्मक शब्दको ज्ञान साधारण मानिसहरुलाई हुँदैन त्यसैले उनिहरु ध्वनिलाई नै शव्द मान्दछन् । अतः जुन ध्वनिले अर्थको प्रतीति हुन्छ त्यो ध्वनि नै शव्द हो ।पूर्वीय साहित्यसिद्धान्तमा ध्वनिलाई काव्यको आत्मा मानेर ध्वनिवादका प्रवर्तक आनन्दवर्धनाचार्यले यसलाई सहृदयीहरुको हृदयद्वारा संवेद्य प्रतीको स्वरुप भएको मानेका छन् । उनका विचारमा सहृदय जनद्वारा प्रशंसनीय जुन अर्थ काव्यको आत्माका रुपमा व्यवस्थित छ त्यसका वाच्य र प्रतीयमान दुई भेद छन् । उनको विचारलाई हेर्दा के बुझिन्छ भने वाच्य अर्थ र प्रतीयमान अर्थलाई अभिव्यक्त्त गर्ने शब्द नै ध्वनि हो ।व्याकरण,मिमांस र न्यायवैशेषिक पद, वाक्य र प्रमाणको आधार लिएर शब्दार्थको प्रतिपादन गर्ने प्रमुख शास्त्र हुन्। यिनिहरुमा शब्दको वाचक र लाक्षणिकका भेदले दुई भेद स्विकार गरेको भेटिन्छ । शब्दलाई विभाजन गर्ने क्रममा भने साहित्यशास्त्रीहरुको मत केहि भिन्न देखिन्छ । काव्यप्रकाशकार मम्मटले शब्दार्थको स्वरुप बताउने क्रममा काव्यगत शब्दका तीन प्रकार वा भेदको उल्लेख गरेका छन् ।स्याद्वाचको लाक्षणिकः शब्दोत्र व्यञ्जकस्त्रिधा ।।भनेर काव्य वा साहित्यमा शब्दका वाचक, लाक्षणिक र व्यञ्जक तीन भेद छन् भनेका छन् ।आचार्य मम्मट कै मतलाई अनुसरण गर्ने कविराज विश्वनाथले आफ्नो साहित्यदर्पण नाम भएको ग्रन्थमा अर्थका आधारले शब्दका तीन भेद वाचक, लाक्षणिक र व्यञ्जक नै मानेका छन् ।वास्तवमा व्यवहारिक रुपमा पद या रुप र शब्दलाई सामान्यतया एकार्थक मान्ने चलन छ तर त्यो ठुलो भूल सिवाय अरु केही होइन ।अष्टाध्यायीको 1-2-45 अर्थवदधातुरप्रत्ययः प्रातिपदिकम् सूत्र अनुसार सार्थक मूलरुपलाई शब्द भनिन्छ यसैलाई प्रातिपदिक वा प्रकृति भनिन्छ । कोशग्रन्थहरुमा सार्थक शब्द वा प्रतिपदिकहरुको सङ्कलन गरिएको हुन्छ। यिनिहरुद्वारा वस्तु, व्यक्त्ति या क्रियाको बोध गराइन्छ ।व्याकरणगत आधारमा शब्द प्रकृति र प्रत्ययको संयोगले निर्माण हुन्छन् या हुदैनन् ? यसैलाई आधार बनाई शब्दलाई तीन भेदमा विभाजन गरिएको छ (1) रुढ (2) यौगिक र (3) योगरुढ ।(1) रुढ रुढ शब्द त्यस्तालाई भनिन्छ जुन शब्दमा प्रकृति र प्रत्ययलाई स्पष्ट रुपमा छुट्यउन सकिदैन जस्तै मणि, रत्न स्थूल आदि ।(2) यौगिक जुन शब्द प्रकृति र प्रत्ययको संयोगले निर्माण भएको हुन्छ जस्तै- कृ+तृ= कर्तृ, कृ+अक= कारक, भूत+इक= भौतिक त्यस्तै धनवान, बलवान, श्रीमान आदि ।(3) योगरुढ कुनै शब्द कुनै विशेष अर्थमा यौगिक भएर पनि रुढ हुन्छन् त्यस्तालाई योगरुढ भनिन्छ । जस्तै सरसिज, पङ्कज आदि तलाव या हिलोमा उत्पन्न हुने भन्ने यो यौगिक अर्थ हो र कमल अर्थमा रुढ छ । रुढ शब्दलाई अव्युत्पन्न प्रातिपदिक र यौगिक शब्दलाई व्युत्पन्न प्रातिपदिक भनिन्छ । पाणिनिले कृत्तद्धितसमासाश्च (अ0 1-2-46) सूत्रमा यौगिक शब्दलाई पनि प्रतिपदिक मान्ने नियम बनाएका छन् । कृत प्रत्ययान्त, तद्धित प्रत्ययान्त र समासयुक्त्त पद पनि प्रातिपदिक हुन्छन् त्यसैले यिनिहरुमा पनि सुप् प्रत्यय हुन्छ । यो आधारलाई मानेर सबै सार्थक शब्दहरुलाई प्रातिपदिक भनिन्छ ।कनै पनि शब्द जबसम्म पद बनिदैनन् तबसम्म तिनीहरुको प्रयोग हुन असम्भव हुन्छ । शब्दलाई पदरुपदिन शब्दमा कुनै विशेष अर्थवोधक प्रत्यय लगाइन्छ । अर्थवोधक प्रत्यय लगाउनाले शब्द प्रयोग योग्य पद बन्दछन् । महाभाष्यकारले भनेका पनि छन् न केवला प्रकृतिः प्रयोगतव्या, नापि केवलः प्रत्ययः । अपदं न प्रयुञ्जीत । केवल प्रकृतिको (मूलशब्द, धातु) प्रयोग नगर्नु र केवल प्रत्ययको पनि प्रयोग नगर्नु । अपद वा शब्दलाई पद नबनाई कदापि प्रयोग नगर्नु ।त्यसैले भन्न सकिन्छ कि कुनै पनि शब्द प्रत्ययको योगले मात्र प्रयोगयोग्य हुन्छ ।कुनै पनि पदको प्रयोगमा आउनु भन्दा पूर्वको मूलरुपलाई शब्द भनिन्छ र वाक्यमा प्रयोगयोग्य सार्थक वाक्यको इकाई पद हो । पदको लक्षण क्रममा विश्वनाथले भनेका छन् वर्णाः पदं प्रयोगार्हानन्वितैकार्थाबोधकाः ।।पद ती वर्णहरु हुन् जो प्रयोगयोग्य हुन्छन् र कुनै एक अनन्वित अर्थको बोधक हुन्छन् । भनाईको आशय के हो भने पद स्वतन्त्र वर्ण समूहको वाक्यको सार्थक इकाई हो जसको कुनै अर्को पदको अर्थसङ्ग सम्बन्ध हुदैन । जस्तै घडा यो एउटा वर्ण समुदाय स्वरुप हो जो प्रयोगयोग्य र एक अनन्वित अर्थको बोधक पद हो ।त्यसैले सामान्यरुपमा शब्द र पदलाई एकै मान्नु ठूलो भूल हुन्छ व्याकरण र भाषाविज्ञानका दृष्टिले दुवै भिन्न अर्थबोधक हुन् । गान्तोक, सिक्किम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
हेलो साथी कि भलो साथी
निबन्ध
ऋषिराम भुसाल
28, 2013, 3:33
पूर्वको विराटनगर जाने धोको धेरै समय पछि मात्र पूरा भएको थियो २०७० वैशाख २७ गतेको दिन । पूर्वको ठूलो शहर । पूर्वका धेरै साथीहरुसँग संगत भए पनि जाने मौका पाउन सकिएको थिएन । केवल उनीहरुका कुरा मात्र सुनेर अनुमान मात्र गरेको हुन्थे विराटनगर र वासपास यस्तो होला भनी । पूर्व घुम्ने मेरा ३ वटा मात्र कारण थिए । मधेशका जिल्लाहरु घुम्ने, देख्ने र त्यहाको वस्तुस्थितिको बारेमा थोरवहुत जानकारी लिने । तराईमा रहेको दहेज प्रथाको शुक्ष्म अध्ययन गर्ने र अर्को मुख्य कारण थियो मायाकुमारीलाई भेटने । सोसियल साईट फेसवुक, टयूवेली जस्ता विभिन्न माध्यमबाट बनेका साथी मध्ये मायाकुमारी पनि मेरो एक जना अनन्य मित्र ठानेको थिए । किनभने मेरा धेरै मित्रहरु फेसवुक मार्फत साथी बने पनि मलाई राम्रै भएको छ । उनीहरुसँग धेरै कुरा आदान प्रदान हुने गरेको छ । मायाकुमारीसँग पनि फेसवुकमा फोटा टयाग गर्ने, म्यासेज आदान प्रदान गर्ने र एकले अर्कोको भलाईका कुरा हुने गरेकोले मायाकुमारी मेरो निकटस्थ साथी बनेको मेरो ठम्याई थियो । त्यहि भएर पनि उनीलाई एक चोटी देख्ने धोको थियो मनभरी । म जानुका कारणमध्ये घुम्ने र त्यहाको दहेज प्रथाको जानकारी लिने दुई उद्धेश्य छिटै पूरा हुने खालका थिए । अर्को उद्धेश्य मायाकुमारीलाई राम्रोसँग भेटने थियो । सम्भव भए विराटनगरका मुख्य मुख्य ठाँउहरु उनी मार्फत जानकारी लिने र त्यँहाको वास्तविकता थाहा पाउने गुहय उद्धेश्य थियो । त्यसको लागि मैले उनीसँगको कार्यक्रम नै ३ दिनको लागि अलग्गाएको थिए । विराटनगर जानुपूर्व फेसवुक मार्फत उनको मोवाईल नम्बर मागे । उनको नम्बर पनि पाए । ज्यादै खुसी लाग्यो । पक्कै साथी राम्रै छन । केही समस्या परे पक्कै सहयोग पाईन्छ भन्ने मनमा दृढ विश्वास थियो । फोन गरे तर उठेन । व्यस्त भएर होला भने । जाने दिन उत्कट अभिलाषा सहित मनमा निकै ठूलो विश्वासका साथ म पूर्व लागे । पैतीस मिनेटको मेरो विराटनगरको यात्रा सकियो । विराटनगर पुगेर म आएको जानकारी एस.एम.एस.मार्फत गराए । म सिरहा र सप्तरीको भ्रमणमा लाग्नु थियो । म सिधै सिरहा लागे । उँहा पुगेर फोन गरे उठेन । माया कुमारी पक्कै व्यस्त भएर होला भन्ने सिधा सोंचे । २ दिनको वँसाई थियो सिरहामा र सप्तरीमा । सिरहा र सप्तरी जानुको उद्धेश्य त्यहाँका स्थानीयवासीहरुसँग सोधपुछबाट टिपोट गर्न सके । कतिपय कुराहरु सुन्दा नरमाईलो पनि लाग्यो । दहेजको कारण मानिसले मृत्युवरणसम्म गर्ने गरेका कतिपय विषयहरु पत्रिका मार्फत पनि नसुनेका होईनन । अझ प्रत्यक्ष पीडित व्यक्तिबाट समेत यस्ता विषयहरु सुन्दा यात्राको बेमोज ठाने । जे होस मैले त्यहाँको गतिविधिको धेरथोर जानकारी लिन सफल भए । अव मेरो त्यँहा वसाँईको उद्धेश्य सकिएपछि मेरो ठूलो उद्धेश्य विराटनगर घुम्ने र मायाकुमारीसँग भलाकुसारी गर्ने थियो । मनभरी ठूलो आशा लिएर विराटनगर घुम्ने र मायाकुमारीलाई भेट गर्ने थियो । तीन दिनको कार्यक्रम भएकोेले कसरी विताउने र कँहा जाने भन्ने कुरा मायाकुमारीकै प्लान अनुसार चल्ने भन्ने मेरो योजना थियो । पर्सीपल्ट विराटनगर फर्कनुपर्ने भएकोले मैले मायाकुमारीलाई यदि तपाईले समय दिने हो भने म त्यँहा आउछु तीन दिन मसँग समय छ के गरौं भनी म्यासेज गरे । म्यासेज गरेको भोली पल्टसम्म पनि केही उत्तर आएन । फेरी गरे म के गरु भन्नु न प्लीज भनी लगातार म्यासेज गरे । रोही हत्ते गरे पनि केही प्रतिक्रिया नपाएपछि मनमा निरासाको तुवाँलो भरिन थाल्यो । जे भएपनि एक पटक त विराटनगर त घुम्नै पर्छ भन्ने लालसासहित म विराटनगर लागे । हुनत सिरहाबाट धनुषा हुँदै काठमाण्डौ आउन नजिक पनि पर्ने र सस्तो पनि हुन्थ्यो मेरा लागि । तैपनि जे उद्धेश्यले हिडेको हो त्यो पूरा हनै नपाएकोले म उतै विराटनगरतर नै लागे । मध्यान्ह दिँउसो विराटनगर पुगे दिनभर यताउता सोध्दै घुमफिर गरे । जोगवनी नाकातिर पनि पुगियो । चिनेजानेका साथीहरु कोहि कता कोही कता भएकोले विराटनगरमै भेटन नसकेको कारण एक्लै पर्नु अस्वभाविक थिएन । मेरो गन्तव्यतिर लाग्न कठिनता भने पक्कै भयो । मायाकुमारीलाई सम्र्पक गरेर जाउँ की भन्ने सोंच आयो । किन कर गर्ने मेरा लागि समय दिन ईच्छा र रुचि लाग्ने भए त म आएको जानकारी पहिले नै दिईसकेकै थिए । उनीले वास्ता गर्दैनन भने किन सोधीखोजी गर्ने त भनी एक्लै भएपनि जोगवनी, विराटचोक, महेन्द्रचोक, जिल्ला प्रशासन तिरका मुख्य मुख्य बजार एरियातिर घुमियो । कतै रिक्सावालासँग सम्र्पक गरेर कतै पसलवालासँग सम्र्पक गरेर । धेरै सोधिखोजी गरिरहनुपर्दा म विचरा भएपनि नँया ठाँउमा म जे जति घुमे मैले त्यो उपलब्धि नै ठाने । भोलिपल्ट काठमाण्डौ फर्कने निश्चित गरी टिकट काटे । वेलुका थकित हुँदै चिसो पिउदै अन्तिम एक पटक मायाकुमारीलाई म्यासेज गरे । थ्याङ्क्यू फर पोरभाईडिङ् मी यूअरर्स टाईम आई अम.हेयर ईन विराटनगर भनी म्यासेज गरे । तत्काल रिसिभ भयो कँहा हुनुहुन्छ भन्ने म्यासेज आयो । म आफू भएको ठाँउको जानकारी दिए । भेट गर्न मिल्छ भने भेटैं भन्ने प्रस्ताव राखे । छ बजेपछि अलिक चिसो पनि हुन्छ त्यतिबेला भेटौ भन्ने म्यासेज आयो । मैले कँहा र कतिबजे भनेर म्यासेज गरे । अहिले नै भेटौं भन्ने म्यासेज आयो । ल कँहा आउ म की तपाई आउनुहुन्छ भनी प्रश्न गरे । त्यसको उत्तर आएन । रिक्सा लिएर सररर् घुम्न निस्के । एक राउण्ड पूरा बजारका मुख्य मुख्य नाकाहरुमा पुगे । वेलुकापखको विराटनगरको दृश्यावलोकन रमणीय नै लाग्यो । साँझ पर्ने बेला चिसो पिउदै होटलमा वसेको थिए । म्यासेज ढिलो आयो । कँहा हुनुहुन्छ भनी उताबाट म्यासेज आयो । म आफू रहेको एरियाको जानकारी दिए । धेरैबेर म्यासेज आदान प्रदान भयो । उनीलाई अझै पनि भेट गर्न सकिने भए आउनुस भने । भोली विहान भन्ने उत्तर आयो । भोली विहान म जाने भन्ने खबर गरे । उनी आउने रुचि देखाईनन् । ठीकै छ भनि म मेरो गन्तव्यतिर लागे । मेरा साथीहरुमध्ये मायाकुमारी पनि मेरो अनन्य मित्र र माया गर्ने मध्येका थोरै मान्छेभित्र पर्थिन । उनी एक प्रसिद्ध मान्छे । उनीले मलाई शायद नराम्रो र तेस्रो दर्जाको नागरिकको हैसियतमा राखिन होला । मेरो अनुमान र ठम्याई त्यहि भयो । म नराम्रो नियतको मान्छे पनि होईन आखिर । हुन त मान्छे व्यवहारमा नपरि थाहा हुदैन । उनीले मलाई राम्रो मान्छे भन्ने ठानेकी भए एक पटक त भेट गर्थिन नै । मबाट उनीले खतराको शंका गरिन होला वा किन संगत गर्ने वाईहात मान्छेसँग भन्ने सोंच भयो होला । जो पायो त्यससँग वसे हिडेको गर्दा उनीलाई चिन्नेहरुले खिसी गर्लान भन्ने भय जाग्यो होला । मसँग हिड्दा दुनियाँले जिस्काउलान भन्ने भय र आफू लज्जित हुनुपर्ने हो की भन्ने शंका जागे होला उनीलाई शायद । म पनि त माया कुमारीसँग लभ गर्न हिडेको थिईन । उनीसँग विहे गरुला भन्ने आशाको खातिर पनि धाएको थिईन । वासनाले अन्मत्त भएर वासनाको प्यास मेटाउने ध्याउन्न पनि त थिएन मेरो । एक जना मन पर्ने मान्छेको नाताले एक पटक देख्न रुचि लागेर उनीलाई भेट गर्ने मनसायले हिडेको मान्छे थिए । भेट हुँदा आत्मियता बढ्थ्यो । साथिथ्यको आत्मियताले धेरै कार्यहरु गर्न पनि त सकिन्थ्यो । खाली साथी भनेको केवल लभ गर्नकै लागि वा विहे गर्नकै लागि पनि त हुदैनन् । सबै मान्छे स्वार्थले प्रेरित भएर पनि त हिड्दैनन् । ढुंगाको भर माटोलाई माटोको भर ढुंगालाई न हो । मानवीयताको नाता पनि त हुन्छ मानवमा । समस्या पर्दा एकले अर्कोलाई सहयोग गर्ने न हो । समस्या त जो कोहिलाई पनि त पर्न सक्छ । पूर्ण त आखिर कोहि हुँदैन । आज सम्पन्न भएको मान्छे भोली कंगाल हुन सक्छ । आज दुःखमा रुमल्लिएको मान्छे भोली सुखमा आहाल खेल्न सक्छ । आज अकेला भएको मान्छे भोली धेरैका माझमा हुन सक्छ । खाली सोंचाईको कुरा न हो । हुन त मायाकुमारीलाई माया गर्ने थुप्रै मान्छे होलान । शायद विहे गरेकी होलीन वा लभ गरेकी होलीन त्यो विषय मेरो लागि ठूलो विषय नै रहेन । आजको दुनियाँ हातमा हात र काँधमा काँध मिलाएर जान नसक्ने हो भने कसरी चल्छ र ? जटिल बन्दै गएको मानवीय जीवनचक्रमा साथिथ्वको महत्व बढदै गएको सन्र्दभमा एक जना मान्छे जसको पूरा विश्वास गरिएको थियो उसैबाट मेरोलागि २ मिनेटको पनि समय पाउन नसक्दा अति दुःख लाग्यो । म एउटा निष्कर्षमा के पुगे भने सबै मान्छेलाई सहजै र पूरा विश्वास गर्नु हानिकारक रहेछ । हेलो साथीको ठाँउमा मलाई भलो गर्ने भलो साथी भैदिएको भए के म विराटनगर एक्लै भौतारिनु पथ्र्यो र ? भलो साथी भैदिएको भए शायद मलाई विराटनगरको ईतिवृतान्त सुनाउथ्यो, मलाई घुमाउथ्यो, साथ दिन्थ्यो, मेरो दुःखलाई आफ्नो पनि दुःख सम्झन्थ्यो । त्यसैले हेलो साथी र भलो साथीमा रहेको भिन्नतालाई आत्मवोध गर्दै भलो साथीको महत्ववोध मलाई विराटनगरमा साच्चिकै खटकियो । भलो साथको मात्र संगत गर्नु र हेलो साथीमा विश्वास नगर्नु नै जीवनमा कल्याण हुने मेरो निष्कर्ष रहेयो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
वागमती घिस्रिरहेछ
निबन्ध
लक्ष्मण गाम्नागे
2, 2013, 5:14
आज पनि म बसेको छु छतको एक कुनामा केही लेख्न भनेर । जति बल गर्दा पनि मभित्रको लक्ष्मण गाम्नागे जागिरहेको छैन । मेरो मन लेख्ने कुरा भन्दा बढी मलाई आ“खा तर्दै यो ओसिलो छतमा लुगा सुकाइरहेकी श्रीमतीतिर बढी गइरहेको छ । मलाई थाहा छ उनी किन मलाई आ“खा तरिरहेकी छन् । सोच्ती हुन्, एउटा जाबो घर राम्ररी नचलाउनेले देशविदेशका विकृति विरुद्ध व्यङ्ग्य लेखेर के नाप्पि“दो हो ? उनी चाहन्छिन यो घरमा सके दुई नभए पनि एकतला थप्न पाए छतमा कतैबाट एकदुई झुल्का घाम आउनेथ्यो कि, आज धोएका लुगा आजै सुक्ने थिए कि वरिपरिबाट चारतले पा“चतलेहरूले घेराउ गरेर निस्सासिइरहेको यो घरमा म मात्रै कहा“ खुशीले बसेको छु र बूढी घाम वा अक्सिजनको मात्रै कुरा होइन, यो घर बनाउ“दाको रिनले पनि म निस्सासिइरहेको छु । सञ्चय कोष र बै“कले रातरातभरि घा“टी अ“ठ्याएर ऐ“ठन भएको कुरा म सकभर तिमीलाई सुनाउन चाहन्न र पो त एउटा व्यङ्ग्य नलेखी नछाड्न म अगाडिको बाटोतिर विषय खाजिरहेको थिए“, त्यहीबेला मेरा छिमेकी सेनाका एक ठूला अधिकारीको उद्दण्ड छोराले एउटा झ्यापुल्ले कुकुर ल्याएर हाम्रै घर अघिल्तिर दिसा गरायो । आफूलाई राजधानीको रैथाने र सभ्य नागरिक मान्ने, परिवारमा दरबारिया भाषा बोल्ने, यूरोप अमेरिकालाई पानीको प“धेरो ठान्ने त्यो ‘सभ्य’ परिवारको जङ्गली हर्कत देखेर मलाई वाक्क आउला जस्तो भो । त्यो कुकुरलाई घिसार्दै एउटा कुकुर गयो र कुकुर महलभित्र पस्यो । म लेख्ने कुरा बिर्सिएर बाटोतिर एकोहोरिए“छु । हाम्रो घर अघिल्तिर फराकिलो बाटो छ । बाटो क्रमशः सा“घुरि“दै गएर निकै सानो भएपछि मूल सडकमा मिसिन्छ । जहा“ सडक मोटोे छ त्यहा“ घरवालाहरू दुब्ला र दुखी छन् । जहा“ सडक दुब्लो छ त्यहा“ दाया“बाया“का घरवालाहरू मोटाघाटा र खुशी छन् । आफ्ना घर अगाडिको बाटो सा“घुरो हु“दा खुशी हुने, फराकिलो हु“दा दुखी हुने अद्भूत चरित्रका टोलबासी देखेर टोलको नया“ आगन्तुक लक्ष्मण गाम्नागे चकित छ । तर म चकित छैन । मलाई थाहा छ, जसले सडक मिचेर घर बनाए तिनीहरू आफ्नो पुरुषार्थप्रति गौरवान्वित छन्, खुशी छन् । जसले त्यसो गर्न सकेनन्, तिनीहरू आफ्नो नामर्दीपनप्रति लज्जित छन्, दुखी छन् । हामीले देख्तादेख्तै हाम्रै आ“खा अगाडि सडक मिचेर धेरै घर बनेका छन् । निरङ्कुस कालमा डोजरले भत्काएका केही टहरा, घरका पर्खाल र गेटहरू लोकतन्त्रको नारी छामिसकेर फेरि जस्ताको तस्तै भएका छन् । अझ कतिपयले त थप सडक मिचेर आ“गन बढाएका छन् । मेरो घर अगाडि पनि ८१० हात सार्वजनिक जमिन छ । केही छिमेकीहरू मैले त्यो जमिनलाई अहिलेसम्म आफ्नो नपारेकोमा मेरो लाछीपनलाई खिसी गरिरहेका छन् भने केही छिमेकी त्यो जमिन मैले मिच्ने पो हु“ कि भनेर रातदिन पहरा दिइरहेका छन् । त्यसरी पहरा दिनेमध्येका एक छिमेकी त्यहा“ छाप्रो हालेर भट्टी खोल्ने सुरमा भएको कुरा हिजो रक्सीका सुरमा ओकल्दै थिए । उनी यो क्षेत्रका रामै्र हुनेखाने सुकुम्वासी हुन् । यहा“ अरु पनि धेरै यस्ता सुकुम्वासी छन् जसका तीन तले, चार तले घर यही“ वरिपरि छन् । ऊद्रद्रद्रद्रत्यो सेतो चारतले भवन पनि हाम्रै टोलका सुकुम्बासीको हो । बागमती किनारामा दुईतीन रोपनी सार्वजनिक जग्गा ओगटेर उनले सु“गुरपालन गरेका छन् । घर पूरै भाडामा लगाएका छन् । उनी घर र सु“गुर व्यवसायबाट महिनामा डेड लाख भन्दा बढी कमाइ गर्छन् भनेर सबैले भन्छन् । लुटको धन, शकुनी चरित्र र सु“गुर जस्तै मोटो ज्यान भएका कारण उनी टोल सुकुम्वासी समूहका अध्यक्ष पनि छन् । म लेख्ने नै बिचारमा थिए“, तर घर अगाडि आज पनि टोलबासीहरूको मिटिङ हुनलागेको रहेछ । म पनि मिटिङमा बोलाइए“ । कलम थान्को लगाएर म मिटिङमा सामेल भए“ । मिटिङ ठीक ८ बजेका लागि बोलाइएको रहेछ । तर उही त हो, यो पनि हाम्रै देशको त्यसमा पनि मन्त्री, प्रधानमन्त्री र ठूला ठूला नेता, प्रशासकहरूले राज गरेको राजधानीकै एउटा टोल न हो ८ बजेलाई बोलाइएका टोलबासीहरू १० बजेतिर एकजना दुईजना गर्दै हल्लि“दै आउ“दैछन् । बिचरा उपभोक्ता समूहका अध्यक्ष भ्यागुताको धार्नी नपुगेर रुन रुन खोज्दै मान्छे भेला गर्दैछन् । मिटिङको विषय उही रहेछ पुरानै, ‘बाटो मिचिएको बारे’ । बाटो मिच्नेमध्येका १ नम्बर मिचाहा आज पनि उपस्थित छैनन् । २ नम्बर, ३ नम्बरहरू एकदुईजना आएका छन् । चुरोट तानेर, चिया सुक्र्याएर, खैनी च्यापेर, पराग मुक्याएर, अर्थोकै अर्थोकै कुरा धेरैबेर गरेपछि बल्ल कुनै दुस्साहसीले मूल विषय कोट्याउ“छ ११ बजेतिर । पूरा कुरा भुइ“मा नझर्दै बाटो मिचाहा नं. ३ वा ४ होला, एक्कासी जङ्गिन्छ । लोकतन्त्रमा बाटो मिचेको कुरा उठाएर समाज नभा“ड्न चेतावनी दि“दै यदि फेरि फेरि यो कुरा उठेमा टोलमा रक्तपात हुनसक्ने धम्की दिएर ऊ बाटो लाग्छ । ऊ हि“डेपछि उसको सम्वन्ध माओवादीस“ग भएकोले उसले जे पनि गर्न सक्छ भन्दै अर्को मिचाहा अर्कातिर छड्किन्छ । अर्को बाटो मिचाहा पनि मिचाहा नम्बर१ लाई नबोलाएको निहु“ पारेर बाटो लाग्छ । सबै बाटो मिचाहाहरू लाखापाखा लागेपछि बल्ल बा“की सबैलाई लोकतन्त्र आउ“छ । सबैजना ठूलो ठूलो स्वरमा मिचाहाहरूको खोइरो खन्न थाल्छन् । तिनीहरूका सातपुस्ताको सत्तोसराप गर्न थाल्छन् । रक्तपात हुनसक्ने भन्ने धम्कीलाई तिनीहरूको सम्वन्ध माओवादीस“ग भएको हुनसक्ने लख काटिन्छ । यो विषयमा पक्ष विपक्षमा चर्काचर्की बहस हुन्छ । सम्वन्ध भए पनि बाटो मिच्नेलाई माओवादीले साथ दिन्छ वा दि“दैन भन्ने बारेमा पनि तात्ताता तर्क बितर्क हुन्छन् । वहस निर्णायक मोडमा (अर्थात् कुटाकुटको स्थितिमा) पुग्नै लागेको बेला अचानक बाटो मिचाहा नम्बर१ आफ्नो उच्च ओहोदावाला सैनिक छोराको मोटरमा बसेर त्यही बाटो हुन्हुनाउ“दै आउ“छ । सबै सतर्क हुन्छन्, गाडी छेउमा आउनासाथ सबैले हत्तपत्त बूढालाई स्वस्ती टक्र्याउ“छन्, छोरालाई दर्शन गर्छन् । राजाले जनताको अभिवादन फर्काए जस्तै मिचाहा नम्बर१ एउटा हात उठाएर ‘ठिक छ, ठिक छ ’ भनेजस्तो गरेर मुन्टो हल्लाउ“छ । गाडीलाई रोक्न खोज्दै व्यङ्ग्यात्मक हा“सोका साथ सोध्छ ‘के हो कसैले बाटो मिच्यो कि क्या हो ? मिच्यो भने मलाई भन्नुस् है म छु नि ’ ठूलो कालो चश्मा लगाएको उसको सैनिक छोरो मुसुमुसु हा“स्छ । उनीहरू गाडी हु“इक्याएर अघि बढ्छन् । (स्मरणीय छ, यो ठाउ“मा मिटिङ् हु“दा जहिले पनि मिचाहा नम्बर१ यसैगरी गाडी लिएर आउ“छ र अभिवादन खाएर जान्छ ।) बूढो गएपछि बैठकको एजेन्डा पूरै परिवर्तन हुन्छ । बहसले मोड परिवर्तन गरेर राष्ट्रिय राजनीतितिर लाग्छ । शान्ति वार्ता, हतियार व्यवस्थापन, जनमत संग्रह, अन्तरिम सरकार, सम्विधानसभाको गएको निर्वाचन, प्रधानन्यायाधीशले प्रधामन्त्रीको पद स्वीकार गर्दा के हुन्छ, नगर्दा के हुन्छ हु“दै अब देश कता जान्छ र फेरि सम्विधानसभाको निर्वाचन भएको खण्डमा कुन पार्टीले कति कति सिट ल्याउलान् भन्नेसम्मका हिसाव किताव भएपछि मिटिङ सकिन्छ । अर्को मिटिङ अर्को कुनै शनिबार ठ्याक्कै आठ बजे डाक्न अध्यक्षलाई निर्देशन दि“दै सबै बाटो लाग्छन् । अध्यक्ष उखुको खोस्टा जस्तो अनुहार पारेर घरतिर लाग्छ । सिङ्गो शनिबारको एक दिन यसै बितिगो । म बेलुकीपख फेरि छतमा चढ्छु र कुनै विषय समात्न वरपर हेर्छु । घर पर्तिर आमुन्ने सामुन्ने सरकारी बिद्यालय र वोर्डिङ स्कूल एकअर्कालाई आ“खा तरेर उभिएका छन् । वोर्डिङ स्कूलको गेट भित्रबाट ट्याप्प बन्द छ । भित्रपट्टि सुकिला, राम्रा र बलिया बोर्डर्स केटाकेटीहरू व्याटमिन्टन खेलिरहेका छन् । सरकारी स्कूलमा पर्खाल सर्खाल केही छैन । स्कूलभित्र भुस्याहा कुकुरहरू, प्लास्टिक बटुल्ने सि“गाने केटाकेटीहरू, एउटा सा“ढे र एउटी गाई आआफ्नै धुनमा आआफ्नै गतिविधिमा लागेका छन् । उता तल्लो घरका अगाडि तुरतुरे धारोमा सुकुम्बासी टोलका सयौ“ गाग्रा बाल्टीहरू मुख बाएर लाइनमा उभिएका छन् । यता माथ्लो घरले मेशिनले पानी तानेर ट्याङ्की भरिवरि फूलबारी भिजाइसकेर अहिले गाडी पखालिरहेको छ । नजिकै पर्तिर बागमती बगिरहेको छ । के बग्थ्यो बिचरो सकी नसकी घिस्रिरहेको छ । अ“गालोभरि अटेसमटेस राजधानीबासीको गुहु, मूत च्यापेर र डडाल्नोभरि गाई, गोरु, कुकुर, सु“गुर, बिराला इत्यादिको सिनो, अनेकथरि रसायन, फुटेका सिसा र प्लास्टिकहरूको पहाड बोकेर सभ्य र सुसंस्कृत महाद्रद्रद्रद्रद्रनगरबासीलाई सराप्तै घाटतिर घिस्रिरहेको छ । पानी पटक्कै बग्न छाडेकोले अब घस्रने क्रम सकिएर सबैखाले दुर्घन्ध र फोहोरको रास च्यापेर एकैठाउ“ गु“डुल्किनुपर्ने त्रासले झनै आतङ्कित भएको छ । बागमती आत्तिएको देखेर म पनि तर्सिरहेको छु । मलाई हाम्रो देश नै बागमती हु“दै गइरहेको जस्तो लागिरहेको छ । म देश चलाउनेहरूका अनुहारमा तिनै बाटो मिचाहा, त्यही लखपति सुकुम्बासी र तिनै बैठकमा उपस्थित लाछीहरू देख्न थालेको छु । तिनीहरू पनि बागमती जस्तै फोहोरको डङ्गुर च्यापेर घिस्रिरहेको देखिरहेको छु । धेरैथोक पो देख्न सकि“दोरहेछ मेरो एकतले घरको छतबाट पनि । धेरै तलाको भइदिएको भए अझै धेरैथोक देख्न पाइन्थ्यो कि कसो ? आहा, यसमा अरु दुईतला जति थप्न पाए.......। म आफैंलाई बिर्सिएर तेश्रो तलामाथिको छतमा कफिको चुस्की लि“दै ल्यापटपमा एउटा रोमान्टिक कथा लेखिरहेको सपना पो देख्न थाले“छु । श्रीमतीले बिहानदेखि सुकाउन झुण्ड्याएका लुगा झट्कार्दा उछिट्टिएका पानीका थोपाले अचानक मेरो तन्द्रा भङ्ग गयो । म होशमा आउ“दा ओसले चिद्रद्रद्रसो भइसकेको थिए“ । तल झरे“, पत्नीले प्रेमपूर्वक पस्किदिएको तातो भात खाए“ र टेलिभिजनको समाचारमा शान्ति वार्ताको रोमान्चक टेलीश्रृङ्खला हेरेर मजा लिन थाले“ । जति प्रयत्न गर्दा पनि मैले लेख्न सकिन यसपालि पनि व्यङ्ग्य अर्को पटक म फेरि प्रयाश गर्नेछु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
अश्रुमिश्रित नयन र डुबिसकेको घाम
निबन्ध
गोकुल भण्डारी
23, 2013, 6:00
ओ टुरिस्ट ! तिमी साँच्चै फर्केर आयौ हगि? तिमीले इमेलमा आफ्नो आइटिनरेरि पठाउँदासम्म पनि मलाई विश्वास लागेको थिएन| झन्डै चालिस वर्ष अगाडि तिमीले भावुक भएर लेखेको चिठीको जवाफ समेत मैले फर्काइन, रिसाएर हैन भन्ने त तिमीले बुझिसकेकै थियौ | वास्तवमा तिम्रो चिठी एउटा कविता थियो, कवितामा सवाल जवाफ हुदैन, त्यसैले चुपचाप पढ़िरहें- तिमीलाई आश्चर्य लाग्ला त्यो चिठी अझै पनि म सँग सुरक्षित छ एउटा ऐतिहासिक दस्ताबेज जस्तो| बेलाबेलामा मन विरक्तिएको बेला त्यहि चिठी बोकेर म एक्लै स्वयम्भू र चोभार जान्छु र तिमीले देखेको काठमांडू हेर्न खोज्छु | खैर, म के देख्छु त्यो त तिमीले पनि छिटै थाहापाइहाल्छौ नि तिम्रो २/४ दिनको बसाईमा| चार भन्ज्यांग भित्र थाई एयरवेज पस्ने बित्तिकै पहिरोले बगाएका डाँडाहरु, खडेरी परेका खेत र अस्तव्यस्त छरिएका कंक्रिटका जंगलहरु देख्ता साँचै नढाँटि भन त तिमीलाई अर्कै ठाउँमा आए जस्तो लागेन? पैसा नपुगी पिलर उठाएर छोडेका बिना रंगका घरहरु, विस्तारका नाम भत्काइएका बाटाहरु र साथमा बुंगबुङ्ति उडेको धुलो देख्ता तिम्रो दृष्टि अब साँचै क्षितिजसम्म नपुगीकनै बिलाउँछ| अनि एउटा कुरा सम्झन्छौ- कसरी एयरपोर्टमै अन्धकारले तिमीलाई स्वागत गरेको थियो र बिजुलीको आविष्कार हुनुभन्दा अगाडिको आदिम युगमा एक्कासी आइपुगेको तिमीलाई अनुभूति भएको थियो? हामी लोडशेडीङ् गरेर धुमधामसंग साँचिकै औंशी झैँ तिहार मनाउंछौ नि अचेल | धन्यवाद तिम्रो उपहारको निम्ति| तिमीहरुले सदा संसारलाई लिएर नै दिन जान्यौ धर्मशास्त्र लियौ अर्थशास्त्र दियौ, मेसिन दियौ, ठूला ठूला ट्रक र ट्रयाक्टर दियौ, प्लास्टिकका कहिलै नओइलाउने फूल दियौ, हाम्रो चमेली लिएर सट्टामा महँगो अत्तर दियौ | नागार्जुनको द्वन्दात्मक अध्यात्मवाद लिएर मार्क्सको द्वन्दात्मक भौतिकवाद दियौ| | भर्खरै पनि त कम्प्युटर दियौ र सट्टामा कसरी हामीसंग कम्प्युटर चलाउने मान्छे लियौ | बुद्ध लियौ र नजानिदो तवरले युद्ध दियौ- सुन्छु योग र ध्यानको धेरै सेसन चल्छ रे आजकाल तिमीले कामगर्ने अफिसहरुमा लेडी गागा र जस्टिन टिम्बरलेक् को फेसन चल्छ नि हाम्रा पनि निम्न माध्यमिक स्कुलहरुमा| भैगो यो लेनदेनको कुरालाई अहिले यहि थातिराखौं | मेरो साथी, तिम्रो इतिहास म जान्दछु किनभने त्यो फगत् ५०० सय बर्ष पुरानो छ | मैले भर्खरै तिमीले पठाइदिएको १ घण्टे सिडीमा तिम्रो इतिहास आद्योपान्त हेरें नि| तिमी पश्चिमाहरू यहाँ आउँदा हामी कति खुशी हुन्छौ त्यो तिमीहरुलाई के थाहा ? तिमीले खर्चिने डलरले हाम्रो जोरो आएको अर्थतन्त्रलाई सिटामोल जस्तै काम गर्छ| दरबारमार्गका चिल्ला सडक र संगैको नाङ्लो बेकरीमा तिमीलाई म आज लान्न किनभने त्यो हाम्रो प्रतिनिधि पात्र हैन| बरु जाउँ एकपल्ट फेरि बौद्ध र स्वयम्भूतिर जहाँ गेरुबस्त्र पहिरेका भिक्षुहरु देखेर अघिल्लोपल्ट तिमी कति आल्हादित भएका थियौ| उफ्; भर्खरै जुघांरेखी बसेको त्यो केटोको आँखालाई हेर त| कुन्नि कुन् पश्चिमा गायकको नक्कल गरेर उसले कस्तरी कपाल ताछेको छ| आफ्नी १५ बर्षे प्रेमिका लिएर बर्जित फल खान ऊ यता आएको हो र उसले लट्ठ भएर हेरेको दृष्टि सम्भोग दृष्टि हो यस्तो दृष्टि जुन शरीरको रंग र आरोह अवरोहमै अल्मलिएर एक क्षणमै स्खलित हुन्छ| उसले हातमा प्रेयर व्हिल जसरी बोकेको बस्तु तिम्रै आइपोड हो जसबाट अब ऊ छुट्टिन सक्दैन| अंग्रेजीमा फेल भएर क्लासबाट भागेको त्यो केटो कुनै विक्षिप्त, चर्को गानाको तालमा निकै नै बुझेर डुबे जसरी खुट्टा हल्लाइरहेको देख्यौ तिमीले? (दिक्क नमान, भोलि तिमीलाई म म्याथ्यु रिकार्डसँग भेट गराउन कपनको शेचेंन मोनास्टरि लान्छु जहाँ तिमीले खोजेको सम्यक दृष्टि जरूर पाउनेछौ) हाम्रो कुराकानीको दौरान बिगतमा कसरी तिमी मलाई एक पेग थप्ने बारम्बार अनुरोध गर्थ्यौ| मोहभंगको यो स्थितिमा पेगमा रमाउन छाडेर अचेल म मौनतामै बस्छु त्यसैले आऊ बर्तमानको तिम्रो सफल राष्ट्र र इतिहासको मेरो महान राष्ट्रको सम्झनामा एक छिन मौन बसौं| स्वयम्भूका आँखामा प्रज्ञा र करुणाको चित्र देखेर तिमी गएपछि यहाँ निकै रक्तपात मच्चियो, त्यसो त शक्ति र शासनका निम्ति हत्या रोकिएको नै पो कहिले छ र? तिमीले मुग्ध भएर हेरेका यी नीला पहाडहरु छन् नि तिनीहरुकै काखमा कयौं हत्या भएका छन् त्यसैले यी आतंकित पहाडहरु हुन्| तिनीहरुको खुट्टा हुदैन, त्यसैले भाग्न सक्दैनन् र अझै यहीं विवश उभिरहेका छन्| अब त सेता हिमाल मुनि लहरै फुलेका गुराँस र लालुपातेमा समेत रगतको छिटा परेको छ | तिमीले यसरी नै हिमाल हेर्दा कति प्रसन्न चित्तले एकपल्ट भनेका थियौ “यो आँखाहरुको देश हो, दृष्टि भएकाहरुको देश हो” तिमी विश्वास गर्न सक्दैनौ- अहिले यो अन्धाहरुको देश भएको छ| आऊ अतिथि आज म तिमीलाई थुप्रै किसिमका आँखाहरु देखाउँछु- रजस्वला नहुदै बलात्कृत भएकी यी सानी अबोध केटीका आँखा हेर, अरबमा काम गर्न गएको छोरोको लास पो आइपुग्ने हो कि भनेर हडबडाइरहेका यी बूढी आमाका आँखा हेर, पसलमा सामान किन्न गएको भाइ नफर्कुन्जेलसम्म व्याकुल भएका यी दिदीका आँखा हेर- यी सबै त्रस्त आँखाहरु हुन्| आऊ अब एकछिन् बन्द भएका आँखाहरु हेरौं- मंचमा हात उचालेर ठुल्ठुलो स्वरमा चिच्याइरहेको त्यो मोटो मान्छे अथवा टायरमा सलाई कोर्न ठिक्क परेको त्यो पातलो केटो देख्यौ? अत्तर छरेर कामुक स्पर्शको खोजीमा स्वास्नीलाई घरमै छाडेर डान्सबारतिर लम्केको त्यो सुटेड-बुटेड भलाद्मी देख्यौ? बेकरीमा आइस्क्रिम खाएर निस्कंदा सडकमा कुकुरसंगै निदाइरहेका केटाकेटी देखेर ओठ लेप्राउने त्यो व्यापारी देख्यौ? यी सबै बन्द आँखाहरु हुन्| आज नेपाल बन्दको दिन पर्यो-नत्र अरु धेरै बन्द आँखाहरु तिमीलाई म देखाउँथें | तिमीले दिएको चार्ल्स डार्विनको डिसेन्ट अफ् म्यान पढें जसमा बाँदरबाट विकसित हुदैं आधुनिक अवस्थामा मान्छे आइपुगेको व्याख्या छ| तर विकासको यो क्रम हाम्रो पक्षमा भने उल्टो दिशातिर बगे जस्तो लाग्छ | ओ टुरिस्ट आऊ एकपल्ट चोभार जाऊँ- जहाँ तिमीले एउटा बालकलाकारको चित्र र देवलको नक्सा हेरेका थियौ र सहिष्णुता एवं सहअस्तित्वमाथि लामो व्याख्यान गरेका थियौ| आज ती सब छैनन्- तर टाढाको स्तम्भ जस्तो चिम्नी देख्छौ ? त्यो एउटा सिमेन्ट कारखाना हो जुन बिभिन्न राजनीतिक वादको भूँवरीमा परेर आज बन्द भएको छ र त्यो गाउँका युवाहरु रोजगारीका निम्ति पर्देशिएका छन्| त्रस्त आँखाहरु मात्र बसोबास गर्ने त्यो गाउँ- बिन्ति छ हामी घुम्न नजाउँ| मेरो साथी तिमीलाई भोक लागेको होला; मलाई याद छ तिमीलाई गरम गरम मोमो मन पर्छ| तर परिस्थिति अहिले बेग्लै छ; बुढो, रोगी भैसीको मासुबाट बनेको मोमो खाएर मलाई लाग्दैन तिमी सकुशल वापस फर्कन सकौला, त्यसैले आऊ उ त्यो रातोमाटोको घरमा गएर स्याउ किनेर खाऊं| मोमोको कुरा गर्दा त्यो गरीब ज्यापूको पोलिओ ग्रस्त छोरोको याद आयो जसलाई देखेर तिमीले अष्टाङ्गीमार्ग दर्शनको स्वस्फूर्त प्रतिपादन गरेका थियौ| अहिले त्यो बालक प्रौढ भएको छ र उसका आमाबाबु दुबै मरिसकेका छन्| अनि उसको घरमा अब बौद्ध धर्मको कुनै पनि अवशेष बाँकी छैन; रोग निको हुने आशामा पानीमा हिड्न सक्ने प्रभुको शरणमा गए पछि उसले पुस्तौंदेखि जम्मा भएका मूर्ति र थाङ्काहरु सबै बेचिदियो| अझै पोलिओले ग्रस्त, अचेल ऊ घरभित्रै टोलाएर बसिरहन्छ| ऊ थप एक जोर त्रस्त आँखा भएको छ| मेरो साथी- मलाई माफ गर चालिस बर्षको लामो अन्तरालपछि आउँदा पनि मैले तिम्रो स्वागतमा तिमीले लेखेजस्तो एउटा मीठो कविता लेख्न सकिन सट्टामा यो निराशाको प्रलाप लेखें| मलाई लाग्छ- एउटा लामो परम्परा, एउटा सृङ्खला, अनिर्वचनीयताको एउटा क्रम कुनै पनि बेला यहाँ टुंगिन सक्छ| यहाँका मान्छेको आस्था र विश्वासमा भूकम्प गैसकेको छ; अब सांचैको भौतिक भूकम्प आउँदा बचेखुचेका मन्दिर, चैत्य र यी जीर्ण देवालयहरु ध्वस्त हुनेछन्, ग्राउण्ड़ जिरोको त्यो अवस्थामा फेरि स्वयम्भूमा कमलको फूल नफूल्ला, मंजुश्री नआउलान्, अनि सम्यक दृष्टि बोकेका भिक्षुहरु पनि यहाँ नहोलान् | त्यसैले आऊ अन्तिम पल्ट फेरि यो उपत्यकालाई परिक्रमा गरेर प्रणाम गरौं| एकपल्ट फेरि नागार्जुनको चतुष्कोटि तर्क सिद्धान्तको आधारमा हाम्रो अस्तित्वको छलफल गरौं जहाँ हुनु, नहुनु, दुवै हुनु र नहुनु, हुनु र नहुनुमा कुनै पनि नहुनु सबै सम्भव छ; एकपल्ट फेरि आर्तस्वरमा मृत्योर्मा अमृतं गमय पाठ गर्दै हाम्रो अमरत्वको कामना गरौं| सूर्य डुबिसकेछ; आँशुले भिजेका यी आँखाहरु चिम्लेर आऊ निकै बेर मौन बसौं|(शंकर लामिछानेको अर्धमुदित नयन र डुब्न लागेको घाममाथि गरिएको सामयिक चिन्तन)
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
फेन्टासी, यथार्थ र लेखकिय जीवन
निबन्ध
चन्द्र घिमिरे
29, 2012, 5:12
चालिसको दशकले पाउलो हालेको वर्षहरू । धरान थियो मादक । मताउने यतिसरो कि हामी कविताको फेन्टासीमा बाँच्थ्यौँ । कवितामा जीउने भन्दा अर्को साँध सर्पन देख्दैन्थ्यौँ । बजिया...यो सबै गर्ने गराउने धरानै थियो कि ! केही अर्थाेक पनि थियो त उमेर ! हिंड्नै पर्ने बटमलाइनका केही सडकहरू थिए । भानुचौक, चतरालाइन, पुतलीलाइन, फुस्रे, देशीलाइन, छाताचौक, विजयपुरहरू । पुरानो बजार भएपछि जुरेको नयाँ बजार पनि । एउटा गोलार्धमा सानो यूरोप धरानको बिर्तामा थियो घोपाक्याम्प । बेलायती आर्मीका गोरा छालाका धनीहरू त्यहाँ बस्थे । तिनीहरू बेलाबेलामा घोडचढी गर्दै मेरै अगाडीबाट गुज्रिँदा म फेन्टासीको टाटेपाटे घोडामा उफ्रन्थेँ । नजिकै चारकोसे वनमा चोरले कुलेलम ठोके जस्तो गोरेटो र राजमार्ग भाग्थे । दर्शनार्थी र तिनका अछेता पर्खेका मन्दिरहरू बाझेका दाजुभाइझैँ विजयपुरभरि थिए । देशीलाइन सिद्राको गन्ध नथाकिकन हम्कि राख्थ्यो । मंगलबारे चिया पसलमा भोटेपुल र रत्नचोक बीचको ताजा ग्याँग फाइटको गफ चुटिन्थियो । झ्याप्ले शिवेले खैनी ओँठमा दबाउँदै लगत पेश गथ्र्यो । ‘आँखो देखा हाल’ कसकसले कति दनक दियो र खायो । मेरो कविताको फेन्टासी दौड्न्थ्यो मेरो गुन्द्रुके कपाल थप बिगार्दै । पानमाराकी भट्टराइनी बज्यै दुध बेच्न सेउती खोला तर्दै हुन्थिन । भेडेटारतिर राजारानीको देवान साइँला लामपाते रायोको डोको धरान खसाल्दै हुन्थ्यो । आइएस्सीकी गोलो अनुहारकी मिरा हात्तिसार क्याम्पस उक्लन्थी । मेरो साथी दिले उर्फ दिल बहादुर क्यारम बोर्डमा फुर्तीले क्विन खान्थ्यो । यस्तैमा मेरो काव्यिक फेन्टासी बिहानको घामझैँ बिरालो चालमा हुर्कन्थ्यो ।धरानलाई दुई तिरबाट बाँकटे हानेका सर्दु खोला र सेउती खोला । पन्चकन्या वनमा धराने राजेश खन्नासँग मुमताज डेटिँग गर्थिन रे पहिले । एक जोडी धराने चेलीहरू राजेश खन्नाका खातिर घर छाडेर एकदिन मुम्बइ हान्निएको खबरले छोरीका अभिभावकलाई सँधै पिरोल्थियो । मेरो पुस्तामा धराने सँस्करणका कमल हसनसँग सल्केकी रति अग्निीहोत्री डेटिँग गर्थिन । पन्चकन्या वनको पोथ्रामा छलिएर । फेन्टासी सँगसँगै ।पन्चायत समयमा पव्लिक स्कूलको चौर उदार थियो । जुलुस र नाराहरू एकसरो बजार परिक्रमा गर्थे । यस्तैमा जनमत संग्रह थियो । भाषण चल्दा चल्दै खैरो रंगको पुरानो चेक कोट लाएका गिरिजाबाबुलाई पव्लिकको मन्चमा पुलिसले लतारेको देख्नु पयो । कैलेकहीँ अनौठा अनुहार झुल्किन्थे छाताचोक तिर । हाम्रा कानसम्म कुद्दै खबर आइपुग्थ्यो । अमुक भूमिगत पार्टीका कामरेड हुन् । यी सप्पै राजनीतिक फेन्टासी रन्काउन काफी थिए । सबैलाई फेन्टासीको भागशान्ति थियो । ब्रिटिश आर्मीमा भर्ती लाग्ने अर्को लर्को । खाली चौर नदेख्दै दगुर्ने । कल्पन्थे छुट्टीमा घर फिरौँला । नरमायाँलाई यसपाला सिन्दुर हालौँला र घडेरी जोरौँला । बसपार्कमा खलाँसी गर्ने उत्तरकुमारको बुबा डिकबहादुर ड्राइभर बन्ने दाउ लाउँथे । सबै फेन्टासी । धनकुटे रोड बन्दै थियो पैँतिस साल अघि । एकरात किचकन्नी देखियो रे । देख्ने कामदारले दिनमा नदेख्ने र रातीराती मात्र देख्ने । सेतो सारी लाएर भर्खरै खनेको बाटोमा कसैलाई कुरेकी । खबर बाटो खनाउने गोरासापकहाँ पुगेछ । गोरा साप दिउँसोले हेर्दा पहरो फुटाउँदा एउटा ठूलो ढुंगो पल्टेको पाए । जतन साथ गाडीमा लोड गराए । किचकिन्नी मन्सियो । बाटो खन्ने कामदारले सन्चो माने । पछि सुनियो त्यो कुनै बहुमूल्य पत्थर थियो । धन कमाउन असफलहरूलाई यो फेन्टासी वितरणमा आयो । कवि वेणु आचार्य एकदिन निकै सिरियस देखिए । मसिनो स्वरका दाइले चश्माको नम्बर डाक्टरले दिँदा पनि किन्न नसकेको सुनाए । यसैले कविता नलेखेको गुनासो गरे । यस्तैमा दाइलाई ससानो खर्च दिने अवसर मलाई पनि जुरेको छ । दाइको पिउने बानीको बद्ख्वाइँ चल्थ्यो दाइसर्कलमा । आदरणीय वेणु दाइ कविताको फेन्टासीमा बाँच्दैछन् । अर्का नरेश शाक्य दाइ । एकपल्ट भेट्न पुगेँ । धरानमा भाडाको सटरजस्तो एक्लो कोठामा । कविता लेखेका नोटबुकहरू बिस्कुन पल्टेका । ती ‘होलटाइमर’ कविले बिहे गर्न पनि नभ्याएका । झुस्स नाबालक दारी नमिलाइ राखेका । दोस्तोवयस्की, कामुका उपन्यास पढदा भेटिन्थे यस्ता पात्र । पृथक फेन्टासीमा होम्मिएका । ‘होलटाइमर’ बारे कोलकातामा हिँजोमात्रै सुनिल गंगोपाध्यायलाई कोट््याएँ । सुनिल दाले कवि मित्र एलन गिन्सवर्गलाई सम्झिए । गिन्सबर्गले कहिलै जागिर खाएनन । भन्थे रे ‘सुनिल...कविले २४ घण्टा कवि बाँच्नु पर्छ’ । सुनिल दा थप्छन् अमेरिकामा ‘होलटाइमर’ बन्न संभव थियो । प्रवचन दिएको पारिश्रमिकले । भारतमा असंभव । मैले कोलकाताको आनन्दबजार लगायत अनेकन पत्रिकाहरूमा काम गरेँ । चैत्र २०६९ को एकदिन गफिँदै थियौँ कवि मित्र मनु मन्जिलसँग । प्रसँग आयो ‘अर्को जमात’ का धराने कवि रमेश के.सी.को । उनी पनि विगतमा गिन्सबर्गबाट प्रभावित ! गिन्सबर्गलेझैँ जीवनलाई अर्गनाइज नगर्नु उनको परिचय बनेथ्योे । मनु बोले ‘कविले पनि जीन्दगीलाई अर्गनाइज गर्न सक्छ’ । जेहोस रमेश फेन्टासीमा बेरिएका एउटा ज्यूँदो उदाहरण हुन । मसँग मास्टर बनुँला भन्ने स्वप्न थियो । त्यो पनि कुनै गरिब र विकट गाउँमा । जाजरकोटे आली टेक्दै हिँडेको देख्थेँ । बाजुराको कुनै स्कूले ब्लाकबोर्डमा चक घोटदै गरेको पाउँथे । हुम्लामा कतै हेड मास्टर भाको देख्थेँ । जिउन थोरैले फेन्टासी जारी राख्छन् । धेरैले रियालटीसँग अँगालो हाल्छन् । कसैले ती दुवैको एउटा इक्विलविलियम जुराउँछन् । लेखकको परिवार र समाजले पूर्णफेन्टासी शायदै रुचाउला ! आखिर समाज बजारबाट निर्देशित छ । बजारको कोरियोग्राफीमा तामझाम हुन्छ । बजारले फेन्टासीमा हैन, यथार्थमा बाँच्न उपभोक्तावादको स्कूलिङ दिन्छ । चवालिस सालमा काठमाण्डौ छिरेँ । फेन्टासीबाट ‘सर्कने’ क्रम त्यहीँनेर शुरु भएथ्यो । पैले नेपाल राष्ट्र बैँक र पछि नेपालको सरकारी सेवामा छिरेँ । मेरा समकालीक कवि मित्र श्रवण मुकारुँगले फेन्टासीमा जिउने कोसिस गरे । अझै गर्दैछन् । कुनै जागिरको पुच्छर निमोठ्दै हिंडेका छैनन । मैले त्यो सकिन क्यार ! शायद बैरागी काइँलाले सके । जगदिश घिमिरेले भ्याएनन क्यार !यर्थाथको शरणमा पुगेपछि जागीरमा चुर्लम्म भएँ । जागीरले मेरो समय कब्जामा लियो । स्वतन्त्रता फुकाल्दियो । एउटा साँघुरो घेरामा बस्नु पर्ने भो । दश र पाँचको रुटिनभित्र बाँधिनु पर्ने भो । यस्तैमा लेखनलाई प्राथमिकता दिन सकिन । दुई दशक चिप्लेर खसेछ मेरो उमेरको आकाशबाट । कविताबाट पर सरेर ।सरकारी जागीर साहित्य मैत्री छैन । साहित्य र सरकारी जागीर सँगै जान गाह्रो मान्छ । साहित्यमा आउन ईच्छुकहरूलाई सरकारी जागीरमा आउन म उत्साह दिन्न । सबूत छु म आँफै । छँदाखाँदाको दुई दशक गुमाएँ । ‘मौन शिविर’का सशक्त कवि विमल कोइराला आफैँ मौन भएथे । लु का चर्चित उपन्यासकार नयनराज पाण्डे सुनाउँछन् । यथार्थका पछि भाग्दा कैले फिल्म बनाउन दौडिएँ । अरु के गरँेगरेँ जिउन । त्यस्तैमा पन्ध्र वर्ष सिध्याएँ । ऐले सक्रिय साहित्यमा फिरेको छु । कसो लु जस्तो उत्कृष्ट कृति बेपत्ता भएनछ उनको ! जागीरमा सन्केर बस्छ समय । ऊ रुटिनमा आबद्ध हुन्छ । समय नहुँदा ऊ भित्रको कुनै लेखन प्रोजेक्ट त्यसै मुर्झाएर बस्छ । एकदिन बिस्मृतिबाट घरबिदा लिन्छ । बिस्तारै भित्रै मर्छ । मरेको समवेदना कतै ननिस्कनेगरी । यस्तै भाको छ मलाई ।जागीरमा बात लाउने नियम कानून छन् । आचारसंहितामा गर्ने भन्दा नगर्नेको लिष्ट लामो हुन्छ । यो ध्वँसवादी ज्यादा हुन्छ । जागीरे आचारसंहिताले उसको बिस्तारै हत्या गर्दै लैजान्छ । कुनै स्लो पोइजनझैँ । मलाई कैलेकहीँ वेश्यालय जान मन लाग्छ । कथाका पात्रहरू बुझ्न । गल्लीको कुनै मदिरालयमा पस्न र बस्न मन हुन्छ । कविताका प्लटहरू टिप्न । कुनै हाटमा भूइँमा बसेर चटकेको चट्क घण्टौँ हेर्दिन मन लाग्छ । तराइको कुनै मेलामा ‘मौतका कुंवा’ हेर्न मन हुन्छ । बात लाग्ने डर र तथाकथित प्रोटोकलले म त्यो सक्दिन । नेपाली साहित्यमा समूहगत चर्को मोर्चाबन्दी छ । समूह भएपछि एउटाले अर्कोलाई कन्याउने, अर्कोलाई फेरि अर्कोले कन्याउने । अझ ठूला मिडियाहाउससँगै भए ‘अलेक्जेण्डर द गे्रट’ पक्का । एकै बलिङमा अनेकौँ पुरस्कार । यो माहोलमा जागीरे लेखक बजारमा ‘लेक्टोजिनबेबी’ भैँ पछारिन्छ । कवि श्यामलले मलाई सुनाए ‘पोलिटिकली इनकरेक्टनेस’ खतरनाक छ । पागलपनको खाँचो हुन्छ लेखनमा । मेरो जागिरले पागल भएको सहँदैन । पागल भए त्यही अतो थापेर अवकाश दिने कानून छ । लेखकिय ‘एब्नर्मालिटी’ उर्जा हो । यो अनिवार्य नियतिबाट गुज्रिन दिँदैन हाकीम उत्पादन गर्ने हाम्रा जागीरे संस्थाहरूले । यसैलाई देखेर होला गिन्सबर्गले जागीरविहीन चौबिस घण्टे लेखकको वकालत गरेथे । घर पनि कैलेकहीँ बैरी भइदिन्छ । मेरै श्रीमती कैलेकहीँ झिँझो मान्छिन् । घण्टौँ लेखन र पठनमा झुण्डिएको देखेर । बास्तवमै लेखकले अन्याय गर्ने रैछ परिवारप्रति । लेखककी स्वास्नी दुखान्त बाँच्छे । लोकप्रिय लेखकसँग पाठक खुसी भएपनि परिवार खुसी नहोलान ? मेरो छोरो सौरभ दुइतीन वर्षको छँदा मेरो किताब मिल्काउँथ्यो च्यात्थ्यो । उल्लाई लाग्यो होला किताब पढ्दा बाबु हुनुको नियम उल्लँघन गर्दै थिएँ । सृजनासाधनाले ज्यामितिय उर्जा माग्छ । त्यो साधारण जीवन शैलीबाट शायदै संभव छ । यथार्थमा बाँचेको लेखकले यूनिक प्लट भेट्टाउँछ । तर कतिपयमा समाज विरुद्ध र कतिपयमा राज्य विरुद्ध लेख्नु पर्ने हुन्छ । लेख्ने र नलेख्ने ‘द्धन्द्ध’ हुन्छ । आखिर प्लटलाई थन्काएर मन मार्छ । लेख्दापनि यति बिम्बात्मक लेख्छ त्यो संपे्रषणीय हुँदैन । बिम्बात्मक र दुरुह लेखन सौन्दर्यका लागि मात्र लेखिएका होइनन होला । छल्नका लागि पनि होला !एनडिटिभीमा लाइभ बहस चल्दैछ । दिल्ली विश्वविद्यालयका भीसि, लेखक चेतन भगत तथा शिक्षाविदहरू । दिल्ली विश्वविद्यालयमा यस वर्ष १०० प्रतिशत कटअफ तोकेको बारेमा । सोध्छन् चेतन भगत म पचासी प्रतिशतले बाँचे । कता लैजाँदैछौ तिमीहरू यी होनहार विद्यार्थीहरूलाई ? यो प्रतिस्पर्धाको मामला हो । साहित्य अछुतो छैन । लेखक चाहे बाँचोस फेन्टासीमा, चाहे यर्थाथमा । चाहे होलटाइमर, चाहे पार्टटाइमर । चासो छ, कति संस्करण निक्लियो ? मार्कसिट बोकेको विद्यार्थी जस्तो लेखक ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
नारायणी जीवनको गतिमा बग्छ
निबन्ध
रमेश सायन
22, 2012, 6:03
नारायणी आसपासमा छु । साँझको एउटा रातो घाम धनीराम थारुको माछा मार्ने जालको अगाडिपछाडि पौडिरहेको छ । लाग्छ, यो साँझे घाम धनीराम थारुसँग बिदा माग्न उसको निधार भएर पानीमा पौडिरहेको छ । वारीपारि डुंगा तैरिहेका छन् । माछा मार्ने केही ठिटौलेहरु स्कुल पोसाकमै अइपुगेका छन् । केही थारु सुन्दरीहरु नदी किनारमा तैरिहेका छन् । पानीमा पौडिरहेको घाम कुनै शब्दसँग नसमेटिनेगरि कामुक उत्तेजनामा छ । सिंगो नारायणी रातो रगंमा पोतिएको छ । केहि पानी हाँस र बकुल्लाहरु घामको रंग चोर्न आइपुगेका छन् । पारी चितवनको जंगलमा चराहरुले लुकाइरहेको एउटा कुमारी संगीत नारायणीमा पौडिदैछ । म डुंगामा उभिएर कविहरु सम्झिरहेको छु । यो दृष्यसँग उनिहरुको काल्पानिक अनुहारको उत्तेजना सम्झिरहेको छु । उनीहरुको रहर र आँखाको लय सम्झिरहेको छुु । भावभंगी सम्झिहेको छु । केही कविलाइ त फोनैबाट सुनाइदिएँ घामको रंग र चराहरुको संंगीत, माझिको जाल र सुन्दरीको कपालबाट खसेको अन्तिम थोपा पानीको तप्केनी । मंसिरे हतार भर्खरै सकिएको छ । नारायणी आसपासका थारु भिलेजहरु फुर्सदमा छन् । अबेरसम्म तराईमा घाम खस्दैन । कारणमा बाग्लो हुस्सु छ । तथापि धर्म नछाडि नारायणीमा रंग थप्न आइपुग्छ साँझको रातो घाम । हात्ती सवार टुरिस्ट निकैबेर टोलाइरहन्छ किनारमा उभिएर । हातले पानी छुन्छ र घाम समात्न खोज्छ । पारी चितवनमा जंगल सफारी गरेर फर्कनेहरु घामलाई पछाडि पारेर थारु भिलेजमा बासबस्न आउँदैछन् । कोहि कोहि बयल गाडामा चडेर सुस्तरी लामा फाँटहरु आँखाले नापिरहेछन् । के सोच्दा हुन् यी दुरदराजबाट आइपुगेका फिरन्ते यात्री । नदी किनारको चौरमा तीन बृद्ध थारु आमाहरु घामको अन्तिम विदाइमा उभिएझै डिलैमा उभिएका छन् । तीनै जनाको अनुहारमा पाको हिउँद छ । गोधुली साँझ कुल्चेर गाइबाख्रा फर्काइरहेका छन् गोठ तिर । अनुहारको झेलिदो मासुले बुढ्यौलीको प्रमाण खोज्न गाह्रो हुँदैन । त्यही पनि पुरानो ट्याटुको दाग सुहाएकै छ पाखुरामा । अनुहारमा घामजस्तै सुकिलो मुस्कान छ । कपालमा नारायणीको पुराना हिउँद वर्षादका सेता चिन्नहरु छन् । उनीहरुको ओरिजिनल थारु अनुहार क्यामरामा कैद गर्न खोजें । तर, ती बुढो अनुहारमा पनि मध्य जवानीको लाज हाबी हुन्छ । केही बेरको अनुरोध पछि तीनै जना लाइनमा उभिन्छन् तर लुकाइदिन्छन् अगिको हाँसो , अगिको मुस्कान, अगिको अनुहारको तेज । म त्यत्तिकै गल्छु । पाइलैपाइलामा घामपानीको कला भेटिन्छ । पेन्टिगं चित्र जस्तो छ नारायणी । यता नवलपरासी झरेपछि मेरो फुर्सदिला शनिबार थारु भिलेज आसपास बितेका छन् । नारायणीे किनारमा पल्टेर आकास हेरी टोलाउँनुको आनन्द अर्कै छ । साना दुःखहरु विर्सन यता आउँछु । ठूला खुसिहरु साटन यता अउँछु । घाम पानीको रंग बेजोड सुहाएको छ, यो जंगलको वीचभागमा । एउटा फिरन्तेको लागि यो भन्दा धेरै सुन्दरता खोज्न कहाँ जानु छ र अन्त । नदी छेउ पल्टेर विर्सदै छु, जीवनमा कहिल्लै नसुहाउने आकार । अखबारका हेडलाईनहरु । सडक दुर्गटनाका दृश्यहरु । राजनैतिक समाचारका मेल बेमेलहरु । सबै विर्सदै छु । राजमार्ग छिचोलेर यहाँसम्म आइपुग्दैन देशको चिन्ता । जीवनको योजना र कार्यान्वयनका लामा सुचीहरु । बालुवामै खसि हरायो प्रेमिकाको डायरी र पुराना यादहरु । आमाको दिर्गरोग । मेरै अनुहारको अन्तिम हुलिया । मृत्युको चेतना । जीवनका हार जीतहरु । बिजय पराजयहरु । सबैथोक भन्दा माथि छ यो नारायणी किनार । ॐ जीवन । म एक्लो छु । यहाँ मेरो संसार छ । यो नदीको किनारा विशाल छ । शान्त छ । यहाँ जीवनको तेज छ । गति छ । छुट्टै किसिमको लय छ । मलाई कसैले यो बालुवामा उफ्रदै गरेको देखे एउटा आफु अनुकुल परिभाषित चित्र भनि ठान्दो हो । म विहानको घाम सँगै यता आइपुगेको हुँ । तर, हुस्सुले म तिर ओर्लदै गरेको घामको बाटो आँखामा पर्न दिएन । पल्टिरहें चिसो बताससँग । बिहान आउँदा अर्कै थियो यो बगरको रुप । पानीको रंग । बतासको स्पर्श । अहिले फेरिएको छ । विहान एक हुल कागहरु यतैबाट जंगल पसेका थिए । कुहिरोमा काग एक गजबको संयोग । कता हराए हराए उड्दा उड्दै । पाइलाबाट जीवन हराए झै । सपना, रहर हराए झै । फरार भए कागका बथान । लगे एउटा कर्कस निजी संगीत जो लिएर आए थे आफैसँग । म पनि हराउन के बेर जीवनकोे बृत्तबाट । मेरो आयतन खुम्चन के बेर यो हिउँदे नारायणी खुम्चे झै । जीवन यही नारायणी त हो नि, कहाँ कहाँबाट बग्दै बग्दै ओरालो खस्छ । म आमाको काखबाट बगे नारायणी माथि हिमालबाट बग्यो । आमा र हिमाल उस्तै त हो । कहाँ पुग्नु छ नदीलाई ? र भेट्नु छ गन्तव्य । ओरालै बगिरहन्छ । न फुर्सद छ, न हतारको बेग । एक चालमा दौडिरहेछ वरपर सेताम्मे कास फुलाएर धिमा हिउँदे नारायणी । म पनि त बगिरहेछु । मृत्युको महासागरतिर । जीवन पनि त चलायमान छ । चलिरहन्छ । नदी झै बगिरहन्छ । यो नारायणी थुनेर कहाँ रोकिन्छ । जीवन पनि त रोकिदैन । जन्मनु मृत्युको लागि नै हो । मुहान पनि बग्नकै लागि हो । म जन्में मर्छु । नारायणी जन्म्यो बग्छ । मेरो मृत्यु झै यो नदी महासागरमा विलाउँछ । त्यस बेला मेरो आँखाको नारयाणीले आफु बग्नुको परिभाषा कहाँ पाउँला । माथिमाथिबाट बगि आएर सागरमा जम्नुको पीडा कसरी अनुभूत गर्ला । यो छातिमा नचाइ हिड्ने माझीको डुगांको चाल नारायणीले, महासागरमा कसरी सम्झला ? ओरालो बग्दै गए सिंगो नारायणी नुनिलो गन्दमा फेरिएला । ॐ नारायणी ।मेरा पुर्खाहरु विलाए, र म आँए । म पनि विलाउँछु र मेरा सन्तानहरु आउँछन् । उनीहरु पनि मृत्युको महासागरमा विलाउँछन् । आखिर आउँने विलाउने क्रम नदी बग्नु जस्तै हो । बगिरहन्छन् । यो सिंगो मानबसभ्यता बगिरहन्छ । घाम हेर्दाहेर्दै विलायो । आखाबाट खस्यो । अब रंगहरु कतै छैन । विस्तारै धमिलो कालो रंगमा फेरियो नारायणी । बिहान अर्कै थियो । अगिसम्म पानीमा रंग घोलिरहेथ्यो र अहिले एकदम कालो भएको छ । ठ्याक्कै फेरिदो जीवन बगेको छ, नारायणी । नारायणीले बेद बगाइ लान्छ । कुरान, त्रिपिटक, बाईबल बगाइ लान्छ । यशु लैजान्छ । बुद्ध, कृष्ण, पैगम्बर महमद बगाइ लान्छ । मस्जिद, मन्दिर, गुम्बा, चर्च बगाइ लान्छ । नदी सबै आस्थाहरुको बेग हो । नदी आस्थाको पनि आस्था हो । यो सँग भेद छैन, विभेद छैन । आफ्नै रुप छ । आकार छ । यो धर्म चिनेर प्यास मेटाउँदैन । मेरो छायाँ हरायो । हिजो साँझ पनि हराए थियो । घाम थियो र छायाँ थियो । अहिले घाम छैन र छायाँ छैन । यसैगरि जन्मेदेखि हरेक साँझ छायाँ हराएको छ । अब विस्तारै जीवन पनि हराउँछ र एउटा जीवित संसार सधै छायाँ हराए झै हराउँछ, घाम बाट । म नदी किनारामा आजको छायाँ हराएर फर्कदै छु । डुब्दै गरेको घामसँग आजको अन्तिम आयु बाँचेर पर्केदै छु । आजको मेरो आयु यही नारायणीले बगाइ लग्यो ।फर्कदै गर्दा अलिकति जंगलको बाटो हिंड्छु । अग्ला रुखहरुबाट पातहरु खसिरहेका छन् । पातमा एक किसिमको लय छ । यसमा पनि जीवनको संबाद छ । यी पातहरु पनि समयसगैँ बगिरहेका छन् । यी हाँगाहरुमा पनि समयको तेजाब छ । यी रुखका जराहरुमा पनि बेग छ । पुरै अध्यारो भैसकेको छ । थारु भिलेजको अलिकति बिजुलीको चमक आँखामा देखिदै छ । सम्झन्छु, अगिका ती बृद्ध थारु मुस्कान । नारायणी साँक्षी बसेको उनीहरुको थोते मुस्कान पनि ओरालै बगेको छ नत्र मुस्कानसँग जीबनको के लेनादेना हुँदोहोर मुस्कानकमा बुढ्यौली चडदो हो । सीधा सेतो बाटोमा म एक्लो छु । पछाडि फर्केर हेर्छु । निकै पर नारायणी यो तराईको शीतमा ओसिलो बगेको छ । आफ्नै गतिमा जीवन बगेको छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
प्रेम जीवन मात्र हैन मृत्यु पनि
निबन्ध
नन्दलाल आचार्य
25, 2012, 3:46
नन्दलाल आचार्य
प्रिय मित्र,कान हुनेसँग शब्द सुनाइन्छ, मन हुनेसँग मन साटिन्छ । अहिले तिम्रा लागि भनी शब्द सुनाउनुको कुनै अर्थ छैन । तिमीकहाँ मेरो मन पठाउने ध्येयले निरर्थक शब्दहरूको लहर बनाउँदै छु । घर जलिसकेपछि दमकल आउनुको कुनै मूल्य हुन्न । मन बुझाउने प्रयत्नस्वरूप मन खोल्दै छु । सिकेका सबकहरू पैलाउँदै छु । एक छोरी र एक छोराले घेरिएकी, काखमा तिम्रो अनुहार हेर्न नपाएको गर्भे टुहुरो छोरालाई लिएकी, रूञ्चे र श्वेत वस्त्रमा प्रस्तुत भएकी, बेल्टारको कुनै घरको आँगन पोलेर भित्र्याएकी तिम्री धर्म पत्नीको दिनचर्या केवल घाम ताप्नुछ, तिम्रै यादमा आँसु बगाउनुछ र पछुतोका शब्दहरू जोडेर एक्लै, एक्लै बरबराउनुछ । मित्र, म नसम्भूँ भन्छु, सम्झी हाल्छु । जुन कुरोलाई विर्सन खोजिन्छ, त्यही कुरो बरोबर याद आइरहनु नै मानवीय स्वभाव हो क्यारे । तापिन ती पाटाहरूलाई एकै पटक बिर्सन प्रयत्न गरेँ । । आफ्नो दिमाखलाई शुद्ध र सादा पार्न चाहेँ । भनेजस्तो हुँदो रहेनछ मित्र ! तिम्रै यादगारका धेरैधेरै कुराहरू मेरै वरपर छन् । ती कुरा देख्नासाथ मन नथामिँदो रहेछ, एकाएक भक्कानिँदो रहेछ । कहिले काहीँ एक्लै म खुब रून्छु । तिम्रै यादमा आँखाबाट आँसु बगाउँछु । कोही, कसैको मनभित्र पस्न कोही नसक्ने रहेछ ।जब त्यो दृश्य अगाडि आइदिन्छ, जब तिमी मन अगाडि तेर्सिदिन्छ््यौ, मन भक्कानिन्छ । मन थाम्न सक्दिनँ । मुस्किलले दबाएर राख्छु तर अश्रुधारा बर्षिन कसैले रोक्न सक्दैन । किनकिन म आफैँ थेगिन सक्दिनँ । मलाई थाहा छैन । मेरो रगतको नाता यस समाजसँग छ तर तिमीसँग थिएन । तर, भावनाको नाता पो विराट हुँदो रहेछ । रगतको नाताभन्दा भावनाको नाता कयौँ गुणा ठूलो हुँदो रहेछ । अभावमा पो मायाममता बर्षंदो रहेछ । यत्तिविघ्न विक्षिप्त मनोदशा हुनुमा पक्कै पनि तिमी र म बीचको अघोषित कार्यगत एकताको लामो श्रृङ्खलाले हो । नत्र मन यसरी किन मडारिन्थ्यो, जल्थ्यो र भुट्भुटिन्थ्यो ।मित्र ! तिम्रो निर्दोष चरित्र सम्झन्छु । सारालाई आफ्नै परिवारजन सम्झने व्यवहार याद गर्छु । तिम्रो त्यो निष्कपट चञ्चलता र शिष्ट चुलबुलेपनको महसुस गर्छु । बिर्सेको भानमा हराउन खोज्छु र पनि सक्दिनँ । म के गरूँ ? भन मित्र ! म के गरूँ ? तिम्रो सम्झनामा छट्पटिएर नबसे के गरूँ ? म मनबाट तिमीलाई कागजमा उतार्न लेख्दै छु । सदाको लागि बिर्सन यसो गर्दै छु । केबल एक पटक लेखेपछि पुनः कहिल्यै नलेख्ने सोचमा उभिएको छु । धिक्कार छ, लाजपचेको समाजलाई, गतिछाडा त्यस कुरूप सोचलाई र निर्दयी परिस्थितिलाई ! यत्तिखेर तिम्रो मायालु लवज र निर्दोष आवाजले मलाई झकझकाइरहेछ, व्युझाइरहेछ, बेचैनीमा पारिरहेछ । कताकता म तिनै शब्दहरू सुनिरहेको छु ‘ यार ! जिन्दगी यस्तै हो । धर्म पूरा गर्दै जानुपर्छ । जसका छोरी जीवनमा आए पनि खुशीसाथ जिउँनुपर्छ । संसारलाई हँसाएर जिउँनुमै जिन्दगीको साँचो आनन्द छ !’ तिम्रो बोली पटकपटक सुनिरहेको छु । अहिले पनि वरपर गुञ्जिरहेझैं लाग्छ । तर, तिमीले त हँसाउँदा, हँसाउँदै रूवाएर गयौ । तिमी हामीलाई छाडेर किन गयौ ? यार, असी वर्ष उमेर काटेका बाबुआमा तिम्रा साथमा थिए, कलकलाउँदा छोराछोरी वरपर थिए, भरभराउँदी शिक्षित धर्मपत्नी साथमा थिइन्, दुःखसुखले सिर्जना गरेको दुई तले महल फत्तेपुर बजारमा थियो । धन, मन र ऐश्वर्यले भरिपूर्ण आधा दर्जन अधिक दाजुभाइ थिए, सरकारी जागिर थियो, क्याप्टेन हुन अब केही बेर लाग्दैनथ्यो । यार ! तिमीसँग के थिएन, भन के थिएन ! मेरो यो आँखा र निष्कपट मनले त भनिरहेछ ‘सबथोक तिमीसँग थियो ! मेरो सङ्गत त छैन तर पतिपत्नीका बीच अघोरै प्रेम थियो, विश्वास थियो । बजबुत संसार थियो । नचर्ककने, नहल्लने, नथर्कने धरोहर थियो । प्रौढ मातापिताको स्याहारसुसार गर्न पाउँदा तिमी भाग्यवानी ठान्दथ्यौ, सासुससुराको सेवाटहलमा समर्पित हुन पाउँदा र पतिदेवको मुहारमा खुशी नाचेको हेर्न पाउँदा तिम्री धर्मपत्नी पनि आफूलाई सौभाग्यवती ठान्थिन् । तर, आँखा लागे सत्रुका ! एउटा सत्रु होइन, दुइटा सत्रु होइन, थरीथरीका सत्रु भए ! तिम्रो प्रेममय नजरले कसैलाई थोरै पनि अविश्वास गर्न सकेन । तिम्री पत्नीको कोमल हृदयमा पनि कसैले जहर प्रवेश गराएको पत्तै भएन । दुर्भाग्य ! अन्जान, अन्जानैमा के के भयो, भयो ! परिणाम नसोचीकन काम भयो । नचर्ककने, नहल्लने, नथर्कने तिम्रो पारिवारिक संसार एकै पटक कयाक्कै भाँचियो र गल्र्यामगुर्लुम खस्यो । सबै जना छाँगाबाट खसेझैं भए ।’अरू के नै लेखूँ र ! मैले पढेको र तिमीलाई सुनाउन चाहेको दार्शनिक ओशोका जीवन बारेका केही कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु मेरा प्रिय आत्मन्, जीवनको खोजका सम्बन्धमा केही कुरा तपाईंहरूलाई भन्नेछु । हामी जसलाई जीवन भन्दछौं, त्यसलाई जीवन भनी बुझ्ने कुनै कारण छैन । र, हामी जसलाई जीवन भनिरहेका छौं त्यो जीवन होइन भन्ने स्पष्ट नहुञ्जेल, यथार्थ जीवनको खोज प्रारम्भ हुन सक्दैन । अन्धकारलाई नै कसैले प्रकाश मान्ने हो भने प्रकाशको खोज हुन सक्दैन । र, मृत्युलाई नै कसैले जीवन मान्ने हो भने जीवनबाट वञ्चित हुन पुग्छ ।असाध्यै थोरै व्यक्तिहरूलाई मात्र जीवन उपलब्ध हुन्छ । जन्म सबै व्यक्तिले पाउँछन् र अधिकांश व्यक्तिहरू जन्मलाई नै जीवन सम्झिने भूल गर्छन् । जेलाई हामी जीवन मान्दछौं, त्यो केवल एउटा जीवन पाउने अवसर हो पाउने वा गुमाउने । किनकि त्यसबाट जीवन पाउन पनि सकिन्छ र जीवन गुमाउन पनि सकिन्छ ।हामीले जेलाई जीवन भनी जानेका छौं, त्यो केवल एउटा अवसर हो, त्यो एउटा सम्भावना हो । त्यो एउटा बीउ हो, त्यसमा केही विकसित हुन पनि सक्छ र नहुन पनि सक्छ । बीउ व्यर्थै रहने, त्यसमा कुनै टुसा नपलाउने, कुनै फूल नफुल्ने, कुनै फल नफल्ने पनि हुन सक्छ । दुवै कुराको सम्भावना छ । र, आजसम्म जस्तो भएको छ, अधिकांश व्यक्तिहरूको बीउ व्यर्थै रहन जान्छ । असाध्यै कम व्यक्तिको जीवनमा टुसा पलाउँछ, फूल फुल्छ र सुगन्ध आउँछ । यस्ता थोरै व्यक्तिहरूलाई हामी पुज्दछौं, उनीहरूलाई सम्झन्छौं, तर एउटा के कुरा सम्झदैनौं भने ठ्याक्कै त्यस्तै बीउ हामीले पनि पाएका छौंं र ठ्याक्कै त्यस्तै सुगन्धको प्राप्ति हामी पनि गर्न सक्छौं ।महावीर, कृष्ण वा क्राइष्टलाई देखेर पनि जसको मनमा मभित्र पनि ठ्याक्कै त्यस्तै बीउ छ र म पनि ठ्याक्कै उनीहरूकै जीवन जस्तै जीवनलाई उपलब्ध हुन सक्छु भन्ने अपमानको बोध जन्मदैन, उसको सबै पूजा व्यर्थ हुन्छ, सबै ढोंग हुन्छ र पाखण्ड हुन्छ एउटा कुरा । त्यो पीडाबाट जोगिन नै हामीले कृष्णलाई, बुद्धलाई, महावीरलाई भगवान्््््् बनाएर राखेका छौं । यसै पीडाबाट जोगिन । किनकि यदि उनीहरू पनि मनुष्य हुन् भने हामीमा आफू मनुष्य हुनुको ग्लानि प्रारम्भ हुनेछ । यदि उनीहरू पनि हामी जस्तै मनुष्य हुन् भने हामी जोगिने कुनै ठाउँ, कुनै सम्भावना रहने छैन । त्यसैले जोगिनका लागि अपमानले, पीडाले, दुःखले उनीहरूलाई भगवान््््, ईश्वरका पुत्र, तीर्थंकर र खै केके हो अबुझ कुराहरू हामीले उनीहरूमाथि लादेका छौंं । सबै नै हामीजस्तै मनुष्य हुन् । सबै मनुष्य थिए । तर केही मनुष्यबीउ ठीक तरिकाले विकसित हुन्छन् र तिनभित्र परमात्माको प्रकाश प्रकट हुन थाल्छ । धेरै बीउ विकसित हुन पाउँदैनन् । धर्मको कुनै सम्बन्ध छ भने त्यो यसै कुरासँग छ कि सबै बीउहरू जे हुनुपर्ने हो त्यो हुन पाऊन् । जे उनीहरूभित्र छ त्यो प्रकट होस् । र, त्यसका लागि सबैभन्दा पहिलो आधारभूत, जरूरी कुरो, जुन म आज तपाईंहरूलाई भन्दै छु, जवसम्म, हामी जुन दिशा हिँडिरहेका छौंं र जे गर्दै छौंं त्यो एकदमै गलत छ भन्ने सम्झना नआउञ्जेलसम्म, कुनै क्रान्ति, कुनै परिवर्तन र कुनै मोड सम्भव हुनेछैन ।यो करिव करिव जसलाई हामीले जीवन जानेका छौंं त्यो दिनदिनै, विस्तारैविस्तारै मर्दै जानुभन्दा बढी केही पनि होइन । र, लामो मृत्युलाई जीवन भन्न सकिँदैन । सत्तरी वर्षमा एउटा मान्छे मर्छ, यो सत्तरी वर्षसम्म मर्ने क्रिया चल्छ । सय वर्षमा कोही मर्दो होला, कोही पचास वर्षमा मर्दो होला । यो मर्ने लामो क्रियालाई नै हामी जीवन सम्झेर चुप लागेर बस्छौंं । हिजो तपाईं जतिको हुनुहुन्थ्यो, आज त्यसभन्दा एक दिन कमको हुनुभयो । भोलि अझ एक दिन कमको हुनुहुनेछ । तपाईं जेलाई उमेर बढेको मान्नुहुन्छ, त्यो उमेर घटेको हो । र, जुन जन्मदिनहरूलाई तपाईं जन्म दिवस भनेर मनाउनुहुन्छ, ती केवल मृत्यु नजिक पुग्ने कोशेढुङ्गा हुन् । सबैतिर दौडेर अन्त्यमा मृत्यु नजिक पुगेको थाहा पाइन्छ । जतासुकै दौडियोस्, जेसुकै गरियोस्, र हजारौं उपाय गरिन्छ, हजारौं व्यवस्था गरिन्छ, हाम्रा यी सबै दौडधुप मृत्युबाट जोगिने उपायभन्दा वढ्ता अरू केही होइनन् । कोही सम्पत्ति थुपार्छन्, कोही प्रतिष्ठा थुपार्छन्, पद थुपार्छन्, शक्ति बढाउँछन् .......सबै चेष्टा एउटै कुराबाट जोगिनलाई हो कि भोलि मृत्यु आउनेछ, त्यसका विरूद्ध म कुनै सुरक्षा, कुनै सिक्योरिटीको व्यवस्था गरौं । तर सबै व्यवस्था भताभुङ्ग हुन्छन्, र मृत्यु आएरै छोड्छ ।मृत्युसँग जोगिने कुनै उपाय छैन । हामी जतासुकै भागौंं, हामी मृत्युतिर नै भाग्छौं । भाग्नुले केवल मृत्युसम्म पुयाउँछ । जो भाग्छ, ऊ मृत्युसम्म पुग्छ । त, के हुन सक्ला भने दरिद्र विस्तारैविस्तारै दौडला । उससँग घोडा छैन, घोडाविना नै दौडला । समृद्ध ठूलो घोडामा दौडला, र राजाहरू असाध्यै तीव्र चाल भएका घोडामा दौडलान् । तर, अन्त्यमा घोडाविनाका मान्छेहरू पनि त्यहीँ पुग्छन् र घोडावालहरूपनि त्यहीँ नै पुग्छन् । उपाय के छ ? बाटो के हो ? के गर्ने ? त्यसैले पहिलो कुरो जे म तपाईंलाई भन्न चाहन्छु तपाईं जे गर्दै हुनुहुन्छ, त्यसले तपाईंलाई मृत्युसम्म पुयाउनेछ । र, यो कुनै अनौठो कुरो होइन । आजभन्दा पहिला पनि जे गरिएको छ, त्यसले मृत्युसम्म पुयाएको छ । थोरै व्यक्तिहरू मृत्युबाट जोगिएका छन्, र, उनीहरूले जे गरे त्यो तपाईं गरिरहनु भएको छैन । मनुष्य जातिको इतिहासमा थोरै व्यक्तिहरू मात्र मृत्युबाट जोगिएका छन् । र, उनीहरूले जे गरे त्यो तपाईं गरिरहनु भएको छैन । त्यसैले तपाईं जेजस्तो तयारी गरिरहनु भएको छ, त्यो मृत्युको तयारी हो । त्यो प्रिय लागे पनि, अप्रिय लागे पनि तथ्य र सत्य के हो भने हामी सबैको तयारी मृत्युको तयारी हो ।यी तीन दिनमा म तपाईंहरूसँग मृत्युको तयारीका कस्ता लक्षण हुन्छन् र जीवनको तयारी कसरी हुन सक्छ भन्ने निवेदन गर्न चाहन्छु । हुन सक्छ, तपाईंभित्र पनि जीवनलाई बुझ्ने र पाउने आकाङ्क्षा होला । वस्तुतः त्यस्तो कुनै मनुष्य छैन, जसभित्र जीवन पाउने आकाङ्क्षा नरहेको होस् । तर पनि कुनै पागलपन छ, कुनै ठूलो पागलपन छ, कुनै गहिरो पागलपन छ, जसबाट पूरै मनुष्य जाति ग्रसित छ । नयाँ बच्चाहरू आउँछन् र त्यही पागलपनबाट दीक्षित हुन्छन् । सम्भवतः यस्तो हुनु स्वभाविक पनि हो । यदि नयाँ वच्चा दीक्षित नहुने हो भने हामी पागलजस्ता लाग्नेछौं । महावीर जुन दिन घर छोड्छन्, मान्छेहरू उनलाई पागल भन्छन् । बुद्ध जुन दिन घरबाट भाग्छन्, त्यो दिन उनलाई पनि पागल सम्झिइन्छ, र, क्राइष्टलाई पनि पागल भनिन्छ । सम्पूर्ण मनुष्य जाति पागल छ, त्यसैले जहिल्यै पनि कुनै सद्धे मान्छे जन्मिँदा पागल बुझिन्छ । मनुष्य जाति कुनै असाध्यै गहिरो पागलपनबाट ग्रसित छ । कुनै असाध्यै ठूलो विक्षिप्तताले हामीलाई गाँजेको छ । हाम्रा नयाँ केटाकेटीहरूलाई हामी त्यसैमा दीक्षित पार्छौं । जुन केटाकेटीहरू नाइँ भन्छन्, उनीहरू पागलजस्ता देखिन्छन् । हामी उनीहरूलाई जवरजस्ती ठीक पारेर त्यही पागल हुने बाटोमा घिसार्छौं । त्यसैले यो संसारमा स्वस्थ हुनु वडो खतरनाक कुरो हो । र, जुन मान्छे स्वस्थ हुन्छ, उसले स्वस्थ हुनुको ठूलो मूल्य चुक्ता गर्नुपर्छ । कसैले गोली खानुपर्छ, कसैले विष पिउनुपर्छ वा कसैले सूलीमा झुण्डिनुपर्छ । पागलहरूको संसार हो, त्यसैले स्वस्थ मान्छेहरू यहाँ सह्य हुँदैनन् । यो पागलहरूको संसारमा जो जति ठूलो पागल हुन्छ त्यति नै प्रिय हुन्छ । किनकि ऊ आफ्नैजस्तो लाग्छ, ठीक त्यही बाटोमा हिंँडिरहे जस्तै लाग्छ, जुन बाटोमा हामीहरू हिँंडिरहेका हुन्छौंं ।फेरि, जीवन एउटा अवसर हो । जति क्षण हामी गुमाउँछौं, त्यसलाई पुनः पाउने कुनै उपाय छैन । र, जीवन एउटा अवसर हो, त्यसलाई हामी कुनै पनि प्रकारले, कुनै पनि रूपमा परिवर्तन गर्न सक्छौं । हामी त्यसमा जे गर्छाैं, त्यसबाट जीवन परिवर्तित हुन पुग्छ । केही व्यक्तिहरू त्यसलाई सम्पत्तिमा परिवर्तन गर्छन् ! जीवनभरि, जीवनका समस्त अवसरलाई, सम्पूर्ण शक्तिलाई सम्पत्तिमा परिवर्तन गर्छन् । तर, मृत्यु जहिले पनि अगाडि उभिएको हुन्छ, सम्पत्ति व्यर्थ हुन पुग्छ । केही व्यक्तिहरू जीवनभरि श्रम गरेर अवसरलाई यशमा, कीर्तिमा परिवर्तन गर्छन् । यश हुन्छ, कीर्ति हुन्छ, अहङ्कारको तृप्ति हुन्छ, तर जतिखेर मृत्यु अघिल्तिर उभिन्छ, अहङ्कार, यश र कीर्ति सबै व्यर्थ हुन पुग्छन् । तपाईंको जीवन व्यर्थ गएन भनेर परीक्षण केले गर्नुहुन्छ ? परीक्षण एउटै छ, मृत्यु अघिल्तिर आउँदा तपाईंले जीवनमा जे कमाउनुभएको छ, त्यो व्यर्थ हुनु भएन । तपाईंले जीवनका अवसरलाई जे कुरामा परिवर्तन गर्नुभएको छ, सम्पूर्ण जीवनलाई जुन दाउमा लगाउनुभएको छ, मृत्यु अघिल्तिर उभिँदा त्यो व्यर्थ हुनु भएन, त्यसको सार्थकता रहिरहनु पयो । मृत्युसमक्ष जे सार्थक हुन्छ, त्यही नै वस्तुतः सार्थक हुन्छ, बाँकी सबै व्यर्थ हुन्छन् । त्यसैले पुनः दोहोयाउँदै छु मृत्युसमक्ष जे सार्थक हुन्छ, केवल त्यही सार्थक हुन्छ, बाँकी सबै व्यर्थ हुन्छन् । यो असाध्यै थोरै व्यक्तिहरूलाई मात्र थाहा छ । यो परीक्षण, यो मूल्याङ्कन, यो दृष्टि असाध्यै थोरै व्यक्तिहरूसँग मात्र छ । तपाईंसँग छ कि छैन, सोच्न निवेदन गर्छु । यस कुरामा थोरै विचार गर्नुहोला म जीवनभरि दौडेर जे थुपार्छु, जे पनि पण्डित्याइँ थुपारांैला वा धन थुपारौंला वा धेरै व्रत बसेर तपश्चर्या थुपारौंला वा धेरै यश कमाऔंला वा केही किताव लेखौंला वा केही गीत गाऔंला तर अन्ततः जतिखेर मेरो सम्पूर्ण जीवन अन्तिम परीक्षणमा हुन्छ, त्यतिखेर मृत्यु समक्ष त्यसको कुनै सार्थकता रहन्छ कि रहँदैन ?यदि हुँदैन भने, आजै सचेत हुनु उचित हुन्छ । र, त्यस दिशातर्फ सङ्लग्न हुनु पनि उचित हुन्छ, म कुनै त्यस्तो सम्पदा निर्माण गर्न सकूँ, त्यस्तो कुनै शक्ति पनि निर्माण गर्न सकूँ र प्राणभित्र कुनै त्यस्तो ऊर्जा जन्माउन सकूँ कि मृत्यु समक्ष हुँदा मभित्र केही होओस्, जुन मृत्युबाट जोगियोस्, मृत्युले त्यसलाई नष्ट गर्न नसकोस् । यो हुन सक्छ । र, यदि यो हुन नसक्ने हो भने सबै धर्महरू वाहियात हुन्, व्यर्थ हुन् । यस्तो भएको छ, आज पनि हुन सक्छ र हरेकको जीवनमा हुन सक्छ । तर यो आकाशबाट झरेर हुँदैन, न त यो दानमा पाइन्छ । र, न यसलाई चोरी नै गर्न सकिन्छ, न त कुनै गुरूको पाउमा बसेर सित्तैमा पाउन सकिन्छ । यो अरू कोहीबाट पाउन सकिँदैन । यसलाई त जन्माउन सकिन्छ, यसको त सिर्जना गर्न सकिन्छ । यसलाई स्वयम् आफ्नो श्रम, र आफ्नो जीवन, र आफ्नो सङ्कल्प अनि आफ्नो सम्पूर्ण शक्तिको प्रयोगबाट निर्माण गर्न सकिन्छ । तर यो निर्माणको दिशातर्फ त्यतिञ्जेलसम्म पाइला उठ्दैन, हामी जे गर्दै छौंं, त्यसलाई हामीले ठीक बुझुञ्जेलसम्म पाइला उठ्दैन । हामी जसरी बाँचिरहेका छौंं, त्यसलाई हामीले ठीक बुझुञ्जेलसम्म यस दिशामा पाइला उठ्न सक्दैन ।जीवन हाम्रो कतै भ्रान्तिमा छ, कतै गलत छ । हाम्रो दिशाले हामीलाई कुनै त्यस्तो बाटोमा पुयाउँदै छ, जुन कतै पुग्दैन, त्यस्तो बोधको आवश्यक्ता छ । र, त्यो बोधको जन्मका लागि आफ्नो जीवनलाई मृत्यु समक्ष राखेर तौलनुलाई म परीक्षण मान्दछु । एकदिन तौलनुपर्छ तर त्यो समयमा गर्नलाई केही पनि वाँकी रहेको हुँदैन । त्यसैले जो पहिलादेखि नै तौलन थाल्छ उसले पक्कै केही गर्न सक्छ । उसको जीवनमा केही हुन सक्छ, उसको जीवनमा कुनै क्रान्ति घनिभूत हुन पुग्छ । आजदेखि नै तौलनु जरूरी छ । प्रतिदिन तौलनु जरूरी छ । मर्ने कुरा नै हामी टाढा राख्छौंं, त्यसबाट एक हात टाढै बस्छौंं । तर तपाईंं जतिसुकै टाढा बस्नुस्, मृत्युको तपाईंंसँग प्रेम छ, त्यो धेरै दिन टाढा रहँदैन । जीवनका सम्वन्धमा विचार गर्नेले मृत्यु सर्वाधिक निश्चित भएको पाउँछ । त्यसो हो भने, त्यही सर्वाधिक निश्चित तथ्यलाई नै चिन्तनको प्राथमिक तत्व किन नबनाउने ? त्यसलाई नै विचारेर जीवनको दर्शन किन नउभ्याउने ? फेरि, जीवनको फिलोसफी, जीवनको दर्शन जेजस्तो भए पनि त्यो त्यसै मृत्युको जगमा किन नठड्याउने ? यही सुनिश्चित आधार हो र वाँकी सबै आधार त अनिश्चित छन् । यसलाई नै किन हामीले आधार नमान्ने ? र, जुन तथ्यसँग आज नभए भोलि लडाइँ लड्नै पर्छ, त्यसलाई पक्रेर किन आजै लडाइँ नलड्ने ? जो आज त्योसँग लड्न राजी हुन्छ, जसले आज त्यसलाई चिन्तन गर्न थाल्छ, उसको सम्पूर्ण जीवनको गति र दिशा बदलिन पुग्छ । उसको जीवन कहाँबाट कहाँ पुग्छ ! जो मृत्युलाई आजै चिन्तन गर्न समर्थ छ । र, आजै चिन्तन गर्ने साहस गर्छ । आजै त्यसलाई अघिल्तिर राख्छ, पछिबाट हटाउँछ । आज त्यसलाई स्विकार गर्नेे ऊ, उसका पाइला र उसका श्वासले मृत्युको दिशातिर हिँड्न बन्द गर्नेछन् । उसका सामु फेरि एउटा नयाँ ढोका, एउटा नयाँ बाटो खुल्नेछ । मित्र ! दार्शनिक ओशोका यी कथन अघि सारेर मैले तिमी मार्फत् जगत्लाई जीवन र मृत्यु वारे सत्यतथ्य बोध गराउन चाहेको हुँ । जीवनका यी दुबै पाटालाई स्वीकारेर जीवनरथ हाँक्ने मान्छेले मात्र जीवनलाई पनि जित्छ र मृत्युलाई पनि पराजित गर्छ । तर, तिमीले जित्दाजित्दै हायौ र हार्दा हार्दै जित्ने प्रयत्न नै गरेनौ । प्रेममय संसारलाई आँखा चिम्लेर अङ्गालो हाल्यौ । आँखा उघारेको भए, यो दिन देख्नुपर्ने थिएन् । मैले तिमीबाट सिकेको पाठ हो‘प्रेम गर तर सम्पूर्ण प्रेम नखन्याऊ । आफूसँग नराखी खन्यायौ भने प्रेमले नै तिमी जल्न पुग्छौ । अतिशय प्रेमले क्रोधलाई जन्म दिन्छ । अनि, त्यसले जीवनको घाँटी दाबी मृत्युको सयर गराउँछ !’ अन्तमा, परलोकी त्यो तिम्रो आत्माले सुखशान्ति भेटोस्, शोक सन्तप्त तिम्रा इहलोकी परिवारजनले सन्तोषी संसार पुनजीर्वित गर्न सकून् भनी परमात्मा समक्ष प्रार्थना गर्दछु । साथै, जीवन देख्नेले मृत्युलाई पनि चिनून् र मृत्यु देखि भाग्नेले जीवनको अर्को अध्यायका रूपमा मृत्युलाई बुझ्न सकून् भनी कामनाका साथ पत्रान्त गर्दछु । धन्यवाद !तपेश्वरी१, गल्फडिया, उदयपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
रेलमा लम्पट, लबी र सार्त्र
निबन्ध
मनोज बोगटी
5, 2012, 3:28
बबाल कविता लेख्दै गरेका र हाइटमा चुलिँदै गरेका कविमित्र निमा शेर्पा 27 जुनमा कालेबुङ आए। कविताकुरामा कफिकप रित्तियो। चिलड्रेन्स अफ गड नामक डोकुमेन्ट्रीले कलात्मकरुपले टिपेको नेपालको आर्यघाटमा जीवन गुजार्नेहरूको पीडाले हामीलाई कसरी हल्लायो, कुराको चुरो थियो। नेपालका राम्रा किताब यता आएपछि भारतीय हुन्छ। किताबको कुरा आउँदा हामी पसलमा थियौं। कृष्ण धरावासीको निबन्धहरू जम्मै, नयनराज पाण्डेको लू र पुण्यप्रसाद प्रसाईको सार्त्र मैले टिपे। निमाले टिप्यो लू र पाण्डुलिपि। नेरु दाम लेखिएको पुस्तकलाई भारु तिर्यौं। हामीले नेपाली मूल्य कहिल्यै तिर्न पाएनौं। स्वाद लाग्छ सोंच्दा वेस्वाद भन्दा धेर। हज्जारौं भारु खर्च गरिरहेका छौं नेपाली पुस्तकमा। यो यताको यस्तो बाध्यता हो, जसलाई पन्साउन मिल्दैन। विरोध गर्यो कि किताब आउँदैन। धेरै पैसा तिरौं र किताब पढौं-संस्कार उठाउँदैछौं। मैले लू र सार्त्र व्यागमा हालेँ र सिलगढी हानिएँ। कालेबुङ छोडेपछि शुरु भयो गर्मी। कवि राजा पुनियानी सिलगडीमा मलाई पर्खिरहेका छन्। कवि मनप्रसाद सुब्बा एनजेपीमा भेट्नेछौं। आदिकवि भानुभक्त आचार्यको 198 औं जन्म जयन्ती र परदेशी साहित्यिक पत्रिकाको 15 वर्ष पुगेको अवसरमा अगमसिंह गिरी संस्थान सलुवा र नेपाली वाणिज्यदूतावास कतकत्ताले बोलाएको सम्मान कार्यक्रममा भोलिपल्ट पुग्नु थियो हामीलाई। 28 जूनको सॉंढेेआठबजी राती हामी चिम्टामा लाब्रेजस्तो कञ्चनकन्या चढिरहेका थियौं। सुब्बा कविको नाक रातो थियो। गरम चढेर।.........इलिट बुद्धिजीवीहरूको उपस्थिति र सत्ताचेतना के हो, के हो उसको भुईँ? सार्त्रले बुझाइरहेको थियो मलाई। दार्जीलिङमा इलिट बुद्धिजीवीहरू जुन राजनैतिक केन्द्र स्थापनमा छन्, त्यो उसको सुरक्षा घेरा बन्दैथियो। म ती बुद्धिजीवीहरूको महत्वाकांक्षा फुटाएर उसको बुद्धितत्व बुझ्दै थिएँ। जातीय एकिकरण र अर्थनैतिक रुपान्तरणमा उनीहरूले खेलेको उल्टो नाटक हेर्दैथिएँ। व्यागबाट सम्पादक पुण्यप्रसाद प्रसाईँको सार्त्र नामक वायोग्राफी निकालेँ। रेलको छुकछुकमा हल्लिरहेको मैले अक्षर ठिम्याउने प्रयास गर्दैगर्दा राजा पुनियानीले के हो? सोधे। वास्तवमा हाम्रो यात्रा सार्त्रमय थियो। किन भने राजा पुनियानीले पनि व्यागमा सार्त्र नै बोकेका थिए अनि मनप्रसाद सुब्बाले पनि बोकेका थिए सार्त्रमाथि लेखेका आफ्नो कविता। हिन्दीमा प्रभा खेतानको सार्त्र पढेको थिएँ। नेपालीमा पुण्यप्रसाद प्रसाईँकोे पाएँ- कवि राजालाई भनेँ। प्रसाईँको सार्त्र तिनको हातमा पुग्ने वित्तिकै एक लम्पटको सहस्योद्घाटन भयो। बाबै प्रसाईँले त डा. प्रभा खेतानकै सार्त्रलाई अक्षरस अनुवाद गरेका रहेछन्। ‘यी मान्छे त लम्पट रहेछन्’-राजाले प्रसाईँलाई देखाए। मैले पनि हेरेँ र दङ्ग परेँ। कवि मनप्रसाद सुब्बा हॉंस्नु भो। ‘कस्तो उपद्रो’-भन्नु भो। प्रसाईँको लम्पटपनलाई पुष्टि गर्यो तिनको सम्पादक शब्दले। हुनुपर्ने अनुवादक। हिन्दीका चर्चित कवि हुन् डा प्रभा खेतान। तिनले विश्व अमर ग्रन्थ गाथा श्रृङ्खलाको पहिलो संख्यामा नै सार्त्रको वायोग्राफी लखेका हुन्। प्रसाईँले त्यही पुस्तक अनुवाद गरेका रहेछन्। तर कहीँ पनि अनुवाद भन्ने शब्द पुस्तकमा छैन। जुन सार्त्रले इलिट बुद्धिजीवीको व्याख्याय गर्छन् तिनकै पात्र थिए पुण्यप्रसाद प्रसाईँ। प्रसाईँले कहॉंसम्मको चोरी काम गरेछन् भने प्रभा खेतानलेेे आफ्नो पुस्तक ‘सार्त्र-शव्दोंका मसिहा’मा जुन प्राक्कथन लेखेका छन्, त्यो पनि अनुवाद गरेर आफ्नो नाम लगाएछन्। अनुवाद लेखेका भए प्रसाईँले भारतीय तिन कविको सलाम पॉंउथे। तर तिनी भए रेलमा हामीसितै चढेका एक लम्पट। नेपालकाले पनि थाहा पाइसेका छन् कि यो कुरा।भारतीय नेपाली साहित्य संसारमा यसरी हामीले गहिरिएका हेरेका छैनौं। पुण्यप्रसाद प्रसाईँका पुराना-नयॉं संस्करणहरू हाम्रा तिर पनि छन् कि? साहित्यिक चोरीको कुरा नेपालका लेखकहरूले खुब उठान गरेका छन्। हाम्रातिर कसैले गरेको सुनिएको छैन। सानो क्षेत्र रहेकोले शीघ्र प्रतिक्रियाको डरले वा लेखकीय सम्बन्धमा आफने फितलोपनले वा ‘केही’ को डरले पो कसैले कुरा नगरेका हुन् कि?...........प्रसाईंको लम्पटपनबाट ओर्लेर हामी इलिट राजनीतिज्ञ, भारतीय नेपाली कवितामा पसेका इलिट कवि र संस्थाहरूमा बसेका इलिट महोदयहरूमाथि चिन्ता गरिरहेका थियौं। मलाई कवि जीवन नाम्दुङले कालेबुङमा पुरस्कारको निम्ति लबी गर्नुपर्छ भन्ने जुन अर्ती दिएका थिए। म मौन बसेँ। तिनले भारतीय धेरै लेख्कहरूले मात्र होइन विश्वमा नै लबीको संस्कार रहेको र अब हामीले पनि यसको देखासिकी गर्नुपर्छ भन्ने उपदेश थियो कवि नामदुङको। म छक्क परेको थिए। तर मैले तिनलाई कहिल्यै लबी गरिनँ। मलाई के शंका हुथालेको छ भने, डजसजसले पनि अकादमी पुरस्कार पाउँछन्, उनीहरूले लबी गरेरै पुरस्कार पाएका हुन् कि? पुस्तकको स्थारीयता र उचाईँलाई होइन लेखकीय लबीको कारण पुरस्कार पाउनु हो भने, त्यो पुरस्कारको उचाईँ कति हुन्छ? यस्तो पुरस्कार नपाएकै वेश। यस्ता उल्टो संस्कार स्थापना गर्नेहरूले भारतीय नेपाली साहित्यलाई देशमा जुन स्थानमा उचाल्दै लगिरहेका छन्, यसबारे मनप्रसाद सुब्बा, राजा पुनियानी र म चिन्ता गरिरहेका थियौं। यो चिन्ता कसैको व्यक्तिगत थिएन। थियो भने नेपाली साहित्यको। यस्तै चिन्ता गर्ने नेपाली महावाणिज्यदूत चन्द्र घिमिरे र विकास कार्कीहरू कलकत्ता र सलुवामा हामीलाई पर्खिएर बसेका थिए। मनप्रसाद सर वर्थमा चढ्नु भो। राजा पुनियानी पनि चढे। म भने लू खोलेर बसेँ। इलैयाले हिजो कन्डोमको बेलुन बनाएर उडायो... मात्र के पढेको थिएँ, बत्ती निभ्यो। एक यात्री आफ्नो भाषामा गनगन गरिरहेका थिए। तिनी उज्यालोमा सुत्न नसक्ने, म अँध्यारोेमा पढ्न नसक्ने। बत्ती निभेपछि म अँध्यारोमा लू च्यापेर निक्कैबेर बसेँ। उपाय नभएपछि पल्टिएँ। हामी हल्लिरहेका थियौं। रेलले मलाई जति हल्लाइरहेको थियो त्यो भन्दा धेर मलाई तीनवटा कुराले हल्लाइरहेको थियो -त्यो थियो लम्पट, लबी र सार्त्रले।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
भूँई तिर खसेका पखेटा र आकास छुन उडेका सपना
निबन्ध
रमेश सायन
8, 2012, 4:43
यति खेर म मातिन शुरु गरिसकेको छु । सायनले पिउँदैन भन्यो भने धेरैले पत्याउँदैनन् र पिउँछ भन्यो भने पनि उक्तिले नै पत्याउँदैनन् । दिनले भरखरै आत्म हत्य गर्यो । रात जूनकीरिको पुच्छरमा अडिएको छ । मैले केटाकेटीको कुरा सम्झिएँ । आमाले जुठेल्नामा भाँडा माझिरहेको बेला आमालाई जूनकीरी देखाउदै भन्थेँ “आमा मलाई जूनकीरी बनाई दिनु, म पनि जूनकीरीले जस्तै बत्ति बालेर माथि मामा घर पुगेर आउँछु ।” आमासँग झगडा गरिरहन्थे । आमाले फकाउँदै भन्नु हुन्थ्यो “तँ त मान्छे हुनु पर्छ ज्ञानी ठूलो असल मान्छे , फेरि यो जूनकीरी कहिल्लै खादैन यो त पुच्छरमा बत्ति बालेर उडी मात्र रहन्छ, तँलाई भोक लागिरहन्छ । जूनकीरी भईस भने खान पाँउदैनस्” भन्नु हुन्थ्यो । मलै भोकको डरले जूनकीरी हुन्न भनेको थिँए । रक्सी पिएको बेला चरा हुन मन लाग्छ । सुदुर भएकी प्रेमिकालाई भेटेर हिमाल देखाउन मन लाग्छ । चुल्ठो भरी गुँरास सिउरिदिदै पहिलो पल्ट उनको मन पग्लने संगीत उपहार दिइएर , आजको घामले आत्महत्य गरे झै मर्ने रहर पलाई रहन्छ । आज बिहान मेरो घरमा एक जना गाईने आएर बेथितीको संगीत बजाएर गयो । मैले उनको घर, ठेगाना र नाम केही सोधिन । रु बीस दिए पछि आधा संगीत बजाउँदा बजाउँदै मेरो घरको पीडिबाट बहिरियो । अहिले मलाई उनको संगीतमा नडुबेको मा दिन भरिकै सबै भन्दा हिट पछुतो लागिरहेको छ । अगि भन्दा अहिले अलिक बढी मात्ति सकेकोछु । वइटरले मेरो गिलासमा एक पेग थपेर गएको छ । म झ्याल नेर छु । बाहिर एउटा चेरिको रुख छ । सानो सुकेको हाँगोमा मेरो जस्तै जिन्दगी बोकेर सकि नसकी एउटा लार्भा उकालो लागिरहेको छ । लार्भाले यो सुकेको हाँगोमा के खाला ? र कहिले पुतली बन्ला ? कहाँ पुगेर थाहा पाउला ? म सुकेको हाँगोमा छु । मेरो यात्रा ओरालै हो । पुतली हुन मैले हरियो हाँगो र कलिला पातहरुमा पुग्नु पर्छ । अघि वाइटरले थपेको एक पेग सक्कि सकेको छ । हाँगो भुलेको त्यो लार्भा र मेरो जिन्दगी कहाँ नेर फरक छ ? म सोचि रहेको छु ।एम. ए. प्रथम श्रेणीमा पास गरेको एक वर्ष भयो । अक्षर मात्र चिनेको २२ वर्ष पुगे छ । साँझमा पिउने पैसा नपुगेर साथी भाई सँग जिन्दगी चलेको कति हो कति ।वर्षादमा खोल्साले पनि संगीत बोकेर ओरालो झर्छ र नदी सँग भन्छ “तेरो जस्तो संगीत म सँग पनि छ तँ जति धमिलो छस् म पनि उत्तिनै धमिलो छु भन तेरो मेरो बग्नै शैलीमा काहाँ नेर फरक छ ” हिउँदमा उहि खोल्सोले रुप बदलेर मलाई भन्छ “ भन सायन तँ र म मा कहाँ नेर फरक छ ?, वर्षादमा धमिलो संगीत बोकेर ओरालो झर्छु र हिउँदमा तँ जस्तै उराठ बाच्छु ।”मेरो जीवनको समानान्तर रेखा बाँच्ने त्यो लार्भा , त्यो खोलो र यो देशको आधि भूगोल छ मसँग । मनले भन्छ “ एक्लो तँ मात्र कहाँ छस् सायन । वइटरले अर्को पनि पेग थपेर गएको छ । पछाडि मेरै उमेरको एक तन्देरी आएर एकदुई पेग लगाई सकेको छ । उसँग बोल्न आबश्यक ठानिन । हेर्दा मेरो भन्दा पनि खराब जीन्दगी गिलासमा तैरिरहे जस्तो लाग्थ्यो । यो अहिले नै रक्सी पिउँदा पिउँदै भु्कलुक्क मर्यो भन,े मलाई उस्को मृत्युको ठूलो ईश्र्या लाग्ने छ । अगाडी पछाडीको टेवलको सम्बन्ध यति हो यो साँझमा यो सगँको । अहिले तल माथि हल्लि रहेको छ यो पिउनु को नियमित आकासमिकता होे । पिउन अलि गाह्रो भएको छ । भुपिलाई सम्झिएँ “पिउन कति गाह्रो छ पिएर त हेर साथी ।”आगाडिबाट होटल साहुनीको ठूलो स्वर सुने “गवरा लागेको केरा जस्तो” कसलाई के अर्थमा कराई खास अर्थ राखिन । तर साहुनीको यो आवजले केहि सेकेन्ड रक्सीले छाडेको भ्रम भयो । सम्झेँ मेरो पनि त जीवन कहाँ सग्लो, सिधा, सरल , केराको थाम जस्तो छ र कँहि कतै नमिलेको बाछिटाले हानेको माटाको लिउन जस्तो । नागबेली सपना बिहान बेलुका अल्झिन्छ । भोलि बिहान कस्तो बाँचिएला ? कहाँ पुगिएला ? बालकले केरेको निर उद्घेश्य कर्ङमर्यङ रेखा जस्तो । अगाडिको टेवलमा चालिस नागेका जस्ता दुई जना आएर बसे । उमेरमा मेरा बा जस्ता छन् । रेड लेब रक्सीको एक एक पेग मागेर केहि सितन सँग पिउन थाले । मैले बेसमारी पिएको छु तर होस ठेगान मै छ । चुपचाप बसि मात्र रहेको छु ।एउटाले देशलार्ई गालि गर्यो , अर्काेले नेतालाई , देश खराब भन्यो, खत्तम भन्यो ,यो देश मै बस्दिन भन्यो । हिमालको सौन्दर्यतालाई गालि गर्यो र लरबराएको स्वरमा अरु थप एकएक पेगको अडर गर्यो । बिजुली निभ्यो । कोठा एक बराबर रंगमा बदलियो । साहुनीको मिलेको अनुहार ,अगाडि टेवल माथिको महंगो रक्सीले भरिएको गिलासको आयतन, मेरो हल्लि रहेको आकाश, पछाडिको टेवलको निरास अनुहार कालै भए पनि एक रगंमा बद्लियो । वइटरले मैन बत्ति बालेर टेव टेवलमा राखि दियो । मैले आफ्नो लामो नाक, गहिरा आँखा चुस्स पालेको दारी, गहिरा गाला एक सरो छामेर भ्याए । समयले जीवन ओरालो खसाले झै मैन पग्लिएर थोपा थोपा भूई तिर खस्यो ।अगाडिका दुईटैले चुरोट सल्काएर धुवाँ मास्तिर उडाए । धुवाँमा कतै मेरै नाक जस्तो आकृति बन्यो, कतै झिंगाको जस्तो पखेटा, कतै बिरालाको जस्तो आकृति , घरि आफ्नै देशको जस्तो नक्सा ,घरि आफ्नै प्रेमिकाको उदास आकृति , घरि सबै हरिया पात झरेको उजाड रुख जस्तो । यहाँ पनि कतै नमिलेको मेरो आफ्नै जिन्दगी जस्तो ।मैन आधा पग्लिसकेको छ । यहाँ अहिले अलि शान्त जस्तो छ । अगाडि अछाडिकाले बोलेको खास सुनेको छुईन । वइटरले थप पेग र खानेकुराको बारेमा सोधेको छैन । एउटा पुतली बलिरहेको मैनकोे ज्वालामा आएर ठोकियो । पखेटा पोलेर अलि पर गएर लड्यो । फेरी सकि नसकी ज्वालामै आएर मुख जोतेर भूई तिर खस्यो । छटपटाउँदा छटपटाउँदै एक छिन पछि शान्त भयो । उज्यालोको सपना बोकेर हिड्दा हिड्दै कहाँ पुगेर पुतली झै मरिदो हो । मैले मृतु सम्झें ।आगाडिका ती दुई उठेर बाहिर लागे । बाहिर कुकुर भुक्यो । मैले पनि खाएको बिल तिरें । एकाध मिनेट पछि म पनि बाहिर लागे । मलाई देखेर पनि कुकुर भुक्यो । मैले कवि बोनम प्रतापलाई सम्झिए । उनिसँग पिउँदा प्रया भन्छन् “ रेड लेवल, ब्ल्याक लेवल वा कोदाकै लोकल पिए पनि उहि हो, उस्तै हो गति , उस्तै हो मातिनुको नसा, उहि हो हल्लिनुको रंग, खुट्टा लरखराएको देखे पछि कुकुरले जे पिए पनि हेपेरै भुक्छ ।बाहिर पंखेटा खसेका छिचिमिराहरु भँई भरि लडिरहेका थिए । सपना बोकेर आकश छुन हिडेका छिचिमिराको पनि मेरो जस्तै एका तिर सपना बोक्ने पखेटा र अर्काे तिर जिउ खसेको थियो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
कथनी एक करणी अनेक
निबन्ध
नन्दलाल आचार्य
8, 2012, 4:26
नन्दलाल आचार्य
प्रिय लेखकज्यू,सप्रेम सम्झना ! म तपाईं च्याँच्याँ गरेको ठाउँमा कुसलमङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ तपाईं पनि मैले तोते बोली बोलेको र बामे सरेको ठाउँमा सकुसल रहनुभएको समाचार समेटिएको पत्र भर्खरै मात्र प्राप्त गरेँ । पत्रमा मेरा बारेमा त्यहाँ थाहा पाएका दर्जनौँ कुरा समेट्नुभएको रहेछ । म पनि तपाईंका बारेमा मैले यहाँ थाहा पाएका एकाध कुराहरू समेट्ने जमर्को गर्दै छु ।अँ त लेखकज्यू ! तपाईं हरिनारायण झा, बी.बी.एस. सिद्धयाएर शिक्षण पेशामा सपरिवार पहाडी इलाकामा पुग्नुभएको जागरुक युवक ! तपाईं हिम्मतिलो मान्छे ! मनमा जे छ त्यो रिठ्ठो नबिराई ओछ्याइदिने मान्छे ! दूधको दूध र पानीको पानी छुट्याउने मान्छे ! ‘जे कहैछी, ओही करैछी आ जे करैछी, ओही लिखैछी’ (जे बोल्छु, त्यही गर्छु र जे गर्छु, त्यही लेख्छु) भन्ने मान्छे । मनमस्तिष्कमा ज्ञानविज्ञान र खेलकुदका बारेमा विशाल जानकारीको भण्डार भएको मान्छे ! समाजमा हुने गन्दे खेल विरुद्ध दाह्रा किटेर लाग्ने मान्छे ! समाजमा अक्षम्य अपराधकर्म गर्ने व्यक्ति आतङ्ककारी भएको ठहर गर्ने तर अरूले आतङ्ककारी भनेकालाई सो विल्ला भिराउन सोचविचार गर्ने मान्छे ! राजनीतिलाई असफलहरूको गन्तव्यहीन खेलका रूपमा चित्रण गर्ने मान्छे ! मान्छे मानवको कल्याण नगर्ने हो भने त्यो मान्छे नै नहुने भन्ने मान्छे !पत्रमा ‘पहाड उजरलफेसन आ जाँडरक्सीसँ’ (पहाड भत्कियो फेसन र जाँडरक्सीले) भन्नुभएको रहेछ । बदलामा म भन्दै छु ‘तराईमधेस उजरलदहेज आ भोजभत्तेरसँ’ (तराईमधेस भत्कियोदाइजो र भोजभत्तेरले) । अर्कातिर ‘हमर बेटाके निक नाम ताकि दिअ न’ (मेरो छोराको राम्रो नाम खोजिदिनुस् न ।) समेत भन्नुभएको रहेछ । भाषासाहित्यकै खेती गरेर बाँचेको हुनाले शब्द भनिदिन मलाई गाह्रो छैन । यस सन्दर्भले मलाई ५६ वर्ष अघिको ‘बेहुला बजारमुर्दावाद’ शीर्षकको तपाईंको लेखको सम्झना भयो । पहिले त्यसै लेखका कुराहरू अघि सार्छु । ‘बेहुला बजारमुर्दावाद’ लेखका लेखक भएकोले मैले यहाँ ‘हरिनारायणजी’ भनेर सम्बोधन नगरेको हुँ । यो नामभन्दा लेखक निकै माथिल्लो हैसियतमा पर्छ । त्यसबेला तपाईंको कलमले बालेको थियोे ‘मेरो समय त्राहीमाम छ । मान्छेबाट डराएको छ । व्यापारबाट तर्सिएको छ । मान्छेले मान्छे किन्ने दासप्रथाको झैँ चलन दिनदिनै मौलाएको छ । पशुहटियामा जम्मा पारिएका पशुहरूको मोलमोलाइझैँ वरपक्षले कन्यापक्षलाई तौलन्छ । कन्यालाई मात्र तौले त ठीकै भन्नु, उसका मातापिताको आर्थिक स्थिति समेत ढकतराजुले तौलन्छ । र, दाइजो दिनुपर्ने नगद एवम् जिन्सीको लामो सूची थम्याउँछ । कन्या पक्ष पनि तौलन्छ, वरलाई मात्र तौलदैन, कुन चाहिँ कम दाइजो लिने खान्दान छ, त्यसैलाई छोरी सुम्पन्छ । हाकाहाकी मोलतोल हुन्छ । माग र पूर्तिको दरो र खरो अन्तरक्रिया हुन्छ । ठ्याक्कै मिलनविन्दु फेला पर्छ । नपरे केटाले केटी रुचाए पनि, केटीले केटा मन पराए पनि विवाह हुन्न । नानाभाँतीका प्रपञ्च फत्ते गरी एउटाले छोरी पठाउँछ, अर्काले भित्र्याउँछ । भोजभत्तेरहरूको कहिरन गरिरहनुपर्दैन । त्यसैका लागि त ठूलो जनसङ्ख्याले जन्मविवाहमृत्युजस्ता संस्कारलाई चासोको विषयका रूपमा लिन्छ । पठाउने र भित्र्याउने यी दुई कामका लागि सयौँ जनाले दुःख पाउँछन् । दुईचार दिन दुःख पाउनु त सामान्य कुरा हो । कन्याका मातापिताले कति दिनदेखि जोहो गरेर राखेको धन क्षणभरमै स्वाहा हुन्छ । त्यसको सही उपयोग भए त ठीकै छ । छोरालाई मात्रै होइन, छोरीलाई समेत अंश दिइयो भनेर चित्त बुझाउनू ! सही उपयोग विरलै हुन्छ । लुटको धन, फुपूको श्राद्धजस्तो ठानेर सित्तैको धन यताउता गर्दागर्दै त्यत्तिकै उड्छ । अझ भनेजस्तो जिन्सी र चाहे जति नगद पाएनन् भने त्यसकै निउँमा दुलहीहरूको जीवन रछ्यानको जुठाभाँडाकँुडासरह हुन्छ । छोरी जन्मनासाथ शिर निहुयाउनु र छोरा पाउनका लागि तीर्थब्रत, पूजापाठ गर्नु यहाँको एउटा पूरातनवादी शैली छ । समय हिँडेबमोजिम मान्छे हिँडेका छन् तर उनीहरूको सोच भने पुरानै छ । आमूल क्रान्तिको आवाज बुलन्द नगरी भएको छैन । छोरो बिक्री गर्ने बाउ मुर्दावाद ! वर किन्ने ससुरो मुर्दावाद ! दुई मनको पवित्र मिलन जिन्दावाद, प्रगतिशील विवाह जिन्दावाद !’ लेखकज्यू ! तपाईंको लेखका सबै शब्द यिनै हुन् भन्न त सक्दिनँ तर आशय भने शतप्रतिशत यही हो भन्ने ठोकुवा गर्छु । त्यस बेला मलाई तपाईंजस्तो जागरुक र चेतनशील युवकले पक्कै नवीन क्रान्तिको उद्घोष गर्नुहुन्छ भन्ने लागेको थियो । परिवर्तन गर्नुछ भने आफैँबाट सुरुआत गर्नुपर्छ भन्ने भनाइ तपाईं पूर्णरूपेण लागू गर्नुहुन्छ भन्ने आश जागेको थियो । समाज अग्रगतिको दिशातिर उन्मुख भएको हेर्ने रहर थियो । नयाँ पिँढीले पुराना पिँढीका कमीकमजोरी सुधार्छ भन्ने लागेको थियो । त्यसो त केके लागेको थियो, थियो । ती सम्पूर्ण कुराहरू बेलुन फुटेझैँ एकाएका फुटे । विचारले बाँधिएका सारा बन्धनहरू चुँडिए । आशा निराशामा परिणत भयो । तपाईंको चित्त शुद्ध थियो । त्यही शुद्धतामा द्रव्यमोहले वास गरेछ । घरेडी जोड्दा ऋण लागेछ । त्यही ऋण चुक्ता गर्न विहे गर्नु भएछ । अरू मान्छेलाई बिहे गर्दा ऋण लाग्छ तर तपाईंलाई भने बिहे ऋण चुक्ता गर्ने अवसर भएछ । मोटो नगद र आधुनिक सुविधाका जिन्सी सामग्रीले घर भर्नुभएछ । गाँठे ! तपाईं त विश्वासघाती हुनुहुँदो रहेछ । तपाईंभन्दा अर्को खेलाडी यताउता विरलै होलान् । कथनी एक ठाउँमा छ, करणी भने अर्कै ठाउँमा पुगेछ । लेखकज्यू ! तपाईं कस्तो लेखक ! मन नभए अक्षरलाई किन दुःख दिनु ! बोलीलाई व्यवहारमा परिणत गर्न नसके भावना किन सार्वजनिक गर्नु ! आफू भएर बाँच्न र रहन सकिन्न भने किन ‘हरिनारायण हुँ’ भनेर कुर्लनु ! ‘म दहेजनारायण हुँ’ भनेर कुर्लंदा भइगयो नि । भ्रमको वीउ छरेर समाजलाई दुषित पार्ने अधिकार तपाईंलाई छैन । तपाईंले ससुराको धन त पाउनुभयो तर मन गुमाउँनुभयो । हाम्रो मित्रता त पाउँनुहुन्छ तर विश्वास गुमाउँनुभयो । तपाईंको देखिने जिब्रो एक होला तर व्यवहार गर्ने जिब्रो अनेक रहेछ । लेखकज्यू ! तपाईंले विहेपश्चात् लामो स्पष्टीकरण दिनुभएको थियो ‘समाज जे कहैछै ओ मानैल परत । दहेज लेबे करब कहने नही छी । दिअवलाके के रोकैल चाहत ! नही लैब कहिक बाह्र हात पिछा के परत ! देलक त अपने बेटीक सुखक लेल देलक । हमर तरफसँ एकर दुरुपयोग करैक कोनो बाते नही रहल । हमरा ल्यापटप, कम्प्युटर, मोटरसाइकल, फ्रिज, पलङ्ग आदित्यादिके जरुरत छल । विराटनगरमे दू कठ्ठा घरेडी जोडैल परल छल । ई सब कुछ पूरा करैल हमरा कर्जा लगै छल । अपना कर्जामे डुबनाई ओही सभक बेटीक सेहो दुःख होइत । ओही बात बुझि’क स्वेच्छासँ जे देलक ओ सब कुछ खुस भ’क स्वीकार करलौँ । एतैक करलौँ त कि गलती करलौँ । दहेजक लेल हम कोनो भी मोलतोल नही केने छी । माग आ पूर्तिके अन्तरक्रियामे सामेल नही भेल छी । लेनदेनको माध्यमसँ विआह होएल परत कहलगेल विचारके हम सब दिन विरोधी छी ।’ (समाजले जे भन्छ, त्यो मान्नै पयो । दाइजो लिन्छु भनेको हैन । दिनेलाई कसले रोक्न चाहन्छ र ! लिन्नँ भनेर बाह्र हात पछि को सर्छ र ! दिए त उनीहरूकै छोरीको सुखका लागि दिए । मेरो तर्फबाट त्यसलाई दुरुपयोग गर्ने कुरा आउँदैन । मलाई ल्यापटप, कम्प्युटर, मोटरसाइकल, फ्रिज, पलङ्ग आदित्यादिको जरुरत थियो । विराटनगरमा दुई कठ्ठा घरेडी जोड्नु नै थियो । ती कुरा सम्पन्न गर्दा मलाई ऋण लाग्थ्यो । म ऋणमा डुब्नु भनेको उनीहरूकी छोरीले समेत दुःख पाउनु हो । त्यही बुझेर होला स्वेच्छाले जे दिए, मैले पनि त्यस सम्मानलाई उचित कदर गर्दै लिएँ । यसो गर्दा मैले के बिराएँ ! दाइजोका लागि मैले मोलतोल गरेको छैन । म माग र पूर्तिको अन्तरक्रियामा सामेल छैन । म लेनदेनको माध्यमबाट विहे हुनुपर्छ भन्ने विचारको सब दिन विरोधी हुँ ।) हो लेखकज्यू ! तपाईंका कुरा मीठा छन्, गुलिया छन् । आखिरमा तपाईं लेखक न पर्नुभयो । लेखकसँग शब्दरूपी जादुको छडी हुन्छ, त्यत्तिकै भनेको रहेनछ । अझ त्यो स्थिति सिर्जना गर्न केकस्तो भूमिका खेलियो होला भन्ने वारेमा समाजले सहजै अनुमान गर्न सक्छ । मुलुकी ऐनका नियमउपनियमबाट आफू चोखिने कति राम्रो काइदा ! फाइदाका लागि दिमाख लगाउन के कम हुनुहुन्थ्यो ! जे भयो, भइ गो ! मैले अब भनेर केही हुन्न । सबैलाई सबै कुरा थाहा छ । नीतिनिर्माता र संरक्षकहरू नै दलाल छन् । देखाउने दाँत एक किसिमको छ, चपाउने अर्कै किसिमको छ । मुखमा रामराम जपिन्छ तर बगलीमा छुरा रहन्छ । गन्थन धेरै गरियो । मनमा आघात पुयाइयो । चाहेर हैन, तीतोसत्य केलाउँदा यस्तै हुँदो रहेछ । लेखकज्यू ! अब भने वास्तविक प्रगतिको कुरा गरौँ । संसारको रीति बसाल्न सक्नुभएछ । छोरो जन्माउनुभएछ । यस सुसमाचारको जानकारी दिँदै मलाई छोराको नामाङ्करण गर्दिनु पयो भन्नुभएको रहेछ । आजकल नयाँनयाँ नाम राख्ने फेसन चलेको छ । पूर्वीय संस्कृतिअनुरूप नाम नराखेर पाश्चात्य जगत् चहार्ने चलन चलेको छ । म न यताको हुँ न उताको हुँ । कतै न कतैको हुँ । हुँ त सबैतिरको हुँ । हुइनँ त कतैको पनि होइन । म कसैको नामाङ्करण गर्दै हिँड्ने पेशेवर पण्डित पनि होइन । म नाम राखेर आफूलाई ठूलो मान्छे बनाउन चाहन्न । तर, तपाईं मित्र भएको नाताले नेपालीपन झल्कने नाम राखिदिन आग्रह गर्नुभएको रहेछ । मसँग नामको लामो सूची छ । अहिले पनि मसँग गोडा पाँचेक शब्दकोश छन् । तिनमा लाखौँलाख शब्द छन् । नामवर्गमा मात्रै हजारौँ शब्द छन् । एउटा नाम मज्जाले राख्न सकिन्छ । आफूले राखेको नाममा आफैँ सन्तुष्ट हुनसक्नुपर्छ । पछि छोरो बुझ्ने भएपछि प्रतिकार गर्न चाहेछ भने चाहिँ छुट दिनुपर्छ । आफूलाई कुन नामबाट सम्मानित गराउने, त्यो वैयक्तिक मामलाको कुरा हो । यस सन्दर्भमा मेरो महत्वाकाङ्क्षाको मूल्य छैन । अन्तिम निर्णय तपाईंको हो । विनाहस्तक्षेप अन्तिम निर्णय लिनुहोला । म चाहिँ तपाईंको छोरोले बाबुले बिराएको बाटो सपारेर नवीन अध्याय सुरुआत गरोस् भन्ने चाहन्छु । उसले महोत्तरीको मुसहर्नियामा बसेर सोलुखुम्बुको ओलाङ्गचुङगगोलामा प्रभाव जमाओस् । ऊ अपूर्व मौलिक विलक्षणले युक्त होओस् । न्यायको मार्गबाट अन्यायलाई दबाओस् । आफू जेजस्तो छ, त्यस्तै मौलिक बन्नमै रमाओस् । अरूको देखासिकी गर्ने र आफ्नोपन मारेर परतन्त्र स्विकार गर्ने बन्दै नहोस् । आफ्नो हृदय खोल्न सकोस् । आफूभित्रको कुरा जगत्लाई देखाओस् । ऊ ऊध्र्वगामी पथमा फड्को मार्ने मान्छे बनोस् । सानातिनाझिनामसिना बाधाव्यवधानबाट नअलमलियोस् । जटिल र कराल पर्खालको भेद खोल्न सकोस् । त्यसको कमजोर भागबाट कोतर्दै मुटुकलेजो हात पार्न सफल रहोस् । दृढ विश्वासले पाइला अघि बढाउन सकोस् । इच्छ्याएको गन्तव्य सहजै चुमोस् । कथनी एक तर करणी अनेकको काम कदापि नगरोस् । कथनी र करणीमा तालमेल गर्दै शिखरतर्फ लम्कोस् । बस् यत्ति नै !अन्तमा, लेखकज्यू ! यस पत्रले उठाएका तीताटर्टा भावनालाई मीठो मानेर ग्रहण गर्दिनुहोला । सुदामाको कोसेलीमा आएको कनिका कृष्णका लागि अमृतसमान भएको थियो । मेरा यी शब्दोपहार समेत हृदयतः स्वीकार्य रहनेछन् भन्ने आशामा छु । अस्विकार गरिँन वाध्य हुनुपर्दाको दुःखद महसुसका लागि क्षमा प्रार्थी छु । धन्यवाद !
