text
stringlengths 0
16.7k
|
---|
जोन मेजर एक बेलायती राजनितिज्ञ तथा बेलायतका पूर्व प्रधानमन्त्री हुन् । । |
कस्मै देवाय इश्वरवल्लभद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो। |
रणोद्धीप सिंह बहादुर राणा वा रणोद्दिप सिँह कुँवर राणा राणा शासनका दोस्रो श्री 3 महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु जंगबहादुर राणाको निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री 3 को पदमा विराजमान भए। तर पछि यिनी आफ्नै भाई/भतिजाहरूबाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा वीर शमशेर जङ्गबहादुर राणा नेपालका प्रधानमन्त्री बने। |
रणोद्दिपसिँहको जन्म पिता काजी बालनरसिंह कुँवरको सातौं पुत्र र माता गणेश कुमारीको पाचौं पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिँह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. 1942 मा भयो। |
मुख्य लेख : 38 सालको पर्व |
वि.सं. 1938 मा प्रधानमन्त्री रणोद्दीप सिंह भारतमा तिर्थ गर्न गएको बेलामा नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधानसेनापति धीर शमशेर र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह, जगतजंग राणा, बमवीर सिंहलाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो । |
मुख्य लेख : 42 सालको पर्व |
वि.सं. 1942मा वीर शमशेरले आफूसँग रहेका सैनिक हरुको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे । जंगबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग को समेत हत्या गरियो । |
पाटन एयरपोर्ट महाकाली अञ्चल बैतडी पाटन नगरपालिका को पाटन बजार मा पर्छ । यो एयरपोर्ट हाल बन्द अवस्था मा रहेको छ ।राजधानी काठमाडौंबाट झन्डै 1 हजार किलोमिटरको दूरीमा रहेको बैतडी जिल्लाको पाटन विमानस्थल 20 वर्षदेखि बन्द अवस्थामा छ । शान्ति प्रक्रियामा आएको 10 वर्ष बितिसक्दासमेत विमान नचल्दा यहाँका बासिन्दा निराश र आक्रोशित छन् । राजधानी काठमाडौंबाट बैतडी पुग्न सडक यातायातमार्फत 2 दिन लाग्छ । विमान सञ्चालन नहुँदा बिरामीलाई अस्पताल पुर्याउन यहाँका बासिन्दाले सबैभन्दा बढी खेप्नुपरको सास्ती र पीडा हो । आपत्कालीन अवस्थामा उपभोग गर्न पाउनुपर्ने अत्यावश्यक सुविधाबाट समेत वञ्चित भएका छन्, यहाँका बासिन्दा । पाटन विमानस्थल सञ्चालन नहुँदा हाल गौचरनमा परिणत भएको छ । विमान उडनुपर्ने धावनमार्गमा धुलो उडिरहेको छ ।2034 सालमा सञ्चालनमा आएको बैतडीको पाटन विमानस्थल 2052 सालदेखि पूर्णरूपमा बन्द भएको थियो । धावनमार्गको लम्बाइ 9 सय 50 मिटर रहेको विमानस्थल सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल सबैभन्दा ठूलो विमानस्थलका रूपमा रहेको छ । पाटन विमानस्थलको संरक्षण समेत हुन नसक्दा अहिले गौचरणमा परिणत मात्र भएको छैन, भौतिक संरचनापनि तहसनहस भएको छ । प्रजातन्त्र स्थापना कालसँगै सञ्चालमा आएको विमानस्थल 10 वर्षे द्वन्द्व शुरु हुनासाथ बन्द भएको थियो । हाल पाटन विमानस्थल गौचरन, खेलमैदान, सवारीसाधन सिक्ने मैदान र खच्चडहरूको बासस्थानको रूपमा परिणत भएको छ । बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको केन्द्र भागमा रहेको पाटन बैतडी जिल्लाको मिनी सदरमुकामको रूपमा पहिचान बनाएको छ । तत्कालीन एमाओवादीको सरकार रहेको बेला पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले सुदूरपश्चिममा रहेका विमानस्थललाई तत्काल सुचारु गर्ने प्रतिबद्धता जनाए पनि यो पनि गफमै सीमित भएको छ ।