text
stringlengths
1
287k
गजल गजल योगेन्द्र श्रेष्ठ 29, 2011, 8:48 चाडै फर्कि आउछु भनेकि थियौ र पो आएँ ।मिठो गीत गाउछु भनेकि थियौ र पो आएँ ।।जातभात रीतिथिती सबका सब छोडी,चोखो माया लाउछु भनेकि थियौ र पो आएँ ।माईतीघरको बन्धनलाई तोड्ने हो कहिले?मेरै तिर धाउछु भनेकि थियौ र पो आएँ ।।सारा सुखसयल ऐसआराम छोडी,मन भित्रै छाउछु भनेकि थियौ र पो आएँ ।।मन्दिर धाई धाई धेरै गर्यौ पुजा,मलाई नै पाउछु भनेकि थियौ र पो आएँ ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल इन्दिरा खतिवडा "प्रयास" 29, 2011, 8:42 सहजै समुद्र तर्ने थिएँ, हात पाए तिम्रो ।लाली किरण छर्ने थिएँ, साथ पाए तिम्रो।। पलपल तिम्रो यादमा, एक्लै रुदै भएपनि । ओठ्मा हाँसो भर्ने थिएँ, आँत पाए तिम्रो ।। तिम्रो माया तिम्रै छायाँ,देख्छु मनभरि । पत्रहरु,लेख्दै गर्ने थिएँ,खात पाए तिम्रो ।। जीवनको गोरेटोमा जतिकष्ट आए पनि । हाँसी-हाँसी मर्ने थिएँ,काख पाए तिम्रो ।। दमक -८ झापा, हाल -इजरायल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 29, 2011, 8:32 देशको चिन्ता लाग्दैन भनि कसरी भनुँ म?मनको घाउ पाक्दैन भनि कसरी भनुँ म?सम्झना आइ झस्काइ दिए कल्पिन्छु भुमी नै आँखामा देश ढाक्दैन भनि कसरी भनुँ म?झल्झली देख्छु नेपाल आमा आँखामा अल्झेको दु:खले मन थाक्दैन भनि कसरी भनुँ म?विदेश बस्दा देशको माया झन पो बड्दो छ आँटले देश हाँक्दैन भनि कसरी भनुँ म? बिदेशी भनि लेपन लाग्यो मन छ नेपाली गोडाले देश ताक्दैन भनि कसरी भनुँ म ? लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल रामनाथ घिमिरे 26, 2011, 8:17 अमृत रोपेथे तर विष फलेपछि के लाग्यो र आफ्नो भन्नेले नै छलेपछि के लाग्यो र धेरै बयान दिएँ मैले पिरतीको इजलासमाबकपत्र गर्दा गर्दै गलेपछि के लाग्यो र अबिश्वासको खडेरीले गाँजेको छ दुनियाँ यो बिश्वासको बस्ती सबै बलेपछि के लाग्यो र छातीभित्र कोमल मुटु, मुटुभित्र उनलाई राखेँ यै मुटुनी उनकै कारण जलेपछि के लाग्यो र आँशु सस्तो भाछ अचेल, हाँस्ने भन्दा रुने धेर छन्हाँसो लुट्दै हिड्ने चलन चलेपछि के लाग्यो र भक्तपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दीपक जडित 25, 2011, 8:47 झन झन गाढिने भासमाथि उभिन्छन् कोहि ।रोजाई आ-आफ्नो हो आसमाथि उभिन्छन् कोहि ।हार असम्भव छ हुन जिन्दगी रहेसम्म,बुझेर सहजै प्रयासमाथि उभिन्छन् कोहि ।सन्नाटामा आँधिको अनुमान गर्न नसकी,बनाएर महल तासमाथि उभिन्छन् कोहि ।थाहा हुन्न आगोको गन्ध आगोकै खेती गर्दा,त्यसैले त हाँस्दै कपासमाथि उभिन्छन् कोहि ।कोहि उभिन्छन् प्रकाश छर्दै अँध्यारो धर्तीमा,छाडेर धरती आकाशमाथि उभिन्छन् कोहि । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कमल खतिवडा 25, 2011, 8:45 ठूलै सागर तर्न खोज्ने आँट मेरो कस्तो ?डुविगए म नै डुव्थे दिमाग मेरो कस्तो ? डुव्नेहरुको कथा सुन्दा मनै अत्तिन्थ्योजान्दाजान्दै पस्न खोज्ने सोचाइ मेरो कस्तो ? ठिङ्ग उभिएँ किनारमा जे जे पर्ला पर्लाप्रयोग गरि हेरौं भन्ने साहस मेरो कस्तो ? आखिरमा डुव्नै रछ जीवनको सागरमाडुवे मात्र वन्छ जीवन, भन्नुस वुझाइ मेरो कस्तो ? बुधवारे ४, झापा; हाल: सानेपा, ललितपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बिनोद खड्का 24, 2011, 6:16 त्यो फक्रदो योवन, लिए तिमीसंगै त्यो यात्रामा सधै, थिएँ तिमीसंगै । बत्तासिदा अनवरत झोकाहरुमा छोडिन यात्रा मैले, जिएँ तिमीसंगै ॥ बेरिदा ती अविरल छालहरुमा बगरभरी जहर, पिएँ तिमीसंगै ॥। भन्छन मान्छेहरु प्रेम अन्धो हुन्छ बाँकी मेरो जीवन, दिएँ तिमीसंगै ॥।। गन्तव्यमा खोई एक्लै कसरी म केवल कल्पनामा, भएँ तिमीसंगै ॥।॥ दोहा, कतार लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कृष्ण कुमार श्रेष्ठ 23, 2011, 9:01 तिमी लाई सम्झि पागल-पागल हुने मन गर्दैछ एकान्तमा बसि एक्लै-एक्लै रुने मन गर्दैछ साच्चै तिमी क्षितिज बन्यौ टाढा बाट मात्र देख्नेत्यही क्षितिज बनि तिमी-तिमी छुने मन गर्दैछ आँशु पिउने हरु देख्छु कति मिठो हुन्छ होलात्यस्तै आँशु बगाई आँखा-आँख धुने मन गर्दैछमैले कसम खाएको छु सबै सगं टाढा हुनेमिल्ने भए तिमी सगं-संगै जाने मन गर्दैछ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल डा.रुपक श्रेष्ठ 21, 2011, 7:08 दुख्यो मनको गाँठो साह्रै फुकाउन पाए हुन्थ्योनयनबीच जमेको यो ताल सुकाउन पाए हुन्थ्यो । स्वाभिमान फाली कतै सरी हनी भन्थें बरुमायालु त्यो अंगालोमा शिर लुकाउन पाए हुन्थ्यो । छायाँ बनि अघिपछि हिंड्छु सँधै डारलिंग भन्दैवर्षौंदेखि नचुकेको मन चुकाउन पाए हुन्थ्यो । तिमी एक्लै हाँस भैगो हामी किन हाँस्नुपर्योकहीं भेटि यसो भन्दै घुर्क्याउन पाए हुन्थ्यो । काली हिस्सी बैगुनी त्यो यही आँगनको बाटो झरेरातो गुलाफ टिपी एउटा हिर्काउन पाए हुन्थ्यो । लण्डन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल पुष्पराज खतिवडा 21, 2011, 6:45 वर्षा लागि सक्यो नानी छानो कस्तो छ ?परिवर्तनको आभाष दिने रानो कस्तो छ ? जे गर्दा नि ताली लाउने बानी परिसक्योखोया मात्र फल्ला है दानो कस्तो छ ? कुरा सुन्दा मीठो लाग्यो बास्ना कस्तो आउलाहेर्दै स्वाद थाहा हुन्छ चानो कस्तो छ ? जे जे भन्छन् पण्डित जी स्वाहा गर्नुपर्ने ।थाहा छैन सेला हाल्ने गानो कस्तो छ ? पेटभरि खान पाए हुन्छ भन्थ्यौ पहिलेअघायौकी अघाएनौ मानो कस्तो छ ? झापा, हाल: दमौली तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सुदिना 20, 2011, 7:59 पूजा गर्छु तिमीलाईनै मेरो भगवान मानी हजुरसमर्पणलाई लत्याउने कस्तो तिम्रो बानी हजुर एकान्तमा भेट हाम्रो नहुने कुरा बुझ्दाबुझ्दैतिम्रै दर्शनको प्रतिक्षामा यी आँखाका नानी हजुर मनैमनले स्वीकारी सकें भन्छु सधैं धक फुकाइतिमी नै हो मेरो राजा म त तिम्री रानी हजुर जति गर गाली तिमी जतिनै गर रिस र हेंलातिम्रा तिरस्कार सबैमा पाउँछु मायाको खानी हजुर मोहनी लाउने तिम्रो स्वर यति महङ्घो मलाई किनतिम्रो एकै बचन सुन्दा हुन्छु पानी पानी हजुर भन मात्र तिमी मलाई संसार त्याग्न छु म तयारके खोट देख्यौ ‘सुदिना’मा र हिड्छौ छानी छानी हजुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बज्र कुमार राई 20, 2011, 7:56 जिउँदै चितामा त्यो परोस् भन्छौ रे तिमी।।बाँच्नुभन्दा त त्यो मरोस् भन्छौ रे तिमी।।के शन्देश छ उसलाई लगिदिन्छु भन्दा,तारे भीरबाट त्यो झरोस् भन्छौ रे तिमी।।उसलाई बचाउ ज्यान जोखीममा छ भन्दा,दनदन आगोमा त्यो जलोस् भन्छौ रे तिमी।।सिकिस्त छ कुनै औषधिमुलो लागेन भन्दा,निकै नहुने रोग सरोस् भन्छौ रे तिमी।।हरेकपल तिम्रो प्रेममा उ तड्पिरहेको छ भन्दा,पीरैपीरले जीन्दगी चलोस् भन्छौ रे तिमी।।आखिर किन मायाप्रितिको महल बनायौ भन्दा,नराम्रो सपना थियो त्यो ढलोस् भन्छौ रे तिमी।।