text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
छिमेकी देश भारतमा व्यावसायिकरुपमा अझै ५ जी नेटवर्क शुरु भएको छैन् तर भारतीय सरकारले सिक्स जी परीक्षणको लागी तयारी शुरू गरेको छ।
भारतको दूरसञ्चार विभागले यसको परीक्षणको जिम्मा सरकारी दूरसञ्चार अनुसन्धान कम्पनी सी-डटलाई दिएको छ । भारतीय मिडियामा आएको जानकारी अनुसार विभागले सी डटलाई ६जी नेटवर्क सम्बन्धी सबै प्राविधिक सम्भावनाहरुलाई विचार गर्न भनेको छ।
विश्वव्यापी स्मार्टफोन निर्माताहरु सामसङ, एलजी र ह्वावेले यसअघि नै सिक्सजी टेक्नोलोजीमा काम शुरू गरिसकेका छन्। एक रिपोर्टका अनुसार ६ जी टेक्नोलोजीमा इन्टरनेटको गति ५जी भन्दा ५० गुणा छिटो हुनसक्छ।
विशेषज्ञहरुका अनुसार २०३० सम्म सिक्सजी प्रविधि विश्वव्यापीरुपमा प्रयोगमा आउनेछ। हाल भारतमा फाइभजी नेटवर्कमा ट्रायल चलिरहेको छ र यसको सेवा उपलब्ध हुन बाँकी छ।
भारतमा अहिले मोबाइल प्रयोगकर्ताहरुले फोरजी टेक्नोलोजीमा आधारित सेवाहरुको उपयोग गरीरहेका छन्। फाइभजी केहि टेलिकम कम्पनीहरुले परीक्षण गरीरहेका छन भने सिक्सजी नयाँ पुस्ताको प्रविधि हुनेछ।
विश्वका कयौं देशहरु तथा प्रतिद्धन्दी देश चीनले समेत सिक्सजीमा अनुसन्धान शुरु गरेपछि प्रविधिको क्षेत्रमा अन्य देशभन्दा पछाडी हुने आशंकामा भारतले पनि अनुसन्धान शुरु गरेको मिडियाहरुले उल्लेख गरेका छन् । एजेन्सीहरुका साथ | 2021-12-04T20:43:41Z | https://thulokhabar.com/7392/ | OSCAR-2201 |
देउवा दिल्ली गएकै दिन काठमाडौँ उत्रियो हतियारसहितको अमरिकी सेना ! के हो रहस्य ? — Sanchar Kendra
देउवा दिल्ली गएकै दिन काठमाडौँ उत्रियो हतियारसहितको अमरिकी सेना ! के हो रहस्य ?
काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेकै दिन अमेरिकी सेनाको एक टुकडी सुटुक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको छ ।
शुक्रबार साँझ करिब ६ बजेर १० जाँदा अन्तरराष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको एयर फोर्स ल्याण्ड गरेको हो । तर अमेरिकी सेना अन्य केही प्रयोजनका निम्ति नभएर नेपाली सेनासँग संयुक्त रूपमा सञ्चालन हुने ब्यालेन्स नेल २२–५५२० मा सहभागी हुन नेपाल आएको दावी गरिएको छ ।
यो टोलीमा अमेरिकी सेनाका विभिन्न दर्ताका २२ सैनिक सहभागी छन् । ब्यालेन्स नेल नेपाली सेना र अमेरिकी सेनाबीच हुने संयुक्त सैन्य तालिम हो । केही वर्ष अघिदेखि जोडिएको यो सम्बन्ध जारी छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले हरेक वर्ष सञ्चालन हुने यो तालिमका लागि अमेरिकी सेनाको एक टोली चैत १६ गते नेपाल आएको जानकारी दिए ।
नियमित प्रक्रिया भए पनि नेपाली सेनाले यसलाई योपालि सार्वजनिक भने गरेको छैन । रक्षा मन्त्रालय स्रोतका अनुसार, नेपाली सेना र अमेरिकी सेनाबीचको यो तालिम चैत १६ गतेबाट नै शुभारम्भ भइसकेको छ ।
तथापि, तालिम सञ्चालन गरिएको स्थानबारे भने गोप्य राखिएको छ । नेपाली सेनाका प्रवक्ता सिलवालले यसबारे आफू 'अपडेट' हुन बाँकी रहेको बताए ।
तालिम झण्डै एक महिना अर्थात् आगामी वैशाख १६ सम्म सञ्चालन हुनेछ । तालिममा सहभागी हुन आएको अमेरिकी सेनाको टोलीले हतियार, एम्युनिसन, मिलापका साधन तथा आवश्यक अन्य सामग्री साथमै लिएर आएका छन् ।
नेपाली सेनाको नीति तथा योजना निर्देशनालय व्यवस्था, नीति तथा योजना विभागले तालिमबारे जानकारी गराउँदै अमेरिकी सेना र तिनले ल्याउने सामग्रीलाई अनुमति दिन रक्षा मन्त्रालयलाई अनुरोध गरेको थियो ।
रक्षाले सचिवस्तरीय निर्णयबाट ती सामग्री ल्याउन अनुमति दिएको पाइएको छ । रक्षाले अनुमति प्रदान गर्दै गृह, परराष्ट्र, अर्थ, संस्कृति तथा पर्यटन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराएको थियो । –नेपालवाचबाट साभार | 2022/05/22 17:08:49 | https://sancharkendra.com/archives/157784 | mC4 |
थारुवान नेतासहित ५८ जनाविरुद्ध ज्यान मुद्दा - चारदिशा
काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारु र थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरी बिरुद्ध पनि कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ ।
जिल्ला अदालतका श्रेस्तेदार जगदीप्रसाद भट्टले प्रतिवादीविरुद्ध कर्तव्य ज्यान, डकैती, चोरी र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । तीमध्ये ३६ प्रतिवादी फरार छन् भने २२ जनालाई अदालतमै उपस्थित गराई मुद्दा दर्ता गरिएको छ । फरार रहेका प्रतिवादीका हकमा उनीहरुविरुद्ध वारेन्ट सहित म्यादी पुर्जी जारी गर्न अदालत समक्ष माग गरिएको छ । थरुहटका नेता तथा इन्जिनियर धनीराम चौधरी लगायत फरार छन् ।
अनुसन्धानका सिलसिलामा पक्राउ परेका १४वर्षीय बालक करन चौधरीका हकमा भने म्याद थप गर्दा संरक्षक वा सामाजिक संस्थाको जिम्मा लगाई अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । गत भदौ ७ गते कैलालीको टीकापुरमा थरुहटको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा परी सेती अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो । | 2021/04/23 11:12:00 | https://chardisha.com/4190/ | mC4 |
Homeसमाचारगलेश्वर मन्दिरको मातहतमा रहेका सटरको चैत्र महिनाको भाडा मिनाह
April 3, 2020 Spnews समाचार Comments Off on गलेश्वर मन्दिरको मातहतमा रहेका सटरको चैत्र महिनाको भाडा मिनाह
म्याग्दीको बेनी नगरपालिका–९ मा स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको मातहतमा रहेका व्यवसायीक सटरको चैत्र महिनाको भाडा मिनाह गरेको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरी कोषले भाडामा दिएको फुलप्रसादी बिक्री गर्ने सातवटा सटर र एक क्यान्टिनलाई चैत्र महिनाको ४७ हजार ६ सय मिनाह गरिएको बताईएको छ ।
कोषले जिल्लामा कोरोना भाइरस विरुद्धको अभियानमा आवश्यकता परेमा सहयोग गर्ने जनाइसकेको छ । कोषका अध्यक्ष रुद्ध बहादुर केसीले गलेश्वरमा रहेका बृद्धबृद्धालाई भोजन सहित नियमित स्वास्थ्यचेकजाँच, आवश्यकता परेमा अलपत्र परेका तिर्थयात्रीलाई समेत भोजनको ब्यवस्थापन लगायत गलेश्वर बजारभित्र कार्यक्रममा सघाउने जनाएका छन् ।
तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम 'रुद्र' राखे जसको अर्थ हुन्छ 'रुनेवाला'। भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ । | 2020/05/27 12:51:19 | http://simpalonline.com/78647/ | mC4 |
प्रकाशित : 11:57 am, आइतबार, कात्तिक ९, २०७७
काठमाडौं । नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडि बढेको छ ।
आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशैंको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिए । 'दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,' उनले भने। सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् ।
सिनो हाइड्रोले परिचालन गरेका करीब २२० भन्दा बढी नेपाली मजदूरलाई दशैं बिदा दिइएपनि चिनियाँ मजदूरले काम गरिरहेको प्रमुख घिमिरेको भनाइ छ । 'दशैं लगत्तै काममा फर्किने गरी नेपाली कामदारलाई दशैं मनाउन बिदा दिएका छौं, ५० जना चिनियाँ कामदारले दशैंको अवधिमा पनि काम गर्छन्,' उनले भने, 'एक जना भारतीय प्राविधिक पनि आइपुगेका छन्, दशैंको अवधिमा विद्युत्गृहमा एउटा उपकरण जडान गर्ने काम हुन्छ ।'
सिनो हाइड्रोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ र विद्युत्गृह निर्माण तथा हाइड्रो र इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि अगाडी बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।
प्रशारण लाइनका लागि चालू आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गत कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्र्तगत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।
आयोजनाका लागि १४० मिटर बाँध, १ हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ । ।
« दशैंमा घुम्न जाने हो, यी ठाउँमा जान यस्तो छ प्याकेज
अस्पताल सहजै जान सक्ने अवस्था छैन, खाने र तास खेल्ने मात्र गर्नु भन्दा यी ठाउँहरुमा हाइकिङ पनि जाउँ » | 2020/12/03 17:10:15 | https://www.chanakyapost.com/?p=26379 | mC4 |
नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा) साहित्य साँझ २०७५ भव्यरुपमा सम्पन्न - Enepalese.com
नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा) साहित्य साँझ २०७५ भव्यरुपमा सम्पन्न
-आविष्कार भारती- २०७५ मंसिर ४ गते ७:११ मा प्रकाशित
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यको हिउँको दोलैं ओढेकी म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा)को आयोजनामा १०९औं लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् कविता प्रतियोगिता कार्यक्रम "नाफा साहित्य साँझ २०७५" नोवेन्बेर १७, २०१८ का दिन न्याना आत्मिय मनहरुको बिचमा भव्यरुपमा सम्पन्न भएको छ ।
वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंको बिशिष्ट आतिथ्यमा अगाडि बढेको थियो । दिनको दुई बजेबाट सुरु भई साँझ साँढे सातबजे समापन भएको सो साहित्य कार्यक्रममा सवासय जना भन्दा बढी नेपाली भाषालाई माया गर्ने दर्शक-श्रोताको उपस्थिती थियो । प्रतियोगी तथा अप्रतियोगी गरी जम्माजम्मी ३५ वटा कविता वाचन गरिएको यो कार्यक्रममा नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो । स्वर्गिय साहित्यकार बिजय मल्लका सुपुत्रीहरुबाट प्रायोजित 'बिजय मल्ल साहित्य पुरस्कार' कविता प्रतियोगिता अन्तर्गत एकबहादुर क्षत्री, मित्र पौडेल, अर्चना धाख्वा, बिन्दु तिमील्सिना, अर्जुनध्वज खड्का, नारायणदास मल्ल, अप्सरा गिरी भारती, कल्पना रिजाल, अविमन पसछें, प्रदीप केसी, रोशा पोखरेल, सुष्मा श्रेष्ठ, लेखनाथ काफ्ले, गङ्गा मल्ल श्रेष्ठ, विश्वजीत अधिकारीका १५ कविताहरु रहेको थियो । स्वर्गिय कृष्णदास मल्लको परिवारबाट प्रायोजित 'नाफा बाल साहित्य पुरस्कार' कविता प्रतियोगिता अन्तर्गत काव्या लामिछाने, सान्वी पाण्डे ,जुना रिजाल, आन्या पाण्डे, ओपल शर्मा, आशुतोष अधिकारी, खुशी श्रेष्ठ, आर्यमन पसछें , अनित्या द्वा, अरिना उप्रेती, बेलिस्मा श्रेष्ठ, युजेन थापा, सुहानी पाण्डे, ओजश्वी पसछें र ईसीता लुइँटेलका १५ कविताहरु वाचन गरेका थिए भने बाँकी अप्रतियोगी कविताहरु सम्मेलित थिए । 'नाफा बाल साहित्य पुरस्कार' १६ बर्षभन्दा साना बालबालिकाहरु बिच गराईने कविता प्रतियोगिता हो । आविष्कार भारतीको संयोजकत्वमा चलेको 'नाफा साहित्य साँझ २०७५' कार्यक्रममा 'नाफा बाल साहित्य पुरस्कार'लाई निकिता पाण्डेले समन्वय तथा अर्हत द्वाले सञ्चालन गर्नु भएको थियो भने 'बिजय मल्ल साहित्य पुरस्कार' स्वयम् आविष्कार भारतीले समान्वय-सञ्चालन गरेका थिए । 'नाफा बाल साहित्य पुरस्कार' तर्फ एरिना उप्रेती प्रथम, खुशी श्रेष्ठ दोश्री र जुना रिजाल तेस्री हुनुभएको थियो र नगद अमेरिकी डलर ७५, ५० र ३० पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । "बिजय मल्ल साहित्य पुरस्कार" तर्फ गंगा मल्ल श्रेष्ठ प्रथम, अप्सरा गिरी भारती दोश्री र विश्वजित अधिकारी तेश्रा हुँदै नगद १५०, १०० र ७५ अमेरिकी डलर क्रमश: पुरस्कार प्राप्त गर्नुभएको थियो । अप्रतियोगी कविता अन्तर्गत राजेन्द्र अर्याल, बैंकटेशदास शर्मा, पूर्ण श्रेष्ठ, युवराज तिमल्सिनालगायतले पनि कविता वाचन गर्नुभएको थियो । नाफाद्वारा सञ्चालित नेपाली भाषा सिकाउने थलो 'कक्षा'का गुरुजन र स-साना भाइ-बहिनीले आफ्न बुवा-आमाका लागि "तिम्रो लागि सारा संसार' गीत प्रस्तुतीबाट कार्यक्रममा माधुर्यता थपेका थिए ।
यस कार्यक्रममा युवावर्गलाई प्रोत्साहन गर्न नेपाली अमेरिकन मैत्री सङ्घ र रिन्युएबल एनर्जी ग्रुप, म्याडिसनले रिभा श्रेष्ठ अनी निऋती अधिकारीलाई छात्रवृत्तिस्वरुप प्रती व्यक्ती ५०० डलर र प्रमाण-पत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको अर्को आकर्षण डाएस्पोरिक युवा साहित्यकार सन्तोष लामिछानेको दोश्रो कृति र पहिलो उपन्यास 'अल्टिमेट आकाश' को बिमोचन रहेको थियो । बेलायतबाट कार्यक्रमका लागि आएका कार्यक्रमका विशिष्ट अथिति साहित्यकार कृष्ण बजगाईंले कृतिको समिक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा "अल्टिमेट आकाश"ले एउटा राम्रो फड्को मार्ने धारणा व्यक्त गर्नु भएको थियो । यस उपन्यासको कथानक निकै भिन्न र रोचक्ताले भर्पूर रहेको कुरामा प्रकाश परेका थिए । उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृतिका तितामिठा कुरा कोट्याउँदै, कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो मनसाय अगाडि पस्किनुभएको थियो ।
कार्यक्रमका एउटा मुख्य आकर्षण, वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महतले दूरदेशमा उत्साहित नेपाली साहित्य, कलाप्रेमी समूह देखेर आफू परदेशको एउटा कुनोमा सानो नेपाल भेट्टाएको झै आभास भएको बताउनुभयो । देशबाट टाढा भएपनी देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृती उकास्न र नयाँ पीढ़ीलाई सिकाउन लागि परेको नेपाली जमात देखेकोले आफूलाई हर्ष लागेको बताउँदै आफ्ना केही चर्चित गीतमा सम्पूर्ण सहभागीहरुलाई छम्छमी नचाउनु भएको थियो ।
नेपाली भाषा, साहित्य र संस्कृतीको सम्वर्धन गरेबापत दिने "सगरमाथा प्रज्ञा पुरस्कार- २०७५"बाट सम्मानित साहित्यकार दिनार 'रनादी'ले नाफाको साहित्य कार्यक्रमको ईतिहासमाथि प्रकाश पार्नुका साथै अबका दिनमा अझै परिष्कृतढङ्गले अगी बढ्ने प्रतिबद्धता गर्नु भएकोथियो । यसै कार्यक्रममा पर्वत रेग्मीलाई "नाफा विशिष्ट युवा स्वमसेवक पुरस्कार -२०७५" प्रदान गरिएको । कार्यक्रमका बिशिष्ट अतिथी साहित्यकार गोवर्धन पूजाले महाकवि देवकोटा र कथाकार विजय मल्लको साहित्यिक योगदान माथि चर्चा गर्दै प्रतिभा, ब्युत्पति र अभ्यासले सिर्जनात्मक लेखनमा महत्वपूर्ण भूमिका खेल्ने हुदाँ सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो रहने बताए । उहाँले नेपाली साहित्यको सानो भकारी, आविष्कार भारतीद्वारा सञ्चालित, "साहित्य सङ्ग्रह डट कम" नेपाली साहित्य सिक्नेहरुकालागी एउटा कोशे ढुङ्गो हुने कुरो पनि बताउनु भयो । उहाँले विमोचित उपन्यासका उपन्यासकार सन्तोष लामिछानेलाई बधाई दिंदै विदेशी व्यास्त कर्मभूमिमा पनि उपन्यास जस्तो बृहत आयतनको बिधामा कलम चलाउने लामिछानेको सबैले मुक्त कण्ठले प्रसंशा गर्नु पर्ने बताए ।
कार्यक्रमले आफ्नो पूर्वउद्घोशानुसार "साहित्य, संस्कृति र नेपाली मनहरुको सङ्गम" गराएर अर्को साल भेट्ने बचाका साथ बिट मारेको थियो । | 2022/01/16 21:28:18 | https://www.enepalese.com/2018/11/204711.html | mC4 |
नोकियाको फ्लागशिप स्मार्टफोन 'नोकिया ८' अब नेपाली बजारमा - Living with ICT
Home / Featured / नोकियाको फ्लागशिप स्मार्टफोन 'नोकिया ८' अब नेपाली बजारमा
नोकियाको फ्लागशिप स्मार्टफोन 'नोकिया ८' अब नेपाली बजारमा
Admin Nov 26, 2017 Leave a comment
विश्व प्रसिद्ध मोवाईल कम्पनि नोकियाकोे नोकिया ८ अब नेपाली बजारमा आईसकेको छ । यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँजेनेरेसन स्मार्टफोन हो । जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् ।
एडभान्स आल्मुनियम युनिबडी डिजाईन भएको नोकिया ८ मा लाईभ स्ट्रीमिङ्ग को लागि डुयल साईट मोड र स्प्लिट स्क्रिन भ्युजल पनि राखिएको छ । यो स्मार्टफोन निकै सुन्दर तरिकाले डिजाईन गरिएको छ जसमा शक्तिशाली क्यु.एच्.डि डिस्प्ले पनि राखिएको छ । गुगल द्धारा भर्खरै निकालिएको पछिल्लो एण्ड्रोइड ८.० ओरियोकोे सँस्करण सर्वप्रथम नोकिया ८ लाई उपलब्ध गराएको छ ।
बजारमा नोकिया ८ को अत्याधिक प्रत्यासित गरिएको थियो । अहिलेको माग अनुसार नोकियाले क्यामेरा नयाँ सँस्करणको सफ्टवेयर, प्रोसेसर र डिजाईनमा विशेष केन्द्रित गरी नोकिया ८ बजारमा ल्याएको छ ।
यस मोडलमा प्रयोगकर्ताको चाहना अनुसार, स्मार्टफोनका हरेक आधारभुत विशेषताहरु समेटी ब्याट्री व्याकअप पनि राम्रो राखेको छ । यति मात्रै नभई यसमा रहेको लिकविड कुलिङ सिसटमले गर्दा फोनमा गेम खेल्दा फोन तात्तिने समस्या न्यून रहेको छ । नोकिया ८ एकदमै राम्रो देखिने आकर्षक फोन हो ।
यसमा रहेको ५.३ क्यु.एच्.डि डिस्प्लेले गर्दा स्क्रिन निकै उज्यालो रहन्छ । हाई–रिजोलुसन डिस्प्लेका कारण भिडियोहरु पनि निकै क्लीयर र सफा रहन्छन् । यसमा १४४०×२५६० र ५५४ पिक्सेल प्रति ईन्च डिस्प्ले रहेको छ ।
नोकिया ८ मा १३ एमपी फ्रन्ट क्यामेराका साथै अतिरिक्त १३ एमपी डबल लेन्स पनि राखिएको छ । यो आकर्षक सेटअपमा एउटा लेन्स आरजीबि (रङ्गिन) मा छ भने अर्को मोनोक्रोम (श्यामस्वेत) सुटरमा छ ।
एउटा क्यामेराले कलर खिच्छ भने अर्कोले ब्लाक एण्ड ह्वाइट । यसमा स्प्लिट–स्क्रिन मास–अपबाट लाईभस्ट्रीम पनि गर्न सकिन्छ जुन भ्लग गर्नेहरुका लागि अति नै रमाईलोको विशेषता पनि हो ।
यसमा अन्य फिचरहरु जस्तै वाइफाइ, जिपिएस, ब्लुटुथ एनएफसी, इनफ्रारेड, युएसबी, ओटिजी र हेडफोन पनि उपलब्ध छ । नोकिया ८ मा डबल सिम स्लट पनि रहेको छ जसले थ्रीजी, फोरजी,जीएसएम सीडिएमए लाई पनि मद्यत गर्ने गर्दछ ।
समग्रमा नोकिया ८ ले ५.३ ईन्च डिभाईसमा धेरै फिचर्सहरु दिएको छ । नोकिया ८ मुल्य रु. ६२,९९९ पर्ने छ । नोकियाको अर्को प्रमुख फोन नोकिया २ पनि बजारमा उपलब्ध छ ।
मात्र रु.११,४९९ मा पाईने नोकिया २ मा ४१०० एम ए एच् को निकाल्न नमिल्ने ब्याट्री राखिएको छ । नोकिया २ ले बढी स्थायित्व पक्का गर्नुका साथै बजेट मै उल्लेखनीय गुणस्तर पनि प्रदान गर्दछ । | 2017/12/16 07:28:39 | https://livingwithict.com/nokia8-09121212/ | mC4 |
प्रधानमन्त्रीले बल प्रयोग गर्दा पनि बीएण्डसीले सम्बन्धन पाउन मुस्किल – Nepalpostkhabar
नेपालपाष्ट खबर । ४ असार २०७८, शुक्रबार ०९:३९ मा प्रकाशित
काठमाडौं ः संसदले २५ पुस २०७५ मा बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक–२०७५ पास गर्दा नै चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत अभियन्ताहरुलाई लागेको थियो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने छिद्र राखिछाड्यो ।
तर त्यही बीएण्डसीले सम्बन्धन किन पाएन रु एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीलाई प्रधानमन्त्री कार्यालय, बालुवाटार बोलाएर ६ घण्टासम्म केरकार गर्र्नुपर्ने अवस्था किन आयो ?
चिकित्सा शिक्षा ऐनअनुसार बनेको आयोगमा २६ भदौ २०७६ मा डा। गिरी उपाध्यक्ष भए । बीएण्डसी सम्बन्धनको लागि निवेदन लिएर १ फागुनमा आयोग पुग्यो । तर, २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र विश्वविद्यालयको सहमति पनि नभएको कारणले आयोगले सम्बन्धन दिन अस्वीकार ग¥यो ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को दफा ७ को उपदफा (३) मा सम्बन्धनका लागि सिफारिस भएका, तर आशयपत्र नवीकरण नभएका शिक्षण संस्थाले नियमावली प्रारम्भ भएको तीन महिनाभित्र आशयपत्र नविकरण गराउनुपर्ने व्यवस्था छ । उपदफा ९३० अनुसार नवीकरण नगरे आशयपत्र स्वतः रद्द हुने नियमावलीको उपदफा ४ मा उल्लेख छ ।
चिकित्सा शिक्षा ऐनको दफा १३ (६) र चिकित्सा शिक्षा नियमावलीको दफा ७को (३) र (४) त्यसविरुद्ध बीएण्डसी फेरि सर्वोच्च अदालत गयो । १८ कात्तिक २०७७ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशले निवेदकको हकमा दफा ७ को उपदफा (१), (३) र (४) ७ मंसिर २०७७ सम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो ।
पेशी स्थगित गर्न दिएको निवेदन र सर्वोच्च अदालत नियम
प्रधानमन्त्री विश्वविद्यालयका कुलपति र चिकित्सा शिक्षा आयोगका अध्यक्ष हुन् । कुन मेडिकल कलेजलाई सम्बन्धन दिने, कुनलाई नदिने भनेर तोक्ने काम चाही उनको थिएन । प्रा। डा। गोविन्द केसीको लगातारको अनसन र चिकित्सा शिक्षा सुधारका लागि भएका थुप्रै प्रयासको परिणाम स्वरुप आएको चिकित्सा शिक्षा ऐन– २०७५ ले सम्बन्धनबारे प्रष्ट व्यवस्था गरेको छ । | 2021/07/29 06:38:50 | https://nepalpostkhabar.com/2021/06/47538 | mC4 |
कलेजस्तरीय पुरुष भलिबल जेठ तेस्रो सातादेखि « KhelkudNews.com
Published On : 9 April, 2019 4:37 am
एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको आयोजनामा प्रथम राष्ट्रिय एन्जल्स हर्ट अन्तर विद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि हुने भएको छ । ढोरपाटन क्लबको व्यवस्थापनमा प्रतियोगिता जेठ १५ गतेबाट २१ गतेसम्म हुने आयोजक एन्जल्र्र्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गरायो ।
प्रतियोगितामा देशैभरबाट करिव ८० टोलीको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा ९ कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीले तथा गतवर्ष १२ कक्षा पास भएका खेलाडीहरुले मात्रै खेल्न पाउने प्रावधान राखिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र विभागीय टोलीले खेल्न पाउनेछैनन् ।
एन्जल्र्स हर्ट एजुकेसन फाउन्डेसनका कार्यकारी अध्यक्ष लिल बहादुर पुनले नयाँ प्रतिभा जन्माउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको बताए । एन्जल्र्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका कार्यकारी अध्यक्ष खिम बहादुर थापाले नयाँ तरिकाले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुल स्तरमा बजेटको हिसावले यो सबैभन्दा ठुलो प्रतियोगिता रहेको र यसलाई आगमी वर्षमा पनि निरन्तरता दिने बताए ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ । अनुमानित लागत १८ लाख रुपैया रहेको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको खेलहरु एन्जल्र्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको खेल मैदान र ढोरपाटन क्लबको खेल मैदान नयाँ बसपार्कमा हुनेछ । | 2022/01/29 03:41:18 | https://www.khelkudnews.com/news/23312 | mC4 |
राजविराज, ३२ असार ।
सप्तरीको बिष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोश्रो गाउँसभाले आगामी आर्थिक वर्ष २०७४÷०७६ का लागि १९ करोड ३८ लाख ५३ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।
गाउँसभाले आर्थिक बर्ष ०७५÷०७६ मा संघीय सरकारबाट प्राप्त बित्तिय समानीकरण अनुदान १६ करोड ८३ लाख, प्रदेश सरकारबाट अनुदान रु. २७ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख र आन्तरिक श्रोतबाट १ करोड १० लाख, राजश्व बाँडफाँडबाट १८ लाख र गत आ.ब. को मौज्दात ४९ लाख ६३ हजार गरि १९ करोड ३८ लाख ५३ हजारको आय व्यय बिनियोजन गरेको छ ।
यस्तै सोही सभाले आगामी आर्थिक बर्ष ०७५÷०७६ सशर्त अनुदान तर्फ शिक्षा, शिक्षा, महिला विकास, पशु विकास, कृषि विकासतर्फ ८ करोड ६५ लाख, जेष्ठ नागरिक दिर्घ सेवा सम्मान र सामाजिक सुरक्षा कार्यक्रमतर्फ ४ करोड, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ १२ लाख, स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १० लाख ६० हजार र नगर विकास कोष ऋणतर्फ ५ करोड बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष निलाम्बर यादवले जानकारी दिएका छन् ।
आगामी बजेटले प्रत्येक वडामा सडक पुर्वाधार, शैक्षिक गुणस्तरीयता र खानेपानी तथा सरसफाईका लागि एकिकृत बजेट बनाएर खर्च गरिने अध्यक्ष यादवको लक्ष्य रहेको छ । गाउँसभा समापन कार्यक्रममा गाउँसभा सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीलाई दोसल्ला ओढाएर सम्मान समेत गरे । | 2018/10/19 22:07:30 | http://rajbirajdainik.com.np/News/Detail/3651 | mC4 |
इन्डियन प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगे
By administrator on September 15, 2020 खेलकुद खबर, राष्ट्रिय खबर
यही सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगेका छन् । सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध छन् । उनले पछिल्लो दुई सिजन दिल्लीका लागि खेलेका थिए । ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप यूएई गएका हुन् ।
सन्दीप सोमबार यूएई पुगेका हुन् । दिल्ली फ्रेन्चाइजले सन्दीप यूएई आइपुगेको जानकारी दिँदै उनलाई स्वागत समेत गरिसकेको छ । आइतबार नै जाने तय भएको भए पनि उडान छुटेपछि सन्दीप एकदिन ढिला यूएई पुगेका हुन् । सन्दीप अब होटल क्वारेन्टिनमा बस्नेछन् । उनले क्वारेन्टिनमा बस्नुपरेपनि कुनै समस्या नभएको भन्दै गिटारसहितको पोटो समेत पोष्ट गरेका छन् । यस्तै सन्दीपले टिमको प्रशिक्षणमा सहभागी हुनका लागि अब कोरोना परीक्षण गराउनुपर्नेछ । दुई पटक कोरोना नेगेटिभ आएपछि मात्र उनले टिमको प्रशिक्षणमा सहभागी जनाउनेछन् । सन्दीपले सीपीएलमा जमैका तलावाहजबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ११ खेलमा कुल १२ विकेट लिए । १३औं संस्करणको आईपीएलको उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किंग्स भिड्नेछन् ।
सन्दीप समावेश दिल्लीले पहिलो खेल सेप्टेम्बर २० मा किंग्स एलेभेन पञ्जावसंग खेल्नेछ । आईपीएलमा एक फ्रेन्चाइजले बढीमा ८ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् जसमा ४ खेलाडीले प्लेइङ सेटमा रहेर खेल्न पाउनेछन् ।
दिल्ली क्यापिटल्समा आवद्ध खेलाडीमा शिखर धवन, पृथ्वी श, श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्सर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिन्का रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेतमायर, एलेक्स क्यारी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कुस स्टोइनिस, ड्यानियल स्याम्स र एनरिच नोर्किय रहेका छन् | 2020/09/24 18:12:33 | http://radiovision.com.np/archives/22746 | mC4 |
काठमाण्डौं । जेष्ठ २७ । प्रदेश सरकारले बनाएको खर्च मापदण्ड तथा निर्देशिका बिपरीत गाडी खरीद गर्ने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीका बिषयमा अख्तियारले छानबिन थालेको छ ।
कर्णाली प्रदेशले अधिकतम ७० लाख सम्मको गाडी खरिद गर्न सकिने निर्देशीका तयार गरेपनि कर्णाली प्रदेशको सभामुख सचिवालयले एक करोड ७२ लाखको गाडी खरिद गरेको थियो । देश कोरोनाको महामारीमा परिरहेको अवस्थामा करोडौंको गाडी खरीद गरेको भन्दै शाहीको चर्को बिरोध भएपछि अख्तियारले छानबिन थालेको बताइएको छ ।
गाडी खरीदको लागि तोकिएको ७० लाखको खर्च सिमा र अख्तियार लगायतको निकायबाट हुन सक्ने छानबिनबाट बच्न शाहीको कार्यालयले टेण्डर निकालेको ९ दिन पछि निर्देशीका संशोधन गरेको थियो । छानबिनबाट बच्नको लागि २०७६ मंसिर २० गते सभामुखको कार्यालयले गाडी खरिदका लागि टेन्डर सूचना निकाले २०७६ मंसिर २९ मा खर्च निर्देशिका संशोधन गरिएको थियो ।
यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालय मार्फत शाहीले खरीद गरिएको गाडीका बिषयमा छानबिन थालीएको छ । कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले प्रदेश सभा सचिवालयबाट गाडी खरिदसँग सम्बन्धित कागजात मागिएको पुष्टी गरे । | 2021/07/30 04:51:12 | https://www.old.sagarmathapost.com/index.php?listId=13875 | mC4 |
संविधान निर्माणका लागि सञ्जालले खबरदारी गर्ने • Pokhara News by Ganthan
संविधान निर्माणका लागि सञ्जालले खबरदारी गर्ने
पोखरा, २४ माघ /संविधान निर्माणको लागि शान्तिका लागि नागरिक समाजले सभासद र राजनीतिक दलहरुलाई खबरदारी गर्ने भएको छ । शुक्रबार बसेको बैठकले दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको तीन महिना विति सक्दा समेत राजनीतिक दल र सभासदहरु सत्ता मोहमा केन्द्रीत भएकोप्रति चिन्ता व्यक्त गर्दै खबरदारी सहितका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
सहभागीहरुले संविधान सभाको चुनौति के–के छन् ? त्यस'bout सरोकारवाला निकायवीच सम्वाद तथा छलफल चलाएर समस्या समाधानको 'boutमा पहल गर्नु पर्नेमा जोड दिए । त्यसैगरी राष्ट्रियताको 'boutमा पनि राज्य, राजनीतिक दल र सभासदको ध्यानाकर्षण गराउने पर्ने बताए ।
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि पनि राजनीतिक दलहरुले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरुका 'boutमा सचेत गराउने ,राजनीतिक दलहरुलाई संविधान निर्माण प्रक्रियामा जिम्मेवार, सचेत र जागरुक गराउन विभिन्न खवरदारीमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
शान्तिका लागी नागरीक सञ्जालको बैठक
कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक भोला महतले मानवअधिकारको वर्तमान अवस्था र संविधान निर्माण प्रकृयाका 'boutमा सरोकारवाला निकायवीच सहकार्य र समन्वय गरेर अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक तिलक आचार्यको अध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ मावनअधिकार तथा सञ्जालका पूर्व संयोजकहरु टेकनाथ बराल, नवदत्त ढुङ्गाना, खगराज आचार्य, सुरेन्द्र थापामगर, विष्णुप्रसाद बराल, कास्की जिल्ला बार एशोशिएसनका अध्यक्ष पदमपाणि देवकोटा, गैसस महासंघका केन्द्रीय सदस्य रामप्रसाद सुवेदी, सुशासनका लागि नागरिक समाजका अध्यक्ष पुण्य पौडेल, कम्युनिटी सपोर्ट गु्रपका माया गुरुङ, सह–संयोजक नन्दकला नेपाली, लगायतले विभिन्न विषयमा छलफल गरेका थिए । | 2020/05/29 10:57:42 | https://ganthan.com/pokhara-news/santi-kalgi-nagarik-sanjal-pokhara/ | mC4 |
सुदूरपश्चिम प्रदेशको बजेटमा सत्ता पक्षकै सांकेतिक विरोध, सांसदहरुले छलफलमा भाग लिएनन् – देशसञ्चार
सुदूरपश्चिम प्रदेशको बजेटमा सत्ता पक्षकै सांकेतिक विरोध, सांसदहरुले छलफलमा भाग लिएनन्
हिमाल जोशी असार २३, २०७६
धनगढी- सुदूरपश्चिम प्रदेश सभामा सोमबारदेखि आगामी आर्थिक बर्षका लागि पेश भएको बजेटमाथि छलफल प्रारम्भ भएको छ। तर बजेटको विरोध गरेर हस्ताक्षर संकलन गरेका सत्तापक्षीय प्रदेश सभा सदस्यहरुले सांकेतिक विरोध गर्दै छलफलमा भाग लिन नमानेपछि नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ आफैले पहिलो दिन बजेट माथिको छलफमा भाग लिए।
प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिका सदस्य समेत रहेका सत्तापक्षीय प्रमुख सचेतक तामाङले टेलिफोन गरी आफ्नो पार्टीका प्रदेश सभा सदस्यहरुलाई बजेट माथिको छलफमा भाग लिन अनुरोध गरेपनि कोही पनि सोमबारको बैठकमा बोल्न तयार भएनन्। बजेटको विरोधमा हस्ताक्षर नगरेका प्रदेश सभा सदस्यहरु सोमबारको बैठकमा अनुपस्थित रहेका कारण तामाङ आफैले बोल्नु परेको थियो।
प्रदेश सभामा शुरु भएको बजेट माथिको छलफलमा भाग लिदै प्रमुख सचेतक तामाङले प्रदेश सरकार प्रति ब्यंग्य गर्दै कमी कमजोरी सच्याउने भनि प्रतिपक्षसंग सहमति गरेकोले आफुलाई पनि सरकारप्रति आशा नै रहेको बताए।उनले भने–"एकदमै लोकप्रिय सरकारको एकदमै लोकप्रिय बजेट आएको छ, सरकारले सुदूरपश्चिमबासीका चाहनालाई ध्यान दिएको छु भनेको छ, दिएको पनि होला।'
तामाङ बाहेक कुनै पनि सत्ता पक्षीय प्रदेश सभा सदस्यहरुले सोमबारको बैठकमा छलफलमा भाग लिएनन्। त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य श्यामलाल राना थारुले सरकारले प्रतिपक्षसंग गरेको सहमति अनुसार काम गर्नुपर्ने र रातो किताबमा देखिएका प्राविधिक त्रुटीहरु सच्याउनुपर्ने बताए।
नेपाली कांग्रेसकै प्रदेश सभा सदस्य टेक बहादुर रैका आउजीले सरकार समानुपातिक सांसदलाई सांसद नै नभएको जस्तो ब्यवहार गरेको आरोप लगाए। प्रदेश सभामा बजेट माथिको छलफल निरन्तर रहने र मंगलबार बिहान साढे ८ बजे बाट थप छलफल हुने सभामुख अर्जुन बहादुर थापाले जानकारी दिए। | 2019/10/23 19:19:12 | https://deshsanchar.com/2019/07/08/220324/ | mC4 |
उपत्यकाका तीन सीडीओहरुको बैठक सकियो : यस्तो छ तीन जिल्ला प्रशासनको आदेश - टि. एल. एन पोस्ट
Home समाचार उपत्यकाका तीन सीडीओहरुको बैठक सकियो : यस्तो छ तीन जिल्ला प्रशासनको आदेश
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका हुन्। त्यस्तै राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ । सभा सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।
माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताए ।
यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको प्रजिअ उपाध्यायले बताए ।
यसअघि सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिइसकेको छ ।
पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । | 2022/01/17 22:14:40 | https://tlnpost.com/2022/01/11/6040/ | mC4 |
नेपालकै प्रसिद्ध नेपालगञ्जका जुँगे महादेव | samayapatra
Home फिचर नेपालकै प्रसिद्ध नेपालगञ्जका जुँगे महादेव
नेपालकै प्रसिद्ध नेपालगञ्जका जुँगे महादेव
आखिर भगवानको रूप कसैले देखेको छैन र पनि मान्छेले नै बनाएको मूर्तिमा साक्षात् भगवानको रूप देखेर हामी श्रद्धाले शिर निहुराउँछौं। यसरी निहुरिँदा मनमा आनन्द छाउँछ। मैले नेपालगन्ज बाहेक अन्यत्र जुंगा भएका महादेवको मूर्ति देखेको छैन १ तपाईंले देख्नु भएको छ कि ? साउन अर्थात् शिवजीको महिना। वास्तवमा हामी नेपाली वर्षैभर भगवानप्रति आस्था राख्छौं। सत्कर्म गर्नु नै भगवानलाई पूज्नु हो।
जुँगे महादेवका बारेमा लेख्न मन लागिरहेको थियो। लेख्नका लागि धेरै कुरा मनमा आए। जब ती कुरा लेख्न बस्थेँ तब सागरको छालझैं एकैपटक हुत्तिँदै आउने कुराहरू तिनै छालले सर्लक्क सोहोरेर आफूसँगै लैजान्थे। अहँ म छोप्नै सक्दिनथें र फेरि रित्तो हुन्थें।
दिनहरू वित्दै गए। लामो समयको अन्तरालमा फेरि नेपालगन्ज जाने मौका जुरेकाले लेख्नुपर्ने कुराले फेरि झक्झक्यायो। समयले कति छिट्टै फड्को मार्छ पत्तै नहुने१ हिजो जस्तै लाग्छ महादेव मन्दिर अघिल्तिरको बाटो भएर नेपालगन्जको मुख्य शहर त्रिवेणीमोड, त्रिभुवनचोक हुँदै स्कुल गएको। म हिन्दू संस्कारमा हुर्किएकी भएर होला मन्दिर र भगवानको मूर्ति देख्यो कि दुई हात जोडेर नमस्कार गर्न मन लागिहाल्छ। त्यसैले सधैं टाढैबाट भए पनि शिवजी र बागेश्वरी मातालाई नमस्कार गर्थें।
अग्लो न अग्लो मूर्ति। उभिएर दायाँ हातले त्रिशूल समातेको, मोटो जुङ्गा भएको, गाजल लगाएको ठूलो आँखा, निधारमा तेस्रो कालो आँखा ! तेस्रो आँखालाई दायाँबायाँ आँखाकै आकारमा रातो टिकाले सजाएको र तेस्रो आँखासँगै दायाँ जोडिएर माथीपट्टि फर्किएको चन्द्रमा भएको, टाउकोको लामो कपालमा सीताराम लेखिएको फेटा बाँधेको। र फेटा माथि फँणा फिँजाएको सर्प लिएर उभिएको महादेवलाई देख्दा सानोमा नजानिँदो गरि मनमा डरले घर गथ्र्यो। कतै मैले गल्ती गरें भने पक्कै पनि देख्छन् होला भन्ने लाग्थ्यो।
सानो छँदाको त्यो डर पनि मलाई सहि बाटोमा हिँडाउने एउटा अस्त्र रहेछ भन्ने बुझ्दै गएँ। अचेल धम्बोझी चोकबाट मन्दिर जान घरबारीटोलहुँदै जाने धम्बोझीचोकको मूल बाटोमै बागेश्वरी मन्दिर प्रवेशद्वार भनेर ठूलो गेट लगाइएको रहेछ। म त्यहीँ बाटो हुँदै मन्दिरमा पुगेँ। मन्दिर नजिक छेउमा पुगेपछि उभिएर कहिले नदेखेझैँ वरपरका सबै बुट्टयान छेउमै वर्षौदेखि राखेको पूजा सामग्रीका पसलहरू उही र उस्तै लाग्यो। मन्दिरमा पूजा अर्चना सकिसके पछि भोक लाग्थ्यो त्यो समयमा भोक मेटाउने त्यहाँको खाजा हलुवा पराठा प्रख्यात छ । मन्दिर छेउ बसेर बेच्ने पूजा सामग्री, मिठाइ पसल भोक मेटाउने हलुवापराठाको पसल सबै उस्तै नै थियो।
साँच्चै मन कहिले पनि बूढो हुँदैन। त्यहाँ उभिएर हेर्दा मलाई ती पसलका सामानहरू किन्न मन लाग्यो। उही पहिले जस्तो कालो धागोमा सजाएर उनेको माला, पित्तलका मसिना औँठी र पूजाका सामान फूल, अक्षता, ध्वजा र अबिर। उभिएर ती उस्तै सामानहरू हेरिरहेकी थिएँ, एउटा माग्ने केटो मेरो सामु आइपुग्यो अनि मेरो तन्द्रा भत्कियो।
म तलाउ नजिक पुगें र नियालेँ मज्जाले। उही पहिले जस्तै हरियो पानी बोकेर तलाउले पनि आउने जानेहरूलाई हेरिरहेकै थियो। कुनै फरक थिएन त्यो तलाउ र तलाउको मोहनी लाग्ने बैँस।तलाउको दायाँ किनारमा उभिएको वरको रूखले पनि तलाउको वैशलाई नै पर्खिरहे झैँ गरि वर्षौंदेखि आफूलाई हृष्ठपुष्ठ राख्न उस्तै कलिलो र हरियो पात फेर्न लागेको थियो। बायाँ किनारमा अजम्बरी झैँ उभिएका घरहरू उस्तै थिए। मैले पहिले टेकेको तलाउको छेउ र अहिले हृदयको आँखाले हेर्न खोजेको मेरो उमेर मात्र फरक थियो।
मैले अबेर नगरी तलाउ र जुङ्गे महादेवका विषयमा बुझ्न त्यही मन्दिरका कर्मचारी उन्नाइस वर्षे मनोज वाल्मीकि र पूजारी उमेशनाथ योगीलाई भेटेँ। आफ्ना आँखाले भेटे जति र देखे जति मन्दिरका आकृतिहरूलाई मसिका थोपाहरूले कापिका पानाहरूमा कैद गर्दै गएँ। पूजारीकाअनुसार अठार कठ्ठा जमिनमा तलाउ जमेको छ। तलाउ बिचमा रहेका शिवको मूर्तिसम्म पुग्न असी फुट लम्बाई भएको पुल पार गरेर जानुपर्छ। सो पुल दायाँबायाँ नौ-नौ वटा खम्बाले अड्याइएको रहेछ।
जुङ्गे महादेव पश्चिमतर्फ फर्किएका छन्। लखनउका कालिगढले यो मूर्ति बनाएको र यसमा कुनै फलामको सरिया, कुनै पिलर नलगाई उभ्याइएको रहेछ। महादेव मूर्तिको तल्लो भागमा इनार (कुवा) छ। त्यसको वरिपरि चारवटा पिल्लर छन्। तलाउ बिचमा मन्दिरको पुरै भाग सातवटा पिलरले अड्याइएको छ। असी फिट लम्बाई भएको पुल तरेर म मूर्ति नजिक पुगेँ। सानो छँदा मलाई डर लाग्ने मूर्तिको स्वरुप खूब नियालेर हेरेँ।
बिहानी सूर्य उदाउँदा मूर्तिको पछिल्लो भाग छुने र तलाउको पानीमा एकफेर डुबुल्की मारेर सूर्य आकाश तर्फ उक्लिएर जान्थ्यो। दायाँ हातले त्रिशूल समातेको र पहेँलो गेरू वस्त्रले सम्पूर्ण शरीर ढाकिएको मूर्ति अघिल्तिर सानो शिवलिंग, साँढे, हनुमानजी, कार्तिकेय र गणेश, लक्ष्मीको सिङ्गमरमरको नौ इन्च अग्लाइमा रहेको मुर्तिहरू उही र उस्तै छन्।
दायाँ हातको साइडमा दुई हात गहिरो जल कुण्ड छ। तिर्थालुहरूले चढाएको दूध र जल सोही कुण्डमा गएर पोखिन्छ। छेउ किनारमा रहेका मूर्ति नजिक 'स्व। श्री भोलानाथ योगी, स्व श्रीमति लक्ष्मी योगीको सम्झना स्वरूप र अर्को कुनामा श्री रावणकृतं शिवताण्डवस्त्रोतम' भनेर लेखिएका शिलालेख राखिएका छन्। मनमनै लाग्यो आखिर भगवानको रूप कसैले देखेका छैनौं र पनि मान्छेद्वारा नै बनाइएको मूर्तिमा साक्षात् भगवानको रूप देखेर हामी हिन्दू श्रद्धाले शिर निहुराउँछ। यसरी निहुरिँदा मनमा आनन्द छाउँछ।
उक्त मन्दिरको छाना आठ वटा पिलरको सात कुना मिलाएर छत ढलान गरि बनाइएको छ। छतबाट तल तेह्रवटा लामालामा सिक्रीमा झुन्डिएको स–साना घण्टीका झुप्पा छ्न्। ती सिक्रीहरूमा कुनैमा चार वटा र कुनैमा पाँच वटा गरि घण्टीहरू झुण्ड्याइएको छ। सात वटा कुना मिलाएर बनाइएको मन्दिरको बिच भागमा जुङ्गे महादेव उभिएका छन्। मन्दिरको पाँच कुनामा आठ इन्च र नौ इन्च साइजका सिङ्गमर्मरका स–साना मूर्ति छन्।
मन्दिर भित्रको मूर्तिलाई वरिपरि सानो पर्खालले छेकेर त्यो पर्खाल माथी बुट्टेदार फलामको पर्खाल लगाइएको छ । तिर्थालुहरूले तेलको बत्ती बाल्नका लागि फलामको पर्खालमा माथिल्लो तहमा चौध(चौध वटा दियो र बिचको घेरामा पन्ध्र-पन्ध्र वटा दियो राखिएको छ। मन्दिरभित्र प्रवेश गर्ने बितिकै दायाँबायाँ भागमा आठ(आठ वटा र त्यसैको बीच भागमा छ(छ वटा गरि नौ वटा कुनामा जम्मा जम्मी दुई सय एकतिस (२३१) वटा दियो राखिएको छ।
निकै सुन्दर लाग्ने मूर्ति र मूर्ति सजावटले मन्दिर परिक्रमा गर्दा मन पनि खुसिले सजिन्छ। मैले नेपालगन्जबाहेक अन्यत्र जुँगा भएका महादेवको मूर्ति देखेको छैन१ तपाईंले देख्नु भएको छ कि ?