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
टुकुचाको किनारामा एक साँझ
निबन्ध
रमेश सायन
17, 2012, 4:15
टुकुचा औधी धमिलो बगेको छ । म पुलैमाथि छु । सवारी साधनहरू, आफ्नो कडा हेडलाइटले मेरो अनुहार छामेर हतारमा दगुरिरहेका छन् । रात आफूलाई बैंशालु बनाउन हतारिरहेको छ । जसको प्रतिनिधित्व महानगरपालिकाले बन्ध्याकरण गरिदिएको भुस्याहा कुकुरको अन्तिम वंशले गरिरहेजस्तो लाग्छ । जुन घिनाउँदै टुकुचामा खसेको छ । बादलमा आफ्नो अनुहार लुकाउन नसकेकोमा अहिले जुनलाई बढो पछुतो लागेको हुनुपर्छ । मेरो शरीरबाट आइरहेको सेक्सी एपेक्स पर्फ्युमको गन्धसमेत टुकुचाले खोसेर आफ्नो अमिलो गन्धमा मिसाइसकेको छ । मेरो नाकले यो फोहोरी टुकुचाको गन्धसँग एकोहोरो युद्ध गरिरहेको छ । काठमाडौंको सिङ्गो सभ्यता चोभारको छिँडीबाट ओरालो खसालेर टुकुचा ओरालैओरालो बग्छ । गंगाको किनारमा नभनिदियोस् हाम्रो कठमाडौंको मकाएको सभ्यता । उता कतै नसम्झियोस् काठमाडौंको आफ्नो पूर्वरूप । मैले मनमनै टुकुचालाई अनुरोध गरे । अहिले सहरको सडक मेरो हो भन्दै हिँड्नेहरूको संख्या विस्तारै खहरे खोलोको रूपमा अगडि आइरहेको छ । जसले टुकुचालाई गाली गर्ने सही समय सम्झेर गर्वका साथ धित मर्नेगरी गाली गरिरहेका छन् । जसका आँखाले मलाई समेत एकै शैलीमा मिसाएर आफ्नै लाइनमा उभ्याउन भ्याइसकेका छन् । एउटा मान्छे खुट्टा लरखराउँदै मेरो अगाडि उभियो र लरबराएको आवाजमा मलाई भन्यो, “जीन्दगी रक्सी जस्तै स्वादिलो भैदिए दुनियाँले मेरो जिन्दगी पनि स्वादहरूको सूचीमा दर्ता गर्थे होलान् तर जिन्दगी सधैँ पिइसकेको खाली सिसी जस्तो मात्र भइरहन्छ ।” रक्सी पिएको बेला कहाँबाट आउँछ यसरी जिन्दगीसँग गहिरिने दर्शन ? म गम खान्छु । किन बोल्नु यो मान्छेसँग ?म केही बोलिनँ । ऊ आफ्नै सुरमा बोलिरह्यो । म टुकुचामा गन्ध सुँघ्न उभिएको यो रातको यो पुलमा । ऊ टुकुचामा गन्ध मिसाउन आएको हो । कारण फरक छ । तर ऊ पनि म जाने बाटोतिरै लरखराउँदै अगाडि लाग्यो । म भन्दा निक्कै पाको उमेरको यो मान्छे, जीवनको पठशालामा म भन्दा अब्बल दर्जाको हुनुपर्छ । म अघि नै घर पुग्नुपर्ने मान्छे । साँझतिर बाल्मीकि क्याम्पसमा भेट भएका सबै कवि मित्रहरू घर पुगिसकेका हुनुपर्छ । म पनि घरै जान्छु भनेर हिँडेको थिएँ । बीचैमा टुकुचाको पुलमाथि उभिने रहर लाग्यो । रहरको अगडि कसको के लाग्छ । यो रातमा यो पुलमाथि टोलाउनुको करण केही छैन । सरकारले सुरक्षा व्यवस्था रामै्र गरेको छ । महानगरपालिकाको प्रहरी बोकेको गाडी मेरो अगाडिबाट गयो । मलाई केही भनेन । यो लगभग दुई घण्टाको बीचमा त्यो रक्सी पिएको मान्छेबाहेक अरू कसैले पनि केही भनेको छैन सायद भन्नै पर्नेगरी असामान्य भएको छुइनँ, अहिलेसम्म । तर जरुर म अझै केहीबेर यसैगरी उभिरहेँ भने मलाई पुलिसले आफ्नै शैलीमा सोधपुछ गर्नेछ । झोला खनतलासी गर्नेछ र भर्खर पढिसकेको तर झोलाबाट निकालेर नथन्क्याएको लियो टल्सटायको सारै भद्दा र गज्याङमज्याङ पात्रहरूको लामो उपन्यास तर असाध्य सुन्दर ‘वार एण्ड पिस’ र लामा कविताहरूको सानो र सुन्दर किताब वैरागी काइँलाको ‘अन्धामान्छे र हात्ती’ भेट्नेछ । म यहाँ उभिनुको कारण सोध्नेछ । म कारणमा, टुकुचाको गन्ध र सहरको सभ्यता बुझ्न उभिएको हुँ भन्नेछु । सामुन्ने थोत्रा कपडा र पुराना बोराले आफ्नो शरीर छोपेर सडकको ल्यमपोष्टमुनि झोक्राई रहेको मेरै उमेर बराबरको जस्तो लाग्ने त्यो मान्छेकै हाराहारीमा मलाई बुझेर, पुलिसले चुपचाप छोडिदिनेछ । मलाई बेवास्ता गर्नेछ र कुनै केरकार गर्नेछैन । रातिको साढे दस बजेको छ । अब लगभग सडक सुनसान जस्तै भइसकेको छ । टुकुचाको किनारामा उभिएको घरको तेस्रो तलाको झ्याल खुल्यो मैले मान्छेको अनुहारै त देखिनँ तर एउटा प्लाष्टिकको पोको खस्यो र पानीमा आफ्नै लयको सङ्गीत बज्यो । त्यो प्लाष्टिकको पोको जुन र बिजुलीको उज्यालोमा मेरो आँखाको रेटिनाबाट टाढा बग्न नसकेर त्यतै किनारातिर अल्झी बस्यो । जसरी अल्झिएका छन्, ससाना सपनामा हामी नेपालीका लामा र पट्यार लाग्दा जिन्दगीका लाइनहरू । जसरी अल्झिएका छन् सरकारको हुटिट्याउँले आकाश थाम्ने उखानको योजना । म आफ्नै पारामा बगिरहेको छु । एकजना कवि मित्रको फोन आयो । मैले नढाँटी भनेँ “म टुकुचामा छु ।” उनले पनि नढाँटी भने, “म ठमेलमा छु ।” लगत्तै मलाई ठमेल आउने निम्तासँगै उनको रात्रिकालीन जीवनको ठेगाना दिए । तर मलाई घर जानु थियो । अब हल्लाखल्लामा मेरो मथिङ्गल बिथोल्नु थिएन, आउँदिन भनिदिएँ । टुकुचाको गन्धले मलाई एक तमासको तनाव दिइरहेको थियो । घरतिर लाग्दै गर्दा टाउकैमाथिको होडिङबोर्डले मेरो पैतला रोक्यो । हुन त यो सहरैभरि होडिङबोर्डै होडिङबोर्ड छ तर यो अमिता बच्चनको डाबर च्यावनप्रासको यो विज्ञापनिक बोर्डले मलाई लुते भइस् भनिरहेको जस्तो लाग्यो । मैले एकसरो आफ्नै आँखाले आँखाभन्दा मुनिको आफ्नो शरीर हेरेँ भ्याए । त्यसकै ठिक पारिपट्टी शाहरुख खानको फेयर एण्ड हेण्डसमको निक्कै ठूलो होडिङबोर्डले पनि मेरो कालो अनुहारलाई जिस्क्याएर भनिरहेझैँ लाग्थ्यो, “सायन समयको पासा पल्टा तँलाई कसैले पत्याउँदै यो टुकुचाको किनारामा, अब गोरो हो, तेरी प्रेमिकाको योग तँलाई हैन तेरो छालालाई प्रेम गर्ने परेको छ ।”तर मैले यी कुनै विज्ञापनलाई टेरिनँ । खास वास्ता गर्न खोजिनँ र सरासर अगाडि लागेँ । यी मल्टिनेसनल कम्पनीले आफ्नो साम्राज्य कलिला टिनएजर्स्देखि पाकासम्म फैलाएका छन् । बलेसीदेखि चुलो र आँखाको नानीसम्म पुगेका छन् । हामी नेपालीलाई फकाइफकाइ आफ्नो व्यापारको शैली बोकेर यो सहरको छातिमा गर्वसाथ उभिएका छन् ।लाग्छ यो टुकुचाको किनारमा समयको राजमार्ग आफ्नै गतिमा दौडन्छ । किनारामा सपनाहरू पनि सुकिलै उभिएका छन् । किनारमा एकाध फूलहरू पनि आफ्नै बैंशमा फुलेका छन् । यसको गन्ध नियमित जस्तो छ । बाह्रैमास एकै गन्ध हावाको पिठ्यूँ चढेर आकाशमा फैलन्छ । गन्धहरूको दर्शक नियमित निःशुल्क आउँछन्/जान्छन् । पोहोर साल जन्मेको बालकले आमा भन्न जानेको छ । आफ्नै पैतलाले भूगोल छामेर उभिने कसरतमा छ । समयको टुँडिखेलमा बादशाहको शालिक नाघेर घोडाहरू आफ्नै दौडमा छन् । तर बिचरा यो टुकुचा कहिल्यै सुकिलो बग्न सकेन । छाति फुलाएर सहरको सभ्यातामा उभिन सकेन । घण्टाघर ठिक समयमा बाह्र बजाउँछ, कुखुरो ठिक समयमा बिउँझन्छ, चराहरू ठिक समयमा गुँड फर्कन्छन् । वसन्त सालै पिच्छै ठिक समयमा आइपुग्छ । ठिक समयमा मुनाहरू हाँगामा देखिन्छन् । सबै ठिकठाक दुरुस्त छ । गमलामा गुलाफको फूल आफ्नै गतिमा फुल्यो, फक्रियो, आफ्नै गतिमा ओइलियो र झयो ठिक समयमा आफ्नो बास्ना हावामा पठायो । म घर पुग्न लागेको छु तर टुकुचाको गन्धले रिङ्गटा लाग्ला जस्तो भइरहेको छ । टुकुचाको सभ्यताले बेसमारी मथिङ्गल बिथोलिरहेको छ । किन टुकुचा ठिक समयमा बिउँझन सक्दैन ? किन टुकुचा ठिक समयमा उठेर हिँड्न सक्दैन ? किन समयभन्दा पछाडि छ टुकुचाको सहरी सभ्यता ? किन टुकुचाको सङ्लिने धर्म बिथोलेर हामी शानसँग यो सहरको नाम जोडेर दौडन्छौँ ? म अहिले फनफनी घुमिरहेको छु, टुकुचाको गन्धसँग । पानी, असिना र हिउँको पुर्खा वाफ हो । उकालोको पुर्खा ओरालो हो र ओरालोको पुर्खा उकालो हो । हिउँदको पुर्खा वर्षाद् र वर्षाद्को पुर्खा हिउँद हो । एकको पुर्खा शून्य र दुईको पुर्खा एक हो । म सम्झन्छु यो टुकुचाको गन्धको पुर्खा धरहराझैँ उभिएको सहरको आधुनिक फोहोरी सभ्यता हो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
ए ! मुलाकात एक बहाना हे
निबन्ध
भूमिराज बस्ताकोटी
12, 2012, 2:00
उफरबाट अत्यन्तै मिठो स्वरमा लताको गीत बजि रहेको छ । आडैमा रहेको छोराले खेलि रहेको गुच्चाको प्याट्ट प्याट्ट ध्वनि पनि नजिकबाटै आइ रहेको छ । छोरी ... को एउटा अङ्ग्रेजी लयमा मस्त देखिएकी छ । मुलाकातलाई रङ्गीन बनाउन उनलाई वरिपरि हेरि रहेको छु तर रङ्ग पोखिने कुनै लक्षण आभाषित भइ रहेको छैन । गीतको अन्तरा बज्न थाल्छ “मे हुँ अपने सनम की बाहो मे, मेरे कदमो तले जमाना हे ।” मस्तिष्कमा अचानक एउटा समाज शास्त्रीय झट्का उठ्छ दुई प्रेमी प्रेमिका एक अर्काको आलिङ्गनमा हुँदा पनि त्यो प्रेमको मधुर रसमा मस्त नभएर संसारलाई पाइताला मुनि देख्नु पर्ने कस्तो मनोविज्ञान !!!‘अर्काको बुद्धिमा राजा हुनु भन्दा आप्नै बुद्धिमा जोगी हुनु ठिक’ पक्कै हो । तर जोगीप्रतिको यो उपेक्षा एकातिर वर्तमान नेपाली राजनीतिक परिवेशमा दशनामीहरूका लागि राम्रै मसला बन्न सक्छ भने अर्कातिर सिङ्गो मानव जातिका लागि कथित् मुक्तिको मार्ग । सायद सबैभित्रको एक स्वैर काल्पनिक आदर्शले खास मान्छेलाई महव दिइ रहेको हुँदैन । ऊ सधैँ एउटा विशेष उचाइको मान्छे खोजि रहेको हुन्छ । सुनको मृगका पछि लागि रहे जस्तो !निजी विद्यालयहरूमा अहिले कपाल काट्ने लहर नै चलेको रहेछ । “बाबा यो कपाल भएन रे ! छोटो बनाएर फालिदिनु पयो रे !” छोराले अर्ध रुवाइको स्वरमा लगभग आदेशात्मक भाषा प्रयोग गयो । मैले पनि लगत्तै त्यसको कार्यान्वयन गरि हालेँ, आपै कैँची र काइँयो लिएर । भोलिपल्ट अझ रिसाउँदै पौने रुवाइको स्वरमा चिच्चायो “यसरी पनि भएन रे ! पुरै मसिनो पार्नु पयो रे !, हजामले १नं. बिलेडले काटे जसरी । नत्र जरिवाना तिर्नु पर्छ रे !”यता आपू रोजगार रहेको संस्थामा पनि धेरै केटाहरूका टाउका लगभग मुडुला देखेँ । सोधेँ “के हो यो ?” “स्कुलको आदेश सर ।” जवाफ आयो ।“यसमा तपाईं के भन्नु हुन्छ सर ?” एउटाले प्रश्न गरि हाल्यो ।मैले के भन्नु ! तैपनि भनेँ “राजेश हमालले कपाल पालेको राम्रो देखिने, हामै्र पोखरेली श्रद्धेय साहित्यकार दाजु सरुभक्तले पालेको कपालको पनि धेरैले प्रशंसा गर्ने, कवि तथा गुरु नुमराज बराल लामो कपाल हल्लाउँदै कक्षामा प्रवेश गर्दा सौन्दर्यले भ्यालबाट चियाउने अनि यही कक्षामा सम्पूर्ण नानीहरूले पालेको कपालप्रति कसैले चुँसम्म नबोल्ने तर तिमीहरूले पालेको कपाल मात्रै किन सौताको छोरा हँ ! ! !”विद्यार्थीले पर्रर ताली बजाए । ताली पाएपछि राम्रै कुरा गरेछुको बोधमा पुनः थपेँ “समस्या कपालको होइन, समस्या त्यसभित्र लुकेर रहेको अमानवीय व्यवहारको हो । कपाल फाल्नु पाल्नुले मान्छे राम्रो र नराम्रो हुँदैन, अनुशासित र अनुशासनहीन पनि हुँदैन । फाल्ने हो भने ती अमानवीय पक्षलाई खोजी गरी गरी फाल्नु पयो अन्यथा कक्षा १० सम्म पाल्न नदिने तर त्यही विद्यार्थीले ११ पछि विभिन्न स्टाइलमा छाँट पार्न पाउने भएपछि यसको के मूल्य भयो र ?”शिक्षकको भूमिकामा न थिएँ । आखिर हामीलाई सुन्ने तिनीहरू मात्रै न हुन् । जाने जति आदर्शका कुरा खोल्न पाइने भएपछि म पनि पछि परिनँ । ताली पुनः बज्यो ।“सर यही कुरा बिहान एसेम्ब्लीमा भनि दिनु न ।” एउटाले घाँटी नै अँठ्याएर भनि हाल्यो । एता लताको अर्काे गीत बज्न थालि सकेछ । “तुने ओ रङ्गिले कैसा जादु किया ...” म पुनः स्मृतिमा रमाउन पुगे छु ‘लु’को समीक्षा कायक्रम थियो, चिप्लेढुङ्गाको कुनै रेस्टुराँमा । यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको त्यस कार्यक्रममा उपन्यासका स्रष्टा नयन राज पाण्डे पनि आएका थिए । छलफलका क्रममा उपन्यासको एउटा पात्रले भारतीय झन्डालाई कट्टु बनाएर लगाएको थाहा भयो । मैले उपन्यास पढेको थिइनँ तर यस विषयले भने छोयो । मैले लेखकलाई प्रश्न पनि गरेँ “आप्नो आत्म सम्मान देखाउन अर्काको आत्म सम्मानलाई टाँगमुनि हाल्नु कति न्यायोचित कुरा हो ?”तर उनले त्यसलाई अति हल्का रूपमा लिएर भने “मैले त्यो देखेकै कुरा लेखेको हो, पिर नमान्नु होस् कपडा खेर गएको छैन !”देख्न त के के देखिन्छ देखिन्छ, सबै लेख्नु !? अनि वस्तुको वस्तुवादी उपयोगिता मात्रै हेर्ने चरम वस्तुवादी बन्ने हो भने उनले साहित्य लेख्नै छाडि दिए हुन्छ । वस्तुको वस्तुवादी उपयोगिताका कोणले मात्रै हेर्दा तिन सय रुपियाँको र २५६ पृष्ठको उक्त उपन्यास एक महिनाको शौचालय कागज भन्दा बढी कहाँ उपयोग हुन्छ र ? हुन सक्छ उनले भारतमा दुई चार प्रति उपन्यास जलून्, मिडियामा समाचार आओस् र आपू अन्तर्राष्ट्रिय व्यक्तित्व बनूँ भन्ने अभिलाषा पनि राखेका हुन सक्छन्, भए शुभ कामना छ ।आजकल हाई प्रोफाइल वनभोजहरू पर्याप्त देखिन थालेका छन् । हरेक क्षेत्रमा नैतिकता, आदर्श र मूल्यका गफ घाँटीसम्म आउने गरी सुन्नु पर्ने मान्छेहरू त्यहाँ सवा दिउँसोदेखि मदिरा र मांसमा पूर्ण प्राकृतिक भएर नग्न ताण्डव नृत्य गरेको हेर्नु र अश्लिलताको पराकाष्ठामा पुग्ने गरी गरिएका ननभेज जोकहरू सुन्नु पर्दा उल्टी आउला जस्तो आभाष हुन्छ । अनि सरु दाइको ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकको एउटा संवाद याद आउँछ “यतिखेर पृथ्वीमा महान् र प्रतिभाशाली व्यक्तिहरूको आवश्यकता छैन, आदर्श र चरित्रवान् व्यक्तिहरूको आवश्यकता छ ।”गीत दोहोरिन थालि सकेछन् । उफरबाट फेरि लताको उही गीत बजि रहेको रहेछ ए ! मुलाकात एक बहाना हेप्यारका सिलसिला पुराना हे...
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
एउटा राजमार्ग सपना
निबन्ध
रमेश सायन
5, 2012, 5:26
अहिले म सुनकोशी किनारामा छु । बाटो सिधा छ, निलो नदी आफ्नो गन्तब्य नबिर्सि ओरालो बगेको छ । हरियो पहाड, हरियो संगीत बोकेर जूनसँगै नदीमा खसेको छ । मंसिर महिनाको चिसो मेरो आंङ्गमा साम्राज्य फैलाउन खोजिरहेको छ । मैले अमेरिका सम्झेँ । म चिसोसँगको युद्धमा छु । बैँसमा मेरी आमा माइत जान श्रृङ्गारिएकी झै देखिने नदीमा खसेको यो जूुनले मेरो मन पहाडका भित्ताभित्तामा टाँगेको छ । भर्खरभर्खर मंसिर उठेको बाँझो खेत,दसैमा पोतेका घरका राता भित्ता,लोग्ने बिदेसिएको गोरेटो बाटो,चिसो रात, सङ्लो जून, बतासमा मिसिएर आउने सम्झनाको घोल, सानो नानीको स्कुल जाने बाटो, धेरै बृद्ध आमा बाबुको लहरे खोकीको औषधि,लाहूरी भँैसीको दुध, डेरी पु्याएर फर्केको खाली डुंग्रो,धेरै एन.जी. ओ. आइ. एन.जी.ओ को सपना, होटलमा काम गर्ने केटाकेटीहरुको बिहानबेलुका जोडिने गाँसको सपना, किसोर किसोरीको सुदुर प्रेमको काल्पनिक संसार आदि आदि यही सुनकोशी किनाराको राजमार्ग भएर ओहोर दोहोर गरिरहन्छन् ।म रिभर साईड रिसोटको बातानुकुलित कोठाबाट बाहिर नदी किनारामा छु । शान्त हुन नसिकेको यो नदीले जूनसँगै खसेको मेरो अनुहार पनि हल्लाई रहेको छ ।यो राजमार्गले छातीमा आफ्नै कथाको तक्मा भिरेर यो रातको चिसोमा ओसिएकोछ । यो राजमार्गको बाटो सुगम छ, पैतला दुर्गम । नदी सुगम बगेको छ, छाल दुर्गम । शीत सुगम खसेको छ, रात दुर्गम उभिएको छ । यो होटल सुगम छ, यसका टेवल, टेवलमा आई पुग्ने सेवाहरु पनि सुगम छन् तर ती सेवाहरु टेवल टेवल सम्म बोकेर ल्याउने मनका सपनाहरु दुर्गम छन्, सुदुर छन् ।यहि होटलमा काम गर्ने सानु कद हँसिलो अनुहारको त्यो वेटर भाइको सपना होटल म्यानेजमेन्टको ट्रेनिङ्ग लिन हो । जसले मलाई होटल म्यानेजमेन्टको ट्रेनिङ्ग लिन लाग्ने खर्च सोधेको थियो । मेरो विषय परेन मलाई थाहा भएन तर अर्काे पल्ट यो ठाउँमा पुग्दा यस विषयमा बुझेर बताई दिनु छ । उ सँग सपना छ, सपना देख्ने मान्छे मलाई मन पर्छ । दुईचार पल्ट भयो, यो होटलमा बसेको उ सँग म परिचित र आत्मीय भएको छु । उसको सपनाको अगाडि यो पुसको जाडो आफै कामे जस्तो लाग्छ । मध्यराति सम्म निद्रा डराएर भागे जस्तो लाग्छ । उसको सपनाको अगाडि चिसो सिरेटो पनि खोला पारिपारिबाटै उकालो लागे जस्तो लाग्छ । उसको ओठले खुसीको प्रतिनिधित्व गर्छ । उसको मेहनेतले सपनाको रागमार्ग सुगम बनाउँछ । उ श्रम पुज्छ ईश्वर पुज्दैन । गाँउकै नि.मा.बि.सम्मको पढाई सकेर पोहोर साल यता राजमार्ग झर्नु अगाडिसम्म आफ्नु आँखा भन्दा पारीको क्षितिज नदेखेको उ ।तर अहिले कहाँबाट कहाँ आयो ? उ जन्मेको त्यो ठाउँमा सरकार पुग्ने गोरेटोबाटो छैन । लाग्छ त्यो लेकमा भुगोलमात्र छ, देश छैन । ऐना छ, अनुहार छैन । पैतला छ, बाटो छैन । पंखेटा छ, आकाश छैन । उसको त्यस ठाँउमा धेरै कुरा छन्, तर उसले बुझ्ने कुनै भाषा छैन । सुत्ने बेला आफ्नी आमालाई बारम्बार सम्झन्छ । सरकारले नदेखेको आमाको बिधुवा सिँउदो, गा.वि.स.मा बिधुवा भत्ता बाँडिन्छ भनेर नसुनेको आमाको बहिरो कान । यता राजमार्ग तिर झरे पछि अलि अलि जानेको छ । प्रायः आमालाई सपनामा देख्छ । दशँै पछि आमालाई सपनामा बाहेक भेटेको छैन । भर्खर मोबाईल फोन किनेको छ तर उता आमा यो प्रबिधिसँग अपरिचित छे । हरेक दिन निदाउनु अघि आमाको सम्झना यो पहाडको डिलै डिल भएर उ सुत्ने कोठा सम्म आई पुग्दो हो । म पनि बेसमारी आमाको सम्झना कल्पना गर्न सक्छु । केहिबेर अघि चिसोले फुटेको आफ्ना हत्केला देखाउँदै उसले भनेको थियो “ लेकतिर मेरी आमाको हात खुट्टा पनि बेसमारी फुटेका होलान् । पोहोेर पोहोर तिर त आमाको हातबाट रगत पनि बगेको हुन्थे यस पाला पनि उस्तै त होला नि जाडो । यता त यस्तो छ ।” उ आमाको सम्झनामा पुरै बिलीन भएर एककोहोरो बरबराई रहेको थियो । त्यति नै खेर रेष्टुरेन्टको टेलिभिजनमा नरम त्वचाको बिज्ञापन बज्यो । तर उसकी आमाले यो बिज्ञानपनको भाषा बुझ्िदन । मेरो मष्तिष्कमा उसकी आमाको काल्पनिक स्केच बन्यो । त्यो सानो केटो जो होटलमा काम गर्दै होटल म्यनेजमेन्टको ट्रेनिङ्ग लिने सपना देख्छ । यता झरे पछि धेरैकुरा जानेको हुनु पर्छ, उसले । सपना देख्न र मेहनेत गर्न सिकेको हुनु पर्छ नत्र त उसको त्यो भुगोलमा कुन बतासले सपना उडाएर उसको बलँेसिमा खसाल्ला र आँखाले टिप्ला, पैतलाले बाटो छाम्दै यी राजमार्ग किनारामा आई पुग्ला र ? उ बिनायोजना अकस्मात यो राजमार्गमा खसेको हुनुपर्छ र धेरै कुरा जानेको हुनु पर्छ । आज होटलमा अलि फुर्सद रहेछ । चिसोले गर्दा गेष्टहरु कम । सबै भन्दा कान्छो भएकोले अरुको अगाडि मायालु पनि । उ बारम्बार मेरो टेवलमा आईपुग्छ । म लगातार तातो पानी पिईरहेको छु । उ निसफिक्री मसँग गफिन चाहान्छ । म अलि चासो दिन्छु उसको सपनाहरु सुन्न चाहान्छु । उ अव होटल म्यनेजमेन्टको ट्रनिङ्ग लिएर बिदेश जान चाहान्छ । बिदेश जाने सपना यहि होटलको सिनियर दाईबाट देख्न थालेको रहेछ । म कल्पना गर्छु अब उसको मेहनतले उसकी आमाले नयाँ मजेत्रोमा आफूलाई बेर्ने छे । पहिलो पल्ट ऐना हेरेर लजाउने छे । समयले उसलाई राजमार्गै राजमार्ग उकालो लाग्न दियो भने मूनाहरुमाथी बसन्तले खसालेको बीर्य जस्तै परिवर्तन हुने छ, उ ।उ फेरि मेरो अगाडि उभिएको छ । ल्याटिन अमेरिकी चिलीको आन्दोलनको बारेमा समाचार प्रसारण भईरहेकोछ । मिठो भाषण गरिरहेकी क्यामिला भ्यालेजो को अगाडि लाखौँहातहरु हल्लिन्छन् । उसले त्यो समाचारको भाषै नबुझे पनि टोलाएर क्यामिला भ्यालेजा को सुन्दर अनुहार हेरिरहन्छ । साहयद यसबेला उसले लेकतिर आफ्नी डोल्मा सम्झेको हुनु पर्छ । मैले चाँहि आफनै देशको त्यो बिसाल आन्दोलन सम्झेँ । त्यतिखेर हम्रो आन्दोलन पनि ल्याटिन अमेरिकी चिलीकै आन्दोलन जस्तै थियो । तर आज त्यहि आन्दोलनको जगबाट टाउको उठाएको सरकार उसकी आमाको थोत्रो मजेत्रो र चिसोरातको अगाडि अन्धो भएको छ । उसको घर पुग्ने गोरेटो बाटोको अगडि लंङ्गडो भएको छ र उसकै निजी सपनाको अगाडि यो सरकार बौलाएको छ । फेरी म छेउमा आएर कानमै भन्यो दाई मैले पचास हजार जम्मा गरिसकें अव कति महिना काम गर्नु पर्छ होटलम्यनेजमेन्टको टनिङ्ग लिन ? अर्काे पल्ट आउँदा यस बारेमा बुझेर आईदिनु होला ।राजमार्गमा अनेक कुराहरु हुन्छन् । खाली पैतला हुनेहरुले जुत्ताको सपना देख्छन् । मैलो कपडा हुनेहरुले सुकिलो कपडाकाको ,जाडो हुनेहरुले न्यानो कपडाको, खलासी हुनेहरुले ड्राईभरको , मजदुरले मालिकको, मालिकले सासकको । राजमार्ग भनेको आफँैमा गन्तब्य हो । यहाँ गन्तब्यको मात्र सपना देखिन्छ । उसले पनि गन्तब्यको सपना देखिरहेको छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
साहित्य लेख्ने पढ्ने कुरा
निबन्ध
शीतल गिरी
5, 2012, 5:24
लेख्नका लागि पढ्नु आवश्यक छ । साहित्य सृजनका लागि साहित्य पढ्नु आवश्यक छ । पढ्नु जिज्ञासा हो, लत हो । एकचोटि जसलाई यो लत लाग्यो ऊ यसको फन्दाबाट कहिल्यै उम्किन सक्दैन । किन उम्किन चाहने ? जब यो पढ्नेले एउटा नयाँ जिन्दगी जिउने अवसर प्राप्त गर्छ प्रत्येक दिन एउटा नयाँ लोकमा घुमाउँदछ । यसले जिन्दगीलाई सपनामा र सपनालाई जिन्दगीमा परिवर्तन गराउँछ ।सृजन क्षमता जसमा हुन्छ उ पढ्न छाड्दै छाड्दैन । वास्तवमा सृजन क्षमता भएकाहरु पढ्नुका साथसाथै लेख्ने पनि गर्छन् । उपलब्धिहरुले सामाजिक मान्यता प्रायशः तब पाउने गर्छ जब सृजन गर्नेलाई प्रेरणा दिने ऊबाट टाढा गइसकेको हुन्छ, यो लोक छाडिसकेको हुन्छ । यसकारण सामाजिक मान्यता प्राप्त हँुदाको खुसी प्रेरणाको स्रोतसँग साझेदारी गर्ने अवसर पाइँदैन । ती सृजनकर्ता भाग्यशाली हुन् जीवनभर प्रेरणा दिने मानिसको सान्निध्य प्राप्त गर्छ र उसलाई साहित्य लेख्नका लागि घचघच्याइरहन्छ जब पनि ऊ, उसको आस्था डगमगाउँछ भर दिने मानिस उसले भेट्टाइरहन्छ । लेख्ने काम सजिलो छैन । लेखेरमात्र जीवनयापन गर्न झन् गाह्रो छ । आफ्नो शैली, भाषा र अलग पहिचान बनाउन महागाह्रो छ । जुन देशका बहुसङ्ख्यक जनता गरिब र अनपढ छन्, पाठकका सङ्ख्या अति न्यून छन् के लेख्ने काम त्यहाँ एक किसिमको ऐयाशी होइन ? यो प्रश्न प्रत्येक लेखकले आफैसँग गर्नै पर्छ । यस प्रश्नको उत्तर पनि स्वयम्ले नै दिनुपर्छ । यस्ता शङ्काले लेख्ने काममा भाँजो हाल्नु हुँदैन, लेख्नुपर्छ र विश्वासपूर्वक लेखि रहनुपर्छ यसो नगर्ने हो भने साहित्य लेखन कहिल्यै हुने नै छैन । वास्तवमा साहित्यले समाजलाई समृद्ध बनाउँछ, सुसंस्कृत बनाउँछ । साहित्य नभए हामीलाई स्वतन्त्रताको मूल्य थाहा हुँदैन खास गरी जब कुनै तानाशाहको पाइतालामुनि हामी च्यापिएका हुन्छौँ । साहित्य जीवनको एउटा सशक्त अभिव्यक्ति हो र राजनीतिलाई जीवनबाट अलग गर्न सकिँदैन । साहित्यले हामीलाई सौन्दर्य र प्रशन्नताको सपनामा मात्र डुलाउँदैन, हरेक किसिमका दमनका विरूद्धमा सचेत गराउँछ । यदि यस्तो नहुँदो हो त सत्तामा बसेकाहरुले यसलाई प्रतिबन्धित गर्ने कुरो सोच्दैनथे । जसले जन्मदेखि लिएर मृत्युसम्म जनताको जीवनलाई नियन्त्रित गर्न चाहन्छ त्यस्ताले यसकारण स्वतन्त्र विचार बोकेका लेखकका कृति जनताको आँखाभन्दा टाढा राख्न सेन्सरसिपको प्रावधान लागू गर्छ । जनता जागरूक भए तिनीहरुसँग प्रश्न सोध्छन् जसको उत्तर दिन तिनीहरु चाहँदैनन् । रचनाकारले पाठकलाई ज्ञात गराउँछन्, संसार धेरै सुन्दर र समृद्ध बनाउन सकिन्छ । जब जनताले यो कुरा बुझ्छ तब तानाशाहको खोटो टक (सिक्का) चल्दैन । साहित्यले भेदभावविना सबैलाई प्रभावित गर्छ । प्रत्येक युगको आफ्नो भयङ्करता हुने गर्छ । हाम्रो युग फैनेटिक मानिसको हो । यो सुसाइडल बम, टेरोरिस्टको युग हो । उसले सोच्छ, ऊ सत्यको ठेकेदार हो, उसैद्वारा प्रतिदिन सम्पूर्ण विश्वमा असङ्ख्य मानिसलाई बली चढाउने गरेको छ । साहित्य सबै किसिमको राष्ट्रवादको विरूद्धमा हुन्छ । धर्मलाई पनि सङ्कीर्ण दृष्टिकोणको वाहक मान्दछ । राष्ट्रवादले नस्लवादलाई प्रोत्साहित गर्छ । बौद्धिकतालाई नष्ट पार्छ । इतिहास साक्षी छ, यसले कसरी मनुष्यतालाई समाप्त पारेर नरसंहार गरेको छ । विश्वयुद्ध र थुपै्र देश यसका उदाहरण हुन् । संहारक र विस्फोटक सङ्कलन गर्नमा जुन धन खर्च हुने गरेको छ त्यो धन स्कुल, पुस्तकालय र अस्पताल बनाउन लगाउनुपथ्र्यो । जन्मभूमिप्रति माया र ममता एउटा कुरो हो र अन्ध राष्ट्रवाद फरक कुरो हो । जहाँ हामीले जन्म लिएका छौँ, जहाँ हाम्रा पूर्वज रहेका थिए, हाम्रो सपना बनेको छ, प्रियजन बसेका छन् त्यससँग जोडिएका मिठा स्मृतिहरु हामी जहाँ बसे पनि हामीसँगै रहन्छन् । जन्मभूमिप्रतिको ममता हाम्रो ह्दयमा सधैँ रहन्छ । बाल्यावस्थादेखि नै साहित्यले स्वर्गको अनुभूति दिन्छ । राम्रा पुस्तकको अध्ययनले अप्ठ्यारासँग जुध्न सहयोग दिन्छ । वरपरको कटुता, एकाकीपनलाई किताबको संसारमा रमाउँदा भुल्न सकिन्छ । कल्पनाको संसार मन पराउन थालिन्छ । कल्पनाको संसारमा स्वतन्त्र र प्रसन्न बन्न पाइन्छ । विद्रोह, पलायन, विरोध र बाँच्ने प्रयास साहित्य बन्न पुग्छ । साहित्य लेखनले निराशा हटाउँछ । साहित्य लेखनले अपूर्व शान्ति प्राप्त हुन्छ । जीवनको लक्ष्य देखा पर्छ । लेख्दा रुखोपन पनि आउँछ, त्यस्तोमा कल्पना अनुर्वर बन्ने गर्छ । वास्तविक साधकले महिनौँ वर्षौं लगाएर एउटा रचना रच्छ । यस्तोमा आनन्द प्राप्त हुन्छ । प्रारम्भमा सबै कुरा अनिश्चित रहन्छ, लेखक बेचैन र उत्साहित बन्छ अनि बिस्तारैबिस्तारै यसले आकार लिन थाल्छ । जब लेखन अघि बढ्छ आफै सबै कुरा स्वाभाविक बन्दै जान्छ लेख्नु भनेको रति सुखजस्तै हो । दिन, हप्ता, महिनौँ कुनै युवतीलाई निरन्तर माया गर्दै रहनु जस्तै हो । साहित्य जीवनको मिथ्या प्रतिनिधि हो जसले हामीलाई जीवनबारे राम्ररी बुझ्न सहायता गर्छ । वास्तविक जीवनमा फ्रस्टेसन र कमीहरुको क्षतिपूर्ति गर्छ । हामी जन्मिन्छौँ, बाँच्छौँ र मर्छौं, यथार्थ जीवन हामीमा जुन विडम्बना र फ्रस्टेसन लाद्दछ त्यसका लागि साहित्य एक किसिमको मल्हम, एक किसिमको सट्टाभर्ना हो । साहित्यका कारणले नै धेरैजसो मानिसले जिन्दगीको दुरूहतालाई आंशिक रुपमा भए पनि बुझ्छन् । खास गरी त्यस्ता मानिस जसले आफ्नो विचारबाट शङ्का उत्पन्न गर्छ त्यस्ताका लागि साहित्यभन्दा ठूलो कुनै पनि शरण लिने स्थल हुन सक्दैन । साहित्य लेखन या पढ्न जे गर्दा पनि लाभैलाभ छ । साहित्यले हामीलाई बाँच्ने तरिका सिकाउँछ । जिन्दगीलाई बुझ्ने अवसर प्रदान गर्छ । साहित्यले हामीलाई सभ्य बनाउँछ, जिन्दगी राम्रो हुन सक्छ भनी सिकाउँछ । जिन्दगीमा जे हुनुपर्ने हो त्यसतर्फ इङ्गित गर्छ । लक्ष्य भेट्टाउने आकाङ्क्षा हामीभित्र जगाउँछ । हाम्रा पूर्वजका जीवनमा धेरै अप्ठ्यारा थिए । यस कुराको कल्पना वर्तमानमा साहित्यमा लेखिन्छ । हाम्रा पूर्वजका सम्मुख एउटा अज्ञात र खतरैखतराले भरिएको संसार थियो । उनीहरुलाई आवश्यक भोजन, प्रकृतिको अप्ठ्यारोबाट रक्षा, सिकार र सम्भोग नै जीवन लागेको हुँदो हो । जीवन सपना, प्रसन्नता र कल्पनाको उडान, एउटा आन्दोलनकारी योजना बन्यो होला । जीवन जिउने लालसा, परिवर्तन गर्ने चाहना, राम्रो बनाउने इच्छाले महत्वाकाङ्क्षा जन्मियो होला । वरपरका रहस्यहरुको भेदले फेन्टासी रचना गर्ने इच्छा जाग्रत भएको हुनुपर्छ । जब लेखन प्रारम्भ भयो तब यो कहिल्यै नरोकिने प्रक्रिया अझ समृद्ध भयो भन्नुको अर्थ साहित्यमा स्थायित्व आयो । साहित्य मनोरञ्जनभन्दा धेरै कुरो हो, यो बौद्धिक कसरतमात्र होइन । यसले संवेदनालाई तिखार्छ र आलोचनालाई जागरूक बनाउँछ ।सभ्यताको अस्तित्व कायम राख्न साहित्य आवश्यक पर्छ । हामीभित्र जुन सर्वोत्तम छ, त्यो बचाउन र सम्हाल्न साहित्य हुनु आवश्यक छ किनभने पुनः हामी एकाकीपनको पशुतातर्फ नफर्कियौँ, जीवन विशेषज्ञहरुको प्रयोजन मुलुकमा खुम्चिएर नरहोस्, जहाँ वस्तुलाई एउटा खास कुनाबाट मात्र हेर्ने गरिन्छ । वातावरणमा त्यसको वरपर, अगाडिपछाडि जेजति हुन्छ उपेक्षापूर्वक छाड्ने गर्छ । जुन मसिन मानिसको सुखसुविधाका लागि आविष्कृत गरिएको छ हामी त्यसको गुलाम बन्नु भएन । साहित्य नभएको संसार इच्छाविहीन, आदर्श नभएको अश्रद्धाको हुने छ । रोबोटको संसार हुने छ । साहित्यले हामीलाई गन्तव्यमा पुयाउँछ, हामीलाई अरुसँग सम्पर्क गराउँछ । यसले हाम्रो सपनालाई साकार पार्ने शक्ति दिन्छ । यसले हामीलाई डरलाग्दो, आलस्य र आत्मतल्लीनतामा डुब्नबाट बचाउँछ । कुनै अरु कुरोले हामीलाई यति व्याकुल बनाउँदैन, हाम्रो जीवनमा, हाम्रो कल्पनामा खलबली ल्याउँदैन जति साहित्यले ल्याउँछ । साहित्यले जीवनमा मिथ्यालाई जोड्छ जसको कारण हामी महान् रोमाञ्चक यात्राको नायक बन्छौँ । यसले हामीलाई त्यो महान् आवेग दिन्छ जुन वास्तविक जीवनमा हामीले कहिल्यै प्राप्त गर्न सक्दैनौँ । साहित्यको यो अमृत, यो असत्य पाठकद्वारा सत्यमा परिणत हुन्छ । पाठकलाई लालसाको सङ्क्रमण लाग्छ र जिन्दगीको मिडियोक्रिटीमा सधैँ प्रश्न गर्न थाल्छ । यसले हामीमा आशा जगाउँछ कि हामी त्यो बनौँ जो छैनौँ, हामीसँग त्यो होस् जे छैन । यसले एउटै समयमा हामीलाई अमत्र्य र मरणशील दुवै बनाउँछ । हामीमा विद्रोह जगाउँछ, सम्पूर्ण बहादुरीको कार्यका पछाडि जसको हात हुन्छ जुन बहादुरीले गर्दा मानिसको सम्बन्ध थोरै क्रूर भएको छ, अत्याचार घटेको छ । अत्याचार घटेको छ तर समाप्त भएको छैन । सौभाग्यले साहित्य कहिल्यै समाप्त हुँदैन यो अधुरो छ । यसकारण लेखन कार्य बढिरहेछ । साहित्य लेखन गर्नेले सपना देख्न, पढ्न र लेख्न कहिल्यै छाड्नु हुँदैन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
बेराग पात्रहरुको आकाश
निबन्ध
रमेश सायन
29, 2012, 4:35
म आफू एउटा कथा हुँ । भेटेका हरेक मान्छे पात्र हुन् । जसको बजारमा माघ छैन । पाठक छैनन् र दोस्रो संस्करण निसकने छैन । बाच्ने शैली बेरागात्मक छ । बिगत सम्झने उत्तिसाह्रो फुर्सैद छैन । मानौ ती पात्रहरु हावाले उडाउँदै गरेको कपासको छायाँ हुन् जो अब दोहोरिएर म बाँचेको बाटो फर्कने छैनन् । एकाद पात्रहरुले कतैन कतै पछाई रहेकाछन् । जीवनसँग कतै न कतै आएर ठोक्कि रहेकाछन् । र, ती नै पात्रहरुलाई कहिलेकाँही फल्यस ब्यगमा उभ्याएर उनीहरुसँगै बेराग बगिरहन्छु । दुई वर्ष पहिले जीवनसँग थाकेका, प्रगतिमा ओरालो खसकदै गरेका एक जना मित्र पूजा पाठ गर्न र देवलय भाकल गर्न थालेका रहेछन् । जसले मलाई उनले चिनेका एक ज्योतिष कहाँ साथीको नाताले लिएर गएका थिए । ती मित्रलाई “शनिको दसा छ । ग्रह दसा को पाठपूजा गर्नु । शनिबार वर पिपलमा पानी चढाउनु” भनेको थियो । मलाई चाहिँ “जीवन सामान्य छ । कुनै मोडमा तँ जोगी हुन्छस्” भनेको थियो । उस दिन देखी आजसम्म मेरो जीवन उही गतिमा धकेलिरहेको छ । कतै संगीतको राग जस्तो शैली मिलेको तरंग छैन । भविश्यसँग चिन्ता छैन । आसा गर्ने सपना पनि छैन । त्यसैले ज्योतिषले जे भने पनि मेरो जीवनको कुनै कुनामा चिन्ताको दल सरेन । रु.पचास ज्याला दिए पछि म उसको दैलोबाट बलेसीमा झरेको थिँए ।तीन दिन अगाडि पशुपति जान मन लाग्यो । कारण केहि थिएन । मंसिर मैनाको घाम,पशुपतिको भिडभाडमा कसैलाई भाग नलगाई सिंगैै तापिरहें जसरी तापिरहेका थिए,स्वर्ग जाने बाटो खोज्न आएका सन्यसी योगीहरु । पैताला सम्म खसेको लट्टे दारी, उस्तै आकारको कपाल,पुरै खरानी दलेको खाई लाग्दो ज्यान । यो भन्दा अगाडी त्यत्तिको बलियो योगी कहिलै देखेको थिइन जसले आफ्नो छोप्नु पर्ने एक अंश मात्र छोपेको थियो । उसैको छेउमा उभिएँ, नाम र घर सोधँे । योगीहरुसँग सपना हुदैन, सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो तर त्यो योगीले मलाई रिसाएर भन्यो । “योगीको नाम, घर, थर, र जात सोध्ने तँ कोहोस् ।” म उठेर हिड्न खोजँे । उति नै खेर कुनै विदेशीलाई टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्ररेड भनिरहेको थियो । सम्झँे, भरे उसकी स्वस्नीले उसको खल्तिबाट सन्ध्यकालीन आय बिवरण खोज्नेछे वा दिन भरि खैरेसँग फोटो खिचाउदा थाकेको शरीर ठमेलको कुनै मसाज सेन्टरको गेटमा बिसाउने छ । उसको बाच्ने शैली हो, जसरी बाचोस् । म अलि पर सरें र रमितेहरुमा थपिए ।पारी लासहरुको लाईन छ । प्राय जसो आधा डढिसकेका छन् । लासहरुको उमेर फरक छ । नरबाहादुरको सेकुवा पसलबाट आउने गन्ध र लासहरुबाट आउने गन्ध एक समान्नतर रेखा जस्तो लाग्छ । सबै लासहरुबाट उडेको धुवा र फैलिएको गन्ध एकै रङ्ग, उस्तै आकार र गतिमा हावाले बोकेर दगुरिरहेको छ । मेरो आँखामा धुवाको कालो रङ्ग,नाकमा लासको गन्ध र मेरो मथिङ्गलमा म भन्दा पञ्चहत्तर वर्ष जेठी र बीस वर्ष पहिलेको भोल्टि सर्किनीको अनुहार पौडिरहेको छ । मेरो आँखामा उनका, भिराला खेतका गह्रा जस्ता गाला र तुषारोको बिहान जस्तो कपाल तैरिरहेको छ । जसलाई मेरा बा र हजुरबाले कहिल्लै हाम्रो मजेरीको रङ्ग उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छ बाजे भन्थिन् । म उनलाई “भोल्टि र तिमी” सम्म भनेर सम्बेधन गर्थे । जस्तो मलाई सिकाइएको थियो । हाम्रो बेसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनमो बल्थिन कि बल्दिन थिईन मलाई राम्ररी थाहा भएन । तर उनी जीवन बोकेर हाम्रो घरमा बेसाहा किन्न आउनेहरुलाई थांग्रोबाट मकैका जुक्ता ओरालेर कुनै रहर नबोकी बाँचेकी हुन्थिन् । मैले आँखाको बाराबर बिन्दुमा मेरा हजुरबा र भोल्टि सर्किनीको लास जलि रहेको सम्झिएँ । जो यिनै लासहरु झै बराबर गनाई रहेका थिए । अन्तमा दुवै स्वादहीन खरानी भएर सुनकोसिमा बगेका थिए । म मेरो हजुरबाको मथिङ्गलबाट उम्किएर डिलमा उभिएको छु जहाँ सबैले ओडेको क्षितिज एकै आयतनमा फैलिएको छ । धेरै बेर सम्म उनैलाई सम्झि रहें ।घाट भित्रदै गरेको एउटा नयाँ लासले ध्यन फेरि लासहरुको लाममा तन्यो । त्यो लासको उमेर मेरो बराबरको हुनु पर्छ । मलामीहरु मेरो एम. ए. कक्षाका संख्या जति छन् । सबै तन्देरी छन् । लासको उमेर र मलामीको उमेर प्राय मिल्छ । रुनेकाहरुको संख्य धेरै छैन । एक जना ठूलो स्वरमा धित मर्ने गरि रुहिरहेको छ । बुझदा उसको बाबु रहेछ । टी.यू. मा एम.एसी. पढ्दा पढ्दै साईनाईट खाएर आत्महत्या गरेछ । ठिक्कैछ उसको मृत्यु उसको अधिकार, बाँच्न मन लागेन मयो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अव । आफ्नो जीवनयुद्धमा सहिद भयो । सकियो । आत्महत्य गर्नु कायर हैन बाहादुरिता हो । मन्ले भन्यो । तर एक पल्ट मर्नु छ किन साईनाईट खाएछ मनमा उसको मृत्युको पछुतो फैैलियो । बिचराले मर्नुको आन्नद लिन पाएन । मर्नै पर्ने भए बिस्तारै घाटिमा ब्लेडले सानो नसाकाटेर मृत्युको अनुभब लिईलिई मर्नु राम्रो हो । बाग्मती अल्छि मानि मानि बगेको छ । पानीको धर्म बग्नु हो । धर्म निभाई रहेको छ । आज नबग्नु पर्ने भए लेदो त छदै थियो जमेर बस्ने थियो होला । आफ्नो मृत्यु सकनु अघि घामले मेरो लामो छाँया धमिलो पानीमा खसाल्यो । आफ्नो उमेर सम्झेँ, २६ वर्ष । कुनै रोग सम्झेँ, केहि छैन । मेरो आयु सम्झँे र पारी लासका लाईन हेरें । अब सरासर बाँच्न पाँए भने ३५ देखी ४० वर्ष । बीचमा आत्महत्य गर्ने योजाना छैन । तर मृत्युको रहर छ । भयानक पिडादाही मृत्यु जसले मलाई दुःखको जस्तै अनेक अनुभब दिईयोस् । चरम भोक र परकाष्ठ प्यासको पिडा जस्तो अनुभब । हिउँमा खाली खुट्टाको जस्तो पिडा । या कसैले यताना स्वरुप बाघको खोरमा हालिदिने खबर जस्तो, जीवनको अनुभव ।साँझ पर्न लागेको छ । जोगीहरु पातल्ली सकेकाछन् । बाँदरहरुको चहलपहल घटेको छैन । पशुपतीमा आरती सुरु भएको छ । एक किसिमको संगीत हृदयमा गुन्जियो । यहाँ पनि जीवनको एक आन्नद छ । बैरागीहरुको एक झुन्ड ईश्वरको शरणमा आइपुगेको छ । जहाँ आन्नद छ त्यहाँ ईश्वर हुनुपर्छ । रागमा विलिन यो साँझमा मलाई आन्नद आयो ।दुई किशोर केटाहरु पानीमा चुम्मकको डल्लो हालेर डलर पैसाको तानी रहेकाछन् । जीवन जसरी पनि बाँचेर सक्नु छ । बाचिरहेकाछन् । एउटाले अनुहार उज्यालो पारेर खल्तिमा हात हाल्यो । लगातार एक दुईका सिक्का भेटेको हुनु पर्छ । रमाउने अनेक तरिका हुन्छन् उ रमायो । मलाई आन्नद आयो । यी किशोरले कहिल्लै आत्महत्या गरेर जीवन सक्दैनन् यीसँग ठुलो सपना छैन जीवनमा स सानो युद्ध गर्छ र जितिरहन्छ । अघि साईनाईट खाएको लास जलि सकेको छ मैले जीवनको त्यो सहिदलाई मनमनै सलामी दिए । म अहिले घर फर्कन लागेको छु । यता टहलिने रहर पुगेको छैन तर घाम टाकुराबाट खसिसकेको छ । बाटामा फेरि सम्झँे मलाई जोगी हुन्छस् भन्ने ज्योतिषीको भग्य कस्तो होला । उसको भविषमा कस्ता आरु बखडा फले र चिचिलामा झरे । कुन दिन धुरीमा काग करायो र दिनभरि असुभको डरले कामिरहयो होला । मलाई लाग्छ त्यो ज्योतिषी पनि कहिल्लै आत्महत्या गर्दैन । ती मित्र जो जीवनसँग बैरागिएर ज्योतिषीकोमा भविष्य बोकेर पुगेका थिए । उनको जीवन प्रति दया लागेर आयो ।मलाई गालि गर्ने योगीले दारी र कपालको ब्यापार गरेकोमा आन्नद लागेको छ । कम्तिमा एकै जीवन दुई पाटाबाट अनुभब गर्र्न पाएको छ । उ जोगी र बेश्यलयको ग्राहाक एकै पल्ट हुन सक्छ । भोल्टि सर्किनी उनको जीवनमा सधै गहिरिएर बाँच्न खोजेको छु । आफ्नो जीवन हदै सम्म फिक्का र दिक्दार लाग्छ उनको जीवनको अगाडि । त्यो आत्महत्या गरेको लास जसले मलाई मृत्युमा पिडाको रहर जगाई रहेको छ ।वाग्मतीमा पैसाका सिक्का खोज्ने किशोर जसले जीवनसँग ससाना युद्ध गरेकोमा मेरो जीवनसँग मिले जस्तो लागि रहेको छ ।म घर फर्कि रहेको छु गौसला चौकमा आई पुग्दा धेरै ठाउँमा चर्किए । जीवनसँग राग नमिलेका यी अनेक पात्रहरुसँग म पनि थपिए । भविष्यसँग कापिरहेको मित्रत्यो ज्यातिषी त्यो योगीमेरा हजुर बा भोल्टि सर्किनीत्यो लासती केटाकेटीपसुपतीमा बजेको आरतीको रागमैले बाँचेको मेरो आफ्नै जीवन एक झुण्ड एक बेराग संगीत बदलियो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
कान्छी हुर्किई अरे !
निबन्ध
होम सुवेदी
4, 2012, 6:39
होम सुवेदी
‘तपाईंको कथाका पात्रहरु अलिक बढी लाटालठेब्रा भए । सारसांैदा पात्रहरु छानेर कथा लेख्न किन मन गर्नुहुन्न ?’ मलाई मेरा कथामाथि शोध गरिरहेका एक जना विद्यार्थीको यो एक प्रश्न थियो । अनि मेरो कथाका एक जना समालोचकले पनि मेरा पात्र प्रयोगमा यही कुरा भनेका थिए । ‘हो, म यस्तै पात्रहरुका अवस्था दर्शाउन चाहन्छु । सद्दे मान्छेका कथा त धेरैले लेखेकै छन् नि ! यस्ता पात्रहरुको स्थिति दर्शाउनु पनि हाम्रो कर्तव्य होइन र ?’ मैले मेरा कथाका पात्रहरुमाथि टिप्पणी गर्ने र शोध गर्ने ती मित्रहरुलाई प्रतिप्रश्नात्मक उत्तर दिएको थिएँ । आज अब एउटा कथा लेख्न लाग्दैछु, यसमा पनि यस्तै हुन आँट्यो । पात्रको प्रयोगका हिसाबले मेरा यस कथामा पनि त्यही खण्ड पर्न आँटेको छ । मैले गाईवस्तु पालेको छैन । त्यसैले मेरो करसाबारीमा पलाएको घाँस मलाई चाहिँदैन । जसले काटेर लगे पनि मलाई केही फरक पर्दैन तर मेरा इच्छा के रहेको छ भने जसले घाँस काटेर लगे पनि मेरो बारी सफा होस् । आफूले निःशुल्क घाँस काट्न दिएपछि त्यति ता गरिदेओस् भन्ने भावना छ । मेरो बारीमा अलिक परतिरका छरछिमेकबाट दुई जना घँसियाहरु घाँस काट्न आउँने गर्छन् । एउटी लठेब्री छे । अर्काे पनि लठेबै्र छ । एउटी भर्खर किशोरावस्था पार गर्दै गरेकी छे, अर्काे बूढोबूढो छ । बूढोबूढो लठेब्रो पनि मेरामा घाँस काट्न आउँछ, र भर्खरकी लठेब्री पनि त्यही कामका लागि मेरोमा आउँछे । छाँटबाट दुवैको एकै धर्म रहेछ भन्ने अनुमान हुन्छ । ती एकै घरमा पालिएका होइनन् भन्ने मलाई थाहा छ तापनि ती दुवैको व्यवसाय भने एकै छ घाँस काट्नु, गाई हेर्नु र घरधन्दा गर्नु नै यिनीहरुको धन्दा हो भन्ने मैले बुझेको छु, थाहा पाएको छु । विशेष गरी मेरा करसाबारीमा पाक्षिक रुपमा घाँस काट्नु तिनको नित्यक्रिया जस्तै छ । कहिले केटीले घाँस काट्छे, कहिले बूढाले । बूढोले घाँस काट्यो भने लठेब्री मसँग उसमाथि रिस देखाउँछे, अनि लठेब्रीले घाँस काटी भने बूढो पनि उसै गरी रिसाउँछ । मानौं तिनीहरुका लागि मेरो करसाबारी घाँस काट्ने बिर्ता हो । मानौंं ती दुवैको आफ्नो अधीनस्थ रुपमा रहेको क्षेत्र हो यो मेरो घरसँग जोडिएको बारी । केटीलाई म कान्छी भन्दछु, बूढालाई घोइरे भनेर बोलाउँछु, तिनको नाम के हो मलाई थाहा पनि छैन । थाहा पाउनु आवश्यक पनि ठान्दिनँ । कान्छी घाँस काट्तै गरेको बेलामा बूढो आयो भने कान्छीलाई हप्काइदप्काइ गरेर खेद्छ र आफू मात्र घाँस काट्छ मानौं आफ्नो अधीनको क्षेत्रमा कुनै शत्रुको प्रवेश भएको छ र त्यसलाई ऊ खेदाइरहेको छ । तर कान्छी भने बूढालाई हप्काउन सक्तिन । बूढालाई तथानामका गालीले सराप्तै बारी छाडेर अर्कातिर लाग्दछे बरु आफैं । बूढो कसको घरमा बसेको छ मलाई थाहा छैन र कान्छी पनि कसको घरमा बसेकी छे त्यो कुरा पनि मलाई थाहा छैन । मलाई यतिमात्र थाहा छ, ती दुवै कसैका नोकर वा गोठाला हुन् । यिनका काम गराइका बिचमा अलिकति फरक पनि छ । फरक के छ भने बूढो निकै नै मिहिनेत गरेर मेरो करसाबारी सुक्सुकाउँदो पार्दै घाँस काटेर लान्छ, कान्छी भने उति राम्रो गरी घाँस काट्तिन । करसाभरि घाँस छोडेर जर्खरिलो र फोहोर पारेर छाड्छे । यी दुईले मैले रोपेका घरबारीका बिरुवाहरु काटिदेलान् भन्ने मलाई त्राहित्राहि पर्दछ । अनि उनीहरुलाई म केही अराइपराइ गरेर घाँस काट्न लगाउँछु र यो थोरै भए पनि मेरो करसाबारी सिनित्त होस् भन्ने आन्तरिक इच्छा राख्छु । ‘हेर् कान्छी, त्यहाँ बिमिरो, अम्बक र कागतीका बिरुवा छन् । बिरुवाहरु काटिएलान् नि !’ होस गरेर घाँस काट्नू !’ केटीलाई म अराउँछु । अनि ऊ निकै सतर्क भएर बारीका बोटबिरुवाहरुलाई जोगाएर घाँस काट्छे । सतर्क हुँदाहुँदै पनि मेरी श्रीमतीले ल्याएर रोपेको एउटा अम्बकको बिरुवा एकपटक कान्छीले घाँसका साथ थाहै नपाई काटिदिइछे । यो कुरा थाहा पाएपछि मेरी श्रीमतीबाट उसले निकै झपार खाएकी थिई । विषय पनि झपार खाने नै थियो । पैसा हालेर रोपिएको भर्खर मात्र सरेर केही पात हाल्दै गरेको अनि मेहेनतका मलपानी गरी रोपेर हुर्कन मात्र लागेको त्यो बिरुवा काटिनु निकै दुःखको विषय थियो । म पनि बिचैमा आएर उसलाई झपार्दै कराउँछु‘कस्ती हुस्सू रहिछे ! तँलाई गठेरी, के गरेकी त तैंले ? झन् बिरुवाहरु जोगाएर मात्र घाँस काट्नु भनेको थिएँ । यसले त सखाप पो पारिछे ! बरु यो भन्दा बूढो नै धेरै राम्रो र सफा गरी घाँस काट्छ !’ आफ्नो गल्ती भएकाले ऊ चूप लागी । उसलाई चूप नलागेर धर पनि थिएन । मैले अझ थपेें‘तँलाई त्यही बूढो लगाइदिन्छु अनि खालिस् ! यस गठेरीलाई त्यही राले बूढासँग बिहे गरिदिनुपर्ने !’ कुरा यति हो । यसपछि ऊ घोसे मुन्टो लाएर आफूले काटेको घाँस लिएर गई । यो घटना भएपछि ऊ मेरा घरवरिपरिको बारीमा निकै दिनसम्म घाँस काट्न आइन । बूढाको एकछत्त राज्यका रुपमा मेरो बारी केही दिन रहन पुग्यो । मेरा घरवरिपरि कान्छीलाई नदेखिए पनि गल्लीतिर गाई चराउँदै गरेको अवस्थामा उसलाई मैले देखि नै रहेकाले कान्छी यतै छे भन्ने प्रमाण जुटिरह्यो । ऊ मेरी श्रीमतीदेखि निकै डराउँछे, तर मदेखि उति डराउँदिन । म उससँग केही जिस्किदिन्छु । मसँग पनि ऊ जिस्किन खोज्छे । अलिक इत्रिन पनि खोज्छे । मैले राम्रोसँग नबुझ्ने भाषामा केके भनेर एक्लै हाँस्छे, म पनि हो न हो हाँसिदिन्छु । बूढो पनि कता हो निकै दिनदेखि घाँस काट्न आएको छैन । बारीमा घाँस बढेर निकै अग्लो भएको छ । किन आएनन् यिनीहरु घाँस काट्न ! मलाई कताकता एक प्रकारको उत्सुकता लाग्न थाल्यो । कान्छीले ता गल्ती गरेकी थिई त्यसैले आइन होला तर बूढो त आउनु पर्ने ! मैले सोचिरहें । अलिक दिनपछि कान्छी मेरामा पहिलेकै जस्तो गरी हातमा हँसिया, डोरी र बोरा लिएर घाँस काट्नका लागि आई र सोधी‘बूढी छैन ?’ उसको सङ्केत मेरी श्रीमतीतिर थियो । अनि मेरा घरमा म मात्र छु भन्ने थाहा पाएपछि खुसी भएर बारीतिर पसी । यसभन्दा पछि मेरा बारीमा घाँस काट्न ऊ मेरी श्रीमती नभएको बेला पारेर आउन थाली । त्यसले मसँग केके हो केके गन्थन पनि गर्न थाली । उसको बोली उति बुझिँदैन तापनि म ‘अँअँ’ भनिदिएर उसको चित्त बुझाउन थाल्नु परिरहन्छ । अहिले पनि मैले त्यसै गरें । मसँग ऊ उति डराउँदिन । म कहिलेकाहीं उसलाई अलिकति जिस्क्याई पनि दिन्छु । मेरो करसाबारी सफा पारिदिएर घाँस काटिदेओस् भन्ने लोभले कहिलेकाहीं त्यही बारीमा फलेका फलफूलसमेत उसलाई खान दिन्छु । याम अनुसारका बारीमा फलेका फलफूल खान दिन्छु । उसले चोरेर खाएको देखिएको छैन । ऊ इमानदार छे । बूढो पनि बेइमान छैन । दुवैका लामा हात छैनन् । तर कान्छीलाई त्यसरी पल्काउनु हुने रहेनछ भन्ने लाग्छ । त्यसरी कहिलेकाहीं केही कुरा खानसमेत दिएकोबाट उसलाई भित्रभित्रै मसँग निकटताको अनुभव पनि हुन थालेछ क्यारे ! अनि यदाकदा ऊ हँसिया, बोरा र डोरी लिएर मेरी श्रीमती नभएको मौका पारेर मेराअघि आउँछे र भन्छे‘तितौला छैन अङ्तल ?’ उसको बोली अड्कल काटेर बुझ्नुपर्छ । म अड्कल काटेर बुझ्दै उसलाई उत्तर दिन्छु । ‘छैन तितौरा । तेरो तितौरा खाने बेलै भएको छैन ।’ अनायासमै फ्यास्सै भनिदिएँछु मैले । पछि पो थाहा भयो उसको अघि यसो भन्नु मेरो भुल भएछ । ‘कहिले हुन्छ त मेलो तितौला खाने बेला ?’ उसले सोध्दछे । अब उसको यस उत्तरलाई के भनेर टार्ने हो भन्नेमा मलाई अलिक अप्ठेरो पर्छ । अलिक सोचेर भन्छु‘अलिक पछि तेरो बेला हुन्छ । तँ हुर्केपछि मात्र तितौरा खालिस् ।’ ‘म निकै हुःिकंए अले त ! अस्ति मेलो अङ्तीले भनेको ।’ ऊ पनि सहज रुपमा फ्यास्सै भन्छे । ‘खै कुन्नि ? हुर्किस् कि हुर्केकी छैनस् नि ! मैले के जान्नू !’ ‘किन हुल्किनँ ? हेल्नुहुन्छ ?’ ऊ यसो भन्न पछि पर्दिन । अनि मलाई भित्रैबाट डर लाग्न थाल्छ । आखिर यो लठेब्रीले आफू हुर्केको कुराको प्रत्यक्ष प्रमाण मलाई देखाउने हो कि भनेर मलाई निकै अप्ठेरो पनि पर्न थाल्छ । यसलाई लाज सर्मको के हेक्का ! कथम् उसले आफू हुर्किएको कुरा सप्रमाण मेरा अघि देखाउने ता होइन ? मलाई यसमा अझ अप्ठेरो लागेर आउँछ । अनि अर्कातिर फर्किएरै भनें ‘भैगो भैगो । हुर्किइछेस् । देखें ।’ ‘मैले देखाउँदा अल्कातिर फल्कनुहुन्छ ? मैले नदेखाइकन तपाईंले के देख्नुभयो ? लौ हेल्नुहोस् !’ उसले निकै ठूलो आवाजमा भनी । साँच्चै मैले अघि सोचेजस्तै पो गर्ने हो कि भन्ने बुझेर म अर्कातिर फर्किएको थिएँ । हेरौं कि भन्ने पनि भइरहेको थियो । ‘कता हेलेको ? यता हेल्नुहोस् न भन्या’ !’ उसले मेरो ध्यान आकर्षित गर्न खोजी । अनि बिस्तारै उसतिर हेरेको उभिएर तन्किएकी मात्र रहिछे । धन्न मैले सोचेजस्तो गरिनछे । त्यसरी ऊ उभिएको अवस्थामा मैले उसको हुर्किंदै गएको स्थिति झलक्कै देखें । उसको जिउ निकै बान्किलो र सुडौल हुँदै गएको रहेछ । पहिलेको भन्दा उसको स्थितिमा निकै परिवर्तन भइसकेको रहेछ । वक्षस्थलमा पनि हुर्किएको स्थितिबोधका लागि परिवर्तनका सङ्केतहरु देखिन थालेका रहेछन् । उसका अनुहारमा पनि केही निखार आइसकेको रहेछ । नितम्ब पनि केही चेप्टो हुँदै गएको भान हुुन थालेको रहेछ । उसको सम्पूर्ण शरीरमा किशोरावस्थाको र यौनावस्थाको संक्रमण हुँदै रहेछ । अनि यो उसको उत्सुकताबाट के बुझिन्थ्यो भने उसको मानसिक परिवर्तनका गतिविधिहरु पनि त्यसमा आउन थालेका छन् । श्याल पनि युवाकालमा घोर्लिन्छ भन्छन्, अब यो पनि घोर्लिन थालिछे । यसको बेला नै तितौरा खोज्ने भएको रहेछ भन्ने कुरा मलाई लाग्यो । ‘अस्ति भनेको कुरा फेरि भन्नुहोस् न !’ कान्छीले मसँग भनी । मैले उसको बोलीको आशय अनुमानले मात्र ठम्याएँ । वास्तवमा उसँग अस्ति के भनेको थिएँ, मलाई हेक्कै थिएन । अनि सोधें ‘कुन कुरा ?’ ‘अस्ति भन्नु भएको थियो नि !’ ‘अस्ति के भनें भनें नि ! अस्ति भनेका सबै कुरा मलाई के थाहा हुन्छन् त ?’ उससँग मैले कहिले के भनेको थिएँ त्यो सब बिर्सिसकेको रहेछु । कुनै गल्तीको कुरा ता यसका साथ गरेको थिइनँ ? मैले सोचें बडो शङ्काका साथ । कुनै गलत कुरा ता यसका अघि भनिनँ मैले ? मलाई यही कुराले चिमोट्यो । वास्तवमा अस्ति उससँग के कुरा गरेको थिएँ त्यो कुरा मलाई थाहै थिएन । ‘अस्ति क्या, बूढासँग बिहे गलिदिनु पल्ने भन्नु भएको होइन ?!’ उसले मलाई सम्झाई । ‘गलिदिनुहोस् अब मलाई त्यही बूढासँग भए पनि बिहे ।’ फेलि भनी । म अब छक्क परें । यसलाई कुन दिनमा त्यस्तो कुरा गरेंछु भन्ने लाग्यो र आफ्नै गल्ती भएको अनुभव गर्न थालें । अब के भन्ने ? यसको यो समस्याबाट अब कसरी पार पाउने मलाई चिन्ता लागेर आयो । अनि अब अलि बुझ्झकी भएर भनें‘हेर् कान्छी ! अहिले तेरो बिहे गर्ने बेला भएको छैन । अलिक हुर्किएपछि पो बिहे गर्नुपर्छ त ।’ उसले मलाई अबोध भएको अनुभव गरी र भनी ‘म अब हुल्किइसकें भनेर सबैले भन्छन् । तपाईंका लागि भने हुल्किएकी छुइनँ होला । ढाँट्नुहुन्छ ? बरु तपाईंले भनेको कुला मिलाइदिनुहोस् ।’ ‘त्यस्तो रालसिँगाने बूढासँग तेरो कहाँ बिहे गर्ने ? तँ ता भर्खरकी केटी पो छेस् त । भर्खरका केटासँग पो बिहे गर्नुपर्छ त भनौं कि भन्ने लाग्दै थियो । यसो भने भने झन् उसले भर्खरको केटा खोजेर बिहे गरिदिनुहोस् न त !’ भन्ली भन्ने अर्काे समस्या सम्झेर यसो पनि भनिनँ । यसै बेला मेरी श्रीमती बाहिरबाट टुप्लुक्क आइपुगिन्, कान्छी कतातिर लुसुक्क लागी । तत्कालका लागि मेरो समस्या समाधान भयो तर अहिलेको यो ताजा समस्या समाधान भए पनि अब कुन बेला कान्छीले मेरो सातो लिन बेर लाउँदिन भन्ने भयले मेरो मन निकै बेरसम्म चिसो भइरह्यो । कान्छीबाट यो फाल त संयोगवश जोगिएँ, हेरौं अबको अर्काे फाल जोगिन सकिएला कि नसकिएला ! सहप्राध्यापक, मेची बहुमुखी क्याम्पस, भद्रपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
चाल्दैचाल्दै जीवन धूलो !
निबन्ध
युवराज नयाँघरे
5, 2012, 3:04
चाल्न थालेको जीवन उमेर जत्तिकै भो ! जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, सकिएन चाल्न । घरमा श्रीमतीले पातलो चाल्नीले भान्सामा चाल्दैछिन् पीठो । एकदमै मसिन्न्याएर पीठो चालिरहेकी छन् उनी । हल्लाईहल्लाई अथवा ढकढकाईढकढकाई पीठो चाल्ने उनको तन्मय निहालिरहेको छु छेउमै बसेर । तिनले पीठो घोटेर चाल्नी चलाएको हेर्छु गहिरिएर । चालिएँ म यसरी नै थुपै्र घामपानीमा । उनले पीठो चालिरहेको कामलाई विचार्दैछु म पुस्तकमा घोत्लिएर । फरक पाटा हुन् यी । सिद्घान्त र व्यवहारका दुई भँगालोजस्तो । सोच्छुजीवन धूलै त हो नि ! हामी थाहा पाएर चाल्छौँ, थाहा नपाई चाल्छौँ । चेतनाले डोर्रिएर जीवन धूलो निफन्छौँ नाङ्लामा । अचेतनले घचेटिएर जीवन चाल्छाँै चाल्नामा । हो, चाल्न र निफन्न कुनै कसुर बाँकी राखेका छैनौँ हामीले । जीवन धूलोलाई मैले चालेँ अनेक पद्धतिमा । चाल्नु परेपछि त्यो क्रम हुँदोरहेछ, गति हुँदोरहेछ । निरन्तर चाल्न बाँकी नरहेका अरु धेरै कुरा हुन सक्छन् । मैले प्रष्ट जानेको सामाग्री हो जीवन धुलोजसलाई चालेकोचालेकै छु म । नियमित र वशमा परीपरी । कहिल्यै नरोकिई यसलाई चालेको हुँ मैले । समयका विचित्र अप्ठ्यारा हुन्, समयका सहज सिँढी हुन्सबैमा चालेको छु जीवन धूलोलाई । मौसम, अवस्था वा रुचिभित्र साँगुरिएर चलिनँ म । झन्झट, परिणाम वा तोकका घेरामा थामिइनँ म । मैले चालिरहेँ जीवन धूलोलाई । धेरै दुष्कर वा दुस्साहसका रुपमा जीवन देखिए पनिचाल्न रोकिनँ यसलाई । नाङ्ला र चाल्ना भान्साकोठाका सिँगारपटार । पत्नीले चाल्नी चलाएर पिठो चालिरहेको गतिले मेरो आफ्नो जीवनसँग गाँसिन्छ । पीठै हुँ म पनि त । यो अनेक प्रकारका चाल्नीमा रगडिएर चालिन रोकिएन अथवा थामिएन । आँपै गति बनाएर यो चालिएकोचालिएकै त भयो नि । धेरै खालका चाल्ना छन् भान्सामा । चामल चाल्ने, पीठो चाल्ने वा मसला चाल्ने किसिमका चाल्नाहरु दराजका खण्डे कोठामा थन्किएका छन् । आवश्यकता बोध भयो कि ती बाहिरिन्छन् । अनि परिचयसाथ काम पाउँछन् चाल्नीले । फरक चाल्नीले काम पाउँछन् फरकै । चामल चाल्नेले मिल्दै मिल्दैन पीठो चाल्न । मसला चाल्नेले तोरी चाल्न मिल्दैन । अथवा गहुँ चाल्नेले सम्भव छैन धान चाल्न । यिनको मूल्य र अर्थ यहीँनिर निक्र्यौल हुन्छ । जीवन जस्तै भिन्न र फरक । फरक चरित्रले पाएको मूल्य । भिन्न कामले ल्याएको अर्थ । अलग कर्तव्यले दिएको परिणाम । चाल्नु परेको छ जीवनलाई । हरेक अवस्था र स्थितिमा । नचालिरहने त सन्दर्भ वा प्रसङ्गै भएन । जीवनका लम्काइलाई निहाल्न नि चाल्नै पयो । जीवनका स्थितिलाई नापजोख गर्न नि चाल्नै पयो । अथवा मौनतामा रहन नि चालिनै पयो । विषाद वा अनुकूलको थुम्कामा एक खुट्टा राखेर जित्दैन जीवनले । धान चाल्ने चाल्नी बन्छन् तारका जालीले । धेरै पटक केटाकेटीमा मसिना औँला चाल्नीमा दलेर आनन्दित हुन्थेँ म । आँगनमा धान चाल्न राखिएका चाल्नीमा हत्केला घोटेर आउने मुसुमसे मस्तीमा पटकपटक नजिकिएको हुन्थेँ म । उमेर अनुसारको मज्जामा साधनको सहज उपस्थिति । ‘पसिना चाल्ने हो नि यसमा ।’ बा भन्नुहुन्थ्यो । ‘लाटा, बुझ्दैनस् तँ । जब आँफैले धान रोपी उमार्छस् । अनि चाल्न थाल्छस् र पत्तो पाउँछस्पसिना चाल्नुको अर्थ !’ लाटो भन्ने गालीबाट मनमा पस्थे केही कुरा । आज पत्नीले भान्सामा चलाइरहेको चाल्नी चलाएको मिहीन आवाज सुन्छु, गति हेर्छु र लय निहाल्छु । जीवन यसरी नै चालिँदैचालिँदै आएको रहेछ । धेरै अघिदेखि मैले चालिरहेको चाल्नी घरका हरेक सदस्यमा आइरहेको रहेछ साटिँदै । एक दिन फुर्सदमा हेरेँ चाल्नीका प्रकार । घरमा कति किसिमका चाल्नी रहेछन् ? कुरा ओर्लिए मनमा । भान्सामा पसेँ त्यहाँ देखेँ पीठो, मसला, चामल चाल्ने चाल्नी । भँडारमा बालुवा चाल्ने मोटो चाल्नी देखेँ । यी सबैका बनौट, रुप र प्वाल आआफ्नै काम अनुसारका थिए । आकारमा चरित्र टाँसिएको हुँदो रै’छ । चाल्नीका प्वालमा बस्तुका चरित्र थिए लिपिस्सै । हरेक चाल्नीमा चरित्र हुँदो रहेछ । पाएको कामलाई अँगालेर फत्ते गर्थे ती । जिम्मा जे थियोत्यसलाई स्वीकारपूर्ण पार्थे कामलाई । अथवा हात लागेका कामलाई पन्छाउन मिल्दैन्थ्यो ज्याबललाई । चामल चाल्नेले पीठो चाल्न सक्तैनथे । बालुवा चाल्नेले धान चाल्न मिल्दैन्थ्यो । तोरी चाल्नेले मकै चाल्न हुदैन्थ्यो । यी सबै बस्तु थिए । बस्तुले आकारको मूल्य बोकेर आएका हुनाले ती चालिनलाई पनि त्यस्तै साधनको खाँचो थियो अनिवार्य । जीवन धूलो यहाँनिर एउटै भयोजेमा पनि चालिने जस्तैजस्तै । सानो छँदा तरार्ईका खेतमा धान काटिसकेपछि पराल र नलसहितका भुस बढारिरहेका आइमाईका हुल देख्थेँ म । एउटै कपडाले तलदेखि माथिसम्म केही प्रतिशत ढाकिएका हुन्थे ती । गरीबीका रेखा यहाँनिर शून्यावस्थामा देखिन्थ्यो, आकारसाथ । बिहानैदेखि गरा र खेतका चौकुना बढारिरहेका ती साँझपख थुप्रिएको त्यो धूलो चाल्नीले चाल्थे पटकपटक । एकदुई गर्दै तीनचार पटकसम्म चाल्थे । र, मुस्किलले एक आधाढक्की धान लिएर घरको चुलो बाल्न दगुर्थे झमक्क साँझमा । धेरै खेत हुने हाम्रो त पुरा वर्ष पुग्दैनथ्यो अन्न खान । खेतै नभएका तिनको अवस्थाबारे सकिन्न, घोत्लिन । खेतका लहलह धान काटेर लगेपछि रहलपहल वा भुँइमा खसेका धानका बाला र धूलो बढारी चालीचाली बाँच्ने तिनको सिङ्गो जीवन कसरी बित्थ्यो कसरी ? असहजका काँडाले कोर्छन् मलाई । कति पाउँथे तिनले धान ? फेरि पाएको धानभित्र सबै चामल हुन्थ्यो र ? तैपनि तिनले चाल्नी बोकेर चहार्न छोडेका छैनन् धान काटेका रित्ता गरा र खेत । मैले थाहा पाए सम्मका मङ्सिरमा तिनले चलाउन छोडेनन् चाल्नी । पत्नीले चाल्नी चलाईचलाई छुट्टाइन् ढुटो र पीठो । चाल्नीले चालेको जीवनबारे हेर्छु । त्यो भित्रको ढुङ्गा, माटो, भुस वा छेस्काछेस्की पर्गेल्छु । जीवनमा आइपर्ने चोट, असहजता, घृणा र अवगाल सबै रहेछन् भुसजस्तै । चाल्नीबाट बुरुर्र तल खसेको पीठो नै प्राप्ति रहेछ, गौरव रहेछ । घर अगिल्तिरको चौरमा साना केटाकेटीहरु पातमा प्वाल पारेर ढुङ्गा र माटोका चाल्छन् ससाना डल्लाडल्ली । तिनलाई नि अभ्यास गर्नु छजीवन धूलो चाल्ने । अभ्यस्त कति हुन सक्छन् ती, पर्खनु छ । हो, प्रयास छ अटुट । तोरी र सस्र्युृं दुईको रङै फरक । तोरी चालिरहनुभएकी आमाको अनुहार छेउमै बसेर हेर्थेँ म । उहाँ एक निष्ठासाथ सस्र्युं र तोरी छुट्टाउन सकौँ भन्ने भावमा रहनु हुन्थ्यो । मैले सोझो कुरो सोधेँ आमालाई‘आखिर दुबैबाट तेल आउँछ नि । किन छुट्टाउनु पयो चालीचाली !’ ‘मिसिएको तेल मीठो हुँदैन नि । तिम्रा मुखमा मीठै परोस् भनी दुःख बिसाउनु पया छ !’ उत्तर सुनेको थिएँ । हुँदाहुँदा सेतो तिल र कालो तिल चालीचाली छानेर छुट्टाएको देखेको थिएँ मैले । सोध्दा उत्तर सुनिएथ्यो‘कालो देउताका लागि, सेतो मान्छेका लागि । मान्छेको देउतालाई र देउताको मान्छेलाई नहोस् भनेर यसरी चाल्नु पया हो !’ प्रकृतिको उत्पादनले पनि चालिएरै अर्थ पाउनुपर्दो रहेछ । मूल्य, महत्व र मनितो कमाउँदो रहेछ । बगरमा बालुवा चालेर जीवन डोयाउनेहरुको अनुहारसँग धेरै पटक भेटघाट भएको छ मेरो । अनेक खोलामा बालुवा चालिरहेका हुन्छन् तिनका हात । मोटा र खस्रा तार जालीमा बग्दो पानीबाट ढुङ्गेनी कण झिकेर मसिना बालुवा चाल्नेहरुका पाखुरामा हुन्छपाँगो माटो छुट्याएको बालुवाले आय आर्जन गराउँछ धेरै । ‘जाली मोटो नपार है, मसिनो पार !’ ठेकेदारले थर्काइरहेको हुन्छ खोलाको किनारबाट । बालुवा चाल्नेहरुको गुनासो आपसमै हुन्छ‘हामीलाई चाल्नीको तार मसिनो बनाऊ भन्दै परतिर लगेर मोटो बालुवा मिसाउँछ ।’ ‘यता हामी ठगिने, उता मोटाउने ऊ !’ हुलले बालुवा चाल्दै उदास र हैरानी साटिरहेकै हुन्छन् । हरेक ठाउँमा प्रयोग छ चाल्नीको । त्यो प्रयोगले सबलदुर्बल, अपेक्षाउपेक्षा र मृत्यु जीवनका हात परेका छन् प्रमाणपत्र । यी प्रमाणपत्रले चाल्नी चाल्दाका गति देखाउँछन्, तरिका बताउँछन् र उपलब्धि चिनाउँछन् । आफ्नै चाल्नीले चालिएको जीवन धूलो हुँ म । हो, चालिएको छु धेरै पटक । पटकपटक हल्लाइएको छु चाल्नीमा हालेर । खेपखेप औँलाले चलाईचलाई चालिएको छ मलाई । मोटो, मसिनो, ठिक्कको अनि अति मसिनो प्वाल भएको चाल्नीमा चालियो मलाई । चालिन बाँकी छ अझै मलाई । एउटा पुरानो स्मृतिमा उभिएर हेर्छु आफूलाई । अर्थ र समयको साँघुरो स्थिति थियो मभित्र । कति बुझेँ त्यसबेला । ख्याल छैन पटक्कै । स्मृतिले बूढीऔँला देखाएर झस्काएपछि यतिबेला त्यो स्मृतिमा पुगेँ म । घर नजिकै थियो पञ्चकन्या राइस मिल । धेरै साथीसाथ मिल नजिकैको खेत र चौरमा गोठालो हुन्थेँ गाईबाख्राको । चैतको टन्टलापुर घाममा मिलका बगैँचामा फलेका फलफूल चोर्थे केटाहरु । हातमा लाठो लिएर बसेका हट्टाकट्टा चौकीदार वल्लो छेउदेखि पल्लो छेउसम्म पुगिरहेका हुन्थे उद्यानमा । उनी कतिखेर सियाँलमा सुत्लान् र हामी बगैँचामा पस्ने भन्ने ध्याउन्न हुन्थ्यो । कतिबेला हामीलाई हामी लघारेर उनी सफल, कहिले हामी सफल । आफ्नो असफलतामा उनको गर्जन हुन्थ्यो‘पख्, तिमेरलाई चाल्नो हुने गरी ठटाउँछु !’ बोली नै डरलाग्दो भएपछि दण्ड कस्तो हुन्थ्यो होला ? सातो जान्थ्यो हाम्रो । बेलाबखत दया जाग्थ्यो उनमा । ‘एइ, खानका काल हो । उसिनेका चामल खान आओ !’ स्नेही स्वर सुनिन्थ्यो चौकीदारको । अनि हामी भुराहरु गुडुडु छिथ्र्यौं मिलमा । लाइन लगाएर मिलभित्र पसाउँथे हामीलाई । चामल चालिरहेका बढेबढे फलामे चाल्नीका छेउमा उभ्याइन्थ्यौँ हामी । अनि चकित परेर हेर्थेँ म । माथिबाट खसेका चामलका रास चाल्नामा दगुरादगुर हुँदै तलतिर चालिइरहेका हुन्थे । ‘केटा हो, चाल्नोबाट उच्छिटिएका चामल मात्र खाने नि !’ कृपा हुन्थ्यो उनको । चाल्नीबाट उफ्रिएर भुँइमा खसेका चामल टिप्न लुछाचँडी गथ्र्यौं हामी । एकनासे प्वालमा एकनासका चामल । बिस्तारै चलेको चाल्नीबाट थोरै उच्छिटिन्थे चामल । चाँडो चले धेरै खस्थे । धेरै जसो साहृै धीमा गतिमा चल्थ्यो र चामलका एकाध गेडाका लागि राम्रै मारमुङ्ग्री चल्थ्यो हाम्रो हुलमा । ‘थुइ्या, चाल्नीको प्वाल एकदमै सानो हुनु नि !’ ‘किन नि ?’ ‘सानो भएपछि चामल तल नखसी बाहिरै आउँथ्यो नि !’ ‘होत्त, है !’ अलिक बुज्रग बोल्थ्यो हामी मध्येको । चौकीदारले एकदमै माया गरेथ्यो, कृपा गरेथ्यो र तिर्न नसकिने रिन लाएथ्योचाल्नी बाहिरको चामलका गेडा खान दिएर हामीलाई । उफ्, कति चालिएछ निष्ठुरतापूर्वक जीवनलाई ! एक दिन चाल्नी हातमा लिएर हेरेँयसको आकारसँग गाँसिएको चरित्र । चाल्नीले पाएको रुप । हेर्दा कुनै ठूलो र मानक स्थिति देखा पर्दैन । अथाह उपलब्धि र परिणाम पस्किदैँन । तर त्यस पछिल्तिरको नतिजालाई जीवनको धूलोसँग नगाँसी धरै पाइन्न । जीवन धूलोसँग मूल्याङ्कन नगरी अर्थ प्रवाह गर्नै सकिन्न । धेरै होइन भनेको ठाउँमा केही हो भएर आइरहेछ चाल्नी । आरोह अवरोहमा म वरपरका दृश्यमा धेरै पटक पोखिएर भेट्छु । प्रश्न गर्न तम्तयार कक्षाको कमजोर विद्यार्थी जस्तोशिक्षक जिल्लिएर हेरिरहेको हालतमा छु म । बस्तुलाई छान्छ चाल्नीले । बढी प्रयोग हाम्रै भान्सामा हुन्छ । त्यो भए राम्रो, नभए उत्तिको पीडादायी कुरो भएन । तैपनि नमीठो खाने, अस्वस्थ्यकर वा दाँतमा ढुङ्गामाटो नरड्किऊन् भन्ने हैरानीबाट मुक्त हुन घरमा भित्रिएका हुन् चाल्नी । यी अब भान्साकोठाका स्थायी मित्र ! ‘हत्तेरिका, नचालेको पीठो पकाएको हो कि क्या हो ?’ मेरा नाकनिके मामाले गहुँको सानो टुँडो रोटीमा भेटेपछि भोकै उठेको ख्याल छ मलाई । उनले धेरै पटक भनेको सम्झन्छु‘टुप्पी हल्लाउनु र चुरा बजाउनु दुई मिल्दा जस्ता देखिए नि स्वादमा अकासपत्तालको फरक छ । लोग्नेमान्छेले चालेको पीठोमा हात्ती समेत छिर्छ, आइमाईले चालेको पीठोमा भुसुना नि खस्न पाउँदैन !’ सुन्दा अतिशयोक्ति लागे पनि स्त्री कला र साधनाको सम्मान हुनुपर्छ यो । यसरी नै बुझ्छु म । मैले बुझेको पाककलामा समर्पण र सावधानीको एकोहोरो तथ्य छ उभिएको । यो उभ्याइले चाल्नी बनाएको छ गृहिणीको घरसंसारलाई । सामान्य हुँदैन एउटा बस्तुभित्रको ज्ञानले घेरेको आकाश । एउटा सामग्रीभित्र लुकेको शिक्षाले अँचेटेको धर्ती हुँदैन सरल । यी आकाश र धर्तीका मिल्दा कोणमा अविदित दर्शनले बसेको हुन्छ तर्क तानेर । त्यही हो मेरो घरको चाल्नी । छिमेकमा बन्दै छ घर । त्यहाँ थुप्रै छन् ढुङ्गा, इँटा छानिरहेका कर्मीहरु । अनेक तर्क र विचार सुन्छु म यी इँटा र ढुङ्गाका छनौटसँगै । कुन र कसरी राख्ने ढुङ्गा ? अथवा कुन र कहाँ राख्ने इँटा ? सरोबरी छलफल भएर बनिरहेको छ घर । पानीमा बालुवा पखालिरहेकी एउटी हँसिली आइमाईलाई ठेकेदारले भन्यो‘तिमी जस्तै उज्यालो होस् है बालुवा !’ ‘भै हाल्छ नि ! आफूलाई नाफा कम राखी बाक्लो तारको जाली दिनु पयो नि मलाई !’ हँसिलीले ड्रमको पानीमा बालुवा पखाल्दै दिएको उत्तर थियो यो । चाल्नी वरपर भेटेका अरु थुप्रै पात्र छन्, प्रवृत्ति छन् र परिवेश छन् । मलाई यिनले पटकपटक आँफैतिर हेर्न भनेका छन् । आफूलाई कति पटक मैले चालेँ । आफ्नो चालिएको धूलोमा कति कण छन् बालुवाका, ढुङ्गाका, माटोका वा सिन्कासिन्कीका । के म चालिन सकिएको जीवन धूलो हुँ ? के चालेर समाप्त गरिएको जीवन धूलो हुँ म ? कुन तहको चाल्नीमा चालिएँ म ? अल्झिन्छु प्रश्नका प्रसङ्गमा । नाङ्लो र चाल्नी एकै ठाउँमा राखेथेँ मैले । ‘यी भालेपोथी हुन्यिनलाई यसो नगर !’ तोरी चालिरहेका छिमेकका कार्की दाइले भनेथे । उनले अथ्र्याएथे‘भालेपोथी अरुहरु । यो काम र नतिजाको तस्वीर हो !’ यतिखेर केही जानेको जस्तो मधुरो बत्ती छ मनमा । पिलपिल बल्दै बत्तीले उज्यालो दिन्छ‘कामै नहुनु र परिणामको ठूलो बखान । अथवा सानो बखान नभए पनि ठूलै काम हुनु !’ धेरै अघि तमोरका किनारमा बालुवा चालिरहेका एक दम्पत्ति भेटिए । ‘के भेटिन्छ र यत्तिको मरिहत्ते गरेको ?’ ‘सुन पाइन्छ नि !’ ‘एक दिनमा कति पाइन्छ ?’ ‘महिनौँ बालुवा चाल्दा एक लाल पाइन्छ !’ बाफरे, म आत्तिएँ । सुन जस्तो गर्बिलो जीवन समाप्त भइरहेथ्यो । सुन जस्तो मूल्यवान समय बगिरहेथ्यो । यी जोडीले बालुवा चालेर सुन खोजिरहेको दुस्साहसलाई मैले विस्मयपूर्वक हेर्नु पयो । अज्ञात पीडामा अवाक् भए मेरा आँखा । मेरो अन्तःस्करण प्रश्नका मुङ्राले कुटियो । ‘चाल्नी किन्नै हम्मेहम्मे भो !’ स्वास्नी चाँहिले भनेको कुरोले एक पटक फेरि सुनकथाको ‘निर्धन व्यथा’ देखापयो । भान्सामा पत्नीले चालिरहेको चाल्नी हल्लिएको हेरिरहेको छु म निरन्तर । त्यो चाल्नीका पछाडि मेरा जीवनका भुस, बियाँ र कनिका आइरहेका हुँदा हुन् । हो, तिनको पहिचान कुन दिनदेखि मैले गरेँ ! यो भयरहित भएर बोल्न सकिरहेको छैन । बेत, बाँस, निगालो, धागो, पाट, तार सबै जालीका चाल्नीले हरेक पल चालिनु नै जीवन ठानेँ मैले । चालिँदाचालिँदा यो जीवन धूलो कहिले चालेर सकिएला ?अथवा योग्य जीवन धूलो हुने कहिले ? चाल्नोमा अझै कति बस्ने म ? अन्तिम चाल्नो खोज्नु छ जीवनको !
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
म
निबन्ध
सुरेन उप्रेती
8, 2012, 4:42
मलाई यो म ले बस्न खान दिएन । कतै बजार तिर निस्कियो । राम्रो र गतिलो भन्ने देख्नु हुन्न । चाहे गाडी होस्की साडी । अम गाँउमा गयो भने राडी होस् की पाडी किन्न लगाई हाल्छ । पैसा छैन नी भनेर हात टक्टक्याउन खोज्छु । अनेक उपाय सिकाउँछ । थुइकक हुतिहारा ,तँैले यस जवानामा आएर पनि पैसा छैन भन्न मिल्छ । अम नेपाल भनेको अमरावतीकान्तिपुरी नगरी जस्तो राजधानी भएको देसमा । के गर्नु अमरावती त के वैकुण्ठपुरी नै भए पनि आफु सँग पैसा नभए पछि के गर्ने भनेर टाउको कन्याउँछु । नामर्द , सुन । ध्यान दिएर सुन । भन्दै उपाय बताउन थाल्छ । हेर , तैँले जानिस भने नेपालमा पैसा त हावामा उडीराखेको छ । तैँले खोलाका माछालाई जलहारीले जाल हानेजस्तो जालहान्न पनि जान्नु पर्दैन । थकौलिले उघाउन मात्र जानिस भने काफी छ । तँ राता रात मालामाल बन्छस् । अम समय छ सिक् सिक मूर्ख सिक भनेर दवाब दिन्छ । अक्क न बक्क हँुदै त्यस्तो ज्ञान सिकाउन स्कुल चैँ कहाँ छ नी भनेर प्रश्न गर्छु । धत्तेरीका लाटा ,तँ सोमो पनि कति सोमो । त्यस्तो ज्ञान पनि कुनै स्कुल गएर सिकिने होर । मलाई अलिक मर्को लाग्छ । भो ,कतै नपढाएको ,कतै नसिकाइने कुरा आफैँ पत्तालगाउन सक्ने मेरो क्षमता पनि छैन र नयाँकुरा पत्ता लगाएर कोलम्बस, मार्कोनी हुनु पनि पर्या छैन भन्दै तर्किन खोज्छु । तँलाई तेती पनि थाहा छैन । अबको युग भनेको बाइसौँ सताब्ती तिर उन्मुख हुँदै गरेको युग हो । अब धेरै कुराहरु आफैँ सिक्नु सक्नु पर्छ । अब भनेको खुल्ला विधालय र खुल्ला विश्वविधालयको युग हो । एउटा कोठामा थुनिएर कितावका पाना गनेर सिक्ने दिन भनेका गए वावु । अँ म तँलाई राता रात मालामाल हुने उपाय बताउँदै थिएँ । त्यो पनि खुल्ला विधालय र विश्वविधालयबाट सिक्नु पर्छ । अरुको हेरेर त नक्कल गर्न त सक्छस्नी । एक पटक गरेर त हेर । अमै दवाब दिन्छ । के अरुको जस्तै गर्दै त यती लामो भएँ । मलाई पनि मोक चल्छ । बावु आमाले ज्ञानी हुनु । बुद्धको उपदेशको पालना गर्नु भनेका थिए । कहिलै ढाँटीन । अहिँसाबादी बन्नु भनेका थिए । चरा चु्रुँगी मार्नु त के पानी नआउने धारा उद्धघाटनमा वोलाउँदा रीवन पनि काटिन । शिक्षकले राम्रो पढ्नु ज्ञानी हुनु ठूलो मान्छे भइन्छ भन्थे । त्यसै त्यसै गर्दै गएँ । पाँचफिट नौइन्च भन्दा एक इन्च बढया हैन । उत्तीकैमा जहिलै मान्छे कुटेर रत्ताम्मे पार्ने शिक्षकका पनि दाँत मार्ने धने कहिलै पढ्या हैन । तर साढे छ फुट अग्लो छ । अब कस्लाई ठूलो मान्छे भन्नु । हिँजो उ गाडीको खलाँसी बनेर कान्तीपुर छिरेको थियो । दुई चार पटक पकेटमारमा नाम पनि रेडियो र टिभीबाट आएको थियो । आजभोली त उसका अगाडी पछाडी दस बिस जना केटाहरु हिँड्छन् । बजारको भाडामात्रै एक दुई लाख उठ्छ । बाटोको ठेक्का उधोग धन्दामा सेयर उसैको छ । अम त्यती मात्रै हो र । पार्टीको केन्द्रीय सदस्य अम मन्त्रीको सल्लाहकार नेै छ । उसका केटाहरुले मान्छे कुट्ने ,लुट्ने र भुट्ने गर्छन् र पुलिसले पक्डिन नपाउँदै छुट्ने पनि गर्छन् । मलाई मोक चल्छर प्रश्न गर्छु भन को ठूलो ।म अलिक अलमलिए जस्तो देखिन्छ । तर अलमलिएको हैन रहेछ । सम्मिएको पो रहेछ । तँलाई भिमनिधि तिवारीको कविता याद छ सुन । चोरी चकारी नगरी चतुर्याँइ हुन्न दँगा फसँगा नगरे सुर्याँईँ कहँन्न सोमा र सिधा नलिनु दलैमा पार्र्र्टी चलाउनु छलऔ बलैमात्यस्तो गर्दा जनताले पत्याउँछन् त । एक दुई दिन त पत्याउलाँन् त्यस पछि के गर्ने मैले प्रश्न तेस्र्याएँ । नविर्सि तँ यूरोप र अमेरिकामा हैन नेपालमा छस् । नेपालका जनताले यती चाँडै विर्सिन्छन् नी । के नेपालीको भएको भन्दै छस् की केहो हँ । मेरो रिसको पारो चढेको देखेर अलि नम्र हुँदै भन्छ । त्यस्तो सारो त हैन तर केटा केटी जस्तै हुन । जति पिटेपनि गाली गरे पनि एक छिन पछि लालिपप देखाएर नानी बावुभने पछि लुट्पुटिँदै आउने । उ उदाहरण ल्याँउछ । मदन भण्डारी मरेपछि हत्याको विरोध भन्दै ठूलो आन्दोलन भयो । आन्दोलनका बेला घरका छतमा बसेका वालक अनिष शाक्यहरु देखि बृद्धाहरुलाई त्यसबेलाका सरकारी पुलिसले भँगेरा मार्दा मैं छतबाटै मारे । उता नेताहरुले टुँडिखेलमा भाषण पड्काए । हामीले भण्डारीका हत्यारा चिनिसकेका छौं । हामी सरकारमा गए पछि जनता सामूल्याएर उभ्याउँछौ भनेर फलामे बार भाँचे,गाडी जलाए र ताली खाए । पछि मन्त्री, गृहमन्त्री ,उपप्रधान ,प्रधान मन्त्री भएर डेढदशक विताए अँह हत्यारा खोज्ने त कुरै निकालेनन् । अम गाड दिएर राखेको अमरलामा समेतलाई सूईक्याइ दिए । जनताले प्रश्न मात्र के गरेका थिए । धत्तेरिका अस्ती सरकारमा भएका बेला सम्माउनू पर्दैन । ल अर्को पटक चाहीँ सम्माउन नबिर्सनु होलानी भनेर पन्छीए । अब सरकारमा गयँौ भने यो पनि गर्छौ त्यो पनि गर्छौ भनेर पटक पटक लालिपप बाँड्छन् । जनता सबै पहिलाका कुरा बिर्षिएर गुणगानका भजन बनाएर गाउँन थाल्छन् । हाम्रा महान नेता, बरिष्ट नेता त्रिकाल दर्सी नेता भनेर फुर्कालाउँदै भजन तयार गर्छन ् । टनकपुरमा खरबौ नाफाहुने सपना बेचेको पनि विर्षन्छन् । लौडा र धमिजा काण्ड पनि बिर्षन्छन् । नेताहरु सुडान प्रकरणमा संलग्न भएको कुरा चर्किदा पनि हाम्रा नेता महान मात्रै गाउँछन् । राजालाई भगवानको अवतार मानेर सर्बश्व सुम्पिन ेन ठहरिए । मलाई मको पुराणले हैरान बनायो । सुनाए मात्रै त हुन्थ्यो नी तर मेरा प्रत्येक काममा हस्तक्षेप नै गर्छ । पार्टी भित्र कसैले अलि राम्रो काम गर्यो भने , राम्रो विचार ल्यायो भने पनि राम्रो हो भन्न दिँदैन । समर्थन गर्न दिँदैन । हेर त्यो समर्थन गरिस भनेत तँ सकिइ हाल्छस् नी । खै तेरो अस्तित्व रहेको । विरोध गर ,सहमती नजना । मानेनन् भने पार्टी नै फोर्छु भन्न तेरो के जान्छ । त्यसको परिणाम भोग्ने त नाथे जनता त हुन नी । नेपाल बन्द गर्दिन्छु भनेर धम्की देन भनेर दवाब दिन्छ । कहिले अर्को पार्टीले ल्याएका निकै राम्रा योजनाहरु हुन्छन् तर राम्रो हो भन्न दिँदैन । समर्थन त कता हो कता । सर्त राख ।, त्यो काम भयो भने त तेरो पार्टी नै सकिन्छ । सबै त्यतै तिर लागि हाल्छन्नी । भाँड, काम हुन नदे । बरु अरु पार्टीहरुलाई पनि उकास । विरोधमा सामेल गर । भनेर उचाल्छ । अम जोड दिँदै भन्छ हेर , दुई चार जना केटाहरुलाई ठाउँ ठाउँमा गएर लुटपाट गर्न लगा । पटका पड्काउन लगा । त्यसपछि यो सरकारले शान्तिकायम गर्न सकेन भनेर भाषण हान्देन । तेरो के जान्छ । संसदमै कुरो उठाइ दे । संसद अवरुद्ध गर । पार्टीका विनापैसा नाच्ने केटाकेटी छँदैछन् । चक्का जाम गर्न लगा । केही भए म छु । शहिद घोषणा गरौँला परिवार हेरौला भन्न को मान्दो रहेनछ । तेरा पार्टीका डनहरुलाई अर्का पार्टीकालाई हान्ने इशारा गर्दे । त्यस पछि दुई पक्षको मगडा हुन्छ । भनी देन,खोइ देसमा शान्ति सुरक्षा भनेर । काटमारमा कसैले सिलटिम्बुर खाएछ भने शहिद घोषणाको माग राखे र टायरबाल्नु । तँैले पनि सदनमा बोल्ने काम पाउँछस् । केटा केटीहरुले पनि गाडी फोर्ने र टायर बाल्नेकाम पाउँछन् । जस्ले बढी गाडी फोरयो उसलाई केद्रिय सदस्य पक्का भन्देन । राम्रा काम गर्न न दे है न दे । तेरो पुस्तौँ देखि खाई आएको खेलो खत्तम् हुन्छ भनेर सिकाउछ । कहिले व्यापार कसरी गर्ने होला भनेर मोक्राँउदै हुन्छु । म अगि सर्छ र के मोक्राउँ छस् । दुई चार लाख ऋण लिएर तराई तिर तीन चार ४ विघा जग्गा किन । बैकलाई घुष ख्वा र त्यही जग्गा राखेर दुई करोड ऋण निकाल । सानो उधोग खोल र त्यसको दुई करोडको विमा गर । अब उधोगमा आगो लगाइ दे । अर्कैको पैसाले राता रात तँ मालामाल । नत्र म्यान पावर खोल । यूरोप ,अमेरिका ,जापान र खाडीमा डक्टर इन्जिनियर प्रोफेसर लाई महिनाको तीनलाख तलव भनेर लाइदेन । प्रतिव्यक्ति दुई लाख देखि तीन चारलाख सम्म उठाउनु एक दुई महिनामै माला माल । नत्र गैँडाको खाग र प्रतिबधित जडिबुटी ,रक्तचंदनको तस्करीका लागी धादिँगे चराहरु र रानीबनका बाघलाई लगाईदे । परे म छु भन, पुलिसले समाते भने निकाली पनि दे । राता रात मालामाल हुन्छस् । दुई चारवटा छुरी पिेश्तोल पटका र दुईचार मिटर कालो कपडा दिएर केटाहरुलाई छोडीदेन । कतै पक्डाउ परे भने मेरो मान्छे भन्नु त्यती गर्दा पनि नछोडे तेरो परिवार र ज्यानको मायाँ छकी छैन भन्नु । कहाँको पुलिसले पक्डन्छ । नत्र एक दुई पेटी पः्याली देन । तेरो एक प्रतिशत पनि जाँदैन । त्यस पछि त कुन ठाउँ लुट्न जाने पुलिसलाई खवर गरेर केटाहरु पठा । केटाहरुले काम सके पछी पुलिस गस्तीमा पुग्छ । दुबैलाई भएन त । केटाहरुलाई दिन भरी खानपनि गरेर लडाई दे र रातभरी काम दे । कहिले कँहि केटाहरु खटाएर पूर्व मन्त्रीले जस्तो फिरोती हाने पनि भयो । तँ पनि मालामाल । केटाहरुलाई पनि रोजगार । पुलिस पनि कर्तव्य निष्ट भएन त । अब वालुवाको ठेक्का खोज्छस् की ,रोडा ढुंगा जे पनि मिल्छ । अब त तँ मालामाल बनिस हैैन । अम कति छन् कति त्यस्ता उपायहरु । नत्र ती पूर्व प्रधानमन्त्राणी जस्तै विसहजार तिरेर सदस्य बन्ने ढिकुटी खोल । एक जनाले चार जना सदस्य बनाए पछि पहिलो महिनामा साँवा फिर्ता । दोश्रो महिना देखि महिनाको दसहजार घरैमा बसी बसी भनेर लगाइदेन ताल । पहिला पहिला एक दुई जनालाई दे पनि । उनीहरुले पैसा पाएको चेक अरुले देखे पछि तेरा थाप्लामा पैसा बर्षन थाल्छ कति कमाउँछस् कति । केहि गर्नै पर्दैन । मैले यो म का उल्टा सिधा कुरा सुन्दा सुन्दा अब बिषयबस्तु फेर्नुृ पर्यो तै चुपलाग्छकी भनेर दाम हैन नाम कमाउने कुरा मात्र के निकालेको थिँए । उ त व्यासमा बसेको पण्डितमैं पो भट्याउन थाल्छ है । अलि सिप नभएका तर गाँठ मनग्गे भएका साहित्यकार हुँ भन्न मन पराउने सँग जानु । म तपार्ईलाई सम्मान गर्छु । व्यापक प्रचार प्रसार हुन्छ । चारै तिर प्रसंसा हुन्छ । अलिकति पैसा चैँ दिनु पर्छ भन्नु । अब नाम चलेका अलि जनप्रिय जस्तामान्छे बोलाएर पुरस्कार र प्रमाण पत्र दिन लगाउनु । अम संचारकर्मीहरु,लाई विशिष्टकक्षमा राखेर जलपान गराइ देन । तेरो कार्यक्रमको कत्रो प्रशंशा । अरुको पैसाले आयोजक भनेर नाम आएन त । उल्फको धन फूपूको श्राद्ध । अलि अलि खर्च आफैंं गर्ने हो भने मन बेस । इमान्दार ,निष्कलंक मान्छे छान । तपाईको कदर गर्ने ,दोसल्ला ओडाएर भन । विशिष्ठ व्यक्ति वोलाएर ताम्र पत्र र दोसल्ला ओडाउन लगा । रेडियो टिभि ,पत्र पत्रिका सबै आउँछन् । चारै तिर तेरो नाम भएन त कमाल । अपराधनै गरेको थिस् भने पनि पखालियो । अम आफै अदृश्य प्रायोजक बनेर आयोजकलाई पैसा दियो । विशिष्ठ व्यक्तिका हातबाट सम्मानित भयो । आफ्नै माला आफ्नै गला । तँलाई थाहा छैन ऐले नाम र दाम कमाउने अर्को शुन्दर उपाय । मैले कान ठाडा पार्दै हेरेँ । स्कुल सुन्दरी, कलेज सुन्दरी ,तामांग सुदरी, नेवा सुन्दरी राई थारु,क्षेत्री, वाहुन सुन्दरी ,लिम्वू सुन्दरी ,गाँउ सुन्दरी, शहर सुन्दरी ,श्रीमति सुन्दरी ,नेपाल सुन्दरी आदि आदी आयोजना गर्यो । प्रायोजक खोजेर सक्दो उठायो । तालिम र प्रवेश शुल्क भनेर सक्दो लुटयो । अब जस्ले बढीको टिकट बिक्रिगर्छ र पैसा दिन्छ तिनैका छोरीहरुलाई सोधिने प्रश्नको टिउसन पढायो । भन्न जाने पनि नजाने पनि ,सुन्दरी भए पनि नभए पनि सुन्दरी बनाई दियो । भित्रि कुरा कसलाई थाहा र । आयोजक भएर नाम पनि कमाइयो दाम पनि कमाइयो । नत्र भने नामका अगाडी डा थपेर बोर्ड मुण्याई दे । प्राइभेट यूनिभरसिटी भन् । यूरोप र अमेरिका सँग सँयुक्क्त भनेर लगाई दे ताल । काइते काइत मन्त्री र नेतालाई मानार्थ विधावारिधि भनेर प्रमाण पत्र थमाइदे । ती आइए पनि नपढेकालाई त्यो नक्कलिन सक्कली नी । मैले पाएँ भनेर अरु रिषले मरेका, यो त सक्कली नै हो नी भनेर भाषण गर्दै हिड्छन् तेरो नामै त रेडियो ,टिभी ,पत्र पत्रिका जतापनि । मलाई यस म का खुराफाती कुरा सुन्दा सुन्दा सारै दिक्क लाग्छ र कान थुन्छु आँखा चिम्लिन्छु र अर्का तिर फर्किएर बस्छु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
भलिबलको भूत
निबन्ध
नम्रता गुरागाईं
11, 2011, 4:24
नम्रता गुरागाईं
दशैं आउनु दुइ महिना अघि एटलान्टामा नेपालीहरुको सम्मेलनमा जांदा बुढाको टिमले भलिबल जितेर पुरस्कार थापेको खुशियालीमा सबैको फोटो खिचििदंदै थिएं अचानक म त पुरस्कार छोएर अलि अलि खोक्न पो थालें ँल है अर्कोवर्ष मेरो पालो” भनेर । खोकी त साह्रै पो लाग्यो । दशै अगाडी त केही भेटनै भएन हातमा । जे भेटयो त्यसैलाइ कच्याक कुचुक पारेर भुकुण्डो बनाइ हालुंजस्तो लाग्न थाल्यो । हात सुनिएर चलाउन नसक्ने हुंदापनि कस्तो नशा लागेको होला भकुण्डोको म आफै छक्क पर्न थालें । नभन्दै टिममै पसेर पो खेल्न थालियो । बाउलाइ मात्र चढिराखेको भलिबलको भुत अब आमालाइ पनि चढन थालेपछि छोराछोरी के गती होला तर त्यत्रो कुरा सोच्ने फुस्रद कहां छ र ? एकछिन सोच्ने समयमा त बरु एकपल्ट सर्भिस पो कटाइन्छ जस्तो लाग्न थाल्यो हाहा... । दशैंमा खेलेपछि अलि मथ्थर त भइयो तर दशैपछि फेरी भुत विस्तारै चढन थाल्यो । हामीले फेरी इमेलबाट सबै साथीहरुसंग पत्राचार गर्यौं । पहिला संगै खेलेका केटीहरु सबै आउनसक्ने छांटकांट नभएकोले केटाहरुको टिममा पसेर खेल्ने निर्णय गर्यौ । इमेल रिप्लाइ गर्न त सजिलो भयो तर केटाहरुसंग मिसिएर खेल्न भनेजस्तो सजिलो कहां हुन्छ र । अलि अलि डरपनि लाग्न थाल्यो कतै तिनिहरुका लवटाले लागेर भुतुक्कै हुने त होइन भनेर । अरुले उचालेकै भरमा खेलको नियमसम्मपनि थाहा नभएकी मान्छे म जुरुक्क उठयाछु भलिबल खेल्नलाइ, उचालेको कुकुरले कतिदिन भुक्ला आफैंलाइ थाहा छैन । घरसल्लाह पनि मिल्यो आइतबार खेल्न जानलाइ । घरमा खोकेको जस्तो हुदैन बाहिर के गर्ने होला भनेर मनमा कुरा खेल्न थाले । खेल्ने मान्छे को को हुन्छन होला त भन्दा आम्मामा इण्डियन, चाइनिज, अमेरिकन अनि नेपाली रे । नेपालीबाहेक अरु खेलाडीहरु संझनेवित्तिकै आफनो हंसले ठाउं छोडिहाल्थ्यो तर नेपालीहरुपनि छन नि भनेर हंसलाइ तानेर ल्याउथें । बल्लबल्ल हंसलाइ काबुमा ल्याएपछि कसले कसरी बल देलान त भनेर सोच्न थाल्थें । नेपालीले त अलि सजिलो बल देलान तर मित्रराष्ट र परराष्ट्र्रहरुले घुमाएर बल दिएभने के गर्ने्रहोला भन्दै मनमा छलफल गर्न थालें खेल मैदानमै नपुगी हाहा। एक मनले अलिक डर देखाएपनि अर्को मनले थुक्क लाटी सिधा बल हान्न नआए घुम्माएर देन त्यो पनि आएन भने “घुंयेत्रो हान्न घुंयेत्रो” भइ हाल्छनि भनेर मलाइ ढाडस दियो र म त्यसै अनुसार तयार भएर भलिबल खेल्न िहंडे बन्डपार्क कम्युनिटि सेन्टरमा । कम्युनिटि सेन्टरमाभित्र पस्ने वित्तिकै काउण्टरमा बसेकि महिलाले तं खेल्न आकी होस भनी । घरबाट त खेल्ने भनेरै हिडेकी थिएं तर त्यहां पुग्दा श्वाश बढेर खेल्छुकि खेल्दिन मलाइ नै थाहा भएन तैपनि टाउको हल्लाएं खेल्छु भनेर । उसले मलाइ सस्तोमा खेल्न सकिने धेरै अप्सनहरु देखाइ । तर पहिलो दिनमै भुत उडेर गयो भने भोलीदेखि किनेका ति सस्ता अप्सनहरु अरुलाइ बेच्नपनि नमिल्ने ठानेर एकदिन मात्रै खेल्ने पासको दस्तुर ४ डलर तिरें । यता उता पल्याक पुलुक हेर्छु कोहीपनि चिनेको अनुहार देख्दिन । के गर्ने होला भनेर मनमा कुरा खेलाउंदै थिएं नभन्दै एकजना चिनिराखेको खेलाडी ढोकाबाट भित्र पसेको देखें । चिनेका अनुहार देख्नासाथ ठुलो श्वास फेर्दै भित्र छिरे । मनमनमा भलिबल खेल्न आएका मान्छे त रेसिलंग खेल्न आएका मान्छेजस्तै लाग्न थाले । केटी आज चािहं दह्रो चुटाइ खाने भइस खुबै खेल्ने भनेर चम्केकी छस भन्छ एक मनले । तिनिहरुका लवटाले लागेर अंगभंग भइयो भने त खत्तमै हुन्छ भनेर यसो गम्न थालें मपनि। गेम नै शुरु भाकै छैन म भने कसरी खेल्ने होला भनेर सोच्नु त कता हो कता बरु कसरी जोगिने होला भनेर उपायहरु पो सोच्ने थालेभित्र छिरेदेखि नै हाहा। एकछिनपछि शशीजी र अरु एकदुइजना नेपालीहरु देखेपछि हौसिएर ग्रुपमा गएर आफनो नामपनि लेखाइहालें आजचािहं परेको बेहोरुला भन्दै । अघिसम्म डराएका हातहरु सर्भिस गर्न पो थालें नेपाली देखेपछि हाहा॥ परदेशमा परराष्ट्र्हरु मात्रै भएको ठाउंमा आफनो राष्टियता बुझने एउटैमात्र मान्छे भेटदापनि िहंग नभएपनि िहंग बांधेको टालो बहुमुल्य भएजस्तै हुदोरहेछ । शशीजी र म एउटा एउटा टिममा बाडिने सल्लाह गर्यौं हामी एउटै टिममा बस्दा मैले धेरै राम्रो खेलेर फेरी अरुले चान्स नै नपाउलान भनेर हाहा... । गेमपनि तुरुन्तै शुरु भयो । ल केटीले पहिलो सर्भिस चािहं कटाइ है कटाइ । होइन जान्दछे कि क्या हो गोज्यांग्रीले भन्छु मनमनमा तर बिश्वास भने छैन । अर्को टिमबाट आएको सटबाट एकपल्टलाइ चािहं टाउको जोगाएं । आ...मामा गोली आएजस्तो आउछ सटपनि । लौ केटी अर्थोक चािहं त्यस्तै हो ज्यानचािहं जोगा है भन्दै सट आयो कि निहुरेर बस्न थालें । त्यही निहुरेका बेला फेरी अर्को सट आएछ । एकपाटो गालो त भुइमा खस्यो होला भन्दै गालो खेाज्न थालें । धन्न जहांको त्यही रहेछ । भारु दाइले भुतुक्कै पारयो । टाउकाका नशा चुढिएजस्तै भयो एकछिन । आंखाभरी आंशु भयो, छेउमा आमा बुवा भए पो रुनु मरीमरी । फेरी खेल्नपनि कसैले पठाएको होइन नि । एकछिनपछि ठिक छु भनेर खेल्न उठें । त्यो कुटाइले मलाइ अलि अलि भलिबल खेल्न सिकायोपनि । त्यसपछि चािहं म अलि ध्यान दिएरै खेल्न थालें । आफनै टिमले जित्यो तर मैले खेलेर होइन । जितेका टिमका सबैजना खुशी भए तर मलाइ टिमले जित्नु न हर्ष न त विस्मत नै । फेरी टिम साटियो । अघि मेरो गालो झार्ने त आफनै टिममा पो आयो सरी भन्दै हाहा... । ल अब चािहं बच्ने भएं भनेको त अर्कोपटि फेरी अर्को आयो त्यस्तै धन्दुकारी । सर्भिसचािहं धेरैजसो कटाएकोले मलाइ अरु बेला बल उठाउनको साटो सर्भिस गर्न लगाउन थाले । मपनि सर्भिस कटाएपछि मात्र अरुलाइ ठाडो शीरले हेर्थें । केही समयपछि दुखेको गालो छाम्दै घर आएं । छोरीले कस्तो भयो गेम मामु भनी । मेरो झण्डै गालो झर्यो नि छोरी भने । उसले मेरो गालो सुम्सुम्याउदै प्राक्टिस गर्दा यस्तै हुन्छ मामु अर्को पल्ट ठीक हुन्छ भनेर सम्झाइ हा...हा।फेरी अर्को आइतबार भलिबल खेल्न जान ठिक्क परेकी एक मनले अस्ति एउटामात्र गालो झरेको त्यही भएर आज अर्को गालो झार्न िहंडन लागेकी होला भन्दै जिस्क्यायो । म भाउन्न भएर नजाउकि जस्तै भएं तर अर्को मनले थुक्क लाछी सगरमाथाको टुप्पोमा पुगेको मान्छेलाइ सोधेकी छस कहिल्यै त्यो मान्छे चुचुरोमा पुग्नुअघि कति पल्ट साना साना थुम्कामा लडयो होला भनेर ? सात्तै जानेगरी झपार्यो । मैले आजसम्म केही प्रगती गरेको छु भने त्यही मलाइ हौसला दिएर काममा जुटाउने मनको कृपा नै हो त्यही भएर उसकै हौसलालाइ शिरोपर गर्दै “काग कराउदै गर्छ पिना सुक्दै गर्छँ” के हुन्छ र भन्दै म फेरी भलिबल खेल्न हिडें । आज त खेल्न थालिसकेका रहेछन । धेरैजना नेपालीहरु देखेंपछि त जोसिएर सिधै गएर बल हान्न पो थालंें अलिअलि शरिरसम्म तानाक तुनुक नपारी । सिकारु खेलाडीले कहां संझिन्छ र ति सबै कुरा । ला आज ता पहिलो सर्भिस नै कटयो । सर्भिस कटाएपछि जोसिएर अब बल आयो भनेचािहं खतरा तरिकाले उठाउछु भन्दै थिएं बल त आयो तर कता बाट आयोआयो । टाउको जोगाउन थालेको त नाकले भेटयो मर्ने्रगरी । उसै त राम्रो नाक त्यसमाथि बलले भेटेको, सबै थिलिपित्तिली भएझैं भयो । होइन हडडी त बांकी छ भनेर अनुहारमा छामें । धन्न मैले सोचेजस्तो चािहं भएको रहेनछ । एकछिन पिरो भएर टाउको चर्कियो । बाहिर निस्किएर बसें । मलाइ फेरी गएर बल समात्ने जांगर आएन र घर आएं । फेरी छोरीले ढोकैबाट आज गालो ठीक छ मामु भनी । आज नाकले भेटयो छोरी भने फेरीपनि उसले अब अर्कोपल्टमा ठीक हुन्छ भनेर मलाइ संझाइ ।दुइपल्ट कुटाइ खाएपछि त अब अर्को आइतबार नआएपनि हुन्थ्यो जस्तै लाग्नथाल्यो । मलाइ जिस्क्याउने मनले फेरी एकपटक अब कुटाइ खाने पालो कस्को आंखाको कि ? मुखको ? भन्यो तर मैले जीबनका धेरै महत्वपुर्ण कुराहरु तेस्रो पल्टमा मात्र फत्ते गरेकोले फेरी एक आइतबार भलिबल खेल्न जाने वाचा गरेकि छु कसो होला ? नर्थ क्यारोलाइन, युस
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
फाटेको छाता
निबन्ध
उत्तरकुमार पराजुली
22, 2011, 6:49
१आयु आरोग्यले राम्ररी साथ दिए हाम्रो सात पुस्ते पारिवारिक संस्कार हो । आफूले जिजुबुबाआमा देख्ने र आफू जिजुबुबाआमा बन्ने । नभए पाँच पुस्ते त कहीं नजा । आफूले हजुरबाआमा देख्ने र आफू पनि हजुरबाआमा बन्ने । एउटै गोलटोल मिलेर बस्ने । जीवन गुजाराको कारोबार छुट्टाछुट्टै गरे पनि आस्थाको धरोहर एउटै बरिष्ठतम व्यक्ति । तल्ला गराको पानी उपल्ला गरामा ननिस्किए पनि उपल्ला गराको पानी त चुही ,रसाई तल्लो गरामा झर्छ नै । आफ्नै खुन पोलिहाल्छ नि १ साउँको भन्दा ब्याजको माया ।.....यस्तै यस्तै भन्दै छुट्टिभिन्न भएका आफ्ना छोराबुहारीका सन्तान अर्थात् आफ्ना नातिनातिना स्याहार्ने बूढाबूढीहरु । बूढाबूढीका हातपाखुरा चलुञ्जेल आयआर्जनको साख नगिरुञ्जेल हजुरबाआमा बसेको घर सबै नातिनातिनाहरुलाई साझा धौलेघर । “सत्तका भर सम्पत्ति, धर्मका बल सन्तान ,बाउबाजेका धर्मले छोरा नातिलाई खान हुन्छ ।”ंं......यस्तै यस्तै हुन् नैतिक नेतृत्वका आधारहरु । त्यसैले त “मर्दाका मलामी पर्दाका जन्ती’ भनाइको सार्थकता भेटिन्थ्यो । सुत्केरी उतार्ने तातो घरलाई जस्तै परलाई पनि हुन्थ्यो । छोराछोरीको ब्रतबन्ध,विवाहको लागि घरबाट भन्दा परबाटै कुरा चल्थे । छोरीको घर बिग्रदा ,छोराको घर नहँुदा आफन्त छरछिमेकलाई चासो । आफू केवल भएर पसारिने “लौ यो छरछिमेकले गर्ने काम त हो नि ” भनेर । यसरी पसारिँदा न दासताको अनुभूति न शरणको मरण गर्ने कुप्रवृत्ति । लम्पसारिँदा पाइने वात्सल्यता ,त्यो सामुहिक अभिभावकत्व १ दुःखमा गुहार भनेर चिच्याउन नपरी मद्दत जुट्ने ,सुखमा निम्ता बिना पनि सुख बाँड्न आउने त्यो निश्छल हार्दिकता । निम्ता नभनेकोले पनि साक्षी बक्ने, गीता, तामो, तुलसी , पीपल, आगो, द्यौ, पितृ प्रतिको अटल आस्था र सत्य प्रतिको निष्ठा । त्यो सामाजिक एकताको दृढता । यस्तो हुँदाहुँदै पनि अझ पुग्दैनथ्यो हजुरबुबा र हजुरआमालाई र भन्नुहुन्थ्यो सत्ते जुगमा जन्मियो , अहिले कलिको भुक्तान गर्न परिरहेछ । बूढाबूढीहरु कलहमा कलि देख्थे , मन मलिनतामा कलि देख्थे , शायद तीव्र परिर्वतनको अत्याहटमा पनि कलिको झझल्को आउँदो हो । यो टुक्रिएको पारिवारिक परिवेश, केवल दुई पुस्ते बाध्यात्मक सीमाबद्धता । जन्मने र जन्माउने बीचको सम्बन्ध । नाति नातिनाले हजुरबाआमा चिन्दैन हजुरबाआमाले आफ्ना नातिनातिना जान्दैनन् । उनीहरु भोकाएको जान्दैनन् , उनीहरु के खान्छन् कुन्नी त्यो पनि जान्दैनन् , उनीहरुलाई कसरी उचाल्नुपर्छ , कसरी काख लिनुपर्छ , त्यो पनि जान्दैनन् , उनीहरुलाई सेकताप ,कानीकानी गुर्नपर्छ पर्दैन त्यो झन् जान्दैजान्दैनन् । थाङ्ग्रामा सुताउन हुने हो कि होइन त्यो पनि जान्दैनन् , सुतेको बेलामा यताउता सार्दा कोला कोला भन्न हुने हो कि होइन ! शंका व्यक्त गर्छन् , सुतिरहेको बलेला गुुन्दै्रसित सार्दा नानी बाढ्यो नानी बाढ्यो भन्दा साह्रै पुरातनवादी होइने हो कि ? भित्र भित्रै त्राहीमाम् बन्छन् । वर्षदिनको दसैंमा स्वदेशमै मुग्लानी भएका छोराछोरीका जहान घर भित्रिए । नातिनातिना खेलाउने बूढाबूढीको रहर छोरीपट्टिको नातिलाई थिरिथिरि तातेताते गराउन जोतियो । ज्वाइँ उदास देखिए । बूढाबूढी शिताङ्ग भए । नातिनीलाई धैयाधैया गराउँदै तारबाजी लैलै.....को लयमा लोली मिलाउँदा बुहारी निराश देखिई । बूढाबूढी झसङ्ग भए । ए बूढाबूढी हो , तिमी पत्रु भैसक्यौ भनेर कसले भनिदेला उनीहरुलाई ।अबको जमानाले न तिम्रो कुरा बुझ्छ न तिमीहरु नै आजको जमानाका कुरा बुझ्न सक्छौ भनी कसले बुझाइदेला ती आपस्तले भरिपूर्ण अनाथलाई । अबका केटाकेटी त भोक लाग्दा रुदैनन् । उनीहरुलाई त घडीको समय हेरेर कैले न मैले बनेका सुख्खा तैयारी खानेकुरा दिनुपर्छ । ए बूढाबूढीहरु हो , तिम्रा पालामा पुराना धानका चामल खान्थ्यौ , खुवाउथ्यौ । पुराना जौको सातु खानुपर्छ भन्थ्यौ, पुराना मकैको आटो पथी ( पथ्य ) हुन्छ भन्थ्यौ अहिले पनि पुरानु त छोडिएको छैन , पुरानिएका पीठाको खुराक , ओजिनोमोटो मन्द विष घोलेर , प्लास्टिकमा पोका पारी पुरानु गराएर खुवाउने चलन छ । उचालिने र काखिने बानी कहाँ छ र उनीहरुमा कोल्टे पर्ने, कोखो फर्कने अवस्था नहुँदै चाइल्ड केयर सेन्टर (शिशु स्याहार केन्द्र ) मा भर्ना हुन्छन् । उनीहरुको सेकताप त जगत साक्षी सूर्यैले गर्छन् । तिमीहरु भन्दा हौला जसको कोही छैन उसको भरोसा ईश्वर हुन्छ तर हेर यिनीहरुको सबै हुँदाहुँदै पनि त नानी ताती नानी ताती भनेर तेलमा लतपतिएको तातो हाल उनको शरीरमा पर्न पाएन । पुराना, भाँचिएका हलाका ठुटा चिरेर रनकठाहा लाएर सुत्केरी सेक्ने चलन धेरै पुरानु भैसक्यो । बच्चा सेक्दा सुत्केरी पोषिन्छन् भन्थ्यौ । जति तेल लगाएर माड्यो सेक्यो उति छिटो बच्चा सप्रिन्छन् भन्थ्यौ अब ती कुरा उहिलेका भएर खुइलिइसकेका छन् । बच्चा सेक्दै गरेका हातले आफ्ना चण्डीपुर्पुरा सेके सुत्केरीको टाउको दुख्दैन भन्ने कुरा अहिले आहान भएको छ । कुनामै हुँदा कोखा र तल्लो पेट सेक्दा बाआँेरो ( तल्लो पेट ठूलो देखिएर सधै दोजिया जस्तो देखिने स्थिति ) रहन्न भन्ने भनाइ अहिले उखान भएको छ । ए वृद्धात्माहरु , तिम्रा पालामा जस्तो आडिला थाङ्ग्रामा केटाकेटीहरुलाई सुताउने कल्पना गर्दा हौ । अहिले त लचकदार डनलपमा सुताउने चलन छ । निद्रा नबिथोल्न प्रयोग गर्ने सासैसासले उच्चारण गर्ने कोला कोला ...... तिम्रो मन्त्र त शायदा कोकाकोला , कोकाकोला भएको छ होला जुन अन्तरराष्ट्रिय पेय पदार्थ तिम्रा नातिनातिनाका पेटमा गोरस प्रवेश गर्नुभन्दा अघि नै प्रवेश गरिसकेको हुनसक्छ । त्यसै आधुनिक भइन्छ र !ंं तिमीहरु नातिनातिनासंग बोल्न जान्दैनौ । स्टान्ड अप स्टेप स्टेप भन्नु पर्नेमा उही थाङ्गे्र थिरिथिरि ताते ताते भन्दा ज्वाइँको अनुहार उब्लेको तिमीहरुले पनि ख्याल गरे हौला । धैया नानी धैया भन्दा ताराबाजीलैलै को लयको अलापले बुहारीका अनुहार भुतुक्क निभेको याद गरे हौला । त्यसबेला तिमीले ट्विङ्कल ट्विङ्कल लिटल स्टार हाउ आई वण्डर वाट यु आर गाउन जान्नु पथ्र्यो । नजाने चुपचाप बस्न सक्नुपथ्र्यो । ए बानप्रस्थीहरु , अब तिम्रो घरै बन बनेको छ । अब तिम्रा गृहस्थी जीवनका विचार संयोजनका लागि बन जानु पर्दैन । तिम्रा संयोजित अनुभव लिन कोही तयार छैन । तिम्रो संस्कारको अपुताली परेको छ , तिम्रो विचारको जिलो मासिँदैछ । तिमी आज्ञा पालन र कर्तव्यका कुरा सिकाउन खोज्छौ होला तर तिम्रा सिकारु त आफ्नो अधिकार र अरुको कर्तव्य मात्र जान्न चाहान्छन् । ए दाँत झरेका गाउँमा बस्ने सत्यात्माहरु , तल्लो पीँढीलाई संस्कार दिने तिम्रो हतार र छटपटी हेर्ने लायकको छ । संस्कार दिने हो कि लिने ? यो त दिने भन्दा लिने हो । अनुभूति पनि त दिने भन्दा बढ्ता लिने हो । तिमीहरु त महासागर हौ , ज्ञान र अनुभव सागर जसले जत्रो भाँडो लिएर आउँछ उत्ति पानी लिएर जान्छ । गोरुलाइृ पानीघाट सम्म लिएर जान सकिन्छ , पानी आफैले खानुपर्छ । तिमीहरु त्यै गाउँमा महासागर झैँ अटल भै रहन्र , निश्चल र निश्छल भैरहनु । कुनै दिन तिमै्र सन्तान समाजकल्याण मन्त्री बनेर तिम्रो जीवनको उल्टो गनाइको निरीक्षण गर्न , वृद्धाश्रमको प्रतिवेदन तयार गर्न हेलिकोप्टर चढेर आउनेछन् । प्रतिक्षा गर्नू । ३ अव्यवस्थित खचाखच खाँदिएको बसोबास नै शहरी जीवनको परिभाषा । उच्च अहं , तीब्र छटपटी । अस्तव्यस्त बसाइलाई शहरीया सभ्यता ठान्ने एउटा कोरा भ्रम । आमा भए कर हुन्थ्यो , बुबा भए भर हुन्थ्यो , सासू भए डर हुन्थ्यो , ससुरा भए भर हुन्थ्यो थकित सुस्केरा पछिका परिकल्पना । केवल कृत्रिम अभावको नाटक मात्र । अहिले स्वतन्त्रताका नाममा एक्लै रुने , एक्लै कुहुने अवस्था छ । लैङ्गिक समता शिक्षाले विपरित लिङ्गिको परिपूरक स्वभावको व्याख्या गर्न नसक्दा द्वन्द्वको सिर्जना भएको छ । यही द्वन्द्वको तमासा हेर्दै हुर्केका बालबालिकाले आमालाई झींगाको लेखा र बुबालाई झुसे बारुलोको हैसियतमा बुझ्ने गरेका छन् । बीस वर्षे बालबालिकाको बाल अधिकारले बा आमाको कर्तृव्य बोधको बोझ अझै थपिँदो छ । “अरु कोही नभए धुरी खाँबा लाई सोध्नू ”भन्ने कथन त्यसै बनेको होइन रहेछ । सबैलाई गललागिरेहको छ । जीवन काटिएको चङ्गा जस्तो सबैलाई अनुभूति भइरहेछ । आमा अस्पतालमा छटपटाइरहँदा छोराछोरीको , मात्र फोन आउँछ । बाबु मृत्युशैयामा घिटिघिटि हुँदाको घिटकिसो सुनिदिने कोही छैन । पूरा गर्ने त धेरै परको कुरा । मृत्यु संस्कारको संवेदनशीलता केवल औपचारिकतामा परिवर्तन भइरहेको छ । स्नेहशील आर्द्रता सून्यतर्फ उन्मूख छ । आँसु र हाँसो रित्तिएको उराठ जीवन ! कौवाको ,बाँदरको जत्तिको एकता पनि मानवीय एकताका लागि ठूलो चुनौती बनेको छ । आमाले झैं दूध खवाएको भनी गाई ,भैंसी र बुबाले झैं आर्जन खुवाएको भनी गोरुको मलामा गर्दाको दिन छाक छा्ड्ने कुरा केवल शुष्क सम्झनाका लागि मात्र ।४ बाबू , छिट्टै फर्किस् त स्वास्थ्यले साथ दिएन कि ! सञ्चै त आइस् । आमा बाबा , मैले मेरो अभिभावकीय छाता धुजाधुजा पारेको छ । अब सिलाउँदा धागोले कपडा काट्ने कपडाले धागो काट्ने हुन्छ होला । अब म जीवनभर यही पश्चातापमा तड्पिरहने बाहेक कुनै विकल्प छैन । प्यारो औतार तैँले छाता च्यात्दै गर्दा बाबा आफै रुझिन्छ नि भनैकै थियौँ । कानमा बतास लागेन ।अहिले तँलाई समयको झरीले कुट्दा कालक्रमको घामले पोल्दा हामी तमासे बन्नुको विकल्प रहेन । हामी केवल अनचिनारु रमिते बन्न बाध्य छौँ । बाबू , यो छाता सानो झरीमा वर्षिने , सानो हावामा उल्टिने , चर्को घामले फाटिहाल्ने छाता होइन । यो असली घरबुनाको छाता हो । यो त जति भिज्यो उति नबर्सने, जति तात्यो उति शित्तल दिने , जति तुन्यो उति बलियो, जति पुरानिँदै गयो उति बाक्लिँदै जाने जातको छाता हो । ए बुढेसकालका बैसाखी, तैँले मात्र अपनाइस् भने यसको म्याद अझै कटिसकेको छैन । बाबाआमा, आफ्नो अभिभावकीय छाता च्यात्दा राष्ट्रिय छाता पनि च्यातिँदो रहेछ । हाम्रो देशको रक्षा मन्त्रीले देश टुक्राउने धम्कि हिजो मात्रै दियो जुन म गएको देशका पागलले पनि बोल्न सक्तैनन् । मैले मेरो देशको कामलाई घृणा गरें । केवल छुट्ट्याएको गास टिपेर च्याउ बढेझैँ बढेँ । न सिद्धान्त बुझेँ न व्यवहार पढेँ । वास्तवमा गास जुठाउन गाह्रो रहेछ । मेरो उच्च शिक्षाको हैसियत साक्षर भन्दा एक बिन्दु माथि पुग्न नसकेको कुरा बल्ल थाहा पाएँ । विद्यार्थी जीवनमा सीपको लागि मेरो हात अभ्यस्त हुन सकेनन् । परिश्रमका लागि मेरो जिउ माडिएन, दाइएन । विकासका लागि अठार घन्टासम्म पनि काम गर्न पछि नपर्ने देशमा पुगेको म एक निम्नस्तरको ज्यामी त्यहाँ के काम गर्न सक्थेँ र केवल तमासे बनेर आएँ । परिश्रमले सानो हुने भए ती देशवासीको अस्तित्व उहिल्यै बिलिन भैसक्थ्यो । अरुलाई आदर सम्मान गरेर सानो हुने भए उनीहरु भुसुनाभन्दा साना हुने थिए । सक्दो काम सबैले गर्नुपर्छ , परिश्रमप्रति श्रद्धा गर्नुपर्छ भन्ने मान्यताले नै उनीहरुको नाम विश्वमा चम्किरहेको छ । मेरो सत्र वर्ष अध्ययनभन्दा त्यो देशको ६ महिने असफल भ्रमण मेरो लागि उच्च शिक्षाप्रद रह्यो । त्यहाँ मैैले जीवनमा शिक्षा देखेँ र शिक्षामा जीवन । देशवासीको परिश्रमको चमक त्यस देशको मुद्रामा देखिँदो रहेछ । मेरो अर्थशास्त्रमा स्नातकोत्तर तहको प्रथम श्रेणीको दिक्षा त्यहाँ पाएँ । छाता च्यात्ने प्रवृत्तिको अन्त्यको लागि आफ्नो पिँढी र तल्लो पिँढीलाई तालिम गर्ने प्रण मेरो अन्तस्करणले गरेको छ । अब अभिभावक नतड्पिने वातावरणको सृजनाको लागि लाग्ने बाचा मेरो अन्तरआत्माले गरेको छ । बाबाआमा, अहिलेको दशैँमा मलाई यही आशिर्वाद चाहिएको छ । हामी र हामी जस्तालाई यही चाहिएको छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
भुँवरीमा भिखम
निबन्ध
युवराज नयाँघरे
11, 2011, 3:33
