text
stringlengths
160
185k
timestamp
stringlengths
19
19
url
stringlengths
18
2.21k
source
stringclasses
1 value
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका पुजनको परिवारलाई आर्थिक सहयोग स्याङ्जा - बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका स्याङ्जाको चिन्नेबासका पुजन कोईरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्पेनमा रोजगारी गर्दै आएका कोईरालाको २०७६ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । काठमाडौँमा बस्दै आएका पुजनकी आमा देवि कोईरालालाई शनिबार वालिङमा जनप्रतिनिधि, पत्रकार, समाजसेवीहरुको सहभागितामा २ लाख २५ हजार ७ सय ५२ रुपैया प्रदान गरिएको हो । बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाउनुभएको थियो । सो रकमलाई वालिङका वालिङ नगरपालिकाका नगर प्रवक्ता तथा १ का वडा अध्यक्ष र समाजसेवी नेत्रप्रसाद पाण्डेले पुजनकी आमालाई हस्तान्तरण गर्नुभएको हो । एक नेपालीलाई दु:ख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहेका स्याङ्जाबासी तथा नेपालीहरुले पुजनको सम्झनामा रकम संकलन गरेर उदाहरणीय काम गरेको नगर प्रवक्ता काफ्लेले बताउनुभयो ।
2020/02/16 18:59:41
http://radionepal.gov.np/oldsite/news-details/28822/2019-09-08
mC4
तत्काललाई सिम्ता कोरोना मुक्त « Coverkhabar १८ असार २०७७, बिहीबार १४:२९ तत्काललाई सिम्ता कोरोना मुक्त असार १८ सल्यान । सुर्खेतको सिम्तागाउपालिका तत्काललाई कोरोना मुक्त भएको छ । कोरोना संक्रमित भएका ५ जनालाई सन्चो भएर घर फर्किए पछि अब सिम्तागाउपालिका तत्काल कोरोना मुक्त भएको हो । बागेश्वरी मावि राकमको आइसोलेशनमा रहेका ३ जना कोरोनालाई जितेर घर फर्केका फर्किएपछि सिम्ता गाउँपालिकाका कुनै पनि नयाँ संक्रमण नदेखिएको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभयो । यस अघि २ जना पनि कोरोना जितेर घर फर्किएका थिए । सिम्तामा विध्यालयहरुमा रहेका ४८ वटा क्वारेन्टाइनमा भारत लगाएत अन्य मुलुक बाट आएका २ हजार ७ सय ३९ जना व्यक्ति नियम अनुसार १४ दिन क्वारेन्टाइन मा बसि उनिहरूको परिक्षण गरि संकास्पद देखिएका ५ सय ५१ जनाको पिसीआर परिक्षण गरिएको थियो जस मध्ये ५ जना मात्र कोरोना पुष्टि भएका थिए उनिहरू पनि सन्चो भएर घर फर्केका छन। हाल क्वारेन्टाइनमा ६१ जनामात्र बसिरहेका छन । केही दिन अघि सिम्ता ८ डाँडाखाली निबासी २५ बर्षिय महिलाले नजिकैको जंगलमा झुण्डिएर को अवस्थामा फेला पर्नु भएको थियो । उहाँको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो तर उहाँका परिवार लगाएत वरपरका अन्य संकासमत देखिकाहरूको पिसीआर गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अब सिम्तामा कोरानाको जोखिम कम भएको र सबैलाई सुरक्षित हुन गाउपालिकाले आग्रह समेत गरेको छ ।
2021/10/24 18:06:10
https://coverkhabar.com/local-level/5749/2020/07/02/
mC4
कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने - Jyotinews ज्योतिन्यूज २०७७ भदौ २७ गते १२:२९ तम्घास, २७ भदाै गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको मस्यौरा प्रतिकिलो रु ३८० मा खरिद गरिदिने भएको छ । मूलाको सिन्की (गुन्द्रुक) प्रतिकिलो रु ४००, मूला सुकाएको चाना प्रतिकिलो रु ६०, बेसार सुकाएको चाना प्रतिकिलो रु २८५, कोदो प्रतिकेजी रु ३७ मा खरिद गरिदिने गाउँपालिकाले जनाएको छ । त्यस्तै बोडी प्रतिकिलो रु १५०, ग्रेडिङ गरेको मकै रु ४०, खैरो भटमास र सेतो भटमासका लागि रु ७०/७० तथा खैरो गहतका लागि रु ९० गाउँपालिकाले मूल्य तोकेको छ । सङ्कलन गरिएका सामग्री सम्झौता गरेको संस्थाले बुटवल लैजाने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिनुभयो ।
2022/01/17 22:36:21
https://www.jyotinews.com/2020/09/5315.html
mC4
आईफोन १३ को प्रि–बुकिंग खुल्ला – Aarthik Dainik गृहपृष्ठ ∕ कर्पोरेट ∕ आईफोन १३ को प्रि–बुकिंग खुल्ला आर्थिक दैनिक २०७८, कात्तिक ५ ११:५४ काठमाडौं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ । आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गरेको हो । यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुनेछ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्नेछन्, जहाँ उनीहरुले ३० हजार रुपैयाँ भन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्नेछन् । अफर अन्तर्गत थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउने कम्पनीले जनाएको छ । ग्राहकहरुले रोडहाउस क्याफेमा १० प्रतिशत छुट, द एभरेस्ट होटलमा १५ प्रतिशत छुट, बिइन्ग ह्युमन नेपालमा १० प्रतिशत छुट, भेन्चुरिनी सुजमा १० प्रतिशत छुट, राइट च्वाइस नेपालमा २५ प्रतिशत छुट, बाइकर्स मार्टमा १० प्रतिशत छूट, अर्बन फुडमा १५ प्रतिशत छुट, नील डेभिडको सैलुनमा १० प्रतिशत छुट, केज फिटनेसमा २० प्रतिशत छुट र अप्सन दरबारमार्गमा ५० प्रतिशतसम्मको छुट रहेका छन् । यस बाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनि उपलब्ध रहेको छ । यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ । वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ, जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।
2021/11/28 20:26:25
https://www.aarthikdainik.com/corporate/48731/
mC4
'संविधान सभाको अर्को चुनावको घोषणा नगरेको भए देशमा संवैधानिक संकट आउँथ्यो'-गच्छदारले उनकै पार्टी मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)ले बिहीबार विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलामा भने, 'त्यो संकटको फाइदा उठाउँदै मुलुम मुठभेडमा जाने सम्भावना थियो, चुनावको घोषणाले त्यसलाई रोकेको छ।' गच्छदारले संघीयता बिनाको संविधानले मुलुकलाई सधैंका लागि मुठभेडमा धकेल्ने दाबी गरे। 'संघीयता बिनाको संविधान कसैले मान्दैन'-उनले भने, 'नाम बिनाको ११ प्रदेश हामीले नमानेकाले त्यो तुहिएको हो।' उनले संविधान सभाबाट संविधान जारी नभएपछि बिभिन्न जातजातिबीच भिडन्त हुने र मुलुक ठुलो दुर्घटनामा फस्ने भएकाले निर्वाचनको घोषणा गरेकोले सवैले सहयोग गर्नुपर्ने बताए। 'मंसिर ७ गतेको संविधान सभाको चुनावलाई सफल बनाउन जुनसुकै सहमति गर्न तयार छु'- गच्छदारले भने, 'सहमतिको नाममा मधेसलाई विभाजन गर्ने कुरा मधेसी मोर्चालाई स्वीकार्य हुँदैन।' उनको भनाई छ, 'लोकतन्त्र र प्रजातन्त्रको दुहाई दिने पार्टीहरुले निर्वाचनबाट भाग्नु हुँदैन।'
2019/12/07 01:24:19
http://archive.nagariknews.com/2011-12/politics/party-politics/42423-2012-06-21-14-06-13.html
mC4
न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १६ मंगलबार | काठमाडौँ । मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर आफ्नो भबिष्य कोर्न अगाडि बढ्दै गरेको नाम हो सिता ज्योति । दैनिक सयौ युवा युवतीहरु मोडलिङलार्इ आफ्नो पेशा बनाउन तथा आफ्नो सोख पुरा गर्न मोडलिङ पेशामा आबद्द हुदै गएका छन् । दैनिक हजारौ मानिसहरु आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन् त्यसै सपनासंग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलार्इ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल सिता ज्योति अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । नृत्य र अभिनयमा पोख्त सिता सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् । सिन्धुपाल्चोक जिल्ला जन्मथलो भएकी सिता ज्योति परिवार सहित काठमाडौँको जोरपाटीमा बसोबास गर्दै आएकी छिन । सधै हासीरहने शालीन स्वभाबकि नब मोडल सिता यदि कसैबाट राम्रो म्युजिक भिडियो, एड तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन । सानै उमेर देखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने उनी अभिनयमा पनि आफुलार्इ अब्बल दर्जामा राख्न कोशिषरत छिन । उनले भर्खरै सम्पन्न भएको मिस हेरिटेज क्विनमा समेत प्रतिश्प्रधा गरेकी थिइन् र मस्ट डिसिप्लिनको उपाधि समेत जित्न सफल भएकी थिइन् साथै र्याम्प सो हरुमा समेत सहभागिता जनाइसकेकी छिन । नब मोडल सीताले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन्, मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन। बिशेष गरि आफ्नो भिनाजु नबराज खतिवडाको तथा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी सिता भविष्यमा एक सफल आर्जे भिजे तथा मोडल बन्न चाहन्छिन् ।
2019/01/21 05:09:12
http://www.newsabhiyan.com/news-details.php?nid=146948
mC4
सवारी भाडा बढाइँदै - Chandragiri News Home मुख्य सवारी भाडा बढाइँदै सवारी भाडा बढाइँदै २०७४, १४ श्रावण शनिबार ०७:११ नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ। विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको सङ्ख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल गर्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन्। विभागका अनुसार समितिले भाडा समायोजनका लागि तीव्र गतिमा प्रतिवेदन तयार गरिरहेको छ। साउनको अन्तिमसम्म प्रतिवेदन तयार गरी भाडा समायोजनको सिफारिस गरेपछि विभागले भाडा वृद्धि गर्नेछ। हाल ६५ प्रतिशतमा रहेका विभिन्न मोटर्स पाट्र्सको बजार मूल्यको अनुगमन, मजदुर ज्यालालगायतका क्षेत्रमा लागत अध्ययन गरिरहेको समितिका संयोजक एवं विभागका निर्देशक प्रेम सिंहले जानकारी दिनुभयो। उहाँले भन्नुभयो 'साउन अन्तिमसम्म प्रतिवेदन तयार हुन्छ, बजार अध्ययन हुँदैछ, अध्ययनपछि कस्तो प्रतिवेदन आउँछ, त्यही अनुसार समायोजन हुन्छ। ' विभागले यातायात व्यवसायीहरूको दबाबमा अघिल्लो हप्ता समिति गठन गरेर उनीहरूकै सहभागितामा काम गरिरहेको छ। सो समितिले पेट्रोलियम पदार्थको मूल्यबाहेक भाडा समायोजन हुनुपर्ने भन्दै ६५ प्रतिशतको आधारमा भाडावृद्धिका लागि सिफारिस गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार गिरावट आएपछि नेपालमा गत असारमा मात्र दुईपटक मूल्य घटिसकेको छ। यो समायोजनको अनुपातमा सार्वजनिक सवारीको भाडादर घट्नुपर्नेमा उल्टो वृद्धि हुँदैछ । यस पटकको रोचक तथ्य त के छ भने सरकारी निकाय र व्यवसायीको मिलेमतोमा यो भाडादर वृद्धि गर्ने गृहकार्य तीव्र पारिएको छ। पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा भाडादर समायोजनको लागि ३५ प्रतिशत आधार मानिन्छ। बाँकी ६५ प्रतिशत आधार गाडीको मूल्य, बैङ्कको ब्याज, मजदुर ज्याला, लुब्रिकेन्ट, मोटरपाट्र्सहरूलगायतका १८ वटा पाट्र्सको बजार मूल्यका आधारमा मूल्य समायोजन गरिन्छ। हाल यी ६५ प्रतिशत आधारभित्र रहेका पाट्र्सहरूको मूल्य वृद्धि भएका कारणले भाडादर निश्चित बढ्ने महासङ्घले दाबी गर्दै छ। भाडादर 'समायोजन' को गृहकार्यलाई महासङ्घका अध्यक्ष डोलनाथ खनाल 'प्रतिवेदन' आउनुअघि नै 'स्वत मूल्य वृद्धिको' प्रतिवेदन भन्ने आसय व्यक्त गर्नुहुन्छ। विगत चार वर्षदेखि भाडादर समायोजन नभएकाले 'समायोजन' ले स्वतः भाडादर वृद्धि हुने महासङ्घको भनाइ छ। अध्यक्ष खनाल भन्नुभयो 'भाडा समायोजन गर्न आफ्नै मापदण्ड छन, ती सरकारी मापदण्ड हुन्, मुख्यत भाडा समायोजन गर्ने क्रममा सवारी साधनका पाट्र्सहरूको आधारमा गरिन्छ, प्रतिवेदनमा जस्तो परिणाम आउँछ हामी स्वीकार्न तयार छौँ। ' विगतमा पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा वृद्धि हुँदा त्यसैलाई आधार मानेर अन्य पक्ष गौण हुने व्यवसायी दाबी गर्दथे तर अहिले यसको मूल्य घटेको बेला अन्य पक्ष मुख्य रूपमा उठाउन खोजिएको छ। हाल यातायात व्यवसायीले रु. १३ भाडादर कायम रहेको दूरीमा यात्रुसँग रु. १५ असुल गर्दा रु. १८ को भाडा दरमा रु.२० असुल गर्दा पनि नियामक निकाय 'बेखबर' जस्तै बनेको छ र त्यसबारे मौन सहमति दिँदै आएको छ। अाजको गोरखापत्र दैनिकमा खबर छ । यसबाहेक प्रतिलिटर पाँच रुपियाँ मूल्य घट्दा सार्वजनिक यातायातहरूले भाडा समायोजन गर्नुपर्ने प्रावधान छ तर पेट्रोलियम पदार्थको मूल्य पटक–पटक घट्दा पाँच रुपियाँभन्दा धेरै घटिसकेको छ। निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन लाग्दा व्यवसायीहरू भाडा घटाउनुपर्छ भनेर प्रतिलिटर पाँच रुपियाँभन्दा कम दरमा मात्र मूल्य घटाउन दबाब दिने गरेको निगमले जनाएको छ भने निगम आफैँ पनि एकमुष्ट मूल्य बढाउनुभन्दा पाँच रुपियाँभन्दा कम मूल्य बढाउने अभ्यासमा लागेको देखिन्छ।
2022/01/27 05:26:13
https://chandragirinews.com/mukhya/%E0%A4%B8%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%AD%E0%A4%BE%E0%A4%A1%E0%A4%BE-%E0%A4%AC%E0%A4%A2%E0%A4%BE%E0%A4%87%E0%A4%81%E0%A4%A6%E0%A5%88
mC4
माग सम्बोधन नभए आन्दोलनमा उत्रिने होटल व्यवसायी महासंघको चेतावनी – Avenues Khabar ११ असार २०७७, बिहीबार १२:४७ मा प्रकाशित काठमाडौं : होटल व्यवसायी महासंघले सरकार समक्ष चौध बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साना होटल व्यवसायीको छाता संगठनले कोरोना भाइरस संक्रमणमा परेका होटल क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको हो । होटल व्यवसायीहरुले घरभाडामा पचास प्रतिशत छुटको व्यवस्था गर्न र भाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन माग गरेका हुन् । यस्तै लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा एक वर्ष सम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने उनीहरुको माग छ । बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि दुई वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गरेका छन् । कोरोना भाइरसका कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको पनि महासंघले जनाएको छ । साना होटलहरुले विदेशबाट आउने नागरिकलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्न बिना शुल्क होटल दिन तयार रहँदासमेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको व्यवसायीको भनाइ छ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधावकुमार… विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख ३० हजार नाघ्यो, २ लाख ३४ हजारभन्दा बढीको मृत्यु १९ बैशाख २०७७, शुक्रबार १९:३१ २४ जेष्ठ २०७७, शनिबार १४:४४ भारत : भारतीय काँग्रेसका नेता राहुल गान्धीले… २२ बैशाख २०७७, सोमबार ०८:५५ काठमाडौं : नेपाली मुलका दिवेश पोखरेल अमेरिकन… काठमाडौं : आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको… काठमाडौं : सुनको मूल्य आज फेरि बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार…
2020/07/08 01:48:41
https://avenueskhabar.com.np/%E0%A4%AE%E0%A4%BE%E0%A4%97-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%8B%E0%A4%A7%E0%A4%A8-%E0%A4%A8%E0%A4%AD%E0%A4%8F-%E0%A4%86%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8B%E0%A4%B2%E0%A4%A8%E0%A4%AE/
mC4
बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु महाकाली राजमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बैतडीको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अनटेस्ट लेखिएको ट्रयाक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करीब १ बजेतिर दुर्घटना हुँदा सो ट्रयाक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्टले जनाएको छ । सोही ट्रयाक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनाग्रस्त ट्रयाक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2021/10/25 16:49:46
https://lokaantar.com/story/159892/2021/10/13/current-affairs/accident-
mC4
सुरक्षित आप्रवासनमा स्विट्जरल्याण्डले नेपाललाई सघाउने « Khabarhub काठमाडौँ- स्विट्जरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् । महामारीका कारण आप्रवासीहरुले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र स्विट्जरल्याण्डका राष्ट्रपति सोमारुगाबीच बिहीबार अपराह्न भएको टेलिफोनवार्तामा स्विस राष्ट्रपतिले सुरक्षित आप्रवासनको महत्व दर्शाउँदै आफ्नो देशको सरकारले त्यसनिम्ति नेपाललाई सहयोग गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र स्विट्जरल्याण्ड पर्वतीय मुलुक भएकाले पर्यावरण संरक्षणका निम्ति दुवै देशको पूर्ण प्रतिबद्धता रहेको छ भने दुवै देश जलवायु परिवर्तनको दुष्प्रभावबाट पीडित भएका सन्दर्भमा राष्ट्रपतिद्वयले उपयुक्त अनुकूलन योजनाका माध्यमबाट अन्तर्राष्ट्रिय एकीकृत जलवायु परिवर्तनका असर घटाउन प्रभावकारी कार्य गर्न सकिने विषयमा विचारविमर्श भएको थियो । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) सँग स्विट्जरल्याण्डले यो क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै स्विस राष्ट्रपतिले आगामी वर्ष आयोजना हुने अल्पाइन पर्वत सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरेकी छन् । अल्पाइन पर्वत सम्मेलन आयोजनाका निम्ति भएका प्रयासको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले महामारीका कारण स्थगन भएको 'सगरमाथा संवाद' परिस्थिति सामान्य भएपछि आयोजना हुने भएकाले त्यसमा सहभागी हुन स्विस राष्ट्रपतिलाई पुनः आमन्त्रण गरेकी हुन् । दुवै देशका सरकारले साझा चासोका विषयमा बहुपक्षीय र द्विपक्षीय तहमा निकट सम्पर्कमा रहेर सहकार्य गर्ने विश्वास राष्ट्रपतिद्वयले व्यक्त गर्दै समग्र द्विपक्षीय सम्बन्धको अवस्थाप्रति खुसी व्यक्त गरेका थिए । उनीहरुले कोभिड–१९ को फैलावट नियन्त्रण आ–आफ्ना मुलुकले गरेका प्रयासबारे विचार आदानप्रदान गर्दै कोभिड–१९ का कारण दुवै देशले बेहोर्नुपरेको क्षतिप्रति एकापसमा ऐक्यबद्धता र सहानुभूति प्रकट गर्नुभएको उक्त मन्त्रालयले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
2020/10/25 03:01:49
https://www.khabarhub.com/2020/25/205751/
mC4
एकताबद्द र बलियो पार्टी बनाउन सबै लाग्नुपर्ने बेला आएको छः उपाध्यक्ष गौतम « Thahaonline.com | थाहा अनलाइन एकताबद्द र बलियो पार्टी बनाउन सबै लाग्नुपर्ने बेला आएको छः उपाध्यक्ष गौतम मंसिर ६, दाङ। नेपाल कम्युनिष्ट पाटी(नेकपा)का उपाध्यक्ष बामदेब गौतमले पाटीलाइ एकताबद्द बनाउनुपर्ने समय आएको बताउनु भएको छ ।शनिबार दाङको तुल्सीपुरमा आयोजीत पाटी नेता तथा कार्यकर्ता भेटघाटमा गौतमले भन्नुभयो, 'हाल पाटीमा समस्या पैदा भएको रती समस्यालाई हल गर्दै पाटीलाई उकताबद्द बनाउन प्रयत्नशील रहेका छौ एउटा शशक्त पाटी निमार्णको लागी सबै तयार हुनुहोस ।' कम्युनिष्ट पार्टीका बीचको एकता, समृद्ध नेपालदेखि समाजवादसम्मको परिकल्पनामा आफू २०६३ सालदेखि लागिरहेको दावी गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, 'बलियो कम्युनिष्ट पार्टी बनाउने र मुलुकलाई समाजवादसम्म पु¥याउने संकल्पमा म २०६३ सालदेखि लागिपरेको हुँ । लामो छलफलपछि पार्टी एकता सम्भव भएकाले जुटेको पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौं । फुटलाई जुटमा बदल्न लागिरहने मेरो संकल्प रहेको छ ।' आफू कुनै गुटबन्दीमा नलागेको दाबी गर्दै उपाध्यक्ष गौतमले सधैँ पार्टी एकताको पक्षमा उभिने बताउनुभयो । 'म कहिले पनि गुटको पक्षमा थिइन र आज पनि छैन । म सधैँ एकताको पक्षमा उभिने छु', गौतमले भन्नुभयो, 'पार्टी नेतृत्वलाई जुटको यात्रामा लाग्न सबैले अपिल गर्नुपर्दछ ।' सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भिरतका साथ लाग्न सुझाव दिनुभएको थियो ।समाजबादको आधार तय गर्नुपर्नै समयमा पाटीमा आन्तरीक बिबदले निराशा छाएको भन्दै गौतमले अब सम्पुर्ण कार्यकर्ताले एकतामा बल पुर्याउन आग्रह गर्नु भयो।
2020/11/30 17:50:20
https://thahaonline.com/176907/
mC4
'सरकारले लोकसेवा आयोगको अध्यक्ष प्रदेशमा भेटेन' रङ्गेली/ नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश नम्बर १ सरकार सङ्घीयताको विरोधी भएको आरोप लगाएका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा कार्कीले लोकसेवा आयोग अध्यक्ष खोज्न सरकार बागमती प्रदेश पुगेको बताए । दुईतिहाइको सरकारले प्रदेशमा योग्य मानिस नभेटेर प्रदेश लगानी बोर्डमा लोकसेवा आयोगमा अन्य प्रदेशबाट मान्छे ल्याएको भन्दै विरोध गरे । प्रदेश लगानी बोर्डको अध्यक्षमा प्रदेश सरकारले प्रदेश २ बाट ल्याएको थियो । उनले आफ्नै संसद्मा मन्त्री हुन योग्य देख्न नसक्ने मुख्यमन्त्रीले लोकसेवा आयोग र प्रदेश लगानी बोर्डका लागि योग्य कोही भेट्न नसकेको बताए । उनले पर्यटन बोर्डमा पनि सरकारले झापा, मोरङ, सुनसरीभन्दा बाहिर मान्छे नदेखेको भन्दै आरोप लगाए । २ वर्षमा पनि प्रदेशले नाम नपाएको गुनासो दुई वर्ष बितिसक्दा पनि प्रदेश १ ले आफ्नो नाम नपाएको भन्दै सांसद्हरूले गुनासो गरेका छन् । सांसद् प्रतापप्रकाश हाङ्गामले प्रदेशसभाको पहिलो बैठक बाटै प्रदेशको नाम र राजधानी तोक्नुपर्ने संविधानमा व्यवस्था भए पनि त्यसो हुन नसकेको बताए । उनले मुख्यमन्त्रीले 'प्रदेशको नाम पनि ल्याउँछु, विहेको कार्ड पनि ल्याउँछु' भने पनि दुवै आउन नसकेको बताए । सांसद् हिमाल कार्कीले पनि प्रदेशसभाको पाँचौं अधिवेशनसम्म आइपुग्दा पनि प्रदेशले नाम पाउन नसकेको बताए । उनले नेकपाका अध्यक्षद्वयलाई समेत गुहारे । प्रदेश १ का जनता नामको लागि व्यग्र प्रतीक्षामा रहेकोले दबाव दिन अध्यक्षद्वयलाई आग्रह गरे । शून्य समयमा बोलेका सांसद् हिमाल कार्कीले प्रदेश १ सरकार सबल र सक्षमरूपले चल्न नसकेको जिकिर गरेका थिए । शून्य समयमा काजीमान कागतेले प्रदेशमा चिया कफी विकास बोर्डको माग गरे । मोहनकुमार खड्काले भने शहीदहरूको सम्झना गरेका थिए । सांसद् राजकुमार ओझा र सावित्रा रेग्मीले सडक निर्माण र भ्रष्टाचार नियन्त्रणमा जोड दिएका थिए । बिहीबार वातावरण विधेयकमाथि पनि छलफल भएको सदनमा दुई विधेयक दर्ता भएका थिए । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियतले प्रदेशस्तरमा फर्मदर्ता, नवीकरण तथा तत्सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक प्रस्ताव गरे । त्यसैगरी प्रदेश १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक सामाजिक विकास मन्त्री जीवन घिमिरेले सदनमा प्रस्ताव गरे ।
2020/09/24 05:01:16
https://www.blastkhabar.com/news/2020/02/14/111449.html
mC4
Everestmission | हरपल खबर, निष्पक्ष विश्लेषण डलर साट्ने बाहनामा ठगी गर्ने गिरोहका नाइकेसहित पक्राउ २४ आश्विन २०७७, शनिबार १४:४० भक्तपुर, २४ असोज । सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यही असोज १८ गते मध्यपुरथिमिस्थित दिब्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकीको बा१५च ४०५ नम्बरको गाडीको सिसा फुटाएर रु चार लाख लुटेर भागेका खड्कालाई प्रहरीले सानोठिमीबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो । प्रहरी अनुसन्धानका क्रममा यही असोज २० गते लुटेको पँैसाले २१ गते बौद्धस्थित बजाजको सोरुमबाट रु तीन लाख २७ हजारमा नयाँ मोटरसाइकल किनेर खड्का बाह्रबिसे आफ्नो गाउँ पुगेर भोज खुवाएर फर्किएको खुलेको बताइएको छ । असोज १३ गते कमलविनायक बसपार्कमा रमेश बराइलीबाट लुटेको रु पाँच लाखमध्ये खड्काले रु दुई लाख लिएर भागेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरीले उनकोे साथबाट रु २० हजार बरामद गरेको छ । लुटेरा समूहका यज्ञबहादुर भण्डारी भने अझै फरार रहेकाले प्रहरीको खोजी जारी छ । यही असोज ८ गते बालकोटस्थित रोज भिलेज अगाडि डलर देखाएर गोरखाका सुदर्शन थापाबाट रु।पाँच लाख लुटपाट गर्ने बाह्रबिसे नगरपालिका–४ घर भई भक्तपुर व्यासी बस्ने राकेश भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । कागजको व्याण्डलमा तल र माथि डलर राखेर देखाउने र रुमालमा पोको पारेको कागजको बण्डल दिएर नेपाली पैसा लिएर फरार हुने गिरोहका १२ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिले पक्राउ गरेको छ । रासस
2021/04/16 11:07:13
https://everestmission.com/2020/10/10/14/123787/
mC4
पाक–कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता – News Dainik पाक–कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता रश्मी महत १ जेष्ठ २०७६, बुधबार १६:३४ समाचार प्रतिकृया दिनुहॊस काठमाडौँ । नेपाललाई पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिणत गर्ने मूल उद्देश्यसहित नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित " नेपाल पर्यटन वर्ष २०२० " मनाउने घोषणा गरेको परिप्रेक्ष्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना÷स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा नेपालकै प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ (National Skill Competition in Cookery) आयोजना गर्न गइरहेको छ । औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रष्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना हुन लागेको हो । काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरिरहेको छ । यो प्रतियोगिताको मूल उद्देश्य पाककला (कुकरी) को अभ्यास गरिरहेका सेफहरूलाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरमा कदर प्रदान गर्नु रहेको छ । यो प्रतियोगितामा सहभागि हुन सातै प्रदेशहरूमा तोकिएको केन्द्रहरूबाट आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ, यसमा १८ वर्षभन्दा माथिका पाककलासम्बन्धी ज्ञान र सीप भएका सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागी हुन महिला, दलित, जनजाति एवं पिछडिएका वर्गहरूलाई विशेष आह्वान गरिएको छ । प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तिमा २–२ जना सहभागीहरू प्रथम छनोटमा पर्नेछन् भने उनीहरूबीचको अन्तिम प्रतियोगिता असार ६ गते पोखरामा हुनेछ । सो प्रतियोगिताको विजेतालाई 'सेफ अफ द इयर' घोषणा गरिने छ । साथै, भविष्यमा पूर्व सिकाईको मान्यता विधिद्वारा सीप परीक्षण गरी योग्यताको प्रमाणपत्र प्राप्त गर्ने बाटो खुल्नेछ । अन्तिम प्रतिस्पर्धामा उत्कृष्टहरूमध्ये, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई आकर्षक नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सहभागिताका लागि गेट कलेज र उसको प्रदेश नं १ को इटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगन्जमा रहेका गेट कलेजका भगिनी तथा साझेदार संस्थाहरू एवं अन्य प्रदेशमा सीटीईभीटीको प्रादेशिक कार्यालयहरूमा फर्म बुझाउन सकिने छ । यससम्बन्धी जानकारी दिन जेठ १ गते बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाका राष्ट्रिय टिम लिडर देवीप्रसाद दाहाल, प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक विनोद बडाल, परियोजना राष्ट्रिय सल्लाहकार डा. प्रमोदबहादुर श्रेष्ठ, नेपाल सेफ्स एसोसियनका पूर्वअध्यक्ष वरिष्ठ सेफ गोविन्दनरसिंह केसी र गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले प्रतियोगिताका विभिन्न पक्षबारे जानकारी दिए । अघिल्लॊ सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता पछिल्लॊ कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित …
2020/05/31 03:25:36
https://newsdainik.com/28945
mC4
Bishnu Rimal's Website » Blog Archive » रेल र राष्ट्रवादको कुरा आउँदा कांग्रेसको मन किन अमिल्लिन्छ ? सरकार गठन भएको १४३ दिन पूरा भएको छ । तर, सरकारको आलोचना भने सुरू भइसकेको छ । निषेधित क्षेत्र तोक्ने, अध्यादेशको मर्म र भावना लत्याएर चिकित्सा शिक्षा विधेयक ल्याउनेलगायतका सरकारका कामकारवाहीले प्रमुख प्रतिपक्षी दल विक्षुब्ध बनिरहेका बेला हामीले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार एवम् नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता विष्णु रिमालसँग मुख्य तीन सवालमा कुरा गरेका थियौँ, सरकारको कामकारवाही, प्रधानमन्त्रीको दुई छिमेकी मुलुकको राजकीय भ्रमण र सरकारका निर्णयसँग विमति राख्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्दोलित भइरहेको बारे । प्रस्तुत छ– बाह्रखरीकर्मी अक्षर काकाले रिमालसँग गरेको कुराकानीको सम्पादित अंश सरकार गठन भएयताको कामको मूल्यांकन कसरी गर्नुभएको छ ? कामको मूल्यांकनको दुईवटा पाटा छन् । पहिलो, तत्कालको नतिजा के–के आयो । दोस्रो, अहिलेको परिस्थितिमा सरकारले गर्नुपर्ने काममा सरकारले के–कति ध्यान पु¥याउन सक्यो ? धेरैलाई लागेको छ– सरकार गठन भएपछि भटाभट सेवा प्रवाह होस् । सरकारको दैनन्दिनको काम–कारवाही चुस्त, दुरुस्त होस् । र, यसैका आधारमा सरकारको मूल्यांकन गरौँ । हामी आउँदा यस्तो शून्यता, रिक्तता थियो– न ऐन छ, न कानुन छ, न त, कुनै नियम नै छ । तथापि संघीयता लागु गर्नुपर्ने छ । झन्डैझन्डै दुई महिना त संघीयता कार्यान्वयन गर्न नै समय व्यतीत भयो । कानुन पुनर्संरचनामा समय खर्च भयो भनौँ । तर, त्यसको त कुनै परिणाम देखिँदैन । जनताले देख्ने काम नै होइन यो । यसलाई समेत समातेर भन्नुपर्दा सरकार ठीकै दिशामा अघि बढिरहेको छ । यसमा कसरी भन्ने प्रश्न गर्नुहुन्छ भने तीनवटा पाटोबाट पुष्टि गर्न सकिन्छ । पहिलो, हामीले आउने आर्थिक वर्षबाट के–के काम गर्छौं भनेर सरकारको नीति तथा कार्यक्रम जारी गर्‍यौँ । सरकारका योजनाको फेहरिस्त त्यहाँ भएकाले कामको शुरूआत नै हो भन्न द्विविधा मान्नुपर्दैन । दोस्रो, सरकारले बजेट ल्यायो । त्यसभन्दा पूर्व श्वेतपत्र जारी गर्‍यौँ । श्वेतपत्रले साढे ७ खर्ब रुपैयाँ त नभएको पैसा बाँडेको, दिन्छौँ भनेर अग्रिम ऋण कबोल गरेको स्थिति देखायो । त्यो दुरुह अवस्थाबाट अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने कुरा श्वेतपत्रमार्फत जानकारी गरायौँ । तेस्रो, पहिलोपल्ट वित्तीय संघीयता लागु गर्ने कार्यभार पनि यही सरकारको काँधमा आइपर्‍यो । यसअघिका सरकारले चलनचल्तीको बजेटमात्रै लागु गर्दै आएका थिए । यस सरकारले त सिंगो राजश्वलाई विभिन्न भागमा विभक्त गर्नुपर्‍यो । केन्द्र सरकारले गर्दैै आएका कामकारवाही प्रदेश सरकारको तहमा पुर्‍याउनु पर्‍यो । यी काममा पाटालाई सरकारले कुशलतापूर्वक यो ठाउँसम्म ल्याइपुर्‍याएको छ । त्यस्तै, यहीबीचमा हामीले दुई छिमेकी मुलुकको भ्रमण गर्‍यौँ । दुवै भ्रमणको संकेत सबैले थाहा पाइनै सक्नुभएको छ । तथापि दोहोर्‍याऊँ– हामीले विगतमा गरेको भ्रमणको निरन्तरतामात्र नभई त्यसबेला गरेका सम्झौता लागु गर्ने काम गरेका छौँ । यी सबै जोडजाड पार्ने हो भने सरकारको कामकारवाही सन्तोषजनक मान्न सकिन्छ । सरकारले गरेको काम कारवाहीको फेहरिस्त त बताउनुभयो तर हनिमुन अवधिसमेत सकिन नपाउँदै सरकारको आलोचना शुरू भइसकेको छ नि ! यसको पनि दुईवटा पाटो छ । सामाजिक सञ्जालको एउटा पंक्ति यस्तो छ– उनीहरू तत्काल लाभ खोज्छन् । हानी नियाल्छन् । सरकारले भनेको थियो नि, किन भएन । जस्तो, रेल ल्याउँछु भनेको थियो, किन आएन ? भत्ता पाँच हजार पुर्‍याउँछु भन्या हैन, खै पुर्‍याएको ? आदि भन्ने भलामानसहरू छन् । उहाँहरूको मन सफेद छ । तर, गम्भीरतापूर्वक विचार–विमर्श, विश्लेषण गर्नुहुन्न । तर पनि यसलाई हामीले स्वभाविक मानेका छौँ । बुझाउँदैछौँ पनि । अर्को, कुन तरिकाबाट सरकारलाई खुइल्याउने, आलोचना गर्ने ! जस्तो प्रमुख–प्रतिपक्षीको विचार, भावनासँग निकटस्थ । जे भने पनि निहुँ खोज्ने उहाँहरूको मनशाय देखिन्छ । जसरी हुन्छ सरकारको आलोचना गर्ने र प्रतिपक्षीको मत सुदृढ तुल्याउने आग्रहबाट पनि केही मत आएका छन् । त्यो टिप्पणीलाई प्रतिपक्षीको स्वभाविक टिप्पणीकै रूपमा लिनुपर्ला । कतिपय सवालमा प्रतिपक्षीको कलुषित आग्रहयुक्त र विद्वेषपूर्ण अभिव्यक्तिसमेत मान्नुपर्ला । तेस्रो, यसबीचमा सरकारका कमीकमजोरी छैनन् म भन्दिनँ । केही छिटो गर्न सकिने काम पनि समयमा भएन कि भनेर हामी स्वयम्ले आत्ममूल्यांकन, आत्मसमीक्षा गरिरहेका छौँ । साँच्चै कमजोरी भएको रहेछ भने आत्मआलोचित पनि हुनुपर्छ । सरकारका कामकारवाहीबारे भइरहेका टिप्पणी सबै नकारात्मक छन् भनेर भन्नु सर्वथा अनुपयुक्त र अव्यवहारिक हुन आउँछ । यसबारे सरकार निकै गम्भीर छ । प्रमुख प्रतिपक्षले अधिनायकवादको प्रणेता यही सरकार हुन्छ भनिरहेको छ । सरकारको कामकारवाही पनि त्यतैतिर अभिमुख हुँदैछन्, यो संयोगमात्रै हो र ? प्रमुख प्रतिपक्षीको भनाई त आफू सरकारमा नरहनेबित्तिकै अधिनायकवाद भइगयो नि ! केही समयअघिको कुरा गरौँ– नेपाली कांग्रेसलाई हाम्रो सत्रु पार्टी हो भनेर हामीले भन्न मिल्दैनथ्यो । अतः प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस प्रतिस्पर्धी, प्रतिपक्षी होइन, सहयोगी पार्टी हो भन्नुभयो । तर, कांग्रेसले अति बुझेछ । भन्न थाल्यो– रूसमा पनि त्यस्तै हुन्थ्यो । चीनको चलन पनि त्यही हो । सरकारले हामीलाई त सहयोगीमा पो झार्दियो ! अधिनायकवादको प्रारूप यही हो भनेर अथ्र्याउन थाल्नुभयो उहाँहरू । के भन्ने त ? सत्रु पार्टी भन्ने ? अतः कुरालाई बंग्याएर जता ढाल्न पनि सकिन्छ । दोस्रो, सामान्य समयमा, माग नराखी बस्दा पनि, आन्दोलन नै नगर्दा पनि पूरा गर्न सकिने विषयमासमेत मानिस उराल्दै हिँड्न थाल्नुभएको छ उहाँहरू । मानिसलाई न उराल्नूहोस् न भन्दा उहाँहरू असहिष्णु भन्दै कुर्लन थाल्नुभएको छ । निषेधित क्षेत्र तोकेकोबारे कुरा गरौँ । हामीले जम्माजम्मी भनेका के हौँ भने, माइतीघर मण्डलाको पवित्रताको जगेर्ना गरौँ । मानिस दिवंगत हुँदा, भवितव्यमा ज्यान गुमाउँदा दीप प्रज्ज्वलन गर्ने गरेका छौँ । विगतमा ज्यान गुमाएको स्मृतिमा पनि शोक दीप जलाउँछौँ । त्यस ठाउँलाई आन्दोलनको केन्द्र नबनाऔँ । संरक्षण गरौँ । यहीमात्रै भनेका त हौँ । त्यहाँ राष्ट्रिय ध्वजा फहराइएको छ । झन्डाको सम्मान गरौँ । गर्व गर्ने काम गरौँ । विरोधका लागि त अन्यत्र