text
stringlengths
1
287k
गजल गजल तिलक "अन्जान" 7, 2010, 3:01 भेटिएन खोजेँ कति शहर जिन्दगीको,कैले पुरा होला र खै रहर जिन्दगीको ||मर्न पनि नपाईने बाँच्ने मन नहुँदा नि,वाध्यताले जिउनु पर्ने कहर जिन्दगीको ||सधैं सोक सधैं सुर्ता खायो ज्यान सन्तापले,पाउँदिन कि सुन्न राम्रो खबर जिन्दगीको ||जता जान खोज्छु उतै बन्द भा'छ्न बाटोहरु,लाग्छ अचेल गन्तब्य हो बगर जिन्दगीको ||पोख्न खोजेँ दुखेसो यो लेखेर म गजलमै,भेटिएन लए छन्द बहर जिन्दगीको ||'अन्जान'को भागमा आँशु दैवले नै पारेपछि,हराई गयो हाँस्ने बोल्ने प्रहर जिन्दगीको || नवलपरासी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल हस्त गौतम मृदुल 6, 2010, 8:49 म कहाँ टाढा छु र तिम्रो परीवेश भन्दाअरु के प्यारो हुन्छर आफनो देश भन्दाभूगोल भित्र अटाउन सिक बिचलित मनराष्ट्र नै पुज्य हुन्छ जीवनको शेष भन्दामनले टेवा दिए तनले पनि दिन सक्छमाया नै मिठो हुन्छ लाग्ने ठेश भन्दामाटो न हो राष्ट्र रोपे उर्मिन्छ भाग्यसाँचो जीवन उत्तम हो छदम भेष भन्दा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राजकुमार कान्छा 6, 2010, 8:39 बाँच्न सक्छु एक्लो न त मर्न सक्छुफूल्न सक्छु सदा न त झर्न सक्छुतिमी पारी म वारी कस्तो बिडम्बनाडुबिजान सक्छु, घाट न त तर्न सक्छुतिमी बिना जिन्दगानी एक्लोएक्लो लाग्छ,बस्न सक्छु एक्लो, बसाइँ न त सर्न सक्छुबागभित्र सप्तरङ्गी फूलसरी फूलिजानेफूल्न सक्छु, सुवास न त छर्न सक्छु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भूपेन्द्र नीराजन 6, 2010, 8:28 बचनले घोच चाहे धारे हातले हान प्रिया । म त तिम्रो साथी नैँ हुँ चाहे शत्रु ठान प्रिया ॥ तिम्रा अघि पछि लागि मरिमेट्ने सयौँ मध्ये ।मन मिल्ने एउटा मान्छे बेला छँदै छान प्रिया ॥ जसो गर्दा तिम्रो भलो हुन्छ त्यसै गरे हुन्छ ।मैले कैले भन्याछु र मेरा कुरा मान प्रिया ॥ मुखै फोरी तिम्रा सामु केही बोल्न नसके नि ।म तिमीलाई माया गर्छु यति कुरा जान प्रिया ॥ काठमाडौँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल संगम सापकोटा 5, 2010, 8:34 दरिलो प्रितीको डोरी चुट्दा तिमी हाँस्दै थियौ ।आँखाबाट आँसुको मूल फुट्दा तिमी हाँस्दै थियौ ।। कसले सजाउदैन र ? सुन्दर सपनाहरुत्यो आफ्नो छायाँ मबाट छुट्दा तिमी हाँस्दै थियौ ।।आधीबेरी चल्दा दियो नबाल्नु वेश संगी उध्रेको मन यो मैले खुट्दा तिमी हाँस्दै थियौ ।।सानातिना दुःखमा अहँ नआतिने मान्छे मचोटहरु एक साथ जुट्दा तिमी हाँस्दै थियौ ।।मनको मेरुदण्ड भाँचिएपछि लड्यो ‘संगम‘घाइते लर्खराउँदै उठ्दा तिमी हाँस्दै थियौ ।।दमौली एफ.एम,तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिव आर्य 5, 2010, 8:27 खै गाँस, बास, कपासका कुराखै पूराना इतिहासका कुरा कठै मेलाम्ची कथामात्रै बन्योखै यो शहरमा प्यासका कुरा यो शहर फोहोरको शहर भोखै स्वच्छ हावा वतासको कुरा खाँदा, बस्दा, उठ्दा हरेक पलयो शहरमा त्रासै-त्रासको कुरा मान्छे भएर बाच्न रहर भो अझैं खै खुल्ला मुक्त आकासका कुरा खै गाँस, बास, कपासका कुराखै पूराना इतिहासका कुरा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मनु लोहोरुङ् 5, 2010, 8:20 आज भोली ठूलो पीरमा छु।मुटु चले पनि स्थिरमा छु।सुख खोज्दा दु:ख उनिएर, माछा जस्तै म त झीरमा छु।कहाँ छ र मन फक्रिएको? फूल भए पनि भीरमा छु।बग्यो नदी यहाँ उत्कण्ठको, त्यसैले म वारी तीरमा छु।कहाँ बग्छ भाव संग्लो यहाँ? बीना मुहानको शीरमा छु। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिल अन्जान 3, 2010, 9:34 मलाई देखेर रुन्छ म भन्नै सक्दैनकेके लेखेर रुन्छ म भन्नै सक्दैनत जा यहाँ रुनु हँदैन भन्छुकिन फर्केर रुन्छ म भन्नै सक्दैनऊ गएकी यही ठाउँ हो भन्दैत्यहीँ टेकेर रुन्छ म भन्नै सक्दैनकुनैकुनै बेला कुन्नि के हुन्छ ?बाटो छेकेर रुन्छ म भन्नै सक्दैनअरु सामान्य भए वास्ता गर्दैनथेँमुटु बेचेर रुन्छ म भन्नै सक्दैनकोहलपुर२, बाँके लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बोधराज पन्त 2, 2010, 8:34 प्रतीक्षामा लामो सास फेर्न छाडीदिएँअब मैले उन्को बाटो हेर्न छाडिदिएँ ।कति शब्द कति भाव छताछुल्ल मायाँमायां चोपी मसी चिठ्ठी केर्न छाडिदिएँ ।सोंच्दा सोंच्दै कल्पनामा जस्को बन्थ्यो छायाँअंगालोमा त्यो छायाँलाई घेर्न छाडिदिएँ ।उस्को हात्मा अर्कै मनको साँचो देखेपछिआफैलाई पछ्यौरीले बेर्न छाडिदिएँ ।बाँकी जीवन अब एक्लै बाँच्नु पर्छ मैलेचुलेंसीले आफ्नै घाँटी सेर्न छाडिदिएँ ।फूल भनि काँढा माथि टेकाउने खुट्टायी खुट्टालाई अब मैले टेर्न छाडिदिएँ ।मणिग्राम, रुपन्देही लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भाष्कर काजी 2, 2010, 8:20 भाष्कर काजी तिमीले एक्लै छाड्दा म रोएँघरको न घाटको पार्दा म रोएँ ।मायाको बोट, मैले रोपेको थेँत्यो अर्कै बागमा सार्दा म रोएँ ।कालो रैछ मन, बन्द ओठभीत्रनबोलीकनै माया मार्दा म रोएँ ।कसम, छायाँ हुँ तिम्रो भन्थ्यौपराई तन स्याहार्दा म रोएँ ।भन, के गयौ तिम्ले यस्तो?सडक गल्लि चाहार्दा म रोएँ ।हतारीदै वारी तिर छाडी मलाईडुङ्गा पाल्लो तिर तार्दा म रोएँ ।क्यै मानेजस्तो, क्यै नमानेजस्तोबिस्तारै बिस्तारै टार्दा म रोएँ ।दुनीयाँ नै जीत्ने सहास थियोआफ्नै मनसँग हार्दा म रोएँ ।रुँघा ७, रुकुम, हाल: त्रि. वि. कीर्तिपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल हरिसुन्दर छुकाँ 1, 2010, 9:48 खेलमा जीत हुन्छ खेलमा हार हुन्छहार्नु र जित्नुमै जीवनको सार हुन्छसिक्नुपर्ने धेरै कुरा बाँकी नै छ बुझजोड दुईमा दुई अनि पो चार हुन्छतिम्रो मेरो मात्र हैन नियति नै यस्तैनझरुन्जेल पात झरेपछि झार हुन्छदेखेकै छ देख्नेले सपना दिनमा निदिवास्वप्न उसको कसरी साकार हुन्छरमाऔं हामी दुईदिनको चोला हाम्रोहाँसौ गाऔं के छ र यस्मै संसार हुन्छताथली७, भक्तपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राजकुमार कान्छा 1, 2010, 9:42 सताउन सपनीमा कति आउनुहुँछ ?सामू पर्दा बिपनीमा, कति लजाउनुहुन्छ ? भन्थें, हजुरबाट अलग्यै कतै टाढा बस्छु, नजिक्याउन बाध्य, मनमा कति छाउनुहुन्छ ? हजुरको सामुन्यमा हजार बिन्ती बिसाउँदानी, जालो फिजाइरन पछि कति धाउनुहुन्छ ? खुसाउँदा माया, ठुसाउँदा माय, हरे कति माया, यति धेरै माया ? ममा त्यस्तो के पाउनुहुन्छ ? मेरो माया पाउन किन मरिहत्ते यति धेरै,सजाउनुस् सिङ्गै मलाई, मनमा जति सजाउनुहुन्छ ? लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल पी. एस. लिम्बू "निश्चल" 1, 2010, 2:49 आकाश उघ्रेको रात गुराँसेमा भेट्न आउनू हैहृदयभरिका तृष्णा भरसक त मेट्न आउनूू है जीवन धुन निकाल्ने म तिम्रै सारङ्गी हुँयसपाली त धीत् मरुञ्जेल रेट्न आउनू है एक्लै हुँदा दुरुस्त सिसिफस लाग्छ जीवनदुःख रूपी चट्टानसँगै घचेट्न आउनू है शिशिरयामको नागीमा प्रतीक्षा गर्दागर्दैकठ्यांग्रिएमा न्यानोमायाले लपेट्न आउनू है भेट्ने वाचा गरी भेटेनौ ‘निश्चल’ लाईविचलित भावानाहरू समेट्न आउनू हैसुनसरी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिव आर्य 28, 2010, 9:42 पिउँदै पिउँदै चलेको छ जिन्दगीलड्दै र उभिदै चलेको छ जिन्दगी यो भिडमा म मर्नु, बाँच्नुको के अर्थतैपनि जिउदै चलेको छ जिन्दगी खिईदै, घोटिंदै अनि चोईटिईदैवर्खा र हिउँदै चलेको छ जिन्दगी वेवस्ता र अपमानले फाटेको मनसिउँदै सिउँदै चलेको छ जिन्दगी ज्यू हजूर हस् हजूर यस्तै छ दैनिकीसधैं निहुरिदै चलेको छ जिन्दगी । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल टेकेन्द्र अधिकारी 27, 2010, 8:53 भेटेसम्म हजुरको 'चरण’ पनि परेकै छु देखेसम्म हजुरको 'सेवा’ पनि गरेकै छु रिस देखेँ मुहारमा आपत् के आइलाग्ने हो सकेसम्म हजुरको 'तोङ्बा’ पनि भरेकै छु मेरो भन्नु के छ र ! सबै हजुरकै त हो भ्याएसम्म हजुरको 'मेवा’ पनि छरेकै छु आफूजस्तै अरू ठान्ने बुद्धि चाहिँ नफिर्ने भो बुझेसम्म हजुरको 'खातिर’ आफू मरेकै छु दुःख लाग्छ एउटा कुरा नबुझी नै मरिने भो सम्झेसम्म हजुरको 'तल’ आफू झरेकै छु मुठ्ठी कस्यो 'टेकेन्द्र'ले साथ अब तोडिने भो जानेसम्म हजुरको 'मुटु’ मैले चरेकै छु ज्यामिरे-८, खोटाङ, हालः विराटनगर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल रोहन चर्मकार समिप 27, 2010, 8:48 न त रुँदा बरै भने न त हाँस्दा ताली पाएँन त टेक्ने हाँगा पाएँ न समाउने डाली पाएँ । जिन्दगानी हराभरा पार्ने ठूलो सपना थियो खडेरीले उजाडिदियो न त बर्खे बाली पाएँ । सत्य बोले सदा मैले तिम्रो मात्र गुन गाएँत्यही हुनाले तिमीबाट मुख्नभरी को गाली पाँए । सरस्वती जस्तो ठान्थे तिम्रो रुप र गुण मैले अनर्थ भो जिन्दगिमा तिमी साह्रै जाली पाँए । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सरोज गिरी 27, 2010, 8:41 अबदेखि फूल पनि पात-मा फूल्छ ।शितल सूर्य पनि अब रात-मा फूल्छ ।। जता म जान्छु त्यहाँ सधै जीत हुन्छ,खुशी पनि अब सधै हात-मा फूल्छ ।। मेरै साथ मिठो,सब्लाई राम्रो मेरै मुस्कान,प्रीत पनि अब मेरै साथ-मा फूल्छ ।। जहाँ पुग्छु त्यहिँ भीड ताली बजाउँछ,सत्य पनि अब मेरो माथ-मा फूल्छ ।। कास्कीकोट-७, कास्की लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बोधराज पन्त 27, 2010, 8:34 सोध्न मन लाग्छ, किन मान्छेहरु राम्रा हुन्छन् ?जो राम्रा हुन्छन्, भित्रभित्रै नराम्रा हुन्छन् ।हाँस्दा फूल खस्छ, मोतीका दाना छिरोलिन्छन् आँखाभरिबँच , यी राम्रा मान्छे भोग्न साह्रै चाम्रा हुन्छन् ।जसको पनि मन भेटे बाटोमा , टिप्छन् हिंडिहाल्छन् यिनीहरुफीर्ता मन माग्न जानेको लाममा हेर धेरै अनुहारहरु हाम्रा हुन्छन् ।तिमी घायल छौ छैनौ थाहा छैन, म त यी रक्ताम्य छु हेरसावधान ! देख्नलाई त विध्वंशक ती वमगोला पनि राम्रा हुन्छन् ।मणिग्राम, रुपन्देही लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल हरिसुन्दर छुकाँ 26, 2010, 8:52 रगतको होलीले त्रस्त छन् जनताहरुअन्धकार भोलीले त्रस्त छन् जनताहरुदिनैपिच्छे रेटिए मान्छे बोकासरी यहाँबन्दुकको गोलीले त्रस्त छन् जनताहरुमुखमा राम राम बगलीमा छुरा भिर्छन्लुटेराको टोलीले त्रस्त छन् जनताहरुबोलुँ कि नबोलुँ गार्है छ चिन्न आप्नाहरुधम्क्याउने बोलीले त्रस्त छन् जनताहरुझुमेकाछन् जनता टोल बस्ती चौतारीमाबेवारिसे झोलीले त्रस्त छन् जनताहरुताथली ७,भक्तपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जितेन्द्र मल्ल 26, 2010, 8:43 मुटु भरी वेदनाले , आँशु झार्दा गजल बन्छ ।।यो मनले त्यो मनमा, डेरा सार्दा गजल बन्छ ।। सुख दु:ख सँगम जीवन, भन्छन भन्नेहरु तर ,दु:खरुपी तुवाँलोले, सुख बार्दा गजल बन्छ ।। अन्धकारमै हराएर, सारा जीवन जिउँदा जिउँदै, उजेलिमा रम्ने झिनो, आश मार्दा गजल बन्छ ।।कि त पढि कि त परी , जानिन्छ रे भन्छन यहाँ ,पिडासँगै जीवन अझै, सुनझै खार्दा गजल बन्छ ।। जीवन भन्नु जुवा ठानी,खुशी सबै दाउमा राखी,'जितु'ले नै जिन्दगीको, बाजी हार्दा गजल बन्छ ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल निस्तेज 25, 2010, 11:47 समीप तिम्रो परेर हारेंभएर बादल झरेर हारेंम भर् हजुर्को गरेर हारेंर प्रीत मात्रै छरेर हारेंघना अँधेरो उजेलिएनबिहानीको रङ् भरेर हारेंछ राम पूर्वाग्रही र रावण्त भन्छ सीता हरेर हारेंथियो तगारो सरी सीमा जुन्त्यही सीमाना तरेर हारेंतिमी थिएनौं विजयसभामाम जीतले नै बरेर हारेंरुँदै उ स्वीकार गर्न थाल्योपुरै भकारी भरेर हारेंऊ भिर्छ तक्मा पदक् नखेलीम चाहीँ पालो टरेर हारेंवजूद ‘निस्तेज’ भा’छ मेरोसधैँ अगाडी सरेर हारें । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल उमा सुवेदी 25, 2010, 2:49 तिमी मग्मगायौ र होसै उडायौ उड्यौ भुन्भुनायौ र होसै उडायौउदायौ सरच्चन्द्रको पूर्णिमा झैंखुल्यौ झल्मलायौ र होसै उडायौबजाएर पायल् हिड्यौ सुस्त सुस्तडुल्यौ सल्बलायौ र होसै उडायौबन्यौ वाग पुष्पै चल्यो वास मन्दफुल्यौ हर्हरायौ र होसै उडायौहिड्यौ नागवेली लतीका सरी भैबग्यौ कुल्कुलायौ र होसै उडायौ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बोधराज पन्त 24, 2010, 8:10 शंका लाग्छ आफैलाई ज्यूँदो लाश हूँ कि म ?निर्जन कुनै मरुस्थलको हुरी बतास हूँ कि म ?ख्वै अस्तित्व आफ्नोपनको नहुनु या हुनु के हो आँधी संगै उडि राख्ने भूवा कपास हूँ कि म ?टाढा टाढा शुन्यता यो क्षितीज पारी के छ के छ ?नगर्जिने नबर्सिने बाँझो आकाश हूँ कि म ?न गन्तब्य न मन्तब्य त्यसै त्यसै हिंडि रे’छुतिर्नु पर्ने नतिरेको बाँकी हिसाव हूँ कि म ?के हूँ ? को हूँ ? कसरी हूँ ? किन हूँ ? म थाहा छैनम छु, छैन ? भन, कतै रित्तो आभाष हूँ कि म ?मणिग्राम, रुपन्देही । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राज कुमार पुडासैनी 24, 2010, 8:07 कुन भाषामा सम्झाउँ साथी, हाम्रो देश नेपाल हो योसानो ठूलो जे भए नि, हाम्रो निम्ति बिशाल हो यो | अरुको लागि केहि न होला, तर हाम्रो प्राण यहीप्यारो अरु चीजै छैन, आफ्नो भन्नु नेपाल हो यो | शरिरको अंग जस्तै, मधेश पहाड़ अभिन्न छहामी सबको यौटै प्रतिक, साझा शीर हिमाल हो यो | लड्ने मार्ने दिन गए, सबै मिलि बस्नु पर्छकसले भन्छ तेरो मेरो, हामी सबको नेपाल हो यो | कसले गर्यो भागबन्डा, हाम्रो साझा मुलुकलाईहामी सबको एकताको, पवित्र देश नेपाल हो यो | नुवाकोट, हाल: बेल्जियम लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल देबेन्द्र कार्की 22, 2010, 10:33 साउसँग, नेतासँग, हिरोसँग कहिल्यै भेटिदैनत्यसैले आफ्ना मनको व्यथा कतै लेखिदैन ।अध्यारोमै राख्न चाहन्छन् निष्ट सत्ताधारीहरुछेक्न खोज्छन हत्केलाले सूर्य तर छेकिदैन ।उकालोमा बुई चढ्ने ओरालोमा चिप्लने नेताहरु,दियालो बल्ने झुपडीतीर कहिल्यै देखिदैनन ।विमोचिन पछि मुक्त भए झै कवि कलाकारहरु,तर कविता र गजलको सिउदो भने कतै रेखिदैन ।कुर्सी होडमा जालो बन्छन् हाम्रा राजनेताहरुडामाडोल भो राजनीति चिन्ता कसैमा देखिदैन । धरान लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राजकुमार कान्छा 22, 2010, 9:29 बादल बिना 'सानुमाया' पानी परेपछि ।