उ यति विवश,लाचार र असहाय छ भन्दा,दैबले पनि आँखा छलोस् भन्छौ रे तिमी।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल इन्दिरा खतिवडा "प्रयास" 20, 2011, 7:53 चाहेर नि चन्द्रमा छुनै सकिन समाजको नमुना हुनै सकिनएकान्तमा बसेर आँशु झारे नि पिरब्यथा आँशुले धुनै सकिनजिवनको आपुरो यात्रा भए निभाग्यलाई धिकारी रुनै सकिनउद्देश्य त राखेथें तिर्छु भार नि सबै सकें तिरेर गुनै सकिनचाहेर नि चन्द्रमा छुनै सकिन समाजको नमुना हुनै सकिन दमक-८ झापा,हाल-इजरायल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बलराम उपाध्याय 19, 2011, 7:53 सपना सबै टुटेरै गयोलाएको माया छुटेरै गयोसम्हाल्दै थिएँ आफ्नै हो भनीदुनियाँ बैरी लुटेरै गयोन टार्न सकेँ न बार्न सकेँमनको डिल फुटेरै गयोसकिन रोक्न आँशुको मुलसम्झना नाथे चुटेरै गयो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जीवन तिमिल्सेना 18, 2011, 8:14 घाउहरु एकएक चाँजिएर बसेको छुथोपा थोपा रगत साँचिएर बसेको छुअनौठो जिवनको अनौठा प्रहरहरुसमस्यामा जिउदै गाँजिएर बसेको छुहराए हाँसोहरु थुप्रिय आँशुहरुमानवकै रुपमा टाँसिएर बसेको छुकेके हुँदो रैछ थाहा छैन जिन्दगीमासबै थोक अब बाँजीएर बसेको छु चामुण्डा ८, दैलेख; हाल: नेपालगंज लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दीपक जडित 17, 2011, 8:28 केहि खास भएन जिन्दगीमा ।कुनै आस भएन जिन्दगीमा ।आयू गयो पचेर यूगसंगै,अवकाश भएन जिन्दगीमा ।मौसम आयो फूल,भवँराको,मधुमास भएन जिन्दगीमा ।एकैबाजी पिउँ भर्जन्मलाई,त्यस्तो प्यास भएन जिन्दगीमा ।चल्यो मनमौजी 'दीपक' सदा,अहँ त्रास भएन जिन्दगीमा । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आयुष चौधरी सम्मोहन 17, 2011, 8:26 थाहै भएन कहाँबाट पायो मेरो गजलएक अन्जान अज्नबीले गायो मेरो गजलमायाको पहिलो पत्र लेख्न ढिलो भयो भन्दैदिन भनि पत्र सहित ल्यायो मेरो गजलसुल्झाउछु मैले आफै मेरा मनका उल्झनके भनेथे बहारसंगै आयो मेरो गजलजहाँ केही देखिदैन भन्थे मेरा साथीभाईत्यहि निष्पट अँधेरीमा छायो मेरो गजलघात अनि मृत्यु देउ भनि गुमनाम हुँदामलाई खाज्दै लेकबेसी धायो मेरो गजल ।रझेना ५ कृष्णनगर, बाँके; हाल: नेपालगञ्ज लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विभोर बराल 16, 2011, 9:41 समयको चाल पनि गजबको छ साथीजिन्दगीको खाल पनि गजबको छ साथी उता उनी बग्दै होलिन् नयनधारा सँगैयता आफ्नो हाल पनि गजबको छ साथी अमनको ध्रुपदलाई साथ दिँदै बज्नेबन्दुकको ताल पनि गजबको छ साथी यौटै कोखबाट सँग-सँगै जन्मिएकोयो जुम्ल्याहा काल पनि गजबको छ साथी न त सधैँ बाँधी राख्छ न उम्किनै दिन्छतिम्रो मायाजाल पनि गजबको छ साथीस्टकहोम, स्विडेन[] लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल डा.रुपक श्रेष्ठ 13, 2011, 8:53 मनको कुरा मनैभित्र नलुकाउनु अबदेखिनबोलेरै मेरो चित्त नदुखाउनु अबदेखि झर्किझर्की तर्कितर्की बस्ने बानी छोड कालीजिद्दिगरी आफैलाई नरुवाउनु अबदेखि ओंठ टोकि मुसुमुसु हाँसिराख हेरिरन्छुपछ्यौरीमा माया लुकाई नसताउनु अबदेखि मेरो मुटु चौबन्दिको तुनाछेउ बाँध बरुआफ्नै मुटु काट्दै टाल्दै नसिलाउनु अबदेखिलण्डन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आशिष दुलाल 13, 2011, 8:07 पहिले मैले मलाई मर्न रोकेंपछि प्रेमले गलाइ मर्न रोकेंपासो आफै हिडेरै आउदै रैछगलपासो छलाइ मर्न रोकेंदुनिया किन यस्तो, कस्ले बनायोजबर्जस्ति मैले भलाइ मर्न रोकेंबल्छ आगो यहाँ, यहाँ नेर तापछोप्न तिम्रो जाडो जलाइ मर्न रोकेंकति कोमल, निस्कपट ज्यानै लिने त्योव्यर्थै मैले तलाई मर्न रोकेंरेडियो मकवानपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कृष्ण कुमार श्रेष्ठ 12, 2011, 6:31 पैसा जति कमाए नि अखिर काम त्यही त हो निठुलो मान्छे भएं भन्छन अखिर नाम त्यही त हो नि यो देश गए उ देश गए रमाउदै बिदेश गएजुन देशमा गए जन्म्या अखिर गाम त्यही त हो नि जहाँ बाट भए पनि हेर्ने मात्र भए पछिफेरिदैन कसैलाई नि अखिर घाम त्यही त हो नि धनि पिउलान गरिब पिउलान मात्र फरक ठाँउ होलापिए पछि लाग्ने एउटै आखिर जाम त्यही त हो नि ।बाँसबारी, काठमाण्डौं लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बज्र कुमार राई 10, 2011, 7:41 विजयी भव: भन्यौ हारी सकेपछि।।बाँच भन्यौ तिमीले नै मारी सकेपछि।।केवल तिमी सम्झी भक्कानिंदै रुँदा,भित्रै दबाउ आँशु भन्यौ झारी सकेपछि।।सँगसँगै हिडुँ भने कसरी भेटुँ भन,कयौं माइल पर पाइला सारी सकेपछि।।जुनसुकै नशा छामुँ कतै ढुकढुक छैन,तिमीले मुटु अन्तै सारी सकेपछि।।तिमी त उल्लास छौ रे,म भने उदास छु,मेरो जीवन तिमीले एक्लो पारी सकेपछि।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल योगेन्द्र श्रेष्ठ 10, 2011, 7:38 तिमीलाई भेट्न भनि,नौ डाँडा काटेर आएँ ।बोकि ल्याको महङ्गो सुन,बाटैमा साटेर आएँ ।।हरपल तिम्रै मात्र यादले सताउदा मलाई । साथीसंगी आफन्त सबैलाई ढाँटेर आएँ ।।माया गर्छु भनि देऊ, अंगालो नै हालिदेऊ ।जुनी जुनी संगै रहुँ प्रेमको डोरी बाटेर आएँ ।।कति राखौ मनमा कुरा गाठो पारि पारि अझै ।डर संकोच सबै त्यागी आज त आँटेर आएँ ।।फूलमाला तयार गरि प्रतिक्षामा बसे हुन्छ,द्रुतमार्ग अवरोधका नीलकाँडा छाँटेर आएँ ।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गिरिराज बाँस्कोटा 9, 2011, 9:49 विरहले छाति चिर्दा हास्न लायौ हाँसीदिएअलि अलि सास रोकि बाँच्न लायौ बाँचीदिए भुल बिगत साथ दिन्छु चिरकाल सम्म भनि छाति भित्र आफ्नो तस्बिर टाँस्न लायौ टाँसिदिए खुशी हाँसो जीवनको लक्ष्य अनेक तोकिकनचाहानाका केहि स्वरुप मास्न लायौ माँसिदिएसुगन्धले छरिदियो अनेक नशा पिरतिको मुटु जोडि मिठो प्यार गाँस्न लायौ गाँसिदिएअनुभूतिमा लहरिने चाल भयो कति धेरै आनन्दको चरम स्वाद जाँच्न लायौ जाँचिदिए लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 9, 2011, 9:47 कठिन बाटो काटेर आएँ केही त गर्नै छ बाँचुन्जेल् सम्म सिर्जना गर्छु आखिर मर्नै छ ।दैवको लीला यस्तै नै रैछ भनेर बुझौँ है बनेर शित टल्कँदै मैले धर्तिमा झर्नै छ ।शब्दको खेती गरेर पनि सिर्जना उमार्छु साहित्य सेवा गरेर अझै ढिकुटी भर्नै छ । मान्छेको चोला पाएर मात्र बाँचेको सार हुन्न असल बनी जीवन खोला हाँसेर तर्नै छ । उदेश्य लिएँ आकाश छुने पुग्ला कि नपुग्ला?सौंन्दर्य भर्दै "प्रभा"नै बनी उज्यालो छर्नै छ। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सुदिना कुईंकेल 8, 2011, 9:09 तिमीलाई देखी म त लौ आए हामफाली सानुसंकल्प गरीसकें बाँच्ने तिम्रै सिन्दर हाली सानु तिम्रो सहयोग, तिम्रो विश्वास अनी त्यो साथ पाएपर्वाह छैन दुनीयाँले जती गरोस् न गाली सानु सुखदुःख तिम्रो बाँड्छु साट अब मसंग सबैमिलीजुली बाँचौं हामी छोडी समाजको ताली सानु सुन्दर संसार रचौं हामी एउटा फुलवारी बनाऔंम बन्छु फूल त्यहाको तिमी बन माली सानु नाइँ टाढा जाँदै नजाउ म छोड्न सक्दिन अबतिमीलाईनै सम्झिरहन्छ यो मनले खाली सानु सधैं साथ खोज्छु तिम्रो नछोड बिन्ती दोबाटोमानत्र तिम्रो नाम जप्दै यो ‘सुदिना‘ मरीजाली सानु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल पिएस निङलेकु लिम्बू “निश्चल” 7, 2011, 9:42 सत्य सत्य, धरो धरम तिमीलाई भूल्या छैन ।