text
stringlengths 0
16.7k
|
---|
अन्नपूर्ण पोष्ट एक नेपाली दैनिक पत्रिका हो। यो पत्रिकाको मुख्यालय नेपालको राजधानी काठमाडौंमा छ । |
कअन्नपूर्ण पोष्टको प्रथम पटक प्रकाशन 2058 साल बैशाख 18 गते भएको हो। |
प्रथम काँकडभिट्टा गोल्डकपको उपाधि भुटानी शरणार्थी क्लबलाई फाइनलमा 1-0 को गोलअन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्ललेब उपाधिमाथि कब्जा जमाएको हो। जीतसँगै विर्तामोडले नगद 1 लाख 1 हजार रुपैयाँसहित गोल्डकप प्राप्त गरेको थियो। उपविजेता शरणार्थी क्लबले नगद 51 हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको थियो । |
यस फुटबल प्रतियोगितामा नेपाल, भारत तथा भुटानी शरणार्थीसहित जम्मा आठ फुटबल टिमहरूको सहभागीता रहेको थियो। |
द मिस्टिरियस अफेयर अयाट स्टाइल्स अङ्ग्रेजी उपन्यासकार अगाथा क्रिस्टीद्वारा लिखित उपन्यास हो । |
काठमाडौंमा रहेको एक अस्पताल। |
कोपनहेगन डेनमार्कको राजधानी शहर हो। |
शान्तिपुर,धनुषा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित गाँउ विकास समिति हो। |
लेकाली उल्लू नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलार्इ अंग्रेजीमा "माउन्टेन स्कप्स आउल" भनिन्छ । |
आफ्नो लैङ्गिकता भन्दा विपरीत लैङ्गिकताले लगाउने वस्त्र र पहिनाईमा प्रतुत हुने व्यक्ति। विषुलिङ्गी र पारलिङ्गी जस्तै विषुपहिरणी आफूलाई आफ्नो विपरीतको लिङ्ग भन्ने ठान्दैनन्। तर आफू विपरीत लैङ्गिकता भएका व्यक्तिहरूले लगाउने भनिएको पोशाक र पहिरन लगाउन रुचाउँछन् वा महसुस गर्छन्। उनीहरूको लैङ्गिकता वस्त्रले अभिव्यक्ति हुने गर्दछ। |
ई.पू. 873 ईसा मसीहको जन्म देखि पूर्वका वर्षहरूलाई दर्शाउँदछ। ईसाको जन्मलाई अधार मानेर त्यसको जन्मदेखि ई.पू. 873 वा वर्ष पूर्वका वर्षलाई यस प्रकार प्रदर्शित गरिन्छ। यो जूलियन कलेण्डरमा अधारित एक सामूहिक वर्ष मानिन्छ। अधिकांश विश्वमा यसै पद्धतिका आधारमा पुराना वर्षहरूको गणना गरिन्छ। भारतमा यसका अतिरिक्त धेरै पञ्चाग प्रसिद्ध छन् जस्तै विक्रम संवत् जो ईसाका जन्मदेखि 57 वा 58 वर्ष पूर्व शुरु हुन्छ र यो नेपाल राष्ट्रिय क्यालेण्डर हो। यसका अतिरिक्त शक संवत् पनि प्रसिद्ध छ। शक संवत् भारतको प्राचीन संवत् हो जो ईसाको जन्मको 78 वर्ष पछिदेखि आरम्भ हुन्छ। शक संवत् भारतको राष्ट्रिय क्यालेण्डर हो। |
भारतमा प्रचलित केही अन्य प्राचीन संवत् यस प्रकार छन्- |
उपर्युक्त अन्तरका आधारमा ई.पू. 873का अनुसार विक्रम संवत्, सप्तर्षि संवत्, कलियुग संवत् र प्राचीन सप्तर्षि आदिमा वर्ष निकाल्न सकिन्छ। |
इबोला भाइरस रोग वा इबोला रक्तस्रावी ज्वरो इबोला भाइरस को कारणले हुने एक मानव रोग हो। |
