Sentence
stringlengths
3
386
बिमस्टेकको तयारी बैठक शनिबार गोरखापत्र समाचारदाता काठमाडौँ, साउन २३ गते
बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगला खाडीको प्रयास बिमस्टेकको चौथो सम्मेलनको तयारीका लागि यही साउन २६ गते काठमाडौँमा विदेश सचिवस्तरीय बैठकको आयोजना हुने भएको छ
सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंँमा आयोजना हुने भएको छ
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार बैठकमा सहभागी हुनका लागि सात वटै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवहरू काठमाडाँैं आउनुहुने छ
उहाँले भन्नुभयो, यो उच्चस्तरको तयारी बैठक हो
सचिवस्तरीय बैठकले सम्मेलनमा प्रस्तुत गरिने विषय तय गरिनुका साथै यस सङ्गठनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ
सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुने बैठक पूर्व भदौ १२ गते सचिवस्तरीय बैठक, १३ गते मन्त्रीस्तरीय बैठक बस्ने छ
बैठकमा सहभागी हुनका लागि सात वटै सरकार प्रमुखहरूको उपस्थिति सुनिश्चित भइसकेको छ
आयोजक राष्ट्रको हैसियतमा नेपालले सबै राष्ट्रमा निम्ता पठाइसकेको छ
आन्तरिक तयारीको क्रममा विभिन्न निकायसँग समन्वय तथा उच्चस्तरीय पूर्व पदाधिकारी तथा राजदूतहरूसँग अन्तरक्रिया गर्ने क्रम बढाएको छ
बिमस्टेकले यातायात र सञ्चार, पर्यटन, प्रति आतङ्कवाद र अन्तरदेशीय अपराध, वातावरण र विपद् व्यवस्थापन, ऊर्जा, जनस्वास्थ्य, कृषि, व्यापार र लगानी, प्रविधि, मत्स्य विकास, गरिबी निवारण, जनताजनताबीचको सम्बन्ध, जलवायु परिवर्तन र सांस्कृतिक सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियान जोड्ने यो सङ्गठनमा नेपालका साथै बंगलादेश, भारत, म्यान्मार, श्रीलङ्का, थाइल्याण्ड र भुटान सदस्य छन्
म्यान्मार र थाइल्याण्ड आसियान मुलुकका सदस्य हुन भने अन्य सबै मुुलुक सार्कका सदस्य हुन्
पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा क्यानाडेली सैनिक २४ वर्षपछि अफ्रिकी मिसनमा गाओ, माली, साउन २३ गते
उत्तरी मालीको घाँसे मैदानमा प्रवेश गर्नुअघि नाइजर नदीको माथिमाथि उडान भर्दै एउटा क्यानाडेली दुईइन्जिनयुक्त सैनिक हेलिकप्टर मालीको विद्रोही इलाकामा पहिलो पटक प्रवेश गरेको देख्न सकिन्थ्यो
दुई जना तोपधारी सैनिक माथिबाटै जमिनको स्थिति नियालीरहेका छन्
यसैबीच पाइलटले घोषणा गर्दछन्, लौ बर्बाद भयो
एउटा इन्जिनले काम गरेन
अब एउटा इन्जिनको भरमा उड्नु पर्छ
अफ्रिकामा २४ वर्षपछि क्यानडाले पहिलो शान्ति सैनिक पठाएसँगै उनीहरुले द्वन्द्व र मौसमका बारेमा प्रत्यक्ष बुझ्न थालेका छन्
सायद, यस्तो परिस्थितिको उनीहरुले विगतमा कहिल्यै सामना गर्नु परेको थिएन
उनीहरु संयुक्त राष्ट्रसंघको सर्वाधिक कठिन र खतरनाक मिसनमा सहभागी भएका छन्
मालीमा हाल राष्ट्रसंघ मातहत १४,००० सैनिक परिचालित छन्
पश्चिम अफ्रिकी मुलुक माली व्यापक, बन्जर साहेल क्षेत्रमा अवस्थित छ
उत्तरी मालीमा उडान भर्नु दुरुह आर्कटिक क्षेत्रमा कार्य गर्नु जस्तै हो
गाओमा तैनाथ क्यानाडेली हवाई सेनाका कमान्डर लेफ्टीनेन्ट कर्णेल क्रिस मोरिसनले भन्नुभयो, यहाँ आर्कटिकको हिउँको ठाउँमा बालुवा छ र त्यहाँ माइनस ४० डिग्री छ, यहाँ ४० डिग्रीको प्रचण्ड गर्मी छ