मन्दिरलाई बीचमा पारेर वरिपरि बीस फुट गहिरो पानी भरिएको तलाउ छ। उक्त तलाउमा पानी जमिन भित्रबाट आफैं उत्पन्न हुने र त्यो पानी सँधै हरियो नै रहने गरेको पनि त्यहाँका पूजारीद्वयले जानकारी दिनुभयो । मन्दिरको पछिल्लो र अघिल्लो भागको तलाउमा एघार एघार वटा भर्याङ राखिएको छ। गहिरो तलाउभित्र भर्याङ नजिक पानी भित्र गहिरोमा कोहि मानिस नडुबोस भनेर जालीतारले छेकिएको छ।
तलाउको पूर्वपट्टि सानो पार्क छ। पार्कमा श्रीपेच भएको अग्लो स्तम्भ राखिएको छ र बच्चाहरू खेल्ने चिप्लेटी र पिङ्ग पनि राखिएको छ। केही पर दायाँ साइडमा सरस्वतीको मन्दिर छ। शिवजीको पश्चिमपट्टि बागेश्वरी (वाक्यस्वरी) माताको भब्य मन्दिर छ। वर्षायाममा तलाउको पानी भरिएर शिवजीको पाउ छोएर फेरि आफैं घट्ने कुरा र यो तलाउमा बुलाकी लगाएको कछुवाको जोडी रहेको र केही वर्ष अघि तिनको मृत्यु भएको पनि किम्बदन्ती प्रचलित छ।
बडादशैँको बेला नवदुर्गा अर्थात नवमीसम्म यो तलाउमा नुहाउनेको भिड लाग्छ। तर अचम्मको कुरा प्रत्येक वर्ष कोही न कोहि त्यहाँ पौडी खेल्ने क्रममा होस् या नुहाउने क्रममा होस् यहाँ डुबेर मर्ने गरेका छन्। बागेश्वरी मन्दिरका पूजारी उमेशनाथ योगीकाअनुसार तलाउले मानव भोग खान्छ। त्यसैले डुब्ने गर्छन्। डुबेको देख्ने बितिकै पाँचरदश मिनेटमै निकाल्यो भने भेटिएला नत्र त्यही ठाउँमा गोताखोरहरू गएर खोज्दा पनि भेटिँदैन र पुनः एक-दुई घण्टाको अन्तरालमा फेरि त्यही ठाउँमा शव भेटिन्छन् भन्ने कुरा उहाँले बताउँदा मलाई अनौठो लाग्यो।
हजारौं वर्ष अघिदेखि हिन्दू धर्मको अभ्यास हुँदै आएको छ। मानव जीवनमा आत्मस्वतन्त्रता महत्वपूर्ण रहन्छ। त्यसै क्रममा कसैले धर्ममाथि अत्यधिक रुपमा बिश्वास गर्नु र कसैले नगर्नु आत्म स्वतन्त्रता हो तर धर्मकै नाममा विभेद र साम्प्रदायिक हिंसा हुनु हुँदैन। यथार्थमा मानिसमा हुने पाँच इन्द्रियहरू र मन सकारात्मक स्वच्छ रहनुपर्छ। शास्त्रीयमा स्वस्तिक चिन्ह देख्न पाइन्छ। हिन्दूका हरेक मन्दिरमा देख्न पाइने स्वस्तिक चिन्हको अर्थ पनि खुसी रहनु हो। धर्मले पनि खुसी र सकारात्मक रहन सिकाउँछ।
मानिस आफैंमा कहिल्यै पूर्ण हुँदैन तर हरसम्भव आफूलाई पूर्ण र चलायमान बनाउन जीवनका यावत अप्ठेराहरूसँग संघर्षरत रहन पनि कैयन पटक मनले भगवानको सम्झना गर्न पुग्छ र सत्यप्रति अडिग बनाउँछ। यतिबेला हामी साउने झरीमा छौं। चारैतिर हरियाली छ। साउन अर्थात् शिवजीको महिना। हामी नेपाली वर्षैभर भगवानप्रति आस्था राख्छौं। वास्तवमा सत्कर्म गर्नु नै भगवानलाई पूज्नु हो।
यस आलेखमा मैले जुँगे महादेवका बारेमा लेखें, आगामी दिनमा बागेश्वरी माताको विषयमा लेख्नेछु। शक्तिपीठ मध्येका एक नेपालगन्जका जुँगे महादेवलाई नमस्कार ! शब्द तथा तस्बिर साभार : सेतोपाटी डटकमबाट | 2021/10/22 14:04:46 | https://samayapatra.com/?p=6401 | mC4 |
आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने
मुख्य पृष्ठस्वास्थ्यआधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने
साउन १२, काठमाडौँ, ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले नेपाल–चीन हिमालयमैत्री समाजले विभिन्न पाँच जिल्लाका नगरपालिका तथा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको छ ।
समाजकोतर्फबाट आज यहाँ आयोजित एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालका लागि चिनियाँ राजदूत यु होङको उपस्थितिमा एम्बुलेन्सको साँचो सम्बन्धित निकायका प्रमुखलाई प्रदान गरे ।
उनले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबै जनताकाबीचमा पु¥याउने लक्ष्यका साथ सरकार अघि बढेको र त्यसका लागि यो वर्ष एक हजार २ सय आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरी चिकित्सकलाई जनताको सेवामा समर्पित गराउने प्रक्रियामा लागिपरेको बताए ।
चिनियाँ राजदूत होङले चीन नेपालको महत्वपूर्ण विकास साझेदार भएको दुई देशबीचको जनस्तरको सम्बन्धलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सहयोग र समन्वयात्मक भूमिका निर्वाह गरिने उल्लेख गरे ।
नेपालको उत्तरी क्षेत्र भौगोलिक र सांस्कृतिक हिसाबले चीनसँग निकट रहेकाले सम्पर्क सञ्जाल, सडक, रेल्वे, जलविद्युत्, पर्यटन आदि क्षेत्रमा विकास साझेदारिता, सहयोग अभिवृद्धिको दायरालाई फराकिलो बनाएर लैजाने विश्वास दिलाए ।
सांसद राजेन्द्र गौतमले ग्रामीण भेगका जनतालाई स्वास्थ्य केन्द्रको पहुँचमा सहजता ल्याउन एम्बुलेन्सले महत्वपूर्ण सहयोग पुग्नेछ भने । समाजका अध्यक्षसमेत रहेका पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा पहुँच र सहजता प्रदान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स हस्तान्तरण गरिएको बताए ।
भीमेश्वर गाउँपालिकाका प्रमुख भरत केसी, जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठ, खादबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा र मध्य नेपाल नगरपालिकाका निमित्त प्रमुख चन्द्रमणि पौडेलले एम्बुलेन्सको अधिकतम सदूपयोग गरी जनताको स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाए । | 2021/06/13 15:09:21 | https://www.koshionline.com/2018/07/28/96151.html | mC4 |
धादिङमा काँग्रेसको जित गराउन आफू प्रतिवद्ध : नेता परियार | Blog Of Pokhara
Home Pokhara धादिङमा काँग्रेसको जित गराउन आफू प्रतिवद्ध : नेता परियार
धादिङमा काँग्रेसको जित गराउन आफू प्रतिवद्ध : नेता परियार
पोखरा, १० वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद जिवन परियारले धादिङको सवै गाउँपालिका र नगरपालिकामा काँग्रेसको जित गराउन सिङ्गो नेपाली काँग्रेस लाग्ने बताएका छन् । नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदनद्वारा आयोजित शुभकामना आदन प्रदान तथा चुनावी सभाको उद्घाटन गर्दै युवा नेता परियारले कांग्रेसले संविधान सभा चुनावमा गरेको वाचा संविधान बनाएर पूरा गरेको भन्दै अबपनि बाचा नभुल्ने स्पष्ट पारे । अहिलेको राजनीतिमा एमाले जिम्मेवार भएर प्रस्तुत हुन नसकेको भन्दै उनले एमालेकै कारण मुलुकको समस्या समाधान हुन नसकेको बताए । उनले भने–'एमाले आफू सरकारमा रहँदा पनि मधेशको समस्या समाधान गर्न ध्यान दिएन, अहिले पनि ममस्या समाधानमा बखेडा झिकिरहेको छ ।'
सम्पर्क सदनका सभापति केदार धमलाको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले पोखरामा रहेका जिल्लावासीसंग मत र आशिर्वाद माग्दै धादिङको विकासमा सघाउन अनुरोध गरे । आशन्न स्थानीय तहको निर्वाचनमा धादिङको सबै तहमा कांग्रेसलाई जिताउन पोखरामा रहेका जिल्लावासीको मत निर्णायक हुने भन्दै एमालेको ढुलमुले शैलीले धादिङको विकास नभएको प्रस्ट पारे ।
कार्यक्रममा कास्कीका पार्टी सभापति कृष्ण केसीले चुनावमा कांग्रेसलाई जिताउन पोखरामा रहेका सबै धादिङवासी जिल्ला फर्कन आग्रह गरे। कास्की कांग्रेसका लागि धादिङवासीले धेरै महत्वपूर्ण गुन लगाएको स्पष्ट पार्दै उनले भने–'तपाइँहरु चुनावमा जिल्ला फर्कनुहोस्, यसअघि कास्की कांग्रेसका लागि योगदान गर्नुभयो । अबको केही दिन र केही योगदान धादिङ कांग्रेसका लागि दिनुहोस् ।' 'धादिङको सबै तहमा कांग्रेसले जित्नेगरि अघि बढ्नुहोस्, तपाइँहरुलाई साथ दिन कास्की कांग्रेस तयार छ', उनले भने–'तपाइँहरु धादिङवासी निकै परिश्रमी र त्यागी हुनुहुँदोरहेछ, जतापनि काम लाग्ने ।' कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष एवं नेपाली काँग्रेसका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य राम्जी कुँवरले मजदुर मैत्री संविधान बनाउन पनि नेपाली काँग्रेसले जित्नै पर्नेमा जोड दिए । पोखरा लेखनाथ महानगरपालिकाको मेयरको आकांक्षी कुँवरले धादिङबाट विभिन्न सहरमा पेशा व्यवसाय गर्ने अधिकार काँग्रेसले नै दिएको भन्दै अन्य पार्टीको जितले जनताले दुःख पाउने बताए । सदनका सचिव माधव लम्सालको सञ्चालनमा रहेको कार्यक्रममा पार्टी सचिव विनोद तिमिल्सिनाले विगतमा गरेका गल्ती नदोहो¥याउने गरि कांग्रेस अघि बढेको बताएँदै विगतका चुनावमा केही प्राविधिक कमजोरीले कांग्रेस पराजित भएको बताए ।
सभालाई सम्वोधन गर्न युवा नेता तिलक रुवाली, त्रिपुरासुन्दरी गाउँपालिकाका उम्मेदवार वासुदेव तिमिल्सिना, क्षेत्रीय सभापति योगबहादुर तामाङ, जिल्ला सदस्य रामप्रसाद अधिकारी, गजुरी गाउँपालिकाका सम्भावित उम्मेदवार मोहन पण्डित लगायतको सहभागिता रहेको थियो ।
नेताहरुले मुलुकको पटक–पटकको आन्दोलनको नेतृत्व र संविधान निर्माण कांग्रेसले नै गरेको भन्दै उनले संविधानको सही कार्यान्वयन गर्नका लागि पनि अबको चुनावमा कांग्रेसले नै जित्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि प्रा.डा. ठाकुर सिलवाल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकाल लगायतले बोलेका थिए । सभामा कांग्रेस गीतमा सांस्कृतिक कार्यक्रम प्रस्तुत र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो । | 2017/12/11 09:23:08 | https://pokharakhabar.com/%E0%A4%A7%E0%A4%BE%E0%A4%A6%E0%A4%BF%E0%A4%99%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A4%BF%E0%A4%A4-%E0%A4%97/ | mC4 |
दार्चुलामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु - Thulo khabar
दार्चुलामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु
१ मंसिर २०७७, सोमबार १५:५४
श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत कर्मचारीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा बैतडीको सतबाजमा मृत्यु भएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब सङ्कलन गरी कोरोना परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिए । जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ ।
ती युवकको उपचारमा अस्पतालका कर्मचारी खटिएका कारण कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आजदेखि आकस्मिकबाहकेका सबै सेवा बन्द गरिएको अस्पतालका डा गजेन्द्र दुवालले बताए । अस्पतालले आकस्मिक र प्रसुति सेवाबाहेकका अन्य सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । | 2020/12/02 06:31:58 | https://thulokhabar.com/1631/ | mC4 |
राष्ट्रपतिलाई रेखाले १८ करोडको गाडीको बिषयमा यस्तो भनेपछि सामाजिक संजालमा भाईरल – हेर्नुहोस उनले यसो भनिन – PathivaraOnline
Home > समाचार > राष्ट्रपतिलाई रेखाले १८ करोडको गाडीको बिषयमा यस्तो भनेपछि सामाजिक संजालमा भाईरल – हेर्नुहोस उनले यसो भनिन
काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षानिम्ति भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम माग भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।धेरैले यसलाई फजुल खर्च र देश सुहाउँदो नभएको टिप्पणी गरेका छन्।
यही मेसोमा अभिनेत्री रेखा थापाले फेसबुकमा कटाक्ष गर्दै गाडी खरिदको विरोध गरेकी छन्।फेसबुकमा उनले 'कुरा १८ करोडको गाडीको होइन। तर यो लगानीले देशलाई के देला?' भनेर प्रश्न गरेकी छन्।फेसबुकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र एक आधुनिक गाडीसहितको फोटो पोस्ट गर्दै रेखाले प्रश्न गरेकी हुन्।
फेसबुकमा उनले लेखेकी छिन्: 'कुरा १८ करोडको गाडीको होइन यो धेरै ठूलो रकम पनि नहोला नेपाली जनतालाई तर अठार जना छोरीले आफू यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त? यो लगानीले देशलाई के दिन्छ?'
रेखाको स्टाटसमा कमेन्ट गर्दै योगी अविनाथ लेख्छन
'राष्ट्रमा आफ्नो अस्तित्व खोजी रहेका, सुरक्षा खोजी रहेका र सम्मान खोजी रहेका नेपाली नारिका लागि पछाडी धकेल्नका लागि नैतिक रुपमा यो निकै ठूलो धक्का हो । नारिको अस्मिता र उत्पिडन माथिको मजाक जस्तै भयो । एउटा नारिले सम्मान र शुख पाउँदा आधी आकास ढाक्ने नारी सन्तुष्ट हुने अबस्था छ र ?' | 2021/11/27 08:13:45 | https://pathivaraonline.com/archives/6788 | mC4 |
'प्रमिस डे' : प्रेमी–प्रेमीकाबीच गरौँ यी सुन्दर ६ वाचा
Monday, 11 Feb, 2019 11:03 AM
२८ माघ, काठमाडौं । प्रणय दिवस सप्ताहको पाँचौँ दिनलाई 'प्रमिस डे' का रुपमा मनाइँने गरिन्छ । यो त्यो दिन हो जब प्रेममा डुबेका जोडीहरुले एक अर्काप्रतिको सम्बन्धलाई सधैँ प्यारो बनाइ राख्न बाचा गर्ने गर्दछन् । एक स्वस्थ र खुशी सम्बन्ध प्रेम र विस्वासमा अडिएको हुन्छ । सम्बन्धलाई प्रगाढ बनाउनका लागि जीवनसाथीमा भरोसा र उनको भावनाको इज्जत गर्न अति आवश्यक छ । यदि तपाईँको पनि जीवनमा कुनै यस्ता व्यक्ति छन् जससँग तपाईँ आफ्नो जीवन व्यतित गर्न चाहनुहुन्छ भने केही वाचा पूरा गर्नुपर्छ ताकि विस्वास अझै बलियो भएर जाओस् ।
'प्रमिस डे' मा गरिने केही वाचाहरु जसले सम्बन्ध सुमधुर बनाउँछ
हरेक सम्बन्ध समय अनुसार बदलिन्छ । कुनै सम्बन्धमा प्रेमको साटो तनाव पनि आउन सक्छ तर आफ्नो सम्बन्धलाई सधैँ फ्रेस बनाइ राख्न आवश्यक हुन्छ । जीवनका हरेक पलहरुमा सम्बन्धलाई सबैभन्दा धेरै प्राथमिकता दिनु उत्तम हुन्छ ।जीवनसाथीलाई कति धेरै प्रेम गरिन्छ भन्ने कुरा कुनै न कुनै माध्यमबाट एक अर्कालाई थाहा दिनुपर्छ । पार्टनरलाई सधैँ प्रेम गर्ने र सम्बन्धको चमकतालाई कमजोर नपार्ने वाचा र त्यही अनुरुप व्यवहार गर्नु राम्रो हुन्छ । | 2019/12/15 09:15:49 | http://www.newssewa.com/content/promiseday.html | mC4 |
काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५०० ले बढेर ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १०० थियो ।
Advertisement
यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ । | 2022-11-29T07:30:58Z | https://rastriyasanchar.com/2022/02/10427/ | OSCAR-2301 |
डिलाशैनीमा सामुदायिक वनमा एकै दिन रोपिए १७ हजार बिरुवा | Deshdut
डिलाशैनीमा सामुदायिक वनमा एकै दिन रोपिए १७ हजार बिरुवा
धनगढी- धनगढी उपमहानगरपालिका ३ स्थित डिलाशैनी सामुदायिक वनमा शुक्रबार १७ हजार बिरुवा रोपिएको छ।
डिभिजन वन कार्यालय, धनगढी र डिलाशैनी सामुदायिक वनको आयोजना र धनगढी उपमहानगरपालिकाको समन्वयमा १० हेक्टर जमिनमा वृक्षरोपण गरिएको हो।
उपमहानगरपालिका मेयर नृपबहादुर वड र डिभिजन वन कार्यालय प्रमुख रामचन्द्र कडेलले संयुक्त रुपमा वृक्षरोपणको उद्घाटन गरे।
मेयर वडले आफू निर्वाचित भएदेखि 'एक घर, दुई बिरुवा', 'भोट बरावर बोट', 'जनसंख्या बरावर बोट'लगायत अभियान सुरु गरेको बताए। 'सामुदायिक वनको खाली जमिनमा फलफूलका बिरुवा रोप्नुपर्छ,' मेयर वडले भने, 'त्यसले उपभोक्तालाई चाँडो आम्दानी दिनसक्छ।'
वनबिना मानव जगतको कल्पना पनि गर्न नसकिने भएकाले वृक्षरोपण आवश्यक रहेको उनको भनाइ छ।
डिभिजन वन कार्यालयका प्रमुख कँडेलले उपमहानगरपालिकाले थालेको वृक्षरोपण अभियान उदाहरणीय भएको बताए। उनले भने, 'यसरी वृक्षरोपण गरिएमा हरित शहरको अभियान पूरा हुन्छ।' | 2022/05/25 23:28:12 | https://deshdut.com/?p=3049 | mC4 |
मोबाइल क्यासिनो | शीर्ष इन्स्टा-विन स्लटहरू खेल्नुहोस् £ २०० नि: शुल्क बोनस पाउनुहोस् PoundSlots क्यासिनो साइट - £ २०० जमा बोनस!
मोबाइल क्यासिनो | शीर्ष इन्स्टा-विन स्लटहरू खेल्नुहोस् £ २०० नि: शुल्क बोनस पाउनुहोस्
हाम्रो खेलाडीहरू दौडँदै छन् भनेर हाम्रो मोबाइल क्यासिनो सुविधाहरूको बारेमा के हो?
आजका दिनका मोबाइल फोनहरू धेरै बलियो भएका छन्, र सबै चीजको लागि गाउँ-जाने उपकरणहरू। तिनीहरूले वाचहरू, क्यालकुलेटरहरू र कम्प्युटरहरू प्रतिस्थापन गरेका छन्। तपाईको फोनमा तपाईलाई मोबाइल क्यासिनो खेलहरू खेल्न आवश्यक पर्दछ जुन रमाईलो र इनामदायी छ। आज पाउन्ड स्लटहरू मोबाइल क्यासिनो समुदायमा शामिल हुनुहोस् र अधिक जानकारी पाउनुहोस् हाम्रो शानदार अनलाइन जुवा मनोरन्जनको बारेमा।
पागल बोनसहरू जसले तपाईंलाई वाह दिन्छ: 200 डलरसम्म नकद खेल फ्री बेट्स बोनस प्राप्त गर्नुहोस्
मोबाइल क्यासिनोहरू जस्तै पाउन्ड स्लटहरूमा धेरै खेलहरू छन् जुन खेलाडीहरूले आनन्द लिन सक्दछन्। यी क्यासिनोहरूमा खेल्नको लागि यसले अझ रमाइलो बनाउँछ भने अफरमा बोनस हुन्। उदाहरण को लागी, पाउण्ड स्लट क्यासिनो धेरै उदार छ। सबै मोबाइल क्यासिनो खेलाडीहरूलाई स्वागत गर्न, यसले २०० to सम्ममा १००१TP१ टी जम्मा बोनस प्रदान गर्दछ। मात्र एक निक्षेप बनाउनुहोस् र यो १००१TP१ टी सँग मिल्नेछ त्यसैले तपाईंसँग खेल्नको लागि डबल फन्डहरू छन्। यसको मतलब तपाईंको मोबाइल फोनमा रमाईलोको रूपमा तपाईं स्लटहरू र अन्य क्यासिनो गेमहरू मनपराउनुहुन्छ।
स्वागत बोनस बाहेक, पाउन्ड स्लटहरूले खेलाडीहरूलाई अन्य धेरै बोनस र पदोन्नतिहरू प्रदान गर्दछ। प्रत्येक हप्ता तपाईलाई एक व्यक्तिगत बोनस प्रदान गरिनेछ। यदि तपाइँ स्लट मन पराउनुहुन्छ भने यो सम्भावित स्लटमा हुन सक्छ र यदि तपाइँ ब्याक्र्याट मन पराउनुहुन्छ भने त्यो मात्र हुन सक्छ। तपाइँले एक बोनस पनि प्राप्त गर्न सक्नुहुन्छ जुन तपाइँलाई नयाँ केहि प्रयास गर्न चुनौती दिन्छ। यो के हुनेछ? खैर, यो एक आश्चर्यको छ; खेलिरहनुहोस् र पत्ता लगाउनुहोस्।
सप्ताहन्तमा, प्रत्यक्ष डीलर खेलाडीहरू खुशी छन् कि उनीहरूले आफ्ना घाटाको एक अंश फिर्ता पाउनेछन् भनेर जानेर खुशी हुनेछन्। केवल सप्ताहअन्तमा खेल्नुहोस् र सोमबार तपाइँ तपाइँको घाटा फिर्ता 30% पाउनुहुनेछ। त्यहाँ अझ बढि छन्: त्यहाँ प्रोमोहरू छन् जुन समय-समयमा आउँदछ यो सुनिश्चित गर्नका लागि तपाईसँग यस मोबाइल क्यासिनोमा राम्रो समय छ। सँधै प्रचार पृष्ठमा हेर्नुहोस् र बोनस र पदोन्नतीहरूको पूर्ण लाभ लिनुहोस्। तपाईले कम रमाइलो गर्नुहुनेछ!
पाउण्ड स्लटहरू मोबाइल क्यासिनो वास्तविक पैसा स्लटहरूको घर हो जुन बैंकलाई तोड्दैन
मोबाइल क्यासिनो खेल सस्तो हुनुपर्छ। यदि यो धेरै महँगो छ भने यो रमाईलो हुने छैन। पाउन्ड स्लटहरू यो बुझ्दछ र त्यसैले हामी सस्तो स्लटहरू लिएर आएका छौं जुन खेलिन रमाईलो छ जबकि जेब-मैत्री भएको बेलामा। अझ के छ? यी खेलहरू अत्यधिक पुरस्कृत छन्। त्यहाँ बिभिन्न विषयहरूमा आधारित धेरै स्लट खेलहरू छन् जसले गर्दा तपाईलाई रमाइलो हुनेछ।
टिन स्पिन डिलक्स प्रयोग गर्न नबिर्सनुहोस् जुन प्रति स्पिन £ ०.०० जति कम खर्च आउँछ। यो खेल एक सबैभन्दा अनुभवी खेल विकासकर्ताहरू, नेट इन्टले बनाएको हो, त्यसैले तपाईं विश्वास गर्न सक्नुहुन्छ कि यो उत्तम ग्राफिक्स र उपयुक्त ध्वनि प्रभावहरूको साथ राम्रो खेल हो।
यसका छवटा रीलहरूमा सामान्य कार्ड प्रतीकहरू सहित चिरी, निलो हीरा, घण्टी र बारहरू सहित विभिन्न प्रतीकहरू लगाइएको छ।
तपाईं सक्रिय payline मा प्रतीकहरू मिलान गरेर जित्न सक्नुहुन्छ
कुन कुराले यस खेललाई अद्वितीय बनाउँदछ त्यसको जुम्ल्याहा रीलहरू हो: यस सुविधामा दुईवटा रिलहरू मिल्दछन् र प्रतीकहरूले आफूलाई नक्कल गर्दछन्। यसले तपाईंको जित्ने अवसरहरूलाई बढाउँदछ
तपाईं यस स्लटमा कति जित्न सक्नुहुन्छ? सत्य यो हो कि यो निर्भर छ, तर वास्तविक पैसा ब्याजमा, तपाईं १००० x सम्म तपाईंको स्ट्याडेड रकम जित्ने मौका खडा गर्नुहोस्!
यस मोबाइल क्यासिनोमा धेरै अन्य स्लट खेलहरू उपलब्ध छन्। एउटा फक्सिन विन हो जुन विचित्र कथाहरूसहितको एउटा धूर्त फ्याक्स सुविधा दिन्छ; रेनेगेड्स जसले तपाईंलाई भर्चुअल रणभूमिमा लैजान्छ; साथ साथै बर्डज स्लटहरू जसले तपाईंलाई बादलहरूमा माथि उचाल्छ। तपाईलाई यहाँ खेल्नको लागि धेरै अन्य खेलहरू उपलब्ध छन्। यदि तपाईं टेबल खेलहरू रुचाउनुहुन्छ भने, त्यहाँ ब्याकार्याटको धेरै भिन्नताहरू छन्, र रूलेट तपाईं खेल्न सक्नुहुनेछ।
सबै स्लटहरू, टेबल खेलहरू, scratchies, र यहाँ सम्म लाइभ क्यासिनो खेलहरू पाउन्ड स्लटहरू मोबाइलमा खेल्न सकिन्छ। तिनीहरू उपकरणको स्क्रिन आकारमा समायोजन गर्छन् र कुनै सिमलेस प्ले गर्न सकिन्छ। तपाईं खेलको मजा लिन सक्नुहुनेछ जुन तपाईं ल्यापटप वा कम्प्यूटरमा गर्नुहुन्थ्यो। चाहे तपाई विन्डोज, आईओएस, एन्ड्रोइड वा अन्य कुनै अपरेटि system प्रणाली द्वारा चलाइएको फोन प्रयोग गर्दै हुनुहुन्छ, तपाईं उपलब्ध सबै खेलहरू खेल्न सक्षम हुनुहुनेछ।
मोबाइल मार्फत स्लॉटहरू भुक्तान गर्नुहोस् os १० को रूपमा जम्मा
मोबाइल क्यासिनो गेमि फोन सुविधाको माध्यमबाट भुक्तानद्वारा अझ सुविधाजनक बनाइएको छ। यो एक निक्षेप विधि हो जुन धेरै प्रयोगकर्ताहरू द्वारा रुचाइएको छ किनकि यो कती सजिलो र सुरक्षित छ। यो विधि प्रयोग गर्न तपाईको पाउण्ड स्लट खातामा क्यासियर प्रतिमामा जानुहोस्। फोन मार्फत जम्मा गर्ने विधिको रूपमा भुक्तान गर्नुहोस् र "जम्मा" बटनमा क्लिक गर्नुहोस्। फोन नम्बर जस्ता विवरणहरू प्रदान गर्नुहोस् र कति तपाईं जम्मा गर्न र पुष्टि गर्न चाहनुहुन्छ।
तपाइँले निक्षेप रकम एक छोटो समयमा तपाइँको बजाउन योग्य खातामा हुनेछ। वास्तवमा यो सब भन्दा चाँडो जम्मा गर्ने विधिहरू मध्ये एक हो। हामीलाई यो विधि मनपर्दछ किनकि यो सजिलो र छिटो छ। प्रयोगकर्ताहरूले गर्न सक्छन् प्रति दिन deposit १० र £ per० बीचमा जम्मा राशि जुन यसलाई आदर्श बनाउँछ विभिन्न बजेटहरूका लागि।
अन्य जम्मा विधिहरू प्राथमिकता दिनुहुन्छ? तपाईं आफ्नो फोनमा प्रयोग गर्न सक्नुहुनेछ। तपाईं सजिलैसँग डेबिट र क्रेडिट कार्डहरू, PaySafeCard, विश्वव्यापी रूपमा, Ecopayz, Skrill, NETeller, र अन्य धेरै प्रयोग गरेर नगद जम्मा गर्न र फिर्ता लिन सक्नुहुन्छ। केवल तपाईले चाहानु हुने छनौट गर्नुहोस् र जम्मा गर्न आफ्नो फोन प्रयोग गर्नुहोस्।
२//7 पहुँच, नन-स्टप फन, र अनन्त विजयी सम्भावना
क्यासिनोको रूपमा जुन विश्वसनीयता लिन्छ, र जवाफदेहीतालाई गम्भीर रूपमा लिन्छ, तपाईंसँग सँधै आफ्नो मनपर्ने मनोरन्जन, र सहायताको पहुँच हुन्छ जब तपाईंलाई यो आवश्यक पर्दछ। पाउन्ड स्लटहरू तपाईको फोनमार्फत सधैं पहुँच योग्य हुन्छ तपाई जस्तो भए पनि।
जुवा खेल्ने समस्या हुन सक्छ यदि यो आत्म-विनियमित छैन भने। हाम्रो हेरविचार गर्ने ग्राहक सेवा स्टाफले तपाईंलाई आवश्यक सल्लाह दिनेछ र कुनै पनि चिन्तालाई हटाउन सक्दछ। तपाईं अझ अगाडि जान सक्नुहुन्छ र आफ्नै लागि सीमितताहरू सेट गर्न सक्नुहुन्छ: तपाईंले गुमाउन वा दिइएको समय अवधिमा जम्मा गर्न सक्नुहुने रकम सीमित गर्नुहोस्। हामी सुनिश्चित गर्नेछौं कि तपाईं यी आत्म-सीमा द्वारा टाँसिनुहुन्छ।
मोबाइल क्यासिनोमा पाउन्ड स्लटहरू सबै खेल्नुपर्दछ। यो रमाईलो छ, पुरस्कृत छ र सबै खेलाडी ठूलो जीत को बराबर संभावना खडा जस्तो लाग्छ। आज हाम्रो बढ्दो समुदायमा शामिल हुनुहोस् र तपाइँको जीतको अवसरको लागि स्पिन गर्नुहोस् नगद भुक्तान अनलाइन। | 2021/03/03 11:18:26 | https://www.poundslots.com/ne/%E0%A4%AE%E0%A5%8B%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%B2-%E0%A4%95%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8%E0%A4%BF%E0%A4%A8%E0%A5%8B/ | mC4 |
कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न सञ्चारकर्मीलाई आग्रह « प्रेस काउन्सिल नेपाल | Press Council Nepal कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न सञ्चारकर्मीलाई आग्रह – प्रेस काउन्सिल नेपाल | Press Council Nepal
२८ मंसिर २०७८, मंगलवार 474
प्रेस काउन्सिल नेपाल र राष्ट्रिय महिला आयोगले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह गरेको छ । मङ्गलबार प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न र हिंसा निर्मुलीकरणमा सघाउन आग्रह गर्नुभएको हो ।
कार्यक्रममा बरिष्ठ पत्रकार बबिता बस्नेत र प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार बबिता बस्नेतले कस्तो व्यवहारलाई हिंसा भन्ने भन्ने अन्यौलले पनि मिडियामा भएका हिंसा बाहिर आउने नगरेको बताउनुभयो । उहाँले आम मानिसमा मिडियामा हिंसा हुँदैन भन्ने मानसिकताले मिडियाभित्रका हिंसा बाहिर आउने नगरेकोप्रति सचेत रहनुपर्ने बताउनुभयो ।
दक्षिण एसियाली महिला पत्रकार संघकी अध्यक्ष निर्मला शर्माले महिलालाई दिइने जिम्मेवारीबाट नै हिंसा सुरु हुने बताउनुभयो । वरिष्ठ पत्रकार गोविन्द पोखरेलले महिलाप्रति दया गर्ने प्रवृत्तिले हिंसालाई प्रश्रय दिएको उल्लेख गर्नुभयो । उहाँले महिला पत्रकारले आफ्नो क्षमतामा विस्वास गरेर आत्मबल बढाउने हो भने हिंसा धेरै कम हुने बताउनुभयो ।
प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले मिडियामा लैङ्गिकताको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा काउन्सिल सधैँ सचेत रहेको बताउनुभयो । उहाँले काउन्सिलले महिला हिंसाका विषयमा आएका उजुरी र समस्या सुनुवाइ गर्न फोकल पर्सन तोकेरै काम गरिरहेको जानकारी दिनुभयो ।
छलफलमा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य चेतनाथ धमाला, पत्रकार राधा चालिसे, निशा ओली, मातृका ओझा, कमला भट्टराई, मन्दिरा दाहाल, नेहा शर्मा लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा काउन्सिलका सदस्य लालबाबु शेखलगायत विभिन्न सञ्चारमाध्यमका सम्पादक पत्रकारहरूको सहभागिता रहेको थियो । | 2022/01/29 04:05:37 | https://www.presscouncilnepal.gov.np/np/2021/12/14/5703/ | mC4 |
सुनकोसीमा बेलिब्रिज जडानपछि गाईघाट–दिक्तेल सिधा यातायात - Hamrokhotang
Home खोटाङ समाचार सुनकोसीमा बेलिब्रिज जडानपछि गाईघाट–दिक्तेल सिधा यातायात
२०७८ पुष २, शुक्रबार ०५:५७
काठमाडाैं २ पुष । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् ।
मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–१ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान सुरु गरेर बिहीबार सम्पन्न भएको हो । औपचारिकरूपमा उदयपुरको गाईघाटदेखि दिक्तेलसम्म यातायातका साधन सिधै सञ्चालन सुरु भएको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो । पचास मिटर लम्बाइ र ६.५ मिटर चौडाइको उक्त बेलीब्रिज जडान रेग्मी कन्स्ट्रक्शन निर्माण कम्पनी प्रालि गाईघाटले रु ७६ लाखको बजेटमा सम्पन गरेको सो कम्पनीका प्रोपराइटर महेश रेग्मीले बताउनुभयो ।
गत जेठमा खोलिएको उक्त बेलिब्रिज छ महिनापछि फेरि हिउँद लागेसँगै जडान गरिएको हो । सुनकोसीमा स्थायी पुल निर्माण सम्पन्न नहुँदा अस्थायीरूपमा यातायात सञ्चालन गर्न सुनकोसीमा छ महिना हिउँदमा बेलिब्रिज जडान गरिने र छ महिना बर्खामा खोलिने गरेको छ । वर्षमा ६ महिनासम्म गाईघाट–दिक्तेल सडकमा यातायात सञ्चालन बन्द हुँदा खोटाङ उदयपुरका पहाडी क्षेत्र जाने र पहाडी क्षेत्रबाट तराई झर्ने यात्रुहरूले दुःखकष्ट भोग्दै आउनुपरेको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ । | 2022/01/16 10:10:04 | https://hamrokhotang.com/24063/ | mC4 |
नियात्रा – Online Khabar
नियात्रा नेपाली साहित्यमा पछिल्लो समय निकै लोकप्रिय विधा भएको छ । नियात्राकार तारानाथ शर्माले यस विधालाई उचाइमा पुर्याएका हुन् । विसं २०२७ सालमा प्रतिष्ठित मदन पुरस्कार उनको नियात्रा पुस्तक "बेलाइततिर बरालिंदा" ले पाएपछि नियात्रा विधाले मान्यता र प्रतिष्ठा एकसाथ पाएको हो । त्यसपछि यो विधामा लेख्नेहरु प्रशस्त आए । यही क्रममा केही वर्षअघि झुल्केका हुन् […]
जोमसोमको माथिल्लो बजारबाट छुक्साङका लागि गुड्न ठिक्क परेको रहेछ बस । हतार–हतार हामीले टिकट किन्यौँ । मान्छेको धुइरो र सामानको बैरालाले टेक्ने ठाउँ थिएन । खाङ्ग्रे डोकोमा खसी बोका झैँ रुल्लटुल्ल उभियौँ । हाम्रो बस कुँदेपछि दक्षिणतिर पुरै सेताम्य देखियो नीलगिरि । हात अलि तन्काए चुचुरोसम्म नै सुमसुम्याउन सकिने जस्तो लाग्दैथ्यो । भिरमा भेडा बत्तिए […]
नियात्रा : दृश्य दर्शनको आनन्द
यसरी पनि जुट्दो रहेछ यात्राको अवसर ! यो यात्राको कल्पनासम्म पनि गरेको थिइनँ मैले । अचानक फोनको घन्टी बज्यो- काठमाडौंबाट विनोद दीक्षित बोल्नुभएको रहेछ । भन्नुभयो- 'लम्सालजी ! हाम्रो दक्षिण भारततिर जाने कार्यक्रम छ । तपाईंको पनि टिकट भइसकेको छ, जानको लागि तयारी गर्नुस् ।' त्यो दिन हो २५ पुस २०६४ – एकाएक आइलागेको यात्राको […] | 2021/05/14 07:38:41 | https://www.onlinekhabar.com/trend/%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE | mC4 |
जनै पूर्णिमा | मझेरी डट कम
editor — Wed, 08/21/2013 - 19:20
अति उतम मानिने हिन्दु परम्परा जनै पूर्णिमा, दिदी, बैनी र दाजुभाइको गहिरो नाता हातमा रक्षाको धागो बानेर सम्बन्धलाई अटल राख्न यो दिन पबित्र र अति नै महत्व मानिन्छ ! आज देखि बर्ष दिनमा आउने चाड पर्ब शुरु हुने गर्दछन ।
जनै पुर्णीमाको दिन मुलरुपमा ब्राह्मणहरूद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरूलाई पवित्रताको सुचक धागो बांधेर उनीहरूको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्य हिनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर उल्लेख विभिन्न धर्म ग्रन्थमा भएता पनि, यसलाई विद्धान, समाजमा जे जसरी लिउँन तर आफन्तको माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन !
दिदी बहिनीले दाजुभाइलाई बोलाएर जनै, दिने हातमा धागो अर्थात् राखी बानी उपहार दिदै उनीहरूको सु-स्वास्थ, दिर्धायु जीवनको लागि कामना गर्दै आशीर्वाद दिदै, विभिन्न थरीका खाने कुरा, क्वाटी, खिचडी जस्ता आजको दिनमा सबैभन्दा महत्व पूर्ण रहने भएकोले मिठो स्वादमा पकाएर दाजुभाइलाई खान दिने र हाशी खुशी खादै सबैले यो चाड मनाउने गर्दछन भने आजको दिनमा बुडा पाखाले भने आफूले मान्य आफ्ना ज्वाईलाई बोलाएर ज्वाईबाट हातमा धागो बान्दै जैन फेर्ने र ज्वाईलाई टीका लगाई हातमा फल तथा दक्षिणा दिने चलन आज पनि जीवित नै छ ।
हिन्दु धर्मावलम्बी ब्राह्मणबाट शुरु हुने यो चार्ड हर्ष र उल्लासका साथ आफ्नो संस्कृति र धर्मको पालना गर्दै मनाउदै आएको यो जैन र पबित्र हातमा बाधिने काचो धागोको महत्व हो तर हिजो आज यसलाई अलि फैसंनको रुपमा इन्डियाको देखा सिकी सुन्दर तथा रङ्गी विरङ्गी झिली र मिली राखी दाजुभाइको हातमा बाधेर मनाउने गर्दछन । त्यस्तै यो जैन पूर्णिमा भनेको ब्राह्मणहरूले काचो धागोबाट मन्त्र जप्दै बर्ष भरि बनाएर राखिएको जनैलाई आजको दिन पूजा र पाठ गरी मन्त्र जपेर शुद्ध गरी बर्ष दिनसम्म फेर्न वा, विभिन्न चार्ड पर्व, मर्न तथा हरेको पुजामा प्रयोग हुने गर्दछन ।
जसरी पंचमीको बर्त महिलाहरूको लागि महत्व छ र उनीहरूले त्यो कर्म खोलामा नुहाएर चोखो बसी सप्तऋषिको आरधना सुद्ध भएर गर्दै चोखो एक छाक खाएर गर्दछन त्यस्तै यो जैन पूर्णिमा पुरुषहरूले ब्राह्मणको कर्म पुरा गर्न आफूले बर्ष भरी गरिएको केही त्रुटी भए आफ्नो कर्म गर्न खोलामा गई शुद्ध भएर नुहाउदै मन्त्रको उच्चारण गरी जनै फेरि आफ्नो पितृहरूलाई सम्झेर अजुलिले अर्ध दिदै सप्तऋषिको आराधामा गर्दै शुद्ध भई घर देखि हातमा रक्षाको धागो बान्दै आफ्नो ब्राह्मण धर्मको रक्षाको लागि आफ्ना शिष्यहरूलाई पनि कर्म गराउदै यसको व्यवस्था गर्न तल्लीन हुन्छन् ! यसरी रक्षा-बन्धन पर्वले आफ्नो संस्कृतिको, पम्परा र धर्मको रक्षा गर्दै समाजमा पनि प्रभावित पार्दै आएको हामीले पाउछौ ।यो पर्ब हिन्दुहरूका लागि मात्र नभै सम्पुर्ण मानव जातिकै लागि महत्वपुर्ण पर्वको रुपमा रहेको छ ।
धर्म ग्रन्थ अनुरुप जनै पुर्णीमाको दिन मुलरुपमा ब्राह्मणहरूद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरूलाई पवित्रताको सुचक धागो बांधेर उनीहरूको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्य हिनता र असुरक्षाको नाश हुने बिशावाश गरिन्छ ! यो दिन दिदीबैनीहरूले दाज्युभाइहरूलाई गुरुहरूबाट मन्त्रिएर जनै हातमा दिदै ल्याएको काचो धागो रक्षाको रुपमा हातमा नारीमा बांध्ने गरिन्छ । यो राखी सूत्र दाजुभाइद्वारा दिदीबैनीहरूको हर जटिल तथा विपरित परिस्थितिहरूमा रक्षा गर्ने एक प्रतिज्ञा कवजको रुपमा लिइन्छ । पौराणिक कथा अनुसार दैत्य र देवताहरूको युद्धमा इन्द्र देव जब आसुरी शक्तिबाट परास्त भई आफ्नो दैवी राज्य गुमाएर बसेका थिए तव उनकी पत्नी इन्द्रायणीले ईश्वरलाई साक्षी राखी पवित्रता र आध्यात्मिक शक्तिको प्रतिक काचो धागो शक्तिको प्रतिक सूत्र बांधेकी थिइन । फलस्वरुप इन्द्रले आसुरी शक्तिलाई दमन गरेर आफ्नो राज्य भाग्य र सम्पती प्राप्त गर्न सफल भएको कुरा पनि धर्म ग्रन्थहरूमा लेखिएको छ त्यो आज पनि पढ्न र गुरुहरूबाट कथामा सुन्दै आएका छौ ! यो महान पवित्र पर्वले पति र पत्नीलाई पवित्रतारुपी श्रेष्ठ गुण सूत्रमा बांधेर गृहस्थ जीवनमा सफलता र ऐश्वर्य दिलाउन समर्थ पनि सफल भएको छ ।
रक्षा शब्दको अर्थ - रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु भन्ने बुझिन्छ भने "बन्धन शब्दको अर्थ कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु वा प्रण गर्नु हो भन्ने अर्थ लाग्दछ '। त्यसैले हामीले पनि आफ्नो हिन्दु धर्मको संस्कारको, संस्कृतिको रक्षा गर्न कर्मलाई पवित्र, मान्दै यसलाई महत्व पूर्ण र श्रेष्ठ तथा दिव्य बनाएर आफ्नो देश तथा विश्वको रक्षा गर्ने पवित्रताको प्रण गरौ !
सबै देशमा आ-आफ्नो तरिकाको धर्मलाई मान्ने गरेता पनि आखिर उही एउटा ईश्वरीय बन्धन र सांसारिक कर्मको बन्धनलाई मानिन्छ । ईश्वरीय बन्धनमा दिव्य नियम मर्यादाको पालना गर्नु, सत्य धर्ममा रहनु, जसले गर्दा सुख शान्ति, आनन्द अनि पवित्रता प्राप्त हुने गर्दछ । सांसारिक कर्मको बन्धन भित्र दुःख अशान्ति, रागद्वेष, ईष्या, कलह क्लेष जस्ता अनेक विकृतिहरू निहित भएता पनि, मुलरुपमा मानव चेतनशील हुनाले उसमा शान्ति प्रिय हुनुको कारणले गर्दा नै स्वभाविक रुपमा ऊ भित्र शान्तिको चाहना हुने गरेको पाइन्छ, किन कि रक्षा बन्धन एउटा ईश्वरीय बन्धन हो । जसले पवित्रताको अनि, धर्म रक्षाको सुखद अनुभूति दिने गर्दछ । वास्तवमा मानवले शारिरिक रक्षा, धर्मको रक्षा, सतित्व अर्थात पवित्रताको रक्षा, कालबाट रक्षा, सांसारिक आपत तथा संकटबाट रक्षा जस्ता अन्य रक्षाहरू पनि होश भन्ने चाहन्छन । चारैतिर बढदो असुरक्षा, हत्या हिंसा, अन्याय अत्याचार पापाचार, आसुरी विचारधाराको बोलवाला भई मानव काम, क्रोध, लोभ, मोह अहंकार जस्ता विकृतिहरूको पुर्णतया वशमा परेर दुःख अशान्तिमा जीवन व्यतित गरिरहेको समयमा मानवलाई यस प्रकारको दुखदायी बन्धनबाट मुक्ति दिलाउने, रक्षागर्ने कर्तव्य निर्वाह गर्न तथा संकटको समयमा धर्मको रक्षा गर्नका निम्ति विश्व रक्षक, जगत नियन्ता, सर्व रक्षक परमात्मालाई यस धर्तीमा अवतरित हुनुको आवश्यकता यस्ता धर्महरूबाट देखिन्छ सायद रक्षा बन्धन यस्तै कुराहरूको रक्षाको रुपमा देखिएको हो !
तसर्थ हामी हरेक नर नारीले आफ्नो जीवन श्रेष्ठ शक्तिशाली र सुरक्षित बनाउनका निम्ति मन, वचन र कर्मले पवित्रतालाई अपनाऔं । नकारात्मक वृत्ति तथा कुकृतिहरूका विरुद्ध पाईला चालौं । हामी सबैका कल्याणकारी परमपिता परमात्माद्वारा प्रदत्त रक्षासूत्र ग्रहण गरौं र स्व को रक्षा गरौं । सुरक्षित बनौ अनि देश तथा विश्वको रक्षा गरौं । वास्तवमा पवित्रताको धारण नै सुरक्षाको साधन हो । पवित्रताको व्रतले नै आजका सबै खाले समस्याहरूको हल गर्न सकिन्छ ।
जसरी बाहिर देखिने बिजुलीको तार सामान्य रुपमा देखिन्छ तर त्यो जोड्दा करेन्ट लाग्दछ उसले आफ्नो शक्तिको प्रदर्शन गर्दछ जसबाट उसले घरदैलोमा रोनक तथा उज्यालोपन दिन्छ, त्यस्तै रक्षा बन्धनको धागोपनि सामान्य दुई चार रुपैयाबाट खरिद गरी त्यसलाई सुता मिलाएर मन्त्रि काचो हर्दिमा रगाउदै मन्त्रबाट शुद्ध गरी त्यसलाई मन्त्रबाट बाधिदा त्यो भित्र महत्वपुर्ण भाव र शक्ति लुकेको हामीले महसुश गर्ने गर्दछौ अनि यो धागो भित्रको पवित्र, उच्च भावलाई बुझेर जीवनमा विस्वास राख्दै अपनाउँने गर्दछौ ।
आउनुहोस्, हामी सबैले पवित्रताको प्रतिक रक्षा बन्धनको अर्थलाई बुझ्ने कोशिश गर्दै रक्षा बन्धन आफ्नो दाजुभाइको हातमा बाधौ र हामीले पनि आफ्नो गुरुहरूबाट ग्रहण गरौ !
यसरी यो जनै पूर्णिमालाई हर्षो उमंगका साथ मनाउन सबै इष्ट मित्र, संगी साथी, आफन्त तथा म देखि टाडा रहनु भएको मेरो दाजुभाइलाई यसै मार्फत राखी टक्र्याउदै मंगलमय शुभकामना दिन चाहन्छु - "ओम हरि तत्सत् ।"
हाल :इजरायल
thank u sister dherai khusi n
raj kumar khanal (not verified) — Fri, 08/23/2013 - 22:43
thank u sister dherai khusi n majja lagyo hajur ko yo lekh padhera .bidesh mai rahe pani hamro dharma n sanskar sanga sakshyat kar garaidinubhayeko ma, alot of thanks again. | 2021/01/20 14:16:43 | http://www.majheri.com/node/12867 | mC4 |
समृद्धिका लागि अब पर्खिने समय छैन् : अध्यक्ष ओली | Nagarik News - Nepal Republic Media
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।
नेपाल व्यवस्थापन संघको ३७औं वार्षिक साधारणसभा शुभारम्भ गर्दै उनले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौँ न त भन्ने समय नरहेको धारणा व्यक्त गरे।
नेपालमा लगानीको निमित्त विभिन्न ढोका चहानुपर्ने बाध्यताका कारण लगानीकर्ता अन्यन्त्र पलायन भएर उद्योग स्थापना गरिसक्थ्यो होला तर यहाँ चाहिँ फाइलै अघि बढेन भन्ने गुनासो आउने स्थिति अब आउन दिन नहुनेमा उनले जोड दिए।
संघीयताबारे हाम्रो अनुभव नरहेकाले आफैँले अभ्यास गरेर अघि बढ्नुको विकल्प नरहेको चर्चा गर्दैै पूर्वप्रधानमन्त्री ओलीले भने, 'अब हामीले राजनीतिक र आर्थिक पाटोलाई देशको अनुकूल तुल्याउँदै अलि तीव्र गतिमै हिँड्नुपर्छ। अब हाम्रो आकांक्षा, आवश्यकता र योजना विकास र समृद्धि केन्द्रित भएको छ।'
नेपालले ठूलो बलिदान र लामो संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्रको मूल्य मान्यता, यथार्थ र साँचो अभ्यासलाई कुनै हालतमा नछाड्ने अठोट व्यक्त गर्दै उनले जुन देशका जनताले आत्मगौरव, आत्मसम्मान र स्वाभिमानको अनुभूत गर्दैनन् त्यहाँको अस्तित्व खतरामा पर्नेमा सचेत गराए। | 2020/06/05 01:10:35 | https://nagariknews.nagariknetwork.com/politics/139697-1518344160.html | mC4 |
वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत वृद्धको मृत्यु, रिपोर्ट आउँन बाकी - Yatra Daily
Home Headline वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत वृद्धको मृत्यु, रिपोर्ट आउँन बाकी
वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत वृद्धको मृत्यु, रिपोर्ट आउँन बाकी
वीरगञ्ज २२ श्रावन । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचार गराई रहेका एक वृद्धको मृत्यु भएको छ ।
आइसोलेसनको आइसीयु कक्षमा उपचार चलिरहेको ५६ वर्षीय पुरुषको बिहिबार बिहान मृत्यु भएको हो । मृतक वृद्धको स्वाब सङ्कलन गरेर पिसिआर परिक्षणको लागी नारायणी अस्पताल गएपनि रिपोर्ट आउँन बाकि रहेको अस्पतालले जनाएको छ ।
मधुमेय र मुटुरोगी वृद्धमा पछिल्लो समय स्वासप्रसावमा समस्या देखिएपछि कोरोनाको शङ्का लागेर उनलाई कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
मंगलबार राती भर्ना भएका वृद्धको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बुधबार रातीदेखि अस्पतालको आइसीयु कक्षको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । बुधबारनै उनको स्वाब परिक्षणको लागी नारायणी अस्पताल पथाइएको गण्डक कोभिड अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले जानकारी दिए ।
आइसीयुमा उपचाररत वृद्धको आज बिहान पौने ८ बजे करिवमा मृत्यु भएको डा. उदय सिंहले बताए । 'हिजो रातीदेखि उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हामीले उनलाई आइसियुमा सिफ्ट गरेर भेन्टिलेटरमा राखेर उपचार गर्दै थियौं । तर आज बिहान धेरै प्रयासको वावजुद हामीले उनलाई बचाउँन सकेनौं,' डा. सिंहले भने । | 2020/09/18 20:44:20 | https://yatradaily.com/2020/08/06/%E0%A4%B5%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%9E%E0%A5%8D%E0%A4%9C%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE-%E0%A4%85%E0%A4%B8%E0%A5%8D%E0%A4%AA%E0%A4%A4%E0%A4%BE-2/ | mC4 |
Communication Archives - Digital Rautahat
२० बैशाख २०७७, शनिबार ०१:३८
विद्यालय तथा विश्व विद्यालयमा हुने अनलाइन अध्ययन अध्यापनलाई सहज बनाउन नेपाल टेलिकमले ई-शिक्षा प्याकेज ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको हो । विशेष […]
२० बैशाख २०७७, शनिबार ०१:३८ May 2, 2020
शिकसकलाई ५ दिने अनलाइन शिक्षण तालिम ।
काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षकहरुलाई भर्चुअल कक्षा सञ्चालनका लागि अनलाइन शिक्षण तालीम दिने भएको छ । संगठनले लकडाउन अवधिभर डिजिटल अध्यापनका लागि सातै प्रदेशमा ५ दिने अनलाइन तालिम सञ्चालन गर्ने भएको हो । यस्तै, देशभर प्रविधिमैत्री १ हजार शिक्षकको रोस्टर तयार गर्ने पनि संगठनले जनाएको छ । संगठनको आइतबार बसेको केन्द्रिय समितिको […]
१५ बैशाख २०७७, सोमबार ०१:३८ April 27, 2020
एनसेलका ग्राहकले अव मोबाइलमा ब्यालेन्स नभए पनि कुरा गर्न यसरी सकिन्छ
काठमाडौं– एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भएपनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्छन् । कोरोना भाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहक माझ सेवा सुनिश्चित गर्दै, एनसेल प्राइभेट […]
११ बैशाख २०७७, बिहीबार ०४:१७ April 23, 2020
काठमाण्डौ – मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया […]
८ बैशाख २०७७, सोमबार २२:३९ April 20, 2020
टेलिकममा फोन गर्नुहोस्, कोरोना सङ्क्रमण भए/नभएको थाहा पाउनुहोस्
काठमाण्डाै– नेपाल टेलिकमले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण भए/नभएको जानकारी दिन विशेष सेवा सुरु गरेको छ । टेलिकमका प्रयोगकर्ताले *१४१९# डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ । मङ्गलबारदेखि प्रयोगमा आएको यो सेवाले सङ्क्रमित पत्ता लगाउन सहयोग पुग्ने र सम्भावित सङ्क्रमितलाई सरकारीस्तरबाटै फोन गर्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ । *१४१९# डायल गरेमा ज्वरो […]
३ बैशाख २०७७, बुधबार १३:३९ April 15, 2020
लकडाउनमा टेलिकमले ल्यायो डाटा र भ्वाइसमा छुटैछुटमा गजवको अफर
काठमाण्डौं: नेपाल टेलिकमले ग्राहकहरुको लागि विभिन्न छुट अफरहरु सार्वजनिक गरेको छ । कम्पनीले सरकारले निर्देशन दिए बमोजिम छुट अफरहरु सार्वजनिक गरेको हो । त्यस्तै टेलिकमले चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा […]
२० चैत्र २०७६, बिहीबार १६:०७ April 2, 2020
एनसेलले आफ्ना सबै ग्राहकलाई चैत्र १३ बाट लागु हुने गरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ । एनसेल प्रालीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अहिले देशभर कायम रहेको 'लकडाउन'को अवस्थामा ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाइ नहोस् भनेर बोनस रकम प्रतिशतमा वृद्धि गरेको जनाएको छ । ग्राहकले रिचार्ज बापत प्राप्त गर्ने […] | 2020/10/25 05:06:45 | https://digitalrautahat.com/category/communication/ | mC4 |
बिस्थापित भएका बेलिब्रिज स्थानान्तरण कहाँ ? – धौलागिरी खबर
बिस्थापित भएका बेलिब्रिज स्थानान्तरण कहाँ ?