यो रोगको पहिचान पहिलो 1976 मा इबोलाको नदी नजिकको एक गाउँमा गएको थियो यसको कारण यस रोगको नाम इबोला राखिएको हो। इबोला एक प्रकारको रोग हो जो रोजीसँग सम्पर्क गर्न मानिसलाई सर्ने गर्छ। यदी रोगीको पसिना, रगत वा श्वास प्रश्वासमा कोही मानिस आयो भने उसलाई टाइफाइड, कोलेरा, ज्वरो, मंसपेसिहरू दुख्ने र कपाल झर्ने गर्छ। इबोलाका रोगहरू 50 देखि 80 प्रतिशत मानिसको मृत्यु हुने गर्दछ। |
यो रोगको लक्षण भाइरसको सम्पर्कमा आएपछिको दुई देखि तीन हप्ताको बीचमा देखिन सुरु हुन्छ, जसमा ज्वरो, शोर थ्रोट, मांसपेशी दुख्ने, र टाउको दुख्ने हुन्छ। विशेष गरि वाकवाकी, वान्ता, र झाडापाखाला देखा पर्नुका साथै, कलेजो र मृगैलाहरूको कार्य गर्ने क्षमता घट्दै गएको देखिन्छ। यस अवस्थामा, केही मानिसहरूमा रक्तस्राव हुने समस्याहरू सुरु हुन्छन्। |
यो भाइरस संक्रमित जनावर रगत वा शारीरिक तरल पदार्थहरूको सम्पर्कमा आउनाले हुने गर्दछ। प्राकृतिक वातावरणमा हावाको माध्यमबाट फैलिने कुराको प्रमाण भेटिदैँन। फल चमेराहरू संक्रमित नभएपनि तिनीहरूमा भाइरस हुने तथा भाइरस सार्छन् भन्ने विश्वास गरिन्छ। मानिसमा संक्रमण भएपछि, यो रोग मानिसहरूका बीचमा सर्ने गर्दछ। उत्तरजीवी पुरुषहरूले यस रोगलाई वीर्य को माध्यमबाट झण्डै दुई महिनासम्म फैलाउन सक्छन्। पहिचान गर्नका लागि, त्यस्तै लक्षणहरू भएका अन्य रोगहरू जस्तै मलेरिया, हैजा र अन्य भाइरल रक्तस्रावी ज्वरोहरूलाई पहिले अलग गरिन्छ। रोगको पहिचानको पुष्टि गर्न रगतका नमूनाहरू एन्टिबडीज, आइरल RNA, वा स्वयम् भाइरसकै लागि परीक्षण गरिन्छ। |
रोकथाम अन्तर्गत रोगलाई संक्रमित बाँदरहरू र सुँगुरहरूबाट मानिसमा सर्न नदिने कुराहरू पर्दछन्। जनावरहरूमा संक्रमणको जाँच गरेर यदि रोग भएको पत्ता लाग्यो भने तिनीहरूलाई मारेर तिनीहरूको शरीरलाई समुचित रुपमा व्यवस्थित गरेर यसको रोकथाम गर्न सकिन्छ। मासुलाई राम्रोसँग पकाउनाले तथा मासुसँग सम्बन्धित काम गर्दा सुरक्षात्मक पोशाक लगाउनाले पनि यसमा सहयोगी हुन सक्छ, किनभने रोगी व्यक्तिहरूको वरिपरी हुँदा सुरक्षात्मक पोशाक लगाउने र हातहरू धुने गरिन्छ। रोगी व्यक्तिहरूका शारीरिक तरलपदार्थहरू र तन्तुहरूका नमूनाहरूसँगको काम विशेष सावधानीका साथ गर्नुपर्दछ।अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा संसारभरको इबोलास“ग सम्बन्धित गतिविधिलाई निगरानी गरिरहेको छ । क्यानाडेली कम्पनी टेकमिरा र अमेरिकी कम्पनी केबिपीले इबोला प्रतिरोधक औषधि निर्माण गरेको दाबी गरे पनि बल्ल यसको परीक्षण भैरहेको छ । पहिले बादरमा यसको परीक्षण सफल भए पनि मानिसमा भने पहिलो पटक परीक्षण भएको हो । यद्यपि उक्त औषधि धेरै मात्रामा बनाउन सकिदैन । अमेरिकाको फेडरल ड्रग एसोसिएसनबाट यसको अनुमति लिनुपर्छ । यसका लागि समय लाग्छ । त्यसैगरी यो निकै महंगो पनि छ । |