सहारामा अति डरलाग्दो परिस्थितिमा हवाई उडान गर्नु पर्दछ, मर्मत गर्न वा तेल भर्न जमिनमा ठाउँ नै भेट्न मुश्किल छ, उहाँ भन्नुहुन्छ
उहाँसँग यसअघि बोस्निया र अफगानिस्तानमा काम गरेको अनुभव पनि छ
क्यानाडाले सन् १९५० को दशकमा राष्ट्रसंघ मातहत ठूलै स्तरमा शान्ति सेना गठन गर्नुपर्नेमा वकालत गरेको थियो, तर शान्ति सैनिकले लगाउने निलो हेल्मेट लगाएका सेना एक दशकयता ठूलो संख्यामा कतै पनि पठाएको छैन
तथापि, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शान्ति अभियानमा पुनः सहभागी हुने इच्छा देखाउनु भएको छ
सन् २०२१ मा राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्य हुनका लागि पनि प्रधानमन्त्री जस्टिनले शान्ति अभियानमा सहभागी हुनेतर्फ कदम चाल्नुभएको हुनसक्छ
सन् १९९४ को रुवान्डाको जातीय नरसंहार यता अफ्रिकामा क्यानाडाको यो पहिलो मिसन हो
त्यसबखत राष्ट्रसंघीय मिसनको नेतृत्व क्यानाडाले नै गरेको थियो
गत महिनादेखि छ वटा हेलिकप्टर सहित २५० जना सैनिक यहाँ आइपुगेका हुन्
उनीहरुले यसअघि जर्मन सैनिकले गरिरहेको स्वास्थ्य उद्धारको कार्य गर्नेछन्
उनीहरुलाई गाओको क्यास्टोर क्याम्पमा राखिएको छ जहाँ ९०० जर्मन र १०० नेदरल्यान्डका सैनिक तैनाथ छन्
त्यहीं नजिक, राष्ट्रसंघको अर्को क्याम्पमा गैरनेटो मुलुकका अरु ४,००० सैनिक तैनाथ छन्
मालीमा रहेको मानुस्मालाई अहिले राष्ट्रसंघको सर्वाधिक खतरनाक शान्ति अभियानका रुपमा लिइएको छ
सन् २०१३ मा यो अभियान तैनाथ गरेयता १७० जनाभन्दा बढी सैनिक मारिइसकेका छन् र यो संख्या विश्वभर शान्ति सैनिक मारिएकामध्ये आधाभन्दा बढी हो
अलकायदासँग निकट रहेका इस्लामिक लडाकूहरुले सन् २०१२ देखि उत्तरी मालीको मरुभूमिमा नियन्त्रण गरिरहेका थिए, तर जनवरी २०१३ मा आरम्भ गरिएको फ्रान्सेली नेतृत्वको सैनिक अपरेशनले उनीहरुलाई त्यहाँबाट तितरबितर पारेको दाबी गरिएको छ
तर, मुलुकको ठूलो हिस्सा अझै पनि माली, फ्रेन्च र राष्ट्रसंघीय सैनिकको नियन्त्रणभन्दा बाहिर छ र उनीहरुले बारम्बार आक्रमण गरिरहेका छन्
हामी राष्ट्रसंघलाई मद्दत गर्न चाहन्छौं, तर यो अति कठिन अभियान हो, मालीमा तैनाथ क्यानाडेली सेनाका कमान्डर क्रिस म्याकेन्ना भन्नुहुन्छ
यो निकै जटिल पनि छ
यहाँको वातावरण कठोर छ, धुलो र प्रचण्ड गर्मी छ
तैपनि, हामीले रामै्रसँग काम गरिरहेका छौं
क्यानाडाले राष्ट्रसंघीय मिसनमा आफूलाई पुनः समाहित गरेकामा यहाँ तैनाथ सैनिकहरुले खुशी व्यक्त गरेका छन्
मिसनमा पुनः काम गर्न पाउँदा खुशी लागेको छ
हामी यहाँ मानिसको जीवन बचाउन आएका हौं, हेलिकप्टरका पाइलट डोमिनिक सिमार्डले भन्नुभयो
क्यानाडेली सैनिकहरुले हवाई सेवा मात्र उपलब्ध गराउनेछन्
उनीहरुलाई पैदल लडाईंमा खटाइने छैन
राससएएफपी
काठमाडौँ, साउन २३ गते
प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन
वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य रुपमा आआफ्नो मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने भए पनि अहिलेसम्म कुनै मन्त्रालयले वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम राखेका छैनन्
