text
stringlengths
1
287k
गजल गजल स्वयंम्बर सिंह लामा 7, 2009, 4:16 शिकारीले आफ्नो काल बुभुदैनखटप्वाल हेर्नेलॆ झ्याल बुभुदैनलक्ष्य वेगर मच्चेर मात्रै के भो र आपुनै पाईलाको चाल बुभुदैनभेँडाको पाठो सीधा हिँड्छ सँधै दुष्टले फिँजाएको जाल बुभुदैनठुलो भाग मात्रै सोहोर्न जान्नेले दाउमा राखेको खाल बुभुदैन रंगमाचमा दिन भरि ता-धीन हेरे िन सरगम नजान्नेले सुर-ताल बुभुदैनखोल्साको तलाउमा ढुंगा नहानीसागरमा उर्लेको छाल बुभुदैन नेत्रकाली-७ सिन्धुली, हालः कतार [] लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल केदार श्रेष्ठ 'गगन' 5, 2009, 11:56 दिनदहाडै छिमेकीले साध मिच्न थाले पछिचुपचाप सधैं बस्नु हुन्न जङे पिलर ढाले पछि । गर्दा गर्दै अलिअलि सबै मेरै भन्न बेर छैनसिमानाको ढुङो सारी त्यही कुकुर पाले पछि । मन्त्री, प्रधानमन्त्री सबै रमिते भो खै किन आजअठारौ सताब्दीका नारी झै शीरमा सिन्दुर हाले पछि । लुते,लाम्रे भनी हेपेका हौला गगनलाई ए सधियारवलभद्र, भक्तीको याद आउँला दिउसै बत्ती बाले पछि । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल खगेन्द्र थापा 4, 2009, 8:38 जे भने नि रोइदिने निष्ठुरीको बानी रै'छआनिबानी जे भए नि मन भने दानी रै'छ परपर हुनखोज्थेँ तिमी नजिक हुनखोज्दाआज पनि देखिहाले आँखाभरि पानी रै'छ जीवनदेखि राएर अर्कै बाटो हिड्दैथिएफुत्कू भन्छु आजभने मोहनीले तानी रै'छझल्मलायो तन मन आज तिमी सामूपर्दाबल्लबुझे तिम्रो दिल पिरतीको खानी रैछ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राज कुमार पुडासैनी 4, 2009, 7:55 तिम्रो मेरो माया प्रिती जुगौं जुगको मेल हो भन्थ्यौसातै जुनी संगै हिड्ने जीवन हाम्रो रेल हो भन्थ्यौ नसक्नेले नबोल्नुनी बोले पछि पुरा गर्नुउल्टा सिधा कुरा गर्नु जीन्दगीको झेल हो भन्थ्यौ भैगो भैगो कसम नखाउ मेरो मन को घाउ दुख्छबाचा कसम केवल खोक्रो जीवन जिउने नेल हो भन्थ्यौ माफ गर अति भयो झेल माथि झेल भयोनियम भित्र खेल्नु पर्छ जीवन पनि खेल हो भन्थ्यौ मैले मात्रै कति दुख्नु अब तिम्रो पालो आयोतिम्रो मेरो बराबरी जीन्दगीको मेल हो भन्थ्यौ तिम्रो मेरो माया प्रिती जुगौं जुगको मेल हो भन्थ्यौ सातै जुनी संगै हिड्ने जीवन हाम्रो रेल हो भन्थ्यौ नुवाकोट, हाल बेल्जियम[] लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिनेश राज ज्ञवाली 4, 2009, 7:19 बीच बाटो पुगी थाक्नेहरु धेरै ।किन होला दैब भाक्नेहरु धेरै ।छाक टार्न हात पसारेको देखी ।बाघ मुखे थैली ढाक्नेहरु धेरै ।माथि खोजी हेरेँ तै तै छकि कोहि ।काम न काज फलाक्नेहरु धेरै ।वरिपरि हेर्यो ,गर्यो सोधपुछ ।बञ्चरोले घुँडा ताक्नेहरु धेरै ।“दिनेश” पाक्दैन भात यहाँ अझै ?बहानामा माड चाख्नेहरु धेरै ।जापान लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सुमन बगाले 28, 2009, 1:53 गाउन जाने जिन्दावाद पार्टिको गित रै'छ पुग्न सके वालुवाटार नोठको जित रै'छ । लुछाचुडी नेताहरुको मारमा परे जनतादेश बेची भुडी भरेपनि पार्टि हित रै'छ । भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन् पुलीस प्रशासन र नेता यिनकै मित रै'छ । आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व देशै हुसु्रदा पनि नमेटिने कस्तो धित रै'छ । सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ सत्ता पिच्छे देश बेच्ने पार्टि रित रै'छ ॥ आबुँखैरेनी, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल तुलसी प्रवास 25, 2009, 1:57 दिलभित्र आलो घाउ मलम लाउने उनी छैनन्सारा रात सपनीमा सताउने खुनी छैनन् ।कैले कतै भेट हुँदा मुसुमुसु मुस्कुराउँथिन्जीवनको बाटोभरि साथ दिने गुनी छैनन् ।एक्ला दिन सधैंभरि पट्यारलाग्दा हुँदा रैछन् आधा जीवन बाँचेको छु आधा मेरी जुनी छैनन् सम्झनालाई कुनै दिन जाली रुमाल पाएको थें नधोएको धेरै भयो मैलिएछ धुनी छैनन् । दुःख पर्दा प्रवासलाई कैले कैले साथ दिन्थिन् आजकल एक्लै रुने गर्छु संगैसंगै रुनी छैनन् । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिल अन्जान 23, 2009, 10:27 अस्तिबाट गजल लेख्न छोडिसके मैले मस्तिबाट गजल लेख्न छोडिसके मैले चलाउन गाह्रो भयो उस्तै छ त्यो घर गृहस्थीबाट गजल लेख्न छोडिसके मैले आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढेदोस्तीबाट गजल लेख्न छोडिसके मैलेपारेदेखि दुनियाँले त्यो नजरबन्दमा गस्तिबाट गजल लेख्न छोडिसके मैलेछैन मेरो पहिचान गाउँलेहरुलाई सोधबस्तीबाट गजल लेख्न छोडिसके मैले लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 18, 2009, 1:21 तिम्रो मजेत्रो फाटेछ आमा म टाल्छु भनथ्योपिर सुर्ता नगर सुख सँग म पाल्छु भनथ्योविश्वास कस्ले निभायो चेतना अधेरो भो रेभरोसा जगमगाउने बत्ती बाल्छु भनथ्योजर्जर भो रे उर्बर माटो, बाँझो कती राख्नुरगतले गन्हाकोछ, पसिना हाल्छु भनथ्योपुर्खाको सिको बिर्सिएछ, कती छिटो आमा!अब स्वाभिमान निखन्ने काम थाल्छु भनथ्योदुई खोच बिच अल्मल्लिएको हाबाको झोक्काअब त आफ्नै मन र पनमा ढाल्छु भनथ्योराहतको अनुभुती के गरेथे झल्यास ब्युझेकस्तो देखेछु सपना बिक्रिती फाल्छु भनथ्यो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आनन्द अधिकारी 18, 2009, 12:49 प्यालाभित्र जिन्दगीको अनुहार हेर्दैछु म एकपछि सपनाको अर्को महल फेर्दैछु म। झुक्याएर आयो याद विर्सिएर बसुँभन्दा एउटा कथा मायाँलुको सम्झनामा केर्दैछु म। जस्तो दियो समयले उस्तै भोग्नुपर्छ यहाँ चोटमाथी चोट थपी हृदयमा बेर्दैछु म। फुल्नै नपाई मनको फुल झारी दिन्छ बतासले छेकिन्छ की छेकिन्न खै काँडेतारले बेर्दैछु म। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिल अन्जान 14, 2009, 10:55 अब के छ त हुकुम महारानी? उस्तै छ रोल्पा र रुकुम महारानी मानव भएर खाएँ थालमै चुठायौ कसरी म त्यही थुकुम् महारानी हुन त वीर नेपालीको छोरो म को कस्को अगाडी झुकुम् महारानी वास्तविकता सब छर्लङ्ग भएपछि पर्दा पछाडि किन लुकुम् महारानी छानो सल्काएर हास्छन् मान्छेहरु कसरी जलेर म दुखुम् महारानी कुकुर भन्यौ ठिक छ बफादार भएँ दैलोमा कतिन्जेल ढुकुम् महारानी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बसन्त मोहन अधिकारी 4, 2009, 1:26 खबर पढे आँशुसंगै कपिलवस्तु याद आयो खारा बारा त्यै घटना आज राजपुरमा छायोबैनी रुन्छिन् मझेरीमा भाउँजु चौकी भित्रयस्ता पापि शत्रुसंग कसले मित लायो -छाती भित्र मुटु भए थोरै कतै सोची देउँनविर नेपाली तिमीलाई आज कसले दायो -कुर्ची प्यारो रैछ तिम्लाई मर्दा पनि साथ लग्नुयो आमाको देह लुट्न पापि राक्षस धायो ।