text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
डब्ल्यूएचओले नेपालमा कोरोनाको जोखिमको बारेमा खुलायो यस्तो जानकारी – Sudarshan Khabar
डब्ल्यूएचओले नेपालमा कोरोनाको जोखिमको बारेमा खुलायो यस्तो जानकारी
छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अति उच्च जोखिममा राखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए ।
उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो ।
'नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन", उनले भने, "त्यसैले नेपाल कोभिड –१९ को अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।'
नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अति उच्च जोखिमबाट तल झरेको बताइएको छ ।
दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ ।
ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ ।
कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड –१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो ।
अहिले १५ स्थानमा पीसीआर र ७५ जिल्लामा र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) दुवै विधिबाट परीक्षण गरिएको छ ।
अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पीसीआरबाट नौ हजार ४०९ र आरडीटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ ।
तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा ११ जना उपचारपछि घर फर्किसकेका छन् ।
अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेसनमा छन् । नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ ।
अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् । विश्वमा अहिले १८ लाख २८ हजार २५६ जना कोभिड –१९ बाट संक्रमित भइसकेका छन् । | 2021/01/18 07:17:32 | https://sudarshankhabar.com/archives/1797 | mC4 |
माछापुच्छ्रे फेवातालमा पौडी खोल्दो रैछ, पोखरा त साँच्चिकै पोखरा पो रहेछ...(सचित्र)
Home अर्थ - वाणिज्य पर्यटन माछापुच्छ्रे फेवातालमा पौडी खोल्दो रैछ, पोखरा त साँच्चिकै पोखरा नै रहेछ… (सचित्र)
माछापुच्छ्रे फेवातालमा पौडी खोल्दो रैछ, पोखरा त साँच्चिकै पोखरा नै रहेछ… (सचित्र)
विजय फुयाँल/आर्थिकन्यूज
पोखरा, पुस २४ । गायक प्रेम प्रकाश मल्लकोगीतमा भनिएजस्तै 'माछापुच्छ्रे फेवातालमा पौडी खोल्दो रैछ, पोखरा त साँच्चिकै पोखरा नै रहेछ…'
गीतमार्फत् पोखराको सौन्दर्यता वर्णन गरिएको छ । वास्तवमा गीतमा भनिएजस्तै पोखराको सुन्दरता अपार नै रहेको छ ।
प्राकृतिक छटाले भरिपूर्ण नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये पोखरा पनि एक हो । वर्षेनी हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पोखरा भ्रमणमा आउने गर्दछन् ।
अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । प्रकृतिको सुन्दर उपहार हो पोखरा । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् ।
हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना प्रकृतिका देन हुन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जिजम्प र जिप फ्लायर जस्ता मानव निर्मित साहसिक खेल पोखराको अर्को आकर्षण हो ।
चाड पर्व तथा बिदाका दिनमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पोखरामा अनुकुल मौसमका कारणले जुनसुकै मौसममा पनि यात्रा गर्न सकिन्छ । सामान्यतया २ देखि ३ दिनको बसाइमा प्रमुख गन्तब्य स्थलको भ्रमण तथा मन लागेको साहसिक खेल खेल्न सकिने पोखरामा लामो अवधिको बसाइ बस्न चाहने हो भने पोखरालाई आधार बनाएर अन्नपूर्ण बेस क्याम्प, पुन हिल, घोडेपानी टाडापानी लगायतको क्षेत्रमा ट्रेकिङ गर्न समेत सकिन्छ ।
प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी पोखरामा के तपाई पनि रमाउन चाहनु हुन्छ ? तपाईंको मनमा पनि पोखरा घुम्न जाने इच्छा छ ? छ भने तपाईले पोखरामा घुम्ने ठाउँका बारेमा यी कुरा छुटाउन हुँदैन ।
पोखराको सराङकोट सूर्योदयका लागि प्रख्यात ठाउँ । लेकसाइडबाट करिब आधा घण्टाको यात्रापछि सराङकोट डाँडामा पुग्न सकिन्छ जहाँबाट सूर्य उदायको मनमोहक दृश्य देखिन्छ । सूर्योदय हँुदै गर्दाको सूर्यको लाली किरण हिमालमा झलमल्ल टल्केको देख्न सकिन्छ ।
त्यसै गरी पोखराका सूर्योदयका लागि शान्ति स्तुप, काहुडाँडा पनि प्रख्यात छन् ।
पोखराको मध्यभागबट बगेको सेती नदी केआई सिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुङेसाँघुम्म धर्तीमुनि लुकेर सेती नदी बग्दै गएकी छिन् ।सेती नदी उत्तरपश्चिम हिमालयबाट भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख शहरको पोखराको बीचबाट बग्ने गर्दछ । यो नदी अन्नपुर्ण हिमालबाट शुरु भइ चितवन र तनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ।
गुफा (गुप्तेश्वर गुफा, महेन्द्र गुफा र चमेरो गुफा) फेवातालको बाँधबाट डेभिड फल्सको गल्छी हुँदै एक किलोमिटरभन्दा लामो रहेको गुप्तेश्वर गुफाबाट सेती नदीतर्फ जान्छ । गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफामा करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिड फल्स देखिन्छ ।
पोखराको महेन्द्र गुफा र चमेरो गुफासमेत चर्चित गुफा रहेका छन् । बाटुलेचौरमा रहेको महेन्द्र गुफाबाट ७ सय मिटरको दूरीमा १ सय ५० मिटर लामो चमेरो गुफा रहेको छ ।
डेभिड फल्स (पातले छाँगो)
छोरेपाटनस्थित पातले छाँगो पर्यटकको रोजाइमा पर्दछ । २०१८ साउन १५ गते फेवा बाँधबाट आएको भेलले श्रीमती डेभिडलाई बगायो । छाँगोभित्र खसेर उनको मृत्यु भयो ।
त्यही सयमदेखि छाँगोलाई डेभिड फल्स भन्न थालियको हो । त्यसको पानी भूमिगत भई एक किलोमिटर दक्षिण फुस्रे खोलामा गएको छ । यो छाँगो हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन र बन्जीजम्प
पोखरामा पछिल्लो समयमा पयर्टकको आकर्षण साहासिक खेलमा प्याराग्लाइडिङ पनि एक हो । सराङकोटको अग्लो डाँडाबाट आकाशमा चराझैँ उड्ने रहर कसलाई पो हुदैन र ? प्याराग्लाइडिङमा उड्दै पोखरा शहर, हिमाल र आसपासको क्षेत्र हेर्नुको मज्जा बेग्लै हुन्छ ।
सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा अवतरण हुन्छ ।
सिजनमा दैनिक १५ सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पोखरामा प्याराग्लाइडिङका लागि पुग्ने गरेका छन् ।
पोखराको हेम्जामा टावरसहितको बञ्जी समेत रहेको छ । पोखराको बसाइमा अर्को छुटाउनै नहुर्ने जीप फ्लाई पनि एक हो । जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको हरियो वन जंगल र हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।
फेवाताल, बेगनास ताल
पोखराको अर्को आकर्षण भनेको ताल पनि हो । तीमध्ये फेवाताल धेरैको आकर्षण रहेको छ । यस तालमा माछापुच्छ्रे हिमालको छाँया खेलिरहेको देख्न सकिन्छ ।
जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । त्यसमाथि तालको बीचमा रहेको तालबराही मन्दिर पनि पर्यटकका लार्गि गन्तव्य बन्दै आएको छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन ।
डुङ्गा चढेर तालबराही मन्दिर जानु जति गाह्रो छ, त्योभन्दा बढी त्यसले दिने आनन्द हो । फेवातालको साइडमा रहेको लेकसाइड बजारले सौन्दर्यतामा झनै ठूलो आकर्षण थपेको छ । पोखरा पुग्ने अधिकांश पर्यटक लेकसाइडको होटलमा नै बस्ने गर्दछन ।
बिशेष गरी रातको समयमा लेकसाइडले पश्चिमा मुलुकको झझल्को दिने सिंगारिएका झिलिमिली बत्ति र सांस्कृतिक कार्यक्रमले पर्यटकलाई मदहोसी बनाउने गर्छ ।
। पोखरामा फेवातालमात्रै नभएर अर्को सुन्दर ताल बेगनास र रुपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन् । बेगनास तालमा पनि डुंगा चढेर रमाइलो गर्न पाइन्छ ।
नेपालका नाम चलेको मन्दिरहरुमध्ये विन्दवासिनी मन्दिर पनि एक हो ।
दशैंको अवसरमा पोखराको विन्दवासिनी मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ ।
विश्व शान्ति स्तुप
पोखरा गएको बेलामा जान छुटाउन नहुने ठाउँमध्ये विश्व शान्ति स्तुप पनि एक हो । ३४४ फिट उचाइ रहेको विश्व शान्ति स्तुपको विभिन्न दिशामा बुद्धका विभिन्न ध्यान मुद्राका मूर्तिहरु कुदिएका छन् । फेवातालमाथिको डाँडामा अवस्थित विश्व शान्ति स्तुप आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र मानिन्छ । यहाँबाट पोखराको उपत्यकाको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा पनि यहाँ जान पर्यटक सारै लालायित हुने गर्दछन् ।
पोखरामा पाँच वटा संग्रहालय छन् । जसमध्ये गोर्खा मेमोरियल म्युजिम पनि एक हो । विश्व युद्धलगायत संसारका अन्य युद्धमा नेपालीको बहादुरी सम्झाउने यस संग्रहालय केआइसिंह पुल छेउमै रहेको छ ।जहाँ गोर्खाली सैनिकको इतिहासलाई नजिकैबाट निहाल्न सकिन्छ ।
त्यस्तै पर्यटकको रोजाइमा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि हो । यहाँ पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभुषा र वस्तुह प्रदर्शनीमा राखिएको छ । | 2020/07/04 01:45:14 | https://archive.aarthiknews.com/2019/01/08/175799/ | mC4 |
नेपाल तथा दक्षिण एसियामा कोरोना संक्रमण किन कम फैलियो? | www.corporatenews.info
गत डिसेम्बर अन्त्यमा चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड– १९ को संक्रमण यतिखेर विश्वका २ सय १२ देशमा पुगिसकेको छ। तर फैलिने अवधि र दर सबै देशमा एउटै गतिमा छैन। त्यसमा पनि दक्षिण एसियामा कम देखिन्छ। नेपाल चीनको छिमेकी राष्ट्र हो, नेपालमा विश्वभरिबाट पर्यटक आउँछन् र नेपाली विश्वका धेरै मुलुकमा छन्। तैपनि कोरोना फैलिने दर नेपालमा किन कम देखियो ? धेरैको यही जिज्ञासा छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणको कारण १३ लाख ५६ हजार बढीमा संक्रमण फैलिसकेको छ भने ७९ हजार ३ सय ८५ जनाको मृत्यु भएको छ। कोरोना महामारीको कारण चीनमा ३ हजार ३ सय ४० जनाको मृत्यु भयो। लगत्तै कोरियामा १ सय ९२ जनाको मृत्यु भयो। इटली, इरान, फ्रान्स, अमेरिकालगायत राष्ट्रमा प्रकोपकै रूप लियो।
डब्ल्युएचओको तथ्यांकअनुसार अमेरिकामा ३ लाख ३३ हजार ८ सय ११ जनामा कोरोना संक्रमण भइसकेको छ। त्यसैगरी युरोपमा संक्रमण ६ लाख ८६ हजार ३ सय ३८ पुगेको छ भने ५२ हजार ८ सय ८९ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी इटलीमा कोरोनाको प्रकोप फैलिएको छ। युरोपेली राष्ट्र इटली, स्पेन, फ्रान्स, बेलायत, जर्मनी सबै प्रभावित भएका छन्।
तर दक्षिण एसियाली मुलुकमा संक्रमण र मृत्युको संख्या दुवै यी राष्ट्रहरूको तुलनामा ढिला र अत्यन्त कम देखिन्छ। सबा अर्ब जनसंख्या भएको भारतमा हालसम्म ४ हजार ६७ जनामा संक्रमण फेला परेको छ र १ सय ९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा ३ हजार २ सय ७७ जनामा संक्रमण भएकोमा ५० जनाको मृत्यु भएको छ।
तथ्यांकले अन्य मुलुकको तुलनामा दक्षिण एसियाली राष्ट्र तथा नेपालमा यसको संक्रमण ढिला र कम देखाएको छ। नेपालमा चीनबाटै आएका एक विद्यार्थीबाहेक अन्यमा दुई महिनापछि मात्र संक्रमण देखिएको र ती सबै विदेशबाट आएका थिए।
जनवरीदेखि मार्चसम्मै नेपालमा विदेशबाट पर्यटक तथा नेपालीको आवत–जावत भएको अनुपातमा कोरोनाको संक्रमण तीव्र रूपमा नभएको राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन्। कोरोना परीक्षणको सबैमा पहुँच नभए पनि निमोनियाँको लक्षण लिएर भर्ना हुने बिरामीको संख्या गत वर्षको भन्दा यो वर्ष कम रहेको उनको ठम्याइ छ।
नेपालीले बढी हातले खाने चलनले घरी–घरी हात धोइरहनु, शौचालय प्रयोगपछि हात धुनेजस्ता संस्कारले भाइरसको संक्रमण तीव्र गतिमा नभएको हुनसक्ने उनी बताउँछन्। 'युरोप जस्ता विकसित मुलुकमा चम्चाले खाना खाने, शौचालयमा कागजको प्रयोग गर्ने चलनले हातबाट भाइरस फैलिएको देखिन्छ,' उनले भने, 'नेपालमा पछिल्लो एक दशकदेखि यता हात धुने अभ्यास पनि धेरै देखिएको छ।'
अेमरिका, युरोप तथा चीनमा बढी मात्रामा एकै पटक धेरैजना लिफ्टमा चढ्ने, अन्डरग्राउन्ड रेल चढेर घन्टौं यात्रा गर्ने र यस्ता स्थलमा हावा सजिलै बाहिर ननिस्किने कारण पनि संक्रमितको श्वासको छिटा अन्यमा फैलिएको हुनसक्ने, रेलका डन्डी छुने र लिफ्टको बटन छुने क्रममा, आफन्तजनसित भेट्दा अँगालो मार्ने, चुम्बन गर्नेजस्ता चलनले पनि भाइरस संक्रमणको वृद्धि तीव्र भएको हुन सक्ने डा. मरासिनीको भनाइ छ।
'जमिनभित्रका रेलमा न घाम पर्छ न छिनछिनमा धुने अवस्था हुन्छ, यात्रुले कहीँ न कहीँ रेलिङ समाउनुपर्छ,' उनले भने। नेपालमा चल्ने सार्वजनिक यातायातमा पर्यटक नहिँड्नु र नेपालमा सूर्यको किरण पनि बलियो हुनुजस्ता पक्षले भाइरसको वृद्धि रोकेको हुने उनले बताए।
चिकित्सकका अनुसार त्यसैगरी विकसित कतिपय राष्ट्रले पहिला नै क्षयरोगको उन्मूलन भइसकेपछि बिसिजी खोप लगाउन छोेडेको तर दक्षिण एसियामा अहिले पनि सबैले यो खोप लगाउने गर्छन्। यो खोपले क्षयरोगसँगै कोरोना भाइरसविरुद्ध काम गरेको हुनसक्ने अर्को अड्कल बनेको छ। उनले भने, 'एउटै हतियारले दुईवटा सिकार भएजस्तो क्षयरोगको खोपले यी दुई रोगका कीटाणु तथा भाइरसविरुद्ध काम गरेको हुन सक्छ।'
शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ तथा डा. शेरबहादुर पुन पनि नेपालीको परम्परागत संस्कारले केही भूमिका खेलेको हुनसक्ने अनुमान लगाउँछन्। दक्षिण एसियामा रहेको समान प्रकृतिको रहनसहन, बिसिजी खोप र हावापानीको भूमिकाले कोरोना भाइरस तीव्र वृद्धि हुन नसकेको उनले तर्क गरे। 'सबा अर्ब जनसंख्या रहेको भारतमा ४ हजार संक्रमण कम हो,' उनले भने।
भारत, भुटान, नेपाललगायत दक्षिण एसियाली राष्ट्रमा नमस्कार गर्ने चलन बढी छ, यसले गर्दा हातबाट भाइरस सजिलै सर्ने सम्भावना कम रहेको डा. पुन बताउँछन्। नेपाली तथा दक्षिण एसियाली मानिसमा यो भाइरसविरुद्धको जिन नै विकसित भएको हुनसक्ने बताए। 'यसअघि अन्य देशमा महामारीको रूप लिएको स्वाइफ्लु, सार्स, मर्चजस्ता भाइरसले पनि नेपालमा खास प्रकोपको रूप लिएको पाइँदैन,' उनले भने।
शुक्रराज ट्रपिलक अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला भने विनाअध्ययन केही भन्न नसकिने बताउँछन्। केही दिनपछि मात्र भारत तथा नेपालको कोरोनाको संक्रमण कता जान्छ भन्नेबारे यकिन गर्न सकिने उनको भनाइ। 'भारतमा पनि रोगग्रस्त क्षेत्रबाट मानिस फर्केर आएपछि बढेको देखिन्छ, भारतबाट जोखिम बढेको छ,' उनले भने। नमुनाको पर्याप्त परीक्षण नभएकाले पनि संक्रमण यकिन हुन नसकेको बास्तोलाले बताए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमाल पनि अनुसन्धान विना यकिन भन्न नसकिने बताउँछन्। नेपालीको जीवनशैलीले कोरोना रोक्नमा भूमिका खेलेको हुन सक्ने धिमालको अड्कल छ। डा. धिमालका अनुसार अधिकांश वृद्ध–वृद्धाको मृत्यु गराएको र ८० प्रतिशतमा सामान्य असर देखिएको छ। धिमालका अनुसार अन्य देशका वृद्ध–वृद्धा घरबाहिर निस्कने चलन बढी भएको र त्यो क्रममा संक्रमित भएको हुन सक्छन्। अन्य देशमा घरको बसाइ पनि नजिक–नजिक बस्ने, एकै पटक धेरैको संख्यामा मानिस वोक्ने लिफ्टको प्रयोग हुनु, एउटै रेलमा सयौं जना यात्रा गर्नुले पनि छिटो संक्रमण फैलिएको उनको भनाइ छ। यो बाहेक नेपालीमा यसअघि नै यस्ता रोगसित लड्ने क्षमताको विकास भइसककाले पनि संक्रमण नभएको हुन सक्छ।
उद्योगीको गुनासो- सरकारले मनोबल गिरायो
भारतबाट आएका थिए स्याङ्जाका सबै संक्रमित
बलिउड संगीतकार वाजिद खानको गए राति निधन
प्रधानमन्त्रीको सम्बोधनप्रति पूर्वराजा शाह बेखुशी, आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक | 2020/06/03 22:40:23 | http://corporatenews.info/?p=867 | mC4 |
चर्चित दिदीभाइको सफलताको गज्जब कथा: अव्बल भाइबहिनी » Etajakhabar
नेपालीको रंगिन चाड तिहार सुरु भइसकेको छ । तिहारले दिदीभाइ तथा दाजुबहिनीको सम्बन्धमा समेत रंग थप्ने गर्छ । लामो समयदेखि भेट नभएका दिदीभाइ तथा दाजुबहिनीहरू तिहारमा भाइटीकाका लागि भेट हुन्छन् । यसकारण तिहार मिलनको चाड पनि हो । केही यस्ता दाजुबहिनी तथा दिदीभाइ जो दुवैजना आ–आफ्नो क्षेत्रमा सफलता हात पारेर चर्चामा छन्, उनीहरूको सफलताको कथा गज्जब तिहार विशेष अंकमा प्रस्तुत गरिएको छ ।
देवी खड्का र विशाल खड्का सफल दिदीभाइमध्ये एक हुन् । दोलखामा जन्मेका दुवैजना माओवादी केन्द्रमा आबद्ध छन् । देवी खड्काले औपचारिक रूपमा अध्ययन गर्न पाइनन् । उनीसँग अहिले १२ कक्षासम्मको सर्टिफिकेट छ, तर विद्यालय गएर अध्ययन गरेको अनुभव छैन । गाउँमा जन्मेकी हुनाले त्यसवेला समाजमा छोरीलाई पढाउन हुँदैन भन्ने मान्यता थियो । त्यही मारमा देवी परिन् । भन्छिन, 'एक दिन विशाल स्कुल जान नमानेर पु¥याउन गएकी थिएँ, त्यही दिन हो मैले स्कुल टेकेको ।' उनले तीतो अनुभव सुनाइन् । वास्तवमा भन्नुपर्दा उनको बाल्यकाल घाँसदाउरामै बित्यो । देवीलाई विद्यालय गएर पढ्ने ठूलो धोको थियो । तर, घाँसदाउरा गर्नुपर्ने बाध्यताले उनलाई छाडेन । उनी विद्यालय गएर अध्ययन गर्ने अवसरबाट वञ्चित भइन् । यति हुँदाहुँदै पनि उनले आफ्नो पढ्ने इच्छालाई भने मर्न दिइनन् । विशालले दिउँसो पढेका कुरा बेलुका २ घन्टा देवीलाई सिकाउँथे । देवी ती दिन सम्झँदै भन्छिन्, 'भाइ स्कुलबाट आएपछि दिउँसो स्कुलमा पढेका कुरा बेलुका मलाई २ घन्टा पढाउँथ्यो, उसले मलाई होमवर्क पनि दिन्थ्यो । होमवर्क गाईवस्तु हेर्दा, घाँसकोे भारी बिसाउँदा गर्थेँ । त्यसैले मलाई साक्षर गराउनुमा भाइको ठूलो योगदान छ ।'
१९ वर्षपछि तिहारको टीका ०५४ सालमा देवी जेल परिन् । त्यो समयमा उनले तिहारको टीका लगाउन लगाउन पाइनन् । त्यसपछि दिदीभाइ नै भूमिगत भएकाले टीका लगाउन सम्भव पनि भएन । उनीहरूलाई त्यसवेलादेखि तिहार नरमाइलो लाग्न थाल्यो । गत वर्ष देवी गम्भीर रूपमा बिरामी परिन् । त्यसपछि दाजुभाइले गत वर्षको तिहारमा टीका लगाइदिनु भनेपछि आफूले टीका लगाइदिएको देवी बताउँछिन् ।
शशि र श्याम श्याम श्रेष्ठ र शशि श्रेष्ठ दाजुबहिनी हुन् । शशि माओवादी केन्द्रको नेतृ हुन भने श्याम स्वतन्त्र राजनीतिज्ञ । उनी व्यवस्थापिका–संसद्को सदस्यसमेत हुन् । उनी ०७० मा नेपाल सरकारको सिफारिसमा मनोनीत सांसद हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा चासो राख्ने श्यामले स्नातक तहसम्मको अध्ययन गरेका छन् । तर, भाइबहिनी पढाउनुपर्ने जिम्मेवारी आफँैमा भएकाले स्नातक तहभन्दा माथि अध्ययन गर्न नसकेको बताउँछन् । उनले भाइबहिनीलाई पढाउनकै लागि ०२९ बाट शिक्षकको रूपमा काम गर्न थाले । काभ्रेपलाञ्चोकको मंगलटार बजारमा जन्मेका श्रेष्ठले सिन्धुलीस्थित महेन्द्रोदय उमावि रामपुरबाट शिक्षण पेसाको सुरुवात गरेका थिए । यसरी पढाउने सिलसिलामा उनी नालास्थित चण्डेश्वरी माविमा सरुवा भए ।
यता उनकी बहिनी शशि श्रेष्ठ भने माओवादी केन्द्रकी नेतृ हुन् । उनी पनि लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहेकी छिन् । निम्नमध्यमवर्गीय परिवारमा जन्मेकी शशि विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा स्नातकोत्तर अध्ययन पूरा गर्न पाइनन् । यतिसम्म शिक्षा पाउनुमा पनि दाजु श्यामको महŒवपूर्ण भूमिका रहेको उनी बताउँछिन् । शशिलाई विद्यालयजीवनदेखि नै राजनीतिमा चासो थियो । तर, नबुझेर नै त्यसवेलाको राजनीतिक आन्दोलनमा सहभागिता जनाउँदै आएको उनी बताउँछिन् । भन्छिन्, 'मैले राजनीति खासै बुझेकी थिइनँ, तैपनि अन्याय र अत्याचारविरुद्धमा सानैदेखि लड्ने मेरो स्वभाव थियो, त्यसैले ०२८ मा नजानिँदो किसिमले मण्डले भगाउने अभियानमा संलग्न भएको थिएँ ।' उनी त्यसवेलादेखि नै श्रमलाई सम्मान गर्नुपर्छ भन्ने पक्षमा थिइन् र उनको परिवार पनि । यसरी आन्दोलनमा लाग्दा नजानेरै उनको झुकाव वामपन्थी विचारधारातर्फ पर्न गयो । यसैक्रममा ०३४ मा एसएलसी दिने वेलामा उनी आफ्नो काइँला दाजु श्याम श्रेष्ठसँग बस्थिन् । श्याम श्रेष्ठ पनि त्यो समयमा वामपन्थी राजनीतिमा लागिसकेका थिए । दाजु पनि राजनीतिमा संलग्न भएपछि आफूलाई राजनीतिमा लाग्न अझै प्रेरणा मिलेको शशि बताउँछिन् । शशि एसएलसी दिनुअघिदेखि नै श्याम दाइ र भाउजूको माध्यमबाट त्यो समयका कम्युनिस्ट नेताहरूसँग नजिक हुन पुगेको सम्झिन्छिन् । त्यही क्रममा उनी नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशनमा संलग्न भइन् । यसपछि सुरु भयो उनको सांगठानिक राजनीतिक यात्रा । त्यो समयमा उनी वामपन्थी राजनीतिलाई बुझ्ने भइसकेकी थिइन् । यही क्रममा उनी आइए अध्ययनका लागि पद्मकन्या क्याम्पसमा भर्ना भइन् । अरू नै कलेजमा अध्ययन गर्ने इच्छा भए तापनि पार्टीका नेताहरूले पद्मकन्या नै पढ्नुपर्छ भनेपछि आफू त्यहाँ भर्ना भएको शशि बताउँछिन् । पद्मकन्यामा अध्ययन गर्दै गर्दा ०३६ मा पहिलोपटक स्ववियु निर्वाचन भयो । त्यसवेला उनी अनेरास्ववियु छैटौँको तर्फबाट सहसचिवमा उठिन्, तर हारिन् । यसरी सहसचिवमा हारे पनि उनले हिम्मत हारिनन् । त्यही वेला जनमतसंग्रह भयो । त्यसमा नियोजित ढंगले बहुदललाई हराइयो । त्यसपछि राजनीतिक सन्नाटा छाएको थियो । कुनै पनि राजनीतिक दलले त्यसको विरुद्धमा आवाज उठाउन नसकेको वेलामा पनि शशि श्रेष्ठलगायतका महिला नेतृहरू सडकमा राज्यसत्ताको विरुद्धमा उत्रेका थिए । अन्ततः ०३७ सालको दोस्रो स्ववियु निर्वाचनमा उनी प्यानलसहित सभापतिमा विजयी भइन् । त्यसवेला शशि निकै चर्चामा आइन् । यसरी स्ववियु निर्वाचनमा सभापति भएपछि शशि राजनीतिमा झनै सशक्त भएर लागिन् । यही क्रममा ०३७ मै प्रचण्ड अध्यक्ष रहेको अखिल नेपाल युवक संघको संस्थापक सचिवालय सदस्य भएकी थिइन् । ०४० सालमा नेकपा चौथो फुट्यो । त्यसपछि शशि अखिल नेपाल महिला संघको अध्यक्ष भइन् । उनी लगभग बीस वर्ष महिला संघको अध्यक्षको रूपमा रहेर काम गरिन् । यसरी राजनीतिमा अनवरत रूपमा लागिरहँदा ०६२÷०६३ को आन्दोलनमा जनमोर्चाको तर्फबाट आन्दोलनको नेतृत्व गरेकी थिइन् । यही क्रममा ०६५ मा पार्टी एकतापश्चात् एकीकृत नेकपा माओवादी बन्यो । उनी अहिले पनि माओवादी केन्द्रको सचिवालय सदस्यको रूपमा रहेकी छिन् । यसरी दाजु श्याम र शशि श्रेष्ठ राजनीतिमा सफल भएका छन् । अहिले पनि दाइबहिनी मिलेर सामाजिक कार्यमा पनि संलग्न हुँदै आएका छन् । साथै सबै दाजुभाइ जम्मा भएर पारिवारिक जमघटको रूपमा तिहारलाई मनाउँदै आएको शशि बताउँछिन् । तर, भूमिगत भएको समयमा भने केही तिहारमा टीका लगाउन नपाएको उनी बताउँछिन् ।
बलिउड भोगेका दिदी–भाइ मनीषा र सिद्धार्थ कोइराला बलिउडमा लागेका नेपाली दिदी–भाइ हुन् । कोइराला परिवारमा जन्मिएका उनीहरूको पहिलो रोजाइ भने कलाकारिता प¥यो । मनीषाले नेपाली माटोबाटै कलाकारिता यात्रा सुरु गरिन् । सन् १९८९ मा उनले नेपाली फिल्म 'फेरि भेटौँला'मा अभिनय गरेकी थिइन् । त्यसपछि उनको बलिउड नगरीमा स्थापित हुने सोच आयो । मनीषाले बलिउडको फिल्मी दुनियाँमा स्थापित हुन धेरै संघर्ष गर्नुपरेको थियो । उनी बलिउडमा सफल भएकी नेपाली मूलकी एक मात्र नायिका हुन् ।
त्यस्तै, सन् १९९९ मा मनीषाले 'दिल से'बाट फिल्म फेयर बेस्ट एक्ट्रेस अवार्ड प्राप्त गरिन् । त्यसैगरी, उनी तमिल भाषाका कैयौँ चलचित्रमा पनि देखापरेकी छिन् । जसमध्ये सन् २०१२ मा उनले 'माप्पिल्लाई'बाट उनले बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड जितिन् । मनीषाले २२ वर्षपछि पुनः नेपाली चलचित्र 'धर्मा'मा अभिनय गरिन् । उनी भारतनाट्यम् र मणिपुरी नृत्यमा परिपूर्ण नृत्यांगना हुन् । साथै, उनी युएनएफपिए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन् । यता मनीषाका भाइ सिद्धार्थ भने बलिउडमा सफल हुन सकेनन् । मनीषाले भाइलाई बलिउडमा स्थापित गर्न धेरै मिहिनेत गरेकी थिइन् । सन् २००५ मा सिद्धार्थले डेब्यु अभिनय गरेको फिल्म 'फन ः क्यान बि डेन्जरस् समटाइम्स' सुपरफ्लप भयो । यत्तिले मात्र नभएर मनीषाले सिद्धार्थलाई फिल्म नगरीमा स्थापित हुन लगानी गर्न उक्साइन् । सिद्धार्थले पनि 'पैसा वसुल' भन्ने फिल्म बनाए । त्यसमा पनि सफल हुन सकेनन् । सिद्धार्थ 'टेरोरिजम ः बायो एट्याक' नामक कथा लेखक पनि हुन् । उनले बलिउडमा करिब ६ फिल्ममा काम गरे । तर, खासै उपलब्धि हात लागेन । त्यसपछि नेपाल आएर 'मेघा' नामक नेपाली फिल्ममा अभिनय गरे । नम्रता श्रेष्ठ नायिका रहेको त्यो फिल्म पनि खासै चलेन । नेपाली राजनीतिका शिखर राजनीतिज्ञ बिपी कोइरालाका नाति भएको नाताले सिद्धार्थ अहिले विकल्पको खोजी गर्दै राजनीतिमा लाग्ने कोसिस गर्दै छन् । उनी दुई वर्षअघि भएको कांग्रेसको १३औँ महाधिवेशनदेखि राजनीतिमा लागेका छन् । आफ्ना हजुरबुवा बिपी र बुवा प्रकाशले छानेको क्षेत्र सुनसरीको मधेस रोजेका छन् । त्यसो त सिद्धार्थले तरुण दलको अध्यक्ष वा महामन्त्रीमध्ये एक पदमा पनि दाबी गरेका थिए । तर, उनी त्यसमा पनि सफल हुन सकेनन् । काका महामन्त्री शशांक कोइराला गुटले उनको पक्षमा लबिङ गरेको थियो । तर, कांग्रेसमा देउवा, पौडेल, सिटौला, खड्का आदि गुटले आ–आफ्ना पक्षको दाबी गरे । अन्ततः सभापति देउवाले आफ्नै पक्षका जितजंग बस्नेतलाई अध्यक्षमा सिफासिस गरेर सर्वसम्मत बनाए । फेरि, सिद्धार्थ चिप्ल्याइए । यता दिदी मनीषा कुनै वेला आफ्ना बुवा प्रकाशलाई जिताउन सक्रिय भएकी थिइन् । त्यस्तै, उनी तत्कालीन राजा ज्ञानेन्द्रकालमा नगर निर्वाचन हुँदा त्यसको पक्षमा वकालत गर्दै हिँडेकी थिइन् । त्यसयता उनी राजनीतिमा देखिएकी छैनन् ।
गीताले नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी छिन् । सातौँदेखि ११औँ सागसम्म खेलेकी उनले आठौँ, नवौँ र १०औँमा दुई–दुई गरी ६ वटा कांस्य पदक जितेकी छिन् । गीताले भाइ चन्द्रसँग मिलेर टेबलटेनिसको छुट्टाछुट्टै राष्ट्रिय प्रतियोगिता पदकसमेत हात पारेकी छिन् । अहिले गीता ४० वर्षकी भइन् भने ठूलो भाइ चन्द्र ३८ तथा सानो भाइ चन्द्र ३६ वर्षका भए । हाल उनीहरू टेबलटेनिसका गुरु बनेका छन् । गीता र चन्द्र धरानकै स्थानीय बोर्डिङ स्कुलमा प्रशिक्षण दिन्छन् भने सूर्य विराटनगरमा ।
करिश्मा र किरण कार्की (दिदी–भाइ) पौडीका राष्ट्रिय खेलाडी हुन् । उनीहरूका बुवा ईश्वर कार्की पनि पौडीका पूर्व राष्ट्रिय खेलाडी हुन् । वर्तमान प्रशिक्षक रहेका ईश्वर नै पौडीमा उनीहरूका पहिलो गुरु हुन् । बुवाको पदचाप पछ्याउँदै करिब सात–आठ वर्षको उमेरमा उनीहरू पौडीमा लागेका थिए । २५ वर्षीय करिश्माले सन् २००८ मा भएको बेइजिङ ओलम्पिक खेलेकी थिइन् । अस्ट्रेलियामा भएको विश्व च्याम्पियनसिपमा नेपालका तर्फबाट टप हुँदै उनी ओलम्पिकसम्म पुग्ने पौडीबाज बनिन् । नेपालका तर्फबाट अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी छिन् उनले । साथै गतवर्ष पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुदमा पौडीका विभिन्न १२ क्याटगोरीमा भाग लिँदै बाह्रैवटा स्वर्ण पदक जितेकी थिइन् ।
ब्याडमिन्टनका भरपर्दा राष्ट्रिय खेलाडी सरादेवी, नङ्सल र रत्नजित ०५४ अघिको कुरा हो । भोजपुरको डाँडागाउँका शिक्षक दानबहादुर तामाङ फुटबल, टेबलटेनिस खेल्थे । उनी टेबलटेनिसका क्षेत्रीयस्तरका खेलाडीसमेत थिए ।
उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाललाई पदक दिलाएका छन् । महिला÷पुरुष सिंगल र डबल्स तथा मिक्स्ड डबल्समा यी दिदी–बहिनी–भाइको एकछत्र राज नै चलिरहेको छ । महिला सिंगल्समा सरादेवीका दिन खराब हुँदा बहिनी नङ्सलले बाजी मार्छिन् । त्यस्तै, नङ्सलले जित्न नसक्दा उपाधि दिदी सरादेवीकै पोल्टामा जाने गरेको छ । महिला सिंगल्समा हालसम्म दिदी सरादेवीले २० तथा बहिनी नङ्सलले १० पटक उपाधि आ–आफ्नो पोल्टामा पारिसकेका छन् । राष्ट्रिय प्रतियोगिताका उपाधि अन्यतिर नगएको धेरै भयो । यता पुरुष सिंगल्समा रत्नजितलाई हराउन सक्ने विगत ६ वर्षदेखि कोही पनि निस्किएको छैन । यी तीनैजना नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर ब्याडमिन्टन खेल्छन् ।
'क्याप्टेन साब' सरादेवी बुवाको लहलहैमा लागेर ११ वर्षको उमेरमा सरादेवीले ब्याडमिन्टन खेल्न सुरु गरेकी हुन् । एक–दुई वर्ष उनको सामान्य रूपले ब्याडमिन्टनलाई निरन्तरता दिनमै बित्यो । ०५६ सालतिर नेपालगनजमा भएको जुनियर (यू–१६) ब्याडमिन्टन च्याम्पियनसिपमा उनले पहिलोपटक भाग लिइन् । त्यसपछि उनले पोखरामा भएको नेसनल गेममा खेल्ने अवसर पाइन् । उनको ब्याडमिन्टनतिर मोह जाग्दै गयो । त्यहीवेला उनले भोजपुरबाटै आइए सकाएकी थिइन् । अनि, बिए पढ्न काठमाडौं आउने निधो गरिन् । सरादेवी भन्छिन् 'आइए सकिएपछि बिए पढ्नु त छँदै थियो, त्योसँगै खेलकुद पनि अर्को ध्याउन्न थियो ।' उनी ०५९ मा काठमाडौं आइन् जुनियर (यू–१९) ब्याडमिन्टन खेल्न थालिन् । त्यसपछि उनी पाकिस्तानमा हुन लागेको साग गेममा छनोट भएकी थिइन् । तर, दुर्भाग्यवश आतंकवादी आक्रमण भएका कारण साग स्थगित भयो । त्यसको केही समयपछि उनले राष्ट्रिय टिममा खेल्ने मौका पाइन् । भारतको लखनाउमा भएको एसियन ब्याडमिन्टन च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाइन् । यसैबीचमा सरादेवी स्थापित ब्याडमिन्टन खेलाडी हुँदै गइन् । उनले ०६०–६१ तिर हिमालयन ओपन ब्याडमिन्टनको महिला सिंगल्स उपाधि जितिन् । उनी नेपाल प्रहरीको नेपाल पुलिस क्लबमा आबद्ध भएर उक्त उपाधि जितेकी हुन् । त्यसपछि उनलाई सशस्त्र प्रहरीको एपिएफ क्लबले पनि आबद्ध हुन बोलायो, तर गइनन् । नजानुको कारण बताउँदै उनी भन्छिन्, 'म पुलिसमा भन्दा आर्मीमा जान चाहन्थेँ । खेलाडीका लागि फिजिकल ट्रेनिङका हिसाबले आर्मी ठीक हो भन्ने मेरो बुझाइ थियो ।' नेपालको खेलकुदमा खासै भविष्य नहुने हुनाले विभागीय टिममा पर्मानेन्ट रूपमा जान पाए भविष्य सुरक्षित हुने उनको बुझाइ थियो । एक दिनको कुरा हो– सरादेवीका साथीहरू पुलिसमा जागिर खुलेकाले त्यतातिर ट्राई गरिरहेका थिए । उनीहरूले 'आर्मीमा खुलेको छ भिड्ने होइन' भने । मैले महिला क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)मा आवेदन दिएँ । फ्री कम्पिडिसनमार्फत ०६४ वैशाखमा त्यसका लागि छानिएँ ।' सेनामा भर्ना भएको दुई वर्षमा फुललप्टन भएकी सरादेवी ०६९ सालदेखि क्याप्टेन भएकी छिन् । २१ वर्षको उमेरमा सेकेन्ड लेफ्टिनेन्टका रूपमा सेनामा छिरेकी सरादेवी ३१ वर्षकै उमेरमा क्याप्टेन भएकी छिन् । आर्मीमा गएपछि ब्याडमिन्टन खेल्न पाइँदैन भनेर उनलाई केही साथीहरूले त्यसमा आबद्ध नहुन सुझाएका थिए । तर, उनी आएपछि झन् ब्याडमिन्टन विस्तार भएको उनको भनाइ छ । भन्छिन्, 'आर्मीमा गएपछि ब्याडमिन्टन खेल्न दिँदैन, नजा भनेर केही साथीहरूले भनेका थिए । तर, त्यस्तो भएन । म आएपछि झनै ब्याडमिन्टन विस्तार भयो ।' अहिले उनले खेल्नबाहेक अन्य कुनै पनि ड्युटी गर्नुपरेको छैन । भन्छिन्, 'बिहान–बेलुका ब्याडमिन्टनकै ट्रेनिङ ग¥यो यत्ति नै काम छ ।'
'नागरिक' नङ्सल दिदी सरादेवीको पदचाप पछ्याउँदै ०५८ सालदेखि ब्याडमिन्टनमा लागेकी हुन् नङ्सल । उनले आफ्नो करिअर पाँचौँ राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरमा भएको क्षेत्रीय सेलेक्सनबाट सुरु गरेकी हुन् । त्यसपछि उनी पोखरामा भएको जुनियर (यू–१६) ब्याडमिन्टन प्रतियोगिता खेल्न गइन् । त्यहाँबाट उनले जुनियर (यू–१६) राष्ट्रिय टिममा खेल्ने अवसर पाइन् । अनि, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सकिन् । 'अन्तर्राष्ट्रिय प्रतियोगितामा थर्ड भएकाले यसले मलाई ठूलै प्रेरणा मिल्यो,' उनी भन्छिन् । ०६५ मा भएको पाँचौँ राष्ट्रिय खेलकुदमा उनी छनोट भइन् । अनि महिला डबल्समा तेस्रो हुन सफल भइन् । त्यसपछि करिब दुई वर्ष उनले राष्ट्रियस्तरका खेलहरूमा मात्र भाग लिइन् । सन् २०१० मा ढाकामा भएको ११औँ सागमा टिम इभेन्ट्समा नङ्सलले कांस्य पदक हात लगाइन् । ०६७ मा पहिलोपटक महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन भएकी हुन् उनी । त्यस्तै, गत वर्ष भारतमा भएको १२औँ सागमा पनि उनले टिम इभेन्ट्समा कास्य पदक नै प्राप्त गरिन् । नङ्सल र उनका भाइ रत्नजित मिलेर गत वर्ष पाकिस्तानमा महŒवपूर्ण उपाधि हात पारे । ९–१० देशका खेलाडी सहभागी भएको उक्त प्रतियोगितामा उनीहरू मिक्स डबल्स च्याम्पियन भए । त्यस्तै, नङ्सल महिला सिंगल्समा तेस्रोसमेत भइन् । हालसम्म उनले महिला सिंगल्सका १० वटा राष्ट्रिय उपाधि जितिसकेकी छिन् ।
'च्याम्पियन' रत्नजित सरादेवी र नङ्सलका एक मात्र भाइ हुन् रत्नजित । २४ वर्षीय रत्नजित आफ्ना दिदीहरूको पदचिह्न पछ्याउँदै ब्याडमिन्टनमा लागेका हुन् । ०६० सालमा राष्ट्रियस्तरको प्रतियोगिता हिमालयन ओपनमा काठमाडौं आएर पहिलोपटक भाग लिएका थिए । सो प्रतियोगितामा उनी फस्र्ट राउन्डबाटै आउट भए । केही समयपछि भएको अर्को राष्ट्रिय प्रतियोगितामा भने उनी सेकेन्ड राउन्डसम्म पुग्न सफल भए । उनले ०६५ मा कोरियामा भएको ब्याडमिन्टनको एसियन च्याम्पियनसिपमा पहिलोपटक राष्ट्रिय खेलाडी भएर खेल्ने अवसर पाए । तर, पहिलो चरणबाटै आउट भए । रत्नजितले बंग्लादेशको ढाकामा सन् २०१० मा भएको सागमा टिम इभेन्ट्समा कांस्य जितेका थिए । त्यस्तै, उनी मलेसियामा भएको जुनियर (यू–१९) च्याम्पियनसिपमा तेस्रो हुन सफल भए । उनले गत वर्ष पाकिस्तानमा दिदी नङ्सलसँग मिलेर मिक्स डबल्स पनि जितेका छन् । राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत उनले पुरुष सिंगल्सको उपाधि विगत ६ वर्षदेखि अरूलाई जित्न दिएका छैनन् । उनी २२ पटक नेसनल च्याम्पियन भइसकेका छन् भने डबल्सतर्फ अझ धेरै उपाधि जितेका छन् ।
तिहार यतै मनाउने सरादेवी, नङ्सल र रत्नजित तीनैजना दसैँ मनाउन पुख्र्यौली घर भोजपुर गए । तर, तिहार भने यतै मनाउँदै छन् । सरादेवी र नङ्सलले रत्नजितलाई सधैँझैँ यो वर्ष पनि टीका लगाइदिँदै छन् । उनीहरूको देउसी खेल्ने प्लान भने खासै छैन । सरादेवी भन्छिन्, 'चाडपर्वमध्ये मलाई मनपर्ने नै तिहार हो । पहिले–पहिले गाउँमा हुँदा देउसी खुबै खेलिन्थ्यो । यहाँ त खेलिँदैन । टीका मात्रै लगाइन्छ ।' नङ्सलले थपिन्, 'भाइको दीर्घायुको कामना गरिन्छ । भाइलाई गिफ्ट के दिइन्छ भन्न सक्तिनँ । टोपी त पक्कै दिइन्छ ।' दिदीहरूका कुराले झस्किएका रत्नजितले थपे, 'मैले त गिफ्ट दिने सोचेको छैन । पैसा मात्र दिए हुन्न र !'