विमानस्थलको भीडमा छ भिखम ! उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ । उसको सानैदेखिको रहर आकाशमा उड्ने । आकाशको सम्मोहनले उसलाई तान्छ घरी घरी । भिखम तराईमा जन्म्यो, हुक्र्याे र बढ्यो । अक्षरसम्म चिन्यो । ‘एइ बौवा, कि छे ?’ भिखमसँग ठट्टा गर्नेहरुले उसलाई जिस्काउँथे र कुस्ती खेल्न आमन्त्रण गर्ने । आमन्त्रण उसका निम्ति जति रुचिकर थियो, प्रिय थियो र हुँकारयुक्त थियो त्यत्तिकै समयकटनीका निम्ति सजिलो पनि । भिखम गाई चराउँथ्यो । घाँस काटेर आलीमा राख्दै सोच्थ्यो ‘म पनि गाउँ छोड्छु !’ गाउँबाट विदेश जानेहरुको सख्या केही यता बढेथ्यो ह्वात्तै । दिन दुगुना र रात चौगुना बढेको थियो । रामलखन, चन्दर, लालबाबु, रामखेलावनहरु गइसके । भिखमलाई तिनको ख्याल आउँछ । गर्मी चढेपछि खुब पौडी खेलिन्थ्यो । रातु नदीमा धेरै पटक खेलेर मस्ती लिएको छ उसले । भिखमलाई लालबाबुले सिकाएको हो पौडी खेल्न । सुरुमा खुट्टा चलाउने, हात फाल्ने र सास चलाउने कुरा बगरमा सिकायो लालबाबुले । पछि किनारमा छप्लाङछुप्लुङ । अनि भुँवरीमा छत्लाङ्ङ ! पछि त निकै गजब हुन थाल्यो । लालबाबुलाई नै हराइदियो भिखमले । एकपटक हैन निकैनिकै पटक हराइदियो । सोनपुरमा हल्ला हुन्थ्यो भिखमलाई जे कुरा सिकाऊ पछि त उसले सबैलाई हराउँछ । सिकाउने गुरु नै हार्छ । भिखमले लालबाबुलाई पौडी सँगै कुस्तीमा पनि हरायो मज्जैले । भिखम विमानस्थलमा छ । केही पछि नै ऊ उड्दै छ आकाशमा । केही समयपछि नै यो धर्ती यतै थन्काएर भिखम बेगिने छ बेतोडले । धर्ती कहिले नछोडेको उसलाई यस कुराले मनभरी निकै खल्बली पारेको छ, छ । एयरपोर्टमा पुलिसका हातमा काला घँगारुका लठ्ठी देखिरहेछ ऊ । भिखमले पुरानो कुरा सम्झियो । यस्तै चार कक्षामा पढ्दाको कुरो मास्टरजी कडा थिए । रुखमुनि पढ्नु पथ्र्याे । एकदिन मास्टरजीको लामो लट्ठी लिएर भिखमले ढुक्कुरका बच्चा झार्यो । हनुमान सिंह, मानक र रामभरोस जस्ता साथीहरु मिलेर ढुक्कुर पोलेर खाए । भोलिपल्ट त्यसको गाइँगुइँ सबैका कानमा पुगिगो । अनि मास्टरजीले भिखमलाई अह्राए ‘यो लठ्ठी पुरानो भो । अर्काे राम्रो लट्ठी बनाएर ल्याउनु !’ भिखमले कटबाँसको लौरो खुब मज्जाको बनायो । खुर्कीखार्की गरेर, तेल दलेर, आगोमा सेकाएर लट्ठी तयार पायो । अनि आफ्नो पौरख देखाउन स्कुल जान हतारियो । अरु दिन भन्दा चाँडै स्कुल पुग्यो ऊ । मास्टरजीलाई प्रमाण गर्दै लट्ठी अर्पण गयो भिखमले । ‘ठिक छ !’ मास्टरजीले भने । मुसुक्क हाँस्यो भिखम । उसलाई लाग्यो निकै मिहिनेत गरेको फल पायो उसले । साह्ै मन रमायो उसको । मास्टरजीलाई लट्ठी दिएर उसले आफ्नो पौरख देखाउने मौका पायो मज्जैले । ‘हाफ टाइममा भेट्नु !’ भिखमले जाने बेलामा गुरु वाणी सुन्यो । हल्लाखल्ला बीच कक्षा चलिरह्यो । ऊ दङ्ग थियो । आज मध्यान्हमा केही राम्रै पुरस्कार पाइनेछ । मनमनै रमाइरहेको थियो भिखम । हाफटाइमको घण्टीसँगै ऊ दगुयो टहरोतिर । जहाँबाट आइरहेका थिए मास्टरजी । ‘हिजो तैँ होइनस् मेरो लट्ठीले ढुक्कुरको गँुड झार्ने !’ त्यतिन्जेलमा भिखमले एक स्वाँठ खाइसकेको थियो । लामो लट्ठी भाँच्यो माझैमा । भाँचिएको लट्ठीले फेरि बजाए मास्टरले । फेदपट्टि कालो र ध्वाँसोले टलक्क टल्केथ्यो लौरो । अनि ऊ त्यस मास्टरको सामु कहिल्यै परेन । बिस्तारै ऊ स्कुलको आँखी हुँदै गयो । रुख, भैंसी, खेत, पोखरीमा बिताएर भिखम घर फर्कन थाल्यो । टाढियो ऊ बिद्यालयबाट ! बिमानस्थल वरपर अनौठा अनौठा कुरा देखिरहेछ ऊ । अगाडी ठूलो टेलिभिजनमा अक्षर कुदिरहेछन् । जहाज आउने र जाने सूची हो त्यो । ‘देख्देख् !’ नन्दनले अलि अलि अक्षर फुटाएर भन्यो ‘टेलिभिजनमा जहाज आउने र जाने कुरा आउँछ, त्यो पढ् !’ भिखमले पढ्ने कोसिस गरिरा’छ । तर असम्भव छ त्यो स्थिति । सी ए टी क्याट । क्याट माने बिरालो । एम ए एन जी ओ म्याङगो । म्याङ्गो माने आँप । भिखमले सिकेको अंग्रेजी यै हो । त्यस्तो सजिलो अंग्रजी यहाँ छैन । उसलाई थकथकी लागिरहेको छ । बेलामा पढिएन बडा नकाम गरिएछ नि ! बिमानस्थलमा खुब भीड छ । त्यो भीड देखेर उसलाई गाउँको हाटको ख्याल आइरहेको छ । ऊ बासँग बजार जान्थ्यो । बा ले बयलगाडा हाँक्थे । त्यो गाडा उनीहरुको थिएन । मुनिम काकाले ‘पहाडिया महाजन’ को राइस मिलमा बालाई काम दिलाइदिएका । बा टायरवाला गाडा चलाउँथे । एक दिनको धानको भुस्सा लोड गर्दै थिए गाडामा । गाडी उत्तानो भएर सबै बोरा बाको टाउकोमा थुप्रियो । अनि बोरै बोराले पुरिएछन् भिखमका बा । बिहान कालो सर्ट लगाएर गएका बा लाई दिउँसो सेतो कपडाले ढाकेर खोलातिर लगेको देख्यो भिखमले । ऊ डराई डराई हुलमा दगुयो । घाटमा पुगेपछि बा लाई आगो लगाउन उसकै हातमा दनदनी बलिरहेको पुल्ठो थमाए मुनिम काकाले । जे जे भने त्यै त्यै गयो भिखमले । घर आउँदा आँगनभरि मान्छेको भीड । यो विमानस्थलको भीड देखेर उसले त्यो दिन फेरि सम्झियो । उसलाई अगाडीको बादलु आकाशमा बा ले हेरिरहेका छन् जस्तो पनि लाग्यो । केही समयपछि नै त्यै बादल भरिएको आकाशतिर उड्ने छ भिखम । गाउँमा भीड अरु दुई कारणले हुन्थ्यो भाषण र भजन । नेताहरुको आगमनसँगै भीड खुब हुने गर्दथ्यो । एक पटक भीड जम्मा गर्दा भिखमले दुई सय रुपिया पाएको थियो । जति धेरै मान्छे बटुल्यो त्यति नोट पाइने । एक हप्ता खटेपछि उसले गब्बर सिंहको पार्टीलाई मान्छे बटुल्न सकेको थियो । तर अर्काे हप्ता माइकालालको पार्टीवालाहरुले भिखमलाई मज्जाले भकुरे र भने ‘तँ जता पनि लाग्छस् । पैसा खाएर मान्द्धे बटुल्छस् । कि हाम्रो पार्टीमा लाग् कि उता लाग् । पैसा खाएर दलाली काम नगर ।’ त्यै दिनदेखि पानी समात्यो भिखमले र निर्णय गयो ‘साला पार्टीवालाको काम गर्दै गर्दिन । बरु भुखै मर्छु !’ एयरपोर्टमा आइसक्रिम चुसिरहेकी युवतीको ठूलो पोस्टर उसले देख्यो । भिखमले पोस्तर नजिकै गएर हेयो र ओठ चाटयो । ऊ सानैदेखि बरफको सोखिन । बरफ चुस्न पाएको दिन खब फुरुङ्ग पथ्र्याे भिखम । एकदिन बेच्न लगेको एक बाल्टिन दूध उसले दस वटा बरफसँग साटेको थियो । तर दुईवटा चुसिनसक्दै अरु आठवटा पग्लिएर गइसकेका थिए बरफहरु । दूधको हिसाब देखाउन नसक्दा राति राम्रै धुलाइ भएथ्यो भिखमको । एअरपोर्टमा अचम्म लाग्दा अरु कुरा छन् । भिखमलाई ती अनौठा दृश्यहरुले खुब चिमोटीरहेका छन् । आँखै नझिम्क्याई हेरिरहेछ ऊ अचम्म र छक्क लाग्दा मान्छे र परिवेश । अचम्मका भुमरीमा छ भिखम । प्लास्टिकका खोलमा मकैका प्याकेट सजाइएका देखेपछि भिखमलाई लाग्यो ‘जहाज चढ्नेहरु नि मकै खाँदा रहेछन् !’ भीडमा छ भीखम ! आँखा च्याती च्याती विमानस्थलको होहल्ला हेर्दैछ ऊ निरन्तर । बाँसघारीमा बास बस्न लागेका सारौं कराएको लाग्दैछ उसलाई । मेनपावरले दिएको पासपोर्ट र टिकट एक पटक फेरि हेयो भिखमले ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
बुर्का
निबन्ध
योगेन्द्र उपाध्याय 'पुष्प'
28, 2011, 2:38
योगेन्द्र उपाध्याय 'पुष्प'
फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि हुनसक्छ उसले आफ्नो देशको सुरक्षाको लागि प्रत्येक मानिसलाइ उसको अनुहारबाट उसलाई चिन्न चाहेको हो तर जे सुकै भएपनि फ्रान्समा जुन बस्तु हटाउन खोजीएको थियो त्यो हट्न सकेन त्यो टाँसीएर बसेको बस्तु हो “बुर्का” ।स्वतन्त्रता ! कहिले काँहि परतन्त्रता झैँ पनि लाग्ने गर्दछ या भनौँ कतिपय अवस्थामा परतन्त्रता, स्वतन्त्रताभन्दा प्रीय लाग्दछ । यस सन्दर्भमा फ्रान्सकै अर्को ऐतिहासिक घटना याद आउँछ, फ्रान्सको साम्राज्यवाद विरुद्ध एकपटक ठूलो युद्ध भयो र स्वतन्त्रताका पक्षधरहरु विजयी भए । स्वतन्त्रता सँग्राम एक पुस्ताको देनले सफल भएको थिएन त्यस युद्धमा कैयौँ पुस्ता होमीएका थिए । नयाँ पुस्ताले स्वतन्त्रता पाउँदा लाखौँ पुराना पुस्ताहरु यस्ता पनि थिए जुन कुनै दुर दराजको एक जेलमा २० वर्ष, ३० वर्ष, ४० वर्ष देखी सुर्यको किरणबाट पनि वञ्चित रहि, जञ्जिरमैँ जीवन विताइरहेका थिए । तिनलाइ पनि स्वतन्त्रताको स्वाद चखाउन स्वतन्त्र फ्रान्सेलीहरु जेलमा गए र कैदीका जञ्जिरहरु टुटाउन थाले तर आशा विपरीत कैदीहरु खुशी हुनको साटो रुन थाले, कराउन थाले, बाहिरको सप्तिरङ्गी संसार हेर्नलाइ अस्वीकार गर्न थाले, उनीहरुमा यो पनि डर व्याप्त भयो कतै बाहिर सुर्यको कीरणले उनीहरुलाइ जलाउने त होइन ? जञ्जीर तोडिँदा उनीहरुलाई यो पनि डर लाग्यो कि कतै जञ्जिरले जकडिएको उनीहरुको प्राण जञ्जिर खोलिँदा फुत्कने त होइन ? कारण उनीहरु कैयौँ वर्षदेखि उनीहरु नेलमैँ अभ्यस्त भैसकेका थिए, नेल र जेल देखि बाहेक उनीहरु अरु केहि सोँच्न पनि सक्दैनथे । उनीमा जीवन ब्लाक एण्ड ह्वाइट नै छ भन्ने भ्रम एकदम मजबुत भैसकेको थियो । उनीहरुलाइ नेल आफ्नो शरीर झैँ लाग्दथ्यो जुन तोडिदा उनीहरुलाइ असह्य भयो । उनीहरुलाइ जबर्जस्ती जेलबाट निकालेर सुर्यको कीरण देखाइयो र उनीहरु पनि स्वतन्त्र भएको त्यो दिन फ्रान्समा ठूलो उत्सव मनाइयो तर साँझ पर्दा नपर्दै सबै कैदीहरु एकाएक हराएको सुचना प्राप्त भयो र तिनलाइ खोज्न देशका सबै नाकरीकहरु सक्रिय भएर लागे तर कतै कहिँ भेटिएनन् उनीहरु, अन्त्यमा पत्ता लाग्यो उनीहरु त्यहि जेलमा पुगेका थिए जहाँबाट उनीहरुलाइ निकालीएको थियो, यसकारण मलाइ लाग्छ, कसैलाइ यदि परतन्त्रता जब स्वतन्त्रताको पर्यायवाची लाग्छ तब अरुले स्वतन्त्र हुने पाठ पढाउँदैमा कोहि स्वतन्त्र हुन सक्दैन ।मानवमा मात्र होइन यो जनावरमा पनि देख्न सकिन्छ । यसै सन्दर्भमा म बुटवल बस्दाको एक घटना वर्णन गर्न चाहन्छु । म बुटवलको गोलपार्कमा बस्ने गर्दथेँ । बुटवलदेखी माथिको डाँडामा होटल बनाउनको लागि सामान ओसार्न म बस्ने कोठाभन्दा केहि पर मेरो साथीले खच्चरहरु राखेको थियो । एकपटक डाँडामा सामान पुर्याएर फर्कने क्रममा रात परेछ र दुर्भाग्यवस उसको खच्चर रातको समयमा कहिँ कतै हराएछ । भोलीपल्ट उसले हामीलाइ उसले खच्चर खोज्न डाँडामा जाउँ भनेर अनुरोध गर्यो र हामी सात जना साथीहरु मिलेर डाँडा चढ्यौ दिनभरी खोज्यौँ तर कतै कहिँ भेटाएनौ निराश भएर घर फक्र्यौं तर हाम्रो आशा विपरीत उनकी श्रीमतिले हामीलाइ सुनाइन खच्चर त हामीभन्दा पहिला नै घर फर्कीसकेको रहेछ । यदि कोहि स्वतन्त्रताको अवसर पाएर पनि परतन्त्र हुन चाहन्छ भने हजारौँ अवसर मिलुन उ त्यसको सदुपयोग गर्न सक्दैन । यस्तै प्रकारको घटना मरुभूमीमा पनि घट्ने गर्दछ । उँटलाइ मरुभूमीको मालवाहक सवारी साधन मानिन्छ कैयौँ दिनसम्म एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा मरुभूमी मै रात विताउने पनि वाध्यता आइपर्छ । त्यससमयमा उँटधनीले उँट बाँधिदिएकोे डोरी पर लगेर हथौडाले ठोके झैँ गर्छ र उँटलाइ यो भ्रम पर्छ कि म कुनै खुँटोमा बेसरी बाँधिएको छु । उ त्यत्तिकै बसी नै रहन्छ, केहि चलमल नगरीकनै । उ भाग्न पनि चाहन्न भाग्ने चेष्टा पनि गर्दैन । त्यसैले म भन्न चाहन्छु यदि कोहि स्वतन्त्र बन्ने प्रयास नै गर्दैन भने उ स्वतन्त्र बन्न पनि सक्दैन ।नेपाल एक स्वतन्त्र देश हो । यो परापूर्वकाल देखी नै स्वतन्त्र थियो र आजसम्म पनि स्वतन्त्र नै छ । यहाँ मान्छे यति स्वतन्त्र छन् कि कसैलाइ मार्नु पनि मार्नेको स्वतन्त्रता अन्तर्गत पर्दछ, तर यति धेरै स्वतन्त्रताको वावजुद पनि के हामी स्वतन्त्र छौँ त ? राणाकाल र राजाकालमा बोल्न पाउनुलाइ स्वतन्त्रता मानिन्थ्यो आज जे मन लाग्यो त्यहि बोल्न पाउँछौ तर यती धेरै बोल्न पाउँदाको वाजजुद पनि हामी यस कुरामा विश्वस्त हुन सक्छौँ त हामी स्वतन्त्र छौँ ? स्वतन्त्रता एक वस्तुको बन्धनबाट अर्को वस्तुको बन्धनमा बाँधिनुको नाम होइन । हामी राणाबाट स्वतन्त्र भयौँ र राजाबाट स्वतन्त्र भयौँ तर दुइ रस्सीहरु तोडेका हामी हज्जारौ झण्डामा बाँधिन पुग्यौँ । हामीलाइ त्यस समयमा उम्कन सजिलो थियो जब हामी यो सोँच्दथ्यौँ हामी परतन्त्र छौँ जब मनमा यो निश्चय हुन्छ कि हामी परतन्त्र छौ तब स्वतन्त्रता पाउनु कुनै दुसाध्य कुरा होइन तर यसको विपरीत हामी परतन्त्रता नै स्वतन्त्रता हो भन्ने ठान्छौ लाखौँ वर्ष वितुन् हामी स्वतन्त्र हुन सक्दैनौ । हामी झण्डाको छाँया परीवर्तन गर्न सक्छौ, हामी पार्टि परीवर्तन गर्न स्वतन्त्र छौँ, तर परीवर्तन गर्नमात्र स्वतन्त्र छौँ यौटाबाट मन मरे अर्कोमा जान सक्छौँ तर फलामको जञ्जिरबाट आफुलाइ मुक्त गरेर सुनको जज्जिर लगाउनु स्वतन्त्रता होइन । मलाइ लाग्छ हामी त्यस समयमा मात्र स्वतन्त्र बन्न सक्छौँ जब हामी आफैले आफ्नो भाग्य निर्धारण गर्ने क्षमता आफूमा विकसीत गर्न सक्छौँ ।नेतृत्वलाइ केहि दोष दिन्न म किनकि नेतृत्वमा पुर्याउने हामी नै हौँ । आज हाम्रो देशमा कसैले नेतृत्व पाउँछ भने पार्टीको भरमा पाउँछ, जब हामीले नेतृत्वमा पार्टिलाइ होइन व्यक्तिलाइ पुर्याउनु पर्छ भन्ने सोँच विकसीत गर्न सक्छौँ तत्क्षण देश देश बन्नेछ । पार्टि चयन गर्दा हामीलाइ १००० अप्सन प्राप्त होला तर व्यक्ति चुज गर्दा दुइ करोड अप्सन । पुँजीवाद र साम्रज्यवादले नक्सामा विकास गर्लान तर धर्तीमा विकास गर्न व्यक्ति नै चाहिन्छ । जब हामी आफु पनि नेतृत्वको एक अप्सन बन्न पुग्छौँ मलाइ लाग्छ देश त्यहि समय नै परिवर्तनको सँघारमा खडा हुनेछ ।जातियता पनि हाम्रो एक समस्या हो तर जातियता मेटाउन तल्लो जातिलाइ निषेधित मन्दिरमा प्रवेश गर्नु या पानी पधेराहरुमा माथिल्ला जातिले भरेर राखेका गाग्राहरु छोइदिनु र उनीहरुलाइ त्यो छोइएको पानी पीउन दवाव दिनु पनि जनजातीको स्वतन्त्रता होइन । कसैले हजुरको हातवाट छोइएको वस्तु खाँदैन भने नखानदिनुस, जबर्जस्ती खुवाउन जरुरत छैन, हजुरकै सामानको वचत भयो धन्दा मान्न पर्दैन । हजुरले छोएको जल्ले खान्छ उसलाई खुवाउनुहोस् तर हजुरले छोेएको वस्तु अरुलाइ जबर्जस्ती खुवाउनुहुन्छ भने पहिला त उसले हजुलाई अछुत मान्दथ्यो अब हजुरले आफुलाइ नै अछुत सावित गर्दै हुनुहुन्छ । हजुर अरुको नजरमा अछुत हुनु त्यति घातक होइन जति हजुर आफ्नो नजरमा अछुत हुँदा घातक हुने गर्दछ । हजुर स्वतन्त्र हुन मन्दिरमा प्रवेश नगर्नुस् मन्दिर मै यदि भगवानको वास हुन्छ भने भगवान यस संसार मैँ छैन । यदि मन्दिरमा मात्र भगवान हुन्छ भने भगवान कै वहिस्कार गर्नुस् तर भगवान पाउनको लागि मन्दिरमा जबर्जस्ति प्रवेश नगर्नुस । यदि मन्दिरमा प्रवेश गरिहाल्नुभयो भने हजुरको मनमा यो भ्रम पैदा हुनेछ कि म स्वतन्त्र छु । हजुर अछुततामा बाँच्नुस तर भ्रममा नबाँच्नुस् । हजुर त्यस समयसम्म अछुत हो जबसम्म हजुर छुतहरुको बराबर बन्ने प्रयास गर्नुहुन्छ । मलाइ लाग्छ जब हजुरहरु लाइ कसैले छुन्छ या छुँदैन भन्ने भावना भन्दा पर जानुहुन्छ र आफु छुतहरु भन्दा सक्षम हुनुहुन्छ तब मात्र हजुरहरु स्वतन्त्र हुन सक्नुहुन्छ ।नारी ! यौटा शक्ति भैकन पनि समाजको समस्याका रुपमा चित्रित हुन पुगेका छन् हजारौँ वर्षबाट दोश्रो दर्जाका नागरिक मानिएका नारीहरु अझै पनि दोश्रा नै छन् । नारीलाइ कानुनका पानामा स्वतन्त्रता दिनु र नारी स्वतन्त्र हुनु यो नितान्त भिन्न कुरा हो । नारी इभन कानुनका पानामा पुरुषभन्दा बढी अधिकार सम्पन्न किन नहोउन तर जबतक उनीहरु आफु समृद्ध हुँदैनन् तबसम्म उनीहरु स्वतन्त्र हुन सक्दैनन् । मेरी यौटी साथि छिन् स्मृति, उनी एजुकेटेड छिन् अहिले उनी मास्टर्स डिग्रीमा पढ्दै पनि छिन् । मैले विदेशमैँ रहँदा उनको विहे भएको कुरा थाहा पाएँ र उनीलाइ फोन गरेँ । मैले उनको श्रीमानको बारेमा सोध्न नपाउँदै उनीबाट जवाफ आयो म खुशी छु उहाँसँग, उहाँ सर हो, दुइवटा कलेजमा र यौटा माविमा पढाउनुहुन्छ, तिनवटा विषयमा डिग्री गर्नुभाको छ, म विश्वस्त छु उहाँले मेरो पुरा खयाल राख्नुहुन्छ । मैले यस्तै यस्तै तारीफहरु सुने दशसम्म र दश मिनेट पश्चात् फोन काटेँ र एस्सो सोँचे स्मृति आफ्नो भन्दा अरुको भरमा बाँच्न चाहन्छे, उसले यी सब कुरा गर्दा आफ्नो एजुकेशनल ग्रोथको बारेमा केहि भनिन, आफुले गरेका प्रगतिहरु केहि भनिन, विवाह भएको ६ महिना भैसकेको रहेछ उसको तर उसको आश्रितता छ महिनामै जीवनभरको हुने दिशामा लम्किसकेको थियो । मैले विचमा एकपटक सोधेको थिए स्मृति तिमी के गछ्र्यौ नि उसले सहज, सुखद र भरिपूर्ण झै गरी भनेकि थिइ म त घरमैँ बस्छु केहि काम छैन सिरीयल हेर्न देखि बाहेक । म अचम्म परेँ उ के भन्न खोज्दैछे मसँग ? पक्कै पनि उ यहि भन्न चाहन्थी मलाइ मेरो आश्रय मिलेको छ, मलाइ रुखको छाँया मिलेको छ तर खै त उ रुख बनेको ? रुख बन्नु परै जाओस् उसलाइ अँकुरण हुनु पनि जरुरी लागेन । उ धनी छे, तर उ अत्यन्त गरीब छे । दया लाग्छ मलाइ नारीहरुको त्यो पनि शिक्षिता नारीको यो अवस्था प्रति ।समाजको सुरुवात हुँदा नारी र पुरुषमा केहि भिन्नता थिएन यो सबैले स्वीकार्नै पर्ने कुरा हो । यदि यो कुरा स्वीकारिन्छ भने यो पनि स्वीकार्न पर्छ कि नारी पछाडी पर्नुमा कमजोरी नारीको नै थियो । चाहे त्यो शारीरीक कमजोरी होस् या मानसिक, सहज रुपमा भन्ने हो भने पहिला नारीहरु शारीरीक रुपले कमजोर हुनाले पछाडी परे भने अहिले मानसिक । उनीहरु जबसम्म यो स्वीकार्दैनन् कि हामीहरु कमजोर छौ तबसम्म परिवर्तन सम्भव छैन । उनीहरुले आफ्नो कमजोरी पत्ता लगाउनै पर्छ अनि मात्र त्यो कमजोरीको निराकण गर्न सकिन्छ तर नारी ओभर कफिडेन्समा बाँचिरहेका छन् । ओभर कन्फिडेन्सका शिकार भएका नारीहरु अझै र नजाने अझै कति वर्ष पराश्रित भएर रहनुपर्ने छ । म आफ्नो बैदेशिक अनुभवको आधारमा भन्दैछु भले हि पश्चिमी मुलुकमा नारी र पुरुष यौनको मामलामा समान होउन् तर सामाजिक रुपमा महिला हाम्रो देशमा झैँ नै छन् । नारीप्रति हेरीने दृष्टिकोण कहिँ कतै रत्तिभर पनि भिन्नता छैन । प्रत्येक पुरुषहरु इभन मेरो क्लास मेट पनि हमेशा भन्दथ्यो एभ्री लेडीज आर क्रेजी इभन माइ मम । सो म विन्ती गर्न चाहन्छु नारीहरुलाइ प्लिज आफु कमजोर छु भन्नुहोस् र आफ्नो कमजोरी पत्ता लगाउनुहोस् नत्र स्वतन्त्रता कापीका पानामा मात्र हुनेछ हजुरहरुको ।बुर्का यौटा प्रतीक मात्र हो, यस्ता लाखौँ बुर्काहरु हामी सबैले पहिरेका छौँ र फालेका पनि छौँ । कहिँ बुर्का बाध्यात्मक हुन्छ कहि जानी जानी बुर्का पहिरिन्छ । जहाँ बुर्का बाध्यात्मक हुन्छ त्यहाँ बुर्का फाल्नुलाइ स्वतन्त्रता मानिन्छ, जहाँ बुर्का स्वीकारत्मक हुन्छ त्यहाँ बुर्का पहिर्न पाउनु स्वतन्त्रता हुन्छ तर यथार्थमा बुर्का पहिर्नु पनि स्वतन्त्रता होइन र नपहिर्नु पनि स्वतन्त्रता होइन तबसम्म जबसम्म हामी बुर्का पहिर्नु र नपहिर्नुमा भिन्नता पत्ता लगाउन सक्दैनौ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
सूचना टुक्रा र मान्छेका सपनाहरू
निबन्ध
डा. ऋषिराज बराल
7, 2011, 10:47
अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि । आफू वरिपरिको परिवेश, व्यक्तिको स्वभाव आदि-इत्यादिको पनि महत्त्वपूर्ण भूमिका रहने गर्दछ । लेखन्तेहरूका आ-आफ्नैपन हुने गर्दछन् । मलाई पीडाले बढी छुन्छ । व्यङ्ग्य, त्यो पनि देवकोटाले भोगेजस्तो व्यङ्ग्यले बढी छुन्छ । जब सत्यतथ्यलाई असत्य, अशिव र कुरूपले गाँजेको देख्छु, मलाई घतलाग्दो व्यङ्ग्यले छुन्छ । सिङ्गो परिवेश व्यङ्ग्यात्मक बनिदिन्छ । मेरो ठहर छ, देवकोटाले सबैभन्दा बढी व्यङ्ग्य देखे र व्यङ्ग्य लेखे । मैले कुनै ठाउँमा लेखेँको थिएँ/छु देवकोटाको कविता 'गरिब' घतलाग्दो व्यङ्ग्य हो । मैले त्यहाँ साह्रै घतलाग्दो व्यङ्ग्य देखेँ/भेटेँ र म भन्छु - 'पागल' विश्वमै सबैभन्दा उत्कृष्ट, श्रेष्ठ व्यङ्ग कविता हो । जहिले पनि नयाँ, ताजा र जहिले पनि उत्तिकै सान्दर्भिक छ यो कविता । मानवजीवन छउन्जेल कहिल्यै पनि पुरानो नहुने कविता हो यो । यो त सुख्खा मौसममा हरेक बिहान देखिने शीतको थोपाजस्तै लाग्छ मलाई - सुन्दर, शान्त र मायालु । अनि धेरै अर्थपूर्ण पनि ।त्यो पीडा र आक्रोसबाट जन्मेको व्यङ्ग्य हो । दुष्ट समाज, अमानुषता, ठालुपन, सत्ताखेल र कुटिलताबाट जन्मेकोे व्यङ्ग्य हो त्यो । पर्दाले ढाकेको यथार्थप्रति व्यङ्ग्य हो त्यो कविता । एउटा सामान्य मान्छे, जसलाई हामी आममान्छे भन्ने गर्छौं ले दिएको चुनौती हो- बेथितिलाई नै थिति मान्नेहरूविरुद्ध । यति घतलाग्दो, यति ठूलो बौद्धिक व्यङ्ग्य सायदै अरू कुनै कवितामा भेटिएला । सुन्दरलाई कुरूप र कुरूपलाई सुन्दर भनेर दुनियाँलाई ठग्ने जाली र राजनीतिक जुवाडेहरूको खाल-खेलप्रति साँच्चिकै चोटिलो व्यङ्ग्य प्रहार छ त्यसमा । राजनीतिक क्षेत्रमा देखिने भैरवनाच-उन्मत्तताको ताण्डव नृत्य-लाग्छ हिजो होइन, देवकोटा अहिले बोल्दैछन् ।हावर्ड फास्टले भनेका थिए/रहेछन् । व्यङ्ग्य यथार्थसम्म पुग्ने सबैभन्दा छोटो बाटो हो । हामी आजभोलि असाध्यै कालो व्यङ्ग्य भोगिरहेका छौँ तर कालो व्यङ्ग्यभन्दा पनि खतरनाक हुने रहेछ रातो व्यङ्ग्य । हेर्यो वरिपरि भीरपहरामा पुगेर कतै अड्किएजस्तो । न माथि जाने ठाउँ छ, न वरपर, तल त हेरिनसक्नु छ, कहालिलाग्दो छ । कहाँ जाँदैछौँहामी ? हिँडाइ नै गन्तव्यविहीनजस्तो भएको छ । दिनदिनै खुम्चिएका छन् सीमाहरू । बजारिएका छन् बुटहरू छातीमा । अइया भन्न पनि डराउँछौँ हामी पगरी खोसिने पो हो कि भनेर । लाजै नमानी कुर्लिन्छौँ हामी 'मित्रराष्ट्र दक्षिणको हामीलाई ठूलो सहयोग छ' भनेर । कति घतलाग्दो व्यङ्ग्य । हनुमानचालिसा वाचकहरूको भीड लागेको छ भित्र-बाहिर जताततै ।रगत, हो रगतमै टेकेर यहाँसम्म आइपुगेका हौँ हामी । फर्केर हेर्यो, ओहो, महागाथा कति सुन्दर इतिहास छ । मान्छे कसरी होमिँदो रहेछ सम्पूर्णरूपमा आफूलाई खुलाएर । भित्रैबाट नखुली मान्छे कहाँ त्यसरी होमिन सक्छ तर अहिले गाउँखाने कथासित साटिएको छ इतिहास । बनियाँहरूको सब्जीमण्डीमा बन्धक छ इतिहास । पर कतै धुनी जगाएर एउटा बूढोमान्छे रगतको कथा यसरी सुनाउँदैछ, खोलाको कथाजस्तै-खोइ दूध ? बिरालाले खायो । खोइ बिरालो ? मुसा मार्न गयो । खोइ मुसा ? दुलामा पस्यो । खोइ दुलो ? गोरुले कुल्च्यो । खोइ गोरु ? खोलाले बगायो । खोइखोलो ? सुक्यो । हाहाहा । खोइ रगतको इतिहास ? नेताले बोक्यो । खोइ नेता ? सिंहदरवार पस्यो । खोइ सिंहदरवार ? भारतमा पुग्यो...। यो व्यङग्य कम घतलाग्दो छैन । प्रश्न उठेको छ । थाम्नै नसक्ने गरी उठेको छ- आँखाआँखामा व्यङ्ग्य, ओठओठमा व्यङ्ग्य । पीडा छ, आक्रोस छ । यति मात्र छैन, विद्रोह पनि छ ।म यही पीडा र आक्रोसबाट निसृत विद्रोह लेख्छु । सक्तिन म लेख्न खुसीमा । जब म छटपटिन्छु, जब म विद्रोहले अर्कैअर्कै मान्छे हुन्छु अनि कहाँबाट हो कोनि ममा अर्कै शक्ति आउँछ, साहस आउँछ । म अकर्ैै मान्छे हुन्छु । फुट्छ ज्वालामुखी र निस्कन्छ तातो लाभा । भित्रैबाट मूल फुटेझैँ फुट्छ-प्रवाहमा विचारतरङ्ग । हो यही प्रवाह भनेकै फेर्नु हो । नभत्काई साँधसिमाना, नफोरी पर्खाल, केही अर्कैअर्कै नगरी फेरिँदा रहेनछन् चीजहरू । पहिले आफैँभित्र, आफ्नै घरभित्र धावा बोल्नुपर्नेरहेछ ।आजभोलि म एउटा मिथक पात्रलाई निकै सम्भिन्छु-एकलव्य । तल्लो जातको गरिब परिवारको पात्र थियो त्यो । तल्लो जात हुनुको पीडा थियो । गरिब हुनुको मार खायो । औँला गुमायो उसले, तर अब एकलव्य बाठो भएको छ । ब्यूँझियो ऊ निद्राबाट । अब औँला गुमाएर ऊ अरूलाई नायक बनाउँदैन अब ऊ औँला गुमाएर असत्यलाई सत्य भन्दैन । गुमाए । धेरैले औँला गुमाए । घर गुमाए । परिवार गुमाए । शरीरका अङ्गहरू गुमाए । जीवन गुमाए । '२१ औँ शताब्दीको जनवाद'का लागि उनीहरूले धेरैधेरै चीज गुमाए । धेरैलाई 'नायक' बनाए । बेसमयमै, सिसिफसको कथाझैँ टुप्पामा पुग्नपुग्न लाग्दा टुङ्गिएको यस नयाँ महाभारतका एकलव्यहरू आजभोलि बडो व्यङ्ग्यका साथ हेरिरहेका छन् आकासमा उडेका मालचरीहरूका ताँतीलाई र लामो सास फेर्छन् । कस्तो व्यङ्ग्य ? मान्छेहरू खोजिरहेका छन्, हराएका सपनाहरू । छट्पटाइरहेका छन् कतै सपनाको हत्या नहोस् भनेर ।यस्तै स्थितिले त पोल्ने हो । हरेक सूचनाभित्र हुन्छ 'पागल' मान्छे । हुँडलिएको मनलाई यी सूचनाले केही बेरसम्म भने पनि केही शान्त पार्छन्, केही उद्वेलित पार्छन्, केही पीडा दिन्छन,् केही आक्रोस दिन्छन् र मान्छे जुरुकजुरुक उठ्छ- हामीले तिमीलाई सपना दिएका थियौँ, हामीले तिमीलाई मुटुको टुक्राजस्तै छोरा दिएका थियौँ, छोरी दिएका थियौँ । रगत दिएका थियौँ अर्थात् जीवन दिएका थियौँ । खोइ हाम्रा मुटुका टुक्राहरू ? खोइ हाम्रा उज्याला सपनाहरू ? अनि त मान्छे विद्रोहले उम्लिन्छ ।पत्रिकाका कटिङ जम्मा पार्नुको पनि भिन्नै अर्थ छ, आनन्द पनि छ र पीडा पनि । ती पढ्दापढ्दै मैले आफैँले आफैँलाई चिमोटेको पनि छु-तँ मरिस् कि क्या हो घोक्सिले माइला होइन, होइन । म मरेको छैन । छाम्छु छाती तातै छ, तातो मात्र होइन, रातो छ । भुतभुते मात्र होइन, आगो नै छ । म उठेर हेर्छु आकाशतिर रातो छ र क्षितिज पनि रातो छ । साँच्चै हो, पत्रिकाका कटिङ साथी हुन् । अलिकति भए पनि केही राहत दिन्छन् । एउटा दैनिक छापामा कतै छापिएझैँ लाग्छ, सुदूरपश्चिम बैतडी हो या दार्चुला वा अछामबाट कसैले पठाएको सूचना टुक्रा । कवितात्मक शैलीमा थियो त्यो । शीर्षक यस्तै थियो- 'बज्जीरे काका काठमाडाँै कहाँ छ ?' काठमाडौँप्रति भनौँ सिङ्गै हामीले भोग्दै गरेको समकालीनताप्रतिको व्यङ्ग्य थियो त्यो कविता-चिठी । राजनीतिदेखि लिएर सबै किसिमका फोहरमैला र विकृतिको डङ्गुरले भरिएको छ यतिबेर यो काठमाडौँ भन्ने ठाउँ । हामी अहिले यही फोहोरमैलाबाट मुक्त हुन खोजिरहेका त हौँ, तर खोइ, माथिबाट आएको पहिरोले झैँ र बाटो खन्दाखन्दै ढिस्कोले पुरिएर हराएझैँ, जति निस्कन खोज्छौँ, त्यति भास्सिँदै पो गएका छौँ हामी ।सुदूरपश्चिम, सुदूर हुनुको सिङ्गो पीडा खपिरहेको छ । टिस्टा र काँगडाहरू ब्रहृमपुत्र र सतलजको छेउछाउको इतिहास छातीमा राखेर काठमाडौँलाई प्रश्न सोधिरहेछन्, कुन अपराधीले मेटायो हाम्रो इतिहास ? कर्णाली हुनुको पीडा कर्णाली भोगिरहेको छ । विकास र निर्माणका ठूलाठूला गँजेडीगफ चलेका छन् । नयाँ संरचना र सङ्घीयताका वाक्क लाग्दा बकवासहरू दिनदिनै सुनिन्छन् । सिंहदरवारका क्याबिनहरू र पाँचतारे होटलहरूमा सेती, महाकाली र कणर्ालीको चित्रे गफसँगै करोडौँको बजेट पनि चल्छ र हरेक वर्ष समाचारले भन्छ कणर्ालीको भोक, पीडा र मृत्युको समाचार भँगेरे टाउकामा । राता दिनहरूमा घुमेको छु म सेती महाकालीका भीरपहराहरू । घुमेको छु कणर्ालीका बिकट गाउँ र दलित बस्तीहरू । अरूको कुरा त त्यस्तै हो । ती गाउँका नाममा व्यापार गर्थे । ती गरिबीका नाममा व्यापार गर्थे । हिजो पनि गर्थे, आज पनि गर्छन् । ती त्यस्तै थिए । कठै कति चाँडै बिर्सियौँ हामीले रगतको त्यो इतिहास । सहरको रमझममा आँटो र रोटाको पीडा बिर्सियौँ । सिस्नु र खोले-सागको कुरा पनि बिर्सियौँ । बानेश्वरको सभाघरले रगतको कुरा गर्नेहरूलाई पनि गाउँको भूगोल बिर्सायो । शरीरमात्र होइन, दिमागमा पनि बोसो भरिएछ हजुर । यसो नभई यति चाँडै संस्मरण शक्ति कसरी पो गुम्दो होला र ?कणर्ालीमा पानी होइन हजुर रगत बगेको छ । आवेगमा होइन यथार्थमै उद्घोष गथ्र्यौं/गर्छौं-'कणर्ालीका महिलाले आफ्नै कमान्डमा दुस्मनको बन्दुक खोसेर प्रतिरोध र साहसको अद्वितीय इतिहास प्रस्तुत गरे' । र हामीले धेरैपल्ट गीत पनि गायौँ-' हामी पनि लड्छौँ दाजु उठ्दैछ कणर्ाली प्रदेश... र हामीले यो पनि गायौँ छोरा मर्ने आमाहरू... हामी पूरा गर्ने छौँ...तिम्रा सपनाहरू' । सपनाहरू बाँकी छन् कमरेड, बाँकी छन् । अलि अघि एउटा समाचार पढेको थिएँ-छाक टार्ने केही नभएर, भोकभोकै दुई दिनपछि एउटी आमाले छोराछारीसहित नदीमा हाम फालेर आत्महत्या गरिन् । भर्खरै फेरि एउटा समाचार पढेँ-'बझाङको लेकगाउँ गाविस खोरी गाउँकी एक महिलाले गरिबीका कारण आफ्ना दुई सन्तानसहित खोलामा हाम फालेर आत्महत्या गरेकी छिन्' । दिमाग ठण्डा पार्न, अर्थात् 'रिल्याक्स' गर्न फूलबारीहरूको रमझममा एक रातमा लाखको अङ्क नाघेको समाचार पढ्छु र भोकले आत्महत्या गर्नेहरूको समाचार अगाडि राख्छु । खोइ केके पो हुन्छ यो छाती । घरभित्र नै यसरी बाँडिएका छन् हाम्रा सपनाहरू-वर्गवर्गमा । यो हाम्रै जमानाको कथा हो । यो पनि रातो इतिहाससित गाँसिएकाहरूको कथा हो । हजुर म कुनै दन्त्यकथाको कुरा गरिरहेको छैन । म कुनै बेताल पच्चिसी पनि सुनाइरहेको छैन ।कति ठूलो व्यङ्ग्य । यो भन्दा ठूलो व्यङ्ग्य अरू के हुन सक्छ ! भन्छन् एउटा कुहेको आलुले बोराका सबै आलु कुहाइदिन्छ । आलु आलु नै हो । यो सानुमात्र कुहुँदो रहेनछ, ठूलो पनि कुहुँदो रहेछ । ठूलो आलु कुहेपछि झन् नराम्रो गरी गन्हाउँदो रहेछ । साँच्चै हो आकारमा फरक पर्ला, स्वादमा केही फरक पर्ला, विकासे हुन् या लोकल, पूर्वका हुन् या पश्चिमका आलु, आलु नै हुन् । दुस्मनको बन्दुकको गोलीले नहारेका हामी, माओले भनेझैँ सख्खरमा मिसाएको चक्कीको रमझमले हार्यौँ । कति छिटै र कति नराम्रो गरी हामी हार्यौँ । केही दिनअघिको एउटा समाचारको पीडा अहिले पनि छ- क्यान्टोन्मेन्टबाट भर्खरै छुटेको पूर्व लडाकूद्वारा आत्महत्या' । साँच्चिकै पीडाको समाचार थियो यो । दुस्मन हँसाउने समाचार थियो यो । उसका सपनाहरू पनि मरेर सडकमा छरपस्ट भए । त्यसका सपनाले पनि आत्महत्या गरे-बगे ती कोसी र कणर्ालीका भेलसँगै ।आहा ! पहिलोपल्ट हातमा बन्दुक लिँदा कति सुन्दर सपना थिए ऊसित । भन्थ्यो-मरे सहिद, जिते संसार । पछिल्लो कटिङलाई पनि मैले यहाँ राखेको छु । बडो रोचक छ र पीडादायी पनि छ । बाहिरको पीडा, बाहिरको विकृतिका बारेमा त खुलेरै लेख्न सकिने रहेछ । गाह्रो त भित्रकै रहेछ । आफैँसित लड्नु रहेछ, आफ्नैसित लड्नु रहेछ । पद्धति, प्रक्रिया, जनवाद र केन्द्रीयता यी पनि शक्तिविम्ब रहेछन् । कहिलेकाहीँ त भ्रम पनि हुन्छ, म डार्विनवादभित्र छु कि माक्र्सवादभित्र । हामी उत्तरआधुनिकतावादी विभ्रमका विरुद्ध जोडदार लडाइँ लडिरहेका छौँ । खुला उत्तरआधुनिकतावादका विरुद्ध लड्न सहज रहेछ । माक्र्सवादलाई उत्तरआधुनिकताको जामा लगाएर नचाउन थालेपछि हाँडीगाउँको जात्रा पर्खिनु नपर्ने रहेछ । सारा लडाइँ नै यही यथार्थ र भ्रमका बीच रहेछ । दास मालिकहरूले लामो समयसम्म दासहरूलाई स्वर्ग र नरकको भ्रममा घुमाए । भाग्यको खेलको संसारभित्र सत्यलाई सामन्तहरूले लुकाए । पुँजीवादको रङ्गीचङ्गी दुनियाँको पर्दा चाँडै उघि्रयो । माक्र्सले घोषणा गरे-विद्रोह गर्नु न्यायसङ्गत छ । बूढा माओले जोडदाररूपमा घोषणा गरे- ठीक हो, एकदमै ठीक हो, विरोध गर्नु जायज छ र हामी भन्छौँ, म पनि भन्छु-भ्रमका विरुद्ध विद्रोह गर्नु न्यायसङ्गत छ ।जहाँ लडाइँ हारियो, त्यहाँ सिद्धियो । माक्र्सवाद लडाइँबाटै विकसित भयो । माक्र्स, माओ सबैले लडे लडाइँ, भित्रै लडे, बाहिरै लडे । हामी पनि त्यही लडाइँ लडिरहेका छौँ । के के देखियो, के के लडियो, के के लेखियो, लेख्दै जौँला । भन्दै जौँला । रोचक छन्, रमाइला छन्, घतलाग्दा छन्, व्यङ्ग्यपरक छन् । मालेमाको आवरणभित्र लुकेको सत्य उद्घाटित गर्दै जौँला । जति पत्र उक्काउँदै गयो, त्यति नयाँनयाँ पत्र देखिँदै जान्छन् । भेटिँदै जान्छन् । तर प्याज छोडाएजस्तो वा बन्दाकोभी उधारेजस्तो होइन यो । यहाँ त कटहरको बियाँ भेटिन्छ-असाध्यै पोटिलो र पोषिलो । खोलौँ यो पोको ? पीडा-आक्रोस सबै चिज छन्, तर नडराउनोस् यो 'पेन्डोरामा बक्स' होइन । तपाईंहरूलाई थाहा छ, मलाई त झन् थाहा छ, म पनि एउटा महान् इतिहास निर्माणको महान् यात्रामा लामबद्ध थिएँ-मरे सहिद, बाँचे संसार ।त्यो दिन गजबको पीडा भयो मलाई । पीडा त थुप्रै पटक दिएका छन् तिनले । यही घरमा बसेर ल्याउनु घातक होला । के घातक होला र खै । नहुनुपर्ने सबै भइसकेका छन् । अब तिनीहरूसित हामीलाई दिने खुसी पनि छैन र पीडा पनि बाँकी छैन । भित्रैदेखि भन्छु, अब मैले तिनीहरूसित लिनुपर्ने कुरा पनि केही छैन । समय आउला तिनका रकमी चाललाई बाहिर ल्याउने । सुरक्षित छ मसित डायरी । मेरो २२ औँ पुस्तक जनयुद्धसित गाँसिएको पुस्तक थियो त्यो । तिनले यसका विरुद्ध धावा बोले-नरमगरम दुवै एउटै पङ्क्तिमा उभिए । खरिपाटी, पालुङ्टार जेजे भने पनि राजनीति विचारमात्र कहाँ हो र'छ र यो त जोड र कोँण पनि रहेछ-त्यसैले त सत्ता र संस्कृति पचेन तिनलाई ! तिनले किन त्यसो गरे बुझिनसक्नु छ ।होइन होइन, यो सहजै बुझिन्छ । मैले आफ्नो टाउकामा आफैँले आगो लगाउने कुरा गरेको थिएँ र भनेको थिएँ, यो आगो टाउकाहरूबाटै सुरु गर्नुपर्छ । मैले क्रान्तिभित्र क्रान्तिका कुरा उठाएको थिएँ र भनेको थिएँ-यसको सुरुवात माथिबाटै गर्नुपर्छ । पचेन तिनलाई । प्राविधिक नेतृत्व त चल्ला, चलेकै छ । तर खोइ कसरी पलाउला हजुर भित्रैदेखि श्रद्धा र हार्दिकता ? मलाई लाग्छ, मैले त केही पनि गुमाइन, तिनीहरूले धेरेधेरै गुमाएका छन् । सबैभन्दा बढी तिनले सपना गुमाएका छन् । अब सपना छैनन् तिनीहरूसित, लेनिनले भन्ने गरेको सपना । म सपनाको मृत्युविरुद्ध लडिरहेको छु । म सपना मृत्युको घोषणा गर्नेहरूविरुद्ध लडिरहेछु । लडिरहन्छु ।यता 'शान्तिप्रक्रिया'मा आएपछि जे जे देखेँ, मेरीबास्सै देख्नेनदेख्ने सबै देखेँ-नाङ्गै, त्यसलाई पनि लेखेँ । पचेन कमरेडहरूलाई यो । म हनुमानचालिसा लेख्न सक्तिन । कालोलाई कालो भन्छु र रात्ाोलाई रातै । मैले सपनाहरूलाई टुकुचामा यालेको छैन र सिंहदरवारको कुनै गोप्य फाइलको कुनै दराजको कुनै कुनामा पनि थन्क्याएको छैन । न त पेरिस डाँडाकै 'हावामहल' मा उडाएको छु । मलाई थाहा छ सपना छउन्जेल, आगो रहुन्जेल तातो मर्दैन । निभेको छैन मभित्रको आगो । विद्रोह बोल्छ यो आगो । चिमोट्ता अझै मलाई दुख्छ । मभित्रको मान्छे मरेको छैन । एउटा लडाइँ हार्दैमा सम्पूर्ण लडाइँ हारेको म मान्दिन । एउटा मोर्चा सिद्धिदैमा सबै मोर्चा सिद्धिएको भन्न मिल्दैन । सपना, रगतसित जोडिएको सपना, यसका लागि लड्न बाँकी नै छ-अन्तिम लडाइँ । यो लडाइँमा उहाँ हजुरहरू कुन ठाउँमा उभिनु हुन्छ, यो भने हेर्न बाँकी नै छ ।मलाई विश्वास छ, भौतिकरूपबाट कसैको हत्या भए पनि उसको विचारको हत्या हुन सक्तैन । अरूको उदाहरण लिनै पर्दैन, कमरेड ऋषि देवकोटालाई सम्भिए पुग्छ । हिजो आगो बालेकै हो । पूर्णविरामको कविताले भनेझैँ आगो बाल्नेले आगो बालेकै हो । अब खरानीको थुप्रो देखेर त्यहाँ आगो बलेको-बालेको रहेछ त भन्न सकिन्छ, तर त्यसलाई आगो नै भनेर भन्न सकिँदैन । खरानी आगो होइन, त्यो खरानी नै हो । चिसिएको खरानीमा हात घुसारेर तातोको बहाना गर्नु दुनियाँलाई ठग्नु मात्र हो, आफैँलाई ठग्नु मात्र हो । मलाई यो ठग कलादेखि घृणा छ ।अग्लाअग्ला विम्बहरू पिउरीका 'पहाड'मा फेरिएकै हुन् तर चुलिँदैछन् लालभञ्ज्याङहरू । खरिपाटी भेलाका सन्दर्भमा एउटा कुटिप्पणीप्रति मैले प्रतिटिप्पणी गरेँ । एक जना भालुभुत्तेले मलाई सडकमा उभ्याएर गोली ठोक्ने हुँकार गर्यो । सत्ताको जुठोपुरो र रक्तचन्दन र यार्चागुम्बाको रमाइलोमा रमाउनेहरूको सेराफेरोमा रहनेहरूबाट आउने कुरा यिनै हुन् । रगतको इतिहाससित जोडिएका तिनका सपनाहरू अब मरिसकेकाछन् र सत्यको उद्घाटन गर्दा तिनलाई भित्रैसम्म पोल्छ, सिखण्डीहरू ! यी त दासमालिक प्लेटोभन्दा पनि निकृष्ट देखिए, कमसेकम प्लेटोले त सत्यको उद्घाटन गर्ने लेखकहरूलाई फूलमाला र भेडाको उनको लुगा लगाएर देश निकाला गर्ने फर्मान जारी गरेका थिए । यिनले त सडकमा उभ्याएर गोली ठोक्ने हुकुम जारी गरे । क्याबात कमरेड, अब यही बाँकी छ तर खुलेर भन्छु, छाती ठोकेर भन्छु, मर्ने छैनन् मेरा सपनाहरू गोलीले । ती महान् सहिदका रगतसित जोडिएका छन् ।लालभञ्ज्याङका बारेमा मलाई अर्तिउपदेश दिएर निकै दर्शन-सुदर्शन छाँट्नेहरूबारे पत्रपत्रिकामा आएका समाचारहरू पनि म यतिबेर बडो धैर्यताका साथ पढिरहेको छु ।जनआस्थामा छापिएको पछिल्लो समाचारले त मलाई असाध्यै स्तब्ध तुल्यायो । खोइ, यसलाई समाचार भनौँ कि सूचना । शीर्षकमा धेरैबेरसम्म आँखा केन्दि्रत भइरहे-'जनसेनाको गाँस काटेर आनै जय' । सम्झना ओली, दहवनका नाममा आएको यस सूचना-चिठीले मलाई मात्र होइन, छातीमा आगो बोकेर बाँचेकाहरू, सपना पूरा गर्न अझै रगत बगाउन तमतयार भएकाहरू सबैलाई स्तब्ध पार्दछ । लामो सास फेर्न बाध्य पार्दछ । कता पुग्यो होला त्यत्रो पैसा ! उत्तरआधुनिकतावादी-उपभोक्तावादी रमझममा रमाइरहेकाहरूका लागि यो सामान्य हुन सक्छ तर छातीमा तातो हुनेहरूलाई यसले छट्पटीको स्थितिमा पुर्याउँछ । खुल्दै जानेछन्, खुल्दै जालान् विस्तारै अरू सत्यतथ्य पनि । थाहा छ सबैलाई लेनिन र स्टालिनका सपनाभन्दा ट्रटस्की र ख्रुश्चेवका सपना फरक थिए । सो कटिङ राखेको छु मैले । धेरै दिनसम्म राख्ने कटिङमा पर्छ यो । ओहो ! कसरी लड्यौँ हामीले त्यत्रो युद्ध । परेवाहरूको बथानमा कसरी थाहै नपाई पसेछन् मलसाँप्राहरू ! लोककथामा मात्र पढेको थिएँ मैले, रङ पोतिएको स्यालको कथा ।साथीहरू हो ! अब बेला आएको छ । खबरदारी गर्नुपर्छ । छातीमा आगो हुनेहरू एकजुट होऔँ, सपना हुनेहरू एकजुट होऔँ । सपनाको हत्याविरुद्ध एकजुट होऔँ । गम्छु गोविन्द बटालाहरू जेलबाट छुट्ने दिन कहिले आउला ? शक्तिखोरको रमझममा झन्डा सुम्पदै रमाउनेहरूका लागि बटाला बसेको जेल निकै टाढा लागे छ । 'राजाको राँगो' फुकेको बेला छ । चोरलाई चौतारो छ र साधुहरू सुलीमा चढ्नु परेको स्थिति छ । साँढेहरू मदमत्त भएर विचरण गरिरहेका छन् । यस्तो बेलामा बटालाहरू जेलमै हुने छन्, लालभन्ज्याङहरू आगोमा डढिरहनेछन् र हनुमानचालिसाहरूका खातका खात लाग्नेछन् । अपराधीहरू नयाँ डाँडाहरूको सुरम्य दृश्यमा रमाइरहने छन् र बरालहरूले सडकमा उभ्याएर गोली हान्ने धम्की पाइरहने छन् । गजबको व्यङ्ग्य भोगिरहेका छौँ हामी ।बटाला कमरेड ! सपना नमार्नु होला । कमरेड ! लडाइँ सकिएको छैन लड्दै जानुपर्छ । लड्ने आ-आफ्ना तरिका हुन्छन् तर जितिन्छ । जित सत्यकै हुन्छ । सपना हुने कमरेडहरू, छातीमा आगो र तातो हुने कमरेडहरू, आउनोस्, फेरि एकपल्ट समवेत स्वरमा गीत गाऔँ, 'छोरा मर्ने आमाहरू... हामी पूरा गर्ने छौँ तिम्रा सपनाहरू.. । 'ठूला कमरेडहरू हेलि (यो हामीले युद्धकालमा प्रयोग गर्ने शब्द हो) चढेर जनयुद्ध दिवस मनाउन थवाङ पुगेकै दिन समाचार सुनेँ, समाचार पढेँ -कृष्णसेन इच्छुक बि्रगेडअन्तर्गत सैनामैना क्याम्पको सहायक कमान्डरद्वारा आत्महत्या ।कस्तो व्यङ्ग्यात्मक स्थिति !सूचना टुक्रा सत्य बोलिरहून् र हामी दृढताका साथ भन्छौँ, मर्ने छैनन् सपनाहरू, रगतसित गाँसिएका सपनाहरू । साथीहरू हो, सपनाको हत्याविरुद्ध उठौँ, सपना मार्नेहरूविरुद्ध जुटौँ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
अन्तर्वार्ता/बहिर्वार्ता
निबन्ध
रामशरण पुडासैनी
31, 2011, 1:16
अन्तर्वार्ता मेरो जीजीविषासँग गाँसिएको छ । हरेक दिन अन्तर्वार्ता लिने गरेको छु या मैले अन्तर्वार्ता लिनु परेको छ । पेशा पत्रकारिता हुनाको अर्थ अन्तर्वार्ताबिना समाचार, कार्यक्रम अपुरो हुन जान्छ । म त्यही समाचार वा कार्यक्रमसीप बेचेर पेटपालो गर्छु । एउटा कलमजीवी भएकाले पाइलापाइलामा खुराक सङ्कलन गर्नका लागि मैले वार्ता गर्नैपर्छ, गरिरहेको छ, यो मेरो दैनिकी हो दैनन्दिन हो । यसो हुँदा मैले कति जनासँग कतिपटकसम्म अन्तर्वार्ता गरेँ हेक्का छैन । यो पनि सम्झना छैन कहिलेबाट मैले अन्तर्वार्ता लिन सुरु गरेँ । सबभन्दा पहिला कसलाई प्रश्न गरेँ हुला ? वा सोध्न नहुने सात महापापीय प्रश्न कसकसलाई थोपरेँ हुँला । कति प्रश्नहरु प्रश्नजस्ता भए होलान्, कति प्रश्नजस्ता भएन होलान् । मैले आफनो जागिरे अन्तर्वार्ताकारको रुपमा प्रश्नविहीन प्रश्न कति सोधेँ हुला । मेरो प्रश्नबाट कति मानिस उत्तरविहीन भए होलान, कति उत्तर नै उत्तरविहीन पनि रह्यो होला । कतिले उत्तर दिन सकेनन्, कति उत्तर दिएर थाकेनन् । म सोचिरहेछु अहिले, यतिबेला मलाई हिसाब राख्नुछ एउटा अन्तर्वार्ताकारले कतिसम्म गर्नसक्छ । सम्झनाबिहीन सम्झनाहरुले मलाई निकै घोत्लाउँछ बेलाबखत । यही कुरा गरौँ, मलाई मैले कति जनासँग अन्तर्वार्ता गरेँ भन्ने नै हेक्का छैन । तर समय यस्तो भइदिएको छ कि मैले यो सबै हिसाबकिताब गर्नैपर्नेछ । ती सबै बिषय र सन्दर्भ मैले सङ्कलन गर्नै पर्नेछ । चाहे त्यो मस्तिष्कमा मात्र किन सीमित नहोस् ।वार्ताको अनेकन रुप, स्वरुप छन् । अन्तर्वार्ता वहिर्वार्ता पनि हुनसक्छ । पत्रकारितामा गरिने वार्ता प्रायः किन अन्तर्वार्ता नै हुने गर्छ । म जान्दिनँ । म यही किन जान्दिनँ भन्ने पनि जान्दिनँ । यो नजान्नुमा मलाई चरम आनन्द लाग्छ । अज्ञानतामा हुने आनन्दानुभूतले द्रव्रिभूत हुन्छु म अचेल । जान्ने मान्छेले वा जानेजस्तो अभिनय गर्नेले यो अनुभूत सायदै गर्नसक्छ ।एक दशक समाचारलेखनलाई पेशाको रुपमा अपनाएछु अहिलेसम्म । वार्तैवार्ता भयो यसवीच । तर जानेर अन्तर्वार्ता लिएको अलि पछिपछि हो । हरेक समाचारको लागि फिल्ड जानुपर्छ । थुप्रै सरोकारवाला पक्डनुपर्छ । संवादहीन अवस्थालाई छिचोल्नुपर्छ । कि आफूअनुकुल सरोकारवालाहरुलाई खुलाउनुपर्छ, कि उहीअनुकुल भइदिनुपर्छ । अन्तर्वस्तु ठम्याउनुपर्छ । समाचार खोजी गर्दा कहिलेकाहीँ थुप््र सरोकारवालाहरुले आआफुले देखेको सत्य कुरा ओकल्छन् । सत्य संयोजन पनि गाह्रो काम हो । यसलाई तथ्य भनौँ क्यार ! । भन्नेहरुले संसारमा केही सत्य छैन भन्छन् । तथ्यसंगत विश्लेषणको आधारमा निचोडमा पुगेर समाचार लेख्नु कम्ता गाह्रो विषय होइन ।प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाचार नामको कुनै बस्तु खोजी गर्दा गरिने कुराकानी अन्तर्वार्ता मानिए पनि समाचारअन्तर्वार्ता हुनपुग्छ । त्यसलाई धेरैले अन्तर्वार्ता भन्दैनन् । अन्तर्वार्ता हुनको लागि कागजकलम निकालेर छुटटै दुईतिर कुर्सीमा बस्नुपर्छ । रेकर्डर तेस्र्याउनुपर्छ । डायरी पल्टाउनुपर्छ । फोटो खिच्नुपर्छ अनि भटाभट् प्रश्नहरु तेस्र्याउनुपर्छ । त्यो अलि निकै समय तन्काउनु पर्छ । हामीले यस्तै देखेका छौ । यस्तो उपक्रमलाई फलानोले फलानोसँग अन्तर्वार्ता लियो भन्ने गर्छौ । के यस्ता हरेक वार्ता अन्तर्वार्ता हुन सक्छ ?थुप्रै पत्रकारहरुले अन्तर्वार्ता लिने गर्छन । सञ्चारकर्मीको पनि काम हो अन्तर्वार्ता गर्नु । जागिर खान हातमा प्रमाणपत्र बोकेर हल्लिने हरेकले सामना गर्नुपर्छ अन्तर्वार्ता । तर सबै वार्ताकुराकानी अन्तर्वार्ता हुँदैन, भन्न मिल्दैन । भित्री तहसम्म नपुगी सतही ढङ्गबाट गरेका कुराकानी कसरी अन्तर्वार्ता हुन्छ । औपचारिकता पूरा गर्न गरिएको झाराटाराइ पाराको कुराकानी कसरी अन्तर्वार्ता बन्छ । अर्काको लागि लिइदिइएको संवादशब्द अन्तर्वार्ता हुन सक्छ र ?अन्तर्वार्ता मनले लिइन्छ कि मस्तिष्कले । विवेकले लिइन्छ कि हृदयले । भावनाले लिइन्छ कि कामना वा चाहनाले । के सजिलै टेपरेकर्डर तेस्र्याउँदैमा कुनै प्रस्तोता अन्तर्वार्ताकार बन्न सक्छ ? प्रश्न सजिलो छ तर उत्तर निकै कष्टप्रद । अन्तर्वार्ताविहीन अन्तर्वार्ता लिइरहेका हुन सक्छौँ नि हामी । मलाई अन्तर्वार्ता लिने काम झन्झटिलो लाग्छ । उद्देश्यविहीन अन्तर्वार्ता झन् जटिल । सामान्य, खोजमूलक, अनुसन्धानमूलक को, के, किन, कहिले, कसरी, कहाँ भनेर प्रश्न सोध्ने कि अथवा वैचारिक चकाचर्की, कि दार्शनिक अन्तर्वार्ता, बहसमूलक अन्तर्वार्ता गर्ने बिषयको गहिराइमा पुग्ने सङ्घर्षात्मक व्यथावार्ता लिने । यो पनि उद्देश्य पहिचान भएपछि मात्र निदान हुनसक्छ । के प्रश्न सोध्नुमात्र अन्तर्वार्ता हुन सक्छ ? म पत्रकार भएँ भन्दैमा ‘तपाईँले यसो किन गर्नुभाको ?’ भन्न पाउँछु ? । ‘तपाईँले यसो किन गर्नुभएन ?’ भन्ने म को हुँ र ?हामीले अनेकखाले अन्तर्वार्ता देखेका छौ । थुप्रैखाले अन्तर्वार्ता लिएका छौँ, दिएका छौँ । अनेकन अन्तर्वार्ता ठाउँठाउँमा झेलेका पनि छौँ । आफूले अन्तर्वार्ता दिएपनि, लिएपनि हिजोआज मलाई सन्तुष्टि प्राप्त हुन छाडेको छ । अन्तर्वार्ता लिनेक्रममा सारा प्रश्नहरु सकिन्छन् तैपनि अन्तर्वार्ता पुग्दैन । उत्तरहरु पुग्दैनन् । सारा प्रश्नहरु सकिन्छन् तैपनि अन्तर्वार्ता बन्दैन । आफ्ना प्रश्नहर सकिन्छन्, उसका उत्तरहरु समाप्त हुन्छन् तर प्रापकको प्रश्न सुरु हुन्छ । यतिबेला न प्रस्तोता उत्तरु दिनसक्छ न स्रोतव्यक्ति । स्रोतविहीन स्रोतव्यक्ति अथवा प्रश्नविहीन प्रस्तोता हाम्रा तीता सत्यहरु हुन् । आफँैलाई थाहा हुन्छ, अन्तर्वार्ता लिइरहँदा कि उत्तरकर्ताले सारा ढाँटीरहेछ । के गर्नुहुन्छ तपाईँ अन्तवार्ताकारको रुपमा, अब त्यो अन्तर्वार्ता रेडियोमा बजाउने कि नबजाउने ? तर्कसंगत ढङ्गबाट ऊ तर्कसंगत जवाफ दिइरहेछ । तथ्यपरक छैन । हामीलाई उत्तर चाहिएको हो कि तथ्यपरक उत्तर । म रेडियोमा काम गर्छु । पत्रिकामा पनि काम गर्छु । मलाई अन्तर्वार्तामा दिलचस्पी छैन । मलाई अन्तर्वार्तामा सन्तुष्टि पनि छैन । तैपनि मेरो काम अन्तर्वार्ता लिनु हो । हरेक दिन मैले गोटा चारेक समाचारअन्तर्वार्ता लिनैपर्छ र सकेसम्म राम्रा अन्तर्वार्ता लिन सकियोस् भन्नेमा हेक्का राख्छु । मलाई अन्तर्वार्ता लिन लाग्दा बिषयबस्तु आउनुपर्छ भन्ने लाग्छ । प्रश्नोत्तरपछि श्रोतापाठकका जिज्ञासाहरु समाप्त पार्नुपर्छ भन्ने लाग्छ । कैयन अन्तर्वार्ताहरुले झन् बढी जिज्ञासा उब्जाएका छन् । प्रश्नैप्रश्नको शृङ्खला थपेकोथप्यै छन् । के म सफल अन्तर्वार्ताकार हुन सकेँ । संवाद गर्दैमा, प्रश्न राखिदिँदैमा वा उत्तरकर्तालाई जबरजस्ती उत्तर ओकल्न लगाउँदैमा के ऊ असल अन्तर्वार्ताकार बन्न सक्छ ?म आजकल एउटा रेडियोमा अन्तर्वार्ता गर्छु । समाचारमूलक कार्यक्रम उत्पादन मेरो दायित्वमा पर्छ । स्थानीय समसामयिक बिषय र सवाल मेरो सरोकार । म दैनिक अन्तर्वार्ता खातिर माइक अघि तेर्सो पर्छु । एकदेखि चार वटासम्म, एकदेखि चार जनासम्म मेरो निसानामा पर्छन्, कहिलेकाहीँ दोहोरिने गर्छन् ती विषयप्रशङ्गले । म आफुलाई त्यतिबेला निकै शक्तिशाली अनुभव गर्छु । जतिबेला प्रश्न नामको बारुदगोलाले कुनै घनघोर बस्तीमाथि आक्रमण गर्दै हुन्छु ।अन्तर्वार्ता मेरो बाध्यता हो । मैले लिनैपर्छ । नभए सहकर्मी परिचालन गर्नैपर्छ । स्थानीय सवाल बुझनुपर्छ । बुझेर सहकर्मीहरुलाई प्रश्नखात पनि उपलब्ध गराइदिनुपर्छ बेलबेला। अथवा बिषय बुझाएर उत्तर खोसाउनु पर्छ । त्यसअर्थमा अन्तर्वार्ता एउटा खोसुवा व्यापार हो । अन्तर्वार्ता सीप तालिम लिँदा प्रशिक्षकले गराएको एउटा अभ्यासको सम्झना छ मलाई । प्रशिक्षकले हातमा एक मोहर लिए, च्याप्प हात बन्द गरे । सहभागीतर्फ देखाएर उनले हरेकले जसरी पनि ‘त्यो हात पार्न’ सुझाए । हामीले लडिबुडी गरेर खोसाखोस गयौँ । हामी सफल भएको आत्मगौरवले बलेर बस्यौँ । उनले भने ‘राम्ररी मागेको भए म उसै दिन्थँे, किन खोस्नुपयो । हामी तीनछक पयाँै । वास्तवमा हाम्रो सोच्ने तरिका अलि जबरजस्ती पाराको छ । हामी प्रश्नकर्तालाई उत्तर चाहिएको हो पाठक, श्रोता वा दर्शकका निम्ति । तर हामी जोरजबरजस्तीमा विश्वास हैन अतिविश्वस गर्ने भयौँ । अनि उत्तरदाता पनि हायलकायल नपारी साँचो बक्दैनबक्ने हुन थाल्यो । नकारमत्मक पाटोपट्टि धकेलिएझँै लाग्छ मलाई हाम्रो अन्तर्वार्ता ।हिजोआज सञ्चारमाध्यममा छ्यापछ्याप्ती आउँछ अन्तर्वार्ता, समाचारअन्तर्वार्ता मात्रै होइन, असमाचार अन्तवार्ता पनि । गैरसमाचारीय अन्तवार्ता पनि । हरेकको कार्यक्रममा कहीँनकहीँ कतैनकतै अन्तर्वार्ताको पाटो हुन्छ नै । तर धेरैजसो अन्तर्वार्ता जटिल प्रकृतिका लाग्छन् । प्रश्नकर्ता प्रश्न सोधूँलासोधूँलाझै गर्छ, मुल कुरै सोध्न विर्सन्छ । प्रश्न गरुलागरुलाझै गर्छ उत्तर आफैँ दिन थाल्छ । सजिलै उत्तर आउने ठाउँमा पनि प्रश्नकर्ता मुक्का बजारौँलाझँै गर्छ । प्रश्न सोध्ने व्यक्ति आवेशमा आउँछ । कहीँकतै घाँटी न्याकौँलाझै गरी ‘हो भने हो भन्’ ‘होइन भने होइन’ भन भनेर चेप्न खोज्छन् । मलाई त्याहाँ अन्तर्वार्ता उद्देश्यविहिनअर्थविहीन लाग्छ । सबै अन्तर्वार्तामा च्याप्नुपर्ने हँुदैन । एकाध अन्तर्वार्ता बिषय, सन्र्दभ, अवस्था आदिका कारण त्यस्तो हुनसक्छ ।अन्तर्वार्तामा कम बोल्ने मानिसलाइ धेरै बोल्न उत्प्रेरित गर्नुपर्छ । धेरै बोल्नेलाई कम बोल्ने वातावरण मिलाउनुपर्छ । बोल्दाबोल्दै प्रश्नले मानिसलाई बाटो देखाउन सक्नुपर्छ । तर हिजोआज बढदो मिडिया चापसँगै जो पनि माइकमा पुगेर ‘लौ भन’ भन्न थालेका छन् । अन्तर्वार्ता गर्ने अधिकार त्यसलाई हुन्छ, जसले बिषय बुझेका छन्, र व्यक्तिलाई पनि बुझेको छ । आफैँले नबुझेको बिषयमा चर्को स्वरले ‘खुरुक्क भन’ भन्नु उपयुक्त हुँदैन । अन्तर्वार्ता लिनु, के, कहाँ, किन, कसरी, कुन, कहिले, भनेर एकोहोरो बर्बराउनु होइन । आफैँले नबुझेको कुरा सञ्चारकर्मीले कसरी अरु मानिसलाई सञ्चार गराउन सक्ला ।अन्तर्वार्ताकारले हिजोआज शैली बसाउन पनि थालेका छन् । बिनम्रतापूर्वक गरिएका अन्तर्वार्ताले पनि मानिसले जानकारी गराउन सक्छ । यसैमा बिशिष्टता हासिल गरेका मानिसहरु पनि छन् । सँगै रेडियोमा काम गर्ने सहकर्मी पवनराज पौडेलको अन्तर्वार्ताशैलीबाट प्रभावित छु । उनले आफूलाई अपडेट गराउँछन्अध्ययन गर्छन् । र, जोसँग अन्तर्वार्ता गरिरहेछन्, आफैँसँग हिँडाउछन् र ऊ सँगै हिँडिदिन्छ । बिनाजोरजबरजस्ती मज्जासँग बिषयबस्तु खुलाउँछन् । त्यसैले त्यो वार्ता सुनौँसुनौ हुनेगर्छ ।म रेडियो सुन्ने गर्छु, च्यानलहरु हेर्ने गर्छु । पछिल्लोपटक नयाँपुस्ताका मानिस अन्तर्वार्ता लिन तम्सेका देखिन्छन् । तर ती अधिकाँश आफैँ नाच्ने, प्रभावित हुने बलजफ्ती गर्ने खालका देखिन्छन् । यही प्रवृत्ति बढ्ने हो भने कुनै दिन तिनले अतिथिलाई बोलाएर स्टुडियोमै पिटनेछन् । कुनैबेला मलाई खट्कन्छ । अन्तर्वार्ता लिने व्यक्ति निकै बोधो छ । ल्वाँठ छ । न ऊसँग तर्क छ न बिषयबस्तुको गहिराइमा पुग्न सक्छ । उसले रिसर्च प्रश्न मात्र होइन, जो जवरजस्ती गर्ने तहसम्मै पुग्ने गर्छ । कतिपटक मलाई याद पनि छ ‘तपाईँ छातीमा हात राखेर भन्नोस् त, टाउकोमा हात राखेर कसम खानुस् त अथवा आमाको कसम खाएर भन्नोस् त ! सम्म भन्न भ्याउछन् प्रश्नकर्ता । म ठान्छु र त्यो अन्तर्वार्ता किमार्थ सुन्नलायक हुन्न । श्रुतिमधुर बन्न सक्दैन । अनि बाध्य भएर च्यानल परिवर्तन गर्नैपर्छ । कतिपटक त अन्तर्वार्ताको मेरो आदर्शव्यक्तिको प्रश्नबाट हैरान भएको छु म ।अन्तर्वार्ता पनि निकै औपचारिक हुन थालेको छ आजकल । बाहिर एकथरि भन्ने लाइभमा अर्कोथरि बोलिदिने । रेकर्डेट अन्तर्वार्ता नै नदिने पनि हुन थालेको छ । जान्दाजान्दै धमाधम ढाँट बोलिदिने । तैपनि प्रशारण गर्नुपर्ने अवस्था देखापर्दो छ । सयौँ मानिससँग लिइएको समीक्षात्मक बिश्लेषणात्मक अन्तर्वार्ताका क्रममा अन्तर्वार्ता लिने र दिने बीच निकै चिनजान भएजस्तो वा हिमचिम भएजस्तो लाग्छ । तर वहिर्वार्तामा ऊ चिन्दैचिन्दैन । कतिपटक अन्तर्वार्तामा ओ फलानोजी भनेकहरु र मैले दर्जनौँपटक अन्तर्वार्ता लिएको ब्यक्ति मलाई चिन्दैन । म ताजुपमा पर्छु मानिसको औपचारिकता देखेर । मात्र स्टुडियोमैत्री हुन्छ । स्टुडियोमै चिन्छ, बाहिर चिन्दैन । अन्तर्वार्तामा चिन्छ बहिर्वार्तामा चिन्दैन । मकवानपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
झमकलाई सल्योट
निबन्ध
तुलसी प्रवास
12, 2011, 6:17
प्रिय झमक, हार्दिक बधाई तथा शुभकामना ! आज यो पत्रलाई फरक शैलीबाट प्रस्तुत गर्न मन लागिरहेको छ । तिमीलाई पत्र लेख्ने धेरै जमर्को गरेँ तर सबै असफल जस्तै भए । किन किन झमक तिमीसँग मलाई अति डर लाग्छ । मैले पढेका धेरै प्रिय लेखकहरुमध्ये तिमी पनि एक हौ । तिमीलाई पढ्दा पारिजातकी सकम्बरी याद आउँछ । त्यसैले पनि मलाई तिमीसँग डर लाग्छ । आज धेरै सोचेँ, सुरुमा त हात काँपेका थिए । तैपनि लेख्दै गएँ, लेख्दै गएँ । हेरौँ यो पत्र कहाँ पुगेर टुङ्गिन्छ । सर्वप्रथम त पत्र लेख्नु अगाडि तिमीलाई सम्बोधन गर्ने शब्द नै पाइन । के भनेर सम्बोधन गरुँ ? बहिनी भनूँ त मेरो भन्दा कैयौँ गुना उचाइ बनाइसकेकी तिमीभन्दा म आफू साह्रै फुच्चे लाग्यो । दिदी भनौँ भने उमेरले तिमीभन्दा २४ वर्ष म पहिले आएको रहेछु । त्यसैले “प्रिय झमक” नै प्रिय लाग्यो र त्यसैले सम्बोधन गरेँ । आज विशेष गरी तिम्रो पछिल्लो पुस्तक “जीवन काँडा कि फूल” भित्र रहेर तिमीलाई केही कुरा लेख्ने प्रयास गरिरहेको छु । यस अगाडि मैले तिम्रो बारेमा धेरै सुनेको थिएँ । म एउटा साहित्यको विद्यार्थी र शिक्षक दुवै भएकोले तिम्रो बारेमा धेरै कुरा मेरा विद्यार्थीहरुलाई भनेको थिएँ । पत्रपत्रिका र पुस्तकहरुमा प्रकाशित तिम्रा विषयका लेखहरु र फोटाहरु लगेर कक्षा कोठामा देखाएको पनि थिएँ । विद्यार्थीहरु ठूला ठूला आँखा बनाएर सुन्ने गर्थे, हेर्ने गर्थे । तिम्रो बारेमा विद्यार्थीहरुलाई भन्दा कता कता मैले पढाउने गरेका पाठ्यपुस्तकहरुमा भएका हेलेन केलर, पारिजात र पछिल्लो समयका चर्चित वैज्ञानिक स्टेफेन हकिङ्ग जस्तै भनेर टिप्पणी गर्थे उनीहरु । संयोग कस्तो परेछ भने तिम्रो बारेमा बाहिर पत्रपत्रिकामा हल्ला चल्न थालेको र मैले पढाउन सुरु गरेको समय पनि एउटै जस्तो परेछ । त्यसैले पनि तिमी, म र मेरा विद्यार्थीहरुको सम्बन्ध झन आत्मीय बन्दै गयो । त्यतिबेलै तिम्रो पुस्तक “अवसानपछिको आगमन” बजारमा आउनासाथ सिधै कक्षाकोठामा लगेर पढाएँ । जसको कारणबाट हेडमास्टरले त मलाई गाली पनि गरे । ३२ र ३५ नम्बरको शिक्षाको भूतबाट ग्रसित हेडमास्टरलाई के थाहा मैले कस्तो शिक्षा दिइरहेको छु । त्यतिबेला तिम्रो लेखनी भर्खर भर्खर उर्वरावस्थामा थियो । माझिने र परिष्कृत हुने क्रममै थियो । मैले धेरै धेरै शुभकामना दिएको थिएँ तिमीलाई । त्यसपछि पनि तिम्रो बारेमा सुनिरहँे । तिमीले लेखेका लेखहरु पढ्दै गएँ । कान्तिपुर पत्रिकाको आफ्नै परिवेश स्तम्भद्वारा तिमीलाई आफूबाट अझै नजिक पाएँ । तिम्रा पुस्तकहरु लाइब्रेरी तथा पुस्तक पसलमा खोजी खोजी पढ्दै रहेँ । यसैक्रममा खूब चर्चा चल्यो तिम्रो जीवन काँडा कि फूल को बारेमा । गएँ बजार र किनेँ त्यो पनि । पुस्तक देख्दै किनौँ किनौँ रहेछ । मैले आजसम्म विशिष्ट व्यक्तित्वका जीवनीहरु धेरै पढेको छु । उनीहरुका विशिष्ट कार्यले नै मलाई जीवन बाँच्न र बाँचेर केही गर्नुपर्छ भन्ने प्रेरणा दिएका छन् । तिनै जीवनी पढ्दा र पढाउँदा वास्तवमै मलाई बडो आनन्द आउने गरेको छ । पुस्तक पसलमा बाहिरै झुण्ड्याएर राखेको तिम्रो पुस्तकको बाहिरी आवरणले नै पहिलो नजरमै प्रभाव पार्यो ।उज्यालो अनुहार ,सेता, टमक्क मिलेका दाँत र त्यो उन्मुक्त हाँसो ,आँखाको चस्मा, चस्मा भित्रका आधा खुलेका आँखा सहितको आकर्षक तस्वीर अनि त्यसैको छेउमा क्याक्टस जस्तो लाग्ने तीखा तीखा काँडासँगै मुस्कुराइरहेको फूल देख्दा साँच्चै पुस्तक किनौँ किनौँ ,पढौँ पढौँ लाग्दछ ।अनि पुस्तकको शीर्षक र यो आवरण बडो सुहाएको लाग्दछ । मैले पनि किनेँ , किन्नासाथ हस्ताक्षर गरेँ २०६७।१२।२४,पोखरा । मलाई मनपर्ने लेखकका कृतिहरु म बाहिरी आवरण पृष्ठबाटै कुनै अक्षर नछोडी पढ्ने गर्छु । पढ्दै गएँ ,आवरण पृष्ठबाटै । भित्रपट्टि तिम्रो आफ्नै हस्ताक्षर सहितको फोटो देख्दा झन आङ सिरिङ्ग भएर आयो । तिमीप्रति श्रद्घा, सम्मान र नेपाली साहित्यप्रतिको गौरव एकैचोटि छचल्किएर तरङ्गित भए । म हर्षले गदगद भएँ र त्यसैको अगाडिको खाली पानामा रातो कलमले यी शब्द लेखेँ तिमी अगाडि बढेको देखेर दुनिया जलिरहन्छ जलिरहन देऊ तिम्रा सफल पाइलाहरु कहिल्यै नरोकियून, तिमी अगाडि बढिरहू, तिमी शिखर चुमिरहू ।। त्यसपछि प्रा. बालकृष्ण पोखरेलको “झमकलाई आदर आरती” पढेँ । अर्को पानामा डा. गोविन्दराज भट्टराईको लामो टिप्पणी पढेँ । यो पढ्दा पुस्तक आधा आधी बुझेको महसूस भयो । त्यो भन्दा पनि उनले लेखेको शीर्षक “यो भविष्यवाणी गर्दछु एकदिन झमक भेट्न विश्वसाहित्य नेपाल आउनेछ” ले मलाई अझै तरङ्गित बनायो । प्रिय झमक, यसरी नै पुस्तकका हरेक पृष्ठहरु पढ्दै गएँ । हातमा रातो कलम लिएर बसेँ । तिम्रा लेख भित्रका मन छुने र आफूलाई राम्रो लागेका हरफहरुमा रातो पोत्दै गएँ । पुस्तक पढेर सक्दा त पुस्तकका सबैजसो पानाहरु रातै रातो भएको पाएँ । यस अगाडि जगदिश घिमिरेको अन्तर्मनको यात्रा पढ्दा पनि मैले त्यसको त्यही हाल बनाएको थिएँ । तिमीले यस पुस्तकमा लेखेका हरेक शीर्षकका लेखहरु अत्यन्तै मर्मस्पर्शी छन् । तिम्रो लेखनी उच्च स्तरको छ । १० वर्ष अगाडिको तिम्रो पुस्तक अवसानपछिको आगमन भन्दा यसमा मैले धेरै विकसित लेखनी पाएँ । साँच्चै कुनै विश्वप्रसिद्घ लेखकको आत्मकथा भन्दा तिम्रो यो पुस्तक कम छैन । तिमीलाई बधाई छ अनि धेरे धेरै शुभकामना पनि यो तिम्रो नियमित पाठक र शुभचिन्तकको तर्फबाट । झमक, नेपाली साहित्य आफैमा महान छ । यहाँ समय समयमा यस्तै यस्तै प्रतिभावान व्यक्तित्वहरुले जन्म लिन्छन् । साहित्यको भण्डार चुल्याउँछन् ,जान्छन् तर उनीहरुले उचित सम्मान पाउँदैनन् । जीवनभर साहित्य लेखेर मर्ने बेलामा दर्दनाक र भयानक मृत्युवरण गर्ने देवकोटाको जीवनले हामीलाई समय समयमा झस्काइरहन्छ । देवकोटाको जन्म थियो । हामीले उनलाई जीवीत छँदै चिन्नै सकेनौँ । त्यसैले पनि यो देशमा तिमीजस्ता प्रतिभावान मानिसलाई चिन्न र बुझ्न समय लाग्छ । जब समाजले बुझ्न थाल्छ तब धेरै ढिलो भइसकेको हुन्छ । तिम्रो जन्म पनि एक हिसाबले नै हो । तिमी पश्चिममा जन्मेको भए आजसम्म हेलेन केलर बनिसक्थ्यौ होला । यो तिम्रो व्यक्तिगत जीवनको लागि घाटा भएपनि हामी नेपालीको लागि भने अहोभाग्य नै मान्नुपर्छ । मलाई तिम्रोबारेमा सुन्न थालेदेखि नै त्यही डर लागिरहेको थियो कतै झमकको प्रतिभा, झमकभित्रको त्यो सुनौलो, चम्किलो हिरा त्यसै मिल्किने त होइन भनेर । तर आज समय अलिकति अगाडि बढिसकेको छ । हिजो देवकोटाले जस्तै अब झमकले मर्नुपर्दैन, पारिजात झैँ अब झमकले खुम्चिएर बस्नु पर्दैन । तिमी लेखिमात्र रहू झमक तिमीलाई विश्वस्तरमा चिनाउने महान् हस्तीहरु तिम्रो साथमै छन् । डा. गोविन्दराज भट्टराईको लेख पढेपछि मलाई आज यो महसूस भइरहेछ । झमकलाई विश्वस्तरमा पुर्याउने जिम्मा उहाँहरुजस्तैको काँधमा छ । लेख्नुपर्छ, झमकको बारेमा उहाँहरुले अझै धेरै लेख्नुपर्छ । एकदिन विश्व साहित्य मात्र होइन विश्व मानव समुदाय झमकलाई सल्यूट गर्न नेपाल आउनेछ, यदि तपाइँहरुजस्ताको सद्भाव र सहयोग झमकप्रति रहिरह्यो भने । झमकको यस कृतिलाई विभिन्न भाषामा अनुवाद गरेर देश विदेशमा नेपाली साहित्य र झमक भित्रको अनौठो प्रतिभाको पहिचान गराउनुपर्छ विश्वभरि । पश्चिममा जन्मेकै कारण हेलेन केलर महान् बनिन्, स्टेफेन हकिङ्गले विज्ञान जगतका रहस्यहरु खोतल्दैछन् । बेलायतकी महारानीले आफ्नो व्यक्तिगत खर्चबाट उनको जीवन बचाइरहेकी छन् भन्ने सुनिन्छ । उनलाई अझै केही समयमात्र बचाउन सकियो भने विज्ञान जगतका सारा रहस्यहरु पत्ता लगाइदिन्छन् भन्ने विश्वास गरिएको छ । नेपालमा पनि समय समयमा यस्ता प्रतिभाहरु जन्मिन्छन् तर त्यसै ओइलाएर जान्छन् । त्यही नियति अब झमकले भोग्नुपर्ने छैन । तिमीले बाँचेको संघर्षशील जीवनबाट सारा मानव जगतले प्रेरणा लिनेछ । शारीरिक अपाङ्गता भन्दा मानसिक निश्क्रियता अभिषाप हो जुन हामी भोगिरहेछौँ । शरीर सपाङ्ग भएर पनि बुद्घिका अपाङ्ग हामीहरु यस धर्तीको लागि भार नबनौँ । सकिन्छ भने शरीर जस्तै बुद्घिलाई पनि सपाङ्ग बनाउनतिर लागौँ ।सम्पूर्ण मानव जगतलाई तिम्रो आत्मजीवनीपरक निबन्धले यही प्रेरणा दिन्छ । झमक तिमी बाँचिरहू युगयुगसम्म । तिम्रो सम्मान र कदर नेपाली साहित्यले गरिरहनेछ । प्रिय झमक, मलाई माफ गर म विषयवस्तुमा गहिरिन सकिन । के लेख्छु भनेर बसेको थिएँ के भयो । भावनामा डुब्दा डुब्दा कता कता हराएछु । जे होस् फेरि फेरि पनि लेख्दै गरुँला । तिम्रो नाम नै पर्याप्त छ । जति लेखे पनि तिम्रो संघर्षको कथा हामीले पूरा गर्नै सक्तैनौँ । तिमीले भोगेको पीडा हामी महसूस पनि गर्न सक्तैनौँ, मात्र अलि अलि अनुमान गर्न सक्छौँ । जीवन त जसले जस्तो भोग्यो उसैलाई मात्र थाहा हुन्छ । सबैलाई आफ्नै जीवनको घाउ ठूलो लाग्छ । तर तिम्रो घाउ अरुको भन्दा बेग्लै छ । एकदिन अवश्य पनि त्यस घाउमा खाटा लाग्नेछ । त्यही विश्वासका साथ तिम्रो अर्को कालजयी कृतिको प्रतिक्षा गर्दै र तिम्रो सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामनाका साथ आजलाई बिदा हुन्छु । उही तिम्रो तुलसी प्रवास पोखरा ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
लेखन परिकेन्द्रमा मान्छे
निबन्ध
सुवास खनाल
3, 2011, 3:52
हेनिङ मेनकलले जुन कुरा भने त्यसले मेरो साह्रै चित्त बुझाइदिएको छ । यी व्यक्ति हुन् स्विडिस उपन्यासकार । यिनले भनिदिए “तिनओटा किताब पढ, तीसजना मानिससँग सङ्गत गर किनभने मानिसजस्तो गहिरो किताब अरू केही हुँदैन ” । यही प्रमुख आवश्यकता छ कि समाज र साहित्यबीच जुन स्पेस छ ,त्यो मेटाउनु । साहित्य यस्तो हुनुपर्छ ,त्यस्तो हुनुपर्छ ;त्यो पनि होइन । तर यो कहीँ न कहीँ र कसो न कसो गरी मान्छेहरूले हिँड्ने बाटो भएरै अघि बढ्ने गर्छ । अहिलेको साहित्यको मुल र अजस्र स्रोत मान्छेभन्दा बाहिर पक्कै छैन ।मान्छेहरू सँगको सङ्गत यो निकै कठिनसिद्ध कुरा हो । लाग्नसक्छ यो निकै झिनो र सामान्य विषय हो । तर कवि ,लेखकहरू सबभन्दा बढी यहीँ चुक्ने गरेका छन् । यिनीहरू मान्छेसँगको सङ्गतलाई भन्दा लेखकीय ढर्रालाई बढी महत्व दिन्छन् । नेपालका सुप्रसिद्ध कवि भूपि शेरचनलाई “तपाईँलाई कवि लेखकहरूसँगको संसर्ग कस्तो लाग्छ ?” भनी सोद्धा उनले समेत एउटा इन्टरभ्यूमा भनेका छन् “घिनलाग्दो”। हुन त नेपालको समग्र परिवेश, यहाँका कवि लेखकहरूको ढोङी मानसिकताबाट प्रताडित उनले त्यसो बोल्नु उनको अर्थमा ठीक थियो होला । तर त्यसो भन्दैमा उनी त्यो घेराभन्दा बाहिर उम्किन सम्भव पनि त थिएन ।विस्तारै लेखन मान्छेतिर हुँदै स्वकेन्द्रित छ । यसो भनूँ स्वको परिकेन्द्रबाट नै यो संरचित हुँदै यही मान्छेकै परिवृत्तमा प्रमुखत ः घुमिरहेको छ । यसैले यो मान्छेको भीडहरूबाट आफूसम्म आइपुग्न मान्छेसँगको हेलमेल अपरिहार्य छ । जब मान्छेले अरूलार्इृ चिन्दैन ,उसले आफूलाई चिन्न पनि असम्भव छ । साहित्य अन्तर्चेतनासँग सम्बद्ध छ । यो अन्तर्चेतना प्राप्ति त्यसै सम्भव छैन । बाह्य संरचनाहरूको विस्तृत र खोजपूर्ण अध्ययनले अन्तर्चेतना प्राप्य हुन सम्भव होला सायद् । नेपाली साहित्य खोजदेखि निकै पर असङ्गत बाँचिरहेछ । मूलत : स्तुतिगान र स्वगानले यसलाई थला बसाएको छ ।मान्छेभित्रको रहस्य अलिक अनौठो नै छ । यही रहस्यको वरिपरि साहित्यले फन्का मारिरहँदो रहेछ । यही फन्का मारिरहने कुरामा पुनरावृत्ति अनिवार्य शर्तजस्तो बनेर आउँदो रहेछ । यसैले भावहरूको पुनरावृत्ति सामान्य जस्तो ठहर्छ । तर लेखन शैलीले लेखकको पहिचान गराउँछ । इलियटले सायद् यही कुरा बुझेको हुनुपर्छ । यसको मतलब जहिलेदेखि लेख्न थालियो, त्यहीबेलादेखि मान्छेमन्त्रमा लेखन बाँधिदै गयो र जहिलेसम्म लेखिनेछ त्यसबेलासम्म मान्छे साहित्यमा रहिरहनेछ । साँच्चै मान्छेमाथिको खोज अन्वेषणविनाको लेखन बेअर्थी छ । त्यसैले कवि लेखकहरूको मान्छेसँगको सङ्गत सबभन्दा बलियो हुनुपर्छ ।दुनियाँ एकातिर दगुर्दै गर्छ ,साहित्य अर्कोतिर । अहिलेको विश्व विश्लेषणको तरिकाबाट संश्लेषणतिर लागिरहेछ । कम्प्याक्ट भन्छ नि ,हो त्यस्तै । तर यसको अर्थ यो पनि होइन कि विस्तृति आवश्यक छैन । तर मूल रुपेण हामी कम्प्याक्ट रुपमा जानैपर्छ । हामी पछाडि फर्केर उभियौँ भने हाम्रो अगाडि भन्नु नै पछाडि हुन्छ । त्यसैले अहिलेको साहित्य केही न केही रुपमा फरक हुनैपर्छ । यो लेखनक्रममा मान्छेको सघन चिन्तन आवश्यकीय छ । त्यसको निम्ति अबको साहित्य पाँच चेतनातत्वबाट मात्र निर्मित भइरहनेछैन । सिक्स्थ सेन्सको अपरिहार्यतालाई सहज स्विकार्नु पर्छ । र यो जुन अन्तिम सेन्सको कुरा हुँदैछ ,यो पक्कै एब्स्ट्रयाक्टजस्तो भने हुने गर्छ ।हामी पचासौँ किताबहरू अध्ययन गर्छौँ । सयौँ किताबहरूको व्याख्या गर्न तम्तयार हुन्छौँ तर ती किताबका कुनै पानामा लेखिएको कुनै एक हरफ विषयलाई जीवनको कुनै मोडमा प्रयोगपरक र व्यवहारपरक ढङ्गबाट लैजान सक्दैनौँ । अनि यसरी साहित्यले कुन दिन जीवन पाउँछ ? साहित्यभन्दा निकैमाथि मान्छे छ । जब मान्छे सप्रिन्छ तब साहित्य त्यसै सप्रिँदै आउँछ । मान्छे र साहित्यलाई जब फरक ढङ्गबाट हेर्ने गरिन्छ र जबसम्म यिनीहरूलाई विपरीत ध्रुवजस्तो बनाइन्छ ,ओहो त्यहीँ त लेखिन्छ नकाम साहित्य । त्यहाँ पुरस्कारहरू हुन्छन् ,त्यहाँ साहित्यिक सङ्घ र सङ्गठनहरू हुन्छन् ,त्यहाँ साहित्य लेखिने विषयहरू प्रशस्तै हुन्छन् तर साहित्य हुँदैन ।साहित्य अन्तर्चक्षुसँग विशेषत ः सम्बद्ध रहने गर्दोरहेछ । जुन कुरा बाहिर देखिन्छ त्यो साहित्यमा जस्ताको त्यस्तै नआउन पनि सक्दोरहेछ । यो सहज र अनुमानसङ्गत मात्र नहुन पनि सक्दोरहेछ । तर साहित्य मानवेतर भएर जान्छ भने त्यो साहित्य रहिरहँदैन । मान्छेको कल्पना र परिकल्पनामा जति कुराहरू आउँछन् ,ती सायदै पुरा हुँदैनन् । कुनै समयका दार्शनिकहरूले प्राचीन धर्मग्रन्थमा उल्लेख गरेका देवताहरू आकाशमा उड्ने प्रसङ्गलाई हवाइजहाज र प्यारासुटका धारणाहरूसँग जोड्न सकिँदोरहेछ । भगवानले आफूबाट शक्ति निकालेर प्रयोगमा ल्याएको विषयलाई आज आइन्स्टाइनको पिण्डशक्ति सम्बन्धसँग गाँसेर हेर्न सकिँदोरहेछ । भौतिक विज्ञानले यही त भन्छ यो ब्रह्माण्डको आदिसत्य नै गतिशील अवस्थाको पदार्थ हो । पदार्थ हराएपछि शक्ति बन्छ र शक्तिको एकत्रीकरण पदार्थ हो । ऊबेला सायद् ती कुराहरू परिकल्पना नै थिए होलान् तर ती आज सत्यता भएका छन् । यसैले मानवीय परिकल्पनाहरू निकै शक्तिशाली छन् । यही परिकल्पनाको साकार स्वरूप साहित्य हो र साहित्य पनि शक्तिशाली रहनुपर्छ ।मान्छे ,यो सृष्टिको नयाँ परिष्कार हो । योसँग अनेक चाहना छ । नयाँ खालका जीवन तरिकाहरू छ । प्रत्येक मान्छे अर्काेसँग फरक छ र पनि यिनीहरू जीवनसङ्गती एकअर्काको अनुकूल बनाउँछन् र बाँच्छन् । यस जगतमा विभिन्न प्राणीहरूको अस्तित्व रहेपनि किन मान्छेमात्र विशेष प्रभावी छ र अरूमाथि प्रभाव राख्नसक्छ ? यसैले मान्छेभित्रको रहस्यको उत्खननका निम्ति साहित्यकारहरूलाई मान्छेसँगको सम्बन्ध बढी जरूरी छ । मान्छे बुझ्न मान्छेभन्दा गहिरो पुस्तक अर्को कुनै पनि हुनैसक्दैन ।देशमा एकजना राजनेता र एकजना साहित्यकारको सँगै निधन भयो । दुबै आफ्नो समयको चर्चित नै हुन् । राजनेताको तस्वीर जतापनि छापियो । पत्रिकाको कुनाकाप्चा उनैको नाम जप्दैे भरिएको थियो तर साहित्यकारको मृत्युको खबर पत्रिकाको कुनै एक कुनामा कुनै सानो कोलम्नमा छापिएको थियो । साहित्यकारहरूको भेलामा वार्तालाप हुँदैथियो यो देशमा साहित्यकारहरूको कुनै अर्थ छैन । यो देशमा साहित्यकारहरूको कुनै मानसम्मान छैन । साहित्य बुझ्ने हैसियतका मानिस सत्तामा छैनन् । भोलिपल्ट त झन् देशमा राजनेताको नाममा शोकविदा दिइयो ,त्यहाँ ती साहित्यकारको नाम कहीँ कतै जोडिएन । यस दिन त साहित्यकारहरूको भीड साहित्यकारहरूलाई देशले सम्झिँदो रहेनछ; भन्दै थिए । तर उनीहरूले यो सोच्दै थिएनन् कि त्यो देशमा राजनीतिबाहेक अरू कुनै क्षेत्रको उन्नति भएको नै छैन । र त्यो राजनीतिको प्रकार पनि कुनै अन्य ठाउँको राजनीतिसँग पटक्कै मेल नराख्ने खालको छ । यसको मतलब अब यी साहित्यकारहरूमा पनि लेखनमा भन्दा बढी विश्वास सम्मान र अभिनन्दनमा लाग्न थालिसकेको छ र विस्तारै राजनीतिमा लाग्न थालिसकेको छ । हो यहीँदेखि अब भूल सुरु हुन्छ र साहित्यको कुरुप र विकृत रुपको नग्न आकृति देखा पर्न सुरु हुन्छ ।जब सुरु गर्छ मान्छेले मान्छेलाई सम्मान गर्न आफ्नो स्व र अन्तरदेखि; तब त हराएर जान्छ जहाँतहीँ देखिने विकृतिका कलेवरहरू । जब सुरु गर्छ मान्छेले मान्छेलाई मान्छे देख्न तब भत्किन्छ मान्छेहरूको बीचमा बनेका अजङ्गका पर्खालहरू र मेटिन थाल्छ मान्छेहरूका बीचमा कोरिँदै गएका वारपारका सिमानाहरू । अनि त पस्न सक्छन् सबै मानिसहरू पूजा गर्न एउटै मन्दिरमा र त्यसबेला नित्सेले बनाएर गएको भगवान सबभन्दा बढी शक्तिशाली भएर आउनेछ , जुन मान्छेकै अवतार हो र मान्छेभन्दा निकै माथि पुगिसकेको हुनेछ । कविहरू जराथुस्त्रजस्तै मान्छेको गाथा गाउँदै हिँडिरहेका हुनेछन् । जब मान्छे हुनेछ मान्छेजस्तो ,यसको सग्लो अस्तित्वजस्तो तब त लेखिन सक्छ समयको असल गीत , सत्यताको गहिरो कथा , नैतिकताको शक्तिशाली कविता । हराइरहेको मान्छेको सबल पे्रम जब भेटिनेछ ,तब कहीँ डुल्नु आवश्यक छैन जीवनदेखि भाग्दै मान्छेहरू ।आजको मान्छेले सबैभन्दा पहिले यो सोच्न सकोस् ,कि उसले जुन यथार्थ भोगिरहेको छ त्यो यथार्थ उसको मात्र हो वा सबैको ? यदी सबैको हो भने मान्छेमान्छेका बीचमा यत्ति धेरै सीमानाहरू किन जरुरत छ ? किन टुक्रिन चाहिरहेछ मान्छेहरूदेखि मान्छे ?हाम्रो एक रूप सबभन्दा राम्रो हाम्रो परिचय हैन र ? यसैले आजको साहित्य मान्छेहरूदेखि फुत्किएर कुनै टाढासम्म यात्रा गर्न सक्दैन । प्रिय मेनकल साँच्चै हो मानिसजस्तो गहिरो किताब अरू केही हुँदैन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
खुसी के हो ?!
निबन्ध
रामशरण पुडासैनी
30, 2011, 2:02
‘खुसी के हो ?’मैले सोधेँ या मलाई सोध्यो कसैले । उत्तर पनि मैले दिएँ या मलाई दियो कसैले । उत्तरले पटक्क चित्त बुझेन मलाई । सामाजिक शाास्त्र संकायको विद्यार्थी म, साहित्यमा रुचि भएको तर व्यावसायिक पत्रकारितालाई जीविकोपार्जनको माध्यम बनाएको । साहित्यिक वा सामाजिक क्षेत्रका उत्तरहरु जटिल प्रकृतिको हुने रहेछ । प्रश्नकर्तालाई एउटै उत्तरले चित्त बुझ्न पनि सक्छ, सय उत्तरले धित नमर्न पनि सक्छ । प्रश्न एउटै हुन्छ कुनै उत्तरले कसैलाई चित्त बुझाउन पनि सक्छ । कसैलाई फिटिक्क मन नपरिदिन सक्छ । तुरुन्तै बटम दबाएजस्तै तर्कसंगत उत्तरबाट सन्तुष्ट हुन पनि सक्छ, क्रुद्ध पनि । अथवा त्यही जवाफले त्यत्तिबेला आक्रोशित बनेको व्यक्ति पछि फर्केर पश्चाताप पनि गर्न सक्छ । म्याथम्याटिक्सजस्तो विषय नभएकाले मूर्त प्रश्नको अमूर्त उत्तर आउन सक्छ, अमूर्त प्रश्नको मूर्त जवाफ पाइन सक्छ । त्यत्तिबेला जाँचकीले ठीक भन्ने कि बेठीक, मगज रन्थनाउन सक्नु पनि एकप्रकारको बिशेषता मान्नुपर्छ । हत्पत्ति उत्तर जमेन खुसीको । कसैकसैले सुखी हुनु खुसी हो भने कसैले आनन्दको अर्काे नाम आँकलन गरे । राम्रो हुनु, प्रगति गर्नु, पैसा कमाउनु, इज्जत मानसम्मान बढ्नु, प्रतिष्ठा कायम राख्नु, आफन्तसँग सम्बन्ध राम्रो हुनु । नातेदार साथीभाइ आउजाउ गर्नु खुसी हुनुको प्रमाणपत्र हो भन्ने घोषणा पनि गरे । खुसी हुनु हाँसिरहनु हो भने कसैले, रुँदा पनि कति मान्छे खुसी हुन्छन् अथवा खुसीले पनि कति मान्छे रुन्छन् भन्ने तर्क अघि सारे कसैले । अझै सतही र सामन्य सिसिमको चटपटे उत्तर आयो, चटपटे स्वाभावका मान्छेको । गम्भीर ढंगले सोच्नेहरु गमेको गम्यै पनि भए । मैले खोजेजस्तो गतिलो जवाफ मिलेन। म्याथम्याटिक्सको जस्तो ठयाक्कै खुसी भनेको ..... भन्ने उत्तर आउनुपर्ने । उत्तर कसैले काट्न नसक्ने हुनुपर्ने । उत्तरदाताको उत्तरबाट निरत्तर बनून् प्र्श्नकर्ता भन्ने अभीष्ट पूरा हुन सकेन । कसैले खुसीलाई सन्तुष्टिको पर्याय मानेका छन् । कसैले पुस्त धन कमायो भने मान्छले खुसी आर्जन गर्न सक्छ भन्ने विश्वास राखेका छन् । मानिसका आआफना अनुभव हुन्छन्, त्यही बोल्छ । अनुभवविनाको मान्छेबोलाई फितलो हुन्छ, गतिलो हुँदैन । अनुभवले नै मानिसको अत्मविश्वासमा जराको काम गर्दोरहेछच्याप्प समाइराख्ने । शिक्षा पनि मानिसलाई दरिलो देखाउने काण्ड हो । तर बाँसको जस्तो खोक्रो काण्डले आत्मविश्वासी भन्दा परविश्वासी बनाउँछ । खोक्रो काण्डको रुख कुनैपनि बेला पटक्क भाँचिनसक्छ । भित्र खोक्रो बाहिर मोटो देखिनुको नियति बाँचेको छ यसले । बरु संस्कारजस्तो गतिलो शिक्षा केही हुँदोरहेनछ । व्यक्तिको विश्वास र सत्यता शिक्षामा होइन, संस्कारमा आधारित हुँदोरहछ । व्यक्तिले खोज्ने खुसी तादात्म्यता संस्कारसँग पनि जोडिन्छ । आआफ्नो पृष्ठभूमि बोकेका समाज, संस्कारका मानिसले आआफ्नै ढुङ्गले खुसीलाई परिभाषित गर्लान् । शिक्षालयमा कखरा घोकाएजस्तो खुसी घोकेर कसरी सम्भव होला ? अनुभूतिको उच्चतम अनुभूति, सन्तुष्टिको सर्वोच्च अनुभूति खुसी हो । यो त व्यक्तिपिच्छे फरक हुन्छ । ठाउँपिच्छे फरक हुन्छ । समयपिच्छे फरक हुन्छ र संस्कारपिच्छे फरक हुन्छ । मानिस खुसीका लागि बाँचेको छ । संसार जित्नुको मज्जा भनेको खुसी आर्जन गर्नु हो । आफ्नो खुसीका लागि संसारका सबै चिजलाई तिलाञ्जली दिने मानिसहरु छन् । आफूलाई जे गर्दा आनन्द प्राप्त हुन्छ त्यही खुसी हो भने मान्छे यहाँ जहिले पनि, जे पनि गर्न हरदम तयार रहन्छ । कति मानिसहरु अरुका खुसीका लागि बाँचेका छन् । आफ्नो लागि संसारको खुसी समाप्त पार्ने पनि मान्छे छन् । त्याग गरेर खुसी हुनभन्दा हरुको हरेर खुसी हुने ज्यास्ता छन् समाजमा। समाजमा खुसीकै लागि अपराध बढेको हुँदोरहेछ । चोरी, डँकैती, लुटपाट, अपहरण, बलात्कार, हत्या, र युद्धसम्म भएका छन् खुसी प्राप्तिका लागि । अज्ञात खुसीका लागि अज्ञात स्थलमा, अज्ञात काम गरेर व्यक्तिहरु अज्ञात गर्तमा फस्दोरहेछ ।तिमीजस्तो रोइरहने मेरो बानी छैनआँसुले मुहार धोइरहने मेरो बानी छैनदुःख मात्र जिन्दगी, सुख के हो प्रिय !दःखकै गीत गाइरहने मेरो बानी छैन ।लेख्न त लेखियो । त्यो पनि आत्मरतिकै लागि, स्वान्त सुखाय मानिसका लागि निकै महत्व राख्ने चिज रहेछ क्यार ! अनेकन मानिसका उपायहरु छन् जसले ऊ दुई मिनेट भए पनि खुसीमा रम्न चाहन्छ । त्यही दुई मिनेटको चरम आनन्दानुभूतिका लागि मानिस वषौँ कठोर सङ्घर्ष गर्न रमाउँछ । के पल नै सही खुसी भइदिन लाखौ प्रयास भइरहन्छ । हरेक सङघर्षका पछाडि कतैनकतै कहीँनकहीँ केहीनकेही खुसीका अंशहरु अन्तरनिहीत छन्, हुन्छन् । त्यही भगीरथ प्रयत्नमा हुन्छ मान्छे । जिन्दगीभर माजिसहरु दास बन्न तयार हुन्छ पलीय खुसीका निम्ति । दुई मिनेट खुसीका लागि मानिस जन्मकैद कारागारबास स्विकार गर्दछ । मानिस खान्छ, पिउँछ, हिँड्छ, पोशाक लगाउँछ, पुस्तक पल्टाउँछ, कविता लेख्छ, अहोरात्र काम गर्छ, खेलकुदमा भिड्छ मात्र खुसी प्राप्त गर्ने अभिलाषाले । खुसी पाउने लालसाले सामाजिक रुपमा हैसियत वा तह हासिल गर्न अभिप्रेरित छ हरेक । पाइलापाइलामा आशाको किरण बोकेर उद्दीप्ति खोजिरहेको छ त के त्यो खुसी प्राप्तिका लागि होइन ? सिङ्गै पृथ्वीभरका मान्छे आफ्नो इच्छाअनुकूलको खुसी प्राप्त गर्नका लागि स्वाभाव मिल्ने प्रतिस्पर्धीसँग अघोषित रुपमा म्याराथन दौड बनेर कुधिरहेछन् । सुख पाउनु खुसी हुनु हो, सुखको क्षणमा मानिस केही समय खुसी हुन्छ । तर सधैँ मानिसले सुख पाइरहन सक्छ, सधैँ मान्छे खुसी भइरहन भने सक्तैन । त्यही सुख मान्छेका लागि तनाव, भय, चिन्ता आदिको रुपमा रुपान्तरण हुन थाल्छ । मान्छेपिच्छे फरक हुने खुसी, एउटै मान्छेमा पनि समयपिच्छे फरकफरक भइदिनसक्छ । आकाशगंगामा उल्काजस्तो कहिलेकाहीँ आक्कलझुक्कलमा देखा पर्छ खुसी । त्यसैको बलबुतोमा अर्को खुसीको परिकल्पना गरेर मान्छे बाँचेको हुन्छ । सुखमात्र हुने भएको भए सायद मान्छे बाँच्थेन, खुसीले मान्छेलाई बँचाएको छ, बाँच्न अभिप्रेरित गराएको छ । चाहे आफ्ना लागि होस् या अरुका लागि । अरुका खुसीका लागि मान्छे आत्मदाह नै सम्म गर्न तयार हुन्छ । अनि हत्या पनि गर्न पछि पर्दैन खुसीका लागि । ‘के हो खुसी ?!’‘सुरेन्द्रको छोरी । सुरेन्द्रको छोरीको नाम हो खुसी । ’ कसैले भन्यो‘ हो, सुरेन्द्रले खुसीको लालसाले आफ्नो छोरीको नाम खुसी राखेको छ ।’एउटा साथी छ, सुरेन्द्रमान । जसले छोरीको नाम जुरायोखुसी । सुरेन्द्र र सारिका भाउजुले अपनाएको खुसी प्राप्तिको बाटो उत्तम नै हुनसक्छ । जसमा सायदै आरोहअवरोह होओस् अथवा दीर्घकाल खुसीलाई च्याप्प मुट्ठीमा कस्ने अर्को जन्तर नबनुन्जेल यो बाटोलाई भरपर्दो विकल्प मान्न सकिन्छ । तत्काललाई यो जत्तिको खुसीप्रप्तिका लागि अर्को गतिलो बाटो नहुनसक्छ । मानिस जिन्दगीभर सङ्घर्ष गरिरहँदा पनि खुसी विरलै हात पार्न सफल हुन्छ । वा पाउँदै नपाउन पनि सक्छ तर आफ्नै छोरीको नाम खुसी राखेपछि त्यसको सट्टाभर्ना बढी नै भयो, कम भएन । आनन्द अनुभूत गर्ने यो एउटा तरिका हो, नभए जिन्दगीभर मानिसले अप्राप्य त्यो खुसी खोजिरहनुपर्ने हुन्छ । सन्तुष्टिको अधार हो, सुरेन्द्रसारिका दम्पत्तीको खुसी अन्वेषण तौरतरिका । म बेलाबेलामा आत्तिन्छु, खुसी अन्वेषणको गहिराईमा विनाखुसी निसास्सिइने पो हो कि ! सानो खुसीमा खुसी हुनु, सानो दुःखमा दुःखी हुनु मान्छेमनको उपज हो । थोरै निराशामा निराश हुनु, थोरै सफलतामा उत्साहित हुनु पनि त रहेछ नि ! खुसीले पागल हुँदा मान्छेले के गर्छ होला ! हास्ने, रमाउने, उफ्रने, अझ ‘सेलिबे्रट’ गर्ने चलन छ । खुसीले चरमचुलीमा पुग्दा त्यसलाई कसरी आत्मसात् गर्ने, सुग्राह्य बनाउने अथवा दीर्घअनुभूत गराउने, त्यसको तरिका खोजी गर्ने भन्ने सवाल पनि आउने गर्छ । सगरमाथीय खुसी अथवा आकाशीय खुसी आर्जन गर्नेहरुको अनुभूति ग्रहण गर्न पाइयो भने आफैँले अनुभूत गरेभन्दा कम नै सही, खुसी केही हदसम्म प्राप्त गर्न सकिएला कि । कोही पनि गायक, कलाकार, चित्रकार, कवि बाहेकको साधारण मानिसले आफूले अनुभूत गरेको विश्वको सर्वाधिक खुसीलाई कसरी फोटोकपी गरेर सुरक्षित राख्ला ! यस्तोखाले मेसिनको निर्माण गर्न सकिन्न ? जसले संसारभरका मानिसलाई खुसी तुल्याउन सकियोस् । संसारमा एउटा छुट्टै खुसी देश निर्माण गर्न सकिन्न ? जहाँ मान्छेले एकपटक त्यहाँ पुगेर खुसी प्राप्त गर्न सकोस् । भन्न त केही देशलाई खुसी त होइन, सुखी देशचाहिँ मानेका छन् तर अन्तरपीडा अभिव्यक्त हुँदा त्यो झन तनावी, भय र सङ्कट देश साबित भएका शब्दचित्र पोखिएका छन् । खुसी भनेको भावना हो । ढोका थुनेर म निबन्ध लेखिरहेको बेलामा अनूज शिव वियोगी बोल्यो । खुसीको मापन भावनाले मात्र गर्न सकिन्छ । मनसँग गाँसिएको तन्तु हो खुसी । हरेक ब्यक्तिका खुसी फरकफरक हुने गर्छ । कसैले ढिँडो खान पाउँदा खुसी हुन्छ, कोही जागिर पाँउदा । बाबुआमा बिदेश गएको छोरो घरफर्किदा खुसी हुन्छन्। तन्नेरीहरु बिहे गर्दा खुसी होलान्, एउटा बालक पहिलोपटक किताब बोकेर विद्यालय जान पाउँदा मख्ख पर्छ । कोही सिनेमा हेर्दा रमाउछन् । कोही मदिरा सेवन गर्न ज्यान फाल्छन, कसैलाई कविता लेखेपछि संसारकै शक्तिशाली हुँ जस्तो लाग्छ । कसैको मन अभावमा रहेकाहरुलाई अभावपूर्ति गराउनमा । अनेकन विचार, मन, स्वभाव भएका छन् । बालबालिकाको मुहारमा खुसी देख्दा, कैयन खुसी हुन्छन् । कोही पुस्तकालयमा पाठक देखेर अथवा बाढीमा हेलएिकाहरुलाई उद्धार गर्न पाउँदा स्वयम्सेवक औधी रमाउलान्. । सबै मानिस खुसी अपहरण गरेर आफू उत्कर्ष खुसी बाँचेका हुदैनन् । एकाथरि भन्छन् मान्छे कहिल्यै खुसी हुँदैन । सधँै खुसीको पछिपछि लागिरहन्छ । भेटन उपक्रम गरिरहन्छ । समात्ने प्रयत्न गरिराख्छ । खुसीसँगको बिनाजम्काभेट उसका परिवार, नातागोता र आफन्तले गहिरो बेखुसी भेट गर्छन् । जीवनभरि गरिने देखिने काम आवरण हो, गुदी त अर्कै हुन्छ । दृश्य मात्र हो मानवीय गतिविधि, परिदृश्य मात्र हो, सक्रियता अन्तर्बस्तु अलग हुन्छ । जसलाई ऊ स्वयम्बाहेक अरुले देख्न सक्दैन । किनभने अदृश्य अन्तर्शक्तिले बाँधिएको हुन्छ खुसी, जेलिएको हुन्छ भयङ्करसँग । साधनाबिना खुसी असम्भव छ । अर्काथरि भन्छन, खुसी नहुने मान्छे टिक्न सक्दैन । हरेक कुरामा खुसीधारण गर्नुपर्छ । विशाल संसारमा चाहेको सबै प्राप्ति हँुदैन । आफूले गर्न सक्ने र आफनो बशमा भएको भन्ने ‘प्रयास’ मात्र हो । आफूले प्रयास मात्र गर्न सकिन्छ । सफलता अर्कैको मातहतको बिषय हो । सडकजाम गरेर, बन्दहडताल गरेर, वा नाराबाजी गरेर प्राप्त हुने कुरा होइन । खुसी प्राप्तिको लागी राँके वा मसाल जुलुस गरेर हुँदैन । धर्नाबाट पनि सम्भव हँुदैन । सानोसानो प्राप्तिमा खुसी हुनुपर्छ । दङ्ग पर्नुपर्छ । फुरुङग हुनुपर्छ अनि हातमा प्याकेटका प्याकेट लडडु बोकेर बधाई ग्रहण गरिरहनु पर्छ । यसो गर्दा आफुभन्दा बाहेक अरु बढी खुसी हुन्छन् । अरु खुसी भएपछि त्यसको बृहत्तर प्रभाव आफूमा पनि पर्दछ । खुसीलाई पनि सदुपयोग गर्न जान्नु्पर्छ । अनेक हुन सक्छन नि खुसीका स्रोत ! मज्जाले हाँसिदिनु पर्छ । रमाइदिनु पर्छ । साथीभाइका बिहे, वर्तमान, वर्थडे आउँछ, गइदिनुपर्छ । ताली पड्काइदिनुपर्छ । आफना र अरुहरु नातेदार, इष्टमित्र, साथीभाइका छोराछोरी पास हुन्छन् । खेल जित्छन्, पुरस्कार पाउँछन । खुसी भइदिनुपर्छ । पर्वहरु आउँछन् । रमाइलो मानिदिनुपर्छ । आत्मीयहरु भ्ेटिन्छन्, आउँछन, जान्छन्, उत्साहित भइदिनुपर्छ । हाँसिदिनुपर्छ । रमाइदिनुपर्छ । बधाइ दिनुपर्छ । कदर गरिदिनुपर्छ । सम्मान गरिदिनुपर्छ, र खुसी भइदिनुपर्छ । खुसी नहुने मान्छे कहिल्यै खुसी हुन सक्दैन । खुसी उत्पादन गर्न नसक्ने मान्छे, प्रवद्र्धन गर्न नसक्ने मान्छे, कहिल्यै अजश्र खुसीको अनुभव गर्न सक्दैन उसले फूुलको जिन्दगी गुमाएर काँडाको जिन्दगी बाँच्न पुग्छ । खुसी हुन त्यसभित्रै पसिदिनुपर्ने रहेछ । खुसीलाई आत्मीकरण गर्नुपर्नेरहेछ । खुसीधारण गर्न नसक्ने व्यक्ति पृथ्वी आफ्नै नाममा पास गरिदिए पनि चिन्ताग्रस्त हुन्छ । ब्रह्माण्ड सम्हाल्ने जिम्मेवारी पाए पनि दुिखत बन्छ अथवा केही नपाए झन् दुखितको दुखित नै भइराख्छ । घटनाक्रमहरु भइराख्छन्, सानोतिनो आरोहअवरोहमा लचकता देखाउनुपर्छ । ओरालो लाग्दा अनुहार खुम्चन्छ । उकालो लाग्दा अनुहार चम्कन्छ । त्यही हो नि खुसी । सम्झँदा खुसी पाइलैपिच्छे पनि भेट्न सकिन्छ । आजीवन साक्षात्कार नहुन पनि सक्छ । खुसी भनेको त खुसी नै पो रहेछ त !हेटौँडा९ पशुपतिनगर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
तारागण सम्मेलन
निबन्ध
योगेन्द्र उपाध्याय 'पुष्प'
14, 2011, 3:13
योगेन्द्र उपाध्याय 'पुष्प'
चुक घोप्ट्याइएको एक रात, चकमन्न थियो आँैशिको त्यो रात ! सारा संसार पलभरको लागि श्मशानमा बदलिएझैँ देखिन्थ्यो । मैले सुनेको यथार्थ थाहा छैन, त्यो रातको सामना गर्न नसकेर र सामना गर्ने प्रयासमा कैयाँै दीपहरु असमयमै मृत्यूवरण गर्न बाध्य भएका थिए । म यो कुरामा विश्वास गरुँ या नगरुँ बडो द्विविधामा छु किनकि चन्द्रमा पनि डराएर कतै लुकेको थियो त्यो रातमा तर यो पनि सत्य हो कि दीपको अनुपस्थिती अँध्यारो हो, अँध्यारोको कुनै अस्तित्व हुँदैन र अस्तित्वहीन वस्तुले कसैको अस्तित्व मेटाउन सक्दैन ।मुटुभित्र चीसोपन विस्तारित गर्ने त्यो रातमा घटेको एक अचम्मको घटना का साक्षी दुईजना मात्र एक म एक भगवान ।घटना नै त्यस्तो अचम्मको थियो त्यसैले आज कैयौँ वर्ष पछि त्यसको वर्णन गर्न लाग्दा पनि मलाई अचम्म नै लागिरहेको छ । घटना त्यो समयको हो जब म एक पत्रकारको हैसीयत राख्दथेँ । त्यो हैसीयतमा हैसीयत नदेखेर हैसीयत राख्ने अर्कै पेशा पनि वरण गरेँ तर पनि त्यो एकमात्र घटनाको आधा साक्षि भएकाले म गौरवान्वित हुन्छु र त्यतै कतै आफ्नो हैसीयत लुकेको अनुभव गर्छु ।तारागण सम्मेलन !!न देखेको, न सुनेका,े न सोँचेको एक अनौठो सम्मेलन ।‘‘आकाशको अध्याँरो हटाउन तारामण्डलको भूमीका‘‘देखेको, सुनेको, भोगेको एक विषयमा ।अलग अलग समुह थिए अलग अलग विचार थिए र ती अलग विचारका अलगै उपविचारहरु पनि थिए तर सबैको विचार यहि ठाउँमा आएर रुक्दथ्यो ‘आकाशको अँध्यारो हटाउने प्रोजेक्ट हाम्रो झोलीमा पर्नुपर्छ‘ अचम्मको माग थियो यो ! अँध्यारो हटाउने मुख्य बुँदाभन्दा कसले हटाउनेमा बढी केन्द्रित थिए उनीहरु । अँध्यारो हटाउनु छ जसले हटाएपनि भयो जसरी हटाएपनि भयो चाहे टुकी बालेर हटाउ, चाहे चीम बालेर । त्यसमा सम्मेलन गर्नु के जरुरी छ र ? फेरी मलाइ यहाँनिर आश्चर्य लाग्छ ! सबै तारा मिलेर एकसाथ बलले भ्याएजती प्रकाश छरे, उज्यालो आँफै भै हाल्थ्यो यसमा तँ तँ र म म किन विचमा ल्याउन पर्यो तर पत्रकार भएको नाताले म त्यहाँ केहि बोल्न मिल्ने अवश्था थिएन । पत्रकार ! पेशा नै यस्तो जसलाई हरेक कुरा थाहा हुन्छ तर केहि बोल्न लाग्दा निषेध गरिन्छ । हिम्मत गरेर स्वतन्त्र विचार राख्नासाथ सूर्यवादी, चन्द्रवादी र नजाने के के वादीको उपाधी दिइन्छ ।गुच्छे ताराको नाईके आफ्नो समूहको बलमा चिच्याउँदै थियो ‘हाम्रो समूह ठूलो भएकाले हाम्रो प्रकाशलाइ पहिलो प्राथमिकता दिनु पर्दछ ।‘ त्यसलाई काट्दै थिए सप्तर्षि तारागण ‘समूह ठूलो हुँदैमा केहि हुँदैन गुच्छे तारामा प्रकाशको मात्रा कम भएकाले उसको प्रकाश अपर्याप्त छ‘ भनेर । सप्तर्षि तारागणको एउटै माग थियो ब्रह्माण्डको उत्पत्तिकाल देखी वर्तमानसम्म साथ ब्रम्हाण्डको नछोडी अवलोकन गरेकाले र ब्रह्माण्डको बारेमा अत्याधिक जानकारी भएकाले प्रकाश कहाँ कति दिने र कहाँ कति नदिने जस्ता बाँडफाँडका कुरामा पनि पोख्त भएकाले उज्यालो छर्नमा अग्रणी भूमीका हाम्रो हुनुपर्छ । ‘आगो ताप्नु मुढाको कुरो सुन्नु बुढाको‘ भन्ने प्रचलित नियम त हो तर म अचम्म परेँ यी अग्रणी बुढाहरुको मति भुटिएकोमा उज्यालोको पनि बाँडफाँड । सप्तर्षीकै बिचबाट फेरी अर्काले सुर्य र चन्द्र एक अर्कासँग मिलेर असँवैधानीक रुपमा दिन र रात दुवैमा राज गरे चम्कँदै गए प्रकाश बढाउँदै गए र आज उनीहरुको एकछत्र साम्राज्य छ, यो ब्रम्हाण्डमा । सुर्यले हामीमाथि ठूलो अत्याचार गरेको छ । सुर्यले आफूले पाएको प्रचण्ड तेजले हामीलाइ निस्तेज गरिनै रह्यो सृष्टिको सुरुवात देखी आजसम्म । उसको प्रकाश समानुपातिक रुपले वितरीत थिएन त्यसैले त आजसम्म पनि यहाँ कुनै स्थान निकै प्रकाशित छन् भने कुनै स्थान अँध्याराका शिकार भएका छन् । उदाहरण शनिलाई र ब्ल्याक होललाइ लिन सकिन्छ । त्यस परम शक्तिशाली सूर्यलाई निश्तेज पार्ने अचुक उपाय सप्तर्षि देखी वाहेक कसैलाई ज्ञात छैन भनी दावी समेत गरे । अचम्म छ यदि सूर्यले यो ब्रम्हाण्ड नबनाइदिएको भए यी तारागणको अस्तित्व नै रहने थिएन जसको विरासतमा यो ब्रम्हाण्ड बन्यो उसलाई नै फलाना र ढिस्काना आरोप प्रत्यारोप लगाएर आफू ठूलो बन्न चाहँदैछन् यिनीहरु । फेरी अहिले त सूर्य पनि छैन भने प्रकास दिनुमा भन्दा सूर्यलाइ धिक्कार्नुमा किन यीनीहरुले आफ्नो समय किन फाल्दैछन् ? अर्को कुरा सूर्यको तेज ब्ल्याक होलले सदुपयोग नगरेको हो । यसमा सूर्यको के दोष छ र ? अनि शनि पनि त सूर्यको प्रकाश लिन नचाहेर पर भागेको हो नि । सूर्यले प्रकाश नदिएको हैन शनिले आफ्नो वरीपरि पर्खाल लगाएर प्रकाशको बाटो रोकेको हो । कतिपय ठाउँमा सूर्य गलत हो कमसेकम दिनमा चम्केपनि रात ताराहरुको भागमा दिएर उनीहरुलाई प्रकाशित हुने मौका दिनुपर्ने हो तर सूर्यले त्यसो गर्नुको साटो चन्द्रमा बनायो र उसलाई प्रकाश उधारो दिएर आफ्नै साम्राज्यलाई निरन्तर फैलाइरह्यो तर जे सुकै भएपनि सूर्यले यो ब्रम्हाण्ड निर्माण गरेर हामीमाथि लगाएको गुन हामीले कहिल्यै विर्सन भने हुँदैन ।तिनतारा र ध्रुवतारा केहि निराश तर आफ्नो पनि पालो आएकाले उत्साहित झैँ देखिन्थे । धु्रवतारा परको कुनाबाट मुठ्ठी बटारेर भन्दै थियो ब्रम्हाण्डको मूलधारबाट टाढा भएकाले हामीलाई सधैँ उपेक्षित दृष्टिले हेरीयो हाम्रो प्रकाशको कुनै परवाह गरिएन तर यदि अझै पनि हाम्रो प्रकाशलाई समरुपले वितरण नगरी उपेक्षा भावले हेरेमा हामी आकाशगँगाको साथ दिनेछौँ, हामी आकाशगँगामा मिल्नेछौँ । ध्रुवताराले केहि बढी बोल्यो झैँ मानेर तिनताराले बिचमा काट्दै भन्यो धु्रवतारा र हाम्रो माग एउटै हो अन्यथा हामी आकाशगँगाबाट सहयोग मागेर प्रचण्ड प्रकाशित भइ अन्य सबै तारालाई निश्तेज पार्ने छौँ । यस सम्बन्धमा हाम्रो र आकाशगँगाको द्विपक्षीय सहमति पनि भैसकेको छ । धिक्कार छ तिनतारा र धु्रवतारा ! आफ्नो अपनत्व भन्दा अरुको बलमा चिच्याउने तिमीहरु मेरो दमित मनबाट निस्केको आवाज मैले बाहेक कसैले सुनेन ।राशिताराहरु केहि ठोस निर्णय दिएर यस समस्याको निकास दिन सक्षम छन् होला झैँ मलाई लाग्यो किनकि उनीहरु निकै गम्भीर र केहि गमेर बसेका देखिन्थे । यीनले कैयौँपटक सूर्यको बाटो परिवर्तन गर्न लगाएर सूर्यको एकछत्रता चल्दैन भनेर स्वतन्त्रताको बिगुल फुकेका थिए । यिनीहरुले सूर्यका कतिपय कदमहरुलाइ निस्तोनावेद पार्न पनि सक्षम भएका थिए । सूर्यलाई यिनीहरु चुनौति पनि दिन सक्थे किनकि सूर्य पूर्ण रुपमा जीवनका आरोह अवारोहमा यीनमाथि नै निर्भर हुने गर्दथ्यो तर अहिले सूर्य छैन तर सूर्यको साथ रहेका यीनको यौटै मात्र प्रस्ताव आयो । सूर्य असक्षम होइन तर हामी सक्षम हुन लाग्दा उसले हामीलाई सक्षम हुने मौका दिएन यो नै उसको ठूलो भूल हो । हामी यो ब्रम्हाण्डको चारैतिर फैलेर बसेका हुनाले हाम्रो प्रकाश अरुभन्दा प्रभावकारी हुनेछ त्यसकारण हाम्रो नेतृत्वमा निस्केको प्रकाश पुञ्जले यो ब्रम्हाण्ड प्रकाशित हुनुपर्नेछ । हे भगवान ! जुन गोरु आएपनि कानै चिरेका । जसबाट आशा थियो मेरो उ पनि आशातीत देखिएन ।राहु भन्दै थियो यदि मलाई मेरो प्रकाश छर्ने अवसर प्राथमिकताका साथमा दिइयो भने म सूर्यलाई दिनको समयमा र चन्द्रलाई रातको समयमा ग्रास गरिरहने छु र म लगाएत सबैले आफ्नो प्रकाश हमेशा हमेशा फिँजाइरहन पाउने छौँ तर राहुको कुत्सित मनस्थितीको बारेमा सबैलाइ ज्ञात भएकाले उसलाइ बोल्ने समय नै सिद्धिएको जानकारी गराए आयोजकले । राहु चुप लागेपछि टाउको नभएको केतु पनि आफ्ना इशारा नदिनुनै उचित ठानी शान्त बसीरह्यो ।नक्षत्रगणहरु साइन्टिफीक कुरा गर्नमा माहिर । उनीहरु क्याल्कुलेशन गर्दै थिए बोल्ने मौका आउने क्षणको प्रतीक्षामा थिए । नक्षत्रगण मध्ये एक बुजुर्गले भने ‘सूर्यले प्रकाश दिँदा व्याप्त अल्फा, बिटा र गामा जस्ता एक्सरेहरु ले सबै ग्रह र ग्रहवासीलाई प्रभावित पार्यो र नढाँटी भन्न पर्दा सप्तर्षिमा ५ प्रतिशत गामा रे छ, धु्रवतारामा १५ प्रतिशत रे छ र अन्य तारागणको प्रकाशमा पनि रे नै रे छ र ओजोन तह पनि कमै छ तर नक्षत्रमा बाक्लो ओजोन तह भएकाले रे निस्के पनि ब्रम्हाण्डमा फैलने कुनै चान्स नभएकाले उज्यालो गराउने कार्य नक्षत्रलाइ सुम्पनुपर्ने छ‘ । यहाँ कति बाक्ला ओजोन भएका आए र पछि ओजोन मेटाएर कति विकीरण फैलाए त्यसको हिसाब लगाउने क्याल्कुलेटर नै बनेको छ्रैन । त्यसकारण नक्षत्रले फुर्ती नलाए पनि हुन्छ ।यहाँको बढ्दो विवाद देखेर आकाशगँगाले हस्तक्षेप पो गर्ने हो कि भन्ने आशँका मभित्र व्याप्त थियो तर पूर्व दिशामा कुनै एक वस्तु नौलौ र अद्भूत अदम्य प्रकाश छर्दै प्रकाशित हुँदै थियो । उसका लालीमाले सुन्दरतामा सुन्दरता थप्दै थिए । त्यसले मेरो चीसो मनको चीसो विस्तारै सोँस्दै थियो । उता तारागण सम्मेलनबाट अस्फुट आवाज आउँदै थियो हामी पुनः आउने छौ........हाम्रो तेज............नयाँ यूग.............. विस्तारै त्यो अद्भूत वस्तु व्रम्हाण्डको मध्यमा आयो हेर्दा हेर्दै म उसलाई हेर्न नसक्ने भएँ र आफ्नो हातमा रहेको कापीमा सम्मेलनका बुँदाहरु पढेँ र आफैले आफैलाई भने उज्यालो चाहिएको हो यो ब्रम्हाण्डलाई जसले दिन चाहन्छ दिन सक्छ, चाहे एकले एक्लै दियोस् चाँहे हजाराँैले यो महत्वपूर्ण होइन महत्वपूर्ण त प्रकाश हो ।यो नयाँ वस्तुमा पनि गामा रे नभएको होइन तर यसको विरुद्धमा ओजोन तयार पारेर उसका गामा रे हरुलाइ रोक्ने प्रयास सम्पूर्ण ब्रम्हाण्डवासीले गनुपर्ने छ ।शब्दमा दिने प्रकाशले बाटो सजिलो बनाउँदैन । म अर्को कालरात्रीको आशँकाले भयभित थिएँ तर म यस कुरामा ढुक्क थिएँ कि अबका १५ दिन पूर्णीमाका हुनेछन् ।यो नलेखिएको यथार्थ घटना मैले लेखेँ । कतिले मलाई पागल भन्लान् यो पढे पश्चात् तर यसको यथार्थ मैले पहिले भने झैँ मलाइ थाहा छ र भगवानलाई ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
न्यायका नौ सिङ र राष्ट्रिय स्वाभिमान
निबन्ध
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
8, 2011, 3:35
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
न्याय भन्नेबित्तिकै मूर्तिको प्रसङ्ग आइहाल्छ । मन्दिरैमन्दिरको देश नेपालमा मूर्तिको कमी हुने कुरै छैन । यहा“ जिल्लामूर्ति, अञ्चलमूर्ति, क्षेत्रीयमूर्ति, पुनरावेदनमूर्ति, विशेषमूर्ति, सर्वाेच्चमूर्ति विशेष प्रसिद्ध मूर्ति हुन् भने गृहमूर्ति, गाउ“मूर्ति, नगरमूर्ति, महानगरमूर्तिचाहि“ कम प्रसिद्ध मूर्तिका कोटिमा पर्छन् । यिनमा प्रसिद्ध मूर्तिको करामत अपरम्पार हुन्छ, तल्लोले गरेको पैसला माथ्लोले क्रमशः सच्याउ“दै जान्छ र सर्वाेच्चमूर्तिमा पुगेपछि टुङ्गिन्छ । तल्लोले उपयुक्त ठानेका प्रमाण माथ्लाका लागि पूरै अनुपयुक्त र काम नलाग्ने हुने स्थितिको कारणबारे मूर्तिहरू नै बढी विज्ञ हुन्छन् । वकिलले भट्याएका बेला ध्यानमग्न हुनु र अन्त्यमा रेडिमेड पैसला बाङ्गोटिङ्गो भाषामा सुनाइदिनु मूर्तिको विशेषतै हो । त्यसले व्यक्ति र राष्ट्रलाई के असर पर्छ कुनै सरोकार छैन, मूर्तिलाई असर पारे पुगिहाल्यो ।खास प्रसङ्ग अहिले चर्चाको शिखरमा रहेको लागूपदार्थ काण्डको हो । लागूऔषधका अन्तर्राष्ट्रिय व्यापारी रबिन्सनलाई प्रहरीले दुई किलो चानचुन हेरोइनका साथ एयरपोर्टमा रङ्गेहात पक्राउ गरी अदालतमा पेस गयो रे ! निजको कार्यलाई अवैध ठहराई विशेष अदालतले लामै समय जेल र मोटै रकम जरिवाना गयो रे तर त्यसको लगत्तैपछि सर्वाेच्चले त्यसमा उसको संलग्नता नदेखाई सफाइ दिएर इज्जतसाथ रिहा गरिदियो रे ! यस प्रकरणको चुरो कुरोचाहि“ यत्ति हो । यो प्रकरण चर्चित हुनाको प्रमुख कारण हास्यास्पद परमानन्द पैसला नै रहेको छ । वास्तवमा तल्लोले गरेको पैसला माथ्लोले प्रमाणका आधारमा परिवर्तन गर्नसक्छ, कुरा ठीकै हो विनाप्रमाण कुनै काम गर्न पनि त भएन ! विशेषबाट उपयुक्त ठहराइएका प्रमाण सर्वाेच्चमूर्तिबाट अनुपयुक्त सावित भयो । यसलाई पनि बेठीक मान्न मनासिब देखि“दैन किनभने सानाले गरेजस्तै ठूलाले पनि गर्नुपर्छ भन्ने कहा“ छ र ? सानाले भनेकै कुरा सदर गर्ने भए साना र ठूलाको बीच भेद नै के रहृयो र ? माथिल्लामूर्तिको इज्जत पनि त हेर्नु पयो, आखिर ठूलो भनेको ठूलै हो । त्यसैले भनिन्छ नि बडाले जो गयो काम हुन्छ त्यो सर्वसम्मत । त्यति नाथे हेरोइन बोकेर त्यत्रा ठूला र संभ्रान्त मुलुकबाट पाउकष्ट गरेका हाम्रा पर्यटक पाहुना रबिन्सनलाई जेल हाल्नुभन्दा छोड्नु नै उत्तम नि ! जेलमा राख्दा खान दिनुपयो, बिरामी भए औषधी गर्नुपयो, बरु चट्ट छोडिदियो खेलै खत्तम !!अतिथि देवो भवः भन्ने संस्कृतिका मान्छे हामी पाहुनालाई देवतासरह मान्छौ“ । त्यसमा पनि गोरो छाला भएका त हाम्रा परमपूज्य देवता नै भए । यस्ता देवपुरुषलाई यति कठोर दण्ड दिने विशेषमूर्तिको विनाप्रमाण गरिएको पैसला फितलै मान्नुपर्छ, धन्य सर्वाेच्चका मूर्तिले सच्चा न्याय दिई माथिल्ला मूर्तिको शान बचाए । वास्तवमा रङ्गेहात पक्रिने प्रहरी प्रशासन र त्यसै प्रमाणका आधारमा उसलाई दण्डित गर्ने विशेषमूर्तिलाई दोषी ठहराई रबिन्सनलाई सफाइ दिनेहरूलाई रथारोहणसहित सार्वजनिक अभिनन्दन पो गर्ने हो कि ? मूर्तिहरूले यस प्रकरणमा रबिन्सनलाई सफाइ दिन प्रयोग गरिएका प्रमाणमध्ये निजले लगाएको दुवै वा कुनचाहि“ जुत्ताबाट कति परिमाणमा हेरोइन निकालिएको भन्ने नखुलाएको, नेपाली भाषा नबुझ्ने व्यक्तिको बयान लि“दा वा बरामदी मुचुल्कामा सही गराउ“दा रोहबरमा दोभाषे राखेको नदेखिएको, कानुन व्यवसायी राख्न दिएको नदेखिएको, बरामदी मुचुल्कामा स्थानीय प्रतिनिधि रोहबरमा राखेको नदेखिएको, शङ्कारहित अकाट्य सबुदप्रमाणको अभाव रहेको पूर्ण इन्कारी बयान दिएको तथा मुख्यको आदेश प्रमुख रहेका छन् रे ! उसलाई पुनः खोज्नु पिंजडाको चरालाई छोडेपछि फेरि समाउन सिकारीको हुल खटाउनुजस्तै होइन र ? पहिले अबल दर्जाको ढ“टुवामा शिक्षकलाई दर्ता गर्थेे तर अहिले वकिल र त्यसभन्दा पनि बढी मूर्तिहरूले त्यो स्थान ग्रहण गरिसकेछन् !! हाम्रा पुलिस पनि त्यस्तै ! कमसेकम ती पर्यटक पाहुनाले कस्ता र कत्रा जुत्ता लगाएका थिए, ती जुत्ता खुट्टामै लगाएका थिए कि अन्यत्रै ? अनि रङ्गेहात बरामद गर्दा त्यो कहा“ लगाएको कुनचाहि“ जुत्तामा राखेका थिए भन्नेजस्ता चानचुने कुरा त रीतपूर्वक पत्ता लगाउनुपर्छ नि ! त्यति गरिदिएको भए मूर्तिलाई सजिलो पथ्र्याे, नत्र मूर्तिलाई जुत्तै दिएको भए पनि त हुन्थ्यो । अर्काे कुरा नेपाली भाषा नजान्नेलाई पक्रनु हुन्छ ? नेपाली नजान्नेले नेपालमा ल्याएको तीन किलोभन्दा कम लागूऔषधी पनि कतै अपराधमा पर्छ ? उसले अपराधै गरेको भए त साथमा भाडाको वकिल लिएरै हि“ड्थ्यो नि कुरा रहृयो जनप्रतिनिधि रोहबरमा नभएको ! यसबाट के स्पष्ट हुन्छ भने अब एयरपोर्टमा पा“च सदस्यीय जनप्रतिनिधि मण्डल गठन गर्नैपर्ने भयो, फेरि त्यही“ यिनीहरूका बीच नाइके बन्ने र भागबण्डा गर्ने कुरा नमिलेर झगडा पर्दा त्यसबारे पैसला गर्न मूर्तिचाहि“ कसलाई राख्ने नि ? रङ्गेहात पक्रिएको सामान पनि मेरो होइन भनी इन्कारी बयान दि“दा छुटिने भए, अनि इन्कारी बयान नै प्रमाण हुने भए मूर्तिकै अगाडि मान्छे काटेर इन्कारी बयान दिए भएन र ? धन्य छन् मूर्ति, धन्य छ न्याय ! रबिन्सनलाई यस्ता विनाप्रमाणका मुद्दामा यत्रो सजाय गर्न त भएन नि ! उसको पनि त्यति जाबो हेरोइन बोक्ने मानवाधिकार त छ नि हरेक मुद्दाको पैसला मुद्दाको प्रकृतिमा होइन व्यक्ति र प्रमाणमा निर्भर गर्छ । यस्ता चानचुने कुरा त कालोलाई सेतो, पहे“लोलाई निलो बनाउन अनेक ढा“टढु“टे प्रयास गर्ने वकिलसाबहरूले पनि त बुझ्नु पयो नि ! राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय मुद्रास“ग सरोकार राख्ने मुद्दाको सुनुवाइ र पैसलाको गति तीव्र हुने कारण पारदर्शी नै छैन र ?यहा“ कुरा लागूऔषधको होइन, रबिन्सनको पनि होइन, कुरा आचरणको हो, न्यायको हो । अरूलाई बेकुफ बनाउन खोज्दा आपू बोको बन्न कत्तिबेर पनि लाग्दैन । व्यक्तिका कारण संस्था दुर्गन्धित हुनसक्नेतर्प पनि सचेत हुनुपर्छ । रबिन्सन प्रकरण त एउटा बिम्ब बनेर सर्वत्र चर्चाको विषय बनेको मात्र हो, वास्तवमा यहा“ यस्ता प्रकरण सहस्र छन्, प्रत्येकजसो छन् ।अहिले हामीकहा“ बलात्कारको बिग्बिगी पनि कहा“ कम छ र ? दिनहु“जसो बालवृद्धवनिता बलात्कृत भएको सुनिन्छ तर बलात्कारीले सजाय पाएको उति सुनिन्न । वास्तवमा बलात्कारी दण्डित नहुने आधार पनि प्रमाणकै अभाव रहेछ भन्ने बल्ल पो थाहा भो । विनाप्रमाण बलात्कार सावित हुने कुरै भएन नि ! बलात्कृतजति सबैको त्यो अङ्ग क्षतविक्षत त हु“दैन, भएकाजतिको पनि मुद्दा किनारा लागुन्जेलसम्म निको भइसक्छ वा प्राणान्त पनि हुनसक्छ । ल निको पनि भएन र प्राणान्त पनि भएन रे तर त्यो बलात्कारबाटै भएको हो भन्ने के प्रमाण छ र ? मूर्तिलाई पुलिस रिपोर्टजस्तै डाक्टरी रिपोर्टमा पनि भरोसा हुने कुरै भएन ! कथंकदाचित बलात्कारै देखिए पनि मूर्तिलाई त्यो कतापटिबाट कता फर्काएर गरेको हो भन्ने प्रमाण पुग्दैन । अभियुक्तले साबिती बयान दिने कुरै भएन, कसैकसैले दिइहाले पनि त्यो मौखिक भएकाले प्रमाण नै भएन । फेरि बलात्कारी दोस्रो भाषी रहेछ भने त कुरै खलास ! बिचरी सातवर्षे बच्चीदेखि सत्तरीवर्षे वृद्धासम्म बलात्कृत हुन्छन् तर त्यो बलात्कार अग्रगमनबाट भएको हो कि पश्चगमनबाट भन्ने प्रमाणका अभावमा बलात्कारीले सफाइ पाउ“छ । कुरा ठीकै पनि हो सबुदप्रमाणविना मूर्तिले मान्छेलाई कसरी अपराधी साबित गर्ने ? हरे कस्तो फसाद प्रत्यक्षदर्शीका अभावमा बलात्कारी छुट्ने नै भयो नि ! यो बिरालाको ख्यालख्यालमा मुसाको प्राणान्त हुनु जस्तै होइन र ? रबिन्सन प्रकरणले यस्ता अनेक प्रश्नहरू जन्माइदिएको छ । हुन त गणेशको ढुङ्गेमूर्तिले दुध पिउने मुुलुकमा मानवमूर्तिले पिउनु कुन आश्चर्य हो र ? तर त्यसकै पनि यथेष्ट प्रमाण त छैन नि... !बुढाबुढी भन्ने गर्थे ‘न्यायका नौ सिङ्ग हुन्छन्’ भनेर तर तिनीहरूले न्यायका सिङ्ग गन्नै भ्याएका रहेनछन् वा आनै पालाको न्यायप्रणाली सम्झेका रहेछन् ! वास्तवमा केको नौ सिङ्ग नि ! अठार सिङ्ग, छत्तीस सिङ्ग, बहत्तर सिङ्ग ... कति हो कति अनगिन्ती सिङ्गैसिङ्ग ! जति उमायो उति सिङ्ग, जता फर्काइदियो उतै सिङ्गैसिङ्ग । यसका जतिवटा सिङ्ग भए पनि कुनै कमजोर भए पो ! एकसेएक मजबुत । जुनले हान्यो ठहरै ! अरू हेरेको हेरै, तै“ चुप मै चुप, सब चुप, नत्र बोल्नेमाथि अर्काे सिङ्ग बज्रिन केही बेर पनि लाग्दैन । रबिन्सन प्रकरणलाई लिएर कानुनचीहरूका दफावार विमर्श पनि प्रशस्तै सुनिए, सुनि“दैछन् पनि । आपूचाहि“ कानुनची नभएकाले कुनै कानुनी जालझेल थाहा छैन तर एउटा सचेत नेपाली भएको नाताले नेपालीत्वबारे अलिकति ज्ञान छ । अहिले अधिकांश सचेत नेपालीहरू न्यायालयको बक्यौता गरिमा पनि छिन्नभिन्न भएकोमा चिन्तित छन् । यो मुलुककै दुर्भाग्य हो । वास्तवमा भ्रष्टाचार रोक्ने निकायले नै एकले अर्काको अस्तित्व धराशायी तुल्याएपछि अन्यत्र भ्रष्टाचार भयो भनेर चिच्याउनुको के अर्थ रहला र ! यसको निराकरणका लागि अर्कैै जननिकायको आवश्यकता भइसकेको त होइन ? राष्ट्रको कार्यपालिका दक्षिणलाम, न्यायपालिका पश्चिमहाम तथा व्यवस्थापिका सडकजामको स्थितिमा पुगेपछि यहा“भन्दा बढी चरम उपहास के नै हुनसक्ला र ? न्याय नपाए गोर्खा जानू भनिने मुलुकमा न्याय नपाए जङ्गल पस्नू भन्ने उक्ति चरितार्थ हुने परिस्थिति यस्तैयस्तै रबिन्सन प्रकरण तथा बहादुरवृत्तिहरूबाटै उत्पन्न भएको हो कि ! यस्तै हो भने हाम्रो देश मान्छे बेपत्ता मार्ने मुलुकमा मात्र होइन निकट भविष्यमा नै सबथोकमा प्रथम नै हुन्छ, यहा“ दोस्रो भन्ने चिजै नपाइन सक्छ, यसर्थ हाम्रा बैंकहरूजस्तै यी निकायमा व्याप्त विसङ्गति र विकृतिहरूको उन्मूलन गरी स्वच्छता प्रदान गर्न कुनै विदेशी गैरसरकारी संस्थालाई गुहारी टेन्डर आहृवान गरेरै भए पनि राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने हो कि ? नत्र...