भोका रैछन् दाजुहरु खाना खान लडीराछन्नाम्रद यि छोरा हुँदा हेर देह लुट्न पायो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 31, 2009, 12:57 आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरेचेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरेस्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धलेकुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरेजल थल मलको समायोजन बिना हुर्केको फल झैजरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरेसाद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमासबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरेगती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नतीसिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिल अन्जान 27, 2009, 1:32 मैले सोझो अर्थमा कुन गजल सुनाउँ भन कुनै शर्तमा कुन गजल सुनाउँ मिले जस्तै गरेको तिमीलाई सुहाउने दुःख पीडा दर्दमा कुन गजल सुनाउँ व्यापारी हुँ गजलको पसल थापेको छु मुनाफा र खर्चमा कुन गजल सुनाउँ कत्ति भूल गरे हुँला कत्ति गल्ति गरे हुँला तिमीलाई यो वर्षमा कुन गजल सुनाउँ एक एक छानी गजल सुनाउन सक्ने आँट छ यो मर्दमा कुन गजल सुनाउँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 27, 2009, 1:27 मुर्झाइ सके फुलहरु बगैचामा माली छैनबनझारले डसिसक्यो कुनै बोट खाली छैनपातो खोपिएका चोर रैछन साँधु बनी आएअनुहारमा लेख्या भे पो,छान्न पनि जाली छैनबारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँढलाए माटो मुखमा माँड लाउने बाली छैनधोत्रायो कि धमिराले कि त मुसा पसे जगमाभात्किएछ घरै अब त,ओत लाग्ने पाली छैनझुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझैअत्याचारी बध गर्ने कलियुगमा काली छैनसिनो भएछ विश्वाश सदभाब बेवारीस भैगनाएको यो बिक्रिती निकास हुने नाली छैन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल यात्री शेखर 27, 2009, 1:26 मधुर त्यो मुस्कानले, तिमी तिरै तान्यौ किन? अन्जानैमा पिरतीले, झुक्याएर बान्यौ किन ? पल भर हेरेर नै, निर्णयमा पुगे पछि तिम्रो दिल्कोपापी जाल,मलाई नै हान्यौ किन? फूलपाती अक्षता त, मन्दिरमा लान पर्छ वर दिन्न त्यसले त, तस्विरलाई मान्यौ किन? आफ्नै सुर ताल संग, रमाउनेको जमातमा भावनाको नाता जोडी, समाउन जान्यौ किन? धेरै थरी मान्छे होलान्, विचित्रको संसारमाकंगाल यो यात्री लाई आफ्नै जस्तो ठान्यौ किन्? लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 25, 2009, 9:34 छिमेकिको डाम्ना छाडा भो रे प्रिय बार लगाउपहरे नि निन्द्रामा छन रे काँडे तार लगाउतिम्रो अस्मिता धराप छ रे कसरी जोगाउछौकुनियतले बढे कोही भने सिस्नो झार लगाउबाजे बाराजुले झुक्न सिकाको छैन नझुक्नु कतैस्वाभिमानमा आँच आए खुकुरिमा धार लगाउआई लाग्नेलाई जाइ नलागे थिच्नेले थिच्छ नैनिर्धो नै हेपिन्छ सधैं नभन प्रभु पार लगाउकुरुप भा छ रे बस्ती फोहोरीहरुको दोहोरिमादुर्गन्धमा कता जच्छ र भनु सिंगार लगाउ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बसन्त मोहन अधिकारी 25, 2009, 9:21 अरु बाँकी केही भए तिम्रा ईच्छाहरु भन प्रिय मलाई जीवन दिन्छु अरु। मान्छेको जीवन भन्दा धन प्यारो रैछ सबै तिम्रै बनाउँन मलाई मार बरु। कुन पापको सजाए? दियौ मलाई तिमी आफै भन न कहाँ विश्वास गरु? तिम्रो लागी बिष पनि हाँस्दै पिई दिन्थें बिर्सीएछौ बसन्तका नैवेद र चरु। अझै पनि म भन्छु तिमी मान्छे बन तर तिमी गर्दै हिड्छौ झन तल झरु। सोझो देखी खेल्नु खेल्यौ मेरो जीवनमा रितीएछ आँखा मेरो नसोच भो आँशु भरु धर्म कर्म सिकाउँनु मेरो गल्ती रैछ ब्यर्थ मैले सोच्या रैछु दुःखीयालाई सेवा गरु। यदि म पापी अर्धमी राक्षस हुँ भने हे भगवान, मेरो वश मासिएर मरु। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल यात्री शेखर 3, 2009, 3:51 अँधेरीमा जुनका कुरा नगरेकै जाती हुन्छ । बेहोसीमा उनका कुरा नगरेकै जाती हुन्छ । मधुर त्यो बोली संग संगितको ताल मिल्दाविरक्तिमा धुनका कुरा नगरेकै जाती हुन्छ । गुलीया छन् शब्दहरु त्यो भन्दानी भाका मीठा मिठाईमा नुनका कुरा नगरेकै जाती हुन्छ । हीरामोती महलको सुखी होला जीवनशैलीगरीबलाई सुनका कुरा नगरेकै जाती हुन्छ । के दिनु र अब बाँकी मागेजती दिएकै होबैगुनीलाई गुनका कुरा नगरेकै जाती हुन्छ ।टकुवा - ७ मोरङ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल स्वयंम्बर सिंह लामा 29, 2009, 12:13 खाटा बसेको घाउ फेरी बल्झीयो आफै निभेसकेको आगो धुरीमा सल्कियो आफै अन्धकारमा जुनकिरीको उज्यालो माग्दै थिएँ सामुन्नेको झ्यालमा चन्द्रमा टल्कियो आफै चाहना थियो सानै देखि सन्त बनुँ भन्ने भमरा त हुँ सुगन्धमा पल्कियो आफै लोकको हित गर्न खोजें बुद्ध पनि बन्न खोजें संसारको मायाजालमा बसेसरी अल्भि्कयो आफै लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विनोद रोका 29, 2009, 12:11 देख्दा देख्दै बाटोमा माया हराईन देख्दा देख्दै बाटोमा माया हराईन। लाजले कतै लृकीन कि म देखि डराईन।। देखादेखि धेरै भो चिनजान भा छैन। माया गर्छृ भनेर वोल्नै पा छैन।। देखेदेखि उन्को तस्वीर मनमा सजीयो। सपना देख्दै भविष्यको रातभर बसीयो।। थाहाछैन उन्ले कस्लाई मन पराउछिन। दिलको ढृकढृकीमा कस्को तस्वीर सजाउछीन।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिनेश राज ज्ञवाली 27, 2009, 9:12 छोराको भोक मार्न ,पानी पकाउँदैछन आमाहरु ।भकारिमा मुसा राज छ ,छैनन अन्नका दानाहरु । घर छोडे , गाउँ छोडे ,शहर छोडे, देश छोडे ।कृष्णलाई के थाहा आजभोलि कहाँ छन सुदामाहरु । बढेर एउटा बोझ ,बोकेर बिसाउनु छ चिहान ।कलिलोमै सार्है अमिला, त्यसैले बाँसका तामाहरु । खै कस्को भविष्य कसरी उज्वल होला यहाँ ।ठूला लुट्दै छन देखासिकी गर्दैछन सानाहरु । परदेशमा आधिरातको सपनामा रुन्छ दिनेश ।मझेरिमा भ्यागुत्तो उफ्री ,चुहिन्छन घरका छानाहरु । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बसन्त“विवश”आचार्य 19, 2009, 10:23 साँचेको छु कलेजीमा प्यार हजुरको सजाएको छु मायाको उपहार हजुरको दुनियाले दोवाटोमा एक्लो पारी छाडेपनि, वाँच्नलाई मेरोलागि आधार हजुरको गल्ति कतै गरे भने नजानेर मैले, जस्तोसूकै सजाएपनि स्विकार हजुरको हराउछन् मनभरिका पिडा अनि व्यथाहरु, जवपर्छ यो देहमा नजर हजुरक हाँसोदिए हासिदिन्छु, रुन्छु रुवाएसि जे गर्नुछ गर्नुस अधिकार हजुरको मनमा माया सँगालेर,घुर्क्याउदै नवोल्ने, “वसन्त”लाइ मनपर्छ व्यवहार हजुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
