text
stringlengths
1
75.3k
पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उनीमा उस्तै अभिरुची पैदा हुन्थ्यो । कविता प्रतियोगिता मात्र होइन हाजिरी जवाफ प्रतियोगितामा समेत जिल्लामा कसैले उनलाई उछिन्न सक्दैनथ्यो । ०३७ सालतिर उनले सरस्वती बन्दना शीर्षकमा कविता लेखेका थिए । शिक्षकहरूले अत्यधिक रुचाए त्यसलाई । उत्प्रेरणा थपे गज्जब कविता लेख्दो रहेछौ अरु पनि लेख्नू फुरुंग परे उनी ।
त्यो कविता उनले रेडियो नेपालमा समेत पठाए । बाल कार्यक्रम चलाउने वासुदेव मुनालले तीन पटक वाचन गरे । तीन पञ्चायत चर्चा भयो हिरालालको छोराको नाउँ त रेड्वाले फुक्यो ख्याल मजाको कविता पठाएछ र
गाउँ–गाउँ फाँट–फाँट चर्चा भयो त्यो कविताको ।
उनले कविताको पुछारमा चन्द्रप्रसाद शर्मा लेखेर पठाएका थिए । सोही नाम वाचन भयो । पछि उनका गुरु टंकप्रसाद आचार्यले के शर्मा थर राख्या आफ्नै थर लेखेर पो पठाउनुपर्छ त भनेपछि उनले न्यौपाने थरबाटै कविता कोर्न थाले । ० ० ० ०४६ सालमा पालुवा खण्डकाव्य प्रकाशन गरे । त्यस खण्डकाव्यले जिल्लाभर हलचल पैदा गर्‍यो । ०४३ सालदेखि उनले विद्यालयमा पढाउन थालेका थिए । महिनाको ७८ सय तलबले के पुग्थ्यो जसोतसो एक हजार प्रति छापेका थिए एक प्रतिसमेत बाँकी नरहने गरी बिक्री भयो ।
पहिलो पटक छाप्दा नपुगेर तीन पटकसम्म छापेँ खुब बिक्री भयो त्यो खण्डकाव्य उनले स्मरण गरे ।
उनी सम्झन्छन् बरु अहिले कविता पढिँदैन । त्यतिबेला त भाका हालेर पढ्न पाइने किताब भनेपछि त हुरुक्कै हुन्थे मानिस । त्यतिबेलै हो चन्द्रप्रसाद जिल्लामा अब्बल कविको रूपमा दर्ज भएको ।
एकतिर घरव्यवहार अर्कोतिर शिक्षण पेसा । काव्यिक चिन्तन गर्ने फुर्सद नै हुँदैनथ्यो । वनको काँडालाई तिखारिन केले छेक्ने भनेझैँ उनी घरबाट विद्यालय जाँदा श्लोक भट्याउँथे र घरमा आएर कापीमा टिप्थे । कतिसम्म भने बाटामा उब्जिएको पंक्ति नबिर्सियोस् भनेर रेकर्डरसमेत किनेका थिए र वाचन गर्दै रेकर्ड गर्दै गर्थे ।
अघिल्लो पुस्ताको सर्जक भए पनि उनी प्रविधि मैत्री व्यक्ति हुन् । ०४८४९ सालतिर डिजिटल डायरी आएको थियो । त्यो किनेर त्यसमा टिप्न थालेपछि भने उनलाई कविता रेकर्ड गरिरहने झन्झट आइलागेन ।
०४६ सालदेखि उनले नियमित पुस्तक प्रकाशन गर्न थाले । तर आर्थिक अभावका कारण समयमा पुस्तक निकाल्न कठिन हुन्थ्यो । त्यतिबेला पुस्तक निकाल्न अहिलेजस्तो प्रेस र पहुँच पनि थिएन । कागज कम्पोज सिसाको अक्षर मिलाउने काम डिस्पोज त्यसलाई निकाल्ने विधि आदिको अलग–अलग पैसा भुक्तान गर्नुपथ्र्यो । त्यसैले उनी आफैँ कम्पोज गर्थे । शुक्रबारको दिन विद्यालय छुट्टि भएपछि चार–पाँच घण्टा पैदल हिँडेर सदरमुकाम चौतारा आउने र रातभरि अनिदै बसेर आफैँ कम्पोज गर्थे । शनिबार दिउँसो छापेर तीन–चार घण्टा सुत्ने र पुनः रातभरि आफैँ बाइन्डिङ गरेर पुस्तकाकार दिन्थे ।
कतिपय सिर्जना त कम्पोज गर्दागर्दै जन्मन्थ्यो बरन्डाभरि हाँसो गुञ्जियो । ० ० ० उनका चार दर्जन कृति प्रकाशित छन् । उनको मुख्य विधा महाकाव्य भए पनि खण्डकाव्य उपन्यास कथा निबन्ध साहित्यिक इतिहास समालोचनालगायत विविध विधामा उत्तिकै कलम चलाएका छन् ।