मरि जाऊ बाचा कसम कतै मन डूल्या छैन । दिन रात एक अर्कामा सध भरै परे जस्तै मैले पनि मन कहिल्यै अरुसंग खूल्या छैन । धेरै देखे फूल बारीमा फूलहरु फूल्दै झरेमैले यसै डरै डरले कहिकतै फूल्या छैन । बाचा मात्रै दिने होइन बेलामौका भेट्ने गरबिना अर्थ यहा “निश्चल” तिमीसंग झुल्या छैन । धरान, सुनसरी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सबिन सिंह 7, 2011, 9:40 प्रेमका मसी उडी गए सादै रहे मनका पाना।कथा आफ्नो खोजी हिड्नु जिउनलाई भो बहाना॥ पाईला मेरा लम्की दिन्छन् उजेलीको झल्को देखि ।बाटो मेरो अल्झाउँछन् सम्झनाका तानाबाना॥ जब जब झल्किदिन्छ नौनी सरी मन कोमल ।हात हातमा छुरा लिई पालो कुर्छ यो जमाना ॥ पिडा पनि प्यारो नै छ जानु हुन्न मुटु छाडी ।परेलीको डिल माथि कोरिएको छ सिमाना ॥ मुहारमा हाँसो लिई उदाउँछ सबिन तर।अधेँरी मै रहिदिन्छ दिलको यो तहखाना ॥कपिलवस्तु लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल इन्दिरा खतिवडा "प्रयास" 7, 2011, 9:36 मन भरि ब्यथा भए पनि,हाँसीरा'छु,बाध्यता यो जीवनको भन्दै बाँचीरा'छुसमयले दिने,चोट बोकी मन भरि,बिदेसिको चकारीमा, सधैं नाचीरा'छुकल्पनाको बागैचामा फूली ,मनका फूलआशाका ति सपनाहरु,सधै साँचीरा'छुसुवास नै छर्न गार्हो पुरै धर्ति भरिभएपनि भबिष्यको माला,गाँसीरा'छुसंगाली त्यो मिलनको खुशी, नयनभरिजसोतसो दिनगन्दै, औंला भाचिरा'छु दमक-८ झापा, हाल- इजरायल लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल रामकुमार पण्डित क्षेत्री 6, 2011, 7:51 मन्द मुस्कान लिई आयौ नि कालूमेरा यी नजरमा छायौ नि कालू !शीतल छहारीको खोजीमा छँदा हरियालीको गीत गायौ नि कालू !आफ्नो हुन लायकको खोजी गर्दै उकाली र ओराली धायौ नि कालू !सुन्दर र असल छैन कि क्या हो ? प्रेम त अरुसँग लायौ नि कालू !यो राम छोडी, अरुलाई नै रोज्दा "देउता खोज्दा ढुङ्गा" पायौ नि कालू ! सिमलटार, काठमाडौं लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 5, 2011, 9:26 नयाँ बर्ष,तिमिले एउटा आयम थाल्नु पर्योचेतनाको दियालो निभाए, तिमीले बाल्नु पर्योधुजा धुजा भै मक्की सक्या छ इज्जत आबरु निसके देखि आउनु, देश यो मिलेर टाल्नु पर्योभोका छन यहाँका उपिया उडुस जती डसे निखोजि खोजी लेराउ अचुक ओखती हाल्नु पर्योखै कसरी कुहियो टाउका ति आलु कुहिए झैगनाउन थालेछ गिदीको फोहोर फाल्नु पर्योमाटो दुखे सुखी को? चुहिए छाना ओतिन्छ को?हातेमालो गरेर एउटा कदम चाल्नु पर्यो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विभोर बराल 2, 2011, 6:00 शिखरमा पुग्ने मान्छे तल झर्न चाहँदैनशरीरले दिँदैन साथ, कोही मर्न चाहँदैननबोलेरै काटिएको युगलाई सलाम छअचेल कोही मौनताको भरपर्न चाहँदैनमनलाई बाँध्नेहरू अमर भए होलान् तरजिन्दगानी तिनलाई याद गर्न चाहँदैनसपनाको हिमपातका घाइत्ते त करोडौँ छन्,विरोधमा कोही पनि अघि सर्न चाहँदैन'विभोर' भई उदाशीले खोल्यो झ्यालका पर्दाहरूऊ, मुहारमा एउटै रङ्ग सधैँ भर्न चाहँदैन[] लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल डा.रुपक श्रेष्ठ 30, 2010, 10:37 हल्ला भो गाउँकै आसपासमा त्यो कान थुनिनौबैरीले बोल्यो नी साससासमा त्यो कान थुनिनौ भन्याथें दिलकी रानी हौ त्यो पनि बुझिनौपराईलाई सुन्यौ नी खासखासमा त्यो कान थुनिनौ आरिश हो हाम्रो मायामा भन्याथें सुनिनौपत्यायौ अरुलाई राशराशमा त्यो कान थुनिनौ सम्झियो मुटु पग्लन्छ पग्लेर के गरुं खै रुवायौ मलाई नै गासगासमा त्यो कान थुनिनौलण्डन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नीलबहादुर खड्का 30, 2010, 10:17 घात गर्दा निष्ठुरीले, ठीकै भयो बाँच्न सिकेँ !पीर व्यथा आफैंसँग, ठीकै भयो साँच्न सिकेँ !!रुप अनेक निर्मोहीका, गाह्रो हुने चिन्न यहाँ !घातसँगै सही गलत, ठीकै भयो जाँच्न सिकेँ !!बितेका दिन सम्झिएर, कमजोर हुनु किन अब !मर्काएर कम्मर पनि, ठीकै भयो भाँच्न सिकेँ !!धोका पाउँदा मर्न खोज्छन्, कतिपय पागलप्रेमी !विरहका गीतमा पनि, ठीकै भयो नाच्न सिकेँ !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विनय राजोपाध्याय 30, 2010, 10:14 एक वारको जुनि भनी भनी कन मोज गरीयोमोजै गर्नाको खातिर ब्यर्थै किन भोज गरीयो ? विहेव्रतवन्धमा त बाध्यताले भोज गरीयो गरीयोत्यतिले ‘नि नपुगी वहाना झिकी झिकीकन रोज गरीयो । जव टुट्यो एक दिन नगद नारायणको साथअनि बल्ल चेत खोलिकन नगदको खोज गरीयो । उधारो माग्न आफ्नै साथी भाई कह‘ा जॉदा पनि“कुकूर लाई मासु पैंचो” भनिकन गालि गलोज गरीयो । “छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी”धन उडाई बेकारमा “बिने” किन मनमोज गरीयो ? कुलेश्वर आवास, काठमाडौं लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सुदिना 28, 2010, 9:23 मेरो मनको कोमल कुना अध्याँरो जेल भन्यौ रेमायाको डोरीलाई पनि हतकडी र नेल भन्यौ रे तिम्रा लागि कति चोटी आफैंलाई दु:ख दिएआज मेरो अश्रुधारा काम नलाग्ने भेल भन्यौ रेजे भन्यौ त्यही मानें बिश्वास गरें सतप्रतिशतप्रतिफलमा आज म त नराम्ररी फेल भन्यौ रेछटपटी हुन्छ भन्थ्यौ एकैदिन नभेट्दा मलाईतर आज ती भेटहरु समय कटाउने खेल भन्यौ रे तारीफ गर्दथ्यौ हर भेटमा भगवानले जुराएछ भनीकुरा फेयौ आज हाम्रो जोडीनै बेमेल भन्यौ रे लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल ऋषि बस्ताकोटी 28, 2010, 9:15 फेरि एउटापुरानोसालफाटेरगयो,यसपालीझन्समयलेढाटेर गयो पर्खी बस्यौआउला भनी उमेर घर्काएर,जुगौं बित्यो पर्खंदैमा, डांडा काटेर गयो सेलाएन समय खै, चिसिएन कतै,मौसम उल्टै दिनानुदिन तातेर गयो भोकाहरू भोकै भए, नांगा नांगै रहे,जसले भेट्यो भान्सा, उल्टै चाटेर गयो दक्षिणबाट हुरी पस्यो, धुरीखामै हल्यो, घरमूलीको मन नि उतै बाटेर गयो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बज्र कुमार राई 28, 2010, 8:53 फूलजति टिपाएर पात नदेउ मलाई।।विश्वाश गर्दा बारम्बार घात नदेउ मलाई।।नपीएरै तिम्रो मुहार हरपल मदहोश छु,बिष घोली गिलासमा मात नदेउ मलाई।।पढछौ भने मेरो कथा घाउहरुको चांग छ,अझै नयाँ चोटहरुको खात नदेउ मलाई।।जिन्दगीको बस्तीमा जुनेली जून तिमी,औंशीको हर अंन्धेरी रात नदेउ मलाई।।माया र साथ खोज्दा पींडा पाउँछु भने-हे दैव! मान्छेको जात नदेउ मलाई।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल योगेन्द्र श्रेष्ठ 25, 2010, 9:43 सपनीमा मृत्युसंग बात गरेको देख्छु ।