तीनैजना साथीजस्ता सरादेवी, नङ्सल र रत्नजितको उमेरमा करिब तीन–तीन वर्षको मात्र ग्याप छ । उनीहरू सँगै टे«निङ गर्छन् । साथी–साथीजस्ता छन् । घरमा पनि गेमकै बारेमा कुरा हुन्छ । एक–अर्कालाई सल्लाह दिन्छन् । सानो हुँदा झगडा गरेर कुटाकुटसम्म गर्ने उनीहरू आजभोलि भने भनाभनमा मात्र सीमित छन् । रत्नजितले मजाक गर्दै भने, 'सानोमा त हामीबीच कुटाकुट नै हुन्थ्यो । आजभोलि पनि भनाभनचाहिँ हुन्छ । तर, हातचाहिँ हालिहालिँदैन ।' नयाँ पत्रिकाबाट | 2017/11/19 01:14:25 | https://etajakhabar.com/10/19/133537 | mC4 |
विश्वभरका एनआरएनए एनसिसीहरुमा छायो चुनावको रौनक, कहाँ कस्तो तयारी ? (भिडियो रिपोर्ट) - Bishwo Sandesh - Bishwo Sandesh
विश्वभरका एनआरएनए एनसिसीहरुमा छायो चुनावको रौनक, कहाँ कस्तो तयारी ? (भिडियो रिपोर्ट)
२२ जेष्ठ २०७८, शनिबार १६:०६
काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको निर्वाचन धमाधम शुरु हुन थालेको छ । विश्वभरि ८० भन्दा बढी राष्ट्रिय समन्वय परिषद् रहेको एनआरएनएको निर्वाचन धमाधम शूरु हुन थालेको हो ।
हालसम्म मध्यपूर्वको ओमान र एनआरएनए अमेरिकाले निर्वाचन सम्पन्न गरिसकेका छन् । ओमानमा विकल झा र अमेरिकामा बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको छ ।
गैर आवासीय नेपाली संघ अन्तरािष्ट्रय समन्वय परिषद्ले आगामी जुलाईभित्र निर्वाचन सम्पन्न गर्न एनसिसीहरुलाई निर्देशन दिएको छ । केन्द्रको निर्देशन अनुसार यतिखेर विश्वभरका एनसिसीहरु धमाधम निर्वाचनको तयारीमा जुटिरहेका हुन् ।
कोरोना महामारीका कारण प्रभावित भइरहेको एनआरएनएको निर्वाचन फिजीकल रुपमा सम्भव नभए पनि भर्चुअल अर्थात अनलाईनको माध्यमबाट भइरहेको छ । अमेरिकामा अनलाईन भोटिङमार्फत निर्वाचन सम्पन्न भएको छ भने ओमानमा भर्चुअल जुममार्फत सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । यो पटक अधिकांश देशमा अनलाईन भोटिङ हुने भएको छ ।
आगामी (२०२१–०२३) कार्यकालको लागि नयाँ कार्यसमिति चयन हुने निर्वाचनको लागि एनसिसीहरुले नयाँ सदस्यता खुला र नवीकरणको लागि समयसीमा तोक्दै निर्वाचन समिति गठन गरिसकेका छन् । ठूला एनसिसीहरु अष्टेलिया, यूकेले आगामी जुलाई ३१ र जापानले जुलाई २५, कतारले ९ तारिखका लागि चुनावको मिति घोषणा गरिसकेका छन् भने अन्य एनसिसीहरु मिति घोषणाको तयारीमा छन् ।
गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले आफ्नो क्षेत्रभित्र पर्ने अमेरिकाको निर्वाचन सम्पन्न भइसकेको र क्यानडाको आगामी जुलाई ११ तारिखमा हुन लागेको जानकारी दिनु भयो ।
एनआरएनए यूरोप क्षेत्रका क्षेत्रीय संयोजक नारायण आचार्यले यूरोपमा रहेका २९ एनसिसीहरुमध्ये २० एनसिसीहरुले निर्वाचन प्रक्रिया अगाडि बढाइसकेको र अन्य देशहरुमा सदस्यता वितरणको कार्य भइरहेको बताउनु भयो ।
यूरोपमा आगामी जुलाई ५ तारिखदेखि ३१ तारिखभित्र सम्पन्न गर्ने गरि निर्वाचन सम्बन्धी कार्यतालीका तय भएको उहाँले बताउनु भयो । निर्वाचन तयारी सँगै नेपालको चलेको कोभिडको दोस्रो लहरको लागि राहत संकलन कार्य भइरहेको र करिब साढे ३ करोडभन्दा बढी संकलन गरेर नेपालमा स्वास्थ्य सामाग्री पठाउन लागिएको जानकारी पनि गराउनु भयो ।
एनआरएनए अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजक रोशन थापाले नेपालमा कोरोना महामारी फैलिरहेको र आफन्तजन अक्सिजन नपाएर छटपटाइरहेको अवस्थामा निर्वाचन भन्दा पनि राहत कार्यमा बढी केन्द्रित भइरहेको बताउनु भयो ।
त्यस्तै, संयोजक थापाले अफ्रिकामा सकेसम्म सबै एनसिसीहरुको सर्वसम्मत नेतृत्व चयन हुने पनि बताउनु भयो । उहाँले वर्तमान विशेष परिस्थितिमा सकेसम्म निर्वाचन ६ महिना पर सार्नुपर्ने विचार पनि ब्यक्त गर्नु भयो ।
एनआरएन मध्यपूर्वका संयोजक प्रवीण गुरुङले ओमानको निर्वाचन सम्पन्न भइसकेको र अन्य एनसिसीहरुले निर्वाचनको प्रक्रिया अगाडि बढाउँदै आगामी २३ तारिखसम्म सम्पन्न गर्ने तयारी गरिरहेको बताउनु भयो ।
एसिया प्याशिफिक क्षेत्रका क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठ (रोविन्द ) ले सबै एनसिसीहको चुनाव अनलाईमार्फत सम्पन्न गर्ने तयारी भइरहेको बताउनु भयो । सबै एनसिसीमा निर्वाचन समिति गठन गर्दै सदस्यता खुला गरिएको उहाँको भनाइ छ । संयोजक श्रेष्ठले निर्वाचनसँगै नेपालमा कम्तिमा तीन वटा अक्सिजन प्लान्टको लागि सहयोग संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनु भयो ।
एनआरएनए ओसिनिया क्षेत्रका क्षेत्रीय संयोजक होम पाण्डेले सक्रिय एनसिसीहरु अष्ट्रेलिया र न्यूजील्याण्डले निर्वाचन सम्बन्धी कार्यतालीका सार्वजनीक गर्दै आवश्यक तयारीमा जुटिरहेको बताउनु भयो । उहाँले आइसिसीले तोकेकै मिति भित्रै निर्वाचन सम्पन्न गरिने पनि बताउनु भयो । | 2021/06/19 22:32:33 | https://bishwosandesh.com/?p=34673 | mC4 |
थाहा खबर: नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट नेपाल प्रस्थान
नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट नेपाल प्रस्थान
काठमाडौं : पत्नी सीता दाहालको उपचारका लागि अमेरिकामा रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किदै छन्।
अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सितासहित नेपाल प्रस्थान गरेकाे प्रचण्डको सचिवालयले जनाएको छ। उनी बिहिबार मात्रै काठमाडौं आइपुग्नुहुनेछन्। उनलाई न्युयोर्क विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीलगायतले विदाई गरे।
अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि गत चैत्र ४ मा अमेरिका गएका थिए। उनको साथमा छोरी गंगा दाहाल पनि अमेरिका गएकी थिइन्। सीता दाहाललाई पार्किन्सन भएपछि उनको उपचारका लागि यसअघि भारत र सिंगापुरका अस्पताल लगिएको थियो। त्यहाँ उपचार गर्दा पनि निको नभएपछि उनलाई अमेरिका लगेर उपचार गराइएकाे हाे।
सीताकाे अमेरिका पुगेका अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक भेट पनि गरे उनले नेपालका लागि पूर्वअमेरिकी राजदुत स्कट डेलेसी ,अमेरिकी विदेश मन्त्रालय कि दक्षिण तथा मध्य एसिया मामला हेर्ने कार्यबाहक सचिव एलिस वेल्च,मेरिल्याण्ड राज्यका ईतिहास नेपालीमुलका विधान सभा सदस्य एचबि ह्यारी भण्डारीसँग भेटवार्ता गरे। | 2020/06/05 05:39:17 | http://thahakhabar.com/election/contestant/65474/ | mC4 |
Naya course » आज रञ्जन कोइरालाको विषयमा पुनरावलोकन निवेदनमाथि सुनुवाइ आज रञ्जन कोइरालाको विषयमा पुनरावलोकन निवेदनमाथि सुनुवाइ – Naya course
आज रञ्जन कोइरालाको विषयमा पुनरावलोकन निवेदनमाथि सुनुवाइ
काठमाण्डौं/सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालाको कैद छुट फैसलाको औचित्यमाथि आज सुनुवाइ हुने भएको हो ।
श्रीमतीको हत्यामा दोषी ठहर कोइरालाको सजाय घटाउने गरी सर्वोच्चको अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला भएको भन्दै पुनरावलोकनको निवेदन दिएको थियो ।
फैसलामा गल्ती भएको लागेमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिनेछ । अनुमति नदिएमा यो मुद्दाको औचित्य सकिनेछ । विगतमा पनि पुनरावलोकनबाट कतिपय मुद्दाका फैसला उल्टिएका छन् । पुनरावलोकनका लागि छुट्टै इजलास गठन हुन्छ । कुनै मुद्दाको पुनरावलोकन माग गरिए पहिले फैसला वा अन्तिम आदेश गर्ने न्यायाधीश बाहेकको इजलासबाट हेर्ने व्यवस्था छ । यसअघि मुद्दा हेरिसकेका सात जनाबाहेकका न्यायाधीशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्नेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसहित न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, सुष्मलता माथेमा, मनोजकुमार शर्मा, आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लले यो निवेदनमाथि सुनुवाइ र निर्णय गर्न पाउने छैनन् ।
सर्वोच्च्का बाँकी नौ जनाले मात्र यो मुद्दाको सुनुवाइ गर्नेछन् । पुनरावलोकनमा सुनुवाइ मात्र हुन्छ । अनुमति दिइएमा मात्र कोइरालालाई म्याद तामेल गर्ने, तारेखमा बोलाउने र बहस गर्ने प्रक्रिया अगाडि बढ्छ । संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ ।
जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो । | 2021/11/27 17:49:08 | https://www.nayacourse.com/3887/ | mC4 |
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीलाई फराकिलो जीत दिलाउने क्रममा शर्मिला एक्लैले पाँच गोल गरिन् । रश्मीले तीन तथा विमला चौधरी र सपना लामाले एक एक गोल गरे ।
जीतसँगै आर्मी लीग तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुरविरुद्ध एकपक्षीय जीत निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ४ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।
६६ औ मिनेटमा गोल गरिन । सपनाले ४५ औं मिनेटमा गरेकी थिइन । आर्मीले ४ खेलबाट ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक सहित छैटौं स्थानमा छ ।
लीगमा भोलि विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका तथा वालिङ नगरपालिका र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । | 2021-03-08T04:14:49Z | https://swasthyasamachar.com/4902 | OSCAR-2109 |
समायोजनमा देखिएको समस्या समाधान गरिने छ : मन्त्री त्रिपाठी- प्रदेश ५ - कान्तिपुर समाचार
समायोजनमा देखिएको समस्या समाधान गरिने छ : मन्त्री त्रिपाठी
नवलपरासी — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाईने बताएका छन् ।
पश्चिम नवलपरासीको विभिन्न स्थानमा बुधबार आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने र कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकताअनुसार संशोधन गरिने जानकारी दिए ।
मन्त्री त्रिपाठीले प्रदेश र स्थानीय तहमा निरन्तर दुई वर्षसम्म बस्ने कर्मचारीलाई बढुवाको व्यस्थापन गरिने चर्चा गर्दै स्थानीय तहमा आर्थिक अनुशासन पारदर्शीतासहित बजेटको पूर्ण सदुपयोगका आधारमा केन्द्रबाट आवश्यकताअनुसार अनुदानको व्यवस्थापन गरिने बताए ।
प्रकाशित : मंसिर १८, २०७६ १६:०६
रणवीर–आलियाको विवाह अर्को वर्ष
मंसिर १८, २०७६ एजेन्सी
मुम्बई — बलिउडको प्रेमीजोडी रणवीर कपुर र आलिया भट्टको विवाह आउने वर्ष हुने समाचार आएका छन् । बलिउडसम्बन्धि न्युजपोर्टलहरुका अनुसार यो जोडीले २०२० को डिसेम्बरमा भारतबाहिर सानो समारोहमा बिहे गर्ने जनाइएको छ ।
समाचार पोर्टल कोइमोइका अनुसार त्यो बेलासम्म आफ्ना फिल्मको काम सकेर दुवैले एक महिनाको छुट्टी लिनेछन् ।
हुन त यसअघि दीपिका पादुकोण र कट्रिना कैफसँग पनि रणवीरले विवाह गर्ने समाचार आएका थिए । दीपिकाले पोहोर नै रणवीर सिंहसँग विवाह गरिसकेकी छन् । कट्रिना कैफसँग ब्रेकअपपछि रणवीरको अफेयर आलियासँग शुरु भएको हो । केही दिनअघि फिल्म समीक्षक अनुपमा चोपडाको राउन्ड टेबलमा दीपिका पादुकोणले आलियाले चाँडै बिहे गर्न लागेको बताएकी थिइन् ।
रणवीर र आलियाले सँगै अभिनय गरेको फिल्म 'ब्रम्हाश्त्र' २०२० मा आउँदैछ । यसअलावा आलियाले 'तख्त', 'सडक २' र संजयलिला भन्सालीको फिल्म 'गंगुबाइ खतीवाडी'मा पनि मूख्य भूमिकामा अभिनय गरेकी छन् । रणवीर 'सम्सेरा'मा पनि देखिदैछन् । | 2020/08/09 05:32:36 | https://ekantipur.com/pradesh-5/2019/12/04/157545490491633132.html | mC4 |
हर्क साम्पाङ र मेयर यात्रा – Everest Times News
२०७९ जेष्ठ ११, बुधबार ०६:३३
अग्नी साम्पाङ
म फुच्चे हुँदैदेखी हर्कलाई चिन्दछु । हामी दुवैको घर दक्षिण पाटामा भएपनि तापखोलाको देव्रेपाटो पर्छ, जहाँ हिउँदोमा बल्लैले एघार बजेतिर घाम लाग्छ । त्यो दिनभरमा पनि शीत नसुक्ने चोखनेको हर्क आफैं भने सेपिलो भएर बसेन । देश, ठाऊँ र समाजकोलागी चहकिला र बडो घमाईलो भएर उदाए । अहिले नेपालको साना-ठुलाका जैविक उदाहरण एक मात्र हर्क साम्पाङ हुन् । यो ऊसको बच्चैदेखीको स्वभावको नतिजा हो । म उमेरमा अलि सानो । हर्क अलि तन्नेरी । हाम्रोतिर पनि कहिलेकाहीं आऊँथे । ऊ रहेको माहौल अलि बढी रसिक हुन्थ्यो । जब ऊ बोल्यो जसले जे खाँदैछ त्यसैले सर्किनु पर्थ्यो कि लाम्टालाई कसरत हुन्थ्यो ।
२०५५ सालमा कुहुडाडाँ स्कुलबाट प्रथम श्रेणीमा एसएलसी गरेपछि धेरैजनालाई मुख उघारेको उघारेकै पनि बनाए । ऊ धरान झरे । अर्को साल एसएलसी सकेपछि म पनि धरानतिर झरेँ । त्यतिखेर भेट भो । हर्क लाहुरेको छोरा । माईला दाजु नि विदेशमा पढाईपछि सेटल भईसकेको थियो । । तर ऊ आफ्नै शिक्षण पेशामा लागिसकेका थिए । म वेरोजगार, तर महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु चुनावतिर होमिहिडेँ । अधकल्चो राजनीतिले अधमाउरो हुदैथिएँ । एकदिन हर्कले भने- "एहोईचेऊ (साम्पाङ भाषामा आत्मीय साथीहरूलाई बोलाइने थेगो) पहिले राम्रो पढ है अनि राजनीति , मैले नेताहरूबाट सुनेको र याद भएसम्मको नक्कल शब्दमा भनेको थिएँ- "राजनीति बुझ्न जरूरी छ दाजु "। अलिकति हाँस्दै उसले 'बुझ्ने' शव्दमाथी सहमति देखाए जस्तै गरे । तर त्यो सांकेतिक भाव गहण थियो । जो हामीले अस्पष्टमै टुङ्ग्याएका थियौं । मैले धरान छोडेँ । काठमाण्डौमा अनेक अधकल्चो कामहरू गरियो । जो बाँच्नलाई पर्याप्त पनि थिएन । हर्क धरानमै रहे जो घरवाला थिए ।
केही समयपछि शिक्षण व्यवसाय र पेशाले धान्न सकेन या पेशालाई धान्न सकेन । मैले बन्द गरेँ भन्ने मेसेज गरे । केही समय पश्चात म हानिएँ द्वन्दग्रस्त देश । रहर र लोभलाग्दो पेशा त थिएन । त्यैपनि आर्थिक बाध्यता राजतन्त्र फ्याँक्नुभन्दा चर्को थियो । केही बर्षपछि त हर्कले मेसेज गर्छ "एहोई हाप्तोले ?" म अफ्गानिस्तान पुगेको थिएँ । "म पनि आउनु पर्यो त्यता ।" म चकित परेँ । सोधिहालेँ- "किन ?" "अरूको पैसा चलाउनु मन लाग्दैन । आफैं कमाउनु परेन त ?" उल्टो सोधे । हामी एउटै कम्पनिमा काम गर्न थाल्यौं । तर ठाऊँ फरक थियो । म भने धेरै ठाऊँ घुम्ने बस्ने भएकोले कहिलेकाहीँ भेट हुन्थ्यो । तर हामी देश र समाजको बारेमा निरन्तर बहस गर्थ्यौं । किनकी आमाको माया घर छोडेपछि र देशको माया विदेश हिडेपछि वेस्सरी लाग्छ ।
धेरैजसो समय आँशु नै झर्छ । हर्क र मैले देशको बारेमा खुब कुरा गर्यौं । नवराज साम्पाङ पनि जोडिए । देशमा हामीले केही राम्रो काम शुरू नगर्ने हो भने हाम्रो सन्तान पनि हामी जस्तै हुन्छन् भनेर । किन त हामीले नै गर्नुपर्ने ? उत्तर पनि थियो । अनेक व्यवस्था फेरिए। संघीय लोकतान्त्रिक व्यवस्था पनि आए तर जनमानस र समाजको अवस्था फेरिएन । झन् २०६४ पछि विदेश जानेको लर्को लाग्यो । जननेता भनिएकाहरूको आलिशन भवनहरू राजधानीभरी उम्रिन थाले । हामी सबै झन् निराश थियौं । हर्क भने यो प्रत्यक्षदर्शी भएर नबस्ने हठ गरे । ऊ ठिकैको जागिर छाडेर नेपाल हिडे । उसले काम शुरु गरे ।
हामीलाई निरन्तर आग्रह गर्थ्यो । सोध्थे "विदेशले पुगेन ?" मेरो चाही भ्यागुते धार्नी कहिल्यै पुगेन । न गाड्धन फेला पर्यो । तर उत्तर भने 'पुगिसक्यो' भन्दै अड्किईरहेँ । झन् अमरिका आएपछि वार्तालाप नै पातलिन थाल्यो । अमेरिका नामले स्वर्ग नजिक हो, कामले उल्टो । नवराज डिस्कनेक्ट भो । त्यैपनि बेलाबखत भर्चुअल छलफलमा थियौं । जहिल्यै "एहोई कहिले हो आउने" उसको यो प्रश्नलाई धेरैपटक अनेक बाहानामा टारेको छु । "यसरी त हुँदैन" भनेर हप्काउँथे । म ङिच्च हाँस्दै ईमोजीमा लाज पचाउँथेँ । अझ दशकपछि पनि त्यही गरिरहेको छु । अब भने त्यो अवस्था नआउँला किनकी हर्क अचाक्ली व्यस्त हुनेछन् जनताको काममा । ङिच्च गर्दै भएपनि हर्कको अभियान भर्चुवल्ली नजिकबाटै नियालिईरहेको हुन्छु । उसले कति सत्य बोल्छन् भने। "हामी आधा केजी मासु किन्दा हड्डी नहाल भाई बोसो नहाल भन्दै छान्ने । एक केजी प्याज किन्दा, र आधा केजी गोलभेडा किन्दा पुरै ढाकी छान्ने हामीले, देश चलाउने मान्छे चुन्दा चाही छान्नु पर्दैन ?" योभन्दा जायज कुरा के हुनसक्छ ।
जनतालाई सोधेर हिडेको छ कि राजनीति के हो ? बुझ्न जरूरी छ । हर्क मात्र एक अभियन्ता हुन् जसले राजनीति जनतालाई बुझाउदै हिँड्छन् । गल्ली-गल्ली, चोक-चोक एऊटा हाते माईक लिएर । जुन ठाऊँमा हुन्छन् त्यही गुनासोलाई सिधैं सम्बन्धित निकायसम्म पुर्याउँछन् । प्रशासनबाटै पिटिईन्छन्, समातिईन्छन् । फेरी दस्तखत गराईन्छ, छोडिईन्छन् । तर सम्बन्धित निकाय चिसोको तातो हुँदैन । हर्क नै तातिनुपर्ने हुन्छ । उसको अठोट यति निर्मम छ कि "धराने जनतालाई पानी खुवाउन सकिनँ भने म एक हप्ताभित्र धरान छोड्छु ।" यो उसको हक्की स्वभाव प्राकृतिक हो । मैले चिनेको हर्क मनदेखी बोल्छन् । सम्भव कुरा मात्र गर्छन् । त्यसैले उसले गरेरै छाड्छन् । उसको समान व्यवहार र अवोध सोंच जनताबाट अनुमोदन पनि भयो । अब हर्क दाजु, मेयर हर्क भएका छन् ।
विजय हुने वित्तिक्कै भनेकाछन्, म बाईकमै हिड्छु । करोडको गाडीदेखी सडकको खाल्डाखुल्डी देखिँदैन । जसलाई पुर्न म यहाँ चुनिएको छु । कति यथार्थ र मार्मिक बोल्छन् । यो सत्यले आज देशभर उसलाई नायकको उपमा दिएको छ । ठुला मानिएका पार्टीका नेताहरूले कार्यकर्तालाई हर्कको उदाहरण दिँदै त्यसैगरी काम गर्न निर्देश गरिरहेका छन् । एकजना हिक्मत लिम्बु मित्रले त मलाई फोन नै गरेर भने, "ल है लुङ्वा म त धरान फर्किने भएँ । अब हर्क आयो । यता मेरो मनमा हर्ष छायो । मलाई लुङवाको कुराले हर्षित त बनायो नै त्योभन्दा धेर हर्क साम्पाङप्रतिको विश्वासले गर्विलो बनायो । सोचेँ, काम गर्न हर्कसँग १८सय २५ दिन छ । तँपाई हाम्रो कामना उसले सुशासन ल्याओस् । विकास गरोस् । विकासभित्र खुशी मिलोस् । र मेयर हर्कले यो तमाम काम गर्न सक्छन् । किनकी मेयर हर्क अप्ठ्याराभन्दा सम्भव कामको पछि लाग्छन् । त्यो काम गर्ने उसको आफ्नै जैविक तरिका छ । ऊ आफैमा एक स्पष्ट वक्ता, पारदर्शी, शिक्षित तथा दुरदर्शी व्यक्तित्व हुँदाहुदै आफ्नो निकटको व्यक्ति भएकोले उसलाई केही भनिदिनु पर्ने कर्तव्य ठान्छु ।
अहिलेसम्म नेपालका खानेपानी संस्थानहरूले जहिल्यै मध्यरातमा पानी छोड्छन् । खानेपानी वितरण विहानपख गर्दा राम्रो हुन्छ । जुन चोर दाऊको पानी वितरण छ, त्यसले निदाएका जनतालाई घात गर्छ । प्राय: मध्यरातमा मान्छेहरू निदाईसकेका हुन्छन् । संस्थानको दाऊ पनि त्यही हो । मेयर हर्कले धरानको लागी खानेपानी बाहेक गर्नुपर्ने केही कामहरूमा पहिलो, रयापिड रेस्पोन्स युनिट (Rapid Response Unit-RRU) खडा गर्नुपर्छ । यो युनिटले पानी र विजुलीको समस्याहरूलाई द्रुतगतिमा चौविसै घण्टा समाधान र संवोधन गर्छ । यस्तो सामान्य लाग्ने समस्या बडो जरूरी हुन्छ र एक व्यक्तिले सधैं सम्भव हुँदैन । त्यसैले एऊटा युनिटले काम गर्नुपर्छ । जुन टिम चौविसै घण्टा गाडीमा साधन तथा सामाग्रीसँग तयारी अवस्थामा हुन्छ ।
दोस्रो, दमकल र एम्बुलेन्शलाई एकै शाखा बनाएर प्यारामेडिकल टिम खडा गर्नुपर्छ । नेपालमा प्यारामेडिक नहुँदा र शीघ्र उद्धार नभइदिँदा अधिक घाईतेहरूको अकालमै मृत्यू हुनेगरेको छ । आफ्नो जनताको सेफ्टी र सेक्यूरिटीलाई उच्च ध्यान दिँदै एक जिम्मेवार न्यूनतम् सेवामुखी प्यारामेडिक खडा गर्नुपर्छ । तेस्रो, सरकारी कामकाजलाई सर्वसुलभ तरिकाले गराउनु पर्छ । त्यसको लागि डिजिटल पे या होम सर्भिसको व्यवस्था गर्नुपर्छ । अबको जमनामा विशेष गरेर धरानका घरधनीहरू धेरैजसो विदेशमा बसोबास गर्छन् । ति जनता जुन ठाऊँमा रहेका छन्, त्यहीबाट राजश्व तिर्न सकोस् । त्यो राजश्वले धरानको भौतिक संरचना छिट्टोभन्दा छिट्टो बनोस् । अन्य, सीपमूलक शिक्षा, परिणाममूखी स्वास्थ्य सेवा, व्यवस्थित बजार, सुरक्षित सडक, होहल्लारहित गाऊँटोल तथा रहरलाग्दो उपमहानगर बनाउँन स्थानीय युवाहरू तथा क्लवहरूसँग सधैं सहकार्य गर्नुपर्छ । यसको लागि Moral, Welfare and Recreation (MWR) जस्ता क्लवहरू खडा गर्न स्थानीयहरू प्रोत्साहित होस् । अन्तमा, मेयर ज्यू ! म मात्र होईन अहिले अधिक नेपाली जनताले तँपाईको तारिफ गरेर थाकेका छैनन् । यो तेज दशकौं टिक्नुपर्छ । अन्य पालिकाहरू धरानको विकास र सुशासन हेर्न छिट्टै र छुट्टै भ्रमणको तय गरून् । यो जैविक तरिका र स्पिरिड नघटोस् । महरू पनि मुग्लानदेखी छिट्टै देश फर्किने र समाजमा केही गर्ने प्रतिवध्दता गर्न कर लागोस् । आफ्नै ठाऊँमा मर्ने रहर सबैलाई छ । रमाउँने र बस्ने रहर पनि जागोस् । | 2022/07/05 12:33:44 | https://www.everesttimesnews.com/2022/05/25/27815/ | mC4 |
'भू-सेवा केन्द्र' मार्फत सेवा दिँदै पुतलीबजार नगरपालिका - नयाँपुल अनलाइन डटकम
स्याङ्जाको पुतलीबजार नगरपालिकाको कार्यालयले नगरपालिका भित्रका आफ्ना सेवाग्राहीहरुलाई भू–सेवा केन्द्र मार्फत सेवा दिदै आएको छ । मालपोत सेवालाई चुस्त र दुरुस्त तरिकाले सेवा दिने बताउदै मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरि सेवा दिदै आएको हो ।मालपोतको सेवा लिदा पुतलीबजार नगरबासीहरुले धेरै दुःख पाएकोले सेवा चुस्त र दुरुस्त बनाउन मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरिएको पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताउनुुभयो । उहाँले मालपोत कार्यालयमा पालीकाकै कर्मचारीबाट सेवा दिदा सेवाग्राहीहरु सन्तुष्ट रहेको बताउनुुभयो ।
पुतलीबजार नगरपालिका र फलफुल तथा तरकारी मुल्य शृंखला विकास आयोजनाको साझेदारीमा नगरपालिकाका सुन्तला कृषकहरुलाई उत्पादन उपरान्त हुने क्षती न्यूनीकरण गर्न आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ । पुतलीबजार नगरपालिका २, ७ र १३ नंबरका वडाहरुका क्रमश सूर्यमुखी कृषि सहकारी संस्था, माझबीनी कृषि उपज उत्पादन तथा बजारीकरण सहकारी संस्था र पिपल डाँडा कृषि सहकारी संस्थाका सुन्तला कृषकहरुलाई सामाग्री वितरण गरिएको हो । विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख क्षेत्रीले फलफुल तथा तरकारी मुल्य शृंखला विकास आयोजनाले धेरै सहयोग गरेको बताउदै सुन्तला किसानहरुले सामाग्रीहरुको प्रयोगबाट सुन्तलामा हुने क्षेती न्यूनिकरण गर्न अनुरोध गर्नुभयो।
यस्तै, पुतलीबजार नगरपालिका र यूएनडिपीको आर्थिक सहयोग तथा सुर्योदय क्लब बाडखोलाको व्यवस्थापनमा तिन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । कोभिड १९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजना अन्र्तगत बाख्रा पालन तालिम दिइएको हो ।
तालिममा पुतलीबजार नगरपालिका प्रमुख क्षेत्रीले कोराना प्रभावित युवा युवतीहरुलाई तालीमको आयोजना गरिएको बताउदै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । । उहाँले पुतलीबजार नगरपालिकाले कृषिको क्षेत्रमा धेरै काम गरेको बताउदै निर्वाह मुखी भन्दा व्यवसायीक रुपमा उत्पादन मुखी हुन तालीममा सहभागीहरुलाई आग्रह गर्नभुयो ।
पुतलीबजार नगरपालिकाले एक सहकारीलाई कस्टम हायरीङ सेन्टर अन्तरगत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको नवज्योती कृषि सहकारीलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।सामाग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख क्षेत्रीले कोरोनाका कारण रोजगारी गुमेका युवाहरुलाई कृषि सामाग्री वितरण गर्ने कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरेको जानकारी दिईन् । क्षेत्रीले सहकारीलाई उद्देश्य पुरा गर्न अनुरोध गर्दै पुतलीबजार नगरपालिीकाले अझै कृषिमा लगानी गर्ने बताउनुभयो थे्रसर, चेन्स, डिगर मेसिन, स्पेअर र ठेला गाडा सहित ९ प्रकारका सामाग्री हस्तान्तरण गरिएको थियो । | 2021/03/04 02:48:06 | https://nayapulonline.com/%E0%A4%AD%E0%A5%82-%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%BE-%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0-%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AB%E0%A4%A4/ | mC4 |
प्रोग्रेसिभ फाइनान्सले शुरू गर्यो 'क्रेडिट एक्स' नामक ऋण अटोमेशन प्रणाली - Arthakoartha.com
प्रोग्रेसिभ फाइनान्सले शुरू गर्यो 'क्रेडिट एक्स' नामक ऋण अटोमेशन प्रणाली
काठमाडौं, १२ साउन । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रालिले भगिनी संस्था डिजिहब प्रालि)सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली शुरु गरेको छ । यस प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।
प्रोग्रेसिभ फाइन्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृतसन्जोग मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरे । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।
ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।
प्रोग्रेसिभ फाईन्स, राष्ट्र बैंकबाट "ग" वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाईन्सको लगभग १ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढि शाखाहरु रहेका छन् । | 2022/01/22 14:06:36 | https://arthakoartha.com/archives/47073 | mC4 |
हरियो सलाद सुपरमार्केटमा किने, घर ल्याएर हेर्दा प्याकेटवाट निस्कियो सर्प – Dailny NpNews
प्रकाशित मिति: बुधबार, बैशाख ०८, २०७८ समय: ९:०४:२४
एजेन्सी । धेरै चोटि यस्तो हुन्छ की हामीले अनुमान नै नगरेको स्थानमा सर्प देखिन्छ । तर जब सर्प खानाका सामानहरूमा फेला पर्छ भन्ने कुराको अनुमान पनि कम गरिन्छ । डिपार्टमेन्टल स्टोरवाट किनेको सलाजको प्याकेटमा सर्प देखापरेपछि ग्राहकको सातो गएको छ । डिपार्टमेन्टल स्टोरमा किनेको सलादको प्याकेट घरमा आएर खोल्दा सर्प देखेपछि सातो गएका ग्राहकले के गरे ? पढ्नुहोस यस्तो छ पुरा खबर ।
ुद गार्डियनु को रिपोर्ट अनुसार यो घटना अस्ट्रेलियाको सिड्नी शहरको हो। एक व्यक्तिले आफूले डिपार्टपेन्टल स्टोरमा हरियो सलाद किने । त्यस पछि के हुँदैछ भन्ने उनले अनुमान पनि गरेका थिएनन् । जब उनले घर पुगेर आफ्नो प्याकेट खोले, यसबाट एउटा वि षा लु सर्प निस्कियो।
यो सबै भयो जब अलेक्ज्याण्डर वाइटको एक ब्यक्ति उनको पार्टनर एमिली नेट्टीसंग सिडनीको एक सुपर मार्केट स्टोर गए। त्यस व्यक्तिले त्यहाँ पातदार तरकारीहरू र सलादहरू किने । यस पछि, तिनीहरूले सबै सामान किनेर घर पुगे।
घर पुगेपछि, जब उनले प्याकेट खोले, उनी त्यसमा वि षा लु सर्प देखेर छक्क परे। सर्प एउटै प्याकेटमा चलिरहेको थियो र उसले सानो जीब्रो बाहिर निकालिरहेको थियो । सुरुमा ती मानिसहरूले सोचे कि यो एउटा सानो कीरा हो जुन प्याकेटमा बसेको छ । तर चाँडै उनले यो सर्प हो भनेर बुझे।
जे होस्, ऊ सर्पको बच्चा थियो, जसको लम्बाई २० सेन्टिमिटर मात्र थियो। तर ऊ एकदम वि षा लु सर्प थियो। जानकारीका अनुसार यो सुपरमार्केटको फ्रिजमा बसिरहेको थियो जहाँ सलाद राखिएको थियो ।
रिपोर्ट अनुसार सर्पलाई देखे पछि परिवारले वन्यजन्तु संगठनलाई जानकारी गराए। संगठनले भन्यो कि यो सर्प अष्ट्रेलियामा फेला परेको सबैभन्दा वि षा लु सर्प हो। | 2022/05/24 08:45:41 | https://dailynpnews.com/archives/5943/09/ | mC4 |
'स्मार्ट' बत्ती जडान गर्दै महानगर -
घर प्रविधि 'स्मार्ट' बत्ती जडान गर्दै महानगर
चालू आर्थिक वर्ष्भित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार महानगरका पाँच मुख्य सडकमा 'स्मार्ट' बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खाे, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उनले बताए ।
प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । उनले भने, "अबको एक वर्ष्भित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ ।" | 2019/03/22 13:16:56 | http://www.malayakhabar.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F-%E0%A4%AC%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%80-%E0%A4%9C%E0%A4%A1%E0%A4%BE%E0%A4%A8-%E0%A4%97%E0%A4%B0%E0%A5%8D/ | mC4 |
प्रवासी नेपालीलाई समृद्धिको अभियानमा जुट्न आग्रह - Total Views: total views <% if ( today_view > 0 ) { %> , Today: views today
Home > special_one > प्रवासी नेपालीलाई समृद्धिको अभियानमा जुट्न आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीले प्रवासमा रहेका नेपालीहरूलाई समृद्धिको अभियानमा जुट्न आग्रह गरेका छन्।
प्रबक्ता शर्मा र महासचिव शाहीले (हिजो) अगष्ट १२ तारेख पोर्चुगलको राजधानी लिसबनमा आयोजित नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।
प्रवक्ता शर्मा र नेपाल तरुण दलका महासचिव शाहीले मुलुको समृद्धि र विकासको निम्ति प्रवासी नेपालीहरूको महत्वपूर्ण भूमिका रहने भन्दै जहाँ रहेपनि देशलाई माया गर्न र विकासमा साथ दिन आग्रह गरेका हुन्।
नेकपा सरकारको खरो विरोध गर्ने नेताको रुपमा चिनिएका तरुण दलका महासचिव शाहीले युरोप भ्रमणमा पनि सरकारको चर्को आलोचना गरेका छन्। महासचिव शाहीले प्रधानमन्त्री केपी शर्मा ओली सरकार आन्तरिक भूमरीमा फँसेको भन्दै देशलाई सहि दिशा निर्देश गर्न नसकेको आरोप लगाए।
उनले भने, 'देशमा अहिले व्याप्त भ्रष्टाचार छ। दुई तिहाइको सरकारले कारबाही गर्न सकिरहेको छैन। उल्टै गलत क्रियाकलाप गर्नेलाई संरक्षण गरिरहेको छ। दुई तिहाइको सरकार उनीहरुले चलाई रहेका छन्। कांग्रेसलाई गालि गरिहेका छन्। वाइडवडी काण्डका कमाण्डर स्वयं प्रधानमन्त्री ओली हुन्। यसका बारेमा पनि प्रवासी नेपाली दाजुभाई दिदीबहिनीले बुझ्नुपर्छ र खबरदारी गर्नुपर्छ।'
उनले अगाडि थपे, 'प्रधामन्त्री निवास बालुवाटारको जग्गा प्रकरणमा आफ्नै पार्टीका महासचिवको संलग्नता रहेको चर्चा छ। यसका बारेमा प्रधानमन्त्री केही पनि बोल्नुहुन्न। त्यतिमात्रै होइन, नेकपाको पार्टी कार्यालयसमेत सार्वजनिक जग्गामा छ। यसको सोझो अर्थ सरकार भ्रष्टाचार लाई निर्मुल होइन बढवा गर्दैछ।'
महासचिव शाहीले सरकारको मात्रै नभएर आफ्नै पार्टीको समेत विरोध जनाएका छन्। सरकार अराजकता र अधिनायकवादको बाटोमा जान थालेको अवस्थामा पनि पार्टी आन्तरिक बिबादमा भुलिएको शाहीको भनाई छ। उनले भने, 'पार्टी भित्रका गुटुको संरक्षण नभएर सिंगो पार्टीको संरक्षण गर्नुपर्छ। हाम्रो पार्टीभित्रको बिबादलाई अन्त्य गर्ने हो भने आगामी निर्वाचनमा पहिलो हुनेमा दुई मत छैन।'
प्रवक्ता शर्माले पोर्चुगलको १०औँ वार्षिक साधारण सभालाई सम्बोधन गरेसंगै साइप्रस र डेनमार्कको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अन्य ठाउँमा भने महासचिव शाही एक्लैले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। | 2021/01/17 21:15:59 | https://www.palpalkhabar.com/news/15093.html | mC4 |
समाचारपाटी, करापुटार, ३ भदौ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ७ मा रहेको गोमति युवा क्लबको आयोजनामा खुल्ला तिजगित प्रतियोगिता हुने भएको छ ।
आगामी भदौ २८ गते रामबजारमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष यदु घिमिरेले जानकारी दिनुभयो । “सधै झै यसपालि पनि हामीले तिजगित प्रतियोगिताको आयोजना गरेका छौँ आशा छ विगतका वर्ष जस्तै यसपालिपनी सहयोग गर्ने व्यक्ति र संस्थाको सहयोग रहन्छ भन्ने आशा छ,” क्लबका अध्यक्ष घिमिरेले भन्नुभयो – “प्रतियोगितामा १५/१६ टिमले सहभागिता जनाउने हामीले अपेक्षा गरेका छौँ ।”
प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार, द्धितिय पुरस्कार १० हजार, तृतिय पुरस्कार ७ हजार, सान्त्वना पुरस्कार ४ हजार रहेको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ठ नृत्य, भेषभुषा र रचनाकारलाई नगद २/२ हजारको पुरस्कारको व्यवस्था गरिहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क नलाग्ने आयोजकको भनाई रहेको छ । एउटा टिममा कम्तिमा ५ जना र बढीमा ७ जना हुनुपर्ने जनाइएको छ । | OSCAR-2019 |
||
दसैँको खानपानले फुड पोइजनिङ होला है ! यस्तो छ घरेलु उपचार विधि
दसैँ त हो नि भनेर जथाभाबी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन् । अझ कतिपयले त यो दसैँमा खाने हो भनेर महिनौँदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फुड पोइजनिङको जोखिम उच्च हुने गरेको छ ।
खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । खानाको क्षयीकरण भएपछि खाना अमिलिन्छ र सो खाना खाएमा फुड पोइजनिङ हुन्छ। गर्मी मोसममा फुड पोइजनिङको समस्या बढी देखिने गरेको छ । तर चाडबाडमा गरिने असन्तुलित खानाको सेवनले पनि यो समयमा फुड पोइजनिङ हुने गरेको छ ।
विशेष गरी खानेकुरामा हुने ब्याक्टेरियाका कारण फुड पोइजनिङ हुन्छ । पकाएको खानामा ब्याक्टेरिया मर्ने भएकोले नपकाएको खानामा फुड पोइजनको जोखिम बढी हुन्छ।
विशेष गरी ब्याक्टेरिया, प्यारासाइटजस्ता किटाणुले फुड पोइजन गराउँछ । चिसो पेयपदार्थ कोक, फ्यान्टालगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ ।
फुड पोइजनले पेट तथा आन्द्रामा असर गर्छ । पोइजनका कारण वाकवाकी आउने, वान्ता हुने, डाइरिया हुने हुन्छ । त्यस्तै ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, थकाइ लाग्ने, कमजोर महशुस हुने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिन पनि सक्छ।
फुड पोइजनिङकाट बच्न खानालाई सफा गरेर राम्रोसँग पकाउनु पर्छ। खाना बनाउनुअघि, खानु र खुवाउनुअघि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ। पकाएका खानेकुराहरू छोपेर राख्नुपर्छ भने एकै पटक धेरै खानेकुरा खान हुँदैन । प्याकेजिङ खाना, केमिकलयुक्त खानेकुरा सकेसम्म नखाएको राम्रो । | 2021/11/28 13:54:45 | https://kendrabindu.com/health/76918-1634195924.html | mC4 |
'जातको प्रश्न' वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० प्रतिस्पर्धीमा – MB Khabar
MB Khabar २५ फाल्गुन २०७७, मंगलवार
समता फाउण्डेसनले निर्माण गरेको टेलिभिजन संवाद 'जातको प्रश्न' वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ।
'वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ : एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस' मा विश्वका ११४ देशबाट ४२५ भन्दा धेरै आवेदन परेका थिए। कोभिड १९ र महामारीको विषम परिस्थितिमा समता फाउण्डेसनले टेलिभिजन कार्यक्रम जातको प्रश्न निर्माण गरेको हो। अभिनेता राजेश हमालले सञ्चालन गरेको १२ अंकको 'जातको प्रश्न' कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो। कोभिड १९ जस्तो अभूतपूर्व सङ्कटको समयमा विधिको शासनको सुरक्षा र संवर्द्धन गर्ने सार्थक अभ्यास तथा प्रभावकारी अभियान र नीतिको पहिचान, सम्मान र प्रवर्द्धनका लागि वर्ल्ड जस्टिस प्रोजेक्टले वार्षिक रूपमा यो विश्वव्यापी प्रतिस्पर्धा आयोजना गर्छ।
सन् २००६ मा अमेरिकन बार एसोसिएसनको अभियानका रूपमा स्थापना गरिएको वर्ल्ड जस्टिस प्रोजेक्ट सन् २००९ देखि विधिको शासन प्रवर्द्धन गर्ने गैरनाफामुखी संस्थामा रूपान्तरण भएको हो। संस्थाको कार्यालय वाशिङ्टन डिसी, सियाटल, सिंगापुर र मेक्सिको सिटीमा छ। कार्यक्रमले जात व्यवस्थासम्बन्धी जटिल र गम्भीर प्रश्न उठाएको छ। समाजमा गहिरो गरी जरा गाडेको जातीय विभेदलाई जातको प्रश्नले चुनौती दिएको छ। विभिन्न राजनीतिक र बौद्धिक व्यक्तित्वलाई कार्यक्रममा सहभागी गराएर नेपाली समाजलाई आत्मविश्लेषण गर्न टेलिभिजन संवाद जातको प्रश्नले बाध्य बनाएको छ। जातको प्रश्न पित्तृसत्ताको वर्चश्व भएको जात व्यवस्था, जातीय विभेद र जातकै आधारमा हुने छुवाछूत विरूद्ध परिवार र समुदायस्तरमै संवाद होस् भन्ने उद्देश्यले निर्माण गरिएको हो। यसरी विश्व मञ्चमा प्रशंसा बटुल्नु नेपालको विकास, न्याय र समृद्धिका पक्षमा वकालत गर्नेहरुका लागि गौरवको विषय भएको समता फाउण्डेसनका प्रदीप परियारले बताए।
उनले भने, 'जातको प्रश्नले दिलाएको यो सफलताले हामी अझ उत्साहित भएका छौं। सामाजिक न्यायका लागि प्राज्ञिक बहसको यात्रा निरन्तर जारी रहनेछ। यो यात्रामा साथ, सहयोग र सहकार्य गर्नुहुने सबै सहयात्रीप्रति हामी कृतज्ञ छौं।' उनले जातको प्रश्नले सामाजिक न्यायको नेपाली भाष्यमा नयाँ बहस शुरू गरेको समेत बताए।नेपालमा कोभिड १९ बन्दाबन्दी भएको पाँच महिना नबित्दै २३ जना दलितको हत्या भयो। रूकुम पश्चिमको नरसंहार, प्रहरी हिरासतमा विजय राम चमारको मृत्यु, अंगिरा पासीको बलात्कारपछि हत्या र भोकले ज्यान गुमाएका मलर सदा केहि प्रतिनिधी घटना मात्रै हुन्। दलित विरूद्ध हिंसाको श्रृङ्खला निरन्तर छ। विश्वभरि २६ करोड जनसङ्ख्याले जातीय विभेद भोग्नुपरेको विभिन्न तथ्याङ्कले देखाउँछ। नेपालमा दलितको जनसङख्या ३० लाखभन्दा धेरै छ। ऐतिहासिक रूपमै बहिष्कृत र सीमान्तकृत दलितलाई अछुत मान्ने गलत अभ्यास अझै छ।
कोभिड १९ को सङ्कटमा दलित विरूद्ध निरन्तर भइरहेको संरचनागत विभेद अझ उदांगो भयो। राहत सामग्री वितरण होस् वा स्वास्थ्योपचार, दलितलाई विभेद सहन बाध्य पारियो। आइसोलेसन र सामाजिक दुरीले बहिष्करण र छुवाछूतको कुप्रथालाई झन् बलियो बनायो। संरचनात्मक लाभ, निर्वाचन क्षेत्रको आरक्षण र दलित महिलाको प्रतिरोधका विषय अहिले नेपाली सङ्कथनमा प्राथमिकता बनेको छ। जातको प्रश्नले समावेशी समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, न्याय प्रणाली र न्याय निरूपण, राजनीतिक सहभागीता र प्रतिनिधित्व, विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताको अभ्यासबारे प्रश्न उठाएको छ। जसको उत्तर अझै खोजी भइरहेको छ। | 2021/09/20 18:20:58 | https://mbkhabar.com/%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B6%E0%A5%8D%E0%A4%A8-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B2%E0%A5%8D%E0%A4%A1-%E0%A4%9C%E0%A4%B8%E0%A5%8D%E0%A4%9F/ | mC4 |
Media Mission Nepal नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान - Media Mission Nepal
Published On : 7 June, 2021 10:33 am
काठमाडौं, २४ जेठ : सेयर बजारको दोस्रो बजारमा आइतबार नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दु २९ सयको बिन्दु पार गर्दै अलटाइम हाइ रेकर्ड बनाई बजारमा १७ अर्ब २७ करोड बढीको कारोबार भएको हो । यसअघि गत जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । आइतबार नेप्से सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ । यसका साथै वाणिज्य बैंकसँगै अरू समूहमा पनि मूल्य बढ्ने र करेक्सन आउने क्रम जारी छ । | 2021/07/30 14:29:22 | https://mediamissionnepal.com/main-news/100078/ | mC4 |
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकरहरुले भनेजस्तै माइक्रोम्यानेजमेन्ट नभएको बताउँदै आएका छन्। बैंकिङ क्षेत्रको बिक्रीति रोक्ने प्रयास मात्रै भएको भन्दै नेपाल बैंकर्स संघको कार्यक्रममा प्रतिक्रिया दिएका थिए। उनको यस्तो नीतिलाई लिएर बैंकहरु रुष्ट छन्। गभर्नरको यस्तो कदमलाई लिएर बैंकरहरुले अर्थमन्त्रीसम्म पुगिसकेका छन्।
केही समय अगाडि विदेशी बैंकहरुले पनि राष्ट्र बैंकको सुक्ष्म व्यवस्थापनलाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएका छन्। राष्ट्र बैंकले कोभिडको समयमा नगद लाभांशको वितरणलाई कडाइ गर्दा उनीहरुले असहमति जनाएका थिए।
राष्ट्र बैंकले मौद्रिक नीतिमा वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नहुने व्यवस्था गरेको थियो। तर राष्ट्र बैंकले जम्मा वितरण गर्ने लाभांशमध्ये ३० प्रतिशतभन्दा बढी नगद हुन नहुने भन्दै हस्तक्षेप गर्यो।
राष्ट्र बैंककै नियमअनुसार बैंकहरूले वित्तीय विवरण तयार पारेका हुन्छन्। बैंकहरूले आर्जन गरेको मुनाफालाई राष्ट्र बैंकले तोकेको क्षेत्रमा व्यवस्था गरेपछि मात्रै मुनाफा वितरण गर्न पाउने नियम हुँदाहुँदै पनि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लागाउन नहुने अर्का बैंकर निरञ्जन टिवरेवाल बताउछन्। उनले भने 'राष्ट्र बैंकले वितरणयोग्य मुनाफबाट पनि लाभांश वितरणमा रोक लागाउनु उचित होइन।' | 2021-03-01T04:19:38Z | https://www.republicadainik.com/2017/08/306/ | OSCAR-2109 |
Topnepalnews.com | संसद्का गाडी 'दुरुपयोग', विपक्षीको हैसियतले लिएको गाडी प्रचण्डले बल्ल फिर्ता गरे
Posted on: January 13, 2017 | views: 437
काठमाडौं,पुस २९ । उपसभामुख गंगा यादवले प्रयोग गरेको झन्डै एक करोड मूल्यको नयाँ मित्सुबिसी स्पोर्टेज कार 'दुर्घटना' मा परेपछि मर्मत गर्न संसद् सचिवालयलाई १७ लाख रुपैयाँ खर्चनुपर्ने भएको छ । हवाईजहाजमार्फत गृहजिल्ला सप्तरी पुगेका यादवले जिल्लामा चढ्न भन्दै सचिवालयले दिएको गाडी काठमाडौंबाट मगाएका थिए ।
एक वर्षअघि मात्र सचिवालयले किनेको उक्त गाडी उनका निजी चालकले चलाएको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ । गाडीको अवस्था हेर्दा सामान्य दुर्घटना नभई 'लापरबाही' ले ठूलो दुर्घटना भएको हुनसक्ने आशंका गर्छन् संसद् सचिवालयका कर्मचारी ।
'गाडीको अवस्था हेर्दा तराईमा यो अवस्थामा दुर्घटना हुन्छ भन्ने अनुमान गर्न सकिँदैन', संसद्का एक कर्मचारीले भने ।
पुस पहिलो साता विधायन समितिकी सभापति गंगा चौधरीले प्रयोग गरेको स्कर्पियो गाडी दाङमा ''दुर्घटना' मा पर्यो । आमा, छोरी, बुहारी तथा आफन्त बोकेर कैलालीबाट दाङ फर्कने क्रममा दाङको कुसुममा आफूले प्रयोग गरेको १४३८ नम्बरको गाडी 'दुर्घटना' मा परेको जानकारी सभापति चौधरीले सचिवालयलाई गराएकी छन् ।
उक्त गाडी मर्मतमा २ लाख रुपैयाँ खर्च लाग्ने वर्कसपले जानकारी गराएको संसद् सचिवालयले जनाएको छ ।
केही दिनअघि कृषि तथा जलस्रोत समितिका सभापति मोहन बरालले प्रयोग गरेको गाडी 'पजेरो' सिन्धुलीमा दुर्घटनामा परेपछि उक्त गाडी पनि सचिवालयमा थन्किएको छ ।
गाडी, इन्धन र मर्मतखर्च सबै सचिवालयले नै बेहोर्ने भएकाले गाडी प्रयोगमा निकै लापरबाही देखिएको सचिवालयका कर्मचारी बताउँछन् ।
सचिवालयले गाडीसँगै १ सय ५० लिटर तेल र दुईजना चालकको तलब सम्बन्धित व्यक्तिको तलबमै गाभेर पठाउने गरेको छ ।
'कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा १० प्रतिशत बढी सदस्य भएको सत्तामा सहभागी दलको नेता वा प्रमुख सचेतकलाई पनि सुविधा दिनुपर्नेु, ऐनको नयाँ व्यवस्थाले कांग्रेस र माओवादी केन्द्रका सचेतकलाई पनि गाडी उपलब्ध गराउनुपर्ने अवस्था छ ।
विगतमा सत्तापक्षको प्रमुख सचेतकबाहेक अन्यले गाडी सुविधा नपाउने व्यवस्था थियो ।
१० भन्दा बढी सदस्य भएको दलको प्रमुख सचेतकलाई गाडी उपलब्ध गराउनुपर्ने व्यवस्था भएपछि सचिवालयलाई थप गाडी खोज्नुपर्ने भएको छ ।
यो व्यवस्थासँगै संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव, तमलोपाका प्रमुख सचेतक जंगीलाल यादव र एमालेका सचेतक गोकुल घर्तीले गाडी उपलब्ध गराइदिन सचिवालयसँग माग गरिसकेका छन् ।
२०७० को संविधानसभा निर्वाचन 'धाँधली' छानबिन समितिका सभापति एवं सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन नबुझाई अझै संसद्को गाडी प्रयोग गरिरहेका छन् ।
'समितिले उहिल्यै काम सम्पन्न गरे पनि प्रतिवेदन नबुझाएका कारण सभापतिज्यूले गाडी बुझाउनुभएको छैन', संसद्का एक कर्मचारीले भने ।
मन्त्रिपरिषद्ले हालै कांग्रेस नेता रामचन्द्र पौडेललाई पूर्वसभामुखको हैसियतमा गाडी उपलब्ध गराउने निर्णय गर्दै सचिवालयलाई पत्राचार गरेको छ ।
तर पूर्वसभामुखको हैसियतमा पौडेललाई मात्र गाडी दिँदा पूर्वसभामुख दमननाथ ढुंगाना र तारानाथ रानाभाटले पनि गाडी माग गरे के गर्ने भन्ने अन्योल देखिएको संसद्का कर्मचारी बताउँछन् ।
'सरकारले उहाँ (पौडेल) लाई गाडी दिने निर्णय गर्दै सचिवालयमा पत्र पठाएको छु, सभामुख निकट स्रोतले भन्यो, 'सरकारले पैसा निकासा गरेपछि सचिवालयले किनेर दिन्छ ।'
त्यतिबेला सचिवालयसँग राम्रो गाडी थिएन । हामीले एउटा स्कर्पियो गाडी मन्त्रिपरिषद्लाई पठायौं ।
त्यसको सट्टा मन्त्रिपरिषद् कार्यालयले उहाँलाई अर्कै राम्रो गाडी दियो । उहाँले मन्त्रिपरिषद्बाट पाएको गाडी फिर्ता नगर्दा हाम्रो एउटा गाडी मन्त्रिपरिषद् कार्यालयबाट फिर्ता आएको छैनु, संसद्का एक अधिकारीले भने ।
कांग्रेस(माओवादी केन्द्र गठबन्धनको सरकार बनेपछि विपक्षी दलका नेता बनेका एमाले अध्यक्ष केपी ओलीले भने संसद्को गाडी सुविधा लिएका छैनन् । भएका गाडी धमाधम दुर्घटनामा पर्ने तथा संसद् सेवासुविधासम्बन्धी ऐनले थप पदाधिकारीलाई गाडी उपलब्ध गराउन व्यवस्था गरेपछि संसद् सचिवालयलाई गाडी व्यवस्थापन टाउकोदुखाइ भएको छ । (अन्नपूर्ण पोष्ट दैनिक) | 2019/04/20 20:58:05 | http://topnepalnews.com/rajneeti/6432 | mC4 |
Tuesday, May 7th, 2019 | edainik | देश
प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।
राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ ।
त्यस्तै वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने धनकुटाबासीले जनाएका छन् । प्रादेशिक राजधानी अभियान संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएकोले आन्दोलनको घोषणा गरेको बताए ।
धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत पारित भएको थियो । | 2019/08/25 09:49:29 | http://np.edainik.com/news/27087/ | mC4 |
यसको आधुनिक र बलियो अर्थतन्त्रको साथ, जर्मनी एउटा यस्तो देश हो जुन धेरै नागरिकका लागि आशाको स्रोत हो। हामी भन्न सक्दछौं कि यो भाषा शिक्षाको लागि धेरै आकर्षक देश हो यसले विद्यार्थीहरूलाई प्रदान गर्ने गुणस्तरीय शिक्षा अवसरहरूको साथ।
जब संसारमा सामान्य जर्मन को बारे मा १० करोड मानिसहरु द्वारा बोलेको छ, टर्की, र पनि हाम्रो देश मा विद्यार्थीहरु द्वारा जर्मनी मा राम्रो सम्बन्ध को कारण यो एक प्राथमिकता अक्सर भाषा छ। हामी जर्मनीमा भाषा शिक्षाको बारेमा जानकारी दिन चाहन्छौं किनकि हामी सोच्छौं कि जर्मनीमा जर्मन शिक्षा लिन चाहने विद्यार्थीहरूको लागि उनीहरूको मुख्यालयमा उपयोगी हुनेछ।
जर्मनीमा भाषा शिक्षा कसरी दिइन्छ?