उनले हालसम्म १२ वटा महाकाव्य रचना गरेका छन् भने १० वटा खण्डकाव्य सिर्जना गरेका छन् । नेपाली काव्यिक इतिहासमा सर्वाधिक बढी महाकाव्य रचना गर्ने यशस्वी व्यक्ति पनि हुन् उनी ।
बढी लेखिने र कम पढिने विधामा परे पनि कविता बृहत् क्षेत्र हो । कविताभित्र ब्रह्माण्ड छ भन्छन् उनी । कविताभित्र सिंगो जीवन र जगत छ । वास्तवमा यो बेग्लै विश्व हो उनी प्रष्ट्याउँछन् ।
कवितापान पनि अमृतपान गरेजत्तिकै मिठासयुक्त हुने उनको ठम्याइ छ ।
र चन्द्रयुग सानो उमेरमा रामायण र महाभारतको छाप बस्यो । त्यस्तै ठूलो र मोटो कृति रचना गर्ने र युगौँसम्म पठनीय संग्रहका रूपमा जीवन्त राख्ने इच्छा पलायो उनमा । अनि जन्मियो चन्द्रयुग । करिब ३२ हजार श्लोक र तीन सय बढी छन्द प्रयोग गरिएको महाकाव्य चन्द्रयुग नेपाली साहित्यको सर्वाधिक ठूलो महाकाव्य हो ।
चन्द्रयुग शीत उभाएर घैला भरेको शैलीमा प्रकाशन भएको कृति हो । भन्छन् किताब प्रकाशनपूर्व थुपै्र शिक्षक साथीहरू महाकाव्यको सदस्य बनिदिनु भयो र एउटा पुस्तकको मूल्यबराबर पैसा सहयोग गर्नुभयो नत्र पुस्तक प्रकाशन गर्न लाग्ने ८–१० लाख रुपैयाँको जोहो कसरी गर्नु
०४६ सालदेखि रचना सुरु गरेको चन्द्रयुग पहिलोपटक ०६५ मा प्रकाशन भयो । दोस्रो संस्करण ०७० मा र अहिले तेस्रो संस्करणको तयारीमा छन् चन्द्रप्रसाद ।
चन्द्रयुगमा १३ हजार प्रकाशित श्लोक छन् भने बाँकी श्लोक नयाँ रचना गरेको उनी बताउँछन् । करिब साढे तीन सय छन्द प्रयोग गरिएको चन्द्रयुग नेपाली साहित्यको संग्रहणीय दस्तावेजमात्र होइन कविता कोर्न सिक्नेका लागि काव्यशाला भएको उनको ठहर छ ।
जाँदाजाँदै मैले सोधेँ– काव्यिक विधामा कलम चलाउन जान्नुपर्ने के रहेछ उनले हाँस्दै जवाफ फर्काए आफूसँग नहारी अविचलित कलम चलाइरहने कविताको मूल आफैँ फुट्छ
सिन्धुपाल्चोक फुल्पिङकोटको कल्लेरी डाँडोमा एक तमासको सिरेटो चल्थ्यो । आङ होइन मुटु नै डगडगी काँप्थ्यो । तर बाल्यावस्थामा अहिलेजस्तो जिउ ढाक्ने न्यानो कपडा कहाँ पाउनु
पिता हिरालाल न्यौपाने भारतीय सेनाका तर्फबाट द्वितीय विश्वयुद्ध लडेका थिए । तर युद्ध समाप्त भएपछि उनी जागिरमा फर्किएनन् । त्यसैले अन्नपात प्रशस्त भए पनि घरपरिवारले आर्थिक विपन्नतासँग पौँठेजोरी खेलि नै रहनुपर्‍यो ।
खान त पुग्थ्यो । तर रुपैयाँ÷पैसा नभएकाले नयाँ लुगा लगाउने रहरै भयो ।
सानो छँदा उनी बाबुलाई भन्थे जाडो भयो फलानाले लगाएकै जस्तो लुगा ल्याइदिनुस् न
सन्ततिलाई शरीर ढाक्ने लुगा किन्ने हैसियत नभएपछि पिता भन्दा रहेछन् केटाकेटीको जाडो त बाख्राले खाइहाल्छ नि जाओ कुद्दै एक लग काम गरेर आओ जाडो आफैँ भाग्छ
के को जाडो भाग्नु झन् निमोनियाले सिकिस्त बनाउँथ्यो
गाउँका बालबच्चाहरू कति मृत्युवरण गर्थे । सानो छँदा चिसो जोगाउन नसकेकै कारण प्रायः दीर्घरोगी बन्थे । अल्पायुका पनि
फाँटभरि सेताम्य पोखिएको तुसारोले भक्तपुरमा चिसो बढेको प्रतीत हुन्छ । टम्म ढाकेको तुँवालोभित्र हराएको घाम बिहान १० बज्दा पनि निम्छरै छ तात्न भ्याएको छैन । बाहिर फलैँचामा बसेर ४७ वर्षीया कवि उतिबेलाको चिसो अनुभव बाँड्दै थिए ।