सरकारले २०७२ सालमा पहिलो पटक र अहिले संशोधन गरेर नयाँ निर्देशिका ल्याएको छ
विसं २०७२ मा जारी भएको निर्देशिकामा नै वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था थियो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवरले निर्देशिकानुसार वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम नराख्ने मन्त्रालयको अनुगमन गरिने बताउनुभयो
उहाँले निर्देशिकामा भएका कुरालाई कडाइका साथ लागू गरिने समेत बताउनुभयो
निर्देशिकामा कर्मचारीका नाम, पद, जाने देश, गएको मिति आदि विवरण खुलाई वेबसाइटमा राख्नुपर्नेछ
मन्त्रिपरिषद् कार्यालयका उपसचिव विष्णु घिमिरेले सबै मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको नाम राख्ने निर्देशन दिएको बताउनुभयो
उहाँले अहिलेसम्म गत आवमा करीब पाँच हजार कर्मचारी वैदेशिक भ्रमणमा गएको तथ्याङ्क आएको जानकारी दिनुभयो
अझ धेरै गएको हुनसक्छन्
हामीले तथ्याङ्क सङ्कलन गर्दैछौँ, उहाँले भन्नुभयो, यो संख्या अझ बढ्न सक्छ
यसैगरी वैदेशिक भ्रमणमा गएका कर्मचारीको खर्च पनि केही मन्त्रालयले अहिलेसम्म बुझाएका छैनन्
भ्रमणमा गइसकेको कर्मचारीले गरेको खर्च विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्ने हुन्छ
परिषद् कार्यालयले पटक पटक अनुरोध गर्दा मात्र केही मन्त्रालय मात्र खर्च विवरण बुझाएका छन्, उहाँले भन्नुभयो, नबुझाएका मन्त्रालयलाई खर्च विवरण बुझाउन निर्देशन दिएका छौँ
प्रम कार्यालयद्वारा नाम सार्वजनिक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वैशाखयता १२ कर्मचारी वैदेशिक भ्रमणमा गएको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ
प्रधानमन्त्री कार्यालयले मङ्गलबार मात्र ती कर्मचारीको विवरण वेबसाइटमा राखेको हो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार विदेश जाने कर्मचारीमा मुख्य सचिव लोकदर्शन रेग्मी, सचिव केदारबहादुर अधिकारी, सहसचिव डा हरि पौडेल, उपसचिव कृष्णप्रसाद देवकोटा, विजय राना, विनोदकुमार दाहाल, लेखा अधिकृत देवराज पोखरेल, शाखा अधिकृताद्वय रीता रेग्मी र निराज शर्मा, नायब सुब्बा बदं्रीप्रकाश निरौला चीन, सहसचिव यमलाल भुसाल ब्राजिल र उपसचिव लक्ष्मीप्रसाद गौतम अष्ट्रिया रहनुभएको छ
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आफूहरुले यसअघि वैदेशिक भ्रमणमा गएका कर्मचारी विवरण नराख्ने गरेको भए तापनि अब चाँडै राखिने बताउनुभयो
वैदेशिक भ्रमणमा जाने कर्मचारी उपसचिवसम्मको स्वीकृति मन्त्रालयले, सहसचिवको स्वीकृति मन्त्री र सचिवको स्वीकृति मन्त्रिपरिषद् कार्यालयले गर्नुपर्ने हुन्छ
रासस
पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा कोलोम्बिया नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण बोगोटा, साउन २३ गते
कोलोम्बियामा राष्ट्रपतिमा नियुक्ति हुनु भएका इभान डुकेले मङ्गलबार आफ्नो पदको शपथग्रहण गर्नु भएको छ
उहाँले पूर्व राष्ट्रपति हुँआ म्यानुएल सन्तोसलाई प्रतिस्थापन गर्नु भएको हो