पनि ठाउँ छन् नि ! विरोध प्रदर्शन त लोकतन्त्रको गहना हो, सधैँ पाइन्छ । विरोध गर्ने ठाउँ तोक्नु, अधिनायकवादी, अलोकतान्त्रिक चरित्र हो र ? आन्दोलनस्थल तोकियो, नेपालको लोकतन्त्र भीडतन्त्रमा बदलियो । प्रजातन्त्र अराजकतन्त्रमा गयो भन्नेको आवाजमा बुझो लगाउन सकिन्छ । हाम्रो लोतकन्त्रमा विरोधमा पनि शिष्टता छ । असहमति पनि व्यवस्थित तवरले प्रकट गर्न पाइन्छ भन्ने देखाउने सरकारको अभिष्ट हो । तर, अन्यथा लगाइयो । एउटा उदाहरण दिऊँ– प्रधानमन्त्री, राष्ट्रपति हिँड्दा, राजकीय भ्रमणमा निस्कँदा भनौँ, बाटो खाली गरेर कार्गेड चलाउने गरिएको छ । कार्गेड बीचमा रोक्न नमिल्ने हुँदा बाटो खाली गर्नुपर्ने बाध्यता सुरक्षा निकायलाई छ । तर, हामी भन्छौँ– राजा महाराजाको सवारीजस्तो जनतालाई किन दुःख दिएको ? यस्तो बन्द गरे हुँदैन ? त्यसलाई सही मान्ने हो भने आन्दोलन हुँदा जनताले दुःख नपाऊन् भनेर सरकारले पवित्र उद्देश्य राखेको पनि त हुनसक्छ । अतः आफूलाई पायक पर्ने र अनुकूल हुनेगरी सरकारको कदमको व्याख्या गर्न मिल्दैन । लोकतन्त्र सुहाउँदो कुरा होइन यो । मन्त्रीको कार्यशैलीको आलोचना गर्नेबित्तिकै टीभी कार्यक्रम नै बन्द गरियो, सरकारको आलोचना गरेर पत्रिकामा आलेख लेख्दा प्रधानमन्त्रीको दुर्वचनको सामना गर्नुपर्ने हो कि भन्ने भय छ, हिजैमात्रै संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला पदीय कामले मुलुकबाहिर जाँदा विमानस्थलबाटै अपमानपूर्वक फर्काइनुभयो, यी 'अधिनायकवाद'को लक्षण होइन र ? तीन वटा प्रसंगलाई एउटै टोकरीमा नहालौँ, छुट्याऔँ । पहिलो, टेलिभिजन कार्यक्रममा भएको बहसमा सञ्चारमन्त्रीले पत्रकारको प्रश्न खप्न नसकेर कार्यक्रम बन्द गराएको कुरा नितान्त अनुचित हो । कार्यक्रमको समय नै सकिँदै थियो । उहाँ त्यसै नै जानुहुन्थ्यो । सञ्चारमन्त्रीको स्वभाव नियाल्नुहुन्छ भने, त्यस्ता दुई–चार प्रश्नले उहाँ अताल्लिने मानिस होइन । फेरि उहाँ आफैँ सञ्चारक्षेत्रबाटै आउनुभएको व्यक्तित्व हुनुहुन्छ । कार्यक्रम आफैँ बन्द हुँदैथियो, कागताली पो पर्‍यो कि ! अर्को, प्रधानमन्त्री सामाजिक सञ्जाल हेर्नुहुन्छ । पत्रपत्रिका पढ्नुहुन्छ । हरेक कुरामा दृष्टि पुर्‍याउनुहुन्छ । अतः यसमा प्रतिक्रिया आयो, प्रधानमन्त्रीले टिप्प्णी गर्नुभयो भनेर किन दुःखी हुने, कुण्ठा पाल्ने ? बरु खुसीले गद्गद् पो हुनुपर्छ– प्रधानमन्त्रीले हाम्रा आलेख, टिप्पणी पनि पढ्नुहुँदो रहेछ ! खुसी व्यक्त गर्नुपर्ने कुरामा कुण्ठा पालेर बस्ने कुराचाहिँ वास्तवमा अहिष्णुता प्रदर्शन हो । उपकुलपतिको प्रसंगमा चाहिँ, शिक्षा मन्त्रालयको पाटोको कुरा हो । यसमा प्रधानमन्त्रीलाई ल्याएर जोड्नु उचित कुरा होइन । यदि उपकुलपति असलै हुनुहुन्थ्यो भने ठाउँ–कुठाउँमा गएर असभ्य भाषामा प्रस्तुत हुन जरुरी छैन, थिएन । अन्तर्वार्ता दिनुभएछ– 'राजा–महाराजासँग त लडेँ, केपी ओलीसँग… '। उपकुलपति को हो र, प्रधानमन्त्रीसँग लड्नुपर्ने ? लड्नै हिँडेको भए त थुन्नु पो पर्‍यो ! तर हामीले त्यसो त भनेको छैनौँ । भनेको यत्तिमात्रै हो– उपकुलपतिज्यूले उपकुलपतिको हैसियतमा गर्नुपर्ने काम गरिरहनुभएको थिएन । उपकुलपति ठट्टाको पद होइन, सम्मानित पद हो । विदेशमात्रै होइन, जहाँ जाँदा पनि स्वीकृत लिनैपर्छ । मैले बुझेसम्म उहाँले अनुमति लिनुभएको छैन । शिक्षा सचिवले 'तपाईं किन जाँदै हुनुहुन्छ ?' भनेर सोध्दा उहाँले मोबाइल नै अफ गर्नुभयो । जवाफ दिनुभएन । त्यसपछि उहाँले मलाई भेटाउनुहोस् भन्नुभयो होला । प्रहरीले उहाँलाई ल्यायो होला । मैले उहाँकै अन्तर्वार्तामा सुनेँ– हजुर, हजुर भन्दै लिएर गए । अपमान त गरेनछन् नि ! दुव्र्यवहार गरेको, असहिष्णु भएको भए, उहाँलाई अपमानजनक शब्द प्रयोग हुन्थ्यो होला नि ! विद्वान व्यक्तिहरूलाई नै विधि सिकाउनुपर्ने दुःखद् र लज्जाजनक परिस्थितमा हामी छौँ । अतः यसैलाई जोडेर सरकारको आलोचना गर्नुको, सहिष्णुता, असहिष्णुता भन्नुको कुनै तुक छैन । अनुमति नलिई विदेश भ्रमणमा जान लागेको भए सामान्य तवरले फर्काइएको भए भइहाल्थ्यो, प्रधानमन्त्री कार्यालयमा राख्दा प्राज्ञिक व्यक्तिको मानमर्दन भएन र ? प्रधानमन्त्रीले ल्याओ भन्नुभएको छैन । प्रधानमन्त्रीले एउटा उपकुलपतिको पछि किन लाग्नुपर्‍यो ? लाग्नै परे, कुलपतिको हैसियतले चिठी काटेर भ्याइदिन सक्नुहुन्छ । स्पष्टिकरण सोध्न पनि सक्नुहुन्छ । उहाँले त्यसो पनि गर्नुभएको छैन । चासै राख्नुभएको छैन उहाँले । शिक्षा सचिवले डाक्दा, कहाँ लैजानुपर्ने प्रहरी प्रशासनले कहाँ पुर्‍यायो होला, त्यसमा धेरै प्रवेश गरिरहनुपर्ने जरुरी छैन । मलाई लाग्छ– उहाँले यो सबै प्रक्रिया बुझ्नुभएको छ । योभन्दा अघि उहाँले चाहिँदो–नचाहिँदो काम गरेको हुनुपर्छ । त्यसकारण उहाँ विक्षिप्त भइराख्नुभएको छ । बौद्धिक व्यक्तिले सरकारविरुद्ध यसरी प्रस्तुत हुनु स्वभाविक होइन । पाँच वर्षका लागि बनेको सरकार हो, अब हामीलाई कसैले छुन, चलाउन सक्दैन भनेर दम्भ पो पलायो कि ? विगतको भूतले तसाईरहेको छ कांग्रेसलाई । विक्रम् सम्वत् २०१६ र २०४८ सालमा कांग्रेसले दुई तिहाइको सरकार चलाउँदा दम्भ देखायो । र, सिध्धियो । आफू सत्ता र शक्तिमा हुँदा दम्भ देखाएकैले सिध्धिएकाले ने क पाको हविगत पनि त्यस्तै हुने उहाँहरूलाई लाग्नु स्वभाविकै हो । हामीले दम्भ देखाउन जरुरी छैन । हामीले के बुझेका छौँ भने विपक्षी दललाई जति सहृदयिता देखाएता पनि जनताको मतबिना हामीले केही जित्दैनौँ । यो कुनै दुई कम्युनिस्ट पार्टी मात्रै चुनाव लडेर, अथवा क्रान्ति गरेर बनेको सरकार होइन । एक पार्टीको राज्य पनि चलाइरहेका छैनौँ । हामी बहुदलीय प्रतिस्पर्धाअन्तर्गत प्रतिस्पर्धा गरेर, सबैले लखेट्दालखेट्दै, मजासँग चुनाव जितेर सरकार चलाइरहेका छौँ । मत होइन जनताको मन जितेर सरकार चलाइरहेका छौँ । चुनाव जित्न कति गाह्रो हुन्छ ? यसका विधि के–के हुन्छन् ? सबै थाहा छ । प्रतिपक्षीको विचार, भावनालाई सरकार सञ्चालनको सहायक मान्छौँ भन्नुहुन्छ तर निषेधित क्षेत्र तोक्दै विपक्षीको आवाज निस्तेज बनाउन खोज्नुहुन्छ, विरोधाभास देखिएन र ? अहिले त अदालतले स्टे अर्डर जारी गरेको छ । अदालतमा विचाराधिन विषयमा हामीले टिप्पणी गर्नु कत्तिको जायज हुन्छ ! तथापि बहस गरौँ न, हामी लोकतन्त्रलाई व्यवस्थित ढंगले सम्पादन गर्ने कि, भद्रगोल गरेर जाने ? साथीहरूले जसो भन्नुहुन्छ, त्यसै गर्ने । म ट्रेड युनियन आन्दोलनबाट आएको मान्छे । एउटा उदाहरण दिन्छु– होटल उद्योगमा श्रमिकहरूले हड्ताल गर्दा अत्यावश्यक सेवा बन्द भयो भनेर हड्तालमाथि प्रतिवन्ध लगाइयो । ट्रेड युनियन ऐन–२०४९ले प्रत्याभूत गरेको अधिकार प्रयोग गर्दा । मुद्दा लड्न सर्वोच्च अदालतदेखि आईएलओसम्म पुग्नुपरेको थियो । एउटा होटलमा भात नपाक्दा कोही भोकै मर्दैनन् भनेर आईएलओ र सर्वोच्च अदालतले भन्नुपरेको थियो । तर, आज एउटा सुई नदिँदा र एउटा ट्याबलेट नखाँदा मानिस मर्ने सम्वेदनशील क्षेत्रमा हड्ताल गर्दासमेत हामी चुप लागेका छौँ । साथीहरू दिनदहाडै अल्टिमेटम दिइरहनुभएको छ– नत्र यसो गर्छौं । उहाँहरूलाई कुनै विधि, प्रक्रिया चाहिँदैन ? एउटा उत्पादनसँग जोडिएको कम्पनीमा हड्तालसँग सम्बन्धित काम गर्नुप¥यो भने ६० दिने कष्टसाध्य प्रक्रिया पूरा गर्नुपर्छ । श्रमिकको अवस्थाचाहिँ यस्तो छ । तर, पढेलेखेका, उच्चकोटीमा रहेका व्यावसायिक व्यक्तिहरूले झोक चलेकै भरमा आजको आजै कलम बन्द गरेर, औजार बन्द गरेर राज्यलाई अप्ठ्यारो पार्न मिल्छ ? यी दुईमध्ये कुन बाटोमा हामी हिँड्ने ? बहसै गरौँ न त ! ने क पाले पनि यो सरकारलाई दिएको निर्देशन त्यही हो– लोकतन्त्रलाई मर्यादित, व्यवस्थित र गर्व गर्न लायकको बनाऊ । जनताको बोल्ने, लेख्ने, छाप्ने, सभा, जुलुस, विरोध प्रदर्शन गर्ने, सहमति, असहमति व्यक्त गर्ने कुरा अक्षुण्ण राख्नुपर्छ । वाक्, अभिव्यक्ति, प्रकाशन स्वतन्त्रतालाई तलमाथि गर्न हुँदैन । ३१ वटै मौलिक हक सुरक्षित राख्नुपर्छ । कार्यान्वयन गरेर जानुपर्छ । हामी लोकतन्त्रबाट दायाँबायाँ लाग्दै–लाग्दैनौँ नि । व्यवस्थित गर्ने प्रयत्न हो हाम्रो । चित्त बुझ्दैन भने बहस त गर्न सकिएला नि ! जनताले साथ देलान् नि ! रेल, पानीजहाज ल्याउने सरकारको बोलीमा लोली मिलायो भने राष्ट्रवादी होइने तर अत्यावश्यक सेवा चुस्त–दुरुस्त हुनुपर्यो, सडकका खाल्टाखुल्टी पुर्नुपर्‍यो भन्यो भने राष्ट्रघाती होइने हो कि भन्ने भय छ नि ? यो हीनतावोध, लघुताभास किन छ ? रेल भन्दा किन कोक्याउँछ ? राष्ट्रवाद भन्दा मन अमिलो किन हुन्छ ? सरकारले कसैगरी बुझ्न सकेन । देशमा रेल दौडनुपर्छ भन्दा किन ज्वरो आउँछ ? मेरो देशको पानीजहाज प्रशान्त महासागरमा दौडनुपर्छ भन्दा मन किन अमिलो बनाउने ? सरकारले नबुझेको कुरा यो हो । नेपाल समृद्ध हुनुपर्छ भन्दा किन तात्नुपर्‍यो । उसो भए नेपाल हरिकंगाल नै भएर बस्ने ? खाल्टाखुल्टीप्रति कसले गर्व गरेको छ ? हिँड्ने बाटोमा केटाकेटी डुब्दा, वयोवृद्धा लड्दा, सवारी दुर्घटनामा पर्दा कसलाई खुसी लागेको छ ? त्यसमा सरकार खुसी छ भने परिकल्पना कसरी गर्छन् मान्छे ? यसबाट के प्रस्ट हुन्छ भने, विरोधीहरू जो फगत विरोधमात्रै गर्न चाहिराख्नुभएको छ, उहाँहरूलाई अब नेपालमा विकासमा हुन्छ भन्ने ठूलो चिन्ता छ । दुईवटा छिमेकी मुलुकसम्बन्ध सुमधुर पार्‍यौँ । उहाँहरूले लम्पसारवाद भन्न थाल्नुभयो । वास्तवमा लम्पसारवादको अर्थ नै उहाँहरूले बुझ्नुभएको छैन । उहाँहरू घुँडा टेकेर तलुवा चाटेर हिँडिराख्नुभएको छ, त्योचाहिँ पत्तो भएन । अहिले शिर ठाडो पारेर हात मिलाएर आएका छौँ, लम्पसारवाद रे ! अतः यी सबै ट्रयाक रेकर्डले बताउने कुरा हो । तथ्यले बताउने कुरा हो । अमूक पार्टीका अमूकअमूक वक्तव्यले छिनोफानो गर्ने कुरा होइन यो । यही सरकारका मन्त्रीले सय दिनभित्र काठमाडौँका सडकमा खाल्टा रहँदैनन् भन्नुभएको थियो, अहिलेसम्म पुरिएन । जनताको अत्यावश्यक सेवा, सुविधामा पनि सरकारको ध्यान पुगेको छैन, किन ? त्यसमा प्रधानमन्त्रीले गर्नुस् भन्नुभएकै छ । भएन भने मन्त्रीको आलोचना हुन्छ । त्यसमा प्रश्न उठाउने हक राख्छौँ । प्रश्न उठाउने हक सबैलाई छ । जवाफ सरकारले दिन्छ । तर, साँचो कुरा के हो भने, फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि काठमाडौँका सडकमा खाल्टा परेका होइनन् । हामीले कस्तो अवस्थामा राज्यको जिम्मा लिएका थियौँ । सर्वाङ्गले कामै नगर्ने, 'मल्टिपल अर्गान फेलिएर' भएजस्तो थियो देश । कांग्रेसले देश त्यति जर्जर बनाएको थियो । साढे सात खर्बको दायित्व थुपारेर हिँड्नुभएको थियो । मनलाग्दी गरेर हिँड्नुभएको थियो । रेल आउँछ भन्दा, रेल कसरी आउँछ भन्ने ! अनुदानमा आउँछ भन्दा, मागेर रेल दौडाउँछ भन्ने ! ऋणमा ल्याउँछौँ भन्दा ऋण काढेर देश डुबाउने भन्ने ! ज्वाइन्ट भेन्चरमा गर्छौं भन्दा यस्तो कुरामा आधाआधी गर्ने भन्ने ! जे भन्दा पनि विरोध गर्ने तरिकाचाहिँ पटक्कै ठीक भएन । मन्त्रीलाई लगाम कस्नुपर्ने भयो भन्दै सत्तापक्षकै सांसद्हरूले समेत कार्यशैलीमाथि प्रश्न उठाउन थालेका छन्, सरकारलाई असफल बनाउन स्वयम् क्याविनेटका मन्त्री लागेका छन् कि ? मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ भन्ने बुझिन्छ, साँचो हो ? हामी अस्थिरतालाई कतै पनि महत्त्व दिँदैनौँ । आउने २७ गते सरकारका मन्त्री, सचिवसहित योजना आयोगका सदस्यको उपस्थितिमा नीति, कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा कार्यशाला राख्दै हुनुहुन्छ । त्यहाँ हामीले सबै मन्त्रालयलाई कामको विवरणात्मक लक्ष्यसहित आउनुहोस् भनेका छौँ । त्यहाँ नीति कार्यक्रमका लक्ष्य के हुन्, त्यसमा बजेटले कसरी सम्बोधन गर्‍यो ? अहिले हामी कहाँ छौँ, पाँच वर्षमा कहाँ पुग्छौँ ? भनेर प्रत्येक चार महिनामा मूल्यांकन गर्न मिल्ने कामको लक्ष्यसहित आउनुहोस् भनेका छौँ । त्यसका आधारमा प्रत्येक मन्त्री, सचिवको अनुगमन हुन्छ । प्रधानमन्त्रीले भन्नुभएको छ– म अनुगमनकोसमेत अनुगमन गर्छु । अतः प्रत्येक सचिवलाई मुख्यसचिवले, मन्त्रीलाई प्रधानमन्त्रीले र प्रधानमन्त्रीको कार्यालयले प्रत्येक मन्त्रालयलाई सहजीकरण र समन्वयको काम गर्छ । पहिलो चौमासिकसम्म अहिले उठेका जिज्ञासा समाधान गर्न सक्छौँ । त्यसपछि पनि भएन भने अर्को ढंगले अघि बढ्न सकिन्छ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भयो भनेर भनियो । प्रकारान्तरले त्यो उल्टँदै छ । जनताले उत्तिकै सास्ती पाएका छन् । सिन्डिकेट हटाउने विषयमा सरकारका दुई मन्त्रीको राय बाझिएको छ, किन होला ? पहिलो कुरा मिडियामा मन्त्रीले यसो भन्नुभयो भनेर आएका विरोधाभास अभिव्यक्तिबारे टिप्पणी गर्न चाहन्नँ । तथ्य के हो भने सबै प्रकारका सिन्डिकेटको अन्त्य हुन्छ । हाम्रो काम गराइका कहीँकतै ढिलासुस्ती हुन गएको छ भने फूर्तिका साथ अघि बढाइन्छ । हिजोको जस्तो कुनै विकास समिति र यातायात समितिले मोनोपोली (एकाधिकार) गर्न सक्ने स्थिति रहँदैन । हामीले प्रत्येक व्यवसायीलाई कम्पनीमा दर्ता हुनूहोस् भनेका छौँ । नगर्ने व्यवसायीले बेच्नुपर्छ । अर्को, सिन्डिकेट हट्ने भनेको समितिको विघटन होइन, प्रतिस्पर्धा हो । थोरै व्यवसायीले सार्वजनिक सवारी चलाएर नागरिकलाई सास्ती दिन होइन । नागरिकको सुगमता, सुलभता अनिवार्य शर्त हो । अहिले पनि समितिको अन्त्य भइसक्दा पनि गाडीमा खुट्टा हाल्ने ठाउँ छैन । भनौँ न, सिन्डिकेटको अन्त्य भयो, सास्तीको अन्त्य भएको छैन । त्यसप्रति हामी गम्भीर, संवेदनशील छौँ । अद्यापि केही अन्योल पनि छन् नि ? सिन्डिकेट अन्त्यसँगै कार्यदल बनाएका छौँ । कार्यदलले तीनवटा कुरामा ध्यान पुर्‍याएको छ । प्रथम, पहिलेको स्वामित्व कहाँ जान्छ ? एकल स्वामित्व रहने हो भने पहिला भएको सम्पत्तिको वितरण कसरी हुन्छ ? श्रमिकका भविश्य के हुन्छ ? दोस्रो, दुर्घटना हुँदा तिर्नुपर्ने क्षतिपूर्ति के गर्ने ? पहिलो समिति हुँदा त्यसले तिर्थ्यो । कम्पनी हुँदा त्यसले भुक्तानी गर्छ कि व्यवसायीले व्यक्तिगत नै व्यवस्थापन गर्ने भन्ने प्रश्नको निरूपण हुनुपर्छ । व्यवसायीले व्यक्तिगत व्यवस्थापन गर्दा एउटा, दुईवटा सवारी भएका सवारीधनीले सबै सम्पत्ति बेचबिखन गर्दा पनि क्षतिपूर्ति तिर्न नसक्ने हुन्छ । यस्तो अवस्थामा असीमित बीमाको व्यवस्था गरिनुपर्छ भन्ने व्यवसायीको मागसमेत छ । यसबारे कार्यदलले घनिभूत छलफल गरिरहेको छ । दुई छिमेकी मुलुको भ्रमण सरकारको उपलब्धि हो भनेर यहाँले चर्चा त गर्नुभयो, भ्रमणमा देखिने उपलब्धि के–के भए त ? कतिपय सन्दर्भमा चिनियाँ कार्ड र भारतीय कार्ड प्रयोग गर्ने भन्ने चर्चा चल्छ, नेपाली राजनीतिक वृत्तमा । प्रथमतः हामी कार्डमा विश्वास राख्दैनौँ । कार्डको अन्त्य गर्‍यौँ हामीले । विगतको सरकारले भारतसँग गरेका कतिपय सन्धी–सम्झौता लागु भएनन् भन्ने गुनासो थियो । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र हाम्रो प्रधानमन्त्रीको भारत भ्रमणबाट हामीले निष्कर्ष निकाल्यौँ– समयावधि तोकेरै काम थाल्ने । उदाहरणका लागि अदुवा निकासीमा जहिल्यै हैरानी खेप्नुपथ्र्यो । त्यसको प्रतिवन्ध भर्खरै फुुकुवा भएको छ । अलैँचीको पनि बेलाबखत आउँछ । यद्यपि त्यसमा रोकावट नै भने थिएन । तर, अदुवामा त लिखित नै थियो । यसपटक अदुवामा नेपाललाई विशेष सहुलियत दिइएको छ । आलो होस् या सुकेको होस्, त्यसमा प्रतिवन्ध नलाग्ने कुरा उहाँहरूले गर्नुभएको छ । दोस्रो नेपालको हवाई उडानमा ट्राफिक जाम (कन्जेक्सन) थियो । अतः भारतसँग विभिन्न प्रवेश रुट मागेका थियौँ । त्यसमा भर्खरै सहमति भएको छ । महेन्द्रनगर, नेपालगन्ज, जनकपुर र विराटनगर थप चार ठाउँबाट प्रवेश रुट दिन भारतस सरकार सहमत भएको छ । पाँचौँ रुटको पनि तयारी भइरहेको छ । हाम्रै तयारी, सुरक्षा आदिको कारणले त्यसमा काम हुँदैछ भनौँ । भारतीय सीमावर्ती क्षेत्रमा सदियौँदेखि डुबानको समस्या थियो । भारतले सीमामा बाँध बाँध्ने, सडक बनाउने कृत्यले नेपाली भूमि वर्षेनी डुब्थ्यो । त्यस समस्याको निवारणका लागि भारत–नेपालको संयुक्त कार्यदल तयार पारि स्थलगत अवलोकन गर्ने काम भएको छ । निकासको उपयुक्त विधि के हुन्छ भनेर प्रतिवेदनसमेत बुझाइसकेको छ । पञ्चेश्वर परियोजना जोड्ने १३ सय मिटरको लिङ्करोड २२ वर्षसम्म बनेको थिएन । भ्रमणमा हामीले जोडतोडले त्यो विषय उठायौँ सन् २०१८ भित्रमै त्यो सडक पूरा गर्ने भारत सरकारले प्रतिवद्धता जनायो । र, कामसमेत शुरू भइसकेको छ । समुद्रबाट हाम्रो नदीसम्म जलमार्गको पहुँचको कुरा गरेका थियौँ, संयुक्त टोलीले काम थालिसकेको छ । रेल्वे लाइनका लागि टीम बनिसकेको छ । भारत सरकारले एमओई मागेको छ । ड्राफ्ट पठाउन हाम्रैतर्फबाट ढिलाई भइरहेको छ । नेपाल–भारत प्रवद्ध समूह (ईपीजी)को बैठकको कुरा गर्दिन । बैठक भर्खरै सकिएको छ । प्रतिवेदन बुझाउन बाँकी नै होला । तर, उहाँहरूको बडी ल्याङ्गवेज हेर्दा सन् १९५० को सन्धी पुनरावलोकन गर्ने दिशातिर मुलुक अघि बढेको छ । यसरी ससर्ती हेर्दा नेपाल–भारतबीच रहेका असन्तुष्टि किनारा लागेको छ । र, हामीमा सकारात्मक भाव पैदा भएको छ । चीनसँगको पाटोमा पारवहन सन्धी–सम्झौताको कुरा थियो । प्रोटोकलको विषयलाई लिएर निकै उडाइएको थियो । हामीलाई समय पुगेन भन्दा पनि उपहास गरियो । आजका मितिमा नेपाल सरकारको वाणिज्य सचिवका नेतृत्वमा टोली (बेइजिङ (चीन) पुगिसकेको छ । सम्भवतः यो हप्ताभित्रमा चीनसँगको पारवहन सम्झौता किनारा लाग्छ । हामीले निकै दुःख झेल्दै आएको खासगरी तिब्बती राजमार्गसँग जोडिएको हाम्रो उत्तरी भेगहरू । कुनै ठाउँमा महामारी फैलियो भने पनि सामान पुर्‍याउन असुविधा थियो । चीन सरकारलाई अनुरोध गरेर अल्पकालीन व्यवस्था गथ्र्यौं । अहिले आठवटै नाकाबाट आवश्यक सामग्री हामीले लैजान सक्छौँ । पूर्वमा वलाङ्चुङगोलादेखि ताक्लाकोटको पारि उरीसम्म सामान लैजान बाधा छैन । साथै हामीले चीनसँग सीमापार रेल्वे लाइन, राजमार्ग, ट्रान्समिसन लाइन, तेल भण्डारन र अप्टिकल फाइबरको कुरा गर्‍यौँ । यी सबैलाई एउटै वाक्यमा समेटेर 'हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल' निर्माण गरेका छौँ । यसैको परिधीमा रहेर रेल्वे, हवाई यातायात, ट्रान्समिसन लाइन, सञ्चार, तेल भण्डार आदिका क्षेत्रमा चीनसँग सहयोग लिन्छौँ । यो बास्केटमा तीनवटा तरिकाबाट सहयोग आउँछ । पहिलो, अनुदान, अर्को सहुलियत ब्याजदरमा ऋण सहायता र अन्तिममा संयुक्त लगानीका परियोजना । अहिले जति पनि चर्चामा आएका परियोजना छन्, कुनचाहिँमा अनुदान हाल्ने, कुनमा ऋण अनुदान राख्ने र कुनचाहिँ संयुक्त लगानीमा अघि बढाउने भन्ने निक्र्यौल गर्न हामी स्वतन्त्र छौँ । यो भन्दाअघि तेलको भन्डारण कुरामात्रै भएको थियो । यसपटक प्रदेश नम्बर ३, ४ र ५ मा खास अवधिसम्मलाई पुग्नेगरी तेल भण्डारणका लागि सहयोग प्रदान गर्न चीन सहमत छ । ऊर्जामा भने अलग्गै योजना बनाएका छौँ । भारतसँग पाइप लाइनको कुरा गरिरहँदा चीनसँग किन नगर्ने भन्ने प्रश्न थियो । त्यसमा हामीले अनुभूत गरेको कुरा के हो भने अहिले भारतबाट जतिमात्रामा विद्युत् आयात गरिराखेका छौँ । सन् २०१९ को मेसम्ममा आयात प्रतिस्थापन गर्न हामी सक्षम हुन्छौँ, यदि विद्युत् खपतको परिमाण नबढ्ने हो भने । सन् २०२० सम्म पुग्दा निर्यात नै गर्ने तहमा पुग्छौँ । तर, हामी निर्यात गर्दैनौँ । बरु बानी फेर्न मनस्थितिमा पुगेका छौँ । इन्धनबाट चल्ने सवारीलाई विद्युत्बाट चल्नेमा प्रतिस्थापन गर्ने, इलेक्ट्रिक चुल्हो प्रयोगमा ल्याउने । यी हिसाबले ऊर्जाको क्षेत्रमा हामी आत्मनिर्भर हुने योजनामा छौँ । अतःएव हामीले यसपटक चीनसँग पाइप लाइनका कुरा उठाएनौँ । बरु पेट्रोलियम पदार्थको अन्वेषण र प्रशोधनका लागि चीनसँग सम्झौता गरेका छौँ । अंक नै बोल्नुपर्दा झन्डै साढे दुई खर्ब रुपैयाँ नेपाल र चीनका व्यवसायीले संयुक्त रूपमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । सरकार त त्यसमा साक्षीमात्रै बसेको छ । यी जम्मै कुरा चार महिनाको अवधिमा भएका सरकारका ठूला उपलब्धि हुन् । चीनको रेल नेपाल आउन भौगोलिक रूपमा सम्भव छैन भन्ने प्रश्न पनि उडिरहेको छ नि ? यसमा तीनवटा विचार (स्कुल अफ थट)ले काम गरिरहेको छ । पहिलो, रेल आउनै हुँदैन । यो नजान्नेले थाहा नपाएर भनिरहेका छैनन्, विद्वानकै तह र तप्काबाट आइरहेको छ यो कुरा । विचार–सिद्धान्तका हिसाबले उहाँहरू ने क पा विरोधी मत राख्नुहुन्छ । उहाँहरूको मत छ– चीन र भारत दुवैको रेल नेपाल आइपुग्यो भने हाम्रो सुरक्षा खतरामा पर्छ । अर्थात् नेपालको भूमि दुरुपयोग हुनसक्छ । म प्रष्ट पारौँ– आजको दुनियाँमा मुलुकलाई हस्तक्षेप गर्न रेलबाट हतियार ओसार्ने पर्दैन । अमेरिकामा बसेर बटम दबाएकै भरमा बिन लादेन समाप्त पारेको दृष्टान्त हाम्रैबीचमा छ । नेपाल त्यो रेसमा छैन । अर्को, बाटै बनेको छैन, किन चाहियो रेल भन्ने छ । उहाँहरू यसो पनि भन्नुहुन्छ– एउटा रेल ल्याउने पैसाले चारसयवटा बाटो बनाउन पुग्छ । त्यो पनि रेल विरोधी नै तर्क हो । यसमा सरकारको भनाई के हो भने– हामी कसरी जाने ? अम्खोरामा पानी ओसार्ने कि, ट्यांकरले पानी बाँड्ने भनेजस्तै कुरा हो यो । अतः हामी छिटो गर्न चाहन्छौँ । यातायातको दूरावस्था टुंग्याउन चाहन्छौँ । अर्को, लागतै कम हुन्छ । ट्रान्सपोर्टेसनको खर्च कटौती हुन्छ । यस्तै केही विद्वान प्रश्न गर्नुहुन्छ– रेलका डिब्बामा के हालेर पठाउने ? यसैका लागि त सरकारले तीव्र आर्थिक विकास, औद्योगिकीकरण, कृषिमा आधुनिकीकरण भनेको । रेलमा पठाउने सामग्री छैन भनेर रेलै नल्याउने कुरा त गर्नु भएन नि ! अर्को गाडी नपुगेको ठाउँको चेतना र नपुगेको ठाउँको चेतना नै अर्को हुन्छ । जहाज जाने ठाउँको चेतना र नजाने ठाउँको चेतना हामी तुलना गर्न सक्दैनौँ । त्यस्तै रेल नपुगेको र रेल पुगेको ठाउँको चेतना पनि अवर्णनीय छ । रेलबाट आउने चेतनाको फड्को अकल्पनीय हुन्छ । कतिपय विद्वानले 'गेम चेन्जर' समेत भन्छन् रेललाई । अतः समाजलाई तीव्र गतिमा परिवर्तन गर्न रेल ल्याउन लागिएको भन्ने सरकारको तर्क हो । पानीजहाजबारे विस्तृत अध्ययन नै भएको छैन तर प्रधानमन्त्रीले कलकत्ता जाने निम्तो दिइसक्नुभयो ? नेपालकै पानीजहाज हो कि अरु देशको पानीजहाज देखाउन लैजाने ? पानीजहाजको पनि दुईवटा पाटो छ । एउटा ठूलो पानी जहाज, जसलाई हामी किन्छौँ, या भाडामा लिन्छौँ । कुन प्रक्रियाबाट चलाउने, कस्तो कम्पनीले गभर्न गर्ने भन्नेबारेमा वाणिज्य मन्त्रालयमा छलफल नै चलिरहेको छ । सबैलाई थाहा छ– पारवहन तगा गोदाम कम्पनी भन्ने नेपालको कम्पनी भारतमा दर्ता छ, त्यसैमार्फत चलाउने कि भन्ने कुरा उठाइरहेको छ । त्यो पानीजहाज त भाडा लिँदा या किन्दा चलि नै हाल्छ । अर्को 'इनल्याण्ड वाटरवेज'को कुरा छ, कलकत्ताबाट बराह क्षेत्रसम्म भारतले ल्याउने साना जहाज ल्याउने भन्ने कुरा हो । त्यसमा सर्भेले काम गरिरहेको छ । आगामी सात महिनाभित्रमा प्रगति गर्न सकिन्छ भन्ने प्रधानमन्त्रीको तर्क हो । पछिल्लो दुई महिनामा भारतले जे–जे गरिरहेको छ, त्यो कसैले पनि सोचेको थिएन । वर्षायाम छ, बीचमा बाढी, पहिरोआदि आएर रोकेछ भने बेग्लै कुरा, नत्र असम्भव छैन । हामी सन् २०१८ भित्रमा पानीजहाजसम्बन्धि कुरा निष्कर्षमा पुर्‍याउँछौँ । अन्तिममा पुनः जोड दिऔँ– प्रतिपक्ष र सत्तापक्षबीच निकै द्वन्द्व चर्किने संकेत देखा परेका छन् । यसले सरकारलाई काम गर्न असहज हुँदैन ? प्रतिपक्षीले आफ्नो थान्कोमा बस्नुपर्छ । खास गरी नेपाली कांग्रेसले ०१५ साल सम्झनुपर्‍यो । त्यतिबेला ने क पाका चारजना सांसद् थिए । त्यतिबेला पनि हामीले उहाँहरूलाई सहयोग नै गरेका थियौँ नि ! प्रधानमन्त्रीले त्यसैले त भन्नुभएको– प्रतिपक्षमा बस्ने बानी पार्नुपर्‍यो । ०४८ सालमा तत्कालीन एमालेले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीलाई दिनुपर्छ भन्दा कांग्रेसले 'तेरो पार्टीको मैले भनेको मान्छे सभापति हुनुपर्छ' भनेको होइन ? त्यसो गर्ने हो भने हामी त्यसै गर्न तयार छौँ । अहिले नेपाली कांग्रेस पराजित भयो भन्दा चित्त दुखाउनुहोला । हामीभन्दा असाध्यै कम भोट पाउनुभयो । असाध्यै कम सांसद हुनुहुन्छ । त्यही थान्कामा बस्नुपर्‍यो । साझेदारी सरकार चलाएजस्तो भागवण्डा खोज्नु भएन । अहिलेको सरकार ने क पाले भनेजस्तो गरि त काम गरिरहेको छैन । ने क पाका नेताहरूले जसअपजस आफैँ लिने गरी निर्णय गर्नुहोस् भनेर अधिकार दिनुभएको छ ।
2022/05/21 07:15:59
https://www.bishnurimal.com.np/%E0%A4%B0%E0%A5%87%E0%A4%B2-%E0%A4%B0-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A5%81%E0%A4%B0%E0%A4%BE-%E0%A4%86/
mC4
हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले संक्रमित दम्पति भारतबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको जानकारी दिएको छ । उनीहरूको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । क्यान्सरको उपचारको लागि संक्रमित दम्पति भारत गएको खुलेको छ । ७४ वर्षीय पुरुष राजधानी दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराएर भरतपुर घर फर्किएको जनाइएको हो । उनकै श्रीमती ७३ वर्षीया महिला पनि सँगै दिल्ली गएकी थिइन्। ३ जेठमा दिल्लीबाट एम्बुलेन्समा घर आएको खुलेको छ । संक्रमित दम्पतिको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङबाट खोजी भइरहेको छ । भरतपुर महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनबाट खटिएको टोलीले सम्पर्कमा आएका व्यक्तिहरूको खोजी र पृथकीकरण गर्न कार्य तीव्ररूपमा भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
2020/05/28 02:19:42
http://rusnepal.com/archives/57194
mC4
बाजुरामा खानेपानी योजना सम्पन्न नहुदै भुक्तानी दिएर २७ लाख अनियमितता | Dinesh Khabar बाजुरामा खानेपानी योजना सम्पन्न नहुदै भुक्तानी दिएर २७ लाख अनियमितता २०७६ जेठ १४, ०४:४८ प्रकाश सिंह बाजुरामा एक खानेपानी योजनामा २७ लाख बढि आर्थिक अनियमितता भएको छ। जिल्लाको हिमाली गाँउपालिका वडा नम्बर ६ को धीम गाँउको भेडेमुल खानेपानी योजनामा २७ लाख ८ हजार ६ सय ६३ रुपैया आर्थिक अनियमितता भएको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ। गाउँका झण्डै पाँच सय परिवारलाई लक्षित गरी निर्माण भइरहेको योजनामा उक्त रकम अनियमितता भएको भन्दै महालेखा परिक्षकको कार्यालयले अशुल उपर गर्न गाउँपालिकालाई निर्देशन दिएको छ। झुट्टा विल भरपाई पेश गरी बढि भुक्तानी लिएको पाईएपछि असुल अपर गर्न निर्देशन दिईएको हो। एक करोड बजेट रहेको सो योजनामा ५ प्रतिशत श्रमदान, कर्णाली रोजगार कार्यक्रम र गाँउपालिकाको समेत गरी ९३ लाख २३ हजार रकम भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ। निर्माणाधिन अवस्थामै रहेका बेला भुक्तानी दिएर आर्थिक अनियमितता गरिएको स्थानिय गोरख बहादुर सार्कीले बताए। उनले गाँउमा खानेपानी समेत नपुगेको बताउँदै गाँउपालिकामा योजना सम्पन्न भएर सबै रकम भुक्तानी दिईएको जनाए। उक्त योजनामा अझै ७ वटा धारा निर्माण गर्न बाँकी रहेको स्थानीयले बताएका छन्। यसैगरी पानी टयाङ्की, फलामको पाइप विछाउने काम गर्न बाँकी नै रहेको उपभोक्ता समितिकी कोषाध्यक्ष बटकला सार्कीले वताईन्। असार १२, ०६:०५खबर संवाददाता धनगढी: बैतडीको दशरथचन्द नगरपालिकामा 'विद्यार्थीसंग मेयर' कार्यक्रम सञ्चालन गरिने भएको छ।... विस्तृतमा
2022/06/26 08:09:52
https://dineshkhabar.com/article/11019
mC4
पोखरामा 'फर्स्ट हिमालयन माउण्टेन क्रस कन्ट्री च्यालेञ्ज' हुने पोखरामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ खेल 'फस्र्ट हिमालयन माउण्टेन क्रस कन्ट्री च्यालेञ्ज' आयोजना हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघले मित्रराष्ट्र चीनको कुन्मिन नगरको सहयोगमा प्रतियोगिता गर्ने भएको हो । कार्यक्रमलाई पश्चिमाञ्चल होटल संघ पोखराले सघाउने भएको छ । आउँदो सेप्टेम्बरमा हुने प्रंतियोगिताको नारा 'रन फर लभ' राखिएको छ । संघका अध्यक्ष विश्वशंकर पालिखे र माउण्टेरिङ एसोसियसनका अध्यक्ष झाङ सिले शनिवार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ४२ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र पौडी समावेश हुने यो प्रतियोगिता पोखराको लेकसाइडबाट सुरु भई मट्टिखान कुभिण्डे, फुस्रेखोला, डेभिडफल हुँदै लेकसाइड आएर अन्त्य हुनेछ । यो दौडमा एउटा समूहमा कम्तीमा एक महिला सहित ३ जना सहभागि हुनेछन् । कुन्मिन माउन्टेरिङ एसोसियनका विज्ञहरुले लामो स्थलगत अध्ययनपछि दौडको लागि यो क्षेत्र चयन गरेका हुन् । प्रतियोगितामा करिव तीन सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा चीनको कुन्मिनबाट मात्रै करिब ४० खेलाडी सहभागी हुनेछन् । कुन्मिनसँग भगिनी सम्बन्ध रहेका विश्वका अन्य ४० ठाउँबाट पनि खेलाडीहरु आउनेछन् । 'पोखराको पर्यटन प्रवद्र्धन गर्नको लागि हामीले थालेको यो सानो प्रयास हो', सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा पालिखेले भने, 'पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास लिएका छौं ।' प्रतियोगिताको चिनिया मिडियाबाट हुने प्रवद्र्धनले पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने उनको दावी थियो । एसोसियसनका अध्यक्ष सिले प्रंतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पर्यटन प्रवद्र्धनको लागि निजी क्षेत्रले खेलेको भूमिकालाई राज्यस्तरबाट पनि मूल्याङ्कन हुनु पर्ने बताए ।
2018/12/16 06:07:23
http://radiosudursanchar.com.np/news_detail.php?nid=3220
mC4
मोरङका युवा आफैं रोजगारीको सृजना गर्दै - halokhabar.com मोरङका युवा आफैं रोजगारीको सृजना गर्दै - halokhabar.com (No Comments) February 11, 2018 चोङवाङले २०६७ सालदेखि एक माउ भैँसीबाट पशुपालन शुरु गर्नुभएका चोङवाङले अहिले नौ माउ भैँसी र पाँच माउ गाईपाल्दै आउनु भएको छ । आफैंले उत्पादन गरेको १२० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । उहाँले वार्षिक रुपमा सय ट्र्याक्टर गोबरमल प्रतिट्र्याक्टर रु तीन हजारका दरले बिक्री गर्दै आएको बताउनुभयो । गोबरमलबाट मात्रै बार्षिक तीनलाख ६० हजार रुपैंया बराबरको आम्दानी गर्दै आउनु भएको छ । अझै व्यवसायलाई बिस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र ६ वटा पाडी समेत पाल्नुभएको छ । रु दश लाखको लगानीमा शुरु गरेको व्यवसायमा हाल रु २० लाख लगानी पुगिसकेको चोङवाङको भनाइ छ । चोङवाङले गाउँमा आफैं रोजगारीको सृजना गर्ने उद्देश्यले आफ्नै चार बिघा जमिनमा कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गर्नुभएको छ भने सो केन्द्रमा पाँच जनालाई रोजगारी समेत दिनु भएको छ । मासिक रुपमा रु एक लाख ४० हजारको दुग्ध बिक्री गर्ने गरेको चोङवाङले बताउनुहुन्छ । यस्तै ३ वर्ष मलेसियामा काम गरेर फर्किनुभएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीेले पनि बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । दुईवटा बाख्राबाट बाख्रापालन गर्नुभएको सुवेदी परिवारले अहिले १०० वटा बाख्रापालन व्यवसाय गर्नु थाल्नुभएको छ । उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा समेत सुधार आएको बताउनु हुन्छ । आफू विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा कृषि पेशा व्यवसाय अपनाउन सुवेदी आग्रह गर्नुहुन्छ । सुवेदीले पनि दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । सुवेदीले अरूले कृषि पेशा गरेको सुनेको आधारमा आफूले पनि बाख्रापालन व्यवसाय थालनी गरेको बताउनु हुन्छ । सुबेदीका फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्न हुने र चार महिनामा १८ किलोसम्मको हुने गरेको बताउन हुन्छ । बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भएता पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ । उहाँ मात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर चारसय व्यावसायिक पशुफार्म सञ्चालित छन् । जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ । त्यस्तै १४ भैँसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन् । साथै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ ।
2018/09/19 11:14:53
http://halokhabar.com/%E0%A4%AE%E0%A5%8B%E0%A4%B0%E0%A4%99%E0%A4%95%E0%A4%BE-%E0%A4%AF%E0%A5%81%E0%A4%B5%E0%A4%BE-%E0%A4%86%E0%A4%AB%E0%A5%88%E0%A4%82-%E0%A4%B0%E0%A5%8B%E0%A4%9C%E0%A4%97%E0%A4%BE%E0%A4%B0%E0%A5%80/
mC4
हार्लेको झल्को दिने क्रुजर मोटरसाइकलको नेपालमा बिक्री शुरु, मूल्य निकै सस्तो – Post Patrika मुख्य पृष्ठ /News/हार्लेको झल्को दिने क्रुजर मोटरसाइकलको नेपालमा बिक्री शुरु, मूल्य निकै सस्तो 3,002 1 minute read काठमाडौं । हान्वे मोटरसाइकलको लागि आधिकारिक वितरक माेटर एभेन्यू प्रालीले भि-बब २५० मोटरसाइकलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले नयाँ क्रुजर मोटरसाइकल केहि समय अगाडि नेपाल भित्र्याएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** बेल्जीयम ब्रान्डको क्रुजर मोटरसाइकलमा २५० सीसी ट्वीन सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २१ हर्षपावर तथा १९ एनएम टर्कमात्र जेनेरेट गर्छ । यसको पावरका कारण यो क्रुजर मोटरसाइकल सिटी राइडका लागि उपर्युक्त मानिन्छ । यसमा प्रिमियम मोटरसाइकलमा हुने फिचर उपलब्ध रहेको छ । बेल्ट ड्राइभ र यूएसडी फर्क जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ । यस्तै यसमा डबल एक्जष्ट, मस्कुटर फ्युल ट्याङ, मल्टी स्पोक अलोय ह्वील, रेट्रो डिजाइन हेडल्याम्प जस्ता फिचर रहेको छ । यो मोटरसाइकल नेपाली बजारमा दुई कलर रातो तथा कालो अप्सनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।यो मोटरसाइकलको मूल्य हार्लेको तुलनामा निकै सस्तो रहेको छ । यसलाई बजारमा ७ लाख रुपैयाँ निर्धारणगरि बुकिङ खुल्ला भएको कम्पनीले जनाएको छ । यो मोटरसाइकल बुकिङ गर्ने ग्राहकले केहि समय पश्चात डेलिभरि लिन सक्ने छन् । यस्तै कम्पनीले एचडी २५० एससी, एचएस २५०, एचएस १५० को समेत बुकिङ खुल्ला गरेको छ । एचडी २५० एससीको मूल्य ५ लाख ७५ हजार रुपैयाँ, एचएस २५० को मूल्य ४ लाख २० हजार (छुटसहित) र एचएस १५० को मूल्य ३ लाख १५ हजार (छुटसहित) रुपैयाँ रहेको छ ।