उनले अर्को प्रसंग पनि उधिने–
उनी स्वस्थानी व्रतकथा भन्न सानैदेखि रुची राख्थे । ०३३ सालतिर कक्षा दुईमा पढ्दा नै स्वास्थानी भाका हालेर वाचन गर्न सक्थे ।
त्यतिबेलाको एउटा रमाइलो अनुभव रहेछ । स्वस्थानी व्रतकथाको पहिलो या दोस्रो अध्याय हुनुपर्छ त्यहाँ ब्रह्माण्ड शब्द उल्लेख थियो । तर उनले त्यसलाई उच्चारण बिगारेर कथा वाचन गरे । यहाँ किन बिगारिस् भन्दै बुबाले थप्पड लगाएको घटना उनको दिमागमा ताजै रहेछ ।
त्यस्तै अर्को प्रसंग पनि छ–
२०३७ सालको कुरा हो तिनताक नेपालमा भर्खर रारा चाउचाउ आएको थियो । यस्तै स्वस्थानी व्रतकथा भन्ने बेला थियो । बजारबाट चाउचाउ किने । घरमा लगेर पकाएर खाए ।
तीन गाउँ हल्ला फिँजियो फलानाको छोराले चाउचाउ घरमै ल्याएर खायो अचम्म
भाका हालेर कथा वाचन गर्ने र उत्कृष्ट वाचन शैलीका कारण उनको चर्चा गाउँभरि हुन्थ्यो । अरुका घरमा पुगेर पनि स्वस्थानी पढेर सुनाउँथे उनी ।
स्वस्थानी भन्न गाउँमा पुगेका उनलाई एकजना बूढीआमैले स्वस्थानी वाचन नै गर्न दिइनछन् । भनिछन् त्यत्रो ज्योतिषको छोरा भएर च्याच्याउ खाने तिमी आजबाट अशुद्ध भयौ । तिमीले पढेको स्वस्थानी हामी सुन्दैनौँ । जाऊ तिमी
बूढी आमैले हप्काएर पठाइछन् ।
उतिबेलाको सामाजिक चेत यस्तो पो थियो उनको अनुहारमा बाल्यकालका बाछिटा देखा परे फिस्स मुस्कुराए उनी ।
० ० ०
सबैको घरमा रेडियो थिएन । गीत संगीत सुनेर बस्ने फुर्सद पनि हुँदैनथ्यो । सुसेली हाल्दै मेलापात जाने सुस्केरा हाल्दै उकालो चढ्ने । वरपीपल चौतारीमा बसेर थकाइ मार्दै सुख–दुःखका कुरा सुन्नेसुनाउनेबाहेक मनोरञ्जनका अरु साधन थिएनन् । त्यसैले गाउँका पाकाहरू मेलापातबाट फर्किएपछि अबेर रातिसम्म भजन भट्याउँथे । श्लोक भन्थे ।
पाकाहरूले आँखाबाट तरक्क आँसु झार्ने गरी सत्यवादी राजा हरिशचन्द्रका कथा सुनाउँदा उनी भावविह्वल हुन्थे । बाहुलाको फेरले आँसु पुछ्दै मनमनै अठोट गर्थे– म पनि यस्तै कविता लेख्छु र अरुलाई सुनाउँछु । विस्तारै उनीमा पद्य साहित्यको चेत अंकुरण हुन थाल्यो र कविता लेखनमार्फत् पोखिन थाल्यो ।
राति खाना खाने बेलामा रामायण महाभारतका कथा मिसाएर काकाबाहरूले भजन गाएको देख्दा उनी कल्पिन्थे– यस्तै राम्रा–राम्रा कविताहरू लेख्न पाए त पछि–पछि मान्छेहरूले पढ्थे होला नि मनमा भाव आएन मात्रै उनी छन्दबद्ध कविता कोर्न पनि थाले ।
० ० ०
उनी पढाइमा अब्बल थिए । फुल्पिङकोटबाट जलबिरे आउन तीन–चार घन्टाको ओरालो झर्नुपथ्र्यो । त्यसैले पढाइ छुट्ला भन्ने भयले उनी भोकै विद्यालय झर्थे । विद्यालय अवधिभर शिक्षकले भनेका कुरा ध्यानपूर्वक सुन्थे ।
पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उनीमा उस्तै अभिरुची पैदा हुन्थ्यो । कविता प्रतियोगिता मात्र होइन हाजिरी जवाफ प्रतियोगितामा समेत जिल्लामा कसैले उनलाई उछिन्न सक्दैनथ्यो । ०३७ सालतिर उनले सरस्वती बन्दना शीर्षकमा कविता लेखेका थिए । शिक्षकहरूले अत्यधिक रुचाए त्यसलाई । उत्प्रेरणा थपे गज्जब कविता लेख्दो रहेछौ अरु पनि लेख्नू फुरुंग परे उनी ।