हामी भन्न सक्दछौं कि जर्मन भाषा शिक्षाको लागि जर्मनीलाई प्राथमिकता दिने विद्यार्थीहरूले गरेको यो निर्णय एकदम सही छ। जर्मनीले विद्यार्थीहरूको लागि शिक्षाको क्षेत्रमा धेरै अवसरहरू प्रदान गर्दछ, र बिभिन्न शिक्षा स्तर र उच्च शिक्षा कार्यक्रमहरूको साथ यसले विद्यार्थीहरूलाई हाम्रो देश र विश्वव्यापी रूपमा स्वीकार्य डिप्लोमाको साथ स्नातकको अवसर प्रदान गर्दछ।
जर्मनीमा भाषा सिक्न चाहने शहरहरू मनपर्दो, ड्युसेल्डोर्फ, फ्रान्कफर्ट र बर्लिन हुन्। जर्मनीमा भाषा स्कूलमा सिकाइएको पाठ कम्तिमा २० पाठको हुन्छ। सामान्यतया, पर्यटक भिसा उनीहरुका लागि पर्याप्त हुन्छ जुन देश भ्रमण गर्न चाहान्छन् प्रशिक्षणको लागि जुन 20 महीना सम्म रहन्छ। यद्यपि, जोसँग लामो शिक्षा समयावधि हुनेछ, उनीहरूको लागि विद्यार्थी भिसा लिन उचित हुन्छ। हामी भन्न सक्दछौं कि जर्मनीमा भाषा शिक्षाको लागि सब भन्दा मनपर्ने कार्यक्रमहरू सामान्य जर्मन, व्यवसायिक जर्मन, टेसड्याफ परीक्षा तयारी जर्मन, गहन जर्मन हुन्।
जर्मनीमा भाषा शिक्षा लिनुका के फाइदाहरू छन्?
युरोपमा सब भन्दा धेरै बोलिने भाषा जर्मन भएको कारण भविष्यमा क्यारियरको हिसाबले विद्यार्थीहरूको ठूलो फाइदा हुन्छ। | 2021/03/08 21:15:57 | https://ne.almancax.com/almanyada-dil-egitimi-almanin-avantajlari.html | mC4 |
टाइगर कप : एपीएफद्वारा न्यु डायमण्ड पराजित - Sagarmatha TV Sagarmatha TV
टाइगर कप : एपीएफद्वारा न्यु डायमण्ड पराजित
२८ पुष २०७८, बुधबार १४:५८
एपीएफ क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार न्यु डायमण्डलाई ३–२ को सेटमा हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
निकै रोमान्चक बनेको खेलको पहिलो सेट न्यु डायमण्डले २५–२१ ले जितेको थियो । तर, दोस्रो सेट एपीएफले २५–२१ ले आफ्नो बनायो । तेस्रो सेट न्यु डायमण्डले २५–१० ले जित्दै २–१ को अग्रता बनायो ।
चौंथो सेट एपीएफले २५–१२ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।
त्यसपछि पाँचौ सेटमा एपीएफले १५–८ ले जित्दै खेल आफ्नो बनाएको हो । जितसँगै एपीएफले ३ खेलमा ५ अंक जोडेको छ । न्यु डायमण्डको यो पहिलो हार हो । न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेको छ । न्यु डायमण्ड शीर्ष स्थानमा रहेको छ ।
महिलातर्फ आजै भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले जित निकालेको थियो । आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा हराएर पुलिसले पहिलो जित निकालेको हो ।
पुलिसले टाइगरमाथि २५–२०, २५–१७ र २५–२२ को जित निकालेको हो । पुलिस पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । यता टाइगरको पनि यो लगातार दोस्रो हार हो । पहिलो खेलमा टाइगर न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ । राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३/३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५/२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ । | 2022/07/02 14:30:46 | https://sagarmatha.tv/2022/01/12/99579 | mC4 |
इन्भेष्टमेन्ट बैंकले गर्याे रक्तदान - Nepalpati.com - News Portal from Nepal, Politics, Business, Science, Social, Sport, Ecomony, Entertainment, Movie, Nepali Model, Actor, Actress, Interview| Nepal Pati
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आज आफ्नो ३४ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले संस्थाको मूल्यमान्यतालाई सम्झना योग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा जीवन उपहार प्रदान गर्ने कार्यक्रमको आयोजना गरेको छ ।
बैंकले यस शुभअवसरमा ग्राहकहरूसँगै मनाउन तथा अत्याधिक सेवाप्रदान गर्ने उद्देश्य सहित आफ्ना अमूल्य ग्राहकहरूको सम्मानमा दुई योजनाहरू पनि शुरू ग¥यो, जुन यसका संस्थागत मूल्य मान्यताको एक हिस्सा हो ।
पहिलो योजना अन्तर्गत वार्षिकोत्सवका दिन (२०७६ फागुन १४ गते), भिसा डोमेस्टिक क्रेडिट÷डेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक पाइनेछ। जुन अधिकतम रु ३,४०० रुपैयाँ सम्मको हुनेछ ।
दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टर मार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्ड मार्फत् मासिक रु ३,४०० को किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सव देखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।
साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, 'चिडियाखाना घुम्न जाँदा'पनि सार्वजनिक गरेको छ । जस मार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ ।
बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूम वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ । यस बाहेक बैंकले गतवर्ष वार्षिकोत्सवकै दिन"बैंकसँगको नाता मेरो आफ्नै बचत खाता"अभियान सहितको कमिक बुक पनि ल्याएको थियो ।
कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्यमूल्य–मान्यता हो । जुन एनआईबीएलले वर्षाैंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ । | 2020/04/05 02:26:09 | http://nepalpati.com/news/nibl-blood-donation/ | mC4 |
भदौ १०, २०७३
धरान/महिला र युवती समूहको कब्जामा परेका यौन व्यापारमा संलग्न दुई युवतीलाई प्रहरीले तीन दिनअघि आप्नो नियन्त्रणमा लिएपछि धरानको जिरोपोइन्ट क्षेत्रमा यौन व्यापार फस्टाएको सार्वजनिक भएको छ ।धरानको मङ्गलबारे क्षेत्रकी एक महिलाले जिरोपोइन्टमा यौन व्यापारमा संलग्न युवतीको साथमा आप्mनो पतिलाई रङ्गेहात फेला पारेकी थिइन् । ती महिलाका आफन्त र साथीहरुको समूहले राति ११ बजेतिर युवतीहरु बसेको प्mलाटबाट उनीहरुलाई कब्जामा लिएका थिए ।
करीब २ दर्जनको सङ्ख्यामा रहेको युवती र महिलाको समूहले प्mलाटमा रहेका तीन युवतीमध्ये दुईलाई कब्जामा लिएर मङ्गलबारेतर्पm लैजाँदै गर्दा इलाका प्रहरी कार्यालयको स्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तीनै युवतीको बयान र स्थानीय वासिन्दाको सूचनापछि प्रहरीले जिरोपोईन्ट क्षेत्रका होटेल तथा रेष्टुरामाथि निगरानी बढाएको डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् । उनले सादा पोशाकमा प्रहरीलाई ग्राहक बनाएर पठाउने क्रममा होटल सञ्चालकसहित यौन गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
जिरो प्वाईन्ट क्षेत्रमा सञ्चालित मान्द्रो, शुभकामना र जिके होटलबाट सञ्चालकसहित १५ जनालाई नियन्त्रणमा लिएको खतिवडाले जनाएका छन् । होटल सञ्चालक भलराज तामाङ र जोन राईसहित अन्य चार पुरुष र छ युवतीलाई पक्राउ गरिएको उनले जनाए । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर शान्ति सुरक्षा मजबुत बनाउन र होटलहरुमा हुने यौन व्यापार र गतिविधि नियन्त्रणमा लिन निगरानी बढाइएको ढकालले बताएका छन् । | 2019/03/19 10:45:44 | http://www.blastkhabar.com/news/2016/08/26/11630.html | mC4 |
मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट – email khabar | Latest news of Nepal
प्रकाशित : २०७७ चैत ९ गते १२:०७
चैत९,जुम्ला -जुम्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट गरिएका छन् । जिल्लाका हरेक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमको रु ४० देखि ५० लाखसम्म बजेट आएको सामाजिक विकास कार्यालयका सबइञ्जिनीयर प्रेमबहादुर शाहीले बताए।
स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन गर्न अहिले सम्झौता गर्ने काम शुरु गरिएकोउनलेजानकारीदिए । यस पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्लाका विषयगत कार्यालयमा आइपुगेको छ ।
स्थानीय तहमा आउनुपर्ने बजेट जिल्लामा आउन थालेपछि कार्यक्रम कार्यान्वयमा समस्या हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए।नेपालको संविधानअनुसार सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्रम कार्यान्वयन थलो स्थानीय तह हो । अनुगमन र प्राविधिक सहयोगका लागि समन्वय समिति र विषयगत कार्यलाई जिम्मेवारी दिँदा उपयुक्त हुनेछ । | 2021/05/13 09:44:03 | https://www.emailkhabar.com/2021/03/22/84101/ | mC4 |
कर/राजश्व Achives| Page 2 of 44
काठमाडौं । भन्सार विभागले बजेट वक्तव्य अघि आयात गरिएका विद्युतिय सवारी साधनमा दायाँवायाँ नभएको स्पष्ट पारेको छ । बजेट वक्तव्य अघि एमजीका १२० वटा गाडी भन्सार जाँचपास गरिएको र त्यसमा भन्सार दर बढ्ने सूचना चुहावट भएको आरोप लागेपछि विभागले विज्ञप्ति जारी गर्दैै स्पष्टीकरण …
मेलम्ची । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख …
काठमाडौँ । नाडा अटोमोबाइल एशोसियशन अफ नेपालले अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद असोज मसान्तसम्म थप गर्न अपिल गरेको छ । नाडाका महासचिव सुनिल रिजालले आज विज्ञप्ति प्रकाशित गरी यस्तो अपिल गरेको हो । 'विश्वव्यापी रुपमा बढ्दो कोरोना भाइरस संक्रमणको सन्दर्भमा आम …
काठमाडौं । चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थप गरेको छ । कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रण गर्न लकडाउन लागू गरेसँगै व्यापार व्यवसायहरु ठप्प भइरहेको बेला लकडाउन कायम राख्दै सरकारले करिव एक हप्ताको मात्रै समय दिएर कर तिर्न सुचना जारी गरेपछि चर्को …
काँग्रेस भन्छ– जेठ २५ भित्र कर तिर्न सक्ने अवस्था छैन, भद्र अवज्ञा गर्दा हुन्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ २५ भित्र कर तिर्नसक्ने अवस्था नरहेको बताउँदै भद्र अवज्ञाको विकल्प नरहेको बताएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा आफैले विज्ञप्ति जारी गरेर सरकारको निर्देशनको भद्र अवज्ञाको विकल्प नरहेको बताएका हुन् । सरकराले यही जेठ २५ …
काठमाडौं । राष्ट्रिय उद्योग व्यापार महासंघले लकडाउन भई उद्योग व्यवसाय बन्द रहेको बेला सरकारले जेठ २५ को समय सीमा तोकेर कर बुझाउन जारी गरेको उर्दीले उद्योग व्यवसायीको घाटी निमोठ्ने काम भएको टिपणी गरेको छ । महासंघका अध्यक्ष शिव कट्टेलद्धारा आज जारी विज्ञप्तिमा त्यसकारण …
काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व बिभागको कर बिवरण एवम् रकम वुझाउने आज प्रकाशित सूचना प्रति नेपाल चेम्वर अफ कमर्सले गम्भीर ध्यानाकर्षण जनाएको छ । चेम्बरले आज विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण जनाएको हो । 'कोभिड- १९ को प्रकोपका कारण बिगत ७० …
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आयकर, मूल्य अभिबृद्धी कर र अन्तशुल्कको विवरण तथा कर रकम बुझाउने म्याद असार मसान्तसम्म थप गर्न माग गरेको छ । महासंघका महानिर्देशक धरणीधर खतिवडाले आज अर्थमन्त्रालयका राजश्व सचिवलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन् । कोरोना … | 2020/07/10 17:12:39 | https://www.corporatenepal.com/economy/tax-revenue/page/2/ | mC4 |
एथ्लेटिकोलाई स्तब्ध बनाउँदै लेइपजीग सेमिफाइनलमा | Ratopati
स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई हराउँदै आरबी लेइपजीग पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्लब स्थापना भएको ११ वर्षमा नै टोली युरोपको सर्वोच्च प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ड्यानी ओल्मोले लेइपजीगलाई अग्रता दिलाए । तर, जोआ फेलिक्सले पेनाल्टीबाट खेल बराबरी गरे पनि खेल सकिन २ मिनेट बाँकी छँदा टाइलर एडम्सले गोल गर्दै एथ्लेटिकोलाई स्तब्ध बनाए ।
नकआउट चरणमा एथ्लेटिको कुनै जर्मन टोलीसँग पराजित भएको यो पहिलो अवसर हो । यसअघि एथ्लेटिकोले बायर लेभरक्युजन र बायर्न म्युनिखलाई हराउन सफल भएको थियो । | 2020/09/25 07:49:50 | https://www.ratopati.com/story/142604/2020/8/14/atletico-madrid-1-2-rb-leipzig- | mC4 |
संविधान कार्यान्वयन गर्न नदिन षड्यन्त्र भइरहेको छ –मन्त्री केसी « Sansar News
संविधान कार्यान्वयन गर्न नदिन षड्यन्त्र भइरहेको छ –मन्त्री केसी
२४ कार्तिक २०७३, बुधबार ०३:०७
२४ कात्तिक, खोटाङ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयन गर्न नसके देश दुर्घटनामा फस्ने बताउनुभएको छ । सबैको सहकार्यमा जारी गरिएको संविधान कार्यान्वयन गर्न नदिन षड्यन्त्र भइरहेको बताउँनुहुँदै उहाँले सबै मिलेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
खोटाङबजारमा आयोजना गरिएको कार्यक्रमलाई मङ्गलबार साँझ सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, "नेपाली जनताको सम्मान, स्वाभिमान, एकता र अस्मितालाई प्रभावित पार्नेगरी संविधान संशोधनका निम्ति हामी तयार छैनौँ ।"
नेपाली जनताले पहिलोचोटि पाएको संविधानलाई परिवर्तन गरेर भए पनि कार्यान्वयनको पक्षमा जानुपर्ने जटिल आवश्यकता रहेको उहाँको भनाइ थियो । "को सत्ता पक्षमा छ, को प्रतिपक्षमा छ भन्ने भन्दा पनि यो राष्ट्र हामी सबैको साझा हो ।" नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री केसीले भन्नुभयो, "साझारुपमा प्रतिनिधित्व गराउने पक्षमा वर्तमान सरकार लागिपरेको छ ।"
विदेशी नागरिक पनि प्रधानमन्त्री बनाउने बाटो खोल्न काँग्रेस लागेको भनेर अहिले हल्ला फैलाइएको भन्दै उहाँले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । | 2022/01/27 07:49:28 | https://sansarnews.com/14706/ | mC4 |
निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्छ : पूर्वराष्ट्रपति यादव - Purwanchal Daily
दुईनगरपालिकाबीच पारश्पारिक सहयोग र सहकार्यका लागि अनुभाव आदान प्रदान
स्वतन्त्र पत्रकारहरुको प्रदेशस्तरिय भेला इटरीमा सम्पन्न
कमल पूलमा बेवारिसे शव फेला
झापाबाट लागूऔषध सहित दुई जना पक्राउ
झापा कारागारबाट १३ कैदी रिहा
२८ भाद्र २०७७, आईतवार १०:११ मा प्रकाशित
नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताउनुभएको छ ।
अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा शनिबार अनलाइनमार्फत पूर्वराष्ट्रपति डा यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताउनुभयो । उहाँले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।
नेपालको संविधानमा लेखिएका विषयहरुमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी दलहरूको भएको बताउँदै उहाँले नेपाललाई बलियो र समृद्ध बनाउन तथा नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्दै लैजान देशबाहिर रहनुभएका नेपालीहरुले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व राष्ट्रपति डा यादवले पटकपटक सुशासनको चर्चा गरिए पनि यसका लागि आधार बनाउन चुकिएको भन्दै जनताको हक अधिकारको रक्षा र जनजीविकाको सवालमा राज्य र दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा राज्यको भूमिका, दलहरुको अवस्था, उम्मेदवारहरुका व्यवहार र मतदाताको चेतनास्तरले प्रभाव पार्ने बताउनुभयो । हरेक निर्वाचन प्रणालीभित्र राम्रा र नराम्रा विषयहरु रहने भन्दै उहाँले प्रणालीका कारणभन्दा पनि पात्रका कारण निर्वाचन पदतिमै असर पर्ने गरेको देखिएको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदाताको अपेक्षासमेत व्यक्तिगत सहयोगका लागि केन्द्रीत हुने गरेकाले जनप्रतिनिधिको भूमिका र मतदाताको बीचमा हुनुपर्ने सम्बन्ध पनि अन्य विषयमा फस्ने गरेको उल्लेख गर्नुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले परिवर्तनलाई संस्थागत गर्ने संवाहकको रूपमा रहेको निर्वाचन पैसा, बल र शक्तिका कारण प्रभावित हुने अवस्था आउनु दुःखको विषय भएको बताउनुभयो ।
आयोजक केन्द्रका अध्यक्ष डा राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा राजनिति शास्त्री प्रा डा कृष्ण खनाल, कांग्रेसका नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, एनपी साउद, डा चन्द्र भण्डारी, कमला पन्त, सुरेन्द्रराज पाण्डे, रत्ना शेरचन, सरिता प्रसाईँ, प्रदीप पौडेल, प्रमिला राई, अर्थशास्त्री डा सुरेन्द्रराज देवकोटा, डा आमोद पोखरेल, पत्रकार युवराज घिमिरे, भगीरथ योगी, तरुण पौडेल, डा सुमन पराजुलीलगायतले नेपालमा निर्वाचनको क्रममा बढ्दै गएको बेथितिलाई जति सक्दो चाँडो अन्त्य गर्नका लागि सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको थियो । | 2020/09/25 04:15:00 | https://purwanchaldaily.com/77170/ | mC4 |
HomeSubjectiveशासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।
शासनको अवधारणा
सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछ, त्यो नै शासन हो । राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधी, प्रक्रिया, मापदण्ड र कार्यशैलीको समग्रतालाई शासन भनिन्छ ।** शाब्दिक रुपमा ग्रीक भाषाको Kobernao शब्दबाट आएको शासन (governance) शब्दको अर्थ राज्य प्रणाली र स्रोतसाधनको "परिचालन र दिशानिर्देश गर्नु" भन्ने बुझिन्छ ।** परम्परागत मान्यतामा शासन राज्यको भयशक्तिको प्रयोग गर्दै नागरिकहरुलाई आफूप्रति बफादार राख्दै नियन्त्रण र निर्देशन गर्ने प्रणालीका रुपमा बुझिन्थ्यो । आधुनिक राज्यप्रणालीमा शासन शब्दले नागरिक प्रतिनिधीहरुद्वारा जनहितका लागि सर्वजनिक स्रोतहरुको परिचालन, सार्वजनिक मामिलाहरुको ब्यवस्थापन क्रियाकलापहरुलाई समेट्दछ ।** समग्रमा राज्यको नियमन गर्ने, ब्यवस्थापन गर्ने, जनहितका लागि जनपरिचालन र सेवाप्रवाह गर्ने सरकारका तिनवटै अंगहरुको कार्यप्रणालीको एकिकृत र ब्यवहारिक रुप नै शासन हो ।
शासन प्रणालीका अभिन्न अंगका रुपमा रहेका विविध पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिईन्छ ।मुख्य पक्षहरु बुँदागत रुपमा यसप्रकार छन् :–
नागरिक सर्वोच्चता :–
नागरिकहरु नै राज्यका सर्वोच्च शक्ति भएकोले शासन उनीहरुको इच्छामा मात्र संचालन हुन सक्दछ । साथै नागरिक हक अधिकारको प्रत्याभूति शासन प्रणालीको आधारभूत पक्षका रुपमा रहेको हुन्छ
शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन :
शासन सरकारका अंगहरुमा कार्यविभाजन भई संचालन हुने र हरेक अंगका परिभाषीत अधिकार अन्र्तगत संचालन हुने गर्दछ । साथै, अंगहरुवीचमा संविधान र कानसनद्वारा नै नियन्त्रण र सन्तुलनको ब्यवस्था मिलाईएको हुन्छ ।
कानुनको शासन :–
कानुनलाई आत्मसात गर्दै शासन संचालन गरिने भएकोले कानुनको पालना र प्रयोग शासनको महत्वपूर्ण पक्ष हो ।
बहुपात्र, समन्वय र वहुपक्षीय सम्बन्ध :–
शासन प्रणालीको अभिन्न पक्षका रुपमा राज्य वाहेकका राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका पात्रहरुसंगको समन्वय तथा सुमधुर सम्बन्ध र सहकार्य रहेको हुन्छ
दुरदृष्ट्रियुक्त कार्यशैली :–
शासनले राज्यसंचालन संगसंगै राज्यको गन्तब्य समेत निर्धारण गर्ने भएकोले शासनले दुरदृष्टियुक्त कार्यशैली तय गरेको हुन्छ ।यसका साथै सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरुसमेत शासनका आधारभूत पक्षका रुपमा रहेका हुन्छन्शासनका विशेषताहरुशासन वा शासन प्रणालीका मुख्य विशेषताहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ :–
शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार र यसका अंगहरु मार्फत संचालन गरिन्छ –
सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकुल सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।– | 2021/10/28 20:46:01 | https://loksewa.gitab.com.np/2019/05/governance.html | mC4 |
नेपाल अपडेट : यी हुन्,प्रमुख पाँच खबर « Nepal Tube Australia
गृहपृष्ठ » Breaking News » नेपाल अपडेट : यी हुन्,प्रमुख पाँच खबर
नेपाल अपडेट : यी हुन्,प्रमुख पाँच खबर
nepaltube Published On : 3 September, 2020
काठमाडौं । अधिकांश जिल्लाहरुमा लकडाउन भएकै समयमा कोरोना संक्रमण र मृत्युदर बढ्दो क्रममा देखिएको छ । कुमारीको रथ यात्रा प्रभावित हुँदा थप महामारी रोक्न भन्दै विभिन्न कदमहरु चालिएका छन् । यस्ता छन पछिल्ला प्रमुख पाँच खबर ।
उपत्यकामा एकसाता लम्बियो निषेधाज्ञा
करिब दुई सातादेखि जारी रहेको काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरी एकसाता लम्बिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तेस्रो पटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएसँगै अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म सुनसान हुने भएको छ । अब निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको 'टेक अवे' सेवा खुल्ला हुनेछ । भन्सार तिरेका गाडी र मोटरसाईकल काठमाडौं उपत्यकामा ल्याउन छुट दिइएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । खाद्यान्न र अत्यावश्यक सेवा विहान ११ बजेसम्म खोल्न छुट दिइएको छ । थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले जानकारी दिएका छन् ।
बढ्दै शहरकेन्द्रित संक्रमण र मृत्युदर
पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जना संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० महिला र ८ सय पुरुष संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ५०, ललितपुरका २९ र भक्तपुरका ९ जना रहेका छन् । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ पुग्दा संस्थागत आइसोलेशनमा १० हजार ४ सय ९३ र होम आइसोलेशनमा ७ हजार ६ सय १५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या २३ हजार २ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ सय ५१ पुगेको छ ।
उपत्यका प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य
उपत्यकाका तीन जिल्ला प्रवेश गर्न अब कोरोना परिक्षणको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरी प्रबेशमा थप कडाई गरेका हुन् । औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ । जिल्ला प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं उपत्यका आउनेले पनि अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्नेछ ।
नयाँ श्रम स्विकृतीका लागि एनओसी अनिवार्य
वैदेशिक रोजगारीमा जान चाहने नयाँ श्रमिकले श्रम स्विकृती लिन रोजगारदाता कम्पनीको नो अब्जेक्सन सर्टिफिकेट(एनओसी) पेश गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार कार्यालयले बुधबार एक सुचना जारी गर्दै नयाँ श्रम स्विकृतीका लागि रोजगारदाता कम्पनीले आफ्नो आधिकारिक इमेलबाट हालै जारी भएको एनओसी वैदेशिक रोजगार कार्यालयलाई पठाएको हुनुपर्ने शर्त राखेको हो । सरकारले भर्खरै मात्र नयाँ श्रम स्विकृती दिने निर्णय गरेको थियो । लकडाउन र कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा हजारौँ नेपाली अलपत्र भइरहेका बेला वैदेशिक रोजगारीका लागि पुन श्रम स्विकृती लिनेको संख्या पनि उल्लेख्य देखिएको छ ।
कोरोना महामारिका कारण प्रतिकात्मक रथ तानेर मनाइयो इन्द्रजात्रा
काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा थोरै मानिसको बिचमा कुमारीको प्रतिकात्मक रथ तानेर सम्पन्न गरिएको छ । कोरोना महामारीले स्थगीत भएको जात्रालाई स्थानीयले सामान्य रुपमा प्रतिकात्मक रथ तानेर सम्पन्न गरेका हुन् । ८ दिन ९ रात लामो हुने कुमारी जात्राका क्रममा स्थानीयले कम मानिसको सहभागितामा प्रतिकात्मक रथ बनाएर बस्ती परिक्रमा गराएका थिए । | 2021/10/19 13:11:05 | https://nepaltube.com.au/news/4217/ | mC4 |
कोरोना भाइरस नेपालः को हुन् पर्साका 'कोभिड वारियर्स' र के गर्छन् उनीहरू - Health Chautari Health Chautari
८ आश्विन २०७७, बिहीबार ०८:४७
कोरोना भाइरस नेपालः को हुन् पर्साका 'कोभिड वारियर्स' र के गर्छन् उनीहरू
Published on : ८ आश्विन २०७७, बिहीबार ०८:४७
वीरगन्ज महानगरपालिका-८ मा केही दिनअघि बिहान ८ बजेतिर लाउडस्पीकर बोकेका युवा, प्रहरी, सञ्चारकर्मीसहितको समूहले कोरोनाभाइरस सङ्क्रमित, तिनका परिवार र छिमेकीसँग कुरा गरिरहेको थियो।
केही युवाले कोरोनाभाइरससम्बन्धी जनचेतनामूलक पर्चा-पम्प्लेट बाँडिरहेका थिए भने केहीले कोरोनाभाइरसलाई लिएर अनावश्यक रूपमा त्रसित नहुन सम्झाइरहेका थिए।
"तपाईँ सङ्क्रमित हो कुनै अपराधी होइन, कसैसित डराउनुपर्ने अथवा लाज मान्नुपर्ने कुरा छैन। कुनै सहयोग चाहिएमा हामीहरूलाई यो नम्बरमा सम्पर्क गर्नुहोला," लाउडस्पीकरमा एक जनाले भनिरहेका थिए।
कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका व्यक्तिहरूले बनाएको 'कोभिड वारियर्स' नामक समूहले सङ्क्रमितहरूको घरघरमै पुगी आवश्यक जानकारी दिने अभियान थालेको छ।
सहजीकरणको भूमिका
होम आइशोलेशनमा बसेका सङ्क्रमितकहाँ पुगेर उनीहरूको हौसला बढाउनुका साथै सङ्क्रमितलाई सहयोग गर्न छिमेकीलाई पनि समूहले आग्रह गर्दै आएको छ।
कोरोनाभाइरस सङ्क्रमितलाई समाजमा पुनर्स्थापित गर्न चुनौती देखिएको र लक्षण नदेखिएकालाई पनि होम आइशोलेशनमा बस्न असहज भइरहेको अवस्थामा सहजीकरणका लागि पहल थालेको समूहमा आबद्ध भएकाहरू बताउँछन्।
सङ्क्रमित व्यक्तिहरूको हौसला बढाउन र सङ्क्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको 'कोभिड वारियर्स' अर्थात् कोभिड विरुद्धका योद्धाहरूले जनाएका छन्।
त्यसमा आबद्ध व्यक्तिहरूले प्रत्येक दिन सङ्क्रमितहरूको घरघरमै पुगी अनुभव साट्ने गरेका छन्।
समूहका संयोजक नवराज फुयाल भन्छन्, "म आफैँ सङ्क्रमित हुँदा सङ्क्रमणले भन्दा समाजले हेर्ने दृष्टिकोणले मलाई चिन्तित बनाएको थियो। साथीभाइ तथा सहकर्मीहरूले हौसला बढाए पनि टोलछिमेकका मानिसले साथ दिएनन्।"
पर्साको ग्रामीण भेगका अधिकांश सङ्क्रमितले यो समस्या भोग्नुपरेको छ। त्यसैले अरूले पनि यस्तो भोग्न नपरोस् भनेर प्रहरी, जनप्रतिनिधि, समाजसेवी लगायतलाई साथमा लिएर हामी सङ्क्रमितकहाँ हरेक दिन पुग्ने गरेका छौँ।"
होम आइसोलशनमा बस्दा समाजका मानिसले गरेको व्यवहारले ठूलो पीडा दिएको समूहमा आबद्ध अर्का युवा हेमन्त तामाङ बताउँछन्।
तीतामीठा अनुभव
तर पछिल्लो समय मानिसहरूको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आउन थालेको उनको अनुभव छ।
"कोरोनाभाइरस सङ्क्रमित भन्नासाथ उनीहरूलाई दुर्व्यवहार गर्ने होइन। उनीहरूलाई माया, हौसला र सद्भावको खाँचो हुन्छ।"
शरीरकाे इम्युनिटी पावर बढाउन भिटामिन सी र डी महत्वपुर्ण
कोरोना महामारीको समयमा बालबालिकाको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने ?
ह्यान्ड स्यानिटाइजर : धेरै सोधिने प्रश्न
सङ्क्रमणमुक्त हुन उपचारसँगै हौसला बढाउन पनि जरुरी छ भन्ने महसुस भएर आफू अभियानमा लागेको स्थानीय विजय राउत बताउँछन्।
सङ्क्रमित हुँदा आफू र परिवारसँग गरिएको नराम्रो व्यवहार सम्झँदै उनी भन्छन्, "मेरो घरका कसैले कुनै सामान माग्न जाँदा छिमेकीले हप्काउने, बोल्नै छाड्ने, पैसा दिँदा पनि सामान दिन्नौँ भनेर फर्काउने गरेका थिए।"
आफू सङ्क्रमित भएदेखि छिमेकीले हालखबर नसोधेका र बोल्न समेत नमानेको स्टाफ नर्स नितु चौधरी बताउँछिन्।
तर अहिले सङ्क्रमित तथा तिनका छिमेकीलाई सचेत गराउने र सङ्क्रमितलाई केही पोषणयुक्त खानेकुरा वितरण गर्दा छुट्टै आनन्द महसुस हुने गरेको उनको भनाइ छ।
स्थानीय जनप्रतिनिधिलाई समेत जिम्मेवार बनाउन उनीहरूलाई पनि साथमा लिएर अभियानलाई अघि बढाएको समूहका युवाहरू बताउँछन्।
वीरगन्ज महानगरपालिका-८ का वडा अध्यक्ष राजकिशोर भन्छन्, "वडामा क्वारन्टीनमा समेत व्यवस्थापन गर्न नदिएको तथा आफ्नै टोलमा सङ्क्रमितलाई छिःछिः दूरदूरको व्यवहार गर्ने गरिएको पृष्ठभूमिमा यो अभियानले सहयोग पुर्याएको छ।"
वडा नं ८ मा मात्र नभई पर्साका धेरैजसो स्थानीय तहलाई पनि सहयोग गरिरहेको र बिस्तारै मानिसहरूको सोचमा सकारात्मक परिवर्तन ल्याई पीडितलाई हौसला प्रदान गर्न सकिएको उनको दाबी छ।
सङ्क्रमित हुनेलाई हौसला र मनोबल बढाउने खालको व्यवहार आवश्यक रहेकाले मानिसहरूको सोचमा सकारात्मक परिवर्तन ल्याउन यो अभियान केही हदसम्म सफल भएको एक अभियानकर्मी कमल चौगाई बताउँछन्।
रोगसँगै सामाजिक सोचका कारण सङ्क्रमितहरू कमजोर हुने गरेको अवस्थामा यो अभियान सराहनीय भएको उनको बुझाइ छ।
सङ्क्रमितलाई आवश्यक परामर्श, नडराउन भन्दै हौसला दिनुका साथै सङ्क्रमितलाई माया र सद्भावका साथ हेर्न छरछिमेकमा आग्रह गरेको देखेपछि आफूमा छुट्टै ऊर्जा थपिएको वीरगन्जका एक सङ्क्रमितले खुशी व्यक्त गर्दै भने।
घरघरमै पुगी सङ्क्रमितलाई परामर्श दिने तथा प्लाज्मा पनि सहयोग गर्न शुरू गरिएको यो अभियान देशमै सम्भवतः पहिलो भएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको दाबी छ।
यसले समाजमा सकारात्मक सन्देश गएको भन्दै समूहसँगै आफू पनि हिँड्ने गरेको उनी बताउँछन्।
सङ्क्रमितलाई हेयको दृष्टिले हेर्न प्रवृत्तिविरुद्ध युवाहरूले सचेतनामूलक सन्देश बजाउँदै सङ्क्रमित रहेका टोलटोल पुगी स्थानीवासीलाई जागरुक गराउने काम पनि गर्दै आएका छन्। | 2020/10/24 09:08:19 | https://healthchautari.com/archives/15392 | mC4 |
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचना तथा शिक्षा प्रदान गर्ने उद्देश्यले अश्लीलता प्रकट नहुने गरी यौन सम्बन्धी विषयमा शब्द, चित्र, श्रव्य, दृश्य साधन तथा वस्तु वा सामग्रीका बारेमा लेखेर, बोलेर, इशारा वा प्रदर्शनको माध्यमबाट कुनै कुरा प्रकट गरेमा वा स्वास्थोपचार वा बालबालिकाको हितका लागि दुर्घटना वा जोखिमबाट बचाउ गर्ने क्रममा असल नियतले गरिएका कार्यलाई यौन दुर्व्यवहार गरेको मानिने छैन।
आम मिडिया तथा सर्वसाधारणले बाल बालिकाहरुको समाचार वा दृष्य संकलन गरी प्रसारण गर्दा वा सामाजिक संजालमा प्रसार गर्दा ख्याल गर्नुपर्ने व्यवस्था बालबालिका सम्बन्धी एन २०७५ ले यस्तो व्यवस्था गरेको छ :-
७८. गोपनीयता कायम राख्नुपर्ने: (१) कसैले पनि बाल अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा त्यस्तो मुद्दासँग सम्बन्धित बालबालिकाको परिचय खुल्ने कुनै पनि विवरण कुनै छापा वा विद्युतीय सञ्चार माध्यमद्वारा प्रकाशन वा प्रसारण गर्न हुँदैन।
(२) कसैले पनि बालबालिका विरुद्धको कसूरबाट पीडित बालबालिकाको पहिचान खुल्ने गरी कुनै पनि सञ्चार माध्यममा सूचना वा समाचार सम्प्रेषण गर्नु हुँदैन।
(३) प्रहरी, सरकारी वकिल वा बाल अदालतले बालबालिका विरुद्धको कसूरबाट पीडित बालबालिकाको वास्तविक नाम र पहिचान नखुल्ने गरी अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्नेछ।
(४) अनुसन्धान अधिकारी, सरकारी वकिल तथा बाल अदालतले कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको पहिचान गोप्य राख्नु पर्नेछ। त्यस्तो आरोपसँग सम्बन्धित कागजातको प्रतिलिपि सम्बन्धित प्रहरी तथा सरकारी वकिल कार्यालय, बाल अदालत, सम्बन्धित बालबालिका, निजका परिवारका सदस्य, संरक्षक, सम्बन्धित कानून व्यवसायी र केन्द्रीय तथा जिल्ला बाल न्याय समिति बाहेक अरूलाई दिइने छैन।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा देहाय बमोजिम बालबालिका सम्बन्धी विवरण प्रकाशन वा प्रसारण गर्न सकिनेछ:–
(क) कानूनको विवादमा परेका बालबालिका सम्बन्धी कुनै विवरण प्रकाशन वा प्रसारण गर्दा त्यस्तो बालबालिकाको हित प्रतिकूल नहुने भएमा बाल अदालतको अनुमतिले त्यस्तो विवरण,
(ख) कानूनको विवादमा परेका बालबालिका सम्बन्धी तथ्यांक कुनै अध्ययन वा शोधकार्यको लागि सम्बन्धित निकायको अनुमतिले बालबालिकाको नाम, थर, व्यक्तिगत विवरण र ठेगाना उल्लेख नगरी उमेर वा लिङ्गको आधारमा प्रकाशन गर्न। | 2021-02-26T04:26:48Z | https://sandespost.com/archives/5937 | OSCAR-2109 |
देश/ विदेशको समाचारः एचकेनेपाल डट कम » एम्बुलेन्स नचल्दा विरामीलाई आपत्
एम्बुलेन्स नचल्दा विरामीलाई आपत्
दलहरु राष्ट्रपति निर्वाचनको जोडघटाउमा लागिरहेका बेला इन्धन अभावका कारण जनजीवन अस्तव्यस्त हुने क्रम फेरि सुरु भएको छ। इन्धन अभावका कारण काठमाडौँका कतिपय विद्यालयका बसहरु नचलेपछि विद्यालय नै बन्द भएका छन्। उता इन्धन अभाव कै कारण एम्बुलेन्स थन्किएपछि नुवाकोटवासीहरूलाई आपत् परेको छ । Your browser does not support inline frames or is currently configured not to display inline frames.