धौलागिरी खबर २०७८ माघ ४, मंगलवार १८:२४ गते मा प्रकाशित 248 0
बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलाहरुमा पक्कि पुल बनेपछि बेलिब्रिज प्रयोगबिहिन भएका छन् ।
आफ्नो भूगोलमा बेलिब्रिज लैजान भएको जनप्रतिनिधीको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाई भएको छ । कतै पुल प्रयोगबिहिन हुने र कतै पुल नभएर जोखिमपुर्ण यात्रा गर्न तथा यातायात सुबिधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाट, रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ र अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पक्कि पुल निर्माण भएपछि बेलिब्रिज प्रयोगबिहिन भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ र २ को सिमाना कालीगण्डकी नदी माथि पक्कि पुल निर्माण अन्तिम चरणमा पुगेकाले पोखरेबगरको बेलिब्रिज पनि बिस्थापित हुदैछ् । राहुघाट खोलाको १०० फिट, तिप्ल्याङको १५० फिट र पोखरेबगरको बेलिब्रिज १६० फिट लामा छन् । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेखोलामा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल सम्पन्न भएपछि त्यहाँको बेलिब्रिज पनि बिस्थापित गर्नुपर्ने छ ।
बेलिब्रिज स्थानान्तरणका बिषयमा गत कात्तिक महिनामा भएको जिल्ला सभामा छलफल भएपनि जनप्रतिनिधीहरुको मत बाझिएपछि निर्णय हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवालले बताउनुभयो ।
बि.स. २०५८ देखि सुरु गरी २०६५ मा सकिएको ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकमा नेपाली सेनाले ९ वटा बेलिब्रिज बनाएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले प्रयोग बिहिन भएका बेलिब्रिज उपयुक्त र आवश्यक पर्ने ठाउँमा स्थानान्तरण गर्न सहमतिमा निर्णयको प्रतिक्षामा रहेको बताउनुभयो ।
आयोजनाले प्रयोगहीन बनेका बेलिब्रिज झिकेर बेनी–जोमसोम सडककै बेगखोला, रुप्से र खहरे खोलामा राख्न प्रस्ताब गरेको छ । "बेगखोला र रुप्सेमा बर्खायाममा यातायात अबरुद्ध भएर यात्रुले सास्ती पाएका छन्," उहाँले भन्नुभयो "जिल्ला स्तरमा सहमतिमा स्थानको सिफारिस र बिभागले निर्णय गरिदिए हुन्थ्यो ।"
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने राहुघाट र कालीगण्डकीमा प्रयोगहीन बनेका बेलिब्रिजलाई आ–आफ्नो क्षेत्रमा लैजान सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताबीच रस्साकसी सुरु भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित जलजला गाउँपालिकाका पदाधीकारी र पर्वतका नेताहरू पर्वतको जलजला–२ बगरफाँट र र म्याग्दी सदरमुकाम बेनी जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज राख्न जोड गर्नुभएको छ ।
करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँट जोड्ने सडक कालीगण्डकीले कटान गरेपछि यातायात सम्पर्क बिच्छेद भएको छ । पोखरेबगरको पुललाई रातोपानी र ठुलोबगर जोड्ने कालीगण्डकी नदीमाथि स्थानान्तरण गर्नुपर्ने भुरुंगका जनप्रतिनिधीको लबिंग छ । म्याग्दीका केही नेताहरुले भने बेनी–दरबाङ सडक अन्तरगतको फापरखेतको पहिरोले बर्खामा दुःख दिने भएकाले मंगलाको पखेर र सिमलचौरको सिमाना म्याग्दी नदीमाथी बेलिब्रिज स्थानान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । | 2022/05/20 16:41:24 | https://dhaulagirikhabar.com/12679/ | mC4 |
प्रदेश सरकारले विजेता र उपविजेता खेलाडीलाई जनही १ लाख दिने - Sainokhabar
होमपेज / खेलकुद / प्रदेश सरकारले विजेता र उपविजेता खेलाडीलाई जनही १ लाख दिने
प्रदेश सरकारले विजेता र उपविजेता खेलाडीलाई जनही १ लाख दिने
शनिबार, चैत ०९, २०७५ , साइनो खबर
विराटनगरर । पाँचौ साफ महिला च्याम्पियन फुटबल प्रतियोगिताको विजेता भारत र उपविजेता नेपाललाई १ नम्बर प्रदेश सरकारले जनही १ लाख दिने नगद दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले खेलाडीहरुको प्रोत्साहन स्वरुप प्रदेश सरकारले जनही एक लाख नगद उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । प्रवक्तासमेत रहेको मन्त्री कार्कीले नेपाली राष्ट्रिय टिमका खेलाडी अथक मेहनथ तथा प्रतिस्पर्धामा खेलेको भूमिका प्रशंसा योग्य मानेका छन् ।
भारतले पाँचौ पटक उपाधि रक्षा गर्यो
पाँचौ साफ महिला च्याम्पियन फुटबल प्रतियोगिताको उपाधि भारतले हात पारेको छ । शुक्रबार विराटनगरको शहिद मैदानमा भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ३–१ को गोल अन्तरले स्तब्ध पार्दै लगातार पाँचौ पटक उपाधि हात पारेको हो ।
भारतको जितमा डालिमा छिब्बर, ग्रेस दाङ्गमे र अञ्जु तामाङले समान एक–एक गोल गरिन् । यता पराजित टोली नेपालका लागि भने साबित्रा भण्डारी 'साम्बा'ले एक गोल फर्काइन् । खेलको भारतकी डालिमा छिब्बरले २६ औँ मिनटमा ३५ यार्ड टाढाबाट गरेको फिकि प्रहारलाई नेपालकी एन्जीला तुम्बमपो सुब्बाले जज गर्न नसक्ता बलले जाली चुमेको थियो भने ३३ औँ मिनटमा नेपालकी सावित्रा भण्डारीले हेडिङमार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । उनले अनिता बस्नेतले दिएको पासलाई सदुप्रयोग गदैृ गोल गरेकी थिइन् । तर दोश्रो हाफमा भारत हाबी भयो । नेपालको पोष्टमा निरन्तर प्रहार गर्दै दवाब भारत दवाब बढायो ।
६२ औं मिनेटमा ग्रेस डाङ्गमेले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् । ७७ औं मिनेटमा भारतकी अन्जु तामाङले गोल गर्दै ऐतिहासिक सफलतातर्फ डोर्होयाइन्। त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र भारत ३–१ गोलले विजयी भयो ।
निकै प्रतिस्पर्धात्मक भएकोे खेलको नेपाल पाएको गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल फेरी उपविजेतामा चित्त बुझाउँने पर्यो । खेलमा भारत तर्फकी डालिमा छिब्बर उत्कृष्ट खेलाडी घोषित भइन भने खेल अवधिमा सर्वा्धिक ४–४ गोल गर्ने नेपाली खेलाडी सावित्रा भण्डारी र भारतकी इन्दुमति कथिरेशन सर्वा्धिक गोल गर्ने खेलाडीको रुपमा घोषित भए । यसैगरी, बङ्गलादेशलाई अनुशासित टिमको रुपमा पुरस्कृत गरियो ।
फागुन २८ गते देखि प्रतियोगिता सुरु भएको थियो ।
सावित्राले रचिन इतिहास
पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा २२ वर्षकी सावित्रा भण्डारी भारतविरुद्धको खेलमा पहिलो हापमा गरेको गोलसँगै सावित्राले नयाँ इतिहास रचेकी छिन् । | 2021/05/10 19:57:40 | https://www.sainokhabar.com/2019/03/23/4296/ | mC4 |
The Holy Bible, Easy Reading Version, in Nepali 2 राजा 1
2 एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, "एक्रोनका देवता बालजबूबका पूजाहारीहरू कहाँ जाऊ। उनीहरूलाई सोध यदि म आफ्नो चोटबाट निको हुन सक्छु।"
3 तर परमप्रभुको स्वर्गदूतले तिश्बी एलियालाई भने, "राजा अहज्याहले सामरीयाबाट केही स्वर्गदूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, 'इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। सकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ? 4 तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ अहज्याहलाई तिमी आफ्नो ओछ्यानबाट उठ्नपाउने छैनौ। तिमी मर्ने छौ।' " त्यसकारण एलिया हिंडे।
6 दूतहरूले अहज्याहलाई भने, "एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, 'इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूबसमक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओछ्यानबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।' "
8 दूतहरूले जवाफ दियो, "त्यो मानिस रौमयुक्त थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।"
9 अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, "परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, 'आउनु भनी हुकूम गर्नु भएको छ।' "
11 अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, "परमेश्वरको जन, राजाले भनेका छन्, 'चाँडै तल आऊ!' "
13 अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रा कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, "परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु। 14 स्वर्गबाट आगो आयो अनि पहिला दुइजना कप्तानहरू तथा उनीहरूका पचास जना मानिसहरूलाई नष्ट पार्यो। तर अब दया गर्नुहोस् अनि हामीलाई बाँच्न दिनुहोस्।"
16 एलियाले अहज्याहलाई भने, "इस्राएलमा परमेश्वर हुनुहुन्छ: 'यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओछ्यनबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।' " | 2021/05/16 15:29:09 | https://www.divinerevelations.info/documents/bible/html/nepali_easy_reading_version/2ki01.htm | mC4 |
पोखराको लेकसाइडमा मुक्तेश्वर शिव मन्दिर – Pokhara News by Ganthan
261 FacebookTwitterWhatsAppPinterestEmailViberप्रिन्ट
पोखरा, २७ साउन /पोखरा महानगर पालिका पोखरा ६ बैदाम स्थित पधेरोमा रहेको नव निर्मित मुक्तेश्वर शिव मन्दिर शिवधामको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
भागवत भाष्कर गुरुदेव कमलनयन गौतमले मन्दिर सहित पधेरो बहुउद्देश्यीय भवनको उद्घाटन गरेका हुन । शिव जिको जन्म महिना र जन्म बार पारेर मन्दिरको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले उद्घाटन गर्दै, बर्तमान अवस्थामा हिन्दु धर्ममाथि विभिन्न जात जातिबाट प्रहार भइरहेको अवस्थामा शिव मन्दिरको स्थापना गरेको खुशि ब्यक्त गरेर ।
उनले भगबान शिवले जसरी आफ्नो परिवारमा शिवको बहान सर्प र छोरा गणेशको बहान मुुसो लाई जसरी मिलाएर राखेको छन तैसैगरी हामी हिन्दु धर्मका पारखीहरुले पनि समाजमा भगबान शिबको अनुसरण गर्नु नै हिन्दु धर्मको महिमा रहेको बताउदै हामी हिन्दु धर्मालम्वीहरु प्नि यसै गरी बस्न आग्रह गरेको छन ।
हिन्दु धर्म भनेको सर्वे भवन्तु सुखिन भन्ने मन्त्र पेरित रहेको कुरामा जोड दिदै हिन्दु धर्मले बिश्वमा रहेका सम्पूर्ण जात जाति र धर्मलाई समान रुपले हेरेको बताएका छन ।
अस्तब्यस्त रुपमा रहेको पधेरोको उक्त क्षेत्रलाई स्थानिय यूवाहरु संगठित भई संघ संस्थाहरु सहित बिभिन्न ब्यक्तिहरु संग आर्थिक र जिन्सी समान संकलन गरि उक्त क्षेत्रमा शिव मन्दिर सहित बहुउद्देश्यीय भवनको स्थापना गरिको हो ।
उक्त कार्यक्रममा सहयोग गर्नु हुने संघ संस्था ब्यक्तिहरुलाई समान सहित सम्मान पत्रले सम्मान गरिएको थियो । संस्थाका कोषाअध्यक्ष जगनाथ कोइरालाले संस्थाको आर्थिक प्रतिबेदन बाचन गर्दै अहिले सम्म २४ लाख १ हजार २४ रुपैया मन्दिर निर्माण कार्यक्रममा खर्च भएको जानकारी दिदै संस्थामा ५६ हजार बचत रहेको बताएका छन ।
संस्थाका अध्यक्ष महेश्वर अधिकारीको सभाअध्यक्षमा भएको कार्यक्रममा सल्लाहकार देबप्रकाश कोइरालाले स्वागत मनतब्य गरेको कार्यक्रममा सल्लाहकार गिरिराज अधिकारी, जगदम्बा आमा समुहकी अध्यक्ष दुर्गा पहारी, समाजसेबीहरु मगंंलबहादुर नेपाली, गणेश ढकाल, नेत्रपाण्ी न्यौपाने पन्डितहरु इन्द्र पौडेल, अग्निधर तिमिल्सिना, जग्गा दाता राजेन्द्र कोइरालाले लगाएतका बक्तहरुले बर्तमान अबस्थामा समाजिक कार्य गर्ने युवाहरु समाजमा पाउनै मुशकिल रहेको बताउदै बर्तमान अवस्थामा युवाहरु संगठित भई राम्रो कार्यको थालनी गरेकोमा खुशि ब्यक्त गरेका थिए । | 2020/07/08 13:08:07 | https://ganthan.com/pokhara-news/shiva-mandir-maktshor/ | mC4 |
"सान्नानीलाई लिएर आए एभरेष्ट सूर्य बोहरा" - dastawejdastawej
हेर्नहोस् भिडियो
दस्तावेज,चैत्र १ गते बिहिवार ,२०७४,काठमाण्डौं – नेपाली चलचित्र बजारमा सुपरहिट फिल्म एवं गीतहरू दिन सफल निर्देशक एभरेष्ट सूर्य बोहरा यतिखेर नेपाली सिने जगतमा चर्चाको बिषय बनेका छन् । उनले चलचित्र भैरे मार्फत "सान्नानीलाई भेट्न आउँदा…………" बोलको उत्कृष्ट गीत लिएर बजारमा आए लगत्तै उनको चर्चा चुलिएको हो । निर्देशक एभरेष्ट सूर्य बोहराका गीतहरू हरेक चलचित्रमा सुपरहिट नै हुने गरेका छन् । निर्देशक बोहरा स्वयं गीतकार,कथाकार,पटकथा तथा संवाद लेखन तथा निर्देशनमा पनि निकै अगाडि रहेका छन् ।
चलचित्र अग्नि परीक्षाको 'हाम्लाई पनि मायाले हेर पार्बती'बोलको सदाबहार गीतको बजारमा अहिले पनि उत्तिकै चर्चा छ । यसका साथै चलचित्र कान्छाको 'मायालु कान्छा', 'मलाई नेपाली माया चाहिन्छ' ,'आरोप छ मलाई','म त मर्छु कि क्या हो ठूली'जस्ता सुपरहिट गीतहरू नेपाली दर्शकहरूमाझ दिन सफल निर्देशक एभरेष्ट सूर्य बोहराले यसपालि दर्शकहरूलाई मनोरञ्जन गराउन चलचित्र 'भैरे'मा तीनवटा अत्यन्तै फरक शैलीका गीतहरू समावेश गरेका छन् । जसबाट दर्शकहरूले नेपाली लोक शैलीको नयाँ टेस्ट लिन सक्नेछन् ।
चलचित्र 'भैरे' को गीतमा शब्द र संगीत,वसन्त सापकोटा, स्वर,यम बराल र वसन्त सापकोटा र मेलीना राई,संगीत संयोजन रिकेस गुरुङ, स्टुडियो ,प्रिज्मा रहेको उक्त गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने सम्पादन बबी शाहको रहेको छ । वर्षा सिवाकोटी, चर्चित नायक विक्रान्त बस्नेत र हास्य कलाकार बुद्धि तामाङ 'हैट'को आकर्षक नृत्य रहेको गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन निकै स्तरिय बनेको छ ।
जेठ १८ लाई लक्षित गरी प्रदर्शन मिति तय गरिएको चलचित्र 'भैरे'लाई थप आकर्षक बनाउन नयाँ कन्सेप्ट तयार गरी नृत्य निर्देशक गहतराजले दर्जनौँ कोरस कलाकारलाई सहभागी गराई कलात्मक पाराले पर्दामा उतारेका छन्। छायाँकार पुरुषोत्तम प्रधानले पनि अत्याधुनिक प्रविधिको सहयोग लिएर भिडियोलाई उत्कृष्ट रूप दिएका छन्। शब्द संगीत क्याचि बनेका छन् भने गायन शैली पनि अब्बल नै सुनिएको छ । एरेन्जमेन्ट पनि पावरफूल बनेको छ जसकारण यो गीत हिट नम्बरको लिष्टमा पर्ने चान्स रहेको छ । विशेष गरी अडियो भन्दा भिजुअल अझ दमदार बनेको छ जसकारण यो गीत हेर्दा जो कोहीलाई पनि राम्रो लाग्न सक्छ ।
चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराद्धारा निर्देशित चलचित्र भैरेको गीतको दृश्य राम्रो बन्नुमा कोरियोग्राफर र सिनेमा फोटोग्राफरको वर्क पूर्ण रूपमा सिंक भईदिएको छ जसको रिजल्ट एडिटिङ टेबलमा आइपुग्दा अझ फाईन बनेको देखिन्छ । दृश्य निर्माणमा देखिएका विभिन्न सट साइज र जमेट्रिकल कोरियोग्राफी राम्रो मात्र छैन पूर्ण रूपमा ग्लसी र फिनिसिङ युक्त पनि छ त्यसकारण यो गीत एउटा राम्रो गीतको कोटिमा पर्दछ भन्ने कुरामा दुई मत नरहला । गीत राम्रो बनाउन कोरियोग्राफर कविराजले प्रयोग गरेका पेन्टेड प्रस, 'नाङलो', फेरी, 'ढुङ्गा' तथा फ्रेम भरिलो कोरस र लिएका एरियल सर्टहरू यो गीतको मुख्य आकर्षक तत्व बनिदिएकोछ ।
चलचित्र 'भैरे'का कलाकारहरूमा दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् । | 2019/08/21 09:19:49 | http://dastawej.com/news/2018/03/15/7892.html | mC4 |
लि'ङ्ग ठुलाे बनाउने घरेलु विधी: एक हप्ता मै यसरि हुन्छ ठुलो – Ujyaalo Patrika
लि'ङ्ग ठुलाे बनाउने घरेलु विधी: एक हप्ता मै यसरि हुन्छ ठुलो
लि*ङ्ग बढाउने उपायलाई मोटामोटी रूपमा ४ प्रकारमा विभाजित गर्न सकिन्छ।
कसरत तथा हातैले तन्काउने विधि
दैनिक रूपमा पर्याप्त समय लि*ङ्ग दोहन दुहुने जस्तो गरी तन्काइए लि*ङ्गको नाप बढ्ने दाबी गरिएको छ। यसरी हातैले तन्काउने विधि अरेबियाका भनिने चलनवाट आएको दाबी गरिन्छ। यस्तो लि*ङ्ग दोहनको विधिले भित्री तन्तुलाई फुक्न मद्दत गर्छ र लि*ङ्ग राम्रोसँग उ*त्ते*जित हुने दाबी गरिन्छ। यसै भन्न नसकिए पनि रक्तसञ्चारलाई राम्रो बनाइ यसले लि*ङ्गको स्वस्थतालाई यथास्थितिमा राख्न मद्दत गर्छ भन्ने कुरामा धेरैले विश्वास गर्छन्। यो विधि अपनाउँदा अत्यधिक दबाबका साथ तानिए तन्तुलाई चोट पुग्ने कुरामा पनि सचेत हुन आवश्यक हुन्छ।
तौल वा यन्त्रको सहायताले तन्काउने विधि
कुनै वजनदार वस्तु लि*ङ्गमा झुन्डयाई वा भएका यन्त्रले लि*ङ्गको नाप बढाउने विधि हो। कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लि*ङ्गमा चोटपुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन्। लि*ङ्ग पुरुष को ठुलो पार्न तन्काउने ,दुहुने र कम्प्रेसन प्रक्रिया प्रयोग गर्न सक्नुहुन्छ भने कडा र घन्टौ से*क्स गर्न केगल ब्यायाम तौल र बिना तौल तरिका अपनाउन सक्नुहुन्छ । तौल को लागि उत्तेजित लि*ङ्गमा रुमाल प्रयोग गर्न सक्नु हुन्छ बिस्तार रुमाल भिजौदै तौल बढाउन सक्नु हुन्छ ।
पम्प प्रयोग गर्ने विधि
दबाब कम गर्ने पम्प प्रयोग गरी लि*ङ्गमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लि*ङ्गको उत्तेजना कडा र बढी हुने दाबी गरिएको छ। यसलाई लिङ्गको फेदमा लगाएपछि हाते वा विद्युतीय भ्याकुम पम्पले हावा निकालिन्छ र कम दवाव भएको कारणले लि*ङ्गमा बढी रक्त प्रवाह हुन्छ र लि*ङ्ग बढी उ*त्ते*जित भएजस्तो देखिन्छ। यसको दीर्घकालीन प्रभावका वारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजाने लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ।
लि*ङ्ग बढाउन विभिन्न किसिमको शल्यचिकित्सा पनि प्रयोगमा ल्याइन्छ। त्यस्तो विधिमा लि*ङ्गलाई अडयाउने तन्तु का*ट्ने एउटा तरिका हो जसले गर्दा वाहिरवाट हेर्दा लि*ङ्ग केही लामो भएको भान पर्छ। आफ्नै शरीरको अन्य भागवाट निकालिएको वोसो तन्तु भर्ने विधिले विशेषगरेर लि*ङ्गको मोटाइ बढाउन मद्दत गर्छ। छालालाई नै नचबात गर्ने पद्धतीको पनि विकास भएको छ। त्यसबाहेक लि*ङ्गमा अन्य वस्तु राख्ने प्रत्यारोपण जस्ता अनेक उपायको प्रचलन पनि बढ्दै गएको छ।
यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकवाट गरिनु आवश्यक छ। यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया पछि आशाअनुरूप नतिजा नआएको पनि देखिन्छ, जसले असन्तोषलाई अझ थप्छ। कतिले शल्यक्रियाको जटिलतालाई सामना गर्नु परेको छ जसले उसलाई पुरानैभन्दा पनि नराम्रो स्थितिमा पुर्याएको छ।
कतिले उ*त्ते*जना नभएको लि*ङ्गको आकारमा सुधार भएको पाए पनि उ*त्ते*जित लि*ङ्गको आकारमा सुधार नभएको वा यौ*न सुखमा सकारात्मक परिवर्तन नआएको कुरा पनि गरेका छन्। लि*ङ्ग केही सानै भए पनि आफूले यौ*न सुख प्राप्त गर्न सकिन्छ भने महिलासाथीलाई दिन पनि सकिन्छ। तपाईलाई थाहै होला, महिलाको सबैभन्दा यौ*न सं*वे*दनशील अ*ङ्ग अर्थात् भ*गां*कुर बाहिरतिर नै हुन्छ। यो*निको कुरा गर्दा पनि भित्रतिरको नभै बाहिरतिरको भाग यौ*न संवेदनशील हुन्छ। एजेन्सी | 2021/10/16 23:18:17 | https://ujyaalopatrika.com/1579/ | mC4 |
इजलास बहिस्कारः चोलेन्द्रशमशेर राणाको अतिले निम्त्याएको खति - Nepal Face
काठमाडौं । 'अति सर्बत्र बर्जयेत' संस्कृतको यो उक्ति प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको हकमा अहिले ठ्याक्कै लागु भएको छ । राजनीतिक पार्टीहरुलाई भिडाएर संवैधानिक आयोग, न्यायपरिषददेखि हरेक क्षेत्रमा भागबण्डा लिंदै मन्त्रीसमेत नियुक्त गराउन सफल भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका बिरुद्ध अन्ततः सर्वोच्च अदालतकै १४ बरिष्ठ न्यायाधीश इजलास बहिस्कारको तहमा पुगेका छन् । बरियतामा सर्वोच्च अदालतको तेस्रो न्यायाधीश हुँदा राणाले ४ बर्षअघि तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले तोकेको इजलास बहिस्कार गरेका थिए ।
चार बर्षअघि कान्तिपुरको अदालतको अवहेलना सम्बन्धी मुद्दामा न्यायाधीश चोलेन्द्रशमशेरले प्रधानन्यायाधीश गोपाल पराजुलीसँग इजलासमा बस्न नसक्ने भन्दै बहिस्कार गरेका थिए । २८ फागुन, २०७४ मा राणाले पराजुलीको इजलास बहिस्कार गरेका थिए, ४८ महिनापछि उनको इजलास बरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठसहित १४ जनाले बहिस्कार गर्ने निर्णय गरेका छन् ।
राणाको ३ बर्षे कार्यकालः सेटिङदेखि शासनमा हिस्सेदारीसम्म
विवादका बीच सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राणाले एनसेलको पूँजीगत लाभकर, क्यासिनोदेखि धेरै आर्थिक सरोकारका मुद्दामा भाइ प्रभुलाई बिचौलिया राखी सेटिङमा फैसला गर्दै न्यायालयलाई भ्रष्टाचारको केन्द्र नै बनाएका छन् । यो कुरा सर्वोच्चका बरिष्ठतम न्यायाधीश सबैलाई थाहा छ । आर्थिक सरोकारदेखि रन्जन कोइरालाको जघन्य हत्याको मुद्दामा समेत सेटिङ गरेका राणाले न्यायालयलाई भ्रष्टाचारको थलो बनाए ।
प्रभुले दाजु प्रधानन्यायाधीश भएपछि मुद्दामा सेटिङ गरी करोड होइन, अरबका दरले लिएको घुसले नयाँबानेश्वरमा आइपेक्स मल निर्माण गरेको घामजत्तिकै छर्लङ्ग छ । कालिकास्थानको सिल्भरसिटीका २ वटा अपार्टमेन्ट (हालसालै बिक्री गरेको)देखि सहकारीबाट बचतकर्ताको १६ अर्ब रुपैयाँ ठगी गर्ने सुधीर बस्नेतको भेगासिटी हाउजिङमा पार्टनरसीप, टेस्ला गाडी नेपाल भित्र्याउन छुट दिने आदेशदेखि नेपालगंजका सुन ब्यापारी दीपक हेमकरको परिवारका ५ सदस्यको हत्यारा किशोरीलाल सोनीलाई ९ महिनामै साधारण तारिखमा रिहा गर्ने लगायतका पचासौं मुद्दामा भाइ प्रभुले सेटिङ गरी अथाह घुस जम्मा गरिसकेका छन् । उक्त घुुसको रकम हुन्डीमार्फत् दुबईदेखि अमेरिकासम्म पुर्याइसकेका प्रभुको सुरुको आर्थिक अवस्था र हालको अरबौंको सम्पत्तिको स्रोत खोजी कसले गर्ने ? त्यो सम्पत्ति मुद्दामा सेटिङ गरी राष्ट्रलाई प्राप्त हुने राजस्व मारेर आर्जित भएको हो भन्नेबारेमा राज्यका निकाय जानकारक छन् । तर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले त उनको सम्पत्ति हेर्ने आँट दाजु पदमा हुन्जेल सक्ने अवस्था छैन ।
इजलास बहिस्कारः न्यायपालिकाको साख बचाउने १४ न्यायाधीशको साहसिक कदम
शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्यका तीनै निकाय न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिका संचालन भएमात्र लोकतान्त्रिक मूल्यमान्यता स्थापित हुन्छन् । न्यायपालिकाले कार्यपालिकामा हिस्सा खोजेर शक्ति पृथकीकरणको मर्ममै प्रहार गर्ने कार्य प्रधानन्यायाधीश राणाले गरेपछि न्यायपालिकाको गरिमा जोगाउन १४ न्यायाधीश इजलास बहिस्कारको तहमा पुगेका हुन् ।
न्यायपालिकाको मूल्यमान्यता कायम गराउनुपर्ने प्रधानन्यायाधीश मन्त्री बनाउने, संवैधानिक आयोगदेखि विभिन्न निकायमा नियुक्ति गर्न दबाब दिने जस्ता क्रियाकलापमा संलग्न भएपछि तीन निकायको शक्तिसन्तुलनमा खलल आई लोकतन्त्र नै संकटमा पर्दैगएको छ । लोकतन्त्रका लागि आजीवन संघर्ष गरेका नेताहरुको तेजोबध गर्नेदेखि पंचायतका अवशेषहरुलाई मुद्दा दर्ता गर्न लगाएर तर्साउने काम समेत राणाबाट हुँदैआएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले लोकतन्त्र कमजोर भएपछि फणा उठाउन थालिसकेका छन् । न्यायपालिकाको नेतृत्वमा बसेका नेकपाको एकता खारेज गर्ने फैसला गर्नुको उद्देश्य नै दलहरुलाई कमजोर पार्ने र हङ पार्लियामेन्टमा खेल्नका लागि हो भन्ने कुरा राणाका कदमहरुले पुष्टि गर्दै लगेका छन् । न्यायपालिकाको गरिमा नै समाप्त पार्ने राणाका एकपछि अर्का क्रियाकलाप रोक्नकै लागि बरिष्ठ न्यायाधीशहरुले उनले निकास दिनुपर्ने तहमा पुगेका छन् ।
पूर्वन्यायाधीश फोरमले पनि उनलाई निकास (राजीनामा) दिनका लागि आग्रह गरिसकेको छ । तर राणा भने अझैसम्म पनि राजीनामा दिनेतिर भन्दा पनि फुलकोर्ट बोलाउने र पूर्वप्रधानन्यायाधीशहरुको घर घरमा पद बचाइदिन अनुनय बिनय गरिरहेका छन् । आफ्ना निकट कानुन ब्यवसायीहरुलाई ४ बरिष्ठ न्यायाधीशका बिरुद्ध प्रचार गराउन तल्लीन छन् । | 2022/01/22 00:42:24 | https://www.nepalface.com/content/25218/2021-10-25 | mC4 |
HomeAparadh Khabarम्याच फिक्सिङका अभियुक्त जोगाउन अनेक चलखेल
aparadhkhabar.com 4:01 PM
काठमाडौं । नेपाल प्रहरीको इतिहासमै महानगरीय अपराध महाशाखाले म्याच फिक्सिङ जस्तो संगठित अपराधको पहिलो पटक पर्दाफास गरेको छ । नेपाली फुटबलले सधैं किन अन्तराष्ट्रिय खेलहरु हार्छ भन्ने कुरा महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बाहिर ल्याएका छन्। नेपाल प्रहरीको यो ऐतिहासिक कामको सर्वत्र प्रशंसा भइरहेको छ । तर म्याच फिक्सिङमा पक्राउ परेका खेलाडीहरुलाई छुटाउनका देशका केही ठूला व्यक्तिहरु समेत लागेका छन् । सरकारी वकिल र अदालतमा दबाब दिएर उक्त मुद्दा नै दर्ता नगर्नेसम्मको खेल सुरु भइसकेको छ ।
बरिष्ठ अधिवक्ताद्धय शम्भु थापा र प्रेम बहादुर खड्का अभियुक्तविरुद्ध मुद्दै दर्ता नगर्न चलखेलमा लागेका छन् । उनीहरु अभियुक्तका वकिलका रुपमा अदालतमा गएर उनीहरुको पक्षमा बोल्नु त पेशा नै भयो तर उनीहरु मुद्दा दर्ता नगर्न राजनीतिक लबिङमा समेत लागेका छन् । त्यस्तै कांग्रेस तथा एमालेका केही नेताहरु समेत अभियुक्त खेलाडीको पक्षमा लागेका छन् । मुद्दा दर्ता नगराउन बरिष्ठ अधिवक्ता थापाले महान्यायधिवक्ता हरिकृष्ण कार्कीलाई दबाब दिएको स्रोत बताउँछ ।
थापा र कार्की दुवै एमाले निकटमा नभई साथी पनि भएकाले सरकारी वकिल कार्यालयबाट नै मुद्दा दर्ता नगराउने र मुद्दा दर्ता गरेपछि राज्यविरुद्धको अपराधको दफा ४ अनुसार चलाउने र सामान्य धरौटीमा नै उनीहरुलाई छुटाउने खेल भइरहेको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।त्यस्तै आफुसमेत तानिन सक्ने भएकाले एन्फा अध्यक्ष गणेश थापा पनि अनुसन्धान प्रभावित बनाउन सक्रिय छन् । कतिपय खेलमा फिक्सिङकै लागि तय भएको समेत खुलेको छ ।
त्यसरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरु राख्दा एन्फाको प्रत्यक्ष संलग्नता हुन्छ । त्यसकारण यो प्रकरणमा थापा पनि मुछिने भएकाले उनी यसविरुद्ध लागेका हुन् ।म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा मुद्दा दायरको अन्तिम तयारी गरेको छ । पक्राउ परेको २४ दिनभित्र मुद्दा दायर गर्नुपर्छ ।उनीहरु पक्राउ परेको २१ दिन भइसकेको छ । राष्ट्रिय टोलीका कप्ता सागर थापासहित राष्ट्रिय टोलीका गोलरक्षक रितेश थापा, राष्टिय्र खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रहरीसँग बलियो प्रमाण
छोटो अवधिमा भएपनि प्रहरी अभियुक्तहरुविरुद्ध बलियो प्रमाण जम्मा गरिसकेको छ । म्याच फिक्सिङ प्रकरणमा प्रहरीको बलियो प्रमाण भनेको खेलाडीको म्याच फिक्सरहरुबाट लिएको पैसा नै हो ।खेलाडीको नाममा बिदेशबाट पटक पटक पैसा आएको छ । वेष्टन यूनियन मनि ट्रान्सफरबाट अञ्जन केसी, रितेश थापा तथा हाल फरार रहेका तत्कालिन फिजियो डेजिब थापाको नाममा पैसा आएको छ ।सिंगापु्रका चर्चित म्याच फिक्सर विल्सनराज पेरुमलले आफ्नो पुस्तक 'किलोङ किङस्' मा कसरी नेपाली खेलाडी किन्न सफल भए भन्ने कुरा उल्लेख गरेका छन् । उनकै समूहबाट खेलाडीले पैसा लिएका छन् ।
बयानको क्रममा पैसा लिएको उनीहरुले स्वीकार गरेका छन्, तर म्याच फिक्सिङ गरेको भने अस्वीकार गरेका छन् । तर, पक्राउ परेलगत्तैको बयानमा उनीहरुले म्याच फिक्सिङकै पैसा लिएको स्वीकारेका थिए ।जसको भिडियो रेकर्ड प्रहरीसँग छ । हालसम्मको अनुसन्धानमा ६ वटा अन्तराष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको प्रहरी दाबी छ ।
जसमा खेलाडीले एउटा खेलबाट ५ हजार अमेरिकन डलरसम्म लिएका थिए ।सन् २००८ देखि गत वर्ष सम्मका खेलमा म्याच फिक्सिङ भएको अपराध महाशाखाले जनाएको छ ।सन् २००८ मा मोर्डेका कपमा अफगानिस्तानसँग म्याच फिक्सरको निर्देशनअनुसार २–२ को बराबरी खेलेको प्रहरी दाबी छ ।त्यस्तै २००९ को साग च्यामपियनसीप, सन् २०११ म मलेसियासँगको मैत्रीपूर्ण खेल, फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतसँग भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको साफ गेमको फुटबलमा म्याच फिक्सिङ गरेको प्रहरीले जनाएको छ ।जसमा अन्य खेलाडी र एन्फा पदाधिकारीहरु समेत संलग्न भएपनि अरु भने पक्राउ परेका छैनन् । सबै खेलमा थ्रिस्टार क्लबका पूर्वप्रशिक्षक रहेका अन्जन केसीले नै पैसाको डिल गर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन् । | 2021/05/07 12:35:35 | http://www.aparadhkhabar.com/2015/11/blog-post_96.html | mC4 |
२५ कात्तिक, काठमाडौं । पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले खेल्दै छन् ।
एपीएफ मधेस प्रदेशलाई ७ विकेटले हराएर तथा आर्मी अर्को विभागीय टोली नेपाल पुलिसमाथि २ विकेटको रोमाञ्चक जित हात पारेर शनिबार हुने फाइनलमा पुगेका हुन् ।
यी दुई टोली तेश्रो पटक फाइनलमा भिड्न लागेका हुन् । सन् २०१८ को दोस्रो संस्करणको फाइनल एपीएफले ६ विकेटले जितेको थियो भने २०२१ को फाइनल आर्मीले ३३ रनले ।
त्यसैले फाइनलमा मैदान उत्रिँदा आर्मी उपाधि जोगाउने लक्ष्यमा हुने छ भने एपीएफ चौथो संस्करणको हारको बदला लिने । त्यसो त एपीएफले जारी संस्करणको समूह चरणमा नै आर्मीलाई ५६ रनले हराएर त्यो बदला केही हदसम्म पूरा गरिसकेको छ ।
बलियो लक्ष्य पछ्याउँदा बढेको आत्मविश्वास
फाइनलमा पुग्ने क्रममा आर्मीले नेपालको राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक र रोमाञ्चक जित निकाल्यो । घरेलु मैदानमा दुई इनिङ्समा गरेर ६१३ रन बन्यो । यो एउटा इतिहास हो ।
पुलिसले दिएको ३०५ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १ बल बाँकी छँदा ८ विकेट गुमाएर ३०९ रन बनयो ।
पुलिसका कप्तान दिपेन्द्र सिंह ऐरीले १४० रनको शानदार पारी खेलेका थिए भने तीव्र गतिका बलर करण केसीले ६ विकेट लिएका थिए । केसीको बलिङ र ऐरी ब्याटिङलाई ओझेलमा पार्दै आर्मीका ब्याटरले सामुहिक प्रदर्शन गर्दै खेल जिताए ।
आर्मीका हरि चौहान र रोहित पौडेलले तेश्रो विकेटका लागि १३५ रनको साझेदारी गरे । ‘जतिसक्दो खेल पछिसम्म लाने विचार थियो । हाम्रा दुई ब्याटरले गरेको साझेदारीले हामीलाई सहज भयो’, कप्तान विनोद भण्डारीले भने ।
चौहान ९२ बलमा ८ चौका र १ छक्का सहित ७५ रन बनाउँदै आउट भए । चौथो क्रममा गएका रोहितले ८९ रन बनाएर मिडविकेटमा क्याच भए ।
विक्रम सोबले १८ बलमा ३० रन बनाए भने नट आउट रहेका राजेश पुलामीले ३७ बलमा ४३ रन । उनले अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै आर्मीलाई फाइनलमा पुर्याए ।
उत्कृष्ट खेलाडी बनेका पुलामीले भने, ‘हरि र रोहितको शतकीय साझेदारीले निकै सहज भयो । उनीहरुले लक्ष्य पछ्याउन पछिल्ला ब्याटरहरुलाई सहजको स्थिति बनाए ।’
सेमिफाइनलमा पुलिसविरुद्धको खेलमा गरेको प्रदर्शनले फाइनल जित्न आत्म विश्वास बढेको बताउँछन् कप्तान भण्डारी । ‘आज बलियो लक्ष्य पार गरेपछि हाम्रो आत्मविश्वास बलियो भएको छ,’ उनले भने, ‘भोलि पनि राम्रो खेल खेल्ने विश्वास छ ।’
आजको खेलले फाइनलका लागि पनि आत्मविश्वास बढेको रोहितलाई पनि लागेको छ । ‘जितको मोमेन्टले भोलिको खेलका लागि आत्मविश्वास बढेको छ । उपाधि जित्ने भरोसा छ,’ उनले भने ।
एपीएफ उत्कृष्ट दिने तयारी
समुुह बीको उपविजेता मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो ।
हालसम्म कुनै पनि खेल नहार्दै फाइनल पुगेको एपीएफको आत्मविश्वास निकै बलियो छ । फाइनल खेलमा आफ्नो तीनै पक्षमा उत्कृष्ट दिँदै उपाधि जित्ने तयारीमा छ एपीएफ । एपीएफका कप्तान शरद भेषवाकर भन्छन्, ‘अहिलेसम्म हामीले एकजुट भएर खेल्यौं । टिममा खेल्यौं, जसले गर्दा नतिजा पनि निस्कियो । अब अन्तिम खेलमा पनि यसरी नै खेल्ने तयारीमा छौं ।’
टिममा हेर्ने हो भने एपीएफ पनि कमजोर होइन । बलिङमा कमल सिंह ऐरी चोटपछि पनि उत्कृष्ट लयमा देखिएका छन । मौसम ढकाल जारी प्रतियोगितामा सर्वाधिक विकेट निकाल्ने खेलाडीका रुपमा छन् । युवा बलर तथा ब्याटिङमा राष्ट्रिय टिमका ओपनर आशिफ शेखको पनि लय राम्रो छ ।
अर्का ब्याटर प्रदी ऐरी प्रधानमन्त्री कप क्रिकेटमा सर्वाधिक रनको रेकर्ड बनाउने खेलाडी हुन् । उनले २०१८ मा मधेश प्रदेशविरुद्ध १५८ रन बनाएका थिए । उनको त्यो रेकर्ड हालसम्म कसैले तोड्न सकेका छैनन् ।
एपीएफका कप्तान भेषवाकर कुनै एक खेलाडीको प्रदर्शनले भन्दा पनि टिम गेमले उपाधि जित्ने दाबी गर्छन् । ‘हामी कुनै एक खेलाडीले खेलेन अथवा सकेन भन्दैनौं सधंै सबैले खेल्न सक्दैनन्,’ उनले भने, ‘टिमले खेलेर बाँकी रहेको एक खेल जित्न कोसिस गर्नेछौं ।’
Source link
HamroAwaj
2022-11-11 20:50:51
Related
Categories समाचार
कार्यकाल सकियो, निर्वाचन विवादका मुद्दा फैसला भएनन् – HamroAwaj
रविलाई प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको कति सिट आउँछ ? – HamroAwaj
Leave a Comment Cancel reply
Comment
Name Email Website
Save my name, email, and website in this browser for the next time I comment.