नेपालीले नेपालीलाई घात गरेको देख्छु ।स्वार्थी, लोभीपापीहरुको संसार रहेछ,दिनको उज्यालोलाई नै रात गरेको देख्छु ।केन्द्रतिर जे जे हुन्छ सबै राम्रो भन्छन्गाउँमा त कुन्द्रे मुन्द्रेले मात गरेको देख्छु ।मेरो मनको शान्तिलाई कहाँ खोजौ आज,लुम्बिनीमा बुद्दलाई हात्-पात गरेको देख्छु ।दमक, झापा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रकाश प्रतीक 24, 2010, 4:24 आफ्नै संस्कारले चकित पार्दैछमान्छेको विचारले चकित पार्दैछसक्दो लुट्न खोज्छन् सबैजनायो व्यस्त बजारले चकित पार्दैछकैले साथ दिने, कैले घात दिनेतिम्रो व्यवहारले चकित पार्दैछकिन जन्मे खाडलहरु मान्छेमा ?स्वार्थी ससांरले चकित पार्दैछरेडियो भानुभक्त १०४.२ ; दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिल अन्जान 22, 2010, 8:27 बगेको खोला फर्किन्न भन्थेफर्किए के होला फर्किन्न भन्थेमैले कतै यो सुनेको थिएँमान्छेको चोला फर्किन्न भन्थेबरु हावालाई मोड्न सकिन्छहिर्काएको लोला फर्किन्न भन्थेआफ्नालाई रुवाएर पठाएको छकतिन्जेल नरोला फर्किन्न भन्थेजिन्दगी के हो ऊ भन्दै थियो रे !आउँदैन नबोला फर्किन्न भन्थेकोहलपुर२, बाँके लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिव वियोगी चौलागाईं 22, 2010, 8:20 पल्लो घरको बार्दलीमा हेरुँ हेरुँ लाग्छ पिरतीको डोरीले बेरुँ बेरुँ लाग्छ पारी उनी वारी म नजर हानाहान भो मलाई एकनास हेर्नेलाई घेरुँ घेरुँ लाग्छ कहाँ उनी कहाँ म लाग्छ आकाश धर्ती साँच्चै उनी पाउँन जुनी फेरुँ फेरुँ लाग्छ उनी हेर्न छतमै जाने म पनि कहाँ कम छु रभाँजो हाल्ने दुश्मनलाई शेरुँ शेरुँ लाग्छ दैनिकी भो उनको मेरो नजर जुधाउँनु उनकै नाममा प्रेमपत्र केरुँ केरुँ लाग्छ । हेटौँडा,मकवानपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल श्याम घलान 20, 2010, 7:31 डुबिसकपछि पो घाम खोज्दै आयौ तिमी बिर्सिसकेपछिको नाम खोज्दै आयौ तिमी धेरै थिए सपनाहरु सजाइएका आँखा भरी बितिसकेपछिको काम खोज्दै आयौ तिमी लड्यौ कि त महाभारत एक्लै कम्मर कसी जितिसकेपछि पो राम खोज्दै आयौ तिमी धेरै फूल दोबाटोमा ओइली झरी सुके पछि मेटिसकेपछिको डाम खोज्दै आयौ तिमी खबरहरु उडेपछि आफ्नै सन्चो बिसन्चोको च्यातिसकेपछिको खाम खोज्दै आयौ तिमी सिन्धुली, मझुवा, हाल: दोहा, कतार लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नीलबहादुर खड्का 17, 2010, 7:53 ईश्वर पनि बाटो सधैं, बिराउँछ किन !जहिले पनि मलाई नै, पिराउँछ किन !! कष्टहरु सहेर नि, माथि चढ्न खोज्दा !खुट्टा तानी जमिनमै, गिराउँछ किन !! दुःखभित्रै सुख खोज्ने, प्रयास गर्दा समेत ! सुख लुकाइ दुःख मात्रै, भिराउँछ किन !! बित्छ क्यारे जीवन त्यसै, उज्यालोकै आशमा ! अन्धकारमै धकेलेर, छिराउँछ किन !! दिनदेखि डराउँछ 'निल', ऋणदेखि होइन !नलिएको ऋण पनि, तिराउँछ किन !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बज्र कुमार राई 17, 2010, 7:45 कसरी जोडेला र फुटिसकेपछि।।बदनाम गरी छाडेछौ लुटिसकेपछि।।छातीभित्र ढुकढुक गर्ने छैन केही पनि,किन खोज्छौ जिउँदो मुटु भुटिसकेपछि।।जिन्दगीमा साथदिने धेरै पाउँछु भन्थ्यौ,राम्रो हुन्न पहीलोसँग छुटिसकेपछि।।के गर्नु एक्लो मन जताततै उध्रेको छ,नआउ तर त्यसलाई खुटिसकेपछि।।दु:खी हुँदा अंगालेर आँशु पुछी दिन्थ्यौ,मर्नु भएँ तिनै हातले कुटिसकेपछि।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल गिरिराज बाँस्कोटा 13, 2010, 8:02 जूनसँग खेल्ने रातले सतायो पिडासँग पेल्ने रातले सतायोकथाहरु दुख्ने भएर जीन्दगीकासधै आशु झेल्ने रातले सतायोकल्पनामा कालो कथा बल्झिन्छ खालीनशामा धकेल्ने रातले सतायोपिरतीको बाटोमा काँडा कति कतिहेर्या बाटो छेल्ने रातले सतायोघातहरु सबै भेला गराएरपुरीसरी बेल्ने रातले सतायो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल ऋषि बस्ताकोटी 10, 2010, 6:26 कति वर्खा काटें मैले, कति हिउँद काटें,यात्रा रहेछ जिन्दगी यो, लामै डोरी बाटें हिउँभित्र सपनाका बीउहरु खोज्दै,कति छलें आफैलाई, कैयौं पल्ट ढाटें दुखाउनुभन्दा बरु आफै दुख्नु जाति यस्तै लाग्यो, दुनियालाई खुसी मात्रै साटेँ साथीभाइ ईष्टमित्र, इमानको कमाइइमानमै पहिरो चल्दा भित्रभित्रै फाटें क्यानाडा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बलराम उपाध्याय 9, 2010, 7:37 धेरै माया गर्छु भनी ढाँट्नलाई सक्दिन मजुन तारा झार्छु भनी आँट्नलाई सक्दिन मएक मुठी सास फुस्स कतिखेर जान्छ यहाँजुनि भरी साथ-साथ काट्नलाई सक्दिन मझुटो आश के देखाउँ ?सत्य थाहा हुँदा हुँदैदुख्दा मुटु तिमीसँग साट्नलाई सक्दिन मपरेलिमा झरी बनी जब तिमी बर्सिदिन्छौखडेरिको बादल झैँ फाट्नलाई सक्दिन म लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सरोज घिमिर ‘बिरोद’ 6, 2010, 9:10 साच्चै मन परेको एउटा नाउँ भेटियोआँशु भन्ने शब्दै नभएको गाँउ भेटियोमायालु मन बस्ने छुट्टै संसार हुन्छ भन्थेत्यहीँ मायालु लुकाउने ठाँउ भेटियोथोपा थोपामा अमृत हुन्छ अरे मायामाअमृतै अमृतको ठुलो तलाउ भेटियोपैसामा किनिदिन्छु माया भन्थे दुनियाँ‘सरोज’ले खोजेको 'सच्चा' भाउ भेटियो ब्यास ५, सेवोर, तनहुँ, हालः युथ एफ.एम. पोखरा लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विनय राजोपाध्याय 6, 2010, 8:31 दिन दिनै मर्नु पर्ने , मरी मरी वाँच्नु पर्नेजीवन यो कस्तो मेरो रुंदा रुंदै हाँस्नु पर्ने सुखि हुन खुशी हुन , जति सुकै खोजे पनिदुःख पीर वर्षे पछि , जसै तसै थाप्नु पर्ने दुःख पीर लुकाउन , सुखि जस्तै देखाउनभित्र आँशु झरे पनि , ओठमा हाँसो राख्नु पर्ने छिया छिया भए पनि , छाती भित्रै पोले पनिटुक्रा टुक्रा मुटुलाई , जसै तसै गाँस्नु पर्ने जिन्दगीको मोडै मोडमा , सफलताको खोजै खोजमाजानी जानी झुठो वोली , सवैलाई ढाँट्नु पर्ने कस्तो जुनी मेरो यो , जिउनलाई नै गाह्रो भोविवशता छ जताततै , आफ्नै हात बाँध्नु पर्ने मेरो भन्ने जीवन पनि , मेरो आफ्नै होईन जस्तोपरिस्थितीले जता ठेल्यो , उतै उतै लाग्नु पर्ने []कुलेश्वर आवास क्षेत्र लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल हस्त गौतम मृदुल 6, 2010, 8:28 यहाँ हरेक काम अनि, कुरामा नै भद्रगोल छबाहिर मासुको वासना, भित्र त सिन्कीको झोल छन सुख शान्ती समृद्धि छ, न त बिधिको सासन छ,जवरजस्ती शासन गर्ने, यहीँ अनियमित रोल छनिहित स्वार्थ भन्दा माथि, कोही पनि उठ्न सकेनन्सत्ताको मात्र तर मार्ने, नेताहरुको नै बोल छजुन जोगी आए नि उहीँ, कान चिरिएको भेटायौँशिरकमा हाल्नको लागी, संधै सिरानीको खोल छकति बाँढ्छौ झुटा सपना, उही नै खोक्रो आश्वासनन खोस सुनौलो बिहानी, यही नै त अनमोल छ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नीलबहादुर खड्का 4, 2010, 6:56 मायाले आँखा, तरे नि राम्रो !रिसाउँदै ओरालो, झरे नि राम्रो !! टाँसिन खोज्ने, चाहना मेरो !