रोगका लागि कुनै विशिष्ट उपचार छैन; संक्रमित व्यक्तिहरूलाई मद्दत गर्ने प्रयासहरू स्वरुप ओरल रिहाइड्रेशन थेरापी वा इन्ट्राभेनस फ्लयड्स दिने गरिन्छ। यस रोगको मृत्यु दर एकदमै उच्च रहेको छ: प्राय: यस भाइरसबाट संक्रमित 50% देखि 90% मानिसहरू मृत्यु वरण गर्दछन्। EVD को पहिचान सर्वप्रथम सुडान र डेमोक्रेटिक रिपब्लिक अफ कंगो मा गरिएको थियो। यो रोगको प्रकोप विशेषगरि उप-साहारा अफ्रिका को उष्ण प्रदेशीय क्षेत्रहरूमा हुने गर्दछ। 1976 देखि 2013 सम्म, प्रति वर्ष 1,000 मानिसहरू यसबाट संक्रिमित भएका छन्। आज सम्मकै सबैभन्दा ठूलो प्रकोप जारी छ 2014 पश्चिम अफ्रिका इबोला प्रकोप, जसमा गिनी, सिएरा लियोन, लाईबेरिया र सम्भवत: नाइजेरिया प्रभावित भइरहेका छन्। अगस्ट 2014 सम्म 1600 भन्धआ बढी केसहरू फेला परिससकेका छन्। खोप को विकास गर्ने प्रयासहरू जारी छन्; यद्यपि, हालसम्म कुनै खोप विद्यमान छैन। |
सूर्योदय नगरपालिका |
इलाममा अवस्थित एउटा नगरपालिका हो । फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर 2071 सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले 2073 सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं 5 वाहेकको क्षेत्र र जोगमाईको वडा नं. 8 र 9 मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो नगरपालिका 252.52 वर्ग कि. मी मा पैmलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ । |
पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाविस, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बंगाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्पmको सडक छुटिन्छ । यो नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदे बालिका लागि चर्चित छ । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ । साबिक फिक्कल गाबिसको कार्यालय रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । |
जिल्ला समन्वय समिति इलामले 2074 मा प्रकाशन गरेको प्रतिवेदनअनुसार सुर्योदय नगरपालिकामा घरसंख्या 13,211 रहेको छ । यहाँ महिलाको जनसंख्या 28,730 र पुरुषहरुको जनसंख्या 27,861 गरी कुल जनसंख्या 56,691 रहेको छ । |
यस जिल्ला समन्वय समिति इलामले 2074 मा प्रकाशन गरेको प्रतिवेदनअनुसार सुर्योदय नगरपालिकामा घरसंख्या 13,211 रहेको छ । यहाँ महिलाको जनसंख्या 28,730 र पुरुषहरुको जनसंख्या 27,861 गरी कुल जनसंख्या 56,691 रहेको छ । |
त्यस्तै मतदाताहरुमा 20,389 जना पुरुष र 19,078 जना महिला गरि 39,468 कुल मतदाता संख्या रहेको छ । |
बि.स.2068 को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर 17,240 रहेको छ । |
सुर्योदय नगरपालिकाको अाकर्षणको केन्द्र - अन्तु पोखरी |
अन्तु पोखरी |
अन्तु पोखरी |
अन्तु पोखरी |
अन्तु पोखरी |
समुन्द्रटार नुवाकोट जिल्लामा पर्ने एक गाउँ विकास समिति हो।यो तादी खोलाको किनारदेखि सुरु भएको छ। |