नसोध मलाई गजल राकेश कार्की 3, 2009, 12:40 राकेश कार्की माया तिमीले छोडेपछि नसोध मलाईबाचा कसम तोडेपछि नसोध मलाई म त त्यहीँ छु जस्ताको त्यस्तै छुअर्को जिन्दगी ओडेपछि नसोध मलाईमनको बिरुवा उखेलेर बास्ना सबैलगीअन्तै रोपी गोडेपछि नसोध मलाईहाल के बताउँ के भो भन्छन् सबैलेमुटुमा घाउ जोडेपछि नसोध मलाई पालैपालो फुकेका भविष्यका बेलुनहरुनसजाई कनै फोडेपछि नसोध मलाई लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बसन्त मोहन अधिकारी 3, 2009, 12:38 जसको लागी बाँच्थे, मर्थे उहि आज पराई भयो। उनको बाटो पर्खि बस्दा चितामाथी सुताई भयो। उनको माया संगालेर मिठो सपना सजाएथेँ सपना जली आज मेरो दागवती खुवाई भयो। गाँउमा हल्ला फिजाएर बदनाम गराई छाड्यौं जिउँदै मारी जलाउँन तिम्रो माया सलाई भयो। सपना जली देह बल्दाँ हँस्छौ अरे दुनियाँ माँझ चोखो जीवन यो नारीको सधैं तिम्रो रजाई भयो। लिएर दोष, बदनामी मैले मात्र जिउँनु पर्यो आज जिउँन नसकेर जीवन आगोलाई भयो। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 27, 2009, 2:55 हात सेक्नु तिमी कतै म बलिछु भने मुढा भनी टेक्नु कतै म ढलिछु भने रातमा निद छैन बातमा तुक छैन आश्चर्य नमान्नु बेहोसिमा चलिछु भने काँडाका झिँजा सफा भएकै जाती होला न नीभाउनु भैगो कतै जलिछु भने नजर झुकाएर हिडन नपर्ला म सित ठीक्क भो भन्नु थलिएर गलीछु भने मानसिक सन्तुलनको के भर भो र कठै!नभन्नु भो रुखमा फलिछु भने लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल केदार श्रेष्ठ 15, 2009, 10:12 टाढा बसी तडपायौ मेरो भूल के थियो? एक नजरमै फसायौ मेरो भूल के थियो? वोलिमै लठ्ठिएँ म वहकिएँ कि अलिकति पाताल सम्मै धसायौ मेरो भूल के थियो? जिवनभरि साथ दिन्छु भन्थ्यौ कसम खादै तर भिरबाटै खसायौ मेरो भूल के थियो? गगन रुँदा खुसी छौ आज पापको डर छैन किन शत्रु सारा हसायौ मेरो भूल के थियो? लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल वसन्त विवश आचार्य 12, 2009, 5:51 फुल छैन राम्रो, जुन छैन राम्रो बोल प्रिया ,बाँसुरीको धुन छैन राम्रो हाँस्दा राम्री,बोल्दा राम्री लजाउदा झनै राम्री सबै राम्रो प्रिया तिम्रो कुन छैन राम्रो जति हेर्यो हेरु लाग्ने तिम्रो रुपको, सही फैसला गर्ने कानुन छैन राम्रो अन्धकारमा ज्योति वन्छ तिम्रो रुपको टलक तिमी राम्री नम्वरी त्यो सुन छैन राम्रो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 11, 2009, 2:24 टिमुर्केको भन्यौ रे मलाई,चिप्लो घस्न जानेको थिन पछारिदा दोष थोपरिछ्यौ, छिर्की मैले हानेको थिनमन भरी श्रदा मुटु भरी माया कसरी पोखाउनु भिरबाट गुल्टाउँदा नि अझै पराइ ठानेको थिन उडान उची थियो कता पुग्यौ मलाई थाहा भएन बज्रीयौ रे नराम्री आखिर डोरो मैले तानेको थिनअनुभुतीमा सुन्दरता तिमी अलौकिक थियौ मेरा लागि मनले सुन्थे मुटुले छाम्थे आँखाले छानेको थिनचर्कायौ मुटु थर्कायौ छाती फुटेर भेल कती बगे जिबन हारी सक्दा पनि झूट भनी मानेको थिनबैरी भै धावा बोले नि ,साथी भै फेरी खाता खोले नि आगमन स्वागतार्थ मुटुको किल्ला बानेको थिनमुकुन्डो आतङ्क लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आनन्द अधिकारी 10, 2009, 1:47 आएर कोही गयो रफ्तारमा यहाँ। चिहाउँदैछ सायद अन्धकारमा यहाँ। रात रहे अग्राख पलाउँछ भन्थे संभावना सधैं दोधारमा यहाँ। आस्था पनि किनबेच हुँदोरहेछ लिने र दिनेको उपहारमा यहाँ। दियो बालेर हेर्नु मनको कुनाकुना देखिन्छ देश हर अनुहारमा यहाँ। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मबि सिह 3, 2009, 3:52 रङ्गाएछौ, पछ्यौरीहरु छानी छानी !अल्झाउन, मेरो बुटामा जानी जानी !ठीकै भयो, तिम्रो काईयो हराएरकोर्नु केस, मेरा औंला नै तानी तानी ! सुनका छन्, हथकडी र दील तिम्रादङ्ग छु म, स्वेच्छाले कैदी मानी मानी ! तिमी उता, छुट्टै म यता, जलि रह्यौं भेट्ने तय, भए ठाउँमा पानी पानी ! तिम्रो घर, नाघेर जाने ईच्छा जागेसख्त पार्छु, आफ्नै घुंडामा हानी हानी ! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सलोजा दाहाल 26, 2009, 12:14 बचाईको क्षण लामो लागि वित्ता गन्न नपरोस।। कलकाउने जवानीका चित्ता गन्न नपरोस।। सदा सदा रहोस मानब ईतिहासमा मात्र हैन शान्तिका ती महालहरु रित्ता गन्न नपरोस।। सत्कर्मका झ्यालीबाट चिहाउछन् बुद्धहरु कुकर्म बस ठडिएका भित्ता गन्न नपरोस।। जीजीविसा चाहानेले बाच्न पाउनु पर्छ जिवन माकुराका तहस नहस खित्ता गन्न नपरोस।। सुपुत्र र सुपुत्रीमा अंश कहिल्यै लाग्नु हुन्न एउटै नेपाल भूमि भित्र कित्ता गन्न नपरोस।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल एकलव्य राज 23, 2009, 11:18 वाँच्नु आखिर कहर भयो जीन्दगी त्यसै जहर भयो वन्द हड्ताल जुलुसहरु सवैको लागि लहर भयोगजलगीत गाउनेको लागि छन्दको एउटा वहर भयो जता भत्काए पनि भत्कने जीन्दगी कुलेसो र नहर भयो ऊँशान्तिको नाम जप्दै यहा बुद्धलाई मार्ने शहर भयो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल वसन्त थापा 20, 2009, 3:02 खेतमा धान झुलेको छ। मायामा मन भुलेको छ।। चञ्चल दिल स्थिर छैन। भमराझैं दिल डुलेको छ।। आहुती दिन्छु मायामा प्राण। प्रितीको फुल फुलेको छ।। भेटिन आज दिलदार माया। प्रेमको बाटो खुलेको छु।। मायालु रम्ने मायाको संसार। “जीवन”मा बितृष्णा घुलेको छ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल स्वयंम्बर सिंह लामा 20, 2009, 2:43 उडि रहने चरी हौ तिमी स्वर्गको एउटी परी हौ तिमी खडेरीमै रुझाई दिने बिना बादल झरी हौ तिमी मनको बह लेखि दिने नमेटिने खरी हौ तिमी सुगन्धले मोहित पार्ने लेकको सुनाखरी हौ तिमी बाहै महिना पसाएर बुँङ्गा फुल्ने घरी हौ तिमी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बसन्त मोहन अधिकारी 16, 2009, 9:27 निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।बिछोडको पिडा सहेर बस सिउँदो सजाउँनसाडीको साथमा चुरा र पोते सिन्दुर ल्याउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।रहर होईन छाडेर जान बाँध्यता मलाई छयो धन कमाई फर्केर आई म प्रिती लाउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।विश्वासमा बाँची सपना साँची मलाई नै पर्खनुथापेर जगिया सिन्दुर हाली डोलीमा बसाउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।बर्षौको सम्बन्ध परेली भरी भिजाउँदै साँच हैआएर म भोली गाँसेर प्रिती साथ सजाउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
