nep-spell / datafiles /sample_nep_sentences.csv
duraad's picture
Upload 4 files
7fa0380 verified
Sentence
हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हौँ भन्न हिचकिचाउँदैनौ भने गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र लोकोपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैनौ ।
जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैनौ ।
"नेपालको वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा परिचित गराउने तर विचार , व्यवहार र कार्यशैलीमा बहुलता स्विकार गर्न नसक्ने विडम्बना देखिएको छ ।"
कतिपय अवस्थामा लोकतान्त्रिक राजनीतिका पक्षधर भन्नेबित्तिकै निश्चित राजनीतिक दलसँग आबद्ध भनेर ठान्ने सोच कायमै छ ।
"तर सबै राजनीतिक दल , हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढाउनु बाह्रखरी खबर पत्रिकाको विशेषता हुनेछ ।"
"जनताको जीवनको अधिकार , सम्पत्तिको अधिकार , विचार र अभिव्यक्ति स्वतन्त्रताकोअधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् बाह्रखरी यहाँहरू समक्ष उपस्थित भएको छ ।"
जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् ।
"खानेपानी , बिजुली , इन्धन , यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।"
"शिक्षा , स्वास्थ्य , खानेपानी , बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन ।"
बाह्रखरीले कुनै पनि सरकारको मूल्यांकन जनताले पाएको सेवाका आधारमा गर्नेछ ।
देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा बाह्रखरीको दैनिक क्रियाकलाप हुनेछ ।
हामी कस्तो र कुन प्रकारको पत्रकारितामा विश्वास गर्छ भन्ने हाम्रा मूल्य र मान्यता पारदर्शी बनाउने उद्देश्यले हामीले बाह्रखरीको आचार संहिता पनि सार्वजनिक गरेका छौँ ।
"हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार , मनोरञ्जन , साहित्य , कला , खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।"
मर्नेहरुले केही पनि लाँदैनन् भनिन्थ्यो तर रवीन्द्रले विद्याको सिन्दुर लिएर गए ।
उनको सिन्दुरसँगै पखालिए रवीन्द्रका सपना र योजनाहरु अनि चंगाको धागो चुँडियो चुँडियो विद्याका माया ।
भविष्यप्रतिको सुन्दर कल्पनाहरु एकाएक विलिन भए ।
स्वराज र विराजले पिता ।
"मर्नेहरु त बस रित्तो हात , एकै थोपा आँसु नझारी गए , बरु तारा बनेर आकाशमा मुस्कुराईरहे बाँच्नेहरु पो जानेहरुको यादमा रोई-रोई बाँचिरहेछन् , काँपेको धर्तीमा उभिएर आफैँ काँपिरहेछन् ।"
"अहिले यस्तै हालमा छन् , नागरिक उडड्यन , पर्यटन तथा संस्कृति मन्त्री स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई ।"
आइतबार घरमा पुग्दा शुभचिन्तकको भीड उत्तिकै थियो ।
"तर , त्यो भिडका सबैको अनुहारको औंशीको रातझैं , निभेको मैनबत्तीजस्तो थिए ।"
मनमा पीडा राखेर अनुहारमा कृतिम हाँसो छर्दै विद्या शुभचिन्तकको सम्मानमा जुटिरहेकी थिइन् ।
निधारमा पहेँलो टिका लगाएकी विद्याको जीवनको रंग पनि पहेँलै भइसक्यो ।
तै पनि सम्हालिनुको विकल्प थिएन ।
एकैछिन कुरा गर्न आग्रह गरेपछि सहजै समय दिइन् ।
"पतिभन्दा धेरै अभिभावक र त्योभन्दा धेरै जीवनका हरेक आरोहअवरोहका सहयात्री गुमाएकी विद्याको त्यो सहजपनाले उनको साहस झल्काउँथ्यो , जुन आम मानिसको लागि एक अपवाद नै हो ।"
"रवीन्द्र , रवीन्द्र बन्नुपछि उनले गरेको योगदान , राजनीतिक त्याग खुलाउँदै उनले भनिन् , म फ्रेस देखिए पनि म अझै ' ट्रमा ' मा छु ।"
चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ ।
म महिला विभाग प्रमुख थिएँ ।
पछि अर्को अधिवेशनमा उहाँ महासचिव बन्नुभयो ।
म महिला विभाग प्रमुख नै बनेँ ।
त्यो अधिवेशनदेखि नै संगठनभित्र दुईवटा धार देखिएका थिए ।
म त्यतिबेला निर्णायक थिएँ ।
हामी पार्टी विभाजन पछि पनि सँगै भयौँ ।
हाम्रो सम्बन्ध निकै अगाडि बढिसकेको थियो ।
त्यतिबेला संगठनभित्र नै सम्बन्धलाई लिएर विवाद बनाउन खोजिन्थ्यो ।
मेरो खुट्टामा समस्या थियो ।
"त्यही कारण देखाएर रवीन्द्रले विद्यालाई विवाह गर्दैन् , प्रेमको भ्रम मात्र छरेको हो भन्ने एउटा जमात थियो ।"
अर्कोचाहिँ हामीलाई समर्थन गर्ने समूह पनि थियो ।
यो प्रसंग किन जोड्न खोजेको भन्दा महिलाको स्वतन्त्र विचार लिने गरिन्नथ्यो ।
अहिलेपनि यो कायमै छ ।
म भने पछि अनेमसंघतर्फ लागेँ ।
कार्यालय सचिव भएर काम गर्थेँ ।
त्यसपछिदेखि नै म राजनीतिमा त्यति सक्रिय हुन छाडेकी थिएँ ।
मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ ।
"उहाँ (रवीन्द्र) ले मलाई कहिल्यै यो , त्यो गर्न भन्नुभएन ।"
"मैले राजनीतिमा विस्तारै निष्क्रिय हुँदा उहाँले कहिल्यै किन भनेर सोध्नुभएन , आफ्नो रुची अनुसार नै अगाडि बढ्न भन्नुहुन्थ्यो ।"
हात हालेका कुरामा अब्बल हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।
हामी अनुहार हेरेरै कुरा बुझ्थ्यौँ ।
म बिहानको समयमा प्राय खाली हुन्थेँ ।