बोम जिसस दो कोङ्गोनहासको तिर्थस्थल ब्राजिल को विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन 1985 मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । |
बोम जिसस दो कोङ्गोनहासको तिर्थस्थल विकिभोएजबाट यात्रा गाइड |
ढाँचा:World Heritage Sites in Brazil |
यो गीतले स्वदेशमा नै पसिना बगाए यहिँ सबैकुरा पाईन्छ भन्ने मुलभाव बोकेको छ । यो गीतलाई पशुपति शर्मा र सीता केसी गाएका थिए । यो गीत देश-विदेशमा निकै चर्चित बनेको थियो । "कृषि क्षेत्रमा संभावना भएकाले बजार कमाउन विदेश नै जानुनपर्ने" सन्देश सहितको प्रेरणामूखि शब्दजाल छ । |
काम पाईएन डिग्री पास गरेर |
भैसी पाले गाँउतिरै झरेर |
चिन्ता छैन् केहि ! |
मलाई अमेरिका यहि, मलाई जापान पनि यहि, मलाई वेलायत नि यहि |
लैनो भैसी दुन्छु, 2 गिलास दुध खान्छु, |
मलाई वियर पनि यहि, मलाई हुस्की पनि यहि, मलाई पोषिलो नि यहि |
Southeast Asiaमा — |
यो दक्षिण पूर्वी एसियाली देश हो। यहाँ राजा भुमिवल अदुल्यादेस राज्य गर्नुहुन्छ, 2014 अगष्ट 24 देखि प्रधानमन्त्री प्रयुथ चन-ओछ हुनुहुन्छ, थाइल्यानडको राजधनी बेङ्कक हो। थाईलण्डका जनताहरु राजा भक्त र देश भक्त छ्न, थाइल्यानड यशियाको बिकसित मुलुकमा पर्दा छ र थाइल्यानडमा 75 प्रोभिन्स छ भने थाइलेडं हात्तीको सुंड जस्तो देखिन्छ यो अधिराज्य र नेपालका विच पुरानो संबध रहेको छ थाइल्यानडमा नेपालको तथा नेपालमा थाइलेडंको राजदूतावस रहेका छन। केही हजार नेपालीहरू थाइलेडंको राजधनी बेङ्कक लगायतका अन्य शहरहरुमा ब्यवसाय गरेर समेत बसेका छन। |
थाइ जनसङ्ख्या 2013 सम्म 64,785,909 पुगेको छ। शिक्षित जनसङ्ख्या 88% को हाराहारीमा छ। |
आज, थाई भू भाग कुनै मानव विगतका 10, 000 वर्ष बाँचे। थुप्रै राज्य अमेरिका खमेर साम्राज्यको पतन अघि यहाँ थिए - आदि ताई, मलाया, खमेर, .. सुखोथाई राज्यको 1238 मा स्थापित भएको थियो, पहिलो बौद्ध थाई राज्य मानिन्छ। पछि लगभग राज्यको सार्वभौमिकता मा एक शताब्दीमा अयुध्या सुखोथाई स्थापित भएको थियो। को थोम्बुरी द्वारा अयुध्या 1767 को पतन पछि राजधानी बैंकक चक्री मा 1782 मा स्थापित भएको थियो यी आधुनिक थाईलैंड को शुरुवात मानिन्छ। युरोपेली शक्तिहरु संग युद्ध मा सियाम जो आज बर्मा र मलेशिया को भाग हो केही भूमि फिर्ता गर्न थियो। यो दोस्रो विश्वयुद्ध र दोस्रो विश्वयुद्धको अमेरिका पछि जापान मित्र थियो। 1992 मा विद्रोहमा मा, थाइल्याण्ड एक नयाँ संवैधानिक राजतन्त्रको घोषणा गरेको छ। |
समुन्द्र ले छुएको देश हो |
थाइल्याण्ड धनी देशहरूमा पर्दछ। यो देशले ग्याँस, पेट्रोल, डिजेल लयात सम्पूर्ण खाद्य सामग्रीहरू आफ्नै देशमा उत्पादन गर्ने गर्दछ। |
बौद्ध धर्म 93.4%, इस्लाम 5.2%, अन्य 1.4% |