द्वन्द्वको क्रममा तत्कालीन माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्णरूपमा ध्वस्त बनाएको थियो । शान्ति प्रक्रियामा आएको 10 वर्ष बितिसक्दासमेत विमानस्थल कार्यालयको पुनर्निर्माण हुन सकेको छैन । विमानस्थलको धावनमार्ग र कार्यालय पुनर्निर्माणको पर्खाइमा रहेको छ । कार्यालय अलपत्र अवस्थामा छ । विमानस्थलको टावर पनि भग्नावशेषमा परिणत भएको छ । स्थानीयबासीले पटक–पटक सरकारसँग विमानस्थल सञ्चालनका लागि आग्रह गर्दासमेत कामले गति लिन नसकेको गुनासो गरेका छन् । विमानस्थल प्रयोगविहीन भए पनि संरक्षणतर्फ पनि सरकारको ध्यान जान सकेको छैन् । |
मिरान्डा मे केर एक अस्ट्रलियाली अभिनेत्री र मोडल हुन् । |
जगतप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। |
सिलु बिरालो नेपालमा पाइने एक प्रकारको जनावर हो । |
लमजुङ नेपालको एकिकरण पुर्व चौबीसी राज्य थियो। |
"लमजुङ" शब्द मगर भाषाबाट आएको मानिन्छ । यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ । |
यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनीतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ । सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरुङ तथा घले जातिको सामाजिक तथा राजनीतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन । जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ । |
सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज यशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ । त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ । |
इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लिइएको पाइन्छ । त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ । |
जङ्गबहादुर राणा वि. सं. 1914 सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री 3 महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे । |
भिएफबी स्टुट्गर्ट जर्मनीको स्टुट्गर्टमा रहेको अाधिकारिक फुटबल क्लब हो । यो क्लब हाल जर्मनीको उच्च फुटबल लिग बुन्डेसलिगामा प्रतिस्पर्धा गर्छ । |
जि.आई.टी.ए.एम विश्वविद्यालय भारतको राज्य आन्ध्र प्रदेशको विशाखापट्टनममा अवस्थित एउटा विश्वविद्यालय हो। |
दमाई जातिप्राचीन कालदेखि वाद्यवादनमा संलग्न रहि आएको नेपालको एक दलित जाति हो । नेपालकाे इतिहासमा याे जातीले सामाजिक सह अस्तित्व कायम राखेकाे पाइन्छ । |
यस जातिको मुख्य पेशाको रूपमा कपडा सिलाउने कार्य रहेको छ । यस पेशालाई उनिहरूले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन्। तर केही परिस्कृत भने पक्कै भएको छ । यसैबाट यिनिहरुको जिवनयापन हुन्छ । यिनिहरु पञ्चेबाजा पनि बजाउने र जन्तिहरूमा जाने गर्दछ्न् । |
यिनिहरु सामान्यतः हिन्दु धर्म प्राचिन काल देखि मान्दै आएपनि अहिले कतैकतै क्रिस्टियन मानेको पाइन्छ । तर यिनीहरु पहिला हिन्दु धर्म कै हुन् । यिनीहरू हिन्दू धर्मकै चाडपर्व आर्य जसरी मान्दछन् ।आआफ्नो कूलदेवता पुज्न पनि पछि हट्दैनन् । |