बेल्जियममाथि मोरक्कोको शानदार जित – HamroAwaj
बागमती प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत पुग्ने – HamroAwaj
पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति – HamroAwaj
दोलखाका विवादित ठाउँमा फेरि चुनाव हुने – HamroAwaj
यी हुन् पाँचवटा विश्वकप खेल्ने ६ खेलाडी – HamroAwaj
अमेरिकी फोटो पत्रकारले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ ! – HamroAwaj
भीम रावल र पार्टी विभाजनले सुदूरपश्चिममा एमालेको खराब नतिजा – HamroAwaj
चित्रलेखालाई पराजित गर्दै राजकिशोर यादव निर्वाचित – HamroAwaj
नेदरल्याण्ड्स र इक्वेडरबीच बराबरी, कतार विश्वकपबाट बाहिरियो – HamroAwaj
November 2022
M
T
W
T
F
S
S
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30
« Oct
About Us
contact us
Disclaimer
privacy policy
Terms and conditions
हाम्रो आवाज
ललितपूर, नेपाल
[email protected]
साहित्य, लेख तथा रचना प्रकाशित गर्नु परेमा हामीलाई हाम्रो आधिकारिक इमेल मार्फत मेल तथा फेसबुक पेजमा मेसेज गर्नुहोला | | 2022-11-27T16:11:40Z | https://hamroawaj.com/2022/11/11/%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A5%80-%E0%A4%89%E0%A4%AA%E0%A4%BE%E0%A4%A7%E0%A4%BF-%E0%A4%9C%E0%A5%8B%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%8F%E0%A4%AA%E0%A5%80%E0%A4%8F/ | OSCAR-2301 |
हकिङ्गसलाई बेलायतका सुप्रसिद्ध वैज्ञानिकको स्थान प्राप्त | We Nepali
हकिङ्गसलाई बेलायतका सुप्रसिद्ध वैज्ञानिकको स्थान प्राप्त
रासस/एएफपी/एपी
२०७५ असार २ गते २:१०
लण्डन, १ असार – स्टेफन हकिङ्गसको अस्तुलाई बेलायती वेस्ट मिनिस्टर आवेमा सेलाइएपछि उहाँले बेलायतका सुप्रसिद्ध वैज्ञानिकहरूको स्थान पाउनुहुने भएको छ । उहाँको अस्तुलाई चाल्स डार्विन र आइज्याक न्यूटनको समाधिको बीचमा राखिएको छ ।
दशकौँसम्म मोटर न्यूरोन रोगका कारण पक्षघातको पीडा भोगेका भौतिकशास्त्री हकिङ्गसको गत मार्च महिनामा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो । उहाँको अस्तु सेलाउने कार्यक्रममा झण्डै एक हजार व्यक्तिको उपस्थिति रहेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हकिङ्गसको अस्तु सेलाउने कार्यक्रममा बीबीसीको नाटकमा हकिङ्गसको भूमिका खेलेका नायक वेनेडिक्ट कमरब्याच र अन्तरिक्ष यात्री टिम पिकको पनि उपस्थिति थियो ।
अस्तु सेलाउने काम सकिएपछि भौतिकशास्त्री हकिङ्गसको शब्द तथा ग्रीक संगीतकार भानजेलिसको संगीतलाई स्पेनस्थित यूरोपियन स्पेस एजेन्सीबाट अन्तरिक्षमा गुञ्जायमान गराइएको छ ।
हकिङ्गसकी छोरी लुसीले समारोह शुरु गर्नुपूर्व दिएको प्रतिक्रियामा भन्नुभयो, 'यूरोपियन स्पेस एजेन्सीबाट अन्तरिक्षमा गुञ्जायमान गराइने संगीतलाई अन्तरिक्षको 'सवैभन्दा नजिकको ब्लाक होल १ ए ०६२०–००' मा पुरयाइने कार्यक्रम छ । | 2020/11/29 18:57:06 | https://www.wenepali.com/2018/06/52098.html | mC4 |
कहिले फेरिएला वीरगंज महानगरको मुहार
भदौ २, २०७५ गीता भण्डारी
वीरगंजलाई विकासको दृष्टिकोणले हिजोसम्म जसरी हेरेता पनि महानगरपालिका भए पश्चात यहांका सर्वसाधारण जनताले विकासको पाटोमा परिवर्तन होस् भन्ने चाहेका छन् ।
अझ २० बर्षपछि भएको स्थानीय निर्वाचन पछि स्थानीय सरकार भए पश्चात त आफैले जिताएर पठाएका जनप्रतिनिधिहरुले के के न गर्लान् भनेर मख्ख परेका वीरगंजवासीलाई महानगरवासी हुनुको यति वेला खासै हर्स हुन छोडेको छ । कारण उपमहानगरपालिका भन्दा महानगरपालिका भएजस्तो परिवर्तन केहीमा पनि भएको छैन । वीरगंज महानगरपालिकाको बोर्ड झुन्ड्याएर मंचमा मिठो मिठो भाषण गरेर मात्र जनताको अपेक्षा पूरा नहुने कुरामा जनप्रतिनीधिले उति ख्याल गरेको देखिदैन ।
विकासका पुर्वाधारहरु बोकेको वीरगंजमा थुप्रै धार्मिक सम्पदा , मठमन्दिर, पाटीपौवा, पोखरी जस्ता रमणीय स्थानहरु छन् । जस्लाई पर्यटन क्षेत्र बनाएर आगन्तुकहरुबाट आय आर्जन मात्र नभएर सौन्दर्यको लाभ लिने स्थल बनाइनु पर्छ । बिन्दवासिनी, भुटनदेवी, गहवामाई, घडिअर्वा पोखरी, भिस्वा पहाड, रानीघाट, जस्ता रमणीय क्षेत्र भएता पनि यीनिहरुको सहि हेरचाह तथा जर्गेना गर्न नसक्दा बिस्तारै बिस्तारै लोप हुने स्थितिमा नरहला भन्न सकिदैन जो आफैमा लज्जासपद बिषय हो । अनेकौ जातजाति भाषाभाषी धर्म संकृतिले भरिपूर्ण यस क्षेत्रमा विकासका संभावना प्रसस्तै छन् । रोजगारीको लागि उद्योगधन्दादेखि जिवनयापनको लागि श्रम क्षेत्रको मनग्गे अवसर छ । त्यस्तै गरी स्वास्थ्य संस्थान, मेडिकल तथा शिक्षण संस्था भएर पनि उचित ववस्था गर्न नसक्दा विकास हुन सकिरहेको अवश्था छैन । स्थानीय निर्वाचनको बेला जनप्रतिनिधिहरुले मिठा मिठा आश्वासनका पोका बाडेता पनि अहिले सम्म जनताले राहत पाउन नसकिरेको अवस्था छ । विकास निर्माणको कार्यमा स्थानीय निकाय मौन रहेको स्थानीयको भनाई छ । वीरगंज महानगरपालिका क्षेत्र भित्रैको मात्र कुरा गर्ने हो भने मेन सडक, एउटै मात्र बसपार्क छ, जहां गाडिहरु राख्न र राखेका गाडिहरुलाई निकाल्न सास्ति छ । मुख्य बसपार्क भन्दा पनि होटल भिस्वा तर्फ र दक्षिण पट्टिको सडकमा गाडिहरु लाम लगाएर राख्दा रिक्सा, साईकल तथा अटोरिक्सा त्यहि घुइंचो लाग्छन् । भरर्खर बनेको सडक बने नबनेको महशुश हुन नपाएको स्थानियहरुको भनाइले पनि सर्वसाधारले अनुभूति गर्ने गरी काम हुन सकेको छैन ।
वीरगन्जको भानुचौक जहाँ चौबिसै घण्टा गाडी चल्ने व्यस्त सहरको रुपमा हेरिन्छ । सो क्षेत्रको तल माथिको सडक पनि उस्तै छ । यता मिनाबजार छिर्ने गल्लि अनि वीरगंजकै मुटु मानिने आर्दशनगर परिसर भित्र र आसपासका गोरेटाहरुको अवस्था बर्षात्को सस्यानो पानिले जलमग्न हुने गर्दछ । अन्य टाडाको मात्र के कुरा गर्ने वीरगंज महानगर जाने सडकको सम्म राम्रो संग मर्मत हुन नसक्नु कति सम्म लार्पवाही हो । सहजै अनुमान लगाउन सकिन्छ । यहांका जनताले स्थानीय सरकार पाए पछि पनि वीरगंज महानगरपालिकालाई ग्रिनसिटी बनाउन देखाएका सपनाहरु यतिकै फिका नबन्लान भन्न सकिन्न । महानगरपालिका नगरसभाबाट नगर क्षेत्रमा चल्ने सवारी साधनमा अत्याधिक मात्रामा सवारी कर लगाउन खोजेपछि हिजो उपमहानगरपालिकालाई महानगरपालिका बनाउन पर्छ भनेर नारावाजी तथा जुलुश लिदै हिडेका ति सोझा जनताहरु आज यसरी प्रदेश सरकाले मनोमानी ढंगबाट सवारी कर मात्र नभई अन्य सम्पूर्ण क्षेत्रको कर र महंगिएको बजार हेर्दा उ बेला लगाएका नाराहरु निल्नु न ओकल्नु भएका छन् । हुन पनि त प्रदेश नं दुइ सरकारले आफनो दायरा नै नाघेर वीरगंज महानगरपालिका चालु आर्थिक बर्षमा यसरी कर बढाउदा स्थानीय जनताहरु आक्रोसित हुनु । अस्वभाविक पटक्कै होइन ।
प्रदेश सरकार गठन भएको महिनौ दिन बितिसक्दा पनि जनताले सरकारको अनुभुति गर्न नपाउनु दुखदायी पक्ष हो । नेपालकै सबैभन्दा बढि राजस्व संकलन हुने नाका भएर पनि यो क्षेत्रले विकासको गति लिन नसक्नु कतै न कतै आम नागरिक पनि ठिक जिम्बेवार बन्न नसकेको जस्तो देखिन्छ । सरसफाईदेखि लिएर शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न नसक्नु अनि यहाँ भएका प्राकृतिक सम्पदाहरुको रक्षा गर्न नसक्नुले अवसर भएर पनि वीरगन्जको विकास हुन नसकेको जस्तो भएको छ । प्रसस्तै पूर्वाधार भएता पनि सहि सदुपयोग गर्न नसक्नु बिडम्बना नै मान्नु पर्दछ । तर्सथ यतिका बर्ष सम्म पनि विकासको गति लिन नसकेको महानगरपालिकाको मुहार कहिले फर्कन्छ सबैले यो प्रश्नको सहि उत्तर खोजिरहेका छन् । | 2021/11/28 14:54:58 | https://www.madhyanepal.com/lekh/14 | mC4 |
एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री | bethanchokkhabar.com
शुक्रबार, बैशाख ३१, २०७८ | ८:५७:०४ |
काठमाडौं – कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
प्रधानमन्त्री ओलीले शुक्रबार शपथ लिने तय भएको छ। त्यससँगै ओलीले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने स्रोतले जनाएको छ। यस्तै ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि सरकारमा आउन आग्रह गरेका छन्। ओलीले अब संविधानको धारा ७६ (४)बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। | 2021/06/20 21:17:04 | https://bethanchokkhabar.com/2021/05/38777/ | mC4 |
नेपाल आज | एकीकरणको मुहानमा पृथ्वीनारायणको खोजी
शुक्रबार पुस २७ गते पृथ्वीजयन्ती । नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ शिखरबेंसीका शिवप्रसाद आचार्यको द्वन्द्वका समयमा देवीघाटमा रहेको पृथ्वीनारायण शाहजस्ता राष्ट्रनिर्माताको शालिक आफ्नैसामु ढालिँदा हृदय छियाछिया भयो । उनजस्तै नेपाल एकीकरणको मुहान(विसं १८०१) नुवाकोटका नागरिकले आधुनिक नेपालका जन्मदाता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणलाई सधैँ श्रद्धा र सम्मान दिने गर्छन् ।
नुवाकोट नेपालको दोस्रो राजधानी, पृथ्वीनारायणद्वारा 'दिव्योपदेश' दिइएको थलो र उनले देहत्याग गरेको भूमि भएका कारण पनि उनको सही मूल्याङ्कन अन्यत्रभन्दा यहाँ बढी हुने गरेको नुवाकोटवासी बताउँछन् । त्यसबाहेक नेपाल एकीकरणसँगै यहाँ भित्रिएका मुसलमान र हिन्दू धर्मावलम्बी ठकुरी, मगर, नेवार, दलित तथा बाह्मण समुदायको जातीय विविधताको उदाहरणका रुपमा रहेको नुवाकोटले पृथ्वीनारायणकै कारण फैलिएको नेपाल चार जात छत्तीस वर्णको सुन्दर फूलबारी हो भन्ने चित्र पस्किएको छ । एकीकरण कालदेखि शुरु भएको यहाँको सांस्कृतिक पर्व, मेला र जात्रासँगै रहनसहन र ऐतिहासिक धरोहरलाई चिनाउने धार्मिक मठमन्दिर, गुम्बा, नौकोट र नुवाकोटका साततले दरबारलगायत अनेकौँ साक्षी प्रमाणले उनको पौरख र अस्तित्वलाई सम्झाउँछन् ।
'नेपाल दुई ढुंगाबीचको तरुल हो', 'घूस लिने र दिने देशका महाशत्रु हुन्' भन्ने आशयका पृथ्वीनारायणका कैयौंँ उद्गार दिव्योपदेशका नामले आज पनि सान्दर्भिक मानिन्छन् । बाइसे तथा चौबीसेसहितका राज्यलाई एकीकरण गरेर विशाल राज्य खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायणको योगदानको कदर गर्दै विगतमा पृथ्वीजयन्तीलाई पर्वकै रुपमा मनाउँदै आएका विदुर नगरपालिकाका रामकृष्ण भट्ट भन्छन्, "यो वर्ष पनि सरकारले सार्वजनिक बिदा दिएन तर क्रिसमसमा बिदा दिने तर आफ्नै इतिहासलाई भुल्ने काम राम्रो भएन । सङ्घीयताको नाममा सरकारले मुलुकमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई बिर्सनु हुँदैन ।"
दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले उनको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्को भनाइ छ । एकथरिले उनी मुलुक एकीकरण गरेर राष्ट्रनिर्माता बन्न सफल भएको भन्छन् भने अर्काथरिले उनलाई पहिचान विरोधीका रुपमा अथ्र्याएका छन् । "उहाँलाई राष्ट्रनिर्माता वा तानाशाह जसरी अथ्र्याए पनि उनले दिएको दिव्योपदेश भने आजपर्यन्त सान्दर्भिक मानिन्छ", राप्रपा नुवाकोटका नेता विष्णुप्रसाद सापकोटाले भने । राष्ट्रनिर्माता पृथ्वीनारायणको योगदान बिर्सिनेलाई इतिहासले माफी नदिने चेतावनी सापकोटाले दिए।
दिव्योपदेशलाई कार्यान्वयनमा ल्याए मात्र उनप्रति सच्चा श्रद्धाञ्जलि हुने लिखु गाउँपालिका ढिकुरे नुवाकोटका इतिहास जानकार यादवप्रसाद पाण्डे बताउँछन् । "यो दिवस नेपाल प्रज्ञा–प्रतिष्ठान वा एकदुई सङ्घसंस्था र व्यक्तिले मात्र मनाएर हुँदैन, देशव्यापीरुपमा मनाउनुपर्छ" उनले भने । दिव्योपदेश नयाँ ढङ्गबाट अध्ययन गर्नुपर्नेमा उनको जोड छ । | 2019/06/17 04:45:14 | http://nepalaaja.com/2019/1/201911142212 | mC4 |
गीतकार - विकिपिडिया
गीतकार एक व्यवसायीक मानिस हो जसले गीत लेख्दछ वा गीतको लागि सङ्गीत रचना गर्दछ। गीतकारलाई सङ्गीतकार पनि भन्ने गरिन्छ, यद्यपि, पछिल्लो शब्द मुख्य रूप देखि शास्त्रीय सङ्गीत शैली र पार्श्व सङ्गीतबाट व्यक्तिगतको लागि प्रयोग गरिन्छ। सङ्गीत उद्योगमा परेको दबाबका कारण गितकारहरूले लोकप्रिय गितहरू उत्पादन गर्ने गर्दछन् यसको मतलब गीतलेखन प्रायः एउटा क्रियाकलाप हो जसको कार्य धेरै मानिसहरूका बीचमा वितरण गरिन्छ।[१] उदाहरणका लागि, एक गीतकार जो कि गीत लेखनमा सिपालु हुन्छ, उसले अन्य गीतकारहरूसँग मिलेर सक्कली वा मौलिक सुरिला गितहरू लेख्ने गर्दछन्। पप गीतहरू ब्याण्ड वा साङ्गेतिक समूहका सदस्यहरूद्वारा वा सहयोगी लेखकहरू द्वारा लेखिने गरिन्छ। गीतकारहरू प्रत्यक्ष रूपमा प्रकाशकहरूको रोजगारीमा रहेका हुन्छन्।[१] केही गीतकारहरू आफ्नै सङ्गीत प्रकाशकहरूको रूपमा सेवा गर्छन्, र अरूका भने बाहिरका प्रकाशकहरूकोमा निर्भर हुन्छन्।[१]
पुरानो शैलिमा गीत कसरी लेख्न भन्ने बारे विश्वविद्यालय, कलेज डिप्लोम र "रक स्कूलहरू" मा सिकाइने गरिथ्यो।[१] आधुनिक सङ्गीत प्रविधिको ज्ञान (अनुक्रमक, सिन्थेसाइजहरू, कम्प्यूटर ध्वनि सम्पादन), गीतलेखन तत्वहरू र व्यवसायिक कलाहरू अहिले गीतकारहरूको लागि आवश्यक सामग्रीहरू हुन्। धेरै सङ्गीत महाविद्यालयहरूले गीत लेखन डिप्लोमा र सङ्गीत व्यवसायिक मापदण्डहरूसँग डिग्री प्रदान गर्दछन्।[१] गीतलेखन र प्रकाशन रोयल्टीहरू आयको महत्त्वपूर्ण स्रोत हुन सक्छन्, खास गरी यदि गीत अमेरिकामा कानूनी रेकर्डमा लोकप्रिय बन्दछ र सन् १९३४ पछि लिखित गीतहरू केवल सक्कली लेखकहरू द्वारानै प्रतिलिपि बनाइन्छ। यी अनुमतिहरू प्रदान गर्न कानुनी रूपमा शक्ति खरीद, बेची वा पठाइएको हुन सक्छ। यो अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार कानूनको नियन्त्रणमा रहेको हुन्छ।[१]
गीतकारहरूलाई गित लेखनको काममा लगाउन सकिन्छ र वा उनिहरूले गीत गाउने गायक र गायकहरूसँगको सहकार्यमा आफैँ मिलेर पनि लेख्न सक्छन् वा तिनीहरू गीतहरू कलाकार र प्रकाशकहरूलाई प्रस्तुत गदर्छन् वा तिनिहरूले आयोग र प्रबन्धकहरूलाई विचारका लागि पठाउने गर्दछन्। गीतमा पिच हाल्ने काम प्रकाशकको सहयोगमा गीतकारको पक्षमा वा गीतकार आफैँले टिप सिटको प्रयोग गरी स्वतन्त्र रूपमा गर्ने गर्दछन्। [१] गीत लेखनसँग जोडिएको कौशल उद्यमीता र रचनात्मकताको समावेश गर्दछ।
गायक-गीतकारसम्पादन
धेरै गायकहरू आफैले आफनै लागि गीतहरू लेख्ने गर्दछन् र तिनीहरू प्राय: गायक-गीतकारको रूपमा लिइन्छ।[२][३]
सह-लेखनसम्पादन
जब एक गीत एक भन्दा बढी व्यक्तिहरूद्वारा लेखिएको छ भने, वा संयुक्त लिखित रूपमा वा अर्को लेखकको साथमा लेखिएको छ भने, त्यसलाई सह-लेखन भनिन्छ। सह-लेखकहरूले विभिन्न तरिकामा गीतहरू सिर्जना गर्ने गर्दछन्।[४] केही सह-लेखकहरूले "चेतनाको प्रवाह" दृष्टिकोण प्रयोग गर्छन् जसमा उनीहरूले हरेक एकल शब्द वा कविताहरूको प्रस्तुत गर्ने गर्दछन्। विचार प्रवाहलाई छोडिदिनाले यसले सम्भावित गीतहरू बोल र गीतको संरचनाहरूलाई प्रभावकारी ढङ्गमा छलफल गरी गीत लेख्न प्रयास गर्नु भन्दा बढी प्रभावकारी बनाउँछ। सह लेखनले विभिन्न प्रतिभाका दुई रचनाकारहरूलाई नयाँ गीत सिर्जना गर्न सजिलो बनाउन सक्छ तर सो काम कुनै एक गीतकारले लेख्ने हो भने गीतको कल्पना गर्न गार्हो पर्न सक्छ।[५] सह-लेखनको पहिलो चरण, सह-लेखकहरूको बीच योगदानको विभाजन स्थापना गर्न हो। प्रतिलिपि अधिकार कानूनमा, गीतको शब्द वा गीतको लय बीचको महत्त्वको भिन्नता छैन। अर्को सम्झौता व्यवस्था नगरिन्जेल सम्म प्रत्येक लेखकलाई सबै गीतमा समान रूपमा स्वामित्व दिइएको हुन्छ।[६]
↑ १.० १.१ १.२ १.३ १.४ १.५ १.६ "कसरी आफ्नो गीतमा पिच हाल्ने", इम्युजिसियन, १ जुलाई २००७, मूलबाट २०१०-०७-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्ट २०१०। |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
↑ रुयल, किम, "आवश्यकक लोक सङ्गीत गायक-गीतकार", द एबाउट समूह, अन्तिम पहुँच १६ जून २०१९।
↑ Shepherd, जोन, सम्पादक (सन् २००३), Continuum Encyclopedia of Popular Music of the World: Volume 11: Performance and Production, कण्टिनम अन्तर्राष्ट्रिय प्रकाशन समूह, पृ: १९८, आइएसबिएन 0826463223, अन्तिम पहुँच जुलाई १७, २०१३। | 2021/10/28 02:09:51 | https://ne.m.wikipedia.org/wiki/%E0%A4%97%E0%A5%80%E0%A4%A4%E0%A4%95%E0%A4%BE%E0%A4%B0 | mC4 |
::Rojgar Manch||Online Newspaper :: Employment Nepal News, Financial Nepal News, Nepal Breaking News, Nepali Latest News, Top Headlines News, National, Political News, Social, Sports, Economy, Business, Health, Entertainment, Nepali Movie, Nepali Music Video and World News, Nepal Bank News, business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Nepal Weather दुबईमा नेपाली ब्राण्डको पानी:: Rojgar Manch ::
दुबईमा नेपाली ब्राण्डको पानी
माउण्ट एभरेष्टको नाम फैलाउँदै लम्साल
आइतवार, २०७४ चैत्र १७ गते ०१:४०
सुमन गिरी / फणिन्द्र दाहाल यूएई, खाडि मुलुक यूएईमा व्यवसाय गर्ने नेपालीहरु दिनानुदिन बढदो छन् । विशेष गरी यूएईमा नेपालीहरुको लगानीमा रेष्टुरेन्ट, ट्राभल, व्युटीपार्लर, सैलुनजस्ता व्यवसाय संचालनमा आइरहेकोमा एक नेपाली युवाले भने अरुभन्दा फरक व्यवसाय पानीको व्यापारमा आफुलाई स्थापित गरेका छन् ।
आजभन्दा ६ वर्षअघि रोजगारीको शिलशिलामा यूएई छिरेका ललितपूरका युवा कुमार लम्सालले विगत १ वर्षदेखि यूएईको दुबई शहरलाई लक्षित गरी नेपाली ब्रान्डको पानी 'माउण्ट एभरेष्ट ड्रिङकिङ वाटर' बिक्रिवितरण गर्दै आएका छन् ।
एउटाले जुन व्यवसाय ग¥यो अरुले त्यसैलाई पछयाउने परिपार्टी छाडेर आफुले अरुभन्दा फरक क्षेत्रको व्यापारमा हात हालेको युवा व्यवसायी लम्साल बताउँछन् । 'सुरुवाती समयमा प्रवासमा अरु नेपालीले नगरेको नयाँ व्यवसायमा हात हाल्दा साथीभाई तथा अग्रजहरुले खतरा हुने समेत सुझाएका थिए' लम्साल भन्छन—'यहाँ पानीको व्यवसायमा भारतीयहरुको दबदबा छ, तर केहि नयाँ गरौ र आफुसँगै देशलाई पनि फाइदा होस् भन्ने सोचाइले मलाई पानीको व्यवसाय गर्न उत्प्रेरित ग¥यो । यसबीचमा नेपालीहरुबाट पाएको मायाले मलाई यस व्यवसायप्रति थप उत्साही बनायो ।'
जापानमा अध्ययन गरेर नेपालमा कन्सल्टेन्शी व्यवसाय गर्दागर्दै यूएई भित्रिएका लम्साल जहाँ समस्या छ त्यहाँ समाधानको बाटो पनि हुने र चुनौती मोल्ने साहस गरे नै सफलता पनि मिल्ने बताउँछन् । शुरुवाती समयमा पानीको व्यवसाय थाल्दादेखि अहिलेसम्म पनि आफुले धेरै चुनौतीको सामना गरिरहेको स्मरण गर्दै आगामी दिनमा यूएईमा रहेका नेपालीहरुबाट आफुले पर्याप्त माया पाउनेमा आशावादी रहेको बताउँछन् । 'अहिले पनि दुवईमा रहनुभएका धेरै नेपालीले मलाई र हाम्रो ब्राण्डलाई माया गर्नुभएको छ । यहाँ रहेका नेपालीहरुको माया यसरी नै बढदै जाने हो भने भोलीका दिनमा हाम्रो व्यवसाय धेरै फैलने पक्का छ ।'
दुबईलाई फोकस गरी नेपाली ब्राण्ड माउण्ट एभरेष्टको बिक्रि वितरण गरिरहेको उहाँको कम्पनीले अहिले करामा, बरदुबई, सतुवा, देरा र अलनादा क्षेत्रलाई फोकस गरी बजार विस्तार गरिरहेको छ । दुबईमा क्षेत्रमा धेरै ब्राण्डको पानी विक्रिवितरण हुदै आएकोमा आफुहरुको ब्राण्डमा अरु ब्राण्डभन्दा केहि फरक र आफनै विशेषताले भरिएको लम्साल बताउँछन ।
आफुहरुले वितरण गर्दै आएको पानीको ब्राण्ड नेम माउण्ट एभरेष्ट जुराउन यही व्यवसायमा सहयात्री बन्दै आएका आफ्नै भिनाजु गोकुलप्रसाद पराजुलीको हात रहेको लम्साल खुलाउँछन् । 'अहिले दुबईमा विश्वभरका नागरिक घुम्न आउछन, बजारमा माउण्ट एभरेष्टको बोर्ड रहेको हाम्रो गाडि देख्दा उनीहरुले ओ ! माउण्ट एभरेष्ट ! दिस प्लेस इज नेपाल ! भन्दा खुसी लाग्छ' लम्साल भन्छन् 'व्यवसायसँगै आफ्नो देशको पर्यटन प्रवद्र्धनमा थोरै भएपनि माउण्ट एभरेष्ट ब्राण्डले योगदान पनि पुराओस् भन्ने हाम्रो मनशाय छ ।'
माउण्ट एभरेष्ट ब्राण्डको पानीमा सोडियम तत्व कम र प्रोटिन ज्यादा रहेको हुदा यो स्वास्थ्यका लागि पनि फाइदाजनक भएको व्यवसायी लम्साल बताउँछन । अहिले यो ब्राण्डको पानी दुबईको बजारमा फाइभ ग्यालन साइजमा उपलब्ध रहेको बताउदै लम्साल आगामी दिनमा ५०० एमएल र २०० एमएलको बोतलमा पनि लञ्च गर्ने तयारी गरिरहेको बताउँछन् । उनी यति मात्र नभएर भोलीका दिनमा नेपालबाटै यूएईमा पानी भित्र्याउने बारे पनि आफुहरु अध्ययनमा रहेको बताउँछन् ।
पानी सबैको अपरिहार्य आवश्यक्ता भएको बताउँदै लम्साल दुबईमा रहनुभएका नेपालीहरुलाई आफ्नै मुलुकको ब्राण्डलाई माया गरिदिन आग्रह गर्दछन् । उनी भन्छन—'आखिर तपाईहरुले जुन ब्राण्डको भए पनि पानी पिइराख्नुनै भएको छ यसैले अब नेपाली ब्राण्डलाई माया गरिदिनोस् । हाम्रो पानी अन्य ब्राण्डभन्दा कुनै कुरामा कम पनि छैन र मूल्य पनि सुलभ छ ।'
एउटा नेपाली युवाले प्रवासी भूमिमा व्यापार व्यवसाय मात्र होइन नेपाली ब्राण्ड स्थापित गर्नु र पर्यटन प्रवद्र्धनमा अप्रत्यक्ष योगदान दिनु सराहनीय प्रयत्न हो । यसमा यूएईमा रहेका सम्पूर्ण नेपालीले साथ, सहयोग र सदभाव दिने हो भने भोलीका दिनमा प्रवासमा धेरै नेपाली ब्राण्ड त स्थापीत हुने थिए नै नेपाली बजारको अन्तर्राष्ट्रियकरणमा पनि यी प्रयत्नले ठुलो टेवा पुर्याउने थियो । | 2018/04/23 19:00:18 | http://rojgarmanch.com/index.php?action=news&id=3250 | mC4 |
Kathmandu24 || 24*7 News In Nepali Language » आजदेखी सिन्धुलीमा कोरोना परिक्षण ल्याब संचालनमा
सिन्धुली, मङ्सिर ०७ । लामाे प्रयत्नपछि आजदेेेखि सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण ल्याब संचालनमा आएको छ । आइतबारदेखि नियमित परीक्षण गरिने साे प्रयोगशालामा एक पटकमा ९६ नमूना स्वाब परीक्षण गर्ने क्षमता रहेकाे छ ।
कमलामाइ नगरपालिका ६ स्थित शिवनगरमा रहेकाे भूसंरक्षण कार्यालयकाे भवनमा पिसिआर मेसिन जडान गरि प्रयोगशाला सञ्चालनमा ल्याईएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पाेखरेलले जानकारी दिनुभयाे । उहाँका अनुसार, बाग्मती प्रदेश सरकारको एक करोड २५ लाख मूल्य बराबरकाे उपकरण र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ बराबरको व्यवस्थापन खर्चमा प्रयोगशाला सञ्चालनमा आएको हो ।
बाग्मती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित तीन जनाको प्राविधिक टोलीले शनिबार मेसिन जडान गरेपछि नमुना परीक्षण गरिएकाे थियाे । नमूना परीक्षणमा सफलता मिलेपछि साेमबारबाट नियमित परीक्षण थालिने अध्यक्ष पाेखरेलले जानकारी दिनुभयाे । प्रयोगशाला सञ्चालनका लागि नाै जना प्राविधिक एवम् स्वास्थ्यकर्मीकाे व्यवस्था गरिएको छ ।
ल्याबमा काम गर्ने प्राविधिक एवम् स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था समेत गरिएको छ । सिन्धुलीमा प्रयाेगशाला सञ्चालनपछि रामेछाप, उदयपुरकाे पश्चिमी क्षेत्रका साथै बर्दिबास क्षेत्रका स्वाब नमूना परीक्षणका लागि सहज भएकाे छ । यसअघि सिन्धुलीमा सङ्कलन गरिएकाे नमूना हेटौडा, धुलिखेल वा काठमाडौं पठाउने गरिन्थ्यो । सिन्धुलीको कोभीड-१९ अस्पतालमा तीन वेडको आईसियु र दुइ बेडको भेन्टिलेटर जडान तयारी थालिएकाे छ ।
सिन्धुली अस्पताल मातहत रहेकाे काेभिड अस्पतालमा आइसियु र भेन्टिलेटर जडानमा आवस्यक सबै सामान आईसकेकाले एक साता भित्रै भेन्टिलेटर र आइसियु सञ्चालनमा आउने अध्यक्ष पाेखरेलले जानकारी दिनुभयाे । त्यस्तै पचास वेडको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम पनि थालिएको र एक महिनामा सिन्धुलीमै अक्सिजन प्लान सञ्चालनमा आउने अध्यक्ष पाेखरेलले विश्वास व्यक्त गर्नुभयाे ।
५० बेडकाे आइसाेलेसन सेन्टरलाइ काेभिड अस्पतालकाे रुपमा विकास गरिएकाे हाे । प्रदेश, संघीय र स्थानीय सरकारका साथै सबै जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, राजनीतिक दलकाे सहयाेगमा सिन्धुलीमा काेभिड उपचारकाे पूर्वाधार तयार पार्न सकिएकाे अध्यक्ष पाेखरेलले निकै खुशी व्यक्त गर्नुभयाे । | 2021/01/16 20:12:13 | https://www.kathmandu24.com/news/9025 | mC4 |
फेसबूकमा झुण्डिने बानी छ? यस्ता छन् घाटा
काठमाडौं । युवापुस्तामा फेसबूक, म्युजिकल्ली, ह्वाट्सएप जस्ता नेटवर्किङ माध्यमको लत लागेको हुन्छ । केहीको गेम खेल्ने लत हुन्छ । हड्डीरोग विशेषज्ञले सामाजिक सञ्जालको धेरै प्रयोगले हातका औँला र ढाडमा समस्या देखिने बताउँदै आएका छन् ।
सामाजिक सञ्जाल फेसबूक, ह्वाटसएपको प्रयोग दिनानुदिन रुपमा बढ्दै गइरहेको छ । लगातार च्याटिङ या म्यासेजिङ गर्दा मनोवैज्ञानिक रुपमा पनि असर पर्ने डाक्टरहरु बताउँछन् । ट्याबलेट या मोबाइलमा सामाजिक सञ्जाल चलाउनेले धेरै टाइप गरिरहँदा यसको असर हातमा पनि परेको हुन्छ ।
डाक्टरहरुका अनुसार टचस्किृन मोबाइल प्रयोग गर्ने व्यक्तिका औँलामा असर पर्न सक्छ । यति मात्र होइन, कहिलेकाहीँ यसैका कारण गम्भीर आर्थराइटिस पनि हुन सक्छ । यस्तै गेम खेल्दा पनि डिभाइसमा लामो समय रहँदा युवा तथा बच्चामा यो समस्या देखिने सम्भावना अझ बढी हुन्छ ।
यसकारण डाक्टरहरुले मोबाइलको धेरै प्रयोग नगर्न सुझाव दिने गरेका छन् । तर पछिल्लो समय युवापुस्तामा मोबाइलको प्रयोग नशाजस्तै भएको पाइन्छ । | 2019/06/19 19:24:46 | https://lokpath.com/story/63182 | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - ह्वावेको 'पी२०' र 'पी२० प्रो' स्मार्टफोन नेपाली बजारमा
बुधबार, २१ चैत २०७४, २० : ०८ | नागरिक
काठमाडौं– ह्वावे कम्पनीको बहु–प्रतिक्षित 'पी२०' र 'पी२० प्रो' स्मार्टफोन नेपाली बजारमा लञ्च गरिएको छ। ह्वावे कन्ज्युमर बिज्नेस गु्रपले ग्राण्ड पलाईस्मा आयोजित एक भव्य लन्च इभेन्टमा ह्वावे पी२० र पी२० प्रो लाई लन्च गरेको हो।
ह्वावे पी२० प्रो मा विश्वकै पहिलो लिईका ट्रिपल क्यामरा छ, दुवै डिभाइसमा अद्वितीय एवन को फाइदाहरु छन्, जसमा प्रविधि र कलाको अद्भूत संगम छ। जसले एउटा छुट्टै स्मार्टफोनको अनुभव प्रदान गर्छ। ह्वावे पी२० सिरिज्को आगमनसँग ह्वावेले प्रयोगकर्ताको लागि सहजरुपमै एउटा अनुभवी फोटोग्राफरले झै फोटो खिच्ने सुविधा प्रदान गर्नेछ।
ह्वावे कन्ज्युमर बिज्नेस गु्रपको प्रमुख कार्यकारी अधिकृत रिचर्ड युले लञ्च समारोहमा भने, 'हाम्रो डिजाइन र नवीनतालाई परिष्कृत गर्दै लग्न हामी सधैं आर्टिष्टहरुबाट प्रेरणा लिन्छौं। ह्वावे पी२० सिरिज्ले लिईकासँगको हाम्रो समायोजनको सम्पदाको निर्माण गरेको छ। ह्वावे पी२० प्रो मा रहेको नवीनतम ट्रिपल क्यामरा र ह्वावे पी२० मा अत्याधुनिक डुअल क्यामरा र दुवैको शक्तिशाली आर्टिफिसियल इन्टिलिजेन्सले अहिलेका ग्राहकवर्गले आफ्नो संसारको उत्कृष्टतालाई आफ्नो क्यामरामा कैद गर्न सक्छन्।'
ह्वावे पी२० सिरिज्मा आधुनिक, इन्टेलिजेन्ट क्यामरा सिस्टम समावेश छ, जसले उपभोक्तालाई त्यस्तो विशेषता प्रदान गर्दछ, जसले स्मार्टफोन फोटोग्राफिको हरेक पक्षलाई उत्कृष्ट बनाउँछ। | 2019/08/21 01:35:27 | https://nagariknews.nagariknetwork.com/news/42831/ | mC4 |
4:38 pm, शुक्रबार, वैशाख ५, २०७७
काठमाडौं । सडक विभागले एक महिना भित्र गौशाला-चाबहिल सडक निर्माण सम्पन्न गर्ने भएको छ । विभागका महानिर्देशक केशव कुमार शर्माका अनुसार विभागले लक डाउनको अवस्थाको सदुपयोग गर्दै कामलाई गति दिएको हो ।
उनले विभागले अन्य स्थानहरुमा समेत पुल तथा सडक निर्माणलाई सक्दो चाँडो पुरा गर्ने लक्ष्य राखेको बताए ।
हामीले यो लक डाउनमा सुरक्षा अपनाएर भएका मजदुरबाटै सडक र पुल निर्माणलाई पुरा गर्न लागेका छौँ । त्यसमा चाबहिल–गौशाला सडक खण्ड पनि पर्छ । उनले भने 'यो एक महिनामा चाबहिल–गौशाला खण्डको सडक निर्माण पुरा गर्ने छौँ ।'
चाबहिलदेखि गौशालाको १२ सय मिटर सडकमा बारम्बार खानेपानीका पाइपहरु फुट्ने समस्याले जति पटक सडक बनाए पनि पानीले बिगार्ने गरेको थियो । हाल सडक विभागले खानेपानीसँग सहकार्यगरी आफै खानेपानीका पाइपहरु मिलाउदै सडक कालोपत्रे गर्ने काम सुरु गर्न लागेको हो ।
विभागका प्रवक्ता शिवहरी सापकोटाले सेफ्टी माक्स, पन्जा, हातधुने साबुन लगायतका सामग्रीहरु फिल्डमै राखेर कामलाई तिब्रता दिइरहेको बताए ।
उनका अनुसार हालसम्म पाइपलाई मिलाउने काम सकिसकेको छ । अब सडकमा लेबलीङ, फाउनडेसन, कालोपत्रे लगायतका काम मात्र बाँकी रहेको उनले जानकारी दिए ।
उनले सडकमा काम गर्ने कामदारहरुलाई धेरै भिडभाड नगरी भए जती कामदारलाई सक्दो चाँडो काम सक्ने गरि खटाइएको बताए ।
विभागले चाबहिल-गौशाला सडक खण्ड निर्माण चैत्र महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको थियो । काम ढिला सुरु भएका कारणले लक्ष्यमा सडक निर्माण सम्पन्न हुन सकेको थिएन । साथै कोरोनाका कारण लक डाउन सुरु भएपछि सडक निर्माणको कामले गति लिन सकेको थिएन ।
यस्तै विभागले विभिनन जोखिम सृजना हुन सक्ने र वर्षामा विग्रीन सक्ने पुल तथा सडकहरु निर्माणलाई तिब्रता दिएको छ ।
विभागले देशभर रहेका सडकहरुमा वर्षामा हुन सक्ने जोखिमलाई ध्यान दिदै सडक कालोपत्रे तथा पुल निर्माणको काम सुरु गर्न लागेको हो ।
निर्माणाधिन अवस्थामा रहेका मध्ये धेरै पुल ढलान गर्न बाँकी रहेको र वर्षामा बाढि पहिरोले जोखिममा देखिएका यी पुलहरुलाई सरकारले गृहमन्त्रालय र सडक विभागको समन्वयनमा निर्माण गर्न लागेको हो ।
देशभर ५०/६० वटा वर्षा मौसममा जोखिम हुन सक्ने पुलहरु रहेका छन् । जसको मर्मत तथा निर्माण समयमा पुरा नभए खतारा हुन सक्छ ।
सरकारले यसलाई मध्ये नजर गर्दै हरेक प्रदेश तथा क्षेत्रहरुमा यस्तो पुल तथा सडक रहेको खण्डमा त्यसको निर्माणको माग आएमा गृहमन्त्रालयको स्विकृतिमा निर्माण गरिने छ ।
यसैगरी देशभर निर्माणाधिन अवस्थामा रहेका सडकहरु पनि अहिले निर्माण नभएपछि जोखिम हुन सक्ने अवस्थामा रहेको खण्ड छनोटगरि त्यसलाई पनि तत्काल निर्माण गरिने सापकोटाले बताए ।
जेठदेखि बर्षा सुरु हुने हुँदा त्यस समयमा कुनै जोखिम सृजना नहोस भनेर विभागले तिब्र गतिमा सडक तथा पुल निर्माणको कामलाई अघि बढाएको उनले बताए ।
'हामीले अहिलो निर्माण नगरे जोखिम सृजना हुन सक्ने खालका सडक तथा पुलहरु निर्माणलाई तिब्रताका साथ अघि बढाएका छौँ, जिल्लाहरुबाट पुल तथा सडक निर्माण तत्काल हुनुपर्ने माग आएमा हामीले त्यसलाई तिब्रताका साथ पुरा गर्ने छाँै,' सापकोटाले भने । | 2020/05/29 16:05:33 | https://www.meroauto.com/news/chabil-gaushala-road/ | mC4 |
काठमाडौँ, ६ भदौ (रासस): मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरि यति छिटै दिवङ्गत हुनुहोला भनेर सोचेका थिएनौं । उहाँ उपचारका लागि भारतको मुम्बइमा हुनुहुन्थ्यो । हामी उहाँ छिटै निको भएर फर्किनु हुनेछ भन्ने अभिलाषामा बाँचेका थियौं । उहाँको निधन असामयिक थिएन । उहाँ उमेरको माथिल्लो हदमा हुनुहुन्थ्यो । यति हो कि, हाम्रो सोचाइमा उहाँको महाप्रस्थानको समय भएको थिएन । काललाई कसैले छल्न सक्दैन । प्रदीप गिरिले पनि त्यसलाई छल्न सक्नु भएन ।
अहिलेको जटिल राजनीतिक परिस्थितिमा प्रदीप गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । यो अस्वाभाविक होइन । आजको राजनीतिक परिदृश्यमा प्रदीप गिरि सर्वपक्षीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उहाँको सर्वमान्यता स्थापित भएको थियो । सबै दलका सदस्यहरु उहाँका कुरा सुन्दथे । उहाँका तर्कहरुको मनन् गर्दथे । उहाँका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे । उहाँमा रहेको व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभावका कारण राजनीतिमा लाग्ने मानिसमा उहाँको ठूलो आकर्षण थियो । प्रतिनिधिसभा पटलमा अभिव्यक्त उहाँका विचारहरु सर्वदलीय आकर्षणका विषय हुन्थे । प्रदीप गिरिका विचार ओजस्वी त हुन्थे नै, सामाजिक हिसाबले पनि सन्तुलित हुन्थे । आफना विचारले समाजका सबै वर्ग र पक्षका मानिसलाई वशिभूत गर्नु सामान्य कुरा थिएन ।
देशका प्रतिष्ठित वरिष्ठ चिकित्सक मधु घिमिरे भन्छन्, ‘‘मैले धेरै राजनीतिज्ञलाई जाँच गर्ने र हेर्ने मौका पाएको छु । प्रदीप गिरिको पकड नीतिमाथि रहेको छ । नीतिको कुरामा उनी गहिराइमा पुगेका छन् । उनी आजका भ्रष्ट चरित्रको राजनीतिबाट अलग छन् । उनले पदको मोह अँगालेका छैनन् । पदको होडबाजीले राजनीतिलाई दूषित पार्दछ । पदको मोह त्याग नगरेसम्म राजनीति चोखो रहन सक्दैन भन्ने मान्यता राख्दथे प्रदीप गिरि ।’’
धेरैजसो वुद्धिजीवीहरु प्रदीप गिरिलाई बीपीपछिको सबैभन्दा प्रभावशाली मार्गदर्शकका रुपमा लिन्छन् । आजको राजनीतिको मुख्य समस्या भनेको यसमा नैतिक तत्वको अतिशय अभाव हो । अधिकारको दुरुपयोग तीब्र गतिमा आकासिएको छ । आदर्शका प्रारुप खजमजिएका छन् । परस्परमा अहङ्कारको लडाइँ चलिरहेको छ । राजनीतिमा लागेका मानिसले विनयशीलता गुमाउँदै गएका छन् । राजनीतिज्ञहरु असल कुराका पक्षमा आपूmलाई उभ्याउन चाहँदैनन् । व्यक्तिगत स्वार्थको पोषणका लागि जस्तोसुकै गलत सम्झौता गर्न पनि पछि पर्दैनन् ।
राजनीतिक दलका सदस्य र नेताहरु प्रदीप गिरिजस्ता मानिसको महिमा गाउन चुक्दैनन् । तर, उनीहरुले देखाएको बाटोमा हिंडन चाहदैनन् । किनभने सत्यको बाटो कठोर हुन्छ । सत्यको बाटो हिंडन चाहने मानिसले धेरै दुर्गम अवस्था भोग्नुपर्ने हुन्छ । उसका परिवारले दुःख पाउँछन् । सामाजिक उत्थानका लागि दुःख पाउने व्यक्तिको प्रशंसा होइन, जग हँसाइ हुन्छ ।
यो पंक्तिकार प्रदीप गिरिको सङ्गतमा आउँदा भर्खर १४ वर्षमा पाइला टेकेको थियो । त्यसपछिको यो लामो समयमा मैले प्रदीप गिरिको विचार र व्यक्तित्व समान पाएको छु । हो, उहाँका विचारहरु प्रखर भएका छन् । व्यक्तित्वमा निखार आएको छ र आवाजमा आधिकारिकता थपिएको छ । तर, उहाँको स्वप्नजीवी स्वभावमा कहिल्यै परिवर्तन आएन । उहाँले जस्तोसुकै खराव समयमा पनि असल समाजको सपना देख्नुभयो । परिवर्तनको अवश्यम्भावितामा उहाँको गहिरो विश्वास थियो । युवा शक्तिमा जागरण ल्याउन उहाँले थुप्रै काम गर्नु भएको छ । उहाँका योगदानका परिणामहरु छिटै देख्न पाइने आशा गरौं ।
प्रदीप गिरि बीपी कोइरालासँग त निकट हुनुहुन्थ्यो नै । उहाँको सम्बन्ध शहीद सरोजप्रसाद कोइरालासँग पनि प्रगाढ थियो । निर्दलीय पञ्चायत व्यवस्थाका गुण्डाहरु भारत भूमिमा पसेर कोइरालाको हत्या गरे । त्यो घटनाले प्रदीप गिरिलाई अत्यन्त बिह्वल बनायो । त्यतिखेर उहाँ बनारसमा अध्ययन गर्दै हुनुहुन्थ्यो । त्यो घटनापछि उहाँको जीवनमा नयाँ मोड आयो । तैपनि, उहाँले आफनो अध्ययन प्रक्रियालाई निरन्तरता दिनुभयो । जनमत सङ्ग्रहपछि नेपाल आउनु भएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिनुभयो । बीपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिनुभयो ।
प्रदीप गिरि अब हाम्रा बीच हुनुहुन्न । उहाँ समानको कुनै अर्को पथ–प्रदर्शक पनि नभमा देखिएको छैन । समाजमा प्रतिदिन विकार फैलिएको छ । उहाँले राजनीतिमा धकेलेर अघि बढाएका थुप्रै व्यक्तित्वहरु नभएका होइनन् । तीमध्ये धेरै ओझेलमा परेका छन् । प्रदीप गिरिले बोक्नु भएको लोकतान्त्रिक समाजवादको मसाल कसैले न कसैले, ढिलो–चाँडो बोक्न त बोकी हाल्नेछन् तर समय घर्किदैछ । परिवर्तनका लागि अरु कति पुस्ता पर्खिनु पर्ने हो ? प्रश्न गम्भीर छ । | 2022-11-28T04:13:30Z | https://mediagriha.com/news/pradeep-giri-who-dreams-of-a-better-society/ | OSCAR-2301 |
सुनकोशीमा बालुवा उत्खनन बन्द
काभ्रेपलाञ्चोक, १९ फागुन । आफ्नो बस्ती जोखिममा पर्ने भएपछि तेमाल गाउँपालिका–२ र ३ का बासिन्दाको विरोधपछि सुनकोशी किनारमा बालुवा उत्खनन कार्य बन्द गरिएको छ । गाउँपालिकाले सुनकोशी नदी किनारमा बस्ती नजिकै बालुवा उत्खनन गर्न दिएपछि स्थानीयवासीले विरोध गरेका थिए ।
गाउँपालिकासँगको सम्झौताविपरीत ठेकेदारले बालुवा उत्खनन गर्दा आफ्नो बस्ती जोखिममा परेको जनाउँदै चुखाबेँसी र च्यूरीआँपका बासिन्दा आन्दोलनमा उत्रिएका थिए । दुवाकोट कन्ट्रक्सन एवं सालीनदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामाले दुई स्थानमा सम्झौताविपरीत बालुवा उत्खनन गरेपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए ।
सम्झौताअनुसार ९२ सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदार कम्पनीले १० देखि १५ मिटरसम्म बालुवा निकालेपछि बस्ती जोगाउन विरोधमा उत्रिएको स्थानीयवासी टेन्डी लामाले बताउनुभयो । उहाँले भन्नुभयो, "हाम्रो बस्ती नदीको किनारमा छ, १५ मिटरसम्म बालुवा निकाल्दा वर्षामा सुनकोशी नदीले बस्ती नै बगाउने खतरा छ ।"
स्थानीयवासीले मापदण्डविपरीत र बोलपत्रअनुसार सम्झौता नभएको समेत बताएका छन् । सम्झौतामा बिहान छ बजेदेखि साँझ छ बजेसम्म नदीको बगरमा ९२ सेन्टिमिटर मात्र बालुवा निकाल्नुपर्ने उल्लेख छ । तर ठेकेदार कम्पनीले राति १२ बजेसम्म स्काभेटर र टिपर चलाएर नदीको दोहन गरेको स्थानीय चन्द्र लामाले बताउनुभयो । "ठेकेदारले सम्झौताविपरीत काम गरेको गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदासमेत कुनै चासो नदिएपछि आन्दोलन नै गर्नुप¥यो", उहाँले भन्नुभयो ।
चुखाबेँसी र च्यूरीआँप बगरमा रु एक करोड ५० लाखको टेण्डरमा लामाले ६० प्रतिशतमा मात्रै सम्झौता कागज मिलाएको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् । "ठेकेदारसँग मिलेर ४० प्रतिशत गाउँपालिकामा मिलाएको छ, यसको पनि छानबिन हुनुपर्छ, अन्यथा, अख्तियार जान्छौँ", स्थानीयवासी चन्द्र लामाले भन्नुभयो । उहाँका अनुसार बस्ती जोखिममा पर्ने भएपछि दुवै स्थानका बासिन्दाले बालुवा उत्खनन् गर्न नदिन गाउँपालिकासमक्ष अनुरोध गर्दागर्दै बोलपत्र खुलाइएको हो ।
स्थानीयवासीले जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालयलगायत आठ सरोकारवाला निकायमा समेत बालुवा उत्खनन बन्द गर्न माग गर्दै पत्राचार गरेका थिए । साथै, स्थानीयवासीले आन्दोलन गरी बालुवा बोक्न आउने टिपर फर्काउने र ठेकेदारलाई भगाएपछि गाउँपालिकाले बालुवा उत्खनन बन्द गराएको हो । त्यस स्थानमा बालुवा उत्खनन गर्दा, बस्तीसँगै विद्यालय र स्वास्थ्यचौकी जोखिममा पर्छन् ।
गाउँपालिकाका अध्यक्ष सलामसिंह लामाले विवाद भएपछि बालुवा उत्खनन बन्द गराएको बताउनुभयो । उहाँले आफूप्रति स्थानीयवासीको ओरोप गलत भएको जिकिर गर्नुभयो । "स्थानीयवासीको विरोधपछि उत्खनन बन्द गरायौँ, उत्खनन गर्न दिने÷नदिनेबारे छानबिन गर्दैछौँ", उहाँले भन्नुभयो ।
अध्यक्ष लामाले टेण्डरभन्दा केही प्रतिशत रकम घटाएर ठेकेदार कम्पनीसँग सम्झौता गरेको स्वीकार्नुभएको छ । गाउँपालिका अध्यक्ष र ठेकेदार कम्पनीका लामा नातामा मामाभान्जा हुन् ।
ठेकेदार लामाले गाउँपालिकाको नियममै रहेर बालुवा निकालेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, "गाउँपालिकाको नियमकै आधारमा बालुवा निकालेका छौँ, स्थानीय जनप्रतिनिधिले केही भन्नु नपर्ने अनि गाउँलेले जे भन्दा पनि हुन्छ ।" लामाले स्थानीयवासीलाई खुलेआम रूपमा आफूले सबै 'सेटिङ' गरेर मात्रै बालुवा निकालेको बताउँदै आएका छन् । -रासस
बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम 'रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल' नामाकरण गर्न माग | 2022/05/23 04:39:15 | https://www.npkhabar24.com/2019/36808/ | mC4 |
यात्रा संस्मरण : दशैंमा दिल्ली– २०१२ - साहित्य सङ्ग्रहालयसाहित्य सङ्ग्रहालय
← कविता : मेरो कार्यपत्र, धैर्य र भोक
संस्मरण : थ्री बी, ह्याङओभर र भर्जिनिटी →
~सुशील मुडभरी~
सन् २०१२ सालको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन अक्टुबर २५–२८ चार दिन दिल्लीमा भव्यताका साथ हुने समारोहमा भाग लिन बाराका आर्य समाजका अध्यक्ष विन्देश्वरी आर्यले आर्य समाजका प्रचारक र हामी शुभेच्छुकहरूसँग धेरै दिनदेखि अनुरोध गर्दै आउनुभएको थियो । पहिले–पहिले कलकत्तामा हुने गरेको आर्य सम्मेलनहरूमा पनि भाग लिन जान उहाँले सार्है जोड दिनुभएको थियो । तर त्यस बेला अनुकूल नमिलेको र स्वास्थ्यले साथ नदिएकोले पनि गइएन । यसपटक चाहिं उहाँको आग्रह टार्न सकिएन ।
नेपाल आर्य समाज बाराका अध्यक्ष विन्देश्वरी श्रमजीवी मानिस हुन्, उनी खेतीपाती गरेर, तरकारी बेचेर आफ्नो गुजारा गर्छन् । पण्डितहरूस जो आफूलाई ठूलै सम्झन्छन्, चाहे ती आर्य समाजका ठेली फलाक्नेहरू हुन् वा आफूलाई माक्र्सवादी नेता सम्झनेहरू हुन् । सबै सङ्घसंस्था पार्टीहरूमा त्यस्ता घोकन्तेप्रति मेरो तिरस्कार नै रह्यो । आफूले काम गरेको सामाजिक, धार्मिक, राजनैतिक संस्थाप्रति पूरै इमानदार रहने व्यक्तिले कम बुझेपनि, कम जोनपनि समाजको अहित गर्दैन भन्ने मेरो ठम्याइ छ । सबेरै सत्स·हरूमा शान्ति शान्तिको मन्त्र फलाक्नेहरू दिउँसो किसानबीच गएर अध्यात्मवाद भ्रम हो, हतियार उठाउ भनी भाषण गर्ने नेताहरू त समाजका घातक नै हुन् भन्ने मेरो मान्यता छ । आफू जहाँ रहेपनि अरू सबैको सम्मान गर्न जान्ने व्यक्तिमात्र पूजनीय हुन्छ । आजकल आर्य समाजीहरूसँग दैनिक सम्पर्कमा रहने गरेको देखेर कसै–कसैले मलाई आर्य समाजी बन्नुभयो कि भन्ने प्रश्न गर्ने गरेका छन् । मैले चाहिं आफूलाई पानीसँग तुलना गरेको छु । पानी बहँदै जाँदा, जहाँ खाल्डो देख्छ, पुरिदिन्छ र अन्यत्र खाल्डो पुर्न बगिरहन्छ, बगिरहन्छ । ममात्र होइन, लाग्दछ सम्पूर्ण मानव जाति नदीझैं हो, सागर हुँदै महासागर बन्दछ । एउटा मार्मिक भनाइ छ– 'चरीको कहाँ छ घर, जहाँ वास त्यही घर' ।
उक्त महासम्मेलनमा जान निश्चितै गरेर ट्ेरन रिजर्वेशन गर्न पैसा जम्मा गर्न जाँदा पो थाहा भयो, यो महासम्मेलन मध्य दशैंमा पर्दोरहेछ । खल्लो हुने भयो, दशैं परेकोले त्यता नजान परिवारजनबाट निकै जोड भयो । तर मैले सम्झाएँ– "दशैंजस्ता चाडहरू त आइरहन्छन्, गइरहन्छन् तर महासम्मेलन ? अनि वचन फर्काउनु पनि त राम्रो होइन" भनी सबैको चित्त बुझाएँ ।