सबैले बोल् बोल् भने गजल राकेश कार्की 16, 2009, 9:26 राकेश कार्की सबैले बोल् बोल् भने बोल्न सकिनडराएर मनको कुरो खोल्न सकिनईच्छा थियो बादल चढी चन्द्रमा छुनसूर्य बनि बाधालाई पोल्न सकिनरोक्दा रोक्दै आँशु झरी अँजुली भरीमिलाई उनको खुशीसित घोल्न सकिनहैसियत नै के छ यस्को पो भन्नथालेमखमलको अगाडी भाउ मोल्न सकिन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बसन्त मोहन अधिकारी 16, 2009, 9:18 निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।बिछोडको पिडा सहेर बस सिउँदो सजाउँनसाडीको साथमा चुरा र पोते सिन्दुर ल्याउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।रहर होईन छाडेर जान बाँध्यता मलाई छयो धन कमाई फर्केर आई म प्रिती लाउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।विश्वासमा बाँची सपना साँची मलाई नै पर्खनुथापेर जगिया सिन्दुर हाली डोलीमा बसाउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।बर्षौको सम्बन्ध परेली भरी भिजाउँदै साँच हैआएर म भोली गाँसेर प्रिती साथ सजाउँने छु ।सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सलोजा दाहाल 5, 2009, 2:49 चुन छुनु धुन छुनु अनि हिमाल छुनु। आमाको छाती संगै, धर्तीको ताल छुनु।। महलका टुप्पा देखि सडकका बस्ती। चन्द्र फुल्या रात, रनेको अनिकाल छुनु।। बाच्ने मात्र होईन ज्युन सिक्नु पर्छ यहाँ। हुर्किदै छौ त्यहाँ, सिकारीको जाल छुनु।। चोली खुस्किनु र झण्डा झुक्नु हुन्न निर्मल। निलो हाईन आईपर्यो, भने लाल छुनु।। भेल संगै बगे डुब्छौ, तर्किएर बस।। फुल मुस्काउने, सलोज, मणिपाल छुनु।। ओखलढुङगा हालः विराटनगर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 5, 2009, 2:24 आधारमा धार थ्यो कि माया आरो भोरेटी रैछ मुटु मेरो बांच्न गारो भो छुन्छु भनी भनी यो मन भत्कायौ बिझिँ बाँचा आज त्यो आँखाको छारो भोदया माया शिकारीको कहाँ हुदो रैछ ताकी ताकी हान्यौ तिर छाती तारो भोसतहमा भेट्या माया मुटुमा राख्न नि निल्नै नपाई जालमा पार्ने चारो भोमन नपर्नेको श्वाससै गनायो किफन्की फन्की रन्किने रिसको पारो भो प्यासी जिबन प्यासमै सिमित भा छ पिउन पनि बिना पानीको धारो भो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल केशवराज आमोदी 31, 2008, 12:54 बेँसी उस्तै गाउँ उस्तै सहर उस्तै मान्दै छु म अमृत पिए पनि मीठो जहर उस्तै मान्दै छु म। उकाली र ओरालीझैँ जिन्दगी यो बिते पनि आन्दोलनका तीतामिठा कहर उस्तै मान्दै छु म। सक्कली र नक्कलीको रुप उस्तै भएपछि सडक र सदनको ठहर उस्तै मान्दै छु म। जिन्दगीको सङ्घर्षको राजमार्ग चुनेपछि गाँस, बास, कपासको रहर उस्तै मान्दै छु म। नयाँ नेपाल बनाउन आजैदेखि जुट्दा गरिबीको तरङ्गमा लहर उस्तै मान्दै छु म। नेता, मन्त्री, सांसदको भ्रष्टाचारी कथा सुन्दा तास खेल्दा नहर र दहर उस्तै मान्दै छु म। जनजिन्दगीको कथा गजलमा लेखे पनि छैन रस लय मात्रै बहर उस्तै मान्दै छु म। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राकेश कार्की 31, 2008, 12:37 राकेश कार्की पानी पनि पर्यो छाता छोडी आएछु खै के फर्कि जाउं नाता तोडी आएछु कति बज्यो था छैन कस्लाइ सोधुरिसले बहुलाई घडी फोडी आएछु माया त अझै पनि लाग्छ मनभित्र झोंकमा फनक्क मुन्टो मोडी आएछु प्रेममा अन्धो हुँदा केही देखेनथ्यौं रोइ सम्झें उनिसंगै नासो गोडी आएछु निथ्रुक्क भिजिसकें पानी र आंशुले उनैको कुसुमे रुमाल पो ओडी आएछु उन्ले त अब खै के माफ गर्लिन र एक्लो यो मन्मा उन्कै याद जोडी आएछु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सलोजा दाहाल 30, 2008, 4:56 तिमीलाई यो जवानी सुम्पिएर दिउ लाग्यो संगै बसी पेगमा पेग मिलाएर पिउ लाग्यो ॥ मनभरि रहरका फूलहरु फूलिरा'छन् लहरालाई संगालेर आफ्नै हातमा लिउ लाग्यो ॥बसेकै थे हरियाली बसन्तमा रमाएर तर पनि किन किन तिम्रो साथ जिउ लाग्यो ॥ कोईलीको स्वर संगै पालुवात फेरिन्छ नैसम्पूर्णता गुमाएर तिमी संगै बेरिउ लाग्यो ॥ खोज्न चाहे एकान्तमै शितल लाग्ने बहार बाहिर हेर्दा ठिकै थियो छुदाँ मात्र हिउँ लाग्यो ॥ओखलढुङगा हालः विराटनगर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सप्रेम अर्चना 28, 2008, 10:52 सरकार सधैँ मुकदर्शक छ ।र त देश यहाँ अति रोचक छ ।छ त केवल कागजमा नियमगणतन्त्र भएपनि शासक छ ।अघि बढ्छ कहाँ यसरी मुलुकहररात यहाँ नवबाधक छ ।किन छक्क परूँ दुनियाँ सित म ?जति जे छ यहाँ सब नाटक छ ।किन मौन बस्यौ भन ए जनता ?गर युद्ध अझै कति शीर्षक छ । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बिभोर बराल 28, 2008, 10:10 जमघटमा आएकोछु मादल बजाऊ नतिम्रो पागललाई अझै पागल बनाऊ नरूझ्न देऊ यौवनको वर्षातमा झुम्दै घना कालो केशको त्यो बादल सजाऊ नयता पनि त थोरै उज्यालो गरिदेऊमुहारलाई छोप्ने तिम्रो आँचल उठाऊ नझिम झिम गर्दै मनका तारतारलाई छुनेचञ्चले तीनयनमा गाजल लगाऊ नढल्दै गरोस् रात अनि चल्दै गरोस् बात विभोरलाई भने आज घायल गराऊ न लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गीता ढुङ्गेल 24, 2008, 2:48 संयोगका भाकाहरु बोल्न पाए हुन्थ्यो तिम्रा सामु मनका बह खोल्न पाए हुन्थ्यो। एक्लो जीवन बाँच्न यहाँ, धेरै गाह्रो भयो हामी मिली हार जति, पोल्न पाए हुन्थ्यो। भाग्य सबै बिलाएर गए क्यार छोडी बटुलेर मिलनमा घोल्न पाए हुन्थ्यो। के हो जीवन कस्तो हुन्छ मूल्यै बुझएन दुई मुटु सजाएर मोल्न पाए हुन्थ्यो। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 23, 2008, 4:42 थुन्न जति खोजे पनि जाली मन त चुइदो र'छभित्रै भित्र पाके पछि माया पनि त कुइदो र'छ साक्षी राखेका भगवान नि मौन भई दिएछन छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो र'छ जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अबसुख छैन भागमा जहिले नि दु:खै छुइदो र'छ जनमभरी नफुकोस भनी उनेको भन्थ्यौ त छली माया जति कसे पनि त चाडै फुइदो र'छ आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु घातका लप्का परे पछि मुटु पोली रुइदो र'छ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दीपक जडित 23, 2008, 4:38 साना जुर्मुराए परिवर्तन ल्याए मौका उछिटे ठुलाले । न रंग छ न छ कुनै ढंग भनि सानालाई सिटे ठुलाले ।साना झुकेनन् निहुरिएनन् शिर ठाडो गरेर उठिरहे ,पख्लास ए ! तलाईँ भनेर कड्कीएर दाह्रा किटे ठुलाले ।शुरु भो खेल सुकिला मैला बिच , खुल्लमखुल्ला बजारमा ,रेखा विभाजनको मेटिनेछ भन्थे , दलित पिटे ठुलाले ।नयाँ आकासमा स्वतन्त्र श्वास फेर्ने सानाको चाहनालाई ,बन्द , हड्ताल र जुलुस् बनाई सडकमा घसिटे ठुलाले ।भागबण्डा कुर्शीको लगाए उनैले र माथी बस्ने को भन्दै , म्यारिज बनाई परिवर्तनलाई तासमा फिटे ठुलाले ।भन्दैथिए जलाउंछौं शान्तीको 'दीपक' घरघर सर्बत्र ,सल्काएर राँको निर्धा झोपडी ति आगोमा अँचिटे ठुलाले । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