त्यो कविता उनले रेडियो नेपालमा समेत पठाए । बाल कार्यक्रम चलाउने वासुदेव मुनालले तीन पटक वाचन गरे । तीन पञ्चायत चर्चा भयो हिरालालको छोराको नाउँ त रेड्वाले फुक्यो ख्याल मजाको कविता पठाएछ र
गाउँ–गाउँ फाँट–फाँट चर्चा भयो त्यो कविताको ।
उनले कविताको पुछारमा चन्द्रप्रसाद शर्मा लेखेर पठाएका थिए । सोही नाम वाचन भयो । पछि उनका गुरु टंकप्रसाद आचार्यले के शर्मा थर राख्या आफ्नै थर लेखेर पो पठाउनुपर्छ त भनेपछि उनले न्यौपाने थरबाटै कविता कोर्न थाले । ० ० ० ०४६ सालमा पालुवा खण्डकाव्य प्रकाशन गरे । त्यस खण्डकाव्यले जिल्लाभर हलचल पैदा गर्‍यो । ०४३ सालदेखि उनले विद्यालयमा पढाउन थालेका थिए । महिनाको ७८ सय तलबले के पुग्थ्यो जसोतसो एक हजार प्रति छापेका थिए एक प्रतिसमेत बाँकी नरहने गरी बिक्री भयो ।
पहिलो पटक छाप्दा नपुगेर तीन पटकसम्म छापेँ खुब बिक्री भयो त्यो खण्डकाव्य उनले स्मरण गरे ।
उनी सम्झन्छन् बरु अहिले कविता पढिँदैन । त्यतिबेला त भाका हालेर पढ्न पाइने किताब भनेपछि त हुरुक्कै हुन्थे मानिस । त्यतिबेलै हो चन्द्रप्रसाद जिल्लामा अब्बल कविको रूपमा दर्ज भएको ।
एकतिर घरव्यवहार अर्कोतिर शिक्षण पेसा । काव्यिक चिन्तन गर्ने फुर्सद नै हुँदैनथ्यो । वनको काँडालाई तिखारिन केले छेक्ने भनेझैँ उनी घरबाट विद्यालय जाँदा श्लोक भट्याउँथे र घरमा आएर कापीमा टिप्थे । कतिसम्म भने बाटामा उब्जिएको पंक्ति नबिर्सियोस् भनेर रेकर्डरसमेत किनेका थिए र वाचन गर्दै रेकर्ड गर्दै गर्थे ।
अघिल्लो पुस्ताको सर्जक भए पनि उनी प्रविधि मैत्री व्यक्ति हुन् । ०४८४९ सालतिर डिजिटल डायरी आएको थियो । त्यो किनेर त्यसमा टिप्न थालेपछि भने उनलाई कविता रेकर्ड गरिरहने झन्झट आइलागेन ।
०४६ सालदेखि उनले नियमित पुस्तक प्रकाशन गर्न थाले । तर आर्थिक अभावका कारण समयमा पुस्तक निकाल्न कठिन हुन्थ्यो । त्यतिबेला पुस्तक निकाल्न अहिलेजस्तो प्रेस र पहुँच पनि थिएन । कागज कम्पोज सिसाको अक्षर मिलाउने काम डिस्पोज त्यसलाई निकाल्ने विधि आदिको अलग–अलग पैसा भुक्तान गर्नुपथ्र्यो । त्यसैले उनी आफैँ कम्पोज गर्थे । शुक्रबारको दिन विद्यालय छुट्टि भएपछि चार–पाँच घण्टा पैदल हिँडेर सदरमुकाम चौतारा आउने र रातभरि अनिदै बसेर आफैँ कम्पोज गर्थे । शनिबार दिउँसो छापेर तीन–चार घण्टा सुत्ने र पुनः रातभरि आफैँ बाइन्डिङ गरेर पुस्तकाकार दिन्थे ।
कतिपय सिर्जना त कम्पोज गर्दागर्दै जन्मन्थ्यो बरन्डाभरि हाँसो गुञ्जियो । ० ० ० उनका चार दर्जन कृति प्रकाशित छन् । उनको मुख्य विधा महाकाव्य भए पनि खण्डकाव्य उपन्यास कथा निबन्ध साहित्यिक इतिहास समालोचनालगायत विविध विधामा उत्तिकै कलम चलाएका छन् ।
उनले हालसम्म १२ वटा महाकाव्य रचना गरेका छन् भने १० वटा खण्डकाव्य सिर्जना गरेका छन् । नेपाली काव्यिक इतिहासमा सर्वाधिक बढी महाकाव्य रचना गर्ने यशस्वी व्यक्ति पनि हुन् उनी ।
बढी लेखिने र कम पढिने विधामा परे पनि कविता बृहत् क्षेत्र हो । कविताभित्र ब्रह्माण्ड छ भन्छन् उनी । कविताभित्र सिंगो जीवन र जगत छ । वास्तवमा यो बेग्लै विश्व हो उनी प्रष्ट्याउँछन् ।
