text
stringlengths
163
169k
timestamp
stringlengths
0
20
url
stringlengths
0
1.8k
source
stringclasses
5 values
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने - शुभयुग Reporterप्रकाशित मिति: २०७८ बैशाख १, बुधबार (५ महिना अघि) ४४६ पाठक संख्या १ बैशाख,काठमाण्डौ – राष्ट्रिय जनमोर्चा (राजमो) ले गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अडान लिँदै राजमोले यस्तो निर्णय गरेको हो । सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रष्ट पारेका छन् । 'गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ,' वक्तव्यमा भनिएको छ । अध्यक्ष केसीले मुख्यमन्त्रीको राजनीतिक गतिविधिले प्रतिगमनलाई मद्दत पुग्ने बताएका छन् । 'त्यस खाले क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ,' अध्यक्ष केसीले भने, 'त्यसकारण गण्डकी प्रदेश सरकारविरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।'
2021/09/19 10:19:43
https://www.subhayug.com/2021/04/26183.html
mC4
डडेल्धुरामा मंगलबार सवारी दुर्घटनामा युवकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले राजमार्ग पुनः अवरुद्ध पारेका छन । मृतकका आफन्तले उचित क्षतिपुर्तीको माग गर्दै डडेल्धुराको सल्लाघारीमा बिहानै देखि सडक अबरुद्ध पारेका हुन ।यसअघि बुधबार मध्यान्ह देखि अवरुद्ध सडक पाँच घण्टापछि सञ्चालनमा आएको थियो । उनीहरुले मृतकका परिवारलाई क्षतीपूर्ती र बस चालकलाई कारवाहीको माग गर्दै अमरगढी नगरपालिका–१ स्याउले बजारमा टायर बालेर सडक अवरुद्ध पारेका छन । मंगलबार महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अमरगढी नगरपालिका वडा नम्बर–११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो । उनको शव डडेल्धुरा अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ । दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए । ठगुन्नालाई धनगढी रेफर गरिएको छ । बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग अवरुद्ध भएपछि आवागमन ठप्प भएको छ । यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन ।
2022-12-05T03:50:51Z
https://dainiksanchar.com/2019/12/26/2125/
OSCAR-2301
चार पदकसहित जुडो टोली स्वदेश फिर्ता - News Portal of Global Nepali चार पदकसहित जुडो टोली स्वदेश फिर्ता काठमाडौं – थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । यही साउन १९ र २० गते भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको थियो । टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रतियोगिताअन्तर्गत पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले चार खेलाडीलाई पराजित गरे । उनले थाइल्यान्डका दुई तथा युएई र जापानका खेलाडीलाई हराए । ११ खेलाडी सहभागी रहेका महिला ५७ केजीमुनिको प्रतियोगितामा मनिताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई पराजित गरिन् । महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् । पुनमले लाओसकी खेलाडीलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसँग पराजित भइन् । त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् । गत संस्करणमा नेपालले उक्त प्रतियोगितामा दुई कास्य जितेको थियो ।
2019/03/25 01:31:19
http://www.nepalbritain.com/?p=41020
mC4
बर्दियामा पहिलो पटक प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक व्यापार महोत्सव २०७५ मङ्सिर ६ बिहीबार १५:५६:०० मुरली गोडिया,,गुलरिया बर्दिय,बर्दियामा पहिलो पटक प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक व्यापार महोत्सव २०७५ आयोजना हुन लागेको छ । समृद्ध प्रदेश न.. ५ को प्रमुख आधार, कृषि, पर्यटन, उद्योग, संस्कृति र पुर्वधार भन्ने मुल नारा सहित यहि मंसिर २७ गते देखी पौष ८ गते सम्म महोत्सव बर्दियाको सदरमुकाम गुलरियामा गर्न लागिएको हो । यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागी उद्योग व्यापार, शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन क्षेत्रको प्रर्वद्धनमा पु¥याउने, आन्तरिक बजार सवलीकरणका लागी व्यवसायिक उत्थान तथा निकासी योग्य बस्तुमा जोड दिने लक्ष्यले महोत्सवको आयोजना गर्न लागिएको उद्योग बाणिज्य संघ तथा प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक व्यापार महोत्सवका संयोजक बीर बहादुर चौधरीले जानकारी दिनु भयो । उद्योग बाणिज्य संघ गुलरियाले विहिबार गुलरियामा पत्रकार सम्मेलन गर्दै कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले व्यवसायिक प्रतिस्पर्धाको बाताबरणको सृजता गराई लगानीका अवसरको सृजना गर्ने, विभिन्न मुलुकहरुमा उत्पादित बस्तु एवं सेवाहरुको बृहत प्रदर्शनी गरि व्यापक प्रचार प्रसारमा सहयोग पु¥याउने मुख्य उद्धेश्य बताउनु भयो । बस्तु उत्पादनका प्रविधिीको क्षेत्रमा नयाँ उपलब्धिहरुलाई जनमानसमा प्रस्तुत गर्ने, समग्र देशको विकासको लागी यस क्षेत्रको मौललिक कला, साहित्य र संस्कृतिको जगेर्न गर्दै प्रवृद्र्धनमा सहयोग पु¥याउने उद्धेश्यहरुको जानकारी दिनु भयो । २ सय वटा व्यापारिक स्टलहरु रहने महोत्सवमा २ लाख अवलोकन कर्ताहरुले अवलोकन गर्ने, देश भित्र बाहिरा उद्योगी एवंं व्यवसायिहरु, आम उपभोक्ताहरु, वित्तिय संघ संस्थाहरु, किसान, शिक्षक अनुसन्धानकर्ता लगायत छिमिकी मुलकका उद्योगी, पर्यटकहरु महोत्सवका लक्षित अवलोकनकर्ताहरु रहने र करिव ५ करोडको आर्थिक कारोबार गर्ने बताइएको छ । महोत्सवको विशेष आकर्षणका रुपमा नेपालको ऐतिहासिक चिनारी नेपालीको शान नेपालको गौरवको रुपमा रहेको धरहराको सम्झना स्वरुप महोत्सव अवधिभरका लागी ४० देखी ५० जना सम्म एकैपटक अवलोकन गर्न सक्ने क्षमता भएको गुणस्तरिय धराहराको प्रदर्शनी र नेपालका लागी विशेष मानिे ऊटको नृत्य प्रदर्शनी, विश्वको होचो व्यक्तिको प्रर्दशनी रहेने अयोजकले जनाएको छ । त्यसैगरि ५ नं प्रदेश क्षेत्रका आदीवासीहरुको संस्कृति भेषभुषहरुको प्रदर्शनी, कृषी जन्य बस्तुहरुको प्रतियोगीतात्मक प्रदर्शन, प्रादेशिक स्तरको एकल गायन प्रतियोगीता निशुल्क आँखा उपचार शिविर महोत्सवका आकर्षणका रुपमा रहने जनाइएको छ । महोत्सवमा टिकट दर रु ६० तथा विधार्थीका लागि सहुलियत रु ४० रहेको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले यो प्रदेशिश व्यपार महोत्सव जिल्लाकै प्रतिष्ठाको रुपमा रहेको हुँदा विगतका एवं अन्य महोत्सवको तुलनामा एक विशिष्ट महोत्सव भएकाले सम्पुर्ण संचारकर्मीहरुलाई जिल्लाको पहिचान गराउनका लागी पनि व्यापाक प्रचार प्रसार गर्नुपर्नेमा जोडदिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर दैनिकका उपसम्पादक कमल पन्थिले एक टोली बनाई प्रदेश ५ का १२ बटै जिल्ला भएका पर्यटकिय क्षेत्र लगायत महोत्सवको बारेमा प्रचार प्रसाद एवं समन्वय गर्द अझ राम्रो हुने सुझाव दिनुभयो । महोत्सव उद्योग बाणिज्य बर्दिया गुलरिया मुख्य आयोजक र नेपाल उद्योग बाणिज्य महासंघ टेकु काठमाण्डौ एवं नेपाल बाणिज्य महासंघ ५ नं. प्रदेश बुटवलको आयोजनामा हुन लागिएको हो ।
2018/12/19 10:17:37
http://charchaonline.com/news-details/10296/2018-11-22
mC4
नुवाकोट जिल्ला अस्पतालमा रगत अभाव भएको छ बेत्रावती, २४ पुस | नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । दाताबाट सङ्कलन गरेको रगतलाई रक्त सञ्चार केन्द्रले स्वास्थ्य जाँच तथा परीक्षणका लागि रु ८०० शुल्क लिई उपलब्ध गराउने गरेको छ । केन्द्रमा रगत अभाव हुँदा यहाँका बिरामीका लागि नेपाली सेनाको श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीबाट रगत सङ्कलन गरिँदै आएको छ । रासस मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता "न मुछे आमा दहीमा टिका" दृष्टिबिहीन गायक कृष्णभक्त राइको जिबन कथा इन्द्रेणी कर्यक्रममा वहाको आफ्नै आवाज बाट ! कृपया (भिडियो)मा हेर्नुहोला
2021/11/29 15:35:39
https://www.npkhabar24.com/2019/7747/
mC4
नेपाली काँग्रेस पार्टीले एकै चरणमा निर्वाचन हुनुपर्ने बताएकै दिन उही पार्टीका उपप्रधानमन्त्री समेत रहेका नेता बिमलेन्द्र निधिले भने दुई चरणमा पनि हुनसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव लिन आज काठमाण्डौमा आयोजित पार्टीे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरुले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने धारणा राखे । बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएकाले निर्वाचन एकै चरणमा र तोकिएकै मितिमै हुनुपर्ने धारणा राखेका थिए । बैठकमा नेताहरुले निर्वाचनको सम्पूर्ण तयारी भइरहेका बेला दुई चरणमा निर्वाचन हुनुपर्छ भन्ने कुरा आउनु सत्ता लम्ब्याउने मनशायका साथ आएको बताए । उपप्रधानमन्त्रीको वरियताको विषय सार्वजनिक भई चर्चामा आउँदा जनतामाझ नकारात्मक सन्देश गएको भन्दै केन्द्रीय सदस्यहरुले पार्टीको नेतृत्व तहबाटै विवाद समाधान गर्नुपर्ने सुझाव दिएका थिए । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन हुनेमा शंका नगर्न सबै नेता, कार्यकर्तालाई आग्रह गर्दै एक ढिक्का भएर निर्वाचनमा होमिन निर्देशन दिए । जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको आलोचनासमेत भएको थियो । पार्टीले बैठकमा उठेका सबै सुझाव घोषणापत्र तयारी समितिमा पठाउने र तराई–मधेसका मागलाई सम्बोधन गर्न अधिकतम सहमतिका साथ संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । उता उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भने मधेशी मोर्चा निर्वाचनमा सहभागी हुने निश्चित भए दुई चरणमा निर्वाचन गर्न सकिने वताएका छन् । विराटनगरमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठी पछि पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री निधिले मधेशी मोर्चा पनि निर्वाचनमा भाग लिन तयार भए दुइ चरणमा निर्वाचन गराउन सकिने बताएका हुन् । उपप्रधानमन्त्री निधिले वैशाख–३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित एंव शान्तिपूर्ण रुपले सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति तयार पारिएको बताए । उपप्रधानमन्त्री निधिले स्थानीय मतदाता, उमेदवार, निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा र साधारण जनताको सुरक्षालाई व्यवस्थित गरिएकाले निर्वाध रुपमा निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह समेत गरे । पुर्वाञ्चलका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान प्रहरीका प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा निष्पक्ष एवम् भयरहित वातावरणमा कसरी निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । जेठ महिनाको चर्को घाम । मध्याह्नको उराठलाग्दो गर्मी । एमालेबाट सुर्नया गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार लीला विष्टलाई घाम र गर्मीको कुनै पर्वाह छैन । उनी बिहान होस् या मध्याह्न एक महिनादेखि हरेक मतदाताको घरमा पुगिरहेकी छिन् । नेता–कार्यकर्तासँगै मतदाताको घरघर पुगिरहेकी विष्ट अरू उम्मेदवारभन्दा अलि फरक पनि छिन् । अन्य उम्मेदवारको जस्तै उनको हातमा झन्डा र प्रचार सामग्री मात्रै छैनन् । उनी तीनमहिने छोरी पनि सँगै बोकेर भोट मागिरहेकी छिन् । ‘उम्मेदवारी घोषणा गर्दा छोरी दुई महिनाकी मात्रै थिई, एक महिना यसैगरी बितिसक्यो,’ विष्टले भनिन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गाउँ सुर्नया–२ सिउँडेबाट उम्मेदवारी दिएकी लीला जित्ने दाबी गर्छिन् । उनले दशकौँदेखि गाउँका महिलाले भोग्दै आएका समस्या निराकरणका लागि पनि आफूले जित्नैपर्ने बताइन् । उनले भनिन्, ‘सामाजिक कुसंस्कार, अशिक्षा र गरिबीका कारण महिलामाथि हुने थिचोमिचो रोक्न मेरो उम्मेदवारी हो ।’ छोरी तीन महिनाकी भए पनि घरपरिवार र पार्टीको सहयोगका कारण प्रचारप्रसारमा खटिन सहज भएको उनी बताउँछिन् । घरका सबै सदस्यको सहयोगले नै उम्मेदवारी सम्भव भएको उनले बताइन् । ‘प्रचार–प्रसारमा लाग्ने सम्पूर्ण खर्च व्यवस्थापनदेखि छोरीको रेखदेखमा श्रीमान् र परिवारको सहयोग पाएकी छु,’ उनले भनिन् । तीनमहिने दुधे बच्चा साथमा हुँदा प्रचारप्रसारमा समस्या हुन्छ कि भन्ने चिन्ता भए पनि पार्टीले उनको छवि, क्षमता र जनताको विश्वास जितेकाले उम्मेदवार बनाएको एमाले सुर्नया गाउँपालिका प्रचारप्रसार विभाग प्रमुख अनन्त विष्टले बताए । सामान्य गरिब किसान परिवारकी लीलाले तीनमहिने छोरीको स्वास्थ्यमा कुनै असर नपर्ने गरी प्रचार–प्रसारमा हिँडिरहेको बताइन् । ‘२० वर्षपछि नेतृत्वका लागि अवसर पाएकी छु,’ उनले भनिन्, ‘जनताको पनि सहयोग पाएकाले छोरीलाई असर नगर्ने गरी चुनावी प्रचार–प्रसारमा आएकी छु ।’ नयाँ पत्रिका बाट
OSCAR-2019
'मन लागेन' थारू गीतको भित्रि कथा: यसरी बनेको थियो अडियो र भिडियो – Tharuwan.com प्रकाशित : २०७८ फागुन १० गते १२:१६ रेकर्डका हिसाबले भन्ने हो भने थारू गीत संगीतको इतिहास धेरै लामो छैन। तीन दशकअघि थारू संगीत 'कमर्सियल' बन्दै गर्दा थारू भाषामा संगीत भर्ने र स्वर दिने सबै नेपाली सांगीतिक क्षेत्रका सर्जकहरू थिए। विसं २०४७ सालमा बनेको थारू फिल्म 'करम'मा डम्बर गुरुङले संगीत भरे, जसमा लोचन भट्टराई, विमला राईलगायतको स्वर रहेको छ। त्यसपछिका वर्षहरूमा क्रमशः आनन्द कार्की, अञ्जना गुरुङ थारू भाषाको गायनमा जमेका थिए। युवा पुस्तामाझ आइपुग्दा मनिषा पोखरेल थारूहरूका प्रिय गायिका बनिन्। पाँच वर्षअघि सार्वजनिक भएको 'चुरिया गुरिया' मनिषाले नै गाएकी थिइन्, जुन गीतले थारू सांगीतिक क्षेत्रमा उछाल ल्याएको थियो। पाँच वर्षमै थारू संगीतले नेपालमा आफ्नो छुट्टै पहिचान बनाएको छ। थारू गीत संगीतमा लागेकाहरू भलै राष्ट्रिय मिडियाको पहुँचभन्दा बाहिर छन्, तर काठमाडौंका अधिकांश रेकर्डिङ स्टुडियोमा आज थारू गीतहरू रेकर्ड भइरहेका छन्। थारू गीतले जसरी सांगीतिक बजारमा आफ्नो पहिचान कायम गरिरहेको छ, त्यसरी नै युट्युबमा दिनप्रति दिन नयाँ 'रेकर्ड'हरू पनि बनाइरहेको छ। यसै दौडमा 'मन लागेन' एक करोड भ्युज पुग्ने पहिलो थारू गीत बनेको छ। आरकेसी डिजिटलले युट्युबमा सार्वजनिक गरेको यो गीतको भिडियोलाई १६ महिनामा एक करोड बढीले हेरेका छन्। लाख भ्युजमै रमाइरहेका थारू कलाकारहरूले यसलाई 'माइलस्टोन'को रुपमा ब्याख्या गरेका छन्। कसरी बन्यो मन लागेन बर्दिया राजापुरका आरके थारू काठमाडौंमा रेस्टुरेन्ट व्यवसाय गर्थे। ग्राहकहरू नभएका बेला उनी गीत गुनगुनाउँथे। गीत गाउनु उनको बच्चैदेखिको सौख हो। गाउँका कुनै कार्यक्रम होस् या स्कुलमा गाउन भनेपछि उनी हुरुक्कै हुन्थे। त्यही सौखलाई उनी फुर्सदमा पूरा गर्थे। मुड चलेको बेला उनी फेसबुकमै लाइभ बसेर गीत गाउँथे। आरकेको उक्त गीतहरू नरेश चौधरी घोत्लिएर सुन्थे। नरेश र आरके गाउँले साथी हुन्। कुनै पनि कुरामा एकअर्कालाई प्रोत्साहन गर्न उनीहरू चुक्दैनथे। नरेश पेशाले जागिरे हुन्। नेपाल विद्युत प्राधिकरणमा उनी काम गर्छन्। एकदिन नरेशले आरकेको खुबै तारिफ गर्दै भने, 'यति मिठो स्वर छ। गायनमा लागे हुन्छ त।' नरेशको कुराले आरके रोमाञ्चित बने, 'साँच्चै गाउँ त?' नरेशले सुझाव दिए, 'गीत गाउने काम तिम्रो, भिडियो बनाउने काम मेरो।' नरेशलाई पनि मोडलिङको रहर पूरा गर्नु थियो। यो त्यो बेलाको कुराकानी थियो, जतिबेला विश्व कोरोना महामारीको त्रासमा थियो। लकडाउनले विश्व नै ठप्प बनेको थियो। सल्लाहबमोजिम उनीहरू 'गीतकार'को खोजी गरे। थारू सांगीतिक क्षेत्रका अब्बल गीतकार हुन्, सुवेश कठरिया। आरकेको सल्लाहले नरेशले नै सुवेशलाई फोन गरेर गीत लेखिदिन आग्रह गरे। सुवेशले हुन्छ त भनिदिए, तर दिमागमा केही नफुरेर हैरान थिए। कोरोनाकालले होला उनलाई केही गर्न मन लाग्दैनथ्यो। केही गर्न मन नलागेपछि नै उनको पहिलो ट्युनिङ बन्यो– 'मन लागेन'। 'कोरोनाकालको प्रभावले बनेको गीत हो यो। केही गर्न मन नलागिरहेका बेला यो शब्द फुर्‍यो, जसलाई मैले प्रेमिल शब्दहरूसँग बुनेर तन्काएँ,' सुवेशले राज खोले। मन लागेनका संगीतकार हुन्, गणेश चौधरी। थारू सांगीतिक क्षेत्रलाई यो उचाइँमा पुर्‍याउन उनको ठूलो भूमिका छ। रूपन्देहीबाट गायक बन्न काठमाडौं आएका उनी कुशल अरेन्जर-संगीतकार बने। उनकै योगदानले आज थारू संगीतिक क्षेत्रले यो स्थान ओगटेको छ। गीत कम्पोज गर्दा होस् या त्यसमा संगीत भर्दा, उनी शब्दको भावमा डुब्छन्। मन लागेनको भावमा डुब्न उनलाई झन्डै एक वर्ष लाग्यो। गीत कम्पोज गर्दा उनी सकभर स्वर दिने कलाकारलाई सँगै राख्छन्। त्यसो गर्दा गाउने मान्छेको 'स्केल' थाहा पाउने र त्यहीअनुसार गीत बनाउन सजिलो हुने गणेशको बुझाइ छ। उनले आरकेको स्वर परीक्षण गर्दै यो गीत बनाए। गीतमा गायिका अन्नु चौधरीले आरकेलाई साथ दिने सहमति भयो। कमलादीस्थित ड्रिम्स स्टुडियोमा दुवैले गीत गाए। आवश्यक बाजा हालिसकेपछि आरकेले गीतको पहिलो ड्राफ्ट सुने। उनलाई आफ्नै स्वर चित्त बुझेन, दोहोर्‍याएर रेकर्ड गराए। 'पहिलो गीत थियो, सकभर गल्ती नहोस् चाहन्थे,' आरके ती पल सम्झिन्छन्। त तयार भइसकेपछि वाचाअनुसार उनले नरेशलाई गीत सुम्पिदिए। गीत हात परेपछि नरेशले निर्देशकको खोजीमा लागे। थारू म्युजिक भिडियो बनाउने धेरै निर्देशकलाई उनले सम्पर्क गरे। चित्त बुझ्दो जवाफ उनले कतैबाट पाएनन्। 'म्युजिक भिडियो बनाउने प्रोसेस मलाई थाहा थियो। म्युजिक भिडियोको स्क्रिप्ट छैन, कुन दृश्य कसरी खिच्ने केही छैन। हावा तालमा भिडियो बनाउने कुरै भएन,' नरेश भन्छन्। त्यही बेला निर्देशक सुरजदेव कुसुम्याको एउटा भिडियो उनले हेरे। त्यहीँबाट प्रभावित भएर सुरजलाई सम्पर्क गरे। सुरजसँगको पहिलो वार्तालापले नै नरेशको चित्त बुझ्यो। दुईबीच भिडियो बनाउने सहमति भयो। नरेश भन्छन्, 'भिडियो बनाउने प्राविधिक पक्षबारे मलाई थोरै भए पनि ज्ञान थियो। त्यसैले म सबै कुरा बुझेरै मेकिङमा जान चाहन्थे।' मन लागेन गीत सुनेपछि सुरजलाई प्रेमी प्रेमिकाको 'लङ डिस्टेन्स'को कथा बन्नसक्ने आइडिया फुर्‍यो। त्यही कथा उनले नरेशलाई सुनाएका थिए। स्क्रिप्टमा दुवै जना मिलेर काम गरे। र, नरेशको 'डिमान्ड'अनुसार सुरजले कलाकारसहितको 'मेकिङ टिम'लाई वर्कशप दिए। टिकटकमा छाएकी पहाडी मूलकी मन्सा रावल नरेशको हिरोइन बेनिन्। सुरजले उनलाई पनि थारू हाउभाउ र थारु टोन सिकाए। सबै कुरा 'पर्फेक्ट' भएपछि बर्दियाको ठाकुरद्वारामा सुटिङ भयो। सुटिङमा स्थानीयले दिएको आतिथ्य यो टिमले अझै बिर्सन सकेका छैनन्। 'यो गीत चल्नुमा कता-कता थारू गाउँका स्थानीहरूको पनि ठूलो भूमिका छ,' नरेश सम्झिन्छन्। काम गर्ने बेला आफ्नो धरातल बिर्सिदिनँ : निर्देशक सुरजदेव कुसुम्या सुरजदेव कलाकार बन्न चाहन्थे। त्यसैले उनी काठमाडौंको कान्तिपुर फिल्म एकेडेमीमा एक्टिङ सिके। त्यहाँ उनले कलाकारिता मात्रै सिकेनन्, फिल्मका लागि चाहिने प्राविधिक पक्षबारे पनि ज्ञान हासिल गरे। थारू गीतहरूले बजार लिँदै गर्दा सुरज पनि यही क्षेत्रमा आइपुगे। उनी मन लागेनमा सतप्रतिशत काम गरेको दाबी गर्छन्। 'मैले गर्ने कामहरूमा मेरो सतप्रतिशत दिन्छु। त्यो गीत सफल हुनुमा सायद हामीले गरेको मेहनतको प्रतिफल हो,' उनी भन्छन्। मन लागेनमा सबैभन्दा राम्रो पक्ष भने भिडियो ट्रान्जिशन हो, जसलाई सुरज 'सिन ब्रेक' भन्न रुचाउँछन्। 'मैले एक-एक सिनलाई ब्रेक गरेको थिएँ। कुन सिनलाई कहाँ कसरी जोड्ने मैले पहिल्यै तयारी गरेको थिएँ, जसको आउटपुट पनि धेरै राम्रो आयो,' उनी भन्छन्। थारूहरूको सबैभन्दा ठूलो सम्पत्ति सँस्कृति भएको सुरजको बुझाइ छ। भिडियो निर्देशन गर्दा उनी थारू सँस्कृतिको खुबै ख्याल गर्छन्। 'काम गर्दै जाँदा हामीले हाम्रो धरातल बिर्सिन्छौं। हिजो पुर्खाहरू जे थिए, आज त्यो छैन। मनोरञ्जनको नाममा हामीले आफ्नो पुर्खा र सँस्कृतिलाई बिर्सिनु हुँदैन,' उनी भन्छन्। मन लागेनपछि ममाथि चुनौति थपियो : नरेश चौधरी नरेश चौधरी अभिनित भिडियोहरू अरुभन्दा फरक हुन्छन्। उनी आफ्नो भिडियोमा केही नयाँपन दिन चाहन्छन्। त्यही भएर होला उनका सबै भिडियोमा मिलियन भ्युज छ। उनको भिडियो अरुभन्दा किन फरक हुन्छ? नरेश भन्छन्, 'किनकि मलाई प्राविधिक कुराको ज्ञान छ। म हावा तालमा भिडियो बनाउँदिनँ। मोडर्न र कल्चरलाई कसरी भिडियोमा देखाउन सकिन्छ, त्यसबारे अध्ययन गर्छु।' यो क्षेत्रमा आउँदै गर्दा उनी कहाँ पुगिएला भनेर सोचेका थिएनन्। हराए पनि थारू म्युजिक भिडियो गरेरै हराउने उनले निधो गरेका थिए। 'सबैले तेरो भिडियो चल्ला भन्दै जिस्काउँथे, हराए पनि थारू भिडियो गरेरै हराउँछु भनेर जवाफ दिन्थे,' उनी सम्झिन्छन्। एक करोड भ्युज त कल्पनाको कुरा भएको उनी बताउँछन्। 'एक लाख भ्युजमै कति खुसी भएको थिएँ। एक करोड भ्युज त कल्पना बाहिरको कुरा थियो,' उनी भन्छन्। मन लागेन हिट बन्दै गर्दा उनमा चुनौति पनि थपिएको छ। अर्को गीत चल्ला कि नचल्ला भनेर सधैं उनी पीर गर्छन्। तर, भाग्यवश उनका सबै भिडियोहरु हिट छन्। उनका अन्य भिडियाले पनि ५० लाख बढी भ्युज पाएको छ। त्यसको राज खोल्दै उनी भन्छन्, 'म्युजिक भिडियो मनोरञ्जनका लागि हेरिने भएकाले मलाई मोडर्न र कल्चर दुवै समावेश गर्नुपर्छ भन्ने लाग्छ। किनकि अहिलेको जेनेरेशनले एकैपटक कल्चर नस्वीकार्न पनि सक्छ।' उनी आफ्नो भिडियोमा यही दुई सुत्र प्रयोग गरेको दाबी गर्छन्।
2022/05/26 15:04:31
https://www.tharuwan.com/2022/02/22/126082/
mC4
रामेछापमा पुलको सामाग्री काटेर लैजाँदै गरेको ट्रक नियन्त्रणमा रामेछाप । माघ २१ गते, रामेछापको बाढीले बगाएको छतिवने खोलाको मोटरपुलका स्टिलट्रसका सामाग्री काटेर निकासी गर्न लागेको कवाडी व्यवसायीलाई ट्रक सहित रामेछाप प्रहरीले रामेछापको गेलुमा नियन्त्रणमा लिएको छ । डेढ वर्षअघि रामेछापको छतिवने खोलाबाट बगाएको पुलको सामान उठाएर लैजाँदै गरेको ना ५ ख ८२४९ नम्बरको ट्रक गेलुको सिक्रालमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सामान लैजानै व्यवसायी मन्थली नगरपालिका १२ का वडा सदस्य मुकुन्द भन्ने उमेश कार्की हुन् । उनले कवाडी कारोबार गर्ने व्यक्तिलाई बोलाएर पुलको सामान ट्रकमा लोड गराएका थिए । लोड गरेको सामग्री मध्ये केही सामान झारिएको र केही अझै ट्रकमा रहेका छन् । प्रहरीले सामाग्री सहितको ट्रकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक शेष अदालतले नियन्त्रणमा लिइएका व्यवसायीलाई कवाडी सामाग्री खरिद गरेको प्रमाण पेस गर्न भनिएको बताए । तर व्यवसायीले वडाको सिफारिसको आधारमा उक्त सामाग्रीहरू लैजान लागेको बताएका छन् । वडा कार्यालयले करिब २ ट्रक सामाग्री लैजानका लागि कवाडी दस्तुर बापत ३ हजारको रसिद काटेर सामान लैजान सिफारिस दिएको थियो । छतिवनेबाट बगेका उक्त सामान मन्थली नगरपालिकाको १२ नम्बर अम्बास बगरमा पुगेका थिए । वडा अध्यक्ष कृष्णहरी अधिकारीले डेढवर्षदेखि वेवारिसे अवस्थामा कोसीको बगरमा बसेको सामाग्री आफ्नै खर्चमा झिकेर लैजान्छु भनेकाले कवाडी दस्तुर लिएर सिफारिस दिएको बताए । छतिवने खोलामा जापान सरकारको सहयोगमा निर्माण भएको उक्त पुलको तथ्याङ्क जिल्लाका कुनै पनि निकायमा छैन । स्थानीय विकास मन्त्रालयको डोलीडार विभाग मार्फत जापनिज नागरिकको सहयोगमा निर्माण भएको उक्त पुल सम्बन्धित निकायलाई हस्तान्तरण हुनै नपाइ बगेको हो । निर्माण भएको २ वर्षमा नै बाढीले उक्त पुल बगाएको थियो ।
2019/02/15 19:28:57
http://radiotinlal.com/news-details/285/2019-02-04
mC4
१६ श्रावण २०७८, शनिबार ११:०६ PM भारतमा एकैदिन २४ हजार संक्रमित २१ असार २०७७, आईतवार ११:०५ मा प्रकाशित २०७७ असार २१ आइतबार, एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६१३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १९ हजार २६८ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना संक्रमित पुष्टि भएको छ ।यो संख्या एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मको सबै भन्दा बढी हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६ लाख ७३ हजार १६५ पुगेको छ ।यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ । भारतमा अहिलेसम्म ४ लाख ९ हजार ८३ जना ठिक भएका छन् भने २ लाख ४४ हजार ८१४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १३ लाख ८२ हजार ९५४ पुगेको छ भने मृतकको संख्या ५ लाख ३३ हजार ४७७ पुगेको छ ।त्यस्तै विश्वभर ६४ लाख ४० हजार २०७ जना कोरोना संक्रमित ठिक भएका छन् ।
2021/07/31 05:21:25
https://www.khabarkunja.com/news/2455/
mC4
नेपालमा थप २७९ जनामा कोरोना पुष्टि, २ लाख ८३ हजार कोरोना परिक्षण – KhojPatrika नेपालमा थप २७९ जनामा कोरोना पुष्टि, २ लाख ८३ हजार कोरोना परिक्षण खोज पत्रिका बुधबार, २०७७ जेष्ठ २८, १८ :२९ बजे काठमाडौं । बुधवार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । मुलुकका बिभिन्न स्थानमा रहेको प्रयोगशालको नतिजाका आधारमा २ सय ७९ जनामा बुधवार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । बुधवार ९० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म जम्मा ६ सय ७४ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १५ जनाको निधन भएको छ । नेपालमा अहिलेसम्म कूल २ लाख ८३ हजार ६ सय २४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । १ लाख १० हजार ७ सय ४४ वटा पिसीआर परीक्षण र १ लाख ७२ हजार ८ सय ८० आरडीटी टेस्ट भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १४ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ६ हजार ७ सय २२ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ११ हजार १ सय ३६ वटा परीक्षण भएको छ । हालसम्म देशभरका क्वारेन्टाइनमा १ लाख ७२ हजार २ सय ६६ जना रहेका छन् । ३ हजार ६ सय ७५ जना संक्रमितको आइसोलेनमा उपचार हुँदैछ । त्यसैगरी अहिलेसम्म ६ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९० जना निको भएर घर फर्किएका हुन् । तिमध्ये २ जना महिला र ८८ जना महिला रहेका छन् ।
2021/10/22 13:14:24
https://www.khojpatrika.com/breaking-news/47867/
mC4
फेरि बढ्यो वायु प्रदूषण, बाहिर ननिस्कन विज्ञको सुझाव – Tesroaankha | Nepal's leading online news portal | Nepali Online News फेरि बढ्यो वायु प्रदूषण, बाहिर ननिस्कन विज्ञको सुझाव २३ चैत्र, २०७७ १५:२६ मा प्रकाशित 793 पटक पढिएको काठमाडौं – काठमाडौं सहित देशभर वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे। उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे। उनले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए। उनले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे। बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे।
2021/04/20 07:08:58
https://www.tesroaankha.com/news/6873/
mC4
Nagarik News - सिरियालाई ओबामाको चेतावनी होमपेज / विश्व / मध्यपूर्व / सिरियालाई ओबामाको चेतावनी सिरियालाई ओबामाको चेतावनी 02 May 2013 | 11:47am बिहीबार १९ बैशाख, २०७० वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक हतियारहरुको प्रयोग गरिएको भए सिरियाली सरकारले त्यसको मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्। ओबामाले बसर अल–असद सरकारद्वारा रासायनिक हतियार प्रयोग भएकोबारे जतिसक्दो चाँडै अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले आफ्नै नागरिकमाथि यस्ता घातक हतियारको प्रयोग असदको ठूलो गल्ति भएको बताए। उनले मंगलबार ह्वाइटहाउसमा पत्रकार सम्मेलनमा रासायनिक हतियार प्रयोगबारे विश्वासिलो अनुसन्धान गरिनु जरुरी भएको र त्यस्ता घातक हतियार प्रयोगकर्ताबारे समेत जानकारी सार्वजनिक हुन जरुरी भएको बताए। सिरियाली राष्ट्रपति असदले रासायनिक हतियार विपक्षीमाथि प्रयोग गरेको भए उनले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत ओबामाले दिए। उनले सिरियाली सरकारलाई रासायनिक हतियार प्रयोग तुरुन्तै रोक्न चेतावनी दिए। राष्ट्रपति ओबामाले रासायनिक हतियारको प्रयोग अहिले सिरियामा भइरहेको हत्या हिंसाको स्थिति नै परिवर्तन हुनृ गरी रासायनिक हतियार प्रयोगको मामिला सार्वजनिक भएको बताए। केही दिनयता सिरियामा घातक रासायनिक हतियारको प्रयोग धेरै भइरहेको समाचारपछि अमेरिकी राष्ट्रपति ओबामाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सिरियाका यस्ता अपराधबारे विश्व समुदायले विशेष चासो राख्न जोड दिए। अन्तर्राष्ट्रिय कानुन तथा मूल्य र मान्यता विपरित सिरियामा सर्वसाधारणमाथि दमन भएको उनको भनाइ थियो।सिरियाली विद्रोह मार्चदेखि तेस्रो वर्ष प्रवेश गरेको छ। विद्रोहका क्रममा ७० हजारभन्दा बढी सिरियालीले ज्यान गुमाएकोे मानवअधिकारवादीले जनाएका छन्। विद्रोहका क्रममा हजारौँ सिरियाली घाइते छन् र सयौं बेपत्ता बनाइएका छन्। हराउने र बेपत्ता हुने नागरिकको वास्तविक तथ्यांक नरहेको मानवअधिकारवादीको दाबी छ। राष्ट्रपति बसर अल–असदको राजिनामा माग्दै सुरु विद्रोह केही महिनायता अत्यधिक हिंसात्मक भइरहेको छ। राष्ट्रपतिको राजिनामा माग्दै विद्रोह भए पनि आफूले राजिनामा नदिने र सत्ता पनि नछोड्ने अडान राष्ट्रपति असदले राख्दै आएका छन्। असदले अर्को वर्ष राष्ट्रपति निर्वाचनसम्म सत्ता नछोड्ने बताउँदै आएका छन्। उता मंगलबार सेनाले राजधानी दमासकसका विभिन्न ठाउँमा गरेकोे आक्रमणमा कम्तीमा ३० जना सर्वसाधारणको ज्यान गएको छ। दमासकसस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सिरियाली सेनाले व्यापक आक्रमण गरेको बताएका छन्। विद्रोहीले समेत सेनामाथि हतियारसहित आक्रमण गर्ने गरेका छन्। Tweet प्रतिक्रिया
2016/05/29 19:07:08
http://nagariknews.com/index.php/world/middle-east/story/728
mC4
२ हजार ८० मतदान सहित एमाले मतदान सकियो | Birat Khabar २ हजार ८० मतदान सहित एमाले मतदान सकियो विराटनगर । नयाँ नेतृत्व चयनको लागि भएको नेकपा एमालेको निर्वाचन २ हजार ८० मत सहित सम्पन्न भएको छ । २ हजार १ सय ५३ प्रतिनिधिमा २ हजार ८० मत खसेको छ । मत खसेको जानकारी औपचारिक रुपमा भने सार्वजनिक भैनसकेको निर्वाचा समितिले जनाएको छ । चितवनको सौराहमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्वको लागि निर्वाचन भएको छ । आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो । निर्वाचनान विद्युतिय माध्यमबाट मतदान भएकाले अब केही समयमा नै मत परिणाम सार्वजनिक हुने एमाले नेता योगेन्द्र भट्टराइले जानकारी दिएका छन् ।
2022/07/07 01:12:34
https://biratkhabar.com/archives/5239
mC4
लमही अस्पतालवाट एक सय तीन जना सुत्केरीले यातायात खर्च पाएनन् « Online Rapti लमही अस्पतालवाट एक सय तीन जना सुत्केरीले यातायात खर्च पाएनन् २०७६ कार्तिक २२ गते शुक्रवार ओमप्रकाश गुप्ता/ लमही, दाङ देउखुरीको लमही अस्पतालमा १ सय ३ जना सुत्केरी महिलाले अस्पतालबाट पाउने यातायात खर्च पाउन सकेका छैनन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा ९५ जना र यस आर्थिक वर्ष २०७६÷०७७ मा गरी १०३ जना सुत्केरीले यातायात खर्च पाउन नसकेको लमही अस्पताल अन्र्तगत अस्पताल नर्सिङ निरिक्षक बबी महतले बताएकी छिन् । उनका अनुसार ती महिलाहरुले आफनो परिचय खुल्ने कुनै कागजात पेश नगरेका कारण यातायात खर्च पाउन नसेको बताइन् । यसका लागि लमही नगरपालिका सँग आफुहरुले पहल गरिरहेको बताएकी छिन् । तर यस विषयमा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सँग बुझ्दा गत आर्थिक वर्ष २०७५÷०७६ मा सुत्केरी भएका महिलाले आवश्यक कागजात नबुझाएर यातायात खर्च नपाएको भए यस आर्थिक वर्षमा दिन नमिल्ने बताएका छन् । तर आर्थिक वर्ष २०७६÷०७७ मा सुत्केरी भएका महिलाहरुले नागरिकता, नाता प्रमाणित, वडाको सिफारिस अथवा कुनै परिचय खुल्ने कागताज पेश गरे यातायात खर्च सजिलै पाउन सकिने बताए तर कुनै कागजात पेश गर्न नसके नपाइने बताएका छन् । नेपाल सरकार स्वास्थ्य मान्त्रालयको निर्देशिकामा भने कुनै पनि कागजात पेश गर्न नपर्ने उल्लेख गरिएको छ । नगरपालिकाको छुटै नीति निर्देशिकामा कडाई गरेका कारण गत आर्थिक वर्षमा सुत्केरी भएर यातायात खर्च नपाएका ९५ जना सुत्केरी महिलाहरु इातायात खर्च पाउनबाट बञ्चित हुने भएका छन् । लमही नगरपालिकाको यो रवैया प्रति स्थानीयहरु भने रुस्ट भएका छन् । नेपालको कुनै पनि स्वास्थ्य संस्थामा यस किसिमको नियम नरहेको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । यसै बिच लमही अस्पताल अहिले ३ जना डाक्टरको भरमा चलिरहेको छ । ५ जना डाक्टर हुनुपर्नेमा १ जना एम.वी.वी.एस र २ जना विशषज्ञ डाक्टरको भरमा अस्पताल चलेको छ । अस्पतालमा निशुल्क औषधी भए पनि सशुल्क औषधीे भने २ महिना देखि १४ प्रकारको औषधी मात्र रहेको अस्पताल स्रोतले बताएको छ । आर्को तर्फ अहिले अस्पतालमा लेखा र सुचना अधिकारी विहिन अवस्थामा रहेको छ । भने ल्यावका सामान नहुँदा ल्यापसेवा बन्द हुने अवस्थामा रहेको अस्पतालले बताएको छ । लमही नगरपालिकाको स्वास्थ्य नीति ठिक नभएका कारण सेवा ग्राही र अस्पताल प्रशासनले दुख पाइरहेका छन् । सुत्केरी हुने महिलाले एक हजार र ४ पटक गर्भ चेक गराए थप ८ सय गरी १८ सय रुपैयाँ पाउँदै आएका छन् ।
2020/10/22 14:53:34
https://onlinerapti.com/2019/11/08/4154
mC4