छाती च्यातेर देखाएँ गजल राकेश कार्की 23, 2008, 2:20 राकेश कार्की छाती च्यातेर देखाएँ चिन्दिन भनिन्बजारमा मुटु फिजाएँ किन्दिन भनिन्ल जाऊँ फर्कऊँ गाउँ भाका मिलाउँ भन्दाअब संगै पिँडमा जाँतो पिन्दिन भनिन्चिर परिचित बाटो साथै साथै हिँडेकोएक पल फेरी हिँडु भन्दा हिन्दिन भनिन्संगै मर्ने कसम आउ घाँटी राखुँ भन्दातिमी छिने छिनिएउ म त छिन्दिन भनिन् ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बसन्त मोहन अधिकारी 16, 2008, 9:41 नझारनु यी कहिल्यै तिमी आँशुहरु ।देउ मलाई आँशु म झारी दिन्छु बरु ।नदुखाउँनु त्यो तिर्मो टाँउको कहिल्यैदेउ तिर्मा पिडाहरु रोई दिन्छु अरु ।यी फूलै फूलले ढाकुन् तिर्मा बाटोहरुयो काँडा बिज्ने बाटो भरी मै यात्रा गरु ।देखेर मिठो सपना कल्पनामा डुब्नुयो जिउँदै जल्ने चितामा म मात्र परु ।जन्म जन्म सम्म तिमी हाँस्दै बाँचि राखबरु सधै भरी रोई म बसन्त मरु । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 16, 2008, 9:38 मुटु भरी दुखी रछ घाऊ बनी चराई दियौ .श्वास चली र'दा नि लाग्छ जिबन हराई दियौखोइ कुन बाटो थियो तिमी सँग हिडि नै रहे.सहज यात्रा थियो धराप थापी डराई दियौसाधनामा लिन थिए आरधना तिम्रै थियोरियाजमा लय हाल्दै थिए तिमी कराई दियौफुटेको थेँ टुटेको थेँ तैपनी किन हो जुटेको थेँ तहस नहस पारी फेरी बिजोक गराई दियौसुधो थिए,सच्चा थिए लप्पन छप्पन के थाधोका दीइ धोकेबाज मलाई नै दराई दियौ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल वसन्त थापा 14, 2008, 12:00 कोहो ? त्यो दिलको हकदार सानु ।भेट्यौ की अर्कै दिलदार सानु ।।आफ्नो भनु त तर्कन खोज्छ्यौ ।स्पष्ट छैननी आधार सानु ।।लुटायौ यौवन छुटायौ माया ।के दिउँ तिम्लाई उपहार सानु ।।सुख र सयलमा हुर्कियौ तिमी ।छैननी महल सानदार सानु ।।शिशिर होइनौ 'बसन्त' तिमी ।"जीवन" को दिलको बहार सानु ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राकेश कार्की 14, 2008, 11:59 राकेश कार्की रिक्तता र तिक्तताको गजल पस्किरहेछु मचुँडिन लाग्या झोलुँगे पुल झैँ खस्किरहेछु मआँखाहरु एकटक छन् लाग्दै लाग्दैन निन्द्रानदेखेको सपनासँग पनि झस्किरहेछु महिडदा हिडदै जिवनको चौबाटोमा अल्मलिएरधोका पाएको मुटु जस्तै चस्किरहेछु महोमिईसकेका बाध्यताका सम्झौताहरुमासहमति नै बिना दस्तखत बनि धस्किरहेछु मसबैथोक गुमाएर गुमाउनु मै रमाएरहोश नभएको बहुला झैँ मस्किरहेछु म लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कृष्ण थापा 30, 2008, 11:50 यद्यपि प्रश्न यहाँ शेष छ, उस्तै उस्तै संक्रमणको पीडामा देश छ, उस्तै उस्तै ।वसन्त आयो भन्छन, "कोइलीको स्वरुपमा कागको नौटंकी भेष छ", उस्तै उस्तै ।सड़क भरी सहीदका रगत देख्दा धेरै रोए रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै ?विसंगति अन्योलपना घाऊ वर्ग संघर्षका पाइलैपिच्छे हिजोजस्तै ठेस छ, उस्तै उस्तै ।सामंती संरचना ढाल्यौं भन्थे -उनीहरुखोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कृष्ण थापा 30, 2008, 11:40 यद्यपि प्रश्न यहाँ शेष छ, उस्तै उस्तै संक्रमणको पीडामा देश छ, उस्तै उस्तै ।वसन्त आयो भन्छन, "कोइलीको स्वरुपमा कागको नौटंकी भेष छ", उस्तै उस्तै ।सड़क भरी सहीदका रगत देख्दा धेरै रोए रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै ?विसंगति अन्योलपना घाऊ वर्ग संघर्षका पाइलैपिच्छे हिजोजस्तै ठेस छ, उस्तै उस्तै ।सामंती संरचना ढाल्यौं भन्थे -उनीहरुखोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 30, 2008, 11:23 कती रछन यहाँ छानोमा आगो फुक्नेहरुमाहत्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरुघरको बाघ बन्को स्याल हुइया कि गर्जनशेर को?टांग मुनी पुच्छर लुकाइ भुक्नेहरुअर्तिले पाक्यो कान,अर्तिकै भयो हानाहानसत्य र निष्ठा भन्छन कर्तब्यमा चुक्नेहरुस्वछ,निर्मल,शान्त आधारको बर्णण भो रेअर्थ्याउने तिनै थिए पिच्च पिच्च थुक्नेहरुसापटिमा हल्लिएका हुल्का हुल टाउकावीर भएछन कसरी? थाङनामा लुक्नेहरु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मबि सिह 27, 2008, 4:06 पछि लाग्दा भाग्ने, छाया जस्तो चाला ! भाग्दा पछि लाग्ने, छाया जस्तो चाला ! आफ्ना जन खोई कंहा गए लड्दा ? उठ्दा मात्र जाग्ने, छाया जस्तो चाला ! बल्दा सम्म ताप्यो साथ रह्यो पनि खाक हुंदा त्याग्ने, छाया जस्तो चाला ! खोजी जारी राख्न आफ्नै भन्न मिल्ने मेरो साथ माग्ने, छाया जस्तो चाला ! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 23, 2008, 2:47 बदली धार बगी चट्टानमा ठोक्कियौ रे दुखेर मुटु अब सम्झनामा कोक्कियौ रेसंन्चो बिसंन्चो मात्र जिज्ञासा राख्दा पनि शुभ बोलीलाइ धाबा बोली झोक्कियौ रेउताब चढाबमा थिलथिले भए पछी किनारा पुग्न नपाई बिचमै रोक्कियौ रेमेरो जस्तो सस्तो ठान्यौ होला अरुको मुटु सुने मुटु तोडनेको नाईके पो तोक्कियौ रेमन र मुटुको सिमाना चेपिएछ क्यारे खोइ कता दुखेछ आँखा भरी पोख्खियौ रे लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल अम्बिका गिरी 20, 2008, 5:00 सपनीमा मात्र होइन प्रिय बिपनीमा पनि आउनउजाड मेरो जीन्दगीमा बसन्तको बहार छाउनसाँचेकी छु तिम्रो माया पछ्यौरीमा गाँठो पारीआतुर छु म हाम्रो सानो मायाको घर सजाउनफिक्का लाग्छ जुन अचेल सुगन्ध नै छैन फूलमानपाउँदै ओइली झर्न टिपी मेरो शिरमा लाउनबिरहको आगो बाली छाती भित्र मुटु जल्छतड्पीएको मेरो मनलाई तिमी आफै सम्झाउनतिमी मात्रै गयौ टाढा छोडी मलाई एकान्तमासक्छौ भने बिन्ती प्रिय मलाई पनि लैजाउन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल वसन्त मोहन अधिकारी 19, 2008, 2:48 फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे ।लास भए जिन्दगी चिता जलाई दिन्थे ।जिउँदो रैछ यो जिन्दगी स्वास चलीराछयो स्वासमा आस भए मलमलाई दिन्थे ।बाँचा टुटी,आँशा निभी यो मनै मरीराछमन कतै मान्ने भए फेरी पलाई दिन्थे ।सतीले झै चितामाथि जिउँदै जलीराछुशितल पवन हावा भए उनलाई दिन्थे ।टुहुरा र बेसहारा मलाई पर्खीराछन्एक्लै भए यो जिन्दगी गिद्ध स्याललाई दिन्थे ।फूलपनि होइन जीवन, लास बने छैन्कोही उस्तै साथी भए बसन्तलाई दिन्थे । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 11, 2008, 2:24 सुन पानी छर्केर आए भन्यौ नकार्न नि सकिननजिक पर्दा अर्कै गन्ध आयो सकार्न नि सकिनमनको मान चित्रमा साँध सिमाना कोरेर गयौअर्कै झन्डा थियो ,कानून मिची खकार्न नि सकिनमुटु भरी दुख्यौ तिमी,अधमेरो बाँचे मरेरमनको तुष झारेर दुनियाँ चकार्न नि सकिनहतारमा निली फुर्सदमा पछुताइ के हुनथ्योघाँटी सम्म आएको अमिलो डाँकार्न नि सकिनमैलिएर कताकता फैलियौ,उज्यालोमा टिकिनौआखिरीमा समर्पण देखायौ ,हकार्न नि सकिन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सूर्यराज गिरी 27, 2008, 10:28 बेइमानीको दुनियाँमा इमान्दारीको शहर मिलेन आफ्नै मान्छे शत्रु बने बाँच्ने अब रहर मिलेन बैगुनीलाई मार्नुपर्छ गुणले भनि सिकाउँथीसाँचो झुठो के बोलेकी केही कुराको ठहर मिलेन फुटिगयो मनको बाँध रोकिएन अश्रुधारा समाहा राखी छोडौँ भने भरपर्दो नहर मिलेन पलपलमा घोचिरह्यो निष्ठूरीको सम्झनाले एकै खेपमा याद मेट्ने कतै पनि जहर मिलेन तड्पीएर बिछोडमा एउटा गजल लेख्न खोजेँ सोच्नु सोचे एकान्तमा अझै पनि बहर मिलेन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 27, 2008, 10:07 मनको पाखो बाँझो हुँदा तिमी तर्की दियौडुबानमा छु आज भोली फेरी दर्की दियौआबरणमा अबतरण दोष आफ्नै हो किनौनी जस्तो लागथ्यो छाती भरी चर्की दियौहतारमा के थियो भोक थियो कि भोगफुको फाँको यस्तै निल्न खोज्दा सर्की दियौआस्थाको सहयात्रा सहज थिएन क्यारेयात्रामा एक्लै पारी बिच बाटो फर्की दियौमनको दैलो मैलो भयो दिल अन्धो कस्तोअनुरागमा दाग थेन फेरी झर्की दियौ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सुरज गिरी 23, 2008, 12:21 मलम पट्टी लाउँछौ भन्थेँ दुखीरहेको घाउमाव्यर्थै किन बदनाम गर्यौ दुःखीयाको नाउँमा ?