डिजेलको अभाव भएपछि आजबाट नुवाकोट रेडक्रस सोसाइटीका तीन वटा एम्बुलेन्स थन्किएका छन् ।
उता बागेश्वरी गाविसका एक पुरुष अचानक पिसाब बन्द भएपछि मृत्युको मुखमा पुगेका छन् ।
एम्बुलेन्सको अभाव र पर्याप्त मात्रामा र्सार्वजनिक सवारी साधन नचलेपछि बागेश्वरीका रामप्रसाद उपाध्याय अधिकारी उपचारबाट विमुख बनेका छन् ।
यस्तै बुधसिंगकी उजेली वस्ती पनि अस्वस्थ बनेपछि एम्बुलेन्स उपलब्ध हुन नसक्दा बोकाएर सदरमुकाम ल्याइएको छ ।
बजेट मन्त्रालयमै फिर्तापूर्व युवराज्ञी हिमानी पनि सिंगापुर प्रस्थानको को छन् राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार ?एम्बुलेन्स नचल्दा विरामीलाई आपत्नेपालको कृष्ण रोबोट दक्षिण कोरियामा नेपालीहरु पक्राउसहमति र सहकार्यको राजनीति सङ्कटमामलेसियाबाट शव ल्याउन समस्याउपराष्ट्रपतिमा झा विजयी, राष्ट्रपतिमा फेरि निर्वाचन हुने (Breaking News) झा उपराष्ट्रपतिमा निर्वाचित, राष्ट्रपतिमा पुनः निर्वाचान हुने (Live update) Most Popular Posts | 2013/05/23 12:09:35 | http://hknepal.com/wp/?p=6980 | mC4 |
जग्गा अपचलनमा मुछिएका गाउँपालिका उपप्रमुखलाई पार्टीको कारबाही « News of Nepal
जग्गा अपचलनमा मुछिएका गाउँपालिका उपप्रमुखलाई पार्टीको कारबाही
दोलखाको वैतेश्वर गाउँपालिकामा केन्द्र निर्माणका क्रममा भएको जग्गा अपचलनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि र नेताको समेत संलग्नता देखिएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाले संलग्नलाई कारबाही शुरु गरेको छ ।
जग्गा अपचलन विवाद उत्कर्षमा पुगेपछि नेकपा दोलखाले सचिवालय सदस्य भीमप्रसाद दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । वैतेश्वर गाउँपालिका उपाध्यक्ष एवं नेकपा जिल्ला कमिटी सदस्य रविचन्द्र आचार्य र जग्गा व्यवस्थापन समिति सदस्य एवं जिल्ला कमिटी सदस्यलाई निलम्बन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको छानबिन समितिका सदस्य एवं नेकपा दोलखाका प्रचार विभाग प्रमुख लक्ष्मण खड्काले बताउनुभयो ।
त्यसै गरी केन्द्रका लागि जग्गा व्यवस्थापन गर्न बनेको समितिका सदस्य एवं नेकपा वैतेश्वर गाउँपालिका संगठन कमिटीका सदस्य पदमबहादुर दाहाललाई संगठित सदस्य तथा गाउँपालिका संगठन कमिटीबाट निलम्बन गरिएको पार्टी प्रचार विभाग प्रमुख खड्काले बताउनुभयो ।
नेकपा दोलखाले बनाएको छानबिन समितिले जग्गादाता व्यक्तिहरुको जग्गा बालकुमार दाहाल तथा पदमबहादुर दाहालको नाममा रजिस्ट्रेसन पारित गर्नु, जग्गा दाताहरुले दिएको जग्गामध्ये अहिलेसम्म ४३.९ रोपनी जग्गा मात्र गाउँपालिकाको नाममा आउनु र झन्डै तीन वर्ष पुग्नलाग्दासम्म पनि व्यक्तिको जग्गा फिर्ता नगर्नु, जनताबाट बालकुमार दाहाल र पदमबहादुर दाहालको नाममा पारित गरेको जग्गा जनप्रतिनिधिको श्रीमती र आफन्तहरुको नाममा रजिस्ट्रेसन पारित गरी लिनु र गाउँपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनमा समेत खर्च मिलान गर्न जग्गा बिक्री गरिएको स्वीकारोक्ति हुनुजस्ता कारणले जग्गा अपचलन भएको देखिएको निष्कर्ष निकालेको छ ।
केही दिनअघि वैतेश्वर गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा पनि जग्गा मिलान लिनदिन गर्दा लाग्ने खर्च जुटाउन केही जग्गा बिक्री गर्ने निर्णयबमोजिम जनप्रतिनिधिको श्रीमती र आफन्तलाई जग्गा बिक्री गरेको विवरण उल्लेख गरेको छ । उक्त प्रतिवेदनमा गाउँपालिका प्रमुख छवि लामा र उपप्रमुख रविचन्द्र आचार्यको श्रीमतीले समेत जग्गा खरिद गरेको देखिएको छ ।
गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष शमशेर घिसिङले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार शोधभर्नाबापत २८ जना जग्गाधनीहरुबाट १३ हजार २ सय ५१ वर्गमिटर जग्गा प्राप्त भएकोमा ११ हजार ३ सय ९६ वर्गमिटर जग्गा शोधभर्ना गरिएको र १ हजार ९ वर्गमिटर जग्गा खर्च मिलानका लागि बिक्री गरिएको छ । शोधभर्ना गर्न बाँकी ८ सय ४९ वर्गमिटर जग्गामध्ये ६ सय १४ वर्गमिटर जग्गा बालकुमार दाहालको नाममा र २ सय ३५ वर्गमिटर जग्गा पदमबहादुर दाहालको नाममा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तर, जग्गा दातामध्येका पदमबहादुर दाहाल, टेकबहादुर दाहाललगायत केहीले भने जग्गा व्यवस्थापन गर्न बनेको समितिको सदस्यहरुको सहमतिमै आफूहरुले फिर्ता पाउनुपर्ने जग्गामध्येको केही जग्गाहरु पालिकाका पदाधिकारीलाई दिइएको बताएका छन् । केही जग्गा बालकुमार र पदमबहादुरको नाममै रहेको भए पनि आफूहरुलाई दिन बाँकी केही जग्गा अझै नदिएको पीडित जग्गादाताहरुले बताएका छन् ।
गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख छवि लामा र उपप्रमुख रविचन्द्र आचार्यले भने आफूहरुलाई जग्गा निःशुल्क प्राप्त भएको नभई खरिद गरेको प्रस्टीकरण दिएका थिए । गाउँपालिकाको नाममा आएको जग्गाबाहेक जग्गा दाताहरुलाई जग्गा मिलान लिनदिन गर्दा लागेको खर्च गाउँपालिकाले बेहोर्न नमिल्ने र जग्गा बिक्री गरेर खर्च जुटाउने निर्णय भए पनि अरुले जग्गा खरिद गर्न नमानेको कारण आफूहरुले नै जग्गा खरिद गरिदिएको गाउँपालिका प्रमुख छवि लामाले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले पनि आफूले कानुनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकासँग असम्बन्धित जग्गासमेत खरिद गरेको बताउनुभयो ।
'हामीले निःशुल्करुपमा जग्गा लिएका होइनांै र हामीलाई जग्गा खरिद गर्ने कुरामा कानुनले रोक्न सक्दैन', गाउँपालिका प्रमुख छवि लामाले भन्नुभयो– 'त्यसैले हामीले पैसा हालेर जग्गा खरिद गरेको कुरा अपचलन हुन सक्दैन ।'
नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल भने केन्द्र निर्माण गर्न गाउँलेले गाउँपालिकालाई दिएको जग्गा व्यक्तिको नाममा राख्ने र तिनै व्यक्तिहरुले अरुलाई उक्त जग्गा बिक्रीवितरण गर्ने कुरा अपचलन नै हुने बताउनुहुन्छ । राम्रो नियत थियो भने त्यति बेलै जग्गादाताबाटै शोधभर्ना पाउनेको नाममा जग्गा पास गरिदिनुपर्ने नेकपा अध्यक्ष पोखरेलको भनाइ छ । | 2021/01/20 20:04:21 | https://www.newsofnepal.com/2020/10/13/358724/ | mC4 |
» सवारी दुर्घटनामा दुईको मृत्यु
२२ बैशाख २०७७, सोमबार १४:२०
कपिलवस्तु । देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका-२ सेमरहवामा लु.४ प ६७७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक यशोधरा गाउँपालिका-३ बसन्तपुर बस्ने ३४ वर्षीय राकेश मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, चितवनको खैरहनी नगरपालिका-८ चैनपुर चोकस्थित सडकमा ग.१ क २१९६ नम्बरको ट्रकले ना.२७ प ५८१८नम्बरको मोटरसाइकललाई हिजो साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ६४ वर्षीय कुलानन्दभण्डारीको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजभरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । | 2020/05/28 01:12:49 | https://www.lalkhabar.com/archives/74506 | mC4 |
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको चरमलापरबाही अन्तत : परिवार खान्दानकै हावी!
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको चरमलापरबाही अन्तत : परिवार खान्दानकै हावी! - Nepal Talk
श्रावण १५ गते, २०७६ मा प्रकाशित
काठमाडौँ । नेपालको संविधानले तीन तहको शासन प्रणलीको व्यवस्था गरेको छ। केन्द्रमा मात्रै होइन, प्रदेश र स्थानीय तहमा पनि स्वतन्त्र सरकारहरु विस्तार गरिएको छ। केन्द्रीय सरकारले जसरी मुलुक भरी शासन सञ्चालनको अधिकार राख्दछ केहि बिशेष विषय बाहेक प्रदेशको सरकारले पनि सम्बन्धित प्रदेशका जनताका लागि सोहि किसिमको अधिकार दिलाउन सक्छ।
प्रदेश र स्थानीय तहका जुन सरकारहरु छन् उनीहरु पनि संविधानले तोकिदिएको क्षेत्रभित्रका जनताका सुख दुःख मात्रै होइन विकास निर्माण र सम्बृद्धिको लागि समेत जिम्मेवार हुने संविधानको व्यवस्था छ। तर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदको प्रदेशस्तरीय निर्देशनालय खोल्न छाडेर आफन्तलाई अगाडि सरेर व्यापारिक उद्देश्य सहितको प्रतिष्ठान खोल्न तिर लागेका छन्।
शाहीले श्रीमती चन्दा शाही र आफन्तलाई अगाडी सारेर योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान खोल्ने अन्तिम तयारी गरेका छन्। प्रतिष्ठानको सबैजसो कागजात अगाडी बढेको छ भने अधिकांश निकायबाट स्विकृति समेत पाइ सकेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको जोडबलमा प्रतिष्ठान सञ्चालनका लागि सम्पूर्ण कागजातहरु फाष्ट्रयाक मार्फत अगाडी बढेका छन्। नियमानुसार कुनै पनि प्रतिष्ठान खोल्नका लागि सम्पूर्ण भौतिक संरचना हुनु अनिवार्य हुन्छ। तर योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको भौतिक संरचना त धेरै टाढाको कुरा संरचना बनाउने जग्गा समेत कहिकतै छैन।
कर्णाली प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदको प्रदेश स्तरिय कार्यालय अहिलेको आवश्यकता हो। तर प्रदेशका मुख्यमन्त्री समग्र जनताको लागि परिषदको प्रदेशस्तरिय संरचना निर्माण गर्नुको सट्टा उस्तै प्रकृतिको संरचना सोहि परिषदको अनुमति लिएर विस्तार गर्ने तयारीमा छन् तर त्यो सरकारी नभई आफ्नो र आफ्ना आफन्तहरुका श्रीमतीलाई अघि सारेर विशुद्ध व्यापारिक प्रयोजाका लागि सञ्चालन गर्न लागिएको प्रतिष्ठान हो।
जानकारहरु अनुसार मुख्य मन्त्री शाहीको योजना यहि वर्ष आफन्तहरुको नाममा प्रतिष्ठान खोल्ने र यहि आर्थिक बर्ष र आगामी आर्थिक वर्षमा केन्द्र सरकारबाट बजेट पार्ने मात्रै होइन प्रदेश सरकारको पनि उल्लेख्य बजेट यहि प्रतिष्ठानलाई पार्ने रहेको छ। आफू हर्ताकर्ता भएको कर्णाली प्रदेश मात्रै होइन तल देखि माथिसम्म नेकपाको सरकार भइरहेका बेला एकातिर यस प्रतिष्ठानलाई राज्यका सबै तहबाट अनुदानको ओइरो लाउने योजना रहेको छ भने अर्कोतिर प्रतिष्ठान अन्र्तगत शिक्षा र स्वास्थ्यका विभिन्न संरचना बनाई व्यापार गर्ने उदेश्य।
मुख्यमन्त्री शाहीले आफन्तहरुका नाममा सञ्चालन गर्न लागेको यस प्रतिष्ठानले विभिन्न निकायबाट लिएको स्विकृत हेर्दा आयुर्वेद, स्वास्थ्य तथा प्राविधि शिक्षा पठनपाठनको उद्देश्य राखेको देखिन्छ। साथै प्रतिष्ठानले अटोमोवाईल, ईन्जिनियरिङ, वन विज्ञान, कृषि, फार्मेसी लगायतका आधादर्जन प्राविधिक क्षेत्रमा तालिम सञ्चालनको प्रकृया समेत थालनी गरेको छ।
आफ्नी श्रीमती चन्दाकुमारी शाहीलाई सिधै अध्यक्ष राख्दा विवादमा आउन सक्ने बुझेरै मुख्यमन्त्री शाहीले योजनाबद्ध रुपमा उनलाई उपाध्यक्ष राखेका छन भने त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको शिक्षा क्याम्पस सुर्खेतमा प्रशासनमा काम गर्ने सुव्वा तहका आफ्ना आफन्त धर्मराज शाहीलाई प्रतिष्ठानको अध्यक्ष बनाएका छन्। यस्तै यस प्रतिष्ठानमा रहेका अध्यक्ष देखि सचिव सम्मका सबै शाहीहरु मुख्यमन्त्री शाहीको आफन्त र नाता पर्ने व्यक्तिहरु हुन्। बाँकी अन्य सदस्य तथा पदाधिकारी पनि शाहीकै विभिन्न स्वार्थसंग जोडिएका व्यक्तिहरु हुन्।
२०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहदा रहदै अर्को प्रतिष्ठानमा लगानी गर्नु तथा कर्णाली प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदको स्थापना गर्न छाडेर मुख्यमन्त्रीले आफ्नै अदृश्य सहभागितामा नयाँ प्रतिष्ठान खोल्ने तयारी गर्नु राज्यको बजेट घुमाउरो बाटोबाट आफ्नै व्यापारिक प्रतिष्ठानमा लाग्ने कुत्सीत मनसाय प्रष्टै छ।
प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले कुनै पनि प्रतिष्ठान बनाउनुको अर्थ सहुलियत दरमा तालिम उपलब्ध गराउने भन्ने रहेको बताउदै प्रतिष्ठान सम्बन्धी कार्यविधि परिषदको बैठकले पास गर्ने बताए। उनका अनुसार योगी नरहरीनाथको नाममा पनि प्रतिष्ठान गरिएको जनकारी भएपनि त्यसभित्र को को संलग्न छन भन्ने बारे अहिले हेर्ने बेला भइ सकेको छैन।
यदि मुख्यमन्त्तीले आफ्नै आफन्तलाई अघि सारेर त्यसो गर्न लागेको भए त्यो 'कन्फीलीक्ट अफ इन्ट्रेष्ट' हुने र त्यस्तो देखिए आफूहरुले अनुमति दिन नसक्ने वाग्लेको भनाई छ। परिषदको प्रदेशस्तरिय संरचना यसअघिनै कर्णाली प्रदेशमा रहेको र नरहरीनाथ प्रतिष्ठानले राखेको उदेश्य सोहि बाट पुरा गर्न सकिने भएपनि यो किन सुरु गर्न लागिएको आफूले धेरे बुझ्न नसकेको सदस्य सचिव वाग्लेले बताएका छन्। तर पदाधिकारी को को छन् भन्ने विषयमा अध्ययन गर्ने बेला अहिले भइनसकेको पनि वाग्लेको भनाई छ।
मननिय कुरा के छ भने घुमाउरो बाटोबाट व्यापार गर्न मुख्यमन्त्री शाहीले हिन्दु धर्मका अगुवा विद्धान सन्यासी योगी नरहरिनाथको नामको सहारा लिएका छन्। र त्यति ठुलो विद्धानको नाममा खोल्न लागिएको प्रतिष्ठानको अध्यक्ष एक समान्य सुव्वा स्तरका कर्मचारीलाई बनाएका छन्। र योगी नरहरी नाथलाई यस्तो व्यापारिक प्रतिष्ठानमा उपयोग गर्न मिल्ने हो या होइन यो पनि अर्को गंभिर विषय छ। र अध्यक्ष बनाइएका धर्मराज शाही एक सरकारी कर्मचारी हुन र सरकरी सेवामा रहेको कुनैपनि कर्मचारीले यस्ता प्रतिष्ठानको अध्यक्ष बन्ने बाटो समेत कानुनले बर्जित गरेको छ।
गज्जब कुरा के छ भने श्रीमती चन्दाकुमारी शाहीलाई उपाध्यक्ष र अन्य आफन्तहरुलाई मुख्य पदाधिकारीमा राखेका मुख्यमन्त्री शाही स्वयम् उक्त प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक रहेका छन् साथै पूर्व अर्थराज्यमन्त्री उदेय जवरा बाहेक बाँकी सल्लाहकारहरु प्रतिष्ठान पदाधिकारीका कोही श्रीमान कोहि चाहि आफन्त रहेका छन्। आजको न्युज बाट साभार | 2020/08/13 08:54:54 | http://www.nepaltalk.com/politics/55962.html | mC4 |
महिला साफ च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत | सिमपानी
घर खेलकुद महिला साफ च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
महिला साफ च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
काठमाडौं, २५ साउन २०७६ । भुटानमा आयोजना हुने महिला साफ यु–१५ (पन्ध्र वर्षमुनि) को फुटबल च्याम्पियनसीपमा पहिलो खेल नेपालले भारतको सामना गर्ने भएको छ ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले पहिलो प्रतिद्वन्दी भारत पाएको हो ।
प्रतियोगिता आगामी असोज २२ देखि २८ गतेसम्म हुनेछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालले आगामी असोज २२ गते भारतको सामना गर्नेछ ।
त्यस्तै, नेपालले असोज २४ गते बङ्गलादेशसँग खेल्नेछ भने असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेल समाप्तिपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भुटानमा नै भएको गत संस्करण खेलमा नेपाल चौथो भएको थियो । | 2021/05/09 21:38:58 | https://www.simpaninews.com/archives/17718 | mC4 |
माधव–वामदेवको प्रश्न : एकाएक राजपासँग सहमति किन ? - Total Views: total views <% if ( today_view > 0 ) { %> , Today: views today
Home > mophosala > माधव–वामदेवको प्रश्न : एकाएक राजपासँग सहमति किन ?
माधव–वामदेवको प्रश्न : एकाएक राजपासँग सहमति किन ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी नेपालसँग गरेको दुई बुँदे सहमतिको सोही पार्टीका नेताहरुले विरोध गरेका छन् । पाँच दिनदेखि जारी नेकपाको स्थायी कमिटीको बैठकमा राजपा नेपालसँग भएको दुई बुँदे सहमतिको विरोध भएको हो । पार्टीका सचिवालयका सदस्य वामदेव गौतम र माधवकुमार नेपालले स्थायी कमिटीको बैठक चलिरहेको बेला पार्टीले यस्तो सहमति गरेको तर आफूहरुलाई कुनै जानकारी नभएको धारणा राखेका थिए ।
'स्थायी कमिटीको बैठक चलिरहेको छ, यस्तो सहमति हुँदैछ भनेर एकपटक बैठकमा कुरा राखेर छलफल गरेर अगाडि बढेको भए राम्रो हुन्थ्यो तर चोर बाटोबाट लुकिछिपी सहमति गरेर पार्टीमा अन्य नेता वा कमिटीको कुनै महत्व रहेन' बैठकमा सचिवालय सदस्य गौतमले भनेका थिए ।
सचिवालय सदस्य माधवकुमार नेपालले पनि सो निर्णयको आलोचना गरेका थिए । उनले बैठकमा भने, 'पार्टीले यत्रो ठूलो निर्णय लिएको छ तर त्यसको बारेमा सञ्चारमाध्यमबाट जानकारी पाउनु खेदजनक कुरा हो ।' दुवै नेताले सहमतिको आलोचना गरेको बैठकमा सहभागि एक नेता बताए ।
स्थायी कमिटीको बैठक शुरु हुने वित्तिकै स्थायी कमिटी सदस्य भीम रावलले उठेर एउटा कविता सुनाएर व्यग्यं शैलीमा राजपा र नेकपाबीच भएको सहमतिको विरोध गरेका थिए । उनले देशमा नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिने पार्टीसँग दुई बुँदे सम्झौता गरी पार्टीले के गर्न खोजेको हो भनि प्रश्न गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार नाकाबन्दी गरी जनतलाई दुःख दिने राजपा नेपाललाई नेकपाले चोख्याउने काम गरेको भनी टिप्पणी गरेका थिए । | 2021/01/22 16:03:16 | https://www.palpalkhabar.com/news/17667.html | mC4 |
शिक्षक देख्दा छोराछोरी लुकाउँथे !
असार १, २०७० | गेहनाथ गौतम
"अनभ्यासे विषं विद्या, अजीर्णे भोजनं विषम्" हितोपदेशका उल्लिखित पंक्ति सिन्धुपाल्चोकका ८८ वर्षे गुरु ब्रह्मनाथ नेपालका मुखमा झुण्डिएका छन् । उहाँको शैक्षिक लगावका प्रारम्भिक वर्षमा नेपालको राज्य प्रशासन वर्तमान अवस्था झैं सङ्क्रमणकालमा थियो । राणाशासनको अन्त्यपछि देशभर शैक्षिक जागरण बढेको र त्यसको व्यवस्थापन गर्न स्थानीय तहमा भएका प्रयासहरूको एक साक्षीका रूपमा मैले उहाँसँग साक्षात्कार गर्ने अवसर प्राप्त गरें । हाल निवृत्त जीवन बिताइरहनुभएका पूर्व शिक्षक नेपालको दिनचर्या खोतल्ने क्रममा म उहाँको निवास सिन्धुपाल्चोकको फुल्पिङडाँडा विन्जेल गाउँमा पुगें ।
वि.सं. १९८२ श्रावणमा जन्मिएका ब्रह्मनाथलाई सम्वत् १९९६ मा बर्कोमा चामल पोको पारेर घरको झयालबाट बाहिर खसाली पढ्न भागेको क्षण सम्झ्ँदा ठीकै गरिएछ भन्ने लाग्छ । शनिबारका दिन घर छाड्दा लैनो पाडो मरेका भन्दै गाली खानु परेको स्मृति पनि ताजै छ, उहाँमा । १९९८ मा देवीदत्त पराजुलीका साथ तीनधारा पाकशाला र रानीपोखरी पाठशालामा शिक्षा आर्जनको अवसर मिलेको रहेछ । संस्कृत शिक्षामा अङ्ग्रेजी यतिसम्म वर्जित थियो रे कि एकजना विद्यार्थीले ब्द्यऋ लेखेको पाएर गुरुले उसको कलम भाँचेको र कापी च्यातिदिएको नमीठो अनुभव रहेछ । त्यतिबेला पढाउने तरिकाका सम्बन्धमा उहाँको अनुभव छ, गल्ती गरेमा पिटाइ खाने, गुरुको प्यारो बन्ने हुनाले जान्नेलाई नजान्नेले गाली गर्ने, सूत्रहरू घोकेर पढ्नुपर्ने, शुद्ध उच्चारण गर्नै पर्ने हुन्थ्यो । गुरुले भनेको सुन्ने तर प्रश्न गर्ने वातावरण कम हुन्थ्यो रे ऊ बेला । शब्दको रूप निर्माण सूत्रबाट प्रमाणित गरिन्थ्यो । आजकल व्याकरणमा भएको विसंगति र शिक्षित व्यक्ति धेरै भए पनि भाषा स्तरीय नभएको प्रति गुनासो रहेछ ।
ब्रह्मनाथले बरको फेदबाट पढाउन थालेको पाङ्ग्रेटार, लामोसाँघुको विद्यालयमा हाल उच्च मावि तह, क्याम्पस र प्राविधिक शिक्षाको 'एनेक्स' कार्यक्रम समेत सञ्चालित छ । स्कूलको नामकरण सम्बन्धमा उहाँ भन्नुहुन्छ– शारदा भवन नाम राख्न मैले प्रस्ताव गरें, स्थानीयबाट सेतीदेवी राख्न भनियो । पछि शारदा स्वीकृत भएर आएछ । दुवैलाई मिलाएर सेतीदेवी शारदा प्राइमरी स्कूल नामकरण गरियो । यसैगरी गुरु ब्रह्मनाथ आफैंले वि.सं.२००८ मा बाह्रबिसे स्कूलको नाम शारदा र २०१० मा कोठे स्कूलको नाम 'जाल्पादेवी' राखेको सम्झनुहुन्छ । तर आफैंले लामो समय अध्यापन गरेको गाउँकै विद्यालयको नाम चाहिं आफूले चाहेको 'त्रिपुरासुन्दरी' राख्न नपाई 'फलाँटेदेवी' हुन पुग्यो रे ! ४२ वर्ष प्रधानाध्यापककै रूपमा शिक्षण पेशामा रहनुभएका ब्रह्मनाथ नेपालको यो क्रम २०३१ सालमा बालशिक्षा प्राथमिक पाठशाला खाडीचौर हुँदै २०३४ देखि २०४९ पुससम्म फलाँटेदेवी प्राथमिक पाठशाला; विन्जेल हुँदै सकियो ।
प्रारम्भका दिनमा सरकारबाट लामोसाँघुको विद्यालयलाई वार्षिक रु.३०० प्राप्त हुन्थ्यो रे ! विद्यार्थीसँग केही रकम तथा चाडपर्वमा चामल संकलन गर्ने चलन थियो । विद्यार्थीहरू हिउँदमा २०० सम्म हुन्थे भने बर्खामा घटेर पाँच–सात जना मात्र पनि रहन्थे । आफ्ना केही रोचक स्मरण गर्दै उहाँ भन्नुहुन्छः
१. फलाँटेदेवी स्कूल चलाउँदा भलायाको रूखको फेदमा पठनपाठन भइआएकोमा निरीक्षक कमलाकान्त ढकालले निरीक्षण गरेपछि घरमै पढाउन थालियो ।
२. गाउँघरमा जाँदा आफ्ना छोराछोरीलाई पढ्न पठाउनु पर्ला भनेर अभिभावकले लुकाउने गर्थे । अभिभावकहरू सकेसम्म तर्किने बहाना खोज्थे ।
३. केही अभिभावक आफ्ना छोराछोरीलाई नजिकै राखेर पढाउन आग्रह गर्थे भने कतिपयले घरमै पढाउँछु भन्दै लिएर हिंड्थे ।
सेवा, सुविधा र सरकारी अभिलेखमा आफूले गरेको संघर्ष प्रमाणित गर्न नसक्दा दुःख लाग्दो रहेछ उहाँलाई । नयाँ शिक्षा लागू भएपछि कक्षा १, २ र ३ मा क्रमशः १ मोहर, १ रुपैयाँ र ३ मोहर शुल्क लिने नियम बनेको थियो । तीन वर्षसम्म कायम रहेको यो नियम अनुसार उठेको शुल्क कार्यालयमा नबुझाए प्रधानाध्यापकको तलब रोकिन्थ्यो । एकजना विद्यार्थीले तिर्नुपर्ने शुल्क १७ रुपैयाँ भइसकेकाले शुल्क उठाउन जाँदा 'पढ्न नजा भन्दाभन्दै गएको' भनेर बाबुबाट पुस्तकको झटारो खाएका देखि शिक्षा कार्यालयमा बुझाउनुपर्ने रकम नपुगेपछि आफ्नो औंठी राखेर ऋण काढी रकम बुझाउनु परेको बाध्यतालाई नेपालको शैक्षिक विकासमा व्यक्ति व्यक्तिबाट भएकोे प्रयास समस्याको रूपमा लिन सकिन्छ ।
विभिन्न विषयमा उहाँको विचार र धारणा यस्तो छः
क. शिक्षाः जन्मँदा मूलको पानी झैं कञ्चन बालकलाई बढ्दै जाँदा पनि धमिलो हुन नदिने औषधि ।
ख. खुशीको क्षणः शिक्षा कार्यालयबाट २०४२ मा सम्मान पत्रसहित रु.३०० रकमबाट पुरस्कृत भएको क्षण । विद्यालयमा केटाकेटीहरूसँग खेलिरहँदा । आफूले पढाएका छात्रछात्राको प्रगति देख्दा ।
ग. दुःखको क्षणः २००८ देखि २०२२ सम्म गरेको मिहिनेत प्रमाणित हुन नपाएकोमा ।
घ. गर्न नसकेकोः आफूले पढे/सिकेको कुरा सबैलाई सिकाउन पाए हुन्थ्यो, तर सकिएन ।
ङ. मन परेको कुराः सूचना, सञ्चार, यातायात, शिक्षामा भएको प्रगति ।
च. मन नपरेको कुराः राजनीतिक दलहरूबीचको विभाजनले चोरलाई साधु र साधुलाई चोर बनाउने गरिएको ।
छ. तालीमबाट सिकेको सम्झना: विद्यालयमा पीटी खेलाउने तरिका र यसले विद्यालयमा पारेको प्रभाव ।
ज. वर्तमान पुस्तालाई सन्देशः आफ्नो प्रशंसा आफैं नगरौं । संस्कृति र परम्परा जोगाऔं । पढ्दा वा पढाउँदा आफूलाई अरूभन्दा कमजोर नठानौं । शिक्षामा विकृत राजनीति नमिसाऔं । काम गर्नेप्रति सधैं सहानुभूति राखौं । शिक्षणमा गरेको गल्तीलाई पछि सच्याएर दोषमुक्त बन्न सकिन्न । काम गर्दा आउन सक्ने झ्मेलालाई झर भएर सोचौं र लहरा भएर सहन सिकौं । | 2021/08/02 17:53:37 | https://www.shikshakmasik.com/2107/%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD-%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD-%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD-%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD-! | mC4 |
कर/राजश्व | Corporate Nepal
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको कुरामा सत्यता छैनः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न ग…
भ्याटको थ्रेसहोल्ड १ करोड रुपियाँ पुर्याउन चेम्बरको माग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफुहरुले दिएको सुझाव नसमेटिएको भन्दै अर्थमन्त्री समक्ष पुनः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई चेम्बरले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ब…
साढे १० करोड बढी राजश्व छलि गर्ने चार जना बिरुद्ध मुद्दा दर्ता
काठमाडौँ । साढे १० करोड बढी राजश्व छलि गर्ने चार जना बिरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । विभागले गत शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । अर्घाखाँची घर भई रुपन्देही बस्ने …
सुनचाँदी व्यवसायी महासंघले ई-बिलिङ बारे राजश्व विभागसँग गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवाट बीजक (ई-बिलिङ) जारी गर्ने बिषयमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजश्व विभागसँग परामर्श गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रति…
बजेटले वनस्पती घ्यू, तेल उद्योगलाई धरासायी बनाएको भन्दै व्यवसायीहरुको विरोध
काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षका लागि ल्याएको बजेटले वनस्पती घ्यू तेल उद्योगलाई धरासायी बनाउने भन्दै उद्योगीहरुले विरोध जनाएका छन् । नेपाल वनस्पती ध्यु तेल उत्पादक संघले आइतबार पत्रकार सम्मेलन गरी बजेटको विर…
बुढीगण्डकी आयोजना बनाउन भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर घटाइयो
काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना बनाउन भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर घटाइएको छ । सरकारले बुढीगण्डकी पूर्वाभार कर भन्दै डिजेल र पेट्रोलमा कर लगाउँदै आएको थियो । डिजेल र…
व्यक्तिगत आयकरमा राहत, व्यक्तिलाई पाँच लाख, विवाहितलाई छ लाख रुपियाँ कायम
काठमाडौं । सरकारले व्यक्तिगत आयकरमा केही राहत प्रदान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक बर्षको बजेट बजेट प्रस्तुत गर्दै कर सहुलित दिएको हो । जसअनुसार वार्षिक पाँच लाख रुपियाँ कमाउने… | 2022/06/29 03:15:08 | https://www.corporatenepal.com/category/tax-revenue/ | mC4 |
भदौ पहिलो साता कुलपतिको कार्यालयले त्रिवि शिक्षाध्यक्षलाई उपकुलपतिमा कायममुकायम नियुक्ति दिएपछि भने सञ्चार माध्यम शान्तप्रायः छन् । जबकि यो शून्यतामा झनै गहन र बौद्धिक बहसकोटड्कारो आवश्यकता पर्छ । किनभने सञ्चार माध्यममा यसअघि देखा परेका विचार–विमर्शलाई निर्णायक विन्दुमा पुर्याउने यो एउटा महत्त्वपूर्ण अवसर पनि हो । यो लेख यसै विषयमा केन्द्रित छ ।
जजसको नाम उपकुलपति हुने चर्चामा थियो, उनीहरूले पनि पहिलो आवश्यकता उच्चशिक्षा पद्धतिकै हो भनेर पदमोहभङ्ग गर्न सकेनन् । यसमा बरु कुलपतिको कार्यालय सचेतदेखियो र उपकुलपतिको नियुक्ति हतारमा नगरी समितिको म्याद बढायो ।
त्रिविका सबैप्राध्यापक प्राज्ञिक विशिष्टताप्राप्त व्यक्ति हुनाले सहकुलपतिको अध्यक्षतामा गठित समितिले नाम सिफारिस गर्न गाह्रो देखिँदैन । तर नियुक्ति पाउँदैमा नयाँ उपकुलपतिले त्रिविका विसङ्गतिलाई सम्बोधन गर्न सहज छैन । त्यसैले उसलाई 'प्राज्ञिक प्रतिस्पर्धा र ज्येष्ठतालाई प्रोत्साहन दिने नीति अवलम्बन गर्नू' भन्ने नीतिगत निर्देशनसहित नियुक्ति दिनु त्रिविलाई सम्हाल्ने एउटा गहकिलो उपाय हुनसक्छ । | 2020/01/21 18:52:46 | https://ekantipur.com/opinion/2019/09/05/156765192615058271.html | mC4 |
eHimalayatimes | राजनीति | नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यमा पुग्न प्रधानमन्त्री सचिवालयको आग्रह
27th November | 2020 | Friday | 5:06:32 AM
नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यमा पुग्न प्रधानमन्त्री सचिवालयको आग्रह
हिमालय टाइम्स POSTED ON : कार्तिक ७, २०७७ (८:०२ PM)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको उपलक्षमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त शुभकामनाको निशान छापमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा नरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत यसबारे कटाक्ष प्रस्तुत गर्दै अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ? भनेर प्रश्न गर्नुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उहाँको सचिवालयले जनाएको छ । नक्शाको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको सोही नक्शामा सबै प्रष्ट देख्न सकिने जनाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजिएको जनाउनुभएको छ ।
उहाँले आज जारी गर्नुभएको प्रेस नोटमा लिम्पियाधुरासहितको नेपालको नक्शा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्शाको औपचारिक प्रयोगका लागि संसद्को सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो र तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्री ओलीकै दृढ र साहसिक नेतृत्वमा चालिएको स्मरण गराइएको छ ।
"अहिले यस विषयमा योजनबद्ध रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ । त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु" ,नोटमा भनिएको छ । | 2020/11/26 23:21:32 | https://ehimalayatimes.com/politics/48205 | mC4 |
हाम्राे पिपलबाेट » कारागार प्रमुखसहित सात जना पक्राउ कारागार प्रमुखसहित सात जना पक्राउ – हाम्राे पिपलबाेट
कारागार प्रमुखसहित सात जना पक्राउ
दाङको घोराही कारागारका नाइके यामराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन्। सोमबारसम्ममा दाङ प्रहरीले कैदी भगाउने कार्यमा संलग्न भएको आरोपमा कारागार प्रमुखसहित सात जना पक्राउ परेका जनाएको छ। सोामबार घोराही कारागारका प्रमुख युवराज परियार, कारागारका असइ रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारुलाई पक्राउ गरिएको हो। त्यसअघि प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की समी चौधरी र घोराही होटल प्याराडाइजका सौजन्य खनाल पक्राउ परेका थिए।
खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएका व्यक्ति हुन्। उनले नै होटलमा युवती लगायत अन्य कुराको व्यवस्थापनको भूमिका खेलेको बुझिएको छ। पक्राउ परेकामध्ये नाम नखुलाइएका हवल्दार खासै दोषी नदेखिएको पनि स्रोतको दावी छ ।
घटना अनुसन्धान अधिकृत अमरबहादुर वलीले दाङ जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पुर्जी जारी हुनासाथ उनीहरूलाई पक्राउ गरिएको बताए। तर घोराही कारागारका जेलर युवराज परियार भने दुई दिन अगाडि नै पक्राउ परी सकेका भए पनि अदालतबाट कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूको पक्राउबारे जानकारी दिइएको प्रहरी स्रोतको भनाइ छ।
घोराही कारागारका जेलर पक्राउ परेलगत्तै उनको जिम्मेवारी खोसेर तुलसीपुर कारागारका जेलर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको थियो। कारागार शाखाको अनुसन्धान पनि जेलरकै नेतृत्वमा हुने हुँदा अनुसन्धान सकेर मात्रै उनीहरू पक्राउ परेको बारे जानकारी दिइएको छ।
यसअघि कारागारका नाइके बिहीबार भागेपछि आइतबार घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालयमा तानिएको सार्वजनिक गरिएको थियो। जेलर परियार आफू बिदामा रहेकै बेलामा नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएको अनुसन्धानबाट खुलेको थियो। नाइके यमराज भागेकै दिन दिउँसो जेलर युवराज र यमराजको बीचमा समेत फोन संवाद भएको कलडिटेलका आधारमा पत्ता लागेको छ।
यसअघि नाइके परियार घोराही कारागारका चौकीदार थिए। बालकृष्ण खाण गृह मन्त्री भएपछि नेपाली काँग्रेस निकट मानिने नेपालगन्जका रिगल ढकाल कारागारका चौकीदार बनाइएका थिए। त्यसपछि यमराज नाइके बनेका थिए। यमराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउनेसम्मका गतिविधिमा कारागारका जेलर युवराजले प्रक्रिया समेत मिचेको देखिएको अनुसन्धानमा खुलेको छ।
त्यस्तै कुनै पनि बिरामी नरहेका नाइके परियारलाई बिहीबार बिहान ११ बजेतिर छालासम्बन्धी स्वास्थ्य उपचार गराउन भनेर पठाएको कुरा अनुसन्धान अधिकृतले बताएका थिए।
यसरी भागेका थिए परियार
बिहीबार बिहान कारागारबाट प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा राखेर उनलाई उपचारका लागि भनेर लगेका थिए। तर चौधरीले नाइके परियारलाई अस्पताल नपुर्याइ घोराहीस्थित होटल एण्ड रेस्टुरेन्टमा नास्ता खान लगेका थिए। त्यहाँ थप दुई युवती भेटिए। चार जनालेसँगै बसेर कफी खाए।
त्यसपछि उनीहरु घोराहीस्थित सब्जीमण्डी पुगे। त्यहाँबाट थकाली होटलमा दुईटा कोठा लिएर बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।
त्यसको केहीबेरमै युवतीसँगै प्रहरी जवान चौधरीलाई नाइके परियारले कोठामा बाहिरबाट चुकुल लगाइ आफू प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए। राजपुर गाउँपालिका बेलका यमराज परियार आफ्नै गर्भवती प्रेमिका हेमा चौधरीलाई हत्या गरेको खुलेपछि कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद सजाय भोगिसकेका थिए। उनलाई जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको थियो। | 2022/06/26 01:45:50 | https://hamropipalbot.com/9843 | mC4 |
दुबई धनी कसरी भयो ? | गृहपृष्ठ
Home अन्तरराष्ट्रिय दुबई धनी कसरी भयो ?
अन्तरराष्ट्रिय 780 views
दुबई धनी कसरी भयो ?