2021/12/03 22:30:00
https://postpatrika.com/archives/6196
mC4
टी–२० विश्वकपबाट तीन विश्व च्याम्पियन टिम बाहिर ! - मनकामनापोष्ट Written by मनकामनापोष्ट• November 2, 2021• 10:17 am• अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मनकामनापोष्ट स्पेसल टी–२० विश्वकपबाट तीन विश्व च्याम्पियन टिम बाहिर ! काठमाडौं,कात्तिक १६ गते । टी–२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन्। अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ। पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ। तर, तीन पूर्व टी–२० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट बाहिरिने संघारमा छन्। ती टोलीहरू हुन्, भारत, श्रीलंका र वेस्ट इन्डिज। २०२१ को टी–२० विश्वकप भारतीय टोलीका लागि दुखद रह्यो। भारतलाई उपाधि दाबेदार टिमका रूपमा हेरिए पनि उसको प्रदर्शन भने सम्झनलायक रहेको छैन। आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको नमिठो हार बेहोरेको थियो। र, साथसाथै अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरोस् भन्ने प्रार्थना गर्नुपर्नेछ। भारतले सन् २००७ मा मात्रै टी–२० विश्वकप जितेको थियो। चारमध्ये तीन खेलमा हार बेहोरेर टी–२० विश्वकपबाट बाहिरिएको टोली हो श्रीलंका। श्रीलंकाले छनोट चरणका सबै तीन खेल जितेको थियो। तर, सुपर १२ मा भने आफ्नो प्रदर्शनलाई निरन्तरता दिन सकेन। श्रीलंकाले भारतलाई हराएर २०१४ को टी–२० विश्वकपको उपाधि जितेको थियो। श्रीलंका जुन समूहमा छ, त्यो समूहमा निकै बलियो टोली छन्। जसको अगाडि श्रीलंकाको जादू चल्न सकेन्। धेरै अनुभवी खेलाडी टिम बाहिर भएका कारण श्रीलंका कमजोर भएको छ। वेस्ट इन्डिजले अहिलेसम्म तीनमध्ये एउटा मात्र खेल जितेको छ। उसलाई सेमिफाइनल पुग्न पनि कठिन छ। वेस्ट इन्डिजले २०१२ र २०१६ मा दुई पटक टी–२० विश्वकपको उपाधि जितेको थियो। तर, यसपालि राम्रो प्रदर्शन गर्न सकेको छैन। टी–२० विश्वकप २०२१ मा अहिलेसम्म इंग्ल्यान्ड मात्र सेमिफाइनलमा पुगेको छ। टोलीले अहिलेसम्म खेलेका चारवटै खेल जितेको छ। जोस बटलरको शतकको मद्दतले इंग्ल्यान्डले श्रीलंकालाई सोमबार २६ रनले पराजित गरेको हो। इंग्ल्यान्डले सन् २०१० मा टी–२० विश्वकपको उपाधि जितेको थियो। जारी विश्वकपमा इंग्लिस टोली लयमा छ। बलर र ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन्।
2022/06/29 19:30:52
https://manakamanapost.com/archives/8831
mC4
Bizpati.com - Leading Economic Online News Portal From Nepal | सय रुपैयाँको लागि हत्या सय रुपैयाँको लागि हत्या Jun 08, 2018 | 06:32:10 AM मा प्रकाशित चिरपट प्रहारबाट गम्भीर चोट लागेका ६५ वर्षीय मैनेजरलाई कलैया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी बीरगंज पुर्‍याईएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि राजधानीस्थित न्यूरो अस्पताल पुर्‍याईएको थियो । उपचारको क्रममा बिहीबार काठमाडौंमै उनको मृत्यु भएको परिवारले जनाएको छ । मृतकको शव अन्तिम संस्कारका लागि राजधानीबाट घर कलैया ल्याउँदै गरेको आफन्तले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
2021/11/29 03:15:38
https://bizpati.com/patrapatrika/17671
mC4
कच्ची सडकका कारण एक जनाको ज्यान गयो - Saptakoshionline कच्ची सडकका कारण एक जनाको ज्यान गयो प्रकाशित मिति: मंगलबार, कार्तिक १४, २०७४ समय: १२:४६:३७ संखुवासभा, १४ कार्तिक –तुम्लिङटार–लेगुवा सडक खण्डमा सभा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तुम्लिङटारबाट धरान तर्फ लागेका षढानन्द नगरपालिकाका मदन खड्गीको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ । को २३ प ९०६९ नं. को मोटरसाइकल सडकबाट ३ सय मिटर तल खसेको हो । उनीसंगै सवार एक बच्चा र महिला सकुशल छन् । सडक बिग्रिएका कारण बच्चा र महिलालाई मोटरसाइकलबाट ओरलेको र खड्की सडक पार गर्ने क्रममा मोटरसाइकल सहित भीरमा खसेको प्रहरीले उदृत गरेको छ । संखुवासभामा एक सातामा ३ वटा मोटरसाइकल दुर्घटना भएका छन् । तीन दुर्घटनामा मंगलबार भएको घटनामा खड्गीको ज्यान गएको हो ।
2021/02/27 06:19:53
https://saptakoshionline.com/12555/
mC4
लङ शिङचोङको विश्लेषण– 'भारत र चीनबीच सन्तुलन मिलाउनु नेपालको हितमा' नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको चीन भ्रमणलाई दुवै देशले महत्त्वपूर्ण भनेका छन् । यसले भारतको ध्यान खिचेको छ । ओलीको भ्रमण ऐतिहासिक हुनसक्छ र यसले चीन र नेपालबीच व्यापक साझेदारी प्रवर्द्धन गर्नेछ अनि नेपालको आर्थिक विकासलाई जीवन्तता दिनेछ । चीन र नेपालबीच आर्थिक साझेदारीको विशाल सम्भावना छ । एक अल्पविकसित मुलुकका रूपमा नेपालले विदेशी पूँजी र प्रविधि प्रयोग गर्नुपर्ने हुन्छ । नेपालले आफूसँग भएको प्रचुर पानी, जलविद्युत् र पर्यटन स्रोतलाई भरपूर उपयोग गर्न सकेको छैन । विकासलाई प्रोत्साहन गर्नु तथा जनताको जीवनस्तर उकास्नु मुलुकको प्राथमिकता बनेको छ । चीनसँग पूँजी, प्रविधि र कम लागतको निर्माण क्षमता छ, साथसाथै उससँग विशाल संख्यामा विदेश भ्रमण गर्ने जनसंख्या छ । यी सबैले नेपाललाई आफ्ना समस्याहरू समाधान गराउन योगदान गर्छन् । नेपाली जनता चीनसँग सहकार्यका लागि उत्सुक छन् । उनीहरूले चीनको चामत्कारिक विकास देखेका छन् अनि यसले सिर्जना गरेको प्रमुख अवसरलाई अनुभव गरेका छन् । ठूलो संख्यामा युवा नेपालीहरू चिनियाँ भाषा सिक्न अनि चीनमा अध्ययन गर्न उत्सुक छन् । लगभग १० हजार नेपाली विद्यार्थीहरू चीनमा अध्ययन गरिरहेका छन् । मार्च महिनामा म नेपालमा रहँदा नेपालीहरू सरकारले चीनसँग सहकार्य प्रवर्द्धन गर्नुपर्नेमा उत्सुक रहेको पाएँ । उनीहरूमा तिब्बत–काठमाडौं रेलमार्गप्रति उच्च अपेक्षा छ । यो रेलले उनीहरूलाई पाँच घन्टामा ल्हासा पु–याउँछ । नेपालमा हाल विद्यमान राजनीतिक स्थिरताले पनि चीनसँगको सहकार्यको अवसर दिएको छ । विगत पाँच वर्षमा सातजना प्रधानमन्त्री देखेको नेपालमा असंगत र अस्थिर नीतिको समस्या थियो । लगानीकर्ताहरू लगानी गर्न निरुत्साहित हुने अवस्था थियो किनकि दुई सरकारबीचका सम्झौताहरू नयाँ सरकार आएपछि प्रायः पुनर्मूल्यांकन वा खारेज गरिन्थे । मार्च २०१६ मा ओलीले चीनको भ्रमण गर्दा नेपाल र चीनले १० वटा सम्झौता गरेका थिए तर उहाँले जुलाई २०१६ मा राजीनामा दिएपछि तीमध्ये धेरैजसो कार्यान्वयनमै आएनन् । नेपालमा गत वर्ष भएको संसदीय निर्वाचनपछि दुई प्रमुख वामपन्थी दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बहुमत प्राप्त गरे । स्थिर सरकारप्रति नेपाली जनताको चाहना यसले प्रतिबिम्बित ग–यो । मे महिनामा दुई दलहरू एकीकृत भएर नेकपा बनाए र नेताहरूले शक्ति बाँडफाँटको सम्झौता गरे । नयाँ दलमा ठूलो द्वन्द्व नआएमा नेपाल स्थिर सरकार र नीति कायम राख्न समर्थ हुनेछ । यसले चीनसितको सम्झौता कार्यान्वयन गर्न सहायता गर्नेछ र थप चिनियाँ लगानी भित्र्याउनेछ । चीन, नेपाल र भारतबीच सौहार्द्रपूर्ण सम्बन्ध अहिलेको आवश्यकता हो । भारतले पहिलेदेखि नै नेपाल चीनसँग नजिकिएकोमा चिन्ता व्यक्त गर्ने गरेको छ र ऊ बेइजिङसँग काठमाडौंको सहकार्यलाई आघात पु–याउन नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने प्रयास गरिरहन्छ । सन् २०१६ मा ओलीले राजीनामा दिन बाध्य हुनमा यो पनि आंशिक कारण थियो । जे भएपनि, ओली भारतविरुद्ध जानु भन्दा पनि नेपालको विकासका लागि चीनसँग सम्बन्ध विस्तार गर्न चाहन्छन् । चीन र भारतको बीचमा च्यापिएको सानो मुलुकका रूपमा नेपालले दुवै छिमेकीसँग सुमधुर सम्बन्ध कायम राख्नुपर्छ । दुवैलाई नचिढ्याउनुमा नै नेपालको हित छ । अनि दुवै छिमेकीले नेपाललाई एक वा अर्कोलाई छान्न बाध्य बनाउनुहुँदैन । नेपाल चीनसँग जति नजिकिएपनि नयाँ दिल्लीबाट टाढिँदैन भन्ने आत्मविश्वास भारतसँग हुनुपर्छ । बेइजिङ त नेपाल र भारतबीच निकट सम्बन्ध देखेर खुशी छ । बेइजिङले चीन प्रवेश गर्नका लागि तथा विश्वसमक्ष पहुँच बनाउनका लागि नेपाललाई बाटो बनाएपनि भारतको बाटो भएर नेपालले विश्वसँग सम्पर्क गर्ने त यथावत नै छ । नेपालले आफ्नो विकासका लागि दुईवटा उदीयमान अर्थतन्त्रसँगको निकटताबाट फाइदा उठाउन सक्नुपर्छ । बेइजिङ र नयाँ दिल्लीको सम्बन्ध सुधार हुँदै जाँदा नेपालसँगको त्रिपक्षीय सहकार्यले नेपाललाई फाइदै हुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ को मे महिनामा चीनको भ्रमण गर्दा चिनियाँ राष्ट्रपति शी चिनफिङले संयुक्त रूपमा चीन–नेपाल–भारत आर्थिक कोरिडोर (सीएनआईईसी) बनाउने प्रस्ताव गरेका थिए । तर नयाँ दिल्लीले यसमा कुनै ठोस प्रतिक्रिया दिएन । त्यतिखेर भारत चीनप्रति शंकालु दृष्टिकोण राख्थ्यो । वुहानमा दुई शीर्ष नेताले अप्रिल महिनामा भेटेपछि चीन–भारतबीचको पारस्परिक रणनीतिक विश्वासमा अभिवृद्धि भएको छ र द्विपक्षीय सम्बन्ध दीर्घकालीन रूपमा स्थिर रहने अपेक्षा गरिएको छ । सीएनआईईसी पनि अगाडि बढ्ने सम्भावना रहन्छ । यसो भएमा नेपालको विकासमा पनि योगदान पुग्छ अनि सीएनआईईसीले चीन र भारतबीचको पुलको काम गर्छ र उत्तरी भारतमा अवसरहरू सिर्जना गर्छ । तिब्बत–काठमाडौं रेलमार्गलाई नेपाल–भारत
2019/02/20 03:43:28
http://lokaantar.com/samachar/46628
mC4
मधेशी दलितको हातबाट जुस पिएर डा. केसीले तोडे अनसन - Samata Khabar काठमाडौं,पुस २९ २९ पुष २०७४, शनिबार ११:३१ अनसनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । शुक्रबार राति सरकारसंग ५ बुँदे सहमित भएपिछ डा. केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् । स्वास्यमन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग त्रिवि शिक्षण अस्पतालमै डा. केसीले वार्ता गरेका थिए । मन्त्री बोहोरा नेतृत्वको सरकारी टोलीमा गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले पनि सहभागी भएको निराजन बमले वताए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा.केसीले विगत ५ दिनदेखि अनसनरत थिए । सहमतिको पहिलो बुँदामा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने उल्लेख छ । यस्तै, सर्वोच्च अदालतको २३ पुसको मुद्दा नं ०७०–WO–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा 'जहाँसम्म हाल नियुक्त भएका प्रा.डा. जगदीशप्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको' भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने दोस्रो बुँदामा लेखिएको छ । यस्ता छन् सहमतिका बुँदा : ३) त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने । आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल त्रिवि सभा (सिनेट) को विशेष बैठक बोलाउने ।
2022/01/23 05:16:30
https://samatakhabar.com/2018/01/13/3402/
mC4
ओमिक्रोन प्रभाव: मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य « प्रशासन ओमिक्रोन प्रभाव: मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । 'मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरेका छौँ, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,' प्रजिअ शर्माले भने 'नेपाल भित्रिएका बाह्य तथा आन्तरिक पर्यटकहरु एक पटक मुस्ताङ पुग्ने योजनामा हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको खबर आइरहेकाले पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।'
2022/05/22 19:34:47
https://www.prasashan.com/2021/12/02/279663/
mC4
डोटीमा स्थानीय (लोकल) कुखुराको माग बढेसँगै कृषक आकर्षित - krishipost.com डोटी, १६ असोज । पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन् । यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा स्थानीय कुखुराको माग देखेरै कुखुरापालनमा लागेको बताउनुभयो । उहाँले रु पाँच लाख लगानी गरी २०० चल्ला राखेर कुखुरापालन व्यवसाय शुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "बजारमा लोकल कुखुराको माग पनि बढेको छ, बोइलर कुखुराले बजारमा लोकल कुखुरा लोप हुन थालेकाले पनि मैले उक्त व्यवसाय शुरु गरेको छु ।"
2022/07/03 08:59:30
https://www.krishipost.com/2020/10/21796/
mC4
सीडको छाया प्रतिवेदनमा महिलाको मौलिक हक प्रमुख विषय | सीडको छाया प्रतिवेदनमा महिलाको मौलिक हक प्रमुख विषय प्रकाशित मिति :2018-10-11 16:26:55 ललितपुर । सीडको छैठौं आवधिक प्रतिवेदनमा नेपालका गैरसरकारी संस्थाले महिलाको मौलिक हकलाई प्राथमिकताका उठान गर्ने भएका छन् । महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९ (सीड) को छाया प्रतिवेदनमा गैर सरकारी संस्थाहरूले मौलिख हकलाई प्राथमिकताका साथ उठाउने निर्णय गरेका हुन् । २०७२ असोज २ गते जारी नेपालको संविधानले मौलिख हक सम्बन्धी थुप्रै व्यवस्था गरेको भए पनि महिलाको मौलिक हक भने आउन नसकेको भन्दै यही विषयलाई गैर सरकारी संस्थाले उठान गर्न लागेका हुन् । गैरसरकारी संस्थाले तयार पारेको प्रतिवेदनमा नेपालले नीति र कानून बनाउने कुरामा ठूलो फड्को मारे पनि कार्यान्वयनको समस्या टड्कारो रुपमा देखिएको सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले बताइन् । छाया प्रतिवेदनमाथि आउँदो कात्तिक ६ गते स्वीट्जरल्याण्डको जेनेभामा छलफल हुनेछ । यसका लागि नेपाल सरकारले आफ्नो दायित्व अन्तरगतको प्रतिवेदन सीड समितिलाई बुझाइसकेको छ । छाया प्रतिवेदनको विषयमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सन् २०११ मा दिएको सुझाबमा के के राम्रो काम भए र हालसम्म के के परिवर्तन भएको छ भनेर प्रतिवेदनमा उल्लेख गरिएको बताए । उनले प्रतिवेदनमा महिला विरुद्धको भेदभावको परिभाषा नेपालको कानूनमा गर्नुपर्ने उल्लेख गर्दै यौनीक अल्पसंख्यकका विषय र द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका श्रीमतीहरूले सम्पत्ती हस्तान्तरणमा भोग्नुपरेको समस्याका साथै नागरिकताको केशहरूलाई पनि राखेको बताए । कार्यक्रममा सञ्चारिका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेतले प्रतिवेदनले पहिलो पटक सूचनाको हकलाई समेत समेट्न सफल भएको बताइन् । उनले छाया प्रतिवेदनको छलफलका क्रममा महिलाको क्षेत्रमा रहेका ग्यापलाई समेत राख्न सकिने बताइन् । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले सीड समितिले सरकारको प्रतिवेदन मात्र नहेरी ९३ वटा गैर सरकारकारी संस्थाहरू मिलेर तयार पारेको छाया प्रतिवेदन पनि मुख्य ऐजेण्डाको रुपमा हेर्ने बताइन् । प्रतिवेदनको धारा १ मा महिला विरुद्धको भेदभाव, दुईमा राज्यको दायित्व, ३ मा राष्ट्रिय संरचनाद्वारा महिला उत्थान, ४ मा समानताको सिद्धान्त, ५ मा लैंगिक भूमिका तथा रुढीगत सोच र धारा ६ मा बेचबिखन तथा शोषण विरुद्धका अधिकारका विषय उल्लेख गरिएको छ । यस्तै धारा ७ मा सार्वजनिक तथा राजनीतिक जीवनमा सहभागिताको अधिकार, धारा ८ मा अन्तर्राष्ट्रिय तहमा सहभागी हुन पाउने अधिकार, धारा ९ मा राष्ट्रियता सम्बन्धी अधिकार, धारा १० मा शिक्षा सम्बन्धी अधिकार, धारा ११ मा राजगारी अधिकार, धारा १२ मा स्वास्थ्य सम्बन्धी अधिकार, धारा १३ मा आर्थिक तथा सामाजिक लाभको अधिकार, धारा १४ मा ग्रामीण महिलाको अधिकार, धारा १५ मा कानूनी समानताको अधिकार र धारा १६ मा विवाह तथा पारिवारिक सम्बन्धको अधिकार उल्लेख गरिएको छ ।
2019/06/25 05:51:53
https://www.mahilakhabar.com/news/2018/10/11/46187.html
mC4
उपमेयरलार्इ बोटलले हिर्काएपछि… म्याग्दी – महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ । आजको नागरिकमा समाचार छापिएको छ । गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए । महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक नमुना माविका […] काठमाडौं – सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएको छ । ८० लाख बालबालिकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । वाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ […] सुत्केरीलार्इ एक बर्षसम्म बिदा काठमाडौं । सुत्केरी महिलाले एब बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।
2020/02/26 07:12:10
https://sagarmatha.tv/category/news/page/510
mC4
कोरोना महामारीको प्रकोपमा एन आई सी एशिया बैंकका ऋणीहरूलाई बैंकद्वारा भारी सहुलियत ज्ञानमाण्डू। कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्ण रुपमा आवतजावतमा प्रतिवन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्र समेत प्रभावित भैरहेको यस असहज परिस्थितिमा एन आई सी एशिया बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशन अनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ग्राहकहरूले चैत्र महिनाभित्र नै ब्याज तथा किस्ता बुझाएमा किस्तामा समाविष्ट ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गरिसकेको तथा अन्य विभिन्न छुट तथा सहुलियतहरू प्रदान गरेको सर्वविदितै छ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले यस असहज परिस्थितिमा आफ्ना ऋणीहरुलाई सहुलियत प्रदान गर्न तथा यस असहज परिस्थितिबाट उद्दार गर्न ऋणीले बुझाउन पर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत बैंकबाट कर्जा सुविधा उपयोग गरेका सम्पुर्ण ग्राहकहरुले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा बुझाएको साधारण ब्याजको १०% ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिने बैंकले जनाएको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । उक्त छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ । तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहकले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम हुनेछैन । यस किसिमको सहुलियत नेपालको बैकिङ्ग इतिहासमा दुर्लभ नै उपलब्ध हुनेहुँदा सम्पूर्ण ग्राहकहरुलाई यस मौकाको सदुपयोग गरी अधिकतम लाभ प्राप्त गर्न बैंकले प्रेस विज्ञप्तिमा अनुरोध समेत गरेको छ ।
2021/02/27 04:27:23
https://www.gyanmandu.com/2020/04/nic-asia-bank_62.html
mC4
Showing 1-20 of 1,160 items. इटहरी/ पुर्वको गहना मानिएको तर भ्रष्टाचार अनि बेथितिको दलदलमा थलिएको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना महामारीको समयमा थप भ्रष्टाचार मौलाएको प्रतिष्ठान स्रोतले जानकारी गराएको छ । यसअघिका प्रति� प्रकाशित मितिः आश्विन, 6, 2077 4949 पटक पढिएको 4234 पटक पढिएको विराटनगर/ विराटनगर–१४ का सेमानन्द यादवको हत्या प्रकरणमा जोडिएका नौजना व्यक्तिलाई मोरङ प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिइएको छैन । सुरुमा मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीलाई छलेर तल्लो तहका प्रहरी सदस्यले पीडकसँग गर� प्रकाशित मितिः श्रावण, 22, 2076 3381 पटक पढिएको विराटनगर / विराटनगर–९ स्थित एक होटलबाट हतियारसहित पक्राउ परेका भारतीय नागरिक नेपालमा व्यक्ति हत्याका लागि आएको खुलेको छ । मोरङ प्रहरीको नियन्त्रणपछि अनुसन्धानमा रहेका भारत सीतामणी ग्रामपञ्चायतका २२ वर्षिय कुनालकुमार सिं� 4762 पटक पढिएको विराटनगर /  कर्जा माग्न गएकी महिला सेवाग्राहीलाई खाजा खुवाउन प्रस्ताव गरेर होटलमा पु¥याएपछि जर्बरजस्ती करणी गर्ने नेपाल–बंगलादेश बैंकका शाखा प्रमुख प्रहरी नियन्त्रणमा परेका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया 4885 पटक पढिएको विराटनगर / मालपोत कार्यालय विराटनगरबाट अढाई करोड मुल्य बराबरको जग्गा २२ लाख रुपिँयामा पास गरिएको छ । पहुँचवालासँग कर्मचारी मिलेर नागरिकताको फोटोकपीका भरमा जग्गा पास गरिएको हो । नागरिकताको सक्कल नभएको व्यक्तिले फोटोकपी बुझा� 4938 पटक पढिएको २३ अर्व ४३ करोड कर छली भएको पुष्टि : राजश्व विभागद्धारा ३४२ व्यक्तिमाथि मुद्दा दायर इटहरी / वर्षौदेखि मिलेमतो र सेटिङमा हुँदै आएको कर छली वढ्दै गएको छ । कर छलीमाथि अनुशन्धान र कारवाही गर्ने दायीत्व वोकेका सरकारी निकायको कम्जोरीको फाईदा उठाउँदै उध्योगी–व्यवासायीले वर्षेनी अर्वौ रुपैंया कर छली गर्दै आएका छन� प्रकाशित मितिः असार, 12, 2076 2883 पटक पढिएको छोरी भगाएको निहुँमा पानीको ट्यूबेल उखेलियो बिराटनगर / माथिल्लो जातकी छोरी भएको भन्दै मोरङको बुढीगंगा गाउँपालिका–२ का ४ घर ऋषिदेव परिवारलाई गाउँमा पानी खानबाट बन्चित गरिएको छ । थापा मगर समुदायकी छोरी ऋषिदेव समुदायको घरमा भित्रिएपछि सुरु भएको विवाद पानी खान नदिनेसम् प्रकाशित मितिः बैशाख , 31, 2076 2936 पटक पढिएको 3392 पटक पढिएको सहकारीमाथि अनुसन्धान गर्दै राजश्व कार्यालय विराटनगर / गलत विवरण पेश गरेर कर छलेको आशंका गर्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले सहकारी नियमन सुरु गरेको छ । वार्षिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको कारोबार विवरणमा आशंका उत्पन्न भएपछि मोरङका ठूला सहकारीमाथि राजश् 2551 पटक पढिएको नेपाललाई पराजित गर्दै भारत बन्यो पाँचौंपटक साफ च्याम्पियन विराटनगर / नेपाललाई पराजित गर्दै चीर प्रतिद्वन्द्वी भारतले साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा प्रतियोगिता आयोजक देश नेपाल पाहुना टोली भारतसँग १–३ ले स्तब्ध बन्यो । � 3118 पटक पढिएको दोहोरो नागरिकताधारी अवैध कारोबारी विराटनगर / तीनवर्ष अगाडी भारत फारबिसगंजको अररिया जिल्लाबाट विधानसभा निर्वाचन लागि मतदाता बनेका पुनमचंद अग्रवाल मोरङको रंगेली नगरपालिका–७ का स्थायी बासिन्दा हुन् । भारतीय पहिचानपत्रका आधारमा आर.बी.लेन मतदानस्थलका मतदात� 2560 पटक पढिएको विराटनगर / त्रिदेशीय लाइफलाइन मानिएकोे व्यापारिक मार्ग विस्तार आयोजना रानी–बिराटनगर–इटहरी–धरान सडकमा फरक–फरक 'राइट अफ वे' कायम हुँदा निर्माणमा समस्या देखिएको छ । सरकारले सडक मापदण्ड कायम गरेपनि व्यक्तिगत स्वामित विराटनगर / माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्राध्यक्षलाई वर्षदिनसम्म पुस्तक पढाएका विद्यार्थीलाई परीक्षा केन्द्रमा प्रश्नको उत्तर नपढाउन निर्देशन दिइएको छ । तीनपछि आइतबारदेखि सुरु हुने एसईई परीक्षाका लागि मोरङका ६९ केन 2486 पटक पढिएको विराटनगर / धुलो नियन्त्रण गर्न भन्दैे विराटनगर महानगरपालिकाले खरिद गरेको ब्रुमर चल्दै नचलि थन्किएको छ । जताततै खनेर भत्काएको सडक निर्माण हुनुभन्दा अगाडी नै हतारमा भित्र्याइएको मेशिनको प्रयोजन पूरा नहुँदै बिग्रेपछि नगरवा� 3029 पटक पढिएको साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा विराटनगर / विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा लगातार ३ गोल गरे�
2020/09/28 09:49:41
https://www.pahilokitaab.com/news/category?cat=tajaupdate&state=1&dis=
mC4
एभिन्युज टेलिभिजनधुर्मुस सुन्तली होली रौतहटका मुसहर समुदायसँग - एभिन्युज टेलिभिजन 19 Falgun 2074 Saturday 9:29 pm प्रतिकृया दिनुहोस रौतहत । रौतहटका मुसहर समुदायका परिवार संग हाँस्य कलाकार सिताराम कट्टेल "धुर्मुस " र कुन्जना घिमिरे "सुन्तली" होली पर्व मनाएका छन । चन्द्रपुर नगरपालिका ८ स्थित एकिकृत नुमना बस्ति सन्तपुरमा रहेका मुसहर समुदायसंग उहाहरुले शुक्रबार होली पर्व मनाएका हुन । एक अपसमा अविर र रङ दलेर खुसी साटसाट गरि पर्व मनाएका हुन । मुसहर समुदायमा यसअघिको होली पर्वमा रौनक नहुने गरेको बताउदै यस पटक रमाईलो संग होली मनाईएको एकिकृत नुमना बस्तिका अगुवा सत्यनारायण माझीले बताए । नमुना बस्तिमा रहेका बालबालिका, युवायुवी र बृद्धबृद्धा संग नाचगान र एक आपसमा रङ दलेर कलाकार "धुर्मुस " र "सुन्तली"ले होली पर्व मनाएका हुन । पहिलो पटक सन्तपुर नमुना बस्तिमा होली पर्व मनाउन पाउँदा हर्षित भएको कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेशनका उपाध्यक्ष कुन्जना घिमिरेले बताइन । मुसहर समुदायका बसिन्दामा पनि होलीको रंग जस्तै रंगिन जिन्दगीको कामना सुन्तलीले गरिन । होली पर्वले मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा लिईन्छ ।करिब ३ सय जनसंख्या रहेको मुसहर बस्तीका लागि धुर्मुस र सुन्तलीले ४७ घर निर्माण गरेका हुन् । महोतरीको बर्दिवासमा रहेको नमुना बस्तिमा होली मनाएपछि दुवै जना रौतहट पुगेका हुन ।
2019/03/19 03:46:03
http://avenues.tv/news/%E0%A4%A7%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A5%81%E0%A4%B8-%E0%A4%B8%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B2%E0%A5%80-%E0%A4%B9%E0%A5%8B%E0%A4%B2%E0%A5%80-%E0%A4%B0%E0%A5%8C%E0%A4%A4/
mC4
अमेरिकी : ट्रम्पले हार स्वीकार गर्न नमान्नुले "राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने"::Jalpa Khabar अमेरिकी : ट्रम्पले हार स्वीकार गर्न नमान्नुले "राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने" Published on: २६ कार्तिक २०७७, बुधबार ०२:३५ अमेरिका : अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले "राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने" बताएका छन्।राष्ट्रपति निर्वाचित भएपछि गरिएको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो सन्देश दिइरहेका छन् भनेर सोधिएको प्रश्नमा उनले त्यस्तो प्रतिक्रिया जनाएका हुन। "मलाई लाग्छ कि यो लज्जासपद विषय हो," बाइडनले भने। "म यसलाई कसरी कुशल रूपमा भनौँ?" केही बेर रोकिँदै उनले भने: "मलाई लाग्छ कि यसले राष्ट्रपतिको बिरासतलाई सहयोग गर्दैन।""मलाई लाग्छ की यो सबै कुराको बोध ज्यानुअरी २० तारिखमा हुने छ," रिपब्लिकन दलका सिनेटरहरूले छिट्टै आफ्नो जितको पहिचान गर्ने बताउँदै उनले भने। बाइडनलाई ट्रम्प प्रशासनले हालका लागि सत्ताको बागडोर सुम्पिने विषयमा सहयोग नगरे उनको योजना के छ भनेर पनि प्रश्न गरिएको थियो।जसको उत्तर दिँदै उनले भने: "यो भए राम्रै हुन्छ तर यो महत्त्वपूर्ण भने छैन," आफ्नो टोलीले हालसम्म कुनै पनि किसिमको कानुनी कारबाहीको तयारी नगरेको भन्दै उनले भने।ट्रम्प प्रशासनले सत्ता सुम्पने प्रक्रियालाई स्वीकृत गरिसकेको छैन जसको अर्थ बाइडनको टोलीले हालसम्म संवेदनशील जानकारी पाउन थालेको छैन। "हामी उनले हार स्वीकार गरेको भए जे गर्ने थियौँ त्यही नै गर्नै छौँ," उनले भने। ट्रम्पले आफूलाई सुनिरहेको भए के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा बाइडनले भने: "राष्ट्रपतिज्यू म तपाईँसँग कुराकानी गर्न उत्सुक छु।" अमेरिका 'पुरानै लयमा' "अमेरिका पुरानै लयमा फर्कियो भन्ने कुराको जानकारी गराउन" आफूले विभिन्न ६ देशका नेताहरूसँग कुरा गरिसकेको बाइडनले जानकारी दिएका छन्।बाइडनले यूकेका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँ, जर्मन चान्सलर एंगेला मर्कल, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायतसँग टेलिफोनमार्फत् कुराकानी गरिसकेका छन्।कुराकानीमा जलवायु परिवर्तन, स्वास्थ्य, आतङ्कवाद विरुद्धको लडाइँ र सहकार्य सुदृढ गर्ने लगायतका विविध विषयमा कुराकानी भएको बताइएको छ। यसअघि अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको थियो।उनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ।बाइडनले आफ्नो कार्यकालमा जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ।
2021/10/23 08:02:10
https://jalpakhabar.com/20542/
mC4
क्षेत्रीय अस्पतालको फार्मेसीमा औषधीको अभाव, २-४ दिनमा उपलब्ध हुने निर्देशक अर्जुन आचार्यको भनाई — samadhannews.com क्षेत्रीय अस्पतालको फार्मेसीमा औषधीको अभाव, २-४ दिनमा उपलब्ध हुने निर्देशक अर्जुन आचार्यको भनाई पाेखरा, १९ बैशाख: ६ महिनाको छोरी बोकेर २ दिन अघि बाग्लुङबाट उज्ज्वल रोका पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आइपुगे । उनकी छोरीको केही दिन अघिबाट दिसा रोकिएको थियो । गाउँमा भन्दा सहरको सरकारी अस्पतालमा पुगेपछि सहज हुन्छ भनेर पोखरा आइपुगेको रोका बताउँछन् । तर आवश्यक औषधी उपलब्ध नहुँदा निजी फार्मेसीमा गएर महंगो दरमा औषधी किन्नुपर्दा उनी खिन्न थिए ।क्षेत्रीय अस्पतालमा औषधी अभावको समस्या भोग्ने रोका एक्ला प्रतिनिधि होइनन् । केही दिन अघिबाट भइरहेको औषधी अभावको समस्या स्याङ्जाकी मनु गुरुङले पनि बेहोरिन् । आमालाई प्रेसरको समस्या देखिएको थियो । आमालाई बिहानै अस्पताल ल्याएकी गुरुङले डाक्टरले लेखिदिएको औषधी खोज्न बाहिरका धेरै फार्मेसी चहारिन् ।औषधीको अभावका कारण बिरामी कुरुवा पनि २ जना बस्नु परेको पोखरा लामाचौरबाट आएका १ बिरामी कुरुवाले बताए । 'हस्पिटलको फार्मेसीमा पाइँदैन । १ जना बिरामी कुर्नुपर्छ र अर्को औषधी खोज्दै हिड्नुपर्छ,' उनले भने । सजिलो हुन्छ भनेर यता आएको औषधीको अभावका कारण झन् धेरै गाह्रो भएको उनको गुनासो थियो । प्रतिष्ठानको फार्मेसीमा औषधी अभाव भएका कारण आफूहरुले धेरै दुख पाएको हस्पिटलमा आउनेले गुनासो गरेका छन् । केही दिनमा आउने तर औषधी किन्न पठाउँदा ८/९ दिनको किन्न लगाउने उनीहरुको गुनासो छ । टेन्डरका कारण औषधी अभाव भएको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए । पूरानो टेन्डरको समयावधि सकिएको र नयाँ टेन्डरमा सम्झौता भइसकेपछि अन्य ठाउँबाट औषधी ल्याउन नपाउने नियमका कारण औषधी पूर्ति गर्न नपाइएको उनको भनाइ थियो । 'पूरानो कम्पनीबाट ल्याउन पाइँदैन । नयाँलाई छिटै पठाइदिन भनेका छौं,' उनले थपे, 'नयाँ कम्पनीबाट औषधी ल्याउँदा केही सस्तो पनि पर्छ । अस्पतालमा अहिले विमाका औषधी, रक्तचाप लगायतका औषधीको अभाव भएको निर्देशक आचार्यले जानकारी दिए । 'औषधी प्रतिष्ठानमा मात्र सकिएको हो । बाहिर त जति पनि पाइन्छ,' उनले भने । अत्यावश्यक औषधी आफैले मात्रा तोकेर बाहिर बाट ल्याउन भनेको उनले बताए । नयाँ कम्पनीसँग सम्झौता अनुरुप कुरा गरिसकेको र २÷४ दिनमै पठाइदिने भएकाले अभाव चाँडै अन्त्य हुने उनले आश्वासन दिए । उनले भने, 'हामी विरामीको स्वास्थ्यमा गम्भीर छौं, औषधी २÷४ दिनमै औषधी उपलब्ध हुन्छ ।' प्रतिष्ठानमा औषधी अभावका कारण बाहिर निजी फार्मेसीमा औषधभी किन्नुपर्दा बिरामीलाई सकस भएको छ । केही दिनअघि मेयर मानबहादुर जिसीले प्रतिष्ठान प्रशासनलाई १ हप्ता भित्र औषधी परिपूर्ती गर्न आग्रह गरेका थिए । बिरामीको मृत्युपछि प्रतिष्ठानमा तनाव उपचारकाक्रममा १ महिलाको मृत्यु भएपछि मंगलबार प्रतिष्ठान परिसर तनावग्रस्त बनेको छ । पोखरा–१३, बिरौटा निवासी ४६ वर्षीया पार्वती विकको उपचारका क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तीले उचित क्षतिपूर्तीको माग सहित १२ सदस्यीय संघर्ष समिति गठन गरेका छन् । समितिले प्रतिष्ठानको लापरवाहीका कारण घटना घटेको बताउँदै विभिन्न ६ बुँदे माग राखेको थियो । सामान्य रुपमा ग्यास्ट्रिकको उपचार गर्न आएकी बिरामीको मृत्यु कसरी भएको भन्ने विषयमा प्रशासन जवाफदेही हुनुपर्ने, उपचारमा संग्लग्न चिकित्सकलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने, क्षमताअुसारको रोजगारको व्यवस्था गर्नुपर्ने, विरामीको स्वास्थ्यमा खेलवाड नगरी सुरक्षित र ग्यारेन्टी उपचार गर्नुपर्ने लगायतका माग समितिले राखेको छ । छानबिन समितिका संयोजक खडकबहादुर विकले माग पूरा नभएमा आन्दोलन गर्ने चेतावनी दिए । बैठकमा सरकारी चिकित्सक निजी क्लिनकमा गएर समय खर्च गर्ने गर्नाले समस्या देखिएको वक्ताहरुले बताएका छन् । सरकारी चिकित्सकलाई सुविधा राम्रोे हुँदाहुँदै पनि निजी क्लिनिकमा गएर सेवा दिन बन्द गर्नुपर्ने उनीहरुको भनाइ थियो । प्रतिष्ठानमा बारम्बार यस्ता घटना घटिरहेको तर प्रशासन मौन रहेको मृतकका छोरा अमृतले बताए । पोखरा विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले घटनाको बारेमा छानबिन समिति गठन गर्ने र त्यसको निर्णय बमोजिम प्रशासन जाने बताए ।
2018/10/22 14:11:00
http://www.samadhannews.com/2018/05/02/%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%AF-%E0%A4%85%E0%A4%B8%E0%A5%8D%E0%A4%AA%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A5%8D/
mC4
काठमाडौंको र्‍याम्पमा उत्रिन मनिषा कोईराला - इभेन्ट - साप्ताहिक तस्वीरहरु : महेश प्रधान क्लासिक डाइमण्डको आयोजनामा सम्पन्न एक फेसन सोमा बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला सोस्टपर भएर ऱ्याम्पमा देखापरिन् । हिजो साँझ ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको फेसन सो बिशेषगरी ज्वेलरी सो थियो । जसमा अन्तिम सिक्वेन्समा अभिनेत्री मनिषा कोइरालाले ऱ्याम्पमा ओढनी बुटिकका डिजाइनमा क्लासिक डायमण्डका ज्वेलरी पहिरेर ऱ्याम्पमा उत्रेकी थिइन् । कुल तीनवटा सिक्वेन्स भएको सोमा भारत र नेपालमा मोडलहरुले ओढनी बुटिक र क्लासिक डायमण्डका पहिरन तथा ज्वेलरी पहिरेर सहभागीता जनाएका थिए । मुम्बईका कोरियोग्राफर रेहान शाहको कोरियोग्राफीमा सम्पन्न सोको व्यवस्थापन माल्टा इन्टरनेशनलले गरेको थियो ।
2019/07/23 11:36:48
http://saptahik.ekantipur.com/news/2017-11-16/20171116131008.html
mC4
