text
stringlengths
1
287k
गीत गीत देवराज श्रेष्ठ 6, 2009, 9:11 अतितका कुरा भुल्न मलाई कर लाग्यो बिना आज्ञा तिम्रो ओठ चुम्न मलाई डर लाग्यो ।त्यसै फुली ओइली झरे मेरा मनको ईच्छाहरू भैगो अब बन्द गर तिम्रो प्रेमका भिक्षाहरु ।जुनसँग दाँजू भने औसि आई छेकी दिन्छ घामसँग दाँजू भने ग्रहण पो देखि दिन्छ। पाइन मैले माया दाँज्ने यो धर्तीमा अरु केहि छात्ती चिरी देखाउला तिम्रो लागि बरु केहि ।हातमा हात जुधी सक्यो नजरमा नजर पिउन अब बाँकी रहयो नशालु त्यों अधर ।जहर हो कि तिम्रो अधर बसन्तको बहार सुक्खा तिम्रो यौबनमा चलाई दिउकी नहर ।ईशारा नै काफी हुन्छ बोल्न लागे लाज टाउको हल्लाई देऊ मात्र भोली होइन आज । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत मुकेश राई 6, 2009, 9:07 धेरै पछि भेट हुँदा संकोचले केही बोल्नै सकिन तिमीसँग आँखा जुधाइ मनको माया खोल्नै सकिन जहाँ जहाँ हेर्थेँ त्यहाँ तिम्रै मुहार देख्थेँ घरी घरी दिन बित्थ्यो सम्झनामा रात बित्थ्यो कोल्टे फेरी तिम्रो खबर पाउँदा दु:खहरु टाढा भागथ्यो बिरहका दिन काट्न केही सहज् लाग्थ्यो एक्लोपनले एकैक्षणमा बिछोडको आभास दिन्थ्यो तिमी बिना आँखा भरी शून्यताले बास लिन्थ्यो तिम्रो लागि उपहार मायाका पुष्पहरु माला उनी प्रतिक्षामा हरेक पल लाग्थ्यो मलाई सयौं जुनी [] लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिष्णु नन्द चाम्लिङ्ग 28, 2009, 6:41 साँझको गोधुली फेरी प्रभातको किरण हुन्छ अँध्यारो औँसी फेरी पूर्णीमाको जुन हुन्छमेरो मन तिमी सामु छताछुल्ल पारी रहेंजितेउ कति तिमीले मैले चहिँ हारी रहेँचिरा चिरा मुटुलाई जसो तसो पुरेको छुतिमी आउने बाटोभरी प्यासी बनि कुरेको छुआफु रित्तिएर पनि तिम्ले मागेउ दिइ रहँेच्यात्तिएको छाति मेरो झिनो मनले सिइ रहेँमन भित्रका ब्यथाहरु गीत बनाइ फुरेको छुतिमी आउने बाटोभरी प्यासी बनि कुरेको छुखोटाङ्ग इन्द्रेणी पोखरी ३हाल: हङ्गकङ्ग लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत गोपाल झापाली 23, 2009, 8:06 गोपाल झापाली दुःख पिउदा दुःखै मिठो, सुख पिए मात लाग्छनभेटेकै जाती बरु देखे पछि माया लाग्छ ।झरी पर्दा मात्र न हो, ईन्द्रेणीले लाली लाउनेसपनाको मात मिठो, बिपनामा नसा छाउने ।बगैंचाको फूल राम्रो, टिपे पछि पाप लाग्छनभेटेकै जाती बरु देखे पछि माया लाग्छ।शरदको शीत राम्रो, बसन्तको बारी,यो मनको पाखा भरी छायौ वारीपारीछाती भरी तिम्रै माया, दा“याबा“या लाग्छनभेटेकै जाती बरु देखे पछि माया लाग्छ दमक झापा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दीपक कथित 23, 2009, 8:00 चिठ्ठीसँगै तिम्रो तस्वीर राखेँ सिरानीमा साउने-झरी रून्छु सँधैं हुँदा विरानीमा ।सिन्दूर लाएँ सिउँदोमा तिम्रो तस्वीर हेर्दैदायाँ राखेँ तिमीलाई रातमा कोल्टो फेर्दै ।तारासँग जून छैन हाम्रो कहानीमा साउने-झरी रून्छु सँधैं हुँदा विरानीमा ।सपनाका खेती टिप्न गयौ कोसी पारि एक्लै रून्छन् डुँगाहरू देशकै भाग्य तारी ।देशले गाउँछ विरह-गीत एकाविहानीमा साउने-झरी रून्छु सँधैं हुँदा विरानीमा । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत सन्जीप के सी 23, 2009, 7:54 यसपाली को दशैमा घर जान पाइएनबिरानो परदेशमा लिङ्गे पिङ लाइएनआमा अर्को साल दशैमा पक्कै आउँछुदलिनमानै भए पनि लिङ्गे पिङ लाउँछुकाल लिन आए पनि जान्न भनीदिनुबिष दिएर खा भनेनि खान्न भनिदिनुयो घामले लगेन भने पक्कै म आउँछुआँगनी मै भये पनी रोहोटे पिङ लाउँछुपर्खि बसेस है आमा मेरो बाटो कुरीओडारमा ओत लाग्नु चल्दा हावा-हुरीछुट्टी माग्न साहुकोमा दिनहुँ धाउँछुआमा अर्को साल दशैमा पक्कै आउँछु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिष्णु नन्द चाम्लिङ्ग 17, 2009, 11:30 तिमी कहाँ आईपुग्न मायाको डोरी समाउदै छुसम्झनाले सताउदैछ पर्देश छोडि आउँदै छुहररात सपनीमा तिमीलाई देख्दै छुक्षितिज पारीबाट चिट्ठी तिमीलाई लेख्दै छुहाम्रोमाया प्रीतको गीत लैबरीमा गाउदै छुसंहाली राखहै पछेउरी चाँडै म आउँदै छुजिन्दगीको जंघार तर्न गाह्रो पर्दो रैछबिछोड्को पीडा सहदा छाँतिभित्र पोल्दो रैछनियतिको खेल सम्झि जिन्दगी संहाल्दै छुगाउँघरको माया बोकि फर्कि म आउदै छुइन्द्रणी पोखरी ३, खोटाखोटाङ्ग, हाल:हङ्गकङ्ग लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत इन्द्र पुन 'इन्द्रेणी' 17, 2009, 11:24 यसपाली होईन अर्को साल आउँला दशैंमाहजुरहरुको हातको टिका लाउँला दशैंमा चौरासी ब्यञ्जन जुटाउन सकिएन बिदेश बसीढिंडो सिन्की जेछ घरमा खाउँला दशैंमा सक्दैन लिन नयाँ किनी एकटालो कपडात्यही पुरानो राम्ररी धोई लाउँला दशैंमा किन आउँछ गरीबलाई चाडपर्ब दुखेरतै पनि आँशु लुकाई गाउँला दशैंमा नसोंच्नु आमा सुखनै सुख छोरा ल्याउनेछ,खानै नपुगे साहुको मेला जाउँला दशैंमा रुकुम,कोल-९, गर्खानी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बलदेव भट्टराई 17, 2009, 11:03 रानीवनको एकलासमा मेला गर्न आ'कीनागबेली चुल्ठोमा गुराँस सिउरेकीपरी जस्तो रुप तिम्रो, कोइली कण्ठ भ'की ईन्द्रजालमा पार्यौ कान्छी गीत गाइ गाइ देवी स्वरुपा छौ तिमी धपक्क बलेकि बारुली त्यो कम्मरमा क्या बान्की परेकी गजरजझैं चालमा लसस्क लस्की ईन्द्रजालमा पार्यौ कान्छी मसस्क्क मस्की हरिणकाझैं सुहाउने तिम्रा ति नयनीपोटिला ती वदनमा कस्सिएको चोलीदिल लियौ नजरको तीर ताकि-ताकीईन्द्रजालमा पार्यौ कान्छी वैंश बोकि-बोकि डडेलधुरा, हाल: कोरिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत गीता खत्री 13, 2009, 10:46 आफू रेटिई अरुलाई बचाउँ भन्ने मन माया पाए पुग्छ मलाई चाँहिदैन धन आकाश धर्ती एउटै लाग्छ मलाई किन होला संसारमा आएका छौं मरि जाने चोलामानिसका भावहरु उस्तै उस्तै हुन्छन् सुख पाउँदा रमाउने दुख पाउँदा रुने मरे पछि कस्ले देख्छ आत्मा कहाँ गयो सुकार्य गरी केही छोड्दा नाम रही रह्यो सिर्जनको कार्य गरौं जसो होला होला घाम छाँया जस्तै हो यो मानिसको चोला न्यूयोर्क लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दिलिप योन्जन 11, 2009, 6:20 बोकियो भारी जिन्दगी भरी उकाली देउरालीसम्झिदा पनि झर्दछ आँसु सुखको चौतारीसबैको देख्छु हासो खुसी मैरहेछु अभागीबिताउदैछु नि दुखिया जिबन आँसुले पखालीचुहियो छानो छैन मानो मुसा कराउनेआङको लुगा आङैमा फाट्दा मान्छे रमाउनेदुखिको दुख कस्ले देख्ने भगवान मुर्तिकोब्यथा पीडा जिन्दगी रैछ अभागी खप्परको धर्म गरुँ जातै सानो दिदैन ढोग्नलाईमागेरै बित्यो सकिएन अधिकार खोसेर लिनलाई अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत आनन्द अस्मानी 10, 2009, 8:40 म जीवन नबुझ्ने अबुझ मान्छे के कुरा बुझ्नु र तिम्रो मनको ।आँखा टोलाउँ पनिखोल्दिनौ मुख कत्तिझन् अत्तालिन्छु म लजाउँछौ तिमी जत्ति ।म केही नदेख्ने अन्धो मान्छे के बयान गरुँ तिम्रो मुहारको । हिमाल जस्तै भनुँ भने पग्लिन्नौ हिँउ बनीआकाशको जून भनुँ त छोपिन्नौ कहिल्यै पनि ।म जीवन............... लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत खगेन्द्र थापा 9, 2009, 5:59 उठौ“ है...गामबेंसीबाट अब त उज्यालो भैसक्यो जुटौ“ है...मन दिलबाट अब त अबेला भैसक्योदुख्दा मुटु अनायास तराई पहाड हिमालकोजल्छ छाती आफ्नै प्यारो सुन्दर नेपालकोउठौ“ है ...गामबेंसीबाट अब त उज्यालो भैसक्योपुछौ“ है.. दुःखको आ“सु मेचीकाली धर्धरी रोइसक्योडुब्न लागे घाम जून तारा मिर्मिरेमै रहरकोअमृत पिउने आशगर्दा बाढी आयो जहरकोजुटौ“ है ...मन दिलबाट अब त अबेला भैसक्योपुछौ“ है...देशको आ“सु मेचीकाली धर्धरी रोइसक्योसुक्न लागे रहरईच्छा शान्ति पाउने चाहानाकोनबनाऔ“ महल अब मुलुक डुब्ने बहानाकोउठौ“ है...गामबेंसीबाट ...