काठमाडौं (अस) । संयुक्त अरब इमिरेट्समा रहेको दुबई लक्जरी शपिङ, अत्याधुनिक आर्किटेक्चर र रात्रि जीवनका लागि प्रख्यात छ । यति मात्र नभई यो विश्वको धनी राष्ट्रमध्ये एकको रूपमा पनि चिनिएको छ । दुबई कसरी धनी भयो होला भन्ने कौतूहल सबैको मनमा हुन सक्छ । प्रारम्भमा दुबईको आर्थिक सम्पत्ति बढाउन तेल उत्पादनमा भएको वृद्धिले सघायो । तेल उत्पादनमा भएको वृद्घिले उसलाई एक प्रमुख तेल निर्यातक राष्ट्रका रूपमा चिनायो । निर्यात आम्दानीबाट दुबई एक समृद्ध राष्ट्र बन्न सफल बन्यो । हाल दुबईलाई धनी बन्न सघाउनेमा पर्यटन, वित्त र रियल इष्टेट प्रमुख क्षेत्र हुन् । विश्वकै महँगो होटलमध्ये एक बुर्ज अल अरब दुबईमा रहनुले पनि यसलाई अझ प्रष्ट्याउँछ । दुबई सरकारले त्यहाँको तेल सञ्चिति धेरै समयसम्म टिक्न नसक्ने अनुमान गर्दै अर्थतन्त्र र वृद्धिको गतिलाई कायम राख्न अन्य सहयोगी परियोजनामा समेत केन्द्रित हुन थालेको हो ।
पक्कै पनि दुबईको अर्थतन्त्र समृद्ध बनाउन तेल उत्पादनबाट हुने नाफा प्रमुख तत्त्व हो । दुबईको सम्पत्तिमा योभन्दा महत्त्वपूर्ण र ठूलो भूमिका निर्वाह गर्ने अतिरिक्त औद्योगिक स्रोत भने छैन । तर, पछिल्लो समय विश्वविख्यात संरचना र नवप्रवर्तनको विकासका कारण दुबई एक प्रमुख पर्यटक गन्तव्य बनेको छ ।
दुबई यूएईको राम्रो शहरमध्ये एक हो भने यो विश्वकै महँगो शहरमध्ये पनि एक हो । दुबईको कुल आम्दानीमा तेल तथा ग्यास उद्योगको भाग ७ प्रतिशत जति मात्र छ । आगामी २० वर्षमा दुबईको कच्चा तेल सञ्चिति सुक्ने विश्लेषण गरिएको छ । रियल इष्टेट र संरचना (निर्माण)सँग सम्बन्धित उद्योगहरू दुबईमा सबैभन्दा धेरै आम्दानी गर्ने उद्योगमध्ये पर्छन् । यी क्षेत्रले त्यहाँको कुल आम्दानीमा २२ दशमलव ६ प्रतिशतभन्दा बढी भाग ओगटेका छन् भने व्यापारले १६ प्रतिशत जति भाग ओगटेको छ । त्यस्तै, दुबईको आर्थिक सम्पत्तिमा वित्तीय सेवा उद्योगले ११ प्रतिशत योगदान दिने गरेको छ ।
दुबई शहर महँगो हुनुबाहेक यो शपिङ गर्न चाहनेहरूका लागि उत्कृष्ट शपिङ राजधानी पनि हो । यसले पनि उसको अर्थतन्त्रलाई बलियो बनाउन सघाएको हो । दुबई धनी शहर हो र यहाँ धनाढ्यहरूको आकर्षण बढ्दो छ । सन् २०१३ को तथ्याङ्कअनुसार दुबईमा विश्वकै ठूलो शपिङ मल 'दुबई मल' रहेको छ । त्यस्तै, सन् २०१० मा दुबई सबैभन्दा बढी घुमिएका १० ओटा राष्ट्रको सूचीमा पनि समावेश भएको थियो । एजेन्सी
Notice: It seems you have Javascript disabled in your Browser. In order to submit a comment to this post, please write this code along with your comment: 6e69121c41b52c2d7bd4c47db16015d3 | 2018/06/21 13:49:19 | http://www.abhiyan.com.np/2018/02/15/180497 | mC4 |
अन्तमा, इजरायल नेपालीका लागि अति उपयुक्त गन्तव्य हो र इजरालयमा कामदार मगाउने तरिका अरू देशमा भन्दा फरक भएकाले र जति भने पनि हुने भएकाले अरू देशहरूमा भन्दा नेपालमा इजरायली एजेन्सीहरूको आँखा परेको कुरा मनन गर्नैपर्छ । तसर्थ यसलाई व्यवस्थित बनाउने र अनावश्यक रकम असुल्ने प्रथा हटाउने गर्दा उपयुक्त होला कि? यस्तै इजरायलमा कामदार भिषामा आएका नेपालीहरूलाई काम नगरी यस्ता २ नम्वरी पेशामा संलग्नता गर्न कानुनी उपचार भएता पनि यसको पालना इजरायली सरकारले नगरेको र आइन्दा यस्तो काम गर्नेहरूलाई रोक लगाउने तथा फिर्ता पठाउने कार्य भएमा अति उत्तम हुनसक्छ कि? जे होस जसरी हुन्छ नेपाली कामदार इजरायल आउन पाउनुपर्छ तर कम लागत ( जति लाग्छ र इजरायली तथा नेपाली सरकारले तोकेको दरमा) मा नै इजरायल आउनुपर्छ यस्का लागि अहिलेसम्मका सबै इजरायली एजेन्सीहरू, नेपाली म्यानपावर कम्पनीहरू, तथा इजरायलमा बसेर कामदारहरूको व्यापार गर्ने इजरायली तथा नेपाली व्यक्तिहरूलाई विस्थापित गरि वा नयाँ नियम र दायरा भित्र राखी काम गर्न र गराउने गरिनु अति जरूरी देखिन्छ ।
बारा जिल्लाको सबैभन्दा कान्छो पचरौता नगरपालिकाको वडा न.६ पकडियामा भगवान श्री रामको मन्दिर शिलान्यास भएको उपलक्ष्यमा हिजो दिप प्रज्वलित गरि हिन्दु धर्मावलम्बीले हिजो राती विभिन्न कार्यक्रम गरि उतसव मनाएका छन् ।
भगवान श्रीरामको जन्म भुमी भारतको अयोध्यामा भएको ठाउँ बारे निकैनै लामो समय देखि विवाद रहेको थियो तर हालमा उक्त विवाद सधैको लागि समाप्त भएर सुपरिम कोर्टले फैसला गरि विवाद समाप्त गरेका छन् ।
र सोही अनुरुप उक्त स्थानमा भगवान श्रीरामको मंदिर बनाउन भुमी पुजन गरि शिलान्यास गरिएको उपलक्ष्यमा भारत तथा नेपालमा निकैनै उत्साहका साथ भव्य उत्सव मनाइएको छ। भगवान श्रीरामको विवाह नेपालको जनकपुरमा जगत जननी माता सीता संग भएको भन्ने जन आस्था रहेकोले दुबै देशमा उत्सव मनाइएको हो। | 2021-03-04T02:39:34Z | https://himalipatrika.com.np/archives/65200 | OSCAR-2109 |
उनितथानले भारतको सिलीगुडीबाट चोरी भई नेपाल आएको गाडीको इन्जिन लगायतका सामानहरु फेरेको समेत आरोप लागे पनि सामान्य कारबाही भएको भरमा छोडिएको थियो । उनितथान तस्करीमा पक्राउ परेपछि शंकरका कान्छो छोरा साहिलले पनि नेताहरुसँग दौडधुप गरेर छुटाएका थिए । जगदम्बा स्टिलले पुराना र काम नलाग्ने गाडीलाई कवाडीको रुपमा र काम लाग्ने गाडीको कागजपत्र परिवर्तन लगायतका काम गरेर तस्करीका गाडी बेच्ने गरेको थियो र छ । कवाडीका सामान मात्र प्रयोग गरेर डण्डी बनाएको कारण जगदम्बाको डण्डी कमसल रहेको भनेर सरकारी निकायले सूचीकृत गर्न खोज्दा पनि शक्तिको आडमा त्यो निर्णय गर्न दिइएको छैन । शंकर ग्रुपको जगदम्बा मोटर्सले अपाचे वाइक बिक्री गर्दै आएको छ । सोही मोटर्सले अरु गाडी पनि बिक्री गर्ने गरेको छ । त्यो गाडी बिक्री गर्ने काम सुरु गर्नुमा चोरीको गाडीलाई अबैध तवरले बिक्री गर्न र पुराना गाडीलाई कवाडको रुपमा प्रयोग गर्नु नै प्रमुख उद्देश्य हो । | 2021-03-09T04:10:29Z | https://www.nepalkhoj.com/2021/02/21/71213/ | OSCAR-2109 |
परीक्षा र भर्ना स्थगनले झन् अन्योल – सिकाइ खबर- A complete news portal on Education in Nepal
२९ श्रावण २०७७, बिहीबार education, sikai, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा मन्त्रालय
काठमाडौँ । सरकारले भदौ १५ सम्म भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय गरेपछि शैक्षिक गतिविधि थप समस्याग्रस्त बन्ने भएको छ । लकडाउन हटाउने निर्णयसँग सरकारले भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने निर्णय गरेको थियो । कोभिड–१९ को संक्रमण बढ्दै गएकाले मन्त्रिपरिषद्ले सोमबार अर्को निर्णय गरेको हो । संक्रमण कम नभएसम्म शैक्षिक क्षेत्र चलायमान हुन नसक्ने शिक्षाकर्मीहरू बताउँछन् ।
राष्ट्रिय परीक्षा बोर्डले तयारी पूरा भइसकेको एसईईको नतिजा प्रकाशित गर्न रोकेको छ भने कक्षा ११ को आन्तरिक परीक्षा सञ्चालन नगर्न पनि विद्यालयहरूलाई निर्देशन गरेको छ । वैशाखदेखि रोकिएको कक्षा १२ को परीक्षा झनै अनिश्चित छ । स्रोतका अनुसार शिक्षा मन्त्रालयले विद्यार्थीको चहलपहल बढ्ने भन्दै नतिजा प्रकाशन र परीक्षाको काम अघि नबढाउन बोर्डका पदाधिकारीहरूलाई निर्देशन दिएको छ । यसबाट एसईई, कक्षा ११ र १२ का करिब १५ लाख विद्यार्थी प्रभावित छन् । त्रिभुवन विश्वविद्यालयसहितका विश्वविद्यालयले भदौमा सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित गरेका छन् । चैतदेखि रोकिएको परीक्षा भदौ दोस्रो साताबाट सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरिएको थियो । विश्वविद्यालयहरूले अत्यावश्यकबाहेकका अन्य गतिविधि केही समय बन्द गर्ने सूचना सार्वजनिक गरेका छन् । शिक्षण संस्थामा सञ्चालित वैकल्पिक कक्षा पनि प्रभावकारी नभएको गुनासो छ ।
सरकारसँग अहिलेको अवस्थामा कसरी अघि बढ्ने भन्ने योजना नहुँदा अन्योल झनै बढ्दै गएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए । 'शैक्षिक क्षति कसरी कम गर्ने भनेर शिक्षा मन्त्रालयले खाका ल्याउन सकेन,' उनले भने, 'शैक्षिक वर्ष ढिला गर्ने, खेर फाल्ने कि पहिलेजस्तै हुबहु गर्ने भन्ने अहिलेको मुख्य मुद्दा हुन् ।' शैक्षिक सत्र खेर नफाली विद्यार्थीलाई सिकाइराख्ने विधि चयन गर्न नसकेर शिक्षा मन्त्रालय पेन्डुलम भएको टिप्पणी उनले गरे । 'शैषिक वर्ष खेर नफाल्ने विधि खोजेर कार्यान्वयनका लागि स्थानीय तहलाई जिम्मा दिनुपर्छ,' उनले भने ।
सरकारको स्पष्ट मार्गनिर्देशन नहुँदा शिक्षण संस्था पनि अन्योलमा छन् । सरकारले देशभरका विद्यालय एकैपटक खोल्ने र एकैपटक बन्द गर्ने निर्णय गर्दै आएको छ । शिक्षाविद्हरू भने स्थानीय तहमा परेको कोरोनाको असरअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने कि नगर्ने विकल्पमा जानुपर्ने बताउँछन् । कोरोना भाइरस पूर्ण रूपमा रोकथाम नभएसम्म शिक्षक–विद्यार्थी आमनेसामने हुने अवस्था छैन । त्यसका लागि वैकल्पिक विधिबाट नै पढाइ र परीक्षा सञ्चालन गर्नुपर्ने शिक्षाविद्हरूको तर्क छ । शिक्षण संस्थाहरू भने वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्न पछि हटिरहेका छन् ।
नेविसंघ त्रिवि इकाईका सभापति हरि आचार्यले विश्वविद्यालयले विद्यार्थीको समस्याबारे ध्यान दिन नसकेको गुनासो गरे । विद्यार्थीले शैक्षिकसत्र नै क्षति हुने भन्दै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न आग्रह गर्दै आएका छन् । विश्वविद्यालय अनुदान आयोगले पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न कार्यविधि तयार गरिसकेको छ । त्रिवि भने सरकारले परीक्षा सञ्चालन गर्न सक्ने निर्णय गर्नेबित्तिकै परम्परागत विधिबाटै परीक्षा गर्ने तयारीमा जुटेको थियो ।
'सरकारले लकडाउन मात्रै अन्त्य गरेको हो, कोरोनाको संक्रमण जुन कुनै दिन फैलन्छ भन्ने कुरा पदाधिकारीले बुझ्न सकेनन्,' त्रिविका एक सहप्राध्यापकले भने, 'भदौ दोस्रो साताबाट परम्परागत विधिबाटै परीक्षा गर्न सूचना जारी गरियो, अहिले कोरोनाको केस बढ्दै गएपछि न परम्परागत विधिबाट परीक्षा हुन सक्यो, न वैकल्पिक विधि लागू गर्न सकियो ।' त्रिवि आफैंले आन्तरिक मूल्यांकन, 'ओपन बुक' र अनलाइन माध्यमबाट परीक्षा गर्न सक्ने निष्कर्ष निकालेको थियो । लकडाउन खुल्नेबित्तिकै अन्य वैकल्पिक विधिलाई छाडेर परम्परागत विधिमै रमाउन खोज्दा शैक्षिक गतिविधि ठप्प हुन पुगेको ती सहप्राध्यापकले बताए ।
त्रिविले चिकित्सा, इन्जिनियरिङ, विज्ञान प्रविधि, व्यवस्थापन, मानविकी, शिक्षा संकायलगायत सबैको परीक्षा स्थगन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशन गरेर अर्को सूचना नभएसम्मका लागि परीक्षा रोकिएको जनाएको छ । विश्वविद्यलायका अति आवश्यकबाहेक अन्य सेवामा रोक लगाइएको छ । त्रिविको निर्णयपछि क्याम्पस र विभागहरू ठप्प छन् । काठमाडौं विश्वविद्यालयले पनि १५ दिनका लागि स्कुल अफ मेडिकलबाहेकका निकायका सेवा स्थगन गर्ने निर्णय लिएको छ ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक बालचन्द्र लुइँटेलले असामान्य अवस्थामा विद्यालय र उच्च शिक्षा सञ्चालनको खाका आवश्यक रहेको औंल्याए । उनले कोरोना सँगसँगै पढाइ र परीक्षालाई अघि बढाउने योजना लागू गर्नुपर्ने बताए । 'यो वर्ष शिक्षा क्षेत्र सामान्य अवस्थामा फर्कन सक्दैन,' उनले भने, 'पढाउने, पढ्ने र मूल्यांकन गर्ने थुप्रै तौरतरिका छन्, त्यसतर्फ विचार गर्नुपर्ने बेला आएको छ ।' कोरोना संक्रमण रोकथाम भएपछि ५ महिनादेखि भएको क्षतिलाई सम्बोधन गर्न समय लाग्ने उनले जनाए । त्यसका लागि विद्यालय र उच्चशिक्षामा संश्लेषित र सुधारिएको पाठ्यक्रमको आवश्यक हुने विज्ञहरू बताउँछन् । 'पढाइ र परीक्षा चलाउने अधिकार विद्यालय र क्याम्पसलाई दिन सके उपयुक्त हुन्छ,' लुइँटेलले भने ।
शिक्षा मन्त्रालयले आलटाल गर्दा वैकल्पिक कक्षा पनि प्रभावकारी बनाउन नसकिएको प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले गुनासो गरे । 'विद्यार्थीलाई केही कुरा सिकाउँछौं भन्दा पनि सरकारले विकल्प दिन सकेन,' उनले थपें, 'कम्तीमा सरकारले विद्यार्थीबारे सोच्न सक्नुपर्छ ।'
अहिलेको अवस्थामा सामुदायिक र निजी दुवै विद्यालयका विद्यार्थीलाई वैकल्पिक कक्षामा सहभागी गराएर त्यसैलाई मूलधारको शिक्षामा जोड्नुपर्ने उनको सुझाव छ । निजी विद्यालय सञ्चालकहरूले वैकल्पिक कक्षालाई औपचारिक मान्यता दिनुपर्ने माग राखेका छन् । | 2021/04/13 01:22:07 | https://sikaikhabar.com/1924 | mC4 |
गोविन्द केसीलाई अदालतको प्रश्नः हजुरलाई कुनै मानसिक रोग छ कि ?
साझा अनलाईन २०७४ पौष २५ गते मा प्रकाशित 107 पटक पढिएको
२५ पुस, काठमाडौं । सर्वोच्च अदालतले मंगलबार डा. गोविन्द केसीको वयान लिएको छ । १४ वटा प्रश्न समेटिएको वयानको पूर्ण पाठ सो वयानमा डा. केसीले अदालततको अवहेलना आफूले गरेको नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले नै गरेको र उनीमाथि कारवाही हुनुपर्ने बताएका छन् । | 2019/01/23 14:57:31 | http://sajhaonline.com/detail/2715 | mC4 |
चिनियाँ राजदूतको 'दौडधुप'ले विपक्षी दलहरु सशंकित – अभियान पोष्ट
चिनियाँ राजदूतको 'दौडधुप'ले विपक्षी दलहरु सशंकित
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूसँग भेटवार्ता तीव्र बनाएका बेला विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले 'समीक्षा बैठक' गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर र सन्तुलित राख्न नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
जसपाका नेता अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए । यस्तै, छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्ण सिटौला पनि सहभागी थिए ।
भेटमा दुवै दलका नेताहरूले हठात् संसद अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएका छन् । महत्वपूर्ण विधेयक, संकल्प प्रस्ताव विचाराधीन रहेकै अवस्थामा सभामुख र विपक्षी दलसँग परामर्श नगरी संसद अधिवेशन अन्त्य गर्नु आपत्तिजनक भएको नेताहरूले बताएका छन् ।
भेटपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले अनलाइनखबरसँग भने, 'हठात् संसद अधिवेशन अन्त्य गरिएकोमा हाम्रो केन्द्रीय कार्यसमितिले आपत्ति जनाएको थियो । उहाँहरू पनि त्यसमा सहमत हुनुभएको छ ।'
जसपाका नेता महतोले संसदको अधिवेशन अन्त्य गरेर सरकारले जनताको मुखमा ताला लगाउने काम गरेको बताए । बैठकमा सरकारकै कारण अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भएको विषयमा समेत समीक्षा भएको नेताहरूले बताएका छन् । तर यसबारे उनीहरूले थप खुलाउन चाहेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको र त्यसमा नेपालकै नेताहरू पनि लागेको बताएका थिए । यो अभिव्यक्तिले नेकपाभित्र चलिरहेको अन्तरसंघर्षलाई उत्कर्षमा पुर्याएको छ ।
नेताहरूले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यान्छीको सक्रियता बढेको हो । पछिल्लो पटक उनले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायतलाई घरघर पुगेर भेटेपछि यसलाई आन्तरिक राजनीतिसँग जोडेर विश्लेषण गर्न थालिएको छ ।
स्रोतका अनुसार कांग्रेस र जसपा नेताहरूको भेटमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति र चिनियाँ राजदूतको सक्रियताबारे पनि कुराकानी भएको छ । तर यसबारे औपचारिक रूपमा कोही बोल्न तयार छैनन् ।
कांग्रेस उपसभापति निधिले प्रधानमन्त्री ओलीको क्रियाकलापले अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भएको सन्दर्भमा पनि छलफल भएको प्रतिक्रिया दिए ।
प्रधानमन्त्रीको अभिव्यक्ति र चिनियाँ राजदूतको भेटवार्तातिर संकेत गर्न खोज्नु भएको हो ? भन्ने प्रश्नमा उनले भने, 'यो सरकारले भारत, चीन, अमेरिका, युरोपलगायतका देशसँग जस्तो अन्तर्राष्ट्रिय सम्बन्ध राख्नुपर्ने हो, त्यो भएको छैन । यसप्रति गम्भीर छौं ।' | 2021/05/15 14:43:05 | https://abhiyanpost.com.np/politics/2460 | mC4 |
मध्यपहाडी लोकमार्ग : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको निर्माण सुस्त | गृहपृष्ठ
Home विकास मध्यपहाडी लोकमार्ग : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको निर्माण सुस्त
on: ७ कार्तिक २०७५, बुधबार ०७:५७ विकास
धनगढी । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग निर्माण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सुस्त देखिएको छ । निर्माणले अपेक्षित गति लिन नसकेको गुनासो स्थानीयले गर्दै आएका छन् । लोकमार्ग निर्माण शुरू भएको १० वर्षमा बैतडीमा १४ र अछाम जिल्लामा १६ गरी ३० किलोमिटर मात्र कालोपत्र भएको पाइएको छ । अहिले मध्यपहाडी लोकमार्गअन्तर्गत अछाम जिल्लामा ४४ किलोमिटर सडकमा कालोपत्रको काम भइरहेको छ ।
मध्यपहाडी लोकमार्ग निर्धारित मितिमा निर्माण सम्पन्न भए पहाडी जिल्लाको बसाइँसराइ रोकिनुका साथै आर्थिक समृद्धिको ढोका खुल्ने भन्दै निर्माणलाई तीव्र गतिमा अघि बढाउनुपर्ने माग स्थानीयले राख्दै आएका छन् । २०७६ वैशाख १५ सम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले सडक निर्माणको काम सुस्त गतिमा अघि बढाएको प्रदेशवासीले गुनासो गरेका हुन् । अछाम खण्डमा पर्ने ५९ किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी काम अघि बढाइएकोमा १६ किलोमिटर कालोपत्र अन्तिम चरणमा पुगेको छ भने बैतडी जिल्लामा १४ किलोमिटर कालोपत्र यसअघि नै सम्पन्न भइसकेको छ । मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका इञ्जिनीयर तुलाराम शर्माले विनायकदेखि ठाँटीसम्म र ठाँटीदेखि मङ्गलसैनसम्मको सडकको कालोपत्रका लागि ३३÷३३ करोड, बेलखेतदेखि विनायक सडकखण्डका लागि २९ करोड, कैलाश खोलादेखि बयालपाटासम्मको सडकका लागि २२ करोड रुपैयाँको ठेक्का सम्झौता भएको जानकारी दिए ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको काम सम्पन्न भइसकेको छ भने अछाम जिल्लामा चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । डडेल्धुरा र डोटी जिल्लामा भने अहिलेकै राजमार्गसँग मध्यपहाडी लोकमार्ग जोडिनेछ । ती क्षेत्रमा मध्यपहाडी लोकमार्गलाई अहिलेको राजमार्गभन्दा छोटो दूरीको बनाउने विषयमा पनि आवश्यक छलफल भइरहेको छ । १० वर्षको अवधिमा ३० किलोमिटर मात्रै सडक कालोपत्र हुनु राम्रो पक्ष नभएको भन्दै विकास निर्माणमा कहीँकतैबाट राजनीति नहुनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले जोड दिए ।
एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला पुग्न पूर्व–पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुने भएकाले लोकमार्गको निर्माण सम्पन्न भए पहाडी क्षेत्रमा आर्थिक समृद्धिको ढोका खुल्ने आशा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न भए बाजुरा, अछाम र डोटीका केही क्षेत्रका स्थानीयले पूर्वको यात्रा गर्दा हालको भन्दा करीब साढे २ सय किलोमिटर छोटो यात्रा गर्नुपर्नेछ ।
Notice: It seems you have Javascript disabled in your Browser. In order to submit a comment to this post, please write this code along with your comment: 643c59f6c9c21bb5940e80ee6ccb4d51 | 2019/04/23 14:02:44 | http://www.abhiyan.com.np/?p=287611 | mC4 |
जनकपुरधाम २९ गते असार । धनुषा जिल्लाका विभिन्न स्थानीय तहका दर्जनौ तरकारी किसानलाई बुधबार जनकपुरधाममा तरकारी सम्बन्धी बी टु बी प्रशिक्षण दिइएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्योगा वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सहयोगमा भएको सो प्रशिक्षण कार्यक्रममा बोल्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले महासंघको उद्देश्यपरिवर्तन भई उद्योग, ट्रेडिङ, पर्यटन क्षेत्र जस्तै कृषिलाई उद्योगमा परिणत गर्ने रहेकोबताउनु भयो । उहाँले भन्नु भयो ,‘ किसानले उत्पादन गरेको कृषि उपज सामानहरुलाई समुचित मुल्यमा खरिद गर्ने वातावरण बनाई किसानलाई उचित मुल्य प्रदान गर्ने लक्ष्य रहेको छ । ’ उहाँले कृषि उद्यम केन्द्रको समन्वयमा जनकपुरधाममा कृषि बजारको निर्माणको प्रक्रिया अगाडी बढेको बताउनु भयो । जनकपुरधाम उद्योग वाणिज्य संघ तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त पहलमा गुठी बाट माग गरेको बताउदै सो बजारमा कोल्ड स्टोर, आलु ,फलफुल लगायतका बजार लाग्ने प्रक्रियामा आफुहरु काम थालनी गरेको बताउनु भयो । यसबाट कृषकले आफुले उत्पादन गरेकोकृषि उपज सामानहरु उपभोक्ता संग प्रत्यक्ष रुपमा विक्री गर्दा बढी आम्दनी पनिहुने र उपभोक्तालाई सस्तोमा समेत सामान पाउने उहाँले बताउनु भयो । सो प्रशिक्षण कार्यक्रममा कृषि ज्ञान केन्द्र धनुषाका प्रशिक्षक प्रदिप कुमार यादवले थोपा सिचाई प्रणाली, घासपात, तरकारीका बोक्रा, गोबरबाट प्राङगारिक मल बनाउने तरिका, कम लगानीमा बढी तरकारी उत्पादन गरी आम्दनी बढाउने तरिका लगायतका विषयमा सहभागी किसानहरुलाई प्रशिक्षण दिनुभएको थियो । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जनकपुरधामका प्रशिक्षक राहलदेव साहले बैज्ञानिक तरिकाले धान लगायतका बाली उद्यपादन तथा कृषि उपकरणहरुको बारेमा सहभागी किसानलाई जानकारी गराई बैज्ञानिक आधारमा कृषिको काम गर्न प्रत्साहन गर्नुभयो ।यस्तो तालिमले किसानहरुलाई आफ्नो कामगर्नउत्साहित बनाएको र अगामी दिनमा यस्तौ प्रकारका तालिम किसानहरुलाई प्रदान गर्न आयोजकलाई सहभागी किसानहरुले आग्रह गरेका छन् । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका मधेश प्रदेशका अधिकृत प्रदप दत्त जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु तथा किसानहरुको सहभागिता रहेको थियो ।
Post navigation
Previous Article
गुरुजनप्रति सम्मान भाव प्रकट गरी पूर्णिमा मनाइँदै
Next Article
उपेन्द्रले बाबुराममाथि लगाए मानसिक अवस्था गडबड भएको आरोप
सम्बन्धित समाचार
समाज
१ आश्विन २०७८, शुक्रबार १२:२५0
आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
काठमाडौं । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । समुद्रमन
Read More
समाज
१६ आश्विन २०७९, आईतवार १२:३९0
आज कालरात्रि देवीको पूजाआजा गरिँदै
काठमाडौं। आज बडा दसैंको सातौँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको स
Read More
समाज
७ बैशाख २०७९, बुधबार १२:५९0
जनकपुरधामको मेयरमा जनमत पार्टीबाट महिला उम्मेदवार अनिता साह भिड्ने
जनकपुरधाम । सीता नगरी भनेर चिनिने जनकपुरधाममा जनमत पार्टीले महिलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।केन्द्रीय सचिव अनिता साहलाई जनकपुरधामको मेयरको उम्मेदवार बनाएको जनमत पार्टीले जनाएको छ । स | 2022-12-08T17:13:25Z | https://smrititimes.com/%E0%A4%A4%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%95%E0%A4%BF%E0%A4%B8%E0%A4%BE%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B5%E0%A4%BE%E0%A4%A3%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%AF/ | OSCAR-2301 |
कब्रस्तान | samakalinsahitya.com
कथा (658)
कविता (1566)
कृति/समीक्षा (659)
- गोपाल विरही
आज खैरे पनि अचानक विरामी प¥यो । बिहानदेखि अहिले भर्खरसम्म त ऊ राम्रै वा स्वस्थजस्तो नै देखिएको थियो । तर, यताबाट उता र उताबाट यता उठबस गरिरहेको छ अहिले ऊ । उसले आफू पनि सेतेजस्तै रोगबाट ग्रस्त रहेको सङ्केत दिइरहेको छ । सेते अर्थात् उसको भाइ पनि क्षणभरमै हृष्टपुष्ट र स्वस्थ थियो । तर, क्षणभरमै उसले हामीलाई छाडेर गएको पनि हो । हिजोमात्रै सेते परलोक हुनु र, फेरि आज खैरे छट्पटाउन थाल्नुले हामीलाई अवाक् तुल्यायो । खैरेलाई झट्पट् अस्पताल लानुपर्छ भन्ने कुरा मैले र बहिनीले उठायौ" । बुबाले 'केही क्षण विचार गरौ"' भनिरहनुभएको र, नशालु झारपात खाएको हुन सक्ने आशङ्का गरी परम्परागत मान्यतानुसार चूक (अमिलो) पनि खुवाइदिनु भएकाले हामीले केही बेर पख्र्यौ" । तर खैरेले कुनै प्रतिक्रिया जनाएन । ऊ झन् उफ्री–उफ्री छट्पटाउन थाल्यो । अब त हाम्रो धैर्यको बा"ध टुटिसकेको थियो । हामी सेतेको मृत्युबाट यति भयभित भइसकेका थियौ" कि खैरेलाई पनि कतै त्यस्तै हुने त होइन भन्ने त्रासले हाम्रो मनमा बादल लाग्न थाल्यो । अस्पताल लैजाने कुरामा हामी सबै सहमत भयौ" । तर कहा" हो अस्पताल ? मलाई केही थाहा थिएन । बुबाले यसभन्दा अगाडि खैरे, सेते वा मुनीकै आमाहरुलाई पनि ज"चाउनका लागि अस्पताल पु¥याइसक्नुभएकाले समस्याको हल उत्तिखेरै निस्कियो । मैले साइकल कुदाइहाले" । बुबा खैरेलाई समातेर साइकलको पछाडि बस्नुभयो । केही सोच्ने फुर्सद् कसलाई थियो र ! मलाई कतै बाटैमा साइकलको पाङ्ग्रा फुटिहाल्ने पो हो कि ! अथवा चेन नै फुत्किने हो कि ! भन्ने भयले समातिरहेको थियो । हुन पनि त्यो साइकलले एक–एक थोक बिग्रेर हैरान पारिसकेको थियो मलाई । मनमनै कुनै सङ्कटले हाम्रो मार्ग अवरुद्ध नगरोस् भन्ने प्रार्थना गर्न थाले" । खैरे कराइरहेको थियो । हामी कुद्दै गयौ", खैरेको मे"–मे"स"गै हाम्रो साइकलले गति लियो ।
'के भएको हो त्यस्तो खैरेलाई !'–मैले जा"दा–जा"दै सोचेछु । हुन पनि अचानक टोलाउन थालेको थियो खैरे । सधै" 'खैरे !' भनेर बोलाउने बित्तिकै खुर्र दगुरेर छेऊमै आइपुग्ने ऊ आज किन जहा"को त्यही" छ ? किन खैरेले अटेरी गरिरहेको छ ? उसले पनि सेतेले जस्तै सबैस"ग सधै"का लागि अटेरी गर्न खोजेको त होइन ? अह"! खैरेलाई केही हुन सक्दैन ! खेरे हामीलाई छाडेर जान सक्तैन !
खैरेकी आमा पनि आज ऊप्रति केही बढी प्रेमभाव दर्साइरहेकी थिई । आफ्नो एउटा जवान छोराको अनुपस्थितिको शोकले रन्थनिएकी खैरेकी आमालाई खैरेको त्यो दयनीय अवस्था देखेर कस्तो लाग्यो होला ? यो प्रश्नको उत्तर ऊ आफैले पनि दिन सक्दिन । तर खैरेलाई चाटिरहेकी मुनीलाई देखेर सबैले यो कुरालाई महसुस गरेको हुनुपथ्र्यो कि वास्तवमा पशुहरु अत्यन्त संवेदनशील हुन्छन् । उनीहरुको हृदय यति सुकोमल हुन्छ कि उनीहरु आफूलाई कसले माया गरेको छ र, कसले घृणा गरेको छ भन्ने कुरा सजिलै छुट्याउन सक्दछन् । त्यसैले त हाम्रो प्यारो सेते हाम्रै घर पल्तिरको एउटा मोटे मान्छेस"ग सधै" तर्केर हि"ड्थ्यो । कुरा के थियो भने हाम्रो सेतेलाई देख्नासाथ त्यो मोटेले प्याट्ट–प्याट्ट हिर्काइरहन्थ्यो । कहिले मुखै थुनिदिन्थ्यो र, कहिले चारवटै खुट्टा च्याप्प पारेर राख्दथ्यो ।
अ", हामी पशुहरुको औषधि पसलमा पुगुञ्जेल मलाई वर्षै बितिसकेजस्तो लाग्यो । सधै" ओहोर–दोहोर गरिरहेकै त थिए" नि त्यो बाटोमा । तर किन त्यही बाटो मेरा निम्ति कैयौ" माइल दूरीको भयो ? यो पनि मेरो समझमा आएन । बाटोमा खैरे कराइरहेकाले मलाई अत्यास लागिरहेको थियो । कतिखेर आइपुग्ला त्यो अस्पताल भनेर सोच्दैमा म किंकर्तव्यविमूढ भइरहेको थिए" ।
'बुबा, अझै कति टाढा छ ?' भनेर पचासपल्ट सोधेहु"ला मैले साइकल चलाउ"दै गर्दा । खैरेले 'मे"–मे"' गरिरहेकाले आ"खामा थोपाहरु चुहिन थालिसकेका थिए मेरा । 'मलाई छिटो अस्पताल पु¥याओ, म जा"दैछु' भनेर खैरेले भनेको हो कि भन्ने सम्झेर मेरो मुटु फुट्ला कि जस्तो भइसकेको थियो । म 'हु"क्क' गर्ने अवस्थामा पुगेको मात्रै के थिए", औषधि पसल आइपुग्यो । 'ऊ त्यो रुखको फेदैमा हो'–बुबाले भन्नुभएपछि मेरो मन केही शान्त भयो । तर धैर्यको बा"ध टुटिरहेकै थियो । झटाझट् साइकल रोकेर खैरेलाई समात्न पुगे" म । औषधि पसलमा गएर सोध्यौ" । डाक्टर त्यहा" नभएको र अझ केही पर पुग्नुपर्ने कुरा बताए औषधि विक्रेताले । म रुन मात्रै सकिन", खैरे कराइरह्यो, झन् जोड–जोडले कराउन थाल्यो । लौ न नि १ के बित्यास प¥यो १ भन्ने सोचेर खैरेलाई छिटोभन्दा छिटो डाक्टरकहा" पु¥याउन नसकिएकोमा पछुताउन थाले" म । बुबाले खेरैलाई समात्नु भो र, मैले कुदाइहाले" साइकल । जस्तोसुकै दुर्घटना किन नहोस् १ मैले साइकल बेस्सरी कुदाए" । खैरे जोडस"ग कराएको सुन्दा मुटु ढुक्ढुक् गथ्र्यो ।
केही बेरमै डाक्टरकहा" पुगिएछ । डाक्टरले यसो हेरेर औषधि र इन्जेक्सन दिए । त्यतिबेला मलाई त्यो डाक्टर देवताजस्तै लाग्यो । डाक्टरका अनुहारभरि टाटै–टाटा थिए । तर त्यतिबेला त्यसैमा मैले ईश्वर देखे" । उसको पूजा नै गरे पनि कम हुन्छ जस्तो लाग्यो मलाई । डाक्टरलाई धन्यवाद दिनका लागि मस"ग शब्द त थिएन नै १ साथै हर्षले मेरो मुखबाट केही निस्कन सकेन । इन्जेक्सन लगाउ"दा खैरे कराएको थियो र, एकपटक डाक्टरलाई पुलुक्क हेरेको थियो । सायद 'मलाई के गरेको !' भनेर सोधिरहेको थियो । डाक्टरले त्यति मायालु आ"खाले नहेरे पनि इन्जेक्सन लगाइदिएर ऊमाथि ठूलो उपकार गरिरहेका थिए । त्यस क्षणमा त्यही डाक्टरकै अभावले गर्दा त हाम्रो सेतेले प्राण त्यागेको थियो । आज खैरेले पनि डाक्टर देख्न नपाएको भए के हुने थियो ! म सोच्नै सक्तिन" ।
हामीमाथि औषधि विक्रेताले ठूलो गुन लगायो । ऊ पनि डाक्टरपछिको प्राणदाता बनेर निस्कियो खैरेका निम्ति । हामीस"ग पैसा थिएन । औषधि खैरेलाई खुवाइदिइहाल्नुपर्ने ! हस्याङ्फस्याङ् गरेर औषधि पसलमा पुगेको थिए" म । 'केही बेरपछि ल्याइदिउ"ला पैसा, हुन्न ?' भनेर सोधे" मैले । नबोलिकन औषधि दियो उसले । कहा" पाइन्छ अचेल त्यस्तो मान्छे ! पैसामा बिक्न खोज्छन् सारा ! तर, बिकेन ऊ । पैसामा खरिद्न नसकिने केही अल्पसङ्ख्यक मान्छेहरुमध्ये गणना गरे" मैले उसलाई । न चिनेको, न जानेको, हाम्रो खैरेको औषधि सुटुक्क दिइहाल्यो उसले । धन्य हो उसको भावना !
खैरेलाई लिएर घर फर्क"दा मलाई के अनुभूति भयो भने म कुनै ठूलो काम गरेर फर्किरहेको छु । खैरेलाई डाक्टरकहा" पु¥याउन सकेकोमा मेरो मनमा यति खुशी थियो कि, म व्यक्त गर्न सक्तिन" । तर सेतेलाई सम्झेर मेरो मनमा पश्चाताप पनि भइरहेकै थियो, सेतेले डाक्टर देख्न पाएन ।
खैरेलाई उपचार गराएर फर्क"दा बाटामा मान्छेहरु कसैले टोलाएर हेरिरहे, कोही गलल्ल हा"से भने कसैका अनुहारमा आश्चर्य पनि मैले भेटे" । जे होस्, खैरेलाई अस्पताल पु¥याउन सकिएको खुशीमा मैले साइकल बेस्सरी कुदाएछु । खैरे घरसम्म आरामले आइपुग्यो । तर घर आएपछि खैरे कराउन थाल्यो । फेरि एकपल्ट अत्यासले घरमा सबैको अनुहार बादलिन थालिहाल्यो । उसकी आमाले खैरेलाई मुसार्न थाली । धामी–झा"क्रीको व्यवस्था पनि उत्तिखेरै भयो । आफूले 'रुढीवादी परम्परा' भनेर झारफूकको विरोध गर्दै आएको भए पनि खैरेलाई त्यसले केही असर गरिहाल्छ कि भन्ने आशामा म अल्झिइरहे" । झ"क्रीले 'फू–फू' गरेर कुन्नि के–के ग¥यो र खरानी–पानी खुवाइदियो खैरेलाई । अलि आराम मिलेजस्तो ग¥यो खैरेले । मैले यो बुझ्न सकिन" कि खैरेलाई डाक्टरको औषधिले आराम दिलायो वा झा"क्रीको खरानी–पानीले । जे होस्, खैरे कराउन छाडेपछि हामीले चैनको सास फे¥यौ" । यसरी घरमा ल्याइसकेपछि पनि एकछिनसम्म त हामी सबैलाई अत्याइरह्यो खैरेले । सायद अब ऊ स्वस्थ छ । भोलि बिहानै उठेर चर्न जानेछ ।
सेतेले यो संसार छाडेर गएको कति दिन भयो भन्ने कुराको गणितीय गणना मैले गरेको छैन । आजसम्म मैले उसलाई कहिले आफ्नी प्रेमिकाको रुपमा त कहिले भाइको रुपमा अनि कहिले साथीको रुपमा त कहिले क्षणभरको एउटा सहयात्रीको रुपमा कैयौ" पल्ट कल्पना गरिसके" । जीवनका अठार वसन्तहरु पार गर्दा केवल दुई पल्ट मैले प्रेमको अनुभूति गरेको छु । एउटा स्कूले जीवनमा र, अर्को सेतेको देहान्तपछि । मेरो स्कूले जीवनमा एकपल्ट यस्तो मोड आएको थियो, न त भोक लाग्थ्यो न त तिर्खा । कसैस"ग बोल्न मन नलाग्ने अनि एकान्तमा कुन्नि कहा"–कहा" पुगेको रमाइलो कल्पना गर्ने बानी सायद त्यतिबेलादेखि नै बसेको हो ममा । वास्तवमा त्यो प्रेम रहेछ भन्ने कुरा आज मलाई थाहा लाग्दैछ । प्रेम भनेको त्यस्तो हु"दो रहेछ भनेर मलाई सेतेको देहान्तले महसुस गराएको छ ।
अचेलभरि म घरको छानोमाथिबाट सेतेलाई गाडिएको उसको कब्रस्तान हेरिरहन मन पराउन थालेको छु । जिउ"दो हुञ्जेल त्यति ख्याल भएन । तर मरेपछिको सेतेको अभावलाई महसुस गर्न थालेको छु म । दसै" आएको छ, सबै र¨ीच¨ी पहिरन लगाएर घर–घर लागिरहेछन्, रमाइलो गरिरहेछन् । तर सेतेको अभावले कसैलाई कुनै प्रभाव परेको मैले पाइन" । सेते भएको भए दसै" कत्ति रमाइलो हु"दो हो अथवा सेते नभएर यसपालिको दसै"मा कत्ति नमज्जा भएको हो भनेर कसैले महसुस गरेजस्तो पनि मलाई लागेन । यस्तो छ यहा"को परिवेश । लाग्छ, हिजो सेते थियो, हिजोका दसै"हरुमा अरु मान्छेहरुस"ग सेते पनि हुन्थ्यो, तर आज सेते छैन । सेते बाहेकका अरुहरु हिजोझै" मस्त छन्, कुनै परिवर्तन छैन यहा", बाहेक सेतेको अनुपस्थिति । घरमा सबैस"ग बसेर खाना खा"दा सेते, खैरे, मुनी सबैले हेरिरहेका हुन्थे ती दिनहरुमा । तर अचेल हामीले खाना खान लाग्दा सेतेले हेर्दैन, ऊ घटेको छ । अरुहरु सपासप गास निल्छन् । तर खैरे वा मुनीलाई मात्र देख्दा मलाई भने सेतेको सम्झना आइहाल्छ । सेते भएको भए ऊ पनि यही" बसेर टुलुटुलु हेरिरहेको हुन्थ्यो जस्ता कुराहरु आउ"छन् मनमा र, म अलग्गै बस्न चाहन्छु सहन नसकेर । दश दिन जति त मैले खाना खानै सकिन" । मलाई के कुराको विशेष चिन्ता रहन्छ भने मान्छेहरु स्वार्थको घिनलाग्दो, गन्हाउने र दुर्गन्धित पोखरीमा झन्–झन् पौडि"दै, डुब्दै र भासि"दै गइरहेछन् । सेते मरेको दिन पनि आधा घण्टा नबित्दै कसरी खान सकेका चिया र पाउरोटी कपाकप ? सेते नरहेको कुराको चिन्ता किन नरहेको उनीहरुमा ? कि सेतेको निधनमा खुशियाली मनाइरहेका थिए उनीहरु ?