बिनाअर्थ आँखाबाट आँशु झरेपछि ।। तिम्रो सम्झनाले सताउँछ किन किन?मेरो बाग छोडी अन्तै डेरा सरेपछि ।।सुकेको घाउ आलोसरी दुख्छ अचेल,दोबाटोमा भेट हुँदा आँखा तरेपछि ।।एकअर्काको हात थामी कति जंघार सँगै तर्यौं,कति दुख्दोहो यो मन, एक्लै घाट तरेपछि ।।तिम्ले दे'को माया 'कान्छा'ले नि भुलिसक्यो,यति चोखो, मीठो मायामा तिम्ले छल गरेपछि ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नरहरी मिश्र 20, 2010, 9:43 भाले भएर पनि म न त कहिल्यै बास्न सकेकुरा खोल्न सकिन बोल्न न त कहिल्यै हाँस्न सकेंथा'छ मलाई दिलमा बस्न बोलाका छन् नयनलेमन भित्रका लेउझेऊहरु न त मैले तास्न सकेंम पनि गर्छु धेरै माया सायद तिमीले भन्दा बढिप्रस्तुत गर्न जानिन मात्र न त प्रीत गाँस्न सकेंअबुझ पक्कै होईन म आँखाको ईशारा बुझेको थेंतिम्रो छातीमा मेरो छाती न त कहिल्यै टाँस्न सकेपगाल्न नि परेन मलाई तिमी आफै पग्लेकीथ्यौअगाल्न नि सकिन तिमीलाई न त माया मास्न सकें तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आशिष दुलाल 19, 2010, 5:54 एकोहोरो हुनै खोज्दा हिलाइदिने तिमी हुनुजान लाग्दा अन्तिम घुटका पिलाइदिने तिमी हुनुबोलि बस्ला तिमीसँग बाचा गर्न बाँकि नै छतर पनि भेट्ने कसम खिलाइदिने तिमी हुनुलान खोज्छु होला सबै तिम्रा तस्विर पत्रहरुशाभिर भित्र एउटा खल्ति सिलाईदिने तिमी हुनुबोलि बस्यो, स्वास बन्द मनको गजल अधुरै छकाफिया रदिफ पुरै मिलाइदिने तिमी हुनुआखिर त म हराउने छु हेर्दा हेर्दैस्वप्नमा आउने हक दिलाइदिने तिमी हुनु रेडियो मकवानपुर, हेटौडा -५ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सबिन सिंह 18, 2010, 9:52 माया मिठो पाएरै हो, पल्केको यो मन ।फर्किफर्कि त्यतै तिर, ढल्केको यो मन ।।शरमले हो कि किन चिम्लेकी छौ आखाँ ।तिम्रै माया ओढी होला, टल्केको यो मन ।।विछोडको कथा बुनि झस्किन्छु म कैले ।विनासित्ती कल्पनामै, सल्केको यो मन ।।फुर्ती बेग्लै देख्दैछु म चंचले यो मनको ।मायालु यी रानी पाई, झल्केको यो मन ।।साथ अनि समर्पण पाई धन्य भएँ ।खुशीहरू आँखाभरि, छल्केको यो मन ।।कपिलवस्तु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भाष्कर काजी 16, 2010, 10:23 भाष्कर काजी चाहिँदैन दर्शन तिम्रो, सक्छौ एक गास देउझूपडिमै भए हुन्छ आनन्दको बास देउ ।हातगोडा सम्पत्ति छन्, मृत्तिका हाम्रो देशश्रम रोपी सुन फलाउँछौँ सक्छौ बाहुपास देउ ।चाहँदैनन् बमको खेती, शान्तिप्रेमि नेपालीलेन्याय छरी यो भूमीमा चयनको सास देउ ।दौरा सुरुवाल छोड्यौ, टाई सुटमा हुन्छौ तिमीसुटबुट माग्दैनौ हामी जीउ ढाक्ने कपास देउ ।बिर्सिदेउ तितो अतित् ,अझै समय बाँकी छभविष्यका सन्ततीलाई सुनौलो इतिहास देउ ।पाप लाग्छ तिमीलाई, धेरै सिउँदो उजाड्यौनछुटाईदेउ जोडि ढुकुर मीठो मधुमास देउ ।रुँघा ७, रुकुम,हाल: त्रि. वि. कीर्तिपुर। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बिजुला थापा 16, 2010, 10:06 खुशी खोज्दै सिद्धिन्छ, रहर रै'छ जीन्दगीअभावमै बित्छ साँच्ची कहर रै'छ जीन्दगी ।माथि आशा पिल्पीलाउँछ, तल जीवन मर्छबत्ती मुनीको अँध्यारो शहर रै'छ जीन्दगी ।मान्छे भन्छ, रातपछि त उज्यालो हुन्छ रेभाष्कर बिनाको बिहानी प्रहर रै'छ जीन्दगी ।आवरण जति फेरे नी, खै को छ सुखी यहाँ ?तडपाएरै मार्छ अनौठो जहर रै'छ जीन्दगी ।जति घुमे फिरे पनि, आखिर उहि सेरोफेरोएक पछि अर्को सपनाको लहर रै'छ जीन्दगी ।बाहिर फिस्स हाँसे नी, भित्र छन् छट्पटीहरुअबिरल बगाउँछन् यी नहर रै'छ जीन्दगी । पाला २, बागलुङ्ग, हाल: त्रि. वि. कीर्तिपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बसन्त मोहन अधिकारी 16, 2010, 10:00 आजभोली माग्ने भन्दा लुट्नेहरु महान अरेलुकीछिपी मान्छे मार्न कुट्नेहरु महान अरेपाप धर्म हाम्रो कर्म आफैलाई थाह छैनगल्ती गरि बिना दण्ड छुट्नेहरु महान अरेदुःख पर्दा आँशु झार्दै मेरो राजा भन्नेहरुफकाएर लुटिसकी चुट्नेहरु महान अरेकर्म गरि खानेहरु गाउँघरका पाखेँ भएकुकर्म र वासनामा जुट्नेहरु महान अरेलोभीपापी घरभरी सुख सयल खोजी राछन्आफ्नो घर भडाएर फुट्नेहरु महान अरे लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल श्याम लामा 14, 2010, 1:57 जान थिएन मसानघाट आए हुँदै आफ्नै मलामीबटुल्न गाह्रो जिन्दगीको धाए हुँदै आफ्नै मलामीबली रहन चाहेथेँ सँगै बनी दियो झलमलसल्किदै आएछ दागबत्ती लगाए हुँदै आफ्नै मलामीबाँचेको जिवन हाँस्छन सबै म मरेको हाँस्नुमाबचेँ कुचेको डढाउँनमा सघाए हुँदै आफ्नै मलामीफैलाउन नाम जगतमा लेखी टुक्रा एक कागजछोड्दै स्वतन्त्र सर्बत्र जलाए हुँदै आफ्नै मलामीसपना गहिरो सागर भन्दा अनि नदी भन्दा लामोरहलाकी भन्दै गन्ध बगाँए हुँदै आफ्नै मलामी सिन्धुली,माझुवा, हाल: दोहा, कतार लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल संगम सापकोटा 11, 2010, 11:36 वरिपरि आँखा छलि उनलाई लिइ गएछु मभावना संग गोधुलिमा कता कता बहेछु म उनि मेरो साथ हुदाँ छुट्टै मजा जोस थियोहिड्दा टाढा पुगिएछ थकाई त्यो सहेछु म सुनसान हरियाली ठाउँमा अव वसौँ भनिन्मेरो सिरानि कहिले उनको सिरानी भएछु म एउटा कुरा राखे धक अलि मानिन् लाज पनिचुम्बन लिए आधरमा मंजुरीमा लएछु म अंगोलमा कस्सियौँ जव के भो पछि नसोध अववर्वराउँदै उठेँ थुइक्क सपनिमा पो रहेछु म दमौली एफ.एम. तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बिश्व घिमिरे 11, 2010, 2:42 आएनन् पापी फर्केररुन्छ नि छाति चर्केर ।बलेनि झैं भए गहन निभ्यो डाह दर्केर ।कर्म फुट्यो धैर्य टुट्योबित्ने भो जुग पर्खेर ।आए है पुग्छ सहन्छुअव बोलेनि झर्केर ।फिनल्याण्ड लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल खगेन्द्र पन्धाक लिम्बू 11, 2010, 2:36 मरे मर्छु । घाम हर्छु । मन फांडी, बिऊ छर्छु । धर्म कल्पी, नित्य गर्छु । युग तिर्न, कर्म भर्छु । आँसु मागी, दील तर्छु । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आशांक उपाध्याय 9, 2010, 9:10 पोखिंदा झुल्को लालीमा, टल्कीन्छ पुष्प डालीमा | लालित्य रुप गालीमा, देखियो हर्ष मालीमा ||पखाल्दो बाग लौ हेर, शीतको थोपा झरेर | उडायो रात्री निशानी, मुस्कायो दिन पालीमा ||मायामा मग्न भंगेरो, भंगेरी साथ बचेरो |देखियो प्रेम स्वरूप, खेतको डिल आलीमा ||हुल यो बाटो गोरेटो, घोच्दोछ तीर शिरेटो |गुञ्जियो खुल्दो बिहानी, गाग्रीको धुन तालीमा ||नारेर गोरु जुवामा, बदल्दो बाँझो रुवामा |देखेर स्वप्न मुरीको, रमायो धर्ति फालीमा ||हातमा लौरो लगानो, लाग्दैन जोश पुरानो |असारे हिलो बन्दोछ , हलीको लक्ष्य बालीमा ||गोठमा लैनो गाई छ, पगार्ने बाच्छो भाई छ |छोराले मुख मिठ्यायो, रमायो दुध छालीमा || कालिन्जोर-२, सर्लाही, हाल: ईराक लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विक्रम तिमिल्सिना 7, 2010, 10:06 नचाहिने नाताहरू गाँसिन्छन् के गर्नु ?बनाउँथेँ ताजमहल भासिन्छन् के गर्नु ?मनभित्र सजिएका मनमै मर्दा रै’छन् आफ्नै मनले नखाएका टाँसिन्छन् के गर्नु ?