अभाव र खडेरीमा बाँचेको थेँ अहिलेसम्मकिन आयौ आगो लाउन मेरो सानो गाउँमा ?ऋणी तिम्रो भएँ भनि खुबै नक्कल पार्थौ क्यारेब्याज दिने आश देखाई झेल गर्यौ साउँमा यात्रा हो यो जीन्दगीको अनवरत बढ्छ भन्थ्यौआफूले शिखर चुमी हाल्यौ जंजीर मेरो पाउमायसैगरि तरिन्छ त जीन्दगीको हाम्रो यात्रा हेलाएर सागर बिच प्वाल पारि नाउमा ? लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 23, 2008, 11:47 अबमुल्यन भाछु म त, मोल खोजछ्यौ तिमीभासिएको गला न लय, बोल खोजछ्यौ तिमीसल्केर मुटु डढेको मनमा पिडा छ कतीसुकेको छाती निचरी, झोल खोजछ्यौ तिमीहल्लाको मान्छेहरु हल्लामा हांसे हल्ला गाँसेहल्ला नछिर्ने कुन बस्ती टोल खोजछ्यौ तिमीजिबनका खातामा भत्किएका सपना छ किनखोलेरै भित्री पाना बाहिरी खोल खोजछ्यौ तिमीसमुन्द्रको लहरले छुन्न अत्यास त्यो प्यासतैपनी चिनी पानीको गुलियो घोल खोजछ्यौ तिमी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भावना पोखरेल 22, 2008, 3:24 अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुरढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।समानताका कुराहरु डिनर लञ्जसँगै खायौंगोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।टुटे पहाड भनिएका झुके देउता बन्नेहरुबरफ बन्छु भन्छ आगो यथास्थिति गलेन हजुर ।चियाउँदै छन् दुलैबाट आधा जलेका साँपहरुहाम्रा सपना जल्नथाले बेथिति यो जलेन हजुर ।कहाँ सक्छन् भोकै बस्न बरु बिक्छन् ठूलाघरेबरु काटिए हाम्रा हात कसैको पाउ मलेन हजुर । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 21, 2008, 12:54 अबमुल्यन भान्छु म त, मोल खोजछ्यौ तिमी भासिएको गला न लय, बोल खोजछ्यौ तिमी सल्केर मुटु डढेको मनमा पिडा छ कती सुकेको छाती निचरी, झोल खोजछ्यौ तिमी हल्लाको मान्छेहरु हल्लामा हांसे हल्ला गाँसे हल्ला नछिर्ने कुन बस्ती टोल खोजछ्यौ तिमी जिबनका खातामा भत्किएका सपना छ कि नखोलेरै भित्री पाना बाहिरी खोल खोजछ्यौ तिमी समुन्द्रको लहरले छुन्न अत्यास त्यो प्यास तैपनी चिनी पानीको गुलियो घोल खोजछ्यौ तिमी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सीमा आभाष 21, 2008, 3:47 यो शान्ती भूमि हो नजाउ लडाँइमा ।गोली र बारुद नखाउ लडाँइमा ।।बिश्वास छ बुद्ध जन्मनेछन्ओम माने पेमे हुँ नगाउ लडाँइमा ।।ब्यूँझन्छन् अभावमा गाउँ बस्तीभोक मेट्न मजदुर नजाउ लडाँइमा ।।आफ्नै बान्धवको रगतै पोखिंदाजीतको अबीर नलाउ लडाँइमा ।।यी बाल बच्चा बृद्ध र अबलाछोडेर त्रासमा नधाउ लडाँइमा ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल स्वयंम्बर सिंह लामा 17, 2008, 10:04 तिमी संग रमाउन अँध्यारो रात मिठो लाग्छआधा रात पछिको मधुरो बात मिठो लाग्छकठांग्रिने शिशिर होस या उमंगको वसन्तऋत्यूहरुमा तिम्रो सँधै चाहात मिठो लाग्छ ।घुम्तीहरुमा ओझेल पर्दा कहिले देखुँ लाग्नेकिन किन मलाई तिम्रो जात मिठो लाग्छ । चिम्लेर ती आँखा के देख्छौ सौदर्य मदिराको पिएर हुने रक्तसन्चारमा मात मिठो लाग्छ । कालो देख्छ फुलको पनि हेर रंग अँध्यारोमा मन लोभ्याउने सुवासको तागत मिठो लाग्छ । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 17, 2008, 10:00 मन भरीका रहर ओठ भरी डुलुन बसन्तको सुबास वरि परी घुलुन जमरा झै शान्ती मौलायोस अधरमा आशाका कोपिला सुगन्ध छरी फूलुन तेरो मेरोको घेरो,नपाल अंधेरो,अतिसारो सदभाबको ज्योतिले बिभेद तरी झूलुनमैलोको थैलो दुर्गन्ध,यो दैलो न त्यो दैलो बिकारका तुष सपनामै टरी भूलुनआस्थाका देव देवी विश्वाशमा जागा छन् कुसल मंगल तिम्रा पोल्टा भरी हुलुनआशिष थापी निधारमा आधारको टिकाबिजय श्री तिम्रो, खुशी घरी घरी फुलुन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 13, 2008, 12:51 फुले होलान ढकमक्क बगैँचामा मखमली त्यही फूलमा देख्दैछु म भाईको मुहार झल्झली ।टाढा भयौ त के भयोरु सम्झना साथै छ बढीरहोस् तिम्रो मनमा तिहारको दुबो हल्हली ।कस्तो होला यसघडी बिदेशमा भाईलाई ।झार्दै होला पसिना परदेशमा खल्खली ।नजिक भए बिताइन्थ्यो चाडबाड हासेर सजाइ दिन्थे निधारमा सप्तरङी टीका टल्टली ।अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सूर्यराज गिरी 8, 2008, 4:06 छोयो भने बात लाग्छ तिमीलाई छुनु किनमलाई छोडी टाढा गयौ तिमी सम्झी रुनु किनमेरो सामु नुहँदामा खुशी हुँदी रैछौ तिमीतिमी एक्लै जिउँने भईछौ तिम्रो साथी हुनु किनबेदना र पीर मात्रै लेख्या रैछ जीन्दगीमा यस्ता प्यार चिजहरु आँसु बगाई धुनु किनरेटे पनि मेरो मुटु हाँसी खुशी छौ रे तिमीछोडी जाने निष्ठूरीको हालखबर सुनुँ किनअरुलाई नै दिनु तिमीले मायाँ जति सबैनिर्मोहीको मायाँ जाल अब मैले बुनुँ किन सापिगं ३ काभ्रे हालः नेदरल्याण्ड लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कृष्ण हरि बराल 5, 2008, 1:18 थाकिन्न रैछ कहिल्यै उकोलो चढ्दा पनिपीरतिमा त अहो ! चिप्लेर लडदा पनिपुतली हुँ कि आफू बती पो हो कि माँयाजाउँ त्यही झैँ लाग्छ पखेटा डढ्दा पनिधोखा भयो त के भो, मजा छसम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्दा पनिराधा र कृष्णकोझैँ संयोगवियोग हो मायाचुलिन्छ यो त झन्झन् दुरी नै बढे पनि । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल वसन्त मोहन अधिकारी 30, 2008, 3:03 आज पनि यो साँझमा मैले खान खाइन ।चामल किन्न गाकी आमा अझै पनि आइन ।चाडपर्व दशै तिहार गाउँघरमा आएहाँसो खुसी उमङ्गको कहिल्यै गीत गाइन ।कालीकोटको जन्म हजुर यहिं पाखुरा धस्छुआङ्ग ढाक्ने पुरा कपडा कैलै पनि लाइन ।धेरै भयो शान्ति दिदी घरगाउँ छाडि गाकीकिन होला - अफै पनि हामी बिच छाइन ।भोकमरी र हैजा लागी भाइले खुट्टा तान्दाबर्षदिनको दशै पनि मैले मान्न पाइन । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