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
देशले रगत मागे
निबन्ध
योगेन्द्र उपाध्याय 'पुष्प'
8, 2011, 3:19
योगेन्द्र उपाध्याय 'पुष्प'
देशले रगत मागे मलाइ बली चढाउ..... । यो मलाइ अत्यन्त हृदयस्पर्शी लाग्ने गीत हो । हुन पनि वास्तवमा देशलाई चाहिएजति रगत बगाउनेहरुले भरीएको देश हो नेपाल । यो भूमी पृथ्वीनारायण शाहदेखी अप्रतिगामीहरुका रगत सिँचीएको छ । परमवीर योद्धा बलभद्रदेखि लिएर प्रतिगामीहरुका रगत बगेका छन् । शहीदको रगतले यो देशको माटो मुछिएको छ भने राणाहरुको रगत धानको बालामा झुलेको देख्न सकिन्छ । महत् नेताहरु विपी र मदनको रगतका दागहरु पनि यत्रतत्र भेटिन्छ भने इतिहासमा नाम हराएकाहरुको रगतको वास्ना बासन्ती पवनमा अनुभव गर्न सकिन्छ । इतिहासमा अँग्रेजसँग लड्दा बगेका रगत र वर्तमानमा आफूले आफ्नै खुट्टा काट्दा बगेका रगतको कुरा गर्ने हो भने लाल सागर हेर्न अरु कतै जान पर्दैन ।यहाँ कुखुराको रगत पनि बगेकै छ, राँगाको रगत पनि बगेकै छ, बाख्राको पनि बगेकै छ केको मात्र रगत बग्दैन र यहाँ प्याकेटका रगत पनि बगेकै छन् हुँदा हुँदा रगत दान गरेर रगत बगाउने धोको पुर्याउने पनि छन् हाम्रो देशमा ।कसैले शब्दमा रगत बगाउँछन्, कसैले साहित्यमा रगत बगाउँछन्, कसैले क्रान्तिको नाममा रगत बगाउँछन्, कसैले शान्तिको नाममा रगत बगाउँछन्, कसैको रगत फोकटमा बग्छ, कसैको रगत बगेपछि किमती बन्छ तर बगेका रगतहरु बग्नुअघि कीमति हुन्छ या बगेपछि किमती र किमत के रगतको यो छुट्याउन निकै गाह्रो ।मन्दिरमा रगत, मस्जिदमा रगत, घरमा रगत, बजारमा रगत, सडकमा रगत, दरवारमा रगत, झोपडीमा रगत, अस्पतालमा रगत, युद्ध मैदानमा रगत, व्यापारमा रगत, बेकारीमा रगत, नोकरीमा रगत, धर्ममा रगत, पर्वमा रगत, पीडामा रगत, खुशीयालीमा रगत, जन्ममा रगत, मरणमा रगत, प्रेममा रगत, घृणामा रगत, यत्र तत्र सर्वत्र रगत त्यसैले त त्यो घटना याद आउँछ जब कर्णले मर्ने समयमा कृष्णलाई विन्ती गर्छन् मलाई त्यस्तो धर्तीमा दाहसँस्कार गरियोस् जहाँ कुनै रगतको छिटा नपरेको होस् । कृष्णले ध्यान दृश्टिले हेर्दा कतै पाउँदैनन् त्यस्तो धर्ती शिवाय कुरुक्षेत्रको एक वित्ता जमीन । आश्चर्य ! जहाँ १८ अक्षौहिणी मान्छे मरे त्यो ठाउँमा एक बित्ता जमीन रगत विहीन । त्यहि ठाउँमा कर्णको दाहसँस्कार हुन्छ । अन्दाज लगाऔँ यो विश्वमा कति रगत बगे होलान् । अब धर्तीमा त्यो ठाउँ छैन जहाँ रगत नबगेको होस् । तर यति धेरै रगत बगेर र बगाएर हाँसिल गरेका उपलब्धिहरु ????विश्वयुद्धका रगत, गृहयुद्धका रगत, खेलका रगत, हत्याका रगत, आत्महत्याका रगत, रणभूमीका रगत, रँगमञ्चका रगत, स्वतन्त्रता सँग्रामका रगत, परतन्त्रताका रगत, रेनाताका रगत, जीशसका रगत, गान्धीका रगत, भोकका रगत, भोगका रगत, आतँकवादका रगत, स्वरक्षाका रगत, अमेरीकाका रगत, अफगानीका रगत, लिबियाका रगत, सोमालीयाका रगत, जर्मनीका रगत, पोल्याण्डका रगत, सन्तका रगत, चोरका रगत, रावणका रगत, रामका रगत, प्रकृतिले बगाइदिएका रगत, आफैले बगाएका रगत, बमले बगाएका रगत, खुकुरीले चाटेका रगत, तरवारले पीएका रगत, धनुवाणका टुप्पाका रगत, भालामा सेरीएका रगत, कराहिमा पाकेका रगत, सडकमा पोखिएका रगत, हरे शिव ! सिमानामा रगत, सिमाना बनाउन बगाइने रगत, विकाशमा रगत, विनाशमा रगत, आविश्कारमा रगत, स्वीकारमा रगत, तिरस्कारमा रगत । रगत रगत रगत यहाँसम्मकि पिउने पानीमा पनि रगत । आज मलाई महशुस हुन्छ म कति रक्त पिपासु छु मैले पिउन्न पानी पिउँछु रगत ।कुनै देशले रगत माग्दैन र कुनै देशले रगत माग्छ भने त्यो रक्त पिपाशु राक्षस हो, देश होइन । देशले आश्था माग्छ र आश्था दिनेहरुको रगत देशप्रति अनाश्थितहरुले बगाउँछन् । यसकारण आश्था बगाउन नसक्ने हामीहरु आश्था बगाएका शहिदहरुको आश्थालाई रगतको गाली नदिऔँ । रगत त के छ र ? खुट्टा काटेपनि बग्छ, घाँटी काटेपनि बग्छ । रगत त के हो र ? देश लुट्नेहरुको पनि बग्छ, देश निर्माताहरुको पनि बग्छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
भोज र मोजको संस्कृति
निबन्ध
राजेन्द्र पहाडी
5, 2011, 9:30
राजेन्द्र पहाडी
मेरा एकजना शिक्षक मित्रको छोराले हालसालै कक्षा बाह्रको परीक्षा उतिर्ण गरेछन् । यही मेसोमा शिक्षक मित्रका साथीभाइले उनलाई छोराले उच्च माध्यमिकतह पास गरेको अवसरमा खुशियाली भोज खुवाउन आग्रह त्यतिबेलासम्म गरिरहे जतिबेलासम्म उनले एनकेन प्रकारेण भुजामासु सहितको मिनी भोज खुवाएनन् । अर्को एउटा साथीले यही दशैंको बिदाको उपयोग गर्दै कम्प्यूटरका ‘कखरा’ सिकेछन् र सिकेछन् इमेल इन्टरनेटका कुरा पनि । उनले कार्यथलो फर्केपछि आफ्ना दौंतरीहरुलाई आफूले यसपटकको दशैंमा हासील गरेको उपलब्धीका बारेमा फुरुङ्ग पर्दै जानकारी गराए । उनले कम्प्यूटर सिकें भन्न मात्र के भ्याएका थिए, दौंतरीहरुले घेरिहाले, ‘यत्रो ठूलो काम गरिछस्, लौ ख्वा भोज ।’ स्यामकृष्णले अब जाडो पनि आउन थाल्यो, दशैंतिहारमा कपडा हाल्दा एउटा ज्याकेट पनि किन्नु पयो भनेर कालोकालो रङ्गको ज्याकेट किनेका रहेछन् । तिहार नजिकि“दाका दिनमा अलिक चिसो बढेको अनुभूती भएपछि त्यही कालो ज्याकेट लगाएर बजार निस्केछन् । नामले स्याम भए पनि गोरो बर्णका स्यामकृष्ण कालो ज्याकेटमा निकै खुलेका देखिन्थे । यो देखेपछि के नै बहाना चाहियो र, उनका साथीहरु एकै श्वरमा भन्न थालिहाले, ‘यस्तो चिटिक्क सुहाएको कालो ज्याकेट किनेको उपलक्ष्यमा ससानो भोजको आयोजना गर्न किन पछि पर्ने र ?’ स्यामकृष्ण साथीभाइको याईं याईं र करकापबाट फुत्किनै सकेनन् । तीनसय पचासमा किनेको ज्याकेटको भोज खर्चमा खन्खन्ती गनेर पा“चसय रुपिया“का दशा लागे । मेरा अर्का एक मित्रले घरमा सबै दृष्टिले सक्षम एउटी श्रीमती हु“दा हु“दै कानूनको बर्खिलाप हुनेगरी अर्की हुलेछन् । कानूनले दण्डनीय काम गरेको थाहा पाउ“दा पाउ“दै पनि मेरा बा“की विद्वान मित्रहरुले उनलाई दोश्रो श्रीमती भित्राएको शुखद (?) उपलक्ष्यमा भोज नख्वाएसम्म फुर्सद नै नदिने अड्डि कसेर बसे । आखिर ति मित्रले पनि छिमेकीहरुले थाहा नपाउने गरी आफ्ना सहकर्मीहरुलाई भोज खुवाएरै छाडे ।माथिका दृष्टान्तहरु त केवल प्रतिनिधि घटनाहरु मात्र हुन् भोज महिमाका । यस्ता अनेकन औसरहरु तपाईंहरुले पनि थुप्रै भेट्नु भएको हुनसक्दछ । अर्कालाई उचालेर, फुर्काएर, धम्काएर या लालच देखाएर भोजमा मस्तीराम गर्न सिपालुहरुले नजानि“दो ढंगले भोजको मेसो जुराउने गरेको कुरा साच्चिकै रोचक लाग्दछ मलाई । ठूलो सफलता या बिशिष्ठ काम गर्नै नपर्ने भोज खानलाई । सामान्य मौसम परिवर्तन, लवाई खुवाईमा देखिएको नया“पन अथवा यस्तै कुनै दैनिक जीवनको क्रमभङ्गतालाई आधार मानेर प्रस्ताव राख्नेले राखिदिए पछि अक्षोभ्य पात्र भोजको चक्करमा नराम्रोस“ग फस्न पुग्दो रहेछ । नया“ बाटो हि“डे पनि भोज, नया“ विचार ल्याए पनि भोज, नया“ पुस्तक पढे पनि भोज, पत्रपत्रिकामा नाम प्रकाशित भए पनि भोज, सधैंको भन्दा भिन्दै शैलीले कपाल कोरेको भए पनि भोज, भाषण गर्ने या सासन गर्ने अवसर पाए पनि भोज । धन्य छ भोज भवसागर । भोज खुवाउनका लागि गरिने विनित् प्रस्तावहरुको श्रृङ्खला निकै लामो हुन सक्छ । अरुलाई इल्लीबिल्ली पार्न र अप्ठ्यारोमा पार्न खप्पिसहरुले अनेक बहाना बनाएर कतै तपाईको सामु पनि भोजको प्रस्ताव लिएर आइपुग्लान है, होशियार हुनुहोस् । कुनै सोधखोज नै नगरी प्याच्च भन्न सकिने ‘भोज’ वास्तवमा ताजुबको चिज रहेछ । भोजमा मोज गर्न पल्केकालाई यसको स्वाद अनौठो र अचाक्ली नलागे पनि अक्करमा परेर भोज खुवाउनु पर्ने बाध्यात्मक अवस्थामा पुगेकालाई यसले कति चक्कर खेलाउ“छ भन्ने कुरा परेकाले मात्रै जान्ने कुरा होला । छानी छानी र गनी गनी रोजै भोजको तारतम्य मिलाउन जानेकाहरुले अरुलाई कत्तिको भोज भतेर खुवाउ“छन् होला मैले यसै भन्न सक्तिन । नेपाली वृहत् शब्दकोषले भोजलाई परिभाषित गरेका आधारमा भन्ने हो भने कुनै खास चाडपर्व वा बिहे बटुलोमा धेरैजना सहभागी भएर खाइने भोजन वा भतेरलाई भोज भनेर बुझाइएको छ । तर अचेल विकास भएको भोज संस्कृति यो परिभाषाबाट पृथक देखिन्छ । आफ्नो खल्तीमा पैसा छैन या भएर पनि खर्च गर्न मन मान्दैन भने नजिकको मित्रलाई प्रस्ताव राखे भैहाल्यो ‘लौ है, आज त तिमीले फलानो उपलक्ष्यमा भोज खुवाउनै पर्दछ है ।’ आफूले खुवाउन पर्ने भए अनेक तानाबान बुनेर बहानाबाजी गर्ने, आफूले यसरी भोज खान छोडेको धेरै भएको भनेर झुट्टा जानकारी गराउने तर अर्काको सित्तैमा पाउने भएपछि दिनभर कुरेर भएपनि केही न केही हात नपारी नछाड्ने लुच्चाहरुको तरिका देखेर अचम्म मान्नु बाहेक केही गर्न सकिने अवस्था हुने रहेनछ । अझ रोचक प्रसङ्ग त के रहेछ भने अर्कालाई भोजको एम्बुसमा पार्न कसरी सकिन्छ भन्ने बारेमा ससानै भएपनि अनुभवसिद्ध सोध गरेकाहरुले मान्छे हेरेर भोजका भेराइटीहरु निर्धारण गर्दा रहेछन् । यस्ता बुज्रुक भोजवादीहरुले सामान्य मासुभुजालाई भोजको सूचिमा नै राख्दा रहेनछन् । अर्काको मेजमानी खाएर मुख मिठ्याउन पल्केकाहरुले मासुभुजालाई निम्नकोटीको भोजन मान्दछन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्दछ । भएसम्म विदेशी सोमरस नभएपनि स्वदेशी सिलबन्दी सहितको बसिबि“यालोलाई यिनीहरुले मध्यमस्तरको भोज मान्दा हुन् सायद । यसभन्दा उपल्लोस्तरको भोजको त के कुरा गर्नु र ? सानाठूला व्यापारिक कारोवार, ठेक्कापट्टा, लेनदेन, कमिशन आदिका बारेमा निश्कर्ष निकाल्ने र नमिलेका कुरा मिलाउने यस्ता तहका भोज भतेर अलिक फरक शैलीले व्यवस्थापन गरिएका हु“दा हुन् । भोजलाई घा“टीबाट भित्र छिराउन बिशिष्ठ खालको सितनको भिन्दै व्यवस्था गरिएको हु“दो हो । आ“, थाहा नभएको विषयमा के कुरा गर्नु र ? बिछट्टैको विषय के पनि छ भने अरुले भोज खुवाऊ भनोस् या नभनोस् आफै मपाई भएर भोजको प्रायोजन गर्नेहरुको पनि कमी देखेको छैन मैले वरपर । आफ्नो गैरकानूनी काम फत्तै गर्न, दुनियालाई ठगेर कमाएको कालोधनलाई चोख्याउन तथा आफूले गरेको नाजायज कामलाई जायज बनाउनका लागि समर्थन बटुल्न आयोजना गरिने यस्ता नियोजित तथा कुत्सित मनसायले तय गरिएका भोजहरु भोज मध्येका खतरनाक भोजहरु हुन् । यस्ता भोजहरु कुनै ठोस सन्दर्भ, अवसर वा बहानाबिना नै आयोजित हुन्छन्, र भोजका बारेमा कसैले अत्तोपत्तो नपाओस् भनेर खुब सतर्क हुन्छन् तथकथित आयोजकहरु । यस्ता भोजहरुमा सकेसम्म कलमजीवीहरुको नजर नपरोस् भनेर विशेष सतर्कता अपनाइन्छ भने कतिपय अवस्थामा सोमरसका पारखी कलमजीवीहरुलाई विशेष निम्ता गरेर तिनको विवेक र धर्मलाई खरिद गरिन्छ या निस्तेज पारिन्छ । खासै काम नभए पनि अथवा अन्य आर्थिक स्वार्थ केही नभए पनि छिमेकीलाई फूर्ति देखाउन पनि कसै कसैले यस्ता भोजको आयोजना गर्दा रहेछन् भन्ने कुरा पनि रोचक नै हुने रहेछ । आफ्नो घरमा राती अबेरसम्म गाना बजाना, मोजमस्ती र पाहुनाहरुको आवत जावतलाई देखाएर छिमेकीलाई खुच्चिङ गर्न चाहनेहरुको छोटो बुद्धिले आफ्नै धन खर्चेर यस्ता भोज आयोजना गर्न उक्साउने रहेछ । अझ गाडीवाला पाहुना परे भने त के चाहियो र ? आयोजक त्यसै मख्ख, छिमेकीले देख्ने गरी गाडी पार्किङ गर्न लगाउने र आफूहरु भित्रभित्रै दङ्ग पर्ने । ती बिचरा आयोजकहरुलाई के थाहा, आफ्नो स्रोत साधन खर्च गरेर जति खुवाए पियाए पनि पाहुनाहरु सधैंका लागि आफ्ना हुन सक्दैनन् भनेर । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ । खान पल्केकाहरु खान पाउञ्जेल न आफ्ना हुन्छन् । खान पाउन छोडे पछि मरेको जन्तुलाई उपिया“ले छोडे जस्तो छोडेर जान्छन् । आफूले कहिल्यै भोजका नाममा जन्मदिनका अवसरमा एउटा चक्लेटसम्म नबा“ड्नेले अरुबाट भने बडे बडे अपेक्षा गर्नु र अरुका कुरा काट्नु पनि अनौठो खालको संस्कृति छ हाम्रो समाजमा । बजारमा गएर कुनै सामान लिएर सकेसम्म पैसा तिर्न नपरे हुन्थ्यो भन्ने र अनेक बहाना बनाएर फुत्कनेहरु या लाजै नमानी साथीभाइलाई आफूले खरिद गरेको सामानको दाम तिराउनेहरु अरुबाट भने उपल्लोस्तरको आस राख्दा रहेछन् । यस्ता दहिच्यूरेहरुको आनीबानी थाहा भएकाहरुले तिनलाई सकेसम्म भोज भतेरबाट बहिष्कार गर्न थालेको कुराले भने भोजको संस्कृति नया“ मोडमा पुगेछ कि भन्ने लागेको छ । तैपनि भरोसा गरिहाल्ने आधार केही पनि छैन, किनकी सित्तैमा खान पल्केकाहरुले जे गरेर भएपनि दातालाई रिजाउन सक्दछन् । आफ्नो जिम्मेवारी, पद वा सामाजिक हैषियतको वनावटी फूर्ति देखाएर दुनो सोझ्याउने काइदा त तिनलाई जति अरु कसलाई थाहा छ र ? सित्तैमा पाइने भए अलकत्रा पनि नछोड्नेहरु बेलुका भोज खानु पर्ने भए बिहानदेखि नै आधापेटमा बस्ने गरेको जानकारहरुले बताएको कथनी हो । पेटमा बिसन्चो छ भन्दै भन्दै थालीका थाली थप्दै जानेहरुले गरेको बहाना अतिनै नसुहाउ“दो देखि“दो रहेछ कहिलेकाहि“ । यति मात्र कहा“ हो र, मैलै त यहा“ ग्रहण गरिहा“ले घरकाहरुलाई पनि अलिकति लगिदिन पाए हुन्थ्यो भनी मुख फाल्ने भातमाराहरु पनि यही कोटीमा पर्दछन् भनी बुझ्दा अनौठो मान्नु पर्दैन । अचेल भोजको बजारमा नविनतम भोज संस्कृतिले पनि प्रवेश पाएको रहेछ । त्यो हो सामुहिक तिरनतारनवाला भोज । अर्थात पालो लगाएर पैसा व्यर्होने । केही साथीभाइ मिलेर पालैपालो भोजको आयोजना गर्ने र आआफ्नो पालोमा परेको खर्च सम्बन्धित व्यक्तिले भुत्तान गर्नुपर्ने । तुलनात्मक रुपमा यो प्रकृतिको भोज अन्य प्रकारका भोजभन्दा उन्नत यो अर्थमा देखिन्छ की यसमा सबैले पालैपालो रकम तिर्छन् । सामुहिकतामा आधारित भएर उपभोग गर्ने प्रणालीलाई प्रवद्र्धन गर्न यसले सहयोग पुयाउन सक्दछ । तथापि, यसखाले प्रक्रियामा पनि कोही न कोही बेइमान, धुर्त र बद्मास निस्किहाल्छ । आफूले पैसा तिर्नुपर्ने पालोमा कुनै न कुनै बहानाबाजी गरेर पन्छिन्छ र साथीहरुको मात्र खान्छ, आफूले खुवाउ“दैन । खन्चुवाहरुको यहा“सम्मको धुत्र्याईं, कपट र छली व्यवहार ज्यादै आलोच्य विषय हो । त्यसो त पू“जीवादी बजार संयन्त्रमा यस्तो प्रवृत्ति त्याज्य हु“दैन, बरु अनेक ढंगमा पुज्य भएर देखा पर्दछ । ‘अर्काको खाऊआफ्नो जोगाऊ, अर्कालाई चुसआफू मोटाऊ, अर्काको घटाऊआफ्नो बढाऊ’ जस्ता नारा पू“जीप्रधान समाज व्यवस्थाका आम विशेषताहरु हुन् । कामचोर र खन्चुवाहरु अरुलाई उचालेर र उधिनेरै भए पनि भोज संस्कृतिलाई जोगाइराख्न कम्मर कसेर लागेका हुन्छन्, यसर्थ पनि कि यसले नै उनीहरुको वर्ग विशेषतालाई संरक्षण गर्न सघाउ पुयाउ“छ । खाना, नाना, गाना र अनेकथरी तानाबानामा विश्वास राख्नेहरु आफूहरु केवल ‘खानका लागि जन्मेको’ भन्ने भुलभुलैयामा बा“चेका हुन्छन् । खाने तर आफ्नो हैन, अर्काको खाएर बंगुर मोटाए झै मोटाउन चाहनेहरु नामका पनि त्यत्तिकै भोका हुन्छन् । भोज र मोजको सहयोगले आफ्नो नामले पनि उचाई लिंदै जाओस् भन्ने उनीहरुको आन्तरिक चाहना हुने गर्दछ । त्यसै भएर यी भोकपन्थीहरु बिहान सबेरैदेखि तालुकदारहरु कहा“ फोनबाट जिउ हजुरी भजाउ“दै भोज खान पाऊ“ भनी बिन्ती बिसाउने गर्दछन् । कतिले त भालेको डा“कोस“गै कथित ख्वामीतका दैला कुर्न पुग्दछन् । अर्काको खल्ती खला“स गराएर आफूले मोज गर्ने मती भएकाहरुले आफ्नो इमान जमानको खती भएको कुराको भेउसम्म पनि पाएका हु“दैनन् । दुनियाले के भन्ला ? मेरो इज्जत, मान, प्रतिष्ठा के होला ? भन्ने चिन्ताले यिनलाई छुदै छुन्न या नछोएको बहाना गर्ने गर्दछन् । ‘लाज नमान्ने त हो’ भनेर हाकाहाकी भोजको गन्ध सु“ग्दै सडकसडक हि“ड्नु इज्जतको विषय हुनै सक्दैन । आफ्नो खल्तीबाट कौडी दाम ननिकाल्ने तर अरुको दोहोलो नै काड्छु भनेर आ“ट्नु लाजमर्दो कुरा हो । सधैं अर्काको भर भरोसामा कति दिन इज्जत जोगाएर चल्ने हो ? भोजपन्थी र मोजपन्थीहरुले समय छ“दै विचार पुयाए जाती हुन्थ्यो कि जस्तो लाग्छ । साथीभाइलाई एककप चिया खुवाएको पैसा तिर्नुपर्ला भनेर आफूले चिया पिउन छोडेको बहानाबाजी गर्ने र सित्तैमा पाएमा सबैभन्दा पहिले चियाको गिलास तर्तेनेहरु तथा अर्काले प्रायोजन गरेको भोजमा मोज गर्नेहरुको आम विशेषता समान प्रकृतिको हुने गर्दछ । यी दुबै स्वभावगत रुपमा एउटै ड्याङका उत्पादन होलान् कि ? अगाडी परेका बेला कपोलकल्पित बहाना गर्ने र उम्कने तर पछि यसो गरे“, उसो गरे“, हिजो साथीभाइकाबीचमा यति खर्च गरे“ भनेर खर्चको फेहरिस्त सुनाउने लुतेहरुको व्यवहार हेर्न लायकको हुने गर्दछ । सधैंजशो आफ्नो खर्चपर्चको फा“टवारी फुकाउनेहरु र सधैं केही न केही कुराको अभाव भएको सुनाउनेहरु अरुको समस्याको बारेमा कसरी नजरअन्दाज गर्न सक्दा होलान् र बिनाहिच्किचाहट भोजका पछाडी दौडदा होलान् ? अचम्म लाग्दो विषय छ । जे होस्, आफ्नो भकारी भरेर अर्काको रित्ताउने चाहना राख्ने दुष्टमती भएकाहरुले मोज गर्न थरीथरीका बहाना बनाएर भोजको जोहो गर्ने गरेको कुरा सबैले आआफ्नो क्षेत्रबाट अनुभव गरेको या देखे जानेको विषय नै हो । वास्तवमा भोज र मोजको संस्कृति यो वा अर्को नाममा मौलाउनु नया“ नेपालका लागि शुभ संकेत नहुन सक्दछ । शाब्दिक अर्थबोध गर्ने हो भने भोज र मोज भनेका बिलासिता एवं राम रमीतास“ग सम्बन्धित पदावली हुन् । स्वाभाविक रुपमा मुलुकले यतिखेर आफ्नो काया परिवर्तनका खा“तिर सबै देशबासीहरुका तर्फबाट इमान्दार मेहेनत र परिश्रमको अपेक्षा गरिरहेको छ । जो जहा“ छ त्यही“बाट आफूसक्दो सकारात्मक भूमिका खेल्नु पर्ने आजको आवश्यकता हो । यसको विपरित भोग बिलास र मोजमस्तीमा रमिरहने तरिकाले नया“ नेपाल विनिर्माणको संकल्पमा कुनै योगदान पुग्न सक्दैन । यसबाहेक कर्मको संस्कृतिलाई तिलाञ्जली दिएर अर्काको कमाईमा रम्ने तथा अर्कालाई चुसेर खाने प्रवृत्तिलाई बढावा दिने हो भने त्यो भन्दा अर्को ठूलो बेइमानी केही हुनेछैन । वस्तुतः आजको अपरिहार्यता भनेको आफ्नो कर्ममा गर्व गर्ने, पसिनाको कमाईलाई जे जस्तो छ, मिठोराम्रो मानेर उपभोग गर्ने र राष्ट्र निर्माणको महाअभियानमा दर्विलो इट्टा थप्नु हो । सबैलाई चेतना भया । (युवा समाजशास्त्री श्री पहाडी शिवालय बुहमुखी क्याम्पस कुश्मा, पर्वतमा प्राध्यापन गर्नुहुन्छ ।)
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
परिवर्तन र नारी स्वतन्त्रता
निबन्ध
योगेन्द्र उपाध्याय 'पुष्प'
9, 2011, 7:42
योगेन्द्र उपाध्याय 'पुष्प'
नेपाल परिवर्तनको चाहना गर्ने देश हो । यहाँ नेपाललाई नै परिवर्तन गराएर नयाँ नेपाल बनाउने सोँचहरु पनि आए तर सोँच परिवर्तन गर्न चाहने नै परिर्वन भए तर परिवर्तन भएन केहि । संविधान परिवर्तन हाम्रो प्रमुख लक्ष्य हो यही परिवर्तनहरुको भीडमा नारीवादी विचारकहरु स्वस्थानीका बुकहरु र धार्मीक बुकहरु परिवर्तन गरेर स्वतन्त्र हुन चाहन्छन् । ती महान् नारीवादीहरुप्रति समर्पीत हो यो चिठी ।दिदी,हजुरको लेख नारी स्वतन्त्रताको लक्ष्यमा पुग्न एउटा गोरेटो बनोस् यो मेरो शुभकामना हो, तर के इतिहास वा कथाका पानामा नारी उच्च हुनु के नारी स्वतन्त्रता हो र ? दिदी इतिहासका पानामा स्वतन्त्रता पाउन हजुरले विश्वका सम्पूर्ण किताबका पाना बदल्नु पर्ने हुन्छ र शायद हजुरसँग स्वस्थानीका सम्पूर्ण सँस्करणहरु परिवर्तन गर्ने क्षमता पनि छैन होला ! दिदी राणा शासनको बेलामा उनीहरुलाई प्रसंशित बनाएर छापिएका बुकहरु च्यात्दैमा शहीदहरु जीवित हुँदैनन् न दशवर्षसम्म देशमा पुत्र गुमाएका व्यक्तिहरुको इतिहास बदल्दैमा चीताबाट उडेका खरानीहरुमा प्राण नै थपिन्छन् । दिदी इतिहासलाई वर्तमानका कुराले मात्र मेटाउन सक्ने भए शायद पुरुष महिलाका गुलाम हुनेथिए किनकी जति अहिले महिला स्वतन्त्रताका कुरा उठ्छन् शायद त्यति पुरुषको निरँकुशताका कुरा इतिहासका पानामा छैनन् होला ।दिदी, के स्वतन्त्रता भनेको अरुले दिएको आकाशमा उड्नु हो र ? र मेरो विचारमा अरुले नदिएको आकाश खोसेर त्यो आकाशमा उड्नु पनि स्वतन्त्रता होइन । दिदी, के स्वतन्त्रता भनेको आफ्नो खुट्टामा बाँधिएको सिक्री चापि अरुसँग माँगेर बन्धनमुक्त हुनु हो र ? दिदी, के स्वतन्त्रता त्यो वस्तु हो र ? जुन अरुको अस्तित्व भन्दा आफ्नो अस्तित्व उच्च पारेर बनाइएको हुन्छ ? दिदी, स्वतन्त्रता भनेको त त्यो अमूल्य निधी हो, जो आफूभित्र हुन्छ र माग्नु पर्दैन कसैसँग । दिदी, यो कुरा हमेशा याद राख्नुस् तपाईँको लागि आरक्षण गरिदिएको कोटामा जागीर खान पाउनु तपाईँको स्वतन्त्रता होेइन ।दीदी मानिस अरुमा दोष देखाएर आफूलाई निर्दोष सावित गरेर स्वतन्त्र भएको महशुस गर्दछ, तर आफू भित्रको दोष देखाएर उ स्वतन्त्र बस्न सक्दैन । दिदी, के हजुर भिनाजु भन्दा बढि कमाउने हुनुहुन्छ ? दिदी के तपाईँ भिनाजुभन्दा बढी शिक्षित हुनुहुन्छ ? दिदी, म भन्न त चाहन्न तर के मेरी भाञ्जी पी.एच.डी. गर्दैछिन् भने उसको के उसको हात तपार्इँ बिना कुनै सँकोच एस्.एल.सी. फेल भएको केटाको हातमा दिन सक्नुहुन्छ ? नाईँ सक्नुहुन्न होला ! सके पनि कसैलाई (पुरुषलाई) देखाउन गर्नुहुन्छ, तर अरुलाई देखाउन आकाशमा जतिसुकै पँख फैलाएर उडेपनि त्यो पंछी स्वतन्त्र हुन सक्दैन । दिदी, तपाईँ स्वतन्त्रताको कुरा त गर्नुहुन्छ तर स्वतन्त्रताको बारेमा सोँच्दा पनि परतन्त्र हुनुहुन्छ । नत्र किताब बदल्ने जस्तो तुच्छ विचार हजुरजस्ती विदूषीमा आउने थिएन होला !दिदी मैले सुनेको यौटा कुरा, सत्य हो वा होइन थाहा छैन । अदालतमा नारी वकीलले न्यायाधीशलाई श्रीमान् भनेर सम्बोधन नगर्ने रे ! शब्दमा अल्झीनुभयो तपाईँहरु । श्रीमान् भन्दैमा कोहि श्रीमान् हुँदैन, तपाईँले श्रीमान् भन्दा तपाईँको श्रीमान्लाई त केहि असर परेन भने तपाईँलाई किन असर पर्यो ? यदि तपाईँ आफूलाई सती साबित्री बनाउन अरुलाई श्रीमान् भन्न चाहनुहुन्न भने तपाईँको सतीत्व कसको लागी हो ? एउटा पुरुषकै लागि त हो नि ! दिदी, शब्दमा अल्झनुभयो भने तपाईँलाई शब्दमै रमाउने ह्याबिट हुन्छ र आइ एम स्योर तपार्इँले पुरुषको विरुद्धमा एउटा डिक्सनरी तयार गर्न सक्नुहुन्छ, यौटा पुरुषको विरुद्धमा गाइड लाईन तयार गर्न सक्नुहुन्छ तर गाइड लाइन ले स्वतन्त्रता प्रदान गर्दैन । दिदी, स्वतन्त्रताको गाइड लाईन हुँदैन । स्वतन्त्रता त्यो अलौकिक वस्तु हो जसलाई गाइड लाईनले सिमीत बनाइदिन्छ । गाइड लाइन भन्नु र पिँजडा भन्नुमा के फरक देख्नुहुन्छ तपाईँ ?दिदी, नेपालमा यौटा कानुन बनाइयो । पत्नीसँग पतिले जबर्जस्ती यौन सम्पर्क गर्न नपाउने रे ! दिदी, यौन क्षमता पुरुषसँग पनि हुन्छ र महिलासँग पनि अझ महिलामा पुरुषभन्दा छ गुणा बढी नै हुन्छ । इतिहासमा सबै पुरुष पत्नीभन्दा शारीरीक रुपमा बलीया पनि थिएनन् होला, कुनै पत्नीले पतिलाई पनि जबर्जस्ती यौनन्मुख गराएकै थिए होलान् तर पुरुषले कहिले कानुनका किताबमा यो कुरा लेख्न चाहेन तर महिलालाई यो कुराले किन यति प्रताडित बनायो । दिदी, धर्मा मुभीमा महिलाले पुरुषको बलात्कार गरेको यौटा दृश्यलाई सेन्सर गरिएको कुरा हजुरलाई ज्ञात होला ! दिदी, यो सेन्सर महिलाको पक्षमा हो भन्ने ठान्नुहुन्छ भने यो तपार्ईको भ्रम हो । किनकि यौन क्षमता दुबैमा हुन्छ र बलात्कार गर्ने प्राकृतिक अवगुण पनि दुबैमा हुन्छ, त्यो महिलाको अवगुण प्रस्तुत गर्दा आफ्नो इज्जत पखालीएको महशुस किन भयो महिलाहरुलाई । अनि अर्को कुरा, यदि कुनै महिला पुरुषको यौनिक अत्याचार सहन चाहन्ने भने डिभोर्स गरेर बसोस् ! डिभोर्सित महिलालाई सोसाइटीले चैनसँग बस्न दिँदैन भन्नुहोला ! दिदी, तपाईँको युद्ध पनि सोसाइटिको विरुद्धमा हो भने किन सोसाइटिबाट चैनको अपेक्षा गर्नुहुन्छ ? दिदी, यथार्थलाई नछुपाइ भन्न पर्दा, हिस्टेरीया महिलामा लाग्ने रोग हो ।अल्पविद्या भयँकरी, दिदी, वैज्ञानिक रुपमा हावादारी छन् पूर्वीय दर्शनका किताबहरु, किनकी तपाइलाई हावादारी कुरा सुन्ने बानी परिसकेको छ, तपार्इँलाई स्वस्थानीको बुक त्यो पनि नेपालीमा पढ्न एक हप्ता लाग्यो र सँस्कृत साहित्यमा स्वस्थानी जस्ता बुकहरु लाखौँ होलान् र तपाइलाई ती पुस्तक पढ्न कति समय लाग्ला र त्यसको निचोड निकाल्न कति समय लाग्ला ? दिदी, फेरी हावादारीकै कुरा गर्ने हो भने मुस्लीम सोसाइटीमा महिलालाई बुर्का लगाउने सिस्टम अझै पनि छ, दिदी, हजुरलाई थाहा नहोला बाइबलमा पृथ्वी च्याप्टो बताइएको छ, जैन धर्ममा दिगम्बरहरु नाङ्गै हिँड्छन् र यसरी हेर्नुभयो भने महिलालाई दिगम्बर बन्न रोक लगाइएको छ । अब यीनीहरुलाई पनि परिवर्तन गर्नुपर्छ । दिदी, मलाई तपाईँको अस्मीता रक्षा गर्न भाइटिकामा दिएको बचन अझै पनि याद छ, दिदी, भन्नुस मात्र तपाई मलाई, मसँग महाभारत, पुराण, दर्शन, प्रतिशाख्य, शिक्षा, बेद, उपनिषद, व्याकरण, गीता, रामायण, बाइबल, कुरान, गुरुग्रन्थ साबिह, धम्मपद, त्रीपीटक पुनर्लेखन गर्ने क्षमता छ, तर म यसमा विश्वस्त छैन कि किताबलाई परिवर्तन गर्दैमा तपाईँ स्वतन्त्र बन्न सक्नुहुन्छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
भन् भगवती !
निबन्ध
युवराज नयाँघरे
13, 2011, 8:14
आज चैँ चर्कियो कलह ! यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा । आँगन जोडिएको दुई घरमा मानिस छैनन् । सबै पसेका छन् खाडी र जोहो गरेका छन् साँझबिहानको चुलो तताउने । तर यतिबेला लासको बाकस आएर बसेको छ आँगनमा । अनेक अड्कलबाजीका शब्दको पालोपहरो छ, छ । भगवती र अमरावतीका कुरा सुनिरहेको छु म । सँधैको विपन्न, बिजोग र बेहालमा समयका पाङ्ग्रा गुडाए यिनले । गाउँमा मान्छेको हाहाकार भएर केके ठानिरहेछन् यी सरल अनुहार ! अर्थ आँफै लगाइरहेछु म । ‘मलाई त छोरो गएदेखि खाएको अन्न नि माटै चबाए झँै लागिरा छ ! धर्ती फाटेर आफू तलतल गए झैँ भाकोभाकै छ ! भन् त भगवती, तँलाई कस्तो हुन्छ ?’ कुरो एउटै छ । अर्थात् दुबैका छोराहरु पसिना खर्चेर धनको बिटो बोक्न गएका छन् । आशाको मसिनो ध्वनि वरपर जताततै तरङ्गित छ नै । अमरावती बोल्छे । ‘मैले रगतको फाल्साबाट बनाएकी हुँ । पानी खाँदा नि पिरोलिन्छु । अन्न निल्दा नि भुटभुटिन्छु । कुन रात, कुन दिन सारा घर रित्तै !’ भगवतीको उत्तर सुन्छु । मरेको लास भगवतीको छोराको सँगी थियो । बाकसमा कोचिएर आएको मुर्दा अमरावतीको छोराको दौँतरी थियो । समयका कुइनेटामा प्रश्नका गजबार अब भटाभट देखापरे । सुरक्षित को होला ? को सद्दे आउला ? अथवा सबल अनुहारले यो आँगनमा खित्का छोड्न सक्ला ? म एउटा कुनाबाट ती दुई विधवाका कुरा सुनिरहेको छु । आँखा त छोपुँला तर रगतपच्छे सभ्यताको दृश्य कसरी बिर्सनु ! कान त थुनुँला तर आँसुका आहालका सुँकसँुकाइ कसरी भुल्नु ! ओठ त चूप लगाउँला तर आपट्टे भक्काना कसरी थाम्नु ! ‘भन् भगवती ! कत्ति हैरानी खपिरहेकी छस् तैँले ? मेरा घरका बस्तुभाउ सार्ने मान्छे मैले कतैबाट नि पाइनँ । घाँस, कुँडे र सोत्तर नभएपछि पशुले नि हाम्रा लागि मनुष्यत्वको दर्जाबाट तल झार्दो रहेछ । एकदमै तलंंं ! मलाई यतिखेर भैँसीको किलो बनाइदिने एउटा तन्नेरीको खाँचो छ चरमचरम ।’ अमरावतीको वेगवान बोली छ । हरेक अवस्थाले विध्वस्त लाग्छ बस्ती । पहिरो थेग्ने पाखुरा, जँघार रोक्ने जोस र भल थाम्ने आँट नभएको दृश्यमा उभिएको छु म । ‘मलाई समस्याले जति थिचेको छ । उम्किन मिल्ने सुझावको कुनै एउटा स्वर सुन्न सक्दिनँ म । मैले मेरो भविष्यका हरेक मानाचामल पठाएँ । अब पर्खेर बस्नुको विकल्प छँदै छैन !’ भगवतीको सोझो आवाज सुन्छु । गाउँबाट छानिएर गएको पुस्तासँग समयको कुनै व्यवधान ओर्लिएको छैन किञ्चित । जे विपत्ति, जे असहज र जे चौपट भोग्नु पयोबस्तीका सबै खाले हृदयले स्वीकार्नै पयो । मानिस हुँदाको मूल्य कतिकति ! यो बेला यी सबै अकाल वा खेदशून्य कथा सबै बार्दलीले बोलिरहेकै छन् । यतिखेर चकमन्नतामा मानिसविहीन बुइँगल देखिइरहेकै लाग्छन् । ‘चाडपर्वले आँखा तर्छन् । कसका निम्ति पकाउनु ? कसलाई भनेर पर्खनु ? अथवा टपरी, बोहोता वा दुनामा परिकारको भाग लगाएर पर्वको अर्थ खोज्नु ? भो, मलाई भताभुङ्ग हुँदै गइरहेको संसार चाँडै सकिए हुन्थ्यो भन्ने लाग्न थालिरा’छ ।’ अमरावतीलाई सुनाई भगवतीले । नबोली भएकै छैन दुबैलाई । आखिर सुन्ने र सुनाउने समाजको सबभन्दा शक्तिशाली रुप यिनै दुई अनुहार हुन्हजार थप्पड खाएका मुजे गाला र भास्सिइरहेका आँखा र उठिरहेको च्युँडोसहितका वृद्घा विधवाहरु । कठोरतालाई पाए पगाल्नु हुन्थ्यो ! ‘भन् त भगवती ! तेरो छोराले कसको मात्र भाषण सुनेन ? कसको नारा लाएन ? कति हण्डर खाएर कहाँकहाँ टाढाका बग्गीखाना र जेलखानामा थुनिनु पयो । कुन्दाको कुटाइ र बाघेझप्पुको झम्टाइले कति दिन आलसतालस भयो तेरो छोरो ! तैपनि त्यसले कतै भुइँ कोरेर थाकेन !’भगवतीको छोराले गाउँमा नयाँ समाजको मौसम छयो । बल्ल जीवनजीवनजस्तो, ढुकढुकीढुकढुकीजस्तो र दृष्टिदृष्टिजस्तो भएर गतिशील भएको ठानेथे सबैले । विस्थापित एक पटक फेरि भयो त्यो नयाँ सोच ।‘हो, खेतमा खेती गरौँ । आँगनमा कुरा रोपौँ । बारीमा तरकारी छरौँ । मेरा छोराले लगाएको नारा यति थियो । मात्र यति थियो । अमङ्गल कुरा थिएन त्यो !’म भगवतीका कुरा सुन्छु । म अमरावतीका आवाज सुनिरहेको छु । यी वृद्घा आमाहरुका निष्कपट बोलीमा शक्तिशाली दर्शनका केस्राकेस्रा ओर्लिएको अनुभूत गरिरहेको छु ।ताँतीमा मिसिएथे दुई किशोरहरु !सम्भाव्य परिणामले पार्ने वृतान्त यतिखेर भेटिन्छ । बितिरहेको कालखण्डमा नापजोख भइरहेको चरित्रले चनाखा आँखा लगााएको पाइरहेको छु म । ‘भन् त भगवती, तेरो छोराले कसको मात्रै आदेश सुनेन होला ?’‘भन् त अमरावती, तेरो छोराले कसको मात्रै उर्दी दिमागमा घुसाएन होला ?’दुबैका प्रश्न छन् दुबैलाई ।म यी उही स्थिति र उही अवस्थामा सास फेरिरहेका बस्तीका सबभन्दा उँचो मानवीय अनुहारलाई पढिरहेको छु । अनुहारले भनेका छन्‘ हाम्रा निम्ति त्यही कृतज्ञता हो, दिनु र फेरि पनि दिनु !’यो अर्थ यसरी पनि लाग्न सक्छ‘सन्तानका सबै खुशी, उल्लास, श्रम र पसिना दिनु !’मानिस भएर बाँच्ने चाहनाको अपेक्षा गरिनु कृतघ्नताको गाढा टीको टाँस्नु थियो निधारमा । मैले पुछ्रने प्रयत्न नगरेको होइनतर शक्ति, सामथ्र्य र तेज थिएन कसैसँग ।मानिसहरुको धारणा छतेल थपेकै भरमा दियोको प्रकाश झन् उल्लसित भएर बल्छ । तर भगवती तथा अमरावतीको आफ्नो गच्छेअनुसारको तर्क हेर्दा लाग्ने गर्छहावाको चापले पनि ह्वारह्वारी बल्ने गर्छ बत्ती ।एउटा आँगनमा दुबै उभिएका छन् । सामान्य समाजमा पार्ने स्थितिले स्पर्श गरेको छ, छ ।शरीरको रगतमा कति क्रोध छ ? अथवा कति पश्चाताप छ ? अनुहारका मुजा छोएर अड्कलसम्म गर्ने हो ।अमरावती र भगवतीको वर्तमान त्यस्तै छ । ‘धर्तीजस्तो चोट हाम्ले मात्रै भोग्नु पर्ने । के मात्रै सहेनौँ हामीले । भातका डल्लामा आँसुको झोलले भिजाएकै हो । घुटुक्क पिउँदै, सुरुप्प पार्दै र सान्त्वनाका हिँक्का स्वीकारेकै हो नि ! भन् त भगवती !’अमरावतीका बोली सुन्छु अत्यासले अँगालिएको ।बिस्तारै बजारजस्तो आकार बन्यो त्यो रुवाबासीमा । मानिस नभएका होइनन्जिउँदो मान्छे दगुराउने थुप्रै थिए । तर यतिखेर मरेको मानिस थन्काउने कोही देखापरेका छैनन् ।एकले अर्कालाई हेर्ने पुरानै रोग छ । त्यो रोगलाई सबै दिइरहेछन् निरन्तरता । सारा गाउँ, टोल र बस्ती त्यसबाट निरपेक्ष छैन । अँह, छँदै छैन ।अब कसरी भाग्छन् यी दुई आमाहरु !भगवतीले भाग्ने कसरी ? अमरावतीले भाग्ने कसरी ? उही समाजलाई उस्तै भोजन, पोषणले हेरविचार गरिदैँछ । अब कसरी रहनु उकुसमुकुसबाट बेखबर !‘सुन् भगवती ! हाम्रा छोराले बाटो नबनाएका होइनन् । कुलो पैनीका फोहोर नहटाएका होइनन् । झार उखेलेर, उबडखाबड सम्म्याएर अनि लहरा पन्छाएर यो गोरेटो यति प्यारो नबनाएका होइनन् । तैपनि तिनका हातमा कुनै फूलको स्वागत कहिल्यै भएन । हुँदै भएन नि !’अटुट थाहा पाइरहेको छु म वृद्घा आमाहरुका रोदन ।हजार भँुवरीमा परेका हृदयको आगो साथको बोली छ, स्वर छ र तर्कनाहरु छन् । अकाट्य विचारका पाङ्ग्रामा दगुरिइरहेछन् यी आमाहरु ।‘भन् भगवती भन् ! यो बस्तीमा एउटा छोराले दिने सबै पसिना हाम्रा छोराले दिएकै हुन् । बाँकी केही थिएन । एउटा माटोको डल्लोदेखि एउटा बिरुवाले पाउने स्याहार सम्भारसम्म हाम्रा छोराबाटै पाए । सुरक्षा, स्नेह र साथ सँधै पाए !’अमरावतीका कापिरहेका आवाज छन् । असुरक्षा, अन्याय र आपतका तिखा सुइरामा थला परेका लाग्छन् ती आवाजहरु ।आँगनमा चाङ छ वेदनाको । ‘सबै खोसे । अरुले त खोसेखोसे, आफ्नाले झन् क्यै नराखी खोसे । एक थोपो नराखी खोसे । हामीलाई सर्वाङ्ग पारेर थुते !’अमरावतीको आवेग छ अनवरत ।मानिसलाई अभाव बोध त्यतिखेर हुन्छसबैतिर समाप्तिको सूचना आउँछ जब ।भगवती र अमरावती त्यही अवस्थाका केही अनुहार हुन् । त्यस पर अरु कुनै चरित्र वा भूमिका तिनले पाउँदैनन् । किञ्चित् पाउँदैनन् ।आफ्नै छातीका कौलासा सुनाउँछन् ती ।‘मेरा घरको गारोमा बर्खाको भेल पसेकोपसेकै छ । मैले जतिसुकै माटो, ढुङ्गा र बालुवाको थुप्रो राखे पनि बग्न छोडेको छैन त्यो पेटी । अब माटो नहालेको कुरामा भन्दा राख्ने पद्दतिबारे ठीक नभएको तर्कले घेरिएको छु म । तन्नेरीका हातले राखेजस्तो माटो हामी बूढीहरुका कामले कसरी पूर्णता पाउने ?’एउटा गहन कुरा आयो ।सिङ्गो जीवनले जानेको तर्क । सारा उमेरले पहिल्याएको विचार । पुरै समयले पर्गेलेको सिद्घान्त ।बनिसकेको बाटोमा हिँड्नेहरुले बाटोबारै लगाउँछन् अनेक खोट । तर तिनले फर्केर कुनै एउटा ढुङ्गो सडकको कुनै पिँधमा कहिल्यै राख्तैनन् । आँगनमा इनारको पानी खाएर दोष देखाउने मान्छेको कुनै कमी छैन हाम्रो वरपर । तर ओखती, सम्भार वा परीक्षणका निम्ति हतपत मनले ताउरमाउर गरेको देखिन्न ।आँगनको बाकस कसले उठाउने ?अलिक उमेर वा शक्ति बोक्ने तिनै विधवा आमाहरु ह्ुन् । ती झनै भित्री अन्तष्करणदेखि नै थला परेका छन्, गलेका छन् र खुम्चेका छन् । नहारे पनि पराजयको बादल र चट्याङ छन् तिनमा । जिते पनि विजयको बोली तिनको वरपर आउन सकेको छैन ।‘भन् भगवती ! सरम लाग्नुपर्ने होइन । निल्न नसक्ने कुरा किन खानु ? हाम्रा छोराको हरेक थोक खाएर पनि पुगेन यिनलाई । अब के बाँकी छ यिनले खाने ?’आकुलतामा मान्छे न्याय वा निसाफका कुरा गरिरहँदैन । आफ्नै अदालतमा प्रमाणका अनेक अर्थ बोलिरहेको हुन्छ ।युद्घले थाकेको छ मन र शरीर ।सिङ्गो बस्तीमा जब थामियो युद्घको अग्निप्रलय । अनि सुरु भयो आफनै खोजखबर र अर्थहरुको बेलिबिस्तार । धेरै कुरा गुमेपछि, अब के बच्न सक्छ ?यही एउटा तर्कले सबैलाई उछिनेको छ निरन्तर !‘हामी कुनै बेला बिजोगमा पर्न सक्छौँ । कुनै दिन बाँकी रहेननकल्पेको, नरोएको र नटोल्हाएको ।’विधवा भगवतीको कलेँटी परेका ओठको आवेग सुनिरहेको छु म ।आँगनमा मसिना केटाकेटी छन् । भविष्यहीन पाइलामा डोर्रिएका किशोरी छन् झन् बेस्मारी । धेरै र झन् धेरै छन् वृद्घ र वृद्घाहरु । त्योभन्दा बढी देखिरहेछु म विधवाहरु ।हारेर अनि दबिएका थुप्रै विधवाले सेतो कपडामा बेहृेर अरुका आँखाबाट केही साथ खोजेजस्तो लाग्छ । किनभने सिङ्गो जीवनको बोझ तिनका थाप्लामा बसिरहेछ ढसमस्स ।लासको बाकस छँदैछ ।कुनैबेला दिनहुँ आउँथे यस्ता बाकसहरु । बस्तीमा त्यतिखेरैदेखि अभाव हुन थालेको होबाकस बोक्ने, चिन्ने र थन्काउनेको । अर्थात् युवा ज्यानको ।युद्घले पटकपटक नङ्ग्रा गाढेर सबै विध्वस्त पारिएको परिवेशमा बोल्नेहरु गलिसकेका छन् मज्जैले । जडता, कठोरता र संवेदनहीनताको कम्पन छ जताततै । यस्तो बेलामा बोल्ने को ?बाकसको लास बोल्यो‘भन् भगवती, भन् ! पाखण्डीहरुलाई अझै भन् !’
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
संवेदनाको कङ्क्रिटमा उभिएर
निबन्ध
रमण घिमिरे
28, 2010, 9:06
जब म झ्यालबाट बाहिर चिहाउन खोज्छु, सिमेन्टका बाक्ला जङ्गलहरूमा ठोक्किएर दृष्टि आफैँतिर फर्किन्छन् । कुनै बेला यही राजधानीलाई भानुभक्तले 'अमरावती कान्तिपुरी नगरी' भनेर स्वर्गको पनि शिरमा राखेका थिए । आज यो अमरावती धूँवा, धूलो र अनेकन प्रदूषणभित्र निसास्सिएर क्षयरोगी भएको छ । मान्छे त छन्, त्यसैले यसलाई बस्ती नभन्नु सार्थक नहोला तर मानिसभित्रको संवेदना अब राजधानीले समाहित गर्न नसक्ने भएको छ । राजधानी अब मानिसको चेतना र भावनाबाट बिस्तारै पाषण स्वभावमा रूपान्तरित हुँदैछ ।एक समय काठमाडौँ राजनीतिका लागि मात्र होइन, मोफसलका कवि-लेखकहरूका आँखाको पनि तारो थियो । यहाँ बस्नेहरूले मात्र सुविधा र प्रचारको स्वाद चाखिरहेछन् भन्ने मानसिकताले तिनीहरूलाई चिमोट्थ्यो र उनीहरू राजधानीका विरुद्धमा कुर्लिन्थे-'अब काठमाडौँ एक्लैले नेपाल थेग्न सक्तैन'(कृष्णभूषण बल) । थेग्न त अहिले पनि यसैले सारा नेपाललाई थेगिरहेको छ । यहाँ नआई जाबो पियनले पनि पदोन्नति पाउन सक्तैन । यहाँ नआई कुनै सर्जकले आफ्नो असीम प्रतिभा देखाउन सक्तैन तर सारा नेपालको भारी एक्लैले बोक्छु भन्ने दम्भले गमक्क फुलेको कुनै जमानाको काठमाडौँ आज सेखी झरेको पञ्चायतीकालका नेताको नियति भोगिरहेको छ । ऊ बेलामा सारा नेपालीको कल्याण गर्ने पशुपतिनाथ स्वयम् आज असुक्षित भएका छन् भने राजधानीले पुरानो फूर्ति झार्नु हिँग बाँधेको टालो देखाएर सम्पन्नताको आडम्बर देखाउनुभन्दा परत्र केही होइन ।सडकमा हिँड्ने मानिसले गाडीमा चढ्नेहरूलाई सरापिरहेछन् र गाडी चढ्नेहरू ती बाटामा हिँड्नेलाई किचौँलाझैँ गरेर जड, विवेकहीन सवारीझैँ क्रुद्ध भएर ब्रेक थिचिरहेका छन् । उनीहरू सडकमा हिँड्नेलाई सायद पशुतुल्य सम्भ"दा हुन् र झ्याप्प ब्रेक लगाउँछन् । सडक आखिर कसको हो र ? मान्छेकै त हो नि मान्छेकै आवागमनका लागि बनिएका हुन् यी सडक-बाटाहरू तर यसले आजको मान्छेलाई विभाजित गरिरहेछ । बाटो हिँड्ने र सवारीमा गुड्नेबीच विचार र सोचाइमा ध्रुवीकरण भइरहेछ । मानसिकता हो, मानिस जहाँ उभिएको हुन्छ, त्यहाँबाट हेर्ने उसको सोच नितान्त विपरीत हुन्छ । मान्छे त्यही हो, ऊ सडकमा हिँडिरहेको छ भने सडक काट्न नपाउँदा सवारीवालासँग रिसाउँछ । मान्छे त्यही हो, ऊ सवारीमा छ भने उसलाई सडक काट्नेहरूको ठेलमठेलबाट सवारी निकाल्नु पर्दा झोँक चल्छ । बसमा चढेकाले फुटपाथमा हिँड्ेनेप्रति र फुटपाथमा हिँड्नेले बसमा सवार मानिसप्रति आक्रोश पोखिरहेको हुन्छ । यो मानवीय स्वभाव हो । ऊ जहाँ छ, त्यहीँबाट मात्र हेर्छ, जहाँ उसका दृष्टि पर्छन् त्यहाँबाट आफूतिर फर्केर हेर्दै हेर्दैन । मानिसको दृष्टि जहाँ गएर थुरिन्छ, त्यहाँ उभिएर स्वमूल्याङ्कन गर्नसक्ने भए मानिस सायद भगवान हुन्थ्यो । तर ऊ बिस्तारै पशु भइरहेछ । जमिनका र सवारीका मानिसबीच एकअर्काप्रतिको ध्रुवीकरणीय अबधारणा र अस्वाभाविक स्वभावले राजधानी मानिस बस्ने सहरभन्दा पनि कुनै चिडियाखानामा परिवर्तित भइरहेछ । विचरा ! कुनै समय नयाँसडक र पुतलीसडक भन्ने यी दुई सडकले सर्जकको विचार विनिमयको काम गर्थे । यी सडकले लेखक, कवि, चित्रकार, सङ्गीतकार सबै क्षेत्रका कलमजीवी, स्वरजीवी, कुचीजीवी आदि सम्पूर्ण स्रष्टाहरूलाई भेला गराउँथे । भिन्नभिन्न क्षेत्रका सर्जकबीच एकअर्काका सिर्जनाका बारेमा भलाकुसारी गराउँथे, सिर्जनाका लागि उक्स्याउँथे ।स्वरसम्राट नारायणगोपाल चर्चित चित्रकार शशि शाहसँग बसेर चेस खेल्थे । चेस खेल्नु ठूलो कुरा होइन तर को-कोबीच यो खेल भयो भन्ने कुरा मुख्य हो । भूपि र नारायणगोपालको साहित्य र सङ्गीतबीचको पुल थियो भलाकुसारी । गोपाल योञ्जन भूपिको 'अल्झेछ क्यारे पछ्यौरी' लाई आफ्ना विलक्षण धुनकुशलताका कारण सारा नेपालीका मनभित्र बास बस्न सफल भए । यी स्रष्टा त्यसै महान् भएका होइनन् । यिनीहरू एकअर्काको साधना र विधागत ज्ञान राख्थे । एकले अर्काको विशिष्टताबाट आफ्ना सिर्जनाका लागि पाठ सिक्थे तर आज खै कहाँ गएर साटून् शशि शाहले आफूभित्रको भावना खै कहाँ पोखून् रवीन्द्र समीर र अमर न्यौपानेहरू आफ्नो मनमा छताछुल्ल उर्लेका संवेगलाई । अब फेरि एकै थलोमा जगदीश घिमिरे, राप्रउ पोखरेल र मनु व्राजाकीलाई भेटाइदिने वातावरण मिलाउन सक्छ समयले ? के एउटै आयाममा बाँधिएर मौलिक परिचय र जीवन्त सिर्जना उमार्ने नयाँ गोपाल, नयाँ नारायण र नयाँ नगेन्द्रलाई जन्मिने अबसर जुटाइदेला नियतिले ? एउटै बाटोमा हिँडेर पनि आ-आफ्नो पृथक मौलिकतालाई सुनिदिने, पढिदिने र बुझिदिने मन खै त ? कमलमणि दीक्षित, रमेश खकुरेल र कोषराज न्यौपानेबीच कुनै समय एकाकार भएको 'करको' समूहका यी तीन हस्तीहरूको कुनै समारोहमा बाहेक एकै थलोमा भेटघाट नभएको सायद वर्षौं भयो तर समय र वातावरणको अभावमा यस्ता कयौँ हस्तीहरूको मिलनगाँठो चुँडिएको छ ।यी द्रष्टा थिए, स्रष्टा मात्र होइन । यसैले नारायणगोपालले जगदम्बाश्री पुरस्कार पाउँदा भने, "नेपाली सङ्गीतलाई अगाडि बढाउनुपर्छ तर साहित्यसँग सन्निकट रहेर ।" यो उनले विनाकारण बोलेका थिएनन् । यो त भूपिजस्ता कयौँ साहित्यकारहरूसँगको सङ्गतबाट निस्केको निचोड थियो । अम्बर गुरुङलाई शङ्कर लामिछानेले फेरि नजन्मने प्रतिभाको रूपमा उल्लेख गरेका छन् । यी सम्पूर्ण कुराहरू भनेका एकअर्कालाई नजिकबाट नियाल्नु हो । आफ्नो मात्र होइन, अर्को क्षेत्रको जानकारीसमेत हासिल गर्नु हो । त्यसैले उनीहरू आफ्ना सिर्जनाका बुद्ध थिए । त्यस बेला नयाँसडकको पीपलबोटले यस्ता बुद्ध सर्जक जन्माउने अबसर दिन्थ्यो । पुतलीसडकले प्रतिभाहरूको अन्तस्थलभित्रै चिहाउने मौका दिन्थ्यो ।स्थानले वैचारिक विविधतालाई अभिव्यक्ति पोख्ने अबसर दिन्छ । हुन त आज पनि सञ्चारका झिँजाझँाक्राहरू व्यापक रूपमा विस्तार भएका छन् तर तिनले आफैँलाई फैल्याउने काम बढी गरिरहेछन् । समेट्नलाई वातावरण नै चाहिन्छ । वातावरण बनाउने जमघटले हो । खै त यो भएको । धेरै इँटाहरू चाङ लाग्दै एउटा भव्य भवन बनिन्छ । यसका लागि प्रत्यक्षतः एउटा इँटाको जति महत्त्व र अहम् देखिन्छ, त्यत्तिकै महत्त्वपूर्ण भूमिका एउटा इँटालाई अर्को इँटासँग जोड्ने सिमेन्टले खेलिरहेको हुन्छ । इँटाबिना सिमेन्टको अस्तित्व छैन र सिमेन्टबिना इँटाको पनि अस्तित्व छैन । आज पनि इँटाहरू त छन् तर तिनलाई जोडने सिमेन्ट हामीसँग छैन । सिमेन्ट पनि छ तर त्यसलाई इँटासँग जोडाइदिने समय, अबसर र अबस्था छैन ।त्यसैले भनिएको हो, भूगोलपार्क या नयाँसडक र पुतलीसडकले धैरे प्रतिभाहरूलाई जन्मायो तर आज यी सडकहरू खालि व्यापारका लागि भए, सर्जकका लागि हुन सकेनन् । अनि त घरको झ्यालबाट असीम चासो बोकेर जब म बाहिर चिहाउन खोज्छु, दृष्टिहरू पर्खालहरूमा ठोक्किएर निरन्तर फर्किन्छन् । क्षितिजसम्म पुग्नै सक्तैनन् । म कसरी तिनमा आयाम भरुँ ? दृश्यमा कुनै रङ तरङ्गित हँुँदैनन्, अनि म कसरी चित्र कोरुँ ? त्यहाँ न त मोहन कोइराला भेटिन्छन् ? न त दौलतविक्रम विष्ट ? भेटिन्छन् त खालि मेसिनका मान्छे र विचारका फलामहरू । अनि अग्लाअग्ला महलहरूभित्र कसरी फुलून् सुगन्धित र सुन्दर फूल ? नाम मात्रको पगरी गुथेर जीउन कति कठिन हुन्छ, रजौटोबाट फुटपाथे भएको मान्छेको पीडा भोगिरहेछ काठमाडौँले र सारा रामकहानी बागबजारलाई थाहा छ । नाम मात्रको अस्थित्व भोग्नुको ग्लानिभाव बागबजारलाई थाहा छ । अब कहिल्यै फूल फुल्न नसक्ने वागबजारलाई थाहा छ, सम्मन्नताको चुलीबाट भिखारी जीवन बाँच्नुको वेदना ।अग्लाअग्ला भवन र अट्टालिकाहरूको सङ्ख्या थपिँदै छ । म मेरो कार्यालयको झ्यालबाट बाहिर हेर्छु । केही ज्यामीहरू बीसौँ तलामाथिको बाहिरी पर्खालमा बाँसको खटमाथि उभिएर आफ्नो जीवन खतराको बन्धकीमा राखी भव्य भवन निर्माण गरिरहेछन् तर तिनलाई थाहा छैन्, यो कसका लागि गरिरहेछन् ? उनीहरूको काम हो घर बनाउने । को कसको भन्ने बुझ्नु अर्थहीन छ । अर्थ त खालि दुई छाकको गर्जो टर्ने ज्यालामा अडिएको छ । यस्ता अर्थ खोज्ने सामथ्र्य र विवेक तिनमा भएको भए, सायद तिनीहरूको पनि घर बनिने थियो । सम्पन्न सुकुमवासीले हालावादी गरी छाप्राभित्रभित्रै महल ठड्याए तर विचरा सच्चा सुकुमवासी तिनीहरूको घर भने कहिल्यै बनिन सकेन । तिनीहरू दिनभरि सिंहदरबार र राजदरबारहरू बनाएर राति फुटपाथमा सुत्छन् । ती भवनहरूमा सुन्दर रङ लगाउँछन्, बलिया झ्याल, ढोका हालिदिन्छन् तर निर्माणको पूर्ण अबस्थामा पुगेपछि आफैँले बनाएका भवनहरूमा ती प्रवेश निषिद्ध हुन पुग्छन् । कम्युनिस्टहरू भन्छन्, समाजमा शोषक र शोषित वर्ग हुन्छ । शोषकले शोषण गर्नु र शोषितले सेवा गर्नु नियति हो । ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा । त्यही हो, मेरो कार्यालयको झ्यालबाहिरको आलिसान भवनमा ती काम गर्ने र घर बनाउनेबीचको आपसी भर ।मैथिली रङ्गमञ्चका महान् रङ्गकर्मी महेन्द्र मलङ्गियाले भन्थे, इनार खन्ने मानिस इनार खनिउञ्जेलसम्म दलित हुँदैन तर इनारको पानी सङ्लिएपछि उ दलित भइसक्छ । उसको अस्थित्व र अवस्था धमिलिइसकेको हुन्छ । यो यथार्थ हो, उसले आफैँले खनेको इनारको पानी छुन पाउँदैन । कुनै तर्कले यथार्थलाई काट्न सक्तैन । बल्दो अगेनोमा हात हालेर मलाई आनन्द लाग्छ, यसले पोल्दैन भन्नु आडम्बर हो । सबैका पाइलामुनि जमिन छ र सबै जमिनमुनि पानी हुन्छ । त्योचाहिँ अछुत हुँदैन किनभने मानिसका नियन्त्रणबाहिरका कुराहरू सर्वस्वीकार्य हुन्छ । नियन्त्रणमा आइसकेपछि त्यहाँ सीमारेखा तेस्र्याइन्छ । बग्दो खोलाका मुहानमा गएर दलितले पानी पियो भने पनि त्यो अपवित्र हुँदैन किनभने मान्छेले खोलाको पानीलाई विभाजित गर्न सक्तैन । आफ्नो नियन्त्रणमा राख्न सक्तैन । प्रकृतिले समान अधिकार र अवयवहरू दिएको छ, सारा मान्छेलाई । यसमा मानिसले विभाजनको तगारो तेस्र्याउने अधिकार कोबाट प्राप्त गर्यो ?सिर्जनामा यस्तो हुँदैन । नत्र नारायणगोपाल, गोपाल योञ्जन, नगेन्द्र थापा सर्जक नै हुने थिएनन् । यिनीहरूमध्ये कोही मेरो कार्यालयअघिको बढेमाको भवनका मालिक हुन्थे होला । कोही त्यो भवन बनाउने मजदुर । अम्बर गुरुङ निवृत्त सैनिक हुन्थे होलान् र रत्नशमशेर थापा कुनै सरकारी अधिकारी भएर पेन्सन पकाइरहेका हुन्थे ।त्यसैले आज मान्छे नितान्त एक्लो भएको छ, जमातमा पनि र विचारमा पनि । विचार, भावना र समग्र सिर्जनाको विनिमय थलोको अभावमा । त्यसैले सर्जकको संवेदना आजका नक्कली धातुमा सुनको पालिस लगाएर केही दिन टल्किने वस्तुमा रूपान्तरित भइसकेको छ । यो अभाव पीपलबोटअघि या पुतलीसडक वरिपरि उभिएका आलिसान भवनहरूले पूर्ति गर्न सक्तैनन् । शाश्वत के हो भनेर मान्छे आज आफैँसँग पृथक र संवेदनाहीन कङ्क्रिटमा परिणत भइरहेछ । मधुपर्क
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
‘निष्ठूरी’ नयाँघरेका नाममा
निबन्ध
बसन्तकुमार बस्नेत
10, 2010, 8:08
१इलाम मेरी स्वप्नसुन्दरी विपनीमा तिमीलाई देखेको छैनमन टेकिएको त उहिल्यै हो दाग लाग्ला भनेर पाउ टेकेको छैन कुरा काट्नेहरु यहाँमात्रै कहाँ छन् र होलान् त्यहाँ पनिअक्षरको बात लाग्ला भनेर तिमीलाई दुई हरफ पत्र पनि लेखेको छैन । नयाँघरे दाजु, त्यसो त मै पनि कहाँ चारखोलमा छु र । तिमीले माइक्रोड्राइभरको स्टेयरिङ् र ब्रेकसँग तोकिमागेको अठारहजार जाबोको सडक म पनि नाप्दैछु । समयको जेब्राक्रसिङमा उभिएर जिन्दगीको एउटा खड्गो फत्ते गर्न तिमीले हिजोआजहुँदो बस्ने गरेको सहर भोग्दैछु । परदेशिएको मेरो दाजु, तिमीलाई रमेश पौडेलकृत मुक्तकको घुँयेत्रो हिर्काएर यो पत्र आँट्दैछु । तिमीसँगै भएर पनि तिम्रो हुननसकेको यो काठमाण्डौं सहरमा म आज अलिअलि इलाम भएर लेख्दैछु । नाम्सालिङ्को मान्चोकबाट सातुसामल गुमुक्र्याएर घर छाडेको दिन तिमीलाई उबेला कस्तो भयो हँ ? मदन पुरस्कार थाप्न जाँदा होस् वा धर्तीको स्वर्ग भनिने अमेरिका जाँदा, तिमी युवराज नयाँघरे भइसक्याथ्यौ । तिम्रो सुवेदीलाई उहीं इलाम झापातिरै छोड्यौ हगि दाजु ! दशकपछि म नमिलेको समीकरण मिलाउन खोज्दैछु तिमीप्रतिको मेरो गणितको । परदेशिन लाग्दा दैलाको सँघारबाट झोला टिपेर कालो रुन्चे अनुहार लाएको युवराज सुवेदी भर्सेज एक हातको ताली बजाएर मदन पुरस्कारको लिगलिगे दौड उछिनेको युवराज नयाँघरेको बीचमा । बीचमा छायाँजस्तो देखिने एउटा धर्सो देख्दैछु । यो धर्सो हो कि छायाँ मात्रै ? लाखेस् आज । कहाँ यसै छाड्छु र तिमीलाई । घरबाट हिंडेर झापा झयौ । त्यहाँबाट गुडेर काठमान्डौं हानियौ । त्यहाँबाट उडेर अमेरिका । लोक घुमेर आउँदा मदन पुरस्कारको किस्ती तिम्रै हातमा । दाजु, भाग्यमानी रहेछौ । तिमीलाई यो लच्छिनको आशिक कल्ले दियो ? इलामले कि वासिङ्टन डिसीले ? तिमीलाई भेट्नुपूर्व मलाई सँधै यस्तैयस्तै लागिरह्यो । त्यो इलाम । तिम्रोहाम्रो जरो । त्यो चारखोल । जहाँको पानी खाएर गाईवस्तु चराउन जाँदा खोलाको चिसो पानीमा पौडेर, इस्कूलका दिनहरुमा खोलोमा बाँकटे हान्न धुले पाठशाला ‘बङ्क गरेर’ कति गयौ होला । भोटो र कट्टु लाउने तिम्रा दिनहरु । दुधिलोको रुखमा चढेर हेर्दा त्यो इलाम, चुरेघाटी, सन्दकपुर, फिक्कल, गोर्खेबजार, सिद्धिथुम्का . . . सायद तिम्रा लागि सपनाको स्वर्ग वा विपनाको आकांक्षा भन्नु यत्ति संसार थियो । सन्दकपुरमा खसेका हिउँ, तिम्रा स्वप्नील सिरकहरु । गुटुमुटु परेथ्यौ कलिलो मनले टाढाबाटै स्पर्श गरेर तिम्रो हिमाललाई । मोही पारिसकेर धूप हाल्नेबेला तिम्रा बाले नाङ्गो हातले आगो छुँदा पनि हात नपोलेको देखेर तिमी अचम्ममा पथ्र्यौ । तिम्रा लागि संसारको सम्पूर्ण सात आश्चर्य भन्नु घिउसरीको हातले छुँदा पनि नपोल्ने आगो थियो । ओलन तताउँदा निक्लेको कुराउनी खान उबेला तिमी जति हौसिन्थ्यौ दाजु । न्युयोर्कको फाइभस्टार होटलमा इटालियन फुड खाँदा तिमी त्यत्ति नै पलुकित भयौ ? धरोधमै नलुकाइ भन न । पर्मेजुङ्मा भकुण्डो खेल्न गएको बेला बारीका कान्ला उफ्रेर हिंड्दा तिमीलाई पासाङ्दाजुले धारेहात लाएर सरापेथ्यो । तिमी अटेरी भएरै कुदेथ्यौ । आफ्नो छोरोलार्ई काठमाण्डौंमा एउटा बिनाकसुरको बन्दी बनाएर राख्याछौ तिमीले । घरको गेटबाट ऊ बाहिर निक्लियो भने बुझे हुन्छ ऊ स्कूलको गेटभित्र छ । स्कुल घर, घर स्कुल । ऊ सिमेन्टको पर्खालभित्र बन्दी छ । मानौ,ं ऊबाट यो उत्तरआधुनिक सिटीकल्चरमा जन्मिनु अक्षम्य अपराध भएको छ । हिजो पासाङ्दाजुको कान्लामा उन्मुक्त उफ्रिने तिमी आज कलंकीको कारागारजस्तो घरमा कोचिएर स्वतन्त्रताको निबन्ध लेख्छौ र मदन पुरस्कार थाप्छौ । तिम्रो दुईलाखे पुरस्कारका अक्षरभन्दा चारखोलका तिम्रा नलेखिएका र लेखिन बाँकी साहित्य कति होलान, जसलाई बक्सिस दिन गोडा दुएकलाखे पुरस्कारको योग्यता पुग्दैन । लेखिराख दाजु बडसँगले निबन्धका ठेली । मखुण्डाको मनले हानिराख काठमाण्डौंलाई कोर्रा । निलडाम बस्नेगरी चुट । सुकाइदेऊ संवेदनाका स्वरहरुलाई । लेखेऊ तिमीले खुब । उता लेख्नुपर्ने सिंगै इलाम बाँकी छ । त्यसको फगत तीनपेज ह्याङ्ओभर लेखेर तिमीलाई पुग्छ ? रमेश पौडेलले लेखेको भनेको माथिको मुक्तक त कैलेकाहीं तिमीले नै पो लेख्या हो कि जस्तो शंका हालेको छु यो चित्तमा । दाजु, बिबिसी रेडियोले तिमीलाई धुइँधुइँती खोजेका दिन तिमी सारो ‘बिजी’ थियौ । नेपालीसेवालाई नेपाल टेलिकमले नेपालीमै दिनभर जवाफ दियो, तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ केहीबेरपछि...। पृथ्वीलोकको सबैभन्दा ठूलो रेडियोले तिम्रो टाइम नपाएका दिन मलाई लाग्यो, तिमी त सबैका भएछौ । संसारका भएछौ तिमी । तिमीले त्यही पुरस्कार झारेको दिन थियो त्यो । खुब रमाएथ्यौ होला तिमी त हगि । तर याद राखेस् मुला दाजु, तिमी त कसैका पनि भएनछौ । काठमाण्डौंमा तिमीलाई झापाको भन्दार’छन् । झापामा इलामको । इलाममा तिम्रो नाम सबैलाई थाहा छ । तर तिमी बर्नेको उकालो हँदै गाउँ लाग,कसैले चिन्दैनन् । सारा संसारको आफ्नो तिमी । कठै मेरा दाजु,। तिमी त आफ्नै अाँगनको भएनछौ । २०६७ भदौ २७ गते नेपाल प्रज्ञाप्रतिष्ठानको आँगनमा तिमीलाई भेट्नुअघि मलाई यस्तै लागिरह्यो । तिमीले टाढैबाट इलामलाइ माया गरेको देख्दा माथिको मुक्तक याद आइरह्यो । आफ््नो अभिभावक, प्रेमिका, तिम्रो सर्वस्व भन्नु त्यो माइखोलोमाथिको भूगोललाई नछोएरै तिमीले आत्मिक माया गरेको देख्दा लाग्यो । यो चोखो माया हो । तर साहै साहै साहै अपुरो माया । अधुरो माया । दुईतर होइन रहेछ दाजु, फुङ्सेन पत्रिकाको दोस्रो अंकको लागि बसिबियाँलो गर्दा तिमी मलाई साहै प्यारो, उत्तिकै आत्मीय उत्तिकै न्यानो लागिरह्यौ । यतिका हिउँदहरुमा काठमाण्डौंको काष्टी काट्दा पनि तिमीलाई यसले चिस्याउन सकेको रहेनछ । तिमीलाई त बरु हिउँको कार्पेटमा आँसुको फूलले अझै पनि अन्तरमा स्पर्श गर्दोरहेछ । कस्तो हौ दाजु तिमी त । तिम्रै घरगाउँमास्तिरको विष्णु निष्ठूरीको उपनाम काटेर झण्डै मैले तिम्रो नामपछि झुण्ड्याइदिइसकेको युवराज निष्ठूरी । तिमी बोल्दैगयौ । मैले मोबाइल झिकेर आवाज रेकर्ड गरें । तिमी अलिकति टोड्के झरनाको आँसु रोयौ । अलिकति माइखोला भएर बग्यौ । पर्मेजुङको उकालोमा स्मृतिका पाइलाहरु हिँड्यौ । एकैछिन नयाँबजार लामागाउँको सियाँलमा खुइ्यय काढ्यौ मनले । गोदक हुँदै झापा झरेको सम्झेर तिमी अतीत भक्कानियौ । चुरेघाँटीबाट ओलनको ढुङ्ग्रो र अम्लिसाको मयाङ मयाङ मयाङमा हृदयको सरगम भएर बज्यौ । दिमाग त अरुको जस्तै लाग्छ दाजु तिम्रो । तिमीले त तस्वीर खिचेझैं मस्तिष्कको रिलमा कसरी सबै कैद गर्न सक्यौ ? शब्दहरुसित क्यामेरा पनि ल्याएका थियौ तिमीले ? त्यति सानो मान्छे तिमी । ऊ बेला कसरी नाङ्गो आँखाले आकाशको जून र सन्दकपुरको गुराँस एकैचोटि मस्किएको अनुभव गयौ ? यो दशकको ठिटोले इन्टरनेटमा यूरोपकी केटीसित भर्चुअल च्याट गर्दा आज भन्छौ होला , ‘मोरो, कुइरेनीसित गफगफमै डेटिङ् जाँदो रहेछ ।’ तिमीले पनि त कुहिरोको घुम्टो हालेर लजाउँदै बस्ने तिम्री इस्कुले मायालुलाई लाइन मारेको क्या त उहिल्यै । अहिले सम्झ्यौ ? दाजु बड साखुल्ले पार्छौ । बिर्सेजस्तो गर्छौ तिमी । अँ भन्दैथें, तिमी त अहिले पनि यो सहरका यतिका मान्छेका भीडमा परैबाट छुट्टिदा रहेछौ । तिमी अझैसम्म पनि छातीभरि गाउँ बाँचिरहेका रै’छौ । माफ गर दाजु, पाप सोचेछु व्यर्थै । इलाम फर्क दाजु । पाराङकाइँलाकोबाट एक बोत्तल रक्सी राखेर ढोग्छु तिमीलाई । तिम्रो मित घुम ओडेर अहिले पनि गाईवस्तु चराइरहेको छ लेकाली हुस्सुमा । हिजोआज त मोबाइलमा रेडियो सुन्छ ऊ । उहिले टान्जिस्टर झण्डै फुटालेर ऊसितै रेडियोका मान्छे हेर्नखोज्दा तिम्रा बाको चड्कनको हेभीमेटल संगीत बिस्र्यौ दाजु तिम्ले ? पर्यटनको केन्द्र भएको छ इलाम अहिले । चिया बेच्छ दाजु चिया । ऊ टी टुरिज्म गर्छ । हत्केलामा ग्रामीण सत्कारको थाली बोकेर घाम, कुहिरो, हिमाल सबैसबै बेच्न थालेका छन् इलामेलीहरुले । तिमीले उकालोमा बाहगोलाइको उकालो जीप ठेल्दै हिलोबाट निकालेको राजमार्ग अहिले पक्की मेची राजमार्ग भइसकेको छ । तिमीलाई अचम्म लाग्दैन ? प्रत्येक गाउँमा अहिले गाडी पुग्न थालेको छ । “इलामको ह्याङ्ओभर ” तीन पृष्ठमा लेखिसक्ने तिमी । हिंड दाजु, अहिले कुटुरो कस । के पश्चिम पहाडको बारे उपन्यास लेख्ने कुरा सोच्छौ । तिमीले पाँचसय पृष्ठमा पनि लेखिनसकिने भइसकेको छ इलाम । यत्तिकै कपाल फुलायौ दाजु तिमीले यो कृत्रिम सहरमा । तिमी सहर पसेर बुढा भयौ । हाम्रो इलाम चाहिं झन् झन् तन्नेरी हँदैछ । सबले गएर कुल्चिन्छन् त्यहाँको कुमारी माटोलाई । धन्य भएको महसुस गर्छन् जीवनमा एकपटक । तै पनि कस्तो , त्यो त अझै हरियो हँदै जाँदैछ । त्यो मस्त जवान हुँदैछ । सदाबहार भएको छ । तिमीले त्यै हरियोलाई प्रेम गर्न सिक्यौ । त्यसैले आज यहाँ उभिन पाएका छौ । इलामलाई भयाङ् बनाएर स्वर्ग उकालिनेहरुले बुझेनन् इलाम भयाङ् थिएन बरु आफैंमा स्वर्ग थियो । सिँढी थिएन आफैंमा गन्तव्य थियो । इलाम हाम्रो मूल खाँबो । फर्कौं दाजु एकपल्ट उतै । कस्ताकस्ता सिद्धहस्त लेखकले अनेकन् शिल्प जडेर लेख्दा पनि कहिल्यै लेखिनसकिएको, लेखिन बाँकी महाआख्यान हो । भर्खर त एक बारी इलाम मात्र लेखिसक्यौ दाजु । यति उमेर कटाइसक्यौ । इलामलाई छेउकुनो तिम्रा अक्षरले जोत्नै बाँकी छ । राँटा सम्याउनै बाँकी छ । यत्तिकै जुनी कटाउँछौ र दाजु ! अमेरिका र यूरोपको कुइरेले हाम्रो कुइरो लगेर सेमिनारको प्रतिवेदनमा बेच्छ । ऊ ताली र पैसोले मालामाल हुन्छ । तिमी दाजु यसै थचक्क बसिरहेछौ । कुइनोले हातमा थाप्लो टेकाएर यसै के अनाम पहाडमा कावा खाँदै फनफनी घुमिरहन्छौ ? विकासले हामीलाई कहाँ पुयाइसक्यो । ओलन पिएर ज्यान बनाउने, मोही खाएर तिर्खा मेट्ने, घिउ खारेर हर्पेमा हाल्ने तिम्री आमा त हुन् । अहिले त ढुङ्ग्राबाट सिधै डेरी हुँदै त्यो दुग्ध विकास संस्थान पुग्छ । तिमीले केटकेटीमा देखेका चोरीहरु माइमझुवातिर चर्दै होलान् । गाडी हुइँकिएर आउँछ र एकै ट्रिपमा माल उठाएर लान्छ । यो प्रदुषित धुलो के तान्छौ न्यास्रो मनले । इलामको त हावा पनि ‘वस्तु’ भएको छ । त्यो बिक्री हुन्छ । तर तिमी हिँड मात्रै दाजु । तिमीलाई निःशुल्क मिल्नेछ । परदेशी छोरो घर फर्किदा कुन आमाको मन रमाउदैन र ! पर्यटन वर्ष २०११ आउँदैछ । तर तिमीलाई गाउँ फर्किन कुनै आइतबार चाहिन्न । हिंड दाजु यसैपाला जाउँ, एकपटक इलाम नपुगी स्वर्ग देखिदैन । दाजु, बरु जीवनदेखि निराश तिम्रा कोही दौंतरी छन् भने एकपटक इलाम पठाइदेऊ, इलामले जीवनलाई सृजनशील कर्मशील ढंगले कसरी प्रतिक्षण बाँच्नुपर्छ उपाय सुझाएर फर्काउँछ । त्यस्ता टिप्स वेबसाइटमा खोजेर कहाँ पाइन्छ ? पुरस्कार र सम्मानका औपचारिक बधाइ, माला, दोसल्लाहरु फुकालेर इलाम हिंड गाउँले दाजु । तिमी मनपरेको ‘आफ्नो’ लाईृ रमेशलेझैं किन यति सुदुरबस्तीबाट माया गर्छौ ? किन नोस्टाल्जिक हुन्छौ ? किन भक्कानिन्छौ ? जे होस् तिमीलाइ इलाममा स्वागत छ । अन्तुको सूर्योदय तिमीलाई । माङ्मालुङ र गजुरमुखीको भाकल तिमीलाई । माइपोखरी र मंगलबारेको गुराँस तिमीलाई । जीवनको हरियाली तिमीलाई । इलामेली माटो, मन र मुस्कान तिमीलाई । सबैसबै तिमीलाई । परिचित भएरै पनि बस्तीमा अपरिचित दौंतरीलाई । परदेशिएको छोरालाई ।तिम्रो गाउँले भाइ कीर्तिपुर []
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
सन्दर्भ लक्ष्मी जयन्ती
निबन्ध
शंकर लामिछाने
9, 2010, 8:56
२००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- 'देवकोटाजी हुनुहुन्छ ?' माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेटि्रकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।सेतो पुरानो छिटको धोती लाएकी एकजनाले मेरो नगिच आएर भन्नुभयो- 'माथि ऊ त्यो कोठामा जानुहोस् ।'जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो । 'सुन्दरीजल' र 'शाकुन्तल महाकाव्य' लेख्ने कविको साक्षात् दर्शन । भर्याङको हरेक खुड्किला पहाडझैं लागेपछि २/२ वटा गरेर म कोठामा उप|ेर एक्कासि पुगेँ । देखेँ- कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो फोहोर ओछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अडाएर उच्चस्वरमा एकाग्र चित्त भई पढिरहेछ । एक मन त लगत्तै र्फकूंजस्तो लाग्यो सायद उहाँ त्यो महाकवि होइन होला भन्ठानेर । के छ अनुहारमा कालो फुस्रो मुख छ । कपालका रौं आफूखुसी दस दिशा दौडिरहेछन् । कम्बलबाट निस्केका हातमा झ्याप्प झ्याप्पी रौं कालो फुस्रो हात मसी-मसी लागेको । यस्तो मानिस पनि महाकवि । कोठामा चारैतिर हेरेँ । आँधीझैँ हुरी भर्खरै त्यहाँ नाचेर गएझैँ हरेक दिशामा कागज छन् । सायदै कुनै किताब सद्दे होला, मसी नघोप्टिएको । सुकुलको कुना नराम्रो देखिन्थ्यो- एक कुनामा मात्र उज्यालो भएर होला । कुनै समयमा पोतेको चुन झरिसकेको थियो र आज त्यही भित्तामा एकातिर श्रीकृष्ण, रवीन्द्रनाथ टैगोर, अर्काेतिर अर्काे कुनै दारीवाल बूढो, यिनीहरूका चित्र पेन्सिलले लेखिएका छन् । यत्तिले नपुगेर फुटेको मकल, चारैतिर झरेको खरानी । मेरो उपस्थितिको ज्ञान भए छ क्या त्यो संगीत अकस्मात् बन्द गरेर उहाँ मतिर हेरिरहनुभएको ।'देवकोटाजी ?' प्रश्नसूचक दृष्टिले हेर्दै मैले सोधें ।'जी आउनुहोस् ।' उहाँले जबाफ दिनुभयो । सायद होइन भनेको भए म ज्यादा आनन्दित हुने थिएँ होला । त्यस्तो मानिसलाई महाकवि होलान् भन्ने मैले नसोचेकाले पनि त्यसो हुन सक्छ । नगिच गएर बसेँ ।'तपाईंलाई चिन्दिनँ ?''यो पत्रले चिनाउनेछ' भनेर मैले आफ्ना मामाको पत्र उहाँका हातमा राखिदिएँ । कमसेकम तीनचोटि माथिदेखि तलसम्म हेरेर अनि र्फकेर मतिर हेरी उहाँले भन्नुभयो- 'उसो भए उहाँको तपाईं आफ्नै भानिज ?''जी'पत्रमा थियो देवकोटाजीसँग एउटा अनुरोध । उहाँका लघु कथासंग्रह गर्ने साधन एवं अनुमति । श्री ईश्वर बराल सम्पादनमा ।'मैले लेखेका कथाहरू त कता छन् कता' सम्झेझैं गरेर उहाँले फेरि भन्नुभयो । 'खस्याङखुसुङ लेख्थेँ । बसीबियाँलो गरेर त्यो पनि काशीबाट आएदेखि त स्थिति नै मिलेको छैन । देखिहाल्नुभयो होला त ?' चारैतिर कोठामा औंला नचाइदिनुभयो । यो नग्न सत्यताको सहाराले मेरो मनको मैलोपन जम्मै पखालिदियो ।'खोजखाज गरेर' ... म भन्दै थिएँ । उहाँ हाँस्नुभयो ।'कहाँ ? ... प्रकाशकी आमाले लेखेर पैसा आउने होइन भनी अस्ति झन्डै फालिदिएकी । बल्लबल्ल केही उम्काएर छोराले पो राखेको छ । कागज, कलम, मसी जम्मैमा कफ्र्यु पो लागेको छ ।मलाई खिन्नताका साथ हाँस्नुपर्यो किनभने उहाँ आफैं हाँसिरहनुभएको थियो । 'बनारस जाने ?' सोध्नुभयो ।'मानिस जानेछन् ४/५ दिनमा । उनकै हात पठाउन पाए असल हुने थियो ।' 'ठीक भन्नुभयो ।''एउटा चिठी त आजै पठाउँदै छु । तपाईंको पनि केही ... ।''हुन्छ ... हुन्छ ...' स्वीकार गरेर उहाँले डसना पल्टाउनुभयो । फुलमार चुरोटका ठुटा कमसेकम २७ जति होलान् डसनाका कापमा । एउटा झिकेर मतिर हेर्नुभयो । खल्तीबाट सिंगो चुरोट एवं सलाइ झिकेर मैले उहाँलाई दिएँ । असल चुरोटलाई ओल्टाइपल्टाई हेरिदिँदा मलाई त्यसबखत आफैंमाथि लाज लाग्यो, किन किन ? चुरोट सल्काएर उहाँले आफ्ना अनुसन्धान जारी राख्नुभयो । अन्तमा निराश भएर मतिर हेरी भन्नुभयो- 'तपाईंसँग कलम छ ?'बानीले होला दाहिने हात झट्ट माथिल्लो खल्तीमा पुगिहाल्यो तर अपसोचसाथ मैले भनेँ- 'छैन, घरमा छुटेछ ।' थाहा छैन कुन कुनाबाट कान्छी औंलाजत्रो सिसाकलम झिकेर उहाँले अगाडि राख्नुभयो । त्यो पनि नतिखारेको ।'चक्कु छ ?''...' आजकल ठिटा कहाँ खल्तीमा चक्कु हालेर हिँड्छन् र, ओढ्ने छोडेर उहाँ उठ्नुभयो । अनि देखेँ- महाकविको सच्चा रूप । जीउमा सिर्फ एउटा धोती छ । न भोटो, न गन्जी न कमिज ।कोही नपाएर होला उहाँ त्यसै र्फकनुभयो अनि ईश्वरीय औजारले कलम ताछ्न लाग्नुभयो दाँत एवं नंग्राले । बीचबीचमा कुरा हुँदै थियो । उहाँ आफैं बोलिरहनुभएको थियो । मेरो त घाँटीभित्र आगो जलिरहेको थियो ।'नरेन्द्रजीकहाँ बनारसमा बडो आनन्दमा थिएँ तर के जन्जालमा आउनु भन्नु लेखेको रहेछ ।'दाँतको एक झोंकले सिसाकलम भाँचियो । लेख्ने एउटै उपाय थियो त्यो पनि ... । आज चिठी नलेखिने होला भनेर म निराश भएँ तर कविजीले सिसाकलमको काठ झिकेर आखिर एक इन्ची मात्र लामो सिसाले मात्र लेख्न लाग्नुभयो । औंलामा हराउने त्यत्रो सानो सिसाले पनि लेख्न सम्भव हुँदोरहेछ भनेर मैले जीवनमा पहिलोचोटि थाहा पाएँ ।मेरा आँखामा खपीनसक्नु आँसु भरिए । मैले सोचेँ- नेपालका महाकविको आज यो दशा छ । एउटा बर्नाड श छन् जसका प्रत्येक शब्दको मोल एक रुपैयाँ छ र एउटा देवकोटा छन् जसका ... साँच्ची, नेपालीहरू मानिस चिन्दैनन् । नेपाली कलाको पूजा गर्न जान्दैनन् । आफ्नो गौरव पनि बुझ्दैनन् । थाहा छैन, मेरो मनले कति सराप्यो । कतिको दुःख पायो । आफ्नो सफा लुगासँग मलाई आफसेआफ घृणा लाग्यो । मेरा असल कलम, घडी, बिलायती जुत्ता ... छिः मलाई आफूदेखि घृणा लाग्यो ।त्यो चिठी त आज मसँग छैन तर त्यो बहुमूल्य चिठीको केही वाक्य म अहिले पनि झलझल सम्झन्छु । 'महाशय, मलाई अहिल्यै माघ-पुस लागेको छ । माघ झरीझैं मेरो जीवन नै कठाङ्गि्ररहेछ । मनमगजमा तुषारो जमेझैं दुःख जमेका छन् । आज मैले लेखेका साहित्य के साहित्य होलान् र ?'ऐतिहासिक यो पत्र जसको मूल्य सन् १९५२ मा १०,००० भन्दा कम होइन, लिएर मनमनै कठाङ्गि्रँदै म पनि बाहिर निस्केँ ।मेरो जीवनमा देवकोटाजीसितको यो पहिलो भेट हो । ४/५ दिनपछि एकचोटि आउनु भनेकाले फेरि पुगेँ । स्याना बच्चाबच्ची पिठ्युँमा घोडा चढिरहेका र हाम्रा कविजी एक नयाँ कविताको सिर्जना गरिरहनुभएको । मलाई यो देखेर आश्चर्य लाग्यो ।मानिस भन्छन्, कविता लेख्न एकदम एकान्त चाहिन्छ कुनै किसिमको खलबल कोलाहल हुनु हुँदैन तर हाम्रा गुरुजीको त्यस्तो परिस्थितिमा समेत लेख्ने विलक्षणता देखेर आश्चर्य लाग्यो ।'आहा, कहानी लेख्न भुसुक्क बिर्सेछु ।' मनमा ठूलो आशा लिएर आएको थिएँ । एकदम निराश भएँ । गुरुजी भन्दै हुनुहुन्थ्यो 'यो एउटा कवितामा खस्याङखुसुङ अल्मलिएको । सुन्नुहुन्छ ?''हवस् ।'कविता थियो अंग्रेजीमा प्रोमिथिस अन्बाउन्ड । मैले खोक्रो रबाफ नराखेर भनेका खण्डमा यो भन्नु अत्युक्ति होइन कि देवकोटाजीबाहेक अरू कसैको मुखबाट त्यो कविता सुनेको भए, म आफैंले पनि पढेको भए, मैले बुझ्ने थिइनँ । पृथ्वी आएका प्रथम पुरुषको स्वतन्त्रता लिएर रचिएको थियो त्यो कविता । आठ-आठ पंक्तिमै । त्यसमा अनौठो प्रयोग जुन गुरुजीले गर्नुभएको थियो, त्यो हो नेपालीकरण पनि आठै पंक्तिमा । फेरि यो पनि होइन कि एक भर्सलाई लिएर त्यसको सिधा अनुवाद । अंग्रेजीमा आठ लाइन, नेपाली आठ लाइन । अंग्रेजीको जुनसुकै लाइनसँग नेपालीको उही नम्बरको लाइन मिलाउनु उही रूपमा । फेरि कतै कठिन भए पनि एउटा कुरा ।... यदि मैले यहाँ यो भने कसैले पत्याउँदैनन् होला तर त्यो कविता प्रकाशित भएका खण्डमा गुरुजीबाहेक त्यसलाई राम्ररी पढाउन सक्ने र त्यसको पूर्ण मीमांसा दिन सक्ने मानिस विरलै होलान् कमसेकम यो २५ वर्षयता । यो कविता अहिलेको नेपाललाई होइन, २५/५० वर्षपछिको नेपाललाई हो ।'तपाईंलाई कस्तो लाग्यो ?' गुरुजीले सोध्नुभयो ।'खै, गुरुजी, मैले पत्ता लगाउन सकिनँ, मलाई कस्तो लाग्यो ।' लाग्छ हामीलाई त्यसबेला, जब हामी राम्ररी तहमा पुग्छौं । मलाई कविता त अनौठो लाग्यो तर त्योभन्दा अर्कै कुरा अनौठो लाग्यो, भनूँ ?''आम्मै भन्नुस् न ।''तपाईं असमयमा जन्मनुभएछ पो भन्ने लाग्यो । तपाईंजस्ता मानिसका लागि नेपाल बनिसकेको छैन ।'गुरुजी हाँस्न थाल्नुभयो । 'तपाईंले त मलाई मानिसै ठान्नुभएन । मेरो भनाइ कवितामा पो छ ।' म पनि हाँसेँ अनि सम्झेँ- भोलि मानिस बनारस जाँदै छ । भनेँ- 'भोलि पनि कहानी पठाउन पाइएन भने ... ।' बोल्दाबोल्दै रोकिएँ के भनूँ भनेर ।'कति बज्यो हेर्नुस् त ?''छ बज्न लाग्यो ।''भोलि कुन बेला मानिस जाँदै छ ?''बिहान नौ बजेतिर ।''तपाईंलाई कतिवटा कहानी चाहिने ?''विभिन्न किसिमका १०/१२ वटा र १२ भयो भने छानेर १० वटा संकलन गर्न सकिन्थ्यो ।''१२ कहानी ... १२ घन्टा ...' गुरुजी सोच्न लाग्नुभयो । नबुझेर म आश्चर्य मानिरहेको थिएँ । एकैछिन पछि भन्नुभयो ।'यसो गरूँ, आज तपाईं यहीँ बस्नोस् । म बोल्दै जान्छु, तपाईं लेख्दै जानोस् । बिहान ६ बजेसम्म कसो नसकिएला । हुन्न ? थाक्नु त हुन्न हगि ? भोलि बिहान कहानी जम्मै पुर्याइदिनेछु ।'यति सजिलोसँग यो कुरा भनिएको थियो कि मैले पहिले यसको माने नै बुझ्न सकिनँ । जब बुझेँ अक्मकाएँ । रातभरि एक थलामा बसेर लेख्नु रे ... न खानु न पिउनु रे ... र फेरि घरमा भाइहरू बिरामी ।'यसो त कसरी ... ।''मकहाँ बस्न तपाईंलाई केही आपत्ति छ ? यहीँ खानुहोला नमिठो भए पनि ।' 'खान त केही छैन तर रातभरि ... घरमा बिरामी छन् ।''उसो भए जुन बेलासम्म सक्नुहुन्छ लेखूँ अनि सकिएको कहानीचाहिँ लैजानुहोला ।' इन्कार गर्न सकिनँ, थालेँ लेख्न ६ देखि १० बजेसम्म । ४ घन्टामा ५ कहानी लेखियो । महाकविको शक्तिको परिचय मैले त्यसबेला थाहा पाएँ । हामीलाई जीवनका आफ्ना घटनाहरू सुनाउँदा बीचबीचमा अड्नुपर्छ, उहाँ भने कल्पनाका आधारमा कसरी नयाँ प्लट, नयाँ शब्द एकदमै नदोहोर्याई काटकुट नगरी, नअक्मकाई भन्दै जानुहुन्छ कुनै किताब पढेझैँ । सायद त्यसभन्दा पनि छिटो मैले सर्टह्यान्ड जानेको भए, या रेकर्डिङ गर्न मसिन भएको भए, मलाई आशा छ र विश्वास पनि त्यस ४/५ घन्टाको अवधिमा १२ वटै कहानी लिएर आउने थिएँ ।त्यस बखतमा बटुलिएका- म यहाँ जानीजानी बटुलिएको भन्ने शब्द भनिरहेछु किनकि भण्डारमा चामल बटुलेझैं लागेको थियो मलाई । त्यसबेला कहानीहरूमा 'मधुराबोडसी' र 'चिनियाँ प्रेमी' उल्लेखनीय छन् ।र्फकने बेलामा कागजको एक मुठो अगाडि राखेर गुरुजीले भन्नुभयो- 'मकहाँ हराउनेछन् । जो पनि आउँछ, लैजान्छ, हराइदिन्छ । यी अलिकति गद्य र कवितासंग्रह छन्, आफूकहाँ सुरक्षित राखिदिनोस् । तपाईंकाँ भो भने हराउनेछैनन् ।'घर आएर पोको फुकाएर हेरेँ, पढ्दै गएँ निद्रा मारेर । तिनमा उल्लेखनीय छन्- 'अन स्मोकिङ एक्जिस्टेन्स अफ गुड र इन्डियन समर क्लाउड र कवितामा लर्ड कृष्ण र गड इत्यादि ।ती सायद अहिले प्रकाशित भएका छैनन् तर जब प्रकाशित हुनेछन् अनि हामीले थाहा पाउनेछौं- अंग्रेजी भाषामा पनि देवकोटाजीको कति प्रवाह छ ।(शंकर लामिछानेको निबन्धसंग्रह बिम्ब प्रतिबिम्बको एक अंश )कान्तिपुरबाट
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
जुनेली रातको छायाँमा
निबन्ध
घनश्याम शर्मा
13, 2010, 2:37
कोजाग्रत पूर्णिमाको दिन । कोजाग्रत पूर्णिमाले हिन्दुहरूको महान चाड विजया दशमीको समाप्तिलाई जनाउँछ भने यम पञ्चकको शुरुवातको संकेत पनि हो । आज कार्यालयमा सार्वजनिक विदा भएका कारण जानुपर्दैन । यो पनि एउटा अवस्था केही फरक लाग्ने गर्छ । भरखर यो निवासको बाहिरपट्टिको चौरमा करिब एक घण्टा बसें । शरद् यामको पूर्ण शरदचन्द्रलाई धेरैबेर नियालेपछि मनमा केही तरङ्गहरु , विचारहरू उत्पन्न भए । मनको भित्रि तह सलबलाउन थालेपछि आफु अक्षरमा अभिव्यक्त हुन मन लाग्छ र यतिखेर पनि यस्तै भयो । काला औंसीका रातहरू डरलाग्दा हुन्छन् । अझ गाउँघरतिर औंसीका दिनमा सूर्यास्त हुने बित्तिकै अँधेरो, डाँडा र पाखा, खेत, आली, कान्ला, नाघ्दै घरभित्रैसम्म प्रवेश नहुँदै हामी घरभित्र छिरिसकेका हुन्थ्यौं ससाना केटाकेटी छँदाका बेलामा । कालो रंग, काला कुराहरूसँग डर लाग्थ्यो । काला रातहरू अझै डरलाग्दा लाग्थे । धेरै भयावह प्रतिक बोकेका हुन्छन् काला बस्तुहरूले । जून सेतो हुन्छ । सेतो जूनको छायाँ शीतलताको प्रतिविम्ब यसरी यो आँगनमा खसेको छ, हेटौंडामा छु म यतिखेर, एक्लै यो सरकारी आवासमा । अगाडि र पछाडि उत्तर दक्षिण दुईटा बरण्डा छन् यसका । दक्षिण मोहडा पारेर बनाईएको लाग्छ तर अचेल उत्तरतिरबाट प्रयोग हुँदै आएको एकतले सिमेन्टका च्यादरले छाएको पुरानो शैलीको यो जीर्ण भन्न पनि नमिल्ने पुरानो घर छ । सानो भान्छा , स्नानागार र लघुसंका , दीर्घसंका कक्ष , दुईटा कोठा, म जस्तो एक्लै बस्ने मान्छेका निम्ति पर्याप्त, कहिलेकाहीँ केटाकेटीहरू आउँदा पनि गुजारा हुनसक्ने । ठूला ठूला फ्रेम भएका सीसाका झ्यालहरू छन् । दुईटा कोठामा दुईटा झ्याल कति धेरै सरकारी कर्मचारीहरूले प्रयोग गरेको यो आवाशगृह होला थाह छैन । म बस्नु अघि भने बलराम साह बस्थे , तराइँवासी थिए । उनकी श्रीमति अत्यन्त धार्मिक विचारकी थिईन् संभवतः उनैले रोपेको तुलसीको मठमा यसपटक मैले तुलसी रोपेको छु । दक्षिणपट्टिको आँगनमा पनि तुलसीका विरुवाहरू उम्रेका छन् यसले एक प्रकारको आनन्दानुभूति प्रदान गर्ने गर्छ । हेटौंडाको आकाशमा जुन छतिवनको डाँडाबाट विस्तारैमाथि माथि उदाउने गर्छ । आज दिउँसो तीन बजेतिर केहीबेर पानी परेकाले आकाश सफा स्नीग्ध छ । सफा आकाशमा छरिएको जुनको उजेलो हेरेर कहिले पो अघाइन्छ र ! आँगनमा ल्पास्टिकको कुर्सि राखेर पूर्वाभिमुख भएर बसेँ । देवकोटाले पागल कवितामा उल्लेख गरेको जूनलाई सम्झें । दामन सिमभंज्याङका ओसिला पाखाहरूमा पोखिएको जूनको उजेलोको कल्पना गरेँ, एकछिन । सेताम्मे हिउँले छपक्क छोपेको सीम भंज्याङ, दामन, झीरघारीमा जूनेली रातको चहकले चम्किएका हिउँका अग्ला अग्ला ढिस्का र सेताम्मे टल्किएका पाखाहरू संझे, दुईबर्ष अघि त्यहाँ पुगेको बेला आफू निकै हराएको महसुस गरेको थिएँ । यो आवासको आँगनको पूर्वपट्टि झ्याङ्ग परेको सीताफलको (सरिफा) रुख छ । त्यस मुन्तिर गत वर्षात अगावै रोपेको बाक्लो चाइनिज दूवो छ । रुखका छिद्रबाट जुन बाक्लो दूवोमा टाटेपाटे भएर पोखिएको छ , भर्खरै दुध पीउन सिकेको बच्चाले आफै दूध पिउँछु भन्दै जिद्धि गरेर समातेको तातो दुधको गिलास कलिला ओंठ पोलेपछि ह्वात्तै जिउमा नै पोखाएपछि बनेका सेता टाटा जस्तै जूनका टाटा । चिसो सिरेटो चलेको छ । हावाविनाको जीवनको परिकल्पना गर्न सकिन्न । राप्तीको सुसाई सुनिन्छ । कुलेखानी पहिलो र दोश्रोबाट बिजुली उत्पादन भएर भैंसे नजिकको खोलामा मिसिएपछि राप्तीले एउटा आकार ग्रहण गर्छ । पूर्व पश्चिम राजमार्गलाई छेडेर निस्केकाले पूल बनाइएको छ । त्यसपछि पूर्वि राप्ती बुढी राप्ती हुँदै चितवनतिर हान्ँिनदै बग्छ । रात छ, अझ त्यो पनि जुनेली रात छ । कवि मित्र साम्ब ढकाललाई जूनेली रातको विम्वलाई टिपेर एउटा कविता लेख्न आग्रह गर्ने विचारमा छु । उनका कविताहरू हृदयस्पर्सी हुन्छन् । मनका भित्री पत्रैपत्र चुँडालेर पस्न खोज्ने खालका लाग्छन् । रातको दश बजिसकेको छ । हेटौंडा नगरी जुनेली रातको तन्नामा लम्पसार जीऊ फैलाएर सुतिसकेको छ । रातको अन्धकारमा पनि गाडी चलाउन अभ्यस्त ड्राइभरहरूले बस र ट्रक हाँकीरहेको आवाज बेला बेला आउँछ । मनको एकाग्रता भङ्ग भइदिन्छ, मनका तारहरू एक अर्कामा ठोकिन्छन् । र, एउटा नमीठो धून जस्तो सिर्जना हुन्छ आफैँ । कोजाग्रात पूर्णिमालाई विशेष रूपमा मैले सम्झिनुपर्ने थुप्रै कारणहरू छन् । पूर्ण चन्द्र देखिएको रात सबैका लागि यसै पनि विशेष हो । मैले बारम्बार जुनेली रातलाई स्पर्स गर्न खोजीरहेको सम्झना हुन्छ । जूनेली रातको छायाँमा बसेर धेरै पटक धेरैबेरसम्म बेतुकका बात मारिरहेका क्षणहरूको संझना छ । प्रसङ्गहिन र श्रृङ्खलाविहीन कुराहरू गर्नुपनि एक प्रकारको स्वान्त सुखाय क्षण मानिन्छ । म धेरै पटक यसो गर्छु । जूनेली रात हुनु, हाम्रो परिवार दुई फरक फरक ठाउँमा हुनु एक प्रकारको पिडादायी क्षण हुन्छ हाम्रा लागि । मेरा अगाडि कोठाको सुन्तला रंग लगाएको भित्तो छ । भित्तामा दुईटा टेबुल जोडेर राखिएका छन् । म पश्चिमाभिमुख भएर लेखिरहेछु टेबुलमा । घडीको आवाज एकनास टिक टिक.... यतिखेर रात घर्किँदैछ । जून करिब करिब यो घरकै छानामाथि आइपुग्ने बेला हुन्छ विस्तारै । मनमा जूनेली रातका विगतका स्मृतिहरू तँछाड मछाड गर्दै अभिव्यक्त हुन उत्फुल्ल भइरहेछन् । आँगनको चौरबाट घाँसे किराहरूको किरकिर आवाजले मनलाई तरङ्गित बनाईरहेको छ । तरङ्गहरू एक पछि अर्काे क्रमैसँग उठ्छन् सेतो जून जसरी सालघारी डाँडाको च्यापबाट अर्धकदमा उठेर डाँडाको टुप्पोबाट छरिँदै पोखियो । अछामको तिमिल्सैन मेरो मामाघर हो । पिताका औंलामा समातेर सैनका गह्रामा धेरैपटक कोजाग्रत पूर्णिमाको जूनलाई मेरा निश्चल बाल आँखाहरूले हेरेका छन् । त्यहाँ ठूलो मेला लाग्छ, आजको दिनमा । दर्जनौं जवान राँगाहरूलाई वर्दादेवी भगवतीको नाममा बली चढाइन्छ । निर्ममतापूर्वक यातना सहित बली चढाईने, काटिने त्यो दृश्य किन किन मलाई अथवा म जस्ता धेरै अछामवासीलाई रोमाञ्चक लाग्ने गर्छ । बच्चै देखुन् त्यसरी नै सामाजिकीकरण भएकाले हुनसक्छ , संस्कृतिको यस्तो अनौठो पासविक बिम्बले पनि मनोरञ्जन प्रदान गर्नु आश्चर्य लाग्छ संझिदा आफैलाई । घण्टौसम्म पिताको काँधमा बोकिएर राँगाहरू दौडाइएको, खुँडा, खुकुरी, हँसिया आदिले निर्ममतापूर्वक काटेको दृश्य हेरिरहेको सम्झना छ । म डरले काँप्थे एक प्रकारको आतङ्कको सिर्जना हुने गथ्र्याे मनमा, मेरो बालमनोविज्ञानलाई बुझेर पिताले भन्नुहुन्थ्यो “डराउनु पर्दैन, मानिसहरूले भाकल गरेर देवीलाई खुशी पारेका हुन् । राँगाको रगत देवीको नाममा चढ्छ । देवी खुशी हुन्छिन् ।” मैले जसरी सुनेँ, वहाँलाई पनि त्यसरी नै सुनाइएको होला, म यस्तै ठान्थें । सैनका ठूला ठूला गह्राहरूमा बान्नीको डाँडा छेडेर कोजाग्रत पूर्णिमाको जून मुस्कुराउन थालेपछि उपस्थित दर्शकहरू न्याउले , देउडा खेल्न शुरु गर्थे । संस्कृतिको यो अनुपम सूदूरपश्चिमेली संस्कृति छिप्पिँदै गईरहेको जुनेली रातसँगै उत्कर्षमा पुग्ने गर्छ । अत्यन्त रमणीय, मनमोहक यो स्थानबाट जूनेली रातमा देखिने दृश्य झनै मनका कुना कुना हल्लाईदिने खालका लाग्थे मलाई । जूनेली रात पश्चिम सर्दै जाँदा मंगलसेन र ठूलासैनको लामो घेरा जस्तो डाँडो जसले पूर्विक्षेत्र भैसोलेलाई छुट्याएको छ, टल्किन थाल्थ्यो । यसरी म ओखरेको डाँडालाई हेर्दैछु । कुलेखानी , पालुङ , चित्लाङको डाँडाहरूमा जूनेली रातको छायाँ सर्दै गएको देखिरहेछु । गोला माँडुका बरपिपलका दुईवटा रुख टाढाबाट हेर्दा चारवटा देखिन्थे । जूनले पारेको छायाँले यस्तो अनूभूति हुन्थ्यो । यस घरको आँगनमा पश्चिमतिर एउटा बूढो आँपको रुख छ, आँपका पातहरूमा जून पोखिएर टल्किएका छन् । यी रुखका छायाँहरू विस्तारै सर्दै जान्छन् । उत्तरतिर ठूलो कम्पाउण्ड सहितको हेभि इक्विपमेन्ट डिभिजनको कार्यालय छ, त्यसको पनि पूर्वपट्टि जिल्ला प्रहरी कार्यालय छ । ती दुवै कार्यालयका पालो पहरा गर्ने मान्छेहरूले भरखरै एघार वटा घण्टी हानेका छन् । झ्यालबाट छिरेको जूनको उजेलो जस्तै कानमा एघार पटक तीखो आवाज छिरेको छ समयको । हामीलाई समयको संकेत अरुले नै सुनाईदिनु पर्ने । समय बितेको हामी पत्तो पाउँदैनौं, जब पत्तो पाउँछौं तब समय त हामीबाट धेरै टाढा धेरै पर पुगिसकेको हुन्छ र हामी समयलाई पछ्याउन असमर्थ बनिसकेका हुन्छौं । अछाम डोटेगाउँको घरको पूर्वपट्टिको बार्दलीबाट बेडुगडातिर बाँसका झाङमा चियाउन लागेको जूनलाई केटाकेटी उमेर देखिनै मैले पछ्याएको छु । मंगलसेनको डाँडामा अवस्थित ढुङ्गा माटोले बनेका घरका बार्दलीबाट रामारोशनको टाकुरा चढ्दै गरेको जूनलाई चारवर्षका धेरै जूनेली रातहरूमा हेर्दै मनभरि जूनेली गङ्गा प्रवाह गराएको छु मैले । सिलगढीबाटदेखिने जूनेली रातको दृश्यले मनमा यस्तो अमिट छाप बसालेको छ, जसलाई म कहिले पो बिर्सुंला र ? नागबेली बगेको सेती नदीको दृश्य दिपायलको पिपल्लाबजार नजिकैको सेतीपुलमा बसेर धेरै पटक हेरेको छु मैले । अविरल अविश्रान्त सेतीको बगरमा चन्द्रमाको उजेलो मनलाई उत्ताप दिने मोहक दृश्य । भोजपुर डाँडागाउँको रातोमाटोले लपक्क पोतेको घर, काठको भरेङ र सल्लाका काठको सिलिङ र भुईँ भएको कोठाबाट ट्याम्केका डाँडातिर फर्किएको झ्यालको सिरानीमा टाउको राखेर बुट्टेदार झ्यालबाट धेरै रातहरू सेतो जूनलाई ओछ्यानमै ओराल्ने प्रयास पनि गरेको छुँ । खाँदबारीबाट पाथीभरामा उदाउँदै गरेको जून, सुन्तलेको डाँडातिर विस्तारै लम्केको धेरैपटक हेरेको छु । मध्यरातमा जूनको उजेलो पछ्याउँदै घुर्विसेको जङ्गलमा भाई सुवास र मोहन राईहरुसँग बाटो बिराएर गाई वस्तुका पाईला पछ्याउँदै घना जङ्गलभित्र पुगेपछि पुनः सोही बाटो फर्केर जून अस्ताएर सूर्याेदय भैदिओस् भन्ने प्रतिक्षाका साथ कुरेको नमीठो अनुभूति सँगालिएको छ । घनकुटा हिलेको गजुर होटेलबाट म्याङलुङतिर उक्लिँदै गरेको जूनको दर्शन गर्दै विहानको सूर्याेदयको प्रतिक्षामा रात गुजारेको छु । लेगुवाघाट बाटो छेउको बरको रुखको छानामुनीको तुलसी श्रेष्ठको होटेलमा बास बस्दा बरका हाँगाबाट ओछ्यानमा चियाईरहेको जूनलाई स्पर्स गरेको छु । बरको छायामुनी एउटा जूनेली रात यसरी पनि बितेको छ । जीवनको यो यात्रासम्म आइपुग्दा धेरै जुनेली रातहरू आँखाभरि कहिल्यै ओझेल नहुने गरि टाक्सिएका छन् । हाम्रो जीवन पनि यस्तै पूर्ण चन्द्र झैं सदैव उज्यालो हुने भए जीउँनुको आनन्द कस्तो हुँदो हो जूनेली रात ओढेर सुतेको हेटौंडालाई सोध्न मन लागेको छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
मितेरी सम्बन्धको दुःखान्त कथा
निबन्ध
विजय सापकोटा
25, 2010, 7:22
केही लामो अन्तरालमा घर आइपुग्दा भित्र सघन अनुभूति जाग्छ । घरको सीमारेखा टेक्ने बित्तिकै सबै रूखबिरूवालाई छोऊँजस्तो लाग्छ । ढुङ्गा, माटो सबैको स्पर्श पूर्व परिचितजस्तो लाग्छ । अनि अपनत्वको अनुभूतिले मन ढुक्क हुन्छ, हलुको हुन्छ र सुरक्षाको अनुभूति पनि हुन्छ । आँगनीको डिल, तुलसीको मोठ अथवा घरबारीको डिलतिर उभिएका रूखबोट अनि आँगन यत्रतत्र जुनै मौसममा पनि, जुनै याममा पनि खै केको सम्मोहन जाग्न पुग्छ अब त यसको सीमारेखा नाघेर कतै नजाऊँ जस्तो पनि लाग्छ । यो अनुभूतिले आँखा छोपी खेल्ने बित्तिकै तत्कालमा एउटा गहिरो असन्तुष्टि जाग्छ र लामो अस्पष्ट वाक्यजस्तो लागेर आफ्नै जीवन, आनै भोगाइको पछिल्तिर एउटा ठूलो प्रश्नचिन्ह जन्मिन्छ । घरको आयतनमा र यसको निकट सेरोफेरोमा केही नयाँ परिवर्तन भएपनि सबै पुरानै लाग्छ । त्यही पुरानो चिन्हले भित्र कताकता घोच्छ र यसको छेउछाउमा, यहीँनिर आसपासमा कतै केही छुटेको छ जस्तो लाग्छ । हराउनु अथवा छुटाउनुको अनुभूति गहिरो पीडाजन्य हुन्छ । जीवनका थुप्रैथुप्रै बिसौनीहरूमा त्यो विस्मतलाग्दो, थकथकलाग्दो बनिदिन्छ । यो नोस्ताल्जियाले मान्छेको आगत समेत विस्मतलाग्दो गरी तन्काइदिन्छ । पाइला पाइलामा जीवन थकथकीले मात्रै हिँडिन्छ । थाहा छैन कति कतिका मान्छे जीवनसँगै विस्मतको घुट्को पिउँछन् । तर जीवनका धेरै दुःखलाग्ने गरी छुटेको अनुभूति बाँच्छ, मेरो आनै घरको आँगनमा ।त, मसँग मेरो घरको सेरोफेरोमा एउटा त्यस्तै स्मृति टाँसिएको छ, जुन स्मृतिले मलाई यो घरका हरेक ऐकान्तिक पलहरूमा मुटुसम्म पुग्ने गरी चिमोटेर गएको छ । बालवयदेखि मसँगै हुर्किँदै आएका रूखबिरूवाका हाँगाबिँगामा झुण्डिएको आनो जीवन घरि रमाउँदै अनि घरि पिरिँदै नियाल्दा घरको तल्लोपट्टि रहेको एउटा सानो गोठ (घर) मा आँखा ठोक्किएपछि मेरो मनमा प्रश्नै प्रश्नको कोकोहोलो जन्मिन्छ । र लाग्छ, मेरो जीवनको एउटा ठूलो कुरो त्यहीँ छुटेको छ अथवा त्यहीँबाटै हराएको छ । त्यसो त यो सेरोफेरोमा मेरो बालवय छुटेको छ, मेरो बालमन र बालापन यही आँगनमै कतै छाडिएको छ । ऐकान्तिक पलहरूमा वयष्क मनले तिनलाई सम्झँदा त्यहाँ पीडा हुँदैन बरु मायालाग्दो अनुभूति हुन्छ, अझ आनन्दानुभूति हुन्छ । तर अवर्णनीय गहिरो अनुभूति पनि त्यहीँ जाग्छ । धेरै कुरा नजानेरै बाँचेको त्यो असहाय उमेर, अन्यौलमै बाँचेको त्यो अस्पष्ट उमेर अनि यस्ता जटिलताहरूमै पनि सन्तुष्ट बाँचेको त्यो उमेरमा फर्की जाने भावुकता मसँग पटक्कै छैन । तर आफू हिँडेको बाटो, आफूले आनै जीवनका लागि ओछ्याएको जगमा थोरैबेर उभिएर अश्रुपुरित हृदयले निकै वर्ष परको त्यो सानो उमेरलाई माया गरिरहनु मेरा निम्ति एकाधपटक आनन्दप्रदायक पनि बनेको हुन्छ । रुखोसुखोसँग चलिरहेको वर्तमानमा पर्दा हालेर त्यो बालवयको नाच हेर्नु मज्जैको कुरा हुन्छ । यसले आनो जीवनप्रति मोह जगाउँछ, आफू हिँडी आएको बाटोप्रति श्रद्धा गर्न सिकाउँछ र जीवनको उचाइलाई अझै माथितिर लैजान्छ ।तर यी भावुकताको पछिल्तिर एउटा कहालीलाग्दो यथार्थ पनि बाँचेको हुन्छ । राजनीति, संस्कार वा समाज विज्ञानका एक र अनेक उपविधाहरूद्वारा प्रताडित भएर कुँजो बनाइएको अथवा निर्ममतापूर्वक निमोठिएको जीवनको कुनै यथार्थ पनि त्यहाँभित्र बाँचेको हुनसक्छ । अनुभूति कसले कसरी गर्न सक्दछ त्यो फरक कुरा हो । तर मेरो बाल्यकालसँग जोडिएको , सुन्दर हुँदाहुँदै पनि युगीन त्राटनले डामिएको एउटा कथा त्यसले मलाई अझै पनि चिमोट्छ र मेरो बाल्यवयको स्मरणलाई त्यति भावुक बनाइराख्न दिँदैन, त्यसको कथा त्यही सानो घरभित्रै स्मृतिमा लगभग धूमिलधूमिल भएर विस्मृतिउन्मुख भइरहेको छ । मेरा पनि मित थिए !मेरो जीवनको सामाजिक सम्बन्धको सुरुमा मेरा मित थिए । पारिवारिक नातागोता अथवा इष्टमित्रबाहेक मेरो सामाजिक सम्बन्धको सुरुवात यहीँबाट भएको थियो । तर यो सुरुवात मेरानिम्ति दीर्घकालीन थिएन । त्यो सुरु भएको पत्तै नपाइकन सिद्धिएको सम्बन्ध थियो । मनपेटभरि पनि अनुभूति गर्न नसक्ने गरी मेरो मितेरी सम्बन्ध नजाने किन धुलिधुवाँ भएको थियो , सचेत भएदेखि यो प्रश्नको उत्तर खोजेको मैले, सत्य पाएको पनि छु । तैपनि कोट्याइरहन मन लाग्छमनपेटभरि गाँस्न नपाइकन मेरो मितेरी सम्बन्ध किन‘थियो’ मा परिणत भयो ?ठूलाठूला टायलको उबडखाबड छानोमुनि एउटा परिवारको अस्तव्यस्त संरचनाको याद आउँछ । खिटिखिटि चलिरहने हाते कलको याद आउँछ र याद आउँछन् रिबिरी कपडाका मसिना टुक्राटाक्रीका खात । अनि तीभन्दा पनि एउटा अस्पष्ट, कृष्णवर्णको बाल आकृतिका चहिकिला, बीचमा राता धर्सा कोरिएका आँखाको याद सबैभन्दा छोइने भएर आउँछ ।अनुहार याद छैन, नाम याद छैन । वर्ण कालो थियो, आँखा थोरै राता थिए याद छ । अरू केही याद नभएपनि ह्दयको कुनै कुनामा चहकिलो अक्षरमा लेखिएको एउटा पद छ मित । सम्झँदा, आँखामा यति मात्रै आउँछ । तर अभ्यन्तरमा भने हलचल पैदा गर्ने आत्मीयानुभूति हुन्छ ।हो, त्यही छानामुनि मेरा मित थिए ! जीवनले घरको सीमारेखालाई कुल्चिएर बाहिर निस्किने प्रयासमा लाग्दा भेटिएका मित थिए मेरा ।मन भरङ्ग हुन्छ, यतिमात्रै सम्झिँदा पनि । आहा, मेरा पनि मित थिए । आफ्नो स्मृतिकेन्द्रको पुछारमा पुग्दा मैँले आफैँले निर्माण गरेको सम्बन्धको पहिलो नम्बरमा त्यही पद लेखिएको छमित । मेरो जीवनको इतिहासमा मेरा व्यक्तिगत सम्बन्धहरूको अध्याय यहाँभन्दा परतिर पुगेको पनि याद छैन । तर त्यो बेनामी मान्छेसँगको मेरो सम्बन्ध कुनै सांस्कारिक हिसाबले गाँसिएको थिएन । म बाँचेको समाजमा उनको र मेरो जात एउटै थिएन त्यसकारण पनि उनीसँग मेरो संस्कारगत सम्बन्ध केही थिएन । म बाँचेको युगको सांस्कृतिक विधानले मलाई माथिल्लो क्रममा राखेको थियो, मेरा मित त्यो क्रमको सबैभन्दा पुछारमा थिए । तैपनि कहाँबाट कसरी गाँसियो कुन्नि यो नाता हामी एकअर्कोलाई‘मित’ भनी सम्बोधन गथ्र्यौँ र‘तिमी’ आदरार्थी प्रयोग गथ्र्यौँ ।मितको घरको सामान्य बुनोट याद छ । मितबाले ढल्के टोपी र इस्टकोट लगाएको, मित आमाको दुब्लो शरीर र कालो अनुहार राम्रै याद छ शायद किशोर भएपछि पनि देखेकोले होला । मितबाले लुगा सिउने कल चलाउँदा यसबाट आएको खटखट आवाज, कलबाट आउने अनौठो गन्ध, नयाँ कपडाको बासना अझै पनि कल्पनामा आभासित भइरहेझैँ लाग्छ । अनि सियो चलाउँदा मितआमाको औँलामा लगाइएको सेतो बेरुवा औँठी चम्किएको पनि याद छ । तर मित.... मितका फुटेका काला गाला र राता धर्सा कोरिएका आँखा हो कि हो कि झैँ याद छ । सबैभन्दा बढी मितको परिचय, स्मृति वा सम्झना त्यो शब्दको न्यानोपनमा मात्रै छ । र, मितसँग जोडिएको सबैभन्दा चहकिलो सम्झना मितका सपरिवार गाउँ छोडी मधेस हिँडेको बेलाको मात्रै छ ।तिनताका म स्कुल जान थालिसकेको थिइनँ । मेरा समय कसरी बित्थे थाहा छैन । बिजुली चम्किएका बेलामा हजुरआमाको खोकिलामा घुस्रिएको बाहेक त्योबेलाको केही याद छैन । बरु मितसँग उनका घर अघिल्तिरको साँघुरोे बाटोमा रबरको हरियो बल खेलेको स्मृति हो कि होइन झैँ भएर आउन खोज्छ । मेरो कल्पनामात्रै बोलेको हो कि अथवा मेरो चेतन मनले नै यसलाई अहिलेसम्म स्मृतिपटमा राखिरहेछ थाहा छैन । तर मितबाले कल चलाइरहेको दृश्य र त्यसबाट आउने एकनासको खटखट आवाज मुग्ध भएर सुनिबसे जस्तो पनि लाग्छ । अनेक किसिमका रिबिरी कपडाका मसिना टुक्राटाक्रीहरू लोभिएर हातमा खेलाउँदै नयाँ कपडा र कलबाट आउने फरकफरक किसिमको गन्धको मिश्रणलाई श्वासभरि भरि निलूँझैँको अवस्थामा धेरैबेर लिइबसे जस्तो लाग्छ र घरबाट आमा अथवा हजुरआमाले बोलाएपछि कमिजको खल्तीमा कपडाका टुक्रा कोचेर घरतिर दौडिएजस्तो पनि लाग्छ ।तर सबै यस्ता स्मृतिहरू ‘जस्तो लाग्छ’ को अवस्थामा आभासित हुने गर्छन् मेरो वर्तमानमा । यी मेरा कल्पनाशक्तिमा बाँचे अथवा यथार्थमा मैले भोगेँ म यसै भन्न सक्दिन । तर यी कुराहरूको बीचमा एउटा सत्यचाहिँ अझै मेरो अभ्यन्तरमा आलोकित भइरहेछ कि मेरा मित थिए कसैले सम्बन्धमा अनौपचारिकरूपमा बाँधिदिएतापनि ।तर त्यो दिनको मलाई राम्रो सम्झना छ जुन दिन मेरा मित आफ्ना बाआमासँग हिँडेका थिए । उनीहरू मधेस जाँदैछन् भन्ने घरमा घुइरोघुइरो सुनेको थिएँ । मधेस भनेको कहाँ हो कति टाढाको हो मेरो सानो दिमागले कल्पना समेत गर्न नसक्ने कुरा थियो । मितआमाले हातमा झोला झुण्ड्याएकी थिइन्, मित बा घरि मितलाई डोहोयाइरहन्थे, घरि काँधमा हाली बोक्थे । म तिनीहरूको पछिपछि कुदेको थिएँ । तिनीहरू घरमुन्तिरको पानी घट्टको पछिल्तिरको सानो बाटोबाट तेर्सिए । त्यो असजिलो बाटो मैले कुन उद्वेगले पछ्याएको थिएँ, अहिले त्यो अनुभूति गर्न सक्दिन । तर आमा भन्नुहुन्छ त्यतिखेर म एकनासले उनीहरूलाई पछ्याइरहेको थिएँ अरे । आमा मेरो पछि पछि दगुर्दै आउनुभएको थियो । सायद मितआमाबाट मलाई फर्किएर जान भनिएको थियो । पर एउटा असजिलो साँघुको डिलमा पुगेपछि मलाई मितआमाले एक रूपियाँको नोट दिनुभएको भने प्रष्टै छ । उनीहरू साँघु तरेर पारी पुगे, तर म साँघुको मुखको खुड्किलोसम्म पनि उक्लिनँ । मेरो चेतनाले हो अथवा केटाकेटीहरूका निमित एक सुकी नै पर्याप्त हुने त्यो समयमा एक रुपियाँ पाउनुको अप्रत्यासित घटनाले हो मलाई आज्ञाकारी बनाइदिएको थियो। त, उनीहरू साँघु तरेर पारी पुगे, मित मितबाको काँधमाथि थिए । तिनले मलाई फर्की हेरे कि हेरेनन् थाहा छैन । तर त्योबेला मलाई पछ्याउँदै मेरो पछिपछि आइपुगेकी मेरी आमा पछिसम्म पनि भन्ने गर्नुृहुन्थ्यो मैँले त्यतिखेर जोडले एकपटक‘मित’ भनी बोलाएको थिएँ अरे । मित गए, मेरा निम्ति खेल्ने साथी अर्को भएन तत्कालको लागि । मितविना मैले रबरको त्यो सानो बल कोसित खेलेँ हुँला अथवा नयाँ साथीको खोजी कसरी गरेँ त्यो कुरा मेरा निमित्त विस्मृतप्रायः भइसकेको छ । पछि स्कुल जान थालेँ, नयाँनयाँ साथी बनाएँ, उमेर पनि बढ्दै गयो र बिर्सिँदै गएँ मितलाई । लगभग स्कुल जान थालेपछि पनि बलचाहिँ सुरक्षित नै थियो । तर पछि त्यो पनि हराएपछि अब मेरा निमित्त मितको सम्झना अतीत समेत बनेन । एउटा मित्रता एउटा अव्यक्त आत्मीय सम्बन्ध कता बिलायो कता कुनै पदचिन्ह समेत नराखेर मेरो मितेरी हरायो ।तर जीवन सपाट रहेनछ वक्र रहेछ । घुम्दैफिर्दै आउँदोरहेछ मान्छे, अब कहिल्यै फर्कन्न नि भनेर मुण्टो फर्काएका विन्दुहरूमा । जानेर होस् अथवा नजानेर हृदयले पचाइसकेका पुराना दिनहरू सम्झनामा मात्र होइन यथार्थमा पनि उगेल्दोरहेछ मनले । त्यस्तै भयो । सम्बन्धको गहिराइमा नपुग्दै कताकता विरानो प्रदेशतिर लागेको मेरो मितेरी सम्झना धेरै वर्षपछि टुप्लुक्क आइपुग्यो मेरै घरको छेउमा । त्यो सानो घरमा होइन, नजिकैको एउटा घरको छिँडीको कोठामा । त्यो नआएको भए आमा अथवा बुबाका सम्झनाहरूमा मात्रै हुनेथियो त्यो प्रस । तर मेरो जीवनको दुःस्वप्नजस्तो बनेर त्यो कुनै दिन आयो । मैले नगरेको गल्तीको सजायँ दियो र मेरो कोमलतामा अलिकति चिमोटियो । म बाँचेको समाज, यसले उचालेको सांस्कृतिक सत्ताको ध्वजा अनि यसको सञ्चालनका लागि कति हो कतिऔँ युग अगाडिका पूर्खाले बनाइदिएका घोषित अघोषित नियमविनियम.....यी सबैको ऐतिहासिक गल्तीको सजायँ मभित्रको मान्छेले पायो र मलाई आफू बाँचेको जीवनको दुर्बलता पहिलो पटक आफैँले अनुभूत गर्ने मौका मिल्यो । ओहो म त मान्छे कम‘बिष्ट’ बढी रहेछु । कस्तो अचम्म । थोरै किताबी ज्ञानको भरमा पृथक जीवन बाँच्ने आदर्श मोह एकै घटनाले धुजाधुजा पारेर पातलो कागज च्यातेझैँ च्यातिदियो । त्यतिखेर म विद्यालयको पढाइ सकेर क्याम्पस जान थालिसकेको थिएँ । त्यही क्रममा एकदिन थाहा भयो मेरा मितका सपरिवार फेरि फर्की आए । आमाका मुखबाट पुरानो स्मृतिलाई किन्चित कोट्याइएपछि मन ढक्क फुल्यो । हिजोको त्यो सम्बन्ध आज लामो अन्तरालपछि एकैपटक ठूलो भएर पुनस्मृति गर्दा मनमा कताकता धक लागेजस्तो भयो । झन् मितआमा मैँलाई खोज्दै घरमा आएपछि त कताकता लज्जाबोध पनि भयो । मितआमाको मायालु स्वरमा आफैँप्रतिको जिज्ञासु रहर देखेपछि भावुक मनमा कस्तोकस्तो आँधी चल्यो । मितआमासँगको सामान्य बोलिचालीमै पुरानो आत्मीयता फेरि जागेर आयो । मनमा फुटेका काला गालामाथि राता धर्सा कोरिएका आँखा भएको त्यो मान्छेको बढी सम्झना आयो । मितआमासँग सोध्न सकिन । तर जिज्ञासाहरू धेरै थिए मितका बारेमा । त्यतिखेर मैले आफैँलाई सम्झिनँ, म बाँचेको समाज र यसको सांस्कृतिक सत्ताका चरित्रहरूलाई सम्झिन सकिनँ । बरु धेरै सम्भवअसम्भव भावुकताले नजाने केके कुरा पो सम्झिरहेँ । तर मितलाई भेट्न जान भने सकिन । किनभने मैले गरेजस्तै अनुभूति उनले गरेका नहुन पनि सक्छन् भन्नेचाहिँ मनमा थियो । तैपनि किशोर भावुकताको एउटा आवेगले मितको घरछेउ पुयाइदियो ।मित आमालाई भेटेँ । सामान्य भलाकुसारी गरेँ । मितआमाले अनुहारभरि केको खुसीको भाव पोखेको हो कुन्नि मीठो थियो त्यो अहिले सम्झन्छु । त्यो मिठासमा के थियो त्यो अर्थ लगाउन नसके पनि अहिलेसम्म त्यहाँ आत्मीयता भाव नै थियो कि भन्ने लाग्छ । अनि कुराकानीको लामो सन्दर्भको उत्कर्षमा म सपनाबाट ब्युँझिएजस्तो भएँ जतिबेला मितआमाको आवाज अनौठो गरी मेरो अभ्यन्तर नै थर्किने गरी गुन्जियो । मितआमाले भित्री कोठातिर च्याउन खोज्दै हकार्नुभयो‘ए कति भित्र बस्छस् । ह्याँ बाहिर आ त मित आ’छन् ।’मन ढक्क फुल्यो । एउटा आवेगको लहर मेरो हृदयकेन्द्रबाट हुन्हुनाउँदै अनुहारभरि पोतरियो । म अलमलिएँ र हड्बडाएँ । कस्ता होलान् मेरा मित ? तिन्ले मलाई सम्झेका त छन् के ? ती मसँग बोल्लान् ? सबैभन्दा पहिले के गर्लान् हाँस्लान् ? अनि म......?मनमा एकैपटक यस्ता जिज्ञासाका धेरैवटा फाँकीहरू छरिए । तर यिनका उत्तर मसँग थिएनन् । मैले त्यो भित्री कोठातिर हेर्न पनि सकिनँ । टाउको निहुयाएर केही क्षण त्यो प्रिय आहटको प्रतीक्षा गरिबसेँ । तर अहँ, भित्रबाट कोही बाहिर आएको त के चल्मलाएको आभास समेत आएन ।मितआमाले तीनचार पटक हकार्नुभयो । तर कोही निस्किएन ।अनि मतिर हेरेर उहाँले प्रतिक्रिया दिनुभयो‘अलि कस्तो कस्तो छ के यो ।’म फिस्स हाँसेँ मात्र । तत्काललाई कुनै प्रतिक्रिया दिइनँ । एक्कासी मनमा नरमाइलो अनुभूति छायो । म नआएको भए पनि हुने यहाँ थकथकी पनि लाग्यो । अनि भावुकताको एउटा लहर जसलाई ह्दयभरि अटेसमटेस बोकेर लगेथेँ त्यसलाई मितआमाकै चौकटमा छाडेर म फर्किएँ । तर छाड्नुको हलुकोपन थिएन, बरु के के बोझ बोकेर फर्किरहेथेँ म ।किनभने मेरो मनको कुनै कुनामा बाँचेको एउटा कोमल भावुकताको अन्तिम पटाक्षेप थियो त्यो ।हिजोसम्म भावुकता थियो । मनको कोमल पत्रमा एउटा अस्पष्ट र वाङ्गोटिङ्गो रेखामा कुनै मानवाकृति कोरिएर त्यसको तल्तिर लेखिएको चहकिलो‘मित’ शब्द थियो । तर आज त्यो नजाने किन हो अथवा कसरी हो एकै झिमिकमा लगभग मेटिएजस्तै थियो । कस्तो अचम्म अब म कसैको‘मित’ होइन,‘विष्ट’ बनिसकेको थिएँ । जातीय व्यवस्थाको कुचक्रमा परेर मेरो मितेरी हराइसकेको थियो । तर म मितसँग रिसाइन । किनभने मितले मसँग भेट्ने उत्साह देखाउन नसक्नुको एउटा मर्मलाई मैले राम्ररी नै बुझेको थिएँ । म बाँचेको सामाजिक सांस्कृतिक जीवनको पुछारमा थिए ती, ती मलाई टुलुटुलु माथितिर हेरिरहेथे । अनि त्यो खुड्किलाको सबैभन्दा माथिल्लो भागमा म थिएँ, तिनलाई हेरिबसेथेँ । बीचमा बाधक के थिए कुन्नि मेरो जात, मेरो उनको भन्दा थोरै सम्पन्न जीवन अथवा मेरो पढाइ........? न उनी खुड्किलो उक्लेर आउन सके, न म झरेर आउन अथवा हात दिएर तान्न नैँ सकेँ उनलाई । अनि त बस् एउटा अस्पष्ट प्रश्नमात्रै बनेर अतीतमा बाँच्ने अवस्थामा आइदियो त्यो सम्बन्ध । कठै, सभ्य समाजको आवरणमा जातीय व्यवस्थाको जाँतोमा पिसिएर कति मितेरीहरू छुटिएका होलान्, दुःस्वप्नजस्तो यो लक्ष्मणरेखाभित्र बसेर सुस्केरा हाल्नुबाहेक मैले पनि अरु गर्नै सकेँ के र ![]
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
जनवादी साहित्य र उत्तरआधुनिकताको शहरतिर एक दृष्टि
निबन्ध
बिर्ख छेत्री "क्रान्ति"
2, 2010, 4:09
क. निबन्ध परिचययो एक पुड्के निबन्ध । निबन्धको सग्लो अङ्ग नभएको, उत्तरआधुनिक निबन्ध । हुन त सपाङ्ग नहुँदैमा के उत्तरआधुनिक भन्नु ! राहुकेतु निबन्ध ।जनवादी साहित्य र उत्तरआधुनिकताको शहरतिर एक नजर । हिजोआज गाउँघरका मान्छेहरुको आँखा र पाइला शहरतिरै छन् । तिनकै मनसंग अढेस्सिएर यो एक नजर पनि शहरतिरै, निकै परबाट । परबाट देखियो सिमेन्टका अग्ला र बाक्ला जंगलले बनेको शहरको आकृति, तर छर्लङ्ग देखिएन त्यसभित्रका रंगीन कोठा, दुर्गन्धी चूला र त्यहींभित्रका सुन्दर संगीतहरु । यो निबन्ध दर्शन, शास्त्र, सिद्धान्त, इतिहासको फेदमा अडिएको वा टुप्पामा सिउरिएको छैन । छ, देखेसुनेका र केही भोगेकामध्ये सम्झनाको तालमा तरङ्गिरहेका अनुभूतिका मन्द छालहरुको केही थोपा मात्र । सर्वसाधारणले गाउँशहर, बाटातिर बोल्दै आएका केही संवादका टिपोटमात्र । ख. जनवादी साहित्यप्रगतिवादीहरुले भन्दै आएको जनवाद मानवतावाद हो, राष्ट्रवाद हो, राष्ट्रिय मानवता वा मानवीय राष्ट्रियता हो? जनवादको डोरी अन्तर्राष्ट्रिय लिंगाहरुमा मात्र कस्सिएको हो भने राष्ट्रियताको नसा कमजोर हुनुको मूल कारण नै त्यही हो । राष्ट्रियताको घेरोमा जनवाद विपन्नवाद मात्र हो भने त्यही नै हाम्रो वर्ग विभाजनको औपचारिक रेखा हो । यो परिभाषाले विपन्नहरुलाई सधैं राष्ट्रवादी र सम्पन्नहरुलाई सामन्ती, शोषक, शासक मात्र देख्ने गर्छ । यस्तो धरातलमा उभिको बेला प्रगतिवादीहरुलाई राष्ट्रगान, राष्ट्रिय झण्डातिर आँखा र मन पुयाउनु लाज र अपमानवोध भएर आएको जस्तो देखिन्छ । त्यस्तो मनोदशामा जनवाद र राष्ट्रवाद थाङ्गनाका पुतली मात्र बन्छन् । यो विचार तिम्रो विचारसंग कति प्रतिशत घुलमेल हुनसक्छ?जनवादी साहित्य हुनको लागि जुनै लेखकले भए पनि जनताको विषय लेखिएको हुनुपर्ने वा कम्युनिष्ट पार्टीमा आवद्ध लेखकले लेखेको जन विषय हुनुपर्ने? कुन जनताको के विषय, कसरी, कसले लेखेपछि जनवादी साहित्य बन्ने ? नेपाली माटोमा लहराइरहेका देउसी, क्यारोल, इद, बुद्ध जयन्ती, चण्डी पूर्णे आदि नाचगानबाट लुकेर त्यसैमा छारो हान्दै प्रगतिवादीहरु कुन ग्रहको जनवादी साहित्य ग्राफिटङ गर्न लागिरहेका छन्? विग्रहको? अभ्यासमाक्र्सले अध्ययन गरेका पूर्वीय दर्शन, खास गरी हिन्दू अध्यात्मबारे गरिएका पुस्तकको सूची र त्यसमाथि गरिएका विशेष टिप्पणीहरुको सन्दर्भ सूची तयार गर्नुहोस् ।विश्वसूचीमा कम्युनिष्ट पार्टीमा आवद्ध भएर र भइकन जनवादी स्रष्टामा स्थापित भएका कर्ता र कृतिको सूची तयार गर्नुहोस् ।जनवादी कर्ता र कृति नभनिएका तर विश्व प्रसिद्ध बनेका लेखक र कृतिहरुको सूची तयार गर्नुहोस् । तिनका प्रसिद्धिका कारणहरु खोज्नुहोस् ।नेपालको सन्दर्भमा जनवादी, प्रतिक्रियावादी र मध्यमार्गी भनिएका कर्ता र कृतिहरुको सूचि तयार गर्नुहोस् । तिनको लोकप्रियताको मत सर्वेक्षण गरी स्तरीकरण गर्नुहोस् ।माथिका परिणाम हेरी सकेपछि तपाइँले बुझ्दैबुझाउँदै आएको जनवादी र गैर जनवादी साहित्यबारे के नयाँ अनुभूति भयो ? एउटा निवन्ध छाप्नुहोस् । एउटा अन्तक्र्रिया चलाउनुहोस् । नेपाली जनवादी साहित्यमा पछिल्लो प्रसंग चलिरहेछ जनयुद्धकालीन साहित्यको । जनयुद्धकालीन साहित्य के हो? तपाइँको मिल्दोजुल्दो धारणा तलका वैकल्पिक उत्तरहरुमा गलत चिन्ह (*) लगाउनुहोस्ःअभ्यासजनयुद्धको अवधिमा रचिएका सबै साहित्य जनयुद्धको पक्ष, विपक्ष वा दुवै विषयबस्तु समेटिएका साहित्य जनयुद्धमा संलग्न भएका व्यक्तिहरुले रचेको साहित्य जनयुद्धमा संलग्न व्यक्तिहरुद्वारा रचित जनयुद्ध पक्षधर साहित्य माथिका उत्तर छानिसकेपछि के अनुभूति भयो ? एउटा निबन्ध छाप्नुहोस् । एउटा अन्तक्र्रिया चलाउनुहोस् ।ग. उत्तरआधुनिकताः पढ्दासुन्दाको सम्झना यो धनी देशले गरीबमाथि शासन गर्ने तार्किक हतियार हो । यो मानवता विरोधी छ । यसले शोषित जनताको आक्रोशलाई मानवअधिकार, वातावरण संरक्षण, जातीय, क्षेत्रीय विभाजनतिर केन्द्रित गरिरहेको छ ।प्रगतिशीलहरुले यसको बहसलाई हटकेक बनाइरहेका छन् । तर उनीहरुको (उत्तरआधुनिक) समकक्षमा आउने स्तरीय कृति सिर्जना नगरी आमसञ्चारलाई आफ्नो हितमा उपयोग नगरी सफलता हात लाग्दैन । परम्परागत माक्र्सवादी शब्दावलीको रटाइबाट मात्र त यसको एउटा त्यान्द्रो गलाउन पनि सकिँदैन ।संकुचित भएर पार्टी साहित्य, पार्टी समालोचना र निर्देशित लेखनमा मात्र लागेर हामी शास्त्रीयतावादी बनिरह्यौं भने त उत्तरआधुनिकता हामीमाथि हावी हुने निश्चित छ ।यसले बहुसाँस्कृतिक, बहुधार्मिक, बहुजाति तथा बहुभाषी समाज निर्माण निम्ति महत्वपूर्ण सैैद्धान्तिक योगदान दिएको छ । यो साहित्य अतिरिक्त कला, संगीत, नृत्य, दर्शन, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, मनोविश्लेषण, विज्ञान, न्याय आदि ज्ञानविज्ञानका सबैजसो क्षेत्रमा पिंजिएको छ ।विषय र प्रयोगको अत्यधिक विविधता र नवीनता यसको एउटा विशेषता हो ।प्राविधिक संस्कृतिको कारण अन्तर्राष्ट्रियता वैयक्तिक पँहुचभित्र सीमित हुँदै गएकाले यसले ग्रामीणीकरणको सोचलाई अघि सारेको छ ।जसलाई हामी वास्तविक भन्छांै त्यो पनि वास्तवमा वास्तविक हुँदैन ।कुनै पनि सत्य स्थिर, निश्चित र शास्वत हुँदैन, सन्दर्भ अनुसार परिवर्तन भइरहन्छन् ।बहुलतावाद, बहुकेन्द्रियतावाद, नवअग्रसरता, प्राविधिक संस्कृति, निम्न संस्कृतिलाई महत्व दिनु यसका बिशेषता हुन् ।वेद लेखिनुअघि र डेरिडाको पूर्वजन्मभन्दा धेरैअघि झुसिलकीरा पुतलीमा विनिर्माण भइसकेको थियो ।उत्तरआधुनिकता कुनै वाद वा सिद्धान्तको चश्मा नलगाई संसार जस्तो छ त्यस्तै देख्ने, भोग्ने र लेख्ने प्रकृयाको शुरुवात हो ।आधुनिकतावादले संसारलाई समानीकरणको () एउटै सिरक ओढाउन खोज्यो र आफूले प्रिय ठानेको सिद्धान्तले संसार जित्नुपर्छ भन्ने मान्यता राख्यो । विकासशील आर्थिक, सामाजिक, साँस्कृतिक परिवेशका लागि उत्तरआधुनिक अवधारण सहयोगी छ ।यो युग पाठकको युग हो ।अभ्यासउत्तरआधुनिकताको पक्ष र विपक्षमा लेखिएका पुस्तक र फुटकर रचनाहरुको सूची तयार गर्नुहोस् । सूचीमा प्रकाशन संख्या, पृष्ठसंख्या, पाठकको पक्षविपक्ष संख्या र कारणबारे नमूना मत सर्वेक्षण गर्नुहोस् । नेपाली कम्युनिष्टहरु सर्वहारावादी सत्ताको नाराबाट कसरी सर्वदलीय सत्ताको नालामा फड्किए? मुख्य दलहरुको एकएकवटा प्रमुख कारणहरु खोजी गर्नुहोस् । तपाइँ नेपाली साहित्यमा उत्तरआधुनिकताको समर्थक, विरोधी कि मध्यमार्गी ? कसरी यो मोडमा पुग्नुभयो, तलका तथ्यहरु खुलाउनुहोस्: ।क. तपाइँले पढेका पुस्तक, रचना, सुनेका प्रवचनका शीर्षकहरु र प्रस्तोताहरुको सूची तयार गर्नुहोस् ।ख. तिनका कुन भनाइबाट कसरी प्रभावित हुनुभयो मुख्य बुँदा टिपोट गर्नुहोस् ।प्रगतिशीलहरु जसको लागि साहित्य सिर्जना गर्दै छन् तिनका केही प्रतिनिधि पात्रसँग भेट गरी ती रचनाहरु सुनाउनुहोस् । सोध्नुहोस् तिनले के बुझे ? के पाए? यसपछि के सोच्न लागे? माथिको परिणाम हेरिसकेपछि तपाइँलाई के अनुभूति भयो ? एउटा नमूना निबन्ध छाप्नुहोस् । एउटा अन्तत्र्रिया चलाउनुहोस् । घ. स्वमूल्याङ्कनयो निबन्ध बार्गेनिङको । बटम लाइन ‘निबन्ध’ पद पाउनुपर्छ भन्ने माग । मागको आत्मविश्वास यसरी बढ्योःलोकसेवा लड्नुपर्ने पद सडक आन्दोलनबाटै स्थापित हुनथाल्यो । राष्ट्र, अन्तर्राष्ट्र, मानवताका लागि सचेततासहित जोखिम उठाएर त्यही कामको अग्निमा होमिएर प्राप्त गर्ने ‘शहीद’ को अमूल्य पद काठमाण्डौ चक्रपथको साझा बसमा देखाउने विद्यार्थी आइडी जस्तै सुलभ हुनुपर्छ भन्ने माग बढ्न थाल्यो । राष्ट्र सञ्चालक सांसदहरुको पद कार्यलय सहयोगीको जागिरभन्दा निकै सुलभ हुनथाल्यो । कार्यालय सहयोगीका लागि न्यूनतम आधार नेपाली नागरिक, साक्षर, मानसिक सन्तुलन ठीक भएको, कुनै फौजदारी मुद्दामा नमुछिएको, निश्चित उमेरभित्र रहेको निर्धारण गरियो । तर सांसदको लागि यी न्यूनतम मापदण्ड पनि खुल्ला गरियो । मलाई लाग्यो, उसोभए मैले यसलाई निबन्धको पदस्थापना गर्न किन बार्गेनिङ नगर्ने? यसको लागि त आन्दोलनकारी कर्मचारीलाई जस्तो पेन्सन व्यहोर्नु परेन, कोटा शहिदको जस्तो उपादान छुट्याउनु परेन । नेपालमा प्रधानमन्त्रीको स्वर्णकालीन चुनावमा जस्तो अनिश्चित पटक उपस्थित हुनुपरेन । यसले कुनै जातीय, क्षेत्रीय, लिंगीय, धार्मिक, सांस्कृतिक अखण्डताको बर्खिलाप गर्ने देखिएन । मात्र पाठकले एकपटक मत दिए पुगिहाल्यो । यसले ‘निबन्ध’ पद किन नपाउने?यो पुड्के निबन्धलाई कतिपय पुराना निवन्धकारहरुले टिपोट भन्लान् । दक्षिणपन्थी वा प्रतिक्रियावादी सूचीमा राखिएका केही अग्ला टाउकाहरुले हल्का टाउको पनि हल्लाउलान, आफ्नै पक्षधरताजस्तो बुझेर । जनवादी लेखकहरुको गोलमेचमा यस्तो प्रतिक्रिया आउलाः यो जनवादी साहित्यको विभीषण हो यो जनवादी लेखकहरुको स्लो पोइजन हो यो आत्मरतिको लोरी गायन हो यो यतिखेर उठ्नुपर्ने कुरा उठेको छ (यहींबाट प्रगतिशील उत्तरआधुनिकताको एउटा प्यानल उभिन सक्छ ।) ङ. निचोडमाथिका सबै अभ्यासहरुको उत्तर साथमा नलिइ यो निबन्धमाथि बहस थाल्नु सडक आन्दोलनबाटै एसएलसी पास गर्नु जस्तै हुन्छ । त्यसर्थ उत्तरहरु बोकेर आउनुहोस, आत्मीयताको पाँचतारेमा घण्टौँ योग गरौं । तपाइँ सडक आन्दोलनबाटै एसएलसी गर्न चाहनुहुन्छ भने यो पुड्के निबन्धविरुद्ध जति खरो आलोचनामा उत्रिनुभो, यसले उति प्रचारप्रसार र बजार पाउँछ । जति तटस्थ बस्नुभो उति पाउला फेर्ने समय पाउँछ । जति नजिकिनुभो उति जरा तन्काउँदै माटो पाउँछ । जति नियन्त्रण र निषेध गर्नुभो बरवृक्ष जस्तै सिद्धान्त र संगठनमा छिप्पिदैँ जान्छ । तपाइँ के गर्ने ?टाढाको दृश्यदेख्छु, प्रगतिवादी आँखाहरु उत्तरआधुनिकताको चाकतिर थुकेर गालातिर चुम्बन गरिरहेका छन् । उत्तरआधुनिकताको चिम्नी अग्ला आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, बौद्धिक भवनहरुमाथि ठडिएको छ । गरीब झोपडीहरु त्यसको धुवाँभन्दा निकै तल छन् । जनवादी साहित्यको पारिजात धुवाँधुलोले कक्रिरहेको छ । हेर्छु, असत्यहरु असत्यताको सत्य रहेछन् । सत्यहरु समयको बोट र तर्कको डालीमा बहुरंगी फुल्दारहेछन् । यो घामपानीको समय छ । आऊ, हामी एकछिन भए पनि इन्द्रेणी सत्यको दृश्यहरु हेरौं ।(यो अभ्यासमूलक निबन्ध हो -लेखक)