कवितापान पनि अमृतपान गरेजत्तिकै मिठासयुक्त हुने उनको ठम्याइ छ ।
र चन्द्रयुग सानो उमेरमा रामायण र महाभारतको छाप बस्यो । त्यस्तै ठूलो र मोटो कृति रचना गर्ने र युगौँसम्म पठनीय संग्रहका रूपमा जीवन्त राख्ने इच्छा पलायो उनमा । अनि जन्मियो चन्द्रयुग । करिब ३२ हजार श्लोक र तीन सय बढी छन्द प्रयोग गरिएको महाकाव्य चन्द्रयुग नेपाली साहित्यको सर्वाधिक ठूलो महाकाव्य हो ।
चन्द्रयुग शीत उभाएर घैला भरेको शैलीमा प्रकाशन भएको कृति हो । भन्छन् किताब प्रकाशनपूर्व थुपै्र शिक्षक साथीहरू महाकाव्यको सदस्य बनिदिनु भयो र एउटा पुस्तकको मूल्यबराबर पैसा सहयोग गर्नुभयो नत्र पुस्तक प्रकाशन गर्न लाग्ने ८–१० लाख रुपैयाँको जोहो कसरी गर्नु
०४६ सालदेखि रचना सुरु गरेको चन्द्रयुग पहिलोपटक ०६५ मा प्रकाशन भयो । दोस्रो संस्करण ०७० मा र अहिले तेस्रो संस्करणको तयारीमा छन् चन्द्रप्रसाद ।
चन्द्रयुगमा १३ हजार प्रकाशित श्लोक छन् भने बाँकी श्लोक नयाँ रचना गरेको उनी बताउँछन् । करिब साढे तीन सय छन्द प्रयोग गरिएको चन्द्रयुग नेपाली साहित्यको संग्रहणीय दस्तावेजमात्र होइन कविता कोर्न सिक्नेका लागि काव्यशाला भएको उनको ठहर छ ।
जाँदाजाँदै मैले सोधेँ– काव्यिक विधामा कलम चलाउन जान्नुपर्ने के रहेछ उनले हाँस्दै जवाफ फर्काए आफूसँग नहारी अविचलित कलम चलाइरहने कविताको मूल आफैँ फुट्छ
एजेन्सी । इमरान ताहिरको ६ विकेट तथा डेल स्टेनको अलराउन्ड प्रदर्शनमा दक्षिण अफ्रिकाले बुधबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा जिम्बाब्वेविरुद्ध १ सय २० रनको नतिजा निकाल्दै तीन खेलको शृंखला जितेको छ ।
जिम्बाब्वे भ्रमणमा रहेको दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तल्लोक्रमका ब्याट्सम्यान स्टेनले अर्धशतक बनाएपछि भ्रमणकारी टोलीले ४७३ ओभरमा सबै विकेट गुमाएर १ सय ९८ रनको योगफल बनायो । १ सय ९९ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २४ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
अग्रपंक्तिका ब्याट्सम्यानले रन बटुल्न नसकेको अवस्थामा तिब्र गतिका बलर स्टेनले ८५ बलमा ८ चौका र १ छक्का हान्दै ६० रन जोडे । ओपनर एइडेन मारक्रमले ३५ एडिल फेलुकवायोले २८ क्रिष्टियन जोनकरले २५ तथा खाया जोन्डोले २१ रन बनाए । जिम्बाब्वेका टेन्डाई चटाराले ३ विकेट लिए भने डोनाल्ड टिरिपानो ब्रान्डन माबुटा र केली जर्भिसले समान २–२ विकेट लिए ।
दक्षिण अफ्रिको कसिलो बलिङसामु घरेलु टोलीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । जिम्बाब्वेका कप्तान ह्यामिल्टन मासाकाड्जाले २७ तथा टिरिपानोले १२ र ब्रेन्डन टेलरले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
६ ओभर बलिङ गरेका इमरान ताहिरले १ मेडेन राख्दै २४ रन दिएर ६ विकेट लिए । ६ ओभर नै बलिङ गरेका स्टेनले २ विकेट लिए । तीन खेलको एकदिवसीय शृंखलामा दक्षिण अफ्रिका २–० ले अघि छ । दक्षिण अफ्रिकाले पहिलो खेल ५ विकेटले जितेको थियो । जिम्बाब्वे भ्रमणमा दक्षिण अफ्रिकाले तीन एकदिवसीय र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।