The World Nepal News | बी–ग्रुप र केयर नेपालको साझेदारीमा स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग बी–ग्रुप र केयर नेपालको साझेदारीमा स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग बाँके / बाँके जिल्लामा कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि युकेएडको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेनको कन्र्सोटियम र केयर नेपालको साझेदारीमा भेरी बाताबरणीय बिशिष्ठता समुह (बि–ग्रुप)ले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको छ । सो अबसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, शाखा अधिकृत रामकुमार सोनकर, विपद प्रतिकार्य सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, बि–ग्रुपका निर्देशक डम्बर सुनारलगायतको उपस्थिति रहेको थियो । त्यसै गरि खजुरा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका र बैजनाथ गाउँपालिकालाई पनि पिपिई सेट, फेशशिल्ड, पल्स अक्सिमिटर, सेनिटाईजर,सर्जिकल ग्लोब, सर्जिकल मास्क, ग्लोब्स, भिटिएम लगायतका सामाग्री हस्तान्त्रण गरिएको छ ।
2022/05/27 22:53:48
https://theworldnepalnews.com/archives/8114
mC4
इरानमा कोरोनाको महामारी : दुई सय १० जनाको मृत्यु – Nepal Japan इरानमा कोरोनाको महामारी : दुई सय १० जनाको मृत्यु नेपाल जापान १९ फाल्गुन ११:५४ इरानमा कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै केही दिनयता मृत्यु हुनेको संख्या अत्यधिक पुगेको छ । इरानमा कम्तिमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए । इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताउनु भएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए । हालसम्म विश्वमा ८३,००० भन्दा बढी कोभिड १९ का सङ्क्रमणका घटना प्रमाणित भएका छन् । इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् । शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।
2021/10/16 12:13:51
https://www.nepaljapan.com/03/02/489488/
mC4
फ्रान्स यसरी फाइनलमा | eAdarsha.com फ्रान्स यसरी फाइनलमा पोखरा, २७ असार । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा फ्रान्स फाइनल पुग्न सफल भएको छ । अधिकांश युवा खेलाडीले भरिएको फ्रान्सले मंगलबार राति छिमेकी देश बेल्जियमलाई १-० गोलअन्तरले हराउँदै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको फ्रान्सले खेलको ५१ औं मिनेटमा अग्रता लियो । अन्ततः निर्धारित ९० मिनेटसम्म खेल १-० गोलअन्तर कायम गर्दै फ्रान्स दोस्रो पटक उपाधि नजिक पुगेको हो ।सन् १९९८ मा विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। तर पेनाल्टीमा इटालीसँग पराजित भएर विजेता हुन पाएन। जारी खेलको पहिलो सेमिफाइनलमा बेल्जियमको फाइनल सपना फ्रान्समा सामुएल उमटिटीले हेडमार्फत गरेको गोलबाट टुट्न पुग्दा फ्रान्सलाई यसपालि उपाधि चुम्ने मौका जिविकै राखेको छ । यसपालि फ्रान्सको यात्राको सुरुवात अस्ट्रेलियासँगको खेलबाट भएको हो। समूह सी मा रहेको फ्रान्सले सो खेलमा अस्ट्रेलियालाई २-१ ले हरायो। यो विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर प्रयोग गरिएको छ। भिएआरबाट पेनाल्टी पाउने पहिलो टिम फ्रान्स बन्यो। अस्ट्रेलियासँगको खेलमा भिएआर मार्फत पाएको पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गरे ५८ औँ मिनेटमा। त्यसपछि ६१ औँ मिनेटमा अस्ट्रेलियाका जेडिनाकले पेनाल्टीमै गोल फर्काए। तर ८१ औँ मिनेटमा बेहिचले आत्मघाती गोल गरेपछि फ्रान्स विजयी भयो र ३ अंक जोड्यो। दोस्रो खेलमा फ्रान्सले पेरुलाई १-० ले हरायो। यो खेलमा फ्रान्सका लागि १९ वर्षे केलियन एमबाप्पेले ३४ औँ मिनेटमा गरेको गोल नै निर्णययक बन्यो। लगातार दोस्रो जितसँगै फ्रान्सले अन्तिम १६ मा स्थान पक्का गर्‍यो। तेस्रो खेलमा युरोपेली देश डेनमार्क फ्रान्सको प्रतिस्पर्धी थियो। यो खेलमा दुवै तर्फबाट गोल हुन सकेन। फ्रान्स समूह विजेता तथा डेनमार्क समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगे । फ्रान्सलाई अन्तिम १६ मा पर्खिरहेको थियो, लियोनल मेस्सीको टिम अर्जेन्टिनाले। सो खेलमा स्टार खेलाडीको रुपमा उदाए, केलियन एमबाप्पे। फ्रान्सले मेस्सीको टिम अर्जेन्टिनालाई ४-३ ले हरायो। मेस्सी घर फर्किए, फ्रान्स अघि बढ्यो। यो खेल जारी विश्वकपको उत्कृष्ट खेल मध्ये एक हो। यो खेलमा फ्रान्सका एमबाप्पेले २ गोल गरे, उनैले दिलाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गरे। यस्तै पाभार्डले पनि गोल गरे। अर्जेन्टिनाका लागि एन्जल डी मारिया, मास्चेरानो र सर्जियो अग्युरोले गोल गरे। फ्रान्ससँग क्वाटरफाइनलमा प्रतिष्पर्धामा थियो, पूर्व विजेता उरुग्वे । जसले अन्तिम १६ मा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई पाखा लगाएको थियो। तर फ्रान्सले उरुग्वेको चुनौती २-० ले पार गर्दा भारानो र ग्रिजम्यानले गोल गरे । पालो थियो अब बेल्जियमसँगको सेमिफाइनल । क्वाटरफाइनलमा ५ पटकको विश्व विजेता नेइमारको ब्राजिललाई निराश पारेको थियो, बेल्जियमले। तर, सो व्यग्र पर्खार्इ पनि १-० गोलअन्तरले पार गर्दै फ्रान्स फाइनलमा पुगेको हो । उसले सेमिफाइनलमा रामेलु लुकाकु, केविन डी ब्राउन, इडन हजार्डसहितका उत्कृष्ट खेलाडीलाई निराश पार्‍यो । फ्रान्सले अब फाइनलमा इंग्ल्याण्ड वा क्रोएसियाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
2018/11/14 21:48:41
http://eadarsha.com/?p=62309
mC4
एक चतुर व्यक्तिले के भन्नु पर्छ थाहा छ। एक बुद्धिमान व्यक्तिलाई थाहा छ कि छैन भन्न छ। - बेनामी - उद्धरण प्याडिया A स्मार्ट व्यक्ति कोही हो कसलाई थाहा छ कुनै पनि परिस्थितिमा के भन्ने भनेर। जीवनबाट उनले प्राप्त गरेको अनुभवले उनलाई कुनै पनि परिस्थितिको अनुमान र त्यसअनुरूप कार्य गर्नको लागि अन्यमा धार प्रदान गर्दछ। यो हाम्रो आफ्नै जीवनबाट सिक्नु र हामीले विगतमा गरेका गल्तीहरूलाई कौशलपूर्वक सुधार गर्न महत्त्वपूर्ण छ। प्रख्यात भौतिकशास्त्री र चिन्तक अल्बर्ट आइन्स्टाइनले एक पटक भनेका थिए कि जसले कहिल्यै गल्ती गरेन उसले कहिल्यै नयाँ कुरा गर्न खोजेन। यी सरल शब्दहरूको वास्तवमा धेरै मतलब हुन्छ यदि सावधानीपूर्वक आत्मसंयोजित गरियो। हामीले आफ्नै बुद्धिमत्ता आफैंमा राख्नुपर्दछ र यसको प्रयोग हामीले आफ्नै रुचि अनुसार परिस्थितिमा हेरफेर गर्न गरौं। कहिलेकाँही यो आवश्यक हुन्छ जब हामी धेरै समस्याहरूले घेरेका छौं, र समाधानहरू हराउँछन् जस्तो देखिन्छ। पुस्तकहरू पढ्नु र शानदार दिमागले फलदायी कुराकानीहरूमा संलग्न गर्नाले व्यक्तिगत र सामाजिक विकास गर्न मद्दत गर्दछ। हामीले आफ्नै निर्णयहरूलाई आत्मसम्मान गर्न र त्यसमा तार्किक रूपमा सोच्नको लागि आफूलाई आवश्यक पर्ने समयलाई पनि समर्पित गर्नुपर्छ। एक बुद्धिमान व्यक्ति बन्नको क्रममा, सुरुमा, तपाईं पर्याप्त स्मार्ट हुन आवश्यक छ। परिष्कृत बाह्य उपस्थिति कायम राख्न राम्रो लुगा लगाएर स्मार्टनेस मात्र आउँदैन, तर यो दिमागबाट पनि आउँछ र अन्ततः सम्पूर्ण शरीर र आत्मालाई शुद्ध पार्दछ। यो सँधै बाहिरपट्टि फराकिलो हुन्छ र मानिसहरूलाई जीवनमा सकारात्मक चुटकी विकास गरेर उनीहरूको समस्याबाट मुक्त हुन मद्दत गर्दछ। ध्यान र उचित निन्द्रा, एक स्वस्थ आहार र योगको साथ, आफैलाई शान्त रहन र कठिन समयमा संकलनमा लाभदायक साबित गर्न सक्दछ। याद गर्नुहोस् कि व्यक्तिहरू सँधै आफ्नो जीवन बाँच्नमा केन्द्रित हुनुपर्छ र अरूको लागि बाच्नुहुन्न। हाम्रो जीवनको निर्णय र छनौटहरू केवल हाम्रो आफ्नै सोचाइ बान्की र बुद्धिमताद्वारा निर्देशित हुनुपर्दछ। हामीले अरूको आज्ञाहरू र विचारहरू अनुसरण गरेर हाम्रो जीवनलाई खेर फाल्नु हुँदैन। सही वा गलत, जीवन, अन्तमा, सधैं हामीलाई हाम्रो सबैभन्दा उत्तम हुन मद्दत गर्दछ। एक बुद्धिमान व्यक्ति सधैं अधिक सुन्न र कम बोल्छ र यसैले, वास्तवमा कहिले बोल्ने, कहाँ बोल्ने, र बोल्ने वा नगर्ने कुरा जान्दछ। मौनता शब्द भन्दा शक्तिशाली हतियार हो. स्मार्ट उद्धरण हुँदै शुक्रबार विज्डम राम्रो व्यक्ति उद्धरण व्यक्तिगत प्रेरणादायक उद्धरणहरू स्मार्ट म्यान उद्धरण स्मार्ट मानिस उद्धरण स्मार्ट व्यक्ति उद्धरण होशियार उद्धरण बुद्धिमान मानिस हितोपदेश बुद्धिमान मानिस उद्धरण बुद्धिमान मानिस भनाइ बुद्धिमान व्यक्ति उद्धरण बुद्धिमत्ता भनाइ केवल किनकि तपाईले अरुलाई भन्दा लामो समय लिनु भनेको तपाई एक विफलता हो भन्ने होइन। गरि राख। - बेनामी याद गर्नुहोस् कि जीवनमा हामी प्रत्येकले आ-आफ्नै घडी पाएका छौं। त्यहाँ बिल्कुल कुनै बिन्दु छैन ... यो वास्तवमै ठीक छ "केहि छैन"। समयको १००% उत्पादक हुनु सम्भव छैन, त्यसैले आराम गर्नेका लागि दोषी महसुस नगर्नुहोस्। - बेनामी यो वास्तवमै ठीक छ "केहि छैन"। उत्पादक हुनु १००% समय सम्भव छैन, त्यसैले दोषी महसुस नगर्नुहोस् ... जीवन छोटो छ, यसलाई बाँच्नुहोस्। प्रेम दुर्लभ छ, यसलाई समात्नुहोस्। रिस खराब छ, यसलाई फाल्नुहोस्। डर भयानक छ, यसको सामना गर्नुहोस्। सम्झनाहरू मीठो हुन्छन्, मायालु हुन्छन्। - बेनामी
2020/09/27 11:00:58
https://ne.quotespedia.org/authors/a/anonymous/a-smart-person-knows-what-to-say-a-wise-person-knows-whether-or-not-to-say-it-anonymous/
mC4
एसीसी इमर्जिङ टिम्स कप, हङकङ सात विकेटले पराजित - Nepal Cricket एसीसी इमर्जिङ टिम्स कप, हङकङ सात विकेटले पराजित बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपालले सान्त्वना जीत हात पारेको छ । नेपालले आज भएको समुहको आफ्नो अन्तिम खेलमा हङकङलाइ सात विकेटले पराजित गर्दा तीन ब्याट्सम्यानले अर्ध शतक प्रहार गरे । कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ५० ओभरमा अल आउट गुमाउदै दुई सय १४ रन बनायो । बलियो सुरुवात गरेको हङकङले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेको थियो । ज्ञानेन्द्र मल्लले हङकङका दुबै ओपनरलाई पेभेलियनको बाटो देखाए । ५१ रन बनाएका अंशुमान राठ र क्यामरुन मेकल्सनलाई ४३ रनमा पेभेलियन फर्किए । हङकङका लागि वाकस खान ३० तथा वाजिद शाह १६ रनको योगदान गरे । पुछार खेलाडी शाहिद वासिफ र इसान खानले आक्रामक ब्याटिङ गर्दै हङकङलाई राम्रो लक्ष्य दिन सफल भए । जसमा वासिफले २२ रन प्रहार गरे भने इसानले १८ रन जोडे । नेपालका लागि अभिनाष कर्णले तीन तथा ज्ञानेन्द्र मल्ल , सुसान भारी र भुवन कार्कीले दुई दुई तथा सन्दिप लामिछाने एक विकेट लिए । जवाफमा दुई सय १५ रनको लक्ष्य नेपालले ४४ ओभर दुइ बलमा तीन विकेट गुमाउदै पुरा ग¥यो । नेपालको पारीमा ज्ञानेन्द्रन मल्लले ७० रनको योगदान दिए । अघिल्ला दुइ खेलमा चल्न नसकेका ज्ञानेन्दले हङकङ विरुद्ध भने सुधारिएको ब्याटिङ प्रदर्शन गरे । ८२ बलको सामना गरेका उनले एघार चौका हिर्काएका थिए । यस्तै दिपेन्द्र सिंह ऐरी र शरद भेषावकर क्रमश ६० र ५५ रनमा अजिीत रहे । जारी प्रतियोगितामा युवा खेलाडी दिपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले बंगलादेशको २३ वर्ष मुनिको टिम संग ५६ रन बनाएका थिए । यस्तै दिलिपनाथले १२ रन बनाउदा आशिफ शेख आठ रनमा आउट भए । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन अन्तर्गत छैटौ चरणको खेलमा नेपालले हङकङ संग उसकै मैद्यानमा खेल्दैछ ।
2022/01/19 01:35:00
https://cricnepal.com/2017/03/1975
mC4
नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले एकै पटक जन्माइन् पाँच शिशु - Nepal Samaj नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले एकै पटक जन्माइन् पाँच शिशु १९ असोज, २०७७नेपाल समाजबाग्मती, मुख्य समाचार काठमाडौं । तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौं। सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी छन् । उनले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएकी अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिइन् । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । "आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन," उनले भनिन्, "अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।" डा मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा डा दिप्ति श्रेष्ठ, डा नमिता सिङ्देन र डा मुकेश कुमारले शल्यक्रिया गरेका थिए ।
2021/04/15 05:05:38
https://nepalsamaj.com/2020/10/05/14706/
mC4
कञ्चनपुर,१७ फागुन । दुई महिलाको हत्या गरेको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीमवस्तीको सिद्धबाबा मन्दिरमा बस्दै आएका ६० वर्षीया धर्मा मल्ल र सोही ठाउँकी ६५ वर्षीया पानमती धामीको हत्याको आरोपमा प्रहरीले ६७ वर्षीय वृद्ध श्यामलाल रानालाई पक्राउ गरेको हो ।
2021-03-03T08:05:25Z
https://parisambad.com/2018/06/24/%E0%A4%86-%E0%A4%86%E0%A4%AB%E0%A5%8D%E0%A4%A8%E0%A5%88-%E0%A4%95%E0%A4%BE%E0%A4%A8%E0%A5%82%E0%A4%A8/
OSCAR-2109
मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग | Radio Nepal | रेडियो नेपाल रेडियो नेपाल २०७६ असोज ५ गते ८:३४ गोरखा, ५ असोज– राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित 'बूढीगण्डकी जलविद्युत् आयोजनाको अवस्था र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन् । उनीहरुले आयोजनाले तत्काल मुआब्जा निर्धारण गरी वितरण गर्न नसके रोक्का गरिएको जग्गा फुकुवा गर्न पनि सरकारसँग माग गरेका छन् । कार्यक्रममा आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले गएको चार वर्षदेखि सरकारले आरुघाट र खहरे क्षेत्रको जग्गा किनबेचमा रोक लगाउँदै आएकाले अब अहिलेसम्मको क्षतिपूर्तिसहित रोक्का भएको जग्गा फुकुवा गर्नुपर्ने बताउनुभयो । "आरुघाटका प्रभावितहरु सबैले पटक–पटक ऊर्जामन्त्रीलाई भेटेर मुआब्जा निर्धारण गरी वितरणका लागि गएर भनेका छाँै, तर अहिलेसम्म पनि सुनुवाइ भएन, जिल्लाका सबै राजनीतिक दल तथा जनप्रतिनिधिले मुआब्जा निर्धारण गर्न आग्रह गरिरहेका छन््", उहाँले प्रश्न गर्नुभयो, "अब कसले रोक्यो ?" उहाँले मुआब्जा निर्धारण फेरि ढिलाइ गरिए आरुघाट खहरे क्षेत्रका जनता अनिर्णयको बन्दी भएर बस्न नसक्ने बताउनुभयो । प्रभावित क्षेत्रका शिव थापाले मुआब्जा निर्धारण गर्न ढिलाइ गर्ने र जति ढिलो उति आयकर भन्दै मुआब्जामा कर कटौती गर्दा जनतालाई मार परेको बताउनुभयो । "कतै निर्धारणसमेत गरिएको छैन", उहाँले भन्नुभयो, "फेरि आयोजना आफैँ प्रत्येक बर्ष सरकारले मुआब्जामा पनि आयकर बढाउँदै लगेको छ, यसबाट प्रभावित क्षेत्रका जनतालाई सुकुम्वासी बनाउने काम हँुदैछ ।" कार्यक्रममा आरुघाट गाउँपालिकाका जगन्नाथ खनालले विसं २०४२ देखि चर्चा शुरु भएको आयोजनाको अहिलेसम्म कार्य प्रगति हेर्दा आयोजना बन्नेमा शङ्का रहेको बताउनुभयो । उहाँले आयोजना जसरी पनि बन्नुपर्छ भन्ने प्रभावित क्षेत्रका जनताको चाहना रहेको भन्दै आरुघाट खहरे क्षेत्रको डुबानमा पर्ने जमीनको मुआब्जा निर्धारणमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । खनालले अब तत्काल मुआब्जा निर्धारण नगरे प्रभावित क्षेत्रका जनता सरकारका विरुद्ध नै आन्दोलनमा उत्रन सक्ने चेतावनी दिनुभयो । त्यस्तै आरुघाट गाउँपालिकाका नारायणप्रसाद श्रेष्ठले मुआब्जा निर्धारण नहँुदा आरुघाट र खहरे क्षेत्रका जनता अन्योलमा रहेको बताउनुभयो । "विसं २०७२ चैत १९ गतेदेखि सरकारले रोक्का गरेको छ, जग्गाको कारोवार ठप्प भएपछि बैंकबाट झिकिएको ऋण तिर्न नसक्दा बंैकले कालोसूचीमा नाम निकालेको छ", उहाँले भन्नुभयो, "अब कतिञ्जेल व्यवहार टार्न सक्छौँ ।" श्रेष्ठले भएको अचल सम्पत्ति जति रोक्का हुँदा बालबच्चालाई पढाउन समेत आर्थिक समस्या हँदै आएको बताउनुभयो । नेपाली काङ्ग्रेस गोरखा सचिव नन्दप्रसाद न्यौपाने, समाजवादी पार्टी नेपालका जिल्ला सचिव नारायण खत्री, समाजवादी पार्टी नेपालका नेता ज्ञानेन्द्र कुमाल, रोहित पाण्डे, बूढीगण्डकी सरोकार समितिका संयोजक हरेराम ढकाल, बूढीगण्डकी डुबान क्षेत्रका प्रभावित ऋषिराम लामिछाने, दिनेश ढकालले मुआब्जा निर्धारणमा ढिलाइ गरेर प्रभावित क्षेत्रका नागरिकलाई अनिणर्यको बन्दी बनाउन नहुने धारणा राख्नुभयो ।
2022/07/04 15:04:56
https://onlineradionepal.gov.np/2019/09/22/15668.html
mC4
सिरबन्दीले चर्चा बटुल्दै - News Jhapa Home भिडियो सिरबन्दीले चर्चा बटुल्दै नेपाली गीत संगीतमा राम्रो सम्भावना भएका गायक प्रसान्त लिम्बुको आवाजमा सजिएको निकै रमाइलो लोक पप" सिरबन्दी "गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको भावमा आफनी सोल्टनीको मायामा फसेका प्रसान्त लिम्बुको गीतमा प्रेमीकाबाट निकै प्रभावित भएको कुरालाई गीतमा समेटिएको छ । नेपालि सांगीतिक बजारमा अर्थात् सामाजिक संजाल युट्युव मार्फत आफ्नो गीत संगीतका भिडियोहरु सार्वजनिक गर्ने होड बाजी चलेको छ । प्रसान्त लिम्बुले पनि केहि समय अगि मात्र ' सिरबन्दी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । छोटो समयमै धेरै रुचाइएको यो गीतमा महेन्द्र राईले संगित गरेका हुन भने राजेश पल लिम्बुको शब्द रहेको छ भने टेकेन्द्र याक्सोको एरेन्ज हरेको छ । प्रियजन राइको निर्देशन रहेकों गीतमा प्रशान्त लिम्बु,आरुषि मगरको अभिनय रहेको छ भने अन्य कलाकार सुमी मगर सोमा तामाङ्ग ,बिनु तामाङ्ग रीज़ा तामाङ्ग सुमिता राई सानी तामाङ्ग ऐश राईको अभिया रहेको छ भने कोरियोग्राफर शुसान्त आर.टि.को रहेको छ । छायांकन जनक राज अधिकारीको रहेको छन् भने सम्पादन नरोत्तम पाण्डेको रहेको छ । उक्त गीतको भिडियो महेन्द्र – दिपा च्यानलमा सार्वजनिक गरिएको छ । Previous articleअसल कार्य मा क्लब हिमालय टाइगर दमक सधै अग्रसर Next articleगायक अजय कार्की"देश बचाऔँ" सार्वजनिक अञ्जली अधिकारी र बिजय पुनको "मया पिरिम "माछा मार्दा छता छुल्ला (भिडियो सहित) गायक सुनिल कटुवाल भाबुक हुदै भने गीत हिट भएपनि म हिट भइन्भ्या-लेन्टाइनमा डेटिंग भन्दा आफ्नै गीतको भिडियोमा डेमो गरे (भिडियो सहित)
2021/06/22 14:35:14
https://newsjhapa.com/sibandhi/
mC4
शिक्षाको लगानी ओरालो लाग्दै – email khabar | Latest news of Nepal शिक्षाको लगानी ओरालो लाग्दै प्रकाशित : २०७१ असार ३० गते ४:१२ सरकारको शिक्षामा समग्र लगानी घट्दै गएको छ । जम्मा बजेटको १७ प्रतिशतसम्म शिक्षामा लगानी भएकोमा आर्थिक वर्ष २०७१र०७२ मा १४ प्रतिशत पनि पुर्‍याइएको छैन । आइतवार प्रस्तुत गरिएको बजेटमा आगामी आवमा शिक्षा क्षेत्रमा उत्साहजनक नयाँ कार्यक्रम ल्याइएको छैन । शिक्षामा समेत प्रतिबर्ष बजेटको आकार बढेपनि जम्मा बजेटमा शिक्षामा विनियोजित रकमको प्रतिशत घट्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । चालू आवमा पाँच खर्ब १७ अर्ब २४ करोडको बजेटमा शिक्षामा झन्डै ८१ अर्ब विनियोजन गरिएको थियो । आगामी आवको ६ खर्ब १८ अर्ब २० करोडको बजेटमध्ये शिक्षामा ८३ अर्ब तीन करोड रुपैयाँ विनियोजन भएको छ । तर यो जम्मा बजेटको १३ दशमलब ९५ प्रतिशत हो । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा शिक्षाविद् प्राडा तीर्न खनियाले शिक्षामा राष्ट्रिय र वैदशिक लगानी घट्दै गएकाले बजेट उत्साहजनक नभएको बताए । नेपालजस्तो देशमा शिक्षा पहिलो प्राथमिकतामा पर्नु पर्नेमा चौथोमा परेको उनको भनाई छ ।
2021/08/03 21:19:23
https://www.emailkhabar.com/2014/07/14/4169/
mC4
रेल चल्ने टुंगो छैन, चलाउने भारतीय कम्पनीलाई अग्रिम भुक्तानी - Bizness News रेल चल्ने टुंगो छैन, चलाउने भारतीय कम्पनीलाई अग्रिम भुक्तानी कोंकड रेलवे कर्पोरेशनलाई नेपाल रेलवे कम्पनीले ७ करोड २० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको हो। काठमाडौं- रेल चल्ने टुंगो नलाग्दै सरकारले जयनगर-जनकपुर रेल सेवा सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी कोंकडलाई अग्रिम भुक्तानी गरेका छ। कोंकड रेलवे कर्पोरेशनलाई नेपाल रेलवे कम्पनीले ७ करोड २० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको हो। नेपाल रेलवे कम्पनीले कोंकडलाई अघिल्लो साता सो रकम भुक्तानी गरेको रेल विभागका महानिर्देशक दिपककुमार भट्टराईले बताए। 'हामीले भारत गएर दुईपक्षीय छलपल गरेर रेल सञ्चालनका लागि आवश्यक कानूनी तथा अन्य सहजता गरेर आएको छौँ,' उनले भने, 'त्यहीअनुसार अब रेल चलाउन सहज हुने बताए। सरकारले आफै रेल चलाउन दक्ष जनशक्ति नभएकाले चलाउन नसक्ने भन्दै रेल निर्माता कम्पनीलाई नै रेल सञ्चालनको ठेक्का दिएको थियो। कोंकडलाई एक वर्ष रेल चलाएबापत करिब २२ करोड भारु भुक्तानी गर्ने सहमति भएको थियो। सो सम्झौता भएको केही महिना बितेकाले कोंकडले सरकारलाई रकम भुक्तानी नगरे सम्झौता भंग गर्ने चेतावनी दिएको थियो। नेपाल रेलवे कम्पनी र कोंकडबीच भएको सम्झौताअनुसार कम्पनीले भारतबाट २६ जना मुख्य प्राविधिक ल्याएर रेल चलाउनेदेखि सर्भिसिङ र तालिमसम्मको सबै जिम्मा कोंकडलाई नै दिइएको छ। रेल चलाउन चाहिने इक्विपमेन्ट खरिद, कर्मचारीलाई तालिम दिने र मर्मत सम्भारमा काम कोंकडले नै गर्नेछ। त्यसबापत नेपाल रेलवे कम्पनीले कोंकडलाई सम्झौताको २० प्रतिशत रकम अग्रिम भुक्तानी दिनुपर्ने व्यवस्था छ। रेलवे सेवा सञ्चालनको सबै काम नेपाल रेलवे कम्पनीले गर्नेछ। कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराइलाई सरकारले स्पष्टीकरण सोधे पनि उनले पदबाट राजीनामा दिएका थिए। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि स्पष्टीकरण सोधिएको र त्यसलगत्तै भट्टराईले राजीनामा दिएपछि महाप्रबन्धकमा निरन्जन झालाई महाप्रबन्धक नियुक्त गरेको थियो। तत्कालिन महाप्रबन्धले राजीनामा दिएपछि रकम भुक्तानीको प्रकृया अवरुद्ध भएको थियो। नयाँ प्रबन्धक आएपछि भुक्तानी प्रकृया अघि बढेको थियो। सरकारले रेलवे विधेयक संसदबाट फिर्ता दिने निर्णय गरिसकेको छ। योसँगै रेल सञ्चालनको कानून नहुँदा तत्काल रेल सञ्चालन हुने सम्भावना छैन। सरकारले संसद अन्त्य गरेर रेलवेसम्बन्धी अध्यादेश ल्याएमात्र रेल सल्ने सम्भावना हुनेछ।
2021/10/22 22:51:48
https://biznessnews.com/posts/1086
mC4
तामाकोसीको डिजाइन अन्तिम समयमा परिवर्तन « एक्सपान्सन ज्वाइन्ट पाइपको सट्टामा वेल्डिङ छिटो सक्ने विकल्प रोज्दा खतरा बढ्ने विज्ञको चेतावनी भीम गौतम/दिलबहादुर केसी काठमाडौं/दोलखा-निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अन्तिम समयमा आएर डिजाइन परिवर्तन हुने भएको छ । मुख्य सुरुङबाट आएको बेगले आउने पानीलाई टर्बाइनमा पठाउनुअघि उच्च गतिलाई व्यवस्थापन गर्न एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने योजना बनाएको आयोजनाले अन्तिम समयमा आएर यसमा परिवर्तन गरी वेल्डिङ गर्ने निर्णय गरेको हो । एक्सपान्सन ज्वाइन्ट पाइप निर्माण गर्ने कम्पनीले डिजाइनअनुसार पाइप उत्पादन गर्न नसकेको र यसको कारण आयोजनाको काममा ढिलाई हुने भन्दै यस्तो गर्न लागिएको हो । विज्ञहरूले भने आठ सय मिटरभन्दा धेरै हेड भएको ठूलो आयोजनाको कारण सुरुङबाट आउने पानीको वेग थप घट हुँदा यसमा दबाब थपेर फुट्न सक्ने भन्दै छिटो सम्पन्न गर्ने नाममा उचित सुरक्षा नअपनाउँदा ठूलो खतरा हुन सक्ने बताउँछन् । २०६८ सालमा निर्माण सुरु भएर २०७२ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको सो आयोजना अझै सम्पन्न भएको छैन । सरकारले २०६७ सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपनि हालसम्म कुनै सम्पन्न नभईरहेको बेला माथिल्लो तामाकोसीमाथि तत्काल सम्पन्न गर्न ठूलो दबाब छ । सत्तारुढ विभाजनपछि आफ्नो कार्यकालमा माथिल्लो तामाकोसी जसरी भएपनि सम्पन्न गर्नका लागि प्रधानमन्त्री कार्यालयबाट ठूलो दबाब दिएपछि र तामाकोसी आयोजना व्यवस्थापनमाथि ढिलाइको आरोप लागेपछि थप एक्सपान्सन ज्वाइन्ट पाइपको सट्टा सोही राख्न सक्ने विकल्प हुँदा हुँदै थप समयभन्दा तत्कालका लागि खतराभन्दा हतारोलाई रोजिएको हुन सक्ने विज्ञहरूको तर्क छ । आयोजना व्यवस्थापनसम्वद्ध स्रोतले भने प्रधानमन्त्री कार्यालयका साथै ऊर्जा मन्त्रालयबाट समयमै सक्न ठूलो दबाब आए पनि प्राविधिक रूपमा सुरक्षामा सम्झौता नगरिएको र वाईन्डिङ गरेर क्रंक्रिट गर्ने परामर्शदाताकै सल्लाहमा विकल्पमा गएको जनाएको छ । आयोजनाको लट २ को ठेकेदार कम्पनी टेक्सम्याको एण्ड रेल्वे कम्पनीले पाइप उत्पादन गर्न असफल भएपछि परामर्शदाता कम्पनी नरकल्सल्ट–ल्याह्मेरसँग र उत्पादकसँगको छलफलपछि विकल्प रोजिएको आयोजना व्यवस्थापनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमीटेडमार्फत निर्माण भईरहेको सो आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो आयोजना हो । विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक एवं तामाकोसी हाइड्रोपावर कम्पनी लिमीटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य एक्सपान्सन ज्वाइन्ट पाइप तत्काल राख्न नसक्ने अवस्था देखिएकोले वेल्डिङ गरेर क्रंकिट गर्ने परामर्शदाताको सुझावकै आधारमा विकल्पमा जाने निर्णय गरिएको बताए । "सम्झौता भएको कम्पनीले पाइप दिन नसकेपछि परामर्शदाताकै सुझावमा विकल्पमा गएका हौं, यहाँ दुई एक्सपान्सन ज्वाइन्ट पाइप राख्न लागिएको थियो, एउटा निश्चित (फिक्स) र अर्को झिक्न मिल्ने, फिक्समा मात्र हामी विकल्पमा जान लागेको हौं," उनले भने, "झिक्न मिल्नेमा हामी एक्सपान्सन ज्वाइन्ट पाइपमै राख्ने योजना छ तर यसमा पनि कम्पनीले ल्याउन नसक्ने अवस्था देखिएकोले के गर्ने भन्ने निर्णय भैसकेको छैन ।" निर्माण ढिलो भएपछि आयोजना छिटो सक्न दबाब आएको भएपनि यसकै आधारमा भन्दा पनि परामर्शदाताहरूले वेल्डिङ गरेर क्रंक्रिटमा जाँदा कुनै जोखिमता नहुने उल्लेख गरेकोले सबै पक्षसँग छलफल गरेर निर्णय गरिएको उनी बताउँछन् । "भविष्यमा मर्मत सम्भार गर्नुपर्दा ठूलो समस्या आउन सक्छ, छिर्ने बाटो नहुने भएकोले खतरा आउन सक्ने भएकोले यसको विकल्पमा खोजी गरेका छौ, झिक्न नमिल्ने ठाउँमा कंक्रिट गरेपछि यसमा खतरा हुँदैन, नांगो पाइपमा भने खतरा हुन सक्छ," उनी भन्छन् । विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आफूले यसबारे विस्तृत जानकारी नभएपनि परामर्शदाता कम्पनीको सुझावमा गरिएको हुँदा यसमा खतरा हुन नसक्ने बताउँछन् । आयोजनाको लट २ को ठेकेदार कम्पनी टेक्सम्याको एण्ड रेल्वे कम्पनी भारतले एक वर्षदेखि यसको उत्पादनै गर्न सकेको छैन । "अर्डरमा दिइएको डिजाइन अनुसारको एक्सपान्सन पाइप उत्पादक कम्पनीले बनाउनै सकेन," उनले भने, "अब त्यसको साटो डिजाइन नै परिवर्तन गर्ने कम्पनीको बोर्डले निर्णय नै गरेर नयाँ डिजाइन अनुसारको उत्पादन भइरहेको छ ।" अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ भन्छन्, "टेक्सम्याकोले उत्पादन गरेको अघिल्लो डिजाइन अनुसारको एक्पान्सन ज्वाइन्टको पाइप असफल भयो । अहिले परामर्शदाता कम्पनी नरकल्सल्ट–ल्याह्मेरसँग र उत्पादकसँगको छलफलपछि नयाँ डिजाइन गर्न लागेको हो ।" नयाँ डिजाइनअनुसार अब कंक्रिट बाक्लो हुन्छ । यस्तो ज्वाइन्ट धेरै जलविद्युत् आयोजनामा प्रयोग भए तापनि नेपालमा भने हालसम्मकै ठूलो जलविद्युत् आयोजना र उच्च हेडबाट पानी खसाल्ने हुँदा जोखिम पनि बढी छ । तर, श्रेष्ठ मेलम्चीमा सुरुङ परीक्षणमा भएको दुर्घटनाले पनि ढिलै भए तापनि गुणस्तरीयतामा कुनै सम्झौता नहुने गरी काम भइरहेको र आगामी चैतसम्ममा काम सकेर बैशाखदेखि पहिलो युनिट उत्पादन गर्ने लक्ष्य राखिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । पानीको उच्च बेग अनुसार उक्त पाइप तल–माथि भएर सरिरहँदा पनि यसले पानीको बेगले उत्पन्न हुने प्रेसरलाई घटाउने काम गर्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेको दाबी छ । साना लघु जलविद्युत् आयोजना समेत एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने गरिएको भएपनि ठूलो आयोजनामा नराख्दा ठूलै खतरा हुन सक्ने तर्क गर्छन । "पाइप जोड्न एक्सपान्सन ज्वाइन्ट पाइप नभै हुँदैन । पानीको घटेर बढेर हुन सक्ने अवस्थालाई मध्यनजर राखी तन्किने ठाउँ राख्ने गरिन्छ । दबाबलाई नियन्त्रण गर्छ," एक विज्ञले भने, "ठेक्का दिएको कम्पनीले समयमै गर्दैन भन्ने थाहा हुँदा हुँदै विकल्प खोजिएन तर अहिले छिटो सक्न भरपर्दो विकल्पमा नजाँदा भोलि आयोजनामा ठूलो विपद आउन सक्छ ।" उनका अनुसार, ठेक्का दिएको कम्पनीले गर्न नसकेमा करिब तीन करोड थपेर नयाँ कम्पनीसँग जान सक्ने वा सम्बन्धित कम्पनीले अर्को कम्पनीबाट ल्याउन सकिने विकल्प हुँदा हुँदै यसो गर्दा भोलि समस्या आउन सक्छ । ज्वाइन्ट पाइप राख्नलाई भने अब सुरु गरेपनि कम्तीमा ८ महिना भने लाग्ने तर यो राखेपछि आयोजनामा खतराको सम्भावना कम हुने उनको तर्क छ । गत वर्ष पाइप कम्पनीले बनाउन नसकेपछि सामान लिन कोलकाता गएको आयोजनाको टोली सामान नै नलिइ फर्किएको थियो । एक वर्षदेखि पेनस्टक पाइप उत्पादनका लागि आयोजनाले मेकानिकल इन्जिनियरलाई कोलकत्ताको टेक्सम्याकोकै उत्पादन उद्योगमा राखेको थियो । कोभिडका कारण लकडाउनका कारण टोली फर्कियो । ६ महिना जति कोलकत्तामा उद्योग बन्द भयो । अहिले फेरि इन्जिनियर कोलकातामै राखेको छ । उक्त पाइप आयोजनामा पुगेपछि बाँकी रहेका केहि पेनस्टक पाइप र उक्त एक्सपान्सन पाइप जडान गर्न २ महिनासम्म समय लाग्न सक्ने न्यौपाने बताउँछन् । नयाँ डिजाइन अनुसारको पाइप समयमा आइपुगे फागुनसम्म पाइप जडान गरेर चैतदेखि विद्युत् परीक्षण उत्पादन गरी असारसम्म पूर्ण क्षमता ४५६ मेगावाटकै उत्पादन गर्न सक्ने गरी कार्ययोजना बनाएको छ । आयोजनाले एक्सपान्सन ज्वाइन्टसँगै अर्को पनि महत्वपूर्ण सामान डिस्पान्टेबल बक्स पनि ल्याउन बाँकी छ । आयोजनाको निर्माण सकिएपछि सुरुङमार्गलगायत भित्री संरचनामा कुनै समस्या आउँदा मर्मतका लागि जाँदा त्यही बक्सको सहायताले भित्र जानु पर्छ । उक्त बक्स अहिले नै जडान गर्नुपर्ने हुन्छ । यो बक्स निर्माण गरिसकेको भए पनि एक्सपान्सन ज्वाइन्ट निर्माण नभएकाले दुवै सामान एकै पटक ल्याउने आयोजनाको तयारी छ । यी दुई उपकरण बाहेक आयोजनाको अधिकांश काम सकिएको छ । मुख्य सुरुङमार्गमा पेनस्टक पाइप जडान भइसकेको छ । सुरुङमार्गमा ग्राउटिङ र कंक्रिटिङको काम पनि साथसाथै भइरहेको छ । विद्युत्गृह निर्माण सकिएको छ । टर्बाइन र ट्रान्सफर्मरहरूको जडान भइसकेको २ वर्ष बितिसकेको छ । प्रसारणलाइन निर्माणको काम पनि अन्तिम चरणमा छ । ६ महिनादेखि अन्तिमको मल्टी सर्किट टावार मुआब्जा र स्थानीयको विवादले निर्माण हुन सकेको छैन । फुलासीको सबस्टेशन अब २ महिना भित्रै पूरा हुने निर्माण कम्पनी केईसी इन्टरनेशनल भारतीय कम्पनीका प्रतिनिधि अमित पुनियाँले बताए । एक्स्पान्सन ज्वाइन्ट राखिसकेपछि आयोजनाको सुरुङमार्गमा पानी भरेर सुरुङ परीक्षण गर्ने छ । सुरुङमार्गमा पानी भरिसकेपछि कतै चुहिने समस्या देखिएमा भने सबै पानी खाली गरेर त्यसलाई मर्मत गर्न थप केही समय लाग्ने छ । तर पानी चुहिने समस्या देखिएन र सुरुङमार्गको परीक्षण सफल भएमा भने विद्युत् गृह र टर्बाइनको परीक्षण सुरु हुने छ । त्यसपछि विद्युत् उत्पादन नगरी विद्युत् गृहका संरचनाको परीक्षण गरेपछि तेस्रो चरणमा विद्युत् उत्पादन गरेर आयोजनाको परीक्षण गरिने छ । त्यसपछि भने आयोजनाले नियमित विद्युत् उत्पादन सुरु गरेर राष्ट्रिय प्रसारणलाइनमा जोड्ने आयोजनाको तयारी छ । कुनै प्राविधिक समस्या आएन भने २०७८ बैशाखमा माथिल्लो तामाकोसीको एउटा युनिटबाट कम्तिमा ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रवक्ता न्यौपानेले बताए । ४५६ मेगावाटको नेपालकै ठूलो जलविद्युत् आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन राखिएका छन् । वैशाखमा एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेपछि क्रमैसँग अरु युनिटबाट पनि विद्युत् उत्पादन सुरु गर्ने कार्यतालिका छ । आयोजनाको हेडवक्समा भने इन्टेक, बाँध, डिस्यान्डरमा भने पानी भरेर ८ महिना अघि नै पानी भरेर परीक्षण गरिसकेको छ । टेक्सम्याकोले मेकानिकलका सामान उत्पादन र ढुवानीमै ढिलाइ गरेपछि एक वर्ष अघि ऊर्जासचिव, दिनेश घिमिरे, तत्कालीन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठ, आयोजना प्रमुख दिनेशजंग राणा, अनुगमन महाशाखा प्रमुख विमल गुरुङ आफैं कोलकाता पुगेका थिए । आयोजनाको २०७० सालमा पनि मुख्य सुरुङमार्ग पनि कमजोर चट्टानका कारण डिजाइन परिवर्तन गरी २ वटा ठाडो सुरुङ डिजाइन गरिएको थियो । तर सुरुको ठेक्का सम्झौता अनुसार सामान उत्पादन र ढुवानी २०७१ चैतसम्म गरिसक्नु पर्ने छ । त्यससमयसम्म ढुवानीको काम नै सुरु हुन सकेको थिएन । आयोजनाको समय लम्बिँदा लागत समेत बढेर व्याज सहित दोब्बर बढी भएको छ भने वार्षिक १० अर्ब आम्दानी समेत गुमाउदै आएको छ । तामाकोसीको ढिलाइले २२ मेगावाटको रोल्वालिङ डाइभर्सनको काम समेत सुरु हुन सकेको छैन । यो आयोजना अपर तामाकोसीकै पाइप लाइनको आयोजना हो ।
2021/01/16 23:57:14
https://www.karobardaily.com/news/125675
mC4