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
प्रेम, माटो र जनताका शब्दशिल्पी
निबन्ध
राजा पुनियानी
31, 2010, 7:04
"म उसलाई चिन्थें/ उ अहिलेसम्म खारेज भएको छैन मभित्र /युद्धले दैला र पर्खालहरू ध्वंस गऱ्यो/ शहर एक मुट्ठी खरानी छ/ सबै लुगाहरू धुला भए/ उ मभित्रै छ।"फुटबलर म्याराडोना र मेस्सीले अर्जेन्टिना चिनाए। क्युबा चिनाए क्रान्तिकारी चे ग्वेभारा र फिदेल कास्त्रोले। चिली चिनाए कवि पाब्लो नेरुदाले। यी ल्याटिन अमेरिकी राष्ट्रहरूमा जङ्गल, टापु, पहाड, वृष्टि र समुद्री हावाजस्ता नैसर्गिक सच्चाइ समाज र जीवनका अभिन्न हिस्सा हुन्। प्रकृति र सङ्घर्ष त्यहाँ समाजकै पर्याय हुन्। जीवन पर्याय हो श्रम र साहसिकताको। यी जब्बरे राष्ट्रहरू सम्झौतापरस्त छँदै छैनन्। चिलीले सारा विश्वलाई नेरुदाको रूपमा एक यस्तो कवि उपहार दिएको छ, जसले टापुदेखि टमाटरसम्मको कविता लेखे। जसले प्रेमदेखि क्रान्तिसम्मको कविता लेखे। जसले खरो भाषामा भावनालाई लेखे भने कोमल भाषामा आक्रोशलाई लेखे। उनी थिए एक जोशिला कवि। जुझारु कवि। तिनले त्यसै एक हजार पृष्ठ कविता (र त्यति नै गद्य) लेखेनन्। तिनमा थियो दक्षिणी वृष्टिको असीम ऊर्जा। तिनीभित्र थियो सङ्घर्षरत जनताको सपना।"विश्व पानी छचल्किरहेको ग्लास हो" भन्ने नेरुदाको प्रेमबोध कति व्यापक, सर्वव्यापी र उदार थियो, त्यो यस कवितांशबाट स्पष्ट हुन्छ- "अपव्ययी दैलो खोल/ आफ्नो हृदयमा/ अन्धोपनको गाँठो खोलिन देऊ/ र उड्न देऊ त्यसलाई/ आफ्नो र मेरो रगतसँगै/ सारा संसारमा।" 'प्रश्न' कवितामा तिनको प्रेम अभिव्यक्ति- "प्रिये, एउटै प्रश्नले तिमीलाई तबाह गरिदिएको छ/ म फर्किएको छु तिमीकहाँ/ काँढादार अनिश्चिततासाथ/तिमीलाई म चाहन्छु सरल-सीधा/ बाटोजस्तै, तलवारजस्तै।" प्रेमको ऱ्याडिकल र पराकाष्ठा अभिव्यक्ति- "आफ्नो केशमा सयौं मान्छे लिएर आऊ/ हजारौं मान्छे स्तन र पाउहरूमाझ लिएर आऊ/ आऊ डुबेका मान्छेहरूले भरिएको नदीजस्तै।" प्रेममा निहीत विरक्ति पनि- "बालुवामा टहलिँदै मैले तय गरें तिमीलाई छाड्ने"। तुना माछा, लुगा, टमाटर, मकै, नुन, रोटी, रक्सी, पानी, मेज, कुर्सी, इस्त्री, कविता, शब्द, ढुङ्गा, पहाड, विरह, प्रेम, यौन, महिला, मृत्यु, जङ्गल, चरा, कुकुर, बिरालो, पेङ्गुइन, वृष्टि, समुद्र, टापु, मौरी, समुद्रीलहर, नाविक, रहस्य, जनता,...सूची लमिँदै जान्छ नेरुदाले लेखेका समृद्ध कविताहरूका विषयलाई एक-एक गर्दै टिप्नु हो भने। यति विविध, व्यापक र विस्तृत विषयभूमिमा काव्यिक विचरण गर्दा तिनी समाजशास्त्र, भाषा, संस्कृति, जनचेतना, दर्शन, राजनीतिदेखि पनि टाढिँदैनन्। तिनको शब्दगत वैविध्य र भावगत फैलावटको धुरी भने सधैं जनता। यसो र तिनको विश्वजनीन लोककेन्द्रिक वैविध्य नै तिनको अनन्य-अनुपम-अतुलनीय (नजस्तै) काव्यिक-व्यक्तित्वको ओज भइदिन्छ। विषय-मुद्दाको विविधताले गर्दा तिनका कविता पढ्दै गर्दा एकरस अनुभव गर्नु पर्दैन। साधारणीकृत भाव-बौद्धिकताले गर्दा तिनका कविता पढ्दा बल लगाउनु पर्दैन। नेरुदाको काव्यिक लोककेन्द्रिकता बढ्दो सामाजिक आत्मकेन्द्रिकताको विरोधमा उभिएको अटब्बे आह्वान हो। नेरुदाका कवितामा पाइने ल्याटिन अमेरिकाली हावा-माटो-पानीको मानसिक 'क्षेत्रीय गन्ध' आजको उदार देखिने (सङ्कीर्ण) 'ग्लोबलाइजेशन'-को उत्तेजक पर्फ्युमलाई टक्कर दिन सक्षम छ।जति नै प्रकृतिको कुरा लेखे पनि तिनले मान्छेको मूलभूत समस्या, स्थिति र अस्तित्वलाई अभिव्यक्त गर्न भुलेनन्। जति नै प्रेमका फन्तासी लेखे पनि सङ्घर्षको सच्चा कथा हाल्न भुलेनन्। तिनी 'सुदूर'-को आकर्षणले मोहित भए तर तिनका पाउ जमीनमै थिए। न त परे कुनै रोमान्टिकताको अल्झोमा, न रहस्यवादको जालोमा। सधैं जनताको दुख-दर्दले छोइए। जनताको मुटु र सपनालाई छोए। जनताको चित्रकारी नै गरे शब्द र भावका छिनोले इतिहासको पत्थर कपेर। नेरुदा त्यसैले 'जनकवि'। विश्वचर्चित लेखक गाब्रिएल गार्सिया मार्क्वेजले नेरुदाबारे यसो भनेका छन्, "कुनै पनि भाषाका-बीसौं शताब्दीका-महान् कवि"। अवहेलित, पददलित, शोषित-उत्पीडित मजदुर-किसानजस्ता आम मान्छेको आवाज भइसकेको थियो तिनको कविता। बाह्र वर्ष लगाएर तिनले 'क्यान्तो जेनेरल' (सामान्य गीत) लेखे। सर्वोत्तम ल्याटिन अमेरिकी महाकाव्य मानिने यो कृति सन् 1950-मा प्रकाशित भयो, जसमा तिनले अद्भुत काव्यकला प्रयोग गरे। एकसाथ कवि, राजदुत, शरणार्थी, राजनेताजस्ता विविध व्यक्तित्व वहन गरेकाले नेरुदाको कवित्व पनि बहुमुखी छ। जीन फ्राङ्कोको शब्दमा नेरुदा यस्ता एक विराट कवि हुन् जसले आफ्ना कविताद्वारा शीशा, काठ, मेज, कुर्सीजस्ता ठोस चीजबीजको चारैतिर खडा मौन पर्खालहरू भत्काउने उत्कण्ठा व्यक्त गर्छन्। कविता सोझो लेखे। सरल लेखे। सोझो भाषामा, सरल संरचनामा तिनका बहुविध कविता विश्वस्तरीय, उच्चस्तरीय र लोकप्रिय छन्। सरल लेखेर कसरी उत्कृष्ट कविता गर्नु, त्यो हामीले नेरुदाबाट सिक्नुपर्छ। तिनी यस्ता उत्कट मूल्य खोज्न चाहन्थे, जसको कुनै विकल्प हुँदैन। दैनन्दिन जीवनका विषयवस्तुको अनौठो काव्यिक कैरन गर्ने कला तिनमा थियो। तिनका फुर्तिला कविता संसारभरिकै मानवमाझ एक सामान्य सूत्र स्थापित गर्न खोजिरहेका हुन्छन्। तिनको माटो र हावाको कुराले हामीलाई तिनका कविता पढ्न, बुझ्न र अनुभव गर्न रोक्ने होइनन्। तिनको क्षेत्रीय प्रसङ्ग सङ्कीर्ण छैन। त्यो छ विस्तृत, उदार र सार्वभौमिक। त्यसैले नेरुदालाई पढ्दा लाग्छ, आफूभित्र चुपचाप उभिरहेको कोही बोल्नथालेको छ। चलमलाउन थालेको छ।सामान्य परिवारमा सन् 1904-मा जन्मेका नेरुदाले बाल्यकाल दुखमा बिताए। तेह्र वर्षको हुँदा पहिलो कविता लेखे। 1920-को दशकमा तिनी बारसेलोना, रङ्गुन, कोलम्बो, जाभातिर राजदुत भएर गए। यस कालमा तिनले एकाकीपनको अऩुभव गरे। अस्तित्ववादी भावधाराका कविता लेखे। साम्प्रदायिक फासीवादी र रिपब्लिकनहरूमाझ लागेको स्पेनी गृहयुद्धमा तिनले भूमिगत रूपमा गणतन्त्रको रक्षार्थ सचेत एवं सजग काम गररिहे। फासीवादीको लक्ष्यमा रहेका रिपब्लिकनहरूलाई देश छाड्न सघाएकोले तिनले नोकरीबाट हात धोए। अभिन्न कवि-नाट्यकार मित्र फेदेरिको गार्सिया लोर्कालाई गृहयुद्धमा हत्या गरिएपछि तिनी दुखी भए। झन् भए खरो 'जनताका कवि'। तिनी निर्वासित भए। 71-मा नोबेल पुरस्कार दिइयो। आत्मकथा 'मेमोइर्स' (स्मृतिहरू) सिद्ध्याएपछि 73-मा यी जनकविले अन्तिम श्वास फेरे। नेरुदाको जन्म दिन 12 जुलाई।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
शब्दहरू
निबन्ध
शिखर आरोहण
30, 2010, 7:15
शब्दबिम्वहरूले अनेकपटक मलाई झस्क्याउने गर्छन् । शब्दहरूसँग मेरो समिप्यता धेरै थोरै छ, शब्दहरूलाई म चित्र सक्दिन कि जस्तो लागेर बेलावखत म झस्किने गर्दछु । शब्दहरू बाराम्बार आएर मलाई तर्साउने गर्छन् । शब्दहरु हरेक रात आउन थाले.का छन् । मेरा हरेक सपनामा आएर मलाई शब्दहरूले खेलाउछन् । शब्दहरूसँग म कुनै हिचकिचाहट नग्न बनिदिन सक्छु जो आजसम्म म अरू कसैसँग बन्न सकेको छैन । शब्दहरूले मलाई हरेक रात नङ्ग्याएर जान्छन्, मानौं म एक निर्जीव हुँ र शब्दहरू मलाई खेलौना सम्झिरहेछन् । जब म उठ्छु, मलाई आत्मग्लानी हुन्छ । अत्मग्लानीलाई भित्रभित्र पुयाउन खोज्छु, सायद आत्मग्लानी तरल वस्तु होला मेरो लागि त्यो क्षण, त्यो समय । म नग्न अवस्था सम्झेर आफैलाई धिकार्नु पर्ने हो तर लाग्छ म कुनै खेलौना होइन ।एक रात सपनामा मार्खेज ब्राण्डको शब्द हुँ भनेर एक शब्दले मलाई लुछ्यो, म मख्ख परेँ, शब्दसँंग नजिकिएँ, शब्दसँग एकोहोरो भएर शब्दलाई आफ्नो ज्यान सुम्पिएँ । शब्द मार्खेज ब्राण्डको सम्झेर भावुक भएँ, खुसी पनि भावुकता साथसाथै थियो । मैले सोचें अब यो शब्दसँग मिल्दा पक्कै पनि म अर्को मार्खेज बन्छु । एउटा मीठो सपना भएर शब्दले मलाई लुट्यो त्यस दिन, शब्दले मलाई जानेबेलामा भन्यो म फेरि भोलि तिमीलाइृ सहयोग गर्न आउनेछु, तिमीलाई भोलि पक्कै पनि साथसाथै लिएर जानेछु । मैले बिहान सोचेँ, यसरी झुक्याउनेहरू थुप्रै हुन्छन्, सायद यो शब्दले पनि मलाई झुक्याएको होला । रातभर शब्दसँगको बसाईमा थिलोथिलो भएको मेरो शरिरले दिनभर आराम पायो, म अलिक फरक मान्छे होला जो रातभर व्यस्त रहन्छ र दिनभर मीठो सपनामा समाहित हुन्छ । दिन ढल्दै गयो, रात बढ्दै गयो, फेरि एकपटक सपनाले म माथि आफ्नो आधिपत्य जमायो । सपनामा पुनः उही मर्खेज ब्राण्डको शब्दले हिजोको जस्तै गरी मलाई लोभ्यायो । मन कमलो थियो, मानिदिएँ । मैंले सोचेँ यो शब्द वास्तवमै मलाई मनपराइरहेछ, मलाई यसले पक्कै पनि आफूसाथ लैजाने छ, अवश्य नै यो शब्दले मलाई चिनाउने छ, दरिद्रताको, गरिबीको यो अवस्थाबाट माथि पुयाउने छ र नजिकिएँ शब्दसँग । शब्दले मलाई पुनः उही अवस्थामा फर्कायो, मलाई सहयोग गयो शब्दले, मलाई मीठो अनुभूति दिलायो शब्दले । सायद शब्द सन्तुष्ट भएछ क्यारे, सन्तुष्टिको मीठो आवाज प्रकट गर्दै, भोलि आउने वाचा गरेर शब्द गयो । म मीठो निद्रामा परेँ, मीठो सपनाले मलाई आनन्दीत तुल्यायो । त्यसपछिका धेरै रातहरू म सपना विहिन भएँ । रातको मेरो व्यस्तता नै सपनाहरूलाइृ अगाल्नु हो र ममा कुनै सपनाले ठाउँ लिन सकेन, मानौं कुनै पनि सपनाले मलाई पत्याएन । मेरो वरिपरि आन्दोलनहरू भइरहेका थिए । लोकतन्त्रका लागि आन्दोलन, जातियता विरूद्ध आन्दोलन, अप्रिल क्रान्ति, स्वायत्तराज्य घोषणाका लागि आन्दोलन, ऋण लिएर नतिर्ने आन्दोलन तर कहिल्यै शब्द विरोधी आन्दोलनहरू भएनन् । यदि शब्दको बिरूद्धमा आन्दोलन भइदिएको भए, म निस्कन्थें जुलुसमा, म नेतृत्व गर्थे शब्दहरूको विरूद्धमा, मलाई त्यस्तै त्यस्तै लाग्छ जब शब्दहरूको कुरूप रूप म सम्झन्छु, शब्दहरू राम्रा छन् भन्ने हाम्रो सोचाइ गलत छ । मलाई त शब्दहरू जस्तो कुरूप अरू केही पनि लाग्दैन । लामो समय पछि म जीवनका विभिन्न पाटाहरूलाई छिचोल्दै अगाडि बढिरहँदा फेरि सपनामा शब्दहरू आउन थाले । यसपालीको शब्द भने हार्डी कम्पनीको रहेछ, शब्दले मलाई भन्यो ‘मलाई थाहा छ तिमीलाई धेरै पहिले मार्खेज ब्राण्डको शब्दले छोडेको हो ।’ म निशब्द बसिरहेँ । ‘शब्द अगाडि बढ्यो । त्यो शब्द त्यस्तै हो, त्यसले धेरैलाई झुक्याएको छ, धेरैलाई गम्भिर बनाएको छ, धेरैको मन जित्न सफल भएको छ ।’ ममा कुनै प्रतिक्रिया दिने साहस थिएन । शब्द अगाडि बढ्यो ‘तिमीलाई त्यसले छोडेको होइन, तिमीले आफूमा उसको अनुसार परिवर्तन नआएकोले, उसलाई तिमीले बुझ्न नसकेकोले, उसलाई तिमीले छोडेका हौ, तिमीलाई उसले छोडेको होइन ।’ म सुनिरहें, आवाज आएन, भित्रभित्रै सन्नाटाहरूले शब्दसँगको सामिप्यताको कारण मलाई रूआईरहेको थियो । आखिर सपना, सपनामानै छोड्न चाहें । यसपाली शब्द मसँग थोरै स्पर्शीत भइरह्यो या मैलें शब्दसँग सन्तुष्टी लिइरहें, म आफैलाई थाहा छैन । शब्दले गर्नुसम्म गरेछ आफूलाई चाहेर हो वा नचाहदानचाहदैं म नग्न अवस्थामा थिएँ । उही ओच्छ्यान आखिर प्रेम निर्लज्ज अवस्थामा चियाइरहेको थियो । मलाई थाहा छैन त्यती बेला म किन शब्दहरूलाई नजिक्याउदै छु, शब्दहरूसँग किन खेलवाड गरिरहेछु अर्थात शब्दहरू मसँग किन खेलवाड गरिरहेछन् ?? हार्डी कम्पनीको शब्द त्यसपछी निरन्तर मलाई झस्क्याउने गथ्र्यो, झस्क्याईरहेको थियो । अचानक एक रात एक सन्नाटामा शुष्क अँध्यारो भित्र सपनाभित्र शब्द आइदियो, म हेरिरहेँ । मेरो वक्षस्थल वरीपरी उ कर्के आखाँ लगाइरहेको थियो, म आतुर थिएँ, उसलाई पिउन, सायद ऊ अतुर थियो होला मलाई पिउन । त्यस रात के भयो के भएन ? मीठो सुस्केरा संगै एक झोक्का हावाले मलाई ख्वार्लप्पै निलिदियो, शब्द जादुको चमत्कारी जस्तै विलिन भएर गयो । म प्रतिक्षामा कयौं रातहरू काटिरहेँ प्रतिक्षामा सपनाहरू विहिन अनिद्रामा बसिरहें । मलाई लाग्छ यदी कसैले सपना देख्दैन भने ऊ निदाएको हुँदैन, निदाउनको लागि त सपना देख्नुपर्छ सपनालाइृ आत्मसाथ गर्न सक्नुपर्छ । मलाई र मेरा चेतहरूलाई थाहा छैन एक साँझ सल्काइएको चुरोट सँगै म निद्रामा मस्त भएछु । बेबिलोनका झुलन बगैंचाहरू सपनामा देखीरहेको थिएँ । जीवन अस्थिर थियो, अस्थिरता तर्फ लम्कदै थियो । जीन्दगीका आयामहरू क्रमशः भत्कदैं थिएँ, क्रमशः पर हट्दै थिए । मलाई शब्दहरू बाराम्बार गिज्याउँछन्, म शब्दहरूलाई स्वागत गरिदिन्छु । त्यस रात पुनः शब्दले मलाई हेर्यो अनि म सन्तुष्टीका शब्दहरूलाई नियालीरहेँ ।आजकल मलाई शब्दले पुग्दैन, शब्दसंगैका रसेलका पिपिङ टमहरूको आवश्यकता पर्दछ । पिपिङ टम लाई पर हेर्दै शब्दहरूलाई गिजोल्नु, शब्दहरूलाई उछिल्याउनु एक आवश्यकता र मेरो चाहनाको पर्याय बनेको छ, एक चाहानाको स्विकारोक्ति भन्न पनि सकिन्छ यसलाई । जताततै शब्दहरू आन्दोलित भईरहेका रहेछन् । म शब्दपिडित, शब्द बलात्कृत एक दिन खुसुक्क शब्दहरूले थाहा नपाउने गरी उनीहरूकै आन्दोलनमा पसेँ । उनीहरूका कुरा सुनें, अचम्मीत भएँ । अचम्ममा पर्ने कारणहरू छन् शब्दहरूका मागहरू । शब्दका मागहरूमा घुम्दै जाँँदा आफैलाई पछाडि पाएँ । उनीहरू अचम्मका रहेछन्, मागहरू अचम्मका रहेछन् । उनीहरूका अनुसार उनीहरुले गिजोल्न पाउनु पर्छ अरे, बलात्कार गर्न पाउनुपर्छ नमुनाहरू पेश गर्दै थिएँ, हामीले देवकोटालाई गिजोलेका थियौं, आनन्दीत भयौं, समलाई भित्रदेखि चाहेका रे, सन्तुष्ट भए अरे । अरू थुप्रै थुप्रै नामहरू थिए । शब्दहरूले शङ्करलाई कहिल्यै बिर्सन सक्दैनन् अरे, शङ्कर लामीछानेले उनीहरूलाई धेरै सन्तुष्टी दिएका रे । मैलें आफैलाई राख्न सकिन, अड्याउन सकिन त्यस ठाउँमा जहाँ शब्दहरूको नामको होली खेलिरहेका थिए, मस्त थिए । त्यसैले शब्दहरूसँग टाढिए । त्यस रात कताबाट सुइको हो वा सुराकी पाएर पिपिङ टमसँगै थुप्रै शब्दहरू मलाई नै भेट्न मेरो विस्तारामा नै आइपुगे, मानौं मानौं त्यो उनीहरूको आफ्नै स्थान हो, आफ्नै मातृभूमिमा रमाइरहेछन् उनीहरू । म विस्तारामा, आनन्दित, भयरहित भएँ, किनकि मलाई शब्दहरूले बसाइरहेका थिए, शब्दहरूले तन्काइरहेका थिए । शब्दहरू त एकआपसमा पनि झगडा गर्ने रहेछन् त्यस रात थाहा पाएँ जहाँ उनीहरू आफूलाई तानिरहेका थिए, मलाई सुम्सुमाईरहेका थिए र मलाइृ लागिरहेको थियो यो नै उत्कृष्ट नमूना हो शब्द प्रेमको । केही समयको अन्तरालमा नै एउटा शब्दलस्कर नजिकैबाट तन्किदै गयो, मलाई पनि मन लाग्यो पसिदिएँ । समयसँगसँगै बगिरहेको थियो, गइरहेको थियो, शब्दहरूलाई अगाडि बढाइरहेको थियो । म पसेको चालपाएछन् शब्दहरूले उनीहरूको लस्करमा । म पिटिएँ, माया गर्ने शब्दहरूबाट नै कारण म अब वेश्या बनिसकेको थिएँ, पुरानो भइसकेको थिएँ । उनीहरू नयाँ खोज्दै रहेछन्, मलाई छोडिदिए । मलाई मन लाग्यो र लेखिदिएँ शब्द घात ।विभिन्न प्रस्तुतीहरूमा मैंले कोरेका शब्दहरू शब्दहरूबाट नै धेरै टाढा प्रस्तुत भएर आवाजहरूमा प्रस्फुटन हुन थाले । शब्दहरू केहि होइनन्, धेरैले भन्छन् तर मलाई शब्दहरू प्राय प्यारा लाग्छन्, मनका टुक्राहरू लाग्छन् । मेरो आत्मानुभूति भित्र शब्दहरूलाई न्यानो ठाउँ दिन सक्दिन तर कतै शब्दहरूभित्र आवाजका लवजहरूमा म आफैलाई हराउँछु । सोच्छु, ‘शब्द’ बिनाकारण नजिक भइरहेछ । शब्दहरूका बिभित्र ब्राण्डहरू हुन्छन् मार्खेज ब्राण्ड, शेक्सपियर ब्राण्ड, हार्डी ब्राण्ड, देवकोटा ब्राण्ड र अन्तिम निष्कर्षमा लाग्छ ब्राण्ड ठूलो होइन, मनका अभिव्यक्तिहरू ठूला हुन् । किन शब्दमा यती माया भएको छ मलाई थाहा छैन, तर शब्द शब्द पक्कै हो । मलाई लाग्छ शब्दहरू खेलाउनेमा म पनि एक हुँ । शब्दहरू खेलाउने गुणहरू ममा छन् । कसैले छैन भनोस् त, म उसलाई रणभूमिमा पछारिदिन सक्छु किनकी मसँगका उदाहरणहरू चुरोट खानु, रक्सी खानु र चुरोटका धुवामा म आफैंलाई राम्रो ठान्नु, रक्सीको मातमा म आफैंलाई अगाडि बढाउनु पर्दछ । मेरो जीवनमा ‘वेश्या’ ‘सटिफिकेट’ शब्दहरू नजिक छन् र मयी शब्दहरूलाइृ कहिल्यै पनि छोड्न सक्दिन । झनै ‘चुरोट’ ‘रक्सी’ र ‘प्रेम’ अगाडि आउन सक्छन् । यी कुुराहरू सामन्य हुन्, जीवनलाई आत्मसाथ गर्न नसक्नु, सदा स्वाभिमान भएर बस्न खोज्नु मेरा शब्दहरूमाथिका न्याय हुदैंहोइनन् । म ‘तपाईं’ ‘हजुर’ शब्दहरूलाई आफैंमा राख्न नसक्नुको कारण खोज्दै छु । शब्दहरूलाई पर पन्छ्याएर बस्न खोज्दा जीवनका उकाली ओरालीहरूमा म आफैलाई पछाडि पाइरहेछु । कोही ‘सम’ सम्झिरहेका होलान, कोही देवकोटा सम्झिरहेछन्, कोही फिलिफ रोथका कामुक दृश्यहरूसँग भलाकुसारी गर्न तत्परता देखाइरहेका छन् तर म बौलाहा भएको छु, पागल भएको छु, देवकोटा झैं वाग्नर, टल्सटाय र शेक्सपियरहरूलाई आफ्नै खेतका डिलहरूमा तमाखु भरेर गोरूहरूलाई पछ्याउँदै हिलोमा कोदाली बजाइरहेको पाउछुँ, यी शब्दहरूलाई नै म मेरो आगनका डिलहरूमा खोक्दै गरेको भेट्छु ।‘वेश्या’ शब्द सुन्दा जोकोहि पर पुग्न चाहन्छ, मलाई थाहा छ, वेश्यागमनमा नै भर परेको व्यक्ति होस् या वेश्यावृत्ति गर्ने नै व्यक्ति किन नहोस् भाग्न चाहन्छ शब्दलाई सुन्ने विक्तिकै र भाग्छ तर म नजिकिन चाहन्छु । ‘वेश्या’ घृणा गर्छन् मानिसहरू तर मलाई लाग्छ प्रत्येक श्रीमती वेश्या हो, संस्कारीत वेश्या, सामाजिक वेश्या । म आफैलाई कल्पना गर्छु र पर लाग्छु श्रीमती समक्ष, मेरी श्रीमती, समाजले उसलाई चिन्छ, सोचेको पनि छ एउटा परिवार तर मलाई त त्यस्तो लाग्दैन । उसलाई त समाजले नै एउटा सर्टिफिकेट दिएको छ वेश्याको र उ वेश्या भइरहिछे । उ प्रत्येकपल्ट आफ्ना जीजीबिषाहरूलाई पर कतै फ्याँकेर समाजलाई अन्धो बनाउदै म प्रति समर्पित हुन सक्छे, त्यतिबेला उसलाई म नै संसार लाग्छ, म नै समाज लाग्छ । कसैले पनि उसलाई औंला ठड्याउने छैन, किन र कसरी ? ऊ प्रत्यक दिन बिहान मेरा इस्टकोटका खल्तिहरूमा औंला चलाउछे र दिनभरीका सपनाहरूलाई एकाकार गर्दै आफ्नो जीवन चलाउन खोज्छे । उसलाई त पसिनाका थोपाहरूमा संकलित सम्पूर्ण आनन्दहरू प्रत्येक रात ममा समाहित गर्दै हृदयस्पर्शिताको आभास दिलाउदैं आनन्दित भएर आफूलाई नै समाजबाट र मबाट प्राप्त एउटा ज्ञानको टुक्रा भन्न सकिने अवस्थामा छे । उ एक लवज हो जसले थोरै सानो संसार म र म जस्ताहरूलाई झल्काइ दिन्छे, उ सानो लवज हो जसले म र म जस्तालाई लवजबाट कही श्रेणी उचालेर सम्बन्धात्मक जादु गर्दै आत्मीयताको मिलनमा सहयोग गर्दछे । थाहा छैन सत्य कुन कुराबाट तल ओर्लिन्छ र मलाई चट्ट छुन्छ, म सक्दिन शब्दलाई पर हटाउन मानौं कुनै वास्तविक समय यसरी चलिरहेछ, यसरी नै अगाडि बढिरहेछ ।शब्दहरूकै क्रमका दार्शनिकहरू देखेर मलाई त रमाइलो लाग्छ, दार्शनिकहरू जसलाई अहिले कुनै विश्वविद्यालयका कोर्षहरूमा पढाइन्छ, विचाराहरूले आफूलाई पढाइन्छ भन्ने थाहा नै पाएनन्, आफू दार्शनिक हुँ भन्ने एक रत्ति पनि पत्यानन् । ‘सर्टिफिकेट’ उनीहरूले सायदै सुनेका होलान । भल्टेयर वेदब्यासहरू, स्पिनोजा (१७००), नित्से स्पेन्सर (१८५०)हरू बौलाहाहरू हुन्, पागलहरू हुन् आजको समाजको लागि जसले नाम सुनेको छैन, जसले सुन्न चाहन्न, किनकी उनीहरू सटिफिकेट पछाडि दौडिरहेका छन्, जसका पछाडि उनीहरूका बौलाहहरू पागलहरूले कहिल्यै सोचेनन् । ‘सटिफिकेट’ शब्द मसँग प्यारो हुनुको कारण छ, विशेष कारण, एकजना धेरै सटिफिकेट भएका व्यक्ति आएर मलाई भने ‘हेर सम, हृदयचन्द्र सिंह प्रधान आदि सबै सटिफिकेटको कारणले गर्दा हामीले पढिरहेका हौं, हामीले देखिरहेका हौं, बुझ्न नसकेका हौं ।’ हे सटिफिकेटधारी व्यक्तित्वहरू मलाई लाग्छ, प्रधानहरू, समहरू, कटुवालहरू तिम्रो सटिफिकेटलाई चुनौती दिइरहेका छन् । तिमी ह्रस्व, दीर्घ, बढी जान्दछौं म ह्रस्वका स्वरहरू, आवाजहरू, र दीर्घका उतार चढावहरूमा जीवन हेर्न चाहन्छु । तिमी सटिफिकेट, आन्द्रा र भोकहरूलाई जाच्दछौं, म भोकहरूका उचाइमा पुगेको सटिफिकेटलाई दाँज्न खाज्दैछु, शब्दशब्द भित्रबाट एउटा शब्द निस्किएको छ, ‘शब्द’, त्यो शब्द जालमा म पागल छु, म पागल बौलाएको छु, भित्र कतै हुण्डरमा खसिरहेको छु । शब्दहरू... शब्दहरूँंग मितेरी लगाउनको लागि शब्दकोशहरू पल्टाउदैं लेख्न खोज्नेहरूको संसार आज बढ्दैछ र उही समय म शब्दहरूबाट परपर भागिरहेछु । कोही लेख्छन्, लेख्नका लागि कोही लेख्छन्, नाम भित्रको खोक्रो आडम्बर र रवाफका लागि । यहाँ साँच्चिकै लेख्नेहरूको जमात कति छ त ? शब्दहरूलाई बारम्बार म सोध्ने गर्छु । बास्तविक धरातलमा उभिएर लेख्नेहरू कति छन् । लेख्नेको संसार कहाँ र कति सम्म अगाडि आएको छ । लेख्नेहरू केका लागि लेख्छन् ? यी प्रश्नहरू आज सम्पूर्ण शब्दहरूँंग गरिएका मेरो मनमा शब्दले नै जन्माइदिएका हुन् । शब्दहरूको श्रृङ्खलामा बाँधिएर कसले कति जनालाई सन्तुष्टी प्रदान गर्न सक्यो र कति के कामका लागि अगाडि आइरहेका छन् ? आजको यो समाजमा लेखेर कति प्रभाव पार्न सकिन्छ । शब्दरूपी श्रृङ्खलाहरू मेरो मनमा तवमात्र बिस्फोटक रूप लिएर अगाडि आएका हुन् जब शब्दहरूले एक दिन मलाई शब्दहरूका खेलौटेहरूसँग भेट गराइदिए । म अचम्ममा परें जब शब्दहरूले गरिबी प्रस्तुत गर्दै थिए तर लेखौटेहरू मस्तसँग रमाइरहेका थिए । यदि, अझै पनि राम्रोसँग मेरा शब्दहरूको सम्पादन नहुने हो र लेखकहरूमा चेतनाको ठाउँ नपाइने हो भने बुद्धको ठाउँमा ब्रुस्ली, माक्र्सको ठाउँमा म्याडोनालाइृ ल्याएर उभ्याइदिने छन् मेरा शब्दहरूले र त्यसबेला संसार टुलुटुलु हेरेर बसिरहनेछ । एकरात शम्दहरूले मलाई सिकाएका थिए शब्द चाहनेले त नाम र दामको अगाडि नलागि प्रेमका खल्तीहरूबाट राष्ट्रियता, इमानदारीतालाई अगाडि ल्याउन सक्नु पर्छ । अब कलम चलाउनेहरूले सोर्सफोर्सको खोक्रो आडम्बरबाट रवाफ नदेखाएपनि हुन्छ । मलाइृ बिच्छ्योनामा फुलाउन शब्दहरूले नै भनेका थिए अझै यो समाजमा थुप्रै बुद्धिजीवीहरूको जन्म हुने छ । राम्रो लेखेर अगाडि आउनुलाई कुनै कठिनाइ छैन, कसैसँग दुइहातको प्राथना गर्नुपर्ने छैन् । शिल्प राम्रो भयो भने अक्षरहरू आफै बोल्न थाल्छन्, भावनाहरू संगीतका सुरतालसंग आफै नाच्न थाल्छन् र विम्ब र प्रतिकहरू शक्तिशाली भएर आफै देखा पर्छन अब सच्चा लेखकलाई कृष्णभीरका ढुङ्गाहरूसंग, हिरोसिमामा खसालीएका बमहरूसंग कुनै डर हुने छैन, लेखकहरू स्वतन्त्र छन्, कसले भन्छ स्वतन्त्र छैनन् । यस्तायस्ता कुरा गर्छन् शब्दहरू । बहुतै बाठा छन् फकाउन । शब्दहरूलाई कसले नै पो जित्न सकेको छ र ?लमजुङ्, हालः काठमाडौं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
संझनाभित्र रहेको सिडनी
निबन्ध
नम्रता गुरागाईं
17, 2010, 5:16
नम्रता गुरागाईं
कहिले पारिवारिक बन्दी कहिले आर्थिक मन्दीले न मनको रहरलाइ मार्न सक्यौ न जागीरलाइ अन्यत्र सार्नै सक्यौ । भाबनामा बहकिदै जांदा रहरहरु धेरै मिठापनि भए, यथार्थमा उभिएर सोच्दा रहरहरु धेरै तितापनि भए। आखिर जिन्दगीको गाडी त गुडाउनै पर्यौ बाटो जतिसुकै अप्ठयारो भएपनि। एकैठाउंमा बसेर वितेका पांच वर्षमा आफनो कसैलाइ देखाउने सम्पत्ति भनेको आफनै नानीहरु भएछन । उनिहरु बढदा आफुपनि जिम्मेबारीका सिढीहरु खुरुखुरु उक्लिरहेकी छु की जस्तो लाग्दोरहेछ । आफैभित्र नभेटेका खुशीहरु पनि कहिलेकाहि उनिहरुमा भेटदा साच्चै सुन्दर संसार त आफनै अगाडी रहेछनी जस्तो लाग्दोरहेछ । जिम्मेबारी थपिएपछि म के हु, के थिएं भन्नु भन्दापनि पहिला अब मैले के गर्नु पर्छ भन्ने कुराले नै मानिसलाइ डोरयाउदोरहेछ । आखिर मन खिन्न बनाएर मैले आफुमा भएको आफनै उत्साहलाइ नस्ट गर्नुबाहेक कुन संसार जित्छु होला र न आशु खसाएर कसैको मनको ताल नै भरुला। एउटी टुकुटुकु हिडन थालेकी छोरी र अर्को भित्रै भित्ता हान्दै बसेको छोरो बोकेर सिडनी नेब्रास्कामा आएको करिब करिब पांच वर्षपछि मात्र त्यो ठाउबाट सर्ने मौका मिल्यो हामीलाइ । विदेशमा आएपिछ आफनो रोजाइभन्दा जागीरको खोजाइ र बल्ल बल्ल हात पारेका काम नै ठुलो हुदोरहेछ, ठाउं जहांसुकै भएपनि, गाउं जस्तोसुकै भएपिन । जागीरकै सिलसिलाले लाखबाट करोड र करोडबाट जम्माजम्मी ८००० हजार मात्र जनसंख्या भएको ठाउमा पुरयायो हामीलाइ पनि जहां आफनो भन्ने त के भयो र साथीसम्मपनि हिडिसकेपछि हामी झन्डै दुइ वर्ष नेपालीको बिउ भनेको हामी दुइ र हाम्रा दुइ मात्र भयौं। तर जहा गएपनि उस्तै बाटो, उस्तै नियम कानुन, उस्तै सुचना सामाग्री, उस्तै सरसफाइ देख्दा चाहि अचम्मै लागेर आयो । कहिलेकाहि पर पर सुनेका दुर्घटनाहरुले मनमा हलचल नै ल्याउने गथ्र्यो मानौं आफुलाइ नै त्यो घटना परेको छ कि जस्तै गरेर । आफनो भाषा मिल्ने नरोबंजरो केही पनि नभएको ठाउमा कहिलेसम्म बस्ने होला भनेर मन साह्रै वेचैन पनि हुन्थ्यो तर मन कमजोर पारेर पनि सधै नहुने । आशा र मेहनत दुइटा कुराले मात्र मान्छेलाइ उत्साही बनाइराख्दोरहेछ । तिनै दूइ कुरा मनमा राखेर हिडने दिन कुरेर बसिरहयौ, नभन्दै हाम्रो पनि सर्ने दिन आयो। कुम्ला कुटुरा कस्ने दिन आउन त लाग्यो तर चलाएका सामानहरु के गर्ने भनेर कुरा खेल्न थाले मनमा, न त्यतिकै छोडन मिल्ने न त सस्तोमा लान सकिने । एकदिन मलाइ पढाइरहेकी शिक्ष्ीकालाइ सोधे मेरा सामान चािहं के गर्नु भनेर । उनले मुभिङ्ग सेल राख्न भैहाल्छ नि भनिन तर आफुलाइ मुभिङ्ग सेल कसरी राख्ने थाहा थिएन । मान्छेहरु बसिराखेको ठाउंबाट अर्को ठाउंमा सर्न पर्यो भने जाने ठाउंको दुरी एकदमै टाडा टाडा हुने भएकोले आफना भएका सामानहरु सस्तोमा बेच्ने चलनलाइ मुभिङ्ग सेल भन्दारहेछन । मैले मुभिङ्ग सेलमा किनेको चािहं थिए बेचेको थिइन, शिक्ष्ीकाबाट तरिकापनि सिकें । बुढाले आफिसबाट राजिनामा दिएपछि चािहं हिडने कुराले निकै गम्भीर नै बनायो हामीलाइ। सर्ने सुचना गर्नुपर्ने ठाउंहरु धेरै थिए । छोरी अर्को स्कूलमा सर्न मानीराखेकी थिइन । सम्झाउदै जादा हुन्छ भन्थी फेरी एकछिनमा मेरा साथी चािहं के गर्नुनी भन्थी, उ आफना सबै साथी आफुसंगै लान खोज्थी । छोरीले नमानेपनि स्कूलमा त खबर गर्नुपर्छ भनेर म उसको स्कुल गए । दुबै शिक्षिीकालाइ भेटें । दुबैले उसको खातिर गर्दा त उल्टै उसले उनिहरुलाइ सम्झाइ पो म तपाइहरुलाइ कहिले पनि विसर्िन्नी भनेर, म छक्क परें अघिसम्म नमानेकी छोरीले भनेको कुरा सुनेर । फर्केर आएपछि दिउसोतिर छोराको प्री स्कूलमा गए, उसकी शिक्षिका क्याथी कबेलालाइ भेटन । साह्रै दुख मानिन, म पनि कता कत भाबुक भएछु, मन त रहेछनी जहा भएपनि । हाम्रा कलिला नानीहरुलाइ असल बानी ब्यबहार सिकाउने उनी त्यसैपिन हाम्रो आदरणीय थिइन त्यसमाथि हामी बसेको घरै पछाडी उनको स्कुल भएकोले सधैजस्तो हाम्रो भेट हुन्थ्यो । उनी र म भेटने वित्तिकै दु:ख सुख साटथ्यौं एक अर्कामा । मैले आफन्त संझेर थुनथान गरेर राखेको मनको बाध फुटाए भने उनि टालटुल गर्थीन । उनी आफनी टाढा भएकी छोरी र नाती नातीना संझेर भक्कानिदा म सम्झउन कोशिस गर्थे । मात्र यति फरक, खोलानालामा बनाएका बांध र पुल चािहं हाम्रो देशमाजस्तो बनाएको तीन महिनामा खाल्डा पर्दारहेनछन यहा, वारेन्टी दिएको समयसम्मै टिकीरहदारहेछन, मनका बांध भने फुटिरहदारहेछन, मान्छे जहाको भएपनि आफन्तको माया सबैलाइ उस्तै हुदोरहेछ । मार्च २०, २०१० सनिबारको दिन हामीले पनि मुभिङ्ग सेल राख्यो बसिरहेको घरबाहिर। सोचेभन्दा धेरै मान्छे आए सामान किन्नलाइ । नयां अनुभबहरुले नयां कुरा सिकाउदारहेछन । महंगा गाडीहरुमा चढने मान्छेहरु पनि हामीले बेच्न राखेको सामान किन्न आएको देख्दा पैसा हुदैमा पुराना र काम चल्ने सामान सस्तोमा पाइन्छन भने किन नयांलाइ बढि पैसा तिर्ने भन्ने उनिहरुको सोचाइले हाम्रो पुगेपनि नपुगेपनि अरुको देखासेखी गरेर आफु ठुलो हुनुपर्ने त्यो पनि आजको भोली नै भन्ने मानसिकतालाइ राम्ररी नै संझाएको हो कि जस्तोपनि लाग्यो । महंगो गाडी देख्दा चाहि यी मान्छे धनी नै होलान भन्ने लख काटे मैले । हुनपनि मान्छे अनुहारले यो गरिब, यो धनी होला भनेर छुटयाउन सकिदैनरहेछ सबै रातापिरा नै देखिन्छन । यसको अर्थ गरिब नभएका त होइनन तरपनि बजार भाउ सबैले किन्न सक्ने नै खालको रहेछ, महंगो पसलमा जाने कि सस्तोमा जाने भन्ने मात्र फरक रहेछ । बसुन्जेलसम्म वास्ता नभएका कुरामाथि पनि गहिरिन पुग्ने यो मान्छेको मन पनि कस्तो होला । हिडिरहेको बाटो, ओझेल परेको पाटो, बोटविरुवा नभएका सुख्खा डांडा, अघिसम्म घोच्लानकि भनेर छेउ लागेका तिखा कांडा, केटाकेटी खेलिरहेको पार्क सबै सबै आंखा अगाडी आएर ए तिमीहरु हामीलाइ छोडन लागेका ? गएपनि मायां नमार है भनुलाझै गर्छन । हुनपनि त्यहा मेरा नानीहरुले पाइला टेकेका थिए, लडिबडी गरेर खेलेका थिए, हिडन नजानेर लडदा तिनै बाटालाइ सरापेर लात्तले भकुरेका पनि थिए बेलाबेला । भोली बिहानैको बसको टिकट छ एयरपोर्टसम्मलाइ । कोलोराडो राज्यके डेनभर भन्ने शहरको एयरपोर्ट पुग्नलाइ तिन घण्टा लाग्ने हुनाले बेलामा नपुगिने हो कि भन्ने अलि अलि चिन्ता भइरहयो तरपनि घर अझै सफा गर्नु पर्ने भएकोले विहानै उठेर बुडाबुडी भिडेका भिडयै भयौं काममा। एकैछिन कामलाइ थाती राखेर छोराको स्कुलमा गएर संझनाको लागि उसका साथी र शिक्षिकाहरुको फोटाहरु खिच्न पनि भुलेनौं । हाम्रा छोराछोरीकॊ पहिलो स्कुल थियो त्यो । यसैपनि आत्मियता बढेको तीमाथि छोडनु पर्ने बेला भएकोले मन अलि खिन्न भइराखेको थियो । सबैसंग विदा मागेर क्याथी कबेलासंग बिदा माग्न पुलुक्क के हेरेकी मात्रै थिएं उनि त रोइन पो अंगालो मारेर हामीलाइ छोडेर जाने भयौ भन्दै । म झन के कम र घरबाट स्कुलतिर हिडदै के भन्ने होला भन्दै थिए उनैलाइ सघाउन पुगें । छुटिने बेलाका आफन्त जस्तो खै कस्तो कस्तो भयो केहीबेरसम्म। मेरोभन्दापनि कमलो मन भएकी तिनीलाइ भेटन आउने बाचामा हामी विदा भयौ नरमाइलो हुदै । फर्केर आएपछि हामी फेरी काममा भिडयौं । भोली बिहान सबेरै सिडनी छोडनुपर्ने भएकोले काम गर्दा गर्दा भुतुक्कै भइसकेका हामी अलि छिटो नै ओछयानतिर लाग्यौं । भोलीपल्ट विहान अर्थात मार्च २६, २०१० सनिबारको दिन उठेर हिडन तरखर गर्दै थियौ, फेरी अलिकति फाल्ने सामान निस्किए । त्यो फालेर आएपछि हिडन पर्ला भनेर गाडी स्टार्ट गर्न खोजेको गाडी त स्टार्ट नै हुदैन । नाकै बटार्ने गन्ध आउछ के के न कुहेको हो कि जस्तै गरेर तर स्टार्ट हुदैन । हे फसाद अब के गर्ने् , समस्या पनि के के आइलाग्छ, पुग्नु छ डेनभर ३ घण्टा गाडीमा बसेर, छोडनु पर्ने आफनो गाडी जति गरे पनि स्टार्ट हुदैन त । यसैपनि मुभरलाइ नर्थ क्यरोलाइना लैजानलाइ पहिला नै दिइसकेको गाडी लिन अहिलेसम्मपनि नअएकोले एउटा चिन्ता भैरखकेको थियो त्यसमाथि अर्को । गाडी कति निमोठदा पनि स्र्टाट नभएकोले अब मुभरले पनि लादैन होला भन्ने अर्को चिन्ताले सतायो हामीलाइ । वहांले अफिसको साथीलाइ फोन गर्नु भयो । नभन्दै साथी पनि आइदिए । उनले गर्नुपर्ने सहयोग सबै गरिदिएर हामी सबैलाइ बस पार्कसम्म पनि लगिदिए । सुतिरहेका नानीहरु घरमा छोडेर सहयोग गरिदिन आएका साथिलाइ हृदयदेखि नै धन्यबाद दिएर हामी विदा भयौं । बिहान आकाशमा पनि बादल लागिरहेको थियो। मार्च सकिन लाग्दापनि जाडो भने सकिएको थिएन। हल्का ज्याकेट नै लाउने पर्ने र बाहिर धेरै बेर बस्नपनि नसकिने, त्यसमािथ अलिअलि पानी पनि छिटयाउदै थियो । निकै चिसो भएकोले म नानीहरुलाइ लिएर भित्र म्याकडनलको पसलतिर छिरे । गाडीले पनि त्यस्तो ढिलो गरेन टाइममै आइपुग्यो । बस भनेको त मिनिभ्यान पो रहेछ । छोराछोरीलाइ बसमा जाने हो नी हामी भनेको थियो भ्यान आएकोले नाक खुम्च्याएर उनिहरु खै त बस भनिराखेका थिए । हेर्दा बुढि नै देखिने ड्राइभर गुड मर्डिगं भन्दै आइन । उनले "सरी.... आज मान्छे धेरै नभएकाले बस आएन" भनिन । हाम्रो देशमा हो भने काम गर्न त्यति सक्ने अबस्था होइन तर यहा अरुमा आश्रित हुने चलन नभएकोले होला बुढी भएपनि जोस भने कडै देखिन्थ्यो । उनिसंग अर्की एउटी पेसिन्जर पनि रहिछन । हामी सबैलाइ गाडीमा राखीसकेपछि ११ बजे डेनभर एयरपोर्ट पुरयाउने बाचामा गाडी स्र्टाट गरिन । बाटाभरी सिडनीका सम्झनाहरुले पछयाइ रहे । त्यहि बसेर वितेका पांच वर्षको जोड घटाउ गर्न थालें म । अरुभन्दा पनि आफनै गाडीको चिन्ता भयो धेरै । बनाएर छोडन पनि आफुसंग समय थिएन । गाडी बनाउन वर्कसपतिर लागे प्लेन छुटने । त्यो फलाइट छुटयो भने फेरी कति बेला कहिलेलाइ पाइन्छ ठेगान नहुने । आफनु त घरैको डाडु पुन्युको काम हो जहाबाट पनि गर्न सकिने तर दुइदिनपछिबाट नया अफिसमा काम शुरुपनि गर्नुछ बुढाले, बिग्रेको गाडीको लागि बस्ने कुरापनि भएन । त्यो दुख दिन बानी परिसकेकोले वर्कसपलाइ नै फोन गर्न पर्ला बनाउनका लागि भनेर मनलाइ अलि हलुका बनाउन खोज्यौ हामीले । चिन्ता मात्र गरेर पनि केही हुनेवाला थिएन । बरु मनलाइ अलिकति भए पनि रमाइलो बनाउ भनेर म के के सोच्न थालें । धेरै पहिला सुनेको गीत याद आयो, "ड्राइभर दाइ खलासी भाइ, हाम्रो धेरै माया तिमीलाइ, हाम्रो धेरै आदर तिमीलाइ, कहिले लान्छौ उकालीमा कहिले ओरालीमा, कहिले लान्छौ घुम्ती घुम्ती कहिले द्यौराल्ीमा....." गुनगुनाउन थाले गाडी ड्राइभरनी दिदीले चलाएपनि । नर्थ क्यरोलाइना, युस
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
जिन्दगी ... ?
निबन्ध
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
24, 2010, 10:59
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
जिन्दगी एउटा अपरिभाषेय वस्तु ... । संसारका ठूलाठूला दार्शनिकहरूले पनि उहिलेदेखि अहिलेसम्म अनेक तरिकाले अथ्र्याउन प्रयत्न गर्दा पनि राम्ररी नअर्थिएको वस्तु । जिन्दगीलाई कसैले धर्मसँग त कसैले कर्मसँग जोडेर अथ्र्याए, कसैले राजनीतिसँग त कसैले अर्थनीतिसँग अनि कसैले भोकसँग त कसैले भोगसँग जोडेर अथ्र्याए पनि पूर्ण अर्थ दिन नसकिएको वस्तु । अनेकले अनेक ढङ्गले अथ्र्याउन खोजेको तैपनि राम्ररी नअर्थिएको अनि जति अथ्र्याउन खोजे पनि चुरो भेट्टाउन नसकी टुप्पो समाउँदा फेद फुत्किने र फेद समाउँदा टुप्पो फुत्किने अद्भुत वस्तु । जिन्दगीको न सुरु थाहा हुन्छ, न त अन्त्य नै । बीचका यसो झल्याकझुलुक मात्र हुन् थाहा हुने भनेका । त्यही झल्याकझुलुकका बीचबाट अर्थ खोज्न प्रयत्न गरिएको तर खास अर्थ फेला नपारिएको रहस्यमय वस्तु ... ।जिन्दगी कहिले उकालिन्छ त कहिले ओरालिन्छ, स्थिर हुन नसक्नु यसको नियति । जिन्दगी स्थिर हुुनु भनेको यसको समाप्ति हो तैपनि त्यो भएरै छोड्छ । अनेक प्रकारका मायामोहमा फस्दाफस्दै अनि लोभलालचमा जकडिएर मेरोमेरो भन्दाभन्दै पत्तै नपाई सुइँकिन्छ जिन्दगी । कहिले, कहाँ र कसरी भन्ने जानकारीविनै टक्क रोकिन्छ जिन्दगी । बस् ... टक्क ‘केलाई टाउको दुखाउनु हो दुई दिने जिन्दगीमा भन्दै यसलाई मोजमस्तीको पर्याय मान्ने एकथरी भोगवादी छन् भने छोटो जिन्दगीलाई चिन्तनशील र कर्मशील बनाउनु पर्छ भन्ने अर्काथरी कर्मवादी छन् । भोगवाद र कर्मवादका बीचबाट गति प्रदान गर्नु नै सार्थक जिन्दगी हो भन्नेहरू पनि छन् । जिन्दगीमा बाँच्नका लागि अनेक सङ्घर्ष गर्नुपर्ने भएकाले कसैले भन्छन् सङ्घर्ष हो जिन्दगी । यी सबै थरीका आआफ्नै खाले तर्क भए पनि तिनको तार्किक निष्कर्ष भने अभै फेला नसकिएको वस्तु हो जिन्दगी ।असीमित इच्छाआकङ्क्षाको भण्डार हो जिन्दगी । जिन्दगीका इच्छाआकाङ्क्षा पूरा गर्न एक जुनी त चौरासी लाखै जुनीमा पनि असम्भव । त्यसमा पनि कतिपयचाहिा सपनामा मात्र पूरा हुने विपनामा त ज्यादै कम । कम पनि यति कम कि ती पूरा हुनेको प्रतिशत कुनै पनि गणितबाट निस्कँदैन किनभने गणितमा पनि अहिलेसम्म त्यति सानो सङ्ख्याको प्रतिशत निकाल्ने सूत्र बनेकै छैन । हो, यस्तै नबनेका सूत्रबाट अर्थ खोजिने वस्तु हो जिन्दगी ... ।जिन्दगीको यात्रा कहिले र कहाँबाट थालियो भन्ने कुरा पनि राम्ररी ज्ञात छैन । सबै अन्दाजैअन्दाजमा दौडिँदा छन् । कोही भन्छन् ब्रह्माजीले बनाए जिन्दगी । यसैलाई ठीक मान्ने हो भने पनि ती ब्रह्माजीलाई चाहिँ कसले बनायो भन्ने प्रश्न तेर्सिन्छ । कोही भन्छन् विकासवादको परिणाम हो जिन्दगी । तिनका मतमा केहीबाट केही विकास हुँदै अर्थात् पुच्छर छोड्दै र पुच्छर जोड्दै अगि बढेको वस्तु हो जिन्दगी । ल भैगो जतासुकैबाट जसरीसुकै आओस् सत्य के हो भने अनेक रूपरङ्गमा जिन्दगी आयो बस् आइरहेछ ... आइरहेछ निरन्तर । जिन्दगीलाई आध्यात्मिक चिन्तनसँग वा भौतिक चिन्तनसँग जतातिर जोडे पनि अभैसम्म चुरो फेला पार्न नसकिएको वस्तु हो जिन्दगी । जिन्दगी छउन्जेल यस्तै अवस्था रहलाजस्तो छ ... । मुख र पेटको सङ्गम हो जिन्दगी । यी दुईविनाको जिन्दगी हुँदैहुँदैन । जिन्दगी नै पिच्छे फरकफरक खालका मुख र पेट हुन्छन् । यी दुईको घनिष्ठ सम्बन्ध छ । अनेक मुखैमुख भएको जिन्दगीका मुखभन्दा ठूला पेट हुन्छन् । कसैका पेट दाम्रा छन् । तिनमा एक मुठी पर्न पनि कठिन छ । कसैका पेट चाम्रा छन् र ती यति ठूला छन् कि मुठी, माना, पाथी, मुरीको के कुरा टनटनले पनि टनाटन हुँदैनन् । सिङ्गो राष्ट्र नै निल्दा पनि त्यस्ता जिन्दगीका पेट भरिँदैनन् । यसैले तिनका दृष्टिमा दुनियाँलाई ठगेर भेटेजति हसुर्नु मात्रै हो त जिन्दगी ... ? जिन्दगीमा मुख र पेटपछि मात्र आउँछ मन र मष्तिष्क रोजगारीको खोजीमा भौँतारिने बेरोजगारको ताँती हो जिन्दगी । बिचरा जिन्दगीलाई चलाउन जिन्दगीभर भौँतारिइरहन्छ जिन्दगी अनवरत रूपमा पत्रिकाका पानामा जागिरका विज्ञापन खोज्दै । त्यो पनि पहिले नै भागबन्डीय सम्झौता, सहमति र सहकार्य गरिसकेपछि औपचारिकताका लागि गरिने जागिरको विज्ञापनजस्तो बनेको छ जिन्दगी । त्यसखाले विज्ञापनमा पनि सीमित पदमा असीमित आवेदन गर्ने जिन्दगीहरूको ताँती नै लाग्छ । के थाहा बिचरा ती जिन्दगीलाई पहिले नै पदपजनी गरिसकेको कुरा ... । जागिर प्रवेशमा पनि यति वर्षको अनुभवी भन्ने विज्ञापनले झन् धुरुक्क पारिरहेछ जिन्दगीलाई । बिचरा विना सोर्सफोर्स कतै प्रवेशै नपाएकाले केको अनुभव बटुल्नु नि ... उसलाई जिन्दगीमा केवल भोकको अनुभव छ मात्र भोकको । उसले भोगको अनुभव गर्नै पाएको छैन । भोगको अनुभवै नभएकालाई भोग गर्ने ठाउँ पनि कतै छैन । कतिपय जिन्दगी यस्तैयस्तैमा भौँतारिएर भोगको अनुभव गर्नै नपाई खत्तम बिहावारीतिरका विज्ञापनमा भने अनुभवको कुरा गर्न नथालिएकाले धन्न अहिलेसम्म कसैको भेद खुलेको छैन । यस्ता विज्ञापनमा पनि अनुभवका कुरा आउन थालेपछि सबका जिन्दगीको भेद खुल्दै जानेछ । यस्तैयस्ता विज्ञापनैविज्ञापनको सँगालो हो जिन्दगी । बस् विज्ञापनको सँगालो ... ।एकप्रकारले अहिलेको फेसन सोजस्तै हो जिन्दगी । त्यो पनि लाएर देखाउने हैन नलाएरै देखाउने फेसन सोजस्तै । एकथरी लाउने नभएर नलाई देखाउँछन् भने अर्काथरी लाउने धेर भएर नलाई देखाउँछन् । अझ भनौँ एकथरी विवश भएर देखाउँछन् अर्काथरी बश भर देखाउँछन् । आएको पनि नाङ्गै र जाने पनि नाङ्गै भन्ने अर्काथरी धसिङ्गरे पनि छन् । देखाउन मिल्ने र नमिल्नेको भेद नगरी देखाउनु पनि एकप्रकारको जिन्दगी नै बनेको छ यतिखेर ... ।जिन्दगी अनेक थोक प्रदर्शन गर्ने विज्ञापन पनि हो । पत्रिकाको एउटै पानामा छापिएका श्रद्धाञ्जलि र बधाइ दुवैका विज्ञापनजस्तै । झट्ट हेर्दा कुन के हो भन्ने थाहा नहुने, गहिरिएरै हेर्नुपर्ने विज्ञापनजस्तो । तिनमा पनि कहिलेकाहीँ यताको फोटो उता पयो भने बित्याँस । कतिपटक चिनेका अनुहार देख्दा म पनि विस्मित र हर्षित दुवै भएको छु तर वास्तविकता ठीक उल्टो भएको छ श्रद्धाञ्जलि भनेको बधाइ र बधाइ भनेको श्रद्धाञ्जलि हुने गरेको छ । यसरी यताको उता र उताको यता हुनु पनि जिन्दगी । यी दुवै जिन्दगीकै विज्ञापन हुन् । एउटा भएका जिन्दगीको अनि अर्काे गएका जिन्दगीको विज्ञापन भनेर चित्त बुझाउनुको विकल्प छैन । कतै उत्तर पाउने ठाउँ भए पो प्रश्न गर्नु । हो, यस्तै यथार्थ बुझ्न नपाउने र बुझ्ने ठाउँ कतै नहुने वस्तुको नाम हो जिन्दगी ... ।जिन्दगी चोरी पनि हो अनि जिन्दगी फोरी पनि हो । यसले अवसरअनुसार अनेकथोक चोरीफोरी गर्छ । यसमा धन चोरीको मात्र कुरा होइन तन र मन चोरीको समेत कुरा आउँछ । धन चोरीदेखि मन चोरीसम्म अनि निँद चोरीदेखि पिँध चोरीसम्म जिन्दगीमा भइरहन्छ । चोर्नु अपराध भने पनि चोर्ने क्रम जिन्दगीमा कहिल्यै रोकिँदैन । गुलाफी गाला, चाउरिएको छाला, धारिलो भाला अनि काउछाको माला पनि जिन्दगी । यस्तैयस्ता विपर्यासको सँगालो हो जिन्दगी । गान्धी हो जिन्दगी, माक्र्स पनि जिन्दगी । बुद्ध हो जिन्दगी, कृष्ण पनि जिन्दगी । हिटलर हो जिन्दगी, गोर्भाचोभ पनि जिन्दगी, सद्दाम पनि जिन्दगी, लादेन पनि जिन्दगी । रामदेव पनि जिन्दगी, कामदेव पनि जिन्दगी । ओसो पनि जिन्दगी, चोसो पनि जिन्दगी । छेपारो हो जिन्दगी अनि सर्प, छुचुन्द्रो र ब्वाँसो पनि जिन्दगी । मानव हो जिन्दगी, दानव पनि जिन्दगी । नर पनि जिन्दगी, नारी पनि जिन्दगी । अपहरण र फिरौती पनि जिन्दगी, अपहरित र तिरौती पनि जिन्दगी । निर्माण पनि जिन्दगी, विनिर्माण पनि जिन्दगी । गाड्नु पनि जिन्दगी, उखेल्नु पनि जिन्दगी । भूकम्प हो जिन्दगी, ज्वालामुखी पनि जिन्दगी । नदी हो जिन्दगी, मरुभूमि पनि जिन्दगी । हिमाल हो जिन्दगी अनि समुद्र पनि जिन्दगी । सालाखालामा दुष्ट र इष्ट दुवैको सङ्गम हो जिन्दगी ।आस्तिक पनि जिन्दगी, नास्तिक पनि जिन्दगी । देखावटी नास्तिक र लुकावटी आस्तिक पनि जिन्दगी । सदाचारी हो जिन्दगी अनि भ्रष्टाचारी पनि हो जिन्दगी । दरबार र महल पनि जिन्दगी, सडक र पेटी पनि जिन्दगी ... । मालिक पनि जिन्दगी, हलिगोठालो पनि जिन्दगी । कारिन्दा हो जिन्दगी, हाकिम, नेता र मन्त्री पनि जिन्दगी । कसैका लागि घुस हो जिन्दगी कसैका लागि भुस हो जिन्दगी । नहुनेका लागि निसार हो जिन्दगी, हुनेका लागि अपार हो जिन्दगी । रोगी नै रोगीले भरिएको अस्पताल हो जिन्दगी अनि रोगभित्र जताततै पैसैपैसा देख्ने डाक्टर हो जिन्दगी । जनता हो जिन्दगी अनि तिनलाई चुस्ने जुको हो जिन्दगी । यसैले एकजना कविले लेखेजस्तै ‘यो जिन्दगी खै के जिन्दगी । वास्तवमा ती कवि त के तिनलाई जन्माउनेले पनि नबुझेरै जिन्दगी जिए । केहीलाई धरतीमा ल्याए । आपू गए । यसैले जिन्दगी एउटा यात्रा हो, यो आउनेजाने क्रम निरन्तर रहन्छ । यात्री फेरिने मात्र हो न यात्रा फेरिन्छ न त रोकिन्छ नै ।जिन्दगीका प्रकार पनि अनेक छन् । प्राथमिक जिन्दगी वस्त्रहीन जिन्दगी । माध्यमिक जिन्दगी पातपतिङ्गरधारक जिन्दगी । आधुनिक जिन्दगी वस्त्रधारक जिन्दगी । अनि उत्तरआधुनिक जिन्दगी छोपछापे जिन्दगी । सुरुमा वस्त्रै नभएर वस्त्रहीन हुनपुगको जिन्दगी समूह बढ्दै जाँदा अलिअलि लाजसरम बढ्दै गई खासखास संवेदनशील अङ्ग छोप्न प्रकृतिकै वस्तु उपयोग गरियो । अलिक पछि वस्त्र निर्माण गरी पूरै ढाकियो तर अहिले लाजसरम हटिसकेकाले सबथोक देखाउन थालिएको छ । यी सब युगअनुसार बााचेका जिन्दगीकै अनेक प्रकार हुन् ।कोही भन्छन् जिन्दगी आफ्नो लागि मात्र होइन अर्काका लागि पनि हो जिन्दगी । त्यो पनि उमेरअनुसार फरक पर्दै जाने । बाल्यकालमा बाबुआमाका लागि, युवाकालमा प्रेमीप्रेमिका हु“दै श्रीमान्श्रीमतीका लागि अनि वृद्धकालमा आनै लागि ... । ढाट्ने भए बेग्लै कुरा । यथार्थवादी भएर नढाँटी भन्ने हो भने जिन्दगी अरू कसैका लागि होइन आनै लागि हो फगत् आफ्नै लागि मात्र तर आदर्श मिसाएर भन्ने हो भने जिन्दगी आफ्ना लागि मात्र होइन अरूका लागि पनि हो ।सपनामा लड्डु खानु पनि जिन्दगी, बिपनामा भड्डु निल्नु पनि जिन्दगी । एकछाके हुनु पनि जिन्दगी । दिनले नपुगेर रातभर हसुर्नु पनि जिन्दगी । एक कौडी नहुनु पनि जिन्दगी । अगणित डलरमाथि सुत्नु पनि जिन्दगी । सम्पत्तिको तराजुमा जोखिने पनि जिन्दगी अनि बालुवाका कणमा पोखिने पनि जिन्दगी । थोरै मुस्कान अनि धेरै छुस्कान पनि जिन्दगी । हाँसो हो जिन्दगी, रोदन हो जिन्दगी । यसरी जसलाई जे मन लाग्यो त्यही भन्ने हो भने आखिर के हो त जिन्दगी ? यी सबथोक हो जिन्दगी अन्ततः कुनै पनि होइन जिन्दगी । यही हो र होइन बीचको अल्झो हो जिन्दगी । अन्ततः जिन्दगी भनेको जिन्दगी नै हो । जजसले जेसुकै भनून् म त भन्छु गाँस, बास, कपास हो जिन्दगी अनि शिक्षा र स्वास्थ्य पनि हो जिन्दगी । मानवअधिकार हो जिन्दगी अनि स्वतन्त्रता हो जिन्दगी तर अर्काको अधिकार र स्वतन्त्रताको सम्मान गर्दै आफ्नो अधिकार र स्वतन्त्रताको उपभोग गर्नु मात्र हो जिन्दगी । जिन्दगीभर जिउनु नै जिन्दगी हो भनेर चित्त बुझाउनु पर्ने अनेक विकल्पका बीचमा विकल्परहित वस्तु हो जिन्दगी । सानो गोरेटोमा ठेलमठेल गर्दागर्दै पत्तै नपाई बिसाउनु पर्ने वस्तु हो जिन्दगी । सदैव राजमार्ग बनाउन तम्सिँदातम्सिँदै गोरेटोसम्म खन्न नपाई समाप्त हुने जिन्दगी । ईष्र्या हो जिन्दगी, तृष्णा हो जिन्दगी । अर्काको दुखमा खुसी हुने र सुखमा दुखी हुने प्रवृत्ति हो जिन्दगी । आशा हो जिन्दगी अनि निराशा हो जिन्दगी । जीजिविषा र निजीभिसाको द्वन्द्व हो जिन्दगी । जन्मसँगै मृत्युको घन्ट बजाइएको मृत्यु अवश्यम्भावी हो जिन्दगी । बेलाबेला मुड बिग्रिएका बेला निरर्थक ठानिए पनि खासमा सार्थक हो जिन्दगी । अझ भनौँ निरर्थकताका बीचमा सार्थक बनाउनु पर्ने वस्तु हो जिन्दगी । निस्सार र विसङ्गतिपूर्ण भने पनि सारपूर्ण र सङ्गत तुल्याएर जिउनै पर्ने वस्तु हो जिन्दगी । केही होइन भने पनि अन्ततः परिवेशअनुरूप युगसापेक्ष ढङ्गले अथ्र्याइने धेरै थोक हो जिन्दगी । काम, माम, दाम र नाम हो जिन्दगी । यी सबै जुटाउन अत्यन्त कठिन भएकाले कठिनैकठिनको चौघेरामा उभिएको वस्तु हो जिन्दगी । अझ छोटोमा भनौँ भने सोचेजस्तो नहुने र भोगेजस्तो मात्र हुने वस्तुको नाम हो जिन्दगी ...
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
फेसबुकबाहिर
निबन्ध
टङ्क उप्रेती
24, 2010, 10:46
फागुनको सुरू बेला न्यानो घामको रापिलो तेजमा आनन्दित छु । काठमाडौँबाट भाग्न लागेको चिसो । विदाको दिन । व्यस्त जीवनबाट मिलेको सानो अवकास र पत्रपत्रिकाको साथ । एउटा म्यागेजिन पल्टाउँदै थिएँ, अचानक भेट भयो युवराज नयाँघरेसँग 'फेसबुकमा फत्तेमाया' शीर्षकको 'ननफिक्सन' रचनामा, पढेँ ।सुरूमै लेखिएको छः'हराएका मान्छे भेटिए भटाभट ।हो, थुप्रै मान्छेहरू हराएका थिए । हृदय र शरीरहरूहराउने क्रम बढिरहेथ्यो । हिजो आज ती भेट्दै छु । विस्तारै विस्तारै । सूचनाको जालोले नबेरिएको घर रहेन । खबरको अँगालोबाट अलग्गिएको पिँढी अछुतो रहेन । .....म त उसलाई बूढो हुलाकीका स्वाँस्वाँमा खबर पर्खिरहेथेँ, ऊ आइसकेछ फेसबुकमा !'कत्रो खुसी व्यक्त गरिएको छ यहाँ ! हराएका मानिसहरु भटाभट भेटिएको हर्ष ! भेटिँदैछन् शरीर र हृदयहरु क्रमिक रूपमा फेसबुकमा । फेसबुक निश्चित रूपमा क्रान्ति हो-सामाजिक सञ्जाल निर्माणमा । अनुभूति, विचार र मानसिक अवस्थाको अनौपचारिक रूपमा तत्काल सञ्चारित गर्ने प्रभावकारी पुल बनेको छ यो । लहिरिएका छन् यसका तरङ्गहरूमा खुसी, विरक्ति, दिक्दारी र उत्तेजना , प्रेम, वियोग, मिलन र मनोदशाका अनन्त अन्तर तहहरू !धन्यवाद दिन मन लाग्छ अमेरिकी रक्षामन्त्रालयलाई जसले आर्पा प्रोजेक्टबाट बनायो कम्प्युटर सञ्जाल सन् १९६० मा र सलाम गर्न मन लाग्छ टीम बर्नेसलाई जसले आविष्कार गरे विद्युतीय अभिलेखलाई जोड्ने एचटीएमएल भाषा सन् १९९१ मा । यिनै आधारमा उभिएको फेसबुकमा भेटिँदैछन् हराएका मानिसहरू ।सोच्न पुग्छु- को भेटिन्छन् ?अझ, को भेटिन्छन् फेसबुकमा ?भेटिनलाई हराउनु पर्छ । हराउनलाई स्पष्ट रूपमा देखिने गरी अस्तित्वमा रहनु पर्छ । पहिचान हुनु पर्छ प्रस्ट-स्पष्ट विशेषताहरु सहितको । हेर्छु- म बाँचेको समाज, जुन बनेको छ पहिचानविहीनहरूको समष्टिमा । निरन्तर चलिरहेको छ- सङ्घर्ष र विष्फोट भएको छ क्रान्ति । तर प्राप्त हुन सकेको छैन पहिचान । यिनै पहिचानविहीनहरुको निधारबाट बगेको छ रगत र त्यही रगतमा टेकेर उभिएका छन् स्तम्भ र सालिकहरू । यी निर्जीव स्तम्भ र सालिकहरू चिन्तित छन् आनो पहिचान हराउनेमा न कि आधारभूमिको पहिचान स्थापित गर्नमा । यिनकै कृतिम र कुटिल मुस्कानले अपहरित गरेको छ-साधारण मानिसको पहिचान ।म साधारण मानिसको बीचमा उभिएको छु, जो कहीँ अभिलेखित छैनन् राज्यका अभिलेखहरूमा, जो कहीँ भेटिएकै छैनन् र जसको अस्तित्व स्विकारिएकै छैन कहिल्यै । त्यसैले ती हराउने सम्भावना नै छैन र नहराएकाहरू भेटिने झन् कुनै सम्भावना नै रहँदैन । जसको पहिचान नै छैन, उनीहरूसँग हराउने योग्यता पनि हुँदैन । हेा, फेसबुकमा धेरै क्षमता छ स्पेसको, लचकता छ, निकटता छ, सूचनाको स्थायित्व छ, अन्र्तक्रियात्मक छ । तर कसका लागि छ त्यो ? बारम्बार यही प्रश्नका नङ्ग्राले कोपरिरहन्छ मेरो अनुहार ।कसलाई भेटे नयाँघरेले फेसबुकमा ?'काम खोज्दै जानेहरू हराएका थिए लन्डनतिर । कामको भारले छोपिएका थिए सिड्नीतिर । दामको भोकले बिलाउँथे न्यूयोर्कतिर । नोटको बोझले अल्भिएका थिए बेइजिङतिर ।ती सबै भेटिन्थे फेसबुकमा ।'पेरिस, टोकियो वा सियोल पनि हुन सक्छ भेटिनेहरुको ठेगाना र भेटिएको हुन सक्छ काठमाडौँमा । कहिल्यै भेटिएको छैन धादिङ तोपलाङका वीरबहादुर तामाङलाई रासायनिक विषादी रोक भनेर चिच्याएका फेसबुकमा । बाजुरा सपाटाका नरे बि.क. आउँदैनन् फेसबुकमा ज्वरोले सतायो- प्यारासिटामोल पाइएन भन्न । ओलाङचुङगोलाबाट चरन घटेकोले चौँरीपालन सङ्कटमा पर्यो भन्न पासाङ कहिल्यै फेसबुकमा आउन सकेनन् । उदयपुर मुसहरीबाट जंकु सदा घुस दिने पैसा नभएर छोरीको नागरिकता पाउन नसकेको व्यथा लेख्न सक्तैनन् फेसबुकमा ।पहिलेदेखि नै सूचनाको पहाडले थिचिएका 'मेट्रोपोलिटन सेन्टर' का वासिन्दाहरू मात्र भेटिने गरेका छन् त्यो सामाजिक सञ्जालमा । जो सूचनाको आँधीको खतरामा छन् ती मानिस नै छन् फेसबुकमा पनि ।निरक्षरहरु छैनन्, भोकाहरू छैनन्, आवाजविहीनहरू छैनन्, किनारीकृतहरू छैनन्, दबाइएकाहरू छैनन्, वञ्चितहरू छैनन्-फेसबुकमा ।नयाँ शताब्दीमा प्रविधिले ठूलो फड्का मारेको छ र लिएर हिँडिरहेछ अनुमान नै लगाउन नसकिने नयाँ अज्ञात प्रदेशतिर संसारलाई । प्रायः हरेक दिन आविस्कार भइरहेछ नयाँको । यसको वेगले घिसारी रहेछ संसारलाई, उदारीकरण, भूमण्डलीकरण र मानवीय तिव्र प्रवाहहरुमा । 'कन्ट्रालो' उत्पन्न भइरहेछ । कमजोर र विकाशशील मुलुकहरू बाट शक्तिको केन्द्रतिर आना कुराहरू भन्ने । प्रविधिले ल्याएको एक अवसर त हो यो पनि तर यस्तो अवसर फेरि पनि ती दुरदराजका पहिचानविहीनहरू का लागि बन्न सकेको छैन ।नयाँघरेले आनो संस्मरणमा लेखे-'एउटै थालमा भात खानेहरू भेटिन्छन् । एउटै पीङमा लठारिनेहरू भेटिन्छन् । एउटै पाटीमा अक्षर कोर्नेहरू भेटिन्छन् । एउटै उखु दुईतिर चुस्नेहरू भेटिन्छन् । एउटै सिरानीमा दुईतिर बाँडेर सुत्नेहरू भेटिन्छन् ।फेसबुकमा यी सबै अनुहार भेटिन्छन् पटक-पटक ।' उनले इमानदारीपूर्वक आफूले भेटेका मानिसहरू का बारेमा लेखेका छन् । हो फेसबुकमा भेटिने भनेका भात खान पाउनहरू हुन्, भोकाहरू भेटिँदैनन् त्यहाँ । पीङमा लठारिनेहरू , अक्षर कोर्नेहरू र उखु चुस्नेहरू मात्र भेटिन्छन् त्यहाँ । त्यसैगरी फेसबुकमा भेटिनेहरू सिरानीमा सुत्ने अवसरमा बाँचेकाहरू हुन्-घरबारविहीनहरू होइनन् । र तिनलाई कसले भेट्छन् ? फेसबुकमा भेट्नेहरू पनि भात खाने, अक्षर कोर्ने, उखु चुस्ने र सिरानीमा सुत्नेहरू ले नै हुन् । 'फेसबुकमा यी सबै अनुहार भेटिन्छन् पटक-पटक' तर बाँकी अनुहारहरू कहिल्यै भेटिँदैनन् फेसबुकमा ।आधासरो मानिसहरू निरक्षर छन् देशमा । एक तिहाइ मानिसहरू छन्- चरम भोकमरीमा । नदी किनार र जङ्गलमा गुजुल्टिएका छन्, लाखौँ लाख घरबारविहीनहरू । सरकारी तथ्यांक भन्छ- दुई प्रतिशतभन्दा कम मानिस मात्र साक्षर छन्-सूचना प्रविधिमा ।अब कसरी आउन सक्छ फेसबुकमा आममानिसहरू को अन्तहर्ृदयको वेदनायुक्त झन्कार वा स्वणर्ीम सपनाका कोपिलाहरू ? स-साना अनुभूति पनि अपडेट गरिन्छ फेसबुकमा । आना अनुमान र पूर्वाभासहरू बाक्लै हुन्छन् त्यहाँ र इच्छुकको प्रतिक्रिया पनि पोष्ट गरिन्छ । तर औषधी गर्ने खर्च जुटाउन नसकेर रुकुमका एकै परिवारका तिनजनाले रुखमा झुण्डिएर गरेको सामूहिक आत्महत्याको पूर्वाभाससम्म भएन त्यहाँ । तिनका समस्या, बाध्यता, पीडा, छटपटि, संवेग र मनोदशा कहिल्यै आउन सकेनन् फेसबुकमा । मानवीय इतिहासकै कलंक र राज्यको चरम गैरजिम्मेवारीपना प्रतिबिम्बित हुने यो र यस्ता कैयौँ दूरदराजका घटनाहरुबाट बेखबर छ फेसबुक ।'मेट्रोपोलिटन सेन्टर' तिर हराएका केही मानिसहरुको सञ्जालमा आबद्ध भएपछि 'बाहिरै छ ठूलो नेपाल ' भनी निष्कर्ष निकाल्नेहरुले पहिचानविहीन साधारण मानिसहरुको फेसबुक बाहिरको वास्तविक संसारलाई साँचो अर्थमा कहिल्यै बुझ्न सक्लान् त ?यो गम्भीर प्रश्नले मलाई अहिले पीडित बनाएको छ ।गोरखापत्रबाट
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
कविता लेखन र आजीवन प्रतिपक्षमा कवि
निबन्ध
विक्रम सुब्बा
20, 2010, 7:28
१। विभिन्न विषय र विधाहरुका आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विधाहरु मध्ये एक विधा हो । यसका पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । यो छुट्याउँन नसके र कविताका प्राविधिक शब्दहरू छानेर प्रयोग गर्न नसके कविताले “कविता”को स्वाभाव गुमाउँछ ।२। कवितामा ‘विषयवस्तु’ ढुकढुकीका रुपमा आउँछ । त्यो “विषय”का पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविले आफ्नो विषयवस्तु अनुसारका प्राविधिक शब्दावली पनि छानेर प्रयोग गर्नु पर्छ । अर्थात, कविताका ‘प्राविधीक शब्दावली’हरू र ‘विषयवस्तु’का प्राविधिक शब्दावलीहरूको सन्तुलित छनौट र संयोजन गर्न नसके कविताले आनुहार गुमाउँछ । ३। कविता कुनै ‘शव्द’ वा ‘वाक्य’बाट सुरु हुन्छ र कुनै ‘शव्द’ वा ‘वाक्य’मा पुगेर टुंगिन्छ । अर्थात ‘श्री’ र ‘शुभम्’को एक लम्बाईमा कविले ‘कविता’ रोप्ने, स्याहार्ने, फुलाउँने, फलाउँने, पकाउँने र वाली उठाउँने काम तमाम गर्नु पर्दछ । मतलब, कहाँबाट उठान गर्ने, कुन ठाउँमा कवितालाई उत्सर्गमा पुर्याउँने र कहाँ कविताको बैठान गर्ने? यसको तर्कसंगत तर्जुमा कविले गर्नु पर्दछ । सामान्यतया ‘थालनि’, विचको ‘बहाव’ वा भावनागत बाढीझैँ लाग्ने ‘आरोह अवरोह’, कविताले छुन खोजेको ‘उचाई’ र ‘अन्त्य’ अरु कुनै कविले भन्दा भिन्न किसिमले गर्न नसके कविताले छुट्टै शैलीगत पखेटा हाल्दैन । ‘थालनि’, विचको ‘बहाव’, ‘उचाई’ र ‘अन्त्य’हरूको अन्तरसम्बन्धित तादत्म्यता स्थापित गर्न नसके कविताले एउटा बग्दो नदीलेझैँ ‘लयात्मक’ ध्वनीहरूको संगीत उत्पादन गर्न सक्दैन ।यहाँ, छन्द कविता र गद्य कवितामा के फरक छ भनि हेर्नु पनि जरुरी छ । छन्द कविता लेख्दा छन्दले कति अक्षरी शब्द चाहियो सो माग्छ र कविले अक्षरहरू गन्ति गर्दै राख्दै गरे भइगयो । तर, गद्य कवितामा त्यो सुबिधा कहाँ छ र? हरेक कविले कविताको कुन हरफ कति लामो हुने आफैँले निर्णय गर्नु पर्छ । कविताका हरफको लम्बाईचौडाईमा कति अक्षेरी कुन कुन शब्दाहरूको सृंखला तैयार गर्ने पनि कविले नै सोच्नु पर्दछ । मलाई लाग्छ, यहीँनिर धेरै कविहरु फितलो निर्णयको सिकार भएर हैरान हुन्छन् । ४। शब्द र वाक्यहरूको हार्मोनाइजेशन कविताको अर्को सांगितीक पक्ष हो । अर्थात, कुन कुन शब्दहरू राख्ने र कुन शब्द अघि र कुन शब्द पछि राखेर वाक्यलाई संगठीत गरे कवितामा तालहरु बज्न थाल्छन् र ‘लय’ र तालले गर्दा कर्ण सुस्वादु हुन सक्दछ? भन्ने बारे पनि कवि पारखी हुनु पर्दछ । नत्र, कविता र निवन्ध उस्तै उस्तै हुन पुग्दछन् । यसमा पारख हासिल गर्न नसके कविता ढुकढुकी बिहिन मुटुको पार्थिव शरिरजस्तो हुन्छ । यहाँ, छन्द कविताभन्दा गद्य कविता लेख्नु गाह्रो हुन्छ भन्ने कुरालाई पनि मनन गर्न सकिन्छ । छन्द कविता लेख्दा कुनै एउटा छन्द छानेपछि 'लय' त्यसैले सृजना गरिदिन्छ । कविले अक्षरहरू छन्दले मागे जति गणना गर्दै आपुर्ति गरे भइहाल्छ । तर, गद्य कवितामा त्यो सुख-चैन हुँदैन । हरेक कविले आफ्नै लय सृजना गर्नु पर्दछ । संभवतया यहीँनिर हो धेरै कविहरु फेल हुने पनि । ५। ‘मिथ’को प्रयोगलाई कवितामा अत्यन्तै शक्तीशाली प्रविधीका रुपमा लिइन्छ । ‘मिथ’ र ‘कविता’ले नै रामायण प्रभावशाली सृजनाका रुपमा रहन सकेकोछ । नत्र तात्कालिन समाजमा अरु पनि ‘मिथ’ थिए होलान् । अर्थात, कवितामा ‘मिथ’को कुसल प्रयोग हुन सके ‘जादु’ चल्छ नत्र ‘कविता’ र ‘मिथ’ दुवै दुर्घटनामा पर्छन् । जस्तो कि प्रविधी (गाडी) चलाउँन नजान्नेले चलाए दुर्घटना भएर ज्यान जान्छ । कवितामा दुर्घटना भए कवि त बाच्दैन नै कविता पनि सखाप हुन्छ र पाठकका समयको निर्ममता पूर्वक दुरुपयोग हुन्छ । ‘मिथ’ एउटा ‘पोयो’, कविले सम्प्रेषण गर्न खोजेको ‘सन्देश’ अर्को पोयो र कविताको ‘लयपक्ष’ अर्को पोयो भएर बाटिएको ‘तीन’ पोये चुल्ठो जस्तो बुन्न नसके कविता ‘कविता’ बन्दैन । बरू कवितालाई मिथले किचिदिन्छ । र, कुनै लोक कथाको एक सामान्य आख्यानजस्तो हुन पुग्छ । ६। कविताको लम्बाइ पनि एउटा महत्वपूर्ण कुरा हो । फुटकर कविता कति लामो वा छोटो हुनु पर्छ? भन्ने कुरा विषयबस्तु र शैलीमा भर पर्दछ । स्थुल विषय लिए कविता लामो हुने नै भयो । सानो विषय लिए तिक्खर किसिमले कविता छोटो हुन सक्दछ । यो कविको निर्णय शक्तीमा पनि भर पर्ने विषय हो । कोही स्थुल विषय छान्छन् त कोही सानो तर सुहाउँदिलो विषय समात्छन् र सम्प्रेषण गर्दछन् । समान्यतया फुटकर कविता ५-७ हरफदेखि डेढ पेजभन्दा लामो नहोस् भनि ठान्छु । त्योभन्दा लामो भए त्यसलाई फुटकर नभनेर ‘लामो कविता’ भन्न सकिँदो हो । मेरो विश्वास - एउटा फुटकर कविताले छोटो र सान्दर्भिक विषय लिएर गहिरो र तिक्खर कविता बन्नु पर्दछ । लामोमा भन्दा छोटोमा सम्पूर्ण कुरा अँटाउँन सक्नु पनि कविताको नभइनहुने विशेषता हो । ७। कविता कहाँ फल्छ त? मेरो विश्वास कविताको स्रोत जीवन नै हो । अर्थात, कविले भोगेको दु:ख-सुख, माया-मोह, मिलन-विछोड, घृणा-प्रेम, रिस-राग, आलोचना र संश्लेषण, आदि । कविले जीवनका विभिन्न पाटाहरू जिउँनु पर्दछ । कविले घरको काम, अफिस वा कमाउँने ठाउँको काम र समाजका समेत केही जिम्मेवारीहरू लिनु पर्दछ । उसले साथी-भाइसँग हाँसो र ख्याल ठट्ठा देखि लडाइँ-झगडा र फेरि सम्झऔताहरूबाट पनि गुज्रिनु पर्दछ । कहिले मलामी त कहिले जन्ति र कहिले असार पन्ध्र त कहिले पर्यटक, कहिले अनुसन्धाता त कहिले विद्यार्थी भएर अनेक कुरा ग्रहण गर्नु पर्दछ । उसले अनुभवि मानिसका अनुभवहरू (पुस्तक) पढनु वा सुन्नु पर्दछ । उसले नयाँ नयाँ ठाऊँमा घुम्ने र नयाँ नयाँ मानिसहरूसित सम्बाद गर्ने गर्नु पर्दछ । अर्थात आफ्ना प्राविधिक र समाजिक दुवै शीपहरू कविले चलाएर आफ्ना गतिबिधीहरू सञ्चालन गर्नु पर्दछ । यसै सिलसिलामा कविताहरूसँग कविको भेट हुन्छ । कविले ‘कविताहरू’ मध्ये छानेर मनपरेको ‘कविता’लाई अभिलेखिकरण गरेर सबैका खपतका निम्ती राख्ने हो । कतिपय कविहरु कविता खोज्न ‘गोष्ठी’ धाउँछन् । तर कविता त्यहाँ मात्र खोजे अधुरो हुनेछ । नयाँ नयाँ कविता त जीवनकै सुख-दु:खमा फल्ने हो र जीवनकै अनुभवहरूबाट कविता सृजना गर्नु पर्दछ भनि ठान्छु ।८। अब कुरा प्रतिबद्धताको । जीवनमा जसको पनि थुप्रै कार्यहरु हुन्छन् । ती कामहरूको प्राथमिकता तोक्ने आफैले हो । जस्तै व्यापारीले आम्दामीलाई प्रथम प्राथमिकतामा राख्दो हो । सरकारले आफ्नो कुर्सी बचाउँने कामलाई पहिलो प्रथमिकतामा राख्दो हो । प्राथमिकता अनुसार नै स्रोतको बाँड-फाँड हुने गर्छ । स्रोत भन्नाले समय, चिन्तन, मनन् र आर्थिक स्रोतको लगानी हो । जसले कवितालाई प्राथमिकताको १ नंबरमा राख्छ वा दुइ नंबर वा ३ नंबरमा राख्छ त्यसै अनुसार उसले स्रोत पनि छुट्याउँछ । अर्थात, जसले कविताको लागी सबैभन्दा राम्रो स्वास्थ्यको राम्रो मुडको राम्रो समय लगानी गर्छ भने उसले कवितालाई राम्ररी प्रथमिकतामा राखेको ठहर्छ । यसो गर्दै गए राम्रो कविता पनि जन्मन्छ । तर सबैभन्दा राम्रो समय, उर्जा र मुड अन्तै कतै लगाउँनेले कसरी राम्रो कविता लेख्ला? त्यसैले उसका कविता उसकै प्राथमिकता अनुसार बस्ने नै भए । अर्थात उच्च प्राथमिकतामा राख्नेले राम्रो कविता लेख्ने र मध्य वा निम्न प्राथमिकता दिईएकाले सोहि स्तरको कविताले लेख्ने नै भए । कुरा तीतो होला तर सत्य यही हो । ९। कतिपय कविले ‘यो मेरो कविता आजै विहान लेखेको’ भनेर वाचन गरेको पाइन्छ । कविले ‘कविता’लाई धेरैदिन देखि मनमा खेलाएर आज लिपीबद्ध गरेको हो भने पनि आजै कविता लेखेर आजै सुनाउँने हतारो किन? जसरी आफ्नो बच्चाको जन्म हुँदा बा-आमाले रगत, राल, सिँगान, फोहरहरू धोई-पखाली गरेर, केही सुहाउँदिलो वस्त्र ओढाएर मात्र समाजलाई देखाउँछन् त्यसै गरी कवितालाई पनि जन्मिसकेपछि केही ‘धोइपखाली’ गरेर वा (कलाको भाषामा) पलिस गरेर समाजको सामु देखाउँनु राम्रो हुन्छ । लेखिसक्ने बित्तिकै हरेक कविलाई आफ्नो कविता ‘सान्दार’ लाग्छ, बिछट्टै ‘गजबको कविता लेखेँ’ जस्तो लाग्छ । लाग्नु पनि पर्छ । किनभने यही खुशीले त कविता र कविको नाता अमर भएकोछ । तर, यो उमंगको क्षण हो । बच्चा जन्मिने बित्तिकै आमालाई लाग्ने ‘उमंग’को क्षण जस्तो क्षण हो । भर्खर बच्चा जन्मेको बेला आमाले बच्चा मात्र देख्छ । बच्चाको जीउभरिका फोहरहरू देख्दैन । जब उमंगको पहिलो आँधि कम हुँदै आमाको मनस्थिती नर्मल अवस्थामा आउँछ त्यसपछि मात्र उसले बच्चाको जिउको फोहोर देख्न थाल्छ । त्यसैगरी, कविले पनि आफ्नो कविता लेखिसक्ने बित्तिकै त्यहाँ कुराहरू दोहोरिएको, बिम्ब र प्रतीकहरू उचित किसिमले नपरेको, मिथकको प्रयोग अति भएर कविता दुर्घटनामा परेको, शब्द छनौट र वाक्य गठन नमिलेको, आदि केही देख्दैन । कवि पनि ‘उमंग’को मनोगत बाढीबाट नर्मल जीवनमा उत्रनु पर्छ । त्यसको लागी केहि समय लाग्छ । जस्तै: एक-डेड दिन वा एक हप्ता वा एक महिना, आदि । यसरी समयको अन्तरालमा नर्मल जीवनको अवस्थामा कवि उत्रेपछि के हुन्छ? कवि अब कवि मात्र होइन, एक पाठक हुन्छ, एक विश्लेषक हुन्छ, कविताको अविभावक हुन्छ । उ अलि पागलपन सवार भएको ‘कवि’ मात्र हुन्न बरु उ वुद्धि विवेक समेत लगाएर सोच्ने हुन्छ । भावनामा बहकिने मात्र नभएर तर्कसंगत कुराहरु समेत गर्ने सान्सारिक हुन्छ । कविताका पाठकहरु ९० प्रतिशत सान्सारिक नै हुन्छन् । त्यसैले कवि जब नर्मल र सान्सारिक अवस्थामा आएपछि कवितालाई ‘सान्सारिक’ मानिसका खपतका निम्ती के ‘बढी’ हुन्छ र के ‘कम’ हुन्छ भनि सोच्न थाल्छ र त्यसै अनुसार कवितामा शब्द, बिम्ब, प्रतिक, मिथक, रुपक, वाक्य, कविताको वहाव र सिलसिला मिलेको नमिलेको हेर्न थाल्छ । नमिलेको ठाउँमा शब्द, बिम्ब, प्रतिक, मिथक, रुपक, वाक्य, कविताको वहाव र सिलसिलाहरू मिलाउँन थाल्छ । यसरी कविता पालिस गर्नु पर्छ र जब नर्मल अवस्थामा पनि कविता राम्रो लाग्छ तब केही मन मिल्ने कवि साथीहरुलाई सुनाएर कवि साथीहरुको थप सुझाव समेतलाई ध्यानमा राखेर फेरि खिप्नु पर्छ । त्यसपछि बल्ल गोष्ठीमा सुनाउँने वा प्रकाशन गर्नको लागि तैयार भएको कविता मान्न सकिन्छ । कतिपय कवि कविता लेखिसकेपछि प्रकाशनको लागि आतुर हुन्छन् । कविले प्रकाशनको निम्ति होइन कि कविता राम्रो बन्यो कि बनेन भनेर चिन्ता गर्नु पर्छ । राम्रो कविता लेख्न सके प्रकाशनको दु:ख हुँदैन । साथी: दुनियामा हरेक ‘साथी’ एक शसक्त ‘प्रतिस्पर्धी’ पनि हो । कविका लागी पनि आफ्नै कवि साथी, ‘साथी’ मात्र नभएर कविता लेखनको अखाडामा एक बलियो ‘प्रतिस्पर्धी’ पनि हो । तर दुश्मन होइन । दुनियाको जुनसुकै मानिसमा हुन्छ र यो हुनु पनि पर्छ । बजारमा कविता गइसकेपछि जुनसुकैको कविता अन्य कविहरूको कविताहरुसँग प्रतिस्पर्धा गर्न बध्य हुन्छ । दुनियामा बजार यति "क्रुर" हुन्छ कि अरु सबै कविको कवितासँग तपाइँको कवितालाई दाँजेर हेरिदिहाल्छ, मुल्यांकन गरिदिहाल्छ । तपाइँको कवितालाई 'माया गरेर' वा 'विशेष छुट दिएर' उसले हेर्दैन । जुन कविता खरो उत्रन्छ त्यही चल्छ । खरो उत्रिनको लागि आफ्नो कवितालाई राम्ररी पलिस नगरी बजारमा लगे, कमजोर ठहरिन्छ । कमसल माल गनिन्छ । कमसल माल गोदाममा कुहिन्छ । गोदाममा कुहिएको "माल"को के काम? दुई घटना हेरौँ (१) अर्नेष्ट हेमिङवेले लेखे । त्यसलाई पुन: लेखे । कहिले मोटो, कहिले पातलो, कहिले ठिकैको पुस्तक भयो । यसरी उनले पटक पटक पुस्तकलाई लेख्दै जाँदा २०० पल्ट पुन: लेखन् गरेछन् । त्यसपछि बल्ल उनलाई चित्त बुझ्यो र प्रकाशन गरे जुन मानव सभ्यताकै एक साहित्यक उपलब्धी र सम्पदाको रुपमा कालजयी भएर रहेकोछ । (२) खलिल गिब्रानले “ ” लेखे । लेखेको कुरा सबैभन्दा पहिले आमालाई पढेर सुनाएछन् । उनको आमाले 'यो निक्कै राम्रो छ । तर यसलाई अहिले नै प्रकाशित नगर । जीवनका सबै किसिमका पाटाहरू भोग, अनुभव गर र अनुभवको आधारमा फेरि यसलाई पटक पटक सच्याउ वा पलिस गर । चित्त नबुझेका शब्द फाल । सुहाउँदो नयाँ शब्दहरू थप । जब कृती तिम्रो चित्त बुझ्ने किसिमको हुन्छ अनि मात्र यसलाई प्रकाशन गर्नु ।' आमाको सुझावमा १७ वर्ष लगाएर, जीवनका अनुभवहरुको आधारमा गिब्रानले पुन:लेखन गरिरहे, पलिस गरिरहे र चित्त बुझ्दो भएपछि मात्र छापे । अहिले त्यो मानव सभ्यताको साहित्यमा एक मा गनिन्छ । यी दुइ कृतीहरूको अब मुल्य नै छैन । अमुल्य छन् । यसरी आफ्ना कृतीलाई महान धैर्यका साथ निरन्तर सुधारी रहने, निखारी रहने हेमिङवे र गिब्रानको कार्यजस्तो कार्यलाई नै पूर्वीय भाषामा 'कर्म योग' भन्ने गरिन्छ । 'कर्म योग' गरेपछि मात्र महान सृजना वा 'महान कार्य' सम्भव हुन्छ । साहित्य सृजनाको कार्य पनि महान कार्य हो र यसमा पनि 'कर्म योगी' भएर जो लागेको हुन्छ उसैले अमर सृजना समाजलाई दिन सक्छ । अर्थात, साहित्य वा कविता लेख्नु भनेको कलासँग खेल्नु हो । ‘कला’ हतारमा उजागर हुने कुरा होइन । हतारमा त केही टिपोटहरु मात्र तैयार होलान् वा टिप्पणी मात्र लेखिएला । ‘टिपोट’ वा ‘टिप्पणी’ कविता होइन, साहित्य होइन, कला होइन त्यो त सिरिफ कच्चा पदार्थ हो, नबिर्सियोस् भनि टिपोट गरेको । कच्चा पदार्थलाई साहित्य वा कविता भनेर प्रस्तुत गर्नु कला नबुझ्नु हो । कविता भनेको खारिएर निकालेर पनि पलिस गरेर आँखै लोभ्याउँने, त्यसैत्यसै मनै जित्ने हीरा-मोती जुहारत हो । ‘कला’को निम्ती काम गर्न समर्पित भएर लागेपछि समय लिएर मिहिन किसिमले 'कर्म योगी' भएर मिहिनेत गर्नेले मात्र जित्छ । जो हल्का फुल्का किसिमले कलामा लागेकोछ र नक्कलझक्कल मात्र गर्छ भने उसको साहित्य वा कविता क्षणिक हुन्छ । कालजयी भएर धेरै दिन टिक्दैन । मूर्तिको कुरा , जस्तै: एउटा मूर्तिकारले एउटा रुपरंग विहीन तर मूर्ति बन्न सक्ने संभावना भएको ढुंगालाई खोला किनारबाट उठाएर ल्याउँछ । घन र छिनोले लाखौँ पटक हानेर, ताछेर, खिपेर, घोटेर, सुहाउँदो गरी अलि-अलि रंगाएर, केही गहना र वीणा समेत समाउँन हातम दिएर एउटा ‘सरस्वती’को मूर्ति बनाउँछ । तब गुरुहरूले त्यसलाई ढुंगा होइन ‘सरस्वती’ भनि विद्यार्थीलाई ढोग्न लगाउँछन् । विद्यार्थीहरू भक्तिसाथ त्यो ढुंगाबाट बनेको मूर्तिलाई सरस्वतीका रुपमा पुज्दछन् । काँचो ‘ढुंगा’बाट ‘सरस्वती’ बनाए जस्तै ‘शब्द’ र 'भाव'हरूको कच्चा पदार्थलाई दिमागको मेसिनामा हालेर कलात्मक ‘संयोजन’, वाक्यहरूको सिपयुक्त ‘गठन’ले पकाएर एक विछट्ट नयाँ सृजना गर्दै ‘कविता’ बनाउँने कलाकारिता हो कविता लेख्नु पनि । १०। माथि (२।)मा “कविता लेख्दा ‘विषय’लाई कविताको ढुकढुकीका रुपमा कविले लिन्छ” भनेको छु । “विषय”को ‘स्थुल’ र ‘सुक्ष्म’ रुप हुन्छन् । अर्थात मोटामोटी रुपमा कवि आफुले कुन कित्तामा उभिएर लेख्ने? भन्ने कुरा कविको आफ्नो ‘अडान’ वा ‘जीवन दर्शन’सँग सम्बन्धित हुन्छ भने कविले रचना गरेका विभिन्न कृतीहरूमा फरक फरक किसिमले त्यसैको सुक्ष्म रुप पेस हुने गर्छ । जस्तो कि सेक्सपीयरले 'मानिसले भाग्यले गर्दा होइन बरु मानिस आफैले गर्ने गल्तिले गर्दा दु:ख पाउँछ । त्यही भएर साहित्य (नाटक) पनि दु:खान्त हुनु पर्छ । र, यसले दर्शकलाई पनि गहिरो छाप पार्छ।' भन्ने आफ्नो दृष्टिकोण आफ्ना नाटकहरूमार्फत प्रक्षेपण गरे । यो जुनसुकै साहित्यकारले पनि गरेको छ । चाहे त्यो हलन्त बहिस्कार आन्दोलन गर्ने होस् वा झर्रोवादी होस् वा तेस्रो आयामेली होस् वा राल्फा होस् वा अश्वीकृत जमात होस् वा बुट पालिसवाला होस् वा तरलवादी होस् वा सडक कविता क्रान्ति होस् वा सृजनशील अराजकता वा भयवादी वा रंगवादीले होस् उसले संसारलाई र जीवनलाई हेर्ने वा बुझ्ने एउटा दृष्टिकोण बनाउँछ र त्यसै अनुसार साहित्य वा कविता लेख्छ । घोषित रुपमै मेलै पनि ‘कवि आजीवन प्रतिपक्षमा बस्नु पर्छ‘ भनेकोछु । यो मेरो ‘दृष्टिकोण’को स्थुल रुप वा अडान हो । यही मेरो स्थुल अडानको संरचना ( ) मा बसेर म कविता रचना गर्दछु जुन मेरो विषयका ‘सुक्ष्म’ रुप हुन् । ‘दृष्टिकोण’को ‘सुक्ष्म’ पक्षलाई संप्रेषणीय, सुस्वादु, ग्रहणीय, बनाउँनका निम्ती आवश्यक न्यूनतम तत्वहरूको उचित सम्मिश्रण चाहिन्छ । ती तत्वहरूका बारेमा मैले माथि बुँदागत (१ देखि ९) रुपमा प्रष्ट राखेको छु । यसरी दृष्टिकोणको ‘स्थुल’ घेराभित्र रहेर ‘सुक्ष्म’ किसिमले पेस हुने कविता लेखन कार्य गर्नु पर्दछ भन्ने म ठान्दछु । ११। 'कविता' र 'समाज परिवर्तन/रुपान्तरण' को सम्बन्ध कस्तो हुन्छ? भन्ने कुरामा पनि कविहरू प्रष्ट हुनु पर्दछ । साथै आफ्नो 'सृजना' कुन किसिमको 'उत्पादन' हो र त्यसका 'उपभोक्ता' को हुन्? यो कुरा कविले ठम्याउँनु पर्छ । सबै कविता सबैको लागी हुँदैनन् । जस्तै: लोक छन्दमा लेखिएको कविता सरल भाषामा गाउँदै सुनाउँने भएकोले आम जनसमुदायमा समेत राम्ररी सम्प्रेशण हुन्छ र त्यसले तिनै स्रोताका हृदयमा छाप छोड्छ । त्यही समुदायमा वौद्धिक वा दार्शनिक गद्य कविता सुनाउँदा चाहेजस्तोगरि संप्रेशित हुँदैन र स्रोताका हृदयमा छाप छोड्न सक्दैन । जबकि त्यही वौद्धिक कविता वुद्धिजिवीहरूमाझ सुनाए राम्रो छाप छोड्छ । माथिको आम जनसमुदाय र वौद्धिक स्रोताहरूको कुरालाई आधार मानेर अब 'कविता' र ''समाज परिवर्तन/रुपान्तरण"को अन्तरसम्बन्धलाई हेर्ने हो भने प्रष्ट हुनेछ । मजदुर, किसानहरू वा स्रमजिवी अन्य वर्ग र तप्काका समुदाय आफ्नै जीवनका असंगत प्रणालीहरुका विरुद्ध आफै आन्दोलनमा सामेल हुन तैयार हुन्छन् वा आन्दोलित भइरहेका हुन्छन् । त्यसैले यो वर्गका आन्दोलन वा जीवन परिवर्तनका निम्ती लेखिने कविता समाजमा व्याप्त वेथितीहरूका बारेमा प्रष्ट पार्दै समाज परिवर्तनको उद्देश्य समेत दर्शाएको सरल, सोझै बुझिने कविता रचे र सुनाए त्यसले आन्दोलितहरूलाई थप उर्जा दिन्छ । तर, वौद्धिक समुयदायका स्वाभावको कुरा गर्ने हो भने, ऊ समाजका अन्य सबै वर्गको लागि पनि चिन्तित हुन्छ र तिनको जीवनमा परिवर्तन हुनु पर्दछ भनि ठान्दछ । साथै आफ्नै (वौद्धिक) समुदायलाई पनि नराम्रो असर गर्ने वेथितीहरूको परिवर्तनका निम्ती पनि ऊ लेख्छ र बोल्छ । त्यसैले वौद्धिक समुदायको खपतका निम्ती उल्लेखित दुबै पक्षलाई ध्यान दिएर कविता लेखिनु पर्दछ । दुबै किसिमका समुदायमा 'परिवर्तन' जरुरी छ भन्ने धारणा निर्माण गर्न कविताले मद्दत गर्ने हो । कवि पनि आन्दोलनहरूमा संगै हिँड्न सक्छ तर आधारभूत रुपमा हेर्ने हो भने कविले जुलुसमा मानिसहरू निस्कनु अघि नै कविता मार्फत उर्जा दिने काम गरिसकेको हुन्छ । र, कवि पनि जुलुमा सामेल हुँदा कविको रुपमा होइन कि एक नागरिकको रुपमा सामेल भएको हुन्छ । एक अध्येताका रुपमा सामेल भएर थप कविताको विषयवस्तु खोजिरहेको हुन्छ । अर्थात १) कविता आफैले परिवर्तन गर्दैन तर परिवर्तनका निम्ती तैयार हुन सम्पूर्ण जनसमुदायलाई मानसिक खुराक प्रदान गर्दछ । २) वौद्धिक वर्गकै निम्ती र वौद्धिक वर्ग मार्फत समाजमा परिवर्तन गराउँनका निम्ति धारणा बनाउँने काममा पनि कविले मद्दत गर्दछ । ३) कविता सृजना गर्ने कवि (सर्जक) एक नागरिकका हैसियतले आफ्नै हकहितका निम्ती आफै पनि संघर्षमा सामेल हुन्छ । ४) कविले जहिले पनि जीवन वा संघर्षमा अनेक डोबहरूमा कविताको खोजी गरिरहेछको हुन्छ । अर्थात, इलेक्ट्रोनिक ईन्जिनियरले तैयार गरेको 'स्टेण्ट'लाई लिउँ । इलेक्ट्रोनिक ईन्जिनियरले 'स्टेन्ट' (मुटुको कोरोनरी आर्टरीमा ब्लकेज हुँदा राख्ने सुक्ष्म नली) बनाए । त्यसलाई मुटुको डाक्टरले ब्लकेज खोल्न मुटुको नसामा लगेर राखिदिन्छ । तर फायदा हुन्छ मुटुको रोगीलाई । त्यस्तै कविले कविता लेख्छन् । समाज परिवर्तनका निम्ती काम गर्न लागेका मानिसले कविता पढ्छन् र 'समाज परिवर्तन त गर्नै पर्ने रहेछ' भन्ने कुरा कविताबाट पनि 'अनुमोदित' भएपछि उनीहरू झन लागी पर्छन् । यसरी उनलाई समाज परिवर्तनका निम्ती लाग्ने उर्जा हासिल भएर काम गर्दै गएपछि समाजमा परिवर्तन आउँछ । यसरी हेर्दा कविताले नै परिवर्तन गर्ने होइन । बरू परिवर्तनकामी मानिसलाई परिवर्तन गर्ने कार्यमा अझ लागी रहन उत्प्रेरित गर्ने हो । परन्तुमा समाजका व्याप्त बेथितीहरूमा सुधार आउँछ जसले समाजका सबैलाई फायदा हुन्छ । यसरी कविताले पनि परिवर्तनका निम्ती धारणा निर्माण गर्ने प्रकृयामा नियमित थोर बहुत योगदान गर्दछ । कविले पनि 'म कहाँ योगदान पुर्याउँदैछु' भनि प्रष्ट भएर कविता लेखेन भने कुहिरोको काग हुन्छ । आजीवन प्रतिपक्ष किन?कवि हुनु भनेको ‘वाल सुलभ आलोचक’ वा 'प्रशंसक' हुनु हो । मन नपरेको कुरालाई निस्पक्ष किसिमले आलोचना गर्ने र मन परेको कुरालाई प्रशंसा गर्ने । जस्तै: सुन्दर फुल देखे कवि फुलको प्रशंसा गर्न थाल्छ । तर फुल नजिकै तैनाथ काँडाको घोच्ने नियतमाथि कवि आलोचना गर्छ । यसो गर्नसके मात्र कविता निश्छल हुन्छ । निश्छलता कविताको अर्को सुन्दर रुप हो । अर्थात कविले जहिले पनि कसैले नदेखेको कुराहरुको सन्धान गर्नु पर्छ र प्राप्त नतिजाहरू उजागर गरेर समाजलाई देखाइदिनु पर्छ । किनभने, कवि एक सुक्ष्म अनुसन्धाता पनि हो जुन अनुसन्धानका नतिजाहरूका आधारमा राम्रा वा नराम्रा के के भइरहेछ भन्ने कुराको निर्क्यौल गर्दछ र नराम्रोप्रति प्रहार गर्दै कवितात्मक रुपमा आलोचना लेख्दछ र आलोच्यलाई सुधार्न पर्ने कुराहरु बारे थाहा दिन्छ । समाजमा सबैले राम्रै काम गरिरहेकोछु भनि ठान्छ र आफ्नो कुरा सबैलाई राम्रै लाग्छ पनि । तर अन्जानमा गल्ती, कमी-कमजोरीहरू भइरहेका हुन सक्छन् । त्यो देखाउँने काम इमान्दारीपूर्वक कविले गर्नु पर्दछ । समाजमा योजनाबद्द रुपमा केही अपृय कामहरू भईरहेका हुन सक्छन् । कसैले बदनियतपूर्वक नराम्रो काम गरिरहेका हुन सक्छन् । त्यो कुरा उजागर गरेर पनि कविले कविता लेख्नु पर्छ । यो नै उसको परम कार्य हो । यही अडानका आधारमा मैले महाशक्तीको बदमासीलाई उदाङ्गो पारेर ‘परेवा र चील’ लेखेको छु, दक्षिण अफ्रिकाको अवस्थालाई उजागर गरेर ‘जोवर्गका जेब्राहरु’ लेखेकोछु, सिंगै काठमान्डु आफैमा एक तानाशाह (प्रणाली) भएर बसेको छ भन्ने कुरा प्रष्ट पारेर ‘काठमाण्डु साहाब’ लेखेकोछु । यी केही उदाहरण मात्र हुन् । अर्थात, म जहिले पनि ‘स्थापन’पक्षको विरुद्ध ‘प्रतिपक्ष’मा बस्दै आएकोछु र आजीवन रहनेछु । विगत कोट्याउँने हो भने राजाले थालेका पञ्चायती व्यवस्थाको बेला सो व्यवस्थाको आलोचक भएर ‘सगरमाथा नाङ्गै देखिन्छ’ कविता रचेँ । पशुत्वलाई मनुष्यत्वले जित्ने सन्देश राखेर ‘सुम्निमा पारुहाङ’ (मुन्धुमकाव्य) पनि लेखेँ । राजाको निरंकुसता बढदैजाँदा ‘दरवार भत्किरहेछ’ कविता रचेर सुनाएँ । अझ गणतन्त्र प्राप्तीका निम्ति ‘गनतन्त्रको खेती’ कविता रचेर गणतन्त्र कविता आन्दोलनमार्फत साथीहरुसँग ठाउँठाउँमा कवि सुनाउँदै हिँडेँ । गणतन्त्रलाई सँस्थागत गर्नु पर्छ नत्र मुलुकमा आउँन लागेको गणतन्त्र फेरि गुम्न सक्छ भन्ने आशयले ‘किताब’ कविता लेखेँ । यसरी मैले प्रतिपक्षमा बसेर पनि लेख्दै आएकोछु । यस किसिमको कविताले मात्र घर, समाज र राज्य संचालकहरूलाई, उनले आफैँ नेदेखेका वा जानी जानी गरेका बदमासीका विरुद्ध नाङ्गोझार पार्न सकिन्छ र समाजका निम्ती सभ्य र सुसँस्कृत हुने बाटो प्रसस्त हुन्छ भनि ठान्छु । नेपालमा गणतन्त्र सँस्थागत गर्ने संविधान बन्ने प्रकृया चलिरहेकोछ । के त अब? प्रतिपक्षमा बस्ने कविको काम सिद्धियो? होइन, प्रतिपक्षमा बसेको कविको काम सिद्धिँदैन । बरू उसले सुक्ष्म रुपमा सँस्थापन पक्षका हानिकारक पवृत्तिलाई नियाल्नु पर्छ र त्यस्तो प्रवृत्ती विरुद्द कविले कविताको तरवार उठाएर प्रहार गर्नु पर्दछ । मेरा कविताको काम हो घर, कार्यालय, समाज र राज्य संरचनाले दिमागमा भरेर राखेका नकारात्मक अवधारणाका विरुद्ध लड्नु । यति सम्म कि मै भित्रका कतिपय जीवन वा समाज विरोधी प्रवृत्ति विरुद्ध लड्न मलाई नै पनि मद्दत गर्नु पर्छ मेरो कविताले । यो लडाइँ त गणतन्त्र आएपछि मात्र होइन जीवनभर नै लडिरहनु पर्छ मैले । म यही अडानका साथ आजीवन लेखिरहन चाहन्छु । जसका दुइ उद्देश्य छन् । १) सँस्थापन पक्षलाई पृष्ठपोषण, र २) सँस्थापन पक्षको नकारात्मक कार्यबाट प्रभावितहरूको हक स्थापनाको आन्दोलनलाई उर्जा थप्नु । कविता कत्ति नै मानिसले पढ्छन् र? तर जतिले पढ्छन् तिनले मेरो कविताबाट निरन्तर सामाजिक रुपान्तरणको गतिशील प्रकृयामा अझ गति थप्ने स्रोत वा उर्जा पाउन सकुन् । मानव सभ्यताको प्रतेक युगमा कविताको यो एक धारको रुपमा रहँदै आएको पनि हो । जसले मानिसलाई दिनदिन अझ सभ्य र सुसँस्कृत बन्न मद्दत गरिरहन्छ । कविता मार्फत आफु पनि समाज परिवर्तनको महान यज्ञमा आफ्ना कविताहरूको चरु समर्पित गर्दै म प्रतिपक्षको सदावहार आन्दोलनमा थुप्रै कविहरूसँग आजीवन सामेल रहनेछु । (कविता लेखन कविकै अनुभव)
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
एब्स्ट्रयाक्ट चिन्तनः प्याज
निबन्ध
शंकर लामिछाने
17, 2010, 3:26
हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- "शङ्करजी, तपाइँको लेख, त्यो लेख, 'शङ्कर लाभिछाने शङ्कर लामिछानेको दृष्टिमा' पढेँ ।''"कस्तो लाग्यो ?''" मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''"एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाइँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।''" होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि ।'व्यथित'जीको हातमा 'हिमानी' को कभर डिजाइन थियो । देख्नासाथ बुझिन्थ्यो बाङ्देलको बुरुस हो । त्यसरी नै जसरी 'हिमानी' नाम सुन्नासाथ 'व्यथित' को कलमको सम्झना आउँछ । भन्नुहुन्थ्यो- ''तपाइँजस्तो कलम चल्ने मान्छे, एउटा कथा एक-दुई दिनमा लेखेर दिनुस् न ! म विदेश जाँदै छु यसलाई छपाउन विजयादशमीको साइतमा झिक्ने ।''म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो ! कुन मानिससँग कसरी हाँस्नुपर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ ।) हाँसेर मैले 'व्यथित' जीलाई बिदा दिएँ, र कुरालाई पन्छाउन खोजेँ पनि !तर, मनबाट न 'व्यथित' गए, न बाङ्देल, न हिमानी, न एब्स्ट्रयाक्ट ! मन पनि कमालको वस्तु हो- त्यसमा कुरा पसेपछि निकाल्न गारो छ निकाल्न खोज्यो, आफ्नो व्यक्तित्व र कुराको स्वयंको व्यक्तित्वमा सङ्घर्ष भइदिन्छ । मनबाट, फेरि त्यही कुरा पसेकै रूपमा किमार्थ निस्कँदैन- त्यसको काँचुली फेरिसकेको हुन्छ । मैले मन पल्टाउन थालेँ, हेरिहालूँ यसमा खेलिरहने कुरा पनि कत्ति छ !'व्यथित' जी ! कृष्णले मुख खोलेर यशोदालाई विश्वरूप देखाएका थिए । तपाइँ आज मेरो विश्वरूप हेर्नुहोस् मेरो मनमा के छ ? तर पहिले म तपाइँलाई एउटा कुराको सम्झना दिइहालूँ । म बीसौँ शताब्दीको (अङ्ग्रेजी !) एउटा बुद्धिजीवी हुँ । मध्यवित्त परिवारको, विवाहित, केटाकेटीको बाबु, तरुनो, स्वस्थ, निर्माणको भावनामा दत्तचित्त, सोझो नागरिक ! र म चिन्तित छु, मेरा अनेक समस्या छन् ।सबभन्दा ठूलो समस्या हो- म दस-गजा जमिनमा उभिएको छु । एकातिरको सिमानामा मेरा पुर्खाको विश्वास छ, एकातिरको सिमानामा मेरा सन्तानको विश्वास ! म स्पुतनिकको उडानमा खुसी पनि हुन्छु चन्द्रमाको धूलोमा रुसको हँसिया-हतौडा अङ्कति चिहृन उतारेको सुन्दा मलाई यस्तो गौरव अनुभव हुन्छ मानौँ हँसिया-हतौडा मेरै घरबाट खुश्चेभले मागेर लगेका थिए । र अर्कोतिर, चन्द्रमामा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छे कि भन्ने म पीर पनि मान्दछु-च्यामेपोडेलाई दान पनि दिन्छु, मानौँ महाराज मनु मेरा छामिछाने परिवारकै बाजे हुन् । म समाचारको निमित्त अखबारहरू, गोरखापत्रदेखि लिएर टाइम्स र न्यूज विक्लीदेखि लिएर फिल्म-फेयर र रोमान्स पनि पढ्छु । मलाई प्रत्येक खबरमा एक विश्वास सँगाल्नुपर्दछ, परिरहेको छ । म्यारिलिन मनरोको हात्महत्या र एलिजाबेथ टेलरको नयाँ प्रेमको समस्या पनि मेरो मनमा छ ! मेरो मनमा डयाग हृयामलरसोल्डको मृत्यु, युएनओका कार्यबाही, यु.थान्ट, अमेरिका र रुसको शीतयुद्ध, लाओस्, सुएज, गलवानभ्याली, काश्मीर, मलाया, इरियन सिलोन......सब समस्या मेरा मनमा छन् । हेनरी मिलरको 'ट्रपिक अफ क्यान्सर' पढेँ, अब 'क्यापि्रकर्न' कहाँ पाउने ? सर विन्स्टन चर्चिलको तिघ्रा भाँच्चियो, बन्छ कि बन्दैन ? युएनओमा नेपालले के भन्ला ? कङ्गोले कतापट्टबिाट भोट बढ्ता पाउला ? छोरालाई टाइफाइड भएको निको भयो, आज अब मासु पाइने हो कि होइन, एकादशी आजभोलि दुवै दिन रे, एक वैज्ञानिकले घाँसबाट दूध निकाल्ने प्रयोग सफलतासाथ गरे, अराष्ट्रिय तवले सिमानाभित्र पसी फलानोलाई गोली हान्यो, फ्रान्सका राष्ट्रपतिलाई हत्या गर्ने प्रयास गरियो, एल्जेरियाको समस्या कसरी सुल्झने हो, अलबेयर कामु पनि र एल्जेरियाकै हो, उसको आजकल 'मिथ अफ सिसफस' पढ्दै छु, टेलिभिजनको प्रसारण टेल्सटरले युरोपमा उपलब्ध गरायो, पारिखेतमा ज्यापू मर्यो, मलाई 'जा-नए-धुन-ला-बाज्या' भन्थ्यो, त्यसको छोराछोरी छैन, बाङ्देलको पनि त छोराछोरी छैन, एब्स्ट्रयाक्ट चित्रण गर भन्छ, हिमानीको कभरजस्तो, 'व्यथित' को भाषाजस्तो ..........यस्ता असङ्गत अनेक विचारमा सिमानाको बीचमा मैले आफ्नो व्यक्तित्वको दसगजे किनारा राखेको छु । भन्ठान, ओ 'व्यथित' हरू र बाङ्देलहरू, मेरो जीवन नै एउटा एब्स्ट्रयाक्ट जीवन हो, यसबाट त म रोज पन्छिरहेछुँ, रोज यसलाई पन्छाइरहेछु । रोज मेरो प्रातःकाल 'तरकारी किन्न पैसा चाहियो' बाट प्रारम्भ हुन्छ, रोज मेरो मध्यान्ह पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ, रोज मेरो सन्ध्या 'अलि बढ्ता थाकेर आएछु' मा समाप्त हुन्छ । रोज मेरो परिचित कतै मर्दछन्, तिनको मृत्यु भुल्नुमा अलिकति समय खर्च हुन्छ । रोज अलि इतिहास सम्भिन्छु, रोज अलि भविष्यको रेखाङ्कन गर्दछु, रोज अलि वर्तमानको मूल्याङ्कन गर्दछु । रोज मोल-मोलाइ, खरिद-बिक्री, बन्धक-ब्याज गर्दछु- आफ्ना आस्थाको आफ्ना विश्वासको आफ्ना इच्छा-आकाङ्क्षाको । 'आज ल्याएको मासु, नोकरलाई सुकुचाले ठगेछ, जम्मै हाडैहाड....' 'आजको दूध एकदम पातलो'....'दाउरा कत्ति चिसो, कत्ति महँगो'- यिनै सब कुराको घेरा छ जो गृहिणीले, बच्चाले, भान्छेले उद्गार भनी मेरै मनमा पोख्तछन् । यसभन्दा बाहेक अरू उद्गार छन् जो म स्वयं आफ्नो मनमा कोचिटोपल्छु- आजको पार्लियामेन्टमा नेहरूले यसो भन्यो, त्यसमा कति सत्य होला ! खुश्चेभले बर्लिनबारे चालेको यो नयाँ कदमले संसारमा के असर पर्ला ? विश्वयुद्ध भयो भने कहाँबाट सुरु होला ? थ्यालिडोमाइड औषधिले कति बच्चाको जीवन अन्धकारमय हुने हो ? आह ! एल्प्रेड नायस कहाँ मर्न पुगेछ ? तर उसको पहाडमै मर्ने इच्छा थियो रे !बाङ्देलजी ! कुनचाहिँ मानिसको जीवन एब्स्ट्रयाक्ट छैन ? कुनचाहिँ मानिसको जीवन घृणित छैन कमसेकम उसको मौनताले आफ्नो दुर्गन्ध नढाकुञ्जेल ? कुन मानिसको भावना घृणित छैन कमसेकम मुस्कानका तरेलीले त्यसलाई नपुरुन्जेल ?कुन मानिसको मनमा लोभ छैन-कमसेकम नाराले त्यसलाई नमारुन्जेल ? 'व्यथित' जी ! ती सतयुगे ऋषिमुनिहरूको जमाना छैन अब ! अब त प्रत्येक जागरुक मान्छेको मस्तिष्क कृष्णको विराट् रूपभन्दा कम सानो छैन ।आजको प्रत्येक मान्छे एक भगवान् हो । यस्तो भगवान् जसले आफ्नो संसार स्वयं निर्माण गरेको हुन्छ-छलले, कपटले, धोखाले, हत्याले, ऐनले, गैरजिम्मेदारीले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले, मुख्र्याइँले । आजको भगवान् फेरि धर्ममा घेरिएको पनि त हुँदैन, उसले आफ्नो प्रतिद्वन्द्वी क्राइस्ट र मोहम्मद र बुद्धमा पनि आउँछ । फेरि आज भगवान् अलि डिप्लोमेट पनि छ- पुरेतजस्तै !.... 'यसो गर्न त कसो नहोला, पुरेतजी ? -ज्यू हुन्छ'.....जस्तो । आजको भगवान् फेरि अनिश्वरवादी पनि छ-बुद्धजस्तै । र आजको भगवान्लाई मानिसले कन्ट्रोल गरेको छ-बर्थ कन्ट्रोलजस्तै । भगवान् चाहियो, हाजिर छन्, भगवान् चाहिएन, गायब छन् ! जत्ति मात्रामा चाहियो, उत्ति मात्रामा आउँछन् । कविताको निम्ति चाहियो, छन्दबद्ध भई हाजिर, स्तुतिको निमित्त चाहियो, कोष भई हाजिर चाकरीको निमित्त चाहियो इन्साइक्लोपीडिया भई हाजिर-'गरीब परवर (उर्दूमा !), करुणानिधान (संस्कृतमा !), ख्वामित् (शुद्ध भानुभक्ते नेपालीमा !)....अँ ! भन्दै थिएँ, आजको मानिस स्वयं भगवान् बनिसक्यो, उसमा ती सब गुण व्याप्त छन् जो एक ईश्वरमा हुनुपर्दछ- सिर्फ एक गुण आजको मानिसले हराएको छ, र त्यो हो मानिसको गुण ! त्यो सच्चा मानिस जो सिर्फ छ र मरुन्जेल मानिस नै भइरहन्छ र मानिसकै रूपमा मर्दछ ।आजको मनुष्यत्व हराएको तर भगवान् हुन नसकेको, मानिस खोज्नुपर्ने भए, 'व्यथित' जी र बाङ्देलजी ! मकहाँ आउनुहोस् । मभन्दा ठूलो अमानवीय अरू मानिस तपाइँ पाउन सक्नुहुने छैन र अरूले स्वयं मजस्तो आफ्नै परिचय पनि दिने छैन ! के गरूँ, 'व्यथित' जी ! मैले आक्रोशमा आफूलाई अमानवीय भनेको होइन । म, हेर्नुस न, हिन्दू, सबै भगवान् त मन पराउँछु नै, मलाई कसोकसो क्राइस्ट र बुद्ध र मुहम्मद पनि मन पर्छन् । मलाई ईश्वरउपरका सबै प्रकारका आस्था र उसका नाममा भएका सबै प्रकारका अत्याचारहरू पनि मन पर्छन् । ती नभएका भए- ती क्रुसेडहरू, ती शङ्कराचार्यका हमालाहरू, ती अशोकका धर्मदूतका विजय यात्राहरू, ती तुगलक शाहका जेहादहरू- ती सब नभएका भए आज 'व्यथित' हरू हिन्दू, बाङ्देलहरू इसाई तथा शङ्करहरू मुसलमान कसरी हुन्थे, म सबैमा विश्वास गर्ने र कुनैमा पनि श्रद्धा नगर्ने हुन सक्थेँ कसरी म 'अहँ ब्रहृमास्मि' भन्न सक्थे जब मलाई आफूउपर विश्वास नभई अरूउपर हुँदो हो । म त आजको मान्छे होइन, 'व्यथित' जी ' म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ । मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, धर्मका परिधिहरू, राजनीतिका परिधिहरू, केही पनि हुने छैनन् !!आज जो म दस-गजामा उभिएको छु- त्यसको कारण अब भनिदिऊँ, तपाइँहरूलाई । म चाहन्नँ तपाइँहरूको घेरामा आफूलाई पार्न । म चाहन्नँ तपाइँको रङमा डुबल्की लगाऊँ । सिमना नाघेपछि त मैले नागरिकता लिनै पर्छ- यस कारण म अनागरिक । म स्वयं एक सिमाना हुँ जसले वर्तमानलाई भूतबाट र भूतलाई भविष्यबाट अलग गरेको छ ।तपाइँले सिमाना देखेकै होला ! दस-गजाको बीचमा एक पञ्चमुखी लिङ्ग अज्ञात रूपबाट निर्मित- जसलाई कसैले बेलपत्र चढाउँदैन तर जसलाई सार्न पर्यो अथवा हटाउनुपर्यो भने बलि चढाउनुपर्दछ अनेकका रगतको । यो सिमानाको रङ के हो । बाङ्देलजी ! सेतो ? (जस्तो लट्ठामा हुन्छ ') खैरो ? (जस्तो माटोमा हुन्छ !) रातो ? (जस्तो मानचित्रमा हुन्छ !) बग्ने ? (जस्तो नदीनालामा हुन्छ !) अदृश्य ? (जस्तो हिमालका टाकुरामा हुन्छ !) यी सिमाना रेखालाई, तपाइँ बाङ्देलजी ! यदि एब्स्ट्रयाक चित्रण गर्न सक्नुहुन्छ भने म पनि मेरो एब्स्ट्रयाक चित्रण गर्न सक्दछु ।तपाइँले त्यो नगरुञ्जेल, नसकुञ्जेल म पनि अव्यक्त रहन चाहन्छु । मैले आफूलाई आज एब्स्ट्रयाक चित्रण गरेँ भने त्यसलाई बुझ्न फेरि पेरिसको वातावरणमा सास फेर्नुपर्नेछ । मेरो एब्स्ट्रयाक चित्रण पढ्नलाई तपाइँलाई फेरि 'एक दिन त' घोक्नुपर्नेछ ।यसकारण म हाँसिदिन्छु ।यसकारण मेरो हाँसोमा विभिन्नता छ । एउटा 'व्यथित' लाई, अर्को बाङ्देललाई, अर्को मेरो छोरालाई ।यसकारण म बाँचिरहेछु किनभने मैले आजसम्म अरूलाई र आफूलाई नै रियलिस्ट चित्रण गरेको छु ।रियलिष्ट चित्रणमा त, म एउटा प्याज हुँ-रङ्गहीन, पत्रैपत्रले मोडिएको, अनन्त दुर्गन्ध र गहिर्याइ ।आजको कृष्णको विराट् रूप पनि त प्याज हो । त्यसकारण, बाङ्देलजी प्याजको एउटा स्टिल-लाइफ लेख्नुस् । त्यसकारण 'व्यथित' जी, प्याजमाथि एक महाकाव्य लेख्नुहोस् । तपाइँहरूको त्यो कृति ऐतिहासिक हुनेछ- कारण त्यसमा आजको व्यक्तिको र आजको समाजको दुर्गन्ध अनन्त पत्रमा अनन्त कालसम्म सञ्चित रहनेछ । र त्यही चित्र र त्यही काव्यमा म पनि अनन्त कालसम्म बाँचिरहनेछु ।त्यो चित्र र त्यो कविता आज लेखिएन भने भोलि, 'हिमानी' को मृत्युमा, बाङ्देलको मृत्युमा, शङ्करको मृत्युमा, भविष्यले आजको इतिहास गुमाउनेछ ।......एक हजार वर्षपछि सिमाना हराएजस्तै । मधुपर्कबाट
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गीतसंगीतः मेरा मूल्य र मान्यता
निबन्ध
डा. नवराज सुब्बा
14, 2010, 4:31
डा. नवराज सुब्बा
कुनैबेला रचना गरेको तर बिर्सिसकेको सम्भवतः मेरो जीवनको पहिलो गीत करिब तीन दशक पछि अरूकै मुखबाट सुन्न पाएँ, आज । त्यस्तै ३०/३१ सालतिर म ९/१० कक्षामा पढ्दा मैले एउटा गीत रचना गरें । र रेडियो नेपालमा बज्ने एउटा लोकप्रिय गीतको धूनमा आधारित संगीत पनि भरें । अनि हारमोनियम बजाउँदै मादलको तालमा आफ्नै बहिनी सरलालाई नचाएँ । सरस्वती माध्यमिक विद्यालयको साँस्कृतिक कार्यक्रममा सोही गीत र नृत्य प्रस्तुत गरियो । तर केही समयपछि त्यो गीत बिर्सिइयो । आजकल मैले एलबम निकाल्न थालेको देखेर उनै बहिनीले "त्यो पुरानो गीत पनि थियो नि दाजु रेकर्ड गर्नु नि !" भनेर उनले खर्रर गाइन् । म दङ्ग परें ।ए बहार तिमीसित हाँसु हाँसु लाग्छ, आँसु पुछि तिमीसित नाचु नाचु लाग्छ... २०३५/३६ सालतिर रेडियो नेपालद्वारा आयोजित आधुनिक तथा लोकगीत प्रतियोगिताहरूमा सहभागी भएको थिएँ । एउटा आधुनिक गीत र केही लोकगीत मैले रेडियो नेपालमा रेकर्ड पनि गराएको थिएँ । तर अहिले खोज्दा ती गीतहरू रेडियो नेपालमा भेटिदैनन् । कत्ति नमिठो लाग्छ । उसबेला कत्रो उत्साहका साथ गाइएका आधुनिकगीत, संकलन गरिएका लोकगीतहरू आज हराए । खै कता गए - आज मलाई मेरो आँगन सिँगो एउटा संसार भो, फर्केर आऊ त्यो बाटो नजाऊ... महाराजगञ्ज क्याम्पसको छतमा २०३४/३५ सालतिर प्रायः साँझपख घन्कने संगीत आज सम्झन्छु । त्यो अतृप्त सांगीतिक प्यास आज अर्ढाई दशकपछि पुनः आफ्नै स्वरमा गीत गाएर आफ्नो रहर पूरा गर्दैछु । यही गीत र संगीतको कोसेली बोकेर सांगीतिक जगतमा सम्भवतः नसुनिएको नाम एन्ड्रयू सिथलिङलाई लिएर उभिएको छु-गमलाको छातीभरि फुल्यौ आहा जीवनभरि हाँस्दा कति सुहाएको गुलाफ र बाबरी... यस्तै अर्का प्रतिभाशाली संगीतकार साथी जसलाई सायद कसैले सुनेका छैनन्, जोसँग मेरो बिछोड भएको पनि तीनदशक भयो । उनले सायद मलाई पनि बिर्सि सके होलान् । उनै संगीतकार साथी प्रेम भट्टचनलाइ सम्झेर अतीतलाइ समर्पित गर्दै उनले संगीत गरेको गीत पनि अब गाउँदैछु -गुलाफको थँगाभित्र मायालुुको वास्ना पाउँछुउड्ने मेरो मनभित्र त्रि्रो मात्र सपना देख्छु गायन होस् या लेखन, मान्छे पूर्ण हुनु प्रायः असम्भव नै छ । गर्दागर्दै कोही ब्यवसायिक हुन्छन् कोही शौकीन रूपमै रहिरहन्छन् । संख्याको हिसाबले व्यवसायिक कम र शौकीन बढी हुन्छन् । संख्यात्मक हिसाबले जे भए पनि यिनीहरू एकअर्काका परिपूरक हुन् । गीतसंगीतको श्रीबृद्धिमा यी दुवैको योगदान बराबर छ । जसरी सर्जक र पाठकको योगदानले साहित्यको विकास हुन्छ त्यसैगरि कलाकार र श्रोताको योगदानले संगीतको विकास हुन्छ । संगीतको मर्मज्ञ समूहमा यिनै शौकिन कलाकारहरू पनि पर्दछन् । व्यवसायिक वा परिपक्वले मात्र गाउने वा लेख्ने हो भने हाम्रो साहित्य वा संगीतको विकास हुदैन । त्यसैले सिकारू लेखक हुन् वा शौकिन कलाकार सबैले नहिच्किचाइ सिर्जनामा पाइला सार्नुपर्छ । एकदिन पूर्णताको नजिक पुग्न सकिन्छ । गीतसंगीतप्रति मेरा मान्यता छन् । पहिले लोकगीततर्फ लागौं । लोकगीत जुन जाति वा समुदायको हो त्यही जाति वा समुदायले संकलन गर्नु वा गाउनु राम्रो हुन्छ । लोकगीतले भौगोलिकता, क्षेत्रीयता, जातीयता, समुदाय वा संस्कृती विशेषको प्रतिनिधित्व गर्ने भएकाले लोकगीत गाउनको लागि स्थानीयलाई अवसर दिइनुपर्दछ । अरूमा सारेगामामा दक्षता छ तालसुरमा ज्ञान छ स्वर सुरिलो छ भन्दैमा अर्थात् अवसर पाएँ भन्दैमा लोकगीतलाई व्यवसायिक वा दक्ष कलाकारले मात्र कब्जामा लिनु राम्रो होइन । जस्तैः संचारमाध्यममा चन्डिगीत राइले गाएको वा देउडागीत बैतडी, दार्चुलातिरका खसले गाएको नै अर्थपूर्ण सुनिन्छ । तर देशभक्तिगीत सबै जातजातिले गाएको राम्रो सुनिन्छ । देशप्रेमयुक्त गीत सबै जातजातिले लेख्नु पर्दछ अनि यसमा अझ सबैको आफ्नो सांस्कृतिक विविधतायुक्त संगीत भर्दै ती गीत गाइनु पर्दछ । कुनै जात, वर्ग वा समूहले मात्र सधैं देशपे्रमका गीत लेख्नु र गाउनुको अर्थ के अरू कसैलाई देशको माया छैन त - अवश्य सबैलाइ देशको माया छ । कुनै मुसलमान कलाकारले, कुनै दलित र्सजकले कुनै अदिवासी स्रष्टाले, मधेसीले अनि सीमान्तकृतले यो देशको मायामा कुनै देशभक्तीगीत लेख्नु, संगीत भर्नु, गाउनु नै वास्तवमा अर्थपूर्ण हुन्छ, सबैले त्यस्तो अवसर पाउनु पर्दछ । अरुले तपाइ भनोस् नभनोस् आफ्नै बखानलाइ देशभक्तिगीत मानेर लेख्ने अनि आधुनिक बाजागाजा राखेर अत्याधुनिक स्टुडियोमा रेकर्ड गर्ने र सञ्चारमाध्यममा घन्काउने परिपाटीमा आज परिवर्तनको आवश्यकता छ । गीतसंगीत कला हो तर देशभक्तिगीतले यसभन्दा माथि उठेर जनभावना, जनआग्रह, विविधता, समावेशीपन र सान्दर्भिकता समेतलाइ बिर्सन मिल्दैन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
शब्दको खेल
निबन्ध
मोदनाथ अधिकारी
11, 2010, 9:43
भाषा होस् त नेपाली भाषा जस्तो होस् । जुन भाषामा सामथ्र्य छ अर्थ छैन, जुन भाषामा शब्द छ सार्थकता छैन, त्यो भाषा के भाषा ? हाम्रो भाषाका प्रत्येक शब्दमा अनेक अर्थ छन् जसलाई हावा चल्दै गर्दा फिरफिराएको पिपलको पातसरी यता, उता जता पन िपल्टाउन सकिन्छ । ‘पल्टाउनु’ शब्दकै अर्थ अनेक छन् । अझ यस शब्दसँग अनेक शब्द जोडेर अथ्र्याउँदा सत्ता पल्टनउनु, भत्ता पल्टाउनु, भुँडी पल्टाउनु.....। थुप्रै कुरा पल्टाउनुसँग जोडिन सक्छन् । त्यसैले शब्दको सामथ्र्यको कुरा छाडौँ । यी गह्रौ भन्दा बढी चिप्ला छन् । यी चिप्लँदा कहिलेकाँही जिब्रो नै चिप्ल्याउँछन् । अरुको त के कुरा उल्टोबाट जितेर पनि प्रधानमन्त्री बन्न सफल महामहिमको समेत जिब्रो चिप्ल्याउने शब्द नै हुन् । यही शब्दले कसैको जिब्रो चिप्ल्यायो, कसैको घाँटी चर्कायो, ......। के गयो भन्दा पनि के गरेन र ! शब्दले चमत्कार गयो व्यपक अर्थ बोकेर विश्व भ्रमणमा निस्कियो । अबिलम्ब सगरमाथा चुम्यो । वा ! क्या राम्रो शब्द ‘अबिलम्ब’ । अर्थ हो यसको तुरुन्तै, बिलम्ब नगरी । शब्दले अर्थ दियो स्पष्ट तर समय भयो अस्पष्ट । तुरुन्तै भनेको कति सेकेण्ड हो, कति मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक, शताब्दी ...... । यति बेला अञ्जु पन्तले गाएको गीत ! “..... मैले के बिराएँ” ले मेरो दिमाग रङ्मङ्गिदै छ । तीन बुँदे सहमति गर्नेको एक हिस्साले ठुलो कसरतका बाबजुद शब्दकोश पल्टाएरै फेला पारेको ‘अबिलम्ब’ शब्दको भावसँगै पन्तको स्वरमा स्वर मिलाउँदै गीतको भाषा फेरे “... खोजेजस्तै शब्द पाएँ मैले के बिराएँ” । अर्को हिस्सा यो कुराले हिस्सियो, खिस्सियो, जिल्लियो र पन्तकै लयमा गुन्गुनायो, “...धम्की लाएँ धोका खाएँ मैले के बिराएँ” ... । शब्दको कुरा गर्दा ‘सहमति’ शब्दलाई नै हेरुँ न । सहमति भनेको सबैजनाको एउटै मत भनेको हो तर मतैक्य किन भएन ? यो खेल शब्दकै हो नकि राजनीतिक दलको । यी त मात्र खेलाडी न हुन् । ‘संविधान’ नमको चर अक्षरे शब्दलाई दुई वर्ष खेलाए । तैपनि खेलको टुङ्गो नलागेर जब भयो राति अनि बुढी ताती भने झैँ रातारात खेलको समय थपे । यससँगै थपे अर्को खेलको नयाँ हतियाररुपि शब्द ‘अबिलम्ब’ । सहमति शब्दको नालीबेली पढेपछि मात्र थाहा भो यसले मभ्रिष्ट भन्ने अर्थको प्रतिपादन गरेको रहेछ । त्यो पनि जेष्ठ चौध गते राति बाह्र बजे । संविधान नामक शब्द खेलाउन दुई वर्षले नपुगेर एक वर्ष थपिए झैँ नवनियुक्त शब्द ‘अबिलम्ब’ शब्दको गाँठो फुकाउन पनि दुई प्लस एक गरी तीन वर्ष चहिएला नै । यसबाट के स्पष्ट हुन्छ भने संविधान अबिलम्ब निर्माण गर्ने सहमतिका लागि छ वर्ष लाग्ने रहेछ । यी तीन शब्दका खेलका लागि छ वर्ष लाग्छ भने संविधानभित्र समेटिने असङ्ख्य शब्दका लागि लाग्ने समय पनि गनी साध्य छैन । त्यसैले गणतन्त्र शब्दमाथि पनि खेल भएझैँ लाग्छ । यो त गनतन्त्र पो रहेछ । थप्ने समय गन्न पाउने, भत्ता गन्न पाउने, सत्ता गन्न पाउने..... ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
बाध्यतावाद
निबन्ध
विक्रम सुब्बा
27, 2010, 8:55
मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ "बाध्यतावाद" । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको निश्चित फरम्याट अनुसार चाहिने अनुसन्धानको मुख्य 'समस्या' लेख्छ र तथ्याङ्क खोज्दछ । यो दुनिया तथ्याङ्कहरूको भण्डारै हो । यहाँ जे पुष्टी गर्न पनि चाहिएको तथ्याङ्क भेटिन्छ । त्यसैले गर्दा जसले जे विषयमा पनि पिएचडी पाइरहेकाछन् । त्यस्तै मैले पनि "बाध्यतावाद" भन्ने सिद्धान्त मनमा सोचेँ र अब त्यसको पुष्टिका निम्ती कुराहरु खोज्नु पर्ने भयो । खोज्दै जाँदा भेट्न थालिँदो रहेछ । मैले पनि थुप्रै पुष्टिका कुराहरू भेटेँ जो निम्न रहेकाछन् । अर्थात, मैले आजसम्म जे जति कविता वा गीत रचना गरेँ, फर्केर हेर्दा बाध्य भएर मात्र रचेको रहेछु । दुनियामा अरु सबैले पनि मैलेजस्तै बध्य भएर मात्र केही गरेको रहेछ । जस्तै: मैले सबैभन्दा पहिले मायालुको नाममा कविता लेखेँ । किन? किनभने मायालु प्रतिको माया यति शक्तीसाली भएर म भित्र पस्यो कि म दिन रात रन्थनिएँ । जतिबेला पनि मायालुलाई भेट्न मन लाग्ने । सपनामा पनि मायालु नै देख्ने । कतै हिँडिरहेको बेला पनि मायालुकै यादले दिमाग गाँज्ने । तर मायालु भने कहिले काहीँ झल्याकझुलुक मात्र भेट हुने । बडो धर्मसंकट । त्यसपछि बौलाहाजस्तो हुन थालेँ । के गर्ने र कसो गर्ने हुन थाल्यो । तब मैले उपाय निकालेँ 'मायालुको नाममा कविता लेख्ने' र बहुलाउँनबाट बच्ने । त्यसपछि कापि कलम लिएर मैले फटाफट मयालुका नाममा कविता लेख्न थालेँ । तब मेरो मन अलि हलुँगो भयो । म भित्रको उकुसमुकुस केही शान्त भयो । राती म अलि राम्रोसँग निदाउँन सक्ने भएँ । मायालुको याद आए - झिक्यो त्यही कविता र पढ्यो अनि केही शान्त भयो । सब ठीकठाक । अहिले सम्झन्छु मैले मायालुको कविता त बाध्य भएर पो लेखेको रहेछु । त्यसैले ती कवितहरू बध्यतावादले जन्माएका कविता भए । यो "बध्यतावाद" पुष्टि गर्ने पहिलो तथ्य(अंक) हो ।जवानीमा जव मेरो शरिर भरी कम्युनिष्ट विचार पस्यो त्यसपछि मैले मजदुर, किसान, ज्यामी, गरिब, महिला, दलित, जनजाती, बालबालिका जस्ता अधिकारबाट बञ्चितीमा पारिएकाहरूको बिचल्ली देखेँ । अर्थात, काम गर्ने ज्यामी तर उ भोकै पर्ने र काम नगर्ने मालिक चाहीँ धनी हुने । हलो जोत्ने किसान तर किसान भोकै तर सामन्त सम्पतीवाल हुने । घरमा दिन रात काम गर्ने महिला तर महिला नै अपहेलित र पुरुष घर मालिक हुने, आदिजस्ता अमिल्दा सामजिक रीति रिवाज र चालचलन देखेँ । यो त सरासर सतप्रतिशत अन्याय हो भन्ने कुरा बुझेँ र म भित्र रगत उम्लिन थाल्यो । त्यसैले म बध्य भएर जागरण गीत लेख्न र गाउँन थालेँ । मेरो के विश्वास रह्यो भने अन्याय अत्याचार र शोषणको विरुद्ध अन्याय, अत्याचार र शोषणमा पिस्सिएकाहरू नै जाग्नु पर्छ र मुक्तीका निम्ती जुझ्नु पर्दछ र मात्र मुक्ती हासिल हुन सक्छ । यसरी कुनै पनि गीतकारले गीत लेख्दा पनि कुनै न कुनै किसिमले बाध्य भएर मात्र लेख्न सक्छ भन्ने कुरा पुष्टि हुन्छ जसले "बध्यतावाद"लाई पनि पुष्टि नै गर्दछ ।मैले मुन्धुम पढेँ । मानिसबिना त सृष्टी सुहाएकै देखिएन । किसिम किसिमका धातुबाट बनाउँदा नबोलेपछि विचारमन्थन गर्दा गर्दा गरेर खरानी र कुखुराको सुली मुछेर निङ्वाफुमाङले मानिस बनाए । त्यो बोल्यो । निङ्वाफुमाङलाई झ्वाँक चल्यो । सुन, चाँदीको मानिस नबोल्ने । खरानी र कुखुराको सुळिको बोल्ने? इक्क मरिजा ! भनेर थुकेछन् । मानिस खुत्रुक्कै मरि गएछ । बल्लबल्ल बनाएको मानिसलाई निङवाफुमाङले आफै मारे । फसाद पर्यो । त्यसपछि निङवाफुमाङले फेरि झार-फुक, तन्त्र-मन्त्र, जडि-बुटी, ओखती-मुलो गरेर मानिसलाई ब्यँताउँन बाध्य भए । यसरी यहाँ पनि सर्वब्यापी "बाध्यतावाद" छर्लङ्गै देखा परेकोछ । मैले रामायण पनि सुने-पढेकोछु । यो कथा पनि कुनै कथाकारले बध्य भएर लेखे । तर यसमा रहेको धर्मान्धता र राजाको गुणगान यति शसक्त भइदियो कि हरेक कमजोर नागरिक यसलाई दैवको लीला नै ठान्न बध्य भए । कथामा राम्ररी हेर्ने हो भने 'पिताको वचन नकाट्ने साँस्कृतिक मुल्य-मान्यता'को बाध्यताले गर्दा राम बनतिर लागेको देखिन्छ । त्यसैले राम पनि बध्यतावादी हुन् । जोगीको वचन उलंघन गर्न नहुने सिष्टताको बध्यताले लक्ष्मण रेखा नाँघेपछि सीताको हरण भयो । यसरी सीता पनि बाध्यताको सिकार भएकी देखिन्छिन् । त्यसो त हेर्दै लाने हो भने रामायण सिङ्गै बाध्यतावादको पोथो जस्तो लाग्छ । तपाइँ आफैँ राम्ररी हेर्नुस् त ! दशरथ, कौसल्या, भरत, हनुमान, सुग्रिव, लछुमन, रावण आदिले रामायणको नौटंकीमा जेजे गरेका छन् ती सबै बध्यभएर गरेका छन् । मैले महाभारत पनि सुने-पढे-हेरेकोछु । कृष्णले बनाएका युद्धको नियमले बाँधिएकोले नै अर्जुनले आफ्नै मानिसहरुलाई भकाभक वाण ठोकेर ढाल्न बध्य भएका छन् । आमाको वचनले बाध्य भएर सबै दाजु-भाइ मिलेर एउटै श्रीमतीले गुजारा गर्न बाध्य भएको कुरा पनि यही महाभारतमा देख्न-पढ्न पाइन्छ । जुवाको खालमा आफ्नो श्रीमती नै हार्ने र नांगिनु पर्ने बध्यतावाद पनि यहीँ पढ्न पाइन्छ । मैले वुद्धलाई पढेँ । वुद्धको जीवनीमा पनि जतासुकै बध्यतावादहरू भेटिन्छन् । वुद्धले किन राजदरवार त्यागे? किन आफ्नो जवान श्रीमती र नावालक बच्चा त्यागेर हिँडे? किनभने वुद्धले दुनियामा दु:ख देखे र त्यसको कारण खोज्ने, शान्तिको मार्ग खोज्ने निधो गरेपछि सो कुरा राजदरवारमा नपाइने वा श्रीमतीको अँगालोमा नपाइने भएकोले वुद्धले कि त आफ्नो उद्देश्य त्याग्नु पर्यो कि त राजदरवार र श्रीमती त्याग्नु पर्ने भयो । उनले आफ्नो उद्देश्य त्याग्न सकेनन् जसले गर्दा बाध्य भएर उनले राजदरवार र श्रीमाती त्यागे । यहाँ झन बडो ठूलो बध्यातावाद को उदाहरण पाइन्छ ।मैले जिजसख्राइष्टवाला बाइबल पनि पढेकोछु । उनकी आमाले कुमारी छँदै गर्भ धारण गरेको घटनामा एक युवतीको जवानीले सृजना गरेको बध्यता छैन भनेर कस्ले भन्छ? जन्मे बढे हुर्केपछि जिजसले समाजिक काम गर्न थाले । रोगी, कोढी, दु:खी, अपहेलित महिलाहरुको सेवा गर्न थाले । मैले देख्दा उनी तात्कालिन एक सामान्य समाज सेवी हुन् तर उनको रोगी, कोढी, दु:खी, अपहेलित महिला समाजको सेवा यति अमुल्य हुन पुग्यो कि रोगी, कोढी, दु:खी, अपहेलित महिलाहरु उनलाई परमेश्वर नै ठान्न बाध्य भए । मैले कुरानमा मोहम्मदलाई पनि पढेँ । उनि पनि तात्कालिन समाजका एक उदाहरणीय सामाजिक अगुवा वा कल्याणकारी नेता हुन् । तर सबैले उनलाई अल्लाह ठानिदिएपछि त्यस्तो विचारको विरुद्ध कोही पनि नबोल्न मुस्लिम समुदाय बाध्य भयो । यही बाध्यताले गर्दा मोहम्मद पैगम्बर हुन बाध्य भए ।मैले कन्फ्यूसियस पढेँ । कुनै पनि घटनाको असर दीर्घकालिन हुन्छ । तसर्थ कुनै पनि घटनाले पारेको असरबारे तात्कालै निचोड निकाल्नु हुन्न भन्ने कन्फ्यूसियस किन बाध्य भए ? किनभने मानिसलाई संझाएरै अपराधीबिहीन समाज सृजना गरेपनि तात्कालिन चिनीया सम्राटहरुले षडयन्त्र गरेर कन्फयूसियसलाई कुर्सी छोड्न बाध्य पारेपछि उनले यस्तो दार्शनिक निचोड निकाल्न बाध्य भएको देखिन्छ । यहाँ झन गज्जबको बाध्यतावाद व्याप्त छ । सोफोक्जीजको भयानक नाटकमा आफ्नै बहादुरीले गर्दा 'ईडीपस' आफ्नै आमा जोकाष्टासँग विवाह गरी सन्तान जन्माउँन बाध्य देखाइएकोछ । त्यसपछि आफ्नै आमा आफ्नो श्रीमती भएको कुरा ईडीपसले र आफ्नै छोराको श्रीमती भएको कुरा जोकाष्टाले चाल पाएपछि जोकाष्टा झुण्डिएर मर्न बाध्य छिन् भने यो मैले के देख्नु पर्यो? भनेर ईडिपस आफ्नै नङ्ग्राले आफ्ना आँखा चिथोरेर निकाल्न बाध्यछन् । यहाँ झन डरलाग्दो बाध्यात्मक घटनाहरू नाटकमा शसक्त किसिमले बुनिएका छन् ।दार्शनिक सोक्रेटस आफ्नो सिद्धान्तमा दृढ थिए । उनैले राजाहरूको अन्याय-अत्याचार देखेपछि उनले कम्युनिज्मको परिकल्पना गर्न बाध्य भए । जहाँ हरेक शोषित पिडीत जनतालेको लागि समानता हुनेछ भनि उनले कल्पना गरेका थिए । उनको यो विचारले गर्दा तात्कालिन शासकहरुको मुटु हल्लियो । जसले गर्दा राजाहरूले उनलाई क्षमा माग्न वा मर्न तैयार हुन भने । तर सोक्रेटस आफ्नो सिद्धान्तमा अडिग भएकोले बरू हाँसीहाँसी मृत्यूदण्ड स्वीकार्न बाध्य भए । यो पनि बाध्यतावादको एक शसक्त नमुना हो ।दार्शनिक सोक्रेटसका चेला एरिष्टोटल यति विलासमा हुर्केका बढेका थिए कि नोकर चाकरबिना केही गर्न नसक्ने भएपछि 'दाश प्रथा' को समर्थन गर्न र प्रजातान्त्रिक व्यवस्थाको सिद्धान्त निकाल्न बाध्य भए । साथै उनले राजाले वा शासकले आफ्नो शासनलाई के के गरेर बचाउँनु पर्छ? भन्ने कुराको उपाय समेत सुझाउँन बाध्य भए । जस्तै: आफ्नो सरकार विरुद्धमा लागेकालाई सबैभन्दा पहिले जागिर वा पुरस्कार दिएर फसाउँनु पर्छ, त्यसपछि पनि आफ्नो हुन नसके त्यसलाई थुन्नु पर्छथुनेपछि पनि जेलबाटै विद्रोहको नेतृत्व गरे उसलाई मार्नु पर्छ, आदिअब्राहम लिंकन लज्जालु स्वाभावका थिए । थोरै बोल्थे । प्रजातन्त्र भनेको के हो ? भन्ने कुराको जवाफ पनि उनले लजाउँदै दिए 'जनताले, जनताद्वारा, जनताको निम्ती' । त्यतिखेर यो भनाई बडो आधुनिक कविताहरू 'आमाको सपना', 'फर्सिको जरा', मातेको मान्छेको भाषण..' जस्तै "न्यु टेष्ट ईन टाउन" भइदियो । अहिले दुनियाँ संसार लिंकन के हो? प्रजातन्त्र के हो भनि सोधे - 'जनताले, जनताद्वारा, जनताको निम्ती' भन्न बाध्य भएकोछ । कार्ल मार्क्सले समाजको रुपान्तरण प्रकृयामा द्वन्दात्मक भौतिकवाद र पुँजीको भूमिकालाई यति गहिरोसँग बुझेछन् कि "पुँजी" लेख्न बाध्य भए । त्यसपछि, रणनैतिक रुपमा कसरी समाज परिवर्तन गर्ने प्रकृयालाई दुनियामा सँस्थागत गर्ने त? भन्ने ठूलो सवाल सामुन्ने आयो । जसले गर्दा कार्लमार्क्सले ऐँगेल्सँग मिलेर कम्युनिष्ट मेनुफेष्टो लेख्न बाध्य भए । त्यसैको आधारमा स्थापित कम्युनिष्ट पार्टीहरु मार्फत दुनियामा मजदुर र किसानको हक अधिकारको झण्डा युग युग उठाई रहन निम्न बर्ग बाध्य छ । अहिले दुनियामा ख्रिस्चियन, हिन्दु, बुद्धिष्ट धर्मावलम्बी नभएका थुप्रै मुलुक भेटिन्छन् तर कम्युनिष्ट नभएको देश र समाज भेटिन्न । यो गती झन झन बढदो छ । कम्युनिष्टहरूको यही प्रभावको गतीलाई रोक्न वार्षिक अरबौँ डलर खर्च गरेर जिम्मी कार्टरको पालादेखि कम्युनिष्ट बिरोधी बुद्धिजिवीहरू किनेर 'मानव अधिकार', 'विश्वव्यापीकरण', 'वातावरण', 'लैङ्गिक विभेद', 'समावेशिकरण', र हाल आएर 'जलवायु परिवर्तन' जस्ता नयाँ सिद्धान्तहरु निकालेर कम्युनिष्टहरूलाई वा कम्निष्टमा लाग्ने संभावित मानिसलाई अलमल्याउँन पुँजवादी मुलुकहरू वाध्य छन् । यो ब्रह्माण्ड स्तरकै बाध्यता हो ।गान्धी त्यतिबेला दक्षिण अफ्रिकामा वकालत गर्थे । एक दिन अदालतमा गोरो न्यायधीशकासामु दरो तर्क दिन नसकेर रुन बाध्य भए । उनी रुँदै भारत पसे र त्यही 'रोदन'को रुपलाई भारतमा 'सत्याग्रह'मा विकसित गेरर बृटिसहरु बिरुद्ध जीवनभर लाग्न उनी बाध्य भए । गांधी त मुस्लिमहरूको आकांक्षलाई संबोधन गर्न नसक्दा 'भारत'बाट 'पाकिस्तान'लाई जिन्हाले चुँडाएर लगेको टुलुटुलु हेरेर बस्न पनि बाध्य भए । आफ्नै मुलुकको एक चोक्टा कसैले चुँडालेर लगेको बसेर चुपचाप हेर्नु पर्ने यहाँ कस्तो पीडादायी बाध्यतवाद लुकेको छ ।रसियाको परिस्थिती बेग्लै थियो । तसर्थ मार्क्सवादी सिद्धान्तलाई रसियाको परिस्थिती अनुसार सृजनात्मक रुपले ढालेर लागु गर्न लेनिन बाध्य भए । लेनिनले बाध्यतावादको सहारा नलिएको भए असफलता मात्र हात लाग्ने थियो । लेनिनको मुलुकमा 'पेरेस्त्रोइका' र 'ग्लास्नोस्त' भन्दै आफ्नै किसिमको पुँजीवाद हुल्न पनि गोर्वाचोभ बध्य भए । अब्राहम लिंकन लज्जालु स्वाभावका थिए । थोरै बोल्थे । प्रजातन्त्र भनेको के हो ? भन्ने कुराको जवाफ पनि उनले लजाउँदै दिए 'जनताले, जनताद्वारा, जनताको निम्ती' । त्यतिखेर यो भनाई बडो आधुनिक कविताहरू 'आमाको सपना', 'फर्सिको जरा', मातेको मान्छेको भाषण..' जस्तै "न्यु टेष्ट ईन टाउन" भइदियो । अहिले दुनियाँ संसार लिंकन के हो? प्रजातन्त्र के हो भनि सोधे - 'जनताले, जनताद्वारा, जनताको निम्ती' भन्न बाध्य भएकोछ । माओत्सेतुङले चीनको वर्ग सँघर्षलाई कसरी तह लगाउँने? भनि मार्क्सवाद-लेनिनवाद अध्ययन गरेपछि चीनको जस्तो तात्कालिन सामन्ती समाजबाट सिधै पुँजीवाद र समाजवादतिर समाज रुपान्तरित हुन सक्दैन भन्ने थेशिस निकाले जसलाई 'नौलोजनवाद' भन्न उनी बाध्य भए । अब नौलो जनवाद ल्याउँन कोमिन्ताङको बिरुद्ध मिल्न सक्ने राष्ट्रवादी शक्तीहरुसँग मिलेर जान पनि बध्य भए । जितेपछि 'सबैले मिलेर जानु पर्छ भन्न पनि बाध्य भए । तर भित्र भित्र चाहीँ कम्युनिष्ट पार्टीलाई नै नेतृत्वमा राख्ने ट्याक्टिस गर्न पनि बाध्य भए ।' चीनको ठूलो जनसंख्यालाई पाल्न बेस्सरी काम गर्न बाध्य भयो । यसरी बाध्य भएर नै चीनले कत्रो उन्नती गरिदियो । ४० सुत्रिय माँग सरकारले नमानिदिएकोले जनयुद्ध थाल्न माओवादी बध्य भयो । नेपाली कांग्रेस र एमाले पनि बाध्य भएर मात्र "गणतन्त्र" र "संबिधानसभा" जस्ता माओवादी एजेण्डा आफ्नो घोषणा पत्रमा मन नपरी नपरी भएपनि लेख्न पुगे । बाध्य भएर नै पुस्तौँ पुस्ताको शानसौकत त्याग गरेर ज्ञानेन्द्रले नारायणहिटी छोडे । श्रीमान् श्रीमतीहरू आजिवन संगै बाँच्ने-मर्ने भनेर कसम खाँदै सिन्दुर टीका गर्छन् । तर कैयौँको मन नमिले पछि, सँगै गुजारा नै नहुने वातावरण भएपछि पारपाचुके गर्न बाध्य भएका देखिन्छन् । विदेशीहरुसँग माँगेर वार्षिक बजेट बनाउँन बाध्यता भएको मुलुकको प्रधानमन्त्री विदेशीहरुको ईसारामा नाच्न बाध्य हुने नै भयो । खाने मुख ठूलो भएकाहरू सरकारी कार्यालयमा पसेका छन् र उनीहरु खान बाध्य छन् । अमेरिकाले इराक र अफगानिस्तानमा तेल र ग्यास भएको सो कब्जमा लिन आक्रमण गरेर आफ्नो कठपुतली सरकार बनाउँने नाटक गर्न बाध्य भएको देखिएकै छ । यसरी सुक्ष्म ढंगले हेर्ने हो भने बाध्य नभइ मानिसले केही गर्दैन । उसले सबथोक बाध्य भएर मात्र गर्छ । उपन्यासकारले कुनै घटना नलेखिनसक्ने भएपछि बाध्य भएर मात्र उपन्यास लेख्छ । कविले छातीभित्रको उकुसमुकुस खपिनसक्नु भएर बाध्यताले कविता लेख्छ । सम्झेर ल्याउँदा मैले पनि बाध्य भएर मात्र कविता लेखेँ । त्यसैले मेरा सबै कविताहरू "बाध्यतावादी कविता आन्दोलन"का फुल-काँडा हुन् । हिजोआज पनि जबरजस्ती म लेख्न सक्दिन । तर जब नलेखिनसक्ने गरी बाध्य हुन्छु अनि लेख्छु । म एक बाध्यतावादी कवि । तपाइँ पनि कुनै न कुनै फाँटको वा क्षेत्रको बाध्यतावादी नै हो । हो कि होइन? सोचि हेर्नोस् 'हो' भन्न तपाइँ पनि बाध्य हुनुहुन्छ । म तपाइँलाई सम्झना दिलाउँ? ज्ञानेन्द्रको निरंकुशताका विरुद्ध तपाइँ हामी सबै जुट्न बाध्य नभएकोभए नेपालमा गणतन्त्र सुरु हुन्थ्यो? माओवादी पार्टीलाई ६० सिट दिएर एमालेले चुनावमा मिलाएर लगेको भए माओवादी पार्टी कस्सिएर चुनावमा लाग्न बाध्य हुन्थ्यो? ईक्खिएर र कस्सिएर लागेको भएर न माओवादी 'सबैभन्दा ठूलो पार्टी' हुन बाध्य भयो । परिवर्तन जहिले पनि राजनीतिबाट सुरुहुन्छ र आर्थिक क्षेत्रलाई बदल्दै साँस्कृतिक परिवर्तन गर्दै अघि बढ्न बाध्य हुन्छ । नेपालमा अहिले राजनैतिक परिवर्तन पनि सुनिश्चित भइसकेको छैन । आर्थिक परिवर्तनको खाका कुनै पार्टीसँग पनि छैन । साँस्कृतिक परिवर्तनको त कुरै चलेको छैन । अहिले हरेक पार्टीका मानिसहरु आफुलाई सिरिपेच पहिरिन लायक युवराज ठान्छन् भने कसरी गणतन्त्र आइसक्यो भन्ने? आर्थिक सम्बन्धहरूको परिवर्तन र मनमस्तिष्कभित्रको सोचाइका तहमा साँस्कृतिक परिवर्तन नभइ पुरानो जमाना निथर नाथर भएर मैझारु हुँदैन । त्यसैले म र मजस्ता साथीहरू अहिले पनि गणतन्त्रको पक्षमा धेरै काम बाँकी नै छ भन्न बाध्य भएका छौँ । र हामीजस्ता साहित्य तथा साँस्कृतिक कर्मीहरू गणतन्त्र कविता आन्दोलन मार्फत अझै धेरै काम गरिरहन बाध्य छौँ । म त्यही बाध्यतावदी मानिसहरुको झुण्डमा एक बाध्यतावादी कविता आन्दोलन मार्फत सर्वव्यापी बाध्यतावाद - जिन्दावाद ! भन्न बाध्य छु । काठमाण्डौँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
स्वर्णजयन्ती र कौवाको अपसगुन
निबन्ध
गङ्गाराम गड्तौला
24, 2010, 9:40
'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' अर्थात् जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्गभन्दा पनि गरिमामय हुन्छन्। धेरै दिनपछि आमाको काखमा लुटपुटिने सौभाग्य मिल्यो यसपालि। द्वन्द्वका वर्षहरूमा तरबारको धारमा टेकेर हिँड्नुपर्ने स्थिति थियो। स्वतन्त्र रूपमा एक गाँस खान पाउने अवस्था थिएन, वाक्स्वतन्त्रता र यात्रास्वतन्त्रतामाथि तत्कालीन शासकले अङ्कुश लगाएकै थियो। शान्ति पुनर्स्थापनापछि पनि कहिले कोसीले सुरसाको मुख खोलेर अवरोध सिर्जना गर्यो भने कहिले कृष्णभीरको रुद्ररूपले ताण्डव मच्चायो। देशमा सल्केको आगो निभाउने प्रयास भए पनि तराईका झिल्काझिल्कीहरू यथावत् नै थिए। आज, भोलि भन्दाभन्दै झन्डै दशक बितेपछि आमालाई ढोग्न पाउने इच्छा बटुलेर लागेको थिएँ म शान्तिनगरतिर। द्वन्द्वमा हिंसा र प्रतिहिंसामा सहादत प्राप्त गरेका मित्रहरूका आफन्तजनलाई श्रद्धाञ्जली पनि व्यक्त गर्नु थियो र घाइतेका मुटुमा मलम पनि लगाउनु छँदै थियो।मेरो जन्मभूमिले कहिल्यै युद्ध बोकेर हिँडेन। तर यसले 'शान्तिका लागि गरिएको क्रान्ति' लाई धेरैचोटि भात खुवाएको छ। कमसेकम एउटा दरिलो सुरक्षा दिएको छ र मीठो निद्रा दिएको छ। कति महान् छ मेरो जन्मभूमि, युद्धका चपेटामा आफूलाई राखेर निष्पक्ष पहरेदारका रूपमा निरन्तर उभिएको छ यो। महाकवि देवकोटाले नेपाललाई विश्वको सबै भन्दा सुन्दर ठाउँ मानेका छन्। एक पटक शान्तिनगरमा पाइला राख्ने मान्छेले नेपालको पनि सबैभन्दा सुन्दर ठाउँ शान्तिनगर हो भनेर मुक्तकण्ठले भनिदिन्छ। सायद हाम्रा महाकविले शान्तिनगरमा पाइला राख्ने फुर्सद पाएनन्। नत्र अवश्य पनि उनले शान्तिनगरलाई नेपालको सुन्दर स्थानका रूपमा दराउने थिए।आफ्नो जन्मभूमिको स्वर्गीय कल्पनामा रमाउँदै म बुधबारेबाट उकालिएँ। चियाबगानको मनोरम दृश्य देख्नेबित्तिकै ममा एक किसिमको तरङ्ग पैदा भयो आहा ! कति सुन्दर छ मेरो गाउँ। हजार वर्ष बाँचेर म यसको बखान गरिरहूँ। शान्तिनगर उपत्यका छिर्नेबित्तिकै मानिसभित्रको चेतना ब्युँझन्छ र बोल्न थाल्दछ। ऊभित्र केही गर्ने भावना पैदा हुन्छ अनि सिङ्गै शान्तिनगर बोकेर फर्कन्छ ऊ।भावनामा झुल्दाझुल्दै मेरा पदचापहरू टिमाईखोलाको पुलमाथि पुगिसकेका रहेछन्। सानो छँदा गाईबस्तु चराउन जाँदा हुर्मत लिएर ज्यानै जोखिममा पार्ने यस खोलामाथि पनि मेरै युगमा पुल बाँधिएछ। साधुवाद छ शान्तिगरवासीलाई जसको एकएक पसिनाले यो पुल निर्माण भयो। साँच्ची शान्तिनगरले अब कोल्टे फेरेकै हो त? पुलमाथि हिँडिरहँदा मैले जीवनकै सबैभन्दा ठूलो अनुभव गरेँ।संयोग कस्तो परेछ भने यसै वर्ष मैले साउँ अक्षर चिनेको र एसएलसी उत्तीर्ण गरेको स्कुलको ५० औँ वार्षिकोत्सव परेछ। त्यही पनि महानवमीका दिन। केही मित्रहरूले भनेपछि मैले थाहा पाएँ। 'अनि मलाई त निम्तो छैन नि?' तँ जाबोलाई केको निम्तो, निमन्त्रणा पाउने हैसियतको छस् र तँ? हो त नि, मेरो के हैसियत छ र, उही त्यस स्कुलको पहिलो ब्याच न हुँ। नबोलाए पनि मैले जानैपर्छ र ज्ञानमन्दिरको धुलो शिरमा लगाउनैपर्छ। मलाई फूलमाला नै किन चाहियो र? मेरो शान्तिनगरले विकास गरोस्, मेरो गडिगाउँ विश्वविद्यालय बनोस्, शान्तिनगरले सामुदायिक अस्पताल पाओस् अनि यहाँ कालोपत्रे बाटो बनोस्, मैले त कामना पो गर्ने हो त।तर मलाई यसपालि शान्तिनगर छिर्नेबित्तिकै कताकता त्यहाँका मानिसहरूबाट केकेको गन्ध आएजस्तो भने लागिरह्यो। मानिसमानिसबीच भेदभावको गन्ध, जालझेल र लुछाचुँडीको गन्ध, स्वार्थ, लोलुपता र वैचारिक विभेदको गन्ध। शान्तिनगरमा पनि यस्तो मान्छे जन्मन्छ र? म कल्पनै गर्न सक्तिनथेँ। तर जन्माएछ समयले। थाहा पाएँ यसपालि मैले। मान्छेको मुखुन्डो लाएका दानबहरू छ्यासछयास्ती जन्मिएछन् मेरो जन्मभूमिमा काठमाडौँमा जस्तै।अठार वर्षपछि आज मैले मेरो स्कुलमा पुनः पाइला टेक्ने अवसर प्राप्त गरेँ। भौतिक रूपले निकै सम्पन्न भएछ मेरो स्कुल। वरिपरिको दिवाल, स्कुलभवन र त्यहाँको पूर्वाधारले यस स्कुलको सम्पन्नताको परिचय दिएकै थिए। साइनबोर्डले उच्चमाविको पगरी गुथेर मुस्कुराइरहेको देख्दा मैले धन्यवाद दिँदै एकपटक मेरो ज्ञानमन्दिरको धुलो निधारमा लगाएर मेरो पवित्र स्कुलभित्र प्रवेश गरेँ।हठात् मभित्रको श्रद्धा खुम्चिएर फिस्टोजत्रो भयो। 'पुनर्मिलन' नाम दिएर आयोजित कार्यक्रमको सभापतित्व बिचरा एउटा कौवाले गरिरहेको रहेछ जो आफैँ जालभित्र बसेर अपसगुनको राग अलापिरहेको थियो। अरू कौवाहरू वरको रूख र यताउति उड्दै शान्तिनगरमाथि धावा बोलिरहेछन्। पुराना गिद्धहरू आफ्ना कुरकुरे छाती उचालेर सिकार ताकिरहेका थिए। यस्तो लाग्यो, बूढो बाघले सिक्री देखाएर सोझा मानिसहरूको हत्या गरिरहेछ। साँच्ची शान्तिनगर त दुर्गन्धित पो भएछ। बिचरा भूपू विद्यार्थीहरू टुक्रुक्क ढुङ्गामा बसेर टुलुटुलु बिरालेआँखा बालिरहेका थिए जसरी बालकका हातबाट खानेकुरो चुहिन्छ र चाट्न पाइन्छ भनी बिरालाले कुर्छ। यता आयोजकका चम्चाहरू औपचारिकताको हलुवा बाँड्न व्यस्त देखिन्थे भने बौद्धिकताले वरको सियाल पनि पाएको थिएन। 'द्विज शुक' हरूलाई कौवाहरूले 'प्राचार्य' को ललिपप खुवाएर सुगारटाइको गोपी कृष्ण कहो भनाउँदै थिए।जे होस् शान्तिनगरले परशु रिजालहरू पनि जन्माएको रहेछ। नितान्त राष्ट्रसेवामा लाग्ने परशुहरूलाई मेरो जन्मभूमिले के दिन सक्छ। कौवाहरूले उनको केकति प्रयोग गर्ने प्रयास गर्लान् तर उनले शान्तिनगरलाई सङ्गीतमय बनाइरहँदा भने मेरो हृदय भावनाले फुलिरहेको थियो। अघि बढ है परशु, तिम्रै सङ्गीतले शान्तिनगरको फोहोर पखाल्नु छ।शान्तिनगरले विश्वनाथ उपाध्यायलाई पनि त पाएछ। उनको दर्शनलाई, उनको निःस्वार्थ शान्तिनगरप्रतिको भावनालाई कौवाहरूले के बुझ्लान् र? तर तिम्रो भावना हामीले सँगालेका छौँ है विश्वनाथ, फेरि आएर हामीलाई ब्युँझाइरहनु।अनि टीका भण्डारी। टीकादाइ, तपाईँले शान्तिनगरलाई दिएको गुन, के हामी फूलमालाले तपाईँको ऋण तिर्न सक्छौँ र? अँहँ, तपाईँको ऋण तिर्न त शान्तिनगरले आफूलाई पखाल्नुपर्छ, धुनुपर्छ र स्वच्छ बनाउनुपर्छ। तर यसलाई सफा पार्ने त्यो अलौकिक शक्ति पनि त तपाईँसितै छ। त्यही तपाईँको अजस्र सङ्गीतधाराले शान्तिनगरको फोहोर पखालिरहनुहोस, म यही कामना मात्र गर्नसक्छु। कतै कौवाको बिष्टामय नहोस् मेरो जन्मभूमि, मेरो प्यारो शान्तिनगर, हाम्रो शान्तिनगर ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
एउटा बुढो पहाड
निबन्ध
गोपाल झापाली
21, 2010, 7:51
गोपाल झापाली
मेरा छातिमा कान्ला कान्ला बनाउछौ । कहिले तिमी गरा गरा बनाएर भटमास र फापर बुक्र्याउछौ । अदुवा र अलैचीहरु ख्रोस्रन्छौ, कोतछौँ । बेहिसाव, बेलगाम ख्रोसी रहनछौ, कोपरीरहन्छ्यौ मेरा पिठ्युँहरु । तिमीलाई मिठो सपना बाडिरहन्छु, अर्थात तिमी बेचिन्ता निदाइरहन्छ्यौ । मलाई दिउँसो निदाउने फुर्सदै हुदैन । तिमी मलाई झस्काइरहन्छ्यौ । म त रातभर जागै रहन्छु । तिमीले दिनभर कोपरेका र चिथोरेका घाउहरुमा म रातभर मलम पट्टी गरीरहन्छु । गोडैबाट बगेको खहरे मलाई गिज्याइ रहन्छ, थर्काइरहन्छ, त्यही रातभर । मेरो अस्तीत्वबारे सोधी रहन्छ, सर्मिन्दा बनाइरहन्छ । म बेशब्द बनिरहन्छु । चुपचाप रहन्छु । सुनिरहन्छु, गडगडाइ हुँहुङ्कार तर बोल्दीन म । किनकी म उजस्तो पानी होइन । जिस्काउदै भाग्दै, भाग्दै जिस्काउदै गर्ने कातर र लाचार । किनकी म त पहाड हुँ । बुढो पहाड अर्थात थोतो पहाड । उ त एकछिनमा तल पुगेर अर्को खोलोमा लुक्छ, आफ्नो अस्तीत्व मेटाउदै । अनि त्यो खोलो सुलित्त समुन्द्रमा मिसीन्छ, दुधमा बिष जसरी, बिषमा दुध जसरी ।म उजस्तो क्षणिक हुन सक्दीन र चहान्न पनि । म युगौ युग बाच्नु छ । त्योपनि अटल र अचल बनेर । उ जस्तो बर्षाका दुइ महिना बौलिने र दश महिना लुम्रुक्क पर्ने अस्तीत्व मेरा लागी अस्वीकार्य छ । म चैतको तुफानमा पनि उही रहन्छु । जस्तो पुषको तुसारोमा पनि । साउनको झरीमा उस्तै सदाबहार । त्यो त खहरे हो । उसलाई त्यसैले थाहा छैन, उसको अस्तीत्व मसँगै छ । मेरो काखबाटै उ पिलपिलाउछ र मलाई नै जिस्काउदै उ ओरालो लाग्छ । उसले उकालो लाग्न जानेकै छैन, अर्थात उ सक्दै सक्दैन । बेला बेला त मलाई पनि उसको सेखी झार्न रौ तातेर आउछ । उसको जोरी सेलाईदिउँ जस्तै लाग्छ तर मलाई दिदैन त्यो गर्न तिम्रो मायाले । मेरो काखैमा तिम्रो सानो झुपडि छ । दिनभरी तिमी र तिम्री अर्धाङगीनी धपेडी गरिरहन्छौ । पुरानो पछ्यौरामा बाधिएर उसकी आमाको पिँठ्यूमा सानी गौथली खित्काइरहेकी हुन्छे, मैतिर फर्केर । सानो धोबेनी माउ बाख्री मेरै एक कुनामा काखमा जुम्लीया छोरीलाई घाँस खान सिकाइरहेकी हुन्छे । झुपडीमा छानाबाट जुन हेर्दे र तारा गन्दै तिम्रो रात शुरु हुँदा मेरो बिहान जन्मदै हुन्छ । सानो सलेदो छिरेको टुकीको मधुरो राता लालिमाले तिम्रो झुपडी मुस्काइरहेको हुन्छ । दिनभर तिमीले चिथारेका घाउँहरुमा चर्याइरहेका मिठा दुखाइहरु त्यतिखेर खहरेमा मिसिदैहुन्छन, जतिखेर तिम्री गौथली थोते दाँतमा खित्काइरही हुन्छे । अनि कसरी त्यो खहरे सँग जोरी खोजौ भोली मेरो अस्तीत्व त्यो खहरे समुन्द्रमा लुके झै भयो भने तिम्रो के हाल होला । ती काफलका कापहरुमा बचेरा कोरल्दै गरेका न्याउलीहरु कहाँ जादाँहुन । फेरी ती गाभिना मृगहरुको छटपटी कसले सुनिदेला । मत अचेल खुसि हुन थालेको छु, हास्न मन लाग्छ तर हास्दीन किनकी मत थोतो छु । ती रक्तम्मे फक्रिएका गुराँस, चाँप, अनि आकाशै छेडौला जस्तै गरी उग्रिएका सल्लाहरु अचेल धुरन्धर क्रान्तीकारी भएकाछन । शोषण, दमन र उत्पीडनका बिरुद्ध रातभर धन्कीने उनीहरुका आँजादी गितहरु मलाइ रातभर नचाइरहन्छन । उनीहरु थाक्दा नथाक्दै सुत्केरी हरिण र मृगहरु, काखमा नानी च्यापेका लोखर्केहरु अनि भर्खरै आखाँ उगारेका लोखर्केहरु बुर्कुसी मारेर नाचीरहेको बेला तिमी आनन्दीको श्वास फेर्दै सहवासमा व्यस्त होलाउ । तर मेरो रतिरागबाट पराग उडेको बर्षो भइसक्यो । किनकी मलाई बैश नै आएन । मेरो यौवनताको बेलामा मुखमा बुझाँे कोचिएको थियो, छातिमा गोली ठोकिएको थियो । त्यस बेलाका घाउहरु अहिले मेरा लागी इतिहास पढ्ने बिश्वबिद्यालय बनेका छन । तिनैमा सोध गर्दा गर्दै मेरा मधुमासका मादकताहरु बिलाउदै गएका छन् । तिनका डामहरु अचेल तिमीलाई स्वाधिनताका गीतहरुमा नचाउन मलाई उर्जा दिईरहेका छन् । तिम्रा पुर्खाहरुका औलाहरु ल्याप्चे हान्दा हान्दै खिईसकेका थिए,जतिखेर स्वतन्त्रताको मसाल उठाउने बेला भएको थियो । आज तिम्रा चक्रहरु माटोमा बिलाईरहदा खै कसरी भनौ तिमीलाई भैगो नख्याउ अब हातका शंख र चक्रहरु । पुर्वमा घाम जन्माउन आकाश छटपटाइरहेका बेला खोरमा थुनिएको भाले त्यो प्रसवता छाम्दै कुर्लीरहदो हो । त्यही बेला तिम्रा गोठका लाले र मालेहरुलाई कुडो पकाउन तिमी जुरुक्क उठ्दा हौ तर तिमीले त्यही बेला बिडीँ बाल्न सल्काएको दियालो तिम्रो दिनभरको जाउलो छड्काउन उर्जा भन्छ भन्ने तिमीले कहिले सोच्न सक्यौ ? तिमीले त्यही दियालो बन्ने बेला आएको छ । दियालो खहरेमा बल्दैन । न त खहरे आफैं बल्छ न त अरुलाईनै बल्न दिन्छ । पहाड आफैं बल्दैन तर बल्न चाहनेहरु लाई रोक्दैन । एउटा फिलिो बल्ने रहरले आफैं तिर फर्कदा पनि भस्म होउन्जेल उ सहि रहन्छ । तिमी त्यसरीनै बल तर भस्म कहिल्यै नहुनु र खहरे जस्तो अरुलाई बल्न नदिने पनि नहुनु । बल, तिमी निरन्तर बल । मैन बत्ति जस्तो आफैं निख्रिने गरि होईन सुर्य जस्तै अरुलाई बाल्ने गरि बल । बल्नु भनेको प्रकाश दिनु हो । म पहाड पनि प्रकाश चाहन्छु, जहा“ असंख्य जीवनहरु अभिसप्त सपनाहरुको बगैंचामा आशाको त्राण खोजी रहेका हुनछन् । त्यो खहरे कयौ रङ्गिन बर्तमानहरुलाई भेल बनाएर समुद्रको पिंधमा बन्दकी राख्न सधै उद्यत हुन्छ । फरक यहि त हो , बग्ने पानीको खहरे हुनु र निष्ठाको निख्खरा पहाड हुनु बिच । लखनपुर ४ झापा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
सम्मानअभिनन्दन संस्कृति राष्ट्रिय अभियान
निबन्ध
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
1, 2010, 2:47
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
हामीकहाँ थरीथरीका हावा चल्न खास मौसम चाहिँदैन । बेमौसमी करतुतभन्दा बेजोडले चल्ने बेमौसमी हावाको महिमै अलग छ । उहिलेदेखि नै एक न एक प्रकारको बेमौसमी हावा चलाउन हामी विश्वमै नामी जाति नेपाली एकीकरणदेखि नै अनेक पर्व, काण्डउपकाण्डरूपी संस्कृति रच्दैरचाउँदै अगि बढेका हामीले पजेरो संस्कृति, सांसद खरिदबिक्री संस्कृति, रातो पासपोर्ट बिक्री संस्कृति आदि अनेकौँ बेमौसमी हावा कति बेहोयौँ कति ? यस्ता कतिपय हावा बन्दको त कुरैै छोडौं मन्द हुनेसमेत छाँट देखिँदैन । एकपछि अर्को झन् नौलोनौलो बान्कीमा देखापर्दाे छ, पैलिँदो छ । वर्तमानमा चल्ने बेमौसमी हावामध्ये सम्मानअभिनन्दन र हावादारी भाषण संस्कृतिको हावा सुनामीभन्दा पनि बेजोड छ । यसले सामान्य हावाको स्तर पार गरी हुरीबतास र आँधीबेरीकै रूप लिइसकेको छ र केके बिघ्न गरेर मत्थर हुने हो टुङ्गो छैन । वर्तमानमा प्रचलित अनेक सम्मानअभिनन्दनका गाथा जोड्दा उन्नाईसौं पुराण बन्ने हो कि भनी लख काट्नु पर्ने स्थिति उत्पन्न भएको छ । सुरुसुरुमा यसको हावा केही मन्द र शुद्ध रूपले चलुन्जेल त खास फरक थिएन, तर अहिलेको वायुवेगी वहावले समग्र राष्ट्रलाई नै प्रदूषित तुल्याउने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । आफ्नै माला, आफ्नै दोसल्ला र आफ्नै खर्चमा आफ्नै सम्मानअभिनन्दन गराउने परिपाटी वर्तमान प्रदूषणको चरम रूप हो । उहिले सामाजिकसांस्कृतिक महत्व राख्ने दोसल्लाको अहिले अर्थ र क्षेत्र मात्र होइन व्यापार पनि विस्तार भएको छ । एक थान माला, एक थान प्रशस्तिपत्र र एक थान दोसल्ला झोलामा हालेर हिँड्यो, दुईचार धतुरे भेला गरायो, कसैलाई प्रमुख अतिथि बनायो, माला लगाउन लगायो, आपैं थपडी बजायो बस भइहाल्यो सम्मानअभिनन्दन । कतै दुईचार मनुवा जम्मा भएका ठाउँमा सँच्गै लगेका भाडाको धुपौरेलाई उद्घोषण गरायो । अर्काे भरौटेलाई भाडाको थोत्रै भए पनि क्यामरा तेस्र्याएर दुईचार कुरा सोध्न लगायो, मौका परे टिभीसिभीमा पनि देखाउन लगायो, मख्ख पयो, जाँड खायो तरुनी जिस्क्यायो सुत्यो बस । त्यति पनि भएन भने कतै बसबाट खुत्रुक्क ओर्लियो, यताउति पल्याकपुलुक हेयो, झोलाबाट माला झिक्यो, आफ्नो माला आफ्नै गलामा भियो । सम्मानपत्रको फ्रेम हातमा बोक्यो, अनि यताउता हेर्दै दारा ङिच्याउँदै मख्ख पर्दै हिंड्यो । कुनै कोरलीको नजर आपूतिर परे जुनी नै सफल भएको ठान्यो । अहिले एकथरीको दिनचर्या र पेसा नै यस्तै छ । अहिले भाडाको हलमा भाडाको प्रमुख अतिथि, भाडाकै माला, भाडाकै दोसल्ला, भाडाकै सम्मानपत्र, भाडाकै वक्ता र भाडाकै श्रोताबाट पनि काम चलाउन थालिसकिएको छ । प्रायोजित रूपमा दुईचार जना मिलेर पालैपालो आदानप्रदान गर्ने सम्मानअभिनन्दनको चर्तिकला झनै अर्कै हुन्छ । यसखाले सम्मानमा त एउटै दोसल्ला र फ्रेमले सबैको पालो पुयाइन्छ । यस्ता कतिपय त तपाईंले पनि देखेर, सुनेर वा भोगेरै अनुभव गरेकै हुनुपर्छ, सबै भनेर साध्य पनि छैन । केहीचाहिँ नभनी नहुने खालका भएकाले भन्नु जरुरी छ । जेजसो भए पनि सम्मान भन्नेबित्तिकै जसलाई पनि लोभ लागिहाल्दो रहेछ । लम्बु रविदेखि पुड्का कविसम्म सब सम्मान ग्रहण गर्न र गराउन लम्पट देखिन्छन् । वास्तवमा सम्मान, अभिनन्दन, प्रशंसा मन पराउनु मानवीय स्वभाव नै हो, आवश्यकता र योगदानअनुसार नगरिनहुने ठाउँमा गर्नु पनि पर्छ, वास्तविक योगदानका आधारमा गरिने सम्मान राम्रो पनि हो, तर सम्पूर्ण आफ्नै खर्चमा गराइने प्रायोजित सम्मानअभिनन्दनचाहिँ आत्मरतिमा रमाउने हरिलठ्ठकहरूका लागि मात्र उपयुक्त होला, आम रूपमा त्यसको कुनै अर्थ छैन । कसैको बिहे हुँदा पनि सम्मान, सन्तान जन्मिँदा पनि सम्मान, सानोतिनो केही भए पनि सम्मान, केही गराउनु परे पनि सम्मान, सिङ उम्रिादा पनि सम्मान, झर्दा पनि सम्मान ... । अब यसको प्रचलित परिभाषा नै फेर्नुपर्ने आवश्यकता भइसकेको छ । सम्मानअभिनन्दन समारोहमा यसो मौका पयो कि केही न केही विमोचन पनि गरिहालिन्छ । अहिले सम्मानअभिनन्दन बदमासी लुकाउने लाइसेन्स बनेको छ । यसरी जताततै गरिने सम्मानबाट यस देशमा उत्तम मान्छेको सङ्ख्या अधिक छ भन्ने निष्कर्ष आउाछ, तर त्यसो भएको भए यस्तो खत्तम स्थिति नआउनु पर्ने हो । अब कुरो मेरो बुझाइको पहुाचबाट बाहिर गइसकेको छ । मैले दुई बिसक सेवा गरेर यस राष्ट्रलाई यति दिएा उति दिएँ, अमेरिकाको चिठ्ठा पर्दा पनि पूरै बसिनँ, जाादैआउादै गरें, तर यस राष्ट्रले मलाई एक थुँगा पूल पनि दिएन, खै यहाँ मेरो सम्मान आदि भनी घुक्र्याएर आफ्नै खर्चमा खास्टो ओढ्नेहरू र निमित्त प्रमुख अतिथि भएर राग अलाप्नेहरू पनि यहीँ छन्, मेरै आँखाका अगाडि । के गर्नु यस्तालाई भदौरे घाममा वीरगन्ज लगेर राडी ओढाउनु पर्ने हो । यो कामचाहिँ अरू कसैले गरेनन् भने म आपैं गरिदिने विचारमा छु । यहाँ राष्ट्र जोडिएकाहरू सबभन्दा बढी सम्मानका लागि लालायित देखिन्छन् । त्यसमा पनि राष्ट्रभक्तभन्दा राष्ट्रभ्रष्टहरू नै अग्र पङ्क्तिमा । वार्षिक, पञ्चवार्षिक वा दशकमा सबभन्दा बढी भ्रष्टाचार गर्नेहरूसमेत आनै खर्चमा पा“च तारे होटलमा सम्मानअभिनन्दन गराउने मुलुकमा अरूको त के कुरा गर्नु । यहा“ प्रायोजित रूपमा सम्मान गराउने मात्र होइन गर्ने भाटहरू पनि कम छैनन् । अहिले यो एकथरीको आजीविकाको भा“डो नै भएको छ । यस्तो कार्यक्रम तपाईंलाई पनि गर्नुपर्ने भए मैलै त्यस्तालाई चिनेको छु सुटुक्क मस“ग सम्पर्क गर्नुहोस्, चिनाइदिन्छु । पछिल्ला दिनहरूमा सम्मानअभिनन्दनको शैलीमा संशोधनपरिमार्जन भएको छ सम्मान गरिने लिस्ट तयार गरी निजबाट सहयोगस्वरूप यथोचित रकम असुल्ने र सहयोग गरेबापत सम्मान गर्ने, सहयोग नगर्नेलाई नगर्ने परिपाटी थालिएको छ । हत्तेरिका मेरो बीचबीचमा बरालिने बानीले पनि कहिलेकाहीं गा“ठी कुरै खुस्किन्छ । यसर्थ अब खास कुरातिरै लागौं । हालसालकै कुरा हो, एकजना मित्रले तपाईं कविताको विशेष मान्छे आदिइत्यादि भन्दै धेरै अनुनयविनय गरी एउटा कवि सम्मेलनमा आमन्त्रण गरे । त्यहा“ सम्मान कार्यक्रम भएको पनि अवगत गराए । आनो बायोडाटामा एउटा सम्मान थपिने लोभले म त्यस कार्यक्रममा गए“ । त्यो कार्यक्रम सा“च्चीकै बयान गर्न लायक थियो । तिथि निधो गरेका, तर थिति निधो नगरेका प्रमुख अतिथि समयमा नआइपुग्दा कार्यक्रम ढिलियो । उनी नआएपछि मैलाई निमित्त प्रमुख अतिथि बनाएर कार्यक्रम थालियो । त्यस कार्यक्रमको पूरै प्रायोजन एक धनाढ्यले गरिदिएको रहेछ, सर्वप्रथम उसैले किनेको माला र च“दुवा उसैका गलामा भिराएर मैले उसको सम्मान गरें । त्यसपछि ऊबाट म निमित्त प्रमुख अतिथि पनि सम्मानित भए“ । पालैपालो सम्मान ग्रहण हु“दै गयो । मायाको चिनु भन्दै एउटा ठेउको पनि बा“डियो । त्यसपछि क्रमशः आयोजक समितिका पदाधिकारीहरू सम्मानित भए । उद्घोषक स्वयंले पनि अनेक विशेषणका साथ आनै नाम उद्घोषण गरी मबाटै सम्मान ग्रहण गरिन् । उनीस“ग गला मिलाउ“दा कति मज्जा आयो त्यसको बयान गर्नै गारो छ । त्यस कार्यक्रममा एउटा मायाको चिनु तीनचारजनालाई समेत पुयाइयो । यो सम्मान कि अपमान हो ठम्याउन नसकी यसको पुरानो परिभाषा नै फेर्नुपर्ने आवश्यकताबोध गर्दै म घर फर्किए“ । टाढैबाट मेरा घरका आ“गनमा निकै भिडभाड देखियो । हस्याङ्फस्याङ गर्दै आइपुगेको त त्यहा“ पनि बालअभिनन्दन कार्यक्रमको आयोजना गरिएको पो रहेछ । टोलछिमेकका केटाकेटी जम्मा गरेर कार्यक्रम सुरु गर्न लागिएको रहेछ । प्रमुख अतिथि कसलाई बनाउने भन्ने कुरामा विवाद चल्दै रहेछ । मलाई देख्नेबित्तिकै उनीहरूले मलाई नै प्रमुख अतिथि बनाएर सर्वप्रथम सम्मान गरे अनि सम्मान गरिने बालकको नाम घोषणा गर्न थाले । म पनि तिनीहरूलाई सम्मानअभिनन्दन गर्दै गए“ । उनीहरूले जोहो गरेको माला एकजना छिमेकीको सानो तीन वर्षे बच्चालाई पुगेन, रोएर जात्रा । मैले आनै माला लगाइदिएर बल्लतल्ल फकाए“ । मलाई लाग्यो केटाकेटीलाई त सम्मानअभिनन्दनको यत्रो मोह हुन्छ भने ठूलाको के कुरा ? त्यसै दिन उता छिमेकमा पनि नारी सम्मान कार्यक्रम रहेछ । त्यसका प्रमुख अतिथिचाहि“ राष्ट्रमै नामी नारीवादी स्वास्नी कुटुवा मनुवा पो रहेछन् । त्यस कार्यक्रमबाट फर्किएकी मेरी स्वास्नीको रडाको सुरु भइहाल्यो । पहिले त कुरा बुझिन“, तर कुराको जडचाहि“ छिमेकका श्रीमतीहरू अभिनन्दित भएका ठाउ“मा आनो भएन भन्ने रहेछ । निकैबेर सम्झाइबुझाइ गर्दा पनि उसको गनगन रोकिएन । उसले उग्रचण्डी हु“दै पेस गरेका सम्मान सामग्रीको माग फारम आनो आयस्रोतभित्र नपर्ने हु“दाहु“दै पनि स्वीकृत गर्न म बाध्य भए“ । जसैतसै सामग्री जोहो गरी एकदिन दिउ“सै फुर्सद निकालेर आपैं प्रमुख अतिथि भई घरमै उसलाई अभिनन्दन गरिदिए“ । त्यसपछि हाम्रो ठाकठुक अलि कम भएको छ । तपाईंहरूका बीच पनि ठाकठुक परेको छ भने कारण पक्कै यही हुनसक्छ है, विचार गर्नुहोस्, नत्र पछि पछुताउनु पर्ला अहिले सम्मान पनि अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय, अञ्चलीय, जिल्लीय, टोलीय, घरीय, आवासीय, गैरआवासीय आदि अनेक ढप र ढा“चाका अनि सम्मानका प्रकार पनि अनेक हुन थालेका छन् । खास्टो सम्मान, मायाको चिनु सम्मान, च“दुवा सम्मान, खादा सम्मान, टोपी सम्मान, कट्टु सम्मान, लगौंटी सम्मान, दुधौरे सम्मान, सिक्री सम्मान, औंठी सम्मान आदि केके हो केके ? नमरी बा“चे कालले सा“चे सम्मानका अरू कति भेराइटी देखिने हो यसै जुनीमा कुनै टुङ्गो छैन । यहा“ सम्मान गर्नेले गरिनेलाई र गरिनेले गर्नेलाई समेत चिन्ने अवस्था छैन । प्रायोजित कार्यक्रम चिनेर साध्यै छैन । एउटाका नामको सम्मान अर्कैले लिए पनि कसैलाई पत्तो हु“दैन । एउटै भाखाको सम्मानपत्रमा सयौंहजारौंको नाम भरी सम्मानअभिनन्दन गर्ने परिपाटी पनि फस्टाउ“दो छ । यो जतिखेर पनि सम्मानअभिनन्दनकै कुरा गर्छ, आपूले नपाएर अरूको रिस गरेको भन्ठान्नु होला, त्यो सोर मात्र होइन पच्चीसै आना गलत हो, नत्र तपाईंकै मासु खाने । मैले जति सम्मानअभिनन्दन तपाईंले यस जुनीमा त के अर्काे जुनीमा समेत लिन गारै छ । सुन्नुहुन्छ, मैले पाएका सम्मानअभिनन्दन विवरण, ल सुन्नुहोस् छोटकरीमा । देशको कुनाकाप्चामा छरिएर रहेका नवप्रतिभाहरूलाई दिने अभिप्रायबाट विकेन्द्रित ढङ्गले स्थापित पुरस्कार र सम्मानसमेत केन्द्र्रीकृत गराएर एकमुष्ट पारी वयोवृद्ध राष्ट्र गाइनेलाई दिएर सम्मान गरेको कुरा त थाहा होला नि होइन ? नवप्रतिभालाई गरिने सम्मानसमेत आपैं लिने नकच्चराको औषधी के नै पो हुन्छ र ? अनेकतिरको दोहोरोतेहरो भत्ता, वृद्ध भत्ता, लत्ता, सत्ता, सम्मानअभिनन्दन, पुरस्कार आदिका ग्रहविग्रह सब असुल गरिसकेपछि एउटा गाइने अहिले सरकारी स्रोतमा निजी गा“डी सम्मान लागि मन्त्रालय धाउन थालेको छ रे र मौका परे हेलिकोप्टर सम्मान नै हत्याउन दाउमा छ रे भन्ने सुन्नु भएको छ, त्यो व्यक्ति को हो थाहा छ ? छैन भने सुन्नुहोस् त्यो व्यक्ति मै हु“ । यस्ता नकच्चरावृत्ति त मस“ग कति छन् कति ? भनेर साध्यै छैन । अहिले म पृथ्वी नै उल्टाउने दाउमा छु र त्यसका लागि पृष्ठभूमि पनि तयार पारिसकेको छु । अहिले प्रमुख अतिथिको प्रमुख ठेकेदार म नै भएको छु । मैले नभ्याएका वा खटाएका ठाउ“मा मात्र अरूले अवसर पाउ“छन् । प्रत्येक दिन माला र गाला त कति जोडिन्छन् कति ? म प्रमुख अतिथि हुन भनेपछि हुरुक्कै हुन्छु, त्यसको एउटा कारण पहिले आपैं सम्मान पाइनु भए पनि खास रहस्यचाहि“ अर्कै छ । भन्न त नहुनेथ्यो, तैपनि भैगो सुटुक्क भनिदिन्छु, जेसुकै होस् त्यो रहस्य हो कोरलीलाई माला लगाइदिने, हात मिलाउने, धाप मार्ने, काखमा राखेर कानेखुसी गर्ने निहु“ले मुख र गाला जुधाउने आदि । त्यस्ता कोरली प्रायः कार्यक्रममा हुन्छन्, नभएका ठाउ“मा म धेरैबेर बस्दिन“, अर्का ठाउ“तिर हु“इकिइहाल्छु । तिथि भएको तर थिति नभएकोमध्ये पनि प्रमुख र उमेरले पनि वृद्ध भएपछि जे गरे पनि मलाई कतैबाट छोइछिटो लाग्ने कुरै भएन । मैले राष्ट्रिय मात्र होइन क्षेत्रीय सम्मान पनि कम लिएको छु र ? पूर्व, पश्चिम, मध्य, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य, ईशान जताकाले सम्मान गरे पनि म नपर्ने कुरै छैन । एउटै मान्छे कहीं यस्तो हुन्छ, अब कुरा ढा“ट्न थाल्यो भन्नु होला, सतोसत् तपाईंको मासु खाने ढा“टेको होइन । खाटी कुरा के भने मेरो पैत्रिक घर पूर्व, ससुराली पश्चिम, बसोबास मध्य, उत्तरमा मेरो मितको घर मितिनी आनै, घर पनि आनै दक्षिणमा मेरो दोस्रो ससुराली र कर्मक्षेत्र । यी सबैतिर सम्मान कार्यक्रम गराउनगर्न र प्रमुख अतिथि हुन मलाई सारै सहज छ । यसका लागि सबैतिर दुईचार धुपौरे छोडेकै छु, कुरो मिलाइहाल्छन् । मैले यी सब ठाउ“मा प्रमुख अतिथि भएर कम्ती सम्मान ग्रहण गरेको छु र आपूले मात्र होइन मेची, गण्डकी, बाग्मती, सेती, महाकालीहरूलाई समेत सम्मानबाट रिझाएको छु । कुरो पत्याइनसक्नु छ, तर सत्य भएकाले नपत्याइ धरै छैन । यस्तैगरी पूर्वेली वा पश्चिमेली वृद्धहरूको सम्मान भनिएका बेलामा मैले धतुरे पूलकोे माला र चौंठे खादा थुप्रै पटक ओडेकोओडाएको छु । त्यसको लगत्तैपछि पूर्वेली वा पश्चिमेली युवाहरूको सम्मान हु“दा पनि केस कल्याएर मेरो गौरवमय उपस्थिति भएकै छ र बुलेत्राका टाटाको माला र खास्टो ओढेकै छु । मध्यक्षेत्रमा खर्पने सम्मान पनि छोडेको छैन । ग्रहविग्रह जेजे भनेर दिएको भए पनि सिसाको फ्रेम हालेका कागज असुल्न म कहिल्यै पछि परेको छैन । जताबाट जसरी जुन क्राइटेरिया राखेर सम्मान कार्यक्रम गरे पनि म छुट्ने कुरै छैन । आपू मात्र हो र यी सबैजसो कार्यक्रममा मेरी प्राणप्यारी कालीमैया“लाई पनि सम्मान गराउन पछि परेको छुइन“ । कालीमैया“लाई काखमा राखेर जहाजमा उडेको छु, मोटरमा गुडेको छु, टा“गामा तानिएको छु, रिक्सामा हानिएको छु ... । न्याउन्याउ गर्दागर्दै मैले सबै स्तरका सम्मान लिइसकेको छु । अब त घरमा आ“ट्ने स्थिति पनि छैन । अलि ठूलो घर बनाइदिन पनि न्याउन्याउ गरेको छु । हेरौं कहिले बनाइदिन्छ ? यस्ता सम्मानअभिनन्दन गराउ“दागराउ“दै र ताली बजाउ“दाबजाउ“दै अपुतालीकै रूपमा भए पनि राष्ट्र जोडिमाग्ने मेरो भित्री मनसाय पूरा भई थप भत्ता कुम्ल्याउन पाएकोमा हर्षले गद्गद छु । अब त जतिसुकै राष्ट्रघात गरे पनि राष्ट्रवादीमा दरिइहालिन्छ बस । अब त गलामा पृथ्वी झुण्ड्याउने तीव्र इच्छा छ, त्यो कहिले हुन्छ, थिति मिलाइसकेको छु, तिथि टुङ्गो लाग्न बा“की छ, टुङ्गो लाग्नेबित्तिकै तपाईंले थाहा पाइहाल्नु हुनेछ । अहिले त चाडबाडमा ससुरालीबाट निम्ता आउ“दा पनि घुमाइफिराइ सम्मानअभिनन्दनकै प्रस्ताव पारित गराउ“छु । अब त त्यहा“ पनि बुझिसके सम्मानअभिनन्दन कार्यक्रम नभए मेरो उपस्थिति ह“ुदैन भन्ने । म गएपछि सालीबाट मायाको चिनु सुटुक्क लिन पनि भुलेको छैन, अलि लाज मान्दै भए पनि मायाको चिनु दिन्छे मोरी ।कहिले ड्राइभर सम्मान, कहिले खलासी सम्मान, कहिले आवासीय सम्मान, कहिले गैरआवासीय सम्मान, कहिले पूर्वेली सम्मान, कहिले पश्चिमेली सम्मान बाफ रे बाफ केके सम्मान, केके सम्मान यी सबमा मेरो भने प्रत्यक्ष संलग्नता रहेकै छ । मलाई जसले जे नामबाट जसरी सम्मान गरे पनि, सम्मानपत्रमा विग्रह नै लेखे पनि, पे्रममा हालेर वा नहालेरै दिए पनि दान सम्झी हात थाप्न म कहिल्यै चुकेको छैन र चुक्ने कुरा पनि भएन । यस्तैयस्तैमा म ठाउ“ठाउ“ जोकर पनि बनाइएको छु, तर त्यसप्रति पनि छैन मलाई कुनै गुनासो ।अहिले सम्मानअभिनन्दनमा पनि तीव्र प्रतिस्पर्धा चल्न थालेको छ । पूर्वेलीहरूले गाला जोडेर टोपी र धुसुरेको मालाबाट सम्मान गरेको अवस्थामा पश्चिमेलीहरू अर्कै नया“ तरिकाको खोजी गरी छाला काढ्ने सुरमा छन् भन्ने सुन्छु, त्यसमा चाहि“ उपस्थित हुने नहुनेबारे सोच्दैछु । पश्चिमेलीहरूले राडी ओढाएर सम्मान गरे पनि हुन्छ । राडीको व्यापार पनि बढ्ने, नौलो प्रयोग पनि हुने, तर राडी सम्मान प्रचलनको सुरुआत गर्ने रहरचाहि“ मलाई छ र शीघ्र यसको थालनी गर्ने विचार गर्दैछु, इच्छुक महानुभावले पा“च हजार सहयोग राशिसहित सम्पर्क गर्नु होला भन्ने नोटिस जारी गर्ने सोच्दै थिए“ । यत्तिकैमा‘सामूहिक अभिनन्दनका लागि पश्चिमेली खलासीहरूले तुरुन्त निवेदन दिनुहोला । प्रथम दसलाई मान्द्रे राडी ओढाएर सम्मान गरिनेछ’ भन्ने जरुरी सूचना पश्चिमेलीहरूका नामबाट प्रसारित भयो । यो सुनेपछि सम्मान प्रायोजन गरेर रेकर्ड बनाउने मेरो इच्छा सम्मान गरिएर भए पनि पूरा गर्ने ठानी दसजनाभित्रै नाम लेखाउन लागें र अन्त्यमा राडी ओढेरै छाडें । देख्नुभो मेरो सम्मानको लहरो कताकता पैलिएको र’छ । यस्ता चुकुल खुस्काउन र जोड्न मलाई जित्ने मान्छे यस धर्तीमा अहिलेसम्म जन्मिएको छैन । कोही छ ? मैले त वरत्रका लागि मात्र होइन परत्रका लागि पनि पूरै बन्दोबस्त मिलाइसकेको छु । मैले प्रमुख अतिथि भएर आपू कति सम्मानित भए“ र कति षोडषीलाई माला र खास्टो ओढाएर आलिङ्गन गरें त्यसको लेखाजोखै छैन । अब त आपू सम्मानित ह“ुदाभन्दा पनि नारीहरूलाई सम्मान गर्दा बढी सन्तुष्टिको अनभूति गर्न थालेको छु । अस्ति भरखरै बुढानीलकण्ठको जङ्गलमा प्रमुख अतिथि भएर पिकनिक गएको र चुस्की तान्दै कोरलीस“ग सा“प्रो जोडेको क्षण मेरा मनमस्तिष्कमा ताजै छ, बासी हुन पाएकै छैन, होस् पनि कसरी ?कति राष्ट्रघातीलाई सम्मान गरेर राष्ट्रवादी बनाइयो, कतिलाई सम्मान गर्ने सर्तमा पदासीन गराइयो, कतिलाई दोसल्ला ओढाएका भरमा पदोन्नति गरियो यसको लेखाजोखा नै छैन । यो त छोटो विवरण मात्र हो, प्रायोजित रूपमा मिलाएका सम्मानअभिनन्दनको त हिसाब गरेर साध्यै छैन । एक दिन टिभी क्यामेरा लिएर आउनुहोस् त मेरा सम्मानपत्र गन्न तपाईंलाई कति समय लाग्दो रहेछ, तर अन्तर्वार्ताका लागिचाहि“ कोरली पठाउनु होला है, म त नारीवादी मान्छे, पुरुषको स्वर पटक्कै मन पर्दैन ।लौ अब भन्नुहोस् त मैले सम्मानअभिनन्दन नपाएर यसो भनेको हो र’छ त, कहा“ हुनु नि मैले सम्मान नपाएर होइन, पाउ“दापाउ“दा वाक्कदिक्क भएर यी सब कुरा भनेको हो । श्री पशुपतिनाथ अपमानित हुन थालेका मुलुकमा हामी मनुवा कति दिन सम्मान र अभिनन्दन ग्रहण गर्ने ? यसर्थ हे पशुपति, गुहृयेश्वरी, दक्षिणकाली, उत्तरकाली, मध्यकाली यस देशलाई सम्मानरूपी अजीर्ण रोगबाट मुक्ति देऊ, सम्मानलाई वास्तविक ट्य्राकमा ल्याइदेऊ, अब मेरा जति सम्मान कसैलाई नदिलाऊ । प्रमुख अतिथि भएको र सम्मान पाएको मेरो राष्ट्रिय रेकर्ड अरू कसैले तोड्न नसक्ने बनाइदेऊ । कतै कसैबाट मेरो राष्ट्रिय रेकर्ड तोड्नतोडाउने काम भएमा म त मरिहाल्छु नि अब एउटा मात्र भए पनि अन्तर्राष्ट्रिय जोडिएको सम्मान दिलाइदेऊ, त्यो ग्रहण गर्न म नर्कलोक जान परे पनि तयार छु अ“, मलाई छिटै वृद्ध भएकोमा एक मनमा चिन्ता छ भने अर्को मनमा यति धेरै जीवित भएकोमा खुसी पनि छ । चार कोरी पार गर्दा पनि सोर वर्षे जवानीजस्तो यति विघ्न चर्तिकला देखाउन, प्रमुख अतिथि हुन र भएनभएका सम्मान गर्नगराउन पाइया छ, राष्ट्रिय रेकर्ड बनाइयाछ । यो कम्ती खुसीको कुरा हो र जो कोहीको यस्तो भाग्य कहा“ हुन्छ ? यमराजले निम्तो गर्दा पनि पृथ्वी झुण्डाएर मात्र आउ“छु भनी बिन्ती बिसाएको छु । त्यो पाएपछि अर्कै कुनै जुक्ति गर्नुपर्ला निकै बा“चेर थप चर्तिकला गर्ने मनसुवा अभै बा“की नै छ ।मनुवाको मात्र के कुरा पशुपंक्षीमा समेत सम्मानअभिनन्दन प्रकरण तीव्र रूपमा विकसित भएको घटना मेरै आ“खाले देखेको छु । एकदुईवटा सुन्नुहुन्छ ? एकदिन पशुपति पुगेको मात्र के थिए“, त्यहा“ अरू दिनभन्दा भिन्न ढङ्गले बा“दरको जमघट देखेर सुरुमा छक्क परें, तर म बानी परिसकेको मान्छे, कुरा बुझिहालें । त्यहा“ पनि सार्वजनिक सम्मानअभिनन्दन कार्यक्रम रहेछ । चारपा“च माउबच्चा बा“दरबादर्नी भेला भई यताउता हेर्दै प्रमुख अतिथिको प्रतीक्षा गरिरहेका थिए । प्रमुख अतिथि निर्धारित समयभन्दा ढिलो आउने प्रचलन पुख्र्यौली भएको कुरा त्यस बा“दर अभिनन्दनले पनि देखाउ“थ्यो । यत्तिकैमा गौशालातिरबाट एउटा वृद्ध बा“दर हस्याङ्फस्याङ् गर्दै त्यहा“ आइपुग्यो । उपस्थित सब बा“दरले कर्तल ध्वनिका साथ उसको स्वागत गरेपछि थाहा भयो प्रमुख अतिथि त्यही रहेछ । स्वयम्भूमा प्रमुख आतिथ्य ग्रहण गरी फर्कंदा ट्राफिक जामका कारण उसलाई त्यहा“ आइपुग्न ढिलो भएको भनिए पनि खास कारणचाहि“ कोरली बा“दर्नीस“गको मस्कामस्की रहेको कुरा मैले बुझिहालें । त्यही बेला एउटी महिला पूजा थाली लिएर मन्दिरतर्प लम्कि“दै थिई, उद्घोषक बा“दर्नीले बुरुक्क उफ्रेर उसका थालीको माला र गलाको खास्टो तानेर ल्याई । महिला यताउति हेर्दै कराउन नभ्याउ“दै त्यो माला र खास्टो वृद्ध प्रमुख अतिथिको करकमलबाट कोरली बा“दर्नीका गलामा परिसकेको थियो । प्रमुख अतिथि वृद्ध बा“दर र सम्मानित कोरली बा“दर्नी मुखामुख गरेर दा“त ङिच्याउ“दै फुुत्त उफ्रेर रूखको हा“गामा बसी अङ्कमाल गर्दै थुतुनु र पुतुनु जुधाउने सुर कस्न थाले । त्यो महिला मूकदर्शक भई । सभा विसर्जन भयो । म पनि हि“डें । त्यस्तै अर्को दिन बेलुकातिरको कुरा हो, कागहरूको राष्ट्रिय सम्मेलन कीर्तिपुर गार्डेनमा रहेछ । कागहरूको व्यापक उपस्थिति र सुरक्षा प्रबन्धले त्यही कुरा जनाउ“थ्यो । त्यहा“ काले, झाले, माले, अरिंगाले, हल्ल“ुडे आदि सबै जातका कागहरू जम्मा भइसकेकाले त्यो सम्मेलन सर्वदलीय र सर्वपक्ष्ँीय भएको कुरा बुझ्न कठिन थिएन, तर त्यो स्थिति धेरैबेर रहेन । कागहरू पूर्वेलीपश्चिमेली, सत्तापक्षप्रतिपक्ष आदि अनेक भागमा विभाजित भई सम्मान गरिनेको सङ्ख्या बा“डफा“डमा झगडा गर्न थाले । सर्वपक्षीय सहमति मुताबिक बोलाइएका प्रमुख अतिथि मध्यक्षेत्रका गिद्धराजलाई उचित सुरक्षा प्रबन्धका कारण कार्यक्रम स्थल आइपुग्न सम्भव भएनछ र निमित्त बनाएर पठाइएको लाटोकोसेरो आइपुग्यो । ऊ आइपुग्नेबित्तिकै कार्यक्रम सुरु भयो । त्यस भेलाले राष्ट्रिय नेतृत्व चयन गर्ने र कागिनीले दक्षिण फर्किएर कराएवापत सम्मान गरिने कार्यक्रम रहेछ । एउटा के हो विमोचन गरेपछि सम्मान कार्यक्रम थालियो । सिकारु गाइनेलाई मञ्चमा उभिएर कागे स्वरमा एउटा गीत गाउनेबित्तिकै खास्टो ओढाएर सम्मान नगरे मुर्मुरिएर अर्को पटकदेखि कागेगीत गाउ“दिन भनी घुक्र्याउने युगमा पंक्षीमा त्यस्तो हुनु सामान्य ठानी म त्यहा“बाट हिंडे । यस्तै बज्रवाराही मन्दिरमा हालसालै सम्पन्न परेवाहरूको राष्ट्रिय सम्मेलन तथा सम्मान कार्यक्रम हु“दै गरेको पत्तो नपाएर मन्दिरको गेटमा फोटो खिच्दै गरेको हाम्रो टोलीलाई परेवाहरूले एकमुष्ट बिस्ट्याएर दुई टनजतिको बमवर्षा गरेको घटना मेरा मस्तिष्कमा अभै ताजै छ । त्यो पनि तिनीहरूको नेतृत्व चयन र सम्मानमा गोलमाल भइरहेको वेला हाम्रो उपस्थितिले त्यस्तो भएको भन्ने कुरा बुझियो आजकाल कुनै जनावर वा मनुवाको जमात देख्ने बित्तिकै त्यहा“ सम्मानअभिनन्दन कार्यक्रम रहेछ भन्ने लागी आ“खा त्यतैतिर सोझिहाल्छ । सम्मानसूचक मालाको स्तर पनि घटेर कागजी पूलमा सीमित हुनपुगेको छ । कसैलाई चाहिए मकहा“ कागजी पूल जत्ति छ, सम्पर्क गर्नु भएहुन्छ ।आजको उत्तरआधुनिक जमानामा सुटुक्क पैसा लिएर एकल वा सार्वजनिक सम्मानअभिनन्दन गर्नुगराउनुभन्दा एउटा सम्मानअभिनन्दन ब्युरो स्थापना गरी निर्धारित रकम लिएर त्यसै ब्युरोमार्पत सम्मान गराई सम्मानलाई लिगलाइज गर्नु राम्रो हुन्छ । वास्तवमा यस्तो सम्मान ब्युरोमार्पत पूर्वेलीपश्चिमेली, आवासीयगैरआवासीय, अकुत धनराशि जोड्न सक्षमअक्षम, जग्गावालमोही आदि जजसलाई जुन दिन मन लाग्यो त्यस दिन सम्मान गर्न सजिलो पनि हुन्छ । अहिलेका पेसेवर सम्मानअभिनन्दन गर्नेगराउनेहरूले इलिगल रूपमा नगरी लिगलाइज गर्नेतर्प तु कदम चाल्नु वाञ्छनीय देखिन्छ ।अब मान्छेका तहमा सार्वजनिक बाटोमा हि“डिरहेका व्यक्तिलाई समातेर चन्दा असुली माला लगाइदिएर तथा पशुका तहमा गु खाइदिएबापत सु“गुरलाई, भारी बोकिदिएबापत गधालाई, मुसा खाइदिएबापत बिरालालाई, मोमो दिएबापत रा“गारा“गीलाई मात्र सम्मानअभिनन्दन गर्न बा“की छ । यो बा“की कार्य पनि धेरै दिन बा“की नराखी विश्वमै सम्मानअभिनन्दन गरिने देशहरूका कोटिमा नेपाललाई अग्र पङ्क्तिमा पुयाएर अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरी राष्ट्रिय गौरव बढाउन पनि ढिलाइ नगर्ने हो कि ?
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
दोषि को ?
निबन्ध
योगेन्द्र उपाध्याय 'पुष्प'
30, 2010, 8:12
योगेन्द्र उपाध्याय 'पुष्प'
जीवनको अन्तीम चरणमा उभिएका समाजका बयोवृद्धहरु जीवनको अनेकन भोगाइहरु भोगेर पनि निरीह, शक्तिहीन र लाचार भइ सजीवको सहारा नपाएपछि नीर्जीव लौरोको सहारामा जब उभिन्छन तब सम्पूर्ण यूवा समाज पात्र हुन्छ धिक्कारको ! जब यूवावर्ग आफ्ना कर्तव्य र सँस्कृति विर्सेर आफ्ना काँधमा आएका जिम्मेवारी पनि धान्न नसकी खुट्टा लडखडाएर जमीनमा पछारिन पुग्छन्, तब सम्पूर्ण वृद्ध समाज पात्र हुन्छ धिक्कारको ! समाज बिग्य्रो, पारिस्थितीक प्रणाली भत्क्यो दोषि न वृद्ध न यूवा, किनकि दुबै चाहन्नन लिन दोष । दोषारोपण वृद्धद्वारा यूवामा, यूवाद्वारा वृद्धमा । कोहि अछुतो छैन, कुसँस्कारको रँग समान रुपले वृद्धमा, यूवामा । संस्कार जोगाउने वृद्धले हस्तान्तरण गर्नुपर्ने यूवामा, वृद्ध कोचाउन चाहन्छ, यूवा कोचित हुन चाहन्न । दोषि को ? कुम्हाले वा काँचो भाँडो ! दोष दिन सजिलो छ यूवालाई दोषि छन् यूवा ! दोष दिन्छ वृद्ध समाज तर दोष दिन मिल्ने वृक्ष किन बनाइयो ? किन काट छाँट गरिएन ? सँख्यात्मक फल धेरै फल्छ भनेर ? तर गुणात्मक ? यूवामा कोयामात्र धेरै छ । आँशु बगाउन सजिालो छ, आँशु पिउन गाह्रो । सागर बग्न सजिलो छ, सागर सुक्न गाह्रो । सागर आँशुको बगाउँछन् वृद्धले, सागर आँशुको सुकाए यूवाले । सागर बगेको सबै देख्छन, सागर सुकेको कोहि देख्दैन । बगेमा त बरु कमसेकम पानी त रहन्छ, सुके साथमा क्यैन क्यै ! यूवाले सुकायो, वृद्धले बगायो । बढि पीडीत को ? मौलिकता दुवैलाई प्यारो छ । तर सुकेको सागरको मौलिकता सागर रहनु नै हो भनेर बुझ्न नसक्नेहरु सागरको तल्लो सतहमा जमेका माछाका गन्हाएका लाशहरु देखेर भन्छन् यो सागर काम नलाग्ने भयो । हो ! पहिलेका सागर सुक्यौँ हामी, अहिलेको मौलिकता यहि हो हाम्रो गन्हाउने लाश ! नाक थुन्छ वृद्ध तर हामी पानीजस्तो कोमल हुँदा घामबाट बच्न शीतल छाँया दिएनन् । अब दोषि को ? त्यो कोमल चीज जो आफै आफ्नो सँरक्षण गर्न सक्दैन या त्यो सक्षम जसले कोमल वस्तुको आवश्यक सँरक्षण गर्न सक्दैन । यूवाको मौलिकता गन्हायो गन्ध नै प्यारो यूवालाई । यूवा गन्हायो भन्न सजिलो वृद्धलाई । कुहेको एउटा आलु भएको बोरामा यूवालाई हाल्ने को ? स्वयँ यूवा ! अहँ ! आलु कहिल्यै आफै गुडेर बोरा भित्र जाँदैन । के गरोस् यूवा ? किन नकुहोस् ! बन्द बोराबाट झिकेर कोहि त खाँदैन । वृद्ध किन छैनन् दोषि ? एक मुस्कानमा यूवाका दोष भूलिदिए । भुले पछि दोष स्वतन्त्र भए यूवा, उडे आकाशमा कुनै शिकारीको लाग्यो मट्याङ्ग्रा, झरे भूमीमा । भुत्ल्याइयो पीडा त छ । रक्ताम्मे शरीर आज यहि हो यूवाको वास्तविकता । प्यारो छ यो नयाँ रङ्ग, खुशी छ यो नयाँ रङ्गसँग यूवा । दुख छैन भुटिनुको दुइ दिन त हो जीवनको मर्नु त छ एकदिन किन वृद्ध हुने यूवावस्थामै मरेपछि । जमीनै यूवाको प्यारो आकाशबाट झरेपछि । दोष दिन सजिलो छ, यूवा दोषि देख्छ वृद्ध, दोषिले दोष दिनु छैन उपयूक्त तर चोर आँैला ठाडो छ दुबैको । अनुभवी वृद्ध जान्दछ किन आँैला ठाडो गरेँ । कच्चा यूवा अनभिज्ञ, दोष कसरी बताउने । दोषि तर दुवै उस्तै । हावा नचली पात हल्लन्न, दोष नभै औँला उठ्दैन । हामी एक चँगा हौँ, उड्छाँै हावामा । हामीलाई बाँधिएछ ड्राइभर जमीनमा । उड्यौँ हामी आकाशमा, बन्धन थियो, दिशा थियो, बन्धन टुट्यो दिशा छुट्यो । डोरी कमजोर ! मजबुत चंगाले बनाउँदैन । कमजोर डोरी प्रयोग गर्ने को यूवा ? तोड्ने को यूवा ? हावा आयो टुट्यो हावाको अगाडि चलेन जोर डोरीको टुट्यो । हामी भयौँ स्वतन्त्र, प्रयोग गर्दै स्वतन्त्रता नाच्यौँ ढल्केर, खायौँ महादेवको अमृत, तात्यौँ धुनीमा । हामीमा रिस छ, दम्भ छ, नहोस पनि किन ? डोरी छैन खुट्टामा । धेरै उड्यौँ हामी सीमा भन्दा पर । पर देख्छन् वृद्ध पर पार्ने को ? न वृद्ध न यूवा !! दोषि मात्र डोरी टुट्नु त्यसको दोष ।धर्म सिकेन यूवाले, काट्यो नाक सँस्कारको, करुणा छैन यूवामा प्रतीक भयो सँहारको । मस्तीष्क यूवाको छिन्नभिन्न न कुनै सभ्य सोँच न कुनै सभ्यता । सभ्यताको विर्से अर्थ, संस्कार कुन चिडिया हो । रक्षण गरे पिताले, अल्हाद दिइन् माताले, शिक्षा दिए शिक्षकले खै त गुरु ? ज्ञान दिने निती दिने । शिक्षकले वैतनिक शिक्षा दिन्छन् रश्मी दिँदैनन् सूर्यजस्तो, दिन्छन् चन्द्र झैँ । यो बुझ्ने को ? आत्मज्ञान विना सँस्कारको रक्षा हुन सकेन । फादर भन्दा हाम्रो सभ्यता पिता तर्फ गएन, मदर भन्दा हाम्रो सोँच माता हुने भएन । हामी सोच्यौँ मात्र उद्यमी बन्ने । यौटा उद्यम जो सँस्कारबाट विस्तारै पर हुन्छ । संस्कार विपरीथ थोरै जाँदा खुशी भए बढ्दै जाँदा दुखी ! ठिक्क गर्ने चलन छैन यूवामा यूवा तराजु त हैन ! बढि या कम ? कम भन्दा त बढी नै जाति १० नं. ल्याउँदा खुशी हुने १०० ल्याउँदा दुखी ! ल्याउछौँ १०० पूरा केहि नभए डिस्टीन्सन त आँउछ । अरु कहिँ नभए यूवाकै विचमा नाम त आउँछ । नाम राख्न वृद्धमा उनीहरुको वाहवाहिले दिएन । सागर बीच एक डुङ्गाबाट अर्को डुङ्गामा कुद्ने आँट यूवामा त थिएन । थोरै आँट ल्यायो यूवाले भन्यो सक्छु कुद्न वृद्ध भन्न थाले गुड हरेक काम गर्न सक्नपर्छ । दिए कुद्न, भने फर्कन, आयो हावा, बढ्यो दुरी डुङ्गाको, फर्कन सके फेरी यूवा, आँटै आएन फर्कनै मन लागेन । आज यूवा टाढा भयो । दोषिको ? आँट भरिदिने वा भरेको आँट वास्तविकतामा परिणत गरिदिने । तरवार थमाइदिने वा थामिएको तरवार चलाइदिने ।। खान नमाने बचपनमा खुवाइदिए तर सँस्कार लिन्नौँ भनी रुँदा खाना देनन् सँस्कारको । भोकै बन्यो जब भरी दुब्लायो धर्म । आज वृद्ध भन्छन् यूवाले बुझेन वेदको मर्म । नैतिक किताब बाकसमा, शैक्षिक हाम्रो हातमा । घुस्यौँ मात्र शिक्षामा नीति भयो बन्द । पढ्नु थियो यूवालाई । इच्या थियाृ समाधान गर्ने जिज्ञासा शैक्षिक । नैतिकमा फुर्सद भएन । पढ्नु थियो, त्यहि पढ्यौँ जे पायौँ । धमिरे भयो नैतिक पुस्तक । दोषि को ? न वृद्ध न यूवा । दोषि को ? तेश्रो धमिरा ! घुम्न जाउँ औँला समात् छोरा भने लगे मेलामा । हेर्न थाले रँगीन संसार ठेलमठेलामा । मज्जा आयो भीड थियो रँगीन दुनियाँ । हिँड्यौँ, हेर्यौ, हुल आया छुट्यो औँला, छोड्यो भन्छन् वृद्ध । छोडेको हैन छुटेको हो धर्म । समात्नुपर्ने धर्मले बालकले समात्न सकेन । हुलमा पनि विस्तारै समात्दा ख्याल नगर्ने ! अहुलको बेला झैँ चाल गर्ने छुट्यौँ हामी फर्काउन सकेनन् । चोर आँैला दिए हामीलाई चोरी भयो धर्म ! दोषि को ? न वृद्ध न यूवा चोर नै दोषि हो जसले धर्म चोर्यो । कार्वाहि पनि त भएन दोषिलाई । कुलको धर्म राखेस् यूवा धर्म थाहा छैन । थाहै नभाको चीज चोरी हुँदा यूवाले कसरी पत्ता लगाउने चोरी के भयो ? यूवामा ताकत छ, आँट छ तर नेतृत्व छैन, नेतृत्व गर्ने वृद्ध हो यूवा आँफै हैन । यूवालाई के धर्ममा लगाउ धर्म बनिदिन्छ । पापमा लगाउ पाप बनिदिन्छ । शक्ति छ जे पनि गर्ने । चाहे पापबाट सन्यास लिने चाहे पुण्यबाट सन्यास लिने । दाह््िर सेता भएका वृद्ध जे सिकाउ यूवा त्यहि गरिदिन्छ । सँस्कार सिकाउ सँस्कारै राम्रो । कुसँस्कार मा हिँड्दा नरोके कुसँस्कारै राम्रो । त्यो त वृद्धको हातमा छ हामीलाई पीउन आमाको दुध दिने वा नदिने । नदिए पनि क्यै छैन । पाएजति चीज चुस्छौँ फाल्छौँ । चुस्दा चुस्दै सबै चिज जुठो हुन्छ, रहन्न चोखो क्यै पनि । अझै पनि समय छ वृद्ध ! जुठोलाई चोखो बनाउ अरु जुठो हुनबाट जोगाउ । हाम्रो आत्मामा भोक छ । भर्नु छ पेट चाहे अन्न चाहे माटो । सच्याइदेउ हाम्रो तृप्ति के हो ? सागर प्रकृतिले शान्त नै दिन्छ । छाल आउने हो हावाले । हावा आउँदैछ अजँग सन्सारमा । बचाउ वृद्ध पतिङ्गर समान उड्दैछ यूवा । हाम्रो संरक्षण गरिदिनु । आफ्नो सँरक्षण गर्न सक्दैन यूवाले ! समातेर राख हाँगाबाट आफू छुट्न त चाहन्न पत्ताले !! तर............
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
म रोबर्ट
निबन्ध
सुवास खनाल
26, 2010, 10:56
म मान्छे भएर बाँच्ने अभिप्शा कुनै समय पूरा हुनेछ । शायद यही सोच्नु नै समस्याको शुरुवात् रहेछ । समस्या, यो कुनै मेरो प्रिय साथीको नामझैँ बारम्बार मेरो मानस्पटलमा निर्धक्क हिँडडुल गर्ने कुनै विकिरणीय तरङ्गजस्तो एब्स्ट्रयाक्ट आकृति हो । रुसो भन्दै हुन्छमानिस स्वतन्त्र जन्मिन्छ र समाजले उसलाई परतन्त्र बनाउँदै लैजान्छ । यो अलिक पुरानो मोडलको विचार(कोटेसन ) हो । अब मान्छे क्रोमोजोमल अवस्थादेखि नै सुरक्षित छैन । ऊ उहीँदेखि परतन्त्र छ । एउटा सत्य कुरा गरूँ म आफू नै पुरुषसूचक क्रोमाजोम थिइन भने शायद् मेरो हालको अस्तित्व सम्भव थिएन । मेरो क्रोमोजोमल अवस्थामा नै घाँटी निमोठिने थियो ।मसँग विचार छ । मसँग चेतना छ । मुटु छ । मसँग बोल्नका लागि ओठ र जिब्रो छ । अन्य सबै अङ्गप्रत्यङ्ग छन् । मान्छेकै जस्ता सबै भावभङ्गिमाहरू भएरै पनि म मान्छेजस्तो किन छैन ? सपनाहरूले नै ब्रह्माण्ड सिर्जना हुने भए मसँग अनन्त ब्रह्माण्ड सिर्जना गर्नसक्ने अनन्त सपनाहरू छन् । कल्पनाहरूको सहर हुँदो हो त मसँग अनन्त सहरहरू हुने थिए र म अनन्त देशको बासिन्दा हुने थिएँ । आशाहरूले मात्र घर बन्ने भए मेरा असङ्ख्य घरहरू बन्ने थिए र रहरहरूको प्रान्तमा अगणित सङ्ख्यामा मानिसहरू खुसीको होली खेलिरहेका हुने थिए । तर के गर्ने ? मेरा खुट्टाहरू हिउँले खाएका यति (हिममानव) का खुट्टाहरू जस्तो खिइरहेछन् । जुन अङ्ग कम प्रयोग भयो त्यो अङ्ग हराउँदै जान्छ भन्ने लेमार्किज्मको हाइपोथेसिस तर्कसङ्गत मेल भइरहेछ । प्रयोगमा नआएको फलाममा खिया लाग्दै गएझैँ मेरो मष्तिष्क शायद् काम नलाग्ने हुँदै गइरहेछ । मेरो सानो र प्यारो चेतनाको भाँडो मक्किँदै गइरहेछ ,अनि यो शुष्क शरीर झन्झन् कमजोर भइरहेछ ।आखिर एउटा भ्रम मान्छे हुनुको परिकल्पना बाँचिरहेछु । म मान्छे होइन । यो तर्क पुष्टि गर्न मसँग पर्याप्त आधारहरू छन् । मेरा आँखाहरू देख्नका लागि ,मेरा कानहरू सुन्नका लागि ,मेरो मष्तिष्क सोच्नका लागि ,मेरो मुटु संवेदित हुनका लागि वर्जित छन् । हो यी सब कुराहरू मबाट सम्भव छैनभने म कसरी मानव ? म त पूर्ण रोबर्टमा परिणत छु । हो मैले केही मान्छे हौँ भन्नेहरूकै हालत देखिसकेको छु । उनीहरू आदिमानवहरू झैँ मान्छेलाई नै शत्रु मानेर झगडा गर्छन् र विजयपश्चात् मान्छेकै मासु कुनै पोस्टमोडर्न हस्पिटलको मुदार्घरमा बसेर भव्य समारोहबीच खाने गर्दछन् ।यहाँ सही देख्ने ,बोल्ने र सुन्नेहरू गलत हुन्छन् ,अनि गलत देख्ने ,बोल्ने र सुन्नेहरू सही हुन्छन् । अझ यसलाई यसो भनौँ न समय उल्टो हिँडिरहेछ । त्यो पनि होइन,त्यसो भन्नलाई समय पुरानो दिशातिर फर्केको पनि छैन । के त उसो भए पृथ्वी घोप्टियो भनूँ ? त्यो पनि होइन होला गोलो पृथ्वी कसरी घोप्टिने ? बरु यो उल्टो भन्ने कुरा नै उल्टो पो भयो कि ? त्यो हुन पनि सम्भव छैन किनकि उल्टो उल्टिएपछि सुल्टो हुनुपर्ने, त्यस्तो पनि भएको छैन । बरु यी सबै कुरा र विषयहरूलाई समेटेर अर्काे निर्णय गरौँ ःयो पृथ्वी नै अनियमित छ । हालका परिस्थितिहरू लाई विहङ्गावलोकन मात्र गर्ने हो भने पनि यो शव्द नरमझैँ अनुभूत हुन्छ । यति सफ्ट शव्द प्रयोग भयो भने शव्दकै मानहानी हुने देखिन्छ । त्यसैले यहाँ पृथ्वीलाई अनियमितताको परकाष्ठा भनिदिँदा सही ठहर्ने देखिन्छ । यहाँ पृथ्वीको आकारको अनियमितताका विषयहरू उठेका हैनन् । पृथ्वीमा भइरहेका मानवाधिकृत क्रियाकलापसँग सम्वद्घ भएर यी विषयप्रसङ्गहरू उठिरहेका छन् । धर्ती आमा हुन् म भन्न सक्दिन । जसले जन्मायो उसले हुर्काउने चेष्टासम्म कम्तिमा गर्नुपर्छ । जन्माएर बेवारिस छोडिदिँदा आमा भइने भए सबै पुरुषहरू आमा नै हुन् ।रोबर्टसँग आत्मा हुँदैन । म पनि रोबर्ट अर्थात् यो युगको पछिल्लो सभ्यताको मान्छे । मसँग पनि आत्मा छैन । आत्मा भएका केही मान्छेकै प्रजातिहरू हातमा आत्मा बोकेर मन्दिरअघि माग्न बसेको देखेपछि मैले मेरो आत्माको मेडिकल चेक गरेको थिएँ र मेडिकल रिपोर्टले मेरो आत्मा नभएको सहर्ष पुष्टि गयो र त्यहाँबाट के पनि पुष्टि भएको पाएँ भने पछिल्ला चरणका अत्याधुनिक मानिसहरूमा अक्सर गरेर आत्मा नहुँदोरहेछ । यी नयाँ खालका जीवहरूलाई अब मान्छे भन्न नहुने र यिनीहरूको छुट्टै नाम दिनुपर्नेमा मेडिकल विभागको मान्छेको नयाँ अवतारसँगै नयाँ माग थपिएको रहेछ । यो मागअनुसार मान्छे रोबर्टजत्तिकै हैसियतको हुन पुग्ने देखिन्छ । मेडिकल विभागले यो विषयको छानविनका लागि मानव विकास तथा संशोधन शाखा ,पृथ्वी र उडनस्तरी केन्द्रिय विभाग ,अन्तरीक्षमा पठाउने निर्णय गरेको अन्तत ः पुष्टि हुन आएको छ । हो यस्तो समाचार अब हामीले पढ्यौँ भने कुनै अचम्म हुने छैन ।म ठूलो भएपछि कुनै दिन हावाको गतिमा दौडिन सक्नेछु । हावाको वेगवान प्रवाह देख्दा सानोमा कुनै दिन मैले सोचेथेँ । म ठूलो भएपछि कुनै दिन चराको गतिमा उड्न सक्नेछु । चराहरूले आकाशमा कावा खाँदै उडेको देख्दा कल्पना गरेथेँ । हो आज म हावाको गतिसँग डराउन थालेको छु । पखेटा काटेर पिँजडामा राखिएको चराझैँ भएको छु । अनुभवशून्य ,भयभीत र शुष्कप्राय ः ।म किन नियन्त्रित छु ? मेरो यो खुल्ला प्रश्न हो । जो कसैका निम्ति सम्प्रेषित । तिमीलाई ,तपाईँलाई ,यहाँलाई ,हजुरलाई वा जो कसैलाई वा हुनसक्छ म आफूलाई नै । हो यसको सही उत्तर पाउनुको लालसा नै मेरो अन्तिम आशा हो । जिन्दगीको कुनै कुनामा यो प्रश्नको जवाफ फेला पयोभने यो जिन्दगीसँग मैले अनुग्रहीत हुने कुनै आशाको त्यान्द्रो फेला पर्नेछ शायद् ।एउटा बुख्याँचा शायद् मान्छे हुनुको भ्रम बाँच्छ । भ्रम बाँड्छ पनि । बारीमा अन्न चोर्न आएका स्यालहरू समेत यस्ता बुख्याँचाहरू सँग डराउँदा रहेछन् । सुगा, परेवा र ढुकुरहरूको कुरा छाडूँ , तिनीहरू त नडराउने कुरै भएन । बुख्याँचाहरू पनि आदिम रोबर्टहरू हुन् । यसो भनूँ यिनीहरू रोबर्ट प्राक्कल्पनाका आधारहरू हुन् । यी आधारहरू खडा गर्ने पनि मान्छेहरू नै हुन् । मान्छेहरूले नै यी बुख्याँचाहरू किन बनाए ? र आफूजस्तो नै किन बनाए ? बाघ ,भालु ,चितुवा, सिंह वा अन्य डरलाग्दा जीवहरू अरू थिएनन् र ? यसको मतलब सबभन्दा भयानक र डरलाग्दा भनेका मान्छेहरू नै रहेछन् र ऊ सबैलाई आफूसँग डराउन् सोच्छ । सबैमाथि आफ्नो नियन्त्रण चाहन्छ । यो कुन सुपरनेचुरल पावरले उसलाई उत्प्रेरित गरिरह्यो ? मान्छे किन प्रेमिल सभ्यता रुचाउँदैन ? ऊ किन गाइरहन चाहँदैन प्रेमको मधुर धुन ? कुनै सन्नाटामा हुच्चिलहरू कराएझैँ ऊ किन निकालिरहन्छ कर्कश ध्वनी ? एकोहोरो ।मलाई कृतिम मान्छे भएर बाँच्नुको रहर हराइसकेको छ । आडम्बरहरूको थुप्रो लगाएर त्यसकै सम्मोहनमा खिचिइरहनुले मलाई पुगिसकेको छ । मलाई अनेक आवरणीय परिचयहरू देखाएर आफ्नो यथार्थ भुल्नु छैन । आफ्नो पभिाषा मेटाउनु छैन । मलाई बन्नु छैन कुनै कथित बुद्ध अनि क्राइष्ट । मेरो यो रोबर्ट अस्तित्व (सकेँ भने ) मेटाउनु छ । मेरो यो बुख्याँचा जीवनशैली (सकेँ भने ) पन्छा लगाउनु छ । मलाई मेरो स्वतन्त्रतामा दौडिनु छ हावाको गतिजस्तै । मलाई मेरो आफ्नै गतिमा बग्नु छ ( धिमा नै किन नहोस )नदीको प्रवाहजस्तै । बग्नु छैन खहरेजस्तो क्षणभर उर्लिएर । म ठीक हुनु छ मसँगै । मैले लगाउनु छैन कुनै रङहरूको चस्मा र रङ्गिनु छैन आफू पनि कुनै रङहरूले । पानीको कुनै रङ हुँदैन । मलाई पनि बन्नु छ सङ्लो पानीजस्तै । बादलहरूको कुनै आकार हुँदैन म पनि बन्न चाहन्छु बादलजस्तै कुनै ठोस आकारहीन । जूनको जुन शीतलता छ ,हो त्यही शीतलता चाहन्छु जीवनभर आश्वादन गरिरहन । मलाई जम्नु छैन बरफजस्तो तर स्विकार्नु छ बरफको पग्लाइ । मलाई उठ्नु र उड्नु छैन वाफजस्तो तर अनुभव गर्नु छ वाफको क्षमता ।हो मलाई हुनु छ मान्छेजस्तो । सजीव । कुनै परिभाषाविहीन (वा सबै परिभाषायुक्त ) मान्छेको (मात्र मान्छेको ) आकार चाहन्छु मभित्र । शायद् पाउँछु या पाउँदिन । जय मान्छे ।छतिवन ८ पावस,मकवानपुर; हाल: भरतपुर ,चितवन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
नारी
निबन्ध
योगेन्द्र उपाध्याय 'पुष्प'
9, 2010, 9:03
योगेन्द्र उपाध्याय 'पुष्प'
नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर म पनि चिच्याउँ भने उनी र म मा फरक नै के रह्यो र ? त्यसैले कापीको मञ्चमा डटपेनको माइक बनाउनु नै मैले उचित ठाने, उनको प्रतिश्पर्धी बनेर ।उनका भनेका बोलीहरु र मेरा स्पष्टिकरण,महिला आफैमा पूर्ण छे ।भन्दैमा हुने भए पूर्ण मात्र किन सम्पूर्ण भन्नुस् न । तर साँचो त यो हो महिला पुरुष मा अडिएकि हुन्छे जसलाई स्पष्ट पार्न महिलाका नामलाई नै आधार बनाऔँ । नारायण ई = नारायणी, राम आ = रमा, रमित आ = रमिता, जनक इ = जानकी, पर्वत ई = पार्वति, लोचन आ = लोचना, दु्रपद इ = द्रौपदि, बालक इका = बालिका, कुञ्जन आ = कुञ्जना, देव इ = देवी, अरुण इमा = अरुणिमा भरत इ = भारती, आदि अब ब्याकरणको नियम अनुसार मुलशब्दमा उपसर्ग वा प्रत्यय लागेपछि नयाँ शब्द बन्छ र मूल शब्द बिना उपसर्ग वा प्रत्ययको कुनै अर्थ रहन्न अब के पुरुषमा कुनै अर्थहिन वस्तु जोडिनु नारीको उत्पत्ति हुनु हो । विशाल केटाको नाम हुन्छ भने सिमा केटीको । राजाकी श्रीमति रानी, कविकी सिर्जना कविता अब भन्नुहोला कवयित्री कि सिर्जना पनि त हुनसक्छ तर याद गर्नुस् कवयित्री शब्दको अर्थ बुझेपश्चात् प्रथम पटक यो शब्द हजुर प्रयोग गर्दै हुनुहुन्छ, नत्र महिला कविको लागि पनि कवि शब्दको नै प्रयोग हुन्छ यसको मतलव महिला कवि पनि आफ्नो लागि बनाइएको शब्द प्रयोग गर्न अनिच्छुक छन् । अनि अरु पनि सुन्नुस् हुन त नारीलाई सौन्दर्यको प्रतिक मानिन्छ तर सुन्दर ऋतु बसन्त पुरुषको नाम हुन्छ र रोइरहने वर्षा नारीको, अनि चिच्याउनुहोला सबै मौसम समेट्ने ऋतु त नारी नाम हो ल अब भन्नुस् ऋतुको राजा को ? हुन त सरस्वति विद्याकि देवी हुन् तर उनी वेद विना अपूर्ण छिन्, वेद सम्पूर्ण ज्ञान राशिको पुस्तक हो र वेद भित्र अल्पज्ञान समेट्ने ऋचा नारी नाम हो । मुड्की पारेर चिच्याउनु होला ऋचा विना वेद रहन्न त्यसो भए ऋचा विना ऋचा पनि त रहन्न नि हैन र ? अब पुरुष नाम र महिला नाममा फरक पायल नारी नाम हुन्छ भने शिरध्वज केटाको नाम । बलवान् केटाको नाम हुन्छ भने अबला नारी नाम । फेरी केटीकै नाम भएपनि साहसी नाम पुरुषले पनि लिएको हुन्छ जस्तै दुर्गा, देवी, गँगा । केटीको नाम काजल हुन्छ आशुले बगाइदिन सक्छ । सङ्घर्ष पुरुष नाम हुन्छ र कल्पना, सम्झना नारी नाम । अब भन्नुहोला रातिमा चम्कने चाँदनी महिला नाम हो, सूर्यको प्रकाशले चम्कन्छे उ, अब फेरी भन्न सक्नुहुन्छ सूर्य एक प्रकारको तारा हो यहि भन्नुहुन्छ होला भनेर नै पुरुष हरुले आफ्नो नाम पनि तारा राखेका छन् । सागर केटा नाम हुन्छ भने शरीता केटी नाम । पुरुषले पुरुषार्थ गरे झै नारीले नार्यार्थ गर्न सक्दैनन् । अब यो नभन्नु कि पुरुषार्थ नारीले गरेको कामलाई पनि सराहना गर्न प्रयोग गरिने शब्द हो, शब्द उधारो किन लिनुहुन्छ, नयाँ शब्द बनाउनुस् न । फेरी मलाई त्यस समयमा हाँसो उठ्छ जब काठमाण्डौमा खुलेका श्रीमति समाजका ब्यानरहरु देख्छु । नारी शान्तिको प्रतीक गरे, बकवास, विश्वको प्रथम युद्ध मधु कैटव र विष्णुको युद्ध लक्ष्मीको कारणले भएको थियो त्यहि बेला देखि नै मानव जातिमा युद्धको विजारोपण भएको थियो जुन आजसम्म पनि निरन्तर छँदैछ । शान्ति नाम राख्दैमा शान्ति हुने भए बुद्ध नाम रहेको नेपाल अशान्त हुने थिएन । यस्ता उदाहरण हजारौँ केटिको खिलाफमा भेटिन्छन् तर केटाको खिलाफमा पाउनुहुन्न । अब भन्नुहोला पुरुष प्रधान समाजले दिएको नाम हो यो, त अब नयाँ नाम उत्पत्ति गर्न थाल्नुस् पहिला दासता विरोधि नाम । तपाँइ यो पनि भन्न सक्नुहुन्छ नामले के हुन्छ र ? नाम राख्नुको पछाडि एउटा साइकोलोजिकल कारण छ नाम यसकारण राखिन्छ कि यो व्यक्ति अरु केहि गर्न नसकेतापनि आफ्नो नाम सार्थक गरोस् सूर्य सूर्य झै चम्कोस, पायल सधैँ अरुको खुट्टामा रहोस् । फेरी अब हेरौँ सक्सेस महिलाको पछाडि पनि हेरौँ न पूर्ण रुपमा पुरुष जोडिएको हुन्छ म्याडम क्युरीलाई उनको श्रीमान्ले सहयोग गरेका हुन्, राजेन्द्र लक्ष्मी शाहलाई बहादुर शाहले । नोबेल पुरस्कार प्राप्त गर्ने अर्कि महिला वैज्ञानिक उनको दाईले दिएको दूरबिनको साहाराले अरुण र वरुण ग्रह पत्ता लगाएकि थिइन । तर अल्बर्ट आइन्सटाइनलाई महिलाको सहयोग आंशिक थियो पूर्ण थिएन । विश्वविजयी हिटलरको सेना पुरुष थियो महिला थिएन र विश्वविजयी एलिजावेथको सेना महिला थिएन पुरुष थियो । एकाध झाँसीकी रानीमा भने पुरुष सरह शक्ति थिया । भगवानको अगाडि भगवान्नीको राधाकृष्ण, लक्ष्मीनारायण देख्दा खुशीले उफ्रनुहुन्छ होला नकुद्नुस् किनकि त्यसको पछडि कारण महिलालाई मान्यता दिएर होइन कारण अर्कै छ व्याकरणिक र औच्चारणिक विज्ञानको नियम अनुसार मानिसले सजिलो शब्दहरु उच्चारण गर्न र बनाउन चाहन्छ त्यसैले दुबै जनाको नाम उच्चारण गर्दा जसरी सजिलो लाग्यो त्यसरी नै गरियो, अनि भजनमा पनि साँगितिकता लयबद्धताको कारण पनि हो किनकि जुन लय सिताराम भन्दा निस्कन्छ त्यो रामसिता भन्दा निस्कन्न, लक्ष्मीनारायण नारायणलक्ष्मी भन्दा मीठो शब्द हो । यदि वास्तवमै नारीलाई महत्व दिन यस्ता शब्द बनाइएका भए पार्वतिशिव हुनुपथ्र्यो, श्रीमतिश्रीमान् भनिन पथ्र्यो, मिसेज एण्ड मिस्टर भनिन्थ्यो । यति भने पश्चात् त महिला आफैमा पूर्ण छे भन्नुभन्दा पहिला एकपटक ऐना त हेर्नुन्छहोला है ।नारी सृष्टिको मूहान हो ।ल मैले माने नारी सृष्टिको मूहान हो । उसले बच्चा जन्माउने काम गर्छे तर पुरुष बिना कुनै महिलाले सृष्टि गर्न सक्दिने फेरी बच्चा जन्माउदैमा महान हुने भए गँगटोले १००० वटा बच्चा जन्माउन सक्छे के अब हामीले महिलाको तुलना गँगटोसँग गर्न पर्यो त ? र अर्को कुरा सुन्नुस् सृष्टिको सुरुवात महिलाबाट होइन पुरुषबाट भएको हो धर्मग्रन्थका धमिरा लागेका पाना पल्टाउनुस सृष्टिकर्ता ब्रम्हा हुन् सरस्वति होइन । अब फेरी यो पनि भन्न सक्नुहुन्छ हामी धर्मका कुरा मान्दैनौ साइन्सका कुरा गर्नुस् एक्काइसौँ शताब्दिमा, विज्ञानकै भाषामा शुरुमा जीवको उत्पत्ति हुँदा एमिनो एसिड बनेको थियो जसलाई हामी अहिले सजिलो भाषामा प्रोटिन भनिन्छ जसमा सूर्यबाट निस्केका चार्जले कुनै प्रतिक्रीया गरेपश्चात् अमिबा बनेको थियो र अमिबा नै पहिलो जीव थीयो त्यहि जीवको उत्पत्तिलाई नै आधार मानौँ । यहाँ चार्जको कुरा आएको ले हामीले पहिला यो छुट्ट्याउनुपर्यो धन चार्ज को, र ऋण चार्ज को ? महिला या पुरुष । धन चार्ज बढि सक्रिय हुन्छ र ऋण चार्ज सक्रिय हुँदैन र वैज्ञानिकलाई सोध्नुस् पुरुष धन चार्ज हो भने महिला ऋण चार्ज हो अब सृष्टिको शुरुवातमा धेरै सक्रियता धन चार्जको रहेकाले पुरुष नै बढि सक्रिय रहेछ । अनि अर्को कुरा सामान्य वर्तमान समाजमा पनि हेर्न सक्नुहुन्छ पुरुषको पछाडि महिला भन्दा महिलाको पछाडी पुरुष दौडिरहेको हुन्छ, यसबाट पनि सरलै बुझ्न सकिन्छ सृष्टिमा बढि भूमिका कसको थियो । अब तपाई भन्नुहोला हामी बच्चा नै जन्माउन्नौ र हेरौँ त कसरी सृष्टि अगाडि बढ्छ, त्यहि भन्नुहुन्छ भनेर नै पूरुष वैज्ञानिकले क्लोनिङ्ग र टेष्टट्यूब बेबी प्रविधिको विकास गरिसकेका छन् ।अवसर पाए महिलाले पनि पुरुषले सरह केहि गरेर देखाउन सक्छे ।देखाउनु अर्काको लागि हुन्छ, पुरुषले देखाउँदैन तर महिलाले देखाउँछे यसको मतलब के आश्चर्य गर्छे । र अर्को पुरुष सरह र पनि भन्ने शब्दको प्रयोगले नै महिलाको काबिलियत माथि महिलाले नै शंका प्रकट गरिरहेका छन् । अनि फेरी अवसर पाए त लाइका पनि चन्द्रमामा पुगी । अवसर पाएकैले ब्वाँसोलाई पनि कुन देशको राजा बनाइएको थियो रे । अब यो नभन्नुहोला लाइका चन्द्रमामा पहिलोपटक पाइला टेक्ने धर्तिकी प्राणि पोथी हो । अवसर पाउनु र हासील गर्नुमा निकै भिन्नता हुन्छ । अवसर पाउनु भिख हो के भिक्षामा पाएको सर्टिफिकेट ले आफ्नो काबिलियत साबित गनुहुन्छ तपाँई ? यदि अवसर पाए ।। भन्ने विचारले नै महिलालाई अवसरहिन बनाएको छ । त्यो अवसरको आश पनिको सँग पुरुषसँग नै त हो नि महिलामा त्यति काबिलियत र समाजसँग लड्ने क्षमता छ भने महिलाले उद्योग खोलुन् र महिलालाई नै वर्कर राखुन् पुरुष भन्दा बढि यदि पुरुषको उद्योगमा महिलालाई यस्तो भैरहेको छ भने । टाटाले एउटा चाँदीको लोटाबाट व्यापार शुरु गरेका थिए, बिडलाको कथा पनि त्यस्तै छ, बिल गेट्स पहिला अरुको कम्पनिमा वर्कर थिए तिनलाई कसले अवसर दियो नारी सक्षम छौ भने अरुले दिएको अवसरमा होइन आफूले निर्माण गरेको अवसरमा बाँच्न सिक । यहि अवसरको ज्यादा पुकाराले नै अवसरहिन बन्न पुग्यौ र पेटमा अन्न नभएपछि वेश्या बन्न समेत बाध्य पार्छ महिलालाई समयले । पुरुष भन्दा बढि महिला नै वेश्याको रुपमा कार्यरत छन् । एकदिन जब पुरुषको सँख्या बढि हुनेछ महिला वेश्या भन्दा तब म ठान्नेछु महिला पनि केहि गर्न सक्छन् । महिलाले कुनै पुरुषले अक्सर गर्ने प्रोफेसनल काम गरे पत्रिकाको फ्रन्ट पेजमा नाम निस्कन्छ । यसको मतलब के उनले महिलाले गर्नै नसक्ने काम गरेर देखाइन् ? नत्र प्रशंशा किन ? स्वभाविक कुराको प्रशँसा हुँदैन त्यसैले पुरुष प्रशंशित नभएपनि खुशि छ । एउटै लाइनमा पुरुष र महिलासँगै उभिदा लेडिज फस्टको सट्टा जब जेन्स फस्ट भनेर महिलाले भन्नेछिन् तब म स्वीकार्छु महिला पनि केहि गरेर देखाउन सक्छे ।सुझाव मेरो तर्फबाटपहिला यो भर्खर चलिरहेको भाषण बन्द गर्नुस् । भाषणले प्रगति हुनेभए नेपाल अमेरिका हुने थियो र अमेरिका नेपाल । ल भन्नुस् तपाँइकि छोरी बी.ए. पास छे भने उसको लागि वर चयन गर्दा कस्तो प्रकारको गर्नुहुन्छ ? हजुरको सरल विचार एम.ए. गरेको र नोकरी खाने हुन्छ । बस् यो बिचार परिवर्तन गर्नुस्, यो प्रथा परिवर्तन गर्नुस् । र परिवर्तन गरेपश्चात् हामीले गर्यौँ भनेर नभन्नुस् । यदि पुरुष भन्दा महिला अगाडि बढ्न चाहन्छौ भने पुरुषलाई सिरीयलका कुरा गर्न बाध्य पार्नुस् । नारीले लगाउनै पर्ने बुर्का पुरुषलाई पनि लगाउने वातावरण मिलाउनुस् । नारी पुरुष एकै रथका दुइ चक्का हुन् भन्दैमा दुबै चक्का समान ठाँउबाट हिड्यो भने के हुन्छ ? त्यसकारण पुरुष सरह हैन पुरुष भन्दा अलग गरेर देखाउनुस् । सक्नुहुन्छ तसलिमा नसरीन बन्नुहोस् नसके चुप लाग्नुहोस् यसरी पुरुषको खिलाफमा बोल्दा साँझ तपाँइका श्रीमान्ले तपाइको अगाडिबाट भातको थाल हटाइदिए भने के हुन्छ ? अन्त्यमा मैले ओकलेको विषप्रति नारी वर्गसँग हात जोडेर घुँडा टेकी माफ माग्छु । विश्वास गर्नुस यो हजुरहरुलाई हेप्न हैन सचेत गर्न लेखेको लेख हो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
मिसावट
निबन्ध
गोपाल झापाली
14, 2010, 12:54
गोपाल झापाली
मिसावट कहा हुदैन र ? घिउमा आलु र पिडालु । दुधमा पानी । खुर्सानीको धुलोमा ईटको धुलो । दहिमा मोहि । जहि पनि मिसावट । वास्तवमा मिसावटको चलनले गरि खान नसक्नेहरुलाई खाएर गर्न खुब सजिलो बनाईदिएको छ । बुद्घीरत्नलाई चामलमा गेग्र्यान मिसाउन होस वा बुद्घीमायालाई तेलमा काति मिसाउन,दैवले दिएको धुत्र्याई चाहि अपरम्पार मान्ननु पर्छ । खसि काट्नेकी बाठी बुढीले पाठीको मासु बेचे पनि कसैले थाहा पाउ“दैन । रत्नपार्कमा फूलको सुवाश लिन सा“झपख गयो ,छेउको ढलबाट आएको बिसाक्त दुर्गन्धको मिसावटले ना“कै भा“चिएला जस्तो पार्छ । फेरि शौच गर्न शहरिया शौचालय पस्यो अनेकका बजारीया अत्तरका बास्नाले त्यहि सुतौं सुतौं जस्तो । क्या मज्जाको मिसावट । गा“उबाट राम्रा मतिको मान्छेलाई नेता बनाएर पठायो,राजनीतिको हावाले उसको मतिमा कति छिटो मिसावट गर्छ गर्छ ।मान्छेलाई पनि जन्तु जस्तो बनाईदिन्छ,बर्षैदिन नपुगि । बाउ आमाले कति धपेडि गरेर छोरो हुर्काउ“छन् । १६ कटे पछि छोरोलाई कति छिटा,े कति छिटो कुसतको मिसावट हुन्छ भने सा“झ बिहानै मुखमुखै लागेर मर्नु पाार्छन् ।छोरीहरु पनि उस्तै । कलेज जाने बेलामा दयार पैसा माग्यो अनि राति बा आमा निदाएको गम पायो कि शिरिकभित्र गुटमुटिएर खुसुखुसु मोवाईलमा पैसा नसकिएसम्म को स“ग के बात मार्छन कुन्नि ?भोलि पल्ट बिहान कलेज जाने बेला भयो कि उहि बाहाना ,टिफिन खर्च चाहियो । प्रबिधिको दुरुपयोग गर्ने बानिको मिसावट एक्काईसौं शताब्दिको ।सरकारी कार्यालय गयो,उस्तै मिसावट । मंशीरमा फलेको धानमा भुस जस्तो सेवामा घुस मिसावट । मिसावटको यत्रो चर्चा गरिरह“दा यो खराबै कुरा हो जस्तो लाग्छ तर यो खराव मात्र हाईन असल पनि छ । बगैंचामा फुलेको फूलमा वास्नाको मिसावट नभई सुवाश कहा“ आउ“छ र ? गीत गाउनेको मिठो सुरमा सितको मधुर ताल मिसावट नभई पनि त अब्बल गीत बन्दैननी होईन ? दुध आफैमा अमृत हो तर त्यसलाई महा अमृत बनाउन दहि बनाईन्छ । दुध बाट दहि बनाउन पनि थोरै जोडन मिसावट नभै हुदैन । राम्रा कुरा बाट अझ रामा्रे बनाउन, रामा्र कुरा बाट नराम्रा कुरा बनाउन, नराम्रा कुरा बाट राम्रा बनाउन र नराम्रा कुरा बाट अझ नराम्रा कुरा बनाउन पनि मिसावट नभई नहुने कुरा रहेछ भनेर त मैले कस्लाई पुराण सुनाउनु छ र । मेरी श्रीमतीको पाककलाको म कति तारिफ गरौं । खाना जिब्रामै झुण्डिने , अचार खाएर हात नचाटे त धितनै नमर्ने, तरकारी खाएर जिबा्रे नफड्कारे त हुदै नहुने । उनको के न जादु हो जस्तो लाग्थ्यो मलाई । तर त्यो त के को जादु, सादु हुनु नि । सबै मिसावटको खेला रहेछ । थोरै नुन, थोरै खुर्सानी, थोरै भुटुन, थोरै मसलाको बृहत मिसावटलाईनै म मेरी प्यारीको कला भनेर बर्षौ देखि भ्रममा बा“चेको रहेछु । यो सब कुरा मिसावट महात्म्य बुझे पछि मात्र थाह पा“उदैछु । मिसावटको त्यहि तारतम्ये नमिल्दा अकबरेले रात भरि पेट पोलेको र तिखा्रले रातभरि रा“गाले जस्तो पानी पिउ“दै सुत्न नपाएको पनि मैले बिर्सेको छैन । हिउ“दभरि पसिना काडेर भकारीमा हालेको धान अर्को हिउ“द आउदासम्म बरु घुन, पत्लि लाग्ला तर त्यो भकारीमै उम्रनेवाला छैन । नउम्रे त मेरो खैरातै छैन । बर्सेनिका तिनटा भुरा र तिनकि माउ कसरी पाल्नु । तर यहा“ पनि मिसावटको खेला छ । बर्षभरि बाछिटाले समेत छुन नदेको धान तिन दिन कुहाएको हिलामा मिसावट गरे पछि बडो अचम्ले उम्रन्छ ,भर्रर्रर्र । धान फल्न र माटाले धान फलाउन पनि यि दुईको सावधानीपूर्ण मिसावट चाहिने,चाहिने । बगैचा हुन लाई पनि त मिसावटनै चाहिन्छ । गुलाबको,सुनाखरीको,चमेलीको,सयपत्रीको, मखमलीको मिसावट । यि सबैको मिसावट भएन भने त कहा“ फूलबारी बन्छ र । गुलाबै गुलाबको फा“ट त जंगल बन्छ,झाडी बन्छ गुलाबकै । त्यो कहा“ फूलबारी बन्छ वा कहा“ बगैचा बन्छ । आखिर मान्छे रमाउने पनि त फूलबारीमानै त हो ,बगैंचामानै हो ,जंगल भन्दा बढि । मान्छे मात्रै कहा“ हो र । चरा ,पुतली,भ“वरा र बतास लहसिने पनि बगैंचामानै हो अर्थात मिठो मिसावटमा । जंगल जहा“ मिसावटको महत्व रह“दैन । त्यहा“ त कोमलता नभएका ,मन नभएका र भावना नभएकाहरु मात्र रम्छन् । बाघ र सिंह बनेर । एक्ले ढेडु बनेर । मलाई त लाग्छ ,शृष्टिनै मिसावटमा अडिएको छ । संसार हस्तान्तरण गर्नु पर्ने उत्तराधिकारी पनि मिसावट नभए सम्म पाईदैन । अर्थात शुक्रकिट र डिम्बको मिसावट नभए सम्म । म बाबु हन्छु,आमा हुन्छु भन्नु पनि त एउटा मिसावट परस्त चाहना त हो नि । मादकतापूर्ण आलिनको चाहना । त्यो छोटो सन्तुष्टि मिसावटमा पुगेर टुिन्छ । अनि पूरा हुन्छ रहर आमा वा बुवा सम्बोधन सुन्ने । जहा“ बाट शुरु हुन्छ प्रकृतीको उत्तराधिकारी निर्माण प्रकृया । आखिर जिन्दगीनै एउटा मिठो मिसावट रहेछ, तराईका सडक किनारमा अनेक मसलालाई सा“धेर बनाईएको जिब्रो फड्कारिने चटपटे जस्तै । सुख र दुःखको ,आशु र हा“सोको, प्रेम र घ्रिणाको, मिलन र बिछोडको,प्राप्ति र अभावको अरु अरु यस्तै धेरै कुराको अब्बल मिसावट होईन र ? लखनपुर, झापा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
महत्वाकांक्षीहरूको भीड
निबन्ध
एम.पी. खरेल
12, 2010, 9:20
कैयौं दिनहरू गुज्रेका छन्, वर्षहरू गुज्रेका छन् मान्छेका व्यक्तित्व विकासका लागि। डटेका छन्, घोरिएका छन्, आफ्नो सम्पूर्ण वर्कत खन्याएका पनि छन् यसका लागि। व्यक्तित्व विकास गर्नु नराम्रो होइन, राम्रो हो, तर आज भोलि म देखिरहेको छु व्यक्तित्व विकासका नाममा हरेक क्षेत्र महत्वकांक्षीहरूको भीड बनेको छ। गीत संगीत क्षेत्र हेर्नुहोस्, पत्रकारिता क्षेत्रतर्फ हेर्नुहोस्, चिकित्सक, राजनीति, साहित्य र लेखनका हरेक क्षेत्र हेर्नुहोस् जता कतै मान्छेहरूको महत्वकांक्षा चरम छ। हरेक क्षेत्र मान्छेहरूको महत्वाकांक्षाले शिखर नाघिसकेको छ। विद्यमान समाज कुरूप छ। कुरूप समाजका लागि विकृति र विसंगतिहरू गहना हुन्। विकृति र विसंगती चरम छ, समाजमा। मलाई लाग्छ यो कुरूप समाज बनाउन मान्छेहरूको चरम महत्वकांक्षाले अहं भूमिका निर्वाह गरेको छ। व्यक्तिगत महत्वांकाक्षा पूरा गर्ने नाउँमा मान्छेले गलत प्रकारका संस्कारको विकास गरेको छ। एक दिन म एक प्रख्यात गायक कहाँ पुगेको थिए। मैले उनलाई सोधेकेा थिएँ, “तपाई गायन क्षेत्रमा किन लाग्नु भयो?” उनले सहजै भने, “आफ्नो क्यारियर बनाउनका लागि।” मैले पुनः सोधे, “तपाई आफ्नो व्यक्तिगत क्यारियर के का लागि बनाउनुुहुन्छ?” उनले भने, “गायन क्षेत्रमा म वरिष्ठ गायक बनुँ, अनि मलाई सबै लोकले मेरो जय जयकार गरोस्। त्यो दिन मेरो जीवनका सबै महत्वाकांक्षाहरू पूरा हुनेछन्। जनु दिन मेरा यी महत्वाकांक्षाहरूपूरा हुनेछन्, तब म मेरो जीवनको चरम आनन्दमा रमाउनेछु।” “अनि तपाई गायन क्षेत्रमा लाग्नु भएको छ, कमसेकम तपाईले दुःखी गरीबहरूको पक्षमा गीत गाउनुहोस् न। ऐश र आरामको चरम भावनाहरूबाट निस्केका गीत छोड्नुहोस्, गाउन। यसले नै तपाईको बौद्धिकता र श्रमको सही उपयोग हुनेछ।” “जनता भनेका भेडा हुन्, यिनका पक्षमा गाएर हुनेवाला केही छैन, ऐश आरामका मनोरञ्जन दिने खालका गीत गाए सरकारले पनि सम्मान दिन्छ। दुःखी र गरीबको पक्षमा गाएर मेरो जय जयकार हुँदैन, मेरो महत्वाकांक्षाहरू पूरा हुँदैनन्।” देश र समाजले मानिआएको प्रख्यात गायकको हातल यस्तो छ। विचारमा कति दरिद्रता छ? साह्रै उदेक लाग्दो छ। उसले जे जति श्रम गरेको छ, दुःख गरेको छ सबै आफ्नो व्यक्तिगत क्यारियर बनाउन र महत्वाकांक्षा पूरा गर्न रे। म एकदिन एक वरिष्ठ राजनीतिक कार्यकर्ता कहाँ पुगेको थिएँ। उनी पार्टी र संगठनका निम्ति डट्ने र खट्ने व्यक्ति हुन्। उनको लगनशील, खटनपटनलाई देखेर म तीनछक पर्छु। घर परिवार त्यागेका छन्। कैयौं व्यक्तिगत अवसरहरू गुमाए, जिन्दगीमा र म तिनीकहाँ पुगेको बेला प्रश्न गरेको थिएँ कि “तपाई राजनीतिमा किन सक्रिय हुनुहुन्छ?” उनले भने, “आफ्नो व्यक्तिगत क्यारियर बनाउन।”मैले पुनः सोधे, “तपाई कस्तो व्यक्ति, जसले घर परिवार त्याग्नु भएको छ। पार्टी र संगठनका निम्ति धेरै दुःख कष्ट झेल्नु भएको छ। कैयौं व्यक्तिगत अवसरहरू गुमाउनु भएको छ, जिन्दगीमा। राजनीतिक कार्यकर्ता हुनु सामाजिक कार्यकर्ता हुनु हो। सामाजिक भावना भनेको व्यक्तिले पनि व्यक्तिगत क्यारियरका लागि सोच्नु हुन्छ त?” उनले भने, “व्यक्तिगत नसोचेर के सोच्ने? मेरो जीवनको धोको भनेको नै सांसद र मन्त्रीको पद हो। म जे गरेर हुन्छ, मेरो भित्री इच्छा पूरा गर्ने हिसाबले म लागेको छु।” राजनीतिक कार्यकर्ताको भित्री आकांक्षा पनि तल्लो दर्जाको छ। उदेक लाग्दो रहेछ दिक्क लाग्दो रहेछ। उनका खोक्रा भाषण र क्रियाकलाप केवल हात्तिका देखाउने दात रहेछन्। यस्तो महत्वाकांक्षीहरूको भर्तिकेन्द्र बनेको संगठनले देशलाई उभो लगाउला त? उनको राजनैतिक संगठन त्यस्तै महत्वाकांक्षी कार्यकर्ताहरूको भीड बनेको छ। अनि कसरी उभो लाग्न सक्छ त देश? म एउटा साहित्यिक कार्यक्रममा पुगेको थिएँ। जहाँ एउटा लेखकको साहित्य रचनाको विमोचन कार्यक्रम थियो। त्यस विमोचित रचनाको बारेमा बोल्ने जति पनि साहित्यकारहरू थिए, तिनले रचनाले दिन खोजेको सन्देशका बारे बोलेनन्, रचनाको भाव बारे बोलेनन्। लेखकको व्यक्तिगत जीवनको गुणगानमा नै समय खर्चे। बरू बोल्ने क्रममा उनीहरूले आफ्ना रचनाहरूको संक्षिप्त टिप्पणी गरे। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं एउटा साहित्यकारको रचनामा टिप्पणी गर्नुछ, आफ्ना कृतिका विज्ञापन पो गर्छन्। प्रकाशित भएका रचनाको होइन, भविष्यमा प्रकाशमा आउने आफ्ना रचनाको पो। कार्यक्रमका सभापतिले समय सकिएको चिट कैयौं पटक दिए, तर तिनीहरूले बेवास्ता गरें। मौका यही हो मनको धोको फेरेर बोल्ने भनेर आफ्नो ध्यान मोडेनन्। बोल्ने क्रममा टिप्पणीकारहरूले विमोचित रचनाका लेखकको कुनै दोष छैन भन्ने हिसाबले गुणगान गाए। टिप्पणीकारहरूले उनलाई दिएको प्रसंसाका उपाधिहरू सुनेर मैले जिब्रो टोकें। बीच बीचमा म उठेर कोठाबाट भागुँ कि जस्तो पनि लाग्यो। कतिपयले भन्नुहोला, एउटा श्रष्टालाई प्रोत्साहन त दिनु पर्यो नि। प्रोत्साहन दिनु राम्रो हो, तर प्रोत्साहन दिने नाममा उसका सम्पूर्ण कमजोरीहरू बिर्सेर सकारात्मक पक्षको मात्र वकालत गर्ने बानी साह्रै नराम्रो। प्रोत्साहनको पनि आफ्नै विधि र परिधि छ। प्रोत्साहन समालोचकीय रूपमा हुनुपर्छ। एकपक्षीय प्रोत्साहनले त्यस्ता श्रष्टाहरूलाई चरम महत्वाकांक्षीको श्रेणीमा पुर्याइदिन्छ। आजको समाज कुरूप छ। कुरूप समाजका पछाडि अनेकन कारण छन्। त्यसमध्ये मान्छेको महत्वाकांक्षी प्रवृत्ति मुख्य कारण हो। व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने नाउँमा मान्छेले जघन्य अपराध गरेको छ। हिंसा बढाएको छ, अशान्ति निम्त्याएको छ। सारा संसारलाई कुरूप बनाएको छ। केवल व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न। कुनै मान्छेले कुनै व्यक्तिगत चाहना र ईच्छा राख्नु नराम्रो हुँदैन, तर व्यक्तिगत चाहना र इच्छाहरू पूरा गर्ने नाउँमा निर्लज्ज र निरीह तरिकाले लाग्नु र सामाजिक प्रतिष्ठामा आँच पुर्याउनु स्वयंमा अपराध हो। अहिलेको राज्यसत्ता र शैक्षिक पद्दतिबाट जति पनि जनशक्ति निर्माण भएको छ। सबै व्यक्तिगत चाहना र आकांक्षामा डुब्ने खालको छ। स्कुलमा प्रत्येक विद्यार्थीलाई सोध्दा प्रायः विद्यार्थीले भन्छन् म डाक्टर बन्छु, इन्जिनियर बन्छु, वकिल बन्छु, साहित्यकार बन्छु, पाइलट बन्छु, प्राध्यापक बन्छु .... आदि तर यी पेशा जनताको सेवाका लागि होइन केवल व्यक्तिगत जीवन सुखमय बनाउनु। आज देशको हरेक क्षेत्र व्यक्तिगत महत्वाकांक्षीहरूको भीड बनेको छ। राज्यसत्ताले नै त्यही सिकाएको छ। सामूहिक वा सामाजिक जीवनको चिन्ता छैन। केवल चिन्ता छ व्यक्तिगत जीवनको। धेरै साहित्यकारहरू साहित्य रचना गर्छन्। तर सोच्छन् आफ्नो व्यक्तिगत क्यारियर बनाउन। मेरो रचना हरेक श्रमजीवी जनताको मुक्तिको मार्ग निर्देशक बनोस् भनेर होइन, मेरो कृति प्रकाशमा आए मेरो नामले देशभरिका पत्रपत्रिकाहरू रंगिनेछन्, मेरो सम्मान समाजमा बढ्ने छ भन्ने उद्देश्यले अभिप्रेरित हुन्छ। राजनीतिक कार्यकर्ताले पनि मैले राजनीतिक गरेको छु म व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न होइन, सामाजिक भावनाका लागि हो मैले राजनीति गरेको भन्नै पाईदैन। यसको ठीक उल्टो जवाफ पाइन्छ। अनि राजनीति समाज सेवा होइन, कमाइखाने भाडो बनेको छ। अनि कसरी बन्छ, देश। सामूहिक जीवनको चिन्ता छैन मान्छेहरूमा। केवल व्यक्तिगत सुखमय जीवनको चिन्ता मात्र छ। कुरूप समाजले यही सिकाएको छ। समाज परिवर्तनशील छ। समयले अवश्य कोल्टे फेर्छ। कुरूप समाज यथास्थितिमा रहन सक्तैन। अवश्य कुनै दिन कुरूप समाजको भष्म भएर न्याय र समानताको पक्षमा उभिएको समतामूलक समाजको उदय हुनेछ। जुन दिन हरेक क्षेत्रमा व्यक्तिगत महत्वाकांक्षीहरूको भीड होइन, सामूहिक जीवनको चिन्ता लिएका मान्छेहरूको भीड हुनेछ। हामी सट्टामा मार्क्सवादी, लेनिनवादीहरूको विश्वास र सपना हो यो।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
मेघमहिमा
निबन्ध
पुन्य कार्की
21, 2010, 9:22
जब मेघ घेरिएको आकाश देख्छु, मेरो हृदय गदगद भरिएर आउँछ । आकाशमा जसै उसले गर्छ गड्याङगुडुङको नाद, मभित्र पनि एउटा तिलस्मी नादको आभिर्भाव हुन्छ । मेघाच्छादित आकाशको अँध्यारो मलाई औधी प्यारो लाग्छ । मेघको गर्जन मन नपराउनेहरु पनि देखेको छु, कालोमैलो बादलको निन्दा बाँच्नेहरु पनि सुनेको छु । तर यी सबैको बीचमा घेरिएर पनि म उनीहरुको प्रतिकित्तामा उभिएर मेघमागल सुनाइरहेको छु, बादलवन्दना गाइरहेको छु । मेरो आकाश मेघले घेरिएपछि धर्तीमा म जीवनका अङ्कुरणहरु देख्न थाल्छु । तप्त घामले डढेको उत्तप्त धरणीमा हरियाली जीवनको अरूणिमा खुल्न थाल्छ । आँत सुकेर मुख आँ गरिरहेका फूल मञ्जरीमा रङको नयाँ चहक खुल्न थाल्छ । हावाका सूक्ष्म लहरहरुमा सुगन्धको नयाँ महक लहराउन थाल्छ । उजाड पाखाहरुमा चिउलाका नवीन प्रस्फुटनहरु गतिमान हुँदै जाँदा एउटा हेरिरहूँ जस्तो, लोभलाग्दो क्षितिज टाँगिन थाल्छ ।मेघको बोलमा अबोल आनन्द छ । यसले त सधैँ मलाई जीवनको सरगम सुनाउँछ । मेघ बर्सेर पाउलो फेरेका पालुवालाई म किनकिन मेघमञ्जरी भन्न रूचाउँछु । मञ्जरीहरुको जीवन मेघमा आवेष्टित रहेको सत्यलाई कति अहोभावका साथ हेरिरहेछु । जब पानीका बुँदहरुमा बर्सिछ मेघ, अनि यहाँ जीवनदायी शीतलताको रसधारमा पौडिन्छन् स्यावर र जङ्गमका अनगिन्ती रचनाहरु ।एउटा सफेदपोश कर्मचारीले बादल लागेको बिहानीलाई गाली गरेपछि उसको शरीरमा टाँगिएको सुती कपडामा प्रश्नचिह्नहरु देखेँ । मेघलाई गाली गर्नेहरुलाई कपडा पहिरिने हक छैन । उनीहरुलाई सुस्वादु भोजनको हकबाट पनि वन्चित गराउनुपर्छ भन्छु म । सुतीकपडाका वस्त्र परिधानहरु कपासकोपिलामा अङ्कुरित हुन्छन् । फेरि कपासबीज माटोमा अङ्कुरित हुन्छ । माटोलाई बादल रसले सिन्चन गरेपछि मात्र त्यो, वस्त्र सिर्जनाको द्वार खुल्छ अनि आफ्नो आङको कपडामा मेघमालाको वरद् वरदान नभेट्नेहरुले स्वाभाविक रुपमा बादललाई गाली बक्ने गर्छन् । बरू एउटा अनपढ किसानले मेघ महत्तालाई राम्रोसँग बोध गरेको हुन्छ । चैते खडेरीमा मकै छर्न नपाएर निराश कृषक साँझपख कतै आकाशको कुनामा बादलको थेग्लो तैरिएको पाँउदा हर्षले पुलकित बन्छ । अझै खेतीको चिन्ताले डसिएर निद्राविहीन रातमा अनायास गड्याङगुडुङ गरी मेघगर्जन सुन्न पाँउदा खुशीले झङ्कृत बन्छ । अध्ँयारो निशाको घोर नगरी चिरेर बिजुली चम्किँदा ऊभित्र आशाको सानोसानो स्वर्ग खुल्छ, त्यसैले एउटा सफेदपोश साक्षरी र अनि धैलोमैलो निरक्षरीलाई एकै ठाँउ उभ्याएर मेघमहिमाको बारेमा व्याख्यान गर्न लायो भने मलाई लाग्छ कुनै पनि हालतमा साक्षरीले निरक्षरीलाई जित्न सक्तैन ।मेघाच्छादित आकाशको भाषा किसानले भन्दा अरु कुन प्राणीले बुझ्दो हो र ? आकाशको कुनै कुनामा बादलको सानो लहरको उपस्थिति मात्रमा किसान कुलाका मुहानहरु खेततिर सोझ्याएर आनन्दको निदमा शयर गर्छ । मेघको भाषा महादेव र इन्द्रले भन्दा बढी एउटा सामान्य किसानले बुझेको कुरा एउटा पौराणिक कहानीमा सुन्न पाइन्छ । मेघको भाषा बुझ्ने विषयमा किसानका अगाडि महादेवले शर्मनाक हार खानुपरेको छ । मेघमालाको भङ्गिमालाई कि त मयूरले नै राम्ररी बुझ्दो हो । जब मेघ गर्जिन्छ, जब बिजुली चम्किन्छ अनि मयूरजोडीको मधुमय मिलनको नृत्य फुट्छ रे । हामी मान्छेभन्दा त मयूर पो एक कदम अघि रहेछ । आकाशमा मेघको जालो बिछिनेबित्तिकै छमछम मयूरीनाचको थिरकनले दुनियाँलाई अचम्म बनाउँछ । कठैँ ! हामीले भुलेछौँ मयूरहरुका मयूरीनाचको नर्तन ।बादलु आकाश देख्नेबित्तिकै हामीभित्रको नर्तकीवेश खुल्नुपथ्र्यो छमछमी, बादलबाट बढीभन्दा बढी लाभान्वित धर्तीमा कुनै प्राणी छ भने मान्छेमात्र हो । मेघमालाको जुलुश हेरेर सबैभन्दा बढी नाच्नुपथ्र्यो भने मान्छेले पो नाच्नुपथ्र्यो । कहाँ गयो हामीभित्रको अहोभावको भाव ? मयूरले त्यो भाव सजिलै बुझ्यो, हामीले चाहिँ बिर्सिने ? यो हुन सक्छ ? हुनु नपर्ने हो तर धन्यवादको निसर्ग भाव मान्छेले गुमाउँदै आएका कारण पनि अनन्त दुःखको चक्रव्यूहमा रूमलिरहेको छ ।कि त मेघको अप्रतिम सौन्दर्य कविहरुले नै बुझेका छन् । संस्कृतका महाकवि कालिदासले आषाढको मेघलाई हुलाकी बनाएर प्रीतिको समाचार यक्षसामु पुयाएका छन् । जुन भाषाको प्रयोग कालिदासले गरे, जुन अलङ्कारको प्रस्तुति मेघदूतमा भयो, त्यो अद्भूत र आश्चर्यजनक छ । मेघलाई जुन रुपकमा देखे, त्यो एउटा कविले अनुभूति गर्ने काव्यात्मक अभिव्यक्तिको पराकाष्ठा थियो । रविन्द्रनाथ ठाकुरको अन्तिमअन्तिम जीवनी पढ्दा भेटेको छु, कुरा दोस्रो विश्वयुद्ध सुरू हुनुअगाडिकै थियो । उहाँ विश्वकविका रुपमा प्रख्यात भइसक्नुभएको थियो । एक दिन इटालीका शासक मुसोलिनीले उहाँलाई सम्मान गरेर निम्ता पठायो । उहाँ इटाली जानुभयो, इटालीको नेपल्समा प्रतिबन्धित जीवन बिताएका कलाका कोलम्बस बेनेडेटो क्रोचेसँग भेट भयो, त्यहाँका राजा ड्युकसँग पनि भेट हुन्छ । उहाँलाई ठूलो सम्मान दिइयो । त्यसपछि अन्य युरोपियन राष्ट्रहरुमा पनि उहाँको धुमधाम स्वागतसम्मान हुन्छ । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग पनि भेट हुन्छ । पाँच महिना युरोपमा अल्मलिएका बखतमा इरानका राजाले निम्ता पठाउँछन् । उहाँ त्यतैबाट इरान जानुहुन्छ । स्वागत, सम्मान र सुखसुविधाका बीचमा पनि उहाँभित्र एउटै तड्पन थियो, यसपालिको वर्षाऋतु मैले गुमाए । मेघले ढाकिएको आकाश बर्सिन, चुहिनलाई तयार कालो बादलको अपूर्व सौन्दर्यबाट वञ्चित हुनुपयो । आफ्नो जन्मभूमिमा भए मेघमालाको त्यो अद्भूत भङ्गिमा हेर्न पाउने थिएँ, उहाँको मनमा हर्दम यही भाव जन्मिन्छ ।सच्चा कविहरु मेघदर्शनको कति ठूलो प्यासा हुदाँ रहेछन् । मान, प्रतिष्ठा र भौतिकताको सुख स्वर्गभन्दा प्रकृतिमा उठ्ने बादलले दिने सुख ठूलो हुँदो रहेछ, यो कुरा ठाकुरको जीवनी हेर्दा थाहा पाइन्छ । मेघाच्छादित आकाश र निर्झर वर्षाको दृश्यप्रति यति ठूलो लालची पुरूष पाउन असम्भव लाग्छ । हाम्रा कवि लेखनाथले पनि ऋतुविचारमा मेघको जुन बिम्बरचना गरे, त्यो आफैँमा अद्भूत छ ।मेघ जब प्रशवपीडाले आक्रान्त भएर गड्याङ्गुडुङको चित्कार फ्याँक्छ, तब सुन्दर परिधानमा जन्मिन्छिन् वर्षा । वर्षा मेघकी छोरी हुन् । यस्ती साक्षात् छोरी, जसले प्रकृतिका हर जीवनलाई पारिदिन्छिन् हराभरा । हरेक जीवनको अन्तस् केन्द्रमा मेघको मृदुल राग गुन्जिएको हुन्छ भन्ने कुरा झुटो होइन । मेघपुत्री वर्षाको आवाजमा जीवनको गुञ्जन सुनिरहेछु । मेघलाई गर्भवती नारीरुपमा हेर्न खोजिरहेछु आज । एउटी गर्भवती नारीको प्रशवपीडाबाट सुन्दर शिशुको उपस्थिति हुन्छ । त्यसले तत्काल एउटा जीवनको प्रतीति गराउन सक्छ । तर गर्भिणी मेघ ब्याएपछि अनन्त जीवनका सुन्दर सुमधुर दृश्यहरु उद्भासित हुँदै जान्छन् ।मेघ वर्षाका रुपमा प्रकट भएपछि उसले आफ्नो चोला बदल्छ । मेघको गरिमा वर्षामा रुपान्तरित हुन्छ, फेरि वर्षा जीवनहरुमा रुपान्तरित हुन्छ । मेघमा भएको अमृततङ्खव एकपछि अर्को रुपमा फड्को हानेर धर्ती ओर्लिन्छ । धर्तीमा हरियालीको बहार रच्छ, रङहरुको होली खेल्छ, रुपहरुको हाट जमाउँछ । गन्धहरुको धुप सल्काउँछ । ध्वनिहरुको राग गुन्जाउँछ ।मलाई भावमा बगेका बेला कहिलेकाहीँ बादलमा रूझ्न मन लाग्छ । बादल अर्थात् कालोकालो मेघ । कालोकालो मेघ अर्थात् बर्सादका अमृतमय बुँदहरु वर्षामा रूझ्नु भनेको मेघसँग साक्षात्कार गर्नु हो । मेघसँगको जुन प्रेम हो, त्यसको दर्शन गर्नु हो । त्यसैले त जब झरी पर्छ, अनि झमझमी भिज्न मन लाग्छ । यो अभिप्साको अन्तर्यमा आफू मेघसँग गहिरो प्रेममा जोडिएको बोध हुन्छ । पारिजात दिदीलाई मन पर्ने ऋतु वर्षाऋतु थियो । जब असारे पानी बर्सिन्छ अनि निथ्रुक्क भिज्न मन पराउँछु र मेरा यौवनका दिनहरु झमझमी भिजेकी छु, भनेर लेख्नुभएको छ । मलाई लाग्छ दिदीलाई पनि मेघले घेरिएको आकाश मन पथ्र्यो । निर्झर वर्षाको गुञ्जन प्यारो लाग्थ्यो ।बर्सादमा भिज्नु जीवनरसको चास्नीमा पसेर मेघलाई अन्तर्दर्शन गर्नु हो । मेघको आस्वादन शरीरका कोषकोषमा पुयाउनु हो । कुनै विचारकले दिएको महान् वाणी छ । उनले प्रत्यक्ष प्रयोग गरेको घटना छ बर्सादको पानीले बोटबिरूवालाई, अन्नबालीलाई, सिङ्गो वनस्पति जगत्लाई फाइदा गर्छ भने पानीले तिनका जरामा जीवन भर्छ भने मान्छेचाहिँ यति महान् घटनाबाट किन वञ्चित रहने ? जति भिज्यो त्यति फाइदा हुन्छ । एउटा बिरूवालाई जति भिज्यो, त्यति फाइदा मिल्छ भने हामीचाहिँ ओत लागेर किन ठगिने ? यसो भन्दै उनी भिज्न निस्किन्थँे । पानी परेपछि अरु ओत खोज्थे ? उनीचाहिँ रूझ्न बाहिर आउँथे । ती विचारक या साहित्यकारको नाम ठ्याक्कै सम्झनामा भने आएन तर उनको वर्षादर्शनको यो विधि मलाई निक्कै प्रेरणादायी लाग्छ । भित्री चाह हुन्छ वर्षामा अघाउँजी रूझूँ । तर रूझ्ने बहानासम्म गुमाएर विकलाङ्ग समय भोगिरहेछु । सानोमा केटाकेटी हुँदा बाख्रा चराउन, मौबोटे, खिर्राबोटे, साल्बोटे, हर्राभन्ज्याङ, मरडाँडाको पाखामा जाँदा पानीले बेस्कन कुटिएको छु । त्यतिखेर मुसो हुन्जेल रूझेको अनुभव छ तर त्यो रूझाइ बोधपूर्ण थिएन, होशपूर्ण थिएन । काव्यानुभूतिको सुख थिएन । त्यतिखेरको त्यो रूझाइमा त्यो चरम दुःख थियो । पींडा थियो । अभावको दंशले दंशित रूझाइ थियो ।आशावादीहरु कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने कहावतमा रट लाउँछन् । मेरो नजरमा यो कुरा गलत छ । कालो बादलमा भएको चाँदीको घेराले खोइ के दिन सक्ला, एउटा भ्रमको झलक दिनुसिवाय । यो उखानलाई उल्ट्याएर कालो बादलको घेरामा पानी छ, वर्षा छ, जीवन छ, अमृत छ भन्दा पो हामी सार्थक सत्यको सन्निकट हुने थियौँ कि ? नजिकै आँपका दानाहरु नुहेका छन्, त्यसमा बादलकै प्रतिबिम्ब देख्छु । फूलहरु पुष्पित, पल्लवित छ, त्यसमा पनि कालो बादलकै आभास भेट्छु ।बगैँचाको किनारमा बसेर गोधूलि आकाशको दर्शन गर्दा हिजैमात्र आठ रङका बादलहरु एकमाथि अर्का खप्टिएको पाएँ । कुनै तताएको फलाम जस्तो रातो, कुनै कलेजी रङको, कुनै कालो चुक घोप्टे जस्तो, कुनै सुनौला रङको, कुनै सफेद सेतो, कुनै खैरो, कुनै बैजनी, कुनै सुन्तला रङको । सबभन्दा वर अनि तल कालो रङको बादल छ । उसले मादल होइन तबला बजाएको छ । खोलाकिनारबाट उठ्यो सप्तरङ्गी इन्द्रेणीको धर्सो । केही क्षणमा हावाको सानोसानो झोक्का सँगै बस्र्यो बादलनिर निर्झरी । मेरा आँखा अश्रुपुरित बन्छन्, यस्तो दृश्यले अक्सर मलाई घायल गर्छ । माथि मेघबर्साद तल अश्रुबर्साद । तर यो घायलचोट मीठोमीठो लाग्छ । यसमा पींडाको कुनै दंश छैन, यो त हृदयले प्रकट गरेको अहोभाव हो, यस्तै अहोभावमा बगिरहनु, मेघमहिमा कथिरहनुमा जीवनको काव्यिक सुख भेट्ने गर्छु । मेघाच्छादित आकाश हेरी हृदयको प्यास मेट्ने गर्छु । अस्तु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
'छुई...पकन्दी भनेको के हो बूबा ?'