यिनीहरूको अरू जातिकोजस्तो आफ्नो भाषा छैन। समग्रमा नेपाली भाषा नै प्रयोग गर्न माहिर छन्। |
आफ्नो जातिको भेषभूषा नभ एकोले नेपाली समाजमा प्रचलित भेषभेषा कमिजसुरुवाल चोलो फरिया लाउँछन्। अहिले भने पश्चिमी संस्कृतिले नयाँ बद्लाप ल्याएको छ । |
पञ्चैबाजादलित |
बिन्दु एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य खड्ग बहादुर "अभागा"द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक - हो। यसको प्रकाशन एम.बारी बस्ती आसाममा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति 1961ई. मेमा प्रकाशित भएको थियो। |
अवानी मोदी एक भारतीय मोडल र चलचित्र अभिनेत्री हुन् । उनी दक्षिण भारत र गुजराती दर्शकसामु निक्कै लोकप्रिय छिन् ।दक्षिण भारतीय चलचित्रमा अभिनयको सुरुवात गरेकी अवानीले बलिउडमा आफ्नो भाग्य अजमाउन मधुर भण्डारकरको क्यालेन्डर गर्ल्सबाट सुरुवात गरेकी हुन् । |
अवानी मोदीको जन्म गुजरातको गान्धीनगरमा भएको हो । उनी आफ्नै जन्मथलोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई अहमदाबादमा गरेकी हुन् । |
==जन्म==1989 |
ग्वाटेमाला गणतान्त्रिक मोर्चा ग्वाटेमालाको एउटा राजनीतिक दल हो | दल 1988मा स्थापना गरिएको थियो | जोसे एफ्रैन रिओस मोन्ट यो दलको महासचिव हो | सन् 2003को सभापतिको निर्वाचनमा दलको उम्मेदवार जोसे एफ्रैन रिओस मोन्टले 503679 मतहरू पायो | सन् 2003को संसदीय निर्वाचनमा यो दलले 470554 मतहरू पायो | |
सातखीरा बङ्गलादेशको दक्षिण-पश्चिम भागमा रहेको एक जिल्ला हो । यो जिल्ला खुल्ना विभागमा अवस्थित छ । यो जिल्लाले भारतको पश्चिम बङ्गाल राज्यसँग सिमान जोडिएको छ । यो जिल्ला बेतना नदिको किनारमा अवस्थित छ । |
यो जिल्ला 21°36' देखि 22°54' उत्तर अक्षांश र 89°54' देखि 89°20' पुर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्य 3858.33 वर्ग किलोमिटर अोगटेको छ । यस जिल्लालाई जशोर जिल्लाले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिणमा बङ्गालको खाडी रहेको छ । त्यस्तै गरि खुल्ना जिल्लाले पुर्वमा र भारतको पश्चिम बङ्गाल र चौबीस परगन जिल्लाले पश्चिमबाट घेरेको छ । यस जिल्लामा बेतना, इकमती, रायमङ्गल, बेतराबती अादि देशकै प्रमुख नदिहरू रहेका छन् । |
यस जिल्लामा वार्सिक अधिकतम तापक्रम 35.5 डिग्री पुग्छ भने न्युनतम तापक्रम 12.5 डिग्री मापन गरिएको छ । यस जिल्लामा वार्सिक 1710 मिलिमिटर पानी पर्ने गरेको छ । उष्णकटिबंधीय मौसमहरूमा वर्षको हरेक महिनामा तापक्रम 18 डिग्री माथि पुग्छ भने मासिक अर्थको तापमान र सामान्यतया एक सुख्खा मौसम हुन्छ जसमा वर्षको 60 मिलिमिटर पानी पर्ने गरेको छ । |
सातखीरा जिल्लाको दक्षिण क्षेत्रमा बसोबास गर्ने जनसमुदायको प्रमुख पेशा माछापालन व्यवसाय हो । यस जिल्लामा विशेष गरि अाँप, कटर, काफल, लिची, नरिवल, अम्बा, केरा अादि फलफूलहरूको उत्पादन हुने गरेको छ । यस जिल्लामा 86 दूध सङ्कलन केन्द्र, 322 पोल्ट्रि फारम, 3046 मछा पालन गर्ने पोखरी, 66 ह्याचरी, 3650 झिङ्गे माछा पालन पोखर र एक गाईबस्तु पालन फारम रहेको छ । यस जिल्लाले दैनिक झिङ्गे माछा, गँहु, धान, जुट, लेदर समाग्री, कोदो अादिको निर्यात गर्दै अाएको छ । यो जिल्लाले बङ्गलादेशको अर्थतन्त्रमा 18.5% योगदान दिँदै अाएको छ । |
यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै 62.56% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै 4.33% मजदुरी, व्यापार र उद्योगमा 1.51%, वाणिाज्यमा 16.23%, सञ्चार र यातायातमा 3.03%, रेमिटेन्समा 0.34%, सरकारी कार्यलयहरूमा 7.32% ,धर्म सेवामा 0.19% र अन्यमा 5.94% रहेका छन् । |
सुन्दरवन यो जिल्लाको सबैभन्दा ठूलो कच्चा भूमिमा उव्जाउ हुने म्याग्रुफ जङ्गल हो जुन 5,747 वर्ग किलोमिटरमा फैलिएको छ । |
यस क्षेत्रमा विभिन्न प्राचीन धरोहर र पुराना मठमन्दिर, मस्जिद, गुम्बा अादि रहेका छन् जस्तै-सुल्तानपुर साहि मस्जिद । हाल यस क्षेत्रमा सबैभन्दा लोकप्रिय म्याङ्ग्रुफ वन कालीगञ्ज उप-जिल्लामा रहेको बसजहर जोहयोर वन हो । यो लोकप्रिय रूपमा बडाको वनको रूपमा चिनिन्छ । जोकर बान बांग्लादेश र भारतीय सीमाको बीच घर्षणको कारण उत्पत्ति भएको थियो । यो प्राय यसको प्राकृतिक सौन्दर्यको लागि लोकप्रिय छ । |
यस जिल्ला कुल साक्षरता दर 48.68% रहेको छ जसमध्ये पुरुषको साक्षरता 45.52% छ भने महिलाको साक्षरता दर 51.84% रहेको छ । यस जिल्लामा एक मेडिकल कलेज, 79 क्याम्पस, 1 प्रथमीक शिक्षण विद्यालय, 421 उच्च माध्यमिक विद्यालय, 41 माध्यमिक विद्यालय, 822 सरकारी प्रथमीक विद्यालयहरू रहेका छन् जसमध्ये सतखीरा सारकारी क्यामस, खान बहादुर क्याम्पस, सतखीरा दिवा-रात्री क्याम्पस, सतखीरा सहर क्याम्पस अादी यहाँका उत्कृष्ट विद्यालयहरू हुन् । |
प्रशासनकी सतखीरा उप-विभाग सन् 1851 मा जशोर जिल्लामा स्थापना गरिएको थियो । यो जिल्ला सन् 1882 मा खुल्ना जिल्लामा सामेल थियो । सन् 1984 मा सतखीरा उप-विभाग एक छुट्टै जिल्लामा परिणत भएको थियो त्यसपछि सतखीरा नगरपालिकाको सन् 1889 मा स्थापना भएको थियो । यो जिल्ला बङ्गलादेशको दक्षिण-पश्चिमा पर्छ । यस जिल्लामा सातवटा उप-जिल्लाहरू रहेका छन् जसमध्ये श्यामनगर सबैभन्दा ठूलो उप-जिल्ला हो भने देबहाट सबैभन्दा सानो उप-जिल्ला रुपमा रहेको छ । सतखीरा जिल्लामा हाल दुई नगरपालिका, सात उप-जिल्ला, 79 सङ्घीय परिसद, 8 प्रहरी चौकी र 1436 गाउँहरू रहेका छन् । |
सन् 1994 मा यस जिल्लाका केही युवाहरूले व्यवसायीक हिसावले कम्प्युटर विषयमा तालीम केन्द्रको स्थापना गरे र त्यहाँबाट केही प्रतिभा तयार पारे जसले पछि अर्को कम्प्युटर व्यवसाय शुरु भयो र अन्ततः सातखीरा जिल्ला सञ्चार क्षेत्रमा एक ठूलो मञ्चको स्थापना भएको थियो । विस्तारै कम्प्युटरले सरकारी कार्यालय र बैंकमा अन्य मेसिनहरूको काम गर्न थाल्यो । त्यसको लगत्तै विभिन्न विद्यालय र क्याम्पसहरूमा कम्प्युटर विषयमा पठनपाठन सुरु भएको थियो । हाल यस जिल्लामा अधिक युवाहरू कम्प्युटरको व्यवसाय सुरु गरेका छन् । |
सातखीरा जिल्लाको नक्शा |
सुनसरी बहुमुखी क्याम्पस सुनसरी जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ। |
अदिति गुप्ता एक भारतीय टेलिभिजन अभिनेत्री हुन्। अदितिले आफ्नो पहिलो अभिनय बालाजी टेलिभिजनको किस देशमा हे मेरा दिल नामक कार्यक्रममा गरेकी थिइन्। त्यस बेला उनी केवल 19 वर्षकी थिइन् । उनको गृहनगर पुणे हो उनी एक फेशन डिजाइनर बन्न चाहान्थिन् । तर परिस्थितिहरुको कारणले उनीलाई मुख्य भूमिका निभाउने अवसर प्राप्त भयो। अहिले उनी बालाजी टेलिफिल्म्सको धरावाहिक "किस देशमा हे मेरा दिल"मा हीर नामको केटीको मुख्य भूमिका निभाउँदै छिन्। |