२०६९ साल काात्तिक ७ गते देवीशक्ति उपासनाको अन्तिम दिन, महानवमीका दिन अर्थात् २०१२ नोभेम्बर २३ का दिन सबेरै ६ बजे आर्य समाज बाराका अध्यक्ष लक्ष्मी पाण्डे, रामअयोध्या तिवारी, नन्दलाल साह, उनको परिवार र मलगायत करिब सोर्ह–सत्रजना कलैया धर्मशालामा जम्मा भयौं र वीरगंज हुँदै रक्सौलतर्फ प्रस्थान गर्यौं । दिल्ली जाने मिथिला एक्सप्रेसको समय बिहान ८:५० मा भए पनि एकाध घण्टा चाँडो पुग्दा रेल चढ्न बोगी र सिट खोज्न सजिलो पर्ने भएकाले चाँडै प्रस्थान गर्यौं । आठ बजेभित्रै स्टेशन पुग्यौं । हाम्रो डफ्फामा सहभागीमध्ये कलैया बिजुलपुरका ९२ वर्षीय लक्ष्मी पाण्डे नमुनाको रूपमा देखिनुहुन्थ्यो । 'भीडभाड छ, वृद्ध हुनुहुन्छ तपाईंका परिवारका कोही सदस्य आएनन्, एक्लै जाँदा गार्हो पर्दैन ?" भन्ने मेरो प्रश्नमा उहाँले जवाफ दिंदै भन्नुभयो– "जहिलेसम्म हातखुट्टा चल्छ, यस्ता धार्मिक यात्रा वा तीर्थस्थल गइरहने मेरो अठोट छ । भगवानलाई दिमागमा राखिसकेपछि अरू को चाहियो र ? यस्ता यात्रामा निक्लेपछि कोही न कोही निक्लिहाल्छ । यसपटक मेरो सेवा गर्ने तपाईं र अध्यक्ष विन्देश्वरी भइहाल्नुहुन्छ नि भनी हाँस्नुभयो । उहाँको हाँसोमा साथ दिंदै हामी पनि हाँस्यौं । ठीक ८:५० मा ट्ेरन खुल्यो, यस रेलमा क्यान्टेनको व्यवस्था रहेन छ, साथीहरूले घरबाट बनाएर लगेको रोटी मिठाइहरू र नाङ्ले व्यापारीहरूले ट्ेरनमा बेच्ने गरेको कट्याककुटुक खाएर दिन रात बिताइयो । रेलले भोलिपल्ट ११ बजे दिल्ली स्टेशनमा उतार्यो । महासम्मेलन स्थलसम्म जानको लागि आयोजकहरूले बसको व्यवस्था गरेका रहेछन्, स्टेशनबाहिर । निक्लनासाथ त्यो बस देखियो । खाँदखुद गरी करिब सत्तरी–असीजना चढेपछि बस सम्मेलन स्थलतिर प्रस्थान गर्यो ।
स्टेशनबाट करिब एक–डेढ घण्टा बस गुडेपछि सम्मेलनस्थल रोहिणी सेक्टर स्वर्णजयन्ती पार्क हामी ओल्र्यौं र एउटा सिंगारिएको ठूलो द्वारबाट भित्र छिर्यौं । विशाल चौरमा सम्मेलन स्थल कायम गरिएको रहेछ, जहाँ सयौं–सयौं सामियाना गाडिएको देखियो । करिब एक लाख मानिस सुत्न, बस्न सक्ने र दुई–तीन लाख मानिस जम्मा हुन सक्ने परिसर सिंगारिएको थियो । परिसरको उत्तरी भागमा विशाल उद्घाटन मञ्च देखियो । मञ्चदेखि केही दक्षिणपिट्ट व्यायामशाला र त्योभन्दा केही दक्षिणपट्टि बाँसका कर्चीहरूले घेरिएको यज्ञमण्डप देख्न सकिन्थ्यो । यज्ञ मण्डपसँग टाँसिएर पश्चिमपिट्ट सानो झुपडीमा गौशाला बनाइएको थियो । उक्त गौशालामा दुईवटा राम्रा थुनेला गाई थिए र साना दुईटा बाच्छाबाच्छी उफ्री–उफ्री रमाइलो गरिरहेको देखिन्थ्यो । त्यो रमाइलो दृश्य हेर्दाहेर्दै गौशालामा टाँगिएको एउटा बोर्डले हाम्रो ध्यानाकर्षण गर्यो । त्यसमा 'गाई' समाजका लागि कति उपयोगी छ भन्ने कुरा झल्काइएको थियो, त्यसमध्ये घतलाग्दो कुरा यस्तो थियो । गायका दूध–अमृतमय । घृत: स्वर्णमय । दही– सञ्जीवनीमय । मूत्र: औषधिमय । गोबर– ऊर्जामय । यसपछि मण्डपमाथि टाँगिएको त्रिकोणात्मक झन्डाले हामीलाई आकर्षित गर्यो । धार्मिक जगत्मा त्रिकोणात्मक झन्डाको बढी महत्त्व मानिन्छ । हामी नेपालीहरूको राष्ट्रिय झन्डा पनि त्रिकोणात्मक भएकोले पनि गौरव लाग्नु स्वाभाविकै थियो । परिसरभित्र प्रदर्शनी स्टलहरू, ज्ञानगुनका पुस्तकका स्टलहरूलगायत सानोतिनो शहर बजारकै रौनक देखिन्थ्यो । ज्ञानगुन प्रदर्शनी स्टलभित्र दयानन्द सरस्वतीले हिन्दू धर्मलाई नष्ट हुनबाट बचाउनुभएका घटनाका कुराहरू र भारतीय मुक्ति सङ्ग्राममा खेलेको भूमिका र ठूला–ठूला क्रान्तिकारी र स्वतन्त्र सेनानीहरूमाझ सरसल्लाह गर्दाका प्रसिद्ध र राम्रा–राम्रा तस्बिर चित्रहरू प्रदर्शन गरिएको देखिन्थ्यो ।
भित्र छिरेर एकाध घण्टा घुमेपछि नजिकैे एक हजारभन्दा बढी मानिस सुत्न, बस्न मिल्ने सामियानामा गएर थकाइ मार्न थाल्यौं । व्यवस्थापनमा आफ्नो ठाउँ पत्ता लगाउन जानुभएका विन्देश्वरीजीले भन्नुभयो– यी ५–७ वटा सामियानामध्ये एउटा गुरुकुलका विद्यार्थीहरूको लागि रहेछ, हाम्रो लागि उता व्यवस्था छ । उता सयौं सामियानाबीच नेपालीको लागि भनी लेखिएको सामियानामा गएर बस्यौंंं । बिहान ८ बजेदेखि शुरु गरेर राति १०–११ बजेसम्म ताँती लगाएर खाना खुवाएको देखिन्थ्यो । सुत्ने–बस्ने व्यवस्था मिलाई, झिटीगुन्टा राखी हामीले पनि लामबद्ध भएर खाना खायौं ।
दिल्लीको रोहिणी सेन्टर स्वर्ण जयन्ती पार्कमा आर्य समाज भारतले आयोजना गरेको २०१२ को लागि सहभागी भएकाहरूका लागि आयोजकहरूले निकै मेहनतपूर्वक व्यवस्था गरेको देखियो । झन्डै हजार व्यक्ति सुत्न–बस्न सक्ने टेन्टहरू गाडिएका र घुम्दा कुनै शहरको विशाल गल्ली हो कि जस्तो भान हुन्थ्यो । तर पनि चिसोका दिन बन्द कोठामा बस्ने बानी परेका हामीहरूको लागि यस्ता समेनामा रात बिताउनु कठिन थियो । सहभागी मित्रहरूलाई लजहरूमा पनि व्यवस्था मिलाइएको छ भनी पर्चामा पढ्न पाइएको थियो । केही ठूलाबडा आर्यसमाजी पण्डितहरू लजमा बसेको पनि थाहा पाइयो । हुनत लजमा बस्नेहरूको पनि गुनासो थियो– लजबाट सम्मेलन स्थलसम्म आउन–जान कममा सय रुपियाँ भाडा तिर्नुपर्ने र दिनभर पट्टाइलाग्दा आराम गर्ने ठाउँको अभाव आदि । हामी समेनामा बस्नेहरूलाई सबेरै दिसा मैदान गर्न सार्है कठिनाइ हुन्थ्यो ।
महासम्मेलनमा भाग लिने व्यक्तिहरूले एक अर्काको ख्याल गर्नुपथ्र्यो, त्यस्तो पाइएन । आयोजकहरूले त्यत्रो भीडको लागि व्यवस्था राम्रै गरेका हुन् । तर भाग लिन आउनेहरू आर्य आचरणका देखिएनन् ।
आयोजकहरूले पाइखाना बाहिर थुपारिदिएको अघिल्लो दिनको हजारौं ट्वाकहरू सहभागीहरूले आ–आफ्नो बस्ने ठाउँ समेनामा लगिदिएकोले सिसी खोजेर पाइखाना जानुपर्ने, नुहाउन बनाइएका धाराका टुटीहरू भाँचिदिएर पानी छताछुल्ल बगिरहने, ट्वाइलेटभित्र जथाभावी दिसा गरेर भित्र छिर्नै नसकिनेजस्तो स्थिति पिछडिएको मनस्थिति छर्ल· देखिन्थ्यो । जसैतसै दिसापिसाब गरेर भान्छा समेनातिर लाइन लाग्न गइयो ।
लामो लाइन नाघेर भान्छामा पुग्दापुग्दै पहिलो दिनको कार्यक्रम शुरु भयो । नजिकै टाँगिएका टिभीका पर्दाबाट कार्यक्रम हेर्ने खाना खाने काम साथै गरियो । पहिलो दिन ३२ राष्ट्रले उक्त सम्मेलनमा भाग लिएका छन् भन्ने मञ्चबाट गरेको उद्घोष सुनियो । उद्घाटन दिल्लीकी मुख्यमन्त्री शीला दीक्षितले गरिन् भने आचार्य बलदेवले अध्यक्षता गरेका थिए । हरेक वक्ताले आफ्नो भाषणको शुरुमा आर्य विद्वान्, भारतीय संस्कृति, आर्य समाजका महानतम संस्थापक दयानन्द सरस्वतीको आदर्शलाई ब्रह्माण्डको चप्पाचप्पामा पुर्याउँछौं भन्ने सड्ढल्प उद्घोष गरेको सुन्न पाइन्थ्यो । पहिलो दिन पचासौं आर्य विद्वान्हरू सामाजिक, राजनीतिक व्यक्तिहरूले अनेक तर्कहरू गरेको पाइयो ।
सम्मेलनको दोस्रो दिन टुरिस्ट बसमा दिल्ली शहर घुम्न भनी केही केटाहरू जान लागेको चाल पायौं । हामी पनि तिनकै साथ जाने भयौं । रु. २५०/– को टिकट लिएपछि दिल्लीको मुख्य दर्शनीय स्थलहरू घुमाउने हुँदा बिहान ८ बजे नै म, वैजनाथ स्वर्णकार, ती केटाहरूसहित ९ जना सम्मेलन स्थलबाट बाहिर निस्कियौं । हामीसहित करिब पचासजना बोकेर करिब ९ बजे टुरिस्ट बस प्रस्थान गर्यौं ।
शुरुमा हामी कुतुबमिनार गयौं कुतुबमिनारको पहिलो खण्ड महाराजा पृथ्वीराज चौहानले बनाएका रहेछन्, त्यस बेला यसको नाम पृथ्वी लाट राखिएको थियो । पछि मुसलमान शासक कुतुबुद्दिन ऐवकले अर्को भाग थपेर सिंगारेपछि कुतुबमिनार नाम दिइएको रहेछ । १३२६ मा यो क्षतिग्रस्त भएपछि महम्मद बिन तुगलकले ठीक पारेछन्, १३६८ मा फिरोज शाहले अरू पुनर्निर्माण गरेका रहेछन् । यसकै परिसरमा सुल्तान इल्तुतमिश, अलाउद्दिन, बलवान र अधम खाँको मकबरा बनाइएको देखिन्छ । यो मिनार बनाउनेहरू भारतीय सम्राट पृथ्वीराज चौहान तथा कुतुबुद्दिन एवक र पुनर्निर्माण गर्नेहरू महक्मद बिन, फिरोज शाह आज कोही पनि छैनन् तर तिनका कृतिलाई स्वतन्त्र भारतले ऐतिहासिक धरोहरको रूपमा संरक्षण प्रदान गरेको देखिन्छ।
हामी गएकोमध्ये अर्को चर्चित ठाउँ लालकिल्ला हो । मुगल शासक शाहजहाँको पालामा आगराबाट दिल्लीमा राजधानी सारेपछि यसलाई निर्माण गरेका हुन् । पहिलेका सामन्त शासकहरूले बाह्य र आन्तरिक दुश्मनहरूबाट बच्न यस्ता किल्लाहरू निर्माण गर्थे, त्यसकै झलक दिन्छ यो लाल किल्लाले । अष्टकोणीय आकारको दुई किलोमिटरसम्म फैलिएको चारैतर्फ गहिरो पानीको खाई (खाल्डानाला) ले घेरिएको, अनेक दर्शनीय वस्तुहरूले भरिएको अनुपम किल्ला हो । १५ अगस्त १९४७ मा भारत आजाद भएपछि यो कुनै सामन्तको रक्षा किल्ला नभई ऐतिहासिक धरोहर भएको छ ।
राजघाट– हामी घुमेकोमध्ये अर्को प्रसिद्ध ठाउँ हो राजघाट । भारतका राष्ट्रपिता महात्मा गाँधीको समाधिस्थल भएकोले पनि यो राजघाट प्रसिद्ध छ । एउटा विशाल क्षेत्र ओगटेर बनाइएको यो ठाउँ शान्ति स्मृतिको रूपमा ठडिएको छ । जस्तोसुकै हिंसक मानिस पनि यहाँ पुगेपछि आत्मविभोर हुन जान्छ र हिंसा देखि टाढा हुन चाहन्छ । परिवर्तन हिंसाले होइन अहिंसाले गर्न सक्छ भन्ने आत्मबोध गराउँछ ।
बहाई मन्दिर:– बहाईहरूको विश्वास एक स्वतन्त्र धर्मसँग छ । कमलको फूलको आकारमा बनाइएको बहाई अर्चना स्थलको रूपमा प्रसिद्ध छ । यसले सर्वधर्म समन्वयको बाटो अँगालेको बुझिन्छ । यो मन्दिरलाई आधुनिक भारतको ताज भनिंदो रहेछ । यस मन्दिरको हलमा एकछिन हामी शान्तिपूर्वक बस्दा सबैजना आनन्दले गद्गद् भएका थियौं ।
लौहस्तम्भ: दिल्लीमा रहेको यो स्तम्भ प्राचीन भारतीय सभ्यताको अद्भूत स्तम्भ मानिन्छ । स्तम्भको मध्यभागमा संस्कृतमा लेख खोपिएको छ । शुरूमा यवनहरूले यो स्तम्भ नष्ट गर्न खोजे, नादिर शाहले त तोप पनि चलाएछन् । तर आजसम्म पनि यो स्तम्भ ठाडिएकै देख्न सक्दा खुशी मान्नैपर्ने हुन्छ ।
फिरोज शाह कोटला: यो मुख्यत: अशोक स्तम्भ हो । एउटा विशाल विहारमा ठडाइएको स्तम्भ फिरोज शाह तुगलकले १३५६ मा अम्बाला जिल्लाको तोपडा गाउँबाट ल्याएका हुन् । यस बौद्ध स्तम्भमा पाली वा ब्राह्मी भाषामा लेख अड्ढित छ । यो पनि निकै आकर्षित र ऐतिहासिकता बोकेको स्तम्भ हो ।
दिल्लीको जन्तरमन्तर पनि सार्है रमणीय र आकर्षित स्थल हो । जयपुरका महाराज जयसिंह द्वितीयले १७१९ मा बनाएका हुन् । यसमा ६ वटा यन्त्र छन् । जसमा सम्राटयन्त्र भनिने सबभन्दा ठूलो छ जसबाट सूर्यको गणना गरिन्छ र बाँकी पाँच यन्त्रले चन्द्रमा र खगोलीय ग्रह र नक्षत्रहरूको गणना गर्दछ । अफसोच १ रात परिसकेकोले हामीले यसलाई धेरै नियालेर हेर्न सकेनौं । यसपछि हामीले बाँकी रहेका महत्त्वपूर्ण स्थलहरू:– बिरला मन्दिर, सफदरजंग मकबरा, इस्कोन मन्दिर, तीनमूर्ति भवन, जामा मस्जिद, हुमायुका मकबरा, इन्डियागेट, राष्ट्रपति भवन, संसद्भवन, छत्तरपुर मन्दिर, इन्दिरा नेहरू म्युजियम आदि बसबाट बाहिर–बाहिरैबाट हेर्दै सम्मेलनस्थल रोहिणीतर्फ हुइँक्यौं ।
बस गुडिरहेछ, म दिनभर गरेको अवलोकन– यात्राको मूल्याड्ढन गर्दै थिएँ । एकल धर्म र आफ्नो संस्कृतिमात्र रुचाउनेहरूको लागि आज दिल्ली एउटा चुनौतीको रूपमा ठडिएको महसुस भयो । ऐतिहासिक धरोहरहरूका लागि आज दिल्ली एउटा चुनौतीको रूपमा ठडिएको महसुस भयो । ऐतिहासिक धरोहरहरू संरक्षणको लागि दिल्ली नमुनाकै शहर देखियो । महापुरुष र विद्वान्हरूको मूर्तिहरू क्षत विक्षत गर्ने हाम्रा मुलुकका नेताहरूले पनि त्यहाँबाट केही सिकिदिए हुन्थ्यो जस्तो लाग्यो । सोच्दासोच्दै सम्मेलन स्थल पुगिएछ । दस बज्दा पनि खानामा भीडै थियो र भान्छाको साथीसँग बुझ्दा असी हजार जतिले खाना खाइसके भन्ने जवाफ पाइयो । खाना खाएर हामी आफ्नो समेनामा आराम गर्न गयौं ।
दिल्लीमा गरिएको आर्य महासम्मेलन–२०१२ को तेस्रो दिन बिहान उठेर दिसा पिसाब, नुहाइधुवाई गरिसकेपछि साथीहरू आज के गर्ने भनी सल्लाह गर्न लागे। केहीले आज बाबा रामदेवको भाषण सुन्नुपर्छ भने त केहीले उनलाई बराबर टिभीको पर्दामा हेरेकै छौं, आज दिल्लीको प्रसिद्ध स्थल अक्षयधाम (अक्षरधाम) हेर्न जाऔं भन्न लागे। अक्षरधाम जाने गु्रपमा म पनि सामेल भएँ। सम्मेलनस्थलकै भान्छामा खाना खाएर हामी ८ जना ९ बजे नै सम्मेलन स्थलबाट हिंड्यौं। मेट्रो रेलको चर्चासम्म सुनिएको थियो आज मेट्रोबाटै सफर गर्यौं। सुलभ र आरामदायक मेट्रो बदल्दै ११ बजेतिर हामी अक्षरधाम पुग्यौं। दिल्लीमा जुनसुकै स्थलमा गए पनि भीडैभीड धक्कमधक्का देखिन्थ्यो। अक्षरधाम पनि के कम झन् बढी भीड, भित्र जान लामो लाम लागियो।
भित्र छिरेपछि सय एकड भूमिमा फैलिएको स्थापत्य शिल्प र मनमोहक ऐतिहासिक प्रविधिपूर्ण सजिएको विशाल परिसर देखियो। अलि अगाडि बढेपछि भव्य महालय पुगियो। जुन गुलाबी पत्थर र श्वेत संगमरमर संयोजन गरेर बनाएको यो महालयको बीच भागमा भगवान् स्वामी नारायणको पञ्चधातुले बनेको स्वर्णमण्डित करिब १२ फिट अग्लो ठडिएको मूर्ति देखियो। एक छेउमा साङकेतिक रूपमा बोर्डमा लेखिएको थियो– यो महालयका २३४ वटा कलामण्डित स्तम्भ, ९ वटा कलायुक्त घुटम् मण्डपम् २० वटा चतुष्कोण शिखर आदि छन्। घुमेर हेर्दा यसमा किसिम किसिमका हजारौं कलात्मक शिल्पहरू कुँदेर प्राचीन भारतीय स्थापत्य परम्परालाई पुनर्जीवित गर्न खोजिएको देखिन्छ। स्वामी नारायणको मूर्तिको अगलबगलमा भगवान् लक्ष्मीनारायण, श्रीरामचन्द्र सीताजी, श्रीकृष्ण राधाजी, श्री महादेव पार्वतीजीका संगमरमरबाट बनेका कलात्मक मूर्तिहरू स्थापित गरिएको देख्न सकिन्छ। नियालेर हेर्ने हो भने यो भारतीय कला, प्रज्ञन, चिन्तन र मूल्यको अद्वितीय परिसर बुझिन्छ, अर्थात् जीवन्त कला छन्। जसको एक दिन त के अध्ययन गर्दै घुम्ने हो भने दस दिनभन्दा बढी लाग्न सक्छ। यसैले मोटामोटीरूपमा हेर्दा पनि यस्ता झलक देखिन्छ।
यो महालयको बाहिरपट्टि भारतीय संस्कृतिका महान् ज्योतिर्धर सन्तहरू, भक्तहरू, आचार्यहरू र अनेक प्रकारका विभूतिहरूको मूर्ति देख्न सकिन्छ। महालय पछाडिपट्टि १४८ वटा हात्तीहरूको अद्वितीय शिल्पमाला बनाइएको छ। जसले प्राणी जगत्मा सृष्टिप्रति भावाञ्जलि दिएको विश्वविख्यात नमुना पाइन्छ। साथै महालयको चारैतिर रातो ढुङगाले बनाइएका सयौं चतुष्कोण शिखरहरू, हजारौं स्तम्भहरू, चारैतिर पानीका नालाहरू पुष्पमालाजस्तो शोभायमान देखिन्छ।
दक्षिणी भागमा भारतीय कलाको झलक दिने बालयोगी नीलकण्ठ स्वामी नारायणको मनोहर धातु शिल्प छ र अगाडिपट्टि विशाल कुण्ड निर्माण गरिएको छ। त्यसको अर्कोपट्टि बौद्धिक युगलाई जीवन दिन विश्वको पहिलो युनिभर्सिटी तक्षशिलाको सुश्रुत वर्णित झलकहरू देखाइएको छ। नजिकै योगी हृदयकमल, प्रेमवती आहारर्गह, अक्षरधाम हार, भारत उपवन आदि छन्। भारत उपवनमा सात घोडाको अनुपम सूर्यरथ, चन्द्रका सोर्ह कला, देशरक्षाको लागि दिशादर्शन गर्ने रत्नहरूको झलक देखाइएको छ।
यत्रो कलात्मक विशाल परिसरमा मुख्य गुरु मानिएर ठडिएका स्वामी नारायणबारे उत्सुकता जाग्नु स्वाभाविकै हो। उनीबारे पत्ता लगाउँदा यस्तो थाहा पाइयो – भारतको उत्तरप्रदेशको अयोध्या नजिकै छपिया भन्ने गाउँमा बस्ने धर्मदेव शर्मा र पत्नी भक्तिमायाको गर्भबाट संवत् १८३७ चैत शुक्ल नवमीका दिन जन्मेका रहेछन्। बच्चामा यिनको नाम घनश्याम राखियो। बच्चैदेखि गाई रक्षा र अहिंसा सम्बन्धी प्रचारमा लागेकाले नामुद कहलिएछन्। एकपटक बाबुसँग यिनी काशी गएका रहेछन्। त्यहाँ एउटा सभामा द्वैत र अद्वैतवादीहरूको ठूलो विवाद भएको रहेछ । द्वैतक 'ब्रह्म, जीव र जगत्' तीनै सत्य हो भन्ने तर अद्वैतहरू केवल 'ब्रह्म' मात्र सत्य हो भन्दा रहेछन्। यी वाद प्रतिवादको बीचमा यिनले विशिष्ट द्वैतवादको निचोड निकालेर व्याख्या गरेछन्। त्यो घटनाबाट यिनी प्रख्यात भए र घर त्याग गरेपछि यिनी घनश्यामबाट स्वामी नारायण भएछन। यिनको मृत्युपछि पनि अन्य चार धर्मगुरु भइसकेका छन्। हाल पाँचौं धर्मगुरुले स्वामी नारायण संस्था गठन गरी ९ हजार केन्द्र र ७ सय सन्तहरू, ५५ हजार स्वयंसेवक बनाइसकेका रहेछन्। यो संस्थाले संयुक्त राष्ट्र सङ्घबाट मान्यता समेत पाइसकेको रहेछ। यो परिसर निर्माण गर्दा रु. दुई सय करोड खर्च भइसकेको छ भन्ने कुरा बोर्डमा उल्लेख छ। यो अक्षरधाम मोटामोटी भ्रमण गरी यसबारे सोधखोज गरी हामी सम्मेलनस्थल फक्र्यौ।
आज महासम्मेलनको चौथो दिन यो स्थलमा चारैतिर चहलपहल देखिन्छ। आजलाई हामीले दिनभर सम्मेलन स्थलमा समय दिने अठोट गर्यौं। खाना खाएर निक्लँदानिक्लँदै कार्यक्रम शुरु भएको उद्घोष सुन्यौं। रोहिणी जिल्लाका अध्यक्ष इन्द्रजीत सिंहले मञ्चबाट 'विश्वलाई आर्यमय बनाऔं' भन्ने नारा गर्वसाथ भनेको आवाज हाम्रो कानमा गर्जन थाल्यो । हामी आठ–दसजना विशाल सभाहलभित्र छिर्यौं र एकै ठाउँमा बस्न अट्ने ठाउँ खोज्न थाल्यौं। केही नेपालीहरू बसेको ठाउँमा खाली रहेछ हामी पनि त्यतै बस्यौं। करिब एक बजेपछि विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको परिचय र बोल्ने कार्यक्रम शुरु भयो। परिचय दिंदै जाँदा यही क्रममा सिङगापुरका प्रतिनिधिले सन् २०१४ मा हाम्रो मुलुकमा आर्य महासम्मेलन गराउने छौं भनेर उद्घोष गरे। यसपछि अफ्रिका (देशको नाम बुझिएन) का प्रतिनिधिले २०१५ मा महासम्मेलन गराउने उद्घोष गरे। सन् २०१६ सालमा आर्य महासम्मेलन नेपालमा गर्ने भनी नेपालबाट गएका प्रतिनिधिले उद्घोष गरे। सबै नेपालीले थपडी बजाए तर एकजना प्रौढ व्यक्ति भावुक भएर भन्दै थिए– केटाले सल्लै नगरेर घोषणा गर्यो। अनि म नगिचै गएर जिज्ञासा राख्दा उनी भन्दै थिए– 'वास्तविक प्रतिनिधि म हुँ। म कम बोल्न सक्ने तर ऊ गुरुकुलमा पढेको, हाल भारतकै गुरुकुलमा पढाउँछ, मीठो बोल्छ भनेर पठाएको त घोषणा नै गर्यो। ठीक छ अब जसरी भए पनि गरिन्छ। यही क्रममा दिल्लीका प्रतिनिधिले २०१८ मा पुन: दिल्लीमैं गरिन्छ भनी घोषणा गरे ।
परिसरभरि तालीको गडगडाहट भयो। सम्मेलन हलमा चार–पाँच घण्टा बिताएपछि हामीलाई पट्टाई लाग्यो र अलि पर टि स्टलमा गएर चिया पिउन थाल्यौं र त्यही नगिच राखिएको टिभी पर्दाबाट सम्मेलन स्थलको दृश्य र वक्तव्यहरू सुन्न लाग्यौं। भित्रपिट्ट अनुहार हेर्न गार्हो थियो, बरु बाहिरै प्रस्ट देखिएकोले हामी थक्थकायौं पनि। सम्मेलन समापन भएपछि हामी सामान बिक्री गर्ने स्टलतर्फ लाग्यौं। उता बाहिर जिल्लाबाट आएकाहरू पोका–पन्तेरा बोकेर ढोकाबाट निस्कन लामबद्ध भएको दृश्य हेर्न लायक थियो। भोलिको रिजर्भेसन भएकोले हामी वास बस्ने समेनातिर लम्क्यौं।
भोलिपल्ट ट्ेरनमा रातिको टिकट भए पनि सबेरै निस्कने भनी साथीहरूबीच सल्लाह गरियो। आयोजकहरूले व्यवस्था गरिदिएकै बसबाट स्टेशन गइयो। केही बूढाबूढीलाई सामान जिम्मा दिएर हामी दिल्ली चाँदनी चोक घुमेर आयौं। साँझ ५ बजे ट्ेरन हिड्यो र भोलिपल्ट ५ बजे नै रक्सौल पुर्याइदियो।
सधैंको रोगझैं वीरगंज–रक्सौल भन्सारमा जाम रहेछ। भारी बोक्दै शङकराचार्य गेट आएपछि जाम खुकुलो भयो। त्यहाँबाट टेम्पो चढ्यौं र वीरगंज भानुभक्त चोक पुग्यौं। भानुचोकबाट कलैया जाने बस समात्यौं र यात्राको अन्त्य गर्यौं। | 2018/01/22 04:06:41 | http://sahityasangraha.com/2017/09/12/%E0%A4%A6%E0%A4%B6%E0%A5%88%E0%A4%82%E0%A4%AE%E0%A4%BE-%E0%A4%A6%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%80-%E0%A5%A8%E0%A5%A6%E0%A5%A7%E0%A5%A8/ | mC4 |
माघ ११, २०७८ १२:३ बजे
मुम्बई -हलिउड अभिनेता रिचर्ड गेरलाई सार्वजनिक स्थानमा चुम्बन गरेर अश्लीलता फैलाएको आरोप लगाउँदै शिल्पाविरुद्ध दर्ता मुद्दामा अदालतले सफाइ दिएको छ । अदालतले शिल्पालाई लगाइएका आरोपमा दम नभएको भन्दै १५ वर्षपछि मुद्दा खारेज गरेको हो ।
सन् २००७ मा राजस्थानमा भएको एउटा कार्यक्रममा रिचर्ड गेरले शिल्पालाई चुम्बन गरेका थिए । यो घटना राष्ट्रिय चर्चाको विषय बनेपछि उनका विरुद्ध राजस्थानमा दुई र गाजियाबादमा एक मुद्दा दर्ता भएका थिए ।
उनले राजस्थानसँगै गाजियाबादमा घटनाको बारेमा आफ्ना तर्क प्रस्तुत गरेकी थिइन् । राजस्थानको अदालतले शिल्पाको बयानसँगै बाँकी आरोपमा पनि कुनै तर्क नभएको भन्दै मुद्दा खारेज गरेको हो । अदालतले गेरले चुम्बन गर्दा नरोकेको बाहेक बाँकी गतिविधि क्षम्य रहेकाले उनलाई आरोपबाट मुक्त गर्ने निर्णय गरेको हो ।
शिल्पा अघिल्लो वर्ष भने श्रीमानका कारण समाचारमा छाएकी थिइन् । श्रीमान राज कुन्द्रालाई पोर्न फिल्मको व्यापार गरेको आरोपमा प्रहरीले समातेपछि शिल्पासमेत विवादमा तानिएकी थिइन् । राज अहिले धरौटीमा रिहा भएका छन् । | 2022/05/20 10:42:33 | https://ekagaj.com/article/cinema/39403/ | mC4 |
निर्मला पन्तको हत्या बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा गरिएको आराेप::Nepal Online News Portal
निर्मला पन्तको हत्या बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा गरिएको आराेप
काठमाडाैंः नेपाली कांग्रेसका सांसद एवम् पूर्वगृह राज्यमन्त्री देवेन्द्र राज कंडेलले कंचनपुरकि १३ बर्षिया किशोरी निर्मला पन्तको हत्या बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा गरिएको आफुले महसूस गरेको बताएका छन् ।
आज मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा कंडेलले यस्तो खुलासा गरेका हुन् । सांसद कंडेलले निर्मला हत्या प्रकरण पञ्चायतको समयमा पोखरामा भएको नमिता–सुनिता हत्या काण्डजस्तै भएको टिप्पणी गरेका हुन् ।
२०३८ सालमा पोखरामा नमिता–सुनिता हत्याकाण्ड भएको थियो, दरवार र श्रीपेचको आडमा त्यो घटना लुकाइयो' कंडेलले भने, 'बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा कञ्चनपुर घटना भएको महसूस गरेको छु ।'
उनले गृहमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको बताए । कंडेलको अभिव्यक्तिप्रति नेकपाकी सचेतक शान्ता चौधरीले नियमापत्ति गर्न खोजिन् । नियमापत्ति शब्द उच्चारण नगरी उनले भनिन्– 'सिंहदरबारबाट घटाइएको भन्ने कुरा उहाँजत्तिको मान्छेले भन्न मिल्छ सभामुख महोदय ? यो शब्द रेकर्डबाट हटाउनु पर्छ ।'
जवाफमा सभामुख कृष्णबहादुर महराले भने, 'नियमापत्ति नै हो माननीय ज्यू !'महराले थपे, 'माननीयजीले बोलेको विषयमा मेरो ध्यानाकर्षण भएको छ । यसलाई के गर्ने मैले निर्णय गर्छु ।' | 2020/05/31 00:30:06 | http://www.topkhabar.com/2019/08/13/1115/ | mC4 |
प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदानः व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन « Dainiki
प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदानः व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन
२९ माघ, काठमाडाैँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उहाँलाई दर्ज्यानी चिह्नबाट सुशोभित गर्नुभयो ।
उक्त समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गर्नुभयो । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उहाँले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो ।
प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उहाँले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले हालै मात्रै प्रहरीसम्बन्धी दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उहाँले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयेग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र अपराधलाई निस्तेज पार्नुपर्ने आजको आवश्यकता औँल्याउँदै उहाँले समृद्ध नेपाल निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
गृहसचिव न्यौपानेले भन्नुभयो, "शान्ति सुरक्षा कामय गर्न चुक्यौँ भने समृद्ध राष्ट्र निर्माण अभियानमा असर पर्छ, यसतर्फ प्रहरी अधिकृतको ध्यानाकर्षण गराउनु चाहन्छु ।" | 2020/04/04 17:14:19 | https://www.dainiki.com/88606/ | mC4 |
चुम्बन गर्दा जिब्रो टोकीदिए पछि अस्पताल भर्ना ,, – Ranga Darpan
चुम्बन गर्दा जिब्रो टोकीदिए पछि अस्पताल भर्ना ,,
असोज ८ भारत – भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो घटना घटेको छ। दिल्लीको रनहोला क्षेत्रमा एक महिलाले आफ्ना श्रीमानलाई चुम्बन गर्दा जिब्रो टोकेर गम्भीर घाइते पारिदिएको खबर भारतीय मिडियामा भाईरल भएको छ। चुम्बनको बदला सजाय पाएका ती श्रीमानको अस्पतालमा शल्यक्रिया भएको खबर आजतकले लेखेको छ।
श्रीमानबाट बेखुसी भएकी ती महिलाले रिस फेर्न त्यसो गरेको हुनसक्ने समाचारमा जनाइएको छ। समाचारमा जाइएको अनुसार उनीहरूबीच झगडा भइरहन्थ्यो र, त्यसको कारण थियो लोग्नेको रुप। श्रीमतीका नजरमा उनी सुन्दर थिएनन्।
प्रहरीका अनुसार श्रीमान र २२ वर्षीया गर्भवती श्रीमतीबीच घटना हुँदाको दिन पनि झगडा भएको थियो। उनीहरूबीचको त्यसदिनको झगडा संझौतामा टुंगिएको थियो र श्रीमानले श्रीमतीलाई चुम्बन गर्न खोजेका थिए। तर अचानक परिस्थिति अर्कै बन्यो जब ती महिलाले चुम्बनका बदला श्रीमानको जिब्रो नराम्रोसँग टोकिदिइन्। काटिएको जिब्रोको दिल्लीको सफदरजंग अस्पतालमा शल्याक्रिया भएको छ।
जिब्रोको शल्यक्रिया भएपनि उनी बोल्न सक्छन् वा सक्दैनन्, यसबारे चिकित्सकसँग पनि जवाफ छैन किनभने घाउ निकै गम्भीर भएको छ र शल्यक्रियाका क्रममा उनको जिब्रो नै काट्नुपरेको छ। पीडितका बाबुले प्रहरीलाई खबर गरेपछि जिब्रो टोक्ने श्रीमती पक्राउ परेकी छन्। उनीहरु २० नोभेम्बर २०१६ मा विवाह बन्धनमा बाँधिएको खबरमा उल्लेख छ। | 2022/05/16 09:18:26 | https://rangadarpan.com/articles/7258 | mC4 |
आकाशियो महँगी, मूल्यवृद्धि नियन्त्रणमा सरकार उदासिन (भिडियो रिपोर्टसहित) – Himalaya Television
आकाशियो महँगी, मूल्यवृद्धि नियन्त्रणमा सरकार उदासिन (भिडियो रिपोर्टसहित)
२०७८ पुष ३० गते २०:३८
३० पुस २०७८ काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा महँगी आकाशिएको छ । जनताको ढाड सेक्ने गरी उपभोग्य सामग्रीमा भएको मूल्य वृद्धि नियन्त्रणमा सरकार लापरवाह देखिन्छ । दैनिक भान्सामा प्रयोग हुने खाद्य सामग्रीदेखि शिक्षा, यातायातसम्ममा दोहोरो अंकमा मूल्यवृद्धि भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनले मूल्यवृद्धि नियन्त्रण बाहिर गएको देखाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा वार्षिक मूल्य वृद्धिदर ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो तर, यो पार हुँदै मूल्य वृद्धि ७ दशमलव ११ प्रतिशत पुगेको छ ।
गत वर्षको सोही अवधिको २ दशमलव ९३ प्रतिशत मूल्यवृद्धि रहेकोमा अहिले ह्यात्तै बढेको हो । यस्तै कात्तिक भन्दा मंसिरमा २ प्रतिशत नै मूल्य बढेको छ ।
घिउ र तेलमा साढे २८ प्रतिशत, यातायातमा १६ प्रतिशत, दाल तथा गेडागुडी १२ प्रतिशत, शिक्षामा समेत ११ प्रतिशतले मूल्यबृद्धि भएको छ । काठमाडौं उपत्यकामा ५ दशमलव ९१ प्रतिशत, तराईमा ७ दशमलव ५२ प्रतिशत, पहाडमा ६ दशमलव ९५ प्रतिशत र हिमालमा ४ दशमलव ९१ प्रतिशत मूल्य बढेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
यसरी बढ्दै गएको मंहगी अबका दिनमा अझै बढ्न सक्ने संकेत समेत देखिएको छ । कोरोनाको कारणले पनि विश्व बजारमा समेत महँगी बढेकाले त्यसको असर नेपालमा देखिदै गएको छ । नेपाल आयातमा निर्भर भएको हुनाले समेत मंहगी नियन्त्रणमा बाह्य दवाब देखिन्छ । अबका दिनमा अर्थतन्त्र चलायमान बनाउने हो भने मूल्यवृद्धि नियन्त्रण नै मुख्य चुनौती हो ।
नेपालले आयातमा धेरै कडाइ गर्न सक्ने अवस्था समेत नभएको अवस्थामा अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यबृृद्धि नियन्त्रण कठिन बन्ने देखिन्छ । अझै कोरोना महामारीको तेस्रो लहरको संकेतले आगामी दिनमा उपभोग्य सामग्रीको मूल्य आकाशिन सक्छ ।
यसरी आर्थिक गतिविधी सुस्तादै जाने र अन्तराष्ट्रिय बजारको प्रभावले मंहगी टाउको दुखाइ बन्दै छ । त्यसैले नियमक निकायले मूल्यवृद्धि नियन्त्रणका लागि बेलैमा ठोस रणनीति बनाउनुपर्छ । यदि त्यसो हुन नसके चालु आर्थिक वर्षमै दोहोरो अकंको मूल्यवृद्धिको मार खेप्न बाध्य हुनुपर्ने अवस्था आउनेछ । | 2022/01/29 04:25:51 | https://www.himalayatv.com/2022/01/14/57570/ | mC4 |
पुष्कर शाहले साइकलमा विश्व घुम्न हौंसाए : गोसालियन
Tuesday, 01 May 2012 00:21 नागरिक
निर्मल घिमिरे, बर्दिया, वैशाख १९- नेपाललाई आफ्नै तरिकाले चिन्छन् विदेशी। कोही धार्मिक हिसाबले त कोही आरामदायी भ्रमणस्थलको रुपमा। पूर्वपश्चिम राजमार्गबाट हिँड्दा बीचमा पर्यटकीय क्षेत्र छ भन्ने भेउ नै पाइन्न। जंगलको बीचमा रहेको गाउँ छ भनी खोजेर पनि हिँड्दैनन्।
स्विजरल्यान्डका विश्व साइकल यात्री २३ वर्षीय गोसालियन भने बर्दिया निकुञ्जको मुख्य कार्यालय ठाकुरद्वारा आइपुगे। साइकलमा यात्रा पूरा नगर्दै नेपालका बारेमा जानकारी कसरी थाहा पाए त?
'गुगलमा साइकल यात्री सर्च गर्दा पुष्कर शाहसँग भेट भएको थियो,' उनले खुलाए, 'पुष्करसँग नेपालमा साइकल यात्राको मज्जा, हावापानी र बर्दिया राष्ट्रिय निकुञ्जबारे थाहा पाएँ।'
घुम्नका लागि नेपालजस्तो सुरक्षित अर्को ठाउँ नभेटेको उनले बताए। 'नेपाल यात्रा गर्न धेरै सुरक्षित छ,' ठाकुरद्वारास्थित प्याराडाइज पर्यटकीय होटलमा भेटिएका उनले भने, 'यसलाई ट्रेकिङ रुपमा विकास गर्नु पर्छ।'
फोटाग्राफीमा शौखिन उनले नेपालका विभिन्न ठाउँका फोटो संकलन गरेका छन्। नेपालका सबै ठाउँ घुम्न फेरि आउने योजना पनि बनाइसकेका छन्। 'पहिलो लक्ष्य विश्व साइकल यात्रा पूरा गरी फेरि नेपाल आउँछु,' उनले भने, 'दिनभरको हिँडाइ र बेलुकी पाइने न्यानो मायाले नेपाल बिर्सन सक्दिनँ।'
उनी पुष्करसँग इन्टरनेटमा सधैं गफिन्थे। 'मैले साइकलमा विश्व घुम्ने योजना बनाइरहँदा पुष्करले विश्वसाइकल यात्रा सकेको केही महिना मात्र भएको थियो,' उनले भने, 'जब मान्छेले देशको बारेमा सोच्न थाल्छ, उसले त्यसबाहेक केही सोच्दैन। सपना पूरा गर्न लागि तल्लीन हुन्छ।'
पुष्करलाई भेटेपछि उनले देशलाई चिनाउने र अन्य देशलाई नजिकैबाट चिन्ने लक्ष्य बनाए। अनि स्विजरल्यान्डबाट साइकलमा विश्व घुम्न निस्किए। स्विजरल्यान्डबाट साइकल यात्रा सुरु गरे, ८ महिनाअघि। १४ देशको साइकल भ्रमण भ्याएर अप्रिल २५ मा साइकलसँगै काठमाडौं ओर्लिए। नेपाल आएको एक साता भयो। यात्राको क्रममा शनिबार पूर्व पश्चिम राजमार्गदेखि १५ किलोमिटर पश्चिम रहेको पर्यटकीयले क्षेत्र ठाकुरद्वारा पुगेका हुन्।
'बाटोमा सोझा गाउँले भेटिए,' गोसालियनले सुनाए, 'बाटोमा देखिने पहाड र हिमालले मनै लोभ्यायो।' नेपाल आफूले सोचेभन्दा सुन्दर भएको उनले सुनाए। उनको बुधबार नेपालको साइकल यात्रा सकिन्छ। त्यसपछि उनको यात्रा भारततिर सोझिनेछ। | 2020/01/18 21:12:22 | http://archive.nagariknews.com/2011-12/archive/40055-2012-04-30-14-08-54.html | mC4 |
नुवाकोटको बेलकोटगढी नगरपालिकामा बेथितीको चाङले सिमा नाघेको छ । नुवाकोटको अन्य स्थानिय तहको तुलनामा विकास निर्माण देखी हालको कोरोना माहामारीको समयमा पनि सुस्त गति रहेको बेलकोटगढी नगरपालिकामा एकपछि अर्कौ गर्दै बेथितिका चाङ भरिदै गएको छ । सामुदायिक बिद्यालय सञ्चालनको रकम हिनामिनाबाट भर्खरै चोखिएका मेयर राजेन्द्ररमण खनालको नाम कहिले बर्षोसम्म बृद्धभत्ता नदिएर ७० उमेर कटेका बृद्धबृद्धलाई दुःख दिनेदखी अन्य विकास निर्माणमा समेत ध्यान नदिएकोमा जोडिदै आएको छ ।
यस्तै बेथितिको चाङमा फेरी अर्कोपनि विकास बिरोधी बेथिती थप्नको लागी सफल भएका छन मेयर खनाल । नगरपालिकाको वडा नं ६ को भौसीकाट्ने चौरमा खेलकुद मैदान निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा हालसम्म नगरपालिकाले निर्माण सम्झौता नगरेपछि स्थानीयहरु निर्माणको लागि दबाव दिन नगरपालिका कार्यालय घेराउ गर्न पुगेका छन् ।
बुधबार नगरपालिका घेराउ गर्न पुगेका वडा नम्बर ६ बासीलाई एकछिनमा आउछु भनेर कार्यालयबाट उम्किएका मेयर खनाल समस्या समाधानको लागी आफु कार्यालय फर्किनुको सट्टा २ ट्रक प्रहरी पठाएर जनता पिटाउने निर्देशनपछि स्थानियहरु आन्दोलित बनेका छन् ।
११ महिनासम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेर 'प्रसिद्धी' कमाएका खनाल र नगरपालिका पटक पटक लफाडामा फस्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको विषयमा सञ्चारमाध्यममा समाचारहरु प्रकाशित भएपछि मेयर खनालले सबै वडा कार्यालयहरुलाई वैंकले गर्नुपर्ने केवाइसी फारम दुई दिनभित्र भरेर सानीमा वैंक बाघखोर पठाउनको लागि निर्देशन दिएका छन् । सोही अनुसार वडाका कर्मचारीहरु अहिले सानीमा वैंकको केवाइसी फारम गर्नको लागि गाउँ पसेका छन् । केवाइसी फारम भर्न वडाका कर्मचारीहरु गाउँ पसेपनि सानीमा वैंक बाघखोर शाखाले कात्तिक महिनासम्मको मात्रै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । | 2021/06/23 01:50:43 | http://www.nuwakotnews.com/read/post/849 | mC4 |
पहिराबाट तीन वर्षीया बालिकाको मृत्यु « गोर्खा आवाज
पर्वत । फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीयवासी नवीन विकको घर पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् ।
परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरीचौकीले जनाएको छ । बाह्र जनाको संयुक्त परिवार बसेको घरमा पहिराले क्षति पुर्याएको हो । घरमाथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी शुरु गरेका थिए ।
पहिराले विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन् । त्यस्तै पहिराबाट स्थानीयवासी रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिराका कारण करिब १०० रोपनी धानखेतमा क्षति पुगेको वडाध्यक्ष टीकाराम गौडेलले जानकारी दिनुभयो । | 2020/09/26 02:53:52 | https://gorkhaawaj.com/?p=33678 | mC4 |
कर्मचारी समायोजन ऐन परिमार्जनको माग ज्ञापनपत्र - Sadarline
प्रकाशित मितिः सोमवार, पुस २, २०७५ | 63 Views ||
नरैनापुर (बाँके) : स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन इकाइ समिति नरैनापुर बाँकेले कर्मचारी समायोजन ऐन परिमार्जनको माग गर्दै संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत मार्फत् संघीय सरकारलाई बुझाइएको ज्ञापनपत्रमा संसद्लाई गुमराहमा राख्दै अध्यादेश मार्फत् ल्याइएको कर्मचारी समायोजन ऐन विभेदकारी भएको भन्दै परिमार्जनको माग गरिएको छ ।
स्थानीय सरकारको कानुनी हक खोसेर स्थानीय तहमा कार्यरत कर्मचारीलाई आत्म सम्मानपूर्वक जागिर गर्ने वातावरणबाट बञ्चित गर्दै दोहोरो मापदण्डका कर्मचारीको व्यवस्था गरिएको ऐन आफूहरुलाई मान्य नहुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
संयोजक लक्ष्मीकान्त मिश्रद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा साविक स्थानीय निकायबाट नियुक्ति पाई अस्थायी, ज्यालादारी र करार कर्मचारीहरुको स्थायी पदपूर्तिका लागि सर्बोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने, सरकारी सेवाका कर्मचारी सरह स्थानीय तहका कर्मचारीको स्वतः बढुवाको व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा कार्यरत दोहोरो मापदण्डको कर्मचारी अन्त्य गरी एउटै तह लागू गर्नुपर्ने र स्थानीय तहमा कार्यरत कर्मचारीको बृत्ति विकास तथा सुरक्षाको ग्यारेन्टि हुनुपर्ने माग गरिएको छ ।
संयुक्त आन्दोलन केन्द्रिय परिचालन समिति काठमाण्डौले निर्धारण गरे बमोजिम आन्दोलनका कार्यक्रम हुने पनि ज्ञापनपत्रमा उल्लेख छ । | 2019/01/16 01:58:20 | https://sadarline.com/?p=23330 | mC4 |
काठमाडौं (पहिचान) भदौ २१ – भारतको सर्वोच्च अदालतले समलैंगिकतालाई अपराधको सूचिबाट हटाएको छ । सर्वोच्च अदालतले आज बिहाबार समलैंगिक सम्बन्ध अपराध नरहेको फैसला गरेको हो । फैसला अनुसार अब भारतीय कानुनले आपसी सहमतिमा दुई वयस्क व्यक्तिबीच हुने समलैंगिक यौन सम्बन्धलाई अपराध मान्ने छैन ।
सर्वोच्च अदालका मुख्य न्यायाधीश दीपक मिश्रा तथा न्यायाधीशहरु रोहिंटन नरीमन, एएम खानविल्कर, डी वाई चन्द्रचूड र इन्दु मल्होत्राको संवैधानिक इजलासले मुद्दाको सुनुवाई गर्दै फैसला सुनाएको हो ।
सेक्सन ३७७ ले समलैंगिक यौन सम्बन्ध अर्थात गे सेक्सलाई अप्राकृतिक भन्दै अपराधिकरण गरेको थियो । यो विश्वको पुरानो मध्ये एक कानुन थियो, जसले समलैंगिक सम्बन्धलाई अपराध बनाइरहेको थियो । अदालतले फैसला सुनाएसँगै यसको खारेजीको माग गर्दै आएकाहरुले अदालतअघि खुशीयाली मनाएका छन् ।
भारतका समलिंगी तथा तेस्रोलिंगी समुदाय र उनीहरुको अभियानमा साथ दिँदै आएकाहरुले लामो समयदेखि सेक्सन ३७७ को विरुद्धमा संघर्ष गर्दै आएका थिए । धारा ३७७ लाई पहिलो पटक सन् १९९४ मा अदालतमा चुनौति दिइएको थियो । २४ वर्षको अनवरत संघर्ष र धेरै अपिलहरुपछि सर्वोच्च अदालतका पाँच न्यायाधीशको बेन्चले अन्तिम फैसला दिएको हो ।
भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश दीपक मिश्राले फैसला सुनाउँदै भनेका छन्, ‘जो जस्तो छ उसलाई त्यहि रुपमा स्वीकार गर्नुपर्छ । समलिंगीहरुलाई पनि सम्मानका साथ बाँच्ने अधिकार छ । संवैधानिक पीठले मानेको छ कि समलैंगिकता अपराध होइन र यसकै आधारमा मानिसलाई होच्याउनु हुँदैन ।’
यसअघि दिल्ली उच्च अदालतले यसलाई अपराधको सूचिबाट हटाएको थियो । तर सन् २०१३ मा सर्वोच्च अदालतले दिल्ली उच्च अदालतको फैसलालाई उल्ट्याउँदै समलैंगिक सम्बन्धलाई अपराधको सूचिमा राखेको थियो । त्यसपछि फैसलाको विरोधमा धेरै अपिलहरु दर्ता भए । आइआइटीका २० विद्यार्थीले नाज फाउन्डेशनसँग मिलेर अपिल दर्ता गरेका थिए । यो बाहेक अरु मानिसले पनि अपिल दर्ता गरेका थिए । सर्वोच्च अदालतमा धारा ३७७ विरुद्ध ३० भन्दा बढी अपिल दर्ता भएका थिए । नाज फाउन्डेशनले सन् २००१ मा पनि धारा ३७७ लाई अपराधको सूचिबाट हटाउन माग गर्दै अपिल दर्ता गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ। थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ।
त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन्। यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो।
सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँठाउँमा पहिरो खसेका हुन्। रासस
नारायणगढ मुग्लिङ सडकखण्डमा तीन ठाउँमा पहिरा, सवारी आवागमन बन्द को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन । | OSCAR-2019 |
||
khabarmuluk.com | Trusted Online News Protal in Nepal बजेट अधिवेशन अझै अन्योलमा – khabarmuluk.com
संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसबाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन ।
बजेट घोषणाअघि संसदमा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्नेमा बजेट अधिवेशन आह्वान नहुँदा संवैधानिक प्रक्रिया अवरुद्ध बनेको छ ।
यस बेला संसदमा बजेट अधिवेशन चलिरहनुपर्ने थियो । तर, अल्पमतको सरकार भएकाले आफ्ना वार्षिक कार्यक्रम पास नहुने डरले अधिवेशन डाक्न चासो नदेखाउँदा आगामी बजेट प्रक्रिया अन्योलमा परेको हो ।
बजेट अधिवेशन नबोलाइएपछि विभिन्न संका उपसंका उत्पन्न भइरहेका बेला संसदीय प्रक्रिया छाडेर गलत बाटोबाट बजेट ल्याउन नहुने पूर्वअर्थमन्त्री एवं अर्थविद्हरूले बताएका छन् ।
संसद् जीवित हुँदाहुँदै सरकारले अध्यादेशबाट बजेट ल्याउन नमिल्ने भएकाले सरकारले छिटो राजनीतिक समझदारी जुटाएर अघि बढ्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ । सत्तारूढ दल नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे संसद् जीवितै रहेकाले सरकारले नियमित प्रक्रियाबाटै बजेट ल्याउनुपर्ने बताउँछन् ।
उनका अनुसार संसद् रहेको अवस्थामा अध्यादेशमार्फत बजेट आउने सम्भावना छँदै छैन । 'सरकारसँग आप्mनो बहुमत छैन, यसै कारण नीति तथा कार्यक्रम, बजेट पनि पारित नहुने खतरा छ, दलहरूबीच छलफल गरेर समयमै नियमित प्रक्रियाबाट बजेट ल्याइनुपर्छ,' अभियानसँगको कुराकानीमा उनले उनले भने । प्रधानमन्त्रीले बजेटअघि नै विश्वासको मत लिए बजेट पास हुने नहुनेबारे स्पष्ट हुने पाण्डेको भनाइ छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा।रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताउँछन् । महतका अनुसार सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन मिल्दैन, वार्षिक बजेट सरकारले ल्याउने नै हो भने त्यसअघि विश्वासको मत प्राप्त गरेको हुनुपर्छ ।
विश्वासको मत नलिई बजेट पेश गर्नुपर्ने अवस्थामा सरकारले कामचलाउ बजेट ल्याउनुपर्ने उनी बताउँछन् । त्यस्तो अवस्थामा ल्याइने बजेटमा सरकारले राजस्वसम्बन्धी, करका दर, चालू कार्यक्रमहरूलाई निरन्तरता मात्रै दिन पाउने उनको भनाइ छ ।
विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै अन्य राजनीतिक पार्टीहरूसँग पनि छलफल गरेर सरकारले त्यस्तो खालको बजेट ल्याउन सक्ने उनको भनाइ छ ।
अर्थविद् विश्वम्भर प्याकुरेलका अनुसार संवैधानिक व्यवस्थाहरू पूरा गरेर जेठ १५ मा बजेट ल्याउन नसक्ने अवस्था छ ।
'आगामी बजेट कामचलाउ आउनुपर्छ । काम चलाउ बजेटमा कोभिडसँग जुध्नेदेखि चालू आयोजनाको पुनः प्राथमिकीकरण गरेर रकम विनियोजन गरिनुपर्छ,' उनले भने ।
उनका अनुसार कुल वार्षिक बजेटको केही अंश स्थानीय अर्थतन्त्र बलियो पार्नेगरी सरकारले कार्यान्वयनमुखी कामचलाउ बजेट ल्याउनुपर्छ । मुलुकमा गरीबी चरम बढेको र नागरिकको जीवन रक्षा चुनौतीपूर्ण बनेको भन्दै अर्थविद् प्याकुरेल सरकारको बजेटले यी विषयलाई विशेष सम्बोधन गर्नुपर्ने बताउँछन् । | 2021/12/09 04:30:19 | https://khabarmuluk.com/main-story/85027/ | mC4 |
कोसी अन्चल अस्पतालका डाक्टर काममा फर्के
२०७० भदौ ११ गते ४:५७
विराटनगर, ११ भदौ – असुरक्षाको कारण देखाउँदै सामूहिक राजीनामा दिएका कोसी अन्चल अस्पताल विराटनगरका चिकित्सकहरु मंगलबारबाट काममा फर्किएका छन् । स्थानीय प्रशासनले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सबै चिकित्सकहरु काममा फर्किएका हुन् । स्थानीय प्रशासनसँगको वार्तामा हातपात गर्ने व्यक्तिलाई कारबाही गर्ने र मृत्यु भएका...