यूरोकप 2012 पोल्यान्ड र युक्रेनले संयुक्तरूपमा आयोजना गरेका थिए।उद्घाटन खेल पोल्यान्डमा भएको थियो भने फाइनल खेल युक्रेनको किम रङ्गशालामा भएको थियो। साविक विजेता स्पेनले फाइनलमा इटालीलाई 4-0 ले हराउँदै उपाधि रक्षा गरेको थियो । |
तलका 16 वटा टिम युरोकपका लागी छनोट भएका थिए: |
मनाङ मर्स्याङ्दी क्लब नेपालको 'क' श्रेणीको फुटबल क्लब हो । यस फुटबल सबैभन्दा धेरैपटक नेपालको राष्ट्रिय लिग जित्ने एकमात्र फुटबल क्लब हो। जसले 7 पटक शहिद स्मारक ए-डिभिजन लिग जितेको थियो । भने अन्तिम पटक 2014 मा राष्ट्रिय लिग जितेको थियो ।1986 1987, 1989 2000, 2003, 2006, 2014 गरि सात पटक सम्म राष्ट्रिय लिग जितेको यस क्लबले सन् 2013 सालमा अन्तर्राष्ट्रिय उपाधिका रूपमा किङस् कप जित्न सफल भएको थियो । |
मनाङ मर्स्याङदी क्लब जसलाई नेपालीरियल म्याड्रिड भनेर समेत चिनिन्छ । भने यस फुटबल क्लबको राष्ट्रिय लिग तथा अन्य जुनसुकै सानो ठूलो फुटबल प्रतियोगितामा प्रमुख प्रतिद्वन्दीका रूपमा सुरुमा रानीपोखरी कर्नर टिम र न्युरोड टिम आएको थियो भने पछिलो पटक नेपालकै अर्को उत्कृष्ट क्लब थ्री स्टार क्लब र नेपाल पुलिस क्लब लिईन्छ। साथै अन्य नेपाली फुटबल टिमहरूलाई पनि यस टिमको प्रतिद्वन्द्वी मानिन्छ । |
मनाङ मर्स्याङदी क्लब झगडा बाट सुरु भएको एउटा क्लब हो । ठमेल 11 र थ्रीस्टार क्लब बीचको बि-डिभिजनको खेल हुँदा बिजेता टोली ए-डिभिजनमा उक्लने अवस्था थियो । तर खेल अन्त्य नहुदै खेलाडी बीच विवाद सुरु भयो । विवादित खेलमा थ्री स्टार विजयी भयो । र झगडा गरेको आरोपमा ठमेल 11 लाई प्रतिबन्ध लगाइयो । प्रतिबन्धित ठमेल 11 मा खेलाडी र पदाधिकारीले नंया क्लब स्थापना गरे । मनाङबाट आएका मानिसहरुले यसमा लगानी गरे । सुरुमा यसको नाम मर्स्याङदी- मनाङ क्लब थियो । त्यस थ्री स्टार र मनाङ मर्स्याङदी क्लब स्थापना काल देखि नै प्रतिद्वन्दीको रुपमा उदाएका थिए । |
मनाङले त्यो समयमा समूह डिभिजनबाट ए डिभिजन सम्म पुग्दा सबैमा च्याम्पियन भएको थियो । अझ कुनै पनि खेल हारेको थिएन । 043 अघि ए-डिभिजनमा बढुवा भएको मनाङले त्यसपछि निरन्तर सफलतामा आफूलाई अब्बल बनायो । ‘ए’ डिभिजन उक्लिएपछि मनाङले पछि फर्कनुपरेको छैन । त्यसपछि मनाङ 043 सँगै 044 र 046 मा पनि च्याम्पियन बन्यो । |
अन्तिम समय 2 अक्टोबर सम्मको मनाङ मर्स्याङ्दीका खेलाडीहरू. |
मनाङ मर्स्याङ्दी क्लबका वर्तमानका प्रायोजकहरू: |
1986 1987, 1989 2000, 2003, 2006, 2014, 2018-19 |
2004 |
2003 |
2007 |
2004, 2005 ,2012 |
2011 |
2073 |
2012 |
2012 |
1988:छनोट चरण |
2006:समूह चरण2014:अन्तिम चरण |
धरान सिटी कलेज सुनसरी जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ। |
भुटान दक्षिण एसियामा अवस्थित एउटा सानो देश हो । यसको दक्षिण, पूर्व र पश्चिम पट्टी भारत र उत्तर तर्फ गणतन्त्र चीनको तिब्बतसँग सिमा जोडिएको छ । भुटान नेपालसँग भारतको सिक्किम राज्यबाट छुटिएको छ । भूटानको दक्षिणमा भारत छ र उत्तरमा चीन श्वसासित राज्य तिब्बत। भूटानीहरूले भूटानलाई स्थानीय नाम འབྲུག་ཡུལ། ड्रुग युल अर्थात ड्रयागनको देश भन्छन् । यो देश मुख्यतः पहाडी छ र मात्रै दक्षिणी भागमा थोरै समतल भूमि छ । सांस्कृतिक र धार्मिक रूपमा भुटान तिब्बत र नेपालको सांस्कृति सित जोडिएको छ । भुटान सन् 1644 मा वर्तमान राजाका पुर्खा शब्ड्रुङ ङगवाङ नामग्यालले स्थापना गरेका थिए । भूटानको आधिकारिक भाषा जोङखा हो तर यहाँ अरु पनि धेरै भाषाहरू बोलिन्छन् । भुटानमा नेपालीभाषीहरूको पनि बाहुल्यता रहेको छ, त्यसैले यहाँ जोङखाका साथै नेपाली भाषा पनि ब्यापक रूपमा बोलिन्छ । |
17 औ शताब्दीको अंतमा भूटानले बौद्ध धर्मलाई अङ्गीकार गर्यो । सन् 1865 मा ब्रिटेन र भुटान बीच सिनचुलु सन्धिमा हस्ताक्षर भयो, जसमा भूटानले सीमावर्ती केही भूभागको बदलामा केही वार्षिक अनुदानको लागि करार गर्यो । ब्रिटिश प्रभावमै 1907 मा त्यहाँ राजतन्त्रको स्थापना भयो । तीन बर्ष पछि एउटा अझै समझौता भयो, जस अनुसार ब्रिटिश यस कुरामा राजी भए कि उनी भूटानको आंतरिक मामिलामा हस्तक्षेप गर्दैन तर भूटानको विदेश नीति इङ्गल्याण्ड द्वारा तय गरिन्छ । पछि सन् 1947 उपरांत यही भूमिका भारतले पायो । दुई साल पछि सन् 1949 मा भारत भुटान समझौता अनुसार भारतले भूटानको त्यो सबै जमीन उसलाई फर्काई दियो जुन अङ्ग्रेजहरूको अधीन थियो । यस समझौता अनुसार भारतको भूटानको विदेश नीति एवं रक्षा नीतिमा धेरै महत्वपूर्ण भूमिका दिइयो । |
भूटानका राष्ट्रप्रमुख राजा हुन र उनलाई स्थानीय भाषामा द्रुक ग्यालपो भनिन्छ । यहाँ सन् 2006 देखि जिग्मे सिङगे वाङचुकका छोरा जिग्मे खेसर नामग्याल वाङचुक राजाका रूपमा राज्य गरिरहेका छन् । यो पद पुस्तनि नै हो तर भूटानको संसद शोगडूले दुई तिहाई बहुमतद्वारा हटाउन वा परिवर्तन् गर्न सकिने प्रावधान् छ । शोगडूमा 154 सीट हुन्छन्, जसमा 105 स्थानीय प्रतिनिधि, 12 धार्मिक प्रतिनिधि र 37 राजाले छानेका प्रतिनिधि रहन्छन्. ती सबैको कार्यकाल तीन वर्षको हुन्छ । राजाले नै मंत्रिपरिषदका सदस्यहरूको छनौट गर्छन र तिनिहरूको कार्यकाल 5 बर्षको हुन्छ ।भूटानमा संविधान जारी भएको मिति जुलाई 18, 2008 हो । यस अनुसार कार्यकारी अंगमा राज्य प्रमुखमा राजा जिग्मे खेसर नामग्याल वाङचुक, सरकार प्रमुख: प्रधानमन्त्री जिग्मे थिन्ले, मन्त्रि परिषद: ल्येन्गे सुन्छोग – राजाबाट मनोनित एवं राष्ट्रिय सभाबाट अनिमोदित र पाँच वर्षे अवधिका लागि काम गर्ने छन् । यहाँ पहिलो चुनाव मार्च 2008 मा सम्पन्न भएको हो । |
व्यवस्थापकीय अंगमा दुई सदनात्मक ब्यबस्था छ । माथिल्लो सदन राष्ट्रिय परिषद गैर राजनीतिक, चार वर्षे अवधि; तल्लो सदन राष्ट्रिय सभा हुने गर्छन । पछिल्लो पटक राष्ट्रिय परिषदको निर्वाचन डेसम्बर 31, 2007 र जनवरी 29, 2008 मा सम्पन्न भएको हो भने राष्ट्रिय सभाको निर्वाचन मार्च 24, 2008 मा सम्पन्न भएको थियो ।। |