निबन्ध
डा. नवराज सुब्बा
7, 2009, 8:09
डा. नवराज सुब्बा
'यो ज्यानको माया के मायाजन्मेको भूमि ठूलो रैछहिमाली छाया देशको मायापरन्तुसम्म लाग्दो रैछ' ... मैले गाउने पालामगीतको अंश हो यो । यो गीत गाउँदा मेरो एक वर्षीय नाति 'अनुभव' कम्मर भाँचेर, टाउको हल्लाई हल्लाई खुशीले नाच्ने गर्दछ र यता हामी परिवार उसको यो चर्तिकला देखेर थपडी बजाउँदै औधि रोमाञ्चित हुन्छौं । तर यही गीतको अन्तमा जब म 'छुई पकन्दी' भनेर लामो लेग्रो तान्दछु तब ऊ एकाएक अनुहार खुम्च्याएर आँखा चिम-चिम गर्दै बरर आँशु झारेर रुन थाल्छ । यो घटना संयोग मात्र हो कि भन्ठान्यौं । तर गीतको अन्तमा हरेक पटक जब 'छुइ पकन्दी' गीत बज्छ तब ऊ रुन थालेपछि भने हामीले गीतको यो अंशलाई गाउन र बजाउन छाडिदियौं । यसको केही दिनमा जेठो छोरा कौशलले मलाई सोध्यो - 'छुई पकन्दी भनेको के हो बूबा -' मैले तत्कालै स्फूर्त जवाफ दिएँ - नेपालीगीतमा 'ल है' भने जस्तै हो । यो मेरो जवाफले कान्छो छोरा निश्छलको चित्त बुझेन छ क्यार उसले केही दिनपछि फेरि उही प्रश्न सोध्यो । मैले भनें- 'हेर बाबू यसको अर्थ धेरै हुन्छ । ए साथीभाई हो भन्ने पनि हुन्छ, तन्देरी भए हे जोडी भन्ने अर्थमा आफ्नो प्रियतम म यहाँ छु है ! भन्ने पनि हुन्छ' भनेर सम्झाएँ । यसरी मैले पटक पटक जवाफ दिएर सम्झाए पछि भने मैले नै दिएको जवाफप्रति मलाई शंका लाग्न थाल्यो । र मेरा जवाफले मेरा दुइ छोराहरूको चित्त बुझ्यो बुझेन भनेर निन्तित भएँ । आज यो सवाल हाम्रो संस्कृतिको सारै मीठो अनि प्यारो शव्दावली टिपेर मेरा संततीले मलाइ सवाल गर्दैछन् जसको जवाफ मैले वास्तवमा चित्तबुझ्दो ढङ्गले दिनुपर्दछ यो मेरो दायित्व हो भन्ठानें मैले । कतै मैले बुझेको अर्थ भन्दा अरु कुनै अर्थ पो छ कि यो शव्दावलीमा भनेर म घोत्लिन थालें । सवालको जवाफले मेरा सन्ततीमा कस्तो विम्व बन्यो होला भनेर म भित्रभित्रै छट्पटाएँ । लाग्यो यो सवाल मेरा दुइ छोराहरुको मात्र होइन, मेरा नाति अर्थात् आउने सन्ततीले सोध्ने वा सोध्नै पर्ने प्रश्न हो जसको जवाफ मुख टाल्ने हिसाबले मात्र हैन चित्तबुझ्दो किसिमले दिइनुपर्दछ भन्ने लाग्यो । मैले लिम्बूभाषा र संस्कृतिका विज्ञहरुसंग सोधखोज गरें । केही सन्दर्भसामग्री हेरें । इन्टरनेटको पनि सहयोग लिएँ । लिम्बूसंस्कृतिका विज्ञ वैरागी काइँलासंग पनि भलाकुसारीमा यसबारे जिज्ञासा राखें । अर्का लिम्बूभाषा तथा संस्कृतिविद् येहाङ लाओतीसंग पनि सम्पर्क राखें । यसरी मेरो जिज्ञाशाको लहरो यहीँ टुङ्गिएको छैन तापनि हालसम्मको मेरो अध्ययनको आधारमा 'छुई पकन्दी' को अर्थ निम्नानुसार पाएँ । हाम्रो मुलुक पहाडै पहाडले बनेको छ । लेक वेशी गर्नु हाम्रो दिनचर्या नै हुन्छ पहाडमा । हेर्दा पहाड जति शुन्दर छ त्यहाँ हिड्दा मात्र हिड्नुको दुःख थाहा हुन्छ । कुनै पहाडको फेदबाट माथि पहाडको टुप्पो हेर्दा एउटा हिमाल जस्तै काहाली लाग्दो चुनौती देखिन्छ त्यहाँ । यस्ता पहाडहरू दिनमा कतिओटा हो कति कतिपटक हो कति छिचोल्नु पर्छ हामीले । जब एउटा लिम्बू यूवक यस्तै एउटा पहाड छिचोलेर पहाडको टुप्पोमा पुग्छ तब त्यहाँ भएको कुनै ढुँगोमा चढेर वा ढिस्कोमा उक्लेर त्यो पहाडै उराल्ने गरि कर्ुलन्छ- 'छुई...पकन्दी' । यो विजयको उद्घोषणा हो । कुनै हाटमेला जाने बेलामा यसरी नै कुर्लिएको हो भने आफ्ना तरुनीलाई म यहाँ आई पुगें है लुङ्गाज्यू भन्ने एकप्रकारको जनाऊ हो यो । जे होस् यो कुर्लाइमा जत्ति जोश छ, उत्ति नै प्रेम छ अर्थात् जीवन छ । यसैले यो शव्दावली लिम्बूसंस्कृतिको अति नै प्यारो भावनाको प्रतीक हो जसलाइ हामीले हाम्रा सन्ततीलाइ सम्पदाको रुपमा हस्तान्तरण गर्दै जानुपर्दछ । यही 'छुई पकन्दी' सुनेर आज मेरो नाति यसरी रोएको देख्दा मैले मेरो बाल्यकाल पनि सम्झें । गाईवस्तु चराउन जाँदा मेरी कान्छीफूपू रुखको फेदामा बसेर लामो लेग्रो तान्दै पालाम् गाउनु हुन्थ्यो । मसंग मुन्टो फर्काएर कतै डुबेर धेरैबेर गाइरहनु हुन्थ्यो । वरिपरि रुखका पात र हाँगाहरुमा बसेर किराहरू अर्थात् झ्याउकीरी एक सुरले कानै खानेगरि कराइरहेका हुन्थे । अलि पर चूँवाखोला सुसाइरहेको हुन्थ्यो । म बालक अलमल्ल परेर यी संगीत सुन्न बाध्य थिएँ । लाग्छ मलाई त्यसबेला त्यो गीत अर्थात् संगीतले आनन्द भन्दा पनि एकप्रकारको डर, त्राश, दुःख वा पीर जस्तो भावको सिर्जना गरेथ्यो । मेरा कान्छा काका जो आज यस दुनियाँमा हुनुहुन्न म उहाँलाइ पनि सम्झन्छु । उहाँ घाँसका भारी बिसाएर पसिना पुछ्दै चौताराको अग्लो ढुँगामा बसेर लामो स्वर तान्दै पालाम् गाउनु हुन्थ्यो । शायद उहाँको श्रोता त्यहाँ म नै हुन्थें जसले संगीतको भावार्थ केही पनि बुझेन उसबेला । तर उहाँको लामो लेग्रो तनाइ तल तम्मरको सुर्साई जस्तै लाग्दथ्यो म डराउथें । यो दुनियाँमा म एक्लो रहेछु भन्ठान्थें पालामको भावार्थ केही नबुझे पनि किन किन म मनमनै रुन चाहन्थें । आज मेरो नाति सायद यो लामो लेग्रो तान्दा सायद त्यही भाव उत्पन्न भएर रोएको होला, म केवल अनुमान गरिरहेछु । र, आज यसको अर्थ खोज्ने प्रयत्न गरिरहेछु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
कथा लाखौं कविहरूका
निबन्ध
गिरि श्रीस मगर
23, 2009, 11:35
१२ मार्च २००९ को कान्तिपुर प्रवास संस्करणको ‘रेगिस्तानबाट सप्रेम’ स्तम्भमा पत्रकार देवेन्द्र भट्टराईले एक गजलकारस“गको वार्ताका क्रममा कतारमा ३ लाख नेपाली रहे पनि झण्डै ६ लाख नेपाली, कवि र गजलकार छन् भन्ने कुरा उल्लेख गरेका छन् । यो अभिव्यक्तिमा प्रवासपीडाको गहिरो कथानुभूति अन्तरनिहीत छ । उ“धो मात्र बगिरहेको जीवनप्रवाहमा हेलिएर भट्टराईजीले ‘रेगिस्तान’ नामाकरण गरेको यो भूमिमा बरालिएको पनि झण्डै ३ वर्ष पुगिसकेछ । यस बीचमा मैले यहा“ नेपालीका आ“सु, रगत र पसिनास“ग गा“सिएका धेरै धेरै कथाहरु भेटेंको छु त्यसैले मलाई अरेबियन सागरले घेरिएको यो सानो टापु कथाहरुको महासागरजस्तो लाग्दछ । कथाहरु बग्दै बग्दै आउ“छन् नदीहरुस“गै र मिसिन्छन् यो सागरमा । मनको तापले वाष्पीकृत भएर कथाहरुको यो महासागरबाट दुःख र ग्लानी, आशा र अनुराग, माया र मोहका ज्वारभाटाहरु उठिरहन्छन् निरन्तर । सपनाका सघन आयतन सागरका छालजस्तै भएर फैलिदा मरुभूमिमा पनि लाखौं कविहरु भेटिने रहेछन् । “भइमा झरेको फुलजस्टो भइगो जिन्दागी हावामा उदेको पाटजस्तो भइगो जिन्दागी....” टुटेफुटेका शब्दहरुको यो जोडजाम कविताका पंक्तिजस्ता लाग्दछन् । सल्वा रोडको स्काइ ब्रिज प्रोजेक्ट अन्तर्गतको सडक किनारमा भेटिएको कार्डबोर्डको टुक्रामा पेन्सिलले लेखिएका थिए यी पंक्तिहरु । र, तलपट्टि लेखिएको थियोपंकु राई, धनकुटा । सडक किनारमा लहरै उभिएका खजुरको बुटाहरुका अद्र्घछहारीमा मध्यान्ह्को खानापछि ढाड सोझ्याउन पल्टिन्छन् निर्माण मजदुरहरु । एक हिसाबले यिनका लागि सडक नै कर्मथलो भएको छ र सडक किनार नै आश्रयस्थल पनि । यिनले कता कताबाट कार्डबोर्डका टुक्राहरु जम्मा पारेर ल्याउ“छन् , जोड्जाड गर्छन् र पल्टेर त्यसैमा केहीबेर, प्रचण्ड गर्मीको तापलाई बिर्सेर मनको ताप अनुभूति गर्छन् । चिम्लेर आ“खा, मानौं आफ्नै जीवनको सिंहावलोकन गर्छन् । यी पंकु राई नामक मनुवा त केवल प्रतीक हुन् मरुभूमिमजदुरहरुका । सुनिल्याउ“दा यी नेपालीहरुका कथा अन्त्यहीनजस्तै लाग्छन् र प्रत्येक कथामा पुनरावृत्तिको आभाष भइरहन्छ । एकछाक खान नपुग्ने खेतबारी, वर्षा नओत्ने झुपडी, रोगले ग्रस्त बाबा आमा, ऋणको सा“वाव्याजको जंजीरले बा“ध्दै गइरहेको घरव्यवहार । भाइबहिनीहरुप्रतिको कर्तव्यबोध, स्वास्नीका सपनाहरु र लालाबालाहरुका भविष्य । सेनाप्रहरी र माओवादीहरुको दोहोरो पेलाईको विराट अत्याचार । दुःखैदुःखका यी पहाडमुन्तिर पिसिंदा गाउ“मा बस्नै नसक्ने परिस्थिति । ऋणमाथि ऋण थप्दै मेनपावरलाई १ लाख रुपैया“सम्म नगद बुझाएर कतार हानिएको कथा । कथाहरुको हरेक इपिसोड वियोगान्तको नालीबेलीजस्ता लाग्छन् । कविताका पंक्तिजस्ता लाग्ने पंकु राई प्रवृतिका वेबारिसे अभिव्यक्ति मूलतः दुःखकथाका इपिसोड मात्र हुन् । ऐंठन त्रासदी भोगेर बा“चिरहेका दुःखी मनुवाहरुद्वारा अभिव्यक्तिको खोजी । हो त नि, अभिव्यक्तिको खोजी नै पहिलो खोजी हु“दो रहेछ । आ“सुमा भिजेका उकुसमुकुस पीडाहरुलाई अभिव्यक्त गरेर हल्का हुन खोज्दो रहेछ मान्छे । बा“ड्नलाई धेरै दुःख र अनुभूतिहरु छन् तर बा“ड्ने पो कोस“ग हो ? सडक पेटीमा,निर्माणधीन गगनचुम्बी महलहरुमा, कल कारखानाहरुमा, इन्धन संकलन तथा प्रशोधन केन्द्रहरुमा, जमीनमा या समुद्रमा जहा“ हेरे पनि आफूजस्तै रगतपसिनाले निथ्रुक्क भिजेको नेपाली नै देखिन्छ । त्यसबाहेक देखिन्छन् त सजातीयका रगतपसिनाले मोटाएका किर्नाहरुको दिगमिग दिगमिग लाग्ने क्रूर थुतुनो मात्रै । यो प्रदेशमा दुःख बा“ड्नका लागि आफूजस्तै दःुखिया बाहेक अरु कोही छैनन् स्वजन र साथीहरु । ती पनि घडीको एलार्ममा दगुरादगुर गर्ने यन्त्रमानव बनेका छन् । अनि छियाछिया मनबाट उकुसमुकुस भावनाहरु पोखिन्छन् कार्ड बोर्ड पेपरमा, सिगरेटका खोलहरुमा, कोठाका भित्ताहरुमा, डायरीका पानाहरुमा, प्रियसीका तस्वीरहरुमा । पोखिएका ती भावनाहरुमा आहत र वेबारिस कवि रोइरहेको हुन्छ । रोल्पा थवाङ्गका नरे मगर डा“डामाथिको जूनजस्ती आमा र फक्रदै गरेको फूलजस्ती बहिनीको मृत्युपीडामा छट्पटिदै कतार आइपुगेका हुन् । २०६० साउनमा कलकलाउ“दी बहिनी माओवादीको आरोपमा सेनाको फन्दामा परेर अकल्पनीय रुपमा मारिई । नरे दोहोरो त्रासले घर छोडेर भाग्ने अवस्थामा पुग्यो । आमा पीरै पीरले मरिन् । स्वास्नी र नाबालक छोरा बेसाहारा भए । २०६२ को वैशाखमा ससुरालीको आड्भरोसामा लाख रुपैया“ खर्चेर कतारतिर उडे उनी । तर दुई दिनमै थाहा भयोजीवन त रोल्पामाभन्दा पनि कष्टप्रद रहेछ यहा“ । पीडाहरुको छपनीले दःुखिया नेपालीलाई जहा“ गए पनि थिचिरहने त रैछ नि । ९ सय रियाल तलब भने पनि मासिक ५ सय मात्र पाउने भए उनले, त्यो पनि कहिले पाउने अनिश्चित । महिनौंसम्म उनले ‘खबुस’ (यताको सबैभन्दा सुलभ र सस्तो रोटी) र पानीको भरमा प्राण धाने । सुत्नलाई सडक किनारमा फालिएको थोत्रो बस दिइएको थियो । उखरमालो गर्मी र उष्णताले गर्दा कैयौं रात उनी सुत्न सकेनन् । दिवंगत आमा र बहिनी, असहाय स्वास्नी र नाबालक छोराको सम्झनाले रातको एकान्तमा उनको मुटु भक्कानिएर आउ“थ्यो । गर्मीले आकुलव्याकुल उनलाई रुकुमको चीसो पानीको तृष्णाले रुवाउ“थ्यो । अहिल्यै भागेर जाउ“जस्तो हुन्थ्यो तर त्यो सम्भव थिएन । झण्डै २ वर्ष हाड घोट्दा पनि ऋण तिर्न सकेनन् उनले । २१ औं महिनामा रिलिज लिए उनले र अर्को कम्पनीमा काम गर्न थाले । दुःखका दिनहरु त उस्तै नै हुन् तर नया“ कम्पनीमा आएपछि एकजना सहृदयीको संगतले गर्दा उनले क ख पढ्न शुरु गरे । महिनौंको मिहिनेतपछि कनीकुथी गरी पढ्न लेख्न सक्ने भएपछि लेख्न थाले उनले वर्षौदेखि गुम्सिएका भावनाहरु । कतिसम्म भन,े रातभरि आफ्नी प्रियालाई चिठी लेखिरहन्थे रे । लेख्न सक्ने भएपछि मानौं थुनिएको मनको बा“ध फुट्यो । र अर्को एउटा नेपाली, कविमा आरोपित भयो । “नाउ मेरा नरे हजूर ठवाङ मेरो ठाउ कइले नीको होला नी मनको मेरा घाउ” तनहु“ मिर्लुंङ्ग गाविस७ का टेकेन्द्र बानिया“को प्रेमकथा पनि मिसिएको छ कथाहरुको महासागरमा । असाध्यै माया गर्थे उनले आफ्नी पत्नी सीतालाई । प्रेम थियो तर गरीवी पनि थियो । गरीवीमा भोक, रोग र इच्छाहरुको उ“चो उडान थियो । तर थिएन भात, ओखती र इच्छाहरुको अपेक्षित अवतरण । त्यसैले सीताको इच्छालाई आत्मसात् गरेर बेरोजगार टेकेन्द्र हिडे रोजगारीको खोजीमा । २०६२ फागुन ३ गते लेखको रेखाले आखिर उनलाई ल्याइपुर्यायो दोहा विमानस्थलमा । प्रारम्भमा खुबै छट्पटिन्थे उनी पत्नीको वियोगमा । औला भा“चेर बस्थे घर फर्कने दिनको प्रतीक्षामा । वियोगमा जल्दै गरेको उनको जीवनमा आ“धी हुरीजस्तो खबर लिएर आयो २०६३ पौष १७ गतेको बिहान । सीताले छोडेर गइछन् टेकेन्द्रको जीवन डुंगा र जोडिछन् आफ्नो नाम अरु कुनै पुरुषस“ग । जसको खुसीका लागि टेकेन्द्रले यता दुःखहरुको पहाड उठाउ“दै थिए, जोस“ग जोडिएर उनले जीवनका सप्तरङ्गी सपनाहरु सजाएका थिए र जसको सम्झनामा भावविवल भएर पलपल रोई काटेका थिए दिनरात, उसैले यो घात गर्दा टेकेन्द्र बौलाहाजस्तै भए । यसरी अर्को एउटा कवि जन्मियो कतारमा । “रोपी गयौ छुरी मेरो विश्वासमाथि खुसी खोज्न टेकी गयौ मेरो लासमाथि ।” भन्छन् मान्छे जीवनमा एक न एकदिन कवि भएकै हुन्छ रे । मूलतः मान्छेको जात नै कविको जात हो । मान्छे अभिव्यक्ति स्वतन्त्रताभन्दा पहिले अभिव्यक्तिको माध्यम खोज्दछ । त्यसैले अक्षरहरु र ती अक्षरहरुमाथि अभिव्यक्तिको विश्वास रहेसम्म एउटा श्रापित वनबासजस्तो यो मरुभूमिमा, जसको तापले मात्रै होइन , घरको दुःख र स्वजनहरुको पीडा, मुलुकको दारुण अवस्था र डुब्दै गरेको भविष्यले पिरोलिएर मरुभूमिमजदुरहरु आफ्नो छट्पटीको अभिव्यक्तिको लागि टुटेफुटेका शब्दमै सही, केही न केही लेखेर कविमा आरोपित भइरहने छन् । यी दःुखिया नेपालीहरुको आ“सुले यो अरेवियन सागरको पानीलाई अरु नुनिलो बनाउ“दासम्म आ“सुस“गै झरिरहनेछन् कविताका पंक्तिहरु । त्यसैले भनेको, यो मरुभूमिमा कविहरुको जन्म एउटा अलिखित् परम्परा हो । यो वर्ष जनवरीमा कतार उत्रिएकी झापा दमक११ की राधिका लिम्बूले घरेलु कामदारको रुपमा काम गर्न नसकेर गएको फेब्रुअरीमा दोहास्थित नेपाली नियोगमा शरण लिइन् । लोग्नेको उत्तरदायित्वहीन बेहोराबाट आजित भएर र छोराछोरीको भविष्य सोचेर, जस्तै दुःख नि गरौंला भनी दिल्ली हु“दै कतार आएकी बा“केकी सुकमायाले घरेलु कामदारको रुपमा ६ महिनासम्म नरकको सास्ती भोगिन् र एकदिन मौका पारी भागेर शरण लिइन् । “बहुत बडा पिलेनमा बैठेर आइयो” भन्ने कर्ण बहादुर यादवका साना साना सपनाहरु पनि कहिल्यै पूरा भएनन् र उनले कतारमै आत्महत्या गरे जुन महिनामा । जिन्दगीबाट हारेर मुक्तिनाथ घिमिरेले आत्महत्या गरे त्यही महिनामै । सुर्खेत वीरेन्द्रनगर५ का नर बहादुर राना, धनकुटा मुगा६ का रुद्र बहादुर घिमिरे कामबाट फर्केपछि सुतेका थिए, फेरि कहिल्यै उठेनन् । यी सबै नामहरु त मात्र प्रतीक हुन् दुःखका, दुःखको फेहरिस्त त सकिदैन बाबै यसो गमील्याउ“दा दुःखमाथि महादुःखको अनुभूतिले पोल्छ भत्भती किनभने कतारमा मात्रै २४ जनाले प्राण त्यागे गएको मई १ देखि जुन ४ तारिखसम्ममा । यहा“का दुःखियाहरु रोई कराई गरेर लास पठाउन चन्दा उठाइरहेछन् र उताका दःुखियाहरु आफ्ना सपनाहरु आर्यघाटको चीतालाई सुम्पेर प्रियजनको लासको प्रतीक्षामा त्रिभुवन विमानस्थलको हातामा आ“सुको झरी आयोजन गरिरहेछन् । विदुषकहरुको टोलीजस्तो लाग्ने सरकार नामक ‘नीरो’ भने जीवनको मूल्यमा प्राप्त ‘रेमिट्यान्स’मा लात्तीको पार लगाएर नया“ नेपालको नाममा पुरातन् भजन गाइरहेछ । जीवनको सौन्दर्य अनुभूति गर्नै नपाई ‘इडिपस’ वियोगान्तजस्तो मृत्युवरण गर्ने यी एक एक नेपालीहरु सम्झील्याउ“दा एक एक कवि त थिए नि बाबै बालककालमाजस्तै फेरि एकपटक आमाको काखमा पल्टिएर मनभरि रुने इच्छा हु“दाहु“दै पनि त्यो इच्छा कहिल्यै पूरा गर्न नसक्नेहरु कति छन् कति । वर्षौदेखि बाबाआमाको हातबाट दसैंको टीका थापेर कानमा जमरा पहिरिने आकांक्षाहरु जमराजस्तै पहेंलिएका, कति छन् कति । दिदीबहिनीका हातमा वर्षौदेखि प्रतीक्षारत् सयपत्री फूलका मालाजस्तै ओइलाएका इच्छाहरु कति छन् कति । पत्नीका यौवनजस्तै सुक्दै गएका तृष्णाहरु र नानीहरुको रहरजस्तै अभिशप्त हु“दै गइरहेको भविष्यले एक डल्लो परेर ऐठन गरिरहन्छ मरुभूमिमजदुरहरुलाई । यो ऐंठनको निरन्तरताले आक्रान्त यिनले अभिव्यक्तिको माध्यम खोज्दै घाउजस्तै दुख्ने शब्दहरुमा लिपिवद्ध गर्छन् आफ्ना भावनाहरु । जसमध्ये धेरै थोरैलाई मात्र पढ्न पाइन्छ हरेक विहीबार कान्तिपुरको प्रवास साप्ताहिक र राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकको सृजना स्तम्भहरुमा । तथापि ती हुन्छन् दर्जनौंका संख्यामा । काव्य समीक्षकहरुको दृष्टिमा यिनका भावना कविता होइन होला । तर भावनाको श्रेष्ठता नाप्ने के ले हो ? हा,े आ“सुका प्रतीक बनिसकेका यी मजदुरहरुका अभिव्यक्ति नितान्त व्यैक्तिक मात्र लाग्न सक्छ । तिनमा शैली र शिल्प छैन । तिनमा कविताको तुकबन्दी या गजलका मत्ला र शेर छैन । तिनमा छैन नया“ नया“ प्रयोग र प्रस्तुति । नेपाली साहित्यको सम्पूर्ण र एक मात्र ठेकेदार राजधानीका ‘साहित्यसिन्डीकेट’द्वारा संचालित प्रवुद्ध कवि वर्ग र नया“ पुस्ताका प्रयोगधर्मी ‘मोडेल’ कविहरुले यी अशिक्षित, बलौटे दुःखियाहरुको लिपीवद्ध भावनाहरुलाई कविताको नाममा कलङ्क भन्नु अनौठो भएन तर के यी दुःखियाहरुको भावनामा कविताको विराटता छैन त ? खोज्ने हो भने त यिनका भावनामा महाकाव्यहरुको कथावस्तु छ नि आखिर दुःखकथाहरुको महासागरबाट नै निसृतः भएका हुन् यिनका भावनाहरु । हरेक महिनाको दोस्रो शुक्रबार दोहाको जेइदा पार्कको कविता कुनोमा जम्मा हुन्छन् यहा“का बलौटे कवि कलाकारहरु । गत जुलाइको दोस्रो साता पनि जम्मा भए यिनीहरु । यिनले मृत सागरमा डुबेका १२ जना नेपाली र तिनका सहयात्रीहरुको मृत्युमा शोकसभा गरे । यिनले शोकाकुल हु“दै कविता सुनाए । देशभित्रै दर्जनौं नागरिक झाडापखालाबाट मृत्युको मुखमा परिरह“दा पनि समयमै ध्यान दिन नसकेको सरकारलाई यति टाढाका नेपालीको मृत्युले किन पो छोयो होला र ? तर आफ्नै प्रतिविम्व लाग्ने नेपाली सहकर्मीको मृत्युले यी मजदुर कविहरु भने औधी विचलित भए । यिनले आफ्नै मृत्युबोध गरे तिनको मृत्युमा र आफ्नै केटाकेटीका भविष्य डुबेको अनुभूति गरे डुबेको जहाजस“गै । यिनीहरुको यो संवेदना मर्ने छैन कहिल्यै । र, सुदूरसम्म दुःखपूर्ण कथाहरुको यो अपरम्पार महासागरबाट निस्किइरहनेछन् कविहरु किनकि दुःखको यो कथासागर दिव्य १२ वर्षको हो र यस्तो लाग्छ, दुःखान्तको यो इपिसोड दिव्य १२ वर्षसम्म चलिरहनेछ । यो मरुभूमिको सुदुर एकान्तका भेडीगोठहरुमा गोठाले जीवन बिताइरहेकाहरुस“ग रातमा भेडीगोठको अन्धकारलाई हटाउन लालटेनको उज्यालो छ तर रातजस्तै जिन्दगीको यो विराट अन्धकार हटाउने ज्योतिको श्रोत कहा“ छ ? ५० डिग्री सेल्सियसको गर्मीमा कतारको अनकन्टार मरुभूमिहरुमा रगत र पसिना मिसाएर गैंती, बेल्चा र सावेलले बाटो खन्ने यी मजदुरहरको आफ्नै जीवनको बाटो खन्ने साधन के हो ? जुन दिनदेखि यी दःुखियाहरुले यी प्रश्नहरुमाथि घोत्लिदै रगत, पसिना र आ“सुको रेमिट्यान्सको मूल्य खोज्न थाल्नेछन् , यिनको कविता लेखनको यो रुन्चे शैलीमा एकाएक परिवर्तन आउनेछ । यिनले दुःखको महासागरमा डुब्न अस्वीकार गर्दै दुःखविरुद्धको विद्रोहलाई कविता लेखनको विषय बनाउनेछन् । तब यिनको जीवनमा नभेटिएला त कविताको सौन्दर्य ? कृपया नसोध्नु होला किन छन् कतारमा ३ लाख नेपालीमध्ये ६ लाख जति कवि र गजलकार ? १५ जुलाई २००९ बुटवल, हालः दोहा,कतार ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
आमालाई सम्झँदा
निबन्ध
उमेश राई 'अकिन्चन'
11, 2009, 1:54
'यहाँ कत्ति गहिरो छ जिन्दगी जिन्दगी भन्दा गहिरो खस्छ आँसु' म आफ्नै अक्षरसँग छु । अक्षरले दिने आनन्द सायद अब कुनैं कुराले दिदैन।आँखाहरु संसार हेर्नलाइसपना देख्नलाइ मात्र होइन आँसु झार्नलाइ पनि रहेछ ।म रोकिएको छुआफ्नै घाउहरु छामेर । घाउहरु सबैसँग हुन्छ मसँग पनि छ । २०६२ पौष ८ जुन दिनदेखि छुटे सारा अतीत र उमंगहरु अहिले पनि सम्झन्छु र निरास बन्छुसुखले दःुखले जीवन चलेकै छअभाव छ भौतिक अभाव पुरीन्छ उक्किन्छ तर आमाको अभाव सधैँ सधँै रहिरहनेछ । संझछु 'जंजिर' चलचित्रमा अमिताभ वच्चनले बोलेको संवाद 'तिमीहरुसँग के छ त्यस्तो जो मसँग छ मसँग मेरी आमा हुनुहुन्छू कस्तो विडम्बना ! अमिताभले बोलेजस्तो अब मसँग मेरी आमा हुनुहुन्छ भन्ने गर्व पनि रहेन ।२ वर्ष पहिले जस्तो लाग्छ इन्डोनेशियामा भूकम्प जादा निकै धनजनको क्षतिभयो।त्यहिबेला 'हिमालयन टाइम्स' पत्रिकामा एउटि ७-८ वर्षकी बच्ची रोइरहेकी तस्विर देख्दा साह्रै नरमाइलो लाग्यो ।जीवन कसैको पनि स्थायी हुन्न । तर सानै उमेरमा आमा गुमाउदा स-साना नानीहरुलाई पर्ने मनोवैज्ञानिक असुरक्षाको अनुमान मात्र लगाउन सक्छु म ।म टाँसिन खोज्छु अखबारको पृष्ठमा जहाँ भूकम्पका कारण आमालाई गुमाएर ७-८ बर्षकी बच्ची आफन्तहरुसँग कारुणिक रुपमा रोइरहेकी छ।हाम्रो यो उमेर र त्यो बच्चीको कलिलो आँसु ।नीयतिले हिर्काएको कोर्रा दुख्छु र भावुक बन्छु ।कोलम्बसलाई जित्छु भनेर जत्तिनै हिडेपनिहिडाइ जहीँको तहीँ हुने रहेछ ।नयाँ कोलम्बसले पत्ता लगाइसक्ला अर्को अमेरीका तर हामी आमा बाबाको उचित ब्यबस्था गर्न नसक्ने रहेछौ ।िनकी समयको कुरुप अनुहारभित्र केवल हामी 'म' हुनुको खुसी बाँचिरहेछौ। हामी यो वा ऊ बहानामा कति स्वार्थी हुन्छौ भने घरमा एक्लै छाडेर आमा बाबालाई हामी आफ्नो भविष्य खोज्न तल्लिन बन्छौ ।हामी पनि ४ दाजुभाइ ठूलो दादा दिल्ली सानाे दादा र सानोभाइ हङकङम काठमान्डु । त्यतिखेर ठूलो दादा नेपाली दूतावास नयाँ दिल्लीमा कार्यरत हुनुहुन्थ्यो । ठूलो दादालाई भेटन जाने सिलसिलामा आमाले आफ्नो सुटकेसमा आफैले नाम लेख्नु भएको रहेछ । पोहोर दशँैमा घर गएको बेला आमाको अक्षर सुटकेसमा देखेर भावुक बनेँ ।सबै पढेलेखेका छोरा बुहारी हुदाहुदै पनि आफ्नो सुटकेसमा जानि नजानि आफ्नो नाम लेख्नुपरेको बाध्यता सम्झेर मनै छिया-छिया बन्यो ।घरमा विभिन्न सजावटका सामानहरुले िसंगार्नु फोटोहरु राख्नु त्यति अनौठो होइन । सायद त्यही भएर होला 'ताजमहल' को क्रस स्टिच हाम्रो घरको भित्तामा झुन्डिरहेछ । जुन ताजमहलको चित्र आमाले २०२७ सालमा हङकङ बस्दै बनाउनु भएको बताउनुहुन्थ्यो।'ताजमहल' अमर प्रेमको प्रतीक हो । प्रेमका बादलहरु सधै उडिरहुन।उडिरहुन माया र सदभावका विमानहरु ।मानिस र मानिस बाँच्ने संसार रहेसम्म माया बाँचिरहनेछ । नबाँच्ने त घृणा हो जस्को आयु आवश्यक पनि हुदैन ।आमाको सम्झनाको लागि कुनै कारण वा प्रसंग चाहिदैन तर यो 'ताजमहल'को चित्रले मलाई भने आमाकै अनुहारआमाकै आवाजको झझल्को दिइरहन्छ ।कारण के भनेआमाले हाँसखेल गर्दै 'ताजमहल' देखाउदै भन्नुभएको वाक्य सम्झन पुग्छु 'बाबु पछि बुहारीलाई हाम्रो आमाले यस्तो पनि बनाउनुहुन्थ्यो भनेर देखाउनु है ।'म सम्झन्छु आमाविनाको संसार कति अधुरो छ। आमाले नभन्नु भएपनि बाबा-आमाका पसिनाले कोरेका अरु सिर्जनाहरु देखाउनु कत्ति हो कत्ति बाँकी छ। िसंगो घडेरी छ।खेत छ।घरहरु छन। स्वयं म छु । तर भेटाउनु पर्नेदेखाउनु पर्ने आमानै हुनुहुन्न। आमाको अभाव कति सम्म खल्लो लाग्छ भने हावा चल्छ तर शितल लाग्दैन। पानी पिइन्छ तर तिर्खा मेटिदैन । स्नेहको उँचाइ कति अग्लो हुने रहेछ। हृदयको समुद्र कति गहिरो हुने रहेछ। आमालॆ रचना गर्नुभएको कुराहरु जस्तै भावी पुस्ताले पनि घरको लागि एक पाइला अघि बढेर योगदान गरिदियोस भन्ने थियो ।यता सांैखसाथ हुर्केर गइरहेको आफ्नो उमेर । उता सडकमा देख्छु बाँच्नका लागि स-साना नानीहरु चेपेर मकै बेचिरहेका नारीहरु ।अस्ति जुस पसल छेउदुई साना नानीहरु च्यापेर हिडिरहेकी माग्ने आइमाईलाई दिन्छु रु ५। पसले भन्छ 'सबैलाई यसरी दिएर सम्भव हुदैन' ।म भन्छु 'मैले उस्लाई हैन उस्का नानीहरुलाई दिएको'। म सोच्छु उस्को श्रीमान भिडन्तमा मारिएको हुनसक्छ । उस्को श्रीमान बिरामी हुनसक्छ ।अनि यी बच्चाहरु लिएर के गरुन यी महिलाहरुसके काम गरेर खान नपुगे पछि माग्न बाध्य बनेका हुन यी नारीहरु । आमा हुनु त्यति सजिलो छैनजति सजिलो देखिन्छ आमा हुनु आमाहरु यी सबै दुःखकष्ट सहेर एउटा झिनो आशाले बाँचेका हुन्छन ।आमाहरुसँग सपना हुन्छ सन्तानहरुले लक्ष्य चुमुन भन्ने ।आफै नमरी स्वर्ग देखिदैन भनेझै आफूलाई चोट नलागी पीडा कमै दुख्दो रहेछ ।आमा पृथ्वीलोकमा हुनु र नहुनुको पीडा कति हुदोरहेछ अहिले बुझ्दैछु । केटाकेटीमा अन्जानमै गरेको गल्ति आज घाउ बनेर दुखिरहेछ । ती दिनहरुमा हामी बिराटनगर छेउको बबिया बिर्ता भन्ने ठाउँमा पढथ्यौं ।एकदिन टिफिन समयमा भलिबल सिक्ने क्रममा केटा पक्ष र केटी पक्ष बीच झगडा भयो ।ेटातिर राम भन्ने साथी र केटीतिर बुनु भन्ने साथीको भनाभनमा बुनु भन्ने केटी साथीले टुहुरो भनेपछि म लगायत अरु साथीहरुले टुहुरी भनिदेन भनेर रामलाई उक्सायौ ।उसले तँ पो टुहुरी भनेर के भनेको थियो । उनका आँखाबाट आँसुका बलिन्द्र धारा झरे ।उनलाई त्यसरी दुःखी बनाउने कारण उनकी आमाको ताजा देहान्त रहेछ । स्कूलले म त्यो कक्षाको प्रथम विद्यार्थी भएकोले केही नगरे पनि अरुलाई छडि लगायो ।आज सम्झदा दुःख लाग्छ । साथीहरुले पाएको छडिको दुखाइ भन्दा त्यो बचनको पीडा कति हो कति कठोर रहेछ । आज बल्ल म अनुभुत गरिरहेछु ।आमाको देहान्त पश्चात एकदिन शब्द संयोजनको कार्यालयमा लक्ष्मी दिदीसँग भेट भयो । वहाँले आमा सम्बन्धि कविता लेखेर ल्याउन आग्रहमात्र गर्नु भएन ।आमा नहुनेलाई कविता लेख्न झन सजिलो हुने कुरा पनि उल्लेख गर्नुभयो ।मलाई सारै नमीठो लाग्यो । कोठाको पर्दाबाट त्यो सुनसान रोड नियालिरहेँ ।आमा नहुनुको पीडा आँखाभरी अमिलिएर आयो ।एकदिन बल्खु चोकमा गुडिरहेको गाडी पछाडि लेखिएको थियो 'स्वर्गिय आमाको आर्शिवाद' । मलाई आजसम्म पढेको साहित्य भन्दा कैयन गुणा चोटिलो लाग्यो त्यो वाक्य । बस पेिन्टङ गर्ने हातकविता लेख्ने हातभन्दा कमजोर हुदंैन रहेछ ।त्यो गाडिको लेखाइले जहाँ पुगेपनिजस्तो रहेपनि आमाको माया अनि आर्शिवाद अमर हुन्छ भन्ने तथ्य उजागर गरेको छ ।जुन लेखाइ अन्तिम सत्य हो र सुन्दर श्रद्धा पनि । म पनि आज जे छु जस्तो छु स्वर्गिय आमाकै आर्शिवादले छु । बिराटनगर, हालः र्कीतिपुर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
रक्सीको मात
निबन्ध
बासु ढकाल
29, 2009, 1:58
मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई दुःख दिनु भनेको चाहि झन् दुःखको भारी बोक्नु हो भन्ने कुरा पनि आउछ । हुन त मात मदिराको मात्र हुदैन । धन सम्पत्तिको मात पनि चानचुने हुदैन । किनकि ठूल्ठूला विश्वयुद्धको सुरुवात धन-दौलतले भरिपूर्ण देशहरूबाटै भएको थियो । साथै रूप र लावण्यको मातले पनि ठूला-ठूला युद्ध निम्ताएको छ । तर्क गर्नेहरू भन्छन्- द्रौपदीले दुर्योधनको सामु आनो रूपको मात प्रदर्शन नगरेकी भए सायद महाभारतको युद्ध हुदैन थियो कि ? तर हामी चल्तीको भाषामा मात्तिनु भनेको मदिरा सेवन गरी बहकिनुलाई नै लिन्छौं । फेरि अहिलेको आधुनिक जमानामा कसैको जीवनयापनको औकात नाप्नु पर्यो भने उसको भोजमा राखिएको रक्सीको स्तरबाट परिचान गर्ने गरिन्छ तर यही मदिराले हाम्रोजस्तो गरिब मुलुकमा कतिको घर बरवाद गरेको छ, त्यसको तथ्याङ्क कुनै सरकारी वा गैह्रसरकारी सङ्घ-संस्थाले आजसम्म अध्यावधि गरेको दृष्टान्त भने भेटिादैन । हाम्रै कवि भूपि शेरचनले भने नि-"मलाई पिएकोमा गाली गर्नेहरू, एक पटक पिएर त हेर पिउन कति गाह्रो छ ।" हुन पनि हो जब मान्छेले रक्सी सेवन गर्छ, ऊ मान्छे नै रहिरहन्छ तर जब रक्सीले मान्छे सेवन गर्न सुरु गर्छ, तब उसको इज्जत, प्रतिष्ठा, मानवता सबै दाउ लाग्छ । त्यसैले होला पिउन गाह्रो भएको तर मलाई भने पिउने मान्छेप्रति ईष्र्या जागेर आउाछ । किनकि उनीहरू आफूले गरेका गल्तीको दोष कमसेकम रक्सीमाथि थोपर्न सक्छन् । आफू सजिलै उम्कन सक्छन् ।गएको दसैाअघिको कुरा हो, एक जना मनकारी साथीले उनको विवाहको वर्ष गााठको भोज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिए । थरीथरीका देशी-विदेशी रक्सीहरूको खोलो बगेको थियो । सङ्गीतको सुमधुर धुन बजिरहेको थियो- 'मुझे पिनेका सोख नही पिता हु गम भुला ने को .... ।' साथीहरू स्वाद लिदै पिइरहेका थिए । अब उनीहरू दुःख भुल्न पिइरहेका थिए वा दुःख दिन पिइरहेका थिए । त्यो त उनीहरूको कुरो भो । यत्तिकै एक जना साथी । कस्सिए... "हामीलाई हेप्ने ? के हाम्रो औकात छैन ? एउटा जाबो बिहे गर्दैमा यत्रो पार्टी दिनुपर्छ ? मैले चाहे भने काठमाडौका सम्पूर्ण भट्टी पसल किन्न सक्छु ।" अब उनलाई रोक्ने कसले । उनी झन् बम्किए- "मोफसलको मान्छे ठानेर मलाई हेप्ने ? के मेरो स्तर छैन ? लु जा, म ब्ल्याक लेभलभन्दा मुनिको रक्सी नै छुन्न । आज मलाई रोयल स्टागको गिलास थमाउने ।" उनले भोजमा राखिएको मदिराबाट नै तहसनहस पारे । उनकी श्रीमतीजी आखाभरि आसु भरेर सबै इज्जत माटोमै मिलिहाल्यो नि भनेझै गरी लाजले खुम्चिएर एक कुनामा बसिरहेकी थिइन् । भोज दिने साथीलाई पनि लाग्यो होला- "घाटी भरिन्जेल पियो । अनि मैसाग निहु खोज्न थाल्यो ।"भोलिपल्ट अफिसमा सबैजना जम्मा भइयो । उनी दसैं पेश्की निकाल्न निवेदन लेखिरहेका थिए । मैले सोधे- "हैन हो, तपाईं त हिजो आधा काठमाडौ किन्ने कुरा गर्नु हुन्थ्यो । फेरि आज पेश्कीको निवेदन .... ?" उनले किञ्चित लाज नमानी भने- साथीहरूले पनि यसो विचार गर्नुपर्छ नि कसले कति पियो भनेर ... ।" "यसरी उनले सम्पूर्ण आनो क्रियाकलापको दोष रक्सीमाथि थोपरेर हामीप्रति पो गुनासो पोखे, पानीमाथिको ओभानोझै । भोज दिने साथी पनि त्यहीा थिए । हिजोको कुरो सबै बिर्सिएझै गरी उनी मुसुक्क हासे मात्र । ल अब हेरौ त, म उनको पिउने बानीप्रति ईष्र्या गरौ कि नगरौ । यदि रक्सी नपिउनेले हिजो यसरी आमा-चकारी गाली गरेको भए आज उसले प्रतिवादी लगाउनु पथ्र्यो होला अड्डातिर ।मेरा एक जना मित्र छन् । उनी रक्सी त त्यति मात्तिने गरी पिउदैनन् तर उनी रक्सी भट्टी टोलटोलमा खुल्नुपर्छ, नभए सरकारी तवरबाटै व्यवस्थापन गर्नुपर्छ भन्ने दलिल ठाउ-ठाउमा पेस गर्छन् । उनको तर्कअनुसार रक्सी भट्टीमा जात-भात, उच-नीच, भाषा-भाषी, धर्म-सम्प्रदायको कुरो हुादैन । जो हुन्छन् ती सबै समग्रमा जड्याहाा हुन्छन् । जसले गर्दा राष्ट्रिय एकता बलियो हुन्छ । हुनत भारतीय कवि हरिवंश राय बच्चनले पनि लेखेका छन्- "बैर कराती मन्दिर-मस्जिद, प्रेम जगाती मधुशाला ।"यो रक्सी पिउने तरिका पनि जात वर्णअनुसार फरकफरक हुन्छ कि क्या हो ? आजभन्दा आठ-दस वर्षअघि एक जना साथीको बिहेमा जन्त जानुपर्ने थियो पहाडतिर । हामी जन्तीहरू उकालो उक्लिादै थियौा । पछाडि पनि अर्को बिहेका एक हूल जन्तीहरू आउादै थिए । तिनीहरू पाखुरा सुर्की-सुर्की कराइरहेका थिए र बाजा पनि बजिरहेका थिए तर मान्छेहरूले कराउन भने छोडेका थिएनन् । एकछिनपछि त्यो बिहेका जन्तीहरूसाग भेट भयो । मैले अलि पाको देखिने एक जनासाग सोधे "हैन, कसको बिहे हो ? किन त्यस्तो हल्लाखल्ला गरेको हा ?" ती पाका भलाद्मीले भने "बिहे चाहि मेरो छोराको हो । त्यहा खाजा घरमा खाजा खादा बेहेलाले अलि बढ्तै पिएछ । त्यसै हामी मतवालीले विस्तार-विस्तार ठिक्क पो पिउनुपर्छ । बाहुन-क्षेत्रीले जस्तो ठाउ-कुठाउ ठाडै घुट्क्याउनु हुन्न लत्तो छाडेर भनेर सम्झाको पो त, कुनै झगडाको हल्लखल्ल हैन ।" त्यसपछि मलाई लाग्यो यो पिउने तरिका पनि जात-जाति र वर्ण व्यवस्थाअनुसार फरक हुादोरैछ ।फेरि यो रक्सीमाथि जेब्रा क्रसिङ्गको ट्राफिक, रोकावट पनि छैन । यसलाई कसैले कहीा पनि रातो बत्ती बालेर रोक्दैन । रक्सी निषेधित क्षेत्रमा यसका अगुवा नै मातिएर ढलिरहेका भेटिन्छन् । अमेरिकी राष्ट्रपतिको हृवाइट हाउसदेखि रुवाण्डाको भोकमरी पीडित ठाउामा समेत बेरोकतोक यो पुगेकै छ । नेपालको प्रधानमन्त्रीको क्वाटरदेखि रोल्पाको गाउले बस्तीसम्म मान्छेलाई यसको मातले घुमाएको छ । होला, मान्छेको औकातअनुसार यसको स्तरमा फरक पर्ला तर यो सर्वव्यापी र सर्वसुलभ नै छ । बिरामी परे लौन औषधि खान दुई सय सापट देउन भन्दा दिने मान्छे भेटिदै तर तलतल लाग्यो रक्सी पिलाउन भन्यो भने दुई हजार नै खर्च गर्न मान्छे पछि पर्दैन । कस्तो मानव निर्मित मादक पदार्थ होला यो जसको अगाडि परिवार, इज्जत, धन-सम्पत्ति, सामाजिक मान मर्यादा केही होइन भन्ने सोच्छ मान्छे ।यसको उत्पादन रोके राष्ट्रिय आयमा मात्र गिरावट आउने हैन घरेलु-ग्रामीण आयमा समेत असर पर्छ र धेरै गरिबका भट्टी पसलमा चुल्हो-चौको बल्न छोड्छ भन्छन् रक्सी अर्थ विज्ञहरू । भालुको कन्पटजस्तो रैछ यो रक्सी । छोडे पनि ज्यान धराप, नछोडे पनि ज्यान धराप । हुन पनि मान्छे मात्रले रक्सीलाई यस्तो अमूर्त परम्मित्रको रूपमा लिएको दुःख पर्दा दुःख भुल्न पिएा । सुख हुदा सुख बाड्न पिएा तर जस जसले जुन जुन हिसाबले पिएका हुन् त्यो भगवान् जानुन् तर हाम्रोजस्तो गरिब मुलुकका धेरै घर-परिवारलाई रक्सीको मातले घुमाएर उठ्ठविास चाहिा पारेको छ । त्यसैले पिउादै नपिउनु राम्रो । पिउनै परे औकातअनुसार पिएको राम्रो होला ।-सिन्धुली, ढकालगाउा- ५ मधुपर्कबाट
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
धन को महातम्य र कमाउने दुई काइदा
निबन्ध
शेखर ढुंगेल
12, 2009, 9:47
कमाउने , धनी बन्ने , शौख गर्ने इच्छा कस्लाई हुन्न ? शुख शान्ती संबृधी को एउटै आधार खट खट सर सर सर सर गर्ने नोट धन सम्पत्ति उफ कस्ले गर्न सक्ने यस्को बर्णन हज्जार भएका शेस नाग ( कहिल्यै नदेखेको ) , ४ मुखे ब्रह्मा , तीन आखे महादेब , धन कि देबी लक्ष्मी को पती भएर पनि दुई आना जमिन नपाएर समुन्द्र मा बस्न पुगेका बिष्णु ले पनि नसकेका धन को महातम्य को बर्णन मैले के गर्न सकौला ? त्यस्तो महातम्य बोकेको धन कमाउने काइदा खोज्न दुई चार आफन्त दस बिस साथी हरु को मा दौडियो हे बताइ देउन धन कमाउने काइदा भनेर उह त्यस्तो काइदा कोइ पनि बताउदैन रैछन । एक जना मित्र थिए पुतली सडक मा साइकल मर्मत पसल खोलेका । आफु बिहान बेलुका सरकारी नोकरी खाएर एक हात ले टोपी ले पसिना पुछ्दै एक हात ले सुरुवाल को इधार समात्दै सरकारी नोकरी गर्दै कुद्ने मनुवा । सरकारी कर्मचारी भएको गन्ध पाएछन र आँखा जुद्धा नमस्कार पनि भन्द्थे । कहिले काही चिया पनि खुलाउथे । आफ्नो जुत्ता को तलुवा फुस्के को फेर्न सकेको छैन उन्को त एक दुई बर्ष मै मोटर साइकल , मारुति कार हुँदै कार बेच्ने सो रुम खोली सकेछन । एक दिन भिजिटिङ कार्ड सर भन्दै थमाइ दिये मोटा चिल्ला हुँदै गएका थिए उनी । त्यस पछी अर्को तलुवा फुस्कुन्जेल त्यहा देखेको थिएन । दुई बर्ष पछी उन्ले फाइनान्स होकी के जात को बैंक जस्तो के खोले छन उनी अध्यछ्य रे उद्घाटन मा मन्त्री को पछी पछी लुर्किदा पो थाहा पाये । पत्र पत्रीका मा उन्को नाम जता ततै । इन्ले चाँही कमाउने काइदा बताउलान कि भनी भोली पल्ट उन्को अफिस मा गये । सुरक्षा गार्ड , रिसेप्सन पि ए हुँदै नाम ठेगाना लेखी चिट भित्र छिर्यो बोलाहट भएन खाजा खाने निहु मा अफिस बाट निस्केको ढिला भैसके को थ्यो फर्कन्छु भनी उठेको थिए उनी बाहिर निस्किये पहिले झै हात उठाउलान र म फर्काउला भनी तयार भएको त देखेको नदेखै गरी अगाडि पो बडे । आँफै अगाडि बढी अभिबादन गरे पछी पो ए तपाईं ? तपाईं को नाम नै बिर्सें पो भन्छन । म हत्तार मा छु पछी फुर्सद मा आउनुहोस है भन्दै उनी कार मा गुडे । धन ले कस्तो कस्तो रङ देखाउछ ? पैसा कै आधार मा आमा को माया को अश लाग्द छ , पैसा कै आधार मा श्री मती दिने दर्जा छुटिन्छ , पैसा कै आधार मा बाल बच्चा ले दिने प्रतिस्ठा को तौल घटबड गर्छन् , पैसा कै आधार मा समाज ले ब्यक्ती को परिचय गराउद छ । पैसा को तुजुब को एउटा कथा सुन्ने ? कुनै समय मा एक गाउ मा धनी जमिन्दार् थिए । उन्को घर मा ढिकि चलाऊन एक गरीब र तल्लो जात ( पुरानो समाज ले गरेको बर्गीकरन ) कि महिला आउने गर्थिन । गाउ मा डाँका हरु को बिग बिगी बडेको ले जमिन्दार् ले आफ्नो ठुलो धन ढिकि मुनी गाडेछन । भोली पल्ट ति महिला ढिकि कुट्न अाइन कुट्दा कुट्दै तिन्ले जमिन्दारनि लाई भनी छीन एउटा कुरा गर्नु थियो ? के भनन ? होइन तपाईं कि छोरी को पनि मेरो छोरा को पनि बिहे गर्ने उमेर भयो आउने बैशाख मा साइत जुराएर बिहे गरी दिनु पर्यो । जमिन्दार्नि कड्किएर भनिन यो के भन्दै छे ? कहाँ त कहाँ हामी ? ति महिला ले भनी छन हामी पनि कम छैनौ धक्कु लाउनु पर्दैन । जमिन्दार्नि ले साझ बेली बिस्तार लगाइन पती लाई त्यो सुनेर विद्वान जमिन्दार् ले कुरा बुझे छन कि यो त्यो धन को तुजुब हो । त्यसै रात सबै सुते को बेला मा उन्ले धन अर्कै ठाउँ मा सारीदिये छन । भोली पल्ट ति महिला फेरी काम मा अाइन ढिकि कुट्दा कुट्दै रुदै भन्न थालिन हिजो मेरो बुद्धी के भो के भो के भन्न पुगे माफ पाउ । देख्नु भयो त धन को तुजुब ? त्यस्तो शक्ती साली धन कमाउने , बटुल्ने काइदा को खोजी मा समाज का हरेक सदस्य कुदेका कुदै छन । देख्नु भयो त धन को तुजुब कस्तो हुन्छ ? शक्ती कस्तो हुन्छ ? नकमाउने त धन ? म दिन्छु धन कमाउने बिशेष मन्त्र त्यो पनि एउटा होइन दुइटा । गरीबि मानब जीवन को एउटा दोस युक्त मात्र होइन यस्ले मानिस को छबी लाई नै बिक्रित बनै दिन्छ । गरीबि ले मानिस को आत्म विश्वाश मा कमी लेराउदछ । द्विबिधा , असुरक्षा ,मुस्किल र निस्क्रियता को जाल मा मानिस लाई बिछ्यिप्त बनाइ राख्दछ । बैदिक ज्योतिस का पर्बतक महर्शी पटासर का अनुसार ब्यक्ती को जन्म कुन्डली मा त्रिकोणिय धन , सम्पदा , र लक्ष्मी को बास हुन्छ अथबा (६८ र १२ औ स्थान ) दु:ख र दरिद्रता को बास हुन्छ । यदी मानिस को कुन्डली मा केम , द्रम , रेका , कालो सर्प , भिछ्यु र दरिद्र योग छ भने बिपन्नता भोग्नु पर्ने हुन्छ । जस्ले जीवन भर हिनता बोध गराइ , सताइ रहन्छ । पाठक ब्रिन्द आफ्नो जन्म कुन्डली देखौनुस आजै । हाम्रो पुर्बीय बैदिक शास्त्र मा योग , ध्यान लगायत कैऔ रोग निबारण एबम लछ्य प्राप्ती को लागि बैदिक मन्त्र को आबिस्कार भएको छ । सत्य मन र निस्ठाले शास्त्रीय बिधी अनुसार नियमा पालना गर्ने हो भने असम्भब केही छैन त्यसै लाई तपस्या पनि भन्दछन । आफ्नो जन्म कुन्डली , पेसा , शिक्षा को आधार मा आफु लाई डोर्याउन सकेमा दु:ख भन्दा सुख को अनुभुती दोब्बर तेब्बर हुनेछ र जीवन सार्थक बन्नेछ । शास्त्र अनुसार गरीबि को कारण मानिस मा आउने हिनता , निस्क्रियता , वा दुबिधा लाई नियन्त्रित गरी आत्म विश्वाश बढाउनु जरुरी हुन्छ र त्यस्तो आत्म विश्वाश बढाउन हाम्रो बैदिक शास्त्र मा ''सुर्य मन्त्र ''को उल्लेख गरिएको छ । निस्ठा पूर्वक सुर्य मन्त्र लाई निरन्तरता दिएमा गरीबि भागी सुख शान्ती प्राप्त हुने विश्वाश गरिन्छ । गरीबि कै कारण पारिवारिक , सन्तति बिग्रह , अशान्ति , बिक्रिती , हत्या , आत्महत्या , पागलपन को पिडादाइ घटना समाज मा घट्दछन । गरीबि कै कारण प्रशासन , राजनीति मा भ्रस्ताचार , सामाजिक न्याय प्रती अनास्था , ब्यक्ती एबम सामाजिक नैतीक आत्मबल मा कमी हुँदै गएको छ । समाज लाई स्वस्थ , सवल , आत्म सम्मान अवस्था मा डोर्याउन ब्यक्ती , ब्यक्ती को आत्मबल को बिकास हुनु जरुरी छ । सुद्रिढ आत्म्बल को लागि सम्पन्नता पनि जरुरी छ । तसर्थ यहाँ दुई मुलभुत मन्त्र उल्लेख गर्न गै राखेको छु सम्पन्न कसरी हुने सन्द्रभ मा । १ हो संसार को जूनसुकै भाग मा भये पनि लागु हुने बैदिक शास्त्र अनुसार को ''सुर्य मन्त्र '' र दोस्रो हो नेपाल मा मात्र काम लाग्ने आधुनिक शास्त्र '' नेता भजन '' यो दुइटै गर्न नसक्ने को लागि तेस्रो मन्त्र हो ' काम काम काम अहो रात्र काम ''१ - सुर्य मन्त्र - सुर्य मन्त्र एबम ध्यान गर्नु अगाडि पूर्व दिशा तर्फ मुख फर्काइ कुशासन ( कुश को आसन ) मा बस्ने , चन्दन को टिका लगाउने , काँचो इता को चौकोट वा सम्म जमिन मा रातो कपडा बिछ्याउने , त्यस माथि स्वर्ण पत्र वा भोज पत्र मा रक्त चन्दन वा अनार को सिन्का को कलम ले श्री सुर्य पूजान यन्त्र लेख्ने ,बिधी अनुसार अछ्यता , फूल , धुप , दिप , नैबेध र भेटी ले श्री सुर्य पुजन् यन्त्र को एकाग्रहता पूर्वक मन्त्र उच्चारण र ध्यान गर्ने । सुर्य मन्त्र पूर्ण अनुस्ठान् को लागि दश लाख र लघु अनुस्ठान् को लागि सवा लाख पटक उच्चारण गर्ने , त्यसका साथै सुर्योदय , मध्यान्ह , र सुर्यास्त को समय मा सुर्य को पूजा , अर्चना , दिप गर्ने , यो मन्त्र को नियमित उच्चारण ले साधक को आत्मबिश्वास मा ब्रिधी भै जीवन मा सफालता ले नयाँ ढोका खोल्ने छ । '' सुर्य मन्त्र '' - "ॐ धि ध्रिनी सुर्य आदित्य श्री" सुर्य को पाठ " - रक्त कमल मा बिराजमान , तीन आँखा भएका , बेद मुर्ती , चारै हात मा दानमुद्रा , कमल पदम र अभय भद्रा धारण गर्ने प्रभाल जस्तो आभा , केयुर , अंगद हार एबम बिभुसण बाट सुसोभित , कान मा कुन्डल लगाउनु भएका जगत को सृस्टि पालन र बिनास गर्नु हुने भगवान सुर्य को म ध्यान गर्दछु । यसरी आफ्नो दैनिकी मा सुर्य को मन्त्र एबम ध्यान गर्न सक्नु भयो भने जीवन मा गरिबी हटी शुख शान्ती आउने छ । होइन यो दश लाख , सवा लाख कसरी गन्ने , कता ध्यान गर्ने भन्ने लाग्दछ भंने आधुनिक सजिलो सर्ब ब्यापी भजन को पनि आबिस्कार गरिएको छ । त्यो हो नेता भजन , यो भजन तपाईं कुनै पनि बेला कही पनि मौका मिल्ने बित्तिकै गाउन सक्नु हुन्छ । आधुनिक संसार का शक्ती का श्रोत भनेका नेता नै हुन । तर कहिले काही भजन गाउदा गाउदै मुर्ती बदलिन् सक्तछ र त्यो बेला तपाईं को करङ भंगता वा घुडा भंगता हुन सक्तछ । छिट्टै सम्पन बन्ने नेता भजन र बिधी यस्तो छ । " यो भजन गाउदा गणेश ब्रिती र सस्कार युक्त भै नेता को घर , चुल्हो , अफिस नियमित धाउनु पर्ने छ । छिटो फल प्राप्ती को लागि नेता कि श्रीमती लाई खुशी पार्न सके झन राम्रो । बिस्वासिलो बन्न गुण दोश वास्तै नगरि नेता ले जे भने पनि ताली ठोक्नु पर्ने छ । कर्म नगरि फल पाइन्न भंने गीता को सार सम्झी नेता को सेवा , चाकडी , चुक्ली , र कान भर्ने गर्नु पर्द छ । समय ग्रह दशा अनुसार नेता हरु को शक्ती बदलिने हुँदा बेफिक्री भै रंग बदल्न सक्नु पर्दछ । दैनिक जती पटक सकिन्छ त्यती पटक तलको भजन गाये पछी सम्पन्नता को शिखर छुन कसैले रोक्न सक्तैन । हे मन्त्री त्वमेब पिता च माता त्वमेब हे सासद गण त्वमेब बन्धु च शखा त्वमेब हे दल दल का नेता त्वमेब अन्नदाता च शान्ती दाता त्वमेब अथबा त्वमेब सर्ब शक्ती नयाँ देब देब चढाउछु चन्दा चुनाव मा प्रभु ठेक्का मिलाइदेउ जिताइ दिन्छु चुनाव तिमीलाई गुण्डा जुटाइदेउ जय होस जय होस कसै लाई फुस्काएर भेनी नोकरी लगाइ देउ सके ठेक्का मिलाई देउ नसके बिदेस पुर्याइ देउ हे पसुका पती बाँदर का साथी यत्ती का फोर्स छन यहाँ एउटा मा त भर्ना गराइ देउ हे त्रि कालदर्शी नेता तिमी जस्तै छिट्टै सम्पन्न हुने बाटो देखाइ देउ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
श्रद्घाञ्जलि एउटी लिम्बूनीलाई
निबन्ध
डा. नवराज सुब्बा
13, 2009, 2:29
डा. नवराज सुब्बा
ठूला मान्छेले मर्नअघि मान-भाउ र मरेपछि पनि श्रद्धाञ्जलि पाउछन् । सन्तानले आफ्ना पितृको श्राद्ध गर्दछन् । तर एउटी सामान्य महिला अझ मापाकी लिम्बूनी जसको कुनै सन्तान आज यो भौतिक संसारमा छैनन् यस्ती महिलालाई आज कमसेकम सम्झने सम्म मानिस पनि खोइ छैन जस्तो लाग्छ । यसैले मानवीय नाताले अघि सरेर म उनलाई श्रद्धाञ्जलि दिन खोज्दैछु- थोरबहुत जीवनी कोट्याउदै । एउटी साइलीबूढी वा लिम्बूनीबूढी थिएन् ताप्लेजुङ हाङपाङ हाइस्कुलको खेलमैदानै मुन्तिर । त्यसबेला म उनलाई श्रद्धा भन्दा पनि डरपूर्वक साइलीबजू भन्दथें । उनी हामीजस्ता स्कुले विद्यार्थीका खलनायिका बनेर सधै विद्यार्थीलाई पीडा दिने गर्दथिन् । खेल्दाखेल्दै भकुण्डो मैदानबाट तल उनको बारीमा खस्यो भने हाम्रो मुटु ढुक्ढुक् हुनेगर्दथ्यो । बुझनुपर्दथ्यो साइलीबजूको हसियाले अब भकुण्डो प्वाल पर्यो । कि त बुझनुपर्दथ्यो बूढीले टिपेर घरमा लगेर लुकाइन् । भकुण्डो माग्न गए चल्ला हर्ुकाउने पोथी कुखुरीले कसैलाई खेदाए झैं हातमा हसिया उझयाउदै विद्यार्थीलाई गुटुटु लखेट्थिन् । त्यसबेला विद्यार्थीको भागाभाग हुनेगर्दथ्यो । यस्तै त्रासबीच पनि हामी प्रायः दिनहु फुटबल खेल्नेगर्दथ्यौं । हाम्रो विद्यालयका दुइटा खेलमैदान थिए । एउटा ठूलो र अर्को सानो मैदान । ठूलो मैदानमा हामी केटाकेटीले त्यत्ति खेल्नै नपाइने । त्यसैले सानो मैदानमा गएर खेल्नुपर्दथ्यो जहाबाट भकुण्डो सिधै बूढीको बारीमा खस्ने गर्दथ्यो । उसबेला लाग्दथ्यो ती महिला कत्ति शक्तिशाली कत्ति निर्दयी कत्ति छुच्ची तर आज त्यसवेलाकी त्यस्ती क्रूर ब्यक्तिको पीडा, मनोविज्ञान म बल्ल बुझदैछु । बुझनखोज्दैछु वास्तवमा जिउनलाई मानिस बेलाबेला कति कठोर बन्नु पर्दोरहेछ । फूलमा पलाएका काढाको अर्थ पनि बुझ्दैछु र श्रद्घाञ्जलि स्वरुप केही शब्द कोर्दैछु ।एकदिन हाङपाङ हाइस्कुलको ठूलोमैदानमा विद्यार्थीबीच फुटवल म्याच हुदैथ्यो । खेल मैदानको बार नाघेर भकुण्डो गयो सिधै बारीमा- बूढीले भकुण्डोलाई हसियाले ठुगिदिइन् । भकुण्डो प्वाल पर्यो र हावा गयो- फुसुस्स । विद्यार्थी आवेसमा आए र उनको कोदोबारी उफ्रीउफ्री माडिदिए । कोदोबारी सोत्तर भयो । ठूलो बादविवाद र घम्साघम्सी भयो । त्यत्रा विद्यार्थीको प्रतिकार तिनै साइलीबजू एक्लैले गरिन् । कसैले पनि उनलाई छुन आट गरेन केवल बारी माडमूड गरेर बिजय हासिल गरेको मूडमा विद्यार्थी फर्किए । त्यत्रो क्षति उनले त्यत्तिकै खपिन् । उनी यस रूपमा बिद्यार्थी, शिक्षकका लागि एकप्रकारकी खलनायिका नै थिइन् । तर म भने बूढीको दुइ रूप देख्दथें । हाम्रो घर र उनको घर तल्लो घर र माथिल्लो घर अर्थात छिमेकी थियौं हामी । उनी मसंग लिम्बू भाषामा कुरा गर्न खोज्थिन् म बुझदथें तर फर्काउन लजाउथें । नेपाली भाषामैं छोटो प्रत्यत्तर दिएर उम्कन्थें । उता बिद्यार्थीसित त्यत्ति कठोर तर छरछिमेकसंगको दैनिक व्यवहारमा उनी सरल र नरम् स्वभावकी थिइन् । मलाई थाहा भए देखि नै उनका छोराछोरी कोही थिएनन् । न श्रीमान थिए । घरमा निर्धक्क एक्लै बस्थिन् उनको कोही थिएन । विवाह नै नगरी बसेकी बूढीकन्या थिइन् उनी ।साइलीबजू दशैंको बेलामा मेरी आमालाई खान बोलाउथिन् । म पनि आमाको पछ्यौरामा झुण्डिन्दै उनको घर जान्थें । उनी याङ्गबेन अर्थात लेकमा रूखमा फल्ने एकप्रकारको झयाउलाई रागाको रक्तीमा पकाएको परिकार र कोदोको जाडले आमालाई सत्कार गर्दथिन् । र मलाई पनि सानो बोटुकोमा याङ्गबेन र कासको लोहोटामा पानी दिन्थिन् । याङ्गबेन मलाई साह्रै मीठो लाग्दथ्यो । पीरो पखाल्न म पानी पिउथें । कहिले काही दुम्से कुखराको प्वाखको अचार खुवाउथिन् । पीरो तर स्वादिलो हुन्थ्यो त्यो पनि म पानीसित मजाले खाइदिन्थें । यस्तो परिकार चार्डपर्वमा मात्र हुन्थ्यो । आमासंग अरुबेला जादा चाहि छ्यापीफलको अचार, कहिले दुङ्गदुङ्गे पातको अचार, कहिले रामभेंडाको काचै पिसेको अचार बनाउथिन् । म आमाको छेउमा बसेर सुटुक्क आमाको अचार अलिअलि चाट्थें मलाई त्यसबेला पिरो पिरो मीठो मीठो लाग्दथ्यो । म त्यसबेला सायद पाच छ वर्षको थिए होला । आज चालिस वर्षपछिसम्म पनि त्यो याङ्गबेन, छ्रयाप्पी, दुङ्गदुङ्गे र रामभेंडाको अचारका स्वाद जीब्रोमा अझै टासिएको छ । आजकल मैले कतै याङ्गबेन, दुङ्गदुङ्गेको साग देखें भने उनकै झल्झल्ती याद आउछ । यत्ति मात्र होइन, कतै घिरौला र कुभिण्डो देखें भने पनि तिनै साइलीबजूको याद आउछ । उनी बाख्राको कटेराको छानाभरि घिरौंला र कुभिण्डो फलाउथिन् । म उनको आगनको बाटो भएर हिड्दा दिनदिनै त्यो फुलेको फलेको बढेको पाकेको हर्दै हिड्थें । हेर्दै मापाकी साइलीबजूसित बोल्न भने म हत्तपत्त सक्तिनथें निकै ठूलो भइञ्जेलसम्म पनि । काठमाडौमा चिकित्साशास्त्रको प्रमाणपत्रतह सकेर म मेरो गाउको हेल्थपोष्टमा इञ्चार्जको रुपमा बि.स.२०३७ सालमा खटिएर आए । त्यत्तिबेला साइलीबजू निकै बूढी भइन् । एकदिन घरको फलैंचामा बसेर आमासंग गफ गर्दै थिइन् । नरम श्वरमा उनले मलाई भनिन् "नवराज यो चिलाउने घाउको औषधी छ भने मलाइ दे न " भन्दै उनको टाउकोमा आएको घाउ देखाइन् । मैले हेरें टिनिया केपिटिस अर्थात टाउकाको दाद रहेछ । मैले स्वास्थ्य चौकीमा भएको औषधी ल्याइदिए । त्यसले केही जाती भयो । पछि २०४० सालदेखि म सरुवा भएर अन्यत्र जिल्लातिर लागें । पछि घर आउदा एकदिन थाहा पाए उनको मृत्यु भएछ । बडो कष्टपूर्वक मृत्यु भएछ । थाहा पाएर मलाई सारै नरमाइलो लाग्यो । देख्छु, विद्यालय र खेलमैदान अन्यत्र सारिएको छ । हामीले उहीले खेल्ने मैदान पनि सून्य छ । तल साइलीबजूको घर एक्लै छक्कपर्दै ठिङ्ग उभिएको छ यता म जस्तै । ढोका बन्द छ ताला लागेको छ घरमा । फुटवल खेल्ने विद्यार्थी पनि कोही छैनन् । कस्तो बिडम्बना साइलीबजू जब बितिन् खेलमैदान पनि अन्यत्रै सरेछ विद्यार्थी पनि उतै गएछन् । बाचुञ्जेल विद्यार्थीसित पौंठेजोरी खेल्नुपर्ने नियति रहेछ कठै साइलीबजूको जे होस्, यस्ती दृढ महिला मैले कमै देखेको छु । आफ्नो इच्छा र आदर्शमा सधैं अटल अविचलित महिला जसको बाचुञ्जेल त कोही थिएन नै । मरेपछि पनि उनलाई खै कसले सम्झला र कसैले सम्झे पनि त्यसबेला उनको कोदोबारी माड्ने उही विद्यार्थी जो आज म जस्तै कता कता छरिएका होलान् । तिनले कदाचित् सम्झे पनि एउटी खलपात्रको रुपमा मात्र उनलाई सम्झेलान् । तर आज मैले उनलाई एउटी संघर्षशील नायिकाको रुपमा सम्झेकोछु । यसबेला उनको फोटो सम्म छैन मसंग तैपनि उनको तसवीर मनमा साचेकोछु । मैले बाल्यकालमा खाएका ती स्वादिला परिकार निश्चय अब म कहिल्यै खान पाउने छैन । कतै कसैले दिइहाले पनि अव म स्वास्थ्यको कारण खान सक्नेछैन । सदा स्वाद र उनको याद मलाई एकसाथ आइरहनेछ । एउटी दृढनिश्चयी व्यक्तिका रूपमा बाच्न सफल नायिकालाई म सदा श्रद्धा गर्नेछु । खुशीसाथ जीवनभर एक्लै बाच्ने अनि एक्लै मर्ने स्वर्गीय साइलीबजू अर्थात् मापाकी तर मनकारी लिम्बूनीलाई मेरो भावपूर्ण श्रद्धाञ्जलि । अस्तु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
साइतामाको सेरोफेरो
निबन्ध
कृष्ण प्रर्साई
19, 2008, 2:31
कस्तो पहेँलिन सकेका पातह, जापानमा ! कस्तो रंगीन हुन सकेका, जंगलका रुखहरु हिउँद पस्नु भन्दा अघाडिका जापानी पहाडी डाडाहरुमा ! ! र कति सुन्दर हुन सकेका ,हिउँद पस्नु भन्दा अघाडिको जंगली पाखाहरुको पुरुषार्थ जापानमा ! ! ! सम्झदै मात्र पनि रमाईलो लाग्छ जापानमा । कोइकेसान (सान शब्द जापानमा मान्छे वा सम्मानित पहाडको नामपछि आउछ)ले आफनो घर आफै बनाएको हल्ला त्यसताका सम्पूर्ण चिचिबु शहरभरि फैलिएको थियो । शिक्षण पेशामा रहेका कोइकेसानले दुईवर्षलगाएर एकतले काठको घर बनाएका थिए । त्यसो त ताजिमासान पेशाले आर्किटेक्ट इन्जिनियर भए पनि चित्रकार हुन् । भारतको ताजमहल हेरिसकेपछि आफ्नो पुरानो नाम फेरेर नयाँ नाम ताजिमा राखेका हुन । उनले पनि आफ्नो काठको दुई तले भवन आफै बनाएका छन् । सानोतिनो कलाकारिता बोकेको उनको घरभित्र पस्ने वित्तिकै कला संग्राहलय को सानोतिनो आभास भेटिन्छ । जानेर हो वा नजानेर मलाई थाहा छैन तर कृष्णको मुर्ति देखि राम नाम लेखिएका कपडाको पर्दा उनका घरमा भेटिन्छन् । जापानमा आफनो काम आफै गर्नु उत्तम मानिन्छ त्यसमा पनि आफू बस्ने घर आफै बनाउनुलाई ठूलो पुरुषार्थ ठानिन्छ । चिचिबु शहरका अर्का प्रसिद्ध कलाकार कुसुगेसान झन कम का छैनन । चित्रकारिता सिकाउने र उनी बस्ने उनको घर अझै पनि उन्नाइसौं सताब्दीको छ । घर नजिकै वारीमा उभिएको ठूलो रुखको हागामा उनले आफनै पाराको चाङ्ग बनाएका छन् । जँहा उनी कहिलेकाँही चित्रकला सिक्न आउने वालवालिकालाई चढाएर रमाइलो मान्दछन् । त्यस्तो टौवा नेपालका पहाडी वा भित्री मधेसका खेती गरिने गाउँले इलाकामा जंगली जनावर र पंक्षीबाट अन्न जोगाउन रुखहरुमाथि हालिने गरिन्छ । प्रकृति र स्थानीयतालाई जीवनको सवै भन्दा महत्वपूर्ण वस्तु मान्ने कुसुगेसानको चित्र कला जापानमा महंगो मूल्यमा बिक्री भएर चर्चित समेत रहेको छ । उनलाई हवाइजहाज चढ्न डर लाग्छ रे त्यसैले उनी समुन्द्रपार को यात्रा त्यति रुचाउदैनन् । आधुनिक विकासलाई त्यति मन नपाराउने उनी प्रकृतिलाई जस्तो छ त्यस्तै रहन देउ भन्ने मान्यताका पक्षपाती हुन् । त्यसैले उनको घरबाट स्पष्टै देखिने र जापानभरि नाम चलेको बुकोसान (सम्मानित पहाडको नामपछि सान शब्द आउछ) छेवैमा निर्माण गरिएको सिमेन्ट कारखाना प्रकृत्ति सँग मान्छेले खोजेको निउँको रुपमा लिएर सरकार सँग जाइलागे । सिमेन्ट कारखाना राखिए पछि पहाडको उचाइ दुई फिट कम भयो भन्ने भुगोल बिद्हरुले उनको कुरालाई साथ दिएकाले त्यस बिरुद्ध आन्दोलननै छेडे । साइतामा प्रान्तको गहनाकै रुपमा रहेको बुकोसान बचाउ आन्दोलनका अगुवा नै रहे कुसुगेसान । सम्पदाहरुको यथास्थितीकै उपस्थिति र अस्तित्व स्वीकारने कुसुगेसानलाई हजारौ गाउलेहरुले समेत साथ दिए त्यसो त साइतामाभरि पानीका अजश्र नसुक्ने श्रोतहरु पनि छन् जस्लाई भण्डारन गरेर टोकियो सम्म पुर्याइएको छ । साइतामा प्रन्तकै पानीको बितरणले टोकियो र आसपासका सहरहरु बाँचेका छन् । त्यतिमात्र होइन सयौं बर्षपुरानो जापानको जीवन परिवेश हेर्नुपर्यौ भनेपनि साइतामालाई नै लिनुपर्ने हुन्छ । कुनै कुनै दुर्गम ठाँउका घरहरु त नेपालकै गरीवहरु बस्ने घरहरु झै लाग्छन् तर त्यहाँ बस्ने मानिसहरुको जीवनस्तर भने नेपालको जस्तो छैन । कमजोर स्थितिको परिवार वा दुख पाएको ज्येष्ठ नागरिक छ भने बिभिन्न क्लव वा समूदायहरुबाट भने सम्मको सहयोग हुन्छ जापानमा । उमेरा पाका भएका नगरिकलाइ जापानमा नब्बे प्रतिशत नै छुट हुन्छ औषधी र अस्पताल खर्चमा । ज्येष्ठ र गरिव नागरिकहरुका लागि ठुल्ठुला रोगको निशुल्क उपचार हुन्छ जापानमा । त्यसैले पनि संसारभरमै सवैभन्दा उच्च आयू बाँच्ने मान्छेहरुको संख्या र्सवाधिक छ जापानमा ।चिचिबु शहरकै अर्का प्रभावशाली प्रोफेसर मानावु साकाई त झन मैले विर्सिनै नसक्ने सेरामिक्स कलाकार र कवि दुवै हुन् । दुईवटा सेरामिक्सका प्रयोगशाला आफनै घरमा राखेर प्रायःजसो उनी जापानका धेरै ठाउँमा सेरामिक्स कला पर्दर्शनी गर्दछन । धेरैपटक म उनीसंग उनको पर्दर्शनीमा दर्शक भएर भागलिएको छु । अपाङ्गहरुको अति सम्पन्न र सुविधायुक्त विद्यालय होस वा आश्रम गृहमा बृद्धलाई मन बहलाउन सिकाइने काचो माटाको सृजन कालिगढी होस उनले मलाई साथै लिएर जापानका विभिन्न स्थिति र अवस्था को अनुभव दिएकाछन् । विदेशीले समेत जान अनुमति नपाउने त्यहाँको पागलखानामा उनकै सहयोगले म घुमेको छु । दिनमा दुई बट्टा सिगरेट र जतिपनि कोकाकोला पेय पदार्थ खान छुट हुने त्यहाँको पागलखानाको कोठा बर्सेर सेतो रंगले पोत्नुपर्छ रे त्यसैले होला प्रत्येक कोठामा बसेर सबै पागल कैदीहरुले खाने सिगरेटको धुवाबाट निस्कने पहेँलो निकोटिनको रङ्गले भरिएका वरिपरि र माथिका भित्ताहरु पहेँलिएर अचम्म र उदेकलाग्दा थिए । किनहोला मानसिक रोगीहरुलाई जापानमा त्यति धेरै चुरोट र त्यस्तै खाले पसलहरु राख्न दिएको ? किन होला मानसिक रोगीलाई त्यति धेरै चुरोट खान सिफारिस गरेको ? मलाई जापानी चिकित्सकहरुसँग अचम्म लाग्यो । पागलखानाका केही कोठामा मानसिक रोगीहरुलाई खुट्टामा ठिँगुरो कसेर साङ्लाले बाँधिएका दृश्यहरु पनि देखिन्थे तर तिनीहरुका भने छुट्टै र निजी एकल कोठा थिए । हुन त जापान भन्दा पनि चर्को रुपले कोरियामा चुरोटको प्रयोग बढी गरिन्छ । कलेजका केटाकेटी लगायत वयस्कहरुले समेत कोरियामा चुरोटको प्रयोग हुन्छ । चुरोटको प्रयोग गर्ने मुलुकमा कोरिया पछि जापान आउछ । हुनत जापानका धेरै बिद्यालयमा अध्ययानरत अहिलेको पुस्ताका केटाकेटीहरु कुलतमा लागेको पनि सुन्नपाइन्छ । माध्यमिक स्कुलबाटै केटासाथी र केटी साथीको रोजाई सामान्य भइ सकेको छ जापानमा । कपाल रङ्गाउने, पाश्चात्य संकृतिको हुवहु नक्कल र फेसनले गम्लङ्ग अंगालो मारिसकेको छ जापानलाई । जापानी यूवा, यूवतीलाई हाइस्कुलसम्मको बाध्यात्मक शिक्षा लिनुपर्ने नियम नटेर्नेहरु पनि धेरै छन् जापानमा । त्यसैले आफ्ना धेरै सन्तानहरुसँग कम आशावादी देखिन्छन् अभिभावकहरु । अत्याधिक स्वतन्त्रताको नकारात्मक प्रभावले जापानलाई पुरै गाँजेको मैले देखेको छु । पाश्चात्य छाडा संकृतिलाई अनुसरण गर्ने बानी र पश्चिमा साम्राज्यवादको धङ्गधङ्गी यूवा पुस्तामा छलंङ्ग देखिन्छ जहितहि । आफ्ना परम्परा बोकेका जात्राहरुमा पनि विदेशबाट नृत्यंङ्गनाहरु मगाएर महंगो मुल्य चुकाउदै अर्धनंग्न नृत्यहरु देखाइन्छ जापानमा । प्रायःगरी ब्राजीलबाट आउने ती नर्तकीहरुको वजारै लाग्ने गर्छ जापानी गाँउका जात्राहरुमा । जे होस मेले चिचिवुका रंगिन पटके जात्राहरु नजिकबाट हेरेको छु । यहाँ जात्रामा खर्च हुने अतिसबाजीको झिलीमिली पत्याईनसक्नु खर्चिलो छ । नेपालमा मनाइने रथ तान्ने जात्राहरु जस्तै हुवहु खालका जात्राहरु जापानको चिचिवुमा पनि मनाइन्छन् र प्राचीन सिन्तो धर्म र झण्डै यससंग सम्बन्धित मन्दिरहरु चिचिबुभरि नै छरिएर रहेकाछन् । तर त्यहाँ नेपालमा झै मन्दिरमा पूजा हुँदैन । तिनीहरु मात्र हेर्नका लागि र मन्दिरमा पुगेर तीन पटक अवाज निकालेर मन्दिरमा राखिएको घण्टी बजाउने परम्परामा मात्र सिमित छन । भनिन्छ सिन्तो परम्परा बुद्ध धर्म भन्दा पनि अघिको मान्यतामा हुर्किएको परम्परा हो जो विस्तारै जापानबाट लोप हुने स्थितिमा छ । यति हुँदाहुदै पनि त्यहाँ मनाइने जात्रामा समीका हाँगा र पातको प्रचुर मात्रामा प्रयोग भएको मैले पाए । समीको महत्व पूर्वीय परम्पारमा ज्यादै महत्वपूर्ण रहेको छ । पन्च पल्लव मा पर्ने समीका रुखहरु मैले जापान, चीन, हङकङ्ग र कोरिया जस्ता विकसित मुलुकका शहरहरुमा बाटाको पेटी वा घरहरुका गमलामा सजाउने परम्परा नै देखेको छु । जानेर होस वा नजानी होस समीका विरुवाहरु कोरियाका घरहरुमा समेत प्रसस्तै भेटिने गरिन्छ । पन्च पल्लव भित्र पर्ने समीलाई नेपालमा धार्मिक र ज्योतिषीय हिसावले महत्वपूर्ण मानिन्छ । समी अर्थात शिव र शुक्र ग्रहको प्रतीकको रुपमा नेपालमा पूजा गरिन्छ । शुक्र ग्रहलाई विज्ञान, प्रसाधन, रुप र कामको पर्यायको रुपमा पूर्वीय हिन्दु दर्शनले लिने गरेको छ । कोइकेसान, मानावुसान, ताजिमासान र कुसुगेसानहरुको आफ्नो घर रहेको साइतामा प्रान्त कला र साहित्य बाहेक प्राकृतिक संरचनामा पनि अब्बल रहेको छ । साइतामा प्रान्त जापानी पहाड र समथर मैदाहरुको संगमस्थल हो । हिउँदमा हिउँ जम्ने उच्च पहाडी श्रृङखला देखि मैदानसम्मका भू-भागहरु यस प्रान्तका गहनाहरु हुन् । धेरै सुरुङ भएको रेलमार्ग र झण्डै दुर्गमझै लाग्ने कतिपय पहाडी इलाकाहरु यस प्रान्तमा रहे पनि भौतिक विकास भने सबै ठाउँमा उस्तै पाराले पसिसकेको छ जापानको साइतामा प्रान्तमा । चिचिवु साइतामा प्रान्त भित्रैपर्ने सानो र प्राचीन शहर हो । जहाँ वर्षरि नै मनाईने अनेकौँ जात्राहरुले यसको साँस्कृतिक र धार्मिक महत्व उजागर गरेका छन् । सम्भवतः जापान भरिनै सबै भन्दा ज्यादा प्राचीन मन्दिरहरु रहेको क्षेत्र हो साइतामा । जहाँको मान्यताअनुसार मन्दिरहरु धेरै रहेको क्षेत्रमा भूइचालो कम जाने र यसले पुर्याउने क्षति पनि कम हुने विश्वास गरिन्छ । यसको ज्वलन्त प्रमाण सयौँ वर्षेखि प्रायः जाने गरेका भूइचालाहरुले यस क्षेत्रमा कुनै नोक्सानी नगरे बाट पनि बुझनसकिन्छ । समग्रमा साइतामा मन्दिरहरुको, भित्री घना पहाडहरुको, पानी भण्डारन क्षेत्रहरुको र जात्राहरुका लागि नाउँ चलेको ठाउँ हो । सन् २००५ को २६ नभेम्बर दोश्रो पटक मैले जापान टेक्दा मेरो गन्तव्य रहेको साइतामा प्रान्तमा हेर्दाहेर्दै देख्दादेख्दै मैले देखेका रंगीन जंगलहरु विस्तारै पातहरुमा सुक्दै र हिउदलाई ख्वााउदै र खुइलिदै गए । नराम्रा र जिंगरिङ्ग हुदै गए । यसअघि जुलाईतिर जापान टेक्दा सबै पहाडलाई हरियालीमा देखेको थिएँ । जापानीहरु जंगललाई, उर्वरा खेतहरुलाई, पहाडलाई र नदी नालालाई असाध्यै माया गर्छन् । उनीहरुको अधिकांश थर र जात यस्तैै वस्तुहरुसँग जोडिएको मैले भेटेको छु । जापानसँगको मेरो सम्बन्ध सधै पहाडहरुसँगको छ । जंगल र हिउँसँगको छ । त्यसैले मैले पहाडभित्र कसरी विकास फुलाउन सकिन्छ , जंगललाई सबैले मायाँ गरेर कसरी सुरक्षित बचाउन सकिन्छ र चिसा कठ्याङ्गरिने हिउँहरुमा मानव सभ्यतालाई कसरी पालन पोषण गर्न सकिन्छ भन्ने कुरा यहीँबाट सिकेको छु । राम्ररी भन्नु पर्दा उच्च पहाडभित्र कसरी बाटो बनाउन सकिन्छ ,कसरी रेल कुदाउन सकिन्छ र कसरी मोटर गुडाउन सकिन्छ यी सबै कुराहरु मैले यहीँआएर देखेको छु । हो, मेरो देशमा गरीवी छ । गरीवी सँग लड्ने सक्ने शक्ति पहाडसँग हुँदैन । यस मानवीय भुखण्डमा रोग छ, रोगसँग भिड्न सक्ने सामार्थ्य हिमाल सँग पनि हुदैन । यहाँका तर्राईहरुमा अभाव र पीडा छ । अशिक्षा,अनिकाल,बाढी,पहिरो,दहेज जातपात जस्ता वर्षौ पुराना समस्यासँग हामी हरदम लडिरहेका छौ । यति भएर पनि हामीसँग सम्पदाहरु छन् । सहास गर्ने हो भने पानीका अविरल र अजश्र श्रोतबाट देश उज्याल्याउन सकिन्छ र सक्नु पर्छ । प्रकृतिले दिएका अनन्त उपहारहरुबाट औषधि उमार्न सकिन्छ र सक्नुपर्छ । ती उनै डाँडाहरु हुन् जस्को चौतारीमा बसेर कुनै भोको बटुवा अघाएको अनुभुत गर्छ र गर्नसक्नु पर्छ । सेतै फुलेका हिमाल देखाएर पौरखी आफ्नो व्यावसाय गर्छ र गर्नसक्नुपर्छ । शाल्रि्राम कुद्ने नदी यसै देशमा मात्र पाइन्छ । कस्तुरी बिन्दा यसै देशमा भेटिन्छ । यतिका पाइलाहरु, किन्नर किन्नरी का नुहाउने पवित्र जलकुण्डहरु, अस्टचिरिन्जीवीका गन्तब्यहरु, अखण्ड र अनन्त फैलिएका हिमगिरिका सन्तानहरु यसै देशका गहनाहरु हुन् । यिनीहरुले फुल्न पाउनैपर्छ र उज्यालो बनाउनै पर्छ मेरो देशको मुहारलाई । तेसैले पनि मैले भन्नै पर्छ , मेरो देशमा उदाउने र्सर्ूय भन्दा प्यारो मलाई अरु कुनै देशमा उदाउने र्सर्ूय हुन सक्दैन । मेरो देशमा उड्ने परेवाको उर्डाई र कावा खेलाई अरु कुनै देशका परेवाहरुको भन्दा रमाईलो हुनै सक्दैन । मेरो देशमा बगेका खोलाको मधुर आवाज भन्दा अरु कुनै देशका खोलाबाट आउने आवाजले मलाई प्रभावित पार्नै सक्दैन । म धेरै कुरामा लाचार छु, अभिशप्त छु र वाध्य छु । यो भन्दा सत्य पनि अरु कुनै कुरा हुन सक्दैन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
हे, भगवान ! मान्छे के हो ? मान्छेहरुको नाङ्गो नाँच किन ?