घरमा यी बिरुवा राख्नुभयो भने पैसाको बर्षा हुनेछ, शुभै शुभ हुने भएपछि नरोप्ने त यि बोट, नगराउने त पैसाको वर्षा ? – Gazabkonews घरमा यी बिरुवा राख्नुभयो भने पैसाको बर्षा हुनेछ, शुभै शुभ हुने भएपछि नरोप्ने त यि बोट, नगराउने त पैसाको वर्षा ? काठमाडौं । सामान्यतयाः मानिसहरू कसैलाई पेच पर्नेगरी भन्नुपर्यो भने भन्छन् कि पैसा रूखहरूमा फल्दैन् ? तर यदि हामीले तपाईंलाई रूखहरूमा पैसा फल्छ भन्यौँ भने तपाईं विश्वास गर्नुहुन्छ ? वास्तुशास्त्रमा त्यस्ता रूख र बोटहरू बताइएको छ, जसले घरमा पैसा बढाउन सहयोग गर्छन । हो, शास्त्रमा त्यस्ता रूख र बोटहरूलाई सम्पन्नता र समृद्धिसँग सम्बन्धित छन् भनिएको छ । आउनुहोस्, आज हामी तपाईंलाई ५ त्यस्ता रूख र बोटहरू बताउँदैछौं जसले तपाईंको घरमा पैसाको ओईरो लाग्नेछ । मनी प्लान्टका बोटहरू लामो समयदेखि सबैका लागि मनपर्दो बोटका रूपमा देखिएका छन् । यसको दाखको बोट पनि धेरै सुन्दर देखिन्छ । साथसाथै यसले वातावरणलाई शुद्ध पार्ने पनि काम गर्दछ । मनी प्लान्टलाई इग्निस कोणमा राख्न उपयुक्त ठानिन्छ । यस दिशामा राख्दा यो राम्रो फल्छ र फुल्छ पनि । घरमा मनी पलान्टका बिरूवाहरू राख्ने गर्नाले तपाईंको घरमा पैसाको कहिल्लै पनि कमी हुँदैन । तपाईको कुनै पनि कार्य पैसाको अभावका कारण रोक्ने अवस्था आउँदैन । शमी रूख वस्तुको हिसाबले धेरै विशेष मानिन्छ । शमी रूख शंकरजीको सबैभन्दा प्रिय मानिन्छ । यस्तो विश्वास गरिन्छ कि घरमा शमी रूख रोप्नाले सम्पूर्ण गरिबी हटेर जान्छ । यो विश्वास गरिन्छ कि प्रत्येक सोमबार शिवलाई शमीको फूल र पातहरू चढाउँदा तपाईंको घरमा खुशी र समृद्धि आउँछ । तपाईं यसलाई पैंसाको रूख पनि भन्न सक्नुहुन्छ, किनकि यसले तपाईंको घरमा पैसाको बहार ल्याएर गरिबी हटाउँछ । वास्तुशास्त्रमा, मनी ट्री भनिने बिरुवा आजकल धेरै लोकप्रिय भइरहेको छ । यसको मूल अमेरिकामा छ र यसलाई मनी रूखको रूपमा चिनिन्छ । यो बोट चिनियाँ फेङ्गशुई र वास्तुमा धेरै विशेष मानिन्छ । आजकल यो सजिलैसँग केही चयन गरिएका नर्सरीहरू वा अनलाइनमा उपलब्ध हुन सक्छ। तपाईको घरमा रोपेर तपाईले लाभ प्राप्त गर्न सक्नुहुनेछ। वास्तवमा अश्वगन्धा बोटलाई एकदमै धनी मानिन्छ। घरमा अश्वगन्धाको रूख रोप्नाले सुख र समृद्धि आउँछ । यो औषधीको रूपमा पनि उपयोगी छ र यसका धेरै अन्य फाइदाहरू रहेका छन् । अश्वगन्धाका फूलहरूलाई पनि भगवानको पूजामा प्रयोग गर्ने गरिन्छ। श्वेटार्क दुधको बोट हो र यसलाई राम्रो भाग्यको सूचक पनि मानिन्छ । ख्याल गर्नुहोला कुनै सेतो पदार्थ निस्कने बिरुवा घरमा राख्नु हुँदैन । श्वेटार्क भनिने यो बोटलाई गणेशको प्रतीक मानिन्छ ।
2022/05/16 12:25:28
https://gazabkonews.com/3626
mC4
प्रशिक्षणमा विष्णुले देखाएको सुखद संकेत | Hamro Khelkud प्रशिक्षणमा विष्णुले देखाएको सुखद संकेत सोमबार, कात्तिक २२, २०७८ विष्णु गुरुङको जीवन फुटबल वरिपरि नै घुमेको छ । नियमित आम्दानीका लागि फरक व्यवसायमा पनि हात हालेको विष्णुको पहिलो प्राथमिकता भने फुटबल नै रहने गरेको छ । फरक यति हो फुटबलमा उमेर अनुसार जिम्मेवारी भने बदलिएको छ । खेलाडीको रुपमा राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने सपना पूरा नभएपनि जति पनि उनको परिचय बनेको छ त्यो फुटबलकै कारण बनेको हो । त्यसमा भने उनलाई गर्व छ । सहारा एकेडेमीको पहिलो ब्याचका रुपमा फुटबलको गुण सिकेका विष्णु अहिले विस्तारै फुटबल प्रशिक्षकका रुपमा स्थापित हुने क्रममा छन् । बेला बेखत मौका आउँदा कलेज, सि डिभिजन छनोट र थ्री स्टार क्लबको युवा टोलीलाई प्रशिक्षण दिएका ३६ वर्षे विष्णुले प्रशिक्षककै रुपमा पहिलो औपचारिक नियुक्ती भने सहारा एकेडेमीको प्रशिक्षकका रुपमा लिए । आफूले जहाँ फुटबल सिकेको त्यहिको प्रशिक्षकका रुपमा फर्कनु संयोग मात्र त हुन सक्दैन । त्यसका लागि आफूले पनि मेहनत र क्षमता प्रदर्शन त गर्ने पर्ने हुन्छ । थ्री स्टार क्लबमा लामो समय आबद्ध रहेका विष्णुको पछिल्लो नाता भने संकटाका रुपमा जोडिएको थियो । सहिद स्मारक ए डिभिजन लिगमा संकटाले दोस्रो स्थान हासिल गर्दाका टोलीका महत्वपूर्ण सदस्य रहेका विष्णु अहिले भने फरक भूमिकामा फर्केका छन् । यसपटक संकटाले उनकै प्रशिक्षणमा ए डिभिजन लिगमा चुनौती पेश गर्ने तयारीमा छ । खेलाडीका रुपमा उनले सोचे जति मैदानमा बिताउँन पाएनन् । तर, फुटबलबाट टाढा जान मन उनलाई छैन । त्यसका लागि विकल्प भनेको उमेर र अनुभवका आधारमा प्रशिक्षण पेशा उनका लागि उत्तम विकल्प लाग्यो । सी लाइसेन्स लिइसकेपछि बनेपा ब्वाइज क्लब (बिबिसी) को सी डिभिजन छनोट, आइडिएल कपमा कलेज टोली हुँदै ललित स्मृतिमा थ्री स्टारको युवा टोलीलाई प्रशिक्षण दिएका थिए । सी लिएको केहि समयमै एसियाली फुटबल महासंघ (एएफसी) ले उनलाई बी लाइसेन्स कोर्षका लागि छनोट गर्यो । उनले राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरे । छोटो अवधिमै उनले राष्ट्रिय टोली तयार पारेर एसियन कप छनोटमा टोलीको प्रशिक्षण सम्हाले । बी लाइसेन्स प्राप्त गरेपछि भने उनी प्रशिक्षकका रुपमा सहारा फर्किए । सहाराले दिएको जिम्मेवारीलाई उनले अवसरका रुपमा लिएका छन् । अहिले पनि उनी सहराको प्रशिक्षकका रुपमा कार्यरत छन् । समय समयमा आउने अन्य जिम्मेवारी निर्वाह गर्ने क्रममा भने सहाराले पनि उनलाई साथ दिँदै आएको छ । हाल एकेडेमीको नाम क्लबलाई लामो समयदेखि सहयिग गर्दै आएका प्रायोजकको सम्झनामा सूर्य बहादुर केसी स्मृति सहारा एकेडेमी राखिएको छ । यसवापत केसी परिवारले क्लबलाई वार्षिक १५ लाख सहयोग पनि गरेको छ । सहाराका २४ अनाथ बालकहरुलाई प्रशिक्षण दिनु उनको दैनिकी हो । फरक फरक उमेरमा खेलाडी एकेडेमीमा रहेका छन् । त्यसमध्ये ३ खेलाडी त्रिभुवन आर्मी क्लबको प्रशिक्षणमा सामेल भएका छन् । अन्य केहि दुई तीन खेलाडी क्लबबाट खेल्नका लागि तयार भइसकेका छन् । आफ्ना चेलाहरु अब व्यवसायिक फुटबल खेलाडीका रुपमा यात्रा सुरु गर्ने क्रममा लाग्दा विष्णु पनि उनीहरु जत्तिकै उत्साहित छन् । एकेडेमीमा भएका खेलाडीलाई सुरुमा त फुटबलको गुण नै सिकाउनुपर्यो । त्यसपछि मात्र प्रतिस्पर्धाका लागि तयार पार्नु पर्ने विष्णुको अनुभव छ । 'सिनियर खेलाडीलाई प्रशिक्षण दिनु र जुनियर खेलाडीलाई सिकाएर प्रतिस्पर्धाका लागि तयार पार्नु फरक विषय हो', विष्णु भन्छन्, 'एकेडेमीमा खेलाडीको विकास क्रम देखि उनको क्षमता चिन्नुपर्ने हुन्छ । क्लब फुटबलमा आइसक्दा उनीहरुले लामो यात्रा तय गरिसकेका हुन्छन् । उनीहरुलाई टिममा सेट गराउने र योजना अनुसार प्रदर्शनका लागि प्रेरित गर्ने हो ।' संकटालाई त्यसका पूर्व खेलाडी सल्यान खड्गीले प्रशिक्षण दिदै आएका थिए । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को बुटवलस्थित टेक्निकल सेन्टरमा प्रशिक्षकका रुपमा नियुक्त भएपछि संकटाले विष्णुलाई नयाँ प्रशिक्षक नियुक्त गरेको थियो । 'सल्यान दाई र क्लबलाई मेरो बारेमा राम्रो जानकारी थियो', उनले भने, 'खेलाडीका रुपमा मेरो व्यवहार, व्यवस्थापनमा सहयोग र फुटबल प्रतिको मेरो लगाव देखेर नै मलाई प्रस्ताव गर्नुभएको होला ।' विष्णुले गत साता मात्र एएफसीको ए लाइसेन्स प्राप्त गरेका छन् । सहारामा हुँदा हुँदै यो वर्ष उनले दुई वटा अर्को जिम्मेवारी पनि पूरा गरे । आफै समेत सेयर होल्डर रहेको स्पोर्ट्स कासललाई विष्णुले गत महिना पहिलो ए डिभजन लिग फुटसल च्याम्पियन बनाए । त्यसको केहि दिनपछि आरसी ३२ टोलीलाई सी डिभिजनमा छनोट गराए । त्यसमा प्राविधिक पक्षमा निशान श्रेष्ठ र विष्णुले क्लबको योजना तयार पार्थे । आरसी ३२ मा भने उनले पूरा समय दिन पाएनन् । तर क्लबले उनको प्रशिक्षण र योजनामा अघि बढ्नका लागि झण्डै ३ साता पोखरामै अभ्यास राखेको थियो । 'रविन्द्र चन्दले हाम्रो सल्लाहमा टोलीको प्रशिक्षण पोखरामा राख्नुभयो । त्यो म माथिको विश्वास पनि हो', उनले भने, 'फुटबलमा सामूहिक प्रयासबाट मात्र नतिजा निकाल्न सकिन्छ । हामी सबैले आ आफ्नो जिम्मेवारीलाई इमान्दारी पूर्वक निर्वाह गर्नुपर्ने हुन्छ ।' तनहुँ बन्दीपुर गाउँपालिका वडा नं ६ जन्मेका विष्णुको कर्मभूमि भने पोखरा हो । अहिले पनि उनको परिवार पोखरा सिमलचौर रत्न चोक बस्दै आएको छ । उनले केहि वर्षअघि पोखराको मालेपाटनमा आफैले एकेडेमी सञ्चालन गरेका थिए । त्यहाँ तयार भएका खेलाडी अहिले एन्फाको बुटबल एकेडेमीमा छन् । 'मैले राष्ट्रिय टोलीको जर्सी लगाउन पाइन । यू १९ मा छनोट हुँदा पनि आर्थिक कारणले पासपोर्ट बनाउन सकिन', उनले स्मरण गरे, 'त्यो मेरो विगत भयो । अब आफूले उत्पादन गरेका खेलाडीले कुनै दिन राष्ट्रिय टोलीको जर्सीमा खेले भने मेरो लागि सबैभन्दा खुसीको क्षण त्यहि हुन्छ ।' प्रशिक्षकका रुपमा संकटा फर्कदाको उनले चुनौती, दबाब सबैको आँकलन गरेका छन् । 'प्रशिक्षक सधैं सफल हुन्छ भन्ने छैन । अहिले सँगै खेलेका साथीहरु पनि संकटामा छन्', उनले भने, 'मैले आफ्नो नयाँ भूमिकाका बारेमा उनीहरुलाई भनिसकेको छु । खेलाडी हुँदा र प्रशिक्षक हुँदाको जिम्मेवारीका हिसाबले पनि व्यवहारमा अन्तर हुन्छ नै ।' आफू असफल हुनका लागि नडराएको बताउने विष्णु भन्छन्, 'असफलताले झन् बढी मेहनत गर्न सिक्न बाँकी रहेछ भन्ने बुझ्नुपर्यो र आफूलाई तयार पार्नुपर्यो । संकटा फर्कदा विगतमा भन्दा राम्रो नतिजा होस् भन्ने अपेक्षा म बाट गरिएको छ । त्यो स्वभाविक पनि हो ।' 'टोलीको योजना तयार पार्नु र त्यो योजनामा खेल्नु दुई फरक विषय हुन् । खेलाडी र प्रशिक्षक फरक छ । खेलाडी सिपाही हो । प्रशिक्षक कमाण्डर जस्तो हो । दबाब पनि बढी हुन्छ', उनले सुनाए, 'प्रशिक्षकले सधै विकल्पको बारेमा पनि सोच्नु पर्ने हुन्छ । एउटा आफ्नो योजना । त्यसमा सफल नभएपछि अर्को योजना पनि तयार हुन्छ । त्यसमा सफलता मिल्छ भन्ने छैन । आफ्नो तर्फबाट भने कोशिस जारी राख्नुपर्छ भन्ने ठान्छु ।'
2021/12/06 21:38:28
https://www.hamrokhelkud.com/football/99248.html
mC4
नवलपुर, फागुन १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्। प्रेस सङ्गठन नेपाल नवलपुरले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन्। "सञ्चारमन्त्रीका विषयमा आएको कुराबारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ", उनले भने, "अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन्। गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ। म अहिले यति मात्रै भन्न चाहन्छु।" प्रचण्डले अहिले चर्चामा रहेको एमसीसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले हिजो मात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए। कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरुले अध्ययन गरिरहेको उनले बताए। रासस
2020/03/31 01:38:59
https://kathmandupress.com/headlines/prachanda75
mC4
तपाइको यो साता कति शुभ छ ? हेर्नुहोस् असार २० गते देखी असार २६ गतेसम्मको साप्ताहिक राशिफल – Taja Khawar प्रकाशित मिति: सोमबार, आषाढ २१, २०७८ समय: ०:११:५८ मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा पारीवारिक साथ सहयोगमा ब्यपार ब्यवसायमा गरेको लगानी उत्तम साबित रहनेछ । दाम्पत्य सम्बन्धमा वा प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । सामान्य शारिरीक आलस्यताले कार्य क्षेत्र प्रभाबित रहने समय रहेकोछ । गरीरहेका कार्यमा सामान्य परीर्वतको योग रहेकोछ । नयाँ कार्य प्रारम्भका निम्ती समय उत्तम रहेकोछ । मान्यजनहरुको स्वास्थमा समस्यादेखा पर्नेछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश ध्यान पूर्याउनु होला । पुराना लगानि उठाउन समयले साथ दिनेछ । अहंताको बृद्धिहुनाले आफन्तजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको योग रह।ेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा खराबि उत्पन्न हुन सक्नेछ ।
2022/05/26 10:59:32
https://tajakhawar.com/archives/5953
mC4
Football Khabar » मेस्सी युरोपको नम्बर वान खेलाडी : भान डाइक र रोनाल्डोको स्थान कहाँ ? मेस्सी युरोपको नम्बर वान खेलाडी : भान डाइक र रोनाल्डोको स्थान कहाँ ? स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी वर्ष २०१९ का लागि युरोपको सबैभन्दा उत्कृष्ट खेलाडी बनेका छन् । फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था 'सिआईइएस फुटबल अब्जरभेटोरी' ले वर्ष २०१९ का लागि सार्वजनिक गरेको युरोपका उत्कृष्ट २५ खेलाडीको सूचीमा मेस्सी पहिलो नम्बरमा परेका हुन् । सो संस्थाले वर्ष २०१९ को समग्र प्रदर्शन र खेलाडीको सफलतालाई आधार मानेर वार्षिक सूची सार्वजनिक गरेको छ । जसमा केही समयअघि मात्रै कीर्तिमानी छैटौंपटक बालोन डि'ओर जितेका अर्जेन्टिनी फरवार्ड मेस्सी यस वर्ष युरोपका सबैभन्दा उत्कृष्ट खेलाडी बनेका हुन् । मेस्सी पहिलो नम्बरमा पर्दा गत वर्ष युरोपियन च्याम्पियन्स लिग जितेका तथा यस वर्ष बालोन डि'ओर अवार्डमा मेस्सीभन्दा मात्रै ७ अंकले पछि परेका इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक भने मुस्किलले १०औं स्थानमा मात्रै परेका छन् । तर, मेस्सीपछि दोस्रो नम्बरमा यस वर्ष लामो समय चोटबाट गुज्रिएर कम मात्रै खेलेका फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार छन् । उनी पहिलो स्थानका मेस्सीभन्दा मात्रै २२ अंकले पछि छन् । त्यस्तै, तेस्रो नम्बरमा डच क्लब आयाक्सका हाकिम जियाच, चौथोमा फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे र पाँचौंमा पिएसजीकै एन्जल डि मारिया छन् । छैटौंमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका केभिन डे ब्रुयाने, सातौंमा जर्मन क्लब आरबी लेपजिगका टिमो वार्नर, आठौंमा लिभरपुलका साडियो माने र नवौंमा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की रहेका छन् । यस सूचीमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने १२औं स्थानमा मात्रै छन्, जबकि उनी बालोन डि'ओर अवार्डमा तेस्रो स्थानमा थिए । टप–२५ को सबैभन्दा पुछार २५औं स्थानमा रियल मड्रिडका करिम बेन्जेमा रहेका छन् ।
2021/01/17 02:04:41
https://www.footballkhabar.com/details/16980
mC4
चर्चितगायिक आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउको तयारी | इच्छा खबर | चर्चितगायिक आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउको तयारी काठमाडौं : गायिका आस्था राउतविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदीले बताए । राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । प्रहरी अधिकारीका अनुसार आस्था भारतमै रहेको बताइएको छ ।
2022/05/25 10:18:40
https://www.ichchhakhabar.com/2020/01/10008/
mC4
प्रधानमन्त्री दाहालको पछिल्लो प्रस्ताबमा मधेसी मोर्चा लचक तत्काल आमहडताल लगायत कडा आन्दोलन नगर्ने – Sanghiya Online प्रधानमन्त्री दाहालको पछिल्लो प्रस्ताबमा मधेसी मोर्चा लचक तत्काल आमहडताल लगायत कडा आन्दोलन नगर्ने Posted on : March 16, 2017 March 16, 2017 - No Comment काठमाडौं । स्थानिय चुनाब अघि सिमांकन बाहेकको संभिधान संशोधन प्रस्ताव पारित गरेर जाने प्रधानमन्त्री पुष्प कमल दाहालको पछिल्लो प्रस्ताव पछि आन्दोलित मानसिकतामा रहेको मोर्चा केही लचक देखिएको छ । हिजो प्रधानमन्त्री दाहालले अत्यन्तै भावुक भएर आफू मधेसी ,जनजाती र उत्पीडित समुदायको निम्ति लडेको ब्यक्ति भएकोले शंका नर्गन आग्रह समेत गरिएको एक नेताले बताएका छन । प्रधानमन्त्री दाहालको सो प्रस्ताबमा मोर्चाका नेताहरुले छलफल पछि मात्र प्रतिक्रया जनाउने बताएका थिए । दाहालले आफ्ने बाध्यता बुझिदिन आग्रह गर्दे स्थानीय चुनाब पछि कुनै हालतमा सिमांकनको मुद्दालाई संशोधन मार्फत सम्बोधन गर्ने बिषयमा मोर्चाका नेताहरुलाई आश्वास्त पार्ने प्रयत्न गर्नुभएको थियो । त्यस लगतै बसेको मोर्चाको बैठकले दबाब बनाईराख्न सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि कडा आन्दोलनको कार्यक्रम भने तत्काललाई थाती राखेको छ । मोर्चाले मधसी जनताको आन्दोलित मानसिकता बुझेर आम हडताल सहितको कडा आन्दोलन घोषणा गर्ने भनीरहँदा प्रधानमन्त्री दाहालको पछिल्लो प्रस्तावलाई मध्यनजर गर्दे केही प्रचारात्मक आन्दोलनको कार्यक्रम मात्र मोर्चाले सार्बजनिक गरेको हो । यससँगै मोर्चाको रणनीति तत्काललाई सरकारलाई दबाब बनाईराख्ने यद्यपि कडा आन्दोलनमा नजाने देखिएको हो । मोर्चाका एक नेताले भने सरकारको हिजोको प्रस्तुतिबाट परिस्थीति केही सहज भएको छ ।
2022/01/17 17:32:06
https://www.sanghiyaonline.com/2017/03/16/408
mC4
बारामा अबैध लागु औषधसहित दुई जनालाई पक्राउ | Rautahat Times Home प्रदेश समाचार प्रदेश न. २ बारामा अबैध लागु औषधसहित दुई जनालाई पक्राउ १५ असार २०७७, सोमबार २०:४६ बिरगंज, १५ अषाढ : ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले अबैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय प्रसौनी र मुशहार्वाको सयुक्त टोलीले विशेष सुचनाको अधारमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ स्थित सिचाईको नजिकबाट भारतबाट ना १० प ९१०२ नम्बरको मोटरसाईकलमा बोकी ल्याएको अवैध लागू औषध सहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक ओम यादबले बताउनुभयो । ईलाका प्रहरी कार्यालय प्रसौनीले १९२ थान नुर्फिन लगाएतका लागू औषध सहित अवैध लागु औषध बोकेको मोटरसाइकल ना १० प ९१०२ नम्बरको मटरसाइकल नियन्त्रणमा लिएको छ । अवैध लागु औषध सहित पक्राउ पर्ने घर जिल्ला पर्सा बिरगंज म. न. पा. वडा न. १२ मुर्ली बस्ने ४५ वर्षिय बाबुलाल साह कानु र ऐ. ऐ. वडा न. ११ श्रीपुर बस्ने ४६ वर्षिय श्रीकान्त ठाकुर लाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक ओम यादबले बताउनु भयो ।
2020/12/05 22:36:53
http://rautahattimes.com/2020/06/%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8C%E0%A4%A8%E0%A5%80%E0%A4%B2%E0%A5%87-%E0%A4%85%E0%A4%AC%E0%A5%88%E0%A4%A7-%E0%A4%B2%E0%A4%BE/
mC4
सार्वजनिक खरिद ऐन परिर्माजन गर्न व्यवसायीको माग • Pokhara News by Ganthan सार्वजनिक खरिद ऐन परिर्माजन गर्न व्यवसायीको माग प्रकाशित मे 21, 2016 पोखरा, ७ जेठ /निर्माण व्यवसायीहरुले सरकारले संसदमा संशोधनको लागि पेस गरेको सार्वजनिक खरिद ऐन परिर्माजनको माग गरेका छन् । प्रश्तावित ऐनले ६० लाख भन्दा माथिको निर्माण कार्यको लागि विशेष अुनभव तथा योग्यता चाहिने व्यवस्था गरेकोमा सो व्यवस्था परिमार्जन गरि २ करोड सम्मको निर्माण कार्यको लागि कुनै योग्यता तथा अनुभव आवश्यक नपर्ने व्यवस्था गर्न व्यवसायीले माग गरेका हुन् । नेपाल निर्माण व्यवसायी संघ कास्कीले शुक्रवार आयोजना गरेको सार्वजनिक खरिद ऐन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले सार्वजनिक खरिद ऐनलाई परिर्माजन गर्न सरकारले संसदमा पेश गरेको विद्येयकका केही प्रावधानहरु व्यवसायीको हितमा नरहेको हुँदा संशोधनको माग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले संसदमा विचाराधिन अवस्थामा रहेको नयाँ सार्वजनिक खरिद ऐनमा आफुले व्यवसायीको मागलाई सम्वोधनको लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपालका निर्माण व्यवसायीहरु दक्ष तथा अनुभवी रहेको भन्दै विश्वका अन्य मुलुकमा व्यवसायीले गर्न सक्ने क्षमता नेपाली व्यवसायीमा रहको भनाई अधिकारीको थियो । कास्की क्षेत्र नं ३ का सांसद समेत रहेका अधिकारीले भुकम्पपछिको पुर्ननिर्माणमा निर्माण व्यवसायीको भुमिका अझ वढि महत्वपुर्ण रहेको धारणा उनको छ । कार्यक्रमको वारेमा जानकारी गराउँदै्र नेपाल निर्माण व्यवसायी संघ कास्कीका सल्लाहकार चिरञ्जिवी पोखरेलले वर्तमान ऐनवाट व्यवसायमा आएका नयाँ व्यवसायी मर्कामा परेको धारणा राखेका छन् । नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष बासुदेव गौचनको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा महासंघका सल्लाहकार शिवशंकर गौचनले पनि वोलेका थिए । कार्यक्रममा स्वागत संघका उपाध्यक्ष सुरेश श्रेष्ठ तथा कार्यक्रम सञ्चालन सचिव हरी लम्सालले गरेका थिए । कार्यक्रममा १ सय ५० जना भन्दा वढि निर्माण व्यसायीको उपस्थिति रहेको संघका कार्यालय प्रमुख डम्वरराज ढकालले जानकारी दिए ।
2020/06/06 08:21:21
https://ganthan.com/pokhara-news/sarbajank-kaharad/
mC4
किरात याक्थुङ्ग चुम्लुङ्ग दमकको १० औं अधिबेशन सम्पन्न,अध्यक्षमा पुर्न देबेन्द्र | रेडियो झापा 100.7 MHz. किरात याक्थुङ्ग चुम्लुङ्ग दमकको १० औं अधिबेशन सम्पन्न,अध्यक्षमा पुर्न देबेन्द्र रेडियो झापा 100.7 MHz. शुक्रबार, बैशाख १०, २०७८ २१:३०:०८ १०बैशाख,दमक/ लिम्बू जातिको प्रतिनिधि मूलक संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले पत्रकारितासहित विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ । सपथ ग्रहण लिदै चुम्लुङ दमकको दशौ अधिवेशनको उद्घाटनका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत रहेका पत्रकार बिष्णु सुब्बा सहित चुम्लुङ अभियानमा महत्वपूर्ण योगदान पुर्याउने एक दर्जनबढीलाई सम्मान गरेको हो । किरात भवनमा आयोजित कार्यक्रममा पत्रकार सुब्बासहित चुम्लुङका पूर्व अध्यक्षहरु लोकप्रसाद कन्दङवा,गुमानसिंह सम्बाहाम्फे, सञ्चार उद्यमीका तर्फवाट सप्तरङ्गी एफएमका अध्यक्ष मेहरमान लिङदेन, साहित्यकारका तर्फवाट सेसेमी नाल्वो, व्यवसायीहरु श्रीजंगा ट्रेडर्सका सञ्चालक बर्त सुब्बा, विक्रम थाङदेन, निङवाहाङ थेवे र मनप्रसाद योङहाङलाई सम्मान गरिएको थियो । कियाचु महासचिव निरन्ती तुम्बाहम्फे उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापो, केन्द्रीय सल्लाहकार जितबहादुर लावती, केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङ लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । त्यस्तै, सोही अवसरमा चुम्लुङले दमकबाट स्नाकोत्तर गर्ने चार जना लिम्बू विद्यार्थी र ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरेको थियो । स्नाकोत्तर अध्ययन पूरा गरेका यूरोपराज फागो,विवस तुम्बापो,गुरासी तुम्बापो र विभेक फागोलाई सम्मान प्रदान गरिएको हो । यस्तै , दमकका १० वटै वडाबाट ७ महिला र ७ पुरुष गरी १४ जना ज्येष्ठ लिम्बु अभिभावकहरु लाई दीर्घ जीवनको कामना गरी सम्मान गरिएको थियो । चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको अध्यक्षतामा भएको अधिवेशन उद्घाटनमा विभिन्न जातीय संस्थाका प्रतिनिधि,लिम्बू समुदायका अग्रजहरुले शुभकामना मन्तय राखेका थिए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन गर्न चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओतीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। नव-निर्वाचित देबेन्द्र माबोहाङ्ग चेम्जोङ दमक ७ स्थित रायालि किरात भवनमा चुम्लुङको १० औं अधिवेशनले अध्यक्ष देबेन्द्र माबोहाङ्ग चेम्जोङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ओममाया शेर्मा(आङदेम्बे), सचिब सुक बहादुर सोदेम्बा, सह–सचिव चन्द्र बहादुर कन्दङवा र कोषाध्यक्षमा इन्द्र बहादुर सङबाङफे निर्वाचित भएका छन् । सदस्यहरुमा क्रमशः रमा केरुङ (सेर्मा), तुलसी कुमार आङदेम्बे, कमला योङहाङ (लाओती) र गंगा सुब्बा चयन भएका छन् ।
2022/05/19 02:42:08
https://www.radiojhapa.com/details/3310.html
mC4
चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने – email khabar | Latest news of Nepal प्रकाशित : २०७६ चैत १३ गते ११:१७ चैत १३, भरतपुर – घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ ।
2021/10/22 10:54:49
https://www.emailkhabar.com/2020/03/26/65165/
mC4
कोरोना ठीक तापनि छिमेकीको डर कोरोना भाइरस कोरोना ठीक तापनि छिमेकीको डर २०७७ असार १३,पोखरा । कुनै पनि ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमा नआएका ३५ वर्षीय ती युवकमा २२ जेठमा कोरोना देखिए | उनी दुर्घटनामा परेर पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत कुश्मा पर्वतका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । एक हप्तापछि पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा कोरोना भाइरस पुष्टि भएको थियो । युवकमा कोरोना देखिएपछि सुरुमा उनी, परिवार, आफन्त पनि खुबै डराए । शुक्रबार कोरोनालाई जितेर फूल, अबिरसहित मुस्कुराउँदै उनी घर फर्केका छन् । उनले 'कोरोनासँग डराउनु पर्दैन भन्दे घर फर्किँदै गर्दा उनले अरुलाई पनि सन्देश दिए । भारतबाट फर्केर मादी गाउँपालिकाको क्वारेन्टिनमा २१ दिन बसेका मादी गाउँपालिकाका एक पुरुष पनि शुक्रबारै कोरोनालाई जितेर घर फर्के । क्वारेन्टिनमा बसेर अब त कोरोना लागेको रहेनछ भनेर ढुक्क भइरहेका बेला संक्रमण देखिपछि सुरुमा आत्तिएको उनले बताए । तर, कोरोनालाई जितेर घर फर्किँदै गरेका उनले डाक्टरको राम्रो रेखदेख र आत्मबल बढायो भने केही नहुने अनुभव सुनाए । घर फर्किन लागेका अधिकांशलाई चिन्ता थियो- अब छिमेकी र समाजले पो कस्तो ब्यवहार गर्ने हो ? 'कोरोना पोजेटिभ देखियो । तर, आज यी मुस्कुराउँदै घर फर्किँदै छु । मनोबल उच्च राख्नु, कोरोनाले केही गर्न सक्दैन,' उनले भने, 'डाक्टरले राम्रो सल्लाह, उत्साह भरे, आफ्नो मनोबल उच्च राखे, केही नहुने रहेछ ।' पोखरा २७ का अर्का पुरुषको अनुभव पनि त्यस्तै छ । भारतबाट फर्केर क्वारेन्टिनमा बसिरहेका बेला भएको परीक्षणमा कोरोना पोजेटिभ देखियो । क्वारेन्टिन, आइसोलेसन गरेर २९ दिन बिताएपछि उनी खुसी साथ घर फर्किएका छन् । 'भारतदेखि फर्केर क्वारेन्टिन, आइसोलेसन गरेर बसेको पनि २९ दिन भइसकेछ । आज कोरोनालाई जितेर घर फर्किन पाउँदा मन खुसीले रमाएको छ,' उनले भने । उनीहरुजस्तै शुक्रबारमात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनबाट १७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । परदेशबाट फर्किएर पनि कोरोना संक्रमणले घर जान नपाएका अधिकांश खुसी साट्न आतुर छन् । सुरुमा मनको डरले खाए पनि चिकित्सकको हौसला, परिवारको साथ र आत्मबलले कोरोना जितिने उनीहरुको भनाइ छ । यी ३ पात्रजस्तै कोरोनालाई जितेर घर फर्किनेहरुको अनुभव उस्तै खालको छ– 'सचेत रहने, मनोबल उच्च राखे कोरोना सजिलै जितिन्छ ।' शुक्रबार कोरोनालाई जितेर फूल, अबिर लगाएर घर फर्किन लागेका केहीमा भने अर्कै डर र सन्त्रास देखियो । केहीले पटक–पटक डाक्टरलाई सोधें, 'छिमेकीले छि–छि दूरदूर गर्दै हेपे भने के गर्ने ?' कोरोना जितेर घर फर्किन लागेका कास्कीका एक व्यक्तिले आफू आइसोलेसनमा बस्दा छिमेकीले परिवारलाईसमेत अप्ठेरो पारेको गुनासो गरे । 'छिमेकी र समाजले कोरोना संक्रमित भनेर हेला गर्ने, छि–छि गर्ने गरे भने के गर्ने डाक्टर साब ?' उनले भने, 'कोरोना त जितेर हाँसीहाँसी घर फर्किन लागेका छौं । तर, छिमेकीको तिरस्कारदेखि डर लागिरहेको छ ।' घर फर्किन लागेका अधिकांशलाई यस्तै चिन्ता थियो, 'अब छिमेकी र समाजले पो कस्तो ब्यवहार गर्ने हो ?' डाक्टरको साथ, हौसलाले कोरोना जितेर घर फर्किँदै गर्दा समाजको डर भने यथावत रहेको मादी गाउँपालिकाका एक पुरुषले बताए ।'हामीलाई निको पार्ने र हौसला बढाउने डाक्टर साबहरुलाई धन्यवाद छ,' उनले भने, 'अब छिमेकीबाट पो कस्तो ब्यवहार हुने हो ?' पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले एक हप्ता सुरक्षित भएर घर बस्न आग्रह गर्दै कोरोना जितेर फर्केकालाई छिमेकीले नराम्रो व्यवहार गर्नै नमिल्ने बताए । 'एक हप्ता सुरक्षित भएर घरमै बस्नू । त्यसपछि नियमित कामतिर लाग्नू । कोरोना त जितेर फर्किदै हुनुहुन्छ अब तपाईंहरुले धेरै चिन्ता लिने होइन,' डा. आचार्यले भने, 'छिमेकी र समाजले दूर–दूर गरे कोरोनामुक्त भएको देखाइदिनू । बरु उनीहरुलाई सचेत भएर बस्न चेतना बढाउनू ।' पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिलेसम्म ७ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । उपचाररत २ जनाको ज्यान गएको छ । १ सय १ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
2020/10/22 18:44:26
https://nepalonlinepatrika.com/2020/06/27/918/
mC4
सावधान ! यी साना ७ गल्तिले बिग्रन सक्छ तपाईको प्रेम तथा वैवाहिक सम्बन्ध - Alert Khabar Homeमनोरञ्जनसावधान ! यी साना ७ गल्तिले बिग्रन सक्छ तपाईको प्रेम तथा वैवाहिक सम्बन्ध पुरुषका केही यस्ता वानी हुन्छन्, जसले गर्दा तपाई वैवाहिक सम्बन्ध विग्रन सक्छ। दैनिक जीवनमा गरिने केही गल्तिका कारण कयौँ व्यक्तिले बच्चा बनाउन सकेका हुँदैनन्। जस कारणले उनीहरुको वैवाहिक सम्बन्धमा उथलपुथल ल्याएको हुन्छ। वैवाहिक जीवनलाई सुखद र सम्पन्न बनाउनका लागि केही त्यस्ता गल्ति हुन्छन् जो कहिलै गर्न नहुने अनुसन्धानले देखाएको छ। कतै तपाईले त्यस्ता गल्तिका कारण आफ्नो वैवाहिक जीवन त विगार्नु भएको छैन् ??यी ७ गल्ति सुधार्नुहोस् १ यदी तपाईले ज्यादै टाइट कपडा लगाउनुहुन्छ भने यो वानी तपाईले सुधार गर्न जरुरी छ। बढी टाइट कपडा लगाउदा अण्डकोशको थैलीको टेम्परेचर बढ्न सक्छ । यसका कारण शुक्रकिटको संख्या घटन थाल्द छ। २ यदी तपाईले धेरै तनाब लिनुहुन्छ भने ध्यान दिनुहोस् । लगातार तनाबमा रहदा शरीरमा हर्मोनल इम्ब्यालेन्स हुन्छ। साथै शरीरको ब्लड सर्कुलेशन पनि बिग्रिदै आन्छ। यसले शुक्रकिटको संख्या घट्न थाल्छ। ३ भटमासबाट उत्पादित खानेकुरा बढी मात्रामा खानुहुन्छ भने यस्तो गल्ति छोडिदिनुहोस्। हार्वर्ड स्कूल अफ पब्लिक हेल्थले गरेको अनुसन्धान अनुसार भटमासबाट उत्पादित खानेकुरा बढी खाएमा यसले आइसा्फ्लेवोन शुक्रकिटको संख्या क मगर्दछ। ४ लागुऔषध सेवन गर्नुहुन्छ भने यस्तो वानी आजैबाट छोडिदिनुहोस्। रक्सी, चुरोट जस्ता अन्या नशालु पर्दाथको सेवनका कारण शरीरमा स्ट्रेस हर्मोनको मात्रा बढ्न सक्छ। जसले गर्दा शुक्रकिटको संख्या घटाउछ। ५ यदी तपाईको ल्याप्टप खुट्टामा राखेर चलाउने बानी छ भने आजैबाट सावधान रहनुहोस्। लामो समय ल्याप्टप खुट्टामा राखेर चलाउनुभयो भने यसको हिट स्क्रूटम तर्फ जान्छ । खाना खाने समय यस्तो गर्दा पनि शुक्रकिटको संख्या घट्न थाल्छ। ६ यदी तपाई पर्याप्त मात्रामा सुत्नुहुन्न भने पनि सावधान रहनुहोस्। दैनिक करिब ७ घण्टा नसुत्नु भयो भने तपाईको शरीरमा स्ट्रेस बढाउने हर्मोनको मात्रा बढ्न थाल्छ। यसले शरीरमा ब्लड सर्कुलेशन बिग्रन थाल्छ, जसका कारण पनि शुक्रकिटको मात्रा घट्न थाल्छ। ७ यदी तपाईले बढी मात्रामा कफी पिउनुहुन्छ भने पनि सावधान रहनुहोस्। म्यासाचुसेट्स जनरल हस्पिटरको अनुसन्धान अनुसार बढी मात्रामा कफी पिउदा क्याफिन स्ट्रेस हर्मोन बढ्छ। जसले शुक्रकिटको संख्या घटाउछ।
2022/07/05 18:17:08
https://www.alertkhabar.xyz/entertainment/7582/
mC4
कसरी सफल हुने - विचार - नारी कसरी सफल हुने वैशाख २६, २०७४ आधुनिकतासँगै मानिसका आवश्यकताहरू पनि फेरिएका छन् । यससँगै जीवनशैली नफेरिने कुरै भएन । बढ्दो आवश्यकता परिपूर्तिका लागि महिला–पुरुष दुवै कामकाजी हुनुपर्ने बाध्यता छ । फलत: पुरुषको वर्चस्व भएका कतिपय क्षेत्रमा महिलाहरू पनि अग्रसर हुन थालेका छन् । महिलाहरू हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल छन् । हरेक क्षेत्रमा महिलाहरू आफ्नो छुट्टै पहिचान तथा अस्तित्व कायम गर्न लागिपरिरहेको यो अवस्थामा महिलाले कसरी सफलता प्राप्त गर्ने भन्ने चुनौती पनि छ । सिक्ने प्रयास हरेक क्षेत्रमा प्रगतिको मुख्य औजार शिक्षा हो । मानिस सिकाइबाटै शिक्षित हुन्छ । अत: आफूलाई बढी शिक्षित बनाउन विभिन्न पुस्तक पढ्नुका साथै सभा, सम्मेलन, कार्यशाला एवं समारोहहरूमा भाग लिनुपर्छ । सुनिश्चित लक्ष्य सफलता प्राप्तिका लागि योजना प्रमुख कुरा हो । जस्तो किसिमको करियर छनोट गरिँदैछ उक्त क्षेत्रका बारेमा धेरै भन्दा धेरै जानकारी एवं ज्ञान जुटाउनु आवश्यक हुन्छ । जुनसुकै क्षेत्र किन नहोस् त्यसमा सफल हुन वक्तृत्वकला पनि प्रमुख हतियार हो । बोलीमा निपुण भएर अरूलाई प्रभावित गर्ने हिसाबले गरिने वार्तालापले सफलताको सिंढी चढ्न मद्दत पुर्‍याउँछ । आजको जमाना सहकार्यको हो । जोसँग ठूलो समूह अर्थात् नेटवर्किङ छ ऊ शक्तिशाली कहलिन्छ । त्यसकारण सफल र शक्तिशाली कहलिन आफ्नो जनसम्पर्क बिस्तार गर्न केही समय छुट्याउनु जरुरी हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि आत्मविश्वास डगमगाउन नदिई अघि बढे सफलताको शिखर चुम्न कसैले रोक्न सक्दैनन् । व्यक्तिगत अनुशासन सफल महिलाहरू अनुशासनमा ठूलो विश्वास राख्छन् । अनुशासित जीवन एवं कामले छवि स्वच्छ रहनुका साथै अरूले गर्ने मूल्यांकन पनि उच्च हुन्छ । समयसँगै चल्ने कला हरेक क्षेत्रमा सफलता प्राप्त गर्न समयसँगै अघि बढ्न सक्ने खुबी आवश्यक हुन्छ । हरेक सफलताका पछाडि कसै न कसैको हात हुन्छ । तसर्थ यस्तो मित्र बनाउनु आवश्यक छ जसले कठिन परिस्थितिमा पनि साथ दिएर अघि बढाउन सहयोग गरोस् । उचित पहिरन आफ्नो काम र क्षेत्रअनुकूलको पहिरन लगाउनुपर्छ । सही वेशभूषाले व्यक्तित्वमा निखार ल्याउँछ जसबाट सम्पर्कमा आएका व्यक्तिलाई सजिलै आफूतिर आकर्षित तुल्याउन सकिन्छ अनि प्रथम भेटमै प्रभावशाली छवि छाड्न मद्दत मिल्छ ।
2018/09/24 03:47:09
http://nari.ekantipur.com/news/2017-05-09/20170508160415.html
mC4