अब म सेतेको कब्रस्तानतिर जा"दैछु । सेतेको यताउता हि"डिरहने, खोलाको किनारमा मस्त निदाउने त्यो शरीर सायद अहिले गलेर, सडेर धुलोपिठो भइसकेको हुनुपर्छ । सेते गाडिएको ठाउ"मा अहिले हरियै दुबो पलाएको छ । नजिकै दुईवटा सिसौका रुखहरु उभिएका छन् । लालुपातेका विरुवाहरु छेउछाउमा झ्या¨िएका छन् । करिब पचास मिटर जति अगाडि एउटा घर छ । सेते हामीबाट टाढा हुनुभन्दा यस्तै आठ÷दश दिन अगाडि मात्रै त्यो घरको एउटा बूढो मानिसले पनि यो धर्तीबाट विदा लिएको थियो । तर मलाई त्यो बूढो मानिसको निधनमा त्यति शोक छैन जति सेतेको । कारण, त्यो बूढोमा सेतेमा जस्तो कर्तव्यनिष्ठा मैले देखिन" । नजिकै बजारमा पसल थापेर बस्थ्यो ऊ । एकदिन उसको पसलमा सामान लिन भनी गएको थिए" । व्यर्थैमा मस"ग झगडा गरेको थियो त्यो बूढोले । त्यस दिनदेखि उसको पसलमा जानै बन्द गरिदिएको थिए" मैले । यसरी जिउ"दैमा त्यो बूढो मेरो लागि प्यारो बन्न नसकेकोले, अथवा मलाई मन नपरेकोले, त्यो बूढोको मलाई सेतेको जत्तिको माया पटक्कै लाग्दैन । त्यही बूढोको घरदेखि पूर्वपट्टि एउटा खेल मैदान छ । मेरो सेतेको कब्रस्तानको परिवेश करिब–करिब यस्तै नै छ । अझ पश्चिम पवित्र नदी बहेकी, नदीपारि देवताको मन्दिर रहेको जस्ता कुराहरुले सेतेको भौतिक शरीर जहा" छ, त्यसलाई थप सुन्दर तुल्याइदिएको छ । नगािके किनारमा बसेर पनि सेतेको कब्रस्तान हेर्न सकिन्छ । म प्रायः सन्ध्या र उषाकालमा त्यसै गर्छु । सेतेस"गका यादहरुमा रमाउने गर्छु, सेतेस"गै खेल्ने गर्छु ।
एकदिन मैले सेतेकी आमा (मुनी)को अनुहारमा नियालेर हेरे" । 'जीवन के हो' भन्ने विषयमा उसले गम्भीर चिन्तन गरिरहेकी हो कि जस्तो भान हुन्थ्यो । उसको अनुहारमा झल्किएको गाम्भीर्यले उसलाई एउटा दार्शनिकजस्तो, एउटा मनोविश्लेषणकर्ताजस्तो, अथवा चिन्तकजस्तो बनाइदिएको थियो । सा"चै १ मुनीले सोचेकी थिई सायद कि जीवन दुई दिनको भेल हो । यो भेल कतिखेर उर्लेर कहा" टु¨िन्छ कसैलाई थाहा छैन । आफूभन्दा पछि जन्मिएको सेतेले आफ्नो भेलजस्तो जीवनलाई आफ्नी आमाभन्दा पहिले नै टु¨ोमा–विश्रामस्थलमा पु¥याएको थियो । मुनीको अनुहारको भावले यो पनि स्पष्ट भनिरहेको थियो कि सेतेको लागि चाहेर हुने भए उसले बरु आफ्नै ज्यान दिने थिई । सेतेको अभावमा जुन पीडा उसले सहन गर्नु परिरहेछ, त्यो पीडा उसलाई सेतेको जीवनरक्षाका लागि प्राणोत्सर्ग गर्ने बखतमा पनि हुने थिएन । तर बिडम्बना, संसार त्यसरी चल्दैन । कसैले चाह"दैमा कसैको आत्माले शरीर नछाड्ने वा छाड्ने होइन । एउटाको साटो अर्कोले मरेर वा बा"चेर हुने भएको भए यो संसारमा सायद यति कोकोहोलो मच्चिने थिएन, यति रुवाबासी चल्ने थिएन । न त मुनीले सेतेको बदला मरेर हुने थियो न त मुनीको बदला सेतेले बा"च्न नै पाउनेछ । संसार आफ्नै नियममा हि"डिरहेछ । आफ्नै चलनमा कुदिरहेछ, दौडिरहेछ । यदि यस्तो हुन्थेन भने सेतेको लागि मै आफै" पनि बलिदित हुन्थे" । त्यसबेला सेतेको प्राणरक्षा गर्ने सौभाग्य पाएकोमा म आफूलाई भाग्यशाली ठान्थे" । तर त्यो सौभाग्य मलाई विधाताले दिएको छैन, न त अरु कसैलाई नै । मेरो ठाउ"मा पनि कसैले त्यो सौभाग्य कहिल्यै पाउने छैन । यो शाश्वत् सत्य हो । समयको निष्ठुरीपन बुझ्नका लागि यिनै कुराहरु पर्याप्त छन् । न त समय कसैको बेदना, चित्कार र रुवाबासी सुन्छ, न त ऊ कसैको पुकार वा रोदनबाट नै पग्लन्छ । समयले के बूढो, के बालक, के गर्भे, कसैलाई छाड्दैन । त्यही समयको पासोमा परेको त हो मेरो सेते । बिचरो ! निरपराध, निष्कलङ्क, निःसहाय सेते ! 'मे"–मे"' गर्दा–गर्दै खुत्रुक्क भएको थियो । समयले उसमाथि अलिकति पनि दया गरेन । डाक्टरकहा" पु¥याउने मौकासम्म पनि दिएन त्यो पापी समयले ।
प्रायःजसो खैरेलाई देख्यो कि सेतेको उपस्थितिको झल्को आइहाल्छ । खैरे नै सेतेको प्रतिविम्ब हो जस्तो लाग्छ । उही हावभाव, उही बसाइ, उही उठ्ने शैली । दाजु–भाइ उस्तै–उस्तै त थिए । आज भाइ छैन । तर उसको हावभावको दुरुस्त नक्कल हामी देखिरहेछौ", उसको बस्ने–उठ्ने कलाको अनुकरण हामी हेरिरहेछौ" । समग्रमा यसरी भनौ", हामी खैरेलाई सेते मानेर बुझिरहेछौ", सेतेको अर्को रुप भनेर हेरिरहेछौ" । अझ भनौ", कहिले प्रेमिका र कहिले क्षणिक सहयात्री बनेर मस"ग मेरो सेतेको आत्मा खेलिरहेको छ, सेतेको प्रतिविम्ब नाचिरहेको छ । सेतेको कब्रस्तान वरिपरि उसको सम्झना लुकेको छ र, त्यही सम्झनाले नै उसलाई आजसम्म मेरो निमित्त अजर–अमर तुल्याई राखेको छ ।
यस्तै कुराहरुमा भुलिरह"दा म यो कुरालाई भुसुक्कै बिर्सन्छु कि सेते हामीबीच छैन । मानौ", सेते मस"गै जलविहार गर्न हि"डिरहेछ, उफ्रिरहेछ, दौडिरहेछ । मानौ", मैले देख्ने हरेक दृश्यहरु सेतेकै प्रतिविम्ब हुन् । | 2020/02/29 14:22:20 | https://samakalinsahitya.com/index.php?show=detail&art_id=3639 | mC4 |
कोरोना विपतमा उठेनन् सहयोगी हात | निरन्तर निष्पक्ष समाचार
Home पत्रपत्रिका कोरोना विपतमा उठेनन् सहयोगी हात
२ जेष्ठ २०७८, आईतवार ०७:५५
काठमाडौँ : विगतमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति होस् वा भूकम्प, नाकाबन्दी होस् वा अन्य कुनै दैवी प्रकोप। हरेक विपत्तिमा उद्योगी, व्यवसायी स्वयं सघाउन अग्रसर हुन्थे। राहतका सामानदेखि नगद सहयोग गर्नेको लर्को लाग्थ्यो। अहिले मुलुक कोभिड १९ को दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा अक्सिजन र शय्या नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्। कोरोना संक्रमितको स्वास्थ्य परीक्षणदेखि उपचार व्यवस्थापन गर्न अस्पताल तथा राज्यलाई सकस परिरहेको छ।
विगतमा अप्ठेरो अवस्थामा सहयोगका लागि उत्साहित हुने उद्योगी, व्यवसायीले कोभिड महामारीमा भने अपेक्षित अग्रसरता देखाएका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका संस्था र केही व्यापारिक घरानाले सहयोगका हात अगाडि बढाए पनि अधिकांश कर्पोरेट हाउसका सञ्चालक भने चुपचाप छन्। संस्थामार्फत् बाहेक विपत्मा देखिने गरी एक दर्जन व्यवासायीले पनि सहयोग गरेको देखिएको छैन।
कोभिड महामारीले मुलुकमा स्वास्थ्य संकट सिर्जना भएका बेला निजी क्षेत्रले सोचेजस्तो सहयोग नगरेको पूर्वअर्थसचिव शान्तराज सुवेदी बताउँछन्। 'कोभिडका कारण उद्योगी, व्यवसायी पनि समस्यामा छन्,' उनले भने, 'सक्ने व्यापारिक घरानाले पनि मुठी खोलेको देखिएन।' स्वास्थ्य सामग्री, उपकरणलगायत वस्तु सहयोग गर्न सक्ने व्यवसायीले पनि खासै अग्रसरता नदेखाएको उनी बताउँछन्। 'उद्योगी, व्यवसायीले सधैं राज्यबाट छुट र सुविधा मात्र खोज्ने होइन,' उनले भने, 'नागरिकलाई अप्ठेरो परेका बेला सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्छ।'
निजी क्षेत्रले चाहे काठमाडौं, विराटनगर, वीरगन्ज, नेपालगन्ज, बुटवल, पोखरालगायत ठूला सहरमा आइसोलेसन सेन्टर सञ्चालन गर्न सक्ने सुवेदीको तर्क छ। सम्बन्धित ठाउँका उद्योगी, व्यवसायीका छाता संस्थाको नेतृत्वमा यस्ता सेन्टर सञ्चालन गर्न सकिन्छ। 'आर्थिक सहयोग मात्र होइन, उपचारमा विभिन्न तरिकाले सघाउन सकिन्छ,' उनले भने, 'तर, अहिले ठूलो सहयोग देखिएन। नगन्य मात्र भयो।'
मुलुकको कानुनले उद्योगी, व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थाले नाफाको एक प्रतिशत रकम सिएसआर (कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी) मार्फत् खर्च गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ। मुलुकका वाणिज्य बैंकहरूले यो वर्ष गरेको नाफालाई हेर्दा सिएसआरअन्तर्गत ५० करोड रूपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ। केही बैंकले महामारीका बेला सहयोग गरे पनि धेरैको ध्यान यता जान सकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ । | 2021/06/24 12:18:35 | https://www.janatakoawaz.com/?p=46851 | mC4 |
माइक्रोसफ्टको विन्डोज–७ सफ्टवेयर बन्द - साइन्स एण्ड टेक्नो - साप्ताहिक
माइक्रोसफ्टको विन्डोज–७ सफ्टवेयर बन्द
माइक्रोसफ्ट कम्पनीको कम्प्युटर सफ्टवेयर विन्डोज–७ बन्द भएको छ । यो कम्पनीले विन्डोज–७ को सफ्टवेयरलाई बन्द गर्नका लागि सन् २०१५ देखि नै यसको मेनस्ट्रिम सपोर्ट सर्भिस बन्द गरेको थियो । माइक्रोसफ्टले गत मंगलबारदेखि यो सेवालाई बन्द गरेको हो ।
योसँगै अबदेखि प्रयोगकर्ताले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टममा विन्डोज १० अपडेट गर्नुपर्ने भएको छ । माइक्रोसफ्टले केही समय अघिदेखि प्रयोगकर्तालाई भाइरस तथा अन्य जोखिमबाट बच्नका लागि आफ्नो कम्प्युटरमा विन्डोज १० अपग्रेड गर्नका लागि आग्रहसमेत गरेको थियो ।
माइक्रोसफ्टको अनुसार विन्डोज–७ को सफ्टवेयर प्रयोग गर्ने प्रयोगकर्ताको कम्प्युटरमा त्यो सफ्टवेयरले काम नै नगर्ने भन्ने होइन तर, ती कम्प्युटरहरू भाइरस र साइबर सेक्युरिटीको उच्च जोखिममा पर्नेछन् ।
हामीले प्रयोगकर्तालाई मध्यनजर गरेर नै विन्डोज १० लाई मुख्य प्रायोरिटीमा राखेका हौं । यसले प्रयोगकर्ताले अक्सर झेल्ने भाइरस र साइबर आक्रमणको समस्यालाई राहत प्रदान गर्ने काम गर्छ । | 2020/03/30 18:57:13 | https://saptahik.com.np/news/2020-01-21/20200121105812.html | mC4 |
८ भदौ,तुलसीपुर/ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले कानुन विपरित अघि बढ्ने जोसुकै माथि निर्मम प्रहार गर्ने बताउनुभएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी मल्लले तुलसीपुर क्षेत्रमा यस अघि भएका अपराधिक कृयाकलापको गरिहोगरी अध्यन गरिरहेको बताउँदै उहाँले दोषीलाई नछोड्ने बताउनुभयो ।आफु कति दिन बस्ने भन्दा पनि बस्दासम्म के गर्ने भन्ने कुरामा दृढ रहेको बताउँदै कानुन विपरितका कुराहरुमा कुनै सम्झौता नगर्ने बताउनुभयो । ‘तपाँईको सूचना तपाईको सुरक्षा, मेरो रणनीति हो । तपाईहरुलाई कसैले चन्दा मागेको छ । कसैले धम्कि दिएको छ भने भन्नुस । तपाँइले नभन्दासम्म मलाई थाहा हुँदैन । म बाट पनि व्यवसायीलाई दुःख दिने काम हुँदैन, गलत गर्छु भने प्रश्न उठाउनुस ।’ डिएसी मल्लले भन्नुभयो ।तुलसीपुरका १८ स्थानमा रहेका सिसी टिभी मध्य प्रयोगमा रहेका १६ वटा सिसी क्यामरा पनि काम चलाउ खालको रहेको उहाँले बताउनुभयो ।चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा ग्यास व्यवसायी महासंघका केन्द्रिय महासचिव लालबहादुर केसी, चेम्बरका महासचिव प्रेम प्रकाश गिरी, सचिव ऋषीराज भण्डारी लगाएतले विगतमा चन्दा आतंक, लुटपाट, अपहरण, हत्या जस्ता जघन्य खालका घटना भएकाले यस तर्फ सजग हुन आग्रह गरेक थिए । | 2022-12-03T06:21:17Z | https://raptisanchar.com/2022/08/24/5525 | OSCAR-2301 |
प्रकाशित: बैशाख ३, २०७८ / 698 पटक पढिएको
विराटनगर: आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ ।
विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पंजाव फाइनलमा पुगेको हो । पंजावले जितसँगै छैठौं संस्करणको विराट गोल्डकपको उपाधिको लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । खेलको ७ औं मिनेटमा संकटाका तिर्थ बस्नेतलले बललाई एक्दै अगाडी बढाएर पेलान्टी एरिया नजिकदेखि गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । खेलको १० औं मिनेटमा पंजावका हरेसदेव सिंहले बल टच नगरि प्रहार गर्दा गोल पोस माथिबाट बाहिरयो ।
२०७० को विराट गोल्कडपको बिजेता संकटाले यसपटक पनि उपाधि दाबेदारी पेश गर्ने टोलीमध्ये एक थियो । तर पंजाव उसको सपनाको बाधक बन्यो । सुरुदेखि नै दुवै टिम आक्रम देखि पनि रक्षापंत्तिको कमजोरीमा संकटा पछि प¥यो । खेलको १५ औं मिनेटमा गणेश हमालले निकालिएको पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रदेखि गरेको हेड पंजावका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । १७ औं मिनेटमा फेरी संकटाका तिर्थ बस्नेतले ३० यार्डदेखि गरेको प्रहार बाहिरयो ।
खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबावा थापाले उत्कृष्ट बचाउँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफममा संकटाका खेलाडीले आधा दर्जन उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसक्दा सेमिफाइनलदेखि बाहिरनुप¥यो ।
यसअघि संकटाले आरा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४–२ गोलले हराउँदै उपाधि जितेको थियो । यो सँगै संकटाले दोस्रो पटक विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । दोस्रोे हाफपछि संकटाले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा सेमिफाइनलदेखि बाहिर बाध्य भयो । खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । | 2021/09/22 14:30:30 | https://www.clickdharan.com/news/2021/04/16/4493.html | mC4 |
एजेन्सी । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले कुवेतविरुद्ध जित हात पार्नुपर्ने दबाब छ ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । तर, नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउदै विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राखेको छ । | 2022-11-29T01:17:56Z | https://globenepal.com/2021/11/5089 | OSCAR-2301 |
आज जेठ १ गते बिहीवार राशिअनुसार प्रत्यकको भाग्यफल हेर्नुहोस ! – सुदूर दर्पण
आज जेठ १ गते बिहीवार राशिअनुसार प्रत्यकको भाग्यफल हेर्नुहोस !
वि.सं. २०७७ जेठ १। बिहीवार। इ.स. २०२० मे १४। ने.सं. ११४० बछलागा। ज्येष्ठ कृष्णपक्ष। सप्तमी, १०ः०९ उप्रान्त अष्टमी।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
सानातिना काम र घरेलु समस्यामा अलमलिनुपर्ने देखिन्छ। काम बिग्रने भयले सताए पनि समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आराम तथा मनोरञ्जनको समय छ। प्रियजनसँग दिन रमाइलो गरी बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ र काममा केही उल्झन आउन सक्छ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। तर आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। | 2021/05/06 16:47:17 | https://sudurdarpan.com/%E0%A4%86%E0%A4%9C-%E0%A4%9C%E0%A5%87%E0%A4%A0-%E0%A5%A7-%E0%A4%97%E0%A4%A4%E0%A5%87-%E0%A4%AC%E0%A4%BF%E0%A4%B9%E0%A5%80%E0%A4%B5%E0%A4%BE%E0%A4%B0-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%85/ | mC4 |
जोरबौद्ध–नेले सडक जिर्ण (२५ फोटो र भिडियो) - News Of Himalaya, Proud Of Nepal
जोरबौद्ध–नेले सडक जिर्ण (२५ फोटो र भिडियो)
शिखर गजरकोटे २९ भाद्र २०७७, सोमबार ०७:२८
सोलुखुम्बु – सोलुखुम्बुको जोरबौद्ध–नेले सडक जिर्ण बनेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भुकम्पपछि २०७५ सालमा ब्याकटप गरेको सडक अहिले जोखिमयुक्त बनेको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा (जोरबौद्ध)देखि थुलुङ दुधकोशी गाउँपालिकाको देउसा (बोगल)सम्म करिव २२ किलोमिटर ग्रामिण सडक सोलिङका लागि २७ करोड र जोरबौद्ध देखि नेलेसम्मको ब्याकटपका लागि करिव ५ करोड रकम खर्चिएपनि निर्माण भएको ३ महिना देखि भत्किन, उप्किन र भासिन थालेको सडक अहिले जिर्ण बनेको हो ।
सेकारसिङमा सडक भासिएर सवारी गुडाउनै नहुने अवस्थामा पुगेको थियो । अस्थायी सहजताका लागि स्थानीय कालिका देवी यूवा क्लबको श्रमदानमा ढुंगा र माटो भरेर सवारी संचालनको वातावरण बनाएको क्लबका अध्यक्ष तेन्जी शेर्पाले बताए । अर्का स्थानीय इन्द्र बहादुर खत्रीले जमिन भासिने क्रम बर्षेनी बढेपछि त्यसक्षेत्रका नागरिकमा त्रास बढाएको छ । उनले भने, 'थुलुङ दुधकोशी हुदै सोताङ र महाकुलुङ क्षेत्र पुग्ने सडकको यो हविगत हुदा सवारी चालकलाई पनि निकै सास्ती हुने गरेको छ । बेलाबेलामा सडक नै अबरुद्ध हुने गर्छ ।' | 2020/09/21 12:46:27 | https://www.sumerunews.com/3817/14/07/2020/09/ | mC4 |
रुँदा-रुँदै उनको मुखबाट निस्कियो, 'टाइम बम फिट गरेर प्रधानमन्त्रीको गाडी उडाइदिन्छु' | Hakahaki
रुँदा-रुँदै उनको मुखबाट निस्कियो, 'टाइम बम फिट गरेर प्रधानमन्त्रीको गाडी उडाइदिन्छु'
४ असोज, काठमाडौं । प्रधानमन्त्री कार्यालयको मुख्य ढोकामा एकजना पातलो ज्यान भएका युवा प्रहरीसँग वादविवाद गर्दै थिए । उनी कार्यालयभित्र जान चाहन्थे तर, जति आग्रह गरेपनि सुरक्षाका लागि खटिएका प्रहरी भन्दै थिए 'अनुमति छैन भित्र जान मिल्दैन, उता जानुस् ।' पटक पटक हात जोडेर गरेको उनको आग्रहले प्रहरी हैरान भइसकेका थिए । प्रधानमन्त्रीकै पार्टीको कार्यकर्ता भएकाले प्रहरीले बल प्रयोग गर्ने आँट पनि गरिरहेको थिएन ।
धेरै बेरसम्म पनि प्रहरीले भित्र जान नदिएपछि उनी रुन थाले । रुँदा-रुँदै आक्रोशित भएका उनको मुखबाट निस्कियो 'टाइम बम फिट गरेर प्रधानमन्त्रीको गाडी उडाइदिन्छु ।' प्रधानमन्त्री कार्यालयको मुख्य ढोकामै डाँको छाडेर युवा रोइरहेको देखेपछि त्यसबारे बुझ्ने चासो बढ्यो ।
उनी रहेछन तत्कालिन नेकपा माओवादीको जनमुक्ति सेनाको कम्पनी सह-कमाण्डर, हरि रोकाय । रुँदै आफ्नो बेदनाका पोका खोल्दै गए । आफूसँग रहेको डायरी खोलेर देखाउन थाले । उनको डायरीमा टाइम बम बनाउने तरिका तस्बिरसहित उल्लेख थियो । उनको झोलामा जग्गाधनी प्रमाणपूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र, सशस्त्र द्वन्द्वका बेला दिइएका परिचय पत्र र द्वन्द्वको बेलाका नोटहरु थिए ।
उनको डायरीमा १६ ठाउँँमा युद्ध लडेको अनुभव सँगालिएको छ । २०६० सालमा बाँकेको कुसुम र म्याग्दीको बेनीबजार, २०६१ साल भदौ ५ गते जुम्लाको मिनी रोड, २०६१ चैतमा रुकुमको खारा, २०६१ कै मंसिरमा बाँकेको मुगुवा खोला र बाँकेको खरीखोला, २०६२ मा कैलालीको शंखरपुर, स्याङजाको मनकामना, स्याङजाकै वालिङ, नवलपरासीको रमुवापुर, पाल्पाको हातिगौडा, बर्दियाको रम्बापुर, पाल्पाको तानसेन, कपिलबस्तुको तौलिहवा र सुर्खेतको भेरीपूल र २०६२ कै साउन २३ गते कालिकोटको पिली भिडन्तमा संलग्न भएको रोकायको डायरीमा उल्लेख छ । उनले कापीमा भिडन्तको मोर्चा सम्हालेका ठाउँ लेखेका छन् भने दायाँपट्टि सफल असफल के भएको भनेर चिनो लगाइएको छ ।
डायरीका पानामा उनले विगतमा पार्टीमा पुर्याएको योगदान, आफूले पाएको जिम्मेवारी र सम्हालेको भूमिका पनि टिपेका छन् । प्रधानमन्त्रीको कार्यालयमा छिर्न डाँको छोड्दै रोइरहेका हरि उज्यालो अनलाइनलाई आफ्ना बेदना सुनाउँदै गर्दा बिस्तारै सुक्सुकाउन थालिसकेका थिए । केही आक्रोशित बन्दै उनले थपे 'शरीरैभरि बमका छर्रा छन्, परिवार लथालिङ्ग भएको छ, म गाउँमा बस्न सक्ने अवस्था छैन, म घरि भारत जान्छु त घरि देशभित्रै ज्यामी मजदुरी गरेर खाँदै आएको छु ।'
उनले युद्ध लड्दा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिका सुप्रिम कमाण्डर थियो । त्यसैले आफ्ना सुप्रिम कमाण्डर प्रधानमन्त्री भएको बेला रोकाय आफ्ना बेदना पोख्न सिंहदरबार छिरेका थिए । 'म आफ्ना तत्कालिन सुप्रिम कमाण्डरलाई भेट्न जान चाहन्छु तर पुलिसले जान दिँदैन ? म यो बेदनाको पोको मेरा कमाण्डरसामु पोख्न चाहन्छु' यति भनिसक्दा उनी फेरि डाँको छोडेर रुन थाले ।
रोकायले आफ्नो दुखेसो पार्टीका विभिन्न तहका नेतालाई भेटेर सुनाए पनि सबैले काम हुन्छ-हुन्छ भन्ने मुण्टो मात्र हल्लाएको तर काम भने कसैले नगरेको गुनासो पोखे । साभार : सुनौलो नेपाल डटकमबाट । | 2021/04/17 19:47:29 | http://www.hakahaki.com/2016/09/20/%E0%A4%B0%E0%A5%81%E0%A4%81%E0%A4%A6%E0%A4%BE-%E0%A4%B0%E0%A5%81%E0%A4%81%E0%A4%A6%E0%A5%88-%E0%A4%89%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%A8.html | mC4 |
बिहेको तयारीमा रहेकी युवती मृत फेला ~ YFT Techs
YFT News बिहेको तयारीमा रहेकी युवती मृत फेला
बुटवल– रुपन्देहीको गौडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी छन् । गैडहवा गाउँपालिका वडानम्बर १ साँडिकाकी १९ बर्षीय सवनाम निशा मृत फेला परेकी हुन् । बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन् । बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको थियो । स्थानीयवासीले उनको हत्या भएको हुनसक्ने आंशका गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एसपी हृदय थापाले मुख सुनिएको अवस्था भेटिएको रातोपाटीलाई बताए । 'घटना केही शंस्कास्पद छ, मुख निकै फुलिएको छ, हामीले ग | 2019/07/19 01:58:34 | https://www.yfttechs.ooo/2019/05/blog-post_4782.html | mC4 |
समाचार | गृहपृष्ठ | Page 4
काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को न्यूनतम सीमा पाँच करोड रुपैयाँ (५० लाख डलर) तोकेको छ । म...
काठमाडौं । सरकारले मेलम्ची खानेपानीको बाँकी काम अगाडि बढाउने निर्णय गरेको छ । गत सोमवारको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं । होटल संघ नेपाल (हान) ले आगामी आर्थिक वर्ष २०७६/७७ मा होटल क्षेत्रको सुधार तथा प्रवर्द्धनका लागि १४...
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन ३ वर्षभित्र सम्पन्न...
on: ७ जेष्ठ २०७६, मंगलवार १७:१६ समाचार
जेठ ७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट रू. ९ अर्ब ९ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ । कूल २३९ डेडिकेटेड र ६... बिस्तृतमा
on: ७ जेष्ठ २०७६, मंगलवार १७:१० मुख्य खबर, समाचार
on: ७ जेष्ठ २०७६, मंगलवार १३:२५ समाचार
जेठ ७, काठमाडौं । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको... बिस्तृतमा
अपडेट : रहस्यमय आरुबोटे नरसंहार, कुकुरसहितको प्रहरी टोली परिचालन
on: ७ जेष्ठ २०७६, मंगलवार १३:०० समाचार
जेठ ७, काठमाडौं (अस) । पाचँथर जिल्लाको मिक्लाजुङ गाउँपालिका– ३, आरुबोटेमा गएराति भएको सामुहिक नरसंहारको थप अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । मध्यरातको सम... बिस्तृतमा
on: ७ जेष्ठ २०७६, मंगलवार १२:३३ समाचार
काठमाडौं उपत्यकामा ९ लाख २१ हजार ९१७ मोटरसाइकल तथा स्कुटर सञ्चालनमा जेठ ७, काठमाडौं । नगर प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने ९ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई... बिस्तृतमा | 2019/05/24 01:34:21 | http://www.abhiyan.com.np/?cat=25&paged=4 | mC4 |
Aagan Fm मेची नदीमाथि पक्की पुल निर्माणको काम सुरु ।
झापा , असोज २१ ।पूर्वीनाका काँकडभिट्टास्थित मेची नदीमाथि पक्की पुल निर्माणको काम सुरु भएको छ । भारततर्फको काम धमाधम अगाडि बढे पनि नेपालतर्फ भने मुआब्जा विवादका कारण काम अगाडि बढ्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्झौता भएको १ वर्षपछि भारतले काँकडभिट्टास्थित मेचीनदीमाथि पक्की पुल निर्माणको काम सुरु गरेको छ ।
एसियाली विकास बैङ्कको लगानीमा झापाको काँकडभिट्टा र भारतको पानीट्याङ्की नाका जोड्ने गरी पुल निर्माण हुँदैछ ।तर नेपालतर्फ पुलको पिल्लर गाड्ने र सडक फराकिलो बनाउनका लागि वस्ती सार्ने विषयको विवाद नमिल्दा काम प्रभावित बनिरहेको छ ।पुल निर्माणस्थलका ४४ घरपरिवारको पुनस्र्थापना र मुआब्जाको काम नटुङ्गिदा यस्तो समस्या आएको हो ।
मुआब्जासहित उचित स्थानमा पुनस्र्थापना नभएसम्म काम हुन नदिने स्थानीयको अडान छ । पुल निर्माण कार्य अवरुद्ध भएपछि मेचीनगर नगरपालिकाले प्रधानमन्त्रीलाई भेटेर मुआब्जा रकम उपलब्ध गराउन आग्रह गरेको थियो । तर मन्त्रालयको ढिलाइका कारण काम अघि बढ्न नसकेको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य बताउँछन् ।
अधिग्रहणमा पर्ने घर र जग्गाधनीलाई उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाका लागि पहल भइरहेको आचार्यको भनाइ छ । यता, पहिले थाहा भएकामध्ये चार परिवारको मात्र धनीपुर्जा भएकाले उनीहरूलाई जग्गा प्राप्ति ऐन अन्तर्गत सरकारले मुआब्जा दिइन मिल्ने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेल बताउँछन् ।
पुल निर्माणका लागि भारतले १ अर्ब ५९ करोड भारतीय रुपैयाँ एसियाली विकास बैङ्कबाट सहयोग लिएको छ । १५ सय मिटर लम्बाई रहेको पुलसँगै ८ सय २५ मिटरको ६ लेनको अप्रोच रोड पनि बनाउने योजना त्यसमा समेटिएको छ । मुआब्जा विवादलाई छिट्टै सल्टाएर पुल निर्माणको गतिरोध अन्य गर्नुपर्छ । | 2019/02/17 12:31:56 | http://aaganfm.com.np/news-details/3237/2018-10-07 | mC4 |
» माओवादीविना ओलीले यसरी पुर्याउन सक्छन् १३८ सिटको बहुमत, यस्तो छ संसद्को अंकगणित
२७ बैसाख २०७८
माओवादीविना ओलीले यसरी पुर्याउन सक्छन् १३८ सिटको बहुमत, यस्तो छ संसद्को अंकगणित
२० बैशाख २०७८, सोमबार ०७:०९
आइतबार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै उनी पुनः मुख्यमन्त्रीमा नियुक्ति भएकै दिन केन्द्रमा पनि प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने घोषणा गरेका छन् । आफूसँग असन्तुष्ट रहे पनि माओवादीले समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री ओली आफैं एक कदम अगाडि सरेर विश्वासको मत लिने निर्णयमा पुगेका हुन् । यसको जानकारी ओलीले आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा गराइसकेका छन् ।
२७ वैशाखमा संसदको अधिवेशन बोलाउने र विश्वासको मत लिने प्रक्रिया अघि बढाउनेबारे ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगसमेत आइतबार नै छलफल गरे । संसदमा बहुमत पुर् याउन प्रधानमन्त्रीलाई १३८ सांसदको आवश्यकता पर्छ ।
प्रधानमन्त्री ओलीले माओवादीले समर्थन नगरे पनि जसपालाई मनाएर आफूले संसदमा विश्वासको मत लिने प्रयासस्वरुप विश्वासको मत लिने भएका हुन् । संसदमा एमाले एक्लैको १२१ सिट छ । यस्तोमा बहुमत अर्थात् १३८ सिटको संख्या पुर्याउन उनी मात्रै १७ भोटले पछाडि छन् ।
पार्टीभित्रकै माधव नेपाल पक्ष असन्तुष्ट भएर भोट नहाले एउटा पाटो हो अन्यथा उनले १७ भोट थप जुटाउन सक्दा बहुमत प्राप्त गर्नेछन् ।
यस्तोमा ६३ सिट ९२ सांसद निलम्बन० भएको कांग्रेस र ४९ सांसद रहेको माओवादीको समर्थन ओलीलाई हुने देखिंदैन । यस्तोमा प्रधानमन्त्रीको आशा ३४ सिट९ २ सांसद निलम्बनपछि ३२ सिट रहेको जसपामाथि छ । जसपामा अन्तरविरोध तीव्र भइरहेका बेला मुद्दा फिर्तासहितका प्रक्रिया अघि बढाएर प्रधानमन्त्रीले आफूले समर्थन जिति छोड्ने दाबी गर्दै आएका छन् ।
तर, ३२ सिट भएको जसपाको एकल भोट पाउन प्रधानमन्त्रीलाई सहज भने छैन । जसपाको डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कुनै हालतमा प्रधानमन्त्रीको पक्षमा नउभिने तयारीमा छन् । ३२ मध्ये उनीहरुले गत शुक्रबार राति मात्रै १८ जनाको हस्ताक्षर ओलीविरुद्ध जुटाएको सार्वजनिक गरेका थिए ।
महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा उभिए आफूहरुले विपक्षमा भोट उनीहरुले चुनौती दिंदै आएका छन् ।
तर, प्रधानमन्त्रीले मधेसकेन्द्रित दलहरुको विश्वास जित्न एक सयभन्दा बढीको मुद्दा फिर्ताको प्रक्रिया अघि बढाइसकेका छन् । यसले आफूहरुलाई ओलीतिर जान सकारात्मक वातावरण सिर्जना गरेको ठाकुर र महतोसहितका नेताहरुले प्रतिक्रिया दिएका छन् ।
जसपा पार्टीको संसदमा ३२ सिट छ । पूरै जसपाले ३२ सिटसहित साथ दिए ओलीले १५३ मत पुर्याउन सक्छन् । यस्तोमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदका एक एक गरी तीन सिट बढाउन सके १५६ सिट पुग्ने देखिन्छ । तर, सहजै ओलीले यति मत पुर्याउन भने निक्कै कसरत र विश्वास जित्नुपर्ने हुन्छ । पूर्व राजपामा रहेर अध्यक्ष मण्डलमा रहेका नेता महेन्द्रराय यादवले यसपटक महन्थहरुलाई छोडेर बाबुराम उपेन्द्र यादवलाई रोजेका छन् । यस्तोमा पूरै जसपा एकै ठाउँमा उभिनेमा आशंका बढेर गएको छ ।
जसपा हुनु अघि पूर्व राजपा र समाजवादीका समान १७÷१७ सांसद थिए । दुवै तर्फका एक एक निलम्बनपछि १६÷१६ सांसद छन् । बहुमत पुर्याउन जसपालाई विभाजित गरेर भए पनि बहुमत पुर्याउने रणनीतिमा ओली रहेको बुझिन्छ । जसपा विभाजित भए ओलीले आफ्नो दलको १२१ मा १७ सिट थप जुटाउनुपर्ने हुन्छ । यस्तोमा जसपाको आधा हिस्सा र अन्य जनमोर्चा, नेमकिपा र स्वतन्त्रको मत जुटाउन सक्दा बहुमत जुटाउन सक्छन् ।
तर, ओलीको विकल्पमा ६१ सिट भएको कांग्रेस, ४९ सिट भएको माओवादीलाई जसपाको ३२ सिट नै बहुमतका लागि आवश्यक पर्छ । यी दलको पूरै मत जोड्दा बल्ल १४२ मत पुग्छ । तर, अहिलेसम्मको अवस्था हेर्दा सिंगो जसपा कांग्रेस र माओवादीको पक्षका उभिने सम्भावना निक्कै कम छ ।
प्रधानमन्त्रीविरुद्ध कांग्रेस र माओवादी अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा लामो समयदेखि छन् । तर, उनीहरुलाई जसपाले साथ नदिए बहुमत पुग्ने अवस्था कहिल्यै बनेन । यसैले ओली सरकारप्रति असन्तुष्ट भए पनि उनीहरुले अविश्वासको प्रस्ताव अघि बढाउन नसकेका हुन् । आफूले बहुमत गुमाउनु परे अर्को पक्षलाई बहुमत पुर्याउनै नदिने नीतिसमेत प्रधानमन्त्रीले लामो समय लिंदै आएका छन् । संसद विघटन गरी चुनाव रोजेका प्रधानमन्त्रीले फेरि पनि बहुमत नजुटे चुनावतिरै देशलाई अघि बढाउन विकल्पसहित अघि बढ्दा असन्तुष्ट माओवादीले बहुमत नपुग्ने डरले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन । तर, ओली भने सके आफैंले बहुमत पुर्याउन नभए अर्को पक्षलाई आफूविरुद बहुमत पुर्याउन कुनै हालतमा नदिने दाउमा रहँदै आएका छन् । विश्वासको मत नै लिने भए पछि अब भने कुनै दल एकातिर बहुमतले निर्णय गर्नुपर्ने अवस्था आएको छ ।
यस्तोमा जसपा भने सरकारलाई टिकाउन पनि र अर्को सरकार गठनमा पनि निर्णायक देखिएको छ । यसैले उनीहरुले यतिखेर बार्गेनिङ निक्कै बढाएका छन् । तर, जसपा चरम विवादमा छ । यस्तोमा विश्वासको मत लिंदा एकैठाउँमा भोट हाल्न नसके जसपा फुट्नेछ ।
के गर्लान् माधव नेपाल पक्ष
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँगको विवाद उत्कर्षमा पुगेपछि माधव नेपाल पक्षले कर्णाली प्रदेशमा भोट नै क्रस गरेको थियो । अब विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री अघि बढेपछि माधव नेपालका दुई दर्जन बढी सांसदले के गर्छन् भन्ने प्रश्न पनि खडा भएको छ । विश्वासको मत लिने भनेर प्रक्रिया अघि बढाएर ओलीले यसपटक फेरि माधव नेपाल पक्षमाथि नैतिक दबाब भने अघि बढाएका छन् । कर्णालीमा जस्तै भोट क्रस गरेर ओलीविरुद्ध भोट हाले परिस्थिति अर्कैतिर मोडिनेछ । यस अघि नै ओलीले माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने चेतावनी दिएपछि उनीहरु सर्वोच्च अदालतसम्म पुगेका थिए । नेपालवाचबाट | 2021/05/10 21:48:06 | https://www.janapatra.com/archives/56979 | mC4 |
मुम्बई : बलिउडकी ‘हट’ नायिका विपाशा वसुले सिंगुलारिटीमार्फत झन् बबाल मच्चाउने भएकी छन् । बन्दै गरेको सिंगुलारिटीमा उनी केही ‘फरक’ भूमिकामा देखिँदै छिन् । अंग्रेज र मराठीबीचको युद्धको कथालाई लिएर बनाइन थालेको सिंगुलारिटीमा विपाशा मराठा योद्धा तलुजा नायकको भूमिकामा देखिने भएकी हुन् । उनीसँगै अभय देवोल र जोश हार्टनेट पनि चलचित्रमा छन् ।
जुनदेखि सुरु हुने १३औँ इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी पुरस्कार समारोहमा सहभागी भएर उनी सिंगुलारिटीको अन्तिम सुटिङका लागि लन्डन जाने भएकी छन् । फिल्म आउँदो हिउँदेयामदेखि मात्रै प्रदर्शन हुने बताइएको छ । ‘बंगाली बेब’ भनेर चिनिने विपाशाले अहिलेसम्म ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । (एजेन्सी) | 2022-12-09T06:48:05Z | https://www.souryaonline.com/2012/05/16988.html | OSCAR-2301 |
Myagdi News - बर्दियामा बाढीको वितण्डा : २ सय ७५ घर डुबानमा - Myagdi News
बर्दियामा बाढीको वितण्डा : २ सय ७५ घर डुबानमा
बर्दिया । सोमबार देखि परेको अविरल बर्षाका कारण बर्दियामा २ सय ७५ घर डुवानमा परेका छन। जिल्लाको राजापुर, गेरुवा र ठाकुरवावा नगरपालिका अन्तगर्तका विभिन्न नदी तथा खोला नालाहरु भरीएर बस्ती डुवानमा परेका हुन । बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लाका विभिन्न स्थानमा गरी २ सय ७५ घर डुवानमा परेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । बाढीवाट कुनै त्यस्ता मानवीय क्षती नभएपनि जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा सारीसकीएको उनको भनाई छ ।
लगातारको बर्षाका कारण बुधबार विहान कर्णाली नदीले खतरा तह पार गरेको थियो । खतरा तह पार गरेसंगै जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीय वासीन्दालाई सावधानी अपनाउन अपिल गरेको छ । अहिले कर्णाली नदीमा पानीको सतह घटेर सामान्य भएपनि पानी घटबढ हुनसक्ने र स्थानीय खोला नालाको पानी भरीएर बाढी आउनसक्ने भएको हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।satyapatrika | 2020/09/23 22:31:57 | https://myagdinews.com/2020/07/%E0%A4%AC%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%AC%E0%A4%BE%E0%A4%A2%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%BE/ | mC4 |
खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने - Khabar Break | Khabar Break
सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिए । ती मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ । सचिव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन मुलुकमा अन्तर्राष्ट्रिय उडान सङ्ख्या थपिएको र अहिले भइरहेका गन्तव्यमा नियमित उडान जारी रहने पोष्ट ग रेका छन् ।
उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ । थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडान भर्नेछन् । कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ । रासस | 2020/10/20 21:06:42 | https://www.khabarbreak.com/2020/09/22/%E0%A4%96%E0%A4%BE%E0%A4%A1%E0%A5%80-%E0%A4%AE%E0%A5%81%E0%A4%B2%E0%A5%81%E0%A4%95%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AA%E0%A4%A8%E0%A4%BF-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%AE%E0%A4%BF%E0%A4%A4/ | mC4 |
सिन्धुलीमै पि सिआर परिक्षणको प्रयोगशाला स्थापनाको तयारी
कमलामाई खबर सम्वाददाता प्रकाशित: २०७७-२-१६ गते ३४० पटक हेरिएको
कोरोना भा ईरसको त्रा स बढी रहेको बेला सिन्धुली जिल्लामा नै पि सिआर परिक्षणका लागि कोभिड –१९ प्रयोगशाला स्थापनाका लागि तयारी सुरु गरिएको छ ।कोभिड –१९ को सं क्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले गर्नको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठिन क्रा ईसिस व्यवस्थापन केन्द्रको बिहिबारको बैठकले यस्तो तयारी सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षमा बसेको उक्त बैठकले जिल्लामा नै पि सिआर जाँचको लागि आवश्यक उपकरण सहितको प्रयोगशाला स्थापनाका लागि सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश होटौडालाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले शिवनगरमा ट्राफिक प्रहरी पोष्ट नजिकै रहेको जिल्ला भूसंरक्षण भवनलाई को भिड–१९ प्रयोगशालाको रुपमा परिणत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि जिल्लामा उक्त प्रयोगशालाको अभावमा हेटौडा र काठमाण्डौ पठाई ९५ जनाको पिसिआर जाँच गरेकोमा सबैको नतिजा निगेटिभ आएको छ ।
छिमेकी जिल्लाहरुमा कोरोना भाईरसको सं क्रमण उच्च दरमा बढी रहेको र सिन्धुली जिल्लामा पनि भारतबाट मानिस आउने क्रम बढ्दै गएकोले जिल्लामा नै पिसिआर परिक्षणको सुविधा हुनु अतिआवश्यक महसुस गरी उक्त माग गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै पछिल्लो समयमा भारतबाट मानिस फर्किने क्रम बढेकोले बैठकले नगरपालिकाको हकमा कम्तिमा पाँच सय र गाँउपालिकाको हकमा कम्तिमा दुई सय बेडको न्युनतम सुविधा सहितको क्वारेन्टीन बेड र आईसोलेन्स बेडको हकमा सदरमुकाममा न्युनतम ५० बेड संख्या थप गर्न सम्बन्धित सबै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको पनि उहाँले सुनाउनुभयो ।
हाल जिल्लामा आईसोलेन्स बेडको सङख्या ३३ र क्वा रेन्टीन बेडको संख्या २५९ रहेको छ ।त्यस्तै जिल्लामा पिपिई सेट, आरडिटी किट र भिटिएम किट सकिएकाले पाँच सय थान पिपिई सेट, दुई हजार थान आरडिटी किट र एक हजार थान भिटिएम किट उपलब्ध गराई दिन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको सुचना अधिकारी न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा पिसिआर ल्याब स्थापना नभएसम्म स्वाब परिक्षणका लागि हेटौडा वा काठमाण्डौ लैजानु पर्ने भएकोले यसको ढूवानी सम्बन्धि व्यवस्था सम्बन्धित स्थानीय तहबाट मिलाउने निर्णय बैठकले गरेको छ ।
देशका विभिन्न सिमा नाकामा आईपुगेको सिन्धुली जिल्लाबासीहरुलाई उनीहरुको बसोबास रहेको स्थानीय तहसम्म ल्याई पु¥याउन यातायातको व्यवस्था सम्बन्धित पालिकाले मिलाउने बैठकले निर्णय गरेको छ । साथै त्यसरी ल्याएका नागरिकलाई विश्व स्वास्थ्य सङगठनले तोके बमोजिम पालिकाले सिधै क्वारेन्टीनमा राखि नियमित स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउने निर्णय गरेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । | 2021/10/17 05:24:42 | https://kamalamaikhabar.com/news/472 | mC4 |
Prakash Khabar:: नागरिकको आवश्यकताको आधारमा काम गर्नेर्छौ Prakash Khabar
June 21, 2019 | 194 Views
डा. शान्तराज सुवेदी, अध्यक्ष, राष्ट्रिय समावेशी आयोग/
२०७२ मा जारी संबिधानमा नै राष्ट्रिय समावेशी आयोगको परिकल्पना गरिएको छ । सोहि परिकल्पना अनुसार आयोगको नेतृत्व गर्ने पहिलो अवसर नेपाल सरकारको अर्थ सचिब भएर अवकाश पाएका डा. शान्तराज सुवेदीले पाएका छन । शालीन, सबैसँग घुलमिल गर्नसक्ने र आफ्नो कामलाई जागिरे मानसिकताबाट होइन, कर्तव्य संझेर आफ्नो योग्यता क्षमता देखाइसकेका उनै सुवेदीसँग आयोगका काम, अधिकार क्षेत्र र समस्याहरुको बारेमा केन्द्रित रहेर प्रकाश साप्ताहिकका बोधराज पौडेल र रामहरि चौलागाईँले गरेको कुराकानीका सम्पादित अंश ।
राष्ट्रिय समावेशी आयोगले अहिले के, कस्ता कामहरु गरिरहेको छ ?
राष्ट्रिय समावेशी आयोग नेपालको संविधानले व्यवस्था गरेको नयाँ आयोग हो । नेपाल विविधता युक्त देश हो । यहाँको भुगोल, जाती, सामाजिक रुपमा विविधता भएपनि विविधता भित्र एकतामा कसरी बाध्ने र तिनलाई कसरी मूलधारमा ल्याउने र समावेशी प्रतिनिधित्व कसरी गराउने भन्ने उद्देश्यबाट नै समावेशीकरणको पार्दूभाव भएको हो । यसमा राजनीति, सामाजिक र प्रशासनिक समावेशीकरणलाई एकीकृत गरेर राज्यका सबै अंगमा समावेशीकरण गर्नुपर्ने हुन्छ ।
नेपालको संविधान २०७२ जारी हुनु भन्दा अगाडि नै यसलाई महत्व दिएको पाईन्छ । यसको मुख्य उद्देश्य भनेको राज्यको सेवा सुविधाबाट बञ्चित भएका, आर्थिक र सामाजिक रुपमा विपन्नतमा परेका र पिछडा वर्गको हक अधिकारको लागि राज्यको मूल प्रवाहका ल्याउनु रहेको छ । यसका नीतिगत ब्यवस्था र राज्यको मूल प्रवाहमा ल्याउन के कस्ता कुराको आवश्कता पर्छ, त्यसको सम्पूर्ण कार्य गर्नका लागि यो आयोगको गठन भएको हो । यो बाहेक अरु आयोग पनि छन् जस्तै मुस्लिम, जनजाती, मधेसी, कानुन जस्ता आयोगहरु पनि छन् । तिनीहरुको पनि आफ्नै क्षेत्र रहेको हुन्छ । यो आयोगको मूल उद्देश्य भनेको खस आर्य र पछाडि परेको क्षेत्रलाई सहयोग गर्दै पिछडावर्ग, दलित, सिमान्तकृत, महिला, मधेसी र फरक क्षमता भएकाहरुको हक अधिकारको सुनिश्चि गर्ने अधिकार राज्यले राष्ट्रिय समावेशी आयोगलाई दिएको छ । यही अधिकारलाई उपयोग गर्दै यो आयोगले काम गरिरहेको छ ।
यसको अलवा नीतिगत कार्यक्रमहरुको अनुगमन, मूल्याङ्कन गर्ने र उनीहरुको हक अधिकारको प्रवद्र्धन गर्ने जस्ता कामको जिम्मा यस आयोगको रहेको छ । यसको अलवा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिवद्धता गरेका सन्धी सम्झौताहरुको अवस्थाको बारेमा अध्ययन गर्ने । त्यहाँ गरिएका प्रतिवद्धता अनुसारको नियम कानुन बन्यो कि बनेन भनेर हेर्ने काम पनि यो आयोगको दायित्व भित्र पर्दछ ।
बोर्डले किन पुर्णता पाउन सकिरहेको छैन ?
हो, वोर्डले पूर्णता पाएको छैन । अहिले अध्यक्ष र एक जना सदस्यको मात्र नियुक्त भएको अवस्था छ । चैत्र ७ गते बाट मैले कार्यभार वहन गरेको हुँ । हामी नयाँ चरणमा छौ । यसवेला हामी आयोगको स्थापना, पूर्वाधार विकास, जनशक्ति ब्यवस्थापन र साधन स्रोतको व्यवस्थापनको काममा रहेका छौ । यसको व्यवस्थापनको क्रममा हामीले जे जस्तो अवस्थामा भौतिक संरचना पाएका छौ । त्यसमा नेपाल सरकारले जे जति कर्मचारीको व्यवस्थापन गरेको छ त्यसलाई परिचालन गरेर काम गरिरहेका छौ । यो तीन महिनाको अवधीमा खास गरेर सरोकारवालाहरुसँग बसेर उनीहरुका हक हितका विषयमा विचार मन्थन गरिरहेका छौ । अहिले नेपालमा सबै भन्दा बढी मात्रामा पिछडावर्गको हक अधिकारमा देखिएका समस्याहरुको पहिचानको काम गरिरहेका छौ । पिछडावर्गको एउटा ठूलो समुदाय हो, यो झण्डै १८ प्रतिशत रहेको छ । पिछडावर्गका लागि नेपाल सरकारले हालसम्म गरेका कामहरुका हामीले अध्ययन, अनुगमन र मूल्याङ्कन गरेर त्यसको समीक्षा गरिरहेका छौ ।
यसैगरी किसान र मजदुरका समस्याहरुको बारेमा पनि हामी काम गरिरहेका छौ । फरक क्षमता भएका सबै खस आर्यका महासंघहरुसँग र अन्य सरोकारवाला संघसंस्थाहरुसँग उनीहरुका समस्याका बारेमा छलफल गरिरहेका छौ । यस्ता समस्याहरुको सुझाव आर्थिक वर्ष २०७६÷०७७ को वजेट कार्यक्रम आउनु पूर्व यसको जानकारी हामीले नेपाल सरकारलाई गराईसकेका छौ । यस्ता कार्यक्रमहरु केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा गरेका छौ ।
आयोगले के कस्ता सुझावहरु सरकारलाई पेश गरेको छ ?
आयोगले सुझाव दिनु भन्दा पनि समस्या पहिचान गर्ने मुख्य जिम्मेवारी रहेको हुनाले हामी खस आर्यमा रहेका समस्या, उनीहरुको संस्कार, संस्कृति, सामाजिक परिवेश र थर सूचीकरणको पहिचान गर्ने जस्ता काम गरिरहेको अवस्था छ । खस आर्यसँग सम्वन्धीत संघसंस्थाहरुसँग पनि यस बारेमा छलफल गरेर जानकारी र सुचनाहरु लिने काम भइरहेको छ । खास गरेर फरकक्षमता भएका ब्यक्ति, किसान, मजदुर र पिछडावर्गको मूल समस्या भनेको राज्यको मूल प्रवाहमा आउन नसक्ने नै देखिएको छ । यी वर्गहरु राज्यले उपलब्ध गराउने सेवाबाट बञ्चित भएको अवस्था छ । संविधानमा लेखिएको समानुपातिक समावेशीता हामीलाई लागू होस् भन्ने उनीहरुको सुझाव रहेको छ ।
राज्यको कार्यपालिका, न्यायपालिका र ब्यस्थापिकामा हाम्र्रो समान प्रतिनिधित्व होस् भन्ने उनीहरुको गुनासो छ र यो जायज पनि हो । संविधानको सामाजिक न्यायको हकमा यो कुराको राज्यले सुनिश्तिच गर्ने प्रावधान रहेको छ । सामाजिक समावेशीता भनेको जनसंख्याको आधारमा निर्धारण हुन्छ । अर्को कुरा राज्यले उपलब्ध गराउने सेवा सुविधा हो । जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिको हकमा कानुनले तोके अनुसारको सुविधा दिनुपर्ने हुन्छ, तर सबै ठाउँमा यी सेवाहरुमा पहुँच पुग्न सकेको पाईदैन । अझैपनि कतिपय फरक क्षमता भएकाहरुको लागि वातावरण मैत्री संरचना र अन्य कार्यहरु हुन सकिरहेका छैनन् । तिनीहरुको ब्यवस्थापन गर्नुपर्ने विषयहरु थुप्रै रहेका छन् । हामी कहाँ यस्ता समस्याहरु धेरै आएका पनि छन् । ती समस्याहरुलाई सुझावको रुपमा हामीले नेपाल सरकारलाई पठाउने छौ ।
उनीहरुका समस्याहरु के–कस्ता रहेछन ?
किसानका समस्या धेरै देखिएका छन् । उनीहरुले समयमा मल, बीउ नपाउने, बजार सहज नहुने, आयातित उत्पादनले स्थानीय उत्पादनलाई विस्थापित ग¥र्र्यो । हाम्रो उत्पादनको लागत बढेको छ तर, आय भने कमजोर बन्दै गइरहेको छ । बिचौलीया नाफामा छन् । यसले गर्दा उपभोक्ता र किसान ठगिएका छन् । नेपाल सरकारलाई हाम्रो तर्फबाट च्यानल कम बनाउन सुझाव रहेको छ । अर्को, किसानलाई उत्पादनमा जोड, सवलिकरण र बाह्य सामग्रीमा रोक लगाउने छ । विचौलीयाको च्यानल निर्धारण गर्ने जस्ता सुझाव हामीले पेश गरेका छौ ।
स्थानीयतहले कृषि बजारको ब्यवस्थापन मिलाउन पनि हामीले सुझाव राखेका छौ । यसो गर्न सकियो भने कृषक र उपभोक्तालाई बढी फाईदा पुग्ने हाम्रो ठम्याइ रहेको छ । कृषकले पाउने अनुदान र अन्य सुविधाहरुलगायत सुझाव सिफरिस गरिएको छ । कर्णाली प्रदेशको समग्र विकासका लागि यो आर्थिक वर्षमा गर्न सकिने कार्यहरुको सूची तयार गरेर त्यसको कार्यान्वयनका लागि पठाइएको छ ।
यसको अलवा रोजगारी सृर्जना र जीवनस्तरका कार्यक्रमहरु रहेका छन् । आर्थिक, सामाजिक र भौतिकरुपमा पिछडिएको स्थानको पहिचान गर्दै त्यसको वर्गीकरण गरेर सिफारिस गर्ने हाम्रो योजना रहेको छ । विकास पूर्वाधारका कुरामा पनि हामीले सल्लाह र सुझावहरु आगामी दिनमा पेश गर्नेछौ । यति धेरै क्षेत्रमा आयोगले काम गर्नुपर्ने छ । धेरै समस्याहरु आएका छन् र तिनको विश्लेषण हामीले गरिरहेका छौ ।
अहिले हामीले आयोगलाई सक्षम बनाउने, जनशक्तिको ब्यवस्थापन गर्ने, आचार संहिता, आयोग सञ्चालन कार्यविधि, आधारभूत र अन्य कानुनहरुको निर्माण गर्ने जस्ता कामहरु पनि रहेका छन् । हामी यी कामहरुलाई तदारुकताका साथ अगाडि बढाइरहेका छौ । आगामी दिनमा यस्ता काम कारवाहीलाई अगाडि बढाउदै आयोग अगाडि बढ्नेछ ।
नेपालमा धेरै आयोगहरु बनेका छन् तर तिनीहरुको काम त्यति प्रभावकारी भएको पाइएको छैन् । यो आयोगबाट जनताले गरेको अपेक्षा पूरा हुनेमा र सुझाव कार्यान्वयन हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हो, नेपालमा धेरै प्रकारका आयोगहरु बनेका छन् । आयोगहरु अस्थायी र तर्दथ प्रकृतिका हुँदा यी समस्याहरु आएका हुन । अगाडि आएका आयोगहरु निश्चित समय र कामका लागि बनाइएका थिए भने यो आयोग भनेको संविधान त गठन गरिएको आयोग भएको हुनाले यसमा अरु आयोगमा जस्तो समस्या हुँदैन । यस आयोगले गरेका कामको मासिक प्रतिवेदन राष्ट्रपति समक्ष जान्छ । त्यहाँबाट त्यो संसदीय समितिमासमेत गएर छलफल हुने भएकोले हामीले गरेको मूल्याङ्कनसहितको प्रतिवेदनको कार्यान्वयन हुन्छ भन्ने कुरामा म विश्वस्त छु । प्रतिवेन माथि छलफल हुँदा कुन बुँदा कार्यान्वयन भयो कुन भएन जानकारी हुन्छ । कार्यान्वयन नभएका सुझावहरु किन कार्यान्वयन भएनन् भनेर त्यसको पनि कारण देखाइएको हुनाले यो प्रभावकारी हुन्छ । सुझावहरु कार्यान्वयन हुन्छन् यो मैले आफैले गरेको अनुभव पनि हो ।
त्यसका लागि सुझाव पनि प्रभावकारी र जनहितकारी हुनुपर्छ भन्ने मेरो मान्यता रहेको हुनाले हाम्रा सुझाव कार्यान्वयन हुन्छन् । अहिले गठन भएका आयोगलाई संविधानले दश वर्षको अधिकार प्रत्यायोजन गरेको छ । दश वर्ष पछि यिनीहरुको औचित्यता र प्रभावकारीताको आधारमा मूल्याङ्कन गरेर कार्यक्षेत्र बढाउने वा कम गर्ने बारेमा सरकारले निर्णय गर्नसक्ने छ । आयोगले जहिले पनि जनताका हक अधिकार प्राप्त गर्नका लागि सरकारलाई सुझाव दिने हो ।
यति धेरै अधिकार क्षेत्र यो आयोगसँग छ, केन्द्रबाट मात्रै यति धेरै काम गर्न कत्तिको सहजता होला ?
हामीले आवश्कताको आधारमा आयोगका कार्यालयहरु प्रदेशसम्म खोल्न सक्ने अधिकार कानुनमा रहेको छ । अहिले आयोग स्थापनाको चरणमा रहेको र बोर्डलेसमेत पूर्णता नपाएको अवस्था छ । आयोगले पूर्णता पाएर स्थापित भएसकेपछि यसले लक्षितवर्गहरुसँग काम गर्न थालेपछि कार्यालयहरुको विस्तार गर्दै प्रभावकारीतामा जोड दिनेछ । काम सम्पादन र कार्य बोझ बढ्दै जादाको अवस्थामा हामीले प्रदेशबाटसमेत सेवा प्रवाह गर्नेछौ । अहिले हामी सुरुवाती चरणमा भएको हुनाले र कानुन लगायतका काम गर्दै गरेको हुनाले हामी केन्द्रमामात्र कार्यरत जस्तो देखिए पनि हामी सम्पूर्ण नागरिकको आवश्यकताको आधारमा काम गर्नेछौ ।
यो आयोगकाले के–कस्ता समस्याहरु भोगिरहेको छ त ?
पूर्वाधार र जनशक्ति भनेको क्षणिक समस्याहरु हुन । यी केही समयभित्रैमा पुरा हुन्छन् । धेरै आयोगको कार्यक्षेत्र र अधिकार बाझिने भएको हुनाले कुन आयोगले के काम गर्ने भनेर हामीले आगामी दिनमा समन्वयनकारी भूमिका निर्वाह गर्नुपर्ने मुख्य सम्स्याहरु यो आयोगका रहेका छन । आगामी दिनमा बिज्ञ, साधन स्रोत, अनुगमन, मूल्याङ्कन, अधिकार क्षेत्र जस्ता विषयमा समस्या हुनसक्छ । यसका लागि समन्वयन, नीतिगत कानुन र दाहोरो अधिकारका कुराहरु समस्याको रुपमा आउन सक्ने दखिन्छ । भौतिक र जनशक्तिका कुराहरु त व्यवस्थापकीय कुरा भएको हुनाले त्यसलाई समस्याको रुपमा लिनु हुँदैन । यी समाधान भएर जाने बिषय हुन । आयोगको कार्यक्षेत्र व्यापक भएकोले आगामी दिनमा यसले गर्नुपर्ने कार्यहरु पनि निकै धेरै छन । सकेसम्म सम्स्याको पहिचान गरेर हल हुनसक्ने सुझाव राष्ट्रप्रमुखसंग प्रस्तुत गर्नेछौं । आयोगको ध्यान सबै बर्गले समान अधिकार पाओस भन्ने नै हो । | 2020/01/26 00:49:30 | http://prakashkhabar.com/%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%95%E0%A5%8B-%E0%A4%86%E0%A4%B5%E0%A4%B6%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%86%E0%A4%A7%E0%A4%BE%E0%A4%B0/ | mC4 |
नेपाल आइपुग्यो सरकारले चीनबाट किनेको र सहयोग प्राप्त स्वास्थ्य सामग्री | Mechikali Daily
Posted By: मेचीकाली डेस्कon: १५ चैत्र २०७६, शनिबार २१:३४
काठमाडौँ — कोरोना भाइरस९कोभिड–१९० संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ । सरकारले किनेको, ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए। | 2020/10/27 09:41:04 | https://www.mechikalinews.com/archives/19472 | mC4 |
फौजीको दसैँ ! | Ratopati
फौजीको दसैँ !
personसुजन पन्त exploreकाठमाडौं access_timeअसोज २२, २०७६ chat_bubble_outline0
नेपालीहरूको महान चाड बडादसैँको अवसरमा सरकारी तथा गैरसरकारी लगायतका अधिकांश कार्यालयका कर्मचारीको दसैँ बिदा हुने गर्छ । अझ सरकारी स्कुलमा त १५ दिन अगाडि घटस्थापनादेखि नै सार्वजनिक बिदा दिने चलन छ ।
टीका जमरा लगाई आफूभन्दा ठूलाबडाको आशीर्वाद थापेर पिङ खेल्दै रमाइलो गरी सबै नेपाली नागरिकले दसैँ मनाइरहँदा सुरक्षाकर्मी भने अहोरात्र खटी सुरक्षा दिइरहेका हुन्छन् ।
वर्ष दिनमा आउने महान् चाड दसैँमा आफ्नो सन्तान घर फर्किन्छ भन्ने आस कुन बाबुआमाको नहुँदो हो र ! तर फौजीका लागि भने यो अवसर विरलै जुर्छ ।
तर आफ्नो कर्तव्यको अगाडि उनीहरू नतमस्तक हुन्छन् । परिवारको खुसीभन्दा सर्वसाधारणको सुरक्षा उनीहरूका लागि पहिलो प्राथमिकता बन्छ ।
रातदिन नभनी उनीहरू अहोरात्र ड्युटीमा खटिन्छन् । थोरै त्यस्ता भाग्यमानी फौजी पनि छन्, जसले घर परिवारसँगै दसैँ मनाउने सौभाग्य पाउँछन् । धेरैले त ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साट्दै दसैँ खल्लो बन्न नदिने प्रयास गर्छन् ।
यसरी हेर्दा नागरिकलाई सुरक्षा दिने सुरक्षाकर्मीको दसैँ खल्लो त देखिन्छ । तर पनि उनीहरू सामाजिक सेवामा तल्लीन हुन पाउँदा निकै खुसी छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले आफ्ना आमाबुबाको हातबाट टीका नलगाएको ३ वर्ष भयो । प्रहरी सेवाको २४ वर्षे अवधिको अधिकांश दसैँ उनले कार्यक्षेत्रमै विताएका छन् ।
भोजपुर घर भएका ढकालका आमाबुबाले पनि प्रहरी निरीक्षक हुँदासम्म छोरो नआएकोमा गुनासो गर्थे । 'सुरु सुरुमा त आफैलाई पनि जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । घरबाट पनि गुनासो हुन्थ्यो,' उनले स्मरण गरे, 'तर अहिले बुबाआमाले पनि बझ्नुभएको छ, प्रहरीको जागिरै यस्तै हो भनेर ।'
दसैँको टीकाको दिन एक छिन आफूभन्दा ठूलाको आशीर्वाद लिएर फेरि ड्युटीमै खटिएको एसएसपी ढकाल बताउँछन् । ट्राफिक प्रहरीको बिदा नहुने भएकाले कार्यालयलाई घर सम्झी मीठो खाई दसैँ मनाइएको एसएसपी ढकालको भनाइ छ ।
'बिदा हुँदा पनि जान सक्ने अवस्था छैन्, उनले रातोपाटीसँग भने, 'राजधानीका विभिन्न ट्राफिक प्रहरी कार्यालयहरूको आआफ्नै प्रकृतिका जिम्मेवारी हुन्छ । उपत्यकाको ट्राफिक महाशाखाको इन्चार्जको जिम्मेवारी आफैमा एउटा संवेदनशील जिम्मेवारी हो ।'
एसएसपी ढकालले चाडवर्पमा सवारी दुर्घटना नहोस् भनी ट्राफिक सचेतना तीब्र बनाएको बताए । यस्तै ट्राफिक महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले ट्राफिक प्रहरीलाई बिदा नपाइने भनी सरकारी आदेश भएकाले दसैँमा २४सै घण्टा ड्युटीमा खटिएको बताए ।
श्रेष्ठले चाडपर्वमा जनशक्ति कम हुने र सवारी दुर्घटना, झैझगडा चोरी जस्ता आपराधिक क्रियाकलपमा मानिसहरू बढी संलग्न हुनसक्ने भएकाले ट्राफिक प्रहरीलाई सोहीअनुसार डियुटीमा खटाइएको बताए ।
एसपी श्रेष्ठले ट्राफिक प्रहरी भनेको राष्ट्र सेवक भएकाले घर जान नपाए पनि आलोपालो ड्युटी मिलाएर दसैँ मनाएको बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पनि घरमा अभिभावकको हातको टीका नलगाएको ३ वर्ष भयो । गोरखा जिल्ला घर भएका बोगटीलाई व्यस्तताले दसैँमा घर जान फुर्सद मिलेको छैन ।
'दसैँ भनेर मात्रै भएन । शान्ति, सुरक्षाको व्यवस्थापनदेखि सङ्गठित अपराधको अनुसन्धान गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो', उनले भने, 'यही बीचमा भीआईपी र भीभीआईपीज्यूहरूको पनि सवारी हुन्छ । उहाँहरूको सुरक्षा व्यवस्थापनमा पनि हामी क्रियाशील रहन्छौँ ।'
चाडपर्वको समयमा माथिल्लो तहका अधिकारीहरूले बिदा दिए पनि आफ्नो क्षेत्र छाडेर जानसक्ने अवस्था नरहेको उनी बताउँछन् । | 2020/05/30 02:42:42 | http://ratopati.prixa.org/story/102718/2019/10/9/dashain | mC4 |
टोयोटाको एक्सचेन्ज मेला सम्पन्न
युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपालममा टोयोटा गाडी बिक्री सुरु गरेको आधा शताब्दी पार गरिसकेको छ । यस लामो अवधिमा नेपाली ग्राहकको विश्वास जित्न सफल टोयोटा गाडीले समय, परिस्थिति र ग्राहकको चाहना एवं आवश्यकतालाई ध्यानमा राखी विभिन्न प्रकारका योजना तथा एक्सचेन्ज मेला आयोजना गर्दै आइरहेको छ ।
यस्तैमा कम्पनीले यही जेठ २६ र २७ गते काठमाडौंको नक्साल ब्याक्वेटमा 'टोयोटा एक्सचेन्ज मेला' सम्पन्न गरेको छ । २ दिनसम्म चलेकोे उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न सुलभताको साथमा साट्ने व्यवस्था गरिएको थियो । ग्राहकको पुरानो गाडीको सही मूल्यांकन गरी आवश्यकताअनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो ।
उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउटलेट र टोयोटा जेनियुन एसेसरिज आउटलेट पनि राखिएको थियो । यसैगरी गाडीको निःशुल्क चेकअप, अन द स्पट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पट मूल्यांकनजस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो । उक्त मेला पारिवारिक कार्यक्रम रहेकाले मनोरन्जनका लागि विशेष सांगीतिक ब्याण्डको लाइभ प्रस्तुति, फुड स्टल र विभिन्न थरीका नृत्यहरु प्रदर्शन हुनुका साथै बच्चाहरुको लागि बाउन्सि क्यासटल, फेस पेन्ट जस्ता विशेस आकर्षणहरुले सुसज्जित यस मेलाबाट हालको ग्राहक तथा सम्भावित ग्राहकहरु समेत आकर्षित भएका थिए ।
आफ्ना ग्राहकप्रति सधै समर्पित रहँदै आएको टोयोटा समयानुकूल र आवश्यकताअनुरुप यस्ता ग्राहकमुखी मेलाहरु भविष्यमा पनि आयोजना गर्दै जाने कम्पनीको भनाइ छ । मेलामा २ सयभन्दा बढी ग्राहकको सहभागिता रहेको थियो । त्यस्तै १० गाडी एक्सचेन्ज तथा बिक्री भएको थियो । | 2019/06/25 02:01:22 | https://www.karobardaily.com/news/auto/6597 | mC4 |
प्रतिबोरा १ सय ९१ रुपैयाँ सिमेन्टको मूल्य घटाउँदै सिमेन्ट उत्पादक संघ – BikashNews
२०७६ फागुन १ गते १२:१३ राजाराम न्यौपाने
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्टमा प्रतिबाेरा १ सय ९१ रुपैयाँ मूल्य घटाउने भएको छ । नेपालमा सडक निमार्ण गर्दा सिमेन्टको प्रयोगका लागि संघले २५ प्रतिशत घटाउने भएका हो ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवकुमार थापाले सडक निर्माण गर्न सरकारले सिमेन्ट प्रयोग गर्ने हो भने सिमेन्ट उद्योगहरु उद्योगको उत्पादित मूल्यमा नै सिमेन्ट दिने बताए ।
'हामीले सरकारलाई तिर्ने १३ प्रतिशत भ्याट छुट हुने र बाँकी १२ प्रतिशत उद्योगीले मूल्य घटाएर सिमेन्ट उद्योगले सिमेन्ट सडक निमार्ण गर्न दिन सक्ने छ,' थापाले भने ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि सिमेन्ट उत्पादकहरुले उद्योगको उत्पादित मूल्यमा नै सिमेन्ट दिने प्रतिबद्धता गरेको छ । उनले विटुमिन प्रयोग गरेको सडकभन्दा कंक्रिट प्रयोग गरेको सडक नै बलियो हुने बताए ।
'विटुमिन प्रयोग भएको सडक बनाउँदा बनाउँदै वा बनेको केही समयमा नै भत्किने भएकोले सडकको आयुलाई हेरेर कंक्रिट सडक नै राम्रो हुने छ,' शर्माले भने ।
विटुमिन प्रयोग गरेर सडक निर्माण गर्दा भन्दा सिमेन्ट प्रयोग गरेर कंक्रिट सडक निर्माण गर्दा मूल्य भने दोब्बर लाग्ने छ । मूल्य दोब्बर भए पनि कंक्रिट सडक कम्तीमा पनि ३० वर्ष टिक्ने सडक विभागले जानकारी दिएको छ ।
घुम्ती, उकालो, ओरालो र पानी जम्ने र चिसो भैरहने ठाँउमा कंक्रिट नै प्रयोग राम्रो हुने छ । यसभन्दा पहिले पनि सडक विभागले कालोपत्रे नखप्ने त्यस्ता सडकको पहिचान गरेर कंक्रिट सडक निर्माण गरिरहेको थियो ।
कंक्रिट नमूना सडक बनाएर त्यसको टिकाउ हेर्ने काम विभागले अगाडि बढाएको छ । निर्माण भएका सडकहरुको दिगोपन तथा गुणस्तर सुनिश्चित गर्न सके मात्र अपेक्षा गरे अनुसार सवै सेवाग्राहीले उचित फाइदा लिई देशको चौतर्फी विकासमा योगदान दिन सक्नेछन् ।
सडक निमार्ण र मर्मतका लागि हाल प्रयोग गरिने विटुमिन लगायतका कच्चा पदार्थ विदेशवाट आयात गर्दा नेपाली पैसा विदेशमा जाने गरेको छ ।
उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर अहिले ६१ उद्योग मात्रै संचालनमा छन् । दर्ता भएका सबै सिमेन्ट उद्योगहरु सञ्चालन हुने हो भने अझै सिमेन्टको मूल्य घटने उद्योगीहरु बताउँछन् ।
नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्ष पछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन । | 2020/07/07 06:19:59 | https://www.bikashnews.com/2020/02/13/195636.html | mC4 |
तीन दिन देशभरको मौसम प्रभावित « Nepal24Hours.com – 'Integration Through Media'
तीन दिन देशभरको मौसम प्रभावित
२१ चैत्र २०७५, बिहीबार १४:०६ मा प्रकाशित
पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।
शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याइएको छ । उच्च हिमाली भूभागहरुका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र अधिकमत तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै धनगढीको अधिकमत तापक्रम सबैभन्दा बढी ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । | 2021/10/26 06:26:23 | https://np.nepal24hours.com/archives/60884 | mC4 |
भीमार्जुन आचार्यको गर्जनमा प्रधानन्यायाधीश राणालाई जवाफ दिन सकस :: NepalPlus
भीमार्जुन आचार्यको गर्जनमा प्रधानन्यायाधीश राणालाई जवाफ दिन सकस
नेपालप्लस संवाददाता, काठमाडौं२०७७ माघ ५ गते १३:३०
फोटो -आँधीखोला खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सबैको आँखा सर्वोच्च अदालततिर छ । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने र विघटनको निर्णय सदर हुनुपर्छ भन्नेहरुका आफ्नै दलिलहरु छन् ।
पुरानो नजिर अनुसार गम्भिर प्रकृतिको भएकोले पूर्ण इजलासमा जानुपर्छ भन्नेहरुको तर्कलाई बदर गर्दै संवैधानिक इजलासबाट प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्दाको छिनोफानो गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अघि सरेका छन् ।
संवैधानिक इजलासको पहिलो दिन संविधानविद् भीमार्जुन आचार्यको तर्कको सामना गर्न प्रधानन्यायाधीश राणालाई सकस पर्यो । अदालत बाहिर जनताले बोलिरहेका सन्दर्भहरु, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको समयका प्रतिनिधि सभा विघटनका घटनाहरुसँग ओली कदमलाई तुलना गर्दै संविधानविद आचार्यले धारा उपधारा उल्लेख गर्दै प्रधानमन्त्री ओलीको कदम गैर संवैधानिक भएको जिकिर गरेका थिए ।
आचार्यको दलिल थियो, संविधानले गरेको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई संविधान विघटन त परेको कुरा विघटनको व पनि उच्चारण गर्ने अधिकार छैन ।
प्रतिनिधि सभा भित्र सरकार गठनका सम्भावना छँदाछँदै संसदलाई छलेर प्रधानमन्त्रीले लिएको कदम नै गलत भएको आचार्यको तर्कमा प्रधानन्यायाधीशको प्रतिप्रश्न थियो, संविधानको धारा ७६व्को उपधारा ७ माथि टेकेर प्रधानमन्त्रीले विघटन गरेको उल्लेख छ । खरो शैलीमा प्रस्तुत भएका संविधानविद आचार्यका धेरै प्रश्नहरुको उत्तरै नदिई प्रधानन्यायाधीश राणा मुसुमुसु हाँसिमात्रै रहेका थिए । | 2022/05/27 15:10:43 | https://www.nepalplus.com/2021/01/4411.html | mC4 |
सुर्खेतमा ग्यास उद्योग शिलान्यास | गृहपृष्ठ
Home बजार सुर्खेतमा ग्यास उद्योग शिलान्यास
सुर्खेतमा ग्यास उद्योग शिलान्यास
वीरेन्द्रनगर (अस) । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं १० मा वर्षा ग्यास उद्योगको बुधवार शिलान्यास गरिएको छ । कर्णाली प्रदेशभरि विक्रीवितरण गर्ने उद्देश्यले उक्त ग्यास प्लान्टको निर्माण गर्न लागिएको हो ।
बाँके र कैलाली लगायत जिल्लाबाट एलपी ग्यास आयात हुँदै आएको सुर्खेतमा अबदेखि स्थानीय ग्यास उपलब्ध हुने भएको छ ।
उक्त उद्योगको निर्माण कार्य २०७७ वैशाख मसान्तभित्र गरिसकिने बताइएको छ । सुर्खेतका व्यवसायी टेकबहादुर भण्डारी, बखतबहादुर भण्डारी, जयबहादुर खड्का र वीरबहादुर रावतको संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा आउने भएको हो ।
सबै काम निर्धारित समयमै पूरा भए २०७७ वैशाख १५ गतेदेखि कर्णालीवासीका चुलामा कर्णालीमै उत्पादित ग्यासका सिलिन्डर हुने सञ्चालकको दाबी छ । हाल भेरीगंगा नगरपालिकाको वडा नं. १० मा ३० वर्षका लागि ४ विगाहा जग्गा लिजमा लिएर उद्योग सञ्चालन गर्न लागिएको सञ्चालक जयबहादुर खड्काले बताएका छन् । १२ हजार मेट्रिकटन क्षमताको उद्योग अन्य उद्योगको तुलनामा आधुनिक हुने दाबी गर्दै उनलेप्रविधि र औजार उपकरण नयाँ र ग्यास अटोफिलिंग प्रविधिको हुनेछ ।
कर्णालीका १० जिल्लामा सेवा दिने बताउँदै खड्काले ग्यास आपूर्तिका लागि ३ ओटा आप्mनै ग्यास बुलेट रहने जानकारी दिए । सुर्खेतमा ग्यास उद्योग नहुँदा अहिलेसम्मपनि सुर्खेतलगायत कर्णाली प्रदेश पूरै दाङ, बाँके र कैलालीमा रहेका ग्यास उद्योगमा निर्भर रहँदै आएका छन् । | 2019/06/19 08:47:46 | http://www.abhiyan.com.np/?p=344154 | mC4 |
एनआरएनए विज्ञ सम्मेलन : तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध लडाइँ - PUBLICAAWAJ
प्रकाशित : आइतबार, असोज २५, २०७७०७:३३ पब्लिक आवाज /संवाददाता
काठमाडौं, २५ असोज | पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताउनुभयो । | 2021/12/01 05:32:34 | https://publicaawaj.com/2020/10/11/16906.html | mC4 |
संयुक्त राष्ट्र संघको पहलमा गरिब तथा विपन्न देशमध्ये कोरोना विरुद्धको खोप कोभ्याक्स पाउने पहिलो देश घाना बनेको छ ।
न्युयाेर्क । विश्वकै व्यापारिक राजधानी भनेर अमेरिकाकाे प्रख्यात शहर न्युयाेर्कलाई भन्ने गरिन्छ । हुनपनि याे शहरमा लगभग विश्वका सबै क्षेत्रका मानिस अटाएका छन् । न्युयोर्कको क्वीन्सस्थित ज्याक्सन हाईट्स जहाँ नेपालीको बसोबास उल्लेख्य छ । ज्याक्सन हाईट्समा पुग्ने जो कोही नेपालीलाई युराेप – अमेरिका पुगेजस्तो भान पर्दैन । किनकी यो क्षेत्र दक्षिण एसीयाकै कुनै स्थान जस्तो लाग्न सक्छ । यहाँ नेपालीमात्र होइन भारतीय, बंगलादेशी, पाकिस्तान, भुटानी तथा तिब्तियनहरु पाइलै पिच्छे भेटिने भएकाले यो क्षेत्रका चोक तथा गल्लीहरुले दक्षिण एशियाकै कुनै एक शहरकाे अनुभुुति गराउँछन ।
माउन्ट एभरेष्ट वे र नेपालीको शान ज्याक्सन हाईट्सको रुजवेल्ट एभिन्युको ७५ स्ट्रीटबाट उत्तर तर्फ करिब १५ मिनेटको पैदल दुरी पार गरेपछि ३१ एभिन्युको सडक, जहाँपुगेपछि जो कोहि नेपालीको शिर गर्वले उचो हुन्छ । नहोसपनि किन ? जहाँ सगरमाथा नामको सडक जो छ । जहाँ सगरमाथा हुन्छ त्यहाँ हाम्रो पहिचान र मौलिकतापनि जोडिन्छ अनि नेपालीको शान पनि झल्किन्छ ।
त्यसमाथी विश्वको अति वैभवशाली मुलुक अमेरिकामा विश्वकै शिखर अर्थात नेपालीको पहिचान सगरमाथाको नामबाट बाटोको नामाकरण गरिएको छ । संसारका अधिकांश मानिसले सगरमाथा जानेका छन । अनि सगरमाथाको महिमा नगाउने सायदै होलान । त्यहि सगरमाथाको नामबाट न्युयोर्कको कुनै सडकको नाम राखिंदा खुशीले फुरुङ्ग नहुनेपनि को होला र ? त्यहि सगरमाथाको नाम विश्वको विपरित गोलार्धमा भेटिंनु न्युयोर्कमा रहेका नेपाली समुदायको लागि निकै ठुलो उपलब्धि हो ।
कुनै सडकलाई सगरमाथाको नाम राख्नु सामान्य लाग्ला, संसारकै शक्तिशाली मुलुकमा नेपालीको पहिचान जोडिनु कम्ती उपलब्धि होइन । तर यो उपलब्धि त्यसै हासिल भएको भने होइन, यसमा अहोरात्र खटिएका छन् नेपाली समुदाय । यहि खटाइ र अनुरोधका कारण कारण सिटी काउन्सिल अफ न्युयोर्कले सन २०१८ डिसेम्बर १९ का दिन सो स्थानलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने औपचारिक निर्णय गरेको थियो ।
माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रमका लागि अहोरात्र खटिने न्युयोर्कका नेपाली बाणिज्यदुत कृशु क्षेत्री र एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी लागायतका व्यक्तिहरुले यो चानचुने उपलब्धि नभएको र यसमा न्युयोर्कमा रहेका सबै नेपाली संघ संस्थाहरुको उत्तिकै योगदान रहेको बताए । मध्यान्ह १२ बजे शुरु भएर झण्डै साँझ पाँच बजेसम्म चलेको कार्यक्रम केहि लामो अवस्य भएको थियो । तर न्युयोर्कमा रहेका विभिन्न नेपाली संघ संगठनका प्रतिनिधि सहित नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको माउन्ट एभरेष्ट वे नामाकरण कार्यक्रम स्थल वास्तवमा नेपालको कुनै स्थान झैं लाग्थ्यो ।
चन्द्र सुर्य अंकित नेपाली राष्ट्रिय झण्डा अमेरिकाको सडकमा फहराइरहँदा, नेपाली पहिचान झल्कने विभिन्न झाँकी तथा नेपालका विभिन्न जातजातीले प्रयोग गर्ने बाजा गाजा सहितको प्रस्तुतीले आफ्नो जन्मथलोबाट निकै टाढा रहेका नेपालीलाई साँच्चै भावुक बनाउने खालको थियो । माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रमको औपचारिक समापन सँगै शुरु भएको नेपाली सांस्कृतिक प्रस्तुतिले नेपालका विभिन्न स्थानमा हुने महोत्सवमा हुने सांस्कृतिक कार्यक्रमको याद दिलाउथ्यो ।
तामाङ सेलो होस वा मारुनी तथा कुमारी नाच र नेपालका विभिन्न जात, जाती तथा समुदायहरुले आफ्नो मौलिक पहिचान दिने सांस्कृतिक नाचगानले वास्तवमा कार्यक्रम निकै रोमाञ्चक बनाएको थियो । कार्यक्रम स्थलमा नेपाली पहिचानसँग जोडिएका खानाका विभिन्न परिकारहरुपनि राखिएको थियो । सांस्कृतिक कार्यक्रमको शुरुमै नेपाली राष्ट्रगान बज्दा नेपालीहरुमा राष्ट्रिय भावना जाग्रित भएको थियो ।
काउन्सिल अफ न्युयोर्क र नेपाली महावाणिज्य दुतावासको संयुक्त आयोजनामा भएको माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रममा एक्कासी कुलमान घिसिङलाई देख्दा धेरै सहभागी अचम्मित बनेका थिए । नेपालमा लामो सामदेखि जारी रहेको लोडसेडिङ अन्त्य गर्न उल्लेख्य भुमिका खेलेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यक्रमका अर्का आकर्षण बने । कुलमानलाई देखेपछि उनीसंग फोटो खिच्नेमात्र होइन, उनीसंग कुरा गर्न न्युयोर्कमा रहेका नेपाली संचारकर्मीहरुपनि तछाडमछाड गरिरहेका थिए । | 2021-02-28T20:59:44Z | https://np.nepal24hours.com/archives/42834 | OSCAR-2109 |
» हेटौंडामा मुख्यमन्त्री र मन्त्रीहरुलाई खलःको सम्मान
२४ आश्विन २०७८, आईतवार १६:५२
हेटौंडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित नेवार समुदायका मन्त्रीहरु सम्मानित भएका छन् । नेवाः गुठी खलः मकवानपुरद्वारा शनिबार हेटौंडामा आयोजित विजया दशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बधाई तथा सम्मान गरिएको हो ।
मान्छे पासो लागेर मरेको डोरी करोडौंमा विक्री हुन्छ ! भन्दै तामाङको हत्या, मकवानपुरका एक दम्पती सहित तीन पक्राउ | 2021/10/16 00:19:08 | https://www.praharkhabar.com/?p=87485 | mC4 |
युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावरको नाफा २७ लाखभन्दा बढी - Aarthiknews
युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावरको नाफा २७ लाखभन्दा बढी
काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण फागुन १६ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस वर्ष रू. २७ लाख ५७ हजार खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. १ करोड ६ लाख २८ हजार खुद नोक्सानीमा थियो । यस वर्ष कुल आम्दानी बढेसँगै कम्पनीले नाफा गर्न सफल भएको हो । गत वर्ष विद्युत विक्रीबा रू. ४ करोड ४८ लाख ७७ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ५१ लाख ५५ हजार आम्दानी गरेको हो । गत वर्ष शून्य रहेको अन्य स्रोतको आम्दानी यस वर्ष रू. १ करोड १३ लाख रहेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल आम्दानी रू. ४ करोड १५ लाख ७८ हजार बढी भएको हो । हाल कम्पनीको चुुक्तापूँजी रू. ४२ करोड रहेको छ । कम्पनीले गत मंसिरमा सर्वसाधारणलाई आईपीओ जारी गरी पूँजी बृद्धि गरेको हो । कम्पनीको जगेडा कोष रकम भने रू. ४ करोड २३ लाख ७६ हजार ऋणात्मक रहेको छ ।
दिर्घकालिन कर्जा रू. १ अर्ब ९७ लाख ९७ हजार लिएको कम्पनीको कुल चालू सम्पत्ति रू. ४ करोड २६ लाख ७६ हजार र कुल चालू दायित्व रू. १ करोड ९८ लाख २६ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ३६ र प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ९१ रहेको छ । | 2021/04/22 14:13:29 | https://aarthiknews.com/news/32675 | mC4 |
कांग्रेससहित तीन दललाई आज ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार « Name of Truth News : News Portal in Nepal
१६ मंसिर २०७८, बिहीबार
| Thu Dec 2 2021
समाचार
प्रदेश
सार्वजनिक निकाय
समाज
सूचना प्रबिधि
शिक्षा
स्वास्थ्य
खेलकुद
मनोरन्जन
अन्तर्राष्ट्रिय
समाचार
प्रदेश
सार्वजनिक निकाय
समाज
सूचना प्रबिधि
शिक्षा
स्वास्थ्य
खेलकुद
मनोरन्जन
अन्तर्राष्ट्रिय
TRENDING
#अन्तर्राष्ट्रिय#अर्थतन्त्र#एमाले#केपी ओली#कोरोना#नेपाली कांग्रेस#राजनीति#सरकारनेपाल
कांग्रेससहित तीन दललाई आज ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार
सुप्रीम खबर
प्रकाशित मिति : २०७८, मंसिर, ७, मंगलवार १०:२५
काठमाडौं, ७ मंसिर
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।
नेपाल बार र बार सर्वाेच्चले आज सत्ता घटक नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षणपत्र बुझाउन लागेका हुन् । बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समावादी, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।
जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया (महाभियोग)बाटै अघि बढ्ने भनेपछि महिना दिनदेखि आन्दोलनरत कानुन व्यवसायी सोमबारदेखि राजनीतिक दलको दैलोमा पुगेका छन् ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा कानुन व्यवसायीहरु ध्यानाकर्षणपत्र बुझाउने छन् ।
Share this:
Tweet
Like this:
Like Loading...
प्रतिक्रिया दिनुहोस !
गण्डकी
गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग
ब्याक्ति बिशेष
कांग्रेस महाधिवेशन : नेतृत्व चयन गर्दा ध्यान पुर्याउन नेता सिंहको आग्रह
मुख्य समाचार
बुद्धसँग जाेडिएका स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन राष्ट्रपतिको आग्रह
प्रदेश दुई
कांग्रेस अधिवेशन गराउन नसकेर तेस्रो निर्वाचन अधिकृत पनि जिल्ला छाडेर भागे
शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन- एकलकाटे हुनुहुँदैन
सुप्रीम खबर
प्रकाशित मिति : २०७८, मंसिर, १६, बिहीबार २०:११
पोखरा, १६ मंसिर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।
‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’
उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्याउने कुरा नगरौं ।’
यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ । र हामी विजय हासिल गर्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।
कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।
Share this:
Tweet
Like this:
Like Loading...
प्रतिक्रिया दिनुहोस !
गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग
सुप्रीम खबर
प्रकाशित मिति : २०७८, मंसिर, १६, बिहीबार २०:०७
पोखरा, १६ मंसिर
गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।
यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।
यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।
कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।
Share this:
Tweet
Like this:
Like Loading...
प्रतिक्रिया दिनुहोस !