निबन्ध
दीर्घराज प्रर्साई
11, 2008, 2:45
हे, भगवान ! मान्छे के हो ? मान्छे किन यस्तो दानवीय आचरण देखाइरहेको छ । अरुहरु देशका मान्छेहरु राक्षसको व्यवहार गर्छन् भन्ने सुनिन्थ्यो तर नेपालमा यो सैतानी रोग कहाँबाट आयो ? मान्छेहरुको चरित्र देखेर आफैलाई धिक्कार्न मन लागेको छ । मलाई मान्छेहरुमा नेपालका जंगबहादुर र जर्मनका हिटलर मन पर्छ । जंगबहादुरले कच्याककुचुक् पारेर सबै नेपालीहरुलाई उठ्नैं दिएनन् । हिटलर जस्तै उ पनि घोर राष्ट्रवादी थिए । नेपालमा मान्छेहरुलाई त्यस्तै गर्नु पर्दोरहेछ । डरछेरुवा मान्छेको प्रवृत्तिको अध्ययन गर्ने एउटा कडी हो । हिटलर साच्चैका आँटी मान्छे हुन् । तर हिटलरले आफ्ना बिरोधीहरु र दशौं लाख यहुदीहरु नमारेर उघ्र महत्वाकांक्षी भएर नहिडेको भए राष्ट्रवादको मामिलामा विश्वमा हिटलर एक नम्वरमा गनिन्थे । नेपालमा पनि पथभ्रष्ट नेताहरुको कुकृत्यबाट यो पूण्यभूमि ओरालो लागेको कसरी हेरिरहने हो ? विदेशीको दासत्व स्वकिारेपछि लाज-सरम केही नहुँदो रैछ । नेपालमा नेतृत्व तहमा बसेकाहरुले आफूलाई लुगा लाएको जस्तो ठान्छन् तर नाङ्गा छन् । हामी यति भ्रष्ट र व्यक्तिवादी छौं कि जस्को कारणले नेपालको राजनीतिक क्षेत्र र प्रशासकीय व्यवस्थानैं सखाप भइसकेको छ । हामी सध्य भएर पनि कूँजा छौं । सबैमा-मुखमा राम राम बगलिमा छुरा छ ।सम्पूर्ण सरकारी स्रोत र साधनहरु आफ्नो निजी काममा प्रयोग गर्ने तर कसैको पनि काम नगर्ने र कसैको काम गरी हालेमा पनि घुष वीना कसैको काम नगर्ने । बिदाको दिन अथवा अलिकति फुर्सद भयो कि तास खेलेर दिन बिताउने र अनुकुल पर्यो भने अर्काकी छोरी, बुहारी वा अर्काकी श्रीमतीसँग लस्सिएर समय बिताउनु बाहेक यहाँका राजनीतिक, प्रशासनिक क्षेत्रका मान्छेको केही काम छैन । यस्ता विकृतिको जंजालमा समाजलाई फसाउनुमानैं यहाँका राजनीतिक मान्छे र कर्मचारीहरुको दिनचर्या बितेको छ । २।४ जनालाई छोडेर नेपालमा कुनै पनि यस्तो राजनीतिक कार्यकर्ता र कर्मचारी छैन जस्ले अर्काकी छोरी, श्रीमती, बुहारी नबिगारेको होस् । आफ्नी श्रीमती होस् कि नहोस् त्यसको कुनै प्रवाह छैन । अनेकौं गोप्य साँठगाँठ र बहाना झिकेर घुष खाएको पैसा र तासको आम्दानीबाट जम्मा भएको पैसाबाट केही प्रतिशत रक्सी र रण्डीेवाजमा खर्च गर्ने प्रवृत्ति यति बढेको छ कि त्यस्को लेखाजोखा गर्ननैं मुस्किल छ । कतिले त रखेलको रुपमा कतिपय स्वास्नी मान्छेहरुलाई राखेको सुनिन्छ । यौन चलखेलको कारणबाट राज्यमा अनेकौं ठूलाठूला निर्णय पनि अन्धधुन्दमा हुने गर्दछन् । पहुँचवाला ठूलाबडाका श्रीमतीहरु भित्रभित्रै यहाँ अरुहरुसँग लडारिएर यौन लीलामा लागेका हुँदा कतिले त आफ्नो काम यसैबाट पट्टयाउँदा पनि रहेछन् । सुन्दा पनि आँङ जिरिङ्ग हुन्छ । हे, भगवान् ! नेपालका मान्छेहरु सैतान हुन् कि बानर हुन् ? किन यो पूण्यभूमिमा यस्ता नरपशुहरु जन्मायौ ? यौन विकृति र घुषको पराकाष्ठा भएपछि विश्वासघातले विकराल रुप लिदोरहेछ । मान्छेले आफ्नी आमा,दिदी,बहिनी,स्वास्नी, बुहारी, छोरी कस्तो चहान्छ त्यही हद यस्को सीमा हो । समाजभित्र मानिस बस्न सक्ने परिभाषानंै यही हो । आफ्नी आमा, दिदी, बहिनी, छोरी,बुहारी र स्वास्नी चाहीं चरित्रवान र राम्रो हुनु पर्ने अनि अली परको चाहींलाई आफूहरुले यौन विकृतिको माहौलमा फसाएर ठूलो विपत्तिमा पारी दिदा पनि हुने । चरित्र भनेको सद्व्यवहार हो । चरित्रनैं नभए पछि त्यस्ताहरुबाट समाजले के आशा राख्न सक्छ ? बुद्ध यौन नियन्त्रणबाट विरक्तिएर हिडे, यौन ठक्करले कालीदास महाकवि बने । दुनियाँको हलचल नैं यौन आकर्षाबाट प्रस्तुत हुन्छ । साहित्यमा यसको विवरणको तुष छैन भने खल्लो हुन्छ । त्यो त हो, तर पनि त यस्को हद हुनु पर्दछ । यौनकै कारणले समाजलाईनैं दुषित पार्नु त भएन नी । यौन विकृति असामाजिक कुरा हो । यौन असंतुलन र असीमित चहानाले मान्छेले मान्छेलाई मार्छ । यौन विकृति बढदै गयो भने त्यस्ताहरुले हत्या गरेर संतुष्टी लिनेहरु पनि छन् । यौन संतुष्टी नभएको मान्छे र धेरैसँग यौनसंर्सग गरेका मान्छेहरु यी दुबै असन्तुलित र व्यविचारी हुन्छन् । यौन असन्तुलित मान्छेहरु राजनीति र प्रशासन क्षेत्रमा पुगे भने त्यस्ताहरुको कारणले सबै कुरा वरवाद हुन्छ । राणाहरुले यौन प्रवृत्तिलाई काबुमा ल्याएनन्, नैतिकतालाई बचाएनन् । यसलेनै उनीहरुको र्सवश्व गर्यो । प्रताप मल्ल त्यस्तै बलत्कारी थिए जस्ले जत्तिसुकै प्रायश्चित गरेता पनि सफाई पाउँन सकेनन् । जुद्धशम्सेर र वि.पी. कोइरालामा यौन बिकृतिले सताएको थियो भनिन्छ । राजनीतिक परिवर्तनमा अनेकौं यौंनकाण्डहरुको कारणले ठूलाठूला परिवर्तन भएका छन् । तर मान्छे कुकुर भन्दा यौनमा बढी भयो भने त्यस्तालाई अपराधी सरह्र मान्नु पर्दछ । कुकुरको ता एउटा समय अथवा महीना हुन्छ तर मान्छेको इज्जत कुकुरको भन्दा माथिको छैन । कुकुरले त बरु धोका दिदैन । यौन विकृतिको चरम सीमा नागेर अमेरिकी पुर्व राष्ट्रपति क्रिन्टनको चरित्र सम्झदा अहिलेसम्म लाज लाग्छ । हो, यौन भनेको प्राणीहरुको लागि भावनात्मक मनोदशा हो । तर नाङ्गो यौन स्वतन्त्रता कायम हुने हो भने यो धर्तीमा सैतानरुपी पशुहरुको दार्ँइ हुन जानेछ । यसलाई प्राणीहरुले जसरी चहान्छन्, त्यसरीनै सदुपयोग गर्न सक्छन् । यसलाई छाडा बनाएर पे्रममय जीवनलाई निरस र कृत्रिम बनाउनु त भएन नी ! यौन जीवनको दुरुपयोग भएकाले आजको हाम्रो समाज झन झन पशु भन्दा तल झर्दै छ । मान्छेहरुको घातक व्यवहार देख्दा मान्छे भनेको ब्वाँसाको जस्तो कन्याउँदै आन्द्रा चुडाउने प्राणी हो जस्तो लाग्छ । मान्छे यस्तो पापको लहरो हो कि उसले हेपेको छ भने कुल्चेरै मार्छ । कम्जोरहरुको अगाडि मान्छे यस्तो निरंकुश हुन्छ कि उसले इदी अमिनलाई पनि बिर्सेर दिन्छ । मानिसलाई विवेकशील प्राणी भनिन्छ तर यो सत्य हो कि प्राणीहरुमा मान्छे जस्तो विवेक नभएको प्राणी अर्को नहोला । लाज घीन छैन भने संसारमा मान्छेले दानवको व्यवहार गर्छ । यति यो निरंकुश छ कि अरुहरुलाई उदार हुन सिकाउछ । अर्काको खाने, आफ्नो अरुलाई नदिने । आफूलाई दुख्ने, अरुहरुलाई नदुख्ने, अरुहरुले उसलाई मायाँ गर्नु पर्ने, उसले अरुलाई चिथोर्ने । बानरले त बरु बच्चा बोकेर हिडछ मान्छेले त अप्ठयारो पर्यो भने बच्चा निचोरेर फाली दिन्छ । मान्छेले मान्छेलाई नाक र कानबाट गोली ठोकेर मार्नुपर्ने यिनै कारण हुन् । मानिसको इतिहासनै वर्गसंर्घको परिणति हो भनेर कालमार्क्सले किटान गरे तर त्यो आर्थिक मामिलासँग मात्र संवन्धीत नभएर मानिसको सैतानी प्रवत्तिको वकालत पनि थियो । मानिसलाई स्वन्त्रता भूइँनभाँडाको हुन्छ । मानिसलाई कुँज्याएर राखियो भने उ लुरुक्क हुन्छ । मान्छेहरु सबै मिलेर मान्छेलाई नियन्त्रण नगर्ने हो भने मान्छे जंगली हात्ती जस्तो उन्मुक्त भएर मान्छेले सबैलाई कुल्चेर मार्न सक्छ । त्यसो भएकाले मान्छेहरु सबै मिलेर बस्नलाई ऐन, कानून र संविधान तयार गरेका हुन् । मान्छेलाई सामाजिक प्राणी भनेता पनि वास्तवमा उ एउटा असमाजिक राक्षेस हो । यो मिचाहा हो । मान्छेलाई कसरी चिन्ने ? मान्छे भनेकोनैं एउटा भ्रम हो । मान्छे प्राकृतिक लीला भएता पनि उ अप्राकृतिक हो । हात्ती र बाघका देखिने दाँत हुन्छन् तर मान्छेका दाँत कोखमा हुन्छन्? लुकेका र्सपको खुट्टा जस्तो नदेखिने । पाप र बेइमानी लुकाउँने स्यालका सिङ हुन्छ भन्छन् तर मान्छेका सिङ र दाह्राहरु नदेखिएता पनि यस्का दाह्रा र सिङ यस्ता बिषालु हुन्छ कि यसले टोके पछि कुनै दबाई-मुलोले पनि काम गर्दैन । कहिले एक थोपा पानी खान नपाएर मान्छे मर्छ? तिर्खाले, कहिले पानीनैं पानी पेटमा भरिएर मर्छ यो । मान्छेले बुद्धको जस्तो सोचाई गर्दैन । खरायोलाई जति पाले पनि उसले मालिक चिन्दैन । मान्छे पनि खरायो जस्तै कृतघ्न प्राणी हो जस्लाई जति सेके पनि आफ्नो बनाउन सकिदैन । लोग्ने र स्वास्नी वीचको झगडा त आ-आफ्नो स्वार्थको खेल मात्र हो । यसरी मान्छेले मान्छेलाई गर्ने मायाँ त एउटा ढोंग मात्र हो । मान्छे असत्य र झुठ कुरामा पनि टेक लिएर मर्न सक्छ । आफूलाई प्रकृतिको राजा ठान्छ तर परिआयो भने मान्छे स्याल भन्दा डरछेरुवा भएर लुक्छ । काम नलाग्ने नपुंशक पापीहरुको बास नेपालमा भएको छ । यहाँका मान्छेले मान्छेलाई मद्दत गर्छ भन्ने कुरा र्व्यर्थ हुन् । कही मद्दत गरिहाल्यो भने पनि आफ्नो स्वार्थ नहेरी कसैको काम गर्दैन । मान्छे कस्तो ढोँगी ? कोही साधु हुन्छन्, कोही देश छोडेर हिडछन्, कोही विरक्तिएर झुण्डिएर मर्छन्, कोही खोलामा हाम फाल्छन् । एउटा मलामे डण्डीले बिजुलीको तार छुने बित्तिकै उ परलुक्क हुन्छ । मुसा मार्ने दबाई खाएर ओछयानमा सुत्यो भने उ सुतेको सुत्यै हुन्छ । तैपनि धाक लगाउँन छोडदैन । हे, भगवान ! नेपालमा अपराधी, नामर्द, नपुंशक र २०४७ सालपछि सत्तामा आएका कुलङ्गार मानिसहरु जस्ता नजन्माई देऊ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ
निबन्ध
आचार्य प्रभा
11, 2008, 2:34
मान्छेका आ -आफ्नै मन पर्ने कुराहरु हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा,बुढी ,केटा ,केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा पनि आउछ र भनिन्छ पनि केटा, केटी, फूल, बुढा, बुढी, फूल र गीत, सङीत मन नपराउने मान्छे शायद असाधारण मान्छे नै मानिन्छन अर्थात यस्ता मान्छेहरु कठोर स्वभावका हुन्छन। मलाई गीत ,सङीत मन पर्छ त र केटा ,केटा ,बुढा,बुढी ,फूल मन पराउनु भनेको इक्षाद्वारा होइन त्यो प्रक्रीतिले नै भित्रैबाट दिएको आत्मिक शक्ती हो। त्यो जबर्जस्ती इेछ्या बनाएर थोपरिएको होइन त्यो त भित्री अन्तस्करणबाट नै मन कोमल बनेर ती कुराहरुमा आक्रीष्ट भएको हो जस्लाई इेछ्या भनेर जबर्जस्ती नक्कली माया दिन सकिन्न ।यस्तै मन पर्ने ,भित्री हृदयबाट नै उक्त कुरा देखेपछी मन प्रफुल्ल हुने मध्येमा मेरो निम्ती बच्चाहरु हुन जुन चाहे जन्मकै दिनदेखी होस् वा हुर्किएर बल्ल तोते बोली बोल्दै गरेको होस्। यस्ता बच्चा हरु मलाई असाध्य मन पर्छ ,माया लाग्छ म उनिहरुसँग घण्टौ घण्ट सम्म पनि आफुलाई हराउन सक्छु। उनिहरुको तोते बोलिमा नै म संसारको रमाइलोपन पाउछु हुन त मेरा पनि तीन छोरीहरु छन जुन जवान भैसके ता पनि मलाई बच्चाहरु प्रतिको मोहले अझसम्म छाडेको छैन। यसरी बच्चाहरु मन पराउने क्रममा म धेरै बच्चाहरुप्रती आक्रीष्ट मात्र होइन मोहित भएकी छु र मेरो अन्तर्मनबाट नै तिनिहरुको भेटले मलाई खुशी छरिदिएको आभाष पाएकिछु हुनत यहाँ मैले ''बच्चा ''भनेर मान्छेको जातलाई जनावरसँग तुलना गरे जस्तो भान भएको छ तर सामान्य बोलिमा आजकल 'छोरा छोरी 'भन्ने भन्दा बच्चाहरु भन्ने चलन नै चल्ती भएकोले यस्मा म क्षमा प्रार्थी छु । हुनत केटा केटी भन्दा पनि हुनेथ्यो तर केटा केटी भन्नाले पनि त जवान पुलिङ केटा र जवान स्त्रीलिङी केटी अर्थात तरुण -तरुणी जोडी को अर्थ पहिल्याउला भन्न सकिन्न त्यसैले मलाई ''बच्चा'' भन्न नै उचित लाग्यो तर मेरो ''बच्चा ''भन्नै पर्छ भन्ने ठोकुवा चाँही होइन बाध्यता हो ।म बच्चाहरु अर्थात केटा केटी नानीहरु प्रतिको मेरो आकर्षण र मनपराइको बारेमा बोलिरहेकी थिएँ यथार्थमा म सँग त्यस्ता धेरै घट्नाहरु छन मैले नानीहरु मन पराएर मिलनमा रमाएको र बिछोडमा म कमजोड बनेका घट्नाहरु। ती सबै लेख्न असमर्थ छु तर सम्झनामा भने म ती बिछोडीएका बालकहरुको झझल्कोले अझ पनि बिह्वल बनिरहेकी छु। अब बिर्सीदिॐ ती पिछडिएका छायाहरुहरुलाई। होम अमेरिका आएर पनि रेस्टुराँमा काम गर्दा एौटा ग्राहकको'' छोरो '' जस्को नाम ''रायन '' थियो त्यो बालक प्रती म उत्तिकै आक्रीष्ट थिएँ। ऊ बल्ल तीन चार बर्षमात्र पुगेको थियो । त्यो बालकले उस्का आमा -बाबालाई जबर्जस्ती त्यही रेस्टौरेन्ट लैजा भनेर दिक्क दिन्थ्यो रे त्यसैले हप्ताको दुई पटक उस्लाई त्यो रेस्टुराँमा ल्याइन्थ्यो जब उनिहरु रेस्टुराँभित्र छिर्दथे त्यो बच्चा अनायस आधिहुरी जस्तै भएर मलाई समाउन आइेपुग्थ्यो उस्लाई आमा बाबुको मतलब हुँदैनथ्यो यती सम्म कि खाना खाइ सकेर फर्किसकेपछी पनि रेस्ट्रूम जाने बहानाले फेरी आमा ,बाबालाई छ्क्याएर रेस्टुराँमै कुदेर आइेपुग्थ्यो। उस्का पछी पछी आमा -बाबा कुदेर लिन अाउदथे ।यसरी म सँग पनि धेरै जसो बच्चाहरु आक्रीष्ट हुन्छन किन हो ? शायद मेरो मन पराउने इक्षा मात्र भएर होइन कि भित्री आत्माबाट नै मैले पनि उनिहरुलाई रुचाएर होला शायद। यसरी बच्चासङको मिलन बिछोडका क्रममा मेरो भर्खरमात्र डेन्भरमा भानु जयन्तिको साहित्यिक कार्यक्रममा एउटा भाईसँग भेट भएको थियो जो भर्खरमात्र भुटानी रेफुजी अन्तर्गत नेपालको बेल्डाङी शिविर दमक झापा बाट भित्रिएका रहेछन बोलिचालीको क्रममा चिनाजानि भयो म पनि दमककै बासी भएको कारणले ऊ सँग कुराकानी लामो नै भयो। भर्खर अमेरिका भित्रिएको कारणले नौलो अनुभव र एक्लोपन महसुश गरिरहेको बेला मैले बोलिदिदा शायद त्यो भाईलाई म प्रती अलिकती आफ्नोपनको आभाष भएछ क्यारे घरमा गएर श्रीमती र पाँच बर्षकी छोरीलाई मेरो बारेमा भनेर मेरो फोन नम्बर दिएछन एकदिन अचानक फोन को घण्टी बज्यो। नौलो आवाज आयो मैले चिनिन भने तर ती आमा छोरीले प्रष्ट्याए कि हामीले तपाईंलाई नचिने पनि नाम सुन्यौ। तपाईं प्रभा दिदी हैन ?भनेर आमा चाँहीले के भनिरहेकी थिइन छोरीले फोन खोसेर बोल्न थालिन ''हेल्लो प्रभा आण्टी ''भनेर सम्बोधन गरिन त्यो बालिकाको आवाजबाट नै म यती मुग्ध भएँ कि पाँच बर्षकी बालिकाको कस्तो प्रष्ट बोली ?मैले नाम सोधें ''सुस्मिता ''भन्ने जवाफ आयो त्यो फुची यसरी बोल्न थालि कि मानौ उस्को मेरो बर्षौ बर्ष देखीको भेट भएको हो यसरी हाम्रो भेट नभए पनि फोनमा कुराकानी भैरहन्छ म त्यो बालिकाको बोलिबाट अती नै प्रभावित छु निस्छल, निष्कपट वाक्यहरु बोल्छे यसरी फोनमा कुरा गर्ने क्रममा मैले त्यो बचिको इक्षा बुझ्न धेरै कुराहरु सोधें। उस्को निश्छल जवाफहरु मैले सुनिरहेकी थिए किनकी शरणार्थी शिविरको कथा, ब्यथा अभाव मैले शिविरमै गएर देख्ने मौका पाएकिथिए। बच्चाहरु नाङा ,भुतुङा कुदिरहेको पनि मैले अवलोकन गरेकिथिए यसै प्रशङमा यहाँ आएर त्यो बालिकाको मानसपट्लमा कस्तो प्रकारको प्रभाव परेको रहेछ त भन्ने आशय बुझ्न मैले उस्लाई प्रश्न गरें । ''नानी तिमी नेपाल कहिले जाने? यहा राम्रो लाग्यो कि नेपाल राम्रो लाग्यो ?यहा मन पर्यो कि नेपाल भन्दा ''उस्ले एकै वाक्यमा हठातको साथ जवाफ दिई ''नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ ,जहिल्यै मान्छे मार्छ ,मलाई त नेपाल मन पर्दैन भनी। म उस्को वाक्यले मौन बने । मलाई यस्तो लाग्यो कि त्यहाको अभाव ,दुख र शारणार्थि हुनुको पीडाले होला उस्लाई नेपाल मन नपरेको भनेर त र उस्को आशय त्यो होइन रहेछ उस्को अबोध सोचाइमा पनि नेपालको त्यो नरसंहार ,बिभत्स हत्या हिँशा ,गोली बारूदको आवाजले बित्रिष्णा जागेको रहेछ र अली अली कापेको आवाजमा उस्ले भनी ''अनी नेपालमा त बन्दुक हान्छ नि त त्यसैले मलाई नेपाल मन पर्दैन भनी त्यो बालिकाको मनोबैज्ञानीक भाव बुझेर म अनुत्तरीत बने हुन पनि त हो हाम्रो देशमा नसोचेको आधी ,हुरी आयो जस्ले गर्दा सबैको मनमा डर र त्रास, भयले डेरा जमायो। जहाँ तही बन्दुक र बारूदको गन्ध मात्र उड्न थाल्यो । आकाशमा चम्कने बिजुली चट्याङ बनेर धर्तिमा पल पल मा नै खस्न थाल्यो त्यसैले पनि सबैको मनमस्तिष्क,दिमागमा त्यही आवाजहरु गुन्जिन थाले भने त्यस्ता अबोध बाअलकहरुका दिमागमा किन असर नपरोस ? यसरी त्यो बालिकाको उत्तरले म अवाक बने ।अहो म त आफुलाई मन पर्ने अर्थात प्रीय लाग्ने बस्तुहरु को बारेमा कुरा गरिरहेकी थिएं। यसै शिलशिलामा देशप्रतिको सोचमा डुब्न पुगेछु कारण उक्त बालिकाको प्रत्युत्तरले। अब मलाई झन त्यो बालिका प्रतिको अद्रीश्य मोहले तानेको छ किनकी त्यसै त मीठो बोली ,झन उस्का कुराहरु कत्ती मर्मस्पर्शी अनी सम्बेदनशील ?आज यो लेख डेन्भर आएर नै लेख्दैछु र त्यो बालिकालाई भेट्ने अभिष्ट पनि पालिरहेकी छु। हेरौ सन्जोग कस्तो जुर्ने हो ? शायद मैले उस्लाई साक्षात भेटेर नै मनोभाव बुझ्न सक्षम हुन्छु होला र मेरो आकाक्षा पूरा होला ।अमेरिका
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
अध्ययनको सर्न्दर्भ
निबन्ध
सङ्गीत आयाम
11, 2008, 2:22
वास्तवमा अध्ययन के हो ? आजसम्म अध्ययन यही नै हो भनेर कतै पनि सही प्रकारले परिभाषित गरेको देखिएको छैन । अध्ययनका बारेमा धेरैले धेरै पटक चर्चा गरेका छन् तर अध्ययनको परिधि र प्रवृत्तिमा समाहित भएर ठोस परिभाषा दिने काम भने कतैबाट पनि शसक्त रूपमा आएको देखिदैन । कोही भन्छन्; स्कूल, कलेजमा पढेर प्रमाणपत्र हासिल गर्ने प्रक्रिया नै अध्ययन हो त कोही भन्छन्; विभिन्न विषयमा प्रशिक्षण लिएर प्रविधिसँग नजिक हुनु नै अध्ययन गर्नु हो । कोही भन्छन्; जे जस्तो रूपमा भए पनि पढ्ने-लेख्ने काम नै अध्ययनको पहिलो र अन्तिम शर्त हो त कोही भन्छन्; नयाँ नयाँ कुरामा आफूलाई सङ्लग्न गराएर हरेक विषय वस्तुमाथि प्रयोग गर्नु नै अध्ययनलाई पुष्टि गर्नु हो । के पुस्तकहरू पढ्नुमात्र अध्ययन हो त ? पुस्तकहरू अध्ययनका सामाग्री हुन् तर सम्पूर्ण अध्ययन त्यही मात्र हो भन्नु आफूलाई फैलाउन नसक्नु हो । के सत्ता हासिल गरेर शासन गर्नु मात्र अध्ययन हो ? देश र समाजलाई वुझ्न यो पनि एउटा अध्ययनको माध्यम हुनसक्छ तर यो मात्र अध्ययनको विषय हो भन्नु आफ्नो बौद्धिकतामाथि प्रश्न चिन्ह लगाउनु हो । के नयाँ-नयाँ आविस्कार गरेर युगलाई उन्नतिको मार्गमा प्रविष्ट गराउनु मात्र अध्ययन हो ? नयाँ वस्तुहरूलाई परिभाषित गरेर समय सापेक्ष प्रयोग गर्नु पनि ठूलो अध्ययनको सर्न्दर्भ हो तर अध्ययनको शुरुवात यसैबाट भएर यसैमा अन्त्य हुन्छ भन्नु मुर्खता हो । आर्थिक असमानताको विरुद्धमा लडिएको विषय मात्र अध्ययन हो ? वर्गीय विभेदलाई कम गर्दै लैजानु पनि अध्ययनमा सङ्लग्न रहनु हो तर त्यो मात्र अध्ययन हो भनेर भन्नु अरु प्रकारका अवस्थाहरूलाई आत्मसात नगर्नु हो । अध्ययनका विषय के होइनन् र ? अध्ययन गर्नुपर्ने आवश्कता कहाँ छैन र ?के त्यसोभए माथि उल्लेख गरिएका कुराहरूमा नै अध्ययनको सीमा परिलक्षित छ त ? अध्ययनको सीमा हुन्छ कि हुँदैन ? कुन आधारले अध्ययनको सीमा निर्धारण गर्ने ? के त्यसरी गरिएको सीमा निर्धारण नै अन्तिम हुन सक्छ ? के त्यो नै त्यसको परिभाषित गन्तव्य हुन्छ त ? आउनोस्, अध्ययनको सर्न्दर्भ के हो र त्यसको सीमा के कति हो भन्ने बारेमा व्यापक चर्चा परिचर्चामा जुटौं । त्यसमथि अब चिन्तन मनन गर्ने बेला भैसकेको छैन र ?अब प्रश्नहरू स्वत तपाईले आफ्ना अघि उभिएको पाउनुहुन्छ । तपाईको अघि उभिएको पहिलो प्रश्न यस्तो हुनेछ, अध्ययन त गर्ने अब कुन विषयको गर्ने त ? त्यसको नजिकै अर्को प्रश्न हुन्छ । अध्ययनलाई न्याय गर्ने विषय कुन हो र त्यसलाई हानी पुर्याउने सर्न्दर्भ कस्तो हो ? त्यसकै समानान्तर रूपमा उभिएको अर्को प्रश्न फेरि यस्तो छ, के साँच्चै नै कुनै विषयमा पारङ्गत हुँदैमा अध्ययन सकिएको मान्नुपर्छ ? अलि पर तर आत्मविश्वासका साथमा उभिएको अर्को प्रश्नमाथि तपाईको ध्यान एक्कासि पुग्यो भने मलाई कुनै अनौठो लाग्ने छैन । के कुनै विषय अध्ययनको क्षेत्र हो भन्दैमा अरु विषयहरू त्यसभन्दा पृथक रहन सक्छन् ? प्रश्नदेखि नभाग्नुहोस, बरु त्यसको उत्तर खोज्नुहोस् ।तपाईलाई लागेको हुनसक्छ मैले धेरै अध्ययन गरिसकेको छु, अब मलाई अध्ययनको के आवश्यकता छ र ? तपाईलाई लाग्ला; मैले सम्पत्ति प्रशस्तै जोडेको छु र मेरो परिवार एकदमै खुशी छ, अब अध्ययन नगरे पनि मलाई पुग्छ । हो, तपाई केही हदसम्म आर्थिक रूपमा कङ्गाल हुनेहरूका अगाडि सम्पन्न हुनुहुन्छ तर तपाईभन्दा धेरै गुणाले सम्पन्न हुनेहरूका अगाडि फेरि पनि तपाई कङ्गाल नै हुनुहुन्छ । तपाईको सीमा के हो त ? तपाईले आफूभन्दा पछाडिकालाई हेरेर सन्तुष्ट हुने हो कि आफूभन्दा अगाडि पुगिसकेकालाई हेरेर असन्तुष्ट हुने हो ? यसलाई तपाईले वास्तवमा कसरी लिनुहुन्छ ? अध्ययनको प्रक्रिया पनि यस्तै यस्तै हो, जहाँ तपाईले अध्ययनलाई समाप्त गर्नुहुन्छ त्यहाँ तपाईको विकास-क्रम पनि अवरुध्द हुन्छ । आर्थिक क्षेत्रको मात्र कुरा होइन अध्ययनको उपस्थिति हरेक क्षेत्रका लागि ठूला-ठूला चुनौतिहरू हुन् जसलाई अस्वीकार गर्ने हो भने कुनै क्षेत्रको विकास प्रक्रिया नै सम्भव छैन र त्यसको पुष्टि बारम्बार भैरहेको पनि छ । म भन्छु, अध्ययन शब्द नै विशालताको अर्को रूप हो । यो कुनै विषयसँग मात्र सम्बन्धित छैन, सबै विषयहरू यसका मूलभूत तत्वहरू हुन् । चाहे तपाई विज्ञानको कुरा गर्नुहोस्, अध्ययन नभइकन कुनै पनि कुराको वैज्ञानिक उन्नति सम्भव छैन । चाहे तपाई राजनीतिका कुरा नै किन नगर्नुहोस् अध्ययन नगरिकन समाज, देश र अन्तराष्ट्रलाई बुझ्न सम्भव नै छैन भने हुन्छ । चाहे तपाई अर्थशास्त्रको कुरा गर्नुहोस्, अध्ययन विना आर्थिक विषमताको कुरा र आर्थिक गुणहरूका सर्न्दर्भलाई बुझ्न र आत्मसात गर्न नै सकिदैन । चाहे तपाई साँस्कृतिक अभियानका कुरा नै किन नगर्नुहोस्, अध्ययन विना सँस्कृति र त्यसको विकास क्रमलाई तपाईले नजिकबाट अनुसन्धान गर्न नै सक्नुहुन्न । घरबाट तपाई बाहिर निस्कनुहुन्छ, तपाईलाई अध्ययनको आवश्यकता पर्छ । आफूसँग केही अध्ययनको पृष्ठभूमि छ भने तपाईको छाती गर्वले फुल्छ नत्रभने आफूसँग त्यति अध्ययन छैन भने तपाई निदाउरो देखिने क्रम शुरु भैसकेको हुन्छ । तपाईलाई थाहा छ, घरबाट बाहिर निस्किसकेपछि समाजसँग साक्षात्कार हुन्छ र त्यहाँ त्यसका विविध पक्षहरूसँग जुध्नुपर्छ । तपाईलाई थाहा छ, घरबाट बाहिर निस्किएपछि विभिन्न समस्याहरूसँग तपाईले फेस गर्नुपर्दछ र त्यहाँ तिनीहरूका समाधान गर्न कटिबद्ध भएर लाग्नुपर्छ । कदम कदममा तपाईसँग नसुल्झने रहस्यहरू हुन्छन्, त्यसलाई तपाईले नै सुल्झाउनुपर्छ । पटक पटक तपाईको जीवनमा चुनौतिका पहाडहरू आउँछन् र त्यसलाई तपाईले नै पन्छाउनवुपर्दछ, । घरिघरि असफलताका पदचिन्हहरूले तपाईलाई पछ्याउनेछन् जसबाट बच्न तपाईले सफलताको लागि लड्नुपर्छ । बारम्बार शत्रुहरूले तपाईलाई आक्रमण गर्न सक्छन्, प्रत्याक्रमण गर्न तपाई तयार रहनुपर्छ । के यी कुराहरू प्राप्त गर्न अध्ययन विना सम्भव छ त ? के अध्ययन नै नगरिकन जीत हासिल गर्न सम्भव छ त ?तपाईलाई लाग्न सक्छ, स्कूल, कलेजबाट प्राप्त गरेका र्सर्टिफिकेटहरू नै अध्ययनका विशिष्ट प्रमाणहरू हुन् । हो, निश्चित रूपमा केही हदसम्म निर्धारित गरिएका पाठ्यक्रमहरू पनि अध्ययनका स्रोत हुनसक्छन् तर त्यो नै अध्ययनको सम्पूर्ण रूप हो भनेर भन्नु त अन्धाले हात्तीलाई छाम्दा घरको कल्पना गरे जस्तै कुरा हो । के अध्ययनको परिधि यति साँघुरो भैसक्यो कि त्यसलाई अब कतैबाट प्राप्त गरिएका प्रमाणपत्रहरू द्वारा मात्र प्रमाणित गर्न सकियोस् ! के अध्ययनको परिवृत्त अब यति संकुचित भैसक्यो कि त्यसलाई अब जे जस्तो कारणबाट भए पनि प्राप्त गरिएका र्सर्टिफिकेटहरूमा मात्र कैद गरिएको होस् ! वास्तवमा अध्ययनको फैलावटलाई नाप्न सकिने सही प्रकारको संयन्त्रको अहिलेसम्म विकास नै भएको छैन । अध्ययनको मूल्यवेत्तालाई कुनै पनि वस्तुले विभाजन गर्न नै सक्दैन । तपाईले कल्पना नै गर्न सक्नुहुन्न कि विद्यार्थीकालमा पढ्नमा लद्दु रहेका आइन्स्टाइन पछि कसरी स्व-अध्ययनको बलले महान वैज्ञानिकको रूपमा विश्वमाथि शासन गरे ! तपाईलाई यो कुरा पचाउन मुश्किल लाग्न सक्छ कि गरीविको जर्जरताले पढ्न नपाई बच्चैदेखि कामको खोजीमा भौतारिनु परेका मेक्सिम गोर्की पछि कसरी महान लेखकका रूपमा विश्व विख्यात भएका थिए ! आफ्नो अध्ययनको बलमा सत्य कुरा बहुमतले मात्र सिद्ध हुँदैन भन्ने दार्शनिक सुकरातले सत्यलाई प्रमाणित गर्न घट्घटी विष पिएको कुरालाई तपाईले यसलाई अध्ययनसँग नजोडी सुखै छैन । अहिंसाका महान पूजारी महात्मा गान्धीले आफ्नो देश र समाजलाई गहिरो अध्ययन गरेकै कारण भारतलाई स्वतन्त्र बनाएका होइनन् र ? यस्ता धेरै उदाहरण छन् जसले अध्ययनको बलमा नै संसारलाई हार्दिकतापूर्वक जितेका छन् । अध्ययन प्रगतिको लागि मात्र आवश्यक छैन आमूल परिवर्तनका लागि पनि जरुरी हुन्छ । अध्ययन समस्याहरूको समाधान मात्र होइन नयाँ आविष्कारहरूको लागि पनि उचित प्लेटफार्म हो । तपाई गाई-वस्तु चराउनुहुन्छ, त्यो पनि अध्ययनको विषयवस्तु हुनसक्छ किनकि गाई-वस्तुको मनोविज्ञान बुझेर आफ्नो काममा समर्पित रहनुभयो भने त्यसले तपाईलाई सम्बन्धित विषयको विशेषज्ञ नबनाउला भन्ने छैन । तपाईलाई थाहा नै छ, दक्षिण अफ्रिकाका महान राजनेता नेल्सन मण्डेला आफ्नो बाल्यावस्थामा गाइ-वस्तुहरू चराउँथे र भोक लाग्यो भने गाईको थुनमैं मुख लगेर तन्तनी तातो दुध पिउँथे । गाई-वस्तु चराउँदा चराउँदै आज उनी विश्व राजनीतिलाई प्रभाव पार्ने हैसियतमा पुगेका छन् । के उनले अध्ययनलाई छोडेका भए यहाँसम्म आइपुग्थे त ?तपाई मेलापात गर्नुहुन्छ, त्यो पनि अध्ययनकै सामग्री हुनसक्छ किनकि तपाईको खेती-पातीमाथिको ज्ञान क्रमशः समृध्द हुँदै जान्छ र अनुभवले तपाईलाई परिपक्व बनाउँदै लैजान्छ । तपाई दिनभरि खटिएर काम गर्नुहुन्छ र थाकेर बेलुकी घर फर्किनुहुन्छ, यो तपाईको नियमित प्रक्रिया जस्तै हुन्छ । तर यस्तो प्रक्रियाबाट पनि तपाईले धेरै कुरा सिकिरहनु भएकै हुन्छ । यसलाई अध्ययन नभनेर के भन्ने ? तपाईलाई लाग्न सक्छ, जिन्दगीभरि काम गरियो तर आर्थिक अवस्था कहिल्यै सुध्रिएन । यसको अर्थ के हुन्छ भने तपाईले कामलाई मात्र बाँच्ने माध्यमका रूपमा लिनुभयो तर यसलाई अनुभव र ज्ञान प्राप्त गर्ने माध्यमका रूपमा कहिल्यै लिनुभएन । कामलाई पूजाको रूपमा ग्रहण नगर्दा तपाईको कामले बाँच्ने सहारा त दिन्छ तर प्रगति गरेर अघि बढ्नलाई त्यो ठूलो व्यवधान भैदिन्छ । काम कहिल्यै पनि सानो ठूलो हुँदैन, कामलाई त्यस रूपमा हेर्ने हुँदैन भन्ने मलाई लाग्छ । कामलाई गर्वको रूपमा ग्रहण गर्ने हो भने त्यहाँ अध्ययनको महासागर नै उर्लिएको तपाईले पाउनुहुन्छ । तपाईको जिन्दगी त्यसमा पौडिदा पौडिदै परिष्कृत र परिमार्जित किसिमले अघि बढ्छ अनि त्यसबाट केही न केही निकास निस्कन्छ नै, म यस कुरामा अत्यन्तै विश्वस्त छु । आफूसँग नभएको कुरा सिक्नु मात्र अध्ययनमा जुट्नु होइन, कुनै काम गरेर अनुभव बटुल्नु पनि अध्ययनमा सहभागिता जनाउनु हो । लेख्न सक्नु मात्र अध्ययनको विशेषता होइन अझ केही कुरा प्राप्त गर्न गरिएको कठोर मेहनत पनि अध्ययनको उदाहरण हो । अनि तपाईसँगै दिनप्रतिदिन बढेको क्षमताको अभिवृद्धि पनि अध्ययन कै रूप होइन र ? अध्ययन कुनै वर्ग विशेषमा सीमित छैन न कुनै जात जातिमा कैद छ । अध्ययन कुनै रङ्गभेदमा परिलक्षित हुँदैन न कुनै लिङ्गभेदमा प्रायोजित हुन्छ । अध्ययनले होचो अग्लो भन्दैन न कालो गोरो भनेर नै कुनै नीति निर्धारण गर्दछ । अध्ययनले दुब्लो पातलो भन्दैन न सानो ठूलो भनेर नै भेदभाव गर्दछ । अध्ययन त कालाहरूको स्वतन्त्रताको लागि गीत गाउने गायक बब मार्लेलाई पनि आफ्नो गीत-सङ्गीत कलात्मक बनाउन र आकर्ष ढङ्गले प्रस्तुत गर्न चाहियो । अध्ययन त गोराहरूका महादूत जर्ज बुशलाई पनि चाहिएकै छ । अध्ययन त तानाशाह हिटलरलाई पनि नभै भएको थिएन । अध्ययन त वैज्ञानिक डाल्स डार्विनलाई पनि अत्यन्तै आवश्यक रहृयो । अध्ययनबाट आजसम्म को बच्न सक्यो र ? अध्ययनले कसलाई आफ्नो नियन्त्रणमा लिएन र ? अध्ययन नगरेको मान्छेले गरेको प्रगति र अध्ययन गरेको मान्छेले गरेको प्रगतिमा कति अन्तर छ, यो कुरा तपाईलाई भनिरहनु नै पर्दैन । सबै ठूला ठूला मान्छेहरू अध्ययनकै कारण ठूला भएका हुन्, यो कुरा घामजस्तै प्रष्ट छ । के कुनै मान्छे अध्ययन विना ठूलो हुन सम्भव छ त ? के कुनै मान्छे अध्ययन बिना मान्छे हुन सक्छ त ?मान्छेहरू जन्मिन्छन्, मर्छन् । मान्छेहरू आज यहाँ छन् भोलि कहाँ छन् । एउटा सामान्य मान्छे पनि भोलि असाधारण भएर निस्कन सक्छ । अहिले खाए भोलि के खाउँ भन्ने गरिव मान्छे पनि भोलि ठूला ठूला कल-कारखानाका मालिक बन्न सक्छ । नपत्याउँदो खोलाले बगाएका उदाहरणहरू कति छन् कति । आज नसुहाउँदो लागेका कुराहरू समयक्रममा भोलि अत्यन्त आवश्यक बन्न पनि सक्छन् । आज रमाइलो मानेर गरिएका काम भोलि नरमाइलोका कारण पनि हुन सक्छन् । मात्र तपाईले अध्ययनप्रति विश्वास गर्नुपर्छ, भोलि प्रत्येक कुरा सुन्दर रूपमा प्रस्तुत हुन्छन। मात्र तपाईले अध्ययनप्रति चाख बढाउनु पर्छ भोलि प्रत्येक कुरा रमाइला र नौला देखिन्छन् ।तपाईले कहिल्यै सोच्नुभएको छ ? यस्तो हुनुमा के को मूख्य भूमिका हुन्छ । तपाईलाई लाग्नसक्छ; धनको, पद-प्रतिष्ठाको यसमा मुख्य हात रहेको हुन्छ । तपाईलाई लाग्नसक्छ, यस्तो हेरफेर हुनुमा भाग्यको हात हुन्छ । तपाईलाई क्रमश अनुभव हुँदै जान्छ कि अध्ययन छ भने आउँदा दिनहरू र्सार्थक हुन्छन् त्यो छैन भने तिनै दिनहरू निराशापूर्ण हुन्छन् । अध्ययन छ भने आगामी दिनहरू उज्यालो हुन्छन् त्यो छैन भने सबै दिनहरू अन्धकारमैं हराउछन् । अध्ययन कै कारणले इतिहासले तपाईलाई अभिवादन गर्छ, अध्ययन नहुँदा त्यसले तपाईको कुरालाई उडाउँछ । न मान्छेलाई अध्ययनप्रति अविश्वास छ भनेर सुख हुन्छ न मान्छेले अध्ययनलाई तिरस्कार गरेर नै कुनै ठूलो उपलब्धि हासिल गर्न सक्छ । न मान्छे अध्ययनबाट भाग्छु भनेर नै भाग्न सक्छ न मान्छेले अध्ययन गरेर अब मलाई पुग्यो भनेर नै भन्ने स्थिति छ । यहाँ तपाईले प्रश्न पनि उठाउन सक्नुहुन्छ । अध्ययन सबैका लागि समान छ र यो सबैका लागि व्यापक छ भने किन यस संसारमा यति धेरै वर्ग विभाजन छ ? यस प्रश्नका लागि तपाईलाई धन्यवाद छ । म के भन्छु भने वर्ग विभाजनमा मूख्य रूपमा त आर्थिक कारणहरू जिम्मेबार छन् र ती आर्थिक कारणहरू अध्ययनकै कारणले समाधान हुन सक्छन् । प्रत्यक्ष रूपमा तत्कालै आर्थिक समाधान अध्ययनबाट सम्भव नदेखिए पनि समयको विस्तारसँगै त्यो सम्भव हुन्छ भन्ने मलाई लाग्छ । एकछिन सोच्नुहोस् त, सबैले आ-आफ्नो कामलाई अध्ययनको विषय बनाउने हो भने आर्थिक समस्या हल हुन सक्छ कि सक्दैन ? जब काम पूजाको रूपमा परिवर्तित हुन्छ तव व्यक्ति स्वयं त्यस कामप्रति आधिकारिक हुन्छ, यो कुरालाई तपाई मान्नुहुन्छ कि मान्नुहुन्न ? के आधिकारिक भैसकेको व्यक्तिमाथि कुनै सामन्ती, धनीमानी व्यक्तिले शासन चलाउन सक्छ त ? जब कामले प्रतिफल दिन खोज्छ तब व्यक्तिको आर्थिक हैसियत पहिलाकै जस्तो भेरहन्छ त ? कुनै काम जीविकोपार्जनको साधन बन्यो र त्यसले आम्दानीको बाटो पनि तय गर्यो भने कसैले त्यो व्यक्तिलाई आउने दिनहरूमा हेप्न सक्छ ? के तपाईलाई अझै पनि लाग्छ अध्ययनले परिणाम दिन सक्दैन ?वास्तवमा अध्ययन कुनै सामान्य प्रक्रिया होइन, कामप्रतिको अत्यन्तै गम्भीरता हो । अध्ययन कुनै जादुको लठ्ठी होइन साधनाप्रतिको महान एकाग्रता हो । अध्ययन कुनै मनोरञ्जनको सर्न्दर्भ होइन प्रष्ट विचार र दृष्टिकोणको माध्यम हो । अध्ययन कुनै खेलौना होइन समपूर्ण अर्को ठूलो नाम हो । तपाईसँग संभावनाहरू छन् भने तपाई आफूलाई भोलिको लागि अति आवश्यक छु भनेर जाने हुन्छ । तपाईसँग क्षमता छ भने आफूलाई प्रतिस्पर्धाको लायक ठाने हुन्छ । तपाईसँग अनुभवहरू छन् भने आफू जलेर पनि अरुलाई उज्यालो दिने स्तम्भकै रूपमा बाँच्न सक्नुहुन्छ । तपाईसँग कला छ भने जस्तै पीडामा पनि मजासँग हाँस्न सक्नुहुन्छ । योग्यताले नै समयलाई निर्देशित गरिरहेको हुन्छ । ज्ञानले नै भविष्यलाई अन्धकारबाट बचाउँछ । परिश्रमपूर्वक गरिएको कामले नै सकारात्मक परिणाम दिन्छ । अध्ययनको कारण नै मान्छे गुलामीबाट मुक्त हुन्छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
राजनीतिक भूगोलको सन्दर्भमा नेपाल संबत् र विक्रम संबत्
निबन्ध
डा. कविताराम श्रेष्ठ
27, 2008, 10:24
नेपाल संबत् एउटा यस्तो संबत् हो जो नेपालको भूगोलमै सृजित भयो र कुनै एक व्यक्तिको नामबाट होइन कि राष्ट्रकै नामबाट निरन्तरित भइआएको छ । भनिन्छ शंखधर भन्ने सामान्य व्यक्तिले देशभरीका रिणहरु मोचन गरी यो संबत् चालए । नेपाल खाल्डोभित्र यसले लामो समयसम्म राजकीय संबतको रुपमा राज गर्यो । नेपाल संबत् शूरु भएपछि विक्रम संबत् र शक संबत् को उल्लेख सोह्रौँ शाताब्दीका शीलालेखहरुमा जयार्जुन र जयस्थितिमल्लले जम्मा तीनपल्ट गरेका पाइएका छन् (मेडिएभल नेपाल पृ।. ७४) । यसको निरन्तरता पृथ्वीनारायण शाहको एकीकरण पश्चात टुट्यो । उनका टकमा शक संबत्को प्रयोगबाट टुट्न गयो । शक संबत् चल्दै गएपछि हालका प्रचलित विक्रम संबत्ले धेरै पछि श्री ५ त्रिभूवनको पालामा चन्द्र शमसेरको चाहनाबाट राजकीय स्थान पाएको हो । विक्रम संबत् वा शक संबत् आयातित संबत् मानिने हुँदा माटोप्रेमीहरु नेपाल संबत्लाई नै नेपाली गर्वको संबत् मान्दछन् । भनिन्छ यसलाई संयुक्त राष्ट्र संघमा नेपाली राजकीय संबत्को रुपमा समेत दर्ज गराइएको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि त यसका संस्थापक शंखधरलाई विभूति मानेर राजकीय सम्मान दिइएको हुँदा भन्नैपर्छ यो संबत्ले राजकीय संबत्को रुप नपाए पनि राजकीय सम्मान भने पाएकै हो । आयातित मानिएको विक्रम संबत्ले राजकीय स्थान पाउँदा धेरै राष्ट्रवादी चिन्तकहरु नेपाल संबत्लाई नै यस स्थानमा विरामान गराउनपर्छ भन्ने विचार राख्दछन् । मेरो सोच भने नेपाल संबत्लाई प्रतिस्थापन गर्ने हुँदाहुँदै पनि विक्रम संबत् आयातित भएपनि विदेशी भने भनिहाल्न नहुने रहिआएको छ । यसै सन्दर्भमा त्यसको विवेचना तल गरिहालुँ । विक्रमादित्य हालको भारतीय भूमीमा पर्ने मालवीका राजा भएकाले उनीद्वारा स्थापित यस संबत्लाई विदेशी भनिने गरिएको हो । तथापि विक्रमादित्य भारतीय होइनन् नेपाली नै हुन् भन्ने धारणाहरु पनि नेपाल रहीआएको संकेत वंशावलीका शोधकर्ता लेखक वासुपासाजी आफ्नो 'काभ्रेसिन्धु व्रिन्तान्त' भन्ने पुस्तकको 'विक्रम सम्बत' भन्ने लेखमा दिनुहुन्छ । लोकथाको आधारमा उहाँ भन्नुहुन्छ- 'पनौतिमा एउटा युवा ऋषीको स्खलित वीर्य खाएर गर्भवति भएकी युवतिबाट विक्रमादित्यको जन्म हुन्छ र उनै विक्रमादित्य पछि काठमाडौँका राजा बन्दछन् । उन्ले पछि राजपाठ छोडी वैशालीतर्फ गएर धेरै उल्लेखनीय काम गर्दछन् । आज देखिने भारतीय भूमिमा उनले ख्याति बढाएकैले उनलाई भारतीय बनाउने खेलहरु रचिए ।' अर्थात उनी नेपाली हुन् र उनले चलाएका संबत् त्यसैले नेपाली नै हो- बासुपासाको भनाइ यस्तो छ । नेपालको इतिहास हेर्दा विक्रम संबत् स्थापना भएको समय इ.सं. ५७ सालतिरका राजवंशको प्रमाणिक खाका पाइन्न । साथै विक्रमादित्य नेपालको भूमिमा जन्मेका र उनी राजा बनेका प्रमाण पनि कतै मिल्दैन । बरु एधारौँ शताब्दीका कर्नाटकका चालुक्यवंशी विक्रमादित्य षष्ठका सामन्त नान्यदेवले ई.सं. १०९७ मा राजा वामदेवको समयमा सिम्रौनगढबाट नेपाल आक्रमण गरी उनका थिती यता बसाल्न खेजेका प्रमाणहरु भने पाइन्छन् । यही तथ्यसँग यो लोककथा गोलमटोल भएको मलाई लागेको छ । विक्रमादित्य आजको नेपालले ओगटेको भूमीकै वासिन्दा थिए भने गर्व गर्ने कुरा निश्चय नै हुन्छ । जनक र वुद्ध नेपालका भूमीमा जन्मेका थिए भन्दा हाम्रो नाक ठूलै हुन्छ । तर कुनै विभूति आफ्ना देशका थिएनन् भन्दापनि दुःख मान्ने कुरा पनि होइन नै । महावीर जैन वा राम वा कृष्ण हाम्रा भूमिका परेनन् भन्दा हामीमा उनीहरुप्रति हुने आस्था घटदैनन् नै । हामी २०६५ वर्ष अघिका विक्रमादित्यका कुरा गर्दैछौँ जुनवेला भारत वा नेपाल भन्ने देश बनेकै थिएनन् । यसबीच हज्जारौँ सानासाना देश तथा जनपदमा बाँडिएका हाम्रा यी भूमी कहिले कता कहिले कता परे । परापूर्वकालका साँस्कृतिक धरोहरहरुलाई आजको राष्ट्रियताको आधारमा तेरोमेरो भनी बण्डा गर्नु निश्चय नै मिल्दो कुरो छैन । आजका भारत, पाकिस्तान, वङ्गलादेश, भूटान, श्रीलङ्का र नेपालका भूभागमा निर्मित सँस्कृति यीनै विस्तिृत भूभागमा बस्ने हामी समस्त जातीजनजातीले साझारुपमा विकसित गरेका हौँ । त्यसमा तेरोमेरो छुटाउन सकिन्न । मेरो भनाइ यही हो । प्रस्तुत पनौतिका लोककथाको प्रशंग छैठौँ विक्रमादित्यको इतिहाससँग मिल्दैन र पनि उनका सामन्त नान्यदेवले नेपालमा आक्रमण गरेर विजय गरी उनका थिति यता स्थापना गर्दा उनै विजेता विक्रमादित्यको विजयगान वा प्रशस्तिहरु यता प्रवाहित भएको हो भन्ने अड्कल काट्ने ठाउँ भने छ । सानासाना राज्यहरु संचालन गर्ने यताका जनताका लागि हज्जारौँ माइल टाढादेखि सैँयू राज्यहरु एकिकिृत गर्दै नेपालसम्म आउँने राजाको व्यक्तित्व सामान्य हुने कुरै थिएन । अझ यी राजा यस्ता राजा थिए जसले विधिवेत्ता विज्ञानेश्वरलाई हिन्दु कानून सङ्ग्रह रचना गर्न लगाई हिन्दु समाजमा थितिसमेत बसाउन महत्वपूर्ण भूमिका निभाएका थिए । यी राजाका शासनकाललाई हिन्दु कानुनको इतिहासमा युगान्तकारी मानिएको छ (रमेशचन्द्र मजुम्दार प्राचीन भारत प्रथम भाग पृ. १६१ )। यी राजाको थिति यता बस्न आउँदा स्थानीय जनमानसले मुग्धकण्ठसाथ आदर्श नायक बनाएर कथा रचॆ नै । साथै कालान्तरमा यतैका जन्मजात राजासमेत बनाइदिए कथामा । विक्रमादित्यहरुका हज्जारौँ हज्जार वीरगाथा आजका भारत, पाकिस्तान, वङ्गलादेश र नेपालका भूभागमा युगौँदेखि प्रचलित छन् । यीनबाट स्पष्ट हुन्छ इतरसंस्कृतिका विदेशी आक्रमण र उनीहरुका स्थापनाका विरुद्ध ससाना राज्यहरुलाई सङ्गठित गर्दै लड्ने जित्ने र आफ्ना सँस्कृतिको संरक्षण गर्ने पराक्रमी राजाहरुलाई विक्रमादित्य मानिन्थ्यो । इतिहासले त त्यस्तै अभिष्टमा ज्यान दिने राजाहरु स्वयंले आँफूलाई गर्वसाथ 'विक्रमादित्य' घोषणा गरेका प्रसङ्गहरु दिन्छन् । ई.पू. ३२७ सालमा यवन राजा सिकन्दरको भारतीय उपमहाद्विपतिर आक्रमण हुनुपूर्व यस् उपमहाद्विपीय खण्ड सैयूँ सासाना जनपदहरुमा विभाजित थियो । सानासाना जनपदलाई जितेर एकिकृत गर्दै ठूला महाजनपद बनाउन र अश्वमेध यज्ञ गरी चक्रवर्ती राजा बन्न त्यसकालका राजाहरु आँफाआँफैमा लडिरहन्थे । त्यसैले विभाजित रही कमजोर रहेका यी जनपदहरु सिकन्दरको हातमा थोरै समयमै सजिलै हात पर्न गयो । तर व्रम्हपुत्रदेखि विन्ध्याचलसम्मका महाजनपदलाई एकिकृत गरी बनेका मगध साम्राज्यलाई भने उनले छुन सकेनन् । पछि इ.पू. २०० सालतिर आइपुग्दा यो साम्राज्य पनि कमजोर हुन पुग्यो र यवनहरु हज्जारौँ माइल जित्दै पाटलीपुत्रमै विजयपताका गाड्न आइपुगे । यसैवखत मध्येएशियाका शक सिथियनहरुले मथुरा, गान्धार, उज्जैन, सिन्ध, दक्षिणापथ जित्दै उत्तरपश्चिमका धेरै भागहरु आफ्नो अधिनमा पारे भने पार्थियन पल्हवहरु पसेर पश्चिम गान्धार विजय गरी वेग्लै राज्य स्थापना गर्नपुगे । त्यस्तै कुजुल कुशाणले हिन्दुकुश पार गरेर यता स्थापित भए । आफाआफैमा लडिरहने हिन्दू सँस्कृतिका अनुयायी जानपदहरुमा हाहाकार भयो । उनीहरुका भूमीमा विदेशीहरुको तँछाड मछाड चलिरह्यो । कालान्तरमा यहाँसम्म भयो कि विदेशी विम र कनिष्क (७८-१०० इ.पू.) ले आजका प्रायः सबै उत्तरी भारतबाट यवनहरुलाई निकालेर रजाइँ गर्दासम्म पनि हिन्दु जनपदका जनता मूक दर्शक भएर दास सरह रहिरहे । इ.पू. तेस्रो शताव्दीमा आएर मात्र दक्षिणी राज्यहरुमा हिन्दु राष्ट्रबादी भावनाको जागरण भयो र कलिङ्गराज खारवेलले इ.पू. २१० सालमा उत्तरापथबाट र वसुमित्रले सिन्धुक्षेत्रबाट शकहरुलाई खेदे । बसुमित्रले त पातंजलीको पुरोहित्याइँमा गर्वसाथ अश्वमेध यज्ञ नै गरे । मालवीका राजा सातकर्णी (इ.पू. १००- इ.पू.४४) ले अझ ठूलो पराक्रम गरे । उनले पश्चिमी देक्कनका शक्तिशाली सरदारहरुलाई सङ्गठित गरेर शकहरुको नगरमै पसेर उनीहरुलाई खेदे र अश्वमेध यज्ञ गर्दै दक्षिणापथ सौराष्ट्र र गुजरातबाट समेत शकहरुलाई निकाले ।जसको गर्वमा उनले आँफूलाई 'सकयवनपल्हवनिसूदनस' शक यवन पल्हव का नाशक र 'विक्रमादित्य'को उपाधीले विभूषित गरे । यसरी इतिहासमा प्रथम पटक विक्रमादित्यको उपाधी धारण गर्ने यीनै सातबाहन बंशका गौतमीपुत्र सातकर्णीले आफ्नो राज्य उत्तरमा मालवादेखि दक्षिणमा कर्णटकसम्म विस्तारित गरेर अफ्नो गणको प्रतिष्ठालाई स्थापना गर्न इ.पू. ५७ सालमा नयाँ संबत् शुरु गरे । जसलाई पछि विक्रमादित्यको नाममा 'विक्रम सम्बत' भनियो । कुनैकुनै विद्वानको भनाइ छ सिन्धुको तराइ क्षेत्र पहिलो शताब्दीमा पल्हवको हातमा गयो र उनैका शासक अज्रेश प्रथमले इ.पू. ५८ सालमा एउटा संबत् चलाएका थिए त्यसैलाई सातकर्णीले इ.पू. ५७ सालमा निरन्तरित गराए र पछि उनैको नामबाट यो विक्रम संबत् भनियो (प्राचीन भारत प्रथम भाग पृ. १००) । विक्रमादित्यको उपाधी पछि गएर पाँचौ शताब्दिमा चन्द्रगुप्त द्वितियले एउटा कामपिपासु अत्याचारी विदेशी सकशासकलाई स्त्रीभेषमा मारेपछि धारण गरेका थिए । आठौँ शताब्दीको पूर्वाद्र्धमा पुलकिशनको द्वितीय पुत्रले विदेशी पल्लवी राजालाई खेदी चालुक्य राज्यलाई पुनर्जीवित गरेर आँफूलाई विक्रमादित्य प्रथमको नामले विभूषित गरेका थिए । त्यसपछि उनैका नातिले पनि पल्हवहरुलाई हराएकै कारणले विक्रमादित्य द्वितीयको उपाधी लिए । यसरी विदेशी खेद्नॆ राजाहरुले गर्वसाथ यो उपाधी ग्रहण गर्ने परम्परा चलाएका स्पष्ट हुन्छ । एघारौँ शताब्दीको शुरुवातदेखि भारतमा फेरि विदेशीहरुको चलखेल शुरु हुन लाग्यो । यसवेलातिर यमन र तुर्कीका इस्लामहरुले उत्तरपश्चिमका सबैजसो क्षेत्र हत्याएर लुटपाट दमन र धार्मिक अत्याचार गर्न लागे । प्राचीन साम्राज्य छिन्नभिन्न भएको यो स्थितिमा बचेखुचेका हिन्दुसमाजका सामन्तहरुमध्येका चेदि कालाचुरीका गाङ्गेय मालवाका सिन्धुराज अनि कर्नाटकका त्रिभुवनमल्लले विदेशी खेद्ने वेँडा उठाए र विदेशीहरु धपाउँदै अफूलाई आफ्ना युगका 'विक्रमादित्य' वा 'नवसाहसाङ्क'का उपाधीले सगर्व विभूषित गरे । यसरी चालुक्य बंशका आहवमल्लको दोस्रो छोरा त्रिभूवनमल्ल विक्रमादित्य षष्ठनै नेपालको इतिहासमा देखिने विक्रमादित्य हुन पुग्दछन् । उनले शक संबत् मासेर नयाँ संबत् स्थापना गरे भन्नेसमेत उल्लेख भारतीय इतिहासमा पाइन्छ (प्राचीन भारत प्रथम भाग पृ १६१ ।) उपरोक्त लोकोक्तिले दिएको विक्रमादित्यद्वारा संबत् स्थापनाको प्रशङ्ग यो प्रशङ्गसँग मिल्न आउँछ । तर पूर्ववत् विक्रम संबत्को निरन्तरता यो थियो भन्नभने मिल्दैन किनभने यी विक्रमादित्य त ११५४ वर्ष पछिका विक्रमादित्य षष्ठ हुन् । यस्तो लाग्छ विक्रमादित्यको आदर्श बोक्ने यी विक्रमादित्य षष्ठले आदिविक्रमादित्यद्वारा इ.पू. ५७ सालमा स्थापित विक्रम संबत्लाई आफ्ना नवनिर्मित राज्यमा निरन्तरित गरेका थिए । उ वेला ससाना हज्जारौँ राज्यहरुमा विभाजित हिन्दु राष्ट्रहरुका जनताले हिन्दु राष्ट्रवादका प्रतीक विक्रमादित्यलाई साझा रुपमा आफ्ना आदर्श नायक बनाए । सबै हिन्दु राष्ट्रहरुले विक्रमादित्यका परम्परालाई आफ्ना बनाए । भूमि त कहिले यताका बने कहिले उताका तर व्यक्तिविशेषको लागि देश सँधै आफ्नै रहे तथा जनताविशेषको लागि देश सँधै आफ्नै रहे । । सबैले त्यसैले युगयुगका विक्रमादित्यहरुलाई आफ्नै भूमिमा जन्मेका महान पराक्रमी राजा माने । यसरी नै चालुक्य राजवंशको शासन भोग्ने पनौतिले पनि विक्रमादित्यलाई आफ्ना बनाए । विक्रमादित्य नेपाली थिए चाहिँ नभनौँ किनभने त्यसवेला आजको नेपाल बनेकै थिएन । हज्जारौँ ससाना राष्ट्रहरुमा संगठित यो भूमीमा नेपाल आजको काठमाडौँ उपत्यकाको सिमित घेरामामा मात्र मौलाइरहेको थियो । अझ त्यो राज्यको रुपमा पनि थिएन ।एउटा साँस्कतिक वा भाषिक क्षेत्रमा मात्र प्रतिष्ठित थियो । त्यसैले पनौतिका दन्त्य परम्पराका विक्रमादित्य नेपाली वा भारतीय हुँदै होइनन् किनभने त्यसवेला आजको नेपाल तथा भारत बनेकै थिएनन् । उनी अर्थात त्रिभुवनमल्ल विक्रमादित्य षष्ठ आजका सीमापारी र वारी दुवै संस्कृतिका धरोहर हुन् । एउटै विक्रमादित्यको कुरा के विक्रमादित्य परम्पराका आदिविक्रमादित्य नै यता र उताका साझा साँस्कृतिक धरोहर हुन् । विक्रमादित्यहरु कुनै राजनीतिक भूगोलको सीमामा बाँधिएका थिएनन् र बाँध्न सकिन्न पनि । त्यसैले विक्रम संबत् नेपालमा छोटै समयदेखि प्रचलनमा आएको भएपनि यो हामी नेपाली समेतको धरोहर रहेको नितान्त साझा संबत् हो । यसलाई भारतीय मात्र बन्न दिन हुन्न । अनि त्यसैले नेपाल संबत्लाई पूर्ण नेपाली बनाउन विक्रम संबत्लाई भारतीय बनाइ राख्न जरुरी छैन । नेपाल संबत् आँफैनै नेपाली सबैले गर्व लिनैपर्ने पूर्ववत साँस्कतिक वा भाषिक नेपालक्षेत्रमा मौलिक मूल माटोकै सृजना हो । यो यसै भूमिमा कान्तिपुर, भक्तपुर, ललितपुर, दोलखा आदि अलगअलग राज्यहरुद्वारा राजकीय सम्बतको रुपमा प्रतिष्ठापित पनि थियो । जसरी यसलाई इतरसँस्कृतिका अनुयायी राजा तथा रजौटाहरुद्वारा विस्थापित गरियो त्यसरी नै यसलाई यसै भूमीमा यसै सँस्कृतिका अनुयायीहरुद्वारा पुनः सम्मान गरी पुनः स्थापना गर्न कुनै अपठारो मानिराख्न पर्ने छैन नै । नयाँ नेपालको सम्विधानले यसलाई राजकीय सम्मान दिने नै छ । अन्त्यमा सवैलाई यस नेपाल सम्बत् नववर्ष ११२९ को सुभकामना ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
एक पागलको डायरी
निबन्ध
मोमिला
24, 2008, 4:13
मेरो देशको एक पतझड मौसम !उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वार िकिनारमै टक्क उभिएँ ।मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ ...। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ ...। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै सडकपार िपुगेर पनि आ-आफ्नो गन्तव्यतिर छिन्नभिन्न भइसकेछन् । दायाँबायाँ हेर्छु त साथमा नजिकै एक पागल मात्र उभिएको देखेँ । म र पागल दुवैले सँगसँगै बाटो क्रस गर्यौँ । नचिने पनि उसले मलाई नमस्कार गर्यो, मैले पनि स्वाभाविक नमस्कार फर्काएँ र आ-आफ्नो बाटो लाग्यौँ । त्यो पागलभित्रको धैर्य र शिष्टताले म प्रश्निल आश्चर्यमा अलमलिरहेँ । सोचेँ, ऊ त पागल नै थियो रे ! असामान्य थियो रे ! तर, म आफूलाई सद्दे कसरी ठानूँ ! जबकि, नियम पालन गर्ने म भर्खर मात्र राम्रैसित पागल सावित भइसकेकी थिएँ । आखिर त्यो समाज नामको हूल सबैले मलाई पागलको साथ छाडेर एक्ल्याएका थिए । मलाई साथ दिने त्यो पागल अहिले पनि काठमाडौँको व्यस्त फुटपाथका हूलहरूमा यसै हिँडिरहेको भेटिन्छ त कहिले जहाँसुकैको चौबाटो सडकको बीचमा उभिएर ट्राफिकले झैँ समयसूचक, दिशासूचक र नियमसूचक हात हल्लाइरहेको हुन्छ ।... इमानलाई अधिक प्रेम गर्ने ऊ पनि सायद मजस्तै जीवनको नियम इमानदारपूर्वक पालना गर्दागर्दै एक्लो बृहस्पति झूटो भएसरह बेइमानहरूको भीडबाट छुटेको -अलग्गिएको) इमानी पागल हुनुपर्छ ।... हुनसक्छ, तोड्नकै लागि बनाइएका हुन्छन् नियम र संविधानहरू । त्यसमा पनि भ्रमद्वारा भ्रमकै लागि भ्रमित नियम र संविधान उफ् नियम नतोडिँदा पो पागल ...।अक्सर कहीँकतैका लागि मेरो प्रस्थान प्रारम्भ समयमै भए पनि प्रायः पुग्दा समयभन्दा ढिलै पुग्ने मान्छे म, सभ्यहरूको सङ्गमस्थल कहीँ सभा-सम्मेलनहरूमा समयभन्दा अघिको त के कुरा ! समयमै मात्र जब म पुग्छु, जरुर पागलको उपहार मिल्दछ । यस्तैयस्तै अनुभूतिहरूको आवाज उही पागलले सुन्ने र पागललाई सुनाउनुदेखि बाहेक कहीँकतै कुनै अडेसा नरहँदा अन्ततः आफैँमाको एकान्तले खिचेर मलाई डायरी लेख्न अनुरोध गर्यो । बुझ्यौ ! यो क्षण तिमी त्यही पागलको डायरी पढिरहेछौ ।जब तिमी यो डायरी पढ्छौ, सम्झ तिमी कुनै दिनको उज्यालोमा गएको रातको सपना सम्भिरहेछौ, जुन अतीतले तिमीलाई विशेष सुख त दिँदैन नै तर विशेष दुःख पनि दिँदैन । क्रमशः ओझेल पर्दै जान्छ दिन जसै, अन्तरक्ष्िामा पुगेर गुमाएको धर्तीको तस्बिर खिचेझैँ तिमी मेरो डायरीको पिँजरामा आफ्नो संसार खोज्न थाल्नेछौ र भेट्नेछौ आफ्नै पि्रय कोठा, जहाँ वर्षौंदेखि तिमी दोस्रो व्यक्तिको व्यथा सिरानी हालेर सुत्छौ र बिर्सन्छौ आफ्नो पीडाको कथा ।मलाई त्यो लेखक सबैभन्दा बढी मन पर्छ, जसलाई पढ्दा जोकोहीमा तर्क र चेतनाको सीमान्त विन्दुमा पुगेर हृदयालु पागलपनको रौनक छाओस् । एक लेखकीय सन्दर्भमा नै जबजब हामी एउटा कलात्मक सीमा पार गर्छौं र पागलपनको रमरममा डुब्छौँ, तब थाहा लाग्दछ कि हामीले सीमा पार गरी छाडेर आएको संसारचाहिँ पागल रहेछ ... । यसैले त लाग्छ, हरेक सिर्जनात्मक क्षण हाम्रा पागल आकाङ्क्षाहरूको प्रतीति हो । चाहे त्यो किशोरकुमार र अरूणा लामाका दर्दभरकिा गीतहरू होऊन, चाहे हरभिक्त कटुवालका कविताहरू, चाहे सरुभक्तका पागल प्रेमका पहेलीहरू, चाहे भ्यानगगका प्रेमिल पागल पेन्टिङ्हरू होऊन्, जो आफ्नै जिन्दगीप्रति कृतघ्न बनेर एक अञ्जान समय शब्दमा ध्वनित हुन्छन्, धुनमा झङ्कृत हुन्छन्, रङ्गमा एकाकार हुन्छन् ... । यसरी आफ्नै जिन्दगीप्रतिको मेरा कृतघ्न पहेलीहरू नै डायरीबद्ध हुँदै जान्छन् ...।...यथार्थतः डायरीबद्ध मेरो उद्धृत समयले न कुनै भूमिका लेख्यो, न कुनै सम्पादकीय नै लेख्यो ! केवल आफ्नै मानसभूमिमा त्यो समय बिलकुल अवैध कल्पना बनेर फैलिरह्यो ... ।हुन पनि बुद्धको आत्मा कपिलवस्तु जलिरहँदा राजनीतिक दोहोरीमा राजधानीका सडकहरू उत्सवमय हुन्छन् । घरभित्र लोग्नेस्वास्नीको झगडा हुन्छ, टायर बल्छ बाहिर सडकमा । बाह्रबिसे घटनाको पहिरो खस्छ जडीबुटीको चोकमा र अवरुद्ध हुन्छ उही सडक । चेतना कतै विदेशमा बन्धकी राखेर यहाँ 'हो' मा 'हो' को नाराजुलुसले सडक ढाकिरहन्छ, आमाहरू सडकमै सुत्केरी हुन्छन् र धिक्कार्छन् भाग्यलाई । पुल्चोकबाट प्रारम्भित पेट्रोलपङ्क्तिहरूले दुई हातको फैलावटजसरी दुवैतिर भारत र चीनको सिमाना छोइसकेका छन् । उही पङ्क्तिको सीमामा कुुर्दाकुर्दै पत्थरमा अनूदित हुन्छन् अहल्याहरू र कुल्चिइनुपर्ने सडकको अकाट्य हिस्सा बन्छन् । यसरी जनता बिच्छिएको अवरुद्ध सडकमा जनतालाई किचेर अब कति दिन कुद्छन् अग्रगामी चिल्ला गाडीहरू !विश्वास नै हुँदैन कि म भने गन्तव्य कँुदिएको खुला सडकमा निर्बिघ्न यात्रारत छु ... । यद्यपि, उही पागलसँग, त्यो पनि नितान्त मेरो निजी सपनामा, जो केवल मात्र मेरो अर्थात् एक पागलको हो ।आँखामा पर्दा हालेर पनि यात्रामा सदा म नयाँ नेपालको दर्शन गररिहेछु । अञ्जानमै छुटेका क्रूर शासकका सालिकबाहेक त्यहाँ कुनै कविका सालिकहरू छैनन्, पुरातात्त्विक दरबारहरू छैनन् । सङ्ग्रहालयमा परचियहीन मानवकङ्कालहरू सङ्गृहीत छन् । कतै देखेदेखेजस्तो, चिनेचिनेजस्तो तर साइनबोर्ड बदलेर आफ्नै इतिहासको चिहानमा उभिएका बडेमाका ल्यान्डमार्कहरू त्यहाँ छन् र जम्मामा म बाँचेको युगमा रङ्गहीन रङ्ग पोतिएको छ । अब समकालीन आमाहरूका साथमा आफ्ना सन्तानहरूलाई आफू बाँचेको युगको परचिय दिने सन्दर्भित कुनै मौलिक कलाकृतिहरू रहेनन्, उज्यालो-अँध्यारो कुनै पृष्ठभूमिहरू छैनन्, जहाँ रत्तिो भाँडा बजेसर िनयाँ र आधुनिकताको निगाहमा बजिरहेछन् रििमक्स धुनहरू... !यतिखेर इतिहासको अमूर्त अवधारणायुक्त परदिृश्यमा भयानक सपनाबाट बिउँझेसर िथकित र चकित यो क्लान्त पागल पात्र आफन्तहरू छुट्टी मनाउन गएको दसैँको उदास राजधानीलाई आफ्नो डायरी पढेर सुनाइरहेछ ... !खै कहाँबाट सुरु हुन्छ म उभिएको धर्तीको आकाश ! र, खै कहाँ पुगेर अन्त्य हुन्छ ! आकाशको त कुनै दोष छैन तर ऊ बिनाकारण धर्तीका नीलडामहरू स्वयम्मा खापेर बाँच्न अभिशप्त छ ! साँझ पनि उदास छ किनभने कोही आउँदो प्रभातको जड नै उखेलिरहेजस्तो छ, यहाँ ! जीवन जप्दैजप्दै भङ्ग भएको तत्पश्चात्को निस्सार पहेलीजस्तो, सर्वस्व ठानेको डायरी हराएपछिको एकतमासको खाली र अधुरो जीवनजस्तो आगामी अनिष्टको भयमा सन्नाटामय गुमसुम छ बस्ती ! सुकेको पात झरेको आवाजले पनि झस्कन्छ गाउँसहर !यसरी आफ्नै जिन्दगीसँग कस्तरी दूरी बढेको छ, यहाँ सभ्यताको चिहानघारीमा कहिले फुल्छ, अर्को फूल !यथार्थमा तिम्रो स्वीकृत एकान्त र मेरो इच्छित एकान्त जरुर भिन्न होला । तिमी कोहीकसैबाट एक्लिएर आफैँसँग रहेका छौ, सायद ! तर, म आफूबाट एक्लिएर दुनियाँमा जिउन चाहन्छु, तिमीसँग हाँस्न-रुन चाहन्छु । फेर िपनि सकिरहेकी छैन । र पनि मेरो एकान्तमा एकएक वृक्षको आवाज अनि हरेकलाई स्पर्श गरेर बहने हावाको भिन्नभिन्न सुगन्धलाई महसुस गर्न चाहन्छु । तिनीहरूमध्ये म जुन सुगन्धले बेस्सरी स्पर्शित हुन्छु, सिर्फ उसैको पछि बहन्छु, जबसम्म म उसलाई सम्पूर्ण महसुस गर्दिनँ । यद्यपि, एकाग्रता अर्को पागलपन हुनसक्छ ।पि्रय भावक ! मेरो डायरी अब तिमीले सम्झेको पागलको कहानीभन्दा कहाँ भिन्न रह्यो र ! जसले हर सुखदुःखमा मेरो साथ निभाएको छ, जसको साथ म आफूलाई सम्पूर्ण सुरक्षित महसुस गर्छु, आत्मीय अनुभूत गर्छु ।जब म पारजिात सोच्छु, यी कथनहरूमा म उनलाई याद गर्छु- 'जीवन जतिजति बाँच्दै गयो, उतिउति अनुभूतिहरूको विशाल काव्य बन्दै जान्छ !' यथार्थमा यो उनको जीवनप्रतिको कलात्मक अवधारणा थियो । जीवनप्रतिको मेरो अनुरागमय कलासंवेदन सायद त्यहीँबाट प्रारम्भ हुन्छ । त्यहीँबाट डायरीबद्ध हुँदाहुँदै यहाँसम्म आइपुग्दा मेरो दुस्साहस काव्यमय बनेछ क्यारे ! यसर्थमा नै उनीप्रति म आभारी छु र रहनेछु ।जब म उनलाई पढ्छु, उनको आँखा र हृदय निकै नै खाली भेट्छु । पढ्दा उनका उपन्यासका कतिपय पानाहरू पनि खाली भेट्छु, जतिबेला म उपन्यासमै पागल भएर हराएको हुन्छु । कति सुखद छन् ! पाना खाली रहेका क्षणहरू, जहाँ स्वयम् म खाली पानामा एकाकार भएर डायरीबद्ध भइसकेकी हुन्छु ।आज म यो पागलको डायरी मेरो समयलाई उपहारस्वरूप चढाउन चाहन्छु । पि्रय समय ! कतै तिमीले फुर्सदमा यो डायरी पढेछौ भने जहाँजहाँ खाली पाना भेट्नेछौ, सम्झ त्यो पाना तिमी-म उभिएको धर्तीको नाममा समर्पित छ !नेपाल साप्ताहिक
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
मेरी आमा
निबन्ध
हस्त गौतम 'मृदुल'
10, 2008, 9:46
कठोर निष्ठुरी कालो रातमा, दियोको उज्यालो रोशनी प्रकास खुलेका झै प्रिय! तिमी मेरो जीवनमा खुल्दै खुल्द झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा झुले झै प्रिय!! तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु। तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै, हरीतपनले छाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौर्न्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलको परिचय मेटिदै जाने छ। त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ। यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पूर्व बाट नै उदाउछ, त्यसैले तिमी त्यही पूर्वको न्यानो भृकुटी उज्यालो लिएर आउ। कहिल्यै अध्यारोले नखोस्ने उज्यालो नै आज मलाइ चाहिएको छ। त्यहि दिब्या उज्यालो बनेर तिमी मेरो यो जीवनमा आउ....।त्यो उज्यालोमा मात्रै म आफनो गर्भबाट आफै जन्मेको हेर्न सक्छु। मलाइ एकपटक आफैबाट आफुलाइ जन्माएको हेर्ने मन छ। आफनो लागी एकपटक मलाइ आमा हुन मन छ। म बाट जन्मिएको मेरो जीवनमा तिमी सहयात्री बन्न आउ। त्यस महान उत्सवमा म तिमीसंगै रमाउन चाहान्छु। कहिल्यै रात नपर्ने त्यो र्मिरमिरे बिहानीमा बास्ने भालेका डाँकहरुसंगै आउ। उर्त्सग चेतना बाँढने त्यो भालेको आवाजमा समयको गीत लुकेको छ । त्यो गीत सुनाउन आउ। तिमी त्यो मार्ग तय गरेर आउ, जुनबाटोमा आजसम्म कोही हिनेको छैन। त्यस्तो स्नग्ध न्यानोपन दिने आगो लिएर आउ, जस्को आजसम्म कसैले अनुभव गर्न पाएको छैन। तिम्रो यात्रा तेन्जिगं नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेदेखी शुरु हुन्छ। तिम्रो यात्रा जापानकी जुनको तापे महिलाले र्सवच्चशिखर चुमेदेखी शुरु हुन्छ।स्वायम्भुतर्फसेता परेवाको लावालस्कर उडेदेखी शुरुहन्छ। मठमन्दिरमा शंखध्वानी, घण्टा र भजन किर्तर गुन्जेदेखी शुरु हुन्छ। आजकाल यस बसुन्धरामा विचरा देवताहरु पनि बस्न मान्दैनन्। देवताहरु पखार्लभित्रका कैदी भएर अताल्लिएका छन। ति निर्दयी पर्खालहरु बर्लिनको पर्खाल भत्कीय झै भत्काउन आउ।देवताहरु बिस्थापित भएकोले मन्दिरहरु कुरुप र लावारिस भै समयको गर्भमा बिलाउदै गइसके। पुर्खाले दिएको अमुल्य सम्पदालाइ निहित स्वार्थमा साटी सके। भत्केका पाटी, अबला मन्दिरहरुलाइ पुनः स्वरुप दिन तिमी आउ। आजकाल हरेक मन्दिरहरु केवल मसानघाट झै सुनसान छन। बेवारीस छन ब्रदान दिने स्थानहरु......!तर्सथ ति आदरणिय देबताहरुलाइ बिस्तापित भएको ठाउबाट उठाएर ल्याउ र यिनै मन्दिरमा बास देउ। यस बसुन्धरामा मान्छेको मात्र होइन देवताको पनि बास खोसिएको छ। गाँस खोसिएको छ। स्वास खोसिएको छ। अनि आश खोसिएको छ।यहाँका ढुंगाहरु बलबाहु अरनीको बिना रोएका छन। यि चटानहरुमा युगले हस्ताक्षर गरुन भन्ने म चाहान्छु। यि पहाडमहरुमा भृकुटीले सान्तीको आलोक भरुन भन्ने म चाहान्छु। यी अनमोल निधिहरु बचाउन मलाइ गारो भो प्रिय, जस्ले रुख ढाल्छ त्यहाँ फुलहरु कसरी फुलिरहन सक्छन र! यहाँ हरेक पल आस्थाका रुखहरु ढलीरहे छन। बिस्वासका जराहरु काटीएका छन। आशाका विउहरु सुकेका छन। अँशु बर्माले कैलाशकुट भवन यही धरामा रोपेर गए रे म थाकी सकें प्रिय त्यो आलिसान दरबार कता छ फेला पार्ने गरी आउ। भेटियो भने त्यो पनि बेच्न सक्छन तर्सथ किन भने यहाँ बेचिन केही बाँकी छैन। मेरो मृतुसम्म बेचिसके। सहजलाइ असहज बनाउनछन जसरी तिलको गेडालाइ पहाड। अहो प्रिय पाइला पाइला फुक्दै आउ यो धरामा, धराप धेरै छन। इतिहाँसमा श्र्राप धेरै छन। जतिखेर पनि तिमी पासोमा पर्न सक्छौ।जतिखेर पनि श्र्रापले एरीका काँडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन। जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन। बिचार गरेर आउ। मलाइ फेरी एक पटक समयको गर्भबाट बुद्धलाइ जन्माउन मन छ। आदर्शनारी सीतालाइ जन्माउन मन छ। अनि भृकुटीलाइ जन्माउन मन छ। मलाइ एकपटक फेरी भानभत्तलाइ जन्माउन मन छ। वीर बलभद्र र अमरसिहं थापालाइ जन्माउन मन छ। फेरी मलाइ भिमसेन थापालाइ जन्माउन मन छ। महाकबी देबकोटालाइ जन्माउन मन छ। मैले धेरै धेरैलाइ जन्माउनु छ। किनभने यहाँ जन्मिएकाहरु सवै अहिले बतासे अण्डाजस्ता मात्र छन।चल्लाकोरल्न नमिल्ने अण्डाहरुको जमातले मेरो धरा भरिएको छ। त्यसकारण प्रिय मलाई त्यो महान गर्भाशय बोकेर आउ। बर्तमानले बतासे अण्डामात्र कोरलेकोले मलाइ अतितको गर्भ खोज्नु परेको छ। आफनो घरमा भकारी बनाएर अन्न अन्तै लुकाउने गर्छन यहाँ। यो धरामा खाली भकारीमात्र छन। रित्वभकारीबाट अन्न निकालेर बाँढने भाषण सुन्दा सुन्दा म थाकी सकें। बंगालीजादुगर छन् यहाँ राजनीतिको मैदानमा। मलाइ अब यो जादु हेर्नु छैन प्रिय।मलाइ यो सिखन्डीको बस्तीबाट अलग गर। मलाइ यो सकुनीहरुको राजनीतिबाट अलग गर। मत बुद्धसंग सम्झोता गर्न चाहान्छु। यस धरालाइ फेरी बुद्धको जरुरत छ। कोख बाँझो पार्नेहरुको माहोल छ। सिउँदोको सौभाग्य बर्ढार्नेहरुको माहोल छ। आमाको दुध खान पाउदैनन यहाँका सन्तानहरु। दुधमा बरुद घोलेर पिलाउदै छन। प्रिय मलाइ समयको बलियो औलिसाको कुचो चाहिएको छ यि बिकृतिहरु बर्ढार्नलाइ। कठै यो धरामा निरंकुस्ताको रात कहिल्यै अस्ताएन। स्वतन्त्रताको बिहानी कहिल्यै उदाएन। कयौ जुनकिरीहरुले आफनो ज्योति गुमाए र पनि अध्यारो हटेन। प्रिय अब मलाइ कहिल्यै रात नपर्ने दिन चाहिएको छ र तिमी त्यो दिन लिएर आउ...म बन्चित छु आमाको दुध पिउनबाट...ब बन्चित छु आमाको मायाबाट..म बन्चित छु स्वतन्त्रसंग जिउनबाट... यहाँ मेरो खुशी खोसिएको छ। यहाँ मेरो आस्था खोसिएको छ। यहाँ मेरो आकास खोसिएको छ। यहाँ मेरो धर्ती खोसिएको छ। यहँा मेरो सपना खोसिएको छ। अनि मेरो जीवन....। जीवन हनन गर्ने यी राक्षेशहरुको बस्तीमा प्राणको रक्षा गर्न सकेको छैन। यहाँ गरुडहरु नागमाथी सासन गर्न चाहान्छन। यहा बिक्षिहरु धेरै भए...। यहाँ साँपहरु धेरै भए....। कसरी म बिक्षिहरुसंग रमाउन सक्छ- कतिन्जेल म र्सपहरुलाइ दुध पिलाइ रहन सक्छु-- म थाके प्रिय मलाइ अन्तै लैजाउ जसरी र्सपले काँचुले फालेर हिन्छ त्यसैगरी यो निच दुनियाँबाट अलग गर। विष पिएर अमृत भन्नु परेको छ। आँशु पिएर हाँस्नु परेको छ। जीवनको लिलाम बढाबढ भएको यस माहोलबाट प्रिय मलाई अलग गर।धारामा पानीसंग भ्यागुतो निस्कदा पनि म बिरोध गर्न सक्दिन। आमाकै अगाडी छोरीको अस्मिता लुटिदा पनि म केही गर्न सक्दिन।। म नालायक भएको छु। यस धरामा समयको महाभारमा म भिष्छपितामह बनेको छु। सत्य पनि मेरै काखमा छ, असत्य पनि मेरै काखमा छ। धर्म पनि मेरो हातमा छ, अधर्म पनि मेरै हातमा छ। म नामर्द भएको छु। त्यसकारण म बाट मलाइ जन्माएर यहाँ केही गर्नु परेको छ। आफुबाट आफुलाइ जन्माउनेहरुबाट मात्र यो धर्तीले मुक्ति पाउन सक्छ। जनताको मुक्तिलाइ ब्यापार गरिएको छ यहाँ म त्यो ब्यापार गर्न चाहान्न।आज हरेक मान्छेहरु अदृस्य बन्धनले बाँधिएका छन। फुन्कन खोज्यो झन झन पासोमा परिन्छ। यस्तो अबस्थामा म कसरी रमाउन सक्छु।तर्सथ प्रिय तिमी जति सक्दो छिटो आउ...। म पानी सम्म स्वच्छ पिउन पाउन्न। म स्वास सम्म स्वच्छ फेर्ने पाउन्न भने अरु के पाउन सक्छुर!यो सुन्दर सहर कोपरा बनेको छ। हरेकको मन, चरित्र र चाहाना पनि त्यहि कोपरा मै छ। अहो कस्तो दुगन्ध छ। तर यहाँ कसैलाइ खेद छैन किनभने बिदेशी बास्नाले ढाकिएको छ। गन्धमा रमाउने बानी पारीसके। ढलेको सिन्को उठाउन नसक्नेहरु यो देशको जग उठाउन कसिएका छन। आफनै घरमा आगो लगाउनेहरु यो देशको छानो हाल्न कस्सिएका छन। भित्ताहरु भत्किएर अर्काले साँध सारेको पत्तो छैन। कित्ताहरु मक्किएर अर्काले काँध थाप्दै भित्र पसेको पत्ता छैन। म भुपिशेरचनको कबिता कतिन्जेल सुनी रहुं। यो मुर्खहरुको देश....भनेर। घुम्ने मेचमाथीका अन्धा शासक भनेर। सक्दीन म यसरी जिन्दगी बिताउन प्रिय तिमी जसरी पनि आउ........त्यसैले तिमी आउदा यो समाजको माया नपाइ, पारीवारिक आत्मसम्मान नपाइ एक राष्टका हस्ती भैरव अर्यालले आत्माहत्या गरे झै हरेक दिन हरेक भैरव अर्यालहरुलाई आत्माहत्यागर्नबाट बचाउन आउ। यस धरामा धेरै मान्छेहरु छन तर मानबताको लेश सम्म पनि छैन। लेस सम्म पनि मानबता नभएका मान्छेहरुको बिचमा बाँच्नु त मेरो लागी ठुलो चुनौती बनी सक्यो। भित्र भित्रै खोक्रिएका मान्छेहरुको भींडमा म उभिन सक्दीन प्रिय।यहाँ नबोदित प्रेमीहरु यस्तै खोक्रो मायाजालमा परेर बिचलित भएका छन। बिचलित पार्ने मायाबाट म धेरै धोका खाएको छु। मात्र, आजसम्म मेरो उर्त्सग प्रेम र बिर्सन नसकिने बिगतका ति दिब्य यादहरुले गर्दा तिमीलाइ खोजी रहेको छु। तिमी मात्रै त्यो अनमोल सपना हौ मेरी, जस्मा स्वतन्त्रता र ब्याक्तिगत स्वाधिनताको सौर्न्दर्यले परिपुर्ण छौ। आफना चाहानाहरुमा अरुले सासन गर्न सक्दैन तिम्रो सौर्न्दर्यतामा। आफनो मानो पिठो नसकिए सम्म कसैले जीवन खोस्न सक्दैन तिम्रो उपस्थीतीमा। मलाइ रामको रामराज्य चाहिएको छ। मलाइ क्राइष्टको स्वार्ग जस्तै सुन्दरराज्य चाहिएको छु। मलाइ बुद्धको धर्मराज्य चाहिएको छ। तर यहाँ कुनै राजनीतिज्ञहरु भएनन। यहाँ कुनै राजनीति जानेका मान्छे भएनन। मात्र जनताहरु डुबाउने जाने खेल जाने। राजाले रैतीबाट नागरिक हुन सम्म दिएनन। नेताहरु आफनो निहित स्वार्थ भन्दा नउठनाले र्सवभौमिक हुन दिएनन।यहाँ राजनीतिज्ञहरु अन्धा चमेरा बने र आँखा भएर पनि नदेख्ने तर मुसाको सिकार गर्न नछोडने यस्ता जादुगरी नेताहरुबाट यस धराले कहिलै सुख, सान्ती र समृद्धिको अनुभुति गर्न पाएन। केवल आपसमा खिचातानी गर्ने र एक अर्कोलाइ गोर्खेलौउरी हाल्ने राजनीतिमा निपुर्ण भए। राजभत्त धेरै जन्मिय तर देशभत्त कोही जन्मिएन। तर्सथ प्रिय अब मैले तिम्रो अलौकि कोखबाट देशभत्तहरु जन्माउनु छ। यी बतासे अण्डाबाट देशभत्त जन्मिने आशा गर्नु त बिरबलको खिचडी पस्कने सपना देख्नु एउटै हुनेछ।म भित्रै द्धोन्द चलेको छ। म बिनाको मेरो जीवन र जीवन बिनाको म बिच। म भन्छु जीवन म भएको हुनुपर्छ। म जीवन भएको हुनुपर्छ। अहँ छैन आपसमा नङ्ख र मासु बीच पनि झगडा छ। आँखाले सुनेको चाहान्न। कानले हेरेको देख्न चाहान्न। ज्रि्रोले स्वाद लिएको नाकले हेर्ने सक्दैन। तर्सथ प्रिय यो झगडा मिलाउन आउ। मेलमिलापको निति लिएर आउ। एउटै शरिर भित्र पनि हरेक अंगबिच युद्ध छ। कुनै अंग लोकतन्त्र चाहान्छनन्। कुनै अंग गनतन्त्र! कसरी सम्झाउ म यो प्रसंगलाइ। शरीर नरहे केही छैन तर अंगहरु आपसमा एक अर्कालाइ देख्न चाहानन्। आफनै स्वार्थमा रमाएका छन। आफनै निष्टामा देशलाइ लिलाम गरेका छन।यसरी आपसमा काटाकाट गरेका छन। गहबाट कनार्ण्र बगेको छ। मेचीमा चोट लागे महाकाली रुनुपथ्र्यो तर यहाँ त्यस्तो छैन। आफनो पोल्टो भर्ने भन्दा माथी उठन नसकेका अंगहरु शरीरमाथी आफनो शक्ती पूर्व दर्शन गर्न चाहान्छन्। प्रिय यो पाण्डब र कौरवको युद्ध बन्द गर्न आउ। भाइ भाइ बिचको युद्ध सान्त गर्न आउ। यहाँ माया ममताको धज्जी उडेको छ। बिस्वासको बिस्वास छैन। शुरक्षाको शुरक्षा छैन अब यहाँ कस्को बिस्वास भो र, कस्को शुरक्षा भो र....!म हार खाइसकें। नदीका दुइ किनारा मिली सके तर यिनीहरु मिल्दैनन। बाह्र बर्षकुकुरको पुच्छर ढुंग्रोमा हाले पनि उस्ता उस्तै बाँगो भए झै नेताहरुको नियति सैधै यो देश र जनता प्रति बाँगो नै रहयो। जनता अन्योलमा छन। बादल भित्र गुम्सिएका छन। आँधी बिच फसेका छन। झरी विच रुझेका छन। पहिरो भित्र पुरिएका छन। पहाडले थिचिएका छन। भेलमा बगेका छन। बाढीमा डुबेका छन। मायाका झोताहरु गुमाएर आमाहरु शोकाएका छन......। तन्नेरीहरुको लाश बोकेर बाबाहरु शोकाएका छन। गिद्धले अघाएर सिनो खान छोडी सक्यो तैपनी मार्न छोडृका छैनन। बाघ भएका छन मान्छेहरु। स्याल भएका छन मान्छेहरु, बाँदर भएका छन मान्छेहरु, ब्वाँसो भएका छन मान्छेहरु...। बनका तिखा काँडा भएका छन मान्छेहरु....। अजींगर बनेर कतिदिन खानेहुन जनताको जीवन। शिक्षा दिन नजानेर कुजात जन्मिए र तिनै देश बनाउन लागे। रगतको नदीमा तरबारको पुल तर्दे म कतिदिन देशको मुहार फेने सपना देखु......! गन्तब्य सुन्दर भएर पनि यात्रा कमजोर छ मेरो। शिथिल छ मस्तिष्क सोच्दा सोच्दै भबिस्य। गतिशील जीवन ओझलमा पर्यो। तर्सथ हे प्रिय, तिमी जसरी पनि आउ र निको पार जनताको घाउ। यहाँ धेरैको छ लुटने दाउ यि सबैलाई तर लगाउ.....!सुन्दर ति मेरा सपनाहरु, देख्नै नपाइ ओझेलमा परीसके। अरुको लागी त म बाँचि दिएँ, मेरा लागी अरु मरीसके।।तिमी भन्दा अरु कोही छैन मेरो मर्म बुझ। मेरो कर्म बुझे। मेरो आँशुलाइ हाँसोमा बदल्न सक्ने केवल तिमी नै हौ। मेरो पिंडालाइ आनन्दमा बदल्ने केबल तिमी नै हौ। खै यहाँ त अर्काको पालो पैंचो मिचेर मन्दिरमा पुजा गर्न जान्छन्। मलाइ बचाउ यी मान्छैहरु जुन जनावरभन्दा डरलाग्दा छन। जसरी हुन्छ, जे गरी हुन्छ, जस्लाइ फसाएर हुन्छ आफनो दुनो सोझाउने धर्म चलेको छ। यो पाशबिक सभ्याताको अबशेष भएर म कतिदिन बाँचु...! अहो प्रिय यहाँ अनाथहरु, कमजोरीहरु, बेशाहारहरु सडकमै बस्ती बसाएका छन। केवल जीवनको भीष माग्दै हिंडेका छन तर ति भन्दा भिखारीहरु महलमा देखें जुन जनताका सपनाहरु बेचेर बाँचेका छन। गरिवहरुको नमुनालाइ आफनो योजना बनाएर मागीखाने भाँडो बनाएका छन। माग्नेहरुको नाममा मागेर खानेहरुको हातमा यतिखेर मेरो देशको भबिस्य परेको छ। त्यसैले त भबिस्यालाइ पनि दर्रि्र बनाए। यी मन्का दर्रि्रहरु, मन्का भिखारीहरु बिशिष्ट बनेका छन आज। शिष्ट नभएका बिशिष्टहरुको माझ म कतिदिन बाँचु मृत्युको प्रतिक्षामा। बिभाजित मन लिएर कति दिन देश चलाउन सक्छन र.....- राजनीतिको कपटी पासोमा म कतिदिन बाधिने..-हे मेरी प्रिय मैले तिम्रो साथ पाएँ भने म यो थोत्रो आदर्शलाइ भत्काएर नयाँ आयाम थप्न चाहान्छु। नयाँ निर्माण गर्न चाहान्छु। तिमी त्यहि जिवन्त चाहाना बनेर मेरो जीवनमा आउ। नोटमाथी कतिन्जेल चढाउ म.....! पुजारीहरुको भरमा नै देवताहरु बाँच्न बाँध्य छन भने ति कायर देवताहरुले कसरी समृद्धिको बरदान दिन सक्छन त...-बागमतीको शुद्धजल नेपालीको बिशुद्ध आचरन बनेकोमा म कति दिन दुखी बनी रहुँ...-आफनो गोठमा भकारो सोर्न छोडेर अर्काको घरमा पोत्नु परेको छ। आफनो घरको छानो भन्काएर अर्काको पालमा ओत्नु परेको छ.....! राजनीतिले मलाइ मेरो देशबाट अलग गरिरहेको छ।यहाँ प्रकृतिले स्वयंम फुल फुलाउन पाएको छैन। लह लह पालुवा हाल्न पाएको छैन। किन फुल्न छोडे फुल, बसन्त आउदा पनी..!-संधै पछि म किन परें, अबसर पाउदा पनी.....!- यस्को जवाफ बनेर आउ प्रिय। बिशाल पहरा भित्र हात हालेर तिमीलाइ झिक्न तयार छु। पहरामा अमुल्यबस्तु तिमी नै हौ मेरो। बरु हात गुमोस बरु जीवन गुमोस तर म तिमीलाई गुमाउन चाहान्न। तिमी त पहराभित्रको अमृतमय शितल जीवनदायिनी जल हौ, जुन जमेर शिलाजित बन्छ। म त्यहि शिलाजितको रुपमा तिमीलाइ पाउन चाहान्छु। मैले सजाए धेरै भोगें, अध्यारो कोठामा लगेर हाने....!शिथिल शरिरलाइ जन्जीरले बाने..!मलाइ नै देशको बैरी ठाने....! यो कस्तो तमासा, दैब नै जाने....!सम्वेदनशील अंगमा आगो झसे...!खै मेरो रगतले कस्लाइ पोसें....!नैसर्गिक अधिकार समपुर्ण खोसे...!यातना दिएर मृत्युमा ठोसे....!सहज मृत्यु यहाँ पाइन्न...!बाँच्न खोजेर बाँच्न पाइन्न...!कति बगाउ आँशु, कति बगाउ खुन!जनताको रगत पिउने आखिर यी को हुन...- प्रिय मलाइ यस्को जवाफ चाहिएको छ, तिमी त्यो जवाफ बनेर आउ।चार जात छत्तिस वर्ण्र फुलबारीमा, फुलहरु असमान्ताका सिकार भएका छन। फुल्न खोज्दा लखन थापा हुनुपर्छ। स्वतन्त्र जीवनको सुगन्ध र्छन पाइन्न। र्छन खोज्दा धर्मभत्त। पालुवा हाल्न पाइन्न, पालुवा हाल्न खोज्दा दशरथ चन्द हुनुपर्छ। जीवनको उत्सव मनाउन पाइन्न, मनाउन खोज्दा गंगालाल हुनुपर्छ अति त्यस्तै सृजनाका बिउहरु र्छन पाइन्न, बिउ उमार्न खोज्दा शुक्रराज शास्त्री हुनुपर्छ। त्यसैले यस धरामा ज्यादती फैलिएको छ। यतिखेर दुर्योधन देशको हर्ताकर्ता बनेको छ। यहाँ बिदुरका लोकतान्त्रिक पथहरु भत्किएका छन। बरु सकुनीका जालहरुले सालको रुखलाइ मालुको लहराले बेरेझै, मेचीदेखी काली सम्म हिमाल देखी तराइसम्म गाँजेको छ। हरेक दिन डोकोमा दुध दुने भाषण दिन्छन्। बिरोध गर्न पाइन्न नत्र फेरी सुरुगांमा लक्ष्मी पाण्डेलाइ मारे झै मार्छन। आँखा नदेख्नेहरुलाइ अइना किनेर बाँडने योजना बनाउछन। मामाको घोडी मेरी हिंहिं...गर्नेहरुले नेपाल आमाको हिर्मत लुटेका छन। बिकासका बोत्तलहरु दिन प्रतिदिन नयाँ फेरिन्छन तर उपल्ब्धी पुरानै उही ढुसी परेको हुन्छ। यतिखेर भिमसेन थापाको जरुरत थियो तर त्यो बिना पर्खालको कैदी बनाइसके।मित्रराष्टहरु थाकीसके चन्दा दिंदा दिंदा। चन्दा को कस्लाइ दिने...! कति सम्म दिने....कतिन्जेल दिने...। प्रिय म यो प्रस्नको जवाफ खोजीरहेको छु तिमी त्यस्को जवाफ बनेर आउ। पुर्खाको बहादुरीलाइ कान्छा र कान्छीमा बदलेर जनताले बाँच्नु परेको दर्द कस्ले बुझ्ने..! तर्सथ यो पाशबिक प्रथा बन्द गरी स्वदेशमै रमाउने बाताबरण लिएर आउ। मेरो भाग्यलाइ आफनो खेत् गिर्ने मलिलो जमिन बनाएका छन। मेरो जीवनको म मालिक हुदाहुदै पनि आफु मालिक भएर मैमाथी हैकम चलाएका छन। प्रजातन्त्रको वकालत गर्दै मेरै जीवनसंग खेलवाड गरेका छन। प्रिय यो प्रजातन्त्र हुनै सक्दैन। प्रजातन्त्रको असली रुप र सौर्न्दर्यता तिमी नै हौ। जति पनि मैहुँ भन्दै आउछन ति सव धमिलो पानीमा माछा मार्न खप्पिस मात्र आउछन। अनुहारमा शहिदको रगत पोतेका, जिउमा जनताका सपनाहरु चिथोरेका, त्यस्मा पनि नेपाली टोपी र बिदेशी पासो घाँटीमा बाँधेर राज्यसत्ता हत्याउन कसिन्छन र हानाहान गर्छन। यतिखेर देशका प्रबुद्ध बर्ग बुद्धि भएर पनि बुद्धिहिन जस्ता छन। खुटटा भएर पनि अपांग भएका छन। कान भएर पनि बहिरा छन। आँखा भएर पनि अन्धा भएका छन। बास्तवमा आँखाले देख्न नसक्नेलाइ दृष्टिहिन भनिन्छ भने आँखा भै भैकन पनि नदेख्नेलाइ नै अन्धा भनिन्छ। तर्सथ यस्ता अन्धाहरुको आँखा खोल्न आउ। तिम्रो उपस्थिति बिना यहाँ कसैका आँखा खोलिन्नन्। प्रिय तिमी यस्ता राजनैतिक अन्धाहरुको चेतनाको आँखा खोल्न आउ। नुन खाएका कुखुरा झै झोक्राएका बुद्धिजिवीबाट के आशा गर्ने। र्ठराले झस्केपछि मात्र होसमा आउने त्यस्ता बिहोसीबाट देशले के पाउन सक्छर...!म हात्ति भएर के गरु एउटा घसेटो माउतेले ठीक पारी रहेको छ। यि जुकाजस्ता चुसाहा राजनैतिक माउतेहरुबाट प्रिय मलाइ मुक्ति देउ। यी राजनीतिज्ञ माउतेहरुले निंरकुस्ताको अंकुसले मलाइ ठिक पारी रहेका छन। म बीर हात्ति भै के गर्नेर.....! जब बुद्धिमा नै बिर्को लगाइ दिएका छन। यसरी मेरी आमाको काखमा राजनैतिक माउतेहरुको बिकबिकि कति सम्म सहेर बस्ने म....! आउ प्रिय महबाट मौरी निकाले झै निकाल्न आउ। म सोच्थें, अन्धकार अब सकिए छ भनेर तर होइन रहेछ। अन्धकार त भर्खर मात्र शुरु भएको रहेछ। मेरो देशको आकासमा ग्रहण लाग्न पो थाले छ। मेरो देशको धर्तिमा भर्खरमात्र भुकम्प चल्न थाले छ। राजाको राज हटाउलान तर तन्त्रको जग जति हल्लेपनी, जति हल्लाए पनि डेग चल्दैन। किनभने नेताहरु त्यस्का खम्बा भएर उभिएका छन।मलाइ मेरी आमाको आँशु पुछनु छ। मैले मेरो सामर्थलाइ चिन्ने र बुझे अबसर चाहिएको छ। एकान्तमा बसेर म एक्लै हुन सक्दिन तर मान्छै मान्छेको बीचमा एकलो भएको छु। मेरो देशको मझेरीमा अन्धकारले छाउन थालेको छ। मेरी आमा नेपाललाइ राजनैतिक बन्धक बनाउन थालेका छन। प्रिय यो संकटबाट मुक्त गर्न आउ।हिजोको बिहानीमा कालोबादल लागेको थियो आजको बिहानीमा त सूर्यग्रहण पो लागेको छ र त्यस्मा पनि कालोबादल हटेको छैन। यो बिषम परिस्थितिमा आमालाइ बन्धक बनाएर आफनो दुनो सोझाउने नेताहरु आपसमा युद्ध गर्नेछन्। उहि पुरानो अन्धकारले नयाँ परिबेशमलाइ ढाकेको छ। आखिर परिवर्तणको अर्थ नै के रहयो र...!आखिर जनताको बलिदानको महत्व के रहयो र....! प्रिया अर्थहिन बलिदान र सवभौम समपन्न गर्न नसक्ने परिवर्तनको अर्थ नेताहरु बीचबाट चोरी भएको छ। आपसमा चोरी गर्छन र दोस एक अर्कालाइ लगाउछन र दयित्वबाट पन्छिनछन। यो मेरो देशका दर्रि्रनेताहरुको अग्रगामी संस्कार हो। यो अंध्यारी रातमा जुनको दियो बालेर क्षितिजतिर टोलाइ रहेको छु जहाँबाट तिमी आउने छौ।आकासबाट जति पानी परेपनि मेरो धर्ति किन बाँझै छ....-! मेरो प्रस्नको जवाफ दिने यहाँ कोही छैन। जवाफ चाहानेहरुको आर्तनाद गुन्जीरहेको छ हरेकका आगनमा यिबोग र बिजोग बनेर। म यो परिवर्तनको शाक्षी हु र पनि मेरा दुई आँखाले दुइ इसारा हेरीरहेको छु। एकातर्फहिराको पर्खाल...अर्कोतिर काँचको दरबार। तासको जामा लगाएका मेरा अगुवाहरुको राजनैतिक नाटक हेर्न रगतको टिकट काटी रहेको छु। हे मेरी सुलोचना, तिमी नआउदा सम्म म यि राजनैतिक झुसिलकीराहरु मेरो काँधबाट फुत्त फाल्न सक्ने छैन। आज धेरैले धेरै जानी सके... तर जे जान्नु पर्छ कसैलाइ थाहा छैन। आज धेरैले धेरै लेखी सके.....तर के लेख्नु पर्छ त्यो कसैलाइ थाहा छैन। तर्सथ जुनकुरा थाहा पाएका छैनन, त्यहि थाहा पाउन तिमी आउनु परेको छ। मैले तिमीलाइ मेरी आमाको कोख बाँझो नपार्न बोलाएको छु। तिमी नै आमाको कोखबाट जन्मिएर मेरो जीवनमा आउ। तिमी आउदाको पिंडा सहन तयार छिन मेरी आमा तर तिमी आउनु पर्छ। प्रतिक्षामा आमाले धेरै कोसी बगाइसकिन। धेरै गन्डकी बगाइसकिन। धेरै कर्नाली बगाइसकिन। धेरै मेची र काली बगाइ सकिन.... कति बगाउने आँशु यस्को पनि सिमा हुन्छ तर यहाँ त्यो सिमा पनि नाघिसकेको छ। र्मैले मेरा माउतेहरुलाइ कटबासको लौरो दिनुपथ्र्यो तर बन्दुग दिएर गल्ति गरे....! आज बुद्धको आगन रगतले पोतिदै छ। आज शिबको भुमी, लाशले ढाकीदै छ। बन्दुगको नसा लाग्छ यो पनि अफिम हो...यहाँ अफिमको खेती चल्दैछ। आज मलाई हतियार खोस्न गारो भो। मेरै छातीमा ताकेर मेरै हिर्मत लुटन थाले।मलाइ यस्तो लागीरहेको छ की गरिवीले नांगिएको छातीमा बुटले शासन गर्दै छ र बन्दुगले रक्तपात मच्चाउदै छ। आतंक्कको छत्रछायाँमा बुद्धको आत्मा छटपटाइ रहेको छ। प्रिया यो दुरदशा बेहोर्नु भन्दा पहिले नै तिमी आउ। कुण्ठाको रानीपोखरीमा डुबेका मान्छेहरु बचाउन खोज्दा आफै डुबीरहेको छु। तिमी बिना मलाइ निकाल्ने नै को छर....! मेरी प्रिय मनोलिसाको अधरको मुस्कानको भेउ नपाए झै मैले मेरो भबिस्यको भेउ पाउन सकिन। तिमी त्यो भेउ बनेर आउ। आजकाल मेरो नाथीगार गाउमा भाले नबासेर पनि बिहानी उदाउन थालेको छ। भुलेहरु सबै बिस्तापित भैसके। पोथीबास्नु पर्ने भएको छ तर पनि बास्न पाउदैनन्। डर नै बन्धन बनेको छ। डर नै संस्कार बनेको छ। डर नै मृत्यु बनेको छ।यो देशबाट डरको जरो उखेलेर फाल्न को-क्रमस...........................
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
साइकल यात्रा
निबन्ध
सङ्गीत आयाम
28, 2008, 2:57
यो मेरो साइकल झन् झन् पीडाको कारण बन्दै गएको छ । मैले त यसलाई आत्मसात् गरिसकेको छु तर यसले भने सार्है अप्ठ्यारोमा पार्दछ साथीहरूका माझ । हिजो एउटा साथी मेरो साइकलतिर एकोहोरो हेरेर भन्दै थियो, 'तँ सँगसँगै पढेको म, आज हेर् म कहाँ छु तँ कहाँ छस्, तेरो प्रगति कत्ति पनि भएन यार !' मसँग यसको उत्तर थिएन कारण ऊसँग भर्खरै किनेको नयाँ मोटरसाइकल थियो, प्रगतिसूचक स्वरूप । ऊ उकालोमा पनि मोटरसाइकल हुइँक्याएर पर पुग्छ तर म त्यस उकालोलाई साइकल डोर्याएर चढ्दै हुन्छु ।म छु र मेरो साइकल छ यतिखेर कतै यात्रामा जान तम्तयार रहेको । मेरो साइकल यात्राले आजसम्म कति किलोमिटरको यात्रा तय गर्यो त्यसको अनुमान गर्न एकदमै गार्हो छ । साइकल क्रमशः थोत्रो भैरहेछ तर रहरहरू अनन्त छन् झन् झन् बढ्दै गएका । साइकल पुरानो भएर राम्रोसँग नचल्ने स्थिति आइसक्यो तर आकाङ्क्षाहरू झन् झन् तीव्र रूपमा छन् बढ्दै गएका । मलाई थाहा छ, दमको रोगीजस्तै साइकलको घ्यार-घ्यार आवाज रोकिन नै मान्दैन । लाग्छ, साइकलको बिरामी आवाजसँगै क्रमशः बलात्कृत हुँदै गैरहेछन् अनन्त सपनाहरू । मलाई थाहा नभएको भने होइन, साइकलको कारण लामो यात्रा तय गर्न सकिँदैन तर पनि साइकल नभएको कल्पनासम्म गर्न सक्दिन म मानौं जीवन टक्क अडिए झैं लाग्छ जहाँको त्यहीँ साइकलबिना ।एउटा वास्तविकताले भने आसुरी नङ्ग्रा लिएर चिथोरिरहन्छ सँधै । नयाँ साइकल किन्न नै सकिएन जीवनमा, 'एउटा साइकल पनि किन्न नसक्ने ? मान्छेहरू मलाई नै लक्षित गरेर भनिरहन्छन् । म उनीहरूका कुरा सुन्छु र नसुनेझैं गरी साइकलमा अघि बढ्छु । यही थोत्रो साइकलमा चढेर जीवनका नयाँ-नयाँ परिभाषाहरू खोजिरहेछु चोक-चोकहरू र गल्ली-गल्लीहरूमा । यो पुरानो साइकललाई नै नयाँ मान्ने बाध्यता हिजो पनि सशक्त थियो र आज पनि प्रवल छ । आर्थिक रूपमा पो प्रगति भएन त अरू कुरामा म कोभन्दा कम छु र ? मस्तिष्कमा प्रायः आइरहने विचार हो यो । यही विचारले नै आजसम्म मलाई बचाएको छ भनेर भन्नुपर्दछ । साइकलमा चढ्दैमा मान्छे कसरी सानो हुन्छ ? यही प्रश्नको हतियार लिएर म ठूला भनाउँदा माफियाहरूसँग क्रमशः लडिरहेछु, उनीहरूले यो कुरा नबुझेका भने होइनन् । यो लडाइँमा प्रायः उनीहरूकै जित हुन्छ कारण उनीहरू असंख्य रूपमा चारैतिर छरिएका छन् तर म भने एक्लो-एक्लो छु आफ्नो मूल्य र मान्यताप्रति प्रतिबद्ध । तर पनि मैले हरेस खाएको भने छैन, हरेस खाने हो भने माफियाजस्तो संयन्त्रसँग कहिल्यै पनि जित्न सकिँदैन ।मेरो साइकल यात्राले कहाँ पुर्याउने हो भोलि त्यो थाहा छैन । तर अहिले भने गन्तव्यमा पुर्याएको छ यही साइकलले । म साइकललाई धन्यवाद दिन्छु र त्यसलाई सुम्सुम्याउँदै चाबी लाउँछु अनि केही पर रहेको सभाहलभित्र प्रवेश गर्छु ।हुन त साइकलबाट मोटरसाइकलसम्मको यात्रा तय गर्नुपर्छ अनि पो प्रगति गरेको प्रष्ट रूपमा प्रमाण हुन्छ भनेर भन्छन् साथीहरू । यो प्रशङ्ग प्रायः मनमा आइरहन्छ साथीहरूकै कारणले एकान्तमा कहिलेकाहीँ । त्यस्तै दुर्इ पाङ्ग्रे मोटरसाइकलबाट अझ चार पाङ्ग्रे कारसम्म जाने बाटो पत्ता लगाउने हो भने शत्रुहरूलाई पनि बस्मा पार्न सकिन्छ भनेर भन्छन् इष्टमित्रहरू । यो कुराले पनि चस्स-चस्स नबिझेको भने होइन । कारमात्र किन ? आकाशैमा उडिरहने हवाइजहाजमा सँधै उडिरहन पाए आनन्दको अर्को परिभाषा यही जुनीमा लेखिने थियो भनेर अत्यन्त नजिकका आफ्नाहरूले घरि-घरि नभनेका होइनन् मलाई । कहिले कुनै कुराले विचारलाई कमजोर पार्ने चेष्टा गर्छ भने कहिले कुनै कुराले दृष्टिकोणलाई नै जोडसँग प्रहार गर्छ । एउटा निहत्था मान्छे कहाँ-कहाँ र के-केसँग जुध्ने ? बढो अप्ठ्यारो स्थिति छ मसँग, यो प्रायः रहिरहन्छ मसँग सँधै । सपनाहरू भने आइरहन्छन् समयको ख्याल नगरिकन नै । बारम्बार सपनाहरूले देखाइरहन्छन्, मान्छेहरूका कुरा सुन्ने र उनीहरूकै पछि लाग्ने हो भने झन् झन् प्रगाढ रूपमा जीवनमा रमाइलो हुने कुरा निश्चित छ । लाग्छ, जीवनका रङ्गहरू छरिएका छन् अनन्त अनन्तसम्म मानौं त्यसलाई क्यानभासमा नपोतेर ती रङ्गहरूको कुनै कलात्मक प्रस्तुति नै भएको छैन ।साइकल अघि बढिरहेछ, साइकलले मलाई अघि बढाइरहेछ अर्थात् मेरो साइकल यात्रा जारी छ । कहिलेकाहीँ मलाई नलागेको भने होइन मैले साइकललाई अघि बढाएको हुँ कि साइकलले मलाई अघि बढाएको हो यसमा विवाद गर्न पनि सकिन्छ शायद, कुनै छलफलको विषय हुन पनि सक्छ यो सर्न्दर्भ तर यो भने वास्तविकता हो कि मैले साइकल नचलाएको भए त्यसले पनि गन्तव्यसम्म पुर्याउन सक्ने नै थिएन मलाई । मैले साइकल चलाइरहेछु र त साइकलले मलाई ठाउँमा पुर्याइरहेछ । जसरी बुझे पनि कुरा एउटै हो । कहिले त धेरै चलाउनु पर्छ तर गन्तव्य भने आउँदैन । खुट्टाहरू थाकेर गल्न थाल्छन् र विचारहरूका क्रम टुट्दै जान्छन्, फेरि त्यसलाई जोड्न नै सकिँदैन । पुग्नुपर्ने ठाउँ कति टाढा रहेछ, म एकछिन रोकिएर परतिर हेर्छु टाढा धेरै टाढा पुग्नुपर्ने ठाउँ कतै नदेख्दा तर्कनाहरूभित्र मन क्रमशः बरालिन थाल्छ । विचारहरू तथा अनुभूतिहरू टुट्ने क्रम समय र परिस्थितिले पनि फरक पार्दो रहेछ । साइकल गतिशील हुन्छ अर्थात् मैले साइकल चलाउन सुरु गर्छु ।एकदिन बाटोको छेउमा हुन्छु म, एउटा मोटरसाइकल पछाडिबाट वेगसँग आएको सुन्छु र एकछिनपछि म सडक किनारमा हुन्छु, लडेको अवस्थामा । मोटरसाइकलले मलाई हानेर जान्छ, म पर हेर्छु मोटरसाइकल टाढा पुगिसकेको हुन्छ । म केही समयपछि उठ्छु, लडेको शरीर दुख्ने नै भयो, बेस्सरी दुख्नथाल्छ । दिनको उज्यालोमैं एउटा मोटरसाइकलले साइकललाई हानेर जान्छ तर मैले केही गर्न सक्दिन । मैलेमात्र होइन कसैले पनि केही गर्न सक्दैन । वास्तवमा यो देशको नियम/कानुन ठूला-ठालु भनाउँदाहरूलाई नलाग्ने नै रहेछ भन्ने कुरा पुष्टि भएको थप प्रमाण मिल्छ मलाई ।सबै साधनहरूका अगाडि एउटा साइकल निहत्था उभिन्छ बीच सडकमा र केही पनि गर्न सकिंदैन, साइकलको निरीहता बडो दयनीय रूपमा प्रकट हुन्छ, म त्यस स्थितिरति अनभिज्ञ रहन सक्दिन । लाग्छ, यो पनि जीवनकै एकभाग हो । दार्शनिकहरूले भनेझैं सबै मान्छेहरू समान अवस्थिति लिएर जन्मिएका हुन्छन् तर यो धरतीमा आएपछि परिस्थितिका कारण ती गुलाम हुन्छन् । र्स्पर्श गर्न सकिने सबै चीज वा वस्तुहरूको अस्तित्व यस धरतीमा छ । सबै साधनहरूका आफ्नो पहिचान हुनुपर्ने पनि हो ! साइकलको पनि आफ्नै परिचय छ र त्यसले धेरै कुरामा सहयोग पनि गरिरहेको छ मान्छेलाई तर एउटा कमजोर साधनलाई हानेर अर्को बलियो साधनले तीव्र गतिमा आफ्नो बाटो नाप्छ भने त्यस्तो स्थितिलाई एक्काइसौं शताब्दी अनुकुल छैन भनेर भन्नु नै पर्ने हुन्छ । मान्छेहरूले मान्छेहरूलाईजस्तै साधनहरूले पनि साधनहरूलाई शोषण गर्ने प्रक्रियामा कत्ति पनि परिवर्तन आएन आजसम्म । कुराहरू बदलिए, समय बदलियो, शैली बदलियो, तर प्रक्रिया त त्यही रहृयो शताब्दीयौंदेखि । विज्ञानले जति नै प्रगति गरे पनि साधनहरूलाई हर्ेर्ने मान्यता र मान्छेहरूलाई हेर्ने दृष्टिकोणमा विज्ञान प्रायः असफल भएको कुरामा भने होइन भन्ने सक्ने स्थिति नै छैन । म साइकल उठाउँछु । साइकल राम्रोसँग चल्दैन, आफ्नो अर्समर्थता प्रकट गर्छ अघि बढ्न । म खोल्ती छाम्छु, खोल्ती टक्टकिएको हुन्छ । अब टेन्सनले गति लिन्छ साइकलको ठाउँमा । वास्तवमा मान्छे त्यसै हरेस खाँदैन, समय र परिस्थितिले उसलाई हरेस खुवाउँछ, विचरा निरीह मान्छेले यसमा केही पनि गर्न सक्दैन । अब हेर्नुहोस् न, एउटा मोटरसाइकलले मेरो साइकललाई हानेर तीव्र गतिमा अघि बढ्छ तर मैले केही पनि गर्न सक्तिन । अझ जोडसँग साइकल सँगसँगै मलाई लागेको भए मेरो स्थिति के हुने थियो, के त्यस अवस्थालाई तपाईले अनुमान गर्न सक्नुहुन्छ - वास्तवमा त्यो कुरा अनुमानभन्दा पर छ । कतिपय यस्ता अवस्थाहरू हुन्छन् जहाँ उत्साहमात्र लिएर काम गर्नलाई अनुकुलता नै हुँदैन । वास्तवमा आदर्श र यथार्थलाई एउटै तराजुमा राखेर जोख्ने हो भने यथार्थको मात्रा कयौं गुणा बढी हुन्छ । आदर्शले जीवन चल्दैन, जीवन त यथार्थको पिँजडामा कैद छ । यथार्थले नै मान्छेलाई नचाउनुसम्म नचाउँछ । जे होस्, साइकल आज यस्तो एउटा यथार्थ हो जसबाट बचेर जान कुनै अवस्थामा पनि संभव छैन । साइकल छोडेर पनि के गर्ने मोटर साइकल चढ्ने आफ्नो आर्थिक हैसियत कहिल्यै पनि भएन । सपनाले त प्रायः ढोका ढक्ढक्याउँछ के बिहान के साँझ । अब सपनाकै पछि लाग्ने हो भने अरू चढेझैं गरेर रातारात साधन चढ्ने जादुको लठ्ठी आफूलाई कहिल्यै पनि प्राप्त भएन । मान्छेहरू ठूला र महङ्गा साधन कसरी चढ्छन् कुन्नी ! भन्नलाई त भन्छन् मान्छेहरू, 'एउटा त्यही जागीरको भर त हो जसबाट परिवार पाल्नैपर्यो, घर-व्यवहार चलाउनै पर्यो, छोरा-छोरी पढाउनै पर्यो, बिरामी हुँदा उपचार गर्नेपर्यो आदि, इत्यादि ।' तर तिनै मान्छेहरू ठूला र महङ्गा होटलमा प्रवेश गरिरहेका देखिन्छन्, भर्खरै बजारमा आएको नयाँ/नयाँ साधनलाई आफ्नो बनाएर । कसरी पत्याउनु अब मान्छेहरूका बोलीलाई ! मुखमा राम-राम बगलीमा छुरा भनेको यसैलाई त होला । कसरी विश्वास गर्नु उनीहरूको जीवनशैलीलाई ! आफ्नो त त्यही एउटा साधन छ जसले मलाई ठाउँ ठाउँमा पुर्याउँछ, पुर्याउँदैन भनेर कसरी भन्नु - पुर्याएकै छ । जानी/जानी झुठो बोल्नु पनि त भएन नि ! मलाई थाहा नभएको होइन, त्यही साइकललाई पनि अरूका कुरा सुनेर अबदेखि चढ्दिन भनेर छोडिदिने हो भने सँधैभरिलाई जहाँको त्यहीँ हुन पनि के बेर - अर्काले घोडा चढ्यो भनेर आफूले घरको धुरी चढ्न पनि त भएन नि !मान्छेहरू भन्छन्, 'साइकल चढ्नेको कुनै नाम हुँदैन, मात्र बद्नाम हुन्छ अर्थात् साइकलले बद्नामीसिवाय केही दिँदैन' भनेर ठाउँ-कुठाउँमा मान्छेहरू भनिरहेका भेटिन्छन् । एकथरि मान्छेहरू भन्छन्, 'साइकल चढ्नेको कुनै व्यक्तित्व हुँदैन, साइकलले व्यक्तित्वलाई रुझेको बिरालोजस्तो बनाउँछ ।' एक मन त लाग्छ, मान्छेहरू साइकललाई छोडेर मोटरसाइकलमा पुगे तर बौद्धिक कसरत गर्न भने प्रायः भुले । फेरि मोटरसाइकललाई छोडेर मान्छेहरू बाजा/गाजाको साथमा कारभित्र प्रचार/पसारसहित पसे तर मस्तिष्कलाई चाहिने खुराक भने लत्याउँदै अघि बढे । सम्पन्नताको आडमा मान्छेहरूले जति साधनहरू फेरे पनि अध्ययनको परिधि नबढाउँदा मान्छे आर्थिक रूपमा सक्षम त भयो तर बौद्धिक रूपमा भने सँधै खोक्रो रहृयो । अब तपाई नै भन्नुहोस् त, जोसँग जे साधन छ त्यही साधन चढ्दा मान्छेहरूलाई किन यति धेरै टाउको दुख्छ ? किन मान्छेहरू नानाथरि कुरा गरेर बस्छन् अर्काको बारेमा ? मलाई लाग्छ, मान्छे विचारमा सही हुनुपर्छ र दृष्टिकोणमा सकारात्मक हुनर्ुपर्छ अनि मान्छेले मान्छेलाई अत्यन्त सम्मानपूर्वक व्यवहार गर्नुपर्दछ । यदि मान्छेले मान्छेलाई सँधै असम्मान गर्ने हो भने भोलि ऊ सम्मानको लायक रहँदैन पनि । खोइ ! कहिले बुभ्ने मान्छेहरूले यी कुरा?तपाईहरूलाई थाहा भएकै कुरा हो, मान्छे समय र परिस्थितिको दास हो । जति नै कोशिश गरे पनि समयमाथि शासन गर्न र परिस्थितिलाई गुलाम बनाएर रमाउन सक्दैन मान्छे । हो, केही समयको लागि यो कुरा संभवजस्तो देखिन्छ तर समयक्रममा मान्छे सँधै विजेताको रूपमा रहिरहँदैन । मेरो मान्यता के हो भने साइकल चढ्नेलाई साइकल चढ्न दिनुर्पर्दछ स-सम्मानका साथमा । साइकल चढ्नुभन्दा अर्को उपाय नभएपछि के गर्ने ? के आत्महत्या गरेर मर्ने ? साइकल चढेर व्यक्तित्व बन्दैन भनेर मान्छेहरूका पछि लाग्ने हो भने हातमुख जोड्ने अलिकति रहेको खेत-बारी बेची-बेची मोटरसाइकल चढ्नु पनि त भएन नि !ठूला मान्छेहरूले धन र पदको कारणले साना तथा निहत्था मान्छेहरूलाई पटक-पटक शोषण गरेझैं ठूला-ठूला साधनहरूले पनि साना तथा कमजोर साधनहरूलाई देख्नै नसक्ने रहेछन् भन्ने कुरा आजको यथार्थ हो, म त्यसको बारम्बार भुक्तभोगी पनि हुँ । मैले धेरै पल्ट अनुभव गरेको छु कि सडकको छेउबाट साइकल चलाउँदा पनि त्यसलाई हानलाजस्तो गर्छन् ठूला साधनहरू, मानौं साइकल चलाउने मान्छेहरूको बाँच्ने अधिकार नै छैन यस धरतीमा । आफू पनि उस्तै भएर तिनलाई हान्न जाउँ भने आकार/प्रकारले कत्ति पनि साथ दिदैन तिनका साधन अगाडि ।वास्तवमा मान्छेजस्तै साइकल पनि वर्ग विशेषको शिकार भएको छ भनेर भन्नुपर्छ । मान्छेलाई गर्ने शोषण र अत्याचारको प्रक्रिया अर्कै होला तर साना साधनलाई हेर्ने दृष्टिकोणमा मूलभुत भिन्नता भने पटक्कै छैन । शताब्दीयौंदेखि चलेको यो सँस्कारलाई कुनै पनि परिवर्तन र क्रान्तिले वास्तवमा सम्बोधन गर्न सकेन भनेर भन्नु नै पर्ने हुन्छ । इतिहास प्रत्यक्षदर्शी छ, विचारका कारण भएका क्रान्तिहरूको । सामाजिक रूपान्तरण भएका कुरा हामीले स्कुल, कलेजमा नपढेका होइनौं । साँस्कृतिक आन्दोलनका लागि भनेर हजारौं शहीद भएर गए तर तिनका परिवारहरू भने अहिले पनि सास्तीको मारमा परेकै छन् । मर्ने त मरेर गए तर बाँच्नेले भने सात पुस्तालाई पुग्ने गरी मोज गरे । परिवर्तन र आन्दोलनका ठूला ठूला कुरा नभएका होइनन् । चाहे सडकमा होस् या सदनमा चर्कै कुरा भएकै हुन् आजसम्म । चाहे मञ्चबाट भनिएको होस् या सभाहलभित्रको तालीको करतल ध्वनिका बीच ठूला-ठूला कुरा नभएका होइनन् । तर व्यवहारमा त उही सामन्ती अवशेष अझ पनि जस्ताको त्यस्तै छ, नपत्याए तपाई आफूले आफ्नै पनि मूल्याङ्कन गर्न सक्नुहुन्छ । कहीँ न कहीँ केही न केहीबाट तपाई पक्कै पनि शोषित हुनुहुन्छ । वास्तवमा एक्काइसौं शताब्दीसँगै झनै बढेको यो शोषणको सत्ता अझ कहिलेसम्म जारी रहला भनेर अनुमान गर्न नै कठिन छ ।अस्तित्वको कुरा गर्ने हो भने प्रत्येक चीज वा वस्तु जसलाई र्स्पर्श गर्दा अर्थबोध हुन्छ र अनुभूतिहरूमा स्पष्ट आकार लिन्छ त्यसको आफ्नै स्व-पहिचान हुनुपर्ने हो तर यथार्थमा त्यो कुरा कतै पनि देखिँदैन । मान्छे सानो/ठूलो हुनसक्छ, मान्छे होचो/अग्लो हुनसक्छ, मान्छे कालो/गोरो हुनसक्छ तर त्यसैको आधारमा मान्छेलाई हेर्ने दृष्टिकोणको विकास हुन्छ भने मान्छे अध्ययनशील प्राणी हो भनेर मान्ने आधार कतै पनि देखिँदैन । अनि मान्छेको दृष्टिकोण नै एकाङ्गी छ भनेर किन नभन्ने ? इतिहास यसरी नै बन्दै जाने र त्यसलाई यसरी नै स्वीकार्दै जाने हो भने मान्छे र बुख्याचामा प्रष्ट फरक हुने दिन नआउन पनि सक्छ ।अब हेर्नुहोस् न, मेरो साइकलले कसको के बिगार गरेको छ र त्यसलाई त्यस्तो रूपमा व्यवहार गर्ने ? कि साइकल अनावश्यक ठाउँमा प्रवेश गरेर नियम भङ्ग गरेको भए त्यो कुरा सुहाउँथ्यो । कि साइकलले कसैलाई गएर हानेको भए पनि त्यस्तै व्यवहार त्यसको लागि उपयुक्त हुन्थ्यो । के साइकलको बाँच्ने अधिकार छैन त यस समाजमा? तपाईले आफ्नो अधिकारको कुरो उठाउनु हुन्छ भने मैले यो साइकलको अधिकारको कुरा उठाउँदा किन हास्यास्पद हुन्छ स्थिति ?हेर्नुस, चराको आफ्नो अस्तित्व छ त्यस्तै जनावरहरूको । नदीको आफ्नो अस्तित्व छ त्यस्तै फूलहरूको । के आकाशको आफ्नो अस्तित्व छैन भनेर तपाई भन्नु सक्नुहुन्छ ? के तपाई गोरा मान्छेहरूका अगाडि उभिएका काला मान्छेहरूको कुनै अस्तित्व नै छैन भनेर आफ्नो दृष्टिकोण र्सार्वजनिक गर्न सक्नुहुन्छ ? अमेरिकाको आफ्नो अस्तित्व छ भने इराकको छैन भनेर कसरी भन्ने ? पेन्टागनको आफ्नो अस्तित्व छ भने आइफल टावरको छैन भनेर कसरी भन्ने? हरेक कुराको अस्तित्व छ भने मेरो साइकलको अस्तित्व किन नहुने ? मेरो प्रश्न छ यहाँनेर ।मेरो साइकल फेरि अघि बढ्छ, साइकल यात्राले फेरि गति लिन्छ । यातनाशिविरमा पटक-पटक दुर्घटित हुन्छ साइकल र पनि साइकललाई मैले छोड्न सक्दिन । मान्छेहरूमाझ नै चोटग्रस्त हुन्छु म र पनि साइकलले मलाई छोड्न सक्दैन । लाग्छ, म साइकलको लागि नै बनेको हुँ र साइकल मेरो लागि नै बनेको हो । साइकल यात्रा अघि बढ्छ, म त्यही साइकलमा चढेर व्रि्रोहको हुँकार गर्छ ठूला साधनहरूसँग मेरो साइकलको लडाइँ जारी रहेझैं ठूला मान्छेहरूसँग मेरो लडाइँ पनि जारी नै छ ।साभार-मधुर्पर्कसमाप्त
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
खप्तड ! तिमीलाई सञ्चै छ?
निबन्ध
कृष्ण प्रर्साई
28, 2008, 2:35
खप्तड - तिमीलाई सम्झनेबित्तिकै जहिले पनि मेरा मस्तिष्कका कोषहरुमा सम्झनाका तरेलीहरु बयली खेल्न आउँछन् । तिम्रो सुकोमल र्स्पर्शको ताजा र न्यानो अनुभूतिले भावनाका अदृश्य रेसाहरु, असंख्य तरङ्गहरु र अनन्त सुहानुभूतिहरु मन भरिभरि, मुटु भरिभरि र सम्झने शक्ति भरिभरि जाग्राम भएर मडारिन थाल्छन् । म कसरी तिम्रो बर्णन गर्न खोजिरहेछु अनि कसरी तिम्रो सौर्न्दर्यको अक्षरी अनुकरण गर्न लागिरहेको छु । तिमीलाई मेरा पंक्तिहरुसँग तादात्म्य हुनुपर्दा अचम्म लाग्ला तरै पनि मेरा साना आँखाहरुले तिमीलाई जुन रुपमा त्यो हजार फीट माथिको डाँडामा आफ्ना समस्त शरीरका अङगहरु छरेर जसरी मुस्कुराएर पट्टा खेलिरहेको र प्रकृतिको अनुपम भू-र्स्वर्गभित्र नाचिरहेको देखेँ, त्यो मेरा लागि कम गर्वपुर्ण सावित भएकोछैन ।साँच्चै भन्ने हो भने यसले मैले तिमीलाई पाउन एउटा कठिन दुःख झेल्नु परेको थियो । एउटा अकल्पनीय यात्रामा आफूलाई हिँडाउनुपरेको थियो र अनेकौँ नागबेली बाटाहरु छिचोल्नु परेको थियो । जीवनमा मैले धेरै उकालाहरु चढेको छु । धेरै बाटाहरु काटेको छु र सहश्र गल्छेडाहरु टेकेर, आफ्नो गन्तव्यमा पुगेको पनि छु । हो, मैले बूढीमोरङ पुग्न लावरबोटेबाट चढ्ने धारापानीको धनकुटे उकालो उकिलएको छु । ताप्लेजुङको राँकेभीर तरेको छु अनि लालिर्खर्क र चिउरी बासका उकालाहरु पनि काटेको छु । भारपाको उराठिलो उकालो, च्याल्साको चीसो उकालो, सोलुबाट ओखलढुङगा पुग्दा उकिलनु पर्ने पत्तालेको पातलो उकालोसहित रुम्जाटारेली ठाडे र टोड्केका उकालाहरु लगायत लामटाङ, लमजुङ, प्यूठान र वैतडीका अनगन्ती उकालाहरु पनि चाहारेको छु । त्यतिमात्र होइन सिक्किमेली प्रवास भूमिका कितामे उकालाहरु, नाम्चीका ननिका उकालाहरु अनि रात्माटे र जोरथाङका जोखिमपुर्ण उकालाहरु हुँदै बदमताम भएर बेनेकवने भिरालाहरुको समेत मैले फड्को मारेको छु ।सुनेको थिएँ, रोल्पेली र मुस्ताङे उकालाहरु विकट र डरलाग्दा छन् । पढेको थिएँ घनघस्याको उकालो अति नै राक्षसी र मान्छेखाने खालको छ तर मैले भोगेका, देखेका, सुनेका र पढेका उकालाहरु त झिंग्रानाको उकालोका अगाडि त्यसैत्यसै अदृश्य भएर हराउने र बिलाउने जस्ता पो लागे । डोटीबाट बगलेख हुँदै तिमीलाई भेट्न आउने जोसुकै पदयात्रीले पनि झिंग्रानाको उकालो नचडिकन, नउक्लिकन र नछिचोलिकन कसैगरी सुख छैन । आधादिन आफ्नो नाकलाई पहाडी बुट्यान र आकासे भीरसित ठोकाएर बाटोविहीन बाटो पहिल्याउँदै हिड्नुपर्दा जुन सास्ती र थकान जीवनमा भेटिएको हुन्छ त्यो विरलै अरु थोकबाट पाइने गरिन्छ । यस्तो उकालो काटेर निगालोधारी सहित जंगलका नागबेली तरेलीहरु हुँदै दिनभरजसो स-साना उकाला ओरालाहरु काटेर यात्रा भरेपछि र्सवप्रथम हामी तिमीलाई पाउन सफल भएका थियौँ । दिनभरको यात्रामा त्यतिखेर तिमीले पालेका मातलाग्ने झारहरु, नागफनीका जस्ता फणा उठाएका स-साना माने जातका बिरुवाहरु र विभिन्न किसिमले फुल्ने बिषालु झारहरुले आक्रान्त पारेका मेरा स्नायु र सुषुप्त भएका अरु अंगहरुका सम्पूर्ण थकानहरु त्यसैबेला मैले बिर्सन पुगेको थिएँ, जब मैले तिमीलाई टाढैबाट हाँसिरहेको देखेँ ।ओहो, म कल्पना समेत गर्न सक्दिनँ कठिन बाटाहरु पार गरेर माथिपट्टकिो रात्माटे जंगल चाहार्दै सानो खोला काटेर केही क्षण तर ओलिएएपछि तिम्रो उज्यालो पाएको मेरो मनले अद्धितीय र अनुपम अनुभूति समेट्न पुगेको थियो ।मेरा सहयात्रीहरुले हेर्दा हेर्दै म तिम्रो दूबैदूबो भएको एउटा चुचुरे छातीमा लडेर एकचोटि रमाइलोमा मात्तिएको थिएँ । त्यतिखेर छ्याङ्ग उघ्रेको आकाशले आफूमा सेतो चन्द्रमा ओढेको थियो जुन समीपमा आएझैँ भान परेको थियो ।म अझै खुलेर भन्न सकिरहेको छैन, त्यसपछि मैले आफ्ना सम्मुखमा के कस्ता चुचुराहरु देखेँ कति लाचकदार भुर्इहरुमा खेलेँ अनि कसरी यी आँखाहरुलाई समोहनको टुनाले भर्ने तिमीभित्रका दृश्यहरुसँग अङकमाल गरेँ भनेर !मलाई अहिले पनि सम्झना छ, त्यति माथिको उचाईमा बग्ने ती तीन-तीन खोलाको मिलन थलो त्रिबेणीमा हामीहरुले हातखुट्टा थर्थराउँदै कमाएर नुहाएका थियौँ । यति अग्लो ठाउँमा नदीको दर्शन पाएको र त्यसैमा डुबुल्की मारेर पवित्र भएको मेरो जीवनले प्राथमिक अनुभवहरु बटुलिरहेको थियो । त्यसैदिन हुनसक्छ, त्यति धेरै संख्यामा घोडाका बथानहरु एकछत्र भएर वरपर देखिने थुम्का र पाटनहरुभरि चरिरहेका देखिन्थे । त्यस्तो संयोग पनि मेरो जीवनमा पहिलोपटक नै समेटिएको थिये।प्रिय खप्तड ! तिमीले कसरी त्यति धेरै पाटन र तालहरु आफ्नो गर्भमा पालेर हर्ुकाउन सक्यौ हँ - अनि कसरी पाटनैभरि पत्याइनसक्नु पाराले रंगीविरंगी फुल्ने सहश्र स-साना पुतली फूलहरुलाई फुलाउन सिक्यौ - त्यति मात्र होइन, आँखाले भ्याउन्जेल देखिने पाटने चुचुरा र मैदाने पाटाभरि त्यस्तो अद्वितीय दूबोको खेती भर्न सक्यौ - मलाई तिम्रो जाँगरिलो पौरखलाई देख्दा सारै अचम्म लागि रहेको छ ।हो, यी सबै मेरा जीवनका पहिला अनुभवहरु नै थिए । नौरंगी डाँफेका त्यति धेरैको संख्याले तिम्रो शोभा भर्ने जोडीका जोडी बथानहरु पनि मैले तिम्रै पिठ्यूँको जंगलमा देख्न पाएको हुँ । त्यति धेरै चराका सन्ततिहरुको लहर मेरो जीवनले तिमीभित्रै छिपेको देख्यो अनि त्यति अग्लाइको निलो दह तिम्रै आँखाको शान्त र गम्भीर मुद्रामा अल्भिएर सुतिरहेको भेटेँ र त्यति राम्ररी सृष्टिको सुन्दरता समाएर चुलिएका चुचुराहरु लहर मिलाएर मस्त मग्मगाएको पनि तिम्रै छातीमा भेटेँ ।खप्तड ! तिम्रो अनुहारको मलाई भ्रम परेको छैन भने प्रत्येक बिहानको र्सूर्य उदाउँदा देखिने तिम्रो वक्षस्थल झैँ उठेका अनगन्ती फूलबुट्टे चुचुराहरुको सौर्न्दर्यम एउटा वयस्क रोगन छिपेको मैले महसूस गरेको थिएँ । त्यही रोगनलाई मध्यान्हको सूर्यले काँचुली फेर्दा छुट्टै अर्को रौनक भरिने गरेको थियो । अनि बुढ्यौली लागेको सूर्यको कमजोर प्रकाशले त्यसमा र्स्पर्श लिँदा भिन्दै खालको अस्ताउँदो लालिमा तिमीमा नाचेको थियो । मलाई सोध्न मन लागेको छ तिमीलाई, त्यतिखेर तिमीले मेरा आँखाहरुलाई कस्तो मोहनी मन्त्रको जादूले तीनतीन दृश्य र रङहरुमा कसेका थियौ भनेर । मलाई प्रश्न गर्न मन लागेको छ, तिमीलाई त्यति राम्रा गलैँचे झारहरुको लचकदार मुलायम तन्ना आफूमा बिछ्याएर तिमीले कुन भू-र्स्वर्गलाई हँसिलो आसनमा विराजमान गराएका छौ भनेर ।तिमीलाई थाहा हुनुपर्छ, हाम्रो त्यो चार दिनको बसाइमा तिमीले पाहुना सम्झेर त्यति धेरै खुसीहरु बाँडेको थियौ जुन खुसी मैले अहिलेसम्म चहारेका कुनै भूतलमा पाएको थिइनँ । कस्तो अकल्पनीय रहेछौ तिमी, त्यही बसाइमा त हो मैले दिनहुँ जस्तो तिम्रानरम चुलीहरुमा खेल्न सम्म लडिबुडी खेलेको थिएँ । तिमीलाई लोभ लागेर तिम्रापाए जति अंग प्रत्यङ्गहरुका लुकिछिपी तस्वीरहरु उतारेको थिएँ र छेउछाउको वनजंगलले घेरिएको छुट्टै माथिका सल्ला र धूपीका डाँडाहरुमा अचूक सम्मोहनका आँखाबाट सुकुमार दृष्टिहरु फ्याँकेर अजस्र आस्वादन चाखेको थिएँ । कस्तो विलक्षण गरिमा थामेर झुण्डिएका रहेछौ तिमी त ! मैले मनमनै तिमीभित्रको छटालाई इष्र्या र डाहहरुमा अनुवाद गरेको थिएँ ।हो, तिमीले त्रिवेणी जस्ता हिमनदीका वरदानहरु पालेका छौ, केदारढुङगा र सहस्रलिङ्ग जस्ता महिमाहरु संरक्षित राखेका छौ अनि तालैताल र पाटनै पाटनको परेड तेर्स्याएर अतुलनीत आभा छरेका छौ । त्यस्तै तिमीले खप्तड स्वामी जस्ता ओजस्वी महात्मालाई थामेर गर्व गर्दै हिर्काएका, खेलाएका र आसनमा जमाएका छौ । तिमीभित्रको पुण्यभूमिलाई, तपोभूमिलाई र देवभूमिलाई भेट्दा म गौरवान्वित भएको छु, हर्षे फुलेल भएको छु र सुन्दर सरोवरहरुको परम पारखी भएको छु । म मात्रै होइन रहेछु, मैले सुनेँ, तिमीलाई आफ्नो अधिनमा कस्ने जमर्काहरु गरेर आज तिमीभन्दा उत्तरको बझाङ, तिमी छेउकै डोटी, तिमी दक्षिणको अछाम र पूर्वतिर लम्पसार परेर तर्र्सिएको बाजुरा अझै पनि पौँठेजोरी खेलिरहेका छन् रे । तिमीलाई आफ्नो् भन्न पाउँदा आनन्दले अतिरन्जित हुने उनीहरु तिमीलाई आफूभित्र गाभ्ने सुरले उत्तकै लगनशील भएर लागेका र जोरजुलुमले जुटेका छन् रे ।हो खप्तड ! नढाँटी भन्ने हो भने तिमीभित्र पसेपछि मैले प्राचिन र युगीन आर्य संस्कृतिको साङगोपाङ्ग नमूनाका झाँक्रीहरु देखेको थिएँ । स्वच्छन्द विचरण गर्ने जंगली जनावरहरुले मान्छेको कुनै बिगार नगरेको सुने । त्यति मात्रै होइन रोगाएका, भोकाएका र हाडछाला मात्र लिएर तिम्रो शरणमा पुगेका घरेलु जनावरहरु पनि छोटो समयमै तङग्रिएर मान्छेको सेवामा जुट्ने गरेको बुझेँ । कस्तो अदृश्य औषधिमा अमरत्व अन्मिएको अचुुक उपचार छ हँ तिमीमा - मैले त मान्छेले पनि तिम्रो सर्ंर्सगमा गएर आफ्नो आयु लम्ब्याएको पो भेटेँ अनि रोगीहरु, गोठालाहरु र भरियाहरु पनि तिमीभित्र मन खोलेर सधै हाँसी नै रहेको देखेँ ।हो, तिमीभित्र सहश्र तालहरु छन्, समग्र पाटने फाँटहरु छन् र युगौँदेखि आफ्नो राष्ट्रियता फुलाउँदै लाम लागेर लस्करै लालिमा भरिरहेका लालीगुराँसका अनेकरंगी फूलहरु छन् । सहश्र लिङगको डाँडाबाट वरिपछि हेर्दा जीवन्त र जाज्वल्यमान भएर पट्ट। खेलिरहेका देखिने हिम गिरीका प्राकृतिक सौर्न्दर्यको शास्वत सगुनलाई र्स्वर्गको साँध नभनेर के भन्ने त - जहाँ बास्ने गरेका प्रत्येक विहानीहरुले आफ्नो प्रत्येक आगमनमा नौला-नौला छटाका शुभ साइतहरु अर्पेर धर्तीलाई अन्माएका हुन्छन् ।मैले सुँने, यसैपटकको हिउँदले तिमीमा सात-सात फिँटसम्म हिउँ जमाएको थियो रे । झण्डै चालीस वर्षयता यसरी नराम्रोसँग चिसिनुपर्दा तिम्रो सौर्न्दर्यले निकै सास्ती पाएको थियो रे । यस्तै भए पनि वर्षोनी दशहरा बोलाएर हुनसम्म रमाइलो गर्न मनलाग्दो रहेछ तिमीलाई । त्रिवेणी मन्दिरको छेउछाउ मेला लगाएर त्यसैबेला अनेकौँ यात्रुहरुको ओइरो हिडाउन मनलाग्दो रहेछ तिमीलाई अनि कसरी धर्ममा बग्न मन जाग्दो रहेछ तिमीलाई । कस्ता रसिला धार्मिक, सांस्कृतिक र आञ्चलिक पर्वहरुले बाँधेका रहेछन् तिमीलाई ! यसैले होला मलाई तिम्रो ओज र आदर्शले अझै पनि अविरल रुपले उन्मुख गराएको गरायै छ ।त्यसैले होला खप्तड ! अझै पनि तिमी सम्झना बनेर म भित्र बारम्बार आई नै रहन्छौ । तिमीलाई सम्झने बित्तिकै म तिम्रो दर्शनार्थ आफूले काट्नु परेको झिँगा्रनाको कष्ट सम्झन्छु जुन कष्ट तिमीलाई देख्ने बित्तिकै निर्रथक सावित भएको थियो । अनि उकालो काटिरहेका बेला खुइ काढेर हिँड्ने एउटा बाजुरेली भूतपूर्व भारतीय सैनिक पदयात्रुलाई सम्झन्छु जसले आफ्नो चार-पाँच वर्षो छोरालाई दिल्लीको उपचार सकेर मृत्यु कुराउन त्यही बाटो हुँदै आफ्नो काँधमा हालेर उकालो चर्ढाईरहेका थिए । त्यति सानैमा अर्बुद रोगले टाउको र आँखाभरि पट्टी बाँधिए पनि ऊ हाँसेर रोटीको टुक्रा चपाईरहेको थियो । त्यति मात्र होइन, खप्तड स्वामीको दर्शन गर्न ठूलो विस्वास र आस्था बोकेर लौरो देक्दै हिँड्ने दुर्इकोरी वर्षरु पार गरिसकेका मिलनसार बन्दी दम्पतीको पनि मलाई त्यति नै झझल्को आउने गर्छ । बिर्सिनसक्ने हिसाबले मायाँ गर्ने मृदुभाषी खप्तड स्वामीसँग बिताएका चारदिनका बाह्र घण्टा जति समयको झन् धेरै सम्झना आउँछ, जुन अपूर्व समयको सम्मुखमा जीवनमा पाइनसक्ने दर्शन, ज्ञान र अध्यात्मको गतिलो अध्याय शुरु गर्ने आत्मबल बोकेर म पूर्वर्तिर वेगिएको थिएँ ।खप्तड ! मलाई यतिखेर तिम्रो असाध्य न्यास्रो लागेको छ ।के तिमीलाई सन्चै छ ?समाप्त
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
स्रष्टाको स्वतन्त्रता
निबन्ध
सङ्गीत आयाम
23, 2008, 11:25
सिर्जना जहिले पनि स्वतन्त्रताको आँगनमा मात्र मुस्कुराउन सक्छ । कुनै पनि बन्धनभित्र रहेर लेखिएको सिर्जना त्यही बन्धनकै परिवृतमा जन्मन्छ र त्यहीं नै त्यसको मृत्यु पनि हुन्छ । त्यसरी लेखिएको रचना एउटा पक्षको मात्र वकालत गरिरहन्छ र त्यसबाट मुक्त हुन कहिल्यै पनि सक्दैन । एउटा लेखकका लागि लेखकीय स्वतन्त्रताको त्यति नै महत्व हुन्छ जति एउटा शरीरका लागि मुटुको । एउटा लेखकले लेखकीय स्वतन्त्रताको प्रशस्त उपयोग गर्न नपाउने हो भने वास्तवमा लेखक कसैको निर्देशनमा चल्ने गुलाम हो भनेर बुझे हुन्छ । लेखक कसैबाट सञ्चालित यन्त्रमानव हो भनेर महसुस गर्न त्यति गार्हो हुँदैन । प्रत्येक मान्छेको बाँच्ने अधिकारमाथि कुनै सम्झौता हुन नसक्ने यथार्थलाई दृष्टिगत गर्दा लेखकहरूका लागि पनि लेखकीय स्वतन्त्रताको त्यही अर्थ छ भन्ने मलाई लाग्छ । कुनै सिध्दान्त अथवा घोषणापत्रप्रति चाहिनेभन्दा बढी भक्तिभाव पर्रदर्शन गरिरहनु भनेको आफू दास हुँ र दासता मेरो धर्म हो भनेर प्रमाणित गरेजस्तै कुरा हो । एउटा लेखक लेखककै रूपमा सम्मानित तरिकाले बाँच्नुर्पर्दछ न कि कुनै गुलामीको प्रतीकको रूपमा । एउटा लेखक लेखकीय स्वतन्त्रता कै महान् हिस्सा बन्नर्पर्दछ न कि कुनै बन्धनको प्रतिनिधि पात्रको रूपमा ।एउटा र्सजकले स्वतन्त्रताको उपभोग गर्न नपाउने हो भने यो त्यस्तै कुरा हुन्छ जस्तो एउटा भोकाएको व्यक्तिले खान नपाएको सर्न्दर्भ । एउटा र्सजकले स्वतन्त्रताको प्रयोग गर्न नपाउने हो भने यो त्यस्तै कुरा हुन्छ जस्तो एउटा नांगो व्यक्तिले लुगा लगाउन नपाएको विषय । एउटा र्सजकले स्वतन्त्रतापुर्वक सिर्जना गर्न नपाउने हो भने यो त्यस्तै कुरा हुन्छ जस्तो बस्ने ठाउँ नभएको व्यक्तिले वास नपाएको यथार्थ ।आज साहित्यमा राजनीतिक हस्तक्षेप यति चर्को रूपमा विकसित भएको छ कि मलाई त्यस कुराको उल्लेख गर्दा पनि अत्यन्तै दुःख लाग्छ । साहित्य सहस्र विचारहरूको साझा आँगन हो, जहाँ हरेक महान् विचारहरूले निर्धक्क रूपमा विचरण गर्ने अवसर पाउँदछन् । इतिहास नै साक्षी छ, साहित्यले राजनीतिलाई डोर्याएर विश्वमा कयौं क्रान्तिहरू भएका छन् । राजनीतिका लागि साहित्य उर्वर विचारको स्रोत रहँदै आएको कुरा यहाँ उल्लेख गरिरहनु नै पर्दैन । प्रबुद्ध विश्लेषकहरू नै भन्दछन् कि कयौं देशहरू यस्ता छन् जो राजनीतिभन्दा साहित्यको समृध्द परम्पराको कारणले गौरवान्वित बनेका छन् । तपाईलाई थाहा नै छ, जसरी ब्राजिल, अर्जेन्टीनाहरू आज फुटवलको कारणले चिनिन्छन्, के त्यसरी नै इङ्गल्याण्ड, रसिया अनि फान्सहरु साहित्यको कारणले नै बढी गौरवान्वित भएका होइनन् र । अब यस्तो वास्तविकता हाम्रो सामु घामजस्तै र्छलङ्ग रहेको स्थितिमा पनि साहित्यलाई राजनीतिले अतिक्रमण गरेर घोर शोषण गर्दछ भने लेखकहरू साहित्यको पक्षमा उभिनुपर्ने होइन र - हो, यथार्थमा यो कुरा लुकाएर लुकाउनै सकिदैन कि राजनीतिको आक्रमणले साहित्य घाइते मात्र भएको छैन अझ थला परेर अस्पताल नै भर्ना भएको स्थिति छ । यस्तो अवस्था देख्दा देख्दै पनि लेखकहरू साहित्यको अस्तित्वका लागि लडाइँ नलडेर राजनीतिकै पछि लागी चाकरीमा व्यस्त देखिन्छन् भने कतिपय कुराहरूलाई लिएर लेखकहरूको स्वाभिमानमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन । लेखकहरूलाई कठघरामा उभ्याउनु यहाँ असान्दर्भिक हुँदैन ।म भन्छु, हाम्रो जस्तो देशमा साहित्यको अवहेलना मात्र भएको छैन त्यसको एकदमै दुरुपयोग पनि भएको छ, विशेष गरेर लेखकहरू कै कारणले । कारण एकदमै प्रष्ट छ, एक त प्रायः लेखकहरू साहित्यकर्मी भन्दा बढी अरु नै परिचयहरू मार्फ् आफूलाई चिनाउन आतुर रहन्छन् भने अर्को कुरा देश र समाजको पीडा र समस्याहरूमाथि आफ्नो लेखनलाई केन्द्रीत गर्नुभन्दा आफ्नो लोभ, लालच र व्यक्तिगत सम्पत्ति कसरी बढी भन्दा बढी थुपारी भौतिक सुविधाहरूको घोडा चढ्ने भन्ने मानसिकतामा नै साधना गरिरहेका देखिन्छन् । एकदमै दुःखपुर्वक भन्नुर्पर्दछ कि यहाँ साहित्य-सँस्कृति भनेर मरिमेट्ने र साहित्य-सँस्कृतिकै कारण देश र समाजलाई माथि उठाउन खोज्ने सिर्जनकर्मीहरू कति छन् त - सकेसम्म आफ्नो स्वार्थलाई सर्वोपरि राखेर हरदम त्यसको रक्षा गर्ने अनि त्यो स्वार्थको रक्षा सुरक्षित तरिकाले भएको छ भन्ने बोध भएपछि मात्र लेखनमा देश, समाज भनेर आदर्शको खेती गर्ने समूहहरूकै यहाँ बाहुल्यता रहेको कुरा दिनको उज्यालो जस्तै प्रष्ट छ । मलाई लाग्छ, समूह र गुटबन्दीको कारण साहित्य अन्तराष्ट्रिय प्रतिस्पर्धामा मात्र आउनै नसक्ने होइन स्तरीय र सशक्त साहित्य लेखिन पनि सक्दैन । लेखक मूलतः अन्वेषक र अनुसन्धानकर्ता नै हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । त्यस्तो प्रक्रियामा सामेल भैसकेपछि लेखक स्वतः विद्वान् कै रूपमा समाजमा परिचित हुँदै अघि बढ्ने क्रमको पनि शुरुवात हुन्छ । एउटा विद्वान् व्यक्तिबाट समाजले धेरै आशा गरेको हुन्छ । जब स्वतन्त्र र शुद्ध लेखकको परिचय गुमाएर कुनै लेखक आफ्नो स्वार्थको लागि कतै अत्यन्तै नजिक रहेर जोडिन पुग्न भने त्यसकै हित वरिपरि लेख्ने र त्यसको सधैँ आलोचना गर्न डराउने एउटा कातर लेखकको रूपमा ऊ परिणत हुन्छ । अनि र्सार्वजनिक रूपमा सबैले कदर गर्ने सकिने एउटा विद्धान लेखक अरु नै कुनै रूपमा प्रकट हुन्छ । तव स्वतः ऊ देश र समाजले खोजेको एउटा विद्वान् लेखकको रूपमा नरहेर एउटा सीमित चौघेरामा बाँधिएको कुनै गुट र उपगुटको निर्देशनमा चल्ने सामान्य लेखकको रूपमा उसको परिचय बन्छ । वास्तवमा आज साहित्य यस्तै परिवेश र परिवृत्तद्वारा घेरिएको छ जसबाट मुक्त हुन नसकेको अवस्था छ । हजारौं वर्षेखि विभिन्न प्रकारका वाद र सिध्दान्तहरूले साहित्यलाई आफ्नो प्रयोगभूमि बनाउँदै आएको इतिहास छ । कतिपय वादहरू समयक्रममा काम नलाग्ने भैसकेका छन् भने कतिपय समयसँग तालमेल मिलाउन परिवर्तित हुने गरेका पनि छन् । अझ वादहरूको जन्म हुने क्रम जारी छ र भविष्यमा झन् द्रुत गतिमा यो लागु पनि हुनेछ । एउटा लेखक तटस्थ रहेर हरेक वादका राम्रा कुराहरू लिने र नराम्रा कुराहरूलाई स्वस्थ ढङ्गले आलोचना गर्ने र यदि सकिन्छ भने समाज र देशका लागि आफ्नो प्रभावकारी विचार प्रक्षेपण गर्ने सँस्कारबाट सँस्कारित हुनुर्पर्दछ । जति एउटा लेखक स्वतन्त्र रूपमा रहेर आफ्ना रचनाहरूलाई शक्तिशाली बनाउनसक्छ त्यति कुनै वादप्रति नतमस्तक रहेको लेखकले बनाउन सक्दैन नै । तर लेखकहरूले यस कुराप्रति कत्ति पनि ध्यान दिएको पाइदैन ।मैले विदेशमा रहेका कतिपय यस्ता लेखकहरूलाई पढेको छु जो कहिल्यै पनि प्रत्यक्ष राजनीतिबाट अति प्रभावित रहेनन् । विश्वसाहित्यमा उनीहरूको योगदान यति ठूलो छ कि हामीले त्यसलाई गणना गर्न नै सक्दैनौं । यसबाट पनि के प्रमाणित हुन्छ भने एउटा लेखक लेखककै रूपमा बाँचेर पनि समाज र देशप्रतिको जिम्मेबारी उत्तरदायीपुर्ण तरिकाले निभाउन सक्छ, यसरी सामाजिक कर्तव्यको निर्वाह गर्ने हजारौं लेखकहरूको उदाहरण दिन सकिन्छ । ती लेखकहरूको आफ्नो समाज र देशप्रति यति ठूलो योगदान रहेको छ कि नेतृत्व तहमा पुगेर देश सञ्चालन गर्ने भूमिका पाएका ठूला-ठूला नेताहरू उनीहरूका सामुन्यमा अत्यन्तै बुच्चा देखिन्छन् र परिचयको भीख माग्दै गरेको भेटिन्छन् । वास्ववमा, लेखक लेखककै रूपमा बाँच्न पाउने हो भने हाम्रो साहित्यले पनि अन्तराष्ट्रिय सर्न्दर्भमा ठूलो फड्को मार्नसक्छ भनेर भन्न सकिन्छ । अब प्रश्न आउँछ, दृष्टिकोण अर्थात् विचार स्वतन्त्र हुन्छ कि हुँदैन - कोही भन्छन्, विचार भनेकै सिध्दान्त हो, त्यसैले विचार स्वतन्त्र हुँदैन । फेरि कोही भन्छन्, दृष्टिकोण प्रकट गर्नलाई कुनै न कुनै वादको सहारा नलिइकन संभव नै छैन । अब स्वतन्त्र तरिकाले कुनै दृष्टिकोण र्सार्वजनिक गर्न सकिन्छ कि सकिदैन त - मेरो अभ्रि्राय कति मात्र हो भने एउटै सिध्दान्त वा वादप्रति जिन्दगीभरि पागलपनको हदसम्म आसक्त हुनुहुँदैन भन्ने हो जसले गर्दा अरु सिध्दान्त वा वादका राम्रा कुराहरू लिन नै नसकियोस् । समय र परिस्थिति अनुसार हरेक क्षेत्र र विषयवस्तुप्रति फरक फरक तर प्रष्ट दृष्टिकोणको आवश्यकता हुन्छ, यस्तो अवस्थामा जति एउटा स्वतन्त्र र्सजकले सही प्रकारको विचार दिन सक्छ त्यस्तो कतै एकदमै आबद्ध रहेको र्सजकले सही विचार दिनसक्दैन भन्ने मेरो अभिमत हो । म किन लेख्छु अर्थात् एउटा लेखकले किन लेख्छ - यो त्यति सजिलै उत्तर दिन सकिने विषय होइन । लेख्नुपर्ने यति धेरै कारणहरू छन् कि तिनीहरूका बारेमा थोरै छलफल मात्र गर्ने हो भने पनि समय लामो हुनसक्छ । लेखन अत्यन्तै गम्भीर प्रक्रिया हो यदि लेखनलाई सही रूपमा आत्मसात् गर्ने हो भने । लेखन कलात्मक रूपमा वास्तविकताको प्रकटिकरण मात्र होइन अझ लेखन संभावनाहरूका खोजको लागि प्रयोगभूमि पनि हो । लेखन अनुभूतिसँग मात्र सम्बद्ध हुँदैन, दृष्टिकोणसँग पनि आबद्ध हुन्छ । लेखन कुनै बन्धनको दास होइन मुक्तिको उडान हो । फेरि एउटा लेखक सामाजिक प्राणी पनि भएको हैसियतले ऊ समाजको सुख दुःखमा त संलग्न हुन्छ नै अझ सँधै सत्ताको प्रतिपक्षमा रहन मनपराउने हुनाले परिवर्तनमुखी पनि हुन्छ । एउटा लेखकले ती ओझेलमा परेका विषयहरूलाई उठाउँछ जसको कारण लामो समयदेखि समाज श्रापित भैरहेको हुन्छ । अभिव्यक्त गर्न नसकिएका यस्ता कतिपय विषय र सर्न्दर्भहरू हुन्छन् जसलाई लेखकले मात्र न्याय गर्न सक्छ । लेखन जिम्मेवारीको प्रक्रिया मात्र होइन बौद्धिकताको महान् स्रोत पनि हो । लेखक जिम्मेवारीको बोध मात्र होइन आत्म सन्तुष्टिको उडान पनि हो । स्वतन्त्रताको नाममा उच्छृङ्खलता मलाई कहिल्यै पनि मञ्जुर छैन भने जिम्मेबारीको नाममा नारा, भाषण र आदर्श पनि मलाई स्वीकार्य छैन । त्यस्तै साहित्य कला हो भनेर विचारबाट भाग्नेहरूसँग पनि म र्सतर्क हुन्छु भने साहित्य विचार हो भनेर कलाविहीन चर्का चर्का कुरा लेख्नेहरूसँग पनि म सावधान रहन्छु । यी दुवै अतिवादी प्रवृत्ति हुन् र यस्तो प्रक्रियाबाट कुनै पनि कुराको मुक्ति संभव छैन भन्ने मलाई लाग्छ । मैले कुनै पनि कुराको अतिवादलाई कहिल्यै पनि रुचाइन र त्यो मेरो लेखनमा परिलक्षित हुने पनि गर्दैन । अतिवाद यस्तो एउटा प्रक्रिया हो जसले मान्छेलाई त्योभन्दा बाहेक अरु केही सोच्नै दिदैन, मस्तिष्कलाई सँधै बौद्धिक रूपमा खोक्रो बनाइराख्छ । आफूमा प्रशस्त कमी कमजोरीहरू छन् भनेर एउटा र्सजकले महसुस नगरेसम्म उसको लेखनमा आग्रह र पर्ूवाग्रहको गन्ध आइ नै राख्छ र त्यस्तो पंरवृत्तिले उसलाई सानो मात्र बनाउँदैन अझ समय अनुसार चल्न नसक्नाले ऊ सँधै पछि पनि पर्छ । विभिन्न वर्गसँग सम्बन्धित मानिसहरूका विभिन्न कमी कमजोरीका साथसाथै कतिपय गुणहरू पनि रहेका हुन्छन् । कमी कमजोरीको मात्र चर्चा गर्ने र गुणहरूबाट केही पनि नसिक्नाले अतिवादले नै प्रश्रय पाउँछ भन्ने कुरा प्रमाणित हुन्छ । मैले कहिल्यै पनि कुनै विशेष वर्गलाई मस्तिष्कमा राखेर साहित्य लेखिन । सबै वर्ग साहित्यका विषय हुन् र उनीहरूलाई कसरी र कुन रूपमा त्यहाँ चित्रित गरिन्छ भन्ने मानसिकताबाट अभ्रिरेरित रहेर मेरो लेखन प्रक्रिया अघि बढ्दै आएको छ । साहित्य यो वर्गका लागि र त्यो वर्गका लागि भनेर लेख्दा साहित्यको फैलावटमा मात्र बाँध लाग्दैन अझ त्यसमा प्राप्त हुने हार्दिकता र विशिष्टता पनि हतियारधारी शिकारीको सामुन्यमा रहेको शिकारजस्तो हुन्छ । मेरा पाठकहरू सामान्य स्तरदेखि असाधारण स्तर भएका सम्म मैले भेटेको छु र उनीहरूबाट आफ्नो किसिमले बुझे अनुसार प्रतिक्रियाहरू पनि प्राप्त गरेको छु । कुनै विशेष वर्गलाई लक्ष्यित गरेर साहित्य लेख्दा अरु वर्गका राम्रा कुराहरूप्रति अन्याय हुन्छ भन्ने मेरो मान्यता सँधै रहृयो । लेखक सकारात्मक रूपले उदार हुनर्ुपर्दछ र हरेक विषयवस्तुमाथि लेख्ने खुबी राख्नुपर्दछ भन्ने मलाई लाग्छ । सैद्धान्तिक आधारमा थोपरिएको मान्यतालाई सँधै आफ्ना सिर्जनाहरूमा सीमा निर्धारण गरिएको प्रक्रियाले लेखनलाई उचित प्रकारले अघि बढाउन सक्दैन । निश्चित वर्गको अवधारणामा लेखिएका रचनाहरू त्यो वर्गसम्म मात्र नपुगेको होइन अझ समाज मुक्तिका लागि ठोस उपलब्धिको रूपमा रहेको कतै पनि देखिदैन। साहित्य जिम्मेबारीको प्रक्रियाभन्दा पहिला आत्मसन्तुष्टिको माध्यम हो भन्ने मलाई लाग्छ । रचनाको प्रस्तुति, शैली, शिल्प र संरचनाले लेखकलाई कत्तिको सन्तुष्टि प्रदान गर्छ त्यो नै रचनाको अघि बढ्ने आधार हुन्छ । रचनाले दिने आनन्दलाई र्सवप्रथम महसुस नगर्ने हो भने त्यो बलजफ्ती लेखिएको रचना सैद्धान्तिक आधारमा ठीक त होला तर त्यसले पाठकलाई आकषिर्त भने गर्न सक्दैन । जब लेखक आत्मसन्तुष्टिको माध्यमबाट अघि बढ्छ तव मात्र लेखकले त्यो रचनामा रहेको विचार पक्षलाई खोज्दछ । आत्मसन्तुष्टि पछि मात्र रचनाको उद्धेश्य के हो भन्ने कुरा अघि आउँछ । रचना ठीक छ कि गलत छ भनेर बुभ्न विचार पक्ष आवश्यक छ र त्यो लेखकको आफ्नो स्वतन्त्र दृष्टिकोणको रूपमा प्रकट हुन्छ । लेखकले सिर्जना गर्दा एउटा कलाकारको रूपमा सिर्जना गर्नुपर्दछ र त्यसपछि मात्र एउटा सामाजिक प्राणीका रूपमा तटस्थ रहेर त्यस सिर्जनाको वैचारिक पक्षमाथि काम गर्नु पर्दछ भन्ने मान्यता मेरो वषौंदेखि रहदै आएको छ । एउटा लेखकले आत्मसन्तुष्टिको माध्यमबाट गुज्रदै रचनामा आफ्नो विचार भर्छ भने त्यो रचना सशक्तताको झन् नजिक पुग्छ भन्ने मलाई लाग्छ । मेरो विचारमा, प्रत्येक सिर्जनाहरू ताजा हुनुर्पर्दछ जहाँ सुगन्ध मगमगाओस् जसबाट पाठकहरूले आफूसँग नभएका कुरा सिक्न पाऊन् । हरेक सिर्जनाहरू प्राकृतिक हुनुर्पर्दछ जहाँ उज्यालो जगमगाओस् जसबाट पाठकहरूको मस्तिष्कमा पनि कुनै न कुनै रूपमा बौद्धिकताको प्रक्षेपण होस् । रचनाहरू स्वस्थ हुनुपर्छ र रचनाहरू मार्फ् कुनै पनि कुरा शिष्ट, शालीन, उचित तरिकाले प्रस्तुत गरिन्छ भने त्यस कुराको सदैव स्वागत हुनु पर्दछ । व्यक्तिगत स्वार्थबाट अभ्रि्रेरित रहेर लेखिएको रचनाले एउटा राम्रो लेखकलाई त विगार्दछ नै अझ पाठकहरूको मस्तिष्कमा पनि नराम्रो असर पुर्याउँछ । एउटा लेखकले के पढ्नर्ुपर्छ र के पढ्नुहुदैन भन्ने कुरामा पनि धेरै विवाद रहेको देखिन्छ । यस कुरामा म भने प्रष्ट छु । स्वस्थ ढङ्गले लेखिएका जति सबै कृतिहरू समाजका नै उपलब्धि हुन् र पाएसम्म त्यसरी लेखिएका कृतिहरूलाई पढ्ने मेरो कोशिश रहन्छ पनि । वास्तवमा यो पढ्ने र यो नपढ्ने भनेर आग्रह र पर्वागहद्वारा सञ्चालित हुनुभन्दा शिष्ट र सकारात्मक ढङ्गले लेखिएका जति सबै कृतिहरू पाएसम्म पढ्नर्ुपर्छ भन्ने मलाई लाग्छ किनकि त्यसबाट आफूसँग नभएका धेरै कुराहरू सिक्न सकिन्छ । र यस्तो प्रक्रियामा सामेल हुन एउटा र्सजक स्वतन्त्र नभई संभव छैन भनेर पनि यहाँ जोड्न चाहन्छु । अंग्रेजीमा एउटा अत्यन्तै प्रसिध्द भनाइ छ, , , .अर्थात् सपना देख, त्यही सपना नै विचारमा रूपान्तरित हुन्छ अनि त्यो विचार नै परिणामतः उपलब्धि बन्छ । एउटा लेखकलाई लेख्नका लागि समाजभित्र मात्र विषयवस्तुहरू छैनन् त्यसभन्दा बाहिर पनि छन् भन्ने मलाई लाग्छ अर्थात् म सिर्जनामा प्रयोग गर्न रुचाउँछु जसले नूतन संभावनाहरूको ढोका खोलोस् । म सिर्जनाहरूलाई लिएर कल्पनामा बस्ती पनि बसाउँछु जसबाट सिर्जनाहरूलाई कलात्मक रूपबाट प्रस्तुत गर्न सकियोस् । म सिर्जनाको लागि सपना देख्न पनि मनपराउँछु जसले सही विषयवस्तुको लागि सकारात्मक रचनाको अपेक्षा गर्दछ । यस्तो किसिमको प्रक्रियाले मलाई सिर्जनात्मक आत्मसन्तुष्टि मात्र दिदैन अझ बौद्धिकताको लागि गरेको मेरो मेहनत पनि खेर जाँदैन । मलाई लाग्छ, एउटा लेखकले लेखकीय स्वतन्त्रताको सशक्त उपयोग गरेर आफ्नो कला मार्फ् विचार र दृष्टिकोणमा स्वस्थ र सकारात्मक प्रयोग गर्छ भने त्यो लेखन समाजकै लागि हुन्छ भन्नु अन्यथा होइन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |