text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
काठमाडौ । सरकार र विप्लव समूहबीच वार्ता हुने पक्का भएको छ । भूमिगत समूहसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्रहरुलाई जिम्मेवारी दिइसक्नुभएको छ । बालुवाटारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतलाई यसमा काम अघि बढाउन सबै अधिकार दिइएको छ ।
ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापा 'बादल'ले पनि छुट्टै टोली परिचालन गरेर प्रयास अघि बढाउन भनिएको छ । यसमा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई क्रियाशील रहेको बुझिएको छ ।
हिरासतमा रहेका धर्मेन्द्र बाँस्तोलामार्फत पनि समूहका शर्तहरुबारे बुझ्ने काम भइरहेको स्रोत बताउँछ । यसका लागि बादल गोप्य रुपमा हिरासतमा नै पुगेर धर्मेन्द्र बाँस्तोलालाई भेट्न पुग्नुभएको छ । यसमा सुरक्षा निकायले पनि समन्वयकारी भूमिका निभाइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
अर्कोतर्फ विप्लव समूहले वैद्य माओवादीसँग कार्यगत एकता गर्न छलफल गरिरहेको छ, ज'नयु'द्ध दिवसको सन्दर्भ पारेर १ फागुनमा त्यससम्बन्धी घोषणा गर्ने वैद्य–विप्लवको तयारी रहेको स्रोत बताउँछ । यही मौकामा वैद्य र विप्लव सहितलाई आफ्नो पक्षमा ल्याएर चुनाव गराउन ओलीले योजना बनाउनुभएको छ ।
वैद्य अध्यक्ष र विप्लव कार्यकारी अधिकारसहित महासचिव हुने भनेर छलफल भइरहेको स्रोत बताउँछ । यो कार्यगत एकता भएकै दिन सरकारसँग वार्ता गर्ने र राजनीतिक प्रतिबन्ध फुकुवा गराउने सरकार र विप्लव समूहको लक्ष्य छ ।
पार्टीमाथि प्रतिबन्ध लागेका कारण दुई पक्षबीच एकतामा अवरोध हुने भएका कारण दुवै पक्ष सरकारसँग वार्ता गर्न तयार रहेको बुझिएको छ । त्यसैले नेता मोहन वैद्य 'किरण' लगायतले पनि वार्ताका लागि पहल गरिरहेको सरकारी स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार इश्वर पोखरेल आज नै त्यसको प्रयासका लागि नुवाकोट पुग्नुभएको छ । औपचारिक कार्यक्रम त देखाउने मात्र हो उहाँ वार्ताकै लागि पहिलो प्रयास गर्न नुवाकोट पुग्नुभएको छ उच्च स्रोतको दावी छ । | 2021/05/16 19:29:45 | https://www.janaboli.com/post/322376 | mC4 |
काठमाडौं । नक्कली परीक्षार्थी बनेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा अहिले पाँचजना विद्यार्थी अनुसन्धानका लागि राखिएका छन् । उनीहरूमाथि एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोप लागेको छ ।
गएको शुक्रबार पक्राउ गरिएका उनीहरूलाई परिसरले आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ । नक्कली परीक्षार्थीलाई सम्बन्धित कलेजबाट निकालिसकिएको छ । आरोप पुष्टि भए उनीहरूमाथि नियमाअनुसार कारबाही हुने छ ।
विज्ञापन
विज्ञापन
यसरी पक्राउ परे ’नक्कली परीक्षार्थी’
चिकित्सा शिक्षा स्नातक तहअन्तरगत १४ वटा विषय छन् । ती सबैका लागि चिकित्सा शिक्षा आयोगले चैत १८, २० र २१ गते एकीकृत परीक्षा लिएको थियो । परीक्षामा ३५ हजार परीक्षार्थी सहभागी भएको आयोगको तथ्यांक छ । तीमध्ये एमबीबीएस तहको परीक्षामा अरुको नाममा परीक्षा दिइरहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा अमर पण्डित, अनिकेत चौधरी, राम आशिष यादव, अहमद अन्सारी र सन्नीकुमार शाह छन् । उनीहरूमध्ये ४ जना किस्ट मेडिकल कलेजमा एमबीबीएस पहिलो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् भने अर्का एक जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौंको सीसीआरसी कलेज, एम्बिसन कलेज, ग्रामर पब्लिक स्कुलमा रहेको केन्द्रबाट परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
केही रकम एड्भान्समा, नाम निस्किएपछि १८ लाखसम्म !
एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर गएकाहरूले प्रवेशपत्र सक्कली विद्यार्थीकै लिएको र फोटो आफ्नो टाँसेको पाइएको प्रहरीले जनाएको छ । तर, उनीहरूले नागरिकता भने सक्कली परीक्षार्थीकै लिएर गएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
नक्कली परीक्षार्थीले एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेबापत १८ लाख रूपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ । उनीहरूले अरूको नाममा परीक्षा दिने सम्झौता गर्दा ५० हजार देखि १ लाखसम्म एड्भान्सबापत रकम लिने गरेको र परीक्षाको नतिजा आएपछि ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको पाइएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
कुँवरकाअनुसार नाम मात्रै निस्किएमा थोरै रकम, शुल्क तिरेर पढ्नुपर्नेगरी नाम निस्किए सोहीअनुसार र पूर्ण छात्रवृत्तिमा नाम निस्किए १८ लाख रूपैयाँसम्म पैसा लिने गरेको पाइएको छ । कतिपय विद्यार्थीको हकमा भने आर्थिक अवस्थाका आधारमा सोहीअनुसार पैसाको डिल हुने गरेको अनुसन्धानले देखाएको छ । विश्वविद्यालयमा धेरै अंक ल्याएका पूर्व विद्यार्थीदेखि भारतीय नागरिकसम्म नक्कली परीक्षार्थीको रूपमा परीक्षामा सहभागी हुने गरेको पाइएको कुँवरले बताए ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार प्रत्येक शैक्षिक सत्रका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनु अगावै चिकित्सा शिक्षासम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय प्रतिष्ठान र अन्य शिक्षण संस्थासँगको समन्वयमा एकीकृत परीक्षा हुनेछ । यस अर्थमा अहिलेको प्रवेश परीक्षामा चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमलगायत सम्बन्धित निकायहरू यो केसमा जिम्मेवार देखिन्छन् ।
प्रहरीलेसमेत नक्कली परीक्षार्थीको उपस्थितिका लागि बिचौलियाले समन्वयकारी भूमिका निर्वाह गरेको हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढाइरहेको छ । तर, आयोगलगायतका सम्बन्धित निकायहरू भने यसमा पूर्णतः नक्कली र सक्कली दुवैतर्फका विद्यार्थीको मात्रै हात रहेको भन्दै पन्छिन खोजेको देखिन्छ । | 2022-11-26T14:52:02Z | https://malikasamachar.com/mbbs-23/ | OSCAR-2301 |
छुरा प्रहार गरी हत्या, दुई जना पक्राउ - Enepalese.com
इनेप्लिज २०७१ चैत १४ गते १२:०१ मा प्रकाशित
फलेबास (पर्वत), १४ चैत । उत्तरी पर्वतको माझफाँट गाविसमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ ।
माझफाँट गाविस–५ निवासी २३ वर्षीय नरबहादुर दमार्इंको मृत्यु भएको छ ।
शुक्रबार राति स्थानीय १९ वर्षीय राजु दमार्इंले नरबहादुरलाई मादक पदार्थ सेवन गरी एकापसमा झगडा हँुदा दायाँ घाँटीमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारका क्रममा म्याग्दी जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार रहेका राजु दमार्इं र मृतककी श्रीमती २० वर्षीया दिलमाया परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका–११ पुलाचौरस्थित ससुराली घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । | 2021/12/03 16:56:57 | https://www.enepalese.com/2015/03/13443.html | mC4 |
हाम्रो बारेमा - Fuyang Bestop आयात र निर्यात लिमिटेड।
Fuyang Bestop आयात र निर्यात लिमिटेड 10 वर्ष भन्दा बढी निर्यात अनुभव संग 2011 मा स्थापित छ।हामी चिनियाँ जडिबुटीहरूमा विशेषज्ञता हासिल गर्ने अग्रगामी हौं, परम्परागत जडिबुटी औषधिलाई विश्वभर निर्यात गर्नका लागि विशेष रूपमा।
हामीसँग जीएमपी प्रमाणित कारखाना छ, हाम्रा ग्राहकहरूलाई जैविक जडीबुटीहरू प्रस्ताव गर्दछौं।हाम्रो कार्यालय फुयाङ शहर, Anhui प्रान्त मा स्थित छ;कार्यशाला चीनको सबैभन्दा ठूलो जडीबुटी बजार HuaTuo को गृहनगर भनेर चिनिने बोझाउमा अवस्थित छ।हामीले मानव स्वास्थ्यमा आफूलाई समर्पण गर्दै आएका छौं, र चिनियाँ परम्परागत संस्कृति फैलाउँदै आएका छौं।
Fuyang Bestop मुख्यतया चिनियाँ हर्बल औषधि, सुख्खा प्राकृतिक फूल, बिरुवाको निकासी, आवश्यक तेल र अन्य सम्बन्धित स्वस्थ उत्पादनहरू कारोबार गर्दछ;अनुसन्धान, विकास, र स्वास्थ्य उद्योग को बिक्री को लागी समर्पित।हामी बिभिन्न क्षेत्रहरूमा बिभिन्न बिरुवा आधारहरू निर्माण गर्छौं प्रत्येक वस्तुलाई मूलबाट ग्राहकहरूको हातमा सीधै बेच्ने ग्यारेन्टी गर्न, कुनै बिचौलिया नाफा कमिसन।
हामीसँग FDA, HALAL, र ISO प्रमाणपत्र जस्ता प्रख्यात प्रमाणपत्रहरू बाहेक, सबै आवश्यक कागजातहरू नि: शुल्क प्रस्ताव गर्न सकिन्छ, जस्तै फाइटोसेनेटरी प्रमाणपत्र, स्वास्थ्य प्रमाणपत्र, फ्युमिगेसन प्रमाणपत्र, कमर्शियल इनभ्वाइस र प्याकिङ सूची, आदि।
हामी खुद्रा व्यापारको एक भरपर्दो थोक आपूर्तिकर्ता हौं, हाम्रा धेरै ग्राहकहरूले रिटेल वेबसाइट जस्तै Amazon, Wish, Ebay आदि मार्फत आफ्नो व्यवसाय गर्छन्। विश्व र अब हाम्रो उद्योग मा धेरै उच्च प्रतिष्ठा पाउनुहोस्।सबै भन्दा राम्रो गुणस्तर, सबै भन्दा कम मूल्य र सबै भन्दा राम्रो बिक्री पछि सेवा राम्रो ग्यारेन्टी गर्न सकिन्छ।अनुकूलन अर्डरको लागि पनि MOQ धेरै कम छ।सबै उत्पादनहरू OEM उपलब्ध छन्, सोधपुछ गर्न स्वागत छ र नि: शुल्क नमूना प्राप्त गर्नुहोस्! | 2022/05/23 18:31:32 | http://ne.goherbalfood.com/about-us/ | mC4 |
'अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता' सार्वजनिक « Khabarhub
काठमाडौं- नेपाल एकीकरणका मुख्य पात्र राजा पृथ्वीनारायण शाहको जीवनीमा आधारित पुस्तक 'अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता'को आज काठमाडौँमा लोकार्पण गरिएको छ ।
विभिन्न विधाका ४४३ लेखकको लेख समेटिएको एक हजार ४०४ पृष्ठ लामो उक्त पुस्तक काठमाडौँमा आज प्रधानसेनापति पूर्णचन्द्र थापाले लोकार्पण गरेका हुन् । हरिप्रसाद सोडारीको प्रधान सम्पादकत्वमा निर्माण भएको पुस्तकको मूल्य रु पाँच हजार राखिएको छ । आज लोकार्पणको दिनमा विशेष छुटसहित रु दुई हजारमा बिक्री गरिएको थियो ।
समारोहमा पुस्तकका प्रधानसम्पादक सोडारीले पृथ्वीनारायण शाह योद्धाका रूपमा मात्रै नभइ सैनिकको मनोबल कसरी बढाए, विद्धानलाई कसरी उपयोग गरे, जनतालाई कसरी उत्साहित बनाए भनेर पुस्तकमा समावेश गरिएको बताए ।
आफ्नो कालमा केही त्रुटी गरेपनि नेपाल एकीकरणमा महत्वपूर्ण योगदान गरेकाले उनको बहुआयामिक पक्ष पुस्तकमा समेटिएको उनले जानकारी गराए । इतिहासकार दिनेशराज पन्तले नेपालको पुनःएकीकरणको काम पुथ्वीनारायण शाहले गरेकाले आज हामी नेपाली भनेर शिर ठाडो बनाउन सकिएको उल्लेख गर्दै यो पुस्तक हरेक नेपालीका लागि उत्तिकै महत्वको रहेको बताए ।
कार्यक्रममा पूर्व रथि अमर पन्तले नेपाललाई साझा फूलबारी बनाउने पृथ्वीनारायण शाह बहुआयामिक व्यक्ति भएको भन्दै इतिहासलाई जीवन्त राख्ने काम पुस्तकले गरेको बताए । उनले वर्तमान समयमा सीमा मिचिएको बेला पुथ्वीनारायण शाहको योगदान स्मरणीय रहेको उल्लेख गर्दै देशको सीमा जोगाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका थिए । | 2020/12/03 07:04:22 | https://www.khabarhub.com/2020/09/120530/ | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - 'सरकारलाई असफल पार्नकै लागि आलोचना र आक्रमण भइरहेको छ'
आइतबार, ०३ कार्तिक २०७६, ०९ : ४१
आइतबार, २८ असोज २०७५, १९ : १९ | नागरिक
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सोम प्रसाद पाण्डेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कमजोर नठान्न आग्रह गरेका छन्। रिपोर्टर्स क्लबद्वारा आइतवार आयोजित साक्षात्कारमा बोल्दै सरकारलाई असफल पार्नकै निम्ति आलोचना र आक्रमण भइरहेको टिप्पणी गरे। 'वर्तमान सरकारलाई असफल पार्न हो कि वा सुधारको निम्ति हो ठूलो आक्रमण भैरहेको छ। ठूलो आलोचना भैरहेको छ?' उनले प्रश्न गरे।
मन्त्रिपरिषदद्वारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक समेत रहेका पाण्डेले सरकार सुखी नेपाली र समृद्ध नेपालको उद्देश्यसहित अघि बढिरहेको भन्दै ७ महिने कार्यकालमा धेरै काम अघि बढाएको बताए। 'खर्बौ रुपैयाँ ऋणमा गरिएका कामहरुको भुक्तानी बाँकी थियो । ती लगायतका ऋणहरुलाई चाहीँ व्यवस्थापन गरेर वर्तमान सरकारले अहिले आर्थिक अवस्था अत्यन्तै सवल बनाएको छ', पाण्डेले भने।
हिजोको दिनमा नेपाल–भारत, नेपाल–चीनबीचको सम्बन्धलाई आलोचनाको विषय बनाइएको सुनाउँदै उनले वर्तमान सरकारले अहिले सुमधुर बनाएको दाबी गरे।
संविधान झण्डै फेल हुन लागेको अवस्थामा संविधानको व्यवस्था अनुसार धारा १६ देखि ४८ सम्मका मौलिक हकका विषयमा कानून नबनाएको खण्डमा संविधान नै लागु नहुने र खारेज हुने अवस्थामा भएको बेला वर्तमान सरकारले अत्यन्तै 'फाष्ट–ट्रयाकबाट' सबै चाहिने कानून, नियम तथा ऐन बनाएर संविधानको व्यवस्थालाई जोगाएको उनको दाबी छ।
सरकारले धेरै कुरा अघि बढाइसकेको जनाउँदै पाण्डेले भने, 'आज तपाईहरुले सुन्नुभएको रेलमार्गको कुरा यो भन्दा विगतका कुनैपनि सरकारले उठाउन सकेका थिएनन्। तर, यो सरकारले रेलमार्गको कुरा उठाएको छ। अब यो निर्माण हुने अवस्थामा पुगिसकेको छ। विकास निर्माणको काममा सरकारले धेरै कामहरु गरिसकेको छ।'
संविधान संशोधनमा सरकार संवेदनशील
नेता पाण्डेले संविधान संशोधनको विषयमा वर्तमान सरकार संवेदनशील रहेको स्पष्ट पारे। 'संविधान भनेको असंशोधनीय एउटा धार्मिक ग्रन्थ होइन, त्यो संशोधन हुन्छ। मात्रै के हो भने त्यो संशोधन नेपाली जनता र मुलुकको हितमा ती विषयवस्तुहरु निहित हुनुपर्छ।'
केन्द्रबाट सञ्चालन हुने मौद्रिक नीति होस् या लोकसेवा लगायत अरु कर्मचारी व्यवस्थापनको कुरामा आफूहरुले संविधानमै एउटा दायरा बनाएको उनले सुनाए। पाण्डेले भने, 'यी सबै कुराहरु केन्द्र सरकारको तर्फबाट सम्पादन हुन्छ। कुन–कुन काम कुन सरकारले गर्ने भन्नेबारे संविधानले नै सबै निर्दिष्ट गरिसकेको छ । त्यो अनुसार नै चल्छ।'
प्रदेशले चाहेर नयाँ नयाँ कुराहरु र नयाँ नयाँ कानुनहरु ल्याउन चाह्यो भने त्यो संविधान र नेपाली जनताको मान्य नहुने स्पष्ट पारे। उनले भने, 'प्रदेशले चाहँदैमा, स्थानीय तहको सरकारले चाहँदैमा आफ्नो हिसाबले कुनैपनि ऐन, कानूनहरु बनाउने कुरा र कुनैपनि संरचना तयार पार्ने कुरा त्यो नेपाली जनतालाई मान्य हुँदैन र मुलुकको मान्यतामा त्यो रहन सक्दैन्।' | 2019/10/20 03:56:36 | https://nagariknews.nagariknetwork.com/news/59925/ | mC4 |
एपबाट चल्ने यौन खेलौना - पहिलो विश्व - साप्ताहिक
कार्यव्यस्तताका कारण पारिवारिक जीवनमा जान नचाहनेहरूको यौनजीवनलाई सुखद तुल्याउने उद्देश्यले वैज्ञानिकहरूले यौन खेलौनामा लगातार सुधार ल्याउँदै आएका छन् । हावा भरेर चलाउन मिल्ने यौन खेलौना विकाससँगै प्रारम्भ भएको यसको इतिहास अब मोबाइलबाट चलाउन मिल्ने यौन खेलौनासम्म पुगेको छ, अर्थात् चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने यौन खेलौनाको विकास गरेका छन् ।
चिनियाँ व्यवसायीहरूले डल स्विट डल्स र एक्स डलले प्रोटो टाइपको मोबाइल एपबाट चल्ने यौन खेलौनाको निर्माण गरेका हुन् । यो खेलौनाले बोल्ने, हाँस्नेदेखि लिएर गीत गाउनेसम्म काम गर्छ । आकर्षक अनुहारमा तयार पारिएको यो यौन खेलौनाले आवाज सुनेर कुराकानीसमेत गर्छ । स्मार्टफोनको एप तथा प्ले स्टेसनवाट चलाउन मिल्ने यो यौन खेलौनाले अहिले चाइनिज भाषा मात्र बुझ्छ ।
चिनियाँ निर्माताहरूले पहिलो चरणमा चिनियाँ एवं जापानिज भाषा बोल्ने खेलौना निर्माण गरिए पनि पछि यसलाई अंग्रेजी भाषासमेत बुझ्ने बनाइने जानकारी दिएका छन् । | 2019/07/22 08:27:54 | http://saptahik.ekantipur.com/news/2017-08-14/20170814135115.html | mC4 |
यू-१९ विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै (लाइभ स्कोर) |
24 July, 2017 | Sandeep Bhattarai | 1095 Views | comments
सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा अहिले नेपाल र मलेसिया भिडिरहेका छन् । खेल भर्खरै सुरु भएको छ । इण्डियन एसोशियसन क्रिकेट मैदानमा क्रिकेट मैदानमा नेपाल टस जितेर बहिले बलिंग रोज्दै मलेसियालाई ब्याटिंगमा निम्तो दिएको छ ।
पहिलो राउण्डको खेलमा नेपालले मलेसियाली पाँच विकेटले पराजित गरेको थियो ।जारी प्रतियोगितामा नेपालले खेलेको चार खेल मध्ये तीनमा जित आत्मसाथ गरेको छ । नेपालले खेलेको सबै खेलमा व्याटिङमा कमजोर प्रदर्शन गरेको छ भने बलिङमा नेपाली बलरहरु चम्किएका छन् ।
लगातार तेस्रो जितसँगै नेपालले चार खेलबाट ६अंक जोडेको छ । र, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ ।
लाइभ स्कोर -http://www.espncricinfo.com/series/17910/game/1110899/Nepal-Under-19s-vs-Malaysia-Under-19s-Match-9-ICC-Asia-Under-19s-World-Cup-Qualifier | 2018/10/16 12:44:31 | http://www.newsnrn.com/%E0%A4%AF%E0%A5%82-%E0%A5%A7%E0%A5%AF-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%95%E0%A4%AA-%E0%A4%9B%E0%A4%A8%E0%A5%8B%E0%A4%9F%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE-2/ | mC4 |
आधुनिक प्रविधिको बढ्दो आकर्षण सँगै बिलाउदै गए गाउँघरका रैथाने परम्परा – ebaglung.com
आधुनिक प्रविधिको बढ्दो आकर्षण सँगै बिलाउदै गए गाउँघरका रैथाने परम्परा
२०७४ जेष्ठ २३, मंगलवार ०६:३० Footer Slider, Top News, थप समाचार, विविध
गुमानसिँह भण्डारी, गल्कोट २०७४ जेठ २३ । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण गलकोट क्षेत्रको रैथाने प्रविधि लोप हुँदै गएको छ । उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन 'कोल' गाउँमा यताकता मात्र देखिने गरेको छ ।
अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर गलकोटका ग्रामीण क्षेत्रमा विस्थापित बन्ने अवस्थामा पुगेको छ । त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि लोप भएका छन ।
वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हँुदै गइरहेका छन् ।
करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि गलकोटमा यी घरेलु मेसिन विस्थापनमा परेका गलकोटबासीको भनाई छ ।
घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याति कमाएको गलकोटका लोकबाजाहरु खैँजडी, मादल, डम्फु, ढोलकी, सहनाई र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको स्थानियको भनाई छ ।
यस क्षेत्रका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हुँदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको यस क्षेत्रका सांस्कृतिक कलाकारहरू बताउँछन् । घरेलु मेसिनलगायतका परम्परागत साधन पनि लोप हुँदै गएपछी यस क्षेत्रको मौलिक परम्परागत सभ्यता नै संकटापन्न अवस्थामा छ । | 2019/11/15 20:40:58 | https://www.ebaglung.com/archives/8853 | mC4 |
Global Aawaj | प्रेमविवाहको १४ महिनामै पाल्पाकी सरस्वती घरमै मृत फेला प्रेमविवाहको १४ महिनामै पाल्पाकी सरस्वती घरमै मृत फेला
बुटवल । दुई दिनअघि पाल्पामा झुण्डिएको अवस्थामा मृत फेला परेकी एक युवतीको १४ महिना अघि मात्र प्रेम विवाह भएको र मृत्यु घटना रहस्यमय रहेको माइतीजनले बताएका छन् । पाल्पा प्रहरीका अनुसार असार २८ गते साँझ करिब ८ बजेको समयमा तानसेन नगरपालिक–५ सेतीपोखरीकी १९ वर्षिया सरस्वती नेपाली आफ्नै घरको माथिल्लो तल्लाको बलोमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरीको विवरणमा सेतीपोखरी लेखिएपनि त्यस स्थानको नाम शिवपोखरी रहेको मृतकका परिवाजनले बताए ।
पाल्पाका प्रहरी प्रबक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार उक्त घटनाको जानकारी पाउन साथ प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी घटना स्थलमा पुगेको थियो र घटनाको थप अनुसन्धान भइरहेको छ । उनको माईती घर तानसेन नगरपालिका–११ बन्दिपोखरा भएको र १४ महिनाअघि त्यस शिवपोखरीका सुशिल नेपालीसँग प्रेम विवाह भएको उनका दाजु सागर थडराईले जानकारी दिए । दाजु थड्राई भन्छन् –'बहिनी दिदीकोमा एक रात बसेर फर्किएको बताइएको छ । तर, त्यस दिन दिदीहरु तानसेनमा रहेको कोठाबाट यता घर आउनु भएको थियो, तलको कोठामा श्रीमान सुतेको र माथिको तलमा बहिनी त्यस्तो अवस्थामा फेला परेको बताइन्छ ।'
दाजु थड्राईले बहिनी सरस्वतीको मृत्यु रहस्यमय रहेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । उनका अनुसार प्रेम विवाह गरेर गएदेखि सरस्वती माइती घर फर्केकी थियनन् र उनीहरुको ढोँग–भेट पनि भएको थिएन । त्यस घरमा सरस्वती र उनका श्रीमान मात्रै बस्ने गरेको थड्राईको भनाई छ । मृतकका श्रीमान सुशिल नेपालीसंग सम्पर्क राख्दा असार २७ गते तानसेन कैलास नगरमा रहेकी दिदीको घरमा उनी बस्न जान्छु भनेर आफु खुशी हिँडेकी थिइन् । उनी भन्छन्–'आज नजाउ पछि दुबै जना संगै जाउँला भनेर भनेको थिएँ । उनी नमानेर आफू खुशी गइन् ।
अर्कोदिन विहान साढे ८ बजेतिर आइन् । एक डेढ घण्टा तल कोठामा सँगै बस्यौं । त्यसपछि उनी घाँस काट्न जान्छु भन्दै हिँडिन् । धेरै बेरसम्म नआए पछि फोन हाने । चार पाँच पटकसम्म फोन नउठेपछि उनी घाँस काट्न जाने गरेको स्थान तिर खोज्न गएँ । उनकी मिल्ने साथीसँग पनि सोधपुछ गर्न गएँ । फेरी पनि फोन हाने । फोन नउठेपछि केहिसिप नलागेर आँटीमा गइछन् कि भनेर खोज्न गएँ, माथि दुई वटा कोठा छन्, वल्लो कोठामा देखिन, पल्लो कोठामा हेर्दा झुण्डिएको अवस्थामा देखें, साँझ त्यस्तै छ बजेतिर हो ।'
उनले श्रीमती र आफू बीच कुनै किसिमको मन–मटुवा नभएको बताए । आफ्नो उमेर ३१ वर्ष भएको र उनीसँग गत वर्षको जेठ २१ गते प्रेम विवाह गरेर भित्राएको उनले सुनाए । सरस्वतीले माइतीले ढोग–भेट फुकाई दिए माइत जान पाउने थिएँ भन्ने गरेको उनी बताउँछन् । आमासँग त्यस बारे उनले फोनमा कुराकानी गर्ने गरेको बताउँदै उनले भने–'ढोग–भेट फुकाउने कुरा चल्दा–चल्दै सात महिना अघि मेरी आमाको मृत्यु भएर रोकिएको थियो। उनले के कारणले आत्माहत्या गरिन् भन्ने कुराको अड्कल काट्नै सकेको छैन्।'
गत वर्ष सरस्वतीले एसईई उत्तिर्ण गरेकी थिईन् । तानसेनको बसन्तपुर स्थित जनता उच्च माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना गर्ने तयारी भइरहेको बेला यस्तो घटना भएको उनका श्रीमान सुशिल नेपालीले बताए । | 2021/07/28 18:07:54 | https://www.globalaawaj.com/archives/121058 | mC4 |
मुलुक निर्वाचनमा व्यस्त रहेको वखत म्याग्दीमा भने नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेका छन् । एकहप्ताको अन्र्तरालमा बैंक तथा वित्तीय संस्था, किराना पसल लगायत दैनिक कारोबार हुने पसलमा छ्यापछ्याप्तीरुपमा नक्कली नोट भेटिन थालेका छन् । नक्कली नोटको प्रयोग मतदाता खरिदलगायतका काममा समेत प्रयोग भएको अनुमान गरिएको छ । | OSCAR-2019 |
||
चीनका पूर्वराष्ट्रपति चियाङ चमिनको अन्तिम संस्कार सम्पन्न भएको छ। बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सी चिनफिङको अगुवाइमा सिंगो पोलिट्ब्युरोले चियाङप्रति सम्मान प्रकट गरेको थियो। सो क्रममा सहरभरि साइरन बजाइएको थियो। चियाङकी पत्नी वाङ यपिङ ह्विलचेयरमा बसेर अन्तिम संस्कारमा...
१० दलले कटाए लुम्बिनीमा थ्रेस होल्ड, सरकारमा बहुमत जुटाउन भने सकस
१ मिनेट अघि रातोपाटी
लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलले थ्रेस होल्ड कटाएका छन् । यो सँगै अब प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र रहेकोमा आठ वटा राजनीतिक दलले मात्रै प्रत्यक्षमा चुनाव जितेका...
काठको गोलाइको आयतन मापनमा कुन सूत्र प्रयोग गर्ने?
२ मिनेट अघि सेतोपाटी
वन व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले वन नियमावली २०७९ ल्याएको छ। नियमावली आइसकेपछि त्यसमा परिवर्तन भएका विषयहरूमा छलफल हुनु स्वभाविक छ। परिवर्तनसँगै विरोधका स्वरहरू उठ्ने र विषयगत कारणहरू खोज्ने विषय सामान्य नै हो। अझ प्राकृतिक श्रोतहरूमा गैह्रसरकारी संघसस्थाहरू...
समानुपातिक मतको मिटरः १ करोड ५ लाख ६० हजार सदर मतमा कसले कति पाए?
२ मिनेट अघि सेतोपाटी
यहीँ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फको सबै १६५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले ५७ सिटसहित अग्रता लिएको छ। नेकपा एमालेले ४४ सिटमा जित निकालेर दोस्रो भएको छ। यस्तै १८ सिट जितेको माओवादी...
रेशम चौधरीलाई आठ प्रश्न (अन्तर्वार्ता)
२ मिनेट अघि सेतोपाटी
नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित संघीय संसदमा प्रवेश गर्दैछ। यो पार्टीको संरक्षकमा रेशम चौधरी छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संघमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन। निर्वाचन...
१९३३.८८ बिन्दुमा नेप्से, शिवम् सिमेन्टको सर्वाधिक खरिद–बिक्री
२ मिनेट अघि सेतोपाटी
मंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेको छ। आज नेप्से ०.२५ प्रतिशतले घटेर १९३३.८८ बिन्दुमा पुगेर बन्द भएको हो। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४...
आफ्ना नेता, कार्यकर्तामाथि लगाईको मुद्दा खारेज गर्न सरकारलाई विप्लव नेतृत्वको नेकपाको दवाव
२ मिनेट अघि सेतोपाटी
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दवाव दिएको छ। मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले यस्तो दवाव दिएका हुन्। मुलुक...
सांसदले शपथ नलिँदै देउवाले थाले संसदीय दलको नेता बन्न लबिङ
४ मिनेट अघि रातोपाटी
प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत...
सेयरबजार : सूचक र कारोबार रकम दुवै घट्यो
१० मिनेट अघि नेपालखबर
सेयरबजार आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.८७ अंकले घटेको हो। मंगलबार कारोबार रकम पनि घटेर ९६ करोड ५२ लाखमा सीमित भएको छ। सेयरबजारमा आज २३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर बिक्री भएको छ। आज...
सीपीसीको बैठकपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए हु जिन्ताओ
१३ मिनेट अघि रातोपाटी
पूर्वचिनियाँ नेता हु जिन्ताओ अक्टोबरको दोस्रो साता कम्युनिष्ट पार्टीको शीर्ष बैठकबाट नाटकीय रूपमा बाहिर निस्किएपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन् । आफ्ना पूर्ववर्ती जियाङ जेमिनलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् । सोमबार बिहान हु अन्य...
कमल थापाको राप्रपा नेपाललाई समानुपातिकमा १२ हजार, प्रदेशमा साढे २१ हजार मत
१७ मिनेट अघि रातोपाटी
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । प्रदेश र प्रतिनिधिसभातर्फ प्रत्यक्षको मत गनिसकिएको छ । अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको छ । नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी...
शेयर बजार झन्डै ५ अङ्कले घट्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन
१८ मिनेट अघि उज्यालो अनलाईन
काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, अन्य र जीवन बीमा...
घट्दो क्रममा शेयर बजारः अर्ब भन्दा पनि तल झर्यो कारोबार
१९ मिनेट अघि कर्पोरेट नेपाल
काठमाडौं । शेयर बजार घट्दो क्रममा रहेको बेला कारोबार रकम पनि अर्ब भन्दा तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.८७ अंकले तल झरेको छ । ०.२५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३३.८८ अंकमा...
पूर्वम्यादी मायाको हत्या : अर्कैसँग प्रेम गरेको शंकाले निम्त्याएको घटना
२० मिनेट अघि नेपालखबर
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहार र शिवनाथ गाउँपालिका–४ सोलपालाका २२ वर्षीय भरतराम कोलीबीच ७ महिनाअघि चिनचाज भएको थियो। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरत पञ्चेश्वरमा खटिएका थिए। कोलीले भर्खरै सशस्त्र प्रहरीको जवान पदमा जागिर खाएका थिए। त्यही...
नेप्सेमा ४ अंकको गिरावट, कारोबार ९६ करोडमा खुम्चियो
२१ मिनेट अघि रातोपाटी
मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो । उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ...
थापाथलीको सुकुम्वासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन
२३ मिनेट अघि उज्यालो अनलाईन
काठमाण्डाै – काठमाण्डाैकाे थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन माग गर्दै अभियन्ताले आज मङ्गलवार महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले सुन्धारामा रहेको महानगरको कार्यालय अगाडि प्रदर्शन गर्दै सक्कली सुकुम्वासीकाे व्यवस्थापन गर्न र नक्कली सुकुम्वासीलाई...
सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्यो
२४ मिनेट अघि रातोपाटी
सुपर मादी हाइड्रोपावरले मंगलबारदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । योजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको १५ प्रतिशत हुन आउने अर्थात ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार...
वागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउन बालेनसँग थापाथलीका बासिन्दाहरुको माग
२५ मिनेट अघि कर्पोरेट नेपाल
काठमाडौं । थापाथलीस्थित वागमती नदी किनार अतिक्रमण गरी बस्दै आएको सुकुम्वासी बस्ती हटाउन माग थापाथलीकै वासिन्दाहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग माग गरेका छन् । स्थानीयले मेयर शाहलाई ज्ञापनपत्र बुझाउँदै नदी किनारको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी मनलाग्दी ढंगले...
हुम्लामा प्रेमिका भेट्न गएका रुकुमका युवक बेपत्ता
२५ मिनेट अघि रातोपाटी
प्रेमिका भेट्न हुम्ला पुगेका रुकुम पूर्व घर भएका एक जना युवक बेपत्ता भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा–६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् । घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका–४ बाट बेपत्ता भएको जिल्ला...
सुकुमबासी बस्ती भत्काउनेबारे काठमाडौं महानगरपालिकासँग ऐक्यबद्धता जनाउँदै प्रदर्शन
२७ मिनेट अघि रातोपाटी
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यवद्धता जनाएको छ । मंगलवार समितिले सुकुमबासीको खोल ओढेर र राजनीतिक दलहरुको छत्रछायामा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ ।...
सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुग्यो
२७ मिनेट अघि रातोपाटी
देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२३ जनाको नमुना परीक्षण गर्दा मात्र १ जनामा सङ्क्रमण...
सुकुम्बासीको सही व्यवस्थापनमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन (फोटो)
२९ मिनेट अघि थाहाखबर
काठमाडौं : उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यबद्धता जनाएको छ। मंगलबार समितिले सुकुम्वासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी सुकुम्वासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने बताएको हो। समितिले सुकुम्वासीको खोल आढेर र...
जाडोमा प्यारो घाम (फोटोफिचर)
३४ मिनेट अघि रातोपाटी
मङ्सिर महिना सकिन लाग्दा देशभर चिसो बढेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसभन्दा तल पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाडो बढेसँगै मानिसहरूलाई घाम प्यारो लाग्न थालेको छ। दिउँसो खुला चौरमा मानिसहरू घाम तापेर गफिँदै गरेको देख्न सकिन्छ...
बालुवाटार बैठकमा प्रश्न : कांग्रेसको भोट घण्टीमा कसरी ?
३७ मिनेट अघि रातोपाटी
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समीक्षा गर्न सोमबार बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकमा केही महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौतीका रुपमा देखापरेको विश्लेषण भएको छ । गठन भएको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी... | 2022-12-06T09:53:08Z | https://kha.bar/news/1066956 | OSCAR-2301 |
दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृत्यु भएको र १२ जना घाइते भएपछि गाउँ शोक र चिन्तामा डुबेको हो । दुर्घटनामा एकै परिवारका सबै तीनमध्ये आमाछोरीको मृत्यु भएको र बाबु गम्भीर अवस्थाको घाइते भई अस्पतालमा उपचार गराइरहेकाले मृतकको नाममा रुने व्यक्तिसमेत नभएको पालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन् ।
दुर्घटनामा घाइते १९ मध्ये ह्याम्स अस्पतालमा १४, नर्भिक अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेज सिनामंगलमा एक, धुलिखेल अस्पतालमा एक र सिन्धु सदाबहार अस्पतालमा एकजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
चालक फरार रहेको प्रहरीले बताएको छ । बस दुर्घटनामा जिल्लामा दुई महिनाको अवधिमा ५१ जनाले ज्यान गुमाइसकेका छन भने दर्जनाँै व्यक्ति घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । | 2020/09/26 12:38:02 | https://www.lokaantar.com/story/94950/2019/12/16/bus-accident | mC4 |
अमेरिकी रक्षा प्रणालीलाई परास्त गर्नसक्ने आणविक क्षेप्यास्त्र 'स्काइफल' परीक्षण गर्दै रुस - Dainik Online Dainik Online
अमेरिकी रक्षा प्रणालीलाई परास्त गर्नसक्ने आणविक क्षेप्यास्त्र 'स्काइफल' परीक्षण गर्दै रुस
प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ७ : २२
रुसले अमेरिकी रक्षा प्रणालीलाई मात खुवाउनसक्ने 'स्काइफल' नामक आणविक क्षेप्यास्त्र परीक्षण गर्न लागेको देखिएको छ। सीएनएनले प्राप्त गरेको भू–उपग्रहका तस्बिरहरुमा रुसले स्काइफल क्रुज मिसाइल परीक्षणको तयारी थालेको देखिएको छ।
यो आणविक हतियार विवादस्पद मानिन्छ किनभने यो अमेरिकाको रक्षा प्रणाली लक्षित गरि बनाइएको हतियार भएको विज्ञहरुको बुझाई छ। रुसी यस क्षेप्यास्त्रले अमेरिकी रक्षा प्रणालीलाई परास्त गर्नसक्ने बताइन्छ।
भू–उपग्रहसँग सम्बन्धित कम्पनी क्यापेल्ला स्पेसले अगष्ट १५ मा खिचेको तस्बिरमा रुसले 'आणविक हतियार सम्पन्न क्रुज क्षेप्यास्त्र' परीक्षणको तयारी थालेको प्रस्टै देख्न सकिने मिडिलब्युरी इन्स्टिट्युट अफ इन्टरनेसनल स्टडिज सेन्टरले जनाएको छ। रुसले क्षेप्यास्त्र परीक्षण गर्न लागेको स्थान आर्सिटीक रेखा नजिक भएको बताइएको छ।
सीएनएनका अनुसार अमेरिकी प्रशासन पनि रुसी क्षेप्यास्त्र परीक्षणको विषयमा सचेत छन्। अर्को क्षेप्यास्त्र परीक्षणको नाम रुसीहरुले 'बुरेभेस्ततिक' राखेका छन्। यो अत्याधुनिक हतियार कार्यक्रम हो। सीएनएनले यो विषयमा प्रश्न राख्दा अमेरिकी केन्द्रिय अनुसन्धान विभाग र रुसी रक्षा मन्त्रालयले भने केही जानकारी दिएनन्।
पछिल्लो समय अमेरिका, रुस तथा चीनजस्ता शक्ति राष्ट्रबीच हतियार विकासको होड चलेको देखिएको छ। यसबीचमा रुसले अमेरिकी रक्षा प्रणालीलाई नै परास्त गर्नसक्ने हतियार बनाएको खबर आएको हो। हालै चीनले पनि सयौं 'मिसाइल साइलो' बनाएको खबरले अमेरिका चिन्तित भएको खबर आएको थियो।
चीनले पनि बनाइरहेछ 'मिसाइल साइलो'
अमेरिकी पत्रिका वासिङ्टन पोस्टको खबरमा चीनले आफ्नो पश्चिमी गान्सु प्रान्तको मरुभूमिमा सयौंको संख्यामा क्षेप्यास्त्र भण्डारन गर्ने 'मिसाइल साइलो' बनाइरहेको दाबी गरेको थियो।
उक्त खबरसँगै अमेरिकाले प्रतिक्रिया जनाउँदै भनेको थियो,'चीनले आणविक हतियारको भण्डार बढाउनु चिन्ताको विषय हो। चीनले यस विषयमा अमेरिकासँग छलफल गर्नुपर्दछ।' अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले 'असन्तुलित हतियार प्रतिस्पर्धा'को व्यावहारिक समाधानका लागि चीनले अमेरिकासँग छलफल गर्नुपर्नेमा जोड दिएका थिए।
ग्लोबल टाइम्सका अनुसार चीनले सामान्यतया अन्तरमहादेशीय क्षेप्यास्त्र राख्न मिसाइल साइलोको प्रयोग गर्दछ। यस्ता क्षेप्यास्त्र लामो दुरीसम्म गएर मार हान्नसक्ने क्षमताका हुन्छन्। यस्ता हतियारमा भारी परमाणु अस्त्रको जडान हुन्छ। साइलोमा क्षेप्यास्त्रको मर्मत र निगरानी गर्न सकिन्छ। चाहिएको खण्डमा यहाँबाट क्षेप्यास्त्र प्रहार पनि गर्न सकिन्छ।
वासिङ्टन पोस्टको रिपोर्टमा चीनको गान्सु प्रान्तको युमेन शहरको मरुभूमिमा ११९ क्षेप्यास्त्र साइलो बनिरहेको दाबी छ। रिपोर्टअनुसार चीन सयभन्दा बढी मिसाइल साइलो बनाइरहेको छ र यदी यो पुरा भएमा चीनको परमाणु नीतिमा ऐतिहासिक बदलाव हुनेछ।
चीनको डीएफ–४१ अन्तरमहादेशीय क्षेप्यास्त्र त्यहाँ भण्डारन गरिने अनुमान गरिएको छ। यो क्षेप्यास्त्रले एकसाथ कयौं परमाणु हतियार बोक्नसक्छ, जसले अमेरिकामै पुगेर आक्रमण गर्नसक्छ। ग्लोबल टाइम्सले डीएफ–४१ क्षेप्यास्त्रलाई सोलिड फ्युल क्षेप्यास्त्र भनेको छ। यो हाई मोबिलिटी लन्चर भेइकलबाट लन्च गर्न सकिन्छ।
मिसाइल साइलो कुनै पनि देशको गोप्य विषय हो। दुश्मन देशलाई भ्रममा पार्न देशहरुले नक्कली साइलो पनि बनाउने गर्दछन्। अमेरिकासँग कम्तिमा ४५० मिसाइल साइलो भएको बताइन्छ। सन् २०२० को अमेरिकी रक्षा मन्त्रालयको अनुसन्धान अनुसार चीनसँग २०० को हाराहारीमा परमाणु हतियार छ। अनुसन्धानमा चीनले हतियारहरुलाई अत्याधुनिक बनाइरहेको पनि जनाइएको थियो। अमेरिकासँग भने ३८ सयको संख्यामा परमाणु हतियार छ। यीमध्ये १३५७ मात्र तैनाथ छन्। | 2021/09/18 05:06:05 | https://www.dainikonline.com/story/152026/2021/08/20/ | mC4 |
बेलायतका नेपाली प्राज्ञले भनेः नाकाबन्दी विरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्छ | We Nepali
नेपालको समय: ००:०४ | UK Time: 18:19
बेलायतका नेपाली प्राज्ञले भनेः नाकाबन्दी विरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्छ
२०७२ मंसिर १७ गते २३:५२
लन्डन । ग्लोवल पोलिसी फोरम फर नेपालको पहिलो सम्मेलन गर्न काठमाण्डौं पुगेका बेलायतस्थित नेपाली प्राज्ञहरुले नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान सुझाएका छन् । सम्मेलनको पहिलो सत्रमा प्राज्ञहरुले नेपाललाई बलियो प्रमाणसहित अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढक्याउन सुझाव दिएका हुन् ।
उक्त फोरम विश्वका चर्चित विश्वविद्यालयका प्राध्यापक तथा विशेषज्ञहरु एकीकृत हुंदै गत ७ अक्टोबरमा स्थापित एउटा स्वतन्त्र प्राज्ञिक संस्था हो ।
भारतले भूपरिवेष्ठित राष्ट्र नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय कानुनी हकको ठाडो उल्लंघन गरेको जिकिर गर्दै ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष प्रोफेसर डा. सूर्य सुवेदीले नेपालले यतिखेर आफ्नो समस्या अन्तर्राष्ट्रिय समुदायसंग सशक्त र प्रष्ट रुपमा राख्न सुझाव दिए । उनले नेपाललाई अन्तर्राष्ट्रिय अदालतमा बलियो प्रमाण लिएर उभिन सुझाव दिंदै यसका लागि आफ्नो संस्था आवद्ध वीज्ञहरु आवश्यक जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए ।
राजनैतिक नेताहरुले कुनै पनि कार्यक्रममा गएर भारत विरुद्ध वक्तव्य बाजी गर्दैमा नाकाबन्दी अन्तर्राष्ट्रियकरण नहुने उल्लेख गर्दै प्रा. सुवेदीले कुटनैतिक र राजनैतिक पहलमा जोड दिए । उनले नेपालले आधिकारिक रुपमा कुटनैतिक र राजनैतिक दुवै तवरबाट तीव्र छलफल गरेर आम नेपाली नागरिकलाई अहिले भइरहेको पछिल्लो स्थितिबारे प्रष्ट्याउन आग्रह गरे ।
सम्मेलनमा प्राध्यापक सुवेदी र प्रा. उपेन्द्रदेव आचार्यले बेग्ला बेग्लै कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रा. डा उपेन्द्रदेव आचार्यको शोधपत्र माथि छलफलको लिभरपुल जोन मोर युनिभर्सिटीका एसोसिएट डिन प्रोफेसर पदम सिम्खडाले अध्यक्षता गरेका थिए । सिम्खडाले नेपालका विश्व विश्वविद्यालयहरुमा चरम राजनैतिक भागबन्डा हुनुले नेपालको प्राज्ञिक जनशक्तिलाई निराश बनाएको भन्दै नेपालको उच्च शिक्षा नीति सुलभ, प्रतिष्पर्धी, प्रभावकारी नीति नियम र खोज अनुसन्धानमुलक अध्ययनमा केन्द्रित हुनु पर्ने प्रा. सिम्खडाको धारणा थियो ।
सिम्खडाले नेपालले शिक्षाको गुणस्तर सुधार्दै प्रभावकारी बनाउने हो भने पहिले उच्च शिक्षा राजनीतिबाट मुक्त राख्नु पर्नेमा जोड दिए । विश्व विश्वविद्यालयहरुमा पियन देखि उपकुलपतिसम्म राजनैतिक नियुक्ति हुनु अत्यन्त दुःखदायी भएको जनाउंदै उनले विश्व विश्वविद्यालयहरुमा कुनै पनि नियुक्ति प्रतिष्पर्धाको आधारबाट मात्र गर्नुपर्ने बताए ।
प्रा. डा. सूर्यप्रसाद सुवेदी (बेलायत) को अध्यक्षतामा गठित उक्त फोरममा प्राध्यापकहरू उपेन्द्रदेव आचार्य (संयुक्त राज्य अमेरिका), डा. कुमुद धिताल (अष्ट्रेलिया), प्रा. शिव गौतम (संयुक्त राज्य अमेरिका), प्रा. कटक मल्ल (स्वीडेन), डा. होममुर्ती पन्त (अष्ट्रेलिया), प्रा. मल्लिका शाक्य (भारत), प्रा. पदम सिम्खडा (बेलायत) र प्रा. विशाल सिटौला (नर्वे) छन् । | 2021/11/27 18:19:40 | https://www.wenepali.com/2015/12/15592.html | mC4 |
आजपनि तेह्रथुम पावरको शेयर मुल्यमा सर्किट , साहस उर्जाको सामान्य वृद्धी
राप्रपाको महाधिवेशन आजदेखि , ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने
मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
साहस उर्जाको शेयर मूल्य आज बढेको छ।
कारोबार सुरु भएलागतै बढ्न सुरु गरेको सहास उर्जाको शेयर मूल्य हिज घटेपनि आज भने बढेको छ। कम्पनीको हिज अन्तिम कारोबार ७१४ मा भएको थियो भने आज ७१४ मा कारोबार सुरु भएको हो। आज कम्पनीको शेयर मूल्य ७६२ पुगेको छ।
कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट गरि सकेको छ । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।
उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।
त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर ९.९९ प्रतिसत बढेको छ । कम्पनीको अघिल्लो दिनको कारोबार ४८३.३० मा भएको थियो भने आज मूल्य बढेर ५३१.६० पुगेको छ।
कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो । | 2021/12/01 04:00:08 | https://www.nepsebajar.com/details/5690 | mC4 |
Sajhasabal.com |विश्वकै सबैभन्दा ठूलो आकार भएको टेलिभिजन सार्वजनिक, यस्ता छन् विशेषता
विश्वकै सबैभन्दा ठूलो आकार भएको टेलिभिजन सार्वजनिक, यस्ता छन् विशेषता
विश्वकै सबैभन्दा ठूलो आकारको टेलिभिजन सार्वजनिक भएको छ । कोरियाको सामसुङ कम्पनीले हालै उक्त टेलिभिजन सार्वजनिक गरेको हो ।
द वाल नाम दिइएको यो टेलिभिजन १४६ इञ्चको छ । यसको आकारमात्र ठूलो नभइ यसको डिस्प्ले पनि नयाँ प्रविधिको नै छ । यस प्रविधिको नाम माइक्रो एलईडी हो । सामसङका अनुसार माइक्रो एलईडी प्रविधि अब भविष्यमा आउने टेलिभिजन स्क्रीनको 'मुटु' नै सावित हुनेछ ।
यसअघि सन् २०१३ मा सामसङले नै ११० इञ्चको टेलिभिजन सार्वजनिक गरेको थियो जुन अहिलेसम्मको सबैभन्दा ठूलो आकारको टेलिभिजन थियो ।
१४६ इञ्च भनेको हालसम्म विश्वमा उपलब्ध भएका मध्ये अधिकांशका घरमा हुने ठूला टेलिभिजन सेटको दोब्बर नै ठूलो हो । धेरैका घरमा बढीमा ५५-६५ इञ्चसम्मका टेलिभिजन हुन सक्छन् । होइन भने २१ देखि २३ २९ ३२ ३९ ४२ ४३ ४८ हुँदै ४९ इञ्चसम्मका टेलिभिजनहरु मानिसहरुका घरमा पाइन्छन् ।
बजारमा भने अन्य कम्पनीकासहित गरेर ८५ इञ्चसम्मका टेलिभिजन उपलब्ध हुने गरेका छन् ।
कोरियाली कम्पनीले निकालेको यो टेलिभिजनमा प्रयोग भएको डिस्प्ले नयाँ प्रविधिको भएको आवश्यकताअनुसार आकार घटबढ गर्न सकिने भएकाले कम्पनीले यसलाई मोड्युलर माइक्रो एलईडी भन्ने नाम दिएको बताइएको छ ।
मोड्युलर माइक्रो एलईडी भन्नाले आफैमा प्रकाश दिनसक्ने एकदमै स–साना आकारका एलईडीका माध्यमबाट डिस्प्लेमा प्रकाश आइरहने भन्ने बुझाउँछ ।
यी एलईडीहरु अहिलेका डिस्प्लेमा प्रयोग भएका एलईडीहरुभन्दा धेरै साना आकारका हुन्छन् र यीनिहरुले डिस्प्लेको पछाडि भागमा रहेर निरन्तर प्रकाश दिइराख्छन् । मोड्युलरको अर्थ भने क्रेताले आफ्नो आवश्यकता अनुसार यो डिस्प्लेलाई कष्टोमाइज गर्न सक्छन् भन्ने हो ।
सामसङ कम्पनीका अनुसार राख्ने ठाउँको आवश्यकता हेरी यसको साइज सानो वा ठूलो बनाउन सकिन्छ ।
१४६ इञ्चको टेलिभिजन बनाएर सार्वजनिक गरे पनि कम्पनीले यसको मूल्य र सर्वसाधारणको लागि उपलब्ध गराउने मिति भने तोकिसकेको छैन ।
मूल्य नतोकिए पनि यसमा प्रयोग भएको प्रविधि र आकारलाई हेर्दा यसको मूल्य अहिले चलनचल्तीमा रहेका ठूला आकारका टेलिभिजनभन्दा निक्कै बढी हुने अनुमान गर्न सकिन्छ । आउँदो मार्च महिनामा सामसङले गर्ने पत्रकार सम्मेलनमा यस टेलिभिजनका बारेमा थप जानकारी दिइने बताइएको छ । एजेन्सी | 2019/06/26 05:52:44 | http://sajhasabal.com/kathmandu/Technology/48989 | mC4 |
बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड - Rastrakokhabar
बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड
२७ आश्विन २०७७, मंगलवार ०९:४९
ढाका। बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो ।
धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुन मन्त्री अनिसुल हकले पत्रकारहरुलाई जानकारी दिए। उनले अत्यधिक धेरै दण्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु दण्डसम्मको व्यवस्था गरिएको बताउदै सवैलाई त्यस्तो सजाय हुने अनिवार्य भने नगरिएको स्पष्ट पारे।
सरकारले पारित गरेको नयाँ कानुनी व्यवस्थालाई राष्ट्रपति अब्दुल हमिदले चाँडै नै जारी गर्ने पनि विश्वास व्यक्त गरे । अहिले भइरहेको कानुनलाई दु्रत मार्गबाट संशोधन गरेर संसद नभएकाले अध्यादेश मार्फत् यस्तो कानुन जारी गर्न लागिएको हो । | 2020/10/23 08:00:23 | https://www.rastrakokhabar.com/2020/10/13/14435/ | mC4 |
निर्वाचनले हौस्यायो मधेशी महिलालाई :: चेतना गुरागाईं :: Setopati
शीतलप्रसाद महतो वीरगञ्ज, भदौ २६
वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा प्रतिनिधित्व गरौँला भन्ने हिसाबले शान्ति कार्की अगाडि बढिरहेकी छन्। स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वीरगञ्ज महानगरपालिकाका उपप्रमुख पदका लागि उम्मेदवारी दिएकी उनी आफ्नो विजय सुनिश्चित भएको दाबी गर्छिन्।
सोही पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सोफिया आचार्य, नेकपा माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, संघीय समाजवादी फोरमबाट पिंकीदेवी यादव, राजपाबाट रम्भा यादव, र लोकतान्त्रिक फोरमबाट रिंकु देवी पनि आफ्नो विजयको सुनिश्चितता रहेको बताउँछन्।
"तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि अभियान शुरु गरिसकेकी छु", कार्कीले भनिन्, "मेरो प्राथमिकता महिलामाथि हुने सामाजिक, आर्थिक, राजनीतिक र लैंगिकलगायत सबै विभेदबाट मुक्ति र नयाँ रोजगारी सिर्जना गर्नु हो ।
उपप्रमुखका दाबेदार कार्की, आचार्य, क्षेत्री, यादव, यादव तथा देवीजस्ता महिलालाई उक्त पदमा रहेर नेतृत्व गर्ने राजनीतिक अवसर भने त्यसै आएको होइन ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा महिला सहभागिता सम्बन्धमा प्रत्येक वडामा एक दलित महिलासहित दुईजना, गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना पदाधिकारी, वडामा निर्वाचितमध्येबाट गाउँसभाले निर्वाचित गर्ने चारजना सदस्य, नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एकजना पदाधिकारी, वडामा निर्वाचितमध्येबाट नगरसभाले निर्वाचित गर्ने पाँचजना सदस्य र जिल्ला समन्वय समितिमा तीनजना महिला सदस्य पद आरक्षण गरिएका छन् तर दल फरक भएमा यो व्यवस्था लागू नहुने व्यवस्था छ ।
यसरी समावेशीका आधारमा महत्वपूर्ण मानिएका स्थानीय तहको निर्वाचन प्रक्रियामा कूल सदस्यको ४० प्रतिशत महिला हुनु अनिवार्य व्यवस्था गरेका कारण उनीहरुको राजनीतिक अवसर बढेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा महिला उम्मेदवार बनाउनै पर्ने कानूनी व्यवस्था छ तर प्रमुख राजनीतिक दललगायत अन्य दलले समेत उपप्रमुखमा मात्र उम्मेदवार बनाएका छन् ।
विभिन्न दलमा आबद्ध रहेर लामो समयदेखि राजनीतिक क्षेत्रमा योगदान पु¥याएको सक्षम महिला नेत्री भए पनि पुरुषलाई मात्र प्रमुख पदमा पु¥याउने उद्देश्यले महिलालाई उपप्रमुखमा सीमित गरेका आरोप महिला नेत्रीहरुको छ । महिलालाई प्रमुख पदको जिम्मेवारी नदिने दलहरुको योजनाप्रति प्रायः सबै दलका महिला असन्तुष्ट छन् ।
प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्जमा प्रमुख पदका लागि मुख्य राजनीतिक दललगायत प्रायः कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएका छैनन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत दलका महिला हरेक किसिमले प्रमुख पद सम्हाल्न सक्षम छन् तर पनि दलहरुले महिलालाई उपप्रमुख पदमा मात्र उम्मेदवार बनाएका छन् ।
पर्साका १४ वटा स्थानीय तहका ५८८ पदका लागि तीन हजार ६२७ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकामा १२८ वटा वडा छन् । वीरगञ्ज महानगरपालिकामा १६२ पदका लागि एक हजार १४८ जना प्रतिस्पर्धामा ओर्लिएका छन् । तीमध्ये प्रमुखमा ३५ र उपप्रमुखमा ११ जनाले उम्मेदवारी दिएका छन् । प्रमुख पदमा कुनै पनि महिलाले उम्मेदवारी दिएका छैनन् । प्रायः सबै दलका महिला नेत्री उपप्रमुख पदका लागि नै चुनावी मैदानमा उत्रिएका छन्।
"उम्मेदवारी दिएकामध्ये अधिकांश महिलालाई उपप्रमुख पदमा उठाइएको छ । फलस्वरुप उक्त पदका लागि महिला महिलालाई नै प्रतिस्पर्धी बनाइएको छ । यसले स्थानीय तहमा महिलाको सार्थक सहभागिता गराउन दल गम्भीर नभएको पुष्टि हुन्छ", संघीय समाजवादी फोरमबाट उपप्रमुख पदका उम्मेदवारी दिनुभएकी पिंकीदेवी यादवले भनिन्, "महिलाको सहभागिता सम्बन्धमा केही साना दलमा शुभसंकेतका रूपमा देखिए पनि नमच्चिने पिङको सय झट्का जस्तै साबित भएको छ ।"
"नेपाली राजनीतिलाई अस्थिरताको भूमरीबाट निकाल्न महिलामैत्री राजनीति अपरिहार्य छ", एमालेबाट उपप्रमुखका उम्मेदवार सोफिया आचार्यले भनिन्, "अहिलेको महिलाको चाहना समान अवसर तथा स्रोत र शक्तिमा समान अधिकारमात्र होइन, समान उपलब्धि पनि हो, विभिन्न समयमा भएको सामाजिक र राजनीतिक आन्दोलनले महिला र पुरुषको सामाजिकीकरणको प्रक्रियालाई परिवर्तन गरेको छ ।"
"यो महिलाका लागि राम्रो अवसर हो", माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार दुर्गा क्षेत्रीले भनिन्, "महिलाको राजनीतिक र आर्थिक अधिकारका साथै सामाजिक सुरक्षाको अधिकारलाई प्रवद्र्धन गर्ने कार्य स्थानीय तहबाट नै गर्न सक्नुपर्छ, यसका लागि बढीभन्दा बढी महिलालाई चुनावमा जिताउनुपर्छ ।"
राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले पनि अत्यन्त महत्व राखेको यो निर्वाचनमा हरेक वर्ग, पेशा, जाति र क्षेत्रको समानुपातिक सहभागिता हुनैपर्छ, राजपाबाट उपप्रमुखका उम्मेदवार रम्भा मिश्राले भनिन्, "मेरो प्राथमिकता राज्यका हरेक निकायमा न्यून पहुँच भएका विशेषगरी तराईका महिलाको सशक्तिकरण गर्नु नै हो ।"
महिला र पुरुषको जन्म समानरूपबाट हुने गरे पनि दलहरूमा अझै महिलालाई आलंकारिक उपस्थिति गराउने चलन रहेको छ, लोकतान्त्रिक फोरमबाट उपप्रमुख पदका उम्मेदवार रिंकुदेवीले भनिन्, "आफूले चुनाव जितेमा महिलाको अधिकार सुनिश्चित गर्ने अभियानमा लाग्नेछु ।" रासस | 2018/10/22 22:28:07 | https://setopati.com/politics/85209 | mC4 |
वडाध्यक्षहरुलाई यी कामहरु गर्ने अधिकार हुनेछ - Chandragiri News
Home नगरपालिका वडाध्यक्षहरुलाई यी कामहरु गर्ने अधिकार हुनेछ
वडाध्यक्षहरुलाई यी कामहरु गर्ने अधिकार हुनेछ
२०७४, ६ जेष्ठ शनिबार २१:१८
स्थानीय निकायको निर्वाचनसँगै प्रत्येक महानगरपालिका तथा नगरपालिकाबाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिकाबाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्षसहित अन्य ४ जना सदस्य चयन हुनेछन् जसमध्ये प्रत्येक वडाबाट एक दलित महिलासहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन् ।
गाउँपालिका र नगरपालिकाका वडाको काम, कर्तव्य र अधिकारहरु :
क- योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन
१. सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको लागत संकलन, प्राथमिकीकरण तथा छनौट गर्ने ।
२. वडाभित्रका क्रियाशील राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्थालगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरुसँग परामर्श, छलफल, सहभागितामूलक प्रक्रियाको अबलम्वन गर्ने ।
३. वडाभित्रका योजनाहरुको कार्यान्वयन, अनुगमन गर्ने ।
४. टोल विकास संस्थाको गठन र परिचालन गर्ने । वडाभित्र संचालन हुने योजनाहरुका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने ।
५. वडाभित्रका आयोजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने ।
ख- तथ्यांक अद्यावधिक तथा संरक्षण
१. निजी घर तथा घर परिवारको लगत राख्ने, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा तथा प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने, खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्टा, मिलआदिको तथ्यांक संकलन तथा अद्यावधिक गरी लगत राख्ने, संरक्षण गर्ने र खण्डकृत तथ्यांक र सूचनासहतिको वडाको पाश्वचित्र तयार तथा अद्यावधिक गर्ने ।
ग- विकास कार्य
१. शिक्षाः बालउद्यानको व्यवस्था र व्यवस्थापन, अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र संचालन तथा व्यवस्थापन गर्ने, पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बाल क्लब तथा बाल सञ्जालको संचालन तथा व्यवस्थापन गर्ने ।
२. स्वास्थ्यः वडा तहको स्वास्थ्य केन्द्र/उपकेन्द्रको व्यवस्थापन गर्ने, बालबालिकाहरुलाई बि.सि.जि, पोलियो, भिटामिन 'ए' को व्यवस्था गर्ने, पोषण कार्यक्रम संचालन गर्ने, वडा तहमा स्वास्थ्य जनचेतना विकास, स्वास्थ्य सूचना कार्यक्रम संचालन गर्ने, शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिक संचालन गर्ने गराउने, सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण तथा व्यवस्थापन गर्ने गराउने ।
३. खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापनः वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार, पोखरीको निर्माण, संरक्षण, गुणस्तर नियमन गरी गाउँपालिका वा नगरपालिकालाई जानकारी गराइ सहयोग गर्ने गराउने, घरबाट निकास हुने फोहरमैलाको संकलन र व्यवस्थापन, चोक तथा गल्लीहरुको सरसफाई, ढल निकास, मरेका जनवार व्यवस्थापन, सतही पानीको निकास गर्ने, पानीको स्रोत अर्थात मूलको संरक्षण (वृक्षारोपण, तटबन्ध, नदी नियन्त्रण) गर्ने गराउने, फोहरमैला गर्नेलाई सम्बन्धित ऐन अनुसार जरिवाना गर्ने ।
४. कृषि विकासः कृषि तथा फलपूmल नर्सरीको स्थापना तथा समन्वय र प्रवद्र्धन गर्ने, वडास्तरीय अगुवा कृषक तालिम अभिमुखीकरण गर्ने, कृषि मलको माग संकलन गर्ने, कृषिमा लाग्ने रोगहरुको विवरण तयार गरी गाउँपालिका र नगरपालिकामा प्रस्तुत गर्ने ।
५. पशुपंछी विकास तथा व्यवस्थापनः पशुपंछी विकास, छाडा चौपायाँ व्यवस्थापन, वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने ।
६. सांस्कृतिक प्रवर्ध्दन स्थानीय समुदायक चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने गराउने, स्थानीय मौलिकता झल्किने सांस्कृृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रबर्धन गर्ने ।
७. खेलकुदः वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने, अन्तर विद्यालय तथा बाल क्लबहरु मार्फत खेलकुद कार्यक्रम संचालन गर्ने गराउने ।
८. यातायातः वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने, वडाभित्रका सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने, बसपार्कको सरसफाई गर्ने, बाटोघाटोको बाढी, पहिरो पन्छाउने ।
९. उद्योगः घरेलु उद्योगको लगत संकलन, सम्भाव्यता पहिचान गर्ने, वडाभित्र घरेलु उद्योगको प्रवद्र्धन गर्ने ।
१०. व्यक्तिगत घटना दर्ताः प्रचलित कानुन बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संरक्षण गर्ने र गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन गर्ने, जनचेतना कार्यक्रम संचालन गर्ने ।
११. सामाजिक सुरक्षा: सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, अभिलेख अद्यावधिक गर्ने, बालपोषण तथा बाल संरक्षण सम्बन्धी काम गर्ने ।
१२. सामाजिक तथा आर्थिक सशक्तीकरणः वडालाई बालमैत्री बनाउने, वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पखंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक तथा आर्थिक उत्थान सम्बन्धी काम गर्ने, विभिन्न समुदायका बीचमा सामाजिक सदभाव र सौहार्दता कायम गर्ने, बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता आदि जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने गराउने ।
१३. कर सम्बन्धी कार्यहरुः गाउँपालिका वा नगरपालिकाका वडाले प्रचलित कानुनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिश दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र संकलन गर्ने तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन गर्ने, बुझाउने ।
१४. असहाय, असक्त, वेवारिश व्यक्तिको सहायता र संरक्षणः वडाभित्रका असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पाताल वा स्वास्थ्य केन्दमा पुर्याइ औषधोपचार गराउने, वडामा कुनै असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने, सडक बालबालिकाको उद्धार र पुनस्र्थापना गर्ने गराउने ।
१५. वन तथा वातावरणः वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवद्धर्न गर्ने । वडा, टोल, वस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने गराउने, वडालाई वातावरणमैत्री बनाउने ।
१६. प्रबर्द्धनात्मक कार्यक्रम गर्ने गराउनेः प्राङ्गरिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुल्ला दिशामुक्त /पूर्ण सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रबर्द्धनात्मक कार्यहरु गर्ने गराउने ।
घ- नियमन कार्य
१. वडाभित्र संचालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरुका कार्यको नियमन गर्ने ।
२. घर निर्माण तथा गुणस्तर कार्य भवन संहिता तथा मापढण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने ।
३. खाद्यान्न, माछा, मासु, तरकारी, फलफुल, पेय पदार्थ तथा उपभोग्य सामाग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने ।
४. वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवद्र्धन गरी लगत राख्ने ।
५. हाट बजारको व्यवस्थापन गर्ने गराउने ।
६. विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
ङ- सिफारिश वा प्रमाणित गर्नेः वडाले देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने
१. नाता प्रमाणित
२. नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश गर्ने ।
३. बहाल करको लेखाजोखा सिफारिश गर्ने ।
४. कोठा खोल्न रोहबरमा बस्ने ।
५. मोही लगत कट्टा सिफारिश गर्ने ।
६. घर जग्गा करको लेखाजोखा सिफारिश गर्ने ।
७. जन्म मिति प्रमाणित गर्ने ।
८. व्यापार व्यवसाय बन्द भएको वा संचालन नभएको वा ब्यापार व्यवसाय हुँदै नभएको सिफारिश गर्ने ।
९. मिलापत्र कागज गराउने निवेदन दर्ता सिफारिश गर्ने ।
१०. विवाह प्रमाणित, अविवाहित प्रमाणित गर्ने ।
११. निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिश गर्ने ।
१२. आफ्नो अधिकारक्षेत्रका विषयमा अंग्रेजी भाषामा सिफारिश तथा प्रमाणित गर्ने ।
१३. घर पाताल प्रमाणित गर्ने ।
१४. व्यक्तिगत विवरण प्रमाणित गर्ने ।
१५. पुर्जामा घरकायम गर्ने सिफारिश गर्ने ।
१६. फरक, फरक नाम, थर, जन्म मिति सिफारिश र प्रमाणित÷दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिश गर्ने ।
१७. नाम, थर, जन्म मिति संसोधनको सिफारिश गर्ने ।
१८. जग्गा धनीपुर्जा हराएको सिफारिश गर्ने ।
१९. कागज र मन्जुरीनमा प्रमाणित गर्ने ।
२०. कित्ताकाट सिफारिश गर्ने ।
२१. संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिश गर्ने ।
२२. जीवितसँगको नाता प्रमाणित गर्ने ।
२३. हकवाला वा हकदार प्रमाणित गर्ने ।
२४. नामसारी सिफारिश गर्ने ।
२५. जग्गाको हक सम्बन्धी सिफारिश (सार्वजनिक, ऐलानी तथा पर्ति जग्गा बाहेक) गर्ने ।
२६. मृतकसँगको नाता प्रमाणित, सर्जमिन, सिफारिश गर्ने ।
२७. उद्योग ठाउँसारी सिफारिश गर्ने ।
२८. जीवित रहेको सिफारिश गर्ने ।
२९. पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिश गर्ने ।
३०. जग्गा मूल्यांकन सिफारिश प्रमाणित गर्ने ।
३१. विद्यालयको कक्षा बृद्धि सिफारिश गर्ने ।
३२. पालन पोषण सिफारिश गर्ने ।
३३. वैवाहिक अंगिकृत नागरिकता सिफारिश गर्ने ।
३४. आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित–आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने ।
३५. विद्यालय ठाउँसारी सिफारिश गर्ने ।
३६. धारा तथा विद्युत जडान सिफारिश गर्ने ।
३७. प्रचलित कानुन अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिश वा प्रमाणित गर्ने ।
च- विविध
गाउँपालिका वा नगरपालिकाले तोकिदिएको अन्य कार्य गर्ने ।
Previous articleचन्द्रागिरि नगरको मेयर पदमा नेपाली काँग्रेस २८२१ मतले अघि
Next articleचन्द्रागिरि नगरपालिकाको वडा नंं १२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका प्रकास श्रेष्ठको प्यानल विजयी | | 2022/01/29 08:11:06 | https://chandragirinews.com/featured/%E0%A4%B5%E0%A4%A1%E0%A4%BE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AF%E0%A5%80-%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%B9%E0%A4%B0 | mC4 |
उपमेयरको घोषणा : आफ्नो लागि गाडी किन्ने पैसाले जनतालाई एम्बुलेन्स खरिद गर्ने – गाउँपालिका
उपमेयरको घोषणा : आफ्नो लागि गाडी किन्ने पैसाले जनतालाई एम्बुलेन्स खरिद गर्ने
प्रकाशित मिति: सोमबार, भाद्र ०९, २०७६ समय: ५:४०:४२
कटारी /उदयपुरको कटारी नगरपालिकाको उपमेयर भिम कुमारी राउतले आप्mनो सुविधाका लागि सवारीसाधन खरिद गर्ने पैसाले एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नु भएको छ । महिला तथा बालबालिका र असहायलाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्ने उपमेयर राउतको घोषणा छ ।
कार्यपालिकाले नगर सभा मार्फत उपमेयरको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो । उपमेयर राउतले जनताको करबाट आफु विलाशी सुविधा नलिने भैरहेकै सवारी साधन प्रयोग गर्ने भन्दै एम्बुलेन्स खरिदको प्रस्ताव राख्नु भएको कटारी नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले बताउनु भयो ।
शुक्रबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर राउतले आफनो सुविधाको लागि सवारी गाडी खरिद गर्न विनियोजन गरेको ४० लाखबाट कटारी अस्पतालमा रहने गरि एम्बुलेन्स खरिद गर्ने प्रस्ताव राख्नु भएको हो । यसै बमोजिम कार्यपालिकाले निर्णय गरेको प्रवक्ता दनुवारले बताउनु भयो ।
एम्बुलेन्स खरिद गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई निशुल्क घर सम्म पु¥याउन एम्बुलेन्सको प्रयोग गर्ने उदेश्य रहेको छ । आफु जनताको सेवा गर्ने उदेश्यले निर्वाचित भएकोले जनताको क्रय शक्तिको विकास नभए सम्म विलाशी गाडी चडनु शोभानिय नहुने उपमेयर राउतको भनाईछ ।
महिला ,बालबालिका तथा विपन्नको लागि एम्बुलेन्स किन्ने निर्णय गरिएको उपमेयर राउतले बताउनु भयो । बाँकी पैसाले पर्यटकिय क्षेत्र बेतेनीमा अधुरो रहेको पर्यटन भवन पुरा गर्ने गरि बजेट विनियोजन गर्ने गरि निर्णय भएकोछ । "जनता गरिबीको रेखामुनि छन् , खान पुग्ने अवस्था छैन् , गरिबीका कारण घरमै सुत्केरीहुनु पर्ने अवस्था छ , हामीले लाखौको गाडी चढने अवस्था छैन" उपमेयर राउतले भन्नु भयो । हाल उपमेयर राउतले नगरपालिकामाम स्थानिय निकाय निर्वाचन अघि नै रहेको पुरानो सवारीसाधन प्रयोग गरिरहनुभएको छ । | 2020/05/30 19:41:56 | http://gaupalika.com/news/?p=11054 | mC4 |
'संविधानका जटिलतालाई संविधानवादमा आधारित रहेर हल गर्दै जानुपर्छ' | Samriddha Samaj
Home अन्तरवार्ता 'संविधानका जटिलतालाई संविधानवादमा आधारित रहेर हल गर्दै जानुपर्छ'
'संविधानका जटिलतालाई संविधानवादमा आधारित रहेर हल गर्दै जानुपर्छ'
अनन्तप्रसाद पौडेल, अध्यक्ष, संविधानसभा सदस्य परिषद् नेपाल
नेपाली जनताले निर्वाचित गरेका प्रतिनिधिको सभा अर्थात संविधानसभामार्फत नेपालको संविधान–२०७२ असोज ३ गते जारी भएको हो । संविधान जारी भएको ५ वर्ष पूरा भएको छ । संविधान जारी गर्नुपूर्वको राजनीतिक सकस, संविधानका विशेषता, संविधान कार्यान्वयनको अवस्था, संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौति र सम्भावनाका विषयमामाथि केन्द्रित रहेर संविधान सभामार्फत संविधान जारी गर्ने सदस्य मध्येका एक संविधान सभा सदस्य परिषद् नेपालका अध्यक्ष समेत रहनुभएका अनन्तप्रसाद पौडेलसँग समाज संवाददाता सुसन लामिछाने गर्नुभएको कुराकानीः
समाजः नेपालको संविधान २०७२, जारी गर्नुपूर्वको समय निकै सकसपूर्ण थियो । त्यत्तिबेलाको अवस्थालाई कसरी स्मरण गर्नुहुन्छ ?
पौडेलः वास्तवमा २०७२ साल असोज ३ गते संविधान जारी हुनु अगाडिको समय असाध्यै जटिल, कष्टकर रहेको थियो । हामी निर्वाचित संविधान सभाका सदस्यहरु पनि असाध्यै पिरलोमा थियौं । हामी २०६४ सालको संविधानसभा सदस्यहरु जस्तै गरी संविधान निर्माण नगरी कार्यकाल पूरा हुने भयले ग्रस्त मानसिकतामा थियौं । त्यतिखेर चलिरहेको चलखेल हामीले नजिकैबाट हेर्न सक्थ्यौं । कुनै पनि हालतमा मुलुकमा संविधान जारी गर्न नदिने खालका प्रयत्नहरु भित्र बाहिर बाक्लै छ्यापछ्याती भएका थिए । यद्यपि ठूलो संख्यामा रहेका संविधानसभा सदस्यहरु, राजनीतिकर्मीहरु २०७२ असोज ३ गते कुनैपनि हालतमा संविधान जारी गर्नुपर्छ भन्ने दृढताका साथ लागेका थिए ।
कुनै पनि बाधा अड्चन छिचोल्ने मानसिकता रहेको कारण हामी विश्वस्त त थियौं । तर हामी स्वतन्त्र भएपनि त्यतिखेरको चलखेल अलिकति डरलाग्दै खालको थियो । मुलुकलाई राजनीतिक अस्थिरता र तरलामा सधैंभरि डुबाइराख्ने मानसिकता व्यापक छचल्किरहेको थियो । त्यसबेला यो संविधान असोज २ गते हस्ताक्षर गरिरहँदा म एकदमै गौरवान्वित भएको थिएँ । २०६४ सालका सभासदहरुले गर्नुभएको मिहिनेत पनि खेर गएन र २०७० सालका निर्वाचित संविधान सदस्यहरुले यो जारी गर्ने मौका पाएको म ठान्छु ।
समाजः नेपालको संविधान २०७२ मा मुख्य विशेषताहरु के–के रहेका छन् ?
पौडेलः नेपालको संविधान २०७२ का धेरै विशेषताहरु छन् । मुलभूत रुपमा जनतामा निहित सार्वभौमसत्ता, समावेशी, समानुपातिक, संघीयता सहितका लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समाजवाद उन्मुख आर्थिक कार्यदिशा र मुलुकको सार्वभौमसत्ता, क्षेत्रीय भौगोलिक अखण्डतामाथि कुनै पनि संविधानमा हामीले असंशोधनबाट हामीले व्यवस्थित गर्न सकेका छौं । यो संविधानका मुलभूत विशेषता पनि यिनै हुन् ।
समाजः संविधानसभा सदस्यको रुपमा तपाईले संविधानको कार्यान्वयनको व्यवस्थालाई कसरी हेरिरहनु भएको छ ?
पौडेलः हामीले जुन तीव्र गतिका साथ यसलाई कार्यान्वयनमा लिएर जानुपर्ने थियो बीचमा केही बाधा व्यवधान त देखा परे । विशेषगरी संविधानसँग बाझिएका हदसम्मका कानूनहरु संशोधन गर्नुपर्ने, नयाँ कानुन निर्माण गर्नुपर्ने, नागरिकलाई प्रत्याभूत गरिएको मौलिक हकका विषयहरुलाई कार्यान्वयनमा लिएर जानुपर्ने त्यसैगरी संविधानले मुलभूत रुपमा सुशासनको प्रत्याभूति गर्नुपर्ने विषयहरु जे छन् त्यसलाई जति कार्यान्वयन गर्नुपर्ने थियो त्यो कुरामा केही कमी रहेका छन् । यद्यपि राज्यमा तीनै तहका निर्वाचित संरचनाहरु निर्माण गर्ने त्यसका आधारमा मुलुकको विकास निर्माण प्रक्रियालाई अगाडि बढाउने दिशामा हामीले सोचेअनुरुप संविधान कार्यान्वयनका दिशामा अगाडि बढ्यो । अबको दिनमा संविधानको कार्यान्वयनका मूल पाटो मुलुकको आर्थिक समृद्धि, सुशासन, मुलुकको राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि एउट दृढता पूर्व अडान नै संविधान कार्यान्वयनका विषयहरु हुन् ।
समाजः संविधान पूर्णरुपमा कार्यान्वयन गर्न जटिलताहरु पनि देखिएका छन् । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?
पौडेलः संविधान कार्यान्वयनमा जटिलता आउन सक्छन् । तर जटिलताहरुलाई संविधानवादमा आधारित रहेर हल गर्दै जानुपर्छ । संविधानका विविध प्रक्रियाहरुलाई, हामीले राजनीतिलाई व्यवस्थापन गर्न खोज्दा संविधानका मर्महरुलाई कहिँ कतै ओझेलमा पार्न खोज्यौं, यसको विधि र मर्महरुलाई नजर अन्दाज गर्न खोज्यौं भने संविधान अमूर्त दस्तावेज हुनेछ । यतिमात्र नभएर भोलि संवैधानिक अराजकतातर्फ नै मुलुक उन्मुख हुने खतरा पनि हुन्छ । यसतर्फ पनि मुलुकका जिम्मेवार राजनीतिक दलहरु सचेत हुनुपर्छ । संविधान कुनै असंशोधनीय दस्तावेज होइन । यो संशोधनीय दस्तावेज हो । समयक्रम अनुसार, समयको गतिअनुसार, आवश्यकता अनुसार, मुलुकको माग, परिस्थितिको माग अनुसार यो संशोधन पनि हुनसक्छ । तर संविधान भनेको म यति भन्न चाहन्छु कोट्याइरहने विषयवस्तु चैं होइन ।
समाजः अत्यधिक बहुमतले जारी भएको नेपालको संविधान २०७२ को नेपालको विकासमा कस्तो भूमिका रह्यो ?
पौडेलः हामीले जसरी यो संविधान निर्माण गरेका छौं । ३१ वटा मौलिक हकहरु किटान गरेका छौं । राज्यका पुनर्संरचना किटान गरेका छौं । सबैभन्दा ठूलो कुरा दस्तावेजमा लेखिनु मात्र होइन । नैतिकता, इमान्दारिता, जवाफदेहिता यी सबै विषयहरु चाहिँ राज्य सञ्चालनमा रहेका व्युरोक्रेसी राजनीतिक दल, राजनीतिक नेतृत्व, सरकार सञ्चालनमा रहेका सबै व्यक्ति व्यक्तित्वहरुले ईमानदारिपूर्वक, निष्ठापूर्वक मुलुक सम्झेर, जनता सम्झेर काम गरे भने संविधानको व्यावहारिक कार्यान्वयन भएर जान्छ ।
समाजः कक्षा ९ देखि १२ कक्षासम्मका पाठ्यक्रममा संविधान निर्माण प्रक्रिया, मुलकी ऐन लगातयका विषय तयार गर्न संविधान सभा सदस्य परिषद्ले माग गरेको छ । किन यस्तो माग गर्नुभयो ?
पौडेलः हाम्रो हिजोको संविधानसभा सदस्यहरुको एउटा संस्था छ । अर्को संविधानसभा नहुञ्जेलसम्म भूतपूर्व पनि नहुने भनेर नेपाल सरकारले हामीहरुलाई एउट लोगो पनि दिएको छ । यो संस्थाको २ वटा मागहरु छन् । २ वटा संविधानसभामा जे जति क्रियाकलापहरु भए, जति दस्तावेजहरु बने जति जनताका सुझावहरु आए ती सबै विषयवस्तुहरुलाई एउटा सङ्ग्रहालय बनाएर व्यवस्थित गर्नुपर्छ । अहिलेको संसद सचिवालयले यसलाई व्यवस्थित गर्न सक्दैन । हाम्रो मुलुकमा अभिलेख प्रणाली असाध्यै कमजोर छ । इतिहासलाई जोगाएर राख्ने प्रणाली हाम्रो कमजोर भएका कारण एउटा सङ्ग्रहालय सिंहदरबार भित्रै वा नेपाल सरकारको जमिन भित्रै बनाउनुपर्छ ।
नेपालको संविधानको प्रक्रियाको सबै बारेमा अध्ययन गर्ने पाठशाला विद्यालय नै बनोस् । सबै मान्छे गएर हेर्न सकुन् । अर्को भनेको नेपालमा १८ वर्ष पुगेपछि बालिक हुन्छ । उसले के गर्न हुन्छ, के गर्नु हुँदैन ? हाम्रो संवैधानिक व्यवस्था के छ ? फौजदारी आचारसंहिता के छ ? यी सबै विषयहरुमा कम्तिमा पनि कक्ष ९, १०, ११ र १२ कक्षामा संविधान र मूल कानूनमा रहेर एउटा पाठ्यक्रम तयार भयो भने भोलि एउटा दण्डनीय अपराध कुनै युवाले ग¥यो भनेपनि मलाई नेपालको कानुनबारे जानकारी छैन भन्न उसले पाउँदैन । उसले विद्यालयमा पढेर गएको पनि हुन्छ । यसले एउटा नागरिकको कर्तव्य बोध पनि हुन्छ भनेर माग अगाडि सारेका छौं । यो विषयमा सरकारको ध्यानाकर्र्षण पनि गराएको छौं । | 2021/12/02 02:51:08 | https://samriddhasamaj.com/archives/9838 | mC4 |
अमृतमय बधाई 'अमृतोत्सव'को ! | Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२०७७ कार्तिक ७, शुक्रबार ०७:४८ गते
समय अचम्मको हुने कुरा जीवन भोग्दै जाने क्रममा सिकिने रहेछ । आफन्तजस्ता पराईहरु र पराईजस्ता आफन्तहरु पनि भोग्यो जिन्दगीले । भित्री हृदयदेखि अरुको अनुहार उज्यालो देख्दा मन प्रफुल्ल बनाउन मानिसहरु यस धरतीमा कति जन्मिन्छन् होला ? दुनियाँ अचम्मको हुन्छ । ९९ कर्म राम्रा गर्नेले एउटा कर्ममा चिप्लियो भने उसका सम्पूर्ण लगानी स्वाहा हुन्छ, अनुभूत तथ्य । 'व्यक्तिको प्रशंसा' एक जोखिम कार्य हो । फेरि राम्रो काम गर्ने सद्पात्रलाई समाजले उच्च मूल्याङ्कन गरेन भने भोलि राम्रो काम गर्ने जिम्मा कसले लिने ? 'माम–काम–दाम–नाम' जीवनको एक मार्ग भएजस्तो लाग्यो । हामी साधारण मान्छेको नामप्रतिको मोह, जायज मोह हुन्छ नै, हुनुपर्छ । उहाँ राम्रो मान्छे हो भन्ने कुरा कानमा प¥यो भने मान्छे राम्रो हुने अभ्यास गर्दछ । होइन भने नाम न यश खरानी खस् भएमा भित्री मनमा कसैको पनि जाँगर नपलाउने हुनसक्छ । उत्साहित बनाउने काम समाजको हो । राम्रो काम गर्ने मानिस 'दुर्लभ हीरा' हो । अहिलेको दुनियाँमा नियत सफा भएको मानिस पाउन धेरै मुस्किल हुन्छ, अनुभूत तथ्य । पूर्णिमा सम्झिएर संगत ग¥यो, औँसी भएर निस्कन्छ मान्छेको जात । मान्छे रहस्यमयी प्राणी हो । आफैँलाई चिन्न मुस्किल हुने दुनियाँमा अरुलाई चिन्छु भन्नु एक भ्रम हो । तर, आफ्नो मन सफा राखेर असल मानिसहरुको संगत गरेमा दीर्घकालमा भ्रमको पर्दा च्यातिन्छ र सुविधाजनक सत्य बाहिरिन्छ ।
जीवनको धेरै हिसाबकिताब मिलाएर यो लक्ष्मीमाताको 'सौताको सुपुत्र' पनि साहित्य नामको उपवनमा आयो, रमायो । मेरो पहिलो घर हो, साहित्यिक घर– चितवन साहित्य परिषद् । अब त २५ वर्षभन्दा बढी बिताएजस्तो लाग्छ । अविरलरुपमा यस संस्थामा कार्यसमितिमा नै रहेर साहित्यको सेवा गर्ने मौका पाएँ, यात्रा जारी छ । चितवन साहित्य परिषद्को पर्याय भन्छु म कलाप्रेमी कारसहितका साहित्यकार गुरूदेव केदारनाथ खनाललाई । पिता, गुरू, साथी, सहयात्री, उत्प्रेरक, मेरो त पाठक पनि, मान्छे एक : नाता अनेक । फेरि हाम्रो क्षेत्र साहित्यमात्रै भएन, शैक्षिक क्षेत्रमा पनि हामी उही जिल्लामा 'हमपेसामा' ! सबभन्दा ठूलो कुरा– हाम्रो मन मिल्छ । एउटा प्रमाण यो पनि हो । कुनै पनि व्यक्तिलाई महान् भनेमा व्यक्ति स्वयम् नै लज्जित हुनसक्छ । व्यक्ति होइन कर्म महान् हो । लेखाइ उत्कृष्ट तर भित्री चरित्र ठीकविपरीत भएर भावकहरुले दिक्क मानेको इतिहास बग्रेल्ती छन् । साधारण मानिस भएर पनि गुरूदेव केदारनाथ खनालको अगुवाइमा असाधारण काम भएको प्रमाण हाम्रो पवित्र मन्दिर चितवन साहित्य परिषद् हो । यो हाम्रो चितवनको 'आन–वान–शान' हो । एक वर्ष अस्ट्रेलिया बस्न प¥यो पारिवारिक करले र साहित्यिक गतिविधिमा प्रत्यक्ष संलग्न हुन पाइनँ । सामाजिक सञ्जालमार्फत खबर लिने काम भइरह्यो ।
आत्मीय अनुजद्वय विश्वनाथ खनाल र लक्ष्मण अर्यालबाट मैले 'केदारनाथ खनाल : व्यक्तिकृति (अमृतोत्सव)बारे थाहा पाएँ । प्राविधिक कारणले मन फुकाएर लेख्न पाइनँ । शैक्षिक पात्रमात्रै नभएर एक साहित्यिक अभियन्ता हुनुहुन्छ गुरूदेव । अब त हाम्रा 'हिमाल' व्यक्ति होइन, व्यक्तित्व हुनुहुन्छ । गोर्खाली खनालहरु मेरो जीवनका लागि 'वरदान' भएको कुरा जगजाहेर । भरपर्दो अभिभावक हुनुहुन्छ, 'केदार बा' । हामीले धेरै धेरै साहित्यिक यात्रामात्रै गरेनौँ, ठूला–ठूला अनुष्ठानहरु पनि सम्पन्न गरेको कुरा इतिहास साक्षी छ । केदारनाथ गुरूदेव र आदरणीय दाजी श्रीभक्त अच्यूत वाग्लेलाई 'कल्याणजी+आनन्दजी' भने फरक पर्दैन । म उहाँहरुको 'जुनियर किशोर कुमार' हुँ, मनले सदा किशोर नै रहनेछु । यी साहित्यिक 'हली'ले धेरै धेरै 'बहर' दाएको कुरा हाम्रो सामुन्ने घामझैँ छर्लङ्ग छ । आज चितवन साहित्य परिषद् युवाहरुको काँधमा पुगेको छ । थाकेका र पाकेका पाका पुस्तालाई युवाहरुले उचित सम्मान दिएको कुरा अनुभूत गरेको छु । केदार गुरूको सम्मानमा यो 'अमृतोत्सव' सम्पन्न हुनु, उहाँको जन्मदिनको साइत पारेर किताबको लोकार्पण हुनु पनि एउटा गर्वको कुरा हो । मलाई शालिकमा विश्वास छैन । स्मृतिग्रन्थमा विश्वास छैन । नन्दन बा, विनोदी गुरूपछि हामी केदार गुरूसम्म आइपुगेका छौँ । अब चितवनले 'रामबाबु घिमिरे' सरको बारेमा पनि केही गर्नेछ भन्ने कुरामा म ढुक्क छु ।
सम्मान गर्न लायक पात्रलाई उचित सम्मान गर्दा सम्मान गर्नेको पनि सम्मान हुन्छ । 'सम्मान र पुरस्कार, मन्त्री, नेता, पिएचडी…' आदि कुराहरुले साख गुमाएको कालखण्ड हो यो । कोरोना भाइरसले यो धरतीलाई 'डिप्रेसन'मा लैजान लागेको बेलामा कोरोनालाई नै च्यालेन्ज दिएर हामीले यति राम्रो काम गरेका छौँ । केदारनाथ खनाल गुरूदेवलाई सम्मान गर्दा सम्पूर्ण साहित्यप्रेमीहरु सम्मानित भएको कुरा असत्य होइन । गुरूआमा 'ओमशान्ति' कलादेवी खनाललाई विशेष बधाई ! सम्पूर्ण खनाल परिवारलाई बधाई ! लक्ष्मी र सरस्वती दुवै दिदीबैनी अनुकूल भएको परिवार मानेको छु मैले । सफल र सार्थक जीवन हो गुरूदेवको । यी 'उज्याला' मान्छेको संगतमा आएर मैले कुलगुरू 'कृपाचार्य' पाएको अनुभूत गरेको छु । फूलपाती यसरी पो भित्र्याउने ! अमृतमय वातावरणमा यो 'अमृतोत्सव' पूर्ण सफल भएको छ । आजको दिन हाम्रो लागि विशिष्ट दिन हो । छन्द सारथि बा रमेश खकुरेलको पनि १६ दिनअघि यसरी नै अनुष्ठान सम्पन्न गरिएको थियो । मेरा 'मानस पिताश्री' खनाल गुरूदेवलाई अमृतमय बधाई ! | 2020/12/05 22:43:07 | https://echitwanpost.com/118982/2020102307/48/14/ | mC4 |
शाहबंशको कूल मन्दिर आलमदेवीः जहाँ नवमीका दिन सरकारी पञ्चबली चढाइन्छ ! « News24 : Premium News Channel
शाहबंशको कूल मन्दिर आलमदेवीः जहाँ नवमीका दिन सरकारी पञ्चबली चढाइन्छ !
बुटवल, १ कात्तिक । नेपालका शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको स्याङ्जाको आलमदेवी मन्दिरमा दशैंको नवमीका दिन वर्षभरीकै सबैभन्दा ठूलो विशेष पूजा र सरकारी पञ्चबलि चढाउने प्रचलन छ ।
बि.सं.१३५० सालमा स्थापना भएको यो मन्दिर शाह बंशको कूल देवता र कूल मन्दिर मानिदै आएको छ । कालिगण्डकी गाउपालिका वडा नंं ३ आलम देवीमा रहेको यो आलम देवी मन्दिरमा नवमीका दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नव दुर्गाको पूजापछि पञ्चबली गरिन्छ । आजैका दिन महिषासुरलाई देवीले बध गरेको दिन मानिएकाले नवदुर्गाको पूजा र यज्ञपछि ठूलो राँगोसहित सरकारी पञ्चबली दिइन्छ ।
मन्दिर व्यवस्थापन समितिका सदस्य दीपक घलेका अनुसार आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेँडालाई बली चढाउने परम्परा छ । भेँडा उपलब्ध नहुँदा कुभिण्डो प्रयोग गरिन्छ । नवमी दिन करिब ५ हजार भक्तजनहरु आउने घलेले बताए ।
दर्शनार्थीको भीड लाग्ने भएकाले नवमीका दिन दिउंसो अबेरसम्म पूजा र बली चढान्छ । पञ्चबली चढाउन सरकारी निकायबाट बजेट व्यवस्था हुँदै आएको छ । यसपटक पनि गुठी संस्थानले ८४ हजार रुपैयाँ उपलब्ध गराएको घलेले बताए । धेरै वर्षपहिला शाह बंशीय राजाहरुले राँगो छोडिदिने र त्यो राँगो आफै आलमदेवी आइपुग्ने र स्थानीयले बली चढाउने गरेको इतिहास रहेको बताइन्छ । तर पछि रांगो छोड्न छाडेर गुठी संस्थानमार्फत बजेट दिएर पञ्चबली चढाउने परम्परा शुरु भएको हो ।
नवमीका दिन आलमदेवीमा बली चढाउनेको निकै भीडभाड हुने गर्छ । सरकारी पञ्चबलीपछि मात्र मन्दिर भक्तजनका लागि खुला गरिने र सर्वसाधारणले ल्याएका पशुपंक्षीको बली दिने गरिन्छ । जीवनमा ठूलो संकट आइलागेपछि वा आउने संभावना देखेपछि यहाँ आएर आलमदेवीसँग बर मागेपछि संकट मोचन हुने जनविश्वास रहिआएको छ ।
भारतको चितौरगढका चन्द्र बंशावली भट्टारक राजा ऋषी राणाजीको राज्यमा मुगलले आक्रमण गरेपछि पूर्व तिर गए कूल र सन्तान सुरक्षित हुन्छन् भन्ने सल्लाहका आधारमा राजपरिवार पश्चिम नेपाल हुँदै स्याङ्जाको आलम देवीको अग्लो डाँडोमा आएका जनस्रुति रहेको छ । सोही डाँडोमा मन्दिर बनाई उनीहरुले मुर्ती राखेको र पछि उक्त मुर्ती अलाप भएको हुंदा कालान्तरमा आलमदेवी नामाकरण भएको मानिन्छ ।
भारतीय ऋषी राणाका छोराहरु मिञ्चा खाँण र खाञ्चा खाणमध्ये एकजनाले स्याङ्जाको नुवाकोटमा र अर्काले कास्कीकोट, तनहुँ हुँदै गोर्खासम्म राजा भएर राज्य गरेका र तिनै खाँणले पछि थर परिवर्तन गरि शाह लेखाउन थालेको किंवदन्ती छ । हालको नेपालको शाह बंश तिनै चितौरगढका चन्द्र बंशावली भट्टारक राजाका सन्तान हुन् भन्ने वालिंग नगरपालिकाका मेयर दिलिपप्रताप खाणले लेखेको पुस्तकमा विस्तृत व्याख्या गरिएको छ ।
आलमदेवी मन्दिरको विशेषता मध्ये यो मन्दिरको फेदलाई संसारकै पवित्र मानिने कालिगण्डकी नदीले चारैतिरबाट घरेको छ भने मन्दिरमा छाना छैन । बेलाबेलामा मन्दिरभित्रबाट ज्वाला निस्कने भएकाले मन्दिरमा छाना नराखिएको दावी छ । यो मन्दिरलाई ज्वालामाई देवीको मन्दिरका रुपमा पनि चित्रण गरिन्छ ।
अर्को कुरा यो मन्दिरमा मुर्ती छैनन्, मुर्ती रहने ठाउँमा भिमसेन पाती नामको मझौला रुख छ । यो रुख सय वर्ष भन्दा अगाडिदेखि जस्ताको त्यस्तै रहेको स्थानीय बताउँछन् । यो मन्दिरमा उमरा राना मगर जातका चुडाकर्म गरेका १५ वर्षमुनिका किशोर मात्रै पुजारी बन्न पाउँछन् । उनीहरुले कालीगण्डकी नदीमै नुहाएर आएर मात्र पुजा गर्छन् । मन्दिर पुग्न जुनसुकै दिशाबाट जाँदा पनि उकालो चढ्नैपर्छ ।
मन्दिरमा ३६५ दिन नै पुजा हुने र पूजा हुँदा नगरा बनाउने परम्परा छ । एकादशी, औंशी, साउन १ देखि नागपञ्चमी र १६ श्राद्धमा बाहेक अरु सबै दिन यहाँ बली चढाइन्छ । मन्दिर भित्र महिलाको हकमा ठकुरी जातका महिला मात्र जान पाउँछन् ।
यहां वर माग्न, भाकल गर्न र पूजा गर्न नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत भक्तजन र दर्शनार्थीहरु आउने गर्छन् । विशेषगरी ठकुरी वंश, सेना, प्रहरीका जागिरेहरुको यो मन्दिरप्रति आस्था र विश्वास रहेको छ । यहाँ चैते दशैं, र न्वागीमा पनि विशेष पूजा र सांस्कृतिक कार्यक्रमहरु हुने गर्छन् ।
मन्दिर रहेका बस्तीमा खानेपानीको चर्को समस्या छ । मन्दिरसम्म पुग्ने सडक पनि निकै साँघुरो र कच्ची भएकाले इच्छुक सबै दर्शनार्थीहरु सहजरुपमा पुग्न नसकेको अवस्था छ । यो मन्दिर दर्शन गर्न बेलाबेलामा पुर्व राजपरिवारका सदस्यहरु जाने गर्छन् । गत वर्षमात्रै पुर्व युवराज्ञी हिमानी शाह मन्दिर दर्शन गर्न पुगेकी थिइन् ।
मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सय जना अट्ने अतिथि गृह निर्माण भइरहेको र खानेपानीको व्यवस्थाका लागि पहल भइरहेको अधयक्ष राना बताउँछन् । यसै वर्ष आलमदेवी मन्दिरको नाममा हुलाक टिकट पनि प्रकाशित हुंदैछ ।
सडक पीच, खानेपानी र टेलिफोन सेवाको उचित व्यवस्था हुन सके यो मन्दिर क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय हिसाबले पनि विकास गर्न सकिने स्थानीय बुद्धिजिवी दीपक घले बताउँछन् । | 2021/10/17 07:27:08 | https://www.news24nepal.tv/2018/10/18/419137 | mC4 |
बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका सलमानले चन्द्रागिरिको भ्रमण गर्ने दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगियाले जानकारी दिए।
दुबैले विहीबार चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि सलमानले पनि भ्रमण गर्ने जानकारी गराएका हुन। उनीहरुका साथमा नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले पनि सहभागी थिए।
सलमानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्नेछ। पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्नेछन्। | 2021-12-07T06:53:35Z | https://chandragirinews.com/samaj/%E0%A4%B8%E0%A4%B2%E0%A4%AE%E0%A4%BE%E0%A4%A8-%E0%A4%96%E0%A4%BE%E0%A4%A8%E0%A4%B2%E0%A5%87-%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%BF%E0%A4%95 | OSCAR-2201 |
अस्पताल र उद्योगमा अक्सिजन सिलिन्डर खोसाखोस – Online Khabar
१. अधिकांश मन्त्रीहरूलाई दोहोर्याउने प्रधानमन्त्रीको तयारी
२. एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत
३. प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री दोहोरिए
४. अधिकांश पुरानै मन्त्री दोहोर्याउने प्रधानमन्त्री ओलीको तयारी
५. कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु
६. माधव नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक
७. प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता शुरु
८. कोरोना नियन्त्रणमा भुटानी मोडल, जुन अहिले संसारभर चर्चामा छ
९. उपत्यकामा ३,३४९ जनामा कोरोना संक्रमण
१०. राष्ट्रियसभा उपनिर्वाचन : माधव समूहको भोट बादल कि खिमलाललाई ?
११. नौ सातामा १४५६ को मृत्यु : कसरी फैलियो महामारी, कहाँ थियो सरकार ?