सोचेभन्दा रङ्गीचङ्गी संसार भेटेँ कतिआँखा खुलेपछि सबै मासिन्छन् के गर्नु ?ढुङ्गा हुँ म, फूल तिमी नआऊ भन्दाभन्दै बेहोसी भई ठोक्किएर नासिन्छन् के गर्नु ?प्रेम नै हो पूजा भनी पग्लिनेकै शीतल माया बगाउने मुटु तासिन्छन् के गर्नु ? लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आयुष चौधरी सम्मोहन 4, 2010, 10:32 शान्त समुन्द्रको जस्तो स्थिर रै'छ जीवननयन रुँदाको आँशु पिर रै'छ जीवन ।।उज्यालो पन्छाउन नसके पनि दीपलेउज्यालो दिने प्रकाशको तिर रै'छ जीवन ।।भयानक डँढेलोको जस्तो उग्रता पनि छ एकोहोरो यात्रा बिचको भिर रै'छ जीवन ।।मैन पनि बल्दै जाँदा पग्लिदै पो जान्छ पग्ले सबै अवशेषमा जन्जिर रै'छ जीवन ।।रझेना ५,कृष्णनगर, बाँकेहाल: रेडियो जनआवाज ९७.३, नेपालगंज लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल संगम सापकोटा 4, 2010, 12:01 माया लुटि बैगुनीले दिल पारी खाली आजसपनाको रुख चढाई फेदैबाट ढाली आजरहरहरु फुलाएथें उद्दानका पुष्पसरीकाट्नुपर्ने छाँट्नुपर्ने कता गइ माली आजरमिते हो दुनिया यो सबैको उपहास भएंआँशु झर्दा नयनबाट बजाए ती ताली आजलाज पचेकी त्यो बैगुनीलाई के भनौं र खैउसले दे'को आशिष पनि लाग्न थाल्यो गाली आजबाटो मोडे रुन्छु भन्थी छोडे एक्लै हुन्छुचोखो माया कुल्चिएर अन्तै पाईला चाली आजदोष आफ्नो लुकाएर मन मेरो दुखाएर अवशेष गरिमा त्यो नक्कलीले फाली आजसाँढे सातको दशा हो की खै केको नशा होआवश्यक भन्दा बढी अभिलाषा पाली आजपानीमाथि आगो बाल्दै बालुवामा पानी हाल्दैलुटाउँदैछे प्रतिशोधमा पवित्र दिलको थाली आजदमौली एफ.एम.,तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आकृति सुरज 2, 2010, 8:23 सामु आऊ तिमीलाई हेर्न मन लाग्यो सुम्सुम्याउँदै मायाले छुन मन लाग्यो भावना भित्र त्यो सपना सजाउँ कति आशा भरिएको बात मार्न मन लाग्यो छाड ती बंधन जो थोपरिएका छन्तिम्रो पातलो ओठमा चुम्न मन लाग्यो वासना त्यो नठहरियोस चाह यी मेरा केश राशी संगै सुस्ताउन मन लाग्यो सम्हाल अब मेरा जीवनका आकांक्षात्यो नयन भित्र कैदी बन्न मन लाग्यो सीयाटल, अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राज कुमार पुडासैनी 1, 2010, 8:26 अभुतपूर्ब एकता त्यो, बिर्सियौ कि कुन्निती हातसंगै यी हातहरु, बिर्सियौ कि कुन्नि || लक्ष यौटै मुक्ति यौटै, हिजोसम्म यात्रा यौटै कुन मोहमा फस्यौ आज, झुक्कियौ कि कुन्नि || अगाडिको साथी ढल्दा, तिम्रो आँसु मैले पुछ्थें सम्झी हेर ती दिन फेरी, बिर्सियौ कि कुन्नि || 'इन्क्लाब' जिन्दाबाद, जन-सागरले शहर घेर्दा दुश्मनको के हाल भो, बिर्सियौ कि कुन्नि || सडक भरि जनताको, आवाज र सपना बाहेक अरु पुग्ने बाटै छैनन्, अल्मलियौ कि कुन्नि || पानी जस्तो सस्तो होईन, हज्जारौंको रगतले बल्ल तल्ल ल्या'को 'चीज'लाई, बिर्सियौ कि कुन्नि || नुवाकोट, हाल: बेल्जियम लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 31, 2010, 4:55 आजभोली बोलाउँदाखेरि बोल्न छोड्यौ के भयो र भूल मेरो फेरि बोल्न छोड्यौ । खाली थियो मुटुभित्र जिन्दगीको पाना त्यै पानामा नाम आफ्नो हेरी बोल्न छोड्यौ । इशाराले दोबाटोमा पर्खायौ र फेरि बिना दोष नै मलाई केरी बोल्न छोड्यौ । कैलेकाहीँ हिँड्दा तिम्रो आँगनीको बाटो त्यो बाटोलाई बारले बेर्ही बोल्न छोड्यौ। सधैं भेट हुने हाम्रो त्यो गोरेटो, गल्ली सवैलाई पर्खालले घेरी बोल्न छोड्यौ । अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आशांक उपाध्याय 31, 2010, 2:00 बन्दैछ, पिरती यो धनको गजल लेख्दैन, मसी कालो जनको गजल फुर्दैन, कत्ति गर्दा दिमाग घुमाई झम्टिन्छ, फर्की फर्की तनको गजल सुन्दैन, कोहि यहाँ अरुको दु:खाई देखिन्न, रंगी चंगी वनको गजल भर्दैछ, रक्त कुण्ड बढेर लडाई जानिन, रच्न आफ्नोपनको गजल गन्दैछु, रोइ रोइ दिन यो बिताई सक्दिन, लेख्न भित्री मनको गजलकालिन्जोर-२, सर्लाही, हाल: ईराक लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल श्याम घलान 28, 2010, 12:25 तिमी सामु आज मैले हात छोडेँतिम्रा झुटा कशम साथै बात छोडेँपहिला लिई हातमा फूल पाउमुनीकिच्चिएको डाँठ अनी पात छोडेँकल्पना गरायौ उज्यालो आँखा छोपीदिन भन्यौ मैले जुनेली रात छोडेँबिना तिमी एक्लो जीवन अन्धकारआज भुल्न नसकिने चाहत छोडेँतिम्रै तस्बिर स्मृतिको हल्का नशालठ्ठीएर यही नशामा साथ छोडेँमाझुवा ४, सिन्धुली; हाल: दोहा, कतार लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विक्रम तिमिल्सिना 27, 2010, 12:30 गहिराइ चुमेँ लाग्छ, तिमी खुल्दैखुल्दै जान्छौअरू झर्छन् फुलेपछि, तिमी फुल्दैफुल्दै जान्छौ होलान् दुःख तिम्रा पनि, मुटुभित्र चोट होलान्मलाई सम्झिएर सायद बाँकी भुल्दैभुल्दै जान्छौ कतिकति सीमा टुटे, कति बन्धनहरू फुटेअजम्बरी तिम्रो नाता तिमी घुल्दैघुल्दै जान्छौ हिजोसम्म बन्द ढोका खुलाएर तरङ्गमातनदेखि मनसम्म तिमी डुल्दैडुल्दै जान्छौ । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल संगम सापकोटा 26, 2010, 7:47 एउटा कुरा भन्नु थियो माया लाउनेहरुलाईप्रिती सस्तो बनाई गजल गाउनेहरुलाई खोजेर माया पाईन्न हजुर रोजेर माया लाइन्नअर्काको दिलमा बलजफ्ती धाउनेहरुलाई सजिलै पाए माया सस्तो नपाए प्रतिसोध जस्तोबलिदान भुलेर बादल बनी छाउनेहरुलाई मायामा समर्पण हुन्छ न कि मोल र शर्त अरुधाँधलीमा बाजी जिती अरु हराउनेहरुलाई चिने श्रीखण्ड माया नचिने खुर्पाको बिंड हुन्छ मित्रअनमोल यो माया बेचि बदनाम गराउने हरुलाई अनुमति वीना बगैंचा घुमी रस चुस्न पल्केकाबैमान भमरा झैं फुलमा मन चराउनेहरुलाई जवानीको जोशमा होसको ओखती खानु पर्थ्यो संगीविचरा भन्दिन म प्रेममा धोका पाउनेहरुलाई दमौली एफ.एम. तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मनु लोहोरुङ् 25, 2010, 3:12 नछुटिने एउटा नाता,जोड्नु थियो तिमीसँगै नटुंगिने एउटा यात्रा, मोड्नु थियो तिमीसँगै ।चाहिँदैन मलाई यहाँ,घोच्ने काँडा गुलाफको, अजम्मरी एउटा फूल, गोड्नु थियो तिमीसँगै ।जुनी-जुनी अधर गाँसी,जिन्दगीको उकालोमा, दु:खका यी पहराहरु, फोड्नु थियो तिमीसँगै ।खुराफाती गर्ने गरुन, मात्र साथ पाए तिम्रो, समाजको बन्धन सबै, तोड्नु थियो तिमीसँगै ।सितलपाटी-६,संखुवसभा; हाल: इजरायल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल पोखरेल पवित्रा 23, 2010, 11:49 तिमी आयौ सम्झनामा मिठा सपना बुने मैलेहराउछ्यौ कि कतै भनि आँखा भरि थुने मैले प्राण भर्यौ निरस मेरो जीवनमा तिमी आइ एकान्तमा तिम्रो भाका रात भरि सुने मैलेओइलाएर झरीजाने मौसमी फूल नहोस भनि हाम्रो माया मखमली माला भरि उने मैले नियतिले दूर पार्यो आज हामी दुवैलाईतिमीलाई सपनीमा गाला भरि चुमे मैले ईश्वरको रचनामा सर्वश्रेष्ठ तिमी एक तिमीलाई हजारौको भिडभरि चुने मैले लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 23, 2010, 11:42 आज भोली हरेक रात आँसुले धुन थालेको छुहोश दुख्छ र त मदिराका प्याला छुन थालेको छुअनुरागमा दाग थियो या घात मेरो भाग थियोसमाधान नपाएर आँफै प्रश्न हुन थालेको छुशुभकामना कुशल मंगल त्यस्तै भो यो जुनीमाआफ्नै मृत्युमा बजाउने शोकको धून थालेको छुबिचलन भ'का बिचारमा सन्तुलन हुन्छ कहाँगल्ली गल्ली बेबारिस मन्को बह फुन थालेको छुबदनाम छु गुमनाम थिए बजारमा बेचिएसहि गलतको के भो मन्थन पुन: थालेको छु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल डि.