भारतले दियो नेपालीलाई स्वदेश फर्कने पास, रेल सेवा सुरु भएसँगै हजारौँको संख्यामा सुदूरपश्चिम भित्रिने अनुमान ३ ‘भारतको दादागिरीविरुद्ध हामीले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्छ, मिचिएको भूमी हाम्रो हो’: नेता भट्ट ४ सेयर लगानीकर्ताहरुको आन्दोलन : तस्बिरमा हेर्नुहोस् ५ हामी आयौं ! ६ बैंक खोल्न नेपाल राष्ट्र बैँकको निर्देशनः धनगढीमा कुनै बैंकको सेवा चुस्त, कुनैको सेवा सुस्त (फोटो फिचर) ७ कैलालीमा आजबाट बैंकिङ्ग सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकको निर्देशन, कस्ता छन् सर्तहरु ? ८ ब्रेकिङ्गः बझाङ्गका नेकपा नेता सिंहलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमान्डौ लगियो ९ धनगढीमा विप्लपले जलायो भारतिय प्रधानमन्त्री मोदीको पुत्ला, भन्छ,’लिपुलेक, कालापानि र लिम्पियाधुरा हाम्रै हो’ १० अश्लिल भिडियो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरका एक युवक पक्राउ ११ जनताको जिवनसँग खेलवाड गर्ने जो कोहि होस् कानुनको कटघेरामा उभ्याउनुपर्छः नारदमुनि राना १२ प्रवासमा अलपत्र नेपालीको उद्धार र व्यवस्थापनका लागि छिट्टै पहल गर्छौँः मुख्यमन्त्री भट्ट सिन्धुलीमा बढ्दै चुनावी चहलपहल, नेता तथा कार्यकर्ता छलफलमा व्यस्त कालोपाटी सम्बाददाता सिन्धुली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ । नेता र कार्यकर्ताले मतदातासित भेटघाट बाक्लो बनाउँदै गएका छन् । चिया पसलदेखि चौतारोसम्म पार्टीका नेता तथा कार्यकर्ता छलफलमा व्यस्त देखिन्छन् । राजनीतिक दलले चुनाव केन्द्रित गतिविधि बढाउँदै लगेका छन् । उनीहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कसर गर्दैछन् । दैनिक जिल्लास्तरीय तथा वडास्तरीय सभा, समारोह जारी छन् । नेपाली कांग्रेसले शुक्रबार फिक्कल गाउँपालिमा बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । निर्वाचनलाई लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको पार्टीका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले जानकारी दिए । दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताको उपस्थिति रहने बताइएको छ । नेकपा एमाले सिन्धुलीले बुधबार मरिण गाउँपालिका–४ सहान रङ्गशालामा जिल्लास्तरीय सभा गरेको छ । सभालाई एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गरेका थिए । एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीका अनुसार एमालले जिल्लाभरी विभन्न भेला र छलफल कार्यक्रम आयोजना गर्न गइरहेको छ । यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले पनि निर्वाचलन लक्षित विभिन्न कार्यक्रम गर्दैआएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछाने आज कमलामाई नगरपालिका–६ धुराबजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन् । यसैबीच राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल एमालेमा प्रवेश गरेका छन् । उनले माओवादी केन्द्रबाट आयोगको अध्यक्षमा नियुक्त भएका थिए । -रासस
2022-12-02T23:25:04Z
https://kalopati.com/2022/09/42275
OSCAR-2301
सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ८ खर्ब ३१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ५३ अर्ब वैदेशिक ऋण र ५८ अर्ब सहायताबाट व्यवस्था गर्ने उल्लेख गरिएको थियो भने १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने उल्लेख गरिएको थियो । चालु आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले वित्तीय समानीकरण अनुदानमार्फत प्रदेश र स्थानीय तहका लागि १ खर्ब ३५ अर्ब ५० करोड ७३ लाख रुपैयाँ विनियोजन गरेका थिए । त्यस्तै राजश्व बाँडफाँट वापत दुवै तहका सरकारका लागि १ खर्ब १४ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । गुल्मीमा प्रशिद्ध झिनिया रोटीबाट जिल्लाका सवै बजारमा एकमुष्ट एक करोड रुपैँया भन्दा बढिको ब्यापार भएको पाईएको छ । वामीटक्सारका नेवार समुदायबाट सुरु भएको त्यस रोटीको प्रशिद्धता अन्य समुदायमा समेत बढेको छ । वामीटक्सारमा मात्र ४० लाखको झिनिया रोटी विक्रि भएको त्यहाँबाट पत्रकारहरुले समाचार पठाएका छन् ।
2021-02-24T18:11:16Z
https://np.nepal24hours.com/archives/40785
OSCAR-2109
काठमाडौं, चैत १४। दुई प्रतीक्षित फिल्मको रिलिज मिति तय भएको छ । चेलिमाइति फिल्म्सको पहिलो प्रस्तुति बनेको फिल्म ‘नागबेली’ आगामी असार २७ मा प्रदर्शनमा आउने पक्का भएको छ । रिफल इन्टरटेन्मेन्टको प्रस्तुतीतमा निर्मित ‘मुखौटा’ जेठ १६ गते रिलिज हुने भएको छ । काठमाण्डौमा विभिन्न सपना बोकी संघर्Èरत युवाको कथालाई ‘नागबेली’ फिल्मममा मुख्य विÈय बनाइएको छ । निर्देशक गोविन्द राईको निर्देशन रहेको फिल्म ‘नागबेली’लाइफिल्म समीक्षक दिपेन्द्र लामाले लेखेका हुन् । फिल्मका कलाकार मध्ये यशराज गराच र नव कलाकार सम्भव श्रेष्ठले फिल्ममा समिहनेत गरेको बताए । फिल्मलाई रोमियन लिम्बूले निर्माण गरेकी हुन् । त्यस्तै कार्यक्रमको अन्त्यमा झुल्किएकी अभिनेत्री हर्षिका श्रेष्ठले फिल्म हेर्न आग्रह गरिन् । उनी नबनायक विक्की मल्लस“गै आएकी थिइ्न्, यसकारण धेरैले नयाँ जोडीको संज्ञा दिएका थिए । यो थाहा पाउपछि उनले स्पष्टिकरण दिइन्, ‘बन्दै गरेको फिल्म ‘साईकल’मा बिक्की र आफू संगै काम गरिरहेकाले एकपटक आएका हौं ।’ त्यसैगरी अभिनेता अर्पण थापाको निर्देशनमा बनेको पहिलो फिल्म ‘मुखौटा’को पनि रिलिज मिति तय भएको छ । फिल्म आगमी जेष्ठ १६ गतेबाट देशभर एकसाथ प्रदर्शन हुने भएको छ । फस्ट ट्रेलरबाटै चर्चा कमाइरहेको यो फिल्मलाई रिफ इन्टरटेनमेन्टको ब्यानरमा निर्माता रबिन श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मले ९ जना माफिया डनको कथा देखाउन खोजेको छ । फिल्ममा राजेश हमाल, सुनिल थापा, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, हर्Èिका श्रेष्ठ, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ । फिल्ममा निर्देशक थापाले समेत बिशेÈ भूमिकामा अभिनय गरेका छन् । फिल्मको कथा पनि निर्देशक थापाको नै रहेको छ । फिल्मको पटकथा अर्पण र प्रतिक गुरुङले लेखेका हुन् । संगीत जेशन कुव“रको रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेको हुन् ।
2022-12-06T14:38:26Z
https://manoranjansansar.com/2014/03/5580/
OSCAR-2301
Nepali Rajneeti | नेपालमा भेटिएका भारतीय संक्रमितहरु गुडिरहेको एम्बुलेन्सबाट हाम फालेर भागे नेपालमा भेटिएका भारतीय संक्रमितहरु गुडिरहेको एम्बुलेन्सबाट हाम फालेर भागे बैसाख १६, २०७८ बिहिबार २२९ पटक हेरिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमापनि तिव्र गतिमा फैलिरहेको छ । अस्पतालमा संक्रमितहरु रहन पुगिरहेको अवस्था छैन । छिमेकी मुलुक भारतीय सिमानामा रहेका जिल्लामा कोरोनाको दोस्रो लहर महामारीका रुपमा फैलिसकेको छ । भारतसँग अन्य मुलुकले हवाई सेवा बन्द गरे नेपालको विमानस्थल प्रयोग गर्न भारतीयको लर्को काठमाडौमा लाग्यो । अहिले काठमाडौमा पनि कोरोनाको दोस्रो लहर महामारीकै रुपमा फैलिएको छ । भारतीय सिमानामा रहेको कैलालीमा ३ जना कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम फालेर भागेको खबर आएको छ । उनीहरु पनि भारतवाटै नेपाल आएका भारतीय नागरिक हुन् । त्रिनगर नाका हुँदै आएका ३ भारतीय नागरिकलाई बिहीबार कोरोना पुष्टि भएपछि धनगढी–१५ मा रहेको आइसोलेसन लैजान लाग्दा चल्दै गरेको एम्बुलेन्सबाट हाम्फालेर भागेका हुन् । नेपालमा कामदारको रहेका ९ जना भारतको पलियाबाट आएका थिए । सीमामा गरीएको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना नभएको पुष्टि भएको थियो । ३ जनामा कोरोना देखिएपछि उनीहरूलाई आइसोलेसनमा लैजान लागिएको थियो । आइसोलेसन जान आनाकानी गरिरहेका उनीहरू बाटोबाटै भागेका हुन् । 'स्पिडमै चलाइरहेको थिएँ, एक्कासी हाम्फाले,' एम्बुलेन्स चालक दिनेश लामाले भने, 'रोक्न र समाउन खोज्दा भागेर जंगल पसे ।' एम्बुलेन्समा ७ जना संक्रमित थिए । ती मध्ये ४ जना नेपालीलाई भने आइसोलन राखिएको छ ।
2022/05/18 16:53:43
https://nepalirajneeti.com/archives/5691
mC4
रुचाइएका कार्टुनहरू - खबरम्यागजिन Homeमनोरञ्जनरुचाइएका कार्टुनहरू रुचाइएका कार्टुनहरू April 13, 2018 खबरम्यागजिन प्रतिनिधि मनोरञ्जन 0 धेरै वर्षदेखि बालबालिकाले मन पराएको टम एन्ड जेरी एउटा कमेडी कार्टुन शो हो । यो कार्टुन शो अन्य उमेरका व्यक्तिहरूले पनि निकै मन पराएका छन् । यसमा एउटा क्रुर र मुर्ख बिरालो टम र धेरै चलाख तथा बुद्धिमान मुसा जेरीबीच सधैं रमाइलो क्रियाकलाप भैरहन्छ । यो श्रृङ्खलाले जीवन र जीवनलाई खुसी राख्न अपनाउनुपर्ने बाटोलाई प्रतिविम्बित गर्छ । डोरेमन एउटा रोबोट बिरालो हो र यो श्रृङ्खलाको सबै कथा डोरेमनमै केन्द्रित छ । यो बिरालो एउटा सानो बालकलाई सहयोग गर्न आएको हुन्छ । यसमा जहिले पनि हल्का मुड, हास्यप्रधान विषयवस्तु प्रस्तुत गरिन्छ र यसले सधैं धैर्यवान्, मायालु र नम्र हुनुपर्छ भन्ने सन्देश दिन्छ । मिस्टर बिनको वास्तविक नाम धेरैलाई थाहा छैन, तर पनि उनी बालबालिकाबीच मात्र नभएर सबै उमेरका व्यक्तिहरूबीच लोकप्रिय छन् । मिस्टन बिनको एउटा टिभी सिरिज र अर्को एनिमेटेड सिरिज छ । यो नेपालमा मात्र नभएर विश्वभर लोकप्रिय छ । मिस्टर बिनले कुनै सम्वाद नै नबोलीसबैलाई हँसाउने भएकाले यो श्रृङ्खला अरूभन्दा फरक शैलीको छ । बेन दश वर्षीय बालक हो । उसँग ओम्निट्रिक्स नामक म्याजिक वाच अर्थात घडी हुन्छ । उक्त म्याजिक वाच दश प्रकारका एलियनमा परिवर्तन हुन्छ । यो श्रृङ्खला बेनले पृथ्वीलाई एलियनहरूबाट जोगाउन गरेका विभिन्न प्रयासमा केन्द्रित छ । जङ्गल बुक अर्थात् मुग्ली पनि सन् १९९० को दशकमा निकै लोकप्रिय थियो । यसमा भएको जङ्गल जङ्गल बात चली है पता चला हैं गीत अहिले पनि धेरैले गाएको सुनिन्छ । यसमा सानैमा आफ्ना बावुआमा गुमाएर जङ्गलमै हुर्किएको बालकको कथा समेटिएको छ । उसलाई जङ्गलमा ब्वाँसो प्रजातिका जनावरले हेरचाह गर्छन् । त्यसैगरी भालु, सर्प, बाँदर आदिले पनि मुग्लीलाई सहयोग गर्छन् । यो श्रृङ्खलामा पनि शेर खानले नकारात्मक भूमिका निर्वाह गरेको छ ।
2021/09/17 14:10:19
https://khabarmagazine.com/archives/18018
mC4
प्रस्तावित विधान क्यानको विशेष साधारण सभामा प्रस्तुत | Hamro Khelkud प्रस्तावित विधान क्यानको विशेष साधारण सभामा प्रस्तुत काठमाडौं (हाम्रो खेलकुद)– सल्लाहकार समूहले तयार पारेको प्रस्तावित विधानका विषयमा निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभामा आज छलफल सुरु भएको छ । नेपालमा क्रिकेट विवाद चरम विवादमा पुगेपछि क्यानलाई निलम्बन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल सरकारको सहमतिमा सल्लाकार समिति गठन गरेको थियो । सल्लाकार समितिले प्रस्ताव गरेको विधान विशेष साधारण सभाबाट पास भएको खण्डमा नेपालको क्रिकेट विवाद तत्कालका लागि समाधान हुने आशा गरिएको छ । अन्तरिक विवाद चर्केपछि आइसिसीले गत वर्ष वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । क्यानको प्रस्तावित विधान पास गर्नका लागि आइसिसीले भदौ १० गते सम्मको समय सिमा तोकेको थियो । सोही अनुसार दुई वर्षअघि निर्वाचित चतुरबहादुर चन्द अध्यक्ष र अशोकनाथ प्याकुरेल महासचिव रहेको क्यानले विशेष साधारण सभाको आयोजना गरेको हो । विधानकै विषयमा छलफल गर्न आजबाट राजधानीमा क्यानको विशेष साधारण सभा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री राजन केसीले विशेष साधारण सभाको उद्घाटन गर्दै एउटा खेलको एउटामात्र संघ हुनु पर्नेमा जोड दिएका छन् । मन्त्री केसीले साधारण सभाबाट सबै विवादको समाधान खोज्दै एउटै मात्र संघ बनाउन सुझाव दिए । 'पछिल्लो केही वर्ष यता क्रिकेटले निकै प्रगती गरेको थियो,' मन्त्री केसीले भने,' तर पछिल्लो दुई बर्षदेखि क्यान विवादमा परेपछि खेलको विकास क्रम रोकिएको छ । यसलाई गति दिन पनि एउटा मात्र संघको हुनुपर्दछ ।' क्यानका महासचिव प्याकुरेलले प्रस्तावित विधानलाई विशेष साधारण सभामा राखिने जानकारी दिए । उनले आफुहरुले प्रस्ताव गर्दै आएको आफ्नो कार्यसमितिका पदाधिकारी एवंम् सदस्यले क्यानको अब हुने निर्वाचनमा उम्मेदवार दिन पाउने विषयलाई विशेष साधारण सभामा छलफल हुने बताए । 'हामीले त्यो विषयमा पनि छलफल गर्छौ,' उनले भने,'साधारण सभाले जे पास गर्छ हाम्रो अन्तिम निर्णय त्यहि हुनेछ ।' चन्द र प्याकुरेलको त्यो प्रस्तावलाई सल्लाहकार समूहका बाँकी सदस्यले भने अस्वीकार गरेपछि प्रस्तावमा समेटिएको छैन । प्रस्तावित विधानमा क्यानको तीन तहको संरचना जिल्ला, प्रदेश र केन्द्र रहने बताइएको छ । विशेष साधारण सभामा ३९ जिल्ला र क्रिकेट संरचनामा रहेका ९ क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ ।
2021/06/17 05:26:27
https://www.hamrokhelkud.com/cricket/26240.html
mC4
कोभिड–१९: तराइमा कोरोना संक्रमित, पहाडमा त्रास « News of Nepal कोभिड–१९: तराइमा कोरोना संक्रमित, पहाडमा त्रास सुदूरपश्चिम प्रदेशका दुइ जिल्ला कैलाली र कञ्चनपुर जिल्लामा शनिवार मात्रै थप तीनजनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखिएपछि यहाँका अन्य सात पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दाुर्चला र डडेल्धुरामा त्रास बढ्न थालेको छ । भारतबाट काम गरि फर्किएका नागरिकमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि यहाँका पहाडी जिल्लाका स्थानीयहरुमा त्रास बढ्न थालेको हो । सुदूरपश्चिम प्रदेशमा प्राय कामका लागि वर्षेनी पहाडी जिल्लाबाट बढी स्थानीय जानेको भएको र अहिले पनि भारतबाट यहाँका पहाडी जिल्लाका मानिसहरु बढी फर्किएका कारण गाउँघरमा भएका स्थानीयमा त्रास बढ्न थालेको दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, "भारतबाट आएका हरुमा कोरोना देखिन थाल्यो, हाम्रो गाउँका पनि धेरै भारतबाट आएका छन्, गाउँमा कोरोना आएको छ की भन्ने चिन्ता लाग्दै छ ।" सुदूरपश्चिम प्रदेशमा शनिवार देखिएका संक्रमितमध्ये तिन जना कैलाली र एजना कञ्चनपुर जिल्लाका रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । संक्रमित मध्ये दुइजना भारतबाट रोजगारी गरेर फर्किका युवा भएकाले उनीहरुको साथमा आएका अन्य नागरिकहरुमा पनि कोरोनाको संक्रमण भएको हुनसक्ने आसंकामा डोटीका गाउँमा त्रास फैलिने अवस्था सृजना भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, "हुलका हुल मान्छे भारतबाट आएका छन्,कसैमा कोरोना देखिन थालेको छ, त्यहि कारणले पनि अन्य नागरिकमा चिन्ता बढ्न थालेको हो ।" संक्रमणको पुष्टी भएका कैलालीका २१ वर्षिय युवा चैत्र ११ गते लकडाउनपछि गौरिफण्टामा थुनिएका ९९९ जनामध्येका एक भएको खुल्नमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । उनीहरु संगै डोटी आएका केही व्यक्ति लाई जिल्लामा स्थापना गरिएका क्वारेन्टाईनमा राखिएको भएपनि सबै नागरिक क्वारेनटाइनमा नभएका कारण पनि समस्या हुँनसक्ने भन्दै यहाँका पहाडी जिल्लामा त्रास बढ्न थालेको स्थानीयबासीहरु बताउछन् । डोटीमा मात्रै चैत्र ११ गते एता भारतबाट आएका ४३४ जना क्वारेन्टाईनमा छन् । लकडाउन भन्दा अगाडी आएका सायौँ युवाहरु गाउँगाउँ पसिसकेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लकडाउन भन्दा पहिले जिल्ला प्रबेश गरेका नागरिकको खोजी कार्यगरी क्वारेन्टाइनमा राख्ने तयारी भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो, "लकडाउन भन्दा पहिले जिल्ला प्रबेश गरेका हरुको खोजी कार्य सुरु गरेका छौँ, सबैलाइ अनिर्वाय क्वारेन्टाईनमा राख्ने छौँ ।" जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथामका लागि सम्पूर्ण तयारी पूरा गरीसकोकले कोही कसैले डराउनु पर्ने अवस्था नरहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म कोरोनाको शंखास्पद बिरामी अहिले सम्म भेटिएका छैनन् । जिल्ला अस्पताल डोटीका अनुसार हालसम्म तीनजनाको स्वाँव परिक्षण गरिएको भएपनि सबैको नतिजा 'नेगेटिभ' आएको छ । कैलाली र कञ्चनपुरमा चारजना संक्रमितको पुष्टी भएपछि सतर्कता बढाउने प्रयत्न सरोकारवालाले गरिरहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आईसोलेसन बेड बढाउन थालिएको छ । जिल्ला अस्पतालमा अहिले १० वटा आईसोलेसन बेड बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, "कोरोना नियन्त्रणका लागि हामी निकै सजग भएका छौँ, सोही अनुरुप अस्पतालमा बेडको सङ्ख्या समेत थप गरेका छौँ ।" जिल्लामा रहेका निजी अस्पतालहरुमा पनि अवस्था अनुसार आईसोलेसन बेड बढाउने तयारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
2021/01/25 18:11:09
https://www.newsofnepal.com/2020/04/07/308011/
mC4
वीपीको विचारलाई व्यवहारिक रुपमा कार्यान्वयन आवश्यक – Koshi Sandesh वीपीको विचारलाई व्यवहारिक रुपमा कार्यान्वयन आवश्यक कोशी संदेश६ श्रावण २०७८, बुधबार १८:४४ विराटनगर । नेपाली कांग्रेस मोरङले डायनियास्थित वीपी सेवा केन्द्रमा वीपी जयन्ती मनाएको छ । सेवा केन्द्र परिसरमा वृक्षारोपण गर्नुका साथै वीपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोको विषयमा छलफल गरिएको थियो । पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले कांग्रेसको १४ औं महाधिवेशनको नजिकिएको सन्दर्भमा वीपी विचारको महत्व अझ बढेको चर्चा गर्नुभयो । 'नयाँ विचार दिन सक्ने, बेरोजगार युवाको समस्या समाधान गर्ने र विकास दिन सक्नेलाई पार्टीको नेतृत्वमा लैजानु आजको आवश्यकता हो,' लिम्बूले भन्नुभयो, 'अहिलेको परिस्थितिमा वीपीले स्थापित गरेका मान्यताहरु थप महत्वपूर्ण भएको छ ।' पूर्वमन्त्री दिलिप गच्छदारले कांग्रेसले नै अबको नेतृत्व लिएर जनहितमा काम गर्नुपर्ने बताउनुभयो । 'नयाँ संविधान कार्यान्वयन र गणतन्त्रको संस्थागत विकास अब कांग्रेसको नेतृत्वबाट सहज बन्नेछ,' उहाँले भन्नुभयो । पार्टीका जिल्ला उपसभापति शिवनारायण सिंह गन्गाईले कांग्रेस लोकतन्त्रको पर्याय भएको बताउनुभयो । वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारिक रुपमा लागू गर्दै लैजानु कांग्रेसजनको पहिलो जिम्मेवारी भएको उहाँको भनाई थियो । त्यस अवसरमा सेवा केन्द्रका नागेश्वर सिंहसहितका वक्ताले वीपीको विचारबाट कांग्रेस पछि हट्न नहुने बरु व्यवहारिक रुपमा कार्यान्वयन गर्दै लैजानु पर्ने सुझाव दिनुभएको थियो ।
2022/05/16 05:09:00
https://koshisandesh.com/2021/07/21/68133/
mC4
Nepal - 'आफ्नै मनोबलसँग चकित हुन्छु' तेस्रो लिंगी/समलिंगी समुदायको हक अधिकारको कुरा उप्काउनासाथ भूमिका श्रेष्ठ, २९, को नाम जोडिइहाल्छ । काठमाडौँको नैकापमा जन्मिएकी भूमिकाको अर्को परिचय जोडिँदैछ, लेखिका । तेस्रो लिंगी भएर समाजमा स्थापित हुन उनले गरेको संघर्षलाई घोस्ट राइटिङ नेपालले पुस्तकाकार दिएर बजारमा ल्याउँदै छ । भूमिका श्रेष्ठ : तेस्रो लिंगीको आत्मकथाकी लेखिका श्रेष्ठसँगको संवाद : आत्मकथा के विषयमा केन्द्रित छ ? तेस्रो लिंगी भएर घरपरिवार र समाजमा हामीले भोगेका समस्याबारे । आत्मकथा लेखनका लागि के कुराले प्रेरित गर्‍यो ? हामीजस्ता अलग पहिचान भएकाहरूले जीवनमा यति धेरै समस्या भोगिरहेका छौँ, त्यो नै यो किताब लेख्ने कडी हो । सामाजिक रूपमा बाँच्नका लागि पनि हाम्रा कथा आउनु जरुरी देखियो । यो पुस्तकले यौनिक अल्पसंख्यकको जीवनमा केही फरक पार्छ ? पक्कै पार्छ । पहिलो कुरा त हामीलाई घरपरिवारमा खुल्नै गार्‍हो हुन्छ । परिवारमा थाहा दियो, समाजमा पुग्न ज्यादै गार्‍हो हुन्छ । पुस्तक पढेपछि अबको तेस्रो लिंगी/समलिंगी पुस्तालाई खुल्न सजिलो होला । समाजले तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन होला भन्ने विश्वास छ । पारिवारिक र सामाजिक रूपमा तिरस्कृत भएर बाँच्नुको औचित्य छैन भनेर केही दिनअघि हाम्रा दुई साथीले आत्महत्या गरे । यस्तो अन्धकारबाट निस्कन पुस्तकले हौसला दिन्छ । हौसला दिलाउने त्यस्तो के छ पुस्तकमा ? सबै ठाउँमा तिरस्कृत भएर बस्नुपर्दैन । आफ्नो अधिकार, पहिचानका लागि संघर्ष गर्नुपर्छ भन्ने आत्मबल दिन्छ । दु:खदायी संघर्षका कथा पढ्दा यस्तोमा पनि बाँच्न, लड्न सकिँदो रहेछ भन्ने सिकाउनेछ । तेस्रो लिंगी र लेखिकाबीच कसरी तुलना गर्नुहुन्छ ? संसारमा प्राय: आत्मकथा ठूलाबडा र विद्वान्हरूकै आउँछन् । यति कम उमेरमै आफ्नो आत्मकथा आउँदा खुसी नहुने कुरै छैन । तेस्रो लिंगी नभएको भए सायदै मेरोबारे पुस्तक निस्कन्थ्यो र जीवनकथा पढिन्थ्यो । पहिचान र पुस्तक मेरो एकै सिक्काका दुई पाटा भए । राजनीतिक रूपमा तिरस्कृत कसरी ? नेपालको संविधानमा समानता र नागरिकताको हकबारे उल्लेख छ । तर, हामीजस्ताले समान व्यवहार पाएका छैनौँ । राजनीतिक र नीतिगत तहमा हाम्रो सहभागिता सुनिश्चित भएको छैन । हामीलाई अन्य लिंग भनिएको छ । हाम्रो लैंगिक पहिचान हुँदाहुँदै यस्तो गर्दा दु:ख लाग्छ । तर, हाम्रो देशमा त सभासद् नै बनिसकेका छन् त ? यो ठूलो उपलब्धि त हो । तर, एक जना एकपटक त्यहाँ पुगेर मात्रै त्यसले ठूलो परिवर्तन नहुने रहेछ । त्यही भएर राजनीतिक पार्टीले हामीजस्तालाई अगाडि ल्याउने विशेष व्यवस्था बनाउनुपर्छ । समानुपातिक रूपमा हामीलाई पनि अवसर दिनुपर्छ । परिवार, समाज र राजनीति, सबैभन्दा बढी समस्या कहाँ छ ? तीनवटैमा छ । यिनीहरूलाई छुट्याएर हेर्न मिल्दैन, सकिँदैन । तीनै तहमा बहिष्कृत हुनुपरेको छ । राजनीतिक रूपमा 'युज एन्ड थ्रो' जस्तो छ । तपाईंले चाहिँ सबैभन्दा बढी समस्या कुन तहमा भोग्नुभयो ? समाजबाट । त्यो पनि विद्यालयजस्तो पवित्र थलोबाट । स्कुल पढ्दा म शिक्षक–शिक्षिकाबाट एकदमै प्रताडित भएँ । त्यही कारण मैले १० कक्षा पढ्दापढ्दै पढाइ छाड्नुपर्‍यो । शिक्षाबाट वञ्चित भएँ । आत्मकथा लेख्दा आफ्नो विगत र वर्तमानलाई कसरी समीक्षा गर्नुभएको छ ? कहिलेकाहीँ आफ्नो जीवन देखेर ज्यादै दु:ख लाग्छ । तर, आज जुन ठाउँमा उभिएकी छु, त्यो देखेर आफैँलाई गर्वानुभूति हुन्छ । फरक पहिचान भएर पनि समाज, परिवार र राज्यसँग जुध्न सक्ने भएकी छु । आफ्नै मनोबलसँग चकित हुन्छु ।
2018/12/12 17:48:15
http://nepal.ekantipur.com/ampnews/2018-07-26/20180726160410.html
mC4
२४ चैत । पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको अवस्थामा कसैलाई पनि राहत सङ्कलन तथा वितरण नगर्न आग्रह गरेको छ । प्रशासनले आइतबार साँझ सूचना प्रकाशित गरी जिल्लामा विभिन्न व्यक्ति फर्म, सङ्घ संस्था तथा नागरिक समाजलगायतले सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई बेवास्ता गर्दै नगद, जिन्सी, खाद्यान्नलगायतका सामग्री सङ्कलन गर्ने प्रयास गरेको […] काभ्रे– धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ । पनौती नगरपालिका–१२ स्थित कलाती भूमिडाँडाकी अन्दाजी ४८ वर्षीया मधुमाया तामाङको मृत्यु भएको हो । मृतक तामाङलाई आज आइतबार बिहान करिब पौने ९ बजेतिर अस्पताल ल्याइएको थियो । ती महिलालाई एक्कासि पेट, टाउको दुख्ने र उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो।तर अस्पताल पुर्याउनसाथ उनलाई डाक्टरले मृत […] लकडाउनको बेला सुनसरीको दहुवी नगरपालिका-९, छातावेलीमा झडाप हुँदा दर्जनभन्दा बढी घा-इते भएका छन् । उनीहरुको सुनसरीको दुहवीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । वडा नम्बर ९ मा रहेको जयबाबा इँटा उद्योग लकडाउनका बेला पनि सञ्चालनमा रहेको भन्दै बन्द गर्न प्रहरीमा खबर गरेको विषयलाई लिएर झ-डप भएको एक पक्षले जनाएको छ । अर्को पक्षले भने इँटा […] २३ चैत । भक्तपुर : चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति निधन भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर ज्यान गएको भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट श-व झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल […] इटहरी। इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले छ महिना लकडाउन भएपनि कुनै पनि इटहरीवासीलाई भोकभोकै हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रमुख चौधरीले भन्नुभयो “म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खादयान्न आपूर्ती गर्न सक्षम छौ कोही भोकै मर्ने वाला छैन ।” नगरवासीलाई भोकभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको उहाँले वताउनुभयो […] २२ चैत । काभ्रे (पनौती) : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ । बैंकमा जम्मा भएका खाद्यान्न आजदेखि नगरका विपन्न परिवारलाई राहतस्वरुप वितरण गर्ने नगरपालिकाले जनाएको छ । नगरका अतिविपन्न परिवारलाई राहत उपलब्ध गराउन फुड बैंक स्थापना गरिएको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । “पहिलो चरणको प्याकेजमा […] २२ चैत मुस्ताङ्ग : पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै जोमसोम फर्किनुभयो । विश्वव्यापी महामारीका रूपमा फलिएको कोभिड–१९को रोकथाम तथा नियन्त्रण गर्न उपल्लो मुस्ताङको लोमान्थाङ–५ का युवा सक्रियताका साथ लागेका छन् […] मोरङको सुन्दर हरैचाको जङ्गलमा शिकारी समूह र प्रहरीबीच गो-ली हानाहान भएको छ। गो-ली हानाहानपछि प्रहरीले तीन जनालाई भरुवा ब-न्दुकसहित नियन्त्रणमा लिएको छ। लकडाउनको समयमा शुक्रबार सुन्दर हरैचाको लोहन्द्र केराबारी साझेदारी र सलकपुर सामुदायिक वन क्षेत्रमा सशस्त्र वन रक्षक, सशस्त्र प्रहरी र शिकारीको समूहबीच गो-ली हानाहान भएको हो। शुक्रबार दिउँसो साढे ३ बजे उक्त घटना भएको […]
2021-02-26T07:17:09Z
https://ne.globalvoices.org/-/topics/politics/
OSCAR-2109
जिरिखिम्तीको सडक विस्तार अभियान – BRTNepal जिरिखिम्तीको सडक विस्तार अभियान बिआरटीनेपाल २०७३ पुष १३ गते ३:४७ मा प्रकाशित मोरङको पथरीशनिश्चरे ८ स्थित जिरिखिम्ती टोलभित्र रहेका सडकलाई फराकिलो बनाउने अभियान थालिएको छ । नगरपालिका क्षेत्र भएपनि साँघुरा कच्ची सडक भएकाले २० फुट बढी चौडाईको सडक विस्तार गर्दै नाला समेत निर्माण थालिएको हो । यसबेला प्रति घर १ हजार रुपैयाँ जम्मा गरेर पूर्वपश्चिम मुख्य सडकबाट दक्षिणतर्फका २ वटा सडक स्काभेटर लगाएर फराकिलो बनाउने काम भइरहेको छ । सडक क्षेत्रमा पर्ने केही घरका केही भाग भत्काएर सडक फराकिलो बनाउने कुरामा स्थानीय सहमत भएको सडक निर्माण समिति संयोजक कुलबहादुर श्रेष्ठले बताउनु भएको छ । हाल निर्माण भइरहेको पेटेलपम्पको दक्षिणबाट समेत नयाँ सडक निर्माण गर्न पनि जग्गाधनीहरु सहमत भएका छन् । सो सडक हुँदै दक्षिणमा बयरबनको विहीवारे जोड्नका लागि मोरङ्गी खोलामा पुल निर्माणको पहल समेत थाल्न स्थानीय जुटेका छन् । पूर्वपश्चिम मुख्य सडकमै जोडिएको नगर क्षेत्र भएपनि जिरिखिम्ती विकासको दृष्टिले पछाडि परेकाले त्यहाँको समग्र विकासका लागि डाँसमोरङ्गी सामुदायिक वन, कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको अगुवाईमा पहल अघि बढ्ने छ ।
2022/07/01 17:15:25
https://www.brtnepal.com/2016/12/28/10498.html
mC4
थाहा खबर: शरणार्थी समस्या मोदीको 'कोर्टमा' : भारतको भूमिका निर्णायक शरणार्थी समस्या मोदीको 'कोर्टमा' : भारतको भूमिका निर्णायक मोदी नेपाल आएका वेला शरणार्थी समस्या राखिदिन सरकारलाई आग्रह दमक(झापा) : अढाई दशकदेखि जेलिएको भुटानी शरणार्थी समस्या अझै समाधान हुन सकेको छैन। झापा र मोरङमा शरणार्थीहरुको संख्या घटे पनि समस्या हटेको छैन। तेस्रो देश पुनस्र्थापना बन्द भएको र स्वदेश फिर्ती वा स्थानीयकरण कुनै पनि विकल्प खुला नगरिएपछि झापा र मोरङमा रहेका शरणार्थीहरु अन्योलमा परेका हुन्। नेपाल प्रवेश गरेदेखि नै स्वदेश फिर्तीको माग उठे पनि भारतको मौन अवरोधले यो सफल हुन सकेन। बरु पश्चिमा देशहरुलाई शरणार्थी पु¥याउन ल्याइएको तेस्रो देश पुनर्स्थापना कार्यक्रम सफल भयो। तर, पाँच हजारको हाराहारीमा रहेका शरणार्थी न तेस्रो देश जान सके, न स्वदेश फिर्तीको सम्भावना नै छ। उनीहरुले जतिसक्दो चाँडो समस्याको समाधान गरिदिन केन्द्रीय सरकारदेखि प्रदेश सरकार तथा स्थानीय सरकार सम्मको ध्यानाकर्षण गराइरहेका छन्। शरणार्थीहरुको सघन बसोवास रहेको नगर दमकका केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछि शरणार्थीहरुमा समस्याले चाँडै निकाश पाउला कि भन्ने आशा बढेको छ। शरणार्थीका प्रतिनिधिमण्डललले शरणार्थीहरुको समस्या समाधानका लागि आग्रह गर्दै स्थानीय सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको छ। शरणाथीको बसोबास रहेको झापाको दमक र मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुखलाई भेटेर उनीहरुले शरणार्थीहरुको राहत कटौतीदेखि भविष्य अन्यौलमा परेको सम्मका विषयमा सहयोग गरिदिन आग्रह गरेका छन्। बल 'मोदीको कोर्टमा' भुटानी शरणार्थी तथा अगुवाहरुले नेपाल र भुटानले मात्र चाहँदा शरणार्थीहरुको स्वदेश फिर्तीको विकल्प खुल्न नसक्ने बताएका छन्। विगतमा स्वदेश फिर्तीको आन्दोलनसमेत नेपाल–भारत सीमा मेची पुलमा पुगेपछि भारतीय सुरक्षाकर्मीको दमनका कारण असफल भएको थियो। स्वतन्त्र मञ्चद्वारा गृह र पराष्ट्रमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाल भुटान द्विपक्षीय वार्ताको श्रृंखला अन्त्य गरि बहुपक्षिय वार्ता थाल्न आग्रह गरिएको छ। यस्तै, शरणार्थीलाई स्थानीयकरण गर्ने विकल्प नस्वीकार्न नेपाल सरकारलाई सुझाव दिइएको छ। यस्तै, भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक डा. भम्पा राई नेपाल, भारत र भुटानको त्रिपक्षीय सहमतिले मात्रै शरणार्थीहरु आफ्नो देश फर्कन सक्ने बताउँछन्। 'नेपाल र भुटानबीच पटक–पटक वार्ता भएकै हो नि के भयो र आखिर,' उनले भने, 'यो विषयमा भारत कन्भिन्स हुनुपर्‍यो, भुटानको फरेन पोलिसीमा भारतको सोझो प्रभाव छ। त्यसैले जबसम्म भारतले चाहँदैन तबसम्म भुटानीहरु आफ्नो देश फर्किन सक्दैनन्।' भारतीय प्रधानमन्त्री नेपाल आएका वेला शरणार्थीहरुले आफूहरुको समस्या समाधानबारे प्रस्ताव राखिदिन नेपाल सरकारलाई माग गर्दै आएका छन्। केही शरणार्थीहरुले भारतीय दूतावासमा पत्र पठाएर पनि यो समस्याको दिगो समाधान गरिदिन आग्रह गरेका छन्। तर, कुनै पनि भुटानको शाही परिवार नजिकसमेत रहेका डा. राई मोदीको कोर्टमा शरणार्थी बल पुगे पनि उनी भुटानतर्फ यसलाई हान्नेमा विश्वस्त छैनन्। 'नेपाली भाषीलाई जहिले पनि भुटानको चुनौतीमा हेरिने भ्रम छ,' उनले भने, 'विगतमा यही कारण हामी त्यहाँबाट लखिटियौँ, तर भुटानका नेपाली भाषीमा भुटानप्रतिको राष्ट्रप्रेमलाई नजरअन्दाज गर्ने भ्रम नउत्रिएसम्म, भारतले बाटो खुलाउला भन्नेमा खासै भर छैन।' भुटानी शरणार्थीहरुले स्थानीय सरकारलाई समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेसँगै प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइसकेका छन्। पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राई, बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीलगायतले मुख्यमन्त्री शेरधनराईलाई भेटेर शरणार्थीहरुले भोग्नुपरेका तत्कालीन समस्या समाधानदेखि दीर्घकालीन समाधान खोज्न पनि आग्रह गरेका हुन्। उनीहरुले शरणार्थीहरुको सुविधा कटौतीले निर्वाहमा पनि कठिनाइ भएको गुनासो गरे। 'अब प्रदेश र केन्द्रमा स्थिर सरकार आएको छ, यसले तपाईंहरुको माग अवश्य सम्बोधन गर्नेछ।' शरणार्थीहरुको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले भने, 'शरणार्थीहरुको समस्या केन्द्रीय सरकारसँग पनि जोडिएको विषय भएकाले तिनै तहका सरकारबीच समन्वय गरेर यो समस्याको समाधान खोजिनेछ।' शरणार्थींहरुको टोलीले आफ्ना मागबारे आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको पनि ध्यानाकर्षण गराएको छ। यसअघि, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई समेत पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै शरणार्थीहरुका तत्कालीन र दीर्घकालीन समस्याको समाधान खोज्न शरणार्थीहरुले माग गरेका थिए। केन्द्रीय सरकारलाई पनि दबाब शरणार्थी समस्याको नेतृत्व गरेर एक समूहले स्थानीय र प्रदेश सरकारलाई आपूmहरुका मागबारे ध्यानाकर्षण गराइरहँदा केही भने केन्द्रीय सरकारको ध्यान खिच्न काठमाडौं धाइरहेका छन्। उनीहरुले केन्द्रीय सरकारका मन्त्रीहरुलाई भेटेर भुटानी शरणार्थीहरुले स्वदेश फिर्तीको विकल्प खुला गर्न नेपाल सरकारसँग माग गरेका हुन्। भुटान स्वतन्त्र जनमञ्चले गृहमन्त्री र परराष्ट्रलाई भेटेर ज्ञापनपत्र बुझाउँदै भुटानी नागरिकहरु आफ्नो देश जान पाउन वातावरण बनाइदिन आग्रह गरेको हो। मञ्चका अध्यक्ष टोम अधिकारी र महासचिव डिबी सुब्बाद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा नेपाल भुटान द्विपक्षीय वार्ताको श्रृङ्खला अन्त्य गरि बहुपक्षिय वार्ता थाल्न आग्रह गरिएको छ। भने शरणार्थीलाई स्थानीयकरण गर्ने विकल्प नस्विकार्न नेपाला सरकारलाई सुझाव दिइएको छ। ओलीको चाहनामा निर्भर भुटानी शरणार्थीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली जानकार छन्। शरणार्थीहरुको विषयलाई सम्बोधन गर्ने मन्त्रालयहरुको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन्। भुटानीहरुको नेपाल प्रवेशको पहिलो दशकमै ओली गृहमन्त्री भए। आन्तरीक रुपमा शरणार्थीहरुको बसोबास, व्यवस्थापन, रेखदेखलगायतका विषय गृहमन्त्रालयकै नेतृत्वमा हुँदै आएको छ। 'शरणार्थी र अन्तर्राष्ट्रिय समुदायको सरोकार जोडिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि ओलीले सम्हाले। त्यसैले शरणार्थी समस्या समाधानका अन्तर्राष्ट्रिय अभ्यासबारे ओलीले सबै कुरा बुझेका छन्।' भुटानी शरणार्थी स्वदेश फिर्ती समितिा संयोजक डा. राईले भन, 'शरणार्थी विषयलाई कसरी टुंग्याउनुपर्छ ओलीले सबै बुझेका छन्, त्यसैले यो समस्याको दिगो समाधान ओलीले गर्लान् कि भन्ने लागेको छ।' गाउँमै रोजगारी पाएपछि फेरियो भेटाका महिलाको जीवनशैली डडेल्धुरा : डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ असिग्रामकी विष्नादेवि जोशी अहिले ५६ वर्षकी भइन्। आजभोलि आलु खन्ने कामको चटारो छ उनलाई। आलु खन...
2019/01/23 14:18:51
http://thahakhabar.com/news/39073
mC4
यज्ञविक्रम राणा Yagya Bikram Rana सूर्यविक्रम ज्ञवालीले भनेका थिए, "यज्ञविक्रम राणाको नेपाली भाषासाहित्यको प्रचार र प्रसार गर्ने उदाहरणअनुसार काम गर्न हामी अघि सर्नुपर्छ ।" वास्तवमा राणा त्यस्तै उदाहरणीय थिए । उनको सबैभन्दा ठूलो खुवी के थियो भने उनले बोलेपछि त्यो कुरा ढुङ्गाको अक्षर हुन्थ्यो । किनभने उनी नपुग्ने कुरा नै बोल्दैन थिए । उनी थोरै बोल्थे र धेरै गर्थे । उनी स्पष्ट बोल्थे तर नरम बोल्थे । उनी कडाकडा काम गर्थे तर सरल थिए । उनी ठूलाठूला कुरा आँक्थे तर सोझो थिए । सहृदयताले नै एउटा भद्र पुरुषका रुपमा उनले नेपाली समाजमा आफ्नो सरल नाउँ लेखाएका थिए । त्यसैले उनीसँग एकपटक बोलेको मान्छे उनको पछि लाग्थे । राणाले आफ्ना बुबा झपटबहादुर राणालाई प्रकाशमा ल्याउन रातोदिन कसरत गरे । उनका बुबा नेपाली साहित्यका महारथी थिए, तर उनका कृति सहज रुपमा प्रकाशनमा आइरहेका थिएनन् । यिनै राणाले आफ्ना बुबाका झन्नै एक दर्जन कृति प्रकाशनमा ल्याइदिए । यसैबारे प्राध्यापक डा.वासुदेव त्रिपाठीले लेखे- "यज्ञविक्रम राणाले आफ्ना स्वर्गीय पिता झपटबहादुर राणाका असङ्ख्य साहित्यिक रचनाहरूलाई बटुलबाटुल गरी पुस्तकाकारमा प्रकाशित गरे ।" यज्ञविक्रम शारदाकालीन साहित्यकार थिए । उनी बुबाको प्रेरणाले नै साहित्यमा लागेका थिए । साहित्यमा मात्र होइन यी क्रमशः ज्ञानविज्ञानकै दोभानमा उभिन पनि थाले । यिनले आफ्नो पेसाका रूपमा विज्ञानलाई समाते र साहित्यमा पनि त्यतिकै रुचि राखे । यिनले इन्जिनीयरिङ पढे तर पनि यी सृजनामा समर्पित भैरहे । विद्याथी जीवनदेखि नै यी आफ्नो गच्छे अनुसारको लेखनका धनी थिए । लेख्तादेख्तै यिनले नेपाली, अङ्ग्रेजी, हिन्दी, चिनीया र संस्कृत भाषामा पनि लेखे ।अनि नेपाली र अङ्ग्रेजीभाषा चाहिं यिनको पेवाजस्तै भयो । यिनको अङ्ग्रेजीभाषाको लेखनले नेपाली साहित्यकारहरू चकित खान्थे । त्यसैले राष्ट्रकवि माधव घिमिरेले एकपटक लेखेका थिए- "यज्ञविक्रम राणा अङ्ग्रेजी साहित्यको अध्येता मात्र नभएर अङ्ग्रेजीका प्राचीन छन्दमा पनि कविता रचना गर्थे ।" तर यिनले अङ्ग्रेजीभाषाको सिङ्गो किताव प्रकाशनमा ल्याएनन् । उनले जति लेखे फूटकरै लेखे । ग्रन्थका रूपमा उनको एउटा मात्रै कृति २०४६ सालमा प्रकाशित भयो 'यज्ञ रचनावली' । वास्तवमा घटराज भट्टराईकै हुटहुटीले मात्र त्यस कृतिलाई प्रकाशनमा ल्याइएको थियो । साथै त्यस कृतिका सम्पादक पनि भट्टराई नै थिए । राणाको सबैभन्दा ठूलो परिचय उनी मेहनती थिए । उनी शुद्ध पसिनाको कमाईमा विश्वास राख्थे । समाजमा सधैँ असल कर्म गर्नुपर्छ भन्ने उनको जीवनको नैर्सर्गिक मान्यता थियो । बाँचुन्जेल उनले आफ्नो नैतिकतालाई भूइँमा खस्नै दिएनन् । त्यसैले उनको जीवनमा मानवतावाद फक्रिरहृयो । जीवनको उत्तर्रार्धमा राणा साहित्य, धर्म र सामाजिक काममा नै बढी लहसिए । उनको त्यस बारेको विजारोपण २०१२ सालमा नै भएको थियो । त्यसै बेला उनले आफ्ना घरमा यज्ञ पुस्तकालयको स्थापना गरेका थिए । उनी बाँचुनजेल त्यस पुस्तकालयबाट पनि धेरै अनुसन्धाताले ज्ञान आर्जन गर्ने मौका पाएका थिए । पत्रसङ्ग्रह राणाको विशेष सोखको विषय थियो । त्यसैले उनले स्कुले जीवनदेखि नै पत्रहरूको सङ्कलन गर्दै आए । उनले अरूलाई लेखेका पत्र र उनलाई अरूले लेखेका पत्रहरू सदैव उनका सङ्ग्रहमा रहे । उनी पत्र लेख्ता गद्य र पद्य दुवैमा लेख्थे । राणा नेपाली संस्कृति भनेपछि हुरुक्कै हुन्थे । आफ्नो देश नेपाल र नेपालीको उनी आदर गर्थे । नेपाली भाषा उनको जीवनको प्राण थियो । साहित्यकारलाई घरमा लगेर भोज खुवाउने पनि उनको विशेष सौख थियो । त्यसैले उनले हरेक वर्षसाहित्यिक समारोहहरू आफ्नै घरमा आयोजना गर्थे र त्यति बेला निम्तारुलाई मन खोलेर भोज खुवाउँथे । राणा जुनसुकै साहित्यिक कार्यक्रममा पनि पुग्थे । उनी भाषण पनि गर्थे तर उनले पाँच मिनेट बोलेको कसैले सुनेनन् । उनी भन्थे, "संविधान नपढ्ने देशका मान्छेलाई भाषण रटाउने काम छैन । भाषणलाई समारोहको औपचारिकताका लागि मात्र प्रयोग गर्नु पर्छ ।" राणाले आफ्ना बुबाका नाउँमा २०३७ सालमा झपट पुरस्कार गुठीको स्थापना गरेका थिए । त्यसै वर्षउनैको पहलमा उनका सासु ससुराका नाउँमा सैनध्वज-नन्दकुमारी गुठीको पनि स्थापना भएको थियो । त्यस बेलादेखि यो गुठीले हरेक वर्षनेपाली भाषामा विद्यावारिधि गर्ने एक जना प्राज्ञलाई पुरस्कृत गर्दै आयो । साथै झपट पुरस्कारबाट पनि झन्नै तीन दर्जन स्रष्टाहरू पुरस्कृत भइसके । राणा त्रिमूर्ति निकेतन, बालकृष्ण सम फान्डेशन, मदन पुरस्कार गुठी, दीपस्मृति गुठी आदि साहित्यिक संस्थाहरूमा सदस्य थिए । साथै उनी धार्मिक र शैक्षिक संस्थामा पनि आबद्ध थिए । उनी सर्वसम्मतले काठमाडौं बानेश्वरको रत्नपुस्तकालयको अध्यक्ष भए । साथै उनी त्यहींको श्री ५ रत्नराज्यलक्ष्मी माद्यामिक विद्यालयको पनि अध्यक्ष थिए । अनि त्यस स्कुलमा यिनले अवैतानिक रूपमा अध्यापन पनि गरे । झपटबहादुर राणा बडाहाकिम भएर काठमाडौँबाट स्याङ्जाजाँदा उनकी पत्नी तोरणकुमारी राणा पनि उनीसँगै गएकी थिइन् । त्यही फेरोमा झपटबहादुरको साइँला छोराका रूपमा यज्ञविक्रमको जन्म १९८० साल चैत १५ गते स्याङ्जामा भएको थियो । यज्ञविक्रमले दरबार स्कुलमा पढे । उनले त्रिचन्द्र कलेजमा पनि पढे । साथै उनी भारतको पूनाबाट सिभिल इन्जिनीयर भए । अनि उनी २००७ सालमा नेपाली सेनाको सहायक सेनानीमा प्रवेश भए । पढाइको हिसाब गर्ने हो भने यिनले अर्थशास्त्र र राजनीति शास्त्रमा एम्ए र फेरी एमकम गरे । साथै यिनले वीएल पनि पास गरे । अनि यिनले चिनीया भाषामा डिप्लोमा गरे । सेनाको बृगेडियर जनरल पदबाट राणाले २०४६ सालमा अवकास लिए । सेनामा हुँदा उनी नेपालका पचहत्तर जिल्ला तथा भारत, चीन थाइल्यान्ड, इजरायल र अमेरिका पुगे । इजरायलमा यिनले प्यारा जम्पिङ पनि गरे । त्यसभन्दा अघि कुनै नेपालीले प्यारा जम्पिङ गरेका थिएनन् । अनि त्यसपछि नै नेपाली सेनामा प्यारा जम्पिङ पनि भित्रियो । राणाले असल काम गरेर राज्यबाट सुप्रबल गोरखादक्षिणबाहु र सुविख्यात त्रिशक्तिपट्ट पाए । साथै उनले थुप्रै अलङ्कार पदकहरू पनि प्राप्त गरेका थिए । राणाको बिहे सैनध्वज खड्का र नन्दकुमारी खड्काकी छ छोरीमध्ये ठाइँली छोरी केशरकुमारीसँग २००७ साल फागुन ४ गते भएको थियो । यी दम्पतिबाट पाँचजना छोरी गीता, रीता, नीता, अनीता र वनीता र एक जना छोरा अरुण राणा जन्मे । यी सबैले उच्च शिक्षा ग्रहण गरे । राणाको जीवन निरोगी भएर नै वित्यो । २०६८ साल साउन ५ गते राति बाह्र बजे उनले आफ्नो छोरा अरुणलाई बोलाएर भने, "बाबु अब म सुत्छु; मलाई नउठाउनु है !" अनि त्यसको लगत्तै उनी चीर निद्रामा रुपान्तरित भए ।
2019/09/21 00:20:44
http://nai.com.np/contents.php?id=352
mC4
तिंकर नाका खोल्न पहल गर्छुःमुख्यमन्त्री भट्ट| Nepal Pati तिंकर नाका खोल्न पहल गर्छुः मुख्यमन्त्री भट्ट दार्चला प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन । प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्दवारा बुधबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समृद्धिको ठू्लो आधार तिंकर नाका भएको बताए । उनले सो नाका सञ्चालनका लागि तत्काल संघीय सरकारसँग पहल गर्ने बताएका छन्। भारत र चीनसँग जोडिएको उक्त नाका सञ्चालनमा ल्याउन सके प्रदेश नं ७ का सबै जिल्लाको आर्थिक वृद्धिदर बढ्ने उनको भनाई थियो । उनले भारत र चीनसँग जोडिएका प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलाका सबै नाका सञ्चालन गरिनुपर्नेमा जोड दिए। प्रदेश सरकारले तीव्रगतिमा काम गर्न खोजिरहेको भए पनि कानूनको अभावमा चाहेजति छिटो र छरितो रुपमा काम गर्न नसकेको उनको भनाइ थियो ।
2019/01/19 00:06:13
http://nepalpati.com/news/tinkar-naka/
mC4
तेस्रो तहमा सेनालाई तैनाथ गराउँदा जबर्जस्ती अवैध प्रवेश गर्नेका लागि मनोवैज्ञानिक त्राससमेत सिर्जना हुने गृहको बुझाइ छ । पूर्वदेखि सुदूरपश्चिमसम्म १ हजार ८ सय ८० किमि दूरीमा नेपालका २३ जिल्ला भारतसँग जोडिएका छन् । चैत ११ गते लकडाउन सुरु भएसँगै सीमा हँुदै आवतजावत नियन्त्रण गर्न भारततर्फ सशस्त्र प्रहरीका १ हजार २ सय १३ र नेपाल प्रहरीका ४ सय ७० स्थानमा चेकप्वाइन्ट खडा गरिएका छन् । यी स्थानमा करिब ३० हजार सुरक्षाकर्मी परिचालित छन् । तर खुला सिमानाका कारण भारतीयले नेपाल आउने क्रममा सुरक्षाकर्मीलाई दुव्र्यवहार र आक्रमण नै गर्न थालेपछि सेनाको सहयोग लिनुपरेको गृह मन्त्रालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित – Himalaya Television
2021-03-08T16:24:34Z
http://topnepalnews.com/rajneeti/14203
OSCAR-2109
​हिजो र आजको पत्रकारिता ४ मङ्सिर २०७४ शम्भु श्रेष्ठ । दृष्टि साप्ताहिक आजदेखि ३५ औँ वर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहासमा पैतीस वर्ष छोटो अवधि भने होइन । यस अवधिमा धेरै पुराना साप्ताहिक पत्रिकाहरु बन्द भए भने धेरै नयाँ पत्रिकाहरुको जन्म भयो । आज नेपाली पत्रकारिताको विकासलाई हेर्ने हो भने यो क्रम कहाँ गएर टुंगिन्छ भन्न सक्ने अवस्था छैन । किनभने सूचना प्रविधिको विकासले मानिसको हात हातमा मिनेट मिनेटमा सूचना… विस्तृत समाचार देउवाको 'ब्ल्याकमेलिङ' शम्भु श्रेष्ठ । लोकतन्त्रमा आलोचना, विरोध गर्न पाइन्छ । तर, त्यो विरोध र आलोचना रचनात्मक भयो भने मात्र लोकतन्त्र सुदृढ हुन्छ । तर, हामीकहाँ यो संस्कृतिको विकास हुन सकेको छैन । जसले गर्दा नेताहरुको भाषणले वर्षौदेखि गाउँका सोझा जनता ठगिने गरेका छन् । यसको पछिल्लो उदाहरण लिने हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंकै चुनावी सभाहरुमा शिक्षित र सचेत समुदायबीच झुठो बोलेर आफ्नै गरिमा घटाएका छन्… विस्तृत समाचार ​वीपीको बाटोमा कांग्रेस २० कार्तिक २०७४ शम्भु श्रेष्ठ । नेपालको राजनीतिमा ढिलै भए पनि विचार मिल्ने वामपन्थीहरुबीच चुनावी गठबन्धन बनेको छ । विचार मिल्नेहरुबीचको गठबन्धन स्वभाविकै भए पनि विचार नमिल्नेबीच कांग्रेसले जुन लोकतान्त्रिक गठबन्धन बनाएको छ, त्यो अन्ततः कांग्रेसकै लागि मात्र नभएर देशकै लागि दुर्भाग्य बन्न सक्छ । राजतन्त्र पुनस्र्थापनाको मुद्दा बोकेको राप्रपालाई लोकतान्त्रिक गठबन्धनमा ल्याएको कांग्रेसले कि त राजतन्त्र स्वीकारेर वीपीको राष्ट्रिय मेलमिलापको बाटोमा जानु प¥यो । कि त गणतन्त्रको… विस्तृत समाचार प्रचण्डको मुड १३ कार्तिक २०७४ शम्भु श्रेष्ठ । नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलले नेपालको राजनीतिमा तरंग ल्याएको छ । यस गठबन्धनले अब हुने केन्द्र र प्रदेशको चुनावमा कस्तो परिणाम आउँछ र त्यसपछिको सहकार्य कसरी अगाडि बढ्छ भन्ने कुरा नहेरी अहिले नै यो तालमेलबाट मात्तिने र आत्तिने कुरा आउँदैन । किनभने अहिले पनि प्रचण्डमाथि धेरैले शंकाको दृष्टिले हेर्ने गरेका छन् । आफूलाई जता फाइदा हुन्छ उतै हुत्तिने प्रचण्ड प्रवृत्ति निर्वाचन… विस्तृत समाचार ​वाम ए–कता ? ३० आश्विन २०७४ शम्भु श्रेष्ठ । एमाले–माओवादी एकताले राष्ट्रिय राजनीतिमा मात्र होइन, नेपालको राजनीतिमा गहिरो चासो राख्ने अन्तराष्ट्रमा समेत तरंग ल्याएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम तालमेल गरेर अन्ततः विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता प्रयास गर्ने यसको उद्देश्य हो भनिएको छ । नेपाली जनताहरु ०४८ सालदेखि नै एक वाम एक ठाम चाहन्थे । तर, विभिन्न वाम घटकको आ–आफ्नै स्वार्थ र विदेशी चलखेलका कारण नेपाली जनताका चाहाना… विस्तृत समाचार ​उदाहरणीय देउवा ९ आश्विन २०७४ शम्भु श्रेष्ठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान विश्वकै लागि उदाहरणीय भएको कुरा संयुक्त राष्ट्रसंघको महासभालाई जानकारी दिए । हुन त २०४७ सालको संविधानलाई पनि हामीले विश्वकै उत्कृष्ट संविधान नभनेका होइनौं । कुनै पनि संविधान आपैmँमा खराब हुँदैन । त्यो संविधानको पालना कसरी गरिएको हुन्छ भन्ने कुराले धेरै अर्थ राख्छ । २०४७ सालको संविधान उत्कृष्ट हुँदाहुँदै पनि तत्कालीन कांग्रेस सरकारको कुशासनका कारण माओवादी जन्मियो र… विस्तृत समाचार शम्भु श्रेष्ठ । चौथो पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको सरकारले सय दिन पूरा गरेको छ । यो सय दिनभित्र देउवाले जनताका लागि खासै केही काम गर्न नसके पनि सय दिन पूरा भएकोमा यसैलाई ठूलो उपलब्धि मानेको छ । वास्तवमा देउवाको सरकार देश र जनताका लागि केही गर्न होइन, भारतको इशारामा संविधान संशोधन गर्न बनेको सरकार हो । तर, ऊ यस पटक संविधान संशोधन गर्न असफल… विस्तृत समाचार ​विपीकै अपमान २७ भाद्र २०७४ शम्भु श्रेष्ठ । राजनीतिलाई विकृति र विसंगतिबाट जोगाउन सकिएन भने लोकतन्त्र कुरुप हुँदै जान्छ । त्यस्तो अवस्थामा जनता चरम निराशामा पुग्छन् र आन्दोलित बन्छन् । नेपालको राजनीति हरेक दश दश वर्षमा परिवर्तन हुनुको मुख्य कारण पनि यही नै हो । हरेक राजनीतिक परिवर्तनमा जनताको सहभागिता हुने गरेको छ । त्यसको अर्थ जनताले राजनीतिक परिवर्तनबाट सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको अपेक्षा गरेका हुन्छन् । राजनीतिक परिवर्तनपछि… विस्तृत समाचार ​मृत्युदण्ड ! १९ भाद्र २०७४ शम्भु श्रेष्ठ । जुन देशको संसदमा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन, लागूऔषध बिक्री, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगलगायतका कसुरमा जन्मकैद वा २० वर्ष कैद सजाय पाएका अपराधीलाई पनि निर्वाचन लड्न दिनुपर्छ भनेर बहस चल्छ, त्यो देशका सांसदबाट जनताले के आशा राख्ने ? संसदमा अहिले यो छलफलको विषय बनेको छ । यसै घटनाबाट थाहा हुन्छ हाम्रा मन्त्री, सांसद कति भ्रष्ट र अपराधिक मनोवृत्तिका छन् भन्ने कुरा ।… विस्तृत समाचार ​न्यायालयमा नैतिकता १२ भाद्र २०७४ शम्भु श्रेष्ठ । – भदौ ४ गते आइतबार विशेष अदालतका न्यायाधीश पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले सम्पत्ति शुद्धीकरणको मुद्दामा दीपक मनांगेलाई सफाई दिइएको खबर प्रकाशित भयो । मनांगेविरुद्ध २०७० जेठ ५ गते १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबरको अवैद्य सम्पत्ति राखेकोे आरोप थियो । – सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई बिना धरौटी रिहा गर्ने आदेश दियो ।… विस्तृत समाचार
2018/06/21 12:14:08
http://drishtinews.com/content/category/watchdog/30
mC4
काठमाडौँ, २१ मंसिर - दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)राष्ट्रको निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च (फेम्बोसा)ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक रुपमा अभिलेख कायम राख्न सफल भएको जनाएको छ । फेम्बोसाका तर्फबाट निर्वाचनको पर्यवेक्षण गर्न अफगानिस्तानका अहमद मुर्ताज, बंगलादेशका महबुब रहिम, भुटानका दासो युगेन छेवाङ, भारतका अजय नायक र डा एसवाई कुरेसी, पाकिस्तानका मोहम्मद युसुफ खान, माल्दिभ्सका अहमेद सुलेमानलगायत आउनुभएको थियो । सो अवसरमा निर्वाचन आयुक्त डा इला शर्माले फेम्बोसाका तर्फबाट नेपालको निर्वाचनको पर्यवेक्षण भएकामा प्रशंसा व्यक्त गर्दै पर्यवेक्षकबाट प्राप्त सुझाव र अनुभवलाई आयोगले ग्रहण गर्ने बताउनुभयो । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, आयुक्त नरेन्द्र दाहाल, ईश्वरी पौडेल र सुधीरकुमार शाह तथा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पनि सहभागी हुनुहुन्थ्यो । रासस
2017/12/12 00:58:44
http://lokaantar.com/news/29262/
mC4
पहिरोपीडितलाई नयाँ घर- कर्णाली - कान्तिपुर समाचार पहिरोपीडितलाई नयाँ घर भाद्र ३०, २०७८ तुलाराम पाण्डे कालीकोट — नरहरिनाथ–४ सुगरखाल बस्ती अहिले गुल्जार छ । गत वर्षसम्म सुनसान हुने डाँडामा चहलपहल बढ्दै गएको छ । डाँडामा लहरै निर्माण भएका नयाँ घरले नरहरिनाथ–७ बागा र ४ नम्बर वडाको रुप्साका बासिन्दाको खुसी फर्काएको हो । एक वर्षअघिसम्म खाली डाँडो मात्र रहेको सुगरखालको नाम पनि अचेल फेरिएर सुन्दरखाल बनेको छ । '७ जनाको परिवार गुमाएपछि संसारै अँध्यारो लागेको थियो,' गत वर्ष साउन १३ गते रातिको पहिरोले बुबाआमासहित परिवारका अन्य सदस्य गुमाएका नरहरिनाथ–७ बागाका पदमबहादुर बुढाले भने 'नयाँ बस्ती बनेपछि खोसिएको खुसी फर्कियो ।' एक वर्ष निकै सास्ती पाए पनि नयाँ घर बनेपछि अरू पीडा बिर्सिएर नयाँ दैनिकी सुरु गर्न थालिएको उनले बताए । गत वर्षको पहिरोमा परी नरहरिनाथमा २३ जनाले ज्यान गुमाएका थिए । पहिरोले घर बगाएका पदमसहितका ५० पीडितको नरहरिनाथ गाउँपालिकाको पहलमा कर्णाली प्रदेश सरकारले सुगरखालडाँडामा नयाँ घर बनाइदिएको छ । पहिरोले घर गुमाएका ६० वर्षीय नरबहादुर बुढाले नयाँ घर बनेपछि पीडा भुल्न थालिएको बताए । 'पहिरोले सबै बगायो,' उनले भने, 'घर बनेपछि ओत लाग्ने ठाउँ पाएका छौं ।' उनले ४ जनाको परिवार एक वर्षदेखि कहिले छिमेकीको गोठमा त कहिले खुला ठाउँमा पाल टाँगेर कष्टकर रूपमा बसेको बताए । कर्णाली प्रदेश सरकारको १ करोड ७० लाख रुपैयाँ बजेटबाट ५० घर बनेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनका अनुसार प्रतिघर निर्माणमा प्रदेशको ३ लाख ३५ हजार रुपैयाँ पीडितले अनुदान पाएका छन् । अन्य रकम श्रमदान गरेर पीडितले आफैं घर बनाएको उनले जानकारी दिए । गाउँपालिकाले खानेपानी, विद्यालयलगायतमा सहयोग गरेको उनको भनाइ छ । पहिरोले भत्किएर विस्थापित बनेको दीपेन्द्र आधारभूत विद्यालय पनि बस्तीसँगै डाँडामा सरेको छ । स्तरोन्नति गरेर माध्यमिक बनाइएको विद्यालयमा ३ सय ६ बालबालिका अध्ययनरत छन् । ११ शिक्षक र कर्मचारी पनि सुगरखालमा सरेको विद्यालय व्यवस्थापन समितिका समिति अध्यक्ष ज्ञानबहादुर सहकारीले बताए । उनका अनुसार विद्यालयमा पक्की भवन निर्माणका लागि पहल भइरहेको छ । नरहरिनाथको माल्कोट, रुप्सालगायतका पहिरो पीडितका लागि एकीकृत बस्ती बनाउन थालिएको सुगरखालको डाँडामा पुग्न सडकलगायतका पूर्वाधार नहुँदा भने समस्या छ । नयाँ बस्ती गाउँबाट टाढा भएकाले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु पुर्‍याउन कठिन भएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । ५१ बस्ती जोखिममा पहिरोले कालीकोटका ९ वटै स्थानीय तहका ५१ वटा बस्ती जोखिममा छन् । सबैभन्दा बढी नरहरिनाथका १३ बस्तीका ५ सय बढी घर पहिरोको जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार रास्कोटका ११, सान्नीत्रिवेणीका ७, खाडाचक्रका ७, शुभकालिकाका ३, महाबैका ५, पचालझरना र पलाताका ३/३ वटा बस्ती पहिरोको उच्च जोखिममा परेका हुन् । कम जोखिममा भएको तिलागुफा नगरपालिकाका पनि टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायतका बस्ती पहिरोको जोखिममा रहेको नगरप्रमुख रतनबहादुर शाहीले बताए । ती बस्तीका मानिस बेलुकी पानी परेको बेला घरमा बस्न सक्ने अवस्था छैन । कतिपय पाल टाँगेर बस्ने गरेका छन् भने कतिपय आफन्तको घरमा सुत्न जाने गर्छन् । वर्षामा पहिरोको जोखिम उच्च भए पनि कालीकोटमा यसअघि वर्षमा ८/१० जनाले ज्यान गुमाउने तथ्यांक भए पनि यस वर्ष हालसम्मकै बढी क्षति भएको जिल्ला प्रशासनले जनाएको छ । पहिरोले घर, खेत, खानेपानी, सिँचाइ, बाटोघाटोलगायत संरचनामा ठूलो क्षति पुर्‍याएको छ । यस वर्ष कालीकोटमा घर भत्किएका करिब ६ हजार जनाले निवेदन दिएको रेडक्रस सभापति बलप्रसाद संज्यालले बताए । 'पहिरोले घर र गोठ भत्कायो भनेर निवेदन दिनहुँ आउने गरेका छन्,' उनले भने, 'तर सबैलाई त्रिपाल पनि दिन सकिने अवस्था छैन ।' १५ करोडको क्षति गत वर्षको पहिरोले कालीकोटका ९ वटै स्थानीय तहमा गरी १५ करोडको सम्पत्ति क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणीमा मात्र १२ करोड रुपैयाँको सम्पत्तिको क्षति भएको छ भने अन्य पालिकामा ३ करोड रुपैयाँको क्षति भएको हो । कालीकोटका ९ वटै पालिकाकामा ३ सय ५८ घर पूरै भत्किएका छन् । ५ सय ९५ परिवारका २ हजार ५ सय ७८ जना विस्थापित भएर कष्टपूर्ण रूपले आफन्तको गोठ, विद्यालय र सार्वजनिक ठाउँमा बसिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार स्थानीय तहबाट क्षति भएका घरको वास्तविक तथ्यांक नआएकाले पहिरो पीडित सबै व्यक्तिको घर बन्न नसकेको हो । पहिरोले सबैभन्दा बढी नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणी प्रभावित भएको उनले जानकारी दिए ।
2022/01/21 10:34:09
https://ekantipur.com/pradesh-6/2021/09/15/163167418969128137.html?author=1
mC4
जाँड खानकै लागि यसरी तँछाडमछाड गर्दै नेवारी महिला (फोटोफिचर) - Everest Dainik - News from Nepal जाँड खानकै लागि यसरी तँछाडमछाड गर्दै नेवारी महिला (फोटोफिचर) काठमाडौँ असोज ११ । बुधबार राति बसन्तपुरमा इन्द्रजात्राको छैठौं दिन श्वेत भैरवको मुखमा राखिएको पाइपबाट बगेको जाँड खान प्रसादको रुपमा जाँड महिलाहरुले मात्र ग्रहण गरेका छन् । बुधबार राति महिलाहरुले मात्रै ग्रहण गर्ने चलन भएको अनुसार महिलाहरु तँछाडमछाड गरेका हुन् । इन्द्र जात्राको छैटौँ दिन भैरवको पछाडि 'तेप' भन्ने ध्याम्पोमा राखिएको जाँड पाइपबाट मुखमा ल्याइएको हुन्छ । याे पनि पढ्नुस विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना ८ दिनसम्म मनाइने यो जात्रामा हनुमानढोकामा रहेको श्वेत भैरवको विशाल मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसादको रुपमा जाँड बगाइन्छ । यही जाँडलाई प्रसादका रुपमा खाने प्रचलन रहेको छ । यो प्रसाद खाएमा निरोगी हुने विश्वास छ। पहिले यो जाँड पुरुषहरुले मात्रै खाने प्रचलन थियो। पाँच वर्ष अधिबाट महिलालाई पनि एक दिन विशेष दिका रुपमा छुट्टाएर खुवाउने प्रचलन सुरु गरिएको हो। पाँच वर्षअघि 'श्री श्वेत भैरव हाथा हायकेगु व्यवस्थापन समिति' ले यो परम्परा सुरु गरेको हो । याे पनि पढ्नुस एेतिहासिक दरबार भत्काउन गिरोह सक्रिय समितिकी सचिव ज्योत्सना सिन्दुराकारले महिला र पुरुषलाई समान व्यवहार गर्नका लागि यस्तो परम्परा सुरु गरेको बताइन् ।
2020/07/11 02:39:06
https://everestdainik.com/2018/09/211706/
mC4
डियर कमरेड ! छैन अस्पताल, अस्पताल जस्तो - A complete Nepali news portal based on news & views डियर कमरेड ! छैन अस्पताल, अस्पताल जस्तो - सचिन्द्र श्रेष्ठ १८ बैशाख २०७९, आईतवार १२:३९ May 10, 2022 Nonstop Khabar "डियर कमरेड! छैन अस्पताल, अस्पताल जस्तो " डियर कमरेड शंकर !शुभकामना तथा बधाई,थोरै समयमा यस्तो जिम्मेवारी हजुरको काँधमा आएको छ यसलाई अवसर र चुनौती दुबै ठाननु होला किन की जहाँ हजुर हुनुहुन्छ त्यों अत्यन्त सम्बेदंनसिल निकाय भन्न म रुचाउँछु र यसलाई त्यही नजरले हेर्नु हुन अनुरोध पनि छ।यहाँ पहिले देखि नै यो भयो त्यों भयो किन भएन कहिले हुन्छ फलनाको पालामा यस्तो थियो अहिले यस्तो भनेर भन्ने र कुरा काटने छुट्टै जमात र समस्याका चांङ नै छ भनेर भन्दा फरक नपर्ला। अब लागौ कुरोको जुरो तिर नेपाल सरकारले स्वास्थ्य सेवा लिने प्रवृतिमा बढोत्तरी गरी रहे पनि अर्कातिर जन अपेक्षा अनुरुप सरकारले स्वास्थ्य उपचार सेवा दिन नसकेको भनेर बेला बेलामा समाचार सुन्न र हेर्न पाइएको छ। जनताले निजी स्वास्थ्य संस्था मार्फत महंगोमा सेवा लिई रहेका छन भने अर्का तिर सरकारी अस्पताल मार्फत सेवाको विस्तार सान्दर्भिक रुपमा सहज सरल र प्रभावकारी हुन सकिरहेको छैन यसलाई बिशेष ध्यान दिनु होला । अस्पताल जस्तो सम्बेदंनसिल निकायलाई पनि राजनीती सँग जोडेर फरक नपारी यसको थप बिकास सेवा सुबिधामा टेवा पुग्ने खालका कार्यक्रम होस् या प्रबधन गर्ने ,ब्यस्थापन दिगो गर्नेमा महत्व दिनु होला। यस्तो निकायलाई राजनीती गर्ने,भवन मात्र बनाउने,कमिसन घुस खोरी खानेलाई बन्धेज गरी बृद्ध, सुत्केरी,बाल बालिकाका सेवा सुबिधालाई ध्यान दिनु होला। एउटा भनाई छ 'Right person on right post on right time' भन्ने उक्तिलाई शिरोपर गरी तपाईको कार्यकालमा शिलायन्स गर्ने,यति र उति शैय्याको बनाए,यो उपकरण राखे भनेर भाषण गर्दै मिडियामा चिच्याउदै हिड्नु भन्दा त्यस उपकरणलाई दिगोगर्ने ,मर्मत सम्भार गर्ने,सहज औषधि उपलब्ध गराउने,दक्ष चिकित्सकको दरबन्दी दिनेमा ध्यान दिनु होला। जनताले हजुरको पालामा यस्तो काम भयो भनेर आफै भन्दै हिड्ने बातावरण तयार पार्नु होला।कर्मचारी ब्यस्थापन,सरकारले दिने सम्पुर्ण औषधि उपलब्ध गराउने,एम्बुलेंसको २४/७ उपलब्ध गराउने साथै अहिले जिल्लामा धेरै पर्यटक आउने बातावरण भएका कारण दुर्घटनाका जोखिम न्यूनि कारण गर्न र आकस्मिक उपचारका लागी ट्रमा सेन्टर बनाउने लक्ष्य राख्नु होला। हाल कुस्मा पर्यटकको हब बनिरहेको अवस्था र धौलागिरीको मूल द्वार कुस्मा रहेको हुदा दुर्घटनाको जोखिम कम गर्न बिभिन्न निकाय सँग समन्वय गरी ट्रमा सेन्टरका लागि पहल गर्नु हुन अनुरोध छ। निजी अस्पातल महँगो साथै ख़र्चीलोलाई ध्यान राखी सस्तोमा उपचार,आकस्मिक सेवा २४/७ ,अनुगमन जाँच सधै गर्नु होला। उपकरण छ, चलाउने जनशक्ति नहुनु,कर्मचारी दिगो नरहनु, उपकारण अनुसारका सेवा नदिने वा छैन भनेर फर्काउने,धेरै समय कुराउने र अन्त्यमा डाक्टर भएन,उपकरणले काम गरेन,बिधुत पानीको अभाव देखाएर झारा टार्ने कामलाई निरीक्षण गर्ने र कर्मचारीको लापरबाहीलाई टेवा दिने नगर्नु होला। सहीलाई सही र गलतलाई गलत भन्ने परिपाटीको बिकास गराउने तपाई यो अस्पतालमा नजिकका मात्र सेवा ग्राही नभई टाढा टाढाका गरीब निमुखा पनि छन है भन्ने खालको चेतना राख्नु होला। उपचार गराउन आउने बिरामी अनपढ़ ,अबूझ र धेरै टाढा देखि पनि आउने हुन सक्छन् त्यसलाई सामान्य ठान्ने र २४/७ हेल्प डेस्क जस्तो ब्यबस्था गराउनु होला। अहिले कोरोनाका चरम समयमा चिकित्सक ,बिरामी को मनोबल बढाउने खालका काम र चेतना अभिबृदि कार्यकम गाउ गाउँमा गराउनु होला। हजुर राजनितिक दलको ब्यक्ति नठानी राजनतिक भाषण भन्दा बिरामीको सेवा र फाइदा दिने जन चेतना मूलक भाषण दिनु होला। बेला बेला सुनिने समयमै उपचार नहुने,लामो पालो पर्खनु पर्ने , एक्सरे मेसिन छ तर चलेन भन्ने उत्तर दिने,सिटामल र कंडोम भन्दा केहि नपाइने जस्ता समस्या आई रहेका छन यसलाई तुरुन्त हेर्नु होला।पदको उचित सम्मान र अस्पताल छिर्ने बितिकै मुस्कान सहितको उपचार र सरसफाईलाई ध्यान दिनु किनकी कति रोग अस्पताल छिर्ने बितिकै र चिकित्सकको उपचार गर्ने बिधिले पनि धेरै दर्शाउने गर्दछ। नया समस्याहरूको पहिचान गरी अस्पताल,कर्मचारी,सेवाग्रहि ले बेहोरिरहेका सबैखाले समस्याहरूबारे एकिन गर्ने र समाधानका उपाय खोज्ने बिमर्स गर्ने।नया नया प्रबिधि भित्राउने ,कसरी हुन्छ समय मै उपचार गरेर घर फ़र्क़न सकुन भन्ने मनसाय बनाउने। निकट भविष्यमा अस्पताल सुधारमा कस्ता योजना बनाउदा ठीक, भौतिक पूर्वाधार,कार्य संचालन पूँजी,ब्यस्थापन र जनशक्ति कसरी मिलाउने जस्ता गहन बिषयमा छलफल गरी कार्यान्वयन गर्न कहाँ कसरी हुन्छ पहल गर्ने। कर्मचारीको बेला बखत चेक जाच गर्ने र चिकित्सकलाई आफ्नो काम नभई सेवा र धर्म हो भन्ने अनुभूति देखाउने ।ब्लड बैंक,प्रसूति सेवा,ट्रमा सेन्टर जस्ता अति आवश्यक के छ त्यसलाई बर्गिकरण गरी प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउने त्यसैले कामरेड अस्पताललाई अस्पताल जस्तो बनाउन हजुरको नेतृत्वमा बिशेष ध्यान जाने छ भन्नेमा आशावादी र बिस्वस्त छौ।
2022/05/21 21:45:37
https://nonstopkhabar.com/archives/72151
mC4
अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी | हिमालयन ट्रिबुन २०७८ जेष्ठ २८, शुक्रबार २१:१३ HT २०७८ जेष्ठ २८, शुक्रबार २१:१३ अमेरिकामा कोरोनाबाट औसतमा सङक्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्यु दर २२ प्रतिशतले घटेको छ । अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको छ । हालसम्म कूल पाँच लाख ९८ हजार ७ सय ७० जनाको निधन भएको छ । न्यूयोर्क टाइम्स तथा सिडीसीद्वारा निकालेको तथ्याङ्क अनुसार बिहीबार २४ घण्टाको अन्तरालमा १३ हजार ४०९ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ३८७ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म दुई करोड ८२ लाख ७८ हजार ३९४ जना सङ्क्रमणपछि निको भएका छन्भने कूल पाँच लाख ९८ हजार ७७० जनाको निधन भएको छ । शुक्रबारको तथ्याङ्क अनुसार अमेरिकामा अहिले २१ हजार २२२ जना अस्पतालमा कोरोना सङ्क्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या पछिल्लो १५ दिनमा २३ प्रतिशतले घटेको छ । यहाँ हालसम्म ३० करोड ५६ लाख ८७ हजार ६१८ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् । विश्वको पहिलो अर्थतन्त्रका रूपमा चिनिने अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४२.६ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ५१.९ प्रतिशत पुगेको छ । विश्वमा कोभिडबाट सन् २०२० मा भन्दा यसवर्ष धेरैको मृत्यु Spread the loveसन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ ।सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो । तर गत वर्षको भन्दा पनि यस […]
2021/06/15 07:19:00
https://nepali.himalayantribune.com/2021/06/11/%E0%A4%85%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%9B%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A5%A7%E0%A5%AB-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8/
mC4
डा. शिबमाया तुम्बाहाङ्फे नै सभामुख – Life Nepali डा. शिबमाया तुम्बाहाङ्फे नै सभामुख काठमाडाैं। संघीय संसदका सांसदले उपसभामुख डा. शिबमाया तुम्बाहाङ्फे नै सभामुख हुनुपर्ने धारणा राखेका छन् । आइतबार काठमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा वर्तमान उपसभामुख डा. तुम्बाहाङ्फेलाई सभामुख नबनाउने हो भने नेपाली महिलाहरूले एकपटक आन्दो लनका लागि तयार रहनुपर्ने उनीहरुले बताएका हुन्। कार्यक्रममा सांसद बिन्दा पाण्डेले सभामुखको अनुपस्थितीमा कुशलतापूर्वक संसद सञ्चालन गर्ने उपसभामुख सबै पक्षबाट सभामुख हुन योग्य व्यक्ति भएको दाबी गरिन् । पाण्डेले महिला भएकै कारणबाहेक उनलाई सभामुख बनाउन नहुने अरु कुनै चित्त बुझ्दो कारण नरहेको बताईन् । सांसद निरुदेवी पालले औपचारिक शिक्षामा विद्यावारिधी हाँसिल गरेको, कानूनको विद्यार्थी र चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय व्यक्तिलाई सभामुख बनाउन पार्टीले आनाकानी गर्नू दुःख द् भएको बताईन् । पालले महिला भएका कारण नभइ, सभामुख हुन योग्य मान्छे भएका कारण पनि डा. तुम्बाहाङ्फेलाई बनाउनुपर्ने धारणा राखिन्। नेपाली राजनीतिमा लिं गको भन्दा लैंगिकताको विषय समस्याको रुपमा रहेकाले समानता कायम गर्न खोज्दा पितृसत्तात्मक सोच हाबी हुने गरेको सांसद निरा जैरुको भनाइ थियो ।
2021/06/22 20:52:15
https://lifenepali.com/5097/
mC4
म्यान्चेस्टर सिटी इङ्लिस प्रियिमर लिग फुटबलको शीर्ष स्थानमा | Matrisandesh गए राति भएको खेलमा म्यान सिटीले लेस्टरलाई १–० ले पराजित गर्‍यो । कठिन खेलमा म्यान्चेस्टर सिटीका लागि बेल्जियन डिफेन्डर भिन्सेन्ट कोम्पानीले निर्णायक गोल गरे । सिटीको यो जितसँगै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो सिजनको अन्तिम खेलपछि हुने पक्का भएको छ । प्रिमियर लिग फुटबलमा अब एक चरणका खेल मात्रै बाँकी छन् । ३७ खेलको समाप्तिसम्म ९५ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ९४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । अन्तिम खेलमा म्यान सिटीले ब्राईटनसँग खेल्दा लिभरपुलको भिडन्त वुल्भरह्याम्प्टन वान्डरर्ससँग हुनेछ । आइतबार हुने यो खेल सिटीले जितेको खण्डमा उसले लिगको उपाधि रक्षा गर्नेछ । सिटी पराजित वा बराबरी भएको अवस्थामा भने लिरभपुलले आफ्नो खेल जित्दै उपाधि चुम्ने अवसर पाउने छ ।
2020/02/20 21:08:56
https://matrisandesh.com/archives/28729.html
mC4
झण्डै एक दशकदेखि बन्द रहेको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको विमानस्थल सञ्चालनमा आउने - Radio Tribeni FM झण्डै एक दशकदेखि बन्द रहेको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको विमानस्थल सञ्चालनमा आउने खेम बम फागुन ,१२ झण्डै एक दशकदेखि बन्द सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको विमानस्थल सञ्चालनमा आउने भएको छ । डोटी उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन २१ गतेदेखि ३० गतेसम्म सञ्चालन हुन गईरहेको सुदूरपश्चिम क्षेत्रीय महोत्सव २०७२ को अवसर पारेर तत्कालका लागि दुई दिन यति एअरलाईन्सले उडान भर्ने जनाइएको छ । महोत्सवको उद्घाटनका लागि उद्योगमन्त्री सोमप्रसाद पाण्डे दिपायल आउने भएपछि विमानस्थल सञ्चालनमा ल्याउने तयारी भईरहेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए । बुधबार बिहान नेपाली सेना, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, व्यापारी, पत्रकार र स्थानीयबासीहरुको सहयोगमा विमानस्थलमा सरसफाई गर्ने तयारी पनि भईरहेको होटल ब्यबसायि संघ डोटिका अध्यक्ष दिपक बहादुर खड्काले बताउनु भएको छ । वि।सं। २०६२÷६३ देखि बन्द रहेको विमानस्थलमा सञ्चालनमा आउन लागेकोमा स्थानीयबासिन्दा निकै हर्षित भएका छन् । वि।सं। २०२६ सालमा स्थापना भएको दिपायल विमानस्थल बन्द भए यता विगतमा २०६८ फाल्गुन १७ गते डोटी महोत्सवको उद्घाटनमा आएका तत्कालिन पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले एक हप्तामै दिपायलसँगै सुदूरपश्चिमका सबै विमानस्थल सूचारु हुने बताएका थिए । त्यसपछि २०६८ चैत्र २६ मा पार्टीको कार्यक्रमलाई संवोधन गर्न दिपायल पुगेका एकिकृत माओवादी अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' ले पनि त्यस्तै आश्वासन दिए । त्यसपश्चात वि।सं। २०७२ असोज ११ गते वर्तमान व्यवस्थापिका सांसद एवं नेकपा एमाले डोटीका ईन्चार्ज प्रेम बहादुर आलेमगर र नागरिक उड्डयन प्राधिकरणका सिनियर इन्जिनियर बालकृष्ण रेग्मीले दिपायल विमानस्थलमै पुगेर २०७२ सालको तिहार अगावै परिक्षण उडान भर्ने आश्वासन दिएका थिए । तर अब यी सबै कार्य केही दिनमै सुरु हुने समेत आलेमगरले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै माननिय सांसद मगरले कम्तिमा हप्ताको एक दिन मात्रै अहिले उडान भर्ने हो भने पनि यस क्षेत्रका जनतालाई ठुलो राहात बताउनु भएको छ । हिजो त्रिवेणी एफ.एम.को छैटौं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । दिपायल एयरपोर्टलाई संचालनमा ल्याउन आफुले धेरै कसरत गरिरहेको र त्यो कार्य छिट्टै पुरा हुने उहाँको भनाई रहेको छ । नेपालकै सबैभन्दा कम चार सय ५० मिटर लम्बाई भएको दिपायल बिमानस्थललाई ५ सय मिटरसम्म लम्बाई बढाउन पहल समेत भईरहेको छ । विमानस्थल सुधारका लागि ढाई करोड बजेट आफ्नो पहलबाट विनियोजन भईसकेको सांसद आलेमगरको दावी छ । यसैबिच 'कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधार, सुदूरपश्चिम विकासको मूल आधार' भन्ने मूल नाराकासाथ आयोजना हुने महोत्सवका लागि तयारी तिव्र पारिएको डोटी उद्योग वाणिज्य संघले जनाएको छ । सुदूरपश्चिमका पर्यटकीय क्षेत्र खप्तड, पर्यटनको पर्खाईमा रहेको सेती नदी, शुद्ध, बुढीगंगा, शैलेश्वरी, उग्रतारा, बडिमालिका, त्रिपुरा शुन्दरी, बैजनाथ, शुक्लाफाँटा, रामारोशन, घोडाघोडी ताल, अमरगढी किल्ला, बड्डाकेदार, अश्द्वाला, अपि–सैपाल हिमाल लगाएत थुपै्र स्थानहरुको प्रचार–प्रसार गरि पर्यटकहरु भित्र्याउन सके सुपको विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । स्थानीय डेउडा, भुवाँ, धमारी, चैत, फाग, गौरा, ठाडी भाका, न्याउले, पुतला, हुड्केउली, पञ्चेबाजा, कृषितर्फ जोरायलको बासमती, सायलको आलु, बोगटानको अदुवा, विभिन्न क्षेत्रमा पाईने सुन्तला, बेसार, तरकारी, खप्तडको देउल निगालो ९लोक्ता० नेपाली कागज आदिको प्रदर्शनी, स्थानीय खाद्यान्न परिकारहरु, सेती नदिमा ¥याफ्टिङ्ग र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका सांगितिक प्रस्तुतीहरु महोत्सवका आकर्षणहरु रहने बताईएको छ । त्यस्तै सुदूरपश्चिमका विभिन्न पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानका पोस्टरहरु प्रदर्शनी, फुड फेस्टिभल, हस्तकला प्रदर्शनी लगाएतका कार्यक्रमहरु पनि रहेको जनाईएको छ । महोत्सवलाई व्यवस्थित गर्न विभिन्न उप–समितिहरु गठन गरिएको र अन्य सम्पूर्ण महानुभावहरुले भूमिका खेलिदिन आयोक सँस्थाले सबैमा विशेष आग्रह गरेको छ । झण्डै ५० लाखको खर्च अनुमान गरिएको महोत्सवमा २ लाख बढी दर्शकहरुले अवलोकन गर्ने र दश दिने अवधीमा झण्डै ३ करोडको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ ।