१२. लेनदेनको हिसाब सुनाउँदा सुनाउँदै बुबा बिते, छोरा पनि रहेनन्
एनएसएल फाइनल प्रिभ्यु : धनगढीविरुद्ध बदला लिँदै उपाधि जित्ने काठमाडौंको लक्ष्य
संक्रमित अस्पतालको आँगनमै, प्रधानमन्त्री भन्छन् : बेडको खासै कमी छैन
एनएसएल फाइनल : धनगढीविरुद्ध बदला लिने काठमाडौंको लक्ष्य
टी-२० विश्वकपमा टीम संख्या २० बनाउन आईसीसी सकारात्मक
अस्पताल र उद्योगमा अक्सिजन सिलिन्डर खोसाखोस
२०७८ वैशाख ३१ गते २०:२८ मा प्रकाशित
३१ वैशाख, काठमाडौं । लोकतान्त्रिक मुलुकमा जनताको स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनुपर्ने हो । महामारीमा त झन् जनताको अभिभावक बनेर सरकारले ज्यान जोगाउने उपाय अवलम्बन गर्नुपर्ने हो ।
तर नेपालमा महामारीको दोस्रो लहरको मारमा जनता छन् । राजनीतिक नेपथ्यमा सरकार ढलाउने र बनाउने खेल चलिरहेको छ ।
महामारीमा अक्सिजनको देशव्यापी अभाव भइरहेका बेला सरकारको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले तोकेको सिलिण्डरको कोटा झनै झमेला बनेको छ । जेनतेन 'जुगाड'ले ज्यान जोगाइरहेका जनतालाई सीसीएमसीको 'लेखापढी'ले अर्को समस्या थपिदिएको हो ।
अक्सिजन अपर्याप्त भएका कारण एकातिर अस्पतालमा बिरामीहरूबीच अक्सिजनको सिलिण्डर खोसाखोस हुन थालेको छ भने अक्सिजन उद्योगहरूमा अस्पताल–अस्पतालका प्रतिनिधिबीच सिलिण्डर हारालुछ हुन थालेको छ ।
तर सरकार ? 'सरकार रमिते छ' पीडितहरूको एउटै भनाइ छ ।
बिहीबार अपराह्न बालाजुमा रहेको शंकर अक्सिजनबाट आउनुपर्ने १०० सिलिण्डर अक्सिजन समयमा अस्पताल नआइपुगेपछि ट्रमा सेन्टरमा हाहाकार मच्चियो । अभाव पूरा गर्न ट्रमा सेन्टरमा नेपाल आर्मी अस्पताल छाउनीबाट ७० वटा अक्सिजनसहितको सिलिण्डर खरीद गरेको ट्रमा सेन्टरका अधिकारीहरूले बताए । साथै, १० वटा सिलिण्डर नेपाल आविष्कार केन्द्रबाट ल्याएर जोहो गरियो ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले उद्योगमा सम्पर्क गर्दा प्रहरीका अधिकारीहरूले ट्रमा सेन्टरमा लैजान तयार पारेको अक्सिजन सिलिण्डर उठाएर लगेको भन्दै सामाजिक सञ्जालमा दुःखेसो पोखेपछि यो विषय गृहसचिव महेश्वर न्यौपानेसम्म पुग्यो ।
सचिव न्यौपानेले अनलाइनखबरसँग भने, 'ट्रमा सेन्टरका निर्देशकको गुनासो सुनेपछि मैले त्यो घटनाबारे बुझेको थिएँ । व्यक्तिगत प्रयोजनको लागि नभई प्रहरी अस्पतालमा रहेका बिरामीको लागि अक्सिजन लगिएको रहेछ । यसमा इस्यु बनाउनुपर्ने ठूलो कारण छैन ।'
शंकर अक्सिजन, ट्रमा सेन्टर र नेपाल प्रहरी अस्पताल दुवैको सप्लायर्स हो । अहिले सीसीएमसीको निर्णय अनुसार दुवैले प्रतिदिन २०० सिलिण्डर पाउने गरी कोटा तोकिएको छ । तर यो संख्या पनि एकैपटक नआएर थोरै थोरै गरेर पटकपटक आउने भएकोले व्यवस्थापन गर्न समस्या भएको ट्रमा सेन्टरका निर्देशक पौडेल बताउँछन् ।
सचिव न्यौपाने भने अक्सिजन अभावका कारण जुन अस्पतालबाट अक्सिजन लिन पहिले उद्योगमा पुग्छन्, उसैले पहिले अक्सिजन पाउने अवस्था रहेकोले यो समस्या निम्तिएको बताउँछन् ।
अहिले शंकर अक्सिजनले मात्रै २१ वटा अस्पताललाई दैनिक १ हजार ४२० सिलिण्डर अक्सिजन सप्लाई गर्दै आएको छ । सबैजसो अस्पताललाई खपतको तुलनामा अत्यन्त कम अक्सिजन दिने गरेकोले उद्योगमा अस्पतालबीच नै खोसाखोस हुने गरेको ट्रमाका निर्देशक डा. पौडेल बताउँछन् ।
अस्पतालभित्र बिरामीका आफन्तको खोसाखोस
बुधबार राति ट्रमा सेन्टरको लागि ल्याइएको १०० थान अक्सिजन सिलिण्डरमध्ये १० थान सिलिण्डर बिरामीका कुरुवाले सीधै आईसीयू वार्डतिर लगे ।
सीसीएमसीले तोकेको २०० सिलिण्डरको कोटामध्ये १०० सिलिण्डर अक्सिजन बिहीबार बिहान २ बजे अस्पतालमा झार्ने तयारी भइरहेको थियो । अक्सिजन आउँदैछ भन्ने थाहा पाएका बिरामी कुरुवाहरू पहिले नै सिलिण्डर झार्ने ठाउँमा पुगेर बसिरहेका थिए । अक्सिजन बोकेको गाडी रोकिने बित्तिकै अस्पतालका कर्मचारीभन्दा पहिले पुगेर उनीहरूले एक–एक वटा सिलिण्डर बोकेर आईसीयू वार्डतिर लागेको अस्पतालका चिकित्सक भुवन केसी बताउँछन् ।
बुधबार साँझ नै अक्सिजनको अभाव रहेको कुरा अस्पताल प्रशासनले बिरामी कुरुवालाई भनिसकेको थियो । 'अस्पतालले बिरामीलाई यो मानेमा भनेको थियो कि बिरामी छिटो निको हुन्छन् भन्ने भ्रमका कारण अनावश्यक मात्रामा हाइफ्लो अक्सिजन दिने गरेको पाइयो' पौडेलले अनलाइनखबरसँग भने, 'त्यसरी अनावश्यक औषधि नचलाउने हो भने मात्रै पनि अभाव रहेको ४० प्रतिशत अक्सिजन बचाउन सकिन्छ भनेर हामीले यसबारेमा सचेतना जगाउँदै हिंडेका हौं ।'
चिकित्सक केसी भन्छन्, 'बल प्रयोग गरेर उहाँहरूसँग सिलिण्डर खोस्न सकिन्थ्यो । तर आफ्नो आफन्त बचाउनको लागि एक सिलिण्डर अक्सिजनको लागि गरिएको अनुनय हार्न सकिएन ।' उनीहरूमध्ये १० जनाले अक्सिजन लगेर आईसीयूमा आफूसँग स्टक गरेर राखे ।
त्यही दिन अर्काे रोचक घटना पनि ट्रमा सेन्टरमा देखियो । बुधबार साँझ अस्पताल प्रशासनले अक्सिजनको अभावको सूचना दिएको भोलिपल्ट करीब आधा दर्जन बिरामी कुरुवाले आफ्नै पहलमा घरबाट अक्सिजनको सिलिण्डर लिएर आए ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेल भन्छन्, 'अस्पतालमा अक्सिजनको चरम अभाव भइरहेको बिरामीले त घरघरमा जगेडा अक्सिजन सिलिण्डर राख्ने गरेको पनि पाइयो ।' उनी अक्सिजन सिलिण्डर घरमा स्टक राख्नुभन्दा अस्पताललाई दिएर अरूको ज्यान बचाउन सहयोग गर्न आग्रह गर्छन् ।
ट्रमा सेन्टरमा अहिले अक्सिजन सपोर्ट चाहिने १०५ जना बिरामीहरू छन् । तीमध्ये ९ जना आईसीयूमा छन् । अहिलेको अवस्थामा अस्पतालमा एक घण्टामा २० वटा सिलिण्डर खपत हुन्छ ।
सप्लायर्सले एक पटकमा २० वटाको दरमा मात्रै दिने गर्छ । एकपटकमा सप्लायर्सले दिएको अक्सिजन एक घण्टामै खपत हुने र फेरि अक्सिजन खोज्न भागदौड शुरु हुने गरेको अस्पतालका अधिकारीहरू बताउँछन् । | 2021/07/29 05:56:02 | https://www.onlinekhabar.com/2021/05/953861 | mC4 |
माधव नेपालले ओलीलाई पठाएको त्यो पत्र (पत्रसहित) « गोर्खा आवाज
# रोचक खेल
# नेपाल प्
# सुशान्त राजपूत
# जिओना चाना
# सिटामोल
# मलखाद
# एमबिबिएस
२७ बैशाख २०७८, सोमबार ००:००
सामूहिक राजीनामा दिने अन्तिम तयारीमा रहेको एमाले माधव नेपाल समूहले एकताका लागि मध्यरातमा अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । ओलीलाइ पठाएको पत्रमा नेपालले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएमा पार्टी एकता जोगिने बताएका छन् ।
यस्तै पत्रमा अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनु गल्ती भएको पनि नेपालले बताएका छन् ।
यस्तो छ पत्र,
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट विघटन भई उक्त दुई पार्टीहरु पूर्ववत् अवस्थामा रहने तथा पुनः एकता गर्ने भए निर्वाचन आयोगमा जानु भन्ने भएपछि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाई छलफल गरिनु पथ्र्यो । त्यसो नगरी तपाईले गत फागुन २८ गते पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधान मिचेर केन्द्रीय कमिटी भंग गरी कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्नुभयो । त्यसरी आयोजक कमिटी गठन गर्दा हामी लगायतका केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारी निर्णय गर्नुभयो । त्यतिले मात्र नपुगेर तपाईले केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटीका सदस्य समेत चारजनालाई पार्टी सदस्यबाट नै निलम्बिन गर्ने तानाशाही निर्णय गर्नुभयो । प्रतिनिधिसभाका हामी ३० जना सदस्यहरुलाई आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै स्पष्टिकरण सोध्नु भयो । पार्टी स्थायी कमिटीमा मनपरी किसिमले नियुक्ति गर्दै कार्यविभाजन गरी निर्देशन जारी गर्नुभयो । प्रदेश समन्वय कमिटीमा स्वेच्छाचारी किसिमले पजनी गर्दै तपाईले अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीहरुलाई विघटन गर्नुभयो । जनसंगठन र पेशागत संगठनहरुमा पनि त्यसरी नै स्वेच्छाचारी किसिमले आफ्नो गुट बाहेकका व्यक्तिहरुलाई जिम्मेवारीबाट हटाउनु भयो । तपाईका यस्ता पार्टी विधान विपरीत तथा लोकतान्त्रिक मान्यता विपरीतका क्रियाकलापहरु सच्याउन हामीले विभिन्न समयका प्रत्यक्ष वार्ताहरुमा समेत आग्रह ग¥यौं । तर त्यसप्रति तपाईले कुनै सुनुवाई गर्नुभएन । यसबाट देश, जनता र पार्टीमा पर्ने असरप्रति असंवेदनशील भएर तपाईले प्रतिनिधि सभामा यही वैशाख २७ गते विश्वासको मत लिने कुरा गर्नु भएको छ । यस्तो विषयमा समेत तपाईले पार्टी भन्दा बाहिर समर्थनको लागि अनुनयविनय गर्नुभयो भने पार्टीमा आफ्नो गुटबाहेकको पंक्तिप्रति शत्रुवत् व्यवहार देखाइरहनु भएको छ । तपाईले वार्ता गर्ने वा पार्टी एकता गर्नेभनी आफु निकट व्यक्तिहरुलाई खटाएझै गर्नुभएको काम कति नक्कली रहेछ भन्ने यही वैशाख २६ गते दिनुभएको अहंकार र विद्वेषपूर्ण वक्तव्यबाट छर्लङ्ग हुन्छ । वक्तव्यमा तपाईले आफ्ना पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरुमा पर्दा हाल्न अरुमाथि प्रहार गर्नुभएको छ । यस्तो स्थितिमा निम्नलिखित कुराहरुको आधारमा मात्र तपाईले विश्वासको मत लिने निर्णयबारे छलफल गरी निष्कर्षमा पुग्नसकिने यथार्थबारे जानकारी गराउन चाहन्छौं ।
-सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेष्ट २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।
-नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।
-पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।
-पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
-सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
-उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने । | 2021/06/16 10:00:05 | https://gorkhaawaj.com/?p=42266 | mC4 |
पाकिस्तानले सार्वजनिक गर्यो कश्मीरसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्सा | Ratopati
अघिल्लो वर्ष ५ अगस्टमा जुम्बु कश्मीरको सन्दर्भमा भारतले अनुच्छेद ३७० हटाएको थियो । भारत सरकारले पाकिस्तानको यस नयाँ नक्सालाई अस्वीकार गर्दै यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता नरहेको प्रतिक्रिया दिएको छ । | 2020/09/25 06:51:54 | https://www.ratopati.com/story/141413/2020/8/4/pakistan | mC4 |
मातृका यादवलाई तत्काल पदमुक्त गर्न कांग्रेसको माग::Best News Portal In Nepal, Business News, Political, Social, Science, Economy, Social, Entertainment, Nepali Model, Movies, Actors, Actor, Interview, Audio & Video.
मातृका यादवलाई तत्काल पदमुक्त गर्न कांग्रेसको माग
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई पदमुक्त गर्न कांग्रेसले माग गरेको छ ।
बुधबार मन्त्रालयमा पुगेका कर्मचारीमाथि मन्त्री यादवले हातपात गरेको आरोप लगाउँदै कांग्रेसले यस्ता मन्त्रीलाई पदमुक्त गर्नुपर्ने जनाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनुशासन तोडेका मन्त्रीलाई पदमुक्त गर्न विलम्ब गर्न नहुने प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । बुधबार मन्त्रालयमा मन्त्री र कर्मचारीबीच विवाद भएको घटना सार्वजनिक भएको थियो ।
प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, 'मन्त्री स्वयं आवेगमा आउनु र हातपातमा उत्रनु सरकारको मात्रै होइन, देशकै छविमा असर गर्ने विषय हो । गल्ती कर्मचारीले गरेका हुन् भने उचित कारवाही होस् ! अनुशासन मन्त्रीले तोडेका हुन् भने पदमुक्त गराउन दुईतिहाइका शक्तिशाली प्रधानमन्त्रीले विलम्ब र निरिहता प्रकट गर्नुहुन्न ।' | 2019/07/16 12:32:44 | http://www.mediadabali.com/news/politics/95882/ | mC4 |
चुमनब्री । प्रहरीले गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पबाट ९ जनाको उद्दार गरेको छ ।
सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनालाई कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उद्दार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पुरिएरकामध्ये दोलखा गौरीशकंर गाउँपालिका–५ बस्ने ४४ वर्षीय जितबहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका–१ बस्ने २७ वर्षीय सुकुबहादुर तामाङलाई सोमबार साँझ उद्धार गरी उपचारको लागि करुणा अस्पताल कपन काठमाडौंमा ल्याइएको छ ।
सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वासहित थप ७ जनालाई मंगलबार उद्धार गरी सामागाउँ ल्याइएकोमा ४ जनालाई उपचारको लागि करूणा अस्पताल कपन पठाइएको छ ।
पहिरोमा पुरिएका अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उद्धार कार्य एवं आवश्यक पहल गरिरहेको छ । | 2022-12-08T20:42:39Z | http://www.republicadainik.com/2022/09/68189/ | OSCAR-2301 |
प्रचण्डलाई पन्छ्याउदै ओली, नजिक बन्दै नेपाल « Ok Janata Newsportal
प्रचण्डलाई पन्छ्याउदै ओली, नजिक बन्दै नेपाल
काठमाडौं । पार्टीमा जनाएका प्रतिवद्धता उल्लंघन, भ्रष्टाचार नियन्त्रणमा असफल र एकपछि अर्का अलोकप्रिय तथा जनविरोधी निर्णय गर्दा आफ्नो राजनीतिक अस्तित्व संकटमा पर्ने संकेत देखिएपछि नेकापका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ समिकरण निर्माणको प्रयास अन्ततः उनीसँग रुष्ट वरिष्ठ नेता माधवकुमार नेपालसँगको संवादबाट थालनी गरेका छन् ।
कर्णालीमा उत्पन्न नेकपा विवाद हलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति बन्न नसकेकै दिन हिजो मगंलबार ओलीले प्रचण्डलाई चेतावनी दिएको शैलीमा नेता नेपाललाई बालुवाटार बोलाएर उनलाई मनाउने कोशिस गरेका छन् ।
ओली र नेपालबीच एक्लै भएको यो छलफल करिव तीन महिनापछिको पहिलो हो। पछिल्लो पटक साउन ९ गते ओली र नेपालबीच मध्यरातमा छलफल भएको थियो, जति बेला ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा परेका थिए ।
पटकपटक आफूलाई धोका, बेवास्ता र अपमान गरेका ओलीबाट मगंलबार 'अब मिलेर अघि बढौँ'भन्ने प्रस्ताव आउँदा नेता नेपाललाई कुनै नौलो नलागेको उनी पक्षधर नेताहरु बताउँछन् ।
नेता नेपाल निकट स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन्,'पार्टीमा एउटालाई पन्छाउने र अर्कोसँग मिल्ने कोशिस गर्नुको कुनै अर्थ छैन। समग्र पार्टीलाई एक बनाउनका लागि मिल्ने हो। जुन, निश्चित विधि, पद्दती, विधान र सिद्धानका अधारमा हुनुपर्छ। मिल्नका लागि सबैभन्दा पहिले कार्यशैलीमा परिवर्तन आउनुपर्छ ।'
नेता नेपालले मगंलबार ओलीलाई भनेका पनि त्यस्तै थिए–पहिले कार्यशैली सुधार गर्नुहोस्, पार्टीमा गरिएका निर्णय कार्यान्वयन गर्नुहोस् त्यसपछि मिल्नका लागि कुनै समस्या छैन ।
यद्धपि नेता नेपालका प्रेस संयोजक मोहन गौतमले लामो छलफल भएपनि नयाँ निष्कर्ष ननिस्किएकोे, पुरानै अडान यथावत रहेको बताएका छन् ।
उनी भन्छन्,'मिल्ने भन्ने प्रस्ताव नौलो होइन। छलफलमा ठोष कुरा केही आएको छैन।' नेपालले ओलीसँग अन्याय नगर्न, जिम्मेवारी दिँदा विशेष ध्यान पुर्याउन,विधि र पद्धतिको ख्लाल गर्न भन्दै आफ्ना पुरानै मान्यता दोेहोर्याका थिए ।
ओलीसँग भएका छलफलबारे जानकारी दिन भोलीपल्ट आज बुधबार नेपाल खुमलटार पनि पुगेका छन्। गौतमका अनुसार प्रचण्डसँग सामान्य छलफल गरेर नेपाल कोटेश्वर फर्किएका हुन् ।
पार्टी एकतापछि आफ्नो राजनीतिक अस्तित्व जोगाउन अधिकांश समय प्रचण्ड, वामदेव र झलनाथ खनाललाई आफूतिर तानेर आफूलाई एक्ल्याएको सायदै बिर्सेका छैन नेता नेपालले। त्यसैले उनलाई ओलीको 'फेरि मिलेर जाउँ' भन्ने प्रस्ताव नौलो नलाग्नु स्वाभाविक भएको नेता भुसाल बताउँछन् ।
पार्टी विभाजनको डिलमै पुगेका बेला त्यसलाई बचाउने अस्त्र बनेको भदौ २६ गतेको स्थायी कमिटी बैठक र त्यसपछिका केन्द्रीय सचिवालय बैठकहरुका निर्णय उल्लंघन गर्दै ओलीले आफूखुसी संवैधानिक र राजदूत नियुक्त, मन्त्रिपरिषद्मा हेरफेर गरे ।
यस मामिलालाई लिएर १३ पटक तीन तीन घण्टा छलफल गर्दा पनि प्रचण्डलाई सहमत बनाउन सकेनन् ओलीले ।
त्यसपछि ओलीसँग असन्टुष्टी बढ्दै गएका बेला कर्णालीमा संवैधानिक अधिकारको प्रयोग भन्दै नेकपाकै सांसदहरुले संसदी दलमा प्रचण्ड निकट मुख्यमन्त्री महेन्द्रबादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए। एकाएक धारापमा परेको शाहीको पद जोगाउन प्रचण्डले नेता नेपालको साथ लिए ।
अविश्वासको प्रस्तावको नेतृत्वमा रहेका ओली निकट नेता यामलाल कँडेलले अविश्वासको प्रस्ताव दर्ता गर्नलाई प्रेरित गर्ने नेपाल निकट नेताहरुनै पद प्रलोभनमा परेर भागेको आरोप लगाउँदै आएका छन् ।
यता प्रचण्डले नेता नेपालको साथ पाएर तत्काललाई शाहीको पद जोगाउन त सफल भए तर त्यसको दीगोपनका लागि प्रयास गर्दा ओलीसँग असमझदारी बढ्यो ।
मगंलबार ओली र प्रचण्डको छलफल सकिएपछि प्रचण्डको सचिवालयले कर्णाली विवाद समाधानको जिम्मा प्रदेश कमिटी र संसदीय दललाई दिने दुई अध्यक्षबीच समझदारी बनेको सूचना बाहिर ल्याएका बेला त्यसलाई खण्डन गर्दै ओलीको सचिवालयले गुलावजंग शाहको प्रमुख सचेतक पद निलम्बन गर्ने मुख्यमन्त्री शाहीको निर्णय बदर गर्ने र अविश्वासको प्रस्ताव फिर्ता गर्ने लगायत चार बुँदे सहमति भएको स्पष्टीकरण दिएसँगै ओली र दाहालबीचको मतभिन्नता छताछुल्ल भएको थियो ।
त्यसलगत्तै ओलीले नेता नेपाललाई बालुवाटार बोलाएका थिए। प्रभावकारी काम गर्न नसकेको आरोप लागेका प्रचण्ड निकट मुख्यमन्त्री शाहीलाई पदबाट हटाउने चाहना अझै पनि ओलीमा रहेको र त्यसका लागि उनले प्रचण्डलाई पन्छाएर नेपालसँग मितेरी लगाउन खोजेको नेपाल निकट एक नेता बताउँछन् ।
प्रचण्ड निकट स्रोत भने बालुवाटारबाट 'प्रोपागाण्डा बाहेक अरु केही नभएको र आफ्नो जित देखाउने होडबाजी चलेको बताउँछ ।
मुख्यमन्त्री शाहीबिरुद्ध ओली पक्षका ८, नेपाल पक्षका सात र माओवादी केन्द्र पृष्ठभूमि भएपनि हाल प्रचण्डसँग रुष्ट तीन जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्ताका लागि गोप्यरुपमा अनुमति दिएका ओलीले शाहीलाई हटाएर मुख्यमन्त्रीको पद आफू निकट नेता यामलाल कँडेलको पोल्टामा पार्न चाहेको बुझिन्छ ।
त्यसका लागि ओली नेपालसँग मिल्दा बढी लाभ हुने हिसावकिताब ओलीपक्षमा भइरहेको छ। कर्णालीमा नेकपाका ३३ जना सांसद भएकोमा एक जना सभामुख र संसदीय दलको प्रमुख सचेतकले भोट दिन नपाउने व्यवस्था छ ।
'पहिले नेपाललाई कमजोर बनाउन ओलीले प्रचण्डलाई आफूतिर तान्नुभयो। अहिले प्रचण्डलाई कमजोर बनाउन नेपाललाई तान्ने प्रयासको थालनी गर्नु भएकोछ,' नेपाल निकट ती नेताले भने।
'एक व्यक्ति एक प्रमुख जिम्मेवारी' नारा कार्यान्वयन नभएको, अध्यादेश प्रकरणले सरकारमाथि अविश्वास बढेको, वामदेव गौतमलाई प्रतिनिधिसभा वा राष्ट्रियसभा लैजाने की नलैजाने भन्ने विषयमा मत बाझिएको पृष्ठभूमिमा असार १० गतेको स्थायी कमिटी बैठकपछि ओलीले दुबै पदबाट राजनामा दिनुपर्ने अडानमा प्रचण्ड–नेपाललगायत संलग्न भैँसेपार्टी मोर्चा बनेको थियो।
तर मोर्चा भत्काउन साउन ३ गते प्रचण्डलाई अध्यक्ष दिने लोभ देखाएर उनीसँग मंसिरको पहिलो वा दोस्रो साता पार्टीको महाधिवेशन गर्न ओली सहमत भएका थिए।
तर नेपालले प्रचण्डलाई खुट्टा नडगमगाउन चेतावनी दिएपछि उनी फरि नेपालतर्फ मोडिन बाध्य भएका थिए।
आफू सत्ताबाट बाहिरिने निश्चित जस्तै भएका बेला ओलीले साउन ९ गते मध्यरातमा बालुवाटार बोलाएर नेपाललाई महाधिवेशनपछि नेतृत्व सुम्पिने र आफू पूर्वसहमतिका आधारमा अघि बढ्ने आश्वासन दिएर फकाउने कोशिस नगरेका होइनन्।
तर नेपालले त्यो बेला पनि धैर्य गरेर ओलीसँग कुनै सहमति नगरेको उनी निकट अर्का एक स्थायी कमिटी सदस्य बताउँछन्।
साउन ३० मा ओली र प्रचण्ड एक्लैले पार्टी कमिटीलाई 'बाइपास' गरेर विवाद समाधान कार्यदल बनाएको भन्दै असन्तुष्ट बनेपनि नेपाल आफ्ना असहमतिलाई थाँती राखेर पार्टी फुट्न नदिनु उपयुक्त हुने निष्कर्षमा पुगेका थिए।
त्यसयता मन्त्रिपरिषद् हेरफेरलगायत विषयमा दाहाल र ओलीबीच निरन्तरजसो छलफल चले तर ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला पनि नेपालको सुझाव लिन चाहेका थिएनन्।
नेता नेपाल प्रचण्डसँग एकपटक खुमलटार बसे, कर्णालीका मुख्यमन्त्रीसहित आफ्ना समूहका नेताहरुसँग।
यसो त ओलीले नेपाललाई सरकार या पार्टीका महत्वपूर्ण विषयको छलफलबाट अलग्याउने कोसिश गरेको पार्टी एकातादेखिनै हो। तर पूर्वएमालेको नवौँ महाधिवेशनपछि चिसिएको नेपाल र ओलीबीचको सम्बन्धलाई पार्टी एकताले पनि खासै विश्वासिलो बनाउन सकेन।
एक वर्ष अघि २०७६ भदौ ५ गते उपचारका लागि सिंगापुर जाने दिन भएको केन्द्रीय सचिावलय बैठकमा ओलीले 'आफूलाई मरेमरोस् भन्नेको स्वास्थ्य लाभको शुभकामना चाहिँदैन' भन्दै नेपाललाई आरोप लगाउँदा नेपाल निकै निराश बनेका थिए।
त्यसको एक वर्ष अघि २०७५ फागुन २२ गते नेपालले संसदमा 'मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ' भन्ने गीत गाउँदै देशमा बिग्रदै गएको स्थितिबारे प्रस्ट्याउँदा ओलीलाई अपाच्य भएको थियो।
ओलीबाट पटकपटक अपमानित हुनुपरेपछि नेपालले पनि बेला बेला प्रचण्डलाई साथ दिएका छन् । तर प्रचण्ड र नेपालबीचको विश्वास पनि डग्माउँदै आएको छ।
यही मौकामा ओली पनि कहिले नेपाल त कहिले प्रचण्डलाई आफ्नो बनाएर सत्तामा टिक्न सफल भएको ओली पक्षकै एक केन्द्रीय सदस्य विश्लेषण गर्छन्। | 2021/10/18 17:59:39 | https://okjanata.com/archives/1910 | mC4 |
पाँचतारे पछिल्तिरको कुरूप तस्बिर ~ Thinksphere
10:01 PM Book Review, Literature No comments
नवउदारवादको भारतमा जति विरोध सायदै अन्यत्र कतै हुन्छ। तर, भारत जति स्वादले बजार अर्थतन्त्रलाई अँगाल्ने देश दक्षिण एसियामा सायदै अरू कुनै होलान्। जति विरोध हुन्छ, त्यति बलियो बन्दै गइरहेको छ भारतमा नवउदारवाद। वालमार्टलगायत बहुराष्ट्रिय कम्पनीहरूलाई भारत सरकारले भर्खरै ओछ्याइदिएको रातो कार्पेटले त्यतैतिर संकेत गर्छ। तर, नवउदारवादी चमकदमकसँगसँगै भारतका गरबिहरूको स्थिति झन्झन् नाजुक बन्दै गएको पनि सत्य हो। गरबि जनता कज्याउने बजारको विरोधमा नवउदारवाद र खुला बजार अर्थतन्त्रका विरोधीहरू बजारकै एक छेउ उभिएर नारा लगाइरहेको दृश्य हरेक दिन देखिन्छ भारतका ठूला सहरहरूमा।
यही भारतमा छ मुम्बई र त्यहीँ छन् सम्भवतः दक्षिण एसियाकै ठूला स्लम अर्थात् गरबि सुकुमबासीहरूका अनगिन्ती छाप्राले बनेका ओसिला बस्ती। दिल्लीस्थित एक विश्वविद्यालयको छात्रावासमा बसेर तिनै ओसिला बस्तीमध्येको एक बस्तीका केही पात्रका कथा पढिरहँदा पनि यो पंक्तिकारको कानमा बाहिर भूमण्डलीकरणका विरुद्धमा लागेको नारा गुन्जिन्छ। जसै क्याथरिन बुले लेखेको बिहाइन्ड द ब्युटीफुल फरेभरमा '...यहाँका मान्छेले एक आधारभूत सत्य बुझिसकेका छन् कि यो दिनप्रतिदिन आधुनिक र समृद्ध बन्दै गएको सहरमा उनीहरूको उपस्थिति सहरका लागि लज्जाको विषय हो। तसर्थ, सानो ठाउँमा कुँजिएर बस्नु उनीहरूको नियति हो। उनीहरू मर्दा कसैलाई केही असर पर्दैन,' पढ्दै हुन्छु, बाहिर वामपन्थी विद्यार्थी संगठनको कुनै कार्यकर्ताले ठूलो स्वरमा भन्छ, 'कर्पोरेट लुट मुर्दावाद।'
केही वर्षअघि सुकेतु मेहताले म्याक्सिमम सिटी नामको किताबमार्फत मुम्बईको जीवनी बाहिर ल्याएका थिए। उनका पनि अधिकांश पात्र ती तन्नम नै थिए, जसलाई बाल ठाकरेहरूजस्ता कट्टरपन्थीहरूले चाहिएका बेला प्रयोग गरे र आफूलाई खतरा महसुस भएपछि मारििदए। क्याथरिनले भने लोकतन्त्र भन्ने गरएिको भारतको चरम अव्यवस्थालाई मुम्बईको एयरपोर्ट नजिकै रहेको अन्नावादी नामको सुकुमबासी बस्तीको कथाबाट नियाल्ने कोसिस गरेकी छन्।
अन्नावादी मुम्बई एयरपोर्ट नजिकैको बस्ती हो। अर्थात् मुम्बई पुगेकाहरूले एयरपोर्टबाट देख्ने झुग्गीझोपडी नै क्याथरिनले किताबमा उतारेको बस्ती हो। त्यहाँ एयरपोर्ट मात्र छैन, त्यो बस्तीलाई छायाँमा पार्ने पाँच तारे होटल पनि त्यहीँ छ। महँगो दाम तिरेर यात्रा गर्न सक्ने यात्रु र भारतका एक प्रतिशत जनताको मात्र पहँुच भएको झकीझकाउ पाँचतारेको पछिल्तिर आफ्ना सम्पूर्ण कुरूपता सम्हालेर बसेको छ अन्नावादी। त्यस बस्तीको अघिल्तिर सबैले देख्ने गरी एक इटालियन कम्पनीको टायल्सको विज्ञापन गरएिको ठूलो होर्डिङ् बोर्ड छ। त्यसमा लेखिएको छ, 'ब्युुटीफल फरेभर' अर्थात् सधैँ सुन्दर। त्यो बस्तीको कुरूपता र होर्डिङ् बोर्डले बचाएर राखेको सुन्दरतालाई टिपेर क्याथरिनले आफ्नो किताबको नाम राखेकी छन्, बिहाइन्ड द ब्युटीफुल फरेभर। त्यहाँ छन् अब्दुल, आशा, मन्जु, सुनीललगायतका पात्र। यी अनेक ठाउँबाट यहाँ थुप्रेका हुन्। गाउँमा भोकमरी लागेपछि, भएको थोरै जमिनमा उब्जनी नभएपछि वा गाउँका शोषकले लखेटेपछि अनेक दुःख, हन्डर सहँदै अझ दुःख झेल्न अन्नावादीमा आइपुगेका हुन्छन् यी दुखियाहरू।
अब्दुललगायतका कलिला केटाको मुख्य काम भनेको कबाड भ्ोला पार्ने र जोखेर बेच्ने हो। उनीहरूको ध्याउन्न कहाँ कस्ता कबाड पाइन्छन् भनेर दिनरात खोजी गर्ने र भेला भएका चीजहरूबाट तिनका प्रकार अनुसार छुट्टयाउने र विभिन्न दरभाउमा बेच्ने। त्यहाँबाट प्राप्त चुनदामले जीविकोपार्जन गर्ने। अनेक रंगीबिरंगी टिन र स्टिलका बट्टामा प्याक गरेका वस्तु एयरपोर्टमा आउने यात्रु या पाँच तारे होटलमा आउने धनाढ्यहरूले प्रयोग गर्छन्। तिनैले नचाहिने भनेर फालेका फोहोर नै यी दुखियाहरूका जीवन चलाउने उद्यम बन्छ। जुन बेला यिनीहरूसँग बेच्नलाई कबाड हुँदैन वा अलिकति भेला पारेको पैसामा स्थानीय प्रहरीका भ्रष्ट दृष्टि ती चुनदाममा पर्छन्, उनीहरू भोकभोकै सुत्छन्। भोक सहन नसकेपछि मुसा वा भ्यागुता मार्छन्, फोहर नालीका किनारमा फलेका हरयिा घाँस ल्याउँछन् र पकाएर खान्छन्। त्यहाँ साना नानीहरू बिरामी हुन्छन्, तिनका बाबुआमासँग औषधी गर्ने पैसा हुँदैन। अलिकति आश हुन्जेल प्रयत्न गर्छन्, पैसा जोहो गर्ने कोसिस गर्छन्। नसकेपछि बाबुले उम्लँदै गरेको दाल वा तरकारीको भाँडोमा आफ्ना कलिला नानीहरू च्ाोबेर उनीहरूको हत्या गर्छन्। तर, त्यहाँ कोही मारनिुले कुनै किसिमको संवेदना कसैमा जन्माउँदैन। नियतिले ढुंगो भएर बाँच्न राम्रै गरी सिकाइसकेको छ अन्नावादीका यी गरबिहरूलाई।
एक दिन फतिमा भन्ने अपांग आइमाईले आफैँमाथि आगो लगाउँछे। ऊ जलिरहेकी हुन्छे, अरू सबै त्यहाँ रमिते बन्छन्। रक्िसा चालकले त्यो जल्दै गरेको शरीरलाई आफ्नो रक्िसामा राख्न मान्दैन। ऊ भन्छ कि 'मेरो रक्िसाको सिट पनि त्यसको शरीर सँगसँगै जल्छ।' त्यो जल्दै गरेकी अपांगलाई त्यत्तिकै मर्न छोडिदिएर सबै आफ्नो भात-भान्सामा लाग्छन्। बाँकी रहेका थोरै केटाकेटी त्यो आइमाईको शरीर जलेर कस्तो बन्छ भनेर हेर्न पर्खेर बसिरहन्छन्। नजिकैका प्रहरी घटना हुन्जेल देखा पर्दैनन्। सबै सकिएपछि त्यहाँ पुगेका उनीहरू चाहन्छन् यो आइमाईको हत्याको आरोप यही बस्तीका थोरै पैसा भएका कसैमाथि लागोस् ताकि त्यही नाममा पैसा दोहन गर्न पाइयोस्। नभन्दै अलिअलि पैसा कमाउन थालेको ठिटो अब्दुलमाथि हत्याको आरोप लगाइन्छ। भ्रष्ट प्रहरी उसका पछि लाग्छ। अब्दुल बस्ती छोडेर भाग्न थाल्छ।
क्याथरिनले यस्ता केही पात्रका व्यक्तिगत जीवन उतारेकी छन्। उनीहरूका दैनिकी लेखेकी छन्। अत्यन्त सुन्दर भाषामा बुनिएका कथाले उपन्यासको बान्की पाएका छन्। यस्ता किसिमका गैरआख्यान कृतिमा अक्सर लेखक आफैँ उपस्थित हुन्छ वर्णनमा। उसले प्रत्यक्ष भोगेको र ऊसँग पात्रहरूले गरेका कुराकानीलाई समेटेर लेखिएका हुन्छन् यस्ता कृतिहरू। तर, क्याथरिनले भने आफूलाई कतै उपस्थित गराएकी छैनन्। उनले सूत्रधारले जस्तो ती पात्रका कथा मात्रै भनेकी छन्। एउटा उपन्यासकारले म पात्र नराखी खुरुखुरु 'थर्ड पर्सन'मा कथा भने जस्तो गरी भनेको कथा पढ्दा उपन्यास पढेकै स्वाद आउँछ। पढ्दै गर्दा पाठकले क्याथरिनलाई उति सम्भिmँदैन पनि। कारण, त्यहाँका अन्य पात्रहरू नै उसका मस्तिष्क कब्जा गर्न आइपुग्छन्। तर, पढिसकेपछि पाठकले सोध्न सक्छन्, यी पात्रका जीवनलाई यतिको नजिकबाट नियाल्न कसरी सम्भव भयो ?
यी पात्र र यहाँका बस्तीमा लामो समय नगुजारी यतिको कथा लेख्न सम्भव छैन। त्यहाँको गरबिीको एक भोक्ताजस्तो नभई, बाहिरबाट दूरबिनले हेरेर, त्यसको पीडा मापन गर्न सम्भव छैन। भारतको खुला बजार अर्थतन्त्र र नवउदारवादी नीतिले बनाएका घाउ अन्नावादीजस्ता ठाउँका रूपमा उकुच पल्टिएका छन्। त्यही संक्रमणकारी घाउ कति डरलाग्दो छ भन्ने देखाउन पनि त्यसलाई नजिकबाट नजाँची सम्भव हुँदैन। त्यसैले एउटा गतिलो किताब लेख्न कति मिहिनेत गर्नुपर्छ भन्ने जान्न पनि क्याथरिन कृति पढ्न जरुरी छ। वासिंगटन पोस्ट र न्युयोर्करजस्ता पत्रिकामा काम गरसिकेकी क्याथरिन कम मिहिनेतले पुलिट्जर जस्तो प्रतिष्ठित पुरस्कार विजेता बनेकी होइनन्। | 2021/04/12 23:07:17 | https://www.ujjwalprasai.com.np/2013/08/blog-post_3706.html | mC4 |
पेन्सन होल्डरलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा «
ग्लोबल आइएमई बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यस खाताअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ ।
यो खाताले निवृत्तिभरण पाइरहनु भएका व्यक्तिलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
यस खातामा ग्राहकहरूले एकदेखि पाँच वर्षसम्मको भाखा राखी आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्ने बैंकले जनाएको छ । त्यसैगरी पाकेको ब्याज लगायत थप रकमसमेत जम्मा गर्दै जान मिल्नेछ । यसरी थप गर्दै जाने रकममा समेत शुरूमा तोकेकै मुद्दती निक्षेपको व्याज प्राप्त हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकहरुलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिङमार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा एक वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम सुलभ व्याजदरमा कर्जा लिन सकिने बताइएको छ ।
निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भएतापनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिइने बैंकले जनाएको छ । यो योजनामा आवद्ध हुने ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड र एकलाख रुपैयाँ बराबरको दुर्घटना बिमा सुबिधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । | 2021/07/29 00:05:50 | https://www.karobardaily.com/news/143722 | mC4 |
वृक्षरोपण गर्न विदेशबाट वार्षिक १० करोडको बिरुवा आयात « Pahilo News
वृक्षरोपण गर्न विदेशबाट वार्षिक १० करोडको बिरुवा आयात
प्रकाशित मिति : 30 June, 2019 7:42 am
काठमाडौं, १५ असार । सरकारले देशभर वृक्षरोपण अभियान सञ्चालन गरिरहँदा नेपालमा रोपिने लाखौं बिरुवा विदेशबाट आयात हुने गरेको पाइएको छ । विडम्बना भन्नुपर्छ, देशमा नर्सरी व्यवस्था नहँदा बिरुवामा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा १ करोड ९२ लाख ३१ हजार बिरुवा खरिद गर्न र वृक्षरोपणका लागि विभागले १५ करोड ४८ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै ७ करोड रुपैयाँको बिरुवा विदेशबाट ल्याएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७५÷७६ को ११ महिनामा २७ लाख ९८ हजारभन्दा बढी बिरुवा आयात गरिएको थियो, जसको मूल्य १० करोड ५५ लाख छ ।
हरेक वर्ष लाखौं बिरुवा आयात गर्नुपर्ने अवस्था छ । मुलुकभित्रै उचित नर्सरी व्यवस्था नगरी वृक्षरोपण कार्यक्रम प्रभावकारी बनाउन मुस्किल हुने यही तथ्यले देखाउँछ । ट्री, सर्ब, बुसेस, काटिएको, नकाटिएकोलगायत विभिन्न शीर्षकमा ८६ हजार ९२ लाख बिरुवा आयात गरिएको छ, जसको मूल्य १ करोड ६३ लाख पर्छ ।
त्यस्तै, 'लाइभ प्लान्ट' भनेर ८ करोड ९१ लाख रुपैयाँ तिरी २७ लाख ११ हजारभन्दा बढी बिरुवा आयात गरिएको तथ्यांकमा छ । हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको हो । प्रधानमन्त्री केपी ओलीले गत वर्ष ५ जुनदेखि नै 'एक नेपाली एक फलफूल'का बिरुवा रोप्ने अभियान थालेका थिए । | 2021/08/01 20:37:41 | https://pahilonews.com/%E0%A4%B5%E0%A5%83%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%B0%E0%A5%8B%E0%A4%AA%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%AC%E0%A4%BE%E0%A4%9F/ | mC4 |
माछापुच्छ्रे बैंकको ऋणपत्र जारी | Outline News Service
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको रु.१,००० अङ्कित दरका ३०,००,००० कित्ता ऋणपत्र सोमबार देखि जारी गरेको छ ।
वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदरसहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुच्छ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ भने बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री हुनेछ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ ।
माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउँदछ ।
बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३२ वटा शाखाहरु र११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२६ स्थानवाट ६ लाख भन्दा बढि ग्राहकमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु संचालनमा रहेको छन् । | 2020/10/29 17:44:03 | https://www.onsnews.com/macha-11/ | mC4 |
सुदूरपश्चिम नाकामा घर फर्कनेको लर्को, भारतबाट आएकामध्ये ११ जनामा सङ्क्रमण - NepalTimes
सुदूरपश्चिम नाकामा घर फर्कनेको लर्को, भारतबाट आएकामध्ये ११ जनामा सङ्क्रमण
१३ चैत, डोटी । पछिल्लो समय कामका लागि भारत गएकाहरु धमाधम फर्किन थालेका छन् ।
सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका घर फर्किन थालेका हुन् । यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि पनि त्रासले केही घर फर्किन थालेका छन् ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएकामध्ये ११ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । कोरोनाका कारण रोजगारी छोडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण फेरि कोरोनाको जोखिम बढेको छ ।
सुदूरपश्चिम प्रदेशका सीमानाकाहरु कञ्चनपुरको गड्डाचौँकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । भारतबाट फर्किनेलाई अनिवार्य क्वरेण्टीनमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै पालिकामा क्वरेण्टीन बनाउन तयारी थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । सिमानाकामा घर फर्किनेको लर्को लागेकाले सावधानी अपाउनुका साथै, स्वास्थ्य जाँचमा पनि ध्यान दिएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा धेरै नेपाली फर्किने गरेका छन्।
प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट पछिल्लो दश दिनमा आठ हजारभन्दा धेरै नेपाली भित्रिएका छन् । भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सिमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको जनाएको छ । तर,भारतबाट स्वदेश फर्किने धेरैको सीमानाकामा स्वास्थ्य परीक्षण हुन नसकेको भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताए ।
उनले भने, "सिमानाकामा हेल्थ डेस्क स्थापना भएको छ तर खासै त्यहाँ स्वास्थ्य जाँच गरिदैन सामान्य ज्वरो मापन गरेर घर पठाउन थालेका छन्, कोरोना जाँच सम्बन्धी कुनै परिक्षण नहुँदा समस्या भएको छ ।"
भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित पालिकालार्ई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । | 2021/04/23 11:38:19 | https://nepaltimes.net/%E0%A4%B8%E0%A5%81%E0%A4%A6%E0%A5%82%E0%A4%B0%E0%A4%AA%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A4%BF%E0%A4%AE-%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%98%E0%A4%B0-%E0%A4%AB/ | mC4 |
अन्तिम ओभरमा चम्किए कार्तिक त्यागी, पञ्जाबमाथि राजस्थानको २ रनको रोमाञ्चक जित | सबै खेल
युवा फास्ट बलर कार्तिक त्यागीले इनिङको अन्तिम ओभरमा सनसनीपूर्ण बलिङ गरेपछि आईपिएलमा राजस्थान रोयल्स विजयी भएको छ। त्यागीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि रोमाञ्चक खेलमा राजस्थानले पञ्जाब किंग्समाथि २ रनको जित निकाल्यो।
१८६ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई अन्तिम ओभरमा जितका लािग ४ रन मात्र चाहिएको थियो। र, उसँग ८ विकेट हातमा थियो। क्रिजमा सेट ब्याट्सम्यान निकोलस पुरन र एइडन मकरम थिए।
त्यागीको पहिलो बल मकरमाले डट खेले। दोस्रो बलमा उनले १ रन लिए । तेस्रो बलमा त्यागीले पुरनलाई विकेटकपिर सन्जु सामसनबाट क्याच आउट गराए । त्यागीको चौथो नयाँ ब्याट्सम्यान दीपक हुडाले डट खेले भने पाँँचौं बलमा हुडालाई पनि त्यागीले सामसनबाटै क्याच आउाट गराए। अन्तिम बलमा फाबियन एलनले पनि कुनै रन बनाउन सकेनन् र राजस्थानले २ रनको रोमाञ्चक जित निकाल्यो।
१८६ रनको लक्ष्य पछ्याउको पञ्जाबले उत्कृष्ट सुरुआत गरेको थियो। उसका लागि कप्तान केएल राहुल र मायंक अग्रवालले पहिलो विकेटका लागि ७२ बलमा १२० रनको साझेदारी गरेका थिए ।
अग्रवालले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६७ रन बनाए भने राहुलले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाए । यस्तै, पुनले २२ बलमा ३२ रन बनाउँदा मकरमले २० बलमा २६ रन बनाए।
राजस्थानका त्यागीले ४ आभेरमा २९ रन खर्चेर २ विकेट लिए भने चेतक सकार्य र राहुल तेवातियाले समान १ विकेट लिए।
यसअघि राजस्थानले इनिङको अन्तिम बलमा अलआउट हुँदै १८५ रन बनायो । उसका लागि यजस्वी जैसवालले ३६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४९ रज बनाए भने महिमाल लोम्रोले १७ बलमा ४३ रनको योगदान दिए भने इभान लेविसले २१ बलमा ३७ रन बनाए । पञ्जाबका अर्षदीप सिंहले ५ विकेट लिए भने मोहम्द रामीले ३ विकेट लिए । | 2021/10/24 06:21:52 | https://sabaikhel.com/cricket/kartik-tyagi-concedes-just-one-run-in-final-over-to-stun-punjab-kings/ | mC4 |
आम्बानीको १ घण्टाको कमाई बराबर कमाउन एक श्रमिकलाई १० हजार बर्ष लाग्नेछ। | Yangwarak Focus
Home विदेश रिपोर्ट आम्बानीको १ घण्टाको कमाई बराबर कमाउन एक श्रमिकलाई १० हजार बर्ष लाग्नेछ।
माघ १२,याङ्वरकफोकस//कोरोना महामारीले एकातर्फ गरीबहरु मारमा परेका छन् भने अर्कातर्फ भारतका सबैभन्दा धनी व्यक्तिहरुले यसबीचमा राम्रो आम्दानी गरेका छन् । अक्सफ्यामको नयाँ रिपोर्ट अनुसार कोरोना महामारीले भारतमा असमानतालाई बढाएको छ ।
'द इनइक्वालिटी भाइरस' नामको उक्त रिपोर्टमा महामारीकाबीच भारतका सबैभन्दा धनी अरबपतिहरुको सम्पत्ति ३५ प्रतिशतले बढेको छ ।
अम्बानीको १ घण्टाको कमाई बराबर कमाउनका लागि एक श्रमिकलाई लाग्नेछ १० हजार वर्ष
रिपोर्टका अनुसार कोरोना महामारीकाबिच रिलायन्स इंडस्ट्रिजका मुकेश अम्बानीले एक घण्टामा कमाउने रकम कमाउनकालागि एक श्रमिकलाई १० हजार वर्ष लाग्नेछ । यस्तै अम्बानीको १ सेकेण्डको कमाईसम्म पुग्नका लागि पनि ३ वर्ष लाग्नेछ । सन् २०२० मार्चपछि मुकेश अम्बानीसँगसँँगै भारतका कुल १०० अरबपतिहरुको सम्पत्तिमा लगभग १३ लाख करोड भारतिय रुपैयाँको बढोत्तरी भएको छ । १४ करोड गरिब भारतिय नागरिकहरुलाई यदि यो रकम बाँडिएमा हरेकको भागमा ९४ हजार ४५ भारतिय रुपैयाँ आउनेछ ।
प्रत्येक घण्टामा १.७ लाख व्यक्तिहरु बेरोजगार
सन् २०२० मा केहि व्यक्तिहरु आर्थिक संकटका बाबजुद पनि धनी बने । तर अप्रिल महिनामा प्रत्येक घण्टा १.७ व्यक्तिहरुले राजगारी गुमाएका छन् । रिपोर्टका अनुसार कोरोना महामारीका कारण १२.२ करोड कर्मचारीहरुले आफ्नो जागिरबाट निकालिनुपरेको हो । जसमध्ये ७५ प्रतिशत वा करिब ९.२ करोड व्यक्तिहरु असंगठित क्षेत्रका छन् ।
यसैगरी भारतमा भोकमरी,आत्महत्या, सडक र रेल दुर्घटना, पुलिसको क्रुरता र समयमा उपचार नपाउनका कारण ३०० भन्दा बढि असंगठित क्षेत्रका मजदुरहरुको मृत्यु भएको छ । अक्सफ्यामले बताए बमोजिम भारतको राष्ट्रिय मानव अधिकार आयोगले अप्रिल २०२०सम्म मानव अधिकारको उल्लंघनका दुई हजार ५८२ भन्दा धेरै केसहरु दर्ता गरेको थियो ।
लकडाउनमा भारतीय अरबपतिहरुको सम्पत्ति ३५ प्रतिशतले बढ्यो
फोर्ब्सको २०२० अरपतिहरुको सूचीमा सबैभन्दा धनी व्यक्तिहरुको तथ्यांक सार्वजनिक भएको अक्सफ्याम बताउँछ । कोभिड १९ का कारण जारी गरिएको लकडाउनको समयमा भारतिय अरबपतिहरुको सम्पत्ति ३५ प्रतिशतले बढेको छ । सन् २००९ पछि यी अरबपतिहरुको सम्पत्ति ९० प्रतिशतले वृद्धि भई ४२२.९ बिलियन पुगेको हो । यसरी अमेरिका, चीन, जर्मनी, रसिया र फ्रान्सपछि भारतले छैठौं स्थान ओगटेको छ ।
लकडाउनको आम्दानीले भारतीय स्वास्थ्य मन्त्रालय १० वर्ष संचालन गर्न सकिने
कोरोना महामारीको समयमा भारतका ११ शिर्ष अरबपतिहरुको सम्पत्तिको बढोत्तरीले रााष्ट्रिय ग्रामीण रोजगार ग्यारेण्टी योजना वा स्वास्थ्य मन्त्रालयलाई १० वर्षसम्म संचालन गर्न सकिने पनि उक्त रिपोर्टले उल्लेख गरेको छ ।
संसारभरमा गरिबहरुको संख्या ५० करोड पुग्यो
संसारभरका एक हजार अरबपतिहरुमा गरिएको यस सर्वेक्षणको रिपोर्टमा बताइएको छ, संसारभरमा सन् २०२०को मार्च १८ देखि डिसेम्बर ३१ सम्ममा यी अरबपतिहरुको सम्पत्ति ३.९ ट्रिलियन डलरले वृद्धि भएको छ । सोहि अवधिमा संसारका पहिला १० अरबपतिहरुको सम्पत्ति ५४० बिलियन डलरले बढेको छ । तर यसै समयमा महामारीको चापमा परेका कैयन् मानिसहरुले रोजगारी गुमाएका छन् र धेरै मानिस भोकमरीको मारमा परेका छन् । यस अवधिमा संसारभर गरिबीकाे रेखा मुनि हुने मानिसहरुको संख्या ५० करोड पुगेको अनुमान गरिएको छ ।
नि:शुल्क भ्याक्सिन दिनकालागि ९ महिनाको आम्दानी पर्याप्त
रिपोर्टका अनुसार कोरोना भाइरसको सुरुवातपछि संसारका सबैभन्दा धनी १० अरबपतिहरुले कमाएको सम्पत्तिले संसारमा हरेक मानिसलाई गरिबीबाट बचाउन सकिनेछ भने एक कोभिड १९ भ्याक्सिन निशुल्क उपलब्ध गराउन सकिन्छ । रिपोर्टमा थप भनिएको छ, संसारमा मानवतासँग गरिबीबाट बाहिरने अन्य कुनै स्थायी समाधान नभएको कोरोना भाइरसले प्रमाणित गरिदिएको छ । यस संकटमा अरबपतिहरुका सम्पत्तिलाई लाखौं मानिसहरुको जीवन र अरबौं रोजगारी बचाउनकालागि प्रयोग गर्नुपर्दछ ।
Previous articleप्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना संक्रमित, कुन जिल्लामा कति संक्रमण (विवरण सहित) | 2021/02/25 08:10:22 | https://yangwarakfocus.com/archives/7794 | mC4 |
महालेखा परीक्षकको कार्यालयले निकासा भएको रकम आर्थिक अनुशासनभित्र रहेर खर्च गर्न निर्देशन दिएको छ । महालेखा परीक्षक टंकमणि शर्माले फजुल खर्च गरिएको भेटिए लेखापरीक्षणका क्रममा जिम्मेवार अधिकारीहरू नै जवाफदेही हुने बताए । निर्वाचनका नाममा कसैले पनि उन्मुक्ति नपाउने उनले स्पष्ट पारे ।
“निर्वाचनका बेला फजुल खर्च, अनियमितता वा हिनामिना नगर्न प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयोगका सचिवलाई नै स्पष्ट रूपमा भनिसकेका छौं,” महालेखा परीक्षक शर्माले भने, “पूर्वजानकारी दिइसकेपछि पनि सरकारी रकमको दुरूपयोग वा हिनामिना गरिन्छ भने हामीले आफ्ना तर्फबाट दायित्व पूरा गर्छौं ।”
सरकारले चुनावमा विभिन्न निकायहरूका लागि निकासा दिएको रकमको आधा हिस्सा निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई तलब, भत्ता, रासन लगायत शीर्षकमा भुक्तानी दिइएको छ । दुवै चरण (मंसिर १० र २१) गतेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ५ लाख जनशक्ति खटिएका छन् । सबैभन्दा बढी खर्च म्यादी प्रहरीका लागि भएको छ ।
५५ दिनका लागि भर्ना गरिएका ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीका लागि सेना-प्रहरीका जवानले पाउने सुविधा सरह निकासा गर्दा ५ अर्ब ३ करोड २९ लाख ६९ हजार ८ सय ९ रुपैयाँ खर्च भएको छ । जिल्ला प्रहरी कार्यालयमार्फत म्यादी प्रहरीको सेवासुविधा बापतको रकम भुक्तानी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी निर्वाचन आयोगका नाममा अर्थ मन्त्रालयले ५ अर्ब रुपैयाँ निकासा गरिएको छ । आयोगले निकासा भएको रकम अपुग भन्दै थप बजेट माग गरे पनि आर्थिक अनुशासन कायम गरेर खर्च गर्न मन्त्रालयले सुझाव दिएको छ । यस्तै, नेपाली सेनाले ८४ करोड ७५ लाख, नेपाल प्रहरीले २ अर्ब ६९ करोड २४ लाख ४० हजार, गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयका नाममा ८ करोड २२ लाख १० हजार, सशस्त्र प्रहरी बल तथा त्यसअन्तर्गतका कार्यालयहरूलाई १ अर्ब १६ करोड ३७ लाख ४ हजार तथा राष्ट्रिय अनुसन्धान विभागका नाममा ४ करोड ५४ हजार रुपैयाँ उपलव्ध गराइएको छ ।
निर्वाचनका बेला सुरक्षाकर्मी खटिएका स्थानमा स्वास्थ्य उपचार सेवा प्रवाह गराउन समेत सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अन्तर्गतका अस्पतालहरूलाई पनि बजेट निकासा गरेको छ । नेपाल प्रहरी अस्पतालका नाममा डेढ करोड र एपीएफ अस्पताललाई ५० लाख रुपैयाँ भुक्तानी दिइएको अर्थ मन्त्रालयले जनाएको छ । निर्वाचन आयोगले चुनावमा खटिने निजामति कर्मचारीलाई तलवको १ सय २१ प्रतिशत भत्ता दिएको छ । सुरक्षाकर्मीका हकमा भने ७ दिनसम्म खाजा खर्च बापत सुरक्षाकर्मीलाई जनही २ सय ५० रुपैयाँ भत्ता, बढीमा १३ दिनसम्म दैनिक १ हजार २ सय देखी १ हजार ६ सय रुपैयाँ उपलव्ध गराइएको छ ।
पूर्वजानकारी गराउँदागराउँदै पनि निर्वाचन जस्तो संवेदनशील र प्रमुख जिम्मेवारी पूरा गरेर पनि आर्थिक अनुशासन विपरितका गतिविधिमा आयोगका पदाधिकारी र कर्मचारी मुछिए सम्बन्धित व्यक्तिकै लागि दुःखद हुने उनले चेतावनी दिए । पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिएपछि असार पहिलो साता शर्मासहितको महालेखा परीक्षकको कार्यालयको टोली आयोगमै पुगेर निर्वाचनका बेला भएका अनियमितता र फजुल खर्चको विवरण नै प्रस्तुत गरेको थियो ।
“पहिलो चरणको स्थानीय तह निर्वाचन सकिएलगत्तै आयोगलाई खर्चका क्रममा भएका अनियमिताबारे अवगत गराएका छौं,” शर्माले भने, “प्रतिनिधिसभा र प्रदेशसभाको खर्चमा यस्तो गल्ती नहोस भन्नका लागि सुरुमै हामीले सचेत गराएका हौं ।” | OSCAR-2019 |
||
यसरी भएको थियो क. मित्रमणि आचार्यको हत्या - Left Review Online
सन्दर्भः क. मित्रमणि आचार्य स्मृति दिवस
मित्रमणिलाई भरतपुर अस्पताल पुर्याई सकिएको रहेछ । हामी क्याम्पसबाट अस्पताल भेट्न गयौँ । अस्पतालको भुईंमा बेहोश अवस्थामा लडिरहेको पायौँ । आखिर भोलिपल्ट बिहान अर्थात् बैशाख १८ गते मित्रमणि आचार्य यस संसारमा रहेनन् ।
घटना २०४२ साल बैशाखको हो । चितवनको मेघौली हाई स्कुलमा क्यारम बोर्ड खेलबाट विवाद सुरु भएर राजनीतिक रुप लिँदै थियो । विद्यार्थीहरु विभिन्न समूहमा आवद्ध भएकाले आफ्नो समूहलाई माथि उचाल्ने र अर्काको समूहलाई पछार्ने क्रमहरु देखिन थाले ।
विद्यालयको ब्ल्याक बोर्डमा जिन्दावाद, मुर्दावाद जस्ता नाराहरु पनि दखिन थाले । घटना विद्यार्थीमा मात्र सिमित रहेन । शिक्षक तथा अभिभावकहरुमा पनि उक्त घटनाको असर पर्न थाल्यो । स्थिति सामान्य होला भन्दा झनझन् बिग्रिन थाल्यो ।
त्यस स्कुलमा नारायण भन्ने मास्टर (शिक्षक) ले पढाउन थालेपछि यस्ता घटनाहरुमा राजनीतिकि गन्ध आउन थालेको महशुस भयो । त्यसपछि नारायण मास्टरलाई हटाउनु पर्छ भन्ने आवाज उठ्न थाल्यो ।
नारायण मास्टर काँग्रेस भएकोले काँग्रेसहरुले हटाउन चाहेनन् भने कम्युनिस्टहरुले हटाउनु पर्छ भन्ने माग राखे । घटना झन् चर्कियो । जिल्लाभरी सनसनी फैलियो । त्यस घटनालाई लिएर पर्साढापमा बैशाख १७ गते ठूलो बैठक बस्ने भयो ।
त्यसबेला म रामपुर क्याम्पसमा पढ्थेँ । बैशाख १६ गते साँझ स्ववियुको कोठामा बैठक थियो । स्ववियुका कर्मचारीहरुले म त्यही क्षेत्रको भएकाले मेघौलीको घटनाबारे जान्न मलाई बोलाए । म गएर आफूले थाहा पाएसम्मको जानकारी दिएँ ।
बैशाख १७ गते काँग्रेसहरुकोतर्फबाट नारायण सरलाई स्कुलबाट ननिकाल्न ठूलै प्रयास हुने र अन्त्यमा केही सिप नलागे कम्युनिस्टहरुलाई मारेर फाल्ने पूर्वतयारी भइसकेको छ भन्ने सुराक थाहा भइसकेको थियो ।
त्यो पनि कसरी थाहा भएको भने दिव्यनगरमा एकजना यमुना न्यौपाने हुनुहुन्थ्यो । उहाँको घर बाटोमा थियो । घरको आँगनमा मेरो बुवा, पर्साढापका प्रताप गुरुङ र यमुना कुरा गरेर बस्नुहुन्थ्यो । त्यस्तैमा एक जत्था हुल्याहा केटाहरु जीपमा चढेर पर्साढापतिर लाग्दै गरेको र "१७ गतेका लागि छुरी, चेन (साइकल र मोटर साइकलको चेन) र भाला लिएर आउनु पर्छ है" भनेको सुन्नुभएको थियो ।
त्यो कुरा रामपुरमा मैले गाउँका ठिटाहरुबाट थाहा पाइसकेको थिएँ । मैले त्यो सम्पूर्ण कुरा बताएपछि भोलिपल्ट अर्थात बैशाख १७ गते युनियनका पदाधिकारीहरु कोही पनि बाहिर निस्कनु राम्रो छैन भन्ने सूचना दिएँ । स्ववियुका सबै पदाधिकारीमा छलफल भयो र नजाने टुंगोमा सबै आ-आफ्नो कोठामा लागे । म पनि आफ्नो कोठातिर लागेँ ।
भोलिपल्ट बिहानको पढाइ थियो । म कक्षातिर लागेँ । मित्रमणि आचार्य मभन्दा एक ब्याच जुनियर थिए । उनका ४-५ जना साथीहरु कक्षामा आएनन् । पछि सुनेँ, 'टीका भन्ने एक जना साथीले लफंगा केटाहरुसँग नि डराउने हो भने देशमा कसरी क्रान्ति गर्न सकिन्छ त ?' भनेर उक्साएर लगे रे भन्ने ।
साँच्चै हो कि के हो ? त्यो मलाई थाहा भएन । तर सोही दिन साँझ सुनेँ, 'मित्रमणि सहित ४-५ जना मरणासन्न हुने गरी पिटिएको भनेर । सारा क्याम्पसभरी होहल्ला भयो ।
उनी मेरो साह्रै नजिकका मित्र थिए । उनको मृत्युपछि मलाई असैह्य वेदना भयो । 'रे'को भरमा सुनेका कुराहरुकै आधारमा मैले टीकासँग झगडा गरेँ । उनलाई 'तैँले गर्दा मित्रमणिको ज्यान गयो भनेर ।' पछि टीकाले आफूले त्यस्तो कुरा नभनेको र टाढैबाट घटनाको अवलोकन गर्न भनेर जाँदा हुल्याहरुले बाटैमा छोपेर कुटेको कुरा बताए ।
क. मित्रमणि आचार्य को हत्या हुनसक्ने पूर्व संकेत हुँदाहुँदै पनि असावधानीका कारण ज्यान गुम्यो । त्यसो हुनुमा मलाई विश्वास नगर्ने वातावरण सिर्जना भएको थियो त्यसबेला । चौथो महाधिवेशन पार्टीमा अल्पमत र बहुमतको नाममा पार्टीमा विभाजन भएको थियो । म अल्पमत पक्षको तावेदार हुँ भन्ने उनीहरुलेको ब्याख्या थियो भने उनीहरु बहुमत पक्षमा थिए । तर म आफैलाई भने त्यसबेलासम्म अल्पमत र बहुमतको विवादबारे धेरै कुरा प्रष्टसँग थाहा थिएन । | 2020/10/01 18:29:03 | https://leftreviewonline.com/samsmaran/how-mitra-mani-acharya-was-killed.html | mC4 |
चलचित्र कलाकार संघको अध्यक्षमा खड्का, लामिछाने ५७ मतले पराजित - Pahilo Click
चलचित्र कलाकार संघको अध्यक्षमा खड्का, लामिछाने ५७ मतले पराजित
June 9, 2019 |Pahiloclick
काठमाडौं: नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारण सभामा खड्का प्रतिद्धोन्दी सरिता लामिछानेलाई हराउदै विजयी भएका हुन् । २१८ मत प्राप्त गरेका खड्काले लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए ।
संघको उपाध्यक्षमा सानुकुमार ताम्राकार, रेजिना उप्रेती, मनोजकुमार केसी र विनोदकुमार भट्टराई प्रतिस्पर्धामा थिए । जसमध्ये रेजिना र सानुकुमार विजयी भएका छन् । रेजिनाले २४३, सानुकुमारले १७५, प्राप्त गरेका थिए ।
महासचिव पदका लागि चेतबहादुर सिंह (राजा) र सञ्जय खतिवडा बीच प्रतिस्पर्धा भएको थियो । जसमा चेतबहादुर १८७ मत ल्याई विजयी भएका छन् । सचिव पदमा पनाह अधिकारी, कोषाध्यक्ष पदमा सुनिल कटुवाल, सहकोषाध्यक्षमा पवित्रा र सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् ।
लामो समयको मतभेद र विवादपछि सम्पन्न संघको निर्वाचनमा उपाध्यक्ष सानुकुमार बाहेक खड्काको प्यानलै विजयी भएको हो । खड्का ०४८ मा विधिवत् गठन भएको कलाकार संघको संस्थापक अध्यक्ष पनि हुन् ।
झन्डै २८ वर्षपछि पुनः अध्यक्षको जिम्मेवारी पाएका खड्काले महाधिवेशनमा संघको भवन निर्माण, कलाकारको सुरक्षा लगायका बिषय एजेन्डाको रुपमा अगाडि सारेका थिए । बिजय पछि खड्काले आफ्नो जित सम्पुर्ण व्यवसायी कलाकारको जित भएको प्रतिक्रिया दिए । | 2020/02/18 21:26:20 | https://www.pahiloclick.com/archives/20932 | mC4 |
चिकित्सा शिक्षामा सुधारको माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबार बिहान भरतपुर अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ चितवन शाखाको आह्वानमा उनीहरूले बिहान १० बजेदेखि १५ मिनेटसम्म प्रदर्शन गरे ।
केसीका माग पुरा गराउन र उनको जीवन रक्षाका लागि यस्तो प्रदर्शन दिनदिनै गर्ने सचिव डा. भोजराज अधिकारीले जानकारी दिए । संघका केन्द्रीय सदस्य डा. कृष्ण पौडेलले केसीको माग पुरा भए सर्वसाधरण नेपालीको हित हुने र चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउने बताए । सरकारले ल्याएको विधेयकले चिकित्सा क्षेत्रलाई अव्यवस्थित बनाउने उनको भनाइ थियो । सरकारले केसीका माग नसुने संघले कडा आन्दोलन गर्ने उनले बताए । | OSCAR-2019 |
||
सेति नदी किनारमा रहेको पोखरा १५ रामबजारको जमिन भासिएपछि स्थानीयहरु डरमा बाँच्न बाध्य छन् । पाानी परेको बेला घर नै छोडेर जानु पर्ने अवस्था आउने उनीहरुले बताए । पछिल्लो समय परेका पानीका कारण खानेपानीको पाईप समेत बगाएपछि पानीखाने सुबिधबाट समेत उनीहरु बञ्चित छन् । तल सेती नदि सुसाउँदै बग्छ माथीबाट घर सहित कतिबेला खस्ने हो पत्तो छैन । यो समस्या पहिले देखि कै हो । सरकारलाई भन्दा माटो ल्याएर पुरिदिन्छ हिउदमा थाहा हुँदैन अनि पानी पर्न थालेपछि समस्या उही हुन्छ स्थानीयहरु भन्दै थिए । हेर्नुहोस् स्थलगत रिपोर्ट | 2021-11-27T03:27:56Z | https://www.sajhapage.com/2021/06/81527/ | OSCAR-2201 |
काठमाडौं, २६ चैत्र । 'शिक्षण पेशाको अभिवृद्धि राज्यको अपेक्षाकृत समृद्धि' भन्ने मूल नाराका साथ स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा स्थायी हकहित मञ्चले गरेको पत्रकार सम्मेलनमा बोल्दै मञ्चका केन्द्रीय संयोजक रमेशबावु भट्टराईले पहिलो राष्ट्रिय भेलाले निर्धारण गरेका १४ बुँदे मागसहित शिक्षकको पेशागत अभिवृद्धि नभएसम्म गुणस्तरीय शिक्षामा राज्यले जोड दिन नसक्ने प्रष्ट पारे ।
सामुदायिक विद्यालयमा भएका कमिकमजोरीको दोष शिक्षकमाथि लगाउनु गलत रहेकोे भन्दै उनले क्षैक्षिक जगतमा योग्य जनशक्ति ल्याउन राज्यले पहल गर्नुपर्ने धारणा राखे । शिक्षक बढुवा, सरुवा तथा नियुक्ति राजनीतिक वर्गीकरणका आधारमा भईरहको उनले बताए । आफुहरुले आफ्ना नानीबाबुहरुलाई सरकारी बिद्यालयमा पढाईरहेको र निजी विद्यालयमा अध्ययन गरिरहेका सरकारी शिक्षकका छोरा–छोरीहरुलाई पनि सामुदायिक विद्यालयमा फर्काउनुपर्ने उनको भनाई छ । उनले भने,'यसमा जनप्रतिनिधि र नीति निर्माताहरुले पनि सहभागी हुनुपर्छ ।'
आफ्ना हक र अधिकारका लागि संगठनमा जोडिएको भन्दै उनले संगठनको गठन प्रक्रिया ४० जिल्लाहरुमा सम्पन्न भैसकेको र पहिलो राष्ट्रिय भेला सम्पन्नपश्चात् ७७ ओटै जिल्लामा गठन गरिनेपनि जानकारी गराए । यसअघि शिक्षक महासंघ, शिक्षक संघ र शिक्षक युनियनमा रहेर काम गरिसकेको बताउदै उनले आफुहरुले पेशालाई मर्यादित बनाउन विद्यालय र विद्यार्थीमैत्री बन्नुपर्नेमा पनि उनको जोड छ ।
कार्यक्रममा बोल्दै जनपद माध्यमिक विद्यालय कलंकीमा कार्यरत शिक्षिका मञ्जु बस्नेतले राज्यले विद्यालयमा पर्याप्त श्रोत–साधनको उपलब्ध गराउनु पर्ने बताइन् ।
५. श्रेणीगत बढुवाकालागि विद्यमान ७५ प्रतिशत का.स.मू. र २५ प्रतिशत आन्तरिक खुला ब्यवस्ताको सट्टा ७५ प्रतिशत खुला र २५ प्रतिशत का.स.मू.को ब्यवस्ता निर्धारण गरियोस् ।
१४. शिक्षकको दैनिक तालिम भत्ता निजामति कर्मचारी सरह ब्यवस्ता गरियोस । १५. शिक्षकको नियुत्ति, सरुवा, बढुवा, न्युनतम सेवा–सुविधाको आधारमा संघमै कायम गरियोस् । १६. आधारभूत र माध्यामिक तहको शैक्षिक योग्यता स्नातक र स्नातकोत्तर हुँदा योग्यताको आधारमा तलब समायोजन गरियोस । | 2019/08/20 19:22:24 | http://ammarwani.com/education/post/2019-04-09-11-11-43 | mC4 |
एक लाख नगदसहित ९ जुवाडे पक्राउ | Ratopati
personरासस exploreकाठमाडौं access_timeपुस ३, २०७६ chat_bubble_outline0
काठमाडौं । नेपाल प्रहरीले एक लाख सात हजार ५१० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो ।
पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । | 2020/09/26 02:10:05 | https://www.ratopati.com/story/110498/2019/12/19/arrest | mC4 |
गैर आवासिय नेपाली र खाडीका प्रबासी नेपाली :- शालीक राम आचार्य
शालीक राम आचार्य गैर आवासिय नेपाली भन्ना साथ नेपाली मुलका बिदेशी नगरिक बुजिन्छ हुन त गैर आवासिय नेपाली पनि नेपालआमाकै सन्तति हुन तर ..............यि नेपाल आमाका यस्ता सन्तति हुनजसले निहित स्वार्थका लागि आफ्नो देशलाई त्यागेर पश्चिमेली उच्च स्तरको रहन सहन अपनाउँदै आयका छन ।
" अबका दिनहरुमा स्त्री र पुरुषबिच लहराउने प्रेमको फूल फुल्ने छैन " : - लक्ष्मण सिटौला
लक्ष्मण सिटौला सन्सारका प्रायस् सबै देशहरुमा महिलाहरुका लागि विशेष सुरक्षा कानुन बनाइएको हुन्छ । महिलालाई बढी अधिकार , सम्मान , माया र सुरक्षीत बनाइएको हुन्छ । सदियौ देखी बेलायती शासन सत्तामा एलिजावेत र भिक्टोरियन ( महिला ) युगको शासन कायम रह्यो त्यसको प्रभाव युरोपेली मुलुकहरू देखि सन्सारका प्रसिद्ध देश अमेरिका क्यानडा अस्ट्रेलियामा समेत पर्यो र महिलाहरुको हितमा कानुनहरु निर्माण भए लागु पनि भए । बेलायती महारानीहरुले स्त्री जाति लाई उपल्लो स्थानमा राखेर हेरिनुपर्ने परम्परा निर्माण गरे र प्रभावित भए सन्सारका सबै शासक बर्ग । पुर्वीय परम्परामा ...
लेखक :– मोहनविक्रम सिंह मधेशको समस्याबारे विचार गर्दा शुरुमा नै मधेशका आम जनता र मधेशवादीका बीचको अन्तरबारे स्पष्ट हुनुपर्ने र तिनीहरूको बीचको अन्तरलाई सही अर्थ, सन्दर्भ वा परिप्रेक्षमा बुझ्नु पर्ने आवश्यकता छ । मधेशी भनेर हामीले त्यहाँका आम जनतालाई बुझ्दछौँ । तराईको सम्पूर्ण क्षेत्रलाई मधेश भन्न : मिल्छ कि मिल्दैन वा त्यसलाई तराई भन्नु पर्दछ रु त्यसबारे मतैक्यता छैन । तर अहिले हामी त्यो विषयको छलफल पट्टि लाग्दैनौँ । मधेशी भन्ने तराईको एउटा खास समूदाय हो र त्यहाँ अरू पनि कैयौँ समुदायहरू बस्दछन्, जसमध्ये थारु समुदाय तराईमा प्राचीन कालदेखि बस्दै आएको एउटा ज...
दिल प्रसाद पौडेल बाग्लुङ, राङ्खानी हाल मस्कट, ओमन । म एक बिकट गाउँमा जन्मिएर हुर्केको न्यून बर्गिय परिवार को एउटा सदस्य हु । छोरा हु । मलाई मेरा बा आमाले दिनभरी खेती किसानी गरेर, अर्काको घरमा गोठालो बसेर, भांडा माझ्दै विभिन्न गाली र वचन सहदै मलाई बिहान बेलुका खान पुग्नेजती जम्मा गरेर खोले र सिस्नुको तरकारी संग मकै को पिठो मागेर ल्याएको महिमा घोलेर खुवाउनुहुन्थ्यो । मलाई राम्रोसंग याद छ मेरी आमाले म चक्लेट खाने पैसा चाहियो भनेर रुदा , कराउदा चिच्याउदा पटुकीको फुर्कोमा बांधेर राखेको एक मोहोर निकालेर गाली गर्दै मेरो हातमा थम्याईदिनु हुन्थ्यो ।मेरो बाबाल...
म थाकेको छैन, म हारेको छैन :- विश्वमान आङ्गदेम्बे
अमेरिकावासी सम्पूर्ण एन.आर.एन.दाजु-भाई, दीदी-बहिनी, तथा बुवा-आमाहरूमा हार्दिक नमस्कार ! निर्वाचन हुनुनै सबैको जीत ! भर्खरै सम्पन्न एन.आर.एन, अमेरिकाको निर्वाचनमा सर्वप्रथम मलाई आशा, माया, तथा विश्वास गरेर मत दिनुहुने करिब ३,००० एन.आर.एन. सदस्यहरुलाई म भित्र हृदयदेखिनै धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु। निर्वाचन जित्नु भएका मेरा प्रतिपक्षी पवन योञ्जन जीलाई बधाई दिन चाहन्छु। जित्नुहुने पून निर्बाचित अध्यक्ष डा. केशव पौडेल लगायत ३१ जनै नव-निर्वाचित एन.सी.सी. र आई.सी.सी.का पदाधिकारी तथा सदस्यहरु तथा २० वटा च्याप्टरका अध्यक्ष तथा पदाधिकारीहरुलाईलाई बध...
मिती २०१७ - सेप्टेम्बर ५ र ६ मा NRN अमेरिकाको निर्बाचन मिती तय गरिएको निर्वाचन कमिटीले सुचना सार्वजानीक गरेको थियो, र East America को समय अनुसार सेप्टेम्बर ६ को राती १२ बजे चुनावी समय अर्थात भोट हाल्ने समय अन्तत सकिएको थियो र करिव १ घण्टा पछी चुनावी घोषणा सबै लाई जानकारी भैसकेको थियो । मिति २०१७/९/९ मा Published गर्ने भनिएको चुनावी घोषणा, जहा चुनाव सकिन पाउदा नपाउदैं छताछुल्ल हुन्छ भने निर्बाचन कमिटीले ती ४ १५ तिरेर सदस्य बनीर भोट गरेका सदस्यलाई दिने जबाफ केहि छ ? उहाँहरु नाजबाफ हुनुन्छ, किनकी आफ्नो खेलको अन्त्य सहर्ष स्वीकार्नु बाहेक अरु प्रतिबाद फलदायी छैन। ...
लक्ष्मण सिटौला सुनिदैछ काठमाडौं महानगरका मेयर उपमेयर र कार्यलय कर्मचारीहरु बिच झगडा सुरु भयो । द्वन्द प्रतिद्वन्द सुरु भयो । बिसौ बर्षदेखि जनप्रतिनिधि बिहिन थिए गाउँपालिकाहरु नगरपालिकाहरु । तालमेलका आधारमा उम्मेदवारी उठाउनु नै गलत थियो । किनभने एउटै पार्टीका नेताकार्यकर्ता त खुकुरी हानाहान गर्छन भने दुई भिन्न ध्रुवका मेयर र उपमेयर कसरी मिल्छन ? हामी नेपालीहरुको ठुलो रोग नै मिलेर काम गर्न नसक्नु हो । मिलेर काम गरेको भए यो देश दश बर्से मावोवादी द्वन्द्वमा जादैनथ्यो । पन्चायतका हनुमानहरुको अत्याचार यति बढयो कि फूलका गमला भित्र सुनका धाउहरु फल्न थालेक...
के हो श्राद्ध ? किन र कसका लागि गर्ने ? ज्योतिष शास्री राजेन्द्र खनाल
ज्योतिष शास्री राजेन्द्र खनाल, वासिंटन डिसी, अमेरिका तपाइ हामी संसारको जुन सुकै ठाउँमा पुगे पनि हाम्रो वैदिक सनातन धर्म जस्तो वैज्ञानिक तथा व्यवहारिक धर्म कुनै पनि ठाउँमा भेट्टाउन सकिँदैन । हाम्रो सनातन धर्ममा देवतालाई जति प्रशंसा र सम्मान गरिन्छ त्यति नै सम्मान र प्रशंसा आफ्ना पितृहरुलाई गर्नु भनी बताइएको छ । आफ्ना पितृहरु भन्नाले आफ्नो घर र मावली घरमा सद्गति भइसकेका अर्थात् मृत्यु भएको एक वर्ष पुगिसकेकालाई भनिन्छ । सबैभन्दा नजिकका पितृहरुमा घरतर्फका तीन पुस्ता र मावली तर्फका हजुरबुवादेखि माथि तीन पुस्ता पर्दछन् । अब बुझिसक्नु भएहोला श...
नेपाल सिद्याउने ४० प्रमाणहरु :- मिन बहादुर पन्डित
मिन बहादुर पन्डित नेपाल सिद्याउने ४० प्रमाणहरु :- १. बिनाकारण नाकाबन्दी लगाउनु, २. चार चार बर्ष सम्म समिधान जारि गर्न नदिनु, ३. तिब्र जन आक्रोस र जनदबाब सहन नसकेर मात्र समिधान जारि गर्न राजनीतिक पार्टी बाध्य भएका थिए, नत्र त् भारतले ४ बर्ष लाग्दा समेत समिधान जारि नगर्न सक्दो दबाब दिएको कुरा लुकेको छ र ? ४. बिरेन्द्रको सान्ति क्षेत्रको प्रस्ताब नमानेर नेपाललाई क्रान्त्रि क्षेत्र बनाउने रणनीति लिनु , ५. राष्टिय अडान लिएका कारण केपी सरकार गिराइनु , ६. सुसिल कोइराला सरकार हुदै नाकाबन्दी लगाउनु भनेको जुन सरकार भए पनि नेपाललाई अस्तिर बनाउने र ...
नारी नेत्रित्व : सम्भावना र चुनौती :- कल्की हीमाली
कल्की हीमाली फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका थिए, "मलाई असल आमा दिनुहोस्, म तपाईंहरुलाई असल राष्ट्र दिने छु"। यसबाट धेरै अगाडि देखी नै नारिहरु को उच्च मुल्याङ्कन भएको भएको छ। एक नारी पुरुष भन्दा कुनै पनि कुरामा पछी छैन बरु उनी त्यागको प्रतिमूर्ती बन्न सक्छिन, शान्तीमा सरस्वती र लक्ष्मी बन्न सक्छिन भने युद्दमा उग्रचन्डी । नारिहरुले चलाएको संस्थामा बढी पारदर्शिता र गतिशिलता देखिएको छ। भारतको ईतिहासमा इन्दिरा गान्धी र बेलायतको ईतिहासमा मार्गरेट थ्याचर, वर्तमान विश्वमा सर्वाधिक शक्तिशाली नारी तथा जर्मनीको चान्सलर यन्जेला मर्केलले उच्...
"नेपाली नेताको अन्तिम लक्ष्य नेपाल बनाउने होइन,आफु कसरी बन्ने हो ":- लक्ष्मण सिटौला
लक्ष्मण सिटौला अलिकति पनि लाज बचेको भए यो ६०१ जनाको भेडा भेडि गोठमा अरु २०० भेडा भेडि थप्ने कुचक्र रचिन्नथ्यो होला संघियता त - मिलेर आमाको शरीर भाग लाउने लूटपाटको राजनीति पो रे छ !! हरेक प्रदेशमा पेट्रोल पम्प राख्ने निहुमा भ्रष्टाचारको श्रीगणेश सुरु हुनथाल्यो शीर टाउको गर्धन छाती आँखा पेट लुछ्नु र भागमा पर्नु कागतालिमा पर्नु हो कम्मर मुनिका तत्वहरु पाउनेले अभागी भनिरहेछन आफैलाइ यतिबेला
अमेरिकामा पिल्सिएका नेपालीको मन :- प्रेमबहादुर शाही
प्रेमबहादुर शाही आज विश्वभर अमेरिका भन्ने शब्द आफैमा गौरव वान भएको छ । त्यहाँको डलरले आज विश्व बजार खाएको छ । उनीहरु नयाँ प्रविधिको आविष्कारमा दुई कदम अगाडी आफ्ना सफलताका पाईलाहरु चाल्दैं गएका छन । अमेरिकामा उत्पादिन हुने सामाग्रीहरुसँग अन्य देशका उत्पादन सामाग्रीहरुले प्रतिस्पर्दा गर्न सक्ने अवस्था पनि छैन । त्यसैले शु–सम्पन्न अमेरिकाले आफ्नो देशका नागरिकहरुलाई विभिन्न किसिमका सेवा सुविधा दिने गरेको छ । तर सोहि देशमा आई पुगेका आप्रवासीहरुको र्आात विभिन्न किसिमको वाहाना बनाई अमेरिका भासिएकाहरुका मानिसको जीवन कस्तो होला ? सवैको मनमा यो कुराले कौ...
छुुट्टीमा गएर फर्कन नपाउदा खाडीका महिलामा तनाव :- सालिक राम आचार्य
सालिक राम आचार्य मस्कट, ओमान सरकारले खाडीका महिलाहरु लाई हेर्ने नजरले गर्दा वैदेशिक रोजगारी का लागि खाडीमुलुकमा रहेका घरेलु कामदार महिलाहरुमा तनाव भयको छ । लामो समयदेखि खाडी मुलुकहरु मा घरेलु काम गर्दै आएका महिलाहरू चार्ड पर्व आउना साथ आखाँभरि आंसु राखेर आफ्नै सरकार र सरकारी निकायलाई धिक्कारेर बस्न बाध्य भएका छन । आफु १० देखि १२ वर्षसम्म यौटै घरमा काम गर्दै आएका ति महिलाहरु आफु ले यौटै देशमा बर्सेनि बिताए पनि अहिले छुुट्टीमा गएर फर्कन नपाउने नियम नालायक सरकारका गैरजिम्मेवार कर्मचारीले लागू गरेपछि समस्यामा परेका हुन ।
"नेपाल खत्तम छ भन्नेहरुलाइ जेल हाल्नुपर्छ " - लक्ष्मण सिटाैला
हामी सग सिङ्गो नेपाल छ । हामी एक सार्वभौम सम्पन्न शक्तिशाली रास्ट्र हौ । हामी अतुलनीय छौ । हामी सग अरु कसैसग नभएको हिमालय पर्वत श्रृङखलाहरु छन । हामी सग पृथ्वीको आधा पाटाेलाइ शान्तिले छोप्ने भगवान बुद्ध छन । हामी सग कहिले नसकिने पानीको मुहान छ । हामी सग सन्सारलाइ उज्यालो दिन सक्ने बिजुली छ । हामी सग अन्त कतै नभेटिने विविध प्रकारको सस्कृति छ । हामी सग वीरता छ। हामी सग सहिष्णुता छ। हामी अरु भन्दा भिन्न छौ । हामीमा विविध जातीय एकता छ । विविध धर्म छ । हामी सग सबथोक छ, बिद्या , बुद्धि , विवेक । सबैभन्दा ठुलो कुरात हामी सग त्यो अदम्य साहस छ जस्को कारण अग्रेज लाई पनि हामीले धपाए...
गृह मन्त्रालय सुधारको पहल गर्दा प्रोपोगाण्डा किन ? मधु लम्साल
मधु लम्साल गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्रालयमा सुरक्षा विज्ञको रूपमा पूर्व एआइजी सुरेन्द्रबहादुर शाहलाई नियुक्त गरेपछि अहिले तरङग ल्याएको छ । आम नागरिकलाई शान्ति सुरक्षाको प्रभावकारीता महसुस गराउन, देशमा संघीयता लागू गराएर गृहप्रशासनलाई चुस्त दुरूस्त तुल्याउन र गृहमन्त्रालय तथा मातहत तीनवटै सुरक्षा निकायलाई नयाँ आयामकासाथ अगाडि बढ्न मन्त्रालयले नयाँ कार्ययोजना ल्याउनु स्वभाविकै हो । यही अभिप्राय अनुरुप नेपाल प्रहरी संगठनमा ३ दशक पुरा गरी हालै अवकाश प्राप्त देश विदेशको सुरक्षा रणनीतिसँग चिरपरिचित शाहको नियुक्ति अत्यन्त सान्दर्भिक देखिन...
बोष्टन सप्ताह कस्तो भयो ? एक दृष्टिकोण , यम पौडेल
यम पौडेल बोष्टन सप्ताह ( अगष्ट ६ ) १२ र १३, २०१७० धुमधामसँग सम्पन्न भयो । पशुपतिनाथको मन्दिर र बुद्द स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाऊने ऊद्देश्यले आयोजित भागवत सप्ताह सात दिनले नपुगेर एक दिन थपेर आठ दिनमा समापन गरियो । सँभवत स् बिदेशका भएका भागबत सप्ताहहरुमा धेरै दान सँकलन भएको सप्ताह, बोष्टन सप्ताह हुनुपर्छ । निकै चर्चा भएको क्यालिफोर्निया सप्ताहमा बाह्र लाख चालिस हजार र न्यु योर्क सप्ताहमा पाच लाख पच्चिस हजार डलर ऊठेको जनाइएको थियो तर बोष्टन सप्ताहमा आयोजकको तारगेट लक्ष्य भन्दा पनि धेरै १५ लाख ५५ हजार डलर सँकलन भएको प्रारम्भिक बिबरण आइसक...
विविधतामा समाबेशिता :- सुनिल बाबु पन्त
सुनिल बाबु पन्त हामी नेपालीहरु नेपाली(नेपाली विचको भौगोलिक, सांस्कृतिक, भाषिक लगायतका विविधतामा गर्व गर्छौं र भन्छौंस् नेपाल विविधताले भरिएको देश हो भनेर। तर अन्य केहि आधारका विविधतामा गर्व गर्ने ठांऊ भने अझै बनि सकेको छैन नेपालस जस्तै लिङ्ग, जात(जाति, यौनिक तथा लैङ्गिक पहिचान, अपाङ्गता, परम्परागत पेशा, भौगोलिकता आदिका आधारमा अझै पनि हेला-होचो भावको समना गर्नु पर्ने हुन्छ बिभिन्न समुदायका मानिसहरुले। आधुनिक नेपालका निर्माता राजा पृथ्वी नारायण शाहले आज भन्दा करिव ३०० बर्ष अगाडि "यो देश चार जात छत्तिस वर्णको फूलवारी हो" भन्नु कुनै क्रान्ति भन्दा कम थिएन। तर...
अघि बढ सुरेन्द्र सा'प हात्ति लम्केझैँ :- मधु लम्साल
मधु लम्साल एउटै अशल व्यक्तिको कुशल व्यवस्थापनले नसोचेको काम पनि गर्न सकिन्छ भन्ने कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा गरेरै देखाइदिएका छन् । १८ देखि २० घन्टासम्म लोडसेडीङ खेप्न बाध्य हामी राजधानीबासी आज अक्कलझुक्कल बत्ति निभ्यो भने पनि किन, के भएछ र बत्ति गएछ भन्ने गर्छाै ? चैत्र÷वैशाखको खडेरीमा समेत लोडसेडीङको तालिका आवश्यक परेन । कहाँ त्यतीमात्र हो र ? उनैको बुद्धिमत्तापूर्ण विद्युत व्यवस्थापनले वर्षाैदेखि वार्षिक करोडौं नोक्सानी बेहोर्दै आएको नेपाल विद्युत प्राधिकरण यसै वर्षदेखि नाफाको बाटोमा अग्रसर भएको छ । यसको मतलव कुलमानले मात्र यतीसब गरे...
गोबिन्द छन्त्याल नेपालको आदिवासी जनजाति आन्दोलन भनेको विभेद र उत्पीडनको गर्भबाट जन्मिएको आन्दोलन हो । राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले सृजित संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय÷जातीय हैकमवाद बिरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शिताको परिणामको उपज हो, आदिवासी आन्दोलन । देशको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक अवस्थाहरू बदलिएको परिस्थितिमा नेपालको आदिवासी जनजाति आन्दोलन गम्भीर समिक्षा गनुृपर्ने मोडमा उभिएको छ । संविधान जारी पश्चात्को राजनीतिक अवस्था र आदिवासी जनज...
माफिया राज्यब्यबस्था संग सत्याग्रह मार्फत जनताका लागि लड्दैछन डा. के.सी. - सन्तोष खडेरी स्वास्थ्य सेवा र शिक्षाको ब्यापारीकरणमा राज्यका ब्यबस्थापिका , न्यायपालिका र कार्यपालिका यी तिनै निकाय तिव्र प्रतिष्पर्धाका साथ लागेका छन्। शक्ति पृथकिकरणको सिद्धान्त अनरुप एउटाको लगाम अर्कोले कस्ने भए पनि यहाँ त सबैपक्ष एउटै एजेन्डाका साथ अगाडि बढेकाले कसले कस्लाई उछिन्ने भन्ने ध्याउन्नमा मात्र छ यहाँ राज्य। सर्वशुलभ स्वास्थ्यसेवा र सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य शिक्षाको माग राखी २०६९ यताका ५ बर्षमा ११ औं पटक आजका दिन सम्म गरि कूल १३७ दिन सम्म सत्याग्रह गर्दा समे...
"सरस्वतीको बारेमा गलत बुझाई" :- सुनिल बाबु पन्त
सुनिल बाबु पन्त अधिकांश हिंदुहरुले सरस्वतीलाई व्यावसायिक तालिममा मात्र सिमित राखेका छन् — जो तपाईं स्कुलमा केहि सिक्नु हुन्छ, जागिर पाइएला कि भनेर। सरस्वतीलाई वढिमा, कला (नृत्य (संगित बिधा सम्म जोडिदिन्छौं हामी। सरस्वतीलाई किताब(कलम र पुस्तकालयहरु संग जोडिएको हुन्छ, शिक्षाको दायरा भित्र पर्छिन् उनी। उनी परोहित र कलाकारसंग सम्वन्धित छिन्, जसरी लक्ष्मी ब्यापारिहरु संग र दुर्गा ९अथवा शक्ति० क्षेत्रिहरुसंग सम्बन्धित छिन्। जे भएता पनि, सरस्वती, खास गरी, पहिचान ९वा आत्मज्ञान० संग अधिक नै संबन्धित छिन्। पहिचानको तृष्णा — हामी वास्तवमा कौ हौं रु भन्ने, यसैकारणले ...
प्रेमबहादुर शाही हाम्रो माझ प्रत्येक वर्ष उही दिन आउँछ । जसले वर्ष दिनभरीका दुःख र पीडालाई विर्साईदिन्छ । हामी कति भाग्यमानी ! हाम्रो जीवनको सवैभन्दा धेरैे खुसी बोकेर ल्याउछ । जसको महिमा असीमत रहेको छ । दुई जिल्लाको वीच भाग । जुन ठाउँमा पुग्ने जो कोही मानिसहरु पनि मर्माहित हुन्छन । जुन स्थान जनै पूर्णीमाको अघिल्लो दिन ठूलो भेला लाग्ने गर्दछ । कालिकोट र दैलेख जिल्लाको सीमाना पर्ने महाबु आफैमा एक बहुचर्चित ठाउँ हो । समुन्द्री सतहदेखि ४ हजार १ सय ६८ मिटर उचाईमा रहेकोछ । यहा ढुङ्गाबाट उत्पत्ति भएको शिवलिङ्ग छ । जसको दर्शन गर्न लाखौं तिर्थयात्रीहरुको घ...
देवदत्त पटनायक को यो लेख अंग्रेजी पत्रिका टाइम्स ऑफ इण्डिया को स्तंभ 'स्पीकिंग ट्री' मा १२ नवम्बर, २०१० मा प्रकाशित भै सकेको छ। उनको अनुमति सहित म यस लेखको नेपाली अनुवाद गरेर यहाँ प्रस्तुत गर्दै छु। यदि तपाई मूल अंग्रेजी लेख पढ्न चाहनु हुन्छ भने यहां क्लिक गर्नु होस् । हरेक व्यक्ति सुखी हुन चाहन्छ। भोक लाग्दा खाने कुरा केहि नहोस्, सर माथी कुनै छत नहोस्, या भनौं दीनता-विपन्नता को दशा छ भने कुनै पनि मानिस सुखी र प्रसन्नचित्त हुनै सक्दैन । यस्तो दशामा यो स्वाभाविक नै हो कि हामी सुख प्राप्तिका लागि धनकी देवी लक्ष्मीको आराधना गर्छौं । लक्ष्मीको कृपादृष्टि हामीमा पर्...
यसकारण हुदैन नेपालमा प्रतक्क्षय राष्ट्रपति निर्बाचन प्रणाली :- मीन बहादुर पण्डित
मीन बहादुर पण्डित हाल :- दुबई युएई जुनसुकै व्यवस्था वा निर्बाचन प्रणाली अपनाए पनि मुख्य कुरा व्यक्ति सहि हुनु पर्यो । काम गर्ने सैली ठिक हुनु पर्यो । अनी इमान्दार र कर्तब्य निस्ट हुनु पर्यो, भ्रस्ट र स्वार्थि हुनु भएन । उदाहरणका लागि चीनमा सासक आफै चुनिन्छन, तर देश र जनताका लागि इमान्दार भएर काम गर्छन । त्यशैले आज चीन अमेरिकालाई उच्छिन्ने अवस्थामा पुगेको छ । नेपालमा सासक जनता द्वारा चुनिन्छन तर आफु र आफन्ताका लागि काम गर्छन । अनि देशको हालत काँहा पुगेको छ, हामि सबैलाई थाहै छ । संसारमा थुप्रै राजत्रन्त्र, भएका देशहरु पनि धनि छन् र गरिब पनि छन् । संसारमा गणत्रन्...
सन्दर्भ : आक्रमणको वार्षिकोत्सव इतिहासको कालो दिन :- प्रेमबहादुर शाही
प्रेमबहादुर शाही आज ७२ वर्ष पुरा भई ७३ वर्षमा लागेको छ । दोस्रो विश्वयुद्धको सयममा अमेरिकाले जापानको सहर हिरोसीमा आणविक बम खसालेको । मानव माथि घातक आक्रमण गरिएको थियो । दोस्रो विश्वयुद्ध सामाप्तको अन्तिम साता थियो । सन १९४५ अप्रिल १२ सँगै अमेरिकी राष्ट्रपतीको पद ग्रहण सम्हाल्न पुगेका ह्यारी ट्युम्यानले विश्व परिवर्तन गर्ने एउटा क्रुर निर्णय गरे । राष्ट्रपतिको शपथ लिएको केही वेरमैै युद्धमन्त्री हेन्री स्टिम्सले एउटा रहस्यमय खवर सुनाए । आफुहरुले अपत्यारिलो विध्वंसात्मक शाक्ति वान विस्फोटकको विकास भईरहेको परियोजनाको खवर थियो । त्यसको केही दिन...
गोर्खाल्यान्ड आन्दोलनबारे : - मोहन विक्रम सिंह
मोहन विक्रम सिंह –क– भारतस्थित नेपालीहरूलाई दुई भागमा बाँड्न सकिन्छ : प्रथम, भारतमा स्थायी रूपले बस्ने भारतीय नागरिक वा नागरिक बन्नका लागि आवश्यक शर्तहरू पुरा गरी सकेका भारतीय नेपालीहरू† द्वितीय, नेपालबाट भारतमा आएर अस्थायी रूपमा बसेका नेपाली नागरिक, प्रवासी नेपालीहरू । दुवैका बीचमा सामाजिक, सांस्कृतिक, ऐतिहासिक वा भाषागत रूपमा घनिष्ठ सम्बन्ध छ, तैपनि भारतमा दुवैको राजनैतिक स्थितिमा मौलिक अन्तर छ । त्यो अन्तर लाई नबुझीकन भारतका सरकारी वा गैर सरकारी दुवै स्तरमा भारतीय नेपालीहरूलाई नेपालसित जोडेर तथा प्रवासी नेपालीहरूलाई "गोर्खाल्यान्ड आन्दोलन"...
नागरिक तहबाट देखिने नेपाल भारत सम्बन्ध :- सन्तोष खडेरी
सन्तोष खडेरी नेपालको तीन तिर सीमा जोडिएको र खुल्ला सीमा रहेको सबै भन्दा नजिकको छिमेकी देश भारत संगको नेपाल सम्बन्ध सधैंव चर्चामा रहन्छ । नेपाल र नेपालीका लागि राष्ट्रियता र देशभक्ति समेत मापन गर्ने यो सम्बन्ध समय समयमा उतारचढावमा रहिरहन्छ।करिव २०० बर्ष अगाडीको बेलायती उपनिवेशको भारत र राणा शाषित नेपालको सम्बन्ध र करिव ७० बर्ष देखि कायम स्वतन्त्र भारत र राना मुक्त प्रजातन्त्र, पंचायत, बहुदल, लोकतन्त्र र गणतन्त्रात्मक नेपाल बिचको सम्बन्धमा समय समयमा केही अन्तर देखिए जस्तो गरे पनि भारतको नेपाल व्यबहार समग्रमा उस्तै देखिन्छ। सन् १९५० मा राणाकालीन प्रधानमन्त्...
अभिव्यक्ति स्वतन्त्रताको अधिकार संगै जिम्मेवारी बारे समेत सोंच्ने कि ? :- सन्तोष खडेरी
सन्तोष खडेरी '' हामीले अभिव्यक्ति स्वतन्त्रताको हाम्रो अधिकार बारे धेरै कुरा गर्यौं तर अब हामीले अभिव्यक्ति स्वतन्त्रताको हाम्रो जिम्मेवारी बारे समेत थप कुरा गर्न आवश्यक छ। हामी सबै सुनिन चाहान्छौं तर कुनै अभिप्रायका साथ बोल्नु र ध्यानपूर्वक बोल्नुको भिन्नतालाई स्वीकार गरौं। ''
नागपञ्चमी पर्व : महत्व र विशेषता : - ज्योतिष पण्डित राजेन्द्र खनाल
ज्योतिष पण्डित राजेन्द्र खनाल हिन्दु धर्ममा लेखिएअनुसार नाग९सर्प० लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ । पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो रु भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक९जरत्कारु र मनसादेवी सुपुत्र०ले ...
बैकल्पिक राजनीतिक ब्यबस्थामा गैरराजनीतिक पृष्ठभूमिको सम्भावना :- सन्तोष खडेरी
सन्तोष खडेरी राजनीतिमा पछिल्लो समय मौजुदा राजनीतिक ब्यबस्थालाई अर्थहीन किटान गरि बैकल्पिक राजनीतिक धारका नाममा गैरराजनीतिक पृष्ठभूमिका ब्यक्तिहरुको जमात नयाँ दल सहित राजनीतिमा प्रवेश गर्नेको लर्को नेपालमा मात्र होइन संसारभर जारी छ । छिमेकी देश भारतमा सन् २०११ मा भ्रष्टाचार बिरोधि अन्ना नेतृत्वको आन्दोलन बाट निस्किएको एउटा समूहले दिल्लीमा आम आद्मी पार्टी गठन गरि छोटो समयमा लोकप्रियता हासिल गरि सदनमा प्रतिपक्षी बिना नै सत्तारोहण सम्म गरेपछि नेपालमा समेत यसको बहसले जोड समात्यो र अन्ततः विभिन्न चरणमा बैकल्पिक राजनीतिक दलका रुपमा नयाँ शक्ति खुले झन्...
कृष्ण के.सी. क्यालिफोर्निया हाम्रो बानी भनेको कुनै पनि कुराको जरो र चुरोमा आफैं नहेर्ने अनि हावामा दौडने, पढ्न भन्दा सोध्न तिर लाग्ने त्यो पनि तीन न तेह्रका नेता भनाउँदा संग। अनि तिनै नेता भनाउदाहरुले आफ्ना स्वार्थ अनुरुप जे व्याख्या गर्छन त्यही मानेर हिंड्ने। वास्तविकता एकातिएर हुन्छ, हामी भने तेसै-तेसै हावामा उफ्रने र ढुङ्गा जस्तो सारो चिजलाइ पनि मुड्कीले पिट्ने प्रयास गर्छौ। कालन्तरमा नतिजा आउँदैन र पछुताउनु पर्छ । यहि हो हामी नेपाली अमेरिकी समाजको नियति।
"परिवर्तन कि यथास्थिति" :- प्रतिक पान्डे
चितवनको स्थानीय र अमेरिकाको NRN निर्वाचनलाई तुलना गर्न मन लाग्यो। नेपाली काँग्रेसले एकलौटी जित्न सक्ने ठाउँमा अप्राकृतिक, अस्वाभाविक र अलोकप्रिय गठबन्धन गर्यो, एक ऐतिहासिक भुल। एउटा सच्चा काँग्रेसीलाई पाखा लगाइयो, अर्को ऐतिहासिक भुल। र अन्य सच्चा काँग्रेसीहरुलाई घाँटी निमोठेर माओबादीलाई भोट हाल भन्ने बाध्य बनाइयो, अर्को ठुलो ऐतिहासिक भुल। स्मरणीय छ, जेष्ठ २३, २०६२ मा त्यहि चितवनमा माओबादीले सर्वसाधारण जनता चढेको बसमा बम बिस्फोटन गराएर करिब ४० जनाले ज्यान लिएको थियो भने ७० भन्दा बढी घाइते भएका थिए। त्यो पिडा ति चितवनका जनताहरुले कसरि भुल्न सक्थे? निर्दोष सर्...
प्रधानमन्त्री तहबाट वैदेशिक रोजगारीका समस्यामा कुनै उपलब्धि नभए अन्यबाट के आश गर्ने नागरिकले ?
सन्तोष खडेरी "काबूलमा भएको घटनामा तत्कालीन प्र.म. ओलीको पहलकदमीबाट वैदेशिक रोजगारीको क्षेत्र ब्यबस्थित हुने आशा जगाएका जनतामा ओली नेतृत्वको सरकारले बिवादास्पद छविका मेनपावर व्यावसायिलाई नै राजदूत सिफारिस गरि नागरिकका समस्यामा झन् समस्याको मूल फुटाई बढाईदिए । बिदेशका जेलमा रहेकाको तथ्यांक संकलन गर्ने , मृत्युदणडको सजायको हकमा "ब्लड मनी" बाफतको रकममा सरकारले बीउ पूँजी उपलब्ध गराउने , पासपोर्टको शुल्क कटौती , विमा रकममा वृद्धि लगायतका स-साना प्रयास द्वारा वैदेशिक रोजगारका समस्याहरुमा जनताको मनमा उनको गम्भीरताको आभाष हुँदै गर्दा उनले पनि ओली ...
बिष्णु सिंह ( बैजु ) साहित्यिक संस्थामा खेत जोत्ने, हली गर्ने, गाई गोठाला देखी बरीष्ठ्तम बौधिक हैशियत बोकेका ब्यक्तित्व हरु जम्घट हुने गर्छ । त्यस्तो संस्था नेतृत्व गर्ने समुहले संस्थाको बनावटलाई रामृरी चिनेर्, साहित्यको बिकास गर्न सक्ने छ्मता राख्नु पर्द्छ । हिजोका दिनमा जुन ल्याकतकले नेतृत्व गर्थे आज पनि त्यसैले गर्न सक्छ भन्नु गलत धारणा हुनेछ । कुनै पनि संस्थामा कोही अनिवार्य हुँदैन । केवल संस्थाको उदेस्यलाई बढाउन सक्ने ब्यक्तिको क्षमता अनिवार्य हुन्छ । त्यसकारण त्यस्तो क्षमता हुने जो कोही संस्थामा सजिलै आउन सक्ने बातावरण हु...
एनआरएन अमेरिका निर्वाचन : कमजोर होइन, संस्थालाइ बलीयो बनाउन चुनाब लडौं - राम सी पोखरेल उमेदवारी दर्तासँगै एनआरएन अमेरिकाको निर्वाचनले तीव्रता लिएको छ । जसले जुन पदमा उमेदवारी दिए पनि सबैको ध्यान, अब आफु कसरी बिजयी हुने भन्नेतर्फ केन्द्रित छ , जुन स्वाभावीक पनि हो । सामाजीक उत्तरदायीत्व बहन गरेर निश्चीत उदेश्य र लक्ष्यकासाथ अगाडी बढन खोज्नुलाइ स्वागतयोग्य नै मान्नु पर्छ ।
ज्योतिष पण्डित राजेन्द्र खनाल हिन्दु धर्ममा लेखिएअनुसार नाग (सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरको आभुषण होस् वा भगवान विष्णुको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
लक्ष्मण सिटाैला आफ्नो सबै बम्शजको बिनास पछि पान्डवहरुलाइ पृथ्वी लोकमा बसिरहन गाह्रो भयो । र एक दिन धर्मराज युधिस्ठर सग ज्युदै स्वर्ग जान भनेर द्रौपती सहित पाँच पान्डव उत्तराखन्ड लागे। बाटोमा जाँदै गर्दा अग्निदेव सग भेट भयो र अर्जुनले काधमा बोकेको धनु देखे र अर्जुनलाई भने -"स्वर्गमा कस्लाइ जित्नुछर र कस्लाइ मार्नुछर अर्जुन यो धनु बोकेर लैजादै हुनुहुन्छ यो धनु यतै फ्याक्नु" भनेर फ्याक्नु लागाए। हिड्ने क्रममा पहिला द्रैपती हिउँमा चिप्लिएर मरिन। युधिस्ठर बाहेक सबै हिम आधिमा चिप्लिएर मरे। बाकी रहे युधिस्ठर र कुकुर । इन्द्रदेवले कुकुर लिएर स्व...
माधब गैरे पाल्पा हाल युएईबाट नेपालको सम्विधान २०७२ कार्यन्वयन गर्नका लागि आबस्यक स्थानीय तह निर्वाचन २०७४ को पहिलो तथा दोस्रो चरणको मत परिणाम सार्वजनिक भएको छ। देशको आर्थिक उन्नति नचाहि आफ्ना नाता घर परिवार लाई राजनीतिमा ल्याउने र राज्यको ढुकुटी सखाप पार्ने नियतले भरतपुर महानगरपालिका अझ अन्वल भए ता पनि दोस्रो तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ। जम्मा ७४४ निर्वाचन स्थान मध्य पहिलो चरणमा २८३ तथा दोस्रो चरणमा ३३४ स्थान निर्वाचन समाप्त भए लगत्तै अहिले सबैराजनीतिक दलले आफुलाई जनताले दिएको स्थान तुलना गरिरहेका छन। निर्वाचनहरू सरसर हेर्दा जेठो पार्...
बिकास थापा, हेरिसबर्ग , अमेरिका राजनीति,जात र धर्म यी तिन कुराबाट सधै परै बस्न खोज्ने चित्रकलामा पोख्त डि बि सारू चित्रकलामा नेपाली डायस्पोरामा मात्र होइन अमेरिकीहरू माझ पनि चिरपरिचित र छोटो समयमै छुट्टै आफ्नो परिचय बनाउन सफल चित्रकार मानिनुहुन्छ उहाँ । वि।सं। २०३० साल असोज १८ ( सन् १९७३ सेप्टेम्बर ३ ) मा भुटानको बेतिनि ब्लकमा जन्मिएका हुन् डी बी सारू । बाल्याअवस्थामा राम्रो शिक्षा दिक्षा लिन नपाए पनि आफ्नै मेहनत र बलबुताले आफ्नो मन मस्तिष्क कुची ,कलम र रंड्ग तिर लगाएर अक्षरकला ,चित्रकला भित्र कुची र रंड्ग मार्फत आफ्नो भाव,संवेदना ,खुसी,आँशु र मुस्कान पोख्न...
स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको विजयको राजनीतिक महत्व :- मोहनविक्रम सिंह
लेखक:- मोहनविक्रम सिंह स्थानीय निर्वाचनका दुईचरणका चुनावहरू सम्पन्न भएका छन् । समग्र रूपमा विचार गर्दा राजमोका त्यस प्रकारका उपलब्धिहरू सामान्य र सीमित छन् । तै पनि राजनीतिक दृष्टिकोणले तिनीहरूको तात्कालिक रूपमा मात्र होइन, दीर्घकालिन रूपमा पनि ठूलो महत्व छ । अन्य विभिन्न राजनीतिक दल वा सङ्गठनहरूले देशव्यापी रूपमा जेजति विजय प्राप्त गरेका छन्, त्योभन्दा राजमोले प्राप्त गरेको विजयको कैयौँ गुणा बढी राजनीतिक महत्व छ । राजमोले जम्मा गाउँपालिकाहरू मध्ये बाग्लुङमा १ अध्यक्ष र २ उपाध्यक्ष, प्यूठानमा २ अध्यक्ष र २ उपाध्यक्ष, गुल्मीमा १ उपाध्यक्षका उम्मेदवारहरू...
प्रेमबहादुर शाही देशमा संघीयता सहितको लोकतान्त्रीक गाणतन्त्र आयो । संघीय संविधान जारी भयो । तयसको कार्यान्वयन भनेको पहिलो स्थानीय तहको निर्वाच गराउनु थियो । सरकारले करिव दुई दर्शक पछि स्थानीय तहको निर्वाचन गर्न विभिन्न चरणहरु तयार ग¥यो । देश भरी एउटै चरणमा स्थानीय निकार्यको निर्वाचन गराउनु पर्नेमा त्यो काम सरकारले गर्न सकेन । तीन चरणमा निर्वाचन हुने गरी आफ्नो काम अघि बढायो । पहिलो चरको निर्वाचन शान्तिपूर्ण रह्यो । दोस्रो चरणको निर्वाचन सम्पन्न भयो । तर दोस्रो चरणको निर्वाचनको मदगणना कार्य जारी रहेको छ । तेस्रो चरणको निर्वाचनको मिति सरकारले तोकिस...
"खस दमाईको पंचेबाजा खसआर्य जातिको परंपरागत शान " :- बिष्णु सिंह (बैजु)
बिष्णु सिंह ( बैजु) आर्य खस जाती - काला जाति, मंगोलियन जाती - भने झै पृथिविमा एक मानव जातिका हुन । आर्यखस जातिका बाहुन्,छेत्री, ठकुरि, दमाई, कामी सार्कि, गाईने युरोपबाट एशियामा आप्रवाशी हुन आएका हुन । त्यसैले त यिनको शारिरिक्, रुप रंग, भाषा,रहन्-सहन मिल्द्छ । एकै जातिका भएकाले यिनिहरु एकै क्षेत्र वा स्थानमा यि सबै जातिका मानिसहरु बस्द्छ्न । पंचेबाजा आर्य खस जाती, जो मुख्यतया पहाडमा बस्द्छ्न, पहाडियाहरुको परंपरागत बाजा हो । यिनिहरुको उत्पती थलो युरोप हो । यिनिहरु चलाक र बिवेकशिल भएकोले दक्षिण यसियाको मानिसलाई पराजित गरी शासन गर्न सफल भए । तर पछी आफ्नै जाती भित्र सा...
"अस्ट्रेलियामा पहिलो चोटि लेसबियन देख्दा " :- लक्ष्मण सिटाैला
लक्ष्मण सिटौला १९९८ तिरको कुरा हो । अर्थात आजभन्दा १९ बर्ष अगाडिको परिघटना । सिडनी सेन्टरको बकिङघाम रोडमा कोठा थियो। नेपाल बाट गएको एक दिन मात्रै भएको थियोे । हन्कङ देखि सिडनी एयर्पोट सम्मको करिब १० घन्टाको लगातार उडानले गलेको शरीरमा फुर्ती आएकै थिएन। निन्द्रा थकाइ र आलस्यले बिथोलिरहेको थियो । हङकङ बाट राती दस बजे क्याथे प्यासिफिकमा उडेपछि मौसम प्रतिकुलताका कारण करिब पैंतालीस मिनेट सम्म आफु चढेको जाहाज हल्लिरह्यो। यो हल्लाइले पनि आत्तिएको मन शान्त हुन सकिरहेको थिएन। तर क्याथेका उडान कर्मचारीहरुको उडान ब्यवस्थापन र यात्रुसग गरिने ब्यवहारले त्यो पैंताल...
स्थानीय निर्वाचन : समस्या र सम्भावना :- मोहनविक्रम सिंह
लेखक :- मोहनविक्रम सिंह सत्तापक्ष वा सङ्घीयताका पक्षपातिहरूले स्थानीय निर्वाचन भएपछि सङ्घीयताको आधार तयार भयो भन्ने दावी गरिरहेका छन् । त्यो दावीमा सत्यता छैन । संसारका एकात्मक प्रणाली भएका देशहरूमा पनि स्थानीय निर्वाचनहरू हुने गरेका छन् । स्वयं नेपालमा पनि २०४६ सालपछि बहुदलीय व्यवस्था अन्तर्गत दुईदुईपल्ट स्थानीय निर्वाचनहरू सम्पन्न भएका थिए, जब कि त्यो बेला देशमा सङ्घीय व्यवस्था थिएन ।
प्रतिष्ठित पत्रकार :- प्रेमबहादुर शाही
प्रेमबहादुर शाही यो पंत्तिकारले माथि उल्लेखित शिर्षक लेख्न नहुने हो, तर संयोगले लेख्नु पर्ने भयो । प्रतिष्ठितको अर्थ इज्ज्त, मान मर्यादा, सम्मानित र पुरारुपले स्थापित भएको भन्ने अर्थ लाग्छ । पत्रकार पेशा पनि एउटा आफैमा प्रतिष्ठित र मर्यादित पेशा हो । राज्यले पनि पत्रकारिता क्षेत्रलाई चौथो अङ्ग घोषणा गरेको छ । पत्रकार भनेको समाजमा ऐना हो, ऐनाले जस्तो बस्तु छ, त्यस्तै देखाउछ । ऐनासँग कुनै स्वार्थ हुदैन । संसारमा कुनै वस्तुसँग सधै सत्यता छ भने, त्यो सत्यता ऐनासँग छ । ऐना र पत्रकार भनेका एउटै रथका दुई पांग्रा हुन । पत्रकारले आफ्नो आँखा अगाडि जे देख्छ, सधै त्...
स्थानिय सरकारले स्थानीय विकासको थालनी गर्दा ध्यान दिनुपर्ने:- डा मानवहादुर बीके
डा. मानवहादुर बीके संघीय संरचना अनुसार स्थानीय सरकारको निर्वाचन भैरहेको छ । यही बेला पूजीगत खर्च आधा भन्दा कम हुदा पनि देशको कूल गार्हास्त उत्पादन भने करिव ७.५ % ले बृध्दी हुने भएको छ। यसले नागरिकमा ठूलो आशा पलाएको छ। भूकम्प पीडित लाई वितरण गरिएको राहत रकम र विधुत आपूर्ति मा आएको सूधार नै यो बृध्दीको मूख्य कारक ठानिएको छ। स्थानीय तहको निर्वाचन सकिई विनियोजित बजेट अनुसार काम भएमा आगामी केही वर्ष करिव ८ % को हाराहारीमा आर्थिक बृध्दी कायम रहन सक्छ। यसो भएमा विश्व मै हामी अर्थिक बृध्दी बढी हुने पहिलो ( हाल तेश्रो स्थान, इथियो पिया पहिलो ) मुलुक ब...
दुराडाँडा परिबर्तनको नयाँ कोषे ढुड्गा - श्री हे शे होइतोइ बौद्ध गुम्बा :-
बिकास थापा, हेरिसबर्ग ,अमेरिका लमजुड्को दुराडाँडा भन्नसाथ दुरा जातिहरूको एेतिहासिक थाकथलो ,खजे दुरा र त्यस समयको लमजुड्गमा शाह बंशिया राज्या स्थापना गर्ने एक एेतिहासिक यूग पुरूष भनि हामी सधै इतिहास समझन्छौ । नेपालको महत्वपूर्ण इतिहास खोज्ने नै हो भने धेरै टाढा जानु पर्दैन । स्याड्जा बाट शाहबंशिया राज ल्याएर लमजुड्को सिंदुरे ढुड्गामा सिंदुर जात्रा गराई लमजुड्मा शाहवंशको स्थापना गर्ने १५ औ शताब्दिका यूग पुरुष मध्ये एक थिए खजे दुरा । सायद उनकै थाकथलो उनैका साख सन्ततिले खनिखोस्री आज सम्म हराभरा बनाएको नेपालकै एक चिरपरिचित ठाउँ हो दुराडाँडा । दुरडाँडाको फेदी प...
राजनीतिक अस्थिरता र संविधानको दोष :- बद्रिनरसिंह के.सी.
(०७४ जेठ २८ गते आइतवार राजधानी दैनिकमा प्रकाशित भएको हो।) बद्रिनरसिंह के.सी. गलत बिऊ रोपेर सही फल खोज्दा पाईँदैन । संविधानसभाले २ वर्षअघि नै बनाएर लागु गरेको संविधान आज झन्झन् विवादको भूमरीमा पर्दैछ । विवादमात्र होइन यो संविधान यसैका स्रष्टाहरूलाई घाँडो हुँनथालेको देखिन्छ । यही यथार्थलाई लेखकजस्ता कयौँ नागरिकले समयमै सचेत गराउँदै, "......मुलुकले थेग्न नसक्ने परिवर्तन र नेताहरूले बोक्न नसक्ने भारी एकैपटक लाद्नु हुँदैन......" भन्नेहरूलाई 'प्रतिगामी', 'पुनरुत्थानवादी', 'प्रतिक्रियावादी'......जस्ता अनेक विशेषण र उपाधि दिने काम भयो । तर जतिसुकै आकाश–पात...
नेपालको कर प्रणाली संघीयता र रास्ट्र गौरवका आयोजना :- लक्ष्मण सिटाैला
नेपालको कर प्रणाली संघीयता र रास्ट्र गौरवका आयोजना :- लक्ष्मण सिटाैला जसरी उजाड रुखमा चरिले पनि गुड लगाउदैन जसरी पानी बिनाको नदी हुदैन जसरी मुटु बिनाको शरीर हुदैन त्यसैगरी कर बिनाको मुलुक समृद्ध हुदैन । जनता बाट उठेको कर सभासदलाइ तलब खुवाउन मात्र उपयोग हुन्छ भने, नेताका असाध्य रोग निको पार्न मात्र खर्च हुन्छ भने अनि पाँच तारे होटेलमा भावी योजनाको बारेमा मिटिङमै मात्र खर्च हुन्छ भने किन तिर्नि कर जनताले सरकारलाई?
एनआरएनएमा युवा शक्त्ति :- सर्बज्ञ वाग्ले
युवा तथा युवती भन्नाले तरुण अर्थात् जवानीले नछाडेको र बुढायाईले नछोएको व्यक्त्ति भन्ने बुझिन्छ । कुनै समयको सीमाभित्र बालक,युवा वृद्ध मानिने पुस्ता मध्ये सबै भन्दा तन्नेरी युवा तथा युवती जवान स्त्री तरुनी आदिलाई पनि युवा नै भनिन्छ । जसको उमेर सोह्र वर्ष माथि र चालिस वर्ष मुनिको कलकलाउँदो हुन्छ । युवा शक्त्ति संसारको कुनै पनि देशमा त्यस देशको भविष्य बनेर जन्मन्छ र वर्तमान पनि त्यही हुन्छ । त्यस देशले अर्थात् समाजले आँफ्ना जन्मदै र हुर्कन्दै गरेका सन्ततिलाई हेरेर आँफ्नो सुन्दर भविष्यको कल्पना गर्न सक्छ । हाम्रो नेपाली डायस्पोराको समाजमा पनि बढदै गरेको वर्त...
सिद्धान्त र ब्यबहारको बीचमा भिन्नता :- कल्पना पौडेल "जिज्ञासु "
कल्पना पौडेल "जिज्ञासु " गैडाकोट, नवलपरासी मेरो सुरुदेखि नै बामपन्थी विचार भएका व्यक्तिहरु सँग संगत रह्यो । त्यसैले कम्युनिष्ट पार्टीका घोषणा पत्र र मार्क्स एड्गेल्स लेनिन , माओका जीवनीहरु पढे । पढी सकेपछी कम्युनिष्ट पार्टीको निर्देशनमा संगठनमा बसेर काम गर्न मन लाग्यो । मलाई देशभित्र र विदेशमा यसरी काम गर्ने अवसर पनि मिलेको थियो । त्यतिखेर मलाई कम्युनिष्ट पार्टीभित्र कम्युनिष्ट नैतिकता र प्रगतिशील सस्कृति अनुरुप काम भएको होला भन्ने लागेको थियो विदेशको बसाइ सिध्याएर नेपाल फर्केपछि नेपालका सबै कम्युनिष्ट पार्टीका प्रमुख नेताहरु संग घुलमिल हुने ...
शिक्षा सुशासन र नेताको शैक्षिक योग्यता :- लक्ष्मण सिटौला
लक्ष्मण सिटौला नेपालको साक्षरता करिब ५२ प्रतिशत पुगिसकेको छ। शय जनामा बाउन्न जना शिक्षित रहेको हाम्रो देशमा ती बाउन्न जना शिक्षित लाई बिर्सेर बाकी अठचालीस जना अशिक्षित मान्छेलाई नेता चुन्नु भन्ने सरकारको आदेश छ। नगरपालीकाको मेहरमा उठने नेताले कुनै शैक्षिक डिग्री हासिल गर्न नपर्नु अथवा निरक्षरता उस्को चुनावमा भाग लिने योग्यता हो भने साक्षरता किन बढाउनु पर्योरु बन्द गर्नुस स्कुल कलेज युनिभर्सिटी र अरु शैक्षिक सस्थानहरु। शिक्षामा यति धेरै लगानी गर्ने सरकारी , गैर सरकारी सस्था लगाएत दातृ निकाएहरुको अभियान सबै डुबेकै हो भन्ने कुराको प्रमाण हाम्रा नेता ...
एनआरएन अमेरिकाको महासचिव पदमा किन निर्विकल्प उमेदवार बने महेश कुमार मल्ल
बिकाश थापा, पेन्सिलभेनिया बिगत १० बर्षदेखी अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आउनु भएका एक यूवा समाजसेवी हुनुहुन्छ महेश कुमार मल्ल । उहाँले यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्बाचनबाट बन्ने २०१७/२०१९ सम्मको कार्यकालको लागी महासचिव जस्तो जिम्मेवारी पूर्ण पदमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ । उहाँ न्यूयोर्कमा बसेर थुप्रै सामाजिक संघ संस्थामा आबद्द रही स्वयंसेवक भएर र त केही संस्थाहरूको महत्वपूर्ण जिम्मेवारी लिएर पनि काम गरिसक्नु भएको छ । उहाँ लामो समय देखी सामाजिक सेवामा सरिक र क्रियाशील रहँदै आउनु भएको एक चिरपरिचित ब्य...
भरतपुर काण्ड :– मोहनविक्रम सिंह
लेखक :– मोहनविक्रम सिंह भरतपुरको नगरपालिकाको चुनावको मतगणनाको सन्दर्भमा घटेको घटनाले गम्भीर अर्थ राख्दछ र त्यसका कैयौँ दूरगामी प्रकारका परिणामहरू हुनेछन् । त्यसले नेपालको राजनीति, लोकतन्त्र र निर्वाचन प्रणालीमा नै गम्भीर असर पुर्याउने छ । यो आम रूपमा थाहा भएको कुरा हो कि भरतपुरको नगरपालिकाको चुनावमा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धनका उम्मेदवारको जित सुनिश्चित गर्न माओवादी केन्द्रका कार्यकर्ताहरूले मतपत्र च्यात्ने काम गरेका थिए । त्यसका पछाडिको उनीहरूको उद्देश्य पुनः मतदान गराउनु थियो । त्यो घटनाको तुरुन्तैपछि माओवादी केन्द्र र ने।का। ...
तराईको न्यानो बचेन भने हाम्रो अखिल अखण्डता भत्किने छ :- लक्ष्मण सिटौला
लक्ष्मण सिटौला थुप्रै मावोवादीमा बिभक्त छौ हामी - बैद्द्य, प्रचण्ड , बाबुराम, बिप्लव अनि हामी थुप्रै एमालेमा तितर बितर छौ झलनाथ ,माधवकुमार र केपी वली अनि थुप्रै काग्रेसमा टुक्राटुक्रा छौ देउवा , पौडेल , सिटौला । जसरी पार्टी चोइटिएर धुजा भएका छन त्यसगरी देश टुक्राटुक्रा पार्न पनि उद्यत छौ हामी । आची गर्न जादा खेरि लोटा लिएर जा भनेर सम्झाउन पर्छ हाम्लाइ भारतले नत्र भित्री कपडाले आची पुछ्दै फर्किन्छौ हामी आफ्नै दैलोतिर । पन्चायत ब्यावस्था नै ठिक छ भनेर ४७ सालको सम्बिधान फर्काउन तिर लागेका छौ । अहिलेको सम्बिधान बिश्वको उदाहरणमा उत्कट उत्कृष्ट भनी हामी सबैले सम्शद...
शिक्षित बिरामीका कुरुवाको त्यस्तो प्रस्तुति........:- डा. श्रेया सापकोटा
डाक्टर श्रेया सापकोटा सायद यस्ता घटना अस्पतालमा काम गर्ने डाक्टर वा नर्स जो कोहीलाई नौलो नलाग्ला । बिरामीको कुरुवाले चर्को स्वरमा कराउने वा गाली गर्ने घटना प्राय भइरहन्छ अस्पतालतमा । तर गालीको पनि हद हुन्छ । विना अर्थ बिरामीको कुरुवाहरुबाट देखाइने रिसले गम्भीर अवस्था समेत सिर्जना हुन सक्छ । म काम गर्ने अस्पतालमा गत मंगलवार यस्तै एउटा घटना भयो जसलाई लिपीबद्ध गर्न म बाध्य भएको छु । अस्पताल जस्तो संवेदनीशल ठाउँ, त्यसमाथि म काम गर्ने क्यान्सर वार्ड । नम्र बोली र बिरामी प्रतिको कर्तव्य राम्रोसँग बुझेका छौं हामीले, त्यो वार्डमा काम गर्ने जो कोह...
एनआरएन अमेरिकाको अवको गन्तव्य कता ? बिकास थापा
बिकास थापा, पेन्न्सलभेनिया बिश्वभर प्रजातन्त्रको उदाहरण बनेको देश हो अमेरिका । जहाँ बसोबास गर्ने नेपाली मुलका हामी नेपाली अमेरिकनहरू। हाम्रो यति सानो जनसंख्या यति ठूलो देशमा छरिएर रहे पनि हामी हाम्रा आफ्नै बिभिन्न संघ संस्थामा आबद्द छौ । केही प्रतिशत अपवाद हौला । यी संस्थामा आबद्द भएर संगठित हुनु हाम्रो मुलउदेश्य भनेको हाम्रो समुदायको उन्नति,प्रगति र समुदायलाई संगठित बनाउँनु नै हो । एनआरएन अमेरिकाले अमेरिकाभर छरिएर बसेका नेपालीहरूलाई संगठित बनाउँन पक्कै पनि महत्वपूर्ण भूमिका अबश्यपनि खेलेको छ । अमेरिकामा बस्ने सबै नेपालीहरू आफ्नो हकअधिकारको लागी सब...
प्रचण्डको प्रधानमन्त्रीत्वकालको मूल्याङ्कन :– मोहनविक्रम सिंह
लेखक:- – मोहनविक्रम सिंह माओवादी, एमाले र ने।का। समेत ०६२–६३ को आन्दोलनका पक्षधर शक्तिहरू हुन् । गणतन्त्रको स्थापना, धर्म निरपेक्षता र संविधानको निर्माणमा समेत उनीहरूको महत्वपूर्ण योगदान रहेको छ । त्यसकारण हाम्रो शुरुदेखि नै यो मत रहेको थियो कि जुन राजनीतिक शक्तिहरूले आपसमा एकता कायम गरेर संविधानको निर्माण गरे, संविधानको कार्यान्वयनको बेलामा पनि उनीहरूले मिलेर काम गर्नुपर्छ । तर त्यस्तो हुन सकेन । भारतले पहिले शुशिल कोइराला लाई प्रधानमन्त्रीको प्रलोभन दिएर फुटायो भनेपछि त्यही प्रकारले प्रचण्डलाई पनि फुटायो र त्यस्तै आन्दोलन र संविधानको निर्माणको क्र...
पारदर्शी, बिधि र बिधान अनुसार चुनाव हुनु पर्छ :- बिकास थापा
बिश्वको सबैभन्दा बिकसित ,प्रजातान्त्रिक र कानुनि देश अमेरिकामा एनआरएन अमेरिकाले पैसा तिरेर सदस्यता बन्दा सदस्यहरूलाई एउटा परिचय पत्र समेत उपलब्ध गराउँदैन । बिश्वलाई प्रजातन्त्रको सबक सिकाउने,एउटा कानुनि र शिक्षित देशमा बस्नेहरू खुलमखुला फर्जि मतदाता बनाएर एउटा कोठामा बसेर एकै ब्याक्तिले हालेको भोटले एनआरएन अमेरिकाको अध्यक्ष बन्छन् र अबिर जात्रा गर्छन् अनि हामिले जितेऊ भनि मख्ख पर्छन् ,खादा ओढ्छन् । यो गर्छौ ,त्यो गर्छौ भनिदियो गर्ने बेलामा शून्य । अर्का मध्ययुगिन महान पत्रकारहरू पहिल्यै सुनिश्चित बिजयको ढोलपिट्न तमतयार भएर बसेका हुन्छन् । सुनिश्चित बि... | 2017/09/23 16:30:54 | http://www.janapukar.com/opinion | mC4 |
भारतमा पाँचजना एकै परिवारका सदस्यलाई घरमै झुण्ड्याइयो - Jyotinews
भारतमा पाँचजना एकै परिवारका सदस्यलाई घरमै झुण्ड्याइयो
ज्योतिन्यूज २०७७ भदौ ८ गते १४:४०
मध्यप्रदेश, ८ भदौ ।
भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।
आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।
भारतीय प्रहरीका अनुसार यस घटनाको 'फोरेन्सिक साइन्स ल्याब'का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।
भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभएको छ । | 2021/10/19 03:04:24 | https://www.jyotinews.com/2020/08/3437.html | mC4 |
कस्तो थियो पूर्वराजा ज्ञानेन्द्रको डान्स ? हेर्नुहोस् भाईरल बनेको तस्वीर कस्तो थियो पूर्वराजा ज्ञानेन्द्रको डान्स ? हेर्नुहोस् भाईरल बनेको तस्वीर – Diyopost – ओझेलको खबर
बिहिबार, मंसिर २२, २०७९ | December 8, 2022
Dark Mode
×
Close
होमपेज
समाचार
दियो विशेष
अन्तर्राष्ट्रिय
अन्तर्वार्ता
अर्थ/व्यापार
खेलकुद
कला-मनोरंजन
दियोखोज
मिडिया
भर्खरै
युनिकोड
ट्रेण्डिङ :
निर्वाचन निर्वाचित नेपाली कांग्रेस प्रतिनिधि सभा प्रतिनिधि सभा निर्वाचन प्रतिनिधि सभा निर्वाचन २०७९ माओवादी केन्द्र विश्वकप फुटबल २०२२ सर्वोच्च अदालत
कस्तो थियो पूर्वराजा ज्ञानेन्द्रको डान्स ? हेर्नुहोस् भाईरल बनेको तस्वीर
Diyo post सोमबार, मंसिर १०, २०७५ | ७:३२:०६
काठमाडौं, मंसिर १० । नेपालमा आजभोलि पूर्व राजा र राजपरिवारको जुनसुकै गतिविधिमा पनि मानिसहरूको आकर्षण बढ्न थालेको पाइन्छ । पूर्व राजा र राजपरिवारको सामाजिक, धार्मिक, पारिवारिक भेटघाट, विदेश तथा स्वदेश भ्रमणका साथै उनीहरूबाट गरिने र हुने क्रियाकलापहरूले सामाजिक संजाल र संचार माध्यमहरूमा स्थान र चर्चा पाउन थालेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडांैको एउटा चर्चित रेस्टुरेण्टमा गरेको डान्स अहिले खुबै चर्चाको विषय बनेको छ । मंसिर ८ गते शुक्रबार साँझ पूर्वराजाले लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा डान्स गरेको भिडियोसहितको खबर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । समाचारका अनुसार, २०७५ मंसिर ८ गते शुक्रबार ज्वाइँ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तहरूसंग उत्साहकासाथ खुसहाल मुद्रामा नाचगानमा सहभागी भएका थिए ।
राजपरिवारको सो कार्यक्रममा पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज पारस शाह र राजपरिवारका सदस्यहरूको उपस्थिति रहेको थियो । पूर्वराजा सहभागी भएको पार्टीका फोटोहरू तिर्सरा रेष्टुरेण्टले आफ्नो फेसबुक पेजमा राखेपछि भाइरल बनेको हो । फोटोहरूमा पूर्वराजपरिवार सामान्य नागरिकसरह नाचगानमा सहभागी भएको देखिन्छ । रेष्टुरेण्टले फेसबुकमा पोस्ट गरेको राजपरिवारको फोटोहरूका सम्बन्धमा मानिसहरूले विभिन्न खालेका प्रतिक्रिया जनाएका छन् ।
केहीले पूर्वराजा र उनका परिवारले आम नागरिकको जीवनमा पूर्णरुपमा अभ्यस्त भइसकेको भनेका छन् । केहीले राजा, महारानी छँदा यसरी रमाइलो गर्न पदले नदिने तर अहिले उनीहरू विदा मनाउन निस्केका आम नागरिक जस्तो देखिएको प्रतिक्रिया दिएका छन् । साँघु साप्ताहिकबाट
प्रकाशित मिति : सोमबार, मंसिर १०, २०७५ | ७:३२:०६
Diyo post
दियोपोस्ट अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद । | 2022-12-08T06:36:38Z | https://www.diyopost.com/11/44561/ | OSCAR-2301 |
कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्ज्वल - Pokhara City
Home » कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्ज्वल
by Pokhara City April 20, 2022
कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्जवल रञ्जित निर्वाचित भएका छन् ।
पोखरामा बुधबार सम्पन्न निर्वाचनमा उज्जवल १४ मत प्राप्त गर्दै निर्वाचितभएका हुन् । उनका प्रतिष्पर्धी बिनोद गुरुङले ७ मत प्राप्त गरेका थिए । संघको निर्वाचनमा तिन जना उम्मेदवार थिए । पहिलो पटक भएको निर्वाचनमा कुल खसेको मतको ५१ प्रतिशत प्राप्त गर्न नसकेपछि दोश्रो चरणको निर्वाचन भएको थिए । पहिलो चरणमा नविन पुन ५ मत प्राप्त गर्दै मतदान प्रक्रियाबाट बाहिएिका थिए । पहिलो चरणमा बिनोदले ७ र उज्जवलले ९ मत प्राप्त गरेका थिए ।
दोश्रो पटक भएको निर्वाचनमा उज्जव रञ्जितले वाजी मारे । कुल २२ मतमा १ मत बदर भएको निर्वाचन अधिकृत केशवराज बरालले जानकारी दिएका छन् । अध्यक्ष पद बाहेक अन्य सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
यसै गरी तिन जना उपाध्यक्षमा जगत बहादुर थापा, नर प्रसाद गुरुङ र सुरेन गुरुङ निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा सुनिल गायक, राजेश त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ, टंकप्रसाद गुरुङ, शोभा बानियाँ ९महिला सदस्य० सर्वसम्मत भएको निर्वाचन अधिकृत बरालले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष रन्जितले कास्की जिल्लाको २२ वटै क्लबलाई मिलाएर नेपालकै उत्कृष्ट शाखा बनाउने बताएका छन । कार्यसमितिको बैठक बसि ३ उपाध्यक्ष थप गरिने उनले बताए । | 2022/05/17 18:36:56 | https://pokharacity.com/ujjwal-as-the-president-of-kaski-district-football-association/ | mC4 |
पत्रकार सम्मेलनमा बोल्दै पौडेलका छोरा शिविनजङ्ग पौडेलले आफूहरुले न्याय नपाउनु भनेको विडम्बना भएको बताए । कारागार भित्र २० वर्ष कैद सजाय भएका व्यक्तिलाई आममाफीका नाममा दिइएको उन्मुक्तिले आफूहरुलाई त्रास बढाएको उनको भनाइ थियो । | 2021-03-01T18:45:43Z | http://newskiran.com/archives/3740 | OSCAR-2109 |
१७ भाद्र २०७७, बुधबार १०:४७ - Himalayan Kangaroo
Day: १७ भाद्र २०७७, बुधबार १०:४७
नेपालमा बुधबार थपिए ११२० कोरोना संक्रमित, थप १२ जनाको मृत्यु
Posted by Himalayan Kangaroo | १७ भाद्र २०७७, बुधबार १०:४७ | नेपाल खबर |
नेपालमा बितेको २४ घण्टामा ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।...
अष्ट्रेलिया तीन दशक यता पहिलो पटक आर्थिक मन्दी झेल्दै, बेरोजगारी अझ बढ्ने
Posted by Himalayan Kangaroo | १७ भाद्र २०७७, बुधबार १०:२४ | अष्ट्रेलिया खबर, टप स्टोरी |
मेलबर्न। अष्ट्रेलिया तीन दशक यता पहिलो पटक आर्थिक मन्दीको स्थितिमा पुगेको छ। अष्ट्रेलियन तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा अष्ट्रेलियाको कुल ग्राहस्थ उत्पादन ( GDP ) ऐतिहासिक रुपमा ओरालो लागेको देखिएको हो। कुल ग्राहस्थ उत्पादन ( GDP ) वर्षका दुई चौमासिकमा निरन्तर ओरालो लागेमा आर्थिक मन्दी भन्ने बुझिन्छ। र, GDP चौमासिक अर्थात तीन महिना भित्र देशमा उत्पादित वस्तु र सेवाहरुको आधारमा मापन गरिन्छ। अष्ट्रेलियाको GDP दोस्रो चौमासिकमा ७ प्रतिशतले घटेको छ। अष्ट्रेलियाको GDP यति धेरै प्रतिशतले ओरालो लागेको यो ऐतिहासिक रेकर्ड हो। जसअनुसार, अष्ट्रेलिया २९ वर्ष देखि यता पहिलो पटक आर्थिक मन्दीको स्थितिमा पुगेको छ। कोरोना भाइरस संक्रमण तथा...
अष्ट्रेलियाको भिक्टोरियामा हालको लकडाउन ११ दिनको लागि थप
Posted by Himalayan Kangaroo | १७ भाद्र २०७७, बुधबार ०९:४५ | अष्ट्रेलिया खबर, टप स्टोरी |
मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि हाल भइरहेको लकडाउन ११ दिनको लागि थप गर्ने भएको छ। यसअघि अगस्ट २ मा भिक्टोरिया सरकारले राती कर्फ्यु सहित चौथो तहको लकडाउन लागु गरेको थियो। संकटको स्थिति सहितको कर्फ्यु तथा लकडाउन एकै पटकमा एक महिनाभन्दा बढी लागु गर्न पाइंदैन। त्यसैले गर्दा राज्य सरकारले यसअघि घोषणा भएको लकडाउनको अवधी बुधबार सकिएपछि थप ११ दिनको लकडाउन गर्ने घोषणा गरेको हो। जसअनुसार हालको चौथो तहको लकडाउन सेप्टेम्बर १३ सम्म रहनेछ। भिक्टोरियामा कोरोना संक्रमण फ़ैलिएपछि सरकारले चौथो तहको लकडाउन लागु गरेको थियो। पछिल्लो केही दिन यता नयाँ संक्रमितको दरमा कमी आएपछि भिक्टोरियावासीले छिट्टै लकडाउनबाट...
Posted by Himalayan Kangaroo | १७ भाद्र २०७७, बुधबार ०६:१३ | नेपाल खबर |
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजबाट शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, पानीको आशले मर्त्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ। यस अवसरमा शास्त्रीय रूपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूले बताएका...
कोरोनाविरुद्ध प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशा
Posted by Himalayan Kangaroo | १७ भाद्र २०७७, बुधबार ०४:३५ | नेपाल खबर |
कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनी प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर सुझाव दिन्छन् । उनका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र अन्य बिरामीले अनुमति दिएको खण्डमा प्लाज्मा थेरापीको प्रयोग त्यस्ता कोरोना भाइरसका सङ्क्रमितमा भइरहेको छ । हालसम्म यस थेरापीबाट ४५ जना निको भइसकेका छन् । अमेरिका लगायत विकसित देशमा पनि प्लाज्मा थेरापी कोरोना भाइरसविरुद्ध विकल्पको... | 2020/10/22 09:18:13 | http://tictacslackapp.com/date/2020/09/02 | mC4 |
प्रदेश, प्रतिनिधि सभा र समानुपातिक निर्वाचन सम्वन्धि जान्नै पर्ने कुराहरु-NepalKanoon.com
प्रदेश, प्रतिनिधि सभा र समानुपातिक निर्वाचन सम्वन्धि जान्नै पर्ने कुराहरु
काठमाण्डौ: प्रदेश तहको व्यवस्थापकिय, आर्थीक तथा कानूनी कार्य गर्न हरेक प्रदेशमा गठन हुने प्रदेश व्यवस्थापिका नै प्रदेश सभा हो । प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचीत हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली अपनाईन्छ ।
संघिय व्यवस्थापीकामा रहने दुई सदनमध्ये जनताको प्रत्यक्ष र समानुपातिक मतबाट निर्वाचीत हुने जनप्रतिनिधिहरुको सभानै प्रतिनिधि सभा हो । यहाँ निर्वाचीत हुन जम्मा जनप्रतिनिधि २७५ जना हुनेछन । यहाँ प्रत्यक्ष मत पाउने एक निर्वाचन क्षेत्र एक पदको आधारमा सवैभन्दा वढि मत प्राप्त गर्ने उमेद्धार निर्वाचीत हुने प्रणालीनै पहिलो हुने निर्वाचीत हुने निर्वाचन प्रणाली हो ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणाली भन्नाले सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने र दलले त्यसरी प्राप्त गरेको मतको अनुपातमा विजयी उम्मेदवार तय गरिने निर्वाचन प्रणालीलाई समानुपातिक निर्वाचन (Proportional Representation -PR) प्रणाली भनिएको छ । यस किसिमको निर्वाचन प्रणालीमा निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोग समक्ष प्रस्तुत गर्छन् । देशभरिबाट निर्वाचनमा राजनीतिक दलहरूले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा आयोगमा पेश गरिएको बन्दसूचीमा भएका उम्मेदवारहरूमध्येबाट निर्वाचित व्यक्तिहरू छानिन्छन् ।
प्रतिनिधि सभाको निर्वाचन क्षेत्रअनुसार जम्मा पहिलो हुने निर्वाचीत हुनेमा जम्मा १६५ जना र समानुपातिकमा ११० जना कुल २७५ जना सदस्यहरु रहेँनेछन । प्रदेशसभामा पहिलो हुने निर्वाचत हुनेमा ३३० र समानुपातिकतर्फबाट २२० गरि कुल ५५० जना सदस्य हुनेछन ।
काठमाण्डौ: उच्च अदालत पाटन वार एशोशिएसनको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वुद्धनगर स्थित क्वालीटी व्याङकोएटमा भएको कार्यक्रममा उच्च अदालत वारका पुर्व अध्यक्षहरु सँगै करिव २००...
संविधान दिवसको अवसरमा विद्यार्थीद्धारा अन्तरक्रिया कार्यक्रम
काठमाण्डौः अनेरास्ववियु क्रान्तिकारी नेपाल क्याम्पस कमिटीले संविधान दिवसको अवसरमा संविधान, संघीयता र समाजवाद विषयक एक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङ, पुर्व महान्याधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण कुमार...
काठमाण्डौ: संविधान दिवसको अवसर पारेर बुधबार माइतिघर मण्डलामा देशकै सवै भन्दा ठुलो राष्ट्रिय झन्डा स्थापना गरिएको छ । १५० पिट अग्लो स्तम्भमा ८ मिटर लामो झन्डा स्थापना गरिएको छ । उक्त भण्डा युवा संघ...
मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित
काठमाडौं: प्रतिनिधि र राष्ट्रियसभाबाट मौलिक हकसम्बन्धी १४ र अन्य २ गरी १६ जम्म वटा विधेयक पारित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित भएकम हुा... | 2018/12/12 21:53:33 | http://nepalkanoon.com/2017/12/44409/ | mC4 |
एनसेलको वेबसाईट र पिआरबिटी निशुल्क हेर्न सकिने ,शुक्रबार देखि लागु « Bizkhabar Online
एनसेलको वेबसाईट र पिआरबिटी निशुल्क हेर्न सकिने ,शुक्रबार देखि लागु
8 October, 2015 6:17 pm
मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागी कम्पनीको वेबसाईट तथा ई–केयर पोर्टल ब्राउजीङ्ग निःशुल्क बनाएको छ । यससेवा अन्तर्गत एनसेलका सबै ग्राहकहरुले एनसेलको मुख्य वेबसाईट www.ncell.com.np ,पिआरबिटी र ई–केयर सेवाका पोर्टलहरु बिना कुनै डेटा शुल्क हेर्न सक्नेछन् ।
यो सेवा असोज २२ गते शुक्रबार बाट देशै भर लागु हुनेछ । एनसेलले यस अघि ग्राहकहरुको अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलाई ध्यानमा राख्दै तथा ज्ञानमा पहुँच बढाउन ट्विटर र विकीपिडिया निःशुल्क उपलब्ध गराउदै आएको छ ।
आफ्ना ग्राहकले विभिन्न सेवा तथा यससँग सम्बन्धित जानकरी बिना शुल्क पाउन् भन्ने यो सेवाको उद्देश्य रहेको छ । सेवा प्रयोग गर्न ग्राहकले कुनै पनि किसिमको सर्भिस एक्टिभेट गर्नु पर्दैन ।
पिआरबिटी धुनको साईटमा गई पिआरबिटी एक्टिभेट गरेमा तथा www.ncellsansar.com.np बाट वालपेपर डाउनलोड गर्दा भने विद्यमान शुल्क लागु हुनेछ । साथै एनसेलका सबै निःशुल्क साईटबाट अन्य कुनै वाह्य लिङ्कमा जाँदा पनि विद्यमान डेटा शुल्क लागु हुनेछ । | 2020/11/25 14:17:26 | https://www.bizkhabar.com/news/9098.html | mC4 |
जोखिम रहित कुनै पनि व्यवसाय हुदैन,कमाउनलाई केहि जोखिम लिनै पर्छः लगानीकर्ता सानुबाबु पौडेल - Arthasansar
सोमबार, २४ जेठ २०७८, १३ : २६ मा प्रकाशित
बिगत ५ बर्षदेखि बिदेशमा बसेर नेपालको पुँजीबजारमा लगानीगर्दै आईरहेका लगानीकर्ता शानुबाबु पौडेलले जोखिम रहित कुनै पनि व्यवसाय नहुने भन्दै उनले अलि अध्ययन गरेर सेयरमा लगानी गर्नसकेमा नोक्सानी नहुने बताउछन् उनि ।
आँफुले अहिले आफ्नोे सबै आम्दानी सेयरमा लगानी गरिरहेको भन्दै सेयर बजारको आम्दानीबाट सन्तुष्ट रहेको बताउछन् उनि ।
अहिले आँफुले ४० प्रतिशत लगानी ट्रेडिङमा ६० प्रतिशत रकम दिर्घकालिन लगानी गरिरहेको बताउदै उनले आफ्नो समय व्यवस्थापन गरेर कम्पनीका बारेमा अध्ययन गरेर लगानी गरिरहेको बताउछन् उनि ।
कुनै पनि कम्पनीका लगानी गर्नु पुर्व आँफुले कम्पनीको प्रतिसेयर आम्दानी र कम्पनीको टेक्निकल र फन्डामेन्टल बिश्लेषण गरेर मात्र लगानी गर्ने गरेको बताउछन् उनि । राम्रो कम्पनीमा लगानी गर्नसकेमा कम्पनीको सेयर मूल्य घटेपनि कम्पनीले वितरण गर्ने प्रतिफलबाट नोक्सानी नहुने बताउछन् उनि ।
बजार कहिले काँहि घटेपनि एक दिन बजार बढ्ने विश्वासका साथ लगानी गर्न सकेमा र होल्ड गर्नसकेमा घाटा व्यहोर्ननपर्ने उनको तर्क छ ।
अहिले देशबाहिर बसेर लगानी गर्दा आँफुहरुले ब्रोकरहरुबाट असाध्यै समस्या व्यहोर्नुपरेको उनको गुनासो छ । सेयर बेचेको पैसा १ हप्ता सम्ममा पनि ब्रोकरहरुले रकम भुत्तानी नगर्ने भन्दै उनले ब्रोकरहरुले फोन म्यासेजको रेस्पोन्स नगर्ने बताउछन् उनि । | 2021/06/22 11:04:28 | https://arthasansar.com/news/29495 | mC4 |
समाचार - घोरिट स्थापनाको २० औं वार्षिकोत्सव मनाउन मनाउनुहोस् (२०/०6/२०२०)
घोरिट स्थापनाको २० औं वार्षिकोत्सव मनाउन मनाउनुहोस् (२०/०6/२०२०)
जुन २०th, २०२० २० होth घोरिटको स्थापनाको वार्षिकोत्सव।
धेरै पार्टनरहरूले कस्टमाइज गरी बधाई ब्यानर र बेलुनहरू घोरिटमा पठाए।
घोरिटले यस विशेष दिनलाई मनाउन र सम्झनको लागि प्रसिद्ध स्थानीय एएएएए दर्शनीय स्थल - यन्डांग माउन्टेनमा एक दिवसीय भ्रमण आयोजना गरे।
२००० मा, हाम्रा अध्यक्ष श्री हूले घोरिटलाई १० भन्दा कम कर्मचारी भएको सानो कारखानाको रूपमा स्थापित गरे, खास गरी ~ ~ .5०.k केभी भ्याकुम सर्किट ब्रेकरको लागि अपरेटि operating म्याकेनिज्म निर्माण गर्न र सीएनसी, डब्लूईसीएमई जस्ता स्थानीय ठूला समूहका कम्पनीहरूको ओईएम गर्ने काममा माहिर छन्। आदि
अब घोरिट एक मध्यम मापन कम्पनीमा विकसित भएको छ, २०० भन्दा बढी कर्मचारीहरू छन्, ट्रान्सफार्मर सबस्टेशन, स्विचगियर, इनडोर र आउटडोर भ्याकुम सर्किट ब्रेकर, इनडोर र आउटडोर लोड ब्रेक स्विच, पृथ्वी स्विच, विच्छेदन स्विच, भ्याकुम कन्टैक्टर, सहित विभिन्न उत्पादन श्रृंखला। वैक्यूम अवरोधक, आदि, वार्षिक बिक्री राशि 300००,०००,००० भन्दा अधिकको साथ RMB।
घोरिटले २०१० बाट उत्पादन निर्यात गर्न सुरु गरे, २०११ मा, वानजाउ घोरिट इम्प स्थापना गरियो & समाप्ति सह लिमिटेड घोरिट पहिलो अन्तर्राष्ट्रिय अर्डर रूसको लागि हो, मुख्य रूपमा इनडोर वैक्यूम सर्किट ब्रेकर VS1 श्रृंखला। अब एसिया (भियतनाम, म्यानमार, इन्डोनेसिया, दक्षिण कोरिया, टर्की, पाकिस्तान, काजाकिस्तान…), मध्य पूर्व, यूरोप (रसिया, युक्रेन, पोल्याण्ड, जर्मनी, फ्रान्सेली), अमेरिका (अमेरिका) सहित विश्वका धेरै देशहरूमा निर्यात गरिएको छ। , पेरू, चिली, ब्राजील…), ओशिनिया (अष्ट्रेलिया, न्यूजील्याण्ड), अफ्रीका (इजिप्ट, चाड, नाइजेरिया, तञ्जानिया…)
लागत बचत गर्न र ग्राहकहरुलाई राम्रो मूल्य प्रस्ताव गर्न २०१ 2014 मा घोरिटले स्थापना गरेको सहायक कम्पनी Yiguang Vacuun इलेक्ट्रिक कं, लिमिटेडले २०१ 2016 देखि घोरिट स्वयं प्रयोगको लागि भ्याकुम इन्टरप्रटर उत्पादन गर्न सुरु गर्यो, अब बजारमा बिक्री गर्न थाले, अब सरकारी ब्यबहार र घरेलु बजारमा केही ठूला कम्पनीहरूको लागि ठूलो प्रयोग गरिएको छ।
२०१ In मा, सीमित उत्पादन साइटका कारण, घोरिटले झेजियांग घोरिट इलेक्ट्रिक मैन्युफैक्चरिंग कम्पनी लिमिटेडको स्थापना गर्न अर्को स्थान छनौट गरे, मुख्यतया प्रिफेब्रिकेटेड ट्रान्सफार्मर सबस्टेशन, स्विचिंग स्टेशन र स्विचगिया 6 केभीदेखि .5०.K केभीसम्मको निर्माणमा माहिर छन्। | 2021/01/15 13:55:05 | http://ne.ghorit-elec.com/news/warmly-celebrate-the-20th-anniversary-of-the-establishment-of-ghorit-20062020/ | mC4 |
कञ्चनपुवार यात्रु लिएर काठमाडौंका लागि हिँडेको बसमा अचानक दनदनी आ गो बलेपछि – Etajakhabar
कञ्चनपुवार यात्रु लिएर काठमाडौंका लागि हिँडेको बसमा अचानक दनदनी आ गो बलेपछि
काठमाडौं, २६ भदौ । कञ्चनपुरवाट काठमाडौंको लागि छुटेको बसमा अचानक आ गो लागेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा आग लागी भएको हो । कञ्चनपुर बेलौरीबाट काठमाडौंका लागि हिँडेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा विहिवार बिहान ५ बजे तिर बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा अचानक आग लागी भएको हो। आगलागीका कारण बस भने पूर्ण रुपमा क्षति भएको छ । बसमा रहेका यात्रु शकुशल रहेको प्रहरीले जनाएको छ ।
उक्त बस पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति केही नभएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए । 'त्यहाँबाट आउँदै गरेको बस दाउन्ने पुगेर बिग्रिएको र यात्रुहरूलाई अर्को गाडीमा राखेर पठाएको थियो। पछि खाली गाडी बिग्रिएर बनाउन लग्ने क्रममा इन्जिन सर्ट भएर आग लागी भएको हो', डिएसपी थापाले भने।
यो पनि समाचार, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गरेका छन् । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गरेका हुन् । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको ऐतिहासिक महत्व तथा यहाँको विकासको अवस्था र प्रयासका विषयमा जानकारी गराए ।
प्रदेश नं ५ का प्रदेशसभा सदस्य बैजनाथ जयसवालले भगवान् गौतमबुद्धसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण स्थल भएर पनि रामग्राम र पण्डितपुर ओझेलमा परेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्री यादवसंग आग्रह गरे । रामग्राम स्तुपमा आवश्यक पूर्वाधार निर्माण र पण्डितपुरको उत्खनन, विकास र संरक्षणका लागि सरकारबाट आवश्यक पहल हुनुपर्ने उनको जोड थियो ।
यसैगरी रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले रामग्रामको संरक्षण र विकासका लागि रामग्राम विकास कोष गठनको माग गर्दै मन्त्री यादवलाई ध्यानाकर्षणपत्र बुझाए । सो अवसरमा स्थानीयवासीले पनि स्तुप क्षेत्रमा पर्यटकलाई लक्षित गरी स्वास्थ्यचौकी र शुद्ध पिउने पानीको व्यवस्था गरिदिन माग गरेको स्थानीयवासी उदयराज कोइरीले जानकारी दिए।
बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन नभई अस्थी सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम हो । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको श वलाई दा हसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।
मोतीको दानामय अस्थिधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत आठ राज्यका राजाले बाँडेर लिएका र विभिन्न स्थानमा अस्थिधातु राखी आठवटा स्तुप निर्माण गरिएको र त्यसमध्येको एक रामग्राम स्तुप पनि भएको विभिन्न दस्तावेजमा उल्लेख गरिएको छ । | 2020/02/27 04:58:10 | http://etajakhabar.com/290412/ | mC4 |
कट्रिनाको नक्कल गर्दा आलिया भइन् 'ट्रोल' | जनदिशा
कट्रिनाको नक्कल गर्दा आलिया भइन् 'ट्रोल'
Yogesh Khapangi August 2, 2020 No Comments Alia Bhattbollywoodkatrina kaifKatrina vs Alia
कुनै बेलाका बेस्टफ्रेन्ड कट्रिना केफ र आलिया भट्टका बिच अहिले ३६ को आँकडा छ ।
कट्रिना कैफको प्रेमी रणवीर कपुर आलियाले खोसेपछि उनिहरु बिचको दूरी बढेको हो । उनिहरुसँग उनिहरुको फ्यानहरुको घोचपेच पनि जारी छ । हालै कट्रिनाको जस्तै टि–शर्ट लगाएपछि ट्रोलको सिकार भएकी छन् आलिया । अंग्रेजीमा 'यु गो गर्ल' लेखिएको टि–शर्ट लगाएर यस अघि कट्रिनाले इन्स्टाग्राममा फोटो पोस्ट गरेकी थिइन् । तर उस्तै टि–शर्ट लगाएर देखिपछि आलियालाई 'पहिला ब्वाइफ्रेन्ड कपी गरिन्, अहिले टि–शर्ट' भनेर मजाक उडाइएको छ ।
यो तस्बिरलाई भाइरल गर्ने मध्येका एक युजर्सले लेखेका छन् –'उनि (आलिया) कट्रिनाको सबैभन्दा ठूलो फ्यान हुन् । रिलेशनशिप देखि कपडा सम्मका लागि कट्रिनाको फलो गर्छिन् ।' यसैमा अर्काले लेखेका छन् –'पहिला ब्वाइफ्रेन्ड कपी गरिन्, अहिले टि–शर्ट' । अर्काले चाँही उनले लगाएको फाटेको जिन्सको मजाक उडाउँदै लेखेका छन् –'यो भन्दा बढी फाटेको जिन्स पाइएन कि के हो ?'