लजाउँदै पर, सरे नि राम्रो !! मिलाइ मौका, अंगालो हाल्दा !झोक्किँदै गाली, गरे नि राम्रो !! रुनलाई किन, चाहिन्छ निहूँ !आँसुले गह, भरे नि राम्रो !! फकाउन अनेक, प्रपन्च गर्दा !मस्किँदै मुस्कान, छरे नि राम्रो !! सधैं खुसी, पाइयोस् देख्न !पीरजति मैलाई, परे नि राम्रो !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जितेन्द्र मल्ल 4, 2010, 6:54 बल्दैछ मन झन झन, निभाउनु छ, बर्सी दे न झरी । सुकिसके नयन, भिजाउनु छ, बर्सी दे न झरी ।कुहिरोले आज, छोप्यो धर्ती, हराएँ म कतै,बादलु छ गगन, खुलाउनु छ, बर्सी दे न झरी ।रापिलो तापिलो, द्वन्द मनको, आन्दोलित छन् अङ्ग,शितलु जो खोज्छन्, रिझाउनु छ, बर्सी दे न झरी ।जगै ढल्यो घरको, फुल्नै छाडे, सुवासीला फूल,शुन्य भयो आँगन, ब्युँताउनु छ, बर्सी दे न झरी । खडेरीले छोयो, मरे रहर, आज पालुवामै,नवैलियोस् "जीवन", जोगाउनु छ, बर्सी दे न झरी । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नन्दलाल आचार्य 3, 2010, 4:13 नन्दलाल आचार्य कलम सार्दै गए फल पाइँदो रहेछहोसियार नभए छल पाइँदो रहेछ।घोडा चढ्ने लड्छ भन्ने सोचेर होलागन्दे कुरा बगाउने ढल पाइँदो रहेछ।चम्किलो तारा हेर्दै उँभो उक्लिन खोजेसोचेभन्दा सजिलै फल पाइँदो रहेछ ।छाती चिरेर सीताराम देखाउनुपर्छहनुमान नभैकन बल पाइँदो रहेछ ।समस्या जन्मे ठाउँमै मृत्यु पनि खोज्दाभए जति सबैको हल पाइँदो रहेछ ।तपेश्वरीः 1 उदयपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 3, 2010, 4:11 जिन्दगीको किताब पढ्न सकिन सफलतामा अगाडि बढ्न सकिन । तगारो नै बनेर आयो समस्या काठ जस्तै सल्केर डढ्न सकिन । फूल बनी मुस्काएँ खै के बिराएँ?बनेर म काँढा झैं गढ्न सकिन । जिन्दगीको बाटोमा एक्लो भएनी साथ खोज्दै बाटोमा अड्न सकिन । धैर्यताको बाँधमा बन्यो तगारो सफलताको लिस्नोमा चढ्न सकिन । पाएर खै ! भएन साकार जीवन मतलबी भएर लड्न सकिन । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रदीप चापागाईं 2, 2010, 8:03 भएछ आज नाता पुरानो,यादैमा आयो दाता पुरानो !! बलेँसी माथी रुझेको बेला,चुहिने छानो छाता पुरानो !! के सुनचाँदी के हिरामोती,तामाको ठेकी पाता पुरानो !! मझेरी खोला के भेट होला,मनोकामना माता पुरानो !! खोपीमा थियो मायाको कथा ,खोलेर हेरेँ गाता पुरानो !! भएछ आज नाता पुरानो,यादैमा आयो दाता पुरानो !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल अमृत सुबेदी गुराँस 1, 2010, 7:53 भरियाको डोको सँग रुने को छ र ।गरिवको पोको सँग रुने को छ र ।। रामराज्य चल्ला बल हुने र धन हुनेको ।निमुखा र भोको सँग रुने को छ र ।। महल भित्र श्रमका कुरा धेरै होलान् ।हत्केलाको फोको सँग रुने को र ।। सुनको थालमा खाने सँग अघि पछि सबै ।।टन्न खाने धोको सँग रुने को छ र ।। नर्सिङहोममा नेता मर्दा आँसु झार्लान सवले।औषधि नपाई रोको सँग रुने को छ र ।। बैंश छँदा सयौं होलान् तर उमेर कटेपछि ।दुनियाले छोको सँग रुने को छ र ।।तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल भुपेन्द्र महत 30, 2010, 6:44 तिमीले जस्तो कालोलाई सेतो भन्न जानिन मैलेआत्मा बन्धकी राख भन्नेका कुरा मानिन मैलेस्वाभिमानको मोल के था इमान बेच्नेहरुलाईचोर बजारका नक्कली मान शान छानिन मैलेबिना बिधी बिधान, कस्तो पूजाको उपसना गर्नुशाधक फटाह थे आफुलाई योग्य ठानिन मैलेजलपमा चम्किदैमा सबै पहेलो सुन हुँदैनजानाजानी पित्तललाई सुन भनी तानिन मैलेजन्दिन भन्थ्यौ लप्पन छप्पन खेल खेल्नलाईतिमीले जस्तै फेरि मौकामा चौका हानिन मैले लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बज्र कुमार राई 30, 2010, 6:42 पहाडतिर धाक्रे दाइको नून बिकेन।।रत्नपार्कमा बाटुलीको जून बिकेन।।धनीको चाहीं सजिलै बोली नै बिक्छ,जाकटीमा गरीबको त सुन बिकेन।।अभाबग्रस्त मान्छे,मान्छेको शरण पर्दा,किड्नी बिक्यो मान्छेको खून बिकेन।।क्याबिन,डिस्को,रेष्टुरेण्टमा तातो बिक्यो यहाँ,तर, हामीले बेच्न ल्या'को उन बिकेन।।गतिहीन,अभाबग्रस्त, मान्छेहरुको भीडमा,अमनचैन, भाइचारा र सुकुन बिकेन।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल तिर्थ(यात्री) पौडेल 30, 2010, 6:40 औंलो दिँदा डुँडुल्लो निल्ने यो मान्छेको जात कस्तोकुण्ठा पाली निसासिदै जल्ने हजुर मात कस्तो टपरटुइयाँ यहाँ फुलेकाछ्न घमण्डले अहम् बोकीथाहा छैन यिनीहरुलाई दिन अनि रात कस्तो म नै ठुलो जान्ने बुझ्ने बलवान शक्तिसाली भनिकनडुक्री हिड्छ साँढेका झै थाहा छैन घात कस्तो रिस राग बोकी हिँड्छन जलिकन भित्र भित्रै आफैनबुझ्नेलाई के भनौ खै आफन्तको हात कस्तो लखनपुर ३ झापा, हाल: बहराइन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रकाश प्रतीक 28, 2010, 9:25 मायाको नाँउमा मैले एउटा पाप गरेछुतिम्लाई रुवाउनुको आज पश्चाताप गरेछुपागल मन र प्यासी तन बोकेर सायदतिम्रो बस्तिमा प्रवेश चुपचाप गरेछुतिम्रो नयनतालमा डुबेरै हराएछु मअनि एकान्तमा आलाप बिलाप गरेछुनचाहेरै तिमीलाई भुल्न खोजिहेर्दा मैलेलाग्यो आफ्नै मृत्युपत्रमा औँठाछाप गरेछु रेडियो भानुभक्त १०४.२ ; दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दीप दर्शन शाही 28, 2010, 9:15 जति पटक हारे पनि हार्नै मजा राजनीति ।लाज पचाएर चुनाव सार्नै मजा राजनिती ।नेताहरु छुट्टा छुट्टै भोटमै मरी हत्य गर्छन दलहरु दलमै पानी बार्नै मजा राजनीति ।प्रतिस्पर्धाले देश खोक्रो भई सक्यो अबएकले अर्को जना पछार्नै मजा राजनीति ।उनको लडाई कुर्सि र गगन चुम्वि महलकोसिधा ती जनतालाई मार्नै मजा राजनीति ।जाजरकोट; हाल: मलेसिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल विनय राजोपाध्याय 27, 2010, 7:47 केटा केटी आए खेले गए, मट्याङ्ग्रा मात्रै भो यहाँ सत्यानाश !बहुदल आएर खुबै पाए ! मात्र प्रजातन्त्रै भो यहाँ सत्यानाश !!पाउनेले कत्ति पाए पाए, बोक्रै समेत चपाउन भ्याएमीठो आशा गरी बस्नेको, र्सवत्रै भो यहाँ सत्यानाश !!कागलाई बेल पाक्यो हर्षन बिष्मात् हामी र्सवसाधारणलाईबाठो कोईलीको सूरमा बाँदर नाच्दा, संयन्त्रै भो यहाँ सत्यानाश !!"भाई फूटे गंवार लुटे" ख्वै ! यहाँ कसैले बुझे कि नबुझे बुझेरै पनि कानमा तेल हाल्दा यत्रतत्रै भो यहाँ सत्यानाश !!शान्तिको दियो वाली, विश्वभरी उज्यालो फैलाए गौतम बुद्धलेतर बत्ती मुनि अंध्यारो बनाएरै हो, हरक्षेत्रै भो यहाँ सत्यानाश !!माटोलाई ढुङ्गाको भर, ढुङ्गालाई माटोको भर ! अनि पो बन्छ बलियो घरढुङ्गा र माटो एक जुट नभएरै हो ! हाम्रो घर भित्रै भो यहाँ सत्यानाश !!