ई.पू. 713 ईसा मसीहको जन्म देखि पूर्वका वर्षहरूलाई दर्शाउँदछ। ईसाको जन्मलाई अधार मानेर त्यसको जन्मदेखि ई.पू. 713 वा वर्ष पूर्वका वर्षलाई यस प्रकार प्रदर्शित गरिन्छ। यो जूलियन कलेण्डरमा अधारित एक सामूहिक वर्ष मानिन्छ। अधिकांश विश्वमा यसै पद्धतिका आधारमा पुराना वर्षहरूको गणना गरिन्छ। भारतमा यसका अतिरिक्त धेरै पञ्चाग प्रसिद्ध छन् जस्तै विक्रम संवत् जो ईसाका जन्मदेखि 57 वा 58 वर्ष पूर्व शुरु हुन्छ र यो नेपाल राष्ट्रिय क्यालेण्डर हो। यसका अतिरिक्त शक संवत् पनि प्रसिद्ध छ। शक संवत् भारतको प्राचीन संवत् हो जो ईसाको जन्मको 78 वर्ष पछिदेखि आरम्भ हुन्छ। शक संवत् भारतको राष्ट्रिय क्यालेण्डर हो। |
भारतमा प्रचलित केही अन्य प्राचीन संवत् यस प्रकार छन्- |
उपर्युक्त अन्तरका आधारमा ई.पू. 713का अनुसार विक्रम संवत्, सप्तर्षि संवत्, कलियुग संवत् र प्राचीन सप्तर्षि आदिमा वर्ष निकाल्न सकिन्छ। |
1920 देखिको झन्डा |
चेकोस्लोभाकिया वा चेको-स्लोभाकिया मध्य युरोपमा अवस्थित सोभियत राज्य हो । |
कोशी : मोरङ • सुनसरी • धनकुटा • तेह्रथुम • भोजपुर • सङ्खुवासभा |
बागमती : काठमाडौं • ललितपुर • भक्तपुर • काभ्रेपलाञ्चोक • धादिङ • नुवाकोट • सिन्धुपाल्चोक • रसुवा |
लुम्बिनी : नवलपरासी • रूपन्देही • कपिलवस्तु • पाल्पा • अर्घाखाँची • गुल्मी |
कर्णाली : डोल्पा • जुम्ला • कालिकोट • मुगु • हुम्ला |
महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको 0.68% क्षेत्रफल कूल जनसख्याको लगभग 2.39% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम धर्माबलम्बीको बाहुल्य रहेको यस जिल्लामा धेरै-थोरै गरी 92 जातजातीको बसोबास रहेको पाइन्छ। यस जिल्लामा जीवन निर्वाहको प्रमुख श्रोत कृषि पेशा नै हो। खेतीयोग्य उर्बर भूमि, विद्युत उपलब्धता, सुगम भौगोलिक अवस्था, वनजङ्गल, नदीनाला तथा खुला भारतीय सिमाना जस्ता विकासका अवसर तथा सम्भावना भए पनि श्रोतसाधनको समुचित सदुपयोग हुन नसकेकाले राष्ट्रिय परिवेशमा तराईकेा पिछडिएको क्षेत्रको रूपमा यस जिल्लालाई हेरिन्छ।. |
भौगोलिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको पत्रेदार चुरेभावर क्षेत्र, दक्षिणमा तराइको समथर मैदान ओगट्ने गरी जम्मा 2 भागमा बाँड्न सकिन्छ। |
महोत्तरी जिल्ला मनसुनी हावाद्वारा प्रभावित क्षेत्र हो यहाँउष्ण जलवायु पाइन्छ। यहाँको अधिकतम तापक्रम गर्मीयाममा 42 डिग्री सेल्सियसभन्दा पनि बढि हुने गरेकाले कहिलेकाही लु चल्ने गर्दछ। तर जिल्लाको उत्तरी भागमा तापक्रम केही कमहुनने गरेको छ। त्यस्तै जाडोयाममा न्युनतम तापक्रम 5 डिग्री सेल्सियससम्म पुग्नुका साथै शितलहरसमेतका कारणले जनजीवन प्रभावित हुने गर्दछ। यस जिल्लामा वार्षिक औसत वर्षा 1840 मिलिमिटर देखि 2200 मिलिमिटर हुने गरेको पाइन्छ। यस जिल्लामा 80 प्रतिशत वर्षा बैशाख देखि भदौ महिनाभित्र हुने गर्दछ। हिउँदमा यस जिल्लामा न्यून वर्षा हुने गर्दछ। |