घटनाप्रवृत्तिले सरकार गैरजबाफदेही शैलीमा निर्लिप्त देखिँदैछ । दुईतिहाइ बहुमत छ । चाहेर पनिसरकारलाई कसैले हल्लाउन सक्ने होइनन् किन जबाफदेह बन्नुपर्यो यस्तै अहं सायद् पालेको छ सरकार भनिने संरचनाले । जबाफदेही उत्तरदायित्वको बोध हो । जनस्तरबाट आएका प्रश्नको सही सम्बोधनले जनताप्रति सरकारी उत्तरदायित्व कायम रहेको सन्देश मिल्छ । तर यो सरकार त्यस्तो सन्देश दिन इच्छुक या सक्षम देखिएन ।
सरकार जबाफदेह अर्थात् जनताप्रति उत्तरदायी बन्न नसकेको अनुत्तरदायी घटना प्रस्तुतिभन्दा अघि दार्शनिक दीक्षाको प्रभावतर्फ हेर्नुपर्ने जस्तो लाग्छ ।
प्रजातन्त्र जनताप्रति जबाफदेही वा उत्तरदायी दीक्षाको अपेक्षा राख्छ । तर कम्युनिष्ट दर्शनको स्थापित मान्यतामा जनतालाई कम्युनिष्ट सरकार र दलप्रति समर्पित बनाइनुपर्छ । वैकल्पिक विचारको स्वतन्त्रता नदिइएको नागरिकप्रति सरकारको जबाफदेहिता जरुरी पर्दैन प्रजातन्त्रवादीलाई जस्तो बाध्यकारी पनि हुँदैन । कम्युनिष्टमा स्वतन्त्र विचारको ठामै हुँदैन । जनताको नाम त लिन्छ तर जनताप्रतिको दायित्व बोधले झुक्ने जोखिम कम्युनिष्ट दर्शनले सिकाउँदैन । घुम्दै फिर्दै रुम्झाटार भने जस्तो कम्युनिष्ट प्रणाली अन्तर्गत शीर्ष एक पदाधिकारी केन्द्रित शासन संरचनाको उत्तरदायित्व अन्ततः त्यही पदाधिकारीप्रति रहन्छ । जनताप्रति होइन । कम्युनिष्ट दर्शनको यस्तो बुझाइ वा दीक्षा र व्यवहार प्रकट रुपमै स्थापित भएको हो ।
नेपालमा अहिलेको शासन प्रणाली बहुदलीय प्रजातान्त्रिक हो । तर सरकार यसको विपरीत कम्युनिष्ट दीक्षित । सरकार दुई डुङ्गामा खुट्टा राखे जस्तो । एकदलीय दीक्षा बहुदलीय प्रणाली । जुन डुङ्गामा मौका मिल्यो त्यतै खुट्टा सार्यो । प्रजातान्त्रिक डुङ्गामा सर्न वा नसर्न खोज्दा कम्युनिष्टले कम्युनिष्टलाई यही कारण संशोधनवाद र जडसूत्रवादको भासमा डुबेको आरोप एकथरिले अर्कोथरिलाई लगाउने गरेका छन् ।
यही दार्शनिक दोषले कम्युनिष्टहरु जनताप्रति अनुत्तरदायी बन्न सक्छन् र पाउँछन् । अहिलेको सरकार यही बाटोमा उभिएको छ ।
जनताले निर्मला पन्तको हत्याराको पता मागे तेत्तीस किलो सुनको थाहा खोजे वाइड बडी जाहजको हिसाब अँध्यारोमा किन प्रश्न गरे महँगीको कारण सोधेचिनीको चास्नीमा स्वाद लिने को को हुन् सोधखोज गरे प्रशासन र सरकारी संरचनाको कम्युनिष्टीकरण र दूरसञ्चार प्राधिकरण काण्ड लगायत दर्जनाँै विषयमा सरकारसँग जानकारी मागे भ्रष्टाचार रोकिनुपर्छ भने तर सरकार जबाफ दिँदैनअनुत्तरदायी छ गैरजबाफदेह छ । सुशासनको गफ गर्छ तर पारदर्शिता शून्य छ ।
एक दुई घटनाको चिरफार गरौँ । निर्मला पन्तको बलात्कार र हत्या गर्ने कारकको प्रमाण नस्ट वा छानवीनमा लापरबाही गरेको आरोपमा त्यहाँका तत्कालीन प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकलाई स्पष्टीकरणको दायरामा ल्याइएको छ । प्रमाण नस्ट गरेको दोषमा जागिर बर्खास्तगीको सम्भावना पनि छ । तर त्यो प्रमाण उनीहरुले कसका खातिर नस्ट गरे वा सबै दोषी के उनीहरु नै हुन् सरकारले सही जबाफ दिनु पर्छ वा पर्दैन कि सरकार प्रमाण नस्ट पार्ने लापरबाही गरेको दण्ड उनीहरुलाई दिएर घटनाको कारकलाई लुकाउन चाहन्छ सीबीआईका दुई टोली समेत झण्डै आधा दर्जन छानवीन समिति बनाएर पनि दोषी लुक्न पाउनुमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले दावा गरे जस्तै सरकारले नै दोषी लुकाएको शंका हुने नै भयो । सरकार पटक्कै जबाफदेही देखिएन ।