मोटरसाइकलसहित उपत्यकाको सेवा कार्यालय खुले, साना/ठूला सवारी अनिश्चित नेपाल लाइभ मंगलबार, कात्तिक १८, २०७७, १२:४१ काठमाडौं-उपत्यकामा रहेका सवारी कार्यालयहरुमध्ये सतुंगलस्थित मोटरसाइकल कार्यालय सञ्चालनमा आएको छ। दसैं बिदा सुरु हुनुपूर्व नै कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको भन्दै उपत्यकाका सबै यातायात कार्यालय बन्द भएका थिए। कात्तिक १२ गतेदेखि नै कार्यालय खुले पनि कर्मचारीमा कोरोना संक्रमण निको नभएको र कर्मचारी व्यवस्थापनमा समस्या भएकाले कार्यालय नखुलेको जनाइएकाे छ। यातायात व्यवस्था कार्यालय मोटरसाइकलले मंगलबार (आज)देखि सवारी दर्ता प्रमाणपत्र नवीकरण र सवारी साधनको नामसारीको कार्य गर्ने जनाएको छ। कार्यालयले जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लटेका सवारीसाधनको ब्लुबुक नवीकरण गर्नेछ। त्यस्तै प्रत्येक फाँटबाट १० वटा नामसारी हुने गरि प्रत्येक दिन कुल ६० वटा टोकन वितरण हुने र टोकन लिएका सवारीसधनीहरुको मात्र उक्त दिन नामसारी हुने सूचनामा उल्लेख छ। यसबाहेक ब्लुबुकको प्रतिलिपी, सरुवा सहमति, नामसारी रोक्का, लगत कट्टा, दर्ता खारेज, सवारी साधन विवरण लगायतका अन्य सेवाहरु नियमित रुपमा सञ्चालन हुने कार्यालयले जनाएको छ। भक्तपुरको सल्लाघारी र सानो भर्‍याङमा रहेका सेवा कार्यालयसमेत मंगलबारदेखि खुलेका छन्। सेवा कार्यालयहरुले पनि जोरबिजोरका आधारमा सेवा दिने भन्दै सूचना जारी गरेका हुन्। यता एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी भने कहिलेदेखि खुल्ने निश्चित भएको छैन। कार्यालयले हालसम्म सञ्चालनको विषयमा सूचना जारी गरेको छैन। धेरै जना कर्मचारी संक्रमित भएकाले आगामी सातादेखि कार्यालय खुल्ने गरि सूचना आउने कार्यालयले जनाएको छ।
2021/01/26 11:30:24
https://nepallive.com/story/231026
mC4
पेट्रोल २१ रुपैयाँमा किनेर ९६ रुपैयाँमा बेच्दैछ सरकार « The Nepal Top काठमाडौं : बजेटले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ। यसअघि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार लाग्दै आएकोमा अब २५ रुपैयाँ २० पैसा लाग्नेछ। जब कि पेट्रोलको खरिद मूल्य २१ रुपैयाँ ३६ पैसा मात्र हो। त्यस्तै आयल निगमले प्रशासनिक, प्राविधिक खर्चमा १२ रुपैयाँ नाफा लिनेछ । यसरी पेट्रोलको उपभोक्ता मूल्यको ५५ प्रतिशत रकम सरकारले करको रुपैयाँ उपभोक्ताबाट उठाउने भएको छ। त्यस्तै, डिजेलबाट ३६.१५ रुपैयाँ र मट्टीतेलबाट १२.८८ रुपैयाँ प्रतिलिटर कर उठ्नेछ । यसअघि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ रहेको पूर्वाधार विकास कर गत फागुनमा मात्र बढाएर सरकारले १० रुपैयाँ पुर्‍याएको थियो। ठूलो अन्तरमा भन्सार शुल्क वृद्धि गर्दा यसअघिको तुलनामा मासिक दुई अर्ब रुपैयाँ र वर्षको २४ अर्ब रुपैयाँभन्दा बढी कर उठ्नेछ। आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार सामान्य अवस्थामा पेट्रोलियम खपत हुँदा मासिक करिब ५ अर्ब रुपैयाँ सरकारलाई राजस्व बुझाउने गरिएको थियो । 'स्थिति सामान्य भएर पेट्रोलियम पदार्थको खपत पुरानै अवस्थामा आएपछि प्रतिमहिना करिब सात अर्ब रुपैयाँका दरले राजस्व सरकारले पाउनेछ,' उनले भने। पेट्रोल, डिजेल र मट्टीतेलमा कर वृद्धि गर्दा त्यसको भार उपभोक्तामा पर्नेछ । किनभने निगमले करसहित सबै शीर्षकका खर्च जोडेर उपभोक्ता मूल्य तोक्ने गरेको छ । यद्यपि, लकडाउनभरि मूल्यवृद्धि नहुने आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । 'सरकारले कर वृद्धि गरे पनि हामीले तत्काल मूल्यवृद्धि गर्र्दैनौँ,' उनले भने। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । गिरीको रिट उपर सर्वोच्चले अन्तरिम छलफलको लागि बोलायो काठमाडौंः सर्बोच्च अदालतको एकल इजलास माननीय न्यायाधीश डा.श्री मनोज कुमार शर्माको इजलासबाट माननीय सरिता गिरीले
2020/07/15 00:55:15
https://www.thenepaltop.com/news/127472
mC4
नेपालमा खरीद गरिएको मोबाइलमा आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने द रियल समाचार २०७८ असार २४, बिहीबार, १६: २४ मा प्रकाशित काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नुनपर्ने जनाएको छ । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी यसलाई थप व्यवस्थित गर्ने प्रयोजनका लागि प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्दैछ । नेपालमा मोबाइल सेट खरीद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमईआई दर्ता भएका मोबाइल सेट खरीद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिई खरीद गरी अनावश्यक झन्झट एवं अन्योलबाट मुक्त हुन अनुरोध गरेको छ । विसं २०७४ वैशाख २८ गते प्राधिकरणले अवैध मोबाइल रोक्ने प्रणाली जडान गर्न परामर्शदाता छनोटका लागि बोलपत्र आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको बोलपत्रमा आवेदन परेका १३ कम्पनीमध्येबाट २०७६ साल असारमा छनोट भएका कम्पनीले ६ महिनाभित्र उक्त सिष्टम जडान गर्नुपर्ने थियो । जसमा ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिङ्गापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । सम्झौता भएको मितिले ६ महिनाभित्र एमडिएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नुपर्ने भन्दै ८० करोड रुपैयाँ बराबरको ठेक्का दिइएको थियो ।
2021/07/28 03:16:26
https://therealsamachar.com/2021/07/08/10305/
mC4
Bizpati.com - Leading Economic Online News Portal From Nepal | प्रधानमन्त्रीद्वारा देश कै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास Jun 13, 2021 | 04:55:11 PM मा प्रकाशित प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन्। शिलान्यास गर्दै उनले कोभिड –१९ महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताए । "दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिण्डरको अभाव ग्रस्त बनायो, त्यतिबेला हामीले महङ्गो मूल्य तिरेरै पनि अक्सिजन सिलिण्डर किन्यौँ", उनले भने । दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजनलगायत स्वास्थ्य सामग्री आयात गरेको उल्लेख गर्दै त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राख्दै हरेक सय श्ययाभन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत ल्याएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराए । उनले कोरोना महामारीबाट अभिभावकविहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारीे दिए । "महामारीका कारणले अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हँुदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ", उनले भने ।
2021/08/02 18:35:18
https://bizpati.com/update/49991
mC4
प्रचण्ड, देउवा र ओलीमाथि बर्सियो सिस्नुपानी नेपालको गुलेली – देशसञ्चार राजनीतिक बेइमानीमाथि कलाकारकर्मीको प्रहार प्रचण्ड, देउवा र ओलीमाथि बर्सियो सिस्नुपानी नेपालको गुलेली दीपा दाहाल कार्तिक २१, २०७५ सिस्नो पानीको देउसीभैलो। तस्बिरः दीपा दाहाल/देश सञ्चार सिस्नुपानी नेपालले सँधैझैँ यस पटक पनि भाका हालेर सिस्नुपानी लगायो, प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका नेता, प्रशासन र जनतालाई। कुकुरतिहार अर्थात् मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहादेखि बिजुलीको पाइपलाइनबाट भात पकाउनेसम्मका खेर जान लागेको वाचा, निर्मला पन्तका हत्यारा र बलात्कारी उम्किएको प्रसंग तथा ३३ किलो सुन तस्करीको अनुसन्धान ओझेलमा परेको घटनाहरु उठाए। खासगरी सम्बन्धित मन्त्रीहरुलाई राम्ररी डामे। दुईतिहाई सरकारका मुखिया ओलीलाई सायद अरुलाई भन्दा बढी माया गरी प्रस्तुत गरे कलाकारका वाक्यहरुले, उनका समृद्धिका सपना कार्यान्वयन नहुनुमा सल्लाहकार र मन्त्रीहरुको दोष देखाएर। प्रज्ञा प्रतिष्ठानस्थित खचाखच भरिएको हलमा कलाकारहरुले प्रधानमन्त्री ओलीविरुद्ध सम्भावित भावी षडयन्त्रकर्ताका रुपमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मात्रै होइनन् त्योभन्दा बढी आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्तुत गरे। अर्थात् प्रधानमन्त्री ओलीलाई आगामी खतराप्रति सचेत गराइयो। देउसीको दोस्रो चरणमा ओली भेषमा कलाकार सीताराम कट्टेल ( धुर्मुस), प्रचण्डको भेषमा मनोज गजुरेल र शेरबहादुर देउवाको भेषमा दमन रुपाखेती बनी प्रस्तुत गरिएको प्रहसनमा व्यंग्यात्मक शैलीमा खेलिएका तासमा प्रचण्डले १७ हजार रुपैयाँ अघि सारेपछि उनले त्यो चाल चलेकादेखि लिएर माओवादी सशस्त्र विद्रोहमा मारिएका १७ हजार नेपाली नागरिकको प्रसंग उठाइयो। साथै यो प्रसंग उठाउँदा ओली नेतृत्वको सरकार अप्ठ्यारोमा पर्ने चेतावनी आयो ओलीबाट, दुईतिहाईको सरकारको समीकरण वा स्वास्थ्य धरापमा रहेको संकेत गर्दै। प्रहसनमा प्रस्तुत संवाद… प्रचण्डः म तास पनि खेल्न जानेको छु, राजनीतिमा पनि खेल्न जानेको छु। ल मेरो तर्फबाट १७ हजार आयो। ओलीः भर्खर मात्र पार्टी एकीकरण भएको छ। यो १७ हजारको कुरा किन? प्रचण्डः तपाई ढुक्क हुनुहोस् केही नहुञ्जेल केही हुन्न। ओलीः यसले सरकारलाई तलमाथि पार्न सक्छ। बढो गम्भीर कुरा हो। तपाई चुप लागेर बस्नुहोस्। उक्त प्रहसनमा प्रचण्ड र शेरबहादुरले ओलीविरुद्ध फेरि आफुहरु एक ठाउँमा आउन सक्ने संकेत पनि दिए। देउसी कार्यक्रममा स्वास्थ्यका कारण ओली आएनन्। तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई निम्तो मान्न पठाए। राधिका र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रमको उद्घाटन गरे। यसो त देउसीको प्रमुख निशानामा परेका शेरबहादुर देउवा र प्रचण्ड पनि त्यहाँ थिएनन्। तर, उनीहरुको अनुपस्थितिले मनोरञ्जनको आकार र प्रभावमा कमी देखिएन। त्यसका प्रमाण तालीको अनवरत गड्गडाहट, हाँसो र सिट्टी। प्रहसनमा ओली, प्रचण्ड र शेरबहादुरको सुकर्म र कुकर्मको लेखाजोखा गरिन् कलाकार कुञ्जना घिमिरे (सुन्तली)ले चित्रगुप्तको 'सेकेण्ड सेक्रेटरी' भएर। उनले यी शीर्ष नेताहरुले बल्लबल्ल संविधान निर्माण, निर्वाचन र स्थिर सरकार गठन गरेको अनि दुई छिमेकीसँगको सम्बन्ध सुधारेको निस्कर्ष निकालिन्। तर, उनीहरुले पासमार्क्स समेत पाएनन्। किनभने उनीहरुका कुकर्म दर्जनभन्दा बढी थिए। शान्ति सुरक्षा कायम, कानून कार्यान्वयन, भ्रष्टाचारीलाई कारबाही, एउटै परराष्ट्र नीति निर्माण, सिण्डिकेट खारेज, सुन तस्करीको अनुसन्धान गर्न नसकेकोलाई उनीहरुका कुकर्मका रुपमा प्रस्ट्याइन्। यस्तै कालोबजारी, मूल्यबृद्धि, गरिबी निवारण, भौतिक तथा यातायात क्षेत्रमा सुधार गर्न नसकेको लगायत आरोप पनि यी शीर्ष नेतामाथि लाग्यो। त्यसलगत्तै विभिन्न लयमा कलाकारहरुले खेलेको देउसीमा दुई तिहाईको सरकार नै बढी तारो बन्यो। यो सरकारले वाचा पूरा गर्न असफल हुनुका पछाडि के कारण हो थाहा नपाएको भन्दै त्यो ईश्वरलाई मात्र थाहा भएको सन्देश दिए लक्ष्मण गाम्नागे, टंक आचार्य, रुपा न्यौपाने, हरिकला उप्रेती लगायत कलाकारले। त्यहाँ भनियो…. अहिले त सरकार बलियो छ धरहराभन्दा अग्लो छ जनताको साथी बनेको छ तैपनि काम कुरा भाको छैन लौ छिटो हिँड् भन्यो, हिँड्दैन नहिँड्या किन, के गरेर हिँड्ला राम जाने राम जाने यो सरकारलाई केले छेक्यो राम जाने ओली नेतृत्वको सरकारले जनताले सबभन्दा धेरै सास्ती पाएको सिण्डिकेट तोड्न र सुन तस्कीरको अनुसन्धान बिचमै छोडेको भन्दै देउसीले खवरदारी गर्यो। मन्त्री बनेपछि विभिन्न काण्डले आलोचित बनेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि देउसीको निसानामा परे। नेपाल टेलिकम प्राधिकरणको अध्यक्षमा दीगम्बर झालाई नियुक्ति गरेकोमा उनी आलोचित बने। देउसी टोलीले भन्यो… हाम्रो देशका सञ्चारमन्त्री कति मिठो बोलेका लैलै पत्रकारलाई न्याकेर दीगम्बरलाई च्यापेर लोकतन्त्रमा हिलो छ्यापेर यस्तै नजिकै गम्भीर मुद्रामा देखिएका गृहमन्त्री रामबहादुर थापा बादलप्रति पनि सिस्नुपानी देउसीले कटाक्ष गर्यो। उनले घोषणा गरेअनुसार देशमा शान्ति सुरक्षाको अनुभूति जनताले गर्न नसकेको र भ्रष्टाचारलाई न्यूनिकरण गर्न नसकेको आरोप उनलाई लाग्यो। देउसीको लय यस्तो थियो… गृहमन्त्री बादल गड्याङ गुडुङ गर्जन्छन्। पसिना'नी काट्दैनन् असिना पनि पार्दैनन्। ठूलो माछा मार्दै मार्दैनन्। यसपालीको देउसीको आक्रोश नेतामाथि मात्रै होइन प्रशासनतन्त्रमा पनि पोखियो। राष्ट्रसेवक कर्मचारीले ढिलासुस्ती गर्ने, भ्रष्टचारमा संलग्न हुने र सरुवा बढुवामा मात्रै ध्यान दिने गरेको आरोप खेपे। देउसीले जनता 'भेडा' भएको भन्दै उनीहरुले भ्रष्टाचारीलाई सहयोग गरेको भन्दै गुलेलीका ढुंगा खाए। जनतामाथिको प्रहार यस्तो थियो… आँगन बडार्छ, सडकमा फ्याक्छ घुस दिन जान्छ, भ्रष्टाचार भन्छ खेत बाँझो राख्छ, चाउचाउ खान्छ बोक्सी भन्दै डाम्छ, तीन महिना दर खान्छ यस्तै बालुवाटार धाउने मन्त्रीहरु प्रधानमन्त्रीलाई भेटेपछि मुसो जस्तो बनेर फर्कने गरेको आरोप पनि देउसी टोलीले लगायो। सल्लाहकारले छेकेपछि प्रधानमन्त्री ओली एक्लैले समृद्धिको सपना देख्ने गरेको भन्दै देउसी टोलीले ओलीलाई माया गरेको देखायो। यस्तै भ्रष्टाचारको मामालिामा नाम नलिई प्रचण्डप्रति देउसीले लौरो सोजाएको थियो। प्रचण्डका ठेकेदार घरबेटीको नाम नलिई भनिएको थियोः ठेकेदारलाई कारबाही गर्न हाम्रो सरकार पन्छियो घरबेटीले थर्काएछन् कानै बाँच्चियो देउसीका कलाकार प्रमुख प्रतिपक्षी कांग्रेसमाथि पनि जाइलागे। कांग्रेसले महत्वपूर्ण एजेण्डा नलिँदा चुनाव हारेको संकेत गर्दै उनीहरुले भनेः तिनले जुस खाएपछि कांग्रेस भयो ठण्डाराम देउसीका विचारमा नेकपा बैठकदेखि रामचन्द्र पौडल परे। राजनीतिक तथा सामाजिक क्षेत्रको विद्यमान विसंगतिलाई गुलेली चलाउँदै देउसी टोलीले यस्तो आशिष दियोः
2019/04/21 07:11:38
https://deshsanchar.com/2018/11/07/118604/
mC4
भाइबहिनीको हो, आज हामीले प्रा.डा. गोपाल भण्डारीको सानो छदाको विषयमा लेखेका छौं । उनले भवानी भिक्षुका कथामा मनोविज्ञान भन्ने विषयमा विद्यावारिधि गरेका हुन् । २०५२ सालमा विद्यावारिधि पूरा गरेका उनले २०३५ सालदेखि शिक्षण पेशामा आवद्ध भए । हालै महेन्द्र बहुमुखी क्याम्पस धरानबाट सेवा अवकास भएका उनको घर धरान–१३ को जिरोपोइन्टमा पर्छ । सानैदेखि काकाहरूले चण्डी पाठ गरेको सुनेपछि त्यस्तै चण्डी पाठ गर्ने भूत सवार भयो धनकुटा ताङ्खुवा गाविसका गोपाल भण्डारीलाई । काकाझैं भाका हालेर चण्डी र रुद्री पढ्ने भोककै कारण उनको पढाइको प्रारम्भ भयो । गाउँमा स्कुल थिएन । त्यो बेला स्कुल एकादेशको कथाझैं थियो । पाठशाला भनिन्थ्यो । त्यो पनि गाउँमा हुने कुरै भएन । राणा शासनको अन्त्यपछि बिक्रम सम्वत २००८ पुष २८ गते जन्मिएका उनी त्यही ५–६ वर्षको हुनुपर्छ । चण्डीको श्लोक पढ्ने उत्कट अभिलाषाका कारण काकाहरूसगै आधा घण्टा उकालिएपछि आउँने शिवालय मन्दिरमा पढाइ हुन्थ्यो । त्यहा क, ख, दुनाई (गुणाभाग), अ आ, १, २ सिकाइन्थ्यो । चण्डी र रुद्री अनिवार्य थियो । आफ्नै काका बेणीमाधव भण्डारी पाठशालाका शिक्षक थिए । बुबाको आग्रहमा पढ्ने वातावरण मिलेको थियो । क, ख भन्दा पनि उनलाई त्यही चण्डी र रुद्रीले मन खिचेको थियो । 'काकाहरू चण्डी–रुद्री पढ्नुहुन्थ्यो । त्यो सुन्दा त्यसरी नै श्लोक भन्न पाए क्या राम्रो हुन्थ्यो भन्ने लाग्थ्यो ।' विगत यसरी सुनाउँछन् । त्यो बेलामा बुबा धरानको पिण्डेश्व विद्या पीठका गुरु थिए । बुबा घरमा गएका बेला यताबाट मिठाइ लिएर जाने र फर्किदा खेरी तलाई के ल्याइदिउ भनेर सोधेकै कारण उनले चण्डीको नया पुस्तक पाएका थिए । अनि आफ्ना काकाहरूलाई देखाउदै अब म पनि तपाइहरू झैं श्लोक हाल्ने भनेर भन्थे । तर, अक्षर चिन्या भए पो । हजुरबुबा र हजुरआमाको काखमा हुर्किएका उनलाई हजुरबुबाले नै काठको सानो पाटीमा रातो कमेरो माटो लिपेर सिन्कोले क, ख लेखाए । 'अह त्यसमा मेरो मन गएन, चण्डीको धुन हुन्थ्यो । त्यसमा झन्झट लाग्यो ।' उनी भन्छन्, 'पढ्न चाहि हतार भइरहेको थियो । एकवर्षपछि मात्रै चण्डी पढाउनु थाल्नुभयो ।' विस्तारै अक्षर चिन्दै गए । चण्डी घोकाइ पनि निरन्तर चल्यो । चण्डीको भूतका कारण उनले आधा घण्टाको उकालोको दुःख भुल्थे । 'काकाहरूसँग हिड्दा हिडेजस्तै लाग्दैनथ्यो ।' उनी भन्छन् । पाठशालामा क, खसगै छुट्टि हुनेबेलामा हरेक दिन दुनाई २ देखि २० सम्म भनेर घर फिर्नु पथ्र्यो । शुरुवाती दिनमा रित्तो हात जान्थे । पाटी पनि थिएन । पछि बुबाले पढ्ने रहर ग¥यो भन्दै कालो पाटी किनेर ल्याइदिएको उनी स्मरण गर्छन् । त्यही कालोपाटी र वर्णमालाको किताब पढेरै उनको २ वर्ष बित्यो । पाठशालामा पढ्नेभन्दा पनि खेलेरै बित्यो । २०१५ सालतिर छोराले पढ्ने रहर ग¥यो भनेर हजुरबुबालाई धरान पठादिनका लागि भन्नुभएछ । त्यो बेला धरान भन्ने ठाउ कस्तो छ कल्पनामा थिएन । तर धरानबाट फर्किएकालेले धरानको कथा सुनाउथे । 'धरानमा गाडी, बेलुका झिलिलि बत्ति बल्छ भनेर कथा सुनाउथे ।' उनी भन्छन् । हजुरबुबाको साथ लागेर काका र उनी धरान हानिए । त्यो बेला धरान आउन गाडीघोडा थिएन । पैदलै आए । दुई दिन लगाएर उनी धरान आइपुगेको स्मरण गर्छन् । त्यो बेला तमोर खोलामा पुल थिएन । काठको नाउ तरेर आए । धरान झरेपछि बुबासँगै पिण्डेश्वर आउजाउ हुन थाल्यो । बुबाले नभ्याउदा उनलाई काकाहरूले डो¥याउथे । पहिलो पटक गाडी देख्दा उनी तर्सिए । 'त्यो बेला विजयपुर अगाडि गाडी पार्किङ गरेर राखेका थिए । काकाले लु हेर यहीको गाडी भनेर भन्नुभयो । आफूलाई नजिक जानै डर लाग्ने । छुनै डर लाग्ने । काकाले केही हुदैन आइज भन्नुभयो ।' उनी विगत सम्झदै भन्छन्, 'काकाले यही गाडीले विराटनगर, जोगमनी पु¥याउछ भन्नुहुन्थ्यो ।' गाडी धेरै पछि मात्रै चढे । पीठमा आउने बडाहाकिमले ल्याएको गाडी चढ्ने अवसर जुट्यो । बुबा पीठकै गुरु भएकाले बडा हाकिमले छाताचौकसम्म ल्याइदिने भएपछि आफूले गाडी चढेको अनुभूति गर्छन् । त्यो क्षण २०१७ सालको हुनुपर्छ । 'गाडीमा चढाइदिएपछि एक छिन रोए कराए त्यसपछि बुबाले केही हुदैन भन्नुभयो ।' उनी भन्छन् । जीवनमा पहिलो पल्ट गाडी चढ्दा उनले नजिकका रुखहरू कुदेको देखे । पिण्डेश्वरमा लघुकौमुदी (संस्कृत व्याकरण) पढाइन्थ्यो । अमरकोष भन्ने संस्कृतकै शब्दकोष पढाइहुन्थ्यो । त्यो चाहि अनुष्टुप छन्दमा पढ्नुपर्ने भएकाले लघुकौमुदीभन्दा केही सहज थियो । विस्तारै अन्य विषय गणित, नेपाली, भूगोल, ईतिहास पढ्न थाले । तर, पढ्नु कम खेल्न बढी हुन्थ्यो । जसका कारण एकवर्ष फेल पनि भए । फेल भएपछि पढ्नुपर्ने रहेछ भन्ने ज्ञान आएको उनी बताउँछन् । कहिलेकाही होमवर्क नगरेर गुरुको हातको कुटाइ पनि खाए । त्यो बेला अङ्ग्रेजीमा माने सोध्ने चलन थियो । माने नजान्दा पनि पिटाइ खाएको स्मरण गर्छन उनी । स्कुलमा उनी खेलकुदमा एकदमै बढी रुची लिन्थे । खेलकुदमा झण्डै ७–८ वटा पुरस्कार पाउथे । कविता प्रतियोगिता, हिसाव दौड, हाइजम्प, खेलकुदमा जितिरहन्थे । मोजाको फुटबल बनाएर खेल्ने हुँदा त्यो बेलामा खुट्टा मर्काएको उनी कहिल्यै भुल्दैनन् । कक्षा ६ मा पढ्दा ताका स्कुल छुट्टि पछि फुटबल खेल्न बस्थ्यौं । खुट्टा मर्केपछि उनी हल न चल भए । साथीहरूले जसोतसो बजारसम्म छाडिदिए । खोच्याउदै अबेर साझ मात्रै घर पुगे । खुट्टा मर्काएका कारण बुबाको गाली खाइने डर एकातिर थिदैथियो भने अर्कातिर खुट्टा मर्किएकाले सुन्निएको थियो । 'बुबाहरू खाना खाइवरी मलाई खोज्नुभएछ । म घर पुगेपछि हातखुट्टा धोएर खाना खान जा भन्नुभयो । त्यो बेला मेरो व्रतबन्ध भइसकेको थियो । ब्राम्हणहरूले खाना खानेबेलामा लुगा खोल्नुपथ्र्यो । अन्य लुगा खोलियो तर, सुरुवाल खुस्केन । पछि बुबाले गाली गर्दै ब्लेड ल्याएर सुरुवाल नै काटिदिनुभयो ।' उनी भन्छन्, 'त्यो सम्झना अहिले पनि मनमा ताजै छ ।' एवम् रीतले उनी २०२४ सालमा पूर्वमध्यमा (एसएलसी सोसरह) को परीक्षा दिए । परीक्षामा प्रारम्भिक नेपालीमा झण्डै–झण्डै फेल भएको बताउँछन् । त्यो विषय आफूलाई एकदमै आउने भएकाले शिशिरवसन्तको कथा सोधेको थियो । त्यो कथा लेख्न थाल्दा झण्डै १ घण्टा बित्यो । बाकी आधा घण्टामा अन्य प्रश्नको उत्तर लेख्नुपर्ने । एकघण्टासम्म जम्मा ६ नम्बरको सिध्याइएको थियो । थोरै भए पनि सबै प्रश्नको उत्तर दिनुपर्छ भनेर स्कुलिङ गरेको झट्ट सम्झे । अली–अली लेखेर कापी बुझाइदिए । पछि रिजल्ट आउदा अरु विषयमा राम्रो आए पनि त्यसमा जष्ट पासमात्रै भएको उनी बताउछन् । 'बुबाहरूले त"–त फेल भएको रहिछस् कृपाङ्क दिएर पास भएको भन्नुभयो । त्यसपछि त झन डर लाग्यो ।' उनी भन्छन् । एसएलसीको समयमा उनी बिहान २ घण्टा, साँझमा डेढ घण्टा पढ्ने गरेको सुनाउँछन् । त्यसपछि उत्तरमध्यमा, शास्त्री सेकेण्ड डिभिजनमा पास भए । २०२८ सालमा शास्त्री सकेपछि उनी अदालतमा विचारी पदमा जागिर खाए । त्यो बेला उच्च अदालत धरानमै थियो । तर, उनको पोष्टिङ भने इनरुवाको जिल्ला अदालतमा थियो । एमए पढ्ने उत्कट इच्छा थियो । तर, धरानमा नभएकाले उनी त्यसै खुम्चिए । बुबाले पढ भने पनि साथीको लहैलहैमा उनले पढाइ बिट मारेर जागिर तिर लागे । तर, विचारी पदमा जागिर खाएको ४–५ दिनमै उनलाई रहर म¥यो । संस्कृत पढेका उनी अदालती भाषा बुझ्न कठिन भयो । राजिनामा लेखेर जागिर त्याग्ने सोचेका थिए । तर, अर्का कर्मचारीले बेतलवी बिदा बस्न सुझाव दिएपछि उनी त्यसै गरेर काठमाडौं हानिए । काठमाडौं पुग्दा थाहा भयो त्रिभुवन विश्वविद्यालय विद्यार्थीको हड्तालका कारण बन्द भएको रहेछ । पहिलो पटक काठमाडौं पुगेका उनी केही दिनको बसाइपछि फेरि इनरुवा आएर काम थाले । २ वर्ष काम गरेपछि हैन, एमए पढ्नुपर्छ भन्ने लागेर उनले प्राइभेटबाट भर्ना भए । तर, उनको पहिलो वर्षको परीक्षाको मिति ट¥यो । तर, संयोगले त्यो बेला पनि क्याम्पसमा हड्ताल भएका कारण परीक्षा सरेको रहेछ । धरानकै साथीमार्फत् थाहा पाएपछि उनले परीक्षा दिए । छोटो अवधिमा राम्रै गरी उर्तीण भएपछि दोस्रो वर्षका लागि तयारीमा जुटे । दोस्रो वर्ष उनले क्याम्पसभरीमा प्रथम डिभिजन हान्ने विद्यार्थीमध्ये उनी तेस्रा भएको रहेछन् । अन्यबेला सामान्य विद्यार्थी उनी एमएमा गएर प्रथम डिभिजनमा पास भए । एमए पास भएपछि २०३४ सालमा काठमाडौं जागिर खोज्न गए । प्रथम श्रेणी ल्याएपछि जागिर खान सजिलो थियो । तर, भनसुन नगरी जागिर नपाइने भएपछि आफन्तमार्फत् काङ्ग्रेसका नेता नारायण खड्काले पब्लिक क्याम्पसमा जागिर लगाइदिए । सहायक प्राध्यापकमा ६ महिने अस्थायी नियुक्ति भयो ६५० रुपैयाँमा । २०३५ सालमा त्रिवि सेवा आयोग खुल्यो । उपप्राध्यापक र सहायक प्राध्यापक दुवैमा भरे । २०३६ सालमा उपप्राध्यापकमा स्थायी भए । त्यो बेलामा धरानमा कोटा खाली भएछ । नेपाली पढाउने प्राध्यापक माणिकलाल श्रेष्ठ क्याम्पस प्रमुख हुनुभएछ । त्यसपछि कोटा खाली भएको ठाउँमा २०३७ सालमा मिलाएर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा आइयो । २०४०–४२ सालमा विद्यावारिधि गर्न मन लाग्यो । तर २०४६ सालमा मात्रै विद्यावारिधिको लागि तयारी गरियो । भवानी भिक्षुको मनोविज्ञानका विषयमा विद्यावारिधि गरियो । २०५२ सालमा भाइवा सिध्धियो । त्यसपछि साहित्य पनि लेख्न थाले । उनी विद्याथीहरूलाई बुझेर शिक्षा आर्जन गर्न आग्रह गर्छन् । आफ्नो जमानाको जस्तो घोकन्ते विद्या भन्दा पनि बुझेर शिक्षा आर्जन गर्न सकेमा त्यसले कालान्तरसम्म फाइदा पुग्ने उनको बुझाइ छ । कतिपय विषयमा घोक्नु पनि पर्छ । तर, हिजोको जस्तो शिक्षा अहिले नभएकाले विद्यार्थीले राम्रो डिभिजन ल्याउनका लागि बिहान २ घण्टा र बेलुका डेढ घण्टा पढे एकदमै उत्तम हुने उनी बताउँछन् ।
2021/01/24 06:55:30
https://www.blastkhabar.com/news/2018/12/09/101163.html
mC4
बालुवा–गिट्टी उत्खनन: ५ मिटर भासियो आग्रा खोला – धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार ०७:२७ आग्रा खोला (धादिङ) — थाक्रे गाउँपालिकाको आग्रा खोलाबाट २०३० सालदेखि लगातार ढुंगा–गिट्टी र बालुवा दोहन भइरहेको छ । ४४ वर्षसम्म एउटै खोला लगातार दोहन गरिँदा त्यसको सतह करिब ५ मिटर भासिएको छ । पृथ्वीराजमार्ग कालोपत्रेको जिम्मा लिएको तत्कालीन चिनियाँ कम्पनीले यहाँको कालो ढुंगाको गिट्टीलाई गुणस्तरीय भएको प्रमाणित गरेपछि दोहनको शृंखला सुरु भएको थियो । अहिले पनि रोकिनुको साटो झनै बढेको कान्तिपुर दैनिकमा खबर छ । राजधानीमा घर निर्माण गर्न गिट्टीको माग बढेपछि तत्कालीन जिल्ला विकास समितिले २०५० सालमै वातावरण प्रभाव मूल्यांकन गराई दैनिक २ सय ५० घनमिटर (करिब ६३ ट्याक्टर) मात्रै ढुंगा–गिट्टी र बालुवा निकासी गर्न अनुमति दिएको थियो । तर उक्त मापदण्डको अवज्ञा गर्दै दैनिक ३ सय
2020/09/28 12:32:01
http://dhadingnews.com/?p=32029
mC4
पर्वतमा जागरण अभियान सुरु, यो जागरणले पार्टीलाई मजबुत पार्ने जोशीको दाबी | Sarathi News पर्वतमा जागरण अभियान सुरु, यो जागरणले पार्टीलाई मजबुत पार्ने जोशीको दाबी September 10, 2019 | 8:58 pm पर्वत, भदौ २४–नेपाली कांग्रेसको 'हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान'को दोस्रो चरण अभियान पर्वतमा शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर जागरण अभियान सुरु गरिएको हो । बिपि जन्मजयन्तीको प्रतीकस्वरूप १०६ वटा बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा रोपेर अभियानको जिल्ला व्यापी रूपमा शुभारम्भ गरिएको छ । पर्वतमा कुश्मा नगरपालिका वडा नम्बर ४ र फलेबास नगरपालिका वडा नम्बर ६ देबिस्थानमा अभियान सुरु गरिएको थियो । देविस्थानमा भएको अभियानमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले दोस्रो चरण जागरण अभियानले पार्टीलाई मजबुत बनाउन सहयोग पुग्ने बताए । पहिलो चरण जागरण अभियान पनि उत्साहपूर्वक सम्पन्न भएको बताउँदै दोस्रो चरण कार्यक्रममा पनि जनताको उत्साहपूर्वक सहभागिता हुने विश्वास ब्यक्त गरे । गाउँमा काग्रेस आउँदैन भन्ने गुनासोलाई सम्बोधन गरेर टोलस्तरसम्म विभिन्न कार्यक्रम गरेको भन्दै उनले स्थानीयस्तरबाटै नेता कार्यकर्ताले पार्टीमा एकता कायम गर्न र गुट–उपगुट अन्त्य गर्न सुझाव दिए । काँग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने र कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धिको सम्प्रेषण गर्ने अभियानको मुख्य उद्देश्य रहेको उनले बताएका थिए । सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी भन्दा परिश्रमीलाई महत्व दिन र सोहीअनुसार मूल्याङ्कन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको थियो । कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवम् गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले देशलाई सही बाटोमा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताए । काँग्रेसको राष्ट्रिय जागरण अभियानले पार्टीभित्र सामुहिक छलफल, समन्वय र सरसल्लाह, एकता, अनुशासन, सक्रियता, पुर्ण निष्टा, क्रियाशिलता बढाउने जस्ता कार्य गर्ने बताउँदै श्रेष्ठले कम्युनिष्टका बिरुद्ध एक ढिक्का भएर सशक्त ढंगले वैचारिक अभियान चलाउने बताए । उनले यो अभियान मुलुक र जनताको हितमा समर्पित भएकाले अभियानमा सहभागी भइदिन र सहयोग गर्न आह्वान समेत गरे । कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य एवम् पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले दुई तिहाईको सरकार जनतामुखी भन्दा कार्यकर्तामुखी भएको आरोप लगाएका थिए । प्रदेश ख का सभापति क्याप्टेन धनवहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धन्यवाद मन्तव्य महासमिति सदस्य गंगाधर तिवारी, स्वागत मन्तव्य नेपाली काँग्रेस फलेवास नगरसमितिका संयोजक हिरामणि सापकोटा र कार्यक्रमको संचालन क्षेत्रीय सचिव धर्म भुषालले गरेका थिए । यसैगरी प्रदेश क को जागरण अभियान पर्वतको कुश्मा नगरपालिका स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसवाट शुरु गरिएको छ । क्याम्पसको प्राङ्गढमा १०६ वटा विभिन्न प्रजातिका विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधी एवम् पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले जागरण कार्यक्रमले नेपाली काँग्रेसमा नयाँ उर्जा प्रदान गर्ने बताए । उनले एकताको सन्देश गाउँमा पुग्ने र गाउँका समस्या केन्द्रमा पु¥याउने गरि कार्यक्रम देशैभरि शुरु भएको पनि बताएकी थिइन । उनले अहिले दुई तिहाई वहुमतको सरकारले संसदमा जनताका आवाज सुन्न नचाहेको र जनताका आवाज बोल्ने प्रतिपक्षी साँसदको मुख थुन्ने काम गरेको भन्दै आपत्ती जनाइन । नेता खड्काले पर्वतमा काँग्रेसको राम्रो एकता रहेको र जनतामा काँग्रेसप्रति ठूलो भरोसा रहेको भन्दै जनताका हरेक दुखमा साथ दिँदै पार्टिलाई सहि दिशा दिन जिल्लाका नेताहरुलाई सुझाव दिइन । नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले दोस्रो चरणको जागरण अभियानले गाउँ गाउँका जनताका सुखदुख बुझेर अगाडी बढ्न मद्दत पुग्ने बताए । उनले पार्टिको यो अभियान ऐतिहासिक अभियान रहेको बताउँदै यो अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने लगायतले बोलेका थिए । क्षेत्रिय सचिव कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष रमेशबम मल्ल र संचालन सचिव कमल अधिकारीले गरेका थिए ।
2021/07/29 23:01:22
https://www.sarathinews.com/2019/09/62287
mC4
बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट दुई अभियन्ता सम्मानित | emadheshnews Home News Ticker बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट दुई अभियन्ता सम्मानित राजविराज, १६ साउन । सप्तरीको दुई अभियन्तालाई मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पु¥याएकोमा शनिवार बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गरिएको छ । राजविराजमा आयोजित कार्यक्रममा २९औं प्रकाश स्मृति दिवसका अवसरमा राजविराज–७ की अनीता देवकोटा र खडक नगरपालिका–८ की रुबी कर्णलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । उहाँहरुलार्ई पुरस्कारस्वरुप नगद ५ हजार एक सय पाँच रूपैयाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिएको छ । एकल महिला र उनीहरूमा आश्रितले भोगिरहेको गरिबी, विभेद र अन्याय विरुद्ध कटिबद्ध रही विभेदरहित, हिंसारहित र सम्मानित जीवन जिउनका लागि एकल महिलालाई सशक्त गराउने अभियानमा एकल महिला समूह सप्तरीको संस्थापक भई हाल प्रदेश २ की अध्यक्ष रहनु भएकी देवकोटालाई वर्ष २०७८ का लागि पुरस्कृत गरिएको हो । मानव अधिकारको रक्षा र प्रवर्धन, उपेक्षित, उत्पीडित एकल महिलाबारेको आमधारणा र व्यवहारमा परिवर्तन ल्याउन तथा सकारात्मक दृष्टिकोण बनाउन देवकोटाले निरन्तर आवाज उठाइ रहनु भएको छ । यसैगरी विद्यार्थीकालदेखि नै राजनीतिमा होमिई ग्रामीण भेगमा २०६४ सालमा सहकारी स्थापना गरी सिपमूलक, आयमूलक कार्यक्रम सञ्चालन गर्दै गरीब, असहाय, अल्पसङ्ख्यक, उत्पीडनमा परेका महिलाको चेतना अभिवृद्धिमा योगदान गर्नुभएकोमा कर्णलाई वर्ष २०७७ का लागि पुरस्कृत गरिएको छ । कोभिड–१९ को महामारीका कारण गत वर्ष पुरस्कार वितरण कार्यक्रम हुन सकेको थिएन् । बैद्य–प्रकाश मानवअधिकार कोष समितिद्वारा आयोजित कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले आफ्नो लागि नभई अरुको अधिकारको सम्मान गर्नु नै मानव अधिकार भएको बताउनु भयो । मानव अधिकारप्रति संविधान र दलहरु प्रतिबद्ध रहेकोमा गौरव महसुस गर्दै प्याकुरेलले मानव अधिकारको प्रगतिशील व्याख्या गर्न जरुरी रहेको र सबैभन्दा अपहेलित, पछाडि पारिएकाहरुलाई आत्मनिर्भर बनाउन आवश्यक भएको बताउनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा '२१ औँ प्रकाश मानव अधिकार पुरस्कार'बाट सम्मानित राजविराज–६ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषमा उहाँकी आमा चन्द्रादेबी झाले सामाजिक सुरक्षा भत्तावापत पाउनु भएको ५० हजार थप गर्नुभएको छ । पुरस्कार कोषका संस्थापक बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका उपप्रमुख साधना झा, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जेष्ठ नागरिक महासंघका प्रदेश २ अध्यक्ष शंकर शारदा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष भरत यादव, महिला शिक्षक मञ्जु श्रेष्ठले मानवअधिकारको चेतना गाउँ–गाउँसम्म पु¥याउनुपर्ने र सरोकारवाला निकायले मानव अधिकारको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । उक्त पुरस्कारबाट पहिलोपटक सुरुङ्गा नगरपालिका–४ का बलदेव राम, दोस्रो पटक छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक, तेस्रो पटक अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ का असर्फि सदा र चौथो पटक राजविराज नगरपालिका–६ का मनोहर पोखरेल सम्मानित हुनु भएको थियो । इन्सेकका संस्थापक महासचिव र मानव अधिकार संरक्षण मञ्चका आजिवन महासचिव काफ्लेको ४० वर्षको उमेरमा ०४९ साउन १६ गते थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा दुर्घटना हुँदा निधन भएको थियो ।
2021/09/18 04:27:59
https://emadheshnews.com/sub-354/
mC4
कांग्रेस बैठकमा आरोप प्रत्यारोपको जुहारी – Everest Dainik – News from Nepal कांग्रेस बैठकमा आरोप प्रत्यारोपको जुहारी काठमाडौं, साउन ८ । शनिबारदेखि राजधानीमा सुरु भएको प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु बीच आरोप प्रत्यारोपको जुहारी चलेको छ । दुई चारणको स्थानीय निर्वाचन सम्पन्न भएपछि समसामयिक राजनीति र स्थानीय निर्वाचनको समीक्षालगायत विषयमा छलफलका लागि जारी बैठकमा गुटउपगुटका नेताहरुबीच यस्तो जुहारी चलेको हो । बैठकमा भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भएको कमजोरीको समीक्षा गरी आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने सम्बन्धमा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा राखिरहेका भएपनि अर्को पक्षको कमीकमजोरी केलाउनैमा नेताहरु व्यस्त देखिन्छन । केन्द्रीय सदस्यहरुले २ नम्बर प्रदेशमा हुने स्थानीय तह तथा त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा सुझाव दिएको नेता रामकृष्ण यादवले जानकारी दिए । पार्टीको स्थिति सुधार गर्नका लागि गरिनुपर्ने सांगठनिक तयारी, निर्वाचनमा जनतामाझ लैजाने कार्यसूची तथा राष्ट्रिय राजनीतिमा पार्टीको प्रभावकारी भूमिकालगायत विषयमा छलफल जारी छ । बैठकमा प्रहरी महानिरीक्षक नियुक्ति, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, राजदूत नियुक्तिलगायत प्रकरणले निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुगेका बारेमा केन्द्रीय सदस्यले पक्ष विपक्षमा धारणा राखेका छन् । काँग्रेस नेता प्रदीप पौडेलले भने, 'काँग्रेसलाई घाटाहुने गरि गरिएका गतिविधि र निर्णयबारे पक्ष–विपक्ष नै छुट्टिएको छ ।' रामचन्द्र पौडेल पक्षधर नेताहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् भने, देउवा पक्षधर नेताहरुले त्यसको बचाउ गरेका छन् । बैठकमा पहिलो दिन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत २० केन्द्रीय सदस्यले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी विषयमा केन्द्रीत रहेर आ–आफ्नो धारणा राखेका थिए । पहिलो दिन रामचन्द्र पौडेल पक्षधर नेता महेश आचार्यले देउवालाई राजा बनाएर राख्न नसकिने बताएका थिए । बैठकको प्रारम्भमा काँग्रेस वरिष्ठ नेता पौडेलले पार्टीको समग्र स्थिति, निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको कारण तथा आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारेमा धारणा राखे । पौडेलले देउवा र आफु बुढो भइसकेकाले अबको नेतृत्व युवाले गर्नु समेत बताए । यद्यपि, देउवा पक्षधर नेता मीनबहादुर विश्वकर्माले नेतृत्व हस्तान्त्रण ड्राइभरले गाडीको सुम्पेजस्ता सजिलो नभएको भन्दै नेतृत्व कसले गर्ने भन्ने विषय पार्टी पद्धति र लोकतान्त्रिक प्रक्रियाले निर्धारण गर्ने बताए । उनले भने, 'वीपी समेत सर्वमान्य हुन नसकेर चुनाव लड्नु परेको थियो । सर्वमान्य बन्ने पर्यत्न गर्ने हो । अहिले पार्टी नेतृत्व एकल निर्णयले कहाँ अघि बढेको छ । शेरबहादुर देउवा सर्वमान्य नभएपनि बहुमतले त उहाँलाई पत्याएको छ ।' सर्वमान्य भएको ठाउँमा वैचारिक बहस कहाँ हुन्छ र रु अहिले केन्द्रीय समितिको बैठकमा उठेका कुराहरुलाई विरोधको रुपमा लिन नहुने उनको भनाई छ । उनले भनेका छन्, 'वैचारिक कुरा उठेका छन् । त्यसलाई सुझाब मान्नु पर्दछ । विरोधको रुपमा लिनु हुँदैन ।'
2020/01/28 00:00:39
https://everestdainik.com/2017/07/104339/
mC4
कोरोनाले ज्यानै लिँदैन, भान्सामा भएका यस्ता औषधिको गर्नुस् प्रयोग – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ। कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ । भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ। घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ । हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ। हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ । गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ । एकदमै थोरै सङ्ख्याका मानिसलाई मात्रै श्वास फेर्न गाह्रो हुन्छ, त्यस्तो समस्या नआओस् भनेर पनि आयुर्वेदिक औषधि खानु आवश्यक छ। धेरै जसको भनाइ छ, ''गुर्जोमा तीतो मात्रा बढी भएकाले रक्तचाप घटाउँछ, न्यून रक्तचाप भएकाले खानु हुँदैन ।'' वास्तविकता त्यो होइन, गुर्जोले रक्तचाप घटाउँदैन । तर पनि हामीले जुनसुकै औषधि पनि ठिक्कै खानुपर्छ । गुर्जोको धूलो (चूर्ण) हो वा काडा बनाएको हो त्यसमा भर पर्छ । काडा बनाएका छौँ भने एक पटकमा ४०–५० एमएल लिँदा फरक पर्दैन । गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो। यो समाचार गोरखापत्र दैनिकमा छ।
2022/05/22 10:48:25
https://hknepal.com/deshbidesh/archives/38793
mC4
सिमेन्टमा एमजिओ मात्रालाई लिएर विभाग र उद्योगीबीच बिवाद, यस्तो छ अन्तर्राष्ट्रिय मापदण्ड « Clickmandu सिमेन्टमा एमजिओ मात्रालाई लिएर विभाग र उद्योगीबीच बिवाद, यस्तो छ अन्तर्राष्ट्रिय मापदण्ड प्रकाशित मिति : १८ माघ २०७४, बिहीबार ०९:३५ काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ओपिसी सिमेन्ट उत्पादनमा ५ प्रतिशतभन्दा बढी म्याग्नेसीयम राखेको भन्दै केही दिन अगाडी एउटा सिमेन्ट उद्योगलाई कारबाही गरेको थियो । नेपालमा उत्पादन भएको सिमेन्टमा कुनै ग्रेडिङ छुट्याउने गरिएको छैन । ग्रेडिङ सिस्टम सुरुगर्ने बिषयमा सिमेन्ट उद्योग र विभागका बीच केही दिनयता वार्ता चलिरहेको छ । गे्रडिङको बिषयलाई लिएर सुरुभएको वार्तामा ओपीसी सिमेन्टको मापदण्ड परिमार्जन गर्नुपर्ने माग सरोकारवाला निकायले जोडदार रुपमा उठाएका छन् । त्यसमा पनि म्याग्नेसियमको मात्राको बिषय अहिले निकै चर्चामा रहेको छ । संसारले ६ प्रतिशतलाई मान्यता दिएर अगाडी बढेको म्याग्नेसियमको मात्रा नेपालमा भने ५ प्रतिशत हुनुलाई उद्योगीहरु गुणस्तर बिभागले अनुचित सौदाको लागि 'लुपहोल' बनाएर राखेको आरोप लगाउन थालेका छन् । कस्तो छ अन्तर्राष्ट्रिय मापदण्ड ? विश्वमा चीनले ५० प्रतिशतभन्दा बढी सिमेन्ट उत्पादन गर्ने गर्छ । यस्तै भारतले विश्वको २५ प्रतिशत र बाँकी २५ प्रतिशत यूरोप, अमेरिकालगायत देशले उत्पादन गर्ने गरेका छन् । म्याग्नेसियम (एमजीओ)को सन्दर्भमा चिनियाँ मापदण्ड 'जीबी' १७५ (२००७), भारतीय मापदण्ड 'आईएस' २६९ (२०१५) र अमेरिकाको मापदण्ड 'एएसटिएम सि' १५० मा यसको मापदण्ड ६ प्रतिशतसम्म भएमा त्यो गुणस्तरीय मानिने तोकिएको छ । सार्क मुलुकमध्ये पाकिस्तान र भारतमा ६ प्रतिशत र श्रीलंका, बंगलादेश तथा यूरोपीयन राष्ट्रमा एमजीओको कुनै सिमा तोकिएको छैन । यस्तै चीनमा एक्सपेन्सन टेस्टमा पास भए ६ प्रतिशत एमजीओ हुन सक्ने व्यस्था रहेको छ । यूरोप र इण्डोनेसिया लगायतका मुलुकमा यसको मापदण्ड अटोक्लभ तथा ले च्याटेलीयर एक्सपेन्सन टेस्ट भन्ने प्रविधिबाट गरिने व्यवस्था रहेको छ । एक्सपेन्सन टेस्टको व्यवस्था नेपालमासमेत रहेको छ । यसबाट एमजीओको कारण हुने एक्सपेन्सनको परिक्षण सोझै हुने भएकोले एमजीओको मापदण्ड राख्नु-नराख्नुको कुनै मतलव नहुने बिज्ञहरुको भनाई रहेको छ । नेपालमा बनेको गुणस्तर मापदण्ड अहिलेसम्म भारतको गुणस्तरको आधारमा बनेकोले अब संशोधन गर्ने परिपेक्ष्यमा नेपाल गुणस्तर ४९ मा गर्न लागिएको संशोधन भारतको 'आई एस' २६९ः (२०१५) अनुसार हुनु पर्ने माग व्यवसायीहरुले गरेका छन् । लाइमस्टोनमै हुन्छ एमजीओ नेपालको पाल्पा, गुल्मी, स्याङजा, अर्घाखाँची र दाङलगायतका जिल्लाहरुमा रहेका लाइमस्टोनमा प्राकृतिक रुपमा नै ४ प्रतिशत म्याग्नेसीयम पाइने गरेको छ । त्यस क्षेत्रको मात्रै लाइमस्टोनले क्लिङकर बनाउँदा करिब ६ प्रतिशत पुग्ने अबस्था रहेको छ । जुन अहिलेको गुणस्तर मापदण्ड अनुसार पर्दैन । १ टन क्लिङकर निर्माण गर्न १.५ टन लाइमस्टोन आवस्यक पर्छ । यसरी हेर्दा एक टन क्लिङकरमा ६ प्रतिशतको हाराहारीमा पुग्छ । म्याग्नेसीयमलाई जलाएर वा पगालेर हटाउन सकिदैन । यो प्राकृतिक रुपमै आउने गर्छ । यसलाई घटाउने उपाए नै कम म्याग्नेसीयम भएको क्लिङकर किनेर मिसाउने हो । जुन नेपालको पूर्विभागमा पाइन्छ । यसले उद्योगको लागत खर्च निकै बढाउँछ । अहिलेको प्रतिस्पर्धी बजारमा त्यस्तो उद्योगले प्रतिस्पर्धानै गर्न सक्दैन ।
2022/05/27 03:20:21
https://clickmandu.com/2018/02/41585.html
mC4
सुनसरी उवासंघ निर्वाचन, जातिय भोटले रोक्न सक्ला त सापकोटालाई ! | सु-सुचित नेपालको चित्र सुनसरी उवासंघ निर्वाचन, जातिय भोटले रोक्न सक्ला त सापकोटालाई ! सुनसरी उद्योग वाणिज्य संघको आउँदो २७ गते हुन गइरहेको निर्वाचनको सरगर्मीले धरान बजार तातिएको छ । विशेष गरी यस पटक केहि नयाँ र धेरै पुराना अनुहार विचको प्रतिष्पर्धाले बजार तातिएको हो । सुनसरी उवासंघको नेतृत्व हत्याउन स्थानीय निर्वाचनमा जस्तै कांग्रेस नेकपा विच भिडन्त सुनिश्चित भएको छ । यी दुवैले बाहिर खुलेर आकांक्षीलाई नबोकेपनि भित्रभित्रै सहयोग गरिरहेका छन् । उवासंघको निर्वाचनमा यस पटक नेकपा प्यानलबाट गिरीधारी सापकोटा अध्यक्षमा लड्दैछन् भने, कांग्रेसको कोटाबाट विजय श्रेष्ठ छन् । गिरीधारी सापकोटालाई पूर्व एमाले र पूर्वमाओवादी तथा सत्तारुढ साना दल समेतको साथ रहेको छ । यता नेपाली कांग्रेसको समर्थन पाएका विजय श्रेष्ठलाई कांग्रेसको साथ छ । उनी साना दलका उद्योगी ब्यापारी रिजाउन लागि परेका छन् । यसका अलावा श्रेष्ठलाई धरानका नेवार समुदायको पनि साथ छ । नेकपाका कतिपय भोटर्सले जातियताका आधारमा श्रेष्ठलाई भोट हाल्ने देखिन्छ । श्रेष्ठलाई सापकोटाको लोकप्रियतालाई रोक्न त्यत्ति सजिलो भने छैन । धरानका नेवारी समुदायका ब्यापारी तथा संघका पूर्वअध्यक्षहरुले समेत सापकोटालाई खुलेरै समर्थन गरेकाले पनि श्रेष्ठको 'दाँतमा ढुंङ्गा' लागेको छ । सापकोटाको समर्थनमा पूर्वअध्यक्ष अशोक ताम्राकार, विजय डाँगा, पवनकुमार अग्रवाल, गौरिशंकर अग्रवाल, मोहनकाजी शाक्य, सरोज श्रेष्ठ लगायतको साथ छ । 'साना उद्योगी ब्यापारीको समर्थनमा श्रेष्ठ कहिल्लै आएनन्, उवासंघमा रहँदा पनि यिनले हाम्रा समस्या समाधान गर्न चासो देखाएनन् ।' धरान महेन्द्रपथका कपडा ब्यापारी भन्छन्–'दिन दहाडै बजारमा ब्यापारीमाथि हातपात हुँदा आँखा चिम्लेर बस्नेलाई पुनः संस्थामा लगिँदैन ।' उनले भने । साना ब्यापारीहरुको चाहना हेर्दा सापकोटाको जीत सुनिश्चित छ । उवासंघको बर्तमान कार्यसमितिमा द्वितिय उपाध्यक्ष रहेका सापकोटा मात्र यस्ता ब्यक्ति हुन जो कार्यसमितिले गरेका गलत कृयाकलापमा समेत एक्लै काउन्टर दिन्थे । 'उद्योगी ब्यापारीका पक्षमा सडक देखि प्रहरी प्रशासन र हरेक निकायमा उभिने गिरिधारी नै हुन्, यसपटक साना ब्यापारीहरुको सबै भोट उनैलाई जान्छ ।' धरान मनिहारी तथा उपहार ब्यापार संघमा समेत रहेका एक ब्यापारी भन्छन् । उनी दुई दशकदेखि उवासंघमा सक्रिय छन् । धरानको राजनीति सदैव जातियताबाट प्रभावित हुन्छ । चाहे पार्टीगत होस चाहे कुनै संस्थामा नै किन नहोस् । यहाँ जसको बाहुल्यता छ संभवतः त्यसैले पकट जमाएको इतिहास छ । बर्तमान अध्यक्ष राजेन्द्र शाहको पालाको निर्वाचनलाई हेर्ने हो भने, उनी तीन पटक पराजित भएर जितेका हुन् । माडवारी र मधेशी र जनजाति समुदायको साथ पाएर उवासंघमा आउन उनलाई चार पटक चुनाब लड्नु पर्यो । उवासंघमा तीन पटक 'नेवारिज्म' हावी हुँदा शाहले पराजयको ह्याट्रिक नै गरे । चौथो पल्ट शाहले निर्वाचन जित्नकै लागि करोडौं सिध्याएका थिए । रक्सी र मासुको खोलो बगाएका थिए । शाह अगाडी सरोज श्रेष्ठ, मोहनकाजी शाक्य, अशोक ताम्राकार अध्यक्ष थिए । सापकोटाले धरानका नेवारी समुदायलाई मात्र विस्वास गर्दा धोका नहोला भन्न सकिन्न । पार्टीगत रुपमा फरक पार्टीबाट उठेपनि मनोज श्रेष्ठलाई जातियताको विराशत छ । बाहिर सापकोटालाई काँध थाप्नेहरुले नै मतदानमा धोका नदेलान् भन्न सकिन्न । यसर्थ, सापकोटाले धरानका माडवारी र मधेशी समुदायका उद्योगी ब्यापारीलाई पनि साथ लिनुपर्ने हुन्छ । माडवारीको भोट कता ? उवासंघ सुनसरीमा 'नेवारिज्म' हावी भइरहेको अवस्थामा माडवारी समुदायको उपस्थितिलाई पनि नजरअन्दाज गर्न सकिँदैन । गएको निर्वाचनमा नेवारी समुदाय विभाजित भएको थियो । कृष्णकुमार अग्रवाल र राजेन्द्र शाहविचको भिडन्तमा नेवारी समुदायको भोट बाँडियो । अन्तमा, माडवारी समुदायको भोट नै शाहलाई निर्णायक भयो । सुनसरी उवासंघमा करिब ५० प्रतिशत माडवारी, आदिवासी जनजाति र मधेशी समुदायको उपस्थिति रहेको छ । यस अवस्थामा मनोज श्रेष्ठको पक्षमा नेवारी भोट विभाजित भए सापकोटालाई फाइदा पुग्छ । त्यसो भन्दैमा उनले माडवारी र मधेशी समुदायलाई हातमा नलिए झिनै मतान्तरले भएपनि पराजय नहोला भन्न सकिन्न । तर, सापकोटा धरानका यस्ता ब्यक्ति हुन जो दुई दशक उवासंघमा रहेर निर्वाचनमा लडिरहँदा सर्वाधिक मत ल्याउने उम्मेद्वारमा गनिन्छन् । उनको लोकप्रियता नेवारी समुदायमा मात्र हैन, जनजाति, माडवारी र मधेशी समुदायमा पनि छ । कूल १ हजार ७ सय ४८ मतदाता मध्ये वाणिज्य तर्फ १ हजार ५५, उद्योग तर्फ ५९४, एशोशिएट तर्फ ८३ र वस्तुगत तर्फ १६ भोट रहेको छ । जसमा निर्वाचनबाट वस्तुगत खुल्लाबाट ८ जना र महिला कोटाबाट १ जना निर्वाचित हुनेछन् । उद्योगबाट ४ खुल्ला र १ जना महिला निर्वाचित हुनेछन् । एशोशिएटबाट ३ जना निर्वाचित हुन्छन् । वस्तुगत तर्फ शिवराज श्रेष्ठ, रामश्वरुप शर्मा सर्वसम्मत भइसकेका छन् । भने, वस्तुगत महिला सदस्यमा एलिना मगर सर्वसम्मत भइसकेका छन् । निर्वाचित समितिको पहिलो बैठकले ४ जना सदस्य मनोनित गर्नेछ भने सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवको रुपमा पदीय जिम्मेवारी तोक्ने ब्यवस्था छ ।
2019/09/21 20:10:42
https://www.onlinepana.com/news/17806
mC4
विप्लव समूह परित्यागको घोषणा | Ratopati personरासस exploreरुकुम access_timeसाउन ३२, २०७६ chat_bubble_outline0 रुकुम । नेत्रविक्रम चन्द 'विप्लव' समूहमा सक्रिय रुपमा संलग्न चार जनाले सो समूह परित्याग गरेका छन् । उनीहरुले शुत्रबmार जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई परित्याग गरेका हुन् । सो समूह परीत्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका ३० वर्षीय बटकुमार बुढा, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल, २४ वर्षीय महेश सुनार र रोल्पा थवाङ गाउँपालिका–१ खेराबवाङ घर भई हाल रुकुमपूर्व भूमे–२ गाबाङमा बस्दै आएका २५ वर्षीय बालकुमार बुढा रहेका छन् । उनीहरुले विज्ञप्ति निकालेर आजकै मितिबाट जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष सो समूहसँगका सबै नाता टुटाई आगामी दिनमा कुनै सम्बन्ध नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राम्रो काम गरेर सरलजीवन जिउनका लागि चारै जनालाई भूमे–४ का वडाध्यक्ष चङ्ख बुढामगर लगायतको रोहबरमा छाडिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।
2020/05/31 06:47:46
http://ratopati.com/story/97238/2019/8/17/netra-bikarm-chand-biplab-
mC4
पछिल्लो समयमा नेपाली लोक दोहोरिको बजार मा आफ्नो छुट्टै पहिचान बनाउदै आएको एक जोडि सुर्य खड्का र शिव अखेलिको लय र शब्दमा बजारमा आयको गित लाइदिम कि मोहनी अहिले पनि ट्रेनिङ मा रहेको छ । इश्वर थापा र देबी घर्तीको स्वरमा रहेको उक्त गित शिब अखेलीको शब्द रहेको गीतलाइ सुर्य खड्काले संगीत दिएका छन भने बिश्वास नेपाल ले संगीत संयोजन गरेका छन । फिल्मी शैलीमा छायांकन गरिएको गित को भिडियोमा नायक पल शाह र मोडल रियासा दाहाललाइ देख्न सकिन्छ। गित बजारमा आयको छोटो समयमा नै अहिले सबै दर्शक श्रोताको मन जित्न सफल भयको छ भने उत्तिकै टिकटक मा पनि देखिएको छ समाजिक सन्जाल फेसबूक देखि टिकटक युटुब जताततै गित को चर्चा भएको छ सुर्य खड्का युटुब च्यानल बाट सार्बजानिक गरिएको गित मा काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक बिष्टले सम्पादन गरेका हुुन । त्यसैगरी भिडियोको छायांकन अर्जुन तिवारी र टिमले गरेका हुन । भिडियोमा काजिश श्रेष्ठकै किरियोग्राफी रहेको छ। छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा निकै ठूलो उचाई प्राप्त गर्न सफल गीतलाई हाम्रो तर्फ देखि सफलताको धेरै धेरै शुभकामना सहित गीतको भिडियो तपाईंको लागी ।
2021/05/12 01:12:22
https://totalnewssewa.com/articles/81-3770
mC4
टस हारेर ब्याटिङ गर्दै वेस्टइन्डिज, टिममा को–कोले पाए मौका? – Everest Dainik – News from Nepal टस हारेर ब्याटिङ गर्दै वेस्टइन्डिज, टिममा को–कोले पाए मौका? काठमाडौंः इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा बंगलादेशले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु भएकाे छ । टिममा आज को-कोले पाए मौका? हेर्नस् जारी विश्वकपमा यी दुबै टोलीले पाँचौं खेल खेल्न लागेका हुन्। अंकतालिकामा वेस्ट इन्डिज–बंगलादेशको अवस्था समान छ । वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र समान अंक जोडेको बंगलादेश आठौं स्थानमा छन् । यी दुवै टोलीले एक–एक खेल जितेका छन् भने एक÷एक खेलमा हार भोगेका छन्। दुवै टोलीको एक÷एक खेल भने वर्षाका कारण रद्द भएको छ। हालसम्म यी दुई टिमबीच खेलिएको वान डे अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्यांकलाई हेर्दा भने वेस्ट इन्डिज बलियो देखिन्छ । यी दुई टोलीबीच वाने डे क्रिकेटमा हालसम्म ३७ पटक आपसमा भिडेका छन्। २१ खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने १४ खेलको नतिजालाई बंगलादेशले आफ्नो पक्षमा पारेको छ । दुई खेल भने नतिजाबिहीन सकिएको छ। यसैगरी विश्वकपमा यी दुई टोलीबीच भएको खेलमा पनि वेस्ट इन्डिज नै बलियो देखिन्छ। यसअघिका विश्वकपमा यी दुई टोलीबीच चार पटक भिडन्त भएको छ। तीन खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने एक खेल अनिर्णित रूपमा सकिएको छ। जारी विश्वकपमा वेस्ट इन्डिजमा जसन होल्डर र बंगलादेशमा मसरुफे मुर्तुजा कप्तान छन् ।
2020/04/08 01:23:18
https://everestdainik.com/2019/06/257420/
mC4
क्यानडामा नरेन्द्र प्यासीले गीत गाउने 23 Aug 2013 | 21:20pm क्यानडा — के भुल भयो प्रिया मसँग बोल्दिनौंका गायक गायक नरेन्द्र प्यासीको स्वर पहिलो पटक क्यानडामा सुन्न पाइने भएको छ। लाली गुराँस स्पोर्टस् एण्ड कल्चर क्लबको आयोजनामा टोरोन्टोसँगै जोडिएको शहर मिसिसागामा अगस्ट २४ मा उनको एकल प्रस्तुति हुन लागेको हो। क्लबले दोस्रो वर्ष यस पटक पनि नेपाली टिमबीच उत्तर अमेरिकाब्यापी भलिवल प्रतियोगिताको आयोजना सँगसँगै गायक नरेन्द्र प्यासीलाई पनि प्रस्तुत गर्न लागेको हो। क्लबले गत वर्ष गायक राजु लामाको एकल कन्सर्टको आयोजना गरेको थियो। क्लबका महासचिव तथा एनआरएन क्यानडाका उपाध्यक्ष अभिमन्यु बस्नेतले बिरानो देशमा खेलकूद र सांगीतिक कार्यक्रमका माध्यमबाट नेपाली भाषीलाई जोड्ने प्रयन्तका रुपमा कार्यक्रम गर्न लागिएको बताए। 'कार्यक्रममा विविधता थप्न यसपटक भलिबल प्रतियोगिता लगत्तै प्रख्यात नेपाली गायक नरेन्द्र प्यासीको प्रस्तुति पनि राखेका हौं', महासचिव बस्नेतले भने। यस पटकको प्रतियोगितामा अमेरिका र क्यानडाका हालसम्म ५ वटा नेपाली टोलीले भाग लिने पक्का भइसकेको छ। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न क्लबले तयारी गरिरहेको संस्थाले जनाएको छ। क्लबले गत वर्ष गायक राजु लामाको एकल कन्सर्ट गर्नुका साथै अन्य बिभिन्न सामुदायिक गतिविधि पनि सञ्चालन गरिरहेको छ।
2017/10/22 17:47:57
http://archive.nagariknews.com/diaspora/story/6253
mC4
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग जोडिएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग अनुरोध गर्ने बताएका छन् । पाँचदिने चीन भ्रमणमा जानुअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले अरनिको राजमार्ग आसपासका नागरिकको जीवनसँग जोडिएको र नेपाल–चीनको सीमापार व्यापारसम्बन्धको महत्त्वपूर्ण हिस्सा बनेको तातोपानी नाका खुलाउन प्रयत्न गर्ने बताए । त्यस्तै बुढीगण्डकी परियोजनाका विषयमा भने सरकारले अध्ययन गरिरहेको उनको भनाइ थियो । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत परियोजना चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) ले ठेक्का पाएको थियो । तर, देउवा नेतृत्वको सरकारले उक्त सम्झौता रद्द गरेको थियो । "बुढीगण्डकीको विषय अहिले भ्रमणको एजेन्डामा छैन," ज्ञवालीले प्रष्ट्याए, "पूर्ववर्ती सरकारले गरेका निर्णय हामी अध्ययन गर्दैछौँ ।" क्रस बोर्डर ट्रान्समिसन, पारवहन र पूर्वाधारका विषयमा छलफल क्रस बोर्डर ट्रान्समिसन, पारवहन र पूर्वाधारका विषय भ्रमणका एजेन्डा रहेको ज्ञवालीको भनाइ थियो । क्रस बोर्डर ट्रान्समिसन लाइनमा केरला र रसुवागढी नाकाको सम्भाव्यता अध्ययन भइरहेको बताउँदै मन्त्री ज्ञवालीले पारवहन सम्झौतामा भएको प्रगतिको समीक्षा गरिनेसमेत जानकारी दिए । त्यस्तै पूर्वाधारमा सडक, रेल्वे लगायतका विषय छलफल हुने उनले बताए । प्रधानमन्त्रीको भ्रमणको टुंगो छैन सन् २०१८ महत्त्वपूर्ण भ्रमणको वर्ष भएको दोहोर्याउँदै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने भए पनि मितिको टुंगो लागिनसकेको जिकिर गरे । "मैले कार्यभार सम्हालनेबित्तिकै भनेको थिएँ," उनले भने, "सन् २०१८ महत्त्वपूर्ण भ्रमण वर्ष हो । प्रधानमन्त्रीको उच्चस्तरीय चीन भ्रमण हुन सक्छ तर, मिति तय भइसकेको छैन ।" उनले द्विपक्षीय हितको सम्वद्र्धन र विकासका लागि भ्रमण केन्द्रित रहेको बताउँदै चीनसँग विगतमा भएको सम्झौता र सहमतिको मिहीन समीक्षा गरिने प्रष्ट्याए । चिनियाँ समकक्षी वाङयिको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँ जान लागेको बताउँदै वाङयिसँग द्विपक्षीय भेटघाट गर्ने ज्ञवालीको कार्यतालिका छ । भ्रमणपश्चात दुवैले संयुक्त रुपमा प्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले प्रष्ट्याए । बेइजिङ्ग बसाइको समयमा त्यहाँका उच्च नेतासँग भेटघाटको कार्यक्रम रहेको उनले बताए । बेजिङ्गमा रहँदा चाइनिज थिङ्कट्यांकको राउण्ड टेबल बैठकलाई सम्बोधन गर्ने त्यसपछि सिचुआँन प्रान्तको छेन्दु सहर पुग्न उनले बताए । सिचुआन प्रान्तको उच्च नेतृत्ववर्गसँग भेटघाट र सिचुआन विश्वविद्यालयमा हुने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यतालिका रहेको ज्ञवाली प्रष्ट्याउँछन् । भ्रमण दलमा चीनका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका अधिकारी र दूतावासका अधिकारी छन् ।
2019/02/23 01:48:39
http://baahrakhari.com/news-details/53348/2018-04-16
mC4
थाहा खबर: ठिमी नगरप्रमुखका अंगरक्षकद्वारा युवकमाथि हातपात प्रयास ठिमी नगरप्रमुखका अंगरक्षकद्वारा युवकमाथि हातपात प्रयास भक्तपुर : मध्यपुर थिमि–४, शंखधरचोकको मुख्य राजमार्गमा रहेको ढुंगा हटाउन खोज्दा नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अंगरक्षकले एक युवकलाई शुक्रवार हातपातको प्रयास गरेका छन्। सम्पदा संरक्षणका अभियन्ता बताउने मध्यपुर थिमि–७ नगदेशका अनिश वैद्यले शंखधरचोकमा रहेको ढुंगा हटाउन खोज्दा नगरप्रमुख श्रेष्ठका अंगरक्षक नगरप्रहरी रामकृष्ण प्रजापतिले हातपातको प्रयास गर्नुका साथै अपशब्द बोलेका हुन्। यो भिडियो अहिले सामाजिक सञ्जालमा 'भाइरल' भएको छ। नगरपालिकाले केही महिना अघि शंखधरचोकमा दुर्घटना न्यूनीकरणका लागि फुलसहितको गमला राखेको थियो। मुख्य चोकको थिमि प्रवेश गर्ने शाखा सडक र दधिकोट जाने सडक दाँयाँबायाँ फुलसहितको गमला राखी पैदल यात्रुल जेब्रा क्रसिङबाट मात्र बाटो काट्नुपर्ने व्यवस्था गरेको थियो। यसले चोकमा सवारी दुर्घटनामा न्यूनीकरण भए पनि सवारी साधनले ठक्कर दिएर गमला फुटेपछि हाल सो स्थानमा एउटा पनि गमला छैन। गमला नभए पनि नगरपालिकाले काठमाडौंबाट भक्तपुरतर्फ जाने लेनको बायाँ थिमितर्फ जाने सडकको किनारमा पहिले गमला राखिएको स्थानमा ढुंगा राखेको थियो। सोही ढुंगा हटाउने क्रममा नगरप्रमुखका अंगरक्षकले वैद्यलाई अपशब्द प्रयोग गर्नुका साथै हातपातको प्रयास गरेका हुन्। वैद्य केही समयदेखि नगरप्रमुख श्रेष्ठका खरो आलोचकको रूपमा परिचित छन्। उनले नगरप्रमुख श्रेष्ठका गतिविधिहरुलाई आलोचनात्मक ढंगले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने र नगरप्रमुखका सहयोगीसँग सामाजिक सञ्जालमा वादविवाद गर्दै आइरहेका थिए। वैद्यले राजमार्गमा राखिएको ढुंगा हटाउनु गल्ती भए जुनसुकै सजाय भोग्न तयार भएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत नै भनेका छन्, 'बाटोमा राखिएको ढुंगा हटाउन मेरो गल्ती नै हो भने पनि मलाई सम्बन्धित निकायले सजाय गरोस्। भोग्न तयार नै छु।'
2019/11/13 15:50:44
http://thahakhabar.com/news/72484
mC4
२४ दिनमा सडक निर्माण- प्रदेश १ - कान्तिपुर समाचार २४ दिनमा सडक निर्माण इटहरी ४ स्थित आधारभूत बस्तीको श्रमिकमार्ग स्थानीय सहभागितामा निर्माण पूरा गाउँले जुटे समयमै काम सकिने उदाहरण सुनसरी — सुनसरीको इटहरी– ४ स्थित आधारभूत बस्तीको श्रमिक मार्गका स्थानीय उपभोक्ताले जनसहभागितामा २४ दिनमै सडक निर्माण गरेका छन् । ४ सय ३१ मिटर लम्बाइको कच्ची सडकलाई 'इन्टरलकिङ ब्लक' प्रयोग गरेर छोटो समयमा निर्माण पूरा गरेका हुन् । इन्टरलकिङ ब्लक प्रयोग गरेर २४ दिनमै बनाएको इटहरीको श्रमिकमार्ग निरीक्षण गर्दै उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र उपभोक्ता समितिका पदाधिकारी ।तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर गत पुस २० देखि निर्माण थालिएको सडक माघ १४ मा निर्माण सम्पन्न गरिए पनि औपचारिक उद्घाटन शनिबार गरिएको हो । सडक निर्माण गर्नुअघि प्राविधिकले ४१ लाखको लागत इस्टिमेट र डिजाइन बनाएको थियो । तर उपभोक्ताले २८ लाख २ हजार रुपैयाँ लागतमा २४ दिनमै सडक तयार गरेर देखाएका छन् । सडक छेउका प्रत्येक उपभोक्ताले प्रतिफिट ५ सय ५० रुपैयाँका दरले आफ्नो भागमा परेको रकम संकलन गरेर उपमहानगरपालिकाले तोकेको बैंकमा जम्मा गरेका थिए । स्थानीय उपभोक्ताको चाहनाअनुसार स्थानीय तहले तदारुकताकासाथ चासो दिएर प्राविधिक सहयोग गरेमा रातारात सडक निर्माण गर्न सकिन्छ भनेर देखाउन सफल भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष विश्वेश्वर शर्मा पोख्रेलले बताए । सडकसँग हाल बसोबास गरेका ८८ परिवारको जमिनले छोएको छ । उनले भने, 'सहरको पहिचान भनेको फराकिलो सफा सडक नै हो । सडक नै नभएपछि के सहर ? इटहरी नगरबीचको यो करिव आधा किलोमिटरको श्रमिक मार्गलाई हामीले फराकिलो र सफा सडक भएको कल्पना गर्दै आएका थियौं । हामीले त्यसका लागि आधा प्रतिशत बजेट पनि घरघरबाट संकलन गर्‍यौं ।' उनका अनुसार स्थानीय उपभोक्ताले श्रमदान समेत गरेर इटहरी उपमहानगरपालिकाले लागतको आधा रकम अनुदान दिएपछि निर्माण सम्पन्न भएको हो । इटहरी– ४ का वडाध्यक्ष चन्द्र भट्टराईका अनुसार नगरपालिकाको १५ लाख रुपैयाँ अनुदानमा स्थानीय उपभोक्ताको १४ लाख ८२ हजार रुपैयाँ लागत सहभागितामा सडक निर्माण गरिएको हो । उनले भने, 'इन्जिनियर र अन्य प्रावधिकले उक्त सडकले ८० टन भार थेग्न सक्छ भनेका छन् । अलकत्रा प्रयोग गरेको कालोपत्रेको सट्टा वातावरण मैत्री इन्टरलकिङ व्लकले कम्तीमा २० वर्ष नभत्किने थाम्ने भनेका छन् ।' उनले ब्लक प्रयोग गरेको सडक कतै भत्किए त्यहाँ नयाँ ब्लक तत्कालै लगाएर जस्ताको तस्तै बनाउन सकिने भएकाले इटहरीका उपभोक्ताहरू यसै प्रविधिमा आकर्षित भएको बताए । स्थानीय उपभोक्ताले रातदिन नभनी लगातार निर्माण गरेको उक्त सडकको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले शनिबार उद्घाटन गरे । उनले आफ्नो टोलमा सुन्दर सडक निर्माण गर्न जनसहभागिता जनाएर विकास र समृद्धिका लागि योगदान दिने स्थानीय उपभोक्ताको मुक्तकण्ठले प्रशंशा गर्दै भने, 'यसरी नै इटहरीका अन्य चोक र टोलका बासिन्दा पनि जुर्मुराएमा चार वर्षमा इटहरी मुलुककै अब्बल उपमहानगर बन्नेछ । जनसहभागिताका लागि उपमहानगरपालिका सधैं साथ र सहयोग गर्न तयार छ ।' निर्माण सम्पन्न सडकले रेडक्रस चोकदेखि भेटघाटचोक हुँदै मोतीदेवी मार्ग जोड्छ । प्रकाशित : माघ २७, २०७५ ०९:१७ माघे झरीले किसान उत्साहित ताप्लेजुङ — असोजयता पानी नपर्दा किसानमा निराशा थियो । खेतीपाती सुक्न थालेका थिए । सिँचाइ गर्ने खोलानालामा पानी कम भएको थियो । माघ अन्तिमतिर भएको वर्षाले आशा त बढाएको छ, सँगै निराशा पनि ल्याएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बूको भालुगौंडेमा हिउँले ढाकेको तरकारी खेती ।तस्बिर : आनन्द गौतम/कान्तिपुर 'यही अनुपातमा तीन/चार दिन पानी परिदिए बालीहरू सर्लक्कै सर्थे,' मैवाखोला गाउँपालिका ३ फाकुम्वाका टिका प्रसाईंले भने, 'यदि यो रहनासाथ चर्को घाम लागे त्यसले भत्याकभुतुक बनाएर कुहाउँछ ।' अबको एक साता चर्को घाम नलागिदिए अलैंचीको उत्पादन सबैभन्दा राम्रो हुने प्रसाईं बताउँछन् । पेसाले शिक्षक समेत रहेका प्रसाईंका अनुसार तातेको जमिनमा चिसो पसेको छ र त्यो पनि तात्यो भने त्यसले बिगार गर्छ । यसको सबैभन्दा ठूलो जोखिम अलैंची खेतीमा हुने उनको अनुभव छ । फल निकालेपछि आफू तन्दुरुस्त बन्दै गरेको यो बेला र फल लगाउने चैतमा मौसमी अनुकुलता अत्यन्तै महत्त्वपूर्ण हुने फक्तालुङ गाउँपालिका ३ लिंखिमका वीरेन्द्र दाहाल बताउँछन् । उनका अनुसार 'चैत/बैशाखमा एक सातामात्रै घामपानी भइदिए सर्लक्कै मर्छ तर त्यही बेला घामपानी नभएर पानीको सिँचाइ गर्न सके राम्रो उत्पादन दिन्छ ।' त्यसअघि र पछि भने खासै डर नहुने उनले बताए । यो समस्या औल क्षेत्रमा बढी हुने गरेको छ । लेकमा भने हिउँ परेको वर्ष अलैंची उत्पादन बड्छ भन्ने मान्यता रहेको अलैंची व्यवसायी संघका अध्यक्ष बालमणी बराल बताउँछन् । उनका अनुसार हिउँ पर्दा मूलहरू रसाउने र चिसो लामो समय रहने भएकाले यसले राहत प्रदान गर्छ । गहुँ,तोरी लगायतका बालीमा भने यो वर्षाले राहत पुर्‍याएको किसानको अनुभव छ । सुकेटारका पासाङरिता शेर्पाका अनुसार गहुँ, जहुुँ, तोरी, आलु फल्ने क्षेत्रमा भने पानीले राम्रो गरिदिएको छ । २७ सय मिटरको यो क्षेत्रमा अलिअलि हिउँ पनि परेकाले गुण भएको उनले बताए । लामो समय वर्षा नहुँदा अलैंची खेतीमा समस्या भएको थियो । खुला ठाउँमा रहेको अलैंची संग्रग सुकेर बगान नै मर्न थालेको थियो । पानी नपरी गर्मी पलाएपछि झुसिल लगायतका किरा देखिन थालेका थिए । किरा लगायतको प्रकोपले तरकारी तथा अन्न बालीमा समस्या हुन थालेको थियो । पानीले माटो भिजाउनुकासाथै रोगकिरा नियन्त्रणमा सहयोग पुगेको छ । 'हाम्रो चाहनाले नहुने, हाम्रा लागि त पानी अझै परिदिए हुन्थ्यो भन्ने लागेको छ,' फुङलिङ नगरपालिका ६ का शिवकुमार गुरुङले भने, 'यतिले पनि केही न केही राहत पुर्‍याएको छ ।' हिउँले खायो तरकारी लेकाली क्षेत्रमा हिउँपर्छ भन्ने हरेक किसानलाई थाहा छ । तर, कुनै वर्ष नपरेर र कम परेर पनि मौसमले उनीहरूलाई झुक्याएको छ । यो वर्ष भने पटकपटक परेको हिउँले तरकारी बाली छपक्कै छोपेको छ । भालुगौंडेका किसान भत्तिहाङ लिम्बूका अनुसार हिउँले छोपेको सागपात, कोपी लगायतको माटो माथिका तरकारी हिउँ विलाएसँगै अब ओइलाउन थाल्छ । 'पहिला पात ओइलाउने र पछि बोटै मर्ने हुन्छ,' भत्तिहाङले भने, 'अब भएसम्म तत्काल बजारमा पुर्‍याएर बिक्री गर्नुपर्छ ।' अस्ति परेको हिउँले पूरै बोट नमारेपछि अब भने जोगाउन नसकिने उनको अनुभव छ । 'तातो र चिसोको समिश्रण हुने भएकाले अब जोगाउन सकिँदैन, उनले थपे । पाथीभरा क्षेत्रमा चौथो पटक हिउँ परिसकेको छ । विगतको तुलनामा बाक्लो हिउँ परेको भत्तिहाङ बताउँछन् । पछिल्ला वर्ष हिउँबाट जोगाउन किसानले टनेल बनाउने र त्यसभित्र खेती गर्ने पनि गरेका छन् ।
2020/02/25 08:29:32
https://ekantipur.com/pradesh-1/2019/02/10/154976953758648713.html
mC4
'विप्लव' नेतृत्वको नेकपालाई चुनावमा ल्याउनेबारे मन्त्रिपरिषद् बैठकमा छलफल नेपाल सरकार मन्त्रिपरिषद बैठकमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई स्थानीय तहको चुनावमा सहभागी गराउनेबारे छलफल भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहभागि हुने वातावरण बनाउन माग गर्दै आएको 'विप्लव' नेतृत्वको नेकपाका विषयमा मन्त्रिपरिषदमा औपचारिक रुपमा छलफल भएको हो ।.............. सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) अन्त्य भएको छ। प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर हिजो राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको जानकारी गराएका हुन् । .............. भारतले दार्चुलामा महाकालीको धार नेपाल तर्फ फर्कायो, स्थानीय आन्दोलित भारतले दार्चुलास्थित महाकाली नदीको धार नेपाल तर्फ फर्काएको छ । भारतले दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मा पर्ने महाकाली नदीमा एकलौटी तरिकाले नदीको धार परिवर्तन गरेको छ । .......... निर्वाचन आचारसंहिता २०७८, क-कसले पालना गर्ने ? निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बनाएको आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ । 'निर्वाचन आचारसंहिता, २०७८' मा विभिन्न २४ वटाभन्दा बढी सरकारी तथा गैर-सरकारी संस्था तथा त्यहाँ कार्यरत कर्मचारीले यो आचारसंहिताको पालना गर्नुपर्ने उल्लेख छ । आचारसंहिता उल्लंघन गरे सजायको समेत भागिदार हुनुपर्नेछ ।..... काँग्रेस बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनायोः केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्रमा चुनाव चिन्ह हरियो रङको बनाउन लागेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मोरङको रंगेलीमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ........ स्थानीय चुनावको मतपत्रमा चुनाव चिन्ह हरियो रङको छाप्ने निर्णयमा ओलीको आपत्ति पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीयल तहको चुनावको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको छाप्ने निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाएका छन् । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी स्थानीय तहको थुनावमा मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने जानकारी दिएको थियो ।......... सत्ता गठबन्धनमा संसद् विघटन र 'अर्ली इलेक्सन' बारे बहस सुरु सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा विघटन गरेर 'अर्ली इलेक्सन' गर्नेबारे बहस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगातार संसद् बैठक अवरोध जारी राखेपछि गठबन्धनमा आबद्ध ४ दलबीच त्यस किसिमको बहस सुरु भएको हो ।........... एमसीसी राष्ट्रको हितमा कार्यान्वयन हुनुपर्दछ-एमाले अध्यक्ष ओली प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।...... प्रतिनिध सभाको बैठक आज बस्दै, एमसीसीबारे छलफलको तयारी अमेरिकी सहयता परियोजना एमसीसीबारे छलफल गर्न प्रतिनिध सभाको बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको संसद बैठक आज बस्न लागेको हो ।.... आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने (कार्यसूचीसहित) अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गर्न भोली आइतबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयले आज भोलि आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।....
2022/05/17 07:04:06
https://www.samabhaav.com/tag/10
mC4
राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजारको विवरण « रिपोर्टर्स नेपाल बैतडी, १८ मङ्सिर: राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म पाँच हजार ४६३ जनाको विवरण सङ्कलन गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा उक्त कार्य जारी रहेकामा बाँकी चार हजार १८९ पुरुष र एक हजार २७४ महिलाको विवरण सङ्कलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिए । यसअघि सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले आफ्नो विवरण दिएर उक्त कार्यको सुभारम्भ गरेका थिए । पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम भइरहेकोे र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै सङ्कलन कार्य सुरु हुने जनाइएको छ । राष्ट्रिय परिचयपत्रले ब्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले अनिवार्य रुपमा पत्र बनाउनुपर्ने प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । विवरण सङ्कलन गरेर ल्याएपछि त्यसैको आधारमा परिचय पत्र बाँडिने छ । उनले भने, "नागरिकता पाएकै दिन सबै कागजपत्र पेस गरेमा परिचयपत्रका लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाएका छौ ।" बहुउपयोगी प्रमाणपत्रका रुपमा रहेको परिचय पत्र भएकाले अन्य परिचय पत्र साथमा राख्नुपर्ने झन्झट नहुने हुँदा विवरण दिन नहिचकिचाउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरे । । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्तिलाई आफ्ना नागरिकता र बुबा आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकताका सबै विवरणका साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरणका आधारमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।-रासस/File Photo
2022/01/26 19:32:13
https://www.reportersnepal.com/2021/12/617579
mC4
नकारात्मक सोचले कसरी निम्त्याउँछ रोग ? – आफ्नो प्रेरक संसार Bibas chetan — २८ जेष्ठ २०७५, सोमबार ०८:३३ 0 comment हाम्रो शरीर वाहिरवाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन भने टाउकोभित्र मष्तिस्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन शरीर एउटा शक्ति मात्र हो र यो इनर्जीमा कम्पन भइराखेको छ । शरीर नै शक्ति हो भने हाम्रा विचारहरु, भावनाहरु सवै शक्ति भए।
2021/04/20 03:12:13
https://afnonews.com/archives/4106
mC4
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित् | HamroPage.com प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित् काठमाडौं, २९ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही काठमाडौं आएका छन् । कर्णाली प्रदेशमा नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुग्दा शाहीविरुछ नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालको पहलमा शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका अधिकांश सांसद ब्याक भएपछि उक्त अविश्वासको प्रस्ताव तुहिएको छ । र, शाहीको पद जोगिएको छ । कर्णालीमा बढेको विवाद साम्य पार्न अध्यक्षद्धय केपी शर्मा ओली र दाहालबीच लगातार भेटवार्ता र छलफल भएको थियो । अन्ततः उक्त विवादबारे छलफल गर्न अध्यक्षद्धयले नेकपा कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलाईसकेका छन् । नेकपानिकट स्रोतकाअनुसार प्रायः सबै नेताहरु काठमाडौं आईसकेका छन् । मुख्यमन्त्री शाही यतिवेला अध्यक्ष दाहालको निवासमा छनु । दाहालले कर्णालीमा भएको विवादबारे शाहीकै मुखबाट ब्रिफिङ लिएका छन् । शाहीसँग सांसद निरज आचार्यपनि छन् । र, उक्त छलफलमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालपनि उपस्थित् छन् ।
2020/10/21 09:48:28
https://www.hamropage.com/60089
mC4
चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ « Nagarik Khabar प्रकाशित मिति : 24 November, 2021 8:58 pm काठमाडौं । गोदावरीबाट चोरीको मोटरसाईकल सहित एक जना युवकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोदाबारी नगरपालिका-१२ ठेचो, ललितपुर बस्ने छोरा वर्ष ३१ को विकेश महर्जनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । गोदाबारी नगरपालिका- १२ ठेचोबाट कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल बास्तविक नम्वर परिवर्तन गरि प्रदेश३ ०२-०१४ प १२८३ नम्वर हालेर चलाइरहेको प्रहरीले बताएकाे छ । उक्त मोटरसाईकलको वास्तविक नम्बर बागमती प्रदेश-०२-०१६ प १९३७ रहेको खुल्न आएको पनि उनले बताए । पक्राउ भएको मोटरसाइकल २०७७ सालको असोज महिनामा मुलपानीबाट हराएको भनी कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ७ माकलबारी बस्ने मनिस सेन्चुरीले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागि महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको छ ।
2021/12/01 23:53:38
https://nagarikkhabar.com/2021/11/227972/
mC4
धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू, यस्तो छ नीति नियम - Aarthiknews धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू, यस्तो छ नीति नियम काठमाडौं । नेपाल धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू भएको छ । सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्याङ्क एवं जानकारीहरुको समूचित अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका भएको भन्दै आ.व. २०७६।७७ को नीति तथा कार्यक्रम अनुरुप बोर्ड संचालक समितिको निर्णयानुसार बोर्डको सूचना प्रविधि नीति, २०७६ पारित गरी यही २०७६ श्रावणदेखि लागू गरिएको हो । सूचना प्रविधिको निरन्तर विकास तथा विस्तारबाट सिर्जित अवसरहरुको उच्चतम उपयोग गरी बजार नियमन तथा बजार गतिविधिलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन बोर्डले सूचना प्रविधिसम्बन्धी नीति पहिलो पटक ल्याएको हो । यस नीतिका प्रमुख उद्देश्यहरुमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सूचना प्रविधि पूर्वाधारको विकास विस्तार गर्ने, बजार नियमन तथा बजार गतिविधिहरुमा सूचना प्रविधिको उपयोगलाई बढाउने, बजारमा सूचना प्रविधिको प्रयोगलाई स्तरीय र मितव्ययी बनाई सूचना प्रविधिका साधन तथा पूर्वाधारको सुरक्षित रुपमा प्रयोग गर्ने, सूचना प्रविधिको व्यवस्थित एवं स्तरीय उपयोगमार्फत् धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशिल एवं विश्वसनीय बनाउने इत्यादि रहेका छन् । यसका अन्य मुख्य व्यवस्थाहरु देहाय बमोजिम छन् १. उपर्युक्त उद्देश्यहरु परिपूर्तिको लागि बजारमा विकसित तथा स्तरीय सूचना प्रविधि प्रणालीको स्थापना तथा विकास गर्ने, बजार अनुगमन तथा सुपरिवेक्षणका लागि सूचना प्रविधि प्रयोग गर्ने, साइबर अपराध न्यूनीकरण र गुणस्तरमा जोड दिने, गुनासो समाधान, लगानीकर्ता शिक्षा तथा तालिम कार्यक्रममा सूचना प्रविधिको प्रयोग गर्ने बजार सम्बन्धी सूचना तथा जानकारीहरुको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा गर्ने इत्यादि नीतिहरु राखिएका छन् । २. उपुर्यक्त नीतिहरुको कार्यान्वयनको लागि देहायका रणनीतिहरु अवलंबन गर्ने व्यवस्था गरिएको छ् ः बजार कारोबार, राफसाफ तथा फछ्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय एवं अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास अनुरुपको डिजास्टर रिकोभरी संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्ने÷गराउने । बजार नियमन, धितोपत्र बजार संचालन तथा केन्द्रीय निक्षेप सेवा, बजारका अन्य गतिविधिहरुमा प्रयोग गरिने सूचना प्रविधिका साधन र प्रणाली विकास तथा खरिद धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था(आएस्को)को सिद्धान्त र सफ्टवेयर सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी व्यवस्था गर्ने÷गराउने । बजार सम्बन्धी गतिविधिहरुको अनुगमन तथा सुपरिवेक्षण गर्न बजार सञ्चालक तथा नियमन निकायमा सूचना प्रविधियुक्त बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था गर्ने÷गराउने । सफ्टवेयर विकास वा अधिग्रहण, प्राविधिक मूल्याङ्कन, पूर्व हस्तान्तरण निरीक्षणका लागि उपयुक्त मानक ९क्तबलमबचमक० निर्धारण गर्ने÷गराउने । बजार प्रणाली र केन्द्रीय निक्षेप प्रणालीको संपरीक्षण गर्नुपर्ने व्यवस्था गर्र्ने÷गराउने । बजारसँग सम्बन्धित सूचना प्रविधि साधनहरुलाई स्तरीय, प्रभावकारी तथा विश्वसनीय बनाउन यस सम्बन्धी निर्देशिकाहरु बनाई लागू गर्ने÷गराउने । नियमन निकाय, बजार संचालक तथा अन्य पूर्वाधारहरुमा उपलब्ध सूचना तथा जानकारीको अभिलेख, प्रयोग तथा सुरक्षाका लागि विकसित एवं भरपर्दो सूचना प्रविधि संयन्त्रको स्थापना तथा विकास गर्ने÷गराउने । बजारसँग सम्बन्धित पक्षहरुले आ–आफ्नो क्षेत्रमा परेका तथा सम्बन्धित नीति तथा रणनीतिहरुको योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने÷गराउने । ३. बोर्डको सूचना प्रविधि नीति कार्यान्वयका लागि बोर्डका उप कार्यकारी निर्देशकको संयोजन रहने गरी ५ सदस्यीय समिति हुने व्यवस्था गरिनुका साथै उक्त नीति कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन बोर्डको उच्च व्यवस्थापनले गर्ने व्यवस्था समेत गरिएको छ ।
2020/02/24 16:15:55
https://aarthiknews.com/news/5108
mC4
फेसबुकमा राख्न नहुने ९ चिज – Peacepokhara.com एजेन्सी । हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता पनि झन् खतरामा पारेको छ । १) धेरै जना फेसबुकमा आफ्नो जन्मदिन सबैले हेर्न मिल्ने गरी राखेका हुन्छन् । तर तपाईंको जन्मदिन अन्य महत्वपूर्ण स्थानमा र डकुमेन्टमा पनि उल्लेख गरिएको हुन्छ । यसमार्फत तपार्ईंको बैंक अकाउन्ट र व्यक्तिगत पूरा विवरण जस्ता चिजमा सजिलै पहुँच पुर्‍याउन सकिन्छ । २) फेसबुकमा धेरै जनाले राख्ने अर्को चिज भनेको आफ्नो फोन नम्बर अर्थात् मोबाइल नम्बर हो । तर, मोबाइलन नम्बर सबैले देख्न मिल्ने गरी राख्नु राम्रो हुँदैन । यसमार्फत पनि तपाईंको व्यक्तिगत विवरणसम्म पहुँच पुर्‍याउन सकिन्छ । किनकि मोबाइल नम्बर पनि कयौं महत्वपूर्ण डकुमेन्टहरुमा उल्लेख गरिएको हुन्छ । साथै फोन नम्बरबाट तपाईं कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ । ३) फेसबुकमा जो मनलाग्यो त्यसलाई साथी बनाउने कामबाट पनि जोगिनु जरुरी छ । कतिपयले साथीहरुको संख्या धेरै देखाउनका लागि जसलाई पनि फ्रेन्ड रिक्वेस्ट पठाउने र रिक्वेस्ट आएमा एसेप्ट गर्ने गर्दछन् । फेसबुकमा भएको चिनजानको आधारमा विश्वास गर्दा कतिपयले आफ्नो पासवर्ड आदान प्रदान गर्छन् । पछि दुरुपयोग भएको जानकारी पाएपछि प्रहरीकोमा हारगुहार गर्न जान्छन् । त्यतिमात्रै होइन फेसबुकको निकटताले आपराधिक घटना भएका उदाहरण पनि छन् । त्यसैले राम्रोसँग नचिनेका व्यक्तिहरुसँग साथी नबन्दा नै बेस हुन्छ । किनकि तपाईंलाई कसैले व्यक्तिगत स्वार्थ पूर्तिका लागि पनि फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छ । त्यसैले जसलाई मनलाग्यो उसलाई साथी बनाउनु एकदमै खतरा हुन्छ । फेसबुक फ्रेन्ड बनाउने बेला निकै सावधानी अपनाउनु पर्दछ । ४) फेसबुकमा धेरैले आफ्ना साना बालबच्चाका वा किशोरावस्थामा पुगेका परिवारका सदस्यहरुको तस्वीर राखिरहेका हुन्छन् । यसो गर्नु पनि खतरनाक हुनसक्छ । यदि अझै पनि फेसबुकमा यस्ता फोटा छन् भने हटाइदिनु नै राम्रो हुन्छ । किनकि यसमार्फत् अज्ञात व्यक्तिले तपाईंको पूरै परिवारकोबारेमा जानकारी लिनसक्छ र यसको गलत प्रयोग पनि गर्न सक्छ । ५) धेरै व्यक्तिहरुले कुनै स्टाटस वा फोटोसँगै आफ्नो लोकेसन पनि राखेका हुन्छन् । कतिपयले त घरभित्रै बसिरहेको बेलामा पनि लोकेसन ट्याग गरेका हुन्छन् । यसबाट धेरैलाई थाहा हुन्छ कि तपाईं अहिले कहाँ हुनुहुँदो रहेछ भन्ने कुरा । यसो गर्दा अज्ञात व्यक्तिहरुले पनि तपाईंको घर कहाँ छ भन्ने कुरा वा तपाईं अहिले कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँछन् । ६) कतिपयले त कतै घुम्न जाने बेला घरबाट निस्किएकोदेखि लिएर अहिले कहाँ कहाँ पुगिएको छ भन्ने कुराको समेत जानकारी पलपलमा अपडेट गरेर जानकारी दिइरहेका हुन्छन् । तपाईंको यो बानीले कुनै अपराधिक तत्वलाई तपाईंमाथि आक्रमण गर्ने वा क्षति पुर्‍याउने मौका दिइरहेको हुनसक्छ । आजभोलि त केही बीमा कम्पनीहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिन थालेका छन् । कुनै व्यक्तिले सामाजिक सन्जालमा आफ्नो होलिडेको पूरै प्लान पोस्ट गरेको छ भने उनीहरुको इन्स्योरेन्स क्लेमलाई रिजेक्ट गर्न थालिएको छ । ७) धेरैजनाले फेसबुकमा आफ्नो बोर्डिङ पास सेयर गरेका हुन्छन् । तपाईंले ख्याल गर्नु भएको छ कि छैन, बोर्डिङ पासमा बार कोड राखिएको हुन्छ । यो बार कोडमा तपाईंको बारेमा विस्तृत विवरण हुन्छ जसबाट पूरै जानकारी लिन सकिन्छ । यसलाई प्रयोग गरेर एयरलाइन्स कम्पनीबाट तपाईंको बारेमा पूरै जानकारी निकाल्न सकिन्छ । ८) कुनै पनि स्थितिमा आफ्नो क्रेडिट कार्डको डिटेल्स फेसबुकमा सेयर नगर्नुहोस् । डाटा लीक हुँदा तपाईंको क्रेडिट कार्डको पूरै डिटेल्स सेयर हुनसक्छ । विदेशमा यस्ता एक दुई घटना भइसकेका छन् । फेसबुक आफैले पनि यसबारेमा प्रयोगकर्तालाई सचेत गराइसकेको छ । म्यासेन्जरमा पनि कसैलाई पनि क्रेडिट कार्डको डिटेल्स नदिनु नै राम्रो हुन्छ । ९) यदि तपाईं नयाँ सम्बन्धको खुसी साट्न चाहानुहुन्छ भने फेसबुकमा रिलेसनशीप स्टाटस अपडेट नगर्नुहोस् । पछि यदि रिलेसनशीप स्टाटस सिंगल गरियो भने तपाईंलाई समस्या पनि पर्नसक्छ ।
2019/06/18 07:06:57
http://peacepokhara.com/facebook-security/
mC4
'ए' डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखी शुरु Tuesday, 4 Dec, 2018 11:25 AM काठमाडौँ, १८ मंसिर–शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् । त्यस्तै आजै हुने दोस्रो खेलमा पुलिस र सङ्कटा क्लब भिड्ने छन् । नेपाल पुलिस क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित १० अङ्कका साथ पाँचौ स्थानमा रहँदा सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालीकाको चौथो स्थानमा छ । छैटौँ चरणका खेलअन्तर्गत बुधबार मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबसँग, ब्रिगेडब्वाइज क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ । रासस
2019/05/26 14:20:22
http://www.chakrapath.com/content/a-division-lig.html
mC4
प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउँदै | Ratopati personरातोपाटी exploreसुनसरी access_timeपुस १९, २०७८ chat_bubble_outline0 प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान आउने भएका छन् । उनी बिहान १० बजे धरान आइपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ । त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने बताइएको छ । बसपार्क अवलोकन पश्चात् प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मेयर सचिवालयले जनाएको छ । यसै गरी धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले भोली सार्वजनिक बिदा दिएको छ ।
2022/05/20 20:08:09
https://ratopati.com/story/214287/2022/1/3/deuba-dharan-
mC4
सुरु भयो भर्ना अभियान- गण्डकी - कान्तिपुर समाचार सुरु भयो भर्ना अभियान बागलुङ — उमेर भएर पनि पढ्न नगएका सबैलाई अनिवार्य भित्र्याउने लक्ष्यका साथ आइतवारदेखि सामुदायिक विद्यालयमा बालबालिका भर्ना अभियान सुरु भएको छ । जिल्लामा बालबालिका १ प्रतिशतमात्रै विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ । सबै विद्यालयमा बालबालिकालाई विद्यालयमा स्वागत गर्ने तथा भर्ना गर्ने अभियान थालिएको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए । देशभर ७ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक छ । बागलुङमा थोरै मात्र बाहिर रहेपनि यो वर्ष सबैलाई विद्यालयमा पुर्‍याउने लक्ष राखिएको उनले बताए । सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५८ हजार बालबालिकालाई भर्ना भएकै दिन पुस्तक उपलब्ध गराउने कार्यालयले तयारी समेत गरेको छ । आधारभूत तहको पुस्तक निजी विक्रेताबाट र मावि तहको पुस्तक सरकारी तहबाट उपलब्ध गराउने तयारी गरेको हो । बागलुङका सामुदायिक विद्यालयको आधारभूत तहमा ३० हजार २ सय ८२, कक्षा ६ देखि ८ मा १६ हजार ५ सय ३२ र कक्षा ९ र १० मा १० हजार ७ सय ९१ विद्यार्थी छन् । भर्नामा छुट्नेमा मजदुर, दलित बस्ती र घुम्ती बसाइ भएका स्थानमा बालबालिका रहेको जिल्ला शिक्षाको तथ्यांकमा छ । त्यस्ता बालबालका भर्ना गर्न बस्ती र खेतवारीमा पुगेरै भएपनि अभिभावकलाई संझाउने योजना बनाएको शाखा अधिकृत सरिता शर्माले बताइन् । ढोरपाटन आसपासका क्षेत्रमा भने विपन्नताको कारण बालबालिका मेलापातमा जान बाध्य भएपछि भर्ना भएकाले पनि छाड्ने दर छ । अभियान स्वरुप बैसाख १४ सम्म विद्यार्थीलाई फुलमाला लगाएर मुस्कानसहितको स्वागत गर्ने, १४ देखि ३० सम्म घरघरमै बालबालिका खोज्ने कार्यक्रम राखेको छ । बैसाख ५ लाई पाठ्य पुस्तक दिवशसमेत मनाउने शिक्षाको योजना छ । उनीहरूलाई टिकाई राख्नका लागि विभिन्न संघसंस्थामार्फत सहकार्य बढाउने, छात्रवृत्ति, खाजा तथा अभिभावकलाई रोजगारीको अवसर सिर्जना गर्न पहल गर्ने समेत उनले बताए । सबै पुस्तक वितरण गर्ने भनिएपनि आधारभूत तहका कक्षाका छिटपुट एक/दुइ विषयको पुस्तक भने आइ नसकेको व्यवसायीले बताए । प्रकाशित : वैशाख ३, २०७५ ११:०३ प्रदेश मन्त्रालय नै आर्थिक मामिलामा अनभिज्ञ लेखनाथ — प्रदेश ४ को सरकार नीति तथा कार्यक्रम ल्याउने तयारीमा छ । तर, आर्थिक मामिला तथा योजना मन्त्रालय नै प्रदेशको आर्थिक अवस्थाबारे अनभिज्ञ छ । मन्त्री किरण गुरुङले आइतबार प्रदेशको आर्थिक अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन् । 'हामी कहाँ छौं, हामीलाई पत्तो छैन,' उनले भने, 'हामीसँग तथ्यांक र सूचकांक छैन ।' प्रदेशको योजना तर्जुमा तथा सुझाव संकलनका लागि पोखरामा आयोजित गोष्ठीमा उनले अर्थतन्त्र अस्तव्यस्त रहेको बताए । 'हामीले पोखरालाई पर्यटनको राजधानी भनेका छौं,' उनले भने, 'जीडीपी (कुल गार्हस्थ उत्पादन) मा यसको कति योगदान छ, त्यो पनि थाहा छैन ।' तथ्यांकको अभावमा नीति निर्माणमा असर परेको उनले स्वीकारे । मन्त्रालय तथ्यांकको खोजीमा रहेको र यहाँको वास्तविकता बुझेर नै आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माण गरिने उनको भनाइ थियो । केन्द्रीय सरकारले दिएको १ अर्ब २ करोड रुपैयाँमा टेकेर तीन महिनाका लागि आउने बजेटलाई उनले पूरक वा आवधिक नभएर ऐतिहाासिक हुने दाबी गरे । संघीयता कार्यान्वयनका लागि आउने बजेटमा विकास निर्माणका कामलाई खासै रकम विनियोजन नहुने उनले प्रष्ट पारे । 'यो तीन महिने बजेटमा विकास निर्माणका कुरा आउने छैनन्,' उनले भने, 'तर जनताको अपेक्षा पूरा गर्न नसके निराशा आउन सक्नेमा हामी सचेत छौं ।' मुखले भन्दैमा भ्रष्टाचार शून्यमा नझर्ने बताउँदै उनले ई–गभर्नेन्सले मात्र केही हदसम्म तल झर्ने उनको विचार थियो । उद्योग वाणिज्य महासंघ प्रदेश ४ का अध्यक्ष सञ्जीवबहादुर कोइरालाले संघीयता कार्यान्वयनको चरणमा निजी क्षेत्र आशा र आशंकाले घेरिएको बताए । उनले भने, 'हामीलाई यतिबेला कर प्रणाली पारदर्शी हुने, उद्योग व्यवसाय गर्दा अनावश्यक झन्झट व्यहोर्न नपर्ने, हाम्रो योगदानको कदर हुने अपेक्षा छ ।' खर्चिलो मानिएको संघीयता कार्यान्वयनको बोझ करको रूपमा उद्योगी/व्यवसायीको काँधमा थमाइने आशंकाले निजी क्षेत्रमा डेरा जमाएको उनले जनाए । 'प्रदेश सरकारले व्यवसायीको यही भ्रम निवारण गर्न सके ठूलो उपलब्धि हुनेछ,' उनले भने । उनले कृषिमा आत्मनिर्भरता, जलविद्युतमा लगानी सहजता, हस्तकला र जडीबुटीको व्यवसायीकरण, उत्तर–दक्षिणका नाकासम्म सहज यातायात व्यवस्थाले मात्र यो प्रदेशको विकास सम्भव हुने उपाय सुझाए । प्रदेश सांसद विन्दुकुमार थापाले प्रदेशमा देखिएको पुँजी अभाव कम गर्न अन्तर्राष्ट्रिय बैंकलाई भित्र्याउन पहल गरिनुपर्नेमा जोड दिए । जग्गा प्राप्ति र मुआब्जा वितरणमा देखिएको समस्या समाधानका लागि छिट्टै ऐन ल्याउनुपर्ने उनको सुझाव थियो । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक पालिखेले तनहुँको खैरेनीटारदेखि सुस्तासम्मको सडक स्तरोन्नतिका लागि विशेष कदम चाल्न आग्रह गरे । पोखरामा क्रिकेटको स्टेडियम निर्माण गरी खेल पर्यटनको विकास गर्नुपर्ने, पोखरालाई शैक्षिक, स्वास्थ्य एवं पर्यटनको केन्द्र बनाउनुपर्ने, व्यवसायीलाई अनुगमनको नाममा अनावश्यक दु:ख दिन नहुनेलगायतका सुझाव उनले दिए । लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरिले स्थानीय निकायमा दामासाहीले बाँडिने बजेट अनुत्पादक भएकाले उक्त प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरे । आफ्नो १९ बुँदे सुझाव पेस गर्ने क्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुले न्यून बिजकीकरणको अन्त्य हुनुपर्ने, घरभाडा सम्बन्धमा देखिएको समस्या समाधान गर्नुपर्ने, करमैत्री प्रशासनयन्त्र निर्माण, साना उद्योगलाई प्रोत्साहन एवं कृषि उद्योगमा कर छुट, फेवाताल लगायत तालको संरक्षण गर्नुपर्ने विषय उठान गरे । व्यवसायीलाई कर तिरेको आधारमा राज्यबाट सम्मान मिल्नुपर्नेमा उनको जोड रहेको थियो । सूर्य नेपालका वाणिज्य प्रमुख गौतमकुमार यादवले विभिन्न तहबाट लिइने करको अन्त्य हुनुपर्ने, बिजुली, पानीजस्ता आवश्यक पूर्वाधारको व्यवस्था हुनुपर्ने, दक्ष जनशक्तिका लागि प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने सुझाव दिए । मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुंगानाले वाणिज्य ऐन प्रादेशिक सरकार मातहतमा ल्याउनुपर्नेमा जोड दिए । फर्निचर व्यवसायी महासंघका अध्यक्ष भूपेन्द्र गिरीले स्वदेशी उद्योगलाई प्राथमिकता दिने नीति निर्माण गर्नुपर्ने सुझाए । पर्यटन व्यवसायी हरि शर्मा गैह्रेले पर्यटन उद्योगलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने बताए । ओम बैंकका कार्यकारी प्रमुख विश्वमोहन अधिकारीले सामान्य वाइफाइ नि:शुल्क क्षेत्रको उद्घाटनमा समेत मुख्यमन्त्री र मेयर जानु अनुत्पादक क्षेत्रलाई बढावा दिनु भएको आरोप लगाए । '१० हजारले हुने कामका लागि समय खर्च गर्नु राम्रो होइन, त्यो प्रचारमुखी काम हो,' उनले भने, 'उत्पादनशील क्षेत्रमा काम गर्ने बेला आएको छ, हामीसँग भएको काम गर्न सक्ने जनशक्तिलाई प्रयोग गर्न योजनासाथ अगाडि बढ्नुपर्छ ।' उनले देशमा मौलाएको 'क्रोनिक क्यापिटालिजम' को जालो नफालेसम्म उन्नति हुन गाह्रो रहेको तर्क गरे ।
2019/03/24 01:20:18
https://www.kantipurdaily.com/pradesh-4/2018/04/16/152385589679592626.html
mC4
नेपाली विद्यार्थी १० दिनदेखि युक्रेनको बंकरमा ! – Nepal Online Khabar फागुण २२, २०७८ आइतबार 241 काठमाडौँ : फेब्रुअरी २४ को बिहान पौने ६ बजे युक्रेनको लुहाक्समाथि रुसले प्रहा'र गरेका बम झर्न थाले । त्यो बिहान दाङका ईश्वर पोखरेलसहित ६ नेपाली विद्यार्थी लुहा'क्सको तारसस्थित सेप्चेन्को विश्वविद्यालयको होस्टलमा सुतिरहेका थिए । बमको आवाजले उनीहरूलाई झ'स्कायो । 'होस्टलको वार्डेनले कोठाबाट निस्केर बंकरमा जान भने, हामी अगाडि जे–जति कपडा भेट्यौं, त्यो ब्यागमा हालेर निस्कियौं, तीन मिनेटको दूरीमा रहेको कलेजमा पुग्यौं,' ईश्वरले फोनमा भने । होस्टलमुनि लुक्न मिल्ने बंकर थिएन । कलेजमुनि भने लुक्ने बंकर बनाइएको छ । उनीहरूलाई वार्डेनले बं'करमा लगे । कलेजवरिपरि घर भएका बासिन्दा पनि बालबच्चा लिएर त्यहीं आए । ईश्वरसँगै दाङकै राजन केसी, पर्शुराम डाँगी, कमल पोखरेल, किशोर पोखरेल, अरुण पोखरेल र सुर्खेतका दीपकसिंह सुनुवार छन् । उनीहरू पहिलो दिन बिहान ६ बजेदेखि अर्को दिन ६ बजेसम्म त्यहीं बसे । 'मरिन्छ कि बाँचिन्छ भनेर त्रसि'त छौं,' उनले भने । उनीहरू शनिबार साँझसम्म बंकरमै छन् । बाहिर रुसी सेनाले बम झारिराख्दा उनीहरूलाई आफ्नै टाउ'कोमाथि झरिरहेको जस्तो लाग्छ । 'बम र गोली वर्षाको आवाज यति आउँछ कि बाहिरको संसार नै ध्वस्त भएझैं लाग्छ,' उनले भने । ईश्वर रुसले आ'क्रमण गर्नुभन्दा १४ दिनअगाडि एकवर्षे भाषा अध्ययनका लागि युक्रेन पुगेका थिए । उनलाई नेपाली एजेन्टले भारतको नयाँदिल्लीका शैक्षिक पराम'र्शदाता (कन्सल्टेन्सी) मार्फत युक्रेन पठाएका हुन् । 'भिसा प्रक्रिया सुरु गरेको ४० दिनभित्र युक्रेन आयौं, एक वर्ष भाषा सिकेर व्यवस्थापन पढ्ने योजना थियो,' उनले भने, 'कलेजलाई एक वर्षको शुल्क १५ सय डलर बुझाइसकेका छौं । बस्ने र खाने खर्च भने आफ्नै छ ।' कलेज जान सुरु गरेको केही दिनमात्रै भएको उनले बताए । 'हामी आउने बेला सीमाबाट रुसका ट्यां'कर फिर्ता भए भन्ने सुनेका थियौं, वार नै हुने भए किन भिसा दिन्थेजस्तो लागेको थियो,' उनले भने, 'दुई दिनअघि कलेजलाई सोध्दा पनि यति छिट्टै यु'द्ध हुन्छ भन्ने थिएन । रुसको आ'क्रमण भूकम्प आएजस्तै भयो । आठ लाख तिरेर युक्रेनमा मर्न पो आइएछ कि जस्तो लाग्न थालेको छ ।' बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ । 'बिहान हुनासाथ रुसले ब'म र गो'ली प्रहा'र गर्न थाल्छ, गोली आफूतिरै आउला, बम आफ्नो भवनमा झर्ला कि भनेर जतिखेर पनि त्रा'स भइरहन्छ,' उनले भने, 'सुनसान भएजस्तो लागेर खाना बनाउन होस्टल आउँदा कहिले पकाउँदा पकाउँदै छोडेर भाग्नुपर्छ, कहिले पस्किएको खाना छोडेर हिँड्नुपर्छ ।' उनीहरूले लुहाक्स छोड्न सकेका छैनन् । त्यहाँबाट स्लोभाकिया र पोल्यान्डको बोर्डर जाने लभिभ पुग्न २ सय १० किलोमिटर टाढा रहेको खर्किभ रेल स्टेसन पुग्नुपर्छ । सवारीसाधन केही चलेका छैनन् । 'ट्याक्सीलाई खर्किभसम्म लगिदेऊ, एक जनाको दुई सय डलरसम्म तिर्छौं भन्दा पनि मानेनन्, हिँडेर त्यो ठाउँमा पुग्न सकिँदैन,' दीपकले भने । खर्किभबाट रेल चढ्न पाए मात्रै लभिभ पुग्न सहज हुने उनले बताए । उनले भने, 'सम्पर्कमा आएजति सबैले निस्क भन्छन्, फुत्त निस्केर हिँड्ने अवस्था छैन ।' उनीहरूले लुहा'क्सबाट बाहिर निस्कनका लागि प्रहरीको सहयोग खोजेका थिए । प्रहरीले उल्टो अफगानीहरूलाई पनि लिएर बंकरमा जाऊ भनेर पठाइदिए । उनीहरूसँग भएको खाद्यान्न पनि रित्तिन थालेको छ । पाउरोटी र चिप्सकै भरमा दिन कटाइरहेका छन् । '७ दिनपछि शनिबार बिहान बजारमा गएका थियौं, पसलहरू खाली छन्,' किशोरले भने । उनीहरू बसेको बंकरमा चार जना श्रीलंकाली र तीन जना अफगानिस्तानी विद्यार्थी छन् । युक्रेनसँग संघर्षको दसौं दिन रुसले मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि भन्दै दुई सहरमा अस्थायी यु'द्धविराम घोषणा गरेको छ । मरिपोल र भोल्नोभाखाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ । ईश्वरले आफूहरू रहेको ठाउँबाट मरिपोल र भोल्नोभाखा टाढा रहेको बताए । युक्रेन मामिला हेरिरहेका जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले ६ नेपाली विद्यार्थीको सकुशल उ'द्धार प्रयास भइरहेको बताए । दूतावासका अनुसार ५ सय ११ जना नेपालीले युक्रेन छाडिसकेका छन् । तीमध्ये पोल्यान्डमा ४ सय ३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना प्रवेश गरेका छन् । दूतावासले युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रूपमा सुरक्षित रहेको पश्चिम क्षेत्रतर्फ गइरहेको जनाएको छ ।
2022/05/26 14:20:04
https://www.nepalonlinekhabar.com/archives/2800
mC4
उपकरण ढुवानी समस्याले नलसिंहगाडको काम प्रभावित काठमाडौँ, मङ्सिर २८ गते । भौगोलिक विकटताले अध्ययन गर्न आवश्यक उपकरण ढुवानीमा कठिनाइ भएपछि नलसिंहगाड जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । जाजरकोट जिल्लाको दुर्गम ठाउँ लैखाममा निर्माण हुन थालेको यो जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्ने कामका लागि आवश्यक उपकरण ढुवानी गर्न कठिनाइ भएपछि काम प्रभावित हुने भएको हो । यद्यपि आयोजनाको प्रवद्र्धक नलगाड हाइड्रोपावर कम्पनीले भने निर्धारित समयमा विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य सम्पन्न गरिने दावी गरेको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारीका अनुसार सङ्घ र प्रदेशको निर्वाचन अघि नै नेपाली सेनाको हेलिकोप्टरबाट बाँध र पावरहाउस निर्माणस्थलको अध्ययनका लागि प्रयोग गरिने उपकरण ढुवानी गर्ने योजना बनाइएको थियो तर सेनाको हेलिकोप्टर निर्वाचन आयोगको काममा प्रयोग गरिने भएकाले ढुवानी गर्न ढिलाइ भएको हो । आयोजनाको पावर हाउस निर्माण हुने लैखाम र बाँधस्थल बाह्रकोटसम्म हालसम्म सडक मार्ग पुग्न सकेको छैन । आयोजनाले जाजरकोटको कालीमाटीबाट लैखामसम्मको ११ किलोमिटर सडक मार्ग निर्माण गरिरहेको छ । प्रमुख कार्यकारी अधिकृत भण्डारीले भन्नुभयो, "निर्वाचनका बेला सेनाको हेलिकोप्टर खाली नहुँदा सामान ढुवानी गर्न सकिएन । अब चुनाव सकिएकाले तत्कालै नेपाली सेनासँग समन्वय गरेर अत्यावश्यक उपकरण ढुवानी गरिने र आयोजनाको अध्ययनको कार्यलाई अगाडि बढाइनेछ । " सन् २०१२ मा नेपाल विद्युत् प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनमा ४१० मेगावाट उत्पादन गर्नसकिने देखाएको छ । यसको विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्न नलसिंहगाड जलविद्युत् आयोजना विकास समिति खडा गरिएको थियो । गत वर्ष जेठ महिनामा यो आयोजनासहित बूढी गण्डकी जलविद्युत् आयोजना विकास समिति खारेज गरी यो आयोजनालाई कम्पनी मोडलमा निर्माण अगाडि बढाउने सरकारले निर्णय गरेको थियो । जाजरकोटको लैखाममा पावर हाउस र बाह्रकोटमा बाँध निर्माण गरिने भएको यो आयोजनाको पावर हाउस, बाँध स्थल, प्रसारण लाइन निर्माणका लागि ती स्थानको माटो, चट्टान, पानीको बहाव, भूक्षयको अबस्थालगायतको भौगर्भिक अध्ययनका लागि चाहिने ड्रिल मेसिन, जेनेरेटर ढुवानी हालसम्म हुन नसक्दा काम प्रभावित भएको बताइएको छ । विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्नका लागि स्मेक इन्टरनेसनल कम्पनी अष्ट्रेलिया, एमडब्लुएच अमेरिकासँग सन् २०१६ मे ५ मा ठेक्का सम्झौता भएको थियो । ३० महिनाको समयावधि पाएको ती संयुक्त कम्पनीले निर्धारित समयमै काम सम्पन्न गरिने प्रतिबद्धता जनाउँदै आएका छन् । प्रमुख कार्यकारी अधिकृत भण्डारीले भन्नुभयो, "काममा धेरै ढिलाइ भएको छैन, निर्धारित समयभित्रै काम गर्नसकिने अबस्था अझै छ । आवश्यक उकरण ढुवानी गरेर तत्काल कामले गति लिने छ । " सुख्खा मौसममा लगातार १० घण्टा बिजुली उत्पादन गर्नसकिने गरी निर्माण गर्न थालिएको आयोजनाको बाँध २०० मिटरभन्दा अग्लो हुने अनुमान गरिएको छ । सन् २०१२ को सम्भाव्यता अध्ययनले ६५ अर्ब रुपियाँ लागत अनुमान गरिएको थियो । नलसिंहगाडको किनारमा रहेका अधिकांश बस्ती उठाउनुपर्ने भएकाले यसको लागत मुआब्जाका कारणले वृद्धि हुने आयोजनाका अनुसार डुबान तथा प्रभावित क्षेत्रको ६५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । त्रिवेणी नलगाढ नगरपालिका र बाह्रकोट गाउँपालिकाका अधिकांश बस्ती डुबान तथा प्रभावित हुने भएका छन् । डुबान क्षेत्रको अधिकांश जग्गा निजी रहेका छन् । करिब २०० रोपनी जग्गाको मुआब्जा निर्धारण भइसकेकोले ती जग्गाका धनीलाई मुआब्जा वितरण गर्ने कार्य पनि भइरहेको छ । आयोजनालाई अनुमति प्राप्त आयोजना निर्माणका लागि नलगाड हाइड्रो पावर कम्पनीलाई ऊर्जा मन्त्रालयले अध्ययन अनुमति पत्र दिएको छ । यसअघि विकास समिति भएकाले अनुमति पत्र नलिनुपर्ने तर कम्पनी मोडलमा गइसकेपछि अनुमति लिनुपर्ने कानुनी बाध्यता भएकाले अनुमति पत्र प्रदान गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । त्यसैगरी सो आयोजना निर्माणका लागि चाहिने बिजुली आपूर्ति गर्नका लागि चार मेगावाटको ताक्सु खोला जलविद्युत् आयोजना निर्माणका लागि पनि ऊर्जा मन्त्रालयले अनुमति प्रदान गरेको छ ।
2019/03/23 01:14:10
http://www.gorkhapatraonline.com/news/48684
mC4
Nagarik Shukrabar - 'नेपालमा व्यवसाय गर्न सजिलो छ' 'नेपालमा व्यवसाय गर्न सजिलो छ' शुक्रबार, १० मङि्सर २०७३, ०१ : ४० | दिलीप पौडेल , Kathmandu जापानको बहुराष्ट्रिय कम्पनी रोथो नेपालले औषधि तथा शृंगारका सामग्री बिक्री गर्दै आएको छ । भारतका विभिन्न बहुराष्ट्रिय कम्पनीमा काम गरिसकेका प्रदीप मण्डल रोथो कम्पनी, जापानका ब्रान्ड म्यानेजर हुन् । उनीसँग रोथोको बजार प्रवद्र्धन, यहाँको व्यावसायिक वातावरणलगायत विषयमा शुक्रवारका लागि दिलीप पौडेलले गरेकोे कुराकानीः रोथो कम्पनीका उत्पादन नेपाली बजारमा कहिलेदेखि बिक्री भइरहेका छन् ? कस्मेटिक सामान साढे दुई वर्षयता बिक्री गरिरहेका थियौँ । केही समयअघिबाट फर्मास्युटिकल प्रडक्ट पनि नेपाली बजारमा ल्याएका छौँ । बजारमा रोथोका के—के कस्मेटिक र फर्मास्युटिकल उत्पादन छन् ? शृंगार र औषधि दुवैका डेढ दर्जनभन्दा बढी सामान रहेका छन् । अनुहारको पिम्पल हटाउन मुख्य गरी एक्नेस स्किन केयर, एक्नेस एन्टिब्याक्टेरियल क्रिम, एक्नेस अइल पेपर रिमोभर, एक्नेस भिटामिन क्लिन्जर, एक्नेस प्युर ह्वाइटनेस क्रिम । साथै, पुरुषका लागि अनुहारमा गोरोपन ल्याउने अक्सि डिपवास, अक्सि पर्फेक्टवास, सनप्ले आउट गोइङ क्रिम, बच्चाका लागि सन प्ले बेबी माइल्ड, सन प्ले सुपर कुल, महिलाले ओठमा लगाउने ट्रेन्डी स्टाइल तथा हेल्दी लिपबाम रहेका छन् । त्यसै गरी चोटपटक लाग्दा दाग हटाउन छालामा लगाउने स्कार जेड मलम, आगोले पोलेमा र हड्डीजोर्नीको दुखाई कम गर्न डिप हिट मलम, मेगुमी एन्टि हेयर लुज स्याम्पू, सेलसन एन्टि डेनड्रफ स्याम्पू, न्यू भी रोटो आई ड्रप्सलगायत उत्पादन रहेका छन् । यहाँका उत्पादनका विशेषता के हुन् ? यो २० वर्ष पुरानो जापानको नम्बर एक कम्पनी हो । यसले फर्मासिटीकल र कस्मेटिक वस्तु उत्पादन गर्दै आएको छ । गुणस्तरमा कुनै सम्झौता नगर्ने भएकाले प्रयोगकर्ताको मन जित्न सफल भएका छौँ । यहाँ कस्मेटिक सामान बेच्ने कम्पनी धेरै रहेछन् । तर, हाम्रो सामान गुणस्तरीय भएकाले प्रयोगकर्ताले निकै मन पराएका छन् । हाम्रो उत्पादनको बजार विस्तार हुँदै गएको छ । यहाँको उत्पादन किन प्रयोग गर्ने ? हामी उपभोक्ताको हित, रोजाइ, माग र चासोप्रति सचेत छौँ । हाम्रो उत्पादनबाट कुनै प्रकारको साइड इफेक्ट्स नहुने भएकाले ढुक्कसँग सामान प्रयोग गर्न आग्रह गर्दछौँ । नेपालमा अधिकांशले भारतीय ब्रान्ड प्रयोग गरिरहेको अवस्थामा अहिले जापनिज उत्पादनप्रति आकर्षित भएका छन् । तर, स्वस्थ प्रतिस्पर्धा रहेको छ । नेपाल कस्मेटिक उत्पादनको सम्भावना भएको बजार हो । यहाँ प्रयोगकर्ता बढिरहेका छन् । बजार राम्रो छ । बजार विस्तार कत्तिको कठिन छ ? रणनीति बनाएर प्रतिस्पर्धामा जानुपर्छ । यहाँको वातावरण धेरै रमाइलो छ । गुणस्तरीय सामान दिनुप¥यो । अरूको तुलनामा केही सस्तो पनि हुनुप¥यो । स्वस्थ बजार बनाउन सरकारी निकायले पनि सघाउनुपर्छ । कस्तो सरकारी सहयोग आवश्यक छ ? विदेशबाट गैरकानुनी रूपमा आउने 'फेक' उत्पादनले यहाँको बजारलाई ठूलो असर पु¥याएको छ । त्यस्ता सामानलाई आयात, बिक्रीवितरण गर्न बन्द गर्नु आवश्यक छ । यसमा राज्यका निकायहरूले सक्रियता देखाएर एक्सनमा जानुप¥यो । गैरकानुनी रूपमा व्यापार नभएपछि सरकारलाई पनि कर उठ्न र व्यवसायीलाई व्यापार गर्न सहज हुन्छ । व्यवसायमा सफलता पाउन के गर्नुपर्छ ? सफल हुन सजिलो छैन । सफलताका लागि निरन्तर मेहनत गर्नुपर्छ । पहिले त मानसिक रूपमा कडा परिश्रम गर्न तयार हुनुप¥यो । इमानदारीपूर्वक निरन्तर काम ग¥यो भने सफलता सुनिश्चित छ । भारत र नेपालको व्यवसायलाई कसरी तुलना गर्नुहुन्छ ? यहाँको तुलनामा भारतको बजार निकै प्रतिस्पर्धी रहेको छ । त्यहाँ करको दर राज्यअनुसार फरक छ । त्यहाँभन्दा नेपालमा व्यवसाय गर्न निकै सजिलो छ ।
2019/05/27 08:31:20
https://shukrabar.nagariknetwork.com/news/1320
mC4
प्रधानमन्त्रीको गृह नगरमा फेरी प्रदर्शन - Sawal Nepal प्रधानमन्त्रीको गृह नगरमा फेरी प्रदर्शन सवाल नेपाल १३ असार २०७७, शनिबार ११:५० दमक। प्रधानमन्त्री केपी ओलीको गृह नगर दमकमा एमसीसी विरुद्ध फेरी प्रदर्शन गरिएको छ । यसअघि पनि एससीसीको विरुद्धमा दमकमा पटक पटक प्रदर्शन भएका थिए । आज पनि आँफूलाई स्वतन्त्र युवा बताउने युवाहरुको समुहले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित उपस्थित भएर विरोध जनाएका छन् । दमकको आकाशे पुल मुनि लामबद्ध भएर उनीहरुले मौन प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसीको बारेमा पढेर नै विरोध गर्न आएको उल्लेख समेत गरेका छन् । एक प्लेकार्डमा लेखिएको छ, हामी चाँही पढेर एमसीसीको विरोध गर्न आएको । त्यस्तै गरे सबैले सार्थक पहल, बन्छ आफ्नै पहलमा महल, नो एससीसी लेखिएको प्लेकार्ड पनि बोकेका उनीहरुले एमसीसीबारे बोल्नै पर्छ भन्दै आम नागरिकलाई खबरदारी पनि गरेका छन् । उनीहरुले बोकेको एउटा प्लेकार्डको नाराले यस्तै आशय बोकेको छ । जहाँ लेखिएको छ, एमसीसी बारे बोल्नै पर्छ साँचो कुरा खोल्नै पर्छ । उनीहरुले एमसीसी सम्झौतालाई राष्ट्रघातीको संज्ञा पनि दिएका छन् । र प्लेकार्डमा लेखेका छन् , हामीलाई एमसीसी चाहिदैन लागु गर्न पाहिदैन, राष्ट्रघाती सम्झौता गर्न पाहिदैन् । त्यस्तै अन्य नारामा गरे सबैले सार्थक पहल, बन्छ आफ्नै पहलमा महल नो एमसीसी, अब चाँहि फसिन्न एमसीसी भित्र बसिन्न, विकास विरोधी होईनौ तर स्वाधिनता बेच्न चाहादैनौ । एक प्रदर्शनकारीले सवाल नेपालसँगको कुराकानीमा आँफूहरु विकास विरोधी नभएको तर राष्ट्रघाती सम्झौता मान्य नहुने भएकाले यसको विरोधमा मात्र आएको प्रतिक्रिया दिए । पछिल्लो क्रममा एमसीसीको विरुद्धमा देशभरी नै विरोध प्रदर्शन हुँदै आएको छ ।
2020/07/13 01:31:14
https://www.sawalnepal.com/archives/170838/
mC4