(स्वदेश गीत) लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत हस्त गौतम 'मृदुल' 8, 2009, 8:22 केटा:सिम सिम पानी परी रहेछ, कसैको याद आइ रहेछएक्लो हुँदाको पिंडाले, कुटु कुटु यो मुटु खाइ रहेछ केटी: धिप धिप दियो बलीरहेछ, मनमा तृष्णा जागी रहेछअनयासै आज मलाई, उसैको माया लागी रहेछकेटा:बुझ्दैन चित्त मेरो अब, मनको तृष्णा मेटे बिना,सार्थक हुन्न जीवन मेरो, तिमीलाइ मैले भेटे बिना केटी:प्यासीले नै कुवा धाउँछन रे, तर कुवाले प्यासी खोज्योयत्रो ठुलो दुनियाँमा पनि, यो मनले तिमीलाइ रोज्योकेटा:सिर सिर हावा चली रहेछ, कसैको याद आइरहे छएक्लै हुँदाको पिंडाले,कुटु कुटु मुटु खाइ रहेछकेटी: धिप धिप दियो बलीरहेछ, मनमा तृषणा जागी रहेछअनयासै आज मलाई, कसैको माया लागी रहेछ। केटी:भैगो म पनि तिमीलाई, साथ दिने प्रण गर्छुयहि नै सपना हो भने, आजै देखि नै ग्रहण गर्छुकेटा: धेरै खुशी हुने छु म,चाहे कै कुरा पाए पछि, सपनाकी रानी बनेर, यो जीवनमा आए पछिकेटी:कल कल खोला बगिरेहेछ, कसैको माया लागी रहेछकिन किन मेरो मन पनि, उसैको पछि भागी रहेछकेटा:झलमल जुन लागीरहे छ, कसैको याद आइरहेछएक्लो हुँदाको पिंडाले, कुटु कुटु मुटु खाइ रहेछ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिष्णु नन्द चाम्लिङ्ग 8, 2009, 8:03 सम्झि तिमीलाई खोजि रहें यो बिरानीमातिम्रो मुहार लुकाई रहेँ मनको निगरानीमामायालु शब्द वोल्दा अधर नै मुस्काएरछाडि गयौ तिम्रो प्रतिविम्ब समेत बिलाएरतिम्लाई खोजें भिडहरुमा म आफै हराउदैमनको ब्यथा काहाँ पोखु कसलाई सुनाउदैआए हुन्थ्यो सुनगाभा झैं चौबन्दीको तुनामाछन् कि कतै पिरतीको भाषा मनको कुनामाशीरफूल झै झरि गयौ दोबाटो यो बिरानीमाहेर्ने गर्छु तिम्रो तस्बीर राखि सिरानीमा खोटाङ्ग इन्द्रेणी पोखरी ३, हाल हङ्गकङ्ग लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत अशोक शाक्य 5, 2009, 7:33 फूल जस्तो लाग्छ जीवन, प्रेम यसको सुघन्ध कहिले हर्ष कहिले पिडा, तितो मिठो जलन आफन्तको भिडमा पराइको साथले अविश्वासको अध्यारोपन टाडा जब भागिदीनाले दीप जस्तो लाग्छ जीवन प्रेम यसको किरण कहिले हर्ष कहिले पिडा, तितो मिठो जलन बादलभित्र पंक्षिहरू, लुकामारी खेलीदिदा सपना देख्ने आँखाबाट आँशु मेरो बर्सिदिँदा आकाश जस्तो लाग्छ जीवन प्रेम यसको पवन कहिले हर्ष कहिले पिडा, तितो मिठो जलन धरान लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत गोपाल झापाली 3, 2009, 7:01 गोपाल झापाली कति बस्छौ परदेशमा फर्कि आउ लाहुरे,बिर्सियौकी देउरालीमा सँगै गा'को झ्याउरेडाडाँपाखा गोरेटोले खोजी रै'छन तिमी,न्याउलीले रुदै भन्छे उसलाई भेट्न आउरेढुगाँफोरी उम्रिएको पिपलले सुख कहाँ खोज्छ,कास्मीरको भन्दा मिठो मुस्ताङको स्याउरेफुर्सद कहाँ हुन्छ आखिर बाच्नलाई यहाँ,ढुगाँ माटो पखेरोलाई भेट्न छिटै भ्याउरेझापा, दमक लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बलदेव भट्टराई 1, 2009, 7:42 रुप तिम्रो चाँदनीझैं हेरिरहूँ जस्तो लाग्छ ओठ तिम्रा गुलाबी ती चुमिरहूँ जस्तो लाग्छकम्मर भा'को बारुली त्यो सून्दर खम्बामावशन्तको लता जस्तै झुलिरहूँ जस्तो लाग्छ फुली नाकको चमक दिने हेरि-हेरी कनमोहिनी त्यो चक्षु तालमा पौडीरहूँ जस्तो लाग्छ छेउ तिम्रो पुगिकन असिन-पसिन बन्दा छाँयामुनि ज्यानको लौ बसिरहूँ जस्तो लाग्छ डाँडा-बेसी, खोँचतिर नजरको तीर लाग्दा सौम्य त्यो हिमशैलमा खेलिरहूँ जस्तो लाग्छ उफ्रि-उफ्री हरिनझैं खेल्दा थाके पछि पनि डाँडामुनि चौतारीमै बसिरहूँ जस्तो लाग्छ डडेलधुरा हाल: कोरिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत अशोक शाक्य 29, 2009, 10:39 नसम्झने मायालुलाई म सम्झु कतिनसक्छु म भुल्न ती दिन छ दिलमा जतिभावना यो मेरो मनको तिम्रो खेलौना भो काँहा जाउ कस्लाई सुनाउ मनको विलौना योनफुल्ने त्यो पँलासलाई म रोजु कतिनसक्छु म भुल्न ती दिन छ दिलमा जतिएउटै थियो यात्रा हाम्रो लक्ष्य एउटै थियोतर आज गोरेटो नै नौलो बनिदियोनर्पखने मायालुलाई म पर्खु कतिनसक्छु म भुल्न ती दिन छ दिलमा जति लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत विनोद रोका 22, 2009, 1:17 सुनाउँ है हजुर एउटा गाउँ बेसीको गीतमिठो हुन्थ्यो बोलीबचन चोखो हुन्थ्यो प्रीत ढिकी जातो गरेपछि घाँस काटन जान्थेउ भोक लाग्दा खान मकै भटमास लान्थेउ असार महिना मेला जान्थेउ गैरीखेतको बेठी केटाहरु बाउसे गर्थे रोपारे हुन्थे केटी दशैं आउँथ्यो जमरा र मालसीरीमा रमाउँदै लाहुरे आउथे परदेशबाट रेडियो बजाउँदै नयाँ लुगा जीउमा हुन्थ्यो टिका निधारमा मामा घरमा टिका थापी जाइन्थ्यो बजारमा देउसी भैलो खेल्न जान्थेउ तिहारको दिनमा भाइटिका पछि रमाउथ्यौ मिठो खानपिनमा न्यूयोर्क लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत राजेन्द्र श्रेष्ठ 19, 2009, 7:49 जाँदा जाँदा जिन्दगीमा टाढा भन्दा टाढै पुगॆआशै आशकॊ ताल ठुलॊ त्यही तालमा आफु डुवॆतिम्रॊ मिलन तिम्रॊ याद यात्रा भरी सहारा भोढुक्क तिनै साहारालॆ जीवन जिउनॆ चाहाना भॊजाँदा जाँदा.....आज यहाँ भॊली कहाँ आफैलाई थाहा छैन,जिन्दगीकॊ भरॊसा कॆ आजहुन्छ भॊली छैन,हिजॊ आज अहिलॆ जस्तॊ,याद तिम्रै आई रहनॆकस्तॊ नसा लाग्यॊ मनमा सधै तिमी चाही रहनॆजाँदा जाँदा.....जति टाढा त्यती याद तन्किएर छिन्ला भन्थॆसताइ रहनॆ यादलॆ तिम्रॊ छॊडी हिड्ला कहिलॆ भन्थॆअनौठॊ चिज रैछ याद भॆटन कैलॆ नसकिनॆफर्की तिमीलाई भॆटु भनॆ भॆट्नपनि नसकिनॆजाँदा जाँदा जिन्दगीमा टाढा भन्दा टाढै पुगॆआशै आशकॊ ताल ठुलॊ त्यही तालमा आफु डुवॆजाँदा जाँदा जिन्दगीमा....न्युऒर्क लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत नम्रता गुरागाईं 17, 2009, 11:12 नम्रता गुरागाईं संझनामा त्यसै त्यसै बगेजस्तो लाग्छआफनै मुटु अन्त कतै लगेजस्तो लाग्छ ।थाकिसके दुबै आँखा बाटो हेर्दा हेर्दैठप्प हुन खोज्छ छाती श्वाश फेर्दा फेर्दैभित्र कहा“ कहा“ दुख्छ बाहिर हा“सेपनिअध्यारै छ आ“खाभरी भाले वासे पनि ।संझनामा............रातपछि उज्यालो दिन किन आउदैनकिन अचेल हुलाकीले चिठी ल्याउदैनभनिदेउ न मेरो साथी मेरो मान्छे का“ छतिमीजस्तै नाच्ने रहर मलाइ पनि भा छ ।संझनामा............मोरङ, हाल: अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिष्णु नन्द चाम्लिङ्ग 17, 2009, 10:44 मधुमास यो यौवनको बे रङ्गीन उजाड भोआशा र अभिलाषा यौवनको अधुरो रहि रयोइच्छा अनि अकांक्षा भित्र मनमा रै रह्योहाँसो र खुशी सबै यो आँशु बनि बगि नै रह्योेसुन्दर संसार यौवनको परिकल्पना मात्र भोआशा र अभिलाषा .................प्रीतको मुना हुरिले टाढा कता उडायो छोपि रहें छाँति यो तर मुटु कसरी चुुड्योटुक्रियो सपना यौवनको यो मनमा उदास भोआशा र अभिलाषा .................