2019/04/24 04:34:32
http://tribenifm.com/newsdetail.php?val=1897
mC4
मुख्य पृष्ठकला मनोरञ्जन फिल्मी'कृष्णलीला'को छायांकन सुरु विराटनगर, १५ मंसिर । दीपक ओली निर्देशित फिल्म 'कृष्णलीला'को हाल इलामका विभिन्न रमणीय स्थलमा छायांकन भइरहेको छ । पुष्प खड्का र श्रद्धा श्रेत्री स्टारर फिल्म 'कृष्ण–लीला' को गत शुक्रबारबाट छायांकन सुरु भएको हो । सामाजिक सञ्जालमार्फत् छायांकनका केही दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेका छन् । हाल फिल्मको पहिलो रोमान्टिक गीतको छायांकन भइरहेको छ । 'कुनै दिन यस्तो पनि जिन्दगानी' बोलको गीतमा अन्जु पन्त र सुगम पोखरेलको आवाज रहेको छ । सो गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म 'कृष्णलीला'मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । पूर्वी नेपालको झापाबाट सुटिङ थालिएको फिल्मको युनिट हाल इलामको पानीटार पुगेका छन् । त्यहाँ गीतको छायांकन सम्पन्न गरी फिल्मको बाँकी दृश्य खिच्न थालिने निर्माण टिमले जनाएको छ । फिल्मलाई प्रकाश कार्की र केवल तामाङले निर्माण गर्दै छन् ।
2021/01/27 23:26:53
https://www.koshionline.com/2020/11/30/239535.html
mC4
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट 'चू याँ' नामक चिनियाँ सांस्कृतिक नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको छ । प्रसिद्ध चिनियाँ संस्कृतिकर्मी एवं तत्कालीन चीन सरकारका मन्त्री को–मो–जोद्वारा लिखित 'चू याँ' गायक पृथ्वी खनालको नयाँ गीत 'मलमल कुर्तावाली' सार्वजनिक भएको छ । कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश बालगायक प्रिन्स सिलवालको नयाँ गीत 'सडक बत्ती हेरिहेरी पाइला उचालौँ' को आज काठमाडौँका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ । ट्राफिक सचेतनाको विषयमा केन्द्रित उहाँको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौँको ​काठमाण्डौं । गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछाने अध्यक्ष रहेको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य र पद्मश्री साधना सम्मान बिबादमा परेको छ । प्रतिष्ठानले 'नेपाल इन लकडाउन' फोटो प्रतियोगिता गर्ने भएको छ । कोभिड–१९ सँगै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अवधिमा खिचिएका तस्वीरलाई समेटेर प्रतियोतिताको आयोजना गरिएको हो । आँचलले सम्झिइन् पलसँगका पुराना दिन ​म्यूजिक भिडियोको दुनियाँमा आँचल शर्माभन्दा अगाडि पल शाहले आफ्नो उपस्थिति जनाए पनि फिल्म करिअर भने उनीहरुले एकसाथ सुरु गरेका थिए । विकासराज आचार्य निर्देशित फिल्म 'नाईं नभन्नू ल ४' बाट "बरु बनकाे बाघले खाओस मनकाे बाघले नखाओस ।" याे नेपाली उखानलाई 'ढाेका' फिल्ममा उतारिएकाे छ । विश्वमै महामारिकाे रुपमा फैलिएकाे काराेना भाईरस (काेभिड -१९) का कारण मानिसमा परेकाे मनाेसामाजिक समस्यालाई दश दिने 'विपश्यना' ध्यानमा रेखा सुदन गैह्रे र मेलिना राईको 'उडी जाने जेट' नयाँ कथा संग्रह 'याम्बुनेर' लिएर आइन् विना थिङ आर्थिक समस्याले कोरोनाभन्दा अगाडि नै मर्नेछौं : अर्पण संसारभर भयावह रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि नराम्रोसँग गाँजेको छ । यसको संक्रमण फैलिन नदिन सरकारले चैत पहिलो साताबाट पाँच महिना लामो लकडाउन गर्‍यो । आईतवार, बैशाख ८, २०७६ थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि राष्ट्रपति भण्डारीद्वारा १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा बिहान पुग्नुभइ जन्मदिनको शुभकामना व्यक्त
2021/05/15 14:26:53
https://www.sagarmathapost.com/category/2?page=2
mC4
Media Mission Nepal राखेप बोर्डमा छ जना मनोनीत - Media Mission Nepal Published On : 30 July, 2020 11:23 pm काठमाडौँ १५ साउन : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्डमा छ सदस्य मनोनीत गर्नुभएको छ । राखेपको उपाध्यक्ष र सदस्य सचिवलाई शपथ खुलाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी छ जनालाई बोर्ड सदस्यमा मनोनयन गर्नुभएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
2020/08/15 17:23:23
https://mediamissionnepal.com/sports/84769/
mC4
काष्ठमण्डप विमान दुर्घटनाका घाइतेहरुलाई क्षतिपूर्ति र उपचार खर्च दिइएन – Tourism News Portal of Nepal काष्ठमण्डप विमान दुर्घटनाका घाइतेहरुलाई क्षतिपूर्ति र उपचार खर्च दिइएन ४ साउन, जुम्ला । नेपालगञ्जदेखि जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना का घाइतेहरुले अहिलेसम्म क्षतिपूर्ति वा उपचार खर्च नपाएको गुनासो गरेका छन् ।गत वर्ष फागुनमा उक्त विमान दुर्घट्ना भएको थियो । विमा कम्पनी र काष्ठमण्डप एयर कम्पनीले वेवास्ता गरेको उनीहरुले बताएका छन् । घाइतेले दुर्घटनाको एक हप्तासम्म मिडियाबाजी र शुभकामना दिएपछि पछिल्लो समयमा बिर्सेको बताए । रिपोर्टर्स क्लब जुम्लाले गरेको साक्षात्कारमा उनीहरुले बिमा कम्पनीमा तकेता गर्दा काष्ठमण्डप एयर र काष्ठमण्डपलाई ताकेता गर्दा बिमा कम्पनीलाई देखाएर आलटाल गर्ने गरेको गुनासो गरेका हुन् । दुर्घटनाका घाइते मेगराज गिरीले उपचार खर्च पनि आफै बेहोर्नु परिरहेको गुनासो गरे । उनको पत्नी जगदम्बा खत्री र छोरा प्रनिल गिरी समेत दुर्घटनामा परेका थिए । 'अहिलेसम्म जुम्लामा आउँदा काष्ठमण्डपले २० हजार रुपैयाँ दिएको छ । अन्त कतैबाट पनि केही दिइएको छैन,' उनले भने, 'दुईचार दिन मिडियामा हल्ला भएपनि कतैबाट हेरिएको छैन । एयर काष्ठमण्डपले त झन् अलपत्र अवस्थामा छोडेको छ ।' उनको परिवारको उपचारमा चार लाखभन्दा बढी खर्च भइसकेको छ । अर्का घाइते लक्ष्मण खड्काले दुर्घटनामा परी दाँतको समस्य र अनुहारको हड्डी भाँच्चिएको र त्यसले अहिले पनि पिरोलीरहेको बताए । 'काष्ठमण्डपको नेपालगंज अफिस सम्पर्क विहिन बन्यो । ६८ दिन लखनऊ बसें । असार २१ गते बोलाएको थियो । प्रबन्ध निर्देशकले वकिलालाई जिम्मेवारी दिएको छ भने,' उनले गुनासो पोखे, 'वकिलले सुनुवाई गर्दैनन् ।' अर्का घाइते धनन्जय केसीले निजी अपतालमा उपचार गराउनु पर्दा निकै खर्च बेहोर्नु परेको गुनासो गरे । '३ लाख २५ हजार रुपैयाँ व्यक्तिगत खर्च भएको छ । रेखदेख र सोधपुछ पनि छैन । एयर कम्पनीबाट लाचार प्रकारको जवाफ दिए,' उनले भने, 'दुई महिनापछि आफ्नै खर्चमा जुम्ला आएँ । काष्ठमण्डपबाट विएण्डविमा उपचार गर्दा कति तिरियो जानकारी छैन । १५ दिन पहिले डाक्टरले बोलाएको थियो । पैसा नहँुुदा थन्किएको छु । कर्णालीका घाइते भनेर हेप्न मिल्दैन ।' गत वर्षको फागुन १४ गते काष्ठमण्डप एयरको जहाज कालिकोटको चिलखायमा दुर्घटना भएको थियो । जुम्लाका ९ जना सवार थिए । चालक दलको मृत्यु भएपनि यात्रुको भने सकुशल उद्धार भएको थियो ।
2021/12/04 11:44:40
https://www.ghumphir.com/2016/07/3555/
mC4
यी पाँच फाइदाको कारणल तपाईले हरेक दिन चिया पिउनुपर्दछ, मुटु, दाँत र हड्डीको लागि छ, लाभदायक – Etajakhabar यी पाँच फाइदाको कारणल तपाईले हरेक दिन चिया पिउनुपर्दछ, मुटु, दाँत र हड्डीको लागि छ, लाभदायक ताजा खबर:- वर्तमान समयमा चिया मानिसहरूको जीवनको अनिवार्य भाग बनिसकेको छ । अधिकांश मानिसहरूमा चिया पिउनुपर्ने एक नियमित बानीको रूपमा पर्दछ । प्रायजसो आमा-बुवाले आफ्ना बच्चालाई चिया पिउने बानी बसाल्न चाहदैनन् । उनीहरूलाई लाग्छ कि यो स्वास्थ्यका लागि सही हुँदैन तर यो कुरा पूर्ण रूपमा सही होइन । चिया पिउने एक मात्र होइन अनेकौँ फाइदा छन् । आज हामी यस्ता ५ चिया पिउनुको फाइदाको बारेमा चर्चा गर्दैछौँ, जसको कारणले तपाईले हरेक दिन चिया अवश्य पिउनुपर्दछ । क्यामोमाइल टी- क्यामोमाइल टी पिउँदा पेटको ग्याँसमा कमी आउँछ र डकार आउने समस्याबाट छुटकारा मिल्छ । यसको साथै पेट दुख्ने समस्याबाट पनि आराम मिल्छ । यसको लागि क्यामोमाइल चियालाई आरामसँग बिस्तारै पिउनुपर्दछ । अत्यधिक डकार आउने समस्या भएमा दिनमा दुई देखि तीन कप क्यामोमाइल टी पिउन सकिन्छ । पानीको कमी हुँदैन- चिया पिउँदा तपाई हाइड्रेटेड रहनुहुन्छ । चियाको साटो कफी पिउँदा पटक-पटक पिसाब लाग्ने समस्या हुन्छ । कफी शरीरमा बढी समय सम्म रहन सक्दैन र बाहिर निस्किन्छ । यस्तो अवस्थामा शरीरमा पानीको पूर्ति हुँदैन । दिनहुँ दिनमा ५-६ कप कफी पिउँदा शरीरमा पानीको कमी हुनसक्छ । दाँत बलियो हुन्छ- चिया फ्लोराइड र टेनिन नामक तत्वहरूबाट बनेको हुन्छ, जो दाँतलाई नोक्सान पुर्याउने कारकबाट रक्षा गर्न मद्दत गर्छ । बिना चीनीको चियाको सेवन दाँतको लागि बढी फाइदाजनक हुन्छ । मुटुको रोग देखि छुटकारा राख्नुहोस्- चिया हर्ट अट्याक र स्ट्रोकको खतरा कम गर्न मद्दतगार हुन्छ । चियाको सेवनले धमनी कोलेस्ट्रोलबाट मुक्त हुन्छ । दिनभरमा ६ कप देखि अधिक चिया पिउँदा मुटु रोग हुने खतरा एक तिहाई कम हुन्छ । हड्डीलाई बलियो राख्छ- एक अध्ययनमा भनिएको छ कि चियाको सेवन गर्दा हड्डीलाई बलियो राख्छ । अध्ययनमा १० वर्ष देखि चियाको सेवन गर्दै आएका मानिसहरूको तुलना ती मानिसहरूसँग गरियो जो मानिसहरूले कहिलै चिया पिउदैनन । यसको निष्कर्षको अनुसार कि चिया पिउँदा हड्डीको उमेर, व्यायाम, धुम्रपान र अन्य रिस्क फ्याक्टर भएता पनि निकै बलियो हुन्छ । फ्याट कम गर्छ- चिया पिउँदा शरीरको मेटाबोलिज्म बढ्छ । अधिकांश मानिसलाई चिन्ता हुन्छ कि व्यायाम गर्दा पनि उनीहरूको वजन घट्दैन । यस्ता मानिसले ग्रीन टी पिउनुपर्दछ । यसबाट उनीहरू मेटाबोलिज्म रेट बढ्नुको साथै उनीहरूमा ७०-८० क्यालोरीको कमी आउँछ ।
2018/04/24 18:20:53
http://www.etajakhabar.com/01/10/153251
mC4
दुलही 'कुमारी' हो कि होइन बिहे पछि थाहा पाइन्छ त ? ~ Khabardari.com दुलही 'कुमारी' हो कि होइन बिहे पछि थाहा पाइन्छ त ? 9:43 PM admin No comments धेरै मानिसलाई कौतुहल्ता भएको बिषय हुन सक्छ बिहे अघि भएको यौन सम्बन्ध बिहे पछि थाहा पाउछन् नि नाई भन्ने कुरा । महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुनत आफूले विवाह गर्न लागेकी दुलही 'कुमारी' हो कि होइन भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ, तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन। कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा राम्रोसँग विकास नै नभएको हुनसक्छ । प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीमा शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कने खालको हुन्छ। यस्तो स्थितिमा कतिपयको महिलाको यौनसम्पर्क राखिसकेपछि पनि सो पातलो झिल्ली नच्यातिएको अवस्थामा हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रस्तै पाइन्छन्, तर उनीहरूले जहिले पनि पहिलो यौनसम्पर्क राखेको माने पनि वास्तविकतामा त्यस्तो नभएको हुनसक्छ। पहिलोपल्ट सम्पर्क हुँदैछ भन्ने भान पार्न अभिनयका लागि विशेष तालिम नै दिइन्छ भने अर्कातिर भिक्टोरियन अवधिमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म पनि भेटिएका छन्। यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यतया पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको निश्चित रूपमा थाहा पाउन सक्दैनन्। त्यसैले यौनसम्पर्क राखेको थाहा पाउला भन्ने कारणले आएका विवाहका सबै प्रस्ताव स्वीकार गर्न हुन्छ वा विवाह गर्नु हुँदैन भन्ने छैन। सम्बन्ध चाहेअनुरूप अघि बढ्न सकेन भन्दैमा त्यसैमा अल्भिmएर बस्नु आवश्यक छैन। त्यसलाई बिर्सिएर अघि बढ्नु बुद्धिमानी हुन्छ। थाहा पाउला भनेर विवाह गर्नबाट भाग्नु हुँदैन। सबैभन्दा पहिले भावी श्रीमान्ले थाहा पाउलान् कि भन्ने भयबाट निस्कनुपर्छ। तपाईंका तथाकथित प्रेमीले तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा कति छ भन्ने कुरामा एकपल्ट विचार पुर्‍याउनुपर्ने हुन्छ प्रत्येक व्यक्तिले आफ्नो यौनसम्पर्क राख्ने वा नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ। तपाइंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवन यापन गरिरहेका छन् ।
2018/04/26 01:53:54
http://www.khabardari.com/2014/06/blog-post_2.html
mC4
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसले डडेल्धुराको गन्यापधुरा कार्यपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै । तस्वीर – रोशन सापकोटा, रासस डडेल्धुरा, २ मंसिर (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति ध्रुवीकरणतर्फ गइरहेको बताउनुभएको छ । गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको कैलपालमाण्डौमा आज आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धनका नाममा नेपालमा लोकतन्त्र विरोधी शक्तिको जन्म भइरहेको बताउनुभयो । नेपाली जनता सधैँ लोकतन्त्रका पक्षमा रहिआएकाले लोकतन्त्र पक्षधर पार्टी काँग्रेस देशकै ठूलो पार्टी हुने दाबी गर्दै उहाँले कसैको डर, धम्कीमा नपरी निर्धक्क भएर मतदानमा संलग्न हुन सबैलाई अपिल गर्नुभयो । प्रधानमन्त्री देउवाले भोलि डडेल्धुराका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आइतबार अजयमेरु गाउँपालिकाको समैजी, चमडा र भागेश्वर गाउँपालिकाको रुपाल, आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको लालढुंगा बजारमा आयोजित चुनावी सभालाई उहाँले सम्बोधन गर्नुहुने बताइएको छ ।
OSCAR-2019
गायक सुमित खड्काको सोलो एल्बम 'नेपाली मन' बजारमा असार २२, २०७५| प्रकाशित १२:४६ काठमाडौं– गायक सुमित खड्काको एल्बम 'नेपाली मन' सार्वजनिक भएको छ। कृष्णबहादुर थापा क्षेत्रीको गीत र शक्ति बल्लभको संगीतमा खड्काले गीत लिएर आएका हुन्। गायक प्रेमध्वज प्रधान, कवि तथा गीतकार रत्नशमशेर थापा, किरण खरेल, दिनेश अधिकारी, गजलकार डा भोजराज पोखरेल, गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटा, साहित्यकार गंगा सुवेदी, सभासद खेम नेपाली लगायतले संयुक्त रुपमा एल्वम सार्वजनिक गरे। गीतकार कृष्णबहादुर थापा क्षेत्रीले गीति लेखनसँगै प्रवासमा रहँदाका आफ्ना अनुभूतिहरु प्रस्तुत गरेका थिए। उनले देशप्रेम बोलीमा मात्र होइन मनभित्रैबाट व्यवहारमा लागू गर्नुपर्छ भन्दै आफ्नो पछिल्लो कृति 'नेपाली मन' सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्न सफल हुने दाबी गरे। गायक सुमित खड्काले सबैभन्दा प्यारो, नेपाली मन, गाउँछिन् गीत, जन्मे हुर्कें जस्ता गीत प्रस्तुत गरेका थिए। आफ्नो जीवनकालमा सय बढी राष्ट्रिय भावको गीतहरुमा स्वर दिइसकेका गायक खड्काको राष्ट्रियभाव समेटिएको यो छैटौं एल्बम हो। उनले यससँगै ५ सयभन्दा बढी आधुनिक गीत, दुई दर्जभन्दा बढी नेपाली फिल्ममा पार्श्व गायन गरिसकेका छन्। एल्बमभित्र ५ वटा गीत समावेश गरिएको छ।
2018/11/15 07:17:22
http://nepallive.com/story/27688
mC4
फुटबल खेलले एकताको सन्देश दिएको छ: प्रधानमन्त्री कोइराला - Enepalese.com फुटबल खेलले एकताको सन्देश दिएको छ: प्रधानमन्त्री कोइराला इनेप्लिज २०७२ जेठ २३ गते १५:५० मा प्रकाशित काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको सहयोगार्थ भएको आजको फुटबल खेलबाट मुलुकमा ठूलो एकता प्रदर्शनको सन्देश प्रवाह भएको बताउनुभएको छ । भूकम्पपीडितको सहयोगार्थ नयाँ पत्रिका राष्ट्रिय दैनिकले सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आयोजना गरेको फुटबल प्रतियोगिता समापनको अवसरमा बोल्दै उहाँले प्रधानमन्त्री कोइरालाले प्राकृतिक विपद्को सबै राजनीतिक दलले एक भएर सामना गर्दै आएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो ''संविधान निर्माणमा लागेका हामीहरुलाई आजको खेलबाट एक भएर जिम्मेवारी पूरा गर्न प्रेरणा मिलेको छ । अब आधुनिक नेपालको निर्माणमा लाग्छौँ ।'' नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यस्ता क्रियाकलापले आपसी सम्बन्धलाई मैत्रीपूर्ण बनाउने र नवनिर्माणमा एकताबद्ध भएर लाग्न प्रेरणा दिएको संक्षिप्त प्रतिक्रिया दिनुभयो । फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सशस्त्र प्रहरीले पुर्‍याएको सहयोगप्रति उहाँले धन्यवाद प्रकट गर्नुभयो । यस्तै मधेसी जनअधिकार फोरम (नेपाल)का अध्यक्ष विजयकुमार गच्छदारले मुलुकमा भाषण र बोलीले होइन, हृदयले एक भएर अगाडि बढ्ने प्रेरणा दिएको बताउनुभयो । कलाकार मित्र तथा राजनीतिक नेतृत्वले 'स्पोर्टसम्यानसिप' देखाएको भन्दै उहाँले मुलुक निर्माणमा प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेता र कलाकारबीचको आजको खेलले एकता र सद्भाव प्रवाह गर्दै सम्पूर्ण नेपाली एक भएर भूकम्पले सिर्जना गरेको अवस्थालाई सामना गर्न प्रेरित गरेको बताउनुभयो । कलाकार टोली शून्यका विरुद्ध तीन गोलले विजयी राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबलमा कलाकार टोली तीन गोलले विजयी भएको छ । कलाकार टोलीका तर्फबाट मध्यान्तरअघिको ३६औँ र मध्यान्तरपछिको ३९ र ४०औँ मिनेटमा गोल प्रहार भएको थियो । राजनीतिक दलका तर्फबाट गोल गर्ने दर्जनौँ प्रयास असफल भएपछि शून्यमा चित्त बुझाउनु परेको थियो । निकै उत्साहका साथ खेलको नियम पूर्ण पालना गर्दैै दुवै टोलीबीच घम्साघम्सी भएको थियो । काठमाडौँको तापक्रम ३२ डिग्री रहेको बेला सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकको मैदानमा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलले दर्शकलाई रौनकता प्रदान गरेको थियो । अपराह्न ३ः३० मा सुरु भएको सो प्रतियोगिता हेर्न उपस्थित दर्शकले दुबैतर्फका खेलाडीलाई गोल गर्न हौसला दिइरहेका थिए ।
2022/01/28 03:33:16
https://www.enepalese.com/2015/06/25611.html
mC4
उत्पादनहरूलाई बिभिन्न मोडेल र मिलान एकाइहरूको आकार अनुसार धेरै ग्रेडमा विभाजन गरिएको छ। संरचना अनुसार, तिनीहरू मुख्यत: अभिन्न प्रकार र विभाजन प्रकारमा विभाजित हुन्छन्। २०१ 2014 देखि हालसम्म देशको आह्वानलाई प्रतिक्रिया गर्दै, चीनले पहिलोपटक ब्याक-माउन्ट गरिएको एयर कन्डिशनरमा थप नवीनताहरू पनि ल्याएको छ, विद्युतीय वातानुकूलन टेक्नोलोजी हाम्रो ब्याक-माउन्ट वातानुकूलनमा अझ व्यापक रूपमा लागू गरेको छ, र बजारको आवश्यकताहरू पूरा गर्न विभिन्न संरचनाहरूको उत्पादनहरू विभिन्न विकास गरे। २. एयर कन्डिसन एकाई समग्रमा पछाडिको ईन्जिनको माथि स्थापित छ, र स्थापनाको लागि सोच्न सकिन्छ सम्पूर्णमा सिभिल गर्नका लागि, र ओभरलको लागि बाहिर निकाल्दा। इकाई र कारमा हावा डक्टको बिच संक्रमणकालीन जडानको एयर डक्ट सजिलैसँग स्थापना गर्नुपर्दछ। It. यो सुनिश्चित गर्नुपर्दछ कि संघीय प्रशंसक हावाले हावालाई सहज रूपमा भित्र्याउँछ र थकाउँछ, र इन्टेक र निकासको हावा प्रभावकारी रूपमा वायु र सर्ट सर्किट बिना काटिएको छ। गाडीको हावाको वेग हुनुपर्दछ≤M मि / से The. बसमा वातानुकूलन इकाईबाट एयर डक्टमा संक्रमणकालीन जडानको एयर डक्टको विशेष आकार हुन्छ, त्यसैले डिजाइनले स्थापनाको परिचालनलाई पूर्ण रूपमा विचार गर्नुपर्दछ र वायु वाहिनीको प्रतिरोध घटाउनुपर्दछ। ट्रान्जिसन डक्टको हावा गति हुनुपर्दछ≤१२ मि / से It. माथिल्लो र तल्लो फ्लोरहरूको हावा परिमाण अनुपात अनुसार एयर रिटर्न ग्रिल अलग सेट गर्नु उत्तम हुन्छ। वा यो माथिल्लो तल्लाको लागि छुट्टै सेट गर्न सकिन्छ, र तल्लो भुइँ सिँढीबाट हवाई फिर्ता गर्दछ।
2021-02-28T03:57:20Z
https://www.shilalekha.com/2020/1711/
OSCAR-2109
ललितपुरमा कांग्रेस अधिवेशनः चित्रकार र श्रेष्ठमा कस्ले मार्लान बाजी ? – Mission Khabar ललितपुरमा कांग्रेस अधिवेशनः चित्रकार र श्रेष्ठमा कस्ले मार्लान बाजी ? मिसन खबर १० मंसिर २०७८, शुक्रबार १४:३७ ललितपुर । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आजबाट शुरु हुँदैछ । जावलाखेल स्थित स्टाफ कलेजमा महामन्त्री प्रकाश शरणले १४ औँ अधिवेशन उद्घाटन गरेको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए । आजै बन्दसत्र प्रारम्भ भएपनि निर्वाचनको कार्यक्रम भोली राखिएको छ । 'आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनको कार्यक्रम हुन्छ । निर्वाचन भने भोली हुनेछ ।' खड्काले भने रामकृष्ण चित्रकारले छुट्टै प्यानल बनाएका छन् भने जितेन्द्र कुमार श्रेष्ठ र मीनकृष्ण महर्जनको प्यानलबीच समझदारी जुटेको छ । जिल्ला अधिवेशनमा सभापति हुनका लागि कुलमतको ५१ प्रतिशत ल्याउनु पर्ने भएकोले सभापतिका ३ जना उम्मेदवार हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पु¥याउन सक्ने देखिदैन । मीनकृष्ण महर्जन र जितेन्द्र बीच दोस्रो चरणाका लागि बढि मत ल्याउनेलाई सहयोग गर्ने समझदारी भएको पाइएको छ । यता, चित्रकारलाई कांग्रेसका सभापति मदनबहादुर अमात्य, पूर्वसांसद चन्द्र महर्जन, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतका नेताको समर्थन रहेको छ । जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारी सहितका कार्यसमिति सदस्यहरुमा संयुक्त रुपमै उम्मेदवारी घोषणा गरिएको भएपनि सभापतिमा अहिलेसम्म दुवैको दावी छ । दुबैले संयुक्त प्यानल बनाएर घोषणा गरेपनि जितेन्द्रले पहिलो चरणको निर्वाचनमा बढी मत ल्याउने एक प्रतिनिधिलाई साथ दिने बताए । प्रतिनिधिका अगाडि मीनकृष्णको प्रचार मात्र बढी छ । तर आम मतदाताको मन जित्नगाह्रो छ । कांग्रेसको राजनीतिमा होमिएका मीनकृष्ण प्रहरीको सूचिमा गुण्डा नाइकेका रुपमा अझ पनि परिचित छन् । ललितपुर कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्षबीच नै विभाजन देखिएको छ । ललितपुरमा देउवा पक्ष ३ समूहमा छिन्न भिन्न छ । वडा, पालिका, प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा देउवा समूहका मदनबहादुर अमात्य, उदयशमशेर राणा, प्रकाशनन्दन जोशी, जितजंग बस्नेत, कर्मा व्यञ्जनकार, नवराज महत नै तीन तिर बाँडिएका छन् । चित्रकारको टीममा उपसभापतिका रुपमा खोमप्रसाद घिमिरे र गजेन्द्र महर्जनले उम्मेदवारी घोषणा भएको छ । यता, राणा लगायतका नेताहरूले मीनकृष्णलाई सभापतिमा समर्थन गर्ने भएका छन् । ललितपुर कांग्रेस सभापतिका लागि जितेन्द्र कुमार श्रेष्ठले छुट्टै प्यानल बनाउने तयारी गरेका छन् । प्रकाशमान सिंह निकट श्रेष्ठलाई प्रकाश नन्दन जोशी, जितजंग बस्नेत, कर्मा व्यञ्जनकार लगायतको समर्थन छ । केन्द्रमा भने अमात्य र राणा दुवै देउवा पक्षमा खुलेका छन् ।
2022/01/20 08:41:22
https://www.missionkhabar.com/desh-paribesh/12391/
mC4
प्रतिनिधिसभा पुन:स्थापना पश्चात सरकार निर्माणका लागि छलफल प्रारम्भ - Lekhapadhi राजनीति : Lekhapadhi lekhapadhi: global magazine of news and opinion लेखक : लेखापढी १२ फाल्गुन २०७७, बुधबार १५:०६ मा प्रकाशित संसद् पुनर्स्थापना भएसँगै गठबन्धनको सरकार निर्माणको दौडधुप सुरु भएको छ । नेकपा प्रचण्ड-नेपाल समूहले सरकार निर्माणका लागि छलफलको प्रारम्भ गरेका हुन् । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई अब सँगै मिलेर जान आग्रह गरेका छन् । बुधबार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल तथा काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको हो । देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव 'अफर' गरेका हुन् । प्रतिनिधिसभाको पुनर्स्थापनाको फैसला आएसँगै बीबीसीसँगको अन्तर्वार्तामा प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणको संवादको थालनी आफ्नो पार्टीले सुरु गर्ने बताएका थिए । आफू प्रधानमन्त्रीको दौडबाट टाढा रहने उनको भनाइ थियो । 'अब राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि संवाद सुरु गर्छौं । प्रधानमन्त्री हुनका लागि हामीले आन्दोलन गरेका होइनौँ,' प्रचण्डको भनाइ थियो । नेकपा अध्यक्ष नेपालले भने, 'कांग्रेस पार्टी, जसपा र केपी ओलीको प्रतिगमनविरुद्धमा रहेका पार्टीहरुसँग मिलेर जाने पक्षमा हामी छौं । केपी ओलीले राजीनामा दिन्छन् भने सबैभन्दा राम्रो । राजीनामा दिएनन् भने उहाँलाई निकाल्नु पर्छ र अर्को संयुक्त सरकार बनाउनु पर्छ, मिलेर अघि बढ्यौं भन्यौं ।' सत्ता समिकरण बहुमतको सरकार बनाउन १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ । यो संख्या आफ्नै समूहबाट पुर्या१उन नेकपाका दुवै समूहलाई कठिन छ । नेकपासँग १७४ सिटमध्ये ओली समूहको नेकपासँग ८१ र प्रचण्ड माधव समूहसँग ९३ सांसद खुलेका छन् । त्यसैले कांग्रेससँग ६३ जना सांसद रहेकाले हालको अंक गणितका आधारमा दुवै समूहमध्ये जसले कांग्रेसको समर्थन पाउँछ, उसलाई गठबन्धनको सरकार बनाउन संख्या पुग्नेछ ।
2021/04/18 12:35:23
https://lekhapadhi.com/2021/02/24/news-308/
mC4
२३ बैशाख २०७८, बिहीबार ०८:४० PM '…तबसम्म म जस्तो लभर ब्वाइ बन्न सक्नु हुन्न' १८ कार्तिक २०७७, मंगलवार १४:५६ मा प्रकाशित २०७७ कार्तिक १८ मङ्गलबार, काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले २ नोभेम्बर (हिजाे) मा आफ्नो ५५ औं जन्मदिन मनाएका छन् । सामाजिक दूरी कायम गरि उनका फ्यानहरुले सामाजिक सञ्जालमा उनको लागि प्रार्थना समेत गरेका थिए । शाहरुखको जन्मदिनमा उनका प्रशंसकहरूले ५ हजार ५५५ थान पीपीई किट्स र सेनिटाइजर बाँडेका थिए । आफ्नो भर्चुअल फ्यानहरूको लागि शाहरूखले पनि एक भिडियो सन्देश सार्वजनिक गरेका थिए । शाहरुखले समुद्रको किनारमा रेकर्ड गरिएको उक्त भिडियो सन्देशमा भनेका छन्– 'अर्को जन्मदिन सँगै मनाउँला । तपाईंहरुले गरेको प्रार्थनाको लागि धन्यवाद दिन याे भिडियाे बनाएकाे हुँ । एसआरके युनिभर्स, फ्यान क्लब र सबै जसको नाम मैले भुलेको छु, तपाईंहरु सबैलाई धन्यवाद । जसले रक्तदान, पीपीई किटहरू र अन्य आवश्यक चीजहरू दिनुभयो, त्यसको लागि पनि धन्यवाद । जबसम्म तपाइँ प्रेम फैलाउन सक्नु हुन्न तबसम्म म जस्तो प्रेमी केटा बन्न सक्नु हुन्न । ५६औं जन्मदिन ५५ औं भन्दा राम्रो हुनेछ । सबैलाई धेरै माया ।' शाहरूखको फ्यानहरूले उनकाे जन्मदिनकाे अवसरमा अहिलेकाे याे बिषम परिस्थिति कोविडमा ५५५५ थान मास्क, सेनिटाइजरहरू र खाद्य वस्तुहरू बाँडेका थिए । कोरोना संक्रमणलाई ध्यानमा राख्दै खानका फ्यानहरूले यो निर्णय लिएका हुन् । भिडियोमा शाहरुखले फ्यानहरूको यस कार्यको प्रशंसा पनि गरेका छन् । शाहरुख आजभोलि युएईमा छन् । त्यसकारण जन्मदिनमा उनको घर बाहिर सुनसान थियाे । शाहरुख आफैंले पनि प्रशंसकलाई यस बर्षको जन्मदिनमा भीड नबनाउन अपील गरेका थिए ।
2021/05/06 02:55:35
https://www.khabarkunja.com/news/10926/
mC4
निजी प्रयोगशालालाई २४ घन्टे अल्टिमेटम « Lokpath २०७७, १४ आश्विन बुधबार २२:२९ प्रकाशित मिति : २०७७, १४ आश्विन बुधबार २२:२९ मन्त्रालयले बढी शुल्क लिने प्रयोगशालालाई कालोबजारी गरेको आधारमा बन्द गराउनका लागि आवश्यक कारवाही गर्न गृह मन्त्रालय र वाणिज्य विभागलाई समेत पत्राचार गरिसकेको डा गौतमले जानकारी दिए । मन्त्रालयले गत भदौ २८ गते अन्तरराष्ट्रिय बजारमा पिसिआर परीक्षण गर्ने आवश्यक किटको मूल्य घटेपछि नेपालमा पनि परीक्षण शुल्क रु दुई हजार तोकेको थियो ।
2020/10/24 01:14:51
https://www.lokpath.com/story/305839
mC4
आईएनजीओको अपारदर्शी क्रियाकलाप नियन्त्रण गर्दै सरकार::Leading News Portal From Kathmandu नेपालमा दशकौंदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ÷आईएनजीओ) हरूले अपारदर्शी रूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको पाइएको छ । उनीहरूका त्यस्ता अपारदर्शी गतिविधि बढेपछि सरकारले नियन्त्रणको प्रयास थालेको छ । सोका लागि सरकारले एनजीओ÷आईएनजीको कार्यक्रमलाई अनिवार्य रूपमा एकद्वार प्रणालीअन्तर्गत अनुगमन तथा नियन्त्रण गर्ने नीति अघि सारेको छ । सोही नीतिअनुरूप समाज कल्याण परिषद्ले एनजीओ/आईएनजीओलाई अनिवार्य रूपमा परिषद्बाट कार्यक्रम स्वीकृत गराएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । यसअघि नेपालमा काम गर्ने आईएनजीओले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय÷संस्था वा मुलुकबाट अर्बौं रुपैयाँ सहयोग लिएर अपारदर्शी रूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको प्रश्न पटकपटक उठ्ने गरेको थियो । परिषद्का प्रवक्ता शिवकुमार बस्नेतका अनुसार आईएनजीओलाई परिषद् मातहत आबद्धताका लागि निर्देशन दिइएको छ । 'सरकारले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट आउने सहयोग र कार्यक्रम एकद्वार प्रणालीअन्तर्गत लागू गर्ने योजना अगाडि सारेको छ,' उनले भने, 'त्यसैअनुरूप आईएनजीओलाई परिषद् मातहतमा ल्याउने तयारी थालिएको हो,' प्रवक्ता बस्नेतले भने, 'आईएनजीओलाई परिषद्मा आबद्ध हुन पत्राचार गरिसकिएको छ ।' राजधानी दैनिकमा याे खबर छ ।
2019/10/20 04:24:36
http://www.ktmkhabar.com/2019/09/25/4883/
mC4
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - सभ्यता चिनाउँदै कनकासुन्दरी बिहिबार, ०७ कार्तिक २०७६, ०९ : ५२ | धनबहादुर बुढा खस सभ्याता चिनाउन आयोजना गर्ने महोत्सव बारे जानकारी गराइँदैँ ः धनबहादुर /नागरिक जुम्ला - जुम्लाको कनकासुन्दरी गाउँपालिका धार्मिक, सास्कृतिक हिसावले निकै अब्बल छ। यहाँको मौलिक संस्कृति र परम्परा ऐतिहासिक सिँजा राज्यसंग जोडिएको छ। त्यो हिसावले यो क्षेत्र निकै महत्वपुर्ण छ। तर उचित प्रचारप्रसारको अभावमा त्यो क्षेत्र माथि उस्कन सकेको छैन्। यहाँ ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक तथा धार्मिक दृष्टिकोणले अग्रस्थानमा छ, खस सभ्यताका जानकार तुङ्गनाथ उपाध्याय भन्छन्,' यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा ओझेलमा पर्यो। खस भाषाको उद्गम स्थल सिँजाका सभ्य नागरिकको पहिचान बदलिदैँ जान थालिसक्यो। यहाँको सभ्यता र संस्कृतिको संरक्षणका लागि एकजुट हुनुको विकल्प छैन्। यो स्थानीय सरकारको कार्यक्षेत्र भित्रको विषय हो।' कनकासुन्दरी गाउँपालिकाको चौथो गाउँसभाले यहाँको इतिहास सकिँदै जान थालेको निष्कर्ष निकाल्दै सिँजा पर्यटन तथा साँस्कृतिक महोत्सवका माध्यमवाट यहाँको महत्व र गरिमा खस्कन नदिनको लागि पहल गरिरहेको छ। फलस्वरुप यहि कार्तिक ८ देखि १० गते सम्म महोत्सवको आयोजना हुदैँछ। कनकासुन्दरी गाउँपालिकाका स्थानीय हंशराज न्यौपाने यो महोत्सवमार्फत सिँजा राज्यको पहिचान दिलाउने बताउँछन्। उनले भने,'महोत्सवमा आधुनिकता प्रवेश गर्न पाइनेछैन्,बाह्य कलाकार आएको खण्डमा स्थानीय पोशाक पहिरिएर प्रस्तुती गर्नु पर्नेछ। यो साँचिक्कै खस सभ्यताको केन्द्रविन्दु रहेछ,भन्ने सन्देश फैलाउन सकिने छ। 'महोत्सवको उद्घाटन उपराष्टपति नन्दबहादुर पुनले गर्नेछन्। यो गाउँपालिकामा कनकासुन्दरी मन्दिर छ। त्यो सबैको आकर्षणको केन्द्र हो। त्यहाँ पुजापाठ गर्ने र अवलोकन गर्नेको बाक्लो भिडदेखिन्छ। कर्णाली प्रदेश सरकारले छनौट गरेका ४० पर्यटकीय गन्तब्यभित्र यो मन्दिर पर्छ। वाणगंगा,गरुडनुहानी,गुप्तपोखरी, देउल दत्तरा गुफा,पाण्डवगुफा, र विराट दरवार छन्। यी सबै स्थल खस राज्यकालमा राजारजौटाले प्रयोगमा ल्याएका महत्वका स्थल हुन्। लामाथाडा,लासीपाटन्,धोविघाट,सिउवाघ,गौरी नौ धारा,घाँसओढार,फुटासिला बुडुमस्टो,फुटापहडो,कालिका मन्दिर लगायतका धार्मिक तथा साँस्कृतिक स्थल भएको क्षेत्र हो कनकासुन्दरी गाउँपालिका। यो महोत्सव सिँजा सभ्यता र सभ्यताको महत्वका बारेमा अध्ययन गर्न चाहनेका लागि राम्रो सन्दर्भ सामाग्री बन्ने अपेक्षा गरिएको स्थानीय हंसराज न्यौपाने बताउँछन्। सिँजाको मौलिक पहिरन्,परम्परागत खानपान सबैको रोजाइको बिषय हो। यहाँका सिंगारा नाच, धाँउसिला नाच,चम्फा नाच,बालोनाच,ढालनाच,मागल, झोडा,पञ्चेवाजा, बालो नचाउने जस्ता नाच यहाँको प्रख्याति हुन्। तर नयाँ पुस्ताले पुराना संस्कृति अपनाउदैँन्, कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावत नयाँ पुस्तालाइ यहाँको सभ्यता र संस्कृतिका बिषयमा चनाखो बनाउँदै लैजाने बताउँछन्। उनले भने,'हामी सिँजा सभ्यताको वर्णन गरेर समृद्धि हासिल गर्न सक्छौँ, तर प्रचारप्रसार हुन सकेको छैन्। स्थानीय सरकारको अबको प्राथमिकता भनेको नै यि सम्पदाको उजागार नै हो। ' अव हाम्रो भुमि, हाम्रो संस्कार र सिँजा सभ्यता प्राण भन्दा प्यारो छ भन्ने सन्देश फैलाउने अचुक हतियार बन्नेछ, सिँजा पर्यटन तथा साँस्कृतिक महोत्सव। महोत्सवको लागि गाउँपालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको छ। वडा नम्वर ५ ले ३ लाख गरेर २३ लाख रुपैयाँ महोत्सवमा खर्च हुनेछ। महोत्सको पहिलो दिनमा स्थानीय संस्कृतिको बारेमा मात्र प्रस्तुतीकरण हुने छ।महोत्सव सञ्चालनका लागि बिभिन्न १० वटा समिति बनाएका छन्। गाउँपालिका भन्दा बाहिरको खर्च कर्णाली प्रदेश सरकार तथा संघीय सरकारबाट धान्ने पहल भइरहेको कर्णाली कलाकार समाजका अध्यक्ष पदमरोकाया बताउँछन्। उनका अनुसार सिँजा सभ्यता संग परिचित देशका ख्याति प्राप्त कलाकारको प्रस्तुतीरहनेछ। पहिले तत्कालिन ११ वटा गाविसलाइ सिँजा क्षेत्र माँनिदै आएको थियो। हाल संघीयताले तीनवटा स्थानीय तहमा टुक्राएको छ। स्थानीय तहबीच खास सिँजाका बारेमा सामान्य विभेद भइरहेको छ। कनकासुन्दरी गाउँपालिका अध्यक्ष रावत भन्छन्,' अब पहिलेको सिँजा क्षेत्रलाइ नै समग्र सिँजाको रुपमा हेरिनुपर्छ। सबैले समानरुपमा सिँजा क्षेत्रको प्रचारप्रसार गरेर यो क्षेत्रलाइ पर्यटकमैत्री क्षेत्रका रुपमा घोषित गर्नुपर्छ। यसका लागि कनकासुन्दरी गाउँपालिका सदैव तयार छ। ' संघीय सरकारको सयवटा पर्यटकीय गन्तव्यका रुपमा सिँजा सभ्यता पनि छनौटमा परेको छ। यो राम्रो पक्ष हो। अव केन्द्र प्रदेशसरकार वाट आउने विकास समानरुपमा यहाँको समृद्धिका लागि लगानी गर्नु पर्ने र स्थानीय सरकारले आफु अनुकुल सिँजा सभ्यातका बारेमा चिन्तन गर्नु पर्ने स्थानीय बताउँछन्। महोत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी लगायतको टोली पनि आउनेछन। सिँजा सभ्यता जोडिदै मुगुको राराताल सम्म जोडिने नाग्म गमगडी सडक जोडिएको छ। त्यो सडक हिलाम्य र धुलाम्मे छ। हिँउदमा धुलोले यात्रा प्रभावित बनाउँछ । बर्षायाममा हिलोले। अध्यक्ष रावत भन्छन्,'यो सडक देखाउन र पर्यटकको सास्तीका बिषयमा जानकारी लिन पनि यो महोत्सव खुराक हुनेछ। महोत्सवमा कर्णाली प्रदेशका सबैजसो स्थानीय तहलाइ निमन्त्रणा गरिएको आयोजकले जनाएको छ। सिँजाको सभ्यता चिनाउने यो पहिलो पहल हो। यसपछि सिँजा क्षेत्र शुरु भएदेखि मुगु नजोडीदा सम्मको स्थानका बारेमा बृत्तचित्र बनाइने छ। महोत्सवमा स्थानीय रैथाने कृषिवस्तु, परम्परागत पुर्खाले लगाउने पहरन, समग्रमा यहाँको परम्परागत जीवनशैली प्रस्तुत हुनेछ। महोत्सवमा सहभागि हुनको लागि अनिवाय ढाँका टोपी र कोट अनिवार्य लगाउनु पर्नेछ। सिँजा सभ्यताको पहिले,अहिले र पछिको भविष्यका बारेमा लेखिएको ब्रसर तुङ्गानाथ योगीले तयार पार्दैछन्।यो पनि सबै महोत्सव अवलोकन कर्तालाइ उपलव्ध हुनेछ।