२०७० भदौ ११ गते ४:३७
चितवन, ११ भदौ – चितवनमा जारी ट्रेड युनियन काँग्रेसको राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिदै छ । अध्यक्ष पदकालागि संस्थापन पक्षका पुस्कर आचार्य र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका खिलानाथ दाहाल प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै महासचिवका लागि ध्रवचन्द्र गौतम, अच्युत पाण्डे...
सिंहदरबारका सबै भवन मापदण्ड विपरित
२०७० भदौ ११ गते ०:३३
काठमाण्डु, ११ भदौ– देशमा ऐन–कानुन बनाउने र कार्यान्वयन गर्ने प्रमुख प्रशासनिक निकाय सिंहदरबार आफैले भने ऐन–कानुन पालना नगरेको पाइएको छ । विनास्विकृति र मापदण्डविपरित बनेका भवन भत्काउने र कारबाही गर्ने गरेको सरकारले सिंहदरबार भित्रका भवन भने सम्बन्धित निकायबाट स्वीकृति नै नलिइ निर्माण गरेको छ...
२०७० भदौ १० गते १६:४६
काठमाण्डु १० भदौ–संबिधानसभा निर्वाचन नजिकिदै गर्दा चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र मुख्य सचिव लिलामणि पौडयाल बिदेश भ्रमण गर्दैछन । संयुक्त राष्ट्रसंघको ६८ औ महासभामा भाग लिन मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आगामी असोज ५ देखि १४ गतेसम्म न्यूयोर्क जान लागेको हो ।...
सेना समायोजन सकिएकामा राष्ट्रसंघ खुसी
२०७० भदौ १० गते १३:५१
काठमाण्डु, १० भदौ– संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटोका रुपमा रहेको पूर्वमाओवादी लडाकुको समायोजन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा सराहना व्यक्त गरेको छ । समायोजनको काम विधिवत रुपमा अन्त्य गर्नमा भूमिका खेलेकामा राष्ट्र संघले नेपाल सरकार, राजनीतिक नेतृत्व, सेना तथा आमजनतालाई बधाई तथा शुभकामना ज्ञापन...
मधेसवादीले मधेसको नेतृत्व गर्न सक्दैनन् : प्रचण्ड
२०७० भदौ १० गते ११:५८
काठमाण्डु, १० भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलले मधेसी जनताको नेतृत्व गर्न नसक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार भएको पार्टी प्रवेश कार्यक्रममा उनले मधेसी दलले समग्र देश र मधेसी जनताको मुक्ति गर्न नसक्ने ठोकुवा गरे ।...
भारतीय राजदूत कार्यकाल सकाएर स्वदेश फिर्ता
२०७० भदौ १० गते १०:४७
काठमाण्डु, १० भदौ– नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी सोमबार स्वेदश फर्केका छन् । उनलाई कार्यबाहक राजदूत जयाविद मजुमदार लगायत दूतावासका अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । आइतबारै स्वदेश फर्कने कार्यक्रम रहे पनि प्राविधिक कारण देखाउँदै उनी सोमबार दिल्ली...
२०७० भदौ १० गते १०:४५
काठमाण्डु, १० भदौ– पूर्वअर्थसचिव रामेश्वर खनाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सानेपास्थित कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सभापति सुशील कोइरालाले खनाललाई पार्टी प्रवेश गराए । कोइरालाले खनाललाई साधारण सदस्यता प्रदान गरी पार्टी प्रवेशको औपचारिक घोषणा गरे । खनालले आफू जीवनभर पार्टी काममा खटिने बताए...
पहिरोले रुकुमका तीन घरपरिवार विस्थापित
रुकुम, १० भदौ– पहिरोको जोखिम बढेपछि रुकुमको घेत्मा गाविसका तीन घर परिवार विस्थापित भएका छन् । निरन्तर परेको वर्षापछि खसेको पहिराले घर भत्किँदा वडा नम्बर २ का भीमदल मल्ल, हिमा मल्ल र भरतकुमार मल्लका परिवार विस्थापित बनेका हुन् । विस्थापित आफन्तकामा शरण लिएर बसिरहेका...
तनहुँ, १० भदौ– आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि एकीकृत नेकपा माओवादी तनहुँले जिल्लाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । जिल्ला कमिटीको हालै बसेको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ १५ जनाको नाम...
२०७० भदौ १० गते ८:३२
काठमाण्डु, १० भदौ– राष्ट्रपति रामवरण यादवले नेपालको आर्थिक विकासकालागि जलविद्युतको विकासमा जोड दिनुपर्ने बताएका छन् । विश्वमै जलविद्युतको धनी देश भए पनि नेपाल परिचित नभएको भन्दै उनले जलविद्युतको धनी देशको रुपमा परिचित गराउन अब पहल गर्नुपर्नेमा जोड दिए । काठमाण्डुमा सोमबारबाट शुरु दुईदिने उर्जा...
बखानसिंह तमु राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष
२०७० भदौ १० गते ७:४५
पोखरा, १० भदौ । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा बखानसिंह तमु चयन भएका छन् । कास्कीको पोखरामा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनले बखानसिंहको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका तीन उपाध्यक्षमा लालबहादुर तमु, शोमती तमु र जितबहादुर तमु रहेका छन्... | 2022/01/20 15:23:59 | https://www.kathmandutoday.com/topic/news/page/7623 | mC4 |
ताप्लेजुङ, कात्तिक २४ । किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ ।
गाउँपालिकाको २९ औँ वैठकले कातिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा दिईने निर्णय भएको गाउँपालिकाका निमित्त प्रशाशकिय अधिकृत कर्णहाङ नेम्वाङले जानकारी दिए । सरकारले किराँत धर्मवालम्वीहरुलाई मात्र दिने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने सो दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सो दिन गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा विद्यालयहरु वन्द रहनेछन् । यता गाउँकार्यपालिकाको वैठकले गत आर्थिक वर्ष ०७४/७५ को फक्ताङलुङ गाउँपालिका भरिका सम्पूर्ण सरकारी विद्यालहरुको लेखा परिक्षणका लागि लेखा परिक्षकहरुलाई नियुक्ति गरेको नेम्वाङले वताए ।
काठमाडौँ, मङ्सिर २ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो...पुरा पढ्नुहोस
काठमाडौं, कात्तिक २८ । सरकारले आफूसँग पन्ध्रौं अनशनका क्रममा गरेको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा। गोविन्द केसी...पुरा पढ्नुहोस
लक्ष्मण दुलाल/ललितपुर, कात्तिक २६ । नेपाल मेडिसिटी अस्पतालले बुधबारदेखि हेटौंडाबाट घुँडा जोर्नीसम्बन्धी समस्या भएकालाई निःशुल्क स्वास्थ्य परीक्षण...पुरा पढ्नुहोस
म्याग्दी, कात्तिक १८ । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा शनिबार सम्पन्न एकीकृत घुम्ती...पुरा पढ्नुहोस
परशुराम, कात्तिक १३ । नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको सङ्क्रमण डडेल्धुरालगायत सुदूरपश्चिम...पुरा पढ्नुहोस
महोत्तरी, कात्तिक ११ । गौशाला नगरपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि उपचारका लागि गएकाहरू रित्तै फर्किन...पुरा पढ्नुहोस | OSCAR-2019 |
||
'अक्सिजन बैंक' स्थापना – Sulsule
सुलसुले २०७७ साउन ३१ गते १६:१५ मा प्रकाशित
स्थापना गरिएको बैंकको आज लाइन्स क्लब वी वानका ड्रिष्टिक गर्भनर मनबहादुर रोका र लाइन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दीपक वंशलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 'सेवा नै धर्म हो' भन्ने मूल नारालाई आत्मासात् गरेको लाइन्स क्लबमा हाल नेपालभर एक हजार ५०० भन्दा बढी क्लब रहेका छन् । देशभरका एक हजार ५०० क्लबमध्ये एक क्लब लाइन्स क्लब अफ काठमाडौँ समर्पणमा ६० सदस्य आबद्ध छन् ।
लायन्स क्लब समर्पणका अध्यक्ष वंशल गम्भीर बिरामी परेका कोरोना सङ्क्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्नसके अस्पतालमा बिरामीको भीडभाड कम हुने बताएको राससले जनाएको छ । "घरमा बसेर उपचार गराइरहेका सामान्य र विपन्न परिवारलाई लक्षित गरेर हामीले 'अक्सिजन बैंक' स्थापना गरेका हौँ", उनी भन्छन्। घरमा उपचार गराइरहेका सम्पन्न परिवारले पनि अक्सिजन सिलिन्डर नपाए बैंकमा सम्पर्क गर्न सकिने अध्यक्ष वंशलको भनाइ छ ।
लाइन्स क्लब वी वानका ड्रिष्टिक गभर्नर कोरोना सङ्क्रमणका कारण देशमा समस्या परेको बेलामा सामाजिक सङ्घसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउछन् । अक्सिजन बैंकका व्यवस्थापक एवम् लायन्स क्लब अफ काठमाडौँ समर्पणका सदस्य विवेक शर्मा औषधि किन्न नसक्ने विपन्न बिरामीलाई समेत लायन्स क्लब समपर्णले औषधि किन्नलाई पनि सहयोग गर्ने बताउछन् । | 2021/10/27 15:48:03 | https://www.sulsule.com/news/health-education/2998/ | mC4 |
नेपाली बजारमा डाट्सनले भित्र्यायो, अल न्यु रेडी गो गाडी | Ratopati
personरातोपाटी संवाददाता exploreकाठमाडौं access_timeअसोज २५, २०७७ chat_bubble_outline0
काठमाडौं । डाट्सनले आफ्नो नयाँ गाडी रेडी–गो नेपाली बजारमा भित्र्याएको छ । रेडी–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवम् फिचरहरु रहेका छन् । यसले बोल्ड तथा नवीनस्तरमा पुर्याउने विश्वास कम्पनीले लिएको छ । हेचब्याकको स्लिक एवम् बोल्ड लुक्सको साथ पूूर्ण क्रोम सराउन्डको साथ यसलाई परिभाषित गरिएको छ ।
निशान इन्डिया अपरेसनका अध्यक्ष सिनान् ओजक्कोककाअनुसार नयाँ डाट्सन रेडी–गो स्ट्रङ भ्याल्यू पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन हो । यो जापानीज प्रविधिद्वारा निर्माण गरिएको हो । यसमा सेगमेन्ट लिडिङ्ग सुविधाहरु विद्यमान् रहेका छन् । यसमा भएका सुविधा एवं विशेषताहरुले आजका युवा वर्गका अधिकांश आवश्यकताहरुलाई सहजै पूरा गर्नेछ । 'हामीले डाट्सनको भ्यालु पोजिसनलाई अझै विस्तारित गरी प्रोग्रेसिभ मोविलिटीलाई बढाउँदै गइरहेका छौं ' ओजक्कोकले भने ।
हेचब्याकमा १८७ एमएम को सेगमेन्ट लिडिङ्ग ग्राउण्ड क्लियरेन्स तथा क्लास लिडिङ्ग रियर नि रुम कम्फर्टले (सेडानको जत्तिकै सुविधा) उत्कृष्ट सुविधा प्रदान गर्दछ । यस गाडीमा आरामदायी एवं ड्राइभ अनुभव गर्न सकिन्छ । नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडी हरेक दृष्टिकोणले यात्रामैत्री छ ।
नयाँ रेडी–गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन्ः यसमा ८ इन्चको टच स्क्रिन, एडभान्स एण्ड्रोइड तथा एप्पल कार प्लेमार्फत् सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङ्गको साथ अनबोर्ड एक ड्युल टोन इन्स्टुमेन्ट प्यानल पनि रहेको छ ।
यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ । ठूलो दुर्घटनाबाट बच्नेगरी बढी स्टक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै यसमा साइट इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडको साथै रियर भ्यू क्यामरा पनि रहेको छ ।
चाडबाडको मौसममा नयाँ रेडी–गो १.० एल म्यान्युअल ट्रान्समिसन उपलब्ध हुनेछ । त्यसैगरी अन्य ०.८ एल म्यान्युअल ट्रान्समिसनको डि, ए, ६ तथा टि (ओ) तथा १.० एल पनि उपलब्ध रहेका छन् । त्यसैगरी स्मार्ट ड्राइभ अटोको भेरियन्ट पनि छिट्टै उपलब्ध हुनेछ ।
नयाँ रेडी–गो दुई नयाँ रंगको साथ जम्मा छ वटा रंगहरुमा उपलब्ध रहेको छ । स्यान्डस्टोन ब्राउन (नयाँ) भिभिड ब्लु (नयाँ), ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा यो गाडी उपलब्ध रहेको छ । डाट्सनले १ वर्षको वा २० हजार किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गरेको छ ।
यो प्रवद्र्धनात्मक अवधिमा खरिद गर्नुहुने ग्राहकहरुका लागि भने विना अतिरिक्त शुल्क तीन वर्ष वा ३० हजार किलोमिटरसम्म वारेन्टी प्राप्त हुनेछ । त्यसैगरी खरिद कर्ताले चालू आ.व. को सवारी कर तथा काठमाडौं उपत्यकाभित्र रोडसाइट सेवा पनि प्राप्त गर्नेछन् ।
नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नेपाली बजारमा विश्वको तेस्रो ठूलो ब्राण्ड निशान तथा इन्फिनिटि जस्ता गाडीहरु विक्री वितरण गर्दै आइरहेको छ । सन् २०१२ मार्च देखि डाट्सनले विस्तारित बजारमा आफ्ना विभिन्न मोडलहरु उपलब्ध गराउँदै आएको छ । ८० वर्षभन्दा लामो इतिहास बोकेको डाट्सन गाडी जापानिज प्रविधियुक्त गाडी हो र यो निशानको एक हिस्सा पनि बनेको छ । डाट्सन गाडी भारत, इन्डोनेसिया, रसिया तथा साउथ अफ्रिका जस्ता देशहरुमा सर्वाधिक लोकप्रिय बन्दै आएको छ ।
यो करिव एकसय वर्ष अगाडि १९१४ मा जापानमा स्थापना भएको थियो । DAT को शाब्दिक अर्थ जापानिजमा शीघ्र रुपमा चम्कनु भन्ने हुन्छ । यसको पहिलो अक्षरले तीनजना वित्तियकर्ताहरुको थरबाट नाम राखिएको हो । डेन (Den), आयोमा (Aoyama) तथा ताकेयुची (Takeuchi) को पहिलो अक्षर मिलाएर बनाइएको हो भने यही अक्षरहरुको संयोजनमा Durable, Attractive तथा Trustworthy का ३ वटा विशेषताहरुको छोटोकरीको रुपमा पनि लिइएको छ । सन् १९३३ मा निशान गाडीका मालिक योशिशुके आइकावीले मोबिलिटी फर अल भन्ने मान्यताका साथ आफ्नो व्यापार समालेपछि सस्तो एवं बलियो गाडीहरुको निर्माण गर्न थालियो । | 2020/12/03 14:07:17 | https://ratopati.com/story/150783/2020/10/11/datsun-vehicle | mC4 |
भारत पाँचौपटक एसियन कपका लागि छनौट – Khel Dainik
भारत पाँचौपटक एसियन कपका लागि छनौट
जेष्ठ ३१, २०७९ | (Post a Comment)
काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली राष्ट्र भारत प्रतिष्ठित एएफसी एसियन कपका लागि पाँचौं पटक छनौट हुन सफल भएको छ ।
एएफसी एसियन कप छनौटतर्फ समूह बी तर्फ मंगलबार बिहान भएको अन्तिम खेलमा प्यालेस्टाईनले फिलिपिन्सलाई ४–० ले हराएपछि समूह डी मा रहेको भारतले एक खेल खेल्नु अघि नै एसियन कपमा स्थान बनाएको हो ।
समूह डी मा दुई खेलबाट ६ अंक जोडेको भारत दोस्रो स्थानमा छ । समान अंक भएको हङकङ भने शिर्ष स्थानमा छ । सोही समूहमा रहेका अफगानिस्तान र कम्बोडिया बाहिरिएका छन् । मंगलबार प्यालेस्टाईनले फिलिपिन्सलाई हराएपछि कम्तीमा पनि दोस्रो उत्कृष्ट टोलीका रुपमा भारतको एसियन कपमा स्थान पक्का भएको थियो ।
अन्तिम खेलको समाप्ती पश्चात् समूह बी मा ४ अंकका साथ फिलिपिन्स दोस्रो स्थानमा छ । यस अर्थमा एक खेल खेल्न बाँकी छँदै फिलिपिन्सको भन्दा बढीे अंक भएपछि भारत भाग्यमानी सावित भएको हो ।
समूह चरणको अन्तिम खेलमा भारतले मंगलबार राती नै हङकङसँग खेल्दैछ । यो खेलको नतिजाले समूह डी को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
स्मरण रहोस, भारत एसियन कपको इतिहास मै पहिलोपटक लगातार दुई संस्करणको एसियन कपका लागि छनौट भएको हो । यसअघि सन् २०१९ मा युएईमा सम्पन्न गत संस्करणको एएफसी एसियन कपमा पनि भारतले सहभागिता जनाएको थियो । त्यसबेला भारत समूह चरणबाटै बाहिरिएको थियो ।
एसियन कपको इतिहासमा भारतले उत्कृष्ट नतिजा भने सन् १९६४ मा हात पारेको थियो । त्यतिबेला फाइनलसम्म पुगेको भारतले उपाधि भिडन्तमा इजरायलसँग पराजित भएको थियो । | 2022/07/01 07:42:54 | http://www.kheldainik.com/npintl/football/67054/ | mC4 |
१८ वर्षीया चर्चित टिकटक स्टारले गरिन् आत्महत्याः पासो लगाउनुअघि लेखिन्,अन्तिम पोस्ट हो' – jagritikhabar.com
१८ वर्षीया चर्चित टिकटक स्टारले गरिन् आत्महत्याः पासो लगाउनुअघि लेखिन्,अन्तिम पोस्ट हो'
अमेरिकी टिकटक स्टार डेझरिया शेफरले इन्स्टाग्राममा आफ्नो अन्तिम भिडियो पोस्ट गरेपछि आत्महत्या गरेकी छिन् । उनले इन्स्टाग्राम स्टोरिजमा भिडियो पोस्ट गर्दै लेखिन्, 'मलाई थाहा छ, म तपाईंहरु सबैलाई दुःख दिइरहेकी छु र यो मेरो अन्तिम पोस्ट हो ।'
डेझरियाको टिकटकमा Bxbygirlldee नामको अकाउन्ट थियो । जसमा उनका लाखौं फलोअर्स थिए र युट्युब र इन्स्टाग्राममा १ लाख फलोअर्स थिए । डेझरियाले सोमबार बताए अनुसार उनलाई जानकारी नै नदिइ उनलाई टिकटकमा ब्लक गरियो ।
डेझरियाका आमा–बुवाले फेसबुक पोस्ट सेयर गर्दै उनको आत्महत्याबारे जानकारी दिएका थिए । उनका पिता जोसेफले उनकी छोरी उनको सबैभन्दा मिल्ने साथी भएको र उनको अन्तिम संस्कार गर्न कुनै पनि हालतमा तया नभएको बताएका छन् । उनले भने, 'उनले मसँग आफ्नो तनाव र विचारबारे कुरा गर्नुपर्दथ्यो । हामी केही गर्न सक्थ्यौं । जब हामी घर फर्कन्छौं तब त्यहाँ तिमी हामीलाई प्रतिक्षा गरिरहेको हुनेछैनौं । म ती सबैलाई धन्यवाद भन्न चाहन्छु जसले मेरी छोरीलाई प्रेम र समर्थन दिनुभयो ।'
डेझरियाकी आमाले भनिन्, 'म निकै हतोत्साहित भएकी छु । म साँच्चै नै यो विश्वास नै गर्न सकिरहेको थिइनँ किनभने उनको चुलबुले पनका कारण हामी सबैसँग ठट्टा गरिरहेको हो कि भन्ने मलाई लागिरहेको थियो, तर यस्तो होइन रहेछ । रेस्ट इन पिस, मेरी परी । सबैले हाम्रो खराब समयबारे कुरा गर्छन् तर कसैले पनि हाम्रो राम्रो समयबारे कुरा गर्दैनन् ।' | 2021/05/14 13:07:59 | https://jagritikhabar.com/2021/02/20329/ | mC4 |
ठोस खाना खान र हिडडुल गर्न थाले प्रधानमन्त्री
प्रधानमन्त्रीको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । "प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ", उपचारमा संलग्न महाराजगञ्जस्थित 'मनमोहन 'कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर'का कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले भने ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि १० मंसीरमा केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्रीले विहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न थालेका छन् । कार्यकारी निर्देशक श्रेष्ठले भने, "हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।" | 2020/10/20 17:06:42 | https://www.himalkhabar.com/news/110036 | mC4 |
२०७७ कार्तिक १ शनिबार ०९:५१:००
प्रधानमन्त्री ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका विगतका कमजोरीबाट पाठ सिकेर सरकारले गरिबी निवारणको आगामी बाटो तय गरेको बताउनुभएको छ । "हामीले गरिबी निवारण नीति, १५औँ योजना, दीगो विकास लक्ष्य, सार्क तथा विमस्टेक गरिबी निवारण कार्ययोजना तय गरिसकेका छौँ", उनहाँले सन्देशमा भनेका छन्, "निरपेक्ष गरिबीको रेखामुनी रहेको १८.७ प्रतिशत जनसङ्ख्यालाई आगामी १० वर्ष सम्ममा ५ प्रतिशतभन्दा तल सीमित गर्दै आगामी २३ वर्षभित्र शून्यमा झार्ने र सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकका रुपमा उभ्याउने सङ्कल्प गरेका छौँ ।"
अहिले सरकार रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर रहेकोसमेत उनले बताएका छ्न । "कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पंक्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा छौँ", उनले भनेका छन्, "यस अग्रसरताले नेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने छ । राष्ट्रको यस सङ्कल्पमा समाजका सम्पूर्ण तप्काको रचनात्मक सहभागिता हुनेछ भन्ने मैले आशा गरेको छु ।" उनले कोभिड–१९ को विषम परिस्थिति सामना गर्दै मुलुकलाई गरिबीबाट समृद्धितर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भएर अघि बढ्न सबैलाई आग्रह गरेका छन् । रासस | 2020/10/22 04:22:53 | https://baahrakhari.com/news-details/291559/2020-10-17 | mC4 |
खाली काखको पीडाः उपाय र उपचार « Nepal Health News नेपालको नं.१ जनस्वास्थ्य पत्रिका
खाली काखको पीडाः उपाय र उपचार
२०७८, २९ फाल्गुन आईतवार १५:०९ मा प्रकाशित
बिवाहपछि हरेक दम्पतीले सन्तान सुखको चाहना राख्छन् । सन्तान सुख प्राप्त गर्नेहरु खुशी हुन्छन् । निःसन्तान हुनेहरु व्यक्तिगत र पारिवारिक खुशीबाट वञ्चित हुन्छन् । प्रायःदम्पतीले सामना गर्ने विभिन्न महत्वपूर्ण मेडिकल मुद्दाहरूमध्ये निःसन्तान प्रमुख समस्या हो ।
केही जोडीहरू सन्तान सुख प्राप्त गर्ने चाहनामा विभिन्न उपचारमा संघर्ष गरिरहेका हुन्छन् । ती मध्ये केहीले प्रजनन् उपचारपछि गर्भधारण गर्न सक्छन् भने केही उपचारको धेरै प्रयासपछि पनि असफल हुन्छन् । उनीहरुमा खाली काखको पीडा निकै जटिल समस्या बनेको छ ।
परिवार नियोजनका साधन प्रयोग नगरी दम्पत्तिबीच निरन्तर शारीरिक सम्बन्ध भएको एक वर्षसम्म पनि गर्भ रहन नसकेको अवस्थामा निःसन्तानको समस्या मानिन्छ । परिवार नियोजनको साधन प्रयोग नगरी यौन सम्बन्ध राखेको १ वर्षभित्र ८० प्रतिशत दम्पतीको बच्चा जन्मिसकेका हुन्छन् भने ९० प्रतिशतको विवाह गरेको दुई वर्षमा बच्चा जन्मिन्छन् । त्यसपछि पनि बच्चा नभएमा निःसन्तानको समस्या हो कि भन्ने शंका गर्नुपर्छ । जँचाएर कारण पत्ता लगाउनतिर लाग्नुपर्छ ।
आधुनिक चिकित्सा पद्धतिले सन्तान प्राप्तीका सन्दर्भमा आउने विभिन्न समस्याको समाधान सुल्झाएको छ । सन्तान सुखका लागि उपाय र उपचार धेरै छन् । तसर्थ सन्तान सुख पाउन तत्काल परामर्श लिएर उपचार गर्नु राम्रो हुन्छ । बेलैमा गरिएको उपचारले सन्तान प्राप्तीको आनन्द महसुस गर्न सकिन्छ । ]
सन्तान नभएको समस्याका कारण परिवार र समाजको होच्याउने प्रवृत्तिले विवाहित दम्पत्तिहरुको मनमा ठूलो चोट पु¥याएको पाइन्छ । नेपाली समाजमा सन्तान जन्माउन नसक्नुमा धेरैजसो महिलालाई दोष लगाउने गरिन्छ । तर निःसन्तान हुनुमा पुरुषको पनि त्यत्तिकै ठूलो हात छ । | 2022/05/21 03:16:45 | https://nepalhealthnews.com/news/2022/03/13/42457.html | mC4 |
दर्पण राईको गीत 'तिमीले बाटो फेरयौ अरे…२' करोडौं क्लवमा – Khabar Silo
काठमाडौं : माघ १९ । दर्पण राईको गीत 'तिमीले बाटो फेरयौ अरे…२' पनि करोडौं क्लवमा प्रवेश गरेको छ । मेलिना राईको स्वरमा रहेको गीत 'तिमीले बाटो फेरयौ अरे २' करोडौ क्वलबमा प्रवेश गरेको हो । यसअघि उनकै स्वरमा रहेको गीत 'तिमीले बाटो फेरयौ अरे' पनि करोडौ क्लवमा प्रवेश गरेको थियो । विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
'तिमीले बाटो फेरयौ अरे…' गीत बाटै मेलीना राई चर्चामा आएकी थिइन । 'यो मुटु दुःखछ किन','तिमीलाई मन पराउनु मेरो गल्ती होइन', 'मायामा जाल भो', 'नजिकिनु सजिलो थियो' जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता/दर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पण राईले 'तिमीले बाटो फेरयौ अरे…२'लाई पहिलोलाई जस्तै स्रोता/दर्शकले उत्तिकै मन पराएका कारण आज करोडौ क्लवमा प्रवेश गर्न सफल भएको बताए ।
काठमाडौं- गायक दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। थापाले ल्याएको तिहारको गीतलाई लिएर उनीविरुद्ध उजुरी परेको हो। उजुरी परेपछि यस विषयमा बुझ्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो। सोही विषयमा बुझ्न थापालाई बोलाइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। उनले ल्याएको 'ह्याप्पी तिहार, चिसो बियर' गीत […]
नेपाली अभिनेत्रीको कुरा गर्दा नायिका करिश्मा मानन्धरलाई नचिन्नै सायदै भेट्न गाह्रो होला । १४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने झनै निखार आउँदै गएको देखिन्छ । पछिल्लो समयमा करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि ढल्किँदै गएको उमेरमा उनको सुन्दरता बढेको सहजै अनुमान लगाउन सकिन्छ । […]
नेहाको विवाह
मुम्बई, एजेन्सी । इन्डियन आइडल सिजन १२ मा निकै समयदेखि आदित्य नारायण र नेहा ककक्डको जोडीको चर्चा भईरहेको छ । अब यो जोडीले विवाह गर्ने कुरा पक्का भएको छ । सोनीले यी दुई जोडीको रोमान्स गरिरहेको एक भिडीयो सेयर गरेको छ । भिडियोमा यी दुई 'काटे नहो कटते दिन ये रात' बोलको गीतमा नृत्य गरेका […] | 2021/09/25 15:59:51 | https://khabarsilo.com/20332/ | mC4 |
प्रचण्डलाई फकाउन ओलीले विश्वासपात्र प्रदीप ज्ञवालीलाई खुमलटार पठाए « Kalakhabar
प्रकाशित मिति : शुक्रबार, १४ कार्तिक २०७७ १४:५६
कलाखबर संवाददाता,१४ कात्तिक–काठमाण्डौं । आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डलाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाएका हुन् । शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले मिलेर अघि बढ्नुको विकल्प नभएको कुरा प्रचण्डलाई सुनाएका थिए ।
तर प्रचण्डको सचिवालय स्रोतका अनुसार पार्टी निर्णय उल्लंघन गरिरहने अनि मिलेर जानुको विकल्प छैन भन्ने सन्देश पठाइरहने प्रवृत्तिले आफूहरुलाई एक नबनाउने ज्ञवालीमार्फत ओलीलाई सन्देश पठाएका छन्। ओलीले यसअघि बिहीबार आफ्ना अर्का विश्वासपात्र एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएका थिए। पोखरेलको सन्देश पनि ज्ञवालीको भन्दा फरक थिएन।
त्यसअघि ओलीले बुधबार नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङलाई खुमलटार पठाएका थिए। मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद, गोयलको नेपाल आगमन प्रकरणलगायतका कारण ओली र प्रचण्डबीच यही कार्तिक ४ गतेदेखि प्रत्यक्ष संवाद भएको छैन।
ओलीले फोनमार्फत छलफलका लागि पटकपटक बालुवाटार बोलाए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ। यसैबीच पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब दुई अध्यक्ष ओली र प्रचण्डले भेटेर वा उनीहरु एक्लाएक्लै छलफल गरेर मात्रै समस्या समाधान नहुने स्थितिमा नेकपा पुगेको बताएका छन्। | 2022/01/25 08:55:49 | https://www.kalakhabar.com/2020/10/11388 | mC4 |
महासंघको मतदान सुरु, तीन क्षेत्रको तीन स्थानमा – ThePressNepal
महासंघको मतदान सुरु, तीन क्षेत्रको तीन स्थानमा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको लागि ८ बजे बाट मतदान सुरु भएको छ । चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले जनाएका छन् ।
कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ । मत गणना शनिबार राती सम्पन्न गर्ने गरी उनले बताए ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भए अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै हुनुहुन्छ । बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानल सहित उत्रिएका छन् । यस्तै वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा छन् । जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् । भने एसोसिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र शौरभ ज्योति प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् । महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । भने एक हजार एक सय १६ जना मतदाता रहेका छन् । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले दुई सदस्य निर्विरोध भएको घोषणा गरिसकेको छ । | 2022/01/23 09:54:08 | https://thepressnepal.com/2020/11/28/3503/ | mC4 |
durga-nath-sharma | www.technosales.com.np
देशमा भईरहेको शान्ती सुरक्षाको यस्तो कमजोर अवस्था अझै भनौ देशमा शान्ति सुरक्षा छदै छैन भनेपनि हुन्छ । जसले आएर जे गरेपनि हुन्छ । त्यसकारण सरकारले कम्युनिटिलाई सहयोग गरेर तपा"इहरुको जस्तो प्रविधि देशको प्रत्येक कम्युनिटिमा राखेमा अत्यन्त प्रभावकारी हुने देखिन्छ यो कुरा हाम्रो कम्युनिटिमा यो प्रविधि राखिसके पछि म पूर्ण विश्वासका साथ भन्न सक्छु । उदाहरणको लागी यो प्रविधि राख्नु पूर्व एक रात दुई–तिन बजे दुईवटा मोटर सँइकलमा चारजना चोर आए र एक घरमा चोरी गर्न थाले सगै रहेको अर्का घरका समुदायका सदस्यहरु आनो कोठाको बत्ति सहित निभाएर पर्दाको आडलागी त्यो चारी गरेको दृष्य हेर्नु सिवाय केही भएन । तर जब हामीले टेक्नोलोजि सेल्सको यो प्रविधिको बारेमा जानाकारी पायौ र तुरुन्त समुदायको मान्छेलाई समेटि हाम्रो समुदायमा यो प्रविधि राख्यौ त्यसपछि त्यस्ता किसिमका घटना आजसम्म घटेको छैन । त्यस्ता किसिमका घटना बाहेक कुनै बेला हामीलाई समुदायमा छलफल गर्न परेमा घरघरमा गएर बोलाइ रहनु परेन साइरन बजाउने वित्तिकै समुदायका प्रत्येक घरबाट एक जना सदस्य साइरन बजाउनेको घरमा उपलब्ध हुन्छन् जसले गर्दा समुदायका कुराहरुमा निर्णय लिन सहज भएको छ । अझ हामिले के भनेका छौ भने यो साइरन बज्ने बित्तिकै चाहे राती होस् वा दिऊ"सो, समुदायका प्रत्येक घर बाट एक जना अनिवार्य साइरन बजाउनेको घरमा उपस्थित हुनु पर्नेछ । | 2019/01/20 12:58:11 | http://www.technosales.com.np/content/detail/757.html | mC4 |
सीडीओ भन्छन्- 'लकडाउन हुँदैन, हल्लाको पछि नलागौं' – Patrika Nepal
सीडीओ भन्छन्- 'लकडाउन हुँदैन, हल्लाको पछि नलागौं'
पुष २७, २०७८ मंगलबार 37
काठमाडौं- उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले लकडाउन हुने हल्लाको पछाडि नलाग्न नागरिकहरुलाई आग्रह गरेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै जिल्लाका सीडिओहरुको बैठक नबसेको र तत्कालै कुनै लकडाउन घोषणा गर्ने तयारी नरहेको बताएका हुन्।
संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा लकडाउन हुने हल्ला व्यापक रुपमा फैलिएको छ। आइतबार थप ११ सय ६७ जनामा संक्रमण पुष्टि भएको छसंक्रमणका कारण २ जनाले ज्या'न पनि गु'माएका छन्। दैनिक रुपमा संक्रमित हुने ग्राफ उकालो लागेसँगै पुन: लकडाउन हुने हो कि भन्ने हल्ला चलेको छ।
त्यसैका लागि काठमाडौं उपत्यकका तीन जिल्लाका प्रमुखहरुको बैठक बस्ने हल्लासमेत चलेको थियो। 'हालसम्म यस्तो कुनै बैठक बसेका छैनौं र लकडाउन गर्ने तयारी समेत छैन,' उपाध्यायले भने।
यता, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आइतबार आन्तरिक बैठक बसेको र जिल्लाभरका विद्यालयमा खोप अभियान तीव्र पार्ने निर्णय गरेको जानकारी दिए। उनले पनि हालसम्म कुनै लकडाउन वा निषेधाज्ञा घोषणा गर्ने तयारी नरहेको स्पष्ट पारे।
लकडाउन वा अन्य निर्णय गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्नुपर्ने हुन्छ। उक्त बैठक हालसम्म बसेको कुनै जानकारी छैन। त्यसैले हामीले लकडाउन गर्ने तयारी पनि गरेका छैनौं,' उनले भने।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पनि हालसम्म लकडाउनको कुनै कार्यक्रम नरहेको बताए। लकडाउन वा निषेधाज्ञाको निर्णय सीसीएमसीको र उपत्यकाका तीन जिल्लाका सीडिओको बैठकपछि मात्र हुने उनले बताए।खोप कार्ड नहुनेहरुले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने
त्यस्तै बैठकले विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
त्यस्तै माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो ।
Prevमाताले झारफुकमा मारेकी १४ वर्षीया बालिकाको टाउको, ढाड, नितम्बमा त्रिशूलका प्वाल
Nextपुष २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
शिक्षक र विद्यार्थीलाई कोरोना देखिएपछि विद्यालय बन्द
अमेरिका जान भनी हिँडेका छोरा बाटो मै म'रे'पछि घरमा रु'वा'बासी(भिडियो हेर्नुहोस्)
भर्खरै काजलसँग बिबाह गरेका छत्र अस्मिता डल्लाकोटिले साथ दिय छत्रले काजललाई छोड्ने, इन्द्रेणीमा पर्यो आजसम्मकै धमाका (हेर्नुहोस भिडियो)
'द भ्वाईस किड्स'की टेरेशा बिश्वकर्माको परिवारको रुवाबासी । बुवालाई यस्तो भयो, आमा धरधरी रोईन, टेरेशाले बिन्ती गरिन (भिडियो हेर्नुस) | 2022/01/22 23:34:07 | https://patrikanepal.com/archives/4266 | mC4 |
नेपाल–भारत उडान सञ्चालन हुने « रिपोर्टर्स नेपाल
काठमाडौँ, १६ मङ्सिर: कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने राससलाई जानकारी दिए ।
उनले भने,"उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक 'रेस्पन्स' पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।" सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ ।
कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको 'एयर बबल मोडल' लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।
अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन निकायसँग उडानसम्बन्धी मापदण्ड बनाएपछि उडान हुने जनाइएको छ । प्राधिकरणका अनुसार अहिले नेपालबाट भारतसहित बङ्गलादेश, भुटान र थाइल्याण्डमा उडान रोकिएको छ । अन्य गन्तव्यमा उडान भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय उडान घट्यो
भदौ १६ देखि नियमित रुपमा शुरु भएको अन्तर्राष्ट्रिय उडान शुरुताका दैनिक २० देखि २५ वटासम्म उडान भए पनि अहिले मुश्किलले करिब २० वटा मात्र उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडान बढ्नुको साटो क्रमशः घट्दै गएको बताउनुभयो । उहाँका अनुसार अहिले अन्तर्राष्ट्रियतर्फ दैनिक २० वटासम्म मात्रै उडान हुने गरेको छ । यो आगमन र प्रस्थान दुबै गरेर हो । यो सङ्ख्यामा पनि अहिले केही घटेको छ । भदौको दोस्रो साताबाट खुलेको नियमित अन्तर्राष्ट्रिय उडानमा खाडी मुलुकबाट एयरलाइन्सले दैनिक दुई वटा उडान गर्ने गरेकामा अहिले दैनिक एउटा उडान गर्छन् । यता नेपालबाट जापानको नारिताको उडान पनि अहिले अवरुद्ध भएको छ । हङ्कङको पटक–पटक अवरुद्ध भएको उडान अहिले सञ्चालनमा छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यावसायिक हिसाबले राम्रो गन्तव्य रहेको हङ्कङमा केही यात्रुको पिसिआर रिपोर्ट त्यहाँको परीक्षणमा पुनः पोजेटिभ देखिए पनि नेपाल एयरलाइन्सलाई तीन पटकसम्म उडान रोकेको थियो ।
त्यस्तै पछिल्लो पटक जापानमा पनि केही यात्रुमा पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएपछि जापानको उडान नियामक निकायले नेपाल एयरलाइन्सलाई सचेतपत्र पठाएको थियो ।
आन्तरिकमा उत्साहवद्र्धक उडान
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान भने उत्साहवद्र्धक रहेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले ८५ देखि ९० प्रतिशत उडान अकुपेन्सी रहेको छ । ठूला एयरलाइन्स बुद्ध, यती र श्री एयरलाइन्सको उडान अकुपेन्सी झण्डै ९० प्रतिशत रहेको सम्बन्धित कम्पनीले जनाएका छन् । बुद्धले मात्र अहिले दैनिक चार हजार ८०० सम्म यात्रु बोक्ने गरेको छ । जबकी बुद्धले सामान्य अवस्थामा दैनिक पाँच हजार ५५५ देखि ६ हजारसम्म यात्रु बोक्ने गरेको थियो । उक्त कम्पनीले अहिले दैनिक दुईतर्फी ८२ उडान गरिरहेको छ । यती एयरलाइन्स र श्री एयरलाइन्सको गन्तव्य अनुसार उडान अकुपेन्सी राम्रो रहेको जनाइएको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।-रासस/File Photo
काठमाडौँ, ९ माघ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १
एल्बम छायाङ्कनको तयारी गर्दैछु
नाम : प्रेमनाथ अधिकारी जन्मस्थान : तेह्रथुम तम्फुला पिताः पद्मलाल अधिकारी माताः गोमा रिमाल अधिकारी
काठमाडौँ, ९ माघ: प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट
सिमकोट, ९ माघ: मर्मतका लागि हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो
पर्वत, ९ माघ: नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको
हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमितमुक्त
सिमकोट, ९ माघ: हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम
सर्लाही, माघ ९ । जिल्लाको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी
मकवानपुर, ९ माघ: वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने
प्रताप र सम्झनाको गीत 'माया कति सम्झनि' गीतमा पल र मोनिकाको अभिनय (भिडिओसहित)
भारतमा उत्पादित कोभिशिल्ड र कोभ्याक्सिन क–कसले प्रयोग गर्न नहुने
एजेन्सी, ९ माघ। कोरोना भाइरसविरुद्वको भारतीय कम्पनी सेरम इन्सटिच्युटको काभिसिल्ड र भारत बायोटेकद्वारा निर्माण भएको | 2021/01/22 12:09:22 | https://www.reportersnepal.com/2020/12/494717 | mC4 |
कोरोनाबाट बच्न सबैले नियम पालना गरौँ, कारबाही गर्नुपर्ने अवस्थामा जान नपरोेस् | Ujyaalo Online:: Nepal News, Nepali Samachaar
कोरोनाबाट बच्न सबैले नियम पालना गरौँ, कारबाही गर्नुपर्ने अवस्थामा जान नपरोेस्
बैशाख १०, २०७८ शुक्रबार १५:४१:८ | जनकराज दाहाल
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ३० बुँदे आदेश जारी गरेको छ ।
गएको सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो । आदेशमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ गर्ने, भीडभाड हुने कार्यक्रममा सहभागी हुन नदिने, आवश्यक सुरक्षा सतर्कता अवलम्बन गर्ने लगायतका विषयहरु समावेश गरिएका छन् ।
यो आदेश जारी गर्नुको कारण हामी सबै बचौँ, कोरोना हाम्रो सामूहिक सत्रु हो, त्यसैले यसलाई परास्त गर्नुपर्छ भन्ने हो । त्यसका लागि प्रत्येक व्यक्तिले इमान्दार भएर सरकारले दिएका आदेश, निर्देशन र अनुरोधलाई पालना गर्ने कुरालाई तदारुकता देखाउनुपर्छ ।
३० बुँदे आदेशलाई ७७ वटै जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कोभिड १९ व्यवस्थापन समितिले कार्यान्वयनका लागि सहयोग पुर्याउँछ । स्वास्थ्य मन्त्रालयको टिम, पालिकाका प्रतिनिधिहरुको पनि त्यसमा संलग्नता रहन्छ ।
उहाँहरु सबैको सामूहिक प्रयासबाट ३० बुँदे आदेशलाई कार्यान्वयनका लागि पहल गरिन्छ । त्योसँगै गृह मन्त्रालयले पनि सरकारले आदेश दिएअनुसार काम भए, नभएकाबारे अनुगमन पनि गर्दै आएको छ । अनुगमनको क्रममा स्थानीयस्तरमा रहेका आमा समूह, स्थानीय युवा समूह, आवश्यकता र प्राथमिकताको आधारमा टोली बनाएर परिचालन गर्ने काम भइरहेको छ ।
स्रोत साधनले नभ्याउने अवस्था आउनै नदिउँ
दोस्रो चरणको कोरोना भाइरस पहिलो चरणको तुलनामा खतरनाक रहेको विज्ञहरुले बताउँदै आएका छन् । समयमै नियन्त्रण गर्न सकेनौँ भने अवस्था भयावह पनि बन्न सक्छ । स्रोत साधनले नभ्याउने अवस्था आउन सक्छ । त्यसलै कोरोना नियन्त्रणका लागि प्रत्येक व्यक्तिले इमान्दारितापूर्वक स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ । सरकारले पनि त्यसलाई पालना गर्न आग्रह गर्दैै आएको छ ।
मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न, पटकपटक साबुनपानीले हात धुन र भीडभाड नगरौँ है भनेर एक वर्ष अगाडिदेखि भन्दै आएको कुरा हो । त्यसैले निरन्तर भनिरहनुपर्ने आवश्यकता छैन । एक वर्ष अगाडिदेखि यी कुरामा अभ्यस्त हुँदै आएकाले मानिसहरुले यी कुराहरु बुझिसकेका छन् । मात्र इमान्दार भएर लागू गर्नुपर्ने हुन्छ ।
तपाईँ हाम्रै कारणले अवस्था भयावह हुन सक्ने भएकाले सुरक्षा सावधानी अपनाउनुपर्ने आवश्यकता देखिन्छ । सुरक्षा सावधानी इमान्दारीपूर्वक गर्न सकिएन भने कोरोना सङ्क्रमणले अवस्था चिन्ताजनक बन्न पनि सक्छ । भनेको नटेर्ने अवस्था आएमा कारबाही पनि गर्नुपर्छ । त्यो अधिकार सरकारलाई छ ।
तर कारबाही गर्नुभन्दा सबैले इमान्दारीपूर्वक सुरक्षा सावधानी अपनाउनु सबैभन्दा उत्तम उपाय हो । सरकार, कानुन र प्रशासनको आँखा छलेर हामीले सुरक्षा सावधानी अपनाएनौँ भने अवस्था भयावह बन्न सक्छ । हाम्रो ज्यानैसमेत जान सक्छ । आफ्नो गल्तीले परिवार र समाजमा थप कोरोना फैलिने जोखिम हुन सक्छ । कोरोना हाम्रो सत्रु हो ।
सत्रुबाट बच्ने सबैभन्दा उत्तम उपाय सरकारले पालना गर्न भनेका कुराहरुलाई, नियमलाई मान्नु नै हो । सरकारले गरेको आदेश र नियमलाई परिपालना गर्ने कुरामा हामी चुक्नु हुँदैन । त्यसमा हामी प्रतिबद्ध भएर लाग्नुपर्ने हुन्छ ।
कोरोना भाइरस सङ्क्रमणकैबीच नेपालमा विभिन्न खालका सभा, सम्मेलन र जुलुस नदेखिएका पनि होइनन् । अबका दिनमा यस्ता खालका क्रियाकलाप भएमा सरकार कारबाही गर्न तयार छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गर्ने निर्णय पनि चरणबद्ध रुपमा गर्दै जाने हो ।