खोटाङ्ग , इन्द्रृणि पोखरी ३ हाल हङ्गकङ्ग लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत देवराज श्रेष्ठ 17, 2009, 9:37 बाँचेको छु म बिदुर जस्तो बनेर बिरानीक्रन्दनका आँसु झर्दछ रोजै भिज्दछ सिरानीरित्तए मेरा आँखाका आँसु पुछिदिने कोही छैनलावारीस भए पर्देशको ठाउँमा सहारा कोही छैनआकाशको तारा शुन्य छ सारा औसीको रातमारातपनि दिन झै लाग्द्थ्यो मलाई तिम्रो त्यो साथमासमुन्द्रपारी याद आउछ घरि यी आँखा रसाउँछन भोक दिनमा न निन्द्रा रातमा मायाले सताउछन पाउन सके हिरा न मोती यो मुरुभुमीमाआँटो र पिठो खाएकै मिठो त्यो जन्मभुमिमापर्देशको चिनो केही छैन दिनु ती मेरी सानीलाईसुकेर फुल खरानी भयो के दिउ र रानीलाई साउदी अरेबिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दिलिप योन्जन 11, 2009, 1:00 माया नि गासौला प्रिती नि साटौलाजे ढु:ख परेनी हाँसी खुँसी बाढौलामर्नु परे हामी हाँसी हाँसी मरौलाफुलै फुलको बगैचामा धेरै रुप देखेमुटुमा सजाई दिने तिमी एउटै भेटेबाचा नि गरुला कसम नि खाउलामर्नु परे हामी हाँसी हाँसी मरौलाहिडदा हिददै यो जुनीमा धेरै पुगे माथिजिउने मर्ने जिन्दगीमा तिमी पाए साथीहाँसी खुँसी बाचौला अमर प्रित गासौंलामर्नु परे हामी हाँसी हाँसी मरौलाअमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत हस्त गौतम 'मृदुल' 11, 2009, 4:51 केही न केही गर्छु की भनी बिदेश आए थॆंआमाको इच्छा पुरयाउँछु भनी कसम खाएथें ब्ास्दा बस्दै बसियो यतै बस्ने मन थिएन आफनै देशमा रमाई बस्न भाग्यले दिएन अर्काको देशमा लाग्छ माया असाध्यै देशको यहाँ आइ बसेनी बुमुाउँछु चित्त पिएर आँशु यादले डसेनि आफनै देशमा सुख शान्ति भए आउने थिएन आफनै देशमा रमाइ बस्न भाग्यले दिएन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत राजेन्द्र श्रेष्ठ 8, 2009, 7:12 इच्छा मॆरॊ सागर जस्तॊ छछल्किनॆ डरै डर भॊचाहनामा माया बिना यॊ बारीमा खडॆरी भॊ त्यॊ दिल बिना दिल रॊप्नॆ इच्छाहरु अधुरॊ भॊपानी बिना पँधेरोझै मनकॊ बारी झन रुख्खॊ भॊ तिर्सनाकॊ भॆल चल्यॊ चाहनामा आशा बल्यॊखडॆरीमा जङगल जस्तै यॊ मन अब झनै जल्यॊ त्यॊ दिल बिना इच्छाहरु खहरॆझै सुक्न थाल्यॊपानी बिना बिरुवाझै इच्छा ऒइलिन थाल्यॊ चाहनाकॊ बारीभरी मायाकॊ कॆ खॆती गर्नॆदिल सँग दिलै रॊपी उस्कॊ स्यहार सम्भार गर्नॆ न्युयॊर्क लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिष्णु नन्द चाम्लिङ्ग 5, 2009, 7:58 अजम्बरी माँया तिमीलाई दिइ रहुँ लाग्छ तिम्रै साथ हरपल बसि रहुँ लाग्छआँखा भरी तिमी भावनामा तिमी मेरो हर धड्कनमा बहि दिन्छौ तिमीउषाको किरणसँगै तिम्लाई देखुँ लाग्छतिम्रै साथ हरपल बसि रहुँ लाग्छअजम्बरी माँयाँ .............साथै काटौं यो जुनि अर्को जुनि पनितिमी जस्तो साथी पाउनु सारै भाग्यमानीगोधुली साँझमा पनि तिम्लाई भेटुँ लाग्छतिम्रै साथ हरपल बसि रहुँ लाग्छअजम्बरी माँया .............संगीत:दिनेश सुब्बास्वर: सुशीला थुलुङ्गइन्द्रेणि पोखरी, ३ खोटाङ्ग हाल हङ्गकङ्ग लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत खगेन्द्र थापा 4, 2009, 1:15 हँ हँ...दोष मेरो के थियो र पापी नजर हेरिरहन्छौ खोट मेरो के थियो र बाचाकसम फेरिरहन्छौ बेदनाले छट्पटिएको पागल हूँ म पागल हूँ हो पागल हूँ म पागल हूँपराई भइ भाग्न खोज्दा मुटुभित्र लुकाउँथ्यौ लाग्न खोज्दा अर्कै बाटो मन साह्रै दुखाउँथ्यौ तिम्रो यादले छट्पटिएको घायल हूँ म घायल हूँ हो घायल हूँ म घायल हूँ गल्ती मेरो के थियो र तिमी घात गर्न खोज्छौ बिछोडको घाउमा व्यर्थै नुन चुक छर्न खोज्छौ बिरहले छट्पटिएको घायल हूँ म घायल हूँ हो पागल हूँ म पागल हूँ घायल हूँ म घायल हूँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत विनोद रोका 1, 2009, 5:46 बँगैचा भरी सयपत्री फुल ढकमक्क फुल्योपरदेशी दाइ तिमीले सायद तिहार पनि भुल्यौ देउसे भैले आगनमा मादल बजाई गाउँछन यो चेलीको ह्रदयमा तिम्रो याद दिलाउँछन साथी संगी सोध्ने गर्छन कहिले आउँछ भनि भन्ने गर्छु तिमी आउँछौ भाईटिकामा भनि सधै जस्तो यसपाली पनि भाकल गरेकी छु दाइ तिमी आउने बाटो भरी फुल छरेकी छु न्यूयोर्क लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत हस्त गौतम 'मृदुल' 1, 2009, 5:42 केटा: गन्तब्य नै तिमी बन्यौ जिन्दगीमा पुग्नै पर्ने अन्तिम लक्ष्य तिमी बन्यौ मैले पुरा गर्नै पर्ने अनगिन्ती सपना बोकी तिमीलाई भेट्न आँए तिमीसगै जिउने धोको बल्ल आज मेट्न पाँए केटी: स्वागत छ हृदय देखि मलाई भेटन आयौ मेरै आँचलमा रमाउने धोको मेटन पार्यौ केटा: अँगाली देउ सधैलाई ह्रदयमा लुकाएर अबसरहरु जुटाइ देउ मन्को धक फुकाएर अनगिन्ती बिश्वास बोकी तिमीलाई भेट्न आँए तिमीसगै जिउने धोको बल्ल आज मेट्न पाँए केटी: स्वागत आत्मै देखी मलाई भेटन आयौ मेरै संसारमा रमाउने रहरहरु मेट्न पायौ११ मार्च, १९९४, न्यु क्यरोलटन, मेरील्याण्ड लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत विजयकुमार श्रेष्ठ 27, 2009, 1:49 रहरहरु धेरै थिए मनका कुनामा पुरा गर्न सकिनप्रार्थना गरेकै थिए तर वरदान पाउन सकिन दैवको लिला हो या कर्मको खेल बुझ्न सकिन के गल्ति गरे थिए माफ माग्न जानिन अर्थ बिहिन मायालु बन्न पुगे कसैको साथ पाउन सकिन विश्वासी सम्झी माया दिए तर मैले बुझ्न सकिन विश्वासीलो मन दिई मनका कुरा लुकाउन सकिन अर्थ विहिन माया लगाई कहिले खुशी हुन सकिन बगैचाको फूल भएर पनि भमरालाई खेलाउन सकिन सारा जिवन सुम्पेर पनि कसैलाई खुशी पार्न सकिन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दिलिप योन्जन 21, 2009, 4:37 तिमी बिना बाँचु भन्दा, कुरा काट्छ सबलेएउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले।कसम यियो सात जन्मको, धोका दिइस भन्छेतिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैलेमलाई दुख्दा रुन्थी पैले, हासी हिड्छे अहिलेएउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले। तिमी मर्दा म नि मर्छु, गर्थी रोई बाचाएक्लो भए साथ माग्दा, हा हा हास्छे आजादुख पिडा बाड्छु भन्नेले, काडामा उनी अहिलेएउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले। अस्टिन, अमेरिका लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत केदार श्रेष्ठ 'गगन' 20, 2009, 4:32 सम्झिएर फर्कि आउनू पर्खि बसुँला आँटो पिठो जे छ घरमा पकाइ राखुँला । लोग्ने मान्छे कुन्नी किन भर हुँदैन भन्छन्घरको बिर्सि जता राम्रा उतै मन लान्छन् जहाँ गए नि मन नडुलाउनू पर्खि बसुँलाआँटो पिठो जे छ घरमा पकाइ राखुँला । पराइ ठाउँ पराइ मान्छे कठै भन्ने कोही हुन्नफर्कि आऊ चाँडै घर आफ्नै खोरियाबारी खन्न तिमी आउने बाटो हेरी पात्रो कोर्दै बसुँला आँटो पीठो जे छ घरमा पकाइ राखुँला । भीमस्थान-५सिन्धुली लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दीपक कथित 20, 2009, 4:28 डुबेको छु धेरै गहिरो मनको इनारमा जति भित्र पस्दै जान्छु पाउँछु किनारमा ।मेरो संसार त्यही देखेँ जैलेदेखि डुबेँ निस्कुँ भन्छु जति जित त्यति तल पुगेँ ।मात लाग्छ अङ्ग-अङ्ग एकै हेराइले डुबाउँथेन मलाई कुनै अरू गहिराइले ।कता राखूँ यस्तो मनलाई राखे सिरानमाडुबेको छु धेरै गहिरो मनको इनारमा ।फस्दै गएँ म त धेरै बाक्लो बादलमा हराउँन थालें आफू आँखी-गाजलमा ।कति होला मनको गहिराइ हेर्न पाएदेखियो मनले त्यो मनलाई बेर्न पाएदेखि ।आफ्नै नाम लेख्न हुन्थ्यो उनको निधारमाडुबेको छु धेरै गहिरो मनको इनारमा । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत जया राई 16, 2009, 7:38 कहाँ जाने परदेशी हॊ संगै मलाई लैजान्छौ कीखसम थिए प्यारा मेरा धन कमाइ आउछु भन्थे धेरै भयो बाटो हेरंे मनले अब माने न है। कहां जाने परदेशी हो मनको बाध भत्किए है छेक्ने छेको केही छैन न त आयो चीटठी चरी खबर वोकी कुनै दिन। कहां जाने परदेशी हो रुझ्नै रैछ जीन्दगीमा घाम कैले लागेन है फर्किआउला परदेशी त संघार अझै उदांगै लै। कहां जाने परदेशी हो खाजा सामल तयारी छ उनको ठेगान् कहां होला मनले रोज्ने मझेरी त उनी विना अंध्यारो छ। कहां जाने परदेशी होममताको खेत बाँझोसंतान रोप्न आउछु भन्थे दिन गनी बसें म त फर्की कैले आएनन् है। कहाँ जाने पर्देशी हो (सर्मपण तिनै भाउजूलाई जस्ले जीवन भरी उनको लोग्नेलाई पर्खि बसेकिछन्)बेलायत लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत समिर सागर 16, 2009, 7:27 द्यौराली डाँडै काटी झिसमिसे साँझमा मै आउँला सजिई बस्नु गाजलु आँखैमा यो मायाँको भार सबै तिमीमा बिसाउँला उकाली र ओरालीको कहानी सुनाउँला । आँगनैमा साथीसंगी सबलाई बोलाएर हेर्छौ होली मेरी मायाँ मलाइ टोलाएर ह्दयका ताराजुनले तिमीलाई सजाउँछ यो मनको प्यास तिम्रै मुस्कानले मेटाउँछु । द्यौराली डाँडै काटी......