अति भो, अब त नयाँ नेपाल बनाउ ए ताठा बाठा नेता ज्यूहरु ! अब फेरी कहिल्यै यो 'बिने'ले भन्न नपरोस् लोकतन्त्रै भो यहाँ सत्यानाश !! कुलेश्वर आवास क्षेत्र लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल हस्त गौतम मृदुल 26, 2010, 7:37 तेल बिनाको दियो त मधुरो हुँदो रहेछमाया बिनाको जीवन अधरो हुँदो रहछसुख दिन्छु भनी कमाउन बिदेश आएँ मआशा बिनाको जीवन साघुँरो हुँदो रहछआपसमा अगाध स्नेहले भरिपूर्ण हुन्छस्नहे बिनाको जीवन टुहुरो हुँदो रहछेभत्भती पोल्छ मन परिवारलाई नभेट्दापत्नी बिनाको जीवन निठुरो हुँदो रहछएक अकालाई बहुतै माया गर्छौँ हामीलेनाता बिनाको जीवन अपुरो हुँदो रहेछ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नन्दलाल आचार्य 26, 2010, 7:15 नन्दलाल आचार्य पल्टिनै खोजेको थियो देश थुनथान भएछयत्ति नै हुन पनि साह्रै नै धुनधान भएछ।वर्षौँवर्ष झगडा गर्दै लुछलाछ पार्दा पनिठूलो विपत्तिलाई टार्न मात्र तुनतान भएछ।शत्रु उठ्न लाग्दा पर्यो सद्भाव धरापमा झण्डैजे हुँदा पनि उनीहरूकै गुनगान भएछ।यसै भए भोलि देखिने छैन उठेर हेर्दा पनिआखिर नेपाली मन साह्रै सुनसान भएछ।तपेश्वरी, उदयपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जितेन्द्र मल्ल 24, 2010, 7:56 सुटुक्क म भन्छु केही, मेरो कुरो मान्छ्यौ भने ।साटौ मुटु सँगै ज्युँने, मर्ने कसम खान्छ्यौ भने ।लाखौं माझ मैले आज, तिमी छाने आफ्नै माने,छैन कर आउ वर, आफ्नो मलाई ठान्छ्यौ भने ।जस्तो पर्ला उस्तै टर्ला, छोडी डर अघि सर,आउने बाधा आधा आधा, सरोबरी धान्छ्यौ भने ।हुन्न देख्या हुन्छ लेख्या, भन्ने भनुन् भन्दै गरुन्,चढाइ डोली लान्छु भोली, भन यदी जान्छ्यौ भने ! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल अमृत सुबेदी गुराँस 23, 2010, 7:47 कसैलाई मुटु दिएर आएँ । कर्म र मर्म सिएर आएँ ॥कसैलाई फुल कसैलाई पात ।गहिरो जलन लिएर आएँ ॥ के दियौ यस्तो अथाहसागर ।जंघार तर्दा खिएर आएँ ॥तिमिले साथ छोडेको प्रहर ।एक पटक मरि जिएर आएँ ॥अमृत दिएँ विष मैले पाएँ ।त्यसैमा जहर पिएर आएँ ॥ तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल उज्ज्वल जी.सी. 23, 2010, 7:44 गणतन्त्र कतै लुक्यो भन्दैछन् मान्छेहरुबलिदानीको शिर झुक्यो भन्दैछन् मान्छेहरु ।राहतका मूलहरु चारैतिर टालिएर गरिबको घॉंटी सुक्यो भन्दैछन् मान्छेहरु ।पौरखको परिभाषा हत्केलामा हराउदास्वाभिमानी मन दुख्यो भन्दैछन् मान्छेहरु ।जबजब बोल्छन् परजीवी ब्वॉंसाहरु दानवले फेरि भुक्यो भन्दैछन् मान्छेहरु ।आपसमा सहमति गुरॉंसझै नफक्रेर नेपालको भाग्य चुक्यो भन्दैछन् मान्छेहरु । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल शिव आर्य 19, 2010, 6:41 रात परेपछि रमाईलो भोजून झरेपछि रमाईलो भो पराया थियौ चिनारी नहुँदा कुरा गरेपछि रमाईलो भो दुःखका खहरेमा हेलियौ संगैखोला तरेपछि रमाईलो भो थियो सव उजाड र उदासीमन सरेपछि रमाईलो भो रंगमंचमा मात्र हेराहेर भोपर्दा झरेपछि रमाईलो भो । भानु ७, तनहूँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कृष्णा कुमारी महत 19, 2010, 6:37 सुनौलो गाउँ, एकान्त स्थल हावा मन्द थियोदुइ आत्मा मधुर मुस्कान, वाक्य बन्द थियो । अथाह प्रेमसागर ज्वारभाटा अचम्मकाअभूतपूर्व सङ्गम रफ्तार बुलन्द थियो । पलकहरू लत्रिएका प्यारका नशा लागीमिलनको क्षण कस्तो आनन्दै आनन्द थियो । कैयौं रात गुज्रिएका अनिँदा सपना खोज्दैचार नयनको आपसमा मीठो द्वन्द्व थियो । यौवनको डाली नुही भुइँसम्म बिछिदिँदालजाएर धरती पनि चनकमन्द थियो । भरतपुर-१२, चितवन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 19, 2010, 6:24 खुशीको हाँसो नपाई हाँस्न दु:खको भार रोजें मायालु खुशी नपाई छर्न नमीठो हार रोजें । गएछ पैर्हो मुटुको माझ बगेर पिर ब्यथा भाग्यमा यस्तै लेखेको रैछ दु:खको मार रोजें । सहज बाटो हिँडुला भन्थें भाग्यमा भेटिएन बाध्यता थियो हिँड्नु नै पर्ने काँढाकै बार रोजें । पर्देशी बनि बाँचेकी छु है सम्झना सजाउँदै आफन्त सबै बनाइ टाढा समुन्द्र पार रोजें । बसन्त पनि बन्यो है टाढा पर्देशी बनेपछि कोमल फूल बिर्सँदै आज रुखो यो झार रोजें । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल संगम सापकोटा 17, 2010, 10:40 माया होस त्यो मुटुभरी ओठमा नाम चाहिंदैन बरुछुरा नहोस बगलीमा मुखमा राम चाहिंदैन बरु कर्म ठूलो हुन्छ मित्र देखावटि धर्म भन्दापवित्र होस मन संगी कुनै धाम चाहिंदैन बरु सच्चा मित्र हो दुखको स्वार्थि मात्र सुखकोथालनी होस नवीन कार्य कुनै याम चाहिंदैन बरु प्रतिक्षाको फल मीठो तिमीसंगै बिताउने पल मीठोक्षणिक उदाई अस्ताउने त्यो घाम चाहिंदैन बरु मनमा खुशी भरिन्छ जब अवरोध पार गरिन्छ तवबगरमा हुन्छ फुलैको सहर हरियाली गाम चाहिंदैन बरु सिद्रा बेच्दै भजन नगाओस कोही गलत अर्थ नलाओसदुई बिच ‘संगम’ हुन खास ठाम चाहिंदैन बरु तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बज्र कुमार राई 13, 2010, 8:59 एकदिन यो उचाईबाट झर्नै पर्छ तपाईं।।जनताको कडा सजायमा पर्नै पर्छ तपाईं।।कति तिब्र प्रगति,पुस्तौंपुस्तालाई जोड्नु भो,के गर्नु हुन्छ!यत्रो सम्पत्ति मर्नै पर्छ तपाईं।।निरन्तर बिघ्न-बाधा,राष्ट्र अघि बढेन,साढेसातको दशा शनि टर्नै पर्छ तपाईं।।त्यो दिन पापकुण्ड फुट्छ उन्मुक्ती आउँछ,कुकर्मको धमिलो खोला तर्नै पर्छ तपाईं।।उदाहरण के दिउँ, श्रीपेच हार्यो भर्खरै,आखिर शासकत्वबाट पर सर्नै पर्छ तपाईं।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रदीप चापागाईं 11, 2010, 8:59 रंग फेर्छौ रातो निलो कैलो अनि अजिव छ,संघारमै काँडेतार छ दैलो अनि अजिव छ !! सजिलो छैन हेर मनको दाग के ले धुन्छौ,मेटिदैन टाँसो फेरि मैलो अनि अजिव छ !! शंका त्यो घाती हुन्छ लंका जलाउँछ रे,पाप हो कि पुण्य भित्र थैलो अनि अजिव छ !! गाउँछौ तिमी भने यहाँ सुन्ने त हुनु पर्यो,सुनसान छ आँगन तिम्रो भैलो अनि अजिव छ !! अलंकार देखाउँछ ऐनालाई सोधि हेर,छल्किन्छ आधा पानी घैलो अनि अजिव छ !! रंग फेर्छौ रातो निलो कैलो अनि अजिव छ,संघारमै काँडेतार छ दैलो अनि अजिव छ !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नीलबहादुर खड्का 9, 2010, 9:22 प्रसव हुँदा पोखिएका, खुन भुल्दिन म !दश धारा चुसाएको, थुन भुल्दिन म !!बाआमा नै पहिलो गुरु, क ख चिनाएथे !स्लोक भन्दै पढाएको, धुन भुल्दिन म !!बाल्यकालमा जिद्दि कस्तो, माग कतिकति !अभाव हुनै नदिएको, गुण भुल्दिन म !!घरबाटै रासन पानी, माया पनि कस्तो !पठाएको दाल चामल, नुन भुल्दिन म !!इच्छाहरु अनेकौं छन्, बाआमाका कठै !पढाउन बेचेका ती, सुन भुल्दिन म !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल अमृत सुबेदी गुराँस 5, 2010, 5:00 सँधै पार्छौ मलाई त मारमा अचेल ।हिड्न थाल्यौ कुन् धारमा अचेल ॥साँईली माईली सँग मेलामा देख्थें ।रम्न थालिछौ डिस्को वारमा अचेल ॥गुन्द्रुकढिडो मकैमोहीमा रमेकी हुन्थ्र्यौं ।रम्छौ रे नसैनसाको झन्कारमा अचेल ॥भुलेको हो र साईकलको इतिहास ।क्या डुल्न थाली छौ कारमा अचेल ॥ तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल तिर्थ(यात्री) पौडेल 5, 2010, 4:57 माइती सम्झी तिहारमा फुलको माला उन्छिन चेली भाइ पुज्ने मिठो सपना मनमनमा बुन्छिन चेली बाटो हेर्दै फुल टिप्छीन बटुवालाई खबर सोद्धै आउदैन भाइ यसपाली नि खबर सुन्छिन चेली बर्षै बिते कुर्दा कुर्दै भाइ टिका कहिले लाउने बिर्सियोकी भाइले भन्दै आँसु झर्दै रुन्छिन चेली माया मारी आएन की नभ्याएर नआएको होसम्झिएर रुँदा रुँदै बेहोशी मन हुन्छिन चेलीलखनपुर ३ झापा; हाल:बहराइन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सीता शर्मा उपासना 2, 2010, 10:09 कुनैदिन खुल्नेछु म, तिम्रो सामुमादुनीया सब भुल्नेछु म, तिम्रो सामुमा ।रोपी हेर हरियाली, मनको पाटोमारङ्गीचङ्गी फूल्नेछु म तिम्रो सामुमा ।पाइलैपिच्छे दुनीयाले लडाइरहँदाथामी हेर झुल्नेछु म तिम्रो सामुमा ।आँखाबाट हटाउन तिम्ले खोजेनीवरीपरी डुल्नेछु म तिम्रो सामुमा ।चितवन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कृष्णा कुमारी महत 2, 2010, 9:42 जहिले देखि उनको मेरो परिचय भयोशून्य थियो दिलको खाता सय-सय भयो । नयनका भमराँले सुन्दर मुहार चुम्दामुटुभरि मीठो यादको सञ्चय भयो । अनायासै चाहनाका पर्दा उघारिँदाविना रङ्गमञ्च हाम्रो अभिनय भयो । लोलाएका ती नजर दर्पण बनी आउँदारात ढल्यो खुला पलक सूर्योदय भयो । मौन थिए अधर बोली रहे आँखाहरूगन्तब्यको सोँच कहाँ यात्रा तय भयो । भरतपुर-१२, चितवन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आनन्द अधिकारी 1, 2010, 9:27 मेरो पसिनामा डलर गन्छ मालिकम ज्याला माग्छु पखपख भन्छ मालिक । आश्वाशन मात्रले बाँचिदैन भन्छुदिनहुँ भ्रमको खाडल खन्छ मालिक । समयले देखाउँछ दाग ह्दयकोक्वैलेसम्म स्वच्छ भै रहन्छ मालिक । उठ्न थाल्छन् हातहरु सिमा नाघेपछिआफ्ना लागि आँफै काल बन्छ मालिक । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल चर्चित ढुंगेल 1, 2010, 9:16 भेट हुँदा तिमी हाँस्दा नहाँसेर नजाती भोतिमीसँग चोखो माया नगाँसेर नजाती भोकतिपल्ट रोधिघरमा नतानेकी कहाँ हौ रतेतिबेला कुमजोडी ननाचेर नजाती भोतिमीलाई सुन ठानेँ शायद यही भुल भयोहिरा रैछ्यौ तिमी मैले नजाँचेर नजाती भोमाया बाँढ्दा बढ्छ भनि बाँढिदिएँ जताततैतिमीलाई दिने माया नसाँचेर नजाती भोकैयौँचोटी बाटो छेकी नभनेकी पनि होइनौतिम्ले आँट्दा मैले पनि नआँटेर नजाती भो लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल मोतीराम भट्ट 30, 2010, 9:21 जसै बङ्गको रंग छाडेर आयें ।तसै फागुको रंगमा म हरायें ।।१।।विनोदको अहा आज खोज्दैछु माला ।नपायेर साहै दुखी भै करायें ।।२।।उठ्यो झोक जसै योग साघूँ कि भन्ने ।तसै फागु खेलूँ भनी मन डुलायें ।।३।।अबीरको पनी रंग कच्चै रहेछ ।दसेक धार्निमा केहि बढ्तै घसायें ।।४।।ठुलो एक झ्याँगा भरी रंग थियो ।लुगा साथ पसी रंग पक्का जमायें ।।५।।पर्यो फेरि झोक्का अबीरको उ माथि ।अबीर ह्वैन मानो विभूती रमायें ।।६।।लिये झेलि ‘मोती’ अबीरको विभूती ।विनोदी भयी मन्त्र मैले जगायें ।।७ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आचार्य प्रभा 30, 2010, 8:27 मनको बारी गोड्न खोज्दा ढुङ्गा मात्र पाएँ त्यसैले पनि पत्थरसंगै मैले प्रीत लाएँ । कोमल मन खोज्नु पनि मेरै गल्ती थियो बिरही बनि किन किन दुखी गीत गाएँ । उज्यालो बनि सबै तिर बल्ने चाहा मेरो बनेर औंशी आँफै भित्र सधैं सधैं छाएँ । झुटको खेती गर्न पनि जान्दो रै'छ मान्छे पर्दिन भर भनि मैले आजै कसम खाएँ मान्छेको भर पर्दा पर्दै जीवन यसै गयो ईश्वर मेरो आफ्नो भनि मन्दिर बरु धाएँ । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कपिल अन्जान 24, 2010, 9:02 कसले भन्यो अगाडि कति भयानक हुन्छनभनौ पर्दा पछाडि कति भयानक हुन्छमुटुमाथि ढुङ्गा राखि बनबास जानु परोस्त्यो बेला घरबार छाडि कति भयानक हुन्छसमय हुँदै नहोस् बरु प्रतिक्षा भने होस्आउँदै नआउँदा गाडि कति भयानक हुन्छअभिमन्युले अवश्य बाँचेको भए भन्थ्योयुद्ध मैदानको खेलाडि कति भयानक हुन्छअहिले पो जवानी छ केके गर्छु भन्छौबुढेसकालमा नाडि कति भयानक हुन्छकोहलपुर२, बाँके लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रदीप चापागाईं 22, 2010, 8:10 पाहुनापासा आए,रिसाएर गए,हलुंगो थ्यो मुटु,चिसाएर गए !! पारी खेत गोडी,उब्जाएको गेडो,मुसुरोमा ढुंगा,पिसाएर गए !! माली गाईको दुध,ठेकीभरी दही,कठैबरा पानी,मिसाएर गए !! हाँसोखुसी थियो,भकारीमा मेरो,दु:ख सबै हरे!बिसाएर गए !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आशिष दुलाल 22, 2010, 2:15 तिम्रै हो कि या मेरो, खस्रो बानि ब्यवहार देखेँगान्धारी बन्छु भन्थ्यौ तर आँखा चार देखेँदुनियाले के के भन्लान, नसोँच्ने बानि राम्रोअचम्मको सत्य तिमी, मलाई उसपार देखेँभन्थ्यौ मनमा राख्छु सधा मान्छु आपनो मान्छेमनबाट झिकि सुकाउने, मेरो नामको भार देखेँसोच्दिनौ कि किन हो या बुझ पचाउँछौ मित्रसोच्थें ताते गर्नु पर्ला, दौडने अहंकार देखेँधेरै तान्थ्यौ चुडिन्थेँ, धेरै कस्यौ फेरि टुक्रेसुताउने खाट जस्तो ब्यवस्थित मार देखेँ रेडीयो मकवानपुर लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नीलबहादुर खड्का 22, 2010, 1:59 छानीछानी मोटा बाँस, ढाल्या छन् रे गाउँमा ! चौतारीमा लिङ्गे पिङ, हाल्या छन् रे गाउँमा !! भीड छ रे देवीस्थानमा, सप्तसती पाठ गर्न !दशैंघरमा साँझ बत्ती, बाल्या छन् रे गाउँमा !! रंग्याउन होड हुन्थ्यो, कसको घर राम्रो भन्दै !उक्किएका घरको भित्ता, टाल्या छन् रे गाउँमा !! उस्तै भीड पधेँरामा, मैला लुगा सबै धुन !फोहोरहरु सबका घरका, फाल्या छन् रे गाउँमा !! ठेगान हुन्न पाहुनाको, गर्नै पर्छ बन्दोबस्त !चिउरा कुटी घरैपिच्छे, चाल्या छन् रे गाउँमा !! जम्मा होलान् छोराछोरी, सबका घरमा आशा !घरैपिच्छे घोर्ले खसी, पाल्या छन् रे गाउँमा !! कति खाने मासुमात्रै, पचाउन गाह्रो हुन्छ !अचारलाई कांग्रो काटी, गाल्या छन् रे गाउँमा ! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बज्र कुमार राई 13, 2010, 7:27 भाषण सुन्दा सहोदर काका जस्तो तपाई,ब्यबहारमा सधैं नै डाका जस्तो तपाई।।हुँदापनि टन्न धन,गुण तिर्न भोलि भन्ने,जाली,चोर,फटाहाको भाका जस्तो तपाई।।विचार, बिश्लेशण, दुरदर्शीता कतै केही छैन!कोरा कागजी बेअर्थको खाका जस्तो तपाई।।बन्दुक-गोली पठाएर नून-भुटुन रोक्ने,अबसरवादी वैरीको कडा नाका जस्तो तपाई।। सत्य छोप्न नसकिने भूलुँ भन्दा पनि,सधैं घाउको याद दिने टाँका जस्तो तपाई।। लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल अमृत सुबेदी गुराँस 13, 2010, 6:49 आफ्नै गाउँमा जुटेरै, मान्छु यो दशैं त ।च्यात्तिएको मन खुटेरै, मान्छु यो दशैं त ।।फुटेको कौडी छैन्, नाम त सुन माया ।बरु फलाम चुटेरै, मान्छु यो दशैं त ।।मिठो खान श्रम गयो तर मुल्य छैन ।