2019/11/13 10:17:10
https://nagariknews.nagariknetwork.com/news/98647/
mC4
राउटिङ सुरक्षाको विश्वव्यापी मापदण्डमा सुबिसुले गर्‍यो हस्ताक्षर - Tech News Nepal Tech News Nepal मंगलवार, कार्तिक २५, २०७७ १८:५५ राउटिङ सुरक्षाको विश्वव्यापी मापदण्डमा सुबिसुले गर्‍यो हस्ताक्षर कााठमाडौं । सुबिसु केबलनेट राउटिङ सेक्युरिटीका लागि पारस्परिक सहमत मापदण्ड (एमएएनआरएस) मा हस्ताक्षर गर्ने पहिलो नेपाली इन्टरनेट सेवा प्रदायक बनेको छ । याे मापदण्ड राउटिङ सेक्युरिटी सम्बन्धी परामर्श दिन इन्टरनेट सोसाइटी नामक संस्थाले सुरु गरेको विश्वव्यापी पहल हो । याे पहलले इन्टरनेट राउटिङमा हुने समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गरी राउटिङ सुरक्षा सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भुमिका खेल्दछ । नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सुरक्षा विनियमावलीमा यस प्रणालीलाई हरेक आईएसपीले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने प्रावधान राखेको छ, जसमा सुबिसु हस्ताक्षर गर्नेमा नेपालको पहिलो आईएसपी बनेकाे छ । इन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटनाहरु भइरहेका हुन्छन्, जसले गर्दा ग्लोबल इन्टरनेटमा नै विभिन्न समस्याहरु आइपर्ने गर्दछ, जस्तै राउट हाइज्याकिङ, राउट लिक, आईपी एड्रेस, स्पूफिङ लगायतका नकारात्मक गतिविधिहरुले गर्दा डिडस अट्याक, ट्राफिक इन्स्पेक्सन, आम्दानी घाटा, प्रतिष्ठामा नोक्सानी जस्ता समस्याहरु निम्त्याउँछ । एउटा आईएसपीको राउटिङ समस्याले ग्लोबल इन्टरनेट जगतमै व्यापक समस्याहरु आइपर्ने हुँदा यस्ता समस्यालाई समाधान गर्नको लागि यस्ताे ग्लोबल इनिसिएटिभमा हस्ताक्षर गरिएको हो । राउटिङ समस्यालाई समाधान गर्नका लागि सेवा प्रदायकले साे मापदण्डले सुझाव गरेको फिल्टरिङ, एन्टी स्पूफिङ, कोओर्डिनेशन र ग्लोबल भ्यालिडेसन जस्ता विभिन्न विषयमा ध्यान दिँदा राउटिङ समस्याहरुको समाधानमा सहयोग पुग्ने बताइएकाे छ ।
2020/11/23 21:49:09
https://www.techpana.com/2020/47626/
mC4
लिम्पियाधुरा क्षेत्रवासीले पउने भए अब नेपाली नागरिकता – newslinesnepal प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार ०९:०० काठमाडौं – भारतद्वारा अतिक्रमित भूमिमा बसेका जनतालाई नेपाली नागरिकता दिन दार्चुलाको ब्याँस गाउँपालिकाले पहल गर्ने भएको छ । पालिकाले यो विषय आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेटेको छ ।
2020/10/27 20:30:55
https://newslinesnepal.com/2020/09/10/36699/
mC4
गृहमा उपसचिव सरुवा : १५ इन, १५ आउट ! « प्रशासन गृहमा उपसचिव सरुवा : १५ इन, १५ आउट ! काठमाडौँ । ३० जना उपसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार १५ जना उपसचिवलाई गृह प्रवेश(इन) गराएको छ भने पन्ध्रै जनालाई गृहबाट बाहिर(आउट) गरेको छ । प्रशासन गृह मन्त्रालय उच्च स्रोतका अनुसार गृह मन्त्रालय भित्र्याइएकाहरूमा सूर्य खत्री, शेखर पौडेल, फणीन्द्र दाहाल, अनुज घिमिरे, सुप्रभा खनाल, वासु कोइराला, दीपक कोइराला, रवीन्द्र आचार्य, गणेश पौडेल, पुष्कर राना, नीराजन श्रेष्ठ, चेतराज बराल, विश्व मरासिनी, अञ्जन न्यौपाने, काशीराम गैरे रहेका छन् । यसैगरी गृहबाट बाहिरिएकाहरूमा अनुज भण्डारी, अनिल शाही, जीवन आचार्य, जयराज भण्डारी, विष्णुहरि उपाध्याय, गणेश बहादुर अधिकारी, वासुदेव घिमिरे, विष्णु लामिछाने, भीमप्रसाद भट्टराई, बाबुराम खनाल, कृष्ण भण्डारी, टेकनारायण पौडेल, जयराज भण्डारी, त्रिलोचन रिमाललगायत रहेको ती स्रोतको भनाई छ । इन हुने उपसचिवहरुको निर्णय भई सकेको छ भने आउट हुने हकमा भने अझै सही नभईसकेको ती स्रोतको भनाई छ । पछिल्ला केही सातायता कर्मचारी सरुवाको लहर चलेको छ । एकाध सचिवबाट सुरु भएको सरुवा विभिन्न समयमा गरी सयौँ सहसचिव र पचासौँ उपसचिवसम्म पुगेको छ । सामान्यतया: सरुवाका लागि कर्मचारी दौडधुप गर्ने परम्परा पुरानै भए पनि पछिल्लो समय शक्तिकेन्द्रबाटै टपक्क 'टिप्ने' चलनले निजामतीमा अझ बढी राजनीति तथा बाहिरी शक्ति हाबी भएको बताउँछन् प्रशासनविद्हरू । आफ्ना तथा आफन्त हुनेहरू रोजाइको ठाउँमा पुगिहाल्ने र पहुँच नपुग्नेहरू जहिल्यै पछाडि नै रहने अवस्थाले असल काम गर्ने कर्मचारीमा नैराश्यता छाएको देखिन्छ । त्यति मात्रै होइन, अनेक खाले अवसर, सेवा, सुविधा र सम्मानसमेत तिनैलाई भिराइँदा दूर दराजमा खाइ नखाई काम गर्ने कर्मचारीको अनुहारमा झन् बढी पीडा देखिन्छ । त्यसो त यो अहिलेको सरकारले मात्रै निरन्तरता दिएको अघोषित परम्परा भने पक्कै होइन, यसअघि पनि यसरी नै शक्तिकेन्द्रको रिझ्याईबाट पोस्टिङ भएका थिए । जसलाई सुधार्ने आँट र प्रयास कहिँकतैबाट नहुँदा कर्मचारी सेवा भन्दा बढी शक्तिकेन्द्र रिझाउने ध्याउन्नमा छन् ।
2022/05/17 08:25:37
https://www.prasashan.com/2021/09/29/266044/
mC4
वायुसेवा सञ्चालकले भने- भदौ १६ देखि सेवा नखुलाए आन्दोलनमा जान्छौं – Sunaulo Post मुख्य पृष्ठ /समाचार/वायुसेवा सञ्चालकले भने- भदौ १६ देखि सेवा नखुलाए आन्दोलनमा जान्छौं २८ साउन, काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका छन् ।सरकारले यसअघि ५ साउनमा १ भदौबाट हवाई सेवा खोल्ने निर्णय गरेको थियो । तर, गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडानको प्रतिवन्ध १६ भदौसम्म लम्ब्याएको छ । टिकट काटेका यात्रु अलपत्र सरकारले १ भदौबाट हवाई उडान खोल्ने भनेसँगै यात्रुले धमाधम बुकिङ थालेका थिए । वायुसेवा कम्पनीले ५ साउनबाटै बुकिङ खोलेका थिए । तर, उडान प्रतिवन्ध लम्बिएपछि यात्रुको योजना पुनः अवरुद्ध भएको छ । यसले हजारौं यात्रु प्रभावित बनेका छन् ।
2021/01/22 22:54:17
https://sunaulopost.com/archives/11176
mC4
रूपक, गुणराज र सन्देश च्याम्पियन – Sourya Online रूपक, गुणराज र सन्देश च्याम्पियन सौर्य अनलाइन २०७५ असोज १६ गते ८:१५ मा प्रकाशित काठमाडौं । नेपालका रूपक नेपाली र सन्देश मानन्धर तेस्रो के ब्याग अन्तर्राष्ट्रिय मुवाँ थाई फाइटमा च्याम्पियन भएका छन् । नेपाल राष्ट्रिय मुवाँ थाई संघ र के ब्यागको संयुक्त आयोजनामा सोमबार दरबारमार्गमा भएको प्रोफेसनल फाइटमा रूपक र सन्देश च्याम्पिय भए । रूपकले अस्ट्रेलियाका एडम प्राइसलाई र सन्देशले भारतका एसभी हरिसरनलाई फाइनलमा स्तब्ध बनाएका थिए ।प्रोफेसनल फाइटमै अर्का नेपाली खेलाडी सञ्जय राई भने फाइनलमा थाइल्यान्डका नानचना श्रीसँग स्तब्ध भए । नेपालकै गुणराज रुचाल पनि भारतीय खेलाडी नन्जितलाई हराउँदै च्याम्पियन हुन सफल भए । पुरुषको ५१ केजी नेपालका राहुल श्रेष्ठले राहुल थोकरलाई र ५७ केजी फाइनलमा सुमित महतोले सुनील सिरिस मगरलाई हराउँदै पहिलो भए । महिलातर्फ ५५ केजीमुनि विद्या गुरुङले खुस्बु तामाङ र ५१ केजीमुनि शर्मिला लामाले नतिसा रानामगरलाई फाइनलमा हराए । पुरुषको ६० केजीमुनि फाइनलमा विक्रम रानामगरले राजु राईलाई र ५३ केजीमुनि सनिल चौधरी कपिल देसारलाई हराउँदै च्याम्पियन भए । एकदिने प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि प्रदेश–३ का सामाजित विकास मन्त्री युवराज दुलाल, नेपाली कांग्रेसका नेता रामहरी खतिवडा, नेपाल कम्युनिस्ट पार्टीका प्रदेश–३ का अध्यक्ष नारायणप्रसाद दाहाल, के ब्याग स्पोट्र्सका अध्यक्ष कमल बस्नेत, नेपाल राष्ट्रिय मुवाँ थाई संघका अध्यक्ष गणेशलाल कक्षपति लगायतले पुरस्कृत गरे ।
2020/10/27 17:55:36
https://www.souryaonline.com/2018/10/201410.html
mC4
सकसमा सुशासनको सुनिश्चितता « सकसमा सुशासनको सुनिश्चितता सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली, २०६५ को प्रभावकारी कार्यान्वयनबाट पनि सुशासनको प्रत्याभूतिको सुनिश्चित गर्न सकिन्छ । नेपालमा सुशासन सुनिश्चितताका लागि अवलम्बन गरिएका नीतिनियमहरूको कार्यान्वयन फितलो देखिएको जगजाहेर नै छ । सुशासनका लागि तर्जुमा गरिएका नीतिनियमहरूलाई आफ्नो स्वार्थअनुकूल व्याख्या विश्लेषण गरी अख्तियार दुरुपयोग गर्नेहरूको बोलवाला बढ्दै गएको छ । नीतिनियम जतिसुकै राम्रो भए तापनि जिम्मेवार पदाधिकारीको नियत सफा नहुँदा सुशासनका लागि गरिएका प्रयास र प्रगति कागजी घोडामात्रै बन्नु अनौठो होइन । पारदर्शिता, सामाजिक उत्तरदायित्व र जवाफदेहिता सुशासनको ऐना हो । सुशासन प्रवद्र्धनमा सार्वजनिक प्रशासनका आर्थिक तथा नीतिगत निर्णयहरूका आधारबारे पारदर्शिता संकटमा छ । सुशासनका लागि गरिएका प्रयास, भएका प्रगति, देखिएको परिणाम र आगामी सुधारका लागि आम सेवाग्राहीबाट गरिएको प्रतीक्षाको विश्लेषणका आधारमा तय गरिने भविष्यदर्शी योजनाबाट मात्रै सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ । सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाउने उद्देयले सुशासन ऐन–२०६४ को दफा ३८ का आधारमा सुशासन नियमावलीले केन्द्रीय, क्षेत्रीय, जिल्ला तथा मन्त्रालयस्तरमा समेत अनुगमन तथा मूल्याङ्कन समितिको छुट्टै व्यवस्था गरेको छ । त्यस्तै सुशासन र पारदर्शितालाई कार्यान्वयनको कसीमा खरो उतार्न सार्वजनिक निकायबाट सञ्चालन हुने योजना, नीति, कार्यक्रम तथा आयोजनाको लक्ष्य, उद्देश्य, बजेट तथा यसबाट प्राप्त नतिजा, प्रतिफल एवं खर्चका बारेमा सरोकारवालालाई जानकारी गराउने, लेखाजोखा गर्ने र मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ । यस प्रकारका सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षणलाई तदारुकताका साथ कार्यान्वयनमा उतार्न सकेमा पनि सुशासनको प्रत्याभूतिमा बढोत्तरी हुने वास्तविकता हो । जनता र नागरिक समाजको चेतना र जागरुकताको स्तर जतिजति बढ्दै जान्छ अनुशासनको अवलम्बनमा पनि दबाब बढ्दै जाने यथार्थता हो । सुशासन र पारदर्शिता एकअर्काका परिपूरक हुन् । यी दुवैलाई प्रवद्र्धन गर्न सेवाग्राही पनि उत्तिकै चनाखो हुनुपर्छ । सेवाग्राहीलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत बनाउनका लागि सशक्तीकरण गर्न सकिएमा पनि सुशासन र पारदर्शिताको सुनिश्चिततामा बल पुग्नेछ । नेपालको संविधान, २०७२ को धारा ५१ ख (४) मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवासुविधामा जनताको समान र सहज पहुँच सुनिश्चत गरी सुशासनको प्रत्याभूति दिने स्पष्ट प्रावधानको व्यवस्था गरिएको छ । सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली, २०६५ को प्रभावकारी कार्यान्वयनबाट पनि सुशासनको प्रत्याभूतिको सुनिश्चित गर्न सकिन्छ । यसको मुख्य ध्येय सार्वजनिक प्रशासन जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाउने परिकल्पना गरेको छ । यस ऐनले मन्त्री, मुख्य सचिव, सचिव, विभागीय प्रमुखलगायत कार्यालय प्रमुखहरूसमेतको स्पष्ट जिम्मेवारी तोकेको छ । कर्मचारीले पेसागत र पदीय आचारण पालना गर्नुपर्ने, पारदर्शिता निष्पक्षतालाई इमानदारितापूर्वक पालना गर्नुपर्नेजस्ता सुशासनका आधारभूत सर्तको व्यवस्था भए तापनि कार्यान्वयन पक्ष फितलो हुनु प्रमुख समस्या हो । निजामती सेवाको झन्डै ६ दशकभन्दा लामो इतिहासमा धेरै खाले आरोह–अवरोह खप्तै आएको छ । राजनीतिक अस्थिरता, अदूरदर्शी नीति र नेतृत्व तथा राम्रो भन्दा पनि हाम्रोले प्रश्रय पाउनु सामान्य भएको छ । निजामती सेवाको निष्पक्षतामा खिया लागेको आक्षेप र गुनासोलाई समयमा नै सम्बोधन नगरे सेवाग्राहीको वितृष्णा तथा आक्रोशको तारो बन्नुपर्ने देखिन्छ । राज्यमा विभिन्न कानुनी निकाय तथा संघसंस्थाहरूले आफ्नो कामकारबाही सम्पादन गर्दा विद्यमान नीतिनियमहरूलाई आमजनताको हितलाई केन्द्र बिन्दुमा राख्नु नै सुशासनको प्रमुख मर्म हो । नागरिक सुरक्षा, उत्तरदायित्व, चुस्त–दुरुस्त सार्वजनिक सेवाप्रवाह, विधिको शासन, पारदर्शिता, सुदृढ एवं समृद्ध नागरिक समाज सुशासनका आधारभूत सर्त हुन् । अधिकारको प्रयोग गर्ने व्यक्तिले वैधानिकता, उत्तरदायित्व, पारदर्शिता, जनसहभागिता र सेवा अभिमुखीकरणलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने हुन्छ । अतः आम जनताको भलाइका लागि गर्नुपर्ने काम र सेवा छिटोछरितो र सर्वसुलभ रूपमा सम्पन्न गर्नु नै सुशासन हो । सुशासनले सेवाग्राही र सेवा प्रदायकबीचमा अटल हार्दिकता र विश्वास कायम गर्छ । सुशासनको प्रवद्र्धन र प्रत्याभूति दिनका लागि नीतिनियमको निर्माणदेखि कार्यसम्पादन तहसम्म पारदर्शिताको संस्कृतिको विशेष महŒव रहन्छ । समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न पारदर्शिता, सदाचार र सुशासन पहिलो सर्त हो । सार्वजनिक प्रशासनमा नैतिकता र सदाचारभन्दा पनि भ्रष्टाचारले गाँजेको सर्वत्र महसुस गरिएको छ । शासन प्रणालीमा नैतिकता, सदाचारिता, सच्चरित्रता र इमानदारिताले मात्र सुशासनको प्रत्याभूति सुनिश्चित गर्न सकिन्छ । राजनीतिक नेतृत्व र निजामती प्रशासनप्रति जनताको आस्था र भरोसा जीवन्त राख्न अनुशासित वातावरणको विकल्प छैन । माथिदेखि तलसम्म स्वेच्छाचारी प्रवृत्ति हावी भइराखेको वर्तमान परिप्रेक्ष्यमा अनुशासन खस्कँदो अवस्थामा छ । कर्मचारीहरूको कार्यसम्पादन स्तरको निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पुरस्कार र दण्डको प्रभावकारी अवलम्बन गर्न सकेमा सार्वजनिक सेवाप्रवाहमा अनुशासन र सुशासनको प्रवद्र्धन आशातीत रूपमा हुन सक्छ । प्रशासनलाई इमानदार बनाउन राजनीतिक नेतृत्वको अहम् भूमिका रहन्छ नै । अहिले राज्यसत्ताको बागडोर सम्हालेका नेता तथा कानुन निर्माता गहन जिम्मेवारी पाएका जनप्रतिनिधि नै एकपछि अर्को अनैतिक प्रकृतिका सार्वजनिक अपराधमा मुछिएका घटनाहरू उजागर हुँदै जानु सुशासन र समृद्धिका लागि शुभसंकेत होइन । राजनीति र प्रशासनमा देखिएका विकृति–विसंगतिलाई निरुत्साहित र निरुपण गर्न नेतृत्व वर्गले बेलैमा ध्यान नपु¥याए भावी पुस्ताले सराप्ने निश्चित देखिन्छ । हरेक क्षेत्रमा मौलाएको स्वेच्छाचारिता, अनुशासनहीनता, आफूअनुकूल कानुनी व्याख्या र प्रयोगका कारण कानुनी राज्यको अनुभूति सर्वसाधारणका लागि आकाशको फल बनेको छ । सदाचार र सुशासन भाषणमा होइन, एक्सनमा हुनु आजको आवश्यकता हो । प्रशासन दयामायाले भन्दा पनि अनुशासन र न्यायले चल्नुपर्छ । अनुशासित निजामती प्रशासनमा मात्र सुशासनको सहज प्रत्याभूति हुन सक्छ । निजामती सेवा राज्यको स्थायी सरकार भएकाले देशमा सुशासनको दिगो प्रत्याभूतिको सुनिश्चित गर्नु यसको प्रमुख दायित्व हो । राज्यबाट प्रदान गरिने सेवासुविधा सहज र छरितोसँग विधिसम्मत रूपमा सेवाग्राहीसम्म पुग्नु नै सुशासन हो । सरकारले नागरिकको हकहित र कल्याणका लागि के काम गर्दै छ भन्ने कुरा जान्ने अधिकार सबैमा हुन्छ । पारदर्शिता भनेको सरकारी गतिविधिसम्बन्धी सूचनाको त्यस्तो रूप हो, जसमा राजनीतिकलगायत अन्य सार्वजनिक पदाधिकारीद्वारा गरिने जुनसकै निर्णय तथा कार्यको सम्बन्धमा सार्वजनिक छलफल र बहस गर्न सकिन्छ । नेपालको शासन र प्रशासनमा पारदर्शिताको छनक वि.सं. २००७ मा राणाशासनको अन्त्यसँगै भएको पाइन्छ । जसको उदाहरणका रूपमा नेपाल सरकारको आयव्यय विवरण वि.सं. २००८ मा पहिलो पटक सार्वजनिक गरिएको थियो । राणाकालमा चाकडी र नियुक्ति, सरुवाबढुवा, पँजनीमा हुकुम र आदेशको भरमा आफ्नो स्वार्थअनुकूल गर्नुलाई सामान्य मानिन्थ्यो । नेपालमा पारदर्शिताको सिद्धान्त व्यावहारिकताको कसीमा फितलो भएको कारणबाट भ्रष्टाचार र गैरजिम्मेवारीपन मौलाएको छ । विगतका पञ्चायत, प्रजातन्त्र तथा लोकतन्त्रकालमा क्रमिक रूपमा सुधार भए पनि पर्याप्त मात्रामा पारदर्शिता विधि र व्यवहारमा भएको पाइँदैन । विद्यमान संविधानले नेपालको सार्वभौमसत्ता नेपाली जनतामा सुनिश्चित गरेको परिप्रेक्ष्यमा देशको शासन र प्रशासनमा उत्सनहजनक जाँगरिलो जनसहभागिता जुटाउन हरेक क्षेत्रमा पारदर्शिता हुनु पहिलो सर्त हो । देशको शासन प्रबन्ध स्वच्छ र सही दिशामा निर्दिष्ट छ वा छैन भन्ने कुराको निरन्तर सुपरिवेक्षण र मूल्याङ्कनका लागि जनताले जानकारी पाउनु आवश्यक हुन्छ । तर, नेपालमा अधिकांश सार्वजनिक महत्व र सरोकारका निर्णयहरू प्रायः चाकडी, चाप्लुसी, नातावाद, कृपावाद, पार्टीभित्रको गुटबन्दी र कमिसनका आधारमा हुने गरेको बेलाबखत चर्चा हुने गर्छ । चाकडीमा रमाउने र कमिसनमा कमाउने अनुशासनहीन संस्कार लोकप्रिय हुँदै गएको छ । अधिकांश सार्वजनिक पदको नियुक्ति विशेषज्ञता, वरिष्ठता र योग्यताका आधारमा नभएको गुनासो हुने गरेको छ । राजनीतिक नेतृत्वमा नै पारदर्शिताको खडेरी देखिन्छ । सत्तामा पुगिसकेपछि पनि प्रशासनिक सुधारमा निष्पक्षता राजनीतिक आग्रह र पूर्वाग्रहको ग्रहणमा परेको छ । नीतिनियम र कार्यान्वयन उचित ढंगबाट भएको छ कि छैन, विद्यमान नीतिनियम र कार्यशैलीलाई जनमुखी जनकल्याणकारी बनाउन तथा सेवाप्रदायक पदाधिकारीहरूलाई आफ्नो कामकारबाहीप्रति जवाफदेही र उत्तरदायी बनाउनका लागि पारदर्शिताको माध्यमबाट सर्वसाधारणको जनआकांक्षा र जनमत बुझ्न सकिन्छ, जसबाट जनअपेक्षाका आधारमा मौजुदा नीतिनियम र विधिलाई समयानुकूल परिमार्जित र परिष्कृत गर्न सकिएमा असल शासनको प्रत्याभूति गर्न÷गराउन ठूलो योगदान पुग्न सक्छ । निर्वाध सूचना प्रवाहका आधारमा सरोकार र विज्ञहरूसँगको सौहार्द छलफलबाट बनेको परिष्कृत नीतिनियमको कार्यान्वयनबाट सुशासन उन्नत तथा लोकप्रिय हुने कुरामा दुईमत हुन सक्दैन । पारदर्शिताले क्रियाकलापमा व्यापक जनसहभागिता जुटाउन, अनुत्पादक तथा व्यर्थको अफवाह हल्लालाई निरुत्साहित गरेर जनविश्वास र अपनत्व आर्जन गरी समयमा नै गुणस्तरीय कार्य सम्पादन गर्न हौसला प्रदान गर्छ । सार्वजनिक प्रशासनमा उत्तरदायित्व र जवाफदेहितामा बढोत्तरी भई नैतिकता र इमानदारिता फस्टाउन पुग्छ, जसले भ्रष्टाचारमुक्त आदर्श समाजको विकास र विस्तार गर्न अहम् भूमिका खेल्छ ।
2022/01/27 14:26:47
https://www.karobardaily.com/news/160009
mC4
अमित बरालको घरमा सँसारकै अचम्म भो (भिडियो सहित) – Rastriyapatrika अमित बरालको घरमा सँसारकै अचम्म भो (भिडियो सहित) काठमाडौं, २४ मंसिर- नेपाल आईडलको टप ५ सम्मको यात्रा तयर गरेपछि भोटका कारण बाहिरिएका अमित बरालको घर बुटवल हो । अमितको आफ्नै दुखद कथा छ । उनी दाईको प्रेरणाले संगीत क्षेत्रमा आएका हुन् । सानैदेखि गाउने रुचि भने थिएन अमितलाई । तर जब आफ्नो दाईको असामयिक निधन भयो तब दाईको सपना पुरा गर्न अमित गायन क्षेत्रतिर ढल्किए । वास्तवमा अमितको दाई एक ुशल गायक थिए । व्यवसायिका रुपमै गाउंथे, सुमित बराल तर अकालमै उनको ज्यान गयो । त्यसपछि अमितको परिवार जन्मथलोमा पनि बस्न सकेन । अमितको आमालाई सधैं जेठो छोराको याद आउन थालेपछि उनीहरुले बुटवलको बर्दघाट छोडे । त्यसैबिच अमितको परिवारमा जे भयो जुन अचम्मको घटना छ । अमितको भाईको रुपमा दाईकै अनुहार र रुचि भएका भाईको जन्म भयो । अमितका भाई अहिले मात्र दश बर्षका छन् । आफ्नो जेठो छोराको अनुहारमा कान्छो छोरो जन्मिएपछि अमितका आमाबुवाले सन्तोष मानेका छन् । उसैलाई हेरेर जेठोको झल्को मेटाउंछन् । यि सबै कुरा अमितले एक अन्तर्वार्तामा खोले, हेर्नहोस ः कस्ता थिए अमितको दाई अनि कस्तो जन्मिए उनका कान्छो भाई ? भिडियो हेर्नुहोस
2020/09/27 19:38:48
http://www.rastriyapatrika.com/archives/11040
mC4
झुठ बोलेर नेपाल घुम्न पर्यटक नबोलाऊ ! - माइपोखरी न्युज Home BLOG MAIPOKHARI NEWS झुठ बोलेर नेपाल घुम्न पर्यटक नबोलाऊ ! जापान । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना अघि सारेको रहेछ यो कदमलाई हामीले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ नै। नेपाल संसारकै पर्यटनमा प्रचुर संम्भावना भएको पर्यटकीय देश हो । हामीसंग सगरमाथासंगै मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण जस्ता धेरै वाटा अग्ला हिमालका चुचुराहरु पनि छन्। एक सिंगे गैंडा हेर्न कहाँ पाईन्छ यो दूनियामा जो हामीसंग छ। हामीसंग झापा इलामका चिया बगान,पॉचथर भोजपुरका डाँडा उता माथि स्याङबोचे, भेडेटार,रुम्जाटार, हलेसी रमणिय त्यो जिरी यि पूर्वका घुम्नका लागि विशेष सुन्दर ठाउँहरु छन्। सिन्धुलीगढी,शैलुगं,दोरम्बा नमोबुद्ध,नगरकोट,दामन पालुगं यि मध्यपहाडका शान हुन्। जानकी मन्दिर, गढीमाई तराईका भ्रमण गर्ने विशेष ठाउँ हुन्।पश्चिमतिर पाईलै पिच्छे रमणिय स्थानहरु छन्। पोखरा गएपछि साच्चिकै प्रकृतिको उपहार हामीलाई प्राप्त भएको छ भन्ने भान हुन्छ। मन एकोहोरो र शान्त बनाउछन् । रारा,तिलिचो,चाँदनी दोधारा,स्वर्गद्वारी ती हाम्रा पर्यटकीय क्षेत्र हुन।अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि पनि हो। जलश्रोतको कुरै नगरौ खोलानाला झरना प्रकृतिको अनुपम उपहार हामीलाई प्राप्त छ। पोकली,पातले छागामा एकचोटी पुगेपछि सायद स्वर्ग भन्ने नेपालमै छ भन्ने हरेकले महसुस सहजै गर्न सकिन्छ। सयौ भाषा,भेषभुषा,रितिरिवाज रहन सहन यी हाम्रा चिनारी पहिचान नै हुन्।भौतिक पुर्वधार विकास पहिलो प्राथमिकता हो।सार्वजनिक शौचालयहरु छैनन्। फोहोर ब्यवस्थापन छैन ।मुख्य पर्यटकीय स्थान बौद्धको सडक हिंड्नै नहुने भएको वर्षौ भयो टाढाको त के कुरा गर्नु काठमाडौ वरिपरि कै स्थानहरुमा सडक राम्रो छैन। बस्ने खाने राम्रो ब्यबस्थापन छैन पानी पर्दा हिलाम्मे घाम लाग्दा धुलाम्मे खाल्डाखुल्डी र प्रदूषण राजधानी देखेर नेपाल आउन लागेका पर्यटक कति मख्ख पर्लान? सामाजिक सञ्जालमा भिजिट नेपाल भन्दैमा कति आउछन् घुम्न नेपाल पर्यटक ? पर्यटकलाई सुलभ सेवा सुबिधा पनि दिन सक्नुपर्यो । घुम्न आउने भनेको आराम मनोरञ्जन केहि त सिकेर जाने उद्धेश्य नै हो। अग्लो गोरो विदेशी देख्न साथ २० रुपैयाँको पानीलाई १०० रुपैयाँ भनिदिने।घुमाउन जादा विभिन्न बाहनामा अनावश्यक बढी चार्ज उठाउने। २ दिनको यात्रालाई १ दिनमै पार गरिदिएर फाइदा उठाउनेहरुलाइ नियन्त्रण गर्न सक्नुपर्यो।केहि समय बौद्धमा १ जना जापनिज पर्यटकको २ लाख नगद चोरी भएको समाचार सुन्नमा आएको थियो। यस्ता घटनाहरुले सुरक्षामाथि प्रश्न चिन्ह खडा गरेको छ।सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ । गौतम बुद्धको जन्मस्थानमै बुद्धका मूर्तिहरु तोडफोड हुन्छ । हरेक साँझ लुटपाट चोरी डकैती यी हाम्रा नियमित अखबार हरुका ताजा समाचार हुन्।आज विश्व सामाजिक सञ्जालले जोड़ेंको छ।छिनभरमै समाचार फैलिसकेको हुन्छन्। पर्यटकलाई आकर्षण दिने भनेको नम्रता शिष्टाचार हो।तर हामी वीर गोर्खाली झुक्ने कुरै हुदैन ? बिमानस्थलमा ओर्लिएपछि थाहा हुन्छ देशको अबस्था कस्तो छ भनेर। विदेशीहरुलाई यो पनि राम्रोसंग थाहा छ नेपाली आकाश असुरक्षित छ भनेर । भुकम्पले हल्लाएको ४ बर्ष भयो मठमन्दिरको भौतिक संरचना अझै उठेकै छैनन्।लम्पसार परिरहेकै छन्। भिजिट नेपालको लोगो राख्दैमा १० लाख मान्छेलाई विमानस्थल उध्घाटन गर्न बोलाएर पर्यटक आउनेवाला छैनन्।पाहुनालाई उचित स्वागत सत्कार गर्न सकिएन भने भएको ईज्जत पनि पानीमै बग्ला। बुद्ध र सगरमाथाको देश घुमौ भनेर कति झुठ बोलेर बस्ने हामी ?
2021/07/26 23:22:25
https://www.maipokharinews.com/2019/08/visit-nepal-2020.html
mC4
तुलसीपुर । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले गरेका हुन् । मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए । उनले कोरोना महामारीका कारण थला परेको अवस्थामा खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्दा खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताए । मन्त्री हमालले खेलकुदको विकास र प्रवद्र्धनमा स्वर्गीय नेता खुमबहादुर खड्काको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले खेलकुदले मेलमिलापको सन्देश दिने बताउँदै टेबलटेनिस प्रतियोगिताले स्वर्गीय नेतालाई स्मरण गराएको पनि बताए । टेबलटेनिसका केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमालले खेलकुदमा राज्यको लगानी पर्याप्त नभएको बताए । उनले कोरोनाले खेल गतिविधि कम हुँदै गएको अवस्थामा अहिलेको प्रतियोगिताले खेलाडीमा उत्साह थप्ने बताए । उद्घाटन कार्यक्रममा नेपाली कांगे्रसका महाधिवेशन प्रतिनिधि शम्भु शाह, कांग्रेस नेता महादेव शाह, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसी, नेपाल तरूण दल दाङका सभापति टिका घर्तीले टेबलटेनिस प्रतियोगिताले खेलाडीलाई उत्साह थपेको नभई स्वर्गीय नेता खड्को योगदानलाई स्मरण गराएको बताए । युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्ष तथा लुम्बिनी प्रदेशका बन तथा वातावरणमन्त्री सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण प्रतियोगिताको प्रचारप्रसार संयोजक किरण केसीले गरेका थिए । प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता रहेको छ । पुरस्कारको राशी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स टिम र बुमेन्स टिमको प्रथम पुरस्कार ३०÷३० हजार, द्वितीय पुरस्कार १५÷१५ हजार, तृतीय पुरस्कार नगद ५÷५ हजार र सान्त्वनाले पनि ५÷५ हजार प्राप्त गर्ने छन् । यस्तै मेन्स र बुमेन्स सिंगलतर्फ नगद ४०÷४० हजार, द्वितीय पुरस्कार २०÷२० हजार, तृतीय र सान्त्वना पुरस्कार ५÷५ हजार रहेको आयोजकले जनाएको छ । यस्तै मेन्स र बुमेन्सको जुनियरतर्फ प्रथम पुरस्कार ३०÷३० हजार, द्वितीय पुरस्कार १५÷१५ हजार र तृतीय र सान्त्वना नगद ५÷५ हजार पुरस्कार राशी रहेको छ । । प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुने आयोजक युथ अफ तुलसीपुरका अध्यक्ष गिरीले जानकारी दिए ।
2022-12-01T22:22:10Z
https://sajhatimes.com/2021/12/31/8894
OSCAR-2301
मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने शिक्षामन्त्रीको प्रतिवद्धता « Image Khabar २० मंसिर २०७८, सोमबार १४:३४ काठमाडौं, मंसिर २० । सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह समेत गर्नुभयो । मुस्लिम आयोगले तयार पारेको 'नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण' अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशीताको कुरा सुनिश्चित गरेपनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक दलहरु भित्रै संविधानको भावना अनुसार समावेशिताको सिद्धान्तलाई अंगिकार गरिसकेको अवस्था नरहेको स्विकार गर्नुभयो । मन्त्री पौडेलले मदरसा शिक्षाको रुपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि स्मरण गराउनु भयो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताउनुभयो । उहाँले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढनुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
2022/01/23 21:59:26
https://www.imagekhabar.com/news/269339/
mC4
डिफेन्डिङ च्याम्पियनले नै जित्यो भेट्रान्स कप « News of Nepal हेटौंडाको हुप्रचौरमा भएको छैटौं संस्करणको हेटांैडा भेट्रान्स कप एट 'ए' साइड फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन बगरभाइ खलक पोखराले जितेको छ । शनिबार भएको फाइनलमा बगरभाइले सानोगौचरण भेट्रान्स काठमाडौंलाई १–० गोलअन्तरले पराजित गरेको हो । दोस्रो हाफको ४०औं मिनेटमा मनोज गुरुङले गरेको गोल बगरभाइलाई उपाधि चुम्न निर्णायक बनाएको थियो । खेलको 'म्यान अफ दी म्याच' बगरभाइका नरेश श्रेष्ठ घोषित भए । प्रतियोगितामा विजेता बगरभाइ खलक पोखराले नगद १ लाख १ हजार १ सय ११ रुपियाँसहित प्रमाणपत्र, शिल्ड प्राप्त गरेको थियो भने उपविजेता सानोगौचरणले नगद ५१ हजार १ सय ११ रुपियाँ प्राप्त गरेको थियो । खेलमा उत्कृष्ट मिडफिल्डर बगरभाइका राजकुमार केसी, उत्कृष्ट फरवार्ड बगरभाइका मनोज गुरुङ, उत्कृष्ट डिफेन्स सानोगौचरणका चुनबहादुर थापा, उत्कृष्ट गोलकिपर बगरभाइका दिलीप क्षेत्री, उत्कृष्ट खेलाडी बगरभाइका ईश्वर गुरुङ र उत्कृष्ट कोच बगरभाइका अञ्जन देवकोटा घोषित भएका थिए । उनीहरूलाई जनही ५ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा २० टिम सहभागी थिए । विजेता र उपविजेता टिमलाई हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत र बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । खेलाडीलाई पुरस्कार प्रदान गर्दै मेयर महतले आगामी दिनमा हेटौंडा भेन्ट्रास कपमा सक्दो सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताए ।
2021/05/15 20:20:46
https://www.newsofnepal.com/2021/01/24/378315/
mC4
उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित : आवश्यक काम बाहेक घर बाहिर ननिस्कन सुझाव « Naya Page उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित : आवश्यक काम बाहेक घर बाहिर ननिस्कन सुझाव काठमाडौँ, २१ पुस । काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकित्सकहरुले अति आवबश्यक काम बाहेक बाहिर ननिस्किन सुझाव दिएका छन् । वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि घरभित्र बस्दा समेत झ्याल ढोका बन्दा गरेर, मास्क लगाएर बस्न चिकित्सकहरुको सुझाव छ । वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार सोमबार राति काठमाडौं उपत्यकाको 'एयर क्वालिटी इन्डेक्स' (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको एक्युआई चार सय तीनको आसपास छ । मौसमविद्हरूका अनुसार सोमबार रातिको एक्युआई स्तर हालसम्मकै उच्च हो । अघिल्ला वर्षहरुमा यही समयमा वायु गुणस्तर सूचाकाङ्क १९० मा सिमित हुने थियो । वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका उप-महानिर्देशका इन्दु विक्रम जोशीका अनुसार यसवर्ष ह्वात्तै वायुप्रदुषण बढेकाले स्वास्थ्यमा गम्भिर असर पार्न सक्नेछ । मंगलबार काठमाडौं विश्वका सर्वाधिक प्रदूषित सहरको अग्रस्थानमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ एक्युआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा मुनि निर्धारण गरेको छ । अर्थात्, नेपालमा ५० देखि एक सयबीचमा रहेमा वायुको गुणस्तर सामान्य मानिन्छ । तर, सोमबारदेखि देशभरि नै वायु प्रदूषणले खतराको तह पार गरेको छ । एक्युआई तीन सय नाघेमा एक वर्षका लागि आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सोमबारको अभिलेखअनुसार एक्युआई विराटनगरमा दुई सय ५०, नेपालगन्जमा दुई सय २७, दाङमा एक सय ५२, ललितपुर भैँसेपाटीमा चार सय तीन, हेटौँडामा एक सय ६३, भक्तपुरमा दुई सय ७७, पोखरामा एक सय ९४, महेन्द्रनगरमा एक सय ९२ र काठमाडौंमा चार सय ८७ थियो । सोही अवधिमा कजकस्तानमा दुई सय ९६, भियतनाममा दुई सय ४१, ढाकामा दुई सय तीन मापन गरिएको छ । यो तथ्यांकबाट पनि काठमाडौंमा एक्युआई उच्च देखिन्छ । मुुख्य प्रशासनिक केन्द्र सिंहदरवार अगाडीको सडक । काठमाडौँ उपत्यकामा सोमबारदेखि मौशममा आएको परिर्वतनले चिसो बढेको छ । तस्वीर : रोशन सापकोटा/रासस ती प्रदेशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागले साँझ दिएको जानकारीअनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सोही वायुका कारण देशभर सामान्य बदली भइरहेको छ । जानकारहरुले झ्याल ढोका खोलेर स्वच्छ हावा बहने वातावरण बनाउन आग्रह गरेका छन् ।
2021/01/17 11:52:26
https://www.nayapage.com/archives/285461
mC4
यि हुन् धुर्कोट गाउँपालिकाले देशका अन्य स्थानिय निकायले भन्दा पहिला गरेका काम …. – Gulminews Home/जिल्ला समाचार/यि हुन् धुर्कोट गाउँपालिकाले देशका अन्य स्थानिय निकायले भन्दा पहिला गरेका काम …. यि हुन् धुर्कोट गाउँपालिकाले देशका अन्य स्थानिय निकायले भन्दा पहिला गरेका काम …. गुल्मीन्युज Follow on Twitter Send an email २०७४ कार्तिक ३, शुक्रबार २०:२९ मा प्रकाशित जिल्लाका दुई नगरपालिकाले दिन नसकेको वाईफाई सेवा धुर्कोट गाउँ पालिकाले पहिलोपटक निशुल्क गर्ने निर्णय गर्‍यो । स्थानिय तह निर्वाचन पछि देशमै पहिलो पटक धुर्कोट गाउँपालिकाले प्रेस संयोजक नियुक्त गरे पछि अरु पालिकाहरुले पनि नियुक्त गर्न सुरु गरेका थिए । त्यसै गाउँपालिकाले विपन्न परिवारको खरको छानामा टिनको छाना लगाई दिने घोषणा गरेपछि अन्यत्र पनि यो अभियानलाई पछ्याईएको हो । सञ्चारकर्मीका रुपमा सदिऔं देखि गाउँको सेवा गर्दै आएका कटुवालहरुलाई त्यस गाउँपालिकाले देशमैं पहिलो पटक तलव तोके पछि मुसिकोट नगरपालिकाले पनि त्यसलाई पच्छ्याउँदै कटुवालहरुलाई तलव निर्धारण गर्ने भएको छ । अन्यत्र पनि यसवारे वहसको विषय बनिरहेको जनाईएको छ । जिल्लाका २ नगरपालिका र १० गाउँपालिका मध्ये जनप्रधिनिधीहरुले १ सय दिनमा गरेका काम पत्रकार भेटघाट गरेर सार्वजानिक गर्ने धुर्कोट गाउँपालिका पहिलो हो । कार्यक्रमका प्रमुख अतिथी पुर्व सांसद रुद्रमणी शर्मा भन्डारीले उक्त कार्यलाई पारदर्शीताका लागि जिल्लाकै नमुना भएको प्रतिकृया दिए । अर्का विशेष अतिथी कांग्रेसका युवा नेता छन्दबहादुर पहराईले उक्त कार्यलाई हुने विरुवाको चिल्लो पातको संज्ञा दिए । नेपाल शिक्षक संघका नेता प्रेमनारयण भण्डारीले गरिवका खरका झुपडीमा टिनको छाना लगाई दिने धुर्कोट गाउँपालिकाको पहिलो घोषणाले गाउँपालिकाको गरिवहरु प्रतिको गाम्भिर्यता प्रस्त्य्त गरेको छ । आगमी दिनमा पनि कसरी गरिवलाई उकास्न सकिन्छ भन्ने मै दत्तचित्त रहन बक्ताहरुले सुझाव दिए ।
2021/10/24 03:16:52
https://gulminews.com/%E0%A4%AF%E0%A4%BF-%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D-%E0%A4%A7%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A5%8B%E0%A4%9F-%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF/
mC4
नेसनल लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ३५.७९% ले वृद्धि ! ARCHIVE, MARKET WATCH, QUARTER REPORT » नेसनल लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ३५.७९% ले वृद्धि ! काठमाडौं - नेसनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ११ करोड ५३ लाख ९६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनमा ३५.७९% ले धेरै हो । गत वर्ष यहि अवधिमा कम्पनीले ८ करोड ४९ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद बिमा शुल्क ३९% ले बढेर १ अर्ब ९१ करोड २१ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्व ३७ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क रहेको थियो । कम्पनीले ६१ करोड १० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने २६ करोड ६७ लाख रुपैयाँ दाबी हुन बाँकी रकम रहेको छ। कम्पनीको जीवन बिमा कोष पनि २७.०९% ले बढेर २८ अर्ब ६४ करोड ९३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यता, रिजर्भ फन्ड भने ९.५४% ले घटेर ६५ करोड ७४ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ । यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३९ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८६ पैसा छ ।
2020/07/11 13:54:21
https://www.arthasarokar.com/2019/11/National-Life-Insurance-C.html
mC4
विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै हो: सभामुख सापकोटा « प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १२:५८ सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानअनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको बताएका छन्। प्रतिनिधि सभामा सरकार गठन हुने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था रहेको जनाउँदै सभामुखले संविधानसभाबाट निर्मित संविधानलाई क्रियाशील, जीवित र परिणाममुखी हुने गरी अदालतबाट निर्णय हुनसमेत अनुरोध गरेका छन्। रासस