रन वन न्याउली रुन्छ खहरै सुसाँउछमेरी मायाँ साहै तिम्रो यादले सताउछ खोली तरी सँगीसाथ मलाई लिन आउनु ति आँखाले बोकी मलाई मनमा बसाउनु । द्यौराली डाँडै काट..... लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत विनोद रोका 14, 2009, 6:52 दशै आयो फुलपाती र जमरामा बसीछरछिमेकी खोज्न हिँडे बजारमा खसीआँखाहरु प्ार्खि रहे टिकाको दिन भरीबिर्सियौ कि आउन कतै दोधारमा परीफोटोमा हेरी तिमीलाई टिका लगाउदैछौ जमरा र फुलपातीमा आशिष पठाउदै छौपढीगुनी ज्ञानी बनी असल मान्छे बन्नु विश्वभरी जाँ पुगे नि नेपाली हुँ भन्नु आमा बाबु भन्दा पनि मातृभूमि ठृली फैल्याउनु शान्ति सधै बोल्दै बुद्ध बोली न्यूयोर्क लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत हस्त गौतम 'मृदुल' 14, 2009, 6:48 कहाँ खोजिन मैले मनको परिबेश भित्र हर बखत देखि रहन्छु तिम्रो अजिव चित्र पहाड माथीको बादलसँग संधै सोधी रहेरातको जून भरी मैले पल पल खोजी रहेइन्द्रेणीका अनेक रंग संगै कतै हरायौ किसपनामा आउदा बिपनामा कही डरायौ कि कहा पूगिन मैले धर्तीको यो भूगोल भित्र हर पल देखि रहन्छु तिम्रो सजिव चित्र अध्यारोमा डोरयाउने जूनकिरी भएर आउको छर अरु निको पार्ने नै मनको यो घाउफूलहरु संगै कतै वैलिएर खसी दियौ कि नभेटाउने गरी दिलमा कही बसी दियौ कि कहा हेरिन मैले मान्छेको लाखौं मुहार भित्रकहिले अंकमाल गरु म भेटाएर अर्मूत चित्र लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत विजयकुमार श्रेष्ठ 8, 2009, 5:46 जिवनको यात्रामा अनविज्ञ भएको थिए युध्द भूमीलाई गन्तव्य यात्रा बनाई लिए उजाड भनि थाहा थियो हरियाली सम्झि लिएमाया त दिएको नै थिए दोषी भनि कहलाए अधुरो माया किन लगायौ दोषी कहलाउने भएआत्मालाई किन साक्षि राखौ अविश्वासि हुने भए खेलाउन सम्झि किन माया दियौ छाडि जाने भएहिनताबोधमा किन तड्पिन्छौ एकल काटे हुने भए धादिङ्ग, कटुन्जे(चरङ्गे फेदि) हाल: ईराक लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत खगेन्द्र थापा 8, 2009, 5:23 केटा: यो दिलको भिरपाखामा गुराँस झैँ फुलिदिन्छौ रुपको लाली लुकाएर पूर्णिमा झैँ खुलिदिन्छौ के भनेर बोलाउनु मन चोर्ने बेइमानीलाईकेटी: यो मुटुको ढुकढुकीमा जूनतारा झैँ झुलिदिन्छौ मनको गाँठो फुकाएर भमरा झै डुलिदिन्छौ के भनेर बोलाउनु दिल चोर्ने बेइमानीलाईकेटा: यो मनको गमलामा गुलाब झैँ फुलिदिन्छौ खाली िसंउदो झुकाएर लाली रङ घुलिदिन्छौ कुन साइनो लगाउनु मन चोर्ने बेइमानीलाई केटी: गहको सागर सुकाएर दुनियालाई भुलिदिन्छौ हृदयको घेराभित्र हिमाल झैँ चुलिइदिन्छौ कुन साइनो लगाउनु मन चोर्ने बेइमानीलाई केटा: यो दिलको भिरपाखामा केटी: यो मुटुको ढुकढुकीमा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दिलिप योन्जन 25, 2009, 7:44 आधा उमेर घर खेतैमा हजुर आधा परदेसैमाबिरानो लाग्छ आफ्नै गाँउ घर देख्दा सपनिमा।मखमली सयपत्री ढक मक फुल्थ्यो आगनीमाहासो खुसी बाँड्थ्यौ हामी बाधि अग्गालोमानिलो आकास, हरीया पा,हाड छङ छङ बग्ने खोलामेरी आमा पिल२ रुदै पर्खि र की होलि ।गुरास फुल्दा डाँडा पाँखा कोईली गाउथी गीतमादल बजाई नाच्थ्यौ गाँउथ्यौ साटी चोखो प्रित देबी देउता बर पिपल छैन चाड पर्बस्वर्ग जस्तै मेरो देश नेपालकै लाग्छ गर्ब।अस्टिन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत समिर सागर 14, 2009, 10:54 कहिलेकाँहि त रोयौ होला सिरानीमा आँशु झारी तिमी पनि त म जस्तै निर्मोहिलाई आफ्नो ठानी। बुझयौ होला कसैलाई मायाँ गर्दा आँशु झर्छ विश्वाश फुटयो जीवनमा कस्तो पीडा खेप्नु पर्छ। आँखा चिम्लि मुटु साट्दा रोयौ होला जानीजानी तिमी पनि त म जस्तै निर्मोहिलाई आफ्नो ठानी। छातिभित्र मुटु सँगै तिमी टाँसिएकी थियौ मेरो प्रत्येक भावनामा तिमी गाँसिएकी थियौ। टुक्रिएको प्रीत सम्भि्क भयौ होला पानीपानी तिमी पनि त म जस्तै निर्मोहिलाई आफ्नो ठानी। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत हस्त गौतम 'मृदुल' 7, 2009, 4:24 चाहिन्न मलाई परिवर्तन जस्ले मेरो खुशी लुट्यो स्वतन्त्रताको चाहानामा आज मेरो भाग्या फुट्यो अनगिन्ती झुटा सपना बाढी युद्धमा होमी दियौघाउ कहिलै बिसेक भएन मात्र संधै रगत पियौत्रासदीहरु खपेका कयौ नागरिकहरु जिउदै छौधिक्कारर्दै झुटा आश्वासनलाइ आँसु पिउदै छौं चाहिन्न मलाइ परिवर्तन मुटुका घाउ दुख्दै छन् एकदिन सुख पाउला भन्ने सपनाहरु सुक्दै छन् कहा दुख्यो घाउ भनी आँसु पुछ्न कोही आएनन् सर्वस्व गूमाउनेले सुरक्षित भबिष्य फिर्ता पाएनन् खै कहाँ कस्लाइ बेच्यौ हाम्रो त्यो सुनौलो बिहानी अझै मूटुमा कति लेखी रहने युद्धको त्यो कहानी चाहिन्न मलाई परिवर्तन संधै अन्योलमा पारिरहने परिवर्तनको बहानामा अझै निर्दोषलाई मारिरहने लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत नरेश माङपाहाङ 31, 2009, 12:59 मेरो जीवन सधै तिम्रो यादमा ढल्दैछ तिम्रो जीवन भन आज कसरी चल्दैछ मलाई छाडी गए पछि धेरै धेरै रोयौ अरे पराई संग भए पछि दु:ख पनि पायौ अरेमेरो जीवन सधै तिम्रो यादमा ढल्दैछ तिम्रो जीवन भन आज कसरी चल्दैछ मेरो बारे धेरै धेरै कुराहरू ग-यौ अरे पश्चतापले जलि जलि मूर्छा पनि प-यौ अरेमेरो जीवन सधै तिम्रो यादमा ढल्दैछ तिम्रो जीवन भन आज कसरी चल्दैछ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
मायालुलाई देखिन गीत राकेश कार्की 27, 2009, 1:25 राकेश कार्की मनमाछ्यौ भनि ढुक्क थिँए छाम्दा भेटिनभौँतारिदै छु यताउता मायालुलाई देखिनएक्लै थिइँन साथमा भर्खर बसेँथेआँखा चिम्ली मिठो सपनामा पसेथेँप्रतिध्वनी अझै सुरीलो आईरहेछमुटुको ढुकढुकीले सँगै गाईरहेछप्रतिविम्व पर पर देखेजस्तो उनकैपछ्याउँदा लुकीदिने लुकामारी जस्तै लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत समिर सागर 25, 2009, 9:35 हीँउदमा तुसारोले मेरो वाली खाने होकी यस पालाको वर्षातले मेरो छाप्रो लाने होकी। लेक वेँसी खोरेटोमा उब्जाउनै गाह्रो पसिनाका मेरो मानो लुटीलाने होकी। जीवन भयो अँधेरीरात विहानीको आशा छैन हातैभरी नीला ठेला अघाउने गाँस छैन। केटाकेटी रुन्छन् धेरै फुल्याउनै गाह्रोएक डल्लो ढिँडो पनि ढुँङ्गो भन्दा साह्रो । पँधेरीमा रातो रगत कान्ले खेतमा लास रुखो जीवन बाँच्न पनि दैव कस्तो त्रास। निमुखा र सोझालाई विधाताले छले आफन्तिको निशानाले आफन्ति नै ढले। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
छुरीले चिरेनि गीत दिलिप योन्जन 25, 2009, 9:34 दुखियालाई खुसी नमिल्दोरहेछ,जति नै गरे नीहातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।भिजेको आखा सुक्दैनरहेछ, जति नै पुछे नीच्यातिएको भाग्य जोडिनरहेछ, भालाले सिए नीदुखिको खुसी लुटिन्दोरहेछ, दैब नै लागे सीहातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी। मनको बाध फुट्दोरहेछ, चोटै-चोट लागे सीजिएको अर्थ नलाग्दोरहेछ, मान्छेले हासे सीदुखिको दुख सकिनेरहेछ, माटोमा मिले सीहातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गित गीत दिलिप योन्जन 25, 2009, 9:32 ननिभ्ने दिप हो, हाम्रो माया प्रितीहासी२ जिबन बिताउ, मरे हुन्छै मिटी।दुख सुख जिन्दगीको, जिउने मिठो आधारजन्म२ रहन्छ माया, इतिहास भै अमरनसुक्ने खोला हो, हाम्रो प्रेम काहानीहासी२ जिबन बिताउ, मरे हुन्छै खरानी।माया ठुलो सन्सारमा, हिरा मोती भन्दामरेर नि बाचेकाछन, मायामा ज्यान दिदानरोकिने यात्रा हो, युगै युग भरीहासो२ जिबन बिताउ, लानु केछ मरी। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत यात्री शेखर 25, 2009, 9:30 नियम कानुन भन्दापनि, जान सक्छौ धेरै पर। सिमा हुन्न बन्धन हुन्न, धोका हुन्छ कैले तर। प्रेम भन्ने यस्तै चिज हो, एक आपस्मा विश्वास हुन्छ। जानिदैन के गरेर , दुइ मुटु एकै हुन्छ। भौतिक वस्तु नभएनी, बन्छ यौटा सुन्दर घर। नियम कानुन ....... यात्रा गर्दा मोडहरु, बदलिए जस्तै गरि। प्रेम भित्र स्वार्थ लुक्छ, डाडाँ परि घाम झै गरी। त्यती वेला सहयात्रा, हुन्न भन्ने हुन्छ डर। नियम कानुन ....... नियम कानुन भन्दापनि, जान सक्छौ धेरै पर। सिमा हुन्न बन्धन हुन्न, धोका हुन्छ कैले तर। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत शेखर ढुंगेल 12, 2009, 3:39 शब्दहरु अलग अलगभाबना मन को एउटै होजस्ले छोडि हिंडे पनि बिछोड आखिर बिछोड नै हो छातीमा मुटु बेग्ला बेग्लैधडकन् सबको उस्तै होतिमीलाई दुखोस कि मलाईपिडा भोग्ने उस्तै हो घाऊ होलान साना ठुलाबग्ने रगत त रातै होअचानो बनेर हेर एकदिनचोट सबलाई एउटै होशब्दहरु अलग अलग...... लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत समिर सागर 7, 2009, 2:19 हीँउदमा तुसारोले मेरो वाली खाने होकी यस पालाको वर्षातले मेरो छाप्रो लाने होकी। लेक वेँसी खोरेटोमा उब्जाउनै गाह्रो पसिनाका मेरो मानो लुटीलाने होकी। जीवन भयो अँधेरीरात विहानीको आशा छैन हातैभरी नीला ठेला अघाउने गाँस छैन। केटाकेटी रुन्छन् धेरै फुल्याउनै गाह्रोएक डल्लो ढिँडो पनि ढुँङ्गो भन्दा साह्रो । पँधेरीमा रातो रगत कान्ले खेतमा लास रुखो जीवन बाँच्न पनि दैव कस्तो त्रास। निमुखा र सोझालाई विधाताले छले आफन्तिको निशानाले आफन्ति नै ढले। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत विनोद रोका 1, 2009, 2:39 देख्दा देख्दै बाटोमा माया हराईनदेख्दा देख्दै बाटोमा माया हराईन ।लाजले कतै लुकिन कि म देखि डराईन ॥ देखादेखि धेरै भो चिनजान भा'छैन । माया गर्छु भनेर वोल्नै पा छैन ॥देखेदेखि उन्को तस्वीर मनमा सजीयो ।सपना देख्दै भविष्यको रातभर बसीयो । थाहाछैन उन्ले कस्लाई मन पराउछिन ।दिलको ढुकढुकीमा कस्को तस्वीर सजाउछीन ॥न्यूर्योक लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
आऊ म साहारा दिन्छु.... गीत हस्त गौतम 'मृदुल' 29, 2009, 12:12 आऊ म साहारा दिन्छु गोरेटोमा डोरयाउन तिमीले देखेको सून्दर सपनासम्म पूरयाउन हिन्न सक्छौ गोरेटोमा पाइला चाली मन्को सपनाहरु पूरा गर्ने छौ त्यो तिम्रो जीवनको त्याग हिनताबोध अनी साहासी यात्रा थालं भेटाउन आफ्नै अध्यारो कर्मको दियो बाल आउ म साहास दिन्छ...................... फुल्ने फूल ढंगामा पनि फुल्छ रंङ्ग देखाउछ पलाउने पालुवा शिशिरमा पनि त पलाउछ त्याग निरासा आत्मा बिस्वासको ढोका खोल . समयलाइ बदल्न सके जीवन बन्छ अनमोल आउ म सहयोग गर्छु, .............................. लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गित गीत समिर सागर 20, 2009, 2:56 एक रात साँझ ढलेन बरु ढल्यौ तिमी ढलेँ म आलिङ्गन विना नै गयो रात। न तिमीले आँशु पुछयौ न मैले घाउ छोपेँ लिएर घाईते मुटु तिमीमा चोट रोपेँ कठै भन्ने साहस भएन अँध्यारो मन दियो जलेन एक रात साँझ ढलेन। जीवनको पहिलो प्रेम विर्सने ठाउँ रहेन अत्तालिइ रह्यो मन मिलनको अर्थ रहेन स्तब्ध तिम्रो अधर बोल भन्ने हिम्मत चलेन एक रात साँझ ढलेन। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दिलिप योन्जन 20, 2009, 2:52 कस्तो दैब लाग्यो दाजै,यो दुखिया माथीहेर्दा हेर्दै डाँडा काटी, दिनै पारी रातीबाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी। माया गरे मुटुमा राखी, आफै भए पराईहासी खुसी बाचे कैछे,चितामा मलाई जलाईहेर्दा हेर्दै मलाई छाडी, अर्कै माया रोजीबाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी।। जिबन दिए बाँचा गरी, आफै बने स्वार्थीब्यार्थै किन मुटु साटे, बाच्नु पर्यो तडपीहेर्दा हेर्दै निस्ठुरीको माया,भयो आकास धर्तीबाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी।।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
मेरो मुटुको चालमा गीत राकेश कार्की 13, 2009, 10:37 राकेश कार्की नाचिरहन्छयौ तिमी मेरो मुटुको चालमाप्रेमको डुङ्गा खियाउँदै छु म फेवा तालमास्वागत गर्छन नुही नुही किनाराका बाँसलेवर आउँछन् पर जान्छन् जिस्काउछन् हाँसलेनाचिरहन्छ्यौ तिमी मेरो मुटुको चालमाजुधाई रहन्छयौ नयन डुबुल्किदै छालमाठाउँ ठाउँमा खुशी भा’ छन् बैँशालु जोडीरमाउँदै दङ्ग हुन्छन् हाँस्छन् खित्का छोडीनाचिरहन्छ्यौ तिमी मेरो मुटुको चालमाअझ कस कति मज्जा मायाको जालमा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत आनन्द अधिकारी 6, 2009, 2:29 सुसेली हाल्दै उकाली सुसेली हाल्दै ओराली जिन्दगीको भारी विसाउ भन्दैछ देउराली। वैंशमा बस्ने चौतारी भत्किएर पुरानो भो रोदी घरमा लाएको प्रीति विर्सिएर विरानो भो , पर्ख न पर्ख भन्दाभन्दै ढल्केछ उमेर बेसरी जिन्दगीको भारी विसाउ भन्दैछ देउराली। तिमी पनि जून पनि उस्तै थियौ जमानामा व्यूझएर कयौँ रात अँगालेथेँ सपनामा , थाहै नपाई वितेछ लौ तिम्रो र मेरो जवानी जिन्दगीको भारी विसाउ भन्दैछ देउराली। सुसेली हाल्दै। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत नम्रता गुरागाईं 5, 2009, 2:51 नम्रता गुरागाईं बर दिने थाहा छैन मन्दिर सधैं जाने गर्छुरितिथिति जोगाउन फूल अक्षता लाने गर्छु ।कर गरी होइन घर रहरैले छोडिदिन्छु यो मनजस्तै त्यो मन् भए नाता आफनो जोडिदिन्छुकति चांडै विसर्िएका हाम्रा मिठा बातहरु अरुबाट लुकाएका योजनाका खातहरु । दिए भने भगवानले शान्ति मागि आएकी छुपछिसम्म चम्किरहने कान्ति मागि आएकी छु माया गनॆ्र धेरै भए मलाइ पनि गने हुन्छसंकोचैमा भए अझै आफनैसित भने हुन्छ । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत केदार श्रेष्ठ 12, 2009, 9:50 बसेको छु तिमीलाई पर्खि यो तन चोखो राखी मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी। यो मन सधैँ सँगै हुन्छ तिमी टाढा भए पनि सँगे मर्छु, जिउँछु छाडि्दन म ज्यानै गए पनि कहिले आउछौ सिन्दुर हाल्न मेरो सिउदो माथि मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी। तिमी मेरो म तिम्रो जति दुःख पाए पनि छुट्ने छैन हाम्रो माया जत्रै हुरी आए पनि भाकी देउता देउरालीलाई चढाउछु वेलपाती मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
रुनु न हास्नु भयो गीत शेखर ढुंगेल 3, 2009, 12:41 रुनु न हास्नु भयो जीवन माझदार मा अल्झेर न अघी न पछी जान सके नियती मा फसेर रुनु न हास्नु --- चियायो बिहानी ले सधैं मलाई नयाँ भाग्य ल्याएन गिज्याइ रह्यो चाद मलाई यो मन मा सित्तल छरेन रात भर सित्तल छरेन रुनु न हास्नु ----वारी पारी डुल्छन आँखा कीनार मा देखिन्न आशा निरास , हतास भयो मन मरु कि बाचु उपाय सुझेन मेरो मनमा उपाय सुझेन रुनु कि हासु भयो जीवन मझदार मा अल्झेर ----- लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
मर्नु पार्यौ गीत शेखर ढुंगेल 3, 2009, 12:38 मर्नु पार्यौ कान्छी तिमी ले माया गरेर दिन भरी कुरायौ आएर सपना मा कुतकुती लगायौ उज्यालो नहुँदै कता हरायौ मर्नु पार्यौ कान्छी तिमीले दिन भरी कुद्छ्यौ एता र उती आँखा झिम्काउदै जब पर्छ्यौ एक्लै साझ मा एस एम गरेर हैरान बनायौ भोक र निन्द्रा भगाई मेरो दुनियाँ हसायौ मर्नु पार्यौ कान्छीचुल बुले तिम्रो बानी कोइली जस्तो बोली हरिण जस्तो जिउ डाल तिम्रो सब लाई लोभ्याउदै हिंड्ने बानी तिम्रै याद मा बिहानै भट्टि पुग्ने मलाई बनायौ मर्नु पार्यौ कान्छी तिमी ले लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत नरेश माङपाहाङ 22, 2009, 3:40 तिमी हिड्ने वाटो भरी फूलै फूलको वोट भयो विझाउने काडा मलाई निको नहुने चोट भयो एउटै विचार मन लिई हिडिरहन्थ्यौ हामी त्यही बाटो छुटिट्एर उता गयौ तिमीतिमी हिड्ने गोरेटोमा वर पीपल को बोट भयोविझाउने काडा मलाई निको नहुने चो ट भयो हाते मालो गरी गरी खोला खोल्छी तर्यौ सम्झना भई त्यही माया आसुँ बनि झर्यो तिम्रो दिलको बगैचामा फूलै फूलको बोट भयोविझाउने काडा मलाई निको नहुने चोट भयो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत नम्रता गुरागाईं 11, 2009, 1:42 नम्रता गुरागाईं तिमी मेरो सुन्दरता हो तिमी मेरो साथी टिका भए सजाउथे निधारमा राखी। अघाए झैं लाग्छ किन भोकै बसेपनि भोकै थिए भंडारमा बासै बसेपनि ओठमाथि सजाएको तिमी मेरो बोली शब्द भइ सजिरहे तिम्रै ओठ खोली। तिमी मेरो.................... टिका भए ...................... अघिपछि देख्छु सधैं एक्लै भएपनि एक्लै थिए शहरमा धेरै भएपनि गलाभित्र लुकाएको तिमी मेरो धुन गीत भइ गुन्जीरहु धेरै धेरै हुन। तिमी मेरो.................... टिका भए ...................... हांसु हांसु लाग्छ किन एक्लै बसेपनि सकिनथें हास्न संगै धेरै हांसेपनि आंखामाथि सजाएको तिमी मेरो ज्योती टाडा टाडा पुगिरहुं बोकी आफ्नै मोती। तिमी मेरो.................... टिका भए ...................... मोरङ्ग, हाल युस लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दीपक जडित 10, 2009, 1:35 लेख्नै सकिँन मसीले मेरो मन फाटेको कहानीनलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।