चरणबद्ध रुपमा अरु खालका निर्णयहरु पनि हुन सक्छन् । एकजनाको बेवास्ताले गर्दा दोस्रो व्यक्तिमा कोरोना सर्न सक्छ । दोस्रोबाट तेस्रो तेस्रो, चौथो हुँदै आवस्था भयावह पनि बन्न सक्छ ।
मानिस थुनेर मात्र समस्याको समाधान हुँदैन
पछिल्लो तथ्याङ्क हेर्दा अवस्था चिन्ताजनक देखिएको छ । पहिला जेष्ठ नागरिक र दीर्घरोगीमा धेरै सङ्क्रमण देखिएकामा अहिले बालबालिका पनि जोखिममा भएका तथ्याङ्कहरु सार्वजनिक भएका छन् । यस्तो भयावह अवस्थाबाट हामी सबैजना बच्नु पर्छ नै ।
यसले नियम पालना गर्यो, उसले गरेन भन्नुभन्दा सबै सचेत हुनुपर्छ । यो हामी सबैको दायित्व हो । एक्कासी निर्णय भनेकाले मानिसहरुमा अभ्यासमा समस्या देखिएकाले जात्रा, विवाह र व्रतबन्ध मानिसको भीडभाड भएको होला । तर अब बिस्तारै त्यसमा अभ्यस्त हुँदै जानुपर्छ । त्यसमा निरन्तर लागि पर्नुपर्छ ।
आग्रह गर्दागर्दै कसैले नियम पालना नगरेमा कारबाही गर्नतर्फ लाग्नु नै पर्छ । तर कारबाही गरेर, मानिसलाई थुनेर मात्र समस्याको समाधान हुने होइन । स्व-नियन्त्रण नै उत्तम नियन्त्रण हो । तपाईं नियन्त्रण हुनुहोस् भनेर मानिसलाई भन्नै नपरे झनै राम्रो ।
अबको समय एकदमै चुनौतीपूर्ण बन्दै गएको छ । मान्छे बिरामी भएर अस्पतालमा शैया नपाउनु भनेको पछिको कुरा हो । त्यो अवस्थासम्म पुग्न नदिनका लागि नै सावधानी अपनाउनुपर्छ । जीवनशैली बदल्नेतर्फ हाम्रो ध्यान केन्द्रीत हुन आवश्यक छ । एकातर्फ नियम पालना गर्नुपर्ने कुराहरु छन् भने अर्कोतर्फ इमान्दार हुनुपर्ने कुराहरु छन् । त्यसैले प्रत्येक व्यक्तिले अहिलेदेखि नै सजगता अपनाउनुपर्ने हुन्छ ।
हाम्रो संरचना सानो खालको छ । स्रोत साधनको कमी छ । भोलि व्यवस्थापनमा चुनौती खेप्नुभन्दा अहिलेदेखि नै सावधानी अपनाउनुपर्छ । रमाइलो त पछि गर्दा पनि हुन्छ । चुनौती नहोस् भनेर सरकार एकदमै चनाखो भएको छ । अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ । तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नागरिक नै सचेत हुनु जरुरी हुन्छ ।
(गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालसँग उज्यालाे सहकर्मी जानुका दुवाडीले गरेकाे कुराकानीमा आधारित ) | 2021/06/19 08:47:40 | https://unn.prixa.net/story/51927/2021/4/23/corona-virus-janak-raj-dahal | mC4 |
तेरियालाई छैन मुड - मनोरञ्जन समाचार - प्रकाशितः जेष्ठ १६, २०७६ - साप्ताहिक
नृत्यांगना तेरिया मगर अघिल्लो साता काठमाडौंमा झुल्किइन् । उनी चलचित्र वीर वित्रम–२ को प्रिमियर शोमा सहभागिता जनाउन काठमाडौंकी आएकी थिइन् । नृत्यमा आधारित केही भारतीय रियालिटी शोहरूमा सहभागिता जनाएर लोकप्रिय कमाएकी तेरिया पछिल्लो समय स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त छिन् । नृत्यमा पारंगत तेरिया टिकटकमा समेत उक्तिकै सत्रिय छिन् ।
वयस्क हुँदै गएपछि उनको सुन्दरताले समेत चर्चा पाउन थालेको छ । नृत्यमा अब्बल हुनुका साथै सुन्दरताका कारण तेरियालाई नेपाली चलचित्रबाट अभिनयको प्रस्ताव समेत गर्न थालिएको छ । त्यसो त उनीसँग बलिउड अभिनेता ऋतिक रोशनले समेत काम गर्ने इच्छा व्यक्त गरिसकेका छन् । तेरियाले भने अहिले नै चलचित्रमा आउने मुड बनाइ नसकेको प्रतिक्रिया दिएकी छिन् ।
आफूलाई धेरै चलचित्रबाट प्रस्ताव आए पनि अभिनयका लागि तयार भैनसकेको उनको भनाइ छ । अघिल्लो बुधबार प्रिमियर शोमा सहभागिता जनाउने क्रममा तेरियाले अहिले नै चलचित्रमा आउने सम्भावना नरहेको स्पष्ट पारिन् । तेरियाले अहिले आफ्नो सम्पूर्ण ध्यान अध्ययनमा केन्द्रित रहेको बताएकी छिन् । | 2019/07/22 11:44:52 | http://saptahik.ekantipur.com/news/2019-05-30/20190530095253.html | mC4 |
सांसदद्धारा विस्थापित शिक्षक ब्यवस्थापनको माग | EduKhabar
काठमाडौं - माओवादी द्धन्द्धका बेला पेशाबाट विस्थापित शिक्षकको ब्यवस्थापन गर्न सांसदले माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गोरखा क्षेत्र नम्बर १ का सांसद हरीराज अधिकारीले उक्त माग गरेका हुन् ।
'२ सय २३ जना शिक्षक शिक्षिकालाई सरकारले विभिन्न ब्यवस्था गर्नु पर्ने निश्चित गरेको थियो' बैठकमा उनले भने 'न्यायधिसको नेतृत्वमा बनेको आयोग र शिक्षा मन्त्रालयले गरेको निर्णयलाई यो सरकारले तुरुन्त कारवाहि गरेर २ सय २३ जनाको ब्यवस्था गरोस् ।'
राजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाईएका शिक्षकको बारेमा छानविन गर्न सरकारले २०७३ मंसिरमा पुनरावेदन अदालतका पूर्व न्यायाधिस गोविन्द पराजुलीको अध्यक्षतामा समिति गठन गरेको थियो ।
माओवादी द्धन्द्धको अवधिमा जागिरबाट निष्काशित शिक्षकले पुर्नवहालीको माग गर्दै आएका छन् । आफू द्धन्द्ध पिडीत शिक्षक भएको भन्दै मन्त्रालयमा ७ सय ५० जनाले निवेदन दिएका थिए । यी मध्ये २ सय देखि ३ सयको हाराहारीमा मात्रै खास द्धन्द्ध पिडीत शिक्षक रहेको मन्त्रालयको अनुमान थियो ।
उक्त समितिले माओवादी द्धन्द्ध शुरु भएको मिति २०५२ साल फागुन १ गते देखि बृहत शान्ति सम्झौता भएको मिति २०६३ साल मंसीर ५ गते सम्मको अवधिमा सेवाबाट हटाईएका शिक्षक तथा कर्मचारीको विषयमा छानविन गरी प्रतिवेदन बुझाए पनि कारवाही भएको छैन ।
शिक्षा ऐनको आठौं संशोधनको बुँदा १६ छ को ३ मा जाँचबुझ समिति गठनको ब्यवस्था गरिएको छ । मुलुक भित्र कायम रहेको द्धन्द्ध तथा सो समयमा भएका आन्दोलनको कारणबाट सेवाबाट हटाईएका शिक्षक तथा कर्मचारीको विषयमा छानविन गरी सरकारलाई सुझाव पेश गर्न एक पटकका लागि समिति गठन गर्ने ऐनमा ब्यवस्था छ । | 2019/06/27 06:13:30 | https://www.edukhabar.com/news/12378 | mC4 |
यसकारण हामीले यो भाइरसको संक्रमणबाट बच्नको लागि हामी व्यक्तिगत रुपमै तयारी थाल्नुपर्छ । देशविदेशबाट घर फर्किरहेकाहरुलाई सरसफाई तथा सेल्फ क्वारेन्टाइनमा बस्नु अनिवार्य छ । क्षणिक माया दर्शाउने भावमा परिवारमा नै सबैभन्दा पहिले रोग स¥यो भने अवस्था के हुन्छ । त्यसबाट बेलैमा सचेत हुनुपर्दछ । हामीले गर्ने भनेको यो भाइरसलाई हाम्रो शरीरमा प्रवेश गर्न नै नदिनु हो । त्यसको लागि सकेसम्म अत्यावश्यक काम बाहेक भिडभाडमा नजाने, भिडभाडमा जादा मास्क लगाउने, एक आपसमा कुरा गर्दा नजिक भएर कुरा नगर्ने गरेमा यो भाइरसको संक्रमण जोखिम कम गर्न सकिन्छ । यसकारण पछि पछुताउनु भन्दा सहि समयमै सहि निर्णय गरेर यो महामारीको प्रकोपबाट आपूm बाँचौ र अरुलाई पनि बचाऔं ।
काठमाडौंः काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । | 2021-02-27T12:17:17Z | https://www.khabarhub.com/2021/22/237642/ | OSCAR-2109 |
असुरक्षित मनोविज्ञानमा पिल्सिँदै केपी ओली – देशसञ्चार
हालै संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायोगबाट एक किसिमको स्पष्टीकरण माग गरिएको छ केपी ओली सरकारसँग, खासगरी संक्रमणकालीन न्याय सम्बन्धमा। सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगहरुको गठनमा झण्डै सात वर्षको ढिलाइ र गठन भइसकेपछि पनि उनीहरुको अधिकारबारे कानुनी अस्पष्टताकै बीच दुई आयोगको मृत्यु र नयाँ आयोग गठनको तयारीमा सत्ताधारी दलले गर्न खोजेको हस्तक्षेप प्रयासकै बीच सरकारलाई राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्चायोगबाट त्यस्तो पत्र प्राप्त भएको हो।
सरकार त्यो पत्रको अध्ययनपछि उचित जवाफ दिने तयारीमा छ। तर, उसको नियत मुलुकभित्र र बाहिर सन्देहको घेरामा छ बुझिने गरी। माओवादी सशस्त्र विद्रोहका बेला भएका मानव अधिकार सम्बन्धी बाध्यात्मक छानबिनबाट पन्छिन मात्र खोजेको छैन ओली सरकार, ओलीका बोलीलाई नै कानुन र संविधानको जामा ओढाउन सत्ताका संयन्त्रहरु प्रयासरत रहेको स्पष्ट संकेत देखा परेका छन्। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट त्यसको प्रतिरोधका लक्षणहरु पनि देखा पर्न थालेका छन्। राष्ट्रिय मानव अधिकार आयोगलाई घुमाउरो पाराले महान्यायाधिवक्ताको कार्यालय अन्तर्गत ल्याउने ओलीको प्रयासले यो प्रकरणबाट उनी त्रस्त भएको देखाउँछ।
नेपालको शान्ति प्रकृयामा राष्ट्रसंघीय मानव अधिकार उच्चायोगको विशेष प्रतिनिधि रहेका इयान मार्टिनले पछि नेतृत्व गरेको राष्ट्रसंघीय विशेष कार्यालय (अनमिन) को कार्यशैली शान्ति प्रकृयालाई सहयोग पुर्याउन भन्दा नेपालको आन्तरिक राजनीतिका एजेन्डा 'परिभाषित' र प्रभावित गर्नमा बढी केन्द्रित रह्यो। खासगरी 'विद्रोही' माओवादीसँग मिलेर 'छापामारहरु' को संख्या झण्डै ६ सय प्रतिशत बढी देखाई नेपाली सेना र पूर्व राजसंस्थालाई कमजोर देखाउन, श्याम सरणसँग अघोषित सहकार्य गरी नेपाली जनताको संलग्नताबिना नै गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जस्ता राजनीतिक मुद्दा उचाल्न उनले खेलेको भूमिकाको असर अहिले नेपालले भोग्दैछ। वास्तवमा नेपालमा मात्र हैन, त्यसअघि बंगलादेशमा 'चकमा' प्रकरणमा समेत मार्टिनले द्वन्द्वको एउटा पक्षसँग अपारदर्शी निकटता देखाएको आरोप उनकै एक पूर्वसहकर्मीले लगाएका थिए।
नेपालमा त्यसबेला 'विद्रोही' शक्तिसँग मितेरी लगाउने क्रममा नै उनले 'बाल सेना' र उनकै निगरानीमा रहेको 'क्यान्टोनमेन्ट' भित्र भएको व्यापारी रामहरि श्रेष्ठको यातना र हत्याबारे पर्दा हालेका थिए। इयान मार्टिन अहिले शान्ति प्रकृयाको अतीत बनिसके पनि उनले नै नेपालमा प्रतिनिधित्व गरेको राष्ट्रसंघ कार्यालयले नेपालसँग संक्रमणकालीन न्यायबारे स्पष्टीकरण मागेको छ र राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल समेत सदस्य रहेको वर्तमान परिवेशमा सम्भवतः नेपालले यसलाई वेवास्ता गर्न मिल्ने छैन। प्रधानमन्त्री केपी ओलीले कुनै 'उखान टुक्का' बाटै यो विषयलाई अवमूल्यन गर्ने प्रयास गरेका छैनन् अहिलेसम्म। तर, हिजो इयान मार्टिन र विदेशी दातृ निकायहरुसँग अत्यन्त नजिक भई काम गरेका व्यक्तिलाई राष्ट्रको उपल्लो तहमा जागिर दिएर पनि अन्तर्राष्ट्रिय चासोलाई सधैं आफ्नै पक्षमा 'म्यानेज' गर्न सम्भव रहेनछ भन्ने प्रारम्भिक ज्ञान सम्भवतः प्रधानमन्त्रीलाई भइसकेको छ। सत्ताका लागि बालकृष्ण ढुंगेललाई 'माफी' दिएर ओलीले प्रस्तुत गरेको एउटा दृष्टान्तले संक्रमणकालीन न्यायप्रति उनको धारणा बुझ्न अन्तर्राष्ट्रिय जगतलाई कठिन नहोला। सोमबार पार्टीका जिल्ला अध्यक्षको सूचीमा चितवनका बाँदरमुढे काण्डका अभियुक्त यमबहादुर परियारको नाम आएपछि ढुंगेल प्रकरण एक्लो अपवाद थिएन भन्ने सन्देश गएको छ। जवाफ प्रचण्डले हैन ओलीले दिनु पर्नेछ। यी अपराधहरुबारे स्पष्टीकरण दिनुको साटो अहिले ओली 'आक्रामक हुनु नै सबभन्दा सबल बचाउ हो' भन्ने मान्यतामा अघि बढेका छन्। तर त्यो सधैं सफल हुँदैन।
२०६३ को आन्दोलनलाई सत्ता परिवर्तनको सिँढीका रुपमा मात्र हेरी र शान्ति प्रकृया तथा संक्रमणकालीन न्यायलाई बेवास्ता गरेर ओली टिक्न सक्तैनन् सत्तामा। माओवादीसँगको एकताको घोषणासँगै चुनाव लडेर विजयी भएका ओलीले आफूले संक्रमणकालीन न्यायको पक्षमा आवाज उठ्ने बुझेर नै 'सर्वसत्तावाद' को सहारा लिएको देखिन्छ। अहिले एकपछि अर्को घटना र उदाहरणले यसलाई पुष्टि गरेको छ।
राज्यका हरेक संवेदनशील सूचनाहरुमाथि प्रधानमन्त्रीको पहुँच र पहिलो अधिकार रहन्छ, तर असुरक्षित मनोभावनाका साथ दुई तिहाइका प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान आयोगलाई मात्र गृह मन्त्रालयबाट आफू अन्तर्गत ल्याएनन्, उनले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको निगरानी जस्ता विषय पनि आफै मातहत ल्याए। सुनकाण्ड हरायो र निर्मला हत्याकाण्डको छानबिन कसको निर्देशनमा या चाहनामा निर्दिष्ट गन्तव्य सम्म पुग्न सकेन? मुलुकमा अनेक अड्कलबाजी भइरहेका छन् यसबारे।
सोमबार (वैशाख ९) नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा एउटा ऐतिहासिक क्षण थियो। त्यसलाई मनाउन सत्ताधारी पार्टीद्वारा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको समारोहका भित्तामा पार्टीको जन्म र अहिलेसम्मको इतिहास प्रस्तुत गरिएको थियो। त्यसमा जीवित नेताहरुमा ओली र प्रचण्डका मात्र तस्बिरहरु थिए। झलनाथ खनाल, माधव नेपाल, मैनालीहरु गायब थिए। मञ्चको अग्रपंक्तिमा राखिएका सामान्य कुर्सीका केन्द्रमा अरुभन्दा केही अग्ला र महँगा सोफा थिए दुई नेताका लागि मात्र। अर्थात त्यहाँ शासक दुईको एउटा वर्ग र अरु ठूला नेताहरुको 'होचो' वर्ग सहजै छुटिन्थ्यो। माधव नेपालले सम्भवतः सबैले बुझिने गरी त्यो प्रवृतिको बहिस्कार गरे र त्यहाँबाट हिँडे। तर पार्टीभित्र अधिकांश यो 'वर्गीकरण' को विरुद्ध छन्। त्यही अवसरमा जारी गरिएको जिल्ला इन्चार्जहरुको सूचीमा पूर्वमाओवादी र एमालेबीच ३३/४४ को हिसाबले अंशबण्डा सुनाइयो।
एमालेका ७७ (अध्यक्ष र सचिवमा) मध्ये ओलीको भागमा ३९ र माधव नेपालको भागमा ३८ परेका छन्। अर्थात यदि पार्टीको संगठनमा माधव नेपाल ओली समान नै हैसियत राख्छन् भने उनलाई अनि वरिष्ठ नेतालाई 'सोफा' बाट वञ्चित गरेर दुई अध्यक्षले कार्यकर्ताहरुलाई कस्तो आदर्श जीवनशैलीको उदाहरण प्रस्तुत गर्न खोजेका हुन् त? के अब जिल्लामा पार्टी अध्यक्ष र सचिवको आसन पनि अरुको भन्दा फरक होला पार्टीमा? यो शासकीय चरित्र, सत्ताको सर्वोच्च तहको मुलुकको विकास बारेको दाबी र उल्टो यथार्थ अनि भ्रष्टाचार को नग्न शासन एकातिर अनि आलोचनाप्रति सरकारको असहिष्णुताले अर्कै सन्देश गइरहेको छ मुलुकमा।
संविधानको मात्र हैन, पार्टी एकता र संक्रमणकालीन न्यायको व्याख्या र कार्यान्वयन आफै अनुकूल गर्छु र ज्योतिषहरुले अब उप्रान्त भविष्यवाणी पनि ओलीले चाहे जस्तै रुपमा गर्नुपर्छ भन्ने मान्यताले प्रधानमन्त्री स्वयंलाई हतास, निरास र असफल तुल्याउने छ।
बुटवलको एउटा सार्वजनिक कार्यक्रममा एक व्यक्तिले कालो झण्डा उठाएर सांकेतिक विरोध गरे प्रधानमन्त्रीको। अनि उनैले प्रहरीलाई आदेश दिए, ती प्रदर्शनकारीलाई गिरफ्तार गर्न। उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइँदै छ अहिले। पार्टीमा अलग 'वर्ग' मा आसिन प्रधानमन्त्रीप्रति अहिले प्रेस पनि आशंकित छ। फौजदारी संहितामा प्रेसलाई अर्थात वाक तथा प्रकाशन स्वतन्त्रतालाई कुष्ठित गर्न अनेकौँ धारा, उपधारा र नियत घुसाइएको वर्तमान परिस्थितिमा 'साइबर' कानुनको दुरुपयोग त्यही रुपमा भइरहेको उदाहरण पनि देखापर्न थालेका छन्।
ओली पहिलो पल्ट प्रधानमन्त्री हुनुपूर्व त्यसबारे भविष्यवाणी गरेका 'बाल ज्ञानी' आदित्यको चमत्कारले प्रभावित ओली यता आएर ज्योतिषहरु विरुद्ध खनिन थालेका छन्। 'दक्षिणा' को लोभमा राजतन्त्र फर्कने भविष्यवाणी नगर्न ज्योतिषहरुलाई र त्यस्तो कदममा सहयोगी नबन्न उनले प्रतिस्पर्धी नेपाली कांग्रेसलाई चेतावनी पनि दिएका छन्।
ओलीले संसदमा दुईतिहाइको बहुमत पाउँदा उनले या उनको सरकारले असल चरित्र, साहस र 'भिजन' बाट भ्रष्टाचार न्यून गर्ने, दण्डहीनताको संस्कृति समाप्त गर्ने, वृहत शान्ति सम्झौता अनुरुप संक्रमणकालीन न्याय सुनिश्चित गर्ने र प्रजातान्त्रिक शैलीमा अर्थात सत्ताको अति केन्द्रीकृत हैन, विकेन्द्रीकृत स्वरुपबाट मुलुकको विकास गर्ने आशा मुलुकमा पलाएको थियो। सुनिश्चित वर्तमानले भविष्यको सुनिश्चितताको गोरेटो बनाउँछ। उखान टुक्का र सर्वसत्तावादका चरित्र प्रदर्शनले मुलुकको भविष्यमा विद्रोह जन्माउँछ। मुलुकको स्वतन्त्र सार्वभौम हैसियत र विकासका लागि जनता संगठित रुपमा सत्ताको विरोधमा उत्रिने सम्भावनालाई अब ओलीले गम्भीर रुपमा लिनु आवश्यक छ। सत्ताबाट विवेकको दृष्टिमा ग्रहण लागेमा सत्तासीनहरु इतिहासले सिकाएका या भोगेका नजिरहरुप्रति उदासीन रहन्छन्। ओलीको वाणी र व्यवहार कतै त्यतातिर बढिरहेका त छैनन्? आफ्नो काँधमा आएको वर्तमानको चुनौती पूरा गर्न नसक्ने नेताले भविष्यबारे कुनै सपना बाँड्नुको अर्थ रहँदैन। किनकि भविष्य उसको हातमा रहँदैन।
माधव नेपालबाट कम्युनिष्ट पार्टी स्थापना दिवस कार्यक्रमको बहिष्कार या बहिर्गमनबाट पार्टी पंक्तिमा अवश्य भोलिका दिनमा देखिने केही संकेतहरु देखिएका छन्। अत्यधिक बहुमतबाट निर्वाचित ओली नेपाली जनताको अविश्वसनीयता र आक्रोशको शिकार बन्दा त्यसले उनले प्रतिनिधित्व गरेको समग्र राजनीति, दर्शन र संविधानलाई पनि उनी जत्तिकै असुरक्षित बन्न पुगेको बुझ्नुपर्छ। संविधानको मात्र हैन, पार्टी एकता र संक्रमणकालीन न्यायको व्याख्या र कार्यान्वयन आफै अनुकूल गर्छु र ज्योतिषहरुले अब उप्रान्त भविष्यवाणी पनि ओलीले चाहे जस्तै रुपमा गर्नुपर्छ भन्ने मान्यताले प्रधानमन्त्री स्वयंलाई हतास, निरास र असफल तुल्याउने छ। | 2019/08/18 04:03:32 | https://deshsanchar.com/2019/04/23/187606/ | mC4 |
खुकुलो प्रावधनसहित मोरङमा एक साता निषेधाज्ञा थपियो - Health Aawaj - a health news portal in Nepal
#कोशी अस्पतालमा सिलिण्डर उत्पादन
गृहपृष्ठ ∕ प्रदेश १ ∕ खुकुलो प्रावधनसहित मोरङमा एक साता निषेधाज्ञा थपियो
अनिल श्रेष्ठ सोमबार, २०७८ जेठ ३१ गते, १६:२१ मा प्रकाशित
विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले एक साताका लागि निषेधाज्ञा थप गरेको छ । केही खुकुलो प्रावधन सहित जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै एक साता समय थप गरेको हो ।
यसअघि जारी भएको निषेधाज्ञा असार १ गते सकिँदैछ । अबको निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ ।
यस्तै, अब वर्कसपहरु बिहानैदेनि संचालन गर्न सकिने छ । सरकारी कर्मचारीहरुले कार्यालय आउन र कार्यालय समय पश्चात घर फर्किन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्ने छन् भने दूध तथा दूधजन्य पदार्थ विक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्ने पाइने छ । | 2021/07/28 14:01:22 | https://www.healthaawaj.com/provenance-one/39869/ | mC4 |
सुर्खेतमा गोली चल्यो, ८ घाईते, भोलि बिहान ६ बजेसम्म कर्फ्यू - Jagaran Post
Home/कर्णाली प्रदेश/सुर्खेतमा गोली चल्यो, ८ घाईते, भोलि बिहान ६ बजेसम्म कर्फ्यू
सुर्खेतको वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ।
वीरेन्द्रनगरमा टिप्परकाे ठक्करबाट एक जनाको ज्यान गएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको बताईएता पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी दिल्लीराज पन्तले आफूहरुले गोली नचलाएको स्पष्ट पारेका छन।
यद्यपि प्रदर्शनमा गोली लागेर करिब ८ जना प्रदर्शनकारी र २२ जना प्रहरी घाइते भएको प्रमूख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिएका छन। घाइतेहरुकाे स्थानीय सुर्खेत हस्पिटल र प्रदेश अस्पतालमा उपचार भइरहेको खबर स्थानीयले जानकारी दिएका छन्।
भिडले उग्र रुप लिएपछि नियन्त्रण गर्न आफूहरुले अश्रु ग्याँस र हवाई फायर मात्र गरेका छौं, तर त्यसरी गोली हानेका छैनौँ। भिड ठूलो भएकाले घुसपैठ भएकाे हुनसक्छ । अज्ञात समूहले गोली चलाएको हुन सक्छ । त्यसैले हामीले कर्फ्यु लगाएका हौँ ।' एसपी पन्तले भने।
बिहान वीरेन्द्रनगरको जुुम्ला रोडमा टिप्परकाे ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको ज्यान गएको थियो । मृतक सिंह चढेकाे भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरकाे टिप्परले ठक्कर दिएको थियो ।
टिप्पर चालकलाई कडा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरिरहेका पीडित पक्ष र प्रशासनबीच केहीबेर अघिकाे छलफलमा तीन बुँदे सहमति भएकाे छ ।
टिप्पर चालकलाई हदैसम्मकाे कारबाही हुनुपर्ने, क्षतिपूर्ति दिइनुपर्ने र शवकाे पाेस्टमार्टम गर्ने सहमति भएकाे हाे ।
शवकाे पाेस्टमार्टम बाहेका अन्य दुई बुँदामा पीडितहरुले चित्त बुझाएका छैनन् । प्रदर्शनका क्रममा बजारका शिशा तथा सीसी क्यामेराहरु फुटाइएका छन् भने क्षतिकाे यकिन विवरण भने आइसकेकाे छैन। | 2020/03/28 15:17:05 | https://www.jagaranpost.com/7905/55/ | mC4 |
कञ्चनपुरको बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा क्षेत्रमा रहेको नदिमा एक युवकको शव फेला परेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका गेमस्काउटले गस्ती गर्ने समयमा आज बिहान नदि किनारको झाडीमा युवकको शव देखिएको र शव कस्को हो भन्नेबारे पहिचान हुन नसकेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा कसैले कहिँकतैबाट हत्या गरेर झाडीमा फालेको हुनसक्ने र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिनुभयो । | OSCAR-2019 |
||
त्यसमाथि समाजले कोरोना संक्रमितलाई गर्ने व्यवहारबारे उनी जानकार थिए । ‘सामाजिक सञ्जालमा मेरो बारे बनेका समाचार र साथीभाइले म्यासेन्जरमा कोरोना देखिएको हो ? भन्दै गरेका प्रश्नले मलाई अलि अफ्ठ्यारो महसुस भयो,’ एरिकले भने, ‘पहिलो १० दिन तनाव नलिउँ भन्दा पनि तनाव भयो ।’
उनलाई पहिलो दिनदेखि रिर्पोट नेगेटिभ आउनसम्म पनि कुनै दिन कोरोना भाइरसको लक्ष्यण देखिएन । तर, पनि उनी घरको तल्लो तलामा सुरक्षित साथ बसे । घर परिवारले पनि उनलाई सकारात्मक रुपमा साथ दिइ रह्यो ।
‘म तल्लो तलामा आइसोलसनमा बसे । घर परिवारले पनि सकारात्मक रुपमा साथ दिँदा खासै समस्या भएन,’ उनले सुनाए ।
अन्य कोरोना संक्रमित झै एरिकले पनि घर वरिपरी मान्छेले हेपेको महसुस गरेको सुनाए । उनले हरेक दिन अभ्यासका लागि छतमा जाँदा समेत मान्छेहरु के पो हो भन्ने तरिकाले हेर्ने गरेको सुनाए ।
‘समाजले सबैलाई नकारात्मक तरिकाले हेर्दो रहेछ । म छतमा एक्सरसाज्ड गर्न जाँदा समेत वरिपरीका मान्छेले के पो भन्यो जसरी हेर्थे,’ उनले भने ।
एरिक आफुले हरेक दिन बिहान आधा घण्टा र बेलुका आधा घण्टा गरेर एक्सरसाइज्ड गर्ने गरेको बताउँछन् । एक्सरसाइज्ड गर्दै खानेकुरामा ध्यान दिने हो भने कोरोना भाइसरबाट छिट्टै उन्मुक्ति पाउने उनको अनुभव छ ।
कसरी देखियो त एरिकलाई कोरोना संक्रमण ? उनी भन्छन्, ‘म लगातार जसो अस्पताल गइरहेको थिए । ममिको रेगुलर चेकअप चलिरहेको थियो । कहिले फुपुसँग पनि गएको थिए । त्यतै जाँदा लाग्यो कि भन्ने भइरहेको छ । तर, परिवारमा अरु कसैलाई नदेखिँदा एकदम खुसी लागेको थियो ।
उनी अस्पतालले भने झै दिनमा तीन पटक तापक्रम जाँच्थे । तर, सधै नर्मल नै हुनथ्यो । न्युरोड टिम एनआरटीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका उनको प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीमा बोलाइएको थियो ।
आफुले राष्ट्रिय टोलीका लागि अहिले धेरै नसोचेको बताएका उनले भने, ‘लिगमा १० खेल खेलेर राष्ट्रिय टीममा बोलाइएको हो । म पहिलो पटक पर्दा खुसी लागेको छ । तर, अहिले नै मेरो सबै हुनुपर्छ भन्दिन । यसलाई अनुभवका रुपमा लिँदै अर्को वर्ष अझै मेहनत गर्नेछु ।’
आफुजस्तै कोरोना संक्रमितको आलोचना गर्नेहरुलाई एरिकको जवाफ छ, ‘मैले पीसीआर जाँच गर्दा मलाई संक्रमण देखियो । यसको लक्ष्यण हुँदैन । भोलि तपाईहरुले जाँच गर्दा तपाईंलाई पनि देखिन सक्छ । त्यसैले यसलाई धेरै ठूलो रुपमा लिनु भन्दा स्वीकार्न सक्नुपर्छ। स्टे सेभ, इट हेल्दी, कीप हाइजेकि फुड!’
बिष्ट उमेर समुहमा राम्रो खेल्दै आएका खेलाडी हुन् । अहिले उनी फिफा विश्वकप २०२२ तथा छनोट एएफसी एसियन कप २०२३ अन्तर्गतको संयुक्त छनोटका लागि राष्ट्रिय टोलीमा बोलाइएका छन् ।
जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद सम्बन्धी एक सम्झौता स्थगित गरेको छ । जापान सरकारले हाल उक्त कार्यक्रम नै स्थगित भएको जनाउँदै खरिद कार्य रोक्ने निर्णय गर्नु परेको जनाएको छ ।
एजिस एशोर प्रतिरक्षा प्रणाली जापानका दुई स्थानमा तैनाथ गर्ने कार्यक्रम यसअघि घोषणा गरिएको थियो, तर यो प्रणाली निकै महँगो र आवश्यक नरहेको भन्दै विवादमा तानिएको थियो ।
क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट सिर्जना हुने जोखिमका बारेमा स्थानीयबासीले निरन्तर दबाब दिएपछि जापान सरकारले उक्त प्रणाली तत्काल खरिद नगर्ने निर्णय गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।
जापानका रक्षामन्त्री तारो कोनोले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीको एक बैठकमा भन्नुभयो, “राष्ट्रिय सुरक्षा परिषदले यसका बारेमा छलफल गरेको छ, र अकिता एवं यामागुचीमा एजिस एशोर क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नराख्ने निर्णय भएको छ ।”
सरकारले शुरुमा यो प्रतिरक्षा प्रणाली रहने क्षेत्रका मानिसलाई उनीहरुका घरहरुमा कुनै पनि क्षेप्यास्त्र नखस्ने भन्दै आश्वस्त बनाएको थियो । | 2021-03-04T19:41:39Z | https://insurancekhabar.com/2019/07/60489/ | OSCAR-2109 |
क्रान्ति र परिवर्तनको राजनीतिक शक्ति ! – Saurahaonline.com
क्रान्ति र परिवर्तनको राजनीतिक शक्ति !
बाबुराम खराल : क्रान्ति र परिवर्तनको लागि खेलिएका विभिन्न घटनामा तत्कालिन विद्यमान राजनीतिक शक्तिहरुको भुमिका र योगदानको वारेमा इतिहासमा कैयौ पटक वास्तविकतालाई तोड–मरोड गरि गलत, अतिरन्जनापूर्ण प्रचार प्रसार गरिएको हुन्छ । अर्काेतर्फ कतिपय सन्दर्भमा आफ्नो विचार निकटका विद्यमान ंसंस्था र नेतृत्व प्रति उसले खेलेको भुमिका भन्दा धेरै तर अतिरन्जित प्रचार बढी गरिएको हुन्छ । घटनाक्रमको वास्तविकता पटाक्षेप हुन केहि समय लागेको देखिन्छ । तसर्थ नेपालको शुरु देखि पछिल्लो राजनीतिक परिवर्तनमा विना पुर्वाग्रही बनेर सटिक र वास्तविक मुल्याङ्खन गर्न जरुरी छ ।
नेपालमा विभिन्न समयमा भए गरेका घटनाक्रमलाई हेर्ने दृष्टीकोण पनि विचारकै आधारमा मापन गरिएको छ, उद्वलित गरिएको छ । आदर्शवादीहरु आफु निकटका वैचारिक सामिप्यता भएकाहरुलाई उनीहरुका कतिपय कमजोर विषय वस्तु र कामको ढाकछोप गर्दछन र परिवर्तनकारी तथा विज्ञान सम्मत वा भौतिकवादी दृष्टिकोण ग्रहण गर्नेहरुलाई मिनिमाइज गर्ने गर्दछन ।
सबैले जाने वुझेकै कुरा हो दुनियाका अधिकांश तप्का तह र संस्थामा यिनै आदर्शवादी र अध्यात्मवादीहरुको अलि बढोत्तरी छ । पुराना परम्परा, रिति रिवाजलाई छोडन हुदैन भनेर जडसुत्रको हिसाबले पुरातन पंंथीहरु हुने नहुने अनेकौ तर्क र बहसमा उनिहरुले आफ्नो मिसन निरन्तरतामा अगाडि बढाइ रहेको देखिन्छ । धर्म, देवता , इश्वर, भगवानका अमृतवाणीको रुपमा सुत्रहरुलाई आधार वनाउने र विभिन्न धर्मगुरुहरुको हवाला दिएर विभिन्न नामका यथास्थिति र पश्चगामी प्रकृतिका काम–धन्दा वढाइ चढाइ गर्ने काममा आदर्शवादीहरु लागि रहेका छन । प्रचारात्मक काममा विभिन्न माध्यम र तरिका अपनाएर भएपनि प्रचारात्मक काममा उनीहरु अग्रणी रहेका छन् । यसको तुलनामा परिवर्तन पक्षधरहरु खासगरि कम्युनिष्टहरु प्रचारात्मक काममा कमजोर छन । यसैले परिवर्तनवादीहरुले यो प्रचारात्मक काम मिसन कै रुपमा लैजान पर्नेछ । विगतको तुलनामा प्रचारात्मक काममा प्रगतिवादीहरु सुधारोन्मुख रहे पनि यतिले पुग्दैन । आफ्नो प्रचारात्मक मिसनलाई तिब्र पार्न जरुरी देखिन्छ ।
विश्व अहिले यिनै दुइ विश्व दृष्टिकोणको वरिपरि अगाडि बढी रहेको छ । आफुलाई अध्यामवादी वा आदर्शवादी विचार लिइ रहेकाहरु टसमस हुन तयार छैनन । पुराना–पुराना चाल चलन लाई छोडन नहुने सामन्ति संस्कारमा उनीहरु लुटपुटिनु मदहोस्त वन्न खोजिनु उनीहरुलाई यथास्थिति छोडाउन र परिवर्तनका थोर वहुत एजेण्डामा हिडाउन परिस्थिति निर्माणको काम कष्टसाध्य काम नै हो ।
वास्तवमा आजका दिनसम्म पृथ्वीको उत्पत्ति देखि सांसारिक अधिरचनाको वारेमा द्वन्दात्मक ऐतिहासिक भौतिकवादको बैज्ञानिक विचार प्रादुर्भाव पश्चात मात्र अध्यात्मवादले जरा गाडेको अवस्थामा यी दुइ विचार अध्यात्मवाद की भोैतिकवाद भन्ने विषयमा विश्व दुइ धु्रवमा विभाजित वन्न पुगेको हो तर व्यवहारतः भौतिकवादी विचार राख्नेहरु न्युन संख्यामा छन् ।
विश्वको अहिलेको अवस्थामा कट्टर धर्माधिकारीहरुको बढी नै सकृयता र बोलवाला छ । यी आदि कारणहरुले गर्दा पुजिवादी विश्व पनि सामन्तवादको प्रभाव भित्र परिरहेको छ । कतिपय सन्दर्भमा परिवर्तनकारी शक्ति पनि चुनाव विग्रिने डरले अध्यात्मवादका अनेकौ पुरातन कार्यमा संलग्न हुन परेका छन् । सामन्ति चाल चलनमा हिजोका दिनहरु भन्दा अहिले झन बढोत्तरी भएको छ र ति कामहरुमा विभिन्न प्रगतिशील विचारमा हिडिरहेकाहरु पनि सहभागि हुन परेको अवस्था हो ।
अर्काे तर्फ प्रगतिवादी सांस्कृतिक अबधारणा वोकी हिडेकाहरु पनि नयाँपन व्यवहारत दिन नसकेको अवस्था हो । जन्म मृत्यु आदि काममा प्रगतिवादीहरुले नयाँ धाचा र कार्यरुप वारेमा बैकल्पिक धाचा र रुपहरु दिन सकिरहेका छ्रैनन् । आखिर दुख सुखका घटनाक्रमहरुमा दैनिक जीवन चर्यामा केही केही त गर्नु पर्छ भन्न जनमत छ । देवासुर संग्राम पढनेहरु र त्यसको निष्कर्षमा समेटिएकाहरु पनि अहिले मुुख खोल्न सकिरहेका छैनन । राहुल सांस्कृतियानका रचना पढनेहरु औलामा गिन्दा हुन्छ । वाम राजनीति वोकेका प्रगतिवादी पार्टीका कतिपय केन्द्रिय कमिटिमा रहेकाहरुको बेैचारिक चेतना पनि माक्र्सवाद लेनिनवादको मार्गदर्शक सिद्धान्त अनुुुसार अर्थात द्वन्दवादको बैज्ञानिक चेतनाको आधारमा नभएको देखिन्छ । नेता तथा कार्यकर्ताहरुको एउटा पङ्गति विहानको नित्यपुजा सकेर निधारमा तिलक सहित प्रशस्तै भेट्टिन्छन भन्दा अत्युक्ति हुने छैन । यो क्रम घट्दो होइन बढी रहेको छ । भन्न थालिएको छ यी सबकुरा विगत देखि गरिदै आएका हाम्रा पहिचान हुन् संस्कृति र कल्चरहरु हुन ।
आज सम्मको अवस्थाको सामाग्रिक गहन विश्लेषणको आधारमा हामीले अनुभुत र अवलम्वन गरेको विषय वैज्ञानिक विश्व दृष्टिकोण माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त वनाइएको छ राम्रो र परिष्कृत लेखोटमा वहुत सुस्पष्ट लेखिएको छ भने व्यवहारमा प्रगतिवादी वन्न नसकिएको अवस्था हो र यो अहिलेको समस्या पनि हो ।
देशमा यिनै प्रगतिवादी र वुर्जुवा वर्गका पार्टीहरु मिलेर लामो संघर्ष र वलिदान गरेको कारण अहिले हामी नेपालीहरु सार्वभौम वनेका छौ । जनता नै इतिहासका निर्माता हुन र पछिल्लो परिवर्तनले दशकौको वलिदान शहिदका त्याग र वलिदानको कारण संघीय गणतन्त्र नेपाल निर्माण सफल भएको छ । नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले नेकपा माओवादी लगायतका विभिन्न पक्ष बीचको एकतावद्धसाथ गरिएको जनक्रान्तिको कारण देशमा जरो गाडेर वसेको राजतन्त्रको अन्त्य भएको छ ।
त्यतिवेला जनयुद्ध संचालन गरेको माओवादी संग देशमा विद्यमान सात राजनीतिक दलकाबीच संझौता भएको कारण नेपाली जनतामा उर्लेको जनक्रान्तिको निम्ति उच्च स्तरको जागृत चेतना र निरन्तर परिवर्तनको निमित्त उत्पे्ररित गर्ने राजनैतिक दलहरुको निरन्तर क्रियाशीलताका कारण देशमा ज्ञानेन्द्र शाहको सत्ता पल्टिएको यथार्थ हाम्रो बीचमा प्रष्ट छ ।
विद्रोही माओवादी पार्टीका सुप्रिमो क.प्रचण्ड र सात राजनीतिक दलको तर्फबाट यसका शिर्ष नेता गिरिजा प्रसाद कोइरालाद्वारा जनक्रान्तिको लागि संझौतापत्रमा हस्ताक्षर गरिएको र यसकै आधारमा परिवर्तनको पक्षमा विद्यमान राजनीतिक शक्तिहरु एकजुट भएका र जनता स्वतस्फुर्त जागेको कारण गणतन्त्र स्थापना गर्न सकिएको हो र युगिन र ऐतिहासिक जनक्रान्ति सफल हुन सकेको हो ।
लामो सक्रमण काल पार गर्दै अहिले संविधानसभा मार्फत संविधान निर्माण भएको छ । संघिय गणतन्त्र अनुरुपका नयाँ ढाचाकाचा रहेको केन्द्र प्रदेश र स्थानिय तह गरि संरचना स्थापना भै सकेका र अब राजनैतिक अवस्था स्थिरता तर्फ गएको छ र नयाँ निर्मित संरचनाले फटाफट काम गरिरहेका छन । भन्नको निम्ति , सिद्धान्त विचार दिन र भाषण गर्न जति सजिलो छ काम गर्न उत्तिकै अपठा¥यो हुन्छ नै । तर अनुकुल तथा प्रतिकुल परिस्थितिमा जसरी हुन्छ प्रगतिवादीहरु व्यवहारमा सफल हुनै पर्दछ ।
यो युगिन र ऐतिहासिक परिवर्तनमा महत्वपुर्ण भुमिका तत्कालिन कांग्रेस नेकपा एमाले लगायतका सात दल एकातर्फ र यसरी नै जन युद्ध संचालनरत माओवादी पार्टीको भुमिका निर्णाएक रहेको हो । तसर्थ यसका नेताहरु तत्कालिन अवस्थामा विद्यमान पार्टीहरु , नेकपा माओवादी पार्टीका सर्वाेच्च नेता. प्रचण्डको भुमिका, नेपाली कांग्रेसका गिरिजा प्रसाद कोइराला , एमालेका झलनाथ खनाल माधव कुमार नेपाल, केपी ओली लगायत नेताहरुको भुमिका इतिहासमा रहिरहने छ नै । हजारौ शहिदहरुको त्याग र वलिदान तथा जनयुद्ध त्यसरुपमा हुदैनथ्यो भने गणतन्त्र यो समयमा यो हिसावले स्थापित हुन, सफल हुन सक्तैनथ्यो ।
त्यसैले परिवर्तनबाट प्राप्त गणतन्त्र प्यारो लाग्ने सबैलाई, तर यसको मुल नेतृत्वहरुलाई अप्राकृतिक ढंगले नकारात्मक आलोचना बढी गर्ने विषय वन्नु हुदैन । निकै जटिल काम गणतन्त्र घोषणा, सेना समायोजनका कामहरु जसरी सुझबुझका साथ अगाडि बढे, क्रमिक रुपमा अवस्था सपार्दै अगि बढने काम भयो । यो काम फगत त्यत्तिकै भएको होइन । लामो र श्रृङ्खलावद्ध क्रान्तिबाट नै भएको हो । आजकोे हाम्रो सवाल विगतको जनक्रान्तिको लागि संस्थापक नेताहरु पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, विपि कोइराला र गणेशमान लगायत दिवंगत नेताहरु यसरी पछिल्लो संघिय गणतन्त्र नेपाल निर्माणको लागि सफल नेतृत्व गर्ने क.प्रचण्ड र गिरिजा प्रसाद कोइराला तथा माधवकुमार नेपाल, केपी ओली लगायतका नेताहरुको मूल्यांकन ठीक संग गर्न सकिएको छैन ।
यदि विगतको चर्चित जनयुद्धलाई विशेषत सेना समायोजन जस्तो जटिल र अपठा¥रो काम सल्टाउदै शान्ति प्रकृया सहजरुपमा सम्पन्न भएको विषय यदि वुर्जवा सम्मिलित शक्ति मार्फत भएको भए त्यसका शिर्षस्थ नेता अहिले सम्म नोवेल पुरुष्कार जस्ता अन्तर्राष्टिय एवार्डबाट सम्मानित भै सक्तथे । तर कम्युनिष्टहरु मुलत संलग्न भएको कारण यतिठूलो शान्ति प्रक्रिया सफल हुदा पनि राष्ट्रिय अन्तराष्ट्रिय वुर्जुवाहरु नेपालको पछिल्लो परिवर्तनलाई सकारात्मक रुपमा लिन सकेनन् । वर्गिय राजनीतिका कारण नै पुजिवादी चिन्तकहरु उच्च महत्व दिएर जानुपर्नेमा गणतन्त्र नेपाल निर्माणको कामलाई वुर्जुवा विचार वोक्नेहरुबाट सामान्य रुप दिएर ओजेलमा पार्न चाहेकै हुन ।
संघीय गणतन्त्र नेपालको कारण देशमा नयाँ अधिरचनाहरु संरचनाहरु धमाधम गति र लयमा तयार भएकाछन् र काममा लागिरहेका छन । लामो संक्रमणको कारण छिन्न भिन्न भएको अवस्थापूर्ण विरासतकाबीच अहिलेको सरकारले काम गरिरहेको छ । काम गर्ने दौरान स्वभावत हुने कमि कमजोरी वाहेक जनहित विराधी काम भएको छ्र्रैन ।
वरु सामाजिक संजालमा तथाकथित क्रान्ति विरोधी प्रतिक्रियावादी तप्का झुटा, एकदमै सत्यता नभएका फरेवहरुका फेहरिस्त तयार गरी योजनाका साथ नेगेटिव जनमत तयार गर्न लागिरहेका छन । वर्गिय राजनीतिको कुरुपता उनीहरुले देखाइ रहेकाछन् । अहिलेको आवश्यकता नकारात्मक झुटा फरेव र फेहरिस्तलाई राष्टव्यापी रुपमा पर्दाफास गर्न जरुरी छ र भएका राम्रा कामहरुको प्रचारलाई तिव्रता दिन जरुरी छ । अर्काे तर्फ नेपालको यो पछिल्लो परिवर्तनका नायकहरुको वारेमा विनापुर्वाग्रही सही सटिक र यथार्थ मुल्यांकन गर्न यसवारेको छलफल बहसलाई अगाडि बढाउन आवश्वक छ | 2020/10/31 20:01:13 | https://saurahaonline.com/2020/10/192909/ | mC4 |
जनतासँग बस्ने र बिताउने समय कति सुखद र आनन्दमय हुन्छ त्यो प्राप्त गर्ने सौभाग्य हामीलाई मिलेको छ । राज्यसँगको लुकामारीको त झन् कुरै नगरौँ । मैले कोरेको छु :
नयाँदिल्ली । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ ।
त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ ।
खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ ।
अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् । राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोभिड–१९ विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताए ।
भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ । सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ । | 2021-02-25T16:11:46Z | https://www.dainikonline.com/story/105611/2021/01/21/ | OSCAR-2109 |
SANTOSH PAUDEL'S BLOG : December 2015
राज्यले भूमिका बिर्सन हुन्न
नक्कली भुकम्पपीडित बढेको समाचार दुखद हो । सुखद त राज्यको लज्जा यसमार्फत उदाङ्गिनु पनि राम्रो होइन । भुकम्पपोत्तर तथा पुननिर्माण प्राधिकरणको कार्ययोजना तथा प्रणालिमाथि अब प्रश्न उठ्नु स्वभाविक हो । जनताले भुकम्पपीडितको गलत तथ्यांक प्रेषित गरे, गलत कार्य हो । मतमतान्तरको कुरै रहेन । तर, तीनै जनताबाट कर असुल्दै आएको राज्यले विगत केहि दशकदेखि त्यस्तो के सेवासुविधा दिदै आयो ? गाउँ–गाउँमा के योजना लगियो? जनता किन कठिन जीवनयापन गर्न बाध्य छन् । भाषण बाहेक गाउँ छिर्दा नेतासँगै के पुग्यो । उत्तर स्पष्ट छ ।
केहि हप्ताअघि पत्रपत्रिकामै पढियो— मन्त्रीको आसेपासे भुकम्पपीडित कोटामा विदेश गए । पढ्न गए । घुम्न गए । जान चै गए । विगत केहि वर्षदेखि समचारहरु आइरहे— सांसद रातो पार्सपोर्ट खदिविक्रिमा समातिए । किर्तेकाम गर्दागर्दै विशिष्ट पदाधिकारीहरु कार्यालयबाटै समातिए । देशको आमुल परिवर्तको विगुल फुक्ने केहि नेताहरुलाई अख्तियारले शंकास्पदको सुचना पठायो । पालमुनि बसेकाहरुको लागि आएको विदेशी रकम थन्किए र हराए । पेट्रोल, डिजेल, ग्यास लगायतका इन्धनको सामानहरु डि–सिस्टम कालो सञ्जालबाट बजारमा ल्याइयो । आयल निगम कमिशनको विटो निमोठ्दै घायल निगम बन्यो । अख्तियारले प्रमुखलाई छानविनको पत्र पठायो । भन्सार कार्यालयकै मिलेमतोमा तस्करी भएको थाहा हुनआयो । अनुदानको तेल छिरेको केरुङ्ग नाका समेत अछुतो नरहेको समाचार आइरहे । सशस्त्र प्रहरी प्रमुख आइजिपी किर्ते कार्यबाट निलम्बित भए । अब्बल विद्यार्थीहरुलाई राजनीतिमा लाग्न डा.सापले नक्कली आश्वासन छरे । भुकम्प गएको यतिका महिनापछि पालमुनि बासको दर्दनाक जीवनकथा पत्रपत्रिकामा छ्यालब्याल भए । सक्कली प्लस पछि बढेर नक्कली भनिएका भुकम्प पीडितहरु बढ्दो चिसो र नकाबन्दीको चेपमा नुनचामाल जोहोमै कठ्याङ्ग्रिए । सरकार प्रमुख बारपाकको भुकम्प पीडित बस्तीमा पुगेर तराईको आन्दोलनकारीलाई चिड्याउने वक्तव्य फ्याकेर बालुवाटारको न्यानो सिरक ओड्न आइपुग्यो । अब मनन गरौ— नक्कली कार्य गर्ने को ? उत्तर सम्भवतः सबैमा विदितै छ ।
यी–यस्तै कार्यहरु संवैधानिक तथा जनसेवामा समर्पित पदधारण गरेका व्यक्तिहरुको गलत तथा कू–आचरण, प्रणलीगत त्रुटी र हिजोदेखि देश बनाउछु भन्नेहरुबाट भएको नकरात्मक कार्यहरु सबैभन्दा बढि भागिदार रहदै आएको छ । अब यस विषयमा नयाँ शिराबाट बहस हुन जरुरी छ । नेतृत्व तहमा रहेका कैयौ कार्ययोजनाहरु जनता झुक्याउने नक्कली छन्, यो वास्तविक र आजको तीतो यथार्थ हो । जनता बाध्य, लाचारी र हीनताबोधको साँधमा उभिएर दर्दनाक जीवन यापन गर्न बाध्य छन् भने अर्कोतिर यस्ता समाचार आउनु र राज्यले आफ्नो भुमिका बिर्सिनुमा कुनै तात्विक अन्तर छैन । हो— देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । आन्दोलन र राजनीतिक संघर्षबाट यहाँसम्मको बाटो बनेकै हो । देशले संविधान पाएकै हो तर विकास र परिवर्तनको बाटो भने खराब प्रणली हुँदै कमाउतन्त्रको जर्जजरताबाट ग्रसित मनोदशाले निर्देशित भएकै हो । अब चेतना भया !