बी. जिरेल 21, 2010, 9:34 छातीमा जडिरहने जुहार भनुँ कि सरताज भनुँमेरी प्राण प्रियारीलाई लैला भनुँ कि मुमताज भनुँ । बेसुराबेसुरा उनीबिना, सारा बज्ने बाजाहरुउनीलाई मेरो सङ्गीतको, अदा भनुँ कि आवाज भनुँ । प्रभात आउँछ याद बोकेर, सन्ध्या जान्छ झल्का छाडीदुई घडी जिउने जिन्दगीको, सार भनुँ कि राज भनुँ । भावनाको सागर तरी, सगर नाप्ने धोको मेरोयात्राभरिको सङ्गिनी उनी, डुङ्गा भनुँ कि जहाज भनुँ । लाख जन्म लिएँ सायद, उनीसँग मिल्नलाईमेरो तपस्या उनीलाई, कुरान भनुँ कि नमाज भनुँ । अल्झिएर कहीँकतै, गाह्रो यात्रा रोकेका बेलाअँध्यारो रविमा उज्यालो थप्ने, नुर भनुँ कि नाज भनुँ ।जिरी ८, दोलखा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल तेजविलास अधिकारी 21, 2010, 9:29 चाकडी र चाप्लुसीलाई माया गर्छौ तिमीगरिखाने सामान्यलाई आँखा तर्छौ तिमी । न छौ स्वच्छ न छौ सफा भन्छौ सुन्दर छुफोहोरको डङ्गुरभित्रै स्वार्थ भर्छौ तिमी । दाता आए हात पसार्छौ नुन माग्नेलाई गोलीस्वार्थरुपी आगो ताप्न नजिक सर्छौ तिमी । पदमा हुँदा ढोग्छौ दिनरात लुट्नु स्वार्थ लुट्छौखाई पचाइसकेपछि उजुर गर्छौ तिमी । कुरा ठूलो काम शून्य कस्तो बानी ढङ्गसदाबहार सत्ता दाग्नै मुच्र्छा पर्छौ तिमी ।चितवन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गोपाल झापाली 19, 2010, 7:56 गोपाल झापाली बोट बाट झर्या फूल गन्छौ भने ठिकै छ,अझै पनि मलाई आफ्नो भन्छौ भने ठिकै छ ।कस्तुरीझै आफ्नो बीना खोज्छेउ कतिन्जेल,जून खोज्न माटो मुनि खन्छौ भने ठिकै छ ।बिर्सिदेउ भनिसके सम्झिएर रुन्छौ किन,नभएको चोट तिमी सहन्छौ भने ठिकै छ ।कागजको थुँगा सजाई कहाँ हुन्छ फूलबारी,हीरा तिमी आफै कौडि बन्छौ भने ठिकै छ ।लामो हुन्छ जिन्दगी त यात्रा अबिराम छ,गन्तब्यलाई बिर्सिएर एक्लै रहन्छौ भने ठिकै छ । लखनपुर ४, झापा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राजा आचार्य 19, 2010, 7:50 मुगलान नपस भन्दा भन्दै किन पसेको हँश्रम सिप खन्याएर त्यहाँ किन बसेको हँ सगरमाथा चुमिरहने तेरा पुर्खाहरु थिएनाक काट्न विरहरुको खाडिमा किन खसेको हँ श्रीमतिको मन बुझ्ला र तेरो धन कमाइलेअँगालो रित्याइ जवानीलाई किन डसेको हँ यै हिमाल यै पहाड यै तराइ सुन्दर छन्गुलामिको दलदलमा अझै किन फसेको हँ फर्कि माहिला फर्कि अब साहिलोलाइ साथ लिइभोको पेट दबाउन कम्मर किन कसेको हँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बिलासी पागल 19, 2010, 7:38 शंकै लाग्छ पूरा आयू अब जाँचिन्छ कि जाँचिदैन बिरानो भएँ तिमीसँग अब बाँचिन्छ कि बाँचिदैन तिमीसँगै साथ हुदाँ पो रमाइलोमा सरीक हुन्थेमन कुँडियो एक्लै अब नाँचिन्छ कि नाँचिदैन तिमीले फूलको रहर गर्दा उपहार सिंगै डाली हुन्थ्यो त्यसरी नै लालीगुराँस अब भाँचिन्छ कि भाँचिदैन भबिष्यलाई उज्जवल पार्ने नानाथरीका रहरहरु बुन्थें हृदयमा यस्ता रहरहरु अब साँचिन्छ कि साँचिदैन फेदीखोला-९ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सरोज गिरी 19, 2010, 7:29 चौतारीमा सुन्तलीसँग माया ला'को गजल हो योआली लाउन लाम्टारिमा पर्म गाको गजल हो यो डराऊँदै नजिक आउँथी मजेत्रोले मुख छोप्दैदेउरालीमासँगै मिली कसम खाको गजल हो यो लजाऊँदै शिर राख्थी अग्लो मेरो काँधमाथिसाँझपख पंधेरोमा भेट्न धाको गजल हो यो झुक्याउँदै साथी-संगी गुराँश काफल खान जाँदाहराएर एकैपटक राती आ'को गजल हो यो थाहा पाई हाम्रो माया समाज डाक्दा गाउँ भरीवरिपरि नचाहिदो हल्ला भाको गजल हो यो निस्किई घरबाट दुबै झुप्रोको निवास हुँदामिलिजुली खर काटी छानो छाको गजल हो यो जातपात छुवाछुतको समाज बीचमा पनि लड्दैजुनी जुनी नछुटिने साथ पा'को गजल हो यो कास्कीकोट-७ कास्की लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सबिन सिंह 19, 2010, 7:20 तिमीसँग रमाउने जीन्दगीको सार भयो ।धेरै धेरै जीत अनि अलिकति हार भयो ।।मुस्कान छ प्यारो तिम्रो रूपरंग नै मोहनी ।हेर्नलाई आफ्नै आँखाबीच मारामार भयो ।।कुँडिएको मुटु मेरो सम्हालेर राख्या थिएँ ।माया बोली तीर सरी छाती वार पार भयो ।।भावनाका छालहरू कति रोकें कति छेकें।मदहोश भई गल्ती मिठो बारबार भयो ।।मनभरी राज्य तिम्रो दुःख रम्ने ठाउँ छैन ।खुशीमात्र बस्ने भए आँसु अब भार भयो ।।पूर्णे जून अस्ताएर औंसी रात छायो किन?हराएको मुस्कान त्यो मुटु रेट्ने धार भयो ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राज कुमार पुडासैनी 15, 2010, 7:22 न जलाउ भो जल्दै म मरुँ कसरी मायाको त्यो तापमा म जलुँ कसरी उज्यालो त छँदै छ चम्किलो त्यो मुहार झन् तिम्रो रूपको त्यो बयान म गरुँ कसरी फुत्कनै असम्भव मायाको त्यो जालमा फसेकै छु पहिल्यै म भनुँ कसरी मनको त के कुरा तनको त्यो चालढालभो गार्हो भो म आफूलाई सम्हालुँ कसरी मेरा मनमा तरङ्ग तिम्रा ती हाउ भाउ देखेर तिमीलाई म सोधुँ कसरी नुवाकोट, हाल: बेल्जियम लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिल अन्जान 14, 2010, 8:10 हुने गर्थ्यो नेपाल बन्द कुनै समयमादाजु भाइमा थियो द्धन्द्ध कुनै समयमाबस्ती बस्ती शहरमा इज्जत लुटिएररुदै हिड्थे भाउजु नन्द कुनै समयमादेशको लागि मर्दा म कायर भन्छौ ऐलेभएन कि आवज बुलन्द कुनै समयमाडर पनि त थिएन रिसराग पनि थिएनधेरै सम्म भयो आनन्द कुनै समयमाजता हेर्यो आफन्त कै रगत मुछिएरमाटोमाथि आउँथ्यो गन्ध कुनै समयमारेडियो कोहलपुर एफ.एम. बाँके लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विष्णु प्र. चापागाईं 12, 2010, 8:17 माया लाएर पो हो कि, कसम खाएर पो हो किदिन दिनै सुकिरहेछु म तिमी नपाएर पो हो किकस्तो चीज हो यो आफैमा रोग उब्जिदिनेघाँटी सुकिरहन्छ तिम्रो गीत गाएर पो हो किदोष छैन यहाँ कसैको नसराप्नु पनि कसैलाईटुक्रा-टुक्रा भयो मुटु प्रीत लाएर पो हो किपर्खिरहेछु त्यो दिन तर जीउने आशा नि मर्योबर्बाद भएँ म अब अझै तिमी नआएर पो हो कि दमक, झापा; हालः दमाम, साउदी अरेबीया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आयुष चौधरी सम्मोहन 12, 2010, 4:20 रातभरी सितको थोपा खस्यो आँगनीमाआज फेरी ब्यूँझ्यो अतित डस्यो आँगनीमाथाहै पाईन त्यतिबेला केही पनि बेहोसीमाकति खेर तिम्रो तस्विर बस्यो आँगनीमासमानान्तर रेखा जस्तै हाम्रो मिलन दौडिरहदाआशा सबै निराशा भै फस्यो आँगनीमागाह्रो भयो पुरा गर्न जिन्दगीका पानाहरुलेखिएन मनको ब्यथा पस्यो आँगनीमारझेना ५ कौशिलानगर, बाँकेहाल: रेडियो जन आवाज एफ. एम. ९७.