बतास पनि त रुँदैछ आज हेर पातहरु झरेको छथपिँदा चोट छातीमा मेरो आघात अरु परेको छलेख्नै सकिंन देख्नै सकिंन जीवनमा कुनै सपनीनलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।जित्न चाहनेको माझमा म त हारिदिन तयार छुके हुन्छ अर्थ जीवनको कस्तो म त यसै निसार छुसँधै आँसुसँगै सुरु हुन्छ मेरो जीवनको बिहानीनलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गित गीत शेखर ढुंगेल 10, 2009, 1:32 कुनै दिन हासेर कुनै दिन रोएर बितायो यस्तै रहेछ दुनियाँ को रित जस्तो मौसम त्यस्तै मा रमायो कुनै रात यहाँ बिस बोकेर आउछ कुनै रात चाद को हसिलो मुहार जिन्दगी रैछ घाम छाया कहिले धुप कहिले झरी मा रमायो कुनै माया जीवन कुनै माया मृत्यु बोकेर आउदो रैछ कस्तो लगाये छाप बिधाता ले भाग्य मा कुनै दिन हासेर कुनै दिन रोएर बितायो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
फर्कि आउनुस् गीत हरिहर दाहाल 8, 2009, 2:45 मन को राजा पर-देशमा गाउँको चरी बनमाआँशु पिउदै, बाटो कुर्दै नजर् पापि धनमापरदेशमा दु:ख होला आँशु झर्दा होलान्घर-परिवार संझिएर छाति पिट्दै रोलान्छोरा- छोरी सोध्द्छन् संधै बाबा कैले आउनेरुदै भन्छन- बर्सौ भयो भेट्न कहिले पाउनेआउनुस् हजुर फर्किएर कती बस्नु पिरमासंगै बसौं,संगै खोस्रौं आफ्नै पाखा भिरमासाग- सिस्नु खाँउला बरु मन हाँसेर गाँउमादिल् खोलेर सुत्न मन छ तिम्रा कोमल पाउमामन मात्र नभरिएको सिमा छैन धनमासपना र आशा बढ्छन लोभि पापी मनमामरि जाने चोला हो यो कती बस्नु रुँदैभेट् नहुने मायालु को प्रेम बन्दी हुँदैबिन्ति हजुर फर्कि आउनुस् तड्पी रा छ मनधन भन्दा खुशी ठुलो आफ्नै संस्कार पन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
तराई खेतमा हिमाली पानी गीत ठाकुर मान लामा 8, 2009, 2:35 तराई खेतमा हिमाली पानी मिसाई हेरन तराई गर्मी सहनलाई पहाडी चिसो छामी हेरन सुनको बाला लहलह हो ........ सुनको बाला लहलह गाउँबेसीमा झुल्दै हिउँको थुम्को टहटह हो ......... हिउँको थुम्को टहटह सगरलाई चुम्दै यही धरतीमा नेपाली हात चलाई हेरन श्रमको पसिना यही माटोमा खोलाझै बगाई हेरन कोइली चरी चिरीबिरी हो ....... कोइली चरी चिरीबिरी रुखको हाँगैमा शान्तिको गीत तिरीरी हो ........ शान्तिको गीत तिरीरी मुरली धुनैमा नेपाली दिल नेपाली मुटु सबको माझ खोली हेरन नेपाली भेषभुषा अनि संस्कृतिलाई माया गरन जोडी खुकुरी टलल हो ....... जोडी खुकुरी टलल नेपाली शानमा शहिदको रगत सलल हो ........ शहिदको रगत सलल नेपाली ज्यानमा पबित्र सम्बन्ध खोज्न सत्यलाई पछ्याई हेरन नेपाल सजाउनलाई सब एक भई लागि परन तराई खेतमा हिमाली पानी मिसाई हेरन तराई गर्मी सहनलाई पहाडी चिसो छामी हेरन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत ज्ञानेन्द्र गदाल 2, 2009, 3:56 तर्कि तर्कि निहंड घुर्की लगाई नहिंड चोखो माया पिरतीको पाप लाग्ला है । माया धर्म हो माया कर्म होएकार्काको मुटु जोड्ने दिलको मर्म होजोगाउ आफ्नो धर्मलाई बचाउ दिलको मर्मलाईजथाभावी खेलाँची नगरचोखो माया पिरतीको पाप लाग्ला है ।दुखमा रोएको मायासँगसुखमा हाँसेको मायासँगगहिरो आत्मीय धून हुन्छदुई आत्माको गुनगुन हुन्छधुलो सम्झी उडाउन नखोजचोखो माया पिरतीको पाप लाग्ला है । डेन्भर, कोलोराडो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दीपक जडित 2, 2009, 3:48 लेख्नै सकिँन मसीले मेरो मन फाटेको कहानीनलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।बतास पनि त रुँदैछ आज हेर पातहरु झरेको छथपिँदा चोट छातीमा मेरो आघात अरु परेको छलेख्नै सकिंन देख्नै सकिंन जीवनमा कुनै सपनीनलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।जित्न चाहनेको माझमा म त हारिदिन तयार छुके हुन्छ अर्थ जीवनको कस्तो म त यसै निसार छुसँधै आँसुसँगै सुरु हुन्छ मेरो जीवनको बिहानीनलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत केदार श्रेष्ठ 18, 2009, 3:07 अघाउदिन खै किन उसलाई जति हेरे पनि नसकिने रैछ माया जसलाई जति गरे पनि। यौवनमा फुल्दो रैछ माया फूल जस्तै गरी बसेपछि माया आउदो रैछ झझल्कोमा घरीघरी सागरको पानी माया नसकिने घैला जति भरे पनि अघाउदिन खै किन उसलाई जति हेरे पनि। हेरी रहूँ लाग्छ सधैँ लाग्छ मन नजिक हुन सँगसँगै जाऊँ लाग्छ आकाशको तारा छुन अब सँगै मर्छौ वाँच्छौ संसार सारा जले पनि अघाउदिन खै किन उसलाई जति हेरे पनि। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
राष्ट्रिय गीत गीत शेखर ढुंगेल 16, 2009, 9:29 नेपाल नेपाल नेपाल यो मेरो नेपाल हाम्रो नेपाल हिम्चुली को आँगन मा मादल को ताल मा नाच्दै हिंड्ने फुल्बारी हो यो मेरो नेपाल हाम्रो नेपाल कस्ट जस्तै पाए पनि दुस्मन सीत् डटी लड्ने हाम्रो ऊच्च वीर गाथा राखी छाती मा चन्द्र सुर्यगर्छौ गर्ब आफ्नै ईतिहास मा हो यो मेरो नेपाल हाम्रो नेपाल हामी कहिल्यै झुकेनौ अब पनि झुक्दैनौ हामी फस्दैनौ दुस्मन को जालमा हिमाल पहाड तराइ गाउँछ एकै सुर र तालमा हो यो मेरो नेपाल हाम्रो नेपाल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत सौरव रिजाल 12, 2009, 9:55 छाती भरी घाऊ नै घाऊ छनतीम्रो मायाको नीशानीसुनीदिने कोही भएननमेरो बीछोड़को कहानी आफ्नो जीवन बिहान बनायौ मेरो पारिदियौ सांझ दुनीयालाई मैले कसरी भन्ने तीम्रो भईन म आज भाग्य भनेको लेखीएरैआउदो रहेछ हातमाखुसी भएर बाँच्नु तिमीलेपराई को न्यानो साथमा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत नवराज श्रेष्ठ 29, 2008, 2:59 आऊ मिली सँगै बसौ हिमाल, पहाड, तराई एउटै देशको दाजुभाई हौ कोही छैन पराई हातमा हातकाँधमा काँध मिलाई अघि बढाँै मागे भने यो देशले आफ्नै शिर चढाऔँ। रून दिनु हुन्न अब सगरमाथालाई फुट्यो भने दाजुभाई हुदैन है भलाई तरवार भन्दा बलियो कलम हुन्छ साथी माया गर्नू सबैलाई हुने छ है जाती। हिलोमा नै फुल्ने गर्छ कोमलको फूल आफ्नै राष्ट्र बिर्सीदिने नगरौं है भूल पसिना देऊ, पसिना यहि मोती फल्छ अनि मात्रै साँच्चै नयाँ नेपाल बन्छ। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत हस्त गौतम 'मृदुल' 28, 2008, 10:06 छोडेर गयौ अचानक हरे माया नै मारेरसुन्दर सपना संधैका लागी ओझेलमा पारेर ।आउदा कति हर्षित थिएं हर पल रमाएँ सफल्ताको शिखरमा पुगी प्रभुत्व जमाएं।आत्मीय पन टुटाइ जादा मन मेरो धर्कियोन्ासकी खप्न बिछोडको पींडा यो छाती चर्कियो। साँचुला संधै ति क्षणहरु संगसंगै बसेकोबिस्रनै छैन जीवनमा कैलै मायाले डसेको।मनको शान्ति अटल खुशी संधैलाइ हरायोगूलाफ़को फुल सम्झेर संधै रोइरने गरायो। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत कमलराज के.