बरु भोकै सुतेरै, मान्छु यो दशैं त ।।पल्लो घरमा खसी काट्दा, अनि मन फाट्दा ।छोरो भन्छ लुटेरै, मान्छु यो दशैं त ।।सिस्नो छँदैछ, भकारीमा धान बचेको रैछ ।भातै खान धान कुटेरै, मान्छु यो दशैं त ।।फरिया फाट्यो, पिलपिल गर्दै मेरी सानी भन्छे ।बरु कानकै रिङ थुतेरै, मान्छु यो दशैं त ।।अरुणेदय १ धरमपानी; हाल: दमौली, तनहुँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल कृष्णा कुमारी महत 13, 2010, 5:58 तिमीलाई दोषी बनाउनु भुल थियो कि !आखिर सुनेका सबै कुरा फजुल थियो कि ! विक्षिप्त भइसकें नढाँटेर भनी देउ नहाँसेर जिउने हाम्रो कतै कबुल थियो कि ! निर्दोषिता जाहेरीका सुमधुर वचनहरूकाँडा सम्झी फर्काइदिएँ फूल थियो कि ! चिन्नै नसक्नु दुर्भाग्य मेरो संगीतको संकेतबिउँझाइदिने बिहानीको बिगुल थियो कि ! हृदयको गोदाममा मुरी माया भरिदिदाँथोरै भनी रिसाइरहेँ विपुल थियो कि ! चितवन लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल जे. आर."आभास" 13, 2010, 2:02 कहाँ पाहिन्थ्यो र बाल्यकालका खुशी हुने ति दिनहरु धुलो माथि टेकी हाम्ले जुन तारा छुने ति दिनहरु कसैको दुख, कसैको पिर,कसैको चिन्ता मतलब थे'नके आउला भाँडाकुटीको दुनियामा रमाउने ति दिनहरु न भोक लाग्थ्यो, न केहि बितेको हुन्थ्यो खेल्न पाउँदाकहिले आउला फेरी पौडी, डन्डीबियो खेल्ने ति दिनहरु के घर गाउँ, समाज, के देशको चिन्ता केहि थाहा नै थिएनखुशी हुन्थे आए बिना चिन्ता खोलीबगर डुल्ने ति दिनहरु साथीभाईको लहैलहै मै स्कूलबाट भागेर बनपाखा डुलेको सम्झन्छु अहिले झल्झली ऐंसेलु, काफल खाने ति दिनहरुरसायन शास्त्र केन्द्रीय बिभाग, किर्तिपुर, काठमाडौँ लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल ईश्वर लामिछाने 10, 2010, 8:44 यसपाली पनि फर्केन लाहुरे छानो रोइरह्यो,च्यातिएको राडी कम्बल न्यानो रोइरह्यो । हातमुखको संघर्षमा कुर्दाकुर्दै बर्षौ बिते,साँझ बिहान छाक टार्दा मानो रोइरह्यो ।कालो भविष्य सम्झेर या भोको पेटको वेदनाले आँगनीको धुलोमा हरदिन सानो रोइरह्यो । जिन्दगी यो भाग्यको बन्धक जे थियो साहुले लग्यो,साहुको घरमा तमसुक त्यो पुरानो रोइरह्यो । अचानो नै भयो जीवन दुःखका चोट खप्दाखप्दै,नियतीका प्रहार सम्झि अचानो रोइरह्यो ।लहरेपौवा १,बेत्रावती, रशुवा; हाल: गोङबु, काठमाडौं लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दीप दर्शन शाही 10, 2010, 8:37 फिर्ता पठाँऊ औठी चिनो छुटि सके पछिनजर बाटै मेरो तस्विर टुटि सके पछि सगरका तारा झार्ने माया छ भन्थे ममेरो सारा खुशी सबै भुटि सके पछि छाडि देऊ सम्झना मारी देऊ मायातिमी अन्तै घर जाम जुटि सके पछि के नै छ र बाँकि अब हाम्रो समन्धकोसपनाको संसार सबै लुटि सके पछि आशा छैन अब दुई किनारको मिलन हुनेविश्वास घात भन्दा माथि उठि सके पछि जाजरकोट,हालः पेनाङ्ग, मलेसिया लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल सीता शर्मा "उपासना" 8, 2010, 2:34 दिनहरु ती सुमधुर थिए रमझम रमझम एकसुर थिए । प्रकृतिसंग लुकामारी खेल्ने ढुकुरमा स्वर कुरकुर थिए । क्या थियो है त्यो जवानी खुशीका तरंग भरपुर थिए । समयको स्वर्णिम घेराभित्र प्रत्येक पल कोहीनुर थिए । रेडियोनेपाल, सिंहदरबार लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल नीलबहादुर खड्का 7, 2010, 8:35 निधारमा रातो टीका, लगाउन आउँछु आमा ! वर्षदिनको दुःख कष्ट, भगाउन आउँछु आमा !! हजुरबुबा देउता समान, नाघिसके सय वर्ष !शीर झुकाई आर्शीवाद, मगाउन आउँछु आमा !! कति गाह्रो बा-आमालाई, छोराछोरी लाखापाखा ! बसुन्जेल घरमा सक्दो, सघाउन आउँछु आमा !! दाजुभाइ जम्मा हुन्छौं, नगर्नु भो पीर धेरै !मनभित्र जोश जाँगर, जगाउन आउँछु आमा !! सहरको बसाइ कठीन, खान-लाउनै गाह्रो हुने ! मासुभातले भोको पेट, अघाउन आउँछु आमा !! यसैगरी भेट हाम्रो, हुन्न शायद अर्को दशैं !थोरैथोरै आँसु पनि, बगाउन आउँछु आमा !! लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल बलराम उपाध्याय 7, 2010, 8:32 नचलाऊ मन घाऊ लाग्या छ दुख्छ फेरीरम्न देउ यै झोलिमा बिथोले लुक्छ फेरीपुर्न देऊ खाटाहरु बगेर आसुँ सँगैबाँध बाँधी थुन्ने चेस्टा नगर सुक्छ फेरीचिरिएको ठाउँ टालेँ स्नेहको लेप दिइत्यही ठाउँ वरिपरि नघोच चुक्छ फेरीजतनले सरे हुन्छ बसाइँ सर्ने भएआश दिइ टाढा भए यो मन झुक्छ फेरी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल आनन्द अधिकारी 6, 2010, 8:25 आफैं खाउँ, आफैं लाउँ, दाउ नेपालीकोकहिलै निको नहुने त्यो घाउ नेपालीको । हुन्छ गर्छु भन्दाभन्दै छोड्छ समयलेपराईले तोकिदिन्छ, भाउ नेपालीको । विश्वास गर्न सकिदैन यहाँ कसैलाईइसारामा चल्ने गर्छ, पाउ नेपालीको । फाट्दैछ इतिहास वीर अनि वीरताकोडर लाग्छ मेटिन्छकी, नाउँ नेपालीको । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल प्रदीप चापागाईं 5, 2010, 7:44 आयो दशैं भन्छन् सबै,चाँजोपाँजो गर आमा,यता सार्है अप्ठेरो छ,आउँदिन म घर आमा !! परदेशी छोरो म त,पात्रो हेर्दै टोलाउँछु,टिका पनि नजिकियो,जौ जमरा छर आमा !!टाढिएको सन्तान सम्झी,रुँदो होला मन पनि,साईतैमा मेरो फोटो,राखे अलि पर आमा !! करेसामा फूले होला,मगमग सयपत्री ,म छु यता थोरैमात्र,टिपे हुन्छ तर आमा !! मौका मिले अर्कोचोटी,खुसी बोकी आउँला म,मलाई सबै ठिकै नै छ,नमाने है डर आमा !! सिड्नी लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल राम खत्री 5, 2010, 7:41 बिजया दशमी आयो बर्षै पिच्छे आए जस्तोशुभकामना दिने रहर भयो चाहेर नै आए जस्तो । माया ममताको आशामा मान्यजनको खोजी गर्दैबेलाभयो घरआँगन धाउने बर्षै पिच्छे धाए जस्तो । रातो टिका पहेंलो जमरा निधार र कपालमा लगाएरखुशी हुँदै सँगै बसी मासु-चिउरा, दही-केरा खाए जस्तो घुमिफिरी पारिवारिक मिलनको मौका आयो शुभकामनाको नवीकरण गर्न वर्षै पिच्छे पाए जस्तो शुभकामना मेरा मान्यजनहरुलाई सधैं सधैंमुरीमुरी आशिष बाँकी सवैलाई धेरै माया लाए जस्तो । न्यूयोर्क लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
गजल गजल दिव्य गिरी 4, 2010, 8:36 तुवाँलोले ढाकेको आकाश देखेंदिनभर तिमीलाई उदास देखें । यौटैसँगको माया अमर हुन्छतिमीसँग कैले पुष्कर, कैले प्रकाश देखें । धर्म, संस्कृति र परम्परा कता गयो ?हिजो आज विकृतिको विकास देखें । सूर्य उदाएकै हो हाम्रो छानामाथिघरभित्र सधैं अँध्यारोको वास देखें । नेताको पछिपछि लागेका छौ मित्रकविभन्दा राजनीतिको दास देखें । कस्को स्वार्थमा बन्दुक बोकेर हिँड््यौघरघरमा ढलेको आफन्तकै लास देखें । ऊ अझै अस्मिता लुट्न खोज्दै छबलात्कारीलाई तिम्रै आसपास देखें । चुनेर पठाएका थियौ जसलाईउसैले उठाएको तिम्रो वास देखें । भैगो छोड, हावाको चित्र बनाउन‘दिव्य’ खै, कस्ले भन्यो बतास देखें । लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।