फेवा महोत्सवको तयारी पुरा भयो – POKHARA TOURISM NEWS HomePokharaफेवा महोत्सवको तयारी पुरा भयो फेवा महोत्सवको तयारी पुरा भयो April 10, 2018 Rohit Basnet Pokhara 0 महोत्सवस्थल कोमागाने पार्क पोखरा, २७ चैत ः पर्यटन, संस्कृति र खाना नाराको बोकी सुरु हुन लागेको पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १५ औं फेवा नव वर्ष महोत्सव बुधबारबाट सुरु हुँदै छ । फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म चल्ने छ । महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले मंगलबार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सव एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने सो अवसरमा तुलाचनले जानकारी दिए । विहान ११ बजेदेखि राति १० वजेसम्म महोत्सव चल्ने छ । तर ३० गते राति भने १ बजेसम्म संचालन हुने जनाइएको छ । दिउसोका कार्यक्रमको टिकट ५० रुपैयाँ र राति प्रवेशका लागि एक सय ५० रुपैयाँ कायम गरिएको छ । नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्धेश्य महोत्सवले लिएको छ । महोत्सव अघि स्थानीय खहरेचोकबाट सांस्कृतिक झाँकी सुरु भई कोमागाने पार्कमा पुगी उद्घाटन कार्यक्रममा सरिक हुने छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहने छन् । महोत्सवमा खानाका १० र अन्य ३० व्यापरिक गरी कूल ४० स्टल रहने छन् । महोत्सवका पाहुनालाई छुटसहितका प्याकेज यसअघि नै सार्वजनिक गरिएको थियो । नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण पनि महोत्सवले समेटेको छ । महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र सात लाख पाँच हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ । वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा र आयोजक संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पत्रकार सम्मेलनमा भनाई राखेका थिए ।
2022/07/02 14:26:16
https://pokharatourismnews.com/archives/1490
mC4
AIDS 2014 Melbourne | Sima Pari Home / Featured News / मेलवर्न विश्व एड्स सम्मेलनमा औषधिको खोजी अस्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर प्राणघातक रोग एचआईभी एड्सको उपचारको खोजी गरिँदै छ । विश्व एचआईभी एड्स सम्मेलनको क्रममा भेला भएका विशेषज्ञ एवं वैज्ञानिकहरूले यस संक्रमणको औषधिका बारेमा परामर्श गरिरहेका छन् । औषधिले रोग निको हुन नसक्ने भएकोले यस रोगको उपचारको खोजी विश्वव्यापी रूपमा जारी छ । यसपटकको सम्मेलनमा पनि यो रोगको उपचारको बारेमा व्यापक छलफल एवं परामर्श भएको हो । वैज्ञानिकहरूले केही समय पहिला छ एचआईभी संक्रमितमा गरिएको परीक्षणबाट उपचारमा केही सफलता हात लाग्ने देखिएको आशा जगाएका छन् । परीक्षण र उपचार विधिलाई 'किक एन्ड किल' नाम दिइएको छ । वैज्ञानिकहरूले यस विधिका लागि पनि यसअघिदेखि संक्रमितको आयु बढाउने काममा प्रयोग गरिँदै आएको औषधि एन्टिरेक्टोभाइरलकै सहारा लिइने बताएका छन् । औषधिको माध्यमबाट एचआईभी भाइरललाई बिरामीको रगतको तल्लो तहसम्म ल्याइने र रगतमा रहेका एड्सका ह्युमन इम्युनो डिफिसियन्सी भाइरसलाई एक विशेष प्रकारको थेरापीको माध्यमबाट शरीर बाहिर निकालिनेछ । त्यो थेरापी केही महँगो र जटिल प्रकारको हुने वैैज्ञानिकहरूको भनाइ छ । उनीहरूले यस थेरापी दिनहुँ गर्नुपर्ने र झन्झटिलो भएको भने स्विकारेका छन् । थेरापी रोकेपछि भने एचआईभीका किटाणुहरू पुनः सक्रिय हुने र उनीहरूले थेरापी रोेकेको दुई सातापछिदेखि बिरामीलाई आक्रमण सुरु गर्न सक्ने पनि परीक्षणले देखाएको छ । वैज्ञानिकहरूले औषधि उपचारको अनुसन्धान विगत तीन वर्षदेखि निरन्तर गरिरहेका छन् । उनीहरूको यो परीक्षण साइड इफेक्ट गर्न सक्ने प्रकारको भएको पनि उनीहरूकै अनुसन्धानबाट देखिएको छ ।
2019/10/21 09:15:33
http://www.simapari.com.au/aids-2014/
mC4
दिगो पर्यटन विकास र सकारात्मक सोंच – Himalitimes दिगो पर्यटन विकास र सकारात्मक सोंच नेपालको सन्र्दभमा सम्बृद्धिको मुख्य आधार पर्यटन नै हो । पर्यटनका लागि उत्कृष्ट गन्तब्यको रुपमा रहेको नेपाल जहाँ प्राकृतिक सौन्र्दयता स्वच्छ हावापानि तालतलैया साथमा मनै लोभ्याउने कोईलिको आवाज साथमा डाफे र मुनाल अनि जैबिक विभिधता, बहुजातिय, बहुभाषिय,सामाजिक, नैतिक,ऐतिहासिक, सास्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी गन्तब्यका रुपमा रहेको सर्वोच्चो सिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, पबित्र धार्मिकस्थल पशुपतिनाथ, जनकपुरधाम लगाएतका हजारौं पर्यटकिय स्थलहरु अवस्थित छन् । यहाँको पर्यटन विकासका लागि पर्यटक आगमन पहिलो महत्वपूर्ण कुरा हुन जान्छ । त्यसमा पनि थप पर्यटकिय क्षेत्रहरुलाई बिस्तार र प्रर्वधन गर्नका लागी सकारात्मक सोंचको खाँचो हुन्छ । पर्यटकिय स्थलहरुलाई विश्वसामु चिनाउन पर्यटकहरुले सकारात्मक अनुभव लिएर स्वदेश फर्किने वातावरण वनाउनु पर्दछ । नेपालमा भएका पर्यटकका लागी र्यापटिङ, साईकिलिङ, म्याराथुन, स्काई ड्राईभिङ्ख,वन्जिजम्प, ट्रेकिङ्ख लगाएत खेलहरु पछिल्लो समयमा लोकप्रिय बन्दै गईरहेका छन् । यसको निरन्तरता सम्वर्धन र प्रबन्धनका लागी राम्रो गुरु योजना बनाउन आवस्यक छ । तसर्थ पर्यटन क्षेत्रको सम्भावनालाई अधि बढाउनका लागी चिन्तन सिलभएर राज्य र जनता लाग्न जरुरी छ । नेपालको पर्यटन व्यवसायले देशका वेरोजगारी यूवाहरुलाई रोजगारीको अवसर प्राप्तहुने भएकोले यसको सम्वर्धन प्रबन्धन र विकासका लागि सबै नागरिक र राज्य लाग्नु पर्दछ । विश्व जगतमा मान्छेले समुन्द्धभित्र पाँचतारे होटल निर्माण गरिसकेका, चन्द्धमामा वस्ती बसाउन लागि परिरहेका,नयाँनयाँ प्रबिधी अपनाएका छन् भने हामी नेपालीहरु जहाँ मनमोहक सुन्दर ठाँउहरुलाई पर्यटककीय हिसावले सकारात्मक सोंचका साथ अगाडी बढाई नेपाललाई बिश्वमा पु¥याउन सक्छौ । नेपालमा आउने पर्यटकहरुको मानसपटलमा रहेको नकारातमक सोंचलाई जरैदेखी उखेल्नु पर्दछ ,तर्सथ पर्यटन सम्बन्धि बृहत अभियान चलाउनु पर्दछ,सकारात्मक सोंचका साथ पर्यटन क्षेत्रहरुलाई अगाडी बढायौ भने प्राकृतिक सौन्दर्यको अनुभुति पर्यटकहरुलाई दिनसके हामी नेपाली हाम्रो नेपाल लाई बिश्वकै धनिदेश वनाउनमा दुईमत छैन । पर्यटकहरु सकारात्मक अनुभव लिएर स्वदेश फर्किने वातावरण बनाई पुर्वाधार निर्माण गरी पुर्वाधारको महत्वपुर्ण क्षेत्र सडक, हवाई सेवा, यातायात, होटल, रेस्टुरेन्ट, सुरक्षित स्थान, र अनुभवि राम्रो गाईडिङ्ख समेत पर्यटकलाई घुमफिरको वातावरण बनाईदिने त्यसका साथै स्रोत साधन र दक्षजनशक्तीको अध्यायन गरी बिज्ञ समुहबाट दिर्घकालिन नितीनियम अबलम्बन गरी कसरी गुणस्तरीय र परिणाममुखी पर्यटकिय क्षेत्र वनाउन सकिन्छ । योजना बनाई सकारात्मक सोंचका साथ अगाडी बढेमा बिदेशी मुद्धा आर्जन र रोजगारीको बृद्धिसँगै नेपालीहरुको जिवनस्तरमा सुधार भई पर्यटन ब्याबसाय नेपालको बिकाश सँगै अगाडी बढ्ने छ । प्रमुख आयश्रोत मानिने पर्यटन ब्यबसायले समृद्धीकको गोरेटो तय हुनेछ । पर्यटन व्यवसायलाई फराकिलो मजबुत राष्टिय तथाअन्र्तराष्टिय स्तरमा पुर्याउनको लागि राज्य सरकार सो क्षेत्रमा प्रभावकारी सैलिमा उपस्थिती भई पर्यटन मैत्री वातावरण सृर्जना गर्ने क्षमतालाई हृदय देखी आत्मसाथ गरेको छैन त्यसका साथै ट्राभल्स कम्पनी तथा ट्रेकिङ्क र एजेन्सिको बजारीकरण संचालन तथा ब्यवसायिक प्रर्बद्धन संग प्रत्यक्ष सरोकार राख्ने निजीएजेन्सि संग एक आपसमा सवन्वय सहकार्य समेतको खाचो रहेको छ । हाम्रो भन्दा कमजोर भएका देशले पर्यटन बाट ठुलो उपलव्धी गरीसके र आर्थिक फट्को मारीसके तर हाम्रो राज्यले पर्यटन व्यवसायप्रतीकुनै राम्रो ठोस कदम र पहल नचाल्दा हाम्रो मुलुक प्रकृतिको खानी स्वर्गको एक टुक्रा भएर पनि प्रगतीहुन सकेको छैन । नेपाली पर्यटक उद्योगलाई कसरी प्रर्वधन र संरक्षण गर्न सकिन्छ त्यसमा राज्यलागी पर्नु पर्छ तवमात्र नेपालको बिकासको अभियान सार्थक हुन्छ । नेपालमाआउने पर्यटकहरुको मानस पटलमा रहीरहेका नेपालप्रतिको नकारात्मक सोंचलाई जरैदेखि उखेल्नु पर्दछ, तसर्थ पर्यटन सम्वन्धि बृहत अभियान चलाउन जरुरी छ । प्राकृतिक सौन्दर्यताको अनुपम रुपलाई विश्व सामु चिनाउनतपाई हामीलाग्नु पर्दछ ।
2020/06/04 02:17:55
https://himalitimes.com/2020/04/27942
mC4
बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना | KhelNepal मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ । कोरोना देखिए पनि उनले बङ्गलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बङ्गलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले अर्को खेल आगामी मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो । त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । बङ्गलादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले सन् २०१८ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बङ्गलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बङ्गलादेशको ढाकामा रहेका छन् ।(रासस)
2020/11/26 13:10:21
https://khelnepal.com/2020/11/13127/
mC4
पोखरामा इद उलफित्र पर्व, आत्मशुद्धिका लागि एक महीनासम्म मनाइयो | suryakhabar.com Home प्रदेश गण्डकी प्रदेश पोखरामा इद उलफित्र पर्व, आत्मशुद्धिका लागि एक महीनासम्म मनाइयो पोखरामा इद उलफित्र पर्व, आत्मशुद्धिका लागि एक महीनासम्म मनाइयो on: June 05, 2019 In: गण्डकी प्रदेश, पर्यटन/संस्कृतिTags: No Comments पोखरा । पोखराका मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि 'इद उलफित्र' पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नाका साथै गरीबलाई दान दिने गरेका छन् । पोखरा–१३ स्थित पुरानो इदगाहका साथै चिप्लेढुङ्गा र पृथ्वीचोकमा अवस्थित इदगाहमा स्थानीय मुसलमानले नमाज अदाका साथै एकअर्कालाई 'इद मुवारक' भन्दै शुभकामना आदान–प्रदान गरेका छन् । मुस्लिम धर्मगुरु हनिफ मियाँ भन्छन्, " यस पर्वको अवसरमा इद मुवारक शब्दको माध्यमबाट एकअर्कालाई बधाई दिने गरिन्छ । इदको अर्थ उत्सव र मुवारकको अर्थ धन्य भएकाले इद उलफित्र पर्वको अवधिसम्म एकले अर्कालाई अभिनन्दन गर्ने क्रममा सो वाक्यको प्रयोग गर्ने गर्छन् ।" आपसी भातृत्व र खुशीयाली पर्वको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देउता अल्लाह प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्छन् । यस पर्वमा एकअर्कालाई उपहार दिनाका साथै पर्वमा सेवइलगायत परिकार पकाएर खाने गरिन्छ । यो पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
2019/09/20 10:49:43
https://www.suryakhabar.com/2019/06/124482/
mC4
अदृश्य महामारीसँग जुध्दै इटाली, अन्योलमा नेपाली « The Nepal Top काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करिब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिए पनि इटलीको राष्ट्रिय सङ्कटकालअन्तर्गत घरमै बसिरहँदा उनीहरुमा एक प्रकारको छटपटी छ । युरोपेली मुलुक इटलीमा कोभिड–१९ को सङ्क्रणका कारण हालसम्म ११ हजार ५ सय ९१ को मृत्यु भइसकेको छ भने उपचाररतमध्ये झण्डै ४ सय गम्भीर अवस्थामा छन् । इटालीमा अहिलेसम्म १ लाख १७ सय ३९ जना कोरोना संक्रमण भइसकेका छन् । चीनबाट फैलिएको सो भाइरसका कारण हालसम्म विश्वमा ३७ हजारभन्दा बढीको मृत्यु हुँदा इटालीपछि स्पेनमा सबैभन्दा बढी ७ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार इटालीमा कूल एक लाख एक हजार ७ सय ३९ लाई सङ्क्रमण देखिएकामा इटालीमा सङ्क्रमितमध्ये १४ हजार ६ सय २० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ जनवरी २९ मा पहिलो सङ्क्रमित भेटिएका थिए । बाहिर आएको भन्दा अझ बढी तथ्याङ्कमा सङ्क्रमित हुन सक्ने पनि जनाइएको छ । इटालीमा शुरुमा १७ वर्षका एक नागरिकको निधन भएको थियो भने करीब छ हजारको सङ्ख्यामा स्वास्थ्यकर्मीकै मृत्यु भइसकेकाले त्यहाँ जनताले ठूलो सङ्कट व्यहोरिरहेका छन् । इटाली सरकारले जरुरी काममा बाहेक त्यहाँको एक पालिकाबाट अर्काे पालिकामा मानिसलाई जान रोक लगाइएको छ । 'लकडाउन' उलङ्घन गर्नेलाई ४ सयदेखि ३ हजार युरोसम्म कारवाही तोकेको छ । त्यहाँ गत ४ मार्चदेखि राष्ट्रिय सङ्कट घोषणा गरिएको थियो । पछिल्ला दिनमा इटालीलाई सघाउन रुस र चीनबाट स्वास्थ्य टोली आएका छन् । स्थिति भयावह भए पनि इटालीको सरकारले भाइरसको महामारीसँग जुध्नबाट हात उठाएको भन्ने सत्य होइन । प्रधानमन्त्री ग्युसेप्पे कोन्तेले त्यहाँका संसद्मा बोल्दै सरकारले महामारी रोक्न चालेका कदम र भावी नीतिबारे अवगत गराउँदै आएका छन् । इटालीमा रोमसहित मिलान, पेनिस, आवोस्ता, तोरिनो, पिसा आदि शहरमा नेपाली रहेका छन् । इटालीको राजधानी रोमस्थित एक स्टार होटलमा कार्यरत रामहरि खकुरेलले सबैतिर भइरसको समस्या हुँदा त्यहाँका होटेल व्यवसाय कहिले सञ्चालन हुने कुनै सुनिश्चितता नहुँदा नेपालीमा मानसिक तनाब पैदा भएको राससलाई बताउनुभयो । नुवाकोट घर भएका खकुरेलले भने, "यहाँको अवस्था नाजुक छ । पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णत : घटेको मान्न सकिँदैन । इटलीको सम्पूर्ण भागमा भाइरस पुगेको छ । सबै भागमा सङ्कटकाल लगाएको छ । हामी नेपाली एकापसमा सम्पर्क र समन्वयमै रहेका छौँ ।" यसैगरी विश्वमा ७ लाख ८ हजार ८ सय ९ जना कोरोना संक्रमित भएका छन् भने ३ लाख ७ हजार ८ सय ७६ जनाको मृत्यु भइसकेको छ । साथै १ लाख ६६ हजार ४ सय ५ जना निको भएका छन् । पछिल्लो समयले इटालीपछि अमेरिकामा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । अमेरिकामा १ लाख ६४ हजार ३ सय ५९ जना कोरोना संक्रमित भएका छन् भने ३ हजार १ सय ७३ जनाको मृत्यु भइसकेको छ ।
2020/05/25 20:53:31
https://www.thenepaltop.com/news/107043
mC4
प्रेम सञ्जेललाई कुटने दुई महिला १६ हजार धरौटीमा रिहा विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई जना महिला कर्मचारीहरू १६ हजार रुपैयाँ धरौटिमा छुटेका छन् । सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र कुमारी भट्टराई र मेनुका कोइराला जनही ८/८ हजार धरौटिमा मंगलबार छुटेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोष हरी निरौलाको इजालशले पक्राउ परेका महिला कर्मचारीहरूलाई धरौटिमा छोडन आदेश दिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता धुव्र बहादुर खड्काले जानकारी दिए । प्रशानले धरौटिमा छोडन आदेश दिएपछि धरौटि रकम बुझाए उनीहरू छुटेका छन् । आफनै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले साउन १७ गते शनिबार सञ्जेललाई कुटपिट गरेका थिए । सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र कुमारी र मेनुकालाई पहिलो पटक जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार 'अभद्र व्यवहारको मुद्दा' मा म्याद थप गरि मोरङ प्रहरीले अनुसन्धान सुरू गरेको थियो । प्रहरीले पहिलो पटक थप गरेको अनुसन्धान पूरा नभएपछि गत बिहीबार दोस्रो पटक पुनः पाँच दिनको म्याथ गरि अनुसन्धान गरेको थियो । यता दुई महिला कर्मचारीहरूले सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कुटपिट गरेको बताउने गरेका छन् । उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपर वेटको डल्लो, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट पटक लागेको थियो ।
2020/09/22 00:27:58
https://www.blastkhabar.com/news/2020/08/12/115924.html
mC4
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले नौ सिजन रियल म्याड्रिडमा बिताएपछि सन् २०१८ मा क्लब छाडेका थिए । हरेक पटक आफू नयाँ चुनौती स्वीकार गर्न तयार रहने गरेको भन्दै पोर्चुगिज फरवार्डले स्पेनिस क्लब छाडेर सिरि ए टोली युभेन्ट्सको यात्रा तय गरेका थिए । सन् १९९६ पछि च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यसहित युभेन्ट्सले रोनाल्डोलाई भित्राएको थियो । रोनाल्डोको आबद्धतासँगै युभेन्ट्सका समर्थक बढे । सामाजिक सञ्जालमा युभेन्ट्सलाई फलो गर्नेको उल्लेख वृद्धि भयो । धेरैलाई विश्वास थियो रोनाल्डोको आगमनले टोली फेरि च्याम्पियन्स लिग जित्न सफल हुनेछ । तर, पछिल्लो तीन वर्षमा त्यस्तो हुन सकेन । रियलमा गर्दै आएको प्रदर्शनलाई उनले युभेन्ट्समा गर्न सकेनन् । यद्दपी युभेन्ट्सका लागि भने उनले अरु भन्दा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रोनाल्डोले युभेन्ट्सको आफ्नो पहिलो सिजन उनले २८ गोल गरे । त्यस्तै दोस्रो सिजनमा ३७ गोल गरे । जारी सिजनमा भने उनले ३० गोल गरेका छन् । टोलीका अन्य कुनै खेलाडी उनको नजिक छैनन् । सिरि एमै पछिल्लो ३ सिजनमा ७५ गोल गर्ने कोहि छैन । रोनाल्डोले ३ सिजनमा युरोपियन च्याम्पियनसिपमा १४ गोल गरेका थिए । टोलीका अन्य खेलाडीले त्यो संख्यामा गोल गर्न सकेका छैनन् । यसपटक पोर्टोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएपछि फेरि रोनाल्डोको आलोचना सुरु भएको छ । तर, क्लबका खेलकुद निर्देशक फाबियो पाराटिसीले उनको बचाउ गरेका छन् । 'म सानो सहरबाट आएको हु, जहाँ गियानी रिभेरा, रोर्बेटो बाजियो, मिचेल प्लाटिनीको चर्चा हुन्थ्यो,' उनले भने,' रोनाल्डोले २०२० मा ३८ खेलमा ४१ गोल गरका थिए । उनी सिरिएको सर्वाधिक गोलकर्ता हुन् । उनले पाँच पटक बालोन डि ओर जितेका छन् ।' उनले युभेन्ट्समा रोनाल्डो हुने गर्वको विषय भएको पनि बताए । 'हामी उनको साथमा खुसी छौं', पाराटिसीले भने, 'उनी हाम्रो भविष्यको योजनाको पनि एउटा हिस्सा हुन् । ३६ वर्षको उमेरमा रहेको रोनाल्डोले आफ्नो प्रदर्शनबाट आलोचकहरुलाई जवाफ दिएका छन् ।' गत साता कागलियरीविरुद्ध ३–१ को जितमा रोनाल्डोले ह्याट्रिक गरेका थिए । सामाजिक सञ्जालमार्फत सन्देश दिदै उनले सन्यासबाट अझै पनि टाढा रहेको संकेत गरेका छन् । इन्स्टाग्राममा उनले लेखेका थिए, 'अझै पनि युभेन्ट्स र पोर्चुगलका लागि धेरै जित्न बाँकी छ ।' तर आइतबारको खेलमा बेनेभेन्टोविरुद्ध युभेन्टस १-० ले पराजित हुँदा रोनाल्डोले निकै अवसर खेर फाले । यसले टोलीको लिग उपाधि बचाउने सम्भावना पातलिएको छ । च्याम्पियन्स लिगबाट पनि बाहिरिएको अवस्थामा युभेन्टसलाई सिजन जोगाउन निकै दबाब छ ।
2021/04/19 03:56:53
https://www.knownepal.xyz/sports/118599/
mC4
न्यूज सञ्जाल: » हत्याकाण्ड : सूक्ष्म अनुसन्धानमा जुट्यो प्रहरी महिला लिगमा आज चौदण्डी र चन्द्रपुर भिड्दै तराईमा चिसो बढ्यो, दाउरा बाँड्न थालियो प्रमको गृहजिल्लामा यसरी हुँदैछ निर्वाचनको तयारी विस्थापित विपन्न मुसहर परिवारलाई घर हस्तान्तरण तयारी हत्याकाण्ड : सूक्ष्म अनुसन्धानमा जुट्यो प्रहरी न्यूज सञ्जाल १० जेष्ठ २०७६, शुक्रबार १०:२२ पाँचथर- मिक्लाजुङको आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको घटनाको सूक्ष्म अनुसन्धानमा प्रहरी जुटेको छ। प्रहरीले घटनाबारे सोधपुछ, प्राप्त विवरणको विश्लेषण, प्राविधिक पक्षहरुको अध्ययन गरिरहेको छ। अनुसन्धानका लागि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ। सुराकी लिन घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको छन्। अनुसन्धानमा खटिएका प्रहरी कहिले घटनास्थल पुग्छन् त कहिले रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयमा आएर घटनास्थलमा प्राप्त सामग्री, कल डिटेल्सलगायका विषयमा अध्ययन गर्छन्। प्रहरीले सानासाना विषय पनि केलाइरहेको बताइएको छ। घटना भएको अर्को दिन मंगलबार तालिमप्राप्त कुकुर घटनास्थलमा ल्याइएको थियो। घट्ना स्थललाई सिल गर्ने, विवरण तथा अन्य सामग्री संकलन गर्ने, सशंकित व्याक्तिको पहिचान गर्ने कामपछि प्राप्त विवरणको विश्लेषण भइरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए। शव परीक्षण तथा फरेन्सी टेस्ट रिपोर्ट आएपछि थप विषय केलाउने बताइएको छ। सशंकित व्यक्तिका आफन्तसँग कुराकानी, हत्या गरिएका परिवारका आफन्त तथा छिमेकीलगायसँग प्रहरीले सोधपुछ गरीरहेको छ। ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदीसहितको तीन जनाको टोली, प्रहरीनिरीक्षक नेतृत्वमा १ नम्बर प्रदेश कार्यालयको विशेष टोली र डिएसपी कुँवरको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानमा खटिएको छ। प्रारम्भिक अनुसन्धानबाट हत्यामा ३१ वर्षीय मानबहादुर माखिमको सलग्नता रहेको निचोडनजिक प्रहरी पुगेको छ। घटनाको अर्को दिन मंगलबार माखिम झुन्डिएर मरेको अवस्थामा फेला परेका थिए। माखिम हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ थिए। घटनामा अरुको पनि संलग्नता थियो÷ थिएन भन्ने कोणबाट पनिअनुसन्धान जारी रहेको अधिकारीले बताएका छन्। प्रारम्भिक अनुसन्धानबाट हत्यामा माखिमको संलग्नता रहेको अनुमानमा पुगिएको पाँचथरका प्रहरी प्रमुख कुँवरले बताए। 'हत्यामा अरुको पनि सहयोग तथा संलग्नता थियो÷थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं। पोस्टमार्टम र अन्य रिर्पार्ट आउन बाँकी छ। सबै विवरण प्राप्त भएपछि निचोडमा पुगिने छ। सोमबार राति माखिमले प्रयोग गरेको मोबाइल फोनको लोकेसन घटनास्थल आसपास देखिन्छ। त्यहाँबाट उनी झुन्डिएको ठाउँसम्म पुगेको मोबाइल लोकेसन देखिएको छ', कुँवरले भने, 'माखिम दम्पति सम्बन्ध राम्रो नभएर सम्बन्धविच्छेदको चरणमा पुगेको रहेछ। केही समय अघिदेखि मनकुमारी ९माखिमकी पत्नी, जसको हत्या भएको छ, मानसिक रुपमा विछिप्त भएको आफन्त बताउँछन्। झुन्डिएको ठाँउनजिकै माखिमले प्रयोग गरेको झोला, खुकुरी, रगत लागेको कपडा भेटिएको छ। विस्तृत अध्ययन गर्दैछौं, तथ्य खुल्न बाँकी छ।' अन्य कोणबाट पनि अनुसन्धान भइरहेको उनले बताए। माखिमले झुन्डिएको अवस्थामा मृत फेला परेपछि विभिन्न शंकाका उब्जिएको छ। उनी एक्लैले नौजनाको हत्या कसरी गर्न भन्ने प्रश्न निकै चर्को गरी उठिरहेको छ। 'हत्यामा उनीमात्र संलग्न थिए कि अरु पनि भन्ने खोजिरहेका छौं। तथ्य खुल्न केही समय लाग्छ,' कुँवरले भने। पति माखिमसँग सम्बन्ध बिग्रिएपछि मनकुमारी केही समयदेखि माइतमा बस्दै आएकी थिइन्। वैदेशिक रोजगारीबाट फर्केर आएका मनकुमारीलाई घर लैजान प्रयास माखिमले गरेको खुल्न आएको छ। स्थानिय बुधबारे बजारबाट जबरजस्ती घर लगेर एक दिन राखेपछि मनकुमारी भागेर माइती गएको पाइएको प्रहरीले जनाएको छ। अदालतमा उनीहरूबीचको सम्बन्ध विच्छेद मुद्दा विचाराधीन भएकै अवस्थामा यो घटना भएको हो। विदेशबाट फर्किएपछि मजदुरी गर्ने माखिम एक्लै बस्ने, उपचार गर्न भन्दै बेलाबेला विराटनगर जाने गरेको अनुसन्धानका क्रममा पाइएको छ। 'उनले घरवार पनि भएन, पैसा पनि कमाइएन भन्दै गाँउलेसँग बेलाबेलामा कुरा गरेको आफन्त तथा छिमेकीले बताएका छन्' कुवँरले भने। सोमबार राति घरमा सुतिरहेका बमबहादुरसहित परिवारका चारजना र उनका अर्का ज्वाइँ धनराज सेर्माको परिवारका नौजनाको हत्या भएको थियो। नागरिक दैनिकमा खबर छ ।
2021/01/25 03:31:51
https://newssanjal.com/content/2019/05/24/2579/
mC4
रामेछापमा बजार अनुगमन सुरु - Nepal Abhiyan रामेछापमा बजार अनुगमन सुरु मन्थलीबजार अनुगमन गर्दा अधिकाशं पसलबाट म्याद नाघेको सामान बरामद रामेछाप–रामेछाप जिल्लामा लकडाउनको मौका छोपी हुन सक्ने कालोवजारीलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबारदेखि बजार अनुगमन सुरु गरेको छ । जिल्ला सदरमुकाम मन्थलीका फलफुल तथा तरकारी पसल र किराना पसल २६ वटा हार्डवयर पसल ३ वटा बेकरी पसल र टायर पसल एक एक वटा गरी ३१ वटा पसल अनुमगन गरिएको थियो । ति पसलहरुमा २ वटा छुट्टा छुट्टै टोलिले अनुगमन गरेको हो । मंगलबार अनुगमन गरिएका अधिकासं पसलहरुबाट म्याद गुज्रेका अखाद्य पदार्थ र प्रयोग गर्न नमिल्ने इनामेल तथा रङहरु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत रामप्रसाद भट्टराइले बताउनुभयो । मुलुकभर फैलदै गएको(कोभिड–१९)कोरोना भाइरसका संक्रमितहरू दिनानुदिन बढ्दै जादा जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा बिहान ५ देखि १० बजे सम्म मात्र अत्यावश्यक सेवाहरू अन्तर्गतका पसलहरु सञ्चालन गर्न अनुमति दिएको छ । यस्तो महामारीका बेला हुनसक्ने कालो बजारी,अखाद्य बस्तुको बिक्रि बितरण जस्ता कार्यलाई रोक्ने उद्देश्यले जिल्लामा बजार अनुगमन सुरु गरिएको र अब यसलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । उहाले बजार अनुगमनको योजनानै बनाएर कार्य अगाडि बढाइएको पनि बताउनु भयो । उहाका अनुसार बजार अनुगमन अन्तर्गत मन्थली बजार जुनसुकै बेला आबश्यकता अनुसार आकस्मीक रुपमा समेत अनुगमन हुने, रामेछाप नगरपालिका अन्तर्गत रहेका बजारहरु भदौ र असोज महिनाको दोस्रो हप्ता एबं बैशाख महिनाको पहिलो हप्ता अनुगमन हुने छ भने गोकुलगंगा गाउपालिकामा रहेका बजार क्षेत्रहरु मंसिरको दोस्रोहप्ता अनुगमन गरिने छ । त्यसैगरी लिखु तामाकोशी गाउपालिकामा रहेका बाजारहरु पुष महिनाको पहिलो हप्ता र खाँडादेवी गाउपालिकामा रहेका बजारहरु माघ महिनाको दोस्रो हप्ता अनुगमन गरिने छ । त्यस्तै दोरम्बा गाउपालिकामा रहेका बजारहरु फागुन महिनाको दोस्रो हप्ता,सुनापति गाउपालिकामा रहेका बजारहरु यहि चैत्र महिनाको पहिलो हप्ता अनुगमन गरिने छ । त्यस्तैगरी उमाकुण्ड गाउपालिकामा रहेका बजारहरु भने २०७८ बैशाख महिनाको दोस्रो हप्ता अनुगमन गर्ने योजना रहेको छ । बजार अनुगमनका क्रममा दर्ता नगरी सञ्चालनमा ल्याइएका ७ वटा पसलहरुलई ७ दिन भित्र सम्बन्धीत निकायमा दर्ता गर्न निर्देशन दिइएको नबिरण नभइ सञ्चालनमा रहेको ४ वटा पसललाई नबिकरण गर्न निर्देशन दिइएको अनुगमन गरिएका पसलहरु मध्ये १७ वटा पसलमा फेला पारेका म्याद नाघेका सामाग्रीहरु जफत गरेको, बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा उद्योग बाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्डको वारेमा ब्यवसायीहरुलाई सचेत समेत गराइएको प्रशासकिय अधिकृत भाष्कर दाहालले बताउनुभयो ।
2020/09/30 05:56:51
https://nepalabhiyan.com/economic/3817/
mC4
किवानिस क्लबमा श्यामसुन्दर | eAdarsha.com पोखरा । किवानिस क्लब पोखरा वर्ष २०२१/०२२ अध्यक्षमा श्यामसुन्दर ढकाल चयन भएका छन् । ढकाल विन्डोर इन्टरप्राइजेज नामक व्यावसायिक संस्थाका सञ्चालर हुन् । ९ सदस्यीय कार्यसमिति उपाध्यक्षमा स्वतन्त्र न्यौपाने, द्वितीय उपाध्यक्ष विष्णुुहरि न्यौपाने, सचिव होमराज भट्टराई, कोषाध्यक्ष गणेशप्रसाद लामिछाने र सहसचिव सुभाष अधिकारी छन् । सदस्यमा ध्रुवराज तिवारी, राजेश बराल र विनोद भण्डारी चयन भए । क्लबका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेल, भुपु अध्यक्ष देवेन्द्र केसी र निवर्तमान अध्यक्ष राजन पन्तको उपस्थितिमा भएको सभामा नवनिर्वाचित अध्यक्ष ढकालले बालबालिकाको कल्याणका निम्ति प्रभावकारी कार्यक्रम गर्ने भन्ने आफ्नो मुख्य योजना रहेको उल्लेख गरे । किवानिस इन्टरनेशनल सन् १९१५ मा डेट्रोइट, मिसिगनमा स्थापना भएको अन्तर्राष्ट्रिय सेवा क्लब हो । जसको मुख्यालय अमेरिकाको इन्डियानापोलिस, इन्डियाना छ । क्लबको ८० भन्दा बढी राष्ट्रमा फैलिएको छ । १९८७ देखि संस्थाले महिलालाई पनि सदस्य बनाएको हो । किवानिस र यसको क्लबको परिवारको सदस्य ५ लाखभन्दा बढी सदस्य छन् । प्रत्येक वर्ष, किवानीस क्लबहरु १ सय मिलियन अमेरिकी डलरभन्दा बढी उठाउने गर्दछ । क्लबले १.५ मिलियनभन्दा बढी स्वयंसेवक समुदायलाई सुदृढ पार्न र बच्चाको सेवा गर्न रिपोर्ट पनि तयार गर्ने गर्छ ।
2021/11/29 17:55:31
https://www.eadarsha.com/nep/137674
mC4
सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवमबाट उत्पादन पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम. . . read more » जुटमिल सञ्चालनमा अध्ययन गर्ने : उद्योग मन्त्री यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मुलुकको सबैभन्दा पुरानो उद्योग. . . read more » साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ ।. . . read more » सनराइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि QFX मा हरेक दुई टिकटको खरिदमा एक टिकट निःशुल्क काठमाडौँ, २२ चैत: सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग. . . read more » चैतको ९ गतेदेखि नियमित हवाई सेवा सञ्चालन हुन लागेको बलेवा बिमानस्थलमा सोमबार तारा एयरले परिक्षण उडान गरेको छ. . . read more » करोडौँ मूल्यको शिलाजित. . . read more » वीरगञ्जमा महिन्द्राको इन्स्पेक्शन सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्र अग्नि ग्रुपले वीरगञ्जमा हालै पीडीआई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ. . . read more » शेयर वजारमा प्रवेश गर्ने सुनौलो अवसर शेयर वजार लगातार रुपमा विगत सात महिना देखि ओरालो लागेको छ र यो अवस्था अव धरै दिन नरहने देखिन्छ किनकी देशले स्थायी सरकार पाएको छ । बैकको शेयर मुल्य पहिलाको शेयर सूचक ३०५ को बरावर रहेको छ यो अवस्थामा नयाँ प्रवेशीहरुका लागी सुनौलो अवसर हो ।. . . read more » केटिएमद्वारा काठमाडौंमा पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा आयोजना केटिएमद्वारा काठमाडौंमा पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा. . . read more » नेपाली जनशक्तिका लागि थप रोजगारीका अवसर बृद्धि गर्न आग्रह काठमाडौं– कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली जनशक्तिका लागि थप रोजगारीका अवसरहरु बृद्धि गरिदिन आग्रह गरेका छन्। शनिबार कुवेतस्थित नेपाली राजदूतावास एवम् कुवेतका रोजगारदाता कम्पनीहरुबीचको अन्तरक्रिाय कार्यmत्रमा उनले सो आग्रह गरेका हुन्. . . read more » 'पूरानो सुट ल्याउनुहोस्, नयाँ सुट लिएर जानुहोस्' काठमाडौँ । सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले 'पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्' नामक नयाँ बम्पर योजना सार्वजनिक गरेको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो. . . read more » सीजी मोटोकर्पले टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिने काठमाडौं–सुजुकीको चारपाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सिजि होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिने भएको छ । सोही सिलसिलामा कम्पनीले गत माघमा राइड क्याम्पेन सम्पन्न गरेको छ. . . read more » चमेलिया माघ २७ गतेदेखि चालु हुने दार्चुला जिल्लाको सैल्ल्यसिखर नगरपालिकाको वडा नम्बर १ वलाच मा निर्माण भएको चमेलिया जलविद्युत आयोजना २०७४ साल माघ. . . read more » म्याग्दी - सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग. . . read more » नेपाली बजारमा आयो डुयल फ्रन्ट क्यामरायुक्त सामसुङको पहिलो स्मार्टफोन काठमाडौं–नेपालमा अग्रणी एवम् विश्वासिलो स्मार्ट फोन ब्राण्डका रुपमा स्थापित सामसुङले हालै A8+ स्मार्टफोन बजारमा ल्याएको छ । सो कम्पनीले आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु सहितको स्मार्टफोन न्यूनतम् मूल्यमा नेपाली बजारमा ल्याइएको हो ।. . . read more »
2021/09/24 12:34:46
https://sagarmathasaptahik.com/Articles/index/16/page:3
mC4
स्वास्थ्यकर्मीमा कोरोना भेटिएपछि धौलागिरी अस्पतालको ओपीडि सेवा अनिश्चितकाका लागि बन्द « News24 : Premium News Channel अर्को सूचना जारी नभएसम्मका लागि धौलागिरी अस्पतालको ओपीडि सेवा साउन २१ गतेदेखि लागु हुँने गरी बन्द भएको पाखरेलको भनाइ छ । 'अस्पतालको आइशोलेसन र अस्पताल नजिकै रहेको धौलागिरी क्याम्पसको प्रि–आइसोलेसन मार्फत कोरोनासंक्रमितकाे उपचार गराई राखेका कारण समय–समयमा स्वास्थ्यकर्मीको समेत कोरोना परिक्षण गर्दै आएको र अस्पताल अन्र्तगतकै धौलागिरी क्याम्पसको आइसोलेसनमा कार्यरत २५ वर्षीया स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोना पुष्टी भएपछि थप सर्तकता र परिक्षणका लागि ओपीडि सेवा बन्द गरिएको हाे,' उहाँले भन्नुभयाे ।
2021/12/03 10:40:42
https://www.news24nepal.tv/2020/08/05/685838
mC4
पाल्पा, १३ पुस -पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ । पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताउनुभयो । पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो ।(रासस)
2022/01/23 10:29:32
https://www.osnepal.com/141095/
mC4
बालाजु–ककनी सडक कालोपत्र कहिले | Nepal Ghatana बालाजु–ककनी सडक कालोपत्र कहिले प्रकाशित : २७ माघ २०७७, मंगलवार १४:१० निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक सम्पन्न भएको छैन । सो सडकमा जाडोका कारण कालोपत्र हुन नसक्ने भएकाले अहिले नालीलगायत आवश्यक पूर्वाधारको काम भइरहेको छ । चारपटक अवधि थप भएको यो सडकको अवधि अन्तिम पटक गत पुसमा सकिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । जम्मा ५५ किलोमिटर लम्बाइको बालाजु त्रिशूलीदेखि सडक दुई फरक निर्माण व्यवसायीले निर्माण गरेकामा दुवैतर्फको सडकको प्रगति राम्रो नभएको योजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । उहाँका अनुसार यो सडकमा बालाजुदेखि ककनीसम्म एउटा ठेक्का र ककनीबाट पीपलटारसम्म अर्काे ठेक्का हो । बालाजुदेखि ककनी सडकमा नालीको काम भइरहे पनि कालोपत्र नभएकाले सो स्थानमा प्रगति नदेखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "पटकपटक म्याद थपे पनि अझै काम सुस्त छ ।" सो सडक निर्माणका लागि आव २०७०÷७१ मा ठेक्का भएको थियो । सडक निर्माणमा एआइपिएल र सैलुङ कम्पनीलाई ठेक्का दिइएको थियो । निर्माणमा भएका ढिलाइका कारण सडक विभागले ठेक्का रकमको १० प्रतिशत अर्थात् रु तीन करोड ७० लाख हर्जाना लगाउने निर्णय गरेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा रु दुई करोड सात लाख असुल भइसकेको छ भने बाँकी रकम काम सम्पन्न गरेर अरू बिल आएपछि त्यसबाट कटाउने योजना बनाइएको छ ।
2021/09/26 00:02:50
https://www.nepalghatana.com/news/43480/
mC4
सामुदायिक वन दिवस मनाइँदै « sajhapage प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार ०७:२९ यस वर्ष 'समृद्धिका लागि सामुदायिक वन ः उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान' भन्ने नाराका साथ सामुदायिक वन दिवस मनाइँदैछ । विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ९फकोफन० ले जनाएको छ । दिवसका अवसरमा यही साउन १९ देखि २५ गतेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी विभिन्न कार्यक्रम गरिएको फेकोफनका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो । हाल देशभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका छन्, जसमा २९ लाख सात हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएको फेकोफनले जनाएको छ । स्थापनाकालदेखि सामुदायिक वन अभियान नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजका रुपमा स्थापित भएको मानिन्छ । यस अभियानले वन संरक्षण, सम्वद्र्धन र सदुपयोगमा पनि महत्वपूर्ण स्थान ओगटेको छ । नेपालका सामुदायिक वन उपभोक्ता समूह महिला सहभागिताका लागि नमूनाका रुपमा लिइन्छन् । हाल करीब एक लाख ५० हजार महिलाले सामुदायिक वनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । देशभरका २२ हजार २६६ सामुदायिक वनमध्ये एक हजार १०० भन्दा बढीमा त शत्प्रतिशत महिला सहभागिता छ । यसैगरी सामुदायिक वनका अभियानकर्मी स्थानीय, प्रदेश र सङ्घीय सरकारमा करीब दुई हजारभन्दा धेरै निर्वाचित भएका छन् । सामुदायिक वनका केही चुनौती पनि कायमै छन् । उपभोक्ता समूहले वर्षौदेखि उठाउँदै आएको सवाल केही अझै सम्बोधन हुन नसकेको फेकोफनले जनाएको छ । करीब छ हजार सामुदायिक वन उपभोक्ता समूहका कार्ययोजना परिमार्जन हुन नसकेको र त्यसले सामुदायिक वनले नियमित रुपमा वन व्यवस्थापन गर्न वञ्चित हुनुपरेको अध्यक्ष पाठकले जानकारी दिनुभयो । वनको व्यवस्थापन दिगो कि वैज्ञानिक भन्ने विषयमा सरकार र समुदाय तथा विज्ञको बीचमा विवाद अहिले पनि कायमै छ । वनको दिगो व्यवस्थापन नै नेपालका निम्ति उच्चतम सिद्धान्त भएको सामुदायिक वनको भनाइ छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि चुरे व्यवस्थापन, संरक्षण क्षेत्र, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा समुदायको अधिकारप्राप्त हुन नसकिरहेको फेकोफनको आरोप छ । सरकारले सामुदायिक वनबाट लिन खोजिएको तेहोरो करमध्ये सङ्घीय सरकारले लिइरहेको १५ प्रतिशत कर हटाइए पनि केही प्रदेश र स्थानीय सरकारमा पुनः व्यवस्था गरिएकाले उक्त कर हटाउने विषयमा सरकारसँग नियमित छलफल भइरहेको फेकोफनले जनाएको छ ।
2022/05/28 14:28:54
https://www.sajhapage.com/2020/08/3296/
mC4
आव २०७४/७५ मा वासको वित्तिय प्रगति ९६ प्रतिशत : Sajha Network - Nepal's No. 1 Online News Portal आव २०७४/७५ मा वासको वित्तिय प्रगति ९६ प्रतिशत August 14, 2018 मा प्रकाशित हुमाकान्त पोखरेल , गुल्मी साउन २९ । पश्चिम नेपाल खानेपानी तथा ग्रामिण सरसफाई परियोजना (वास) दोस्रो चरण गुल्मीले आर्थिक बर्ष २०७४/७५ मा ९६ प्रतिशत वित्तिय प्रगती गरेको छ । गत बर्षमा परियोजना जिल्लाका चारवटा स्थानिय तहमा लागु भएको थियो । जिल्लाको मुसिकोट नगरपालिका, धुर्कोट, इश्मा र कालिगण्डगी गाउँपालिकामा परियोजना लागु भएको छ । सम्बन्धित स्थानिय तह, नेपाल सरकार र फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा परियोजना लागु भएका हुन् । सबै स्थानिय तहका परियोजनाको कुल बजेट चार करोड ८७ लाख ७६ हजार आठ सय ३५ हो । जसमध्ये चार करोड ६८ लाख २५ हजार सात सय ६१ रुपैँया ६ पैसा खर्च भएको जिल्ला वास संयोजक विनोद प्रकाश लुवालले जानकारी दिए । चारवटै स्थानिय तहमध्ये सबैभन्दा धेरै धुर्कोट गाउँपालिकामा वित्तिय प्रगति भएको छ । वास धुर्कोट गाउँपालिकाको कुल बजेट एक करोड ९० लाख छ सय ४४ मध्ये शत प्रतिशत नै खर्च गर्न सफल भएको परियोजना संयोजक छविलाल विश्वकर्माले जानकारी दिए । त्यस्तै मुसिकोट नगरपालिकाले ९५ प्रतिशत खर्च गरेको छ । नगरपालिकाको कुल बजेट दुई करोड ४५ लाख ४५ हजार सात सय १४ मध्ये ९५ प्रशित खर्च गरेको छ । नगरपालिकाको वास इकाईले कुल बजेटमध्ये दुई करोड ३३ लाख १८ लाख चार सय ३० रुपैँया वित्तिय प्रगति गरेको वास सहजकर्ता राजन घिमिरेले बताए । जिल्लाको इश्मा गाउँपालिका वास इकाईको कुल बजेट ७७ लाख ६४ हजार सात सय ५० मध्ये ९२ प्रतिशत खर्च भएको छ । भने कालिगण्डगी गाउँपालिकाको कुल बजेट ५५ लाख ६५ हजार सात सय २७ मध्ये ९१ प्रतिशत वित्तिय प्रगती भएको वास जिल्ला समितिको तथ्याङ्गमा उल्लेख गरिएको छ । पश्चिम नेपाल खानेपानी तथा ग्रामिण सरसफाई परियोजना दोस्रो चरण गुल्मीले खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । खानेपानी तथा सरसफाईको क्षेत्रमा आर्थिक बर्ष २०७४/७५ मा सबैभन्दा धेरै धुर्कोट गाउँपालिकाले योगदान गरेको छ । उसले कुल बजेटको २८ प्रतिशत योगदान गरेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । त्यस्तै मुसिकोट नगरपालिकाले १२ प्रतिशत, इश्मा गाउँपालिकाले १० प्रतिशत र कालिगण्डगी गाउँपालिकाले १४ प्रतिशत योगदान गरेका छन् ।
2019/03/18 13:51:10
http://www.sajhanetwork.com/2018/08/14/26912
mC4