३ मेगाहर्ज, नेपालगञ्ज लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिलविवश भट्ट ‘कञ्चन’ 12, 2010, 4:15 हो आज म कसैको परानीको कुरा गर्दैछुसंगै विताएको त्यो सिरानीको कुरा गर्दैछुआफन्तको यादमा तड्पि रहन्थे कैँयौ पलपराई ठानेपछि एक्लै बिरानीका कुरा गर्दैछुएकान्तमा बाँडेका सपना दनदनी जलाएमन बहकाई उडेको खरानीका कुरा गर्दैछुमायाको खोलले ओडाउछु भन्थिन उनीकिनार छाडी जाने महारानीको कुरा गर्दैछुरित्तिएको भर्नलाई दैलो दैलो चहार्दै हिड्नेदया हैन मायाकी खानीका कुरा कुरा गर्दैछुशिखरपुर९ शितलकुञ्ज, बैतडी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मोहन लम्साल 11, 2010, 8:33 धाजा धाजा भएकोछ मन हिजो आज लाग्छ डर सम्झी भोलि कस्तो होला राज देखे पछि भुलिरा'को चारो तिरै माऊ चल्ला टिप्ने दाउमा छ नजिकैको वाज वौलाएको मान्छे'रे फोहोर टिपी रा'कोदेखि हास्छन सद्धेहरु पचाएर लाज चिन्तित छन् क ख पढाउने गुरुहरु सिक्न थाले पछि चेला बन्दुक-कवाज कराएनी मेची-काली लेक-बेसी चर्कीइपुग्ला कहिले भित्ताका कानमा आवाज हाल: सुडान लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नवराज आचार्य 10, 2010, 11:40 प्रितसँगै मुस्कुराउ, मुस्कुराउँदै नाच तिमीछोपी बैस चोलियाले कम्मरलाई भाँच तिमी होस् राखे पधेरीमा भरिदैछ जवानी गाग्री झैँ छ्चल्केला आज नै सारा भोलिलाई साँच तिमी मेला पात घाँस दाउरा सिकारीका जालहरु अलोक।। भनि आउलान द्वार परै जाँच तिमी सम्हालिनु यो घडीमा नाडी तान्ने धेरै होलान टुक्रिएपछि नजोडिने पारदर्शी काँच तिमी फिक्का छन चम्पा चमेली कोइली मर्छे इर्ष्याले भएर श्रेष्ठ श्रीजनामा जुनी जुनी बाँच तिमी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सबिन सिंह 10, 2010, 11:28 मानापाथी भरि हेरेँ, किलोधार्नी जोखी हेरेँ ।सुखभन्दा दुखै बढी, आखाँबाट पोखी हेरेँ ।।कैले सँगै बगी हेरेँ, कैले तर्किएर बसेँ ।आवेगको बाढी आयो, बाँध छेकी रोकी हेरेँ ।।सुरलय विना पनि, सुसाउँछ प्रेम गीत ।बेतालको बाजा मेरो, सयौं चोटी ठोकी हेरेँ ।।अनेकन चाहनाले तपाउँछ मनलाई ।बेतुकका चाह मेरा, दहनमा झोंकी हेरेँ ।।यँहा थपे, त्यहाँ थपे, वहिखाता भर्दै गएँ ।बेहोशीको चाल मेरो, पीर भारी बोकी हेरेँ ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गोपाल झापाली 10, 2010, 12:23 गोपाल झापाली आगो हो मान्छे,छाँगो हो मान्छे ।पहराको फूल टिप्छ,टाँगो हो मान्छे ।स्मृतीको माला उन्छ,धागो हो मान्छे ।जहाँ टेक्यो भाँचिन्छ,हाँगो हो मान्छे ।आफ्नैलाई चिल्छ,खागो हो मान्छे । लखनपुर, झापा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बलदेव भट्टराई 9, 2010, 10:44 छाती भित्र-भित्रै राखी सजाउने रहर मेरो ।आँखा भरि-भरि हेरी रमाउने रहर मेरो ।। पवनका लहरमा लहराएको केसराशी ।फूल सुस्त-सुस्त सजी सुम्सुम्याउने रहर मेरो ।। गुलाबका पत्र बनी मन हर्ने ती ओंठ ।भाव मन्द-मन्द बोली फुस्फुसाउने रहर मेरो ।। मनोरम हिमशैल डुल्दै जीवन कुण्ड । गीत चिर्बिर-चिर्बिर गाइ गुन्गुनाउने रहर मेरो ।। डडेलधुरा, हाल: कोरिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सरोज गिरी 9, 2010, 9:46 जिन्दगीको अझ एउटा गाउँ जित्नु छसम्झी राख्ने दुनियाले नाउँ जित्नु छसुख पाएँ, दु:ख पाएँ, पाए जति सबले छोडेछोडी जानु नपर्ने एक ठाउँ जित्नु छ खोला तरें ताल तरें गाउँदेखि सहर तरेंपिरतीको सागर तर्ने नाऊ जित्नु छ मन जितें सबैको, मनले रोज्या संसार जितेंखयर उनको मनमा सानो ठाउँ जित्नु छकास्कीकोट-७ कास्की, नेपाल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मनु लोहोरुङ् 7, 2010, 4:00 फेरी तिमीसंग, सम्झनाको त्यो रात मागें,पल-पल उस्तै, कल्पनाको त्यो बात मागें । युगौं बित्ने मीठो, सम्बन्धको साइनो गाँस्न,मन भरी-भरी, चाहानाको त्यो खात मागें । डुबी सकें आफै, सपनाको सागर भरी ,तिर्खा मेट्ने तिम्रो, नजरको त्यो आँत मागें । धेरै नशा पिएँ, एकान्तमा म एक्लै-एक्लै, सँगै डुब्ने ताल, एकलास त्यो मात मागें । जून तारा यहाँ, चाहिंदैन असम्भव ति ,दिन्छौ भने टिप्ने, कौशलको त्यो हात मागें । सितलपाटी-६,संखुवसभा; हाल: इजरायल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिव मिश्र 7, 2010, 3:52 चढेको मातको मजा पो मजा अरू के मजासुहाग रातको मजा पो मजा अरू के मजा ॥गोधूली साँझमा संगै हिड्दा अनायास झर्नेझरी बर्षातको मजा पो मजा अरू के मजा ॥लोकल ठर्राले झैं झुम्म झुम्म लठ्ठ पारीदिनेप्रियाको बातको मजा पो मजा अरू के मजा ॥बिछौना बिगारी पल्टदै जिस्कदै गर्दा आफैँचलेका हातको मजा पो मजा अरू के मजा ॥ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिल अन्जान 6, 2010, 11:23 सगरमाथा थियो अरेएकुनताका थियो अरेसारा मान्छेले बिर्सी सकेसुरिलो भाका थियो अरेहामी वीर भनि चिनिनेगौरवगाथा थियो अरेमान्छेमान्छेमा माया थियोगहिरो नाता थियो अरेजो कोहीले विश्वास गर्थेढुङ्गे विधाता थियो अरेरेडियो कोहलपुर एफ.एम, बाँके लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल संगम सापकोटा 6, 2010, 11:19 पिरतीको गोरेटोमा अव, म लाग्दै लाग्दिनयो दिल थापी मायाको, भिख म माग्दै माग्दिनजे को होस् न नशा, वानी परेपछि छाड्न गाह्रोसधैं त्यो नपुगेपछि, मिठो म चाख्दै चाख्दिनहँसाउने कहिले रुवाउने, जात रे यो मायापिरतीको सुन्दर जीवन, म डाक्दै डाक्दिनभावनाको सागरमा, पौडिएजस्तो हुन्न जीवनसगरका तारा झार्ने कुरा, म हाँक्दै हाँक्दिनछोडिन सक्छ दोवाटोमा, माया मोडिन सक्छकसैलाई मागेर, देउता म भाक्दै भाक्दिनन भोक दिन्मा न रात्मा निद्रा, यो प्रेम रोगमाकसैलाई सजाई, यो दिलमा राख्दैै राख्दिनडुबेको धेरै देखें, उत्रेको चाँही देखिन फेरीत्यसैले प्रितको सागर, म नाघ्दै नाघ्दिनजाने पिरती जीउने खेल, नजाने वगाउने भेल रेविचलित हुनु रुनु पर्छ, सत्य यो ढाक्दै ढाक्दिन दमौली,तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जितेन्द्र मल्ल 6, 2010, 1:59 ठेश लागि लड्न लाग्दा, तिम्रो साथ याद आयो ,निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो ।दिन रात एकै सरी, याद साँची बिताएका ,आफू सँगै रात जाग्दा, तिम्रो साथ याद आयो ।साथ हुँदा सयौ कोश, लाग्थ्यो के नै हो र भनी,दुई पाइलामै आज थाक्दा, तिम्रो साथ याद आयो ।चन्चले यो मन पनि, बरालिन्छ त्यसै त्यसै ,भावनाले सिमा नाघ्दा, तिम्रो साथ याद आयो ।तिमी बिना यो जिन्दगी, कसरी खै सोच्नु यहाँ,औंशीले नि जून माग्दा, तिम्रो साथ याद आयो । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल एन.