सी 24, 2008, 3:02 ज्युनूको सार छैन म व्यर्थै बाँचिर'छु कुनै खुसीबिना नै म त्यसै हाँसिर'छु। भ्रम हो मायापिरती झुठो हो जान्दाजान्दै विपनाको विपरीत यो सपना हो ठान्दाठान्दै भ्रमिलो विश्वासमै पिरती म गाँसिर'छु कुनै खुसीबिना नै म त्यसै हाँसिर'छु। धेरै भो जिन्दगीमा खडेरी छाएको छ न यो जिन्दगीमा वसन्त आएको छ कम्मर भाँचीभाँची म व्यर्थै नाचिर'छु कुनै खुसीबिना नै म त्यसै हाँसिर'छु। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत प्रतिक 8, 2008, 3:14 अध्यारोमा जुन वनि हिड्न पाए हुन्थ्यो देशको माया मुटुभरि साँच्न पाए हुन्थ्योसुस्ता अनि कालापानि पराई वुटले कुल्चिदिदाराष्ट्रियताको स्वाभिमानी विगुल फुक्नपाए हुन्थ्योकति सुन्दर हाम्रो देश हिमाल पहाड तराईशान्ति अग्रगमनको फुलवारीमा बाँच्न पाए हुन्थ्योधेरै भयो मन फाटेको पराई राज चल्दा खेरीजनमन माझ्न सक्ने जनगणतन्त्र आए हुन्थ्योअध्यारोमा जुन बनी हिड्न पाए हुन्थ्योदेशको माया मुटुभरि साँच्न पाए हुन्थ्यो । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत कृसु क्षेत्री 2, 2008, 4:37 मेरो हरसासमा हिमाली वतास छमेरो पसिनामा तर्राईको सुवास छजहांसुकै जन्मे पनि जहांसुकै हुर्केर पनिमेरो प्रत्येक अंगमा नेपालकै बास छ ।न काला गोरा रंगभेद, न कुनै जातिभेद छन धनी गरिव बर्गभेद, न कुनै वर्णभेद छमन्दिर, मस्जिद, चर्च वा गुम्बा जहां पनिआफ्नै नेपाली सद्भावको आभाष छ ।बुद्धको जन्मभूमि, सीताको माइतीदेश मेरो वीर सहिदको रगतले संरक्षित देश मेरोएक नारीपुरुष, अनेक संस्कृति भाषा भेष छसमुन्नत नेपालको मात्र एउटै प्यास छ ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दीपक जडित 20, 2008, 4:56 किन हुन्छ भेटघाट गोरेटोमा कसैसँगहिंड्दाहिंड्दै माया किन बस्छकिन आउछ दोबाटो छुटाउन साथ फेरीसारा खुशी आँशु सँगै खस्छ । कसैसँग बरु कतै भेटै नभईदिए हुन्थ्योन त छुटिनुनै पर्थ्यो न त फेरी मुटु रुन्थ्योकिन लाग्छ माया मिठो एकैछिनको चिनारीमाकोहि किन मुटुभित्र पस्छकिन आउछ दोबाटो छुटाउन साथ फेरीसारा खुशी आँशु सँगै खस्छ । बुझाउदा बुझ्ने हैन मन त एकोहोरो हुन्छनचिनेको माया कल्पि मुटु त्यसै त्यसै रुन्छकिन भाग्छ निदरी नि आँखाबाट पर परआशँकाले मुटु किन डस्छकिन आउछ दोबाटो छुटाउन साथ फेरीसारा खुशी आँशु सँगै खस्छ । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिमल गिरी 16, 2008, 5:41 तिमी रङी बिरङी रङमा फुल्छौ म त सेतै फुलेको छु हजार चोट दियौ तर मैले सारा भुलेको छु मेरो पनि बाटो थियो अबिरल बगिरहने तर एउटा विश्वाश थियो त्यसलाई पनि छेकिदिने तिमी हिड्छौ आफ्नै गतिमा, म त कुरिरहेको छु म त सेतै फुलेको छु अनायासै रोइदिने नजर मेरा बेइमानी छन कता कता सल्बलाउने अधर मेरा अभागी छन तिमी भुल्छौ सारा संसारलाई, म त खोजिरहेको छु म त सेतै फुलेको छु उपासना गीती एल्बमबाट लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
नेपाल आमा गीत राकेश कार्की 27, 2008, 10:02 राकेश कार्की बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानीयसपाली त पक्कै छोरो घर आउँछ कि भनीदशैँ हाम्रो महान चाड आमा तिम्रो मायाछाति भरी बिछोड पोल्छ बिदेशको छायाँपाखामा हामी भयौँ पर कता कता टाढाछुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडारातभरी सम्झे आमा मैले दिन भरी पनिपक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
प्रेम पत्र गीत राकेश कार्की 13, 2008, 12:45 राकेश कार्की तिमीले लेखेकी प्रेम पत्रअझै सँभाली राखेको छु घाइते मुटु यो अलपत्रबाँझै सँगाली बाँचेको छु प्रेम पत्रका हरफ हरफलेतिम्रै यादहरु बली रहेछशब्दशब्दका मिठो तारिफले छातीभरी माया पोली रहेछकतिचोटी हेरुँ पढु जैलेतैलेयहीँ छौ जस्तो लागी रहेछचुमी पत्रलाई अँगालेर कैलेबिउँताउँने इच्छा जागी रहेछ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
मैले भुल्नै सकिन गीत केदार सँकेत 29, 2008, 3:08 गीत अब म सुनाउदिन निमीलाईमाया अब म लगाउदिन तिमीलाईतर कस्तो छाप छोड्यौ यो मनमामैले बुझ्नै सकिनईसाराले अब म बोलाउदिन तिमीलाईअङ्गालोमा अब म बाध्दिन तिमीलाईतर कस्तो मोहनि लगायौ मलाईमैले बुझ्नै सकिनहिजैमात्र तिमीलाई बजारैमा भेटेथेयी नजरले नजिकैबाट चुमेथेतर मस्तो निस्ठुरी तिमीमैले बुझ्नै सकिन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत हस्त गौतम 'मृदुल' 26, 2008, 3:48 स्तब्ध पारी अबसान भयौ शोकमा डुबाईसंधैका लागी छोडेर गयौ यो मन रुवाई असैहय क्षति भोगेर पनि रित्तता भर्दैन बिधिको बिधान यस्तै नै रैछ टारेर टर्देन भाग र भोग यत्ति नै रैछ शुन्यमा बिलायौ आखिर रै छ दैवकै लिला उसैमा मिलायौ स्तब्ध पारी बिस्रने छैनौ राष्ट्रले पनि अमुल्य योगदान युगौ युग गाउने छौ तिम्रो कृतिको जयगान आत्मालाइ सधा चीर शान्ती मिलोस यही छ पुकार भावपूर्ण अन्तिम श्रद्धांजली यसैलाइ स्वीकार ।स्तब्ध पारीअमेरिका(साहित्यकार अग्निशिखाको असामयिक निधनमा भाव विव्हल भएका कविको हस्ताक्षर - सम्पादक लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दीपक जडित 26, 2008, 3:48 भोक हो मायामहारोग हो मायाएकपल्ट सबैले भोग्नै पर्नेशोक हो माया ।सांघु हालेर मायाको कति त जंघार तरी जान्छनचढ्न नसकी मायाको शिखर कोही फेदीमै झरीरन्छनएउटाले जिते पनि मायाको बाजी अर्कोको हार हुनेपाप हो मायासन्ताप हो मायाएकपल्ट सबैले भोग्नै पर्नेश्राप हो माया ।खुट्किला बनाई मायालाई कति त सफलता टेकिदिन्छनअरुको खुशीमा तघारो बनि कोही बाटो नै छेकिदिन्छनथोरै होलान केहि मायामा पाउने धेरै छन गुमाउनेभूल हो मायाझरेको फूल हो मायाएकपल्ट सबैले भोग्नै पर्नेशूल हो माया । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिमल गिरी 10, 2008, 1:45 कस्तो संयोग जुरो आज भेटभो तिमीसँग दुई आँखाको मिलनसंगै मन भयो उमङग पिडादयी नहोस यात्रा गन्तब्यमा पुग्नलाई जीवन हाम्रो बिम्ब बनोस जुन ताराले थाहैनपाई साझ बिहान मुस्काइरहु सधैं तिमीसँग दुई आँखाको मिलनसंगै मन भयो उमङग मुहार भरी अचम्मको चमक छायो आज खुशी फुल्यो चारैतिर बिह्वल भयो लाज जोस जाँगर झुल्क्यो मनमा भेट भयो तिमीसँग दुई आँखाको मिलनसंगै मन भयो उमङग चारपाने, झापा , हाल: बेल्जियम लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिनोद खड्का 10, 2008, 2:48 कति मीठो जीन्दगी त्यो कति मीठा क्षणहरुकति राम्रो अतित त्यो कति मीठा यादहरुकष्टकर जीन्दगीकी सदाबहार ज्योती तिमीव्यथै व्यथाहरु भित्रकी अविरल यात्रा तिमीतिमीलाई भुल्न खोजे जीन्दगी नै भुले जस्तो लाग्छतिम्र याद विनाका क्षणहरु सबै र्व्यर्थ जस्तो हुन्छ ।कहिले होला भेट हाम्रो कहिले होला हाम्रो मिलनकहिले होला हाम्ले साट्ने जीन्दगीका मदहोश योवन । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गरिबको राष्ट्रगान गीत दुर्गालाल श्रेष्ठ 13, 2008, 4:27 हो, मलाई पनि त प्यारो लाग्छ मेरो देश हैतर म देख्दिनँ हाय ! मेरो देश खै, त्यो देश खै ?छैन सबकन उत्ति हावा, घामपानी तक जहाँकति त छन् नीदै बिसाउनबाट पनि वञ्चित यहाँ !छन् सबै, तर यति विचित्र कि छैन हाम्रो निम्ति क्यैदेश मेरो पनि भए यो, खै त, मेरो अंश खै ?यति यहाँ विषाक्त हावा, सर्पको लपलप फणासासले आगो उकेल्दै बाँच्नु कत्ति विडम्बना !यो त हाम्रो खोस्नु हैन र, बाँच्नुको अधिकार नैगर्छु अब विद्रोह गर्छु म, छैन यो स्वीकार है !नाइँ यस्तो हीन जीवन अब कदापि म बाँच्दिनँयो त हास्यास्पद मरण हो, अहँ अँगाल्न म सक्दिनँज्यूनु हाम्रो भन्नु क्यै छ त पीरकै बस् भार छपीर हो नि लडेर गुम्ने, प्राप्ति तर संसार छ !ए तिमी ! हामी गरिबको गर्दछौ जो रक्तपानकिन तिमीसँग नै म गाऊँ, स्वर मिलाई राष्ट्रगान ?गर्नु भण्डाफोर तिम्रो, देशकै गुनगान हो !नाश तिम्रो पार्नु हाम्रो राष्ट्रकै निर्माण हो !