2022/06/30 11:35:02
https://www.mundhumstar.com/2021/06/18/36815/
mC4
Thursday, 26 Mar, 2020 11:02 AM भैरहवा,१३ चैत - रुपन्देहीको ओमसतिया गाउँपालिकाले गाउँगाउँमा पुगेर गाउँपालिकाभरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । जिल्लामा अहिले सुरक्षाकर्मीले लकडाउन पालना गराउन स्थानीयवासीलाई सचेतना दिलाउने, माइकिङ गर्ने र नियन्त्रणमा लिने गरेका छन् । बजार क्षेत्रमा लकडाउन पूर्णरुपमा पालना भए पनि गाउँगाउँमा आंशिक मात्र पालना भएको देखिन्छ । रुपन्देहीमा अहिले प्रदेश सरकारले सरकारी अस्पताल भीम अस्पताललाई कोभिड–१९ को सङ्क्रमणको आशङ्का लागेकाहरुलाई उपचार केन्द्र तोकेको छ भने बुटवलको धागो कारखानामा आइसोलेशन वार्ड बनाएको छ । रासस
2020/06/06 11:31:14
http://www.chakrapath.com/content/distribution-of-masks-and-antiseptic-soap-from-villagers-to-prevent-covid-29.html
mC4
सम्धी दाहिना भएपछि अर्बपति खरीदारको सरुवा बदर « Drishti News काठमाडौं, २४ मंसिर । भूमिब्यवस्थापन तथा अभिलेख विभागले एक महिनाअघि बर्दिबास मालपोत कार्यालयमा पदस्थापन गरेका एक कर्मचारीको पत्र लुकाएर पुनः साविककै कार्यालयमा राखेको छ । लक्ष्मण बस्नेत ८ बर्षदेखि चावहिल मालपोत कार्यालयमा कार्यरत छन् । चावहिल मालपोतबाट गैरकानुनी रुपमा सरकारी जग्गादेखि छुट जग्गा दर्ता गरी अकूत सम्पत्ति आर्जन गरेका खरिदार बस्नेतलाई एक महिनाअघि बर्दिबास मालपोत कार्यालयमा पदस्थापन गरिएको थियो । तर एक महिनासम्म विभागमै पत्र लुकाई पुनः चावहिलमै पदस्थापन गरिएको छ । भूमिब्यवस्थापन विभागका महानिर्देशक कृष्ण ज्ञवाली आफ्नो सम्धी नाता पर्ने भएकाले आफ्नो पदस्थापन बर्दिबासबाट रद्द गराएको दाबी उनले कर्मचारीबीच गर्ने गरेका छन् । यद्यपि, महानिर्देशक ज्ञवालीले दृष्टिसँग कर्मचारीको ब्यवस्थापन गर्ने क्रममा त्यस्तो भयो होला, तर म खरिदार बस्नेतलाई चिन्दिनँ भने । धादिङ मालपोतमा हुँदा राजमार्गको छेउ र खोला किनारका सरकारी जग्गा वन समेत गैरकानुनी ब्यक्तिका नाममा दर्ता गरेको आरोप बस्नेतमाथि छ । धादिङको राजमार्गछेउमा १ रोपनी जग्गा हुनेलाई पछाडिको जंगलसमेत हालेर २ वटा जीरो थपी १०० रोपनीको पूर्जा दिने काममा पनि बस्नेत संलग्न थिए । जुन जग्गाको एक चरणको छानबिन सकेर मुद्दा दायर भइसकेको छ भने अर्को चरणको छानबिन भइरहेको छ ।
2020/09/18 23:48:55
https://www.drishtinews.com/archives/25662
mC4
माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि साफ च्याम्पियनसिपको सेमिफाइनलमै रोकियो – सप्तरंगी एफ एम Home / खेलकुद़़ / माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि साफ च्याम्पियनसिपको सेमिफाइनलमै रोकियो माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि साफ च्याम्पियनसिपको सेमिफाइनलमै रोकियो ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि एकपटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । खेलको नवौं मिनेटमा कप्तान अक्रम अब्दुल घानीले शानदार फ्रिकिकमार्फत गोल गरी माल्दिभ्सलाई अग्रता दिलाएका थिए । रक्षापंक्तिको कमजोरीमा खेलको अन्त्यतिर नेपालले दुई गोल खान पुग्यो । दुवै गोल इब्राहिम वाहिदले नै गरे । ८४औं मिनेटमा नेपाली डिफेण्डर अनन्त तामाङले डिबक्सबाट क्लियर गरेको बलमा इब्राहिमले गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नेपालले तेस्रो गोल खान पुग्यो । यतिबेला पनि नेपालको रक्षापंक्ति निकै कमजोर देखियो । गोलरक्षक किरण चेम्जोङ आफ्नो पोजिसनबाट अगाडि बढेको अवस्थामा इब्राहिमले नै पेनाल्टी एरियाबाट गोल गरे । २७औं मिनेटमा मेघ गर्जनसहितको वर्षा र खराव प्रकाशका कारण खेल केहि समय रोकिएको थियो । करिब आधा घण्टापछि सुरु भएको खेलमा नेपालले गोलका केही अवसरहरु सदुपयोग गर्न सकेन । पहिलो हाफको अन्त्यतिर भरत खवास गोल गर्ने सुनौलो अवसरबाट चुक्न पुगे । त्यस्तै ७५औँ मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले पनि त्यस्तै मौका गुमाए । बिमल घर्तीमगर र सुनील बलले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् । समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले त्यसयता भुटानबिरुद्ध ४–० र अन्तिम खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २–० गोलअन्तरको जित निकाल्दै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । सुरुमे गोल खानु परेपछि नेपाली टोली हतोत्साही देखियो भने वर्षाका कारण मैदान हिलो भएपछि नेपाली टोलीमा तालमेलको कमी देखियो । Previous: प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंगिने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको भनाई
2019/01/18 20:07:55
https://saptarangifm.com/2018/09/12/%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%AD%E0%A5%8D%E0%A4%B8%E0%A4%B8%E0%A4%81%E0%A4%97-%E0%A5%A9-%E0%A5%A6-%E0%A4%97%E0%A5%8B%E0%A4%B2%E0%A4%B2%E0%A5%87-%E0%A4%AA/
mC4
कोरियाबाट फर्किएर गाउँमै 'कडकनाथ कुखुरा'को ब्यवसायिक पालन | BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार घर आर्थिक कोरियाबाट फर्किएर गाउँमै 'कडकनाथ कुखुरा'को ब्यवसायिक पालन कोरियाबाट फर्किएर गाउँमै 'कडकनाथ कुखुरा'को ब्यवसायिक पालन २९ मंसिर २०७७, सोमबार १८:४५ म्याग्दीको रघुगंगा गाउँपालिका-२ साझापानीका एक यूवाले विदेशबाट फर्किएर कडकनाथ कुखुराको ब्यवसायीक पालन सुरू गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस)बाट ५ बर्र्ष दक्षिण कोरियामा विताएका अमृत भण्डारीले गाउँमै फर्किएर 'कडकनाथ' जातका कुखुरा सहित ब्यवसायीक कुखुरापालनमा सक्रिय भएका हुन्। देउराली पशुपंक्षी फर्म दर्ता गरी कालिजजस्तै हुने कालो जातको कु्खुरासँगै टर्की,लोकल कुखुराको खोर विस्ता र गरी ब्यवसायीक उत्पादन सुरु गरेको भण्डारीले बताए। 'अव गाउँमै उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने सोच बनाएर यो ब्यवसायमा लागेको छु,'इन्टरनेटबाट पनि 'कडकनाथ' जातका कुखुराको बारेमा धेरै जानकारी लिएको छु' भण्डारीले भने । हाल फर्ममा साढे ५ सय 'कडकनाथ' जातका कुखुरा, करिब २० टर्की, लोकल कुखरा रहेको बताउँदै भविस्यमा थप खोर विस्तार गरी करिब ५० लाखको लगानीमा थप विस्तार गर्ने बताए । हाल करिब २० लाखको लगानी गरेको भण्डारीले बताए । करिब दुई महिना अगाडीबाट ब्यवसायीक पालन सुरु गरेका भण्डारीले थप ४० रोपनी जग्गामा उन्नतजातको कुखुरा पालन, कालिज पालन र 'कडकनाथ' जातका कुखुराको चल्ला उत्पादन गर्ने गरी मेसिन समेत खरिद गरेका छन् । उनले एकल लगानीमा बेनी नगरपालिका–४ मा रहेको हरियाली मोडेल र विभिन्न जिल्लामा रहेका नमुना फर्मजस्तै बनाउने बताए । 'परिक्षाकालमै छु,'अब विदेश जाने सोच छैन' भण्डारीले भने। म्याग्दीमा विदेशिक रोजगारीका लागि विदेशिने क्रम चलिरहँदा विदेशबाटै फर्किएर गाउँमा ब्यवसायीक कृषि र पशुपालनमा सक्रिय हुने यूवाको संख्या बढ्दै गएको छ । तस्वीर सौजन्य साझापानी सेरोफेरो
2021/01/22 06:09:26
https://myagdikali.com/214965/
mC4
duplicate note, global ime bank in gulmi tamghans branch| Nepal Pati गुल्मी । गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए । फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा उपभोक्तालाई झुक्याउन सजिलो बनाउनका लागि तारलाई बीचबीचमा काटेर नोटमा टाँसिएको छ । उक्त नोटमा टाँसिएको तारलाई सहजैरुपमा कोट्याएर निकाल्न सकिन्छ । बैंकका कर्मचारीले अन्तिम समयमा नोट सर्टिङ गर्ने क्रममा उक्त नोट अलि मोटो भएकोे महसुस गरेपछि अनुसन्धानको क्रममा सो नोट नक्कली पाइएको बताइएको छ ।
2020/06/02 20:33:34
http://nepalpati.com/news/duplicate-note-news/
mC4
उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री आलेको निर्देशन – kalikadainik.com शनिबार, चैत्र २१, २०७७ | १२:२८:४९ | काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चितवनको गैँडा गणनामा ध्रुवे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । यसैगरी मन्त्री आलेले उक्त ध्रुवे नाम गरेको जङ्गली हात्ती कुन ठाउँमा छ त्यसका बारेमा यकीन जानकारी लिएर तथा आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै गैँडा गणनाको कार्य अगाडि बढाउनसमेत निर्देशन दिनुभयो । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका थिए ।
2022/06/29 21:55:04
https://www.kalikadainik.com/2021/04/03/29823/
mC4
साढे सात करोडका सरकारी सवारीसाधन प्रयोगविहिन, मोटरसाईकल, एम्बुलेन्सदेखि डोजरसम्म – Gulminews Home/जिल्ला समाचार/साढे सात करोडका सरकारी सवारीसाधन प्रयोगविहिन, मोटरसाईकल, एम्बुलेन्सदेखि डोजरसम्म जिल्ला समाचारमुख्य हेडलाईन साढे सात करोडका सरकारी सवारीसाधन प्रयोगविहिन, मोटरसाईकल, एम्बुलेन्सदेखि डोजरसम्म गुल्मीन्युज Follow on Twitter Send an email २०७६ कार्तिक ९, शनिबार २१:५० मा प्रकाशित गुल्मी, ०९ कार्तिक । गुल्मीमा सरकारी नम्बर प्लेटका गाडी प्रयोगविहिन अवस्थामा रहेका छन् । जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा विग्रिएको अवस्थामा सरकारी गाडी रहेका हुन् । तिमध्ये कुनैको अभिलेख छ भने कुनै सरकारी गाडीको अभिलेख समेत छैन् । सबैभन्दा धेरै मूल्यका जिल्ला समन्वय समितिमा र सबैभन्दा कम मूल्यका जिल्ला बन कार्यालयमा रहेका छन् । जिल्लामा मोटरसाईकल, एम्बुलेन्स, यात्रा गर्ने गाडी देखि डोजरसम्म प्रयोगविहिन अवस्था रहेका छन् । त्यसरी प्रयोगविहिन अवस्थामा रहेका सामग्रीको हालको नयाँ मुल्य सात करोड ३३ लाख २५ हजार पर्छ । समन्वय समतिमा मात्रै ६ करोडका बिग्रेका गाडी जिल्ला समन्वय समितिको प्राङ्गणमा कुल पाचँवटा गाडी बिग्रिएको अवस्थामा छन् । जसमध्ये एउटा मोटरसाईकल छ भने अन्य चारवटा ल्यान्डरोभर कम्पनीका गाडी छन् । तिमध्ये एउटा बनाए बन्ने अवस्थामा छ । तर बनाइएको छैन् । बा १ झ ६६० नम्बर र बा १ झ ६६८१ नम्बरको ल्यान्डरोभा गाडी वि.स. २०६० असोज १० गते गार्डेपबाट तत्कालिन जिल्ला विकास समितिलाई हस्तान्तरण भयो । उक्त गाडीको खरिद मिति भने जिन्सि किताबमा उल्लेख छैन । बा १ झ ६६० नम्बरको गाडी बनाए बन्ने अवस्थामा छ तर बनाइएको छैन । कार्यालयमा काम गर्ने एक कार्यालय सहयोगिका अनुसार बा १ झ ६६८१ नम्बरको गाडी विग्रिएको सात बर्ष भयो । दुवै गाडीको खरिद मुल्य तत्कालिन समयमा ४०÷४० लाख उल्लेख गरिएको छ । तर अहिले भने सोहि कम्पनीको नयाँ गाडीको मुल्य डेढ÷डेढ करोड पर्ने अनुमान गरिएको कार्यालयका कर्मचारी शर्माले जानकारी दिए । सोहि कार्यालयमा भएको एउटा कालो रङको गाडीको नम्मर प्लेट नै छैन । उक्त गाडि कति बर्षदेखि बर्षदेखि त्यहाँ छ भन्ने समेत कुनै अभिलेख छैन । ल्यान्डरोभर कम्पनीको नयाँ गाडीको हालको मुल्य डेढ करोड पर्छ । गाडिको वरीपरि लेउ लागेको छ भने अन्यन्तै जिर्ण अवस्थामा रहेको छ । जिल्ला समन्वय समितिकै प्राङ्गणको अर्को कुनामा अर्को ल्यान्डरोभर कम्पनीकै गाडि विग्रीएको अवस्थामा छ र उक्त गाडी पनि कति समयदेखि त्यहाँ छ भन्ने कुनै अभिलेख छैन । सोहि कम्पनीको हालको बजार मूल्य पनि डेढ करोड पर्छ । तर समन्वय समितिले गाडीको उचित व्यवस्थापन पनि गर्न सकेको छैन । जिससमै एउटा मोटरसाईकल बिग्रीएको अवस्थामा छ । कार्यालयको कुनामा भएकोले बिग्रिएको मोटरसाइकल झ्याप्प देखिदैन पनि । नम्बरको यमाहा कम्पनीको दुई लाख ५० हजार मुल्य बराबरको मोटरसाईकल पनि प्रयोगविहिन अवस्थामा छ । नयाँ आएपछि पुराना मर्मत हुँदैनन् जिल्लामा हालसम्म केहि कार्यालयहरुले लिलामी प्रक्रिया अगाडी बढाइसकेका छन् भने कतिपय कार्यालयहरु भने आखाँ चिम्लेर बसेका छन् । जिल्ला समन्वय समितिले हालसम्म कुनै पनि नयाँ गाडि किनेको अभिलेखमा उल्लेख छैन् । तर समन्वय समितिमा हालसम्म अरुले अनुदान दिएका गाडीबाटै काम चलाइएको छ । तत्कालिन जिल्ला विकास समिति अहिले जिल्ला समन्वय समितिमा परिणत भएको छ । हुन त पहिलेभन्दा अहिले समन्वय समितिमा थोरै बजेट विनियोज हुन्छ । त्यसैले पनि समितिका पदाधिकारीहरुलाई गाडी मर्मत गर्ने रकम अभाव भयो भन्ने जवाफ दिन निकै सजिलो हुन्छ । तर प्रत्येक केहि बर्षमा नयाँ गाडी अनुदान आउने भएकोले पुराना गाडीहरु मर्मत गरिएको छैन । यसमा जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले समितिमा आफुहरु आउनभन्दा पहिलेले नै गाडीहरु रहेको बताए । उनले केन्द्रबाटै यसको उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखे । टेलिकममा डोजरको भग्नावशेष जिल्ला दुरसञ्चार कार्यालय, नेपाल टेलिकमको भवनअगाडी एउटा डोजरको भग्नावशेष छ । गुल्मीमा दुरसञ्चार कार्यालय स्थापना भएको १२ बर्ष भयो । त्यहि समयदेखि नै उक्त डोजर त्यहि अवस्थामा एउटै ठाउँमा छ । हालसम्म पनि कुनै कम्पनी वा व्यक्तिले डोजरको दाबी गर्न आएका छैनन् । तर तत्कालिन समयमा सडक विभागले खरिद गरेको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख रुकमागत सापकोटाले जानकारी दिए । 'कार्यालय स्थापना हुँदा नै यस्तै अवस्थामा थियो रे, अहिले पनि यस्तै छ ।' सापकोटाले भने, 'हटाउनका लागि धेरै निकायमा पहल गरे तर कुनै उपाय लागेन ।' टेलिकमले डोजर नकिन्ने तर सडक निर्माणको क्रममा त्यहाँ राखिएको हुनसक्ने अनुमान गरिएको छ । फलामको चेनवाला बुल डोजरको मुल्य एक करोड पर्ने डोजर चालक मेघराज नेपालीले बताए । उक्त डोजर अहिले वरीपरिका फुल र विभिन्न घाँसपातले पुरिएको छ । डोजर पनि एकदमै जिर्ण अवस्थामा रहेको छन् । तर उक्त डोजरबारे कुनै अभिलेख कतै नभेटिएको कार्यालयले जनाएको छ । टेलिकमकै अगाडी बर्षौ अगाडीदेखिका विभिन्न प्रकारका तारहरु पनि छन् । ति तारको हालको खरिद मुल्य तीन लाखभन्दा बढी पर्छ । ति भने लिलामी प्रक्रियामा रहेको कार्यालले जनाएको छ । एम्बुलेन्स बिहिन अस्पताल : बिग्रेका बन्दैनन, नयाँ किन्दैनन् जिल्लास्तरको सरकारी अस्पतालमै एम्बुलेन्स छैन भन्दा अचम्म लाग्न सक्छ । तर तम्घास अस्पतालको सन्दर्भमा यो कुनै नौलो र अनौठो विषय होइन् । अस्पतालका दुईवटा बिग्रिएका एम्बुलेन्स प्रदर्शनिमा राखेजस्तै छ । तर अस्पतालमा बिग्रेका एम्बुलेन्स बन्दैनन् । नयाँ किन्न कसैले चासो दिदैैँनन् । बर्षैदेखि एम्बुलेन्स ग्राउण्डमा राख्दा सिटहरु बिग्रनुका साथै एम्बुलेन्सभित्रै घाँस उम्रिएको छ । एउटा मारुति सुजुकी कम्पनीको लु १ झ २७९ नम्बरको एम्बुलेन्स छ । सातबर्ष पहिले सिमिचौरमा दुर्घटना भएदेखि उक्त एम्बुलेन्स अस्पतालमै थन्किएको छ । अर्को लु १ झ २३५ नम्बरको एम्बुलेन्स छ । उक्त एम्बुलेन्सका कम्पनी पत्ता लाग्न सकेको छैन । दुवै एम्बुलेन्सको खरिद मिति र मुल्यबारे अस्पताल बेखबर छ । दुवै एम्बुलेन्सको हालको खरिद मुल्य ५० लाख भएपनि भन्सार छुट हुनेहुँदा २५ लाख पर्छ । अस्पताल प्रमुख डाक्टर उत्तम पाच्याले पहिलेदेखि नै विग्रेका एम्बुलेन्स रहेको र नयाँ एम्बुलेन्स खरिद प्रक्रिया सुरु नै नभएको प्रतिक्रिया दिए । तर अस्पतालको आफ्नै एम्बुलेन्स नभएपनि अन्य संस्थाका एम्बुलेन्सहरुले सेवा दिइरहेको हुँदा बिरामीहरु मर्कामा भने नपरको उनले बताए । बन कार्यालयमा मोटरसाइकल जिल्ला बन कार्यालयमा बा १ व ७६४५ नम्बरको होन्डा कम्पनीको सरकारी नम्बर प्लेटको मोटरसाईकल पनि जिर्ण अवस्थामा छ । विगत १२ बर्षदेखि कार्यालयमै रहेको मोटरसाईकलको हालको मुल्य दुई लाख २५ हजार पर्छ । उक्त मोटरसाईकलको पनि लिलाम प्रक्रियाबारे कुनै थालनी गरिएको छैन । प्रशासनका कुर्चीदेखि कैचीसम्म लिलामी जिल्ला प्रशासन कार्यालयले आफ्नो मातहतमा रहेका विभिन्न सामग्रीहरु लिलामी गरेको छ । प्रशासनले लिलामी गर्नेसम्बन्धी सुचना जारी गरी गरी प्रक्रिया अगाडी बढाएको हो । उसले २० वटा घुम्ने कुर्ची, चापँका कुर्ची, फाइल क्याबिन र स्टिल दराज चार÷चारवटा, आठओटा काठको दराज, १५ वटा घर्रा टेबुल लिलामी गरेको हो । त्यस्तै दुईवटा पलङ, एउटा स्टिल डेक्चि, छवटा स्टिल गिलास, चारवटा प्रेसर कुकर, तीनवटा दिउरी, एउटा फुट काट्ने कैची लगायतका सामग्री लिलामी गरिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्षमण प्रसाद पाण्डेले जानकारी दिए । पहिलो पटक २२ हजार भन्दा बढी मुल्य राखेर लिलामीसम्बन्धी सुचना जारी गर्दा कसैले पनि निवेदन नदिएकोले दास्रो पटक आधा मुल्य घटाएर सुचना जारी गरिएको हो । अहिले कुल ११ हजार ५८६ मा सबै सामग्री लिलामी भएका छन् । के छ नियममा ? आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ७ मा लिलामबिक्रिसम्बन्धी व्यवस्था गरिएको छ । जसमा काम नलाग्ने देखिएका मालसामानहरु लिलाम विक्री गर्ने, मर्मत गर्नुपर्ने दायित्व सम्बन्धित कार्यालय प्रमुखको हुने व्यवस्था गरिएको छ । कुनै मेशिन, औजार तथा सवारीसाधनको स्पेयरपार्ट, पूर्जाको अवस्था तथा मर्मत सम्भार तथा संचालनमा बढी खर्च लाग्ने तथा वर्तमान अवस्थामा अनुपयोगी भनि मेकानिकल प्रविधिकबाट प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । त्यसको मुल्य हेरिकन कार्यालय प्रमुखले लिलाम गर्ने सुचना प्रकाशित गरी लिलाम गर्न पाउने संवैधानिक व्यवस्था छ । त्यसका साथै सोहि ऐनको उपनियम ७ मा एक लाखभन्दा माथिको सामगी्र लिलाम विक्रिको लागि १५ दिनको सुचना जारी गर्नुपर्ने छ । जसमा मालसामानको विवरण, न्यूनतम मूल्य, लिलाम बढबढ हुने स्थान, धरौटी राख्नुपर्ने अङ्क, लिलाम गरेको सामग्री उठाई जैजानुपर्ने अवधि लगायतका कुराहरु सुचनामा उल्लेख हुनुपर्ने ऐनमा उल्लेख गरिएको छ । त्यसैगरि लिलामित सामग्री लैजानको लागि धरौटी राख्नुपर्ने पनि उल्लेख छ । एकलाख रुपैँयासम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि तीनसय, एकलाखदेखि १० लाखसम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि एक हजार र १० लाखभन्दा माथि जतिसुकै रकम न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि दुई हजार धरौटी राख्नुपर्ने नियममा उल्लेख गरिएको छ । चन्द्रकोट गाउँपालिकामा शुक्रवार सार्बजनिक बिदा २०७८ मंसिर १६, बिहीबार १७:३३ मा प्रकाशित माओवादी सोच र ब्रान्ड उत्कृष्ट छ, रेल अनी घर–घरमा ग्यास जस्ता सस्ता नारा धेरै टिक्दैन: मुख्यमन्त्री केसी
2021/12/05 04:30:16
https://gulminews.com/%E0%A4%B8%E0%A4%BE%E0%A4%A2%E0%A5%87-%E0%A4%B8%E0%A4%BE%E0%A4%A4-%E0%A4%95%E0%A4%B0%E0%A5%8B%E0%A4%A1%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%B8%E0%A4%B5/
mC4
हङकङमा लागु कडा कोभिड नियम अप्रिल २१ बाट खुकुलो हुने,मास्क बिना व्यायाम गर्न पाइने,सबै फ्लाइट खुल्ने - HongKong Khabar प्रकाशित मिति: मंगलबार, चैत्र ०८, २०७८ समय: २१:५७:५५ ओमिक्रोनले हङकङमा ल्याएको पाँचौ लहरबाट करिब ४० लाख हङकङ नागरिक संक्रमित भएको हुनसक्ने कुरा स्वास्थ्य अधिकारीहरु स्वीकार्छन, यति हो सबैजसो नागरिक संक्रमित भए पनि घरमै गुपचुप बसेका छ्न। सरकारलाई पोजिटिभ रिपोर्ट नगरी बसेका छ्न। शहरको व्यापार व्यवसायहरु एकपछि अर्को टाट पल्टिने क्रम जारी छ। महामारीको प्रतिकुल असर नागरिकको मानसिक स्वास्थ्यमा पर्न थालेको छ विशेष गरि न्यून आय भएको परिवारमा। महामारी नियन्त्रणका नियमहरु विना विकल्प कडाइ मात्र तुल्याउदै लगिएकोमा लाम प्रशासन चौतर्फी अलोकपृय बन्दै गइरहेको अवस्थामा केहि गर्नै पर्ने दवाव आए पछि हङकङकि कार्यकारी प्रमुख क्यारी लामले मार्च २१ तारिख मुलरुपमा सामाजिक दूरी र महामारी रोकथामका मापदण्डहरू बारे नयाँ कदम चाल्न दैनिक हुने महामारी विरोधी पत्रकार सम्मेलनमा उपस्थित भएकी थिइन । पाँचौं लहरका कारण परिस्थिति गम्भीर हुदै गएपछि गत फेब्रुअरी २० मा महामारी रोकथामका कडा उपायहरु श्रृङखलाबद्व ढंगले ल्याइएता पनि हालमा कोभिड–१९ सङक्रमण पुष्टि हुनेको सङख्या क्रमशः स्थिर हुँदै आएको लामले बताइन। क्यारी लामले प्रकोप अझै गम्भीर रहेको र महामारी विरुद्धको लडाइँ निरन्तर जारी राख्नुपर्नेमा जोड दिइन । केस संख्या नबढने गरि घटेर गएको सुनिश्चित भएपछि मात्र कोभिड नियम खुकुलो बनाउदै जानुपर्छ । अनिवार्य मास परीक्षण (compulsory universal testing ) योजना पनि तत्कालको लागि निलम्बन गरिएको छ। मास टेस्टिङको लागि अधिकांश पुर्व तयारी भइसकेको भएता पनि मुल भूमि चीनबाट आएका र स्थानीय दुबै विज्ञहरूले यस्तो परिक्षण प्रकोपको प्रारम्भिक चरणमा गर्नु उपयुक्त हुन्थ्यो । अहिलेको यो स्थितिमा हङकङसंग भएको सीमित स्रोतहरू मास टेस्टिङमा लगानी गर्न उपयुक्त हुन्न। सरकारले उपयुक्त समय आएपछि फेरि अनिवार्य मास टेस्टिङ ( CUT ) लागू गर्नेबारे विचार गर्नेछ उनले भनिन। उनले हङकङ सरकारले महामारी विरोधी क्षमतामा उल्लेख्य सुधार ल्याएको पनि जानकारी दिइन । परीक्षण सञ्चालनमा मुल भूमि चीनको यथेष्ट समर्थन रहेको उल्लेख गर्दै रयापिड एन्टिजेन परीक्षण किटको मूल्य पनि पुरै घटेको बताइन। अर्को हप्तादेखि यो महिनाको अन्त्यसम्ममा हङकङका सबै घरपरिवारमा र्‍यापिड एन्टिजेन टेस्ट किट सहित एन्टि-एपिडेमिक सेवा किटहरू वितरण गरिनेछ। होम क्वारेन्टाइनमा बसेकाहरुको लागि सरकारले प्रदान गर्ने सहयोगमा सुधार आएको र विगत तीन दिनमा स्वास्थ्य विभागले पुष्टी भएकाहरुलाई रिसोर्स किटहरु पूर्ण रुपमा वितरण गरिएको उनले बताइन। सर्किट ब्रेकर मेकानिजम अन्तर्गत हङकङ आवतजावत गर्ने नौ देशको उडानमा हङकङले प्रतिबन्ध लगाएको थियो जुन प्रतिबन्ध औचित्यहिन साबित भइसकेकोले सरकारले यही अप्रिल १ तारीखदेखि प्रतिबन्ध हटाउने निर्णय गरेको लामले बताइन। संबंधित देशको कोभिड परिस्थिति हङकङको भन्दा खराब नभएकोले पनि यो निष्कर्षमा पुगिएको उनको तर्क थियो । लगातारको प्रतिबन्धले हङकङ फर्कन चाहने हङकङका बासिन्दाहरूलाई चिन्तामा पार्नेछ। यसका अलावा हङकङले हालमा जारी गरेको महामारी रोकथाम सम्बन्धि नियमहरू विदेशबाट आउनेहरूका लागि स्थानीय पुष्टि भएका केसहरू भन्दा कडा छन जसले हङकङको व्यापारिक वातावरणलाई असर गर्नेछ। महामारीविरुद्ध लडने विषयमा सिंगो समाजको विश्वासलाई कायम राख्न सक्ने उनले आशा गरेकी छिन फलस्वरूप जनताले सरकारले अपनाउने भावी दिशालाई बुझ्न सक्नेछ्न। विदेशबाट आउने सबैलाई अब ए,बी,सी जोनमा विभाजन गरिने छैन। हङकङका बासिन्दाहरू खोपको कोर्स पूरा भएपछि विमानमा चढन सक्छन। प्रस्थान गर्नु अघि ४८-घण्टा अवधि अघिको न्यूक्लिक एसिड टेस्ट नेगेटिभ भएको कागजात पेस गर्नुपर्छ। हङकङ आइपुगेपछि उक्त यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ र सरकारले एयरपोर्टमा एन्टि–एपिडेमिक किटहरू पठाइदिने छ। एयरपोर्टमा गरिएको परिक्षण नेगेटिभ आएमा उनीहरुलाई क्वारेन्टाइन होटेलमा लगिनेछ। क्वारेन्टाइन बसेको बेला बिदेशबाट आएका सबैले दैनिक रयापिड एन्टिजेन टेस्ट गर्नु पर्छ। पोलिमरेस चेन रिएक्सन ( पिसिआर) टेस्ट हङकङ आएको पाचौं र १२ औं दिनमा गर्नुपर्दछ। सबै आरएटी र क्वारेन्टाइन बसेको छैटौं र सातौं दिनको परिक्षण नतिजा नेगेटिभ आउने बित्तिकै उनीहरूले तोकिएको क्वारेन्टाइन होटल छोडन सक्छन। त्यसपछि उनीहरुले थप ७ दिनसम्म घरमै स्व-निगरानीमा बस्नुपर्ने छ। घरमा एकान्तवास बसेको अवधिमा उनीहरुले आफ्ना सामान्य दैनिक गतिविधि जारी राख्न सक्छन अर्थात घर बाहिर पनि जान सक्छ्न। र हङकङ छिरेको १२ औं दिनमा कम्युनिटी टेस्टिङ सेन्टरमा गएर परीक्षण गर्नुपर्ने छ। महामारीको अवस्था अझै गम्भीर रहेकोले २० फेब्रुअरीमा ल्याइएका धेरैजसो महामारी विरोधी नियमहरू अप्रिल २० तारीखसम्म कायम रहनेछ उनले भनिन। आगामी ३० दिनको अवधिमा गम्भीर अवस्थामा भएका रोगीलाई र हल्का लक्षण भएकालाई विशेष उपचार गरेर सामान्य बनाउने र मृत्युदरलाई कसरी हुन्छ कम गर्ने कुरामा ध्यान केन्द्रित गरिनेछ। सरकारको ध्यान विशेषगरी वृद्धवृद्धाको खोप दर बढाउने कुरामा पनि केन्द्रित हुनेछ। स्मरण रहोस सरकारले यो भन्दा अगाडि अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत,नेपाल , पाकिस्तान, फिलिपिन्स, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाबाट चल्ने उडान माथी उडान निलम्बन संयन्त्र अन्तर्गत अप्रिल २० तारीख सम्मको लागि प्रतिबन्ध लगाएको थियो । सामाजिक दूरी संबंधी नियमहरू बारेमा उनले भनिन कि पुष्टि भएका केसहरूको संख्या घटेको भए पनि अझै केस संख्या उच्च छ र आज नै सामाजिक दूरी सम्बन्धि नियमहरुलाइ खुकुलो पार्न गाह्रो छ । यदि संक्रमित संख्या दिनानुदिन घटदै गएमा महामारी सम्बन्धि मापदण्डलाई तीन चरणमा तीन महिना लगाएर खुकुलो पारिने छ र अप्रिल २१ तारीखबाट त्यो योजना सुरु हुनेछ। तर भ्याक्सिन पास र लिभहोमसेफ (LeavehomeSafe) एपको प्रयोग यथावत रहनेछ । पहिलो चरण, अप्रील २१: पहिलो चरणमा रेस्टुरेन्टहरुलाई सांझ ६ बजेको सट्टा रातको १० बजे सम्म खोल्न अनुमति दिइनेछ र एउटा टेबुलमा चार जना सम्मले बसेर खाना खान पाउनेछन। अहिले एउटा टेबुलमा २ जना मात्र बसेर खान पाइन्छ । बन्द हुने अनुसूचीमा परेका स्थानहरु जस्तै जिम, सिनेमा ,मसाज पार्लर र ब्युटी सेन्टरलाई पुन: खोल्न अनुमति दिइनेछ। लेजर एन्ड कल्चरल डिपार्टमेन्ट अन्तर्गत संचालित स्पोर्टस फेसिलिटी पनि पुन संचालनमा आउन दिइनेछ ।सामाजिक जमघट माथी लागेको प्रतिबन्धलाई फुकाएर ४ जना सम्म भेला हुन दिइनेछ । अहिले दुई जना मात्र भेला हुन पाइने व्यवस्था छ। दोस्रो चरण: दोस्रो चरणमा सबै निर्धारित परिसरहरूलाई फेरि खोल्न पाउने अनुमति दिइनेछ। क्याटरिङ प्रीमाइसेस अर्थात रेस्टुरेन्टमा प्रति टेबल ८ जना सम्मलाई बस्न दिइनेछ र रातको १२ बजेसम्म खोल्न दिइनेछ । बारहरू, पबहरू, समुद्र तटहरू र सरकारी स्विमिंग पूलहरूलाई पनि खोल्ने अनुमति दिइनेछ। बार र पब महिनौं देखि बन्द रहेको अवस्था छ । स्मरणीय छ विगत दुई वर्षमा करिब २०० देखि ३०० वटा बार सदाका लागि बन्द भैसकेको छ।बाहिरी खेलकुदका लागि मास्क लगाउन आवश्यक पर्ने छैन अथवा आउटडोर ब्यायाम गर्दा मास्क नलाए पनि हुन्छ। कन्ट्री पार्क तिर टहलिदा मास्क नलाए पनि हुनेछ। सामाजिक जमघटमा ८ जना सम्म भेला हुन पाइन्छ। तेस्रो चरण: तेस्रो चरणमा सबै किसिमका सामाजिक दूरी सम्बन्धि नियमहरू हटाइनेछ र केवल मास्क लाउने आदेश र खोप पासलाई मात्र कायम गरिनेछ। विद्यालयहरूको सन्दर्भमा उनले प्राथमिक र अन्तर्राष्ट्रिय विद्यालयहरू अप्रील १९ बाट आमनेसामने कक्षाहरू सुचारु गर्ने बताइन, माध्यमिक विद्यालयहरू भने डिप्लोमा परीक्षा(DSE exam) सकिएपछि मात्र सुचारु हुनेछ। स्कुल शुरु गर्नको लागि प्रत्येक पाठशालाले खोप दरलाइ ७० प्रतिशत पुर्याउनु पर्दछ। सेकेन्डरी स्कुलका विद्यार्थीको खोप दर व्यक्तिगत स्तरमा ९० प्रतिशत पुगेको हुनु पर्दछ। सरकारका सल्लाहकार तथा चाइनिज युनिभर्सिटी हङकङ स्वासप्रस्वास मेडिसिन बिभागका अध्यक्ष डेभिड हुइले २३ मार्च बिहान रेडियोमा बोल्ने क्रममा ३ देखि ११ वर्षको उमेर समुहको पहिलो खोपको खोप दर ३८ प्रतिशत र दोस्रो खोपको खोप दर ११प्रतिशत पुगेको बताए। १२ देखि १९ वर्षको उमेर समुहको खोप दर भने ७३ प्रतिशत पुगेको उनले बताए । स्कुल इस्टर विदापछि ब्याच सिस्टममा शुरु गर्ने योजना भएको कार्यकारी प्रमुख लामले मार्च २३ तारिख बताइन। विद्यार्थीको कक्षा संचालन हुन थालेपछि स्कुलका स्टाफ र भिजिटरलाइ भ्याक्सिन पास लागू हुने र दुई मात्रा खोप लगाएको हुनुपर्ने बताइन। हालमा हाइ स्कुल पढने ९५% विद्यार्थीहरु १२ देखि १९ वर्ष बीचका छ्न र खोप दर संतोषजनक नै छ। ६६% विद्यार्थीले खोपको दुई मात्रा ग्रहण गरिसकेका छ्न। पहिलो चरणमा खोल्न नदिएकोमा बारका मालिकहरु असन्तुष्ट लान क्वाइ फङ एसोसिएसनकि निर्देशक एथना चेङले बारलाइ पहिलो चरणमा नै खोल्न नदिएकोमा घोर असंतुष्टि जनाइन। यो वर्ष बार केवल ६ दिन मात्रै खोलिएको थियो । यो महामारी बिरोधि अभियानमा सबैभन्दा ओझेमा बारलाइ पारिएको छ उनले भनिन। उनले थपिन- दोस्रो चरणमा भए पनि बारलाई खोल्न अनुमति दिएर कम्तीमा हामीले स्पष्ट रोडम्याप पाएका छौँ । महामारीको अहिलेको लहरका कारण लान क्वाइ फङको ३० प्रतिशत बन्द भएको छ।
2022/05/18 17:04:54
https://www.hongkongkhabar.com/10578.html
mC4
विमलाको लागि रोजगारीको थलो बन्यो महाकालीको बगर २२ मङ्सिर, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्ती छेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महताको भनाइ छ । उनको परिवारको आम्दानीको स्रोत भनेकै बालुवा बनेको छ । "आपूmसित भएको चार कठ्ठा खेत पनि चार वर्षअघि आएको बाढीले बगाइदियो" उनले भने, "गरिबीले च्यापेपछि छाक टार्न दिनभरि बालुवा छाल्नु नियति नै बन्यो ।" दिनभरिको मजदुरीले साँझबिहान हातमुख जोर्नु नै उनको लागि मुख्य चुनौती रहेको छ । महताजस्तै यतिबेला महाकाली तटीय क्षेत्रका सयौँ बासिन्दा महाकालीको बगरमा मजदूरी गरिरहेका भेटिन्छन् । "असोजदेखि जेठ मसान्तसम्मका लागि हाम्रो रोजगारी स्थल भनेकै महाकालीको बगर हो ।" खल्लाका मनोज लावडले भने, "बगरकै कमाइले बच्चाको स्कूल खर्च चलाउन सकिएको छ । विदेश जानुभन्दा यहीँको बालुवामा भाग्य खोज्नु उपयुक्त ठानेँ ।" गाउँका प्रायः बेरोजगार स्थानीयबासी दैनिक बिहानदेखि साँझ अबेरसम्म बालुवा छान्न र गिटी कुट्नमै व्यस्त हुने गरेको लावडको भनाइ छ । "गिट्टीको प्रतिट्रली रु तीन हजार र बालुवाको रु एक हजारमा बगरमै बिक्री गछौँ ।" उनले भने, "अहिले भारत जानेको सङ्ख्याभन्दा बगरमै काम गर्नेहरु बढ्दै गएको छ ।" आफूहरुले छानेर निकालेको बालुवा बिक्रीको समस्या भने उनीहरु बताउँछन् । ठेकेदारहरुले खोलामै आएर बालुवा किन्ने गरेका छन् । त्यसैगरी भीमदत्त नगरपालिका वडा नं ११, १२ र १३ को क्षेत्रमा पनि बगरमा गिट्टी छान्नेको भीडभाड नै छ । भीमदत्त नगरपालिकाको ऐरी घाटमा एक दशकदेखि मजदुरी गर्दै आउनु भएकी कलावती खड्काले पनि बगरको मजदुरीबाट घर खर्च टरेको बताए । "गिट्टी र बालुवामा कडा मेहनत गरी प्राप्त आम्दानीले छोराछोरीलाई क्याम्पस पढाउन सकेकी छु," उनले भने , "श्रीमान भारतमा मजदुरी गर्नुहुन्छ । अब उनलाई पनि घरमै फर्केर केही व्यवसायमा लगाउने सोच बनाएको छु ।" त्यसैगरी महाकाली नदीमा हिउँदको समयमा मजदुरी गर्न जिल्लाका अन्य क्षेत्रबाट पनि आउने गरेका छन् । "जग्गा छैन बालुवा बेचेर घरखर्च चलाउनुपर्छ ।" खड्काले भने, "सरकारले अन्य कुनै सीपमूलक तालीम दिएको भए यहाँ बालुवासित सङ्घर्ष गर्नुपर्ने अवस्था आउने थिएन ।" त्यसैगरी भीमदत्त नगरपालिका–१२ का तुलसी औजी पनि हरेक दिनजसो महाकाली बगरमै मजदुरी गरिरहेको अवस्थामा भेटिन्छन् । "बगरमै गरिएको मेहनतले परिवार धानिएको छ" औजीले भने, "गरिबीले बगरमा मजदुरी गर्न नआएको दिन छाक टार्नै सकस हुन्छ ।" बिदाको दिनमा बालबच्चा पनि उनीहरुसँगै बगरमा काम गर्न आउने गर्दछन् । महाकाली बगर नै हामीहरुको रोजगारीको थलो बनेको छ । नदीले बगाएर ल्याएको बालुवामा नै हामी भविष्य खोज्दैछौँ ।" उनले बगरमा नौ महिना काम गर्दा रु ४० हजार कमाइ हुने गरेको बताइन् । भारतमा मजदुरी गर्न जाँदा त्यति कमाइ गर्न कठिन हुने उनको भनाइ छ । (रासस)
2020/09/21 18:31:21
https://www.sansarnews.com/180841/
mC4
मेलम्ची खानेपानीमा २७ अर्ब ६६ करोड खर्च,काठमाडौंबासीले अझै असार नै कुनुपर्ने - The First Nepali Digital Newspaper from Australia (Ausnepal news) मेलम्ची खानेपानीमा २७ अर्ब ६६ करोड खर्च,काठमाडौंबासीले अझै असार नै कुनुपर्ने प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको भौतिक तथा वित्तीय प्रगति निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदनका अनुसार राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त देखिएको हो । मुलकको आर्थिक सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुयाउने ऊर्जा, सडक, रेल, सिंचाइ, खानेपानी, पर्यटन क्षेत्रका यी आयोजनाहरूमा पर्याप्त बजेट विनियोजन गरिए पनि तिनीहरु भौतिक प्रगति देखिएको छैन् । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन अवस्थामा रहेको मेलम्ची खानेपानी योजनामा हालसम्म २७ अर्ब ६५ करोड ९२ लाख रुपैयाँभन्दा धेरै खर्च भईसकेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ६५ करोड ९२ लाख रुपैयाँ खर्च भएसंगै मेलम्चीको कुल खर्च २७ अर्ब ६५ करोड ९२ लाख पुगेको हो । ३१ वर्ष अघिको योजना मेलम्ची खानेपानी योजना काठमाडौं उपत्यकामा प्रतिदिन १७ करोड लिटर खानेपानी वितरण गर्ने उदेश्यसहित आर्थिक वर्ष २०५५/५६ बाट शुरू भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा नै सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको योजना उक्त समयमा पुरा नभएपछि आर्थिक वर्ष २०७६/७७ मा पहिलो र आ.व. २०७८/७९ मा दोस्रो चरणको काम सम्पन्न गर्ने गरी आयोजना संशोधित गरिएको थियो । प्रगति कति ? समीक्षा प्रतिवेदनको अनुसार मेलम्ची खानेपानी योजनामा हालसम्म योजनाको मुख्य सुरुङ्ग तथा अडिट लगायतका खन्ने कार्य सम्पन्न भईसकेको छ । आयोजनाको मुख्य सुरूङ्ग तथा अडिट लगायतका खन्ने कार्य सम्पन्न भएका छन्। सरुङको कार्य ९९.९ प्रतिशत सम्पन्न भएको छ भने विद्युत गृह, ट्रान्सफर्मर क्याभर्न कंक्रिटको कार्य एवं विटा गह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य र टेलरेस सुरूङ्गमा लाईनिङ कार्य सम्पन्न भइसकेको छ। हेडवक्र्समा वैकल्पिक पाइप जडान तथा सुन्दरीजल सप्लाईर वास वाउट पाइप जडान भएको दोस्रो चरण अन्र्तगत लार्के र याङ्ग्री खोलाको पानी समेत योजनामा मिसाउने उदेश्यले डिपिआर तथा इआईए तयारी कार्य सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षमा ७ अर्ब ३८ करोड विनियोजन मेलम्ची खानेपानी योजनाको लागि चालु आर्थिक वर्षमा ७ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमा ६ महिनाको अवधीमा ६५ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा ६.७ प्रतिशत बजेट खर्च भएकोमा चालु आर्थिक वर्षमा ९ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा आयोजनाको हेडवर्क्स निर्माण सम्बन्धमा कफर ड्याम निर्माणको लागि दायाँ र बायाँ किनारमा ब्लाष्टिङ सम्पन्न भएको, सुरूङ्गको फाइनल फिनिसिङका लागि सिन्धु ग्याल्थुम तथा अम्बाथान साईटमा रेक्टिफिकेसन समेत गरी फाईनल सपोटका काम भएको छ।
2020/02/26 20:01:51
https://ausnepalnews.com/2020/02/74613.html
mC4