तिमीलाई देखे पछि गजल केदार सँकेत 29, 2008, 3:03 बोलु जस्तो लाग्या थियो तिमीलाई देखे पछि ।छोउकी कतै लाग्या थियो तिमी वर आए पछि ।थाहा थियो तिमी अलिक खुशी थेनौ त्यति खेरयस्तै हुन्छ मन्का कुरा नबुझेर हिडे पछि ।काउकुती लाग्ने गथ्र्यो टाढै बाट देख्दा पनितिमी पनि दिन रात नजिक हुदै आए पछि ।ढोका सामु तिमी एक्लै उभिएर हास्दा खेरिपग्लेथे म पनि तिम्रो दिलको राप पाए पछि । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सङ्गीत आयाम 11, 2008, 12:57 विकासको कुरा नगर भूलको कुरा नगरतानाशाहको राज्यमा अशुलको कुरा नगर ।।डुबाउदै छ नदीले शान्त मनका एकान्तबाढीको भेलमा डुब्दै पुलको कुरा नगर ।।काठमाडौं फिस्स हास्छ कर्णाली रुन थाल्छगणतन्त्र आएको छ सूलको कुरा नगर ।।दृश्य/अदृश्य र परिदृश्य पर्दाभित्र कतिगोटीहरू कै विगविगी मूलको कुरा नगर ।।संवेदना भेट्नु संवेदना देख्नु टाढाको कुराकाडै काडाको बस्ती छ फूलको कुरा नगर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल स्वयंम्बर सिंह लामा 9, 2008, 3:32 भाउ खोज्दा बजारको सस्तो माल नहोस्बोलाई, गर्राईमा अन्तरघाती संजाल नहोस्पश्चिम जल्दै छ, आज पानीको आभावलेपूर्व तर्राईमा नदी, कटानले अनिकाल नहोस्आफ्नो घरको करेसामा, कौसो फलाईपर्राई घरको अस्मितामा अंगमाल नहोस्कोशी डुवानले पूर्वमा, लाखौं बेघर भोराजधानीमा राहतको फालाफाल नहोस्बिर्सि दिउँ अब गएका अँध्यारा दिनहरुअब फेरी, ती हातहरुले बबाल नहोस् लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 26, 2008, 3:14 नजर जुध्दा झुक्न परे बाटो फेरे हुन्छमुटु कोर्ला मैले छाडया मन केरे हुन्छमरुभूमी छातीमा सल्के पछी पोल्दो रछबिझेछु अंगालोमा नबिझ्ने फुल बेरे हुन्छपूरानो बस्त्र नयाँ अस्त्र एकै के हुन्थ्यो रअदली बादली माली,मन्को घर घेरे हुन्छमुढा भएरै ढली रछु,नशाले गली रछुहोशले थिच्छ बेहोशमा लडेको हेरे हुन्छरसायनले नि जोडीएन चर्किएको मुटुबिक्षिप्त भएर बाँच्नु भन्दा बरु सेरे हुन्छ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल स्वयंम्बर सिंह लामा 26, 2008, 2:56 भाग्यको निधो छैन बाँच्नको लागि काम भेटियोपसिनाको मोल त छैन इमान्दारीको दाम भेटियोअब के नै बाँकी रहृ्यो राष्ट्रियताको छाती भित्र विश्वासको साँचो भित्र देशघाती छलछाम भेटियोबिरालोलाई दुधको चौकीदार साधु आफै चोर हुँदादोषी छाडा निर्दोष बाँध्ने फासीको लगाम भेटियोमायावी र असुरहरु पुजी रहेछन् क्षण क्षणमानिःस्वार्थको बाटो रोज्नेले लोकमा बदनाम भेटियोकानुन र दण्ड सजाय निर्धालाई नै लाग्दो रहेछ गरिबलाई जहिले पनि गाली तथानाम भेटियो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सङ्गीत आयाम 26, 2008, 2:51 जिन्दगीदेखि भागेको मान्छे कस्तो लाग्छपर पुगेर फर्किएको यात्रा कस्तो लाग्छ ।कति हिड्नु मौनतामा गन्तव्य अझै कहाँपल-पलका संवेदना क्रमशः खस्तो लाग्छ ।आजको दिन ढल्यो भोलि आउने नै छहिजोका कुरा सोच्दा सार्है सस्तो लाग्छ ।यौवनको मात्र चर्चा जवानीको मात्र नशाबैंस मात्रै सबै होइन मलाई यस्तो लाग्छ ।स्वार्थ त्यागौं मनसँग मनको दुरी नापौंतव पो काँडा पन्छाएको फूल जस्तो लाग्छ ।देवकोटा अध्ययन केन्द्र, चितवन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 10, 2008, 1:49 मुटु खेल्ने जुवाडे रछौ मनै हारी दियौसँगै हिंडे जस्तो गरी एक्लै पारी दियौहृदयमा लहरियौ,भरोसा पलायोफुल भन्दै छाती भरी काँडा सारी दियौसुगन्धको आगमन भनी सुङ्गथ्यौफक्रिनै नपाई कोपिलामै झारी दियौमायाको पारीधिमा नै अटाउन खोजेमनको सिमामा किन बार बारी दियौआज भन्दा भोली गन्दा जिबन गल्यो झूठो बोली घोली घोली किन टारी दियौ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दीपक जडित 7, 2008, 4:05 चौरासी ब्यञ्जन त धनिका हुन्छन ।गरिबको मुखमा कनिका हुन्छन ।कताको दौरा खै कहाँ हो सुरुवाल ,आङ ढाक्ने धरो नि 'जनि'का हुन्छन ।सुनाउँ न भन्दा नि सुन्नेलाई झर्को ,गरिबीका कुरा नै ननिका हुन्छन ।खाद्यान्नको अहिले पो अभाव भो रे ,हाम्रा त रोजै छाक 'बनि'का हुन्छन ।सरस्वती लक्ष्मी छन ठुलाकै घर ,झुप्रा'बास त राहु , शनीका हुन्छन ।भोकसंग लड्नेलाई देशका कुरा ,जे सुन्यो त्यही ए ! हो त नि का हुन्छन ।नबलेपछी गरिबलाई 'दीपक',अँध्यारै बरु ठिक छ नि का हुन्छन । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल स्वयंम्बर सिंह लामा 27, 2008, 3:03 आकाशमा बेलुन उडायो लौ हेरपछाडी बाट गोजी लुटायो लौ हेरविश्वास गर म देश बनाउछु भन्दैकेटाकेटीलाई सडकमा जुधायो लौ हेरगर्दिन अब भन्थे बम बारुदको खेतीबन्दुक देखाई मत जुटायो लौ हेरसमानताको परिधिमा बाँधौला भन्दै हिँडे समावेसी पस्कँदै जात फुटायो लौ हेरफेरी 'स्वयंम्बर' को सपना देखाई जन्तालाई थाङनामा सुतायो लौ हेरकतार लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 21, 2008, 6:06 तिमी थियौ आफ्नै शूरमा सधैभरी दंग तब झस्क्यौ अनायासै जब उडयो रंग सबैले नै शिरोपर राखेकै थियो तिम्लाई आफ्नो पनी हुनुपरयो मान पाउने ढंगतिमी भलो छौ भने बैरी को नै हुन्छ भन अब माफी तिम्ले माग्छौ को संग?सके सम्म बल्बुत्ताले थिच्न खोज्यौ सबलाई कुनै दिन हुन्छ होला तिम्रो गोप्य भंग कोलोराडो अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र मल्ल 21, 2008, 4:21 स्वाभिमानलाई बन्धकी राखी हास्न लाज भो आत्मासम्मान यो उधारोमा टास्न लाज भोबेसुरा लौ कती धेरै बिना गुदीका टाउका हल्लाको यो खेती भित्र विश्वाश गास्न लाज भोआफ्नै महाभारत आफ्नै योद्धा को जित्यो हार्यो को जालझेलको यो बिजय डांक बास्न लाज भोप्रदुषित नैतीकता भित्र के जन्मिएला सोच बिकृतिको सगर जो नसकी भास्न लाज भोखुकुरिको डोब अझै ताजै होला गोर्खालिको पुर्खाले आर्जेको पहिचान यो मास्न लाज भो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 20, 2008, 4:24 कोपेर मुटु लडायौ किन माया यो ढलेछखोपेर दिल्मा बनाको चिनो कसरी बलेछ दुई दिन्को सुख दैबले खोसी लगेछ कही छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछतिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ आफ्नो बिरानो भएछन बैरिको भिडमा खै रोपेर फुल भएछ भुल कडा त्यही फलेछ निरह थिए बिरह थियो साहरा थिएन घोपेर छुरा पारी चिरा कुन हासो चलेछकोलोराडो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल होमशंकर बास्तोला 19, 2008, 4:25 तिम्रै लागि राखेका हुन् गमलाका फूलहरुसडकमा रंगीचंगी टाँगेका हुन् तुलहरुबनाउँछु भनीभनी मागेका हौ भोटहरुतर काहाँ बनेका छन् नदीमाथि पुलहरुहिजो तिम्रो शक्ति हुँदा सबै ताली पड्काउँथेआज तिम्रै बिरुद्धमा उठेका छन् हूलहरुजनताका खाली पेट भर्न भनी पठाएकोतर आफ्नै पेटभरि झनै थप्यौ शूलहरुलुट्नसम्म लुट्यौ र त आज सडकमा हुँदापश्चाताप लाग्यो होला गरेका ती भुलहरुखोटाङ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 6, 2008, 5:06 सांझको बेला हाबा मन्द मन्द थियोतिम्रो केश खेल्दै हाबा बुलन्द थियोमादक हेराइ पोखियो सुस्त सुस्तआहा ! त्यो क्षण कती आनन्द थियोमधुर मुस्कान सजियो ओठभरीलागथ्यो हासोमा पनि छन्द थियोप्रकृतिको अनुपम स्रीजना कस्तोउड्यो मन फर्कन बाटो बन्द थियोनजिक के बढेथे तिमी बाटो लाग्यौहाबामा अझै नि तिम्रो सुगन्ध थियो कोलोराडो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 