(फागुन २०२७ सालमा नेपाल भाषामा लेखिएको यस कविताको अनुवाद लेखक स्वयंले गरेका हुन् ।) लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत प्रवीण पराजुली 22, 2008, 6:02 नीलोनीलो आकाश हरियोहरियो धर्ती मैले दिएँ तिमीलाई रातो रङको प्रीति ।मेरो नाम जोडियो तिम्रो नाममा तिम्रो नाम जोडियो मेरो नाममा मैले दिएँ तिमीलाई मेरो नाम तिमीले दियौ मलाई तिम्रो नाम ।मैले तिमीलाई प्रेम दिएँ तिमीले मलाई माया दियौ फूलजस्तै कोमलता दियौ जूनजस्तै शीतलता दियौ ।तिम्रो गाउँ भयो मेरो गाउँ मेरो ठाउँ भयो तिम्रो ठाउँ मैले तिमीलाई छानेँ अरबमा तिमीले मलाई छान्यौ अरबमा ।नीलोनीलो आकाश हरियोहरियो धर्ती मैले दिएँ तिमीलाई रातो रङको प्रीति ।कोटेश्वर, काठमाडौँ ३५ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत राकेश कार्की 15, 2008, 1:21 राकेश कार्की तिमी निदाउम सपनी बनि आउनेछुतिमी लजाउम झन् हेरी रमाउनेछु ।जून सिउँरु झैं लाग्छत्यो मन बराल्ने कपालमाखुशी छरिदिउँ झैं लाग्छगुलाफ फक्रेको त्यो ओठमा ।तिमी निदाउम सपनी बनि आउनेछु ।एकोहोरो हेर्ने त्यो आंखापिउँदा पिउँदै म मातेछुसुवास छर्ने त्यो सुस्केरासँग सँगै कतै हराएछु ।तिमी निदाउम सपनी बनि आउनेछु ।लस् एन्जेलस् लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दीपक जडित 13, 2008, 11:59 चर्किएको ऐना हेर्दा आफ्नै हजार छाँया देखें ।ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें ।बर्षौं पछि सम्झिँदा नि तिम्रो रूप सग्लो थियोतिम्रै माया छातीभित्र अर्थोक भन्दा अग्लो थियोआज फेरी तिमीलाई आफ्नै दाँया बाँया देखेंऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें ।झुल्के घामले सँधै मलाई उज्यालोको आश दियोतर मुटु भित्र अझै अध्याँरोकै बास थियोहरेक दिनसँगै मैले आशा नयाँ नयाँ देखेंऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रै माया देखें । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत हस्त गौतम 'मृदुल' 10, 2008, 4:01 मृदुल धेरै याद आयो तिम्रो तस्वीरमा हेरी कैले भेट होला हाम्रो भविष्यमा फेरी ॥अंजु देख्न नपाइ तिमीलाइ मन औधी रुन्छ रही खपी रहे पछि एकदिन मन्को हुन्छ ॥अंजु कति राम्रो दिन होला हामी सगै हँुदा चस्क्कै दूुख्छ मुटु ति स्मृतिले छुँदा ॥मृदुल सारै मन रुदो रैछ टाढा हुदा खेरी । बहूत खूशी लाग्यो मलाइ तस्वीरमा हेरी ॥ अंजु जिउन नपाइ तिमी संग मन मेरो रुन्छ रही खपी रहे पछि एकदिनको हुन्छ ॥अंजु जहाँ रहे पनि संधै खुशीमा नै बाँचे पवित्र यो हाम्रो माया हृदयमा साँचे ॥मृदुल सम्झनाको यो मनमा चल्छ आँधिबेरी कैले भेट होला हाम्रो जिन्दगीमा फेरी ॥अंजु सम्बन्ध यो नजोडेर मन संधै रुन्छ रही खपी रहे पछि एकदिनको हुन्छ ॥ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिमल गिरी 8, 2008, 4:40 दुखियाको जीन्दगीमा आयौ तिमी किननदेउ भैगौ धेरै पीडा नलाउ मलाई ऋणयस्तै रहेछ जीवन यात्रा बरालिन्छ मनछल्किगए आँसु सबै घाउ दुख्छ झन्उदास मुहार साँझ बनि आयौ तिमी किननदेउ भैगो धेरै पीडा नलाउ मलाई ऋणकुहिरोले ढाक्यो जीवन हाँस्ने मन छैनमुस्कान भाग्यो क्षितिज पारी रहर यो होईनभत्काई गयौ ईच्छाहरु आयौ तिमी किन नदेउ भैगो धेरै पीडा नलाउ मलाई ऋणचारपाने झापा, हाल: बेल्जियम(शब्दाञ्जली बर्ष १ अंक १ २०६५ बाट साभार) लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत दीपक जडित 29, 2008, 3:38 मैले लाएको माया झुठो ठानेउ कि तिमीलेभुलेउ कि सँगै बाँच्ने कसम खाएको हामीले र एक्लो भएँ म आज आउन्नौ तिमी म सँगसपनाको हाम्रो संसार बनायौ भताभुङ्ग ।दुनियाँ हाँस्छ म देखि हाँसोस् म रोईदिउँलातिम्रो नाम लिएरै बरु सनकी म होईदिउँलाश्रीष्टीमा जब सम्म रहला यो आकाश र धरतीराख्ने छु साँचेर चोखै तिम्रो मेरो पिरती ।बर्षन्छ तिम्रो माया जलका प्रतेक कणमाबसेउकी गएर तिमी नभका सितारा गणमाप्रलय भएर बरु भत्केला मेरो धरातलभत्कन्न कहिले पनि तिम्रो मायाको सत्तल । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत नरेश माङपाहाङ 30, 2008, 3:50 मन भन्छ हाटै बजार जाउँचाहानाको मायालाई भेटी आज आउँअजम्बरी माया साटी आँउमन भन्छ हाटैविरहको गीत गाँउदै दिन कति काटु म २बन पाँखा घाँस दाउरा कति दिन गरु मडाँडा पारी कहाँ जाउँ म २मन भन्छ हाटै.आफनै ठाँउ छाडेर कतै बस्ती सरु किमिर्मिरेको बिहान संगै कतै माया छरु किसवै छाडी कहाँ जाँउ ममन भन्छ हाटै बजार जाउँचाहानाको मायालाई भेटी आज आउँअजम्बरी माया साटी आउँमन भन्छ हाटैपाँचथर, कन्यटारहालः यू. के. लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत हरिभक्त बुढाथोकी 27, 2008, 3:50 विदेशको ठाँउ कसरी रमाउँ के गरी चल्ने होस्वदेशमा जस्तो सन्तुष्टि सुख कसरी पाउने होखप्नु त छ नै विदेशको पीडा सैकडौं हजारसम्झेर बस्छौं बाध्यता खपी स्वर्ग देश नेपालहिमाल नदी पहरा झर्ना क्या सुन्दर विशाल कसरी देखाउँ यस्तो छ हाम्रो भनेर नेपाल एउटाको चुलोमा पाकेको खाना बाँडेर खाइन्छकसैको घरमा लागेको बेथा सबैले सहिन्छयो मनका धनी छँदैछौं हामी हृदय विशाल के गरी बुझाउँ यस्तो छ स्वर्ग भनेर नेपाल(शब्दाञ्जली बर्ष १ अंक १ २०६५ बाट साभार) लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत निरोज 27, 2008, 2:34 तिम्लाई जस्तै जिन्दगीको माया धेरै धेरै लाग्छपराईलाई सिउँदो सुम्प्यौ तर तिमी मेरै लाग्छपधेँरीमा तिम्रो गाग्री मैले समाई बोकाई दिन्थे भिर पहिरोमा हिँड्नु पर्दा तिम्रै हात समाई दिन्थेजति लगाउ आफ्नो सम्झी गुन सबै खेरै जान्छपराईलाई सिउँदो सुम्प्यौ तर तिमी मेरै लाग्छघाँस दाउरा मेला पातमा तिमीलाई नै सघाउँथेमिठो मसिनो तिमीलाई नै ख्वाउन पाए अघाउँथेनिभाई गयौ दियो मनको चारै तिर अँधेरै लाग्छपराईलाई सिउँदो सुम्प्यौ तर तिमी मेरै लाग्छदेउराली ३, नवलपरासी[] लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत राकेश कार्की 24, 2008, 4:29 राकेश कार्की हेर्नु पनि ईशारा हो कीहाँस्नु पनि ईशारा हो कीनसोधुन्जेल के हो के होकेश सँभार्नु पनि ईशारा हो कीजूनमा सधैँ पूर्णिमा देख्छुघाममा सधैँ लाली देख्छुतिमीले हो या तिम्रो मायालेजे हेर्यो त्यहीमा खुशी देख्छुबतासले पिरति छरेको देख्छुवर्षामा मोहनी झरेको देख्छुतालमा डुबुँ झरनामा चढुँजताततै तिम्रै प्रतिविम्ब देख्छुलस् एन्जेलस् लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत बिमल गिरी 20, 2008, 3:50 च्वास्स मुटु दुख्दो रैछ आफ्नै मान्छे टाढी दिँदामन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदाबैँस बगी टाढा पुग्यो जीन्दगीको हिउँदसगैबिरक्तिन्छु सुनसानमा उदासिने यो बताससँगैजीवन भारी हुँदो रैछ आफ्नै मान्छे टाढी दिँदामन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदावेदनमा पिल्सिएर एकान्तमा बग्छन् आँसुदिलको व्यथा लुकाउँदै निराश बनि कति बसुँडाको छोडी रुन मन लाग्छ आफ्नै मान्छे टाढी दिँदामन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा ।चारपाने,झापाहाल: ब्रसेल्स,बेल्जियम(अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्धारा १२ अप्रील २००८ मा ब्रसेल्समा आयोजित वसन्त कवि गोष्ठीमा वाचित ) लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गीत गीत मकुम राई 9, 2008, 3:52 बहार भई आउ, साहारा भई आउ यो मेरो जिवनमाखुशी सजाई देउ, पिडा मिटाई देउ उदाशीको यौवनमायो प्यारो माटो, नागबेली बाटो कति महान छन् यो गगन, यो पवन, मधुमाश कति शुन्दर छन्ज्योती भई आउ,मोती भई आउ प्रतिक्षाको जिवनमायो घर दैलो देउसि र भैलो, चुपचाप सुनसन छन्झस्कि/सम्झि, आतुर/चतुर भई यि आँखा चिहाउछन्बिहानि भई आउ सरगम भई आउ बिवश यो जिवनमाखोटाङ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।