महँगी अर्को घटना–दशैँको मुखमा निजी क्षेत्र व्यापारीले बेचेभन्दा चिनीको सरकारी मूल्य बढी चर्को किन भयो दशैँ गयो छानवीन सानवीनको नाममा हाटहुटलाट्लुट भयोसंसदीय समितिको निर्देशन पनि म्याद गुज्रिएको औषधि जस्तै बनाइयो । चर्को मूल्य तिरेर गुलियो पारिएको जनजिब्रोले सोध्यो किन तर सरकार मौन छ । अनुत्तरदायी अर्थात् गैरजबाफदेह ।
तेत्तीस किलो सुनको घटना पुरानो भयो । यसमा सोधखोज गरिरहनु सरकारको दृष्टिमा कपट ठानिएला । सुनको कनेक्सन प्रहरीवृत्तमा नै सीमित भयो हरायो । न सुन भेटियो न खाने घुन पता लाग्यो । सोधी रहून् प्रजातन्त्र भन्नेमा जनता सोधी रहन्छन् । तर कम्युनिष्ट शिक्षाले जनतालाई जबाफ दिनुपर्दैन हामी कम्युनिष्ट सरकार । सायद् यस्तै सोचेर सरकार मौन सुन्या नसुन्यै गर्दैछ । निरुत्तर ।
अर्को प्रशासन र सरकारी संरचनामा कम्युनिष्टीकरण नबोले पनि सरकारका लागि मनमनै उत्तर सजिलै छ । कम्युनिष्टले कम्युनिष्टीकरण नगरे के लोकतन्त्रीकरण गर्छ त जे होत्यही गर्ने हो । सरकार लोकतन्त्रको अर्थात् लोकको तन्त्रको होइन नि कम्युनिष्ट को हो भन्यो पुग्यो ।
जबाफदेही बोली व्यवहार र संस्कारमा प्रतिविम्बित हुन्छ । यसपटकको दशैँमा नागरिक संस्कार संस्कृतिले हार्यो । फेरि सामन्ती संस्कारले जित्यो । राष्ट्राध्यक्षदेखि सरकार प्रमुखसम्मले नागरिकलाई घुँटा टेकाए शिर जोताए । संस्कृतिको सम्मान अन्यथा होइन ठीकै हो । तर गणतन्त्र लोकतन्त्र वा प्रजातन्त्रको संस्कार नागरिक सम्मानको खातिर पनि मागिएको होला नि । कि घुँडा टेकाउन गणतन्त्र नागरिक सम्मानप्रति संवेदनहीन यस्तो गैर जिम्मेवारी किन कम्युनिष्ट दीक्षा लिँदा संग्रहित सामन्ती सोच मौका पाउँदा खुला प्रकट भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले टीका प्रदान गर्ने समय तालिकामा संस्कृतिको पर्दाभित्र अहंप्रभुको मनोदशा मात्रै सीमित राखेका छैनन् । जो व्याख्या गरिँदैछ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पथगामी भएको सन्देश पनि सँगै दिएका छन् । दशैँ कुन समयदेखि कुन समुदायले शुरु गर्यो एकीन छैन । तर दुर्गा भगवती र राजा रामसँग कथा जोडिएकाले दशैँ सबै नेपालीको भएर पनि हिन्दुत्वको प्रतिनिधि पर्व आरोपित छ ।
टीका कूटले विश्वमा हिन्दुत्व दर्शनको एकमात्र सम्वाहक शासक मान्ने प्रधानमन्त्री मोदी पनि खुस । हिन्दुत्वको राजकीय उत्थानमा आफ्नो पुनरुत्थानको बलियो सम्भावना देख्ने हाम्रा राजा पनि खुसी । संस्कृतिसँग तालिकासमेत मिलाएर बडादशैँमा प्रधानमन्त्री ओलीले प्रदान गरेको टीकाभित्र हिन्दुवादी भनिने र बनिने राजनीतिक रहस्य घुसाइएको छ । एक वर्षभित्र हुने भारतीय चुनावमा मोदीको बिजेपी पुनः सरकारमा जाने छनक थप प्रेरणाको कारण जो छ । विचारहिनताको कथित राजनीतिले वर्गीय जातीय क्षेत्रीय र धर्मीय मौका अनुसार सबथोक पाखण्ड चलाउँछ । लाल चन्दन टीका यस्तै हो । जबाफदेही कताकता सुनुवाइ नहुने निरिह जनता । नामको ठाम नखोज्ने हो भने अहिले नेपालमा विचार त्यागेका तर स्वाभाव नछुटेका कम्युनिष्टहरुको सरकार जो नागरिकप्रति गैरजबाफदेह छ ।