त्यसो त आलिया सोशल मिडियामा पटक–पटक ठट्टाको विषय बनिरहन्छिन् ।
Previous Previous post: बढ्यो कोरोना जोखिम : बृद्ध र बालबालिकालाई घरमै बस्न स्वास्थ्य मन्त्रालयको आग्रह | 2021/01/22 15:55:57 | https://www.jandisha.com/2020/08/02/48404/ | mC4 |
रविविरूद्धको मुद्दा कसरी अघि बढ्ला? कानुन व्यवसायी यसो भन्छन् - Deshko News Deshko News रविविरूद्धको मुद्दा कसरी अघि बढ्ला? कानुन व्यवसायी यसो भन्छन् - Deshko News
चितवन : अधिवक्ता गोपिलाल देवकोटाले न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका छन्। आइतबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै देवकोटाले अनुसन्धानका पाटाहरू अझै धेरै रहेकाले रवि तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका हुन्। उनले रविमाथि फेरि म्याद थप हुनसक्ने उल्लेख गरेका छन्।
रविसहित पत्रकार युवराज कँडेल र नर अस्मिता भनिने रुकु कार्की अहिले न्यायिक हिरासतमा छन्। उनीहरूमाथि ५ दिनको म्याद लिएर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। चितवन जिल्ला अदालतबाट थप गरिएको म्याद मंगलबार सकिँदैछ। रविको समर्थनमा भइरहेको प्रदर्शनले अनुसन्धानमा कठिनाई हुने देवकोटाको भनाइ छ। अनुसन्धानका घेरामा रहेका व्यक्तिलाई तत्काल रिहा गर भन्नू न्यायसंगत नभएको उनको तर्क छ।
उनले उक्त घटनालाई स्वतन्त्ररूपमा अनुसन्धान गर्ने वातावरण बनाएर सत्यतथ्य बाहिर ल्यान मद्दत गर्नुपर्ने बताए। उनले मृत्युपूर्व रेकर्ड गराएको भिडियोमा रविसहित तीनजनाको नाम लिएका थिए। त्यही आधारमा प्रहरीले बिहीबार साँझ रविसहित तीनैजनालाई पक्राउ गरेको थियो। यसैबीच पत्रकार पुडासैनीको परिवारले रविसहित तीनैजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ।
पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। सम्झना आफैंले सञ्चारकर्मी रविसहित अन्य आरोपी युवराज र अस्मिताविरुद्ध किटानी दिएकी हुन्। जाहेरी काठमाडौंमार्फत चितवन आउने मल्लले बताए। | 2020/06/04 07:24:23 | https://www.deshkonews.com/archives/89819 | mC4 |
बार्दली फाउण्डेशनद्वारा प्रत्यक्ष सांगीतमा गायन देवकोटा संगीत समागम – Sadarline
पालिकास्तरिय महिला भलिवलको तयारी सकियो
लागुऔषध दुर्व्यसन निस्तेज महाअभियान बाँकेमा शुरु
गुडिरहेको बसमाथि ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु
बाँकेका तीन पूर्व गाविस खुला दिसामुक्त घोषणाको तयारीमा
११ मंसिर २०७३, शनिबार १३:३०
११ मंसिर, नेपालगन्ज : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औ जन्मजयन्तीको अवसरमा देवकोटाद्वारा रचित कविता र गीतहरुको बाद्यवादनसहितको 'प्रत्यक्ष सांगीतमा गायन देवकोटा संगीत समागम' कार्यक्रमको शनिबार नेपालगन्जमा भव्य प्रस्तुती गरिएको छ ।
पूर्व प्राज्ञ तथा साहित्यकार सनत रेग्मी र समाजसेवी नर्बदा शर्माले देवकोटाको फोटोमा दीप प्रजवलन गरि उद्घाटन गरेको कार्यक्रमको आयोजना बार्दली फाउण्डेसनले गरेको थियो । बार्दलीको आयोजनामा यो दोश्रो साहित्यीक श्रृंखला हो । साहित्यकार ऋचा लुइटेलले स्वागत गर्दै देवकोटाको जीवनी र उनको योगदानको विषयमा डकुमेन्ट्री प्रस्तुत गरि शुरु भएको थियो ।
कुन मन्दिरमा जान्छौ यात्री…, झिम्क न झिम्क चमचम तारा…, मान्छे खोजे घरघर मैले…, आज गाउँ गाउँ लाग्यो…, सियोको टुप्पोले मुटु बिझ्यो… लगायतका दर्जन बढी गीत गायक दिपक सल्मानी, प्रतिज्ञा भुसाल, महेन्द्र सेढाई, प्रभात सुवेदी, साबित्री अधिकारी, कविता क्षेत्री, प्रेक्षा रिमालले प्रस्तुत गरेका थिए । बार्दलीका अध्यक्ष भोजराज शर्माको प्रस्तुतीकरणमा संचालन भएको कार्यक्रमको बाद्यवादनमा मुख्य संगितकार र एरेन्जर पूर्ण थापाले किबोर्डमा, तबला र ढोलकमा भरत थापा, हारमोनियममा दिपक सल्मानी, गिटारमा शास्वत मल्लले साथ दिएका थिए ।
बार्दली फाउण्डेसनले देवकोटाको १ सय ८ औ जन्म जयन्तीको कार्तिक २७ गते उद्घाटन गरेको थियो । उद्घाटन पश्चात पाक्षिक रुपमा विद्याल्यहरुमा देवकोटाको जीवनी र योगदानका साथै उनी प्रति समर्पित कविताहरुको प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा प्रथम धम्बोझी उमाविका दिपक न्यौपाने, द्धृतिय विश्व प्रकाश कोइराला, तृतिय यम गिरी र सान्तवना सिंह राज रोकाया र पुजा चन्द हुनु भयो । प्रतियोगिताका विजयीहरुलाई युनाइटेड नेपाल पब्लिकेसनका क्षेत्रीय निर्देशक मुकुट ढकालले पुरस्कार वितरण गरे ।
पश्चिम नेपाल नेपाली साहित्य, संस्कृती, कला र संगीतलाई धरोहरको रुपमा आत्मासाथ गर्दै यीनको संरक्षण र संबद्र्धनको प्रयासका लागि बार्दली फाउण्डेसन अग्रसर भएको छ । जस अन्तर्गत पहिलो बार्दली श्रृंखलामा मदन पुरस्कार विजेता अमर न्यौपानेलाई प्रस्तुत गरेको थियो ।
जब पत्रिकामा आफैलाई श्रद्धाञ्जली दिएको देखिन्छ...
विहानको समय, पत्रिका हेर्छु 'मनमनै सोच्छु, सधैं यस्तै न्यूज आउ, आन्दोलन, पक्राउ, चोरी, डकैती । राम्रो समाचारको त दिनै नहुने भयो । पत्रिका पल्टाउदै जाँदा एउटा पेजमा मेरा आँखाहरु टक्क अडिन्छन् । कस्तो मेरो जस्तै तस्बिर १ ठ्याक्कै अनुहार त मसंगै मिल्ने रहेछ १ नियालेर हेर्छु, मै पो रहेछु त […] | 2022/05/18 07:24:43 | https://sadarline.com/2016/11/7675 | mC4 |
अमेरिकाबाट ४ बुद्ध मूर्ति फिर्ता- समाचार - कान्तिपुर समाचार
काठमाडौं — विभिन्न समयमा अमेरिकामा पुर्याइएका ४ बुद्ध मूर्ति फिर्ता ल्याइएको छ । अमेरिकाको एक निजी संग्रहालयमा राखिएका १५ औं शताब्दीको मारविजय बुद्ध, १५ औं शताब्दीको स्थानक अमोघपास लोकेश्वर, १६ औं शताब्दीको स्थानक ओघपास लोकेश्वर र १७ औं शताब्दीको मञ्जुश्री मूर्ति छन् ।
चारै मूर्ति पुरातत्त्व विभागले आइतबार राष्ट्रिय संग्रहालय छाउनी पठाइएको छ । विभागका अनुसार मूर्ति संकलकको व्यक्तिगत इच्छापत्रअनुसार नेपालमा मूर्ति आएको यो पहिलो घटना हो । विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार अमेरिकी नागरिक लेरोय एलेन इह्रेइनचेइचको संग्रहालयमा राखिएका यी मूर्ति आफ्नो मृत्युपछि नेपाल फर्काइदिन आफ्ना वकिललाई इच्छापत्र दिएका थिए । उनको इच्छाअनुसार जोन मेजले विभागलाई पत्र लेखेका थिए । 'त्यो पत्रलाई विभागले सहर्ष स्वीकार गर्यो,' विभागका महानिर्देशक दाहालले भने, 'कुरियरमार्फत मूर्ति आइपुग्यो । अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयले कुरियरमा लाग्ने महसुल छुट गरिएको छ ।'
यी मूर्ति कसरी अमेरिका पुगे भन्ने जानकारी कहींकतै नभएको दाहालले जानकारी दिए । 'चोरी भएर गएका पनि हुन सक्छन्,' उनले भने, 'कसैले उपहार दिएको पनि हुन सक्छ । कसरी त्यहाँ पुगे भन्ने अनुसन्धान भइरहेको छ ।' फिर्ता आएका मूर्तिका मूल्य लाखौं रुपैयाँको रहेको दाहालले जानकारी दिए । 'मूर्तिबारे सरकारवादी वा फौजदारी मुद्दा परे त्यसको मूल्यांकन गरिन्छ । मूल्य पत्ता लगाइन्छ,' दाहालले भने, 'मूर्ति फिर्ता आएकाले यसलाई मूल्यांकन गर्नुपरेन । यी मूर्तिको कम्तीमा १५ लाख रुपैयाँ पर्छ । मूर्तिको कलाकृति, त्यसको पुरातात्त्विक आधारमा मूल्यांकन गर्ने गरिन्छ ।' मूर्तिमा काँस र ढलौटको मिश्रण गरी सुनको जलप लगाइएको छ ।
विभागले विश्वका विभिन्न ठाउँका संग्रहालयमा रहेका मूर्ति फिर्ता ल्याएको जनाउ दिएको छ । महानिर्देशक दाहालका अनुसार बेलायतबाट १६, अमेरिकाबाट ४ र अस्ट्रियाबाट २ मूर्ति आएका छन् । फ्रान्सबाट पनि उमा र महेश्वरको २ मूर्ति अर्काे वर्ष ल्याउने तयारी भइरहेको छ । डोल्पाबाट हराएका मूर्ति पनि केही समयअघि ल्याइएको थियो ।
हराएका कतिपय मूर्ति खोज्न इन्टरपोलमार्फत पनि प्रक्रिया अघि बढाएको दाहालले जानकारी दिए । सन् १९७० को दशकमा नेपाल युनेस्कोको सदस्य भएपछि 'इलिसिट ट्राफिकिङ' महासन्धिमा हस्ताक्षर भएको छ । सन्धिमा हस्ताक्षर गर्ने देशले अवैध रूपमा ओसारपसार भएका आफ्ना हस्तकला इन्टरपोलमार्फत खोज्न पाउँछ । आफ्नो हो भन्ने प्रमाणित भए फिर्ता पनि पाउँछ । प्रसिद्ध कलाकार लैनसिंह वाङदेलले आफ्नो पुस्तक 'द स्टोलन इमेजेज अफ नेपाल' पुस्तक लेखेपछि बाहिरी विश्वमा नेपालको मूर्तिकलाको पहिचान हुन थालेको हो ।
प्रकाशित : असार ५, २०७४ ०७:४९
काठमाडौं — प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल परिस्थितिको फाइदा उठाउँदै केही विखण्डनकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्व सक्रिय रहेको बताएका छन् ।
यस्तो अवस्थाको समाधान राजनीतिक तहबाट नै हुनुपर्ने बताउँदै उनले भने, 'संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापि पछि हट्ने छैन ।' यस्ता तत्त्वमाथि नेपाली सेनाले समेत आफ्नो नजर राखेको पनि प्रधानसेनापतिले बताएका छन् । पूर्वप्रधानसेनापति, बहालवाला एवं अवकाश प्राप्त रथीवृन्दसमक्ष जंगी अड्डा भद्रकालीमा आयोजित अन्तरक्रियामा प्रधानसेनापति क्षत्रीले नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधि नेपाली सेनाका लागि कदापि स्वीकार्य नहुने बताए । नेपाली सेनासम्बन्धी विभिन्न गतिविधि तथा राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयमा नियमित रूपमा सेनाका बहालवाला तथा निवर्तमान वरिष्ठ रथीवृन्दबीच यस्तो भेटघाट तथा अन्तरक्रिया हुने गरेको छ । नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासका लागि हाल भइरहेका गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाको सांगठनिक संरचनालाई व्यावहारिक तथा थप प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित संशोधित पुन:ढाँचा सरकारबाट स्वीकृत भई लागू भइसकेको जानकारी क्षत्रीले गराएका थिए । नेपाली सेनालाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको पनि उनले बताएको निर्देशनालयले जनाएको छ । अन्तरक्रियामा वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाबाट भइरहेका गतिविधि, सेनाको वर्तमान संगठन संरचना तथा कल्याणकारी गतिविधिबारे छलफल भएको थियो । उपस्थित अधिकांशले पछिल्लो सुरक्षा अवस्थाबारेमा धारणा राखेका थिए । | 2018/03/17 10:19:53 | https://www.kantipurdaily.com/news/2017/06/19/20170619074824.html | mC4 |
सरकारलाई विस्थापित गर्ने कल्पना नगर्न काँग्रेसलाई प्रम ओलीको चेतावनी | ईमाउण्टेन समाचार
सरकारलाई विस्थापित गर्ने कल्पना नगर्न काँग्रेसलाई प्रम ओलीको चेतावनी
साउन ८, २०७५ पढ्न ५ मिनेट
काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विस्थापित गर्ने कल्पनासमेत नगर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जनताले पाँच वर्ष काम गर्न दिएको आदेश अनुसार सरकार चल्ने भएकाले 'सरकारलाई अल्झाउने, काम गर्न दिन्न भन्ने सोचहरु' बेकार हुने बताए ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कार्यालय, धुम्बाराहीमा पार्टी निकट पत्रकारहरुसँगको सामूहिक भेटमा उनले नेपालमा रेल आउने भन्दा पीर गर्नु पर्नाको कारण स्पष्ट पार्न पनि काँग्रेसलाई सचेत गराए ।
प्रधानमन्त्री ओलीले नेपालमा रेल आउने र त्यसका लागि पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि लिग बिछयाउने काम सुरु गरिएको बताए । उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा एकतावद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।
एउटा पनि अलोकतान्त्रिक गतिविधि हुन नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ । उनले सरकार विधिसम्मत ढंगले चल्ने र कुनै पनि खालको गैरकानूनी काम गर्न नदिन दृढ रहेको बताए । 'मिचमाच, थिचथाच, पेलपाल' गर्ने पक्षमा सरकार नरहेको प्रधानमन्त्री ओलीको स्पष्टिकरण छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिदै सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको बताए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको अनुपयुक्त अभिव्यक्तिप्रति आफ्नो पर्याप्त ध्यान गएको र प्रधानमन्त्रीको हैसियतले त्यसलाई उपयुक्त ढंगले हल गर्न आफू तयार रहेको बताए ।
उनले कानुनमन्त्री शेरबहादुर तामाङका विवादित अभिव्यक्तिप्रति संकेत गर्दै मन्त्रीहरुका अनुपयुक्त बोलाईहरुबाट देखिएको समस्या हल गर्न पनि उपयुक्त विधि अपनाईने बताए ।
प्रधानमन्त्री ओलीले वार्तामार्फत् समस्या समाधान गर्न वरिष्ठ चिकित्सक गोविन्द केसीलाई पुनः आग्रह गरे । उनले चिकित्सकहरुले उपचार छोडेर आन्दोलनमा गएकोमा आक्रोश व्यक्त गरे । | 2021/12/06 17:10:02 | https://emountaintv.com/ne/45317/ | mC4 |
कर्णालीमा २६ किलो अफिमसहित पाँच जना पक्राउ | Samajik Khabar
Home अन्य कर्णालीमा २६ किलो अफिमसहित पाँच जना पक्राउ
कर्णालीमा २६ किलो अफिमसहित पाँच जना पक्राउ
कर्णाली : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीको नेतृत्वमा २६ किलो लागु औषध अफिमसहित पाँच जनालाई पक्राउ गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयबाट गएको विशेष टोली, औषध ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट खटिएको संयुक्त टोलीले शनिबार बेलुका ७ः०० बजेको समयमा नलगाड नगरपालिका–९ जाजरकोट निवासी ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई १६ किलो अफिमसहित पक्राउ गरिएको हो ।
बरामद लागु औषध अफिमसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा आवश्यक कारवाहीका लागि बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
त्यसैगरी, शनिबारकै दिन दिउसो १ः१५ बजेको समयमा कर्णाली प्रदेश प्रहरीको विशेष टोली, औषध ब्यूरो सुर्खेत र ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको संयुक्त टोलीले नलगाड नगरपालिका–२ छेप्का जाजरकोटस्थित सडकमा हिडिरहेको समयमा सोही वडाको चावले चौर निवासी ४२ वर्षीय मानबहादुर विष्ट, तातोपानी गाउँपालिका–५ जुम्ला निवासी हरिचन्द्र डाँगीलाई १० किलो लागु औषध अफिमसहित पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले बताए ।
उनका अनुसार उनीहरु दुवै जनाबाट रु। ५१ हजार ९६० नगद र दुई थान मोबाइल बरामद गरिएको र आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाइएको छ । | 2021/03/05 03:37:21 | https://samajikkhabar.com/blog/more/7163/ | mC4 |
अपडेट : बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण पुष्टिभेटिएका ९ पहिले संक्रमितकै सम्पर्कमा रहेका व्यक्ति भएको पुष्टि - आयो खबर
२०७७ बैशाख २१ प्रकाशित १७:२९
काठमाडौं । नेपालगञ्जमा यसअघि संक्रमण भेटिएको व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
आइतबार थप ९ जनामा संक्रमणको पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरको वडा नम्बर ८ क्षेत्र सिल गर्ने तयारी गरिएको छ । संक्रमण पुष्टि भएका थप ९ जनालाई अहिले भेरी अस्पताल नेपालगञ्जमा लगिँदैछ । उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि खोजी भइरहेको र नमुना संकलन तथा क्वारेन्टाइनमा राख्ने | 2020/09/29 03:43:55 | https://aayokhabar.com/2020/05/%E0%A4%85%E0%A4%AA%E0%A4%A1%E0%A5%87%E0%A4%9F-%E0%A4%AC%E0%A4%BE%E0%A4%81%E0%A4%95%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%97%E0%A4%9E%E0%A5%8D%E0%A4%9C/ | mC4 |
चर्चित हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोनामुक्त भएका छन् । गएको असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार पुनः कोरोना परीक्षण गराएका थिए । दोस्रो पटक गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । | 2021-03-09T00:21:58Z | https://wowsansar.com/archives/5086 | OSCAR-2109 |
रासस , २१ कार्तिक २०७६, बिहीबार, ०३:१६ pm
डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् ।
खप्तड क्षेत्रमा आउने पर्यटकले खाने र बस्ने समस्या भएको गुनासो आएपछि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले एक सय २५ बेडका दुई वटा आवास गृह निर्माण गर्ने भएको निकुञ्जका सहायक वार्डेन प्रकाश शाहले बताएका छन् ।
उनले भने, "पर्यटकलाई बास बस्न समस्या भयो भन्ने गुनासो आएपछि हामीले पर्यटन वर्ष २०२० लाई लक्षित गरी दुई वटा सुविधा सम्पन्न आवास गृह बनाउने तयारी गरेका छौँ, चाँडै नै आवास गृह बन्नेछन् ।" खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार खप्तड क्षेत्रमा १०० बेडको आवास गृह बन्नेछ भने खप्तड क्षेत्र जाने बिचपानीमा २५ बेडको आवास गृह बनाउने गरी कार्य प्रारम्भ भएको छ ।
आवासका लागि निकुञ्जले लागत तयार गरेर स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजस्तु संरक्षण विभागमा पठाइसकेको बताइएको छ । दुईवटै आवासगृहको कूल लागत रु पाँच करोड रहेको छ । चालू आर्थिक वर्षमै भवन निर्माण कार्य सम्पन्न हुने गरी तयारी गरिएको निकुञ्जका सहायक वार्डेन शाहले बताए ।
आवासगृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको राष्ट्रिय निकुञ्ज कार्यालयका इञ्जिनीयर सचिन न्यौपानेले बताएका छन् ।
उनले कात्तिक महिनाभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । पछिल्लो समयमा खप्तड क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा एकाएक वृद्धि भएपछि पर्यटकलाई सुविधा पु¥याउने उद्देश्यले उक्त दुई वटा भवन निर्माण गरिन लागेकोे हो ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा करीब ४०० नेपाली र नौ जना विदेशी पर्यटक खप्तड क्षेत्रको भ्रमणमा आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । | 2020/04/07 18:57:11 | https://www.corporatenepal.com/2019/11/148674/ | mC4 |
सिङगिङ र डान्स प्रतिभाको खोजीमा सनसाईन प्रोडक्सन, दंशै पछि प्रशारणमा हुदै काठमाडौं । - Glamorous Icon
९ आश्विन २०७४, सोमबार ०९:१५
Home›GIcon News›सिङगिङ र डान्स प्रतिभाको खोजीमा सनसाईन प्रोडक्सन, दंशै पछि प्रशारणमा हुदै काठमाडौं ।
पहिलो पटक नेपालमा नेपाल आईडल रियालिटी सो को आयोजना भयो तर केहि समय अघि देखिनै केहि प्रोडक्सन हाउसले भने लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन भन्दै विभिन्न रियालिटी सो हुदै आईरहेको छ । यस विचमा सिङगिङ स्टार र डान्स स्टारको खोजीमा सनसाईन प्रोडक्सन हाउस लागेका छन् । स्थानिय तहमा लुकेर बसेका प्रतिभाको खोजीमा सनसाईन हाउसले सिङगिङ स्टारको रुपमा लैवरी लै र डान्स स्टारको खोजीमा योङ स्टार डान्स कम्पिटिसन (वाईएसडी) अव दंशै लगत्तै तिहार अघि प्रशारणको तयारीमा जुटेका छन् । बालबालिकालाई लक्षित गरिएको लैवरी लै र 'योङ स्टार डान्स कम्पिटिसन (वाईएसडी) को अडिसन राउण्ड सम्पन्न गरिसकेको सनसाईन प्रोडक्सनकी निर्देशक प्रमिला तामाङले बताईन् ।
देशका विभिन्न स्थान धादिङ, हेटौडा, काभ्रे, उदयपुरको बेल्टार, गाईघाट र नुवाकोटमा पुगेर अडिसन राउण्ड सम्पन्न भईसकेको छ । उपत्यकाको ललितपुर भक्तपुर र काठमाडौमा समेत अडिसन लिईसकिएको छ । अव प्रशारणको अन्तिम चरणमा पुगेको निर्देशक प्रमिला तामाङले जानकारी दिईन् । सनसाइन प्रोडक्सनको यो रियाली टि सोमा सातदेखि १२ वर्षका विद्यार्थीलाई जुनियर र १३ देखि २० वर्षका किशोरकिशोरीलाई सिनियरतर्पm सहभागी गराइएको छ । राजधानीमा मात्र चार सय भन्दा बढि स्कुलका विद्यार्थीहरुले अडिसन राउण्डमा सहभागी भएको जनाएको छ । लैवरी लै सिङगिङ सोको निर्णायकहरुमा तेजवती जोशी, नारायण लामा र गोपाल तामाङ रहेका छन् । त्यस्तै योङ स्टार डान्स कम्पीटिसनका निर्णायकहरुमा कृष्ण विराज, विजय घिसिङ रहेका छन् । बालबालिकामा रहेका गायन र नृत्य प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यो रियालिटी सो गर्दै आएको सनसाइनकी निर्देशक प्रमिला तामाङको भनाई छ । सिङ्गिङ् र डान्स सोको प्रशारण राष्ट्रिय टेलिभिजनबाट गरिने तयारी गरिरहेको जनाइएको छ | 2022/01/18 09:42:09 | https://glamorousicon.com/2017/09/25/%E0%A4%B8%E0%A4%BF%E0%A4%99%E0%A4%97%E0%A4%BF%E0%A4%99-%E0%A4%B0-%E0%A4%A1%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%B8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AD%E0%A4%BE%E0%A4%95%E0%A5%8B/ | mC4 |
रूकुमको सिस्नेमा ४६ किलोवाटको विद्युत उत्पादन हुँदै
रासस बुधबार, असार ३१, २०७७, ०३:४८
सिस्ने- विद्युत्को पहुँच नभएको रुकुम–पूर्वको सिस्ने गाउँपालिका- १ मा पहिलोपटक विद्युत् उत्पादन हुने भएको छ।
सिस्ने–१ स्थित पाखा ओराली खोला लघुजल विद्युत् आयोजनाबाट ४६ किलोवाट क्षमताको विद्युत् उत्पादन हुन लागेको हो।
सिस्नेको ८ वडामध्ये हालको सिस्ने गाउँपालिका- १ सिस्ने एवं साविकको सिस्ने गाविसमा विद्युत्, सञ्चार र यातायातको सुविधा अहिलेसम्म पुगेको छैन। यस वडामा ४४१ घरधुरी छन्। उनीहरु सोलार, टर्च लाइट र दियोको भरमा बसिरहेका छन्।
आर्थिक वर्ष २०७५/७६ मा वडाको ३० लाख र गाउँपालिकाको १० लाख गरी ४० लाख बजेटले विद्युत् उत्पादनको काम शुरु गरिएको वडाध्यक्ष मानबहादुर बुढाले बताए। ४० लाख रूपैयाँ बजेटले ११ हजार २०० मिटर तार खरिद, १ हजार २०० मिटरमा नहर निर्माण, विद्युत् पावर हाउसको जग निर्माण, ५७ फलामका पोल खरिद र खरिद गरिएको सामान ढुवानी गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए।
प्युठानको माडीखोलामा खसेका दुई बालक बेपत्ता
उपत्यकामा काेराेनाकाे जोखिम बढे पनि भीडभाड उस्तै
महोत्तरीका सडकमा खाल्डाखुल्डीले दुर्घटनाकाे जोखिम महोत्तरीका मुख्य सबैजसो सडकको अवस्था बिग्रेको छ। यसपालि मध्य असारसँगै सुरु भएको वर्षा साउन मध्यसम्मै रहँदा त्यससँगैको बाढीले गर्दा ज... शनिबार, साउन २४, २०७७
भारतीय दूतावासको सहयोगमा सञ्चालन हुने कार्यक्रमको म्याद २०२३ सम्म थपियो सरकारले भारतीय सहयोगमा सञ्चालन हुने साना आयोजनाको म्याद २०२३ अगस्ट ५ सम्म थप गर्ने निर्णय गरेको छ। भारतीय दूतावासको सहयोगमा सञ्चालन... बिहीबार, साउन २२, २०७७
रेल विभागका ३२ अर्बका ठेक्का यथास्थितिमा राख्न उच्च अदालतको अन्तरिम आदेश रेल विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्काको बोलपत्र यथावत राख्न उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ... सोमबार, साउन १९, २०७७ | 2020/08/08 20:21:12 | https://nepallive.com/story/221755 | mC4 |
थाहा खबर: पोखरियामा कृषि महाविद्यालय निर्माण गर्छौं : नगर प्रमुख रौनियार
पोखरियामा कृषि महाविद्यालय निर्माण गर्छौं : नगर प्रमुख रौनियार
पर्सा जिल्लाको दोस्रो सदरमुकामका रूपमा जिल्लामा चिनिएको पोखरिया नगरपालिका भारतीय सीमा क्षेत्रभन्दा खासै टाढा छैन। भारतसँग सीमा जोडिएको जिल्लाको मध्यभागमा पर्ने यो नगरपालिका कान्छो नगरपालिकाहरूमध्ये पर्छ। कुल ३९ हजार जनसंख्या रहेको यो नगरपालिका साविकका पोखरिया, वसन्तपुर, श्रीसिया, गोविन्दपुर, शिववर्वा र वैरियाविर्ता गाविस मिलेर बनेको छ। अधिकांश ग्रामीण भूगोल समेटिएको यो नगरपालिका कृषियोग्य जमिन भएका स्थानीय तहहरूमध्येमै पर्छ। पूर्वमा पर्साकै विन्दवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिका, उत्तरमा जगरनाथपुर गाउँपालिका र दक्षिणमा पकाहा मैनपुर र धोविनी गाउँपालिका यो नगरपालिकाका चौघेराका पालिकाहरू हुन्।
मुलुकको नयाँ संरचना निर्माण हुँदा कान्छो नगरपालिका बनेजस्तै यो नगरपालिकाको पहिलो नेतृत्व पनि दुई/दुई जना पूर्वसभसद्लाई पछि पार्दै २७ वर्षे ठिटोले कब्जा गरे। अविवाहितसमेत रहेका युवा, जसले अरू प्रत्यासीसँगै नेपाली कांग्रेस र एमालेबाट पूर्वसभासद् भइसकेका रामेश्वर रौनियार र प्रद्युमन चौहानलाई पनि पर्न सफल भए। निर्वाचनमा जनताले आफूहरूलाई कसले बढी साथ दिने भन्ने लाग्छ उसैलाई नेतृत्वमा पुर्याउने कुरा पोखरिया नगरपालिाकाका नगर प्रमुख दीपनारायण रौनियार (मन्टु)को हकमा पनि सावित भयो।
निर्वाचनपूर्व हरेक समय सर्वसाधारण जनताको साथमा रहन्छ भन्ने कुरा उनको जीतको एउटै आधार बनेको थियो। नगरपालिका कान्छो, नेतृत्वकर्ता कान्छो भएजस्तै उनको पार्टी नेपाल संघीय समाजवादी पार्टी पनि मुलुकभर फैलिई नसकेको कान्छै पार्टी भन्दा खासै फरक पर्दैन। नगरपालिका हाँक्ने नेतृत्वमा पुग्ने उनको पार्टीबाट रौनियार उदाहरणीय व्यक्ति पनि बनेका हुन्। निर्वाचनपूर्व अरूलेभन्दा जनताको काम गर्छ भन्ने विश्वास कमाएका पोखरिया नगरपालिाकाका नगर प्रमुख रौनियारको एक वर्षे अनुभव, नगरको समृद्धिका लागि नयाँ योजना जस्ता विषयलाई समेटेर थाहाखबरकर्मी तुलसी भण्डारीले उनीसँग गरेको कुराकानी प्रस्तुत छ।
ठूला पार्टीका दुई पूर्वसांसदलाई पछि पार्दै नगरपालिकाको नेतृत्वमा पुग्नुभयो। एक वर्षको अनुभव कस्तो रह्यो?
निर्वाचन जित्दा जति सहज महसुस गरिएको थियो, नयाँ संरचना निर्माणपछिको नेतृत्व संहाल्दा काम गर्ने क्रममा त्यति सहज त पक्कै भएको छैन। संघ र प्रदेशका कानुनी अस्पष्टताहरू अझैसम्म पनि ठोस रूपमा किनारा लागिसकेका छैनन्। नगरको विकासको अवस्था हेर्दा निकै दु:खलाग्दो छ। त्यो अवस्थाबाट नगरलाई माथि उठाउन नीतिगत तौरतरिकालाई बढी प्राथमिकतामा राखेर काम गर्दा जनताको अपेक्षाअनुसारको काम भने अलिक हुन सकेको छैन। तथापि, विकास र पूर्वाधारको आधार तयार गर्ने क्रम उच्च गतिमा भइरहेको छ।
अहिलेसम्म खास कामचाहिँ केके गर्नुभयो?
तीन चरणका सरकारका नीतिगत अड्चनलाई मिलाउँदै जिल्लाको मध्यभागमा रहेको नगरपालिकाको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, सडक संजाल र कृषि क्षेत्रको विकासका आधारहरू तयार गर्ने काममा खटेको छु। विकासको पहिलो सूचकका रूपमा रहेको सडक संजाललाई व्यवस्थित गर्न १३ देखि २० फुटे सडकहरूमा चार किलोमिटर नाला निर्माण गर्यौँ। यो क्रम निरन्तर नै छ। नगरपालिकाको सडक ढलान र पिच गर्नुभन्दा पहिले नाला निर्माण गरेर सडकको पूर्णता दिँदा दीर्घकालीन हुन्छ भन्नेमा केन्द्रित रहेर थप काम गरिँदै छ। पूर्वसांसद भइसकेका नेताका घरसम्म गाडी जाने बाटोसमेत पहिले थिएन। अहिले ती पूर्वसांसदका घरसम्म जाने बाटोदेखि लिएर अरू बाटोसमेत केही ढलान, केही ग्राभेल र केही कच्ची बनाई नगरपालिकासम्म मानिसको आवागमनलाई सहज बनाइँदै छ।
शिक्षातर्फ २४ वटा विद्यालय रहेको नगरभित्र दुईवटालाई उच्चमावि बनाइएको छ। साह्रै जीर्ण अवस्थाको जगतपुर आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिएको छ। नगरपालिका क्षेत्रभित्र विद्यालयबाहिर रहेका २५० जना बालिकाहरूलाई आवश्यक आधारभूत शिक्षा दिई १ देखि ५ कक्षासम्म भर्ना गरिएको छ। उनीहरूको विद्यालय पोसाक, किताब सबै नगरपालिकाले व्यवस्था गरिदिएको छ। वृद्ध, असहाय, दलित, गरिब र मुस्लिमहरूका लागि पोखरिया जिल्ला अस्पतालमा ओपिडी टिकेटदेखि ल्याव टेस्ट, एक्सरेलगायत परीक्षणमा समेत विशेष छुट दिएर उपचार गराइरहेका छौँ।
लामो समयसम्म पूर्णकालीन संचालनमा नरहेको पोखरिया अस्पताललाई पूर्णकालीन गर्दै एक्सरे, भिडियो एक्सरेको व्यवस्था गरिएको छ। समाजलाई जोडेर राख्ने धार्मिक र साँस्कृतिक सम्पदाको संरक्षणका लागि २०० वर्ष पुरानो शिववर्वाको दुर्गा मन्दिर, सातोमाई मन्दिरलगायत मठ मन्दिरको मर्मत सम्भार र मूर्ति स्थापना, मुस्लिम समुदायको इदगाह⁄ कब्रस्तानलाई कम्पाउण्डसहित व्यवस्थित गर्ने काम सम्पन्न गरिएको छ।
कृषिबाट अतिरिक्त लाभ लिई आधुनिक प्रविधिमा आधारित खेती गरी नगरबाट निर्यातमुखी अर्थतन्त्रको सिर्जना गर्न अहिलेबाटै कामको सुरुवात हुँदै छ। यसको साथै नगर क्षेत्रभित्र हुने अरू करहरू पनि यो नगरको आन्दानीको स्रोत हुनेछन्।
यसका अतिक्ति ४० वर्ष पुरानो पोखरिया नगर विकास परियोजनालाई कार्यान्वयन तहमा ल्याएर व्यवस्थित बजारका लागि अलग्गै बसपार्क, अलग्गै तरकारी बजार, जस्ता प्रारम्भिक कुराहरू अगाडि बढाइएको छ।
जिल्लाबाहिर उति चर्चामा समेत नरहेको पार्टीबाट निर्वाचन जित्नुभयो। काम गर्ने सन्दर्भमा ठूला पार्टीको नेता कार्यकर्ताको साथ कतिको पाउनुभएको छ?
सत्ता र शक्तिमा पहिले बसिसकेका केही व्यक्तिहरूले सुरुका दिनमा काममा अवरोध गर्ने प्रयास गरे पनि गाउँ समाजको हितमा निर्वाचनपूर्व पनि लागेको र अहिले पनि निरन्तर लागिरहेकाले उनीहरू आफैँ पछि हटेर गएका छन्। काम गर्ने मानिसलाई त्यस्ता कुराले उति अप्ठ्यारो होला जस्तो लाग्दैन। त्यस्ता कारणले जनताका काम गर्न कुनै गाह्रो भएको छैन।
जिल्लाको बीचमा अवस्थित नगरपालिकाको आम्दानीको स्रोतचाहिँ कसरी परिचालन गर्ने लक्ष्य राख्नुभएको छ?
नगरपालिकाको अधिकांश भूभाग ग्रामीण परिवेशले ओगटेको छ। यहाँ कृषिको सम्भावना अत्यधिक छ। त्यस कारण प्रमुख रूपमा माछाको उत्पादन र त्यही पोखरी वरिपरि वृक्षरोपण गरी पर्यटकलाई लोभ्याई आधुनिक प्रविधिमैत्री मत्स्यपालन व्यवासाय गर्ने कुरालाई केन्द्रमा राखेको छु। यसका लागि पढालेखा युवाहरूलाई पनि विभिन्न किसिमका तालिम उपलब्ध गराउने व्यवस्था अगाडि बढाइँदै छ। कृषिबाट अतिरिक्त लाभ लिई आधुनिक प्रविधिमा आधारित खेती गरी नगरबाट निर्यातमुखी अर्थतन्त्रको सिर्जना गर्न अहिलेबाटै कामको सुरुवात हुँदै छ। यसको साथै नगर क्षेत्रभित्र हुने अरू करहरू पनि यो नगरको आन्दानीको स्रोत हुनेछन्।
समृद्ध पोखरिया बनाउने योजना चाही केही छैन?
मुलुकको समृद्धि गाउँको समृद्धिसँग जोडिएको हुन्छ। यसका लागि नगरपालिकाको समग्र विकास गर्न गुरुयोजना बनाइँदै छ। यसमा नगरभित्र चिल्ड्रेन पार्कदेखि लिएर विभिन्न पार्कहरू, स्तरीय नगर सभागृह, कन्या उच्चमावि, राष्ट्रियस्तरको स्विमिङ पुल र शिक्षाका लागि प्रदेश २ मै नमुना कृषि महाविद्यालय बनाउने प्रमुख योजना छ, जुन महाविद्यालयमा मुलुकका अरू ठाउँबाट पनि कृषिसम्बन्धी अध्ययन गर्न विद्यार्थीहरू आउने अवस्था सिर्जना गर्ने लक्ष्य छ। जिल्लाको केन्द्रमा अवस्थित पोखरिया नगरपालिकालाई जिल्लाकै नमुना स्थानीय तह बनाउने योजनासाथ काम अगाडि बढिरहेको छ। यसका लागि सुरुका दिनमा केही आर्थिक सहयोगका लागि केन्द्र सरकार र प्रदेश सरकारका जिम्मेवार मन्त्री र मन्त्रालय तथा सचिवहरूसँग निरन्तर छलफल अगाडि बढाइरहेका छौँ। वहाँहरू पनि सकारात्मक हुनुभएको छ।
पर्यटन विकासका लागि देश विदेशका पर्यटक भित्र्याउने रणनीति पनि छ कि?
पोखरिया नगरपालिकाको शिववर्वामा २०० वर्ष पुरानो चर्चित शिव मन्दिर छ। यो धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण पर्यटकीयस्थल हो। नगरपालिका क्षेत्रभित्र अरू पनि विभिन्न धार्मिकस्थलहरू छन्। यी सबैको मर्मत सम्भार र निर्माणले जिल्लाका मात्र नभई छिमेकी मुलुक भारतका पनि लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ। त्यसैअनुरूप नगरपालिकाले दीर्घकालीन योजनाका साथ काम गरिरहेको छ।
निर्वाचनपूर्व जनतासँग गरिएका प्रतिवद्धता पूरा नभएको जनताको आरोप छ नि!
निर्वाचनपूर्व जनता सामु जुन प्रतिबद्धता लिएर गएको थिएँ, त्यो अहिले नै देखिएको त छैन तर आगामी चार वर्षभित्र सबै कुरा सम्पन्न गर्ने गरी त्यसै प्राथमिकताका साथ कामलाई चरणबद्ध रूपमा प्राथमिकीकरण गरेको छु। एकै वर्षभित्र त नगरबासीले देखिने गरी खासै काम गर्न सकिएन तर आगामी वर्षबाट हामीले गरेका काम देखिन थाल्नेछन्। | 2019/07/16 14:19:27 | http://thahakhabar.com/news/46384 | mC4 |
बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा | Ratopati
सममायनै विद्युत् सेवा सञ्चालन नहँुदा यहाँको जनजीवन कष्टकर बनेको छ । केही दिनका लागि वैकल्पिक व्यवस्था गरिएको भए पनि लामो समयसम्म अवरुद्ध हुँदा समस्या भएको सल्लेरीका शिक्षक भोजकुमार अधिकारीले बताए ।
कतिपय कार्यालयमा वैकल्पिक व्यवस्था नहुँदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन् । जिल्ला नापी कार्यालयमा फिल्डबुक उत्तार गर्न आएकी तिङ्लाकी होमाकुमारी भुजेलले रित्तो हात फर्कनुपरेको गुनासो गरिन् । भुजेलजस्तै अन्य थुप्रै सेवाग्राही सेवा नलिई फर्केका छन् । | 2019/12/09 08:27:29 | https://ratopati.com/story/88200/2019/5/22/solukhumbu-headquarter-in-dark | mC4 |
मानव स्वास्थ्य सम्बन्धी कार्यशाला::Online News Portal from State No. 4
मानव स्वास्थ्य सम्बन्धी कार्यशाला
बागलुङ, ११ चैत – स्वास्थ्य सहकारी संघ, बचत तथा ऋण सहकारी संघ र सिवाइसी सहकारीको संयोजनमा मानव स्वास्थ्य सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयको नसिंङ तथा मानव बिकास महाशाखाले बागलुङमा आयोजना गरेको गण्डकी प्रदेशका स्वास्थ्य सहकारीका सदस्यबीच गरेको एक दिने कार्यशालामा नसर्ने रोगबारे बहस थाल्न सुझाव पदि दिइयो । नसर्ने रोगबाट नेपाल र विश्वमै सबै भन्दा धेरै मानिसको मृत्यु हुने गरेको तथ्यांक आएकोले सहकारीकर्मीमा यो सन्देश दिन आवस्यक भएको बताइको थियो ।
मुटु रोग, मृगौला, मधुमेय लगायतका रोगले बर्षेनी लाखौं मानिस मरिरहेकोले त्यसको नियन्त्रणमा सहकारीका शेयर सदस्यमा सन्देश लैजान सुझाव पनि दिइयो । मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासकहरुले नेपालमा सबैभन्दा धेरै मानिसलाई एकैपटक सन्देश दिने माध्यम समेत सहकारी भैसकेको बताए । उनीहरुले गाउँगाउँमा खुलेका सहकारीमा सहजै सन्देश दिन सक्ने भएकोले प्रदेश तहका सहकारी कर्मीलाई अभिमुखिकरण र कार्यशाला गरिएको बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्माले बताए । उनले सहकारीले स्वास्थ्यका लागि धेरै काम गरेपनि राज्यको सेवामा नजोडिएको भन्दै अव जोडिनुपर्ने समेत बताए ।
शेयर सदस्य बिरामी हुँदा, महिला सुत्केरी हुँदा र शेयर सदस्य तथा उनीहरुका आफन्तको मृत्यु हुँदा सहकारीले राहत दिने गरेको उनले बताए । स्वास्थ्य बिमा अभियानलाई जागरणको रुपमा लैजाने, रोग लाग्नु अघि नियमित स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य शिविरहरु संचालन गर्ने काममा सहकारीले अगुवाई गर्नुपर्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बताए । 'बर्षेनी सर्ने रोगले मर्नेहरु हजारको संख्यामा पनि छैनन्' उनले भने, 'नसर्ने रोगले लाखौं मरिरहेका छन् ।' यो अभियान नियमित संचालन गरेको सहकारीका प्रतिनिधिले दावी गरे । कार्यशालामा नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन, स्वास्थ्य सेवाका अन्य क्षेत्र र अहिले सम्म भएका क्रियाकलाप बारे छलफल गरिएको थियो । | 2019/06/19 13:49:30 | https://www.janamanch.com/2019/03/25/44199/ | mC4 |
विकास र परिवर्तन रातारात सम्भव हुँदैन : मेयर जिसी – Gandaki Voice
Home/गण्डकी/विकास र परिवर्तन रातारात सम्भव हुँदैन : मेयर जिसी
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सेवा प्रवाहलाई व्यवस्थित र नागरिकलाई सहजरुपमा सेवा पु¥याउने उद्देश्य महानगरपालिकाको रहको बताएका छन् ।
पोखरा ७ को वडा कार्यालय भवन शिलान्यास गर्दै उनले पोखरा महानगरपालिका विधि र कानूनको पालना गर्दै आफ्नो भिजन र मिशन अनुसार अगाडि बढेको स्पष्ट पारे ।
मेयर जिसीले विकास र परिर्वतन रातारात सम्भव नहुने भन्दैै पोखरा महानगरबासीमा आशा र विश्वास दिलाउने गरी काम गर्न आफू लागिपरेको बताए ।
पोखरा ७ को वडा भवन शिलान्यास गर्दै मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ । तस्वीर : पोखरा महानगरपालिका ।
उपमेयर मञ्जुदेवी गुरुङले नागरिकलाई सेवा प्रवाह सहज बनाउन पूर्वाधारमा जोड दिइएको बताइन् । वडाकार्यालय निर्माण गर्न कार्यालयहरु व्यवस्थित हुनुपर्ने भन्दै त्यही अनुसार वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।
वडा कार्यालय निर्माणमा नागरिकहरुले निगरानी र खवरदारी गरेर समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिइन् । उपमेयर गुरुङले कोरोना भाइरसका कारण विकासका आयोजना प्रभावित भएको समेत बताए ।
पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रमममा नेकपाका वडाध्यक्ष पुरुषोत्तम रेग्मी, नेपाली कांग्रेसका वडा सभापति नवीन बराल, महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, वडा सदस्यद्धय प्रभा पन्त, किशोर बराल लगायतले बोलेका थिए ।
वडाको आफ्नै भवन बन्दै
रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको छ । दुई रोपनी ६ आना क्षेत्रफलमा उक्त भवन बन्ने भएको हो । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दीपज्योति कन्ट्रक्सनले ठेक्का पाएको छ । | 2021/01/24 03:36:44 | https://gandakivoice.com/man-bahadur-gc-pokhara-2/ | mC4 |
सत्खुलवा तालमा रातो कमलको फूल हेर्न आउने पर्यटकको घुुइँचो | suryakhabar.com
Home पर्यटन/संस्कृति सत्खुलवा तालमा रातो कमलको फूल हेर्न आउने पर्यटकको घुुइँचो
on: २१ आश्विन २०७५, आईतवार १३:३२ In: पर्यटन/संस्कृतिTags: No Comments
उक्त निकुञ्जका संरक्षण प्रमुख अशोक भण्डारीका अनुसार फूल हेर्नका लागि पनि उक्त ताल पर्यटकको गन्तव्य बनेको छ । वारबर्दिया नगरपालिकाका कार्यालय प्रशासकीय अधिकृत चुडामणि पन्थीले भने, "निकुञ्जको प्रवेशद्वार उट्घाटन भएपछि त्यहाँ पर्यटकको घुइँचो लाग्न थालेको हो ।" उनले पर्यटक बढेकाले यहाँको माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको नगरपालिका–९स्थित खैरनी गाउँको उक्त तालमा चार वर्षअगाडि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न थालिएकामा अहिले पनि डुङ्गामा सयर गर्नेहरूको पनि घुइँचो लाग्ने गरेको बताए ।
ताल संरक्षण समितिका सचिव राजकुमार थारूले शुल्कबापत उठेको रकम तालकै विकासका लागि खर्च गर्दै आएको बताए । भर्खर संरक्षण गर्न थालिएको सो तालको आसपास रैथाने तथा आगन्तुक चराका साथै जङ्गली जनावरको सङ्ख्या बढ्दै गएको र पर्यटक पनि बढ्दै गएको संरक्षणकर्मी सुनील चपागार्इं बताउँछन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण प्रमुख अशोक भण्डारीले उक्त ताल जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण ताल रहेकाले अहिले त्यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको बताए । मध्यवर्ती सामुदायिक वन भए पनि निकुञ्जका जङ्गली जनावरको बासस्थानका साथै उनीहरुले पानी खाने स्थान हो । यसमा रैथाने तथा आगन्तुक चराको सङ्ख्या बढ्दै गएकाले स्थानीय युवाको सक्रियतामा सत्खुलवा ताल पर्यटकीय क्षेत्रमा परिणत भएको छ । राजमार्ग नजीकै भएका कारण पनि बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक यस सत्खलुवातालमा पनि घुम्न आउने गरेका छन् । | 2020/07/08 00:17:54 | https://www.suryakhabar.com/2018/10/83175/ | mC4 |
आफ्नै खर्चमा कराँते खेल्न कर्णालीका खेलाडीले ल्याए स्वर्ण - Meronews
आफ्नै खर्चमा कराँते खेल्न कर्णालीका खेलाडीले ल्याए स्वर्ण
मेरोन्यूज २०७८ पुष २९ गते १७:३०
काठमाडौँ । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण पदक जितेका छन् । बंगलादेश गोजुरियो कराँते डो संघको आयोजनामा २६ देखि २९ डिसेम्बरसम्म चलेको बिजी अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले दुई स्वर्ण र दुई काँस्य पदक जितेका हुन् ।
प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा काँस्य पदक जितेका थिए । यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ केजी। कुमितेमा एक स्वर्ण र सुर्खेतका सन्दीप महतले ७० केजी। कुमितेमा काँस्य पदक जितेका थिए ।
निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका दुई र दैलेखका एक खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बुधबार विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । सो अवसरमा सरोकारवाला निकायसँग कर्णालीका खेडालीको उनीहरूको खर्चसिहतका विषयमा ध्यानाकर्षण गराइने खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बताए । | 2022/01/17 16:27:18 | https://www.meronews.com/2022/01/96795.html | mC4 |
निजगढमा पुस्तकालय उदघाटन | E-kripa
Home समाचार निजगढमा पुस्तकालय उदघाटन
निजगढ,परिवर्तनका लागि युवा परिषद र स्थानीय तहको सहकार्य तथा मकवानपुर पुस्तकालय अभियान समुहको सहयोगमा निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलमा शनिबार पुस्तकालयको स्थापना भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरूषोत्तम पौडलले पुस्तकालयको उदघाटन गुर्नभएको थियो । पुस्तकालयमा हेटौंडा पुस्तकालय अभियानले ५० हजार बराबरको १ सय ५३ थान पुस्तक सहयोग गरेको छ ।
विगत ४ वर्षदेखि निरन्तर रूपमा सरसफाइ अभियान, वृक्षरोपण अभियान, विविध अन्तरक्रिया कार्यक्रम, बाल शिक्षण कार्यक्रम, बाल पार्क निर्माण जस्ता रचनात्मक कार्यक्रमहरू संचालन गर्दै आएको युवा परिषद्ले निजगढ नगरपालिका वडा नम्बर ६ मा स्थानीय वडाको सहकार्य र हेटौंडा पुस्तकालय अभियानको सहयोगमा पुस्तकालय स्थापना भएको हो । पुस्तकालयमा विद्यालयका पाठ्यक्रम बाहेक धार्मिक, संस्कृतिक, साहित्यक, इतिहास र विश्व प्रसिद्व व्यक्तिहरूको जीवन गाथासँग सम्बन्धित पुस्तकहरू पनि राखिएको परिवर्तनका लागि युवा परिषदका सचिव बालकृष्ण हुमागाईले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री पौडेल, निजगढ नगरपालिकाका उपमेयर लिलादेवी लामिछाने खनाल, वडा नम्बर ६ का वडाध्यक्ष श्री कुशबहादुर थापा, वडा सदस्य श्रीरामप्रसाद हुमागाई, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्राचार्य यादवकुमार तिमल्सिना, हेटौंडा पुस्तकालय अभियानका अभियान्ताहरू सुरेश श्रेष्ठ, नरेन्द्र भण्डारी, कैलाश धिताल लगायतले बोल्नुभएको थियो । | 2022/05/20 12:55:40 | https://www.ekripa.com/2021/08/10025/ | mC4 |
जोरपाटी-सुन्दरीजल सडक विस्तार सुरू
समृद्धि पत्रपत्रिकाबाट
कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरू गरिएको छ ।
काठमाडौं उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्कापट्टाको काम सम्पन्न गरी ढलको पाइप बिछ्याउने र सडक क्षेत्रमा परेका रूख कटानको काम सुरु भइसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
कुल लम्बाइ ७ किलोमिटर रहेको सो सडक खण्डको विस्तारका लागि २ वटा ठेक्कामा काम भइरहेका छन् । कुल लागत ६० करोड रुपैयाँमा उक्त सडक खण्डको विस्तार गरिनेछ । उक्त सडक विस्तारको जिम्मा आशिष/सीएम (जेभी) ले पाएका छन् ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले विगत लामो समयदेखि सवारी जामको समस्या भोग्दै आएको जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तारका लागि ठेक्कापट्टा सम्पन्न भई काम सुरु भइसकेको जानकारी दिए । उनले बन्दाबन्दीमा सामाजिक दूरी कायम गर्दै सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरी विस्तारको काम अगाडि बढाइएको स्पष्ट पारे । उनले भने, 'उक्त सडक क्षेत्रमा परेका रूखहरूको कटान सुरु भइसकेको छ । त्यसैगरी ढलको पाइप बिछ्याउने कामसमेत सुरू भइसकेका छन् । जम्मा ६७ वटा रूख हटाउनुपर्नेमा अहिलेसम्म ४५ वटाको कटान सम्पन्न भइसकेको छ । अबको तीन दिनभित्र बाँकी रूख कटानको काम सम्पन्न हुनेछ ।'
अहिले मात्र ५ र ७ मिटर चौडाइ रहेको उक्त सडक विस्तारपछि १४ र २० मिटरको हुनेछ । घर लगायत स्थायी संरचना भएको ठाउँमा सो सडकको चौडाइ १४ मिटर र अन्य ठाउँमा २० मिटर हुने उनले जानकारी दिए । उनले भने, 'यो सडक खण्डलाई २० मिटर चौडाइमा नै विस्तार गर्ने हाम्रो नीति हो तर स्थायी संरचना र घर भएको ठाउँमा तत्काल २० मिटर पुर्याउन सकिँदैन, त्यस्तो ठाउँमा १४ मिटर चौडाइमा सडक विस्तार गरिनेछ ।' बढीमा २० मिटर र कम्तीमा १४ मिटर चौडाइमा यो सडक विस्तार हुने उनले स्पष्ट पारे ।
ठेक्कापट्टाअनुसार यो सडक खण्ड विस्तार कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण बढीमा कात्तिकसम्म विस्तार कार्य सम्पन्न हुने उनले बताए । यो सडक खण्ड विस्तारका लागि आर्थिक वर्ष २०७२/७३ मै सो आर्थिक वर्षको मसान्तसम्म काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो तर सो सडक खण्डको सीमा क्षेत्रमा परेका आठ सय घर हटाउनुपर्ने विवादका कारण अहिलेसम्म काम सुरू हुन सकेको थिएन ।
घरलगायतका स्थायी संरचना भएको ठाउँमा मात्र १४ मिटर चौडाइ हुने गरी सहमति भएपछि विस्तारको काम अगाडि बढाइएको हो ।
सहमतिअनुसार सार्वजनिक ठाउँमा सडककोे केन्द्रबाट दुवैतिर १०/१० मिटर र घर भएको ठाउँमा सडककोे केन्द्रबाट दुवैतिर ७/७ मिटर कालोपत्रे गरिने छ । सहमति भएसँगै ठेक्काको म्याद थप गरी काम अगाडि बढाइएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । | 2020/08/04 00:14:23 | https://shilapatra.com/detail/27100 | mC4 |
भारत लाेकतान्त्रिक मुलकसँग सहकार्य गर्न तयार छ : माेदी
२५ मंसिर २०७८, शनिबार ०९:२१ प्रकाशित
नयाँ दिल्ली । भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताउँनु भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्रको शिखर सम्मेलनमा भाग लिएको भोलिपल्ट प्रधानमन्त्री मोदीको उक्त भनाइ आएको हो। "राष्ट्रपति बाइडेनको निमन्त्रणामा लोकतन्त्रको लागि शिखर सम्मेलनमा भाग लिन पाउँदा खुसी छु।
विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा, भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम गर्न तयार छ," प्रधानमन्त्रीको ट्वीटमा उल्लेख गरिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार लोकतन्त्रका लागि पहिलो शिखर सम्मेलन शुरु गर्नुभएको छ ।
प्रधानमन्त्री मोदी बाहेक फ्रान्स, क्यानडा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, जापान, इजरायललगायतका लगभग ८० देशका विश्व नेताहरूले उद्घाटन भाषणमा भाग लिएका लिनुभएको छ ।
शिखर सम्मेलनले लोकतन्त्रले सामना गर्ने चुनौती र अवसरहरूमा केन्द्रित छ । उक्त शिखर सम्मेलनले नेताहरूलाई व्यक्तिगत र सामूहिक प्रतिबद्धताहरू, सुधारहरू, र लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि स्वदेश तथा विदेशमा भएका पहलहरू घोषणा गर्न मञ्च प्रदान गर्नेछ। (रासस-एएनआई) | 2022/01/24 03:04:37 | https://rastriyasanchar.com/2021/12/8426/ | mC4 |
Bizpati.com - Leading Economic Online News Portal From Nepal | मन्त्री भट्टराईको चेतावनी, 'राजनीतिक नियुक्ती लिएकाहरुले राजीनामा देउ'
बिजपाटी सम्बाददाता Nov 20, 2019 | 02:37:22 PM
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्तिमा जागिरे भएका कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएका छन् । राजीनामा नदिए आफूले हटाउने चेतावनी दिँदै उनले अदालत गुहार्न नजान आग्रह गरेका छन् ।
बुधबार आफ्नो मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए । राजनीतिक नियुक्ति लिने र काम सन्तोषजनक काम नगर्नेहरुलाई तत्काल बाटो खाली गर्न आग्रह पनि गरे । 'कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला' उनले भने, 'काम नगर्ने र विवादित कर्मचारी अब विदेश जान पाउँदैनन्, विदेश भ्रमण रोकिन्छ ।' | 2020/07/06 20:11:29 | http://bizpati.com/update/31659 | mC4 |
सय वर्षमा काठमाडौं हेर्दाहेर्दै कुरुप... :: सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) :: Setopati
सय वर्षमा काठमाडौं हेर्दाहेर्दै कुरुप बनाएर छाडे
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) काठमाडौं, वैशाख ३०
सत्यमोहन जोशी सोमबार सय वर्ष पुगेका छन्। २०१३ सालमा पहिलोपटक मदन पुरस्कार प्रदान गर्ने बेला बायाँबाट क्रमशः बालकृष्ण सम, पण्डित सोमनाथ सिग्द्याल, जोशी र लेखनाथ पाैड्याल। उनी तीनपटक मदन पुरस्कार पाउने एकमात्र श्रष्टा हुन्। तस्बिर सौजन्यः जोशीको निजी संग्रह
सत्यमोहन जोशीको आत्मकथा
म आजदेखि सय वर्ष लागेँ। यो सय वर्षमा धेरै उथलपुथल देखेँ। त्यसमध्ये सबैभन्दा प्रभावित पार्ने मुख्य घटना नेपालकै थिए।
मेरो जीवनको सबैभन्दा ठूलो घटना सात सालको क्रान्ति र त्यसको प्रतिफल हो।
त्यो अकल्पनीय छलाङ थियो। राणाकाल देखे–भोगेका मानिसले मात्रै त्यो उपलब्धिको गहनता बुझ्न सक्छन्। एक हिसाबले भन्ने हो भने, हामी मानिसै त्यसपछि मात्र भएका हौं।
सात सालको क्रान्तिपछि जब नयाँ शासन व्यवस्था आयो, त्यसपछि बल्ल नेपालीले 'ए हामी त मानिस पो रहेछौं' भन्ने महशुस गरे। हक अधिकार बुझे। मुलुक कुनै परिवारको नभई सबै नेपालीको भयो। हरेक कुरामा आफ्नो पनि समान अधिकार छ भन्ने सबैले अनुभूत गर्दै गए।
त्यो समयका लागि यो ठूलो उपलब्धि थियो। नत्र त स्वतन्त्रता भन्ने कल्पनाभन्दा बाहिरको कुरा। अधिकारै नभएपछि सर्वसाधारणलाई जो आओस् मतलबै थिएन। अलिकता पढेलेखेको छ भने ऊ कुण्ठामा बाँच्थ्यो। एकथरीले सारा सुखसुविधा उपभोग गर्न पाएको छ, बाँकी जनतालाई केही थिएन।
एउटा रेडियोसमेत पैसा तिरेर राख्न पाइँदैन थियो। किन्न मन लागे माथिल्लो तहबाट हुकुम बक्साएर अनुमति लिनुपर्थ्यो। लेखपढ त परको कुरा, कतै जमघटमा गएर केही बोल्नसमेत नपाइने जमाना थियो। मुठ्ठीभरका शासक र तिनकै सन्तानको रजाइँ।
उनका सन्तान जन्मनेबित्तिकै जर्नेल वा अलिक तलको छ भने कर्नेल हुन्थे। यता रैतीका सन्तानले जीवनभर सेवा गरेर पनि त्यो ओहोदा भेट्दैन थिए।
अरू जागिरमा पनि त्यस्तै थियो। उपल्लो ओहोदा सबै राणाहरूले नै ओगटेका हुन्थे।
सात सालको बेला म जागिरे थिएँ। तथ्यांक संकलनको काम गर्थें। खासमा अलिक अगाडि नै खुलेको 'औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा' मा हामीले नोकरी पाएका थियौं, जसलाई पछि २००६ सालतिर 'संख्या विभाग' भनेर नामाकरण गरियो।
त्यति बेलै जनगणना गर्दा नेपालमा ६२ लाख जनसंख्या निकालेका थियौं। त्यो संकलनको मापदण्ड हाम्रो आफ्नै स्थानीय किसिमको थियो।
लगत्तै संयुक्त राष्ट्रसंघले पहिलोपटक विश्वभरि एकरुपता कायम गर्दै संसारभरकै मानिसको तथ्यांक निकाल्ने पहल थाल्यो। त्यो बेला नेपाल राष्ट्रसंघको सदस्य नभए पनि कामको आवश्यकताले त्यो तथ्यांक संकलनमा हामी समेटिन पुग्यौं।
दक्षिणपूर्वी एसियाका लागि दिल्लीमा तालिम केन्द्र खोलिएको थियो। संख्या विभागका हामी पाँच जनाले त्यहाँ गएर तालिम लिएका थियौं। फर्केपछि दुई सय जना सुपरभाइजर तयार पारेका थियौं। सुपरभाइजरहरूले उनीहरू मातहतका गणक तयार पार्दै थिए।
यसरी देशभर टिम परिचालन भएपछि २० दिनमै काम सक्नुपर्ने थियो।
ठिक त्यही बेला राजा त्रिभुवनले दरबार छाडिदिए।
केही समय पहिलेदेखि नै कांग्रेसले विशेषगरी सीमावर्ती क्षेत्रमा आन्दोलन थालेर चहलपहल सिर्जना गरिसकेको थियो। एकाएक राजा नै गद्दी छाडेर गएपछि अचानक परिस्थिति फेरियो।
यता राणाहरूले राजा त्रिभुवनलाई 'देशद्रोही' घोषणा गरिहाले। नाबालक ज्ञानेन्द्रलाई ल्याएर राजगद्दीमा बसाले।
देशै अन्यौलमा परेका बेला हामी जागिरदारहरू पनि के गर्ने, कसो गर्नेको अवस्थामा थियौं। विभागीय प्रमुखबाट कामलाई निरन्तरता दिने निर्देशन आयो।
मेरो भागमा पश्चिमाञ्चलको कमान्ड परेको थियो। अहिलेजस्तो राजमार्ग बनेको थिएन। जता जानुपरे पनि सुरूमा रक्सौल पुग्नुपर्थ्यो। त्यसपछि रेल चढेर पूर्वदेखि पश्चिमसम्मको यात्रा भारतीय भूमिबाटै हुन्थ्यो।
म नेपालगन्ज जान वीरगन्जतर्फ लागेँ।
वीरगन्जमा कलकारखानाहरूको चहलपहल थियो। कटन मिल, जुद्ध म्याच फ्याक्ट्री र रत्नमान काजीको सिगरेट फ्याक्ट्री थिए। सिगरेट फ्याक्ट्री सम्हालेर बसेका रत्नमानका ज्वाइँ भक्तिदास श्रेष्ठ त मसँगै पढेका साथी।
वीरगन्ज र रक्सौलबीच दसगजामै एक जना ठकुरी बाबुसाहेबले होटल चलाएर बसेका थिए। त्यो राजनीतिक कारणले प्रवासिएका र यताका नेपालीहरूबीच भेटघाटको प्रमुख थलो थियो।
तुलसीलाल अमात्य यहीँ पाटनका नेता। मंगलबजारनजिक स्वठः का बासिन्दा भइकन पनि उनीसँग मेरो पहिलो भेट दसगजास्थित बाबुसाहेबकै होटलमा भएको थियो। उनी पार्टीका मान्छे भएकाले नेपाल आएको सुइँको पाउनेबित्तिकै राणाहरूले समातिहाल्थे। त्यसैले रक्सौलतिरै बसेका थिए।
आफ्नै ठाउँका मानिस त्यसरी प्रवासमा बसेको थाहा पाएपछि म उनको बसोबास हेर्न गएको थिएँ।
रक्सौलको एउटा झुपडीमा असाध्यै बिजोगपूर्ण अवस्थामा तुलसीलालसहित उनको समूह बसेको थियो। क्षेत्रपाटीतिरका बिएन राणा पनि त्यहीँ थिए।
त्यहाँ ओछ्यान पनि थिएन। परालमाथि दरी राखेर सुत्थे। खानपिनको पनि गाह्रै देखिन्थ्यो। त्यही झुप्रोबीच एकठाउँ अगेनाजस्तो थियो, त्यतै कट्कटिएका कसौंडी र कराई देखेँ।
त्यो क्षेत्रमा कांग्रेसको बढी प्रभाव देखिन्थ्यो। तै तुलसीलालजीहरूले कम्युनिस्ट उपस्थिति जनाएका थिए।
म टेकबहादुर रायमाझीका साथमा वीरगन्ज पुगेको थिएँ। उनी मेरा साथी थिरबहादुर रायमाझीका भाइ थिए। टेकबहादुर त्यति बेला कांग्रेसमा प्रवेश गर्न आतुर थिए। उनकै अनुरोधमा मैले उनी पार्टी प्रवेश गर्दा बोल्ने भाषण पनि लेखिदिएको थिएँ।
टेकबहादुरले त्यतै एक जना कांग्रेस नेता भेटे र उनीसँगै राजा त्रिभुवनलाई भेट्न दिल्लीतर्फ लागे। पछि राजालाई भेटेको खबर पनि पाएको थिएँ। पछि त उनी अञ्चलाधीशै भए।
जे होस्, टेकबहादुर राजा त्रिभुवनलाई भेट्न दिल्लीतिर लागेपछि म चाहिँ अलिक दिन वीरगन्जमै बिताएर रक्सौल हुँदै भारतकै बाटो नेपालगन्ज हिडेँ।
नेपालगन्जमा ध्रुवशमसेर बडाहाकिम थिए। म काम गर्न भनेर नेपालगन्ज त पुगेँ, तर राजा नै गद्दी छाडेर बाहिरिएको चर्चा व्यापक भइसकेका बेला कामै गर्न नसकिने स्थिति भयो। जताततै गोलमाल भइसकेको थियो। त्यस्तो स्थितिमा हामीले एक किसिमको अवज्ञा नै गरिदियौं।
ध्रुवशमसेरले हामीलाई पनि शंका गरेर 'कांग्रेसी मोराहरू' भनिदिए।
शक्तिशाली ओहोदामा बस्नेहरू त राणाकै पक्षमा थिए। अन्य पढेलेखेका जमातमा भने एक किसिमको बेग्लै भावनाले काम गर्न थालिसकेको थियो। त्यस्तोमा हाम्रो काम सम्पन्न हुने अवस्थै रहेन। सबैले फर्कने निधो गर्यौं।
म फेरि वीरगन्ज हुँदै काठमाडौं फर्किएँ।
यता काठमाडौंमा नेवार समुदायले पनि ज्ञानेन्द्रलाई राजा स्वीकार गरिदिएनन्। नेवारहरूको 'सम्यक' भन्ने असाध्यै महत्वपूर्ण पूजा हुन्थ्यो। खासगरी तिब्बत व्यापारमा लागेका साहु महाजनले पैसा कमाएर ल्याएपछि त्यो पूजा आयोजना गर्थे।
ठिक त्यही बेला स्वयम्भूमुनिको ठूलो चउरमा उपत्यकाभरिका सम्पूर्ण देवी-देवतालाई निमन्त्रणा गरेर पूजा आयोजना गरिएको थियो। त्यसमा राजालाई पनि बोधिसत्वका रूपमा ल्याएर पूजाआजा गर्ने परम्परा थियो। काठमाडौंका नेवारहरूले भने मान्दै मानेनन्। 'यी बालकलाई हामी राजा मान्दैनौं, त्रिभुवन आएपछि नै पूजा गर्छौं' भनेर स्थगितै गरिदिए।
लगभग त्यसै समयमा हाम्रा छिमेकी मुलुकहरूले पनि स्वतन्त्रता अनुभूत गरिरहेका थिए। त्यहाँबाट उनीहरूले गरेका प्रगतिका खबर आइरहेका थिए। यस्तो अवस्थामा दिल्ली पुगेका राजा फर्केपछि प्रजातन्त्र घोषणा गरिदिए।
यसरी सात सालपछि मुलुकले काँचुली फेरेको थियो।
दिल्लीबाट फर्कंदा राजाले गरेको घोषणा कार्यान्वयन मात्र गरिदिएका भए आज परिस्थिति बेग्लै हुन्थ्यो। राजा त्रिभुवनले नै संविधानसभा घोषणा गरेका थिए। तर, व्यवहारमा संविधानसभा त बनेन नै, उल्टो राजा महेन्द्रले प्रत्यक्ष शासनको चाहना राख्न थाले। सत्र सालमा त 'कू' नै गरिदिए।
महेन्द्रले जननिर्वाचित सरकारलाई चलाउने काम गरे। नेताहरूलाई झ्यालखानामै हालिदिए। बाले गरेको त्यत्रो त्याग पानीमा गयो।
त्यति गरेर पनि ज्यादै राम्रो काम गरेर देशलाई उठाइदिएको भए त हुन्थ्यो, तर उनले आसेपासेको हाहामै लागेर सबै स्वाहा पारे।
त्यसपछि मुलुकमा प्रजातन्त्र पुनर्स्थापना हुन तीस वर्ष लाग्यो।
मेरो जीवनमै दोस्रो सबैभन्दा प्रभाव पार्ने घटना दरबार हत्याकाण्ड हो। त्यो एउटा घटनाले सिंगो देशकै नियति फेरियो। इतिहासले अर्कै बाटो समात्यो।
नेपालको इतिहासमा यो एउटा यस्तो घटना हुन पुग्यो, जसको जतिपटक उल्लेख हुन्छ, त्यतिपटक मन दुख्छ। त्यसको उल्लेख मात्रले पनि नेपाली मन रुन्छ।
त्यसमा राजतन्त्र मात्र छैन, परिवारकै त्यत्रो कुरा छ। छोराले आमाबाबु मार्नु भनेको दुनियाँमै दुर्लभ कुरा हो। फेरि एक-दुई जनालाई मारेको होइन, सारा आफन्तलाई सिध्याएको।
मलाई त्यो घटनामा आमाको भूमिका सुनेर पनि दुःख लागेको थियो। छोराले मनपराएकी केटीसँग बिहे गरिदिएको भए कुरै सिद्धिन्थ्यो।
बेलायतमा यस्तै परिस्थिति आउँदा प्रेमिका त्याग्ने कि राजगद्दी भन्ने कुरा उठ्दा राजपाठै त्यागेको इतिहास छ। सन् १९३६ मा प्रेमिकाका निम्ति बेलायतको राजगद्दी त्यागेका एडवार्ड त झन् त्यत्रो ब्रिटिस साम्राज्यकै राजा थिए।
पारपाचुके गरेकी महिला बेलायतकी रानी बन्न सक्दिनन् भनिदिएपछि उनले ती अमेरिकी महिलाका निम्ति राजपाठ त्यागेका थिए। त्यही घटनाका कारण एडवार्डका सन्तानधरि राजा हुन नपाउने भए। बल्ल भाइकी छोरी अर्थात् हालकी रानी एलिजावेथले सत्ता पाइन्।
यत्रो इतिहास देखेको नेपालको राजपरिवारले प्रेमको शक्तिलाई स्वीकार्नुपर्थ्यो। अहिले बेलायतमा उस्तै घटना दोहोरिँदा त्यही बकिंघम दरबारले स्वीकार गरेको अवस्था छ। पारपाचुके भइसकेकी युवतीलाई बिहे गरेर पनि ह्यारी राजकुमारै छन्।
हामीकहाँ भने राजतन्त्रले समयअनुकूल चल्दै नचलेर सारा तबाही मच्चिएको हो। युवराज दिपेन्द्र संसार देखेका तन्नेरी थिए। आमाले यस्तो कुरामा जिद्दी गर्नै हुँदैन थियो।
त्यति एउटा घटनाले शाह वंशको परम्परा नै खत्तम पार्न महत्वपूर्ण भूमिका खेलिदियो।
दिपेन्द्रले चरेस खाएका थिए भन्ने कुरा पनि आयो। यो लागुऔषध भन्ने कुरा अचम्मको हुन्छ। त्यसको नसा लागेपछि मान्छेको होसै अर्को हुन्छ। उसको दुनियै अर्को हुन्छ।
मेरो आफ्नै पनि अनुभव छ। म पनि एकपटक जीवनमा गाँजाको सर्को तानेर नराम्ररी लठ्ठिएको थिएँ।
करिब ८० वर्षअघिको कुरा हो। मेरो पिताजीलाई पेटको समस्या बल्झियो। निकै औषधोपचार गर्दा पनि निको भएन। केही सीप नलागेपछि एक जना नाताका मामाले 'ज्वाइँ, तपाईंले धेरै दुःख पाउनुभयो। अब एकपटक गाँजा खाएर हेर्नुपर्यो' भने।
हरेक बेलुकी दिनको एकपटक गाँजा खाइदिने हो भने त्यसले औषधिको काम गर्ने सल्लाह मामाले दिएका थिए। त्यसरी गाँजा खान थालेपछि पिताजीलाई अलिक बिसेक पनि भएको थियो।
सुत्ने बेला एक मात्रा गाँजा मलेर माटोको सानो चिलिममा सर्को तानेपछि पिताजी निदाउनु हुन्थ्यो। त्यो चिलिम तयार पारेर दिने काम मेरो थियो। त्यही बेला म पनि पल्किएँ। पिताजीलाई तयार पारेको गाँजा एक-दुई सर्को मैले पनि तान्न थालेँ।
अरू बेला अलिअलि मात्र केही हो कि जस्तो हुन्थ्यो। एकदिन त बेस्मारी नसाले धुत्त पारिदियो। मैले त दुनियै अर्को देख्न थालेँ। संसारै अर्को भयो। हाँस्न थालेपछि बेस्मारी हास्याहास्यै भएँ। के भन्नुहुन्छ, के भन्नुहुन्न भन्ने मेसो नै भएन। जथाभाबी बोल्न थालेछु।
म भर्खर बिहे गरेको थिएँ। ठिटो उमेर। मलाई कसले सम्हाल्ने?
एक घन्टासम्म अनेक तमासा देखाएपछि बल्ल निन्द्रा लागेर सुतेको थिएँ। त्यस दिनपछि मैले जीवनमा फेरि कहिल्यै गाँजा खाइनँ।
त्यसैले, चरेस र रक्सीको मातमा दिपेन्द्रलाई के भएको होला भनेर म अनुमान लगाउन सक्छु।
त्यो वीभत्स घटनामा एउटा सिंगो परिवार निर्मूल भएको छ। सबैले उसैलाई दोष दिएका भए पनि एउटा छोरोले त्यस्तो गर्लाजस्तो अहिले पनि कसैलाई विश्वास हुँदैन। त्यसैले त, दरबार हत्याकाण्डबारे जतिपटक चर्चा चले पनि मानिस चाख लिएर कान थाप्छन्।
मानिस त्यसलाई रहस्यकै रूपमा लिन्छन्। त्यो रहस्यको सानो सत्य पनि कुनै दिन कतैबाट खुल्छ कि भनेर जिज्ञासा लिएरै बसेका छन्। भनिएका कुरालाई विश्वास गर्न तयारै छैनन्।
दरबार हत्याकाण्डमा जसरी मानिसले भनिएका कुरा पत्याउन सकिरहेका छैनन्, त्यसैगरी मदन भण्डारीको जीप दुर्घटना पनि पत्याएका छैनन्। त्यो पनि त्यस्तै अर्को रहस्य थियो। पछि त्यो ड्राइभरलाई पनि हत्या गरेरै मारियो।
बितेका सय वर्षमा मलाई प्रभाव पार्ने तेस्रो ठूलो घटना गणतन्त्र आउनु हो।
त्यत्रो इतिहास बोकेको राजतन्त्रै अन्त्य भयो। राजतन्त्र भनेपछि शाह वंश मात्र होइन, धेरै अगाडिदेखिका प्रसंग आउँछन्। हाम्रो त तमाम संस्कृति नै राजतन्त्रसँग जोडिएर तयार भएको हो। मलाई त यसरी राजतन्त्र गएकोमा माया नै लागेको थियो।
नेपालको परम्परै बेग्लै हो। भर्खर जन्मेको बालकलाई पनि राजा बनाएर शासन चलाएकै हुन्। तीन वर्षको बालकलाई राजा बनाउँदा पनि मानिरहेकै थिए। रणबहादुर, गिर्वाणयुद्धदेखि सुरेन्द्रसम्म। पछि त्रिभुवनलाई पनि छ वर्षकै उमेरमा गद्दीमा राखेको हो। त्यत्रो राज परम्परा थियो, नत्र केटाकेटीलाई किन मान्ने?
अब त्यो परम्परा गुम्यो।
गणतन्त्र आएको त एउटा पाटो भयो। तर, राज्याभिषेक गर्ने बेला जुन वैदिक कालदेखिको शास्त्रीय पद्धति थियो, त्यो दुनियाँमा अन्त कतै थिएन। नेपाली राजतन्त्रको अन्त्यसँगै त्यो परम्परा संसारबाट समाप्त भयो। त्यसको रेकर्ड त रहला, तर त्यो संस्कृति अब रहेन।
यसले नेपाली संस्कृतिका कतिपय पक्ष पूरै असान्दर्भिक भएर समाप्त भयो। राजा नभई नहुने सम्यकजस्ता कतिपय महत्वपूर्ण पूजाको परम्परा समाप्त भयो। पहिले काठमाडौंमा राजाका प्रतिनिधि नभई जात्राहरू सुरू हुन्न थिए। त्यो सबका निम्ति 'छेवडेल अड्डा' नै थियो। अहिले गुठीमा गाभियो।
परम्पराअनुसार मच्छिन्द्रनाथको रथ तान्ने बेला राजाको ढाल र तरबारलाई शाही छाता ओढाएर लैजानुपर्थ्यो। त्यो नलगेसम्म मच्छिन्द्रनाथको रथ चल्दैन। कुमारीको पनि त्यस्तै हो। अचेल राजाका प्रतिनिधि भनेर अड्डाका कुनै सहयोगीबाट सांकेतिक हिसाबले मात्र भइरहेको छ।
यसरी धेरै थोक फेरिए वा निमिट्यान्नै भए। केहीलाई भने जसोतसो राष्ट्रपतिसँग जोडेर भए पनि अघि बढाइएको छ।
हाम्रो परम्परा हिन्दु राजतन्त्रात्मक हिसाबबाटै अघि बढेको थियो। आफ्नै किसिमको वैदिक संस्कृति हाम्रो पहिचान पनि हो। त्यो सनातन संस्कृति राजतन्त्रसँग मिलेरै अघि बढेको थियो।
राजाप्रति कतिसम्म आस्था थियो भने, उनलाई देउता सरह मानिएको थियो। यसरी देउता सरह मानिएकाहरूले पनि जनतालाई बन्देजमा राखेर राणाहरूकै शैलीमा एकलौटी शासन चलाउने प्रयास गरे। समयको गति बुझेनन्। त्यसैबाट कुरा बिग्रियो। प्रजातन्त्र व्यवहारमा लागू नै भएन। नागरिक अधिकार र राजनीतिक अधिकार जनतालाई छाडिदिएको भए त भइहाल्थ्यो।
पछिल्लो समय नेपालको राजालाई गतिलो सल्लाह दिने मानिस कोही भइदिएन। त्यसैले राजतन्त्र समाप्त भयो। उ बेला चन्द्रगुप्तलाई सल्लाह दिन चाणक्यजस्ता मानिस हुने गर्थे। चारैतिरबाट कमजोरै कमजोर हुँदै आइरहेका बेला नेपालमा राजतन्त्र समाप्त भएको हो।
मानिसहरु बाह्य कारणले राजतन्त्र गयो भन्छन्। म त्यसो भन्दिनँ। राजतन्त्र रहिरहनुपर्ने आन्तरिक कारणै यहाँ भएन। अरू कसैलाई किन दोष दिने?
यस्तो अवस्थामा गणतन्त्र स्थापना हुनु मेरो जीवनकालको तेस्रो महत्वपूर्ण घटना हुन पुग्यो।
हुन त यो सय वर्षभित्र नेपाल र अन्यत्र पनि अरू थुप्रै घटना भएका छन्। तर, मलाई यी तीनवटा घटनाको अघिल्तिर अरू खासै उल्लेखनीय लाग्दैनन्।
बरू यो सय वर्षमा मलाई सबैभन्दा दुःख लागेको कुरा काठमाडौं हेर्दाहेर्दै कुरुप बनाएर छाडे। हुँदाहुँदा टुँडिखेललाई नै टुक्रा-टुक्रा पारिदिए। यत्रो एसियाकै सबैभन्दा ठूलो परेड मैदान भनेर गर्व गर्ने टुँडिखेलको हालत के छ आज? यस्तो गाईजात्रा गर्ने हो? बसपार्क बनाउने ठाउँ हो टुँडिखेल?
यिनीहरूलाई त यस्तो महत्वपूर्ण स्थान टहरा र सटर बनाउने ठाउँ पो भएको छ! भविष्यका सन्ततिले के भन्लान् भन्ने डर छैन। सैनिक मञ्च पनि त्यहीँ टुँडिखेलमा बनाउनुपर्ने? मिलिटरीको अफिसर क्लब त्यहाँ बनाउन के जरुरी थियो? त्यत्रो कमलको पोखरी भएको ठाउँमा दशरथ रंगशाला बनाइदिए।
त्यो टुँडिखेलमा उभिएर हेर्दा हिमालमुन्तिर उपत्यकाको जुन सौन्दर्य देखिन्थ्यो, त्यो अब सबै विनाश भयो। घरहरू मात्रै देखिने भए।
यी सबै चिज चाहिँदैन भनेको होइन। सहर बाहिर खाली ठाउँमा बनाइदिए हुँदैन थियो?
हुँदाहुँदा चौबीसै घन्टा प्रवाहका साथ पानी बगिरहने सुन्धारा सुकाएरै छाडिदिए। मुखैमा सञ्चय कोषले पहाडजस्तो घर बनाएर थुनिदिएपछि पानी आउन बन्दै भयो।
सहर बिरुप भयो। हाम्रा सहरी योजनाहरू कामै लागेनन्। टुँडिखेलसँगै जोडिएको उता भृकुटीमण्डप भएको क्षेत्र त्यसैगरी मासिदिए। अनेक भवन त्यहीँ उभ्याउनुपरेको छ। पुलिस क्लब पनि त्यहीँ चाहिएको छ।
यी सब त अलिक पर लगेर राखे पनि हुन्थ्यो। हामीकहाँ सबैलाई सहरभित्रै भाग चाहिएको छ।
हाम्रो कालसम्म बचेर आएको काठमाडौंको सौन्दर्य अब आउने पुस्ताले देख्न नपाउने भए। सबभन्दा दुःखको कुरा यही हो। | 2020/05/25 23:11:39 | https://setopati.com/social/180494 | mC4 |
५१ दिनको खुशीमा छक्का पन्जा २ टिमको सेलिव्रेशन - IAUA
५१ दिनको खुशीमा छक्का पन्जा २ टिमको सेलिव्रेशन
ramkrishna November 19, 2017 interesting
चलचित्र 'छक्का पन्जा २'को टिमले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ५१ दिने सेलिव्रेशन गरेको छ । असोज ११ गतेबाट रिलिज भएको चलचित्रले कात्तिक ३० गते ५१ दिनको सफलता पार गरेको हो ।
चलचित्रले ५१ दिनको सफलता पार गर्दै केही किर्तिमान समेत बनाएको छ । चलचित्रले ओपनिङ ब्यापार, एक साताको व्यापारमा नयाँ रेकर्ड बनाएको हो । ५१ दिनसम्म चलचित्र काठमाण्डौका केही हलमा चलिरहेको छ । यही, अवसरमा काठमाण्डौको सीटी सेन्टरमा आयोजना भएको कार्यक्रममा हाँस्य कलाकार हरिवंश आचार्यले केक काटे ।
चलचित्रको सफलतामा यसको टिमलाई मायाको चिनो पनि वितरण गरिएको थियो । चलचित्रका निर्देशक, निर्माता, कलाकार, प्राविधिक सबैलाई मायाको चिनो वितरण गरियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, बर्षा राउत, स्वस्तिमा खड्का, जीतु नेपाल, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, स्वरुपपुरुष ढकाल लगायतको उपस्थिती थियो । | 2022/05/17 15:24:45 | https://ram-krishna.com.np/%E0%A5%AB%E0%A5%A7-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%96%E0%A5%81%E0%A4%B6%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%9B%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%BE-%E0%A4%AA%E0%A4%A8%E0%A5%8D/ | mC4 |
काठमाण्डौ १६ कार्तिक । प्रधानमन्त्री के पि ओली आज साँझ स्वास्थ्य उपचार पस्चात बालुवाटार फर्किएका छन ।
छातिमा समस्या भएका कारण प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली स्वास्थ्यमा सुधार हुनासाथ वालुवाटार फर्कन चाहन्थे । तर चिकित्सकले वालुवाटार फर्किए पछि उनलाई धपेडी हुने भन्दै औषधि नसकिदा सम्म अस्पतालमै आराम गर्न सुझाव दिदै आएका थिए । उनले स्वास्थ्यमा सुधार हुना साथ अस्पतालमै भेटेर विभिन्न मन्त्रालयका मन्त्रीलाई भेटेर निर्देशन समेत दिएका छन् ।
आज पनि उनलाई भेट्न रविन्द्र अधिकारी लगायतका मन्त्री अस्पतालमा पुगेका थिए । सो क्रममा उनले भैरहवा विमानस्थलको स्तररोन्नतीका बारेमा जानकारी लिएका थिए । कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले विहिवार भेट गरेका थिए । शुक्रबार स्वास्थ्य परीक्षणको रिपोर्ट हेरेर चिकित्सकले डिस्चार्ज गरेका हुन्। | 2022-11-28T21:55:58Z | https://www.niatratv.com/archives/865 | OSCAR-2301 |
पोखरा रंगशालामा खानेपानी | JanaSammat.com
पोखरा रंगशालामा खानेपानी
पानी निर्मलीकरणको युरो गार्ड मेसिनका लागि गरिमा विकास बैंकले सहयोग गर्नेछ
पोखरा । पोखरा रंगशालामा विभिन्न प्रतियोगिताहरु हुँदा आयोजकको तर्फबाट खेलाडीहरुलाई खानेपानीको व्यवस्था हुँदैनथ्यो ।
सहभागी विद्यालय तथा संघसंस्थाहरु आफैले खानेपानीको व्यवस्था गर्नुपथ्र्यो । सहभागी संघसंस्थाहरुले पनि आफ्नो खेलाडीहरुको लागि खानेपानीको व्यवस्था नगर्दा खेलाडीहरु पानी पनि पिउन नपाई प्रतिस्पर्धाका लागि खेल भावना बोकेर मैदानमा उत्रन्थे ।
यसरी, मैदानमा उत्रदै गर्दा खेल्ने क्रमा खेलाडीहरु मैदानमै बेहोश भई ढलेका केही घटनाहरु छन् । खानेपानीकै अभावमा खेलाडीहरुले कुनै समस्या भोग्न नपरोस भन्ने उद्देश्यका साथ अहिले यतिखेर पोखरा रंगशालामा खानेपानीको पूर्वाधारको काम हुँदैछ । पोखरा रंगशालास्थित बास्केटबल कोर्ट र भलिबल कोर्ट तथा कभर्ड हल नजिकै खानेपानीका ट्याङ्कीहरु जडान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङको पहलमा खानेपानीको पूर्वाधार बन्न लागेको हो । खानेपानी पूर्वाधार पूरा भएपछि खेलाडीहरुले राहत महसुश गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले बताए । करिब १० लाखको लागतमा खानेपानीको योजना पूरा हुने गुरुङ बताए ।
'खेलाडीहरुको हितलाई ध्यानमा राखी खानेपानीको व्यवस्था गर्न लागिएको हो,' गुरुङले भने, 'यो योजना पूरा भएपछि बास्केटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र इन्डोर गेमका खेलाडी र अफिसियलहरुले शुद्ध पानी पिउन पाउनेछन् । बाहिर गएर उनीहरुलाई पैसा तिरेर पानी किन्न पर्दैन । सानै भएपनि खेलाडीहरुका लागि नभै नहुने यस्तो कुराहरुमा हाम्रो ध्यान गएको छ । '
खानेपानीका लागि १५ सय लिटर पानी अट्ने ६ वटा ट्याङ््की जडान गरिएको छ । त्यसमध्ये ५ वटा ट्याङ््कीमा ७५ सय लिटर पानी जम्मा हुन्छ । बोरिङबाट पानीलाई ५ वटा ट्याङ्कीमा जोडिएको छ । एउटा ट्याङ्कीलाई शुद्धिकरणको प्रयोजनका लागि जडान गरिएको छ । पाँच वटासम्म पानीका धाराहरु बन्नेछन् ।
निर्मलीकरणका लागि युरो गार्ड यन्त्र समेत जडान गरिने गुरुङले बताए । गुरुङका अनुसार युरो गार्डको जडान गरिसकेपछि दैनिक २ हजार लिटर शुद्ध पानी जम्मा गर्न सकिनेछ । गर्मीको समयमा आइस राखेर समेत चिसो पानी पिउन सकिने प्रविधिसहितको खानेपानी योजना बनाएको गुरुङले उल्लेख गरे ।
खानेपानीका लागि समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ, हङकङ निवासी हितमान गुरुङ, लेकसाइडस्थित डुङ्गा रेष्टटुरेन्टका प्रोपाइटर राजेश गुरुङ र कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङ र जनप्रतिनिधि तोरण बानियाको सहयोग रहेको छ ।
पानी निर्मलीकरणको युरो गार्ड मेसिनका लागि गरिमा विकास बैंकले सहयोग गर्ने गुरुङले जानकारी दिए । निर्र्मलीकरण यन्त्रका लागि करिब साँढे ४ लाखसम्म पर्ने गुरुङको भनाई छ । 'बैंकले प्रस्तावपत्र मागेको छ । बैंकलाई छिट्टै आवश्यक कागजपत्र पेश गर्छौ, कागजपत्र पेश गर्नासाथ बैंकसँग सम्झौता हुन्छ । एक हप्ताभित्रै सबै खानेपानीको पूर्वाधार पूरा गर्छौ,' गुरुङले बताए ।
१३ औं साग गेम र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पनि यस्ता न्यूनतम पूर्वाधारहरु बनाउनुपर्नेमा गुरुङ जोड दिन्छन् । नयाँ बहुउद्देश्यीय नयाँ कभर्ड हलमा समेत। यसको लगत्तै खानेपानीको पूर्वाधार बनाइने योजना रहेको गुरुङले बताए । गुरुङले भने, 'नयाँ बहुउद्देश्यीय कभर्ड हलमा साँढे दश हजार लिटर बराबरको खानेपानीका ट्याङ््कीहरु जडान गरिन्छ ।'
गुरुङले पोखरा रंगशालास्थित बास्केटबलको संरचनालाई समेत व्यवस्थित बनाइने बताएका छन् । उनले बास्केटबल संघको कार्यलय लगायत खेलाडीका लागि चेञ्जिङ रुम र कोर्टको बाउन्डरीमा तारबार तथा कम्पाउण्ड बनाउने कुरामा संघसँग छलपल गरिरहेको बताए । उनले भने, 'रंंगशालाको १ नं गेटबाट प्रवेश हुनासाथ सम्मुखमै रहेको बास्केटबल कोर्ट यस्तो बेवारिसे हालतमा हुनु हुँदैन ।' | 2022/05/28 06:52:50 | https://www.janasammat.com/2019/08/18/%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A4%BE-%E0%A4%B0%E0%A4%82%E0%A4%97%E0%A4%B6%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%96%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80/ | mC4 |
ब्रा नलगाउनुका पाँच फाइदा यहा हेर्नुहोस - Ahakhabar
ahakhabar - आहा खबर २ श्रावण २०७७, शुक्रबार २१:१७
एजेन्सीः महिलाको ब्रासँगको सम्बन्ध जटिल छ । एउटा राम्रो ब्राले महिलालाई राम्रो फिटिङ र आकार दिन मद्दत गर्नसक्छ भने केही महिलाका लागि ब्रा दुखाईको कारण पनि बन्नसक्छ । कतिलाई यो लगाउन नपरे पनि हुन्थ्यो भन्ने हुन्छ भने कतिलाई भने ब्रा नलगाउँदा असहज महसुस हुन्छ । ब्रा लगाउने–नलगाउने यो व्यक्तिगत निर्णयमा भर पर्ने कुरा हो । यहाँ आज हामी तपाईंलाई ब्रा नलगाउनुका फाइदाबारे जानकारी दिँदै छौं । | 2021/01/28 14:24:40 | https://ahakhabar.com/2020/07/17/68211/16/ | mC4 |
ह्वावेको तीन दिन लामो अनलाइन कार्यक्रम 'बेटर वर्ल्ड समिट' को समापन - प्रबिधी खबर
ह्वावेको तीन दिन लामो अनलाइन कार्यक्रम 'बेटर वर्ल्ड समिट' को समापन
July 29, 2020 by Prabidhikhabar
ह्वावेले ग्लोबल क्यारियर र केहि मिडिया आउटलेटहरु, विश्लेषकहरु र विश्वभरका सरकारी अधिकारीहरुलाई लक्षित गरि तीन दिन लामो अनलाइन कार्यक्रम 'बेटर वर्ल्ड समिट' आयोजना गरेको थियो । महामारीले हाम्रो काम र जीवनको हरेक पक्षमा छुने गरि संसारलाई परिवर्तन गरेको छ । यो शिखर सम्मेलन कोभिड–१९ को महामारीसंग कसरी अझ प्रभावकारिताका साथ लड्न सकिन्छ र महामारी पश्चात आर्थिक सुधार कसरी बढाउन सकिन्छ भनेर अन्वेषण गर्ने हिसाबले डिजाइन गरिएको थियो ।
दूरसंचार वाहक, नियामकहरु, विश्लेषकहरू, मिडिया र विश्वभरका यसका साझेदारहरुको साथ ह्वावेले जुलाई २७–२९ को अवधीमा आईसीटीले कसरी बृहत क्षेत्रमा नयाँ भ्यालु प्रदान गर्दैछ भन्ने कुराको बारेमा छलफल गर्नुको साथै यसले उज्जवल र सम्पन्न भोलिको लागी राख्ने रणनितिक आधारहरु को अन्वेषण पनि गर्यो ।
ह्वावेले उक्त कार्यक्रमको लिंक ईमेलको माध्यमबाट नेपाल सहित आफ्नो लक्षित दर्शकहरुलाई पठाएको थियो । मिडिया, विभिन्न उद्योग र सरकार सम्बन्धित प्राधिकरणका करीव ५० जनालाई नेपालबाट सहभागी हुन आमन्त्रित गरियो । इच्छुक सहभागीहरूले उनीहरूको ईमेल ठेगाना दर्ता गरेर कार्यक्रममा सामेल भए । बेटर वर्ल्ड समिट सम्मेलन चिनियाँ, अंग्रेजी, स्पेनिश, फ्रान्सेली, रूसी, कोरियाली, जापानी र अरबीमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
अनलाइन 'बेटर वर्ल्ड समिट' सम्मेलनको उद्घाटनको दिन ह्वावेका राटेटिंग अध्यक्ष गुओ पिङले पाँच प्रमुख टेक डोमेनको तालमेलले व्यवसायिक सफलताको लागि 5G को भूमिका कसरी अनलक गर्न मद्दत पुर्याउछ भनेर बिस्तार गर्नुभयो । चाइना टेलिकम, एटिसलाट (ETISALAT), एमटीएन (MTN), जीएसएमए (GSMA) र ३जीपीपी (3GPP)/ ईटीएसआई (ETSI) का अतिथि वक्ताहरू लाई ८० भन्दा बढी देशहरूबाट आएका हजारौं अनलाईन सहभागीहरूले सूचना तथा सञ्चार टेक्नोलोजी (आईसीटी) ले कसरी यस महामारीको बेला अहिले र पछिको नयाँ आर्थिक वृद्धिलाई उर्जा दिन सक्दछ भन्ने कुरामा छलफल गर्न साथ दिए ।