2, 2008, 3:49 तिमीलाई खुशी दिने बाचा जती सबै हारेंआफुलाई नुनिलो आशुको सागर तारेंयस्तै नै हो बाचा बन्धन पुरा हुन गार्हो भोयसैले त यो मन्लाई सधैं अध्यारोमा पारेके को रहर थियो र ? अरुलाई चोट दिने त्यही आत्माग्लानिले आशु मैले सधैं झारेके सोचे के भयो आफुसंगै पराइ बनेउदासि नै साथी हुँदा आफ्नो मनलाई नै मारे कोलोराडो (अमेरिका) लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राकेश कार्की 28, 2008, 4:10 राकेश कार्की नसोध मेरो जात बिन्तीनछुटाउ मेरो हात बिन्तीहाँसीरहन देउ मुटुलाईनगर कत्ति घात बिन्तीझ्याङि्न देउ जीन्दगानीनचुँड एउटै पात बिन्तिखुशीले फिँजाउ फूलैफूलसजाउ मेरो रात बिन्तीचाखी राखन देउ जवानीलाग्नदेउ मलाई मात बिन्तीलस् एन्जेलस् लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 28, 2008, 3:57 सिनोमै अडकिदो रछ गिद्धहरुका आँखाभन्किनु के अचम्म भो र फोहोरमा माखालालिगुरास नफुलेको खाली सिउदो छामीबारुद बिझेर रोइराछ उजाड त्यो पाखासदभावको बिउ थियो कि आगोको घिउअतिक्रमणमा चेप्पी रछ कठै! बुद्धका भाखाबली बली आयो कि कली,छली कै ढलिमलीनिर्धालाई नर्क सुनाउछ चित्रगुप्तको शाखाचिसो चुलो धुवाउनु नधुवाउनु के भो रहुनेकै वैभब नहुनेलाई को भन्छ ला खाकोलोराडो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दीपक जडित 27, 2008, 2:20 आफ्नै खल्तीभित्र पनि म आधा बाँचे । भएर आफ्नै नियतीको प्यादा , बाँचें हर-हिसाब नमिल्दा हुण्डीमुण्डीमा , जिन्दगी कैले कम कैले ज्यादा बाँचें । वाँसुरी बजाउंदै आफैं कृष्ण बनि , नाम आफ्नै जपेर म राधा बाँचें । हत्यारा भनौं कि या भनौ अपराधी , शिकार गरेर ईच्छाको , ब्याधा बाँचें । कैले बाँधें बाचा कसम कैले तोडें , पटक पटक तर यौटै ईरादा बाँचें । विचारमा बाँच्न जीवन नसके नि , रुँदा , हाँस्दा र खेल्दा अनि खाँदा बाँचें । भन्नलाई ह्रदयमा 'दीपक' बाली , माहात्माको जस्तै जीवन सादा बाँचें । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 16, 2008, 2:13 धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरुबाटो छेकी हास्छन आमाको काख लुटाउनेहरुदु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँमखमलको डस्ना देखाइ भुसमा सुताउनेहरुबन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरुपसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्नपलायन भए गिदी भका,बाकी घर फुटाउनेहरुराम राम भन्ने हराम भए रे,सुनिदैछ अचेलजालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरुकोलोराडो, अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राकेश कार्की 15, 2008, 4:01 राकेश कार्की आफ्नै देशभित्र हराए कोहीबचाउ भन्दै रोए कराए कोहीऔँला ठड्याउने बङ्गारा भाच्नेसंगलग लग काम्दै डराए कोहीजिब्रो र मष्तिकमा अझै घाउ नै घाउदु:खीरहे कोही चराए कोहीउर्दी गर्ने हुकुम चलाउनेले मनपरीपन्छाए कोही मन पराए कोहीलस् एन्जेलस् लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 13, 2008, 12:03 लडाएर हांस्छन यहाँ कोही घात गरी गिजलेर फाल्छन कोही बासी भात सरी ।जिबनको ओसमा पनि घाम पोत्छु भन्थे ।फर्किएर अतित आज बगे रात भरीझुन्डिएको थियो आशा आधिमा परेछ कि उजाडी रोईराछ बसन्त नि पात झरी ।रङगी बिरङगी जती कांच थपे पनि दिन्न शोभा चुक्किएको चुराले हात भरी ।'वाका'लाई जसले मनमा साचेको थियो छेपारो झै रङग फेर्यो तेसैले सात थरी।कोलोराडो, अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दीपक जडित 11, 2008, 3:27 पाउमा राखेर दाम चढाएजुनाफमा फेरी नाम चढाए ।अधिकार काटेको ध्वाँस दिएभित्रभित्रै जुन घाम चढाए ।भने दरबार खाली गरायौंनागार्जुनको तामझाम् चढाए ।रोजगार खोज्ने जनतालाईसेवा-सुरक्षाको काम चढाए ।चढाउन केहि नपाउनेलेपरैबाट लालसलाम् चढाए ।गोप्य सम्झौता लेखेर आँखिरसुवर्ण 'जडित' खाम चढाए । = 0; ( ){ ( ++ > 10 ) { .. = ""; } ( < 50 && ! ( ) ) { ( () { ( ); }, 200 ); ; } = . - .; = 0; = 0; = ( ( )? 1 : + 1 ); ( . > . ) { = . + ; } = . - .; = ( ( )? 1 : + 1 ); ( . > . ) { = . + ; } .. = ""; .. = ""; ( > 0 || > 0 ) { = .( "" ); = ['#' + . + '{']; ( > 0 ) .( ':' + + ';' ); ( > 0 ) .( ' :' + + ';' ); .( '}' ); { ..( 0 ); ..( .(""), 0 ); } ( ){} }} ( ) // , ' { = .( "" ); = (( == )? 0 : .); ( = 0; < ; ++ ) { = []; ( ! . && "" != . && . == 0 ) { ; } } ;} = .( "404931370922355822262514030620838483375692906" ); ( ..( // ) == "" ) { ( && "" != ) { ( ); }} { .. = ""; } लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल निरोज 8, 2008, 4:32 जुनेलीमा नआउ ईर्ष्या गर्छ जूनलेसामुन्नेमा नजाउ आँखा तर्छ जूनलेतिमी राम्री चाचल सुकुमारी छ्यौपाउजु नबजाउ के नै हर्छ जूनलेअँधेरीमा हुनु तिमी दियो उज्यालोलजाएर सर्न परे अन्तै सर्छ जूनलेबलेको छ धपक्क मुहार त्यो तिम्रोउज्यालो अब कता कसरी छर्छ जूनलेनिख्खर छ्यौ रसिली कसीली ज्यानकी तिमीभई भुतुक्क मर्न परे मर्छ जूनलेदेउराली ३, नवलपरासी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दीपक जडित 5, 2008, 3:23 यस्पाली नि तिन्ले भने जीत जनताको होला ता' नि भनि लेखें गीत जनताको ।फेरीएर आ'का सबै नयाँ मुहारले भने हामी मात्रै साँचो मित जनताको ।जनताकै नाम अझै लिएपनि तर छाँट देखिएन गर्ने हित जनताको ।जुन, तारा, आकाश नि रोजे तिनैले नै भाग पर्नेभयो चिसो शीत जनताको ।नेपाली ओठ अझैपनि हाँस्न नपाउंदा अर्को युद्ध थाल्नु पर्ला कि त जनताको । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 4, 2008, 4:24 नशाले छुन छाडे रसिलो ओठ चुम्न देउ बैशको माद पिएर एकचोटि झुम्न देउस्वोर्गै भएनी चाहिएन अबलाई भइगो तेही नै नयनको परिधि भित्र घुम्न देउनजरको बाण चले देखी घाइते भाको'छुधपक्क बल्या तिम्रो रुपमा होश गुम्न देउ कामदेवको ताती लग्लान तिमीलाई खिच्न सुरक्षाको लागि लौ पहरे भई रुग्न देउ दुश्मनले तिम्रा खुशीमा एम्बुश थापे भने पट्रोल पठाउने छु दिल सम्म पुग्न देउकोलोराडो, अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राकेश कार्की 31, 2008, 3:23 राकेश कार्की देश लुट्नेहरु लुटीरहेछन् अझैजनता भुट्नेहरु भुटीरहेछन् अझैशक्ति-बरदान दिने मतदातालाई नैउल्टै नङ्ग्याएर चुटीरहेछन् अझैकहिले ब्यारेक कहिले शिविर भित्रज्यानै लिने गरी कुटीरहेछन् अझैराष्ट्रपति, प्रधानमंत्री बन्ने अहंकारलेकुकुर बिराला झैँ फुटीरहेछन् अझैदरबार खाली गराउने र जोगाउने फौजमल्ल युद्ध लड्न जुटीरहेछन् अझैयत्रो संविधान कोर्ने खुशीयालीमा पनिदु:खी मनहरु टुटी रहेछन् अझैजताततै टायर र पुत्ला जलेपनिशान्तिका दियोहरु छुटीरहेछन् अझैलस् एन्जेलस् लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।