४२ वर्षीय राष्ट्रपति डुकेले दिनु भएको पहिलो सम्बोधनमा सान्तोस प्रशासनले सुरु गरेको मुलुकको दोस्रो ठूलो विद्रोही समूह नेसनल लिबेरेसन आर्मी इएलएन सँगको शान्ति प्रक्रियालाई पूरा गरिने बाचा गर्नुभएको छ
इएलएन देशको दोस्रो ठूलो गुरिल्ला समूह हो
इभान कन्जरभेटिभ डेमोक्राटिक सेन्टर पार्टीआवद्ध हुनुहुन्छ
पहिलो ३० दिनमा इएलएनसँग शान्ति प्रक्रियाको कार्यलाई नै अगाडि लगिने उहाँले बताउनुभएको छ
त्यसैगरी देशको सुर
क्षा र आर्थिक व्यवस्थालाई बलियो बनाउने पनि उहाँले बताउनुभएको छ
लगानीलाई प्रोत्साहित गर्ने र प्रतिस्पर्धामा जाने पनि उहाँले थप जानकारी दिनुभएको छ
उहाँले कोलोम्बियामा सूक्ष्म, साना, मध्यम र ठूला कम्पनीहरुको स्थापना गरी यसबाट गुणस्तरीय रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो
राससएपी
नागरिकता ऐन संशोधन उमेरमा त्रुटि भए सच्याउन पाइने नारायण काफ्ले काठमाडौँ, साउन २४ गते
राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवाद आइरहँदा सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्याउन मिल्नेगरी नागरिकता ऐन संशोधन प्रस्ताव दर्ता गरेको छ
सुरुमा नागरिकता प्रमाणपत्र जारी भएको एक वर्षभित्र उमेरको त्रुटि सच्याउन मिल्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ
संशोधन विधेयक सरकारका तर्फबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले दर्ता गर्नुभएको हो
विधेयकले नागरिकता प्रमाणपत्रमा उल्लेखित थर वा शैक्षिक योग्यताको प्रमाणपत्र अनुसार प्रमाणपत्रमा त्रुटि हुन गएमा सच्याउन पाउने व्यवस्था प्रस्तावित नागरिकता ऐन संशोधन विधेयकले गरेको छ
उमेर विवादमा भने प्रमाणपत्र जारी भएको एक वर्षभित्र सच्याउन निवेदन दिनुपर्नेछ
मूल ऐनको दफा १७ को उपदफा १ मा खण्ड थप गर्दै सरकारले प्रमाणपत्र जारी भएको एक वर्षभित्र निवेदन दिन सक्ने व्यवस्था गरेको छ
प्रस्तावित विधेयकमा भनिएको छ उमेर सच्याउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनुपर्ने छ
नागरिकता लिइसकेको अवस्थामा लिङ्ग परिवर्तन गर्ने निवेदन आएमा सबुद प्रमाण बुझी नयाँ नागरिकता दिनसक्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ
विवाह तथा सम्बन्ध विच्छेद पछि नयाँ थर कायमका लागि परेको निवेदनमा पनि प्रमाण अनुसार पुरानो नागरिकता रद्द गरी नयाँ दिन सकिने व्यवस्था गरिएको छ
नागरिकताविहीन नहुने संविधानको धारा ११ को व्यवस्था अनुकूल बनाउनका लागि प्रस्तावित संशोधनमा ०७२ को संविधान जारी गर्नुअघि जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई बालिग भएपछि वंशजको आधारमा नागरिकता दिइनेछ
यस्तै, बाबु पहिचान हुन नसकेको अवस्थामा पनि वंशजका आधारमा नागरिकता दिने संवैधानिक व्यवस्था प्रस्तावित विधेयकमा मिलाइएको छ
तर, बाबुको पहिचान हुँदा विदेशी नागरिक भएको ठहर भएमा वंशजको नागरिकता कायम रहने छैन
यस्ता सन्तानले विदेशी नागरिकता नलिएकोे स्वघोषणा गरेमा अङ्गीकृत नागरिकता प्रदान गरिनेछ
नेपाली पुरुषसँग विवाह कायम गरेकी महिलाले नागरिकता लिएमा ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नुपर्नेछ
यस्तो निस्सा पेस नभएमा नागरिकता स्वतः रद्द हुनेछ