भूटानलाई तलका बीस जिल्लामा बाडिएको छः |
विश्वको सबैभन्दा सानो अर्थव्यवस्थाहरूमाझ एक भूटानको आर्थिक ढाँचा मुख्य रूपमा कृषि र वन क्षेत्रहरू र त्यहाँ निर्मित जल बिद्युतलाई भारतको विक्रयमा निर्भर छ । यस्तो मानिन्छ कि यही तीन वस्तुबाट भूटानको सरकारले 75% कमाई गर्दछ । कृषि जुन यहाँको मानिसहरूको आधार हो त्यसमा 90% भन्दा बढि मानिसहरू निर्भर छन् । औद्योगिक उत्पादन लगभग नगण्य मात्रामा रहेको छ नाम मात्रको उद्योगहरू कुटीर उद्योगको श्रेणीमा पर्छ । भूटानमा जल बिद्युत र पर्यटनको क्षेत्रमा असीमित सम्भावनाहरू छन् । |
भूटानको जनसङ्ख्या करिब 6 लाख 72 हजार छ ।भूटानको लगभग आधा मानिसहरू भूटानको आदीवासी हुन, जसलाई गांलोप भनिन्छ र तिब्बतको केही जातीहरूसँग यीनीहरूको निकटको सम्बन्ध छ । यस वाहेक अन्य जातीहरूमा नेपाली छन् र यीनीहरूको सम्बन्ध नेपालसँग छ । त्यस वाहेक शरछोगपा र ल्होछामपा जातीहरू छन् । यहाँको आधिकारिक भाषा जोङखा हो, यीनीहरूको साथसाथै यहाँ थुप्रै अन्य भाषाहरू बोलिन्छ, जसमा केही त बिलिन हुने अबस्थामा छन् ।भूटानमा आधिकारिक धर्म बौद्ध धर्मको महायान शाखा छ, जसको अनुसरण देशको लगभग तीन चौथाई जनताले गर्दछन । भूटानको 25 प्रतिशत जनसंख्या हिन्दू धर्मको अनुयायी छन् । भूटानको हिंदू धर्मी नेपाली मूलका मानिसहरू हुन्, जसलाई ल्होछामपा पनि भनिन्छ । करिव एक लाख ल्होछामपालाई सन् 1989 मा देशबाट निकालिएको थियो । पूर्वी नेपालमा एक लाख जनता र भारतमा 30 हजार जति शरणार्थीका रूपमा बसिरहेका छन् । उनिहरूले शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायुक्त र नेपाल सरकारबाट केही राहत र सहयोग् पाउछन् । भूटानी शरणार्थीको पुनर्वास कार्यक्रम अर्न्तर्गत हालसम्म 40 हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरिसकेका छन् । संयुक्त राज्य अमेरिकाले हालसम्म 34 हजार 129 शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ । |
भुटान विश्वको ती केही देशहरूमा पर्दछ, जसले आफुलाई शेष विश्वबाट अलग राख्दै आईरहेको छ र आज पनि केही हदसम्म यहाँ विदेशीहरूको प्रवेश नियंत्रित छ । देशको धेरै जसो मानिसहरू साना ग्रामिण क्षेत्रमा बस्छन र उनीहरू कृषिमा निर्भर छन् । बिस्तारै-बिस्तारै शहरीकरणले देशमा गती लिइरहेको छ । बौद्ध विचार यहाँको जीवनको महत्वपूर्ण भाग हो । तीर धनुष खेल यहाँको राष्ट्रिय खेल हो । |
थिम्पु बजार |
थिम्पु बजार1 |
थिम्पु बजार2 |
थिम्पु बजार3 |
बुद्ध प्वाइन्ट |
बुद्ध प्वाइन्ट1 |
टाईगर नेस्ट |
End of preview. Expand
in Dataset Viewer.
README.md exists but content is empty.
- Downloads last month
- 30