कांग्रेस महाधिवेशन : नेतृत्व चयन गर्दा ध्यान पुर्याउन नेता सिंहको आग्रह
सुप्रीम खबर
प्रकाशित मिति : २०७८, मंसिर, १६, बिहीबार २०:०६
हेटौँडा, १६ मंसिर
नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु¥याउन आग्रह गरे ।
‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनु पर्दछ ।’
कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताएउँदै उनले भने, ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर, कम्युनिष्टहरूले प्राप्त गरे।’
संविधान जारी गरेको कांग्रेसले यसको संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको नेता सिंहको भनाइ छ ।
समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउँदै उनले कम्युनिटहरूले प्राप्त उपलब्धीहरू नष्ट गर्न लागि परेको आरोप लगाए । | 2021-12-02T21:42:39Z | https://www.supremekhabar.com/44148/ | OSCAR-2201 |
कोभिड–१९ को उपचार सामाग्री खरिदमा डुबायो देशलाई, एउटै मास्कमा ५ सय फरक, पिसिआर मेसिनमा १० हजार डलरको फरक - Jerung Films
wwwjerungfilmswwwjerungfilms 29 Mar 2020
काठमाडौं । कोभिड–१९ को उपचारका लागि आवश्यक पर्ने औषधि,पिपिई, परीक्षण आदिका लागि चाहिने सामाग्री गरिदमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नेतृत्वको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई ठूलो आर्थिक नोक्सानी हुने गरी सामाग्रीहरु खरिद गरेको पाइएको छ ।
हालै सार्वजनिक भएको १९ प्रकारका सामाग्रीहरुको मूल्य सूची सार्वजनिक भएपछि भन्त्री ढकाल नेतृत्वको टोलीले कसरी देशलाई हानी पुर्यायो भन्ने खुल्दै गएको हो ।
आवश्यक उपकरण, कोरोना पत्ता लगाउने किट आदिको खरिदमा जुन मूल्य मन्त्रालयले सार्वजनिक गरेको छ, ती सामाग्रीको अन्तर्राष्टिय मूल्य सरकारले खरिद गरेको भन्दा धेरै सस्तो पाइएको छ ।
हालको मूल्य सूची सार्वजनिक भएपछि विकास टाइम्सले नेपालमा सर्जिकल उपकरण खरिद बिक्री गरिरहेका मुख्य व्यापारीहरुसँग सोधपुछ गरेको थियो । जसमा उनीहरुले सरकारले खरिद गरेको मूल्य अचाक्ली भएको जानकारी दिएका छन् ।
सरकारले मूल्य सूचीसहित सार्वजनिक गरेको आवश्यक सामाग्री तथा उपकरणहरुको मूल्य सूची तल दिइएको फोटोमा हेर्न सकिन्छ । जसमा क्रम संख्या १ देखि १९ सम्म छ । यो तालिकामा प्रति इकाईको मूल्यदेखि आवश्यक परिमाणमको कूल परिमाण पनि अमेरिकी डलरमा उल्लेख भएको छ ।
आदरणीय पाठकहरु यो तालिकामा भएको मूल्य हेर्नुहोला । यसदेखि तलको अर्को तालिका हामीले ती सामाग्रीको हालको अन्तर्राष्टिय मूल्यका आधारमा तयार पारेका छौं । हामीले तयार पारेको तालिकामा पनि १ देखि १९ सम्म छ । जसमा सरकारले खरिद गरेको मूल्य र वास्तविक मूल्यको अन्तर देखाइएको छ ।
कोरोनाको विपत्तिको बेला पनि खरिदमा संलग्नहरुले कसरी देश डुबाएर आफ्नो दुनो सोझयाएका छन् भन्ने बुझन एउटा उदाहरण हेरौं । एन ९५ मास्कलाई नेपाली बजाररमा, त्यो पनि खुद्रामा ३५० रुपैयाँमा पाइन्थ्यो । तर यहि एन ९५ मास्क एउटैलाई सरकारले अमेरिकी डलर ७ खर्चिएको छ । यो भनेको एउटै एन ९५ मास्कलाई सरकारले ८ सय रुपैयाँ भन्दा बढी खर्चेको छ । खासमा यो मास्कको अन्तर्राष्टिय मूल्य १ डलर ३० सेन्ट हो ।
एकै मास्कमा ५ सय भन्दा बढी कमिसनमा गएको छ । अब ८० हजार वटा मास्कमा कति कमिसन भयो होला ? आफैं हिसाब गर्नुहोला । | 2021/10/18 17:16:49 | https://www.jerungfilms.com/2020/03/4476/ | mC4 |
भक्तपुरमा परमो धर्म अभियानअन्तर्गतको कार्यक्रम तीव्र बनाइँदै «
भक्तपुरमा परमो धर्म अभियानअन्तर्गतको कार्यक्रम तीव्र बनाइँदै
भक्तपुर – कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघ–संस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफकमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियानअन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रुले सहकार्य गरेको छ ।
अभियानअन्तर्गत आजथिमिको बालकुमारी (क्वलाखु) मा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जनाले रगतदान गरेका छन् । हामीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई मध्यनगर गरी रगत अभावको समस्यालाई पूर्ति गर्ने उद्देश्यले आकस्मिक रक्तदान कार्यक्रम गरेका छौं ।' कार्यक्रम संयोजक तथा भक्तपुर चेम्बरका सदस्य जगतबहादुर श्रेष्ठले जनाए । निषेधाज्ञा जारी भएको अवस्थामा रगत संकलन गर्नु सजिलो विषय नभएको उनको तर्क थियो । त्यसैले सीमित समयावधिमा रक्तदाताको संख्या बढाउनका लागि मौखिक रूपमा आग्रह गर्नुपरेको संयोजक श्रेष्ठले जनाए ।
कोभिड संक्रमणको त्रास विद्यमान रहेको अवस्थामा आकस्मिक रगत संकलन गर्नु चुनौतीपूर्ण विषय हो । महामारीको बखत रगत अभाव हुनु स्वभाविक छ । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन हुँदै गरेको रक्तदान कार्यक्रमलाई सकारात्मक ढंगले लिन सकिन्छ ।
यस अघि हिजो कमल विनायक भक्तपुरको लान्चा फल्चाबाट रगत संकलन गरिएको थियो । असार ६ गते आइतबार अर्थात भोलि सूर्यविनायक चोकबाट नगर प्रवेश गर्ने टुरिजम मार्केटमा रक्तदान कार्यक्रम हुँदैछ ।
कोभिडसँग लड्छौं, हामी सेवा दिन्छौं, नारा दिएर सेवा परमो धर्म अभियान सञ्चालित छ । सोही अभियानअन्तर्गत जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर सन्चालनमा ल्याएको छ । जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै आएको छ । अभियानले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड–१९ आइसोलेसन सेन्टरका लागि नेपाल इन्जिनियरिङ कलेज (नेक) सँग सहकार्य गरेको छ । कोभिड बिरामीका लागि चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । त्यसको लागि हटलाइन नं. ९८६१७५६४६१ सार्वजनिक गरिएको छ ।
त्यस्तै, भर्चुअल प्रविधिमार्फत सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गरी चिकित्सकीय परामर्शको लागि बिहान ७ देखि ९ बजेसम्म सम्पर्क गर्न सकिने गरी ९७४२८८२९६२, ९७४२८८२९६३ र ९७४२८८२९६४ हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ । अभियानअन्तर्गत भक्तपुरवासीहरूको लागि सुरक्षित तबरले 'डोर टु डोर हेल्थ सर्भिस' समेत सञ्चालित छ ।
कोभिडविरुद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ संघ, सीबीआर, भक्तपुर हार्ट एण्ड डायवेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरेका छन् ।
#परमो धर्म अभियान
अझै पनि खुला आकाशमुनि पढ्न बाध्य छन् बालबालिका
महेश न्यौपाने रोल्पा-आगलागी भएको लामो समयसम्म भवन पुनर्निर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि
'सहजरूपमा सेवा लिनसक्ने वातावरण बनाउन माग'
दाङ-घोराही उपमहानगरका नागरिकले नागरिकले सहजरूपमा सेवा लिन सक्ने वातावरण बनाउन माग गरेका छन् । उप
छिरुवा बजार सुनसान, होटल तथा पसल भएका घरमा चाबी
ताप्लेजुङ-जिल्ला सदरमुकामदेखि एकदिनको पैदल दूरीमा अवस्थित छिरुवा बजार कुनै बेला व्यापारिक केन्द्र थियो । जिल्लाको
गुठीको मर्मअनुसार काम गर्न मन्त्री श्रेष्ठको निर्देशन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उद्देश्य, मर्म र भावना
'प्रदूषण व्यवस्थापनमा ध्यान दिऔं'
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने | 2021/12/02 19:16:12 | https://www.karobardaily.com/news/143869 | mC4 |
झुक्काएर पार्टी प्रवेश भनिएको भन्दै नेकपाको आपत्ति, लोकतान्त्रिक संस्कार कायम राख्न काग्रेसलाइ ध्यानाकर्षण - GBM
२०७६ भाद्र २७, शुक्रबार १३:०२ गते gautam buddha sandesh 0 Comments
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा संगठन कमिटि बडिगाड गाउँपालिका २, खर्वाङले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काग्रेसले झुक्काएर आफ्ना समर्थकलाई पार्टी प्रवेश भनेर प्रचार गरेको आरोप लगाएको छ। पार्टीका वडा अध्यक्ष खगिश्वर अर्याल र सचिव फारम थापाले जारी गरेको प्रेस विज्ञप्तीमा राजनैतिक दल रोज्ने, समर्थन गर्ने व्यक्तिगत स्वतन्त्रताको कुरा भएको तर सामाजिक संस्थाको नाम वेचेर जवर्जस्त दल परिवर्तनको सुचना सम्प्रेसण गरेको भन्दै सो घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ। नेपाली काग्रेस जस्तो लोकतान्त्रिक भनिने पार्टीले व्यक्तिलाई झुक्काएर टिका लगाएर पार्टी प्रवेश भन्ने कुरा स्वभाविक नभएको भन्दै विज्ञप्तीमा सो घटनाको घोर भ्रत्सना गर्दै राजनैतिक र लोकतान्त्रीक संस्कार कायम राख्न ध्यानाकर्षण गराएको छ। साथै विज्ञप्तीमा पार्टीका शुभचिन्तकहरुलाई कुनै पनि भ्रममा नपर्न र अविचलित रुपमा तोकिएको जिम्मेवारी पुरा गर्न आग्रह समेत गरेको छ ।
नेपाली काग्रेसले जागरण अभियान अन्तरगत विहिवार खर्वाङमा प्रदेश निर्वाचन क्षेत्र स्तरीय भेला राखेको थिया े।
वडा अध्यक्ष पदको लागी मंसिर १४ गते हुने स्थानिय निर्वाचनको सन्दर्भमा राजनैतिक दलका कार्यक्रमले यस क्षेत्रमा तिव्रता पाएका छन्। | 2021/06/12 22:48:45 | https://gautambuddhasandesh.com/?p=11325 | mC4 |
भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाए | enews off
Home भक्तपुर भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाए
भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाए
भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखी ४ सम्म जारी विवरण संकलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन ।
यसैबीच सूर्यविनायक नगरपालिकाको वडा नं. ६ देखी १० सम्म सोमवारदेखी अभियान शुरु हुने भएको छ । अभियान अन्तर्गत प्रत्येक वडामा ३ वा ४ स्टेशन रहनेछन । एक स्टेशनमा एक जना कम्युटर अपरेटर, दुई जना रुजु अधिकारी र एक जना सहयोगी रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
उहाँले छिट्टै भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा पनि छिट्टै अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । "भक्तपुर नगरपालिमाका एक दुई दिनभित्रै रुजु अधिकारीहरुलाई अभिमुखीकरण गरेर कार्यस्थल खटाई अभियान सुरु गर्ने तयारी भइरहेको छ । त्यसपछि मध्यपुर थिमिमा अभियान सुरु गर्छौं," उहाँले भन्नुभयो ।
राष्ट्रिय परिचय पत्रमा व्यक्तिका व्यक्तिगत र जैविक विवरण प्रविष्ट हुने भएकाले यो बहुउपयोगी भएको र भविष्यमा अनिर्वाय जस्तै हुने भएकाले सबै नागरिकले विवरण भरेर बुझाउन प्रजिअ शर्माले आह्वान गर्नुभयो ।
सूर्यविनायक नगरपालिकामा आइतवार आयोजित रुजु अधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रममा प्रजिअ शर्माले भन्नुभयो, "राष्ट्रिय परिचयपत्रले भविष्यमा राहदानी, नागरिकतालगायतको कार्य गर्ने भएकाले यसको महत्व धेरै रहेको छ र यो बहुउपयोगी रहेको छ । त्यसैले सबै नागरिकले अनिवार्य विवरण बुझाउनुपर्छ ।"
अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले राष्ट्रिय परिचयपत्रका विविध पक्षका बारेमा जानकारीसहितको प्रस्तुतीकरण दिँदैं विवरण बुझाउँदा गलत विवरण बुझाउन नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विवरण संकलन कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, "नागरिकको व्यक्तिगत विवरणलाई व्यवस्थित गर्ने राष्ट्रिय परिचय पत्र अभियानलाई सफल बनाउन स्थानीय तहले आवश्यक सहयोग गर्नेछ ।" उहाँले हाल विवरण संकलन अभियान जारी रहेको वडाहरुमा कर्मचारीहरुको व्यवहारलगायतका गुनासो आएकाले त्यसलाई समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. २ का वडाअध्यक्ष कमलनाथ आचार्यले विवरण संकलनमा खटिएका कर्मचारीहरुको व्यवहार जनमैत्री नभएको गुनासो गर्नुभएको थियो । अभिमुखीकरणमा सहभागी रुजु अधिकारीहरुले राखेका जिज्ञासाहरुलाई सप्रजिअ परियार र प्रजिअ शर्माले स्पष्ट पार्नुभएको थियो । | 2022/01/21 23:46:45 | https://enewsoff.com/2021/10/3670/ | mC4 |
कोशि कटानमा न्यु कोशी डिजर्ट सफारीको निर्माण कार्य तीव्र
प्रकाशित मिति: बुधबार, भाद्र २२, २०७३ समय: ७:५६:५३
२२ भाद्र, सुनसरी/ वालुवा माथि व्यवसाय शुरु गरेका सुनसरीका पर्यटन व्यवसायीले मरुभुमि जस्तो देखिने जमिनमा विरुवा लगाई हरियाली बनाएका छन् । सुनसरीको श्रीपुरजब्दिमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न २७ विगाहा जमिनमा १५ करोडको लगानीमा निर्माण शुरु भएको न्यु कोशी ड्रिजर्ट सफारीको निर्माण कार्यलाई तीव्र पारिएको हो ।
सोहि क्रममा मंगलवार सुनसरी प्रहरी प्रमुख तथा नेपाल अनुसन्धानका जिल्ला प्रमुखले नयाँ लगानीकर्ताको निर्माणस्थल अवलोकन गर्दै वृक्षारोपणको शुरुवात गरेका छन् । प्रहरी प्रमुख पोषराज पोख्रेल र अनुसन्धान प्रमुख नगेन्द्र दाहालले सफारी निर्माण स्थल अवलोकन गरि विभिन्न प्रजातीका विरुवाहरु रोपेका छन् ।
प्रहरी प्रमुख पोख्रेलले पर्यटन व्यवसायमा हात हालेका पुर्वाञ्चलका व्यसायीले थालेको यो नौलो कदम उदाहरणिय रहेको बताए । त्यस्तै अनुसन्धान प्रमुख दाहालले पर्यटन व्यवसाय नेपालको आार्थिक स्रोतको दरिलो आधार रहेको भन्दै सबैले हौसला प्रदान गुर्न पर्ने बताए । निर्माणकर्ताका अनुसार सो जमिनमा बन्न लागेको संरचनाले समुन्द्रको झल्को दिनेछ । नेपाल भुपरिवेष्ठित मुलुक भएको हुनाले ठुला ठुला नदि भएता पनि सामुन्द्रिय मनोरञ्जन लिनबाट बञ्चित भएका व्यक्तिले आनन्द लिन पाउने निर्माणकर्ता सतिश पोख्रेलले बताए ।
विभिन्न मनोरञ्जनात्मक खेलसँगै उचित पर्यटकिय गन्तव्यको निर्माण गरिएको सो क्षेत्रमा भारतिय पर्यटकलाई तान्ने लक्ष्य रहेको व्यवसाय राधेश्याम पौडेलले जानकारी दिए । उक्त क्षेत्रका स्थानियले समेत खेर गएको जमिनमा नयाँ व्यवसाय सँचालन हुन सके जग्गाको मुल्याँकन बढ्ने र युवाहरुले रोगजारी पाउने विश्वास व्यक्त गरेका छन् ।
पुर्व पश्चिम राजमार्गसँग जोडिएको उक्त क्षेत्रमा प्रयोगविहिन भएको जमिनलाई सदुपयोग गरिएको छ । यस्ता धेरै जमिन वेकामे बनेर रहेका बेला केहि न केहि गर्न सकिन्छ भन्ने सन्देश दिनपनि आफुले यति ठुलो लगानी गरेको व्यवसायीहरुको भनाई छ । उक्त जमिनमा विभिन्न आकर्षक सँरचना, रेष्टुरेन्ट, फिल्महल, स्वीमिङपुल, वालुवामा यात्रा गर्ने सवारी साधन, लगाएतका दर्जनौँ सेवा सुविधाहरु उपलव्ध हुनेछन् ।
०६५ सालमा कोशी नदिको भंगालो वस्ति तिर पस्दा सुनसरी जिल्लाका कयौँ विगाहा खेती योग्य जमिन वगरमा परिणत भएका थिए । दर्जनौं विगाहा जमिनका मालिक रहेका सुनसरीका कृषक हेर्दा हेर्दै सुकुम्वासीमा परिणत भए । त्यस पश्चात वर्षै देखि वालुवा माथिको आशा नियालेर बसेका यस भेगका स्थानिय, अहिले नयाँ व्यवसायिले सोहि ठाउँमा लागानि गर्न तम्तयार बने पछि हर्षित बनेका छन् ।
गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा
काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । ख... | 2021/07/31 08:44:04 | https://www.inaruwaonline.com/20851/ | mC4 |
काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ ।
नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५० औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मङ्सिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रदर्शनीको उद्घाटन गर्ने परिषद्ले जनाएको छ ।
कलाकृतिहरुको प्रदर्शनीले हिन्दु र बौद्ध धर्मको उत्पत्ति, आधारभूत सिद्धान्तहरु, नेपालको मौलिक धर्म र दर्शनहरु जगाउने उद्देश्यसहित कलाकृतिहरुमा प्रतिनिधित्व गरिएका देवताहरुको संग्रहित खण्डहरुमा प्रस्तुत गरिने भएको छ । परिषद्का अध्यक्ष सागर शमशेर राणाले नेपालको कला, कलाकारलाई उत्थान गर्ने तथा हस्तकला र कलाकृतिको मागलाई पूरा गर्न सकोस् भन्ने उद्देश्यले प्रर्दशनी गर्न लागिएको बताए ।
स्वतः स्फूर्तरुपमा सङ्कलन गरिएका एक सय ६० कलाकारका दुई सय ४६ कला प्रदर्शनीमा राखिनेछ । नवोद्धित कलाकारदेखि वरिष्ठ कलाकारबाट सङ्कलन गरिएका ग्रह देवताहरु, योगिनी, भैरव तथा बौद्ध देवताको कलाकृति समेत विशेष रुपमा रहने परिषदद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । | 2022-12-09T19:42:26Z | https://www.nepalpress.com/2022/11/24/260731/ | OSCAR-2301 |
किन सरकारमा गएन माओवादी,अनि टर्यो पार्टी एकता | Sabaiko Online
Home Flash News किन सरकारमा गएन माओवादी,अनि टर्यो पार्टी एकता
किन सरकारमा गएन माओवादी,अनि टर्यो पार्टी एकता
काठमडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटकको सत्तायात्रा माओवादी केन्द्र सत्ता नगएपछि पहिलो दिन नै 'खल्लो' रह्यो । माओवादी केन्द्रले तत्काल सरकारमा नजाने निर्णय गरेपछि ओलीले आफूसहित तीन सदस्यीय मन्त्रीमण्डल बनाउँदै दोस्रो पटक सरकारको यात्रा थालेका छन् ।
दुई पार्टी एक हुन लागेको अवस्थामा माओवादी केन्द्रले एकता प्रक्रिया र सरकारमा जाने कुरालाई प्याकेजमै टुंग्याउने भन्दै तत्काल सरकारमा मन्त्री नपठाउने निर्णय गरेपछि ओलीले बिहीबार सानो आकारको मन्त्रीमण्डल बनाए ।
किन रोकियो माओवादी ?
नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया बुधबारै अन्तिम चरणमा पुगेको थियो । दुई दलका नेताले पटक पटक छलफल गरेपछि एकताप्रक्रियालाई अन्तिम रुप दिँदै त्यसलाई लिपीवद्ध पनि गर्न थालेका थिए ।
मंगलबार ललितपुरको मानभनवमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलको एकतालाई निचोडमा पुर्याएका थिए ।
त्यसपछि बुधबार पनि दुई नेताबीच वान टु वान वार्ता भएर त्यही साँझ दुई दलबीच एकताको घोषणा गर्ने तयारी समेत भएको थियो । यहीबीचमा चितवनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपत्यकबाहिर रहेका दुवै पार्टीका नेतालाई काठमाडौँ बोलाइएको थियो । नेता नेपालले चितवनमा दुई नेता मिल्दैमा पार्टी एकता हुन नसक्ने कडा प्रतिक्रिया पनि दिएका थिए ।
काठमाडौँ बोलाइएपछि बुधबार ओली–प्रचण्डबीच वान टु वान वार्ता भएको मानभवनस्थित माओवादी केन्द्रनिकट निर्माण व्यवसायीको घरमा एमाले स्थायी समितिको बैठक पनि बस्यो । अध्यक्ष ओलीले एकताबारे ब्रिफिङ गरेपछि बैठकले आवश्यक सुझावसहित माओवादीसँगको एकतालाई अन्तिम रुप दिने जिम्मा अध्यक्ष ओलीलाई दियो ।
त्यही समय खुमलाटारस्थित प्रचण्ड निवासमा माओवादी हेडक्वार्टरको बैठक बसेर एमालेसँगको एकतालाई अनुमोदन गर्दै नेताहरु दुई दलको संयोजन समितिको बैठकमा भाग लिन मानभवन आइपुगे ।
एमालेमा गुटको बैठक
माओवादीसँगको एकता वार्ता जारी रहेकै बेला नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहको गुटको बैठक पनि काठमाडौँमा बसेको थियो । त्यो बैठकमा माओवादीसँगको एकताका क्रममा वैचारिक नीति र सिद्धान्तबारे नेताहरुबीच चर्चा भएको थियो । बैठकमा अध्यक्ष ओलीले एकपक्षीय रुपमा पेलेर अघि बढ्न खोजेको भन्दै संयोजन समिति बैठकमा वैचारिक नीति र एकताबारे अडानसहित कुरा उठाउनुपर्ने निचोडमा नेताहरु पुगेका थिए ।
के भयो संयोजन समितिमा ?
माओवादीको हेडक्वार्टर बैठक र एमाले स्थायी समितिको बैठक सकिएपछि मानभवनमा एकता संयोजन समितिको बैठक बस्यो । त्यो बैठकमा मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादबारे कुरा उठ्यो ।
स्रोतका अनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यकारी अध्यक्ष, सभामुख र आलोपालो प्रधानमन्त्री समेत आफूहरुले स्वीकारिसकेकाले नयाँ पार्टीको वैचारिक नीति जनताको बहुदलीय जनवाद राखेर जानुपर्ने धारणा राखेका थिए ।
त्यही बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेता नेपालको भनाइलाई समर्थन गर्दै जबजलाई स्वीकारेर अघि बढ्न माओवादी नेताहरुसँग प्रस्ताव गरेका थिए । त्यसपछि अन्तिममा पुगेको एकता प्रक्रिया केही दिनका लागि सर्यो ।
त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले दुई पार्टीबीच एकता हुने तर विलय नहुने बताउँदै वैचारिक नीतिलाई अहिले थाँती राखेर अगाडि बढ्न प्रस्ताव गरेका थिए । उनले वैचारिक नीतिलाई नयाँ पार्टीको महाधिवेशनबाट टुंग्याउँदा राम्रो हुने बैठकमा बताएका थिए ।
माओवादी नेताहरुले एमालेको यो कदमलाई विगतको सहमतिबाट पछि हट्ने कामको संज्ञा दिएको छ । माओवादीका एक नेताले नयाँ पार्टीको बैचारिक नीतिबारे एमाले नेताहरु पछि हटे पनि एकतालाई टुंग्याउनुपर्ने बताए । उनले एकता प्रक्रिया सकेर मात्रै आफूहरु सरकारमा जाने पनि कुरा दोहोर्याए ।
अनि टर्यो एकता ?
जबजले दुई पार्टीबीच एकता त टर्यो नै ओलीले सरकारमा पनि तत्काललाई एक्लै यात्रा गर्नुपर्यो । बैठकपछि बाहिरिँदै एमाले उपाध्यक्ष वामदेव गौतमले एकताको ९५ प्रतिशत काम सकिएको प्रतिक्रिया दिए । उनले केही प्राविधिक काम बाँकी रहेको प्रतिक्रिया दिएर हिँडे ।
तर, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वैचारिक नीतिमै कुरो नमिलेका कारण एकता अड्किएको बताए । 'हामीबीच
वैचारिक नीतिमा कुरा मिलाउन बाँकी रह्यो', उनले भनेका थिए, 'अरु सबै कुरा मिलिसकेको छ, यसलाई हामी केही दिनमै मिलाउँछौँ ।' | 2021/01/22 12:40:56 | http://sabaikoonline.com/2018/02/6680 | mC4 |
पिरोका सौखिनहरुलाई खुसीको खबर! एक अध्ययनले पिरोले मानिसको स्वास्थ्यमा फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार पिरो खानेकुराका फाइदाहरु यस्ता छन्
- यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ ।
- खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सुन्निनु पनि दिँदैन ।
- खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि गराउँदछ ।
- पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ ।
-अध्ययनका अनुसार खुर्सानीले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ । | 2019/11/18 00:58:42 | https://www.lokaantar.com/story/89254/2019/10/15/piro | mC4 |
सेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर सार्वजनिक « News24 : Premium News Channel
काठमाडौँ। सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ । सेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो ।
उक्त सफ्टवेरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको विगत पाँच वर्ष यताको सबै तथ्यांक राखिएको छ । सफ्टवेयर प्रयोगकर्ताले आफूले चाहेबमोजिमको तथ्यांक उक्त सफ्टवेयरबाट लिनसक्ने एस्ट्रिक टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिनुभयो । तर उक्त सफ्टवेयर भने लगानीकर्ताले रु तीन हजार ५०० मा खरिद गर्नुपर्ने हुन्छ ।
उक्त सफ्टवेयरको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको हो ।अर्थमन्त्री कार्कीले डेटा एनालिटिक्स सफ्टवेयरले सेयर बजारका लगानीकर्तालाई सूचीकृत कम्पनीका बारेमा विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले स्वदेशी लगानीकर्ताको संरक्षण गर्दै धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन गृहकार्यमा बोर्ड जुटेको जानकारी दिनुभयो ।
उहाँले गैरआवसीय नेपालीले गर्ने लगानीको सीमा, मुनाफा फिर्ता लैजानेलगायतका विषय टुङ्याउन बाँकी रहेकाले यसले मूर्तरुप लिन नसकेको बताउनुभयो ।
नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकास बैंक र लघुवित्त कम्पनीको परिसूचक छुट्याएर बेग्लाबेग्लै बनाउन लागिएको जानकारी दिँदै अनलाइन कारोबार छिटो सञ्चालनका लागि आफूले कार्यभार सम्हालेदेखि नै प्रयास थालेको बताउनुभयो ।
विगत १० वर्षदेखि आर्थिक पत्रकारिता गर्दै आएको मेरो लगानी डटकम दशौँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सफ्टवेयर सार्वजनिक गरिएको हो । यस्तै उक्त अनलाइनले नेपाल जर्नल डट कमसमेत सञ्चालनमा ल्याएको छ । | 2022/07/02 08:37:19 | https://www.news24nepal.tv/2017/10/17/189291 | mC4 |
Imandarmedia.com.np: युनाइटेड पोस्टको भ्रामक समाचारप्रति माइला लामाको आपत्ति: आरोप प्रमाणित गरेर देखाउ
Main News, News » युनाइटेड पोस्टको भ्रामक समाचारप्रति माइला लामाको आपत्ति: आरोप प्रमाणित गरेर देखाउ
युनाइटेड पोस्टको भ्रामक समाचारप्रति माइला लामाको आपत्ति: आरोप प्रमाणित गरेर देखाउ
नेपाल कम्यनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका बिशेष ब्युरो इन्चार्ज माइला लामाले युनाइटेड पोस्ट साप्ताहिकमा प्रकाशित भ्रामक र झुट समाचारको खण्डन गरेका छन् ।
उनले इमान्दार मिडियासंग कुरा गर्दै आफुलाई जोडेर पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का क्षेत्री 'असल' यौनकाण्डमा मुछिएका र उनलाई कारबाही गर्न माइला लामाले विप्लवकहाँ उजुरी हालेको भन्ने गलत समाचार सम्प्रेषण गरेको भन्दै आपत्ती जनाएका छन् ।
'श्रोतको हवाला दिदै युनाइटेड पोस्टले कम्युनिष्ट पार्टीका नेताहरुको चरित्र हत्या गर्ने उदेश्यले महासचिव विप्लव समक्ष मैले लिखित उजुरी नै दिएको र खड्काविरुद्धको उजुरीलाई कार्यान्वयन गर्नेतिर विप्लवले खासै चासो नदिएको गुनासो पार्टीभित्र बढ्दै गएको भन्ने कपोलकल्पित तथ्यहीन, बनिबनाउ र सुनियोजित समाचार हो ।' लामा भने ।
यसबारेमा आफुलाई कुनै जानकारी नै नभएको लामाको भनाई छ ।
लामाले भनेका छन्-'मलाई यसबारेमा कुनै जानकारी छैन। मैले महासचिव विप्लवकहाँ कुनै उजुरी दर्ता गराएको पनि छैन । यो सरासर हामीलाई बदनाम गराउन पार्टी नेतृत्व र आन्दोलनका विरुद्धमा सड्यन्त्र गर्न रचिएको चाल मात्र हो। हामी यस्ता भ्रामक कपोलकल्पित र तथ्याहिन समाचारका पछि नलाग्न आम जनसमुदाय, समर्थक, शुभचिन्तक र पार्टीका नेता कार्यकर्तासंग अनुरोध गर्दछौ ।'
त्यस्तै लामाले पार्टीका नेताहरुको चरित्र हत्या गर्न पित पत्रकारिता गर्ने पत्रकारहरुलाई यदी समाचारमा भनिएको जस्तो यौन काण्डको कुनै प्रमाण भए प्रमाणसहित पार्टीको न्याय विभागमा उजुरी गर्न समेत चुनौती दिएका छन् ।
लामाले समाजको ऐनाको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई यस्ता कठपुतली पत्रकारहरुले बद्नाम समेत गराएको भन्दै त्यस्ता झुटको खेती गर्ने पत्रकार र पत्रिकालाई कारबाहीको दायरामा ल्याउन समेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
त्यस्तै उक्त समाचारको बिषयलाई लिएर चन्द्रबहादुर खड्का क्षेत्री 'असल'ले प्रेस नोट जारी गरेका छन् ।
उनले आफुसंग जोडेर युनाइटेड पोस्ट साप्ताहिकमा आएको समाचार सम्पूर्ण रुपले झुट भएको र उक्त समाचार आफ्नो चरित्र हत्या गर्ने र नेतृत्वलाई बदनाम गर्ने हेतुले प्रकाशित गरिएको बताएका छन् ।
खड्काले यो समाचारको प्रमोकाण्डा क्रान्ति बिरोधी षडयन्त्रको एक हिस्सा भएको समेत बताएका छन् । त्यस्तै खड्काले समाचार लेख्ने सम्बन्धित पत्रकारलाई प्रमाणित गर्न चुनौती दिएका छन्। | 2022/05/17 16:54:38 | https://www.imandarmedia.com.np/2017/10/khandan-news.html | mC4 |
लक्ष्मी लघुवित्तको वार्षिक साधारणसभा आज, २६.३२% लाभांश पारित गर्ने Bizshala -
लक्ष्मी लघुवित्तको वार्षिक साधारणसभा आज, २६.३२% लाभांश पारित गर्ने
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौ कमलपोखरीस्थित अग्रवाल भवनमा हुँदैछ ।
साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको कुल २६.३२ प्रतिशत लाभांश पारित गर्दैछ ।
संस्थाले चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.३२ प्रतिशतले हुन आउने २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँबराबरको नगद लाभांश ९लाभांश करसहित० वितरणको प्रस्ताव गरेको छ ।
यसैगरी सभामा विशेष प्रस्तावका रुपमा राखिने अन्य इजाजतपत्र प्राप्त 'घ' वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बनधी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अकिार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभामा प्रस्तुत गरिने सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित हुनेछ। | 2020/09/23 12:32:33 | http://www.bizshala.com/story/%E0%A4%B2%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%8D%E0%A4%AE%E0%A5%80-63 | mC4 |
सिन्धुपाल्चोक : लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन्। पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन्।
स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन्। निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए।
पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे। वडा नम्बर ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए।
यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ। वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए। उनले भूर्गवविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए। | 2022-12-01T06:20:04Z | https://www.ichchhakhabar.com/2021/08/17204/ | OSCAR-2301 |
'मुक्तिनाथ सम्बृद्धि बचत खाता – उच्चतम ब्याजदर, मासिक ब्याज भुक्तानी' « Khabarhub
'मुक्तिनाथ सम्बृद्धि बचत खाता – उच्चतम ब्याजदर, मासिक ब्याज भुक्तानी'
काठमाडौँ– 'जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ' भन्ने नाराका साथ अघि बढेको मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ सम्बृद्धि' बचत खाता सञ्चालनमा ल्याएको छ ।
ग्राहकको निरन्तर हितका लागि विभिन्न योजना ल्याएको बैंकले साउन महिनामा सबैभन्दा उच्चतम वार्षिक ब्याजदर दिने समेत घोषणा गरेको छ । मासिक रुपमा समेत सोही ब्याज भुक्तानी गर्ने बैंकका बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग प्रमुख बसन्त बक्सीले जानकारी दिए ।
यसै सन्दर्भमा बक्सीसँग यस योजनाबारे गरिएको थप कुराकानीको केही अंश यहा प्रस्तुत गरिएको छ –
मुक्तिनाथ बैंकले ल्याएको सम्बृद्धि बचत खाताको मूख्य आकर्षण के हो ?
सर्वप्रथम कोरोना भाइरस माहामारीको समयमा नेपालका अन्य बैंकको जस्तै पीडा हामीले पनि भोग्नु पर्यो । यद्यपि यस्तो संक्रमणकालीन अवस्थामा हामीले हाम्रा ग्राहक महानुभावहरुलाई सकेसम्म उच्चतम प्रतिफल दिने बचत खाताको सुविधा ल्याएका छौँ ।
यस मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाताले ५.२५% को वार्षिक ब्याजदर प्रदान गरीरहेको छ, जुन अन्य बैंकहरुको उच्च ब्याजसँग बराबरको प्रतिफल हो । तर, यस बचत खाताको मूख्य विशेषता वा आकर्षण भनेको चाँहि बैंकले मासिक रुपमा ब्याज भुक्तानी गरिदिने सुविधा नै हो ।
अन्य बचत खाताहरुमा अहिले दैनिक रुपमा ब्याज गणना र त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरेको छ, तर यस सम्बृद्धि बचत खातामा दैनिकमा ब्याज गणना र मासिक रुपमा ब्याज भुक्तानी हुने गरेको छ । मुद्दती खाता नखोलिकन पनि ब्याज मासिक रुपमै आफ्नै बचत खातामा राखेको मौजदातमा आउने हुँदा ग्राहकहरुले आफूले चाहे अनुसार रकम झिक्ने, राख्न सक्ने छन् ।
आकर्षक ब्याजदर र मासिक ब्याज भुक्तानी हुँदैमा सम्बृद्धि बचत खातामा सबैभन्दा राम्रो बचत खाता भन्न सकिन्छ र ?
मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाताको विभिन्न विशेषताहरु रहेका छन् । यो बचत खाता खोल्न मात्र रु.१०० को न्यूनतम मौजदात राखे पुग्छ र खाता खोलेको पहिलो वर्ष खातावाहकहरुलाई निशूल्क मोबाइल बैंकिङ्ग र निशूल्क इन्टरनेट बैंकिङ्गको सुविधा समेत रहेको छ ।
रु १०० मा नै सम्बृद्धि बचत खाता खोल्ने ग्राहकहरुले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गको चलाउन लाग्ने पहिलो वर्षको खर्च पनि तिर्नु पर्ने छैन । विशेष गरी बैंकले डिजिटल प्रणालीलाई प्रोत्साहन गर्नका लागि यो सुविधा यस बचत खातामा ल्याएको हो । यसरी निशूल्क डिजिटल बैंकिङ्गको सुविधा सँगै सर्व सुलभ मौज्दातमै खाता खोल्ने सुविधा लिन सकिने कारण, यो सम्बृद्धि बचत खाता मुक्तिनाथ बैंकको एउटा राम्रै बचत खाताहरुमध्ये पर्दछ ।
मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता ठूला निक्षेपकर्ताहरुका लागि मात्र कि सर्वसाधरण निक्षेपकर्ताका लागि पनि हो ?
मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता व्यक्तिगत बचतको लागि हुनाले यो खाता नाबालक देखि लिएर १८ वर्षभन्दा बढी उमेर भएका नेपाली नागरीकहरुले खोल्न सक्नुहुनेछ । यो खाता सजिलै मुक्तिनाथ बैंकको बेबसाइटबाट आवेदन पनि दिन सकिन्छ ।
सम्बृद्धि बचत खातामा भएको सुविधा ल्याउनु पछिको कारण के हो ?
मुक्तिनाथ बैंक सँधै नै आफूनो ग्राहकको हित हूने सुविधा र सेवाको निर्माण कार्यमा लागि परेको छ । बैंकले ग्राहक महानुभावहरुको सल्लाह र सुझावलाई ध्यानमा राखेर र अहिलेको कोरोना भाइरस महाकारीको जटिल अवस्थामा सिकिएको बचतको महत्व हेर्दै ग्राहक वर्गको बचतको उच्चतम प्रतिफल सँगै बचत गर्ने बानीको विकास गर्न, हामीले यो बचत खाता ल्याएका हौं । साथै, बैंकले डिजिटल प्रणालीलाई प्रोत्साहन गर्न निशूल्क मोबाइल बैंकिङ्ग र निशूल्क इन्टरनेट बैंकिङ्ग पनि यसै बचत खातामा ल्याएको छ ।
हाल व्यक्तिगत मुद्दतीमा कति प्रतिशत ब्याज प्रदान गरिरहनु भएको छ ?
यस मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई सकेसम्म उच्चतम प्रतिफल दिने प्रयास गर्दै आएको छ । आगामी दिनमा पनि ग्राहकको बचत सुरक्षा र सेवामा झनै जिम्मेवारीका साथ लागि रहने हामी प्रण गर्छौं । जहाँसम्म मुद्दती खाताको ब्याज दरको कुरा गर्नुभयो यसमा पनि हामीले ग्राहकलाई उच्चतम ब्याज दिंदै आएका छौं । अहिले हामीले व्यक्तिगत मुद्दतीमा अधिकत्तम ८.२५ % सम्म ब्याज प्रदान गरिरहेका छौँ । | 2022/01/27 14:44:27 | https://www.khabarhub.com/2021/07/295284/ | mC4 |
Oceane I/E Trading एक पेशेवर चीन 120g बहु स्वाद उच्च ऊर्जा पट्टी निर्माता र चीन 120g मल्टि फ्लेवर उच्च ऊर्जा बार आपूर्तिकर्ता हो, जुन पहिले चिनियाँ जनताको लिबरेशन आर्मी नम्बर 4003 कारखाना भनेर चिनिन्थ्यो। हामी सेनामा एक मात्र खाद्य प्रशोधन उद्यम हौं जसले R&D, उत्पादन, थोक बिक्री, ठूलो मात्रामा व्यापारको एकीकरण प्रदान गर्न सक्छ।
१२० ग्राम मल्टि फ्लेवर हाई एनर्जी बार भनेको कम्प्रेस्ड बिस्कुट हो, जसलाई हाई एनर्जी फूड पनि भनिन्छ, गहुँको पिठो ६०%, वनस्पति तेल, चिनी, ग्लुकोज सिरप, पानी, नुन इत्यादिमा बनेको पुरानो तर उच्च उर्जा बिस्कुट हो। कुनै संरक्षक वा कृत्रिम छैन बकवास, र स्वाद यति राम्रो छ तपाईलाई थपको लागि भिख माग्न छोडिनेछ। बहु स्वाद, आफ्नो फरक छनोट पूरा गर्न सक्नुहुन्छ। 120g बहु स्वाद उच्च ऊर्जा पट्टी लगभग 570Kcal समावेश गर्दछ, उच्च ऊर्जा खाना भोक लागि अधिक प्रतिरोधी हुनेछ। भ्याकुम प्याक ऊर्जा बिस्कुट लामो समयको लागि भण्डारण गर्न सकिन्छ र यात्रामा बोक्न सजिलो हुन्छ। 120g बहु स्वाद उच्च ऊर्जा बार सैन्य, उद्धार र राहत, फिल्डवर्क, शिविर, बाहिरी यात्रा, आदि को दैनिक आपूर्ति हो।
अहिले, हाम्रो कम्पनीले 120g बहु स्वाद उच्च ऊर्जा पट्टीको गुणस्तर र स्वाद सुनिश्चित गर्न, सँगै ISO9001, HACCP, 120 ग्राम आयात र स्वदेशी व्यावसायिक उत्पादन लाइन 12, 500sets भन्दा बढी उपकरणहरू, उन्नत मेसिनरी र उपकरणहरू, उत्कृष्ट प्रविधि प्राविधिक कर्मचारीहरू छन्। आदि, OEM र ODM सेवाहरू प्रदान गर्नुहोस्, उपभोक्ताहरूको प्रशंसा र विश्वास जित्यो।
View as
जीवन रक्षा फूड बार
सर्वाइभल फूड बार भनेको मुख्य कच्चा मालको रूपमा पीठो, चिनी, इत्यादि सहितको कम्प्रेस गरिएको खाना हो। यो बोक्न सजिलो छ, उच्च ऊर्जा र भोक प्रतिरोध, लामो भण्डारण समय। कम्प्रेस्ड बिस्कुट, चकलेट बार र नट बारहरू सबै जीवित खाना बारहरू हुन्। हामी चीनमा बनेको 120 ग्राम नुनिलो उच्च उर्जा बिस्कुटहरू उदाहरणको रूपमा लिन्छौं जुन बाँच्ने खाना पट्टीको विवरण दिन्छौं।
थप पढ्नुहोस्जाँच पठाउनुहोस्
आपतकालीन उद्धार खाना
इमर्जेन्सी रेस्क्यु फूड भनेको उद्धार खाना हो जुन आपतकालिन अवस्थामा लैजान आवश्यक हुन्छ, जस्तै भौगर्भिक प्रकोप, खानी प्रकोप, जंगलको आगो, बाहिरी साहसिक कार्य र अन्य आपतकालिन अवस्थामा। हालको विनाशकारी मौसम र विनाशकारी दुर्घटनाहरूको बारम्बार घटनामा, आपतकालीन उद्धार खाद्य भण्डारण एक आवश्यक आरक्षित वस्तु भएको छ।
थप पढ्नुहोस्जाँच पठाउनुहोस्
जीवन रक्षा राशन बार
सर्वाइभल रासन बारलाई आपतकालीन खाना राशन, उच्च ऊर्जा पट्टी, कम्प्रेस्ड बिस्कुट, उच्च गुणस्तरका सामग्रीहरूले सुदृढ पारिएको पनि भनिन्छ। थोक र बजार मा लोकप्रिय। सर्भाइभल रासन बार (१२० ग्राम/५९७ किलो क्यालोरी) को प्याकले वयस्कको दैनिक ऊर्जा आवश्यकताहरू समेट्छ। खानको लागि तयार, कुनै तताउने वा उमाल्नु आवश्यक छैन।
थप पढ्नुहोस्जाँच पठाउनुहोस्
आपतकालीन उच्च ऊर्जा बिस्कुट
आपतकालीन उच्च ऊर्जा बिस्कुटहरू थोक र लोकप्रिय आपतकालीन खाना हुन्, उच्च-प्रोटिन अनाज र तरकारी बोसो भएको गहुँको बिस्कुटबाट बनेको। तिनीहरूको उच्च ऊर्जा-देखि-तौल अनुपातको कारण तिनीहरू विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्र संघको खाद्य सहायता शाखा, विश्वव्यापी प्रकोप पीडितहरूलाई खुवाउनको लागि खरिद गरिन्छ।
थप पढ्नुहोस्जाँच पठाउनुहोस्
हलाल कम्प्रेस्ड बिस्कुट
हलाल एक अरबी शब्द हो जसको अर्थ वैध वा अनुमति हो। त्यसोभए, हलाल फूड भनेको मुस्लिमहरूले उपभोग गर्न सक्ने खाना हो र इस्लामिक कानूनको दिशानिर्देश र पालना गर्नुपर्दछ। हलाल कम्प्रेस्ड बिस्कुटलाई उच्च ऊर्जा बिस्कुट पनि भनिन्छ, एक पुरानो तर उच्च ऊर्जा बिस्कुट हो, गहुँको पीठोमा 60%, तरकारी। तेल, चिनी, ग्लुकोज सिरप, पानी, नुन, आदि र महत्त्वपूर्ण कुरा यो हो कि यो हलाल प्रमाणपत्र पूरा गर्दछ, र सबैले खान सक्छन्। बहु स्वाद, आफ्नो फरक छनोट पूरा गर्न सक्नुहुन्छ।
थप पढ्नुहोस्जाँच पठाउनुहोस्
आपतकालीन खाना
आकस्मिक खानामा अवशोषण नहुने, नरम, उच्च ऊर्जा, प्रशस्त पोषण, थकान विरोधी, छिटो शारीरिक रिकभरी आदि विशेषताहरू हुन्छन्।
थप पढ्नुहोस्जाँच पठाउनुहोस्
<12>
के तपाई चीनमा बनेको नयाँ 120G बहु स्वाद उच्च ऊर्जा बार खोज्दै हुनुहुन्छ? Hebei Oceane तपाईंको राम्रो साझेदार हुन सक्छ! हाम्रो कारखानाले 120G बहु स्वाद उच्च ऊर्जा बार उत्पादन गर्छ, जुन HACCP प्रमाणित मात्र होइन, तर उचित मूल्यमा थोक बिक्री पनि गर्न सकिन्छ। थप रूपमा, हामीसँग तपाईले छनौट गर्नको लागि स्टकमा धेरै फ्यान्सी प्रकारका उत्पादनहरू छन्। यसले हामीलाई चीनमा प्रसिद्ध आपूर्तिकर्ताहरू मध्ये एक बनायो।
टेलिफोन: +86-15132400201
ईमेल: [email protected]
ठेगाना: No.19 पिंगन उत्तरी सडक, चाङ्गान जिल्ला, शिजियाझुआंग शहर, हेबेई प्रान्त, चीन
जाँच पठाउनुहोस्
हाई एनर्जी बिस्कुट, डिब्बाबंद खाना, MRE वा मूल्य सूची बारे सोधपुछको लागि, कृपया हामीलाई आफ्नो इमेल छोड्नुहोस् र हामी 24 घण्टा भित्र सम्पर्कमा हुनेछौं।
अक्टोबर NOW
Links
Sitemap
RSS
XML
Privacy Policy
प्रतिलिपि अधिकार © 2021 Hebei Oceane Import and Export Trading Co., LTD. - उच्च ऊर्जा बिस्कुट - सबै अधिकार सुरक्षित। | 2022-11-27T15:57:30Z | https://ne.oceanenergyfood.com/120g-multi-flavor-high-energy-bar | OSCAR-2301 |
'जनकपुर–जयनगर रेल्वे' माघ अन्तिमदेखि सञ्चालनमा आउँदै - Purbeli News
प्रकाशित मिति: सोमबार, माघ ०५, २०७७ समय: १५:३३:५१
धनुषा / 'जनकपुर–जयनगर रेल्वे' यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए । भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ । महाप्रबन्धक भट्टराईले भने, "जयनगरदेखि कुर्थासम्मका लागि रेल्वे लिक, स्टेसन, सिग्नललगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको र सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी छैन ।"
महाप्रबन्धक भट्टराईको अनुसार माघ १५ गतेभित्र रेल सेवा सञ्चालन गर्नका लागि आवश्यक मुख्य प्राविधिक जनशक्ति भारतबाट नेपाल आइपुग्दैछन् । त्यसका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेशनसँग सम्झौता हुने भएको उनले बताए । भट्टराईले भने, "सम्झौताका लागि आवश्यक 'डकुमेन्टस' समेत तयार भइसकेको छ र ड्राइभर, इञ्जिनीयरलगायत २६ जना मुख्य प्राविधिक जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको छ ।" त्यसैगरी रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जानकारी दिए ।
अहिले पहिलो चरणमा जयनगरदेखि कुर्था खण्डमा सञ्चालनका लागि गत असोज २ गते भारतबाट ल्याइएका दुई वटा डेमो रेल इनर्वास्थित स्टेशनमा पार्किङ गरी राखिएको छ भने रेल्वेको सुरक्षाको जिम्मा पछिल्लो मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बललाई दिइसकेको छ । अहिले १२६ जना सशस्त्र प्रहरीले उक्त रेल्वे खण्डको सुरक्षा दिइरहेका छन् । रेल सञ्चालनका लागि आवश्यक पर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा साधारणमा ७० रुपैयाँ र एसीमा ३०० सम्म तोकिएको छ । प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ साधारणमा र एसीमा साधारणभन्दा पाँचगुणा बढी भाडा तोकिएको उनले बताए ।
एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँका दरले भाडा लाग्ने छ । दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने छ । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँच वटा स्टेसन राखिएको छ । | 2021/03/05 20:03:31 | https://purbelinews.com/443118 | mC4 |
'लोकमानले कानुन हातमा लिएर राज्यअातंक मच्चाए' | Nagarik News - Nepal Republic Media
'लोकमानले कानुन हातमा लिएर राज्यअातंक मच्चाए'
संसदमा महाभियाेग प्रस्ताव पेश गर्दै महाभियाेग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाही। तस्बिर: दिपेश श्रेष्ठ
९ कार्तिक २०७३ ६ मिनेट पाठ
काठमाडौं–अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्तवमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। मंगलबार बसेको व्यवस्थापिका संसद बैठकमा कार्कीविरुद्ध पेश भएको महाभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु भएको हो। गत बुधबार सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेका १५७ सांसदले कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
सो प्रस्तावमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो। उता प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसले भने महाभियोगका पक्षमा ठोस निर्णय गरेको छैन। एमाले– माओवादीले भने संसदमा पेश भएको महाभियोग प्रस्ताव पारित गर्ने निर्णय गरिसकेका छन्।
नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले प्रमुख कार्कीविरुद्ध दर्ता गराउनुभएको महाभियोगको प्रस्ताव सदनमा यही कात्तिक ७ गते पेस भएको थियो। नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका–ससद् नियमावली, २०७३ को १३८ को उपनियम १ बमोजिम उक्त प्रस्ताव दर्ता गरिएको हो।
प्रमुख आयुक्त कार्कीले पदीय आचरण विपरीत कार्य गरेको आरोप लगाउँदै सांसदहरुले महाभियोगसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए। प्रमुख आयुक्तविरुद्धको महाभियोग नेपालको संसदीय इतिहासमै महाभियोगसम्बन्धी पहिलो घटना हो।
महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिन दलीय आधारमा अतिरिक्त व्यक्ति विशेषबाट बोल्न चाहने सांसदलाई पनि समय प्राप्त हुनेछ।
बैठकमा उठेका विषयवस्तुलाई समेटेर प्रस्तावलाई व्यवस्थापिका–संसद्अन्तर्गत गठित महाभियोग सिफारिस समितिमा पठाइने छ। नेकपा (माओवादी केन्द्र)का सांसद शाहीले प्रस्तुत गरेकाे उक्त महाभियोग प्रस्तावलाई नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले समर्थन गरेका छ ।
कानुन हातमा लिएर राज्यअातंक मच्चाएको अारोप
अख्तियारका प्रमुख आयुक्त कार्कीले नेपालको संविधान जारी भइसकेपछि पनि अन्तरिम संविधान बमोजिमको प्रावधान प्रयोग गरी अनुचित कार्य गरेको भनी केही चिकित्सकलाई कारबाही गर्न संविधान विपरीत त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको महाभियोगसम्बन्धी सूचनामा उल्लेख गरिएको छ।
आफ्नो नजिकको नातेदारको सेयर स्वामित्वमा रहेको किष्ट मेडिकल कलेजमा विद्यार्थी सिट सङ्ख्या थप्न मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयलाई दबाब दिई स्वार्थपूर्ण कार्य गरेको तथा काठमाडौँ विश्वविद्यालयले सञ्चालन गरेको एमबिबिएसको प्रवेश परीक्षामा अनावश्यक हस्तक्षेप गरेको आरोप पनि उहाँमाथि लागेको छ।
संविधान तथा भ्रष्टाचार निवारण ऐन, २०५९ प्रतिकूल हुने गरी विभिन्न राष्ट्रसेवकलगायतका व्यक्तिविरुद्ध भ्रष्टाचार र अनुसन्धानको बहानामा अनावश्यक दुःख दिएको तथा आफ्नो कार्यशैलीसँग असहमत व्यक्ति-संस्थाप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको, न्याय सम्पादनमा अवरुद्ध गरी आफ्नो नाममा सर्वोच्च अदालतबाट जारी भएको म्याद सूचना तामेल गर्नेलाई अवरोध गरेको महाभियोगपत्रको सूचनामा उल्लेख छ।
आफ्नो पद तथा हैसियतको दुरुपयोग गरी राष्ट्र सेवकलगायतलाई विभिन्न आदेश दिई आफू अनुकूल प्रशासन संयन्त्रलाई प्रयोग गर्ने दुष्प्रयास गरेको, संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, पदीय कर्तव्य पालना नगरेको, कार्यक्षमताको अभाव देखिएको, खराब आचरण भएको र आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको दलिल हस्ताक्षरकर्ता सांसदहरुले प्रमुख आयुक्त कार्कीविरुद्धको महाभियोग प्रस्तावमा उल्लेख गरेका छन्।
महाभियोगसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै त्यसका प्रस्तावक शाहीले शक्ति पृथक्कीकरणको सिद्धान्तअनुरुप भ्रष्टाचार नियन्त्रण गर्न गठित संवैधानिक आयोगलाई प्रमुख आयुक्त कार्कीले पारिवारिक एवम् व्यक्तिगत स्वार्थ पूरा गर्ने अखडाका रुपमा उपयोग गरेको आरोप लगाए।
उनले विधिको शासनको पालना गर्नुपर्ने र उच्च नैतिक आचरण हुनुपर्ने व्यक्ति स्वयम् कार्कीले आयोगको ओज घटाएको र नेपाली जनताको भ्रष्टाचाररहित समाज निर्माणको चाहनालाई तुषारापात गरेको बताए। | 2020/07/03 14:16:02 | https://nagariknews.nagariknetwork.com/politics/109893-1477388160.html | mC4 |