महोत्तरी जिल्लाका हिन्दू समुदायमा मनाईने चाडपर्वहरू अखारी पुजा, रक्षाबन्धन, तीज, ऋषिपञ्चमी, कृष्णाष्ठमी, विश्वकर्मापूजा,चौरचन, जितिया, दशै, दुर्गापूजा, दिपावली, छठ, विवाह पञ्चमी, माघे संक्रान्ती, शिवरात्री, होली, रामनवमी, जुडशितल तथा सतुआईन आदी हुन। यी मध्ये पनि दिपावली, छठ र होली विशेष आकर्षण तथा उत्साहका साथ मनाइन्छ। त्यस्तै कृष्णाष्ठमी, दुर्गापूजा तथा शिवरात्रीमा धार्मिक मेलासमेत लाग्ने गर्दछ। यसैगरी मुस्लिम समुदायमा मनाईने चाडपर्वहरू रमजान, ईदउलफितर, बकरइद, मोहरम आदी हुन्। यसबाहेक आआफ्नो जातीय धार्मिक तथा सास्कृतिक परम्पराअनुसार अन्य चाडपर्व पनि उत्साहका साथ मनाईने गरिन्छ। यी चाडपर्वहरू सामाजिक सदभाव कायम राख्न सहयोगी हुने गरेका छन। चाडपर्व तथा मेलाले धार्मिक सांस्कृतिक तथा सामुदायिक परम्पराको सरक्षका साथै खुशियाली साटासाट तथा मनोरञ्जनका लागि खासगरि ग्रामिण भेगमा धेरै महत्व हुन्छ। |
शोभा डे एक भारतीय लेखिका र उपन्यासकार हुन्। |
शोभा डेको जन्म 7 जनवरी 1948मा मुम्बईमा सारस्वत ब्राह्मण परिवारमा भएको थियो। उनके बाल्यकालको नाम शोभा राजाध्यक्ष थियो। उनीले क्वीन मेरी स्कूल, मुम्बईबाट आफ्नु स्कूली शिक्षा पुरा गरिन् र मुम्बईकै सेन्ट जेवियर्स कलेजबाट मनोविज्ञानमा स्नातक गरिन्। उनी सुरुवातमा मोडलिंग पनि गर्थिन्। |
माङचोक इलाम जिल्लाको नाम्सालिङ गाविस अन्तरगतको एउटा गाउँ हो। |
बनखु नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । |
थ्वं एक प्रकारको मदिरा युक्त पेय पदार्थ हो । यो नेवारी समुदायमा पर्वहरू तथा उत्सवमा बनाउने गरिन्छ । यसलाई चामलबाट बनाउने गरिन्छ । यो एक प्रकारको स्थानिय बियर हो । सामान्यतया यसलाई भातको बियर भनिने गरिन्छ । नेवारी समुदायमा विशेष पर्वको लागी थ्वं घरमा तयार गर्ने गरिन्छ । यसको रंग सेतो हुन्छ भने यसको स्वाद अयला भन्दा गुलियो हुने गर्दछ । |
थ्वं दुई प्रकारको हुने गर्दछ; |
पुरानागाउँ दाप्चा नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । |
आलम्पु दोलखा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यहाँ अधिकांस थामी जातीको बसोवास छ। यस गाविसमा एक मा.वि.र दुई प्राथमिक विद्यालय सञ्चालनमा छन्। यहाँका मानिसहरूको मुख्य पेसा कृषी र ढुङ्गा खानीबाट ढुङ्गा निकालेर बेच्नु हो । |
धर्ती अझै बोल्दैछ डी.पी. अधिकारीद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। |
यदि यो प्रमुख पृष्ठ चाँडै मेटाउने आधारको मापदण्ड भित्र नपरेको खण्डमा, अथवा तपाईँ यसमा पर्याप्त सुधार गर्न सक्नुहुन्छ भने यो सूचना हटाउनुहोला तर यदि यो तपाईँले सृजना गरेको लेख हो भने तपाईँ आफैले यो सूचना नहटाउनुहोला । यदि यो तपाईँले पृष्ठ बनाउनु भएको हो र तपाईँ यसलाई मेटाउनु पर्ने कुरामा सहमत हुनुहुन्न भने तल रहेको मेटाउन सहमत छैन बटन थिच्नुहोला र वार्तालापमा आफ्नो विचार व्यक्त गर्नुहोला । अथवा तपाईँ सिधै वार्तालापमा गई आफ्नो कुरा राख्न वा आफ्नो कुराको प्रतिक्रिया हेर्न सक्नुहुनेछ । |
एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ । |
प्रबन्धकहरूको लागि सूचना: कृपया यो पृष्ठ मेटाउनुभन्दा पहिले लिङ्कहरू, इतिहास, र लगहरू हेर्नुहोला । साथै गुगल: वेब तथा समाचार पनि हेर्नुहोला ।यस पष्ठलाई अन्तिम सम्पादन हिमाल सुबेदी ले 13:39 युटिसीमा गर्नु भएको हो । |