"आईसीटी कम्पनीका रूपमा यस महामारीलाई नियन्त्रण र पराजित गर्न हामीले हामी सँग भएको टेक्नोलोजीको प्रयोग गर्नु हाम्रो जिम्मेवारी हो," गुओले भने । "हाम्रा साझेदार र ग्राहकहरूसँग मिलेर सबै प्रकारका सेवा प्रदाएक र उद्यमहरू सहित हामी हाम्रो समुदायहरूमा सकारात्मक प्रभाव पार्न टेक्नोलजिकल समाधानहरूको प्रयोग गर्न सक्छौं ।
5G व्यवसायिक रूपमा सफल हुनको लागि सम्पूर्ण उद्योगहरूले मिलेर काम गर्नु आवश्यक छ । भर्टिकल उद्योग अनुप्रयोगहरू तब मात्र एउटा स्केलमा पुनरुत्पादित गर्न सकिन्छ जब उद्योग मापदण्ड (Industry Standards) र सहयोगी ईकोसिस्टम (Ecosystem) एक जुट हुन्छ । "अगाडि बढ्दै जादा ह्वावेले हाम्रा साझेदारहरूलाई उनीहरूको क्षमता प्रदान गर्न दोब्बर प्रयास गर्नेछ," गुओले भने । "हामी संयुक्त इनोभेशनको प्रचार गर्नेछौं र भ्यालु चेन (Value Chain) मा रहेका सबैको वृद्धि गर्नेछौं ।
दोस्रो दिन ह्वावेका कार्यकारी निर्देशक र क्यारियर बिजिनेस का अध्यक्ष रायन टिङले 'बेटर वर्ल्ड समिट २०२०' मा किनोट स्पिच (Keynote Speech) दिनुभयो । टिङका अनुसार कोभिड–१९ संकट विश्वव्यापी रूपमा फैलिरहदा नेटवर्क निर्माण र ब्यापार विकास को चार क्षेत्रमा क्यारियर तयार हुन आवश्यक रहेको जसले चाँडै नै नेटवर्क क्षमताको भरपुर प्रयोग गर्दछ र व्यापार बृद्धि गर्न प्रेरित गर्दछ ।
दोस्रो दिनको सत्रमा समावेश अन्य वक्ताहरू, चाइना यूनिकोमका वरिष्ठ उपाध्यक्ष लियांग बाओजुन, चाइना मोबाइलका सरकार-उद्यम व्यापार समूहको महाप्रबन्धक लियू जियान, LG U+ का AR/VR सेवाका उपाध्यक्ष चोई यून हो, ईस्त्राटजी आनालाईटिक्स (Strategy Analytics) का कार्यकारी निर्देशक फिल केन्डल, र ह्वावे 5G उत्पादन लाइनका अध्यक्ष पेङ हनगुआ हुन् ।
ह्वावे कर्पोरेटका वरिष्ठ उपाध्यक्ष र बोर्डका निर्देशक क्याथरिन चेनले तेस्रो दिनमा किनोट स्पिच (KeyNote Speech) दिनुभयो । चेनका अनुसार धेरै राष्ट्र र उद्योगका टेलिकम नियामकहरूले कोभिड–१९ महामारीको कारण देखा परेका साझा चुनौतीहरूको सामना गर्न सबैसँग मिलेर काम गर्नु पर्दछ र सबैका लागि थप समावेशी भविष्यको सिर्जना गर्नु पर्दछ ।
शिखर सम्मेलनमा उपस्थित अन्य वक्ताहरू, इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन रेडियो कम्युनिकेसन सेक्टर (ITUR), जि यस यम ए (GSMA), यूरोपीय प्रतिस्पर्धी दूरसञ्चार संघ (ECTA), दक्षिण अफ्रिकी संचार र डिजिटल टेक्नोलोजी विभाग, थाइल्याण्डको राष्ट्रिय डिजिटल अर्थव्यवस्था र सामाजिक आयोग, चीनको सूचना र सञ्चार टेक्नोलोजी एकेडेमी (CAICT), इन्टरनेट ईन्डस्ट्री एसोसिएसन जर्मनी (ECO) र ADL का प्रतिनिधिहरू हुन् ।
विगत ३० बर्षमा सूचना प्रविधिहरू द्रुत गतिमा अगाडी बढेका छन्, जसले मानिसहरूको जीवन र काम सजिलो बनाएको छ । कोभिड–१९ महामारीले यो देखायोे कि डिजिटल संरचनाहरूको गतिले टेक्नोलोजिकल विकास सङ्ग तालमेल राखेका छैनन् । आईटीयू (ITU) का अनुसार विश्वको आधाभन्दा बढी जनसंख्यासँग अझै न त इन्टरनेटको पहुँच छ, न त अन्य डिजिटल प्रविधिहरूको पहुँच छ । मुलुकहरूमा अर्थतन्त्र सुस्ताउदै गर्दा, सरकारहरू आर्थिक सुधारको रणनीति प्रति बढी चासो छन् । "हामी अधिक कनेक्टेड, इन्टेलिजेन्ट र इनोभेटिभ भविष्यको कल्पना गर्दछौं," चेनले भने । "सबै भन्दा पहिले, हामीले यो सबैको लागि समावेशी, दिगो र सबै भन्दा राम्रो भविष्य हो भनेर सुनिश्चित गर्नुपर्दछ ।"
यी वक्ताहरू ८० भन्दा बढी देशहरूबाट आएका हजारौं अनलाइन सहभागीहरूसँग उद्योग नीतिले कसरी डिजिटल अर्थव्यवस्थाको विकासलाई प्रोत्साहन दिन्छ, आर्थिक पुनः प्राप्तिलाई सजिलो पार्छ र सबैको लागि राम्रो भविष्य निर्माण गर्छ भन्ने कुरामा छलफल गर्न सामेल भएका थिए । | 2021/10/24 22:03:58 | https://prabidhikhabar.com/telecom/281 | mC4 |
योगा स्वास्थ्यका लागि फाइदाजनक | bethanchokkhabar.com
सोमबार, आषाढ ०६, २०७९ | २२:१६:२३ |
काभ्रे : धुलिखेल स्थित इमाथेका मोहन बहादुर गजुरेलकौ दैनिकी धुलिखेल योग साधना केन्द्रको योगाबाट सुरु हुन्छ । बिहानको ५ नबज्दै उनी योगाका लागि योग साधना केन्द्र पुग्छन् । उनका अनुसार योगा गर्नु स्वास्थ्यको लागि धेरै राम्रो हो । 'योगले मानसिक र एरोबिकदुवै हिसाबले राम्रो मानिन्छ,' उनले भने, 'योग गर्दा मष्तिस्कमा सकारात्मक कुराहरु आउने भएकाले दिनको एक घण्टा योग गर्दा राम्रो हुने रहेछ ।' हाम्रो घरको आँगन, बगैँचा, कौसीमा बसेर पनि योगा गर्न सकिने उनले बताए ।
स्वस्थ शरिरसँगै शरिर फिटनेसको लागि जिम सेन्टर, जुम्बा , एरोबिक जस्ता ठाउँमा नपुगी घरमै बसेर पनि गर्न सकिने वरिष्ठ मुटु रोग विशेषज्ञ डा. दिवाकर शर्मा बताउँछन् । 'शरिरलाई स्वस्थ राख्न हामीले गर्ने एरोबिकव्यायम हामीले हाम्रै घरको बगैँचाको फ्रेसमा पनि गर्न सक्छौँ,' उनले थपे, 'त्यस्तै घरको खुल्ला ठाउँ जस्तै छत र आँगनमा बसेर पनि यी कार्य सकिन्छ । आफ्नो शरिरलाई स्वस्थ राख्न अरु धेरै केही गर्नै पर्दैन । आफ्नो फुर्सदमा घरको छत, बगौँचा, कौसीमा दिनमा ५० राउन्ड मात्र लगाए पनि पुग्छ ।' डा।शर्माका अनुसार सबै बिरामीले एकैले खाले व्यायम गर्नु हुदैँन, चिकित्सकले सुझाए अनुसारको व्यायम गर्नुपर्छ । यसका साथै यो समयमा खानेकुरामा पनि विशेष ध्यान दिन उनी सुझाउँछन् ।
फुर्सदको समयमा मिष्ठान्न परिकार पकाएर खाने गरिन्छ । यो समयमा हामीले खाएको खाना थोरै मात्र उर्जामा परिणत हुने हुदाँ खाना पनि विशेष ख्याल गर्नुपर्छ । धेरै मात्रामा चिल्लोपदार्थ बढि भएका खानेकुरा खान नहुने डा. शर्मा बताउँछन् । 'मानिसहरुले धेरै मोबाइल, इन्टरनेट र टि।भ हेर्दा शरिरमा व्यायमको कमी हुन्छ र यसले गर्दा शरिरमा अरु समस्या निम्तिन सक्छ,' उनले भने, ' त्यसकारण पनि श्रृजनात्मक काम गरेर समयको सदुपयोग गर्नुपर्छ ।'
स्वस्थ शरिरको लागि योग गर्नु धेरै राम्रो हुने पतंजली योग समिति धुलिखेल नगरका संयोजक राजु श्रेष्ठ बताउँछन् । उनका अनुसार योगले शरीरलाई स्वास्थ राख्न र आयू लम्ब्याउने काम गर्नुको साथै मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्ने उनले बताए । कोरोनाले मानिसहरुको मष्तिस्कमा त्रास फैलाएको अवस्थामा योगले मानिसलाई मनोवल बढाउने र उत्साह जगाउने काम गर्ने उनले थपे ।
योग सबै व्यक्तिले गर्न आवश्यक रहेको उनले बताए । उनका अनुसार योगको लागि दिनमा ३० देखि ४५ मिनेट सम्म समय खर्च गर्दा राम्रो हुन्छ । 'नियमित योगले खानपान र निन्द्रा राम्रो हुन्छ,' उनले भने, 'हार्डजोर्नीहरु बलियो हुन थाल्छन् । योग गर्दा १० मिनेट फिजिकल, १० मिनेट श्वास—प्रश्वास र १० मिनेट मनलाई आनन्द बनाउने ध्यान गर्न सकिन्छ । मिलाएर योग गर्न सकियो भने स्वास्थ्यको लागि राम्रो हुन्छ ।'
योग गुरु राजु श्रेष्ठका अनुसार योग खुल्ला ठाउँमा मात्र गर्दा शरिरलाई फाइदा हुन्छ । यो समयमा हामीले हाम्रो बगैँचा, छत र कौसीमा योग गर्न सक्छौँ । उनका अनुसार इन्टरनेट र टिभीको पहुँच हुनेले ती माध्यमबाट योग सिक्न सक्नु हुनेछ भने पहुँच नहुने घरमै बसेर योगी जगिङ, सेटअप, पुसअप, पिटी लगायत पनि गरेर शरिरलाई स्वस्थ राख्न सकिनेछ । | 2022/06/27 18:23:40 | https://bethanchokkhabar.com/2022/06/55088/ | mC4 |
रुई र सुई समेत नभएका अस्पताल - RastraKhabar-Nepal's No. 1 Digital Newspaper
समाचार रुई र सुई समेत नभएका अस्पताल
March 10, 2019 March 10, 2019 rastrakhabar 0
पाल्पा जिल्ला अस्पतालमा टिटानसको सुई सकिएको एक वर्ष भयो, घाउ पुछ्ने रुईसमेत छैन स्टोर शाखा प्रमुख भन्छन्, 'टेन्डर गर्दै छौँ'
फलामले काटेर गम्भीर चोट लागेपछि तानसेन नगरपालिका–११ बन्दीपोखराका १५ वर्षीय गोविन्द बोहरालाई आमा भीमाले बिहीबार जिल्ला अस्पताल दौडाइन् । एक घन्टा हिँडेर आमाछोरा अस्पताल पुगे, तर अस्पतालमा टिटी सुई नै रहेनछ । जिल्ला अस्पतालको बिजोग त्यतिवेला थाहा लाग्यो, जब भीमाले छोराको आँखामाथि जमेको रगत पुछ्न रुई मागिन् । नर्सले भनिन्, 'रुई छैन ।'
अस्पतालको इमर्जेन्सी तथा स्टोर शाखाका इन्चार्ज अहेव चन्द्रतारा बस्यालले टिटी सुई सकिएको एक वर्ष भएको बताए । अहिलेसम्म किन नल्याउनुभएको त भन्ने नयाँ पत्रिकाको प्रश्नमा बस्यालले जवाफ दिए, 'टेन्डर गर्ने तयारी भइरहेको छ ।'
'थप सेवा विस्तारको त कुरै नगरौँ, चलिरहेको सेवालाई निरन्तरता दिन पनि अप्ठ्यारो भइरहेको छ,' अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले भने । अस्पतालले एनआइसियु कक्ष सञ्चालन गर्ने योजना बनाएको थियो । योजनाअनुरूप गत जेठमा उपकरणसमेत आयो । तर, आवश्यक पूर्वाधार र जनशक्तिका लागि बजेट नहुँदा प्रक्रिया नै अघि बढ्न सकेन । 'सिटीस्क्यान सेवा विस्तारको कार्यक्रम थियो, त्यसका लागि पनि बजेट आएन,' डा. ठाकुरले भने । २२ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल १२ जना मात्र कार्यरत छन् । सरकारी अस्पतालमा कार्यरत १२ जना डाक्टर भद्रपुर, बिर्तामोडलगायत स्थानका विभिन्न क्लिनिकमा बिरामी जाँच गर्न धाउँछन् । कतिपयले आफ्नै क्लिनिक स्थापना गरेका छन् ।
जिल्ला अस्पताल तम्घासका धेरै सुविधा कागजमै सीमित छन् । १० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर काममा एकजना मात्रै छन् । अस्पताल ५० शय्याको हो, तर संरचना, उपकरण र जनशक्तिको अभावमा २५ शैयामात्रै सञ्चालनमा छ । गम्भीर कुरा त यो छ कि प्रसुती गृहमै पानी चुहिन्छ । चर्किएको ढलान मर्मत नहुँदा पानी परेका वेला सीधै बेडमा पानी चुहिने समस्या छ । नयाँ पत्रिकाले यसअघि पनि यस विषयमा समाचार प्रकाशित गरेपछि अहिले भने मर्मतको काम सुरु भएको छ । ढलानमाथि ट्रस राख्ने काम सुरु भएको अस्पताल प्रमुख डा. उत्तम पच्याले बताए । जिल्ला अस्पतालमै एउटा एम्बुलेन्ससमेत नहुनु अर्को दुर्भाग्य हो ।
प्रतिष्ठानमा दैनिक करिब २५ बिरामी ओपिडीमा आउँछन् । अस्पतालको बेड संख्या भने ७६३ मात्र छ । आकस्मिक कक्षमा खुट्टा टेक्ने ठाउँसमेत नहुने आकस्मिक कक्षका विभागीय प्रमुख डा. ज्ञानेन्द्र मल्ल बताउँछन् । बुधबार पनि आकस्मिक कक्षमा ठाउँ नपुगेर प्यासेजमै १० जनाभन्दा बढी बिरामीको उपचार भइरहेको थियो ।
महिलाहरुको धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको छ :उपराष्ट्रपति पुन
सिके राउतसँग गरिएको सम्झौता विवादित रहेको सत्तारुढ दलका नेता भीम रावलको दाबी, स्पष्ट पार्न सरकारसँग माग | 2020/02/17 09:08:15 | https://www.rastrakhabar.com/2019/03/10/social-97/ | mC4 |
तरकारी र मकै खेतीका नाममा वाग्मती किनारको जग्गा कब्जा « Deshko News
तरकारी र मकै खेतीका नाममा वाग्मती किनारको जग्गा कब्जा
शङ्खमूलबाट कोटेश्वर जाने नदी किनारको जग्गामा वाग्मती प्रदेशसभा सदस्य गणेश दुलालले समेत मापदण्ड विपरीत प्रदेशसभा सदस्यको पूर्वाधार विकास कार्यक्रमको बजेटबाट स्थायी संरचना निर्माण गर्नुभएकामा अभियानकर्मीले आपत्ति जनाउनुभयो । संयुक्त राष्ट्र सङ्घ उद्यान ९यूएन पार्क० बाट आलोकनगरसम्मको नदी किनारका अधिकांश स्थानमा तरकारी लगाएर कब्जा गरिएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाभियानले हप्तामा एकपटक अभियानकर्मीका बीच बैठक गरी समीक्षा गर्दै आएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा भने सफाइ अभियान र बैठकसमेत प्रभावित भएको थियो । गत हप्तादेखि भने बैठकलाई निरन्तरता दिइएको छ । सफाइ अभियानलाई भने नदी किनारमा निवास भएका अभियानकर्मीले निरन्तरता दिँदै आएका छन् । अन्य अभियानकर्मीले आ–आफ्नो टोल सफाइको नेतृत्व गर्दै आएको जानकारी पनि बैठकमा दिइएको थियो । वाग्मती सफाइ महाअभियानले ३७१ हप्ता पार गरिसकेको छ । | 2022/01/18 20:15:57 | https://www.deshkonews.com/archives/113974 | mC4 |
महानायकसग चलचित्रमा डेब्यु गर्दै प्रिन्स – Next World Online
Next World Online > Uncategorized > महानायकसग चलचित्रमा डेब्यु गर्दै प्रिन्स
३ महिना अगाडि Anil
खुल्ला प्रतिस्पर्धामार्फत बहुप्रतिभाका धनी ९ बर्षे बालक प्रिन्स प्रसिद सिंह थापाले सत्यम मुभिको लागी सर्बोत्कृस्ट अंक हांसिल गरी बालकलाकारको मुख्य भूमिकामा चलचित्र सत्यम मार्फत डेब्यु गर्न लागेका छन ।
नाताबाद,कृपाबाद,परिवारबाद बाट माथी उठेर पनि नेपाली चलचित्रको विकास निर्माण गर्न सकिन्छ भन्न्ने उदाहरण प्रस्तुत गर्दै नेपाली चलचित्र क्षेत्रलाई राज्यले चलचित्र उधोग को मान्यता प्रदान गर्नुपर्दछ भन्न्ने माग राख्दै नेपालको बिभिन्न कुना काप्चामा गइ निशुल्क प्रतिस्पर्धा मार्फत नयाँ प्रतिभाहरु समेत लाई अबसर प्रदान गरी नब युग सिनेमा प्रा. लि.ले निर्माण गर्न लागेको चलचित्र सत्यम नयाँ सोच बाट बन्न्न लागेको छ ।
बिगत लामो समय देखी देशब्यापी निशुल्क रुपमा भइ रहेको अडिसनमार्फत् यस चलचित्रमा "बाल कलाकार" को भूमिका मा ९ बर्षे बालक प्रिन्स प्रसिद सिंह थापा समेतले यस चलचित्रको लागि अडिसन दिएकोमा सो प्रतिस्पर्धामा सर्बोत्कृस्ट अंक हांसिल गरी बालकलाकारको मुख्य भूमिकामा चयन भएका छन । लामो समय पछी महानायक राजेश हमाल ज्युले पुन चलचित्रमा पुनरागमन गर्न लाग्न्नु भएको छ भने यस चलचित्रमा पल शाह र अनुप बिक्रम शाही को पनि मुख्य भूमिका रहने जनाइएको छ ।
प्रिन्सले भोक अनि पर्खाइ जस्तो लघु चलचित्र बाट हाम्रो मन जिती सकेका छन । सामाजिक कार्यमा पनि उति नै सक्र्य प्रिन्स नाम मात्र प्रिन्स होइन काम पनि कुनै प्रिन्सको भन्दा कम छैन । प्रिन्स गरीब र असहाय बाल बालिका हरु को आवाज हुन। त्यसैले प्रिन्स जस्तो अमुल्य रत्न्न नेपाली सिनेमा को लागि पनि आबस्यकता छ त्यसैले यस्तो होनाहार प्रतिभा लाई सत्यम टिमले खुल्ला प्रतिस्पर्धा मार्फत खुल्ला प्रतिस्पर्धा गर्ने अबसर दिएकोमा नेपाली सिने क्षेत्र प्रती हाम्रो सकरात्मक प्रभाब परेको छ । अब नेपालामा पनि प्रतिभा को कदर गर्ने सस्था रहेछ है भन्न्ने कुरा प्रिन्सको खुल्ला प्रतिस्पर्धात्मक छनोट ले पुस्टी गरेको छ । सुखद तथा ऐतिहासिक डेब्युका लागि प्रिन्सलाई अग्रिम शुभकामना । | 2021/06/20 05:45:49 | https://nextworldonline.com/%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%BE%E0%A4%AF%E0%A4%95%E0%A4%B8%E0%A4%97-%E0%A4%9A%E0%A4%B2%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%A1%E0%A5%87%E0%A4%AC%E0%A5%8D/ | mC4 |
अभिनेत्री प्रियंका कार्कीको इङ्गेजमेन्ट - ConfuseNepal
३० असार २०७५, शनिबार ३० असार २०७५, शनिबार कन्फ्युजनेपाल 0 Comments priyanka karki
नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा धेरै चर्चा बट्ुल्न सफल नायिका प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशी सँग इङ्गेजमेन्ट गरेकी छिन । गत २ वर्षदेखि यो जोडि प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । गाप्य रुपमा शनिवार एक पारिवारिक माहोलका बिच दुबैले औँठि साटासाट गरेर प्रेम सम्बन्धलाई अझ बलियो रुप दिएका छन ।
चलचित्र 'कथा काठमाण्डु' को छायांकन ताकादेखी नै यी दुईले प्रेम सम्बन्धमा प्रवेस गरेको चर्चा थियो । यो चर्चाले मिडियामा राम्रो ठाउँ लिएको थियो । यो जोडिले मिडियामा पनि खुल्लमखुल्ला हामी दुई प्रेम सम्बन्धमा रहेको बताउदै आएका थिए । उक्त इङ्गेजमेन्ट समारोहमा अभिनेत्री कार्की र अभिनेता जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो ।
समारोह पछि आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तस्विर सार्वजानिक गर्दै हुनेवाला बुहारी र छोरालाई बधाइ व्यक्त गरेकी छिन । त्यसै गरेर सामाजिक सञ्जालमा पनि पूर्व मिस नेपाल जेनिशा कोक्तानले पनि औँठि साटेको फोटो पोस्ट गर्दै बधाई दिएकी छिन । | 2020/08/05 04:17:17 | http://confusenepal.com/kollywood/1861/ | mC4 |
जनकपुर, फागुन ४–प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा आउंदो फागुन १० गतेदेखि प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने मूल नाराका साथ जनकपुरधाममा यो दोश्रो खाद्य मेला आयोजना हुन लागेको हो ।
आयोजना गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज पत्रकार सम्मेलन गरी जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुने सो खाद्य मेला फागुन १० गतेदेखि १२ गतेसम्म आयोजना हुने कुरा जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरद्वारा परम्परागत, स्थानीय,अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुलाई प्रवद्र्धन गर्दै खानेबानीमा सुधार गर्ने उद्देश्यका सो खाद्य मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
सम्बन्धित समाचार
विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने
विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...
बुद्धोदय सहकारीको निक्षेप ११ करोड १ लाख
विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ ।सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण...
विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने
विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...
रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस
विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो । | 2022-12-04T21:14:54Z | https://newsbirat.com/2020/02/16/49634/ | OSCAR-2301 |
मप विश्वविद्यालय स्ववियु निर्वाचनमा १४८० मत खस्यो – Mission
मप विश्वविद्यालय स्ववियु निर्वाचनमा १४८० मत खस्यो
प्रकाशित मितिः सोमवार, भदौ १३, २०७३
सुर्खेत भदौ १३
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा पहिलो पटक आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान सम्पन्न भएको छ । विहान करिब ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ६ बजेपछि सम्पन्न भएको थियो । चार बजेपछि मतदान स्थल प्रवेश गरेका विद्यार्थीहरुले साँझ ६ बजेसम्म मतदान गरेका थिए । निर्वाचन समितिका अनुसार एक हजार चार सय ८० जना मत खसेको छ । विश्वविद्यालयका जम्मा एक हजार ६ सय ९३ जना मतदाता भएकोमा त्यसको ८६.४१ प्रतिशत मत खसेको हो । निर्वाचन समितिका अनुसार बुथ नं. १ अर्थात व्यवस्थापना संकायबाट पाँच सय ८६ मत खसेको छ । यस्तै मानविकि र शिक्षा संकायका लागि निर्माण गरिएको बुथ नं. २ बाट चार सय ४४ र इनिजनियरिङ, विज्ञान र शिक्षा शास्त्र संकायका लागि निर्माण भएको बुथ नं. ३ मा चार सय ५० मत खसेको निर्वाचन समितिले जनाएको छ । मत गणना अहिले साँझ नै हुनेछ । देशकै पूरानो र ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि चुनाव हुन नसकिरहेको बेलामा मध्यपश्चिम विश्वविद्यालयमा निर्वाचन हुँदा त्रिविलाई समेत दवाव बढ्ने विश्लेषण गरिएको
छ । स्ववियुको नेतृत्व हत्याउनका लागि पहिलो पटक हुन लागेको निर्वाचनमा मप विश्वविद्यालयमा विभिन्न ८ वटा विद्यार्थी संगठनबाट ६९ जनाले प्रतिस्पर्धा गरेका छन् । त्रिविले मिश्रित प्रणालीमा निर्वाचन गर्ने तयारी गरेपनि कार्यान्वयन नगरेकाबेला मप विश्वविद्यालयले भने मिश्रित प्रणालीमै निर्वाचन गराउन लागेको छ । यो प्रणाली अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष र सात जना सदस्य प्रत्यक्ष निर्वाचनबाट छनौट हुँदैछन । जसका लागि विभिन्न ८ संगठनबाट ६९ जनाले प्रतिस्पर्धा गरेका छन् । बाँकी पदमा संठनले प्राप्त गरेको मतको आधारमा छनौट गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा सहभागी आठ वटा संठनमध्ये तीन वटाले मात्रै प्रत्यक्षतर्फको १० सीटमा उम्मेदवारी दर्ता गराएका छन ।
नेकपा (माओवादी केन्द्र) को अखिल (क्रान्तिकारी), नेकपा (एमाले) निकट अनेरास्वविय र नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघले मात्रै प्रत्यक्षतर्फका सबै १० सिटमा उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बाट अध्यक्षमा राजेन्द्र बुढा, सचिवमा रवि केसी र कोषाध्यक्षमा जानकी रेग्मी तथा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट अध्यक्षमा झक्कबहादुर शाही, सचिवमा सन्तोषकुमार उपाध्याय र कोषाध्यक्षमा सुशील भट्टराईले उम्मेदवारी दिएका छ भने अखिलबाट अध्यक्षमा प्रभात पोख्रेल सचिवमा भरत शाहरु र कोषाध्यक्षमा अनु आकुराले उम्मेदवारी दिएका छन ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अध्यक्षमा भरतप्रसाद दाहाल, सचिवमा नविनप्रसाद जैसी र कोषाध्यक्षमा कमला शाही, नयाँ शक्ति विद्यार्थी युनियनबाट अध्यक्षमा तिर्सना हमाल, सचिवमा उमेश शाही र कोषाध्यक्षमा पुष्करदेव गिरी, अखिल ९छैठौ० बाट अध्यक्षमा शिल्पा रावल, सचिवमा टेकबहादुर वि।क। र कोषाध्यक्षमा भूमिका थापा उम्मेदवार बनेका छन । अखिल (क्रान्तिकारी) बाट अध्यक्षमा भीमबहादुर कठायत र कोषाध्यक्षमा शुद्धधन रोकामगर उम्मेदवार बनेका छन भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट आदित्यराज उपाध्यायले अध्यक्ष, नवराज गिरीले सचिव र गणेश थापाले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । ८ वटा संगठनहरु प्रतिस्पर्धामा उत्रिएपनि खास प्रतिस्पर्धा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ र अनेरास्वियुबीच देखिएको छ । | 2022/05/20 15:07:40 | https://missiontodaynews.com/2016/08/5068 | mC4 |
थप १८५ जनाको मृत्यु, ७४२५ जनामा संक्रमण पुष्टि - खबर
काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ । | 2021/10/18 22:20:58 | http://earthabulletin.com/News/Details/2021/05/23892 | mC4 |
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहित तीन पक्राउ
सोमवार, मंसिर २०, २०७८ ०२:४३:२०
बुधवार, असार १८, २०७६ नेपालबोट समाचारदाता
असार १८, धनगढी । कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार बिहान अत्तरियामा रहेको उद्योग वाणिज्य संघको सभाकक्षमा पत्रकार सम्मेलन गरिरहेका बेला इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्ट नेतृत्वमा गएको प्रहरी टोलीले अध्यक्ष देवकोटा, कार्यसमिति सदस्य विपिन साउदसहित तीनजनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले देवकोटासहितका ८ जनाविरुद्ध सार्वजनिक हित विपरितको क्रियाकलाप गरेको किटानी जाहेरी परेकाले पक्राउ गरेको जनाएको छ। गोदावरी नगरपालिकाले असार १० आयोजना गरेको नगर परिषद्को उद्घाटन समारोहमा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए।
पक्राउ गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ। असार १० गते नेकपाका स्थायी कमिटि सदस्य लेखराज भट्ट प्रमुख अथिति र सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुबेदी विशिष्ठ अथिति रहेको नगर परिषद्मा आफूहरुलाई बोल्न नदिएको भन्दै देवकोटासहितका केही व्यक्तिले विरोध गर्दै माइकको तार काटनुका साथै जेनेरेटर तोडफोड गरेको गोदावरी नगरपालिकाले जनाएको छ। | 2021/12/06 08:58:20 | https://www.nepalbot.com/social/1370 | mC4 |
» एकान्तकुनाबाट दुई यातायातका विचौलिया पक्राउ
एकान्तकुनाबाट दुई यातायातका विचौलिया पक्राउ
काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुर महनगरपालिका-१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् ।
महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ । रासस | 2021/10/27 17:45:35 | https://www.khabarkura.com/2021/10/68382/ | mC4 |
वर्ष दिनसम्म पनि आउँदैन नतिजा, विद्यार्थी मर्कामा - Naya Pageवर्ष दिनसम्म पनि आउँदैन नतिजा, विद्यार्थी मर्कामा - Naya Page
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम विद्यार्थीले भोगिरहेका छन् । यस्तो ढिलाइले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ । स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि भदौमा सकिएको थियो ।
अहिले तेस्रो वर्षको परीक्षासमेत फागुनको पहिलो साता सार्वजनिक गर्न पनिकाले तालिका सार्वजनिक गरिसकेको छ तर अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीको गुनासो छ ।
स्नातक तह पहिलो वर्षका परीक्षार्थीको पनि फागुनको पहिलो साताबाटै परीक्षाको मिति तय गरिएको छ तर अघिल्लो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न जनशक्ति अभाव रहेकाले नतिजा सार्वजनिक गर्न ढिलो भएको बताए ।
कार्यालयमा हाल रहेका कर्मचारीमध्ये सबै कर्मचारी सूचना प्रविधिमा अभ्यस्त नहुँदा झन् समस्या हुने गरेको त्रिविले बताउँदै आएको छ । जोशीका अनुसार परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा कुनै बेला २२४ जना कर्मचारी कार्यरत थिए । विभिन्न शाखा मर्ज गरेर उक्त कर्मचारी दरबन्दी १८० जनामा झारिएको छ । तीमध्ये पनि अहिले १४१ जना मात्रै कार्यरत छन् । गोरखापत्र दैनिकबाट | 2022/05/19 22:39:44 | https://www.nayapage.com/archives/372301 | mC4 |
बिहे भएको दुई वर्षमा क्यान्सर र छालाको गम्भीर रोग, अस्पतालबाट लेखिन्, 'हिम्मत हारेको छैन'
बिहे भएको दुई वर्षमा क्यान्सर र छालाको गम्भीर रोग, अस्पतालबाट लेखिन्, 'हिम्मत हारेको छैन'
इटहरी । गम्भीर बिरामीका कारण अस्पतालमा उपचाररत राधिकाले भावुक स्टाटस लेखेकी छिन् ।
क्यान्सरको उपचार भइरहेकै समयमा स्ट्रभेन्स जोन्सन सिन्ड्रोम नामक रोगले समातेपछि उनमा झन् पीडा थपिएको छ ।
उनीसँगै उनको परिवार पनि अहिले पीडामा छ । २७ वर्षिया राधिकाको बिहे भएको दुई वर्ष मात्र भएको थियो । उनले आफ्नो नयाँ वैवाहिक जीवनको विषयमा देखेका सपनाहरु तुहिएको स्टाटसमा लेखेकी छिन् ।
उनले लेखेकी छिन्, 'आफ्ना साना साना रहर इच्छा र सानू संसार सजाउने सपना बोकेर दुई पाइला चालेकी मैले संसार जित्न अगाडी बढेको यी मेरा कदम बिचैमा रोकिनु परो सायद समयको खेल या आफ्नु भाग्य लाई दोष दिउ थाहा छैन तर हिम्मत भने हारेको छैन ।'
उनका श्रीमान युएइमा कामको सिलसिलामा गएका छन् । उनी नेपाल आएर श्रीमतीको हेरचाह गर्न सक्दैनन् । 'म यहाँ बसेँ भने कसरी उपचार खर्च जुटाउन सक्छु, काम गर्नुपर्छ भन्नुहुन्छ,' उनका श्रीमान अर्जुन भट्टराईलाई उधृत गर्दै राधिकाका दाई निराजन रिजालले भने ।
अहिले राधिकाको सहयोगका लागि निराजनले सहयोगको अपिल गरेका छन् । देश तथा विदेशबाट सानो सानो रकम भएपनि सहयोग आइरहेको उनले जानकारी दिए । 'पारीवारिक अवस्था गाह्रो छ, त्यसैले सबैसँग सहयोगको अपेक्षा छ,' उनले भने । | 2019/08/19 13:50:21 | https://newslaya.com/2019/07/26389 | mC4 |
Nepal Auto फरक फरक उड्ने कार : एकबाट अर्को छतमा जाने देखि क्वाडकोप्टर सम्म - Nepal Auto
अटो निर्माताहरुका लागि उड्ने कार निर्माण गर्नु एक सपना थियो । यद्यपि कैयौ कम्पनीहरु उड्ने कारका लागि काम गरिरहेका छन् । जनरल मोटर्स, उबर, टोयोटा र हुन्डाई जस्ता कम्पनीले उड्ने कार निर्माण गर्ने दिशामा तीव्र गतिमा सक्रिय रहेका छन् ।
चीनमा विकसित गरिएको ह्याग १८४ अटोनोमस एरियल भेइकल एक क्वाडकोप्टर जस्तो अल इलेक्ट्रिक विमान हो । यसमा एक सिट मात्र रहेको छ । विशेषगरी व्याट्रीबाट चल्ने ड्रोन कम्प्याक्ट र पर्यावरणको लागि अनुकूल हुनुका साथै शहरी वातावरणको लागि उपयुक्त हुन्छ । | 2021/04/12 16:23:57 | https://nepalauto.com/different-kind-of-flying-car-world/ | mC4 |
आर्थिक क्रियाकलापलाई बढावा दिन सहमत – Sourya Online
सौर्य अनलाइन २०७७ मंसिर १६ गते २१:०४ मा प्रकाशित
काठमाडौं । दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय बैंकका गभर्नर र प्रबन्ध निर्देशकहरू कोरोनाले पारेको प्रभावसँग जुध्दै आर्थिक क्रियाकलाप संयुक्त प्रयासबाट अगाडि बढाउन सहमत भएका छन् । श्रव्यदृश्यका माध्यमबाट आज आयोजना गरिएको दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय बैंकका गभर्नररप्रबन्ध निर्देशकको ५६ औँ उच्चस्तरीय सेमिनार तथा ४० बैठकमा ती देशका केन्द्रीय बैंकका गभर्नरले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र सोको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल गरी साझा धारणा तय गरेका छन् ।
गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्षका लागि प्रस्तुत गरिएको नीतिगत प्रस्तावमाथिको छलफलमा सहभागी भए । बैठकमा कोभिडको असर कायमै रहँदासम्म यस्ता सभा, बैठक, सम्मेलन, तालीम, गोष्ठी भर्चुअल माध्यममार्फत नै निरन्तरता दिनुपर्नेमा सदस्यबीच मतैक्य रहेको छ । बैठकमा नेपाल राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशक, गभर्नरको कार्यालयका डा नेफिल मातङ्गी मास्के, आर्थिक अनुसन्धान विभागका डा गुणाकर भट्ट, जनशक्ति व्यवस्थापन विभागका रामु पौडेल तथा गभर्नरको कार्यालयका कामु निर्देशक नारायणप्रसाद पोखरेललगायत सहभागिता रहेको केन्द्रीय बैंकले जनाएको छ । | 2021/01/25 03:22:02 | https://www.souryaonline.com/2020/12/332250.html | mC4 |
कोरोना सर्तकता: पाण्डवेश्वर मन्दिरमा पुजा बाहेक अन्य कार्यमा रोक - Tulsipur Online
कोरोना सर्तकता: पाण्डवेश्वर मन्दिरमा पुजा बाहेक अन्य कार्यमा रोक
Posted by News Desk | ९ चैत्र २०७६, आईतवार २१:२४ |
९ चैत/ दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरले विशेष पूजाबाहेकका अन्य सबै कार्यमा रोक लगाएको छ । जिल्लाको मुख्य धार्मिक गन्तव्यका रूपमा रहेको पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा भीडभाड कम गर्न मन्दिरमा विशेष पूजाबाहेकका अन्य सम्पूर्ण कार्यक्रममा रोक लगाएको हो ।
कोरोना भाइरसको त्रासका कारण सरकारले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी उपस्थित नहुन आग्रह गरेपछि मन्दिर व्यवस्थापन समितिले धारापानीमा विशेष पूजाबाहेकका अन्य कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको हो। ंसमितिका अध्यक्ष गणेशकुमार अधिकारीले विज्ञप्ति निकालेर पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा हुने भीडलाई कम गर्न मन्दिरमा सामूहिक रूपमा ठूलो संख्यामा पूजापाठ तथा घुम्न आउन रोक लगाएको बताएका छन् ।
त्यस्तै, धारपानीमा पिकनिक, विवाह, लक्ष्यवर्तिका,सामूहिक पूजाको कार्य, मेला, भेलालगायतका सम्पूर्णं कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ । समितिले चैत ७ गतेदेखि लागू हुने गरी चैत २९ गतेसम्म सर्वसाधरणका लागि मन्दिरमा सामूहिक पूजाआजा लगायतका कार्यक्रममा रोक लगाएको छ । पाण्डवेश्वर मन्दिर धारापानीमा दैनिक पूजाआजा तथा घुमफिरका लागि ८ सय बढी सर्वसाधरण आउने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए । | 2020/04/05 04:34:55 | https://tulsipuronline.com/news/135287 | mC4 |
स्थायी समितिमा लैजाने 'सहमतिको प्रस्ताव' तयार गर्न ओली–प्रचण्ड गृहकार्यमा - Dainik Page
२४ भाद्र २०७७, बुधबार ०७:५८ 50 पटक हेरिएको
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' पार्टीको आन्तरिक विवाद समाधान गर्ने सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यमा जुुटेका छन् ।
साउन १३ यता रोकिएको स्थायी कमिटी बैठक भदौै २६ गते पुनः बस्ने तय भएसँगै ओली–प्रचण्ड विवाद समाधान गर्ने उपायसहितको संयुक्त प्रस्तावकोे गृहकार्यमा लागेका हुन् । त्यसका लागि उनीहरुबीच सोमबार बिहान बालुवाटारमा झण्डै डेढ घण्टा गोप्य भेटवार्ता भएको थियो ।
सोमबार ओली प्रचण्डको भेटवार्तापछि २६ गतेलाई स्थायी समिति बैठक बोलाइएको हो । त्यस्तै बुधबार दुई अध्यक्षबीच पुनः भेटवार्ता गरेर प्रस्तावलाई अन्तिम रूप दिने तयारी गरेको दुवै नेता निकट स्रोतले जनाएका छन् । दुवै नेताले प्रस्तावको मोडलबारे आफ्नो सचिवालयका सदस्यहरुलाई समेत जानकारी दिएका छैनन् ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी समिति बसेपछि मात्रै प्रस्ताव कस्तो आउँछ भन्ने थाहा हुने प्रतिक्रिया दिए । उनले बैठकअघि दुई अध्यक्षबीच भेटवार्ता हुनसक्ने भए पनि समय निश्चित भइनसकेको जानकारी दिए । पार्टी महासचिव विष्णु पौडेलले दुई अध्यक्षले पेश गर्ने प्रस्ताव अहिले उहाँहरुबाहेक अरू कसैलाई थाहा नहुने भन्दै बैठक बसेपछि मात्रै सबै कुरा थाहा हुने बताए ।
यद्यपि पौडेलले दुवै अध्यक्ष सोमबारबाटै स्थायी कमिटीमा पेस गर्ने प्रस्ताव तयार पार्न आन्तरिक गृहकार्यमा लागेको जनाए ।'अध्यक्षद्वयले तयार पार्ने प्रस्ताव कस्तो हुन्छ, त्यो त अहिले नै हामीलाई थाहा हुने कुरा भएन । तर उहाँहरु प्रस्ताव तयार गर्न सोमबारबाटै आन्तरिक गृहकार्यमा जुट्नुभएको छ', महासचिव पौडेलको भनाइ छ ।रातोपाटीवाट | 2021/01/16 20:21:38 | http://www.dainikpage.com/2020/09/09/2028 | mC4 |
अरुण थापासँग जोगले भएको भेट – Online Khabar
४. भारतीय क्रिकेट टिम छनोट विवादित, पूर्वकप्तान गांगुलीले उठाए प्रश्न
५. पर लैजाऊ फूलहरु, छोपिदेऊ तारा जून !
६. झुक्किएर निर्मलालाई भात पस्कन्छु !
७. महिलालाई काँटी घोप्ने कार्कीलाई अदालतले छाड्यो, प्रहरीले फेरि समात्यो
८. अमेरिकाले फेसबुकलाई लगायो अहिलेसम्मकै धेरै जरिवाना
९. भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताल खोल्न सरकारले दियो ४१ रोपनी जग्गा
१०. आलोचक तह लगाउन अनुशासनको डण्डा
११. कंगनालाई कलाकारहरुले नै वहिष्कार गरे ?
१२. इन्स्टाग्रामको एउटै पोष्टबाट २ करोड कमाउँछिन् प्रियंका
लिबियामा शरणार्थी सवार पानीजहाज डुब्यो, १५० को मृत्यु भएको आशंका
कस्तो जीवन बाँच्ने ?
निर्मला पन्त हत्याको एक वर्ष : दर्जन समिति बने, उपलब्धि शून्य
म्यानचेष्टर युनाइटेडले टोटनहृयामलाई हरायो
एनआईसी एशिया बैंकको एटीएम उच्च अदालत पाटनमा
अरुण थापासँग जोगले भएको भेट
विक्रम गुरुङको त्यो गीत, जुन अरुण थापालाई दिन पाएनन्
२०७६ साउन ८ गते १३:०३ मा प्रकाशित
८ साउन, काठमाडौं । 'ए है, आज अरुणको स्मृति दिवस नि !' निद्राबाट हठात् ब्युझिए झैं गरी विक्रम गुरुङले सम्झिए । त्यसपछि अरुले सुन्छ कि जसरी सुस्केरा हाले, 'आज २० वर्ष भइसकेछ ऊ बितेको पनि ।'
हङकङमा गृहस्थी जीवन बिताइरहेका गुरुङ केही दिनयता काठमाडौंका पाहुना बनेका छन् । नेपालयको वाताअनुकुलित कोठामा गफिँदै गर्दा उनी एकाएक अरुणलाई सम्झन पुगे ।
अरुण थापालाई 'गायकी'को नाम दिने गीत उनै विक्रम गुरुङको हृदयमा फुरेको थियो । गीत थियो, 'कतै टाढा तिमीबाट पुगें भने…' । त्यसपछि उनले अरुणकै लागि दुई वटा गीत फुराए, 'आँखाको निद खोसिलाने' र 'भुलु भुलु लाग्यो मलाई सपनीमा' ।
पहिलो गीत अरुणको सांगीतिक जीवनको प्रवेश विन्दु थियो भने बाँकी दुई गीत चिनारी । तर दुई जनाको सहयात्रा त्यहाँभन्दा अगाडि बढेन । अरुण यहीँ बिलाए, विक्रम कतै हराए । सुनौलो भविश्य पछ्याउँदै विक्रम गुरुङ त्रिभुवन विमानस्थलको धावनमार्ग छाडिरहँदा अरुण थापा कुनै स्टुडियो वा मञ्चमा गुञ्जिरहेका हुँदो हो । त्यसपछिका लामो समय उनीहरुको संगत टुट्यो । गुरुङ शिक्षक बनेर ब्रिटिश गोर्खाका लालाबाला पढाउन थाले । उनी उतै जमे ।
अरुण खोज्दै काठमाडौं
हङकङमै छँदा उनले अरुणका लागि थप दुई गीत लेखे । धून तयार गरे । अनि काठमाडौं फर्किए । तर, त्यसबेला अरुण गुमनाम थिए । अरुणको सूर खै कता बरालियो ? उनले भेउ पाएनन् । सोधीखोजी गर्दै जाँदा नेपथ्यका अमृत गुरुङ, नमस्ते ब्यान्डका ईश्वर गुरुङ, अम्बर गुरुङलगायतले उनलाई अरुण थापाकहाँ पुर्याए । तर, यतिबेला उनको हाल बेहाल थियो ।
उनीहरुले अरुणलाई भोटेबहाल पुर्याए, बसोबासको बन्दोबस्तीसहित । तर त्यहाँ राम्रो भएन । अनि पुनः बागबजारको एक गेष्ट हाउसमा ल्याइयो । उनी अझै बाँच्न चाहन्थे, गाउन चाहन्थे । उनको शरीरले भने त्यो सामर्थ्य गुमाइसकेको थियो । अरुणका लागि भनेर ल्याएको गीत गुरुङले चुपचाप खल्तीमै हाले ।
'एक युगपछि' र 'जति माया तिम्रो लाग्छ' बोलका दुवै गीत विक्रमले कहिल्यै, कसैलाई दिएनन् । आफूले पनि गाएनन् । 'म खासमा गायक पनि होइन,' उनले अलि ठट्यौली शैलीमा भने, 'यसो बेलाबखत साथीभाइसँग बस्दा गाउने मात्र हो ।'
नेपथ्यका अमृत गुरुङ, नमस्तेका ईश्वर गुरुङलगायतले अरुणको रेखदेख गरिरहेकै थिए । अरुणको भाइ किरण थापालाई जिम्मा लगाएर उनी हङकङ फर्किए । लगत्तैको एक साँझ उनले अप्रिय खबर सुने, 'ल, अरुण हिँड्यो आज ।'
खबर सुनाउने अरुणकै भाइ थिए, किरण । उनलाई पनि थाहा थियो, अरुण धेरै बाँच्दैनन् ।
किनकी त्यसअघि पनि अरुणलाई उनले निकै खराब अवस्थामा भेटेका थिए । नमस्ते स्टुडियो अघिल्तिर अरुण टुक्रुक्क बसेका थिए । ज्यान सुकेको थियो र अनुहार फुङ्ग उडेको थियो । गुरुङले सुरुमा त ठम्याएनन् पनि । नजिक गएर हेरेपछि थाहा पाए, उनी त आफ्नै लगौटिया यार अरुण हुन् । 'कस्तो चिन्नै नसक्ने भएको' गुरुङ अतितमा फर्किए, 'नजिक गएर हेर्दा अरुण पो रहेछ ।'
कस्ता थिए अरुण, कस्ता भए ? कति छोटो अवधीमा कति धेरै उतारचढाव ? सम्झी ल्याउँदा उनको मन यसै कँुडिन्छ ।
अरुण थापासँग विक्रम गुरुङको दोस्ती लामो थिएन । छोटो सही, अर्थपूर्ण रह्यो । त्यो छोटो, तर मिठो संगतको झंकार भने यो उत्तरार्धमा पनि उसैगरी तरंगित छ ।
जोगले हुन्छ भेट
स्मृतिको फेरो समातेर विक्रम गुरुङ ती बैंशालु दिनहरुमा फर्किए, जतिबेला पोखरामा सांगीतिक युवाहरु गोलबद्ध हुँदै थिए । तीसको दशक । गुल्जार समय ।
फेवाताल नजिक तामागी गाउँमा जन्मिएका, भारतको देहरादुनमा हुर्किएका र पोखरामा बैंश साट्न आइपुगेका थिए, बिक्रम गुरुङ ।
कोलकत्तामा जन्मिएका, काठमाडौंमा हुर्किएका र पोखरामा बैंश साट्न आइपुगेका थिए, अरुण थापा ।
अरुण थापा
यसरी कुन मोड र कुइनेटो हुँदै दुवै एकै ठाउँमा हुत्तिदै आइपुगे । विक्रम गुरुङका पिता भारतीय आर्मी । आफूसँगै उनले छोरोलाई पनि डोहोर्याउँदै लगे । विक्रमले देहरादुनमै किन्डरगार्डेनमा पढे । पढाइकै सिलसिलामा पोखरा फर्किए ।
यता अरुण थापाका पिता गुञ्ज थापा तत्कालीन भारतीय महावाणिज्य दूतका सहयोगमा नेपाल राष्ट्र बैंकका जागिरे भएर काठमाडौं आए । सानो उमेरमा छोरालाई काठमाडौंकै विद्यालयमा पढाए । काठमाडौंमा प्राथमिक तहको पढाइपछि दार्जिलिङको टर्नबुल हाइस्कुलमा भर्ना गरिदिए । अनि पोखरा पुर्याए किनकी पिता गुञ्ज बैंक लिमिटेडको क्षेत्रीय महाप्रवन्धक भएर पोखरा पुगेका थिए ।
त्यसबेला अरुणको आफ्नै गीत थिएन । बेलामौकामा हिन्दी, नेपाली गीतहरु गाउँथे । पिता गुञ्ज पनि संगीतप्रेमी, तबला बजाउँथे । आफू बस्ने क्वाटरमा यदाकदा सांगीतिक माहौल जम्थ्यो । 'एउटा केटो छ मिठो गाउने भनेर हल्ला चलेको थियो,' गुरुङ सम्झन्छन्, 'त्यसबेला पोखरा कत्ति नै ठूलो थियो र !'
अरुणसँग उनको भेट भयो । दोस्ती जम्यो । गुरुङ पनि गीत–संगीतमा उत्सुक । गाउनभन्दा पनि लेख्न र धून भर्नमा । उनले लेखेका र धून भरेका केही गीत चर्चित भए । ती गीत या त अरुण थापाले गाए या नेपथ्य ब्यान्डले ।
त्यही बेला हो, सरुभक्त, सरोजगोपाल बज्राचार्य, विनोद गौचन, विश्वशंखर पालिखे आदि मिलेर पोखरेली युवा सांस्कृतिक परिवार खोलेका । यही समूहमा सम्मिलित थिए, अरुण थापा पनि । कुरा २०३४ सालको हो । त्यही बखत विक्रम गुरुङले लेखेको गीत गाएर अरुण थापाले औपचारिक सांगीतिक यात्रा सुरु गरे ।
त्यो बैंशालु उमेर थियो । जीवन रंगीन थियो । पढाइका साथसाथै गाउने, बजाउने गर्थे । तर, यो माहौल धेरै लामो समयसम्म जारी रहेन । अरुण आफ्ना जागिरे पिताको पछि लागेर काठमाडौं फर्किए । विक्रम अन्नपूर्ण सांगीतिक समूहमा आवद्ध भए । कोही कता, कोही कता लाखापाखा लागे । विक्रम पनि काठमाडौं आए । कीर्तिपुरमा डेरा जमाए । त्रिभुवन विश्वविद्यालयमा पढ्न थाले ।
पढाइ र करियरको दौडमा साथीसंगी छुट्यो, संगीत छुट्यो । उनी अलग्गिए ।
लाहुर होइन मास्टरी
विक्रम गुरुङ पूर्णकालीन मास्टर भए । त्यो पनि संयोगले । पोखराको एक विद्यालयमा पुग्दा पढाउने जाँगर चल्यो । पढाउन थाले । त्यसपछि यही कर्म जीवनको लय बन्यो ।
पिता भारतीय आर्मीमा । काका ब्रिटिश आर्मीमा । लाहुरे पृष्ठभूमिमा हुर्किएका उनलाई भने लाहुरे बन्ने जोश कहिल्यै चलेन । न आफ्ना बाबुबाजेले दबाव दिए । बरु पिता भन्थे, 'लाहुरे नबन्नू, लेखपढ गर्नू ।' सायद लाहुरे बनेर विदेशी भूमिमा पसिना चुहाउँदाको मूल्य उनले बुझेका थिए ।
गुरुङका पितामा शिक्षा चेत थियो, हजुरबुवामा पनि । यही कारण लेखपढ उनको बढी बढ्यो । राम्ररी पढे । पढेर अरुलाई पढाउने भए । ठीक त्यही बखत बेलायती सेनामा कार्यरत नेपालीका छोराछोरी पढाउने शिक्षकको माग भयो । यो खबर उनलाई साथी रत्नमान गुरुङले दिए । बालबच्चालाई पढाउन जान्ने, संगीतको पनि सामान्य ज्ञान भएको शिक्षक । हङकङमा त्यसबेला बेलायतको साम्राज्य नै थियो । त्यहीँ गएर पढाउनुपर्ने । अवसर काइदाको थियो ।
उनले आवेदन दिए । बेलायती दूतावासले अन्तर्वार्ताका लागि बोलाए । उनी छनौट भए । यो सन् १९८१ को कुरा हो ।
हङकङमा ब्रिटिश आर्मीको क्याम्प, जो उनलाई सानो नेपाल झैं लाग्थ्यो । आर्मीमा कार्यरत तिनै नेपालीका छोराछोरीलाई नेपाली पाठ्यक्रम पढाउनु पर्ने, सेकङ गोर्खा चिल्ड्रेन स्कुलमा । त्यसपछि ब्रुनाईको 'सेरिया गोर्खा चिल्ड्रेन स्कुल'मा पढाए । त्यहाँ उनी लामो समय टिकेनन्, हङकङ फर्किए । हङकङमा 'तामे गोर्खा चिल्ड्रेन स्कुल'मा पढाए, त्यसपछि 'सेकङ गोर्खा'मा, हङकङकै ब्रिटिश काउन्सिल र एक जापानी स्कुलमा । पढाउँदा पढाउँदै उनको कपाल फुल्यो ।
अहिले उनले त्यहीको शिक्षणसम्बन्धी एक विशेष कोर्स गरेका छन् र पठनपाठनमै लीन छन् ।
बेलाबखत उनी नेपाल फर्कन्छन् । जन्मथलो तामागी गाउँ पुग्छन् । तर गाउँ शून्य छ । बालसखा छैनन् । दौंतरी छैनन् । 'कति शहरतिर पसे, कति विदेश पुगे' गुरुङ भन्छन् ।
यद्यपि हरेक पटक नेपाल आउँदा उनी पोखरा पुग्छन् । पोखरा पुगेपछि जन्मथलो पुग्छन् । पञ्चासेलगायतका ठाउँहरुमा पुग्छन् । उही पोखरेली साथीसंगीसँग । अहिलेचाहिँ उनी नेपालयको पलेंटी श्रृंखलाको लागि काठमाडौंमा छन् । आगामी शुक्रबार उनी आर शालामा गुञ्जनेछन् ।
sujan niraula
२०७६ साउन ८ गते १३:५८
सम्झी ल्याउदा सम्झना भन्दा बाहेक केहि होइन रहेछ जिन्दगी .... काल झैँ गीत का सर्जकहरु लाई हृदय देखि नै सम्मान !!!
mohan nepali khadka
२०७६ साउन ८ गते १३:४५
मुलाहरु विदेश मा पल्किन्छन्,अनि भारि बिसाउन देश फर्किन्छन्......के हामी चाहिं यहाँ बसेर तिमिहरूलाई तालि पिट्ने मात्रै हो.....#go back chemical nepalis!!!
२०७६ साउन ८ गते १५:१२
ऋतु हरुमा तिमि .......................s........s....s........जस्ता कालजयी गित जो, बिबिसीले सन् २००३ मा गरेको बिस्वोका १६५ देशमा गरेको मतदान मा पाँचलाख मानिसहरुले अति मन पराएको गितमा आफ़्नो मत दिएर पहिलो भई संस्सारमा नेपाली गायक संगितकार र गितकार पनि बिश्वोका उत्कृष्ट रचना गर्न रहेछन भन्ने मान्यता स्थापित गरे । हाम्रो नाक संसार उचो बनाइ दिए । उनले नेपाली संगीत क्षेत्रमा र नेपाली हामीलाई लगाएको गुण कहिल्यै भुल्ने छैनो ............अरुण थापा तपाइँ प्रति हाद्रिक नमन ।
FUMNK
२०७६ साउन ८ गते १४:४३
औकात बुझियो !
२०७६ साउन ८ गते १५:०१
यी सर्जक हरु ले तिमीहरु जस्तो नेपाल मा बसेर भारतीय जोगी बोलाउदै घर का आइमाई लाइ रात्रि सेवा मा खटाउदैनन - भारतीय जोगी को लिङ्ग को जल पिउदैनन - विदेश मा बसेर, १० नग्रा खियाएर पसिना बगाएर कमाएको पैसा ले आफ्नो देश सिंचित गरिरहेका छन् !! तिमीहरु जस्तो नेपाल को सम्पत्ति लगेर भारतीय तिर्थ र भारतीय जोगी (तिमीहरु को आमा रात्रि सेवा मा खटिदा तिमीहरु जन्मेको हुना ले) लाइ दिदैनन !! त्येसैले तिमि हिन्दुस्तानी हरु लाइ रिस - पिडा र छटपटी हुनु स्वाभाविकै हो !! | 2022/06/25 07:51:07 | https://www.onlinekhabar.com/2019/07/783121 | mC4 |