Nagarik News - एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा आठ प्रदेशको विकल्प होमपेज / प्रवास / Highlight (Feature Story) / एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा आठ प्रदेशको विकल्प एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा आठ प्रदेशको विकल्प 02 Dec 2015 | 05:51am बुधबार १६ मंसिर, २०७२ काठमाडौं–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमांकन विवाद हल गर्न विकल्पसहित सातबुँदे प्रस्ताव अघि सारेका छन्। मंगलबार राजधानीमा सुरु पार्टी केन्द्रीय समिति बैठकमा पेस गरेको आफ्नो ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमार्फत उनले सात विकल्प अघि सारेका हुन्। नयाँ संविधान जारी भएयताकै पहिलो केन्द्रीय समिति बैठकमा उनले केही प्रदेशको सीमांकन हेरफेर र आठौं प्रदेश निर्माण गरेर मधेसका माग सम्बोधन गर्न सकिने प्रस्ताव छलफलका लागि पेस गरेका हुन्। 'सामान्यतः राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रतिवेदन र मूलतः राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग प्रतिवेदन (नारायणी प्रदेशबाहेक) का आधारमा प्रदेश संरचनाबारे निर्णय लिनु आवश्यक छ । अन्ततः नेपालको संघीय ढाँचा यही दिशामा जानुपर्दछ र जानेछ,' दाहालले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।तीन महिनादेखि आन्दोलनरत मधेसकेन्द्रित दलले तराई–मधेसका भूभागलाई दुई प्रदेशमा विभक्त गर्नुपर्ने अडान राखिरहेका बेला दाहालको यस्तो प्रस्ताव आएको हो । मुख्यतः विवादित पाँच जिल्लालाई केन्द्रमा राखेर दाहालले नयाँ प्रस्ताव ल्याएका छन् ।'तात्कालिक राजनैतिक समाधानका लागि प्रस्तावित प्रदेश नं. ५ मा कैलाली, कञ्चनपुरको थारु बाहुल्य क्षेत्र पनि समावेश गर्नुपर्दछ,' पश्चिम क्षेत्रबारे दाहालको प्रस्ताव छ, 'र, उक्त प्रदेशमा रहेको पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुमलाई त्यहाँबाट हटाई प्रदेश नं ४ मा राख्नुपर्दछ ।' झापा, मोरङ र सुनसरी विवाद हल गर्न पनि दाहालको नयाँ प्रस्ताव छ । 'प्रदेश नं. १ मा झापा, मोरङ, सुनसरी तीनवटै जिल्ला र त्यसका सम्पूर्ण भागहरू राखिएकोमा त्यसमा परिमार्जन गर्नुपर्दछ,' आठांै प्रदेशको परिकल्पना गर्दै उनले अगाडि भनेका छन्, 'झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुर मिलाएर आठौं प्रदेश बनाउन सकिन्छ ।'हाल कायम रहेका दुई नम्बर प्रदेशबाट सिरहा र सप्तरीलाई अलग गर्न सकिने उल्लेख गर्दै दाहालले भनेका छन, 'त्यसरी प्रदेश बनाउँदा २ नं. प्रदेशमा पर्सादेखि धनुषासम्मका जिल्लाका अतिरिक्त मकवानपुर, सिन्धुली र उदयपुरका उक्त प्रदेशसँग जोडिने चुरे क्षेत्रलाई समावेश गर्नु उपयुक्त हुन्छ ।' त्यसो त दाहालले त्यसको अर्काे विकल्प पनि दिएका छन् । प्रतिवेदनमा दाहालले भनेका छन्, 'यसअनुसार नगर्ने हो भने भाषिक, सांस्कृतिक सामीप्य रहने मोरङ, सुनसरीको दक्षिण–पश्चिम भागलाई प्रदेश नं २ मा राख्नुपर्ने हुन्छ ।''माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका चुनौतीहरूको सामना गर्न एकजुट होऔं ! रूपान्तरणसहित पार्टी पुनर्निर्माणको अभियानमा दृढतापूर्वक अगाडि बढौं !' भन्ने शीर्षकमा दाहालले आफ्नो प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिवेदनमा केन्द्रीय नेताहरुले क्रमशः धारणा राख्नेछन् ।यसैगरी, मधेसी मोर्चाले ११ बुँदेमार्फत अघि सार्दै आएको वैवाहिक अंगीकृत नागरिकता विवादलाई पनि सम्बोधनको उपाय सुझाएका छन् । 'हाम्रो पार्टीले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिला वा पुरुषले अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने समान व्यवस्था गर्न धेरै संघर्ष ग¥यो,' दाहालको प्रश्न छ, 'नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल नागरिकता लिन सक्ने व्यवस्था गर्ने हो भने पनि नेपाली महिला नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले भने अंगीकृत नागरिकता लिन नसक्ने कुरा कसरी न्यायपूर्ण र उचित हुन सक्छ ?' नेपाली महिला नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले पनि कानुनबमोजिम ससर्त वैवाहिक अंगीकृत नागरिकता पाउन सक्ने व्यवस्था गराउने पर्नेमा दाहालले जोड गरेका छन् ।धर्मनिरपेक्षताको चरित्रलाई हटाउन प्रमुख दलले पूरै बल लगाएको दाहालको आरोप छ । 'अन्ततः धर्मनिरपेक्षता कायम भयो, तर स्पष्टीकरणसहित । स्पष्टीकरणमा धर्मनिरपेक्षतालाई जसरी परिभाषित गरिएको छ, त्यसले धर्मनिरपेक्षताको सारतŒव एवं मूल मर्मलाई धेरै कमजोर बनाएको छ,' दाहालको बेहोरा छ, 'धर्मनिरपेक्षताको अवधारणालाई यसरी विकृत नबनाईकन पनि त्यससम्बन्धी अन्य चिन्ता एवं आशंकालाई सम्बोधन गर्ने गरी भिन्न ढंगले स्पष्टीकरण राख्न सकिन्थ्यो ।'भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीको दाहालले प्रतिवेदनमार्फत खुलेर आलोचना गरेका छन् । 'नेपाल र नेपाली जनताका लागि दुःख, आश्चर्य र क्षोभको कुरा यो हुन गएको छ कि नेपालको आन्तरिक विवादको निहुँमा भारत सरकारले नेपालविरुद्ध नाकाबन्दीजस्तो कठोर कदम चालेर नेपाली जनतालाई भयानक यान्त्रणा दिइरहेको छ,' दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन्, 'एउटा सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, भूपरिवेष्टित राष्ट्र नेपालविरुद्ध भारतले लगाएको यो अघोषित नाकाबन्दी राजनैतिक, नैतिक र अन्तर्राष्ट्रिय कानुन, अभिसन्धिका हरेक दृष्टिले अमानवीय हस्तक्षेप सिवाय अरू केही पुष्टि हुन सक्तैन ।'भारतीय पक्षबाट लगाइएको नाकाबन्दी र हस्तक्षेपविरुद्ध नेपाली जनतामा देखा परेको राष्ट्रिय भावना, जतिसुकै दुःखकष्ट सहेर भए पनि राष्ट्रको स्वाभिमान गिर्न नदिने प्रतिबद्धता धेरै उच्च रहेकोमा प्रत्येक नेपालीले समुचित गर्व गरिरहेका पनि उनको भनाइ छ । दाहालले आफ्नो प्रतिवेदनमा गणतन्त्रविरोधी राजनीतिक शक्तिका रुपमा राप्रपाका विभिन्न घटक दल रहेको आरोप लगाउँदै दाहालले यथास्थितिवादी राजनीतिक शक्तिको रुपमा कांग्रेस र सुधारवादी अवसरवादी शक्तिको रुपमा एमालेको व्याख्या गरेका छन् ।एमाओवादीले सम्झौता र संघर्षको अनगिन्ती शृखंला पार गर्दै संविधानसभाबाट संविधान बनाउने कार्यलाई दाहालले ऐतिहासिक उपलब्धिका रुपमा व्याख्या गरेका छन् । 'संविधानको यो घोषणासँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनबीचबाट पार्टीले अघि सारेको एक प्रमुख कार्यनीतिक अध्यायको अन्त्य भएको छ,' दाहालको निष्कर्ष छ, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनैतिक कार्यनीतिको विकासको ढोका खुलेको छ ।' उक्त कार्य सम्पन्न भएपछि पार्टी पुनर्निर्माणको अभियानमा अगाडि बढ्ने एउटा नयाँ अधार र अवसर प्राप्त भएको दाहालले जनाएका छन् । Tweet प्रकाश तिमल्सिनाLatest from संघीय गठबन्धनले देशब्यापी रिले अनसन गर्ने आफ्नै सहमतिमा बोलाइएको बैठकमा मोर्चा अनुपस्थित माओवादी केन्द्र अध्यक्ष प्रणालीमै असार पहिलो साता (माओवादी केन्द्र) ले शक्ति प्रर्दशन गर्ने अन्तरिम विधान विपरित (माओवादी केन्द्र)मा नौ सदस्यीय केन्द्रीय कार्यलय प्रतिक्रिया
2016/05/28 09:51:44
http://nagariknews.com/diaspora/europe-prabas/49659-2012-11-30-02-11-29.html
mC4
लुकाएर राखेको अवैध काठ बरामद – Aajako Khabar: आजै अनि ताजै लुकाएर राखेको अवैध काठ बरामद सर्लाही, ५ चैत, जिल्ला स्थित उत्तरी चुरे क्षेत्रमा लुकाएर राखिएको सालको गोलिया र चिरान काठ बरामद् भएको छ । ईश्वरपुर नगरपालिका–१२, घारीबथान स्थित वन क्षेत्रमा लुकाएर राखेको अवस्थामा डिभिजन वन कार्यालयको गस्ती टोलीले काठ बरामद् गरेको हो । फूलजोर बाबा साझेदारी वन क्षेत्रमा लुकाएर राखेको अवस्थामा ९ थान ठूला गोलिया र ६० थान चिरान काठ बरामद् भएको डिभिजन वन कार्यालयका प्रमुख माधवप्रसाद देवले जानकारी दिए । बरामद् ९० दशमलव ३० क्यूफिट काठ थप अनुसन्धानका लागि सेक्टर वन कार्यालय बाँकेमा राखिएको छ । जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग तथा चुरे क्षेत्रमा काठ तस्करी बढेको गुनासो व्यापक बनेपछि वन कार्यालयले गस्तीमा तिब्रता दिएको डिभिजन प्रमुख देवले जानकारी दिए । केही समयअघि मात्रै चुरे क्षेत्र स्थित लालबन्दी नगरपालिका–११, सेतीभीर बाहुनी खोलाको किनारमा लुकाएर राखेको अवस्थामा ३ ट्रयाक्टर सालको चिरान काठ बरामद गरेको थियो ।
2020/01/27 20:15:34
http://aajakokhabar.com/2019/03/19/10830/
mC4
मतान्तर बढाउँदै रेणु दाहाल, देवी ज्ञवालीभन्दा ९९ मतले अगाडि 21 Shrawan 2074 Saturday 8:13 pm प्रतिकृया दिनुहोस चितवन । भरतपुर महानगरपालिका वडा नम्बर बीसको मतगणना भईरहेको छ । बैशाख ३१ गते नै मतदान भएको भरतपुर वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो । पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रकी रेणु दाहालले ९९ मतले अग्रता लिएकी छिन् । अहिलेसम्म दुई हजार ४ सय मत गनेर सकिँदा दाहालले समग्रमा ४२७४४ मत र नेकपा एमालेका देवी ज्ञवालीले ४२६४५ मत प्राप्त गरेका छन् । अघिल्लोपटक मतपत्र च्यातिएकाले कडा सुरक्षा घेरामा मतगणना भैरहेको छ । दलीय प्रतिनिधिको मतपत्रसम्म पहुँच नपुगोस् भनेर तारको जालीसमेत लगाइएको छ । यसअघि, वडा नम्बर उन्नाइसको वडा अध्यक्षमा कांग्रेसका कर्णवहादुर गुरुङ एक हजार चार सय ७८ मत ल्याएर विजयी भएका छन् । चार वडा सदस्य पनि कांग्रेसकै उम्मेदबारले जितेका छन् । भरतपुर १९ मा शुक्रवार मतदान भएको थियो । ३ हजार ८ सय ९७ मतदाता रहेको वडामा २ हजार ८ सय ७० मत खसेको थियो ।
2018/06/23 09:45:25
http://avenues.tv/news/%E0%A4%AE%E0%A4%A4%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0-%E0%A4%AC%E0%A4%A2%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A5%88-%E0%A4%B0%E0%A5%87%E0%A4%A3%E0%A5%81-%E0%A4%A6%E0%A4%BE%E0%A4%B9/
mC4
सिर्दीबास पुर्याइयो चामल | raynewsdaily.com सिर्दीबास पुर्याइयो चामल Thursday, July 8th, 2021, 1:34 pm गोरखा । बाढी र पहिराले सडक मार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा हेलिकोप्टर मार्फत चामल ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत् बुधबार करिब ८५ क्विन्टल चामल पुर्याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका सहुलियतका चामल सिर्दीबास पुर्याएको उहाँले बताउनुभयो । जेठको अन्तिम सातादेखि नै लगातार परेको अविरल वर्षाका कारण सो गाउँपालिकामा सडक तथा पैदलबाट समेत अवरुद्ध भएपछि चामल ढुवानी गर्न समस्या हुँदै आएको थियो । "चामल ढुवानीका लागि अहिले त्यस क्षेत्रमा खच्चडसमेत हिँड्ने बाटो छैन", उहाँ भन्नुभयो, "कुनै विकल्प नभएपछि हारगुहार गर्दा गृहले सेनाको हेलिकोप्टर उपलब्ध गराइदिएपछि चामल ढुवानी गर्न सम्भव भएको हो ।" हेलिकोप्टरबाट दुवानी गरिएको चामल खाद्य तथा व्यापार कम्पनी लिमिटेड सिर्दिबास डिपोमा राखिएको उहाँले बताउनुभयो । लगातारको अविरल वर्षाका कारण आएको बाढीपहिराले सडक, पैदल बाटोसँगै सञ्चार सम्पर्कसमेत बिच्छेद बनेको अध्यक्ष गुरुङले बताउनुभयो । मौसम सफा भएलगत्तै हेलिकोप्टरबाट थप चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । लिमिटेडले सिर्दिबास डिपोमा १५० क्विन्टल पुर्याउने योजना रहेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो । कम्पनीले चालु आवमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा अहिलेसम्म दुई हजार क्विन्टल मात्र सिर्दिबास पुर्याएको छ ।
2021/07/28 17:15:41
https://www.raynewsdaily.com/story/62375.html
mC4
१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताउनुभएको छ । यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास अनि समृद्धि र भाइचारको जनभावनालाई आफूले जीवनभरि सम्मान गरिरहने राईको प्रतिवद्धता छ। मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम तयारीमा जुटेका राईले सबै मतदाताहरूलाई निर्वाचनमा सहभागी भएर आफ्ना प्रतिनिधि छान्ने मौलिक अधिकार प्रयोग गर्न पनि अपिल गर्नुभयो । आफूले चुनेका उम्मेदवारहरू यो देशका सांसद वा मन्त्रीमात्रै हुँदैनन्। आफ्नो क्षेत्रका विकास र समृद्धिका भविष्य पनि हुन्। कस्ता उम्मेदवार चुन्ने, कस्ता प्रतिनिधि छान्नेरु हरेक नागरिको त्यो छनोटले आफ्नो क्षेत्रको भविष्य पनि संकेत गरिरहेको हुन्छ’ चुनावको स्थिर अवधि सुरू हुनुअघि मतदातालाई सम्बोधन गर्दै राईले भन्नुभयो । ‘त्यही अधिकारको प्रयोग गर्नुस्। तपाईं हाम्रो हरेक मतमा यो क्षेत्रको मात्रै होइन, हाम्रो मात्रै होइन, हाम्रो पुस्ताको समेत भविष्यण कोरिन्छ। यो देशको भविष्य कोरिएको हुन्छ। त्यसैले मंसिर ४ गते मताधिकार प्राप्त सबैजनाले विवेकपूर्ण मतदान गरौं।’ जनताले पटक पटक परीक्षण गरिसकेको हुँदा फेरि पनि आम मतदाताले त्यसैलाई अनुमोदन गर्ने दरिलो आशा र विश्वास आफूसँग भएको भन्दै राईले मतदाताको विश्वास र भरोसालाई कहिल्यै नतोड्ने वाचा पनि गर्नुभयो । ‘मैले सदैव यहाँको विकास(निर्माण र सेवा प्राप्तिको चाहनालाई आत्मसात गर्दै आफ्नो तर्फबाट सम्भव भएसम्मका काम गरिरहेको विषयमा यहाँहरू सबै हुनुहुन्छ। बाँके जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं। २ का मतदाताले २०७४ सालको आम निर्वाचनमा विजयी गराएर जनाउनुभएको विश्वास कायमै राख्न म निरन्तर प्रयत्नरत रहें’ उहाँले भन्नुभयो ‘मैले गरेका कामहरूका आधारमा यहाँहरूले मेरो पछिल्लो कार्यकालको विश्लेषण र मूल्यांकन गर्नु नै भएको छ। मैले आगामी ५ वर्षमा ल्याउने कार्यक्रम र नीति समेटिएको ‘१० दृष्टि’ मार्फत यस क्षेत्रका लागि हाम्रो भावि योजनाबारे पनि प्रष्ट्याइसकेको छु। जसलाई यहाँहरूले अत्यन्तै मनपराई दिनुभएको र विश्वास गरिदिनुभएकोमा आभार पनि व्यक्त गर्दछु।’ पदमा रहे पनि नरहे पनि यो क्षेत्रको विकास र नागरिकको सुख, दुस्खमा आफू सधैं लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै राईले प्राप्त उपलब्धीहरूलाई जोगाउनका लागि आफू जुनसुकै ठाउँबाट जीवनभरि लडिरहने पनि राईले बताउनुभयो । उहाँले विकास विरोधी र यो क्षेत्रको समाजिक सद्भाव भत्काउने प्रयासलाई विफल पार्नका लागि मंसिर ४ गते उनीहरूलाई त्यही मतपत्रबाट जवाफ दिन पनि मतदातालाई अपिल गर्नुभयो । ‘हामीले यसअघि विकास(निर्माणलाई एकसुत्रीय लक्ष्य बनाएर कामहरू गर्यौां। त्यसैको बदौलत हामीकहाँ थुप्रै पूर्वाधार निर्माणका कामहरू भएको सम्भवतस् यहाँहरूले पनि महसुस गर्नुभएकै छ। हामी फेरि प्रतिनिधि सभारप्रदेश सभा निर्वाचनमा छौं। अहिले मतदातालाई धर्मरसम्प्रदायका नाममा विभाजन गर्न र आफ्ना ‘राजनीतिक’ स्वार्थ पूरा गर्न उद्धत केही व्यक्तिरशक्ति लागिपरेका छन्’ राईले भन्नुभएको छ ‘तर त्यस्ता दुराग्रहपूर्ण सोच राख्ने कुनै पनि व्यक्ति वा शक्तिलाई यहाँहरूले निर्वाचनका माध्यमबाट तह लगाउनुहुनेछ अनि सामाजिक एकता जोगाउन र विकास(निर्माणमा सहकार्य गर्न यसअघि झैं जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।’ विकास, समृद्धि र समाजिक सद्भावको चाहनासँग आफू सधैं सन्निकट रहिरहने भन्दै उम्मेदवार राईले जनताको यो उत्साह अनि सपनाहरूले कहिल्यै हार्नु नपर्ने बताउनुभयो। जनताको यही शक्तिलाई आफ्नो जितका रूपमा लिएको भन्दै उनले फेरि एकपटक यही हिम्मतका साथ चुनावी मैदानमा उत्रिएको पनि बताउनुभयो । ‘हामीलाई विश्वास छ, जनता कहिल्यै हार्दैन। र जनताको साथमा उभिनेहरू त्यही शक्तिले जितिरहेका हुन्छन्। अरू कसैको भरमा होइन, कुनै अर्को राजनीतिक शक्तिको भरोसमा होइन, हामी आफ्नै ताकतमा उभिएका छौं, त्यो ताकत भनेकै यहाँका आम मतदाता र विकासप्रेमी नागरिकको शक्ति हो। र हाम्रो जितको आधार पनि यही हो’ उनले भनेका छन् ‘सामूहिकताको भावनाबाट अघि बढ्यौं भने हामी यो लक्ष्य पनि अवश्य हासिल गर्न सक्नेछौं। हामीलाई विश्वास छ, मंसिर ४ गते हुने निर्वाचनमा हामीले फेरि पनि विवेकसम्मतरूपले मताधिकारको उपयोग गर्नेछौं र सामूहिक लक्ष्य प्राप्तिका लागि आ(आफ्नो जिम्मेवारी निर्वाह गर्नेछौं।’ ताजा सबै नरैनापुर क्षेत्रमा विद्युत रिडिङ्गको समस्याको पहल रविन्द्र ज्ञवाली नेपालगन्ज १२ मंसिर । बाँके नरैनापुर क्षेत्रमा विद्युत रिडिङको समस्या स… “किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा नेपालगन्ज ८ मङ्सिर । कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएका किशोरसिंह राठौरको शि… बाँके ३ मा किशोरसिंह राठौर विजयी नेपालगन्ज, ८ मङ्सिर । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली का… “सफा नेपालगंज“ को अभियान नेपालगन्ज ७ मसिंर । नेपालगन्ज सफा र सुन्दर शहरका लागि हामी सबैको प्रयास जरुरी रहेको… लोकप्रिय सबै यो पनि बाँके ३ मा किशोरसिंह राठौर विजयी नेपालगन्ज, ८ मङ्सिर । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली का… बाँकेका तीनस्थानमा मतगणना गरिने नेपालगन्ज, ४ मङ्सिर । बाँके जिल्लामा तीनस्थानमा मतगणना गरिने भएको छ । जिल्लामा तीन व… निर्वाचनको मौन समय : राजनीतिक गतिविधि ठप्प काठमाडौं २ मंसिर । गएराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचार प्रसारलग… जनताले कहिल्यै हार्दैनन्, त्यही नै हाम्रो जित हो : इश्तियाक राई १ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मे… हाम्रो बारेमा हाम्रो समाजमा व्याप्त विभिन्न कुरीति, अन्धविश्वास, र विभेद रहेसम्म शान्ती सम्भव छैन । शान्ती विना दिगो विकास हुन सक्दैन । समुदायमा थुप्रै सवालहरु छन, ती सवाललाई संचारमार्फत पैरवी गर्नका लागि पैरवी अनलाईन समाचार पोर्टलको शुरुवात गरिएको छ । नागरिकका अधिकार तथा सवाल र सामाजिक तथा लैङ्गिक न्याय लगायत विभिन्न सवालहरु पैरवीले उठाउने छ । सामुदायिक पत्रकातिाको अवधारणामा आधारित पैरवी अनलाईन न्याय, शान्ती र दिगो विकासका लागि गरिएको एक प्रयास हो । .... सबै
2022-12-04T10:46:49Z
https://pairabi.com/news/781
OSCAR-2301
कथाः बेचिएकी चेलीको दशैँ कल्पना खरेल / हरेक वर्ष विजयादशमीले मेरो मनमस्तिष्क पलपल मेरो देशमा पुर्‍याउँछ । कल्पनामा हराउँछु, रमाउँछु । तर, कल्पनाबाट बाहिर निस्कँदा भक्कानिन्छु । सात समुद्र पारिबाट झलझली देख्छु मेरो प्यारो देश, अनि मेरो प्यारो गाउँ । ओहो ! दशैँको आगमन । वर्षायामले विश्राम लिएर शरद् ऋतुले स्वागत गरिरहेका बेला बिनाबादल नीलो गगन खुला होला । शीतलताले स्पर्श गरिरहेछ होला । बिहानीपखको सौन्दर्यले दशैंको महशुस गराइरहेको होला । पाखापखेरा खेतीपाती हरियाली भए होलान् । लहलह धान पसायो होला । मखमली, सयपत्री, फूलहरु ढकमक्क फुल्दै छन् होला । गाउँमा दशैंको रौनक छाएको होला । लिंगे पिङमा युवायुवती मच्चिँदै होलान् । मेरा सहेली गीता, संगीता, माया, मुना पिङ खेल्दै होलान् । झिसमिसेमै मन्दिरका शंख, घण्ट बज्दै होलान् । सबैजना बिहानै नवदुर्गा भवानीको पूजापाठमा व्यस्त होलान् । घरघरमा जमरा उमि्रसके होलान् । शहर गएका सबै दाजुभाइ, दिदीबहिनी गाउँ फर्के होलान् । मेरो प्यारो देश दशैंको हर्सोल्लास, उमंगले गद्गद् होला । नेपाल आमा मुस्कुराइरहेकी होलिन् । यो परदेशमा मलाई भने जब चाड आउँछ, झनै ताजा भएर घरदेशको याद आउँछ । खाडीको मरुभूमिमा म बन्दीझैँ छु । हरेक पलपल मर्माहत हुन्छु, भकानिन्छु । अझ मेरा मुटुका टुक्राहरुको यादमा हरपल मुटु धड्किरहन्छ । यो चाडको बेलामा ती टुहुरिएका मनहरुले मलाई कति सम्झे होलान् । सकी-नसकी अरुको दुव्र्यवहार सहेर नाबालकहरुले पेट पाल्न बालश्रम गर्दै होलान् । मैला फाटेका कपडा लगाएका होलान् । आफूले आफैसँग सोध्छु, म कसको खुशीका लागि बालक हृदयलाई अलपत्र छाडेर आएँ ? मैले छाडेर आउँदा तिनीहरुले सुख पाएका छन् त ? मनले भन्छ- तुरुन्तै फर्केर जाऊँ, भाग्यले जे जुराउँछ त्यही खाऊ । बुद्धिले भन्छ- हतार नगर । जीवन भावुकताले मात्रै चल्न सक्दैन । उनीहरुलाई मैले नै भोलिको दिन उज्यालो बनाइदिनुपर्छ । आफैँ आफ्नो परिस्थितिलाई धिक्कार्छु । मनमनै ती अबोधसँग माफी माग्छु । आफैँ टुक्रा टुक्रा भएर टुक्रिन्छु । आमा भएकोमा आफैँलाई ग्लानी हुन्छ । जसरी खाडीको मरुभूमिमा आँधीबेहरी आउँछ, उसरी नै मेरो मनमस्तिष्कमा हुरीबतास चल्छ, भुइँचालो जान्छ र म थोत्रो घर भत्किएझैँ भत्किन्छु । स्वयं आफ्नै मनभित्र उजाडिन्छु । कृष्णभीरमा पहिरो गएको जस्तै मनमा पहिरो जान्छ । त्रिशूली नदीमा बस दुर्घटना भएको जसरी मेरा मनको पर्खालभित्र नकापमा खुम्चिएका चाहना कल्पनाहरुका दुर्घटना हुन्छन् र तिनले मृत्युवरण गर्छन् । जिउँदो लास भएर बाँचिरहेकी छु म आफ्ना लागि र आमा भइकन पनि नभएकै सरह छु, मेरा मुटुका टुक्राहरुका निम्ति । दशैंको रौनक चलिरहँदा जसरी बोकाले बलिको सामना गर्छ, उसरी नै मेरो कष्टकर भोगाइले हरपल मेरा भावनाको बलिको सामना गरिरहेछ । देशमा दशैं चाड । परदेशमा मेरो भने मनभरिको ज्वाला विस्फोट भइरहेको छ । गरिबीले रहेछ हार्ने । भाग्यले रहेछ मार्ने । समयले उतारचढावमा पार्ने । निर्धालाई नै दैवले पनि टार्ने । लाग्छ, अब त जीवन मृत्युतिरै सार्ने । पलपल जीवनभरि तड्पिएर जिउँदै मर्नुभन्दा एकैपटक जीवनको समाप्ति भएर मृत्युवरण गर्न सजिलो हुँदो होलाजस्तो लाग्छ । क्लान्त मनमा आज फेरि तिनै दिनहरुको ज्वलन्त यादले झसंग झस्काउँछ । देश परिवर्तन गर्ने र गरिबको हकहित, अधिकारको निमित्त लडेका थिए, मेरा प्यारा जीवनसाथी । द्वन्द्वमा दोहोरो भिडन्तमा परी उनको ज्यान गयो । मेरो सिन्दुर पुछियो । बालबच्चा टुहुरा भए । स-साना लालाबालाको जिम्मेवारी मेरो काँधमाथि थपियो । गरिबीको अझै गहिरो खाडलले थिचिरहृयो । गरिबीको कारण खान लाउन धौधौ भयो । महँगीले आकाश छोएको बेला दिनभरि ज्याला मजदुरी गर्‍यो, पेटभरि खान पनि मुस्किल । चार वटा बालबच्चा हुर्काउन निक्कै समस्याले घेरिरहृयो मलाई । एकदिन कुनै अज्ञात अधबैंसे मानिस घरमा आयो । सञ्चै हुनुहुन्छ बहिनी ? उसको बहिनी सम्बोधनले मेरो आफ्नै दाजु घरमा आएजस्तो लाग्यो । मनका पीडा अलि हल्का भए । पिँडीको छेउमा 'बस्नु न' भन्दै चकटी दिएँ । ऊ चकटीमा बस्यो । गाग्रीको चिसो पानी गिलासमा दिएँ । उसले पानी पियो । हँसिलो अनुहारको त्यो व्यक्तिले मिठासपूर्ण गफ सुरु गर्‍यो । उसका मिठासपूर्ण कुरा गर्ने शैलीले म निक्कै प्रभावित भएँ । कुरा गर्दै जाँदा मेरा दुःख, सुखका कहानी छरपस्ट भए । उसले बुझमान भएर हँमा हँ थप्दै गयो । मेरो कमजोरी पक्ष अझै निचोर्दै गयो । उसले भन्यो- बहिनी तिमीलाई धेरै दुःख रहेछ । तिमी विदेश जान्छ्यौ त ? म अनपढ मान्छे कसरी विदेश जानु दाजु ? मलाई केही थाहा छैन । बाहिरका समाज देशका विषयमा अनभिज्ञ छु । उसले भन्यो- म सहयोग गरिहाल्छु नि । तिमी धन्दा नमान । विदेशमा मोटो रकम कमाउन सकिन्छ । सुन्दर जीवन बिताउन सकिन्छ । म तिमीलाई जसरी पनि विदेश लैजान्छु । मैले सोधेँ- विदेश जान कति पैसा लाग्छ ? उसले भन्यो- ८० हजार मात्र । उफ ! त्यत्रो ८० हजार कहाँबाट ल्याउनु ? उसले नै मलाई उपाय सिकायो । यो घरलाई सहकारीमा धितो राख । ऋण मिल्छ । विदेश गएर कमाउँदै ऋण तिर्नु । उसैले भनेको जसरी घर धितो राखेर सहकारीबाट ऋण निकालियो । ८० हजार उही विदेश लैजानेलाई बुझाएँ । उसले नै मलाई विदेशसम्म पुर्‍याएर आउने भयो । मलाई के खोज्छस् कानो आँखो भनेजस्तै भयो, सहयोगी भेटेर । हुन पनि, गाउँको धनबहादुर र रामुले विदेशबाट महिना महिनै मोटो रकम पठाइरहेको थाहा पाएकी थिएँ । उनीहरुको परिवारले सुखदायी जीवन यापन गरिरहेको देखेकी थिएँ । मैले पनि मोटो रकम कमाउने सपना देखेँ । निक्कै खुशी भएँ । बच्चाहरुलाई गाउँकै हुनेखाने धनीको घरमा काम गर्न राखिदिएँ । ती अबोधहरु गरिबीका कारण बालश्रम गर्न बाध्य भए । सोचेँ, यिनले पनि दुख पाउने केही वर्ष त हो । जीवनशैलीमा परिवर्तन आउने सपना देखेर म त्यही विदेश पठाउने दलालका साथ लागेँ । मलाई दलालले सिकायो । बोर्डरमा पुलिसले सोध्यो भने हामी दाजुबहिनी हौँ भन है । उसले जे सिकायो मैले त्यही भनेँ । उसले भारतको बाटो हुँदै तेस्रो मुलुक पुर्‍यायो । यहाँ आएपछि पो थाहा पाएँ । ओहो Û पत्तै नपाई म त आफ्नो पैसाले आफैँ बेचिएछु । मेरो जीवन अझै नरकमय बन्यो । उराठिलो छ, जता हेर्दा पनि मरुभूमि नै मरुभुमि । हरियाली शून्य छ । ५० डिग्रीभन्दा माथि गर्मी । कसैले बोलेको पनि बुझ्दिनँ । कालो मुख ढाक्ने नकाप लगाइदिएका छन्, मलाई । बाहिर हिँडडुल गर्न बन्देज छ । बिरानु मुलुकको यातनादायी जेलमा तड्पिँदै आँसु पिएर बाँचिरहेकी छु । उनीहरुले अराएको मैले बुझिनँ भने कोर्रा सहनुपर्छ । दिनभरि घरको काम । पेटभरि खाना पनि नदिने । राति भएपछि म सुतेको ठाउँमा भुसतिघ्रे पुरुषहरु पालैपालो आउँछन् । हररात मेरो अस्मिता लुटिन्छ । दिनभरिको घरधन्दाले क्षतविक्षत थकित भएर विक्षिप्तझैँ ढलेकी हुन्छु । फेरि रातभरिको यौनधन्दाले क्षण-क्षण मृत्युसँग कुस्ती खेल्न बाध्य पारिरहेछ । यस मरुभूमिमा आएको तीन वर्ष भयो । एक पैसा पनि पारिश्रमिक पाएको छैन । कारण मोटो रकम लिएर दलालले मलाई बेचेको रहेछ । म किनिएको पैसा मेरो शरीर लुछाएर असुल हुँदैछ । पशु समान बेचिएकी मैले न कसैसँग बोल्न सक्छु न कसैसँग प्रतिवाद गर्न सक्छु । आफ्नो देश फर्किऊँ भने पासपोर्ट आफ्नो हातमा छैन । कसरी म यो नरकबाट उन्मुक्ति पाउन सक्छु ? कहिलेसम्म नरकमय जीवन बिताइरहने हो ? यस्तै छ, मेरो दशैँ यहाँ ।
2018/12/16 04:03:24
http://www.radiopaschimaawaj.org.np/news-details.php?nid=623
mC4
प्रत्येक श्वासमा जोखिम; काठमाडौंमा वायुको प्रदुषण पीपीएम १० ! « प्रशासन प्रत्येक श्वासमा जोखिम; काठमाडौंमा वायुको प्रदुषण पीपीएम १० ! १५ चैत्र २०७४, बिहिबार काठमाडौँ । सामान्यतया सहर भन्नासाथ ठूलो जनसंख्या, फराकिला सडक, सफा र ठूला फुटपाथ, खुला पार्क र चौरको छवि दिमागमा आउँछ । तर, अहिले काठमाडौं आइपुग्नेले यो सहरमा अर्को एउटा विशेषता पाउनेछ, सहरवासीको मुख ढाक्ने मास्क † सडक विस्तार, ढल सुधार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडानका लागि पछिल्लो समय गरिएको उत्खननले काठमाडौं खाल्डोलाई स–साना 'खाल्टा' को सहरमा परिणत गरिदिएको छ । र, यहाँको वायुमण्डललाई 'धुलीमण्डल' मा । त्यसमाथि पुराना गाडीले फ्याँक्ने विषाक्त धूवाँ त छँदै छ । पैदल यात्रु हुन् वा सार्वजनिक सवारी र मोटरसाइकलमा हिँड्ने, घरबाट निस्कनुअघि मास्क छ कि छैन भनेर गोजी छाम्नु सहरवासीको दैनिकीभित्रै पर्न थालेको छ । पैदलयात्रा गर्दा लाग्छ, सहरमा मानिसको अनुहार बिस्तारै उस्तै हुँदै छ । जसरी पसलका सामान प्लास्टिक र त्रिपालले छोपेर राखिन्छ, त्यसरी नै मानिसको अनुहार मास्कले छोपेको देखिन्छन् । मास्क लगाएर पैदल यात्रा गरिरहेका यात्री राजधानीमा मास्क खोलेर लामो सास फेर्ने दिन कहिले आउला ? मुहार देखाएर चक्रपथ परिक्रमा गर्न कहिले पाइएला भन्ने प्रश्न गर्छन् । तेल लगाएर हिँडेका मानिसका कपालमा धुलो भरिएर फुस्रो मात्र हुँदैन, सेतो लुगा कालो हुन्छ । भक्तपुर, नयाँठिमीका धर्म गुरागाईंलाई मास्क लगाएर यात्रा गर्दा निसास्सिएझैं लाग्छ । सास फेर्न गाह्रो हुन्छ । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) मा कार्यरत उनी हरेक दिन कार्यालय पुगेपछि लुगा फेर्छन् । 'कार्यालयमै लगाउने लुगामा घरबाट निस्कने हो भने त मेरो लुगाको रङ नै बदलिन्छ,' मोटरसाइकलमा दैनिक २२ किलोमिटर छिचोल्ने गुरागाईंले भने, 'त्यसैले विन्डस्विटर र रेनकोटको सुरुवाल लगाएर धुलो रोक्छु ।' गुरागाईं ७ वर्षअघि विराटनगरबाट काठमाडौं आउँदा यतिबिघ्न प्रदूषण नभएको बताउँछन् । ठिमीबाट गुर्जुधारा पुग्दा सधैँ आँखामा बालुवाका कण छिरेर चिलाउने उनी बताउँछन् । 'कार्यालय पुगेर मुख धोएन भने आँखा हेर्नै सकिँदैन,' उनले सुनाए, 'सबभन्दा बढी धुलो कलंकीबाट गुर्जुधारा पुग्दा हुन्छ ।' उनी काठमाडौं आएको २८ वर्ष भयो । 'पहिला त यस्तो थिएन,' वीर अस्पतालमा भेटिएकी उनले गुनासो गरिन्, 'मास्क नलगाई त कतै हिँड्नै सक्दिनँ, काठमाडौंमा मान्छेभन्दा धेरै गाडी, मोटरसाइकल छन्, जताततै धुलो र धूवाँ मात्र छ, म दमको रोगीलाई धुलोधूवाँले भेटेपछि के चाहियो ? पीडा सहेर खोक्नुपरेको छ ।' पहिले काठमाडौंमा खुला ठाउँ प्रशस्त थिए । घर, गाडी कमै थिए । धुलोधूवाँ कम हुन्थ्यो । उनले भनिन्, 'काठमाडौंले यसरी रूप फेर्ला भन्ने सोचेकै थिइनँ ।' औषधि पसलेले 'मेडिकेटेड' मास्क बेच्ने गरे पनि कपडाका मास्क पनि प्रशस्त मात्रामा बिक्ने गरेका छन् । भूकम्पपछि मास्कको खपत बढेको रत्नपार्कस्थित सत्यम फर्माकी रीता महर्जन बताउँछिन् । 'मास्कको माग धेरै छ, दिनमा थोरै हुँदा एक बाकस बिक्री हुन्छ,' उनले भनिन्, 'पैदल यात्री र अस्पतालमा आउने बिरामीका आफन्तले सबभन्दा धेरै किन्छन् ।' पसल सञ्चालकहरूसमेत मास्क लगाएर सामान बिक्री गरिरहेका हुन्छन् । मास्क लगाए पनि धुलोभित्र छिर्ने गुनासो उनीहरूको छ । मनको सन्तोषका लागि मात्र मास्क लगाउने गरेको फुटपाथमा सामान बिक्री गर्नेहरू बताउँछन् । रत्नपार्कमै औषधि बिक्री गर्दै आएका अर्का व्यवसायी विक्रम महर्जन पनि भूकम्पपछि काठमाडौं थप धुलोमय बनेको बताउँछन् । 'बिहान १० देखि साँझ ६ बजेसम्म पसलमा बस्छु,' उनले भने, 'मास्क नलगाई बस्न सक्दिनँ, मास्क लगाए पनि धुलोले घाँटी दुख्ने समस्या थपिएको छ ।' उनी पसलमा बस्न थालेको ४ वर्ष भयो । 'बेलुका घर पुग्दा सिँगान र कालो खकार आउँछ,' उनले भने, 'घाँटी नदुखेको दिनै हुँदैन ।' पछिल्लो समय धुलोकै कारण नाक, कान, घाँटी, फोक्सो र छालाका बिरामी बढेको चिकित्सक बताउँछन् । बजारमा पाइने अधिकांश मास्कले धुलो र धूवाँका हानिकारक कण नछेक्ने उनीहरूको दाबी छ । वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख प्राध्यापक डा. ढुण्डीराज पौडेल बजारमा दुई किसिमका मास्क पाइनेमा मेडिकेटेड मास्कले मात्र आंशिक रूपमा फाइदा गर्ने बताउँछन् । 'औषधियुक्त मेडिकेटेड मास्कले आंशिक रूपमा सुरक्षा दिन्छ,' उनले भने, 'मास्कले धुलो धूवाँका ठूला कणबाट जोगाए पनि साना कण सिधै फोक्सोमा पुग्छन् ।' साना कणले नै बढी हानि गर्ने जानकारी दिँदै उनले भने, 'मास्क लगाएको छु, किटाणुबाट जोगिएको छु भनेर ढुक्क हुन सकिन्न ।'आजको कान्तिपुर दैनिकमा खबर छ ।
2021/09/19 11:39:04
https://www.prasashan.com/2018/03/29/60478/
mC4
आइएमई डबलको डबलको डबल अफर: साप्ताहिक, मासिक र बम्पर उपहार साथै आकर्षक बोनसको व्यवस्था - samayapost.com आइएमई डबलको डबलको डबल अफर: साप्ताहिक, मासिक र बम्पर उपहार साथै आकर्षक बोनसको व्यवस्था समयपोष्ट २०७८ भदौ ३१ गते १६:२१ अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तब्य व्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमईप्रति आम सेवाग्राहीहरूले देखाउँदै आउनुभएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउने प्रतिवद्धता व्यक्त गर्दै समयसमयमा ल्याइने यस्ता अफरहरू कम्पनी र सेवाग्राहीवीचको सम्बन्धलाई अझै मजबुत बनाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । आइएमईका महाप्रवन्धकद्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेलले अफरको विषयमा प्रकाश पार्दै कम्पनीले समयसमयमा प्रस्तुत गर्ने अफरहरूलाई आम सेवाग्राहीहरूको पहुँचसम्म पु¥याउन व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका हुने जनाउनुभयो । त्यस्तै आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै गत वर्ष कोरोना महामारीका समयमा आइएमईले संचालन गरेको भरोसा कोषको स्मरण गर्नुभयो । अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित 'लक्की ड्र' मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुनेछैन । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।
2021/10/23 16:53:53
https://www.samayapost.com/09/207607.html
mC4
बाढीले मोरङको सुनवर्षीमा ४४८ घरपरिवार विस्थापित::Jalpa Khabar Published on: ६ कार्तिक २०७८, शनिबार ०५:०८ विराटनगर : बाढी र डुबानका कारण मोरङको सुनवर्षी नगरपालिकाभित्र बसोबास गरिरहेका ४ सय ४८ परिवार विस्थापित भएका छन्। बाढीले सुनवर्षी नगरपालिका–३, ४, ६ र ७ नम्बर वडाका बासिन्दा विस्थापित बनेको स्थानीय प्रशासनले जनाएको छ। बेमौसमको वर्षासँगै आएको बाढीले क्षति पुर्‍याउनुका साथै घरहरु डुबानमा परेपछि विस्थापित भएकाकाहरु नजिकैको विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। कतिपय परिवार त्रिपालमुनि बसिरहेका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बाढी तथा डुबानका कारण सुनवर्षीको ६ र ७ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेका छन्। 'बाढीका कारण विस्थापित भएकाहरु कष्टकर जीवन बिताउन बाध्य छन्,' उनले भने, 'उनीहरुलाई पुनस्र्थापनका लागि स्थानीय प्रशासनको तर्फबाट पहल भइरहेको छ।' बाढीबाट प्रभावित बनेकालाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्न थालिएको जानकारी दाहालले दिए। प्रजिअ दाहालको नेतृत्वमा नेपाल र सशस्त्र प्रहरीका प्रमुखसहित पुगेको टोली पीडितहरुलाई राहत वितरण गरेर शुक्रबार राति विराटनगर फर्किएको छ। उनका अनुसार विराट व्यापार संघ, मोरङ व्यापार संघ र उद्योगी व्यवसायीसँगको समन्वयमा खाद्यान्न एवं उपभोग्य वस्तुसहितको राहत सामग्री संकलन गरेर पीडितहरुका लागि वितरण गरिएको दाहालको भनाइ छ। उनका अनुसार प्रभावित स्थानका पीडितको अवस्था हेरेर प्राथमिकताका आधारमा वितरण गर्ने गरी राहत सामग्री नगर प्रमुख र वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ। पहिलो चरणमा बाढी पीडितका लागि १ सय ४० थान त्रिपाल, १ सय २ थान कम्बल, २ सय ५० थान म्याट्रेस, साढे ८ क्वीन्टल चामल, २ सय किलो नुन, ३ क्वीन्टल चिउरा, २० कार्टुन पानी लगायतका राहत सामग्री वितरण गरिएको जानकारी प्रजिअ दाहालले दिए। बाढी पीडितका लागि उपलब्ध गराइएको राहत सामग्री सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासलाई हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल। तस्बिर : अन्नपूर्ण बाढी प्रभावित क्षेत्रमा फैलनसक्ने विभिन्न रोगको सम्भावित संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य कार्यालयमार्फत जीवनजल लगायत प्राथमिक उपचार औषधिहरु पठाइसकिएको उनले बताए। 'बाढी पीडितलाई आवश्यक सबै खालको सहयोग गर्न निर्देशन दिइएको छ,' दाहालले भने, 'थप सहयोग आवश्यक परेमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सयोग गरिने छ।' राहत वितरणमा एकद्धार प्रणाली अपनाइएको उनले बताए। उनका अनुसार प्रभावित क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन पनि तीव्र पारिएको छ। क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी र रेडक्रसकर्मी परिचालित रहेको जानकारी प्रजिअ दाहालले दिए। उनका अनुसार धान, तरकारीसहितका बालीनालीमा पुगेको क्षतिको विवरण संकलन कृषि कार्यालयमार्फत थालिएको छ। सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासका अनुसार ठाउँठाउँमा तटबन्ध भत्काएर बक्राहा खोलाको बाढी गाउँमा पसेपछि घरहरु डुबानमा पर्दा स्थानीय विस्थापित हुनुपर्ने अवस्था आएको हो। 'घरघरमा लेदोसहितको बाढी पसेपछि स्थानीय विस्थापित बनेका हुन्,' उनले भने, 'घरभित्रको लेदो र हिलो नहटाएसम्म विस्थापित भएकाहरु फर्कनसक्ने अवस्था छैन।' वर्षा रोकिएर जमेको पानी सुक्दै गएसँगै सरसफाई गर्न थालिएकाले बाढी पीडितहरु केही दिनभित्रमै आफ्नो बासस्थानमा फर्किने अवस्था बन्ने दासको भनाइ छ। उनका अनुसार विस्थापित भएकाहरुलाई नगरपालिकाले वडा कार्यालयमार्फत खानाको व्यवस्था मिलाएको छ। बक्राहा खोला नियन्त्रणका लागि जलस्रोत तथा नदी नियन्त्रण कार्यालय मोरङबाट बोरासहितको सामग्री उपलब्ध गराइएको प्रजिअ दाहालले बताए। अहिले नेपाली सेना र सशस्त्र प्रहरीले बक्राहा नियन्त्रणका लागि अस्थायी तटबन्ध निर्माणको काम गरिरहेको उनको भनाइ छ। बक्राहा खोलाको बाढी बर्सेनि गाउँ पसेर वितण्डा मच्चाउने गरेको छ। 'विगतमा क्षति पुगेको तटबन्ध समयमै मर्मत सम्भार नगरिँदा बक्राहाको बाढी गाउँ पसेर वितण्डा मच्चाएको गुनासो स्थानीयको छ,' प्रजिअ दाहालले भने, 'जतिसक्दो चाँडो अस्थायी तटबन्ध निर्माण गरेर खोला आसपासका बासिन्दालाई सुरक्षित बनाउन सुरक्षा निकाय सक्रिय भएर लागेका छन्।' बाढीकै कारण खेतहरु बगरमा परिणत भएका छन्। बाढीले पाक्न लागेको र पाकेर घरमा थन्क्याउने तयारी गरिएको धान स्वाहा बनाएको छ। दाहालका अनुसार अब वर्षा नभए विस्थापित बनेकाहरु दुईदेखि तीन दिनभित्र घरमा फर्कने वातावरण बन्ने छ। प्रजिअ दाहालको नेतृत्वमा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसी, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासमेतको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण पनि गरेको छ।
2021/11/28 03:33:19
https://jalpakhabar.com/23023/
mC4