गैरजबाफदेहीको अर्को उदाहरण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निरन्तर हुने नेकपाको बैठक । बालुवाटारमा यदाकदा यस्ता बैठक हुनुलाई प्रधानमन्त्रीको स्वास्थ्यका कारण पनि अन्यथा भन्न मिल्दैन । तर देश र जनताको समस्या सम्बोधन गर्न हुनुपर्ने निवासको त्यो बैठकस्थल नेकपा भित्रको उहापोह वा भागबण्डा मिलाउन निरन्तर भइरहे छ ।
अब हुने मन्त्रिपरिषद् पुनर्गठनमा भाग दिने र एकताको संगठनमा अलिकति सूत्र हात पारिदिने बालुवाटारी मन्त्रणाले माधव नेपालको गुनासो–पत्र फिर्ता भएको छ । थन्किएको भन्दा फिर्ता भन्नु सही होला । झण्डै उस्तै काजी नारायण श्रेष्ठको घुर्कीको फिर्ती जस्तै । प्रधानमन्त्री निवास जनताको नासोमा नेकपाको गैरजिम्मेवारी प्रदर्शन ।
राजनीति स्थिरताको निकै चर्का चर्चा सुनियो । दुईतिहाइ सांसद् रहेको सरकार र राजनीति मुलुकी इतिहासमा सबैभन्दा अस्थिर प्रमाणित भएको छ । त्यहाँभित्र दावानल छ । बालुवाटारी अटुट बैठकले यही पुष्टी गर्छ । सरकार र दुईतिहाइका नेताले भित्रभित्रै हल्लिएको बुझेछन् क्यारे हिजोआज स्थिरताको तुरही बज्न छोडेको छ ।
स्थिरताको दुन्दुभीमा आकर्षण त थियो नै । त्यसमाथि थपिएको सम्मृद्धि सुशासन र उग्रराष्ट्रवादी नाराले दुःखी नेपालीलाई लोभ्याउने नै भयो । अहिले समृद्धि र सुशासन आइसकेछ क्यारेचूप छन् । रन्को चाहिँ बाँकी छ । राष्ट्रवादले भर्खरै बितेको दशैँमा जस्तै घुँडा टेके टेकाएको देखियो । सरकार पारदर्शी होइन थप अँध्यारो बढाउँदै छ । दुःखी जनताको भावनामाथि शोषण योभन्दा गैरजबाफदेही अरु केही हुन्छ सरकारको काम आफ्ना कम्युनिष्टका लागि मीठा र आकर्षक कुरा जनताको खपतका लागि अहिले यत्ति बुझे हुनेभयो बस् ।

पोखरा । आईसीसी विश्वकप क्रिकेटको ट्रफी सर्वसाधारण नागरिकको अवलोकनका लागि खुला गिरयो । टुर अन्तरगत नेपाल ल्याइएको विश्वकप क्रिकेट–२०१९ को ट्रफी दिउसो एक घण्टाका लागि सर्वसाधारणका लागि खुला गरिएको हो ।
करिब २५ सय उपस्थित रङगशालामा ट्रफीसँग तस्बिर खिचाउनेको भीड लागेको थियो । उक्त ट्रफी शनिबार विहान पोखरा ल्याइपुर्याइएको थियो । आईसीसी ट्रफी पोखरा रंगशालामा आयोजना गरिएको पीपीएलको मैदानमा प्रदर्शनमा राखिएको थियो ।
पहिलो पटक नेपाल ल्याइएको विश्वकप क्रिकेटको ट्रफी नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सार्वजनिक गरेका थिए । ट्रफी सार्वजनिक कार्यक्रममा आईसीसीका सोमेश सेट्टी र नेपाल क्रिकेट संघ क्यानकी पूर्वसीईओ भावना घिमिरे लगायत सहभागी थिए । शनिबार पोखरा ल्याइएको ट्रफी आइतबार काठमाडौंको चन्द्रागिरी डाँडामा प्रदर्शन गरिने छ भने सोमबार बसन्तपुर दरवार स्क्वायरमा प्रदर्शन हुनेछ ।