एच. मिश्र 5, 2010, 8:23 मध्य दिनको भान हुन्छ रातमा तिमी आएपछिकोठाको छुट्टै शान हुन्छ रातमा तिमी आएपछि थाहै नदिई आउँदा तिमी अकस्मात छाउँदा तिमी रातो रातो कान हुन्छ रातमा तिमी आएपछि रात पनि रात हुन्न कुराकानी बात हुन्ननजरको हानाहान हुन्छ रातमा तिमी आएपछि प्रेमको कुनै दाउ हुन्न अमूल्य यसको भाउ हुन्न सबै कुरा दान हुन्छ रातमा तिमी आएपछि निंद्रामा दुनियाँ भुस भए नि कठ्याङ्ग्रिदो पुस भए नि सिरक को अपमान हुन्छ रातमा तिमी आएपछि तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिलविवश भट्ट ‘कञ्चन’ 5, 2010, 12:24 माग्यौ तिमीले केवल मिठो प्यार दिए मैलेछैन सुखि दुखि भएपनि संसार दिए मैलेदिलको राजा बनाई दिलभित्र सजाएपछि म तिम्रो, तिमी मेरी पूरा अधिकार दिए मैलमलाई पनि कहाँ छ र रीस राग अनि द्वेषममतामयी यी नजरका प्रहार दिए मैलेदुई मुटु एक भए आहा ! सामिप्यतामाशिशिर हैन बसन्तकै बहार दिए मैलेम पनि त असक्षम नै छु हिरामोती दिनपर्खि बस एक चिम्टि सिन्दुर दिए मैलेशिखरपुर९ शितलकुञ्ज, बैतडीहाल: धनगढी, कैलाली लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल श्याम लामा 4, 2010, 2:32 आज किन एकान्त प्यारो भोजीवनको गाडा चलाउन गार्हो भोयो मन पनि कत्ति बहकिन्छबहसमा ल्याउन अति सार्हो भोसुनौलो गन्तब्य जीवन ठानेथेआन्धकारबीच ब्यर्थ झट्टारो भोस्वतन्त्र बाटोमा काँडा छ भन्थेनभन्दै पहिलो पाइला तगारो भोयात्रा छ लामो जीवन यो छोटोयही छोटो जीवन जिउन हतारो भो माझुवा ४ सिन्धुली,हाल: दोहा, कतार लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल खहरे 4, 2010, 2:26 आज भोली फेरी माया जागेको छ। तिमीसँग भेट्न मन लागेको छ। कता-कता बिगतका सम्झिएर कथा, मात्तिएर मनले सीमा नाघेको छ। केही गल्ती मेरो थियो, केही तिम्रो पनि,भन्छु सबै भन्छु, डर भागेको छ। पुछिएछ सिन्दुर तिम्रो,उस्तै छु म पनि, यो दुखीले तिम्रो साथ मागेको छ। कैले वारी कैले पारी भयौ सधैं भरी, भयो सँगै हिडौँ, जिउ थाकेको छ। खुशी पनि जिन्दगी हो, छोड कत्ति रुनु, 'खहरे'ले 'जाउँ' भनी राखेको छ। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मुरारीराज मिश्र 2, 2010, 10:56 सोझो भएर जिन्दगीमा केहि हुन्न रहेछ अचेलउन्नतिको एउटा सूत्र थाहा पाएको छु अचेल ।ईमान्दारी अङ्गालेर धेरै बर्ष खेर फालेंटेवुलमुनिबाट “दस्तुर” लिन थालेको छु अचेल ।योग्यताको भरमा प्रमोशन नपाईने रहेछ यहाँहाकिमको घरघरमा धाउन थालेको छु अचेल ।कसिङ्गर थिएँ पहिले सहकर्मीहरुको आँखामा मपरिवर्तनपछि सवैको प्यारो बन्न थालेको छु अचेल । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल पोखरेल पवित्रा 1, 2010, 3:52 नदिनु थियो दिल तिमीलाई नजानेर दिए, भुल्न खोजे तिमीलाई नसकेर पिए बिश्वासघातको तिर चलाई घाइते छाडी गयौ,त्यही दु:ख पीडा भुल्न थोरै मद लिएतिमी हिड्यौ नौलो यात्रा नयाँ क्षितिज भेट्न,अन्त्यष्ठिमा हाम्रो प्रेमको श्मशानमा थिएकमलो यो मेरो मुटु पारयौ धुजा धुजा,च्यातिएर धुजा मुटु आँसु बगाई सिएभुल्यौ मलाई एकादेशको कथासरि तिमीले, भुल्न खोजे तर मैले नसकेर पिए लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल संगम सापकोटा 1, 2010, 3:43 पत्थर दिल अव मेरो गलाउन नखोजे वेस घाईते वाघलाई अव चलाउन नखोजे वेस बिश्वासको वाति सकियो कसरी बल्छ दियोवेदनाको हुरी चल्दा जलाउन नखोजे वेस सूर्य बादलले ढाक्दैमा कहाँ रात पर्छ र यो दिनलाई रात भनि छलाउन नखोजे वेस आफ्नो दुई अंग साहास र विश्वास भाँचियो वैशाखी टेकि हिडेको छु ढलाउन नखोजे वेस माटोमा जे रोप्यो त्यहि फल्छ र हजुर सिउँडिको बोटमा एैसेलु फलाउन नखोजे वेस तनहुँ, दमौली लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिव मिश्र 1, 2010, 3:38 जिन्दगीमा केही गर्नु पर्योभयो अब अन्तै सर्नु पर्योतिमी थियौ र बाँचेको थिएँछाडी गयौ अब मर्नु पर्योभावनामा माया फुल्नु पर्नेसुख्खा थियो र त झर्नु पर्योसायद मायामा म काँचै थिएँकुर्दा कुर्दा एक्लै पर्नु पर्यो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल श्याम लामा 28, 2009, 8:48 शोकमा जय मनाउने तिम्रो रहरलोकमा रुँदा रमाउने तिम्रो रहरम ज्वाला निभाउन प्रयासरतहाँस्दै तेल खन्याउने तिम्रो रहरयुगौसम्म हात समाइ साथ दिँदामेरै बिरोध जनाउने तिम्रो रहरबल्झियो घाऊ जिन्दगीमा फेरी पनिमलम लाउदै कन्याउने तिम्रो रहरबनाउन आधार दरिलो जिन्दगीकोतासको घर बनाउने तिम्रो रहर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भोजराज दाहाल 28, 2009, 8:39 अचेल साँझ अलि अलि पिउन थालेको छु ।एक्लै,एक्लै तिम्रो यादमा जिउन थालेको छु ।।बाचा कसम झुटा रैछन्,सँगै मर्ने सँगै बाच्ने ।सम्झी झुटा बाचा कसम रिउन थालेको छु ।। मन फाट्यो, मुटु फाट्यो पिरतिमा धाजा फाट्यो ।पिरतिले फाटेको मन सिउन थालेको छु ।। बाचा बन्धन भुले पनि यादहरु जिउँदै हुन्छन ।जिउँदा याद संगालेरै जिउन थालेको छु ।। काठमाडौं लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल पोखरेल पवित्रा 26, 2009, 8:32 अमृतको थोप्पा हो यो दुई बुँद पिई हेरमदहोश भै जिन्दगीको मज्जा लिई हेर कति झेल्छ्यौ जलन संधैं तिमी आफु भित्रैजिन्दगिनै रंगिन बन्छ दुई बुँद पिई हेर नसुन भो आदर्शका कोरा बकवासभिड भित्र एक्लै हराउ दुई बुँद पिई हेरपिउनुनै जिउनु हो खै बुझेको तिमीलेअर्थ बुझ्न जिन्दगीको दुई बुँद पिई हेरभन्नेहरु भन्छन यसलाई बिषको प्याला तरअमृतको थोप्पा हो यो दुई बुँद पिई हेर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल संगम सापकोटा 25, 2009, 12:18 दुख पर्दा पराइलाई गुनदियौ घाईते हुदाँ मलाइ खुन दियौ ।कामेको थिएँ जीन्दगीको जाडोमाआफु नओडि मलाइ उन दियौ ।माग्ने मान्छेलाई फलेका चामल पित्तल म के मागेथेँ सुन दियौ।स्वास विनाको यो मृत गजलमा प्राण भर्न संगितको धुन दियौ ।सवै दियौ बद्लामा केहि चाहिनौ दङ्गदास भो “संगम” मायाँ कुन दियौ । दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 24, 2009, 9:19 पुष माघ त्यस्तै भयो जेठ भए पनि तापिरहेछुबरादान अभिसाप जान्दिन चुपचाप थापीरहेछुअधेरो त छदै थियो अझ प्रदुषणको तुवाँलो छायोउज्यालो लोभ भो,आगो किनी छाना भरि छापीरहेछुफुकेका पेटका तार्किक निष्कर्ष कहिले निस्कन्छसुक्दै ग'का पेट भित्र चाउरिका रेखा नापिरहेछुवाद प्रतिवाद घात प्रतिघात खेल्न सिकिदै छजिते पनि हारे पनि आँसु जित्ने खेल अलापिरहेछुमेरो माटो पसिना माग्छ म पसिना चिन्दिन शायदनचिने'छि के लाग्छ पानी भनि तेजाब छ्यापिरहेछु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल वसन्त मोहन अधिकारी 24, 2009, 1:33 मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होलारगतको खोला बिच मान्छे कहाँ तर्छन होला जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर योमान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला पर्दा भित्र बसि मान्छे रगतको होली खेल्दैमरेको यो लास माथि फूल किन छर्छन होला आकाश रोयो धर्ती रोयो तर मान्छे रोए छैनमान्छे मार्ने मान्छेहरु राक्षसमा पर्छन होला मर्ने त यो शरिर हो मानव आत्म मर्ने छैनआत्मा चिन्दै धर्म गर्न कैले मान्छे मर्छन होला लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राजु सुब्बा 23, 2009, 8:58 अरुकै ठेगाना दिएर अब बाँच्नु कतिपरिचय विहीन जिउँदो लास साँच्नु कतिआफ्नै नामको एकमुठी माटो विहिन हामी टेकेकै ठाउँमा अस्तित्व विहिन नाँच्नु कति माटोकै अभावमा हुदैछ जीवन भबिष्य विहीन कालो इतिहास सम्झिएर सपना भाँच्नु कतिआफ्नो पहिचान खोज्नु आउ कम्मर कसौं देशको माया आँसुको झरीले जाँच्नु कतिअमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिव मिश्र 23, 2009, 4:16 दुवन्नी र चवन्नीमा देश चलिरा'छ कुर्सी पुग्ने गन्तव्यको रेश चलिरा'छ ।। कञ्चञ्जङ्घा तल झर्यो सुस्ता भित्र सर्योनक्सा बिग्रिएर अवशेष चलिराछ ।। ईट्टा जत्रो देश थियो गुच्चा जत्रो भाछतास्दा मास्दा पनि भन्छन् वेस चलिरा'छ ।। नेपाल बेच्ने हो कि राख्ने टुङ्गो लाग्या छैनअदालतमा विचाराधीन केस चलिरा'छ ।। 