Posted by Santosh Paudel at 9:30 PM No comments: Links to this post
"शिक्षा जीवनको सार हो", बकाइनाको सिर्कनाले तर्साउदै सरले सबैलाई रटाए ।
मैले कुनापट्टीबाट चिम्सो आँखा तन्काउदै बोर्डमा लेखेको बाङ्गाटिङ्गा अक्षर सानो स्वरमा सुस्तरी पढे ।
सर चिच्याउँदै हुनुहुन्थ्यो—
"हो, शिक्षा जीवनको आधार हो र हौँ तिमीहरू आधार यो देशको र भविष्यको ।"
पढाइको निर्धो फुच्चे, एकाएक काला दात देखाउँदै ङिच्च हास्यो ।
म पनि फिस्स मुस्कुराए उसका काला दात देखेर ।
पछाडिबाट कोट्याउँदै मसिनो स्वरमा उसले अचानक जटिल प्रश्न गर्यो—
"देश र भविष्यको आधार हामी कसरी भयौँ ? शिक्षा जीवनको सार कसरी भयो ?"
फुच्चेको अप्रत्यासित प्रश्न सुनेर म निकैबेर ट्वा भए ।
मलाई न फुच्चेको प्रश्नको उत्तर आउथ्यो । न "शिक्षा जीवनको सार हो, होइन", थाहा थियो ।
मलाइ यत्ति थाहा थियो—
वाल्यावस्थामा स्कुलमा सबैभन्दा बढी मिल्ने साथि भने ऊ पक्कै थियो ।
२५ वर्ष पछि...
मैले व्यवस्थापनमा डिग्री पास गरे ।
फुच्चेले खाडीमुलुकबाट अनगिन्ती भोइगाइ र बुझाइहरूले जिन्दगी, समाज र देशलाई हेर्ने व्यवहारिक सोचमा पास गर्यो ।
विश्वविध्यालयले मेरो हातमा सर्टिफिकेट थमाइदियो ।
कम्पनीले उसको हातमा थोपाथोपा पसिनाको पैसा थमाइदियो । देशले परदेशीनुको अर्थ ।
ऊ विदेशबाट फर्किएर गाउँमै बाख्रापालन गर्दै छ । पुराना विर्सिएका मठमन्दिर मर्मत गर्दै छ । भत्किएका पाटी, पौवा र चौताराहरू बनाउँदै छ । मर्मत गर्दै छ— उसैउसै पुरिएका कुवाँ, धाराहरू ।
"हामीले गाउँमै केहि पौरख गर्नुपर्छ", ऊ गाउमै केहि गर्न सकिने सपना युवाहरूलाइ देखाउँदै छ ।
सुन्दैछु— "ऊ खाडीमुलुकबाट भोगाइ र बुझाइका अनगिन्ती डिग्री लिएर फर्केको छ ।"
म शहरमा छु । पढ्दै छु । वर्षमा एक-दुइपटक गाउ जान्छु । सरर एकपटक गाउ डुल्छु अनि फर्किन्छु ।
शहरको दैनिकी उस्तै पुरानो छ, विर्सिएका पुराना गाउँका पुराना दुःखका कथा जस्ता ।
डिग्री हातमा लिएर भौतारिएका हज्जारौँ युवाहरूको दुर्दशा चोकचोकमा छ । म उसैउसै रूमल्लिरहेको छु, यतैकतै विर्सिएका पुराना गल्लिहरू झैँ ।
"डिग्री बिक्रीमा", कसैले कतै इन्जिनियरको डिग्री (सर्टिफिकेट) बिक्रीमा राखेको सुनेको थिए । देशको स्थिति देख्दा साच्चै हो कि झै मनमा पर्छ ।
खैर नहुन पनि सक्छ तर वास्तविकता त्यस्तै छ ।
चोकचोकका च्यादोकानहरूमा वेरोजगार अनुहारहरू अक्षरको बिल्ला चुरोटको धुवासँगै उडाइरहेका छन् । र, उडाइरहेका छन्— डिग्री जिन्दगी ।
कैयौ डिग्रीहोल्डरहरू खाडीमा जान बाध्य हुँदैछन, गइरहेका छन् ।
म पनि त एकदिन जान बाध्य हुनेछु । गर्व त मलाई पनि छैन् डिग्री पास गरेकोमा ।
हिजो भर्खर ४१ औँ दिक्षान्त समारोहमा स्कार्फमा फोटो खिचाए । फेसबुकमा राखे । बाधाइ ओइरियो ।
"बाआमा गाउतिर धन्य भए रे !", फोनमा कसैले सुनायो । तर, म मनमनै धन्य हुन सकिन ।
बा'ले गाउँबाट बुझेको डिग्री र मैले शहरमा बुझेको डिग्रीको यथार्थ फरक छ ।
डिग्री पास गरेर मैले अक्षर चिने । आफ्नै देश चिन्न सकिन । देशले पनि कहाँ चिन्न सक्यो र मलाइ ?
देशमा रोजगारीको अवसर छैन । पेट्रोल छैन । ग्यास छैन । हरेकथोकको हाहाकार छ । वर्तमान र भविष्य दुवै अन्धकार छ।
उबेला बाले थोरै पढे । तर, धेरै पढे— भोगाइहरू ।
गाउँले जीवन पढे । र, पढे— पाखापखेराका जिन्दगीहरू ।
आमाले चुलोचौका पढ्नुभयो । गाइगोठमा भैसी, गाइबाख्राहरूको संगत पढ्नुभयो । गाउले भोगाइहरू पढ्नुभयो । र, जिन्दगीको अर्थ घाँस दाउरामा देख्नुभयो र उसैगरी बुझ्नुभयो ।
बा-आमाले उसैगरी उस्तै गाउले जीवन पढाउन चाहनु भएन । र, मलाइ पढ्न पठाए शहर ।
मैले शहरबाट "क,ख,ग.." र "A, b,c, d.." पढे । देश पढिन । इतिहास पढिन । गाउँ पढिन । बा-आमाको भोगाइहरू पढिन ।
मैले सगरमाथाको उचाइ पढे । बुझाइको उचाइ पढिन । अक्षरको सार पढिन । सीप सिकेर गर्ने अवसर पढिन ।
गौतम बुद्ध जन्मेको थाहा पाए ।
थाहा पाए— पृथ्वीनारायण शाहाको बहादुरी । लुम्बीनि थाहा पाए । थाहा पाए— अनेकौँ ऐतिहासिक मठमन्दिर र दरबारहरू । हिसाब थाहा पाए । अंग्रेजी थाहा पाए । साहित्य र विज्ञान पनि थाहा पाए । तर, कहिल्यै थाहा पाइन— "गाउका पुराना ती विर्सिएका मन्दिरहरू । मेरै बा-आमाको गरिबी र कहिल्यै थाहा पाइन दुर्गम दुःखहरू ।
मलाइ पढाइएन— गाउले जीवनका व्यथाहरू । नेपाली गरिब हुनाको कारण । नेपालीहरू परदेशिनुको कारण । नेपालमै सम्पदा, संस्कृति, प्रकृतिको सम्भावना, व्यवसायिकता र व्यापार ।
अरू नै पढाइरहे । मैले पढिरहे— "सिकेका ज्ञानहरू कसैले खोस्न सक्दैनन् ।" र त मैले ज्ञानका अक्षरहरू चिनिरहे, सिकिरहे र पढिरहे ।
मैले कहिल्य सिक्ने यत्न गरिन पुस्तका अक्षर बाहेकको समाज ।
मैले कहिल्य सिक्नै पाइन— सिपमुलक शिक्षा, विषयगत सार र जिवन भोगाइका अर्थ ।
बस्— मैले त भविष्य बनाउने तरिका २४ घण्टा रटिरहे ।
उसैगरी भविष्य कै लागि फुच्चेले पनि खाडीमुलुकमा शरिर घोटिरह्यो ।
हो— आज उसले भोगाइ र बुझाइको डिग्री बोकेर बनाउँदै छ रे विर्सिएको पुरानो आफ्नै गाँउ ।
यसै साल मैले पनि त विश्वविध्यालयबाट डिग्री पास गरे ।
हो, बा मैले डिग्री गरे । अब, केहि दिनपछि म भने खाडीमुलुक जादैछु...
Posted by Santosh Paudel at 11:12 PM No comments: Links to this post
पछि होइन, अघि बढौँ
हो— 'संविधान बन्यो, अझै देश बनेन ।'
देश सँधै पीडामै घस्रियो । राजनीतिक अस्थिरताले हामी कसैलाई छाडेन । राज्य देशलाई स्वीजरल्याण्ड बनाउछु भन्दै कर असुल्छ । जनताहरुबाट सबथोक लिन्छ । तर फिर्तामा केहि पनि दिदैन । घरको धारामा प्रशस्त पानी दिदैन । बिजुली दिदैन । ग्याँस, पेट्रोल, डिजेल थोरैथोरै दिन्छ । यातायातको सुविधा भनेजस्तो छैन । सञ्चार क्षेत्रको अवस्था त्यस्तै नाजुक छ । शिक्षाको झन् कुरै नगरौँ ।
केहि महिनादेखिको नाकाबन्दीको मारमा लाखौँ विद्यार्थीको भविष्य अन्धकार हुँदैछ । शिक्षा क्षेत्र नाजुक बन्दै छ । यस्तो परिस्थिति देशमा बन्दैगर्दा 'नेपाल झन् पछाडि' राष्ट्र संघले प्रकाशित गरेको विकास कार्यक्रम प्रतिबेदको समाचार पढेर खासै मन दुखेन । यो स्वभाविक हो र सत्य । एकपटक नेता, वुद्धिजिवी, नागरिक समाज, विद्यार्थी सबैले एकपटक मनन गर्दै सोचौँ नेपाल अगाडि केमा चै छ ?
सबैमा स्पष्ट छ— देश बन्द, हड्ताल, लठैतिकरण, अस्थिर राजनीति, दुरुपयोग, भष्ट्रचार, ग्रस्त प्रशासन प्रणाली, नातावाद र कृपावादको समग्रतामा भने अगाडि पक्कै छ । गरिबीको अवस्था दुरदराज र केन्द्र
मा उस्तै छ । भुकम्प गएको महिनौसम्म पनि पिडित पालमै छन् । प्राधिकरण योजना कोर्दै छ । सरकार चाइनाबाट आयातित अनुदानको तेल आसेपासे र आफ्नै कानमा हालेर बसको छ । अति विपन्न र मजदुरीको घरमा चुलो बलेको छैन । १० वर्ष द्धन्द्धले देश सिनित्त पारेर स्वीजरल्याण्ड र बफर स्टेट बनाउँछु भन्दै कुर्लिने डा. साप नयाँ शक्तिमा अभ्यस्त छन् । तराई जाडो याममा पनि बलिरहेको छ । नाकाबन्दीको चिसोले न तराइका नेतालाई गम्भिर बनाएको छ, न सरकारले सकस अनुभुति गरेको छ । सरकार सर्वाधिकार हुँदै जनतालाई समस्याहरुको सञ्जालमा न्याक्दै छ । वर्षौदेखिको अस्थिर राजनीतिक वातावरण र विभिन्न राजनीतिक आन्दोलनले देश निकै समय निमोठिदै आएको छ । विगत केहि वर्षदेखि देशको आर्थिक वृद्धिदर न्यून छ । कृषि क्षेत्र आफै सुकेको छ । पर्यटनमा लगानीमैत्री वातावरण बन्ने आश्वासन कुहिरोमा हराएको काग झैँ बनेको छ । रोजगारीको अवसर छैन भन्दा फरक पर्दैन । शिक्षित वर्ग दिनानुदिन विदेशीने क्रम जारी छ । ब्रेनड्रेनको समस्याले विकराल रुप लिदै छ ।
अब चिन्तन गरौँ— विगतको यस्तो अवस्थाको मुल्यांकनले नेपाल झन् पछाडि नधकेलिएर तथ्यगत रुपमा अगाडि बढ्छ त? जरुर बढ्दैन । हो— निश्चित सिमा तथा भुगोलभित्र बसेपछि पक्कै देशसँग आम मानिसको मानवीय जिवनको अपेक्षा, शिक्षा, स्वास्थ्य, राम्रो आम्दानी हुनु स्वभाविक हो । २१ औँ शताब्दिमा चमत्कारी विकासको आयाम विश्वले छुँदैगर्दा हाम्रो देश भने यी कुराहरुमा चुक्दै जानु दुखद कुरा हो । देशले काचुली फेर्छ भन्ने नेताहरुले जनताका यी अत्यावश्यक साधारण आवश्यकता पुरा गर्न नसक्नु लाजैमर्दो र असक्षम नेतृत्वको संकेत हो । सुचकांक र UNDP को रिपोर्ट हेर्ने हो भने देशका मान्छेहरु कसरी बाँचिरहेका छन्, स्पष्ट देखाउँछ । एउटा भनाई छ— 'हुँदै नभएपछि गुम्नेको के डर ?' यहाँ त प्राकृतिक, सांस्कृतिक, सामाजिक सम्पूर्ण तवरले भरिपुर्ण भएर पनि गुम्ने डर रह्यो । यसर्थ, अतिवादको पराकष्टमा देश र जनता कहिलेसम्म ? अब त केहि गरौँ।
प्रकाशितः पाठकमञ्च, कान्तिपुर (२०७२/९/१)
Posted by Santosh Paudel at 9:12 PM No comments: Links to this post
कृषिप्रधान देशको बेहाल
भनिन्छ— 'राज्य व्यापारि भयो भने जनताहरू भिखारी हुन्छन् ।'
हो— खुल्ला अर्थतन्त्र भन्दै ब्रह्मलुट गर्ने पुँजीवादि र विकसित राज्यको लागि यो गतिलो पेच हो । तर, तीतो यथार्थ हाम्रो जस्तो देशमा अर्थतन्त्रको मेरूदण्ड ठानिने कृषि क्षेत्रको विकास र विस्तारलाई जोड नदिई 'कृषिप्रधान देश' भन्ने तर राज्य कृषि व्यापारि बन्न उन्मुख नहुने र जनताहरूलाई कृषि भिखारीबाट समुन्नत नबनाउने नीति/कार्ययोजना ल्याउने अल्पविकासित देशमाथिको पनि यथार्थपरक गतिलो झापड हो ।
करिब-करिब ६० प्रतिशत भन्दा बढी नेपालीहरू कृषि क्षेत्रमा आश्रीत भएको देशमा १० अर्बको धान उत्पादन घट्यो समाचारले स्तब्ध बनायो । लामो राजनीतिक अस्थिरता, संक्रमण, विपद र नाकाबन्दी लगायतका समस्यालाई कारकको रूपमा औल्याउने आलटाल परिपाटि उहि पुरानै र दुखद कुरा हुन् ।
कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर र जीडिपीमा ३३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रले स्पष्ट रूपमा कृषिप्रधान देश भएको बताउछ, त्यसमा कुनै शंकै छैन तर विडम्बना कृषिज्य उत्पादन वार्षिक अर्बौको आयात गर्ने देश कसरी कृषिप्रधान देश भयो ? तथ्यगत विरोधाभास रहदारहदै पनि लाजको सीमालाई कृषिअर्थतन्त्रको पारदर्शि खोल ओढाएर जनताहरूलाई भोकभोकै भकारी हेरेर मुख मिठ्याउने अवस्था सिर्जना हुनुले कृषिप्रधान देश भएको अर्थ्याउदैन् ।
हो, देशमा अपार स्रोत-साधनको उपलब्धता छ । पर्यटनको सम्भावना उस्तै छ । उर्वर भुमि प्रशस्त छ तर हलो (प्रविधि), हली (दक्ष जनशक्ति), सिंचाई, यातायात र बजार जस्ता आवश्यक पूर्वाधारहरूको विकास हुन नसक्नुले कृषि अर्थतन्त्र धराशयमा छ । बेरोजगार युवाहरू कृषि उत्पादन र खेतिमा आकर्षित छैनन् तर खाडि मुलुक जाने हतारमा छन् । तर, कृषि क्षेत्रको उत्थान, विकास र विस्तारमा काम गर्दै आएका सम्बन्धीत मन्त्रालय, निकाय लगायत विकास समिति भने भाषण र प्रतिवेदन निकाल्नमै सिमित भएको देखिन्छ । कृषि उत्पादनलाई बजारिकरण, निर्यातमुखि र व्यवसायिक बनाउन जोड दिने, प्रविधिको उच्च प्रयोग जस्ता कार्यलाई ध्यान दिएर वार्षिक १० औँ अर्बको उत्पादन भए बल्ल कृषि प्रधान देश भन्न सहाउथ्यो ।
प्रकाशितः पाठकमञ्च, कान्तिपुर (०७२/८/२५)
Posted by Santosh Paudel at 9:15 PM No comments: Links to this post
दिल्ली होइन, बालुवाटार दौड
अधिकारको लडाई भन्दै ३ महिनादेखि भइरहेको तराई आन्दोलन अन्ततः दिल्ली दरबारमा ल्याण्ड हुनपुग्यो । देशको आन्तरिक मामिलामा जस्तोसुकै दलगत द्वेष-तुष भएपनि बालुवाटर वार्ता कम, लैनचौर हुँदै दिल्ली दौडधुपले मधेश आन्दोलनको सार्थकतामाथि प्रश्न चिह्न खडा गरेको छ ।
मधेश आन्दोलनका केहि माग जायज छन् । सबै मागलाई नेता, विज्ञ लगायत नागरिक अगुवाले नाजायज भनेका छैनन् । केहिले केहि मुद्दामाथि उम्लो ठडाए होलान्, ती वस्तुगत सारका विज्ञ विचार होइनन्, उत्तेजनाका भार मात्र हुन् । तर, आन्तरिक मामिलामा राज्यको भुमिकालाई विर्सेर, सरकारसँगको वार्ता तथा छलफललाई महत्व नदिएर दिल्ली दौडिने परिपाटि सार्वभौमराष्ट्र र नेपाली जनभावना विपरित कार्यलाई न तराइवासी आन्दोलनकारी नेपालीहरूले नै स्वीकार्छन्, न पहाड-हिमालका नेपालीहरूकै लागि स्वीकार्य छ । हो, तराईका केहि जायज माग र पीडाहरू छन् । समाधान गर्ने बालुवाटार टेवल टकबाट हो, दिल्ली दौडधुपबाट होइन ।
नाकाबन्दीले देश ग्रसित छ । लाखौँ विद्यार्थीहरूको भविष्य धरमरको स्थितिमा पुगिसकेको छ । जताततै अभाव र समस्याहरूको आवाज गुञ्जिरहेको बेला सारा नेपालीहरूको आशा तथा मधेशी दाजुभाईहरूकै आत्मालाई लत्याइ दिल्ली दौडिनु उचित हैन । आन्दोलनका प्रतिनिधित्व गरेका महन्थ ठाकुर लगायतका नेपाहरूले दिल्ली वार्तामा भएको वास्तविकतालाई सारा तराईबासिमाझ जानकारी गराउनुपर्छ । कुन हकअधिकारका लागि महन्थ ठाकुर लगायतका नेता दिल्ली उडे? नत्र यिनीहरूको लडाई तराबासीको हक, अधिकारको लागि नभई शत्तासिनको लागि लिडे दौड प्रतियोगितामै सिमित नहोला भन्न सकिदैन् ।
पटकपटक भारतीय नेता भन्दै छन्— तपाइहरूको आन्दोलन आन्तरिक हो, मिलाउनुहोस् । यदि आन्तरिक मामिला हो भन्ने जस्तोसुकै मुल्यमा सरकार र आन्दोलनकारीबीच वृहत बहस गरी मधेश आन्दोलनलाई सम्बोधन नगरी लिडेरूपमा दिल्ली उडन किन? के छ दिल्लीमा जो बालुवाटारमा छैन, हुँदैन । यदि अधिकारको लडाई ह भने अधिकार राज्यले दिने-लिने हो, दिल्लीले होइन । हाम्रा सरकार तथा मधेश आन्दोलनकारी तथा नेतागणहरूले यो साधारण सत्य बुझ्न जरूरी छ । राज्य र तराईबासीबीचको मनोवैज्ञानिक दुरी कम गरेर समस्याको समाधान चाँडो सुल्झाउन बालुवाटार दौडिने यत्न गरौँ महोदय । कतिदिनसम्म तराई लगायत पुरै देशलाई बन्धक बनाई समस्याको जर्जरमा राख्ने ? के तराईमात्र हक अधिकारले बञ्चित भएको हो? के पहड-हिमालका आफ्नै कथा-व्यथा छैनन् । हो, तराईले केहि पीडा सदियौदेखि भोगेको छ । उसो त १२८ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसदहरूलाई तराईक्षेत्रको हक, अधिकार र पहिचानको महत्व नहोला? आन्दोलन गर्ने महन्थ ठाकुर लगायत सबै नेताहरू गत निर्वाचनमा हारेकाहरूबाट मात्र संविधानका विविध पक्षमा असहमति र अधिकारबाट बञ्चित भएको क रा मुखरित हुनु जायज होइन । तराईको लडाई महन्थ ठाकुर लगायत आन्दोलन समर्थन गर्ने मधेशी नेताहरूको मात्र होइन, सो क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरूको पनि हो । यसर्थ, जायज तराईबासीहरूको मागलाई वार्ता संघर्षबाट सम्बोधन गर्ने वातावरण बनाउदै सरकार तथा आन्दोलनकारी दुवै लचक हुन जरूरी छ । वार्तामा आउनु अगावै मेरो गोरूको बाह्रै टक्का नगरी माननीयज्यूहरू ! देशलाई निकास दिनुपर्छ भन्ने अठोट बोकेर बालुवाटार दौडौ र सरकार पनि तराई झर्नु जरूरी छ । साच्चै, तराईका नेपाली दाजुभाई दिदीबहिनीहरूको हक, अधिकार तथा पहिचान लगायत सदियौदेखि राज्यबाट हेपिएका, मिचिएका, चेपिएका हुन र समाधानको बाटोतिर लाग्ने हो भने बालुवाटार छिर, दिल्ली दरबार होइन ।
प्रकाशितः- पाठकमञ्च, कान्तिपुर (२०७२/८/२३)
Posted by Santosh Paudel at 10:09 PM No comments: Links to this post
हेराई र बुझाई बीचको भेद छुट्टयाउन आँखाले सक्दैन तर मनले ।
चरित्र र चित्र दुवैको दृष्य छुटट्याउन आँखाले सक्दैन तर मष्तिष्कले ।
उसैउसै मन अस्थिर छ, पटक-पटक ।
लाग्दैछ— जिन्दगी उकालो र ओरालोका दुई गोरेटो मिलेर बनेको चोक हो । जहाँ अनायासै अलमलिरहेका छन् मोडहरू । अनि, अलमलिरहेका छन् कैयौँ बटुवाहरू ।
"यो बाटो कता पुग्छ दाई ?", अपरिचित कसैले सोध्छ ।
"कागत्यानी मन्दिर", म छोटो उत्तर दिन्छु ।
"मान्छे किन अलमलिन्छ ?", तत्काल आफुले आफैलाई प्रश्न गर्छु ।
भिरबाट भुनभुनाउँदै निस्केका माउरीका हुलहरूलाई सम्झिन पुग्छु । तीनले कहिल्यै नबिर्सिने बाटाहरू सम्झिन्छु ।
विशाल आकाशमा उड्डै गरेका ठुलठुला जहाजहरूलाई सम्झिन पुग्छु र तीनले कहिल्य नविराउने बाटा र तीनका चालकहरूलाई सम्झिन्छु।
अपार समुन्द्रमा तैरिने ठुल्ठुला जहाजहरूलाई सम्झिन पुग्छु र तीनले नबिराउने बाटाहरू र तीनका क्याप्टेनहरूलाई सम्झिन्छु।
तर, मान्छेले मात्र बेलाबेला किन विराउँछ आफ्नै बाटो ? र, ठम्याउँनै नसक्ने गरी भुल्छ आफ्नै गन्तव्य/लक्ष्यका बाटाहरू ।
आजभोलि यस्ता अनेकौँ प्रश्नहरूको चाङ्गमाथि पल्टिन्छु । घोत्लिन्छु । डुब्छु । तैरिन्छु । पटक-पटक । र, सोचिरहन्छु चिया दोकानको कुनै कुनातिर चुरोट सल्काउँदै घण्टौँसम्म ।
एकदिन चियादोकानकै एक दाईसँग जिस्किदै सोधेथे—
"मान्छेहरू बेलाबेला किन अनयासै अल्मलिन्छन् र विर्सिन्छन् बाटाहरू?"
मेरो प्रश्नलाई ख्यालै नगरि ती दाई निकैबेर मज्जाले हाँसेका थिए ।
"तिमी मान्छे हिड्ने गोरेटो बाटोको कुरा गर्दैछौँ वा जिन्दगीका लक्ष्यहरूको बाटोको ?", म निकैबेर मौन हुनपुगेथे दाईको प्रतिप्रश्न सुनेर ।
साँच्चि, कुन बाटोको कुरा गर्दै थिए म ।
केहि क्षणको मौनतापछि एकाग्रतालाई चिर्दै— "दुवै", मसिनो स्वरमा म बोलेथे ।
भट्टिभित्र रक्सि पिउनु व्यक्तिको अनुशासन हो ? उहाँले मलाई उल्टै प्रश्न गर्नुभयो ।
होला, मैले हो र होइनको बीचमा मुण्टो विस्तारै हल्लाए त्यसक्षण ।
स्मोकिङ्ग जोनमा चुरोटको धुँवा उडाउनु व्यक्तिको धर्म हो ? उहाँले फेरि अर्को प्रश्न गर्नुभयो ।
होला, चुरोटको धुँवा उडाउँदै मैले मुण्टो उसैगरी हल्लाए ।
उसैगरी गोरेटो बाटाहरू बिराउनु पनि मान्छेहरूको नितान्त व्यक्तिगत अनुशासन हो, धर्म हो । यहि अनुशासन र धर्मकै कारणले गर्दा व्यक्ति गन्तव्यको खोजिमा सँधै तल्लिन भइरहेको हुन्छ । र, अन्ततः एकदिन उलसे चाहेको गन्तव्यमा अवश्य पुग्नेछ ।
ऊ आजै तिमीलाई कसैले गन्तव्य सोधेछ ।
ऊँहाले भर्खरै उत्तर सुझाउनु भयो वा प्रश्न । तैपनि मैले उसैगरी मुण्टो हल्लाइरहे ।
उहाँ चर्किलो आवाजमा भन्दै हुनुहुन्थ्यो— मनले इछ्याएको र मनले चाहेको बाटोहरू भने कहिल्यै नभुल्नु । कहिल्यै ती बाटाहरूमा नअलमलिनु । यो तिम्रो अनुशासन र धर्म क्षेत्राधिकार बाहिरको कुरा हो । उहाँ मलाई यसरी भन्दैहुनुहुन्थ्यो— मानौँ म जिन्दगीका तमाम् लक्ष्यहरू भुलेर समय बर्बाद गर्दै छु । म आफुले आफैलाई भुल्दै छु । आफ्नो अस्तित्वलाई मेटाउन जाँदैछु ।
मनले चाहेको लक्ष्यका बाटोहरू भनेको व्यक्ति स्वं भन्दा माथिको धर्म हो, अनुशासन हो । जब मनले इच्छ्याएका बाटाहरू विर्सिएर अरूले इछ्याएको बाटो हिड्न थाल्छौँ । ठान्नु, घनाजंगलहरूमा हराउँदैछु र विनाकारण मेटाउँदैछु आफ्नै अस्तित्व ।
म त्यसदिन दाइको कुरासुनेर ट्वा भए । गोलि लागेर ढलेको लाश झैँ गुपचुप निकैबेर भइरहे ।
ऊहाँ मैले सोधेको प्रश्नमा के भन्दै हुनुहुन्थ्यो, म बुझे झैँ टाउको हल्लाउँदै थिए ।
कुनापट्टीबाट एक हुल केटाकेटीहरूको आवाजले म झसङ्ग हुनपुगे ।
कुनापट्टी खैरो बाक्लो ज्याकेटमा टाठिएको एउटा ठिटोलाई देखे । लाग्यो— ऊ पनि यो अजिबोगरिब दुनियाँबाट आफ्ना तमाम् मनका लक्ष्यहरूलाई भुल्न चाहान्थ्यो । उसको चुरोट तनाईले मलाई उल्टै भाउन्न गराइरहेको थियो । ऊ यति हतारहतारमा धुवाँ पिइरहेको थियो । मानौँ, ऊ मनका पीडाहरूलाई धुँवाका कसले पुर्न चाहान्थ्यो ।
बस्, यो त चिया दोकानको क्यानभासमा अचानक कोरिन पुगेको एउटा विशुद्ध सोच थियो जुन क्यानभासमा घण्टौँ हराइरहने तमाम् मध्येको एउटा नियमित पात्र म पनि थिए ।
उत्तरपट्टीको कुनामा उम्लिरहेको चिया फुत्लुक फुत्लुक चलाउँदै छिन्, दिदी ।
चुरोटको धुँवा उडाउँदै दक्षिणपट्टीबाट म चियाका लामा लामा फुर्को हेरेर रमाइरहेको थिए । म दिदी भन्छु । किनकिन मलाई यो शब्द आजभोलि निकै आत्मिय लाग्न थालेको छ । ऊहाँ सबैको दिदी हुनुहुन्छ ।
साउनी भन्न भुलेर जब ६७ वर्षे बुढो २६ वर्षे केटीलाई "दिदी मिठो चिया पिउ" भन्दै आइपुग्छ । यो दृश्य देखेर म अचानक भावुक हुन्छु र झसङ्ग हुनपुग्छु— "पाको र अनुभवी त मान्छे कर्मले हुँने रहेछ, उमेर र सोचले मात्र कहाँ भइदो रहेछ ।"
म अचानक आफुले आफैलाई लज्जित ठान्छु । र, अनगिन्ती ठुलठुला सोँचहरूलाई त्यहि थातिराखेर चियादोकानको वैचारिक क्यानभासबाट फुत्त निस्किन्छु र कसैलाई थाहै नदिई गुपचुप कोठातिर हानिन्छु । | 2018/04/25 14:26:09 | http://santupaudel.blogspot.com/2015/12/ | mC4 |
सांगीतिक कार्यक्रममा मेरो अनुपस्थितिले कुनै अर्थ राख्दैन : प्रचण्ड
पोखरा, माघ २२सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा भएको सांगीतिक कार्यक्रममा आफ्नो अनुपस्थितिको कुनै अर्थ नखोज्न आग्रह गरेका छन् । बुधबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कार्यक्रममा आफ्नो अनुपस्थिति संयोग मात्र भएको बताएका हुन् ।
उक्त कार्यक्रमबारे आफूलाई पहिले नै जानकारी भएको उनले बताए । 'हिजो बिहान म बालुवाटारमै थिएँ । प्रधानमन्त्रीजीले यहाँ भरै सानो कार्यक्रम छ, तपाईं आउनुपर्याे भन्नुभएको थियो', प्रचण्डले भने, 'म पोखरा आउनुपर्ने थियो । यो संयोगबाहेक केही होइन, कुनै अर्थ नखोज्नुहोला। दुःख मात्रै हुन्छ ।'
मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानको सहकार्यमा बालुवाटारमा मंगलबार साँझ भएको सांगीतिक साँझमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाएको र पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारङ्गी रेटिरहेको तस्वीरलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । | 2021/04/23 14:24:16 | https://rusnepal.com/archives/39906 | mC4 |
Topnepalnews.com | कांग्रेसीहरु दिनभर बीपी, रातभर विप्लव !
Posted on: July 11, 2019 | views: 2456
काठमाडौ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् ।
बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्री बास्कोटाले कांग्रेससँग विप्लव समूहबारे धारणा माग गरेका हुन् । उनको प्रश्न थियो, " हिंसाप्रति कांग्रेसको धारणा के हो ? दिनभर बीपी, रातभर विप्लव ? चार तारामा शान्ति र लोकतन्त्रका तारा कता हराए ?"
मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको बताएका थिए । संविधान, कानुन र शान्तिकाविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे ।
भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका दुई जनाको हत्या भएको थियो । सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले 'मृत्यको व्यापार' गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन, संविधानविपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दाबी गर्दै आपत्ति जनाए ।
मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन नहुने जिकिर गरे ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सो हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बास्कोटाले संसदीय समितिले छानबिन गर्दैमा सो समस्या समाधान नहुने दाबी गरे । | 2020/06/02 20:02:40 | http://topnepalnews.com/rajneeti/13529 | mC4 |
एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा सार्वजनिक गर्न भीम रावलको माग « Naya Page
एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा सार्वजनिक गर्न भीम रावलको माग
काठमाडौं, १४ साउन । नेकपा एमालेका सांसद भीम रावलले संसदमा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रति आपति जनाएका छन् । आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले विभिन्न सन्धि–सम्झौताले देशको स्वाभिमानलाई चोट पुर्याउने गरेको बताए ।
'अहिले फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अमेरिकी सरकारसँग हुन लागेको भन्ने सुन्दै छु', उनले भने, 'संसद्ले सम्झौता अनुमोदन नै नगरी कार्यान्वयन कसरी हुन्छ ? एमसीसीले नुवाकोटमा जग्गा अधिग्रहण कसरी सुरु गर्यो ? पाँचतारे होटेलमा कार्यालय खोलेर सञ्चारमाध्याममा एमसीसीको गीत गाउन कसरी मिल्यो ? नेपाली जनताको राजस्वको दुरुपयोग यसरी गर्न मिल्छ ?'
अमेरिकाका मन्त्रीले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको भनेर विज्ञप्ति जारी गरिसकेको उनले बताए । 'अमेरिकका मन्त्रीले नै यो इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनेर विज्ञप्ति जारी गरिसकेका छन् । अमेरिकी मन्त्री आधिकारिक हुन्छन् कि यहाँका व्याख्याता ? यहाँका व्याख्याताले होइन भन्दैमा हुन्छ ?', उनले प्रश्न गरे । | 2021/09/28 10:02:03 | https://www.nayapage.com/archives/330697 | mC4 |
विदेशको कमाइ देखाएर नेपालमा ऋण पाइन्छ ? यस्तो छ प्रकृया ! - Gulminews
२०७८ पुष १७, ०१:४२
काठमाडौं, १४ पुष । नेपालमा घरजग्गा खरिदका लागि बैंकले ऋण प्रदान गर्ने एउटै आधार हो– ऋणीको मासिक आम्दानी । अर्थात् बैंकबाट लिएको ऋण चुक्ता गर्न सक्ने सुनिश्चितता हुने गरी आम्दानी देखाउन सके ऋण प्राप्त गर्न खासै कठिनाइ हुँदैन ।
हाल लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा रहेको र ठूलो संख्यामा नेपालीहरुले विदेशमा स्थायी बसोबाससमेत लिएको अवस्था छ । विदेशमा आर्जित आम्दानी देखाएर नेपालमा घरजग्गा जोड्न खोज्ने हजारौं नेपालीहरुको चासोको बिषय हो– विदेशको आम्दानी देखाएर नेपालमा कसरी ऋण लिने ?
पछिल्लो समयमा नेपालमा निजी क्षेत्रका बैंकहरुले वैदेशिक रोजगारीका क्रममा आर्जित आम्दानीलाई मान्यता दिएर नेपालमा ऋण प्रदान गर्न थालेका छन् । वैदेशिक रोजगारीमा रहेका वा गैरआवासीय नेपालीको कानुनी हैसियत बनाइसकेकाहरुले पनि नेपालका बित्तिय संस्थाहरुबाट होम लोन पाउन सक्छन् ।
ऋण लिने प्रकृया पनि खासै फरक छैन। तर, विदेशको आम्दानी पुष्टी हुने कागजातहरु भने जुटाउनुपर्छ । स्वदेश र विदेशमा रहेका नागरिकले बैंकमा बुझाउने कागजपत्रमा खासै फरक छैन्।
यस्तो छ प्रकृया !
बैंक तथा वित्तिय संस्थाहरुले दिएको जानकारीअनुसार एनआरएनले ऋण लिँदा बैंकमा आफै उपस्थित हुनुपर्छ । तपाईं कुन मुलुकमा बस्नुहुन्छ ? के काम गरिरहनु भएको छ ? मासिक आम्दानी कति छ ?भिषाको अवधि कति छ ? तपाईंले प्रमाण पुग्ने कागजातहरु बैंकमा पेश गर्नुपर्ने हुन्छ ।
नेपालमा बैंकहरुले ३५ बर्ष अवधिसम्मको घरजग्गाकर्जा प्रदान गर्छन । तपाईंले फिक्स्ड र फ्लोटिङ ब्याजदरमध्ये उपयुक्त विकल्प रोजेर ऋण लिन सक्नुहुन्छ ।
एनआरएन होउन् वा स्वदेशमै बस्ने नागरिक, बैंकहरुले घरकर्जा दिँदा सबैभन्दा पहिला हेर्ने तपाईंको आम्दानी हो । तपाईंको आम्दानीले तपाईंको ऋण लिने क्षमता पनि निर्धारण गर्छ ।
एनआरएनको हकमा उक्त आम्दानी कति बर्षसम्म पाउनुहुन्छ भन्ने प्रमाण पुग्ने कागजात पेश गर्नुपर्छ । उक्त कागजात आफुले काम गरिरहेको कम्पनी वा संस्थाबाट लिनुपर्ने हुन्छ ।
तपाईंले जति बढी अवधिको ऋण लिन खोज्नुहुन्छ, त्यति नै अवधिको भिषा अवधि हुनुपर्ने सर्त बैंकहरुले राखेका छन् । भिषा अवधि कम भएको खण्डमा तपाईंले बढी अवधिको ऋण पाउने सम्भावना हुँदैन उदाहरणका लागि तपाईंले पाँच बर्षका लागि घरकर्जा लिँदै हुनुहुन्छ भने तपाईंको भिषा अवधि पनि ५ बर्षको हुनुपर्छ । र, आफुले काम गरिरहेको कम्पनी वा संस्थाको नियुक्तिपत्र, तलव बैंक खातामा जम्मा भएको प्रमाणसहितको स्टेटमेन्ट पनि चाहिन्छ ।
बिदेशको आम्दानीका आधारमा ऋण दिन बैंकहरुलाई पर्ने एउटै समस्या भनेको आयस्रोतको आधिकारिकता पुष्टी हुने दस्तावेज र ऋण अवधिभर आम्दानी हुने सुनिश्चिता नै हो । यदि तपाईं अहिले वैदेशिक रोजगारीमा हुनुहुन्छ र नेपाल आएर त्यही आयस्रोतका आधारमा ऋण लिने योजना बनाइरहनु भएको छ भने आम्दानी पुष्टी हुने कागजातहरु बनाएरै आउनु उपयुक्त हुन्छ ।
एनआरएनहरुले नेपाली नागरिकता वा पासपोर्ट बैंकमा पेश गर्नुपर्ने हुन्छ । नेपाली नागरिकता पेश गरिसकेपछि अरु प्रकृया सबै नेपालीकै सरह हुन्छ । डकुमेन्ट पनि नेपाली नागरिककै सरह बुझाए पुग्छ ।
नेपाली नागरिकता त्यागिसकेका गैरआवासीय नेपालीहरुको हकमाभने नेपाली बित्तिय संस्थाबाट ऋण लिने कानुनी सुविधा अहिलेसम्म छैन। गैरआवासीय नेपाली नागरिकता कार्यन्वयन भएपछि भने यस्तो सुविधा पाउन सक्नेछन् ।
अबैध बसोबास गर्नेले ऋण नपाउने !
यदि तपाईं विदेशमा अवैधानिक रुपमा लुकेर बस्नुभएको छ भने त्यहाँको डकुमेन्ट देखाएर ऋण पाउनुहुन्न । तपाईं सम्बन्धित देशमा बस्नका लागि भिषा अवधि भएको हुनुपर्छ। कानुनी रुपमा विदेशमा बसेको नागरिकले मात्र त्यहाँको कागजपत्र देखाएर ऋण लिन पाउने बैंकहरु बताउँछन् ।
यदि तपाईंको विदेशको आम्दानीले मात्र घरकर्जा लिन नपुगेमा नेपालमै रोजगारी वा उद्यम व्यवसाय गरिरहेका परिवारका सदस्यहरुको पनि आम्दानी जोडेर घरकर्जा लिन सक्नुहुन्छ । तपाईंले ऋण लिँदा नेपालमा भएका परिवारका सदस्यलाई जमानी राख्नुपर्ने हुन्छ ।
घरजग्गाको ऋण प्रवाह गर्दा बैंकहरुले तपाईंले खरिद गर्न लागेको प्रोपर्टी धितो बन्धक राख्न सक्छन् । वा, तपाईं र परिवारको नाममा रहेको अन्यसम्पत्ति पनि धितो राख्न सक्नुहुन्छ ।
ऋणको आवदेनसँग पेस गर्नुपर्ने कागजातहरु:
✓ ऋण लिने व्यक्तिआफै उपस्थित हुनुपर्ने
✓ कर्जा लिने व्यक्तिको नागरीकता वा पासपोर्ट
✓ पासपोर्ट साइजको फोटो
✓ भिसालागेको पासपोर्टको प्रमाण, तलबीकागजात, विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट र विदेशबाट नेपालमा पैसा पठाएको कागजात । | 2022/06/28 13:03:18 | https://gulminews.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%AE%E0%A4%BE%E0%A4%87-%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BE%E0%A4%8F%E0%A4%B0-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE/ | mC4 |
रामसिंह रावल « Imagekhabar – Online News Portal of Nepal
Tag: रामसिंह रावल
काठमाडौं । नेपाली काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनबाट रामसिंह रावलले ६०५ मत ल्याएर सभापतिमा वियजी हुनुभएकाे हो । उहाँका प्रतिद्वन्द्वी कविराज पण्डितले ५६६
देउवाको गढमा पौडेल पक्षको जीत, उत्साहित पौडेलले भने–सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ
काठमाडौं । नेपाली काँग्रेस बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएसँगैं वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित देखिनुभएको छ । ट्विटरमा लेख्दै पौडेलले परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ
काठमाडौं । कृषि कर्मलाई प्रोत्साहित गर्ने उदेश्यले जुम्लाका चार जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले मुल्यांकनका आधारमा चार जना किसानलाई उत्कृष्ट | 2022/05/28 14:36:01 | https://www.imagekhabar.com/news/tag/%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9-%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%B2/ | mC4 |
खम्वप्रसाद पुन । बाँके । उखान टुक्का र गैरजिम्मेवारी अभिब्यक्तिले देश चल्न नसक्ने भन्दै आज नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ । नेपाली काँगे्रस सम्बद्ध नेपाल महिला संघ बाँकेले आयोजना गरेको बिरोध र्याली पार्टी कार्यालयबाट निस्केर जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो ।
गैरजिम्मेवारी अभिब्यक्तिले सहिष्णुताभन्दा असहिष्णुता बढ्दै गएकाले संबिधानको कार्यान्वयन गर्ने घडीमा संबेदनसिल रहन प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । हत्याहिंसा, दिनहुँ महिलामाथि बलत्कार, बढ्दो महंगी र कर आतंकले नेपाली जनजीवन आक्रान्त हुँदै गएकोले सरकार चाँडोभन्दा चाँडो गम्भीर रहन उक्त ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन र दोषिलाई तत्काल सार्वजनिक गरी कडा कावाही गर्न समेत माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई पुग्ने गरी नेपाल महिला संघ बाँकेकी अध्यक्ष नारायणी रुपाखेतीले सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापन पत्र बुझाएकी हुन् । कार्यक्रममा नेपाली काँगे्रस बाँकेकी सभापति किरण कोइराला, सचिव तप्त पौडेल, नगर सभापति प्रशान्त बिष्ट लगायतको उपस्थिति रहेको थियो । | 2022-12-02T22:45:45Z | https://satyapati.com/2018/09/16237/ | OSCAR-2301 |
नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको विक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार १ सय १६ रुपैयाँ ६१ पैसामा विक्रि भएको डलर आज ८१ पैसा घटेको हो । यस्तै, बुधबार अमेरिकी डलर १ को खरिददर १ सय १६ रुपैयाँ १ पैसा रहेकोमा आज घटेर १ सय १५ रुपैयाँ २० पैसा भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएकोले डलरको भाउ लगातार बढीरहेको अर्थविदको तर्क छ । सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८ रुपैयाँ ४ पैसा थियो । भारतसँगको स्थिर विनियम दरका कारण अन्तराष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा पनि स्वत डलरको भाउ महंगो हुने गरेको छ । | OSCAR-2019 |
||
निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा – kalikadainik.com
शनिबार, आषाढ ०५, २०७८ | १३:२८:५३ |
बाजुरा । एक साताको लगातार वर्षाका कारण बूढीगङ्गा नदीमा पानीको बहाव बढेपछि बडिमालिका नगरपालिका–६ जडाङ्गा र वडा नं ४ ओलेनामा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा रहेको छ । एक स्पामसम्मको भाग सम्पन्न भइसकेको पुललाई थामेका टेका, स्याल्याब नदीको बहावले बगाउने सम्भावना देखिएको छ । प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुलको केही महिनाअघिमात्र काम शुरु गरिएको थियो ।
साँफे–मार्तडी सडक खण्डमा पर्ने सो मोटरेपुल २०७३ साल असार ३० गतेदेखि २०७५ असार ३० गते पुल निर्माणका लागि रु नौ करोड ८३ लाख ८२ हजार ५७९ कूल लागत अनुमान रकममध्ये रु पाँच करोड पाँच लाख १६ हजार ९०० मा काष्ठमाडाँै मसिना जेबीले सम्झौता गरेको थियो ।
अविरल वर्षाका कारण नदीमा पानीको वाहक बढ्दै गएकाले पुल निर्माणको काम रोकिएको काष्ठमाडाँै जेबी प्रालिका साइड इन्चार्ज रमेश चपाइले बताउनुभयो । "अहिले झण्डै ७० प्रतिशत काम भइसकेको र ३० प्रतिशत काम गर्नमात्र बाँकी रहेको छ, पानी रोकिएपछि तथा बाढीपहिराबाट जोगिएपछि २०७८ साल असोजमै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ", उहाँले भन्नुभयो ।
पुलको एक भाग ढलान हालिएको ५० मिटर पुलको स्ल्याब तथा पिल्लर भाँचिने सम्भावना देखिएको छ । सङ्घीय सरकारबाट विनियोजित रकममा निर्माण सम्झौता भएको डबल स्पानको ५० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । असोज महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल लगातार पर्दै गएको वर्षाका कारण काम रोकिएको सडक डिभिजन साँफेबगरका इन्जिनीयर दमनकुमार विष्टले बताउनुभयो । | 2022/06/29 01:27:26 | https://www.kalikadainik.com/2021/06/19/39350/ | mC4 |
एपीएफ र न्यू डायमण्ड फाइनलमा भिड्ने | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more एपीएफ र न्यू डायमण्ड फाइनलमा भिड्ने
खेलकुद, प्रदेश, प्रदेश न. ४, समाचार
पोखरा । गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्षको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन ।
प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ६५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रचार–प्रसार संयोजक धर्ममानसिंह भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । | 2020/04/02 19:10:11 | https://www.khabardabali.com/2018/09/205661/ | mC4 |