'शान्ति क्षेत्र बन्छ रे नि' 'हैन धनी हुन्छ''नाशै हुन्छ' 'हैन बन्छ' गेस चलिरा'छ ।। घोडा ढल्यो हात्ती लड्यो फुच्चा फुच्ची भागेउँट झर्यो मन्त्री मर्यो चेस चलिरा'छ ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राज कुमार पुडासैनी 23, 2009, 1:39 बाँचिरहें सारा जीवन, तिमीलाई पर्खिएर भूलिरहें दुख पीडा, तिमीलाई सम्झिएर || तिमि आयौ काँडा बोकी, मेरो मनको फूल झर्योव्यर्थै बाँचे तिम्रो यादमा, आफूलाई बिर्सिएर || तिमी आयौ अर्कै भेषमा, फूलको रंग झैँ फेरिएर दोबाटोमा देखें तिमीलाई, पराई संग बाँधिएर || होइन रै'छ मेरो खातिर, दुखीरहने तिम्रो मन आँसु झारें मैले व्यर्थै, तिमीलाई सम्झिएर || बिर्स्यौ सारा बाचा कसम, मेरो मनलाई चिरा पार्यौतिम्रो मनको घाऊ दुखोस, मेरो माया सम्झिएर || नुवाकोट, हाल बेल्जियम लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 23, 2009, 12:48 यो मन मेरो कैद नै गर्ने तिम्रोलागि जेल भयो माया मेरो तिमीलाई बाँध्ने कसिलो नेल भयो । साथै बाँच्ने बाचा बन्धन,पुरा गर्ने धोको हाम्रो खै किन हो आज आइ झुट्मुठको खेल भयो । आजै जस्तो लाग्छ मलाई,तिम्रो आवाज गुन्जिएको त्यही बोली,त्यही आवाज मेरोलागि झेल भयो । भेट हुँदा सधैं भन्थ्यौ,गुमाउन चाहन्न तिमीलाई त्यही बाणी महाभारतको कथा झै अचेल भयो । अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिव मिश्र 20, 2009, 3:15 आफ्नै अघिल्तिर आफैँ झुके पछि रून्छ मान्छेमाया गरी राखेको मन दुखे पछि रून्छ मान्छेगीता पढ्दा वेद पढ्दा तातो छारो नउडेरविश्वासका मूल सबै सुके पछि रून्छ मान्छे फकाई फुलाई राखे पनि छट्पटिले पोल्छ मुटुअनि जिन्दगीमा मौका चुके पछि रून्छ मान्छेमान्छे रून्छ पक्कै रून्छ ग्वाँग्वाँ धुरुधुरु रुन्छकठै ! जिन्दगीले मुखमै थुके पछि रून्छ मान्छे लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिनेश राज ज्ञवाली 20, 2009, 2:58 एकपाटो काँढे तार, एकपाटो छुरा धार ।बिर्सदैछु आँखा चिम्ली,नसोध है समाचार ।बिसाएर आएँ भारी, सुनकोशी तिर पारी ।बढ्दैछ नि पीर लौन, एक दुई तीन चार ।जति नजिक भएँ म, उति गहिरो गएँ म ।आफैंलाई बिर्सि सकें, नसम्झाऊ बारम्बार ।हुन्छ रे सत्य हजार, बुझ्नेहरु अनुसार ।मन छैन सफा भने नगर भो यो श्रृंगार ।भन्थे बाले ए दिनेश, पहिला आफूनै चिनेस् ।बग्नु काल बगेपछि, केको हार के गुहार । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आशांक उपाध्याय 20, 2009, 2:54 अन्जानमा हजुरको मनलाई दुखाएँ कि अलिकति मुटुभित्र कुविचार लुकाएँ कि ?आज्ञाकारी बन्नलाई कोशिस त गरेकै थें अवज्ञाको पाँजाहरु नजानेरै सुकाएँ कि ?चिनाजानी राम्रै थियो घनिष्ट नै थियौं हामी पुर्णिमा र चन्द्र जस्तो नातालाई फुकाएँ कि ?नदेखेर हुँदै हैन, तर्किएर जानु भयो !सधैंभरी ठाडो हुने शिरलाई झुकाएँ कि ?पुर्पुरोको खेल किन नबुझेको 'आशांक' ले नयाँ दिन नदेखी नै गयो मौका चुकाएँ कि ? लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बलदेव भट्टराई 19, 2009, 11:12 धरतीको एउटा कण म कहाँ जून झार्ने कुरा, गर्दिन म झुटो वाचा प्रिय जालमा पार्ने कुरा ! ओइली जाने फूलहरु तिम्रा केशमा सिउरेर, जान्दिन म मेरो माया त्यो मनमा सार्ने कुरा ।। ठूला कुरा के नै गर्नु अजम्बरी होइन म नि, साथ तिम्रो पाए जीवन बिर्सिदिउँला हार्ने कुरा ।। अलिकति जूनको चमक,थोरै-थोरै फूलको रंग, जिन्दगीको चाह मेरो होइन त्यसै टार्ने कुरा ।। सुन्दरताका मूलहरु मनको कुना-कन्दरामा, गरी भूल मान्दिन म चेतनालाई मार्ने कुरा ।। डडेलधुरा, हाल:कोरिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भाष्कर काजी 15, 2009, 8:49 भाष्कर काजी सँगसँगै हिँडयौ मात्र, साथ माग्नै भूल्यौमझधारमै डुब्दा पनि हात माग्नै भूल्यौ ।आफ्नै सुरमा हराएर, सपनिमै बिलायौ तिम्ले मेरो प्रेमको खात माग्नै भूल्यौ ।चाल हेर्यौ हाल हेर्यौ, रहिछौ अदनाअधरबाट खस्ने मीठो बात माग्नै भूल्यौ ।बिछ्यौनामै मस्त, अँध्यारोको निशामाआकाशमुनि जूनेली रात माग्नै भूल्यौ ।गँुड लाउँदैमा चरीको, डाली आफ्नो हुन्नचुरापोते सिन्दुरसीत मात माग्नै भूल्यौ ।मूर्खै सम्झयौ तिम्ले, माया गर्ने सब्लाईबैँशालु मातले मेरो जात माग्नै भूल्यौ ।रुँघा ७, रुकुम हाल: त्रि.बि. कीर्तिपुर, काठमाण्डौ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राज कुमार पुडासैनी 15, 2009, 8:41 न तिम्रो मुटुमा न मनमा अटाएँ बिना अर्थ तिमीलाई पर्खेर बिताएँ यो शहर पुरानो बिरानो यो नातातिमीले भुलेको सम्झेर बिताएँ न जीवनमा चैन भो न सुत्नै सकेँ म हर रात व्यर्थै पर्खेर कटाएँ न फुक्ने पासोमा फसायौ किन खै हर पलमा चोटै चोट खाएर म बाँचे यी सब तमासा माया भो लिलामी मेरो सब जवानी सुम्पेर लुटाएँ नुवाकोट, हाल: बेल्जियम लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राकेश कार्की 15, 2009, 3:14 राकेश कार्की र्याप,पप, डिजे सुनियो मादलुको ताल जस्तो कहाँ पाउनुसमुद्र अनेक तर कोशी कर्णालीको छाल जस्तो कहाँ पाउनु आनन्दको खोजीमा अनेक पापड बेल्दै बिदेश पुगियोशितल छायाँ दिने अहा सल्लेरी साल जस्तो कहाँ पाउनुबहलियन मन बहलाउन लस् भेगस् क्यासीनो धाईयोठूले, रिठ्ठे र च्याङ्बाको कौडाको खाल जस्तो कहाँ पाउनुकस्तो न होला भनि नाना तरहको क्याटवाक हेरियोतल्ला घरे साइली र माइलीको चाल जस्तो कहाँ पाउनु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बिलासी पागल 13, 2009, 2:31 सक्छेऊ भने तिम्रै हातले मलाई मुक्ती दिलाइदेऊबाँचेर केही नजित्ने ज्यानलाई धरतीमा मिलाइदेऊ मेरो सासको कदर छैन लासले तिम्रो भलो गरे स्वीकार्छु अकाललाई नि अस्तित्व मेरो बिलाइदेऊ दुईचार घुटको मात्र पिउदा प्राण बाँकी रहनसक्छ ठहरै पार्न बिलासीलाई बिषको सिङै प्याला पिलाइदेऊ शंकास्पद भेटिएको लासको गहिरो छानबिन हुन्छ अरे निर्ममतापूर्बक चिरफार गरी तिमीले हाँसीहाँसी सिलाइदेऊ फेदीखोला-९ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल उदीप राज ढुंगाना "अनुभव" 12, 2009, 9:18 फगत प्रेम बारबार याद आयोकसैको फेरी लगातार याद आयोजब साँझपख, झ्याउकिरी करायोतिनै पाउजुको झन्कार याद आयोसुन्दर सानो चिटिक्क घरबार बस्नेझुठा बाचा कच्चा आधार याद आयोडुबेर मदिरामा भुल्न खोज्दा पनिउही एकादेशको संसार याद आयोयो के भयो "अनुभव"!? यत्रतत्र सर्वत्रउनै प्रियसिको मुहार याद आयोलेखनाथ -४, नेपाल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।